मानवजातिलाई व्यवस्थापन गर्ने उद्देश्य

यदि मानिसहरूले मानव जीवनको सही मार्ग र मानवजातिका निम्ति परमेश्‍वरको व्यवस्थापन योजनाको उद्देश्य साँचो र स्पष्ट रूपमा देख्‍न सके भने, तिनीहरू आफ्नो व्यक्तिगत भविष्य र नियतिलाई खजानाको रूपमा आफ्नो हृदयमा समातेर राख्दैनन्। तब तिनीहरूले आफ्ना बाबुआमाको सेवामा चासो राख्‍नेछैनन्, जो सुँगुर र कुकुरहरूभन्दा खराब छन्। के मानिसको भविष्य र नियति ठीक पत्रुसका वर्तमान समयका तथाकथित “आमाबाबुहरू” होइनन् र? तिनीहरू मानिसका देह र रगतजस्ता छन्। देहको गन्तव्य र भविष्य के हुनेछ? के यो जीवित छँदै परमेश्‍वरलाई देख्‍न पाउने अवस्था हुनेछ कि मृत्युपछि प्राणले परमेश्‍वरलाई भेट्ने अवस्था हुनेछ? के देह भोलि महासङ्कष्टको ठूलो भट्टीमा समाप्त हुनेछ कि अग्‍निकुण्डमा? मानिसको देहले दुर्भाग्य सहनेछ कि कष्ट भोग्‍नेछ भन्‍ने यी प्रश्‍नहरू के यस वर्तमान प्रवाहमा रहेका, मस्तिष्क भएका र संवेदनशील रहेका जोकोहीसित सबैभन्दा बढी सम्बन्धित सबैभन्दा ठूला समाचारहरू होइनन् र? (यहाँ, कष्टले आशिष पाउने कुरालाई जनाउँछ; यसको अर्थ भविष्यमा हुने परीक्षाहरू मानिसका गन्तव्यका लागि फाइदाजनक हुन्छन्। दुर्भाग्यले दृढ भई खडा हुन नसक्‍नु वा बहकाउनुलाई बुझाउँछ; वा यसको अर्थ व्यक्तिले दुर्भाग्यपूर्ण परिस्थितिहरूको सामना गर्नेछ र विपत्तिहरूमा परेर आफ्नो ज्यान गुमाउनेछ, र उसको प्राणको निम्ति कुनै उपयुक्त गन्तव्य हुनेछैन भन्‍ने हो।) मानिसहरूसँग राम्रो समझ भए पनि, सायद तिनीहरूले सोचेका कुराहरू तिनीहरूको समझशक्ति जुन कुराले सुसज्‍जित हुनुपर्छ त्योसँग पूर्ण रूपले मेल नखान सक्छ। किनकि तिनीहरू सबै भ्रमित हुन्छन् र अन्धाधुन्ध रूपमा कामकुराहरूलाई पछ्याउँछन्। तिनीहरू सबैले आफू के भित्र प्रवेश गर्नुपर्छ त्यो कुरा राम्ररी बुझ्नुपर्छ, र विशेष रूपमा महसंकष्टकालमा (अर्थात् आगोको भट्टीमा शोधन हुँदा) केमा प्रवेश गर्नुपर्छ, साथै आगोको परीक्षाको अवधिमा तिनीहरू कुन कुराले सुसज्‍जित हुनुपर्छ सो पत्ता लगाउनुपर्छ। सधैँ आफ्ना आमाबाबु (अर्थात् देह) को सेवा नगर् जो सुँगुर र कुकुरहरू जस्ता छन् र कमिला र उडुसहरू भन्दा पनि खराब छन्। यसप्रति व्याकुल हुनु, बलपूर्वक सोचविचार गर्नु र आफ्नो दिमागलाई कष्ट दिनुको के अर्थ छ? देह तेरो स्वामित्वमा छैन, यो त परमेश्‍वरको हातमा छ, जसले तँलाई नियन्त्रण मात्र गर्नुहुन्‍न, शैतानलाई पनि हुकुम गर्नुहुन्छ। (यसको अर्थ देह सुरुमा शैतानको स्वामित्वमा हुन्छ भन्‍ने हो। शैतान पनि परमेश्‍वरको हातमा छ, त्यसैले यस कुरालाई यो शब्दमा मात्र भन्‍न सकिन्छ। किनकि यस प्रकारले भन्दा धेरै पत्यारिलो हुन्छ; यसले मानिसहरू सम्पूर्ण रूपमा शैतानको सत्तामा छैनन्, बरु परमेश्‍वरको हातमा छन् भन्‍ने बुझाउँछ।) तँ देहको यातनामा परेर जिइरहेको छस्—तर के देह तेरो स्वामित्वमा छ त? के यो तेरो वशमा छ? त्यस विषयमा किन तेरो दिमागमा जोर लगाउँछस्? किन लामो समयदेखि तेरो सडेको देहको निम्ति निरन्तर परमेश्‍वरसँग बिन्ती गरिरहन्छस्, जुन लामो समयदेखि दोषी ठहरिएको, श्रापित भएको र अशुद्ध आत्माहरूद्वारा अशुद्ध पारिएको छ? शैतानका सहयोगीहरूलाई सधैँ तेरो हृदयको नजिक राख्‍नुको के आवश्यकता छ? के देहले तेरो वास्तविक भविष्यलाई, तेरा सुन्दर आशाहरूलाई र तेरो जीवनको साँचो गन्तव्यलाई बिगार्न सक्छ भन्‍ने कुरामा तँ चिन्तित हुँदैनस् र?

आजको मार्ग हिँड्न सजिलो छैन। यो भन्‍न सकिन्छ कि यो प्राप्त गर्न निकै गाह्रो छ, र युगौंयुगभरि यो अति दुर्लभ रहेको छ। तैपनि, मानिसको देह मात्रै पनि उसलाई बरबाद पार्न पर्याप्त हुन्छ भनी कसले सोचेको थियो र? आजको काम अवश्य नै वसन्तको झरीजस्तै अनमोल छ, र मानिसप्रति परमेश्‍वरको दयाजत्तिकै मूल्यवान् छ। तैपनि, यदि मानिसले उहाँको वर्तमान कामको उद्देश्य जान्दैन भने वा मानवजातिको सार बुझ्दैन भने, यसको अनमोलता र बहुमूल्यताको कुरा कसरी गर्न सकिन्छ? देह मानिसहरूको स्वामित्वमा हुँदैन, त्यसैले यसको वास्तविक गन्तव्य कहाँ हुनेछ भनेर कसैले पनि स्पष्ट रूपमा बुझ्न सक्दैन। तैपनि, तैँले यो राम्ररी जान्‍नुपर्छ कि सृष्टिका प्रभुले सृष्टि गरिएको मानवजातिलाई त्यसको सुरुको स्थानमा फर्काउनुहुनेछ, र तिनीहरूको सृष्टिको समयदेखिको मूल स्वरूप पुनर्स्थापित गर्नुहुनेछ। उहाँले मानिसभित्र फुकिदिनुभएको सास पूर्ण रूपमा फिर्ता लिनुहुनेछ, हड्डी र मासुलाई फेरि कब्जा गर्नुहुनेछ र सबै थोकलाई सृष्टिका प्रभुमा फर्काउनुहुनेछ। उहाँले मानवजातिलाई पूर्ण रूपमा रूपान्तरण र नवीकरण गर्नुहुनेछ, र मानिसबाट परमेश्‍वरको सम्पूर्ण सम्पदा फिर्ता लिनुहुनेछ जुन मानवजातिको नभई परमेश्‍वरको हो, र त्यो फेरि कहिल्यै मानवजातिलाई दिनुहुनेछैन। किनकि पहिलो कुरा त यो हो कि ती कुनै पनि कुरा मानवजातिको थिएनन्। उहाँले ती सबैलाई फिर्ता लिनुहुनेछ—यो अनुचित लुट होइन; बरु, यसको उद्देश्य त स्वर्ग र पृथ्वीलाई तिनीहरूको मूल अवस्थामा पुनर्स्थापित गर्नु, साथै मानिसलाई रूपान्तरण र नवीकरण गर्नु हो। यो मानिसको लागि उचित गन्तव्य हो, तापनि यो मानिसहरूले सोचेजस्तो देहलाई सजाय दिइएपछि फेरि आफ्नो बनाउने कुरा होइन। देह नष्ट भएपछि परमेश्‍वरले त्यसको अस्थिपञ्‍जर चाहनुहुन्‍न; उहाँ मानिसमा भएका मूल तत्त्वहरू चाहनुहुन्छ जुन सुरुदेखि नै परमेश्‍वरका थिए। यसैले, उहाँले मानवजातिलाई नष्ट गर्नुहुनेछैन वा मानिसको देहलाई पूर्ण रूपले नष्ट पार्नुहुनेछैन, किनकि मानिसको देह उसको निजी सम्पत्ति होइन। यो त मानवजातिलाई व्यवस्थापन गर्नुहुने परमेश्‍वरको अतिरिक्त भाग हो। उहाँले आफ्नो “आनन्द” का लागि मानिसका देहलाई कसरी नष्ट पार्न सक्‍नुहुन्छ र? अहिलेसम्म, के तैँले एक पैसा मूल्य पनि नपर्ने आफ्नो देहलाई वास्तवमै सम्पूर्ण रूपमा छोडेको छस्? यदि तैँले आखिरी दिनहरूको कामको तीस प्रतिशत मात्रै बुझ्न सकिस् भने (यो तीस प्रतिशत भन्‍नुको अर्थ पवित्र आत्माको आजको काम र आखिरी दिनहरूमा भएको परमेश्‍वरका वचनहरूको काम हो), तैँले अहिलेजसरी आफ्‍नो देहको “सेवा” गरिरहँदैनस् वा “सन्तानको भक्ति” कायम गरिरहँदैनस्; तेरो देह त धेरै वर्षदेखि भ्रष्ट रहेको छ। तँलाई के थाहा स्पष्ट हुनुपर्छ भने मानिसहरू अहिले अभूतपूर्व अवस्थामा विकसित भएका छन्, र तिनीहरू अब इतिहासका पाङ्ग्राहरूजस्तै अगाडि बढ्नेछैनन्। तेरो ढुसी परेको देह लामो समयदेखि झिँगाहरूद्वारा ढाकिएको छ, त्यसैले परमेश्‍वरले आजको दिनसम्म अघि बढ्न दिनुभएको इतिहासका पाङ्ग्राहरूलाई यसले कसरी उल्टाउन सक्छ? आखिरी दिनहरूको शान्त रूपमा चल्ने घडीलाई यसले फेरि कसरी टिक-टिक गर्ने बनाउन र त्यसका काँटाहरूलाई घडीकै दिशामा चल्‍ने बनाउन सक्छ? यसले बाक्‍लो कुहिरोमा ढाकिएको संसारलाई कसरी रूपान्तरण गर्न सक्छ? के तेरो देहले पहाडपर्वत र नदीनालालाई पुनर्जीवित पार्न सक्छ? तेरो शरीर जसको थोरै मात्र काम छ, के त्यसले साँच्‍चै तैँले अति नै चाहेको मानव संसार पुनर्स्थापित गर्न सक्छ? के तँ आफ्ना सन्तानलाई साँच्‍चै “मानव प्राणी” बन्‍ने शिक्षा दिन सक्छस्? के तैँले अहिले यो कुरा बुझिस्? तेरो शरीर वास्तवमा केको स्वामित्वमा छ? मानिसलाई मुक्ति दिनु, मानिसलाई सिद्ध पार्नु र मानिसलाई रूपान्तरण गर्नुको परमेश्‍वरको सुरुको अभिप्राय भनेको तँलाई एउटा सुन्दर मातृभूमि दिनु वा मानिसको देहलाई शान्तिपूर्ण विश्राम दिनु भन्‍ने थिएन; यो त उहाँको महिमा र उहाँको गवाहीको लागि, मानवजातिको भविष्यको अझ उत्तम आनन्दका लागि र यसरी तिनीहरूले चाँडै विश्राम गर्न सकून् भन्‍ने अभिप्रायको लागि थियो। अझै पनि, यो तेरो देहको निम्ति थिएन, किनकि मानिस परमेश्‍वरको व्यवस्थापनको पूँजी हो र मानिसको देह अतिरिक्त वस्तु मात्रै हो। (मानिस आत्मा र शरीर दुवै भएको एक वस्तु हो, जबकि देह नष्ट भएर जाने वस्तु मात्र हो। यसको अर्थ देह व्यवस्थापन योजनामा प्रयोग गरिने एउटा साधन हो भन्‍ने हुन्छ।) तँलाई थाहा हुनुपर्छ कि परमेश्‍वरले मानिसहरूलाई सिद्ध पार्ने, पूर्ण पार्ने र प्राप्त गर्ने कार्यले तिनीहरूको देहमा तरवार र चोटहरू, साथै अन्त्यहीन कष्ट, आगोको जलन, निर्दयी न्याय, सजाय, र श्रापहरू अनि असीम परीक्षाहरूबाहेक अरू केही ल्याउँदैन। मानव व्यवस्थापन गर्ने कामको वास्तविक कथा र वास्तविकता यही हो। तर, यी सबै कुरा मानिसको देहतर्फ लक्षित हुन्छन्, र शत्रुताका सबै वाण निर्दयतापूर्वक मानिसको देहप्रति नै लक्षित गरिन्छन् (किनकि मानिस निर्दोष छ)। यो सबै नै उहाँको महिमा र गवाही अनि उहाँको व्यवस्थापनका खातिर हो। किनभने उहाँको काम मानवजातिका खातिर मात्र होइन, यो त सम्पूर्ण योजनाका खातिर पनि हो, साथै उहाँले मानवजाति सृष्टि गर्नुहुँदाको उहाँको मौलिक अभिप्राय पूरा गर्न पनि हो। त्यसकारण, सायद मानिसको नब्बे प्रतिशत अनुभव कष्ट र आगोका परीक्षा हुन्, र मानिसको देहले तृष्णा गरेका मीठा र खुसीयालीका दिनहरू या त थोरै हुन्छन्, या त हुँदै हुँदैनन्। मानिसले देहमा परमेश्‍वरसित सुन्दर समय बिताउने खुसीका क्षणहरूको आनन्द लिन त झनै सक्दैन। देह फोहोरी छ, त्यसैले मानिसको देहले जे देख्छ वा जे उपभोग गर्छ त्यो परमेश्‍वरको सजायबाहेक अरू केही होइन, जसलाई मानिसले असंवेदनशील पाउँछ, मानौँ त्यसमा सामान्य समझ नै छैन। किनभने परमेश्‍वरले आफ्नो धर्मी स्वभाव प्रकट गर्नुहुनेछ, जुन “मानिसप्रति असंवेदनशील हुन्छ”, र जसले मानिसका उल्लङ्घनहरू सहँदैन, र शत्रुहरूलाई घृणा गर्छ। परमेश्‍वरले कुनै पनि आवश्यक माध्यमद्वारा उहाँको सम्पूर्ण स्वभाव खुल्लमखुल्ला प्रकट गर्नुहुन्छ, र त्यसमार्फत शैतानसँगको उहाँको छ हजार वर्षे लडाइँको काम अर्थात्, सारा मानवजातिको मुक्तिको काम, र पुरानो शैतानलाई नष्ट गर्ने काम समाप्त गर्नुहुन्छ।

अघिल्लो: तैँले तेरो भविष्यको मिसनलाई कसरी सम्हाल्नुपर्छ?

अर्को: मानिसको सार र पहिचान

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्