३८. नयाँ विश्वासीहरूलाई मलजल गर्दा आइपरेका समस्याहरू

छिउयुए, चीन

म मण्डलीमा नयाँ विश्वासीहरूलाई मलजल गर्छु। सन् २००८ को सेप्टेम्बरको एक रात, म सधैँझैँ एउटा दम्पती, यु हुइ र सिन मिङलाई भेलाका लागि मेरो घरमा आउन पर्खिरहेकी थिएँ। उनीहरूले भर्खरै परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गरेका थिए। झन्डै एक घण्टा बित्यो तर उनीहरू आएनन्, अनि म यस्तो सोच्दै चिन्तित र बेचैन हुन थालेँ, “यो जवान दम्पतीले परमेश्‍वरको नयाँ काम स्वीकार गरेदेखि नै, उनीहरू हरेक भेलामा एकदमै सक्रिय रहँदै आएका छन्। उनीहरू सधैँ समयमै आइपुगेका र बिरलै मात्र ढिला भएका छन्। आजको रात चाहिँ के भइरहेको छ? निकै रात परिसक्यो, तैपनि उनीहरूको अझै कुनै अत्तोपत्तो छैन। अहँ, म अब पर्खन सक्दिनँ! मैले गएर के भइरहेको छ हेर्नै पर्छ।” म हतार-हतार आफ्नो कोठामा गएँ, परमेश्‍वरका वचनको पुस्तक झोलामा राखेँ, त्यसलाई काँधमा भिरेँ र बाहिर निस्किएँ। ठीक त्यही बेला, उनीहरू चिन्तित र व्याकुल देखिँदै भित्र आए। उनीहरूले आफ्नो झोलाबाट परमेश्‍वरका वचनका पुस्तकहरू निकाले र कफी टेबलमा राखे। त्यसपछि उनीहरू केही नबोली टाउको निहुराएर सोफामा बसे, अनि जान चाहेजस्तो गर्दै, बेला-बेलामा झ्याल बाहिर हेर्थे। म छक्क परेँ र सोचेँ, “उनीहरूलाई पक्कै कुनै किसिमको कठिनाइ आइपरेको हुनुपर्छ!” मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ, उनीहरूका समस्याहरूबारे सङ्गति गरी समाधान गर्न मलाई मार्गदर्शन दिनुहोस् भनी उहाँसँग बिन्ती गरेँ। चिया खन्याउँदै गर्दा, मैले सोधेँ, “सिन मिङ, यु हुइ, घरमा सबै ठीकै छ? वा परमेश्‍वरको कामबारे तपाईँहरूमा कुनै धारणा पो उत्पन्न भएको छ कि? हामीले जुनसुकै कठिनाइहरू सामना गर्नुपरे पनि, हामी परमेश्‍वरसामु आएर सत्यता खोजेसम्म, कुनै पनि समस्या समाधान गर्न सकिन्छ। आफ्ना हृदय खोलौँ र कुरा गरौँ।”

केही बेरपछि, सिन मिङले माथि हेरे र हिचकिचाउँदै भने, “सिस्टर, मैले साँच्चै बुझेको छैन: हामीले विश्वास गर्ने सर्वशक्तिमान्‌ परमेश्‍वर व्यक्ति हुनुहुन्छ कि परमेश्‍वर?” त्यसपछि यु हुइले भनिन्, “सिस्टर, तपाईँसँग साँचो कुरा भन्नुपर्दा, अस्ति, सिन मिङ र म घरमा सर्वशक्तिमान्‌ परमेश्‍वरका वचन पढिरहेका थियौँ, त्यतिबेला हाम्रो मण्डलीका एल्डर झाङ आउनुभयो। उहाँले हामीलाई उहाँको फोनमा खोलिएको वेबसाइटको एउटा रिपोर्ट हेर्न भन्नुभयो। त्यो रिपोर्ट सीसीपी र धार्मिक अगुवाहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले एक साधारण व्यक्तिमा विश्वास गर्छ भनेर भनेको कुराबारे थियो। रिपोर्टमा अरू पनि धेरै कुरा भनिएका थिए। त्यो पढेपछि, म स्तब्ध भएँ र मलाई बेचैनी भयो। मेरो भोक-निद्रा सबै हरायो, र म दुई रातसम्म एक झप्को पनि निदाइनँ। ‘एक साधारण व्यक्ति’ भन्ने शब्दहरू मेरो दिमागमा गुन्जिरहे, अनि मलाई यदि हामीले साँच्चै नै एउटा व्यक्तिमा विश्वास गरिरहेका हौँ भने त त्यो गलत हुन्छ भन्ने चिन्ता लाग्यो। त्यसो भए त, हामीले प्रभु येशूमाथि विश्वास गरेर बिताएको दस वर्षभन्दा बढी समय खेर फालेका हुँदैनौँ र? तब हामी स्वर्गको राज्यमा कसरी प्रवेश गर्न सक्छौँ र? तर फेरि मैले सोचेँ, मैले येशूमा विश्वास गरेका वर्षहरूमा, म प्रायः पाष्टर र एल्डरहरूले बाइबलको व्याख्या गरेको सुन्थेँ, तर मेरो आत्मा ओइलाएको र अन्धकारमय भएको महसुस हुन्थ्यो। म भेलाहरूमा जान समेत अत्यन्तै उदासीन हुन्थेँ। तर मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गरेदेखि, मैले परमेश्‍वरका वचन पढ्दा मेरो हृदयलाई पोषण मिलेको र यसले हाम्रो जीवनलाई साँच्चै फाइदा पुर्‍याएको महसुस गरेकी छु। हिजोआज सिन मिङ र मेरो हृदयमा शान्ति र आनन्द छाएको छ। तर अहिले, एल्डर झाङका कुरा सुनेपछि, के गर्ने भन्ने मलाई थाहा छैन। सिस्टर, मलाई भन्नुहोस् त, हामीले विश्वास गर्ने सर्वशक्तिमान्‌ परमेश्‍वर वास्तवमा को हुनुहुन्छ? उहाँ ख्रीष्ट हुनुहुन्छ, कि एक साधारण व्यक्ति?”

मैले हतार-हतार सङ्गति गरेँ, “सिन मिङ, यु हुइ, हामीलाई हामीले विश्वास गर्ने सर्वशक्तिमान्‌ परमेश्‍वर एक व्यक्ति हुनुहुन्छ भन्ने डर लाग्ला, तर एकछिन यसबारे सोचौँ त: के प्रभु येशू पनि बाहिरी रूपमा एक साधारण व्यक्ति हुनुहुन्नथ्यो र? हामीले किन दस वर्षभन्दा बढी समयसम्म प्रभु येशूमा विश्वास गर्न सक्यौँ त? पत्रुस, यूहन्ना र सामरी स्त्रीले किन यो साधारण व्यक्ति, प्रभु येशू नै ख्रीष्ट हुनुहुन्छ भनेर विश्वास गरे? के तपाईँहरूले यी प्रश्नहरूबारे सोच्नुभएको छ?”

सिन मिङले एकछिन आँखा झिम्क्याए र भने, “हामी किन विश्वास गर्छौँ त? मैले वास्तवमा ती प्रश्नहरूबारे सोचेको छैन। मैले त येशू नै प्रभु, ख्रीष्ट हुनुहुन्छ, र हामीले विश्वास गर्नुपर्छ भन्ने मात्र सोचेँ।”

मैले भनेँ, “हामीले प्रभु येशू ख्रीष्टमा विश्वास गरे तापनि, हामीले ख्रीष्टको सार बुझेनौँ। त्यसैकारण आज, हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पछ्याए तापनि, जब कसैले हामी एक साधारण व्यक्तिमा विश्वास गर्छौँ भन्छ, तब हामीलाई कसरी खुट्ट्याउने भन्ने थाहा हुँदैन। साँचो कुरा भन्नुपर्दा, मैले पहिलो पटक सर्वशक्तिमान्‌ परमेश्‍वरको काम स्वीकार गर्दा, मेरा पनि यस्तै विचारहरू थिए, अनि म पनि यस विषयमा अन्योलग्रस्त थिएँ। पछि, एक जना सिस्टरले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनबाट केही खण्ड पढ्नुभयो र यस विषयमा सत्यताबारे सङ्गति गर्नुभयो। त्यसपछि मात्र हामीले विश्वास गर्ने सर्वशक्तिमान्‌ परमेश्‍वर नै आखिरी दिनहरूका ख्रीष्ट हुनुहुन्छ भनी मैले बुझेँ।” बोल्दै गर्दा, मैले हतार-हतार परमेश्‍वरका वचनको पुस्तक खोलेँ र भनेँ, “परमेश्‍वरका वचनबाट केही खण्ड पढौँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: ‘देहधारी परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, र ख्रीष्ट परमेश्‍वरका आत्माले धारण गर्नुभएको देह हुनुहुन्छ। यो देह कुनै पनि मानिसको देहभन्दा फरक छ। यस भिन्‍नताको कारण के हो भने ख्रीष्‍ट दैहिक हुनुहुन्न, बरु आत्माको देहधारण हुनुहुन्छ। उहाँमा सामान्य मानवता र पूर्ण ईश्‍वरत्व दुवै छ। उहाँको ईश्‍वरत्व कुनै पनि मानिससँग छैन। उहाँको सामान्य मानवताले देहमा हुने उहाँका सबै सामान्य क्रियाकलापहरूलाई कायम राख्छ, जबकि उहाँको ईश्‍वरत्वले परमेश्‍वर स्वयम्‌को काम गर्दछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वर्गमा हुनुहुने पिताको इच्छाप्रतिको समर्पणता नै ख्रीष्‍टको सार हो)। ‘“देहधारण” भनेको देहमा परमेश्‍वरको देखापराइ हो; परमेश्‍वरले सृजित मानवजातिका बीचमा देहको स्वरूपमा काम गर्नुहुन्छ। त्यसकारण, उहाँ परमेश्‍वरको देहधारण हुनुभएकाले, उहाँ सुरुमा देह, सामान्य मानवतासहितको देह हुनुपर्छ; यो सबैभन्दा आधारभूत पूर्वसर्त हो। वास्तवमा, परमेश्‍वरको देहधारणको तात्पर्य भनेको परमेश्‍वर देहमा जिउनुहुन्छ र देहमै काम गर्नुहुन्छ, परमेश्‍वर उहाँको सारमा नै देह बन्नुहुन्छ, एक व्यक्ति बन्‍नुहुन्छ भन्‍ने हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार)। मानवजातिले हजारौँ वर्षदेखि नबुझेका सत्यता र रहस्यहरू परमेश्‍वरका वचनले उजागर गर्छन्। देहधारण भनेको के हो? ख्रीष्ट भनेको के हो? ख्रीष्ट देहधारी परमेश्‍वर हुनुहुन्छ, अनि उहाँ मासु र रगत भएको व्यक्ति बन्न पृथ्वीमा आउनुभएको परमेश्‍वरको आत्मा हुनुहुन्छ, जो देहमा देखा पर्नुहुन्छ र काम गर्नुहुन्छ। बाहिरबाट हेर्दा, देहधारी परमेश्‍वर एक अत्यन्तै सामान्य, साधारण व्यक्ति जस्तो देखिनुहुन्छ, तर उहाँभित्र परमेश्‍वरका आत्माले बास गर्नुभएको हुन्छ र उहाँमा ईश्‍वरत्वको सार हुन्छ। जसरी प्रभु येशू आफ्नो काम गर्न देहधारी हुनुहुँदा, उहाँ पनि एक साधारण व्यक्तिका रूपमा देखा पर्नुभयो र मानव वृद्धिको सामान्य प्रक्रियाबाट गुज्रिनुभयो। उहाँका आमाबुबा, दाजुभाइ र दिदीबहिनीहरू थिए, अनि त्यतिबेला, मानिसहरू उहाँलाई सिकर्मी योसेफका छोरा, नासरतका येशू भनेर बोलाउँथे। यी कुराहरू प्रभु येशूको सामान्य मानवताका प्रकटीकरणहरू थिए। बाहिरी रूपमा, प्रभु येशू एक साधारण यहूदी मात्र हुनुहुन्थ्यो, तर उहाँमा ईश्‍वरत्वको सार थियो। उहाँ सत्यता व्यक्त गर्न र मानिसलाई पश्चात्तापको मार्ग प्रदान गर्न सक्नुहुन्थ्यो। उहाँ मानिसहरूका पापहरू क्षमा गर्दै छुटकाराको काम गर्न, अनि परमेश्‍वरको प्रेमिलो र कृपालु स्वभाव व्यक्त गर्न सक्नुहुन्थ्यो। उहाँ बिरामी निको पार्ने, पिशाचहरू धपाउने, मरेकाहरूलाई बिउँताउने, अनि पाँचवटा रोटी र दुईवटा माछाले पाँच हजार मानिसलाई खुवाउने जस्ता चिन्ह र चमत्कारहरू गर्न सक्नुहुन्थ्यो। प्रभु येशूका वचन र काम, उहाँले व्यक्त गरेका स्वभावहरू, र उहाँले प्रदर्शन गरेको अख्तियार यस्ता कुराहरू थिए जुन कसैले पनि हासिल वा धारण गर्न सक्दैनथ्यो। यी कुराहरू प्रभु येशूको ईश्वरीय सारका प्रकाशहरू थिए। त्यसैले, प्रभु येशू ख्रीष्ट हुनुहुन्थ्यो, जसलाई मानिसको पुत्र पनि भनिन्छ। प्रभु येशू देहधारी परमेश्‍वर हुनुहुन्थ्यो, र यो धार्मिक संसारमा सर्वमान्य तथ्य हो। यदि कुनै अस्तित्वमा सामान्य मानवताविना ईश्‍वरत्व मात्र छ भने, त्यस्तो अस्तित्व अदृश्य र छुन नसकिने पवित्र आत्मा हुनेथियो र त्यसलाई ख्रीष्ट भन्न सकिनेथिएन। तर यदि कुनै व्यक्तिमा ईश्‍वरत्वविना मानवता मात्र हुन्थ्यो भने, त्यो व्यक्ति देहधारी परमेश्‍वर हुनेथिएन। हामी साधारण मानिसहरू जस्तै, हामी सबै देहका हौँ, र हामी सबै शैतानद्वारा भ्रष्ट पारिएका छौँ। हामीमा मानवता मात्र छ। दानिएल, यशैया, र अन्य प्राचीन सन्त तथा अगमवक्ताहरूमा समेत मानवता मात्र थियो। उनीहरू भ्रष्ट मानवजातिका सदस्य मात्र थिए र उनीहरूमा ख्रीष्टको ईश्‍वरत्व थिएन। त्यसैकारण, ख्रीष्टको ईश्वरीय सार अद्वितीय छ र यो अरू कसैसँग पनि छैन।”

यु हुइले सोचमग्न हुँदै आँखा झिम्क्याइन्। एकछिन सोचेपछि, उनले भनिन्, “यदि सर्वशक्तिमान्‌ परमेश्‍वरले यी रहस्यहरू उजागर नगर्नुभएको भए, हामीमध्ये कसैले पनि यो बुझ्ने थिएनौँ। धार्मिक संसारका पाष्टर र एल्डरहरूले समेत यो बुझेका छैनन्। उनीहरू ख्रीष्ट नै राजा हुनुहुन्छ, अभिषिक्त जन हुनुहुन्छ भनेर प्रायः प्रचार गर्छन्। दाऊद इस्राएलका राजा थिए र अभिषिक्त जन पनि थिए, तर उनलाई किन ख्रीष्ट भन्न सकिएन त? यी पाष्टर र एल्डरहरू यसलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्दैनन्। अब मैले बुझेँ। दाऊदमा मानवता मात्र थियो र उनीमा ईश्‍वरत्वको सार थिएन, त्यसैले उनलाई ख्रीष्ट भन्न सकिँदैनथ्यो। तर प्रभु येशूमा सामान्य मानवता र पूर्ण ईश्‍वरत्व दुवै थियो, त्यसैले उहाँलाई ख्रीष्ट भन्न सकिन्छ। जसरी हामी प्रायः गाउने गर्छौँ, ‘ख्रीष्ट, ख्रीष्ट, येशू ख्रीष्ट, मण्डलीका आधार…’” यु हुइले गाउँदै गर्दा तालसँगै बिस्तारै आफ्ना हात थपथपाइन्।

उनीहरू दुवै जना बोल्न र सङ्गति गर्न थालेको देखेर, मेरो बेचैन हृदय बिस्तारै शान्त भयो। मैले मुस्कुराउँदै भनेँ, “त्यो सही हो। जब हामी ख्रीष्ट के हुनुहुन्छ भनेर बुझ्छौँ, तब प्रभु येशूलाई किन ख्रीष्ट र मानिसको पुत्र भनिन्छ भन्ने कुरामा पनि हामी स्पष्ट हुन्छौँ। अब, के तपाईँहरूलाई बाइबलका केही ठाउँमा प्रभुको आगमनलाई ‘मानिसको पुत्रको आगमन’ भनी अगमवाणी गरिएको छ भन्ने कुरा याद छ?”

उनीहरूले जवाफ दिए, “हो, हामीलाई याद छ!” सिन मिङले एकै सासमा भने, “लूका १७:२४ ले यसो भन्छ: ‘किनभने जसरी बिजुली, आकाशमुनिको एउटा भागबाट चम्किँदा, आकाशमुनिको अर्को भागसम्म चम्किन्छ; मानिसको पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुनेछ।’”

त्यसपछि मैले यसरी सङ्गति गरेँ, “हामीले ‘मानिसको पुत्र’ को कुरा गर्दा, यसको अर्थ परमेश्‍वरको आत्मा पृथ्वीमा आउनुभएको र मानिस बन्नुभएको छ, जसले एक सामान्य मानिसबाट जन्म लिनुभयो, र जसका आमाबुबा र परिवार थिए भन्ने हुन्छ। बाहिरबाट हेर्दा, उहाँ एक साधारण व्यक्ति मात्र हुनुहुन्छ। आखिरी दिनहरूमा, परमेश्‍वर फेरि मानिसको पुत्रका रूपमा देहधारी हुनुभएको छ, जो सर्वशक्तिमान्‌ परमेश्‍वर हुनुहुन्छ। बाहिरबाट हेर्दा, सर्वशक्तिमान्‌ परमेश्‍वर एक साधारण मानिसको पुत्र मात्र हुनुहुन्छ, तर उहाँ परमेश्‍वरको आत्माको मूर्त रूप हुनुहुन्छ। उहाँ परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिन सबै सत्यता व्यक्त गर्नुभएको छ, अनि मानिसहरूको पापी प्रकृतिलाई पूर्ण रूपमा समाधान गर्न, उनीहरूलाई शैतानको भ्रष्टता र हानिबाट बचाउन, र अन्ततः, उनीहरूलाई परमेश्‍वरको राज्यमा ल्याउन उहाँले आखिरी दिनहरूमा न्याय र सजायको काम गर्नुभएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरद्वारा व्यक्त गरिएका सत्यता र उहाँले गर्नुभएको कामले अनुग्रहको युगमा प्रभुका विश्वासीहरूले सामना गरेका सबै अलमल र कठिनाइ समाधान गरेको छ, अनि यी सत्यताहरू यस्ता कुराहरू हुन् जुन अरू कसैले व्यक्त गर्न सक्दैनथ्यो। उहाँ देहधारी परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा मानव स्वीकृतिमा आधारित छैन, सीसीपी वा धार्मिक अगुवाहरूका आधारहीन अफवाह र भ्रामक कुराहरूमा आधारित त झनै छैन। बरु, यो परमेश्‍वरले गर्ने काम र उहाँको सारद्वारा निर्धारित हुन्छ। साँचो मार्गको खोजीनिती गर्दा, उहाँ देहधारी परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्न भनी ठम्याउन, हामीले उहाँको बाहिरी रूप मात्र हेर्न र उहाँको सारलाई बेवास्ता गर्न मिल्दैन। परमेश्‍वरका वचनको एउटा खण्ड पढौँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: ‘यस्तो कुरालाई जाँच्न त्यत्ति कठिन हुँदैन, तर यसका निम्ति हामी प्रत्येकले पहिला यो एउटा सत्यता जान्नु माग गरिएको हुन्छ: जो देहधारी परमेश्‍वर हुनुहुन्छ, उहाँसँग परमेश्‍वरको सार हुन्छ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँसँग परमेश्‍वरको अभिव्यक्ति हुन्छ। परमेश्‍वर देह बन्नुभएको हुनाले, उहाँले आफूले गर्ने अभिप्राय राख्‍नुभएको काम आफूसँगै ल्याउनुहुन्छ, र उहाँ देहधारी परमेश्‍वर भएको हुनाले, उहाँले उहाँ जे हुनुहुन्छ त्यो अभिव्यक्त गर्नुहुन्छ, र सत्यतालाई मानिसकहाँ ल्याउन, उसलाई जीवन प्रदान गर्न, र उसलाई मार्ग देखाउन सक्नुहुन्छ। परमेश्‍वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले त्यो परमेश्‍वरको देहधारी देह हो कि होइन भनी जाँच गर्ने अभिप्राय राख्छ भने, उसले त्यसलाई उहाँले व्यक्त गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट नै निर्धारण गर्नुपर्छ। भन्नुको अर्थ, यो देहधारी परमेश्‍वरको देह हो कि होइन, र यो साँचो मार्ग हो कि होइन भनी निर्धारण गर्न उसले उहाँको सारकै आधारमा भिन्नता छुट्ट्याउनुपर्छ। त्यसैले, यो देहधारी परमेश्‍वरको देह हो कि होइन भन्ने कुराको कडी बाहिरी स्वरूपभन्दा उहाँको सार (उहाँको काम, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै पक्षहरू) मा निहित हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। परमेश्‍वरका वचन धेरै स्पष्ट छन्। उहाँ देहधारी परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्न भनेर मापन गर्नका लागि, हामीले यो खुट्ट्याउन प्रयोग गर्न सक्ने मुख्य कुराहरू उहाँका वचन, उहाँको काम र उहाँले व्यक्त गर्ने स्वभाव हुन्। हाम्रा लागि ख्रीष्टलाई चिन्ने तरिकाहरू यिनै मात्र हुन्। ख्रीष्ट साधारण र सामान्य देखिनुहुन्छ, तर उहाँ परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्न भनेर हामी उहाँको काम र वचनहरूबाट चिन्न सक्छौँ। प्रभु येशू जस्तै। उहाँ एक साधारण व्यक्ति जस्तो देखिनुहुन्थ्यो, तर उहाँ व्यवस्थाको युग समाप्त गर्न, अनुग्रहको युगको सुरुवात गर्न, र मानवजातिलाई छुटकारा दिन क्रुसमा टाँगिन सक्षम हुनुहुन्थ्यो। प्रभु येशूले अख्तियार र शक्तिका साथ बोल्नुभयो। उहाँले लाजरसलाई एउटै वचनले मृत्युबाट बिउँताउनुभयो, र पाँच हजार मानिसलाई पाँचवटा रोटी र दुईवटा माछाले खुवाउनुभयो। प्रभु येशूका वचन र काम, साथै उहाँले प्रदर्शन गरेको अख्तियार, उहाँको पहिचान र हैसियत प्रमाणित गर्न पर्याप्त थिए। उहाँ कुनै साधारण व्यक्ति हुनुहुन्नथ्यो, तर ख्रीष्ट हुनुहुन्थ्यो! तर त्यतिबेलाका मुख्य पूजाहारी, शास्त्री, र फरिसीहरूले प्रभु येशूको कामको खोजीनिती गर्न खोजेनन्, तर आफूले देखेको कुराका आधारमा, उनीहरूले प्रभु येशू एक मानिस मात्र हुनुहुन्छ भनी ठहर गरे, र यसो भने, ‘के यो सिकर्मीको छोरो होइन र?’ ‘के यो नासरतको येशू मात्र होइन र?’ ‘के हामी यसका आमाबुबालाई चिन्दैनौँ र?’ उनीहरूले प्रभु येशूलाई दोषी ठहराउनका लागि आफूले सक्ने हरेक अवसरको फाइदा उठाए। विश्वासीहरूले खुट्ट्याइमा ध्यान दिएनन्, र बतासले हल्लाएको निगालोजस्तै, उनीहरू प्रभु येशूलाई दोषी ठहराउनमा फरिसीहरूकै पछि लागे। अन्तमा, फरिसीहरूले रोमी सरकारसँग मिलेर उहाँलाई क्रुसमा टाँगे। इस्वी संवत् ७० मा, उनीहरूले परमेश्‍वरको श्राप र दण्ड भोगे। इस्राएल नष्ट भयो, र इस्राएलीहरू दुई हजार वर्षसम्म विदेशी भूमिमा भागे। येशू ख्रीष्टको प्रतिरोध गर्ने र उहाँलाई दोषी ठहराउने कार्यको दुःखद परिणाम यही थियो। प्रभु येशू प्रेमिलो-दयालुपन र कृपाले भरिपूर्ण हुनुभए तापनि, परमेश्‍वरमा धार्मिकता र प्रताप पनि छ, र उहाँको स्वभावले उल्लङ्घन सहँदैन। प्रभु येशू देहधारी परमेश्‍वर हुनुहुन्थ्यो, र उहाँका काम र वचन पवित्र आत्माका अभिव्यक्तिहरू थिए। फरिसीहरूले येशू ख्रीष्टद्वारा व्यक्त गरिएको सत्यता स्वीकार गरेनन्, र मनपरी ढङ्गले प्रभु येशूबारे आधारहीन अफवाहहरू समेत फैलाए, उहाँलाई गलत र दोषी ठहराए। यसको मतलब उनीहरू सत्यतालाई इन्कार गरिरहेका थिए र ख्रीष्टलाई इन्कार गरिरहेका थिए, र यो पवित्र आत्माविरुद्धको ईशनिन्दा थियो। पवित्र आत्माको विरुद्धमा गरिने ईशनिन्दाको पापलाई यस जीवनमा वा आउँदो संसारमा क्षमा गरिनेछैन! प्रभु येशूले भन्‍नुभयो: ‘मानिसका सबै किसिमका पापहरू र ईश्‍वरनिन्दा क्षमा गरिनेछन्: तर मानिसले पवित्र आत्माको विरुद्ध गरेको ईश्‍वरनिन्दा क्षमा गरिनेछैन(मत्ती १२:३१)।”

सुनिसकेपछि, सिन मिङले रिसाउँदै भने, “ती फरिसीहरू कति घृणित रहेछन्! उनीहरूले प्रभु येशू ख्रीष्टलाई चिनेकै थिएनन्, तैपनि उहाँलाई दोषी ठहराए र आधारहीन अफवाहहरू फैलाए। उनीहरूले पुरानो करार पढेका ती सबै वर्ष व्यर्थ गए!” यु हुइले सिन मिङलाई हेरिन् र भनिन्, “तपाईँले त्यसरी भन्न मिल्दैन। यदि हामी पनि त्यतिबेला जन्मेका हुन्थ्यौँ भने, हामीले पनि उनीहरूले जस्तै प्रभु येशूलाई दोषी ठहराउन सक्थ्यौँ। हामी पक्का भन्न सक्दैनौँ!”

मैले अझै भनेँ, “त्यो सही हो। विगतका गल्तीहरूले भावी पुस्ताहरूका लागि चेतावनीका रूपमा काम गर्नुपर्छ! आखिरी दिनहरूमा, पृथ्वीमा बोल्न र काम गर्नका लागि प्रभु येशू फेरि मानिसको पुत्रका रूपमा देहधारी हुनुभएको छ। यो मानिसको पुत्र सर्वशक्तिमान्‌ परमेश्‍वर हुनुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरको कामको सामना गर्दा, के हामी होसियार र विवेकी हुनुपर्दैन र, परमेश्‍वरको डर मान्ने हृदयका साथ खोजी र अनुसन्धान गर्नुपर्दैन र, र केवल बाहिरी रूपमा आधारित भएर गलत ठहर नगर्नु पर्दैन र? केही धर्मशास्त्र पढौँ। यूहन्ना १६:१२-१३ ले यसो भन्छ: ‘अझै पनि मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तर, जब उहाँ, सत्यताका आत्मा, आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा मार्गदर्शन गर्नुहुनेछ।’ प्रकाश २:७ ले यसो भन्छ: ‘आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्।’ साथै, ‘मलाई इन्कार गर्ने र मेरा वचनहरू नस्विकार्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले आखिरी दिनमा उसको न्याय गर्नेछ(यूहन्‍ना १२:४८)। यी धर्मशास्त्रहरूबाट, हामी प्रभु येशूले फर्केर आउनुहुँदा धेरै कुरा बोल्नुहुनेछ, र उहाँले सत्यता व्यक्त गर्नुहुनेछ र न्यायको काम गर्नुहुनेछ भनी अगमवाणी गर्नुभएको देख्न सक्छौँ। त्यसोभए मलाई भन्नुहोस् त, के यी अगमवाणीहरू अहिले पूरा भएका छन् त?” “ती पूरा भएका छन्,” उनीहरू दुवैले एकै स्वरमा जवाफ दिए।

मैले “वचन देहमा देखा पर्नुहुन्छ” को मेरो प्रतिलिपि उठाएँ र भनेँ, “यो पुस्तक, ‘वचन देहमा देखा पर्नुहुन्छ’, थुमाले खोल्नुभएको मुठा हो। यो पवित्र आत्माले मण्डलीहरूलाई बोल्नुभएको वचन हो। यी सत्यताहरू मानव जीवनलाई आपूर्ति गर्ने परमेश्‍वरका वचन हुन्, र यी सत्यताका अनन्त मार्ग हुन्। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचन पढेर, हामी सर्वशक्तिमान्‌ परमेश्‍वर परमेश्‍वरको मुक्तिको छ हजार वर्षे व्यवस्थापनको योजनाको रहस्य मात्र उजागर गर्नुहुन्न, बरु देहधारणको रहस्य, बाइबल र परमेश्‍वरबीचको सम्बन्ध, र सबै प्रकारका मानिसहरूका परिणाम र गन्तव्यहरू पनि उजागर गर्नुहुन्छ भन्ने देख्छौँ। परमेश्‍वर परमेश्‍वरप्रतिको मानवजातिको प्रतिरोधको पापी प्रकृति, र शैतानद्वारा मानवजातिलाई गरिएको भ्रष्टता र उनीहरूका विभिन्न भ्रष्ट स्वभावबारे सत्यताको न्याय र खुलासा पनि गर्नुहुन्छ। उहाँ मानिसहरूलाई पापबाट उम्कने मार्ग पनि देखाउनुहुन्छ, र साथै, परमेश्‍वर मानवजातिलाई उहाँको रिस उठाउन नसकिने धर्मी, प्रतापी र क्रोधी स्वभाव प्रकट गर्नुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचन र कामले बाइबलका अगमवाणीहरू पूर्ण रूपमा पूरा गर्छन्। यसबारे सोचौँ त: यदि सर्वशक्तिमान्‌ परमेश्‍वर एक साधारण व्यक्ति मात्र हुनुहुन्थ्यो भने, उहाँ कसरी व्यवस्थाको युग र अनुग्रहको युगमा परमेश्‍वरले गर्नुभएको कामको भित्री सत्यता खुलाउन सक्नुहुन्थ्यो? उहाँ मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापनको कार्यको रहस्य कसरी उजागर गर्न सक्नुहुन्थ्यो? उहाँ परमेश्‍वरको धर्मी स्वभाव र उहाँको सर्वशक्तिमान्‌ता तथा बुद्धि कसरी व्यक्त गर्न सक्नुहुन्थ्यो? यदि सर्वशक्तिमान्‌ परमेश्‍वर एक साधारण व्यक्ति मात्र हुनुहुन्थ्यो भने, उहाँ अनुग्रहको युगलाई समाप्त गरेर राज्यको युगको सुरुवात कसरी गर्न सक्नुहुन्थ्यो, पाप क्षमा गरिएका र प्रभु येशूलाई पछ्याउनेहरूलाई नयाँ युगमा ल्याएर, परमेश्‍वरको घरबाट सुरु हुने न्यायको काम कसरी थाल्न सक्नुहुन्थ्यो? कुन महान् व्यक्ति वा प्रख्यात हस्तीले यस्ता वचन बोल्न र यस्तो काम गर्न सक्थ्यो? कुन पाष्टर वा एल्डरले यस्ता कुरा भन्न सक्थ्यो? उनीहरूमध्ये कसैले पनि पटक्कै सक्दैनथ्यो! अब, विचार गरौँ: परमेश्‍वरबाहेक, कसले परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापनको योजना पूरा गर्न सक्थ्यो? मानिसहरूलाई न्याय गर्न, उनीहरूलाई पखाल्न, र उनीहरूलाई पापबाट मुक्ति दिन अरू कसले सत्यता व्यक्त गर्न सक्थ्यो? सबै प्रकारका मानिसका परिणामहरू अरू कसले निर्धारण गर्न सक्थ्यो? कसैले सक्दैनथ्यो। देहधारी सर्वशक्तिमान्‌ परमेश्‍वर मात्र यो काम गर्न सक्नुहुन्छ र उहाँसँग मात्र यस्तो अख्तियार छ! आखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान्‌ परमेश्‍वरले मात्र यो काम गर्न सक्नुहुने भएकाले, त्यसोभए, सर्वशक्तिमान्‌ परमेश्‍वर एक व्यक्ति हुनुहुन्छ कि परमेश्‍वर?”

यु हुइ र सिन मिङले सँगै जवाफ दिए, “उहाँ परमेश्‍वर हुनुहुन्छ!” यु हुइको तनावपूर्ण भाव शान्त भयो, र उनको अनुहारमा मुस्कान छायो। उनले उत्साहपूर्वक भनिन्, “कति अद्भुत कुरा! परमेश्‍वरको घरबाट सुरु हुने न्यायको काम गर्न सर्वशक्तिमान्‌ परमेश्‍वर आउनुभएको छ र यति धेरै वचन व्यक्त गर्नुभएको छ। यो सबै परमेश्‍वरको काम हो। यदि उहाँ एक साधारण व्यक्ति मात्र हुनुहुन्थ्यो भने, उहाँले यो कसरी हासिल गर्न सक्नुहुन्थ्यो?”

म साँच्चै उत्साहित भएँ र मुस्कुराउँदै भनेँ, “तपाईँहरूले यसरी बुझ्न सक्नु एकदमै राम्रो कुरा हो! सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनबाट एउटा खण्ड पढौँ, अनि हाम्रा हृदय अझै स्पष्ट हुनेछन्। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: ‘यसपालि, परमेश्‍वर आत्मिक शरीरमा नभई अति साधारण शरीरमा काम गर्नका लागि आउनुहुन्छ। त्यसमाथि, यो परमेश्‍वरको दोस्रो देहधारणको शरीर हो, र त्यो शरीर पनि हो जसमार्फत परमेश्‍वर देहमा फर्किनुहुन्छ। यो अति साधारण देह हो। उहाँलाई हेर्दा, तँ उहाँलाई अरूबाट फरक देखाउने त्यस्तो कुनै कुरा पनि देख्न सक्दैनस्, तर तैँले उहाँबाट पहिले नसुनिएका सत्यताहरू पाउन सक्छस्। यो फगत नगण्य देह नै परमेश्‍वरका समस्त सत्यताका वचनको मूर्त रूप, आखिरी दिनहरूमा परमेश्‍वरका कामको वाहक, र मानिसले परमेश्‍वरको सम्पूर्ण स्वभाव बुझ्ने अभिव्यक्ति हो। के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई देख्ने चाहना बिछट्टै राख्दैनस्? के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई बुझ्ने चाहना बिछट्टै राख्दैनस्? के तँ मानवजातिको गन्तव्य देख्ने चाहना बिछट्टै राख्दैनस्? उहाँले तँलाई यी सबै रहस्यहरू—कुनै पनि मानिसले कहिल्यै तँलाई बताउन नसकेका रहस्यहरू—बताउनुहुनेछ र उहाँले तँलाई तैँले नबुझ्ने सत्यताहरू पनि बताउनुहुनेछ। उहाँ राज्यको तेरो प्रवेशद्वार र नयाँ युगमा प्रवेश गर्नका लागि तेरो मार्गदर्शक हुनुहुन्छ। यो साधारण देहसँग मानिसका निम्ति बुझ्न नसकिने धेरै रहस्य हुन्छन्। उहाँका कार्यहरू तेरा लागि दुर्बोध छन्, तर उहाँले गर्ने कामको सम्पूर्ण लक्ष्य नै तँलाई उहाँ मानिसहरूले विश्‍वास गरेजस्तो साधारण देह हुनुहुन्न भनेर देख्न सक्षम बनाउन पर्याप्त छ, किनकि उहाँ आखिरी दिनहरूमा परमेश्‍वरका अभिप्राय, र आखिरी दिनहरूमा मानवजातिप्रति परमेश्‍वरको हेरविचारको प्रतिनिधित्व गर्नुहुन्छ। तैँले उहाँका वचनहरूले स्वर्ग र पृथ्वी हल्लाएको झैँ सुन्न नसके पनि, तैँले उहाँका आँखाहरू अग्निका ज्वालाहरूजस्ता देख्न नसके पनि, र तैँले उहाँको फलामे डन्डाको अनुशासन प्राप्त गर्न नसके पनि, तँ उहाँका वचनहरूबाट परमेश्‍वर क्रोधी भइरहनुभएको सुन्न सक्छस् र परमेश्‍वरले मानवजातिका लागि कृपा देखाइरहनुभएको थाहा पाउन सक्छस् र तैँले परमेश्‍वरको धर्मी स्वभाव र उहाँको बुद्धि देख्न सक्छस्, र त्यसभन्दा पनि बढी, सबै मानवजातिका लागि परमेश्‍वरको हेरविचार बोध गर्न सक्छस्। आखिरी दिनहरूमा परमेश्‍वरको काम मानिसलाई पृथ्वीमा मानिसहरूमाझ जिइरहनुभएको स्वर्गमा हुनुहुने परमेश्‍वरलाई देख्ने तुल्याउनु हो, र परमेश्‍वरलाई जान्न, उहाँप्रति समर्पित हुन, उहाँको डर मान्न र उहाँलाई प्रेम गर्न सक्षम बनाउनु हो। यसैको लागि उहाँ दोस्रो पटक देहमा फर्किनुभएको छ। हुन त यो दिनमा मानिसले देख्ने परमेश्‍वर मानिस झैँ देखिनुभए पनि, उहाँ एउटा नाक र दुई आँखा भएका परमेश्‍वर, र साधारण परमेश्‍वर हुनुभए पनि, अन्त्यमा, परमेश्‍वरले तिमीहरूलाई देखाउनुहुनेछ कि यदि यो व्यक्ति अस्तित्वमा नहुनु हो भने, स्वर्ग र पृथ्वीले ठूलो परिवर्तन भोग्नेथिए; यदि यो व्यक्ति अस्तित्वमा नहुनु हो भने, स्वर्गहरू फिका हुनेथिए, यस पृथ्वी अस्तव्यस्ततामा जाकिनेथियो, र सबै मानवजाति भोकमरी र महामारीमाझ जिउनेथिए। तिमीहरूलाई उहाँले देखाउनुहुनेछ कि यदि आखिरी दिनहरूका देहधारी परमेश्‍वर तिमीहरूलाई मुक्ति दिन नआउनुभएको भए, त्यसबेला परमेश्‍वरले सबै मानवजातिलाई धेरैअघि नै नरकमा विनाश गरिसक्नुभएको हुनेथियो; यदि यो देह अस्तित्वमा नरहनुभएको भए, तिमीहरू सधैँको लागि महापापी हुनेथियौ, र तिमीहरू सदैव लाश हुनेथियौ। तिमीहरूले थाहा पाउनुपर्छ, यदि यो देह अस्तित्वमा नरहेको भए, सबै मानवजातिका लागि ठूलो विपत्तिबाट उम्कन असम्भव हुनेथियो, र त्यसका लागि आखिरी दिनहरूमा मानवजातिलाई परमेश्‍वरले दिने त्योभन्दा कठोर दण्डबाट उम्कन असम्भव हुनेथियो। यदि यो साधारण देह नजन्मिएको भए, तिमीहरू सबै यस्तो स्थितिमा हुनेथियौ, जहाँ तिमीहरू जीवनको भीख मागिरहेका हुनेथियौ तर जिउन सक्‍नेथिएनौ र मृत्युको भीख मागिरहेका हुनेथियौ तर मर्न सक्‍नेथिएनौ; यदि यो देह अस्तित्वमा नरहनुभएको भए, तिमीहरू सत्य प्राप्त गर्न र आज परमेश्‍वरको सिंहासनको सामुन्ने आउन सक्षम हुनेथिएनौ, बरु, तिमीहरूका घोर पापहरूका कारणले तिमीहरू परमेश्‍वरद्वारा दण्डित हुनेथियौ। के तिमीहरूलाई थाहा थियो, यदि परमेश्‍वरको पुनरागमन देहमा नभएको भए, कसैलाई पनि मुक्तिको मौका हुनेथिएन; र यदि यो देहको आगमन नभएको भए, परमेश्‍वरले धेरै अगाडि पुरानो युगलाई अन्त्य गरिसक्नुभएको हुनेथियो? अतः, के तिमीहरूले अझै पनि परमेश्‍वरको दोस्रो देहधारणलाई इन्कार गर्नेछौ? यो साधारण व्यक्तिबाट तिमीहरूले यति ठूला फाइदा प्राप्त गर्न सक्‍ने भएकाले, किन तिमीहरूले उहाँलाई खुसीसाथ स्वीकार गर्दैनौ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसको बीचमा महान् काम गर्नुभएको छ)। ख्रीष्ट नै सत्यता, मार्ग, र जीवन हुनुहुन्छ, र यो पूर्ण सत्य हो। यदि ख्रीष्टले सत्यता व्यक्त नगर्नुभएको भए, र हामीले परमेश्‍वरलाई बाहिरी रूपबाट मात्रै मूल्याङ्कन गरेर उहाँको आवाज नसुनेका भए, हामीलाई उहाँलाई चिन्न धेरै गाह्रो हुनेथ्यो। बाहिरबाट हेर्दा, सर्वशक्तिमान्‌ परमेश्‍वर एक साधारण मानिस हुनुहुन्छ, तर उहाँ आखिरी दिनहरूमा देहधारी हुनुभएको परमेश्‍वर हुनुहुन्छ। उहाँले धेरै सत्यता व्यक्त गर्नुभएको छ र सम्पूर्ण मानवजातिलाई मुक्ति दिन काम गरिरहनुभएको छ। तथापि, सीसीपी सरकार र धार्मिक संसारका अगुवाहरूले, सर्वशक्तिमान्‌ परमेश्‍वरलाई एक साधारण व्यक्ति मान्दछन्। यो पूर्ण रूपमा भ्रामक कुरा हो। यसबारे विचार गरौँ। सीसीपी नास्तिक छ र मार्क्सको शैतानवादलाई पछ्याउँछ। यो परमेश्‍वरप्रति शत्रुवत् छ र इसाईहरूलाई निरन्तर पक्राउ गर्छ र सताउँछ। यो सर्वमान्य तथ्य हो। के उनीहरूले भनेको कुरा हामी पत्याउन सक्छौँ त?”

सिन मिङले मुट्ठी कसे र कफी टेबलमा बजारे, अनि दिक्क मान्दै भने, “सीसीपी सरकार नास्तिक छ, र यसले परमेश्‍वरको प्रतिरोध गर्छ। प्रभु येशूमा विश्वास गर्दा, हामीले यसको दमन र सतावटबाट धेरै कष्ट भोगेका थियौँ। मैले यसका आधारहीन अफवाहहरू कसरी पत्याउन सकेँ?”

मैले सिन मिङलाई यसो भन्दै जवाफ दिएँ, “सीसीपी स्थापना भएदेखि नै, यसले सधैँ इसाईहरूलाई सताउँदै आएको छ, र यसले इसाई धर्मलाई एउटा पन्थ, र बाइबललाई पन्थको पुस्तकको बिल्ला भिराएको छ। यसले सबैतिर इसाईहरूलाई धरपकड गर्दै, यातना दिँदै, दोषी ठहराउँदै र सजाय सुनाउँदै आएको छ, जसले गर्दा धेरै परिवार छिन्नभिन्न भएका छन् र मानिसहरूको मृत्यु भएको छ। अहिले सर्वशक्तिमान्‌ परमेश्‍वर मानिसलाई मुक्ति दिनका लागि काम गर्न आउनुहुँदा, सीसीपी झनै क्रुद्ध बनेको छ र यसले परमेश्‍वरलाई शत्रु ठान्छ। यसले जताततै ‘वचन देहमा देखा पर्नुहुन्छ’ का प्रतिलिपिहरू खोज्छ, र भेट्टाएपछि तिनलाई जफत गरी नष्ट गर्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका ब्रदर-सिस्टरहरू परमेश्‍वरका वचनबारे सङ्गति गर्न, सुसमाचार प्रचार गर्न, र परमेश्‍वरको गवाही दिन भेला हुँदा, सीसीपीले उनीहरूलाई दबाउन र पक्राउ गर्न राष्ट्रका सम्पूर्ण शक्ति प्रयोग गर्छ, इन्टरनेटभरि मण्डलीबारे आधारहीन अफवाहहरू र बदनामी फैलाउँछ, र परमेश्‍वरको मण्डलीलाई नामेट पार्ने व्यर्थ प्रयास गर्छ। परमेश्‍वरप्रति शत्रुवत् रहेको यस्तो दुष्ट नास्तिक पार्टीलाई ख्रीष्ट के हुनुहुन्छ वा देहधारण के हो भन्ने समेत थाहा छैन। यससँग आस्थाका विषयहरूमा टिप्पणी गर्ने कुनै योग्यता छैन, तैपनि यसले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले एक व्यक्तिमा विश्वास गर्छ भनी जथाभावी दाबी गर्छ। के यो विशुद्ध रूपमा आधारहीन अफवाहहरू फैलाउनु र ईशनिन्दा गर्नु होइन र? ती धार्मिक अगुवाहरू परमेश्‍वरको देखा पराइ र उहाँको काम देख्दा, विश्वासीहरूलाई सत्यता खोज्न र प्रभुलाई स्वागत गर्न अगुवाइ गर्नुको सट्टा, सर्वशक्तिमान्‌ परमेश्‍वरलाई दोषी ठहराउन वास्तवमा सीसीपीसँगै मिल्छन्! विश्वासीहरूठूलो सङ्ख्यामा पूर्वीय बिजुलीको खोजीनिती गर्न गइरहेको, र झन्-झन् धेरै मानिसले यो स्वीकार गरिरहेको देख्दा, उनीहरू आफ्नो पद र रोजीरोटी गुम्ने डर मान्छन्, त्यसैले उनीहरू विश्वासीहरूलाई साँचो मार्गको खोजीनिती गर्नबाट रोक्न र प्रतिबन्ध लगाउन आफूले सक्ने सबै कुरा गर्छन्, हताश हुँदै मण्डलीहरूमा आवतजावत रोक्छन् र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबारे आधारहीन अफवाहहरू र बदनामी फैलाउँछन्, जसले गर्दा सत्यता नबुझ्ने धेरै मानिस उनीहरूका आधारहीन अफवाहहरू र दुष्ट शब्दहरू सुनेपछि पूर्वीय बिजुलीको खोजीनिती गर्न धेरै डराउँछन्, र प्रभुको आगमनलाई स्वागत गर्ने अवसर गुमाउँछन्। यी धार्मिक पाष्टर र एल्डरहरूका कार्यहरू प्रभु येशूको प्रतिरोध गर्ने फरिसीहरूका कार्यहरूभन्दा कसरी फरक छन् त?”

यु हुइ र सिन मिङले सहमतिमा टाउको हल्लाए। यु हुइले भनिन्, “परमेश्‍वरका वचन पढेर र तपाईँको सङ्गति सुनेर, मैले अन्ततः के बुझेँ भने परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिन काम गर्नुहुँदा, शैतान भने मानिसहरूलाई भ्रष्ट तुल्याउँछ। जब सर्वशक्तिमान्‌ परमेश्‍वर मानवजातिलाई मुक्ति दिनका लागि सत्यता व्यक्त गर्न र काम गर्न आउनुभएको छ, तब शैतान उन्मत्त बन्छ, र बाधा र विनाश ल्याउन हताश हुँदै झूटहरू रच्छ। यो कति कपटी र दुष्ट छ! परमेश्‍वरको मार्गदर्शनले गर्दा, हामी बस्यौँ र बुझाइ प्राप्त गर्यौँ। यसो नभएको भए, सिन मिङ र मैले सीसीपी अनि धार्मिक पाष्टर र एल्डरहरूले फैलाएका आधारहीन अफवाहहरू र दुष्ट शब्दहरू पत्याउनेथ्यौँ, र हामीले विश्वास गरिरहने साहस गुमाउनेथियौँ। हामीले झन्डै परमेश्‍वरको मुक्ति गुमायौँ। हामी कति मुस्किलले बच्यौँ!” यु हुइले हतार-हतार टेबलबाट “वचन देहमा देखा पर्नुहुन्छ” को पुस्तक उठाइन्, र यसलाई आफ्नो छातीमा कसिलो गरी टाँसिन्। सिन मिङलाई पनि अचानक बोध भयो, र उनले भने, “अबदेखि, हामीले सीसीपी अनि धार्मिक संसारका पाष्टर र एल्डरहरूले फैलाएका आधारहीन अफवाहहरू र भ्रामक कुराहरू पत्याउनु हुँदैन। ती कुराहरू हाम्रा जीवनका लागि फाइदाजनक छैनन्। यसको सट्टा, हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचन पढ्नमा अझ धेरै समय बिताउनुपर्छ र सङ्गति गर्न भेलाहरूमा अझ बढी आउनुपर्छ, अनि बिस्तारै हामी परमेश्‍वरको नयाँ काम बुझ्नेछौँ।”

मेरा आँखा रसाउन थाले, र मैले उत्साहित हुँदै भनेँ, “तपाईँहरूले परमेश्‍वरको देहधारणबारे सत्यता बुझ्नुभएको छ, अनि तपाईँहरूले सीसीपी र धार्मिक संसारका आधारहीन अफवाहहरू र भ्रामक कुराहरूले पारेको भ्रमलाई चिर्नुभएको छ, र परमेश्‍वरसामु फर्कनुभएको छ। साँच्चै, यो परमेश्‍वरको अनुग्रह हो! सीसीपी र धार्मिक संसारले आधारहीन अफवाहहरू फैलाउने, सर्वशक्तिमान्‌ परमेश्‍वरको कामलाई कलङ्कित र बदनाम गर्ने जतिसुकै प्रयास गरे तापनि, परमेश्‍वरमा साँचो रूपमा विश्वास गर्नेहरू अझै पनि परमेश्‍वरको आवाज चिन्न र उहाँको उपस्थितिमा फर्कन सक्छन्। तर झूटा विश्वासीहरू सीसीपी र धार्मिक संसारका आधारहीन अफवाहहरू र दुष्ट शब्दहरू पत्याउँछन्, अनि उनीहरू सर्वशक्तिमान्‌ परमेश्‍वरको काम र वचनहरूको खोजी वा अनुसन्धान गर्न अनिच्छुक हुन्छन्। यसरी उनीहरूलाई पशुले समात्छ र पशुको छाप लगाइदिन्छ। उनीहरू बतासले उडाउने र निभाउन नसकिने आगोले जलाइने भुस जस्तै हुन्। यसरी, गहुँ र सामा छुट्याइन्छन्। परमेश्‍वर कति सर्वशक्तिमान् र बुद्धिमान् हुनुहुन्छ!”

हाम्रो भेला सकिएपछि, सिन मिङ र यु हुइले होसियारीसाथ आफ्ना परमेश्‍वरका वचनका पुस्तकहरू झोलामा राखे, आफ्ना झोलाहरू काँधमा भिरे, र खुसी हुँदै हिँडे। म झ्यालनेर उभिइरहेँ, उनीहरू टाढा ओझेल परेको हेरिरहेँ, र म यसो नभनी बस्नै सकिनँ, “सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद!”

अघिल्लो: ३२. मेरो बुबालाई सुसमाचार सुनाउँदा

अर्को: ४१. मेरो अहङ्कारी स्वभाव समाधान गर्ने मार्गको खोजी

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्