५७. मेरी आमा जेल पर्दाका ती दिनहरू
सन् २००२ मा, म १५ वर्षकी हुँदा एक रात अबेर मेरी आमाले एक्कासि मेरो कानमा साउती मार्दै, परमेश्वरमाथिको विश्वासको कारण प्रहरी उहाँलाई पक्राउ गर्न आउँदैछन्, त्यसैले हामी घरमा बस्न सक्दैनौँ र तुरुन्तै यहाँबाट निस्किहाल्नुपर्छ भन्नुभयो। हामीले हतार-हतार केही सामान जम्मा गर्यौँ र हडबडाउँदै घरबाट निस्क्यौँ। त्यसयता हामी कहिल्यै घर फर्केका छैनौँ। त्यतिबेला, मेरी आमाले मलाई एउटा आफन्तको घरमा राखेर आफू अर्को सहरमा लुक्नका लागि जानुभयो। पहिले मेरी आमाले व्यापार गर्दाको समयमा हाम्रा आफन्तहरूलाई धेरै सहयोग गर्नुहुन्थ्यो, तर अहिले हामी समस्यामा पर्दा, के-कसो होला र आफू पनि फसिएला कि भनेर उनीहरू चिन्तित थिए, त्यसैले उनीहरू मलाई राख्न चाहँदैनथे र उल्टै मेरी आमालाई परमेश्वरमाथिको विश्वासले उनी घरबारविहीन भइन् र आफ्नो बच्चालाई समेत हेर्न सकिनन् भन्दै घोचपेच गर्थे र मेरी आमाले मलाई लगिहालोस् भन्ने चाहन्थे। उनीहरूले मेरी आमालाई त्यसरी गलत बुझेको देख्दा मलाई धेरै रिस उठ्थ्यो। यो सब स्पष्ट रूपमा प्रहरीको कारण भएको थियो। यसमा मेरी आमाको कुनै गल्ती थिएन। म साँच्चै त्यहाँबाट निस्किहाल्न चाहन्थेँ। एक मिनेट पनि बस्न चाहदिनथेँ। मेरी आमा चाँडै फर्कन सक्नुहोस् र मलाई लैजानुहोस् भन्ने म आशा गर्थेँ। आमाले सुरुमा छाडेर जाँदा, मेरा लागि त्यो निकै गाह्रो समय थियो। मलाई आफ्नो आडभरोसा कोही नभएको महसुस हुन्थ्यो र मैले धेरै कष्ट भोगेँ। म एकल अभिभावक भएको परिवारबाट हुँ। म तीन वर्षको छँदा मेरा आमाबुबाको सम्बन्धविच्छेद भएको थियो। मेरी आमा र म सधैँ सँगै थियौँ, र हामी कहिल्यै छुट्टिएका थिएनौँ। अबदेखि मेरी आमाले मेरो हेरचाह गर्नुहुने छैन भन्ने जब म सम्झन्थेँ, तब म रुन थालिहाल्थेँ। जब म दुःखी र असहाय महसुस गर्थेँ, तब म परमेश्वरलाई प्रार्थना गर्थेँ, “प्रिय परमेश्वर! मेरी आमाले अब मेरो हेरचाह गर्न सक्नुहुन्न। कृपया मलाई अझ बलियो बन्न मद्दत गर्नुहोस्।” प्रार्थना गरेपछि, मैले परमेश्वरका वचनको एउटा खण्ड भेट्टाएँ: “यो वा त्यो कुराको डर नमान्, सेनाहरूका सर्वशक्तिमान् परमेश्वर अवश्य नै तेरो साथमा हुनुहुनेछ; उहाँ तेरो सहायक शक्ति हुनुहुन्छ, र उहाँ तेरो ढाल हुनुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय २६)। “साहसी भएर अघि बढ्; म तेरो अटल चट्टान हुँ, त्यसैले ममाथि भर पर्!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १०)। परमेश्वरका वचनले मलाई परिस्थिति बुझ्न मद्दत गरे। मेरी आमा अब मेरो साथमा हुनुहुन्नथ्यो, तर परमेश्वर मेरो साथमा हुनुहुन्थ्यो र म उहाँमा भर पर्न सक्थेँ। मैले यस कठिनाइलाई आफूमाथि हाबी हुन दिनु हुँदैनथ्यो र म अब मेरी आमामा भर पर्न सक्दिनथेँ, मैले बलियो बन्न सिक्नैपर्थ्यो—परिस्थिति जतिसुकै कठिन र चुनौतीपूर्ण भए पनि, मैले परमेश्वरमा भर पर्नुपर्थ्यो र दृढ रहनुपर्थ्यो। पछि, मण्डलीले मेरो अवस्थाबारे थाहा पायो र मलाई सिस्टर झाङ युनको घरमा बस्ने व्यवस्था मिलाइदियो। त्यसैले म सिस्टर झाङ युनको परिवारसँग बस्न गएँ। उनको परिवारका तीनै जना विश्वासी थिए। हाम्रो रगतको नाता थिएन, तैपनि उनीहरूले मसँग असाध्यै राम्रो व्यवहार गरे। सिस्टर झाङ युनकी छोरीले प्रायः मलाई परमेश्वरका वचन पढेर सुनाउँथिन् र मसँग सत्यताबारे सङ्गति गर्थिन्। मेरी आमा मेरो साथमा नभए तापनि, मलाई एक्लो अनुभूत भएन। मलाई मेरा ब्रदर-सिस्टरहरूसँग हुन पाउँदा धेरै मन पर्थ्यो।
सन् २००३ मा, मेरी आमा अर्को सहरमा सुसमाचार प्रचार गर्दै हुनुहुन्थ्यो। एक दिन, उहाँले मलाई भेट्न चाहेको भन्दै एउटा पत्र पठाउनुभयो, र तोकिएको ठाउँ र समयमा आफूलाई पर्खन भन्नुभयो। उहाँको पत्र पाउँदा म यति खुसी र उत्साहित थिएँ कि म कयौँ रात त निदाउनै सकिनँ। भेट्ने दिन, म हाम्रो भेट्ने ठाउँमा समयमै पुगेँ, तर एक घण्टाभन्दा बढी पर्खँदा पनि उहाँको अत्तोपत्तो थिएन। मैले उहाँको बिपरमा कयौँचोटि मेसेज गरेँ, तर उहाँले जवाफ नै फर्काउनुभएन। आखिरमा मैले उहाँलाई दिउँसोदेखि राति ८ बजेसम्म पर्खेँ, तर उहाँ आउनु नै भएन। म धेरै खिन्न थिएँ र केही नराम्रो भयो कि भन्ने लागिरह्यो। भोलिपल्ट, मेरो अगुवाले मलाई भेट्टाउनुभयो र अघिल्लो दिन सुसमाचार प्रचार गरिरहँदा ८ जना ब्रदर-सिस्टर पक्राउ परेको र तिनीहरूमध्ये एक जना मेरी आमा रहेको बताउनुभयो। उहाँले मलाई मैले आमालाई सम्पर्क गर्न प्रयोग गरेको बिपर तुरुन्तै नष्ट गर्न निर्देशन दिनुभयो, ताकि प्रहरीले मलाई ट्रयाक गरेर पत्ता लगाउन नसकोस्। त्यो खबर सुनेर म धेरै चिन्तित भएँ। मैले परमेश्वरलाई बारम्बार प्रार्थना गरी मेरी आमालाई सुरक्षा दिन र आफ्नो गवाहीमा दृढ रहन मद्दत गर्नुहोस् भनी बिन्ती गरेँ। त्यो समयमा, जब म आमालाई सम्झन्थेँ, तब म नरोई सक्दिनँथेँ। प्रहरीले उहाँलाई कुटपिट गर्नेछ वा यातना दिनेछ कि भनेर म हरदम चिन्ता गर्थेँ। उहाँले जेलमा पक्कै धेरै कष्ट पाइरहनुभएको होला। उहाँ कहिले छुट्नुहुने हो? म यति धेरै चिन्ता गरिरहन्थेँ कि एक दिन म एक्कासि बेहोस भएँ। जब म होसमा आएँ, म भित्ताको सहारा लिँदै बिस्तारै लरबराउँदै कोठामा फर्किएँ, अनि ओछ्यानमा पल्टेँ र आफू कति एक्लो र असहाय छु भन्ने सम्झँदै रोएँ। मेरो सबैभन्दा पीडादायी क्षणमा, मैले एउटा भजनको यो लाइन सम्झेँ: “मेरो शोधनको बेला, तपाईंको हृदय मेरै लागि दुखिरहन्छ। तपाईंको वचनले मेरो कमीलाई पूर्ति गर्छ; म दुःखी हुँदा मलाई सान्त्वना दिन्छ” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्, परमेश्वरको प्रेमले मेरो हृदय पगालेको छ)। मैले स्पष्ट रूपमा यो परमेश्वरको मार्गदर्शन हो भन्ने महसुस गरेँ। म एक्लो छैन—परमेश्वर मेरो साथमा हुनुहुन्छ भन्ने मैले बुझिहालेँ। ठूलो रातो अजिङ्गरको सतावटको कारण, मेरी आमा मसँग हुन सक्नुभएन। उहाँले मेरो हेरचाह गर्न र मलाई सान्त्वना दिन सक्नुभएन, तर परमेश्वरले मेरो साथ छोड्नुभएको थिएन। मेरो सबैभन्दा पीडादायी समयमा, मलाई साथ र सान्त्वना दिन परमेश्वर त्यहाँ हुनुहुन्थ्यो। मलाई उहाँ एकदमै नजिक हुनुहुन्छ भन्ने अनुभूत भयो: उहाँ नै एक मात्र हुनुहुन्छ जसमाथि म साँच्चै भर पर्न सक्छु। मैले मनमनै सोचेँ, “यदि परमेश्वरले मलाई यसरी मार्गदर्शन गर्न सक्नुहुन्छ भने, पक्कै उहाँले मेरी आमालाई पनि कठिनाइहरू पार गर्न मद्दत गर्न सक्नुहुन्छ।” जब मैले यो कुरा बुझेँ, म केही खुसी भएँ र आमाको अवस्थाबारे कम चिन्तित र फिक्री महसुस गरेँ। पछि, मैले आमालाई भेट्न पाएँ। उहाँ चार महिना जेल बस्नुभयो र भनसुन गरेर मात्र छुट्नुभएको थियो। हाम्रो भेट हुँदा, उहाँ मेरा बारेमा अत्यन्त चिन्तित हुनुहुन्थ्यो र मलाई धेरै सल्लाह दिनुभयो। हामीले एकअर्कासँग सङ्गति गर्यौँ र एकअर्कालाई हौसला दियौँ, अनि हामीलाई जेसुकै भए पनि, हामी सधैँ परमेश्वरलाई राम्ररी पछ्याउनेछौँ र आफ्ना कर्तव्य पूरा गर्नेछौँ भन्ने बाचा गर्यौँ।
सेप्टेम्बर २००८ मा, मेरी आमा अझै पनि अर्को सहरमा सुसमाचार प्रचार गर्दै हुनुहुन्थ्यो। मैले महत्त्वपूर्ण कर्तव्य निर्वाह गरिरहेकी एक जना सिस्टर पक्राउ परेको र उनीसँग सम्पर्कमा रहेका धेरै ब्रदर-सिस्टरहरू खतरामा रहेको र ठाउँ सर्नुपरेको कुरा सुनेँ। ती सिस्टर को हुन सक्छिन् भनेर म सोच्दै थिएँ, त्यतिबेलै मेरो अगुवा आउनुभयो र मलाई आमासँग सम्पर्क गर्न मैले प्रयोग गर्ने गरेको सिम कार्ड नष्ट गर्नुपर्छ भन्नुभयो। मैले बुझिहालेँ पक्राउ पर्ने मेरी आमा नै हुनुहुन्थ्यो। यसपटक उहाँ परमेश्वरका वचनका पुस्तकहरू छाप्ने काम गरेको कारण पक्राउ पर्नुभएको मैले थाहा पाएँ र उहाँलाई क्रूरतापूर्वक कुटपिट गरिने र यातना दिइने सम्भावना थियो। त्यसपछिका केही दिन म धेरै चिन्तित भएँ र राति सुत्न सकिनँ। त्यसको केही समयपछि नै, मैले २० जनाभन्दा बढी ब्रदर-सिस्टर एकपछि अर्को गर्दै पक्राउ परेको र सबैलाई यातना दिइएको कुरा थाहा पाएँ। यो सुन्दा म झन् धेरै चिन्तित भएँ। के मेरी आमालाई अहिले यातना दिइँदै होला? उहाँ जिउँदो हुनुहुन्छ कि मरिसक्नुभयो? मेरी आमा गम्भीर खतरामा हुनुहुन्थ्यो, तर मैले गर्न सक्ने भनेको चिन्ता गर्नु र आत्तिनु मात्र थियो—म केही गर्न सक्दिनथेँ। मलाई अत्यन्तै भय लाग्यो। मेरी आमाले यस्तो खतरनाक कर्तव्य नसम्हाल्नुभएको भए, सायद उहाँ पक्राउ पर्नुहुन्नथ्यो र उहाँले यातना पाउनुहुन्नथ्यो होला भनेर म नसोची बस्नै सकिनँ। चीनमा परमेश्वरमा विश्वास गर्नु कति गाह्रो र खतरनाक छ! त्यो समयमा, म धेरै कमजोर थिएँ, मानौँ मेरो सातो गएजस्तो भएको थियो र मलाई केही गर्न मन लाग्दैनथ्यो। मसँग कुनै ऊर्जा थिएन र म आफ्नो कर्तव्यमा निरुत्साहित थिएँ। हरेक दिन, म केवल परमेश्वरलाई प्रार्थना गर्थेँ र मेरी आमाको रक्षा गर्नुहोस् भनी बिन्ती गर्थेँ।
एक दिन, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “जब मोशाले चट्टानलाई हिर्काए र यहोवाले दिनुभएको पानी निस्कियो, त्यो उनको विश्वासको कारणले भएको थियो। जब दाऊदले म, यहोवाको प्रशंसामा आनन्दले भरिएको हृदयले वीणा बजायो—त्यो उसको विश्वासको कारणले भएको थियो। जब अय्यूबले डाँडाकाँडा ढाक्ने वस्तुभाउ र असंख्य सम्पत्ति गुमायो र उसको शरीर कष्टकर खटिराले ढाक्यो, त्यो उसको विश्वासको कारणले भएको थियो। जब उसले म, यहोवाको आवाज सुन्न र म, यहोवाको महिमा देख्न सक्यो, त्यो उसको विश्वासको कारणले भएको थियो। पत्रुसले येशू ख्रीष्टलाई पछ्याउन सक्नुको कारण उसको विश्वास नै थियो। उसले मेरो खातिर क्रूसमा टाँगिन र महिमामयी गवाही दिन सक्नु उसकै विश्वासको कारणले भएको थियो। जब यूहन्नाले मानिसको पुत्रको महिमामयी प्रतिरूप देख्यो, त्यो उसको विश्वासको कारणले भएको थियो। जब उसले आखिरी दिनहरूको दर्शन पायो, त्यो सबै उसकै विश्वासको कारणले भएको थियो। अन्यजाति भनाउँदा भीडहरूले मेरो प्रकाश प्राप्त गर्नु र मानिसहरूमाझ मेरो काम गर्नको निम्ति म देहमा फर्केको छु भन्ने कुरा थाहा पाउनुको कारण पनि तिनीहरूको विश्वासकै कारणले गर्दा भएको हो। मेरा कठोर वचनहरूद्वारा प्रहार गरिएका र ती वनहरूद्वारा नै सान्त्वना र मुक्ति पाएका सबैले यो कुरा तिनीहरूको आफ्नै विश्वासले गरेका होइनन् र? मानिसहरूले तिनीहरूको विश्वासको कारण धेरै कुरा पाएका छन्, र त्यो सधैँ आशिष् नै हुँदैन। तिनीहरूले दाऊदले महसुस गरेको सुख र आनन्द नपाउन सक्छन्, वा मोशाले जस्तो यहोवाले दिनुभएको पानी नपाउन सक्छन्। उदाहरणको लागि, अय्यूबले आफ्नो विश्वासको कारण यहोवाद्वारा आशिष् पाए, तर तिनले विपत्ति पनि भोगे। चाहे तँ आशिष् पाएको व्यक्ति होस् वा विपत्ति भोगेको व्यक्ति, ती दुवै आशिषित घटनाहरू हुन्। बिनाविश्वास, तैँले यो विजयको काम प्राप्त गर्न सक्नेथिइनस्, आज तेरो आँखाअगाडि प्रकट गरिएका यहोवाका कामहरू देख्ने कुरा त परै जाओस्। तिमीहरूले देख्न सक्नेथिएनौ, तिमीहरूले ग्रहण गर्न सक्ने कुरा त परै जाओस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (१))। मैले सोचेँ, “यो सही कुरा हो। हामीले आशिष् पाउँछौँ कि विपत्ति भोग्छौँ, यो सबै परमेश्वरको हातमा छ। हाम्रो विश्वासमा हामीले भोग्ने कठिनाइ र परीक्षाहरू हामीलाई उचाल्ने र जाँच्ने परमेश्वरको तरिका हो।” ठ्याक्कै अय्यूबजस्तै—शैतानले आत्मिक क्षेत्रमा परमेश्वरसँग के बाजी राखेको थियो भने उसले अय्यूबलाई उनका छोराछोरी र गाईवस्तुहरू खोसेर अनि उनको शरीरमा घाउखटिराहरू निकालेर परीक्षा लिन सक्छ, ताकि उनले परमेश्वरलाई इन्कार गरून् र त्यागून्। परमेश्वरले पनि अय्यूबलाई जाँच्न र उनको विश्वासलाई सिद्ध पार्न यो अग्निपरीक्षा प्रयोग गरिरहनुभएको थियो। अय्यूबले परमेश्वरप्रति गुनासो गर्नुको साटो उहाँको प्रशंसा नै गरे र उनले भने, “के हामीले परमेश्वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने, र प्रतिकूलताचाहिँ ग्रहण नगर्ने?” (अय्यूब २:१०)। “यहोवाले दिनुभयो, र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। अय्यूब परमेश्वरको गवाहीमा खडा भए र उहाँको अनुमोदन प्राप्त गरे, अनि उनले आँधीबेहरीमा परमेश्वरको आवाजसमेत सुने। नतिजास्वरूप, उनले परमेश्वरमा अझ साँचो आस्था प्राप्त गरे, र यो उहाँबाट पाएको अझ ठूलो आशिष् हो। मैले के सोचेँ भने, बाहिरी रूपमा हेर्दा, मेरी आमालाई ठूलो रातो अजिङ्गरले हानि पुर्याइरहेको कुरा प्रकोपपूर्ण देखिन्थ्यो, तर वास्तवमा परमेश्वरले हामीलाई जाँच्न र हाम्रो आस्थालाई सिद्ध पार्न यसको प्रयोग गरिरहनुभएको थियो। यो परमेश्वरको उत्थान थियो। मलाई अचानक के महसुस भयो भने शैतानले मलाई निगरानी गरिरहेको छ अनि परमेश्वर म मेरी आमा पक्राउ परेको कारणले परमेश्वरमाथिको आस्था गुमाउँछु कि, उहाँलाई इन्कार र विश्वासघात गर्छु कि भनेर मेरो हृदयको अन्तरकुन्तर नियाल्दै हुनुहुन्थ्यो। जब मैले यो कुरा बुझेँ, तब म परमेश्वरको पक्षमा उभिन, उहाँबारे गुनासो नगर्न वा उहाँलाई विश्वासघात नगर्न, र उहाँलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य पूरा गर्न तत्पर भएँ। मैले ठूलो रातो अजिङ्गरको सतावट प्रयोग गरेर हामीलाई सिद्ध पार्नु परमेश्वरको अभिप्राय हो भन्ने कुरा बुझेँ। त्यसैले मैले मेरी आमाबारे धेरै चिन्ता र फिक्री गर्न छोडेँ र परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन तत्पर थिएँ।
पछि, मैले मेरी आमालाई दुई वर्षको श्रममार्फत सुधारको सजाय सुनाइएको कुरा थाहा पाएँ। यो थाहा पाएर म खङ्ग्रङ्ग भएँ। दुई वर्ष भनेको धेरै लामो समय हो! जेलमा बस्ने अवस्था र खाना साह्रै नराम्रो हुन्छ र हरेक दिन काम गर्नुपर्छ। मेरी आमाले त्यो नरकजस्तो अवस्था र क्रूर दुर्व्यवहार कसरी सहनुहुने होला? उहाँ ५० वर्षभन्दा माथिको भइसक्नुभएको थियो—के उहाँको शरीरले साँच्चै यो यातना अझै सहन सक्थ्यो र? एक दिन, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “तँ यस संसारमा रुँदै आएको क्षणदेखि नै, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न थाल्छस्। परमेश्वरको योजना र उहाँको निर्धारणका खातिर तैँले आफ्नो भूमिका खेल्छस् र तैँले आफ्नो जीवन यात्रा सुरु गर्छस्। तेरो पृष्ठभूमि जस्तोसुकै भए पनि र तेरो अगाडि जस्तोसुकै यात्रा भए तापनि, जेसकै भए पनि, स्वर्गको योजनाबद्ध कार्य र प्रबन्धबाट कोही पनि उम्कन सक्दैन, अनि कसैले पनि आफ्नो नियति नियन्त्रण गर्न सक्दैन, किनकि यावत् थोकमाथि सार्वभौम हुनुहुने उहाँ मात्र यस्तो काम गर्न सक्षम हुनुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। परमेश्वरका वचनले मलाई हरेक व्यक्तिको जीवनमा भूमिका र मिसन हुन्छ, र हरेक व्यक्तिको जीवन मार्ग धेरै अघि नै परमेश्वरद्वारा पूर्वनियोजित हुन्छ भन्ने कुरा बुझ्न मद्दत गरे। मेरी आमाले निभाउनुपर्ने भूमिका र पूरा गर्नुपर्ने मिसन थियो। जेलको दुई वर्ष लामो समय थियो, तर यो उहाँले भोग्नैपर्ने कुरा थियो। उहाँको शरीरको अवस्था कस्तो हुनेछ र उहाँले कति कष्ट भोग्नुहुनेछ भन्ने कुरा परमेश्वरमा निर्भर थियो। परमेश्वरले मेरी आमालाई ठूलो रातो अजिङ्गरद्वारा हानि पुर्याउन, पक्राउ गर्न र जेलमा हाल्न अनुमति दिनुभयो, र यसमा परमेश्वरले मेरी आमालाई जाँच्दै हुनुहुन्थ्यो र उहाँका निम्ति गवाही दिने मौका दिइरहनुभएको थियो। मैले आमाका लागि सम्मानित महसुस गर्नुपर्थ्यो। यो परिस्थितिबाट मैले पनि पाठ सिक्नुपर्ने थियो। कठिनाइको सामना गर्दा मैले परमेश्वरविरुद्ध गुनासो गर्नु हुँदैनथ्यो र समर्पित भई आफ्नो कर्तव्य पूरा गर्नुपर्थ्यो। परमेश्वरको अभिप्राय बुझेपछि, मैले प्रार्थना गरी आमालाई उहाँको हातमा सुम्पिँएँ र आमालाई जेलमा रक्षा गर्नुहोस् ताकि आमा आफ्नो गवाहीमा दृढ रहन सक्नुहोस् भनी परमेश्वरलाई बिन्ती गरेँ।
डेढ वर्षपछि, आमा जेलबाट चाँडै छुट्नुभएको कुरा मैले सुनेँ र त्यसैले उहाँलाई सम्पर्क गर्ने उपायहरू सोच्न थालेँ। प्रहरीले पिछा र निगरानी गर्ने डरले, हामीले एउटा साउनामा भेट्ने निर्णय गर्यौँ। त्यस दिन, म एक घण्टा अगाडि नै पुगेँ। उत्सुकताले मेरो मुटु ढुकढुक गरिरहेको थियो: म आमालाई देख्न धेरै उत्साहित थिएँ। मैले आफ्ना आँखा प्रवेशद्वारमा लगाइराखेँ र त्यसपछि एउटा झ्यालबाट, मैले एक जना दुब्लो र कमजोर अधबैँसे महिला आउँदै गरेको देखेँ। भित्र पस्दा, उहाँले एक कर्मचारीलाई भित्र छोरीले आफूलाई पर्खिरहेकी छिन् भन्नुभयो। जब मैले उहाँ बोलेको सुनेँ, मैले सोचेँ, “के त्यो मेरी आमाको आवाज होइन र?” मलाई ठम्याउन एकछिन लाग्यो। यदि उहाँ नबोल्नुभएको भए, मैले उहाँलाई पटक्कै चिन्न सक्नेथिइनँ। पहिले मेरी आमा अग्लो जिउडालकी र सिधा अनि शिष्ट र भद्र हुनुहुन्थ्यो, तर अहिले उहाँको तौल धेरै घटेको रहेछ र उहाँ कुप्रिएजस्तो देखिनुहुन्थ्यो। उहाँ पहिले जस्तो हुनुहुन्नथ्यो। म दौडिएर उहाँको नजिक गएँ र बोलाएँ, “आमा!” मेरी आमा मतिर फर्कनुभयो र उहाँको अनुहार यति दुब्लो र नचिनिने भएको थियो कि मैले उहाँलाई चिन्नै सकिनँ। उहाँको अनुहार पहेँलो थियो र उहाँ दुब्लो र थाकेको देखिनुहुन्थ्यो। उहाँका आँखाहरूमा गहिरो आघात परेको व्यक्तिको जस्तै शून्यता थियो। उहाँलाई त्यो अवस्थामा देख्दा म झन्डै भक्कानिएँ। उहाँले जेलमा के-के भोग्नुभयो होला भनेर म कल्पनासमेत गर्न सक्दिनथेँ—त्यो सम्झँदा पनि मलाई असह्य हुन्थ्यो। मेरा आँखा रसाउन थाले। मेरो छेउमा बस्नुभएको आमाले मेरो हात बेस्सरी समात्नुभयो र मेरा यी विगतका वर्षहरू कसरी बिते भनेर सोध्नुभयो। उहाँले आफू जेलमा हुँदा मेरो बारेमा सबैभन्दा बढी चिन्ता लागेको र प्रायः मेरा लागि प्रार्थना गर्ने गरेको बताउनुभयो। उहाँलाई म यो आघात सहन नसकेर परमेश्वरबाट टाढा हुन्छु कि भन्ने डर थियो। जब उहाँले म अझै पनि परमेश्वरमा विश्वास गर्छु र आफ्नो कर्तव्य निर्वाह गर्दैछु भन्ने सुन्नुभयो, उहाँ धेरै खुसी हुनुभयो। हामी लुगा फेर्ने कक्षमा हुँदा उहाँको हाडछाला मात्र देखेर मेरो हृदय भतभती पोल्यो। उहाँ पछाडि फर्कँदा, मैले उहाँको देब्रे हँसुलीको हड्डीमा एउटा दाग देखेँ। त्यो दाग कालो थियो र हड्डी भाँचिएजस्तै बिचमा खाडल परेको थियो। उहाँलाई त्यो अवस्थामा देख्दा मलाई असह्य भयो। मैले आँसु थाम्दै उहाँलाई सोधेँ: “तपाईँको यो दाग कसरी बस्यो? के प्रहरीले तपाईँलाई कुटे? के यो अझै दुख्छ?” म चिन्तित हुँला भनेर आमा डराउनुभयो, त्यसैले उहाँले यो ठीक छ र निको भइसक्यो भन्नुभयो। धेरै वर्षपछि मात्र मैले थाहा पाएँ, पछिल्लो पटक पक्राउ परेपछि मेरी आमालाई क्रूर यातना दिइएको रहेछ, र एक जना पेसेवर तालिमप्राप्त प्रहरीले उहाँको काँधमा ३० पटक मुक्का हानेको रहेछ, जसले गर्दा उहाँको शरीरका धेरै हड्डीहरू भाँचिएका र चर्किएका थिए, उहाँको काँध फुस्किएको थियो र ढाडका धेरै हड्डीहरू सरेका थिए। उहाँ झन्डै मारिनुभएको थियो। परमेश्वरको सुरक्षाले गर्दा, मेरी आमा चमत्कारिक रूपमा पूर्ण निको हुनुभयो र उहाँका भाँचिएका सबै हड्डीहरू पूर्ण रूपमा जोडिए। जेलका डाक्टरहरूसमेत उहाँ कति छिटो निको हुनुभयो भनेर छक्क परेका थिए। म परमेश्वरप्रति धेरै कृतज्ञ थिएँ!
मेरी आमा भर्खरै छुट्नुभएकोले, प्रहरीले सायद अझै पनि उहाँको निगरानी गरिरहेको थियो। मेरो सुरक्षाका लागि, हामी केही समयका लागि छुट्टिनुपर्ने भयो। त्यो समय मेरा लागि धेरै गाह्रो थियो। म साँच्चै उहाँको साथमा बस्न र उहाँको राम्रो हेरचाह गर्न चाहन्थेँ। तर ठूलो रातो अजिङ्गरको सतावटको कारण, मैले छोरीको रूपमा आफ्नो जिम्मेवारीसमेत पूरा गर्न सकिनँ। मैले हृदयमा गहिरो पीडा महसुस गरेँ। घर फर्किँदा बाटामा, आमाको कमजोर शरीर र उहाँको हँसुलीको हड्डीमा भएको दाग दुईवटा तस्बिरजस्तै मेरो दिमागमा बारम्बार झल्किरहेका थिए। हरेक पटक तस्बिर झल्किँदा, यसले पीडाको नयाँ लहर ल्याउँथ्यो। ती प्रहरीहरूले उहाँलाई कसरी यातना दिए होलान् र कस्तो क्रूर व्यवहार गरे होलान् भनेर म कल्पनासमेत गर्न सक्दिनथेँ। मलाई अत्यन्तै रिस उठ्यो। ठूलो रातो अजिङ्गर कति क्रूर र दुष्ट छ! परमेश्वरका वचनको एउटा खण्ड मेरो दिमागमा आयो: “त्यसैले देहधारी परमेश्वर पूर्ण रूपमा लुकेर रहनु त्यति अचम्मको कुरा होइन: पिशाचहरू निर्दयी र अमानवीय हुने यो जस्तो अन्धकारको समाजमा अलिकति पनि सङ्कोच नमानी मानिसहरूलाई मार्ने शैतानका राजाले एउटा यस्तो परमेश्वरको अस्तित्व कसरी सहन गर्न सक्थ्यो, जो प्रेमिलो, दयालु, साथै पवित्र पनि हुनुहुन्छ? त्यसले परमेश्वरको आगमनको प्रशंसा र जयजयकार कसरी गर्न सक्थ्यो? यी चाकरहरू! तिनीहरू दयाको बदलामा घृणा गर्छन्, तिनीहरूले धेरै पहिले नै परमेश्वरलाई शत्रुका रूपमा व्यवहार गर्न थालेका हुन्, तिनीहरू परमेश्वरसित दुर्व्यवहार गर्छन्, तिनीहरू चरम रूपमा बर्बर छन्, तिनीहरूमा परमेश्वरप्रति अलिकति पनि आदर छैन, तिनीहरू आक्रमण र लुटपाट गर्छन्, तिनीहरूले सबै विवेक गुमाएका छन्, तिनीहरू सबै विवेकको विरुद्धमा जान्छन्, र तिनीहरू निर्दोष मानवजातिलाई जाँचमा पारेर अचेत बनाउँछन्। के प्राचीनका पुर्खाहरू? के प्रिय अगुवाहरू? तिनीहरू सबै परमेश्वरको विरोध गर्छन्! तिनीहरूको हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। के धार्मिक स्वतन्त्रता? के नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै दुष्टतालाई ढाकछोप गर्ने युक्तिहरू हुन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (८))। मैले ठूलो रातो अजिङ्गरको परमेश्वरको प्रतिरोध गर्ने र मानिसहरूलाई हानि पुर्याउने पिशाची सारलाई स्पष्ट रूपमा देखेँ। ती प्रहरीहरूले मेरी आमा, एक निहत्था अधबैँसे महिलालाई, केवल परमेश्वरमा विश्वास गरेको कारणले, उहाँ बाँच्नुहुन्छ कि मर्नुहुन्छ भन्ने वास्तै नगरी निर्दयतापूर्वक यातना दिए। यसले मलाई धेरै रिस उठायो। मानवजातिलाई परमेश्वरले बनाउनुभएको हो, त्यसैले पक्कै पनि हामीले परमेश्वरमा विश्वास र उहाँको आराधना गर्नुपर्छ, तर ठूलो रातो अजिङ्गरले हामीलाई यातना दिन र क्रूर व्यवहार गर्न कुनै कसर बाँकी राख्दैन, र हामीलाई परमेश्वरलाई इन्कार गर्न र विश्वासघात गर्न बाध्य पार्छ। तिनीहरू कति घृणित, दुष्ट र निर्दयी छन्! म सरकारी अधिकारी र प्रहरीहरू सबै असल मानिसहरू हुन् भन्ने सोच्थेँ। ठूलो रातो अजिङ्गरद्वारा सताइएपछि मात्र मैले के बुझेँ भने नागरिकहरूलाई कानुनी अधिकार र धार्मिक स्वतन्त्रता छ भन्ने चिनियाँ कम्युनिस्ट पार्टीका दाबीहरू धोकापूर्ण मखुण्डोबाहेक केही होइनन्। तिनीहरू उन्मत्त भई विश्वासीहरूलाई पक्राउ गर्छन्, सताउँछन्, यातना दिन्छन् र कुटपिट गर्छन्, र तिनीहरूलाई सिध्याउन आतुर छन्। तिनीहरू परमेश्वरको प्रतिरोध गर्ने पिशाचहरूको झुण्डबाहेक केही होइनन्! मैले तिनीहरू सबैलाई मेरो हृदयको गहिराइबाटै घृणा गरेँ र म आफ्नो हृदय परमेश्वरलाई सुम्पन, अर्पणका साथ उहाँलाई पछ्याउन र आफ्नो कर्तव्य पूरा गर्न चाहन्थेँ।
सन् २०१३ मा, मेरी आमा फेरि पक्राउ पर्नुभयो। सुरुमा म अलि चिन्तित भएँ। मैले सोचेँ, “के मेरी आमालाई फेरि यातना दिइनेछ? के उहाँलाई फेरि जेल सजाय दिइनेछ? के जेलमा उहाँको शरीरले अझै केही वर्ष थाम्न सक्ला?” मैले यस्तो सोचिरहँदा, मलाई तुरुन्तै के महसुस भयो भने मेरी आमा परमेश्वरकै अनुमतिले पक्राउ पर्नुभएको हो। मैले समर्पित भएर परमेश्वरको अभिप्राय खोज्नुपर्छ। मैले परमेश्वरका वचन सम्झेँ: “के तिमीहरूले तिमीहरूका लागि तयार पारिएका आशिष्हरू कहिल्यै स्वीकार गरेका छौ? के तिमीहरूले तिमीहरूका निम्ति गरिएका प्रतिज्ञाहरू कहिल्यै पछ्याएका छौ? मेरो ज्योतिको मार्गदर्शनमा, तिमीहरूले अन्धकारका शक्तिहरूको जकडलाई अवश्यै तोड्नेछौ। तिमीहरूले अन्धकारबीच ज्योतिको मार्गदर्शन अवश्यै गुमाउनेछैनौ। तिमीहरू अवश्यै यावत् थोकका मालिक बन्नेछौ। तिमीहरू अवश्यै शैतानको अघि विजेता बन्नेछौ। ठूलो रातो अजिङ्गरको देशको पतन हुँदा, तिमीहरू मेरो विजयको प्रमाणका रूपमा दश हजारौँ मानिसमाझ अवश्यै उभिनेछौ। सिनिमको भूमिमा तिमीहरू अवश्यै दृढ र अटल हुनेछौ। तिमीहरूले सहने कष्टहरूका कारण, तिमीहरू मेरा आशिष्हरूका उत्तराधिकारी हुनेछौ, र सम्पूर्ण ब्रह्माण्डभित्र मेरो महिमाको ज्योतिलाई अवश्यै चम्काउनेछौ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय १९)। परमेश्वरका वचनले मलाई मेरी आमा यसपटक परमेश्वरको अनुमतिले पक्राउ पर्नुभएको हो भन्ने बुझ्न मद्दत गरे। परमेश्वरले हाम्रो आस्थालाई सिद्ध पार्न, र हामीलाई सत्यता प्राप्त गर्न र उहाँका लागि विजयी गवाही दिन सक्षम पार्न ठूलो रातो अजिङ्गरको सतावट प्रयोग गर्नुहुन्छ। मैले कयौँ पटक पक्राउ परेका र अन्ततः शैतानको अन्धकारमय प्रभावले बाँधिन छोडेका विश्वासीहरूबारे मेरा ब्रदर-सिस्टरहरूको सङ्गति पनि सम्झेँ। जतिसुकै पटक पक्राउ परे तापनि, छुटिसकेपछि उनीहरूले अझ पनि परमेश्वरमा नै विश्वास गरे र आफ्ना कर्तव्य निर्वाह गरे, अनि छुटकारा र स्वतन्त्र महसुस गरे। यो परमेश्वरको मुक्ति थियो। परमेश्वरको अभिप्राय बुझेपछि, मैले अझ धेरै शान्त महसुस गरेँ। मैले मेरी आमाका लागि प्रार्थना गरेँ, र परमेश्वरलाई मेरी आमाको रक्षा गर्न बिन्ती गरेँ ताकि उहाँ ठूलो रातो अजिङ्गरको अन्धकारमय प्रभावसँग नडराउनुहोस्, र उहाँका लागि जोडदार गवाही दिन सक्नुहोस्। यसपटक म मेरी आमाबाट कति समय छुट्टिनुपर्नेछ भन्ने मलाई थाहा थिएन, तर मेरो हृदयमा शान्ति थियो। आमाबारेका चिन्ताहरू छोडेर, म आफ्नो कर्तव्य निर्वाहमा तल्लीन भएँ।
पछि, आमाले मलाई प्रहरीले उहाँको कुनै पुरानो रेकर्ड छ कि भनेर फाइल जाँच गर्दा, चमत्कारिक रूपमा केही पनि भेट्टाउन नसकेको बताउनुभयो। आमाले उहाँका विगतका दुई पक्राउमा, उहाँलाई सङ्कष्टबाट पार हुन परमेश्वरले कसरी मार्गदर्शन गर्नुभयो भन्ने कुरा व्यक्तिगत रूपमा अनुभव गरेको र परमेश्वरका चमत्कारिक कार्यहरू देखेको कुरा भन्नुभयो। उहाँले परमेश्वरको सर्वशक्तिमानता र सार्वभौमिकताबारे अझ राम्रो बुझाइ प्राप्त गर्नुभयो र परमेश्वरमाथिको उहाँको विश्वास अझ बलियो भयो। जब प्रहरीले उहाँलाई कसरी सुसमाचार प्रचार गर्नुभयो भनेर सोधे, तब मेरी आमाले साहसपूर्वक तिनीहरूको अगाडि परमेश्वरको कामको गवाही दिनुभयो। मेरी आमाको अनुभवमार्फत, मैले परमेश्वर कति बुद्धिमान् हुनुहुन्छ भन्ने देखेँ। उहाँले हामीलाई थप साहस र बुद्धि दिन र परमेश्वरमाथिको हाम्रो आस्था बढाउन ठूलो रातो अजिङ्गरको सतावट प्रयोग गर्नुभयो। हामीले खुट्याउने क्षमता पनि प्राप्त गर्यौँ, र ठूलो रातो अजिङ्गरको पिशाची सारलाई स्पष्ट देख्यौँ, र हामीले यसलाई हाम्रो हृदयको गहिराइबाटै घृणा र अस्वीकार गर्यौँ। ठूलो रातो अजिङ्गर परमेश्वरको हातको एउटा गोटी मात्र हो। यसले परमेश्वरको कामलाई बाधा पुर्याउन र पथच्युत गर्न हरसम्भव उपाय प्रयोग गर्छ, तर यसका प्रयासहरूले परमेश्वरका चुनिएका मानिसहरूको सिद्धताका लागि सेवा मात्र पुर्याउँछन्। यो एउटा कागजी बाघ हो! परमेश्वरको सर्वशक्तिमानता र बुद्धिको साक्षी भइसकेपछि, मैले परमेश्वरलाई पछ्याउने अझ बढी विश्वास पाएँ। मैले परमेश्वरका वचन सम्झेँ: “जब म औपचारिक रूपमा मेरो काम सुरु गर्छु, सबै मानिस मेरो चालसँगै चल्छन्, यसरी कि ब्रह्माण्डभरिका मानिसहरू आफूलाई मसँगै व्यस्त राख्छन्, सारा ब्रह्माण्ड ‘उल्लास’ को स्थितिमा हुन्छ, र मानिस मद्वारा अघि बढाइन्छ। परिणामस्वरूप, ठूलो रातो अजिङ्गर आफै समेत मद्वारा अस्तव्यस्तता र अलमलको स्थितिमा पुऱ्याइन्छ, र त्यसले मेरो काममा सेवा गर्छ, र अनिच्छुक भए पनि त्यो आफ्नै चाहनाहरूको पछि लाग्न असमर्थ हुन्छ, बरु मैले चाहेअनुसार मलाई योजनाबद्ध गर्न दिनुबाहेक त्योसित अरू कुनै विकल्प हुँदैन। मेरा सबै योजनामा, त्यो ठूलो रातो अजिङ्गर मेरो प्रतिभार हो, मेरो शत्रु तर मेरो नोकर पनि हो; त्यसैले, मैले त्यसबाट मेरा ‘मागहरू’ कहिल्यै खुकुलो पारेको छैन। यसैकारण मेरो देहधारणको कामको अन्तिम चरण त्यसको घरमा पूरा हुन्छ—ठूलो रातो अजिङ्गरलाई उचित रूपमा मेरो सेवा गर्न यो अझ बढी अनुकूल हुन्छ, जसको माध्यमबाट म त्यसलाई विजय गर्नेछु र मेरो योजना पूरा गर्नेछु” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय २९)। ठूलो रातो अजिङ्गरको सतावटले मलाई अन्य बालबालिकाभन्दा बढी कष्ट दिएको हुन सक्छ, तर पीडा र कमजोरीका क्षणहरूको बाबजुद, म अझ बलियो भएकी छु। यी अनुभवहरू मेरा लागि धेरै बहुमूल्य भएका छन्। तिनले परमेश्वर मात्र सधैँ मेरो साथमा हुनुहुन्छ र मलाई साँचो सहारा दिनुहुन्छ भन्ने गहिरो विश्वास दिलाएका छन्। जबसम्म हामी परमेश्वरमाथिको आस्था गुमाउँदैनौँ, तबसम्म उहाँले हामीलाई कठिनाइ र सङ्कष्टबाट पार हुन मार्गदर्शन गर्नुहुनेछ, र हामी उहाँका कार्यहरूको साक्षी हुन सक्छौँ। म परमेश्वरमा भर पर्न, आस्थाका साथ उहाँलाई दृढतापूर्वक पछ्याउन, आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न र उहाँको प्रेमको प्रतिदान गर्न तत्पर छु!