१४. हैसियत जोगाउनु साह्रै लाजमर्दो कुरा हो

फ्र्यान्क्लिन, स्पेन

मे २०२३ मा, म धेरैवटा मण्डलीको सुसमाचार कामको जिम्मेवार थिएँ। जब मैले मसँगै काम गरिरहेका केही ब्रदर-सिस्टरलाई व्यावहारिक काम नगरेकामा एकपछि अर्को गर्दै बर्खास्त गरिएको देखेँ, तब थाहै नपाई मेरो हृदयमा एउटा विचार विकास भयो, “म वास्तविक काम नगरेकामा बर्खास्त हुनु हुँदैन। यदि म बर्खास्त भएँ भने, मेरा ब्रदर-सिस्टरहरूले मलाई के सोच्नेछन्? मैले मेरा ब्रदर-सिस्टरहरूको कामबारे अझ बढी अनुगमन गर्ने र जानकारी लिने गर्नैपर्छ। जब सबैले म कर्तव्य निर्वाह गर्दा वास्तविक समस्याहरू समाधान गर्न सक्छु भनेर देख्छन्, तब मात्र उनीहरूले मेरो प्रशंसा गर्नेछन्; त्यसरी म आफ्नो हैसियत पनि कायम राख्न सक्छु।” त्यसपछि, जुनसुकै ब्रदर वा सिस्टरले प्रश्न सोधे पनि, म त्यो जतिसक्दो चाँडो समाधान गरिहाल्थेँ, किनभने म यदि मैले कुनै काम तुरुन्तै गरिनँ भने, मानिसहरूले मेरा बारेमा खराब मूल्याङ्कन गर्नेछन् र अन्त्यमा म बर्खास्त हुन पुग्नेछु भनेर डराउँथेँ। एकपटक, एक जना सुसमाचार टोली अगुवाले मलाई राम्रो नतिजा ल्याउन कसरी गवाही दिने भनेर सोधिन्। मेरी सिस्टरले मप्रति राम्रो राय राखून् भनेर मैले तुरुन्तै उनलाई मेरो दृष्टिकोण बताएँ। त्यो सुनेर उनी एकदमै सन्तुष्ट भइन्, र मलाई पनि हृदयमा खुसी लाग्यो। तर, मैले धेरै कुरा भनेको थिएँ, र मेरी सिस्टरले त्यो कुरा बुझिन् कि बुझिनन् वा अभ्यासमा विचलन आउँछ कि आउँदैन भन्नेमा म निश्चित थिइनँ; केही समयपछि, मैले उनलाई त्यसबारे फेरि सोध्नुपर्थ्यो र त्यसबारे अनुगमन गर्नुपर्थ्यो, अनि वास्तविक समस्याहरूसँगै अझ खास मार्गहरू बताइदिनुपर्थ्यो। तर त्यतिबेला मैले त्यसलाई त्यति गम्भीरतापूर्वक लिइनँ। मैले उनलाई धेरै कुरा बताएका हुनाले, उनमा सायद मेरो राम्रो छाप पऱ्यो भन्ने सोचेँ। त्यसपछि उनलाई के होला भनेर मैले विचारै गरिनँ। पछि, जुनसुकै टोलीको सुसमाचार नतिजाहरू कमजोर भएका भए पनि, म हतार-हतार टोली अगुवाहरूलाई सम्पर्क गरेर अवस्था बुझ्थेँ र त्यसलाई समाधान गर्न सङ्गति गर्थेँ, ताकि मेरा ब्रदर-सिस्टरहरूले म समस्याहरू तुरुन्तै समाधान गर्छु र वास्तविक काम गर्न सक्छु भनेर देख्न सकून्। तर, त्यसपछि म टोली अगुवाहरूले कामकुराहरू राम्ररी कार्यान्वयन गरे कि गरेनन् वा वास्तविक समस्याहरू साँच्चै समाधान भए कि भएनन् भनेर खासै वास्ता गर्दिनथेँ। कहिलेकाहीँ, भेलाहरूमा हुँदा वा कामको छलफल गर्दा, म आफूले काम अनुगमन गर्दा पत्ता लगाएका समस्याहरू जानाजानी वा अन्जानमै उल्लेख गर्थेँ ताकि मेरा ब्रदर-सिस्टरहरूले म नोकरशाह होइन, र समस्याहरू समाधान गर्न मण्डलीको गहिराइमा पुग्न सक्छु भनेर देखून्। दुई हप्तापछि, मैले धेरैवटा मण्डलीको सुसमाचार काम जाँच गरेँ। मैले नतिजाहरूमा रत्तिभर सुधार नआएको पाएँ, र त्यसैले मैले टोली अगुवाहरूलाई त्यस अवस्थाबारे सोधेँ। मैले टोली अगुवाहरू केही कठिनाइबीच जिइरहेका पत्ता लगाएँ। केही मण्डलीमा, धेरै मानिस अनुसन्धान गर्न आएका थिए, तर तिनीहरूमध्ये धेरैजसो सुसमाचार प्रचार गर्ने सिद्धान्तअनुसार थिएनन्। अन्त्यमा, एकदमै थोरै मानिस मण्डलीमा साँच्चै आबद्ध भए। यो अवस्था देख्दा, म छक्क परेँ, “यी सबै मण्डलीमा सुसमाचार कामको अनुगमन गर्ने म नै हुँ। अहिले यतिका धेरै समस्या उत्पन्न भएका छन्, मसँग काम गर्ने ब्रदर-सिस्टरहरूले मलाई के सोच्नेछन्? के उनीहरूले ममा कार्य सामर्थ्यको कमी छ भन्नेछन्?” जब मैले यो सोचेँ, तब मलाई भित्र अलि दिक्दारी महसुस भयो। मैले कर्तव्य निर्वाह गर्ने मेरो तरिकामा समस्याहरू भएकाले काममा नतिजाहरू नआएका रहेछन् भनेर बुझेँ। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, पाठ सिक्नका लागि मलाई अन्तर्दृष्टि दिन र अगुवाइ गर्न उहाँसँग बिन्ती गरेँ।

मैले परमेश्‍वरका वचन पढेँ: “कुनै अगुवाले अगुवा र कामदारहरूका जिम्मेवारी पूरा गरिरहेको छ कि ऊ झूटो अगुवा हो भनी कसरी मूल्याङ्कन गर्नुपर्छ? सबैभन्दा आधारभूत तहमा, उसले तिनीहरू वास्तविक काम गर्न सक्छन् कि सक्दैनन्, तिनीहरूमा यो क्षमता छ कि छैन भनी हेर्नुपर्छ। त्यसपछि, उसले तिनीहरूमा यो काम राम्रोसँग गर्ने बोझ छ कि छैन भनी हेर्नुपर्छ। तिनीहरूले भन्‍ने कुराहरू कति मिठा सुनिन्छन् र तिनीहरूले धर्मसिद्धान्तहरू कति बुझेजस्तो देखिन्छ भन्‍ने कुराको वास्तै नगर्, अनि तिनीहरूले बाह्य मामलाहरू सम्हाल्दा तिनीहरू कति प्रतिभावान् र वरदानयुक्त छन् भन्‍ने कुराको पनि वास्ता नगर्—यी कुराहरू महत्त्वपूर्ण छैनन्। तिनीहरूले मण्डलीका सबैभन्दा आधारभूत कामहरू राम्ररी गर्न सक्छन् कि सक्दैनन्, सत्यता प्रयोग गरी समस्याहरू समाधान गर्न सक्छन् कि सक्दैनन्, र मानिसहरूलाई सत्यता वास्तविकतामा डोर्‍याउन सक्छन् कि सक्दैनन् भन्‍ने कुराचाहिँ सबैभन्दा महत्त्वपूर्ण छ। सबैभन्दा सारभूत र अत्यावश्यक काम यही हो। यदि तिनीहरू यी वास्तविक कामहरू गर्न अक्षम छन् भने, तिनीहरूको क्षमता जति नै राम्रो भए पनि, तिनीहरूमा जति नै प्रतिभा भए पनि, वा तिनीहरूले जति धेरै कठिनाइ भोग्‍न र मूल्य चुकाउन सके पनि, तिनीहरू झूटा अगुवा नै हुन्। … तँ कति प्रतिभाशाली छस्, तँसित कुन स्तरको क्षमता र शिक्षा छ, तैँले कतिवटा नाराहरू फलाक्न सक्छस्, वा तैँले कतिवटा शब्द र धर्मसिद्धान्तहरू बुझेको छस् भन्‍ने कुराले फरक पर्दैन; तँ जतिसुकै व्यस्त भए पनि वा एक दिनमा तँ जति नै थकित भए पनि, वा तैँले जतिसुकै टाढा यात्रा गरेको भए पनि, तँ जतिसुकै मण्डलीहरूमा जाने गरे पनि, वा तैँले जतिसुकै जोखिम लिए पनि र जतिसुकै कष्ट सहे पनि—यी कुनै पनि कुराले महत्त्व राख्दैन। तैँले कामका बन्दोबस्तहरूका आधारमा आफ्नो काम गरिरहेको छस् कि छैनस्, तैँले ती प्रबन्धहरूलाई सही तरिकाले कार्यान्वयन गरिरहेको छस् कि छैनस्; तेरो अगुवाइको दौरान तँ आफू जिम्मेवार भएको हरेक विशिष्ट काममा सहभागी भइरहेको छस् कि छैनस्, र तैँले कतिवटा वास्तविक समस्याहरू समाधान गरेको छस्; तेरो अगुवाइ र मार्गदर्शनका कारण कति जना व्यक्तिहरूले सत्यता सिद्धान्तहरू बुझेका छन्, र मण्डलीको काम कति अघि बढेको र विकसित भएको छ भन्‍ने कुराहरूले चाहिँ महत्त्व राख्छन्—तैँले यी नतिजाहरू हासिल गरेको छस् कि छैनस् भन्‍ने कुराले चाहिँ महत्त्व राख्छ। तँ जुनसुकै विशिष्ट काममा संलग्न भए पनि, महत्त्वपूर्ण कुरा भनेको तैँले ठूलो बनेर आदेशहरू मात्र दिनुको साटो निरन्तर कामको अनुगमन र निर्देशन गरिरहेको छस् कि छैनस् भन्‍ने हो। यसअलावा, तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा जीवन प्रवेश पाउँछस् कि पाउँदैनस्, तैँले सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्न सक्छस् कि सक्दैनस्, तँमा सत्यता अभ्यास गर्ने गवाही छ कि छैन, र परमेश्‍वरका चुनिएका मानिसहरूले सामना गरेका वास्तविक समस्याहरूलाई तैँले सम्हाल्न र समाधान गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुराहरूले पनि महत्त्व राख्छ। यी र यस्तै अन्य कामकुराहरू सबै कुनै अगुवा वा कामदारले आफ्ना जिम्मेवारीहरू पूरा गरेको छ कि छैन भनेर मूल्याङ्कन गर्ने मापदण्ड हुन्(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (९))। “यदि अगुवा र कामदारहरूले साँच्‍चै नै बोझ बोकेका हुन्थे र तिनीहरूले अलिक बढी कष्ट सहन, सत्यताबारे अझ बढी सङ्गति अभ्यास गर्न, र सत्यताका सबै पक्षहरूमा स्पष्ट सङ्गति गर्दै अलिक बढी बफादारी देखाउन सक्थे, र यसले गर्दा सुसमाचारसम्बन्धी कामदारहरूले सत्यता सङ्गति गरेर मानिसहरूका धारणा र शङ्काहरू समाधान गर्न सक्थे भने, सुसमाचार प्रचार गर्नुका परिणामहरू झन्झन् राम्रा हुँदै जानेथियो। यसले साँचो मार्ग अनुसन्धान गरिरहेका अझै धेरै मानिसहरूलाई परमेश्‍वरको काम चाँडै स्विकार्न र चाँडो परमेश्‍वरसामु फर्केर उहाँको मुक्ति ग्रहण गर्न मद्दत गर्नेथियो। झूटा अगुवाहरूले आफ्ना कर्तव्यमा गम्भीर लापर्बाही गर्ने, वास्तविक काम नगर्ने वा कामको अनुगमन र निरीक्षण नगर्ने, र तिनीहरूले समस्याहरू समाधान गर्नका लागि सत्यता सङ्गति गर्न नसक्ने भएर नै मण्डलीको काममा ढिलाइ हुन्छ। अवश्य नै, यसको कारण के पनि हो भने, यी झूटा अगुवाहरू हैसियतका लाभहरूमा लिप्त हुन्छन्, सत्यताबिलकुलै पछ्याउँदैनन्, र सुसमाचार फैलाउने कामको अनुगमन, सुपरिवेक्षण, वा निर्देशन गर्न अनिच्छुक हुन्छन्—जसले गर्दा त्यो कामको प्रगति ढिलो हुन्छ, र विभिन्‍न मानव-सिर्जित विचलन, बेतुका कुराहरू, र मनपरी दुष्कर्महरू तुरुन्तै सच्याउन वा समाधान गर्न सकिँदैन, जसले गर्दा सुसमाचार फैलाउने कामको प्रभावकारितामा गम्‍भीर असर पुग्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (४))। परमेश्‍वरका वचन पढिसकेपछि, मैले के बुझेँ भने कुनै अगुवा वा कामदार मानकअनुरूपका छन् कि छैनन् भनेर मूल्याङ्कन गर्दा, तिनीहरू कति कष्ट भोग्छन् वा कति मूल्य चुकाकाउँछन् भनेर बाहिरी रूपमा हेर्नु हुँदैन; हेर्नुपर्ने भनेको तिनीहरूले काममा हासिल गरेका नतिजाहरू, तिनीहरूले परमेश्‍वरको घरका माग र सिद्धान्तहरूअनुसार कति वास्तविक काम गरेका छन्, र कामलाई अघि बढाउन तिनीहरू के कति भूमिका खेल्छन् भन्ने हो। यदि कुनै अगुवा वा कामदार बाहिरी रूपमा आफ्नो कर्तव्य निर्वाहमा एकदमै सक्रिय र व्यस्त देखिन्छन्, तर सिद्धान्तहरूअनुसार काम गर्दैनन्, धेरै वास्तविक समस्यालाई समाधान नगरी छोड्छन्, र आफूलाई राम्रो देखाउने काम मात्र गर्छन् भने, तिनीहरूले आफूलाई सिँगार्न व्यस्त भएको देखावटी गरिरहेका छन्। यस प्रकारको अगुवा झुटो अगुवा हुन्। परमेश्‍वरका वचनसँग आफूलाई दाँज्दा, मैले थाहा पाएँ भने बाहिरी रूपमा आफूले सुसमाचार कामको अनुगमन गरिरहेको भए पनि, मैले खालि औपचारिकतामा मात्र आफ्नो कर्तव्य निर्वाह गरेँ; मैले नतिजाहरू हासिल गर्न के गर्ने भनेर खोजी गरिनँ। यो त सुसमाचार टोली अगुवाले मलाई राम्रा नतिजाहरू ल्याउन कसरी गवाही दिने भनेर सोध्दाजस्तै हो। मैले उनलाई केही मार्गबारे बताए पनि, वास्तवमा उनीसँग तीबारे बुझाइ छ कि छैन, र उनको सहकार्यका क्रममा विचलनहरू आउँछन् कि आउँदैनन् भन्नेजस्ता वास्तविक समस्याहरू अनुगमन र समाधान गरिनँ। म उनीसँग आफूले सङ्गति गरेकामै सन्तुष्ट थिएँ, र मैले वास्तविक नतिजाहरू खोजिनँ। मैले समस्याहरू उत्पन्न हुँदा केही मण्डलीको सुसमाचार काम अनुगमन गरेँ, तर मैले टोली अगुवाहरूले सिद्धान्तहरू बुझेका छन् कि छैनन् र कामलाई सही रूपमा कार्यान्वयन गरिरहेका छन् कि छैनन् भन्नेजस्ता मुद्दाहरूलाई विचार गरिनँ, न त अनुगमन वा सुपरिवेक्षण नै गरेँ। फलस्वरूप, काममा कुनै वास्तविक नतिजाहरू आएनन्, र सबै किसिमका त्रुटिहरू थिए। मैले विवरणहरू नखोजी, सतहमा मात्र काम गरेँ। यसो हेर्दा, मैले धेरै काम गरेको थिएँ, तर मैले रत्तिभर नतिजाहरू हासिल गरेको थिइनँ। अहिले मात्र मैले झुटो अगुवाले काम गर्ने तरिका यही हो, र यो खास गरी गैरजिम्मेवारीपन हो भनेर बुझेँ। मलाई हृदयमा दोषी महसुस भयो, र म कामकुराहरूलाई सही रूपमा बदल्न अनि भ्रष्ट स्वभावको भरमा चल्न छोड्न चाहन्थेँ। तर, त्यसपछि चाँडै केही वातावरण आए जसले मलाई फेरि प्रकट गरे।

धेरै समय नबित्दै, मण्डलीमा हामीले सम्हाल्नुपर्ने जरुरी सुसमाचार काम थियो। म र मसँग काम गरिरहेका ब्रदर-सिस्टरहरूले त्यसलाई सबै मण्डलीमा तीव्रता र आतुरीका साथ कार्यान्वयन गर्‍यौँ। ती केही दिनमा, संयोगवश माथिल्ला अगुवाहरूले म जिम्मेवार रहेको काम जाँच गरे र केही विचलन भेट्टाए। उनीहरूले मैले ध्यान दिएर काम नगरेको पनि औँल्याए। हरेक मण्डलीमा धेरै सुसमाचार कामदार भए पनि, धेरैजसो कामदार परमेश्‍वरको कामको पक्षमा रहेका सत्यताबारे त्यति स्पष्ट थिएनन्, र सुसमाचारको प्रचारमा धेरै कमी थिए। त्यसबाहेक, मैले सुसमाचार कामदारहरूलाई तुरुन्तै संवर्धन गरेको थिइनँ। जब अगुवाहरूले मेरा समस्याहरू औँल्याएको सुनेँ, तब मेरो अनुहार पाक्यो। अगुवाहरूले मलाई समय निकालेर हरेक मण्डलीका सुसमाचार कामदारहरूको अवस्था र सुसमाचारको प्रचारमा रहेका समस्याहरूबारे बुझ्न, र सकेसम्म चाँडो रिपोर्ट बुझाउन आग्रह गरे। मैले मनमनै सोचेँ, “यति धेरै समस्या पत्ता लागेपछि अगुवाहरूले मलाई के सोच्नेछन्? के उनीहरूले म सुपरिवेक्षक हुन योग्य छैनँ भनेर सोच्नेछन् र मलाई बर्खास्त गर्नेछन्? यदि म बर्खास्त भएँ भने, ब्रदर-सिस्टरहरूले मलाई के सोच्नेछन्? अहँ, मैले मानिसहरूलाई म वास्तविक काम गरिरहेको छैनँ भनेर थाहा दिनु हुँदैन। अब मैले अगुवाहरूले मलाई गर्न निर्देशन दिएको काम तत्काल कार्यान्वयन गर्नुपर्छ। त्यसपछि मात्र म उनीहरूलाई पहिले मेरो काममा विचलनहरू भए पनि, म सक्रियता साथ तिनलाई परिवर्तन गर्न सक्षम छु भनेर देखाउन सक्छु। यसरी मात्र म अगुवाहरूमा परेको मेरो राम्रो छाप पुनर्स्थापित गर्न सक्छु।” त्यसपछि, म अगुवाहरूले मलाई गर्न आह्राएको काम सकेसम्म चाँडो गर्न तातो बालुवामा परेको जिउँदो माछाजस्तै छटपटाएँ। वास्तवमा, म पनि हृदयमा सचेत थिएँ, सबैका हातमा कार्यान्वयन गर्नुपर्ने अरू जरुरी काम थियो, र मैले खाजा खाने समय वा साँझको समयजस्ता कर्तव्यको व्यस्ता कम हुने समयहरूको फाइदा उठाएर, सुसमाचार कामदारहरूको अवस्था पत्ता लगाउनुपर्थ्यो। यसरी, मैले सबै जनाको कर्तव्य निर्वाह गर्ने तालसुरलाई बाधा दिनेथिइनँ। तर, सकेसम्म चाँडो कामकुराहरू पत्ता लगाउन र अगुवाहरूलाई रिपोर्ट गर्नका लागि, मैले सुसमाचार कामदारहरूको अवस्था र समस्याहरूबारे तथ्याङ्क सङ्कलन गर्ने काम सबैले आधा दिनभित्र पूरा गर्नुपर्छ भनी तोकिदिएँ। जब मैले बोलिसकेँ, तब उनीहरू सबैलाई एकदमै बेचैन महसुस भयो। कतिपयले त्यस दिन उनीहरूको भेला छ भने, र कोहीले सुसमाचार प्रचार पनि गर्नुपर्ने भएकाले आफूसँग समय छैन भने। अरू कुनै विकल्प नभएपछि, मैले उनीहरूलाई समय थपिदिएँ, तर यस अवधिभरि मैले उनीहरूलाई निरन्तर दबाब दिएँ। तर, भोलिपल्ट बिहानसम्म पनि त्यो पूरा भएन। म हृदयमा एकदमै चिन्तित भएँ। मलाई यदि त्यो अत्यन्तै सुस्तरी गरियो भने, माथिल्ला अगुवाहरूले म आफ्नो काममा ढिलासुस्ती गर्दै छु भनेर सोच्नेछन् भन्ने डर भयो, र त्यसैले मैले ब्रदर-सिस्टरहरूको वास्तविक अवस्था ख्याल नगरी उनीहरूलाई निरन्तर दबाब दिएँ। तेस्रो दिन जब बल्ल तथ्याङ्क सङ्कलन भयो, तब मैले राहतको सास फेरेँ। तर, सबै जनाले पत्ता लगाएका सुसमाचार कामका समस्याहरू समाधान गर्न मैले गम्भीरतापूर्वक प्रयास गरेको थिइनँ। आगामी केही दिनको दौरान, म माथिल्लो अगुवाहरूले खटाएको कुनै पनि काम अत्यन्तै आतुरीका साथ गर्थेँ, तर त्यो गर्दा, माथिल्लो अगुवाहरूले उल्लेख गरेका वास्तविक समस्याहरू वास्तवमा के हुन्, वा नतिजा हासिल गर्न के गर्ने भन्नेबारे मैले कहिल्यै मनन गरिनँ। मैले तथ्याङ्कसँग सम्बन्धित केही सतही काम मात्र गरेँ। मैले आफ्नो काम सकेसम्म चाँडो पूरा गर्न सकूँ भनेर मेरा ब्रदर-सिस्टरहरूलाई निरन्तर दबाब दिएँ। यसको अर्थ अरू सबै जना पनि आफ्नो काममा आत्तिए र उनीहरूले आफ्नो हृदय शान्त गर्न सकेनन्। केही ब्रदर-सिस्टरलाई एकदमै तनाव महसुस भयो। उनीहरूमध्ये कतिपयले समय अत्यन्तै कम भएकाले कामलाई राम्ररी कार्यान्वयन गरेनन्। आफ्नो क्षमता यस कामका लागि पर्याप्त नरहेको अनुभूतिले उनीहरूको स्थितिमा असर पऱ्यो। कोही त तिनीहरू आफ्नो काम राम्ररी गर्न कहिल्यै सक्षम नहुने भएकाले आफूलाई अर्को काममा खटाइएला भनेर डराए, र नकारात्मक स्थितिमा जिए। मैले गलत मार्ग लिएकै कारण, ब्रदर-सिस्टरहरूलाई सिद्धान्तहरूविना र प्राथमिकताहरूलाई वास्ता नगरी कार्य गर्न लगाएँ। यसले अरू कामको कार्यान्वयन प्रगतिमा असर गरेको थियो। एकपछि अर्का समस्याहरू सामना गरेपछि मात्र मैले सत्यता खोज्न र आत्मचिन्तन गर्न थालेँ।

खोजी गर्ने क्रममा, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ: “ख्रीष्टविरोधीहरू हरेक दिन ख्याति र हैसियतका लागि मात्रै जिउँछन्, तिनीहरू हैसियतका फाइदाहरूमा लिप्त हुनका लागि मात्रै जिउँछन्, तिनीहरू यसको बारेमा मात्रै सोच्छन्। तिनीहरूले कहिलेकहीँ सानातिना कठिनाइ भोगे पनि वा सानोतिनो मूल्य चुकाए पनि, यो हैसियत र ख्याति प्राप्त गर्नको लागि हो। … ख्रीष्टविरोधी व्यक्ति परमेश्‍वरका लागि सच्चा रूपमा समर्पित हुँदैन, तिनीहरूको कर्तव्यपालन औपचारिकता र झारा टार्ने कुरा मात्र हुनेछ। तिनीहरू अगुवा वा सेवक भए पनि वास्तविक काम गर्नेछैनन्, र तिनीहरू ख्याति, प्राप्ति, र हैसियतको निम्ति मात्र बोल्नेछन् र काम गर्नेछन्, मण्डलीको कामको रक्षा बिलकुलै गर्नेछैनन्। त्यसोभए, ख्रीष्टविरोधीहरू दिनभर के गर्छन्? तिनीहरू नाटक र आफ्नो प्रदर्शन गर्नमै व्यस्त हुन्छन्। तिनीहरू आफ्नो ख्याति, प्राप्ति र हैसियत जोडिएका कामहरू मात्र गर्छन्। तिनीहरू अरूलाई छल गर्न र मानिसलाई तान्नमा व्यस्त हुन्छन्, र जब तिनीहरूले सामर्थ्य जुटाउँछन्, तब तिनीहरू अरू थप मण्डलीहरू नियन्त्रण गर्नतिर लाग्नेछन्। तिनीहरू राजा भएर शासन गर्न र मण्डलीलाई आफ्नो स्वतन्त्र राज्य बनाउन मात्र चाहन्छन्। तिनीहरू महान् अगुवा बन्न, पूर्ण र एकाधिकार राख्न, र थप मण्डलीहरू नियन्त्रण गर्न मात्र चाहन्छन्। तिनीहरू अरू कुनै कुराबारे अलिकति पनि वास्ता गर्दैनन्। तिनीहरू मण्डलीको काम वा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशबारे चासो राख्दैनन्, झन् परमेश्‍वरको इच्छा पालन भयो कि भएन भनेर वास्ता गर्नु त परै जाओस्। तिनीहरू आफूले कहिले एकाधिकार लिन, परमेश्‍वरका चुनिएका मानिसहरूलाई पकडमा राख्न, र परमेश्‍वर बराबार हुन सकिएला भन्नेमा मात्र चासो राख्छन्। ख्रीष्टविरोधीहरूका चाहना र महत्त्वाकाङ्क्षा वास्तवमा अपार छन्! ख्रीष्टविरोधीहरू जति नै मेहनती देखिए पनि, आफ्ना प्रयासहरूमा मात्र व्यस्त रहन्छन्, जे गर्न मन लाग्छ त्यही गर्छन्, अनि आफ्नै ख्याति, प्राप्ति र हैसियतसँग सम्बन्धित कुराहरूमा मात्र व्यस्त हुन्छन्। तिनीहरू आफ्ना जिम्मेवारी वा आफूले निर्वाह गर्नुपर्ने कर्तव्यबारे समेत सोच्दैनन्, र तिनीहरू कुनै उचित कुरा गर्दै गर्दैनन्। ख्रीष्टविरोधीहरू यस्ता जातका हुन्छन्—तिनीहरू दियाबलस र शैतानहरू हुन्, जसले परमेश्‍वरको काममा अवरोध र बाधा पुऱ्याउँछन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। परमेश्‍वर के खुलासा गर्नुहुन्छ भने ख्रीष्टविरोधीहरू आफ्नो हृदयमा हैसियतबारे मात्र सोच्छन्, र हैसियतका लागि मात्र काम गर्छन्। तिनीहरू आफ्नै ख्याति, प्राप्ति र हैसियतसँग सम्बन्धित कुराहरूमा मात्र व्यस्त हुन्छन्, जबकि आफ्नो जिम्मेवारीमा पर्ने कुनै कुरा गर्दैनन्। मैले मेरो तरिका ख्रीष्टविरोधीको जस्तै छ भनेर बुझेँ। माथिल्ला अगुवाहरूले मेरो काममा विचलनहरू भेटाएका थिए, र म उनीहरूले मलाई तुच्छ ठानून् भन्ने चाहँदिनथेँ। तसर्थ, अगुवाहरूले खटाएको काममा, मैले आफूलाई प्रदर्शन गर्न सक्दो प्रयास गरेँ र त्यसलाई सकेसम्म चाँडो पूरा गर्न चाहेँ। म अगुवाहरूले म बिजुलीको गतिमा कुशलतापूर्वक र निर्णायक ढङ्गमा काम गर्छु भन्ने देखून् भन्ने चाहन्थेँ, ताकि म उनीहरूको मप्रतिको राम्रो राय जित्न सकूँ। यो लक्ष्य हासिल गर्नका लागि, मैले निरन्तर सतही काम गरेँ, ब्रदर-सिस्टरहरूलाई सुसमाचार कामदारहरूको तथ्याङ्क सङ्कलन गर्न र सुसमाचार काममा भएका समस्याहरू सारांशीकरण गर्न खटाएँ। तर मैले सुसमाचार काममा देखिएका समस्या वा विचलनहरू कसरी समाधान गर्ने भनेर विचार गर्नमा कुनै मेहनत लगाइनँ। यसको अर्थ केही समस्याले वास्तविक समाधान पाएनन्, र अरू कामहरूको कार्यान्वयनमा ढिलाइ भयो। मैले आफ्नो इज्जत र हैसियत जोगाउनका लागि, मेरा ब्रदर-सिस्टरहरूको वास्तविक कठिनाइहरूलाई वास्ता गरिनँ र उनीहरूलाई छिटो प्रगति गर्न निरन्तर दबाब दिएँ। यसको अर्थ केही ब्रदर-सिस्टरलाई धेरै तनाव महसुस भयो, र कतिपयलाई त आफ्नो क्षमता यस कामअनुरूप नभएको समेत महसुस भयो र उनीहरू नकारात्मक स्थितिमा जिए, जसले गर्दा काममा ढिलाइ भयो। जब मैले यसबारे चिन्तन गरेँ, तब मलाई अचानक लामो समयसम्म डर लाग्यो। मैले दुष्टता गरिरहेको थिएँ! त्यसैले, मैले हतार-हतार आफ्नो स्थिति समायोजन गरेँ। त्यससँगै, मैले कामलाई फेरि व्यवस्थित गरेँ, र अझ महत्त्वपूर्ण अनि तुरुन्तै सम्हाल्नुपर्ने र समाधान गर्नुपर्ने कामहरूका लागि विस्तृत योजना बनाएँ। कम जरुरी कामहरूका सन्दर्भमा भन्दा, मैले तिनलाई फुर्सदको समयमा समाधान गर्नका लागि राखेँ। भेलाहरूमा, मैले यस समयभरि आफूले प्रकट गरेका भ्रष्ट स्वभावहरूबारे पनि ब्रदर-सिस्टरहरूलाई खुलेर बताएँ, ताकि मेरा ब्रदर-सिस्टरहरूले आफ्नै स्थिति समायोजन गर्न र आफूलाई आफ्नो कर्तव्यमा सक्रिय रूपमा लगाउन सकून्। त्यसपछि, काम बिस्तारै सही दिशामा फर्क्यो।

पछि, मैले परमेश्‍वरका वचनका अर्को दुइवटा खण्ड पढेँ: “ख्रीष्टविरोधीहरू चतुर हुन्छन्, होइन र? तिनीहरूले गर्ने हरेक कुरामा, आठ-दशपटक वा त्योभन्दा बढी युक्ति रच्छन् र हिसाबकिताब गर्छन्। भीडमाझ कसरी स्थिर पद पाउने, राम्रो प्रतिष्ठा र उच्च इज्‍जत कसरी पाउने, माथिको चापलुसी कसरी गर्ने, ब्रदर-सिस्टरहरूबाट कसरी साथ, प्रेम र सम्‍मान पाउनेजस्ता सोचहरूले तिनीहरूको मष्तिष्क भरिएको हुन्छ, र तिनीहरूले यी परिणामहरू प्राप्त गर्न सक्दो गर्छन्। तिनीहरू कुन मार्गमा हिँडिरहेका हुन्छन्? तिनीहरूका लागि, परमेश्‍वरको घरका हितहरू, मण्डलीका हितहरू, र परमेश्‍वरको घरको काम तिनीहरूको मुख्य ध्यान जानुपर्ने कुरा होइनन्, न त तिनीहरूलाई यी कुराको कुनै चिन्ता नै हुन्छ। तिनीहरूले के सोच्छन्? ‘यी कुराहरूसँग मेरो कुनै सम्‍बन्ध छैन। अरूको होइन आफ्‍नै दुनो सोझ्याउनुपर्छ; मान्छेले आफ्‍नै लागि र आफ्‍नै प्रतिष्ठा र हैसियतको लागि जिउनुपर्छ। सबैभन्दा ठूलो उद्देश्य त्यही हो। यदि कसैलाई ऊ आफ्‍नै लागि जिउनुपर्छ र उसले आफ्‍नै रक्षा गर्नुपर्छ भन्‍ने थाहा छैन भने, त्यो व्यक्ति मूर्ख हो। यदि मलाई सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न र परमेश्‍वरमा समर्पित हुन र उहाँको घरका बन्दोबस्तहरू मान्‍न लगाइयो भने, त्यो मैले यसमा कुनै फाइदा पाउँछु कि पाउँदिन, र त्यसो गर्दा कुनै लाभ मिल्छ कि मिल्दैन भन्‍नेमा निर्भर हुनेछ। यदि परमेश्‍वरको घरका बन्दोबस्तहरूमा समर्पित नहुँदा मलाई निकालिने सम्‍भावना हुन्छ र मैले आशिष्‌हरू पाउने मौका गुमाउँछु भने, म समर्पित हुनेछु।’ तसर्थ, आफ्‍नै प्रतिष्ठा र हैसियतको रक्षा गर्नका लागि ख्रीष्टविरोधीहरूले प्रायजसो कुनै न कुनै सम्झौता गरिरहेका हुन्छन्। के भन्‍न सकिन्छ भने हैसियतका खातिर, ख्रीष्टविरोधीहरूले कुनै पनि प्रकारको कठिनाइ भोग्‍न सक्छन्, र राम्रो प्रतिष्ठा पाउनका लागि, तिनीहरूले कुनै पनि मूल्य चुकाउन सक्छन्। ‘कहिले झुक्‍ने र कहिले नझुक्‍ने, त्यो महान् व्यक्तिलाई थाहा हुन्छ’ भन्‍ने भनाइ तिनीहरूलाई साँचो लाग्छ। यो शैतानको तर्क हो, होइन र? यो दुनियाँसित व्यवहार गर्ने सांसारिक व्यवहारसम्‍बन्धी शैतानको दर्शन हो, र यो अस्तित्वमा रहिरहनेसम्‍बन्धी शैतानको सिद्धान्त पनि हो। यो अत्यन्तै घृणित छ!(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। “ती हटाइएकाहरू सत्यता पछ्याउने र अभ्यास गर्ने मार्ग कहिल्यै हिँड्दैनन्। तिनीहरू सधैँ यो मार्गबाट टाढा जान्छन् र बस आफूखुसी गर्छन्, आफ्नै चाहना र आकाङ्क्षाअनुसार कार्य गर्छन्, आफ्नै हैसियत, प्रतिष्ठा र गौरव रक्षा गर्छन्, र आफ्नै इच्छा सन्तुष्ट पार्छन्—तिनीहरूले गर्ने सबथोक यी कुराहरूकै वरपर घुम्छ। तिनीहरूले मूल्य चुकाएका, समय र ऊर्जा लगाएका, र बिहानदेखि बेलुकासम्‍मै काम गरेका भए पनि, तिनीहरूको अन्तिम परिणाम के हुन्छ? तिनीहरूले गरेका कामकुराहरू परमेश्‍वरको नजरमा दुष्टता भनी चित्रण हुने भएकाले, परिणामस्वरूप तिनीहरू हटाइन्छन्। के तिनीहरूसँग अझै पनि मुक्ति पाउने मौका हुन्छ र? (हुँदैन।) यो निकै गम्भीर परिणाम हो! यो त मानिसहरू बिरामी हुँदाजस्तै हो: तुरुन्तै उपचार नगरिएको सानो बिमारी पनि ठूलो बिमारी, वा प्राणघातक बन्न सक्छ। जस्तै, यदि व्यक्तिलाई रुघाखोकी लागेको छ भने, उसले सामान्य चिकित्सा उपचार पायो भने ऊ तुरुन्तै ठिक हुनेछ। यद्यपि, केही मानिसहरू आफ्नो शरीर बलियो रहेको सोच्छन् र त्यसैले रुघाखोकीलाई गम्भीर रूपमा लिँदैनन्, न त उपचार गर्न नै जान्छन्। परिणामतः तिनीहरू लामो समय त्यसद्वारा ग्रसित हुन्छन् र तिनीहरूलाई निमोनिया लाग्छ। तर त्यसपछि पनि, तिनीहरू अझै आफूलाई सबल रोग-प्रतिरक्षा भएको युवा ठान्छन्, र त्यसैले महिनौसम्म पनि त्यसको उपचार गर्दैनन्। तिनीहरू दिनहुँ खोकिरहे पनि, खोकी अनियन्त्रित र असहनीय भएर रगत छाद्‌ने अवस्थासम्म नपुगुञ्जेल त्यसलाई वास्ता गर्दैनन्। अनि तिनीहरू जँचाउन अस्पताल पुग्छन् जहाँ तिनीहरूले आफूलाई क्षयरोग लागेको थाहा पाउँछन्। अरूले तिनीहरूलाई तुरुन्तै उपचार गर्ने सल्लाह दिन्छन्, तैपनि तिनीहरूले आफू जवान र सबल भएको, चिन्ताको कुनै कुरा नभएको सोच्छन्, त्यसैले उचित उपचार गराउँदैनन्। अनि एकदिन, अन्ततः तिनीहरूको शरीर हिँड्नै नसक्ने गरी कमजोर हुन्छ, र अस्पताल जँचाउन जाँदा, तिनीहरूलाई अन्तिम चरणको क्यान्सर भइसकेको हुन्छ। मानिसहरूमा उपचार नगरिएको भ्रष्ट स्वभाव हुँदा पनि, त्यसले घातक परिणामहरू ल्याउन सक्छ। भ्रष्ट स्वभाव हुनु डर मान्नुपर्ने कुरा होइन, तर भ्रष्ट स्वभाव भएको व्यक्तिले त्यसलाई तुरुन्तै हल गर्न सत्यता खोज्‍नुपर्छ; यसरी मात्र उसको भ्रष्ट स्वभाव बिस्तारै पखालिन सक्छ। यदि उसले त्यसलाई हल गर्न ध्यान दिएन भने, त्यो झन्झन् गम्भीर हुनेछ, र उसले परमेश्‍वरलाई चिढ्याउन र प्रतिरोध गर्न सक्छ, र ऊ उहाँद्वारा तिरस्कृत भई हटाइन सक्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गरेर र परमेश्‍वरप्रति समर्पित भएर मात्रै स्वभाव परिवर्तन हासिल गर्न सकिन्छ)। परमेश्‍वर के खुलासा गर्नुहुन्छ भने ख्रीष्टविरोधीहरू आफूले गर्ने हरकुरामा आफ्नै ख्याति, प्राप्ति र हैसियतलाई विचार गर्छन्। तिनीहरू ख्याति, प्राप्ति र हैसियतका खातिर कुनै पनि कष्ट सहन पनि इच्छुक हुन्छन्। जब मैले आफ्नो दैनिक जीवनबारे सोचेँ, तब यस्तै धेरै व्यवहारहरू देखाएँ। उदाहरणका लागि, भेला र सङ्गतिको दौरान, म गम्भीरतापूर्वक सोच्थेँ ताकि मैले ज्योतिबारे अलि सङ्गति गर्न र अरूको सम्मान जित्न सकूँ। कहिलेकाहीँ, म केही मेहनत लगाउँथेँ र केही काम गर्थेँ, तर यो मानिसहरूले म अल्छी छैनँ र ममा राम्रो मानवता छ भन्ने देखून् भनेर मात्र थियो। म आफ्नो कर्तव्य निर्वाह गर्दा, आफूले काम कसरी गरेँ भन्ने देखावटीमा मात्र ध्यान दिन्थेँ, र सिद्धान्तहरूमा बिरलै प्रयास लगाउँथेँ। मैले आफूले गरेको हरकुराको पछाडि आफ्नै इज्जत र हैसियत जोगाउने मेरो चाहना रहेछ भन्ने देखेँ। ख्याति, प्राप्ति र हैसियतको पछ्याइले मेरो हृदयभित्र गहिरो जरा गाडिसकेको थियो। यदि मैले त्यसलाई नबदलेको भए, आफ्नो ख्याति, प्राप्ति र हैसियत कायम राख्न निश्चय नै मण्डलीको काममा अवरोध र बाधा पुऱ्याउनेथिएँ। मैले निष्कासित गरिएका ख्रीष्टविरोधीहरूबारे सोचेँ। ख्याति, प्राप्ति र हैसियत पाउन तिनीहरूले सिद्धान्तहरू पालन नगरी सुसमाचार प्रचार गरे, अनि गलत सङ्ख्या रिपोर्ट गरे र छलकपटमा लिप्त भए। यसले परमेश्‍वरको घरको काममा गम्भीर रूपमा अवरोध र बाधा पुऱ्यायो। अन्ततः लाखौँ तरिकामा दुष्टता गरेकामा तिनीहरूलाई परमेश्‍वरले हटाउनुभयो। त्यस अवधिलाई फर्केर हेर्दा, मैले अरूको अगाडि काम गर्नमा र आफूलाई राम्रो देखाउने केही काम गर्नमा मात्र ध्यान केन्द्रित गरेको थिएँ। मैले महत्त्वपूर्ण वा अत्यावश्यक कामलाई पटक्कै वास्ता गरिनँ। यसको अर्थ मेरो जिम्मेवारीको दायराभित्र, सुसमाचार काममा कुनै प्रगति भएन, र त्यो उही स्तरमा रहिरह्यो। यसले परमेश्‍वरको घरले माग गरेका मानकहरू पूरा गरेन। के यसले सुसमाचार कामको प्रगतिलाई रोकिरहेको थिएन र? यदि मैले पश्चात्ताप नगरी ख्याति, प्राप्ति र हैसियतलाई पछ्याइरहेको भए, मैले जतिसुकै कष्ट भोगे पनि वा जतिसुकै मूल्य चुकाए पनि, परमेश्‍वरले मलाई कहिल्यै सम्झनुहुनेथिएन। बरु, मैले गरेका सबै कामको कारण मलाई दुष्टका रूपमा चित्रण गरिनेथ्यो, र म हटाइनेथिएँ! यसबेला मात्र मैले ख्याति, प्राप्ति र हैसियत निरन्तर पछ्याउनु अत्यन्तै खतरनाक कुरा हो भनेर बुझेँ। मलै आफ्नो पछ्याइपछाडिको गलत दृष्टिकोण बदल्न र व्यावहारिक रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न पनि तुरुन्तै चाहेँ।

पछि, मैले परमेश्‍वरका वचन पढेँ: “परमेश्‍वरको घरले जारी गरेको हरेक कामको प्रबन्धलाई अगुवा र कामदारहरूले गम्भीर रूपमा लिएर त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्नैपर्छ। तैँले आफूले गरेका सबै कामको तुलना र निरीक्षण गर्न बारम्बार कामका प्रबन्धहरू प्रयोग गर्नुपर्छ। तैँले यस अवधिमा आफूले कुन कामहरू राम्ररी गरेको छैन वा उचित तरिकाले कार्यान्वयन गरेको छैन भनेर जाँच र चिन्तन पनि गर्नुपर्छ। कामका प्रबन्धहरूद्वारा तोकिएको र माग गरिएको कुनै पनि कार्यलाई बेवास्ता गरिएको छ भने, तैँले चाँडै त्यसको परिपूर्ति गर्नुपर्छ र त्यसबारे सोधपुछ गर्नुपर्छ। … अनि त्यसैले, तँ क्षेत्रीय अगुवा, जिल्ला अगुवा, मण्डली अगुवा, वा कुनै टोली अगुवा वा सुपरिवेक्षक जेसुकै भए पनि, तैँले तेरा जिम्मेवारीहरूको दायरा थाहा पाएपछि, तैँले वास्तविक काम गरिरहेको छस् कि छैनस्, अगुवा वा कामदारले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गरेको छस् कि छैनस्, साथै तैँले आफूलाई सुम्पिएका कैयौँ कार्यहरूमध्ये कुन कार्यहरू गरेको छैनस्, तँ कुन कार्य गर्न चाहँदैनस्, कुन कार्यहरूले खराब नतिजाहरू निकालेका छन्, र तँ कुन कार्यहरूका सिद्धान्तहरू बोध गर्न असफल भएको छस् भनेर बारम्बार जाँच गर्नैपर्छ। यी सबै थोकहरू तैँले बारम्बार जाँच्नुपर्छ। साथसाथै, तैँले अरू मानिसहरूसँग सङ्‍गति गर्न र प्रश्‍नहरू सोध्‍न सिक्‍नैपर्छ, अनि परमेश्‍वरका वचनहरू र कामका प्रबन्धहरूमा अभ्यासका निम्ति योजना, सिद्धान्तहरू र मार्ग पहिचान गर्न सिक्‍नैपर्छ। जुनसुकै कामको प्रबन्ध होस्, चाहे त्यो प्रशासन, कर्मचारी वा मण्डली जीवनसँग सम्बन्धित होस्, वा कुनै पनि पेसागत कामसँग सम्बन्धित होस्, यदि त्यो अगुवा र कामदारहरूका जिम्मेवारीहरूसँग सम्‍बन्धित छ भने, त्यो अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारी हो र अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दायराभित्र पर्ने कुरा हो—तैँले ध्यान दिनुपर्ने कार्यहरू यिनै हुन्। स्वाभाविक रूपमा, प्राथमिकताहरू परिस्थितिका आधारमा निर्धारण गरिनुपर्छ; कुनै पनि काम पछि पर्नु हुँदैन(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१०))। परमेश्‍वरका वचनले मलाई अभ्यासको मार्ग औँल्याइदिए। कुनै पनि काम कार्यान्वयन गर्नु भनेको केवल सतही रूपमा कामकुराहरू गर्नु होइन: आफूले वास्तविक काम गरिरहेको छु कि छैनँ र कुन काम राम्ररी गरिँदै छैन भनेर निरन्तर जाँच गर्नुपर्छ। काम जेसुकै भए पनि, आफू वास्तविक अवस्थाको गहिराइमा पुग्नुपर्छ, अनि देखावटी पछ्याउन र मानिसहरूलाई आफ्नो सम्मान गराउनकै लागि आफूलाई राम्रो देखाउने कामहरू गर्नु हुँदैन। यस प्रकारको कामले वास्तविक समस्याहरू रत्तिभर समाधान गर्न सक्दैन। त्यसपछि, जबजब म सुसमाचार कामका नतिजाहरू राम्रा छैनन् भन्ने देख्थेँ, तबतब म नतिजाहरू खराब हुनुको कारण के हो भनेर वास्तवमै पत्ता लगाउँथेँ, र मेरा ब्रदर-सिस्टरहरूका स्थिति र कठिनाइहरू, उनीहरूले सुसमाचार कामबारे कसरी अनुगमन गरिरहेका छन् इत्यादि कुराहरू बुझ्थेँ। जब मैले काम विस्तृत रूपमा जाँच गरेँ, तब मैले पहिले नदेखेका समस्या र विचलनहरू पत्ता लगाएँ। केही मण्डलीमा सुसमाचार कामदारहरू अत्यन्तै कम थिए; केही सुसमाचार टोली अगुवाहरूलाई कामको अनुगमन कसरी गर्ने भन्ने थाहा थिएन; र केही सुसमाचार कामदारहरूले सत्यता बुझेका थिएनन्। उनीहरू परमेश्‍वरको कामसँग सम्बन्धित धेरै सत्यताबारे स्पष्ट रूपमा सङ्गति गर्न सक्दैनथे, जसको अर्थ परमेश्‍वरमा साँचो विश्‍वास गर्ने केही सुसमाचार स्विकार्ने सम्भावना भएकाहरू आफ्ना धारणाहरू समाधान नभएकाले अनुसान्धान जारी राख्न अनिच्छुक थिए। म र मसँग काम गरिरहेका ब्रदर-सिस्टरहरूले यी समस्याहरू सच्याउन यीबारे सङ्गति गर्‍यौँ। हामीले सुसमाचार कामदारहरूको कामबारे विस्तृत रूपमा अनुगमन गर्‍यौँ, उनीहरूको गवाहीमा भएका समस्याहरू औँल्याउँदै उनीहरूलाई मार्गदर्शन र सङ्गति दियौँ। केही समय सँगै काम गरेपछि, सुसमाचार स्विकार्ने सम्भावना भएका केही व्यक्ति आफ्नो अनुसन्धान जारी राख्न इच्छुक भए र अन्ततः उनीहरूले परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकारे। यसबेला, मैले अन्ततः गहन रूपमा के बुझेँ भने आफ्नो कामलाई वास्तवमै बुझेर र विवरणहरूलाई गहिरिएर जाँचेर मात्र हामी समस्याहरू पत्ता लगाउन र समाधान गर्न सक्छौँ; र तब मात्र मलाई हृदयमा चैन र शान्ति महसुस भयो।

एकपटक, म एउटा मण्डलीको सुसमाचार कामबारे अनुगमन गरिरहेको थिएँ। मैले सुसमाचारको कामले नतिजाहरू नल्याइरहेको र धेरैजसो ब्रदर-सिस्टर केही हदसम्म नकारात्मक रहेको देखेँ। त्यसैले, मैले मेरा ब्रदर-सिस्टरहरूको स्थिति समाधान गर्न एउटा भेला राखेँ। त्यससँगै, मैले सुसमाचार प्रचारमा रहेका समस्याहरूबारे पनि सङ्गति गरेँ र ती समाधान गरेँ। केही समयपछि, सुसमाचार काममा केही सुधार देखियो। म एकदमै खुसी भएँ, र सोचेँ, “मेरा ब्रदर-सिस्टरहरूले निश्चय नै मलाई मान गर्नेछन्। भविष्यमा म टोली अगुवाहरूलाई नै अनुगमन गर्न लगाउनेछु।” जब मैले यो सोचेँ, तब मैले विगतमा आफूले आफूलाई राम्रो देखाउने काम मात्र गरेको थिएँ, र धेरै समस्या वास्तवमा समाधान भएका थिएनन् भनेर बुझेँ। यसपटक, म मेरा ब्रदर-सिस्टरहरूको स्थिति समाधान गरेर र कामकुराहरू त्यत्तिकै छोडेर मात्र सन्तुष्ट हुन मिल्दैनथ्यो। मैले कस्ता कामहरू अझै राम्ररी पूरा भएका छैनन् भनी सोच्नुपर्थ्यो। जब म के भइरहेको छ भनेर बुझ्न वास्तवमै गएँ, तब मैले के पत्ता लगाएँ भने यस मण्डलीमा पर्याप्त सुसमाचार कामदारहरू छैनन्, र केही सुसमाचार कामदारहरूले एकदमै सुस्त प्रगति गरिरहेका छन्, तर टोली अगुवाहरूले उनीहरूलाई मद्दत र साथ दिँदैनन्। उनीहरूलाई सुसमाचार काममा भएका विचलनहरू कसरी समाधान गर्ने भनेर पनि थाहा थिएन। नतिजास्वरूप, सुसमाचार कामले लगातार केही महिनासम्म स्पष्ट नतिजा दिएको थिएन। त्यसपछि, मैले टोली अगुवाहरूसँग यी समस्याहरू कसरी समाधान गर्ने भनेर छलफल गरेँ, र केही सुसमाचार कामदार छानेँ। मैले टोली अगुवाहरूलाई कामको अनुगमन र प्रबन्ध कसरी गर्ने भनेर सिकाएँ, अनि उनीहरूका समस्या र कठिनाइहरू समाधान गरेँ। केही समयपछि, सुसमाचार प्रचारका नतिजाहरूमा थप सुधार देखियो। जब मैले यो नतिजा देखेँ, तब मलाई एकदमै खुसी लाग्यो, तर अलि आत्मग्लानि पनि भयो। विगतमा मैले आफूलाई राम्रो देखाउन अत्यन्तै धेरै काम गरेकाले, सुसमाचार काममा प्रगति भएको थिएन। मैले यो वातावरण प्रयोग गरेर मलाई आफूलाई अलि राम्ररी बुझ्न र वास्तविक काम कसरी गर्ने भनेर सिक्ने मौका दिनुभएकामा परमेश्‍वरलाई धन्यवाद दिएँ।

अघिल्लो: १३. अब म मेरो छोराको बिहेका लागि पिर गर्दिनँ

अर्को: १५. सुसमाचार प्रचार गरेकोमा सहपाठीहरूले उजुरी गरिदिएपछि

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्