७. विवाह-सम्बन्धको दास नबन्नु नै साँचो स्वतन्त्रता हो
म गर्भवती हुन नसकेका कारण मेरो पहिलेको श्रीमान्सँग डिभोर्स भएको थियो। पछि, मैले अहिलेको श्रीमान्लाई भेटेँ। त्यतिबेला उहाँका दुई साना छोरा थिए। मैले सोचेँ, “यदि मैले यो विवाह-सम्बन्धलाई राम्रोसँग टिकाएँ भने, बुढेसकालमा मलाई सहारा दिने मानिसहरू हुनेछन्।” त्यसैले, मैले ती दुई केटालाई आफ्नै छोरासरह हेरचाह गरेँ। मैले मेरी दृष्टिविहीन सासूको पनि स्याहारसुसार गरेँ। मेरो श्रीमान् र मैले तरकारी खेती गर्ने टनेल बनायौँ र नगदे बाली लगायौँ। मैले पुरुषले गर्ने सबै काम गरेँ। म उज्यालो नहुँदै बजार जान्थेँ र परिवारका लागि पैसा कमाउन तरकारी बेच्न रातिसम्म बस्थेँ। मेरो मेहनतले प्रतिफल पायो: मेरो श्रीमान्ले मेरो वास्ता र ख्याल गर्नुभयो, अनि बच्चाहरूले मलाई “ममी” भनिरहे। यसले ममा मैले आफ्नो परिवारको राम्रो हेरचाह गरेँ भने, बुढेसकालमा मलाई सहारा दिने मानिसहरू हुनेछन् भन्ने आशा जगायो। मैले अरू केही मागिनँ। एक दशकपछि मलाई अचानक मस्तिष्कघात हुन्छ भन्ने मैले कहिल्यै सोचेकी थिइनँ। म पक्षाघात भएर थला परेँ, अनि आफ्नो हेरचाह आफै गर्न नसक्ने भएँ। मेरो श्रीमान्ले मेरो रोगको उपचार गर्ने उपायहरू खोज्न धेरै दिमाग खियाउनुभयो। अस्पतालमा हुँदा उहाँले मेरो धेरै राम्रो हेरचाह गर्नुभयो। तर, जतिसुकै उपचार गरे पनि मेरो रोग निको भएन। मलाई साह्रै दुःखित महसुस भयो। म आफैले केही गर्न सक्दिनथेँ, र भविष्यमा मेरो हेरचाहका लागि श्रीमान्कै भर पर्नुपर्नेछ जस्तो देखिन्थ्यो। बाँकी जीवन उहाँ नै मेरो सहारा हुनुहुनेथ्यो। केही समयपछि, मलाई शङ्का लाग्न थाल्यो, “अहिले मेरो श्रीमान् मप्रति धेरै असल हुनुभए पनि, यदि मेरो रोग कहिल्यै निको भएन भने, धेरै समयपछि कतै उहाँले मलाई मन पराउन छाड्नुहुने त होइन र मलाई चाहन छाड्नुहुने त होइन? आखिर छोराहरू मेरा आफ्नै होइनन्। मेरो साथमा एउटा पनि आफन्त छैन। बुढेसकालमा म कसको भर पर्ने?” म यो कुराले निरन्तर चिन्तित थिएँ, र मेरो जिउने साहससमेत हराएको थियो।
म पीडामा र असहाय भएको बेला, सन् २०१३ मा मैले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको मुक्तिलाई स्वीकार गरेँ। परमेश्वरका वचनहरू पढेर मैले केही सत्यता बुझेँ, र मेरो नियति परमेश्वरको हातमा छ, अनि मलाई आफू भर पर्न सक्ने एकमात्र परमेश्वर नै हुनुहुन्छ भन्ने महसुस भयो। मैले हृदयमा धेरै स्वतन्त्र र खुसी महसुस गरेँ। म यी कुराहरूले पिरोलिएर रुन छोडेँ। बिस्तारै, मेरो रोगमा सुधार आयो, र म फेरि आफ्नो हेरचाह आफै गर्न सक्ने भएँ। म परमेश्वरप्रति कृतज्ञताले भरिएँ। मेरो रोगमा धेरै सुधार आएको देखेर मेरो श्रीमान्ले परमेश्वरप्रतिको मेरो विश्वासलाई समर्थन गर्नुभयो। पछि, चीनमा बसेर परमेश्वरमा विश्वास गर्दा पक्राउ र जेल सजाय हुन सक्छ भन्ने मेरो श्रीमान्ले थाहा पाउनुभयो, र उहाँले पनि चिनियाँ कम्युनिस्ट पार्टीले फैलाएका आधारहीन अफवाहहरूमा विश्वास गर्नुभयो। परमेश्वरमा विश्वास गरेका कारण म पक्राउ पर्छु कि र यसले उहाँका छोराहरूको जागिर र नातिहरूको भविष्यमा असर गर्छ कि भनेर उहाँ डराउनुभयो, त्यसैले उहाँले मलाई परमेश्वरमा विश्वास गर्नबाट रोक्न थाल्नुभयो। उहाँले मलाई सताउन र परमेश्वरप्रतिको मेरो विश्वास छोडाउन आफ्ना छोरा र आफन्तहरूसँग पनि मिलिभगत गर्नुभयो। मैले मनमनै सोचेँ, “यदि मैले मेरो श्रीमान्को कुरा मानिनँ र परमेश्वरमा विश्वास गरिरहेँ भने, मैले श्रीमान् र छोराहरूलाई चिढ्याउनेछु। अनि भविष्यमा मेरो जीवन राम्रो रहिरहला र?” त्यसैले मैले उप्रान्त भेलाहरूमा जाने वा आफ्नो कर्तव्य निर्वाह गर्ने आँट गरिनँ। म पूर्ण हृदयले यो परिवार जोगाउन मात्र चाहन्थेँ। जब मेरो श्रीमान्ले म भेलाहरूमा गइरहेकी छैन भन्ने देख्नुभयो, तब मप्रतिको उहाँको मनोवृत्तिमा धेरै सुधार आयो। तर, मैले मण्डलीको जीवन गुमाएँ र ब्रदर-सिस्टरहरूसँग परमेश्वरका वचनबारे सङ्गति गर्न पाइनँ। मेरो हृदय खाली भएजस्तो हुन्थ्यो। म चरम छटपटीमा थिएँ। केही दिनपछि, एक जना अगुवा मलाई मद्दत र सहयोग गर्न आउनुभयो, र मानिसहरूलाई मुक्ति दिने परमेश्वरको अभिप्रायबारे मसँग सङ्गति गर्नुभयो। मैले परमेश्वरको प्रेम महसुस गरेँ, र फेरि लुकेर भेलाहरूमा जान थालेँ। तर, त्यो राम्रो समय धेरै टिक्न सकेन। वर्षको अन्त्यमा, मेरो श्रीमान् जागिरबाट घर फर्कनुभयो र मैले अझै पनि परमेश्वरमा विश्वास गरिरहेको कुरा थाहा पाउनुभयो। उहाँले मलाई परमेश्वरप्रतिको विश्वास त्याग्न बाध्य पार्नका लागि मेरो भाइ र बहिनीलाई बोलाएर मेरो आलोचना गर्ने बैठक नै बसाल्नुभयो। जब उहाँले म सम्झौता गर्नेछैनँ भन्ने उहाँले देख्नुभयो, तब उहाँले सबै नगद र बैंक पासबुकहरू साथमा लिएर घर छाडी जानुभयो। म कमजोर र रोगी थिएँ, घरमा एक्लै, हेरचाह गर्ने कोही नभएको अवस्थामा छाडिएँ। मसँग जीवन गुजारा गर्ने पैसा पनि थिएन। त्यतिबेला, मलाई साँच्चै म अब यसरी जिइरहन सक्नेछैन जस्तो लाग्यो। म अत्यन्तै दुःखी र द्विविधामा थिएँ। यदि मैले विश्वास गरिरहेँ भने, र मेरो श्रीमान्ले मलाई डिभोर्स दिनुभयो भने, मेरो कुनै परिवार हुनेथिएन। मेरो उमेर ढल्किँदै थियो, र मेरो स्वास्थ्य पनि कमजोर थियो। म एक्लै कसरी जीउन सक्थेँ? बुढेसकालमा मेरो हेरचाह कसले गर्ने? तर यदि मैले परमेश्वरमा विश्वास गर्न छोडेँ भने, त्यो परमेश्वरलाई धोका दिनु हुनेथियो, र मुक्ति पाउने कुनै पनि मैले मौका गुमाउनेथिएँ। पछि, एक जना सिस्टर मलाई सहायता र मद्दत गर्न आउनुभयो। मैले के बुझेँ भने, जब ममाथि पारिवारिक सतावट आउँछ, तब मैले परमेश्वरमा भरोसा गर्नुपर्छ र परमेश्वरका निम्ति आफ्नो गवाहीमा म दृढ रहनुपर्छ। त्यसपछि, मैले परमेश्वरका अझै धेरै वचन पढेँ, र मलाई पहिले जस्तो उदास महसुस हुन छाड्यो। मैले मनमनै सोचेँ, “जे सुकै होस्, मैले परमेश्वरलाई छाड्नु हुँदैन।” मेरो श्रीमान् केही दिनपछि फर्कनुभयो, तर म अझै पनि भेलाहरूमा जान छोडिनँ। म हरेक पटक लुकेर निस्कन्थेँ र मेरो श्रीमान्लाई थाहा दिने आँट गर्दिनथेँ।
सन् २०१६ को वसन्त ऋतुमा, अगुवाहरूले मलाई लेखन-पठनको कर्तव्य निर्वाह गर्न भन्नुभयो। भित्रतिर, म खुसी र चिन्तित दुवै थिएँ। मलाई यस्तो महत्त्वपूर्ण कर्तव्य निर्वाह गर्न दिनु मेरा लागि परमेश्वरको अनुग्रह थियो, र यो त परमेश्वरले मलाई माथि उठाउनुभएको हो। म प्रशिक्षित हुने यो अवसर गुमाउन चाहन्नथेँ, तर मलाई केही शङ्का पनि थियो: लेखन-पठनको कर्तव्य पूरा गर्नका लागि, कहिलेकाहीँ मैले केही दिनका लागि घर छाड्नुपर्ने हुन्थ्यो। यदि संयोगवश मेरो श्रीमान् फर्कनुभयो र उहाँले थाहा पाउनुभयो, अनि त्यसपछि यही मौका छोपेर मलाई छाड्नुभयो भने, मैले के गर्ने? के म घरवारविहीन हुनेछु? मैले मेरा बाँकी दिनहरू कसरी बिताउने? जब मैले यसबारे सोचेँ, तब मैले त्यो कर्तव्य इन्कार गरेँ। तर, त्यसपछि मलाई बारम्बार हृदयमा आत्मग्लानि महसुस भयो। मलाई के लाग्यो भने, लेखन-पठनको कर्तव्य निर्वाह गर्ने अवसर पाउँदा मैले आफूलाई थप सत्यताले सुसज्जित गर्न सक्षम हुनेथिएँ। तर, मैले यो अवसरको कदर गरिनँ र यसलाई अस्वीकार गरेँ। म स्वेच्छाले मेरो श्रीमान्को बन्धन र नियन्त्रणमा बसिरहेकी थिएँ। के मैले आफैलाई गिराइरहेकी थिइनँ र?
अगस्ट २०२३ मा, मण्डलीका एक जना अगुवाले मसँग कुरा गर्नुभयो, “अहिले, धेरै ब्रदर-सिस्टर पक्राउ परेका छन्, र अतिथिसत्कारक परिवारहरू भेट्टाउन गाह्रो छ। के तपाईंले एक जना सिस्टरलाई आफ्नो घरमा राख्न सक्नुहुन्छ?” मैले मनमनै सोचेँ, “मेरो श्रीमान् अर्को सहरमा काम गर्नुहुन्छ। उहाँ घरको काम पर्दा मात्र आउनुहुन्छ। म प्राय: घरमा एकलै हुन्छु। स्वास्थ्यका कारणले म अन्य कर्तव्यहरू निर्वाह गर्न सक्दिनँ, तर एक जना सिस्टरलाई अतिथिसेवा गर्नका लागि कुनै समस्या हुनेछैन। ती सिस्टर यहाँ सरेपछि आफ्नो कर्तव्य गर्न सक्षम हुनुहुनेछ, र म पनि असल कार्यहरू तयार गर्न सक्षम हुनेछु।” तर फेरि मैले सोचेँ, “मेरो श्रीमान् घर आउँदा ती सिस्टरलाई देख्नुभयो भने, मैले के गर्ने? मेरो श्रीमान्ले सुरुदेखि नै परमेश्वरप्रतिको मेरो विश्वासको विरोध गर्नुभएको छ, र सानो कुरामा पनि डिभोर्स दिन्छु भनिहाल्नुहुन्छ। यदि यो कुराले मेरो श्रीमान् मप्रति अत्यन्तै असन्तुष्ट हुनुभयो र मलाई उप्रान्त चाहनुभएन भने, के यो सार्थक होला र? विवाह-सम्बन्ध वा परिवारविना, बुढेसकालमा मेरो हेरचाहका लागि म कसको भरोसा गर्न सक्छु र? यदि मसँग परिवार र जागिर छैन भने म कहाँ जाने?” मलाई विगतमा मेरो श्रीमान्ले परमेश्वरप्रतिको विश्वास त्याग्न बाध्य पारेको कुरा सम्झेर, म चिन्तित र भयभीत भएँ। तर फेरि मैले ती सिस्टरलाई चिनियाँ कम्युनिस्ट पार्टीले खेदो गरिरहेको र उहाँले उपयुक्त अतिथि सत्कारक परिवार भेट्टाउन नसकेको, र मेरो घर तुलनात्मक रूपमा सुरक्षित रहेको कुरा सोचेँ। त्यसैले, म सहमत भएँ।
मेरी सिस्टर सर्नुभएको तीन-चार दिनपछि नै मेरो श्रीमान् फर्कनुहोला भनेर मैले सोचेकी नै थिइनँ। मलाई भित्रभित्रै एकदमै बेचैन थिएँ, “मैले मेरो श्रीमान्लाई के भन्नु होला? के उहाँले निहुँ खोज्नुहुनेछ? यदि उहाँ रिसाउनुभयो र उहाँले मलाई अनि मेरी सिस्टरलाई बाहिर निकालिदिनुभयो भने हामीले के गर्ने? फेरि, अहिले वातावरण तनावपूर्ण छ। यदि मेरी सिस्टरसँग बस्ने उपयुक्त ठाउँ भएन र उहाँ पक्राउ पर्नुभयो भने, के हुन्छ? त्यसो भयो भने, म असल कार्यहरू तयार गर्न असफल हुने मात्र होइन, मैले उल्टै दुष्ट काम गर्न पुग्नेछु।” फेरि मैले सोचेँ, “विगतमा, मैले मेरो कर्तव्य लिन मानेकी थिइनँ, र म परमेश्वरप्रति धेरै ऋणी छु। अहिले, मैले परमेश्वरका धेरै वचन पढेकी छु, र मैले केही सत्यता बुझेकी छु। यदि मैले मेरो कर्तव्य निर्वाह गरिनँ भने, के म अझै मानव कहलाइन लायक हुन्छु र? म मेरो कर्तव्यबाट पन्छिरहन मिल्दैन।” त्यसपछि, मैले आफ्नो हृदयमा परमेश्वरलाई तत्कालै प्रार्थना गरेँ, र मेरा लागि एउटा बाटो खोलिदिन बिन्ती गरेँ। पछि, मैले मेरो बुद्धि प्रयोग गरेँ र मेरो श्रीमान्लाई मैले ती सिस्टरलाई केही दिनका लागि मात्र बस्न भनेकी छु भनेर बताएँ। यो सुनेर, मेरो श्रीमान्ले केही भन्नुभएन। उहाँले मलाई ती सिस्टरलाई खाना खान बाहिर बोलाउनसमेत भन्नुभयो। मेरो हृदयबाट एउटा ठूलो बोझ हटेको जस्तो महसुस भयो। यो परिवार जोगाउनका लागि, मैले एकदमै होसियार भएर मेरो श्रीमान्को टहल गरेँ। मैले उहाँलाई मन पर्ने खानाहरू विभिन्न तरिकाले बनाइदिएँ, किनकि म उहाँ बेखुसी हुनुहोला भनेर डराएकी थिएँ। मेरो श्रीमान् फर्कनुभएको दुई दिनपछि, उहाँबाट मलाई रुघा सर्यो। मलाई ज्वरो आयो, खोकी लाग्यो, र मेरो पूरै शरीर दुखिरहेको र कमजोर थियो। म बिरामी भए पनि, म अझै पनि मेरो श्रीमान्को राम्रो सेवा गर्न चाहन्थेँ। समय बित्दै जाँदा, उहाँले मलाई मेरी सिस्टरलाई अतिथिका रूपमा राख्न दिनुहुनेछैन भन्ने चिन्ता थियो। म हरेक पल उहाँको अनुहारको भाव हेर्थेँ। उहाँ खुसी हुनुभएको बेला, म मेरी सिस्टरप्रति राम्रो व्यवहार गर्थेँ, तर जब उहाँ बेखुसी बन्नुहुन्थ्यो, तब म आत्तिन्थेँ र असहज मान्थेँ। यदि मैले उहाँलाई रिस उठाएँ भने उहाँले मलाई घरबाट निकालिदिनुहुनेछ भन्ने मलाई डर थियो। मेरो हृदय हैरानी, बेचैनी र चिन्ताले भरिएको थियो। साथै, त्यतिबेला म गम्भीर बिरामी थिएँ। त्यसैले मलाई यो कर्तव्य निर्वाह गरेकोमा पछुतो लाग्यो, र मेरी सिस्टर छिट्टै सरेर जानुभए हुन्थ्यो भन्ने आशासमेत गरेँ। म मेरी सिस्टरप्रति अधैर्य हुन थालेँ, र उहाँलाई पहिले जस्तो राम्रोसँग अतिथि सत्कार गरिनँ। पछि, मेरी सिस्टर पनि बिरामी पर्नुभयो। मलाई साह्रै नराम्रो लाग्यो, र उहाँप्रति आत्मग्लानि महसुस भयो।
एकदिन, अगुवाले मलाई एउटा चिठी लेख्नुभयो, जसमा मेरो श्रीमान्द्वारा नियन्त्रित भइरहेको मेरो स्थितिसँग सम्बन्धित परमेश्वरका वचनका केही खण्ड देखाइएको थियो। ती खण्डमध्ये एउटामा यस्तो भनिएको थियो: “परमेश्वरले तँलाई विवाह दिनुभएको छ, तँलाई जोडी दिनुभएको छ, र जिउने फरक परिवेश दिनुभएको छ। जिउने यस्तो परिवेश र अवस्थामा, उहाँले तेरो जोडीलाई तँसित सबथोक सँगै बाँड्न र सामना गर्न लगाउनुहुन्छ, ताकि तँ अझ स्वतन्त्र र सहज रूपमा जिउन सकेस्, साथसाथै उहाँले तँलाई जीवनको फरक चरणलाई कदर गर्न दिनुहुन्छ। तर, परमेश्वरले तँलाई विवाह दिएर विश्वासघात गर्नुभएको छैन। मैले यसो भन्नुको मतलब के हो? मेरो मतलब के हो भने परमेश्वरले तेरो जीवन, तेरो भाग्य, तेरो मिसन, तैँले जीवनमा पछ्याउने मार्ग, तैँले जीवनमा रोज्ने दिशा, अनि तेरो आस्था फिर्ता लिनुभएको छैन अनि ती सब निर्धारण गर्न तेरो जोडीलाई दिनुभएको छैन। उहाँले महिलाको भाग्य, पछ्याइ, जीवनमार्ग, र जीवनबारे दृष्टिकोण उसको श्रीमानले निर्धारण गर्नैपर्छ वा पुरुषको भाग्य, पछ्याइ, जीवनबारे दृष्टिकोण र जीवन उसकी श्रीमतीले निर्धारण गर्नैपर्छ भनेर भन्नुभएको छैन। परमेश्वरले यस्ता कुराहरू कहिल्यै भन्नुभएको छैन र यस तरिकाले कामकुरा तोक्नुभएको छैन। हेर् त, के परमेश्वरले मानवजातिका लागि विवाह स्थापना गर्दा कुनै यस्तो कुरा भन्नुभयो? (भन्नुभएन।) परमेश्वरले वैवाहिक सुख पछ्याउनु भनेको स्त्री वा पुरुषको जीवनको मिसन हो, र तैँले आफ्नो जीवनको मिसन पूरा गर्न र आफूलाई सृष्टि गरिएको प्राणीको रूपमा सफलतापूर्वक व्यवहार गर्न तेरो वैवाहिक सुखलाई कायम राख्नैपर्छ भनेर कहिल्यै भन्नुभएको छैन—परमेश्वरले यस्तो कुनै कुरा भन्नुभएको छैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (११))। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने, हरेक व्यक्तिको जीवनको नियति, र उसको विवाह-सम्बन्ध, परमेश्वरद्वारा नियोजन गरिएको हुन्छ। परमेश्वरले मानिसहरूका लागि विवाह-सम्बन्ध नियोजन गर्नुहुन्छ ताकि श्रीमान् र श्रीमतीले एकअर्कालाई हेरचाह गर्न सकून्, मद्दत र सहारा दिन सकून्, र सबै कुराहरू बाँड्न सकून्। यसरी, तिनीहरूको जीवन थप सहज र आरामदायी हुन्छ। तर, परमेश्वरले मानिसहरूलाई विवाह-सम्बन्धका निम्ति आफूलाई बेच्नू भनेर भन्नुहुन्न। न त परमेश्वरले हामीलाई विवाह-सम्बन्ध जोगाउने कुरालाई जीवनको मिसनका रूपमा लिनू भनेर भन्नुहुन्छ। आफूले कस्तो बाटो रोज्ने र आफूमा कस्तो आस्था रहने भन्ने छनौट गर्ने अधिकार मानिसहरूसँग हुन्छ। तिनीहरूको जीवनसाथीले नै सबै कुराको निर्णय गर्छ भन्ने कुरा होइन। तर सन्तुष्ट वैवाहिक जीवन र सुखी परिवार पाउनका लागि, मैले आफूलाई विवाह-सम्बन्धका निम्ति बेचेकी थिएँ। म गुनासो नगरी कडा मेहनत गर्दै, राजीखुसीले मेरो श्रीमान्को दास बनेकी थिएँ। घरको सबै काम म नै गर्थेँ; पुरुषले गर्ने सबै काम पनि म नै गर्थेँ। घर पुगेपछि, मैले मेरो श्रीमान्को राम्रो सेवा गर्नुपर्थ्यो। परमेश्वरमा विश्वास गर्न थालेपछि, मेरो विवाह-सम्बन्धलाई राम्रोसँग चलाउन र बुढेसकालमा कोही सहारा होस् भनेर, म भेलाहरूमा जाने आँटसमेत गर्दिनथेँ, घर छोडेर कर्तव्य निर्वाह गर्न जाने त कुरै छोडौँ। जब मैले अतिथि सत्कार गर्ने कर्तव्य गरेँ, तब मेरो श्रीमान्ले घरमा मेरी सिस्टरलाई देख्दा दिक्क मान्नुहुनेछ, र मलाई चाहन छाड्नुहुनेछ वा मेरो वास्ता गर्नुहुनेछैन भन्ने चिन्ता लाग्यो। यसका कारण म बन्धनमा परेको महसुस गर्थेँ। मैले मेरी सिस्टरलाई नचाहँदा नचाहँदै आतिथ्य दिएकी भए पनि, म कुनै पनि काम गर्नुअघि निरन्तर मेरो श्रीमान्को अनुहारको भाव हेर्थेँ। जब म उहाँ खुसी भएको देख्थेँ, तब म मेरी सिस्टरप्रति राम्रो व्यवहार गर्थेँ, तर जब उहाँ बेखुसी बन्नुहुन्थ्यो, तब म आत्तिन्थेँ र असहज मान्थेँ। मलाई मेरी सिस्टरलाई अतिथि राखेकोमा पछुतोसमेत लाग्थ्यो, र मैले यसरी कष्ट भोग्नु नपरोस् भनेर उहाँ छिट्टै सरेर जानुभए हुन्थ्यो भन्ने आशा गर्थेँ। मेरो श्रीमान्लाई खुसी पार्नका लागि, म पलपल उहाँद्वारा नियन्त्रित भएँ। मैले मेरो कर्तव्य राम्रोसँग निर्वाह गर्नै सकिनँ। म बिरामी भएको बेलाको कुरा सम्झँदा, मेरो सबैभन्दा ठूलो पीडा र असहाय अवस्थामा, मलाई सुसमाचार प्रचार गर्न एक जना सिस्टरको व्यवस्था गरिदिने परमेश्वर नै हुनुहुन्थ्यो, र परमेश्वरका वचनहरूको आपूर्ति र मार्गदर्शनले मात्र मलाई जिउने साहस दियो। जब म नकारात्मक र कमजोर थिएँ, तब परमेश्वरले मलाई मद्दत र साथ दिन धेरै पटक एक जना सिस्टर आउने व्यवस्था पनि मिलाइदिनुभयो। यसले मलाई बिस्तारै दह्रिलो बन्न मद्दत गर्यो। मैले एउटा सृजित प्राणीको कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्छ, र मलाई मुक्ति दिनुभएकोमा परमेश्वरको अनुग्रहको प्रतिदान गर्नुपर्छ। गर्नुपर्ने सही कुरा यही हो। परमेश्वरका वचनहरूले मलाई विश्वास र साहस दिए। म परमेश्वरलाई सब थोक दिन इच्छुक भएँ। परमेश्वरमा विश्वास गर्नु मेरो अधिकारको कुरा थियो, र यसमा हस्तक्षेप गर्ने अधिकार मेरो श्रीमान्सँग थिएन। मेरो मिसन मेरो कर्तव्य राम्रोसँग निर्वाह गर्नु थियो, र यो मैले गर्नुपर्ने कुरा थियो। जब मैले यो कुरा बुझेँ, तब मैले मेरी सिस्टरलाई भनेँ, “चिन्ता नगर्नुहोस्। कुनै फिक्री नगरी मेरो घरमा बस्नुहोस्। मेरो श्रीमान्ले मलाई जे गरे पनि, म उहाँद्वारा नियन्त्रित हुनेछैन। उहाँले मलाई डिभोर्स दिनुभए पनि, म तपाईंलाई आतिथ्य दिनेछु।”
एक साँझ दस बज्नेबित्तिकै, मेरो खोकीले मेरो श्रीमान्लाई झस्कायो र उहाँ ब्युँझनुभयो। उहाँ मदेखि रिसाउनुभयो, र धेरै नमिठो बचन बोल्नुभयो। मेरी सिस्टरले सुन्नुहुनेछ र बाँधिएको महसुस गर्नुहुनेछ भन्ने डरले, मैले मुख फर्काउने आँट गरिनँ। मेरो हृदयमा, मैले परमेश्वरलाई तत्कालै प्रार्थना गरेँ। धेरै समय नबित्दै, फोन बज्यो। मेरो श्रीमान्को हाकिमले उहाँलाई भोलि नै काममा फर्कनुपर्ने भयो भन्नुभयो। म धेरै खुसी भएँ। यो परमेश्वरले मेरा लागि एउटा बाटो खोलिदिनुभएको हो भन्ने मलाई थाहा थियो। पछि, मेरो श्रीमान् कहिलेकाहीँ फर्कने हुनाले, मेरी सिस्टरलाई यहाँ बस्दा बाँधिएकोजस्तो लाग्यो, त्यसैले मण्डलीले अर्को अतिथि सत्कारक निवास खोज्यो, र मेरी सिस्टर केही दिनपछि सरेर जानुभयो। मलाई आत्मग्लानि भयो, र उहाँप्रति नराम्रो लाग्यो। मैले जब मेरी सिस्टर यहाँ हुनुहुन्थ्यो, तब म निरन्तर मेरो श्रीमान्द्वारा नियन्त्रित भएँ र मेरो श्रीमान्को राम्रो हेरचाह गर्नमा मात्र केन्द्रित थिएँ भन्ने बारेमा विचार गरेँ। मैले त मेरो विवाह-सम्बन्ध र परिवारलाई कसरी जोगाउने भन्ने बारेमा मात्रै ख्याल गरेँ। मैले मेरो हृदय मेरो कर्तव्यमा लगाइनँ। अहिले, मैले मेरो कर्तव्यसमेत गुमाएकी थिएँ। पछि, मैले मनन गरेँ, “म किन हरेक पाइलामा मेरो श्रीमान्द्वारा नियन्त्रित हुन्छु? समस्याको मूल कारण के हो?” मैले परमेश्वरलाई प्रार्थना गरेँ, र मलाई अन्तर्दृष्टि दिन र अगुवाइ गर्न बिन्ती गरेँ ताकि मैले आत्मचिन्तन गरेर आफूलाई बुझ्न सकूँ, अनि पाठ सिक्न सकूँ। मेरो खोजीमा, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “कतिपय मानिस विवाहमा प्रवेश गरेपछि, आफ्नो वैवाहिक सुखका लागि लागिपर्न, सङ्घर्ष गर्न, र कठोर परिश्रम गर्नमा आफ्नो सबै प्रयास लगाउन तयार हुन्छन्। कतिपयले पैसा कमाउन र आफ्नो परिवार पाल्न आफ्नो हड्डी घोट्छन्, अथक रूपमा कष्ट भोग्छन्, अनि, पक्कै पनि, यस्ता अझ धेरै मानिस हुन्छन्, जो आफ्नो जीवनको खुसी आफ्नो जोडीलाई सुम्पन्छन्। तिनीहरू आफू जीवनमा खुसी र आनन्दित हुने-नहुने कुरा आफ्नो जोडी कस्तो छ अर्थात् ऊ राम्रो व्यक्ति हो कि होइन; आफूहरूको व्यक्तित्व र रुचि मिल्छ कि मिल्दैन; ऊ रोजीरोटी कमाएर परिवार धान्न सक्ने व्यक्ति हो कि होइन; ऊ भविष्यमा तिनीहरूका आधारभूत आवश्यकताहरू सुनिश्चित गर्न सक्ने अनि खुसी, स्थिर, सुन्दर परिवार दिन सक्ने व्यक्ति हो कि होइन; र ऊ तिनीहरूलाई कुनै पीडा, सङ्कष्ट, असफलता वा रोकावट आइपर्दा सहानुभूति दिन सक्ने व्यक्ति हो कि होइन भन्ने कुरामा भर पर्छ भनेर विश्वास गर्छन्। … यस्तो जीवन अवस्थामा, श्रीमान र श्रीमतीले आफ्नो जोडी कस्तो प्रकारको व्यक्ति हो भनी खुट्ट्याउन विरलै प्रयास गर्छन्, पूर्णतया भावनाको अधीनमा रहेर जोडीका निम्ति जिउँछन्, र भावनामा बगेर नै आफ्नो जोडीको ख्याल गर्छन्, उसलाई सहन्छन्, उसका सबै गल्ती, त्रुटि र पछ्याइहरू सम्हाल्छन्, यहाँसम्म कि उसको हर कुरा मान्छन्। उदाहरणका लागि, कुनै सिस्टर भेलाबाट फर्किन्छिन् र उनको श्रीमान्ले भन्छ, ‘तिम्रा भेलाहरू निकै लामो चल्छन्। आधा घण्टाका लागि मात्र गएर घर आइहाल!’ उनले ‘म सक्दो प्रयास गर्छु’ भनी जवाफ दिन्छिन्। निश्चय नै, उनी अर्को पटक आधा घण्टाका लागि भेलामा जान्छिन् र घर फर्कन्छिन्। अब उनको श्रीमान्ले भन्छ, ‘निकै राम्रो गरिछौ। अर्को पटक चाहिँ गएर अनुहार मात्र देखाएर आइहाल।’ उनी भन्छिन्, ‘ओहो, तपाईँलाई त्यति साह्रो मेरो अभाव खट्किन्छ! त्यसोभए ठिकै छ, म सक्दो प्रयास गर्नेछु!’ निश्चय नै, उनले अर्कोपटक उसलाई निराश तुल्याउँदिनन्, भेलामा दश मिनेट जति बसेर घर फर्किहाल्छिन्। उनको श्रीमान् असाध्यै सन्तुष्ट र खुसी हुन्छ। … तैँले आफ्नो जोडीलाई खुसी पार्न र बेलाबेला परमेश्वरका वचनहरू पढ्ने र भेलाहरूमा जाने कुरामा सहमत गराउन, हरेक दिन सबेरै उठेर नास्ता बनाउँछेस्, घर सफासुग्घर गर्छस्, कुखुरालाई चारो र कुकुरलाई खानेकुरा दिन्छेस्, र सबै प्रकारका थकाइलाग्दा कामहरू—सामान्यतया पुरुषले गर्ने कामहरूसमेत गर्छेस्। आफ्नो श्रीमानलाई सन्तुष्ट पार्न, तँ नोकर्नीझैँ काममा खटिरहन्छेस्। ऊ घर आउनुअघि नै उसको छालाको जुत्ता टल्काउँछेस् र उसको चप्पल ठिक पार्छेस्, अनि ऊ घर आएपछि, हतार-हतार उसको जिउको धुलो टकटक्याउँछेस् र उसलाई कोट फुकालेर झुन्ड्याउन मद्दत गर्छेस्, र सोध्छेस्, ‘आज निकै गर्मी छ। तपाईँलाई गर्मी भो? तपाईँलाई तिर्खा लागेको छ? आज तपाईँ के खाना चाहनुहुन्छ? अमिलो वा पिरो? तपाईँको कपडा फेर्नुपर्छ? त्यो कपडा फुकाल्नुस्, म धोइदिउँला।’ तँ नोकर्नी वा दासीजस्तै छेस्, तैँले विवाहको संरचनाभित्र पूरा गर्नुपर्ने जिम्मेवारीको दायरा नाघिसकेकी छेस्। तँ तेरो श्रीमानले भनेको जे पनि मान्छेस्, र उसलाई आफ्नो मालिक ठान्छेस्। यस्तो परिवारमा, पति-पत्नीबीच हैसियतमा प्रस्ट भिन्नता हुन्छ: एक जना दास हुन्छ, अर्को मालिक; एक जना नोकरजस्तो र नम्र हुन्छ, अर्को उग्र र हैकम चलाउने देखिन्छ; एक जना झुक्छ, अर्को घमण्डले फुल्छ। स्पष्टतः विवाहको संरचनाभित्र दुई मानिसको हैसियत असमान हुन्छ। यस्तो किन? के यो दासीले आफैलाई निचो पारिरहेकी होइन र? (हो।) यो दासीले आफैलाई निचो पारिरहेकी हो। तैँले मानवजातिका लागि परमेश्वरले नियोजन गरेको विवाहप्रतिको जिम्मेवारी वहन गर्न सकेकी छैनस् र तैँले हद पार गरेकी छेस्। तेरो श्रीमानले जिम्मेवारी निभाउँदैन र केही गर्दैन, तैपनि तँचाहिँ यस्तो जोडीको आदेश पर्खन्छेस् र उसको अख्तियार मान्छेस्, स्वेच्छाले उसकी दासी र नोकर्नी बनेर उसको सेवा गर्छेस् र उसका लागि सबथोक गर्छेस्—तँ कस्तो प्रकारको व्यक्ति होस्? तेरो प्रभु चाहिँ ठ्याक्कै को हो? तँ किन यसरी परमेश्वरका लागि अभ्यास गर्दैनस्? तेरो जोडीले तेरो भरणपोषण गर्नुपर्छ भनेर परमेश्वरले नियोजन गर्नुभएको छ; यो त उसले गर्नुपर्ने कुरा हो, तँ उसको ऋणी होइनस्। तँ आफूले गर्नुपर्ने कुरा गर्छेस्, र पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व पूरा गर्छेस्—के उसले गर्छ? के उसले आफ्नो काम गर्छ? वैवाहिक जीवनमा, भयावह व्यक्ति मालिक हुने अनि कडा मिहिनेत र धेरैजसो काम गर्ने व्यक्ति दास हुने होइन। वैवाहिक जीवनमा, दुवै पक्षले एकअर्काप्रतिका जिम्मेवारीहरू पूरा गर्नुपर्छ र एकअर्कालाई साथ दिनुपर्छ। दुवै पक्षको एकअर्काप्रति जिम्मेवारी हुन्छ, र दुवैले विवाहको संरचनाभित्र दायित्वहरू पूरा गर्नुपर्ने र कामकुरा गर्नुपर्ने हुन्छ। तैँले आफ्नो भूमिकाअनुसार कार्य गर्नुपर्छ; तेरो भूमिका जे भए पनि, तैँले आफूले त्यो भूमिकामा गर्नुपर्ने कुरा गर्नुपर्छ। यदि गर्दैनस् भने, तँ सामान्य मानवताविनाको होस्। बोलीचालीको भाषामा भन्नुपर्दा, तेरो एक पैसाको मूल्य छैन। त्यसोभए यदि कसैको एक पैसाको मूल्य छैन र पनि तँ अझै उसको कुरा मान्न र स्वेच्छाले उसको दास बन्न सक्छस् भने, त्यो पटमूर्खता हो र त्यसले तँलाई नालायक बनाउँछ। परमेश्वरमा विश्वास गर्नुमा के गलत छ र? के तैँले परमेश्वरमा विश्वास गर्नु दुष्कर्म हो? के परमेश्वरका वचनहरू पढ्नुमा कुनै समस्या छ? यी सबै गर्नुपर्ने सोझा र सम्मानजनक कुरा हुन्। सरकारले परमेश्वरमा विश्वास गर्ने मानिसहरूलाई सताउनुले के देखाउँछ? यसले मानवजाति अत्यन्तै दुष्ट छ भन्ने देखाउँछ, अनि यसले दुष्ट शक्ति र शैतानको प्रतिनिधित्व गर्छ। यसले सत्यता वा परमेश्वरको प्रतिनिधित्व गर्दैन। त्यसकारण, परमेश्वरमा विश्वास गर्नुको अर्थ तँ अरूभन्दा तल वा अरूभन्दा निम्न दर्जाको होस् भन्ने होइन। त्यसको विपरीत, परमेश्वरमा विश्वास गर्दा तँ सांसारिक मानिसभन्दा उच्च बन्छस्, सत्यता पछ्याउँदा तँ परमेश्वरको नजरमा आदरणीय हुन्छस्, र उहाँ तँलाई आफ्नो आँखाको नानी ठान्नुहुन्छ। तैपनि तँचाहिँ वैवाहिक जीवनमा अर्को पक्षको नुनको सोझो गर्नकै लागि आफूलाई निचो पार्छस् र निःसङ्कोच आफ्नो जोडीको दास बन्छस्। किन तँ सृजित प्राणीको कर्तव्य निर्वाह गर्दा यस्तो व्यवहार गर्दैनस्? किन तँ त्यो गर्न सक्दैनस्? के यो मानव पतितताको अभिव्यक्ति होइन र? (हो।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (११))। परमेश्वरका वचनले धारिलो तरबारले झैँ मेरो मुटु छेडे। ती वचनहरूले खुलासा गरेको कुरा ठ्याक्कै मेरो स्थिति नै थियो। मेरो श्रीमान् र मेरो विवाह भएदेखि नै, यो विवाह-सम्बन्धलाई राम्रोसँग चलाउन, र बुढेसकालमा सहारा हुने गरी आफूलाई एउटा स्थिर घर दिनका लागि, मैले उहाँलाई खुसी पार्न सकेजति सबै गरेँ। म जस्तोसुकै फोहोर वा थकाउने काम गर्न पनि राजी हुन्थेँ। उहाँलाई टनेल बनाउन र पैसाका लागि नगदे बाली लगाउन मद्दत गर्न म मेरो दिमाग खियाउँथेँ। मैले धेरै दुःख गरेर दुई सन्तान हुर्काएँ। मैले गुनासो नगरी सबै कडा परिश्रम गरेँ। मैले चौबीसै घण्टा मेरी दृष्टिविहीन सासूको सेवा गरेँ। मैले राजीखुसीले उहाँहरूको पूरै परिवारको नोकर्नी बनेर सेवा गरेँ। मेरो श्रीमान् र छोराहरू सन्तुष्ट हुन्छन् भने, म राजीखुसीले जस्तोसुकै दुःख वा थकान सहन्थेँ। परमेश्वरमा विश्वास गर्न थालेपछि, मेरो श्रीमान् चिनियाँ कम्युनिस्ट पार्टी सरकारका आधारहीन अफवाहहरूको भ्रममा पर्नुभयो र परमेश्वरप्रतिको मेरो विश्वासको कडा विरोध गर्नुभयो। राम्रो विवाह-सम्बन्ध र परिवार जोगाउनका लागि, म हरेक कुरामा उहाँको अगाडि सतर्क, जीहजुरी गर्ने र विनम्र हुन्थेँ: म राजीखुसीले परिवारको दास बनेँ। म मेरो श्रीमान्द्वारा नियन्त्रित र बन्धनमा परेको हुनाले मैले आफ्नो कर्तव्य निर्वाह गर्ने आँट गरिनँ। म भेलाहरूमा जाँदा पनि, म सधैँ छिट्टै फर्कन चाहन्थेँ ताकि मैले बेलुकाको खाना बनाउन र मेरो श्रीमान्को राम्रो सेवा गर्न सकूँ। अझ भन्नुपर्दा, म कर्तव्य निर्वाह गर्न घर छोडेर जाने आँटसमेत गर्दिनथेँ। मेरो श्रीमान्ले मलाई डिभोर्स दिनुहुनेछ, र बुढेसकालमा मेरो हेरचाह गर्ने कोही हुनेछैन भन्ने मलाई डर थियो। म आफ्नो क्षमताभित्रै पर्ने अतिथि सत्कार गर्ने कर्तव्य निर्वाह गर्दा पनि नियन्त्रित महसुस गर्थेँ। म “बुढेसकालमा सहारा दिने कोही हुनुपर्छ” र “बुढेसकालको सहाराका लागि छोराछोरी हुर्काउनुपर्छ” भन्ने शैतानी विषहरूद्वारा गहिरो गरी नियन्त्रित थिएँ र आत्मसम्मानको नामनिसान बिना जिइरहेकी थिएँ। वास्तवमा, परमेश्वरले नै मानिसहरूको विवाह-सम्बन्ध नियोजन गर्नुहुन्छ ताकि दुई जनाले एकअर्कालाई साथ दिन, एकअर्काको ख्याल राख्न र एकअर्कालाई साथ दिन सकून्। मेरो श्रीमान् महान् भएको हुनाले उहाँ नै मेरो प्रभु र मालिक हुनुहुन्छ, र मैले हरेक कुरामा उहाँको आज्ञा मान्नुपर्छ र उहाँको अनुहारको भाव हेरेर काम गर्नुपर्छ भन्ने होइन। यो परिवारमा, मैले श्रीमतीको रूपमा आफ्ना जिम्मेवारीहरू पूरा गर्न सके पुग्छ। यसका अतिरिक्त मेरो आफ्नै मिसन छ, जुन एउटा सृजित प्राणीको कर्तव्य राम्रोसँग निर्वाह गर्नु हो। म अबउप्रान्त जीहजुरी गरी र विनम्र भई मेरो श्रीमान् र छोराछोरीको दास बन्नु हुँदैनथियो। मैले परमेश्वरले मलाई आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न दिएको अवसरको कदर गर्नैपर्थ्यो।
पछि, मैले परमेश्वरका वचन पढेँ: “संसारको सृष्टि भएदेखि नै मैले मानिसहरूको यो समूहलाई चुन्ने र तिनीहरूको नियति पूर्वनिर्धारित गर्ने काम सुरु गरेको हुँ—नामै लिँदा, आजका तिमीहरूलाई। तिमीहरूको मनोभाव, क्षमता, रूप, र कद, तिमीहरू कुन परिवारमा जन्म्यौ, तिमीहरूको जागिर, र तिमीहरूको विवाह—आफ्नो सम्पूर्णतामा तिमीहरू, तिमीहरूको कपाल र तिमीहरूको छालाको रङ्ग, र तिमीहरूको जन्मको समय लगायत—सबै कुराहरू मेरा हातहरूले बन्दोबस्त गरेका थिए। मैले आफ्नै हातले तैँले हरेक दिन गर्ने कुराहरू र भेट्ने मानिसहरूको समेत बन्दोबस्त गरेँ, र तँलाई आज मेरो छेउमा ल्याइएको तथ्य पनि वास्तवमै मेरो बन्दोबस्तद्वारा गरिएको हो भनी उल्लेख गरिरहनु नपर्ला। आफूलाई अस्तव्यस्ततामा नफाल्; तँ शान्तसँग अघि बढ्नुपर्छ। मैले तँलाई जे उपभोग गर्न दिएको छु त्यो तँले पाउनैपर्ने तेरो हिस्सा हो, र यसलाई मैले संसारको सृष्टि भएदेखि नै पूर्वनिर्धारित गरेको हुँ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ७४)। परमेश्वरका वचन पढेपछि, मैले म आखिरी दिनहरूमा जिउन पाउनु र मैले परमेश्वरको काम स्वीकार गर्न पाउनु परमेश्वरको अनुग्रह हो भनेर बुझेँ। मेरा छोराछोरी हुन नसक्ने कुरा पनि परमेश्वरले नै नियोजन गर्नुभएको हो, र यसको पछाडि परमेश्वरको अभिप्राय छ। “बुढेसकालको सहाराका लागि छोराछोरी हुर्काउनुपर्छ” र “असल श्रीमती र मायालु आमा बन्नु” जस्ता परम्परागत विचारहरू मेरो हृदयमा निकै बलियो गरी बसेका थिए। यदि मेरा आफ्नै छोराछोरी भएका भए, मैले पूर्ण हृदयले मेरा छोराछोरी र मेरो परिवारका लागि योजना बनाउनेथिएँ र ख्याल गर्नेथिएँ। मैले मेरो श्रीमान् र मेरा छोराछोरीका लागि मेरा सारा समय र मेहनत लगाउनेथिएँ, तिनीहरूका लागि राजीखुसीले सब थोक दिनेथिएँ। मैले मेरो विवाह-सम्बन्ध र परिवार जोगाउने र मेरा छोराछोरीको राम्रो हेरचाह गर्ने कुरालाई यो जीवनको मिसनको रूपमा लिने थिएँ। त्यस्तो अवस्थामा, म परमेश्वरमा विश्वास गर्न आउने थिइनँ। परमेश्वरले नै यो वातावरण मिलाइदिनुभयो ताकि मैले दुःखको अनुभव गर्न सकूँ, जसले मलाई परमेश्वरको अगाडि आउन र परमेश्वरमा भर पर्न बाध्य बनायो, र मलाई परमेश्वरको आवाज सुन्ने, सत्यता पछ्याउने, र परमेश्वरको मुक्ति प्राप्त गर्ने मौका दियो। यो परमेश्वरबाट पाएको आशिष् थियो। विगतमा, मैले परमेश्वरको अभिप्राय बुझेकी थिइनँ र मेरो नियति खराब छ भनेर गुनासो गरेकी थिएँ। अहिले, मैले मलाई मुक्ति दिने परमेश्वरको गहिरो अभिप्राय बुझेँ, र मैले परमेश्वरले मलाई आखिरी दिनहरूमा केवल छोराछोरी जन्माउनका लागि होइन तर परमेश्वरको अगाडि आउन र एउटा सृजित प्राणीको कर्तव्य निर्वाह गर्न जन्म दिनुभएको हो भन्ने बुझेँ। यो मेरो जिम्मेवारी र मिसन थियो।
मैले परमेश्वरका वचन निरन्तर पढिरहेँ। परमेश्वर भन्नुहुन्छ: “परमेश्वरले तेरा लागि हालको तेरो श्रीमान् वा श्रीमती बन्दोबस्त गर्नुभएको छ, र तँ ऊसँग जिउन सक्छस्। यदि परमेश्वरले तेरा लागि अरू कोही बन्दोबस्त गर्नुभयो भने पनि, तँ त्यति नै राम्ररी जिउन सक्छस्, त्यसैले अहिलेको तेरो श्रीमान् वा श्रीमती तेरा लागि एकमात्र व्यक्ति होइन, न त ऊ तेरो गन्तव्य नै हो। तेरो गन्तव्य परमेश्वरलाई मात्र सुम्पन सकिन्छ, र मानवजातिको गन्तव्य परमेश्वरलाई मात्र सुम्पन सकिन्छ। तैँले आफ्ना आमाबुबा छाडिस् भने पनि तँ बाँच्न र जिउन सक्छस्, अनि तैँले आफ्नो जोडीलाई छाडिस् भने पनि तँ अवश्य त्यसै गरी जिउन सक्छस्। तेरा आमाबुबा तेरो गन्तव्य होइनन्, न त तेरो जोडी नै हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (११))। परमेश्वरका वचनहरू पढेपछि, मैले मानिसहरूको भाग्य सृष्टिकर्ताको हातमा हुन्छ भन्ने बुझेँ। मेरो श्रीमान्ले मेरो जतिसुकै वास्ता र ख्याल गरे पनि, उहाँले मेरो नियति नियन्त्रण गर्न सक्नुहुन्न। मैले आफ्नो गन्तव्य परमेश्वरलाई मात्र सुम्पेको छु। मैले परमेश्वरमा मात्र भरोसा गर्न सक्छु। मलाई मस्तिष्कघात हुँदा, मेरो श्रीमान्ले मेरो उपचार गर्न सकेजति सबै प्रयास गर्नुभयो, तर त्यसको कुनै असर भएन। उहाँले मेरो जतिसुकै ख्याल राखे पनि, मेरो रोग हटाउन सक्नुभएन। मैले परमेश्वरमा विश्वास गर्न थालेपछि, मैले मेरो रोग परमेश्वरको हातमा सुम्पेँ, र यो निको हुन्छ कि हुँदैन भनेर सोच्न छोडेँ। बिस्तारै, मेरो रोगमा सुधार आयो, र म फेरि आफ्नो हेरचाह आफै गर्न सक्ने भएँ। के यो सबै परमेश्वरको सार्वभौमिकता र योजनाबद्ध कार्य थिएन र? त्यसपछि मण्डलीका धेरै ब्रदर-सिस्टरहरूलाई हेरौँ। उहाँहरूले आफ्नो कर्तव्य निर्वाह गर्न र परमेश्वरको सुसमाचार फैलाउन आफ्ना विवाह-सम्बन्ध र परिवारहरू त्याग्नुभएको छ। उहाँहरू परमेश्वरको रेखदेख र सुरक्षामा जिउनुहुन्छ, र उहाँहरूले खान वा लाउनको चिन्ता गर्नुहुन्न। बरु, उहाँहरूको जीवन तनावमुक्त, खुसी, निस्फिक्री र स्वतन्त्र छ। प्रभु येशूले भन्नुभए जस्तै: “आकाशका पक्षीहरूलाई हेर: किनकि तिनीहरूले रोप्दैनन्, न त तिनीहरूले कटनी नै गर्छन्, न त धनसारमा जम्मा नै गर्छन्; तापनि तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा निकै नै असल छैनौ र?” (मत्ती ६:२६)। परमेश्वरले सृष्टि गरेका आकाशका चराचुरुङ्गीहरूले न त बिउ छर्छन् न त बाली काट्छन्, तर परमेश्वरले तिनीहरूलाई खुवाउनुहुन्छ, झन् परमेश्वरले सृष्टि गर्नुभएको मानवजातिलाई त उहाँले झन् कति वास्ता गर्नुहुन्छ। मलाई त यदि मैले आफ्नो विवाह-सम्बन्ध, परिवार र श्रीमान् गुमाएँ भने मेरो सहारा र बुढेसकालमा मेरो हेरचाह गर्ने कोही हुनेछैन भन्ने डर थियो। त्यसैले, म प्रायजसो मेरो श्रीमान्द्वारा नियन्त्रित रहन्थेँ र भेलाहरूमा जाने आँट गर्दिनथेँ, कर्तव्य निर्वाह गर्ने त कुरै छोडौँ। ममा परमेश्वरप्रतिको विश्वास एकदमै कम थियो। अब मसँग परमेश्वरको सार्वभौमिकताबारे केही बुझाइ थियो, र परमेश्वरमा भर परेर अगाडि बढ्ने विश्वास थियो। मेरो श्रीमान्ले परमेश्वरमा विश्वास गर्नुहुन्नथ्यो र मलाई सताउनुहुन्थ्यो। उहाँले परमेश्वरको प्रतिरोध गरिरहनुभएको थियो, र मैले हरेक कुरामा उहाँको आज्ञा पालन गरिरहनु र म उहाँको दास भइरहनु हुँदैनथियो। धेरै समय नबित्दै, मण्डलीका केही ब्रदर-सिस्टरहरू पक्राउ पर्नुभयो। अगुवाले मलाई चिठी लेखेर के मैले दुई जना सिस्टरहरूलाई मेरो घरमा राख्न सक्छु कि भनेर सोध्नुभयो। धेरै नसोचीकन, मैले सिधै जवाफ लेखेँ र भनेँ, “म सक्छु।” मैले फेरि अतिथि सत्कार गर्ने कर्तव्य गर्न थालेँ। यसपटक, मलाई मेरो श्रीमान्ले देख्नुहोला भन्ने डर लागेन, र मेरो श्रीमान्ले मलाई डिभोर्स दिनुहोला भन्ने पनि डर लागेन। मैले हृदयमा निकै स्वतन्त्र महसुस गरेँ। एकदिन, मेरो श्रीमान्ले फोन गर्नुभयो र आफू फर्कन लागेको कुरा बताउनुभयो। मेरा सिस्टरहरू बाहिर गएर लुक्न चाहनुभयो, तर मैले शान्त भएर भनेँ, “त्यसो गर्नु पर्दैन। उहाँ परमेश्वरप्रतिको मेरो विश्वासको विरोधी हुनुभए पनि, पुलिस बोलाउने हदसम्म जानुहुनेछैन।” जब मेरो श्रीमान् घर आउनुभयो र मेरा सिस्टरहरूलाई यहाँ देख्नुभयो, तब उहाँले केही भन्नुभएन। दुई दिनपछि, मेरो श्रीमान् एउटा सानो कुरामा रिसाउनुभयो र उहाँले मलाई कराउनुभयो, “तिमीहरू परमेश्वरमा विश्वास गर्नेहरूलाई अबदेखि यहाँ आउन अनुमति छैन। यदि तिमीहरू फेरि यहाँ आयौ भने, म तिमीहरूलाई बाहिर निकालिदिनेछु!” मैले म कसरी विगतमा मेरो श्रीमान्लाई चिढ्याउँछु कि भनेर डराउँथेँ र हरेक कुरामा उहाँको आज्ञा पालन गर्थेँ, र कसरी मैले मेरो कर्तव्य गुमाएँ अनि म कसरी निष्ठा वा मर्यादा बिना बाचेँ भन्ने कुरा सोचेँ। अहिले, मैले सत्यता बुझेँ र मेरो हृदयमा आत्मविश्वास आयो। मैले भनेँ, “मैले परमेश्वरमा विश्वास गर्नु गैरकानुनी कुरा होइन र यो कुनै अपराध होइन। यो घरमा मेरो पनि हिस्सा छ। अन्तिम निर्णय गर्ने अधिकार तपाईंको मात्र होइन।” जब उहाँले मेरो कुरा सुन्नुभयो, तब उहाँ रिसाएर फन्किँदै बाहिर निस्कनुभयो। मलाई उहाँले मलाई बेवास्ता गर्नुहोला वा डिभोर्स दिनुहोला भन्ने डर लाग्न छाड्यो। मैले त उहाँ नफर्कनुभए नै राम्रो हुनेथियो भन्ने पनि सोचेँ: उहाँको अवरोधविना, म मेरो कर्तव्य निर्वाह गर्नका लागि अझ स्वतन्त्र हुनेथिएँ, र म उप्रान्त उहाँको दास बन्नुपर्ने थिएन। पछि, मेरा सिस्टरहरू मेरो घरमा बस्दा मेरो श्रीमान्ले केही भन्नुभएन। कहिलेकाहीँ, अरू सिस्टरहरू आउँदा, उहाँले उहाँहरूलाई खाना खान बस्नका लागि समेत निम्तो दिनुहुन्थ्यो। जब मैले आफ्नो हृदयलाई ठीक गरेँ, तब मेरो श्रीमान्को व्यवहार पनि बदलियो भन्ने मैले देखेँ। पछि, मेरो श्रीमान्सँगको मेरो सम्बन्धमा पनि केही सुधार आयो। मैले मेरो परिवारप्रतिको जिम्मेवारी पूरा गर्न सकेजति सबै गरेँ, र जब मलाई भेलामा जानुपर्ने हुन्थ्यो, तब म जान्थेँ। मेरो हृदयमा, म उप्रान्त उहाँद्वारा नियन्त्रित थिइनँ। विवाह-सम्बन्ध र परिवारलाई परमेश्वरका वचनहरूअनुसार लिँदा, हाम्रो जीवन थकाइलाग्दो हुँदैन, र यो मर्यादित पनि हुन्छ।
यो अनुभवपछि, मैले म मेरो श्रीमान्, छोराहरू, वा कुनै आफन्तहरूको सहारामा रहनुहुँदैन भन्ने बुझेँ। मेरा बाँकी दिनहरूमा मैले कस्तो कष्ट भोग्नेछु भन्ने कुरा मेरो नियन्त्रणमा छैन; परमेश्वर नै सब थोकमाथि सार्वभौम हुनुहुन्छ र उहाँले नै सब थोकको बन्दोबस्त गर्नुहुन्छ। मैले भरोसा गर्न सक्ने भनेकै परमेश्वर मात्र हुनुहुन्छ। अब, म विवाह-सम्बन्धका नियन्त्रण र बन्धनहरूबाट मुक्त हुन सक्छु र मैले एउटा सृजित प्राणीको कर्तव्य थोरै भए पनि पूरा गर्न सक्छु। यी सबै परमेश्वरका वचनहरूले ममा ल्याएका नतिजा हुन्। मेरो मुक्तिका लागि परमेश्वरलाई धन्यवाद!