५५. म कसरी पैसा, ख्याति र प्राप्तिको परीक्षाबाट मुक्त भएँ
म सानो छँदा, मेरो परिवार गरिब थियो र वरपरका मानिसहरूले मलाई प्रायजसो हेप्थे अनि नातेदार र साथीहरूले मलाई होच्याउँथे र बेवास्ता गर्थे। त्यसैले, मैले के सङ्कल्प गरेँ भने, म ठूलो भएपछि धनी र नाम चलेको व्यक्ति बन्नेछु, ताकि मानिसहरूले मलाई आदर र मान गरून्। सन् २००० मा, मेरा श्रीमान् र म काम गर्ने औषधी कम्पनी टाट पल्टियो, र त्यसैले हामीले दुईवटा औषधी पसल खोल्यौँ। सुरुमा, हामीले इमानदारीपूर्वक व्यवसाय चलायौँ, र म औषधी विज्ञानसम्बन्धी केही ज्ञान भएकी लाइसेन्स प्राप्त फार्मासिस्ट भएकीले, मैले तयार पारेका धेरैजसो औषधी हाम्रा ग्राहकहरूका लागि प्रभावकारी हुन्थे, र उनीहरू मलाई भरोसा गर्थे। तर केही समयपछि, मैले के याद गरेँ भने हामीले हरेक दिन कडा मिहिनेत गरे पनि एकदमै थोरै कमाइरहेका छौँ, जबकि हाम्रा साथीहरूले झन्-झन् धेरै पैसा कमाइरहेका छन्, र उनीहरूसँग घर र गाडी छन् मात्र होइन, तर उनीहरूले पसलका सटरहरूसमेत किनेका छन्। मलाई उनीहरूको पैसा गलत माध्यमबाट आएको हो भन्ने थाहा थियो, तर मैले अनैतिक तरिकाले पैसा कमाउन उनीहरूलाई पछ्याउन चाहिनँ। तर, समय बित्दै जाँदा, पैसाको प्रलोभनमा परेर, हामीले हाम्रा साथीहरूबाट सिक्न थाल्यौँ, पैसा कमाउन छली तरिकाहरू अपनायौँ, जस्तै सस्तो औषधीय सामग्रीहरूलाई महँगोसँग मिसाएर सँगै बेच्यौँ, र ग्राहकहरूले ती खाएपछि केही असर पनि देख्थे। यसले हामीलाई हाम्रा ग्राहकहरू कायम राख्न मद्दत गऱ्यो मात्र होइन, तर हामीलाई अझ धेरै पैसा कमाउन पनि सक्षम बनायो। कहिलेकाहीँ, मेरो विवेकले मलाई घोच्थ्यो, तर जब म अरू सबैले त्यही गरिरहेका छन् भन्नेबारे सोच्थेँ, तब मलाई के लाग्थ्यो भने यदि हामीले नियमअनुसार व्यवसाय चलाएका भए, कुनै पैसा कमाउनेथिएनौँ, त्यसैले हामी समयसँगै चल्यौँ। मैले के पनि सोचेँ भने जबसम्म म अझ धेरै पैसा कमाउँछु, तबसम्म छोराको कलेज र विवाहको खर्चको चिन्ता लिनु पर्दैन, मेरा श्रीमान् र मलाई जीवनको उत्तरार्धमा साथ र सुरक्षा मिल्नेछ, र म एक सफल र नाम चलेको व्यक्ति मानिनेछु। केही वर्षको कडा मेहनतपछि, हाम्रा दुवै औषधी पसलहरू बिस्तारै फस्टाउन थाले, र हामीले घर र गाडी किन्यौँ, अनि केही बचत पनि जम्मा गर्यौँ। हाम्रा नातेदार र साथीहरूलगायतका हाम्रा वरपरका मानिसहरूले मलाई मान र डाह गर्न थाले, र मेरो अभिमान निकै तृप्त भयो।
म धनसम्पत्तिको सपनामा डुबेकी डुबिरहेकै बेला, अप्रत्याशित रूपमा केहो भयो। सेप्टेम्बर २०१२ मा, मेरा श्रीमान्, साथी र मलाई एउटा जन्मदिनको पार्टीमा आमन्त्रित गरिएको थियो, तर अप्रत्याशित रूपमा, बाटोमा हामी गाडी दुर्घटनामा पऱ्यौँ, जसमा एक जनाको मृत्यु भयो र तीन जना घाइते भए। मेरा श्रीमान् घाइते भएर अस्पताल भर्ना हुनुभयो मात्र होइन, तर उहाँ नै चालक हुनुभएकाले, हाम्रो परिवारले ठूलो क्षतिपूर्ति तिर्नुपऱ्यो। यो अचानकको दुर्भाग्यले मलाई ठूलो पीडा दियो, र म मानसिक रूपमा लगभग टुट्न पुगेँ। त्यतिबेला, कसैले मलाई सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको सुसमाचार सुनाए। परमेश्वरका वचनहरू पढेर, मैले के थाहा पाएँ भने मानवजाति परमेश्वरद्वारा सृष्टि गरिएको हो, र हाम्रो भवितव्य उहाँद्वारा नै नियन्त्रित र सञ्चालित हुन्छ। मैले के पनि बुझेँ भने, परमेश्वरसामु आएर र उहाँको मुक्ति स्विकारेर मात्र कुनै व्यक्तिले साँचो सुख र आनन्द पाउन सक्छ। बिस्तारै, मलाई हृदयमा पीडा हुन छोड्यो, र म यी कठिनाइहरू परमेश्वरको हातमा सुम्पन इच्छुक भएँ। अप्रत्याशित रूपमा, मेरा श्रीमान् छिट्टै अस्पतालबाट डिस्चार्ज हुनुभयो, र अन्ततः हाम्रो परिवारले धेरै क्षतिपूर्ति तिर्नुपरेन। म परमेश्वरप्रति अत्यन्तै कृतज्ञ भएँ। पछि, मैले परमेश्वरका वचनहरू पढेँ: “आखिरी दिनहरूका ख्रीष्टले जीवन ल्याउनुहुन्छ, अनि चिरस्थायी र अनन्त सत्यताको मार्ग ल्याउनुहुन्छ। यही सत्यता नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्वरलाई चिन्नेछ र ऊ परमेश्वरद्वारा अनुमोदित हुनेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ)। आखिरी दिनहरूमा, परमेश्वर मानवजातिलाई पखाल्न र मुक्ति दिन, मानिसहरूलाई शैतानको अँध्यारो शक्तिबाट मुक्त गर्न र अनन्त जीवन दिन, अनि उनीहरूलाई परमेश्वरको राज्यमा ल्याउन सत्यता व्यक्त गर्नुहुन्छ। मानवहरूका लागि मुक्ति पाउने एउटै मात्र अवसर यही हो। यस जीवनमा परमेश्वरसामु आउन र उहाँको मुक्ति स्विकार्न पाएकीमा म आफूलाई एकदमै भाग्यशाली ठान्छु, र मैले यस जीवनमा परमेश्वरलाई राम्ररी पछ्याउने निर्णय गरेँ।
त्यतिबेला, म दिनमा आफ्नो व्यवसाय सम्हाल्थेँ र राती सभाहरूमा जान्थेँ, र म आफूसँग समय हुँदा, सुसमाचार प्रचार गर्न पनि जान्थेँ। २०१४ मा, म मलजल डिकनका रूपमा चुनिएँ। मलाई यो कर्तव्य महत्त्वपूर्ण छ भन्ने थाहा थियो र म यो राम्ररी गर्न चाहन्थेँ, तर औषधी पसल हरेक दिन चाँडै खुल्थ्यो, र कहिलेकाहीँ म यति व्यस्त हुन्थेँ कि आफ्नो आत्मिक भक्तिका लागि समय निकाल्नसमेत सक्दिनथेँ, र सामान्यतया, म परमेश्वरसामु आफूलाई शान्त राख्न र लगनशील भई उहाँका वचनहरू पढ्न बिरलै समय हुन्थ्यो। ब्रदर-सिस्टरहरूसँग भेला हुँदा, म केवल परमेश्वरका वचनहरू पढ्थेँ अनि केही शब्द र धर्मसिद्धान्तहरू सङ्गति गर्थेँ, तर यो अरूका लागि त्यति उपयोगी वा शिक्षाप्रद थिएन। कहिलेकाहीँ, म हाम्रो व्यवसायमा यति व्यस्त हुन्थेँ कि भेलाहरू ढिलो गर्थेँ, र मलाई भित्रभित्रै गहन रूपमा दोषी र असहज महसुस हुन्थ्यो। मैले परमेश्वरका वचनहरू सम्झेँ: “जब तिमीहरूको हृदय आफ्नो श्रमका लागि आफूलाई भुक्तानी गरिएकोमा हर्षले भरिन्छ, तब के तिमीहरू आफूलाई पर्याप्त सत्यताहरूले सुसज्जित नगरेकोमा निरुत्साहित महसुस गर्दैनौ?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ ठ्याक्कै कोप्रति बफादार छस्?)। मैले परमेश्वरको वचनले यसो भनेको पनि पढेँ: “तिमीहरूले हरेक पल सोच्ने कुरामा म पर्दिनँ, न त मबाट आउने सत्यता नै पर्छ, बरु तिमीहरूका श्रीमान् वा श्रीमती, तिमीहरूका छोराछोरी, र तिमीहरूले खाने र लगाउने कुराहरू पर्छन्। तिमीहरू कसरी अझ राम्रो, अझ उच्च आनन्द प्राप्त गर्न सकिन्छ भनेर सोच्छौ। तर तिमीहरूले पेट फुट्ने गरी खाए पनि, के तिमीहरू अझै पनि एउटा लास मात्रै होइनौ र? तिमीहरूले आफूलाई त्यति सुन्दर पहिरनले सजाए पनि, के तिमीहरू अझै पनि जीवनशक्तिविहीन जिउँदो लास मात्रै होइनौ र? तिमीहरू आफ्नो पेटको खातिर कपाल फुल्ने बेलासम्म परिश्रम गर्छौ, तर तिमीहरूमध्ये कसैले पनि मेरो कामका लागि एउटा कपाल समेत बलिदान गर्दैनौ। तिमीहरू आफ्नै देहको खातिर, र आफ्ना छोराछोरीका खातिर निरन्तर दौडधूप गर्छौ, आफ्नो शरीरलाई थकाउँछौ र दिमाग खियाउँछौ—तर तिमीहरूमध्ये एक जनाले पनि मेरा अभिप्रायहरूप्रति कुनै चिन्ता वा चासो देखाउँदैनौ। तिमीहरू अझै पनि मबाट के प्राप्त गर्ने आशा गर्छौ?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ)। परमेश्वरका वचनहरूबारे चिन्तन गर्दा, मलाई एकदमै दोषी मसुस भयो र गहिरो आरोपको बोध भयो। म हरेक दिन पैसा कमाउनमा व्यस्त हुन्थेँ, र कहिलेकाहीँ मेरो आत्मिक भक्ति र भेलामा मेरो उपस्थिति अनियमित हुन्थ्यो, र मैले आफ्ना ब्रदर-सिस्टरहरूलाई राम्ररी मलजल गर्न सकिनँ। यसले मेरो आफ्नै सत्यताको पछ्याइलाई ढिलाइ गरायो मात्र होइन, तर मेरा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा पनि रोकावट ल्यायो। अहिले परमेश्वरको राज्यको सुसमाचार तीव्र गतिमा फैलिरहेको छ, र सुसमाचार प्रचार गर्न र परमेश्वरको गवाही दिन अझ धेरै मानिसहरूको आवश्यकता छ। मैले आफ्नो हृदय कर्तव्यमा केन्द्रित गर्नुपर्छ, र सुसमाचार काममा आफ्नो केही मेहनत योगदान गर्नुपर्छ, तर म आफ्नो कर्तव्यमा असफल हुँदै गर्दा, मैले परमेश्वरको मलजल र भरणपोषण पाइरहेकी थिएँ, र म अझै पनि आफ्नो भविष्य, ख्याति र प्राप्तिको चिन्तामा थिएँ। मैले पैसा कमाउन धेरै मेहनत गरेँ तर म परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्न असफल भएँ। म साँच्चै परमेश्वरप्रति अत्यन्तै ऋणी थिएँ! धेरै विचार गरेपछि, मैले एउटा औषधी पसल अरूलाई हस्तान्तरण गर्ने निर्णय गरेँ। मेरो आम्दानी घट्ने भए पनि, मसँग सत्यता पछ्याउन र आफ्नो कर्तव्य निर्वाह गर्न अझ धेरै समय हुनेथ्यो। तर मेरा श्रीमान् बिलकुलै सहमत हुनुभएन। साथै, त्यतिबेला राष्ट्रिय औषधी सुपरिवेक्षण प्रशासनले नयाँ प्रावधानहरू ल्यायो, जसको अर्थ लाइसेन्स प्राप्त फार्मासिस्टहरूले मात्र औषधी पसल खोल्न पाउँथे, र हाम्रो जिल्लामा, सयभन्दा बढी औषधी पसलहरूमध्ये, थोरैसँग मात्र सञ्चालनका लागि आवश्यक योग्यता थियो, र तीमध्ये दुईवटा हाम्रा थिए। यसको अर्थ हाम्रा प्रतिस्पर्धीहरू घट्दै जाँदा, हाम्रो व्यवसाय झन्-झन् राम्रो हुँदै जानेथ्यो। हाम्रा धेरै साथीले हाम्रो डाह गरे, र मेरा श्रीमानले उत्तेजित हुँदै, मलाई भन्नुभयो, “दुइटा औषधी पसलबाट हामी वर्षको कम्तीमा ४,००,००० युआन कमाउन सक्छौँ!” उहाँले यसो भनेको सुन्दा मेरो हृदयमा हलचल मच्चियो, र मैले सोचेँ, “हामीले थोरै पैसा कमाउन यतिका वर्ष कडा मेहनत गरेका छौँ, र अहिले हामीले धेरै पैसा कमाउने ठूलो मौका पाएका छौँ। यदि हामीले यसलाई अझ केही वर्ष कायम राख्यौँ भने, धेरै सम्पत्ति कमाउनेछौँ। सायद म आफूलाई पूर्णकालीन कर्तव्यमा अर्पण गर्नुअघि पर्खेर अझ केही पैसा कमाइहाल्छु।” त्यसैले, मैले आफ्नो कर्तव्य निर्वाह गर्दै औषधी पसल चलाइरहेँ। तर हाम्रा औषधी पसलहरूमा व्यापार झन्-झन् व्यस्त हुँदै गयो, र कहिलेकाहीँ म भेलामा जानै लाग्दा, कुनै ग्राहकले मलाई औषधी तयार पार्न कर गर्थे, जसले गर्दा मलाई भेलाका लागि ढिलो हुन्थ्यो। म घरमै बस्दा र औषधी पसल नजाँदासमेत, ग्राहकहरूले मलाई औषधी वा स्वास्थ्य सल्लाहका लागि फोन वा सम्पर्क गर्थे, जसले मलाई बाधा पुऱ्याउँथ्यो, मेरा सोचहरू भद्रगोल बनाउँथ्यो, र मलाई शान्त रूपमा परमेश्वरका वचनहरू पढ्न रोक्थ्यो। अर्कोपटक, मैले ब्रदर-सिस्टरहरूसँग सुसमाचार प्रचार गर्न जाने योजना बनाएकी थिएँ, तर औषधी पसलमा जरुरी मामिला आएकाले म जान सकिनँ। मैले भेला ढिलो गर्दैपिच्छे वा कर्तव्य निर्वाह गर्न नसक्दैपिच्छे, मलाई एकदमै दोषी महसुस हुन्थ्यो। म हरेक दिन व्यवसायमा व्यस्त हुन्थेँ, र मसँग सत्यता पछ्याउने वा कर्तव्य निर्वाह गर्ने कुनै समय हुँदैनथ्यो। यदि यो जारी रहेको भए, मेरो हृदय परमेश्वरबाट झन्-झन् टाढिनेथ्यो। म अझै पनि एउटा औषधी पसल अरूलाई हस्तान्तरण गर्न चाहन्थेँ, तर मेरा श्रीमान् असहमत हुनुभयो र उहाँले मेरो आस्थामा अड्चन ल्याउन थाल्नुभयो, यदि मैले परमेश्वरमा विश्वास गरिरहेँ भने मसँग सम्बन्धविच्छेद गर्ने धम्कीसमेत दिनुभयो। यसले मलाई एकदमै दुबिधामा पाऱ्यो। मलाई के गरूँ-गरूँ भइरहेकै बेला, अप्रत्याशित कुरा भयो, जसले मलाई अन्ततः चिन्तन गर्न लगायो।
मेरा श्रीमानले दुष्ट आत्माहरूको पूजा गरेका कारण उहाँलाई अचानक केही दिनसम्म दुष्ट आत्मा चढ्यो। उहाँको असामान्य स्थिति देखेर म भयभित भएँ। मैले परमेश्वरका वचनहरू पढेँ: “पृथ्वीमा अनेक किसिमका दुष्ट आत्माहरू सधैँ नै विश्राम-स्थलको खोजीमा हुन्छन्; तिनीहरू सधैँ आफूले निल्न सक्ने लाशहरू खोजिरहेका हुन्छन्। मेरा मानिसहरू हो! तिमीहरू मेरो हेरचाह र सुरक्षाभित्र नै रहनुपर्छ। कहिल्यै विशृङ्खल नहोऊ! कहिल्यै बेपरवाह व्यवहार नगर! तैँले मेरो घरमा आफ्नो बफादारी अर्पण गर्नुपर्छ, र तैँले बफादारीद्वारा मात्रै दियाबलसहरूका षड्यन्त्रहरूविरुद्ध प्रत्याक्रमण गर्न सक्छस्। तैँले कुनै पनि हालतमा विगतमा जस्तो मेरो अगाडि एउटा कुरा गर्ने र मेरो पछाडि अर्को कुरा गर्ने गर्नु हुँदैन; यदि तँ यस्तो व्यवहार गर्छस् भने, तँ छुटकाराभन्दा पर पुगिसकेको हुन्छस्। के मैले पर्याप्त रूपमा यस्ता वचनहरू उच्चारण गरिसकेको छैनँ र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय १०)। मेरा श्रीमान् साँचो परमेश्वरमा विश्वास गर्नुहुन्नथ्यो, र दुष्ट आत्माहरूलाई देवताका रूपमा पूजा गर्नुहुन्थ्यो। फलस्वरूप, उहाँलाई शैतान र दुष्ट आत्माहरूले सास्ती दिए मैले साँचो परमेश्वरमा विश्वास गरे पनि, म अझै पनि शैतानको शक्तिको अधीनमा जिइरहेकी थिएँ। मैले सांसारिक कुराहरू पछ्याइरहेकी थिएँ र पैसाको बन्धनमा परेर जिइरहेकी थिएँ। मैले परमेश्वरका वचनहरू राम्ररी पढेकी थिइनँ, र आफ्नो कर्तव्य पूरा गर्न सकिनँ। यदि मैले यस्तै गरिरहेकी भए, म परमेश्वरबाट झन् टाढिनेथिएँ, र परमेश्वरको सुरक्षा गुमाएपछि, मलाई कुनै पनि बेला शैतानले कब्जा गर्न सक्थ्यो। मेरा श्रीमान्को अवस्था मेरा लागि चेतावनी बन्यो; म अब यस्तो जिद्दी भई भ्रमित भइरहनु हुँदैनथ्यो। त्यस दौरान, कर कार्यालयका मैले चिनेको उपनिर्देशकलाई सानै उमेरमा क्यान्सर लाग्यो। उनीसँग धेरै पैसा थियो र धेरैले उनलाई उच्च सम्मान गर्थे, तर मृत्युको सामना गर्दा, जतिसुकै पैसा वा प्रसिद्धीले पनि उनलाई मद्दत गर्न सकेन। त्यो क्षण, मैले आफैँलाई सोधेँ, “वास्तवमा जीवनको उद्देश्य के हो? के यो केवल पैसाका लागि जिउनु हो? मृत्युको सामना गर्दा पैसा र प्रसिद्धिको के काम? अन्त्यमा, यो संसार छोड्दा के हामी सबै रित्तो हात जान्छौँ होइन र?”
पछि, मैले परमेश्वरका अझ केही वचन पढेँ, र मैले पैसा, ख्याति र प्राप्ति पछ्याउनुको मूल कारणबारे अझ स्पष्ट बुझाइ पाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “‘दुनियाँ पैसाको इसारामा चल्छ’ भन्ने भनाइ शैतानको एउटा दर्शन हो। यो मानिसहरूमाझ, हरेक समाजमा धेरै प्रचलित छ; यो एउटा प्रचलन हो भनेर भन्न सकिन्छ। किनभने यो हरेक व्यक्तिको हृदयमा हालिएको छ, जसले सुरुमा यो भनाइ स्वीकार गरेन, तर पछि वास्तविक जीवनको सम्पर्कमा आएपछि, उसले यसलाई मौन स्वीकृति दियो, र यी शब्दहरू वास्तवमा साँचो हुन् भनी महसुस गर्न थाल्यो। के यो शैतानले मानिसलाई भ्रष्ट तुल्याउने प्रक्रिया होइन र? … शैतानले मानिसहरूलाई लोभ्याउन पैसा प्रयोग गर्छ, र ती सबैलाई पैसा र भौतिक कुराहरूको आराधना गर्न भ्रष्ट तुल्याउँछ। अनि मानिसहरूमा पैसाको यो आराधना कसरी प्रकट हुन्छ? के तिमीहरूलाई यो संसारमा पैसाविना बाँच्न सकिँदैन, र पैसाविना एक दिन पनि बिताउन सकिँदैन भन्ने लाग्दैन र? मानिसहरूसँग कति पैसा छ भन्ने कुराले तिनीहरूको हैसियत कति उच्च छ, र तिनीहरू कति प्रतिष्ठित छन् भन्ने कुरा निर्धारण गर्छ। गरिबहरूले आफू शिर ठाडो पारेर गर्वका साथ उभिन सकिन्छ भन्ने महसुस गर्दैनन्, जबकि धनीहरूको उच्च हैसियत हुन्छ, तिनीहरू शिर ठाडो पारेर गर्वका साथ उभिन्छन्, र ठूलो स्वरले बोल्न र अहङ्कारी र बेलगाम तरिकाले जिउन सक्छन्। यो भनाइ र प्रचलनले मानिसहरूलाई के दिन्छ? धेरै मानिस पैसा कमाउनका लागि कुनै पनि त्याग गर्न इच्छुक हुन्छन् भन्ने कुरा साँचो होइन र? के धेरै मानिसले धेरै पैसाको खोजीमा आफ्नो इज्जत र निष्ठा गुमाउँदैनन् र? के धेरै मानिसहरूले पैसाका खातिर आफ्नो कर्तव्य पूरा गर्ने र परमेश्वरलाई पछ्याउने अवसर गुमाउँदैनन् र? के सत्यता प्राप्त गर्ने र मुक्ति पाउने मौका गुमाउनु भनेको मानिसहरूका लागि सबैभन्दा ठूलो हानि होइन र? केवल यो विधि र यो भनाइ प्रयोग गरेर, शैतानले मानिसलाई यस्तो हदसम्म भ्रष्ट तुल्याउँछ। के शैतानको अभिप्राय दुष्ट छैन र? के यो दुर्भावपूर्ण चाल होइन र?” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ५)। “मानिसहरू पैसा र ख्याति अनि प्राप्तिको पछि दौडेरै आफ्नो पूरै जीवन बिताउँछन्; तिनीहरू यी कुराहरूलाई जीवन रेखा, आफ्नो एक मात्र सहाराका रूपमा लिन्छन्—मानौँ ती हुनुको मतलब तिनीहरूले बाँचिरहन र मृत्युबाट उम्कन सक्छन्। तर तिनीहरूले आफू मर्न लागेपछि मात्रै पैसा, ख्याति, र प्राप्ति आफूबाट कति टाढा छन्, र मृत्युको मुखमा तिनीहरू कति कमजोर र शक्तिहीन छन्, तिनीहरू कति नाजुक छन्, र तिनीहरू कति एक्लो र विवश छन्, र जाने कुनै ठाउँ छैन भन्ने कुरा महसुस गर्छन्। तिनीहरूले पैसा वा ख्याति र प्राप्ति जीवनसँग साट्न सकिँदैन, व्यक्ति जति नै धनी भए पनि, तिनीहरूको हैसियत जति नै उच्च भए पनि, मृत्युको सामुन्ने सबै उत्तिकै गरिब र महत्त्वहीन छन् भन्ने महसुस गर्छन्। तिनीहरूले पैसाले जीवन किन्न सक्दैन, ख्याति र प्राप्तिले कुनै व्यक्तिलाई मृत्युबाट उम्कन सक्षम बनाउन सक्दैन, न त पैसाले न त ख्याति र प्राप्तिले व्यक्तिको आयु एक मिनेट वा एक सेकेन्ड मात्रै पनि बढाउन सक्छ भन्ने महसुस गर्छन्” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने सानै उमेरदेखि ममा अनेकौँ शैतानी विषहरू हालिएका रहेछन्, जस्तै “दुनियाँ पैसाको इसारामा चल्छ,” “पशुपक्षीलाई चारो प्यारो, मान्छेलाई पैसा प्यारो,” र “अब्बल हुनका लागि ठूलो कष्ट सहनुपर्छ।” म के सोच्थेँ भने पैसा भएपछि सबथोक हुन्छ, र अरूको प्रशंसा र आदर पाउन सकिन्छ, अनि सुखी र सन्तुष्ट जीवन जिउन सकिन्छ। म यो नै अर्थ र महत्त्व भएको जीवन हो भन्ने सोच्थेँ, त्यसैले म धनी बन्न अनि सम्पत्ति र प्रसिद्धि भएको व्यक्ति बन्न चाहन्थेँ। मैले पैसा, ख्याति र प्राप्तिलाई आफ्नो जीवनरक्त, भरोसा र जीवनको सुरक्षाका रूपमा लिएँ। तर पैसा, ख्याति र प्राप्तिले वास्तवमा मलाई के दिएको थियो? के ती साँच्चै मेरा भरोसा र सुरक्षा थिए? के तिनले मलाई साँचो आनन्द र शान्ति दिएका थिए? वर्षौँको दौरान, मैले पैसा कमाउन आफूले सक्ने हरकुरा गरेकी थिएँ। मैले आफ्नो विवेकको बाबजुद बेइमानीको पैसा कमाउन ग्राहकहरूलाई धोकासमेत दिएँ। तर जब मैले पैसा कमाएँ र मेरो अभिमान तृप्त भयो, तब मैले अन्ततः यी कुराहरूले मेरो हृदयभित्रका रित्तोपन र पीडा हटाउँदैनन् भनेर बुझेँ, झन् मलाई मैले चाहेको सुख र आनन्द प्राप्त गर्न मद्दत गर्नु त परै जाओस्। बरु, यसले मेरो विवेकलाई असहज बनायो। विशेष गरी त्यस गाडी दुर्घटनामा, यदि परमेश्वरको सुरक्षा नभएको भए, हाम्रो परिवारलाई कसरी जिइरहने भन्ने थाहा हुनेथिएन, र मलाई म अकालमै मर्नेथिएँ भनेर डर लाग्छ। मैले के बुझेँ भने पैसा, ख्याति र प्राप्तिले जीवन किन्न सक्दैन, न त शान्ति र सुरक्षा नै ल्याउन सक्छन्, अनि ती मेरा साँचो भरोसा होइनन्, किनकि परमेश्वर मात्र मेरो साँचो भरोसा हुनुहुन्छ। तर म अझै पनि पैसा, ख्याति र प्राप्तिप्रति कसिएर टाँसिएँ। पैसा, ख्याति र प्राप्ति मलाई बाँध्ने जन्जिरजस्तै थिए। मैले परमेश्वरको मुक्ति स्पष्ट रूपमा देखेँ, अनि सत्यता पछ्याउनुको महत्त्व र अर्थ थोरै बुझेँ, तर मैले अझै धनसम्पत्ति पछ्याउँदै परमेश्वरमा विश्वास गर्न चाहेँ। म साँच्चै मूर्ख थिएँ! मैले प्रभु येशूले भनेको कुरा सम्झेँ: “कुनै पनि मानिसले दुई वटा मालिकको सेवा गर्न सक्दैन: किनकि उसले कि त एउटालाई घृणा गर्नेछ र अर्कोलाई प्रेम गर्नेछ; अथवा उसले एउटालाई महत्त्व दिनेछ र अर्कोलाई तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र मामोन दुवैको सेवा गर्न मिल्दैन” (मत्ती ६:२४)। “यदि मानिसले सारा संसार पाएर आफ्नै प्राण गुमायो भने, उसलाई के फाइदा हुन्छ? अथवा आफ्नो प्राणको साटो मानिस के दिन सक्छ?” (मत्ती १६:२६)। विगत केही वर्षमा मैले परमेश्वरमा विश्वास गरेकी थिएँ, तर मैले धेरै समय र ऊर्जा पैसा कमाउन खर्च गरेँ, र यस समयसम्म, मैले धेरै सत्यता बुझेकी थिइनँ वा मसँग कुनै जीवन प्रवेश थिएन। यदि मैले यस्तै गरिरहेकी भए, मैले जतिसुकै पैसा कमाए पनि, र जतिसुकै ठूलो दैहिक सुख भोग गरे पनि वा प्रतिष्ठा प्राप्त गरे पनि, यदि मैले सत्यता नपाएकी भए, अन्तमा, मैले केही पनि पाउनेथिइनँ। यदि मैले पैसा कमाउने आफ्नो चाहनाको कारण परमेश्वरद्वारा मुक्ति पाइने मौका गुमाएकी, र आफ्नो जीवन बर्बाद गरेकी भए, के ममा दूरदर्शिताको कमी भइरहेको, अनि मैले अल्पकालीन तुच्छ प्राप्तिका लागि आफ्नो भविष्य बलिदान गरिरहेकी हुनेथिइनँ र? मैले “पैसा नै पहिलो कुरा हो” र “दुनियाँ पैसाको इसारामा चल्छ” जस्ता तथाकथित बुद्धिका शब्दहरू मानिसहरूलाई बहकाउने र भ्रष्ट तुल्याउने शैतानका झुट र दुष्ट शब्दहरू हुन्, र ती मानिसहरूलाई परमेश्वरबाट टाढा लैजाने र उहाँलाई धोका दिन लोभ्याउने पासोहरू हुन्, जसले गर्दा तिनीहरू नरकमा पर्छन् भन्ने बुझेँ। यी त मानिसहरूको आत्मा निल्न शैतानले रच्ने स्वार्थी योजनाहरू हुन्! शैतानका अभिप्रायहरू एकदमै अन्तर्घाती र दुर्भावपूर्ण छन्!
त्यसपछि, मैले परमेश्वरका वचनहरू पढेँ: “के संसार साँच्चै तेरो विश्राम स्थल हो त? के तैँले मेरो सजायलाई पन्छाएर साँच्चै नै यस संसारबाट सन्तुष्टिको सबैभन्दा मन्द मुस्कान प्राप्त गर्न सक्छस्? के तैँले तेरो क्षणिक आनन्दलाई तेरो हृदयको लुकाउन नमिल्ने रिक्ततालाई ढाक्नको निम्ति प्रयोग गर्न सक्छस्? तैँले तेरो परिवारका सबैलाई मूर्ख बनाउन सक्लास्, तर तैँले मलाई कहिल्यै पनि मूर्ख बनाउन सक्दैनस्। तेरो विश्वास अत्यन्तै थोरै भएको कारण आजको दिनसम्म पनि तँमा जिन्दगीले दिने आनन्द पत्ता लगाउने शक्ति छैन। म तँलाई आग्रह गर्छु: मानिसले सहन नसक्ने दुःख सहेर सम्पूर्ण जीवन मामुली र देहको निम्ति व्यस्त रहनुभन्दा मेरो निम्ति इमान्दारीपूर्वक आधा जीवन जिउनु तेरो लागि असल हुन्छ। मेरो सजायबाट भागेर आफैलाई जोगाउनुको उद्देश्य के छ र? मेरो क्षणिक सजायबाट लुकेर अनन्तको लज्जा, अनन्तको सजायको कटनी गर्नुको के अर्थ छ र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। वास्तविक व्यक्ति हुनुको अर्थ के हो)। “परमेश्वर उहाँको देखापराइको अभिलाषा राख्नेहरूलाई खोजिरहनुभएको छ, उहाँका वचनहरू मान्नेहरूलाई खोजिरहनुभएको छ, उहाँको आज्ञा नबिर्सनेहरू र आफ्नो हृदय र शरीर उहाँलाई अर्पण गर्नेहरूलाई खोजिरहनुभएको छ, र उहाँसामु बालकहरूझैँ समर्पित हुने र प्रतिरोधी नहुनेहरूलाई खोजिरहनुभएको छ। यदि तँ आफैलाई परमेश्वरमा अर्पित गर्छस्, र कुनै शक्तिद्वारा रोकिँदैनस् भने, परमेश्वरले तँलाई निगाहका साथ हेर्नुहुनेछ, र तँलाई आशिष् प्रदान गर्नुहुनेछ। यदि तँसँग उच्च हैसियत, सम्माननीय प्रतिष्ठा, ज्ञानको भण्डार, विविध सम्पत्ति, र धेरै मानिसहरूको समर्थन छ, तैपनि तँ यी कुराहरूको झमेला अनुभूत गर्दैनस् र उहाँको बोलावट र उहाँको आज्ञा स्वीकार गर्न र तँबाट परमेश्वरले माग्नुभएका कार्यहरू गर्नका लागि अझै पनि परमेश्वरका सामु आउँछस् भने, तैँले गरेका सबै कुराहरू यस पृथ्वीमा सबैभन्दा अर्थपूर्ण अभियान र मानवजातिका निम्ति सबैभन्दा न्यायवान् प्रयास हुनेछन्। यदि तैँले हैसियत वा तेरा आफ्नै लक्ष्यहरूका खातिर परमेश्वरको बोलावटलाई अस्वीकार गर्छस् भने, तैँले गर्ने सबै कुराहरू श्रापित हुनेछन्, र अझ बढी, परमेश्वरद्वारा घृणित समेत हुनेछन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ)। परमेश्वरका वचनहरूले मलाई गहन रूपमा प्रभावित र प्रोत्साहित गरे। परमेश्वरले मलाई केवल मेरो परिवारको पालनपोषण गर्न, न त केवल छोराछोरी जन्माउन, बरु परमेश्वरको मुक्ति स्विकार्न उहाँसामु आउन, परमेश्वरको सार्वभौमिकता जान्न र उहाँप्रति समर्पित हुन, सृजित प्राणीका जिम्मेवारीहरू पूरा गर्न, सृजित प्राणीका कर्तव्यहरू निर्वाह गर्न, अनि सत्यता पछ्याएर अर्थपूर्ण र मूल्यवान जीवन जिउनका लागि आखिरी दिनहरूमा जन्मन पूर्वनिर्धारित गर्नुभयो। यो नै मेरो जीवनको लक्ष्य र दिशा हो। अब परमेश्वरको काम सकिन लागेको छ, र परमेश्वर अझ धेरै मानिसहरू उहाँको मुक्ति स्विकार्न उहाँसामु आउनेछन् भनेर आशा गर्नुहुन्छ। त्यसैले, मैले आफ्ना सांसारिक पछ्याइहरू त्याग्नुपर्छ र आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ, र आफ्नो कर्तव्य निर्वाह गर्दा, परमेश्वरबाट मुक्ति प्राप्त गर्न सत्यता पछ्याउनुपर्छ। यो नै सबैभन्दा अर्थपूर्ण जीवन हो। यो सोचेर, मैले आफ्नो व्यवसाय त्याग्ने र आफूलाई आफ्नो पूर्णकालीन कर्तव्यमा समर्पित गर्ने निर्णय गरेँ। म उप्रान्त पैसा, ख्याति वा प्राप्तिको लागि हड्डी घोटेर काम गर्नेथिइनँ।
जब मेरा श्रीमान्ले म एउटा औषधी पसल अरूलाई हस्तान्तरण गर्ने योजना बनाउँदै छु भन्ने सुन्नुभयो, उहाँ रिसले आगो हुनुभयो, र उहाँले मसँग सम्बन्धविच्छेद गर्ने धम्की दिनुभयो, यहाँसम्म कि म परमेश्वरमा विश्वास गर्छु भनेर रिपोर्ट गर्ने कुरा पनि गर्नुभयो। मैले सिसिपिले कुनै सजाय नपाई परमेश्वरका विश्वासीहरूलाई यातना दिन्छ र यहाँसम्म कि मार्छ भन्नेबारे सोचेँ, र मलाई अलि डर लाग्यो र कमजोरी महसुस भयो। मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, उहाँलाई आस्था र शक्ति मागेँ। प्रार्थना गरेपछि, मैले परमेश्वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ, अनि मेरा श्रीमान्ले मेरो रिपोर्ट गर्नुहुन्छ कि गर्नुहुन्न वा प्रहरी मेरो पछि लाग्छ कि लाग्दैन भन्नेजस्ता कुराहरू सबै परमेश्वरको हातमा छन् भन्ने बारेमा सोचेँ। परमेश्वर मेरो साथमा हुनुभएकाले, मलाई अब डर लागेन। मलाई सम्झौता गर्न नमानेकी देखेर, मेरा श्रीमान्ले मेरा आमाबुबालाई बोलाउनुभयो र मलाई सम्झाउन अनुरोध गर्नुभयो। मेरा बुबाले रिसाउँदै मलाई भन्नुभयो, “तँ किन केवल परमेश्वरमा विश्वास गर्न राम्रो व्यवसाय छोडेर सजिलै आउने पैसा लत्याउँछेस्? तँ बौलाइस् कि क्या हो?” मेरी आमाले आँसु झार्दै भन्नुभयो, “यदि तैँले पैसा कमाउन छोडिस् भने, तेरो छोरालाई के हुनेछ? के तँ हाम्रो बुढ्यौलीमा भर पर्नुपर्ने पैसालाई ख्याल गर्दैनस्?” मेरा श्रीमान्ले यसो भन्दै नरम र कडा दुवै तरकिप प्रयोग गर्न थाल्नुभयो, “यदि तिमी आफूलाई वास्ता गर्दिनौ भने, कम्तीमा हाम्रो छोरालाई त वास्ता गर। ऊ अझै सानै छ, अनि भविष्यमा उसलाई कलेज, विवाह, र घरका लागि पैसा चाहिन्छ। पैसा चाहिने सबै प्रकारका कुराहरू हुनेछन्। जबसम्म हामी हाम्रो छोराको पढाइ, विवाह, र घरका लागि पैसा कमाउँछौँ, तबसम्म म तिमीलाई परमेश्वरमा विश्वास गर्न रोक्नेछैनँ।” उनीहरूले यी कुराहरू भनेको सुनेपछि, म अलिकति डगमगाएँ, र मैले सोचेँ, “उनीहरूको कुरा सही नै हो। बाहिरको संसार कठिन छ, र प्रतिस्पर्धा झन्-झन् तीव्र हुँदै छ। मेरो छोरालाई उसको शिक्षा, विवाह र घरका लागि धेरै पैसा चाहिन्छ। के मैले मेरा श्रीमान्को कुरा सुनेर मेरो छोराका लागि धेरै पैसा कमाउन अझै एक वा दुई वर्ष हाम्रो व्यवसाय कायम राख्नुपर्ने हो?” मलाई एकदमै पीडा र दुबिधा भयो, त्यसैले मैले परमेश्वरलाई पुकारेर मेरो हृदयको सुरक्षा गर्न बिन्ती गरेँ।
एक दिन, मैले परमेश्वरका वचनहरू पढेँ: “यदि तँ शैतानबाट पूर्ण रूपमा अलग हुन मात्र दृढ छस्, तर तँ शैतानलाई पराजित गर्न प्रभावकारी हातहतियारहरूले सुसज्जित छैनस् भने, तँ अझै पनि ठूलो खतरामा छस्। समय बित्दै जाँदा, जब तँलाई शैतानद्वारा यति यातना दिइएको हुन्छ कि तँमा एकरत्ती शक्ति बाँकी रहेको हुँदैन, तैपनि तैँले अझै गवाही दिन सकेको हुँदैनस्, अझै पनि आफूलाई तँविरुद्धका शैतानका आरोप र आक्रमणहरूबाट पूर्ण रूपमा मुक्त पारेको हुँदैनस्, तब तैँले मुक्ति पाउने आशा निकै कम हुनेछ। अन्त्यमा, अर्थात्, जब परमेश्वरको काम सम्पन्न भएको घोषणा हुन्छ, यदि तँ मुक्त हुन नसक्ने गरी अझै पनि शैतानको पकडमै हुन्छस् भने, तँसँग कहिल्यै मौका वा आशा हुनेछैन। यसको तात्पर्य यो हो कि त्यस्ता मानिसहरू पूर्ण रूपमा शैतानको बन्दीमा परेका हुनेछन्” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २)। परमेश्वरका वचनहरूले मलाई समयमै ब्युँझाए। शैतान मेरो छोराप्रतिको मेरो चिन्तालाई प्रयोग गरेर मलाई पैसाको पछ्याइमा फसाउन चाहन्थ्यो, म पैसाको दास बनूँ, र यो भुमरीबाट उम्कन नसकूँ भन्ने चाहन्थ्यो। यदि मैले यस्तै गरिरहेकी भए, परमेश्वरको काम सकिँदा, मैले कुनै सत्यता पाएकी हुनेथिइनँ, र म अन्ततः शैतानसँगै नरकमा पर्नेथिएँ। म झन्डै शैतानको पासोमा परेकी थिएँ! मेरा श्रीमान्ले मलाई आफ्नो कर्तव्य निर्वाह गर्नबाट रोक्न सम्बन्धविच्छेद गर्ने धम्की दिनुभयो, र उहाँले मेरो रिपोर्ट गर्नसमेत चाहनुभयो। उहाँको उद्देश्य मलाई घरमै राखेर पैसा कमाउन लगाउनु थियो, र यदि मैले उहाँका लागि पैसा कमाउन सकिनँ भने, उहाँ मलाई सिसिपिको सतावट खेप्न सुम्पिन चाहनुहुन्थ्यो। त्यसमा वैवाहिक प्रेम कहाँ थियो र? उहाँले मलाई केवल पैसा कमाउने साधनका रूपमा व्यवहार गरे। मैले मेरा श्रीमान् र म एउटै प्रकारका मानिस होइनौँ, न त हामी एउटै मार्गमा नै छौँ भनेर बुझेँ। यदि उहाँले मसँग सम्बन्धविच्छेद गर्न चाहनुभएको हो भने, वास्तवमा त्यो मेरा लागि राम्रो कुरा हुनेथ्यो, किनकि परिवारको बन्धनबाट मुक्त हुँदा, म स्वतन्त्र रूपमा परमेश्वरमा विश्वास गर्न सक्षम हुनेथिएँ। त्यसपछि मैले सोचेँ, “म मेरो छोराको भविष्य राम्रो होस् भनेर धेरै पैसा कमाउन चाहन्छु, तर यसमा, मैले व्यक्तिको भवितव्य परमेश्वरको हातमा हुन्छ भनेर विश्वास गरिरहेकी छैनँ। परमेश्वरले मेरो छोराको भविष्य पहिले नै पूर्वनिर्धारण गरिसक्नुभएको छ, र मैले जतिसुकै पैसा कमाए पनि, म उसको नियति बदल्न सक्दिनँ। म मेरा आमाबुबा र छोरालाई परमेश्वरको हातमा मात्र सुम्पन अनि उहाँका सबै बन्दोबस्तहरूप्रति समर्पित हुन सक्छु। यो नै सबैभन्दा बुद्धिमानी छनौट हो।” यो सोचेर, मैले आफ्नो मन बनाएँ। मेरा श्रीमान्ले मलाई जतिसुकै सतावट दिए पनि वा अड्चन ल्याए पनि, म आफ्नो गवाहीमा दृढ रहनेथिएँ।
पछि, मैले परमेश्वरका थप वचनहरू पढेँ: “सबै मानिसहरू अर्थपूर्ण जीवन जिउने खोजीमा लाग्नुपर्छ, र आफ्ना वर्तमान परिस्थितिहरूप्रति सन्तुष्ट हुनु हुँदैन। तिनीहरूले पत्रुसको स्वरूपमा जिउनैपर्छ, र तिनीहरूसँग पत्रुसका ज्ञान र अनुभवहरू हुनैपर्छ। तिनीहरूले अझै उच्च र अझै गहन कुराहरूको खोजी गर्नुपर्छ। तिनीहरूले परमेश्वरप्रतिको अझ गहिरो र शुद्ध प्रेम, साथै मूल्य र अर्थसहितको जीवनको खोजी गर्नुपर्छ। यो मात्र जीवन हो; तब मात्र तिनीहरू पत्रुसजस्तै हुनेछन्। … तैँले सत्यताका लागि कष्ट भोग्नैपर्छ, तैँले सत्यताका लागि आफ्नो बलिदान गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका खातिर तैँले अझै बढी दुःख भोग्नैपर्छ। तैँले गर्नुपर्ने यही नै हो। पारिवारिक सामञ्जस्यतामा रमाउनका खातिर तैँले सत्यतालाई फ्याँक्नु हुँदैन र अस्थायी आनन्दका खातिर तैँले जीवनभरको इज्जत र निष्ठा गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छ त्यो सबैलाई पछ्याउनुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण मार्ग पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको साधारण र सांसारिक जीवन जिउँछस्, र तँसँग पछ्याउनका लागि कुनै पनि लक्ष्य छैन भने, के यो तैँले आफ्नो जीवनलाई खेर फाल्नु होइन र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताका खातिर तैँले देहका सबै आनन्दहरू त्याग्नुपर्छ, र थोरै आनन्दका खातिर सबै सत्यताहरूलाई फ्याँक्नु हुँदैन। यस्ता मानिसहरूसँग कुनै निष्ठा वा इज्जत हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। परमेश्वरका वचनहरूको यो खण्ड पढेपछि, म गहन रूपमा प्रभावित भएँ। आखिरी दिनहरूमा, परमेश्वरले मानिसहरूलाई मुक्ति दिने सबै सत्यता व्यक्त गर्नुभएको छ। सत्यता प्राप्त गर्नेहरूले मात्र परमेश्वरको हेरचाह र सुरक्षा पाउन सक्छन्, र तिनीहरू मात्र महाविपत्तिहरूबाट बच्न सक्छन्। यदि म पैसा, ख्याति र प्राप्तिको दलदलमा फसिरहेकी र उम्कन नसकेकी भए, मैले मुक्ति पाउने आफ्नो मौका गुमाउनेथिएँ! मैले गम्भीरतापूर्वक सत्यता पछ्याउनुपर्थ्यो, आफ्नो स्वभावमा परिवर्तन खोज्नुपर्थ्यो, र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नुपर्थ्यो। यी वर्षहरूको दौरान मैले धेरै सत्यता नबुझे पनि, मैले परमेश्वरका वचनहरूको खुलासामार्फत आफ्नो भ्रष्ट स्वभावबारे केही बुझाइ पाएँ, र मैले पैसा, ख्याति र प्राप्ति पछ्याउनुका परिणामहरू पनि देखेँ। यी प्राप्तिहरू जतिसुकै पैसाले पनि किन्न सकिँदैनन्। स्वभावमा परिवर्तन रातारात हुने कुरा होइन, र यो प्राप्त गर्न परमेश्वरको धेरै न्याय र सजाय अनुभव गर्नुपर्छ। मैले सत्यता र जीवन प्राप्त गर्न सकूँ भनेर यस समयको सदुपयोग गरेर पछ्याउनुपर्थ्यो। त्यसैले मैले मेरा श्रीमान् र आमाबुबालाई आफ्नो अडान बताएँ। मैले भनेँ, “परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, र हामी सबै सृजित प्राणीहरू हौँ। परमेश्वरमा विश्वास गर्नु र उहाँको आराधना गर्नु पूर्ण रूपमा प्राकृतिक र न्यायोचित कुरा हो। यदि तपाईँहरू परमेश्वरमा विश्वास गर्नुहुन्न भने, त्यो तपाईँहरूको निर्णय हो, तर तपाईँहरू परमेश्वरमा विश्वास गर्ने र आफ्नो कर्तव्य निर्वाह गर्ने मेरो मार्गमा खडा हुनै हुँदैन।” मेरो दृढ मनोवृत्ति देखेर, मेरो परिवारले थप केही भनेन। परमेश्वरको अद्भुत बन्दोबस्तद्वारा, त्यो औषधी पसल छिट्टै सफलतापूर्वक अरूलाई हस्तान्तरण गरियो, र म अन्ततः पूर्णकालीन रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न समर्पित हुन सकेँ। परमेश्वरलाई धन्यवाद!