अध्याय १८

परमेश्‍वरका सबै वचनमा उहाँको स्वभावको केही अंश हुन्छ। उहाँको स्वभावलाई पूर्ण रूपले शब्दहरूमा व्यक्त गर्न सकिँदैन। यो कुरा उहाँभित्र कति प्रचुरता छ भनी देखाउन पर्याप्त छ। मानिसहरूले जे देख्न र छुन सक्छन् त्यो आखिर तिनीहरूको क्षमताजस्तै सीमित छ। परमेश्‍वरका वचनहरू स्पष्ट भए तापनि, मानिसहरूले ती पूर्ण रूपमा बुझ्न सक्दैनन्। उदाहरणको लागि, यी वचनहरूलाई नै लिऔं: “बिजुलीको एक चमकमा, प्रत्येक पशुलाई त्यसको वास्तविक रूपमा प्रकट गरिन्छ। त्यसरी नै, मेरो ज्योतिद्वारा प्रज्वलित भएर मानिसले फेरि त्यो पवित्रता प्राप्त गरेको छ, जुन एकचोटि ऊसँग थियो। अहो, प्राचीन भ्रष्ट संसार! अन्त्यमा, यो फोहोर पानीमा लडेको छ र सतहमुनि डुब्दै हिलोमा पुरिएको छ!” परमेश्‍वरका सबै वचनमा उहाँको अस्तित्व हुन्छ, र सबै मानिसलाई यी वचनबारे थाहा भए पनि, कसैले कहिल्यै तिनका अर्थ जानेका छैनन्। परमेश्‍वरका नजरमा, उहाँको प्रतिरोध गर्ने सबै नै उहाँका शत्रु हुन्, अर्थात्, दुष्ट आत्माहरू भएका पशु हुन्। यसबाट, मण्डलीको साँचो स्थितिलाई अवलोकन गर्न सकिन्छ। सबै मानिस परमेश्‍वरका वचनद्वारा प्रज्वलित हुन्छन्, र यस ज्योतिमा तिनीहरूले अरूको उपदेश वा ताडना वा प्रत्यक्ष निष्कासन नभोगी, काम गर्ने अन्य मानवशैलीहरूको वशमा नपरी, र अन्य व्यक्तिहरूले औँल्याउने कार्यमा नपरी, आफैले आफ्नो जाँच गर्छन्। “सूक्ष्म दृष्टिकोण” बाट तिनीहरूले आफूभित्र वास्तवमा कति धेरै रोगीपन छ भनी एकदमै स्पष्ट रूपमा देख्छन्। परमेश्‍वरका वचनहरूमा हरेक किसिमको आत्मालाई त्यसको मौलिक स्वरूपमा वर्गीकृत र प्रकट गरिन्छ; यसरी स्वर्गदूतका आत्माहरू झन्-झन् प्रज्वलित र अन्तर्दृष्टियुक्त हुन्छन्, यसकारण परमेश्‍वरको वचनले भन्छ, “तिनीहरूले फेरि त्यो पवित्रता प्राप्त गरेका छन्, जुन एकचोटि तिनीहरूसँग थियो।” यी वचनहरू परमेश्‍वरले हासिल गर्नुभएको अन्तिम नतिजामा आधारित छन्। हाललाई, अवश्य नै त्यो नतिजा हासिल गर्न सकिँदैन—यो त केवल भावी नतिजाहरूको अग्रिम झलक हो, जसबाट परमेश्‍वरको इच्छालाई देख्न सकिन्छ। असङ्ख्य मानिसहरू परमेश्‍वरका वचनहरूभित्र चकनाचूर हुन्छन् र पवित्रकरणको क्रमिक प्रक्रियामा सबै मानिस पराजित हुनेछन् भनी देखाउन यी वचनहरू नै काफी छन्। यहाँ “हिलोमा पुरिएको छ” भन्ने वाक्यांश परमेश्‍वरले संसारलाई आगोले विनाश गर्नुभएको कुरासँग विरोधाभासपूर्ण छैन र “बिजुली” ले परमेश्‍वरको क्रोधलाई जनाउँछ। जब परमेश्‍वरले उहाँको क्रोध पोखाउनुहुन्छ, तब परिणामस्वरूप ज्वालामुखी विस्फोटन भएजस्तै सारा संसारले हरप्रकारका विपत्तिहरू भोग्नेछन्। आकाशको उच्च स्थानमा उभिएर पृथ्वीमा हरप्रकारको विपत्ति सारा मानवजातिको नजिक आइरहेको, दिन-प्रतिदिन क्रमिक रूपमा झन्-झन् नजिक आइरहेको देख्न सकिन्छ। माथिबाट तल हेर्दा, पृथ्वीले भूकम्प आउनुअघिका विविध प्रकारका दृश्यहरू प्रस्तुत गरेजस्तो देखिन्छ। तरल आगो कुनै नियन्त्रणविना दौडिन्छ, लाभा स्वतन्त्र रूपले बग्छ, पहाडहरू यताउता सर्छन्, र चिसो ज्योति जगमगाउँछ। सम्पूर्ण संसार नै आगोमा डुबेको छ। यो परमेश्‍वरले उहाँको क्रोध बर्साउनुभएको दृश्य हो, र यो उहाँको न्यायको समय हो। मासु र रगतले बनेकाहरू सबै नै उम्कन असमर्थ हुनेछन्। यसरी, सम्पूर्ण संसारलाई विनाश गर्नको लागि राष्ट्रहरूबीचका युद्धहरू र मानिसहरूबीचका द्वन्द्वहरूको आवश्यकता पर्दैन; यसको सट्टा, परमेश्‍वरको सजायको कोक्रोभित्र यो संसारले “सचेतन रूपले आफै आनन्द मनाउनेछ”। कोही पनि उम्कन सक्‍नेछैनन्; हरेक व्यक्तिले एक-एक गरी यो अग्निपरीक्षामार्फत गुज्रनुपर्छ। तत्पश्चात्, सम्पूर्ण ब्रह्माण्ड फेरि एकपल्ट पवित्र चमकको साथमा चम्कनेछ र सारा मानवजातिले फेरि एकपल्ट नयाँ जीवनको सुरुवात गर्नेछन्। अनि ब्रह्माण्डमाथि परमेश्‍वर विश्राम गरी बस्नुहुनेछ र हरेक दिन सारा मानवजातिलाई आशिष् दिनुहुनेछ। स्वर्ग सहनै नसकिने गरी निर्जन हुनेछैन, बरु यसले संसारको सृष्टि भएदेखि आफूसँग नभएको जीवन्तता फेरि प्राप्त गर्नेछ, र जब परमेश्‍वरले नयाँ जीवनको सुरुवात गर्नुहुन्छ तब “छैटौँ दिन” को आगमन हुनेछ। परमेश्‍वर र मानवजाति दुवै विश्राममा प्रवेश गर्नुहुनेछ, अनि ब्रह्माण्ड तबउप्रान्त धमिलो र फोहोरी हुनेछैन, बरु नवीन बन्नेछ। यही कारणले गर्दा परमेश्‍वरले भन्नुभयो, “पृथ्वी अब मरेतुल्य शान्त र चुप छैन, स्वर्ग अब उजाड र दुःखी छैन।” स्वर्गको राज्यमा कहिल्यै पनि अधर्मीपन वा मानव संवेगहरू, वा मानवजातिको कुनै पनि भ्रष्ट स्वभाव रहेका छैनन् किनभने त्यहाँ शैतानको वाधा छैन। “मानिसहरू” सबैले परमेश्‍वरका वचनहरू बुझ्न सक्छन्, अनि स्वर्गको जीवन खुसीले भरिपूर्ण हुन्छ। स्वर्गमा हुनेहरू सबैमा परमेश्‍वरको बुद्धि र प्रतिष्ठा हुन्छ। स्वर्ग र पृथ्वीबीचका भिन्‍नताहरूको कारण, स्वर्गका नागरिकहरूलाई “मानिसहरू” भनिँदैन; बरु, परमेश्‍वरले तिनीहरूलाई “आत्माहरू” भन्‍नुहुन्छ। यी दुई शब्‍दहरूमा तात्त्विक भिन्‍नताहरू छन्—अहिले “मानिसहरू” भनिनेहरूलाई शैतानले भ्रष्ट तुल्याएको छ, जबकि “आत्माहरू” लाई भने यसले भ्रष्ट तुल्याएको छैन। आखिरमा, परमेश्‍वरले पृथ्वीका मानिसहरूलाई स्वर्गका आत्माहरूका गुणहरू भएका प्राणीहरूमा परिवर्तन गर्नुहुनेछ, त्यसपछि तिनीहरू फेरि कहिल्यै शैतानका बाधाहरूमा पर्नेछैनन्। निम्‍न वचनहरूको साँचो अर्थ यही हो, “मेरो पवित्रता सारा ब्रह्माण्डमा फैलिएको छ।” “पृथ्वी त्यसको सुरुको अवस्थामा स्वर्गको स्वामित्वमा हुन्छ, र स्वर्ग पृथ्वीसँग एक भएको छ। मानिस स्वर्ग र पृथ्वीलाई जोड्ने डोरी हो, र मानिसको पवित्रता र नवीकरणको कारण, स्वर्ग उप्रान्‍त पृथ्वीबाट लुकाइएको छैन, र पृथ्वी अब स्वर्गप्रति मौन छैन।” यो स्वर्गदूतहरूको आत्मा भएका मानिसहरूको सन्दर्भमा भनिएको हो, र यस बिन्दुमा, “स्वर्गदूतहरू” पनि फेरि शान्तिपूर्ण रूपले सह-अस्तित्वमा रहन सक्छन् र तिनीहरूले पनि तिनीहरूको पहिलेकै स्थितिलाई फिर्ता पाउन सक्छन्, अबउप्रान्त स्वर्ग र पृथ्वीका क्षेत्रहरूबीचको देहद्वारा विभाजित हुँदैनन्। पृथ्वीका “स्वर्गदूतहरू” ले स्वर्गका स्वर्गदूतहरूसँग कुराकानी गर्न सक्छन्, पृथ्वीका मानिसहरूले स्वर्गका रहस्यहरूलाई जान्‍नेछन्, र स्वर्गका स्वर्गदूतहरूले मानव संसारका रहस्यहरूलाई जान्नेछन्। स्वर्ग र पृथ्वीको बीचमा कुनै दूरी नहुने गरी तिनीहरूको मिलाप हुनेछ। राज्यको परिकल्पना पूरा हुँदाको सुन्दरता यही हो। परमेश्‍वरले पूरा गर्नुहुने काम यही हो, र सारा मानव र आत्माहरूले तृष्णा गर्ने कुरा यही हो। तर धार्मिक संसारका मानिसहरूलाई यसबारे केही पनि थाहा छैन। तिनीहरू मुक्तिदाता येशू सेतो बादलमा आएर तिनीहरूका आत्मा लैजानुहुनेछ, र “फोहोरमैला” लाई पृथ्वीमा छरपस्ट छोड्नुहुनेछ (“फोहोरमैले” ले लासहरूलाई जनाउँछ) भनेर पर्खिरहेका छन्। के यी सबै मानवमा आम रूपमा रहेको धारणा होइनन् र? यसैले परमेश्‍वरले भन्‍नुभयो: “ओहो, धार्मिक संसार! पृथ्वीमा मेरो अख्तियारद्वारा कसरी यो नष्ट हुन सक्दैन?” पृथ्वीमा परमेश्‍वरका मानिसहरूको पूर्णताको कारण, धार्मिक संसारलाई उथलपुथल पारिनेछ। परमेश्‍वरले बताउनुभएको “अख्‍तियार” को साँचो अर्थ यही हो। परमेश्‍वरले भन्‍नुभयो: “के मेरो दिनमा मेरो नाउँको बदनाम गर्ने कोही छन्? सबै मानिसहरूले आफ्ना श्रद्धालु नजर मतिर लगाउँछन्, र तिनीहरूले आफ्नो हृदयमा मलाई गुप्तमा पुकार्छन्।” धार्मिक संसारको विनाशका परिणामहरूबारे उहाँले यही भन्‍नुभयो। परमेश्‍वरका वचनहरूका कारण यो सम्पूर्ण रूपमा उहाँको सिंहासनअघि समर्पित हुनेछ, र तबउप्रान्त सेतो बादल ओर्लिनेछ भनेर पर्खिने वा आकाशतिर हेर्ने गर्दैन, बरु परमेश्‍वरको सिंहासनअघि विजय गरिएको हुनेछ। तसर्थ “तिनीहरूले आफ्नो हृदयमा मलाई गुप्तमा पुकार्छन्” भन्‍ने शब्‍दहरू—धार्मिक संसारको लागि यही परिणाम हुनेछ, जसलाई परमेश्‍वरले पूर्ण रूपमा विजय गर्नुहुनेछ। परमेश्‍वरको सर्वशक्तिमान्‌ताले यसैलाई जनाउँछ—सबै धार्मिक मानिसहरू, धेरैजसो विद्रोही मानिसहरूलाई ढाल्नुहुनेछ, ताकि तिनीहरू अबउप्रान्त आफ्‍नै धारणाहरूमा लागी नरहून् बरु तिनीहरूले परमेश्‍वरलाई चिन्‍न सकून्।

परमेश्‍वरका वचनहरूले राज्यको सुन्दरताबारे बारम्‍बार भविष्यवाणी गरेको भए तापनि, यसका विभिन्‍न पक्षबारे बताएको र यसलाई विभिन्‍न दृष्टिकोणबाट व्याख्या गरेको भए तापनि, ती वचनहरूले अझै पनि राज्यको युगको हरेक अवस्थालाई पूर्ण रूपमा व्यक्त गर्न सक्दैनन् किनभने मानिसहरूको ग्रहण गर्न सक्‍ने क्षमता अत्यन्तै कमजोर छ। उहाँका वाणीहरूका सबै वचन बोलिएका छन्, तर मानिसहरूले तिनलाई एक्स-रेले जस्तो गरी हेरेका छैनन्, त्यसकारण तिनीहरूमा स्पष्टता र बुझाइको अभाव छ, र तिनीहरू चकितसमेत भएका छन्। यो देहको सबैभन्दा ठूलो कमजोरी हो। मानिसहरूले आफ्‍नो हृदयमा परमेश्‍वरलाई प्रेम गर्न चाहे पनि, शैतानको बाधाले गर्दा तिनीहरूले उहाँलाई विरोध गर्छन्, त्यसकारण तिनीहरू पुनर्जीवित हुन सकून् भनेर परमेश्‍वरले बारम्‍बार मानिसहरूको अचेत र बोधो हृदयलाई छुनुभएको छ। परमेश्‍वरले खुलासा गर्नुहुने सबै कुरा शैतानको कुरूपता हो, त्यसकारण उहाँका वचनहरू जति कठोर हुन्छन्, शैतान त्यति नै लज्जित बन्छ, मानिसहरूको हृदय त्यति नै बन्धनमुक्त बन्छ, र तिनीहरूको प्रेम त्यति नै जागृत हुन सक्छ। परमेश्‍वरले यसरी नै काम गर्नुहुन्छ। शैतानलाई खुलासा गरिसकिएको हुनाले र यसको वास्तविकतालाई देखिसकिएको हुनाले, यसले अबउप्रान्त मानिसहरूको हृदय ओगट्ने आँट गर्दैन, तसर्थ स्वर्गदूतहरूलाई अबउप्रान्त दुर्व्यवहार गरिँदैन। यसरी, तिनीहरूले परमेश्‍वरलाई आफ्नो सम्पूर्ण हृदय र मनले प्रेम गर्छन्। त्यसबेला मात्रै स्पष्ट रूपमा के देख्‍न सकिन्छ भने, स्वर्गदूतहरू तिनीहरूको साँचो स्वरूपमा परमेश्‍वरको स्वामित्वमा छन् र तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्छन्। यो मार्गद्वारा मात्रै परमेश्‍वरको इच्‍छालाई हासिल गर्न सकिन्छ। “तिनीहरूका हृदयभित्र, अब मेरो लागि ठाउँ छ। अब म मानिसहरूमाझको घृणा वा अस्वीकृतिको सामना गर्नेछैनँ, किनकि मेरो महान् काम पहिले नै पूरा भइसकेको छ, र अब त्यसमा कुनै बाधा छैन।” माथि व्याख्या गरिएको कुराको अर्थ यही हो। शैतानको दुर्व्यवहारको कारण मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्ने समय पाउँदैनन् र तिनीहरू सधैँ सांसारिक कुराहरूको जालमा परेका अनि शैतानद्वारा भ्रमित तुल्याइएका हुन्छन्, जसले गर्दा तिनीहरू अन्योलतामा काम गर्छन्। यही कारणले गर्दा परमेश्‍वरले भन्‍नुभयो, मानवजातिले “जीवनका धेरै कठिनाइ, संसारका धेरै अन्याय, मानव क्षेत्रका धेरै उतावचडाव भोगेका छन्, तर अहिले तिनीहरू मेरो ज्योतिमा बस्छन्। हिजोको अन्यायका लागि को रुँदैन र?” जब मानिसहरूले यी वचनहरू सुने, तब तिनीहरूलाई परमेश्‍वर नै तिनीहरूको दुर्गतिको बेला साथी हुनुहुन्छ, उहाँले तिनीहरूलाई सहानुभूति दिइरहनुभएको छ, र त्यसबेला तिनीहरूका गुनासोहरूमा सहभागी भइरहनुभएको छ जस्तै अनुभूति हुन्छ। तिनीहरूले अचानक मानव संसारको पीडा अनुभूति गर्छन् र यस्तो विचार गर्छन्: “त्यो साँच्‍चै साँचो कुरा हो—मैले संसारमा कुनै कुरामा कहिल्यै आनन्द लिएको छैनँ। मेरी आमाको गर्भबाट आएदेखि अहिलेसम्‍म, मैले मानव जीवनको अनुभव गरेको छु र मैले कुनै पनि कुरा प्राप्त गरेको छैनँ, तर धेरै कष्ट भोगेको छु। यो सबै कति खोक्रो छ! र अहिले मलाई शैतानले धेरै भ्रष्ट तुल्याएको छ! अहो! परमेश्‍वरले मुक्ति नदिनुभएको भए त, जब मेरो मृत्युको दिन आउँछ, के मैले मेरा सारा जीवन व्यर्थमा जिएको हुने थिइन र? के मानव जीवनको कुनै अर्थ छ? सूर्यमुनिका सबै कुरा खोक्रो छन् भनेर परमेश्‍वरले भन्‍नुभएको ठीकै हो। यदि परमेश्‍वरले आज मलाई अन्तर्दृष्टि नदिनुभएको भए, म अझै पनि अन्धकारमै हुनेथिएँ। कस्तो दुर्भाग्य!” यस बिन्दुमा, तिनीहरूको हृदयमा आशङ्का पैदा हुन्छ: “यदि मैले परमेश्‍वरको प्रतिज्ञा प्राप्त गर्न सक्दिनँ भने, मैले कसरी जीवन अनुभवलाई जारी राख्‍न सक्छु?” यी वचनहरू पढ्ने हरेक व्यक्तिले प्रार्थना गर्दा आँसु झार्नेछ। मानव चित्त यस्तै हुन्छ। कुनै व्यक्तिले मानसिक सन्तुलन गुमाएको छैन भने, उसले यो पढेर पनि कुनै प्रतिक्रिया नदिनु असम्‍भव हुनेछ। हरेक दिन, परमेश्‍वरले सबै प्रकारका मानिसहरूका स्थितिहरूलाई प्रकट गर्नुहुन्छ। कहिलेकहीँ, उहाँले तिनीहरूका पक्षमा गुनासाहरू पोखिदिनुहुन्छ। कहिलेकहीँ, उहाँले मानिसहरूलाई निश्‍चित वातावरणमाथि विजय प्राप्त गर्न र त्यसलाई सफलतापूर्वक पार गर्न सहयोग गर्नुहुन्छ। कहिलेकहीँ, उहाँले मानिसहरूलाई तिनीहरूका “रूपान्तरणहरू” औंल्याइदिनुहुन्छ। अन्यथा, तिनीहरू जीवनमा कति वृद्धि भएका छन् भन्‍ने तिनीहरूलाई थाहा हुनेथिएन। कहिलेकहीँ, परमेश्‍वरले मानिसहरूले वास्तविकतामा गरेका अनुभवहरू औंल्याउनुहुन्छ, र कहिलेकहीँ उहाँले तिनीहरूका अपर्याप्तता र त्रुटिहरू औंल्याउनुहुन्छ। कहिलेकहीँ उहाँले तिनीहरूलाई नयाँ मापदण्डहरू दिनुहुन्छ, र तिनीहरूले उहाँलाई कुन हदसम्म बुझ्नुपर्छ भनेर कहिलेकहीँ उहाँले औंल्याउनुहुन्छ। तैपनि, परमेश्‍वरले यसो पनि भन्‍नुभएको छ: “मैले धेरै मानिसले बोलेका हृदयस्पर्शी शब्दहरू, धेरै मानिसले पीडाको बीचमा तिनीहरूको पीडादायी अनुभवहरूबारे बताएको सुनेको छु; मैले डरलाग्दो सङ्कटमा पनि मप्रति बफादार रहने धेरैलाई देखेको छु, र मैले ढुङ्गेनी बाटोमा हिँड्दै बाहिर निस्कने बाटो खोज्‍ने धेरैलाई देखेको छु।” यो सकारात्मक चरित्रहरूको व्याख्या हो। “मानव इतिहासको नाटक” को हरेक भागमा, सकारात्मक चरित्रहरू मात्रै थिएनन् तर नकारात्मक चरित्रहरू पनि थिए। त्यसकारण, परमेश्‍वरले यी नकारात्मक चरित्रहरूको कुरूपतालाई प्रकट गर्नुहुन्छ। यसर्थ, तिनीहरूलाई “धोकेबाजहरू” सँग तुलना गरेर मात्रै “सीधा मानिसहरू” को दृढ बफादारीता र निडर साहस प्रकट हुन्छ। सबै मानिसहरूको जीवनमा, नकारात्मक तत्वहरू हुन्छन्, र सकारात्मक तत्वहरू हुन्छन्, जसको कुनै अपवाद छैन। परमेश्‍वरले सबै मानिसहरूको सत्यता प्रकट गर्नको लागि दुवैको प्रयोग गर्नुहुन्छ, ताकि धोकेबाजहरूले आफ्‍ना शिर निहुराऊन् र आफ्‍ना पापहरूलाई मानिलिऊन्, ताकि प्रोत्साहनद्वारा सोझा मानिसहरू निरन्तर रूपमा वफादार रहिरहून्। परमेश्‍वरका वचनहरूका अर्थ अत्यन्तै गहन् छन्। समय-समयमा, मानिसहरूले ती वचनहरू पढ्छन् र डल्लो परुञ्जेल हाँस्छन्, जबकि अरू बेला, तिनीहरूले केवल शान्त भएर आफ्‍ना शिर थाम्छन्। समय-समयमा तिनीहरू विगतको यादमा डुब्छन्, समय-समयमा तिनीहरू नराम्ररी रुन्छन् र आफ्‍ना पाप स्वीकार गर्छन्, समय-समयमा तिनीहरू हडबडाउँछन्, र समय-समयमा तिनीहरू खोजी गर्छन्। समग्रमा, परमेश्‍वरले बोल्‍नुहुने फरक-फरक परिस्‍थितिको कारण मानिसहरूका प्रतिक्रियामा परिवर्तन हुन्छ। जब व्यक्तिले परमेश्‍वरका वचनहरू पढ्छ, कहिलेकहीँ अलि परबाट हेरिरहेकाहरूले त्यो व्यक्तिको होस गुमेको छ भनेर गलत रूपमा बुझ्‍ने समेत गर्छन्। यी वचनहरूलाई ध्यान देऊ: “यसैले, पृथ्वीमा निरन्तर विवादहरू हुन छोड्छन्, र मेरा वचनहरू जारी गरिएपछि, आधुनिक युगका विभिन्न ‘हात-हतियारहरू’ हटाइन्छन्।” “हात-हतियारहरू” भन्‍ने शब्‍द मात्रै सारा दिनको हाँसोको निम्ति पर्याप्त छ, र जब-जब कसैले झुक्कलमा “हात-हतियारहरू” भन्‍ने शब्‍द बोल्छन्, तिनीहरू मरी-मरी हाँस्छन्। के अवस्था यही हो नि, होइन त? तँ कसरी यस कुरामा नहाँसी बस्‍न सक्छस् र?

जब तँ हाँस्छस्, परमेश्‍वरले मानवजातिलाई कुन मापदण्ड दिनुभएको छ सो बुझ्‍न नबिर्सी, र मण्डलीको साँचो स्थितिलाई हेर्न नबिर्सी: “सबै मानवजाति सामान्य अवस्थामा फर्किएका छन् र एउटा नयाँ जीवन सुरु भएको छ। नयाँ परिवेशमा बसोबास गर्दै, धेरै सङ्ख्यामा मानिसहरू आफ्‍ना वरिपरि हेर्छन्, तिनीहरू पूर्ण नयाँ संसारमा प्रवेश गरेजस्तो महसुस गर्छन्, यसकारण तिनीहरू तत्कालै आफ्नो वर्तमान वातावरणमा घुलमेल हुन सक्दैनन् वा झट्टै सही मार्गमा प्रवेश गर्न सक्दैनन्।” अहिले मण्डलीको साँचो स्थिति यस्तै छ। सबै मानिसलाई तुरुन्तै सही मार्गमा प्रवेश गराउने बारेमा अत्यन्तै व्याकुल नबन्। पवित्र आत्माको काम निश्‍चित बिन्दुसम्‍म अघि बढिसकेपछि, थाहै नपाई सबै मानिस यसमा प्रवेश गर्नेछन्। जब तैँले परमेश्‍वरका वचनहरूको सार बुझ्छस्, पवित्र आत्माले कुन बिन्दुसम्‍म काम गर्नुभएको छ भन्‍ने जान्‍नेछस्। परमेश्‍वरको इच्‍छा यस्तो छ: “मानिसको अधार्मिकताको आधारमा, म सबैलाई सही मार्गमा पुग्न सक्षम तुल्याउन उपयुक्त मात्रामा ‘शिक्षा’ प्रदान मात्र गर्छु।” परमेश्‍वरको बोल्‍ने र काम गर्ने तरिका यही हो, र यो मानवजातिको अभ्यास गर्ने विशिष्ट मार्ग पनि हो। यसपछि, उहाँले मानिसहरूको लागि मानवजातिको अर्का स्थितिहरूलाई औंल्याउनुभयो: “यदि मानिसहरू ममा रहेको आनन्द उपभोग गर्न चाहँदैनन् भने, म तिनीहरूले आफ्ना हृदयमा जे राखेका छन् त्यसैसित अगाडि बढ्न र तिनीहरूलाई अतल कुण्डमा पठाउन मात्र सक्छु।” परमेश्‍वरले पूर्ण रूपमा बोल्‍नुभएको छ र मानिसहरूको लागि गुनासो गर्ने अलिकति ठाउँ पनि छोड्नुभएको छैन। परमेश्‍वर र मानिसबीचको भिन्‍नता ठीक यही नै हो। परमेश्‍वरले मानिससँग सधैँ खुलस्त र स्वतन्त्र रूपमा बोलिरहनुभएको छ। परमेश्‍वरले भन्‍नुहुने सबै कुरामा उहाँको निष्कपट हृदय देख्‍न सकिन्छ, जसले मानिसहरूलाई तिनीहरूको हृदय उहाँको हृदयसँग तुलना गर्ने तुल्याउँछ र तिनीहरूलाई उहाँको निम्ति आफ्‍नो हृदयको ढोका खोल्न सक्षम पार्छ, ताकि तिनीहरू कस्तो रङ्गका मानिसहरू हुन् भन्‍ने उहाँले देख्‍न सकून्। परमेश्‍वरले कहिल्यै पनि कुनै व्यक्तिको विश्‍वास वा प्रेमको प्रशंसा गर्नुभएको छैन, तर उहाँले सधैँ मानिसहरूलाई मापदण्डहरू दिनुभएको छ र तिनीहरूको कुरूप पक्ष खुलासा गर्नुभएको छ। यसले मानिसहरूमा कति सानो “कद” छ र तिनीहरूको “शारीरिक अवस्था” मा कति कमजोरी छ सो देखाउँछ। यी कमीकमजोरीहरूलाई पूर्ति गर्नको लागि तिनीहरूलाई “व्यायाम” चाहिन्छ, त्यही कारणले गर्दा परमेश्‍वरले मानिसहरूमा बारम्‍बार “आफ्‍नो क्रोध पोखाउनुहुन्छ।” एक दिन, जब परमेश्‍वरले मानवजातिबारे सम्पूर्ण सत्यता प्रकट गर्नुभएको हुनेछ, तब मानिसहरूलाई पूर्ण पारिनेछ, र परमेश्‍वर सहजतामा हुनुहुनेछ। मानिसहरूले त्यसउप्रान्त परमेश्‍वरलाई फुस्ल्याउेछैनन्, र उहाँले तिनीहरूलाई त्यसउप्रान्त “शिक्षा दिने” काम गर्नुहुनेछैन। त्यो समयदेखि उता, मानिसहरू “आफै जिउन” सक्‍नेछन्, तर अहिले त्यो समय होइन। मानिसहरूभित्र अझै पनि “नक्कली” भन्‍न सकिने धेरै कुरा छन्, र धेरै चरणको परीक्षाको, थप धेरै “नाकाहरू” को आवश्यकता छ, जहाँ तिनीहरूका “करहरू” उचित रूपमा तिर्न सकिन्छ। यदि अझै पनि नक्‍कली सामानहरू छन् भने, तिनलाई जफत गरिनेछ, ताकि तिनलाई बेच्‍न नसकियोस्, त्यसपछि चोरी-पैठारीका सामानहरू नष्ट गरिनेछ। के यो, काम गर्ने असल तरिका होइन र?

अघिल्लो: अध्याय १७

अर्को: अध्याय १९

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

देहधारी परमेश्‍वर र परमेश्‍वरद्वारा प्रयोग भएका मानिसहरूका बीचका अत्यावश्यक भिन्नता

परमेश्‍वरका आत्माले पृथ्वीमा काम गर्नुहुँदा, उहाँले धेरै वर्षदेखि खोजिरहनुभएको छ, र युगौँदेखि उहाँको काम गर्नका लागि परमेश्‍वरले धेरै...

परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌

अधिकांश मानिसहरूको परमेश्‍वरमाथिको विश्‍वासको सारतत्त्व धार्मिक दृढ विश्‍वास नै हो: तिनीहरू परमेश्‍वरलाई प्रेम गर्न असक्षम हुन्छन्‌ र...

धार्मिक सेवालाई शुद्ध पारिनैपर्छ

सारा ब्रह्माण्डमा आफ्नो कामको सुरुवातदेखि नै, परमेश्‍वरले धेरै मानिसहरूलाई उहाँको सेवा गर्न अघिबाटै नियुक्त गरिसक्‍नु भएको छ, जसमा जीवनका...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्