अध्याय १९

मानिसहरूका कल्पनाहरूमा, परमेश्‍वर अत्यन्तै उच्च हुनुहुन्छ, र उहाँ बुझ्न नसकिने हुनुहुन्छ भन्ने देखिन्छ। यस्तो लाग्छ कि परमेश्‍वर मानवजातिमाझ बस्नुहुन्न र उहाँ अति उच्च हुनुभएकाले मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ। तर, परमेश्‍वर मानिसहरूका धारणाहरूलाई चकनाचुर पार्नुहुन्छ र ती सबैलाई हटाउनुहुन्छ, तिनलाई “चिहानहरू” मा पुर्नुहुन्छ, जहाँ ती खरानीमा परिणत हुन्छन्। मानवजातिका धारणाहरूप्रतिको परमेश्‍वरको मनोवृत्ति मृतहरूप्रतिको उहाँको मनोवृत्ति जस्तै छ, “धारणाहरू” को कुनै प्रतिक्रिया नभएझैँ उहाँ तिनलाई आफ्नो इच्छाअनुसार परिभाषित गर्नुहुन्छ। त्यसकारण, परमेश्‍वरले संसारको सृष्टिदेखि आजसम्म यो काम गर्दै आउनुभएको छ, र कहिल्यै रोकिनुभएको छैन। देहका कारण, मानवहरू शैतानद्वारा भ्रष्ट तुल्याइएका हुन्छन्, र पृथ्वीमा शैतानका कार्यहरूका कारण, मानवहरूले आफ्ना अनुभवहरूका क्रममा सबै प्रकारका धारणाहरू बनाउँछन्। यसलाई “प्राकृतिक बनावट” भनिन्छ। कामको यो चरण पृथ्वीमा परमेश्‍वरको कामको अन्तिम भाग हो, त्यसैले उहाँको कामको विधि चरम बिन्दुमा पुगेको छ, र उहाँ मानिसहरूलाई तालिम दिने कामलाई तीव्र पार्दै हुनुहुन्छ ताकि तिनीहरूलाई उहाँको अन्तिम काममा पूर्ण पारिन सकियोस्, र अन्ततः परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट पार्न सकियोस्। पहिले, मानवजातिमाझ पवित्र आत्माको प्रबोधन र ज्योति मात्र थिए, तर परमेश्‍वर स्वयम्‌द्वारा बोलिएको कुनै वचन थिएन। जब परमेश्‍वर आफ्नै स्वरमा बोल्नुभयो, सबै जना छक्क परे, र आजका वचनहरू त अझ बढी अलमल्याउने खालका छन्। तिनको अर्थ बुझ्न अझ बढी गाह्रो छ, र मानवहरू आश्‍चर्यचकित भएजस्ता देखिन्छन्, किनभने उहाँका पचास प्रतिशत वचनहरू उद्धरण चिह्नहरूभित्र आउँछन्। “जब म बोल्छु, तब मानिसहरू एकाग्र भएर मेरो स्वर सुन्छन्; तर जब म चुप लाग्छु, तब तिनीहरू फेरि आफ्नै ‘उद्यमहरू’ सुरु गर्छन्।” त्यस खण्डमा उद्धरण चिह्नभित्र एउटा शब्द रहेको छ। परमेश्‍वर यहाँ जस्तै जति बढी हास्यका साथ बोल्नुहुन्छ, उहाँ मानिसहरूलाई आफ्ना वचनहरू पढ्न त्यति नै बढी आकर्षित गर्न सक्नुहुन्छ। एकातिर, यसले मानिसहरूलाई सहज रूपमा काटछाँट स्वीकार गर्न सक्षम बनाउँछ। तर मुख्य रूपमा, यसले परमेश्‍वरका वचनहरू नबुझ्दा अझ धेरै मानिसलाई निरुत्साहित वा निराश हुनबाट रोक्छ। यो शैतानविरुद्ध परमेश्‍वरको युद्धको एउटा रणनीति हो। यसरी मात्र मानिसहरूले परमेश्‍वरका वचनहरूमा रुचि राखिरहनेछन्छन् र तीबाट चकित हुँदा समेत तिनलाई ध्यान दिइरहनेछन्। तर, उद्धरण चिह्नहरूद्वारा नघेरिएका उहाँका सबै वचनमा पनि ठूलो आकर्षण छ, र त्यसैले ती अझ बढी देखिने खालका छन् र तिनले मानिसहरूलाई परमेश्‍वरका वचनहरूलाई अझ बढी प्रेम गर्ने र हृदयमा उहाँका वचनहरूको मिठास महसुस गर्ने तुल्याउँछन्। परमेश्‍वरका वचनहरू धेरै प्रकारका स्वरूपमा आउने, र ती समृद्ध र विविध प्रकारका हुने, साथै परमेश्‍वरका धेरै वचनमा नामपदहरू नदोहोरिने हुनाले, मानिसहरू आफ्नो तेस्रो चेतनामा परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्न भनी विश्वास गर्छन्। उदाहरणका लागि: “म मानिसहरूलाई ‘उपभोक्ता’ मात्र बन्न भन्दिनँ; म तिनीहरूलाई शैतानलाई परास्त गर्ने ‘उत्पादक’ बन्न पनि भन्छु।” त्यस वाक्यमा भएका “उपभोक्ता” र “उत्पादक” शब्दहरूको अर्थ अघिल्ला समयहरूमा बोलिएका केही शब्दको अर्थसँग मिल्दाजुल्दा छन्, तर परमेश्‍वर अलचिलो हुनुहुन्न; बरु, उहाँ मानिसहरूलाई आफ्नो ताजापनका बारेमा सचेत गराउनुहुन्छ र यसरी परमेश्‍वरको प्रेमको कदर गर्ने तुल्याउनुहुन्छ। परमेश्‍वरको बोलीमा भएको हास्यमा मानवतामाथि उहाँको न्याय र त्यसप्रतिका उहाँका मागहरू समावेश छन्। परमेश्‍वरका सबै वचनका उद्देश्यहरू हुने हुनाले, ती सबैका अर्थहरू हुने हुनाले, उहाँको हास्यको उद्देश्य वातावरणलाई हल्का बनाउनु वा मानिसहरूलाई जोडले हँसाउनु होइन, न त यसको उद्देश्य तिनीहरूको मांसपेशीलाई आराम दिनु नै हो। बरु, परमेश्‍वरको हास्यको उद्देश्य मानवहरूलाई फेरि कहिल्यै नबाँधिने गरी पाँच हजार वर्षको बन्धनबाट मुक्त गर्नु हो, ताकि तिनीहरू परमेश्‍वरका वचनहरू अझ राम्ररी स्वीकार गर्न सक्षम होऊन्। परमेश्‍वरको विधि भनेको एक चम्चा चिनी प्रयोग गरेर औषधि निल्न मद्दत गर्नु हो; उहाँ मानिसहरूलाई जबरजस्ती तीतो औषधि पिलाउनुहुन्न। गुलियोभित्र नै तीतोपन हुन्छ, र तीतोभित्र नै गुलियोपन पनि हुन्छ।

“जब पूर्वमा ज्योतिको एउटा मधुरो किरण देखिन थाल्छ, तब ब्रह्माण्डभित्रका सबै मानिसले यसलाई अलि बढी ध्यान दिन्छन्। निद्रामा डुब्न छोडेर, मानिसहरू यस पूर्वीय ज्योतिको स्रोत अवलोकन गर्न अघि बढ्छन्। तिनीहरूको सीमित सक्षमताका कारण, ज्योति उत्पत्ति हुने ठाउँ अहिलेसम्म कसैले पनि देख्न सकेको छैन।” यो परमेश्‍वरका पुत्रहरू र उहाँका मानिसहरूमाझ मात्र होइन, ब्रह्माण्डमा जताततै भइरहेको छ। धार्मिक संसारका मानिसहरू र गैरविश्‍वासीहरू सबैको यस्तै प्रतिक्रिया रहेको छ। परमेश्‍वरको ज्योति चम्किने क्षणमा, तिनीहरूको हृदय सबै बिस्तारै परिवर्तन हुन्छ, र तिनीहरू अनजानमै आफ्नो जीवन अर्थहीन रहेको, मानव जीवन मूल्यहीन रहेको पत्ता लगाउन थाल्छन्। मानवहरू न त भविष्य पछ्याउँछन्, न भोलिलाई ख्याल गर्छन्, न त भोलिको चिन्ता नै गर्छन्; बरु, तिनीहरू आफू “जवान” छँदै अझ बढी खानु र पिउनुपर्छ, अनि अन्तिम दिन आएपछि यो सबै सार्थक हुनेछ भन्‍ने विचार पक्रेर बस्छन्। मानिसहरूमा संसारलाई सुधार्ने कुनै चाहना नै हुँदैन। संसारप्रति मानवजातिको प्रेमको जोस “दियाबलस” द्वारा पूर्ण रूपमा चोरिएको थियो, तर यसको जड के हो भनी कसैलाई थाहा छैन। तिनीहरू केवल यताउति दौडधुप गर्न र एक-अर्कालाई जानकारी दिन सक्छन्, किनभने परमेश्‍वरको दिन अझै आइसकेको छैन। एक दिन, बुझ्‍न नसकिने सबै रहस्यका उत्तरहरू सबैले देख्नेछन्। परमेश्‍वरले “मानिसहरू निद्रा र सपनाबाट बिउँझन्छन्, अनि त्यसपछि मात्र तिनीहरू मेरो दिन बिस्तारै तिनीहरूमाथि आइपुगेको महसुस गर्छन्” भनेर भन्दा उहाँको आशय ठ्याक्कै यही थियो। त्यो समय आउँदा, परमेश्‍वरद्वारा चुनिएका सबै मानिस हरिया पातहरू जस्तै “म पृथ्वीमा हुँदा मेरा लागि आफ्नै भूमिका निर्वाह गर्न प्रतीक्षारत” हुन्छन्। चीनमा रहेका परमेश्‍वरका मानिसहरूमध्ये धेरै जना अझै पनि परमेश्‍वरले आफ्नो वाणी बोल्नुभएपछि पुरानै अवस्थामा फर्कन्छन्, त्यसैले परमेश्‍वर भन्नुहुन्छ: “तैपनि अब तथ्यहरूलाई परिवर्तन गर्न सकिँदैन, र तिनीहरू मैले सजाय सुनाउने प्रतीक्षा गर्नुबाहेक अरू केही गर्न सक्दैनन्।” तिनीहरूमध्ये अझै पनि कतिपयलाई हटाइनेछ—सबै जना अपरिवर्तित रहनेछैनन्। बरु, मानिसहरू परीक्षा गरिएपछि मात्र मानक पूरा गर्न सक्छन्, जसका लागि तिनीहरूलाई “गुणस्तरका प्रमाणपत्रहरू” दिइन्छ; अन्यथा, तिनीहरू फोहोरको थुप्रोको फालिने वस्तु बन्नेछन्। परमेश्‍वर निरन्तर मानवजातिको साँचो स्थिति औँल्याउनुहुन्छ, त्यसैले मानिसहरूले बढ्दो रूपमा परमेश्‍वरको रहस्यमयताको अनुभूत गर्छन्। “यदि उहाँ परमेश्‍वर नहुनुभएको भए, उहाँ हाम्रो साँचो स्थिति यति राम्ररी कसरी जान्न सक्नुहुन्थ्यो र?” तैपनि, मानिसहरूको कमजोरीका कारण, “मानवहरूको हृदयमा, म न त उच्च छु न त नीच छु। तिनीहरूका लागि, म परिहार्य छु।” के वास्तविकतासँग सबैभन्दा बढी मेल खाने सबै मानिसको स्थिति ठ्याक्कै यही होइन र? मानिसहरूको सवालमा भन्नुपर्दा, तिनीहरूले परमेश्‍वरलाई पछ्याउँदा उहाँ अस्तित्वमा रहनुहुन्छ र तिनीहरूले उहाँलाई नपछ्याउँदा उहाँ अस्तित्वमा रहनुहुन्न। अर्को शब्दमा भन्दा, मानिसहरूलाई परमेश्‍वरको मद्दत चाहिनेबित्तिकै उहाँ तिनीहरूको हृदयमा अस्तित्वमा रहनुहुन्छ, तर जब तिनीहरूलाई उहाँको आवश्यकता पर्न छोड्छ, तब उहाँ अस्तित्वमा रहन छोड्नुहुन्छ। मानिसहरूको हृदयभित्र यही कुरा छ। वास्तवमा, सबै “नास्तिक” लगायत पृथ्वीका सबैले यसरी नै सोच्छन्, साथै तिनीहरूमा परमेश्‍वरको “छाप” पनि अस्पष्ट र धमिलो हुन्छ।

“त्यसकारण, पहाडहरू जमिनमाथिका राष्ट्रहरूबीचका सीमा बन्छन्, जल फरक-फरक भूमिका मानिसहरूलाई अलग राख्ने बाँध बन्छ, र वायु पृथ्वीमाथिको खाली ठाउँमा एक व्यक्तिबाट अर्को व्यक्तिसम्म बहने कुरा बन्छ।” संसारको सृष्टि गर्दा परमेश्‍वरले गर्नुभएको काम यही थियो। यो कुरा यहाँ उल्लेख गर्दा मानिसहरू अलमलमा पर्छन्: के परमेश्‍वरले अर्को संसारको सृष्टि गर्न चाहनुभएको हुन सक्छ? यसो भन्नु उचित हुन्छ: परमेश्‍वर हरेक पटक बोल्नुहुँदा, उहाँका वचनहरूमा संसारको सृष्टि, व्यवस्थापन, र विनाशको कुरा हुन्छ; कुरा यति हो कि कहिलेकाहीँ ती स्पष्ट हुन्छन्, र कहिलेकाहीँ ती अस्पष्ट हुन्छन्। परमेश्‍वरको सम्पूर्ण व्यवस्थापनले उहाँका वचनहरूमा मूर्त रूप लिन्छ; मानिसहरूले तिनलाई खुट्ट्याउन नसक्ने मात्र हो। परमेश्‍वरले मानवहरूलाई प्रदान गर्ने आशिष्‌हरूले तिनीहरूको आस्था सय गुणा बढाउँछ। बाहिरबाट हेर्दा, परमेश्‍वरले तिनीहरूसँग एउटा प्रतिज्ञा गरिरहनुभएजस्तो देखिन्छ, तर सारमा यो परमेश्‍वरको राज्यका मानिसहरूप्रतिका उहाँका मागहरूको स्तर हो। जो प्रयोग योग्य छन् तिनीहरू रहिरहनेछन्, तर जो मानकअनुरूप छैनन् तिनीहरू स्वर्गबाट खस्ने विपत्मा निलिनेछन्। “आकाशमा गर्जने चट्याङले मानिसहरूलाई ढाल्नेछ; अग्ला पहाडहरू ढल्दा, तिनले तिनीहरूलाई पुर्नेछन्; भोकमा परेका जङ्गली पशुहरूले तिनीहरूलाई निल्नेछन्; र उर्लिरहेका महासागरहरूले तिनीहरूलाई शिरबाटै छोप्नेछन्। मानवजाति भ्रातृहत्याजन्य द्वन्द्वमा संलग्न हुँदा, सबै मानवले तिनीहरूमाझबाट उत्पन्न हुने विपत्हरूमा आफ्नै विनाश खोज्नेछन्।” मानकअनुरूप नहुनेहरूलाई गरिने “विशेष व्यवहार” यही हो, र त्यसपछि तिनीहरूलाई परमेश्‍वरको राज्यमा मुक्ति दिइनेछैन। परमेश्‍वरले जति बढी “मेरो ज्योतिको मार्गदर्शनमा, तिमीहरूले अन्धकारका शक्तिहरूको जकडलाई तोड्नेछौ। तिमीहरूले अन्धकारबीच ज्योतिको मार्गदर्शन गुमाउनेछैनौ” भन्ने जस्ता कुराहरू भन्नुहुन्छ, मानिसहरूले त्यति नै बढी श्रेष्ठताको भावना अनुभूत गर्छन्; यसरी, तिनीहरूसँग नयाँ जीवन पछ्याउने अझ बढी आस्था हुन्छ। परमेश्‍वर मानिसहरूलाई तिनीहरूले उहाँसँग मागेअनुसार प्रदान गर्नुहुन्छ। परमेश्‍वरले तिनीहरूलाई निश्‍चित हदसम्म खुलासा गरिसक्नुभएपछि, उहाँ सर्वोत्कृष्ट परिणाम प्राप्त गर्न आशिष्‌ दिने स्वर प्रयोग गर्दै आफ्नो बोल्ने शैली परिवर्तन गर्नुहुन्छ। मानवजातिसँग यसरी मागहरू गर्दा अझ बढी व्यावहारिक नतिजाहरू प्राप्त हुन्छन्, किनभने सबै मानिस आफ्ना समकक्षीहरूसँग व्यापारको कुरा गर्न इच्छुक हुन्छन्—तिनीहरू सबै जना व्यापारका विशेषज्ञ हुन्छन्। यसो भन्नुमा परमेश्‍वर ठ्याक्कै यही कुरालाई लक्षित गरिरहनुभएको हुन्छ। त्यसोभए, “सिनिम” भनेको के हो? यहाँ परमेश्‍वरले पृथ्वीमा भएको राज्यलाई जनाउनुभएको होइन, जसलाई शैतानद्वारा भ्रष्ट तुल्याइएको छ, बरु परमेश्‍वरबाट आउने सबै स्वर्गदूतको जमातलाई जनाउनुभएको हो। “दृढ र अटल रहनु” भन्ने शब्दहरूले स्वर्गदूतहरूले शैतानका सबै शक्तिलाई तोड्नेछन्, र यसरी ब्रह्माण्डमा सिनिम स्थापना गर्नेछन् भन्ने कुरालाई इङ्गित गर्छन्। तसर्थ, सिनिमको वास्तविक अर्थ पृथ्वीमा रहेका स्वर्गदूतहरू सबैको जमात हो, र यहाँ यसले पृथ्वीमा रहेकाहरूलाई जनाउँछ। त्यसकारण, त्यसपछि पृथ्वीमा अस्तित्वमा रहने राज्यलाई “राज्य” नभई “सिनिम” भनिनेछ। पृथ्वीमा रहेको “राज्य” को कुनै वास्तविक अर्थ छैन; यो, सारमा, सिनिम हो। तसर्थ, तिनलाई सिनिमको परिभाषासँग जोडेपछि मात्र “तिमीहरूले सम्पूर्ण ब्रह्माण्डभित्र मेरो महिमामय ज्योति चम्काउनेछौ” भन्ने शब्दहरूको साँचो अर्थ जान्न सकिन्छ। यसले भविष्यमा पृथ्वीमा हुने सबै मानिसको दर्जालाई दर्शाउँछ। सिनिमका मानिसहरू सबै राजा हुनेछन्, र तिनीहरूले सजाय भोगेका पृथ्वीका सबै मानिसमाथि शासन गर्नेछन्। सिनिमका मानिसहरूको व्यवस्थापनका कारण पृथ्वीका सबै कुरा सामान्य रूपमा सञ्चालन हुनेछन्। यो परिस्थितिको प्रारूप मात्र हो। सबै मानिस परमेश्‍वरको राज्यभित्रै रहनेछन्, अर्थात् तिनीहरू सिनिममा छाडिनेछन्। पृथ्वीका मानवहरूले स्वर्गदूतहरूसँग कुराकानी गर्न सक्नेछन्। यसरी, स्वर्ग र पृथ्वी जोडिनेछन्; अथवा, अर्को शब्दमा भन्नुपर्दा, स्वर्गमा स्वर्गदूतहरू जस्तै पृथ्वीमा सबै मानिसले आफूलाई परमेश्‍वरको अधीनमा राख्नेछन् र उहाँलाई प्रेम गर्नेछन्। त्यस समयमा, परमेश्‍वर पृथ्वीका सबै मानिससामु खुला रूपमा देखा पर्नुहुनेछ र तिनीहरूलाई नाङ्गो आँखाले उहाँको साँचो मुहार हेर्न दिनुहुनेछ, साथै उहाँले कुनै पनि समयमा आफूलाई तिनीहरूसामु प्रकट गर्नुहुनेछ।

अघिल्लो: अध्याय १८

अर्को: अध्याय २०

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्