५०. म किन यति स्वार्थी छु?

झाउ युन, चीन

सन् २०२० को मे महिनामा, म मण्डलीको एक अगुवा थिएँ। म सिस्टर चेन दानसँग साझेदार थिएँ, र हामी मण्डलीको कामका लागि जिम्मेवार थियौँ। कामलाई अनुगमन गर्न सजिलो होस् भनेर, हामी दुईले आफ्ना कामहरू बाँडफाँड गरेर सहकार्य गर्‍यौँ। म सुसमाचारको कामको लागि जिम्मेवार थिएँ, जबकि चेन दान मलजल गर्ने काम र सफा गर्ने कामका लागि जिम्मेवार थिइन्। त्यस समय, कामको आवश्यकताको कारण हामीले केही थप सुसमाचारसम्बन्धी कामदारहरू र मलजल गर्ने व्यक्तिहरू खोज्नुपर्ने थियो। चेन दान र मैले यस विषयमा छलफल गर्‍यौँ, र त्यसपछि मानिसहरू खोज्न र कामको व्यवस्था गर्न अलग-अलग काममा लाग्यौँ। केही दिनपछि, चेन दान एउटा सङ्गतिबाट फर्केर आइन्, र उनले नयाँ आएकाहरूलाई मलजल गर्नका लागि अलि राम्रो क्षमता भएका केही ब्रदर-सिस्टरहरूलाई खटाएकी छु भनेर निकै उत्साहित हुँदै भनिन्। यो सुन्नेबित्तिकै, म चिन्तित भएँ। मैले मनमनै सोचेँ, “तिमीले नयाँ आएकाहरूलाई मलजल गर्नका लागि उनीहरू सबैलाई पठायौ भने, मैले के गर्ने? मेरो सुसमाचारको कामको लागि त अझै मान्छेको अभाव छ! पछि, तिम्रो काम सबै मिलाइसकिएको हुनेछ, अनि के मेरो काम पछि पर्दैन र? मैले पनि तुरुन्तै सुसमाचारसम्बन्धी कामदारहरू खोजेर सुसमाचारको काम मिलाउनुपर्ने देखियो। नत्र, यदि मेरो काम राम्रोसँग पूरा भएन भने, माथिल्लो तहका अगुवाहरू र मेरा ब्रदर-सिस्टरहरूले मेरो बारेमा के सोच्नेछन्? के उनीहरूले मैले खास काम नै गरेकी छैन भनी भन्दैनन् र?” त्यसैले, त्यसपछि जब म मेरा ब्रदर-सिस्टरहरूसँग सङ्गतिमा बसेँ, तब मैले सुसमाचारको कामको बारेमा मात्रै कुरा गरेँ। मैले मलजल गर्ने कामको बारेमा सङ्गति गर्ने कार्यमा ध्यान दिइनँ। सङ्गति सकिनै लाग्दा मात्रै, मैले मन नलागी नलागी यसो सामान्य रूपमा उल्लेख गरेँ। मेरा ब्रदर-सिस्टरहरूले मलजल गर्ने काममा केही कठिनाइहरू आएको छ भनेर भनेको सुने तापनि, मैले नसुनेझैँ गरेँ, अनि ती समस्याहरू समाधान गर्न सङ्गति पनि गरिनँ। मैले मनमनै सोचेँ, “मलजल गर्ने काम चेन दानको जिम्मेवारी हो। उनले नै यी समस्याहरू समाधान गर्नुपर्छ। मैले आफ्नो जिम्मेवारीको काम राम्रोसँग गरेँ भने, त्यति नै पर्याप्त हुन्छ। म अरू कुरामा धेरै चासो दिन सक्दिनँ।” आफ्नो कामबारे रिपोर्ट गर्दा, मैले के देखेँ भने, चेन दानले खोजेका मलजल गर्ने व्यक्तिहरू सबै अलि राम्रो क्षमताका छन्, जबकि मेरा सुसमाचारसम्बन्धी कामदारहरू भने सामान्य क्षमताका छन्। मैले अलिकति प्रतिरोध महसुस गरेँ, “राम्रो क्षमता भएका कामदारहरू सबैलाई नयाँ आएकाहरूलाई मलजल गर्न खटाइए, जबकि मसँग भएका कामदारहरू सबै सामान्य छन्। मेरो कामको नतिजामा पक्कै असर पर्नेछ। पछि, यदि मलजल गर्ने कामको नतिजा सुसमाचारको कामको भन्दा राम्रो भयो भने, के म चेन दानभन्दा कमजोर देखिन्न र? अगुवाहरूले मेरो बारेमा के सोच्नुहुनेछ?” यो सोचेपछि, म निकै चिन्तित भएँ, र सुसमाचार प्रचार गर्नका लागि आफ्नो कर्तव्यमा बोझ बोक्ने, अझ केही राम्रो क्षमता भएका ब्रदर-सिस्टरहरू खोज्न चाहेँ। मैले नयाँ आएकाहरूलाई मलजल गर्ने दुई जना सिस्टरहरूलाई सम्झेँ। पहिले, आफ्नो कर्तव्यमा बोझ नबोकेकाले तिनीहरूको कर्तव्य फेरबदल गरिएको थियो, र तिनीहरूले हाल घरमा आत्मिक भक्ति र चिन्तन गरिरहेका थिए। पहिले बर्खास्त गरिएकी एक जना प्रचारक पनि थिइन्। अहिले, उनीहरू सबैले आफ्नो बारेमा केही बुझाइ हासिल गरेका थिए, र उनीहरू सबै कर्तव्य निर्वाह गर्न पनि चाहन्थे, त्यसैले मैले उनीहरूलाई सुसमाचार प्रचार गर्न पठाउन सक्थेँ। त्यसपछि, मलाई के याद आयो भने, हालै धेरै नयाँ मानिसहरू मण्डलीमा सामेल भएकाले मलजल गर्ने व्यक्तिहरूको अभाव थियो। धेरै मण्डलीहरूमा, नयाँ आएकाहरूलाई मलजल गर्ने कोही पनि थिएन, त्यसैले उनीहरूलाई मलजल गर्न पठाउनु बढी उपयुक्त हुन्थ्यो। तर फेरि सोचेँ, “यदि उनीहरू सबै नयाँ आएकाहरूलाई मलजल गर्न गए भने, मेरो सुसमाचारको काममा अझै पनि मान्छे कम हुनेछ। पछि, यदि मेरो कामको नतिजामा सुधार भएन भने, के ममा कार्य सामर्थ्यको कमी भएको देखिँदैन र? माथिल्लो तहका अगुवाहरूले मेरो बारेमा के सोच्नुहुनेछ? अझ, अहिले सुसमाचार प्रचार गर्नु धेरै महत्त्वपूर्ण पनि छ। यदि सुसमाचार प्रचार गर्न पर्याप्त मानिसहरू भएनन् भने, त्यो पनि त हुँदैन।” यो सोचेपछि, मैले तुरुन्तै सुसमाचार प्रचार गर्न ती तीन जना सिस्टरहरूलाई पठाएँ। पछि, मलजल गर्ने व्यक्तिहरूको अभावले गर्दा केही नयाँ आएकाहरूले समयमा मलजल पाएनन्, र झन्डै एक दर्जन नयाँ मानिसहरूले मण्डली छोडे। यसकारण चेन दान चिन्तित र व्याकुल थिइन्, र उनको अवस्था निकै दिक्दारीपूर्ण थियो। मैले भित्रभित्रै आफैलाई दोष पनि दिएँ। मैले कामप्रति गैरजिम्मेवार व्यवहार गरेकी छु, र चेन दानप्रति अलिकति पनि प्रेम देखाएकी छैनँ भन्ने महसुस गरेँ। यदि चेन दान र मैले एउटै मनका भएर मानिसहरू खटाउन र सहकार्यमा काम गर्न सकेका भए, नयाँ आएकाहरूले समयमा मलजल नपाएर मण्डली छोड्ने थिएनन्, र चेन दान पनि यति दिक्दार हुने थिइन। तर त्यतिबेला मैले यो पनि सोचेँ, “मलजल गर्ने काम त चेन दानको जिम्मेवारी हो—यो मेरो मुख्य जिम्मेवारी होइन। मैले आफ्नो काममा ध्यान दिएँ भने, महत्त्वपूर्ण कुरा त्यही हो।” यसरी, मलजल गर्ने काममा आएका समस्याहरूप्रति म चिन्तित वा व्याकुल भइनँ।

एकदिन, माथिल्लो तहका अगुवाहरूबाट एउटा पत्र आयो, जसमा मण्डलीको सफा गर्ने काममा प्रगति गर्न आग्रह गरिएको थियो। चेन दानको स्वास्थ्य राम्रो नभएको र उनी अरू काममा व्यस्त भएकीले, उनले सफा गर्ने कामलाई कहिल्यै अनुगमन गर्न वा कार्यान्वयन गर्न सकेकी थिइन भन्ने मैले देखेँ। मैले मनमनै सोचेँ, “यदि यो काम तुरुन्तै कार्यान्वयन गरिएन भने, के यसमा ढिलाइ हुँदैन र? सायद मैले नै यसलाई अनुगमन गरेर कार्यान्वयन गर्नुपर्छ।” तर त्यसपछि मेरो विचार बदलियो, “सफा गर्ने काम चेन दानको जिम्मेवारी हो। मैले यो राम्रोसँग गरेँ भने पनि, यसलाई मेरो योगदानको रूपमा हेरिनेछैन। साथै, अहिले सुसमाचारको काम पनि निकै व्यस्त छ। यदि म सफा गर्ने कामलाई अनुगमन गर्न गएँ भने, कतै त्यसले सुसमाचारको काममा ढिलाइ पो गराउँछ कि, अनि माथिल्लो तहका अगुवाहरूले मलाई काटछाँट गर्नुभयो भने के गर्ने?” यो विचार गरेपछि, मैले जान चाहिनँ। त्यो रात, मेरो टाउको अचानक फुट्ला जस्तै गरी दुख्न थाल्यो। मैले के महसुस गरेँ भने, सायद म निकै स्वार्थी भएकोले र सफा गर्ने कामको वास्ता गर्न नचाहेकोले यो मप्रति परमेश्‍वरको ताडना हो। मैले हतारहतार पश्चात्ताप गर्दै परमेश्‍वरलाई प्रार्थना गरेँ, “प्यारो परमेश्‍वर, मलाई थाहा छ सफा गर्ने काममा ढिलाइ गर्नु हुँदैन, तर यो काम चेन दानको जिम्मेवारी भएकोले, म यसमा संलग्न हुन चाहन्न। म साँच्चै नै निकै स्वार्थी र दुष्ट छु! म जतिसक्दो चाँडो सफा गर्ने कामलाई अनुगमन गर्न र कार्यान्वयन गर्न आफ्नो देहको विरुद्ध विद्रोह गर्न इच्छुक छु।”

भोलिपल्ट बिहान, मेरो टाउको अझै भयानक रूपमा दुखिरहेको थियो। मैले जबर्जस्ती सफा गर्ने काम पूरा गरेँ, त्यसपछि मात्र मेरो टाउको बिस्तारै दुख्न छोड्यो। फर्किएपछि, मैले आफ्नो बारेमा चिन्तन गरेँ। मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “परमेश्‍वरको घरमा सत्यता पछ्याउने मानिसहरू परमेश्‍वरसामु एकतामा हुन्छन्, विभाजित हुँदैनन्, र उनीहरूको एउटै साझा लक्ष्य हुन्छ, र त्यो हो: आफ्नो कर्तव्य पूरा गर्नु, आफूलाई आइपरेको काम गर्नु, सत्यता सिद्धान्तहरूअनुसार काम गर्नु, परमेश्‍वरले माग गर्नुभएअनुसार काम गर्नु, र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्नु। यदि तेरा उद्देश्यहरू यसका खातिर होइनन्, बरु तेरा आफ्नै खातिर हुन्, तेरा आफ्नै स्वार्थी कामनाहरू पूरा गर्नका खातिर हुन् भने, यो भ्रष्ट शैतानी स्वभावको प्रकटीकरण हो। परमेश्‍वरको घरमा, व्यक्तिको कर्तव्य सत्यता सिद्धान्तअनुसार गरिन्छ। गैरविश्‍वासीहरूका कार्यहरू उनीहरूका शैतानी स्वभावहरूद्वारा नियन्त्रित हुन्छन्। यी दुई अति फरक मार्गहरू हुन्। गैरविश्‍वासीहरूले आफ्नै षड्यन्त्र पालेका हुन्छन्, प्रत्येकसँग आफ्नै उद्देश्य र योजनाहरू हुन्छन्, अनि प्रत्येक व्यक्ति आफ्नै स्वार्थका लागि जिउँछ। यसरी उनीहरू आफ्नै फाइदाको लागि सङ्घर्ष गर्छन्, र आफूले पाएको एक इन्च छोड्न पनि इच्छुक हुँदैनन्। उनीहरू विभाजित, र तितरबितर अवस्थामा हुन्छन्, किनकि उनीहरूको साझा लक्ष्य हुँदैन। उनीहरूले जे गर्छन् त्यसपछाडि रहेको अभिप्राय र प्रकृति एउटै हुन्छ—उनीहरू सबै आफ्नै लागि कार्य गर्छन्। यसमा, सत्यले शासन गर्दैन, शैतानको भ्रष्ट स्वभावसँग पूर्ण शक्ति र प्रभुत्व हुन्छ। उनीहरू आफ्नो भ्रष्ट शैतानी स्वभावद्वारा नियन्त्रित हुन्छन्, र यसमा उनीहरूको केही जोर चल्दैन र यसकारण उनीहरू पापमा झन्झन् गहिरो गरी डुब्छन्। परमेश्‍वरको घरमा, यदि तिमीहरूका कार्यहरूको सिद्धान्त, तरिका, प्रेरणा, र सुरुवाती बिन्दु गैरविश्‍वासीहरूका भन्दा फरक हुँदैनन् भने, यदि तिमीहरूलाई भ्रष्ट शैतानी स्वभावले खेलाउँछ, नियन्त्रण गर्छ र गोटीझैँ चलाउँछ भने र यदि तिमीहरूका कार्यहरूका सुरुवाती बिन्दु तिमीहरूका आफ्नै स्वार्थहरू, प्रतिष्ठा, घमन्ड र हैसियत हुन्छन् भने, तिमीहरूले गरेका कर्तव्य गैरविश्‍वासीहरूका कार्यहरूभन्दा फरक हुँदैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूबाट मैले के महसुस गरेँ भने, जो मानिसहरू साँच्चै परमेश्‍वरमा विश्वास गर्छन् र सत्यता पछ्याउँछन्, उनीहरू सत्यता खोज्न र सिद्धान्तहरूअनुसार काम गर्न सक्षम हुन्छन्। अरू मानिसहरूसँग मिलेर कर्तव्य निर्वाह गर्दा, उनीहरूसँग कुनै व्यक्तिगत स्वार्थ वा चाहना हुँदैन। उनीहरूले जे-जे गर्छन्, आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्नका लागि गर्छन्। यसको विपरीत, गैरविश्‍वासीहरू आफ्नो शैतानी स्वभावअनुसार जिउँछन्। उनीहरू आफ्नै हितको रक्षा गर्न मात्र काम गर्छन्, र अरूसँग काम गर्दा आफ्नै षड्यन्त्रहरू लुकाएर राख्छन्। उनीहरू ख्याति र प्राप्तिका लागि प्रतिस्पर्धा गर्छन्, ईर्ष्या र कलहमा संलग्न हुन्छन्, र आफ्नो व्यक्तिगत लक्ष्यहरू प्राप्त गर्नका लागि बेइमान हुन्छन्, एक-अर्काको शोषण गर्छन् र धोका दिन्छन्। मैले परमेश्‍वरका वचनहरूलाई आफ्नो अवस्थासँग तुलना गरेँ। मलजल गर्ने व्यक्तिहरूको अभाव छ, र केही नयाँ आएकाहरूलाई मलजल गर्ने कोही छैन, यसकारण चेन दान चिन्तित र व्याकुल छिन् भन्ने मलाई राम्ररी थाहा थियो। तथापि, आफ्नो ख्याति र हैसियतको रक्षा गर्न, मैले नयाँ आएकाहरूलाई मलजल गर्न सिपालु मानिसहरूलाई जबर्जस्ती सुसमाचार प्रचार गर्न पठाएँ। यसले गर्दा केही नयाँ आएकाहरू समयमा मलजल नपाएर मण्डली छोडे, जसले गर्दा मलजल गर्ने काममा हानि पुग्यो। चेन दानको स्वास्थ्य राम्रो छैन र उनले सफा गर्ने कामलाई तुरुन्तै पछ्याएर कार्यान्वयन गरेकी छैनन्, अनि मैले यो काम जतिसक्दो चाँडो कार्यान्वयन गर्नुपर्छ भन्‍ने मलाई स्पष्ट थाहा थियो। तर, यो काममा ध्यान र सोच खर्च गर्दा सुसमाचारको काममा बाधा पुग्नेछ, र पछि यदि सुसमाचारको कामको नतिजा खस्कियो भने, म नराम्रो देखिनेछु भन्‍ने कुरामा मलाई डर थियो। त्यसैले, म संलग्न हुनुको सट्टा सफा गर्ने काममा ढिलाइ भएको हेरिरहेँ। मेरा कामहरूलाई फर्केर हेर्दा, ती साँच्चै नै गैरविश्‍वासीहरूका भन्दा कुनै पनि हिसाबले फरक थिएनन्। गैरविश्‍वासीहरूले पूर्ण रूपमा संसारसँग व्यवहार गर्ने शैतानको दर्शनअनुसार काम गर्छन्। उनीहरू निकै स्वार्थी र दुष्ट हुन्छन्। उनीहरूले आफ्नै हितको मात्र चिन्ता गर्छन् र अरू जिउँछन् कि मर्छन् भन्ने कुराको वास्ता गर्दैनन्। म नाम मात्रको विश्वासी भए तापनि, म ठ्याक्कै गैरविश्‍वासीले जस्तै बोल्थेँ र काम गर्थेँ। मैले गरेको हरेक काम आफ्नै हितको लागि षड्यन्त्र रच्‍ने कार्यमा केन्द्रित थियो। मैले आफ्नो ख्याति र हैसियतको रक्षा गर्ने कुरामा मात्र ध्यान दिएँ। मैले आफ्नो जिम्मामा परेको कामको हेरचाह गरेँ, तर अरू कामलाई पटक्कै वास्ता गरिनँ, र मण्डलीको समग्र कामलाई अलिकति पनि विचार गरिनँ। म मण्डलीको काममा हानि भइरहेको देखेर पनि केही महसुस नगरी चुपचाप हेरिरहेँ। म साँच्चै नै कति स्वार्थी र दुष्ट रहेछु! के मैले यी सबमा मानवता वा समझको अलिकति पनि सङ्केत देखाएँ र? के यसरी आफ्नो कर्तव्य पूरा गर्नु परमेश्‍वरको अभिप्रायअनुसार थियो र?

पछि, मैले आफ्नो अवस्थालाई सम्बोधन गर्न परमेश्‍वरका सान्दर्भिक वचनहरू खाएँ र पिएँ। मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “ख्रीष्टविरोधीहरूसित कुनै विवेक, समझ वा मानवता हुँदैन। तिनीहरू लाज पचाउने मात्र हुँदैनन्, तिनीहरूको अर्को विशेषता पनि हुन्छ: तिनीहरू असामान्य रूपले स्वार्थी र दुष्ट हुन्छन्। तिनीहरूको ‘स्वार्थी र दुष्ट’ को शाब्दिक अर्थ बुझ्न गाह्रो छैन। यसको अर्थ व्यक्तिले नाफाबाहेक केही खोज्दैन भन्ने हो। यदि कुनै कुरा तिनीहरूका हितसँग सम्बन्धित छ भने तिनीहरूले त्यसमै हृदय लगाउनेछन्, तिनीहरूले दुःख पाउनेछन् र त्यसका लागि मूल्य तिर्नेछन्, साथै त्यसमा सोच र ऊर्जा लगाउनेछन्। यदि कुनै कुरा तिनीहरूको हितसँग सम्बन्धित छैन भने, तिनीहरूले त्यसप्रति आँखा चिम्लन्छन् र त्यसलाई ध्यान दिँदैनन्; तिनीहरूले अरूलाई जे मन लाग्यो त्यही गर्न दिन्छन्—यदि कसैले बाधा वा अवरोध सिर्जना गरिरहेको भए पनि तिनीहरूले त्यसलाई बेवास्ता गर्छन् र आफूसँग त्यसको कुनै सम्बन्ध छैन भन्ने सोच्छन्। राम्रो तरिकाले भन्‍नुपर्दा, तिनीहरूले आफ्नै काममा ध्यान दिन्छन्, तर यस किसिमको व्यक्ति नीच, तुच्छ र घिनलाग्दो हुन्छ भन्नु अझै सटीक हुन्छ—हामी तिनीहरूलाई ‘स्वार्थी र दुष्ट’ भनेर चित्रण गर्दछौँ। … तिनीहरूले चाहे जुनै कार्यको जिम्मा लिए पनि ख्रीष्टविरोधीहरू परमेश्‍वरको घरका हितहरूबारे कहिल्यै केही पनि सोच्दैनन्। तिनीहरू आफ्ना हितहरू प्रभावित भएका छन् कि छैनन् भन्‍ने कुरालाई मात्र ख्याल गर्छन्, र आफ्नो अगाडि भएको र आफूलाई फाइदा गर्ने थोरै कामको बारेमा मात्र सोच्छन्। तिनीहरूका लागि मण्डलीको प्राथमिक काम आफ्नो फुर्सदको समयमा गर्ने काम मात्र हुन्छ। तिनीहरूले यसलाई कुनै गम्भीरतासाथ लिँदैनन्। तिनीहरू करकापमा मात्र काम गर्छन्, आफूलाई मनपर्ने काम मात्र गर्छन् र आफ्नो शक्ति र हैसियतलाई कायम राख्नका निम्ति मात्र काम गर्छन्। तिनीहरूको नजरमा परमेश्‍वरको घरद्वारा प्रबन्ध गरिएको कुनै पनि काम, सुसमाचार फैलाउने काम र परमेश्‍वरका चुनिएका जनहरूको जीवन प्रवेशको कुनै महत्त्व हुँदैन। अरू मानिसहरूलाई तिनीहरूको काममा जस्तोसुकै कठिनाइहरू भए पनि तिनीहरूले जुनै समस्या पहिचान गरे पनि वा तिनीहरूलाई जुनै समस्याको रिपोर्ट गरे पनि, तिनीहरूका कुराहरू जति नै इमानदार भए पनि, ख्रीष्टविरोधीहरूले त्यसमा ध्यान दिँदैनन्, तिनीहरू संलग्न हुँदैनन्, मानौं तिनीहरूसित यसको कुनै सम्बन्ध छैन। मण्डलीको काममा जति ठूला समस्याहरू उत्पन्‍न भइरहेका भए पनि तिनीहरू बिलकुलै उदासीन हुन्छन्। तिनीहरूकै अगाडि कुनै समस्या प्रस्तुत हुँदा पनि तिनीहरूले झाराटारुवा तरिकाले मात्र त्यसलाई सम्बोधन गर्छन्। जब माथिकाले तिनीहरूलाई सिधै काटछाँट गर्नुहुन्छ र कुनै समस्या समाधान गर्न आदेश दिनुहुन्छ, तब मात्रै तिनीहरूले अनिच्छापूर्वक अलिकति वास्तविक काम गर्छन् र माथिकालाई नाटक देखाउँछन्। त्यसपछि, तिनीहरू आफ्नै मामिलाहरूमा व्यस्त रहिरहन्छन्। जब मण्डलीको कामको, र समग्र अवस्थासँग सम्बन्धित महत्त्वपूर्ण मामिलाहरूको कुरा आउँछ, तिनीहरूले यी कुनै पनि कुरालाई चासो दिँदैनन् र तिनलाई बेवास्ता गर्छन्, र तिनीहरूले समस्याहरू पत्ता लगाउँदा समेत तिनलाई सम्हाल्दैनन्। अरूले जस्तोसुकै समस्याहरूको कुरा उठाए पनि, तिनीहरूले झाराटारुवा तरिकाले जवाफ दिन्छन् र आनाकानी गर्छन्, र ठूलो अनिच्छाका साथ मात्रै समस्याहरूलाई सम्बोधन गर्छन्। के यो स्वार्थीपन र दुष्टताको प्रकटीकरण होइन र? यसबाहेक, ख्रीष्टविरोधीहरूले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, तिनीहरूले सधैँ आफू चर्चामा आउन सक्छु कि सक्दिनँ भन्ने कुरालाई ख्याल गर्छन्; जबसम्म कुनै कर्तव्यले तिनीहरूको ख्याति बढाउन सक्छ, तबसम्म तिनीहरूले दिमाग खियाउनेछन् र त्यो कसरी गर्ने र त्यसलाई कसरी अगाडि बढाउने भनी सिक्न हर सम्भव तरिका अपनाउने प्रयास गर्नेछन्। तिनीहरू अरूभन्दा माथि उठ्न सकुन्जेल सन्तुष्ट हुन्छन्। तिनीहरू जे गरिरहेका वा जे कुराका बारेमा सोचिरहेका भए पनि, तिनीहरू हरेक मोडमा आफ्नै ख्याति, प्राप्ति, र हैसियतको लागि मात्रै सोच्छन्। तिनीहरूले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, तिनीहरू को श्रेष्ठ छ, कसले जित्छ, र कसको ठूलो प्रतिष्ठा छ भनी हेर्न मात्रै प्रतिस्पर्धा गर्छन्। तिनीहरू कति जना मानिसहरूले आफूलाई मूर्तिपूजा गर्छन् र आदर गर्छन्, कति जना मानिसहरूले आफ्नो कुरा सुन्छन् र आफूलाई पछ्याउँछन् भन्‍नेबारे मात्र चासो राख्छन्। तिनीहरूले कहिल्यै सत्यताबारे सङ्गति गर्दैनन् वा वास्तविक समस्याहरू समाधान गर्दैनन्। तिनीहरूले सिद्धान्तहरूअनुसार परिस्थितिहरूलाई सम्हाल्ने तरिकाले आफ्नो कर्तव्य कसरी निर्वाह गर्ने भनी कहिल्यै ख्याल गर्दैनन्, न त तिनीहरूले आफूमा अर्पण छ कि छैन, आफूले आफ्ना जिम्मेवारीहरू पूरा गरेको छु कि छैन, आफ्नो काममा कुनै विचलन, भूलचुक, वा समस्याहरू छन् कि छैनन् भनी आत्मचिन्तन गर्छन्, र परमेश्‍वरका मागहरू के-के हुन्, र परमेश्‍वरका अभिप्रायहरू के-के हुन् भन्ने कुरालाई त झनै ख्याल गर्दैनन्। तिनीहरूले यी सबै कुराहरूप्रति अलिकति पनि ध्यान दिँदैनन्। तिनीहरू ख्याति, प्राप्ति, र हैसियतका लागि, र आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्नका लागि मात्रै आफ्नो काममा डुब्छन्। के यो स्वार्थीपन र दुष्टताको प्रकटीकरण होइन र? यसले तिनीहरूका हृदयहरू महत्त्वाकाङ्क्षा, चाहना, र अनुचित मागहरूले भरिएका छन्, र तिनीहरूको हरेक कार्य तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरूद्वारा निर्देशित हुन्छ भन्‍ने तथ्यलाई पूर्ण रूपमा खुलासा गर्छ। तिनीहरूले जे गरे पनि, तिनीहरूका कार्यहरूको उत्प्रेरणा र स्रोत आफ्नै महत्त्वाकाङ्क्षा, चाहना, र अनुचित मागहरूबाट आउँछन्। यो स्वार्थीपन र दुष्टताको एउटा नमुना प्रकटीकरण हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक))। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मैले के महसुस गरेँ भने, ख्रीष्टविरोधीहरू स्वार्थी र दुष्ट हुन्छन्, र उनीहरूमा विवेक र समझको कमी हुन्छ। उनीहरूले परमेश्‍वरमाथिको आफ्नो विश्वास र कर्तव्यको पालनामा जति नै त्याग र समर्पण गरे तापनि, उनीहरूले आफ्नो ख्याति र हैसियतको लागि मात्र मूल्य चुकाउँछन्, र मण्डलीको कामको पटक्कै रक्षा गर्दैनन्। मेरा आफ्नै व्यवहारहरूको बारेमा सोच्दा, के ती ख्रीष्टविरोधीहरूका जस्तै थिएनन् र? अगुवाहरूबाट प्रशंसा पाउनका लागि, मैले हरबखत आफ्नो कर्तव्यको नतिजालाई चेन दानको कर्तव्यको नतिजासँग तुलना गरेँ। आफ्नो कामको नतिजा सुधार्न र आफ्नो ख्याति र हैसियतको रक्षा गर्न, मलजल गर्ने व्यक्तिहरूको अभाव छ भनेर राम्ररी थाहा हुँदाहुँदै पनि, मैले आफ्नो विवेकलाई दबाएँ र सिद्धान्तहरूको विरुद्ध गएर, नयाँ आएकाहरूलाई मलजल गर्न सिपालु रहेका मानिसहरूलाई सुसमाचार प्रचार गर्न पठाएँ। मैले मानिसहरूलाई मेरो ख्याति र हैसियतको सेवा गर्न आफ्नै अख्तियारमुनि फसाएँ, र मण्डलीको समग्र कामलाई अलिकति पनि विचार गरिनँ। यसले गर्दा केही नयाँ आएकाहरूले समयमा मलजल नपाएर मण्डली छोडे। यसबाहेक, लामो समयसम्म मैले मण्डलीको सफा गर्ने कामलाई अनुगमन वा कार्यान्वयन नगरिएको हेरिरहेँ, र यसबारे सोधपुछ गर्न अलिकति पनि चासो देखाउन चाहिनँ। म साँच्चै नै स्वार्थी, लोभी, नीच, र दुर्भावपूर्ण थिएँ, ममा विवेक वा समझको एक टुक्रा पनि थिएन। ब्रदर-सिस्टरहरूले मलाई अगुवाको रूपमा चुनेका थिए, त्यसैले मैले परमेश्‍वरको अभिप्रायलाई ख्याल गर्नुपर्थ्यो, र ब्रदर-सिस्टरहरूसँग एउटै हृदय र मनले मण्डलीको कामको रक्षा गर्नुपर्थ्यो, ताकि हामीले धेरै मानिसहरूलाई परमेश्‍वरको मुक्ति स्वीकार गर्न परमेश्‍वरको घरमा ल्याउन सकौँ। तर, म हरबखत संसारसँग व्यवहार गर्ने शैतानको दर्शनअनुसार जिइरहेकी थिएँ, मैले “आफ्‍नो दुनो आफैले सोझ्याउनुपर्छ” र “अरूभन्दा फरक देखिने र उत्कृष्ट हुने लक्ष्य राख्‍नुपर्छ” जस्ता विषहरूलाई पछ्याइरहेकी थिएँ। मैले गरेको हरेक काममा, मेरो सिद्धान्त भनेको आफ्नै लागि, आफ्नै फाइदाको लागि त्यो काम गर्नुपर्छ भन्‍ने थियो। आफ्नै हितको लागि षड्यन्त्र रच्ने र आफ्नो ख्याति र हैसियतको रक्षा गर्ने काम बाहेक मैले केही गरिनँ। मैले नयाँ आएकाहरूले मण्डली छोडेको, मण्डलीको काममा हानि पुगेको, र मैले सहकार्य गरेकी सिस्टर चेन दानको अवस्था नकारात्मक भएको देखे तापनि, म अविचलित रहेँ। म कति कठोर र निर्दयी थिएँ! मेरा व्यवहारहरूले कसरी ख्रीष्टविरोधीहरूको स्वभाव प्रकट गरे भनेर हेर्दा, मैले के देखेँ भने, म साँच्चै नै ख्रीष्टविरोधीहरूको मार्गमा हिँडिरहेकी रहेछु! जब मैले यो बुझेँ, म पछुतोले भरिएँ, र मैले आफैलाई घृणा गरेँ। मैले पश्चात्तापमा परमेश्‍वरलाई प्रार्थना गरेँ, र म आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न सत्यता खोज्न इच्छुक भएँ।

आफ्नो आत्मिक भक्तिको दौरान, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “परमेश्‍वरले सत्यता व्यक्त गर्ने र मानिसहरूलाई मुक्ति दिने यति महान काम गर्नुभएको छ, र यसमा आफ्नो सारा रगत-पसिना लगाउनुभएको छ। परमेश्‍वरले यो सबैभन्दा न्यायवान् अभियानलाई अत्यन्तै गम्भीर रूपमा लिनुहुन्छ; उहाँले मुक्ति दिन चाहनुहुने यी मानिसहरूका लागि नै उहाँको सारा रगत-पसिना खर्च गरिएको छ, उहाँका सबै अपेक्षाहरू पनि यी मानिसहरूमै छन्, र उहाँले आफ्नो ६,००० वर्षे व्यवस्थापन योजनाबाट प्राप्त गर्न चाहनुहुने अन्तिम परिणाम र महिमा पनि यी मानिसहरूमै पूरा हुनेछन्। यदि कसैले आफूलाई परमेश्‍वरविरुद्ध उभ्याउँछ, यो अभियानको विरोध गर्छ, यसमा बाधा दिन्छ, वा यसको परिणाम नष्ट गर्छ भने, के परमेश्‍वरले उसलाई क्षमा गर्नुहुनेछ त? (गर्नुहुनेछैन।) के यसले परमेश्‍वरको स्वभाव चिढ्याउँदैन र? यदि तैँले परमेश्‍वरलाई पछ्याउँछु, मुक्ति पछ्याउँछु, परमेश्‍वरको छानबिन र अगुवाइ स्विकार्छु, र परमेश्‍वरको न्याय र सजाय स्विकार्छु र तिनमा समर्पित हुन्छु भनेर भनिरहन्छस्, तर तैँले यी कुराहरू बोल्दै गर्दा पनि मण्डलीको विभिन्‍न कामलाई अवरोध, बाधा र विनाश गरिरहेको हुन्छस्, र तेरो बाधा, अवरोध, र विनाशको कारण, वा तैँले कर्तव्यमा लापरवाही वा बेवास्ता गरेको कारण, वा तेरा स्वार्थी चाहनाहरू र आफ्नै हितहरू पछ्याउने तेरो लक्ष्यका कारण, तैँले परमेश्‍वरको घरका हितहरू, मण्डलीका हितहरू, र अरू धेरै पक्षहरूमा हानि गर्छस्, यहाँसम्म कि परमेश्‍वरको घरको कामलाई गम्भीर रूपमा बाधा दिन्छस् वा नष्ट पार्छस् भने, तेरो जीवन पुस्तकमा परमेश्‍वरले तेरो परिणामलाई कसरी मूल्याङ्कन गर्नुपर्छ? तँलाई कसरी चित्रण गर्नुपर्छ? निष्पक्ष रूपमा भन्‍नुपर्दा, तँलाई दण्ड दिइनुपर्छ। यो त तँ जेको लायक छस् त्यही पाउनु हो। अब तिमीहरू के बुझ्छौ? मानिसहरूका हितहरू के हुन्? (ती दुष्ट कुराहरू हुन्।) मानिसहरूका हितहरू वास्तवमा तिनीहरूका सबै अत्यधिक चाहनाहरू हुन्। सिधै भन्दा, ती सबै परीक्षा हुन्, ती सबै भ्रम हुन्, र ती सबै मानिसहरूलाई परीक्षा गर्न शैतानले प्रयोग गर्ने चारो हुन्। ख्याति, प्राप्ति र हैसियत पछ्याउनु, र आफ्नै हितहरू पछ्याउनु—यो त दुष्टता गर्न शैतानसँग सहकार्य गर्नु, र परमेश्‍वरको विरोध गर्नु हो। परमेश्‍वरको काममा अवरोध गर्ने हेतुले, शैतानले मानिसहरूलाई परीक्षा गर्न, बाधा दिन, बहकाउन, परमेश्‍वरलाई पछ्याउनबाट रोक्न विभिन्‍न वातावरणहरू पैदा गर्छ, ताकि तिनीहरू परमेश्वरप्रति समर्पित हुन असक्षम होऊन् र यसको साटो, तिनीहरूले शैतानसँग सहकार्य गरून् र त्यसैलाई पछ्याऊन्, र जानीजानी परमेश्‍वरको काममा बाधा दिन र त्यसलाई नष्ट गर्न खडा होऊन्। परमेश्‍वरले सत्यताबारे जति नै सङ्गति गर्नुभए पनि, त्यस्ता मानिसहरू अझै पनि होसमा आउँदैनन्। परमेश्‍वरको घरले तिनीहरूलाई जति नै काटछाँट गरे पनि, तिनीहरू सत्यता स्विकार्दैनन्। तिनीहरू परमेश्‍वरमा पटक्‍कै समर्पित हुँदैनन्, बरु आफ्नै तरिकाले काम गर्न र जे मन लाग्यो त्यही गर्न जोड दिन्छन्। फलस्वरूप, तिनीहरूले मण्डलीको काममा बाधा दिन्छन् र त्यसलाई नष्ट गर्छन्, मण्डलीको विविध कामको प्रगतिमा गम्भीर असर पार्छन्, र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा ठूलो हानि गर्छन्। यो पाप अत्यन्तै ठूलो हुन्छ, र त्यस्ता मानिसहरूलाई परमेश्‍वरले अवश्यै दण्ड दिनुहुनेछ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के महसुस गरेँ भने, परमेश्‍वरको स्वभावले मानिसद्वारा गरिने उल्लङ्घनलाई सहन गर्दैन। परमेश्‍वरले मानिसहरूको एउटा समूहलाई मुक्ति दिन र प्राप्त गर्न आफ्नो सम्पूर्ण रगत-पसिना लगाउनुभएको छ। यदि हामीले आफ्नै हित कायम राख्नका लागि आफ्नो कर्तव्य निर्वाह गर्छौं, र त्यसले गर्दा मण्डलीको काममा हानि पुर्‍याउँछौं भने, यो त नाश गर्न र भत्काउन शैतानको नोकरको रूपमा काम गर्नुजस्तै हो। यो दुष्ट काम गर्नु र परमेश्‍वरको प्रतिरोध गर्नु हो। यस्तो प्रकारको व्यक्तिलाई परमेश्‍वरद्वारा दोषी ठहराइनेछ र दण्ड दिइनेछ। मैले सोचेँ, मैले आफ्नो कर्तव्यको निर्वाहमा कस्तो भूमिका खेलेको छु? मण्डलीको अगुवाको रूपमा, मैले मण्डलीको कामको रक्षा गर्न अगुवाइ गरिनँ, बरु, मैले आफ्नो कर्तव्य निर्वाह गर्ने मौकाको फाइदा उठाएर ख्याति र हैसियत खोजेँ, र ख्याति र फाइदाको लागि मानिसहरूसँग लडेँ। यसले मण्डलीको काममा अवरोध र बाधा पुर्‍यायो। चेन दान र म मण्डलीको काम गर्न सँगै सहकार्यमा थियौँ। मैले मण्डलीका सबै कामहरूको निरीक्षण र रक्षा गर्नुपर्थ्यो, ताकि मण्डलीको काम सहज रूपमा अघि बढोस्। यी मेरो भूमिकाका कर्तव्यहरू थिए, र यो एउटा पन्छिनै नमिल्ने जिम्मेवारी थियो। हामीले हाम्रो कामको दक्षता सुधार्न र अझ राम्रोसँग काम गर्नका लागि कामको जिम्मेवारी बाँडेका थियौँ, तर यसको मतलब यो थिएन कि मेरी सिस्टरको जिम्मेवारीमा परेको कामप्रति मेरो कुनै जिम्मेवारी हुँदैन: मण्डलीको कुनै पनि काममा समस्या आएमा म आफ्नो जिम्मेवारीबाट पन्छिनु हुँदैनथियो। तर, म स्वार्थी र लोभी थिएँ। जब हामीले आफ्ना कामहरू बाँड्यौँ, तब मैले मेरी सिस्टरसँग एउटै टोलीको रूपमा काम गरिनँ। मैले आफ्नो ख्याति र हैसियतको रक्षा गर्नका लागि सिद्धान्तविपरीत तरिकाले मानिसहरूको कर्तव्य मिलाउने काम गरेँ। यसले गर्दा नयाँ आएकाहरूले मलजलको अभावमा मण्डली छोडे, र मण्डलीको काममा ठूलो हानि पुग्यो। यसबाहेक, परमेश्‍वरको घरले बारम्बार सफा गर्ने काम जतिसक्दो चाँडो पूरा गर्न, र मण्डलीबाट अविश्‍वासीहरू, दुष्ट मानिसहरू, र ख्रीष्टविरोधीहरूलाई निकाल्न र निष्कासित गर्न माग गरेको थियो। यसरी, परमेश्‍वरका चुनिएका मानिसहरूले राम्रो मण्डली जीवनको आनन्द लिन सक्थे र छिटो जीवन वृद्धि गर्न सक्थे। तर, सफा गर्ने कामलाई अनुगमन वा कार्यान्वयन नगरिएको देखे तापनि, म संलग्न हुन इच्छुक भइनँ। के यी कार्यहरूको प्रकृति दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई मण्डलीमा रहन र दुष्ट कामहरू र गडबडीहरू गर्न जारी राख्न दिनुजस्तै भएन र? मैले प्रकट गरेका विचारहरू, र मैले गरेका सबै कामहरूलाई फर्केर हेर्दा, मैले के महसुस गरेँ भने, तीमध्ये कुनै पनि मण्डलीको कामको रक्षा गर्न वा परमेश्‍वरलाई सन्तुष्ट पार्नका लागि थिएनन्। ती सबै परमेश्‍वरविरुद्ध विद्रोह गर्नु र परमेश्‍वरको प्रतिरोध गर्नु थियो, र त्यसले मण्डलीको काममा अवरोध र बाधा मात्र ल्यायो। मैले मण्डलीको काममा बाधा पुर्‍याउने र भत्काउने शैतानको भूमिका खेलिरहेकी थिएँ। म परमेश्‍वरको विपक्षमा थिएँ! परमेश्‍वरको स्वभावले मानिसद्वारा गरिने उल्लङ्घनलाई सहन गर्दैन। यदि मैले पश्चात्ताप गरेर आफूलाई परिवर्तन गरिनँ भने, अन्ततः मलाई परमेश्‍वरद्वारा दोषी ठहराइनेथियो र दण्ड दिइनेथियो। जब मैले यो सोचेँ, तब मलाई आफूले गरेका कामहरूप्रति डर लाग्यो, र मैले पश्चात्तापमा परमेश्‍वरलाई प्रार्थना गरेँ, “प्यारो परमेश्‍वर, आफ्नो कर्तव्य निर्वाह गर्दा, मैले मेरो व्यक्तिगत ख्याति र हैसियतको मात्र रक्षा गरेँ, र मण्डलीको काममा बाधा पुर्‍याएँ। यसले साँच्चै नै तपाईंको दिक्दारी र घृणा निम्त्यायो। हे परमेश्‍वर, म पश्चात्ताप गर्न इच्छुक छु, र चेन दानसँग मिलेर एउटै मनका भई हाम्रा कर्तव्यहरू राम्रोसँग पूरा गर्न सद्भावपूर्ण रूपमा सहकार्य गर्न इच्छुक छु।”

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “सधैँ आफ्नै खातिर काम गर्ने र निरन्तर आफ्नै हितहरूको ख्याल गर्ने नगर्; आफ्नो घमण्ड, ख्याति, र हैसियतको बारेमा सोच्दै नसोच्, र आफ्ना व्यक्तिगत हितहरूको ख्याल नगर्। तैँले सबैभन्दा माथि परमेश्‍वरको घरका हितहरूको ख्याल गर्नुपर्छ, र तिनलाई आफ्नो प्राथमिकता बनाउनुपर्छ। तैँले परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्नुपर्छ र सबैभन्दा माथि तैँले आफ्नो कर्तव्य निर्वाहमा अशुद्धताहरू थिए कि थिएनन्, तँ अर्पित थिइस् कि थिइनस्, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गरिस् कि गरिनस्, र तैँले आफ्नो सर्वस्व दिइस् कि दिइनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामका बारेमा पूर्ण हृदयले सोच्दै आएको छस् कि छैनस् भनी मनन गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ। यदि तँमा थोरै क्षमता छ भने, यदि तँ सतही अनुभव भएको व्यक्ति होस् भने वा यदि तँ तेरो व्यावसायिक काममा निपुण छैनस् भने, तेरो काममा केही गल्ती वा कमजोरीहरू हुन सक्छन्, र तैँले राम्रा नतिजाहरू प्राप्त नगर्न सक्छस्—तर तैँले आफ्नो सक्दो प्रयास लगाइसकेको हुन्छस्। तँ आफ्नै स्वार्थी चाहनाहरू वा आफ्नै प्राथमिकताहरू सन्तुष्ट पार्ने गर्दैनस्। त्यसको साटो, तँ मण्डलीको काम र परमेश्‍वरको घरका हितहरूलाई निरन्तर ध्यान दिन्छस्। तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सायद राम्रो नतिजा हासिल नगर्लास्, तर तेरो हृदय सोझिइसकेको हुन्छ; यसअलावा, यदि तैँले आफ्नो कर्तव्यमा आइपरेका समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्न सक्छस् भने, तँ तेरो कर्तव्यपालनमा मापदण्डअनुरूपको हुनेछस् र साथमा तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम हुनेछस्। आफूसँग गवाही हुनु भनेकै यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको मार्ग देखाए। मैले के बुझेँ भने, कर्तव्यहरू निर्वाह गर्दा, सही अभिप्रायहरू राख्नु, व्यक्तिगत हितहरूलाई त्याग्नु, र मण्डलीको काम तथा परमेश्‍वरका चुनिएका मानिसहरूको हितलाई प्राथमिकता दिनु आवश्यक छ। यसरी आफ्नो कर्तव्य निर्वाह गर्नु मात्र सत्यताको अभ्यास गर्नु र गवाही दिनु हो। परमेश्‍वरको घरमा, कुनै पनि काम, कुनै पनि हिसाबले, कुनै एक व्यक्तिले एक्लै पूरा गर्न सक्दैन। ब्रदर-सिस्टरहरूले सधैँ एक-अर्काका कमीकमजोरीहरू पूरा गर्नु, सामञ्जस्यपूर्ण रूपमा सहकार्य गर्नु, र कामलाई राम्रोसँग पूरा गर्नका लागि पवित्र आत्माको काम प्राप्त गर्नु आवश्यक हुन्छ। म यति स्वार्थी र दुष्ट भइरहनु हुँदैनथियो। हामीमध्ये जोसुकै जुन कामको लागि जिम्मेवार भए तापनि, मैले मेरी सिस्टरसँग सहकार्यमा काम गर्नुपर्थ्यो। यसरी काम गरेर मात्र यो परमेश्‍वरको अभिप्रायअनुसार हुन सक्थ्यो। त्यसैले, म चेन दानसँग खुलेर आफ्नो अवस्था र आफ्नो बारेको बुझाइको विषयमा सङ्गति गर्न गएँ। मैले भविष्यमा, हामीमध्ये जोसुकै जुन कामको लागि जिम्मेवार भए तापनि, हामी दुवैले सहकार्यमा काम गर्ने, र यदि हामीले समस्या वा कठिनाइहरूको सामना गर्‍यौँ भने, ती समाधान गर्न सँगै सत्यता खोज्ने प्रस्ताव पनि राखेँ। चेन दान खुसीसाथ सहमत भइन्। पछि, चेन दान र मैले मण्डलीको कामको आवश्यकताअनुसार कामदारहरूलाई उचित रूपमा व्यवस्था गर्‍यौँ। हामीले नयाँ आएकाहरूलाई मलजल गर्नका लागि मलजल गर्न सिपालु दुई जना सिस्टरहरूलाई पठायौँ। यसले मलजल गर्ने व्यक्तिहरूको अभावको समस्यालाई कम गर्‍यो।

त्यस समयदेखि, चेन दान र मैले हाम्रा कामहरू बाँडेका थियौँ, तर पनि हामीले अझै एउटै टोलीको रूपमा काम गर्‍यौँ। हामीमध्ये जोसुकै जुन कामको लागि जिम्मेवार भए तापनि, हामीले सधैँ यसबारे सङ्गति गर्थ्यौं र सँगै व्यवस्था गर्थ्यौं। हामीले स्पष्ट रूपमा देख्न नसकेका समस्याहरूका लागि, सँगै प्रार्थना र खोजी गरेर ती समाधान गर्न सान्दर्भिक सत्यताहरू खोज्थ्यौँ। कहिलेकाहीँ मेरा गलत अभिप्रायहरू प्रकट हुन सक्छन् भन्ने मैले थाहा पाए तापनि, म सचेत रूपमा परमेश्‍वरलाई प्रार्थना गर्न र सत्यता अभ्यास गर्न सक्थेँ। एक रात, म आफ्नो जिम्मेवारीको काम गर्ने योजना बनाउँदै थिएँ, तर, अप्रत्याशित रूपमा, चेन दानले मलजल गर्ने टोलीकी अगुवाको अवस्था खराब भएको बताइन्। उनलाई यो कसरी समाधान गर्ने थाहा थिएन, र उनी मैले सङ्गतिमा गएर सङ्गति गर्न र समस्या समाधान गर्न मदत गरूँ भन्ने चाहेकी थिइन्। मैले मनमनै सोचेँ, “यदि म तिमीसँग सङ्गतिमा गएँ भने, के मेरो काममा ढिलाइ हुँदैन र? अझ, यदि मैले तिमीलाई यो समस्या समाधान गर्न मदत गरेँ भने, तिम्रो कामको नतिजा सुध्रिन्छ, र मेरो काम पछि पर्छ। के तब अरू मानिसहरूले तिम्रो प्रशंसा गर्दैनन् र?” जब मैले यो सोचेँ, तब मैले मेरो अवस्था गलत छ भन्‍ने महसुस गरेँ र हतारहतार आफ्नो हृदयमा परमेश्‍वरलाई प्रार्थना गरेँ। मैले पहिले पढेका परमेश्‍वरका केही वचनहरू सम्झेँ: “सधैँ आफ्नै खातिर काम गर्ने र निरन्तर आफ्नै हितहरूको ख्याल गर्ने नगर्; आफ्नो घमण्ड, ख्याति, र हैसियतको बारेमा सोच्दै नसोच्, र आफ्ना व्यक्तिगत हितहरूको ख्याल नगर्। तैँले सबैभन्दा माथि परमेश्‍वरको घरका हितहरूको ख्याल गर्नुपर्छ, र तिनलाई आफ्नो प्राथमिकता बनाउनुपर्छ। तैँले परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्नुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। म तुरुन्तै ब्युँझिएँ। मैले मण्डलीको कामलाई प्राथमिकता दिनुपर्छ, व्यक्तिगत हितहरूलाई त्याग्नुपर्छ, र आफ्नै कर्तव्य पूरा गर्नुपर्छ। त्यसैले, म हतारहतार मेरी सिस्टरसँग सङ्गतिमा गएँ। सङ्गति र कुराकानीमार्फत, हामीले मलजल गर्ने टोलीकी अगुवाको अवस्था समाधान गर्‍यौँ, र मैले आफ्नो हृदयमा शान्त र ढुक्क महसुस गरेँ।

अघिल्लो: ४९. हाम्रो परिवारले हामीलाई हुर्काएर देखाएको दया-मायालाई कसरी व्यवहार गर्ने

अर्को: ५१. मैले आफ्नो अन्योल किन लुकाएँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्