५६. ऐसआराममा लिप्त हुनुले आफ्नै विनाश निम्त्याउँछ

ग्रेसन, अमेरिका

अगस्ट २०२१ मा, अगुवाहरूले मलाई भिडियोको कामको सुपरिवेक्षण गर्ने जिम्मेवारी दिनुभयो। साधारणतया, आफैँ भिडियो बनाउनु बाहेक, मैले ब्रदर-सिस्टरहरूले बनाएका भिडियोहरू जाँच गर्नुपर्थ्यो, उनीहरूले आफ्ना कर्तव्यमा सामना समस्या वा कठिनाइहरू हल गर्नुपर्थ्यो, अनि उनीहरूको कुनै पनि स्थिति सुल्झाउन सङ्गति र मद्दत गर्नुपर्थ्यो। सुरुमा त, मैले आफ्नो कर्तव्यमा सक्दो योगदान दिन सक्षम थिएँ, तर केही समयपछि, मलाई यो काम झन्झटिलो र थकाइलाग्दो लाग्न थाल्यो। मैले मनमनै सोचेँ, “हरेक दिन कति धेरै काम हुन्छ, अनि मैले हरेक कुरा एक-एक गर्दै सम्हाल्ने र सुल्झाउने हो भने त, यो साह्रै लखतरान बनाउने हुन्छ! यो सबै चिन्ता र थकाइबिना बरु टोलीको सदस्य मात्र भएर आफ्नै भिडियो बनाउनु नै बेस हुन्छ।” अनि ब्रदर-सिस्टरहरू आ-आफ्ना कर्तव्यहरूप्रति निकै गम्भीर नै भएको देखेर, मैले उनीहरूलाई बारम्बार जाँच गरिरहनु आवश्यक छैन भन्ने सोचेँ; आखिर, मैले आफैँलाई किन यति धेरै थकाउनु र? त्यसपछि, समयतालिकाअनुसार भिडियो बनाउनुबाहेक, मैले टोलीका अरू मामिलाहरूमा खासै ध्यान दिन छोडेँ। ब्रदर-सिस्टरहरूसँग हाम्रा कर्तव्यमा देखिएका विचलन वा समस्याहरूको समीक्षा गर्ने र उनीहरूको गलत स्थिति सुल्झाउने काम मैले विरलै मात्र गरेँ। कहिलेकाहीँ ब्रदर-सिस्टरहरूले मलाई केही कामहरू समयमै सिध्याउन सम्झाउँदा, मलाई उनीहरूको कुरा दिक्कलाग्दो लाग्थ्यो, र उनीहरूले अलि कर गरे भने, मभित्र प्रतिरोधको भावना जाग्थ्यो: “के मैले गरिरहेको छैन र? मेरो गति यस्तै छ, तिमीहरूले जति नै कर गरे पनि, म योभन्दा छिटो गर्न सक्दिनँ!” यस्तो स्थितिमा जिउँदा, ममा कर्तव्यप्रतिको बोझको बोध झन्-झन् कम हुँदै गयो, र केही समयपछि, मलाई मेरो कर्तव्य एकदमै पट्यारलाग्दो लाग्न थाल्यो, अनि हृदयमा शून्यताको महसुस भयो। तैपनि, त्यतिबेला म एकदमै संवेदनहीन भइसकेको थिएँ र मैले कहिल्यै पनि आत्मचिन्तन गरिनँ।

एकचोटि, सिस्टर पाउलाको भिडियो निर्माणको काम कयौँ दिनदेखि अघि नबढेको अगुवाहरूले याद गर्नुभयो, र उहाँहरूले मलाई अनुगमन गर्न र परिस्थितिबारे बुझ्न, सिस्टर पाउलाले कस्ता कठिनाइहरू भोगिरहेकी छिन्, त्यो हेरेर समाधानका लागि मद्दत गर्न सम्झाउनुभयो। त्यसैले मैले हतार-हतार उहाँको स्थितिबारे सोधपुछ गरेँ, र के पत्तो पाएँ भने हालसालै उनी आफ्ना कर्तव्यमा निकै निष्क्रिय भएकी रहेछिन्, र सङ्गति खोज्ने वा काममा आएका समस्याबारे छलफल गर्ने विरलै मात्र गर्दो रहेछिन्। मैले परिस्थितिबारे विस्तृत रूपमा बुझ्नुपर्छ भन्ने सोचेँ, तर फेरि सोचेँ, “यदि मैले कुनै समस्या भेटाएँ भने सङ्गति गरेर समाधान गर्नुपर्छ, जुन साह्रै झन्झटिलो हुन्छ। कामको प्रगति त्यति सुस्त पनि त छैन, त्यसैले यो खासै ठूलो कुरा नहोला।” त्यसैले मैले ती कुराहरूलाई गम्भीरतापूर्वक थप हेरिनँ, र यो कुरा त्यहीँ सकियो। एक दिन, अघिल्लो महिनाको तुलनामा त्यो महिना हामीले बनाएका भिडियोहरूको सङ्ख्या झन्डै आधाले घटेको र त्यसले भिडियोको कामको प्रगतिमा प्रत्यक्ष ढिलाइ गराएको अगुवाहरूले याद गर्नुभयो। त्यसैले उहाँहरूले हामीलाई यसको कारण पत्ता लगाउन भन्नुभयो, साथै हामीले झाराटारुवा तरिकाले आफ्ना कर्तव्य निर्वाह गरेको र जिम्मेवारीबोध नभएको भन्दै हाम्रो काटछाँट र खुलासा गर्नुभयो, र यसरी कर्तव्य निर्वाह गर्नु बफादार हुनु होइन भन्नुभयो। उहाँहरूले यदि हामीले पश्‍चात्ताप गरेनौँ भने, हामी परमेश्‍वरद्वारा घृणित हुनेछौँ भन्नुभयो। मलाई असाध्यै पीडा भयो, र विशेष गरी जब अगुवाहरूले “सुस्त प्रगति,” “बफादार नभएको,” र “परमेश्‍वरद्वारा घृणित” जस्ता शब्दहरू उल्लेख गर्नुभयो, म झन् बढी मर्माहत भएँ र शिर ठाडो पार्नसमेत सकिनँ। पछि, कामको संक्षेपीकरण गर्ने क्रममा, मेरा ब्रदर-सिस्टरहरूले आ-आफ्नो स्थितिबारे खुलेर कुरा गरे। उनीहरूले पछिल्लो समय, आ-आफ्ना कर्तव्यमा दैहिक ऐसआराममा लिप्त भई जिइरहेको, कुनै हतारोबिना कर्तव्य निर्वाह गरिरहेको, र कार्यकुशलताका लागि प्रयत्न नगरिरहेको, अनि आधा दिनमा सकिने कामलाई पनि पूरा दिन वा सोभन्दा बढी समय लगारहेको, जसले भिडियो निर्माणको प्रगतिलाई प्रत्यक्ष असर पारेको कुरा बताए। मेरा ब्रदर-सिस्टरहरूको स्थिति र आफ्ना कर्तव्यप्रतिको उनीहरूको मनोवृत्तिबारे सुनेपछि, मलाई साह्रै पछुतो लाग्यो, र मैले आफैँलाई सोधिरहेँ, “मैले स्पष्ट रूपमा केही समस्याहरू देख्न सकेको थिएँ, अनि किन मैले समयमै तिनको खोजीनीति र समाधान गरिनँ?”

मेरो एउटा उपासनाको समयमा, मैले परमेश्‍वरका वचन पढेँ: “अत्यन्तै अल्छी मानिसहरूले के-कस्ता प्रकटीकरण र विशेषताहरू प्रस्तुत गर्छन्? पहिलो, तिनीहरूले जे काम गरिरहेका भए पनि, लापरवाही रूपमा काम गर्छन्, यतिकै समय खेर फाल्छन्, अल्याङटल्याङ गर्छन्, अनि जहाँ सकिन्छ त्यहाँ बिसाउँछन् र विलम्ब गर्छन्। दोस्रो, तिनीहरूले मण्डलीको काममा कुनै ध्यान दिँदैनन्। तिनीहरू जसलाई त्यस्ता कुराबारे चिन्ता गर्न मन पर्छ उसले गरे हुन्छ भन्‍ने सोच्छन्। तिनीहरूले चाहिँ चिन्ता गर्नेछैनन्। जब तिनीहरूले केही कुराबारे चिन्ता गर्छन्, तब त्यो तिनीहरूको आफ्‍नै ख्याति, प्राप्ति र हैसियतका लागि हुन्छ—हैसियतका फाइदाहरू लिन पाउनु नै तिनीहरूका लागि महत्त्वपूर्ण हुन्छ। तेस्रो, तिनीहरू आफ्नो कामको कठिनाइबाट पछि हट्छन्; तिनीहरूले काम अलिकति मात्र थकाइलाग्दो भएको पनि स्वीकार गर्न सक्दैनन्, यदि त्यस्तो भयो भने तिनीहरू अत्यन्तै रुष्ट बन्छन् र तिनीहरूले कठिनाइ भोग्‍न वा मूल्य चुकाउन सक्दैनन्। चौथो, तिनीहरू आफूले गर्ने जुनसुकै काममा लागिपर्न सक्दैनन्, सधैँ बीचैमा हार मान्छन् र कामकुरा पूरा गर्न सक्दैनन्। यदि तिनीहरू अस्थायी रूपमा राम्रो मुडमा छन् भने, तिनीहरूले रमाइलोका लागि केही काम गर्लान्, तर यदि कुनै काममा दीर्घकालीन प्रतिबद्धता चाहिन्छ, र यसले तिनीहरूलाई व्यस्त राख्छ, धेरै सोचविचार गर्नुपर्छ र यसले तिनीहरूको देहलाई थकित तुल्याउँछ भने, समय बित्दै जाँदा तिनीहरू झर्कन थाल्छन्। उदाहरणका लागि, कति अगुवाहरू मण्डलीको काममा जिम्मेवार हुन्छन्, र तिनीहरूलाई सुरुमा यो काम नयाँ र ताजा लाग्छ। सत्यता सङ्गति गर्दा तिनीहरू अत्यन्तै उत्प्रेरित हुन्छन् र दाजुभाइ-दिदीबहिनीहरूलाई समस्या छ भन्‍ने देख्दा, तिनीहरूले सहयोग गर्न र ती समस्या सुल्झाउन सक्छन्। तर केही समयसम्‍म लागिपरेपछि, तिनीहरूलाई अगुवाइको काम अति थकाइलाग्दो लाग्‍न थाल्छ, र तिनीहरू नकारात्मक बन्छन्—तिनीहरू सजिलो काममा सर्ने इच्छा गर्छन् र कठिनाइ भोग्‍न इच्छुक हुँदैनन्। त्यस्ता मानिसहरूमा लगनशीलता हुँदैन। पाँचौँ, अल्छी मानिसहरूलाई छुट्याउने अर्को विशेषता भनेको तिनीहरूमा वास्तविक काम गर्ने इच्‍छा नहुनु हो। तिनीहरूको देहलाई कष्ट हुनेबित्तिकै, तिनीहरू कामबाट भाग्‍ने र पछि हट्ने बहाना निकाल्छन् र त्यो काम अरू कसैलाई सुम्पन्छन्। अनि जब त्यस व्यक्तिले काम पूरा गर्छ, तब तिनीहरूले लाज नमानी त्यसको इनाम आफै लिन्छन्। अल्छी मानिसहरूका पाँच विशेषता यिनै हुन्। तिमीहरूले मण्डलीहरूमा अगुवा र कामदारहरूमध्ये त्यस्ता अल्छी मानिसहरू छन् कि भनी जाँचेर हेर्नुपर्छ। यदि यस्तो कोही भेटिएमा, उसलाई तुरुन्तै बर्खास्त गर्नुपर्छ। के अल्छी मानिसहरूले अगुवाका रूपमा राम्रो काम गर्न सक्छन्? तिनीहरूमा जस्तोसुकै क्षमता भए पनि वा तिनीहरूको मानवतामा जस्तोसुकै गुण भए पनि, यदि तिनीहरू अल्छी छन् भने, तिनीहरूले आफ्‍नो काम राम्ररी गर्न सक्नेछैनन्, र तिनीहरूले काममा र महत्त्वपूर्ण मामलाहरूमा ढिलाइ गर्नेछन्। मण्डलीको काम बहुआयामिक हुन्छ; यसको हरेक पक्षमा धेरै ससाना कामहरू हुन्छन् र तिनलाई राम्ररी पूरा गर्नका लागि समस्याहरू सुल्झाउन सत्यताबारे सङ्गति गर्नु आवश्यक हुन्छ। त्यसकारण, अगुवा र कामदारहरू लगनशील हुनैपर्छ—तिनीहरूले कामको प्रभावकारिता सुनिश्चित गर्न हरदिन धेरै बोल्‍नुपर्छ र धेरै काम गर्नुपर्छ। यदि तिनीहरूले अति थोरै बोलेमा वा काम गरेमा, कुनै परिणाम आउनेछैन। त्यसकारण, यदि कुनै अगुवा वा कामदार अल्छी व्यक्ति हो भने, ऊ पक्‍कै पनि झूटो अगुवा हो र उसले वास्तविक काम गर्न सक्दैन। अल्छी मानिसहरूले वास्तविक काम गर्दैनन्, आफै कार्यस्थलमा जानु त झन् परको कुरा हो, र तिनीहरूलाई समस्याहरू हल गर्ने वा कुनै पनि निश्‍चित काममा संलग्‍न हुने इच्छा हुँदैन। तिनीहरूले कुनै पनि कामका समस्याहरूबारे अलिकति पनि बुझाइ वा बोध प्राप्त गरेका हुँदैनन्। तिनीहरूले अरूले भनेको कुरा सुनेर, दिमागमा सतही र अस्पष्ट विचार मात्र राखेका हुन्छन्, र तिनीहरू अलिअलि धर्मसिद्धान्त प्रचार गरेर नै आलटाल गर्छन्। के तिमीहरू यस्तो अगुवालाई खुट्ट्याउन सक्छौ? के तिमीहरूले ती झूटा अगुवा हुन् भनेर भन्‍न सक्छौ? (केही हदसम्‍म।) अल्छी मानिसहरू आफूले निर्वाह गर्ने कुनै पनि कर्तव्यमा लापरवाह हुन्छन्। कर्तव्य जे-जस्तो भए पनि, तिनीहरूमा लगनशीलता हुँदैन, तिनीहरू घरी काम गर्ने घरी नगर्ने गर्छन्, र केही कठिनाइ भोग्दैपिच्छे गुनासो गर्छन्, र अनवरत गनगन पोखाउँछन्। जसले तिनीहरूलाई आलोचना वा काटछाँट गर्छ, तिनीहरूले उसलाई गालीगलौज गर्छन्, बाटोमा अरूको बेइज्जत गर्ने झगडालु महिलाझैँ व्यवहार गर्छन्, सधैँ अरूमाथि आफ्‍नो रिस पोखाउन चाहन्छन् र आफ्‍नो कर्तव्य पूरा गर्न चाहँदैनन्। तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गर्न नचाहनुले के देखाउँछ? यसले तिनीहरू बोझ लिँदैनन्, जिम्‍मेवारी लिन चाहँदैनन्, र तिनीहरू अल्छी मानिस हुन् भन्‍ने देखाउँछ। तिनीहरू कष्ट भोग्‍न वा मूल्य चुकाउन चाहँदैनन्। यो विशेषगरी अगुवा र कामदारहरूमा लागू हुन्छ: यदि तिनीहरूले बोझ नै लिँदैनन् भने, के तिनीहरूले अगुवा र कामदारका जिम्‍मेवारीहरू पूरा गर्न सक्छन् त? कदापि सक्दैनन्(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (४))। “अल्छी मानिसहरू केही पनि गर्न सक्दैनन्। दुई शब्दमा सारांश निकाल्नुपर्दा, तिनीहरू निकम्मा मानिस हुन्; तिनीहरूमा दोस्रो दर्जाको असक्षमता हुन्छ। अल्छी मानिसहरूको क्षमता जति नै राम्रो भए पनि, यो देखावटी कुरा मात्रै हुन्छ; तिनीहरूसँग राम्रो क्षमता भए पनि, त्यसको कुनै काम हुँदैन। तिनीहरू अत्यन्तै अल्छी हुन्छन्—तिनीहरूलाई आफूले के गर्नुपर्छ भनेर थाहा भए पनि, तिनीहरू त्यो गर्दैनन्; र तिनीहरूलाई कुनै कुरा समस्या हो भनेर थाहा भए पनि, तिनीहरू यसलाई समाधान गर्न सत्यताको खोजी गर्दैनन्; र काम प्रभावकारी हुनका लागि तिनीहरूले के-कस्ता कठिनाइहरू भोग्नुपर्छ भनेर तिनीहरूलाई थाहा भए पनि, तिनीहरू यी सार्थक कठिनाइहरू सहन इच्छुक हुँदैनन्—त्यसैले तिनीहरू कुनै सत्यता प्राप्त गर्न सक्दैनन्, र कुनै वास्तविक काम गर्न सक्दैनन्। तिनीहरू मानिसहरूले सहनुपर्ने कठिनाइ सहन चाहँदैनन्; तिनीहरूलाई सुखसयलमा लिप्त हुन, हर्ष र फुर्सतको समयको आनन्द उठाउन, अनि स्वतन्त्र र तनावरहित जीवनको आनन्द उठाउन मात्रै आउँछ। के तिनीहरू बेकामका हुँदैनन् र? कठिनाइ सहन नसक्ने मानिसहरू जिउन लायक हुँदैनन्। सधैँ परजीवीको जीवन जिउन चाहनेहरू विवेक वा समझ नभएका मानिस हुन्; तिनीहरू पशु हुन् र त्यस्ता मानिसहरू श्रम गर्नसमेत योग्य हुँदैनन्। तिनीहरूले कठिनाइ सहन नसक्ने हुँदा, तिनीहरूले श्रम गरे पनि, त्यो राम्ररी गर्न सक्दैनन्, र यदि तिनीहरू सत्यता प्राप्त गर्न चाहन्छन् भने, त्यसको आशा झनै कम हुन्छ। कष्ट भोग्न नसक्ने र सत्यतालाई प्रेम नगर्ने व्यक्ति रद्दी व्यक्ति हो; ऊ श्रम गर्नसमेत योग्य हुँदैन। ऊ अलिकति पनि मानवता नभएको पशु हो। त्यस्ता मानिसहरूलाई हटाउनैपर्छ; यो मात्र परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८))। परमेश्‍वरका वचनबाट, मैले के बुझेँ भने जब धेरै अल्छी व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्छ, ऊ सधैँ सजिलो बाटो रोज्न र दैहिक ऐसआराममा लिप्त हुन चाहन्छ। आफ्नो कर्तव्य निर्वाह गर्दा उसले बोझ वा जिम्मेवारीको बोध महसुस गर्न सक्दैन, र ऊसँग राम्रो क्षमता वा कार्य सामर्थ्य भए तापनि, ऊ भरोसायोग्य हुँदैन र वास्तविक काम गर्न सक्दैन। मैले आत्मचिन्तन गरेँ। मैले टोलीको काम राम्ररी व्यवस्थापन गरेको थिइनँ, जसले गर्दा भिडियोको कामको नतिजामा ठूलो गिरावट आयो। मैले के देखेँ भने यसका पछाडिको मुख्य कारण म एकदमै अल्छी हुनु, दैहिक आराममा लिप्त हुनु, अनि म कष्ट भोग्न र मूल्य चुकाउन इच्छुक नहुनु रहेछ। फर्केर हेर्दा, के देखेँ भने मैले भिडियोको कामको सुपरिवेक्षण गर्न थालेको केही समयपछि नै, मैले चिन्ता गर्नुपर्ने धेरै कुरा छन्, र यदि मैले हरेक काम होसियारपूर्वक गरेँ भने, मैले कष्ट भोग्नुपर्नेछ र म आफैँलाई थकाउनेछु भन्ने महसुस गर्न थालेको थिएँ। त्यसैले म सधैँ आफ्नै भिडियोहरू मात्र बनाउन चाहन्थेँ र यी कुराहरूको चिन्ता लिनबाट बच्न चाहन्थेँ। म मेरा ब्रदर-सिस्टरहरूको स्थिति वा आफ्ना कर्तव्यमा उनीहरूले भोगेका कठिनाइबारे हेर्न वा सोधपुछ गर्न पनि साह्रै अल्छी मान्थेँ, र मलाई यसो गर्नु सधैँ ज्यादै झन्झटिलो लाग्थ्यो। जब अरूले मलाई मेरो कामको प्रगतिबारे ताकेता गर्थे, मलाई झर्को लाग्थ्यो, र मलाई लाग्थ्यो उनीहरू मप्रति साह्रै कठोर भइरहेका छन् र मेरो कठिनाइ बुझिरहेका छैनन्। विशेष गरी जब अगुवाहरूले मलाई पाउलाले आफ्ना कर्तव्य निर्वाहमा कस्तो गरिरहेकी छिन् भनी हेर्न भन्नुभयो, तब मैले त्यहाँ समस्या छ भन्ने महसुस गरे पनि त्यसलाई विस्तृत रूपमा हेर्न चाहिनँ, किनकि मलाई के डर थियो भने यदि मैले समस्या पत्ता लगाएँ भने, मैले त्यसको चिन्ता लिनुपर्छ र समाधान गर्नुपर्छ। कर्तव्यप्रतिको मेरो मनोवृत्तिमाथि चिन्तन गर्दा, मैले के देखेँ भने जबजब म शारीरिक कष्ट वा चासो देखाउनुपर्ने कामहरूको सामना गर्थेँ, तबतब म सधैँ चिप्लो र कामचोर बन्न, अनि मूल्य चुकाउनबाट बच्न चाहन्थेँ। अल्छी र निकम्मा मानिसहरूबारे परमेश्‍वरले खुलासा गरेको कुरा ठ्याक्कै यही हो! मेरो अल्छीपन, सुस्तता र जिम्मेवारीहीनताले गर्दा, म मेरा ब्रदर-सिस्टरहरूको कामको सुपरिवेक्षण र अनुगमन गर्न असफल भएँ, जसले गर्दा सबैको कर्तव्यमा कुशलहीनता आउन पुग्यो, र उनीहरू सबै ऐसआराममा लिप्त हुने र प्रगतिका लागि प्रयत्न नगर्ने स्थितिमा जिउन पुगे, जसले भिडियोको कामलाई गम्भीर असर पार्‍यो। मैले सुपरिवेक्षकको पद त धारण गरेको थिएँ, तर सुपरिवेक्षकको जिम्मेवारी अलिकति पनि पूरा गरिनँ। म साँच्चै आफैँलाई र अरूलाई समेत हानि पुर्‍याइरहेको थिएँ! यस क्षणमा आएर मैले अल्छी मानिसहरूको चरित्र खराब हुन्छ, उनीहरूले कुनै पनि काम राम्ररी गर्न सक्दैनन्, र उनीहरू भरोसायोग्य हुँदैनन् भन्ने देखेँ! यदि मैले मेरो अल्छीपनको समस्या समाधान गरिनँ भने, म कहिल्यै पनि आफ्नो कर्तव्य पूरा गर्न सक्नेथिइनँ, र अन्त्यमा, म परमेश्‍वरद्वारा घृणित हुने र हटाइने थिएँ!

यस स्थितिलाई सम्बोधन गर्न, मैले परमेश्‍वरका सान्दर्भिक वचन खाएँ-पिएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “यदि मानिसहरूले सेवाको अवधिमा व्यक्त गर्नुपर्ने कुरालाई व्यक्त गर्न सक्दैनन् वा तिनीहरूको लागि सम्भव भएका कुराहरूलाई अन्तर्निहित रूपमा तिनीहरूले उपलब्धि गर्न सक्दैनन्, र यसको सट्टामा झारा मात्रै टार्छन् भने, तिनीहरूले सृजित प्राणीमा हुनुपर्ने कार्यगत प्रकार्यलाई गुमाएका हुन्छन्। त्यस्ता मानिसहरू ‘मध्यम-स्तरीय’ भनेर चिनिन्छन्‌; तिनीहरू काम नलाग्ने रद्दी हुन्। त्यस्ता मानिसहरूलाई कसरी साँचो अर्थमा सृजित प्राणी भन्न सकिन्छ? के तिनीहरू सडेका कुरा होइनन् र, जो बाहिर चम्कन्छन् तर भित्र कुहिएका हुन्छन्? … जब मानिसहरू आफ्नो कर्तव्य पूरा गर्न असफल हुन्छन्, तिनीहरूले दोषी र ऋणी भएको महसुस गर्नुपर्छ; तिनीहरूले आफ्ना कमजोरी र अनुपयोगितालाई, आफ्ना विद्रोह र भ्रष्टतालाई घृणा गर्नुपर्छ, र त्यसभन्दा पनि बढी, तिनीहरूले परमेश्‍वरलाई सबै कुरा, आफ्नो जीवनसमेत अर्पण गर्नुपर्छ। त्यसपछि मात्रै तिनीहरू परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्ने सृजित प्राणीहरू हुन्छन्‌, र त्यस्ता मानिसहरू मात्रै परमेश्‍वरका आशिष र प्रतिज्ञाहरूमा रमाउनका लागि, र उहाँद्वारा सिद्ध पारिनका लागि योग्य हुन्छन्। अनि तिमीहरूमध्ये अधिकांश कस्ता छौ? तिमीहरूका बीचमा जिउनुहुने परमेश्‍वरलाई तिमीहरूले कस्तो व्यवहार गर्छौ? उहाँको सामुन्ने तिमीहरूले आफ्नो कर्तव्य कसरी निभाएका छौ? के तिमीहरूलाई जे गर्नको लागि बोलाइएको थियो, तिमीहरूले आफ्नै जीवनको बाजी समेत राखेर, ती सबै पूरा गरेका छौ? तिमीहरूले के बलिदान दिएका छौ? के तिमीहरूले मबाट धेरै कुरा पाएका छैनौ र? के तिमीहरूले छुट्याउन सक्छौ? तिमीहरू मप्रति कति निष्ठावान् छौ? तिमीहरूले मलाई कसरी सेवा गरेका छौ? अनि मैले तिमीहरूलाई जे दिएको छु र तिमीहरूका लागि मैले जे गरेको छु, त्यसको बारेमा के? के तिमीहरूले यी सबै कुराहरूलाई नापेका छौ? के तिमीहरू सबैले तिमीहरूभित्र भएको थोरै विवेकसँग यसलाई मूल्याङ्कन र तुलना गरेका छौ? तिमीहरूका वचनहरू र कार्यहरू कसको योग्य हुन सक्छन्? के तिमीहरूले गरेको त्यति सानो बलिदान मैले तिमीहरूलाई दिएका सबै कुराको योग्य हुनसक्छ? मसँग अरू कुनै विकल्प छैन र तिमीहरूप्रति म पूर्ण हृदयले समर्पित भएको छु, तैपनि तिमीहरूले मप्रति दुष्ट अभिप्रायहरू राखेका छौ र मप्रति अर्ध हृदयका भएका छौ। तिमीहरूको कर्तव्यको हद, तिमीहरूको एउटै मात्र कार्य त्यही नै हो। के यस्तै होइन र? तिमीहरू सृजित प्राणीको कर्तव्य पूरा गर्न पूर्ण रूपमा असफल भएका छौ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? तिमीहरूलाई कसरी सृजित प्राणीका रूपमा लिन सकिन्छ? तिमीहरूले जे व्यक्त गर्दैछौ र जसरी जीवन बिताउँदैछौ त्यो तिमीहरूलाई स्पष्ट नै छैन र? तिमीहरू आफ्नो कर्तव्य पूरा गर्न असफल भएका छौ, तर तिमीहरू परमेश्‍वरको सहिष्णुता र प्रशस्त अनुग्रह प्राप्त गर्न खोज्छौ। त्यस किसिमको अनुग्रह तिमीहरू जस्ता अनुपयोगी र नीचहरूका लागि तयार गरिएको होइन, तर तिनको लागि हो जसले केही पनि माग्दैनन्‌ र खुसीसाथ बलिदान दिन्छन्‌। तिमीहरू जस्ता मानिसहरू, यस्ता मध्यम-स्तरीयहरू, स्वर्गको अनुग्रहको आनन्द उपभोग गर्न पूर्ण रूपमा अयोग्य छौ। तिमीहरूका दिनहरूलाई कठिनाइ र अनन्त दण्डले साथ दिनेछन्‌! यदि तिमीहरू मप्रति विश्‍वासयोग्य हुन सक्दैनौ भने, तिमीहरूको नियति कष्टको हुनेछ। यदि तिमीहरू मेरा वचनहरू र मेरो कार्यप्रति जबाफदेही हुन सक्दैनौ भने, तिमीहरूको परिणाम दण्डको नै हुनेछ। राज्यका सारा अनुग्रह, आशिषहरू, र सुन्दर जीवनले तिमीहरूसँग कुनै सरोकार राख्‍नेछैनन्‌। तिमीहरूले पाउन योग्य अन्त्य र तिमीहरू आफैले निम्त्याएको परिणाम यही नै हो!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको कर्तव्य बीचको भिन्नता)। परमेश्‍वरको न्यायका वचनहरूको सामना गर्दा, मलाई असाध्यै लाज लाग्यो। विगतमा, म सधैँ के सोच्थेँ भने मेरा कर्तव्यमा अलिकति अल्छी हुनु र कम मूल्य चुकाउनु त्यति ठूलो समस्या होइन, तर परमेश्‍वरका वचन पढेपछि, मैले यस समस्याको गम्भीरता बुझेँ। परमेश्‍वरको नजरमा, मानिसले आफ्नो सम्पूर्ण क्षमता लगाएर कर्तव्य पूरा गर्नु, र परमेश्‍वरप्रति साँचो समर्पण र बफादारी हुनु नै एउटा सृजित प्राणीको जीवनको अर्थ र मूल्य हो। यदि कसैले कर्तव्य प्रायः झाराटारुवा तरिकाले निर्वाह गर्दछ, र उसले आफूले पूरा गर्नुपर्ने जिम्मेवारीहरूसमेत पूरा गर्न सक्दैन भने, त्यस्तो व्यक्ति मानिस वा सृजित प्राणी भनी कहलाउन अयोग्य हुन्छ। परमेश्‍वरका वचनमाथि चिन्तन गर्दा, मैले गहिरो पीडा र डरको अनुभूत गरेँ। विचार गर्दा, मैले के देखेँ भने बाहिरबाट हेर्दा मैले आफ्ना कर्तव्य निर्वाह गरिरहेको भए पनि, मेरो हृदयमा कुनै बोझ वा जिम्मेवारीको बोध थिएन, र मलाई सधैँ यी कुरा झन्झटिलो र थकाइलाग्दो लाग्थे। अनुगमन गर्नुपर्ने काम र हल गर्नुपर्ने समस्याहरूप्रति म निरन्तर बेवास्ता गर्थेँ, र ती कुराबारे सोधपुछ गर्दा पनि म केवल झारा टार्थेँ, किनभने यदि मैले गहिरिएर हेरेँ र समस्याहरू भेटाएँ भने, तिनलाई समाधान गर्न मैले सोचविचार गर्नुपर्नेछ भन्ने मलाई डर लाग्थ्यो। सजिलोका लागि र दैहिक ऐसआराममा लिप्त हुनका लागि, मैले काममा भएका समस्याहरूलाई जानीजानी बेवास्ता गरेँ र आँखा चिम्लिएँ, जसले कामको प्रभावकारितामा गम्भीर असर पार्‍यो। मैले के देखेँ भने आफूले गरिरहेका हरेक काममा मैले कामचोर प्रवृत्ति अपनाएको थिएँ, काम छलेको थिएँ, र झाराटारुवा तरिकाले काम गरिरहेको थिएँ। ममा परमेश्‍वरप्रति कहाँ कति नै इमानदारी थियो र? म कुन तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्दै थिएँ र? म स्पष्ट रूपमै परमेश्‍वरले खुलासा गरेजस्तै “बाहिर चम्कन्ने तर भित्र कुहिएका” निकम्मा मान्छे थिएँ! मैले कसरी परमेश्‍वरले भ्रष्ट मानवजातिलाई मुक्ति दिन, ठूलो अपमान र कष्ट सहनुभएको छ, र देखा पर्न र काम गर्न देहधारण गर्नुभएको छ भन्ने कुरा सम्झेँ। उहाँलाई दुष्ट चिनियाँ कम्युनिष्ट पार्टीले पागलजसरी सताएको र खेदो गरेको, साथै धार्मिक जगतले विरोध र निन्दा गरेको भए पनि, परमेश्‍वरले आफ्नो काम कहिल्यै रोक्नुभएको छैन, र मानिसहरूलाई मलजल, पोषण र आपूर्ति गर्न निरन्तर सत्यताहरू व्यक्त गरिरहनुभएको छ। हामीले नबुझौँला भनेर, परमेश्‍वर सधैँ धैर्यपूर्वक र विस्तृत रूपमा बोल्नुहुन्छ, रूपक, उदाहरण र विभिन्न दृष्टिकोणहरू प्रयोग गर्नुहुन्छ ताकि हामी छिट्टै सत्यता बुझ्न र स्वभाव परिवर्तन हासिल गर्न सकौँ। परमेश्‍वर मानवजातिलाई मुक्ति दिने आफ्नो काममा पूर्ण हृदयले समर्पित हुनुहुन्छ, र उहाँले पूरा मूल्य चुकाउनुभएको छ, तर मैले, परमेश्‍वरको मुक्ति पाएर पनि, परमेश्‍वरको प्रेमको प्रतिदान गर्ने कुनै इमानदारी देखाइनँ, र मैले एउटा सृजित प्राणीको कर्तव्यसमेत पूरा गर्न सकिनँ। म कसरी आफूमा अलिकति पनि मानवता छ भनेर दाबी गर्न सक्थेँ र? त्यसपछि मैले नोहालाई सम्झेँ, जसले परमेश्‍वरको आज्ञा स्वीकार गरेपछि, जहाज बनाउन अथक परिश्रम गरेका थिए। त्यो कार्य जतिसुकै कठिन भए पनि वा जतिसुकै कठिनाइ वा बाधाहरू आए पनि, उनले १२० वर्षसम्म दृढ भएर लागिरहे र जहाज निर्माण पूरा गरे। मैले नोहाको चरित्र, परमेश्‍वरप्रतिको उनको बफादारी र समर्पणलाई हेरेँ, र उनी मानवता र समझ भएको, एक सच्चा सृजित प्राणी, र परमेश्‍वरको भरोसायोग्य व्यक्ति थिए भन्ने देखेँ। यसको तुलनामा, मैले आफूमा सामान्य मानवताको सबैभन्दा आधारभूत स्तरको पनि कमी रहेको पाएँ। म आफ्नो विवेकले अह्राएको कुरासमेत गर्न सक्दिनथेँ, र म मानिस भनी कहलाउन साँच्चै अयोग्य थिएँ! यदि मैले आफ्ना कर्तव्यप्रतिको मेरो मनोवृत्तिमा पश्‍चात्ताप नगरे, परमेश्‍वरले मलाई प्रकट गरेर हटाउनुहुने थिएन र? यसबारे सोच्दा मलाई अलिकति डर लाग्यो, साथै अलिकति पछुतो र दोषी महसुस भयो, र त्यसैले मैले मौन रूपमा परमेश्‍वरलाई प्रार्थना गरेँ र हृदयमा के सङ्कल्प गरेँ भने भविष्यमा आफ्ना कर्तव्य निर्वाह गर्दा, म पक्कै पनि देहविरुद्ध विद्रोह गर्नेछु र आफ्ना कर्तव्य पूरा गर्न सक्दो प्रयास गर्नेछु।

यो अनुभवपछि, मैले आफ्ना कर्तव्य पहिलेभन्दा राम्रोसँग गरेँ। हरेक दिन, भिडियो बनाउनुबाहेक, मेरा ब्रदर-सिस्टरहरूले आफ्ना कर्तव्य कसरी निर्वाह गर्दै छन् भनेर पनि मैले प्रायः हेर्न थालेँ, र जबजब उनीहरूलाई कठिनाइ वा समस्या पर्थ्यो, म उनीहरूसँग समाधानका उपायबारे सङ्गति गर्थेँ। यसरी आफ्ना कर्तव्य निर्वाह गर्दा मैले अलि बढी चिन्ता लिनुपर्ने भए पनि, सम्पूर्ण क्षमता लगाएर आफ्ना कर्तव्य निर्वाह गर्दै छु भन्ने जानेर मलाई शान्ति र सुरक्षित महसुस हुन्थ्यो। तर, आफ्नो प्रकृति सारबारे धेरै बुझाइ नभएको कारण, केही समयपछि म फेरि ऐसआरामको लालसा गर्ने स्थितिमा फर्किएँ।

भिडियो बनाउने कार्यभार बढेकाले, लगभग हरेक दिन सम्हाल्नुपर्ने धेरै काम हुन्थे, र केही भिडियो तोकिएको समयसीमाभित्र पूरा गर्नुपर्ने हुन्थ्यो। केही भिडियोमा उच्च प्राविधिक आवश्यकताहरू थिए र तिनका लागि सावधानीपूर्वक सोचविचार आवश्यक थियो। सुरुमा त, म सबै काम पूरा गर्न मैले सक्दो प्रयास गर्न समर्थ थिएँ, तर केही समयपछि, म भित्रभित्रै गुनासो गर्न थालेँ। म सोच्थेँ, “हरेक दिन कति धेरै काम हुन्छ; यो कहिले घट्ला? यदि कार्यभार अलिकति मात्र घट्यो भने, मलाई यति धेरै तनाव हुने थिएन, र मेरो देहले अलि बढी आराम पाउने थियो।” मलाई याद छ, एकचोटि एक जना सिस्टरले मलाई एकैपटक दशवटा भन्दा बढी भिडियो पठाइन् र दुई दिनभित्र जाँचिसक्न भनिन्। मभित्र अलिकति प्रतिरोधको भावना जाग्यो, र मैले सोचेँ, “के म साँच्चै यी सबै दुई दिनमा जाँच गर्न सक्छु र? के यसको लागि ओभरटाइम गर्नुपर्ने हुँदैन र?” मैले बाहिर केही नभने पनि आफैँसँग भने गुनासो गरिरहेँ। पछि, मैले आफ्नो स्थिति ठीक छैन भन्ने महसुस गरेँ, र यो परिस्थितिबाट मैले पाठ सिक्नुपर्छ भन्ने थाहा पाएँ। त्यसपछिका केही दिन, मैले प्रायः आत्मचिन्तन गरिरहेँ, “मेरो कर्तव्यको कार्यभार बढ्नेबित्तिकै म किन सधैँ आफ्नो देहलाई खुसी पार्न चाहन्छु? मलाई ठ्याक्कै केले नियन्त्रण गरिरहेको छ?” मेरो खोजीको क्रममा, मैले परमेश्‍वरका वचनका केही खण्डहरू पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “त्यसो भए, शैतानका विषहरू के हुन्? तिनलाई कसरी व्यक्त गर्न सकिन्छ? उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, सबैले जवाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यही एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरू वास्तवमा आफ्नै लागि त्यसो गर्छन्—अनि त्यसकारण तिनीहरू सबै आफ्‍नै लागि जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पूर्ण रूपमा भ्रष्ट मानवजातिको अस्तित्वको जग बनिसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। “देहको सम्बन्धमा भन्नुपर्दा, तैँले यसलाई जति राम्रो व्यवहार गर्छस्, यो त्यति नै लोभी हुनेछ। देहले अलिकति कष्ट सहनु उचित हो, र जब यसले कष्ट सहन्छ, तब सही मार्गमा हिँड्न र आफ्नो उचित काममा ध्यान दिन सजिलो हुन्छ। यदि कुनै व्यक्ति राम्रो पारिवारिक वातावरणमा हुर्कन्छ, उसलाई सधैँ सहज हुन्छ र उसले कहिल्यै धेरै कष्ट भोग्दैन भने, ऊ कमजोर बन्छ, अलिकति पनि कष्ट सहन नसक्ने हुन्छ। त्यस्ता मानिसहरूलाई कुनै पनि कुरा हासिल गर्न गाह्रो हुन्छ, र तिनीहरूले अन्ततः केही पनि हासिल नगर्न सक्छन्। त्यस्ता मानिसहरूलाई परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा सत्यता प्राप्त गर्न पनि गाह्रो हुन्छ। यदि तिनीहरूले प्राकृतिक वा मानव-निर्मित प्रकोपहरूको सामना गरे भने, तिनीहरूले आफूबाहेक स्वर्ग र सबैलाई दोष दिनेछन्, परमेश्‍वरबारे गुनासो गर्नेछन् र उहाँलाई इन्कार गर्नेछन्, र तिनीहरू समझहीन र बेमनासिब बन्नेछन्। समय बित्दै जाँदा, तिनीहरू झन्-झन् पतित मात्रै हुनेछन्। के यसका धेरै उदाहरणहरू छन्? तैँले देख्न सक्छस् कि गैरविश्‍वासी संसारमा, धेरै गायक र चलचित्रका ताराहरू छन् जो प्रसिद्ध हुनुअघि कठिनाइ सहन निकै सक्षम थिए र आफूलाई आफ्नो कामप्रति समर्पित गर्थे। तर जब तिनीहरूले ख्याति प्राप्त गर्छन् र धेरै पैसा कमाउन थाल्छन्, तब तिनीहरू सही मार्गमा हिँड्दैनन्। तिनीहरूमध्ये कतिपयले लागुऔषध सेवन गर्छन्, कतिपयले आत्महत्या गर्छन्, र तिनीहरू जवानीमै मर्छन्। यसको कारण के हो? तिनीहरूका भौतिक सुखहरू अत्यधिक हुन्छन्, तिनीहरू अत्यन्तै आरामदायी हुन्छन्, र तिनीहरूलाई अझ ठूलो सुख वा अझ ठूलो उत्साह कसरी प्राप्त गर्ने भनी थाहा हुँदैन। तिनीहरूमध्ये कतिपय अझ उच्च स्तरको उत्साह र आनन्दको खोजीमा लागुऔषधतर्फ लाग्छन्, र, लामो समयसम्म प्रयोग गरेपछि, तिनीहरूले त्यो छोड्न सक्दैनन्। केही धेरै लागु पदार्थ सेवन गरेर मर्छन्, अरू त्यसबाट उम्किन नजानेर अन्त्यमा आत्महत्या नै गर्छन्। यस्ता कति धेरै उदाहरणहरू छन्। तैँले जति राम्ररी खान-पान गरे पनि, जति राम्रा पहिरन लगाए पनि, तेरो घर जतिसुकै राम्रो भए पनि, तैँले जति रमाइलो गरे पनि, वा तेरो जीवन जति सुखद भए पनि, अनि तेरा चाहनाहरू जति पूर्ण रूपमा पूरा भए पनि, अन्तिममा त्यो खोक्रोपनमाथि खोक्रोपन मात्रै हुन्छ, र नतिजा विनाश हुन्छ। के गैरविश्‍वासीहरूले पछ्याउने खुसी वास्तविक खुसी हो? वास्तवमा, त्यो खुसी होइन। त्यो मानव कल्पना हो, पतन हुने एउटा उपाय हो, र त्यो मानिस पतित बन्ने मार्ग हो। मानिसहरूले पछ्याउने कथित खुसी झुटो हुन्छ। त्यो वास्तवमा कष्ट हो। यो मानिसहरूले पछ्याउनुपर्ने लक्ष्य होइन, न त त्यसमा जीवनको मूल्य नै हुन्छ। शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउने केही तरिका र विधिहरूमा तिनीहरूलाई देहको सन्तुष्टि र वासनाप्रतिको आशक्तिलाई तिनीहरूको लक्ष्य बनाउन लगाउने पर्छन्। यसमार्फत, शैतानले मानिसलाई सुप्त बनाउँछ, लोभ्याउँछ, भ्रष्ट तुल्याउँछ, त्यसलाई नै खुसी सोच्ने, र त्यो उद्देश्यको पछि लाग्ने बनाउँछ। मानिसहरू ती कुरा प्राप्त गर्नु नै खुसी प्राप्त गर्नु हो भन्‍ने विश्‍वास गर्छन्, त्यसैले तिनीहरू त्यो लक्ष्य पछ्याउने मार्गमा लाग्न आफ्नो शक्तिले भ्याएजति सबै गर्छन्। अनि, तिनीहरूले त्यो प्राप्त गरेपछि, खुसी नभई खोक्रोपन र पीडा महसुस गर्छन्। यसले त्यो सही मार्ग होइन भन्ने प्रमाणित गर्छ; त्यो मृत्युको बाटो हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनमाथि चिन्तन गरेर मैले के बुझेँ भने दैहिक सुखको पछ्याइ मानिसहरूलाई भ्रष्ट तुल्याउने शैतानको तरिका हो। शैतानले मानिसहरूलाई भ्रमित र भ्रष्ट तुल्याउन संसारसँग व्यवहार गर्ने विभिन्न दर्शन अनि भ्रमहरू प्रयोग गर्छ, जस्तै “अरूको होइन आफ्‍नै दुनो सोझ्याउनुपर्छ,” “जीवन छोटो छ, त्यसैले बल हुँदा नै यसको आनन्द लिनुपर्छ,” र “आजको मद्य आजै पिऊ,” जसले मानिसहरूलाई यिनै विचारहरूअनुसार जिउने बनाउँछ, र दैहिक सुखको पछ्याइलाई नै जीवनको अर्थ, मूल्य र लक्ष्य ठान्ने बनाउँछ। यसले मानिसहरूलाई ऐसआराम र दैहिक सुख पछ्याउने बनाउँछ, र उनीहरूलाई झन्-झन् भ्रष्ट र पतित तुल्याउँछ, अनि आफ्नो मानवीय रूप गुमाउने बनाउँछ। मैले आफू परमेश्‍वरमा विश्‍वास गर्ने र मण्डलीमा आफ्ना कर्तव्यहरू निर्वाह गर्ने भए पनि, र म खानपान र मोजमज्जाको पछि लाग्ने र आफ्नो देहलाई सन्तुष्ट पार्ने गैरविश्‍वासीहरूजस्तो नहुँदा पनि, कसरी शैतानका विष, दर्शन र नियमहरू अझै पनि मेरो हृदयमा गहिरोसँग जरा गाडेर बसेका थिए, र मेरा विचार र दृष्टिकोणहरू गैरविश्‍वासीहरूका जस्तै थिए भन्ने कुरा सम्झेँ। म सधैँ के सोच्थेँ भने शारीरिक चैन र आनन्द नै खुसीको पर्यायवाची हो, र म आफूले गर्ने कुनै पनि काममा कष्ट भोग्न वा मूल्य चुकाउन चाहन्नथेँ। कहिलेकाहीँ, जब आफ्ना कर्तव्यमा धेरै चिन्ता लिनुपर्ने हुन्थ्यो वा कामको चाप बढ्थ्यो, तब म आराम गर्ने समय खोज्थेँ र आफैँलाई धेरै थकाउन चाहन्नथेँ। मैले काममा देखिएका स्पष्ट समस्याहरूबारे गहिरिएर हेर्ने वा समाधान गर्ने कामसमेत गरिनँ, र आफ्ना कर्तव्यलाई पन्छाएँ। फलस्वरूप, मैले पत्तै नपाइ कामको प्रगतिमा ढिलाइ गरेँ। यो साँच्चै खतरनाक थियो! ऐसआराममा लिप्त भई जिएका ती दिनलाई फर्केर हेर्दा, मैले कसरी आफ्ना कर्तव्य पूरा गर्ने वा कसरी परमेश्‍वरलाई सन्तुष्ट पार्ने भन्नेबारे विचार गरेको थिइनँ, र जब कामकुराहरू आइपर्थे, तब मेरो पहिलो सोच सधैँ मेरो शरीरले दुःख पाउला कि वा थकित होला भन्ने हुन्थ्यो। यो साँच्चै स्वार्थी र घृणास्पद थियो, र ममा अलिकति पनि विवेक वा समझ थिएन। कहिलेकाहीँ, मलाई मैले परमेश्‍वरका अभिप्रायहरूबारे विचार गर्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि, म सधैँ आफ्नो देहको बन्धनमा परेको र कष्ट भोग्न वा मूल्य चुकाउन इच्छुक नभएको पाउँथेँ। भित्री रूपमा, म सत्यता र सकारात्मक कुराहरूप्रति ठूलो प्रतिरोध र वितृष्णा महसुस गर्थेँ, र जब मैले गर्नुपर्ने कामहरूको कुरा आउँथ्यो, तब म तिनबाट बच्न सधैँ बहाना बनाउने कोसिस गर्थेँ। यसो गर्दा मेरो शरीरले ऐसआराम पाउनेथियो र कष्ट भोग्नुपर्ने थिएन, तर अन्त्यमा, मैले कुनै सत्यता प्राप्त गर्ने थिइनँ। के म आफैँमाथि पूर्ण विनाश निम्त्याइरहेको थिइनँ र? यसबारे सोच्दा, मैले ऐसआराममा लिप्त हुनुका खतरनाक परिणामहरूबारे अलिकति बुझ्न थालेँ।

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “परमेश्‍वरलाई साँचो रूपमा विश्‍वास गर्ने मानिसहरूले आफ्‍नो नाफा-घाटा हिसाबकिताब नगरी आफ्‍नो कर्तव्य स्वेच्छाले निर्वाह गर्छन्। तँ सत्यताको खोजी गर्ने व्यक्ति भए पनि नभए पनि, आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा तैँले आफ्‍नो विवेक र समझमा भरोसा गरेर साँच्चिकै प्रयास गर्नुपर्छ। साँच्चिकै प्रयास गर्नुको अर्थ के हो? यदि तँ केवल नाममात्रको प्रयास गरेर र थोरै शारीरिक कष्ट भोगेर सन्तुष्ट हुन्छस्, तर पटक्‍कै गम्भीर हुँदैनस् र आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता सिद्धान्तहरू खोज्दैनस् भने, यो झाराटारुवा हुनुबाहेक अरू केही होइन—यो साँच्चिकै प्रयास गर्नु होइन। साँच्चै प्रयास गर्नुको कडी भनेको त्यसमा आफ्नो हृदय लगाउनु, हृदयमा परमेश्‍वरको डर मान्‍नु, परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्नु, परमेश्‍वरविरुद्ध विद्रोह गर्न र उहाँको मुटु तोड्न अत्यन्तै डराउनु, र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न जुनसुकै कष्ट भोग्न तयार हुनु हो। यदि तँसँग परमेश्‍वरलाई प्रेम गर्ने यस्तो हृदय छ भने, तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्‍नेछस्। यदि तेरो हृदयमा परमेश्‍वरको डर छैन भने, आफ्नो कर्तव्य निर्वाह गर्दा तँमा बोझ वा जिम्मेवारीको बोध हुनेछैन, र तँ अपरिहार्य रूपमै झाराटारुवा हुनेछस् र तैँले औपचारिकता मात्र पूरा गर्नेछस्, तर वास्तविक नतिजाहरू हासिल गर्नेछैनस्—र यो कर्तव्य निर्वाह गर्नु होइन। यदि तँलाई साँच्‍चै नै बोझको बोध हुन्छ, र तँ आफ्‍नो कर्तव्य निर्वाह गर्नु भनेको तेरो व्यक्तिगत जिम्‍मेवारी पूरा गर्नु हो, तैँले कर्तव्य निर्वाह गर्दैनस् भने तँ पशु हुन्छस् र जिउन योग्य हुँदैनस्, अनि तैँले आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गरिस् भने मात्रै तँमा सफा विवेक हुन्छ र तँ मानव कहलिन लायक हुन्छस् भन्‍ने विश्वास गर्छस् भने—यदि आफ्‍नो कर्तव्य पूरा गर्दा तँलाई बोझको यस्तो बोध हुन्छ भने—तैँले सबै कुरा लगनशील रूपमा गर्न, सत्यताको खोजी गर्न र सिद्धान्तहरूअनुसार कामकुरा गर्न, र आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्न र परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन सक्‍नेछस्। यदि तँ परमेश्‍वरले तँलाई दिनुभएको मिसन, र तेरो लागि परमेश्‍वरले बलिदान दिनुभएको सबै कुरा अनि तँप्रतिको परमेश्‍वरका अपेक्षाहरूको निम्ति लायक छस् भने, यो साँचो रूपमा प्रयास गर्नु हो। … परमेश्‍वरको घरका मानिसहरू कम्तीमा पनि इमानदार हुन्छन्। तिनीहरू आफ्नो कर्तव्यमा भरोसायोग्य, परमेश्‍वरको आज्ञा स्विकार्न सक्ने, र वफादारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्न सक्ने मानिसहरू हुन्। यदि मानिसहरूमा साँचो आस्था, विवेक, र समझ छैन, र यदि तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने र उहाँमा समर्पित हुने हृदय छैन भने, तिनीहरू कर्तव्यपालन गर्न उचित हुँदैनन्। तिनीहरू आफ्नो कर्तव्यपालन गर्ने भए पनि त्यसमा लापरवाही गर्छन्। तिनीहरू श्रमकर्ता—साँचो रूपमा पश्चात्ताप नगरेका मानिसहरू हुन्। यस्ता श्रमकर्ताहरू ढिलोचाँडो हटाइनेछ। वफादार श्रमकर्ताहरू मात्र रहनेछन्। वफादार श्रमकर्ताहरूमा सत्यता वास्तविकता नभए पनि, विवेक र समझ हुन्छ, तिनीहरू इमानदारीका साथ आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन्, र परमेश्‍वरले तिनीहरूलाई रहन अनुमति दिनुहुन्छ। सत्यता वास्तविकता भएका र परमेश्‍वरको जोरदार गवाही दिन सक्नेहरू उहाँका मानिस हुन्, र तिनीहरूलाई रहन दिइनेछ र तिनीहरू उहाँको राज्यमा ल्याइनेछन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्नका लागि, व्यक्तिमा कम्तीमा पनि विवेक र समझ हुनुपर्छ)। परमेश्‍वरका वचनबाट, मैले के बुझेँ भने परमेश्‍वरको नजरमा, निष्कपट भई आफ्ना कर्तव्य निर्वाह गर्ने इमानदार मानिसहरू मात्र परमेश्‍वरको घरका सच्चा मानिसहरू हुन्। त्यस्ता मानिसहरूमा आफ्नो कामप्रति जिम्मेवारीबोध हुन्छ र उनीहरू भरोसायोग्य हुन्छन्। उनीहरू केवल बाहिरी रूपमा केही प्रयास गर्न वा केवल कोरा प्रक्रिया पूरा गर्नमा सन्तुष्ट हुँदैनन्। बरु, उनीहरू लगनशीलताका साथ र पूर्ण रूपमा आफ्ना कर्तव्य पूरा गर्न कष्ट भोग्न र मूल्य चुकाउन इच्छुक हुन्छन्। यो नै आफ्ना कर्तव्यको साँचो निर्वाह हो। परमेश्‍वरका वचनबाट, मैले अभ्यासको मार्ग भेट्टाएँ। मैले इमानदार हृदयले आफ्ना कर्तव्यलाई लिनुपर्थ्यो। आफ्ना कर्तव्य गर्दा जब म कामचोर बन्न, काम छल्न, र ऐसआराममा लिप्त हुन चाहन्थेँ, मैले आफ्नो देहविरुद्ध विद्रोह गर्नुपर्थ्यो, आफ्ना कर्तव्यसँग सम्बन्धित हरेक कुरामा हृदय लगाउनुपर्थ्यो, होसियार बन्नुपर्थ्यो, र आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्थ्यो। यसो गरेर मात्र मैले परमेश्‍वरका अभिप्रायहरूसँग मेल खाने तरिकाले कर्तव्यहरू निर्वाह गर्न सक्थेँ। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, आफ्ना कर्तव्य निर्वाह गर्दा, मैले सधैँ देहलाई खुसी पारेको छु, मेरा कर्तव्यहरू पूरा गर्न असफल भएको छु, र म तपाईँका अभिप्रायहरूबमोजिम जिउन असफल भएको छु। अब म तपाईँसामु पश्‍चात्ताप गर्न र तपाईँको छानबिन स्वीकार गर्न तत्पर छु। म हरेक काम पूरा गर्दा गम्भीर र जिम्मेवार बन्ने अभ्यास गर्नेछु र मैले गर्नुपर्ने कर्तव्यहरू पूरा गर्नेछु।”

त्यसपछि, आफ्ना कर्तव्य निर्वाह गर्दा, म यसरी नै अभ्यास र प्रवेश गर्नमा केन्द्रित भएँ। मलाई याद छ एकचोटि, ब्रदर-सिस्टरहरूले मलाई तत्काल जाँच्नुपर्ने दुइटा भिडियो पठाए। तीमध्ये एउटा भिडियोमा धेरै समस्या थिए र जाँच गर्न धेरै समय र मेहनत लाग्थ्यो, र म फेरि गुनासो नगरी रहन सकिनँ। तर सोही क्षण, मलाई आफू फेरि देहको ख्याल गर्दै छु भन्ने महसुस भयो, त्यसैले मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ र आफैविरुद्ध विद्रोह गरेँ। मैले परमेश्‍वरका वचनको एउटा खण्ड सम्झेँ: “हाल कर्तव्य निर्वाह गर्ने धेरै अवसरहरू छैनन्, त्यसैले तैँले सकेसम्म तिनलाई समात्नुपर्छ। कुनै कर्तव्य आइपर्दा नै तैँले वास्तविक प्रयास गर्नुपर्छ; त्यतिबेला नै तैँले आफूलाई अर्पण गर्नुपर्छ र परमेश्‍वरप्रति आफूलाई समर्पित गर्नुपर्छ र त्यतिबेला नै तैँले मूल्य चुकाउनु आवश्यक हुन्छ। कुनै पनि कुरा लुकाएर राख्ने, कुनै षड्यन्त्र पालेर राख्ने, कुनै छुट दिने, वा आफूलाई उम्कने बाटो छोड्ने काम नगर्। यदि तैँले कुनै छुट दिइस्, चालबाजी गरिस्, वा धूर्त भइस् र ढिलासुस्ती गरिस् भने, तैँले पक्कै पनि खराब काम गर्नेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ)। एउटा जरुरी काम ममाथि आएको थियो, र यो ठ्याक्कै त्यही समय थियो जब मलाई आफ्नो देहविरुद्ध विद्रोह गर्न र मूल्य चुकाउन आवश्यक थियो। मैले परमेश्‍वरको छानबिन स्वीकार गर्नुपर्थ्यो, गम्भीरता र जिम्मेवारीपूर्वक यो काम सम्पन्न गर्नुपर्थ्यो, र आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्थ्यो, किनकि यसो गर्दा मात्र परमेश्‍वरको अभिप्रायसँग मेल खान्थ्यो। त्यसैले, मैले तुरुन्तै भिडियोहरू जाँचेर सिध्याएँ, र त्यसपछि, मैले अरू मामिलाहरू सम्हालेँ। पछि, जब मैले उस्तै परिस्थितिहरूको सामना गरेँ, तब, पहिलेजस्तै, मैले सचेत भई परमेश्‍वरको सामु आफूलाई शान्त पारेँ र आफ्ना कर्तव्यलाई प्राथमिकता दिएँ। यसरी अभ्यास गर्दा, मेरो हृदयले शान्ति महसुस गर्यो, र मेरा कर्तव्य पहिलेभन्दा धेरै सन्तुष्टिपूर्ण लागे।

यी परिस्थितिहरू अनुभव गरेर, अन्ततः मैले ऐसआराममा लिप्त हुनुका खतरा र परिणामहरू देख्न सकेँ, र मैले के पनि बुझेँ भने, आफ्ना कर्तव्य निर्वाह गर्दा, बोझको साँचो बोध भएर अनि कष्ट भोग्न र मूल्य चुकाउन इच्छुक भएर मात्र मानिसले आफ्ना जिम्मेवारी र कर्तव्यहरू पूरा गर्न सक्छ।

अघिल्लो: ५०. स्वर्गीय राज्यको मार्गमा मलाई कसले बाधा दिन्छ?

अर्को: ५७. मेरी आमा जेल पर्दाका ती दिनहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्