४९. हाम्रो परिवारले हामीलाई हुर्काएर देखाएको दया-मायालाई कसरी व्यवहार गर्ने
म अलिकति सानो र तुलनात्मक रूपमा अविकसित अर्थतन्त्र भएको जिल्लामा जन्मेको थिएँ। मेरा आमाबुबा र हजुरबुबा-हजुरआमा सबै किसान हुनुहुन्थ्यो, र हाम्रो पारिवारिक अवस्था त्यति राम्रो थिएन। तर, उहाँहरूले मलाई धेरै माया गर्नुहुन्थ्यो, र मैले चाहेको कुरा पूरा गर्न सधैँ कुनै न कुनै उपाय खोज्नुहुन्थ्यो। पछि मैले त्यो सबै उहाँहरूको मितव्ययिताबाटै हासिल भएको रहेछ भन्ने थाहा पाएँ। पछि, मेरो जीवन अझ राम्रो बनाउनका लागि मेरा आमाबुबाले सापटी लिएर खेतीपातीको व्यवसाय सुरु गर्नुभयो। मैले मेरा आमाबुबाले दिनरात काम गर्नुभएको, र बिरामी पर्ने गरी हाड घोट्नुभएको देख्थेँ, त्यसैले मैले उहाँहरूलाई रोक्न आग्रह गरेँ। मेरो बुबाले भन्नुभयो, वास्तवमा उहाँ यो सबै गर्न चाहनुहुन्नथ्यो, तर भविष्यमा मेरो आफ्नै जीवन हुने भएकाले, उहाँ मेरा लागि अलि बढी पैसा बचत गर्न चाहनुहुन्थ्यो, किनभने उहाँ आफूले भोगेजस्तो दुःख मैले भोग्नु नपरोस् भन्ने चाहनुहुन्थ्यो। मेरो बुबाको कुरा सुनेर म हृदयविदीर्ण, र आभारी पनि भएँ। मेरा आमाबुबाले मेरा लागि गर्नुभएको सबै त्याग देखेर, मलाई उहाँहरूप्रति धेरै ऋणी भएको महसुस भयो। मेरा हजुरबुबा-हजुरआमा, सत्तरी वर्ष नाघिसक्नुभएको थियो र झन्-झन् कमजोर हुँदै जानुभएको थियो, तर पनि, उहाँहरू खान र लाउनमा पैसा खर्च गर्न हिचकिचाउनुहुन्थ्यो, र बिरामी पर्दा पनि, अतिरिक्त खर्च हुने डरले अस्पताल जान चाहनुहुन्नथ्यो। पछि, मेरी हजुरआमाले मलाई उहाँले वर्षौँदेखि मेरा लागि केही पैसा बचत गर्नुभएको छ भनी भन्नुभयो। यो सुनेर मलाई असहज महसुस भयो। उहाँहरू निकै वृद्ध भइसक्नुभएको थियो, तैपनि मेरो खातिर पैसा बचत गर्नका लागि दुःख भोग्न रोज्नुभयो। मेरा आमाबुबा र हजुरबुबा-हजुरआमाको मप्रतिको दया-मायाको अगाडि, मलाई आफूले त्यो कहिल्यै चुक्ता गर्न सक्दिनँ जस्तो लाग्यो। मैले मनमनै आफूलाई भनेँ, जब म ठूलो हुन्छु, म उहाँहरूको राम्रो हेरचाह र सम्मान गर्नेछु।
सन् २०१२ सम्ममा, मेरी आमाले मलाई सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम प्रचार गर्नुभयो, र मैले भेलाहरूमा उपस्थित हुन र आफ्ना कर्तव्यहरू निर्वाह गर्न थालेँ। अप्रत्याशित रूपमा, सन् २०१८ को शरदमा, मेरो बुबालाई मस्तिष्कघात भयो र उहाँ बित्नुभयो। मेरो बुबाले मेरा लागि पैसा कमाउन यति धेरै मिहिनेत गर्नुभयो, र यदि उहाँले दिनरात काम नगर्नुभएको भए, सायद उहाँको शरीर जीर्ण भएर मस्तिष्कघात हुने थिएन भन्ठान्दै, मैले अत्यधिक पीडा र दोष महसुस गरेँ। मैले सोचेँ, “मेरो बुबाले आफ्नो जीवनभरि कडा शारीरिक श्रम गर्नुभयो, तैपनि उहाँ मैले उहाँको दया-माया चुक्ता गरेको नदेखिकनै जानुभयो। अहिले, मेरा हजुरबुबा-हजुरआमा सत्तरी दशकको उमेरमा पनि मितव्ययी जीवन बिताइरहनुभएको छ, र आफ्ना सन्तानबाट कुनै लाभ पाउनुभएको छैन। बुबा बित्नुभएपछि, उहाँहरूको हेरचाह गर्ने जिम्मेवारी मैले लिनुपर्छ, र उहाँहरूलाई शान्तिसँग आफ्नो उत्तरार्धका वर्षहरूको आनन्द लिन दिनुपर्छ। यसरी, मलाई कुनै पछुतो हुनेछैन।” पछि, मेरी आमा आफ्नो कर्तव्य निर्वाह गर्न अर्को ठाउँमा जानुभयो, र म घरमा हजुरबुबा-हजुरआमाको हेरचाह गर्न बसेँ। मैले सधैँ उहाँहरूका लागि राम्रो खाना बनाउने र राम्रो लुगा किनिदिने हरसम्भव प्रयास गरेँ, र उहाँहरू बिरामी हुँदा, उहाँहरूलाई स्वस्थ राख्ने आशामा, जहाँ सक्थेँ त्यहीँ चिकित्सा सहायता खोजेँ। एक दिन, मेरो हजुरबुबालाई अचानक श्वास फेर्न गाह्रो भयो, र अस्पतालमा जाँच गरेपछि, डाक्टरले उहाँको मुटुले राम्ररी काम गर्न छोडेकाले अवस्था गम्भीर भएको, र उहाँलाई तुरुन्तै अस्पतालमा भर्ना गर्नुपर्ने बताउनुभयो। डाक्टरले मलाई मानसिक रूपमा तयार रहन पनि भन्नुभयो, उहाँ नाजुक अवधिमा हुनुहुन्छ र उहाँको ज्यान कुनै पनि बेला खतरामा पर्न सक्छ, र यदि उहाँले यो नाजुक अवधि पार गर्नुभयो भने पनि, उहाँको मुटुको कार्यक्षमता घट्दै जानेछ भनेर भन्नुभयो। राम्रो हेरचाह गरेमा, उहाँ सायद अर्को दुई वर्ष बाँच्नुहोला। डाक्टरले यसो भनेको सुनेर, मैले धेरै दोषी महसुस गरेँ, मलाई आफूले हजुरबुबाको राम्रो हेरचाह गर्न नसकेकै कारण उहाँको अवस्था यति गम्भीर भएको हो भन्ने लाग्यो। विशेष गरी जब मैले डाक्टरले राम्रो हेरचाह गरेमा उहाँ केवल दुई वर्ष मात्र बाँच्नुहोला भनेर भनेको सुनेँ, मैले यो छोटो समयको अझ बढी कदर गर्न थालेँ, र मैले अबदेखि हजुरबुबाको राम्रो हेरचाह गर्नुपर्छ, उहाँलाई एक-दुई वर्ष बढी बाँच्न मद्दत गर्न सङ्घर्ष गर्नुपर्छ भन्ने सोचेँ। पछि, केही उपचारपछि, हजुरबुबाको अवस्था अलि सुधार भयो, र हामी अस्पतालबाट घर फर्कियौँ।
सन् २०२३ को मे महिनामा, मैले अचानक अगुवाहरूबाट एउटा पत्र पाएँ, जसमा एउटा कामका लागि तुरुन्तै कसैको आवश्यकता परेको र म त्यसको लागि उपयुक्त भएको भनेर भनिएको, र म यो कर्तव्य निर्वाह गर्न घर छोड्न सक्छु कि भनेर सोधिएको थियो। यो पत्र देखेर, मलाई आफूले आफ्नो कर्तव्य रोज्नुपर्छ भन्ने थाहा थियो, तर जब मैले मेरा हजुरबुबा-हजुरआमाको कमजोर स्वास्थ्य, र उहाँहरूको हेरचाह गर्ने कोही नभएको कुरा सोचेँ, म ढुक्क हुन सकिनँ। अन्तमा, मैले कर्तव्य अस्वीकार गरेँ, तर मलाई भित्रभित्रै असहज महसुस भयो। पछि, मैले परमेश्वरका वचनका दुई खण्ड पढेँ: “तिमीहरूको भक्ति कहाँ छ? तिमीहरूको समर्पणता कहाँ छ? … अब्राहामले इसहाकलाई अर्पण गरे—तिमीहरूले के अर्पण गरेका छौ? अय्यूबले सबै थोक अर्पण गरे—तिमीहरूले के अर्पण गरेका छौ? साँचो मार्ग खोज्नका निम्ति एकदमै धेरै मानिसले आफूलाई बलिदान गरेका छन्, आफ्नो जीवन दिएका छन् र रगत बगाएका छन्। के तिमीहरूले त्यो मूल्य चुकाएका छौ?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मोआबका सन्तानहरूलाई मुक्ति दिनुको महत्त्व)। “मैले अहिले चाहने भनेको तेरो बफादारी र समर्पण, तेरो प्रेम र गवाही हो। यस बेला गवाही के हो वा प्रेम के हो सो तँलाई थाहा नभए पनि, तैँले आफ्नो सबै कुरा ल्याउनुपर्छ र तेरो एक मात्र खजाना मलाई सुम्पनुपर्छ: तेरो बफादारी र समर्पण। जसरी मानिसको पूर्ण विजयमा गवाही हुन्छ, त्यस्तै शैतानलाई पराजित गर्ने गवाही मानिसको बफादारी र समर्पणमा रहन्छ भन्ने कुरा तैँले जान्नुपर्छ। मप्रतिको तेरो विश्वासको कर्तव्य भनेको नै मेरो निम्ति साक्षी दिनु, म बाहेक अरू कोहीप्रति बफादार नहुनु, र अन्तसम्म नै समर्पित हुनु हो। मैले मेरो कामको अर्को चरण सुरु गर्न अघि, तैँले मेरो निम्ति कसरी साक्षी दिनेछस्? तँ मप्रति कसरी बफादार र समर्पित हुनेछस्? के तँ आफ्ना सबै बफादारीता आफ्नै काममा अर्पण गर्छस् कि हरेस खान्छस्? तँ (मृत्यु वा विनाश नै आइपरे पनि) मेरो हरेक प्रबन्धको अधीनमा रहन्छस् कि मेरो सजायबाट बच्न बीचैबाट भाग्छस्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विश्वासको बारेमा तँलाई के थाहा छ?)। परमेश्वरका हप्कीपूर्ण प्रश्नहरूको सामना गर्दा, मैले गहिरो पीडा महसुस गरेँ। जब अय्यूबले परीक्षाहरूको सामना गरे, उनले आफ्नो अपार धन र सबै छोराछोरी गुमाए, र उनको पूरै शरीर दर्दनाक खटिराले ढाकिएको थियो, तैपनि अय्यूबले अलिकति पनि गुनासो गरेनन् बरु परमेश्वरको नामको प्रशंसा गरे। अय्यूबको परमेश्वरप्रतिको साँचो आस्था र साँचो समर्पण थियो। अब्राहाम पनि थिए, जसले परमेश्वरको आज्ञा पालन गरे, अनि आफ्नो एउटै छोरा इसहाकलाई वेदीमा चढाए र छुरी उठाए। अब्राहाममा पनि परमेश्वरप्रति साँचो समर्पणता थियो। अय्यूब र अब्राहामले परमेश्वरलाई सबै कुरा चढाउन सकेको देखेर, मैले लज्जित र अप्ठ्यारो महसुस गरेँ। मैले दस वर्षभन्दा बढी समयदेखि परमेश्वरमा विश्वास गरेको थिएँ, परमेश्वरका वचनहरूबाट धेरै मलजल र भरणपोषणको आनन्द लिएको थिएँ, तर मैले कहिल्यै परमेश्वरको गुन तिर्नेबारे सोचेको थिइनँ, परमेश्वरको अनुग्रह र आशिष्को आनन्द लिन मात्र जानेको थिएँ। जब मण्डलीले मलाई मेरो कर्तव्य निर्वाह गर्ने अवसर दियो, मैले त्यसलाई पन्छाउन बहाना समेत बनाएँ। ममा साँच्चै मानवता रहेनछ! अब मण्डलीको काममा तुरुन्तै सहकार्यको आवश्यकता थियो, र म आफ्नो स्नेहमा परेर स्वार्थी र घृणित रूपमा जिइरहन मिल्दैनथ्यो। मैले आफ्नो कर्तव्य निर्वाह गर्नैपर्थ्यो र एक पटक परमेश्वरका लागि जिउनैपर्थ्यो। त्यसैले मैले आफ्नो कर्तव्य निर्वाह गर्न घर छोडेँ।
तर मैले के अपेक्षा गरेको थिइनँ भने, मैले घर छोडेर कर्तव्य निर्वाह गर्न थालेको दुई महिनामै, मण्डलीका अगुवाहरूले मैले जससँग कर्तव्य निर्वाह गर्थेँ ऊ पक्राउ परेर यहूदा बनेर मलाई धोका दिएछ, र मेरा धेरै विश्वासी आफन्तहरूलाई पनि प्रहरीले पक्राउ गरेछ भन्ने जानकारी मलाई दिनुभयो। मेरी आमा र मलाई पक्राउ गर्न दसभन्दा बढी प्रहरी अधिकारीहरू हाम्रो घरमा गएछन्, हाम्रो अन्न र पैसा प्रहरीले लगेछ, र प्रहरीले मलाई खोज्न थालेको रहेछ। मैले के पनि थाहा पाएँ भने, म गएको केही समयपछि नै मेरो हजुरबुबा अस्पतालमा भर्ना हुनुभएको रहेछ। यो सुनेर मेरो मन एकदमै दुख्यो। मैले सोचेँ, प्रहरीले हाम्रो घरमा छापा मारेर पूरै ठाउँलाई नै भद्रगोल बनाएको थियो, अनि मेरा हजुरबुबा-हजुरआमा कत्ति डराउनुभयो होला। उहाँहरूको उमेरमा त, उहाँहरूले सहारा पाएर आफ्नो वृद्धावस्था आनन्दले बिताउनुपर्ने हो, तर मेरै कारणले उहाँहरू यो कष्टमा पर्नुभयो। मैले यसबारे जति धेरै सोचेँ, उहाँहरूप्रति उति नै दोषी महसुस गरेँ, र मेरो स्थिति झन् खराब हुँदै गयो। मैले त उहाँहरूको हेरचाह गर्न गोप्य रूपमा घर फर्कूं कि भन्ने समेत सोचेँ। आफ्नो पीडामा, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर! यो परिस्थितिमा म अलिकति कमजोर महसुस गरिरहेको छु। कृपया मलाई यो गलत स्थतिबाट बाहिर निस्कन मार्गदर्शन र मद्दत गर्नुहोस्।”
प्रार्थना गरेपछि, मैले सचेत भई यस विषयबारे परमेश्वरका वचनहरू खोजेँ। मैले परमेश्वरका केही वचन पढेँ: “गैरविश्वासी संसारमा एउटा भनाइ छ: ‘कागले बुढेसकाल लागेकी आमालाई खाना खुवाउँछ, र पाठाले घुँडा टेकेर दूध चुस्छ।’ यो भनाइ पनि छ: ‘आमाबुबालाई आदर नगर्ने व्यक्ति पशुभन्दा गिरेको हुन्छ।’ यी भनाइहरू कति भव्य सुनिन्छन्! वास्तवमा, ‘कागले बुढेसकाल लागेकी आमालाई खाना खुवाउँछ, र पाठाले घुँडा टेकेर दूध चुस्छ’ भन्ने पहिलो भनाइमा उल्लिखित घटनाहरू वास्तवमै हुने कुरा हुन्, र यी तथ्य हुन्। तर, यी त जीवित प्राणीहरूको संसारमा भेटिने घटना मात्र हुन्। यी कुराहरू परमेश्वरले विभिन्न जीवित प्राणीहरूका लागि स्थापित गर्नुभएको एक किसिमको नियम मात्र हुन्। मानिसलगायत सबै प्रकारका जीवित प्राणीहरूले यो नियम पालना गर्छन्, र यसले सबै जीवित प्राणीहरू परमेश्वरद्वारा सृष्टि गरिएका हुन् भनेर थप पुष्टि गर्छ। कुनै पनि जीवित प्राणीले यस नियमलाई तोड्न सक्दैन, र कुनै पनि जीवित प्राणीले यसलाई पार गर्न सक्दैन। हेर्, सिंह र बाघ अत्यन्तै क्रूर मांसाहारी हुन्, तर तिनले आफ्नो डमरुको पालनपोषण गर्छन् र वयस्क हुनुभन्दा पहिले तिनलाई टोक्दैनन्। यो जनावरको अन्तर्निहित प्रवृत्ति हो। तिनीहरू जुनसुकै प्रजातिका भए पनि, तिनीहरू क्रूर भए पनि वा दयालु र कोमल भए पनि, सबै जनावरहरूमा यो अन्तर्निहित प्रवृत्ति हुन्छ। मानिसलगायत सबै प्रकारका प्राणीहरू यस्तै एउटा नैसर्गिक प्रवृत्ति र एउटा नियम पालना गरेर मात्र सन्तान उत्पादन गर्न र जिइरहन सक्छन्। यदि तिनीहरूले यो नियम पालना गरेनन्, वा यदि यो नियम र यो नैसर्गिक प्रवृत्ति नभएको भए, तिनीहरू सन्तान उत्पादन गर्न र जिइरहन सक्षम हुनेथिएनन्। जैविक श्रृङ्खला अस्तित्वमा रहने थिएन, न त यो संसार नै अस्तित्वमा रहनेथियो। के यो कुरा साँचो होइन र? (हो।) कागले बुढेसकाल लागेकी आमालाई खाना खुवाउँछ, र पाठाले घुँडा टेकेर दूध चुस्छ भन्ने कुराले जीवित प्राणीहरूको संसारले यस प्रकारको नियम पालना गर्छ भन्ने कुरालाई ठ्याक्कै पुष्टि गर्छ। सबै प्रकारका जीवित प्राणीहरूमा यो अन्तर्निहित प्रवृत्ति हुन्छ। सन्तान जन्मिएपछि, त्यो वयस्क नभएसम्म त्यस प्रजातिको भाले वा पोथीले त्यसको हेरचाह र पालनपोषण गर्छ। सबै प्रकारका जीवित प्राणीहरू सचेत र कर्तव्यनिष्ठ भएर आफ्नो सन्तानलाई हुर्काउँदै तिनीहरूप्रतिका जिम्मेवारी र दायित्वहरू पूरा गर्न सक्षम हुन्छन्। यो कुरा मानिसहरूमा अझ बढी लागू हुनुपर्ने हो। मानवजातिले मानिसहरूलाई उच्च स्तरका जनावर भन्छ—यदि तिनीहरूले यो नियम पालना गर्न सक्दैनन्, र तिनीहरूमा यस अन्तर्निहित प्रवृत्तिको कमी छ भने, मानिसहरू जनावरभन्दा खराब हुन्, होइनन् र? त्यसकारण, तेरा आमाबुबाले तँलाई हुर्काउँदा तेरो जति हेरचाह गरे पनि वा तिनीहरूले तँप्रतिको आफ्नो जिम्मेवारी जति पूरा गरे पनि, तिनीहरूले सृजित प्राणीले गर्नुपर्ने काम मात्र गरिरहेका थिए—यो तिनीहरूको नैसर्गिक प्रवृत्ति हो। … सबै प्रकारका जीवित प्राणी र जनावरहरूमा यी अन्तर्निहित प्रवृत्ति र नियमहरू हुन्छन्, र तिनीहरूले यी नियमहरूलाई राम्ररी र पूर्ण रूपमा पालना गर्छन्। यो कुनै पनि व्यक्तिले नष्ट गर्न नसक्ने कुरा हो। केही विशेष जनावरहरू पनि छन्, जस्तै बाघ र सिंहहरू। यी जनावरहरू वयस्क भएपछि, आफ्ना आमाबुबालाई छोड्छन्, र केही भाले जनावरहरू त आवश्यकताअनुसार प्रतिद्वन्द्वी भएर एक-अर्कालाई टोक्ने, एक-अर्कासँग प्रतिस्पर्धा गर्ने र झगडा गर्ने पनि गर्छन्। यो सामान्य कुरा हो, र यो नियम हो। तिनीहरू आफ्ना भावनाहरूद्वारा नियन्त्रित हुँदैनन्, र तिनीहरू मानिसहरू जस्तो ‘मैले तिनीहरूको दया-मायाको ऋण तिर्नुपर्छ, मैले तिनीहरूलाई भरपाई गर्नुपर्छ—मैले मेरा आमाबुबाको आज्ञा पालन गर्नुपर्छ। यदि मैले तिनीहरूप्रति पैतृक निष्ठा देखाइनँ भने, अरूले मेरो निन्दा गर्नेछन्, मलाई हप्काउनेछन्, र मेरो पिठ्युँपछाडि मेरो आलोचना गर्नेछन्। म त्यो सहन सक्दिनँ!’ भन्दै आफ्नो भावनामा बाँच्दैनन्। पशु जगतमा यस्तो कुरा भनिँदैन। मानिसहरूले किन यस्तो कुरा गर्छन्? किनभने समाजमा र मानिसहरूको समूहभित्र, विभिन्न गलत विचार र आम रूपमा प्रचलित दृष्टिकोणहरू रहेका हुन्छन्। मानिसहरू यी कुराहरूद्वारा प्रभावित, क्षतविक्षत भएपछि र सडेपछि, तिनीहरूमा आमाबुबा र सन्तानको सम्बन्धलाई व्याख्या गर्ने र लिने विभिन्न तरिकाहरू पैदा हुन्छन्, र तिनीहरूले अन्ततः आफ्ना आमाबुबालाई आफ्ना ऋणदाताका रूपमा व्यवहार गर्छन्—तिनीहरूले आफ्नो सम्पूर्ण जीवनभरि पनि कहिल्यै तिर्न नसक्ने ऋणदाताहरू। आफ्ना आमाबुबाको मृत्युपछि आफ्नो सम्पूर्ण जीवनभरि ग्लानि महसुस गर्ने मानिसहरू पनि छन्, र तिनीहरूले आफ्ना आमाबुबालाई बेखुस पार्ने कुनै एउटा काम गरेकाले वा तिनीहरूका आमाबुबाले चाहेको दिशामा नगएकाले आफ्ना आमाबुबाको दया चुक्ता गर्न नसकेकोमा ग्लानि महसुस गर्छन्। मलाई भन, के यो अति नै भएन र? मानिसहरू आफ्नो भावनाका माझ जिउँछन्, त्यसैले तिनीहरूलाई यी भावनाहरूबाट उत्पन्न हुने विभिन्न विचारहरूले मात्रै अतिक्रमण गर्न र बाधा पुर्याउन सक्छन्। मानिसहरू भ्रष्ट मानवजातिको विचारधाराले रङ्गिएको वातावरणमा जिउँछन्, त्यसैले तिनीहरूलाई विभिन्न मिथ्या विचारहरूले अतिक्रमण गर्छन् र बाधा पुर्याउँछन्, जसले गर्दा तिनीहरूको जीवन थकाइलाग्दो र अन्य जीवित प्राणीहरूको भन्दा कम सरल हुन्छ। तैपनि, अहिले परमेश्वर काम गरिरहनुभएको र मानिसहरूलाई यी सबै तथ्यहरूको सत्यता बताउन, र तिनीहरूलाई सत्यता बुझ्न सक्षम तुल्याउन सत्यता व्यक्त गरिरहनुभएको हुनाले, तैँले सत्यता बुझेपछि, यी मिथ्या विचार र दृष्टिकोणहरूले तँमाथि बोझ थोपर्न छोड्नेछन्, र तैँले तिनलाई आफ्ना आमाबुबासँगको सम्बन्धलाई कसरी सम्हाल्ने भन्ने कुराको मार्गनिर्देशिकका रूपमा प्रयोग गर्न छोड्नेछस्। त्यसपछि, तँलाई जीवनमा सहज महसुस हुनेछ। जीवनमा सहज महसुस गर्नुको अर्थ तँलाई आफ्ना जिम्मेवारी र दायित्वहरू के हुन् भनेर थाहा हुँदैन भन्ने होइन—तँलाई अझै पनि यी कुराहरू थाहा हुन्छ। यो कुरा तैँले आफ्नो जिम्मेवारी र दायित्वहरूलाई लिनका लागि कुन दृष्टिकोण र विधिहरू रोज्छस् भन्ने कुरामा निर्भर हुने मात्र हो। एउटा तरिका भनेको भावनाहरूको बाटो समात्नु, साथै संवेगद्वारा प्रेरित शैली, र शैतानले मानिसलाई निर्देशित गर्ने विधि, विचार र दृष्टिकोणहरूका आधारमा यी कुरालाई सम्हाल्नु हो। अर्को मार्ग भनेको परमेश्वरले मानिसलाई सिकाउनुभएका वचनहरूका आधारमा यी कुराहरूलाई लिनु हो। जब मानिसहरूले शैतानका मिथ्या विचार र दृष्टिकोणअनुसार यी मामिलाहरू सम्हाल्छन्, तब तिनीहरू आफ्नो भावनाको उल्झनभित्र जिउन मात्रै सक्छन्, र तिनीहरूले कहिल्यै पनि सही र गलत छुट्याउन सक्दैनन्। यी परिस्थितिहरूमा, तिनीहरूसँग बन्धनमा जिउनेबाहेक अरू कुनै विकल्प हुँदैन, तिनीहरू सधैँ ‘तिमी सही छौ, म गलत छु। तिमीले मलाई बढी दिएका छौ; मैले तिमीलाई कम दिएको छु। तिमी अकृतज्ञ छौ। तिमीले हद पार गरिरहेका छौ’ भन्ने जस्ता कुराहरूको जालमा फसेर जिउनुपर्ने हुन्छ। परिणामस्वरूप, तिनीहरू कहिल्यै स्पष्ट रूपमा बोल्दैनन्। तैपनि, मानिसहरूले सत्यता बुझेपछि, र तिनीहरू आफ्ना मिथ्या विचार र दृष्टिकोण, अनि भावनाहरूको जालबाट मुक्त भएपछि, तिनीहरूका लागि यी कुराहरू सरल बन्छन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। परमेश्वरका वचनहरूबारे मनन गरेर मैले के बुझेँ भने, मेरा आमाबुबा र हजुरबुबा-हजुरआमाले मलाई हुर्काउनु, मेरो हेरचाह गर्नु र ख्याल राख्नु भनेको उहाँहरूले आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्नु मात्र थियो। उहाँहरू परमेश्वरले स्थापित गर्नुभएका नियम-कानुनहरूलाई पालना गरिरहनुभएको थियो, र यो मानवीय जन्मजात प्रवृत्ति पनि थियो। जसरी परमेश्वरले सृष्टि गर्नुभएका सबै प्राणीहरू, परमेश्वरले तोक्नुभएका नियम-कानुनअनुसार जिइरहेका थिए। चाहे कुनै जनावर खुँखार होस् वा कोमल, आफ्ना बच्चाहरूको पालनपोषण गर्नु तिनीहरूको जन्मजात प्रवृत्ति र जिम्मेवारी तथा दायित्व दुवै हो। मानिसहरू पनि उस्तै हुन्। तर मैले मेरा आमाबुबा र हजुरबुबा-हजुरआमाको पालनपोषण र हेरचाहलाई दया-मायाका रूपमा लिएँ, र उहाँहरूको त्याग र दुःख चुक्ता गर्न नसकेको देखेर, म सधैँ अपराधबोध र आत्म-दोषारोपणमा जिएँ। अब मैले यो त समाज, विद्यालय र परिवारले रोपिदिएका “सन्तानी माया नै सबैभन्दा ठूलो पुण्य हो” र “आमाबुबाको साथ नछोड्नू” जस्ता धेरै भ्रामक विचारहरू स्वीकार गरेको कारणले भएको रहेछ भन्ने बुझेँ। एउटा भनाइले मलाई गहिरो असर पारेको थियो, जुन के थियो भने, “रुख स्थिर रहन चाहन्छ तर बतास कहिल्यै रोकिँदैन; सन्तानले आमाबुबाको हेरचाह गर्न चाहन्छ, तर उनीहरू बितिसकेका हुन्छन्।” यी भ्रामक विचारहरूले मेरो हृदयमा गहिरोसँग जरा गाडेका थिए र ती मेरो आत्म-आचरणको मानक बने। मेरो बुबा बिरामी परेर बित्नुभएपछि, मलाई सधैँ मेरो बुबाले जीवनभर कडा परिश्रम गर्नुभयो, तर उहाँ जीवित छँदा मैले उहाँको वृद्धावस्थामा हेरचाह गर्न र आफ्नो सन्तानको धर्म पूरा गर्न सकिनँ भन्ने लाग्थ्यो। त्यसैले, हजुरबुबा-हजुरआमाको हकमा पछुतो नहोस् भनेर, मैले उहाँहरूको दया-माया चुक्ता गर्न उहाँहरूको हेरचाह गर्ने जिम्मेवारी लिनुपर्छ भन्ने सोचेँ। जब मैले उहाँहरूले आनन्दसँग बुढेसकाल बिताउने कुरा सुनिश्चित गर्न सकिनँ, मैले आफू अत्यन्तै धर्मच्युत सन्तान भएको महसुस गरेँ र उहाँहरूप्रति ऋणी महसुस गर्दै जिएँ। शैतानले ममा रोपिदिएका भ्रामक विचारहरूले मलाई सधैँ मेरा आमाबुबा र हजुरबुबा-हजुरआमाको दया-माया चुक्ता गर्ने कुराबारे सोच्ने तुल्याए, र उहाँहरूप्रति सन्तानको धर्म पूरा गर्नु सृजित प्राणीको कर्तव्य पूरा गर्नुभन्दा पनि महत्त्वपूर्ण ठान्ने समेत तुल्याए। मैले यी परम्परागत सांस्कृतिक विचारहरू शैतानले मानिसहरूलाई भ्रमित पार्ने र भ्रष्ट तुल्याउने माध्यमहरू हुन्, र तीअनुसार जिउँदा हामी परमेश्वरको विरोध गर्ने र उहाँलाई धोका दिने कामतर्फ मात्र पुग्नेछौँ भन्ने देखेँ।
पछि, मैले परमेश्वरको वचनको एउटा खण्ड भेट्टाएँ, र धर्मनिष्ठ र धर्मच्युत व्यवहार कसरी जाँच्ने भनी सिकेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “सर्वप्रथम, धेरैजसो मानिसले आफ्नो कर्तव्य निर्वाह गर्न घर छोड्ने छनौट गर्नुको कारण एक हिसाबमा अझ फराकिलो वस्तुगत परिस्थिति हो, जसले गर्दा तिनीहरूले आफ्ना आमाबुबालाई छाडेर जानुपर्ने हुन्छ र तिनीहरू आमाबुबालाई हेरचाह गर्न र साथ दिन तिनीहरूको साथमा बस्न सक्दैनन्। तिनीहरूले इच्छापूर्वक आमाबुबालाई छाड्न रोज्छन् भन्ने होइन। यो त वस्तुगत कारण हो। अर्को हिसाबमा, व्यक्तिपरक रूपमा भन्नुपर्दा, तँ आफ्नो कर्तव्य निर्वाह गर्न बाहिर जानुको कारण आफ्ना आमाबुबाप्रतिको जिम्मेवारी पन्छाउनका लागि नभई, परमेश्वरको बोलावटको कारणले हो। परमेश्वरको कामसँग सहकार्य गर्न, उहाँको बोलावट स्विकार्न, र सृजित प्राणीको कर्तव्य निर्वाह गर्न, तँसित आमाबुबालाई छोड्नुबाहेक अरू विकल्प थिएन; तँ तिनीहरूलाई साथ दिन र हेरचाह गर्न तिनीहरूको छेउमै बसिरहन मिल्थेन। तैँले जिम्मेवारीहरूबाट पन्छिन तिनीहरूलाई छोडेको त होइनस् नि, होइन र? आफ्ना जिम्मेवारीहरूबाट पन्छिन तिनीहरूलाई छोड्नु अनि परमेश्वरको बोलावट स्विकार्न र आफ्नो कर्तव्य निर्वाह गर्न तिनीहरूलाई छोड्नुपर्ने हुनु—के यी दुई फरक प्रकृतिका कुरा होइनन् र? (हजुर।) तेरो हृदयमा, तँसित आफ्ना आमाबुबाका लागि चिन्ता छ र तँलाई तिनीहरूको याद आउँछ; तेरो भावना खोक्रो हुँदैन। यदि वस्तुगत परिस्थितिहरूले साथ दिन्छन् र तँ आफ्नो कर्तव्य पनि निर्वाह गर्दै तिनीहरूको साथमा रहन सक्छस् भने, तँ तिनीहरूलाई साथ दिन इच्छुक हुनेथिइस्, र नियमित रूपमा तिनीहरूको ख्याल गरिरहेको र आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेको हुनेथिइस्। तर वस्तुगत परिस्थितिहरूका कारणले गर्दा तैँले तिनीहरूलाई छोड्नैपर्छ र तँ तिनीहरूको साथमा बस्न मिल्दैन। यो होइन कि तँ तिनीहरूको बच्चा भएर आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहँदैनस्, बरु यो हो कि तैँले त्यो पूरा गर्नै सक्दैनस्। के यसको प्रकृति फरक छैन र? (छ।) यदि तैँले कर्तव्यनिष्ठ सन्तान नबन्न र आफ्ना जिम्मेवारीहरू पूरा नगर्न घर छोडिस् भने, त्यो आमाबुबाप्रति कर्तव्यनिष्ठ नहुनु हो र त्यसमा मानवता हुँदैन। तेरा आमाबुबाले तँलाई हुर्काए, तर तँ आफ्ना पखेटाहरू फिँजाएर आफ्नो बाटो लाग्न आतुर छस्। तँ आमाबुबा हेर्न चाहँदैनस्, र तिनीहरू कुनै कठिनाइमा परेको सुन्दा तँ केही चासो दिँदैनस्। तँ आफूसँग स्रोतसाधन भएर पनि मद्दत गर्दैनस्; तँ नसुनेझैँ गर्छस् र अरूलाई तेरो बारेमा जे मन लाग्छ त्यो भन्न दिन्छस्—तँ बस आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहँदैनस्। यो आमाबुबाप्रति कर्तव्यनिष्ठ नहुनु हो। तर के अहिलेको अवस्था यस्तो हो त? (होइन।) धेरै मानिसहरूले कर्तव्य निभाउन आफ्नो सहर, प्रान्त, वा आफ्नो देशसमेत छाडेका छन्; तिनीहरू आफ्नो गृहनगरबाट धेरै टाढा छन्। साथै, विविध कारणहरूले गर्दा तिनीहरूलाई आफ्ना परिवारलाई सम्पर्क गर्न सहज छैन। बेलाबेलामा, तिनीहरू आफ्नो गृहनगरबाट आएका मानिसहरूलाई आफ्ना आमाबुबाको हालखबर सोध्छन् र तिनीहरू स्वस्थ छन् र तिनीहरूको राम्रै गुजारा चलिरहेको छ भन्ने सुनेर राहत महसुस गर्छन्। खासमा, तँ आमाबुबाप्रति कर्तव्यनिष्ठ नभएको होइनस्। तँ आफ्ना आमाबुबाको चासो राख्न वा तिनीहरूप्रतिका जिम्मेवारीहरू पूरा गर्नसमेत नचाहने गरी मानवता नै नभएको बिन्दुमा पुगेको छस् भन्ने होइन। विविध वस्तुगत कारणहरूले गर्दा नै तँ आफ्ना जिम्मेवारीहरू पूरा गर्न असक्षम भएको होस्—यसको अर्थ तैँले छोराछोरीको धर्म पूरा नगरेको होइन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१६))। परमेश्वरका वचनहरू पढेपछि, मेरो मन अन्तर्दृष्टिमय भयो। विगतमा, म सधैँ “आमाबुबाको साथ नछोड्नू” र “बुढेसकालमा हेरचाह पाउनका लागि छोराछोरी हुर्काउनु” जस्ता धारणाहरूअनुसार जिउँथेँ। मलाई मेरा आमाबुबा र हजुरबुबा-हजुरआमाले मलाई हुर्काउनुभएकाले, उहाँहरू वृद्ध भएपछि म उहाँहरूको हेरचाह गर्न उहाँहरूको साथमा हुनुपर्छ र उहाँहरूप्रतिको सन्तानको धर्म पूरा गर्नुपर्छ, र यदि मैले त्यसो गर्न सकिनँ भने, म सन्तानको धर्म पूरा नगर्ने र मानवताविहीन हुन्छु भन्ने लाग्थ्यो। जस्तै पहिले, जब म मेरा हजुरबुबा-हजुरआमाको साथमा रहेर उहाँहरूको हेरचाह गर्न सक्दिनथेँ, मेरो विवेकले मलाई सधैँ दोषी ठहराउँथ्यो, र म उहाँहरूप्रति ऋणी, दोषी र उहाँहरूलाई निराश पारेको महसुस गर्थेँ। वास्तवमा, म उहाँहरूको साथमा रहेर हेरचाह गर्न र सन्तानको धर्म पूरा गर्न नसक्नुको कारण ममा सन्तानको धर्म वा आफ्नो जिम्मेवारी पूरा गर्ने चाहनाको कमी हुनु थिएन, बरु वस्तुगत परिस्थितिहरूले मलाई त्यसो गर्न असम्भव बनाउनु थियो। एकातिर, म आफ्नो कर्तव्यमा व्यस्त थिएँ, र अर्कोतिर, प्रहरीले मलाई सताइरहेको र खोजिरहेको थियो, जसले गर्दा म आफ्नो परिवारको हेरचाह गर्न घर फर्कन असम्भव भयो। यो सन्तानको धर्मबाट पूरा नगर्नु थिएन। यदि मसँग उपाय भएर पनि मैले मेरा हजुरबुबा-हजुरआमाको हेरचाह नगर्ने छनौट गरेको भए, त्यो साँच्चै सन्तानको धर्म पूरा नगर्नु र मानवताविहीन हुनु हुनेथ्यो।
एक दिन, मेरो आत्मिक भक्तिको समयमा, मैले परमेश्वरका वचनका दुई खण्ड भेट्टाएँ, जसले मलाई अझ बढी स्पष्टता प्रदान गरे। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यदि तँ सबथोक परमेश्वरको हातमा हुन्छ भन्ने कुरामा साँच्चिकै विश्वास गर्छस् भने, तैँले तिनीहरूले जीवनभर कति कठिनाइ भोग्छन् र कति खुसी प्राप्त गर्छन् भन्ने कुरा पनि परमेश्वरकै हातमा हुन्छ भनी विश्वास गर्नुपर्छ। तँ कर्तव्यनिष्ठ सन्तान हुनु वा नहुनुले केही फरक पार्दैन—तँ कर्तव्यनिष्ठ सन्तान भएको कारण तेरा आमाबुबाले कम दुःख भोग्ने र तँ कर्तव्यनिष्ठ सन्तान नभएकोले तिनीहरूले बढी दुःख भोग्ने होइन। परमेश्वरले तिनीहरूको भाग्य धेरै पहिले नै पूर्वनिर्धारण गरिसक्नुभएको छ, र तिनीहरूप्रतिको तेरो मनोवृत्तिको कारणले वा तिमीहरूबीचको भावनाको गहिराइले यो कुरामा केही परिवर्तन हुनेवाला छैन। तिनीहरूको आफ्नै भाग्य छ। चाहे तिनीहरू जीवनभर धनी होऊन् वा गरिब, तिनीहरूको लागि परिस्थितिहरू उतारचढावरहित होऊन् वा नहोऊन्, वा तिनीहरूले जस्तोसुकै जीवनको गुणस्तर, भौतिक लाभ, सामाजिक हैसियत र जियाइका परिस्थितिहरू प्राप्त गरे पनि, यी कुनै कुराको पनि तँसित खासै केही सम्बन्ध हुँदैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१६))। “मानिस जन्मनु, बूढो हुनु, बिरामी पर्नु, मर्नु, र जीवनका विभिन्न ठूला-साना मामिलाहरू सामना गर्नु अत्यन्तै सामान्य कुराहरू हुन्। यदि तँ वयस्क होस् भने, तँसँग परिपक्व सोचाइ हुनुपर्छ, र तैँले यस विषयलाई शान्त र सही तरिकाले हेर्नुपर्छ: ‘मेरा आमाबुबा बिरामी छन्। तिनीहरूले मलाई धेरै याद गरेका कारण यस्तो भएको हो भनेर कतिपय मानिसहरूले भन्छन्, तर के यो सम्भव छ? तिनीहरूले पक्कै पनि मलाई सम्झन्थे—कुनै व्यक्तिले आफ्नो सन्तानलाई नसम्झी कसरी बस्न सक्छ र? मलाई पनि तिनीहरूको याद आउँथ्यो, तैपनि म किन बिरामी भइनँ?’ के कुनै व्यक्तिले आफ्नो सन्तानलाई धेरै याद गरेका कारण ऊ बिरामी हुन्छ र? त्यस्तो हुँदैन। त्यसोभए, तेरा आमाबुबाले यी महत्त्वपूर्ण मामिलाहरू सामना गर्दा के भइरहेको हुन्छ? यो मात्र भन्न सकिन्छ कि, परमेश्वरले तिनीहरूको जीवनमा यस्ता कुरा आउनुपर्छ भनेर योजनाबद्ध गर्नुभएको हो। परमेश्वरको हातले नै यसलाई योजनाबद्ध गर्नुभएको हो—तैँले वस्तुगत कारण र आधारहरूलाई ध्यान दिनु हुँदैन—तेरा आमाबुबा यो उमेरमा पुगेपछि तिनीहरूले यो कुरा सामना गर्नु नै पर्नेथियो, र तिनीहरूलाई यो रोग लाग्नु नै पर्नेथियो। यदि तँ तिनीहरूको साथमा भएको भए, के तिनीहरू त्यसबाट जोगिन सक्थे? यदि परमेश्वरले तिनीहरूको भाग्यको भागका रूपमा तिनीहरू बिरामी हुन्छन् भनेर बन्दोबस्त नगर्नुभएको भए, तँ तिनीहरूको साथमा नै नभएको भए पनि, तिनीहरूलाई केही हुनेथिएन। यदि तिनीहरूले आफ्नो जीवनमा यस प्रकारको ठूलो दुर्भाग्य सामना गर्नेछन् भनेर लेखिएको थियो भने, तँ तिनीहरूको साथमा भएर तैँले कस्तो प्रभाव पार्न सक्नेथिइस् र? तिनीहरू यसबाट बच्न सक्नेथिएनन्, होइन र? (हो।) परमेश्वरमा विश्वास नगर्ने ती मानिसहरूका बारेमा सोच्—के तिनीहरूको परिवार वर्षैपिच्छे नै सँगै हुँदैनन्? ती आमाबुबाले ठूलो दुर्भाग्य सामना गर्दा, तिनीहरूको परिवारका सदस्यहरू र तिनीहरूका सन्तान सबै तिनीहरूसँगै हुन्छन्, होइन र? जब आमाबुबा बिरामी पर्छन्, वा जब तिनीहरूको रोग बिग्रन्छ, तब के तिनीहरूका सन्तानले तिनीहरूलाई छोडेका कारण यस्तो भएको हुन्छ? त्यस्तो हुँदैन, यस्तो हुन्छ भनेर नियतिमा लेखिएको हुन्छ। यति मात्र हो कि, तिनीहरूको सन्तानका रूपमा, तेरा आमाबुबासँग तेरो रगतको नाता हुन्छ, त्यसकारण तिनीहरू बिरामी छन् भन्ने सुन्दा तँ दुःखी हुन्छस्, जबकि अरू मानिसहरूले केही पनि महसुस गर्दैनन्। यो सामान्य कुरा हो। तर, तेरा आमाबुबाले यस प्रकारको ठूलो दुर्भाग्य सामना गर्नुको मतलब यसलाई कसरी हटाउने वा समाधान गर्ने भनेर तैँले विश्लेषण र अनुसन्धान गर्नुपर्छ वा यसबारे सोच्नुपर्छ भन्ने होइन। तेरा आमाबुबा वयस्क हुन्; तिनीहरूले समाजमा धेरै पटक यस्तो कुरा अनुभव गरेका छन्। यदि परमेश्वरले तिनीहरूलाई यस कुराबाट मुक्त गर्ने परिवेशको बन्दोबस्त गर्नुभयो भने, ढिलो-चाँडो यो पूर्ण रूपमा हराउनेछ। यदि यो कुरा तिनीहरूका लागि जीवनको तगारो हो, र तिनीहरूले यो अनुभव गर्नु नै पर्ने हो भने, तिनीहरूले कति लामो समयसम्म यो अनुभव गर्नुपर्छ भन्ने कुरा परमेश्वरको हातमा हुन्छ। यो तिनीहरूले अनुभव गर्नु नै पर्ने कुरा हो, र तिनीहरू यसबाट जोगिन सक्दैनन्। यदि तँ यस मामिलालाई आफै समाधान गर्न चाहन्छस्, यदि तँ यस मामिलाको स्रोत, कारण र परिणामहरूको विश्लेषण र अनुसन्धान गर्न चाहन्छस् भने, त्यो मूर्ख विचार हो। यो कुनै कामको छैन, र यो अनावश्यक कुरा हो। तैँले त्यसो गर्दै यसबारे विश्लेषण गर्ने, अनुसन्धान गर्ने र आफ्ना सहपाठीहरू र साथीहरूसँग सहयोग माग्नेबारे सोच्ने, आफ्ना आमाबुबाका लागि अस्पताललाई सम्पर्क गर्ने, राम्रा डाक्टरहरूलाई सम्पर्क गर्ने, तिनीहरूका लागि अस्पतालको सबैभन्दा राम्रो शय्या व्यवस्था गर्ने गर्नु हुँदैन—तैँले यी सबै कुराहरू गरेर आफ्नो दिमाग खियाउनु पर्दैन। यदि तँसँग वास्तवमै केही फाल्टु ऊर्जा छ भने, तैँले अहिले निर्वाह गर्नुपर्ने कर्तव्य राम्ररी गर्नुपर्छ। तेरा आमाबुबाको आफ्नै नियति छ। आफू मर्नुपर्ने उमेरबाट कोही पनि उम्कन सक्दैन। तेरा आमाबुबा तेरो नियतिका मालिक होइनन्, त्यसरी नै, तँ पनि आफ्ना आमाबुबाको नियतिको मालिक होइनस्। यदि तिनीहरूलाई केही हुने नियति लेखिएको छ भने, तैँले यसबारे के गर्न सक्छस् र? तैँले व्याकुल भएर अनि समाधानहरू खोजेर के हासिल गर्न सक्छस् र? यसले केही हासिल गर्न सक्दैन; यो परमेश्वरका अभिप्रायमा निर्भर हुने कुरा हो। यदि परमेश्वरले तिनीहरूलाई लैजान चाहनुहुन्छ, र तँलाई आफ्नो कर्तव्य निर्विघ्न रूपमा निर्वाह गर्न दिन चाहनुहुन्छ भने, के तैँले यसमा हस्तक्षेप गर्न सक्छस्? के तैँले परमेश्वरसँग सर्तहरूबारे छलफल गर्न सक्छस्? तैँले यसबेला के गर्नुपर्छ? समाधान खोज्दै, अनुसन्धान गर्दै, विश्लेषण गर्दै आफ्नो दिमाग खियाउने, आफैलाई दोष लगाउने, र आफ्ना आमाबुबाको मुख हेर्न लाज मान्ने—के यी व्यक्तिमा हुनुपर्ने विचार र व्यवहार हुन्? यी सबै परमेश्वर र सत्यताप्रति समर्पणताको कमीका प्रकटीकरणहरू हुन्; यी कुराहरू तर्कहीन, मूर्ख र परमेश्वरप्रति विद्रोही छन्। मानिसहरूमा यी प्रकटीकरणहरू हुनु हुँदैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। परमेश्वरका वचनहरू पढेपछि मैले के बुझेँ भने, मानिसको भाग्य परमेश्वरको हातमा हुन्छ। जन्म र मृत्यु, बिमारी वा राम्रो स्वास्थ्य, धन वा गरिबी, उतार-चढाव, यीमध्ये कुनै पनि कुरालाई कुनै पनि व्यक्तिले नियन्त्रण गर्न सक्दैन। यी सबै कुरा परमेश्वरको सार्वभौमिकता र नियोजनद्वारा निर्धारित हुन्छन्। वास्तवमा, यदि म मेरा आमाबुबा र हजुरबुबा-हजुरआमाको साथमा रहेर, हरसम्भव तरिकाले उहाँहरूको हेरचाह र उहाँहरूप्रतिको धर्म पूरा गर्थेँ भने पनि, त्यसले उहाँहरूको भाग्य बदल्ने थिएन। समय आएपछि उहाँहरू बिरामी पर्नु नै हुनेथ्यो, र समय आएपछि उहाँहरू बित्नु नै हुनेथ्यो। जस्तै जब मेरो बुबालाई मस्तिष्कघात भयो, मैले उहाँलाई दस मिनेटभन्दा अलि बढी समयमा गाडी चलाएर अस्पताल पुऱ्याएँ, तर डाक्टरहरूले केही गर्न सकेनन्, र अन्तमा, मैले मेरो बुबा बित्नुभएको हेरिरहन मात्र सकेँ। सोच्दा, मलाई मेरो बुबाको मृत्यु मेरा लागि पैसा कमाउन कडा परिश्रम गरेको कारणले भएको हो भन्ने महसुस हुन्थ्यो, र मलाई मेरा हजुरबुबा-हजुरआमाको कमजोर स्वास्थ्य उहाँहरूको मितव्ययिताका कारण भएको कुपोषणले गर्दा भएको हो भन्ने लाग्थ्यो। यी विचारहरू परमेश्वरको सार्वभौमिकता र नियोजनप्रति मेरो विश्वासको कमीबाट आएका थिए। म अक्सर परमेश्वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भनी मुखले त भन्थेँ, तर जब साँच्चै परिस्थिति आइपर्थ्यो, म एक अविश्वासी जस्तै व्यवहार गर्थेँ। म परमेश्वरले मानिसहरूको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ र तिनीहरूको जीवन र भाग्यको निर्णय गर्नुहुन्छ भन्ने कुरामा विश्वास नै गर्दिनथेँ। ममा कसरी परमेश्वरप्रति साँचो आस्था थियो र? यी कुराहरू बुझेपछि, मेरो हृदयमा अझ बढी शान्ति भयो, र म मेरा हजुरबुबा-हजुरआमालाई परमेश्वरको हातमा सुम्पन, र उहाँहरूसँग सम्बन्धित सबै कुराको जिम्मा परमेश्वरलाई लिन दिन इच्छुक भएँ।
पछि, मैले परमेश्वरका वचनका दुई खण्ड भेट्टाएँ: “परमेश्वरले मानिसहरूलाई आफ्ना आमाबुबाको आदर गर्नुपर्छ भनी सुरुमा भन्नुभयो, त्यसपछि मानिसहरूले सत्यता अभ्यास गर्ने, आफ्नो कर्तव्य पूरा गर्ने, र परमेश्वरको मार्ग पछ्याउने अभ्यास गर्नुपर्छ भनी उच्च मागहरू अघि सार्नुभयो—तैँले यीमध्ये कुनचाहिँ पालना गर्नुपर्छ? (उच्च मागहरू।) के उच्च मागहरूअनुसार अभ्यास गर्नु सही हुन्छ? के सत्यतालाई उच्च र निम्न सत्यता, वा पुरानो र नयाँ सत्यतामा विभाजित गर्न मिल्छ? (मिल्दैन।) त्यसकारण सत्यता अभ्यास गर्दा, तैँले केअनुसार अभ्यास गर्नुपर्छ? सत्यता अभ्यास गर्नु भनेको के हो? (सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्नु।) सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। सत्यता अभ्यास गर्नु भनेको फरकफरक समय, स्थान, वातावरण, र परिस्थितिमा परमेश्वरका वचनहरू अभ्यास गर्नु हो; यो कामकुरामा हठपूर्वक प्रावधानहरू लागू गर्नु होइन, बरु सत्यता सिद्धान्तहरू कायम राख्नु हो। सत्यता अभ्यास गर्नु भनेकै त्यही हो। त्यसकारण, परमेश्वरका वचनहरू अभ्यास गर्ने र परमेश्वरले अघि सार्नुभएका मागहरू पालना गर्ने कार्यबीच कुनै विरोधाभास छैन। यसलाई अझै ठोस रूपमा भन्दा, आफ्ना आमाबुबालाई आदर गर्ने र परमेश्वरले तिमीहरूलाई दिनुभएको आज्ञा र कर्तव्य पूरा गर्ने कार्यबीच कुनै विरोधाभास छैन। यीमध्ये कुन-कुन चाहिँ परमेश्वरका वर्तमान वचन र मागहरू हुन्? तिमीहरूले सुरुमा यो प्रश्नबारे विचार गर्नुपर्छ। परमेश्वरले फरकफरक मानिसहरूको लागि फरकफरक कुराहरू माग गर्नुभएको छ; उहाँले तिनीहरूलाई पृथक मागहरू दिनुभएको छ। अगुवा र कामदारका रूपमा काम गर्नेहरूलाई परमेश्वरले बोलाउनुभएको हुन्छ, त्यसकारण तिनीहरूले परमेश्वरको आज्ञा स्विकार्नुपर्छ र उहाँलाई पछ्याउन सबथोक त्याग्नुपर्छ; तिनीहरू आफ्ना आमाबुबासँग बस्न र उनीहरूलाई सम्मान गर्न मिल्दैन। यो एक प्रकारको परिस्थिति हो। साधारण अनुयायीहरूलाई परमेश्वरद्वारा बोलाइएको हुँदैन, त्यसकारण तिनीहरूले आफ्ना आमाबुबासँग बसेर तिनीहरूलाई आदर गर्न सक्छन्। यो राम्ररी गर्दा कुनै इनाम प्राप्त हुँदैन, अनि तिनीहरूले यसको परिणामस्वरूप कुनै आशिष्हरू प्राप्त गर्नेछैनन्, तर तिनीहरूले आमाबुबाप्रतिको कर्तव्य पूरा गरेनन् भने, तिनीहरूमा मानवता हुँदैन। वास्तवमा, आफ्ना आमाबुबाको आदर गर्नु एक प्रकारको जिम्मेवारी मात्रै हो, र यसले सत्यता अभ्यास गर्नुको मापदण्ड पूरा गर्दैन। परमेश्वरप्रति समर्पित हुनुचाहिँ सत्यता अभ्यास गर्नु हो, परमेश्वरको आज्ञा स्विकार्नु नै परमेश्वरप्रतिको समर्पणताको प्रकटीकरण हो, र आफ्नो कर्तव्य पूरा गर्न सबै कुरा त्याग्ने मानिसहरू नै परमेश्वरका अनुयायी हुन्। समग्रमा, तेरो अघि रहेको सबैभन्दा महत्त्वपूर्ण काम भनेको आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु हो। सत्यता अभ्यास गर्नु भनेकै त्यही हो, र यो परमेश्वरप्रति समर्पित हुनुको प्रकटीकरण हो। त्यसैले, मानिसहरूले अहिले प्राथमिक रूपमा अभ्यास गर्नुपर्ने सत्यता के हो? (आफ्नो कर्तव्य निर्वाह गर्नु।) ठिक भन्यौ, बफादार भएर आफ्नो कर्तव्य निर्वाह गर्नु नै सत्यता अभ्यास गर्नु हो। यदि व्यक्तिले निष्कपट रूपमा आफ्नो कर्तव्य निर्वाह गर्दैन भने, उसले श्रम मात्रै गरिरहेको हुन्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (४))। “सृष्टिकर्ताको छेउमा, तँ एक सृष्टि गरिएको प्राणी होस्। तैँले यो जुनीमा गर्नुपर्ने भनेको आमाबुबाप्रतिका तेरा जिम्मेवारीहरू मात्र होइन, सृष्टि गरिएको प्राणीको रूपमा तेरा जिम्मेवारी र कर्तव्यहरू पनि पूरा गर्नु हो। तैँले परमेश्वरका वचन र सत्यता सिद्धान्तहरूको आधारमा मात्र तेरा आमाबुबाप्रतिका जिम्मेवारीहरू पूरा गर्न सक्छस्, तेरा भावनात्मक चाहना वा तेरो विवेकका चाहनाहरूको आधारमा जेसुकै गरेर पूरा गर्न सक्दैनस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१६))। परमेश्वरका वचनहरू पढेपछि मैले के बुझेँ भने, आमाबुबाप्रति कर्तव्यनिष्ठ हुनु भनेको मानिसहरूले पूरा गर्नुपर्ने एउटा जिम्मेवारी मात्र हो, र त्यसलाई सत्यताको अभ्यास मानिँदैन। केवल परमेश्वरलाई पछ्याउन सबै कुरा त्याग्नु, र सत्यता सिद्धान्तहरूअनुसार सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्नु नै, परमेश्वरद्वारा साँच्चै स्मरण गरिने कुरा हो। मैले प्रभु येशूका चेलाहरू, जस्तै पत्रुस, यूहन्ना र याकूबका बारेमा सोचेँ, जसले प्रभुको सुसमाचार प्रचार गर्न आफ्ना परिवार त्यागे र आफ्ना आमाबुबालाई छोडे। उनीहरूले आफ्ना आमाबुबाप्रतिको सन्तानको धर्मको जिम्मेवारी पूरा नगरे पनि, उनीहरूले गरेका सबै कुराले परमेश्वरको गवाही दियो, र परमेश्वरको अनुमोदन प्राप्त गर्यो। आज, म परमेश्वरलाई पछ्याउन, परमेश्वरका वचनहरू खान-पिउन र सत्यता बुझ्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छु, त्यसैले मैले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। यही मात्र मेरो मिसन हो।
मैले कहिलेकाहीँ अझै पनि मेरा हजुरबुबा-हजुरआमाका बारेमा सोच्ने गरे पनि, यसले अब मेरो स्थितिलाई असर गर्दैन, किनभने सबै कुरा परमेश्वरको हातमा छ भन्ने कुरा थाहा छ। मेरा हजुरबुबा-हजुरआमाको आ-आफ्नै भाग्य छ, र मेरो आफ्नै मिसन छ। मैले परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ, र यसरी मात्र मैले मूल्यवान् र अर्थपूर्ण जीवन पाउन सक्छु।