१७. व्यस्त देखिनुको पछाडि के लुकेको छ

डेजी, संयुक्त राज्य अमेरिका

सन् २०२३ को डिसेम्बरमा, कर्तव्य निर्वाह गर्दा गैरजिम्मेवार भएको कारणले मैले काटछाँटको सामना गरेँ। चिन्तन गरेपछि, मैले त्यस समयमा मेरो कर्तव्य निर्वाह साँच्चै गैरजिम्मेवार थियो भन्ने महसुस गरेँ। मण्डली अगुवाको रूपमा, मैले लेखन-पठनको कामको मात्र अनुगमन गरेँ र मेरो प्रत्यक्ष जिम्मेवारीमा नपर्ने वा मेरो प्रतिष्ठा र हैसियतमा असर नपर्ने अन्य सबै कामहरूलाई बेवास्ता गरेँ। मैले आफ्नो समयलाई अझ प्रभावकारी रूपमा प्रयोग गरेर अझ धेरै कामको अनुगमन गर्न सक्थेँ, तर मलाई यो झन्झटिलो र थकाइलाग्दो लाग्यो, त्यसैले म थप मेहनत लगाउन अनिच्छुक थिएँ। फलस्वरूप, भिडियोको काममा भइरहेको ढिलाइबारे मलाई थाहा भएन। मैले साँच्चै वास्तविक काम गरेकी थिइनँ। परमेश्‍वरको घरले मलाई निष्कासित नगरेको र कर्तव्यलाई निरन्तरता दिने मौका दिएको देखेर, मैले सोचेँ, “मैले साँच्चिकै पश्चात्ताप गर्न र मेरो ऋणको पूर्ति गर्न जरुरी छ।”

त्यसपछि, म दिउँसो अनुभवात्मक गवाही भिडियोहरूको छायाङ्कनको अनुगमन गर्थेँ, र राति कागजातहरू मिलाउँथेँ। मेरो कार्यतालिका हरेक दिन व्यस्त हुन्थ्यो। मसँग फुर्सदको समय कम भए पनि, हरेक दिन परिपूर्ण लाग्थ्यो। पछि गएर, म हरेक रात बिहानको दुईतीन बजेसम्म जाग्राम बस्थेँ र बिहान सात बजेतिर उठ्थेँ। त्यतिबेला, मलाई थकित महसुस हुँदैनथ्यो। मलाई लाग्थ्यो कि अबेरसम्म बस्दा मैले धेरै काम पूरा गर्न सक्छु, जुन पहिले जस्तो आराममा लिप्त हुनुभन्दा राम्रो थियो। पछि, मेरा वरपरका सिस्टरहरूले म बारम्बार राति अबेरसम्म बस्ने गरेको र मेरो अनुहार मलिन भएको देखे, र उनीहरूले मलाई चाँडो आराम गर्न सम्झाए। अर्की सिस्टरले मलाई सोधिन्, “तपाईँ राति धेरै अबेरसम्म बस्नुहुन्छ र मध्याह्न विरलै आराम गर्नुहुन्छ। के तपाईँ दिनैपिच्छे यस्तो गर्न सक्नुहुन्छ?” मैले मनमनै सोचेँ, “ए, मेरा ब्रदर-सिस्टरहरूले मेरो दुःख देखेका रहेछन्। त्यसोभए यो कष्ट सहनु सार्थक छ। कम्तीमा पनि सबैले ममा पश्चात्तापी मनोवृत्ति छ र म कर्तव्य निर्वाहमा दुःख सहन सक्ने व्यक्ति हुँ, आराममा लिप्त हुने व्यक्ति होइन भनेर देख्न सक्छन्।” त्यो अवधिमा, जब मैले केही सिस्टरहरू एघार बजे सुत्न गएको देख्थेँ, म हृदयमा उनीहरूलाई तुच्छ ठान्थेँ र सोच्थेँ, “तिमीहरू आराममा धेरै लिप्त भइरहेका छौ! तिमीहरू आफ्नो कर्तव्य निर्वाह गर्न व्यग्र वा हतारमा छैनौ—यसको मतलब तिमीहरू परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्दैनौ।” कर्तव्य निर्वाह गर्नेप्रति मेरो मनोवृत्ति फरक छ भनेर उनीहरूलाई देखाउन, मैले अबेरसम्म बस्ने र चाँडै उठ्ने क्रम जारी राखेँ। तर निरन्तर अबेरसम्म बस्दा, मेरो शरीरले प्रतिकूल प्रतिक्रियाहरू देखाउन थाल्यो। हरेक रात एघार वा बाह्र बजेतिर, मेरो मुटुको धड्किन थाल्थ्यो। अबेरसम्म बस्दा शरीरलाई हानि हुन्छ भन्ने मलाई थाहा थियो, र परमेश्‍वरले सामान्य सुत्ने तालिका कायम राख्नेबारे धेरै पटक सङ्गति गर्नुभएको थियो। तर मैले सोच्न थालेँ, “यदि म चाँडै सुत्न गएँ भने, ब्रदर-सिस्टरहरूले मेरो बारेमा के सोच्लान्? के उनीहरूले ‘काटछाँटको सामना गर्ने बेलामा चाहिँ, तिमीले थोरै कष्ट सहन र थोरै मूल्य चुकाउन सक्यौ, तर समय बित्दै जाँदा, तिम्रो असली रूप प्रकट भयो, र केही पनि परिवर्तन भएको छैन’ भन्लान्?” म ब्रदर-सिस्टरहरूमा मेरो बारेमा त्यस्तो छाप परोस् भन्ने चाहँदिनथेँ। बोझ बोकेको व्यक्तिको छवि कायम राख्नका निम्ति, म राति धेरै थकित हुँदा पनि दृढतापूर्वक डटिरहन्थेँ। मध्याह्नको समयमा, मलाई धेरै बेर सुत्ने आँट आउँदैनथ्यो, किनकि मलाई ब्रदर-सिस्टरहरूले म देहमा लिप्त भइरहेको छु भन्लान् भन्ने डर लाग्थ्यो। कहिलेकाहीँ, म दिउँसो नसुतेको र साँच्चै थकित भएको बेलामा, म सजग रहन एक कप कफी पिउँथेँ। कहिलेकाहीँ जब म राति अबेरसम्म काम गर्थेँ र अरू ब्रदर-सिस्टरहरू अझै कार्यालयमै भएको देख्थेँ, तब म उनीहरूलाई म पनि राति अबेरसम्म काम गरिरहेकी छु भनेर थाहा दिन जानाजान केही आवाज निकाल्थेँ। फरक समय क्षेत्रमा रहेका केही ब्रदर-सिस्टरहरूका हकमा, उनीहरूले मलाई म्यासेज गर्दा, म सुतिरहेको भए पनि उनीहरूलाई जवाफ दिन्थेँ। जबजब उनीहरूले “धेरै अबेर भइसक्यो, तपाईँ अझै सुत्नुभएको छैन। अब आराम गर्नुहोस्!” भन्थे, तब म ब्रदर-सिस्टरहरूले मेरो मेहनत देख्ने रहेछन् भन्ने सोचेर भित्रभित्रै प्रसन्न हुन्थेँ। अन्ततः जब माथिल्लो अगुवाले मेरो कार्यसम्पादनबारे सोधिन्, मेरो कामको नतिजा जस्तोसुकै भए पनि, कर्तव्य निर्वाह गर्दा मेरो मनोवृत्ति चाहिँ राम्रै ठानिनेथियो। केही उपलब्धि नभए पनि, कडा परिश्रम त पक्कै थियो। पक्कै पनि, ब्रदर-सिस्टरहरूले मेरो पश्चात्तापी व्यवहारको प्रशंसा गर्नेथिए र मलाई वास्तविक काम गर्ने अगुवाका रूपमा देख्नेथिए। यस्ता कुराहरू सोच्दा मलाई सधैँ निकै सुरक्षित महसुस हुन्थ्यो। तर लामो समयदेखि राति अबेरसम्म बसेकाले, हरेक बिहान उठ्दा मेरो मुटु ढुकढुक गरिरहेको हुन्थ्यो, र मेरो दिमाग थकित भएकोले, दिउँसो कागजातहरू जाँच्ने बेलामा म राम्रोसँग ध्यान केन्द्रित गर्न सक्दिनथेँ। दिउँसो मेरो कार्यदक्षता कम हुन्थ्यो, त्यसैले धेरै काम सिध्याउन म राति अबेरसम्म बस्नुपर्थ्यो। राति ढिलो सुत्ने भएकाले, भोलिपल्ट बिहान नास्ता खाइसक्दा झन्डै आठ बजिसकेको हुन्थ्यो। म आत्मिक भक्ति गर्न चाहन्थेँ तर समय अपुग भएजस्तो लाग्थ्यो, त्यसैले म हतारहतार परमेश्‍वरका केही वचनहरू हेर्थेँ, र गहिरो मनन नगरीकन काम गर्न थाल्थेँ। लेखहरू लेख्नु अझ बढी चुनौतीपूर्ण बन्यो; मलाई कर्तव्यमा यति व्यस्त भएको महसुस हुन्थ्यो कि मसँग कुनै समय नै हुँदैनथ्यो। पछि, मेरा कर्तव्यहरूमा एकपछि अर्को समस्याहरू आउन थाले, र त्यतिबेला नै मैले चिन्तन गर्न थालेँ: मैले त आफ्ना कर्तव्यहरू राम्रोसँग निर्वाह गर्ने अभिप्राय राखेकी थिएँ, तर किन समस्याहरू झन्-झन् बढिरहेका थिए? मेरा कर्तव्यहरूको प्रभावकारिता किन घट्दै गइरहेको थियो? मैले महसुस गरेँ कि यदि म यो दुष्चक्रमा फसिरहेँ भने, यसले मलाई शारीरिक रूपमा थकाउने मात्र होइन, मेरो काममा पनि नतिजाको कमी हुनेछ। मैले चाँडो यो अवस्थालाई उल्टाउनु आवश्यक थियो।

त्यसपछि, मैले मनन गरेँ: मलाई थाहा थियो कि अबेरसम्म बस्नु मेरो स्वास्थ्यका लागि नराम्रो हो र यसले मेरो कार्यदक्षता घटाउँछ, तैपनि मैले किन यसो गर्न जिद्दी गरिरहेँ? फर्केर सोच्दा, यस अवधिमा, म मानिसहरूका अगाडि आफूलाई एक निश्चित तरिकाले देखाउनका लागि कामकुरा गरिरहेकी थिएँ भनेर मैले महसुस गरेँ। त्यसपछि मैले परमेश्‍वरले ख्रीष्टविरोधीहरूलाई यस्तै व्यवहारका कारण कसरी चिरफार गर्नुभएको थियो भन्ने कुरा सम्झेँ, त्यसैले मैले पढ्नका लागि यस विषयमा परमेश्‍वरका वचनहरू खोजेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “कतिपय मानिसहरूले बोली प्रयोग गरी आफूबारे गवाही दिन्छन्, र आडम्बर देखाउने केही वचनहरू बोल्छन्, जबकि अरू मानिसहरूले व्यवहार प्रयोग गर्छन्। आफूबारे गवाही दिन व्यवहार प्रयोग गर्ने मानिसहरूका प्रकटीकरणहरू के-के हुन्? बाहिरबाट हेर्दा, तिनीहरू मानिसहरूका धारणाहरूसँग मेल खाने, मानिसहरूको ध्यान आकर्षित गर्ने, र मानिसहरूले निकै भद्र र नैतिक मापदण्डहरूअनुरूप भन्‍ठानेका केही व्यवहारमा संलग्न हुन्छन्। यी व्यवहारले मानिसहरूलाई तिनीहरू सम्मानजनक, निष्ठायुक्त, परमेश्‍वरलाई साँच्चै प्रेम गर्ने, निकै धर्मपरायण, र साँच्चै परमेश्‍वरको डर मान्‍ने हृदय भएका, र सत्यता पछ्याउने मानिसहरू हुन् भन्‍ने सोच्ने तुल्याउँछ। तिनीहरू मानिसहरूलाई बहकाउन प्रायः केही बाहिरी असल व्यवहार प्रदर्शन गर्छन्—के यसमा पनि आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनुको गन्ध आउँदैन र? मानिसहरूले प्रायः अरूलाई तिनीहरूबारे उच्च सोच्ने र तिनीहरूलाई सम्मानको दृष्टिले हेर्ने तुल्याउन शब्दहरूको माध्यमबाट, तिनीहरू कसरी जनमानसभन्दा भिन्‍न छन् र तिनीहरूसँग कसरी अरूभन्दा बुद्धिमानी विचारहरू छन् भनेर व्यक्त गर्न स्पष्ट बोली प्रयोग गर्दै आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्। तर प्रत्यक्ष बोली संलग्न नभएका त्यस्ता केही विधिहरू छन्, जसमा मानिसहरूले तिनीहरू अरूभन्दा राम्रा छन् भनेर गवाही दिनुको सट्टा बाहिरी अभ्यासहरू प्रयोग गर्छन्। … म तिनीहरूलाई एउटा सामान्य उदाहरण दिन्छु। कतिपय मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा बाहिरबाट तिनीहरू अत्यन्तै व्यस्त देखिन्छन्; तिनीहरू जानीजानी अरूले खानपिन गरिरहेको वा सुतिरहेको बेला काम गर्न जारी राख्छन्, र अरूले आफ्नो कर्तव्य निर्वाह गर्न सुरु गर्दा तिनीहरू खानपिन गर्न वा सुत्न जान्छन्। तिनीहरूले यसो गर्नुको उद्देश्य के हो? तिनीहरू ध्यान आकर्षित गर्न र सबैलाई तिनीहरू कर्तव्य निर्वाह गर्नमा अति व्यस्त रहेको र तिनीहरूसँग खानपिन गर्ने वा सुत्ने समयसमेत नभएको देखाउन चाहन्छन्। तिनीहरू सोच्छन्: ‘तिमीहरू साँच्चै कुनै बोझ उठाउँदैनौ। तिमीहरू कसरी खानपिन गर्ने र सुत्नेबारे यति सक्रिय हुन्छौ? तिमीहरू केही न कामका हौ! मलाई हेर, म काम गरिरहेको छु, जबकि तिमीहरू सबै खानपिन गरिरहेका छौ, र तिमीहरू राती सुतिरहेको बेलासमेत म काम गरिरहेको छु। के तिमीहरूले यसरी कष्ट भोग्न सक्नेथ्यौ? म यो कष्ट सहन सक्छु; मैले त आफ्नो व्यवहारमार्फत एउटा उदाहरण स्थापित गरिरहेको छु।’ तिमीहरू यस्तो व्यवहार र प्रकटीकरणबारे के सोच्छौ? के यी मानिसहरूले जानीजानी यस्तो गरिरहेका छैनन् र? केही मानिसहरूले जानीजानी यी कुराहरू गरिरहेका हुन्छन्, र यो कस्तो खालको व्यवहार हो? यी मानिसहरू गैरअनुरूपतावादी बन्‍न चाहन्छन्; तिनीहरू जनमानसभन्दा अलग हुन र मानिसहरूलाई आफू रातभर कर्तव्य निर्वाह गर्नमा व्यस्त रहेको, र कष्ट सहन विशेष सक्षम रहेको देखाउन चाहन्छन्। यसरी सबैजनाले तिनीहरूको काँधमा यति बोझ रहेको छ कि तिनीहरूलाई काममा भ्याई-नभ्याई भएको र तिनीहरूले खानपिन गर्न वा सुत्नसमेत नपाएको भन्‍ने सोच्दै तिनीहरूका लागि विशेष रूपमा दुःखी हुनेछन् र तिनीहरूप्रति विशेष सहानुभूति देखाउनेछन्। अनि, यदि तिनीहरूलाई मुक्ति दिन सकिन्‍न भने, सबैले तिनीहरूको लागि परमेश्‍वरसँग याचना गर्नेछन्, तिनीहरूको तर्फबाट अनुनय विनय गर्नेछन्, र तिनीहरूको लागि प्रार्थना गर्नेछन्। यसो गर्दा, ती मानिसहरूले अरूलाई छल्न र जालझेलपूर्ण तरिकाले तिनीहरूको सहानुभूति र प्रशंसा पाउन कष्ट सहने र मूल्य चुकाउनेजस्ता मान्छेका धारणाहरूसँग मेल खाने असल व्यवहार र अभ्यासहरू प्रयोग गरिरहेका हुन्छन्। अनि यसको अन्तिम नतिजा के हुन्छ? तिनीहरूको सम्पर्कमा आएका र तिनीहरूले मूल्य चुकाएको देखेका सबैले एकै स्वरमा यसो भन्‍ने छन्: ‘हाम्रो अगुवा नै सबैभन्दा योग्य, अनि कष्ट भोग्न र मूल्य चुकाउन सबैभन्दा सक्षम छन्!’ त्यसपछि, के तिनीहरूले मानिसहरूलाई बहकाउने आफ्नो उद्देश्य पूरा गरेका हुँदैनन् र? अनि, एकदिन परमेश्‍वरको घरले यसो भन्छ: ‘तिमीहरूको अगुवाले वास्तविक काम गर्दैन। उसले बिनाकुनै उद्देश्य आफूलाई व्यस्त राख्छ र काम गर्छ; उसले लापरवाहीपूर्वक कार्य गर्छ र ऊ स्वेच्छाचारी र तानाशाही प्रकृतिको छ। उसले मण्डलीको काम अस्तव्यस्त पारेको छ, आफूले गर्नुपर्ने काम गरेको छैन, सुसमाचारको काम वा चलचित्र निर्माणको काम गरेको छैन, र मण्डली जीवन पनि गञ्जागोल भएको छ। ब्रदर-सिस्टरहरूले सत्यता बुझ्दैनन्, तिनीहरूसँग जीवन प्रवेश छैन, र तिनीहरूले गवाही लेखहरू लेख्न सक्दैनन्। सबैभन्दा दयनीय कुरा त, तिनीहरू झूटा अगुवा र ख्रीष्टविरोधीहरू खुट्ट्याउनसमेत सक्दैनन्। यस्तो खालको अगुवा अत्यन्तै असक्षम हुन्छ; ऊ बर्खास्त गरिनुपर्ने झूटो अगुवा हो!’ के यी परिस्थितिहरूमा उसलाई बर्खास्त गर्न सजिलो हुन्छ? यो एकदमै गाह्रो हुन सक्छ। ब्रदर-सिस्टरहरू सबैले उसलाई अनुमोदन र समर्थन गर्ने हुनाले, यदि कसैले त्यो अगुवालाई बर्खास्त गर्न खोज्यो भने, ती ब्रदर-सिस्टरहरूले विरोध दर्ज गर्नेछन् र उसलाई राखिराख्न माथिलाई अनुरोध गर्नेछन्। किन त्यस्तो परिणाम हुन्छ त? किनकि त्यो झूटो अगुवा र ख्रीष्टविरोधीले मानिसहरूलाई प्रभावित गर्न, आफ्नो पक्षमा पार्न, र बहकाउन कष्ट भोग्ने र मूल्य चुकाउने, साथै राम्रो सुनिने शब्दहरूजस्ता बाहिरी असल व्यवहारहरू प्रयोग गर्छ। मानिसहरूलाई बहकाउन उसले यी झूटा रूप प्रयोग गरेपछि सबैले उसको लागि बोल्नेछन् र उसलाई छोड्न असमर्थ हुनेछन्। तिनीहरूलाई त्यो अगुवाले धेरै वास्तविक काम गरेको छैन, र परमेश्‍वरका चुनिएका जनलाई सत्यता बुझ्न र जीवन प्रवेश प्राप्त गर्न मार्गदर्शन गरेको छैन भन्‍ने स्पष्ट थाहा हुन्छ, तैपनि ती मानिसहरूले अझै उसलाई समर्थन गर्छन्, अनुमोदन गर्छन्, र पछ्याउँछन्, यसको अर्थ तिनीहरूले सत्यता र जीवन पाउनेछैनन् भन्‍ने कुरासमेत ख्याल गर्दैनन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्)। परमेश्‍वरले जे खुलासा गरिरहनुभएको छ त्यो मेरै व्यवहार हो भनेर मैले देखेँ। माथिल्लो अगुवाले मलाई बोझविना कर्तव्य निर्वाह गरेको र वास्तविक काम नगरेको कारणले काटछाँट गरेदेखि, मैले मनमनै पश्चात्ताप गर्ने र परिवर्तन हुने सङ्कल्प गरेकी थिएँ। सुरुमा, व्यावहारिक कदमद्वारा आफ्नो ऋण पूर्ति गर्ने अभिप्रायले, मैले केही सकारात्मक अभ्यास गरेँ। तर बिस्तारै, मेरो व्यवहारको प्रकृति परिवर्तन हुन थाल्यो। जब म अबेरसम्म बस्थेँ र मैले ब्रदर-सिस्टरहरूबाट ध्यान र हेरचाह पाउँथेँ, म सबैलाई मेरो वास्तविक व्यवहारद्वारा प्रमाणित गर्न चाहन्थेँ कि मैले यो समयमा पश्चात्ताप गरेकी छु र म मेरा कर्तव्यहरूका लागि मूल्य चुकाउन इच्छुक छु। अनि मैले सोचेँ कि यदि एक दिन, माथिल्लो अगुवाले सबैसँग मेरो मूल्याङ्कनबारे सोधिन् भने, ब्रदर-सिस्टरहरूले मेरो बारेमा अवश्यै सकारात्मक कुरा गर्नेछन्, र म कामचोर वा गैरजिम्मेवार झूटो अगुवा होइन भनेर प्रमाणित गर्नेछन्। त्यसैले, म थकाइ नमानी अबेरसम्म बस्थेँ र दुःख सहन्थेँ, यसलाई मैले बफादार भएर कर्तव्य निर्वाह गरेको भनी देखाउन प्रयोग गर्थेँ, यहाँसम्म कि ब्रदर-सिस्टरहरूका अगाडि जानाजान धाक देखाउँथेँ। कहिलेकाहीँ, म थकित भएको र सुत्न चाहेको स्पष्ट हुँदा पनि, अगुवाको रूपमा मेरो “व्यस्त कार्यतालिका” देखाउन म सबैभन्दा अन्तिममा सुत्ने प्रयास गर्थेँ। कहिलेकाहीँ, अबेरसम्म बसेको कारणले गर्दा, म दिउँसो मानसिक रूपमा थकित र एकाग्रताहीन महसुस गर्थेँ; यस्तो अवस्थामा, एकछिन सुत्नु सामान्य नै हुने थियो। यद्यपि, मेरो बोझिलो छवि कायम राख्न, कहिलेकाहीँ म मध्याह्नको समयमा आराम गर्दिनथेँ, सहनै नसक्ने भएपछि मात्र आराम गर्थेँ, र त्यतिबेला पनि, सबैले म आराममा लिप्त भइरहेकी छु भन्लान् भन्ने डरले म धेरै लामो समय सुत्ने आँट गर्दिनथेँ। केही ब्रदर-सिस्टरहरू अझै जागै रहुन्जेल राति अबेरसम्म बसेर, म उनीहरूलाई म अझै डटेर लागिरहेकी छु भनेर थाहा दिन चाहन्थेँ। म आफ्नो कर्तव्यका लागि दुःख सहन इच्छुक व्यक्ति हुँ भनेर अझ धेरै मानिसहरूलाई थाहा दिनका लागि म अरू देशमा रहेका ब्रदर-सिस्टरहरूलाई पनि म्यासेज गर्थेँ, र यसरी एक मेहनती व्यक्तिको छवि निर्माण गर्थेँ। केही मानिसहरूले कसरी भाषा प्रयोग गरेर, रबाफिलो शब्दहरू बोलेर आफ्नो गवाही दिन्छन् र उच्च सम्मान पाउँछन्, जबकि अरूले चाहिँ मानव धारणाहरूसँग मिल्ने, कुलीन र तुलनात्मक रूपमा नैतिक मानकअनुरूप मानिने व्यवहारहरू प्रयोग गरेर अरूलाई भ्रममा पार्छन् र उनीहरूलाई आफ्नो प्रशंसा र आदर गर्न लगाउँछन् भन्ने कुरा परमेश्‍वरले खुलासा गर्नुभएको देखेर, मैले महसुस गरेँ कि अबेरसम्म बसेर र दुःख सहेर, म आफ्नो अनुकूल छवि बनाउन खोजिरहेकी र सबैबाट निगाह पाउने इच्छा गरिरहेकी थिएँ। म दुःख सहने र मूल्य चुकाउने यो असल व्यवहार प्रयोग गरेर आफ्नो प्रदर्शन गर्न र अरूलाई भ्रममा पार्न खोजिरहेकी थिएँ, जुन ख्रीष्टविरोधीहरूको प्रकटीकरण हो। मैले फरिसीहरू कस्ता पाखण्डी थिए भन्नेबारे सोचेँ। उनीहरू जानाजान उपासनालयमा र सडकका कुनामा प्रार्थना गर्थे, र उपवास बस्दा अनुहार उदास बनाउँथे, र उनीहरू आफ्ना वस्त्रका किनारहरू धर्मशास्त्रका पदहरूले भरिदिन्थे, र भिक्षा दिएको नाटक गर्थे, यी बाह्य असल व्यवहारका कार्यहरू प्रयोग गरेर आफ्नो प्रदर्शन गर्थे र आफ्नै गवाही दिन्थे। फरिसीहरूले गरेका सबै कुरा मानिसहरूलाई भ्रममा र जालमा पार्न, आफूलाई स्थापित गर्न र मानिसहरूलाई आफ्नो आदर गर्न लगाउनका लागि थिए—फरिसीहरू परमेश्‍वरको प्रतिरोध गर्ने मार्गमा हिँडे। आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता सिद्धान्तहरूमा केन्द्रित हुनुको सट्टा, म गलत मार्गमा हिँडिरहेकी थिएँ, बाह्य रूपरङ्गमा छल गरेर अरूलाई भ्रमित पार्न र उनीहरूको प्रशंसा पाउन खोजिरहेकी थिएँ। कति साह्रो नीच!

मैले निरन्तर चिन्तन गरेँ: मेरो अबेर रातिको दुःखका पछाडि भ्रष्ट स्वभावका कुन पक्षहरू लुकेका थिए? मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “ख्रीष्टविरोधीहरू सत्यताप्रति वितृष्ण हुन्छन्, तिनीहरू सत्यतालाई बिलकुलै स्विकार्दैनन्—यसले प्रस्ट रूपमा एउटा तथ्य देखाउँछ: ख्रीष्टविरोधीहरू कहिल्यै पनि सत्यता सिद्धान्तहरूअनुसार काम गर्दैनन्, तिनीहरू सत्यता कहिल्यै अभ्यास गर्दैनन्—जुन ख्रीष्टविरोधीको सबैभन्दा स्पष्ट प्रकटीकरण हो। प्रतिष्ठा र हैसियत, अनि आशिष् र इनाम पाउन बाहेक, तिनीहरूले खोजी गर्ने अर्को कुरा देहको सहजता र हैसियतका लाभहरूको आनन्द लिने मात्रै हो; यसले गर्दा, तिनीहरूले स्वाभाविक रूपमै अवरोध र बाधा निम्त्याउँछन्। यी तथ्यहरूले के देखाउँछन् भने तिनीहरूले पछ्याउने कुरा, तिनीहरूका व्यवहार र प्रकटीकरणहरूलाई परमेश्‍वरले प्रिय ठान्‍नुहुन्न। अनि यी कुरा अवश्य नै सत्यता पछ्याउने मानिसहरूका कार्य र व्यवहार होइनन्। उदाहरणका लागि, पावलजस्ता कतिपय ख्रीष्टविरोधीहरूले कर्तव्य निभाउँदा तिनीहरूमा कष्ट भोग्‍ने अठोट हुन्छ, काम गर्दा तिनीहरू रातभरि नसुती बस्‍न र खाना नखाई बस्‍न सक्छन्, तिनीहरूले आफ्ना शरीरलाई काबुमा राख्‍न, साथै कुनै पनि रोग र असहजतालाई जित्‍न सक्छन्। अनि यो सब गर्नुका पछाडि तिनीहरूको उद्देश्य के हुन्छ? परमेश्‍वरको आज्ञा पूरा गर्दा तिनीहरूले आफूलाई पन्छाउन—आत्म-इन्कार गर्न—सक्छन् भनेर सबैलाई देखाउनु हो; तिनीहरूका लागि कर्तव्य मात्र हो भन्‍ने देखाउनु हो। तिनीहरूले यो सब अरू मानिसका अगाडि प्रदर्शन गर्छन्। वरिपरि मानिसहरू हुँदा, तिनीहरू विश्राम गर्नुपर्ने बेलामा विश्राम गर्दैनन्, जानीजानी काम गर्ने समय बढाउँछन्, सबेरै उठ्छन् र राति ढिलो सुत्छन्। तर ख्रीष्टविरोधीहरूले यसरी बिहानदेखि रातिसम्‍म परिश्रम गर्दा तिनीहरूको कार्य कुशलता र प्रभावकारिता कस्तो हुन्छ? यी कुरा तिनीहरूको विचारभन्दा बाहिर हुन्छन्। तिनीहरूले यो सब अरूका अगाडि मात्रै गर्ने प्रयास गर्छन्, ताकि तिनीहरूले कष्ट भोगेको अरू मानिसले देख्‍न सकून्, र तिनीहरूले आफ्‍नो बारेमा नसोची कसरी परमेश्‍वरका लागि समर्पण गरिरहेका छन् भन्‍ने देख्‍न सकून्। जहाँसम्‍म तिनीहरूले निर्वाह गरेको कर्तव्य र तिनीहरूले गर्ने काम सत्यता सिद्धान्तहरूअनुसार भएका छन् कि छैनन् भन्‍ने कुरा छ, तिनीहरू यसबारे सोच्दै सोच्दैनन्। तिनीहरूले आफ्नो बाहिरी असल व्यवहार सबैले देखेका छन् कि छैनन्, सबैलाई यो कुरा थाहा छ कि छैन, तिनीहरूले सबैमा छाप छाडेका छन् कि छैनन्, र यो छापले गर्दा तिनीहरूमा आदर र अनुमोदनको भाव पैदा हुन्छ कि हुँदैन, तिनीहरूको पिठ्यूँपछाडि यी मानिसहरूले तिनीहरूलाई स्याबास भन्छन् कि भन्दैनन् र ‘उसले साँच्‍चै कठिनाइ भोग्‍न सक्छ, उसको सहने क्षमता र असाधारण धैर्य हामी कसैको भन्दा माथि छ। यो त सत्यता पछ्याउने, कष्ट भोग्‍न र ठूलो बोझ लिन सक्‍ने व्यक्ति हो, यो व्यक्ति मण्डलीको खम्‍बा हो’ भनेर प्रशंसा गर्छन् कि गर्दैनन् भन्‍ने मात्रै विचार गर्छन्। यो सुनेपछि, ख्रीष्टविरोधीहरू सन्तुष्ट हुन्छन्। तिनीहरू हृदयमा यस्तो सोच्छन्, ‘मैले यसरी बहाना गरेँ, म कति बाठो छु, मैले यस्तो गर्न सकेँ, म कति चलाख छु! सबैले बाहिरी कुरा मात्रै हेर्छन्, र तिनीहरूलाई यी असल व्यवहार मन पर्छ भन्‍ने मलाई थाहा थियो। मैले यस्तो व्यवहार गरेँ भने, यसबाट मानिसहरूको अनुमोदन प्राप्त हुन्छ, यसले गर्दा तिनीहरूले मलाई स्याबासी दिन्छन्, मलाई हृदयदेखि नै आदर गर्छन्, मलाई पूरै नयाँ दृष्टिकोणले हेर्छन्, र मलाई कसैले पनि फेरि कहिल्यै हेयको दृष्टिले हेर्नेछैनन् भन्‍ने मलाई थाहा थियो। अनि यदि कुनै दिन मैले वास्तविक काम गरेको छैन भन्‍ने कुरा माथि थाहा भयो र मलाई बर्खास्त गरियो भने, मेरो पक्षमा खडा हुने, मेरालागि रुने, र मलाई बस भन्‍ने, अनि मेरो पक्षमा बोल्ने मानिसहरू धेरै हुने कुरामा कुनै शङ्का छैन।’ तिनीहरू आफ्नो झूटो व्यवहारप्रति मनमनै रमाउँछन्—अनि यसरी रमाउनाले ख्रीष्टविरोधीको प्रकृति सार पनि प्रकट गर्दैन र? अनि यो कस्तो सार हो? (दुष्टता।) ठीक हो—यो दुष्टताको सार हो। दुष्टताको यो सार हाबी भएका कारण, ख्रीष्टविरोधीहरूले आत्मगौरव र आत्मप्रशंसाको स्थिति पैदा गर्छन् जसले तिनीहरूलाई हृदयमा गुप्त रूपले परमेश्‍वरविरुद्ध होहल्ला गर्ने र उहाँको विरोध गर्ने तुल्याउँछ। बाहिरी रूपमा हेर्दा तिनीहरूले ठूलो मूल्य चुकाएजस्तो र तिनीहरूको देहले धेरै कष्ट भोगेजस्तो देखिन्छ, तर के तिनीहरूले साँच्‍चै नै परमेश्‍वरको बोझलाई ख्याल गर्छन् त? के तिनीहरूले परमेश्‍वरका लागि साँचो रूपमा आफूलाई समर्पित गर्छन् त? के तिनीहरूले आफ्नो कर्तव्य बफादार रूपमा निर्वाह गर्न सक्छन् त? अहँ, सक्दैनन्। … के ख्रीष्टविरोधीहरूमा दुष्ट स्वभाव हुँदैन र? तिनीहरूको कष्टपछाडि, तिनीहरूसँग यस्ता महत्त्वाकाङ्क्षा र अशुद्धताहरू हुन्छन्, त्यसैले त परमेश्‍वरले त्यस्ता मानिसहरू र त्यस्तो स्वभावलाई घृणा गर्नुहुन्छ। तर ख्रीष्टविरोधीहरूले यो तथ्यलाई कहिल्यै देख्दैनन् वा स्विकार्दैनन्। परमेश्‍वरले मानिसको अन्तस्करणलाई नियाल्नुहुन्छ, जबकि मान्छेले मान्छेको बाहिरी रूप मात्रै देख्‍न सक्छ—ख्रीष्टविरोधीहरूको सबैभन्दा मूर्ख कुरा यही हो कि तिनीहरूले यो तथ्य नै स्विकार्दैनन्, न त तिनीहरूले यसलाई देख्‍न नै सक्छन्। त्यसकारण तिनीहरूले आफूलाई बाहिरी रूपमा राम्रो र भव्य देखाउनका लागि असल व्यवहार प्रयोग गर्न सक्दो प्रयास गर्छन् ताकि अरूले तिनीहरू कष्ट र कठिनाइ भोग्न सक्छन्, आम मानिसहरूले सहन नसक्ने कष्ट भोग्न, र आम मानिसहरूले गर्न नसक्ने काम गर्न सक्छन् भनी सोचून्, र ताकि अरूले तिनीहरूसँग तागत छ, तिनीहरूले आफ्नो शरीर काबुमा राख्न सक्छन्, र तिनीहरूले आफ्ना देहगत हित वा आनन्दबारे कुनै विचार गर्दैनन् भन्ने सोचून्। कहिलेकहीँ तिनीहरूले जानीजानी आफ्नो लुगा अलिक फोहोर हुन्जेल नधोई लगाउँछन्, दुर्गन्ध आए पनि धुँदैनन्; तिनीहरू अरूले आफूलाई आराधना गर्ने जुनसुकै कामकुरा पनि गर्छन्। तिनीहरू जति बढी अरूका अगाडि रहन्छन्, तिनीहरूले आफूलाई त्यति नै बढी प्रदर्शन गर्न सक्छन् ताकि अरूले तिनीहरू साधारण मानिसहरूभन्दा फरक छन्, परमेश्‍वरमा समर्पित हुने तिनीहरूको चाहना साधारण मानिसहरूको भन्दा ठूलो छ, कष्ट भोग्‍ने तिनीहरूको सङ्कल्प आम मानिसहरूको भन्दा ठूलो छ, र कष्ट भोग्‍ने तिनीहरूको तागत साधारण मानिसहरूको भन्दा ठूलो छ भनेर देखून्। यस्ता परिस्थितिहरूमा ख्रीष्टविरोधीहरूले यस्ता व्यवहारहरू देखाउँछन्, र यी व्यवहारहरूपछाडि ख्रीष्टविरोधीहरूको हृदयको गहिराइभित्र मानिसहरूले आफूलाई आराधना गरून् र उच्च सम्मान गरून् भन्ने चाहना हुन्छ। अनि जब तिनीहरूले आफ्नो उद्देश्य हासिल गर्छन्, जब तिनीहरूले मानिसहरूको प्रशंसा सुन्छन्, र जब तिनीहरूले आफूलाई मानिसहरूले डाहा, आदर, र सराहनाको नजरले हेरेको देख्छन्, तब तिनीहरूले हृदयमा खुशी र सन्तुष्टि महसुस गर्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दस))। परमेश्‍वरका वचनहरूबाट, मैले देखेँ कि ख्रीष्टविरोधीहरूको स्वभाव दुष्ट हुन्छ। मामिलाहरूको सामना गर्दा, उनीहरू सत्यता सिद्धान्तहरू खोज्दैनन् र कसरी परमेश्‍वरका अभिप्रायहरूअनुसार काम गर्ने भनेर खोजी गर्दैनन्। बरु, उनीहरू बाह्य व्यवहारहरूमा केन्द्रित हुन्छन्, आफ्नो शरीरलाई अनुशासनमा राख्छन्, दुःख भोग्छन् र मूल्य चुकाउँछन्, बाहिरी असल आचरण प्रयोग गरेर अरूलाई भ्रमित पार्छन्। मैले पनि त्यस्तै व्यवहार गरेँ। एक समय अबेरसम्म बसेर सकारात्मक प्रतिक्रिया पाएपछि, साथै ब्रदर-सिस्टरहरूले मप्रति चासो र प्रशंसासमेत देखाएपछि, मलाई मैले भोगेको दुःख र चुकाएको मूल्य सार्थक भयो भन्ने लाग्न थाल्यो। मेरो बोझिलो छवि कायम राख्न, मैले जानाजान मेरो काम गर्ने समय लम्ब्याएँ। म चाँडै आराम गर्न सक्ने अवस्थामा पनि, मैले राति सुत्न धेरै ढिलाइ गरेँ। परमेश्‍वरले भन्नुभयो कि ख्रीष्टविरोधीहरू अरू मानिसहरूका अगाडि मात्र काम गर्छन्, उनीहरू आफ्ना कार्यहरू देखिन्छन् कि देखिँदैनन् र तिनले अरूमा राम्रो छाप पार्छन् कि पर्दैनन् भन्नेमा मात्र चिन्तित हुन्छन्। सकारात्मक कुराहरू, जस्तै उनीहरूको काम प्रभावकारी छ कि छैन वा उनीहरूको काममा कार्यदक्षता कस्तो छ भन्ने हकमा, उनीहरूले यी कुरालाई पटक्कै ख्याल गर्दैनन्। मैले ठ्याक्कै त्यस्तै व्यवहार गरेँ। हालसालै, आफ्नो कर्तव्य निर्वाहमा ममा बोझको कमी भएकाले र म वास्तविक काम गर्न असफल भएकाले, मैले काटछाँट भोगेँ। यदि म साँच्चै पश्चात्ताप गर्न चाहन्थेँ भने, मैले आफ्नो भ्रष्ट स्वभावबारे चिन्तन गर्नुपर्थ्यो, कार्यदक्षतामा कसरी सुधार ल्याउने भनेर सोच्नुपर्थ्यो, र सत्यता सिद्धान्तहरूमा अझ बढी मेहनत लगाउनुपर्थ्यो। यसको सट्टा, बाहिरी रूपमा, मैले अबेरसम्म बसेर मेरो काम गर्ने समय लम्ब्याएँ, तर राति अबेरसम्म कर्तव्य निर्वाह गर्दा मेरो दिमाग प्रस्ट हुँदैनथ्यो, साथै दिउँसो मेरो दिमागले राम्रोसँग काम गर्दैनथ्यो र म राम्ररी ध्यान दिन सक्दिनथेँ। समग्रमा, मेरो कार्यदक्षता कम थियो। यद्यपि, मैले परमेश्‍वरको घरको काममा ढिलाइ हुन्छ कि हुँदैन भनेर विचार गरिनँ, र ब्रदर-सिस्टरहरूको हृदयमा राम्रो छवि स्थापित गर्न सकेँ भने, मेरो लागि त्यो नै पर्याप्त हो भन्ने ठानेँ। मैले आफ्नो कर्तव्य निर्वाह गर्ने अवसरहरूलाई आफ्नो प्रदर्शन गर्न र प्रशंसा प्राप्त गर्नमा प्रयोग गरेँ। म हैसियतका लागि काम गरिरहेकी थिएँ, नकि आफ्ना कर्तव्यहरू पूरा गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न। मेरा सोचहरू धेरै नीच र दुष्ट थिए। यसबाहेक, मभित्र अझ घृणास्पद विचार थियो। जब म काटछाँटमा परिरहेकी थिएँ, मलाई थाहा थियो कि ब्रदर-सिस्टरहरू र माथिल्लो अगुवाले म परिवर्तन भएँ कि भइनँ भनेर अवलोकन गरिरहेका थिए। तर मलाई लाग्यो कि वास्तविक काम गर्नु र खास समस्याहरू समाधान गर्नु धेरै थकाइलाग्दो हुन्छ, र त्यसबाट तत्काल नतिजा नआउन सक्छ, जबकि अबेरसम्म बसेर दुःख भोग्नु र मूल्य चुकाउनु तुलनात्मक रूपमा सरल हुन्छ। मैले एक दिन आफ्नो काम राम्रोसँग गरिनँ भने पनि, ब्रदर-सिस्टरहरूले मेरो पक्षमा बोल्ने नै थिए किनकि उनीहरूले मेरो उपलब्धि नभए पनि मेरो प्रयास त देखेका छन्। यसरी, यदि मलाई बर्खास्त गरियो भने पनि, यो धेरै लज्जास्पद हुनेथिएन। कम्तीमा म दुःख सहन सक्छु र असल काम गर्न इच्छुक छु भनेर सबैले देख्नेथिए। यी विचार र अभिप्रायहरूबारे चिन्तन गर्दा, मलाई आफैदेखि घिन लाग्यो। मैले पहिले खास काम नगर्दा त्यसले नै कार्यहरूमा ढिलाइ गरिसकेको थियो, र मलाई बर्खास्त गरिनुपर्थ्यो। परमेश्‍वरको घरले मलाई तालिम जारी राख्ने अवसर दियो, तर मैले पश्चात्ताप गरिनँ र म परिवर्तन भइनँ। बरु, मैले देखावटी दुःखले अरूलाई भ्रमित पार्न खोजेँ, जसले गर्दा मेरा गल्तीहरू बढ्दै गए। अबेरसम्म बस्दा अरूलाई अस्थायी रूपमा भ्रमित पार्न सक्ने भए पनि, परमेश्‍वरले मानव हृदयको गहिराइ छानबिन गर्नुहुन्छ। यसरी आफूलाई सजाउँदा र सिँगार्दा उहाँलाई घिन र तिरस्कार महसुस हुन्छ। त्यसमाथि, अगुवाहरूले अबेरसम्म बस्न वा लामो समय काम गर्न सक्छन् कि सक्दैनन् भन्ने आधारमा उनीहरूले वास्तविक काम गर्न सक्छन् कि सक्दैनन् भनी परमेश्‍वरले मापन गर्नुहुन्न। अगुवाहरूले धेरै लामो समय काम गरे पनि, यदि उनीहरूले काममा समस्याहरू पत्ता लगाउन र समाधान गर्न सक्दैनन्, जीवन प्रवेशमा रहेका कठिनाइहरू समाधान गर्नका लागि ब्रदर-सिस्टरहरूलाई मद्दत गर्न सत्यता सङ्गति गर्न सक्दैनन्, वा आफ्ना जिम्मेवारीहरूमा खास प्रभावकारिता हासिल गर्न सक्दैनन् भने, त्यो खास काम गरेको ठहरिँदैन।

पछि, मैले फेरि मनन गरेँ। परमेश्‍वरले सधैँ हामीलाई सामान्य सुत्ने तालिका कायम राख्न र शरीरको प्राकृतिक लय पालन गर्न आवश्यक गराउनुभयो। तैपनि, मैले परमेश्‍वरका वचनहरू पालन गरिनँ। मैले त “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” भन्नु प्रशंसायोग्य कुरा हो भनेर समेत विश्वास गरेँ। म अथक रूपमा यसरी नै कर्तव्य निर्वाह गर्न लागिरहेँ। यो दृष्टिकोणमा ठ्याक्कै कहाँनेर गल्ती थियो? मैले यस मामलाबारे परमेश्‍वरका वचनहरूमा खोजेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरले तँलाई मानवमा हुनुपर्ने स्वतन्त्र इच्छा, सामान्य मानवताको सोचाइ, अनि विवेक र समझ दिनुभएको छ। यदि तैँले यी कुराहरू राम्ररी र ठिकसित प्रयोग गरिस्, भौतिक शरीरको जीवितताका नियमहरू पालन गरिस्, आफ्नो स्वास्थ्यलाई उचितसँग ख्याल गरिस्, परमेश्‍वरले अह्राउनुभएको कुरा दृढतापूर्वक गरिस् र परमेश्‍वरले गर्न लगाउनुभएको कुरा हासिल गरिस् भने, त्यो पर्याप्त हो र यो एकदमै सरल छ। के परमेश्‍वरले तँलाई मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ भनेर भन्‍नुभएको छ? के उहाँले तैँले आफूलाई सास्ती दिनुपर्छ भनेर भन्‍नुभएको छ? (छैन।) परमेश्‍वर यस्ता कुराहरू गर् भनेर भन्‍नुहुन्‍न। मानिसहरूले आफूलाई सास्ती दिनुपर्दैन, तर केही सामान्य समझ राख्नुपर्छ र शरीरका विभिन्‍न आवश्यकताहरू उचित रूपमा पूरा गर्नुपर्छ। तिर्खा लाग्दा पानी पिउनुपर्छ, भोक लाग्दा खाना खानुपर्छ, थकाइ लाग्दा आराम गर्नुपर्छ, लामो समयसम्म बसेपछि कसरत गर्नुपर्छ, बिमार हुँदा चिकित्सकलाई जँचाउनुपर्छ, दैनिक तीन छाक भोजन खानुपर्छ र सामान्य मानवताको जीवन कायम राख्नुपर्छ। तैँले अवश्य नै आफ्नो कर्तव्य पनि सामान्य रूपमा जारी राख्नुपर्छ। यदि तेरो कर्तव्यमा तैँले नबुझ्ने केही पेसागत ज्ञान समावेश छ भने, तैँले अध्ययन र अभ्यास गर्नुपर्छ। यो सामान्य जीवन हो। परमेश्‍वरले मानिसहरूको लागि अघि सार्नुभएका अभ्यासका विभिन्‍न सिद्धान्तहरू सबै नै सामान्य मानवताको बुद्धिले ग्रहण गर्न सक्ने, र मानिसहरूले बुझ्न र स्विकार्न सक्ने कुरा हुन्, र ती कुरा सामान्य मानवताको दायराभन्दा अलिकति पनि पर जाँदैनन्। ती सबै कुरा मान्छेले प्राप्त गर्न सक्‍ने दायराभित्रै हुन्छन्, र कुनै हालतमा पनि उचितताको सीमाबाहिर जाँदैनन्। परमेश्‍वर मानिसहरूलाई महामानव वा प्रतिष्ठित व्यक्ति बन्‍न अनिवार्य गर्नुहुन्‍न, तर नैतिक आचरणसम्बन्धी भनाइहरूले चाहिँ मानिसहरूलाई महामानव वा प्रतिष्ठित व्यक्ति बन्‍ने आकाङ्क्षा राख्न बाध्य पार्छन्। तिनीहरूले आफ्नो देश र राष्ट्रको ठूलो काम गर्नैपर्ने मात्र होइन, मरुन्जेल काममै लागिरहनु र सक्दो मेहनत पनि गर्नुपर्ने हुन्छ। यसले तिनीहरूलाई आफ्नो जीवन त्याग्‍न बाध्य बनाउँछ, जुन पूर्णतया परमेश्‍वरको मापदण्डविपरीत हुन्छ। मानिसहरूको जीवनप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो छ? परमेश्‍वर हरपरिस्थितिमा मानिसहरूलाई सुरक्षित राख्नुहुन्छ र तिनीहरूलाई प्रलोभन र अन्य खतरनाक अवस्थामा पर्नदेखि जोगाउनुहुन्छ, र तिनीहरूको जीवन रक्षा गर्नुहुन्छ। परमेश्‍वरले यस्तो गर्नुको उद्देश्य के हो? यसको उद्देश्य मानिसहरूलाई उचित रूपमा जीवन जिउन लाउनु हो। मानिसहरूलाई उचित रूपमा जीवन जिउन लाउनुको उद्देश्य के हो? उहाँ तँलाई महामानव बन्‍न बाध्य पार्नुहुन्‍न, न त स्वर्गमुनिका सबै थोक आफ्नो हृदयमा राख्न, न त देश र जनताको चिन्ता गर्न नै बाध्य पार्नुहुन्छ, झन् सबै थोकमाथि शासन गर्ने, सबै कुरा व्यवस्थापन गर्ने र मानवजातिलाई शासन गर्ने उहाँको ठाउँ ओगट्न लाउनु त परको कुरा हो। बरु, उहाँ त तँलाई सृष्टि गरिएको प्राणीको उचित स्थान ग्रहण गर्न, सृष्टि गरिएको प्राणीका कर्तव्यहरू पूरा गर्न, मानिसहरूले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्न र मानिसहरूले गर्नुपर्ने कुराहरू गर्न लाउनुहुन्छ। तैँले गर्नुपर्ने कुराहरू धेरै छन्, तर त्यसमा मानवजातिको नियतिमाथि शासन गर्ने, स्वर्गमुनिका सबैथोक आफ्नो हृदयमा राख्‍ने वा मानवजाति, आफ्नो जन्मभूमि, मण्डली, परमेश्‍वरको इच्छा वा मानवजातिलाई मुक्ति दिने उहाँको महान्‌ कामलाई आफ्नो हृदयमा राख्‍नेजस्ता कुराहरू पर्दैनन्। यी कुराहरू समेवश हुँदैनन्। त्यसोभए, तैँले गर्नुपर्ने कुन-कुन कुराहरू समावेश हुन्छन् त? त्यसमा परमेश्‍वरले तँलाई सुम्पनुहुनेने कार्य, परमेश्‍वरले तँलाई दिनुहुने कर्तव्य अनि परमेश्‍वरको घरले तँलाई हरेक अवधिमा दिने हरेक मापदण्ड समावेश छन्। के यो सरल छैन र? के यो गर्न सजिलो छैन र? यो एकदमै सरल र गर्न पनि सजिलो छ। तर मानिसहरू सधैँ परमेश्‍वरलाई गलत बुझ्छन् र उहाँ तिनीहरूलाई गम्भीरतापूर्वक लिनुहुन्‍न भन्‍ने सोच्छन्। कतिपयले यस्तो सोच्छन्, ‘परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले आफूलाई धेरै महत्त्वपूर्ण ठान्‍नु हुँदैन, तिनीहरू आफ्नो भौतिक शरीरप्रति लिप्त हुनु हुँदैन, बरु तिनीहरूले अझ धेरै कष्ट भोग्‍नुपर्छ र राती चाँडै सुत्नु हुँदैन, किनभने यदि राती चाँडै सुत्यो भने परमेश्‍वर बेखुस हुन सक्‍नुहुन्छ। तिनीहरू बिहान सबेरै उठेर राती ढिलो सुत्नुपर्छ, अनि राती अबेरसम्म खटेर आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। तिनीहरूले कुनै परिणाम ननिकाले पनि, बिहान दुई वा तीन बजेसम्म जागा बस्नैपर्छ।’ परिणामस्वरूप, यस्ता मानिसहरू यति साह्रो थकित हुने गरी खट्छन कि तिनीहरूलाई हिँड्न पनि हम्मेहम्मे पर्छ, अनि कर्तव्य निर्वाहले गर्दा लखतरान भइयो भनेर भन्छन्। के यो मानिसहरूको मूर्खता र अज्ञानताले गर्दा भएको होइन र? अरू कतिपयचाहिँ यस्तो सोच्छन्, ‘हामीले अलि विशेष र राम्रो लुगा लगाउँदा परमेश्‍वर खुसी बन्‍नुहुन्‍न, न त उहाँ हामीले हरेक दिन मासु र मिठो खानेकुरा खाँदा नै खुसी बन्‍नुहुन्छ। पररमेश्‍वरको घरमा हामी बस मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ,’ अनि तिनीहरूलाई परमेश्‍वरका विश्‍वासीहरूको हैसियतमा तिनीहरूले मृत्युसम्‍मै कर्तव्य निर्वाह गर्नुपर्छ, नत्र परमेश्‍वरले छोड्नुहुनेछैन भन्‍ने लाग्छ। के वास्तवमा हुनुपर्ने कुरा त्यही हो त? (होइन।) परमेश्‍वर मानिसहरूलाई जिम्मेवार र बफादार भई कर्तव्य निर्वाह गर्ने मापदण्ड दिनुहुन्छ, तर उहाँ तिनीहरूलाई आफ्नै शरीरमाथि ज्यादती गर्न बाध्य पार्नुहुन्‍न, झन् तिनीहरूलाई झाराटारुवा बन्‍न वा त्यतिकै समय खेर फाल्‍न लाउनुहुने त कुरै नगरौँ। मैले देखेको छु, कतिपय अगुवा र सेवकहरूले मानिसहरूलाई कर्तव्य निर्वाह गराउन यसरी नै बन्दोबस्त मिलाउँछन्, दक्षताको मापदण्ड लागू गर्दैनन्, केवल मानिसहरूको समय र शक्ति खर्च गर्छन्। वास्तवमा तिनीहरूले मानिसहरूको जीवन बरबाद गरिरहेका हुन्छन्। दीर्घकालमा अन्ततः कतिपय मानिसहरूलाई स्वास्थ्य समस्या हुन्छ, ढाड दुख्छ, घुँडा दुख्छ र कम्प्युटरको स्क्रिन हेर्दा चक्‍कर लाग्छ। यस्तो कसरी हुन सक्छ? यसको कारण को हो? (यसको कारण तिनीहरू आफै हुन्।) परमेश्‍वरको घरले सबै जना राती १० बजेभित्रै विश्राम गरून् भन्छ, तर कतिपय मानिसहरू ११ वा १२ बजेसम्म पनि सुत्दैनन्, जसले गर्दा अरूहरूको विश्राममा बाधा पुग्छ। कतिपय मानिसहरू सामान्य तवरमा विश्राम गर्नेहरूलाई ऐसआरामको लालच गर्ने भनेरसमेत धिक्‍कार्छन्। यो गलत कुरा हो। यदि तेरो शरीरले राम्ररी विश्राम पाएको छैन भने तैँले कसरी राम्रो काम गर्न सक्छस् र? यसबारे परमेश्‍वर के भन्‍नुहुन्छ? परमेश्‍वरको घरले यसबारे कसरी नियमन गर्छ? सबै कुरा परमेश्‍वरको वचन र परमेश्‍वरको घरको सर्तअनुसार गरिनुपर्छ, अनि यो मात्र सही हुन्छ। कतिपय मानिसहरूको बुझाइ निरर्थक हुन्छ, तिनीहरू सधैँ चरमसीमामा पुग्छन् र अरूलाई रोकटोकसमेत गर्छन्। यो सत्यता सिद्धान्तअनुरूप हुँदैन। कतिपय मानिसहरू पटक्‍कै समझ नभएका पटमूर्ख हुन्छन्, र आफ्नो कर्तव्य निर्वाह गर्न आफू काममा व्यस्त नहुँदासमेत राती अबेरसम्म जागा बस्नैपर्छ भन्‍ने सोच्छन्, र यसरी थकित हुँदा पनि सुत्दैनन्, बिमार हुँदा पनि कसैलाई बताउँदैनन् र अझ खराब कुरा त, तिनीहरूले चिकित्सकलाई पनि देखाउँदैनन्, यसो गर्नु त समय खेर फाल्नु हो जसले गर्दा कर्तव्य निर्वाहमा ढिलाइ हुन्छ भन्‍ने सोच्छन्। के यो दृष्टिकोण सही हो त? किन विश्‍वासीहरू यत्तिका धेरै प्रवचन सुनेपछि पनि यस्तो निरर्थक दृष्टिकोण राख्छन्? परमेश्‍वरको घरका कार्य प्रबन्धहरूलाई कसरी नियमन गरिन्छ? तैँले ठिक १० बजेभित्र विश्राम गर्नुपर्छ र बिहान ६ बजे उठ्नुपर्छ, अनि आफूले आठ घण्टा सुत्‍ने कुरा सुनिश्‍चित गर्नुपर्छ। त्यसबाहेक, तैँले कामपछि कसरत गरेर आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ, र स्वस्थकर खाना र तालिका कायम राख्नुपर्छ भनेरसमेत बारम्बार जोड दिइन्छ, यसो गरेर कर्तव्य निर्वाहको क्रममा हुने स्वास्थ्य समस्या हटाउन सकिन्छ। तर कतिपय मानिसहरू यो कुरा पटक्‍कै बुझ्दैनन्, तिनीहरू सिद्धान्तहरू मान्‍न वा नियम पालन गर्न सक्दैनन्, अनि अनावश्यक रूपमा अबेरसम्म बस्छन् र गलत प्रकारका खानेकुरा खान्छन्। तिनीहरू बिमार परेपछि आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनन्, र त्यतिबेला पछुतो गर्नुको कुनै अर्थ रहँदैन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (१२))। परमेश्‍वरका वचनहरूबाट, मैले देखेँ कि मानिसहरूप्रति परमेश्‍वरका मागहरू धेरै व्यावहारिक छन्—भोक लाग्दा खाने, थाकेको बेलामा आराम गर्ने, बिरामी हुँदा उपचार खोज्ने। परमेश्‍वरले मानिसहरूलाई अतिमानव हुन वा कर्तव्य निर्वाह गर्नका लागि शरीरको सामान्य लय उल्लङ्घन गर्न माग गर्नुहुन्न। यद्यपि, मेरो भ्रामक बुझाइका कारण, म सोच्थेँ कि चाँडै सुत्नु अल्छी हुनु हो, जबकि राति अबेरसम्म काम गर्नु र निद्रालाई बेवास्ता गर्नुले बफादारीका साथ कर्तव्य निर्वाह गरेको जनाउँछ। बाल्यकालदेखि नै, विद्यालयहरू र समाजले हामीलाई समाजमा कडा परिश्रमका नमुनाहरूबाट सिक्नुपर्छ भनेर सिकाएका थिए। तिनीहरूमध्ये कतिपय नडगमगाई दर्जनौँ घण्टासम्म आफ्नो पदमा रहन्थे, र अन्ततः अत्यधिक कामको कारण ढल्थे, र कोही त आफ्नो पदमा रहँदा रहँदै मर्थे। उनीहरूको समर्पणको भावनालाई पछिल्ला पुस्ताहरूले प्रशंसा र सराहना गर्थे। मैले यो त्रुटिपूर्ण दृष्टिकोणलाई स्वीकार गरेकी थिएँ र म राति अबेरसम्म बसेर ममा आफ्नो कर्तव्यप्रति बोझ छ भनी प्रमाणित गर्न चाहन्थेँ। तर वास्तवमा, राति एघार वा बाह्र बजेतिर, मेरो मुटुको धड्कन बढ्न थाल्थ्यो। भोलिपल्ट बिहान उठ्दा मेरो टाउको भारी हुन्थ्यो र शरीर अल्छी हुन्थ्यो। काम गर्ने स्थितिमा फर्किनुअघि आफूलाई अनुकूल बनाउन मलाई निकै समय लाग्यो। मेरो ध्यान चनाखो नभएकाले, मेरा कर्तव्यहरूमा त्रुटि दर बढ्यो, र मेरो कार्यदक्षता उच्च थिएन। अनि म ढिलो उठ्ने भएकीले, म उपासनाहरू छोडेर सिधै काममा लाग्थेँ। हरेक दिन म आफूले प्रकट गरेको भ्रष्टतामाथि चिन्तन गर्न वा कर्तव्य निर्वाहमा भएका विचलनहरूको समीक्षा गर्न असफल हुन्थेँ। मैले जीवन प्रवेशविना परिश्रम गर्ने स्थितिमा आफ्नो कर्तव्य निर्वाह गरेँ, र मेरो कार्यसम्पादनको प्रभावकारिता झन् खराब हुँदै गयो। अरूको प्रशंसा कमाउन, मैले ती थप दुईतीन घण्टा राति अबेरसम्म बसेर बिताएँ। यद्यपि, मेरो कार्यदक्षतामा खासै सुधार आएन, र दीर्घकालीन रूपमा, मेरो स्वास्थ्य बिग्रियो। मैले महसुस गरेँ कि आफ्नो कर्तव्य निर्वाहमा बफादारी प्रमाणित गर्न अबेरसम्म बस्नु सबैभन्दा मूर्ख र विकृत तरिका हो। मैले यो पनि महसुस गरेँ कि शैतानले मानिसहरूमा भरिदिएका “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ,” र “रेसम कीराले बाँचुन्जेल धागो बुन्छ, मैनबत्तीले आफू जलेर उज्यालो दिन्छ” भन्ने जस्ता सबै विचारहरू मानिसहरूका लागि हानिकारक छन् र उनीहरूको जीवनका लागि घातक छन्। परमेश्‍वरले मात्र मानव जीवनलाई प्रिय र बहुमूल्य ठान्नुहुन्छ, काम र आरामका लागि सामान्य समय निर्धारण गर्नुहुन्छ, र मानिसहरूलाई सामान्य नियमहरूअनुसार जिउन र काम गर्न दिनुहुन्छ। यसमा परमेश्‍वरको प्रेम छ। परमेश्‍वरले मानिसहरूलाई बफादारीका साथ सृजित प्राणीको कर्तव्य पूरा गर्न माग गर्नुहुन्छ। यो बफादारी भनेको हाम्रो शरीरलाई बिरामी हुने वा थाक्नेगरी काममा लगाउनु होइन; बरु परमेश्‍वरले आशा गर्नुहुन्छ कि हामीले पूर्ण हृदय र शक्तिले आफ्नो कर्तव्य निर्वाह गर्न, सत्यता खोज्न र सिद्धान्तहरूमा टेकेर कार्य गर्न, साथै हाम्रा आफ्नै भ्रष्ट स्वभावहरू जाँच्नतिर ध्यान दिन सकौँ। यद्यपि, मैले जे प्रकट गरेँ त्यो मूर्ख बफादारी थियो, मानिसहरूलाई भ्रमित पार्नलाई सजाइएको असल व्यवहार मात्र थियो। जब मैले यो बुझेँ, मलाई अझ बढी पछुतो र ऋणी महसुस भयो। म आफ्नो कर्तव्य निर्वाहमा यस प्रकारको गलत अभिप्रेरणा बोकिरहन सक्दिनथेँ।

भोलिपल्ट, मैले चाँडै सुत्ने र उठ्ने, र बिहान र बेलुका व्यायाम गर्ने भनेर फेरि मेरो कार्यतालिकाको योजना बनाएँ। केही समय यसो गरिहेरेपछि, मेरो मुटुको ढुकढुकी र बढेको धड्कन मूलतः हरायो। यसबाहेक, बिहान सबेरै उठ्दा, म उपासना गर्न र अनुभवात्मक गवाही लेखहरू लेख्न समय निकाल्न सक्थेँ; मेरो हृदय पनि तुलनात्मक रूपमा शान्त थियो। उचित तरिकाले समयको योजना गरेर मेरो कार्यदक्षता सुधार भयो, र मेरो मानसिक स्थिति पनि धेरै सुधार भयो। परमेश्‍वरलाई धन्यवाद होस्!

अघिल्लो: १६. परमेश्‍वरमा आस्था राख्ने मार्गमा हिँड्ने सङ्कल्प

अर्को: १८. म शान्त रूपमा आफ्नो कमजोरीको सामना गर्न सक्छु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्