मानिसको सार र पहिचान
वास्तवमा, इस्राएलीहरू हताश छैनन्; तिनीहरूले परमेश्वरद्वारा विगत छ हजार वर्षदेखि गरिँदै आएको कामलाई ध्यानपूर्वक हेरेका छन्, किनभने मैले तिनीहरूलाई त्यागिनँ। बरु, तिनीहरूका पितापुर्खाले असल र खराबको ज्ञान दिने रूखबाट फल खाएको कारणले, जुन तिनीहरूलाई दुष्टद्वारा दिइएको उपहार थियो, तिनीहरूले पापको निम्ति मलाई त्यागे। असल सधैँ मेरो नै हो, जबकि खराब दुष्टको हो जसले पापको खातिर मलाई फुस्ल्याउँछ। म मानिसहरूलाई दोष लगाउँदिनँ, न त म तिनीहरूलाई निर्दयतापूर्वक नाश गर्छु र निर्मम सजायको भागिदार बनाउँछु, किनभने खराब मौलिक रूपमा मानिसजातिको थिएन। त्यसैकारण, इस्राएलीहरूले मलाई सार्वजनिक रूपमा क्रूसमा टाँगे तापनि, तिनीहरू जसले मसीह तथा यहोवालाई पर्खंदै आएका छन् र मुक्तिदाता येशूको चाहना गरिरहेका छन्, तिनीहरूले मेरो प्रतिज्ञा कहिल्यै बिर्सेका छैनन्: किनभने मैले तिनीहरूलाई त्यागेको छैनँ। आखिर, मैले रगतलाई मानवजातिसित स्थापित गरेको करारको प्रमाणको रूपमा लिएको थिएँ, यो तथ्य “रगतको करार” भएको छ जुन एउटा छापजस्तै अनि स्वर्ग तथा पृथ्वी अनन्त रूपमा परस्पर निर्भर भएजस्तै जवान तथा निर्दोषहरूको हृदयमा अङ्कित भएको छ। यी दुःखी मानिसहरू जसलाई मैले पूर्वनियुक्त गरेँ, चुनेँ, अनि पछि उद्धार र हासिल गरेँ, तिनीहरूलाई मैले कहिल्यै धोका नदिएको कारण, अनि तिनीहरूले मलाई त्यस दुष्टलाई भन्दा बढी प्रेम गरेकाले, तिनीहरू उत्सुकतापूर्वक मेरो पुनरागमनको अपेक्षा गर्छन् अनि व्यग्रतापूर्वक मलाई भेट्ने प्रतीक्षा गर्छन्। मैले रगतद्वारा तिनीहरूसित स्थापित गरेको करारलाई कहिल्यै नमेटेको कारण तिनीहरूले व्यग्रतापूर्वक प्रतीक्षा गरेकोमा कुनै आश्चर्य मान्नुपर्दैन। म यी थुमाहरूलाई फेरि ग्रहण गर्नेछु जो धेरै वर्षदेखि हराएका छन्, किनभने मैले सधैँ मानिसहरूलाई प्रेम गरेको छु; यो त केवल खराबका तत्वहरू तिनीहरूमा भएका असलमा जोडिएको कुरा हो। म यी दरिद्र मानिसहरूलाई हासिल गर्नेछु जसले मलाई प्रेम गर्छन् र जसलाई मैले यति लामो समयदेखि प्रेम गरेको छु, तर म कसरी ती दुष्टहरूलाई मेरो घरभित्र ल्याउन सक्छु जसले मलाई कहिल्यै प्रेम गरेका छैनन् र जसले मलाई शत्रुजस्तै व्यवहार गरेका छन्? मैले रगतद्वारा मानवजातिसित करार स्थापित गरेको भए तापनि मलाई घृणा गर्ने, विरोध गर्ने, प्रतिरोध गर्ने, आक्रमण गर्ने र सराप्ने दियाबलस तथा सर्पका ती वंशजलाई म मेरो घरभित्र ल्याउनेछैन। मेरो कामको उद्देश्य के हो अनि कसको निम्ति म त्यो काम गर्छु भनी तैँले यथार्थ रूपले जान्नुपर्छ। के तेरो प्रेममा असल वा खराब सामेल छ? तँसित भएको मेरो बारेको ज्ञान दाऊद तथा मोशाको समान छ वा छैन? मप्रतिको तेरो सेवा अब्राहामको समान छ वा छैन? तँ वास्तवमा मद्वारा सिद्ध पारिँदैछस्, तर तैँले कसलाई प्रतिनिधित्व गर्नेछस् अनि कसको परिणाममा तँ भागीदार हुनेछस् भनी तैँले जान्नुपर्छ। तेरो जीवनकालभरि, मेरो कामसम्बन्धी तेरो अनुभवमा, के तैँले हर्षपूर्ण रूपले र प्रशस्त मात्रामा बाली भित्र्याएको छस्? के यो भरपूर तथा फलदायक छ? तैँले आफूले आफैमाथि चिन्तन गर्नुपर्छ: तैँले मेरो खातिर वर्षौं मेहनत गरेको छस्, तर के तैँले केही हासिल गरेको छस्? के तैँले केही रूपान्तरण अनुभव गरेको वा केही हासिल गरेको छस्? तेरो अत्यन्तै कठिन अनुभवहरूको बदलामा, के तँ पत्रुसजस्तै भएको छस् जसलाई क्रूसमा टाँगियो वा पावलजस्तो भएको छस् जसलाई ठूलो ज्योतिको प्रहार एवं प्राप्ति भयो? तँसित यी कुराबारे केही चेतना हुनुपर्छ। म सदा तेरो जीवनबारे कुरा गरिरहेको छैनँ वा तेरो जीवनमाथि सोचिरहेको छैनँ जुन तोरीको बीउभन्दा पनि सूक्ष्म छ र बालुवाको कण जतिकै सानो छ। स्पष्ट रूपमा भन्नुपर्दा, मैले मानवजातिलाई व्यवस्थित गर्छु। तथापि, मैले एकपल्ट घृणा गरेको तर पछि फेरि उठाएको मानिसको जीवनलाई म मेरो व्यवस्थापनको महत्वपूर्ण हिस्सा मान्दिनँ। तिमीहरूको भूतपूर्व पहिचानको साँचो प्रकृति, साथै तिमीहरू दासको रूपमा कसको अधीनमा थियौ भन्ने बारेमा तँसित स्पष्ट बुझाइ हुनुपर्छ। यसर्थ, मानिसलाई व्यवस्थापन गर्नको लागि कच्चा पदार्थको रूपमा म शैतानसँग मिल्ने मानिसको अनुहार प्रयोग गर्दिनँ, किनभने मानिसहरू कहिल्यै पनि मूल्यवान् वस्तु थिएनन्। तिमीहरूले सुरुमा तिमीहरूप्रति भएको मेरो मनोवृत्ति स्मरण गर्नुपर्छ, अनि त्यतिबेला मैले कसरी तिमीहरूलाई सम्बोधन गरेको थिएँ, सो सम्झना गर्नुपर्छ—जुन व्यावहारिक महत्त्वविनाको आग्रह थिएन। तिमीहरू जुन उपनाम पहिरिन्छौ, त्यो विनाकारण छैन भनी तैँले जान्नुपर्छ। म अनुमान गर्छु कि यो कुरा तिमीहरू सबैलाई थाहा छ, तिमीहरू परमेश्वरका थिएनौ बरु सुरुमै शैतानद्वारा कब्जा गरिएका थियौ अनि तिमीहरूले त्यसको घरमा बफादार दास भएर सेवा गरेका थियौ; यस अलाबा, तिमीहरूले मलाई धेरै पहिले नै बिर्सियौ किनभने तिमीहरू लामो समयसम्म मेरो घरभन्दा बाहिर अनि दुष्टको हातमा रह्यौ। म जसलाई उद्धार गर्छु, तिनीहरू मैले लामो समयअघि नै पूर्वनियुक्त गरेका अनि मद्वारा उद्धार गरिएका मानिसहरू हुन् जबकि तिमीहरू नियमको अपवादको रूपमा मानवतामाझ राखिएका दरिद्र मानिसहरू हौ। तिमीहरूलाई थाहा हुनुपर्छ कि तिमीहरू दाऊद वा याकूब घरानाका होइनौ बरु मोआब घरानाका हौ जसका सदस्यहरू अन्य कुलमा पर्छन्। किनभने मैले तिमीहरूसित कुनै करार स्थापित गरिनँ, बरु मात्र काम गरेँ, तिमीहरूको माझमा बोलेँ, अनि तिमीहरूलाई डोर्याएँ। मेरो रगत तिमीहरूका निम्ति बगाइएको थिएन, मेरो गवाहीको खातिर तिमीहरूको माझमा मैले केवल आफ्नो काम गरिरहेको थिएँ। के यो कुरा तिमीहरूलाई थाहा थिएन र? के मेरो काम तिमीहरूको निम्ति जसरी येशूले रगत बगाएर मृत्युवरण गर्नुभयो, वास्तवमै त्यो समान छ र? पहिलो कुरा, मैले तिमीहरूको निम्ति त्यस्तो ठूलो अपमान सहेको केही फाइदाको कुरो भएन। परमेश्वर जो पूर्ण रूपमा पापरहित हुनुहुन्छ, उहाँ सीधै अत्यन्तै घिनलाग्दो तथा बीभत्स ठाउँमा आउनुभयो, मानव बसोबासको निम्ति अयोग्य रहेको सुङ्गुर र कुकुरहरूको ठाउँमा आउनुभयो, तापनि मैले यी सबै क्रूर अपमानहरू मेरा पिताको महिमाको निम्ति र अनन्त गवाहीको निम्ति सहेँ। तिमीहरूले तिमीहरूको व्यवहार कस्तो छ भनी जान्नुपर्छ र तिमीहरू “धनी तथा शक्तिशाली खानदान” मा जन्मेका बच्चाहरू होइनौ बरु केवल शैतानका दयनीय सन्तानहरू हौ भनी बुझ्नुपर्छ। तिमीहरू मानवजातिका कुलपिताहरू पनि होइनौ, न त तिमीहरूसित मानवअधिकार वा स्वतन्त्रता नै छ। मौलिक रूपमा तिमीहरू मानवजातिका आशिष्हरूको कुनै पनि कुरामा भागीदार थिएनौ, न त तिमीहरू स्वर्गको राज्यका आशिषहरूमा नै भागीदार थियौ। यस्तो किन हो भने तिमीहरू मानवजातिको सबैभन्दा तल्लो तहमा छौ, अनि मैले तिमीहरूको भविष्यको बारेमा कहिल्यै विचार गरेको छैनँ। यसैकारण, आज तिमीहरूलाई सिद्ध तुल्याउने आत्मविश्वास मसित हुन्छ भन्ने मेरो योजनाको एउटा भाग भए तापनि यो एक अभूतपूर्व काम हो, किनभने तिमीहरूको स्तर अति निम्न छ अनि मौलिक रूपमा तिमीहरूको मानवजातिमा कुनै हिस्सा नै थिएन। मानिसहरूको लागि, प्रष्ट रूपले के यो आशिष् होइन र?
म जसलाई उद्धार गर्छु तिनीहरू मैले लामो समयअघि नै पापशोधनको भाँडोबाट मुक्त गरिएका मानिसहरू हुन्, साथै तिनीहरू मैले लामो समयअघि भेट गरेका चुनिएका मानिसहरू हुन्, किनकि तिनीहरूले म फेरि तिनीहरूमाझ पुनः प्रकट हुनुपर्छ भन्ने तिर्सना गरेका छन्। तिनीहरूले मलाई प्रेम गरेका छन्, अनि मेरो करारलाई तिनीहरूले आफ्नो हृदयमा कुँदेर राखेका छन् जुन मैले रगतद्वारा स्थापित गरेको थिएँ किनकि मैले तिनीहरूलाई प्रेम गरेको छु। तिनीहरू हराएका थुमाजस्ता छन् जसले धेरै वर्षदेखि मलाई खोज्दै आइरहेका छन्, अनि तिनीहरू असल छन्; त्यसकारण, म तिनीहरूलाई असल इस्राएलीहरू अनि प्यारा साना स्वर्गदूतहरू भन्दछु। यदि म तिनीहरूको माझमा भएको भए मैले त्यस्तो अपमान सहने थिइनँ। किनभने तिनीहरूले मलाई आफ्नो जीवनभन्दा पनि बढी प्रेम गर्छन्, अनि म तिनीहरूलाई सबै थोकमा सबैभन्दा सुन्दर भनी प्रेम गर्छु। किनभने तिनीहरू मद्वारा सृष्टि गरिएका र मेरा हुन्, तिनीहरूले मलाई कहिल्यै बिर्सेका छैनन्। तिनीहरूको प्रेमले तिमीहरूको प्रेमलाई माथ गर्छ, अनि तिमीहरूले आफ्नै जीवनलाई प्रेम गरेको भन्दा बढी तिनीहरूले मलाई प्रेम गर्छन्। तिनीहरू ममा त्यसरी समर्पण हुन्छन् जसरी साना सेता ढुकुरहरू आकाशमा समर्पण हुन्छन्, अनि तिनीहरूको हृदयमा मप्रति भएको आज्ञाकारिता तिमीहरूको हृदयमा भएको भन्दा बढी छ। अनि यस्तो किन हो भने तिनीहरू आदमका सन्तान हुन्, याकूबका वंशज हुन् अनि मेरा चुनिएकाहरूमध्येका हुन्, यस्तो किन हो भने मैले तिनीहरूलाई धेरै लामो समयदेखि प्रेम गरेको छु—अनि मैले तिमीहरूलाई भन्दा बढी तिनीहरूलाई प्रेम गरेको छु; किनकि तिमीहरू अति विद्रोही छौ, तिमीहरूसित त्यति भयानक विरोध छ, तिमीहरूले मलाई त्यति तुच्छ नजरले हेर्छौ, तिमीहरू मप्रति ज्यादै चिसो छौ, तिमीहरू मलाई ज्यादै कम माया गर्छौ, अनि तिमीहरूले मलाई अति घृणा गर्छौ। तिमीहरू मेरो कामलाई ज्यादै अवहेलना गर्छौ अनि मेरो क्रियाकलापलाई ज्यादै तुच्छ ठान्छौ। तिनीहरूभन्दा विपरीत रूपमा, तिमीहरूले मेरो कामलाई कहिल्यै बहुमूल्य ठानेका छैनौं। बरु, तिमीहरूले त्यसलाई तुच्छ ठान्छौ, तिमीहरूका आँखा शैतानको जस्तै चिन्ताले राता छन्। तिमीहरूको समर्पण कहाँ छ? तिमीहरूको चरित्र कहाँ छ? तिमीहरूको प्रेम कहाँ छ? तिमीहरूभित्र भएको प्रेमका अंश तिमीहरूले कहिले प्रदर्शन गरेका छौ? तिमीहरूले कहिले मेरो कामलाई गम्भीरतापूर्वक लिएका छौ? ती प्यारा स्वर्गदूतहरूलाई दया मिलोस् जसले उत्सुकतापूर्वक मेरो आगमनलाई पर्खन्छन् अनि व्यग्रतापूर्वक मलाई पर्खिरहँदा अति धेरै कष्ट उठाउँछन्, त्यसका लागि म तिनीहरूलाई असाध्यै प्रेम गर्छु। तथापि, म आज जे देख्छु त्यो एउटा यस्तो अमानवीय संसार हो जसको तिनीहरूसित कुनै सम्बन्ध छैन। के तिमीहरूको विवेक लामो समयअघि नै सुस्त र संवेदनाशून्य भएको जस्तो तिमीहरूलाई लाग्दैन? के तिमीहरू ती प्यारा स्वर्गदूतहरूसित मेरो पुनर्मिलन हुन बाधा दिइरहेको फोहोरमैला हौ जस्तो तिमीहरूलाई लाग्दैन? कहिले तिनीहरूले मेरो पुनरागमनलाई पर्खिरहेका छैनन् र? मसित पुनर्मिलन हुन कहिले तिनीहरूले पर्खिरहेका छैनन् र? मसित सुन्दर दिनहरू बिताउन र मसित भोज खान सकूँ भनेर कहिले तिनीहरूले अपेक्षा गरेका छैनन् र? तिमीहरूले आज के गरिरहेका छौ भनी कहिल्यै महसुस गरेका छौ: संसारभरि उपद्रव मच्चाउने; एक अर्काको विरुद्ध षडयन्त्र रच्ने; एक अर्कालाई छल्ने; धोकापूर्वक, गोप्यतापूर्वक, र निर्लज्जतापूर्वक व्यवहार गर्ने; सत्यतालाई नजान्ने; धोका र कुटिलतायुक्त कार्य गर्ने; चाप्लुसी गर्ने; आफैलाई अरूभन्दा सधैँ ठीक र उत्तम ठान्ने; अभिमानी बन्ने; र पहाडमा बस्ने जङ्गली जनावरहरूजस्तै बर्बरतापूर्वक व्यवहार गर्ने अनि पशुहरूका राजासरह अशिष्ट व्यवहार गर्ने—के यी व्यवहारहरू एउटा मानिसको लागि उपयुक्त छ र? तिमीहरू अशिष्ट र अविवेकी छौ। तिमीहरूले कहिल्यै मेरा वचनहरूलाई बहुमूल्य ठानेका छैनौं तर त्यसप्रति घृणायुक्त मनोवृत्ति अपनाएका छौ। यस प्रकारका उपलब्धिहरू, साँचो मानव जीवन अनि सुन्दर आशाहरू कहाँबाट आउँछन्? के तेरो फजुल कल्पनाले तँलाई बाघको मुखदेखि साँच्चै उद्धार गर्छ र? के यसले तँलाई जलिरहेको आगोबाट उद्धार गर्छ र? यदि तैँले साँचो रीतिले मेरा कामलाई अमूल्य सम्पत्तिजस्तै सम्मान गरेको भए के तँ यस हदसम्म खसेका हुन्थिस् र? तेरो भाग्य वास्तवमै परिवर्तन गर्न नसकिने हुन सक्छ र? के तँ त्यस्तो अफसोसका साथ मर्न इच्छुक छस् र?