परमेश्वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पदचापहरू पछ्याऊ
अब, तिमीहरूले परमेश्वरका मानिसहरू बन्ने प्रयास गर्नुपर्छ, र सम्पूर्ण प्रवेशलाई सही बाटोमा सुरु गर्नुपर्छ। परमेश्वरका मानिसहरू बन्नु भनेको राज्यको युगमा प्रवेश गर्नु हो। आज, तिमीहरू औपचारिक रूपमा राज्यको तालिममा प्रवेश गर्न सुरु गर्छौ, र तिमीहरूको भविष्यको जीवन पहिलेको जस्तो सुस्त र मन्द बन्न छोड्नेछ; त्यसरी बाँचेर, परमेश्वरले अपेक्षा गर्नुभएका मापदण्डहरूलाई पूरा गर्नु असम्भव हुन्छ। यदि तैँले कुनै आतुरी अनुभूति गर्दैनस् भने, तँसँग आफैलाई सुधार गर्ने इच्छा छैन, तेरो प्रयास अन्योल र दोधारमा छ, र तैँले परमेश्वरका अभिप्रायहरू पूरा गर्न सक्दैनस् भन्ने यसले देखाउँछ। राज्यको तालिममा प्रवेश गर्नु भनेको परमेश्वरका मानिसहरूको जीवन सुरु गर्नु हो—के तँ त्यस्तो तालिम स्वीकार गर्न इच्छुक छस्? के तँ आतुरीको आभास अनुभूत गर्न इच्छुक छस्? के तँ परमेश्वरको अनुशासनमा जिउन इच्छुक छस्? के तँ परमेश्वरको सजायमा जिउन इच्छुक छस्? जब परमेश्वरको वचन तँकहाँ आउँछ र तँलाई जाँच गर्छ, तैँले कसरी व्यवहार गर्नेछस्? अनि तैँले सबै किसिमका तथ्यहरूको सामना गर्दा के गर्नेछस्? विगतमा, तेरो ध्यान जीवनमा केन्द्रित थिएन; आज, तैँले जीवन वास्तविकतामा प्रवेश गर्ने कार्यमा ध्यान केन्द्रित गर्नुपर्छ, र तैँले तेरो जीवन स्वभावमा परिवर्तन गर्ने प्रयास गर्नुपर्छ। राज्यका मानिसहरूले हासिल गर्नैपर्ने कुरा यही हो। जो परमेश्वरका मानिसहरू हुन् उनीहरू सबैमा जीवन हुनैपर्छ, उनीहरूले राज्यको तालिम स्वीकार गर्नैपर्छ, र आफ्नो जीवनको स्वभावलाई परिवर्तन गर्ने प्रयास गर्नुपर्छ। राज्यका मानिसहरूलाई परमेश्वरले दिनुभएको मापदण्ड यही हो।
राज्यका मानिसहरूका लागि परमेश्वरका मापदण्डहरू निम्नानुसार छन्:
१. तिनीहरूले परमेश्वरका आज्ञाहरूलाई स्वीकार गर्नैपर्छ। भन्नुको अर्थ, तिनीहरूले आखिरी दिनहरूका परमेश्वरको कार्यमा बोलिएका सबै वचनहरूलाई स्वीकार गर्नैपर्छ।
२. तिनीहरू राज्यको तालिममा प्रवेश गर्नैपर्छ।
३. तिनीहरूले आफ्नो हृदयमा परमेश्वरको छुवाइ प्राप्त गर्ने प्रयास गर्नैपर्छ। जब तेरो हृदय पूर्ण रूपमा परमेश्वरमा फर्किएको हुन्छ, र तँसँग सामान्य आत्मिक जीवन हुन्छ, तब तँ स्वतन्त्रताको क्षेत्रमा जिउनेछस्, जसको अर्थ तँ परमेश्वरको प्रेमको वास्ता र सुरक्षामा जिउनेछस् भन्ने हुन्छ। परमेश्वरको वास्ता र सुरक्षामा जिउँदा मात्र तँ परमेश्वरको स्वामित्वमा हुनेछस्।
४. तिनीहरू परमेश्वरद्वारा प्राप्त गरिनैपर्छ।
५. तिनीहरू पृथ्वीमा परमेश्वरको महिमाको प्रकटीकरण बन्नैपर्छ।
यी पाँच बुँदाहरू तिमीहरूको लागि मेरा आज्ञाहरू हुन्। मेरा वचनहरू परमेश्वरका मानिसहरूको लागि बोलिन्छन्, र यदि तँ यी आज्ञाहरूलाई स्वीकार गर्न अनिच्छुक छस् भने, म तँलाई जबरजस्ती गर्नेछैन—तर यदि तैँले तिनलाई साँचो रूपमा स्वीकार गरिस् भने, तँ परमेश्वरको इच्छालाई पछ्याउन सक्नेछस्। आज, तिमीहरूले परमेश्वरका आज्ञाहरू स्वीकार गर्न, र राज्यका मानिसहरू बन्ने प्रयास गर्न र राज्यका मानिसहरू बन्नका लागि पूरा गर्नुपर्ने मापदण्डहरू पूरा गर्न सुरु गर्छौ। प्रवेशको पहिलो चरण यही हो। यदि तँ पूर्ण रूपमा परमेश्वरको इच्छालाई पछ; याउन चाहन्छस् भने, तैँले यी पाँच आज्ञालाई स्वीकार गर्नैपर्छ, र यदि तैँले तिनलाई हासिल गर्न सकिस् भने, तँ परमेश्वरका अभिप्रायहरू अनुसारको हुनेछस् र परमेश्वरले अवश्य नै तँलाई बृहत् रूपमा प्रयोग गर्नुहुनेछ। राज्यको तालिममा प्रवेश गर्नु नै आजको लागि महत्त्वपूर्ण कुरा हो। राज्यको तालिममा प्रवेश गर्ने कार्यमा आत्मिक जीवन संलग्न हुन्छ। यसभन्दा पहिले, आत्मिक जीवनको बारेमा कुनै कुरा उठाइएको थिएन, तर आज, तँ राज्यको तालिममा प्रवेश गर्न सुरु गर्ने क्रममा, तँ औपचारिक रूपमा आत्मिक जीवनमा प्रवेश गर्छस्।
कस्तो प्रकारको जीवन आत्मिक जीवन हो? आत्मिक जीवन भनेको त्यो जीवन हो जहाँ तेरो हृदय पूर्ण रूपमा परमेश्वरमा फर्केको र परमेश्वरको प्रेमप्रति सचेत हुन सक्ने हुन्छ। यो त्यो जीवन हो जसमा तँ परमेश्वरका वचनहरूमा जिउँछस्, र तेरो हृदयलाई अरू कुनै कुराले ओगट्दैन, र तैँले आजको परमेश्वरको अभिप्रायहरूलाई बुझ्न सक्छस्, र तँ तेरो कर्तव्य निर्वाह गर्नको लागि पवित्र आत्माको आजको ज्योतिद्वारा मार्गनिर्देशित हुन्छस्। मानिस र परमेश्वरको बीचमा रहेको त्यो जीवन नै आत्मिक जीवन हो। यदि तैँले आजको ज्योतिलाई पछ्याउन सक्दैनस् भने, परमेश्वरसँगको तेरो सम्बन्धमा दरार उत्पन्न भएको छ—यो टुटेको समेत हुन सक्छ—अनि तँ सामान्य आत्मिक जीवनविहीन छस्। परमेश्वरसँगको सामान्य सम्बन्ध आजको परमेश्वरको वचनलाई स्वीकार गर्ने कार्यको जगमा निर्मित हुन्छ। के तँमा सामान्य आत्मिक जीवन छ? के तँमा परमेश्वरसँगको सामान्य सम्बन्ध छ? के तँ पवित्र आत्माको कार्यलाई पछ्याउने व्यक्ति होस्? यदि तँ आज पवित्र आत्माको ज्योतिलाई पछ्याउन सक्छस्, र परमेश्वरका वचनहरूभित्रको उहाँका अभिप्रायहरूलाई बोध गर्न, र यी वचनहरूमा प्रवेश गर्न सक्छस् भने, तँ पवित्र आत्माको प्रवाहलाई पछ्याउने व्यक्ति होस्। यदि तँ पवित्र आत्माको प्रवाहलाई पछ्याउँदैनस् भने, तँ सत्यताको पछि नलाग्ने व्यक्ति होस् भन्नेमा कुनै शङ्का छैन। आफैलाई सुधार गर्न इच्छा नगर्नेहरूभित्र पवित्र आत्माले काम गर्ने कुनै सम्भावना हुँदैन, र परिणामस्वरूप, त्यस्ता मानिसहरूले कहिल्यै पनि आफ्नो सामर्थ्य बटुल्न सक्दैनन्, र तिनीहरू सधैँ नै नकारात्मक हुन्छन्। आज, के तँ पवित्र आत्माको प्रवाहलाई पछ्याउँछस्? के तँ पवित्र आत्माको प्रवाहमा छस्? के तँ नकारात्मक स्थितिबाट निस्किआएको छस्? परमेश्वरको वचनमा विश्वास गर्ने, परमेश्वरको वचनलाई जगको रूपमा लिने, र पवित्र आत्माको आजको ज्योतिलाई पछ्याउनेहरू सबै—तिनीहरू सबै पवित्र आत्माको प्रवाहमा हुन्छन्। यदि तँ परमेश्वरका वचनहरू स्पष्ट रूपमा साँचो र सही छन् भन्ने विश्वास गर्छस् भने, र यदि तँ उहाँले जे भन्नुभए तापनि परमेश्वरका वचनहरूमा विश्वास गर्छस् भने, तँ परमेश्वरको काममा प्रवेश गर्न लागिपर्ने व्यक्ति होस्, र यसरी तैँले परमेश्वरका अभिप्रायहरूलाई पूरा गर्छस्।
पवित्र आत्माको प्रवाहमा प्रवेश गर्नका लागि, तैँले परमेश्वरसँग सामान्य सम्बन्ध राख्नैपर्छ, र तैँले सुरुमा आफ्नो नकारात्मक स्थितिलाई फाल्नैपर्छ। कतिपय मानिस सधैँ भीडको पछि लाग्छन्, र तिनीहरूको हृदय परमेश्वरबाट तर्किएर धेरै टाढा जान्छ; त्यस्ता मानिसहरूमा प्रगति गर्ने कुनै चाहना हुँदैन, र तिनीहरूले पछ्याउने मानकहरू अत्यन्तै न्यून हुन्छन्। परमेश्वरलाई प्रेम गर्ने र परमेश्वरद्वारा प्राप्त गरिने पछ्याइ मात्र परमेश्वरको अभिप्राय हो। कतिपय मानिस यस्ता हुन्छन् जो आफ्नो विवेक प्रयोग गरेर परमेश्वरको प्रेमको प्रतिदान मात्र गर्छन्, तर यसले परमेश्वरका अभिप्रायहरू पूरा गर्न सक्दैन; तँ जति उच्च मानकहरू पछ्याउँछस्, त्यो त्यति नै बढी परमेश्वरका अभिप्रायहरूअनुरूप हुनेछ। सामान्य मानिस, र परमेश्वरलाई प्रेम गर्न खोज्ने मानिसहरूका रूपमा, राज्यमा प्रवेश गर्नु र परमेश्वरका मानिसहरू बन्नु तिमीहरूको साँचो भविष्य, र सबैभन्दा मूल्यवान् र महत्त्वपूर्ण जीवन हो; तिमीहरूजत्तिको आशिषित कोही पनि हुँदैन। म किन यसो भन्छु? किनभने परमेश्वरमा विश्वास नगर्नेहरू देहका लागि जिउँछन्, र तिनीहरू शैतानका लागि जिउँछन्, तर आज तिमीहरू परमेश्वरका लागि जिउँछौ, र परमेश्वरको इच्छा पछ्याउनका लागि जिउँछौ। यही कारणले गर्दा नै म भन्छु कि तिमीहरूको जीवन सबैभन्दा अर्थपूर्ण छ। परमेश्वरद्वारा चुनिएका मानिसहरूको यो समूहले मात्रै सबैभन्दा अर्थपूर्ण जीवन जिउन सक्छ: पृथ्वीमा अरू कोही पनि तिमीहरूको जस्तो त्यस्तो मूल्य र अर्थको जीवन जिउन सक्षम छैन। तिमीहरू परमेश्वरद्वारा छानिएका हुनाले, र परमेश्वरद्वारा उच्च पारिएका हुनाले, र अझै बढी परमेश्वरको प्रेमको कारणले गर्दा, तिमीहरूले साँचो जीवन बोध गरेका छौ, र सबैभन्दा मूल्यवान् तरिकाले कसरी जिउने भन्ने जानेका छौ। यो तिमीहरूले राम्ररी पछ्याउने भएकाले होइन, बरु परमेश्वरको अनुग्रहको कारणले गर्दा हो; परमेश्वरले नै तिमीहरूको आत्मिक आँखा खोलिदिनुभयो, र परमेश्वरको आत्माले नै तिमीहरूको हृदयलाई स्पर्श गर्नुभयो, र तिमीहरूलाई उहाँसामु आउने सौभाग्य दिनुभयो। यदि परमेश्वरको आत्माले तिमीहरूलाई अन्तर्दृष्टि नदिनुभएको भए, तिमीहरू परमेश्वरको प्रेमिलो पक्ष देख्न असक्षम हुनेथियौ, न त तिमीहरूले परमेश्वरलाई प्रेम गर्न नै सम्भव हुनेथियो। पूर्णतया परमेश्वरको आत्माले मानिसहरूको हृदयलाई स्पर्श गर्नुभएको कारणले गर्दा नै तिनीहरूको हृदय परमेश्वरतर्फ फर्केको हो। कहिलेकाहीँ, जब तँ परमेश्वरका वचनहरूको आनन्द लिइरहेको हुन्छस्, तब तेरो आत्मालाई स्पर्श हुन्छ, अनि तँ परमेश्वरलाई बिलकुलै प्रेम गर्नैपर्छ, तँभित्र ठूलो शक्ति छ, र तैँले त्याग्न नसक्ने कुनै कुरा छैन भन्ने अनुभूति गर्छस्। यदि तँलाई अनुभूति हुन्छ भने, तँलाई परमेश्वरको आत्माले स्पर्श गर्नुभएको छ, र तेरो हृदय पूर्ण रूपमा परमेश्वरतर्फ फर्केको छ, अनि तैँले परमेश्वरलाई प्रार्थना गर्नेछस् र यसो भन्नेछस्, “परमेश्वर! हामी साँच्चै नै तपाईंद्वारा पूर्वनिर्धारित गरिएका र चुनिएका हौँ। तपाईँको महिमाले मलाई गौरव दिलाउँछ, र म तपाईँका मानिसहरूमध्ये एक हुन पाउनु सम्मानको कुरा हो भन्ने ठान्छु। म तपाईँको इच्छा पछ्याउनका लागि आफूलाई पूर्ण रूपमा अर्पण गर्नेछु र मेरो सबै कुरा चढाउनेछु, र मेरा सबै वर्ष, र यस जीवनमा मसँग भएको सबै ऊर्जातपाईँप्रति समर्पित गर्नेछु।” जब तँ यसरी प्रार्थना गर्छस्, तब तेरो हृदयमा परमेश्वरप्रति असीम प्रेम र साँचो समर्पण हुनेछ। के तैँले कहिल्यै यस्तो अनुभव गरेको छस्? यदि मानिसहरूलाई अक्सर परमेश्वरको आत्माद्वारा यसरी स्पर्श गरियो भने, तिनीहरूले परमेश्वरलाई विशेष समर्पणका प्रार्थनाहरू चढाउनेछन्: “परमेश्वर! तपाईँले महिमा प्राप्त गर्नुभएको दिन हेर्ने मेरो इच्छा छ, र तपाईँका लागि जिउने मेरो इच्छा छ—तपाईँका लागि जिउनुभन्दा योग्य वा अर्थपूर्ण कुरा अरू केही हुँदैन, र ममा शैतान र देहका लागि जिउने अलिकति पनि चाहना छैन। आज तपाईँ मलाई तपाईँका लागि जिउन सक्षम तुल्याएर उच्च पार्नुहुन्छ।” जब तैँले यसरी प्रार्थना गरेको हुन्छस्, तब तँलाई तैँले आफ्नो हृदय जसरी पनि परमेश्वरलाई दिनैपर्छ, तैँले परमेश्वरलाई प्राप्त गर्नैपर्छ, र जिउँदै छँदा परमेश्वरलाई प्राप्त नगरी मर्नु तँलाई घृणा लाग्नेछ भन्ने महसुस हुनेछ। यस्तो प्रार्थना गरेपछि, तँभित्र कहिल्यै नसकिने शक्ति हुनेछ, र त्यो कहाँबाट आउँछ भन्ने कुरा तँलाई थाहा हुनेछैन; तेरो हृदयमा असीमित शक्ति हुनेछ, र तँलाई परमेश्वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ, र उहाँ प्रेम गर्न योग्य हुनुहुन्छ भन्ने आभास हुनेछ। यहीबेला तँलाई परमेश्वरद्वारा स्पर्श गरिएको हुनेछ। यस्तो अनुभव गरेका सबैलाई परमेश्वरद्वारा स्पर्श गरिएको हुनेछ। जसलाई अक्सर परमेश्वरद्वारा स्पर्श गरिन्छ तिनीहरूको जीवनमा परिवर्तनहरू आउँछन्, तिनीहरू पूर्ण रूपमा परमेश्वरलाई प्राप्त गर्ने सङ्कल्प गर्न सक्षम हुन्छन्, तिनीहरूको परमेश्वरलाई प्रेम गर्ने हृदय तुलनात्मक रूपमा बलियो हुन्छ, र तिनीहरूको हृदय पूर्ण रूपमा परमेश्वरतर्फ फर्केको हुन्छ। तिनीहरू आफ्नो परिवार, संसार, बन्धनहरू, र आफ्ना भविष्यका सम्भावनाहरूलाई आफ्नो मनबाट पूर्ण रूपमा निकाल्छन्, र तिनीहरू जीवनमा आफूसँग भएको सबै ऊर्जा परमेश्वरलाई समर्पित गर्न इच्छुक हुन्छन्। परमेश्वरको आत्माद्वारा स्पर्श गरिएकाहरू सबै त्यस्ता मानिस हुन् जो सत्यता पछ्याउँछन्, र जसलाई परमेश्वरद्वारा सिद्ध पारिने आशा हुन्छ।
के तैँले तेरो हृदय परमेश्वरतर्फ फर्काएको छस्? के तेरो हृदय परमेश्वरका आत्माद्वारा छोइएको छ? यदि तैँले कहिल्यै त्यस्तो अनुभव गरेको छैनस् भने, र यदि तैँले त्यसरी कहिल्यै प्रार्थना गरेको छैनस् भने, तेरो हृदयमा परमेश्वरको निम्ति कुनै ठाउँ छैन भन्ने यसले देखाउँछ। परमेश्वरका आत्माद्वारा अगुवाइ गरिएकाहरू र परमेश्वरका आत्माद्वारा छोइएकाहरू सबैमा परमेश्वरको काम हुन्छ, जसले परमेश्वरका वचनहरू र परमेश्वरको प्रेमले तिनीहरूमा जरा गाडेको छ भन्ने देखाउँछ। कतिपय मानिसहरू यसो भन्छन्: “मेरा प्रार्थनाहरूमा म तिमीजस्तो एकाग्रचित्त हुँदिन, न त मलाई परमेश्वरले त्यसरी नै छुनुहुन्छ; कहिलेकहीँ—जब म ध्यान गर्छु र प्रार्थना गर्छु—परमेश्वर प्रेमिलो हुनुहुन्छ, र मेरो हृदयलाई परमेश्वरले छुनुभएको छ भन्ने मलाई अनुभव हुन्छ।” मानिसको हृदयभन्दा महत्त्वपूर्ण कुरा अरू केही पनि छैन। जब तेरो हृदय परमेश्वरमा फर्केको हुन्छ, तेरो सम्पूर्ण अस्तित्व नै परमेश्वरमा फर्केको हुन्छ, र त्यो बेला तेरो हृदयलाई परमेश्वरका आत्माले छुनुभएको हुनेछ। तिमीहरूमध्ये धेरैजसोले यस्तो अनुभव गरेका छौ—यति मात्रै हो कि, तिमीहरूका अनुभवहरूको गहिराइ उस्तै छैन। कतिपय मानिसहरू यसो भन्छन्: “म प्रार्थनाका धेरै शब्दहरू बोल्दिनँ, म अरूले बोलेको सुन्छु अनि मभित्र सामर्थ्य पैदा हुन्छ।” तँलाई परमेश्वरले भित्री रूपमा छुनुभएको छ भन्ने यसले देखाउँछ। भित्री रूपमा परमेश्वरद्वारा छोइएका मानिसहरू अरूका प्रार्थनाका शब्दहरू सुन्दा उत्प्रेरित हुन्छन्; यदि उत्प्रेरणात्मक शब्दहरू सुन्दा कुनै व्यक्तिको हृदय पूर्ण रूपमा अप्रभावित हुन्छ भने, तिनीहरूमा पवित्र आत्माको काम छैन भन्ने प्रमाणित हुन्छ। तिनीहरूभित्र कुनै तृष्णा हुँदैन, जसले तिनीहरूमा कुनै संकल्प छैन, र तसर्थ तिनीहरू पवित्र आत्माको कार्यविहीन छन् भन्ने देखाउँछ। यदि कुनै व्यक्तिलाई परमेश्वरले छुनुभएको छ भने, परमेश्वरको वचन सुन्दा तिनीहरूले प्रतिक्रिया दिनेछन्; यदि तिनीहरू परमेश्वरद्वारा छोइएका छैनन् भने, तिनीहरू परमेश्वरको वचनमा संलग्न भएका हुँदैनन्, ती कुराहरूसँग तिनीहरूले कुनै सम्बन्ध कायम गर्दैनन्, र तिनीहरूले अन्तर्दृष्टि प्राप्त गर्न सक्दैनन्। जसले परमेश्वरको वचन सुनेर पनि प्रतिक्रिया दिँदैनन्, तिनीहरू त्यस्ता मानिसहरू हुन् जो परमेश्वरद्वारा छोइएका छैनन्—तिनीहरू पवित्र आत्माको कार्य नभएका मानिसहरू हुन्। नयाँ ज्योति स्वीकार गर्न सक्नेहरू सबैलाई पवित्र आत्माको कामले छोएको हुन्छ, र तिनीहरू सबैमा पवित्र आत्माको काम हुन्छ।
आफैलाई मापन गर्:
१. के तँ पवित्र आत्माको वर्तमान कामको बीचमा छस्?
२. के तेरो हृदय परमेश्वरमा फर्केको छ? के तँ परमेश्वरद्वारा छोइएको छस्?
३. के परमेश्वरका वचनहरूले तँभित्र जरा गाडेको छ?
४. के तेरो अभ्यास परमेश्वरका मापदण्डहरूको जगमा निर्मित छ?
५. के तँ पवित्र आत्माको वर्तमान ज्योतिको अगुवाइमा जिउँछस्?
६. तेरो हृदयलाई पुराना धारणाहरूले शासन गरेको छ, कि यसलाई परमेश्वरको आजको वचनले शासन गरेको छ?
यी वचनहरू सुन्दा, तिमीहरूभित्र कस्तो प्रतिक्रिया उत्पन्न हुन्छ? यतिका वर्ष विश्वास गरेपछि, के परमेश्वरका वचनहरू तिमीहरूको जीवन बनेका छन्? के तेरो अघिल्लो भ्रष्ट स्वभावमा कुनै परिवर्तन आएको छ? के तँलाई, परमेश्वरका वर्तमान वचनहरूअनुसार, जीवन हुनु भनेको के हो, र जीवनविहीन हुनु भनेको के हो भन्ने थाहा छ? के तिमीहरूलाई यो कुरा प्रस्ट भयो? परमेश्वरलाई पछ्यानुमा प्रमुख महत्त्वको कुरा के हो भने सबै कुरा परमेश्वरका वर्तमान वचनहरूअनुसार हुनुपर्छ: तँ जीवन प्रवेश पछ्याइरहेको भए पनि वा परमेश्वरका अभिप्रायहरू पूरा गर्ने पछ्याइमा रहेको भए पनि, सबै कुरा परमेश्वरका वर्तमान वचनहरूवरिपरि केन्द्रित हुनुपर्छ। यदि तैँले सङ्गति गर्ने र प्रवेश गर्न खोज्ने कुराहरू परमेश्वरका वर्तमान वचनहरूवरिपरि केन्द्रित छैनन् भने, तँ परमेश्वरका वचनहरूभन्दा बाहिरको व्यक्ति होस्, र तँसँग पवित्र आत्माको काम बिलकुलै छैन। परमेश्वर उहाँका पदचापहरू पछ्याउने मानिसहरू चाहनुहुन्छ। तैँले पहिले बुझेको कुरा जतिसुकै अद्भुत र शुद्ध भए पनि, परमेश्वर त्यो चाहनुहुन्न, र यदि तँ त्यस्ता कुराहरू त्याग्न असमर्थ छस् भने, ती भविष्यमा तेरो प्रवेशका लागि ठूलो बाधा बन्नेछन्। पवित्र आत्माको आजको ज्योतिलाई पछ्याउन सक्नेहरू सबै आशिषित हुन्छन्। युगौँयुग र पुस्तौँपुस्ताअघिका मानिसहरूले पनि परमेश्वरका पदचापहरूलाई पछ्याए, तर तिनीहरूले आजको दिनसम्म पछ्याइरहन सकेनन्; आखिरी दिनहरूका मानिसहरूको आशिष् नै यही हो। पवित्र आत्माको वर्तमान कार्यलाई पछ्याउन सक्ने, र परमेश्वरका पदचापहरू पछ्याउन सक्नेहरू, परमेश्वरले तिनीहरूलाई जहाँ डोर्याउनुभए पनि उहाँलाई नै पछ्याउनेहरू—यिनीहरू परमेश्वरद्वारा आशिषित मानिसहरू हुन्। पवित्र आत्माको वर्तमान कामलाई नपछ्याउनेहरू परमेश्वरका वचनहरूको काममा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूले जतिसुकै काम गरे पनि, वा तिनीहरूको दुःख जतिसुकै ठूलो भए पनि, वा तिनीहरूले जतिसुकै दौडधुप गरे पनि, परमेश्वरका लागि त्यो कुनै पनि कुराको कुनै अर्थ हुँदैन, र उहाँले तिनीहरूलाई अनुमोदन गर्नुहुनेछैन। आज, परमेश्वरका वर्तमान वचनहरूलाई पछ्याउनेहरू सबै पवित्र आत्माको प्रवाहमा छन्; परमेश्वरका वर्तमान वचनहरूभन्दा बाहिर हुनेहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर छन्, र त्यस्ता मानिसहरू परमेश्वरद्वारा अनुमोदित हुँदैनन्। पवित्र आत्माका वर्तमान वचनहरूभन्दा बाहिरको सेवा भनेको देहको र धारणाहरूको सेवा हो, र यो परमेश्वरका अभिप्रायहरूअनुरूप हुन असम्भव छ। यदि मानिसहरू धार्मिक धारणाहरूका बीचमा जिउँछन् भने, तिनीहरू परमेश्वरका अभिप्रायहरूअनुरूपको कुनै पनि कुरा गर्न असक्षम हुन्छन्, र तिनीहरूले परमेश्वरको सेवा गरे पनि, तिनीहरू आफ्ना कल्पना र धारणाहरूका बीचमा रहेर सेवा गर्छन्, र परमेश्वरका अभिप्रायहरूअनुरूप सेवा गर्न पूर्ण रूपमा असक्षम हुन्छन्। जो पवित्र आत्माको कामलाई पालन गर्न असक्षम छन् तिनीहरू परमेश्वरका अभिप्रायहरू बुझ्दैनन्, र जो परमेश्वरका अभिप्रायहरू बुझ्दैनन् तिनीहरू परमेश्वरको सेवा गर्न सक्दैनन्। परमेश्वर उहाँका अभिप्रायहरूअनुरूपको सेवा चाहनुहुन्छ; उहाँ धारणाहरूको र देहको सेवा चाहनुहुन्न। यदि मानिसहरू पवित्र आत्माको कामका चरणहरू पालन गर्न असमर्थ छन् भने, तिनीहरू धारणाहरूका बीचमा जिउँछन्। त्यस्ता मानिसहरूको सेवाले अवरोध र बाधा दिन्छ, र त्यस्तो सेवा परमेश्वरविपरीत हुन जान्छ। तसर्थ जो परमेश्वरका पदचापहरू पछ्याउन असक्षम छन् तिनीहरू परमेश्वरको सेवा गर्न असक्षम हुन्छन्; जो परमेश्वरका पदचापहरू पछ्याउन असक्षम छन् तिनीहरू पक्कै पनि परमेश्वरको विरोध गर्छन्, र पक्कै पनि परमेश्वरसँग मिल्ने हुन असक्षम हुन्छन्। “पवित्र आत्माको कामलाई पालन गर्नु” को अर्थ परमेश्वरका वर्तमान अभिप्रायहरू बुझ्नु, र परमेश्वरका वर्तमान मागहरूअनुसार चल्न, आजका परमेश्वरप्रति समर्पित हुन र उहाँलाई पछ्याउन, अनि परमेश्वरका नवीनतम वचनहरूअनुरूप प्रवेश गर्न सक्षम हुनु हो। यो मात्रै पवित्र आत्माको कामलाई पालन गर्ने र पवित्र आत्माको प्रवाहमा रहने व्यक्ति हो। त्यस्ता मानिसहरू परमेश्वरको अनुमोदन प्राप्त गर्न र परमेश्वरलाई देख्न सक्षम हुने मात्र होइन, तिनीहरू परमेश्वरको नवीनतम कामबाट परमेश्वरको स्वभाव पनि जान्न सक्छन्, र उहाँको नवीनतम कामबाट मानिसका धारणाहरू र विद्रोहीपन, र मानिसको प्रकृति र सार जान्न सक्छन्; यसबाहेक, तिनीहरू आफ्नो सेवाको दौरान बिस्तारै आफ्नो स्वभावमा परिवर्तनहरू हासिल गर्न सक्षम हुन्छन्। यस्ता मानिसहरू मात्रै परमेश्वरलाई प्राप्त गर्न सक्षम रहेका, र साँच्चिकै साँचो मार्ग भेट्टाएका मानिस हुन्। जो पवित्र आत्माको कामद्वारा हटाइन्छन् तिनीहरू परमेश्वरको नवीनतम कामलाई पछ्याउन असक्षम रहेका, र परमेश्वरको नवीनतम कामको विरुद्धमा लाग्ने मानिस हुन्। त्यस्ता मानिसहरूले परमेश्वरको खुलेर विरोध गर्नुको कारण भनेको परमेश्वरले नयाँ काम गर्नुभएको हुनु, र परमेश्वरको स्वरूप तिनीहरूका धारणाहरूमा भएको जस्तो नहुनु हो—यसको परिणामस्वरूप, तिनीहरू परमेश्वरको खुलेर विरोध गर्छन् र परमेश्वरलाई गलत ठहराउँछन्, जसको परिणामस्वरूप परमेश्वरले तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ। परमेश्वरको नवीनतम कामको ज्ञान राख्नु कुनै सजिलो कुरा होइन, तर यदि मानिसहरू दृढताका साथ परमेश्वरको कामप्रति समर्पित हुन र परमेश्वरको काम खोज्न सक्छन् भने, तिनीहरूले परमेश्वरलाई देख्ने मौका पाउनेछन्, र पवित्र आत्माको नवीनतम मार्गदर्शन प्राप्त गर्ने मौका प्राप्त गर्नेछन्। परमेश्वरको कामलाई जानाजानी विरोध गर्नेहरू पवित्र आत्माको अन्तर्दृष्टि वा परमेश्वरको मार्गदर्शन प्राप्त गर्न सक्दैनन्। तसर्थ, मानिसहरूले परमेश्वरको नवीनतम काम प्राप्त गर्न सक्नु वा नसक्नु परमेश्वरको अनुग्रहमा, साथै तिनीहरूको पछ्याइ र तिनीहरूका अभिप्रायहरूमा निर्भर हुन्छ।
पवित्र आत्माका हालका वचनहरूप्रति समर्पित हुन सक्नेहरू सबै आशिषित् छन्। मानिसहरू पहिले जस्तो हुने गरेका भए पनि, वा पवित्र आत्माले तिनीहरूमा जसरी काम गर्ने गरेको भए पनि—परमेश्वरको नवीनतम काम प्राप्त गर्नेहरू सबै नै सबैभन्दा बढी आशिषित् छन्, र आज नवीनतम कामलाई पछ्याउन नसक्नेहरू सबै हटाइनेछन्। परमेश्वर नयाँ ज्योति स्वीकार गर्न सक्नेहरूलाई चाहनुहुन्छ, र उहाँ आफ्नो नवीनतम कामलाई स्वीकार गर्ने र चिन्नेहरूलाई चाहनुहुन्छ। तँ एउटी शुद्ध कन्या हुनैपर्छ भनेर किन भनिएको हो? एउटी शुद्ध कन्याले पवित्र आत्माको काम खोज्न र नयाँ कुराहरू बुझ्न सक्छे, र यसबाहेक, पुराना धारणाहरू त्याग्न, र आजका परमेश्वरको कामप्रति समर्पित हुन सक्छे। आजको नवीनतम कामलाई स्वीकार गर्ने मानिसहरूको यो समूह युगौँअघि परमेश्वरद्वारा पूर्वनिर्धारित गरिएका थिए, र मानिसहरूमा तिनीहरू सबैभन्दा बढी आशिषित् छन्। तिमीहरू परमेश्वरको आवाज सिधै सुन्छौ, र परमेश्वरको देखापराइलाई हेर्छौ, र त्यसैले, स्वर्ग र पृथ्वीभरि, साथै युगौँयुग र पुस्तौँपुस्ताभरि, तिमीहरू, अर्थात् मानिसहरूको यो समूहभन्दा बढी आशिषित् कोही पनि भएको छैन। यो सबै परमेश्वरको कामको कारणले, परमेश्वरको पूर्वनिर्धारण र छनौटको कारणले, र परमेश्वरको अनुग्रहको कारणले गर्दा भएको हो; यदि परमेश्वरले नबोल्नुभएको र आफ्ना वचनहरू व्यक्त नगर्नुभएको भए, के तिमीहरूको अवस्था आजको जस्तो हुन सक्थ्यो र? त्यसैले, सबै महिमा र प्रशंसा परमेश्वरलाई नै होस्, किनभने यो सबै परमेश्वरको उच्चता हो। यी कुराहरू मनमा राखेपछि, के तँ अझै पनि नकारात्मक हुन सक्छस्? के तेरो शक्ति अझै पनि जागृत नहुन सक्छ र?
तैँले परमेश्वरका वचनहरूको न्याय, सजाय, प्रहार, र शोधनलाई स्वीकार गर्न सक्छस्, यसको साथै तँ परमेश्वरका आज्ञाहरूलाई स्वीकार गर्न सक्छस् भन्ने कुरा युगौंयुग पहिले नै परमेश्वरले पूर्वनिर्धारित गरिसक्नुभएको थियो, तसर्थ तँलाई सजाय दिइँदा तँ हैरान हुनु हुँदैन। तिमीहरूमा गरिएको काम, र तिमीहरूलाई दिइएका आशिष्हरू कसैले पनि खोस्न सक्दैन, अनि तिमीहरूलाई दिइएका सबै कुराहरू कसैले पनि खोसेर लैजान सक्दैन। धर्मका मानिसहरूलाई तिमीहरूसँग तुलना गर्न सकिँदैन। तिमीहरूमा बाइबलसम्बन्धी विशेषज्ञता छैन, र तिमीहरू धार्मिक धर्मसिद्धान्तहरूद्वारा सुसज्जित छैनौ, तर परमेश्वरले तिमीहरूभित्र काम गर्नुभएको हुनाले, तिमीहरूले युगौंयुगको अवधिमा अरू कसैले भन्दा बढी प्राप्त गरेका छौ—त्यसकारण, यो तिमीहरूको सबैभन्दा ठूलो आशिष् हो। यही कारणले गर्दा, तिमीहरू परमेश्वरप्रति अझै समर्पित हुनुपर्छ, र परमेश्वरप्रति अझै निष्ठावान हुनुपर्छ। परमेश्वरले तँलाई माथि उठाउनुहुने भएकोले, तैँले आफ्नो प्रयासहरूलाई सुदृढ पार्नुपर्छ, र परमेश्वरको आज्ञालाई स्वीकार गर्नको लागि तेरो कदलाई तयार गर्नुपर्छ। परमेश्वरले तँलाई दिनुभएको स्थानमा तँ दह्रिलो गरी खडा हुनैपर्छ, परमेश्वरका मानिसहरूमध्ये एक बन्न तँ लागिपर्नुपर्छ, राज्यको तालिमलाई स्वीकार गर्नुपर्छ, परमेश्वरद्वारा प्राप्त गरिनुपर्छ र आखिरमा परमेश्वरको महिमावान् गवाही बन्नुपर्छ। के तँमा यी संकल्पहरू छन्? यदि तँमा यस्ता संकल्पहरू छन् भने, आखिरमा तँलाई अवश्य नै परमेश्वरले प्राप्त गर्नुहुनेछ, र तँ परमेश्वरको महिमावान् गवाही बन्नेछस्। मुख्य आज्ञा भनेको नै परमेश्वरद्वारा प्राप्त गरिनु र परमेश्वरको महिमावान् गवाही बन्नु हो भन्ने कुरालाई तैँले बुझ्नुपर्छ। परमेश्वरको अभिप्राय नै यही हो।
पवित्र आत्माको आजका वचनहरू पवित्र आत्माका कार्यका गतिशीलताहरू हुन्, र यो अवधिमा पवित्र आत्माले मानिसलाई निरन्तर अन्तर्दृष्टि दिनु नै पवित्र आत्माको कामको प्रवृत्ति हो। अनि आजको पवित्र आत्माको कामको प्रवृत्ति के हो त? यो परमेश्वरको आजको काममा, र सामान्य आत्मिक जीवनमा मानिसहरूको नेतृत्व गर्नु हो। सामान्य आत्मिक जीवनमा गरिने प्रवेशका धेरै चरणहरू छन्:
१. पहिलो, तैँले आफ्नो हृदयलाई परमेश्वरको वचनमा खन्याउनैपर्छ। तैँले विगतको परमेश्वरको वचनलाई पछ्याउनु हुँदैन, र तिनलाई अध्ययन गर्नु हुँदैन, न त तिनलाई आजको वचनहरूसँग नै तुलना गर्नु हुन्छ। बरु, तैँले आफ्नो हृदयलाई पूर्ण रूपमा परमेश्वरको वर्तमान वचनमा लगाउनुपर्छ। यदि अझै पनि विगतका परमेश्वरको वचन, आत्मिक पुस्तकहरू, वा अरू प्रचारका विवरणहरूलाई पढ्न चाहने, तर आजको पवित्र आत्माको वचनलाई नपछ्याउने मानिसहरू छन् भने, तिनीहरू सबैभन्दा मूर्ख मानिसहरू हुन्; परमेश्वरले त्यस्ता मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ। यदि तँ आजको पवित्र आत्माको ज्योतिलाई स्वीकार गर्न इच्छुक छस् भने, परमेश्वरको आजका वाणीहरूमा आफ्नो हृदयलाई पूर्ण रूपमा खन्या। तैँले हासिल गर्नुपर्ने पहिलो कुरा नै यही हो।
२. तैँले आजको परमेश्वरले बोल्नुभएका वचनहरूको जगमा प्रार्थना गर्नैपर्छ, तँ परमेश्वरका वचनहरूमा प्रवेश गरेर परमेश्वरसँग कुराकानी गर्नैपर्छ, र तैँले आफूले हासिल गर्न चाहेका मापदण्डहरू स्थापित गर्दै परमेश्वरको अघि आफ्ना संकल्पहरू गर्नैपर्छ।
३. तैँले पवित्र आत्माको आजको कामको जगमा सत्यताभित्र गहन प्रवेशको खोजी गर्नुपर्छ। विगतका पुराना भइसकेका वाणी र सिद्धान्तहरूलाई पक्री नराख्।
४. तैँले पवित्र आत्माको छुवाइ प्राप्त गर्ने र परमेश्वरका वचनहरूमा प्रवेश गर्ने प्रयास गर्नुपर्छ।
५. तँ आज पवित्र आत्माले हिँड्नुभएको मार्गमा प्रवेश गर्न लागिपर्नुपर्छ।
अनि तैँले कसरी पवित्र आत्माको छुवाइको खोजी गर्छस्? महत्त्वपूर्ण कुरा भनेको परमेश्वरका वर्तमान वचनहरूमा जिउनु, र परमेश्वरका मापदण्डहरूको जगमा रही प्रार्थना गर्नु हो। यसरी प्रार्थना गरिसकेपछि, पवित्र आत्माले तँलाई अवश्य नै छुनुहुन्छ। यदि तँ आज परमेश्वरले बोल्नुभएका वचनहरूको जगमा रही खोजी गर्दैनस् भने, यो व्यर्थ हुन्छ। तैँले यसो भन्दै प्रार्थना गर्नुपर्छ: “हे परमेश्वर! म तपाईंको विरोध गर्छु, र म तपाईंको धेरै ऋणी छु; म धेरै विद्रोही छु, र म कहिल्यै पनि तपाईंलाई सन्तुष्ट तुल्याउन सक्दिनँ। हे परमेश्वर, तपाईंले मलाई मुक्ति दिनुहोस् भन्ने मेरो कामना छ, म तपाईंका लागि अन्त्यसम्मै श्रम गर्न चाहन्छु, म तपाईंको निम्ति मर्न चाहन्छु। तपाईं मेरो न्याय गर्नुहोस् र मलाई सजाय दिनुहोस्, तर म कुनै गुनासो गर्दिनँ; म तपाईंको विरोध गर्छु र म मर्न योग्य छु, ताकि मेरो मृत्युमा सबै मानिसहरूले तपाईंको धर्मी स्वभावलाई देख्न सकून्।” जब तँ हृदयबाटै यसरी प्रार्थना गर्छस्, परमेश्वरले तँलाई सुन्नुहुनेछ र तँलाई अगुवाइ गर्नुहुनेछ; यदि तँ पवित्र आत्माको आजका वचनहरूको जगमा रही प्रार्थना गर्दैनस् भने, पवित्र आत्माले तँलाई छुनुहुने कुनै सम्भावना हुँदैन। यदि तँ परमेश्वरका अभिप्रायअनुसार, र आज परमेश्वरले जे गर्न चाहनुहुन्छ त्योअनुसार प्रार्थना गर्छस् भने, तैँले यसो भन्नेछस्: “हे परमेश्वर! म तपाईंका आज्ञाहरूलाई स्वीकार गर्न र तपाईंका आज्ञाहरूप्रति विश्वासयोग्य हुन चाहन्छु, अनि म मेरो सम्पूर्ण जीवन नै तपाईंकै महिमामा अर्पण गर्न इच्छुक छु, ताकि मैले गर्ने सबै कुरा परमेश्वरका मानिसहरूका मापदण्डहरूको स्तरसम्म पुग्न सकून्। मेरो हृदय तपाईंद्वारा छोइयोस्। तपाईंको आत्माद्वारा मलाई सधैँ अन्तर्दृष्टि मिलोस्, मैले गर्ने सबै कुराले शैतानलाई शर्ममा पारोस्, आखिरमा मलाई तपाईंले प्राप्त गर्नुहोस् भन्ने मेरो कामना छ।” यदि तँ यसरी, परमेश्वरका अभिप्रायवरिपरि केन्द्रित भई प्रार्थना गर्छस् भने, पवित्र आत्माले अपरिहार्य रूपमै तँमा काम गर्नुहुनेछ। तेरो प्रार्थनाका शब्दहरू कति धेरै छन् त्यसले केही फरक पार्दैन—तैँले परमेश्वरका अभिप्रायहरू बुझ्छस् कि बुझ्दैनस्, मुख्य कुरा त्यही हो। तिमीहरू सबैले सायद यस्तो अनुभव प्राप्त गरेका छौ होला: भेलामा प्रार्थना गरिरहेको बेला कहिलेकहीँ पवित्र आत्माको कार्यका गतिशीलताहरू तिनको चरम अवस्थामा पुग्छन् र त्यसले सबैको सामर्थ्यलाई माथि उठाउँछ। कतिपय मानिसहरू प्रार्थना गर्दागर्दै परमेश्वरको अघि पछुतोले भरिएर नराम्ररी रुन्छन् र रुँदै बरर आँसु झार्छन्, र कतिपय मानिसहरूले आफ्नो सङ्कल्प देखाउँछन् र भाकल गर्छन्। पवित्र आत्माको कामले हासिल गर्नुपर्ने प्रभाव त्यस्तै नै हो। आज, सबै मानिसहरूले परमेश्वरको वचनमा आफ्नो हृदय पूर्ण रूपमा खन्याउनु महत्त्वपूर्ण छ। पहिले बोलिएका वचनहरूमा ध्यान नदे; पहिले जे आएको थियो त्यसलाई नै तँ अझै पक्रिरहन्छस् भने, पवित्र आत्माले तँभित्र काम गर्नुहुनेछैन। के तँ यो कति महत्त्वपूर्ण छ भन्ने देख्छस्?
के तँ आज पवित्र आत्माले हिँड्नुभएको मार्ग चिन्छस्? माथि उल्लेख गरिएका विभिन्न बुँदाहरू पवित्र आत्माले आज र भविष्यमा पूरा गर्नुपर्ने कुराहरू हुन्; ती पवित्र आत्माले लिनुभएको मार्ग हो, र मानिसले हासिल गर्न खोज्नुपर्ने प्रवेश हो। तेरो जीवन प्रवेशमा, तैँले कम्तीमा पनि तेरो हृदयलाई परमेश्वरका वचनहरूमा खन्याउनुपर्छ, र परमेश्वरका वचनहरूको न्याय र सजायलाई स्वीकार गर्न सक्नुपर्छ; तेरो हृदय परमेश्वरको लागि तृषित हुनैपर्छ, तैँले सत्यताभित्रको गहन प्रवेश, र परमेश्वरले तोक्नुभएका उद्देश्यहरू खोजी गर्नुपर्छ। जब तँमा यस्तो सामर्थ्य हुन्छ, यसले तँलाई परमेश्वरले छुनुभएको छ, र तेरो हृदय परमेश्वरतर्फ फर्कन थालेको छ भन्ने देखाउँछ।
जीवन प्रवेश गर्ने कार्यको पहिलो चरण भनेको तेरो हृदयलाई पूर्ण रूपमा परमेश्वरका वचनहरूमा खन्याउनु हो, र दोस्रो चरण भनेको पवित्र आत्माको छुवाइलाई स्वीकार गर्नु हो। पवित्र आत्माको छुवाइलाई स्वीकार गरेर के प्रभाव हासिल गरिन्छ? यो अझै गहन सत्यताको तृष्णा गर्न, त्यसको खोजी गर्न, र अन्वेषण गर्न, र सकारात्मक तरिकाले परमेश्वरसँग सहकार्य गर्न सक्षम हुनलाई हो। आज, तँ परमेश्वरसँग सहकार्य गर्छस्, भन्नुको अर्थ, तेरो खोजी, तेरा प्रार्थनाहरू, र परमेश्वरका वचनहरूसँग तेरो विचार-मन्थनको उद्देश्य छ, र तैँले तेरो कर्तव्य परमेश्वरका मापदण्डहरूअनुसार पूरा गर्छस्—यो मात्रै परमेश्वरसँग सहकार्य गर्नु हो। यदि तँ परमेश्वरलाई काम गर्न दिनेबारेमा मात्रै बोल्छस्, तर प्रार्थना र खोजी गर्नु त कता हो कता तैँले कुनै काम समेत गर्दैनस् भने, के यसलाई सहकार्य भन्न सकिन्छ र? यदि तँमा सहकार्यको कुनै छाप नै छैन, र तँमा उद्देश्यसहितको प्रवेशको तालिमको अभाव छ भने, तैँले सहकार्य गरिरहेको छैनस्। कतिपय मानिसहरूले यसो भन्छन्: “सबै कुरा परमेश्वरले गर्नुभएको पूर्वनिर्धारणमा नै निर्भर हुन्छ, यो सबै परमेश्वर स्वयमले गर्नुहुन्छ; यदि यो परमेश्वरले गर्नुभएको होइन भने, मानिसले कसरी गर्न सक्थ्यो र?” परमेश्वरको कार्य सामान्य छ, र अलिकति पनि अलौकिक छैन, र तेरो सक्रिय खोजीद्वारा मात्रै पवित्र आत्माले काम गर्नुहुन्छ, किनभने परमेश्वरले जबरजस्ती गर्नुहुन्न—तैँले परमेश्वरलाई काम गर्ने अवसर दिनैपर्छ, र यदि तँ खोजी वा प्रवेश गर्दैनस् भने, र तेरो हृदयमा अलिकति पनि तृष्णा छैन भने, परमेश्वरसँग काम गर्ने कुनै मौका हुँदैन। परमेश्वरद्वारा छोइनको लागि तँ कुन मार्गद्वारा खोजी गर्छस्? प्रार्थनाद्वारा, र परमेश्वरको नजिक आएर। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, यो परमेश्वरले बोल्नुभएका वचनहरूको जगमा नै हुनुपर्छ भन्ने कुरा याद गर्। जब तँ बारम्बार परमेश्वरद्वारा स्पर्शित हुन्छस्, तब तँ देहको बन्धनमा पर्दैनस्: पति, पत्नी, छोराछोरी, र रुपियाँपैसा—ती सबैले तँलाई सीमित पार्न सक्दैनन्, र तँ सत्यताको पछि लाग्न र परमेश्वरको अघि जिउन मात्रै चाहन्छस्। यसपटक, तँ स्वतन्त्रताको क्षेत्रमा जिउने व्यक्ति बन्नेछस्।