१३. अब म मेरो छोराको बिहेका लागि पिर गर्दिनँ

जिन’गेन, चीन

म सन् १९६० को दशकमा एउटा किसान परिवारमा जन्मिएँ। मेरा दाइले घर बनाउन र बिहे गर्न सकून् भनेर मेरा आमाबुबा मिर्मिरे बिहानीदेखि राति अबेरसम्म काम गरेर पैसा कमाउनुहुन्थ्यो। उहाँहरू एकदमै थकित बन्‍नुहुन्थ्यो। मेरा आमाबुबाको सिको र प्रभावमा परेर, मैले पनि छोराछोरीको बिहे गराइदिनु आमाबुबाको जिम्मेवारी हो भन्‍ने विश्‍वास गर्थेँ। बिहेपछि मेरा श्रीमान् र मेरो एउटा छोरा भयो। मैले मेरा श्रीमान्‌लाई भनेँ, “हामी जवान छँदै केही पैसा कमाऔँ। कम्तीमा पनि, हामीले उसका लागि एउटा घर त किनिदिनै पर्छ।” पछि, मेरा श्रीमान्‌ले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार्नुभयो। त्यसपछि, भेलाहरूमा सहभागी भएको र आफ्नो कर्तव्य निर्वाह गरेको कारण प्रहरीले उहाँको खोजी गर्‍यो। उहाँ घर छोडेर भाग्न बाध्य हुनुभयो। दुई वर्षपछि, मैले पनि परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकारेँ। टोलको महिला सङ्घको कर्मचारी मेरो श्रीमान् कहाँ हुनुहुन्छ भनी सोधखोज गर्न बारम्बार मेरो घरमा आउने गरेकीले, मैले घरमा बसेर परमेश्‍वरमा विश्वास गर्न वा आफ्नो कर्तव्य निर्वाह गर्न सकिनँ। कुनै विकल्प नभएपछि, मैले पनि घर छोडेँ। त्यसबेलादेखि, मेरा श्रीमान् र म हाम्रो गाउँबाट विस्थापित भयौँ र घर फर्कन नसकेर निर्वासित जीवन बिताउन थाल्यौँ।

दिनहरू बित्दै गए। हेर्दाहेर्दै, मेरो छोरा बीस वर्ष नाघिसकेको थियो। ऊ बिहे गर्ने उमेरको भएको थियो। सन् २०१३ को फेब्रुअरीमा, मेरा श्रीमान् र म एउटा संयोग मिलेको मौका छोपेर गुप्त रूपमा घर फर्कियौँ। हाम्रो छोराले हामीसँग आफ्नो बिहेको कुरा निकाल्यो, र उसले एउटा केटी साथी भेट्टाएको कुरा भन्यो। केटीका आमाबुबा बिहे पक्का गर्न हतारिएका थिए। उनीहरूले मेरो छोरालाई भनेछन्, “तिम्रो परिवारसँग पैसा छैन भन्ने कुरा हामीलाई थाहा छ। हामीलाई कुनै रुपैयाँ-पैसा चाहिँदैन, तर कम्तीमा तिमीले एउटा घर चाहिँ किन्नुपर्छ! घर नै भएन भने, तिमीहरू दुई जना कसरी बस्छौ?” जब मैले मेरो छोराबाट यो कुरा सुनेँ, तब मलाई धेरै चिन्ता लाग्यो। मेरा श्रीमान् र मलाई चिनियाँ कम्युनिस्ट पार्टीले खोजी गरिरहेको हुनाले, हामी आफ्नो कर्तव्य निर्वाह गर्दै वर्षौंदेखि घरबाहिर भाग्दै हिँडिरहेका थियौँ, र हामीले बाहिर गएर काम गरेर पैसा कमाउन सक्ने अवस्था थिएन। हामीसँग घर किन्नका लागि पैसा जुटाउने कुनै उपाय नै थिएन। जब मैले मेरो छोराले सुस्केरा हालेको र निराश भएको देखेँ, तब म पनि चिन्तित र बेचैन भएँ, अनि सोचेँ, “हामीले पैसा जुटाउन नसकेकै कारण मेरो छोराको बिहे हुन सकेन भने, के उसले मेरो गुनासो गर्दैन र?” जब अरूका छोराछोरीको बिहे हुन्थ्यो, तब उनीहरूका आमाबुबाले बचत गरेर उनीहरूलाई गाडी र घर किनिदिएका हुन्थे, तर मैले भने पैसा जम्मा गर्न सकेकी थिइनँ, र मैले आमाको जिम्मेवारी पूरा गरेकी थिइनँ। यो कुरा म मेरो छोरालाई कसरी सम्झाउन सक्थेँ र? मलाई उसको अगाडि शिर ठाडो पार्न नसकेको र आफूलाई सही ठहर्‍याउन नसकेको महसुस भयो। म जति सोच्थेँ, मलाई त्यति नै पिर पर्थ्यो। मेरो छोराको बिहेका लागि मैले के गर्ने? एकपटक, मेरी सासूले म र मेरा श्रीमान्‌लाई भन्नुभयो, “तिमीहरूले आफ्नो छोराको बारेमा सोच्नुपर्छ। हाम्रो छिमेकीको छोराको बिहे भइरहेको हेर त। उनीहरूले छोराका लागि घर किनिदिए र दुलहीका परिवारलाई दुलही-मूल्यको रूपमा दसौँ हजार युआन रकम दिए। अनि तिम्रो कजनलाई हेर। जब उनको छोराको बिहे भयो, तब उनले छोरालाई घर किनिदिइन् र एक लाख युआनभन्दा बढीको दुलही-मूल्य तिरिन्। तिम्रो छोराले रोजेकी केटीको परिवार साँच्चै समझदार छ। उनीहरू हाम्रो परिवारले दुलही-मूल्य तिरोस् भन्ने चाहँदैनन्, केवल घरको बैना मात्र तिरिदिए पुग्छ भन्छन्। उनीहरूको परिवारले एउटी राम्री छोरीलाई त्यसै हुर्काएको त होइन नि, होइन र? फेरि, उनीहरू दुई जनाको जोडी पनि असाध्यै मिल्छ। हामीले पैसा जुटाउन नसकेकै कारण तिम्रो छोराको बिहे हुन सकेन भने, के त्यो असाध्यै बेइज्जतको कुरा हुँदैन र? अनि मानिसहरूले हामीलाई गिज्याउनेछन्!” मेरी सासूको कुरा सुनेपछि, मलाई मुटुमै घोचेजस्तै पीडा भयो। मेरो अनुहारबाट आँसु थामिनसक्नु भयो। जब मेरो छोरा ८ महिनाको थियो, तब चिनियाँ कम्युनिस्ट पार्टीले खेदो गरेको कारण उसका बुबाले घर छोड्नुपरेको थियो भन्ने कुरा मलाई याद आयो, र उसले कहिल्यै बुबाको माया पाउन सकेन। पछि, सुरक्षाको खतराले गर्दा मैले पनि घर छोड्नुपर्‍यो, त्यसैले हामीले हाम्रो छोरासँग बसेको समयभन्दा ऊबाट टाढा बसेको समय धेरै भयो। ऊ तेह्र वर्षको भएदेखि त मैले उसलाई देखेकै थिइनँ। यी सबै वर्षहरूमा, ऊ बाजे-बज्यैमा आश्रित थियो। अहिले, उसलाई बिहे गर्न पैसा चाहिएको थियो, तर मैले त्यो जम्मा गर्न सकिरहेकी थिइनँ। मैले मेरो कुनै पनि जिम्मेवारी पूरा गरेकी थिइनँ। म जति सोच्थेँ, त्यति नै मलाई मैले मेरो छोरालाई निराश पारेकी छु भन्ने लाग्थ्यो। एउटी आमाका रूपमा, म कति अयोग्य थिएँ। हाम्रो परिवारमा जन्मिएकोले मेरो छोरा साह्रै विचरा थियो। यदि चिनियाँ कम्युनिस्ट पार्टीको गिरफ्तारी र सतावट नभएको भए, हामी लुक्नुपर्ने थिएन, र जसरी भए पनि हामीले हाम्रो बच्चाका लागि केही पैसा कमाउन सक्ने थियौँ। मैले मेरा दाइ र दिदीसँग पैसा ऋण काढ्ने बारे सोचेँ, ताकि मैले घर किन्न बैना तिर्न सकूँ र म मेरी सासू, आफन्त र साथीभाइहरूले कुरा काट्ने अवस्थाबाट बच्न सकूँ। तर फेरि मैले विचार गरेँ। एकपटक मैले पैसा ऋण काढेपछि, त्यो तिर्न मैले काम गर्नुपर्ने हुन्छ, र मैले आफ्नो कर्तव्य निर्वाह गर्न पाउँदिनँ। म धेरै मण्डलीहरूको कामको जिम्मामा थिएँ। यदि मैले पैसा कमाउनकै लागि आफ्नो कर्तव्य त्यागेँ भने, के त्यो परमेश्‍वरलाई धोका दिनु हुँदैन र? तर मेरो छोरालाई बिहे गर्न अझै पैसा चाहिएको थियो। मैले त्यति धेरै पैसा कहाँबाट ल्याउन सक्थेँ? म धर्मसङ्कटको स्थितिमा जिइरहेकी थिएँ। अति वेदनामा, म प्रार्थना गर्न परमेश्‍वरको सामु आएँ, “हे परमेश्‍वर, मेरो छोराको बिहेको सामना गर्दा, मलाई साँच्चै के गर्ने भन्ने थाहा छैन। मलाई के थाहा छ भने मैले आफ्नो कर्तव्य त्याग्नु हुँदैन। मेरो छोराले बिहे गर्न सकोस् भनेर पैसा कमाउनका लागि म तपाईंलाई धोका दिन सक्दिनँ। तर मेरो कद साह्रै सानो छ। म उसको बिहेको कुराले बाँधिएकी छु। म यसलाई तपाईंमा सुम्पन र यसबारे तपाईंमा भरोसा गर्न चाहन्छु। हे परमेश्‍वर, कृपया मलाई सहायता गर्नुहोस् ताकि मैले मेरो छोराको बिहेको कारण तपाईंलाई धोका नदिऊँ।” प्रार्थना गरेपछि, मेरो हृदय धेरै शान्त भयो।

म आफ्नो कर्तव्य निर्वाह गरिरहेको ठाउँमा फर्किएँ। बाहिरबाट हेर्दा, म हरेक दिन मण्डलीको काम सम्हाल्न व्यस्त देखिन्थेँ। तर जतिखेर म मेरो छोराको बिहेको बारेमा सोच्थेँ, तब म मेरो हृदयमा सास्ती महसुस गर्थेँ। मलाई मसँग पैसा नभएको कारण मेरो छोराको बिहे हुँदैन कि भन्‍ने डर लाग्थ्यो। म असाध्यै पीडित र दुःखी महसुस गर्थेँ। मलाई छोराप्रति ऋणी छु जस्तो लाग्थ्यो। त्यो समयमा, म राम्ररी खान र सुत्न पनि सक्दिनथेँ। म चिन्तित र बेचैन थिएँ, मेरो दाँत दुख्थ्यो, र मेरो घाँटी दुख्थ्यो। कहिलेकाहीँ, भेलाहरूमा पनि मेरो मन बरालिन्थ्यो र थाहै नपाई म मेरो छोराको बिहेको बारेमा के गर्ने होला भनी सोच्न थाल्थेँ। मलाई सधैँ झुल्‍न लाग्थ्यो, र म केही गर्न पनि जाँगर चलाउन सक्दिनथेँ। मसँग सहकार्य गरिरहेकी सिस्टरले मेरो स्थिति राम्रो नभएको र मैले पहिले जस्तै आफ्नो कर्तव्यमा बोझ नउठाएको देख्नुभयो। उहाँले आफ्नो छोरासँगको अनुभव कस्तो रह्यो भन्नेबारे मसँग सङ्गति गर्नुभयो। उहाँले के पनि भन्नुभयो भने जब उहाँ घरबाट टाढा हुनुहुन्थ्यो, तब उहाँको छोराले आत्मनिर्भर रूपमा बाँच्न सिकेको थियो र उसले आफ्नो जीवनसाथी पनि भेट्टाएको थियो। यो सबै परमेश्‍वरको सार्वभौमिकताभित्र पर्छ। सिस्टरको सङ्‍गति सुनेपछि, मैले मनमनै सोचेँ, “त्यो त तपाईंको छोराले राम्रो जीवनसाथी पाएको हुनाले हो।” त्यसपछि पनि, म समय-समयमा बाँधिएकी महसुस गरिरहन्थेँ। यदि मेरो छोराको बिहे भएन भने, मेरो मनमा मेरो बाँकी जीवनभर कहिल्यै शान्ति हुने थिएन। म निरन्तर पीडा र सास्तीमा जिइरहेकी थिएँ। मेरो मुटुलाई ढुङ्गाले थिचेजस्तो महसुस हुन्थ्यो। यस समयमा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, र मेरो हृदयले केही हदसम्म छुटकारा महसुस गर्‍यो। परमेश्‍वर भन्‍नुहुन्छ: “विवाह व्यक्तिको जीवनको एउटा महत्त्वपूर्ण मोड हो। यो व्यक्तिको जीवनको नियतिको नतिजास्वरूप आउँछ, र यो नियतिको एउटा महत्त्वपूर्ण भाग हो। यो कसैको व्यक्तिगत इच्‍छा वा रुचिमा स्थापित हुँदैन, र यो कुनै पनि बाहिरी तत्त्वहरूद्वारा प्रभावित हुँदैन, बरु यो पूर्णतया दुवै मानिसहरूको नियतिद्वारा, लोग्‍ने-स्वास्नी दुवैको नियतिसम्‍बन्धी सृष्टिकर्ताका पूर्वनियोजन र बन्दोबस्तहरूद्वारा निर्धारित हुन्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने मानिसको जीवनको नियति परमेश्‍वरले धेरै अघि नै बन्दोबस्त गरिसक्नुभएको हुन्छ। अझ बिहेको कुरा त झन् परमेश्‍वरद्वारा नै नियोजन हुन्छ, र यो कुनै पनि बाह्य अवस्थाहरूबाट प्रभावित हुँदैन। यदि परमेश्‍वरले मेरो छोरा र उसको जीवनसाथी एक परिवार हुनुपर्छ भनी नियोजन गर्नुभएको छ भने, कुनै पनि कुराले उनीहरूलाई अलग गर्न सक्दैन। यदि उनीहरू एक परिवार हुने होइनन् भने, अन्तमा गएर त्यो बिहे सफल हुनेछैन। यो सफल हुन्छ कि हुँदैन भन्ने कुरा परमेश्‍वरको हातमा छ, मैले कति पैसा खर्च गर्छु भन्ने कुरामा होइन। विगतमा, बिहे परमेश्‍वरद्वारा नियोजन गरिएको हुन्छ भन्ने कुरा मलाई धर्मसिद्धान्तको रूपमा मात्र थाहा थियो। तर जब मेरो छोराको बिहेको कुरा ममाथि आयो, तब मलाई पैसाविना उसले आफ्नो जीवनसाथीसँग बिहे गर्न पाउँदैन भन्‍ने लाग्यो। जब मसँग सहकार्य गरिरहेकी सिस्टरले आफ्नो अनुभव अनि परमेश्‍वरको सार्वभौमिकताबारे मसँग सङ्‍गति गर्नुभयो, तब मैले मेरो हृदयमा त्यस कुरालाई पत्याइनँ। मलाई के लाग्यो भने त्यो त उहाँको छोराको भाग्य राम्रो भएर हो। अर्कोतर्फ मेरो छोराले चाहिँ पैसाविना बिहे गर्न सक्दैनथियो। विशेष गरी, जब मैले आजको समाजमा गरिब परिवारका धेरैभन्दा धेरै छोराहरूले श्रीमती नपाएको देखेँ, तब मलाई झन् बढी के लाग्यो भने पैसाविना बिहे हुनै सक्दैन। मेरो छोराको बिहेको कारण म यति तनावमा थिएँ कि, म राम्ररी खान वा सुत्न पनि सक्दिनथेँ, र मसँग आफ्नो कर्तव्य निर्वाह गर्ने कुनै जाँगर पनि हुन्थेन। परमेश्‍वरका वचनहरू पढेपछि मात्र मेरो हृदयले अन्तर्दृष्टि पायो। मैले बिहे सबै परमेश्‍वरद्वारा नियोजन हुन्छ भन्‍ने कुरा महसुस गरेँ। मेरै दिदीको उदाहरण लिऊँ। उहाँसँग प्रशस्त पैसा छ, तर उहाँको नातिले जति गरे पनि श्रीमती पाउनै सकेन। यसका साथै, मैले चिनेको एउटा परिवारमा धेरै छोराहरू थिए। उनीहरूसँग पैसा थिएन, तर सबै छोराहरूले श्रीमती पाए। यस्तो धेरै हुन्छ। परमेश्‍वरका वचनहरू एकदमै सत्य छन्। बिहे परमेश्‍वरद्वारा नियोजन गरिएको हुन्छ। यो पैसाले निर्धारण गर्दैन। मैले परमेश्‍वरमा विश्वास त गरेँ तर परमेश्‍वरका वचनहरूअनुसार कुराहरूलाई हेरिनँ, परमेश्‍वरको सार्वभौमिकतामा विश्वास गरिनँ, र अझ गैरविश्‍वासीहरूको प्रवृत्तिको पछि लागेँ, जसमा परमेश्‍वरमाथिको विश्वासको कुनै सङ्केत थिएन। के यो एउटा अविश्‍वासीको दृष्टिकोण होइन र? बिहे परमेश्‍वरद्वारा नियोजन गरिएको हुन्छ। पारिवारिक वातावरण वा बाह्य कारकहरूसँग यसको कुनै सम्बन्ध हुँदैन। मैले सोचेजस्तो पैसा भए मेरो छोराको बिहे सफल हुने, र पैसा नभए नहुने होइन। जब मैले यो कुरा बुझेँ, तब मेरो हृदय अचानक स्पष्ट र उज्यालो भयो। मैले मेरो छोराको बिहेको चिन्ता गर्न केही हदसम्म छोड्न सकेँ।

त्यसपछि, मैले मनन गरेँ: किन मलाई निरन्तर मैले मेरो छोरालाई निराश पारेकी छु जस्तो लाग्थ्यो, र मन अशान्त हुन्थ्यो? मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “यस वास्तविक समाजमा जिउने मानिसहरू शैतानद्वारा गहिरोसित भ्रष्ट पारिएका हुन्छन्। तिनीहरू शिक्षित भए पनि वा नभए पनि, तिनीहरूका विचार र दृष्टिकोणहरूमा परम्परागत संस्कृतिबाट आएका धेरै कुराहरू रहेका हुन्छन्। विशेषतः महिलाहरूले आफ्ना श्रीमान्‌को ख्याल गर्नुपर्ने र आफ्ना सन्तानलाई हुर्काउनुपर्ने, र उनीहरू असल श्रीमती र स्नेही आमा बन्नुपर्ने, आफ्नो सारा जीवन आफ्ना श्रीमान्‌ र सन्तानलाई समर्पित गर्नुपर्ने अनि उनीहरूका लागि जिउनुपर्ने हुन्छ। उनीहरूले घरायसी कामहरू सबै उचित तरिकाले सम्हाल्नुपर्छ, जस्तै परिवारको दैनिक खाना, धुने र सफा गर्ने काम। यो नै असल श्रीमती र स्नेही आमा हुनुको स्वीकार्य मानक हो। हरेक महिलाले पनि आफूले यही गर्नुपर्छ, र यदि आफूले त्यसो नगरे आफू असल नारी होइँदैन, र आफूले आफ्नो विवेक र नैतिकताको यो परम्परागत मानक उल्लङ्घन गरेको हुन्छ भनेर सोच्छे। कतिपय मानिसहरू यो नैतिक मानक उल्लङ्घन गर्नुलाई आफ्नो विवेकसँग मिलाउन सक्दैनन्; तिनीहरूलाई आफूले श्रीमान्‌ र सन्तानप्रति गलत गरेको, आफू असल नारी नभएको भन्‍ने लाग्नेछ। तर जब तैँले परमेश्‍वरमा विश्‍वास गर्छस्, उहाँका धेरै वचनहरू पढ्छस्, केही सत्यताहरू बुझ्छस्, र केही मामिलाहरू छर्लङ्गै बुझ्छस्, तब तैँले सोच्नेछेस्, ‘म एक सृजित प्राणी हुँ र मैले एक सृजित प्राणीको कर्तव्य निर्वाह गर्नुपर्छ, र परमेश्‍वरप्रति आफूलाई समर्पित गर्नुपर्छ।’ यस बेला, असल श्रीमती र स्नेही आमा हुनु, र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नुबीच कुनै द्वन्द्व छ? यदि तँ असल श्रीमती र स्नेही आमा हुन चाहन्छेस् भने, तँ पूर्णकालीन रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्दिनस्, तर यदि तँ पूर्णकालीन कर्तव्य निर्वाह चाहन्छेस् भने, तँ असल श्रीमती र स्नेही आमा बन्न सक्दिनस्। अब के गर्छेस्? यदि तँ आफ्नो कर्तव्य राम्ररी निभाउन र मण्डलीको कामका लागि जिम्मेवार बन्‍न, र परमेश्‍वरप्रति अर्पित हुन रोज्छस् भने, तैँले असल श्रीमती र स्नेही आमा हुन छोड्नैपर्ने हुन्छ। अब तँ के सोच्नेछेस्? तेरो मनभित्र कस्तो किसिमको अस्थिरता हुनेछ? के तँलाई आफूले आफ्नो सन्तान र श्रीमान्‌लाई निराश बनाएको महसुस हुनेछ? यो दोषीपन र असहजताको बोध कहाँबाट आउँछ? तैँले सृजित प्राणीको कर्तव्य पूरा नगर्दा, के तैँले परमेश्‍वरलाई निराश बनाएको छु भन्ने महसुस गर्छस्? तँमा दोषीपन वा धिक्कारको बोध हुँदैन किनकि तेरो मनमस्तिष्कमा सत्यताको नामनिसान केही छैन। त्यसैले, तँ के बुझ्छेस्? परम्परागत संस्कृति—असल श्रीमती र स्नेही आमा बन्‍नुपर्ने कुरा। त्यसैले तेरो दिमागमा ‘यदि म असल श्रीमती र स्नेही आमा होइन भने, असल वा सुशील नारी होइन’ भन्‍ने धारणा पलाउँछ। त्यसपछि तँ यो धारणाद्वारा बाँधिनेछेस् र जकडिनेछेस्, अनि तैँले परमेश्‍वरमा विश्‍वास गरेपछि र आफ्नो कर्तव्य निर्वाह गरेपछि पनि तँ त्यसरी नै बाँधिएकी र जकडिएकी हुनेछेस्। जब आफ्नो कर्तव्य निर्वाह गर्ने अनि असल श्रीमती र स्नेही आमा बन्ने कुराबीच द्वन्द्व हुन्छ, तब तैँले सायद मन नलागी-नलागी आफ्नो कर्तव्य निर्वाह गर्न वा परमेश्‍वरप्रति थोरै अर्पण देखाउन रोज्छेस्, तैपनि तेरो हृदयमा अझै पनि असहजताको अनुभूति र थोरै धिक्कार हुनेछ। तसर्थ, जब तँसँग कर्तव्य निर्वाह गर्ने क्रममा अलिअलि खालि समय हुन्छ, तब तँ आफ्ना सन्तान र श्रीमान्‌को हेरचाह गर्ने मौका खोज्नेछेस्, उनीहरूका लागि झन् बढी गर्न चाहनेछेस्, र अझ बढी कष्ट भोग्नुपरे पनि मनको शान्ति मिलेसम्म यसो गर्नु ठिकै हुन्छ भनी सोच्नेछेस्। के यो असल श्रीमती र स्नेही आमा बन्ने परम्परागत संस्कृतिको विचार र सिद्धान्तले ल्याएको होइन र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। परमेश्‍वरका वचनहरूले हामीलाई “असल श्रीमती र मायालु आमा” हुनुपर्छ भन्ने गलत विचार र दृष्टिकोणको खुलासा गरिदिएका छन्। परम्परागत संस्कृतिले महिलाहरूले “श्रीमान्‌को ख्याल राख्नुपर्छ र छोराछोरीको पालनपोषण गर्नुपर्छ, अनि असल श्रीमती र मायालु आमा बन्नुपर्छ,” र उनीहरूले आफ्ना श्रीमान् र छोराछोरीका लागि सबै कुरा त्याग गर्नुपर्छ भन्ने माग गर्छ। सबैले के ठान्थे भने एउटी योग्य महिला बन्‍नुको मानक यही हो। नत्र भने, उनीहरू असल महिला वा असल आमा होइनन्। जब म सानी थिएँ, तब मेरा आमाबुबाले मेरा दाइको बिहे गराइदिनका लागि पैसा कमाउन कसरी मिर्मिरे बिहानीदेखि राति अबेरसम्म काम गर्नुहुन्थ्यो भन्ने मैले देखेकी थिएँ। उहाँहरूले जतिसुकै ठूलो दुःख पाए पनि वा आफूलाई थकाए पनि, उहाँहरूले यो बोझ उठाउनै पर्थ्यो। त्यसैले म के विश्वास गर्थेँ भने आमाबुबाका रूपमा हामीले आफ्ना छोराछोरीलाई हुर्काएर ठूलो बनाउनुपर्छ, उनीहरूको बिहे गरिदिनुपर्छ र उनीहरूलाई खुट्टामा उभिन मदत गर्नुपर्छ। यसो गरेर मात्र हामीले हाम्रो अभिभावकीय जिम्मेवारी पूरा गर्न सक्छौँ, र हामी असल आमाबुबा कहलाउन लायक हुन्छौँ। यही विचार र दृष्टिकोणमा जिउने क्रममा, मलाई के लाग्यो भने म एउटी योग्य आमा होइन। जब मेरो छोरा सानो थियो, तब ठूलो रातो अजिङ्गरको सतावटका कारण म भाग्नुपरेको थियो, र म ऊसँग बस्न पाइनँ र मैले उसको हेरचाह गर्न सकिनँ। जब मेरो छोरा हुर्कियो र उसको बिहे गर्ने बेला भयो अनि उसलाई घर किन्नुपर्ने भयो, तब एउटी आमाका रूपमा, मैले पैसा जुटाउन वा अलिकति पनि सहयोग गर्न सकिनँ, तसर्थ मलाई छोराप्रति ऋणी भएको महसुस भयो। मेरा परिवार र इष्टमित्रहरूले मेरो खिल्ली नउडाऊन् र मेरो छोराले मप्रति गुनासो नगरोस् भनेर पैसा कमाउनकै लागि मैले आफ्नो कर्तव्य छोड्ने बारे समेत सोचेँ। “असल श्रीमती र मायालु आमा” बन्ने दृष्टिकोणले मेरो विचारलाई नियन्त्रण गरिरहेको थियो र मेरो व्यवहारलाई मार्गदर्शन गरिरहेको थियो। मैले मेरो छोरालाई सन्तुष्ट पार्न नसकेकोले मलाई पीडा भयो, र मेरो हृदयमा मैले परमेश्‍वरको बारेमा समेत गुनासो गरेँ र उहाँलाई गलत बुझेँ। म मेरो छोराको बिहेको कुरामा फसेकी थिएँ र बाँधिएकी थिएँ, र मैले भन्नै नसकिने कष्ट भोगिरहेकी थिएँ। मैले शान्त मनले आफ्नो कर्तव्य निर्वाह गर्न पनि सकिरहेकी थिइनँ। मैले के देखेँ भने “असल श्रीमती र मायालु आमा” बन्ने परम्परागत सांस्कृतिक विचार वास्तवमा मानिसहरूलाई बाँध्ने एउटा साङ्लो रहेछ। यसले मानिसहरूलाई केवल परमेश्‍वरबाट टाढा जान र परमेश्‍वरलाई विश्‍वासघात गर्न लगाउँछ। आफ्नो दृष्टिकोणबारे केही बुझाइ प्राप्त गरेपछि, मैले परमेश्‍वरका वचनहरूमा खोजी गर्ने कार्यलाई जारी राखेँ।

एकदिन, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “हामीले परमेश्‍वरमा विश्‍वास गर्न सक्नु त उहाँद्वारा दिइएको अवसर हो; यसलाई परमेश्‍वरले नै तोक्‍नुभएको हो, र यो उहाँको अनुग्रह हो। त्यसकारण, तैँले अरू कसैप्रति आफ्नो दायित्व वा जिम्मेवारी पूरा गर्न आवश्यक छैन; तैँले सृजित प्राणीका रूपमा आफूले परमेश्‍वरप्रति पूरा गर्नुपर्ने कर्तव्य मात्र पूरा गर्नुपर्छ। मानिसहरूले अरू कुनै पनि कुराभन्दा माथि राखेर गर्नुपर्ने काम यही हो, र यो मानिसहरूले आफ्नो जीवनमा सबैभन्दा पूरा गर्नैपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि तैँले आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्दिनस् भने, तँ मानकअनुरूपको सृजित प्राणी होइनस्। अरूको नजरमा, तँ सायद असल श्रीमती र स्नेही आमा, सक्षम गृहिणी, आमाबुबाभक्त छोरी, र समाजकी असल सदस्य होलिस्, तर परमेश्‍वरसामु, तँ उहाँविरुद्ध विद्रोह गर्ने, परमेश्‍वरमा विश्वास गर्ने तर सृजित प्राणीको कर्तव्य र दायित्व पूरा नगर्ने, परमेश्‍वरमा विश्वास गर्ने तर सत्यता नपछ्याउने, साँचो रूपमा परमेश्‍वरप्रति समर्पित नहुने व्यक्ति होस्, र तँलाई खुलासा गरेर हटाइनेछ। के यस्तो व्यक्तिले परमेश्‍वरको अनुमोदन पाउन सक्छ? यस्ता मानिसहरू रद्दी हुन्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। “जन्म दिने र हुर्काउनेबाहेक, व्यक्तिको जीवनमा आमाबुबाले बोक्ने जिम्मेवारी भनेको उसलाई हुर्कनका लागि बाहिरी रूपमा वातावरण प्रदान गर्नु मात्रै हो, र त्यो त्यहीँ सकिन्छ, किनभने कुनै पनि व्यक्तिको भाग्यमा सृष्टिकर्ताको पूर्वनियोजनले मात्रै प्रभाव पार्छ। कसैको भविष्य कस्तो हुनेछ भन्‍ने कुरा कुनै पनि व्यक्तिले नियन्त्रण गर्न सक्ने कुरा होइन; यो धेरै अघि नै पूर्वनियोजित हुन्छ, र व्यक्तिका आमाबुबाले समेत उसको भाग्य परिवर्तन गर्न सक्दैनन्। भाग्यको हकमा, सबै जना स्वतन्त्र हुन्छन्; सबैको आफ्नै भाग्य हुन्छ। त्यसैले, कसैका आमाबुबाले उसको जीवनको भाग्यलाई पटक्कै विफल पार्न सक्दैनन्, न त उसले जीवनमा खेल्ने भूमिकाको हकमा तिनीहरूले उसलाई कुनै मद्दत नै गर्न सक्छन्। व्यक्ति जुनसुकै परिवारमा जन्मन पूर्वनियोजित भए पनि, र ऊ जुनसुकै वातावरणमा हुर्के पनि, यी कुराहरू उसको जीवनको मिसन पूरा गर्नुका पूर्वसर्तहरू भन्दा बढी केही होइनन् भन्न सकिन्छ। तिनले कुनै पनि हिसाबमा व्यक्तिको जीवनको भाग्य वा उसले आफ्नो मिसन पूरा गर्ने नियतिको प्रकारलाई निर्धारण गर्दैनन्। यसर्थ, कसैका पनि आमाबुबाले उसलाई उसको जीवनको मिसन पूरा गर्न सहयोग गर्न सक्दैनन्, न त कुनै नातेदारले उसलाई जीवनमा आफ्नो भूमिका लिन मद्दत गर्न सक्छ। व्यक्तिले आफ्नो मिसन कसरी पूरा गर्छ र उसले कस्तो प्रकारको जियाइ वातावरणमा आफ्नो भूमिका लिन्छ भन्‍ने कुरा पूर्ण रूपमा उसको जीवनको भाग्यमा निर्भर हुन्छ। अर्को शब्दमा भन्नुपर्दा, कुनै पनि वस्तुगत परिस्थितिहरूले सृष्टिकर्ताद्वारा पूर्वनियोजित कसैको मिसनलाई प्रभाव पार्न सक्दैनन्। सबै जना आफू हुर्केको विशेष वातावरणमा परिपक्वतामा पुग्छन्; त्यसपछि, एक-एक कदम गर्दै, तिनीहरू जीवनमा आफ्नै मार्गमा हिँड्न थाल्छन् र तिनीहरूका लागि सृष्टिकर्ताद्वारा प्रबन्ध गरिएको नियति पूरा गर्छन्। स्वाभाविक र स्वचालित रूपमा, तिनीहरू मानवजातिको विशाल सागरमा प्रवेश गर्छन् र जीवनमा आफ्नो स्थान ग्रहण गर्छन्, र, सृष्टिकर्ताको पूर्वनियोजनको खातिर र उहाँको सार्वभौमिकताको खातिर, तिनीहरूले सृजित प्राणीका रूपमा आफ्ना जिम्मेवारीहरू पूरा गर्न थाल्छन्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने मैले परमेश्‍वरमा विश्वास गर्न र कर्तव्यहरू पूरा गर्न पाउनु भनेको परमेश्‍वरले मलाई दिनुभएको मौका हो। यो परमेश्‍वरको अनुग्रह पनि हो। सृजित प्राणीको कर्तव्य पूरा गर्नु मानिसको जीवनको सर्वोच्च प्राथमिकता हो। यो अरू कुनै पनि कुराभन्दा महत्त्वपूर्ण छ। यदि मैले मेरो छोरालाई सन्तुष्ट पार्नकै लागि आमाको रूपमा आफ्‍ना जिम्मेवारीहरू मात्र पूरा गरेँ भने, अरूले मलाई असल श्रीमती र मायालु आमाका रूपमा देखे पनि, यदि मैले सृजित प्राणीको कर्तव्य पूरा गरिनँ भने, यसले परमेश्‍वरप्रतिको बफादारी देखाउँदैन; यो त परमेश्‍वरविरुद्ध विद्रोह गर्ने व्यक्ति बन्नु हो। मैले के पनि बुझेँ भने हरेक व्यक्तिको आ-आफ्नै मिसन हुन्छ, र हरेकको नियति स्वतन्त्र हुन्छ। मैले मेरो छोरालाई जन्म दिए पनि, उसको नियति कस्तो हुन्छ भन्ने कुरा परमेश्‍वरको हातमा छ। यसमा आमाबुबाको कुनै प्रभाव हुँदैन। हरेक व्यक्तिले आफ्नो जीवनमा कति सुख वा दुःख भोग्नेछन्, उसले कस्तो परिवार वा वैवाहिक जीवन पाउनेछ, ऊ कस्तो वातावरणमा हुर्कनेछ, वा उसले के अनुभव गर्नेछ भन्ने कुरालाई कसैले पनि बदल्न सक्दैन। आमाबुबाले त झन् यो कुरा बदल्नै सक्दैनन्। यो सबै परमेश्‍वरद्वारा नियोजन गरिएको हुन्छ। जब मैले यो कुरा बुझेँ, तब म मेरो छोराको बिहेको चिन्ता छोड्न सक्षम भएँ, र मलाई अब मैले मेरो छोरालाई निराश पारेकी छु जस्तो लागेन। म कुराहरूलाई स्वाभाविक रूपमा हुन दिन सक्षम भएँ। पछि, मैले मेरो छोरालाई भनेँ, “बिहे परमेश्‍वरद्वारा नियोजन गरिएको हुन्छ, र यसको सफलता वा असफलता परमेश्‍वरको हातमा छ। तिमीले उनीहरूलाई कति पैसा दिन्छौ भन्ने कुराले केही फरक पार्दैन। बिहेको बारेमा धेरै नसोच। जब बिहे गर्ने समय आउँछ, तब परमेश्‍वरले यसको कसरी बन्दोबस्त गर्नुहुनेछ भन्ने कुरा हामीले पहिल्यै देख्न सक्दैनौँ। हामीले परमेश्‍वरको समयको प्रतीक्षा गर्न सिक्नुपर्छ। एउटा भनाइ छ नि, ‘यदि त्यो तिम्रो हो भने, अरूले तिमीबाट खोस्न सक्दैनन्। यदि त्यो तिम्रो होइन भने, तिमीले अरूबाट लिन सक्दैनौ।’” केही समयपछि, मेरो छोरा पहिले जस्तो तनावमा भएन, र उसले हामीले घर किन्नुपर्ने कुरा गर्न छोड्यो। मलाई पनि अब उसको बिहेको त्यति चिन्ता लागेन, र आफ्नो कर्तव्य निर्वाह गर्दा मैले हृदय शान्त पार्न सकेँ। मेरो हृदयमा मलाई अझ धेरै बन्धनमुक्त भएको महसुस भयो।

केही महिनापछि, मेरो छोराले मलाई फोन गर्‍यो, र खुसी हुँदै मलाई भन्यो, “ममी, अचम्मको कुरा भयो, मैले घर किनेँ। मैले बैना पनि तिर्नुपरेन। मेरो सहकर्मीको दक्षिणतिर सरुवा भएकोले उसलाई पैसाको अति खाँचो परेको रहेछ, त्यसैले उसले मलाई ३ लाख युआनमा घर बेच्यो। मैले बैंकबाट ४ लाख युआन ऋण लिएँ, र यसले घर सजाउन पनि पुग्छ। म हरेक महिना १,००० युआनभन्दा अलि बढी तिर्नेछु। यसरी मेरो घरको समस्या एकदमै सहज रूपमा समाधान भयो, हेर्नु न!” जब मैले यो खबर सुनेँ, तब म अत्यन्तै खुसी भएँ। मैले निरन्तर परमेश्‍वरलाई धन्यवाद दिएँ। एक वर्षपछि, मेरो छोरा र उसको जीवनसाथीले कामबाट बचत गरेको पैसा प्रयोग गरेर आफ्नो बिहेको बन्दोबस्त गरे। हामीले चिन्ता गर्नुपरेन र एक पैसा पनि खर्च गर्नुपरेन। मेरो छोराले हामीलाई आफ्नो कर्तव्य निर्वाह गर्दा आइपर्ने कठिनाइहरू समाधान गर्न थोरै खर्च पनि दियो। मैले सबैभन्दा कम अपेक्षा गरेको कुरा त के थियो भने मेरो छोराले पनि सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्वास गर्न थाल्यो! यो अनुभवमार्फत, मैले परमेश्‍वरका अद्भुत कार्यहरू देखेँ, र मानिसको बिहे, हृदय र आत्मा सबै कसरी परमेश्‍वरको हातमा हुन्छ भन्ने कुरा देखेँ।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ, र आमाबुबाले आफ्ना वयस्क छोराछोरीलाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा बुझेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “हरव्यक्तिको नियति परमेश्‍वरले निर्धारण गर्नुहुन्छ; त्यसकारण, तिनीहरूले जीवनमा कति आशिष् वा दुःख भोग्छन्, तिनीहरूले कस्तो परिवार, विवाह र छोराछोरी पाउँछन्, तिनीहरू समाजमा कस्ता अनुभवहरूमार्फत गुज्रन्छन्, र तिनीहरूले जीवनमा कस्ता घटनाहरू अनुभव गर्छन्, त्यस्ता कुराहरू तिनीहरू आफैले पूर्वानुमान गर्न वा बदल्न सक्दैनन्, र ती कुराहरू बदल्ने गर्ने क्षमता आमाबुबामा त झनै कम हुन्छ। त्यसकारण, यदि बच्चाहरूले कुनै कठिनाइहरू सामना गर्छन् भने, आमाबुबाले क्षमता भए सकारात्मक र सक्रिय रूपमा मद्दत गर्नुपर्छ। यदि क्षमता नभए, शान्त भएर तिनीहरूले यी मामलाहरूलाई सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट हेर्दै छोराछोरीलाई सृष्टि गरिएको प्राणीको रूपमा समान व्यवहार गर्नु नै उत्तम हुन्छ। तैँले भोग्ने दुःख तिनीहरूले पनि भोग्नैपर्छ; तैँले जिउने जीवन तिनीहरूले पनि जिउनैपर्छ; तँ साना बच्चाहरू हुर्काउने जुन प्रक्रियामार्फत गुज्रिस्, तिनीहरू पनि त्यही प्रक्रियामार्फत गुज्रिनुपर्नेछ; तैँले समाज र मानिसहरूमाझ अनुभव गर्ने अनपेक्षित घटनाहरू, छलकपट र धोका, संवेगात्मक उल्झनहरू, पारस्परिक द्वन्द्वहरू, र तैँले भोगेका हरेक उही कुराहरू तिनीहरूले पनि भोग्‍नु नै पर्नेछ। तँजस्तै तिनीहरू पनि भ्रष्ट मानवजाति नै हुन्, तिनीहरू सबै दुष्टताको बहकाइमा परेका र सैतानद्वारा भ्रष्ट पारिएका मानवजाति नै हुन्; त्यसबाट उम्कन तँ पनि सक्दैनस्, र तिनीहरू पनि सक्दैनन्। त्यसकारण, तिनीहरूलाई सबै दुःखबाट जोगिन र संसारका सबै आशिष्‌हरूको आनन्द लिन मद्दत गर्न चाहनु हास्यास्पद भ्रम र मूर्ख विचार हो। चिलका पखेटाहरू जति नै ठूला भए पनि, त्यसले त्यसको बचेरालाई जीवनभर सुरक्षा दिन सक्दैन। बचेरा अन्ततः हुर्केर एक्लै उड्नैपर्छ। जब त्यो बचेरा एक्लै उड्न थाल्छ, त्यो आकाशमा कहाँसम्म पुग्‍नेछ वा कतातिर उड्नेछ भन्‍ने कुरा कसैलाई थाहा हुँदैन। त्यसकारण, आमाबुबाले लिनुपर्ने सबैभन्दा तर्कसङ्गत मनोवृत्ति भनेको छोराछोरी हुर्केपछि तिनीहरूलाई जान दिनु, तिनीहरूलाई आफै जीवन अनुभव गर्न दिनु, अनि तिनीहरूलाई स्वतन्त्र रूपमा जिउन र जीवनका विविध चुनौतीहरू आफै सामना गर्न, सम्हाल्न र समाधान गर्न दिनु हो। यदि तिनीहरूले तँबाट मद्दत लिन खोज्छन् र तँसित तिनीहरूलाई मद्दत गर्ने क्षमता र अवस्था छ भने, अवश्य नै तैँले सहयोगी हात फैलाउन र आवश्यक सहयोग दिन सक्छस्। तथापि, तैँले एउटा तथ्य बुझ्नैपर्छ: तैँले जस्तोसुकै मद्दत गरे पनि, चाहे त्यो आर्थिक होस् वा मनोवैज्ञानिक, त्यो अस्थायी मात्र हुन सक्छ र त्यसले कुनै पनि सारभूत समस्याहरू समाधान गर्न सक्दैन। तिनीहरूले जीवनको मार्ग आफै खोज्नुपर्छ, र तँसित तिनीहरूको कुनै पनि कामकाज वा परिणामको जिम्मेवारी वहन गर्नुपर्ने कुनै दायित्व छैन। आफ्ना वयस्क छोराछोरीप्रति आमाबुबामा हुनुपर्ने मनोवृत्ति नै यही हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। परमेश्‍वरका वचनहरूले मलाई के बुझाए भने आमाबुबाले छोराछोरी जन्माएर उनीहरूलाई हुर्काएर ठूलो बनाइसक्दा, उनीहरूको जिम्मेवारी पूरा भइसकेको हुन्छ। त्यसपछि, उनीहरूले छोराछोरीलाई स्वतन्त्र छोडिदिनुपर्छ र संसारमा आफ्नै बाटो तय गर्न र जीवनमा आफ्नै बाटो बनाउन दिनुपर्छ। उनीहरूले आफ्ना छोराछोरीलाई आफैले जीवनको अनुभव गर्न दिनुपर्छ, र जीवनमा आइपर्ने विभिन्न समस्याहरूलाई स्वतन्त्र रूपमा सामना गर्न र समाधान गर्न दिनुपर्छ। जब छोराछोरीलाई समस्या पर्छ, तब यदि आमाबुबासँग अवस्था र क्षमता छ भने, उनीहरूले छोराछोरीका वास्तविक समस्याहरू समाधान गर्न सहयोगको हात बढाउन सक्छन्। यदि आमाबुबासँग सही अवस्था छैन भने, उनीहरूले कुराहरूलाई स्वाभाविक रूपमा अघि बढ्न दिनुपर्छ। हरेक व्यक्ति परमेश्‍वरद्वारा नियोजन गरिएको मार्गमा हिँड्छन्, र आमाबुबाले आफ्ना छोराछोरीको नियतिलाई रत्तिभर पनि प्रभाव पार्न सक्दैनन्। मेरो छोराको बिहेको सवालमा, मैले उसलाई बिहे गर्न पैसा दिएकी भए पनि, त्यसले उसको लागि एउटा अस्थायी समस्या मात्र समाधान गर्ने थियो। त्यसले उसको बिहे सफल हुन्छ कि हुँदैन भन्ने कुरा समाधान गर्न सक्ने थिएन। चीलको पखेटा जतिसुकै ठूलो भए पनि, उसले आफ्ना चल्लाहरूलाई जीवनभर जोगाउन सक्दैन। जब छोराछोरी वयस्क हुन्छन्, तब उनीहरूले परमेश्‍वरको सार्वभौमिकता र नियोजनअनुसार आफ्नो मिसन पूरा गर्छन्। उनीहरूले आफ्नो जीवनमा भोग्नुपर्ने दुःख र तिनीहरलाई खार्ने कुराको भोगाइलाई कसैले पनि बदल्न सक्दैन। मैले के पनि बुझेँ भने हरेक व्यक्ति, चाहे ऊ आमाबुबा होस् वा छोराछोरी होस्, उसको आ-आफ्नै मिसन हुन्छ। उनीहरू सबैले सत्यता पछ्याउनुपर्छ र मुक्ति पछ्याउनुपर्छ। उनीहरूसँग भएको सीमित समयभित्र, उनीहरूले आफ्नो समय र प्रयास आफ्नो कर्तव्यमा लगाउनुपर्छ, र आफ्नो मिसन पूरा गर्नुपर्छ। यही मात्र बहुमूल्य र अर्थपूर्ण कुरा हो। यदि आफ्ना छोराछोरीका अपेक्षाहरू र मागहरू पूरा गर्नकै लागि मात्र, आमाबुबा उनीहरूबारे चिन्तित र बेचैन हुन्छन्, वा आफ्ना कर्तव्यहरू त्यागेर छोराछोरीको दास बनेर अथक परिश्रम गर्छन् भने, यो अर्थहीन वा मूल्यविहीन जीवन हो। उनीहरूले जतिसुकै यस्तो कार्य गरे पनि, उनीहरूका यी कामहरूलाई परमेश्‍वरले याद गर्नुहुन्न र उनीहरूले आफ्ना छोराछोरीको नियति बदल्न सक्दैनन्। परमेश्‍वरका वचनहरू पढेपछि, मेरो हृदय निकै उज्यालो भयो। अब मलाई मेरो छोरासँग कस्तो व्यवहार गर्ने भन्ने थाहा भयो। उसलाई समस्या पर्दा मैले सकेँ भने सहयोग गर्नेछु, र सकिनँ भने चिन्ता गर्ने छोड्नेछु। म उसलाई आफै आफ्नो जीवनको अनुभव गर्न दिनेछु। मैले मेरो क्षमताले भ्याएसम्म आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, र परमेश्‍वरको प्रेमको ऋण तिर्नुपर्छ। यो नै मैले पूरा गर्नुपर्ने जिम्मेवारी हो।

म परम्परागत संस्कृतिद्वारा प्रभावित भएकी र बाँधिएकी थिएँ, र असल श्रीमती र मायालु आमा बन्ने धुनमा मैले धेरै दुःख पाएँ। परमेश्‍वरका वचनहरूले नै मलाई मेरो पीडाबाट छुटकारा दिए, र मलाई अभ्यास गर्ने मार्गदर्शन र मार्ग भेट्टाउन मदत गरे। अब मसँग मेरो छोरालाई व्यवहार गर्ने सिद्धान्तहरू छन्, र मेरो जीवन बन्धनमुक्त र स्वतन्त्र छ। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: २. कस्तो स्वभावले व्यक्तिलाई प्रतिवाद गर्न र बहाना बनाउन प्रेरित गर्छ?

अर्को: १६. म अब आफ्नो कर्तव्यमा केन्द्रित हुन सक्षम भएकी छु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्