१५. सुसमाचार प्रचार गरेकोमा सहपाठीहरूले उजुरी गरिदिएपछि

लि सिनचेन, चीन

प्राथमिक विद्यालयमा पढ्दा म हजुरबुबा-हजुरआमासँग भेलामा जान थालेँ, तर माध्यमिक तहमा पुगेपछि पढाइको चाप बढ्यो, त्यसैले मैले भेलामा जान वा परमेश्‍वरका वचनहरू पढ्न पाइनँ, अनि मेरो हृदय परमेश्‍वरबाट टाढा-टाढा हुँदै गयो। नोभेम्बर २०११ मा बल्ल मैले मेरो मण्डली जीवन पुनः सुरु गरेँ, अनि दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर परमेश्‍वरको वचन खान र पिउन अनि परमेश्‍वरको प्रशंसामा भजन गाउन थालेँ। यसले मलाई निकै सन्तुष्टि महसुस गरायो। डिसेम्बर २०१२ मा, म युनिभर्सिटीमा हुँदा, चिनियाँ कम्युनिष्ट पार्टीले मुख्य सञ्चारमाध्यम र अनलाइन प्लेटफर्महरू प्रयोग गरेर विभिन्न आधारहीन अफवाहहरू रच्दै र फैलाउँदै, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई निन्दा र बदनाम गर्न थाल्यो। मेरा कोठाका साथीहरूले यो नकारात्मक प्रचार देखे, र उनीहरूले मेरो विश्‍वासबारे शिक्षकलाई उजुरी गरिदिए। त्यसपछि शिक्षकले मेरा आमाबुबालाई खबर गरिदिनुभयो, र मेरा आमाबुबाले मेरो विश्‍वासबारे थाहा पाउनुभयो।

२० डिसेम्बर, २०१२ को साँझ, म भर्खरै आफ्ना कर्तव्यहरू निर्वाह गरेर स्कुल फर्किएकी थिएँ। म छात्रावास पुगेको केही बेरमै, दुई जना शिक्षकहरू मलाई सोधपुछ गर्न आउनुभयो। उहाँहरूले मलाई पछिल्ला केही दिनदेखि म कहाँ थिएँ र मैले के गर्दै थिएँ भनेर सोध्नुभयो, अनि मैले स्कुलमा सुसमाचार प्रचार गर्दै थिएँ कि भनेर पनि सोध्नुभयो। त्यसपछि मेरी आमा र काकाले मेरो छात्रावासमा आएर मलाई गाली गर्नुभयो, मलाई घर लैजान्छौं भनेर भन्‍नुभयो। मेरो काकाले आफ्‍नी छोरीलाई परमेश्‍वरमा विश्‍वास गरेको कारण महिनौंसम्म घरमा थुनेर राख्नुभएको थियो, र मेरा आमाबुबाले पनि मलाई त्यसै गर्नुहुनेछ भन्‍ने मलाई डर लागेको थियो। त्यसैले, मैले मेरो लागि बाटो खोलिदिनुहोस् भन्दै हृदयमै परमेश्‍वरलाई निरन्तर प्रार्थना गरिरहेँ। मैले आमालाई भनेँ, “म स्कुलमै बस्न चाहन्छु, घर जान चाहन्न।” मेरो दृढता देखेर आमाले मलाई स्कुलमै बस्न दिनुभयो। तर, मलाई थाहा नदिई, उहाँले मेरा शिक्षकहरूलाई ममाथि कडा निगरानी राख्न भन्नुभएछ। भोलिपल्ट, शिक्षकहरू र विभाग प्रमुखले मसँग पालैपालो कुरा गर्नुभयो। उहाँहरूले स्कुलले अब धार्मिक विश्‍वाससम्बन्धी मामिलाहरूमा कडा व्यवस्थापन गर्दैछ भनेर भन्‍नुभयो, र मलाई केही दिन छात्रावासमै बस्न र कतै नजान भन्नुभयो। स्कुलका सुरक्षा गार्डहरूसँग मेरो फोटोसमेत थियो र मलाई स्कुलको गेटबाट बाहिर निस्केको देखे भने उनीहरूले रिपोर्ट गर्थे। परमेश्‍वरप्रतिको मेरो विश्‍वासको कारणले मात्रै पनि, मेरा शिक्षक र सहपाठीहरूले मलाई अनौठो मानेर हेर्न थाले र मलाई कुनै विचित्रको मान्छेलाई जस्तो व्यवहार गर्थे। मलाई असाध्यै अपमानित महसुस हुन्थ्यो र यो सबै सहन मलाई निकै गाह्रो भयो। मैले त केवल परमेश्‍वरमा विश्‍वास गरेकी थिएँ र मैले कुनै नराम्रो काम गरेकी थिइनँ, र पनि उनीहरूले मलाई किन नराम्रो काम गरेजस्तो व्यवहार गरिरहेका थिए? मैले यस्तो पनि सोचेँ, “यदि मैले सुसमाचार प्रचार नगरेकी भए, के मेरा शिक्षक र सहपाठीहरूले मलाई गलत बुझ्न र अनौठो मानेर हेर्न छोड्थे होलान् त?” मलाई धेरै कमजोर महसुस भयो, त्यसैले मैले अर्को युनिभर्सिटीमा पढ्ने मेरी दिदीलाई मनको बह पोख्न फोन गरेँ। दिदीले के भन्नुभयो भने उहाँका कोठाका साथीहरूले पनि उहाँको उजुरी गरेका थिए, र उहाँको शिक्षकले त उहाँलाई सम्पूर्ण कक्षाका अगाडि गाली समेत गर्नुभएको थियो। दिदीको कुरा सुनेपछि, चिनियाँ कम्युनिष्ट पार्टीले फैलाएका आधारहीन अफवाहहरू र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको बदनामीका कारण धेरै दाजुभाइ-दिदीबहिनीहरू सताइएका छन् भन्‍ने कुरा मैले महसुस गरेँ। कम्युनिष्ट पार्टीको सरकारले कसरी आधारहीन अफवाहहरू फैलाउँदै, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई निन्दा र बदनाम गरिरहेको छ भन्‍ने सोच्दा, मलाई के महसुस भयो भने उनीहरूको प्रत्यक्ष निशाना त परमेश्‍वर हुनुहुन्छ र परमेश्‍वरले अनगिन्ती र ठूलो अपमान अनि पीडा सहनुभएको छ। यस्तो अवस्थामा, मैले आफ्नै पीडाको बारेमा मात्र सोचेँ, तर यो निन्दा र यी आक्रमणहरूको सामना गर्दा परमेश्‍वरको हृदयलाई कस्तो महसुस हुन्छ भन्ने बारेमा मैले कहिल्यै विचार गरिनँ। मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “मानव जातिको कार्यको खातिर परमेश्‍वरले धेरै अनिदा रातहरू बिताउनुभएको छ। माथिको उचाइदेखि तलका गहिराइहरूसम्म, उहाँ मानिससँग पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म जिउन जीवित नरकमा ओर्लनुभएको छ जहाँ मानिस बस्छ, उहाँले मानिसबीचको जीर्णताको कहिल्यै गुनासो गर्नुभएन, र उहाँले मानिसको विद्रोहीपनका लागि कहिल्यै उसको निन्दा गर्नुभएको छैन, तर उहाँले आफ्नो काम व्यक्तिगत रूपमा गर्ने क्रममा सबैभन्दा ठूलो अपमान सहनुहुन्छ। परमेश्‍वर कसरी नरकको हुन सक्नुहुन्छ? उहाँले आफ्नो जीवन कसरी नरकमा बिताउन सक्नुहुन्छ? तर सारा मानवजातिले चाँडै विश्राम पाउन सकून् भनी सम्पूर्ण मानव जातिको खातिर उहाँले पृथ्वीमा आउनका निम्ति अपमान सहनुभएको छ र अन्याय सहनुभएको छ, र मानिसलाई मुक्त गर्न व्यक्तिगत रूपमा ‘नरक’ र ‘पाताल’ मा, बाघको खोरमा पस्नुभएको छ। मानिस कसरी परमेश्‍वरको विरोध गर्न योग्यको छ? परमेश्‍वरबारे गुनासो गर्नुपर्ने के कारण ऊसँग छ? ऊसँग परमेश्‍वरलाई सामना गर्ने धृष्टता कसरी हुन सक्छ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (९))। परमेश्‍वर पवित्र हुनुहुन्छ, र उहाँ मानवजातिलाई मुक्ति दिन स्वर्गबाट पृथ्वीमा आउनुभयो, तैपनि उहाँलाई गलत बुझियो र शत्रुजस्तो व्यवहार गरियो, अनि भ्रष्ट मानवजातिले उहाँलाई अस्वीकार र निन्दा गर्‍यो। ठूलो अपमान र पीडा सहँदासहँदै पनि, उहाँले हामीलाई मुक्ति दिन निरन्तर बोल्नुभएको छ र काम गर्नुभएको छ। तर मैले परमेश्‍वरको अभिप्राय बुझिनँ। अलिकति दुःख पाउँदा पनि मैले गुनासो गरेँ र म नकारात्मक बनेँ। सहपाठीहरू र शिक्षकहरूबाट अलिकति बहिष्कृत हुँदा र उनीहरूले अनौठो मानेर हेर्दा, मलाई अन्याय भएको र पीडा भएको महसुस भयो, र मैले सुसमाचार प्रचार गरेकोमा पछुतोसमेत मानेँ। मेरो कद साँच्चै सानो थियो! यस्तो सोच्दा, मलाई आफ्नो पीडा त्यति ठूलो लागेन, र मैले सामना गरिरहेको सतावट त परमेश्‍वरमा विश्‍वास गरेको कारण मैले सहनुपर्ने दुःख हो भन्ने मलाई लाग्यो।

पछि, शिक्षकहरूले मेरा कोठाका साथीहरूलाई मेरो निगरानी गर्न र मैले के गर्दैछु भनेर हेर्न लगाउनुभयो, जसले गर्दा मसँग सिरकभित्र लुकेर एमपी४ प्लेयर प्रयोग गरी परमेश्‍वरका वचनहरू पढ्ने र भजनहरू सुन्नेबाहेक अरू कुनै विकल्प हुन्थेन। ती दिनहरूमा, मैले सुसमाचार प्रचार गरिरहेकी छु कि भनेर बुझ्न शिक्षकहरूले मसँग कुरा पनि गर्नुहुन्थ्यो। विगतमा मसँग नजिक भएका केही सहपाठीहरू मबाट टाढिन थाले। कसैले मलाई परमेश्‍वरमा विश्‍वास गर्नु हुँदैन भन्दै हप्काए, र कसैले मेरो खिल्ली उडाए। नातेदारहरूले पनि मलाई परमेश्‍वरमा विश्‍वास नगर्न मनाउने कोसिस गर्दै फोन गरे। मेरा दुई जना काकाका छोराछोरीहरूले त सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई बदनाम गर्ने र निन्दा गर्ने केही आधारहीन अफवाहहरू र दुष्ट कुराहरूसमेत मलाई पठाए। ती दिनहरूमा, जब फोनको घण्टी बज्थ्यो, तब मेरो मुटु ढुकढुक हुन्थ्यो, किनभने मलाई के डर लाग्थ्यो भने कतै परिवारको कुनै सदस्यले मलाई गाली गर्न फोन गरेको त होइन। ती केही दिनहरूमा, एक दिन पनि एक वर्षजस्तो लामो लाग्थ्यो, र मलाई एक्लो र असहाय महसुस हुन्थ्यो। मलाई मेरा दाजुभाइ-दिदीबहिनीहरूको धेरै याद आउँथ्यो र म उहाँहरूसँग आफ्नो पीडा बाँड्न चाहन्थेँ। तर शिक्षक र सहपाठीहरूको निगरानीका कारण, म भेलामा जान सकिनँ। मलाई भित्रभित्रै धेरै कमजोर महसुस भयो र यो परिस्थितिलाई कसरी अनुभव गर्ने भन्ने मलाई थाहा थिएन। त्यतिबेला म साँच्चै चिन्तित थिएँ: मेरा आमाबुबाले सधैं मेरी दिदी र मेरो विश्‍वासको कडा विरोध गर्नुहुन्थ्यो, र यसपटक उहाँहरूले मलाई के गर्नुहुनेछ भन्ने कुरामा म निश्चित थिइनँ। के उहाँहरूले पनि काकाले मेरी कजन दिदीलाई जस्तै व्यवहार गर्नुहुनेछ, र मलाई घरमा थुन्नुहुनेछ? यी सबै आलोचना र सतावटको सामना गर्दा, के म दृढ रहन सकूँला? मेरा आमाबुबाले पहिले नै के भन्नुभएको थियो भने यदि उहाँहरूले म परमेश्‍वरमा विश्‍वास गर्छु भन्ने थाहा पाउनुभयो भने, उहाँहरूले मलाई त्याग्नुहुनेछ। अहिलेसम्म, मेरो बुबाले मलाई फोन गर्नुभएको थिएन। के यसको अर्थ उहाँले मलाई साँच्चै चाहनुहुन्न भन्ने थियो? यी सबै अनिश्चितताहरूको सामना गर्दा, मलाई पूर्ण रूपमा असहाय महसुस भयो। म आफ्ना कठिनाइहरू परमेश्‍वरलाई सुम्पन र उहाँको मार्गदर्शन माग्दै उहाँमा भरोसा गर्न मात्र सक्थेँ। मेरो अन्योल र असहाय अवस्थामा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड भेट्टाएँ: “सङ्कल्प भएका र परमेश्‍वरलाई प्रेम गर्ने हरेकका लागि प्राप्त गर्न नसकिने सत्यताहरू छैनन्‌ र दह्रिलो गरी खडा हुन नसकिने कुनै इन्साफ छैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। परमेश्‍वरका वचनहरूले मलाई विश्‍वास दिए। म परमेश्‍वरमा विश्‍वास गरेर जीवनको सही मार्गमा हिँडिरहेकी थिएँ, त्यसैले सबैले मलाई गलत बुझे पनि, मेरो खिल्ली उडाए पनि, र मलाई अस्वीकार गरे पनि, जबसम्म म आफ्नो विश्‍वासमा दृढ रहन्छु, तबसम्म यी कठिनाइहरूले मलाई हराउन सक्नेछैनन्। म सधैं परिवारबाट अस्वीकृत हुने र गाली खाने कुराको डर मान्थेँ, र म सहपाठीहरू तथा शिक्षकहरूको खिसी र अनौठो हेराइबाट पनि डराउँथेँ, अनि मलाई सधैँ म अगाडि बढ्न सक्दिनँ जस्तो लाग्थ्यो। म धेरै कायर भएकोले र मसँग दुःख सहने सङ्कल्पको कमी भएकोले नै यस्तो भएको थियो। मैले केही दिनअघि पढेको परमेश्‍वरका वचनहरूको एउटा अध्यायको शीर्षक सम्झेँ, “अन्धकारको प्रभावदेखि उम्की, र तँ परमेश्‍वरद्वारा प्राप्त गरिन सक्नेछस्।” मैले शैतानको अन्धकारको प्रभावलाई तोडेर निस्कन सकूँ भन्ने आशामा परमेश्‍वरले नै यो परिस्थिति मिलाउनुभएको थियो। यो सम्पूर्ण समय, मेरा आमाबुबाले परमेश्‍वरप्रतिको मेरो विश्‍वासको विरोध गर्नुभएको हुनाले, म उहाँहरूको बन्धनमा नराम्ररी परेकी थिएँ, र मेरा आमाबुबा मेरो वरपर हुन्जेल, म परमेश्‍वरको वचन खाने वा पिउने आँट गर्दिनथेँ, र म बाहिर भेलामा जाने वा आफ्ना कर्तव्यहरू निर्वाह गर्ने आँट पनि गर्दिनथेँ। म उहाँहरूको दबाबमा झुकिरहन सक्दिनथेँ। यो अन्धकारको प्रभावलाई तोडेर अनि उहाँहरूको बन्धनबाट उम्केर मात्र मैले परमेश्‍वरमा राम्ररी विश्‍वास गर्न र आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्थेँ। त्यसैले, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म साँच्चै मेरो परिवारको अन्धकारको प्रभावलाई तोडेर निस्कन चाहन्छु, तर मसँग साहसको कमी छ। कृपया मलाई विश्‍वास र शक्ति प्रदान गर्नुहोस्, ताकि म शैतानको प्रभावबाट मुक्त हुन सकूँ र मैले एउटा सृजित प्राणीको कर्तव्य राम्रोसँग पूरा गर्न सकूँ।” प्रार्थनाद्वारा, मैले केही विश्‍वास प्राप्त गरेँ, र परमेश्‍वर सधैं मसँग हुनुहुन्छ भन्ने पनि महसुस गरेँ। मेरो पीडा र असहाय अवस्थामा, परमेश्‍वरका वचनहरूले नै मलाई सान्त्वना र प्रोत्साहन दिए, र मलाई विश्‍वास दिए। मैले आफैँसँग सङ्कल्प गरेँ, “मेरो परिवार र शिक्षकहरूले मलाई जस्तोसुकै व्यवहार गरे पनि, म मेरो विश्‍वास र मेरा कर्तव्यहरूमा डटिरहनेछु।” त्यसैले मैले दिदीलाई फोन गरेँ, र हामी पूर्णकालीन रूपमा आफ्ना कर्तव्यहरूमा समर्पित हुन सहमत भयौं। मैले परमेश्‍वरलाई प्रार्थना पनि गरेँ, र शिक्षक तथा सहपाठीहरूको निगरानीबाट मुक्त हुनका लागि मेरो निम्ति बाटो खोलिदिनुहोस् भनी उहाँसँग बिन्ती गरेँ।

त्यस समयमा, मैले “सबै कुरामा सत्यता बुझ्न खोज्दा मात्र मानिसहरू परमेश्‍वरद्वारा सिद्ध पारिन सक्छन्” भन्ने परमेश्‍वरका वचनहरूको भजन सम्झेँ: “यदि तिमीहरू परमेश्‍वरद्वारा सिद्ध पारिन चाहन्छौ भने, तिमीहरूले सबै विषयमा कसरी अनुभव प्राप्त गर्ने भनेर सिक्नै पर्दछ, र तिमीहरू आफूलाई आइपर्ने हरेक कुरामा अन्तर्दृष्टि प्राप्त गर्न सक्षम हुनुपर्दछ। यो राम्रो होस वा नराम्रो, यसले तँलाई फाइदा पुऱ्याउनुपर्छ, र तँलाई नकारात्मक बनाउनु हुँदैन। जेसुकै होस, तँ परमेश्‍वरको पक्षमा उभिएर मामिलाहरू विचार गर्न सक्षम हुनुपर्दछ, र तिनको विश्लेषण वा अध्ययन मानिसको परिप्रेक्ष्यबाट गर्नु हुँदैन। यदि तैँले यस्तो अनुभव गरिस् भने, तेरो हृदय जीवनको बोझले भरिनेछ; तँ सधैँ परमेश्‍वरको अनुहारको ज्योतिमा बस्‍नेछस्, र सम्भवतः तेरो अभ्यासमा विचलनहरू आउनेछैनन्। त्यस्तो मानिसको अगाडि उज्ज्वल भविष्य हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनेहरूका निम्ति दिइएका प्रतिज्ञाहरू)। परमेश्‍वरका वचनहरूमा चिन्तन गरेपछि, मैले परमेश्‍वरको अभिप्राय अलिक बढी बुझेँ। यस समयमा, परमेश्‍वरमा विश्‍वास गरेको कारणले गर्दा, मैले मेरा सहपाठीहरूबाट बहिष्कार र खिसीको सामना गर्नुपर्‍यो, र यो नराम्रो कुरा जस्तो देखिए पनि, वास्तवमा यो मेरो जीवन वृद्धिको लागि फाइदाजनक थियो। मैले यसलाई व्यक्तिगत लाभको दृष्टिकोणबाट विश्लेषण गर्नु हुँदैनथियो, र मैले यसलाई परमेश्‍वरबाट आएको भनी स्वीकार गर्नुपर्थ्यो र उहाँको अभिप्राय खोज्नुपर्थ्यो। चिनियाँ कम्युनिष्ट पार्टीले अनलाइनमा आधारहीन अफवाहहरू फैलाउँदै, परमेश्‍वरलाई निन्दा र बदनाम गरिरहेको छ, र यो नराम्रो कुरा जस्तो देखिए पनि, वास्तवमा परमेश्‍वरले आफ्नै उद्देश्यका लागि सेवा प्रदान गर्न ठूलो रातो अजिङ्गरलाई प्रयोग गरिरहनुभएको छ, किनकि यसको नकारात्मक प्रचारद्वारा, अझ धेरै मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको नाम थाहा पाएका छन्। यो साँच्चै परमेश्‍वरको सर्वशक्तिमान्‌ता र बुद्धि हो। मेरा कोठाका साथीहरूले मेरो उजुरी गरे, र सबैले परमेश्‍वरप्रतिको मेरो विश्‍वासबारे थाहा पाए। मलाई मेरो परिवार, शिक्षक र सहपाठीहरूले खिसी गरे र गाली गरे, र मैले शारीरिक रूपमा केही दुःख पाए पनि, यो परिस्थितिले मलाई अन्धकारको प्रभावलाई तोडेर निस्कन र जीवनको सही मार्ग रोज्न घचघच्यायो। यो मेरो लागि राम्रो कुरा थियो। परमेश्‍वरका वचनहरूको मार्गदर्शनका कारण, मेरो स्थिति बिस्तारै सुधार भयो, र म यो परिस्थितिलाई सही तरिकाले सामना गर्न सक्षम भएँ। जब मसँग समय हुन्थ्यो, तब म परमेश्‍वरका वचनहरू मनन गर्थेँ, र यो एक्लोपन त्यति पीडादायी लाग्दैनथ्यो। बरु, परमेश्‍वरको नजिक भएको कारण, मेरो हृदय पहिलेभन्दा धेरै सन्तुष्ट थियो।

पछि, परमेश्‍वरले मेरा लागि बाटो खोलिदिनुभयो। मेरा कोठाका साथीहरूले अब मेरो निगरानी गर्न छोडिदिए, त्यसैले मैले बाहिर निस्कने र भेलामा सहभागी हुने मौका पाएँ। जब मैले मेरा दाजुभाइ र दिदीबहिनीहरूलाई फेरि देखेँ, तब मलाई अपार न्यानोपन महसुस भयो, र बयान गर्न नसकिने आनन्दले मेरो हृदय भरियो। म भेलामा जान पाए पनि, मेरो गैरविश्‍वासी परिवारले अझै पनि मेरो विश्‍वासको विरोध गर्थ्यो, र मेरा शिक्षकहरूले समय-समयमा मेरो निगरानी गर्थे, म कहाँ छु भनेर सोध्न फोनसमेत गर्थे। कहिलेकाहीँ जब म भेलामा जान्थेँ, तब मेरो मन अशान्त हुन्थ्यो, र यस्तो वातावरणमा, मैले स्वतन्त्र रूपमा परमेश्‍वरमा विश्‍वास गर्न वा मेरा कर्तव्यहरू निर्वाह गर्न सकिरहेकी थिइनँ। मैले परमेश्‍वरलाई निरन्तर प्रार्थना गरेँ, र मलाई मार्गदर्शन गर्न अनि सही छनौट गर्ने सङ्कल्प दिनुहोस् भनी उहाँसँग बिन्ती गरेँ। एक दिन मैले परमेश्‍वरका वचनहरूको एउटा भजन सुनेँ:

सबै मानिसहरू अर्थपूर्ण जीवन जिउने खोजीमा लाग्नुपर्छ

१  सबै मानिसहरू अर्थपूर्ण जीवन जिउने खोजीमा लाग्नुपर्छ, र आफ्‍ना वर्तमान परिस्‍थितिहरूप्रति सन्तुष्ट हुनु हुँदैन। तिनीहरूले पत्रुसको स्वरूपमा जिउनैपर्छ, र तिनीहरूसँग पत्रुसका ज्ञान र अनुभवहरू हुनैपर्छ। तिनीहरूले अझै उच्‍च र अझै गहन कुराहरूको खोजी गर्नुपर्छ। तिनीहरूले परमेश्‍वरप्रतिको अझ गहिरो र शुद्ध प्रेम, साथै मूल्य र अर्थसहितको जीवनको खोजी गर्नुपर्छ। यो मात्र जीवन हो; तब मात्र तिनीहरू पत्रुसजस्तै हुनेछन्। तैँले सकारात्मक पाटोतर्फ सक्रिय रूपमा प्रवेश गर्न ध्यान दिनुपर्छ, र अस्थायी सहजतामा सन्तुष्ट भएकै कारण नकारात्मक हुने र आफूलाई पछाडि धकेल्ने, र त्यो सँगसँगै अझै प्रगाढ, अझै विस्तृत र अझै व्यवहारिक सत्यताहरूलाई बेवास्ता गर्ने गर्नु हुँदैन। तँमा व्यवहारिक प्रेम हुनैपर्छ, र तैँले कुनै जनावरको भन्दा फरक नभएको यो पतित, निस्फिक्री जीवनबाट आफूलाई मुक्त गर्ने हरसम्भव उपाय पत्ता लगाउनैपर्छ। तैँले अर्थपूर्ण जीवन, मूल्यवान् जीवन जिउनैपर्छ, र तैँले आफैलाई मूर्ख बनाउनु वा आफ्‍नो जीवनलाई खेलौनाजस्तो व्यवहार गर्नु हुँदैन।

२  सङ्कल्प भएका र परमेश्‍वरलाई प्रेम गर्ने हरेकका लागि प्राप्त गर्न नसकिने सत्यताहरू छैनन्‌ र दह्रिलो गरी खडा हुन नसकिने कुनै इन्साफ छैन। तैँले आफ्‍नो जीवन कसरी जिउनुपर्छ? तैँले कसरी परमेश्‍वरलाई प्रेम गर्नुपर्छ, र यो प्रेम प्रयोग गरेर उहाँका अभिप्रायहरू पूरा गर्नुपर्छ? तेरो जीवनमा योभन्दा ठूलो विषय छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, तँसँग यस किसिमको सङ्कल्प र दृढता हुनैपर्छ, र तँ कायर, दुर्बल व्यक्ति बन्‍नु हुँदैन। तैँले अर्थपूर्ण जीवन र अर्थपूर्ण सत्यताहरूको अनुभव गर्न सिक्‍नैपर्छ, र आफूलाई त्यसरी झाराटारूवा व्यवहार गर्नु हुँदैन। तैँले थाहै नपाई, तेरो जीवन बितेर जानेछ; त्यसपछि के तैँले अझै पनि परमेश्‍वरलाई प्रेम गर्ने यस्तो अवसर पाउनेछस्? के मानिसले आफू मरेपछि परमेश्‍वरलाई प्रेम गर्न सक्छ? तँसँग पनि पत्रुसको जस्तै सङ्कल्प र विवेक हुनुपर्छ; तैँले अर्थपूर्ण जीवन जिउनैपर्छ, र आफैसँग खेलबाड गर्नु हुँदैन। मानवका रूपमा र परमेश्‍वरलाई पछ्याउने व्यक्तिका रूपमा, तैँले आफ्‍नो जीवनलाई होसियारीपूर्वक ख्याल गर्न र सम्हाल्न जरुरी छ—तैँले कसरी आफूलाई परमेश्‍वरप्रति अर्पित गर्नुपर्छ, तैँले कसरी परमेश्‍वरमा अझ अर्थपूर्ण विश्‍वास राख्‍नुपर्छ, र तैँले परमेश्‍वरलाई प्रेम गर्ने हुनाले, तैँले कसरी उहाँलाई अझै शुद्ध, अझै सुन्दर, अझै असल तरिकाले प्रेम गर्नुपर्छ भन्‍ने कुरालाई ख्याल गर्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

यो भजन सुनेपछि, मैले परमेश्‍वरको अभिप्राय बुझेँ। मैले सकारात्मक पक्षबाट प्रवेश र खोजी गर्नुपर्थ्यो, र म पछि नहटेको वा नकारात्मक नभएको कुरामा मात्र सन्तुष्ट हुनु हुँदैनथ्यो। मैले सक्रिय रूपमा सत्यताको खोजी गर्नुपर्थ्यो र एउटा अर्थपूर्ण जीवन कसरी जिउने भनेर खोज्नुपर्थ्यो। विशेषगरी जब मैले परमेश्‍वरका वचनहरू पढेँ: “तँमा व्यवहारिक प्रेम हुनैपर्छ, र तैँले कुनै जनावरको भन्दा फरक नभएको यो पतित, निस्फिक्री जीवनबाट आफूलाई मुक्त गर्ने हरसम्भव उपाय पत्ता लगाउनैपर्छ। तैँले अर्थपूर्ण जीवन, मूल्यवान् जीवन जिउनैपर्छ, र तैँले आफैलाई मूर्ख बनाउनु वा आफ्‍नो जीवनलाई खेलौनाजस्तो व्यवहार गर्नु हुँदैन।” मलाई के लाग्यो भने परमेश्‍वरले नै हामीलाई निर्देशन दिइरहनुभएको छ र हामीबाट माग गरिरहनुभएको छ, अनि मैले खोजी गर्नुपर्ने कुरा यही नै हो। मेरो जीवन साँच्चै धेरै पतित थियो। युनिभर्सिटीमा, शिक्षकहरूले हामीलाई जीवनका सही लक्ष्यहरू निर्धारण गर्न सिकाउनुहुन्नथ्यो, बरु युनिभर्सिटीको जीवनमा मोजमस्ती गर्न सिकाउनुहुन्थ्यो। केही शिक्षकहरूले त यसो समेत भन्थे: यदि तिमीले कक्षा छोडेका छैनौ, प्रेम सम्बन्धमा परेका छैनौ, वा युनिभर्सिटीमा उधुम मच्चाएका छैनौ भने, तिमी त बाँचेकै छैनौ। पूरै स्कुलको वातावरण यस्तै थियो, जहाँ सबैजना खान-पिन र रमाइलोको पछि लागेका हुन्थे, र एकअर्कासँग प्रतिस्पर्धा गर्थे। वास्तवमा पढाइमा ध्यान केन्द्रित गर्ने मानिसहरू कमै थिए। मानिसहरूले गर्ने कुराकानी कसरी पढ्ने वा कुनै सीपमा कसरी निपुण हुने भन्ने बारेमा हुँदैनथ्यो, बरु खाने, पिउने, रमाइलो गर्ने, शिक्षकहरूको चापलुसी गर्ने, र व्यक्तिगत सम्बन्धहरू कसरी मिलाउने भन्ने बारेमा हुन्थ्यो। हामीले स्वतन्त्र र सहज जीवन जिइरहेका छौं जस्तो देखिन्थ्यो, तर भित्रभित्रै हामीलाई खाली र अन्योल महसुस हुन्थ्यो, जीवनको अर्थ के हुन सक्छ भन्ने कुनै अत्तोपत्तो थिएन, र जीवनमा हामीले खास के कुरा पछ्याउनुपर्छ भन्ने थाहा थिएन। यी कुराहरूको पछि लाग्नुको कुनै वास्तविक अर्थ छैन भन्ने मलाई थाहा भए पनि, मेरो कद सानो थियो, र यस्तो वातावरणमा, म पनि त्यही जीवनशैली पछ्याउन बाध्य हुन्थेँ, र मलाई शान्त भएर सत्यताको खोजी गर्न गाह्रो लाग्थ्यो। एउटा सृजित प्राणीको कर्तव्य कसरी पूरा गर्ने भन्ने बारेमा नसोचीकन म कहिलेकाहीँ बाहिर भेलामा जान पाएकोमा र मेरा आमाबुवासँग राम्रो सम्बन्ध कायम राख्न सकेकोमा नै सन्तुष्ट थिएँ। के म केवल नकारात्मक भएर अस्थायी आरामको आनन्द लिनलाई पछि हटिरहेकी थिइनँ र? पहिले, मैले सत्यता बुझेकी थिइनँ र पछ्याउनुपर्ने साँच्चै बहुमूल्य कुरा के हो भन्ने मलाई थाहा थिएन। म केवल मेरा शिक्षक र आमाबुबाको इच्छाअनुसार जिउँथेँ र मलाई के लाग्थ्यो भने यदि म युनिभर्सिटीमा भर्ना भएँ भने, मैले जीवनमा केही दिशा र लक्ष्य फेला पार्नेछु। तर वास्तविकतामा, युनिभर्सिटीको जीवनले मलाई जीवनको उज्ज्वल मार्ग दिएन, बरु अझ ठूलो भ्रष्टता र अन्योलको जीवन दियो। त्यहाँ बसिरहनुको के अर्थ थियो र? मैले हालै दाजुभाइ-दिदीबहिनीहरूसँग सुसमाचार प्रचार गर्न गएको बेलाको कुरा सम्झेँ। हामीलाई कहिलेकाहीँ अपमान र खिसी गरिए पनि, मेरो हृदय सन्तुष्ट र आनन्दित हुन्थ्यो, र मलाई सृजित प्राणीको कर्तव्य निर्वाह गर्दा र न्यायपूर्ण काम गर्दा यसले नै जीवनलाई अर्थपूर्ण बनाउँछ भन्‍ने लाग्थ्यो। हृदयको यो आनन्द र शान्तिको स्थान अरू कुनै पनि कुराले लिन सक्दैन। पहिले, मैले परमेश्‍वरमा राम्ररी विश्‍वास गर्दिनथेँ र ज्ञानको पछि लागेर धेरै समय बर्बाद गरेँ। यदि म मेरा आमाबुबाको नियन्त्रणमा रहिरहेँ, र स्कुलको यो पतित जीवन जिइरहेँ भने, के यो पूर्णतया मेरो मूर्खता हुनेछैन र? यो महसुस गरेपछि, मैले पढाइ छोडेर आफ्नो कर्तव्य निर्वाह गर्ने सङ्कल्प गरेँ।

जनवरी १, २०१३ को साँझ, दिदी र म घर फर्कियौं। बुबाले दिदी र मलाई भन्नुभयो, “मैले आज तिमीहरूलाई सबै कुरा स्पष्ट पार्न बोलाएको हुँ। तिमीहरूले राम्ररी सोच्नुपर्छ र अझै पनि परमेश्‍वरमा विश्‍वास गर्न चाहन्छौ कि चाहँदैन्नौ भनेर निर्णय गर्नुपर्छ। यदि तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्न चाहन्छौ भने, अबदेखि पढाइलाई निरन्तरता दिने कष्ट नगर्नू, र तिमीहरू दुवैले आफूलाई मेरो लागि मरेको ठाने हुन्छ! यदि तिमीहरूले आफ्नो विश्‍वास छोड्ने निर्णय गर्यौ भने, परमेश्‍वरमा विश्‍वास गर्नेहरूसँग सम्बन्ध तोड्नू र आफ्नो पढाइलाई निरन्तरता दिनू।” उहाँले यो पनि भन्नुभयो, “परमेश्‍वरमा विश्‍वास गर्नुलाई सरकारले विरोध गर्छ, र हामी चिनियाँ कम्युनिष्ट पार्टीको शासनमा बसिरहेका छौं। के तिमीहरूलाई उनीहरूको विरोध गर्न सक्छौ जस्तो साँच्चै लाग्छ?” दिदी र मैले बुबा र काकालाई परमेश्‍वरको कामको गवाही दिनेबित्तिकै, उहाँहरू क्रोधित हुनुभयो, उहाँहरूले परमेश्‍वरलाई इन्कार र निन्दा गर्नुभयो, अनि हामीलाई हप्काउनुभयो र गाली गर्नुभयो। उहाँहरूलाई यस्तो अवस्थामा देख्दा मलाई साँच्चै डर लाग्यो, र मैले हृदयमै परमेश्‍वरलाई निरन्तर प्रार्थना गरिरहेँ, र यो परिस्थितिको सामना गर्न मलाई विश्‍वास र शक्ति दिनुहोस् भनी परमेश्‍वरसँग बिन्ती गरेँ। उहाँहरूले हामीलाई बिहानको दुई-तीन बजेतिरसम्म गाली गरिरहनुभयो। आमाले पनि हामीलाई अझै परमेश्‍वरमा विश्‍वास गर्न चाहन्छौ कि चाहँदैन्नौ भनेर केरकार गरिरहनुभयो। म साँच्चै चुप लागेर कसैगरी उम्कन चाहन्थेँ, तर परिवारबाट अस्वीकृत हुने डरले गर्दा मैले कसरी, परमेश्‍वरमा विश्‍वास गर्छु भनेर स्वीकार गर्ने आँट गरेकी थिइनँ, र मैले कसरी परमेश्‍वरको लागि गवाही दिएकी थिइनँ भन्ने कुरा सोचेँ। मैले फेरि त्यसो गर्न सक्दिनथेँ। मेरो परिवारले मेरो जवाफ मात्र पर्खिरहेको थिएन, तर परमेश्‍वरले पनि मलाई आफ्नो अडान स्पष्ट पार्न पर्खिरहनुभएको थियो। शैतानले पनि मैले के रोज्छु भनेर हेरिरहेको थियो। मेरा आमाबुबाले मलाई जस्तोसुकै व्यवहार गरे पनि, म आफ्नो गवाहीमा दृढ रहनुपर्थ्यो। त्यसैले मैले दृढतापूर्वक भनेँ, “म परमेश्‍वरमा विश्‍वास गरिरहनेछु!” बुबाले रिसाउँदै भन्नुभयो, “तैँले परमेश्‍वरमा विश्‍वास गरिरहने भएपछि, तैँले यो घर छोडेर जानुपर्छ। अबदेखि, तँ मेरो लागि मरेतुल्य भइस!” त्यसपछि उहाँले हामीलाई आफ्नो कोठाबाट गलहत्याएर निकालिदिनुभयो। मेरो हृदयमा धेरै पीडा थियो। म त परमेश्‍वरमा विश्‍वास गर्न मात्र चाहन्थेँ, र मैले मेरा आमाबुबालाई चाहँदिन भनेर कहिल्यै भनेकी थिइनँ, तर उहाँहरूले मेरो मनको कुरा किन सुन्न सक्नुभएन? उहाँहरूले मलाई किन निर्णय गर्न बाध्य पारिरहनुभएको थियो? जब म आफ्नो कोठामा फर्किएँ, तब मैले आफ्नो मन शान्त पार्न सकिनँ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! उहाँहरूले मलाई जसरी रोक्न खोजे पनि, म तपाईंलाई पछ्याउनेछु। कृपया मलाई विश्‍वास र शक्ति दिनुहोस्, र मलाई अगाडिको मार्गमा मार्गदर्शन गर्नुहोस्।”

भोलिपल्ट बिहान, मिर्मिरे उज्यालो हुन नपाउँदै, काका र काकी हाम्रो घरमा आउनुभयो, र दिदी र मलाई परमेश्‍वरमा विश्‍वास नगर्न आग्रह गर्नुभयो। काकीले के भन्नुभयो भने हामीलाई हुर्काउँदा बुबाले धेरै दुःख पाउनुभएको छ, र उहाँले रुँदै, मलाई परमेश्‍वरमा विश्‍वास गर्न छोड्न बिन्ती समेत गर्नुभयो। म साँच्चै कमजोर भएँ र उहाँहरूलाई शान्त पार्नका लागि टाउको हल्लाएर हुन्छ भन्न चाहन्थेँ, तर मलाई के थाहा थियो भने यसो गर्दा, मैले गवाही दिइरहेकी हुनेथिइनँ, र मैले परमेश्‍वरलाई इन्कार गर्न वा उहाँलाई धोका दिन सक्दिनथेँ। मैले परमेश्‍वरको हृदय दुखाउन सक्दिनथेँ। त्यसपछिका केही दिनहरूमा, उहाँहरूले दिदी र मलाई विवेक नभएका भन्दै आरोप लगाइरहनुभयो। बुबाले पनि हामीलाई हाम्रो विश्‍वास र परिवारमध्ये एउटा रोज्न जिद्दी गरिरहनुभयो। मेरो हृदयमा, मलाई परमेश्‍वरमा विश्‍वास गर्नु नै सही मार्ग हो भन्‍ने थाहा थियो। म सानो छँदादेखि नै परमेश्‍वरले मलाई मार्गदर्शन दिइरहनुभएको र साथ दिइरहनुभएको थियो, र मेरो विश्‍वास मेरो जीवनको एउटा हिस्सा बनिसकेको थियो। म परमेश्‍वरलाई छोड्न सक्दिनथेँ। तर जब मैले आमाबुबाले मलाई हुर्काउन कति कडा परिश्रम गर्नुभयो भन्ने सोच्थेँ, तब मलाई हृदयमा उहाँहरूप्रति सधैं ऋणी भएको महसुस हुन्थ्यो, र म उहाँहरूको भावनामा चोट पुर्‍याउन पनि चाहन्नथेँ। के गर्ने मलाई थाहा थिएन, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरिरहेँ, र मलाई मार्गदर्शन गर्नुहोस् भनी उहाँसँग बिन्ती गरेँ। मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “परमेश्‍वरले यो संसार सृष्‍टि गर्नुभयो र यसमा उहाँले जीवन दिनुभएको जीवित प्राणी, मानिसलाई ल्याउनुभयो। त्यसपछि, मानिसले आमाबुबा र नातेदारहरू पायो, अनि ऊ उप्रान्त एकलो भएन। मानिसले यस भौतिक संसारलाई पहिलो पटक देखेदेखि नै, उसको भाग्यमा परमेश्‍वरको नियोजनमा बाँच्न लेखिएको थियो। परमेश्‍वरबाट आएको जीवनको सासले नै प्रत्येक जीवित प्राणीलाई हुर्काएर वयस्कतासम्म धान्छ। यस क्रममा, मानिस परमेश्‍वरको हेरचाहमा अस्तित्वमा रहन्छ र हुर्कन्छ भनेर कसैले महसुस गर्दैन; बरु, तिनीहरू मानिस आफ्ना आमाबुबाको लालनपालनको अनुग्रहमा हुर्कन्छ र उसको हुर्काइलाई उसैको जीवनको नैसर्गिक प्रवृत्तिले अघि बढाउँछ भन्‍ने विश्‍वास गर्छन्। यस्तो किन हुन्छ भने, मानिसले उसको जीवन उसलाई कसले दिएको हो वा यो कहाँबाट आउँछ भन्‍ने जान्दैन, जीवनको जन्मजात प्रवृत्तिले कसरी चमत्कारहरू सृजना गर्छ भन्‍ने कुरा जान्नु त परै जाओस्। उसको जीवनलाई निरन्तरता दिने आधार खाना हो, दृढता नै उसको जीवनको अस्तित्वको स्रोत हो, अनि उसको मनमा भएका विश्वासहरू नै पुँजी हुन् जसमाथि उसको अस्तित्व निर्भर हुन्छ भन्‍ने मात्र ऊ जान्दछ। मानिस परमेश्‍वरको अनुग्रह र उहाँको आपूर्तिबारे पूर्णतः अनजान हुन्छ र परमेश्‍वरले उसलाई दिनुभएको जीवन ऊ यसरी नै खेर फाल्छ…। परमेश्‍वरले दिनरात रेखदेख गर्ने एउटा व्यक्तिले पनि उहाँको आराधना गर्ने पहलकदमी लिँदैन। परमेश्‍वर आफूले योजना बनाएअनुसार, मानिसमा काम मात्र गर्नुहुन्छ, जसबाट कुनै पनि अपेक्षा गर्न सकिँदैन। कुनै दिन मानिस उसको सपनाबाट ब्युँझनेछ अनि उसले अचानक जीवनको मूल्य र अर्थलाई, परमेश्‍वरले उसलाई दिनुभएको सबै कुराका निम्ति उहाँले चुकाउनुभएको मूल्यलाई, र जुन उत्कटताका साथ परमेश्वर मानिस उहाँतर्फ फर्कियोस् भनी व्यग्र तृष्णा गर्नुहुन्छ, त्यसलाई महसुस गर्नेछ भन्ने आशाका साथ परमेश्‍वर यसो गर्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने मेरो जीवन परमेश्‍वरबाट आएको हो, र मलाई जीवनको यो सास दिनुहुने परमेश्‍वर नै हुनुहुन्छ, र उहाँले नै मलाई यस संसारमा बाँच्न दिनुभएको छ भन्ने मैले बुझेँ। मेरो परिवार र मेरा आमाबुबा परमेश्‍वरद्वारा नै मिलाइएका थिए। बाहिरबाट हेर्दा मेरा आमाबुबाले मलाई हुर्काएर ठूलो बनाउनुभएको हो जस्तो देखिए पनि, वास्तविकतामा, परमेश्‍वरले गुप्त रूपमा मेरो हेरचाह र सुरक्षा गरिरहनुभएको कारणले नै म आजसम्म बाँचेकी छु। मेरो बाल्यकालदेखि वयस्क हुँदासम्म, मेरा आमाबुबाले मेरा भौतिक आवश्यकताहरू र पढाइखर्च मात्र पूरा गरिदिनुभयो, तर उहाँहरूले विरलै मेरो वास्ता गर्नुभयो वा मलाई कसरी व्यवहार गर्ने भनेर सिकाउनुभयो। परमेश्‍वरका वचनहरू पढेर मात्र मैले कसरी सही व्यवहार गर्ने भनेर सिकेँ। जब म सानो थिएँ, तब मेरी कजन दिदी र म सानो-तिनो कुरामा झगडा गर्थ्यौं, र मेरी हजुरआमाले नै मलाई सहनशील र धैर्यवान् हुन, अनि सानो चित्तको नहुन वा बदला नलिन सिकाउनका लागि परमेश्‍वरका वचनहरू प्रयोग गर्नुहुन्थ्यो। स्कुलमा, मेरा धेरै सहपाठीहरू दुष्ट प्रवृत्तिहरूको पछि लाग्थे, र उनीहरू अनलाइन गेमको लतमा फसेका थिए अनि कलिलै उमेरमा प्रेम सम्बन्धमा परेका थिए। मैले परमेश्‍वरका वचनहरू पढेँ र के थाहा पाएँ भने यी कुराहरू परमेश्‍वरलाई मन पर्दैन, त्यसैले यी कुराहरूको पछि लाग्नमा मैले उनीहरूको सिको गरिनँ। युनिभर्सिटीमा, मेरा धेरै सहपाठीहरूले परीक्षामा चिट चोर्थे, आफ्नो शैक्षिक भविष्यका लागि शिक्षकहरूको चापलुसी गर्थे, र एकअर्काको शोषण गर्थे। परमेश्‍वरका वचनहरूबाट मैले परमेश्‍वरले हामी इमानदार मानिसहरू भएको चाहनुहुन्छ, र हामी छल, डाह, वा विवादमा लाग्नु हुँदैन भन्ने बुझेँ, त्यसैले यी कुराहरू गर्नमा मैले उनीहरूको सिको गरिनँ। साथै, म हुर्कँदै गर्दा, मैले धेरै डरलाग्दा र तर्साउने परिस्थितिहरूको सामना गरेँ, र प्रार्थनामा भर परेर अनि परमेश्‍वरलाई पुकारेर, मैले सधैं सहारा पाउन सकेँ र म डराउन छोडेँ। मलाई मार्गदर्शन गर्ने र केही सत्यताहरू बुझ्न मद्दत गर्ने परमेश्‍वरका वचनहरू नै थिए, त्यसैले म ती दुष्ट प्रवृत्तिहरूद्वारा भ्रममा परिनँ वा परीक्षामा परिनँ, र म दुष्ट वा पतित बनिनँ। मलाई सधैं हेरचाह र सुरक्षा गर्ने, अनि मलाई शान्तिपूर्ण र स्वस्थ रूपमा हुर्कन दिने पनि परमेश्‍वर नै हुनुहुन्थ्यो। मेरा आमाबुबाले मलाई जन्म दिनु परमेश्‍वरको पुर्वनियोजन थियो। उहाँहरूले मेरो पालनपोषण गर्नु पनि परमेश्‍वरकै सार्वभौमिकताअन्तर्गत थियो, र मैले परमेश्‍वरको प्रेमको बदला तिर्नुपर्छ। यतिका वर्ष परमेश्‍वरमा विश्‍वास गरेर पनि, मैले परमेश्‍वरका लागि खासै केही गरेकी थिइनँ, र मैले परमेश्‍वरको अनुग्रह र आशिष्‌हरूको आनन्द मात्र लिइरहेकी थिएँ। पहिले, मेरा आमाबुबाले मलाई नियन्त्रण गर्नुभएको कारण, मैले मेरा कर्तव्यहरू निर्वाह गरिनँ, तर म यसरी विद्रोही भइरहन सक्दिनथेँ, र म मेरा आमाबुवासँगको सम्बन्ध जोगाउनका लागि अब आफ्ना कर्तव्यहरू त्याग्न चाहन्नथेँ।

मैले परमेश्‍वरका वचनहरू अझ धेरै पढेँ: “परमेश्‍वरका वचनहरूले मानिसहरूलाई कुन सिद्धान्तद्वारा अरूसँग व्यवहार गर्न माग गर्छन्? परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू। मानिसहरूले पालन गर्नुपर्ने सिद्धान्त यही हो। परमेश्‍वरले सत्यता पछ्याउने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ; हामीले पनि प्रेम गर्नुपर्ने मानिसहरू यिनै हुन्। परमेश्‍वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्‍वरलाई घृणा गर्नेहरू, र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्‍वर घिन गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई घिन गर्नुपर्छ। परमेश्‍वर मानिसबाट यही माग गर्नुहुन्छ। यदि तेरा आमाबाबुले परमेश्‍वरमा विश्‍वास गर्दैनन् भने, यदि तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नु सही मार्ग हो र यसले मुक्तिको मार्गतर्फ डोर्‍याउँछ भन्‍ने राम्ररी थाहा छ, र तिनीहरू अग्रहणशील मात्र नभई तिनीहरूले परमेश्‍वरका विश्‍वासीहरूलाई दोष लगाउने र निन्दा पनि गर्ने गर्छन् भने, तिनीहरू निस्सन्देह सत्यताप्रति वितृष्णा राख्ने र त्यसलाई घृणा गर्ने मानिस हुन्, र तिनीहरू निस्सन्देह परमेश्‍वरलाई प्रतिरोध र घृणा गर्ने मानिस हुन्—र परमेश्‍वरले अवश्यै उनीहरूलाई तिरस्कार र घृणा गर्नुहुन्छ। के तँ त्यस्ता आमाबाबुलाई तिरस्कार गर्न सक्छस्? उनीहरूले परमेश्‍वरको विरोध र निन्दा गर्छन्—र त्यो अवस्थामा, निश्‍चित रूपमा उनीहरू पिशाच र शैतान हुन्छन्। के तँ उनीहरूलाई घृणा गर्न र श्राप दिन सक्छस्? यी सबै व्यावहारिक सवालहरू हुन्। यदि तेरा आमाबाबुले तँलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोके भने, तैँले उनीहरूसित कस्तो व्यवहार गर्नुपर्छ? तैँले परमेश्‍वरको मागलाई पालना गर्नुपर्छ: परमेश्‍वरले प्रेम गर्ने कुरालाई प्रेम गर्नूपर्छ, र परमेश्‍वरले घृणा गर्ने कुरालाई घृणा गर्नूपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। जब मैले: “परमेश्‍वरले प्रेम गर्ने कुरालाई प्रेम गर्नूपर्छ, र परमेश्‍वरले घृणा गर्ने कुरालाई घृणा गर्नूपर्छ,” भन्‍ने परमेश्‍वरको यो वचन देखेँ तब मैले कस्तो छनौट गर्नुपर्छ भन्ने कुरा अझ स्पष्टसँग बुझेँ। मेरा आमाबुबाले परमेश्‍वरमा विश्‍वास गर्नुहुन्नथ्यो र उहाँहरूले मलाई सताउने र विश्‍वास गर्नबाट रोक्ने प्रयास समेत गर्नुभयो। जब दिदी र मैले उहाँहरूलाई परमेश्‍वरको गवाही दियौं, तब बुबा धेरै रिसाउनुभयो र निन्दात्मक कुराहरू भन्दै परमेश्‍वरलाई सराप्नुभयो। उहाँहरूको सार दियाबलसहरूको जस्तै छ, र उहाँहरू शैतानका हुनुहुन्छ। पहिले, मलाई के लाग्थ्यो भने उहाँहरूले चिनियाँ कम्युनिष्ट पार्टीका आधारहीन अफवाहहरूद्वारा भ्रममा परेका कारण मात्र मेरो विश्‍वासको विरोध गर्नुभएको हो, तर जब अरूले पनि कम्युनिष्ट पार्टीका आधारहीन अफवाहहरू देखे, तब उनीहरूले सही र गलत खुट्ट्याउन सके र परमेश्‍वरको निन्दा गर्ने कम्युनिष्ट पार्टीको अन्धो सिको गरेनन्। तर मेरा आमाबुबाले खुट्ट्याउन सक्नुभएन, र उहाँहरूले अन्धाधुन्ध कम्युनिष्ट पार्टीको विश्‍वास गर्नुभयो र निन्दा गर्नमा त्यसकै साथ दिनुभयो। यसबाहेक, मेरा हजुरबुबा-हजुरआमाले उहाँहरूलाई पहिले नै सुसमाचार प्रचार गर्नुभएको थियो, तर उहाँहरूले स्वीकार गर्नुभएन, र पछि, जब उहाँहरूले हजुरबुबा-हजुरआमाले हामीलाई परमेश्‍वरमा विश्‍वास गर्न डोर्‍याइरहनुभएको देख्नुभयो, तब उहाँहरूले हजुरबुबा-हजुरआमाप्रति घृणा पाल्नुभयो, र उहाँहरूलाई आक्रमण र अपमान समेत गर्नुभयो। उहाँहरूले हजुरबुबा-हजुरआमालाई धम्की समेत दिँदै, यदि उहाँहरूले परमेश्‍वरमा विश्‍वास गरिरहनुभयो भने पैसा दिन बन्द गरिदिनेछौं भनेर भन्नुभयो। त्यस बेला, उहाँहरूले दिदी र मलाई पनि परमेश्‍वरमा विश्‍वास नगर्न निरन्तर धम्की दिनुभयो। यसपटक, जब उहाँहरूले हामी परमेश्‍वरमा विश्‍वास गर्छौं भन्ने थाहा पाउनुभयो, तब उहाँहरूले हामीसँग सम्बन्ध तोड्ने धम्की दिएर हामीलाई हाम्रो विश्‍वास त्याग्न बाध्य पार्ने प्रयास गर्नुभयो। मैले के महसुस गरेँ भने उहाँहरू मूर्ख र अज्ञानी वा खुट्ट्याउन असक्षम हुनुहुन्‍न रहेछ, तर उहाँहरूको प्रकृति नै परमेश्‍वरप्रतिको घृणा र उहाँको प्रतिरोध गर्ने खालको रहेछ। त्यो दिन, मैले परमेश्‍वरमा विश्‍वास गर्ने र सही मार्गमा हिँड्ने कुरा रोजेँ, तर मेरा आमाबुबाले मलाई सताउने र विरोध गर्ने प्रयास गरिरहनुभयो। म उहाँहरूकै बाटोमा थिइनँ, र म उहाँहरूको बन्धनमा परिरहन सक्दिनथेँ। त्यो रात, म कोल्टे फेर्दै छटपटाइरहेँ, निदाउन सकिनँ, र मैले निरन्तर परमेश्‍वरलाई प्रार्थना गरिरहेँ, र मलाई मार्गदर्शन गर्नुहोस् अनि मलाई मेरो कर्तव्य निर्वाह गर्ने मौका दिनुहोस् भनी परमेश्‍वरसँग बिन्ती गरेँ।

भोलिपल्ट बिहान, बुबाले मलाई गाडीमा स्कुल पुर्‍याइदिनुभयो। मेरो अन्तिम परीक्षा सकेपछि, मैले मेरो कापी चाँडै बुझाएँ, र मेरा सहपाठीहरू वरपर नभएको मौका छोपेर, मैले मेरा झोलाहरू प्याक गरेँ र आफ्नो कर्तव्य निर्वाह गर्न निस्किएँ। अहिले, म करिब दश वर्षदेखि मण्डलीमा मेरो कर्तव्य निर्वाह गरिरहेकी छु, र परमेश्‍वरका वचनहरू पढेर अनि मेरो कर्तव्यमा तालिम पाएर, मैले बिस्तारै सबै प्रकारका मानिसहरू, घटनाहरू र कामकुराहरू खुट्ट्याउन सिकेकी छु, र मैले मेरो भ्रष्ट स्वभावको बारेमा पनि केही बुझाइ प्राप्त गरेकी छु। बिस्तारै, म अलिअलि गर्दै मानव रूपमा जिउन थालेकी छु। जब म यो अनुभवबारे सम्झन्छु, तब म परमेश्‍वरप्रति धेरै आभारी हुन्छु। मैले सानैदेखि परमेश्‍वरमा विश्‍वास गरे पनि, म धेरै अज्ञानी र कायर थिएँ, र मलाई साँचो मार्ग थाहा भए पनि, मसँग त्यसलाई पक्रिराख्ने साहस थिएन। म मेरा आमाबुबाको दबाबमा झुकेँ र मैले राम्ररी सत्यताको खोजी गर्न र मेरो कर्तव्य निर्वाह गर्न सकिनँ। मलाई सधैं मार्गदर्शन गर्ने परमेश्‍वर नै हुनुहुन्छ, जसले आफ्ना वचनहरू प्रयोग गरेर मलाई जीवनको सही मार्गमा मार्गदर्शन गर्नुभएको छ। म परमेश्‍वरको प्रेम र मुक्तिका लागि आभारी छु।

अघिल्लो: १३. अब म मेरो छोराको बिहेका लागि पिर गर्दिनँ

अर्को: १६. म अब आफ्नो कर्तव्यमा केन्द्रित हुन सक्षम भएकी छु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्