४८. आफ्नो भेष उतार्दा साँच्चै नै हलुका हुँदो रहेछ

विलसन, फ्रान्स

मलाई इलेक्ट्रोनिक उपकरणहरू मर्मत गर्नेबारे केही थाहा भएकाले, ब्रदर-सिस्टरहरू आफ्ना उपकरणहरूमा समस्या आउँदा प्रायः मकहाँ आउँछन्, र म प्रायजसो ती समस्या ठीक गर्न सक्छु। एक पटक, एक जना ब्रदरको उपकरणमा समस्या आयो, र मैले के भएको रहेछ भनी हेरेर मर्मत गर्न मद्दत गरेँ। ती ब्रदरले भने, “यो काम तपाईँलाई आउँछ हँ? मैले पनि कुनै दिन यी कुराहरू सिक्न पाए कस्तो हुन्थ्यो होला।” मलाई निकै खुसी लाग्यो र मैले भनेँ, “यो त्यति जटिल छैन। तपाईँले यसका सिद्धान्तहरू बुझ्नुभयो भने छिट्टै सिक्न सक्नुहुन्छ।” ती ब्रदरले प्रशंसाको भावमा टाउको हल्लाए, अनि मैले गहिरो गर्व र श्रेष्ठताको भाव महसुस गरेँ।

एक पटक, ब्रदर-सिस्टरहरूलाई दुईवटा कम्प्युटर जडान गर्न मद्दत चाहियो र मेरो सहायता मागे। मैले सोचेँ, “पहिले त कम्प्युटरहरू जडान गर्ने जिम्मा ब्रदर लियाम र ब्रदर माइकलको थियो। अहिले उनीहरू गइसके, इलेक्ट्रोनिक्सबारे केही ज्ञान राख्ने म मात्रै बाँकी छु, तर मैले वास्तवमा पहिले कहिल्यै कम्प्युटर जडान गरेको छैन। यदि ब्रदर-सिस्टरहरूले साँच्चै नै सामान ल्याइहाले, र मैले राम्ररी जडान गर्न सकिनँ भने त कत्ति लाजमर्दो होला! ब्रदर-सिस्टरहरूले पक्कै सोच्नेछन्, ‘तपाईँलाई इलेक्ट्रोनिक्सबारे थाहा छ भन्ठानेको त, कम्प्युटरसमेत जडान गर्न नसक्ने हुनुहुँदो रहेछ।’” त्यसैले मैले पहिल्यै कम्प्युट-र जडानसम्बन्धी केही भिडियो ट्युटोरियलहरू खोजेर अध्ययन गरेँ, अनि एउटा कम्प्युटरलाई खोलेर फेरि जडान गरेँ। केही पटकको अभ्यासपछि, मैले कम्प्युटर जडान र सिस्टम सेटअपमा लगभग निपुणता हासिल गरेँ, अनि मैले राहतको सास फेरेँ। केही बेरमै, एक जना ब्रदर एउटा कम्प्युटर लिएरआए, जुन पहिल्यै जडान गरिएको थियो र सिस्टम सेटअप मात्रै गर्नुपर्ने थियो। मैले सोचेँ, यो त सजिलै होला। तर जब मैले सेटअप गर्न थालेँ, मैले यो कम्प्युटरको सिस्टम मैले अघि सेटअप गरेकाको भन्दा अलि फरक पाएँ, र म सेटअप इन्टरफेसमा छिर्नै सकिनँ। अरूले मैले गर्न नसकेको देख्लान् र मलाई कमको सम्झेलान् भन्ने डरले, मैले टाउको निहुराएरै त्यसलाई मिलाउन खोज्दै यताउता चलाइरहेँ। एकछिनसम्म गर्दा पनि, मैले त्यसलाई मिलाउन सकिनँ। छेउमा भएका ब्रदरहरूले आ-आफ्ना विचार राय बताइरहेका थिए, कसैले यसो गर्नुपर्छ भन्दै थिए, कसैले उसो गर्नुपर्छ भन्दै थिए। कसैले भिडियो ट्युटोरियल हेर्न सुझाए, र अरूले माइकललाई फोन गर्न भने। यी सुझावहरूले मलाई चिन्तित बनायो। मैले सोचेँ, “मैले यो छिट्टै सेटअप गर्नुपर्छ। यदि यो सेटअप गर्ने तरिका अरूले नै मलाई भन्नुपर्‍यो भने, के त्यसले मलाई असक्षम देखाउँदैन र? तब त ब्रदरहरूले पक्कै मलाई कमको ठान्नेछन्।” त्यसैले मैले उनीहरूको कुरा बेवास्ता गरेँ र आफैँ प्रयास गरिरहेँ। त्यति नै बेला, एक जना ब्रदरले माइकललाई फोन गरे। मैले कत्ति पनि ध्यान दिइरहेको थिइनँ, तर संयोगले माइकलले भनेको सुनेँ, “यो ‘की’ नछोडी थिचिरहनुहोस्, अनि तपाईँ सेटअप इन्टरफेसमा छिर्न सक्नुहुन्छ।” मैले त्यसै गरेँ र फेरि सेटअप गरेँ, र चाँडै नै सेटअप पूरा भयो। त्यसपश्चात, मैले त्यस अवस्थामा आफूले प्रकट गरेको कुरामाथि चिन्तन गरेँ र आफू निकै असमझदार भएको महसुस गरेँ। मलाई त्यो काम कसरी गर्ने भनेर प्रस्टसँग थाहा थिएन तर अरूले मलाई कमको ठान्लान् भन्ने डरले मैले त्यो स्वीकार गर्ने आँट गरिनँ। जब अरूले मद्दतका लागि फोन गरे, तब मलाई उनीहरूले मेरो क्षमतालाई अस्वीकार गरिरहेका छन् जस्तो लाग्यो, र मैले प्रतिरोधी महसुस गरेँ। आफूले प्रकट गरेको कुरामाथि चिन्तन गर्दा, मलाई आफैँदेखि अलि घिन लाग्यो। मैले मनमनै सोचेँ, “अर्को पटक, मैले त्यसरी ढाकछोप र भेषधारण गर्न हुँदैन।”

अर्को दिन, म केही कामले बाहिर गएको थिएँ, र एक जना ब्रदरले फोन गरेर एउटा कम्प्युटर जडान गर्नुपर्ने भयो र कसरी गर्ने भनेर आफूहरूलाई थाहा छैन भन्दै मलाई छिटो फर्कन भने। मैले तुरुन्तै आफ्नो उपस्थितिको भाव महसुस गरेँ। मैले सोचेँ, “म नहुँदा त कामै नचल्ने रहेछ! मैले पहिले कहिल्यै कम्प्युटर जडान नगरेको भए तापनि, मसँग मर्मतको पृष्ठभूमि छ, र मैले आधारभूत सिद्धान्तहरू छिट्टै बुझ्न सक्नुपर्छ। पछि, म उनीहरूलाई सिद्धान्तहरू व्याख्या गर्नेछु र देखाउँछु कि म अझै पनि धेरै जान्दछु।” जब म घर पुगेँ, तब त्यो कम्प्युटर मैले पहिले चलाएकाहरूभन्दा फरक रहेको देखेँ, र म अलि आत्तिएँ, अनि सोचेँ, “यदि मैले यस्तो प्रकारको कम्प्युटर पहिले कहिल्यै जडान गरेको छैन भनेर स्वीकार गरेँ भने, के उनीहरूले ‘ए, उसलाई नआउने कुरा पनि रहेछ?’ भनेर मलाई कमको ठान्लान्?” त्यसैले मैले आफ्नो विगतको अनुभवका आधारमा जडानका सिद्धान्तहरू व्याख्या गरेँ, र त्यसलाई कसरी चलाउने भनेर बताएँ, तर जडान गर्दै गर्दा, मैले त्यो ठीकसँग गरिरहेको छु कि छैन भन्नेमा म निश्चित थिइनँ। म यति चिन्तित भएँ कि मेरो निधारमा चिटचिट पसिना आयो। लियामलाई सल्लाह माग्न फोन गर्न मन त थियो, तर मैले मद्दत माग्ने आँटै गर्न सकिनँ। मैले सोचेँ, “ब्रदर-सिस्टरहरूलाई म यो काम गर्न जान्दछु भन्ने लाग्छ, तर मैले लियामसँग मद्दत मागेँ भने, उनीहरूले पक्कै पनि मेरो सीप राम्रो छैन भनी सोच्नेछन्। के उनीहरूले मलाई अझै पनि उच्च नजरले हेर्नेछन्? के उनीहरू अझै पनि मद्दतका लागि मकहाँ आउनेछन्? अहँ, मैले ब्रदर-सिस्टरहरूलाई म कमको छु भन्ने ठान्न दिन हुँदैन। म आफैँ पत्ता लगाउनेछु। मैले यो समाधान गर्न सक्नुपर्छ।” त्यसैले मैले निर्देशिका पढेँ, सँगसँगै तारहरू जोड्न र परीक्षण गर्न आफ्नो पुरानो तरिका प्रयोग गरेँ। तर मैले तारहरू जोडेर बिजुली जोड्नेबित्तिकै, कम्प्युटरको केसबाट धुवाँ निस्कियो, र मैले तुरुन्तै बिजुली निकालेँ। ब्रदर चार्लीले सोधे, “के भयो?” मेरो अनुहार रातो भयो, र मैले भनेँ, “सायद मैले तारहरू गलत प्लगमा जोडेँ र सर्किट बोर्ड जलाइदिएँ।” आफूलाई बचाउने बाटो खोज्न, मैले भनेँ, “म यो जलेको छ कि छैन भनी हेर्न मल्टिमिटर लिएर आउँछु।” जब म कोठामा फर्केँ, मेरो दिमाग उथलपुथल थियो, र मैले सोचेँ, “यो कसरी भयो? मैले यसलाई जडान गर्न नजानेको मात्र होइनँ, उल्टै सर्किट बोर्ड पनि जलाइदिएँ। कस्तो लाजमर्दो। अरूको मुखेन्जी म अब कसरी पर्नू। यस्तो हुन्छ भनेर जानेको भए, म लियामलाई फोन गरेर सल्लाह माग्ने थिएँ, र यस्तो हुने नै थिएन।” जति मैले यसबारे सोचेँ, त्यति नै मलाई आफूले गरेको काममा पछुतो लाग्यो, र आफैँलाई थप्पड हान्न मन लाग्यो। म कोठाबाहिर निस्कँदा, चार्ली अघि नै लियामसँग फोन लाइनमा थिए, र लियामले उनलाई तारहरू कसरी जोड्ने भनेर बताइरहेका थिए। समाधान वास्तवमा धेरै सरल थियो, तर मैले त्यसबारे सोचेको थिइनँ। त्यस क्षणमा, म पछुतोले भरिएँ, र सोचेँ, “यदि मैले कसैको मार्गदर्शन लिएको भए, म गलत बाटोमा जाने त थिइनँ, तर अब सर्किट बोर्ड जलिसक्यो, हामीले यसलाई बदल्नुपर्छ। यसले ब्रदर-सिस्टरहरूले आफ्ना कर्तव्यका लागि यसलाई प्रयोग गर्न ढिलो हुनेछ।”

त्यसपछि, मैले चिन्तन गर्दै आफैँलाई सोधेँ, “सिस्टम सेटअप गर्ने र कम्प्युटर जडान गर्ने यी दुई घटनामा मैले कुन भ्रष्ट स्वभाव प्रकट गरेँ?” मैले आफ्नो अवस्थाबारे एक जना ब्रदरसँग कुरा गरेँ, र उनले मलाई यो कुरा बताए, “जब हामीलाई कुनै सीपबारे थोरै थाहा हुन्छ, हामी आफूलाई श्रेष्ठ देखाउँछौं। यो त आफैँलाई आगोमा राखेर जल्न दिनुजस्तै हो।” यो सुनेपछि, मैले मेरो समस्या यही हो भन्ने महसुस गरेँ, त्यसैले मैले यसबारे परमेश्‍वरका वचनहरू खोजेर पढेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “सृजित प्राणीको सही स्थानमा उभिनु र सामान्य व्यक्ति हुनु: के यसो गर्न सजिलो छ? (यो सजिलो छैन।) कठिनाइ केमा छ? कठिनाइ यस्तो छः मानिसहरू सधैँ आफ्नो शिर धेरै महिमा र मानपदवीहरू भरिएको अनुभूति गर्छन्। तिनीहरू आफूलाई महान् व्यक्ति र महामानवको पहिचान र हैसियत पनि दिन्छन्, अनि ती सबै ढोँगी र झूटा अभ्यासहरू र देखावटीपनमा संलग्न हुन्छन्। यदि तँ यी कुराहरू त्याग्दैनस् भने, यदि तेरो बोली र काम सधैँ यी कुराहरूको बन्धन र नियन्त्रणमा हुन्छ भने, तँलाई परमेश्‍वरको वचनको वास्तविकतामा प्रवेश गर्न कठिन लाग्नेछ। तँलाई आफूले नबुझ्ने कुराहरूको समाधानमा अधीर हुन छोड्न र त्यस्ता मामिलाहरूलाई बारम्बार परमेश्‍वरसामु राख्न, अनि उहाँलाई सच्चा हृदय चढाउन गाह्रो हुनेछ। तैँले यसो गर्न सक्नेछैनस्। तेरो हैसियत, तेरा मानपदवीहरू, तेरो पहिचान, र त्यस्ता सबै कुरा झूटा र गलत भएकाले, ती परमेश्‍वरका वचनविरुद्ध जाने र उहाँका वचनहरूसँग बाझिने हुनाले गर्दा नै यी कुराहरूले तँलाई बाँधेर राख्छन्, जसले गर्दा तँ परमेश्‍वरसामु आउन सक्दैनस्। अनि, यी कुराहरूले तँलाई के दिन्छन्? यी कुराहरूले तँलाई आफ्नो भेष बदल्न, कुरा बुझेको ढोँग गर्न, आफू अक्‍कलमन्द, महान्, सेलेब्रिटी, सक्षम, र बुद्धिमान् भएको नाटक गर्न, र आफूले सबै कुरा जानेको, आफू सबै कुरामा सक्षम भएको र आफू सबथोक गर्न सक्‍ने भएको भनेरसमेत नाटक गर्न होनहार बनाउँछन्। यसले गर्दा तँलाई अरूले आराधना र प्रशंसा गर्नेछन्। तिनीहरू आफ्ना सारा समस्या लिएर तँकहाँ आउनेछन्, तँमा भर पर्नेछन् र तँलाई आदर गर्नेछन्। तसर्थ, यो त तैँले आफ्नो हात आगोमा हाल्नुजस्तै हो। ल भन् त, के आगोमा हात हाल्दा मज्जा आउँछ? (आउँदैन।) तँ बुझ्दैनस्, तर बुझ्दिनँ भन्न आँट गर्दैनस्। तँ भित्रैसम्‍म छर्लङ्ग देख्‍न सक्दैनस्, तर भित्रैसम्‍म छर्लङ्ग देख्न सक्दिनँ भन्‍ने आँट गर्दैनस्। तैँले प्रष्ट रूपमा गल्ती गरेको हुन्छस्, तर तँ त्यो स्वीकार्न आँट गर्दैनस्। तेरो हृदय वेदनामा हुन्छ, तर तँ यसो भन्‍ने आँट गर्दैनस्, ‘यसपटक त्यो साँच्चै मेरै गल्ती हो, म परमेश्‍वर र मेरा दाजुभाइ-दिदीबहिनीहरूप्रति ऋणी छु। मैले परमेश्‍वरको घरलाई त्यस्तो ठूलो क्षति पुऱ्याएको छु, तर ममा सबैसामु उभिएर त्यो कुरा स्विकार्ने साहस छैन।’ किन तँ बोल्ने आँट गर्दैनस्? तँलाई लाग्छ, ‘म मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई दिएको यश र महिमाअनुरूप जिउनुपर्छ, मैले तिनीहरूले मलाई दिएको उच्च सम्मान र भरोसालाई धोका दिन मिल्दैन, झन् तिनीहरूले मबाट कैयौँ वर्षदेखि राखेको उत्सुक अपेक्षाहरूलाई धोका दिने त कुरै आउँदैन। त्यसकारण, मैले देखावा गरिराख्नुपर्छ।’ त्यस्तो छद्म भेष कस्तो हुन्छ? तैँले सफलतापूर्वक आफूलाई महान् व्यक्ति र महामानव बनाएको हुन्छस्। दाजुभाइ-दिदीबहिनीहरू जस्तोसुकै समस्याहरू सामना गर्नुपर्दा पनि तँकहाँ सोधपुछ गर्न, परामर्श लिन, र तेरो सल्लाह-सुझाव माग्नसमेत आउन चाहन्छन्। तिनीहरू तँविना जिउनसमेत नसक्नेजस्तो देखिन्छ। तर के तेरो हृदय वेदनामा हुँदैन र? अवश्य नै, कतिपय मानिसहरूले यो वेदना अनुभूति गर्दैनन्। ख्रीष्टविरोधीले यो वेदना अनुभूति गर्दैन। ऊ त यसैसमा रमाउँछ, र आफ्नो हैसियत अरू सबै कुराभन्दा माथि छ भन्ठान्छ। तर एक औसत, सामान्य व्यक्तिलाई आगोमा हात हाल्दा वेदना हुन्छ। ऊ आफूलाई कुनै सामान्य व्यक्तिसिवाय अरू केही ठान्दैन। उसले आफूलाई अरूभन्दा बलियो मान्दैन। ऊ आफूले कुनै व्यावहारिक काम पूरा गर्न सक्दिनँ भनेर मात्र होइन, तर मण्डलीको काममा ढिलाइ गराउँछु र परमेश्‍वरका चुनिएका मानिसहरूलाई विलम्ब पुर्‍याउँछु भनेरसमेत सोच्छ, त्यसैले उसले दोष स्विकार्नेछ र राजीनामा दिनेछ। यो समझ भएको व्यक्ति हो। के यो समस्या समाधान गर्न सजिलो छ? समझ भएका मानिसहरूको लागि त यो समस्या समाधान गर्न सजिलो हुन्छ, तर समझ नभएकाहरूको लागि चाहिँ कठिन हुन्छ। तैँले हैसियत प्राप्त गरेपछि, यदि तँ लाज पचाएर हैसियतका लाभहरू उठाउँछस् जसको परिणामस्वरूप तँ वास्तविक काम गर्न नसकेर खुलासा हुन्छस् र हटाइन्छस् भने, त्यो तँ आफैले निम्त्याएको होस् र तँ त्यसको लायक छस्! तँ अलिकति पनि दया वा करुणा पाउन योग्य छैनस्। किन म यसो भन्छु? किनकि तँ उच्च स्थानमा रहन जोड गर्छस्। तँ आफ्नो हात आफै आगोमा हाल्छस्। तेरो घाउ तँ आफैले लगाएको हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो)। परमेश्‍वरका वचनहरूले मेरो खुलासा गरे र म एकदमै लज्जित भएँ। मानिसहरूको नजरमा आफ्नो हैसियत कायम राख्नका लागि, मैले निरन्तर भेषधारण गरेँ र मकुण्डो लगाएँ। मर्मतबारे केही थाहा भए तापनि, मैले वास्तवमा कहिल्यै कम्प्युटर जडान गरेको थिइनँ। ब्रदर-सिस्टरहरूले मलाई कम्प्युटर जडान गर्न भन्दा, मलाई उनीहरूले कमको ठान्छन् कि भन्ने डर लाग्यो, त्यसैले मैले पहिल्यै अध्ययन र अभ्यास गरेँ। त्यसपछि मैले कम्प्युटर जडान गर्ने सिद्धान्तबारे अलिअलि बुझेँ। तर त्यहाँ धेरै फरक-फरक कन्फिगरेसन थिए, र मैले प्रत्येक कन्फिगरेसनको कार्य र भिन्नताहरू पूर्ण रूपमा बुझेको थिइनँ। ब्रदर-सिस्टरहरूले कमको सोच्लान् भनेर, मैले पहिले कहिल्यै सेटअप वा जडान नगरेका कम्प्युटरहरू आउँदा, यो कसरी जडान गर्ने भनेर आफूले नजानेको कुरा स्वीकार गर्ने आँट गरिनँ। मलाई उनीहरूले यसो भन्लान् भन्ने डर थियो, “तपाईँलाई इलेक्ट्रोनिक उपकरणहरूबारे थाहा छ भन्थे त होइन र? एउटा कम्प्युटरसमेत जडान गर्न सक्नुहुन्न?” ब्रदर-सिस्टरहरूको माझमा इलेक्ट्रोनिक्स र प्रविधिबारे जानकार छु भन्ने मेरो छवि कायम राख्न, मैले निरन्तर ढाकछोप र भेषधारण गरिरहेँ। पहिलो कम्प्युटरमा, मैले स्पष्ट रूपमा सेटअप गर्न नसके तापनि, मैले साँचो कुरा स्वीकार गर्ने आँट गरिनँ। मैले टाउको निहुराएर आफैँ पत्ता लगाउने प्रयास गरिरहेँ। जब एक जना ब्रदरले मद्दतका लागि फोन गरे, मैले सुन्नसमेत चाहिनँ। पछि, अर्को कम्प्युटर जडान गर्दा, मैले आफूलाई अझ माथि चढाएँ, उनीहरूले बुझ्नुहुन्न, र मैले बुझ्छु भनी सोचेर, मैले आफूलाई “शिक्षकको” स्थानमा राखेँ, अनि सिद्धान्तहरू र कसरी जडान गर्ने भनेर व्याख्या गरेँ। मलाई यो कम्प्युटर मैले पहिले जडान गरेको भन्दा फरक छ, र पुरानो तार जोड्ने तरिकाले काम नगर्न सक्छ भन्ने प्रस्ट थाहा थियो, र मैले लियामसँग सल्लाह माग्नेबारे सोचेको पनि थिएँ, तर मलाई ब्रदर-सिस्टरहरूको नजरमा इलेक्ट्रोनिक्स र प्रविधिबारे जानकार रहेको भन्ने राम्रो छवि गुमाउनु पर्छ कि भन्ने डर थियो। त्यसैले मैले बल्लतल्ल कुराहरू व्याख्या गर्ने र तारहरू जोड्ने प्रयास गरेँ, र अन्त्यमा कम्प्युटरबाट कालो धुवाँको मुस्लो निस्कियो। मेरो भेष पूर्ण रूपमा फुस्कियो, र म उप्रान्त त्यो आवरणलाई कायम राख्न सकिनँ। ब्रदर-सिस्टरहरूले मलाई छर्लङ्ग देखेका मात्र होइन, मैले मदरबोर्ड पनि जलाएँ। यसले ब्रदर-सिस्टरहरूलाई आफ्नो कर्तव्यका लागि कम्प्युटर प्रयोग गर्न ढिलाइ गरायो। परमेश्‍वरका वचनहरूको खुलासामार्फत मात्र मैले आफू शैतानी स्वभावमा जिइरहेको र एउटा इमानदार शब्दसमेत बोल्न नसक्ने भएको रहेछु भन्ने महसुस गरेँ। म निरन्तर ढाकछोप र भेषधारण गरिरहेको थिएँ, इलेक्ट्रोनिक्स र प्रविधि जानेको भन्ने आफ्नो राम्रो छवि कायम राख्न खोजिरहेको थिएँ। यसरी भेषधारण गरेर, मैले आफ्ना कमजोरी र कमीहरू लुकाउन नसकेको मात्र भइनँ, बरु मैले आफू वास्तवमा को हुँ भनेर आफैँलाई खुलासा गराउन पुगेँ, र मलाई वास्तवमा यो प्रविधिबारे ज्ञान छैन भनेर अरूले देख्न पाए। उनीहरूले म कति छली र पाखण्डी रहेछु भनेर अझ प्रस्टसँग पनि देखे। परिणाम स्वरूप, मैले आफ्नो निष्ठा नै बर्बाद पारेँ। त्यही बेला आफूलाई ढाकछोप गर्नु कत्ति मूर्खतापूर्ण रहेछ भन्ने मलाई महसुस भयो!

त्यसपछि, मैले थप चिन्तन गर्दै आफैँलाई सोधेँ, “मलाई सधैँ भेषधारण गर्न कुन भ्रष्ट स्वभावले उक्साइरहेको थियो?” त्यसपछि मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “जब मानिसहरू अरूले तिनीहरूको सम्मान गरून्, र अरूले तिनीहरूका दोष वा कमजोरीहरू देख्न नसकून् भनी सधैँ आफूलाई अरूले नदेख्ने गरी जोगाएर राख्छन्, सधैँ आफूलाई सेतो पोत्छन्, नाटक गर्छन्, जब तिनीहरू सधैँ आफ्नो सबैभन्दा राम्रो पक्ष प्रस्तुत गर्ने प्रयास गर्छन्, तब त्यो कस्तो प्रकारको स्वभाव हो? त्यो अहङ्कार, आडम्बर, पाखण्ड हो, यो शैतानको स्वभाव हो, यो एक प्रकारको दुष्टता हो। शैतानी शासनका सदस्यहरूलाई नै लिऊँ: तिनीहरूले गोप्यमा जति नै लडाइँ, झगडा, वा हत्या गरे पनि कसैलाई पनि तिनीहरूको रिपोर्ट वा पर्दाफास गर्न दिँदैन। तिनीहरू मानिसहरूले आफ्नो पैशाचिक रूप देख्लान् भनेर डराउँछन्, र त्यसलाई ढाकछोप गर्न आफूले सकेजति सबै गर्छन्। जनसमुदायअघि तिनीहरू आफूलाई सेतो पोत्न आफूले सक्नेजति सबै गर्दै, तिनीहरू मानिसहरूलाई धेरै प्रेम गर्छन्, तिनीहरू धेरै महान्, महिमित र अचूक छन् भन्छन्। यो शैतानको प्रकृति हो। शैतानको प्रकृतिको सबैभन्दा विशिष्ट विशेषता छल र धोखा हो। अनि यो छल र धोखाको उद्देश्य के हो? मानिसहरूका आँखा छल्नु, तिनीहरूलाई यसको सार र यसको साँचो रूप देख्नबाट रोक्नु, र त्यसो गरेर त्यसको शासनलाई लम्याउने उद्देश्य प्राप्त गर्नु हो। साधारण मानिसहरूमा शक्ति र हैसियत नहोला, तर तिनीहरू पनि अरूले तिनीहरूलाई राम्रो नजरले हेरून् भन्‍ने चाहन्छन्, र मानिसहरूले तिनीहरूलाई उच्च नजरले हेरून्, र मनमा तिनीहरूलाई उच्च हैसियतमा राखून् भन्‍ने चाहन्छन्। यो भ्रष्ट स्वभाव हो, र यदि मानिसहरूले सत्यतालाई बुझ्दैनन् भने, यसलाई चिन्न सक्दैनन्। भ्रष्ट स्वभावलाई चिन्नु सबैभन्दा गाह्रो कुरा हो: आफ्नो गल्ती र कमीकमजोरीहरू चिन्न सजिलो छ, तर तेरा आफ्नै भ्रष्ट स्वभावहरू चिन्न सजिलो छैन। आफूलाई नचिन्ने मानिसहरूले आफ्नो भ्रष्ट स्थितिहरूबारे कहिल्यै कुरा गर्दैनन्—तिनीहरू सधैँ आफू अत्यन्तै राम्रो भएको सोच्छन्। र थाहै नपाई तिनीहरू देखावटी गर्न थाल्छन्: ‘मैले विश्‍वास गरेको यत्तिका वर्षमा, धेरै सतावट र धेरै कठिनाइ भोगेको छु। के तपाईंहरूलाई थाहा छ, मैले यो सबै कसरी पार गरेँ?’ के यो अहङ्कारी स्वभाव होइन र? तिनीहरूले आफ्नो प्रदर्शन गर्नुपछाडिको अभिप्राय के हो? (मानिसहरूलाई आफूलाई उच्च ठान्न लगाउनु।) उसले मानिसहरूलाई आफूलाई उच्च ठान्न लगाउनुमा उसको उद्देश्य के हो? (मानिसहरूका मनमा हैसियत बनाउनु।) जब अरू कसैको मनमा हेरो हैसियत हुन्छ, तब ऊसँग अन्तरक्रिया गर्दा, उसले तेरो आदर गर्छ, र विशेष गरी तँसित बोल्दा ऊ शिष्ट बन्छ। उसले सधैँ तेरो मान गर्छ, र सबै कुरामा, उसले तँलाई पहिले जान दिन्छ, तँलाई बाटो छोडिदिन्छ, अनि तँलाई फुर्काउँछ र तेरो पालन गर्छ। सबै कुरामा, तिनीहरू तँलाई खोज्छन् र तँलाई निर्णयहरू गर्न दिन्छन्। र तँलाई यसबाट आनन्द अनुभूति हुन्छ—तँलाई आफू अरू कोहीभन्दा श्रेष्ठ र राम्रो हुँ भन्ने लाग्छ। यो यो कसैको मनमा हैसियत हुनुको अनुभूति हो; सबै मानिसहरू यस्तो अनुभूतिमा रमाउन चाहन्छन्। यही कारण मानिसहरु हैसियतका लागि होड गर्छन्, र सबैले अरूका मनमा हैसियत राख्न, अरूबाट सम्मानित हुन र आदर्श ठानिन चाहन्छन्। यदि तिनीहरूले यसबाट त्यस्तो आनन्द पाउन सकेनन् भने, तिनीहरू हैसियतको पछि लाग्दैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्‍वरका वचनहरूबाट, मैले के महसुस गरेँ भने निरन्तर ढाकछोप र भेषधारण गर्ने चाहना अहङ्कारी र छली स्वभावद्वारा प्रेरित हुन्छ। मेरो अहङ्कारी स्वभावले मलाई अरूको प्रशंसा र आराधना खोज्न लगाउँछ, र मेरो छली स्वभावले मेरा कमजोरी र कमीहरूको सम्बन्धमा आफूलाई ढाकछोप र भेषधारण गर्न लगाउँछ, र म अरूको प्रशंसा प्राप्त गर्ने प्रयासमा आफ्नो राम्रो पक्ष मात्र देखाउँछु। यो चिनियाँ कम्युनिष्ट पार्टीजस्तै हो, जो मामिलाहरू ढाकछोप गर्न र त्यसमा पर्दा लगाउन सिपालु छ। उनीहरूको आन्तरिक कलह जतिसुकै तीव्र भए पनि वा उनीहरूले जतिसुकै खराब कामहरू गरे पनि, कहिल्यै पनि मिडियालाई त्यसको रिपोर्ट गर्न दिँदैनन्, किनभने उनीहरूलाई मानिसहरूले उनीहरूको राक्षसी अनुहार देख्नेछन् र उनीहरूलाई समर्थन गर्न छोड्नेछन् भन्ने डर छ। उनीहरूले मानिसहरूमाथि सधैँ शासन गर्ने लक्ष्यका साथ आफ्नो महानता, महिमा र सहीपनको छवि प्रचारप्रसार र स्तुतिगान गर्न, मानिसहरूलाई छल्न र मूर्ख बनाउन मिडियाको भरपुर प्रयोग गर्छन्। यो साँच्चै घृणित र दुष्ट छ! कम्प्युटरहरू जडान गर्दा मैले पनि शैतानी स्वभाव प्रकट गरेँ। आफ्नो अभिमान र हैसियतको रक्षा गर्न, मैले आफूलाई थाहा नभएको वा गर्न नसक्ने कुरा स्वीकार गरिनँ। मैले आफ्ना सबै कमजोरी र कमीहरू ढाकछोप गरेँ, र सबै कुरामा जानकार र सक्षम भएको बहाना गरेँ। यो सबै अरूलाई मेरो प्रशंसा गराउन थियो। के यो सबै ढाकछोप र भेषधारण ब्रदर-सिस्टरहरूलाई छल्नु र मूर्ख बनाउनु थिएन र? के म शैतानजत्तिकै घृणित र दुष्ट भइरहेको थिइनँ र? यसबारे चिन्तन गर्दा, म साँच्चै निर्लज्ज रहेको महसुस भयो। मैले निरन्तर अरूले मेरो प्रशंसा र आराधना गरून् भनेर खोजेँ ताकि उनीहरू मेरो वरिपरि घुमून्, सबै कुराका लागि मकहाँ आऊन् र मसँग आदर र शिष्टाचारले व्यवहार गरून्। जब ब्रदरहरूले मलाई फोन गरेर आफूहरूलाई कम्प्युटर कसरी जडान गर्ने भन्ने थाहा नभएकाले जडान गरिदिन आग्रह गरे, त्यस क्षणमा, मैले आफ्नो ठूलो उपस्थिति भाव महसुस गरेँ, म उनीहरूभन्दा उत्तम छु भन्ने लाग्यो, र मेरो घमण्ड पूर्ण रूपमा सन्तुष्ट भयो। मैले त्यो भावनाको आनन्द लिएकाले नै मानिसहरूले मलाई उच्च नजरले हेरून् भनेर ढाकछोप र भेषधारण गर्न हरसम्भव प्रयास गरेँ।

मैले आफैँलाई सोधेँ, “यदि मैले प्रतिष्ठा र हैसियत पछ्याइरहेँ, र अरूको प्रशंसाको आनन्द लिइरहेँ भने, परिणामहरू के हुनेछन्?” मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “मानिसहरूले हैसियत पछ्याउँदा, त्यस कुरालाई जति परमेश्‍वरले अरू कुनै पनि कुरालाई घृणा गर्नुहुन्न, तैपनि तँ अझै हैसियतको लागि ढिपी गर्दै प्रतिस्पर्धा गर्छस्, निरन्तर हैसियतलाई कदर र रक्षा गर्छस्, र सधैँ हैसियतलाई आफ्नै हातमा लिने प्रयास गर्छस्। के यो सबैमा परमेश्‍वरप्रति वैरी हुने थोरै गुण छैन र? हैसियत मानिसहरूको लागि परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको कुरा होइन; परमेश्‍वरले मानिसहरूलाई सत्यता, बाटो, र जीवन दिनुहुन्छ, ताकि अन्तिममा तिनीहरू मानकअनुरूपका सृजित प्राणी अर्थात् सृजित साना र महत्त्वहीन प्राणी बनून्—हैसियत र प्रतिष्ठा भएको र हजारौँ मानिसहरूले श्रद्धा गर्ने व्यक्ति बनाउनुहुन्‍न। त्यसकारण, यसलाई जुन दृष्टिकोणले हेरे पनि, हैसियतको पछ्याइ भनेको बर्बादीको बाटो हो। हैसियतको पछि लाग्‍ने तेरो बहाना जति नै तार्किक भए पनि, यो अझै पनि गलत मार्ग नै हुन्छ, र परमेश्‍वरले यसलाई अनुमोदन गर्नुहुन्‍न। तैँले जति धेरै प्रयास गरे पनि वा जति ठूलो मूल्य चुकाए पनि, यदि तँ हैसियत पाउने इच्‍छा गर्छस् भने, परमेश्‍वरले तँलाई त्यो दिनुहुनेछैन; यदि परमेश्‍वरले त्यो कुरा तँलाई दिनुभएन भने, तँ त्यो प्राप्त गर्ने लडाइँमा असफल हुनेछस्, र यदि तैँले लडाइँ गरिरहिस् भने एउटै मात्र परिणाम आउनेछ: तँलाई प्रकट गरिनेछ र हटाइनेछ—तँ बर्बादीको बाटोमा हुनेछस्। कुरो बुझिस् नि, हैन?(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्‍वरका वचनहरूले प्रतिष्ठा र हैसियत खोज्नुको प्रकृति र परिणामहरू स्पष्ट रूपमा बताउँछन्। निरन्तर प्रतिष्ठा र हैसियत खोज्नु, सारमा, परमेश्‍वरको विरोध गर्नु हो, र नतिजा गतिरोधमा पुग्नु हो। किनभने हामी मानिसहरू केवल साना सृजित प्राणीहरू हौँ, हामीले परमेश्‍वरको आराधना गर्नुपर्छ र उहाँतर्फ हेर्नुपर्छ, र इमानदारी र आज्ञाकारी भई आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। मानिसहरूमा हुनुपर्ने विवेक र समझ यही हो। परमेश्‍वरले आखिरी दिनहरूमा सत्य व्यक्त गर्नुभएको छ ताकि उहाँका वचनहरू मानिसहरूभित्र स्थापित गर्न, तिनलाई हाम्रो जीवन बनाउन, हामीलाई सामान्य मानवता जिउन दिन र मानकअनुरूप सृजित प्राणी बन्न दिन सकियोस्। परमेश्‍वर मानिसहरूले आफ्नो कर्तव्यको क्रममा प्रतिष्ठा, हैसियत, वा अरूको प्रशंसा पछ्याएको चाहनुहुन्न। यदि मैले निरन्तर बहानाबाजी गरेँ र प्रतिष्ठा र हैसियत पछ्याइरहेँ, र मैले पश्चात्ताप गरिनँ, परिवर्तन भइनँ, वा सत्य अभ्यास गरिनँ भने, म पक्कै पनि अन्ततः परमेश्‍वरद्वारा प्रकट गरिएर हटाइने थिएँ। मैले कसरी परमेश्‍वरको घरबाट निष्कासित गरिएका अधिकांश ख्रीष्टविरोधीले प्रतिष्ठा र हैसियत पछ्याएका थिए भन्नेबारे सोचेँ। उनीहरूले मण्डलीको कामलाई हानि पुर्‍याउन र गम्भीर रूपमा अवरोध र बाधा दिन हिचकिचाएनन्, जसले अन्ततः उनीहरूलाई निष्कासित गरायो। यस समस्याको गम्भीरता महसुस गर्दै, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र आफ्नो स्थिति बदल्न, उप्रान्त मानिसहरूको प्रशंसाको पछि नलाग्न, बरु इमानदारीपूर्वक एउटा सानो सृजित प्राणी बन्न इच्छुक भएँ।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “यदि तँ हैसियतका बन्धन र सीमाहरूको सास्ती भोग्न चाहँदैनस् भने, तैँले यी सबै उपाधि र प्रभा-मण्डल त्याग्नुपर्छ र आफ्ना ब्रदर-सिस्टरहरूलाई तेरो साँचो स्थिति र तेरो हृदयका विचारहरू बताउनुपर्छ। तिनीहरूलाई तेरा कमीकमजोरी र अपर्याप्तताहरू देख्न दे; यसरी, तिनीहरूले तँलाई सही तरिकाले व्यवहार गर्न सक्नेछन्, तँलाई अति उच्च सम्मान गर्नेछैनन् वा तँलाई पुज्नेछैनन्, र तैँले भेष बदल्नु पर्नेछैन। त्यसपछि, तैँले खुलेर आफ्नो साँचो स्थिति उदाङ्गो पारेपछि, के तेरो हृदयले अझ धरातलमा टेकेको, अझ आराम भएको महसुस गर्नेछैन र? किन आफ्नो ढाडमा यति भारी बोझ बोकेर हिँड्नु? यदि तैँले आफ्नो साँचो अवस्था देखाइस् भने, के ब्रदर-सिस्टरहरूले साँच्चै तँलाई हेयको नजरले हेर्नेछन्? के तिनीहरूले साँच्चै तँलाई त्याग्नेछन्? पटक्कै होइन। बरु, ब्रदर-सिस्टरहरूले तँलाई अनुमोदन गर्नेछन् र आफ्नो हृदयदेखि बोल्ने साहस भएकोमा तेरो प्रशंसा गर्नेछन्। तिनीहरूले तँ एक इमानदार व्यक्ति होस् भनी भन्नेछन्। यसले तँलाई मण्डलीको काम गर्नमा पटक्कै रोकटोक गर्नेछैन, न त यसले त्यसमा अलिकति पनि नकारात्मक प्रभाव पार्नेछ। यदि ब्रदर-सिस्टरहरूले साँच्चै तँलाई कठिनाइहरू छन् भनी देखे भने, तिनीहरूले तँलाई मद्दत गर्न र तँसँग सहकार्य गर्न पहल गर्नेछन्। त्यसो नै हुनेछैन र? (हो।) अरूले तँलाई उच्च सम्मान गरून् भनेर सधैँ छद्मभेष धारण गर्नु असाध्यै मूर्खतापूर्ण कुरा हो। सबैभन्दा राम्रो तरिका भनेको एक नियमित व्यक्ति बन्नु र एक साधारण हृदय राख्नु, र परमेश्‍वरका चुनिएका मानिसहरूसामु सरल तरिकाले खुल्न सक्नु र तिनीहरूसँग अक्सर हृदयदेखिको कुराकानीमा संलग्न हुनु हो—र यदि कसैले तँलाई उच्च सम्मान गर्छ, तेरो प्रशंसा गर्छ, तेरो अत्यधिक तारिफ गर्छ, वा तँलाई चापलुसीपूर्ण कुराहरू भन्छ भने, तँ त्यो स्वीकार गर्दैनस्; यी सबै कुरा अस्वीकार गरिनुपर्छ। … अनि, तैँले कसरी मामुली व्यक्ति, साधारण व्यक्ति, सामान्य व्यक्ति हुने अभ्यास गर्नुपर्छ? पहिला, तैँले राम्रो र मूल्यवान् ठानिरहने कुराहरू, साथै अरूले तेरो तारिफ र प्रशंसा गर्न प्रयोग गर्ने देखावटी, मिठा शब्दहरूलाई नकार्नु र त्याग्नुपर्छ। यदि तँलाई आफ्‍नो हृदयमा तँ कस्तो व्यक्ति होस्, तेरो सार के हो, तेरा कमजोरीहरू के-के हुन् र तैँले कस्तो भ्रष्टता प्रकट गर्छस् भन्‍नेबारेमा स्पष्ट छ भने, तैँले यसबारेमा खुलस्‍त रूपमा अरूसँग सङ्गति गर्नुपर्छ, ताकि अरूले तेरो साँचो स्थिति के हो, तेरा विचार र दृष्टिकोणहरू के-के हुन् भनेर देख्‍न सकून्, ताकि त्यस्ता कुराहरूका बारेमा तेरो ज्ञान के छ भन्‍ने तिनीहरूले जान्‍न सकून्। तैँले जे गरे पनि, बहाना बनाउने वा देखावटी गर्ने नगर्, कसैले पनि नदेखून् भनेर अरूबाट आफ्‍नो भ्रष्टता र कमजोरीहरू नलुका; यस्तो झूटो व्यवहार तेरो हृदयभित्रको अवरोध हो, र यो भ्रष्ट स्वभाव पनि हो, र यसले मानिसहरूलाई पश्‍चात्ताप गर्न र परिवर्तन हुनबाट रोक्‍न सक्छ। तैँले परमेश्‍वरसँग प्रार्थना गर्नुपर्छ, र झूटो कुराहरूलाई मनन र चिरफार गर्नुपर्छ, जस्तै अरूले तँलाई दिने प्रशंसा, तँमाथि बर्साउने महिमा, र तँलाई प्रदान गर्ने मुकुटहरू। तैँले यी कुराहरूले तँमाथि गर्ने हानिलाई देख्‍नैपर्छ। त्यसो गर्दा, तँलाई आफ्‍नो नाप थाहा हुन्छ, तैँले आत्म-सचेतना प्राप्त गर्नेछस्, र तैँले अबउप्रान्त आफूलाई एक महामानव, वा महान् व्यक्तिको रूपमा हेर्न छोड्नेछस्। तँमा त्यस्तो आत्म-सचेतना आएपछि, तँलाई सत्यता स्वीकार गर्न, परमेश्‍वरका वचनहरू र परमेश्‍वरले मान्छेबाट माग्‍नुहुने कुराहरूलाई हृदयमा स्वीकार गर्न, सृष्टिकर्ताले तँलाई दिनुहुने मुक्तिलाई स्वीकार गर्न, र दृढ रूपमा साधारण व्यक्ति, इमानदार र भरपर्दो व्यक्ति बन्‍न, अनि सृष्टि गरिएको प्राणी तँ आफै र सृष्टिकर्ता परमेश्‍वरबीचमा सामान्य सम्‍बन्ध स्थापित गर्न सहज हुनेछ। परमेश्‍वरले मानिसहरूलाई गर्न लगाउनुहुने कुरा ठ्याक्‍कै यही हो, अनि यो तिनीहरूले पूर्ण रूपमा हासिल गर्न सक्‍ने कुरा हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो)। परमेश्‍वरका वचनहरूले मेरो भ्रामक विचार र दृष्टिकोणहरूलाई सच्याए, र मलाई अभ्यासको बाटो देखाए। पहिले, म सधैँ के चिन्ता गर्थेँ भने यदि मैले आफ्ना कमजोरी र कमीहरू खुलासा भने, मानिसहरूले मलाई कमको सोच्नेछन्, त्यसैले म सधैँ ढाकछोप र भेषधारण गर्थेँ। तर सत्य त के थियो भने, मैले भेषधारण गरेर केही नभने तापनि, मेरा ब्रदर-सिस्टरहरूले म वास्तवमा को हुँ भनेर पहिल्यै देखिसकेका थिए, र यदि मैले इमानदारीपूर्वक बोल्न र आफ्ना कमजोरीहरू उदाङ्गो पार्न सकेँ भने, उनीहरूले मलाई कमको ठान्ने थिएनन्। बरु, उनीहरूले म इमानदार व्यक्ति बन्ने अभ्यास गरिरहेको देख्ने थिए र त्यसको आदर र अनुमोदन गर्ने थिए। मैले ढाकछोप र भेषधारण गर्ने बाटो रोजेको थिएँ, र आफूले नजानेको वा गर्न नसक्ने कुरा खुलासा गर्ने आँट गरेको थिइनँ। नतिजस्वरूप, जब साँचो कुरा बाहिर आयो, मैले ब्रदर-सिस्टरहरूको प्रशंसा पाउन असफल भएको मात्र होइन, बरु आफैँलाई मूर्ख बनाएँ, जसले गर्दा अरूले मलाई मन पराएनन् र हेलाँ गरे। अब मैले के महसुस गरेँ भने मेरो दृष्टिकोण गलत र मूर्खतापूर्ण थियो, र मैले यी सोचहरूको विरुद्ध विद्रोह गरेर परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्नुपर्थ्यो। वास्तवमा, सामान्य मानिसहरू सबैका कमजोरी र कमीहरू हुन्छन्। कसैले कुनै विशेष क्षेत्रमा धेरै वर्ष काम गरेको छ र त्यसमा अत्यधिक कुशल भएको छ भने पनि, त्यहाँ अझै पनि उसलाई केही कुरा थाहा नहुने समयहरू हुन्छन्। कमजोरी र कमीहरू हुनु कुनै लाज मान्नुपर्ने कुरा होइन। यदि कसैलाई सबै कुरा थाहा हुन्थ्यो र सबै कुरा गर्न सक्थ्यो भने, ऊ महामानव हुने थियो। साथै, म समूहमा इलेक्ट्रोनिक्सबारे सबैभन्दा जानकार छु भन्ने सोचेकाले, र अरूको प्रशंसाले गर्दा, मैले आफूलाई श्रेष्ठ देखाउन थालेँ, तर व्यावसायिक दृष्टिकोणबाट, मलाई अझै पनि आधारभूत कुराहरू मात्र थाहा थियो। फर्केर सोच्दा, जब लियाम यहाँ थिए, उनी इलेक्ट्रोनिक उपकरणहरूमा बढी सिपालु थिए, र उनको तुलनामा, म धेरै कम सिपालु थिएँ। तैपनि, उनले समेत आफूले नबुझेका केही उपकरणहरूबारे बढी जानकार ब्रदर-सिस्टरहरूसँग परामर्श लिनुपर्थ्यो, जसले मेरो ज्ञानको खाडल अझ स्पष्ट बनाउँछ। त्यसैले यसलाई जसले जसरी हेरे पनि, मैले आफूलाई माथि चढाउनु हुँदैनथ्यो। बरु, मैले आफ्ना कमजोरी र कमीहरूको सही तरिकाले सामना गर्नुपर्ने थियो, र सबैसँग खुला हुनुपर्ने थियो ताकि उहाँहरूले मलाई बुझ्न सकून्। यसो गर्नु नै समझदार व्यवहार हुने थियो।

पछि, अर्को एउटा उपकरण बिग्रियो, र एक जना ब्रदरले मर्मत गर्न मेरो मद्दत मागे। जाँच गरेपछि, मैले एउटा पार्ट बिग्रेको छ भन्ने निर्णय गरेँ र त्यसलाई फेरेँ, तर परीक्षण गरेपछि पनि, त्यसले काम गरेन। मैले केही बेरसम्म त्यसमा काम गरेँ, तर अझै पनि बनाउन सकिनँ। त्यसपछि मैले सोचेँ, “के मैले समस्यालाई गलत बुझेँ? के मैले सल्लाह लिन माइकललाई फोन गर्नुपर्छ? उनले यस प्रकारको उपकरणमा पहिले धेरै काम गरेका छन्, सायद उनले यो समस्या देखेका होलान्।” तर फेरि मैले सोचेँ, “यदि मैले यो समाधान गर्न सकिनँ र मद्दत माग्नुपर्‍यो भने, ब्रदर-सिस्टरहरूले पक्कै पनि म सिपालु छैन भन्ने सोच्नेछन्, र मलाई उप्रान्त उच्च नजरले हेर्ने छैनन्। मैले उनीहरूलाई म कमको छु भन्ने सोच्न दिनु हुँदैन। यदि मैले प्रयास गरिरहेँ भने, म आफैँ पत्ता लगाउन सक्नेछु।” जब ममा यो सोच आयो, तब मलाई म फेरि ढाकछोप र भेषधारण गर्न खोजिरहेको छु भन्ने महसुस भयो, त्यसैले मैले आफ्नो हृदयमा प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले यस प्रकारको मेसिनमा धेरै काम गरेको छैन, र समस्या कहाँ छ भन्नेमा म निश्चित छैन। मलाई ब्रदरहरूले कमको ठान्नेछन्, र म फेरि भेषधारण गर्न चाहन्छु भन्ने डर छ। हे परमेश्‍वर, कृपया मलाई एक इमानदार व्यक्ति बन्न, आफ्ना कमजोरी र कमीहरूको सामना गर्न बन्न, र सक्रिय रूपमा अरूबाट मद्दत खोज्ने सक्ने बन्न अगुवाइ गर्नुहोस्।” प्रार्थना गरेपछि, मैले माइकललाई सल्लाह माग्न फोन गरेँ। उनको सल्लाहअनुसार, मैले जाँच गरेँ र समस्याको जड पत्ता लगाएँ, र छिट्टै त्यसलाई ठीक गरेँ। यसरी अभ्यास गर्दा मलाई हलुका र सहज महसुस भयो। एकातिर, मैले ब्रदर-सिस्टरहरूले आफ्नो कर्तव्यका लागि उपकरण प्रयोग गर्न ढिलो गराइनँ, र अर्कोतिर, मैले फेरि ढाकछोप र भेषधारण नगरी सचेत रूपमा थोरै सत्यता अभ्यास गरेँ। परमेश्‍वरका वचनहरूको मार्गदर्शनले नै मलाई पछ्याउनुपर्ने सही लक्ष्य दिए। म सत्यता पछ्याउन र अभ्यास गर्न, इमानदारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्न, र मानकअनुरूप सृजित प्राणी बन्न इच्छुक छु।

अघिल्लो: ४७. मेरो आशिष् पाउने अभिप्रायलाई रोगले प्रकट गर्‍यो

अर्को: ४९. हाम्रो परिवारले हामीलाई हुर्काएर देखाएको दया-मायालाई कसरी व्यवहार गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्