१२. पक्राउ परेपछिको आत्मचिन्तन

यु लु, चीन

सन् २०१८ मा, म मण्डली अगुवा चुनिएँ। त्यतिबेला, लि हुवाले अरूलाई निरन्तर दमन र यातना दिइरहेकी थिइन्, र मण्डलीको जीवनमा बाधा पुर्‍याइरहेकी थिइन्। हामीले परमेश्‍वरका वचनहरूको समिश्रणमा एउटा दुष्ट व्यक्तिको रूपमा उनको व्यवहारको खुलासा र चिरफार गर्नुपर्ने थियो। मसँग सहकार्य गर्ने सिस्टर लिन रुले मलाई उनीसँग जान आग्रह गरिन्। जब हामी लि हुवासँग सङ्गति गर्दै उनको खुलासा गरिरहेका थियौँ, उनले त्यो स्वीकार गरिनन्। उनको रवैया एकदमै नीच थियो। उनले आफ्ना दुष्ट कार्यहरू स्वीकार नगरेको मात्र होइन, उल्टै हामीलाई आँखा तरेर हेरिन् र आफ्नो बचाउ गरिन्। उनको त्यो क्रूर हेराइ देख्दा मलाई अलि डर लाग्यो। आफ्नो हृदयमा, मैले निरन्तर परमेश्‍वरलाई प्रार्थना गरेँ र परमेश्‍वरको अगुवाइ मागेँ। त्यतिबेला, मैले कम्प्युटर खोलेँ र परमेश्‍वरका वचनको एउटा खण्ड देखेँ जुन लि हुवाको व्यवहारसँग अत्यन्तै मेल खान्थ्यो। हामीले त्यो सँगै पढ्यौँ, र त्यसपछि मैले उनले विभिन्न समयमा भनेका कुराहरू र उनको निरन्तरको व्यवहारबीचका विरोधाभासहरूलाई जोडेर उनका दुष्ट कार्यहरूको खुलासा गरेँ। अरू ब्रदर-सिस्टरहरूले पनि मिलेर उनको व्यवहारको खुलासा गरे र त्यसपछि मात्र उनी कायल भइन्। लि हुवा गइसकेपछि, एउटी सिस्टरले भनिन्, “आज त्यो दुष्ट व्यक्तिको रवैया देख्दा मलाई त साँच्चै केही डर लागेको थियो। यदि तिमीले उनको खुलासा नगरेको भए, उनी साँच्चै कायल हुने थिइनन्।” आफूले यो सुनेपछि, मैले “धन्यवाद परमेश्‍वर, यो सबै परमेश्‍वरको अगुवाइ हो” भनेँ, तैपनि भित्रभित्रै मलाई एकदमै खुसी लाग्यो। ममा वास्तवमै केही कार्य सामर्थ्य रहेछ भन्ने मलाई महसुस भयो। केही समयपछि, म लेखन-पठनको काम गर्नेहरूको भेला सञ्चालन गर्न गएँ। मलाई लेखन-पठनको कामसम्बन्धी सिद्धान्तहरूको राम्रो ज्ञान नभएकोले, म आफूले स्पष्ट रूपमा सङ्गति गर्न नसकूँला र मानिसहरूले मलाई तुच्छ ठान्लान् कि भनेर डराएँ। त्यसैले आफ्नो हृदयमा, मैले परमेश्‍वरको मार्गदर्शन माग्दै निरन्तर उहाँलाई प्रार्थना गरेँ। त्यसपछि, मैले उनीहरूसँगै सिद्धान्तहरू पढेँ, आफ्ना केही बुझाइ बाँडे, र उनीहरूको काममा भएका समस्या र विचलनहरूबारे सङ्गति गरेर समाधान गरेँ। त्यसपछि काम कसरी गर्ने भनेर सबैले थाहा पाए। केही ब्रदर-सिस्टरहरूले खुसी हुँदै मेरो सङ्गतिले उनीहरूलाई केही मद्दत पुर्‍याएको बताए। त्यस अवधिमा कर्तव्य निर्वाह गर्दा आफूले केही नतिजा हासिल गरेकी र ब्रदर-सिस्टरहरू सबैले मेरो प्रशंसा गरेको देख्दा, म मनमनै निकै मख्ख परेँ। “भविष्यमा, मैले उनीहरूलाई थप समस्याहरू समाधान गर्न मद्दत गर्नुपर्छ। यसरी, सबैले मेरो अझ धेरै प्रशंसा गर्ने निश्चित छ।” लगत्तै, माथिल्लो तहका अगुवाहरूले मलाई धेरै कठिन कामहरूको जिम्मेवारी लिने प्रबन्ध मिलाए। सुरुमा मलाई ती कामहरू धेरै कठिन र पूरा गर्न असम्भव जस्तो लाग्यो। अगुवाहरूले मसँग मोसाले इस्राएलीहरूलाई लाल समुद्र पार गराएको अनि आस्थासम्बन्धी परमेश्‍वरका वचनहरू विषयमा सङ्गति गरे। त्यसपछि, ममा काम पूरा गर्ने सङ्कल्प आयो। काम गर्ने क्रममा कठिनाइहरू आउँदा र के गर्ने भन्ने थाहा नहुँदा, मैले धेरैपटक परमेश्‍वरलाई प्रार्थना गरेँ र सत्यता सिद्धान्तहरू खोजी गरेँ। बिस्तारै, काम सफलतापूर्वक सम्पन्न भयो। मैले आफैँलाई प्रशंसा नगरी रहन सकिनँ, र मेरा लागि कुनै पनि कठिनाइ ठूलो छैन भन्ने सोचेँ। पछि, जब ब्रदर-सिस्टरहरू कर्तव्य निर्वाह गर्दा कठिनाइहरू सामना गर्थे र आस्था गुमाउँथे, तब म ब्रदर-सिस्टरहरूको अगाडि यसो भन्दै धाक लगाउँथेँ, “तपाईँहरूका कठिनाइ त केही पनि होइनन्। मैले कर्तव्य निर्वाह गर्दा भोगेका कठिनाइहरूको तुलनामा त यी धेरै साना हुन्।” त्यसपछि, म आफू कर्तव्य निर्वाह गर्दा आएका कठिनाइहरू समाधान गर्न कसरी परमेश्‍वरमा भर पर्थेँ भन्नेबारे लामो व्याख्यान दिन्थेँ। तर, म यस प्रक्रियामा आफ्नै नकारात्मक स्थितिहरू, आस्थामा कमी र हरेस खाने चाहना समेतलाई उल्लेख भने गर्दिनथेँ। कुराकानीपछि, मैले हृदयमा केही बोध महसुस गरेँ। के यो आफूलाई उच्च पार्नु र धाक लगाउनु थिएन र? तर फेरि विचार गर्दा, “मैले त समस्या र कठिनाइहरू समाधान गर्न म कसरी परमेश्‍वरमा भर परेँ भनेर पनि बताएकी छु। यसलाई धाक लगाएको भन्न मिल्दैन।” विशेष गरी जब मैले ब्रदर-सिस्टरहरूको अनुहारमा ईर्ष्या र प्रशंसाको भाव देखेँ, तब मलाई मैले साँच्चै सत्यता बुझेकी रहेछु र मसँग केही कार्य सामर्थ्य रहेछ भन्ने महसुस भयो।

एकपटक म एउटा भेलामा गएँ। मण्डली सफा गर्ने कामको जिम्मेवारी सम्हालेकी सिस्टर लिउ लिले भनिन्, “एक जना मण्डली अगुवाले एकजनाको व्यवहार निकै खराब भएको कुरा रिपोर्ट गरेका छन्। उनीहरूले ती व्यक्तिसँग सङ्गति गरे, तर उनले स्वीकार नगर्ने र आफ्नो बचाउ गर्ने मात्र होइन, उल्टै उनीहरूविरुद्ध शक्ति हासिल गारने प्रयास समेत गरेछन्। यदि मैले त्यस्तो व्यक्तिलाई भेटेँ भने, मलाई उससँग कसरी सङ्गति गर्ने र उसको खुलासा गर्ने भन्ने नै थाहा हुनेथिएन। म त भित्रभित्रै अलि डराउने थिएँ।” मैले मनमनै सोचेँ, “मैले म दुष्ट मानिसहरूको खुलासा कसरी गर्छु भन्ने कुरा तिमीलाई बताउनै पर्छ ताकि तिमी केही कुरा सिक।” त्यसपछि मैले लि हुवाको खुलासा कसरी गरेँ, उनले कसरी स्वीकार गरिनन् र अन्त्यमा उनी कसरी पूर्ण रूपमा कायल भइन् भन्नेबारे सबै कुरा बताएँ। म जति धेरै बोल्थेँ, त्यति नै उत्साहित हुन्थेँ। हुन त, मैले त्यतिबेला म अलि सङ्कोची हुँदै डराएकी थिएँ भन्ने कुरा पनि उल्लेख गरेँ, तर त्यो त मैले प्रसङ्गवश सामान्य रूपमा मात्र भनेकी थिएँ। लिउ लिले सुनिसकेपछि, उनले मतिर ईर्ष्या र प्रशंसाको नजरले हेरिन् र भनिन्, “तपाईँको ठाउँमा म भएकी भए, मलाई उनको खुलासा कसरी गर्ने भन्ने थाहा नै हुनेथिएन।” उनले यसो भनेको सुन्दा मलाई धेरै खुसी लाग्यो। मलाई त्यसले निकै आनन्द दियो। त्यस अवधिमा, मेरो देखावटी गर्ने चाहना झन्-झन् प्रबल हुँदै गइरहेको थियो। आफू हरेक पटक भेलाबाट फर्किएपछि, म मण्डलीमा आफूले पत्ता लगाएका समस्याहरू र तिनलाई आफूले कसरी समाधान गरेँ भन्नेबारे लिन रुलाई सबै बताउँथेँ। लिन रु प्रायः भन्थिन्, “हो त नि, तपाईँ समस्याहरू पत्ता लगाउन र समाधान गर्न धेरै सिपालु हुनुहुन्छ! म भएको भए त, समस्या समाधान गर्ने कुरा त परै जाओस्, सायद पत्ता लगाउन पनि सक्दिनथेँ होला।” पछि, जब-जब लिन रुले केही कुराको सामना गर्थिन्, उनी मलाई त्यसमा कसरी अघि बढेर त्यसको समाधान कसरी गर्ने भनेर सोध्थिन्। सानातिना कुराहरूमा पनि उनी मै आएर सम्हालिदियोस् भनेर पर्खिरहन्थिन्। मेरो स्वास्थ्य कमजोर थियो, त्यसैले लिन रु मलाई भन्थिन्, “तपाईँले आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ। तपाईँ बिरामी पर्नुभयो भने, हाम्रो मण्डलीको काम कसले गर्छ?” मसँग काम गर्ने सिस्टरहरू मलाई सधैँ पोसिलो खानेकुरा खान दिन्थे, र म नै मण्डलीको मेरुदण्ड हुँ भन्ने भावना ममा झन् प्रबल भयो। पछि, मेरा ब्रदर-सिस्टरहरू आफ्ना सबै समस्याहरूबारे सङ्गति गर्न र मेरो राय लिन मलाई खोज्दै मकहाँ आउन थाले। हरेक भेलामा, ब्रदर-सिस्टरहरू मलाई प्रश्न सोध्न प्रतिस्पर्धा नै गर्थे। म मनमनै निकै मख्ख पर्थेँ र सोच्थेँ, “यस्तो लाग्छ, म यो मण्डलीको कामको लागि अपरिहार्य छु। मैले नसम्हाले त यहाँ कामै चल्दैन!” म सम्पूर्ण मण्डलीको कामबारे सोच्थेँ: कुरा जतिसुकै ठूलो वा सानो किन नहोस्, अन्तिम निर्णय मेरै हुन्थ्यो। त्यसैले, मलाई आफ्नो उपस्थितिको गहिरो अनुभूति हुन्थ्यो। तर मैले कहिल्यै पनि आत्मचिन्तन नगरेकी र आफूलाई नचिनेका कारण, ममाथि परमेश्‍वरको क्रोध आइपऱ्यो।

सन् २०२१ को जुन महिनाको एक साँझ, म घरमा सुतिरहेकी थिएँ। प्रहरीहरूको एउटा हुल ढोका फोडेर भित्र पस्यो र मेरो घरलाई लथालिङ्ग पारिदियो। उनीहरूले मलाई सोधपुछका लागि जिल्लाको मुद्दा हेर्ने केन्द्रमा पनि लगे। उनीहरूले मलाई हत्कडी लगाएर कुर्सीमा बाँधे। म निकै डराएकी थिएँ। म आफूलाई कुटपिट गरिने हो वा जेल सजाय हुने हो भनेर चिन्तित थिएँ। आफ्नो हृदयमा, मैले परमेश्‍वरलाई छोड्ने आँट गरिनँ, र मलाई यहुदा बन्नबाट जोगाउन निरन्तर परमेश्‍वरलाई पुकारिरहेँ। सोधपुछका ती केही दिनहरूमा, म निरन्तर सोचिरहन्थेँ, “ममाथि यो परिस्थिति ल्याउनुमा परमेश्‍वरको अभिप्राय के हो? के मैले परमेश्‍वरको अभिप्रायविपरीत हुने कुनै काम गरेँ?” प्रहरीले मलाई मण्डलीसम्बन्धी जानकारी दिन भन्यो, तर मैले केही पनि भनिनँ। प्रहरीले मलाई व्यङ्ग्य गर्दै भन्यो, “तँ एउटी सानोतिनो अगुवा मात्र होइनस् र? तेरो जिम्मामा दर्जनौँ मानिसहरू छन्, र तैँले आफूलाई मनलाग्दी कामकुरा मिलाउन सक्छेस्। यसले तँलाई आफ्नो कुरा सही भएको गहन महसुस गराउँछ, होइन त? यहाँभित्र देखावटी गर्ने तँ त साहसी सानी अगुवा रहिछेस्!” म छाँगाबाट खसेजस्तै भएँ, र हृदयमा प्रार्थना गरेँ, “प्रिय परमेश्‍वर, प्रहरीले मलाई किन त्यसो भन्यो? मलाई अन्तर्दृष्टि दिनुहोस्।” प्रार्थना गरेपछि, मैले यस अवधिमा कर्तव्य निर्वाह गर्दा आफूले विभिन्न रूपमा गरेको आचरण सम्झिएँ। जब म विभिन्न टोलीका भेलाहरूमा जान्थेँ, सबै ब्रदर-सिस्टरहरू समस्याहरूको सामना कसरी गर्ने र कठिनाइहरू कसरी समाधान गर्ने भनेर मलाई सोध्न प्रतिस्पर्धा गर्थे। मैले आफ्नो हृदयमा यसको आनन्द लिएकी थिएँ। मसँग सहकार्य गर्ने सिस्टर पनि ममाथि धेरै निर्भर रहेकी थिइन्। कुरा जतिसुकै ठूलो वा सानो किन नहोस्, उनी सधैँ मेरो राय लिन आउँथिन्। मलाई म मण्डलीको कामको लागि अपरिहार्य छु, र मैले नै बागडोर सम्हाल्नुपर्छ अनि सबै कुरामा अन्तिम निर्णय गर्नुपर्छ भन्ने लागेको थियो। यसले मलाई आफ्नो कुरा सही भएको साँचो महसुस गराएको थियो। के म ब्रदर-सिस्टरहरूलाई आफूसामु ल्याइरहेकी थिइनँ र? ख्रीष्टविरोधीहरू हैसियत र मानिसका निम्ति परमेश्‍वरसँग प्रतिस्पर्धा गर्छन्। अन्त्यमा, उनीहरू मानिसहरूलाई आफूसामु ल्याउँछन्। के मैले गरिरहेको कामको प्रकृति ख्रीष्टविरोधीको जस्तै थिएन र? बल्ल मैले आफू ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्न सुरु गरेकी रहेछु भन्ने महसुस गरेँ। यसले परमेश्‍वरको घृणा र तिरस्कार निम्त्याउँछ। म जति धेरै सोच्थेँ, त्यति नै डराउँथेँ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “प्रिय परमेश्‍वर! म गलत थिएँ। यदि मलाई प्रहरीले पक्राउ नगरेको भए, मैले आफू कुन बाटोमा हिँडिरहेकी छु भनेर आत्मचिन्तन गर्ने र बुझ्ने नै थिइनँ। म यति संवेदनहीन भएकी छु! यो पक्राउ ममाथि आएको तपाईंको प्रेम हो, र यो मैले भोग्नुपर्ने कष्ट हो। म यसलाई स्वीकार गर्न तयार छु। मलाई जतिसुकै वर्षको जेल सजाय भए पनि, म समर्पित हुनेछु।” मलाई हिरासतमा राखिएको एक दर्जनजति दिनहरूमा, मलाई निरन्तर पछुतो र आत्मग्लानि भयो। मैले अति संवेदनहीन भएकोमा र थाहै नपाई परमेश्‍वरको प्रतिरोध गर्ने कामकुरा गरेकोमा आफैलाई घृणा गरेँ। जब मैले जेलमै मर्नु परेपनि म परमेश्‍वरलाई धोका दिन्नँ, परमेश्‍वरको घरका हित वा ब्रदर-सिस्टरहरूलाई घात गर्दिनँ भन्ने अठोट गरेँ, तब परमेश्‍वरको प्रेम फेरि ममाथि आयो। प्रहरीले मलाई हिरासत केन्द्रमा पठाउने तयारी गरिरहेको थियो। सुरुमा, उनीहरूले मलाई स्वास्थ्य परीक्षण गर्न अस्पताल लगे। अप्रत्यासीत रूपमा, गर्भावस्था परीक्षणको रिपोर्टमा म गर्भवती भएको देखियो, त्यसैले हिरासत केन्द्रले मलाई राखेन। हिरासतमा बाह्र दिन बिताएपछि, प्रहरीले मेरो मुद्दा विचाराधीन रहँदासम्म जमानतमा रिहा गर्न आवेदन दियो। पछि मैले म त गर्भवती नै रहेनछु भन्ने थाहा पाएँ। मैले परमेश्‍वरका अद्भुत कार्यहरू देखेँ, र मेरो हृदय परमेश्‍वरप्रति कृतज्ञताले भरियो। साथै, म परमेश्‍वरप्रति धेरै ऋणी छु भन्ने पनि मलाई महसुस भयो।

रिहा भएपछि, म आफूले कर्तव्य निर्वाह गर्दा गरेका हरेक कुराबारे आत्मचिन्तन गर्न थालेँ। वास्तवमा, मलाई मेरो वास्तविक कद थाहा थियो। यदि परमेश्‍वरको अन्तर्दृष्टि र अगुवाइ नभएको भए, मैले आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सक्ने थिइनँ। यद्यपि, मैले परमेश्‍वरको अन्तर्दृष्टिलाई धाक लगाउने पुँजीको रूपमा प्रयोग गरेँ, र ब्रदर-सिस्टरहरूलाई आफूसामु ल्याएँ। यसले परमेश्‍वरको घृणा निम्त्यायो। मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने, आफ्नो सान देखाउने, मानिसहरूले आफूलाई उच्‍च ठानून् र आराधना गरून् भन्‍ने प्रयास गर्ने—भ्रष्ट मानवजाति यी कुराहरू गर्न सक्षम छ। जब मानिसहरू आफ्नो शैतानी प्रकृतिले शासित हुन्छन् तिनीहरूले यसरी स्वतः प्रतिक्रिया दिन्छन्, र यो सबै भ्रष्ट मानवजातिको निम्ति सामान्य हो। मानिसहरूले सामान्यतया कसरी आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्? तिनीहरूले अरूलाई आफूलाई उच्च ठान्‍न र आफ्नो आराधना गर्न लगाउने उद्देश्य कसरी हासिल गर्छन्? तिनीहरूले कति धेरै काम गरेका छन्, तिनीहरूले कति कष्ट भोगेका छन्, तिनीहरूले आफैँलाई कति समर्पित गरेका छन्, र तिनीहरूले कति मूल्य चुकाएका छन् भनेर तिनीहरूले गवाही दिन्छन्। तिनीहरू अरूका हृदयमा अझ उच्च, स्थिर र अझ सुरक्षित स्थान प्राप्त गर्न, र त्यसरी अझ धेरै मानिसहरूलाई तिनीहरूको कदर गर्ने, उच्च ठान्ने, ईर्ष्या गर्ने, र आराधना गर्ने, आदरभावले हेर्ने र पछि लाग्ने तुल्याउनका लागि आफ्ना पुँजीबारे कुरा गरेर आफूलाई उच्च पार्छन्। यो लक्ष्य प्राप्त गर्न मानिसहरूले हेर्दाखेरि परमेश्‍वरको गवाही दिएजस्तो देखिने, तर आधारभूत रूपमा आफैँलाई उच्‍च पार्ने र आफैबारे गवाही दिने धेरै कुराहरू गर्छन्। के यसरी व्यवहार गर्दा तिनीहरूसँग समझ हुन्छ त? तिनीहरू चेतनाको दायराबाहिर छन् र तिनीहरूमा शरम छैन। तिनीहरू तिनीहरूले परमेश्‍वरका निम्ति के गरेका छन् र उहाँको निम्ति कति कष्ट भोगेका छन् भन्‍ने कुराको कुनै शरमविना गवाही दिन्छन्। तिनीहरूले आफूमा भएका वरदान, प्रतिभाहरू, अनुभव, विशेष सीपहरू, संसारसँग व्यवहार गर्ने तिनीहरूका चतुर तौरतरिकाहरू, मानिसहरूसँग खेल्नको निम्ति तिनीहरूले प्रयोग गर्ने माध्यमहरू, आदि इत्यादिको तडकभडक पनि देखाउँछन्। आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने तिनीहरूको तरिकाहरूमध्ये एक भनेको तडकभडक देखाउनु र अरूलाई होच्याउनु हो। तिनीहरूले मानिसहरूबाट आफ्ना कमजोरी, कमीहरू र अपर्याप्तताहरू लुकाउँदै भेष पनि बदल्छन् र नाटकीय स्वरूप देखाउँछन्, र मानिसहरूलाई आफ्नो चमक मात्र देखाउँछन्। तिनीहरूले नकारात्मक अनुभव गरेको कुरा अरू मानिसहरूलाई बताउने हिम्मत पनि गर्दैनन्, र तिनीहरूसँग खुल्‍ने र सङ्गति गर्ने हिम्मतको अभाव हुन्छ। तिनीहरूले गल्ती गर्दा त्यसलाई लुकाउने र छोप्‍ने अधिकतम प्रयास गर्छन्। तिनीहरूले आफ्नो कर्तव्य निभाउने दौरानमा मण्डलीको काममा पुर्‍याएको हानिलाई कहिले पनि उल्लेख गर्दैनन्। तर तिनीहरूले गरेको सानो योगदान वा प्राप्त गरेको केही साना सफलताहरू देखाउन छिटा हुन्छन्। तिनीहरू कति सक्षम छन्, तिनीहरूको क्षमता कति उच्च छ, तिनीहरू कति असाधारण छन् र तिनीहरू सामान्य मानिसहरूभन्दा कति वरिष्ठ छन् भन्‍ने कुरा सारा संसारलाई थाहा दिन व्याकुल हुन्छन्। के यी तिनीहरूले आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने तरिकाहरू होइनन् र? के आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने कार्य विवेक र समझ भएको व्यक्तिले गर्ने कार्य हो? होइन। त्यसो भए, मानिसहरूले यसो गर्दा प्रायः कस्तो स्वभाव प्रकट हुन्छ त? अहङ्कार। यो यसरी प्रकट हुने एक मुख्य स्वभाव हो, त्यसपछि छलीपन आउँछ जसमा अरू मानिसहरूलाई आफूलाई उच्‍च सम्मान गर्ने तुल्याउनको निम्ति सम्भव भएसम्मका सबै कुरा गर्ने कुरा सामेल हुन्छ। तिनीहरूका शब्दहरू पूर्ण रूपमा निर्विवाद हुन्छन् र तिनमा अभिप्रेरणा र कपट-योजनाहरू प्रस्ट रूपले समावेश हुन्छन्, तिनीहरू आफूलाई प्रदर्शन गरिरहेका हुन्छन्, तैपनि तिनीहरू यो तथ्य लुकाउन चाहन्छन्। तिनीहरूले जे भन्छन् त्यसको परिणाम भनेको मानिसहरूलाई तिनीहरू अरूभन्दा असल छन्, तिनीहरूको बराबर कोही पनि छैन र सबै जना तिनीहरूभन्दा निकृष्ट छन् भन्‍ने अनुभव गराउनु हो। अनि के यो परिणाम गोप्य तरिकाबाट प्राप्त गरिँदैन र? यस्तो तरिकाको पछाडि कस्तो स्वभाव हुन्छ? अनि के त्यहाँ दुष्टताका कुनै तत्त्वहरू हुन्छन्? (छन्।) यो एक प्रकारको दुष्ट स्वभाव हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्)। परमेश्‍वरले भन्नुभयो, भ्रष्ट मानिसहरू अरूले आफूलाई ठूलो ठानून् र आदर गरून् भन्ने चाहन्छन्। जब उनीहरू कर्तव्य पूरा गरेर केही नतिजा हासिल गर्छन्, तब उनीहरू त्यसलाई देखावटी गर्ने पुँजीको रूपमा प्रयोग गर्छन्। उनीहरू मानिसहरूको अगाडि एकदमै स्वाभाविक रूपमा आफ्नो धाक लगाउँछन्। मैले अगुवाको कर्तव्य निर्वाह गरिरहेको समयलाई फर्केर हेरेँ। जब मैले सफा गर्ने कामको जिम्मेवारी लिएका मानिसहरूले एउटा दुष्ट व्यक्तिको खुलासा गर्ने आँट नगरेका देखेँ, तब उनीहरूले मलाई ठूलो ठानून् भनेर मैले कसरी एउटा दुष्ट व्यक्तिको खुलासा गरेँ र त्यस दुष्ट व्यक्तिलाई कायल बनाएँ भनेर धाक लगाएकी थिएँ। मैले त्यो प्रक्रिया एकदमै विस्तृत रूपमा वर्णन गरेकी थिएँ, तर आफ्नै सङ्कोच र त्रासलाई भने छोटकरीमा मात्र उल्लेख गरेकी थिएँ। यो सुन्दा, उनीहरू सबै मप्रति ईर्ष्यालु बन्दै मेरो प्रशंसा गरेका थिए। जब ब्रदर-सिस्टरहरू कर्तव्य निर्वाह गर्दा कठिनाइहरूको सामना गर्थे र आस्था गुमाउँथे, तब उनीहरूले मेरो कार्य सामर्थ्य देखून् भनेर म आफूले कसरी कठिनाइहरू पार गरेँ र कामलाई सहज रूपमा पूरा गरेँ भन्नेबारे सङ्गति गर्थेँ। यो सुनेपछि ब्रदर-सिस्टरहरूले मलाई धेरै सम्मान गरेका थिए। मसँग सहकार्य गर्ने सिस्टरको अगाडि पनि मैले धाक लगाएकी थिएँ। हरेक पटक आफूले मण्डलीको काम सकाएपछि, म मैले कसरी समस्याहरू पत्ता लगाएर समाधान गर्न सङ्गति गरेकी थिएँ भन्नेबारे उनको अगाडि कुरा गर्थेँ। यसले गर्दा साना-ठूला दुवै मामिलामा उनी ममाथि निर्भर हुनुपरेको थियो। मेरो स्वास्थ्य कमजोर भएकोले, म धेरै थकित भएर आफ्नो कर्तव्य सामान्य रूपमा निर्वाह गर्न नसकूँला कि भनेर उनी चिन्तित भएकी थिइन्, र त्यसैले उनी मेरा लागि सबै स्वादिला र पोसिला खानेकुरा जोगाएर राख्थिन्। मैले आफूले कसरी हरेक मोडमा आफूलाई उच्च पारेँ र धाक लगाएँ, अनि मानिसहरूलाई मेरो सम्मान र आदर गर्ने बनाएँ भन्ने देखेँ। यो मानिसहरूको हृदयमा हैसियत बनाउने चाहना थियो! अगुवाको कर्तव्य भनेको परमेश्‍वरलाई उच्च पार्नु, परमेश्‍वरको गवाही दिनु, र ब्रदर-सिस्टरहरूलाई परमेश्‍वरसामु ल्याउनु हो। यो परमेश्‍वरको अभिप्राय हो। तर, मैले सबै ब्रदर-सिस्टरहरूलाई आफूसामु ल्याएकी थिएँ। ममा साँच्चै मानवता थिएन, र विवेक तथा समझको पूर्ण कमी रहेको थियो!

मैले परमेश्‍वरका वचनको अर्को खण्ड पढेँ: “मानिसहरूमा अहङ्कारी प्रकृति र सार हुन्छ, त्यसैले तिनीहरू प्रायः परमेश्‍वरविरुद्ध विद्रोह गर्न र उहाँको प्रतिरोध गर्न सक्छन्, उहाँका वचनहरू सुन्न सक्दैनन्, तिनीहरूसँग उहाँबारे धारणाहरू हुन सक्छन्, तिनीहरूले उहाँलाई विश्‍वासघात हुने कुराहरू गर्न सक्छन् अनि आफूलाई उचाल्न र आफ्नै गवाही दिन कामकुराहरू गर्न सक्छन्। तँ आफू अहङ्कारी छैनँ भनेर भन्छस्, तर मानौँ तँलाई कुनै मण्डली अगुवाइ गर्न सुम्पियो र मैले तँलाई काँटछाँट गरिनँ अनि परमेश्‍वरको घरको कसैले पनि तँलाई आलोचना वा मद्दत गरेन। केही समय यसको अगुवाइ गरेपछि, तैँले मानिसहरूलाई तेरो पाउमा राख्नेथिइस् र सबैलाई तेरो आज्ञापालन गर्न लगाउनेथिइस्, यहाँसम्म कि तिनीहरूले तँलाई आदर र मान गर्नेथिए। यो कसरी हुन सक्छ? यो तेरो प्रकृतिले निर्धारित गर्छ; यो स्वाभाविक प्रकटीकरणबाहेक अरू केही होइन। तैँले यो अरूबाट जानाजानी सिक्नु पर्दैन, न त अरूले तँलाई यो जानाजानी सिकाउनु वा तँलाई यो गर्न आदेश दिनु वा बाध्य पार्नु नै पर्छ—यस प्रकारको अवस्था स्वाभाविक रूपमै आउँछ। तैँले गर्ने हरेक कुराको अभिप्राय मानिसहरूलाई तँलाई उचाल्न, प्रशंसा गर्न, आराधना गर्न, तेरो आज्ञापालन गर्न र सबै कुरामा तेरो कुरा सुन्न लगाउनु हुन्छ। जब तँलाई अगुवाइको स्थानमा राखिन्छ, तब तैँले स्वाभाविक रूपमै यो अवस्था ल्याउँछस् र तैँले चाहेर पनि यसलाई परिवर्तन गर्न सक्दैनस्। अनि यो अवस्था कसरी आउँछ? यो मानिसको अहङ्कारी प्रकृतिले निर्धारित गर्छ। अहङ्कारको प्रकटीकरण परमेश्‍वरविरुद्धको विद्रोह र प्रतिरोध हो। मानिसहरू अहङ्कारी, अभिमानी, र आत्म-धर्मी हुन्छन्, त्यसैले तिनीहरू आफ्नै स्वतन्त्र राज्यहरू स्थापित गर्न र आफ्नै तरिकाले कामकुराहरू गर्न सक्षम हुन्छन्। तिनीहरू मानिसहरूलाई आफ्नो पकडमा ल्याउन र तिनीहरूलाई आफ्नो प्रभावभित्र तान्न पनि सक्षम हुन्छन्। मानिसहरू यति अहङ्कारी हुन्छन् कि तिनीहरू आफ्नै स्वतन्त्र राज्यहरू स्थापित गर्न सक्षम हुन्छन् भन्‍ने तथ्यले तिनीहरूको प्रकृति सार शैतान हो, त्यो प्रधान स्वर्गदूत हो भनेर प्रमाणित गर्छ। यदि मानिसहरू कुनै निश्चित बिन्दुसम्म अहङ्कारी र अभिमानी हुन्छन् भने, तिनीहरूको हृदयमा परमेश्‍वर हुनुहुनेछैन, तिनीहरूले परमेश्‍वरलाई पन्छाउनेछन् र तिनीहरू परमेश्‍वर बन्न चाहनेछन् र सबैलाई आफ्नो आज्ञापालन गर्न लगाउनेछन्। त्यसपछि, तिनीहरू प्रधान स्वर्गदूत बनेका हुनेछन्। यदि तँमा शैतानको अहङ्कारी प्रकृति छ भने, तेरो हृदयमा परमेश्‍वरको कुनै स्थान हुनेछैन। तैँले परमेश्‍वरमा विश्‍वास गरे पनि, परमेश्‍वरले तँलाई स्वीकार गर्नुहुनेछैन र उहाँले तँलाई दुष्ट व्यक्तिका रूपमा हटाउनुहुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको अहङ्कारी प्रकृति नै परमेश्‍वरप्रतिको उसको प्रतिरोधको जड हो)। परमेश्‍वरले भन्नुभयो, मानिसहरूमा अहङ्कारी प्रकृति भएको हुनाले, उनीहरू परमेश्‍वरको विरोध गर्ने र परमेश्‍वरविरुद्ध विद्रोह गर्ने कामहरू गर्नेछन्। मानिसहरूबाट स्वाभाविक रूपमा प्रकट हुने कुरा यही हो। मैले कसरी आफू भर्खरै अगुवा बनेका बेला, आफूले काममा केही समस्या र कठिनाइहरू सामना गरेकी थिएँ भन्नेबारे सोचेँ। परमेश्‍वरको अन्तर्दृष्टि र अगुवाइले गर्दा, मेरो कामले केही नतिजा दियो, तर मैले परमेश्‍वरलाई महिमा दिइनँ। बरु, मैले यसलाई आफ्नो धाक लगाउने पुँजीको रूपमा प्रयोग गरेँ। मैले सोचेँ, “म जुनसुकै समस्या समाधान गर्न र कठिनाइ सम्हाल्न सक्छु”; मलाई आफूले सत्यता बुझिसकेकी र आफूलाई काम कसरी गर्ने भन्ने थाहा भए जस्तो लाग्यो। फलस्वरुप, म झन् बढी अहङ्कारी बनेँ। कर्तव्य पूरा गर्दा मैले हरेक मोडमा आफ्नो सान देखाएकी हुनाले, जब मेरा ब्रदर-सिस्टरहरूमाथि समस्या आइपर्थे, तब उनीहरू परमेश्‍वरलाई प्रार्थना गर्दैनथे र उहाँमा भर पर्दैनथे। यसको सट्टा, उनीहरू समस्या समाधान गर्न ममाथि भर पर्थे। मैले निर्लज्ज भई म अरूभन्दा सत्यता राम्रोसँग बुझ्छु, म मण्डलीको मुख्य खम्बा हुँ, मैले नै बागडोर सम्हालेकी छु, र म मण्डलीमा अपरिहार्य छु भन्ने समेत सोचेँ। यस बिन्दुमा, म कति मूर्ख र हास्यास्पद रहेछु भन्ने मलाई महसुस भयो। म यति अहङ्कारी थिएँ कि ममा अलिकति पनि समझ थिएन! मैले पावललाई सम्झिएँ। उनी धेरै अहङ्कारी भएकोले, उनी आफूले सुसमाचार प्रचार गरेर कति मानिसहरू प्राप्त गरेँ, कति टाढासम्म यात्रा गरेँ, र कति धेरै कष्ट भोगेँ भनेर निरन्तर आफ्नै गवाही दिन्थे, र अन्त्यमा उनले उनको निम्ति जिउनु नै ख्रीष्ट हो भनेर गवाही दिए। उनले परमेश्‍वरको स्वभावलाई चिढ्याए र परमेश्‍वरद्वारा दण्डित भए। के म पावलको मार्गमा हिँडिरहेकी थिइनँ र? यदि मैले पश्चात्ताप नगरेकी भए, मेरो परिणाम पनि पावलको जस्तै हुनेथियो।

त्यसपछि, मैले सत्यताको खोजी र आफ्ना समस्याहरूबारे आत्मचिन्तन गर्न जारी राखेँ। मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ: “‘महिमा’ भन्‍ने शब्द मानिसहरूको होइन। महिमा त परमेश्‍वर, सृष्टिकर्ताको मात्रै हुन सक्छ, र सृजित मानवसँग यसको कुनै सम्बन्ध छैन। मानिसहरूले मेहनत र सहकार्य गरे नि, तिनीहरू अझै पनि पवित्र आत्माको कामको अगुवाइमै हुन्छन्। यदि पवित्र आत्माको कुनै काम नहुने हो भने, मानिसहरूले के नै गर्न सक्छन् र? ‘गवाही’ भन्‍ने शब्द पनि मानिसहरूको होइन। चाहे यो ‘गवाही’ भन्‍ने नाम शब्द होस् वा ‘गवाही दिनु’ भन्‍ने क्रियापद होस्, सृजित मानवसँग यी दुवै नै शब्दहरूको कुनै सम्बन्ध छैन। सृष्टिकर्ता मात्रै गवाही दिइन र मानिसहरूको गवाही पाउन लायक हुनुहुन्छ। यो कुरा परमेश्‍वरको पहिचान, हैसियत र सारले निर्धारित गर्छ, र परमेश्‍वरले गर्नुहुने हरेक कुरा परमेश्‍वरको प्रयासबाट आउने, र त्यो प्राप्त गर्न परमेश्‍वर लायक हुनुहुने हुनाले पनि यस्तो हुन्छ। मानिसहरूले गर्न सक्‍ने कुराहरू निश्‍चय नै सीमित छन्, र यो सबै पवित्र आत्माको अन्तर्दृष्टि, नेतृत्व, र अगुवाइको परिणाम हो। मानव प्रकृतिको कुरा गर्दा, मानिसहरू केही सत्यता बुझेपछि र थोरै काम गरेपछि अहङ्कारी बन्छन्। यदि तिनीहरूको साथमा परमेश्‍वरबाट आउने न्याय र सजाय छैन भने, कसैले पनि परमेश्‍वरप्रतिको समर्पणता हासिल गर्न र उहाँको गवाही दिन सक्दैन। परमेश्‍वरको पूर्वनिर्धारणको फलस्वरूप, मानिसहरूमा केही वरदान वा विशेष प्रतिभा हुन सक्छ, तिनीहरूले केही पेसा वा सीप सिकेका हुन सक्छन्, वा तिनीहरूमा अलिअलि चलाकी हुन सक्छ, त्यसैले तिनीहरू अत्यन्तै अहङ्कारी बन्छन्, र निरन्तर परमेश्‍वरले तिनीहरूसँग उहाँको महिमा र उहाँको गवाही बाँड्नुभएको चाहन्छन्। के यो समझहीन होइन र? यो अत्यन्तै समझहीन हो। यसले तिनीहरू गलत स्थानमा उभिएका छन् भन्‍ने देखाउँछ। तिनीहरूले आफूलाई मानवको रूपमा नभई, अरूभन्दा पृथक्, महामानवको रूपमा लिन्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। परमेश्‍वरका वचनहरू पढेपछि, म निकै लज्जित भएँ। महिमा र गवाहीको मानिससँग कुनै सम्बन्ध छैन। केवल सृष्टिकर्ता मात्र गवाही दिइन योग्य हुनुहुन्छ। मानवजातिलाई बचाउन, परमेश्‍वरले मानव संसारका सबै कष्टहरू सहनुभयो। चिनियाँ कम्युनिस्ट पार्टीद्वारा सताइएको, संसारद्वारा उपहास गरिएको, र धार्मिक समुदायद्वारा निन्दा र बदनाम गरिएको भए पनि, परमेश्‍वरले सधैँ त्यो सबै चुपचाप सहनुभएको छ। परमेश्‍वरले हाम्रा लागि यति ठूलो मूल्य चुकाउनुभएको छ। हामी यसलाई शब्दमा व्यक्त गर्न सक्दैनौँ। म त एउटी सानी सृजित प्राणी मात्र हुँ। मैले केही कर्तव्य पूरा गर्न सके पनि, ती सीमित छन्। यो त ठ्याक्कै मैले दुष्ट व्यक्ति लि हुवाको खुलासा गरेजस्तो हो। परमेश्‍वरका उपयुक्त वचनहरू भेट्टाउन मलाई अगुवाइ गर्ने परमेश्‍वर नै हुनुहुन्थ्यो, र त्यसका साथै मेरा ब्रदर-सिस्टरहरूले उनको खुलासा गरेपछि मात्र ती दुष्ट व्यक्ति कायल भएकी थिइन्। मैले आफ्ना कर्तव्यमा कठिनाइहरूको सामना गर्दा अगुवाहरूले मसँग सङ्गति गर्ने प्रबन्ध तुरुन्तै मिलाउने परमेश्‍वर नै हुनुहुन्थ्यो। मैले परमेश्‍वरका वचनहरूबाट परमेश्‍वरको अभिप्राय बुझेँ, र त्यसपछि मात्र ममा आस्था पलायो। यो सबै परमेश्‍वरद्वारा गरिएको थियो। मैले आफैँ प्रशंसायोग्य कुनै काम गरेकी थिइनँ। यदि परमेश्‍वरको अगुवाइ नभएको भए, मैले कर्तव्य पूरा गर्दा राम्रो नतिजा हासिल गर्न सम्भव नै थिएन। यद्यपि, मैले यो सबैको श्रेय आफैले लिएँ। म साँच्चै अहङ्कारी र समझविहीन थिएँ! मेरो भ्रष्ट स्वभाव निकै गम्भीर थियो, तर परमेश्‍वरले मलाई मेरा दुष्ट कार्यहरूका कारण त्याग्ने र हटाउने गर्नुभएन। मलाई मेरो मार्गमा रोक्न र दुष्टता गर्नबाट छेक्नका लागि म पक्राउ पर्ने वातावरण मिलाउने परमेश्‍वर नै हुनुहुन्थ्यो। उहाँले मलाई आत्मचिन्तन गर्न र आफूलाई बुझ्नका लागि प्रहरी अधिकारीको मुखसमेत प्रयोग गर्नुभयो। परमेश्‍वरको सार कति सुन्दर र दयालु छ! मैले परमेश्‍वर मात्र मानिसहरूको प्रशंसा र गवाहीको योग्य हुनुहुन्छ भन्ने कुरा पनि साँचो रूपमा अनुभव गरेँ! पछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “त्यसोभए, कसरी कार्य गर्नुचाहिँ आफूलाई उच्च नपार्नु र आफूबारे गवाही नदिनु हो? यदि तैँले कुनै मामलाको सम्बन्धमा रवाफ देखाउँछस् र आफूबारे गवाही दिन्छस् भने, तैँले केही मानिसहरूलाई तँलाई राम्रो ठान्‍न र तेरो आराधना गर्न लगाउने परिणाम प्राप्त गर्नेछस्। तर यदि तैँले त्यही मामलाका सम्बन्धमा आफूलाई उदाङ्गो पार्छस् र आफ्नो आत्मज्ञान बाँड्छस् भने, यसको प्रकृति फरक हुन्छ। के यो साँचो होइन र? आफूलाई उदाङ्गो पार्नु र आफ्नो आत्मज्ञान साझा गर्नु भनेको सामान्य मानवतामा हुनुपर्ने कुरा हो। यो एउटा सकारात्मक कुरा हो। यदि तँ आफूलाई साँच्चिकै जान्दछस् र आफ्नो स्थितिबारे ठिक किसिमले, साँचो रूपमा र प्रस्टताका साथ बोल्छस् भने; यदि तैँले पूर्णतया परमेश्‍वरका वचनहरूमा आधारित ज्ञान साझा गर्छस् भने; यदि तेरो कुरा सुन्‍नेहरूलाई त्यसबाट शिक्षा र लाभ मिल्छ भने; अनि यदि तँ परमेश्‍वरको कामको गवाही दिन्छस् र उहाँलाई महिमित तुल्याउँछस् भने, त्यो नै परमेश्‍वरबारे गवाही दिनु हो। यदि, आफूलाई उदाङ्गो पारेर, तैँले आफ्ना सबल पक्षहरू, र तैँले कति कष्ट भोगेको छस् र मूल्य तिरेको छस्, अनि आफ्नो गवाहीमा दृढ रहेको छस् भन्‍नेबारे धेरै कुरा गर्छस्, र फलस्वरूप, मानिसहरूले तँलाई राम्रो ठान्छन् र तेरो आराधना गर्छन् भने, यो आफूबारे गवाही दिनु हो। तैँले यी दुई प्रकटीकरणहरूबीचको भिन्‍नता बताउन सक्नुपर्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले परमेश्‍वरलाई उच्च पार्ने र परमेश्‍वरको गवाही दिने मार्ग फेला पारेँ। मैले परमेश्‍वरको गवाही दिनु र आफ्नो सान देखाउनुबीचको भिन्नता पनि बुझेँ। दुवैमा आफ्ना अनुभवहरूबारे सङ्गति गरिन्छ, तर मुख्य भिन्नता व्यक्तिका अभिप्राय र हासिल गरिएका नतिजाहरूमा निहित हुन्छ। सङ्गति गर्ने क्रममा, हामीले आफ्नो साँचो स्थिति र आफूले प्रकट गरेको भ्रष्टताबारे कुरा गर्नुपर्छ, यसलाई परमेश्‍वरका वचनहरूसँग जोडेर आफ्नै भ्रष्टताको खुलासा गर्नुपर्छ, र अन्त्यमा हामीले अभ्यासका कुन मार्गहरू फेला पारेका छौँ र परमेश्‍वरसम्बन्धी कस्ता बुझाइहरू प्राप्त गरेका छौँ भन्नेबारे कुरा गर्नुपर्छ। यसरी सङ्गति गरेर मात्र हामी परमेश्‍वरलाई उच्च पारिरहेका र परमेश्‍वरको गवाही दिइरहेका हुन्छौँ। यदि हामी आफूले समस्याको समाधान कसरी गर्‍यौँ र कामकुराहरू आइपर्दा हामी आफ्नो गवाहीमा कसरी दृढ रह्यौँ भन्नेबारे मात्र कुरा गर्छौँ, र आफ्नै भ्रष्टताको खुलासा नगरी राम्रो पक्षबारे मात्र कुरा गर्छौँ भने, त्यस्तो प्रकारको सङ्गति केवल आफ्नो सान देखाउनु मात्र हो। जब मैले आफ्नो अनुभवबारे कुरा गरेँ, मैले आफूले प्रकट गरेको भ्रष्टतालाई खुलस्त पार्दै उदाङ्गो बनाइनँ। हरेक पटक, ब्रदर-सिस्टरहरूको अगाडि मैले व्यक्त गरेका सबै कुरा सकारात्मक र सक्रिय प्रवेशसम्बन्धी थिए। यसले मेरा ब्रदर-सिस्टरहरूलाई ममा आस्था छ र म समस्याहरू समाधान गर्न सक्षम छु भनेर सोच्ने बनायो। म त केवल आफूलाई उच्च पार्ने र सान देखाउने गरिरहेकी थिएँ।

त्यसपछि, मण्डलीले मलाई लेखन-पठनको काम गर्ने व्यवस्था मिलायो। एक दिन, म आफूसँग सहकार्य गर्ने सिस्टर डिङ निङसँग कामको बारेमा छलफल गरिरहेकी थिएँ। डिङ निङले भनिन्, “मलाई लाग्छ, मैले ब्रदर-सिस्टरहरूलाई लेखेको सञ्चार पत्रमा मेरो अभिव्यक्ति तपाईँको जस्तो स्पष्ट छैन। मलाई लाग्छ तपाईँले लेख्नुभएको पत्र धेरै राम्रो छ।” डिङ निङले बोलिसक्दा, म धेरै खुसी भएँ। म फेरि सञ्चार पत्रहरू कसरी लेख्छु भनेर धाक लगाउन चाहन्थेँ। ठीक यसै क्षण, मलाई एउटा बोध भयो: के यो फेरि आफ्नो सान देखाउन चाहनु थिएन र? त्यसैले मैले डिङ निङलाई भनेँ, “वास्तवमा, लेख्ने क्रममा मैले पनि कठिनाइहरू भोगेँ। कहिलेकाहीँ, मलाई आफ्ना कुरा कसरी व्यक्त गर्ने भन्ने नै थाहा हुँदैन थियो। म केही लेख्थेँ, त्यसलाई मेटाउँथेँ, र फेरि अर्कै कुरा लेख्थेँ, र कहिलेकाहीँ त छोडिदिउँ जस्तो समेत महसुस गर्थेँ। पछि, मैले किन राम्रोसँग लेख्न सकिनँ भनेर आत्मचिन्तन गर्न परमेश्‍वरलाई प्रार्थना गरेँ। खोजी र मनन गर्दा, मैले के बुझेँ भने लेख्ने बेलामा मेरो अभिप्राय गलत थियो। म कर्तव्य राम्रोसँग पूरा गर्नका लागि लेखिरहेकी थिइनँ—म मानिसहरूले मेरो प्रशंसा गरून् भनेर राम्रो लेख्न चाहन्थेँ। त्यसैले मैले आफूले जस्तोसुकै लेखे पनि, यसमा सिद्धान्तहरू समावेश होइन्जेल र ब्रदर-सिस्टरहरूले बुझ्न सकुन्जेल राम्रै होओस् भन्दै परमेश्‍वरलाई प्रार्थना गरेँ। जब मैले यसरी अभ्यास गरेँ र फेरि लेखेँ, ममा केही विचारहरू आए, र मैले आफूले चाहेको अर्थ स्पष्ट रूपमा व्यक्त गर्न सकेँ। मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: ‘म पवित्र राज्यमा देखा पर्छु, र म आफैलाई फोहोरको देशबाट लुकाउँछु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २९)। यस समयमा, मैले यो वाक्यको अर्थ बुझेँ। जब ममा गलत अभिप्राय थियो र म पत्र लेख्ने कामलाई सान देखाउन प्रयोग गर्न चाहन्थेँ, तब परमेश्‍वरले मबाट आफ्नो मुहार लुकाउनुभयो, र मैले जसरी लेखे पनि, त्यो राम्रो भएन। तर जब मैले सही मानसिकता राखेँ, र नतिजा हासिल गर्नका लागि लेखेँ, तब परमेश्‍वरको अगुवाइमा मैले सहज रूपमा लेख्न सकेँ।” यो सुनेपछि डिङ निङले अब कसरी गर्ने भन्ने थाहा पाएको बताइन्। यसरी अभ्यास गर्दा, मेरो हृदय साँच्चै शान्त भयो।

त्यसपछि, जब म ब्रदर-सिस्टरहरूसँग हुन्थेँ, म सचेत भई खुलस्त कुरा गर्थेँ, मेरो आफ्नै भ्रष्ट स्वभाव र विगतमा मैले कसरी आफूलाई उच्च पारेकी थिएँ र प्रदर्शनमा राखेकी थिएँ भन्ने कुराको खुलासा गर्थेँ, र परमेश्‍वरले मलाई बचाउन र परिवर्तन गर्न कसरी वातावरण मिलाउनुभयो भन्नेबारे कुरा गर्थेँ। यसरी मेरा ब्रदर-सिस्टरहरूले मलाई खुट्याउन सके, र उनीहरूले परमेश्‍वरले गर्नुहुने मानिसको मुक्ति बुझ्न सके। त्यसपछि, कर्तव्य पूरा गर्दा मैले विगतमा जस्तो आफूलाई उच्च पारिनँ र सान देखाइनँ। म यसरी परिवर्तन हुन सक्नु परमेश्‍वरका वचनहरूको अगुवाइको नतिजा हो। धन्यवाद परमेश्‍वर!

अघिल्लो: ११. खोज्नुहोस्, अनि तपाईंले भेट्टाउनुहुनेछ

अर्को: १३. अब म मेरो छोराको बिहेका लागि पिर गर्दिनँ

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्