१८. म शान्त रूपमा आफ्नो कमजोरीको सामना गर्न सक्छु

झाओ चेन, चीन

मलाई याद भएदेखि नै म भकभकाएर बोल्थेँ। सामान्यतया मेरो बोलाइ त्यति नराम्रो थिएन, तर वरिपरि धेरै मानिसहरू हुँदा म आत्तिन्थेँ र बोल्दा भकभकाउन थाल्थेँ। मेरो बोली धाराप्रवाह नभएको देख्दा मेरो परिवारले मलाई भन्थ्यो, “तँ अलि बिस्तारै बोल्न सक्दैनस्? कसैले पनि तँलाई बीचमै रोक्न खोजिरहेको छैन।” यसले मेरो आत्म-सम्मानमा धक्का दियो, र त्यसपछि मलाई धेरै बोल्न मन लाग्न छोड्यो। स्कुल जान थालेपछि पनि यस्तै भयो। जब शिक्षकले प्रश्न सोध्नुहुन्थ्यो र मलाई उत्तर दिन लगाउनुहुन्थ्यो, म आत्तिएको कारणले प्रश्नको उत्तर थाहा भएर पनि भन्न सक्दिनथेँ, अनि मेरो भकभकाउने समस्या अझ गम्भीर बन्यो। यसले गर्दा अरू विद्यार्थीहरूले मेरो बोलीको नक्कल गर्थे। जुनियर हाइस्कुलमा हुँदा म कक्षाको मनिटर थिएँ। एक पटक, मैले शिक्षक आइपुग्नुभएको देखेँ। म आत्तिएँ, त्यसैले सबैलाई उठ्न भन्दा म फेरि भकभकाएँ। यो सुनेर मेरा सहपाठीहरू र शिक्षक सबै खित्का छोडेर हाँसे। मलाई साह्रै अपमानित महसुस भयो, र म लुक्नलाई दुलो खोज्न आतुर थिएँ। मेरो हीनताबोधले गर्दा, म घरबाट विरलै बाहिर जान्थेँ र मुस्किलले मात्र बोल्थेँ। मैले परमेश्‍वरमा विश्वास गर्न थालेपछि, ब्रदर-सिस्टरहरूले ममा भकभकाउने समस्या भएको र मैले धेरै सङ्गति नगरेको देखे, त्यसैले उनीहरूले मलाई हौसला दिँदै भने, “आफ्नो भकभकाउने समस्याबारे चिन्ता नगर। अलि बिस्तारै बोले मात्र पुग्छ; हामीले बुझ्न सकुञ्जेल केही फरक पर्दैन।” ब्रदर-सिस्टरहरूको प्रोत्साहन पाएर मैले सङ्गति गर्ने अभ्यास गर्न थालेँ। बिस्तारै, ब्रदर-सिस्टरहरूसँग मेरो चिनजान बढ्यो र म बोल्दा धेरै आत्तिन छोडेँ। त्यतिबेला, मलाई छुटकारा र स्वतन्त्रताको आभास महसुस भयो जुन पहिले कहिल्यै भएको थिएन।

तर, मैले बिस्तारै याद गरेँ कि भेलाहरूमा सङ्गति गर्दा ब्रदर-सिस्टरहरूले मलाई बारम्बार यस्तो सोध्थे, “तिमीले भर्खरै के भनेकी रे? मैले त बुझिनँ। फेरि एकचोटि भन्न सक्छौ?” सुरुको एकदुई पटक त मैले यसलाई त्यति वास्ता गरिनँ, तर उनीहरूले बारम्बार यसो भनेको सुन्दा, मलाई कतै उनीहरूले हेप्ने हुन् कि, कतै उनीहरूले म यति ठूली भइसक्दा पनि भकभकाउँछु र प्रस्ट बोल्न पनि सक्दिनँ भन्ने हुन् कि भन्ने डर लाग्यो। सङ्गति गर्दा म धेरै आत्तिन्थेँ, र फलस्वरूप मेरो भकभकाउने समस्या झन् खराब बन्यो। मलाई निकै लज्जित महसुस हुन्थ्यो, र म ब्रदर-सिस्टरहरूले मलाई बेकम्मा र कुनै काम नलाग्ने रद्दी ठान्नेछन् भनेर चिन्तित हुन्थेँ। त्यसैले, पछि भेलाहरूमा जाँदा मलाई बोल्न मन लाग्न छोड्यो, किनकि मलाई ब्रदर-सिस्टरहरूले मेरो बोली प्रस्ट छैन र बुझ्न सक्दिनँ भनेर भन्लान् भन्ने डर थियो। एक पटक, जब हामी एउटा भेलामा परमेश्‍वरका वचनहरू खाँदै र पिउँदै थियौँ, मैले केही ज्ञान प्राप्त गरेँ र सङ्गति गर्न चाहेँ, तर आफ्नो भकभकाउने समस्या सम्झिनेबित्तिकै शब्दहरू ओठसम्म आएर पनि मैले सङ्गति गर्ने आँट गरिनँ। मलाई आफू पराई भएझैँ महसुस भयो। ब्रदर-सिस्टरहरूले आफ्ना शब्दहरू स्पष्टसँग उच्चारण गर्न सक्थे, तर के मैले सक्थेँ त? म प्रस्ट रूपमा बोल्न पनि सक्दिनथेँ; के परमेश्‍वरले मजस्तो व्यक्तिलाई अझै चाहनुहोला र? बिस्तारै, म भेलाहरूमा बोल्न झन्-झन् अनिच्छुक हुँदै गएँ। विगतमा, परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा मैले केही ज्योति प्राप्त गरेकी थिएँ, तर अब म कुनै पनि ज्योतिबारे सङ्गति गर्न सक्दिनथेँ। मलाई भेलाहरू एकदमै ढिला चलेको अनुभूति हुन्थ्यो, र मैले ती भेलाबाट कुनै प्राप्ति वा आनन्द पाइनँ। हरेक भेलामा, मलाई काँडामाथि बसे जस्तै छटपटी हुन्थ्यो। भेलाहरूमा, मैले सङ्गति गर्नैपर्ने अवस्थामा बाहेक गर्दिनथेँ, र यदि साँच्चै पन्छिन नसक्ने अवस्था आयो भने, म मन नलागी-नलगी थोरै वचनहरू सङ्गति गर्थेँ। म अत्यन्तै दबिएको र पीडित महसुस गर्थेँ, यहाँसम्म कि म परमेश्‍वरबारे गुनासो गर्थेँ र उहाँलाई गलत बुझ्थेँ, अनि सोच्थेँ, “किन अरू मानिसहरू यति प्रस्ट र धाराप्रवाह बोल्छन्, जबकि म चाहिँ धाराप्रवाह नबोल्ने मात्र नभई भकभकाउने पनि गर्छु? मैले कसरी अरू ब्रदर-सिस्टरहरूले जस्तै धाराप्रवाह बोल्न सक्ने होला ताकि अरूले मेरो खिल्ली नउडाऊन्?”

पछि, मण्डलीको चुनावमा, ब्रदर-सिस्टरहरूले मलाई अगुवाका रूपमा छाने। मैले मनमनै सोचेँ, “यदि मैले अगुवाइको कर्तव्य निर्वाह गरेँ भने, मैले धेरै मानिसहरूसँग अन्तरक्रिया गर्नुपर्नेछ। के त्यसो गर्दा अझ धेरै ब्रदर-सिस्टरहरूले मेरो भकभकाउने समस्याबारे थाहा पाउनेछैनन् र? जे सुकै होस्, म यो गर्न सक्दिनँ; म आफूलाई लज्जित पारिरहन चाहन्नँ।” यही सोचेर, मैले त्यो कर्तव्य अस्वीकार गरेँ। पछि, मेरो अगुवाले मसँग सङ्गति गर्नुभयो, र अन्त्यमा नचाहँदा-नचाहँदै पनि म सहमत भएँ। तर, मेरो भकभकाउने समस्याले गर्दा, म सधैँ आफूलाई ब्रदर-सिस्टरहरूभन्दा तल्लो स्तरको ठान्थेँ, र म नकारात्मकतामा जिउँथेँ, र आफूलाई त्यसबाट बाहिर निकाल्न सक्दिनथेँ। हरेक दिन, म एकदमै सुस्त महसुस गर्थेँ। भेलाहरूमा म कुनै जाँगर निकाल्न सक्दिनथेँ, र म सङ्गति गर्न इच्छुक हुँदिनथेँ। कहिलेकाहीँ, ब्रदर-सिस्टरहरू कठिनाइमा पर्दा, त्यसलाई कसरी समाधान गर्ने भनेर मलाई हृदयमा थाहा हुन्थ्यो, तर मलाई मेरो भकभकाइले गर्दा उनीहरूले मलाई हेप्लान् भन्ने डर लाग्थ्यो, त्यसैले म सङ्गति गर्न चाहन्नथेँ। म केवल मसँग सहकार्य गर्ने सिस्टरलाई समस्याहरूबारे बताउँथेँ र उनलाई नै समाधान गर्न लगाउँथेँ। एउटी सिस्टरले मैले भेलाहरूमा सङ्गति नगरेको देखिन् र मलाई के भयो भनेर सोधिन्, अनि मैले उनलाई भकभकाइले गर्दा हीनताबोध भएको मेरो स्थितिबारे बताएँ। ती सिस्टरले मलाई हौसला दिँदै भनिन्, “हरेक मानिसमा आ-आफ्नै कमजोरीहरू हुन्छन्, तर तिनले हाम्रो सत्यताको पछ्याइलाई असर गर्दैनन्। तिम्रो भकभकाउने समस्या आत्तिएको कारणले भएको हो। बोल्दा परमेश्‍वरमा अझ बढी भर पर्नू, र चिन्तित नहुनू। यदि तिमीले अलि बिस्तारै बोल्यौ भने, ब्रदर-सिस्टरहरूले बुझ्न सक्छन्।” ती सिस्टरको कुरा सुनेर, मलाई अलिकति सान्त्वना मिल्यो। परमेश्‍वरले मलाई मद्दत गर्न ती सिस्टरलाई प्रयोग गर्नुभएको थियो, र मैले आफ्नो भकभकाइका कारण नकारात्मक भइरहनु हुँदैनथ्यो। म आफ्नो स्थितिलाई उल्ट्याउन र आफ्नो कमजोरीलाई सही तरिकाले सामना गर्न तयार थिएँ।

पछि, अरू सिस्टरहरूले पनि मसँग सङ्गति गरे। मैले राम्रोसँग सङ्गति नगरेको भनेर मानिसहरूले भन्लान् भन्ने डरले अरूसँग अन्तरक्रिया गर्दा म आत्तिने रहेछु भनी मैले महसुस गरेँ। यो सबै मैले आफ्नो अभिमानलाई धेरै वास्ता गरेको कारणले भएको थियो। मैले आफ्नो स्थिति परमेश्‍वरसामु प्रस्तुत गरेँ र प्रार्थना गरेँ, र उहाँलाई मेरो यो समस्या बुझ्न मलाई मार्गदर्शन गर्नुहोस् भनी अनुरोध गरेँ। एक दिन, मेरो उपासनाको समयमा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “अधिकांश मानिसहरू सत्यता खोज्नुको सट्टा सानातिना चालहरूको सहारा लिन्छन्। तिनीहरू आफ्नै हित, अभिमान, र अरू मानिसहरूको मनमा आफ्नो स्थान वा हैसियतलाई ठूलो महत्त्व दिन्छन्। तिनीहरूले कदर गर्ने कुराहरू यिनै मात्र हुन्। तिनीहरू यी कुराहरूमा दह्रोसँग टाँसिन्छन् र तिनलाई आफ्नो जीवन नै ठान्छन्—तिनीहरू परमेश्‍वर यी कुराहरूलाई कसरी हेर्नुहुन्छ र व्यवहार गर्नुहुन्छ भन्‍ने कुरासँग कुनै सरोकार राख्दैनन्; तिनीहरू पहिले आफू समूहको मालिक हुँ कि होइन, आफूले अरूले उच्च सम्मान गर्ने पद सुरक्षित गर्न सक्छु कि सक्दिनँ, र कसैले आफूले भनेको कुरा सुन्छ कि सुन्दैन भन्ने कुरासँग सरोकार राख्छन्। तिनीहरू पहिले त्यो पद ओगट्नतिर लाग्छन्। समूहमा हुँदा, लगभग सबै मानिस यस प्रकारको पद, यस प्रकारको अवसर खोज्छन्। यदि तिनीहरू अत्यधिक सक्षम छन् भने, तिनीहरूले अवश्यै शीर्ष स्थान ओगट्ने प्रयास गर्छन्। यदि तिनीहरू औसत मात्रै छन् भने, तिनीहरूले अझै पनि समूहमा एक प्रमुख पद धारण गर्ने प्रयास गर्छन्। अनि यदि तिनीहरू समूहको तल्लो तहमा छन्, औसत क्षमता र सक्षमताका छन् भने, तिनीहरूले अरूलाई आफूलाई उच्च सम्मान गर्न लगाउने प्रयास पनि गर्छन्; तिनीहरूले अरूलाई आफूलाई हेयको नजरले हेर्न दिन सक्दैनन्। यी मानिसहरूले आफ्नो अभिमान र इज्जतमा नै सीमा कोर्छन्; तिनीहरूले यी कुराहरूलाई समातिराख्नैपर्छ भनी सोच्छन्। तिनीहरूले आफ्नो निष्ठा गुमाए पनि, वा परमेश्‍वर तिनीहरूसँग अप्रसन्‍न हुनुभए पनि र तिनीहरूलाई मान्यता दिनुहुन्न भने पनि, तिनीहरू अझै आफ्नो अभिमान र हैसियतका लागि लागिपर्नुपर्छ; तिनीहरू हर हालतमा अपमानबाट जोगिनैपर्छ। यो एक शैतानी स्वभाव हो। तैपनि तिनीहरू यो महसुस गर्दैनन्। तिनीहरूले आफूसँग बाँकी रहेको थोरै अभिमान गुमाउन सकिन्न भनी सोच्छन्। तिनीहरूलाई के थाहा छैन भने, जब यी सतही कुराहरू पूर्ण रूपमा त्यागिन्छन् र छोडिन्छन्, तब मात्रै तिनीहरू वास्तविक मानिस बन्नेछन्, र यदि तिनीहरूले त्यागिनुपर्ने यी कुराहरूलाई आफ्नो जीवनझैँ गरी जोगाए भने, तिनीहरूको जीवन गुम्नेछ। तिनीहरूलाई के दाउमा छ भन्‍ने कुरा थाहै छैन। त्यसकारण, आफूले गर्ने जुनै कुरामा पनि, तिनीहरू सधैँ केही कुरा लुकाएर राख्छन्, तिनीहरू सधैँ आफ्नै अभिमान र हैसियतको रक्षा गर्नको खातिर काम गर्छन्, र तिनीहरूले यी कुराहरूलाई प्राथमिकता दिन्छन्। तिनीहरू आफ्नै खातिर मात्रै बोल्छन् र भ्रामक तर्कहरू गर्छन्—तिनीहरूले आफ्नै लागि जे पनि गर्नेछन्। तिनीहरू हर उज्‍ज्वल कुराको पछि दौडन्छन्, र अरूलाई तिनीहरू त्यसको एउटा हिस्सा थिए भनी देखाउँछन्। वास्तवमा तिनीहरूसँग त्यसको कुनै सरोकार हुँदैन, तर तिनीहरू कहिल्यै पृष्ठभूमिमा धकेलिन चाहँदैनन्, तिनीहरू सधैँ अरू मानिसहरूले तिनीहरूलाई हेला गर्लान् भनी डराउँछन्, तिनीहरू सधैँ अरू मानिसहरूले तिनीहरू केही पनि होइनन्, तिनीहरू केही पनि गर्न असमर्थ छन्, तिनीहरूसँग कुनै सीप छैन भन्लान् भनी डराउँछन्। के यो सबै तिनीहरूको शैतानी स्वभावद्वारा निर्देशित छैन र? जब तँ यी इज्जत र हैसियत जस्ता कुराहरूलाई छोड्न सक्छस्, तब तँ अझ ढुक्‍क र स्वतन्त्र हुनेछस्; तैँले इमानदार हुने बाटोमा पाइला राखेको हुनेछस्। तर धेरैका लागि, यो कुरा हासिल गर्न सजिलो हुँदैन। उदाहरणको लागि, जब क्यामेरा देखा पर्छ, मानिसहरू तछाड-मछाड गर्दै अगाडि आइपुग्छन्; तिनीहरूलाई आफ्नो अनुहार क्यामेरामा पार्न मन पर्छ, जति धेरै कभरेज हुन्छ उति नै राम्रो ठान्छन्; तिनीहरू पर्याप्त कभरेज प्राप्त नहोला कि भनेर डराउँछन्, र यो प्राप्त गर्ने मौकाका लागि कुनै पनि मूल्य चुकाउँछन्। अनि, के यो सबै तिनीहरूको शैतानी स्वभावद्वारा निर्देशित हुँदैन र? यी तिनीहरूका शैतानी स्वभावहरू हुन्। त्यसरी तैँले कभरेज पाउँछस्—त्यसपछि के हुन्छ? मानिसहरूले तँलाई ठूलो मानिस सोच्छन्—अनि के हुन्छ? तिनीहरूले तँलाई आदर्श बनाउँछन्—अनि के हुन्छ? के यीमध्ये कुनै पनि कुराले तँसित सत्यता वास्तविकता छ भनेर प्रमाणित गर्छ त? यीमध्ये कुनै पनि कुराको मूल्य हुँदैन। जब तँ यी कुराहरूलाई जित्‍न सक्छस्—जब तँ तीप्रति उदासीन हुन्छस्, र अबउप्रान्त तँ ती कुराहरूलाई महत्त्वपूर्ण मान्‍न छोड्छस्, जब इज्‍जत, घमण्ड, हैसियत, मानिसहरूको प्रशंसाले, अबउप्रान्त तेरा विचार र व्यवहार नियन्त्रण गर्न छोड्छन्, र अझ बढी तैँले आफ्नो कर्तव्य कसरी निर्वाह गर्छस् भन्‍ने कुरालाई नियन्त्रण गर्न छोड्छन्—तब तेरो कर्तव्य प्रदर्शन अझ प्रभावकारी र अझ शुद्ध हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरले खुलासा गर्नुभएको कुरा देखेर, मैले बुझेँ कि मानिसहरूको क्षमता जतिसुकै भए पनि, उनीहरू सबै अरूको मनमा बस्न चाहन्छन् र अरूले आफूलाई हेपेको चाहँदैनन्। ममा भकभकाउने समस्या थियो र म मानिसहरूले मलाई हेपेको चाहन्नथेँ। मेरो बोली प्रस्ट नभएकोले, मेरो सङ्गतिको क्रममा मैले के भनेको भनेर ब्रदर-सिस्टरहरूले सोध्दा, म उनीहरूले मलाई हेपिरहेका छन् भन्ने सोच्थेँ। यसले मलाई हीनता महसुस गरायो, र म यतिसम्म नकारात्मक भएँ कि मलाई आफ्नो कर्तव्य निर्वाह गर्न समेत मन लाग्न छोड्यो। मैले आफ्नो अभिमानलाई धेरै ख्याल गरेछु! सानैदेखि, मेरो परिवारले सिकाएको कुरा र विद्यालयको शिक्षाको कारण, “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” र “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” भन्ने शैतानी विषहरूले मेरो हृदयमा जरा गाढेका थिए। यी कुराले गर्दा मैले मानिसहरूलाई अभिमान चाहिन्छ र उनीहरू अरूको हेपाइमा पर्नु हुँदैन भन्ने गलत विश्वास गरेँ। जब म गैरविश्‍वासीहरूसँग अन्तरक्रिया गर्थेँ, तिनीहरू मेरो भकभकाइका कारण मलाई हेरेर हाँस्थे। अरूबाट हेपिन नपरोस् भन्नका लागि, जरुरी पर्दा बाहेक म घरबाट निस्किन्नथेँ वा बोल्दिनथेँ। बोलिहाले पनि, म दुई-चार शब्द मात्र बोल्थेँ, वा केवल मुस्कुराउँथे र टाउको हल्लाउँथे। ब्रदर-सिस्टरहरूसँग अन्तरक्रिया गर्दा यदि म भकभकाउन थालेँ भने, म मनमनै अन्दाज लगाउँथेँ, र सोच्थेँ, “उनीहरूले मेरो बारेमा के सोच्नेछन्? उनीहरूले मेरो बारेमा के भन्नेछन्?” म सधैँ मलाई सबैले हेप्छन् भन्ने सोच्थेँ, र म ठूलो पीडा र दबाबमा जिइरहेकी थिएँ। परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा, मैले केही बोध र बुझाइ प्राप्त गरेँ, तर म, यदि सङ्गति गर्दा म भकभकाएँ भने, ब्रदर-सिस्टरहरूले मलाई हेप्नेछन् भनेर डराउँथेँ, त्यसैले म सङ्गति गर्दिनथेँ। साथै, कुनै समझ नदेखाई, मैले परमेश्‍वरसँग मेरो भकभकाउने समस्या हटाइदिनुहोस् भनी माग गरेँ, र आफ्नो कर्तव्यबाट पन्छिन चाहेँ। ब्रदर-सिस्टरहरूलाई कठिनाइ आइपर्दा, म सङ्गति गरेर तिनलाई समाधान गर्न मद्दत गर्दिनथेँ; मैले एउटा सृजित प्राणीले गर्नुपर्ने कर्तव्यहरू पूरा गरेकी थिइनँ। मसँग कुनै पनि समझ थिएन; म परमेश्‍वरको विरोध र उहाँविरुद्ध विद्रोह गरिरहेकी थिएँ। अरूले मलाई उच्च ठाने पनि, र मैले चमकदार ख्याति पाए पनि, त्यसले के नै हुन्थ्यो र? यसले मेरो जीवन स्वभावमा परिवर्तन ल्याउने थिएन, र कामकुराले मेरो अभिमानमा कस्तो असर पार्ला भन्ने चिन्ता मात्र थप्थ्यो, जसले मलाई परमेश्‍वरबाट झन् टाढा पुर्‍याउँथ्यो। अन्त्यमा, परमेश्‍वरले मलाई तिरस्कार गर्नुहुनेथियो र हटाउनुहुनेथियो। आफ्नो अभिमानलाई जोगाउँदा मलाई यति ठूलो हानि हुन्छ भन्ने बुझेपछि, मैले अब ब्रदर-सिस्टरहरूले मेरो बारेमा के सोच्छन् भन्ने कुरालाई वास्ता गर्न छोडेँ। मैले कसरी आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्ने भन्नेबारे मात्र सोचेँ।

एक दिन, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “मानिसहरूले समाधान गर्न नसक्‍ने केही समस्याहरू छन्। उदाहरणका लागि, तँसँग अरूसँग कुरा गर्दा नर्भस हुने प्रवृत्ति हुन सक्छ; जब तैँले परिस्थितिहरू सामना गर्छस्, तब तँसँग आफ्नै विचार र दृष्टिकोणहरू हुन सक्छन् तर तिनलाई स्पष्ट रूपमा व्यक्त गर्न सक्दैनस्। धेरै मानिसहरू उपस्थित हुँदा तँ निकै नर्भस हुन्छस्; तैँले अस्पष्ट रूपमा बोल्छस् र तेरो मुख काँप्छ। कतिपय मानिसहरू त भकभक समेत गर्छन्; अरूका हकमा, यदि विपरीत लिङ्गी सदस्यहरू उपस्थित छन् भने, तिनीहरूको कुरा झनै बुझ्‍न सकिँदैन, र के भन्‍ने वा के गर्ने भन्‍ने तिनीहरूलाई बस थाहा नै हुँदैन। के यसलाई जित्न सजिलो छ? (छैन।) कम्तीमा पनि छोटो अवधिमा, तँलाई यो कमजोरीलाई जित्न सजिलो हुँदैन किनभने यो तेरो जन्मजात अवस्थाको भाग हो। यदि कैयौँ महिना अभ्यास गरेपछि पनि तँ अझै पनि नर्भस हुन्छस् भने, त्यो नर्भसपन दबाबमा परिणत हुनेछ, जसले तँलाई बोल्न, मानिसहरूलाई भेट्न, भेलाहरूमा सहभागी हुन, वा प्रवचनहरू दिन डर मान्‍ने बनाएर नकारात्मक रूपमा असर गर्नेछ, र यी डरहरूले तँलाई ध्वस्त पार्नेछन्। … त्यसकारण, यदि तैँले छोटो अवधिमा यो खराबी, यो कमजोरीलाई जित्न सक्छस् भने, जित्। यदि यसलाई जित्न गाह्रो छ भने, यसको झमेला नलिई, यसविरुद्ध सङ्घर्ष नगर्, र आफूलाई चुनौती नदे। अवश्य नै, यदि तँ यसलाई जित्न सक्दैनस् भने, तँलाई नकारात्मक महसुस हुनु हुँदैन। तैँले आफ्नो जीवनकालमा यसलाई कहिल्यै जित्न नसके पनि, परमेश्‍वरले तँलाई निन्दा गर्नुहुनेछैन, किनभने यो तेरो भ्रष्ट स्वभाव होइन। मञ्चमा बोल्ने तेरो डर, तेरो नर्भसपन र डर—यी प्रकटीकरणहरूले तेरो भ्रष्ट स्वभाव प्रतिबिम्बित गर्दैनन्; ती जन्मजात भए पनि वा जीवनमा पछि वातावरणले पैदा गरेका भए पनि, बढीमा, ती तेरो मानवताको खराबी, कमजोरी हुन्। यदि तँ यसलाई दीर्घकालमा, वा आफ्नो जीवनकालमा समेत परिवर्तन गर्न सक्दैनस् भने, यसमा एकोहोरो भई नबस्, तँलाई बन्धनमा पार्न नदे, न त तँ यसको कारण नकारात्मक नै बन्नुहुन्छ, किनभने यो तेरो भ्रष्ट स्वभाव होइन; यसलाई परिवर्तन गर्ने प्रयास गर्नु वा यसविरुद्ध सङ्घर्ष गर्नुको कुनै अर्थ हुँदैन। यदि तँ यसलाई परिवर्तन गर्न सक्दैनस् भने, यसलाई स्वीकार गर्, अस्तित्वमा रहन दे, र यसलाई सही रूपमा लिई, किनभने तँ यो खराबी, यो कमजोरीसँग सह-अस्तित्वमा रहन सक्छस्—तँसँग यो हुनुले परमेश्‍वरलाई पछ्याउने र आफ्नो कर्तव्य पूरा गर्ने तेरो कार्यमा असर गर्दैन। तैँले सत्यतालाई स्वीकार गर्न र आफ्नो क्षमताले भ्याए अनुसार आफ्नो कर्तव्य पूरा गर्न सके सम्म, तैँले अझै पनि मुक्ति पाउन सक्छस्; यसले तेरो सत्यताको स्वीकारमा असर गर्दैन र तेरो मुक्ति प्राप्तिमा असर गर्दैन। त्यसकारण, तँ प्रायजसो तेरो मानवताको निश्‍चित खराबी वा कमजोरीको बन्धनमा पर्नु हुँदैन, न त तँ प्रायजसो नकारात्मक र निरुत्साहित नै हुनुपर्छ, न त तैँले आफ्नो कर्तव्य त्याग्‍नुपर्छ र मुक्ति पाउने मौका गुमाउँदै, सत्यता पछ्याउन समेत त्याग्‍नुपर्छ। यो पटक्‍कै सार्थक हुँदैन; मूर्ख र अज्ञानी व्यक्तिले त्यही गर्नेथियो(वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। म ठ्याक्कै परमेश्‍वरका वचनले भनेजस्तै थिएँ। जीवनभरि, मेरो भकभकाउने समस्याले गर्दा, म वरिपरि धेरै मानिसहरू हुँदा सधैँ आत्तिन्थेँ, जसले गर्दा म भकभकाउन थाल्थेँ। जब मानिसहरूले मलाई हेप्थे, यसले मेरो आत्म-सम्मानमा चोट पुर्‍याउँथ्यो, र म आफ्नै उपायहरू लगाएर आफ्नो भकभकाउने बानी परिवर्तन गर्न चाहन्थेँ। तर कुराहरू मैले चाहेजस्तो भएनन्, जसले गर्दा म झन्-झन् नकारात्मक बन्दै गएँ, र अन्त्यमा म आफ्नो कर्तव्य निर्वाह गर्न समेत चाहन्नथेँ। मैले परमेश्‍वरले मेरो भकभकाउने समस्या सुल्झाउन मद्दत गर्नुभएन भनेर गुनासो समेत गरेँ। अब, मैले बुझेँ कि मेरो भकभकाउने समस्या जन्मजात हो, र म यसलाई चाहेर मात्र जित्न सक्दिनँ। भकभकाउनु चिन्ताको विषय होइन; यो कुनै भ्रष्ट स्वभाव होइन र यसले मेरो सत्यताको पछ्याइमा कुनै हस्तक्षेप गर्दैन। यो केवल ममा भएको एउटा कमजोरी हो, र मैले यसलाई सही रूपमा हेरुन्जेल केही फरक पर्दैन। यदि ब्रदर-सिस्टरहरूले मैले भनेको कुरा बुझेनन् र सुझाव दिए भने, मैले यसलाई शान्तपूर्वक सामना गर्नुपर्छ र ती शब्दहरू फेरि दोहोर्‍याउनुपर्छ वा अलि बिस्तारै बोल्नुपर्छ। मेरो भकभकाउने समस्याले मलाई यति नकारात्मक बनाउनु हुँदैन कि मैले आफ्नो कर्तव्य नै निर्वाह नगरूँ। सङ्क्षेपमा, मैले आफ्नो कमजोरीको बारेमा चिन्ता लिनु पर्दैन। यदि म यसलाई जित्न सक्छु भने म जित्नेछु, र यदि सक्दिनँ भने, मैले आफ्नो समस्यालाई शान्तपूर्वक सामना गर्नुपर्छ, र मैले जसरी गर्नुपर्ने हो त्यसरी नै सङ्गति गर्न र आफ्नो कर्तव्य निर्वाह गर्न जारी राख्नुपर्छ। भकभकाउने कुराले बाँधिनु आवश्यक छैन। विगतमा, म आफ्नो कमजोरीलाई सही रूपमा हेर्न सक्दिनथेँ। मलाई मेरो भकभकाउने समस्याले गर्दा म बेकम्मा र धर्तीको बोझ हुँ, म आफ्नो कर्तव्य निर्वाह गर्न सक्दिनँ, र परमेश्‍वरले मजस्तो व्यक्तिलाई चाहनुहुन्न भन्ने लाग्थ्यो। तर यतिका समय, मण्डलीले मेरो भकभकाइका कारण मलाई कर्तव्य निर्वाह गर्ने अधिकारबाट कहिल्यै वञ्चित गरेन। मैले नै यो कमजोरीलाई सही रूपमा हेर्न सकिनँ, र सधैँ यसको विरुद्ध सङ्घर्ष गरिरहेँ। यसलाई जित्न नसकेपछि, म नकारात्मक बनेँ र मैले गुनासो गरेँ। वास्तवमा, जब मैले जानीजानी आफ्नो भकभकाउने बानी परिवर्तन गरिनँ र अलि बिस्तारै बोलेँ, तब ब्रदर-सिस्टरहरूले मेरो कुरा बुझ्न सके र मैले सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सकेँ। यो मैले कल्पना गरेजस्तो, भकभकाउने समस्याले गर्दा मैले कर्तव्य निर्वाह गर्न नसकेको बिलकुलै थिएन। जीवनभर, म सधैँ आफ्नो भकभकाउने समस्याबाट प्रभावित भएकी थिएँ। मेरा सहपाठीहरूले मलाई गिज्याए र मेरो परिवारले मलाई मन पराएन। मलाई बेवास्ता र भेदभाव मात्र गरियो, र म निकै कम आत्म-सम्मानका साथ जिएँ। तर, मैले परमेश्‍वरमा विश्वास गर्न थालेपछि, परमेश्‍वरले ब्रदर-सिस्टरलाई प्रयोग गरेर मलाई मद्दत गर्नुभयो र हौसला दिनुभयो, र म नकारात्मक र पीडामा हुँदा आफ्ना वचनहरू प्रयोग गरेर मलाई मार्गदर्शन गर्नुभयो, जसले मलाई यो नकारात्मकताबाट बाहिर निस्कन मद्दत गर्‍यो। अब मैले अनुभवबाट गहिरो रूपमा बुझेँ कि मानिसलाई सबैभन्दा बढी प्रेम गर्ने परमेश्‍वर नै हुनुहुन्छ। तर मैले सधैँ परमेश्‍वरबारे गुनासो गरेकी र उहाँलाई गलत बुझेकी थिएँ; म उहाँप्रति धेरै ऋणी थिएँ। यो सोचेर, मैले परमेश्‍वरसामु आई प्रार्थना गरेँ, “हे परमेश्‍वर! तपाईँका वचनहरूबाट मैले बुझेँ कि कुनै कमजोरी हुनु चिन्ताको विषय होइन, न त यो हुँदैमा मैले आफ्नो कर्तव्य निर्वाह गर्न नसक्ने नै हो। म शान्त मानसिकताका साथ आफ्नो कमजोरीलाई हेर्न, तपाईँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन, र तपाईँलाई सन्तुष्ट पार्नका लागि आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न तयार छु।”

एक दिन, मेरो उपासनाको समयमा, मैले परमेश्‍वरका वचनका दुइटा खण्ड पढेँ: “श्रेष्ठ वरदान वा प्रतिभा नपछ्या, र आफ्नो क्षमता वा जन्मजात गुणलाई परिवर्तन गर्ने प्रयास नगर्, बरु, आफ्नो जन्मजात अवस्थाहरू—जस्तै क्षमता, सक्षमता, र जन्मजात गुण—अन्तर्गत परमेश्‍वरका मागहरू अनुसार आफ्नो कर्तव्य पूरा गर्ने, र परमेश्‍वरले माग गर्नुभएका कुराहरू अनुसार हरेक कुरा गर्ने प्रयास गर्। परमेश्‍वरले तेरो सक्षमता वा क्षमता बाहिरका कुराहरू माग गर्नुहुन्न—तैँले आफ्ना लागि कामकुराहरू कठिन बनाउनु पनि हुँदैन। तँ आफूले बुझेको र हासिल गर्न सक्‍ने कुराका आधारमा मात्रै सक्दो गर्छस्, र आफ्ना अवस्थाहरूले जे कुरालाई अनुमति दिन्छ त्यही अनुसार अभ्यास गर्छस् भने पनि ठीकै हुन्छ(वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। “यदि तेरो मानवताको समझ सामान्य छ भने, तैँले आफ्ना खराबी र कमी कमजोरीहरूलाई सही तरिकाले सामना गर्नुपर्छ; तैँले तिनलाई मानिलिनुपर्छ र स्वीकार गर्नुपर्छ। यो तेरा लागि फाइदाजनक हुन्छ। तिनलाई स्वीकार गर्नुको अर्थ तिनको बन्धनमा पर्नु होइन, न त तिनका कारण प्रायजसो नकारात्मक बन्‍नु नै हो, बरु यसको अर्थ तँ भ्रष्ट मानवजातिको साधारण सदस्य मात्र होस्, तँसँग आफ्नै कमीकमजोरी र खराबीहरू छन्, तँसँग घमण्ड गर्ने केही कुरा छैन, मानिसहरूलाई तिनीहरूको कर्तव्य पूरा गर्न उत्थान गर्ने परमेश्‍वर नै हुनुहुन्छ, र परमेश्‍वरले तिनीहरूमा आफ्नो वचन र जीवन ढाल्ने अभिप्राय राख्‍नुहुन्छ, जसले तिनीहरूलाई मुक्ति हासिल गर्ने र शैतानको प्रभावबाट उम्कने तुल्याउँछ—यो पूर्ण रूपमा परमेश्‍वरले मानिसहरूलाई उत्थान गरिरहनु भएको हो भन्‍ने कुरालाई पहिचान गर्नु हो। हरेकको खराबी र कमीकमजोरी हुन्छ। तैँले आफ्ना कमीकमजोरी र खराबीहरूलाई आफूसँग सह-अस्तित्वमा रहन दिनुपर्छ; ती कुराहरूबाट जोगिने वा तिनलाई ढाकछोप गर्ने नगर्, र तिनका कारण बारम्बार भित्री रूपमा दमन महसुस नगर् वा सधैँ आफू निकृष्ट छु भन्‍ने समेत महसुस नगर्। तँ निकृष्ट छैनस्; यदि तँ आफ्नो सारा हृदय, सारा शक्ति, र सारा मनले, अनि आफ्नो क्षमताले सके जति, आफ्नो कर्तव्य पूरा गर्न सक्छस्, र तँसँग निष्कपट हृदय छ भने, तँ परमेश्‍वरको अघि सुन जस्तै बहुमूल्य हुन्छस्। यदि तँ आफ्नो कर्तव्य पूरा गर्दा मूल्य चुकाउन सक्दैनस् र तँमा बफादारीको कमी छ भने, तेरा जन्मजात अवस्थाहरू औसत व्यक्तिको भन्दा असल भए पनि, तँ परमेश्‍वरको अघि बहुमूल्य छैनस्, तँ एउटा बालुवाको कणको मूल्य जति समेत छैनस्(वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्‍वरका वचनहरू पढेपछि सबै कुरा प्रस्ट भयो। हरेक व्यक्तिमा कमजोरी र खोटहरू हुन्छन्। कमजोरी हुनु कुनै समस्या होइन, र व्यक्तिले यसलाई छोड्न र सही रूपमा हेर्न सिक्नुपर्छ। मेरो भकभकाउने समस्या परमेश्‍वरद्वारा नियोजन गरिएको थियो, र मैले सधैँ यसलाई बदल्न खोजेर आफैलाई गाह्रो बनाउनु हुँदैन। मसँग शुद्ध र इमानदार हृदय हुनु र मसँग भएका सबै कुरा आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नमा लगाउनु नै मेरो लागि पर्याप्त थियो। विगतमा, यदि म बोल्ने बेलामा भकभकाएँ भने, ब्रदर-सिस्टरहरूले मलाई हेप्नेछन् भनेर मलाई सधैँ डर लाग्थ्यो, त्यसैले म परमेश्‍वरले यो भकभकाउने समस्या हटाइदिनुहोस् भन्ने चाहन्थेँ। अब, मैले परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्ने र आफ्नो कमजोरीलाई सही रूपमा हेर्नुपर्ने थियो। मैले पहिले सुनेको एउटी सिस्टरको अनुभव सम्झेँ। उनमा मेरोभन्दा गम्भीर भकभकाउने समस्या थियो, बोल्दा उनी सधैँ भक भक गर्थिन्, र उनले के भनिरहेकी छिन् भनेर बुझ्न गाह्रो हुन्थ्यो। त्यतिबेला, एउटा मण्डलीले चिनियाँ कम्युनिस्ट पार्टीको गिरफ्तारी भोगिरहेको थियो, र त्यसको सबै काम ठप्प थियो। ब्रदर-सिस्टरहरूले त्यहाँ जाने आँट गरेनन्, तर ती सिस्टरले अघि सरेर मण्डलीलाई सघाउन जाने स्वयंसेवी भूमिका खेलिन्। कतिपय मानिसहरूले सोचे, “उनले प्रस्ट बोल्न समेत सक्दिनन्, के उनले साँच्चै उनीहरूलाई सघाउन सक्छिन् त?” तर, ती सिस्टर आफ्नो भकभकाउने समस्याद्वारा बाँधिइनन्। जब उनी मण्डलीमा पुगिन्, उनले अगुवालाई अवस्थाबारे जानकारी दिन लगाइन्। उनले सबै ब्रदर-सिस्टरहरू डरमा जिइरहेका देखिन्, र उनले एक-एक गरी उनीहरूसँग सङ्गति गरिन्। ती सिस्टरले धेरै प्रस्ट नबोलेकी देखेर, अगुवाले आफैँ अग्रसर भएर सङ्गतिमा भाग लिनुभयो। ती सिस्टरले कामको विस्तृत जाँच र सुपरिवेक्षण गर्दा, अगुवा र कामदारहरूमा बोझको बोध विकास भयो, र ब्रदर-सिस्टरहरूले सामान्य रूपमा आफ्ना कर्तव्य निर्वाह गर्न थाले। ती सिस्टर बोल्ने बेलामा भकभकाए पनि, उनी यसद्वारा बाँधिइनन् र उनले आफ्नो कर्तव्यमा नतिजा निकाल्न सकिन्। मैले पनि ती सिस्टर जस्तै भएर निष्कपट हृदयले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। यसो गरियो भने, परमेश्‍वरको मार्गदर्शन प्राप्त गर्न सजिलो हुनेछ। यो बुझेपछि, मैले आफूमा एउटा कमजोरी छ भन्दैमा डराउनु हुँदैन भनेर थाहा पाएँ। यसलाई सही रूपमा सामना गर्नु र मेरो क्षमताले जे हासिल गर्न सकिन्छ त्यसअनुसार आफ्नो सक्दो प्रयास गर्नु चाहिँ महत्त्वपूर्ण थियो।

अहिले, मैले काम कार्यान्वयन गर्दा र ब्रदर-सिस्टरहरूको स्थिति समाधान गर्न उनीहरूसँग सङ्गति गर्दा, म अब आफ्नो भकभकाइद्वारा बाँधिएकी हुँदिनँ। मैले जसको समस्या पत्ता लगाए पनि, म आवश्यक पर्दा उनीहरूलाई काटछाँट गर्छु वा उचित हुँदा मद्दत गर्न सङ्गति गर्छु, र म आफ्नै अनुभवका आधारमा उनीहरूका समस्याहरू समाधान गर्न परमेश्‍वरका सान्दर्भिक वचनहरू खोज्छु। साथै, परमेश्‍वरका वचनहरू पढेर मैले जति बुझाइ प्राप्त गरेकी छु, म त्यति नै बाँड्छु। कहिलेकाहीँ, म व्यग्र हुन्छु र भकभकाउन थाल्छु, त्यसैले म हृदयमा चुपचाप परमेश्‍वरलाई प्रार्थना गर्छु, र आफ्नो अभिमानद्वारा नबाँधिन मलाई मार्गदर्शन गर्नुहोस् भनेर उहाँलाई अनुरोध गर्छु। त्यसपछि, म अलि बिस्तारै बोल्छु ताकि ब्रदर-सिस्टरहरूले बुझून्, र मैले कामलाई प्रस्ट रूपमा कार्यान्वयन गर्न सकूँ। जब ब्रदर-सिस्टरहरूले ममा भकभकाउने समस्या भएको देख्छन्, उनीहरूले मैले कल्पना गरेजस्तो मलाई हेप्दैनन्, र उनीहरू आफूले मेरो सङ्गतिबाट केही मार्ग भेटाएको छु भनेर समेत भन्छन्। कहिलेकाहीँ, माथिल्लो तहका अगुवाले मेरो कामको जाँच गर्दा, म आत्तिन्छु र भकभकाउन थाल्छु, तर म यो खोटलाई शान्तपूर्वक सामना गर्छु र बोल्दा मेरो आत्तिने बानी हराउँछ।

यतिका वर्ष, म सधैँ आफ्नो भकभकाउने समस्याले ग्रस्त थिएँ। मैले असाध्यै हीन र दबिएको महसुस गरेकी थिएँ। यो यात्राभरि, मैले गहिरो रूपमा बुझेँ कि कुनै व्यक्तिले राम्रो बोलेको देखिन्छ कि देखिँदैन भन्ने कुरालाई परमेश्‍वरले महत्त्व दिनुहुन्न। उहाँ त हामीसँग शुद्ध र इमानदार हृदय होस् भन्ने चाहनुहुन्छ। बाहिरी रूपमा जे-जस्ता कमजोरीहरू भए पनि, जबसम्म व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्नमा आफ्नो सर्वस्व लगाउँछ, ऊ परमेश्‍वरको अभिप्रायअनुरुप हुन्छ। जसरी परमेश्‍वरका वचनहरूले भन्छन्: “हरेकको खराबी र कमीकमजोरी हुन्छ। तैँले आफ्ना कमीकमजोरी र खराबीहरूलाई आफूसँग सह-अस्तित्वमा रहन दिनुपर्छ; ती कुराहरूबाट जोगिने वा तिनलाई ढाकछोप गर्ने नगर्, र तिनका कारण बारम्बार भित्री रूपमा दमन महसुस नगर् वा सधैँ आफू निकृष्ट छु भन्‍ने समेत महसुस नगर्। तँ निकृष्ट छैनस्; यदि तँ आफ्नो सारा हृदय, सारा शक्ति, र सारा मनले, अनि आफ्नो क्षमताले सके जति, आफ्नो कर्तव्य पूरा गर्न सक्छस्, र तँसँग निष्कपट हृदय छ भने, तँ परमेश्‍वरको अघि सुन जस्तै बहुमूल्य हुन्छस्(वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))

अघिल्लो: १७. व्यस्त देखिनुको पछाडि के लुकेको छ

अर्को: १९. मैले देखेँ कि मेरा शब्दहरूका पछाडि सधैँ अशुद्धताहरू हुन्थे

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्