६. एउटा भीषण आत्मिक लडाइँ

लि जिङ, चीन

सन् १९९३ मा म इसाई बनेँ, र त्यसपछि, मैले पाष्टर लिउलाई भेटेँ। बाहिरबाट हेर्दा, उहाँ दयालु देखिनुहुन्थ्यो र ठट्यौली पारामा बोल्नुहुन्थ्यो। उहाँसँग बाइबलको धेरै ज्ञान र व्यापक अनुभव थियो। उहाँ अध्ययनका लागि बारम्बार विभिन्न ठाउँमा पनि जानुहुन्थ्यो, र धेरै मण्डलीमा प्रचार पनि गर्नुहुन्थ्यो। उहाँ एकदमै स्नेही हुनुहुन्थ्यो, र विश्वासीहरूले जस्तोसुकै कठिनाइहरू भोगे पनि उहाँले सधैँ धैर्यतापूर्वक सहायता गर्नुहुन्थ्यो। धेरैजसो विश्वासीले उहाँलाई सम्मान गर्थे। म पनि उहाँलाई निकै प्रशंसा र सम्मान गर्थेँ। मलाई उहाँ प्रभुको साँचो विश्वासी हुनुहुन्छ भन्ने लाग्थ्यो। पाष्टर लिउले मलाई साँच्चै महत्त्व दिनुहुन्थ्यो, र मलाई गायन समूहको प्रभारी बनाउनुभयो। उहाँ अध्ययनका लागि अन्यत्र जाँदा मलाई मण्डलीको कार्यभार सुम्पनुहुन्थ्यो।

सन् १९९९ को मार्चमा, मेरा एक जना टाढाका आफन्तले दुई जना ब्रदरलाई ल्याउनुभयो र मलाई परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार प्रचार गर्नुभयो। उनीहरूले मलाई प्रभुमा साँचो रूपमा विश्वास गर्ने अरू केही ब्रदर-सिस्टरलाई पनि यो सुन्नका लागि साथमै ल्याउन भने। मैले सबैभन्दा पहिले पाष्टर लिउलाई सम्झिएँ, त्यसैले मैले उहाँलाई यो सुन्न बोलाएँ। तर नसोचेको कुरा, उहाँले आखिरी दिनहरूमा, मानिसहरूलाई भ्रममा पार्न झूटा ख्रीष्टहरू देखा पर्नेछन् भन्नुभयो। उहाँले मलाई त्यो नसुन्न भन्नुभयो, र ती दुई ब्रदरलाई लखेट्न भन्नुभयो। मैले ती दुई ब्रदर शालीन र भद्र देखेँ, र उनीहरूले बाइबलअनुसार नै सङ्गति गरेका थिए, त्यसैले मैले पाष्टरको कुरा सुनिनँ। मैले उहाँलाई नभनीकन केही सहकर्मीलाई पनि उनीहरूको प्रचार सुन्न साथमै ल्याएँ। ती दुई ब्रदरले हामीसँग मण्डलीको उजाडपनाको मूल कारण, परमेश्‍वरको कामका तीन चरण, साँचो ख्रीष्ट र झूटा ख्रीष्टहरूलाई कसरी छुट्याउने, र कसरी आखिरी दिनहरूमा परमेश्‍वरले मानिसहरूलाई शुद्ध पार्न आफ्नो न्यायको काम गर्नुहुन्छ भन्ने बारेमा सङ्गति गरे। हामीले जति सुन्यौँ, त्यति नै सुन्न मन लाग्यो। हामीलाई हाम्रो आत्माले विशेष पोषण पाएको महसुस भयो। हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरद्वारा व्यक्त वचनहरू पढ्यौँ र ती वास्तवमै परमेश्‍वरका वचन हुन् भन्ने निधो गर्‍यौँ। यी वचनहरूमा अख्तियार र शक्ति छ, र यी परमेश्‍वरको आवाज हुन्। कुनै पनि मानिसले यी वचनहरू बोल्न सक्दैन। हामीले जाँचबुझ गरेर सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्ने कुरामा निश्चित भयौँ। हामी सबै धेरै उत्साहित थियौँ। हामीले धेरै वर्षदेखि प्रतीक्षा गरिरहेका प्रभु येशू साँच्चिकै फर्कनुभएको छ भनेर हामीले सोचेकै थिएनौँ। हामी वास्तवमै कति आशिषित छौँ! मैले मनमनै सोचेँ, “पाष्टर लिउ प्रभुमा साँचो रूपमा विश्वास गर्नुहुन्छ। उहाँ कुराहरू त्यागेर प्रभुप्रति आफूलाई समर्पित गर्न सक्नुहुन्छ, र बाइबल पनि बुझ्नुहुन्छ। अघिल्लो पटक, भ्रममा परिने डरले गर्दा उहाँले सुन्नुभएन। प्रभु येशू फर्कनुभएको छ भन्ने थाहा पाएपछि, उहाँले पक्कै पनि यसलाई स्वीकार गर्नुहुनेछ।” त्यसैले, खुसी र आनन्दले भरिएर, मैले उहाँलाई परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार प्रचार गर्न ती दुई ब्रदरलाई ल्याएँ। मैले भनेँ, “पाष्टर लिउ, प्रभु येशू साँच्चिकै फर्कनुभएको छ, र अहिले परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्दै हुनुहुन्छ। के तपाईँलाई झूटा ख्रीष्टहरूले भ्रममा पार्लान् भन्ने चिन्ता छैन र? यी दुई ब्रदरले साँचो ख्रीष्ट र झूटा ख्रीष्टहरूलाई कसरी छुट्याउने भन्ने बारेमा एकदमै स्पष्ट रूपमा सङ्गति गर्नुहुन्छ। तपाईँले उहाँहरूको कुरा सुन्नुपर्छ!” उहाँले नचाहँदा-नचाहँदै हामीलाई स्वागत गर्नुभयो। ती दुई ब्रदरले उहाँलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचन पढेर सुनाए, र साँचो ख्रीष्ट र झूटा ख्रीष्टहरूलाई कसरी छुट्याउने भन्ने कुराको सत्यताबारे सङ्गति गरे। तर नसोचेको कुरा, उहाँले अधैर्य हुँदै भन्नुभयो, “कुरा गर्न बन्द गर्नुहोस्! मैले यो बुझेँ भने पनि, म यसलाई स्वीकार गर्नेछैनँ! यो साँचो मार्ग नै भए पनि, म यसलाई स्वीकार गर्नेछैनँ! तपाईँहरू चाहनुहुन्छ म तपाईँहरूको प्रचार सुनूँ? म धेरै वर्षदेखि मण्डलीमा काम र प्रचार गर्दै आएकी छु। म भेला र अध्ययनका लागि जताततै पुगेकी पनि छु। म हरेक वर्ष थप अध्ययनका लागि केही महिना सेमिनरी जान्छु। के तपाईँहरू यो सबै व्यर्थ थियो भन्दै हुनुहुन्छ?” उहाँले औँलामा गन्दै भन्न जारी राख्नुभयो, “म छ वटा मण्डलीको इन्चार्ज छु। यी सबै विश्वासीहरूलाई मैले गोठालो गरेकी छु। यो मण्डलीले मलाई त्यहाँ गएर प्रार्थना गर्न भन्छ। त्यो मण्डलीले मलाई त्यहाँ गएर प्रचार गर्न भन्छ। म तपाईँहरूको प्रचार पटक्कै सुन्ने छैनँ। म मेरा विश्वासीहरूप्रति जिम्मेवार हुनैपर्छ। मैले मेरा भेडाहरूको सुरक्षा गर्नैपर्छ!” आँखा तर्दै, उहाँले मतिर औँला ठड्याउनुभयो र कडा स्वरमा भन्नुभयो, “मैले तपाईँलाई नसुन्न भनेकी थिएँ, तर तपाईँले मेरो कुरा मान्नुभएन। तपाईँ भ्रममा पर्नुभएको छ, र अब मलाई पनि तपाईँसँगै भ्रममा पार्न चाहनुहुन्छ? तपाईँलाई त्यस्तो होला जस्तो लाग्छ? तपाईँलाई म पनि तपाईँजस्तै अलमल्ल परेकी छु जस्तो लाग्छ? तपाईँ बाइबल बुझ्नुहुन्न। म तपाईँलाई सल्लाह दिन्छु, छिटो फर्कनुहोस्!” एक जना ब्रदरले भने, “हामी सबै प्रभुमा विश्वास गर्छौं र प्रभुको आगमनको प्रतीक्षा गर्छौं। अहिले, सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: ‘सत्यता स्वीकार गर्न सक्‍नेहरूका निम्ति येशूको पुनरागमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न नसक्‍नेहरूका निम्ति यो दोषी ठहराइनुको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्‍नुपर्छ र पवित्र आत्माको निन्दा र सत्यतालाई इन्कार गर्नु हुँदैन। तिमीहरू अज्ञानी र अहङ्कारी व्यक्ति हुनुहुँदैन, बरु पवित्र आत्माको मार्गदर्शनप्रति समर्पित हुने, सत्यताका लागि तिर्खाउने र त्यसको खोजी गर्ने व्यक्ति हुनुपर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्‍नुभएको हुनेछ)।” यो सुन्नासाथ पाष्टर लिउ आगो हुनुभयो। उहाँले ती दुई ब्रदरतिर औँला ठड्याउँदै क्रूरतापूर्वक भन्नुभयो, “चुप्। अहिले नै निस्किहाल! यदि मेरो जिम्मेवारी क्षेत्रभित्र फेरि सुसमाचार प्रचार गरेको भेट्टाएँ भने, म तिमीहरूलाई तुरुन्तै सार्वजनिक सुरक्षा ब्युरोकहाँ बुझाइदिनेछु!” पाष्टर लिउले यसो भन्दा म त छक्क परेँ। प्रायजसो, उहाँले बाइबल अर्थ्याउँदा उहाँको लवज एकदमै दयालु हुन्थ्यो। आज मैले उहाँलाई प्रभु फर्कनुभयो भनेर बताउँदा, उहाँले खुसीसाथ स्वीकार गर्नुहुन्छ होला भन्ने मलाई लागेको थियो। उहाँको यस्तो मनोवृत्ति होला भनेर मैले सोचेकी पनि थिइनँ। म पूर्ण रूपमा अलमल्ल परेँ, र मैले मनमनै सोचेँ, “हामी प्रभुमा विश्वास गर्छौं, र हामी सबै प्रभुको आगमनको प्रतीक्षा गर्छौं। प्रभु फर्कनुभएको छ र सत्यता व्यक्त गर्नुभएको छ, तर उहाँले त्यो स्वीकार गर्नुभएन। उहाँ झन् रिसाउनुभयो र हामीलाई लखेट्नुभयो। उहाँले यो साँचो मार्ग भए पनि स्वीकार गर्नेछैनँ भनेर समेत भन्नुभयो। त्यसोभए उहाँ किन प्रभुमा विश्वास गर्नुहुन्छ?”

अप्रिल महिनाको एक दिन, मैले मण्डलीका सात जना मुख्य सहकर्मीलाई मेरो घरमा बोलाएँ ताकि उनीहरूले पनि ती दुई ब्रदरले परमेश्‍वरको आखिरी दिनहरूको कामबारे दिएको गवाही सुन्न सकून्। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचन पढेर, सबैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचन सत्यता हुन् भन्ने देखे, र सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू ख्रीष्ट हुनुहुन्छ भन्ने कुरामा निश्चित भए। कोही-कोही त यति उत्साहित भए कि उनीहरूको आँखाबाट आँसु बग्यो। ठीक त्यही बेला, पाष्टर लिउ रिसाउँदै भित्र पस्नुभयो। मुख्य सहकर्मीहरू त्यहाँ भएको देखेर, उहाँले हामीतिर औँला ठड्याएर रिसाउँदै भन्नुभयो, “ए, यही भएर पो मण्डलीको भेलामा कोही छैन रहेछन्। सबै जना यहाँ पो हुनुहुँदो रहेछ!” त्यसपछि, उहाँले परमेश्‍वरको निन्दा गर्न थाल्नुभयो। मलाई असाध्यै रिस उठ्यो, र मैले भनेँ, “तपाईँले आफूले नबुझेको कुरा गर्नु हुँदैन। पवित्र आत्माको निन्दा गर्ने पाप यो जुनीमा वा आउँदो संसारमा कहिल्यै क्षमा हुनेछैन! के तपाईँलाई परमेश्‍वरलाई चिढ्याउन डर लाग्दैन?” मैले यसो भनेको सुनेर, उहाँ झन् धेरै रिसाउनुभयो। उहाँले मतिर औँला ठड्याउँदै भन्नुभयो, “मैले तपाईँलाई उनीहरूको प्रचार नसुन्न भनेकी थिएँ, तर तपाईँले मेरो कुरा मान्नुभएन। तपाईँले त उनीहरूको कुरा सुन्न यति धेरै सहकर्मीलाई समेत ल्याउनुभएछ! म तपाईँलाई धेरै वर्षदेखि संवर्धन गर्दै आएकी छु। मैले तपाईँसँग हरेक कुरा छलफल गरेँ। अहिले, तपाईँले मलाई साँच्चै धोका दिनुभयो, र हाम्रो मण्डलीमा प्रचार गर्न बाहिरका मान्छेहरू समेत ल्याउनुभयो। मैले तपाईँलाई संवर्धन गरेको व्यर्थ भएछ!” मैले भनेँ, “हामी प्रभुमा विश्वास गर्छौं, र हामी सबै प्रभुको आगमनको प्रतीक्षा गर्छौं। अहिले प्रभु फर्कनुभएको छ र धेरै सत्यता व्यक्त गर्नुभएको छ। तपाईँ किन ब्रदर-सिस्टरहरूलाई सुन्न दिनुहुन्न?” सहकर्मीहरू सबैले भने, “हो त, पाष्टर लिउ। यो साँचो मार्ग हो। सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ।” पाष्टर लिउले उनीहरूतिर औँला ठड्याउँदै भन्नुभयो, “तपाईँहरूलाई प्रवचन सुन्न मन छ भने, म सुनाउँछु। तपाईँहरू सबै सहकर्मीहरू हुनुहुन्छ। तपाईँ मण्डलीको मेरुदण्ड हुनुहुन्छ। मैले तपाईँहरूलाई वर्षौँदेखि साथ दिएकी छु र संवर्धन गरेकी छु, तर अहिले, तपाईँहरू यो प्रवचन सुन्न यहाँ कुदेर आउनुभएछ। बाइबलले आखिरी दिनहरूमा मानिसहरूलाई भ्रममा पार्न झूटा ख्रीष्टहरू देखा पर्नेछन् भन्छ। तपाईँहरूलाई यो कसरी थाहा नभएको? यदि तपाईँहरू भ्रममा पर्नुभयो भने, के तपाईँहरूले मण्डलीका सबै मानिसलाई गलत मार्गमा लैजानुहुनेछैन र? मैले प्रभुलाई यसको हिसाबकिताब कसरी दिने? ती दुई जनाले भनेकै भरमा तपाईँहरूलाई प्रभु फर्कनुभएको छ भन्ने लाग्छ? तपाईँहरू कति सिधा हुनुहुन्छ! कसैले पनि यो कुरा नसुन्नू!” त्यहाँ उपस्थित तीन जना सहकर्मी पाष्टर लिउको कुराले विचलित भए र उनीहरूले सुनिरहने आँट गरेनन्। मलाई पाष्टर लिउले त्यसो भन्नु गलत हो भन्ने थाहा थियो। आखिरी दिनहरूमा मानिसहरूलाई भ्रममा पार्न झूटा ख्रीष्टहरू हुनेछन् भनेर प्रभु येशूले वास्तवमै भन्नुभएको हो। तर प्रभु येशूले झूटा ख्रीष्टहरूले मानिसहरूलाई ठूला चिन्ह र चमत्कारहरू देखाएर भ्रममा पार्नेछन् भनेर पनि भन्नुभएको थियो, ताकि हामीले केही सुझबुझ प्राप्त गर्न सकौँ। झूटा ख्रीष्टहरू देखा पर्नेछन् भन्दैमा हामीले प्रभुलाई स्वागत गर्नु हुँदैन र प्रभुको आवाज सुन्नु हुँदैन भनेर प्रभुले भन्नुभएकै थिएन। के उहाँले यहाँ प्रभुका वचनहरूको गलत व्याख्या गरिरहनुभएको थिएन र? त्यही बेला, पाष्टर लिउले सुसमाचार प्रचार गरेका ब्रदरहरूतिर औँला ठड्याउँदै भन्नुभयो, “तिमीहरू जे प्रचार गर्छौ, त्यो विधर्म हो। यदि परमेश्‍वर आउनुभएको छ भने, उहाँ खै त? के तिमीहरूले उहाँलाई देखेका छौ? म मण्डलीको कानूनी प्रतिनिधि हुँ, र यी मानिसहरू मेरो मण्डलीका हुन्। तिमीहरूले मलाई नसोधीकन यहाँ प्रचार गर्न पाउँदैनौ!” ती दुई ब्रदरले शान्त भई भने, “पाष्टर लिउ, भेडाहरू परमेश्‍वरका हुन्, कुनै व्यक्तिका होइनन्। प्रभु येशूले भन्‍नुभयो: ‘मेरा भेडाले मेरो आवाज सुन्छन्, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्(यूहन्‍ना १०:२७)। प्रभु सत्यता व्यक्त गर्न र आफ्ना भेडाहरू खोज्न फर्कनुभएको छ। तपाईँ मानिसहरूलाई परमेश्‍वरका वचन सुन्नबाट रोक्न सक्नुहुन्न। यो परमेश्‍वरका अभिप्रायहरूसँग मिल्ने कुरा होइन!” पाष्टर लिउले आदेशात्मक लवजमा भन्नुभयो, “यदि मैले तिमीहरूलाई यहाँ प्रचार गर्न दिइनँ भने, तिमीहरूले यहाँ प्रचार गर्नै पाउँदैनौ! यदि तिमीहरूले प्रचार गरिरह्यौ भने, म तिमीहरूलाई तुरुन्तै प्रहरी चौकीमा बुझाइदिनेछु!” पाष्टर लिउ यति क्रूर भएको देख्दा, मलाई प्रभु येशूले बाइबलमा वर्णन गरेका दुष्ट मोहीहरूको दृष्टान्त याद आयो। जब जमिनदारले फल उठाउन आफ्ना नोकरहरू र छोरालाई पठाए, मोहीहरूले ती सबैलाई मारे र जमिनदारको सम्पत्ति हडप्न चाहे। के पाष्टर लिउको तरिका ती मोहीहरूकै जस्तो थिएन र? ती दुई ब्रदरले प्रभुको आगमनको सुसमाचार प्रचार गर्नु एउटा असल काम थियो। उनीहरूले खुसीको खबर, शुभ समाचार प्रचार गरिररहेका थिए। तर पाष्टर लिउ सुसमाचार प्रचार गर्नेहरूसँग यस्तो व्यवहार गर्न, र उनीहरूलाई प्रहरी चौकीमा बुझाउन प्रहरी बोलाउने धम्की दिनसमेत पछि पर्नुभएन, जसको अर्थ उनीहरूलाई हानि गर्नका लागि दियाबलसहरूलाई सुम्पनु हो। यसले उहाँ साँच्चै एक दुष्ट नोकर हुनुहुन्थ्यो भन्ने देखाउँछ! पाष्टर लिउका बारेमा मैले केही सुझबुझ प्राप्त गरेँ, र मैले भनेँ, “पाष्टर लिउ, हामी सबै परमेश्‍वरमा विश्वास गर्नेहरू हौँ। तपाईँ यी ब्रदरहरूलाई कसरी प्रहरी चौकीमा बुझाउन सक्नुहुन्छ? के यो यहुदा हुनु होइन र? यहुदाको परिणाम के भएको थियो भन्ने कुरा तपाईँलाई राम्ररी थाहा छ, होइन त?” मैले यसो भनेको देखेपछि, उहाँ थप केही बोल्नुभएन। मैले अगाडि भनेँ, “पाष्टर लिउ, म तपाईँको भावना बुझ्न सक्छु। तर के हामीले प्रभुको आगमनको प्रतीक्षा गर्नकै लागि प्रभुमा विश्वास गरेका होइनौँ र? अहिले, प्रभु आउनु भएको छ भनेर प्रचार गर्न मानिसहरू आएका छन्। खोजी वा जाँचबुझ नै नगरी यो झूटो हो भनेर तपाईँ साह्रै मनमानी गरिरहनुभएको छैन र? मैले ती दुई ब्रदरले भनेको जे जति सुनेँ, त्यो सबै बाइबलअनुसार नै छ। प्रभु आफ्नो नयाँ काम गर्न आउनुभएको छ …” पाष्टर लिउले अधैर्य हुँदै भन्नुभयो, “कुरा गर्न बन्द गर्नुहोस्! तपाईँलाई के थाहा छ? तपाईँ छिटो फर्किनु राम्रो हुन्छ!” यति भनिसकेपछि, उहाँ रिसाउँदै जानुभयो। त्यति बेला, विचलित भएका तीन जना सहकर्मी पाष्टर लिउसँगै गए। बाँकी रहेका सहकर्मीहरूले खोजी र जाँचबुझ गर्न जारी राखे, र अन्त्यमा, उनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गरे।

त्यसपछि, मानिसहरूलाई साँचो मार्गको जाँचबुझ गर्नबाट रोक्नका लागि पाष्टर लिउले मण्डलीमा आधारहीन अफवाहहरू फैलाउनुभयो। उहाँले भन्नुभयो, “लि जिङले जे विश्वास गर्छे, त्यो विधर्म हो। त्यसको कुरा नसुन्नुहोस्। धार्मिक मामिला ब्युरोको बैठकमा हुँदा, मैले त्यहाँका कर्मचारी र थ्री-सेल्फ मण्डलीका स्थायी समिति सदस्यहरूलाई यसबारे सोधेकी थिएँ। उनीहरू सबैले सम्पूर्ण धार्मिक समुदायले पूर्वीय ज्योतिको विरोध गर्छ र राज्यले यसका विश्वासीहरूलाई दमन र गिरफ्तार गरिरहेको छ भनेर भने। यदि तपाईँहरूले यसमा विश्वास गर्नुभयो भने, तपाईँहरू गिरफ्तार हुनुहुनेछ, र तपाईँहरूको परिवारका सबै जना यसमा तानिनेछन्।” पाष्टर लिउले परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गरेका ब्रदर-सिस्टरहरूको घरघरमा गएर उनीहरूलाई बाधा र धम्की दिने काम पनि गर्नुभयो। कोही-कोही त उहाँद्वारा यति भ्रमित पारिए कि उनीहरू दृढ रहन सकेनन् र पछि हटे। विगतमा, मण्डलीका ब्रदर-सिस्टरहरूसँग मेरो सम्बन्ध राम्रो थियो, तर पाष्टर लिउको बाधाका कारण, मलाई देख्दा सबै जना तर्कन थाले। मलाई हृदयमा पीडा र कमजोरी महसुस भयो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मण्डलीमा मसँग राम्रो सम्बन्ध भएका मानिसहरूले अहिले मलाई बेवास्ता गरिरहेका छन्। उनीहरू मलाई देख्दा कुनै महामारीबाट लुकेजसरी लुक्छन्। म ठूलो पीडामा छु। मलाई तपाईँको अभिप्राय बुझ्न अन्तर्दृष्टि दिनुहोस् र अगुवाइ गर्नुहोस्।” पछि, मैले परमेश्‍वरका केही वचन पढेँ: “परमेश्‍वरले मानिसहरूमा गर्ने कामको प्रत्येक कदम बाहिरी रूपमा मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानव प्रबन्ध वा मानव बाधाबाट उत्पन्न भएको हो। तर कामको प्रत्येक कदमपछाडि, र घट्ने सबै कुरा शैतानले परमेश्‍वरसँग थापेको बाजी हो, र तिनका लागि मानिसहरू परमेश्‍वरको गवाहीमा दृढ रहनु आवश्यक हुन्छ। उदाहरणका लागि, अय्यूबको परीक्षा लिइएको घटना लिऊँ: पर्दापछाडि, शैतानले परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो, त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको बाधा थियो। तिमीहरूमा परमेश्‍वरले गर्नुहुने कामको प्रत्येक कदमपछाडि शैतानले परमेश्‍वरसँग थापेको बाजी हुन्छ—यसको पछाडि एउटा लडाइँ हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। परमेश्‍वरका वचन पढेपछि मात्रै मैले आज ममाथि आइपरेको परिस्थिति एउटा आत्मिक लडाइँ हो भनेर बुझेँ। सतहमा हेर्दा, मानिसहरूले हामीलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको काम स्वीकार गर्नबाट रोकिरहेको जस्तो देखिन्थ्यो, तर वास्तवमा, हामीलाई परमेश्‍वरकहाँ फर्कनबाट रोक्न शैतानले यी मानिसहरूलाई प्रयोग गरिरहेको थियो। परमेश्‍वर मानिसहरूको मुक्तिका लागि काम गर्न आउनुभएको छ, र शैतान यसलाई बाधा दिन र नष्ट गर्न आउँछ। मैले शैतानका चालहरू बुझ्नुपर्थ्यो र म यी मानिस, घटना र कामकुराहरूद्वारा नियन्त्रित हुनु हुँदैनथ्यो। म आफ्नो गवाहीमा दृढ रहनुपर्थ्यो। मैले त्यसपछि सोचेँ, म किन यति धेरै पीडामा थिएँ? किनभने, सुरुमा, यी मानिसहरूसँग मेरो सम्बन्ध निकै राम्रो थियो। उनीहरूमध्ये कतिले त मेरो प्रशंसा पनि गर्थे। तर अहिले, उनीहरूले मलाई बेवास्ता गरे। मलाई अचानक एक्लो पारिएको महसुस भयो। मलाई प्रभु येशूले भन्नुभएको कुरा याद आयो: “र आफ्नो क्रूस बोकेर मेरो पछि नलाग्‍ने, मेरो योग्य हुँदैन(मत्ती १०:३८)। प्रभु येशू मानिसहरूको मुक्तिका लागि काम गर्न आउनुभयो, र उहाँले खिसीट्युरी, निन्दा, दोषारोपण, र अस्वीकार सहनुभयो। परमेश्‍वरले यो सबै धेरै पहिले नै भोग्नुभयो, त्यसैले परमेश्‍वरलाई पछ्याउने हरेक व्यक्तिले परमेश्‍वरको सुसमाचार प्रसार गर्नका लागि यी अस्वीकारहरूको पीडा सहनुपर्छ भन्ने कुरा सही होइन र? जब मैले यसका बारेमा सोचेँ, मलाई हृदयमा त्यति धेरै पीडा महसुस भएन।

पछि, पाष्टर लिउले अगाडिबाट मानिसहरूलाई साँचो मार्ग स्विकार्ने कुरामा बाधा दिइरहँदा, म अनि मेरा ब्रदर-सिस्टरहरूले छिटो गरेर उनीहरूलाई पछाडिबाट साथ दियौँ र मलजल गर्‍यौँ, र मण्डलीमा सुसमाचार प्रचार गरिरह्यौँ। एकपछि अर्को गर्दै, हामीले असी वा नब्बे जनालाई ल्यायौँ। अगस्ट महिनामा, पाष्टर लिउले मण्डलीमा मानिसहरू कम हुँदै गएको देख्नुभयो र भेटीदान घट्दै गएको याद गर्नुभयो। त्यसैले, उहाँ रोक्न र बाधा दिन झन् उन्मत्त हुनुभयो। एक दिन, पाष्टर लिउ मेरो घर आएर मुस्कुराउँदै भन्नुभयो, “हालसालै, हाम्रो सम्बन्ध अलिकति चिसिएको छ, र मलाई यसका बारेमा धेरै नराम्रो लागिरहेको छ, अनि मलाई तपाईँको फिक्री लागेको छ। हेर्नुस् न, मण्डली एकदमै ठूलो छ, र म सबै कुरा हेर्न भ्याउँदिनँ। अरू कसैलाई सुम्पिएँ भने मलाई ढुक्क हुनेछैन त्यसैले म यो मण्डलीको जिम्मा तपाईँलाई दिने तयारी गर्दै छु। तपाईँ के भन्नुहुन्छ?” पाष्टर लिउले मलाई फर्काउनका लागि यसो भन्नुभएको हो भन्ने मैले बुझिहालेँ। तर फेरि सोचेँ, पहिले यस मण्डलीमा रहेर प्रभुमा विश्वास गर्दा, मलाई सताइँदैनथ्यो, र मेरा ब्रदर-सिस्टरहरू पनि मप्रति धेरै शिष्ट थिए। यदि म फर्किएँ भने, सायद सबैले फेरि मेरो प्रशंसा गर्नेछन्, र मैले अस्वीकारको पीडा सहनुपर्दैन होला। म मनमनै अलिकति हिचकिचाएँ। त्यही बेला, मैले परमेश्‍वरका वचन सम्झेँ: “पहाडहरू सर्दा, के तिनले तेरो हैसियतका लागि घुमाउरो बाटो लिन सक्छन्? जब पानी बग्छ, तब के मानिसको हैसियतसामु रोकिन सक्छ? के मानिसको हैसियतद्वारा आकाश र पृथ्वी उल्टाइन सक्छन्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २२)। परमेश्‍वरका वचनले मलाई हैसियतले मानिसहरूलाई मुक्ति दिन सक्दैन भन्ने कुरा बुझाए। हैसियतले मेरो अभिमानलाई क्षणिक सन्तुष्टि त देला, तर प्रकोप आउँदा हैसियतले मलाई मेरो दुर्दशाबाट उम्कन मद्दत गर्न सक्दैन। मलाई राम्ररी थाहा थियो, धार्मिक मण्डलीमा पवित्र आत्माको काम छैन, त्यसैले त्यहाँ फर्केर म के गर्ने? म कति मूर्ख थिएँ! यो शैतानको चाल थियो, र म उल्लू बन्नु हुँदैनथ्यो। त्यसैले मैले पाष्टर लिउलाई भनेँ, “हामी प्रभुमा विश्वास गर्छौं, र निरन्तर प्रभुको आगमनको प्रतीक्षा गर्छौं। अब मैले प्रभुलाई स्वागत गरिसकेकीले, म कसरी फर्कन सक्छु? मैले परमेश्‍वरको कामको तेस्रो चरण: परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम स्वीकार गरेकी छु, जुन मानिसहरूको पापी प्रकृति समाधान गर्ने काम हो। परमेश्‍वरको काम अघि बढिसकेको छ, त्यसैले म अझ पनि त्यो मण्डलीमा कसरी फर्कन सक्छु? के त्यो उल्टो बाटो हिँड्नुजस्तै हुँदैन र? यो त म निम्न माध्यमिक तहमा पुगिसकेपछि फेरि प्राथमिक तहमा फर्कनुजस्तै हुनेछ। के त्यसको कुनै अर्थ हुनेछ र?” पाष्टर लिउले रिसाउँदै भन्नुभयो, “म तपाईँलाई यहाँबाट निक्लिने बाटो दिँदै छु, तर तपाईँ अझै पनि मैले तपाईँको भलो गरिरहेको बुझ्नुहुन्न! जिद्दी गरेर आफ्नो गलत मार्गमा टाँसिइरहनुभएको छ! तपाईँ नराम्ररी भ्रममा पर्नुभएको छ! अबदेखि, यदि तपाईँ फेरि कहिल्यै भेडा चोर्न यो मण्डली आउनुभयो भने, म तपाईँलाई दया देखाउनेछैन—म तपाईँलाई सिधै प्रहरी चौकीमा बुझाउनेछु!” मैले मनमनै सोचेँ, “यदि तपाईँ परमेश्‍वरमा विश्वास गर्नेहरूलाई पक्राउन प्रहरी बोलाउन पछि पर्नुहुन्न भने, तपाईँ यहुदा हो।” पाष्टर लिउ रिसाउँदै जानुभयो। परमेश्‍वरका वचनको मार्गदर्शन र अगुवाइका कारण, मैले शैतानका चालहरू बुझेकी थिएँ। मलाई हृदयमा एकदमै ढुक्क महसुस भयो।

सेप्टेम्बरमा, मेरा ब्रदर-सिस्टरहरू र मैले नजिकैको मण्डलीबाट एक दर्जनभन्दा बढी मानिसहरूलाई ल्यायौँ। यो थाहा पाएपछि पाष्टर लिउ लफडा गर्न मेरो घरमा आउनुभयो। उहाँले मेरो श्रीमान्‌को अगाडि समस्या खडा गर्नुभयो। उहाँले राज्य सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको मेरो विश्वासको विरुद्धमा छ, र एक दिन म गिरफ्तार भएँ भने, हामीले हाम्रो छोरा विश्वविद्यालय जाने सपना समेत देख्न सक्नेछैनौँ भनेर पनि भन्नुभयो। मेरो श्रीमान्‌ले पाष्टर लिउका कुराहरू पत्याउनुभयो र मेरो विश्वासले हाम्रो छोराको भविष्यलाई असर गर्छ भनेर डराउनुभयो। उहाँले मलाई सताउन थाल्नुभयो, र सम्बन्धविच्छेद गर्ने धम्की दिनुभयो। श्रीमान्‌ले सम्बन्धविच्छेदको कुरा गरेको सुन्दा म स्तब्ध भएँ। मेरो श्रीमान्‌ले मलाई सधैँ निकै राम्रो गर्नुभएको थियो, र उहाँले परमेश्‍वरमाथिको मेरो विश्वासको विरोध गर्नुभएको थिएन। उहाँ किन यस्तो हुनुभयो? के यो सबै पाष्टर लिउले उक्साएको होइन र? मलाई असाध्यै रिस उठ्यो। एउटा पाष्टर भएर, उहाँले कसरी यस्तो नीच काम गर्न सक्नुभयो? उहाँ मानिसहरूलाई साँचो मार्गमा परमेश्‍वरलाई पछ्याउन दिनुहुन्नथ्यो, बरु मानिसहरूलाई आफूलाई पछ्याउन र उच्च पार्न लगाउनुहुन्थ्यो, र आफूचाहिँ भेटीमा मोजमस्ती गरेर जिउनुहुन्थ्यो। उहाँ कति नीच र क्रूर मान्छे हुनुहुँदो रहेछ! उहाँ मानिसहरूका आत्माहरू निल्ने एउटा दियाबलस हुनुहुन्थ्यो। लगातार तीन महिनासम्म, मेरो श्रीमान्‌ मसँग रिसाइरहनुभयो र सम्बन्धविच्छेद गर्ने धम्की दिइरहनुभयो। अन्त्यमा, उहाँले भन्नुभयो, “म तिमीलाई तीन दिन दिनेछु। तिमीले परमेश्‍वरमाथिको तिम्रो विश्वास र हाम्रो परिवारमध्ये एउटा रोज्नैपर्छ!” मलाई हृदयमा साह्रै दुःख लाग्यो, र मैले सोचेँ, “यदि श्रीमान्‌ले साँच्चै मसँग सम्बन्धविच्छेद गर्नुभयो भने, मैले के गर्ने होला? यदि म गिरफ्तार भएँ र यसले मेरो बच्चाको भविष्यमा असर पर्‍यो, अनि मेरो बच्चा र श्रीमान् दुवैले मलाई घृणा गरे भने, मैले के गर्ने?” म सम्बन्धविच्छेद चाहन्नथेँ। म आफ्नो परिवार चाहन्थेँ, र परमेश्‍वरमा विश्वास गर्न पनि चाहन्थेँ। त्यसैले म प्रार्थना गर्न परमेश्‍वरसामु आएँ, र मलाई अगुवाइ गर्न परमेश्‍वरलाई अनुरोध गरेँ। प्रार्थनापछि, मैले परमेश्‍वरका यी वचनहरू सम्झेँ: “तिमीहरूको मनोभाव, क्षमता, रूप, र कद, तिमीहरू कुन परिवारमा जन्म्यौ, तिमीहरूको जागिर, र तिमीहरूको विवाह—आफ्‍नो सम्पूर्णतामा तिमीहरू, तिमीहरूको कपाल र तिमीहरूको छालाको रङ्ग, र तिमीहरूको जन्मको समय लगायत—सबै कुराहरू मेरा हातहरूले बन्दोबस्त गरेका थिए। मैले आफ्नै हातले तैँले हरेक दिन गर्ने कुराहरू र भेट्ने मानिसहरूको समेत बन्दोबस्त गरेँ, र तँलाई आज मेरो छेउमा ल्याइएको तथ्य पनि वास्तवमै मेरो बन्दोबस्तद्वारा गरिएको हो भनी उल्लेख गरिरहनु नपर्ला। आफूलाई अस्तव्यस्ततामा नफाल्; तँ शान्तसँग अघि बढ्नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ७४)। मेरो नियति परमेश्‍वरको हातमा छ, र मेरो बच्चाको भविष्य पनि परमेश्‍वरको हातमा छ। म मेरा श्रीमान्‌सँग सम्झौता गर्न सक्दिनँ। तीन दिन पूरा भएपछि, श्रीमान्‌ले मेरो जवाफ माग्नुभयो। मैले उहाँलाई भनेँ, “हरेकको नियति परमेश्‍वरको हातमा हुन्छ। हाम्रो छोरा कुन स्कुल जान्छ र उसले कस्तो जागिर खान्छ, त्यो सबै परमेश्‍वरको हातमा योजनाबद्ध हुन्छ। यदि तपाईँले मसँग सम्बन्धविच्छेद गर्नुभयो भने पनि, म परमेश्‍वरमा विश्वास गर्न नै रोज्नेछु!” मेरो श्रीमान्‌ले रिसाउँदै भन्नुभयो, “ठीक छ, तिम्रै मनलागी गर!” त्यहाँपछि, उहाँले कहिल्यै सम्बन्धविच्छेदको कुरा गर्नुभएन।

त्यसपछि, पाष्टर लिउले मण्डलीमा विभिन्न आधारहीन अफवाह र भ्रम फैलाउनुभयो, र परमेश्‍वरको नयाँ काम भर्खरै स्वीकार गरेका तर त्यसमा गहिरो जरा गाडिनसकेका नयाँ विश्वासीहरूलाई बाधा दिनुभयो। पैँतालिस जना त भेलामा आउनै छाडे। मेरा ब्रदर-सिस्टरहरू र म यी नयाँ सदस्यहरूलाई मलजल र सहायता गर्न बाँडियौँ। उनीहरूले सत्यता बुझ्न र शैतानका चालहरू छर्लङ्गै देख्न सकून् भनेर हामीले उनीहरूसँग परमेश्‍वरका वचनबारे सङ्गति गर्‍यौँ, र हामीले ३० जनाभन्दा बढीलाई फिर्ता ल्यायौँ। नोभेम्बर महिनाको एक दिउँसो ४ बजेतिर, म घरमा परमेश्‍वरका वचन पढिरहेकी थिएँ, अचानक प्रहरी ढोकामा देखा परे र मलाई गिरफ्तार गरे। प्रहरी चौकी पुगेपछि, मैले त्यहाँ अरू केही ब्रदर-सिस्टर पनि गिरफ्तार भएको देखेँ। प्रहरीको कुराबाट मात्रै मैले थाहा पाएँ, मेरो र अरू थुप्रै ब्रदर-सिस्टरका बारेमा उजुरी दिने पाष्टर लिउ नै हुनुहुँदो रहेछ। प्रहरीले मलाई हाम्रो मण्डलीको भेटी कहाँ छ, र परमेश्‍वरका वचनका पुस्तकहरू कहाँ छन् भनेर सोधपुछ गरिरह्यो। मैले केही पनि भनिनँ, त्यसैले प्रहरी मेरो घर खानतलासी गर्न गए। भाग्यवश, म गिरफ्तार भएपछि, मेरो श्रीमान्‌ र भाउजूले परमेश्‍वरमाथिको मेरो विश्वाससँग सम्बन्धित मेरा सबै पुस्तक सारिसक्नुभएको थियो। प्रहरीले कुनै प्रमाण फेला पार्न सकेन, त्यसैले उनीहरूले मलाई घर जान दिए। पाष्टर लिउले हामीलाई गिरफ्तार गराउन सरकारसँग कसरी मिलेमतो गर्नुभएको रहेछ भन्ने कुरा मैले देखेँ। यो ठ्याक्कै फरिसीहरूले प्रभु येशू र उहाँका चेलाहरूलाई सताउन रोमी सरकारसँग हात मिलाएजस्तै थियो। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका यी वचनहरू सम्झेँ: “भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू छन्, तैपनि उनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कामको उद्देश्य बुझ्दैन। उनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई चिन्न सक्षम छैन, उनीहरूमध्ये कोही पनि परमेश्‍वरका अभिप्रायअनुसारको हुन त झनै सक्दैन। उनीहरू सबै ‘परमेश्‍वर’ लाई भाषण दिन उचाइमा उभिएका व्यर्थ, नीच मानिसहरू हुन्। उनीहरू परमेश्‍वरको ध्वजा बोके तापनि जानाजानी परमेश्‍वरको प्रतिरोध गर्ने मानिस हुन्, जसले मान्छेको मासु खाँदै र रगत पिउँदै गर्दा परमेश्‍वरमा विश्‍वास गरेको बिल्ला भिर्छन्। त्यस्ता सबै मानिस मान्छेको प्राण निल्ने दुष्ट दियाबलसहरू हुन्, मानिसहरू सही मार्गमा हिँड्ने कार्यलाई जानीजानी बाधा दिने पिशाचका प्रमुख हुन्, र मानिसहरूको परमेश्‍वरको खोजीमा अवरोध गर्ने अड्चनहरू हुन्। उनीहरू ‘स्वस्थ शारीरिक सुगठन’ भएका जस्तो देखिन सक्छन् तर उनीहरू मानिसहरूलाई परमेश्‍वरको प्रतिरोध गर्न अगुवाइ गर्ने ख्रीष्टविरोधीहरूबाहेक केही होइनन् भन्‍ने कुरा उनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन्? उनीहरू मानव प्राण निल्न प्रतिबद्ध जीवित दियाबलस हुन् भन्‍ने कुरा तिनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको प्रतिरोध गर्ने मानिस हुन्)। त्यसपछि मात्रै मैले परमेश्‍वरका वचनको वास्तविक अर्थ बुझेँ। परमेश्‍वरले हरेक दिन मञ्चमा उभिएर बाइबल अर्थ्याउने तर मानिसहरूलाई साँचो मार्गको जाँचबुझ गर्नबाट रोक्ने पाष्टर र एल्डरहरूको खुलासा गर्नुभयो। तिनीहरू बाहिरबाट भक्त र प्रेमिलो देखिन्छन्, तर वास्तवमा तिनीहरू सबै पाखण्डी हुन्। तिनीहरू आफ्नो हैसियत र रोजीरोटी जोगाउन बाइबल अर्थ्याउनमा निर्भर हुन्छन्। प्रभु फर्कनुभएको छ भनी मानिसहरूले गवाही दिएको सुन्दा, तिनीहरू न केवल खोजी र जाँचबुझ गर्दैनन्, बरु जिद्दी गरेर यसको प्रतिरोध र निन्दा पनि गर्छन्। आफ्ना बगालको रक्षा गर्ने बहानामा, तिनीहरू विश्वासीहरूलाई साँचो मार्गको जाँचबुझ गर्नबाट पनि रोक्छन्। तिनीहरू आफैँ स्वर्गको राज्यमा प्रवेश गर्दैनन्, र विश्वासीहरूलाई पनि प्रवेश गर्नबाट रोक्छन्, जसले गर्दा मानिसहरू परमेश्‍वरको प्रतिरोध गर्न पुग्छन् र तिनीहरूसँगै नरकमा जाकिन्छन्। मैले पाष्टर लिउले गरेका हरेक कुरा सम्झिएँ। उहाँ हरेक दिन बाइबलका शब्दहरू अर्थ्याउनुहुन्थ्यो, तर उहाँले प्रभुका वचनहरूको वास्तविक अर्थ बुझ्नुभएको थिएन। उहाँले मानिसहरूलाई भ्रममा पार्न र उनीहरूलाई परमेश्‍वरको आवाज सुन्नबाट रोक्न केवल बाइबलका शब्दहरूको व्याख्या प्रयोग गर्नुभयो। प्रभुको आगमनको विषयमा, प्रभु येशूले मानिसहरूलाई बुद्धिमती कन्या बन्न र परमेश्‍वरको आवाज सुन्नमा ध्यान दिन भन्नुभएको थियो, तर पाष्टर लिउले विश्वासीहरूलाई साँचो मार्गको जाँचबुझ गर्नबाट रोक्नुभयो। उहाँले यो स्पष्ट रूपमा आफ्नो हैसियत र रोजीरोटीका लागि गरिरहनुभएको थियो, तर अझै पनि यो आफ्ना ब्रदर-सिस्टरहरूको सुरक्षाका लागि हो भनेर दाबी गर्नुभयो। जब उहाँले आफ्नो उद्देश्यमा असफल भएको, धेरैभन्दा धेरै ब्रदर-सिस्टरले परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गरेको, र मण्डलीको भेटी लगातार कम हुँदै गइरहेको देख्नुभयो, तब उहाँले विश्वासीहरूलाई तर्साउन आधारहीन अफवाहहरू प्रयोग गर्नुभयो, र विश्वासीहरूलाई भ्रमित पार्न विधर्म र भ्रमहरू फैलाउनुभयो, र उनीहरूलाई सधैँभरि आफ्नो मुट्ठीमा राख्ने प्रयास गर्नुभयो। जब उहाँले यसलाई रोक्नै नसक्ने देख्नुभयो, तब उहाँले मलाई र मेरा ब्रदर-सिस्टरहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीका दुष्ट प्रहरीलाई सुम्पनुभयो, र हामीलाई साँचो मार्ग त्याग्न र सुसमाचार प्रचार गर्न छाड्न बाध्य पार्नुभयो। पाष्टर लिउले हरेक दिन विश्वासीहरूको जीवनप्रति जिम्मेवार हुने र विश्वासीहरूको सुरक्षा गर्ने भनेर कराउनुहुन्थ्यो, तर उहाँले यस्तो व्यवहार गर्नुभयो। उहाँको मीठो बोली वास्तवमा मानिसहरूलाई नियन्त्रण गर्न र पिँजडामा राख्नका लागि मात्र रहेछ भन्ने कुरा स्पष्ट थियो। उहाँले परमेश्‍वरका भेडाहरूलाई आफ्नै ठान्नुभयो। उहाँ जिउँदो भूत, दुष्ट पिशाच हुनुहुन्छ, जसले अरूलाई स्वर्गको राज्यमा प्रवेश गर्नबाट रोक्छ र उनीहरूको आत्मा निल्छ। उहाँ एक पक्का पाखण्डी फरिसी हुनुहुन्छ: एक दुष्ट नोकर र ख्रीष्टविरोधी, जो सत्यतालाई घृणा गर्छ र जो परमेश्‍वरको शत्रु हो! यदि परमेश्‍वरका वचनको खुलासा र तथ्यहरूको प्रकटीकरण नभएको भए, मलाई यी पाष्टरहरूको सार स्पष्ट रूपमा देख्न गाह्रो हुनेथियो। म त पत्तै नपाई उनीहरूद्वारा भ्रममा पारिनेथिएँ र बर्बाद हुनेथिएँ। पाष्टरको “प्रस्तुतिले” वास्तवमा मलाई मेरो सुझबुझ सुधार्न मद्दत गर्‍यो। परमेश्‍वर साँच्चै कति बुद्धिमान् हुनुहुन्छ! यो गिरफ्तारीले मलाई पाष्टर लिउको असली रूप स्पष्टसँग देख्न मद्दत गर्‍यो: उहाँ पाखण्डी हुनुहुन्छ र परमेश्‍वरको प्रतिरोध गर्नुहुन्छ। परमेश्‍वरका वचनको मार्गदर्शनले नै मलाई पाष्टरका धेरै बाधा, अवरोध र बहकाउको प्रयासमाथि विजय प्राप्त गर्न सहयोग गर्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद होस्!

अघिल्लो: ५. विस्मृतिका दिनहरू

अर्को: ७. विवाह-सम्बन्धको दास नबन्नु नै साँचो स्वतन्त्रता हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्