५४. मेरो झूटका पछाडि
सन् २०२१ को जनवरीमा, म प्रचारकको रूपमा चुनिएँ। करिब तीन महिनापछि, कमजोर कार्य सामर्थ्यले गर्दा मैले त्यो काम सक्षम रूपमा गर्न सकिनँ र मलाई मण्डली अगुवाको रूपमा नयाँ काममा खटाइयो। त्यतिबेला म निकै दुःखी भएँ, “मलाई नयाँ काममा खटाइएको छ; यदि ब्रदर-सिस्टरहरूले यो थाहा पाए भने मलाई कसरी हेर्नेछन्? के उनीहरूले म सत्यता पछ्याउँदिन र मसँग कुनै कार्य सामर्थ्य छैन भन्ठान्नेछन्? के उनीहरूले मलाई हेला गर्नेछन्? यदि मैले मण्डली अगुवाको काम राम्ररी गर्न सकिनँ र मलाई बर्खास्त गरियो भने, उनीहरूको हृदयमा रहेको मेरो राम्रो छवि पूर्ण रूपमा नष्ट हुनेछ।” यस्तो सोचेपछि, मैले आफैलाई पटक्कै उत्प्रेरित गर्न सकिनँ। त्यसपछि, जब म आफ्नो कर्तव्य निर्वाह गर्थेँ, तब अरूको मनमा आफ्नो छवि जोगाउन म झूट बोल्थेँ र ढोँग रच्थेँ।
मे महिनामा, माथिल्लो अगुवाहरू मण्डलीको विभिन्न कामको अनुगमन गर्न आउनुभयो। उहाँहरूले वास्तविक काम नगर्ने झूटा अगुवाहरूलाई खुलासा गर्ने परमेश्वरका वचनहरू खोजेर हामीसँग ती विषयमा सङ्गति गर्नुभयो। मैले मनमनै सोचेँ, “अगुवाहरूले हामीलाई किन यस विषयमा परमेश्वरका वचनहरू देखाइरहनुभएको छ? के मैले यो अवधिमा वास्तविक काम गरिरहेको छैन भन्ने उहाँहरूलाई थाहा छ, र के यो यदि मैले नराम्ररी काम गरिरहेँ भने मलाई बर्खास्त गरिनेछ भनेर मलाई दिइएको चेतावनी त होइन? भर्खरै कमजोर कार्य सामर्थ्यको कारण मलाई न्यून पदमा झारिएको छ। यदि मलाई फेरि बर्खास्त गरियो भने, ब्रदर-सिस्टरहरूले पक्कै पनि म निकै असक्षम छु भनेर भन्नेछन्। त्यो कत्ति धेरै लाजमर्दो कुरा हुनेछ! यसरी त हुँदैन। मैले ब्रदर-सिस्टरहरूलाई मलाई हेला गर्न दिनु हुँदैन। मैले कडा मिहिनेत गर्नुपर्छ र केही नतिजा ल्याउनुपर्छ।” त्यो समयमा, म प्रायजसो आफ्ना समूहहरूसँग भेलामा सहभागी हुन्थेँ र उनीहरूसँग सङ्गति गर्थेँ। जब मैले सुसमाचार प्रचार गर्न ब्रदर-सिस्टरहरूलाई गाह्रो भएको देख्थेँ, तब म तुरुन्तै समाधान गर्ने प्रयास गर्थेँ, तर धेरै पटक सङ्गति गरेपछि पनि, कुनै स्पष्ट नतिजा आउँथेन। अगुवाहरूले सुसमाचारको कामबारे बुझ्न पत्र पठाउनुभयो। म यी समस्याहरूबारे अगुवाहरूलाई रिपोर्ट गर्न चाहन्थेँ, तर त्यसपछि, मैले कसरी यी त सबै पुराना समस्याहरू हुन् र अहिलेसम्म समाधान भएका छैनन् भन्ने बारेमा सोचेँ। यदि मैले ती रिपोर्ट गरेँ भने, के अगुवाहरूले मसँग कार्य सामर्थ्यको कमी छ र मैले वास्तविक समस्या समाधान गर्न सक्दिनँ भनेर मलाई बर्खास्त गर्नुहुनेछ? के मेरो बेइज्जत हुँदैन र? त्यसैले, मैले सोचेको भन्दा ठीक विपरीत भनेँ, “मैले अहिलेसम्म कुनै समस्या वा विचलन भेट्टाएको छैन, तर यदि पछि भेट्टाएँ भने रिपोर्ट गर्नेछु।” जवाफ दिएपछि, मेरो मन निकै अशान्त भयो, “के मैले झूट बोलिरहेकी र ठगिरहेकी छैन र? तर यदि मैले साँचो कुरा बताएँ भने, मैले समस्या समाधान गर्न सक्दिनँ र वास्तविक काम गर्न सक्दिनँ भन्ने कुरा अगुवाहरूले थाहा पाउनुहुनेछ। उहाँहरूले मलाई पक्कै बर्खास्त गर्नुहुनेछ।” त्यसैले, मैले आत्मचिन्तन गरिनँ।
जुलाईमा, मण्डलीले हामीलाई तीनवटा सफा गर्ने सम्बन्धी दस्तावेजहरू पठायो। मसँग सहकार्य गर्ने सिस्टरले मलाई ती तुरुन्तै पढ्नू भनेर सम्झाउनुभयो, तर मैले यसलाई गम्भीरतापूर्वक लिइनँ। एक महिनापछि, सिस्टर झाङ यु हाम्रो मण्डलीमा सफा गर्ने सम्बन्धी दस्तावेजहरू जाँच गर्न आउनुभयो। यदि मैले समयमा चेक नगरेको कारण यी दस्तावेजहरूमा यति धेरै ढिलाइ भएको कुरा झाङ युले थाहा पाउनुभयो भने, उहाँले मैले सफाइको काममा बाधा पुर्याइरहेको छु र म झूटा अगुवा हुँ भनेर भन्नुहुनेछ भन्नेमा म चिन्तित भएँ। एकछिनपछि, झाङ युले मलाई यी दस्तावेजहरू बुझाइयो कि बुझाइएन भनेर सोध्नुभयो। मैले निकै दोषी महसुस गरेँ, “यदि मैले ढिलो गरेँ भनेर साँचो कुरा बताए भने, झाङ युले पक्कै पनि मैले सफाइको काममा बाधा पुर्याएँ भन्नुहुनेछ। यदि यो कुरा माथिल्लो अगुवाहरूलाई रिपोर्ट गरियो र मलाई बर्खास्त गरियो भने, त्यो निकै लाजमर्दो कुरा हुनेछ!” मैले बहाना बनाउँदै भनेँ, “केही अगुवा र डिकनहरूले सफाइको काममा हस्ताक्षर गरेका छैनन्।” झाङ युले भन्नुभयो, “सफाइको काम अत्यन्तै महत्त्वपूर्ण छ। तिमीले ढिलो नगरी उनीहरूलाई तुरुन्तै हस्ताक्षर गराउन लगाउनुपर्छ।” मेरो अनुहार लाजले रातो भयो, र मैले अप्ठ्यारो मान्दै भनेँ, “हुन्छ।” झाङ युले अरू केही नभन्नुभएको भए पनि, मेरो मन लामो समयसम्म अशान्त भयो, र मेरो अन्तस्करणमा आफूले आफैलाई धिकारेँ, “सफा गर्ने सम्बन्धी दस्तावेजहरू तुरुन्तै चेक नगर्नु त स्पष्ट रूपमा मेरै गल्ती थियो, तर मैले जिम्मेवारी अरूको टाउकोमा हालेँ। के मैले तथ्यलाई बङ्ग्याएर झूट बोलिरहेकी छैन र?” मेरो झूट खुलासा हुनेछ भनेर म चिन्तित थिएँ, र मलाई अप्ठ्यारो लाग्यो र म आत्तिएँ। म निकै व्याकुल पनि थिएँ: साँचो बोल्न किन यति गाह्रो भएको होला?
त्यसपछि म सधैँझैँ व्यस्त त भएँ, तर कर्तव्य निर्वाह गर्ने कुरा आउँदा, मैले दिशाविहीन भएर दौडधुप गरिरहेकी हुन्थेँ। मैले काममा कुनै समस्या पत्ता लगाउन सकिनँ र कामका कुनै पनि भागमा केही नतिजा आएन। पछि, एकजना माथिल्लो अगुवा कामबारे बुझ्न भेलामा आउनुभयो। मैले उहाँका हरेक प्रश्नको जवाफ निकै सतर्कतापूर्वक दिएँ, र मसँगै बसेकी मेरो सहकर्मीसँग पनि आफ्ना जवाफहरू पुष्टि गरेँ, किनकि केही कामहरूको विवरणको बोध नभएकोले मैले केही प्रश्नको जवाफ दिन सकिनँ। जब अगुवाले मलाई मेरो स्थिति कस्तो छ भनेर सोध्नुभयो, मैले कुरा लुकाएँ, र अगुवाले मलाई सिधै काटछाँट गर्नुभयो, “मैले तिमीले वास्तविक काम गरिरहेकी छैनौ भन्ने कुरा पत्ता लगाएको छु। जब तिमीले कामको रिपोर्ट गर्छौ, तिमी लगातार राम्रो खबर मात्र रिपोर्ट गर्छौ र नराम्रो खबर ढाकछोप गर्छौ जसले गर्दा अरूले काममा वास्तवमा के भइरहेको छ भनेर बुझ्न सक्दैनन्। मण्डलीले तिम्रो कर्तव्य रोक्ने व्यवस्था गरेको छ ताकि तिमीले आत्मचिन्तन गर्न सक।” जब अगुवाले मेरा समस्याहरू औंल्याउनुभयो, तब मैले यति धेरै अपमानित भएको महसुस गरेँ कि मलाई लुक्न कुनै दुलो भेट्टाए हुन्थ्यो जस्तो लाग्यो।
बर्खास्त गरिएपछि, मेरो सबै ऊर्जा हरायो र मैले मेरो स्थिति निकै खराब भएको महसुस गरेँ। त्यसैले म परमेश्वरको सामु प्रार्थना गर्न आएँ, ताकि उहाँले मलाई अन्तर्दृष्टि दिनुभएको होस् र मेरो भ्रष्ट सार बुझ्न अगुवाइ दिनुभएको होस्। एक दिन, मैले परमेश्वरका यी वचनहरू पढेँ: “ख्रीष्टविरोधीहरूले प्रायजसो माथिबाट काटछाँट हुनबाट बच्न माथिसँग झूट बोल्ने र आफूभन्दा तलका मानिसहरूबाट कुरा लुकाउने शैली प्रयोग गर्छन्। … यदि मण्डलीको काममा केही समस्याहरू देखा परे भने ती समस्याहरू माथि थाहा भएपछि आफूलाई अवश्यै काटछाँट गरिनेछ वा बर्खास्तसमेत गरिनेछ भनेर ख्रीष्टविरोधीहरूलाई थाहा हुन्छ, त्यसकारण तिनीहरूले ती समस्याहरू लुकाएर राख्छन् र माथि रिपोर्ट गर्दैनन्। यदि ती समस्याहरू समाधान गरिएनन् भने ती समस्याहरूले परमेश्वरको घरको काममा कस्तो असर पार्छन् वा हानि ल्याउँछन् भन्नेबारे तिनीहरूले पटक्कै वास्ता गर्दैनन्; परमेश्वरको घरको काममा जे-जस्ता घाटाहरू आइपरे पनि तिनीहरू उदासीन रहन्छन्। तिनीहरूले कुन कार्यविधिले परमेश्वरको घरको काममा फाइदा पुर्याउँछ वा परमेश्वरलाई सन्तुष्ट पार्छ भन्नेबारे विचार गर्दैनन्, तिनीहरूले आफ्नो प्रतिष्ठा र हैसियतबारे मात्र, माथिले तिनीहरूलाई कसरी हेर्छ र व्यवहार गर्छ, आफ्नो प्रतिष्ठा र हैसियतलाई कसरी रक्षा गर्ने भन्नेबारे मात्रै विचार गर्छन्, ताकि तिनीहरूले प्रभावित हुनु नपरोस्। ख्रीष्टविरोधीहरूले परिस्थितिलाई हेर्ने र समस्याहरूबारे सोच्ने तरिका यही हो र यसले पूर्ण रूपमा तिनीहरूको स्वभाव प्रतिनिधित्व गर्छ। त्यसकारण ख्रीष्टविरोधीहरूले मण्डलीभित्र रहेका वा आफ्नो काममा देखा परेका समस्याहरूबारे सत्य रूपमा रिपोर्ट गर्दैनन्। तिनीहरूले जुनसुकै काम गरे पनि, जुनसुकै कठिनाइहरू सामना गरे पनि, वा तिनीहरूले कसरी सम्हाल्ने भन्ने थाहा नभएका परिस्थितिहरू सामना गरे पनि, वा कुन विकल्प छनौट गर्ने भन्ने थाहा नभएका परिस्थितिहरू सामना गरे पनि तिनीहरूले त्यो काम गर्ने क्रममा माथिले तिनीहरूको क्षमता अत्यन्तै कमजोर छ भनेर भन्ला, वा तिनीहरूको वास्तविक परिस्थिति पत्ता लगाउला, वा तिनीहरूलाई ती कठिनाइ वा परिस्थितिहरू तुरुन्तै सम्हालेर समाधान नगरेको कारण काटछाँट गर्ला भन्ने डरले तिनीहरूले यसलाई ढाकछोप गर्नेछन् र लुकाउनेछन्। ख्रीष्टविरोधीहरू माथिबाट काटछाँट हुनबाट बच्न परमेश्वरको घर र मण्डलीको कामका हितहरू बेवास्ता गर्छन्। तिनीहरू आफ्नो हैसियत र रोजीरोटी जोगाउन, माथि तिनीहरूको राम्रो छाप परोस् भन्ने सुनिश्चित गर्न मण्डलीको काम र हितहरू बलि चढाउन हिचकिचाउँदैनन्। तिनीहरू मण्डलीको कामको प्रगतिमा ढिलाइ गराउन वा असर पार्न पनि मतलब गर्दैनन् र परमेश्वरका चुनिएका मानिसको जीवन प्रवेशबारे त तिनीहरूलाई झनै मतलब गर्दैनन्। विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले जस्तोसुकै कठिनाइहरू सामना गरे पनि वा तिनीहरूको जीवन प्रवेशको मामलामा जस्तोसुकै समस्याहरू भए पनि ख्रीष्टविरोधीहरू तिनलाई समाधान गर्न सक्दैनन् र तिनीहरू माथिबाट खोजी गर्दैनन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरले के खुलासा गर्नुहुन्छ भने, ख्रीष्ट विरोधीहरूले सधैँ मानिसको हृदयमा एक सिद्ध छवि बनाउन चाहन्छन्, र अरूले तिनीहरूका कमी-कमजोरीहरू पत्ता लगाउँछन् भनेर तिनीहरू भयभीत हुन्छन्। आफ्नो इज्जत र हैसियत जोगाउनका लागि, र अरूले आफ्नो वास्तविकता नदेखून् भनेर, उनीहरू आफैलाई ढाकछोप गर्छन्, ढोँग रच्छन्, र मानिसहरूलाई ठग्न र झुक्याउन हर मोडमा झूट बोल्छन्, अनि परमेश्वरको घरको काममा हानि पुग्छ कि पुग्दैन भन्ने कुराको रत्तिभर परवाह गर्दैनन्। उनीहरू अत्यन्तै स्वार्थी, घृणास्पद, कुटिल र छली हुन्छन्। जब मैले आफ्नो व्यवहारलाई ख्रीष्ट विरोधीहरूको विभिन्न व्यवहारसँग तुलना गरेँ, तब मेरो दिमागमा एकपछि अर्को दृश्य आउन थाल्यो। यदि मैले अगुवाहरूलाई मेरा वास्तविक कठिनाइहरू र मैले काममा भेट्टाएका समस्याहरूबारे बताए भने, अगुवाहरूले मसँग कमजोर क्षमता छ र म काम गर्न योग्य छैन भनेर भन्नुहुनेछ, मलाई हेला गर्नुहुनेछ, वा मलाई बर्खास्त गर्नुहुनेछ भनेर म चिन्तित हुन्थेँ। त्यो बेला, मेरो पूर्ण रूपमा बेइज्जत हुने थियो। त्यसैले, मैले आफैलाई ढाकछोप गरेँ र काममा भएका विचलन र समस्याहरूबारे एक शब्द पनि बोलिनँ। म त यसरी अगुवाहरूले मेरा समस्याहरू पत्ता लगाउनुहुनेछैन भन्ने सोच्थेँ। जब अगुवाहरूले सुसमाचारको काममा भएका विचलन र समस्याहरूबारे सोध्नुहुन्थ्यो, तब मैले इमानदारीसाथ जवाफ दिनुपर्थ्यो, तर मैले आफ्नो इज्जत र हैसियत जोगाउन जानी-जानी विचलन र समस्याहरूलाई लुकाउँथेँ। जब झाङ युले सफा गर्ने सम्बन्धी दस्तावेजहरू बुझाइयो कि बुझाइएन भनेर सोध्नुभयो, तब यदि मैले ढिलो गरेँ भनेर साँचो कुरा बताए भने, जब माथिल्लो अगुवाहरूले थाहा पाउनुहुनेछ, तब म बर्खास्त हुने जोखिममा पर्नेछु, र अरूको मनमा रहेको मेरो राम्रो छवि पूर्ण रूपमा नष्ट हुनेछ भन्ने सोचेँ। त्यसैले, मैले तथ्यलाई बङ्ग्याएँ र अरूको टाउकोमा दोष लगाएँ। म कति छली रहेछु भन्ने कुरा मैले महसुस गरेँ! मैले झूट बोलेकी थिएँ, छल गरेकी थिएँ, र मानिसहरूलाई झुक्याउन र भ्रमित पार्न भ्रमको सहारा लिएकी थिएँ, ताकि उनीहरूले मलाई भरोसा गरून् र राम्रो मानून्। मेरा कार्यहरू ख्रीष्ट विरोधीहरूको भन्दा फरक थिएनन्—म साँच्चै नै अति दुष्ट र घृणास्पद थिएँ! मैले त म बाठी छु, र म यसरी झूट बोलेर अनि ठगेर उम्कन सक्छु भन्ने सोचेकी थिएँ। तर परमेश्वरले सबै कुरा छानबिन गर्नुहुन्छ, र उहाँले मेरा छली अभिप्रायहरू र मैले गरेका चालबाजीहरू प्रस्ट रूपमा देख्नुभयो, अनि ती सबैलाई दोषी ठहर्याउनुभयो। यदि मैले पश्चात्ताप गरिनँ र म यसरी नै कुटिल र छली बनिरहेँ भने, अन्तमा म केवल हटाइनेथिएँ र दण्डित हुनेथिएँ।
पछि, मैले परमेश्वरका वचनहरू पढेँ: “जब मानिसहरू छलमा संलग्न हुन्छन्, यो के-कस्ता अभिप्रायहरूबाट आउँछन्? तिनीहरू के उद्देश्य हासिल गर्न खोजिरहेका हुन्छन्? कुनै अपवाद छैन, यो ख्याति, प्राप्ति र हैसियत प्राप्त गर्नको लागि हो; समग्रमा, यो तिनीहरूको आफ्नै हितको लागि हो। अनि, त्यो स्वार्थको खोजीको केन्द्रमा के लुकेको हुन्छ? यसको कारण के हो भने मानिसहरूले तिनीहरूका आफ्नै हितहरूलाई अरू सबै कुराभन्दा महत्त्वपूर्ण ठान्छन्। तिनीहरू आफूलाई फाइदा पुर्याउनको निम्ति छलमा संलग्न हुन्छन्, र त्यसरी तिनीहरूको छली स्वभाव प्रकट हुन्छ। यो समस्यालाई कसरी समाधान गर्नुपर्छ? सुरुमा तैँले हितहरू के हुन्, तिनले मानिसहरूलाई ठ्याक्कै के दिन्छन्, र तिनको पछि लाग्दा के-कस्ता परिणामहरू आउँछन्, त्यो खुट्ट्याउनु र जान्नुपर्छ। यदि तैँले त्यस्तो गर्न सक्दैनस् भने, तिनलाई त्याग्ने काम भन्न सजिलो तर गर्न गाह्रो हुन्छ। यदि मानिसहरूले सत्यता बुझ्दैनन् भने, तिनीहरूको लागि आफ्ना हितहरू त्याग्नुजत्तिको गाह्रो अरू केही हुँदैन। किनभने तिनीहरूको जीवनदर्शन नै ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’ र ‘पशुपक्षीलाई चारो प्यारो, मान्छेलाई पैसा प्यारो’ भन्ने हुन्छ। स्पष्टै छ, तिनीहरू आफ्नै हितहरूका लागि मात्र जिउँछन्। मानिसहरू सोच्छन्, यदि तिनीहरूको आफ्नो हित भएन वा तिनीहरूले त्यो गुमाए भने, तिनीहरू बाँच्न सक्नेछैनन्, मानौँ तिनीहरूको बचाइ तिनीहरूको आफ्नै हितमा निर्भर छ। त्यसैले धेरैजसो मानिस आफ्नो हितबाहेक अरू सबै कुराप्रति अन्धा हुन्छन्। तिनीहरू आफ्नो हितलाई अरू सबै कुराभन्दा माथि देख्छन्, र केवल आफ्नै हितका लागि जिउँछन्। तिनीहरू आफ्ना लागि केही नभएसम्म एउटा औँलो पनि उठाउँदैनन्, र तिनीहरूलाई आफ्नो हित त्याग भन्नु त जीवन नै त्याग भन्नुजस्तै हो। त्यसोभए, मानिसहरू कसरी आफ्ना हितहरू त्याग्न सक्षम हुन सक्छन्? तिनीहरूले सत्यता स्वीकार गर्नैपर्छ। जब तिनीहरूले सत्यता बुझ्छन् तब मात्रै तिनीहरूले स्वार्थको सार छर्लङ्गै देख्न सक्छन् र आफ्ना हितहरू पछ्याउनु भनेको सत्यता पछ्याउनुको विपरीत हो, र त्यसले कहिल्यै व्यक्तिलाई सत्यता र जीवन प्राप्त गर्न वा मुक्ति हासिल गर्न सक्षम बनाउन सक्दैन भनी स्पष्ट रूपमा चिन्न सक्छन्; तब मात्रै तिनीहरूले स्वार्थ त्याग्न र त्यसविरुद्ध विद्रोह गर्न सिक्न सक्छन्, र तिनीहरू आफूले प्रेम गर्ने कुरा त्याग्न सक्षम बन्न सक्छन्। र जब तँ आफूले प्रेम गर्ने कुरा त्याग्छस् र आफ्ना हितहरू छोड्छस्, तब तैँले आफ्नो हृदयमा अझ बढी स्थिर र अझ बढी शान्ति महसुस गर्नेछस्, र त्यसो गर्दा तैँले देहलाई जितेको हुनेछस्। यदि तँ आफ्ना हितहरूमै अल्झिरहन्छस् र तिनीहरूलाई त्याग्न अस्वीकार गर्छस्, अनि तैँले थोरै सत्यता पनि स्वीकार गर्दैनस् भने—तैँले मनमा यसो भन्न सक्छस्, ‘आफूलाई लाभ पुर्याउन कोसिस गर्नु र कुनै पनि घाटा बेहोर्न नमान्नुमा के गलत छ र? परमेश्वरले त मलाई दण्ड दिनुभएको छैन, मानिसहरूले मलाई के नै गर्न सक्छन् र?’—कसैले पनि तँलाई केही गर्न सक्दैन, तर परमेश्वरमा विश्वास राखेर, तँ अन्त्यमा सत्यता र जीवन प्राप्त गर्न असफल हुनेछस्। यो तेरो लागि ठूलो घाटा हुनेछ—तैँले मुक्ति प्राप्त गर्न सक्नेछैनस्। योभन्दा ठूलो पछुतो अरू कुनै छ र? आफ्नै हितहरूको पछि लाग्दा अन्त्यमा प्राप्त हुने कुरा यही हो। यदि मानिसहरूले ख्याति, प्राप्ति, र हैसियतको मात्रै खोजी गर्छन् भने—यदि तिनीहरूले आफ्नै हितहरूको मात्रै खोजी गर्छन् भने—तिनीहरूले कहिल्यै पनि सत्यता र जीवन प्राप्त गर्नेछैनन्, र अन्त्यमा, तिनीहरूले नै घाटा बेहोर्नुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो स्वभावलाई चिन्नु नै यसलाई परिवर्तन गर्ने आधार हो)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने, म सधैँ छली व्यवहार गर्छु किनकि म हर मोडमा आफ्नै इज्जत र हैसियतलाई ख्याल गर्छु। म सानो छँदादेखि नै शैतानी विषहरूबाट प्रभावित भएकी थिएँ, जस्तै “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ,” “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ,” र “हजारपटक दोहोर्याए त झूट पनि सत्य बन्छ।” यी शैतानी नियमहरू मेरो आचरणलाई निर्देशित गर्ने सिद्धान्तहरू बनेका थिए र तिनले मलाई आफ्नै इज्जत र हैसियतका लागि पटक-पटक झूट बोल्ने र ठग्ने बनाए। जब मैले काममा विचलन र समस्याहरू प्रस्ट रूपमा भेट्टाउथेँ र तिनलाई कसरी समाधान गर्ने भन्ने मलाई थाहा हुन्थेन, तब म अगुवाहरूलाई झूट बोल्थेँ, र मैले कुनै समस्या भेट्टाएको छैन भनेर भन्थेँ। जब स्पष्ट रूपमा मैले नै सफाइको कामलाई ढिलो गरेको थिएँ, तब मैले तथ्यलाई बङ्ग्याएँ र अरूको टाउकोमा दोष हालिदिएँ। मैले आफ्नो इज्जत र हैसियत जोगाउन आफ्नो विवेकको विरुद्धमा झूट बोलिरहेकी र ठगिरहेकी थिएछु भन्ने मैले देखेँ। म साँच्चै नै निकै स्वार्थी र दुष्ट थिएँ! मैले बाइबलले के भन्छ भनेर सोचेँ: “तिमीहरू आफ्ना पिता दियाबलसका हौ, र तिमीहरू आफ्ना पिताका अभिलाषाहरू पूरा गर्छौ। … जब त्यसले झूटो बोल्छ, त्यसले आफ्नै स्वभावअनुसार बोल्छ: किनकि त्यो ढँटुवा र त्यसको पिता हो” (यूहन्ना ८:४४)। केवल दियाबलसले मात्र सधैँ झूट बोल्छ र सत्यताको एक शब्द पनि बोल्दैन: दियाबलसको सार नै झूट बोल्नु हो। परमेश्वरले हामीलाई इमानदार व्यक्ति बन्न र कुरालाई जस्तो छ त्यस्तै भन्न माग गर्नुहुन्छ, तर मैले आफ्नो इज्जत र हैसियत जोगाउन पटक-पटक झूट बोलेँ र ठगेँ। मैले परमेश्वरमा विश्वास त गरेँ तर सत्यता अभ्यास गरिनँ, बरु म शैतानी जीवन जिउने नियमहरूअनुसार जिएँ, मैले परमेश्वरलाई झुक्याउने प्रयास गरेँ, र परमेश्वरको प्रतिरोध गरेँ। यदि मैले पश्चात्ताप गरिनँ भने, अन्तमा म परमेश्वरद्वारा दण्डित मात्र हुनेथिएँ। मैले परमेश्वरको अगाडि लम्पसार भएर प्रार्थना गरेँ, “हे परमेश्वर, मेरो प्रकृति अति छली छ, र म निष्ठा वा मर्यादाको एक टुक्रा पनि नभएको जिउँदो शैतान हुँ भन्ने मैले देखेको छु। म साँच्चै नै तपाईंको घृणाको पात्र हुँ। म अबदेखि तपाईंको प्रतिरोध गर्न चाहन्नँ। म सत्यता अभ्यास गर्न, इमानदार व्यक्ति बन्न, र साँचो मानव रूपमा जिउन तयार छु।”
त्यसपछि मैले परमेश्वरका थप वचनहरू पढेँ: “तैँले जस्तोसुकै समस्याहरूको सामना गरे पनि, तिनलाई समाधान गर्न तैँले सत्यताको खोजी गर्नैपर्छ, तैँले कदापि छद्मभेष धारण गर्नु वा अरूको सामु झूटो स्वरूप प्रस्तुत गर्नु हुँदैन। चाहे त्यो तेरा कमीहरू होऊन्, तेरा अपर्याप्तताहरू होऊन्, तेरा त्रुटिहरू होऊन्, वा तेरा भ्रष्ट स्वभावहरू नै किन नहोऊन्, तैँले यी सबै कुराहरूका बारेमा खुलेर सङ्गति गर्नैपर्छ। तिनलाई ढाकछोप नगर्। आफूलाई कसरी खोल्ने भनी सिक्नु जीवन प्रवेशतर्फको पहिलो कदम हो, र यो पहिलो तगारो हो, जसलाई पार गर्न सबैभन्दा कठिन हुन्छ। तैँले यो तगारो पार गरेपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुनेछ। जब तैँले यो कदम चाल्छस्, तब यसले के सङ्केत गर्नेछ? यसले के सङ्केत गर्नेछ भने, तँ आफ्नो हृदय खोलिरहेको छस्, र तेरा हरेक पक्षलाई—चाहे त्यो असल होस् वा खराब, सकारात्मक होस् वा नकारात्मक—अरू मानिसहरू र परमेश्वरले देख्ने गरी उदाङ्गो पारिरहेको र खोलिरहेको छस्, परमेश्वरबाट कुनै कुरा लुकाइरहेको वा ढाकछोप गरिरहेको, परमेश्वरप्रति कुनै छद्मभेष, छल, वा कपट प्रयोग गरिरहेको छैनस्, र त्यसरी नै अरू मानिसहरूसँग पनि स्पष्ट भइरहेको छस्। यसरी, तँ ज्योतिमा जिउनेछस्; परमेश्वरले तेरो छानबिन त गर्नुहुन्छ नै, तेरा कार्यहरूमा सिद्धान्त र पारदर्शिता छ भनी अरू मानिसहरूले पनि देख्नेछन्। तैँले आफ्नो प्रतिष्ठा, छवि, र हैसियतको रक्षा गर्न कुनै पनि विधिहरू प्रयोग गर्नु आवश्यक छैन, न त तैँले आफ्ना गल्तीहरूलाई कुनै किसिमले लुकाउनु वा ढाकछोप गर्नु नै आवश्यक छ। तँ यी व्यर्थका प्रयासहरूमा संलग्न हुनु आवश्यक छैन। यदि तँ यी कुराहरू त्याग्न सक्छस् भने, तेरो जीवन निकै तनावरहित, बन्धन र पीडाबाट मुक्त बन्नेछ, र तँ पूर्ण रूपमा ज्योतिमा जिउनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरू पढेपछि, मैले अभ्यासको मार्ग भेट्टाएँ। झूट बोल्ने समस्या समाधान गर्न, तपाईं इमानदार व्यक्ति बन्न सक्नुपर्छ, तपाईंले कुनै पनि भ्रष्टता वा कमजोरीहरूलाई ढाकछोप गर्नुको सट्टा तिनलाई खुलस्त पार्न र उदाङ्गो बनाउन सक्नुपर्छ, र यदि तपाईंसँग कुनै कठिनाइहरू छन् भने ब्रदर-सिस्टरहरूसँग सङ्गति खोज्नुपर्छ, कमजोरीहरू सुधार्न एक-अर्काको सबल पक्षहरूबाट सिक्नुपर्छ। यसरी आफ्नो कर्तव्य निर्वाह गर्दा राम्रो नतिजा प्राप्त गर्न सकिन्छ, जुन तपाईंको जीवन प्रवेश र मण्डलीको काम दुवैका लागि लाभदायक हुन्छ। साथै, मैले के पनि बुझेँ भने, परमेश्वरको घरले मानिसहरूलाई सिद्धान्तहरूअनुसार नै बर्खास्त गर्छ। कसैलाई पनि उनीहरूको कमजोरी वा विचलनहरूको कारण मनमानी ढङ्गले बर्खास्त गरिँदैन; बरु, उनीहरूले सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन् र उनीहरूले वास्तविक काम गर्छन् कि गर्दैनन् भन्ने आधारमा मापन गरेर मात्र बर्खास्त गरिन्छ। यदि उनीहरूले सत्यता पछ्याउँदैनन् र वास्तविक काम गर्दैनन् भने मात्र उनीहरूलाई बर्खास्त गरिन्छ। यदि उनीहरूको कद सानो छ र क्षमता कमजोर छ, र उनीहरू साँच्चै नै काममा योग्य छैनन्न् भने, उनीहरूलाई उनीहरूको कद र क्षमता अनुसार अन्य कर्तव्यहरूमा खटाइन्छ। यो त ठीक म प्रचारकबाट मण्डली अगुवाको रूपमा नयाँ काममा खटाइएको जस्तै हो। मेरो कार्य सामर्थ्य कमजोर भएको र मैले काम धान्न नसकेको कारण मात्र मलाई नयाँ काममा खटाइएको थियो। यी बन्दोबस्तहरूले मण्डलीको कामलाई ख्याल गर्छन्, र मेरो जीवन प्रवेशको लागि पनि यी लाभदायक छन्। तैपनि, मैले कुरालाई स्पष्ट रूपमा बुझ्न सकिनँ, अड्कल काटेँ, र गलत बुझेँ। म साँच्चै नै विवेकहीन थिएँ! मैले म कसरी इज्जत र हैसियतका लागि जिउँथेँ, ब्रदर-सिस्टरहरूलाई झूट बोल्थेँ र झुक्याउँथेँ जबकि म आफैलाई बाठी ठान्थेँ भन्ने बारेमा सोचेँ। मैले झूट बोलेर तथ्यलाई ढाकछोप गरेर मैले आफ्नो हैसियत जोगाउन सक्छु भन्ने सोचेकी थिएँ। परमेश्वरले मानिसको अन्तस्करण छानबिन गर्नुहुन्छ भन्ने कुरा महसुस गरिनँ। मेरो चालबाजी र धोकाको कारण, काममा ढिलाइ भयो, र आफ्नो भ्रष्ट स्वभावको बन्धनमा जिएर मैले सास्ती पाएँ, आफ्नो निष्ठा र मर्यादा गुमाएँ, र एक थकित जीवन जिएँ। भविष्यमा, म परमेश्वरका वचनहरूअनुसार जिउनुपर्छ, र सचेत भएर आफ्नो भ्रष्टता खुलासा गर्नुपर्छ, अनि उप्रान्त आफ्नो इज्जत र हैसियत जोगाउनु हुँदैन।
सन् २०२२ को जुलाईमा, म फेरि मण्डलीमा अगुवाको रूपमा चुनिएँ। एक पटक, माथिल्लो अगुवाले सफाइको कामको प्रगति किन यति ढिलो भयो भनेर सोध्दै पत्र लेख्नुभयो। मैले मनमनै सोचेँ, “यदि मैले मसँग मानिसहरूलाई खुट्ट्याउने सिद्धान्तहरूको राम्रो बोध नभएको कारण प्रगति ढिलो भयो भनेर भनेँ भने, के अगुवाले मलाई हेला गर्नुहुनेछ?” यो समयमा, मैले आफ्नो इज्जत र हैसियत जोगाउन गरेको छलको कारण काममा पुर्याएको हानिबारे सोचेँ, र मैले अगुवालाई साँचो कुरा बताएँ। अगुवाले मेरा कठिनाइहरूसँग सम्बन्धित केही प्रासंगिक सिद्धान्तहरू खोज्नुभयो, र मलाई मद्दत गर्न एकजना सिस्टरलाई पठाउनुभयो ताकि मैले सफाइको काम गर्दा केही मार्गदर्शन पाउन सकूँ। यो अनुभवपछि, मैले के बुझेँ भने, जब हामी साँचो बोल्छौँ र छली स्वभावअनुसार जिउँदैनौँ, तब जीवन कम थकित हुन्छ, र मेरो हृदय निकै स्वतन्त्र भयो। यो त परमेश्वरले भन्नुभएको जस्तै हो: “जब तँ बोल्छस्, तँ कुरा घुमाएको घुमाई गर्छस्, तँ धेरै विचार खर्चन्छस्, र यस्तो थकाइलाग्दो तरिकामा बाँच्छस्, र यो सब आफ्नै प्रतिष्ठा र गौरव रक्षा गर्न गर्छस्! के यस्तो व्यवहार गर्ने मानिसहरूबाट परमेश्वर प्रसन्न हुनुहुन्छ? परमेश्वर छली मानिसहरूलाई सबैभन्दा धेरै घृणा गर्नुहुन्छ। यदि तँ शैतानको प्रभावबाट मुक्त हुन र मुक्ति प्राप्त गर्न चाहन्छ्स् भने, तैँले सत्यता स्विकार्नैपर्छ। तैँले यो कुरा पहिला इमानदार व्यक्ति बनेर सुरु गर्नुपर्छ। स्पष्ट हो, सत्य बता, आफ्नो भावनाको बन्धनमा नपर्, आफ्नो ढोँग र छललाई फाल्, सिद्धान्तअनुसार बोल् र मामिलाहरू सम्हाल्—यो जिउने सहज र आनन्दपूर्ण तरिका हो, र तँ परमेश्वरअघि जिउन सक्षम हुनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गरेर मात्रै भ्रष्ट स्वभावका जन्जिरहरूलाई फाल्न सकिन्छ)।