५८. सुपरिवेक्षण छल्नुका पछाडि वास्तवमा के लुकेको हुन्छ?
जुन २०२१ मा, म प्रचारक चुनिएँ। सुरुमा, मलाई आफ्नो कामसँग परिचित थिइनँ, त्यसैले मैले विनम्र भएर मेरा सहकर्मीहरूबाट सिकेँ। केही समयपछि, मेरो जिम्मेवारीमा रहेका मण्डलीहरूका केही कामले नतिजाहरू दिए। तर, कतिपय काममा भने खासै प्रगति भएको थिएन। एउटा भेलामा, माथिल्लो तहका अगुवाले मलाई सोध्नुभयो, “यो समयावधिमा तपाईँले के काम गर्नुभएको छ? मण्डलीमा कामका विभिन्न पक्षहरू कसरी अघि बढ्दै छन्?” मैले मनमनै सोचेँ, “मैले काम सम्हालेदेखि, मलजल गर्ने व्यक्तिहरूको संवर्धनमा कुनै प्रगति भएको छैन। म अहिले यो कुरा उल्लेख गर्ने छैनँ, नत्र अगुवाले मलाई काम राम्रोसँग गरिरहेकी छैन भन्नुहुन्छ र कम ठान्नुहुन्छ। तर सुसमाचारको काम र मण्डलीको शुद्धीकरणको काममा भने केही नतिजा आएका छन्। मैले यी कुराहरूबारे बताए भने, अगुवामा पक्कै पनि मेरो राम्रो छाप पर्नेछ, र उहाँले म यो कर्तव्यका लागि सक्षम छु भन्ने ठान्नुहुनेछ।” त्यसैले, मैले नतिजाहरू हासिल भएका कामका बारेमा मात्र कुरा गरेँ। अगुवाले त्यसपछि मलाई मलजल गर्ने व्यक्तिहरूको संवर्धन कसरी अघि बढ्दै छ भनेर सोध्नुहोला भन्ने मैले अपेक्षा नै गरेकी थिइनँ। मैले मनमनै सोचेँ, “यदि अगुवाले मैले संवर्धनका लागि उपयुक्त कुनै पनि उम्मेदवार भेट्टाएकी छैन भन्ने थाहा पाउनुभयो भने, के उहाँले ममा कार्य सामर्थ्यको कमी छ भन्नुहोला?” त्यसैले मैले भनेँ, “म अहिले मानिसहरू खोज्दै छु।” यो सुनेपछि, अगुवाले विस्तृत रूपमा सोध्नुभएन। उहाँले मलाई चाँडोभन्दा चाँडो मानिसहरूको संवर्धन गर्न आग्रह मात्र गर्नुभयो। म मेरो हृदयमा भित्रभित्रै खुसी थिएँ, र आखिरमा म उम्कन सफल भएँ भनेर सोचेँ। अकस्मात्, अगुवाले मलाई फेरि सोध्नुभयो, “के भेला हुने घरहरूमा कुनै सुरक्षा जोखिमहरू छन्?” यो सुन्नेबित्तिकै म आत्तिएँ। केही घरमा वास्तवमै सुरक्षा जोखिमहरू थिए, तर हामीले उपयुक्त घरहरू फेला पार्न नसकेकाले, तिनैले काम चलाइरहेका थियौँ। यदि मैले साँचो कुरा बताएँ भने, अगुवाले मेरो बारेमा के सोच्नुहोला? के उहाँले मलाई जानाजान सिद्धान्तहरू उल्लङ्घन गरेकी र सुरक्षालाई विचार नगरेकी भन्नुहोला? के उहाँले मेरो काटछाँट गर्नुहोला? त्यो बेला, मलाई भित्रभित्रै केही प्रतिरोधको महसुस भयो, “उहाँले किन यति विस्तृत प्रश्नहरू सोध्दै हुनुहुन्छ?” त्यसैले मैले झूट बोलेँ र भनेँ, “एउटा त्यस्तो अवस्था छ, तर हामीले त्यो एक पटक मात्र प्रयोग गरेका छौँ। म फर्केपछि त्यसलाई सच्याउनेछु।” अगुवाले मेरो मनको कुरा बुझेजस्तै देखिन्थ्यो। उहाँले मेरो काटछाँट गर्दै भन्नुभयो, “भेला हुने घर असुरक्षित छ भन्ने तपाईँलाई राम्ररी थाहा छ, तैपनि तपाईँ अझै त्यसलाई प्रयोग गरिरहनुभएको छ। यदि केही भइहाल्यो भने, त्यसको परिणाम सोच्नै नसकिने हुन्छ! के तपाईँले त्यो बेहोर्न सक्नु हुनेछ? साथै, संवर्धनका लागि उपयुक्त मलजल गर्ने व्यक्तिहरू अझै भेटिएका छैनन्। के यो काममा ढिलाइ गर्नु होइन र?” अगुवाले यसो भनेको सुनेर, म झन् आत्तिएँ, “अगुवाले मलाई पहिलो पटक भेट्दा नै ममा यति धेरै समस्या पत्ता लगाउनुभयो। अब म कसरी मुख देखाउन सक्छु? के अगुवाले म यो कर्तव्यका लागि योग्य छैन भन्नुहोला?” सोही समयमा, मैले मनमनै आफ्नो बचाउ पनि गरेँ, “मैले कामको जिम्मा लिएको धेरै समय भएको छैन, त्यसैले केही काम राम्रोसँग नहुनु स्वाभाविक हो। के मेरा अन्य कामले नतिजाहरू दिएका छैन र? तपाईँले मलाई अलिकति समय दिनुपर्छ ताकि म बिस्तारै गर्न सकूँ।” मैले आफूले भर्खरै तालिम लिन सुरु गरेकी छु र अझै पनि केही सिद्धान्त बुझेकी छैन भनेर स्पष्टीकरण दिएँ। अगुवाले सुन्नुभयो र त्यसपछि केही सिद्धान्तबारे मसँग सङ्गति गर्नुभयो। त्यो कुरा त्यहीँ सकियो।
केही दिनपछि, ती माथिल्लो तहका अगुवा केही मामिला सम्हाल्न हाम्रो मण्डलीमा आउनुभयो। कुराकानीकै क्रममा, उहाँले मेरो जिम्मेवारीमा रहेका क्षेत्रका कति जना अगुवा र कामदारहरूलाई पदोन्नति र संवर्धन गर्न सकिन्छ, र कोही निष्कासित गरिनुपर्ने वा नयाँ काममा खटाइनुपर्ने छन् कि भनेर सोध्नुभयो। मैले मनमनै सोचेँ, “अघिल्लो पटक अगुवाले कामको जानकारी लिँदा, मेरा धेरै समस्या र विचलन खुलासा भएका थिए। उहाँले फेरि किन सोधिरहनुभएको छ? म केही अगुवा र कामदारसँग नियमित सम्पर्कमा छैन, र तिनीहरूलाई पदोन्नति र संवर्धन गर्न सकिन्छ कि सकिँदैन भन्नेमा म त्यति पक्का छैन। आफ्ना कर्तव्यमा राम्रा नतिजाहरू नल्याउने अगुवा र कामदारहरूको हकमा, तिनीहरूलाई नयाँ काममा खटाइनुपर्छ कि पर्दैन भनेर म अहिले नै राम्ररी जोख्न सक्दिनँ। म के भनौँ? मलाई थाहा छैन भनूँ त, अगुवाले मैले वास्तविक काम गरिरहेकी छैन भन्ने ठान्नुहुनेछ। थाहा छ भनूँ त, मैले विवरणहरू स्पष्ट रूपमा बताउन सक्नेछैन।” त्यसैले, मैले झारा टार्ने तरिकाले जवाफ दिएँ, “मैले यो कुरा खुट्याउन सक्दिनँ, म यसलाई राम्ररी जोख्न सक्नेछैन।” अगुवाले यी प्रश्नहरूको जवाफ आफूले पाउन नसक्ने देख्नुभयो, र उहाँले अरू केही सोध्नुभएन। त्यसपछि, मलाई आफ्नो मनोवृत्ति गलत रहेको महसुस भयो, र अलि आत्मग्लानि भयो। अगुवाले मण्डलीको कामको विवरण मात्र बुझ्न चाहनुभएको थियो, र मलाई केही पनि थाहा नभएको त होइन। मैले किन इमानदारीसाथ कुरा गर्न सकिनँ?
भोलिपल्ट, अगुवाले मलाई सङ्गतिका लागि भेट्नुभयो र सोध्नुभयो, “कामको अवस्थाबारे रिपोर्ट गर्दा तपाईँले किन साँचो कुरा भन्नुभएन, र तपाईँले जिम्मेवारी लिएको काममा मानिसहरूले सुपरिवेक्षण र जाँच गरून् भन्ने किन चाहनुहुन्न? यो कस्तो स्वभाव हो?” यो सुन्दा, मेरो मुटु ढुकढुक गर्न थाल्यो। “अब अगुवाले मेरो बारेमा के सोच्नुहोला? मैले वास्तविक काम गरिरहेकी छैन, र उहाँलाई कामको सुपरिवेक्षण गर्न पनि दिएकी छैन। यो पक्कै पनि गम्भीर विषय हो!” त्यसैले, मैले सतर्क हुँदै जवाफ दिएँ, “म निकै छली भएकी रहेछु भन्ने म भर्खर बुझ्दैछु।” अगुवाले गम्भीर हुँदै भन्नुभयो, “तपाईँमा साँच्चै नै छली स्वभाव छ। तर तपाईँले सुपरिवेक्षणको कामप्रति प्रतिरोध महसुस गरिरहनुभएको छ र मानिसहरूलाई कामको प्रगति बुझ्न दिइरहनुभएको छैन। यसले मण्डलीको कामको कार्यान्वयनमा बाधा पुर्याइरहेको छ। यसले ख्रीष्टविरोधीको स्वभाव प्रकट गरिरहेको छ। तपाईँले राम्ररी आत्मचिन्तन गर्नुपर्छ!” अगुवाको कुरा सुन्दा, मेरो हृदयमा केही डर पस्यो। समस्याको प्रकृति यति गम्भीर होला भन्ने मैले अपेक्षा नै गरेकी थिइनँ। मैले हृदयमा परमेश्वरलाई प्रार्थना गरेँ र मेरा आफ्नै समस्याहरू बुझ्न मलाई अगुवाइ गर्नुहोस् भनी परमेश्वरसँग बिन्ती गरेँ। पछि, अगुवाले मेरा लागि परमेश्वरका वचनको एउटा खण्ड खोजिदिनुभयो, जसले मलाई मेरो आफ्नै भ्रष्ट स्वभावबारे केही बुझ्न सहायता गर्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधी जुनसुकै काममा संलग्न भए पनि, ऊ माथिले यसबारे थप कुरा थाहा पाउनेछ र सोधपुछ गर्नेछ भनेर डराउँछ। यदि माथिले कामको स्थिति वा कर्मचारी नियुक्तिबारे सोधपुछ गर्यो भने, तिनीहरूले केही सानातिना कुराहरूको झाराटारुवा विवरण दिनेछन्, अर्थात् माथिले थाहा पाउँदा केही नहुने र थाहा पाउँदा पनि कुनै दुष्परिणाम आउँदैन भन्ने तिनीहरूलाई लागेका कुराहरूको विवरण दिनेछन्। यदि माथिले अरू बाँकी कुराबारे सोधपुछ गर्यो भने, उसले तिनीहरू उसको कर्तव्य र उसको ‘आन्तरिक मामला’ मा हस्तक्षेप गर्दै छन् भन्ने ठान्छ। उसले तिनीहरूलाई थप कुरा भन्नेछैन, बरु गुँगोको नाटक गर्दै धोका दिनेछ र कुराहरू ढाकछोप गर्नेछ। … त्यसकारण काम गर्ने क्रममा उसको उद्देश्य के हुन्छ? आफ्नो हैसियत र रोजीरोटी जोगाउने उद्देश्य हुन्छ। उसले जेजस्ता खराब कुराहरू गरे पनि, आफूले गर्ने कामको अभिप्राय र मनसाय मानिसहरूलाई बताउँदैन। उसलाई त ती कुराहरू कडाइका साथ गोप्य राख्नुपर्छ; उसका लागि ती कुराहरू गुप्त जानकारी हुन्। यस्ता मानिसहरूका लागि सबैभन्दा संवेदनशील विषय के हो? के हो भने, जब तैँले तिनीहरूलाई यस्तो प्रश्न गर्छस्, ‘तपाईं आजभोलि के गर्दै हुनुहुन्छ? के तपाईंले आफ्नो कर्तव्य निर्वाह गर्दा कुनै परिणामहरू प्राप्त गर्नुभएको छ? के तपाईंको कामको क्षेत्रमा कुनै बाधा वा अवरोधहरू आएका छन्? तपाईंले तिनलाई कसरी सम्हाल्नुभयो? के तपाईं आफ्नो काममा जहाँ हुनुपर्ने हो त्यहाँ हुनुहुन्छ? के तपाईंले आफ्नो कर्तव्य बफादारीसाथ पूरा गरिरहनुभएको छ? के तपाईंको कामका निर्णयहरूले परमेश्वरको घरका हितहरूमा घाटा ल्याएका छन्? के मानकअनुरूप नभएका अगुवाहरूलाई बर्खास्त गरिएको छ? के तुलनात्मक रूपमा सत्यता पछ्याउने राम्रा क्षमताका मानिसहरूलाई बढुवा र संवर्धन गरिएको छ? के तपाईंले तपाईंप्रति अटेरी मानिसहरूलाई दबाउनुभएको छ? तपाईंलाई आफ्नो भ्रष्ट स्वभावबारे के थाहा छ? तपाईं कस्तो व्यक्ति हुनुहुन्छ?’ यी विषयहरू तिनीहरूका लागि सबैभन्दा संवेदनशील विषय हुन्। यी प्रश्नहरू सोधिनु नै तिनीहरूका लागि सबैभन्दा डरलाग्दो कुरा हो, त्यसकारण, तैँले प्रश्न सोधुन्जेल पर्खनुको सट्टा, तिनीहरू हतारहतार आफूलाई ढाकछोप गर्ने अर्को विषय खोज्छन्। तिनीहरू तँलाई सबै माध्यमद्वारा बहकाउँदै अहिले वास्तवमा परिस्थिति कस्तो छ भनेर जान्नबाट रोक्न चाहन्छन्। तिनीहरूले तँलाई सधैँ अन्धकारमा राखिरहेका हुन्छन्, र तँलाई तिनीहरू आफ्नो काममा कति अघि बढेका छन् भन्ने कुरा जान्नबाट सधैँ रोक्ने गर्छन्। तिनीहरूमा अलिकति पनि पारदर्शिता हुँदैन। के त्यस्ता मानिसहरूमा परमेश्वरप्रति साँचो विश्वास हुन्छ? के तिनीहरूमा परमेश्वरको डर हुन्छ? हुँदैन। तिनीहरू कहिल्यै सक्रिय रूपमा कामको रिपोर्ट गर्दैनन्, न त आफ्नो कामका दुर्घटनाहरूबारे नै सक्रिय रूपमा रिपोर्ट गर्छन्; तिनीहरू आफ्नो काममा आइपरेका चुनौती र अन्योलबारे कहिल्यै सोध्ने, खोज्ने, वा खुलस्त कुरा गर्ने गर्दैनन्, बरु ती कुराहरू ढाकछोप गर्ने, अरूको आँखामा छारो हाल्ने र छल गर्ने हदसम्म जान्छन्। तिनीहरूको काममा कुनै पारदर्शिता हुँदैन, र माथिबाट तिनीहरूलाई तथ्यगत रिपोर्ट र विवरण दिन दबाब दिइएपछि मात्रै तिनीहरूले मन नलागी-नलागी अलिअलि बताउनेछन्। तिनीहरू आफ्नो प्रतिष्ठा र हैसियतसँग सम्बन्धित कुनै पनि समस्याहरूबारे कुरा गर्नुभन्दा बरु मर्न चाहन्छन्—तिनीहरू यसबारे एक शब्द नबोली मर्नेछन्। बरु, तिनीहरू नबुझेको बहाना गर्छन्। के त्यो ख्रीष्टविरोधी स्वभाव होइन र?” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई))। परमेश्वरका वचनबाट, मैले के देखेँ भने ख्रीष्टविरोधीहरू सधैँ माथिले तिनीहरूको कामबारे सोधपुछ गर्ला र तिनीहरूको कामको स्थिति थाहा पाउला भनेर डराउँछन्। तिनीहरू आफूले नगरेका कामहरू, वा आफ्ना कमीकमजोरी र त्रुटिहरू खुलासा हुने कुराले असाध्यै डराउँछन्। आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन, तिनीहरूले ढाकछोप र चालबाजी गर्न आफ्नो सम्पूर्ण प्रयास लगाउँछन् ताकि मानिसहरूले साँचो कुरा थाहा नपाऊन्। मैले आफैलाई सम्झिएँ। म पनि त्यस्तै थिएँ। अगुवाले मेरो कामबारे थाहा पाउन खोज्दा, ममा कार्य सामर्थ्य छ भनेर प्रमाणित गर्न, मैले नतिजाहरू आएका कामका बारेमा अगुवालाई रिपोर्ट गर्न अग्रसरता देखाएँ। तर, नतिजाहरू नआएका कामका बारेमा भने मैले मुख खोलिनँ। अगुवाले मलाई मलजल गर्ने व्यक्तिहरूको संवर्धनको प्रगतिबारे सोध्दा, म कठिनाइहरूमाझ जिइरहेकी छु र वास्तविक काम गरिरहेकी छैन भन्ने मलाई राम्ररी थाहा हुँदाहुँदै पनि, साँचो कुरा बताएँ भने अगुवाले मेरो काटछाँट गर्नुहुनेछ भन्ने डरले म छली बनेँ, र यो काम अघि बढिरहेको छ भनेँ, यसले अगुवालाई म वास्तविक काम गरिरहेकी छु भन्ने भ्रममा पार्यो। यसरी, अगुवाको मनमा मेरो छवि जोगाउन सक्छु भन्ने मैले ठानेँ। जब अगुवाले भेला हुने घरहरू सुरक्षित छन् कि छैनन् भनेर सोध्नुभयो, तब मलाई के चिन्ता लाग्यो भने यदि अगुवाले वास्तविक अवस्था थाहा पाउनुभयो भने, उहाँले मलाई सिद्धान्तविहीन भई काम गरेको भन्दै मेरो काटछाँट गर्नुहुनेछ। त्यसैले मैले तथ्यहरू लुकाएँ र गोलमटोल कुरा गरेँ। मैले समस्याका महत्त्वपूर्ण पक्षहरूलाई छल्दै अगुवालाई मैले यो एक पटक मात्रै सिद्धान्तअनुसार काम गर्न चुकेकी हुँ भन्ने सोच्न बाध्य पारेँ। मैले अगुवालाई मूर्ख बनाएँ र यसबाट उम्कने कोसिस गरेँ। जब अगुवाले मेरो काटछाँट र खुलासा गर्नुभयो, मैले अब म यसलाई ढाकछोप गर्न सक्दिनँ भन्ने देखेँ। म इज्जत जाला भनेर डराएँ र त्यसैले बहाना बनाउँदै मैले कर्तव्य निर्वाह गर्न थालेको धैरे समय भएको छैन र मैले सिद्धान्तहरू बुझेकी छैन भनेँ। साथै, जब माथिल्लो तहका अगुवाले मलाई मेरो जिम्मेवारीमा रहेका क्षेत्रका अगुवा र कामदारहरूबारे सोध्नुभयो, तब आफूलाई केही मानिसलाई बुझेकी छैन भन्ने थाहा हुँदाहुँदै पनि म झाराटारुवा बनेँ, र मैले तिनीहरूलाई ठम्याउन र भित्रसम्म चिन्न सकेकी छैन भनेँ। मैले आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन, कामका विचलन र त्रुटिहरू लुकाउने मौका पाउनेबित्तिकै आफू छल र चालबाजीमा लिप्त भएको देखेँ। म साँच्चै नै अति चिप्ले र छली थिएँ! वास्तवमा, अगुवाहरूले कामको अवस्थाबारे सोध्नु एकदमै उचित हो। काममा विचलन र समस्याहरू आउनु पनि सामान्य हो। जबसम्म म आफूले गर्न नभ्याएका वा राम्ररी गर्न नसकेका कामहरू बुझ्न र तिनलाई सच्याउन सक्छु, तबसम्म त्यो ठीकै हुन्छ। तर, मैले तिनलाई सही रूपमा लिन सकिनँ र मण्डलीको कामलाई फाइदा पुग्ने गरी कसरी काम गर्ने भन्नेबारे सोचिनँ। बरु, आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन, म खुलेआम छल र चालबाजीमा लिप्त भएँ। मैले कामका विचलन र त्रुटिहरू लुकाउन आफ्नो सम्पूर्ण प्रयास लगाएँ। अगुवाले ती कुरा पत्ता लगाउनुहोला भनेर म असाध्यै डराएँ। यसको नतिजास्वरूप, अगुवाले काममा रहेका समस्याहरू बुझ्न सक्नुभएन, र तिनलाई तुरुन्तै सङ्गति गरेर समाधान गर्न सक्नुभएन। मैले जे गरिरहेकी थिएँ त्यसले मण्डलीको काममा बाधा पुर्याइरहेको थियो। मैले परमेश्वरको प्रतिरोध गरिरहेकी थिएँ! ममा परमेश्वरको डर मान्ने हृदय फिटिक्कै थिएन। मैले जे प्रकट गरेँ त्यो ख्रीष्टविरोधीको स्वभाव थियो।
पछि, मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ, र प्रतिष्ठा र हैसियतलाई पछ्याउँदा हुने हानि र परिणामहरूबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यदि तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् भने, तैँले सत्यता अभ्यास गर्नका निम्ति विभिन्न कष्ट सहन सक्नेछस्। त्यसको अर्थ आफ्नो प्रतिष्ठा र हैसियत गुमाउनुपर्यो अनि अरूबाट अपमान र गिल्ला सहनुपर्यो भने पनि, तैँले नराम्रो मान्नेछैनस्, अनि तैँले के सोच्नेछस् भने जबसम्म तँ सत्यता अभ्यास गर्न र परमेश्वरलाई सन्तुष्ट पार्न सक्षम हुन्छस्, तबसम्म त्यो काफी छ। सत्यतालाई प्रेम गर्नेहरूले सत्यता अभ्यास गर्न र इमानदार मानिस हुन रोज्छन्। यो सही मार्ग हो र यो परमेश्वरद्वारा आशिषित हुन्छ। यदि व्यक्तिले सत्यता प्रेम गर्दैन भने, उसले के रोज्छ? तिनीहरूले आफ्नो प्रतिष्ठा, हैसियत, मर्यादा र निष्ठाको खोल कायम राख्न झुटहरू प्रयोग गर्न रोज्छन्। यसका लागि बरु तिनीहरू सत्यता अभ्यास गर्नुभन्दा छली मानिस हुन्छन् अनि परमेश्वरद्वारा घृणा र इन्कार गरिन्छन्। त्यस्ता मानिसहरू सत्यताप्रति वितृष्णा राख्ने र परमेश्वरलाई इन्कार गर्नेहरू हुन्। तिनीहरू आफ्नै प्रतिष्ठा र हैसियत रोज्छन्; तिनीहरू छली मानिस बन्न चाहन्छन्। तिनीहरू परमेश्वर खुसी बन्नुहुन्छ कि हुन्न वा उहाँले तिनीहरूलाई मुक्ति दिनुहुन्छ कि हुन्न भनेर वास्ता गर्दैनन्। के त्यस्ता मानिसहरूले परमेश्वरबाट अझै पनि मुक्ति पाउन सक्छन् त? निश्चय नै सक्दैनन्, किनकि तिनीहरूले गलत मार्ग रोजेका छन्। तिनीहरू ढाँटेर अनि छल गरेर मात्र जिउन सक्छन्; तिनीहरू हरदिन झूट बोल्ने र त्यसलाई ढाकछोप गर्ने, अनि आफ्नो सफाइ दिन दिमाग खियाउने पीडादायी दिनहरू मात्र बिताउन सक्छन्। यदि तँ झूटहरूले तैँले चाहने प्रतिष्ठा, हैसियत, आडम्बर र घमण्ड कायम राख्न सक्छन् भनेर सोच्छस् भने, तँ पूरै गलत छस्। वास्तवमा, झूटहरू बोलेर, तैँले आफ्नो आडम्बर र घमण्ड अनि आफ्नो मर्यादा र निष्ठा कायम राख्न नसक्ने मात्र होइन, त्योभन्दा पनि खराब कुरा त, तैँले सत्यता अभ्यास गर्ने र इमानदार व्यक्ति बन्ने मौका पनि गुमाउँछस्। तैँले त्यो बेला आफ्नो प्रतिष्ठा, हैसियत, आडम्बर, र घमण्ड कायम राख्न सके पनि, तैँले सत्यता त्यागेको र परमेश्वरलाई धोका दिएको हुन्छस्। यसको मतलब, तैँले उहाँबाट मुक्ति पाउने र सिद्ध पारिने तेरो मौका पूर्णतया गुमाएको हुन्छस्, जुन सबैभन्दा ठूलो क्षति र अनन्त पछुतो हो। छलीहरूले यो कहिल्यै छर्लङ्ग देख्नेछैनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ)। परमेश्वरका वचनबाट मैले के बुझेँ भने परमेश्वरले इमानदार मानिसहरूलाई प्रेम गर्नुहुन्छ, तर छली मानिसहरूलाई घृणा र तिरस्कार गर्नुहुन्छ। यदि कसैले आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन निरन्तर झूट र चालबाजी प्रयोग गर्छ भने, त्यो व्यक्ति छली हो र उसले मुक्ति पाउन सक्दैन। मैले सोचेँ, मण्डलीको स्थिति बुझ्न सकियोस् भनेर अगुवाले कामबारे सोधपुछ र फलोअप गर्नुभएको थियो। अलिकति पनि समझ भएको जोकोहीले पनि सत्यनिष्ठ भएर जवाफ दिनुपर्थ्यो। तर, अगुवाले मेरो काममा भएका विचलन र समस्याहरू थाहा पाउनुहोला र यसले अगुवाको मनमा मबारे रहेको राम्रो छापमा असर पार्ला भनेर म असाध्यै डराएँ। मैले राम्रो खबर मात्र रिपोर्ट गरेँ, कुनै समस्या उल्लेख गरिनँ, र कुराहरू लुकाउन गोलमटोल जवाफ दिएँ। उदाहरणका लागि, मानिसहरूको संवर्धन गर्ने विषय। मलाई राम्ररी थाहा थियो, म कठिनाइहरूबीच जिइरहेकी छु र मैले त्यो कार्यान्वयन गरेकी छैन, तर मैले झूट बोलेँ र काम अघि बढाइरहेकी छु भनेँ। भेला हुने घरको विषय पनि थियो। मैले एक पटकभन्दा बढी सिद्धान्तविपरित त्यसको प्रयोग गरेकी थिएँ, र ती जानिबुझी गरिएका उल्लङ्घनहरू थिए। तर, मैले अगुवासँग कुतर्क गरेँ, र मलाई सिद्धान्तहरू थाहा थिएन भनेँ। मैले साँचो कुरा नबताएको कारण, अगुवाले वास्तविक अवस्था बुझ्न सक्नुभएन, र काममा भएका विविध समस्या र विचलनहरूलाई तुरुन्तै समाधान गर्ने उहाँसँग कुनै उपाय भएन। समस्याहरू आउनेबित्तिकै, तिनले काममा बाधा पुर्याउँथे। यसो गरेर, म परमेश्वरको प्रतिरोध गरिरहेकी थिएँ। म परमेश्वरमा मप्रति घृणा जगाउँदै थिएँ। तथ्यहरू लुकाएर आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन मैले झूटको सहारा लिएँ। मानिसहरूलाई मूर्ख बनाएर आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन सक्छु भन्ने मैले ठानेँ। तर, तथ्यहरूले के प्रमाणित गरे भने हरेक पटक मैले झूट बोल्दा र चालबाजी गर्दा, अगुवाले मलाई छर्लङ्गै देख्नुहुन्थ्यो। मैले आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन असफल मात्र भइनँ, उल्टै आफैलाई अझ बढी मूर्ख बनाएँ। म झूट र चालबाजीमा संलग्न भएकीले, मेरो विवेकले मलाई धिक्कार्यो। मैले खुलासा भएका र हटाइएका झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरूबारे सोचेँ। आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन र मानिसहरूको हृदयमा आफ्नो छवि स्थापित गर्न, तिनीहरू कर्तव्य निर्वाह गर्दा परमेश्वरको छानबिन स्वीकार गर्दैनन्, र आफ्ना ब्रदर-सिस्टरहरूको सुपरिवेक्षण स्वीकार गर्दैनन्। तिनीहरूले आफ्नो काम पूर्ण रूपमा लथालिङ्ग पारे पनि, अरू कसैले थाहा नपाओस् भनेर अझै त्यसलाई ढाकछोप गर्छन्। फलस्वरुप, तिनीहरूले मण्डलीको काममा गम्भीर हानि पुर्याउँछन्, र अन्तमा, तिनीहरू बर्खास्त हुन्छन् र हटाइन्छन्। के मेरो व्यवहार तिनीहरूको जस्तै थिएन र? आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन, म बारम्बार आफ्नो काममा भएका विचलन र त्रुटिहरू लुकाउन छली बनेँ। मैले मानिसहरूलाई ठगेँ र परमेश्वरसँग छल गर्ने कोसिस गरेँ। यदि मैले पश्चात्ताप गरिनँ भने, म पक्कै पनि परमेश्वरद्वारा तिरस्कृत हुनेथिएँ, र मैले मुक्तिको मौका गुमाउनेथिएँ।
मेरो उपासनाको समयमा, मैले परमेश्वरका यी वचनहरू पढेँ: “परमेश्वरको घरले कर्तव्य पूरा गर्ने मानिसहरूलाई सुपरिवेक्षण गर्ने, अवलोकन गर्ने, र बुझ्ने प्रयास गर्ने गर्छ। के तिमीहरू परमेश्वरको घरको यो सिद्धान्त स्विकार्न सक्षम छौ? (छौँ।) यदि परमेश्वरको घरले तँलाई सुपरिवेक्षण, अवलोकन, र बुझ्ने प्रयास गर्नुलाई तैँले स्विकार्न सक्छस् भने, त्यो गजबको कुरा हो। यसले तँलाई आफ्नो कर्तव्य पूरा गर्नमा, मानक पूरा गर्ने गरी कर्तव्य पूरा गर्न र परमेश्वरका अभिप्रायहरू पुरा गर्न सक्षम हुनमा मदत गर्छ। यसबाट तँलाई फाइदा र सहयोग पुग्छ, यसमा कुनै पनि घाटा छैन। तैँले एक पटक यो सिद्धान्त बुझिसकेपछि, अगुवा, कामदार, र परमेश्वरका चुनिएका मानिसहरूको सुपरिवेक्षणप्रति तँमा प्रतिरोध वा सावधानीको भावना हटिसकेको हुनुपर्ने होइन र? कहिलेकाहीँ कसैले तँलाई बुझ्ने प्रयास गर्दा, अवलोकन गर्दा, र तेरो कामलाई सुपरिवेक्षण गर्दा पनि, यो तैँले मनमा लिनुपर्ने कुरा होइन। म किन यसो भन्दै छु? किनभने अहिलेका तेरा कामहरू, तैँले निभाउने कर्तव्य, र तैँले गर्ने कुनै पनि काम कुनै एक व्यक्तिको निजी मामला वा व्यक्तिगत जागिर होइन; ती परमेश्वरको घरको कामसँग सम्बन्धित हुन्छन् र परमेश्वरको कामको एउटा पाटोसँग जोडिएका हुन्छन्। त्यसकारण, जब कसैले तँसँग खुला हृदयले कुरा गर्ने र यस दौरान तेरो अवस्था कस्तो छ भनेर पत्ता लगाउने कोसिस गर्दै तँलाई थोरै सुपरिवेक्षण गर्छ वा नियालेर हेर्छ, वा तँलाई गहिराइमा बुझ्ने प्रयास गर्छ, अनि कहिलेकाहीँ तिनीहरूको मनोवृत्ति केही कठोर भएको बेला तिनीहरूले तँलाई अलि काटछाँट गर्छन्, अनुशासनमा राख्छन्, र हप्काउँछन्, तब यो सबै परमेश्वरको घरको कामप्रतिको तिनीहरूको कर्तव्यनिष्ठ र जिम्मेवार मनोवृत्तिकै कारणले गर्दा हो। तैँले कुनै नकारात्मक विचारहरू बोक्नु हुँदैन, र नकारात्मक भावनाले प्रतिक्रिया दिनु हुँदैन। यदि अरूले तँलाई सुपरिवेक्षण, अवलोकन र बुझ्ने प्रयास गर्दा तैँले त्यसलाई स्विकार्न सक्छस् भने त्यसको अर्थ के हुन्छ? त्यसको अर्थ, तैँले आफ्नो हृदयमा परमेश्वरको छानबिनलाई स्विकार्छस् भन्ने हुन्छ। यदि मानिसहरूले तँलाई सुपरिवेक्षण, अवलोकन र बुझ्ने प्रयास गर्दा तैँले त्यो स्विकार्दैनस्, र तैँले यी सबैको विरोध समेत गर्छस् भने, के तँ परमेश्वरको छानबिन स्वीकार गर्न सक्षम हुन्छस्? परमेश्वरको छानबिन मानिसहरूले तँलाई बुझ्ने प्रयास गरेको भन्दा विस्तृत, गहन र सही हुन्छ; परमेश्वरका मागहरू ज्यादा निश्चित, कठोर, र गहन हुन्छन्। यदि तैँले परमेश्वरका चुनिएका मानिसहरूद्वारा गरिने सुपरिवेक्षण समेत स्विकार्न सक्दैनस् भने, तैँले परमेश्वरको छानबिन स्विकार्छु भनेर गरेको दाबी खोक्रा शब्दहरू मात्र हुँदैनन् र? परमेश्वरको छानबिन र जाँचलाई स्वीकार गर्न सक्षम हुनका निम्ति, सर्वप्रथम तैँले परमेश्वरको घर, अगुवा र कामदारहरू वा दाजुभाइ-दिदीबहिनीहरूद्वारा गरिएको सुपरिवेक्षणलाई स्विकार्नैपर्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (७))। परमेश्वरका वचनबाट मैले के बुझेँ भने हरेकमा भ्रष्ट स्वभाव हुन्छ, र आफ्ना कर्तव्य निर्वाह गर्दा प्रायः नचाहेरै पनि झाराटारुवा बन्छन्। तिनीहरू प्रायः आफ्नै विचारका आधारमा सिद्धान्तहरू उल्लङ्घन हुने काम गर्छन्, जसले मण्डलीको कामलाई हानि पुर्याउँछ। सत्यता प्राप्त गर्नुअघि, कोही पनि भरपर्दो हुँदैन। त्यसैले, हामीले आफ्ना कर्तव्य निर्वाह गर्दा अगुवा र हाम्रा ब्रदर-सिस्टरहरूको सुपरिवेक्षण स्वीकार गर्नुपर्छ। यो मण्डलीको काम र हाम्रो व्यक्तिगत जीवन प्रवेश दुवैका लागि फाइदाजनक हुन्छ। यो यस पटकजस्तै हो, अगुवाले तुरुन्तै कामबारे पत्ता लगाएर अनुगमन गरेका कारणले, मैले अन्ततः मानिसहरूको संवर्धन गर्ने मेरो काम अघि नबढेको र यसले काममा बाधा पुर्याइरहेको थाहा पाएँ। अगुवाले अनुगमन गरेर कामबारे पत्ता लगाएपछि मात्र मलाई जरुरीपनको केही बोध भयो, र काममा ठूलो क्षति हुन नदिन म त्यसलाई तुरुन्तै कार्यान्वयन गर्न चाहन्थेँ। साथै, मैले विना सिद्धान्त भेला हुने घरहरू छानेकी थिएँ। यदि अगुवाले बारम्बार नसोधेको भए, म आफूलाई छुट दिइराख्थेँ र सिद्धान्त उल्लङ्घन गरेर काम गरिरहन्थेँ। एक पटक ठूलो रातो अजिङ्गरको धरपकड हामीमाथि आइपरेको भए र मण्डलीको काममा क्षति पुगेको भए, पछुताउनु धेरै ढिलो भइसक्थ्यो। साथै, मण्डलीका अगुवाहरूको अवस्थाबारे मैले बुझेकी थिइनँ। संवर्धन गर्नुपर्ने कतिपयलाई संवर्धन गरिएको थिएन भने को निष्कासित हुनुपर्छ भन्नेबारे म स्पष्ट थिइनँ। म पूर्ण रूपमा अन्योलमा थिएँ। यस्तो अवस्था हुँदाहुँदै पनि, मैले अझै कुराहरू लुकाउने कोसिस गरेँ। यदि अगुवाले कामबारे नसोधेको भए, मेरो कर्तव्य निर्वाहमा यति धेरै विचलन र त्रुटि छन् भन्ने मैले कहिल्यै थाहा पाउने थिइनँ, र म परिस्थिति बदल्न चिन्तित हुने र जुर्मुराउने थिइनँ। मेरो हकमा भन्नुपर्दा, राम्रो काम नगरेको कारण मलाई नयाँ काममा खटाइने वा बर्खास्त गरिने सम्भावना धेरै थियो। मैले के देखेँ भने माथिल्लो तहका अगुवाले तुरुन्तै अनुगमन गरेर कामबारे पत्ता नलगाएको भए, मैले सिद्धान्तबमोजिम कर्तव्य पूरा गर्न सक्ने नै थिइनँ। मैले मेरो भ्रष्ट स्वभावमा भर परेर दुष्ट काम गर्ने र परमेश्वरको प्रतिरोध गर्ने मात्रै थिएँ। मैले अहिले आएर बुझेँ, अगुवाले मेरो कामको सुपरिवेक्षण र जाँच गर्दा, त्यो उहाँले मलाई कम ठानिरहेको होइन, न जानाजानी मलाई लज्जित पारिरहेको हो। त्यो त उहाँले आफ्नो कामप्रतिको जिम्मेवारीहरू पूरा गरिरहनुभएको हो। उहाँले मलाई कर्तव्य राम्ररी निर्वाह गर्न मद्दत गरिरहनुभएको, र मण्डलीका हितहरूको रक्षा गरिरहनुभएको हो। यो एउटा सकारात्मक कुरा हो। तर, मैले यसप्रति प्रतिरोध महसुस गरेँ, र भाग्ने कोसिस गरेँ। यसो गर्दा, म सत्यताप्रति वितृष्ण थिएँ। म परमेश्वरसँग लडिरहेकी थिएँ! म आफ्नो इज्जत र हैसियतको ख्याल गरेर अगुवाको सुपरिवेक्षणको कामबाट भागिरहन हुँदैनथ्यो। मैले आफ्नो काममा भएका विचलन र त्रुटिहरूलाई सही रूपमा लिनुपर्थ्यो। त्यसपछि, मैले भेलाका लागि सुरक्षा जोखिम भएको घर परिवर्तन गरेँ, र मलजल गर्ने व्यक्तिहरूको संवर्धनमा देखिएका वास्तविक परिस्थिति र कठिनाइहरूबारे अगुवालाई रिपोर्ट गरेँ। अगुवाले मैले सिद्धान्तबमोजिम मानिसहरू छनोट नगरिरहेकी, र मानिसहरूप्रति मेरा मापदण्डहरू निकै उच्च रहेको कुरा औँल्याउनुभयो। उहाँले मसँग सिद्धान्तहरूबारे सङ्गति पनि गर्नुभयो, र मसँगै बसेर मानिसहरू छनोट गर्नुभयो। अन्तमा, हामीले संवर्धन गरिन सक्षम रहेका मानिसहरू छान्यौँ।
पछि, मैले परमेश्वरका थप वचन पढेँ: “तैँले जस्तोसुकै समस्याहरूको सामना गरे पनि, तिनलाई समाधान गर्न तैँले सत्यताको खोजी गर्नैपर्छ, तैँले कदापि छद्मभेष धारण गर्नु वा अरूको सामु झूटो स्वरूप प्रस्तुत गर्नु हुँदैन। चाहे त्यो तेरा कमीहरू होऊन्, तेरा अपर्याप्तताहरू होऊन्, तेरा त्रुटिहरू होऊन्, वा तेरा भ्रष्ट स्वभावहरू नै किन नहोऊन्, तैँले यी सबै कुराहरूका बारेमा खुलेर सङ्गति गर्नैपर्छ। तिनलाई ढाकछोप नगर्। आफूलाई कसरी खोल्ने भनी सिक्नु जीवन प्रवेशतर्फको पहिलो कदम हो, र यो पहिलो तगारो हो, जसलाई पार गर्न सबैभन्दा कठिन हुन्छ। तैँले यो तगारो पार गरेपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुनेछ। जब तैँले यो कदम चाल्छस्, तब यसले के सङ्केत गर्नेछ? यसले के सङ्केत गर्नेछ भने, तँ आफ्नो हृदय खोलिरहेको छस्, र तेरा हरेक पक्षलाई—चाहे त्यो असल होस् वा खराब, सकारात्मक होस् वा नकारात्मक—अरू मानिसहरू र परमेश्वरले देख्ने गरी उदाङ्गो पारिरहेको र खोलिरहेको छस्, परमेश्वरबाट कुनै कुरा लुकाइरहेको वा ढाकछोप गरिरहेको, परमेश्वरप्रति कुनै छद्मभेष, छल, वा कपट प्रयोग गरिरहेको छैनस्, र त्यसरी नै अरू मानिसहरूसँग पनि स्पष्ट भइरहेको छस्। यसरी, तँ ज्योतिमा जिउनेछस्; परमेश्वरले तेरो छानबिन त गर्नुहुन्छ नै, तेरा कार्यहरूमा सिद्धान्त र पारदर्शिता छ भनी अरू मानिसहरूले पनि देख्नेछन्। तैँले आफ्नो प्रतिष्ठा, छवि, र हैसियतको रक्षा गर्न कुनै पनि विधिहरू प्रयोग गर्नु आवश्यक छैन, न त तैँले आफ्ना गल्तीहरूलाई कुनै किसिमले लुकाउनु वा ढाकछोप गर्नु नै आवश्यक छ। तँ यी व्यर्थका प्रयासहरूमा संलग्न हुनु आवश्यक छैन। यदि तँ यी कुराहरू त्याग्न सक्छस् भने, तेरो जीवन निकै तनावरहित, बन्धन र पीडाबाट मुक्त बन्नेछ, र तँ पूर्ण रूपमा ज्योतिमा जिउनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “सधैँ आफ्नै खातिर काम गर्ने र निरन्तर आफ्नै हितहरूको ख्याल गर्ने नगर्; आफ्नो घमण्ड, ख्याति, र हैसियतको बारेमा सोच्दै नसोच्, र आफ्ना व्यक्तिगत हितहरूको ख्याल नगर्। तैँले सबैभन्दा माथि परमेश्वरको घरका हितहरूको ख्याल गर्नुपर्छ, र तिनलाई आफ्नो प्राथमिकता बनाउनुपर्छ। तैँले परमेश्वरका अभिप्रायहरूको ख्याल गर्नुपर्छ र सबैभन्दा माथि तैँले आफ्नो कर्तव्य निर्वाहमा अशुद्धताहरू थिए कि थिएनन्, तँ अर्पित थिइस् कि थिइनस्, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गरिस् कि गरिनस्, र तैँले आफ्नो सर्वस्व दिइस् कि दिइनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामका बारेमा पूर्ण हृदयले सोच्दै आएको छस् कि छैनस् भनी मनन गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनले कर्तव्य राम्ररी निर्वाह गर्ने अभ्यासको मार्ग औँल्याए। हामीले परमेश्वरको छानबिन स्वीकार गर्नुपर्छ, र आफ्नो प्रतिष्ठा र हैसियतका लागि गोप्य हत्कण्डा वा चालबाजीहरू प्रयोग गर्नु हुँदैन। हामीले मण्डलीका हितहरूलाई प्राथमिकता दिनुपर्छ, र आफूले नबुझेका वा गर्न नसकेका कुराहरूबारे तुरुन्तै खुलेर कुरा गर्नुपर्छ र खोजी गर्नुपर्छ। हामीले राम्ररी पूरा नगरिएका कामका सवालमा आफूलाई ढाकछोप वा लुकाउने गर्नु हुँदैन, र कामलाई सबैभन्दा बढी फाइदा पुग्ने तरिकाले कार्य गर्नुपर्छ। यसरी आत्मआचरण गर्दा थकाइ लाग्दैन, र हामीले आफ्ना कर्तव्य निर्वाहमा परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्छौँ।
पछि, अगुवाहरूले मलाई भेटेर कामबारे बुझ्न खोज्दा होस् वा कामको अनुगमन गर्न पत्र पठाउँदा होस्, म सधैँ सचेत भई आफ्नो भ्रष्ट स्वभावविरुद्ध विद्रोह गर्थेँ र सही मनोवृत्ति बनाउँथेँ। एक पटक, माथिल्लो तहका अगुवाहरूले हामीलाई कामका कयौँ पक्षहरूको रिपोर्ट बुझाउनु र यदि कामको कुनै पक्षले राम्रा नतिजाहरू ल्याएका छैनन् भने, त्यसको कारण खोल्नु भन्ने व्यवहोराको पत्र पठाउनुभयो। मैले मनमनै सोचेँ, “गएको दुई हप्तादेखि, म शुद्धीकरणको काम कार्यान्वयन गर्नमा व्यस्त रहेकी छु। मैले अन्य कामहरूको अनुगमन गर्ने मौका पाएकी छैन। एउटा मण्डलीमा अगुवाहरूको कमी छ, र त्यहाँ अझै चुनाव भएको छैन। मैले मलजल गर्ने काम र सुसमाचारको कामको पनि खासै अनुगमन गरेकी छैन। मलाई यी कामका यी क्षेत्रहरूको अवस्थाबारे धेरै थाहा छैन। यति धेरै काम बाँकी हुँदा म कसरी रिपोर्ट बुझाउन सक्छु? यदि अगुवाहरूले थाहा पाउनुभयो भने, के उहाँहरूले मैले वास्तविक काम गरिरहेकी छैन र म यो कामका लागि सक्षम छैन भन्नुहुनेछ? अहिलेका लागि नगरेका कामहरूको रिपोर्ट नबुझाऊँ र ती पूरा भएपछि मात्र रिपोर्ट गरूँ, त्यसो गरे कसो होला?” त्यसपछि मैले आफ्नो विचार बदलेँ र सोचेँ, “यो गलत हो! के म तथ्यहरू लुकाउन, छली बन्न र चालबाजी गर्न खोज्दै छैन र?” त्यस बेला, मलाई आफ्नो स्थिति सही नरहेको महसुस भयो। मैले हतारहतार परमेश्वरलाई प्रार्थना गरेँ। मैले परमेश्वरका यी वचन सम्झेँ: “सत्यता अभ्यास गर्न सक्नेहरूले आफूले गर्ने कामकुराहरूमा परमेश्वरको छानबिन स्विकार्न सक्छन्। जब तैँले परमेश्वरको छानबिन स्विकार्छस्, तेरो हृदय सोझो बन्नेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। त्यो साँचो हो। परमेश्वर हामीले हरेक काम उहाँको अघि गर्नुपर्छ र उहाँको छानबिन स्वीकार गर्नुपर्छ भन्ने माग गर्नुहुन्छ। मैले उप्रान्त मानिसहरूको अघि काम गरेर, तिनीहरूबाट प्रशंसा पाउनका लागि छली बन्न र चालबाजी गर्न हुँदैन। यसले परमेश्वरको घृणा निम्त्याउँछ। अरूले मेरा बारेमा जेसुकै सोचून्, मैले परमेश्वरका वचनअनुसार इमानदार मानिस बन्ने अभ्यास गर्नुपर्छ। कुराहरू स्पष्ट र तथ्यहरूसँग पूर्ण रूपमा मेल खाने हुनुपर्छ। यसो गर्नु मात्रै परमेश्वरको अभिप्रायअनुरूप हुन्छ। त्यसपछि मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मैले केही काम राम्ररी गरेकी छैन र म रिपोर्ट नगरी त्यसलाई लुकाउन चाहन्छु। मलाई इज्जत र हैसियत त्याग्न, इमानदार मानिस हुने सत्यताको अभ्यास गर्न, र अगुवाहरूलाई सत्यनिष्ठ भएर स्थितिको रिपोर्ट गर्न अगुवाइ गर्नुहोस्।” प्रार्थना गरेपछि, मैले मण्डलीको कामको विविध पक्षहरूको अवस्था सत्यनिष्ठ भई लेखेँ र अगुवाहरूलाई पठाएँ। त्यसपछि, मैले छिटो गरेर आफ्नै समस्या र विचलनहरू संक्षेपीकरण गरेँ, र ती कामहरूको अनुगमन र व्यवस्थापनलाई निरन्तरता दिएँ। अन्तमा, मैले बाँकी रहेका सबै कामहरूको कार्यान्वयन पूरा गरेँ। यसरी अभ्यास गर्दा, मेरो हृदयमा धेरै चैन महसुस भयो। पछि, मैले जिम्मेवारी लिएका मण्डलीहरूका केही काम समयमै कार्यान्वयन हुन सकेनन्। अगुवाहरूको निरन्तर अनुगमन र सुपरिवेक्षणका कारण, उहाँहरूले मलाई तुरुन्तै काम गर्न र परिस्थिति बदल्न आग्रह गर्न सक्नुभयो। आफूले समाधान गर्न नसक्ने समस्याहरू भेट्टाउँदा, मैले तुरुन्तै अगुवाहरूलाई रिपोर्ट गर्थेँ, र उहाँहरूले मलाई अभ्यासको मार्ग देखाउनुहुन्थ्यो। उहाँहरूले मलाई मेरो काममा धेरै मार्गदर्शन र सहयोग दिनुभयो। अब, म हृदयको गहिराइदेखि नै अगुवाहरूले मेरो कामको सुपरिवेक्षण र अनुगमन गरेको स्वीकार गर्छु।
यो प्रकटीकरणद्वारा, मैले अन्ततः के देखेँ भने मेरो प्रकृतिमा, म सत्यतालाई प्रेम गर्दिनथेँ। प्रतिष्ठा र हैसियतका लागि, म झूट बोल्न, चालबाजी गर्न, काममा भएका त्रुटिहरू लुकाउन, र अगुवाहरूको सुपरिवेक्षणबाट भाग्न समेत पछि पर्दिनथेँ। म ख्रीष्टविरोधीहरूको मार्गमा हिँडिरहेकी थिएँ! साथै, मैले के पनि बुझेँ भने यदि मैले अगुवा र कामदारहरूको सुपरिवेक्षणविना कर्तव्य निर्वाह गरेँ भने, म काम राम्ररी गर्नै सक्ने छैन। अगुवा र कामदारहरूको सुपरिवेक्षण काम मेरा लागि ज्यादै फाइदाजनक रहेछ!