३९. म अब हीनताबोध महसुस गर्दिनँ
बच्चैदेखि म लजालु थिएँ र ढिलो बुझ्थेँ। मेरो परिवारका सबैले मलाई बाठी छैन, सुस्त छे भन्थे। त्यसमाथि, मेरो भाषिक क्षमता कमजोर भएकाले धेरै मानिसका अगाडि बोल्दा म प्रायः आत्तिन्थेँ। आत्तिनेबित्तिकै मेरो दिमाग खाली हुन्थ्यो, त्यसैले म प्रायः चुप लाग्थेँ। म विद्यालय जाँदाखेरि शिक्षकले प्रश्न सोध्दा मेरा सबै सहपाठीहरू उत्साहपूर्वक उत्तर दिन्थे, तर मलाई उत्तर थाहा भए पनि स्वेच्छाले जवाफ दिने आँट आउँदैनथ्यो। म केवल शिक्षकले मेरो नाम बोलाउलान् भनेर निष्क्रिय रूपमा पर्खिन्थेँ वा मनमनै उत्तर दिन्थेँ। मेरा परिवार र साथीहरू सबैले मलाई ढिलो बुझ्ने र बोल्न नजान्ने भन्थे। मेरा बुबाले पनि मलाई सुस्त चराहरूले आफ्नो क्षमताको कमीलाई पूर्ति गर्न अरूभन्दा पहिले उड्न सुरु गर्नुपर्छ भन्नेबारे प्रायः एउटा कथा सुनाइरहनुहुन्थ्यो। समय बित्दै जाँदा, मलाई पनि आफू अलि सुस्त छु भन्ने लाग्न थाल्यो, र मैले गरेको कुनै पनि काम अरूलाई देखाउन लायक छैन भन्ने महसुस भयो। त्यसैले, म एकदमै अन्तर्मुखी भएँ। परमेश्वरमा विश्वास गर्न थालेपछि, मैले ब्रदर-सिस्टरहरू कति दयालु रहेछन् भन्ने देखेँ, र मलाई उनीहरू मेरै परिवार जस्तो लाग्थ्यो। म पनि ब्रदर-सिस्टरहरूसँग आफ्नो स्थिति र कठिनाइहरूबारे खुलेर कुराकानी गर्थेँ। सबैले मलाई मद्दत र प्रोत्साहित गर्थे, अनि म कम नियन्त्रित हुन्थेँ; मेरो हृदय स्वतन्त्र र आनन्दले भरिपूर्ण महसुस हुन्थ्यो। तर, धेरै मानिसका अगाडि बोल्दा म अझै पनि धेरै नियन्त्रित महसुस गर्थेँ। केही भेलामा धेरै मानिस आए, र जब सङ्गति गर्ने मेरो पालो आयो, म यति धेरै आत्तिएँ कि म काँप्न सुरु थालेँ। मेरा विचारहरू सबै लथालिङ्ग भए, र मैले अड्किँदै बोलेँ। केही सिस्टरहरूले टाउको उठाएर मलाई हेरे, र म लाजले मुस्कुराएँ। त्यतिबेला, लाजले मेरो अनुहार रातोपिरो भयो, र मलाई भुइँ चिरा परेर मलाई निलिदिए हुन्थ्यो जस्तो लाग्यो। मैले सोच्न थालेँ, “मेरा ब्रदर-सिस्टरहरूले मेरो बारेमा के सोच्छन् होला? के उनीहरू मलाई एकदमै बेकामे सोच्छन्? अबदेखि मैले कम बोल्नुपर्ने र राम्रो क्षमता भएका ब्रदर-सिस्टरहरूलाई नै बढी सङ्गति गर्न दिनुपर्ने जस्तो देखिन्छ।” त्यसपछिका भेलाहरूमा, धेरै मानिसहरू हुँदा म सधैँ सङ्गति गर्ने अन्तिम व्यक्ति हुन्थेँ; कहिलेकाहीँ त म सङ्गति नै गर्दिनथेँ। थोरै मानिसहरू हुँदा वा आफूले राम्ररी चिनेका ब्रदर-सिस्टरहरूको अगाडि मात्र म साधारण तरिकाले सङ्गति गर्ने आँट गर्थेँ। कहिलेकाहीँ, आफ्नो कर्तव्य निर्वाह गर्दा म केही नतिजा हासिल गर्थेँ, अनि सबैले सिकेर त्यसलाई सन्दर्भको रूपमा प्रयोग गर्न सकून् भनेर सुपरिवेक्षकले मलाई ती राम्रा तरिका र विधिहरूबारे छलफल गर्न भन्नुहुन्थ्यो। तर, धेरै जना ब्रदर-सिस्टरका अगाडि कुरा गर्नेबारे सोच्नेबित्तिकै मलाई साँच्चिकै डर लाग्थ्यो। बोल्ने समय आएपछि म आत्तिएर तालमेल नमिलाई बोल्छु कि भनेर मलाई चिन्ता लाग्थ्यो—त्यो कति लाजमर्दो हुन्थ्यो होला! मसँग कुनै विशेष विधिहरू छैनन् भन्ने निहुँमा म बारम्बार अस्वीकार गर्थेँ। पछि, मैले मनन गरेँ, धेरै मानिसका अगाडि बोल्नुपर्दा म किन हरेक पटक डराउँथेँ र पछि हट्थेँ?
एक पटक, मैले परमेश्वरका वचनहरू पढेँ: “कतिपय मानिसहरू बाल्यकालदेखि नै मन्दबुद्धि, स्पष्ट बोल्न नसक्ने र सादा स्वरूपका हुन्छन्, त्यसैले तिनीहरूका परिवार र समाज भित्रका अरूले तिनीहरूका बारेमा केही नकारात्मक टिप्पणी गर्छन्। उदाहरणका लागि, मानिसहरूले यसो भन्थे: ‘यो बच्चा लाटो छ, उसले कुराहरूमा ढिलो प्रतिक्रिया जनाउँछ, र अकमकिँदै बोल्छ। त्यो व्यक्तिको बच्चालाई हेर त, उसको मीठो बोलीले मानिसहरूलाई साँच्चै मोहित पार्छ। यो बच्चाले मानिसहरूलाई भेट्दा के भन्नुपर्छ वा मानिसहरूलाई कसरी खुसी पार्नुपर्छ भन्ने जान्दैन, र उसले केही गल्ती गर्दा, कसरी व्याख्या गर्ने वा आफ्नो सफाइ दिने भनी जान्दैन। यो बच्चा मूर्ख छ।’ तिनीहरूका आमाबुबाले यसो भन्छन्, र तिनीहरूका आफन्त, साथीभाइ र शिक्षकहरूले पनि त्यसै भन्छन्। यो वातावरणले त्यस्ता व्यक्तिहरूमाथि थाहै नपाई निश्चित दबाब दिन्छ, जसले गर्दा तिनीहरूले अचेतन रूपमा एक किसिमको मानसिकता विकास गर्छन्। कस्तो मानसिकता? तिनीहरूलाई आफू अनाकर्षक भएको र आफ्नो रूपलाई कसैले पनि मन पराउँदैन भन्ने लाग्छ, साथै तिनीहरूले आफ्नो अध्ययनमा राम्रो अङ्क प्राप्त गर्दैनन् र प्रतिक्रिया जनाउन ढिलो गर्छन् भन्ने लाग्छ; तिनीहरूले अरूलाई देख्दा आफ्नो मुख खोल्न र बोल्न सधैँ लाज मान्छन्, र मानिसहरूले तिनीहरूलाई केही दिँदा तिनीहरू धन्यवाद भन्न पनि अत्यन्तै लाज मान्छन्। तिनीहरू मनमनै सोच्छन्, ‘म बोल्दा किन अकमकाएको होला? अरू मानिसहरू किन त्यति वाकपटु हुन्छन्? म त मूर्ख नै रहेछु!’ अवचेतन रूपमा, तिनीहरूले आफूलाई अत्यन्तै बेकामे ठान्छन्, तर आफू त्यति बेकामे, र त्यति मूर्ख भएको स्वीकार गर्न इच्छुक हुँदैनन्। तिनीहरूले हृदयमा प्रायः आफैलाई सोध्छन्, ‘के म साँच्चै त्यति मूर्ख छु? के म साँच्चै त्यति अप्रिय छु?’ तिनीहरूका आमाबुबाले तिनीहरूलाई त्यति मन पराउँदैनन्, अनि तिनीहरूका दाजुभाइ-दिदीबहिनीले, शिक्षकहरूले, र कक्षाका साथीहरूले पनि तिनीहरूलाई मन पराउँदैनन्। अनि बेला बेलामा तिनीहरूका परिवारका सदस्य, आफन्त र साथीभाइहरूले तिनीहरूका बारेमा यसो भन्छन्, ‘ऊ होचो छ, उसका आँखा र नाक साना छन्, र यस्तो रूप भएकोले, ऊ हुर्केपछि उसले खासै केही गर्न सक्दैन।’ यस्तो किसिमको वातावरणमा, तिनीहरू सुरुमा आफ्नो हृदयमा प्रतिरोधी महसुस गर्छन् र बिस्तारै आफ्नै अपर्याप्तता र कमीकमजोरीहरू स्वीकार गर्छन् र मान्छन्, तर त्यसको साथसाथै तिनीहरूको हृदयको गहिराइमा एउटा नकारात्मक संवेग उत्पन्न हुन्छ। यो संवेगलाई के भनिन्छ? हीनताबोध। हीनताबोध महसुस गर्ने मानिसहरूले आफ्ना सबल पक्षहरूलाई नभई आफ्ना कमजोरीहरूलाई मात्रै देख्छन्; तिनीहरूलाई सधैँ आफू अनाकर्षक र मन नपराइने खालको भएको, आफ्नो दिमाग तेज नभएको र आफूले ढिलो प्रतिक्रिया जनाउने, र आफूले मानिसहरूलाई पढ्न नसक्ने महसुस हुन्छ। छोटकरीमा, तिनीहरूलाई आफू पूर्ण रूपमा अपर्याप्त छु भन्ने लाग्छ। हीनताबोधको यो मानसिकता बिस्तारै तेरो हृदयभित्र हाबी हुन थाल्छ, र यो तेरो हृदयलाई अल्झाउने एउटा अटुट संवेग बन्छ। तँ हुर्केर संसारमा निस्केपछि, वा तैँले विवाह गरेर आफ्नो करियर स्थापित गरेपछि, तेरो सामाजिक पहिचान र हैसियत जेसुकै भए पनि, बाल्यकालदेखि तेरो पालनपोषणमा रोपिएको हीनताबोधको यो संवेगले अझै पनि तँलाई असर र नियन्त्रण गर्छ, र तँलाई आफू हरेक हिसाबमा अरू मानिसहरूभन्दा खराब छु भन्ने महसुस गराउँछ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१))। परमेश्वरका वचनहरू मेरो स्थितिसँग निकै सान्दर्भिक थिए। म बच्चै हुँदादेखि मेरा वरपरका मानिसहरू मलाई राम्ररी बोल्न नसक्ने र ढिलो बुझ्ने भन्थे; मेरो परिवारले पनि प्रायः यसो भन्थे, “तेरी दिदी कति बाठी छे, हेर् त। तर तँ यस्ती छेस् कि कहिल्यै कतै पनि अटाउनेछैनस् …” बिस्तारै, मलाई झन्-झन् आफू अरूभन्दा कम चलाख छु जस्तो लाग्न थाल्यो, र ममा हीनताबोध विकसित भयो। बाल्यकालदेखि वयस्क हुन्जेलसम्म, मैले आफूसँग कुनै सबल पक्ष छ भनेर कहिल्यै सोचिनँ: मेरो अभिव्यक्ति क्षमता कमजोर छ, साथै मेरो मनोवैज्ञानिक अडिगपन पनि कमजोर छ, त्यसैले धेरै मानिसका अगाडि बोल्दा म आत्तिन्थेँ, त्यसमाथि म त्यति तीक्ष्ण दिमागकी छैन, त्यसैले म त्यति धेरै बोल्दिनथेँ र धेरै कुराहरूमा भाग लिन्नथेँ। परमेश्वरमा विश्वास गर्न थालेपछि, मसँग आफूलाई अभिव्यक्त गर्ने राम्रो क्षमता नभएका कारण मेरा ब्रदर-सिस्टरहरूले मलाई हेप्ने हुन् कि भनेर म प्रायः डराउँथेँ, र लाजबाट बच्न म सकेसम्म कम बोल्ने प्रयास गर्थेँ। भेलाहरूमा सङ्गति गर्दा म एकदमै निष्क्रिय हुन्थेँ, आफ्नो कर्तव्य निर्वाह गर्दा मैले प्राप्त गरेका कुराहरूबारे छलफल गर्न अस्वीकार गर्थेँ, र निरन्तर पछि हट्ने बाटो रोज्थेँ। हीनताबोधका भावनाहरूद्वारा प्रभावित भएर, मैले सत्यता प्राप्त गर्ने धेरै अवसरहरू गुमाएँ, र आफूले गर्न सक्ने कर्तव्यहरू समेत निर्वाह गर्न सकिनँ। मलाई आफ्नो जीवन एकदमै दयनीय लाग्यो, त्यसैले यो समस्या समाधान गर्न म सत्यता खोज्न चाहन्थेँ।
एक दिन, मैले परमेश्वरका वचनहरू पढेँ: “तेरो हृदय यो हीनताबोधको संवेगले भरिएको हुन्छ र यो संवेग लामो समयदेखि रहेको हुन्छ, र यो कुनै अस्थायी मनस्थिति हुँदैन। बरु, यसले तेरो प्राणको गहिराइबाट तेरा विचारहरूलाई कडाइका साथ नियन्त्रण गर्छ, यसले तेरा ओठहरूलाई कसिलो गरी बन्द गरिदिन्छ, र त्यसैले तँमा जस्तोसुकै शुद्ध बुझाइ भए पनि, वा मानिस, घटना र कामकुराहरूप्रति तेरा जस्तोसुकै दृष्टिकोण र विचारहरू भए पनि, तँ सोच्ने आँट मात्रै गर्छस्, ठूलो स्वरमा बोल्ने आँट कहिल्यै गर्दैनस्। अरू मानिसहरूले तैँले भनेको कुरालाई अनुमोदन गरे पनि, वा तेरो आलोचना गरेर तँलाई सच्याए पनि, तँ यस्तो परिणाम स्वीकार गर्ने आँट गर्दैनस्। यस्तो किन हुन्छ? किनभने तँभित्र रहेको हीनताबोधको संवेगले तँलाई यसो भनिरहेको हुन्छ, ‘केही नभन्। तेरो क्षमता कमजोर छ र तँसँग सत्यता वास्तविकता छैन। तेरो बुझाइ र विचारहरू सही नहुन सक्छन्, र सत्यताको पछ्याइमा तँ पछि पर्छस्। त्यसैले केही नभन्, र केही नगर्। तँ अरू मानिसहरूले जस्तै आफ्नो हृदय खोल्न र आफूले चाहेको कुरा भन्न योग्य छैनस्। तैँले अरूको अगाडि आफ्नो हृदय उदाङ्गो पार्न सक्दैनस्। तँ तिनीहरूजत्तिको राम्रो छैनस्।’ हीनताबोधको यस संवेगले मानिसहरूको सोचाइलाई मार्गदर्शन गर्छ; यसले तिनीहरूलाई रोकटोक गर्छ, तिनीहरूलाई सामान्य रूपमा आफ्ना कर्तव्यहरू निर्वाह गर्नबाट रोक्छ र तिनीहरूको सामान्य जीवनलाई असर गर्छ, साथै तिनीहरू मानिस र कामकुराहरूलाई कसरी हेर्छन्, अनि तिनीहरू आफूलाई कसरी आचरणमा ढाल्छन् र कार्य गर्छन् भन्ने कुराका तरिका र विधिहरू, अनि दिशा र लक्ष्यहरूलाई पनि निर्देशित गर्छ। … यी खास प्रकटीकरण र प्रकाशबाट हामी के देख्न सक्छौँ भने, यो नकारात्मक संवेग, अर्थात् हीनताबोधको यो संवेगले मानिसहरूको हृदयको अन्तस्करणमा प्रभाव पारेपछि र जरा गाडेपछि, जबसम्म तिनीहरूले सत्यता खोजी गर्दैनन्, तबसम्म यसलाई उखेल्न र यसको बन्धन तोड्न तिनीहरूलाई निकै गाह्रो हुनेछ, र तिनीहरू आफूले गर्ने हरेक कुरामा यसद्वारा नियन्त्रित हुनेछन्। यस संवेगलाई भ्रष्ट स्वभाव भन्न नसकिए पनि, यसले मानिसहरूमा गम्भीर नकारात्मक असर पारिसकेको छ; यसले तिनीहरूको मानवतालाई चरम रूपमा दमन गर्छ र तिनीहरूको सामान्य मानवताका विभिन्न संवेगहरू अनि बोली र कार्यहरूमा ठूलो नकारात्मक प्रभाव पार्छ। यी परिणामहरू एकदमै गम्भीर हुन्। सानो स्तरमा, यसले तिनीहरूको व्यक्तित्व, तिनीहरूको रुचि, र तिनीहरूको महत्त्वाकाङ्क्षालाई असर गर्छ; ठूलो स्तरमा, यसले तिनीहरूको जीवनको लक्ष्य र दिशालाई असर गर्छ। हीनताबोधको यस संवेगका कारणहरूबाट, यसको विकासबाट र यसले व्यक्तिमा ल्याउने परिणामहरूबाट, तैँले यसलाई जुनसुकै पक्षबाट हेरे पनि, के यो मानिसहरूले त्याग्नुपर्ने कुरा होइन र? (हो।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१))। जब मैले आफूलाई परमेश्वरका वचनसँग दाँजेर हेरेँ, मैले हीनताबोधको भावनामा जिउनुको हानि बुझेँ। हीनताबोध कुनै सामान्य भावना होइन, यसले सिधै तपाईँको आत्म-आचरण र कार्यलाई असर गर्छ; यसले तपाईँलाई बन्धनमा राख्छ र बाँध्छ। म बच्चै हुँदादेखि मेरा वरपरका सबैले मलाई मन्द बुद्धि भएकी र राम्ररी बोल्न नसक्ने भन्थे; मेरा बुबाले पनि मलाई सुस्त चराहरूले आफ्नो क्षमताको कमीलाई पूर्ति गर्न अरूभन्दा पहिले उड्न सुरु गर्नुपर्छ भन्नेबारे प्रायः एउटा कथा सुनाइरहनुहुन्थ्यो। बिस्तारै, मलाई आफू अन्तर्निहित रूपमा नै अरूभन्दा सुस्त छु भन्ने लाग्न थाल्यो, त्यसैले म प्रायः चुपचाप बस्थेँ, र आफूले गर्न सक्ने कामहरू गर्नमा समेत पहल गर्ने आँट गर्दिनथेँ। ब्रदर-सिस्टरहरू भेला भएर परमेश्वरका वचनहरू सम्बन्धी आफ्नो बोध र बुझाइबारे सङ्गति गर्नु एउटा सकारात्मक कुरा हुनुपर्ने हो, तर मलाई जहिले पनि आफू बोल्न जान्दिनँ जस्तो लाग्थ्यो, र यदि मैले राम्ररी बोलिनँ भने मेरा ब्रदर-सिस्टरहरूले मलाई हेप्ने हुन् कि भन्ने डर लाग्थ्यो, त्यसैले म सजिलै खुलेर बोल्ने र सङ्गति गर्ने आँट गर्दिनथेँ। कहिलेकाहीँ त, परमेश्वरका वचनहरूबारे मसँग केही ज्योति र ज्ञान हुँदा समेत म सङ्गति गर्ने आँट गर्दिनथेँ। वास्तवमा, यदि तपाईँ आफ्नो कर्तव्य निर्वाह गरेर केही नतिजा प्राप्त गर्नुहुन्छ भने, यो पवित्र आत्माको अन्तर्दृष्टि र अगुवाइका कारणले गर्दा हो, र तपाईँले यसबारे कुराकानी गर्नुपर्छ ताकि अझ धेरै ब्रदर-सिस्टरहरूले यसबाट लाभ लिन सकून्। तर, म हीनताबोधको भावनाद्वारा प्रभावित थिएँ र यदि मैले आत्तिएर राम्ररी बोल्न सकिनँ भने त्यो लाजमर्दो हुन्छ भनेर चिन्तित थिएँ; मैले बरु भाग्न रोजेँ, र अभ्यास गर्ने अवसर गुमाएँ। हीनताबोधका भावनाहरूले मलाई बाँधेका थिए, जसले गर्दा मैले गर्ने वा बोल्ने हरेक कुरामा मलाई नियन्त्रित महसुस हुन्थ्यो; म बोझ सम्हाल्न सक्रिय रूपमा अघि सर्न सक्दिनथेँ, र मेरो जीवन प्रवेशमा मैले कुनै प्रगति गरिनँ। हीनताबोधका भावनाहरूमा जिउनुको हानि देखेपछि, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, हीनताबोधका भावनाहरूले मलाई बाल्यकालदेखि वयस्क हुन्जेलसम्म निरन्तर बाँधेका छन्। परमेश्वरमा विश्वास गर्न थालेपछि, म अझै पनि तीद्वारा नियन्त्रित थिएँ र मैले आफ्नो कर्तव्य पूरा गर्न सकिनँ। म हीनताबोधका भावनामा जिइरहन चाहन्नँ; म परिस्थितिलाई बदल्न चाहन्छु। मलाई नकारात्मक भावनाका बन्धनहरू फाल्न मद्दत गर्नुहोओस्।”
पछि, मैले परमेश्वरका वचनहरू पढेँ: “त्यसोभए, तैँले आफूलाई सठिक रूपमा कसरी मूल्याङ्कन गर्न र चिन्न सक्छस्, र तँ कसरी हीनताबोधको संवेगबाट मुक्त हुन सक्छस्? तैँले परमेश्वरका वचनहरूलाई आफूलाई चिन्ने—तेरो मानवता कस्तो छ, तेरो क्षमता र प्रतिभा वास्तवमा कस्ता छन्, अनि तँमा के-कस्ता सामर्थ्यहरू छन् भनेर थाहा पाउने आधारका रूपमा लिनुपर्छ। उदाहरणका लागि, मानौँ तँलाई गीत गाउन मन पर्थ्यो र तँ राम्ररी गाउँथिस्, तर कतिपय मानिसहरूले तेरो आलोचना गरिरहे र तँलाई होच्याइरहे, तँलाई सुर चिन्न आउँदैन र तैँले बेसुरे गाउँछस् भनी भनिरहे, त्यसकारण तँलाई तँ राम्ररी गाउन सक्दैनस् भन्ने लाग्छ र तैँले अरूको अगाडि गाउने आँट गर्न छोडेको छस्। ती सांसारिक मानिसहरू, ती भ्रमित र औसत मानिसहरूले तेरा बारेमा बेठिक मूल्याङ्कन गरे र तँलाई गलत ठहऱ्याए, तेरो मानवताले पाउनुपर्ने अधिकारहरू सीमित पारे, र तेरो प्रतिभालाई दबाए। परिणामस्वरूप, तँ गीत गाउनेसमेत आँट गर्दैनस्, र तँ आफू एकलै हुँदा मात्रै ठूलो स्वरले गाउने र खुलेर व्यक्त गर्ने आँट गर्छस्। साधारणतया तँलाई चरम दमन गरिएको महसुस भएकै कारण, तँ आफू एकलै नहुँदा गीत गाउने आँटै गर्दैनस्; एकलै हुँदा मात्रै तँलाई गीत गाउने आँट आउँछ, तँ ठूलो स्वरमा र स्पष्टसित गीत गाउँदा रमाउँछस्—त्यो कति सुन्दर, स्वतन्त्र, मुक्त समय हुन्छ! यस्तै हुन्छ नि, होइन र? मानिसहरूले तँलाई गरेको हानिको कारण, तैँले वास्तवमा के गर्न सक्छस्, तँ के कुरामा सिपालु छस्, र तँ के कुरामा सिपालु छैनस् भन्ने कुरा तँ जान्दैनस् वा स्पष्ट रूपमा देख्न सक्दैनस्। यस्तो परिस्थितिमा, तैँले सही मूल्याङ्कन गर्नुपर्छ र परमेश्वरका वचनहरूअनुसार आफ्नो सही मापन गर्नुपर्छ। तैँले के सिकेको छस् र तेरा सामर्थ्यहरू कहाँ छन् भनेर पत्ता लगाउनुपर्छ, अनि आफूले गर्न सक्ने जुनसुकै कुरा गर्नुपर्छ; तैँले गर्न नसक्ने कुराहरू, तेरा कमजोरी र अपर्याप्तहरूका हकमा भन्दा, तैँले चिन्तन गरेर तिनलाई चिन्नुपर्छ, र तँसँग तेरो क्षमता कस्तो छ, त्यो असल छ कि खराब छ भन्नेबारे सठिक मूल्याङ्कन र ज्ञान हुनुपर्छ। यदि तँ आफ्ना समस्याहरू बुझ्न सक्दैनस् वा तीबारे तँसँग स्पष्ट ज्ञान छैन भने, समझ भएका र आफू वरपरका मानिसहरूलाई तेरा बारेमा मूल्याङ्कन गर्न अनुरोध गर्। तिनीहरूले भन्ने कुरा सठिक भए पनि नभए पनि, कम्तीमा पनि यसले तँलाई सन्दर्भका लागि कुनै कुरा दिनेछ अनि आफूबारे आधारभूत मूल्याङ्कन वा चित्रण राख्न सक्षम बनाउनेछ। त्यसपछि तँ यस नकारात्मक संवेग—तेरो हीनताबोधको संवेग—को मूल समस्या समाधान गर्न, र त्यसबाट क्रमिक रूपमा निस्कन सक्छस्। यदि व्यक्तिले हीनताबोधको संवेगलाई खुट्ट्याउन, त्यसबाट ब्युँझन, र सत्यता खोजी गर्न सक्छ भने, त्यो संवेग समाधान गर्न सजिलो हुन्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१))। परमेश्वरका वचनहरूबाट मैले एउटा अभ्यासको मार्ग भेटेँ। मैले परमेश्वरका वचनहरूअनुसार आफूलाई तौलनु र मूल्याङ्कन गर्नुपर्छ, र अरूका गलत मूल्याङ्कनहरूबाट प्रभावित हुनु हुँदैन वा तिनलाई मेरो आफ्नै आत्म-बुझाइ र मूल्याङ्कनमा प्रभाव पार्न दिनु हुँदैन। परमेश्वरले मलाई मैले राम्ररी चिनेका ब्रदर-सिस्टरहरूलाई मेरो मूल्याङ्कनबारे सोध्न र त्यसपछि परमेश्वरका वचनहरूअनुसार वस्तुगत रूपमा आफूलाई तौलन सकिने भन्नुभएको मैले सम्झेँ। त्यसैले, मलाई राम्ररी चिन्ने केही सिस्टरहरूलाई मैले सोधेँ। उनीहरूले भने, “तिमी वास्तवमा तिमीले भनेजस्तो बेकामे छैनौ। सामान्यतया, आफ्नो कर्तव्यसँग सम्बन्धित सिद्धान्तहरूबारे तिम्रो आफ्नै बुझाइ हुने गर्छ, र तिमी परमेश्वरका वचनहरू सम्बन्धी केही ज्ञानबारे छलफल गर्न सक्छौ। कहिलेकाहीँ तिमी आफ्ना ब्रदर-सिस्टरहरूलाई मद्दत पनि गर्न सक्छौ। तिमीले आफूलाई सही तरिकाले व्यवहार गर्नुपर्छ।” मबारे सिस्टरहरूले गरेको मूल्याङ्कन सुनेपछि, म आफूले सोचेजति खराब छैन रहेछु भनेर मैले महसुस गरेँ। म अरू मानिसले मेरो बारेमा गरेका गलत मूल्याङ्कनहरूमा जिइरहन र आफूलाई नकारात्मक रूपमा मूल्याङ्कन गरिरहन सक्दिनथेँ। वास्तवमा, मसँग कुनै सबल पक्ष नै नभएको त होइन रहेछ; मेरो व्यक्तित्व अलि अन्तर्मुखी भए पनि र म आफूलाई अभिव्यक्त गर्न अरूभन्दा कम सक्षम भए पनि, धेरैजसो समय म केही कुराहरू स्पष्ट रूपमा बुझाउन सक्छु, आफ्नो कर्तव्य निर्वाह गर्दा अभ्यासका केही राम्रा मार्गहरू फेला पार्न सक्छु, र केही भूमिका खेल्न सक्छु। मैले आफ्ना कमजोरीहरूलाई तर्कसङ्गत रूपमा सम्हाल्नुपर्छ। त्यसपछि, ममा आफूबारे फेरि नकारात्मक सोचहरू आउँदा, म सोच्थेँ, “व्यक्तिको भाषिक क्षमता परमेश्वरद्वारा नियोजन गरिएको हुन्छ। यस सन्दर्भमा ममा भएका कमीकमजोरीहरूका कारण म अरूभन्दा हीन छु भन्ने महसुस गर्नु हुँदैन र त्यसैले पाइलैपिच्छे नियन्त्रित हुनु हुँदैन। मैले सही मानसिकता स्थापित गर्नुपर्छ र यसलाई सही रूपमा लिनुपर्छ, अनि आफूले राम्ररी गर्न सक्ने कुराहरू गर्न सक्दो प्रयास गर्नुपर्छ।”
एक पटक, मैले एक सिस्टरलाई मेरो स्थितिको बारेमा बताएँ। उनले मेरो मुख्य समस्या भनेको मैले अभिमानलाई धेरै महत्त्व दिनु र अरू मानिसले मेरो बारेमा के सोच्छन् भन्ने कुरामा धेरै चासो राख्नु हो भनिन्। मैले यस्तो स्थिति समाधान गर्ने विषयसँग सम्बन्धित परमेश्वरका वचनहरू खोजेर पढेँ। परमेश्वरका वचनहरूले भन्छन्: “जब तँलाई परिवारका अग्रजहरूले ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ,’ भनेर बारम्बार भन्छन्, यो तैँले आफूलाई राम्रो देखाउनमा महत्त्व दिएस्, तँ सम्मानपूर्वक जिएस्, र तैँले बेइज्जत हुने कामकुरा नगरेस् भन्नका लागि हो। तर त्यसोभए यो भनाइले मानिसहरूलाई सकारात्मक तरिकाले डोर्याउँछ कि नकारात्मक तरिकाले? के यसले तँलाई सत्यतामा डोर्याउन सक्छ? के यसले तँलाई सत्यता बुझ्न अगुवाइ गर्न सक्छ? (अहँ, सक्दैन।) निश्चय नै सक्दैन! परमेश्वरले मानिसहरूबाट माग गर्ने कुरा भनेको तिनीहरू इमानदार हुनुपर्छ भन्ने हो। जब तैँले अपराध गरेको हुन्छस्, वा केही गलत गरेको हुन्छस्, वा परमेश्वरको विरुद्ध विद्रोह गर्ने र सत्यताको विरुद्ध जाने केही गरेको हुन्छस्, तब तैँले आत्मचिन्तन गर्नुपर्छ, आफ्नो गल्ती चिन्नुपर्छ, र आफ्ना भ्रष्ट स्वभावहरूलाई चिरफार गर्नुपर्छ; यसरी मात्रै तैँले साँचो पश्चात्ताप हासिल गर्न सक्छस्, र त्यसपछि परमेश्वरका वचनहरूअनुसार काम गर्न सक्छस्। इमानदार बन्ने अभ्यास गर्न मानिसहरूमा कस्तो प्रकारको मानसिकता हुनुपर्छ? के आवश्यक मानसिकता र ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्ने भनाइले देखाउने दृष्टिकोणबीच कुनै मतभेद छ? (छ।) उक्त मतभेद के हो? ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्ने भनाइले मानिसहरूलाई आफ्नो उत्कृष्ट प्रभाव जमाउन र आफूलाई राम्रो देखाउने कामहरू बढी गर्नलाई महत्त्व दिन—बरु खराब वा अपमानजनक कामहरू नगर्न, आफ्नो कुरूप पक्ष नदेखाउन—र सम्मान वा इज्जत नभएको जीवन नजिउन भन्छ। आफ्नो अभिमानको खातिर, आफूलाई राम्रो देखाउनका खातिर, व्यक्तिले आफू पूर्ण रूपमा बेकम्मा छु भनी भन्न सक्दैन, अरूलाई आफ्नो नराम्रो पाटो र लाजमर्दो पक्षहरू बताउने कुरा त परै जाओस्, किनभने व्यक्तिले सम्मानजनक र इज्जतिलो जीवन जिउनुपर्छ, र इज्जत हुनका लागि अभिमान चाहिन्छ, र अभिमान हुनका लागि ढोँग गर्नुपर्ने र आफूलाई सजाउनुपर्ने हुन्छ। के यो कुरा इमानदार व्यक्ति हुनुसँग बाझिँदैन र? (बाझिन्छ।) तँ इमानदार व्यक्ति बनिरहँदा, तैँले ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्ने भनाइलाई पहिले नै त्यागिसकेको हुन्छस्। यदि तँ इमानदार व्यक्ति बन्न चाहन्छस् भने, आफ्नो स्वरूपलाई महत्त्व नदे; व्यक्तिको स्वरूपको मूल्य एक पैसा पनि हुँदैन। सत्यताको उपस्थितिमा, व्यक्तिले आफ्नो खुलासा गर्नुपर्छ, ढोँग गर्नु वा बनावटी रूप देखाउनु हुँदैन। व्यक्तिले परमेश्वरलाई आफ्ना साँचो विचारहरू, आफूले गरेका गल्तीहरू, सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने पक्षहरू, आदि प्रकट गर्नुपर्छ, र यी कुराहरूलाई आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसामु पनि उदाङ्गो पार्नुपर्छ। यो आफ्नो अभिमानको खातिर जिउनु होइन, बरु इमानदार व्यक्ति बन्नका लागि जिउनु, सत्यतालाई पछ्याउनका लागि जिउनु, साँचो सृजित प्राणी बन्नका लागि जिउनु, र परमेश्वरलाई सन्तुष्ट पार्न र मुक्ति पाउनका लागि जिउनु हो। तर जब तँ यो सत्यता बुझ्दैनस्, र परमेश्वरका अभिप्रायहरू बुझ्दैनस्, तब तेरो परिवारले तँलाई सिकाएका कुराहरू तेरो हृदयमा हाबी हुने गर्छन्। त्यसैले जब तँ केही गलत गर्छस्, तब तँ त्यसलाई लुकाउँछस् र ढोँग गर्छस्, र यसो सोच्छस्, ‘मैले यसबारे कसैलाई बताउन मिल्दैन, र म यो कुरा थाहा पाउने अरू कसैलाई पनि यसबारे मानिसहरूलाई बताउन दिनेछैन। यदि तिमीहरूमध्ये कसैले कसैलाई भन्यौ भने, म त्यसलाई सजिलै जान दिनेछैन। मेरो अभिमान पहिलो प्राथमिकता हो। जिउनु भनेको आफ्नो अभिमानबाहेक अरू केहीका लागि होइन, जुन अरू कुनै पनि कुराभन्दा महत्त्वपूर्ण छ। यदि कुनै व्यक्तिसँग अभिमान छैन भने, उसले आफ्नो सबै इज्जत गुमाउँछ। त्यसैले तँ साँचो बोल्न सक्दैनस्, तैँले ढोँग गर्नुपर्ने हुन्छ, तैँले ढाकछोप गर्नुपर्ने हुन्छ, नत्र तँसँग अभिमान वा इज्जत रहनेछैन, र तेरो जीवन बेकम्मा हुनेछ। यदि कसैले तँलाई आदर गर्दैन भने, तँ केवल बेकम्मा हुन्छस्, तँ केवल निकृष्ट रद्दी हुन्छस्।’ के यसरी अभ्यास गरेर इमानदार व्यक्ति बन्न सम्भव हुन्छ? के आफूलाई उदाङ्गो पार्न र आफूलाई चिरफार गर्न सम्भव हुन्छ? (अहँ, हुँदैन।) अवश्य नै, यसो गरेर तैँले ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्ने भनाइ पालन गरिरहेको हुन्छस्, जुन तेरो परिवारले सिकाइमार्फत तँमा हालिदिएको कुरा हो। तैपनि, यदि तैँले सत्यता पछ्याउन र सत्यता अभ्यास गर्नको लागि यो भनाइ त्यागिस् भने, यसले तँलाई असर गर्न छोड्नेछ, र यो तेरो आदर्श वाक्य वा तेरा कार्यहरूको सिद्धान्त बन्न छोड्नेछ, र यसको साटो तैँले जे गर्छस् त्यो ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्ने यो भनाइको पूर्णविपरीत हुनेछ। तँ आफ्नो अभिमानको खातिर जिउनेछैनस्, न त आफ्नो मर्यादाको खातिर नै जिउनेछस्, बरु यसको साटो, तँ सत्यता पछ्याउने र इमानदार व्यक्ति बन्ने खातिर जिउनेछस् र तैँले परमेश्वरलाई सन्तुष्ट पार्न र साँचो सृजित प्राणीका रूपमा जिउन खोज्नेछस्। यदि तँ यस सिद्धान्तमा अडिग रहन्छस् भने, तँलाई तेरो परिवारले सिकाएका कुराहरूलाई तैँले त्यागिसकेको हुनेछस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१२))। जब मैले परमेश्वरका वचनहरूसँग आफूलाई दाँजेर हेरेँ, मैले किन कहिल्यै खुलेर बोल्ने वा आफ्नो राय व्यक्त गर्ने आँट गरिनँ भन्ने कुरा मैले बुझेँ। मुख्य समस्या के थियो भने, म “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” र “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” जस्ता शैतानी विषहरूबाट प्रभावित भएकी थिएँ। म आफ्नो अभिमानलाई अरू कुनै कुराभन्दा महत्त्वपूर्ण ठान्थेँ, र यदि कुनै व्यक्तिले आफ्नो इज्जत गुमायो भने, उसले आफ्नो मर्यादा पनि गुमाउँछ भन्ने सोच्थेँ। म ढिलो बुझ्छु र मेरो भाषिक क्षमता राम्रो छैन, त्यसैले मलाई आफू अरूभन्दा आधा मात्र सक्षम छु जस्तो लाग्थ्यो: म अत्यन्तै हीन महसुस गर्थेँ। धेरै मानिसका अगाडि बोल्दा, यदि मैले आफूलाई राम्ररी अभिव्यक्त गर्न सकिनँ भने मेरा ब्रदर-सिस्टरहरूले मलाई हेप्नेछन् भन्ने डरले म आत्तिन सक्थेँ, त्यसैले म मौन रहन रुचाउँथेँ। मसँग आफ्नो कर्तव्य निर्वाह गर्ने केही राम्रा तरिका र विधिहरू हुँदा, मेरा ब्रदर-सिस्टरहरूलाई मद्दत गर्नका लागि मात्र नभई उनीहरूको कर्तव्य निर्वाहको नतिजा र प्रभावकारिता सुधार्नका लागि पनि, मैले यी कुरा ब्रदर-सिस्टरहरूलाई बताउनुपर्थ्यो। तर, आफ्नो इज्जत जोगाउनकै लागि, मैले बारम्बार अस्वीकार गरेँ र बहानाहरू बनाएँ; मैले आफ्नो अभिमानलाई धेरै महत्त्व दिएकी रहेछु र पाइलैपिच्छे आफ्नै ख्याल गरेकी रहेछु भनेर मैले महसुस गरेँ। म साँच्चै नै ज्यादै स्वार्थी र दुष्ट थिएँ! परमेश्वरको अभिप्राय भनेको मानिसहरू इमानदार होऊन् र आफ्ना बारेमा खुलेर कुरा गर्न सिकून्, आफ्ना त्रुटि र कमीकमजोरीहरू समेत उदाङ्गो पारून् भन्ने हो; उनीहरूले कुराहरू लुकाएर राख्नु र छद्मभेष धारण गर्नु हुँदैन। जब मैले परमेश्वरको अभिप्राय र माग बुझेँ, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर। म सधैँ आफ्नो अभिमानद्वारा बाँधिन र नियन्त्रित हुन चाहन्नँ। म हीनताबोधका नकारात्मक भावनाहरू त्याग्न चाहन्छु। तपाईँ मलाई अगुवाइ गर्नुहोस् ताकि म सत्यता अभ्यास गर्न सकूँ।”
एक पटक, मैले आफ्नो कर्तव्य निर्वाहमा केही नतिजा हासिल गरेका कारण, हामीले कामको सारांश निकाल्ने बेलामा, सुपरिवेक्षकले मलाई त्यसबारे कुरा गर्न भन्नुभयो। त्यति धेरै मानिसका अगाडि सङ्गति गर्नेबारे सोच्नेबित्तिकै, मलाई अलिकति डर लाग्यो। म अस्वीकार गर्नै लागेकी थिएँ, त्यत्तिकैमा मैले अचानक के महसुस गरेँ भने, ममाथि हरेक दिन आइपर्ने वातावरणहरू परमेश्वरको अनुमतिले नै आउँछन्। यो परमेश्वरले मलाई सत्यता अभ्यास गर्ने मौका दिनुभएको थियो, र मैले यसलाई सामना गर्नुपर्थ्यो। मैले परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “यदि तैँले आफ्ना खराबी र कमीकमजोरीहरूलाई साथमा रहन दिन्छस् भने, तिनलाई अस्तित्वमा रहन दे, र अरूले तेरा खराबीहरू देखे पनि, यो तेरा लागि फाइदाजनक समेत हुन सक्छ, र सुरक्षा पनि हुन सक्छ, जसले तँलाई अहङ्कारी र अभिमानी बन्नबाट रोक्छ। अवश्य नै, धेरै मानिसहरूलाई आफ्नै खराबी र कमीकमजोरीहरू प्रकाश गर्नका लागि साहस चाहिन्छ। कतिपय मानिसहरू भन्छन्, ‘हरेकले आफ्नै सबल पक्ष र असल गुणहरू प्रकाश गर्छ। कसलेचाहिँ जानी-जानी आफ्ना कमजोर पक्ष र खराबीहरू प्रकाश गर्छ र?’ तैँले जानी-जानी ती कुराहरू प्रकाश गर्ने होइन, तर तैँले तिनलाई प्रकाश हुन दिन्छस्। उदाहरणका लागि, यदि तँ डरपोक हुन्छस् र धेरै मानिसहरूको बीचमा बोल्दा तँ प्रायजसो नर्भस हुन्छस् भने, तैँले अरूलाई यसो भन्ने पहल गर्न सक्छस्, ‘बोल्दा म सजिलै नर्भस हुन्छु; म सबैलाई यो बुझेर ममा गल्ती नखोज्न अनुरोध मात्रै गर्छु।’ तैँले सबैसामु आफ्ना खराबी र कमीकमजोरीहरू प्रकट गर्ने पहल गर्छस्, ताकि तिनीहरूले तँलाई बुझ्न र सहन सकून्, र सबैले तँलाई चिन्न सकून्। सबैले तँलाई जति चिन्छन्, तेरो हृदय त्यति नै सहज हुनेछ, र तँ आफ्ना खराबी र कमीकमजोरीहरूको बन्धनमा त्यति नै कम हुनेछस्। यो वास्तवमा तेरा लागि फाइदाजनक र उपयोगी हुनेछ। सधैँ आफ्ना खराबी र कमीकमजोरीहरूलाई ढाकछोप गर्नुले तँ ती कुरासँग सह-अस्तित्वमा रहन चाहँदैनस् भन्ने कुरालाई प्रमाणित गर्छ। यदि तैँले तिनलाई तँसँग सह-अस्तित्वमा रहन दिइस् भने, तैँले ती प्रकाश गर्नुपर्छ; लज्जित वा निरुत्साहित नबन्, र अरूभन्दा निकृष्ट महसुस नगर्, वा तँ असल छैनस् र तँसँग मुक्ति पाउने कुनै आशा छैन भन्ने नसोच्। तैँले सत्यता पछ्याउन, र सिद्धान्तहरू अनुसार आफ्नो सारा हृदय, सारा सामर्थ्य, र सारा मनले आफ्नो कर्तव्य पूरा गर्न सके सम्म, र तेरो हृदय निष्कपट भएसम्म, र तैँले परमेश्वरप्रति झाराटारुवा व्यवहार नगरेसम्म, तँसँग मुक्ति पाउने आशा हुन्छ” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरका वचनहरूबाट मैले के देखेँ भने, यदि कुनै व्यक्तिमा केही कमीकमजोरी र समस्याहरू छन् भने, परमेश्वरले उसलाई दोषी ठहराउनुहुन्न, र यसको अर्थ त्यो व्यक्ति अरूभन्दा निकृष्ट छ भन्ने होइन। परमेश्वर आशा गर्नुहुन्छ कि हामीले आफ्ना कमीकमजोरीलाई सही रूपमा हेर्न सकौँ, र तिनलाई आफूसँगै सहअस्तित्वमा रहन दिऊँ। यदि हामी अरूले हेप्छन् भन्ने डरले आफ्ना कमीकमजोरीहरू लुकाउँछौँ भने, यो छद्मभेष र छल हो, र हामी पाइलैपिच्छे नियन्त्रित हुनेछौँ, आफूले गर्न सक्ने कुरामा समेत पूर्ण क्षमता देखाउन सक्नेछैनौँ। म स्वभावैले अन्तर्मुखी छु, र धेरै मानिसमाझ हुँदा आत्तिन सक्छु; आफूलाई अभिव्यक्त गर्ने मेरो क्षमता पनि कमजोर छ। यो परमेश्वरद्वारा नियोजित गरिएको हो। मैले बोल्दा कसरी नआत्तिने वा अभिव्यक्त गर्ने मेरो कमजोर क्षमतालाई के गर्ने भनेर निरन्तर सोचिरहनु हुँदैन। मैले परमेश्वरको सामना गर्नुपर्छ र इमानदार व्यक्ति बन्ने अभ्यास गर्नुपर्छ, मैले ठ्याक्कै कसरी काम गरेँ र मेरो अनुभव कस्तो थियो भन्नेबारे कुरा गर्नुपर्छ। मैले यो राम्ररी गर्न सक्दो प्रयास गरेँ भने, त्यो नै पर्याप्त हुन्छ। मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म आफ्नो अभिमानलाई ख्याल गर्न चाहन्नँ। म यो छलफललाई सत्यता अभ्यास गर्ने र इमानदार व्यक्ति बन्ने अवसरको रूपमा मात्र लिन चाहन्छु। तपाईँ मलाई अगुवाइ गर्नुहोस्!” त्यसकारण, मैले यस अवधिका मेरा अनुभवहरू र आफ्नो कर्तव्य निर्वाह गर्दा मैले प्राप्त गरेका उपलब्धिहरूबारे सबैसँग कुरा गरेँ। हुन त म कहिलेकाहीँ आत्तिन्थेँ र त्यति सहज रूपमा बोल्न सक्दिनथेँ, तर म यसबाट नियन्त्रित भइनँ, र मेरो हृदयले स्वतन्त्र महसुस गर्यो। परमेश्वरका वचनहरूले मलाई आत्मचिन्तन गर्न र आफूलाई बुझ्न, र बिस्तारै हीनताबोधका भावनाका बन्धन र नियन्त्रणलाई फाल्न लगाए ताकि म सक्रिय र सकारात्मक मनोवृत्तिका साथ आफ्नो कर्तव्य निर्वाह गर्न सकूँ। परमेश्वरलाई धन्यवाद!