अध्याय ४६

यी सबै वचनमध्ये, आजका वचनहरूभन्दा अविस्मरणीय अरू कुनै छैन। परमेश्‍वरका वचनहरूले पहिले मानिसका स्थितिहरूलाई खुलासा गर्थे वा स्वर्गका रहस्यहरू खोल्थे, तर यो वर्तमान वाणी विगतका वाणीहरू जस्तो छैन। यसले गिल्ला वा व्यङ्ग्य गर्दैन, बरु यो त पूर्ण रूपमा अप्रत्याशित कुरा हो: यो त परमेश्‍वर भुइँमा बसेर मानिसहरूसँग शान्त रूपमा कुराकानी गर्नु हो। उहाँको उद्देश्य के हो? परमेश्‍वरले “आज, मैले ब्रह्माण्डहरूमाथि नयाँ काम सुरु गरेको छु, जसले पृथ्वीका मानिसहरूलाई नयाँ सुरुवात गर्न लगाएको छ र तिनीहरू सबैलाई मेरो घरबाट निस्कन भनेको छ। अनि मानिसहरू सधैँ आनन्दमा लिप्त हुन मन पराउने हुनाले, म तिनीहरूलाई अलि बढी आत्मसंयम देखाउन, र सधैँ मेरो काममा बाधा नदिन सल्लाह दिन्छु।” भनेर भन्नुहुँदा, तँ के देख्छस्? अनि परमेश्‍वरले भन्ने गर्नुभएको यो “नयाँ सुरुवात” के हो? परमेश्‍वरले मानिसहरूलाई जान सल्लाह दिँदै पहिले पनि यस्तै वचनहरू बोल्नुभएको छ, तर परमेश्‍वरको मूल अभिप्रायअनुसार, ती वचनहरू मानिसहरूको आस्थाको परीक्षा गर्न प्रयोग गरिएका थिए। त्यसोभए, आज उहाँ फरक लबजमा बोल्नुहुँदा सच्चा भइरहनुभएको छ कि झूटो? पहिले, मानिसहरूलाई परमेश्‍वरले बोल्ने गर्नुभएका परीक्षाहरूबारे थाहा थिएन। सेवाकर्ताहरूको कामको चरणमार्फत मात्रै परमेश्‍वरका परीक्षाहरू तिनीहरूको आँखाले देखे र तिनीहरूले व्यक्तिगत रूपमा अनुभव गरे। यसरी, त्यस समयदेखि, पत्रुसका सयौँ परीक्षाको उदाहरणका कारण, मानिसहरू अक्सर “यो परमेश्‍वरबाट आएको परीक्षा हो” भन्‍ने सोचाइको विचलनमा परेका छन्। यसबाहेक, परमेश्‍वरका वचनहरूमा बोलिएका निकै कम कुरा मानिसहरूमाथि ठोस तथ्यका रूपमा आएका छन्। यसरी, मानिसहरू परमेश्‍वरका परीक्षाहरूका बारेमा अन्धविश्‍वासहरूमा झन्-झन् गहिरो गरी डुबेका छन्, त्यसैले परमेश्‍वरद्वारा बोलिएका सबै वचनमा, तिनीहरूले यसलाई कहिल्यै परमेश्‍वरद्वारा गरिएका तथ्यहरूको काम हो भनेर विश्‍वास गरेका छैनन्; बरु, तिनीहरूले परमेश्‍वर अरू केही काम नभएर मानिसहरूको परीक्षा गर्न विशेष रूपमा वचनहरू प्रयोग गरिरहनुभएको छ भन्‍ने विश्‍वास गरेका छन्। यस्ता आशारहित तर आशाजनक पनि देखिने परीक्षाहरूबीच नै मानिसहरूले पछ्याएका छन्, र त्यसैले परमेश्‍वरले “बाँकी रहने सबैले प्रकोपको सामना गर्ने सम्भावना धेरै छ” भन्नुभएपछि पनि मानिसहरूले ध्यानपूर्वक पछ्याएका छन्, र छोडेर जाने कुनै अभिप्राय देखाएका छैनन्। मानिसहरूले यस्ता भ्रमहरूबीच पछ्याएका छन्, र तिनीहरूमध्ये कसैले पनि कुनै आशा नभएको भनी निश्‍चित हुने आँट गरेको छैन—यो परमेश्‍वरको विजयको प्रमाणकै पाटो हो। परमेश्‍वरको दृष्टिकोणले उहाँ आफूलाई सेवा प्रदान गर्न यावत् थोकलाई परिचालन गर्नुहुन्छ, र यो मानव भ्रमको सदुपयोग गरेर परमेश्‍वर कुनै पनि समय वा स्थानमा उहाँलाई नछोड्न तिनीहरूलाई बाध्य पार्नुहुन्छ भन्‍ने देखाउँछ। त्यसैले यस चरणको दौरान मानिसहरूका असिद्ध मनसायहरूमार्फत नै परमेश्‍वर तिनीहरूलाई उहाँका लागि एक चरणको गवाही दिन लगाउनुहुन्छ, र यसैमा “मैले मानिसहरूको एउटा हिस्सा प्राप्त गरेको छु” भन्ने परमेश्‍वरका वचनहरूको गहिरो अर्थ निहित छ। शैतान अवरोधहरू निम्त्याउन मानिसका मनसायहरू प्रयोग गर्छ, जबकि परमेश्‍वर सेवा प्रदान गर्न मानिसका मनसायहरू प्रयोग गर्नुहुन्छ—“मानिसहरू सुटुक्क भित्र पस्न सकिने कल्पना गर्छन्, तर जब तिनीहरू मलाई आफ्ना नक्कली प्रवेश अनुमति पत्रहरू दिन्छन्, म तिनीहरूलाई त्यहीँको त्यहीँ अग्निकुण्डमा फ्याँकिदिन्छु, अनि आफ्नै ‘रगत-पसिना’ ज्वालामा देखेर, तिनीहरू आशा गुमाउँछन्” भन्ने परमेश्‍वरका वचनहरूको साँचो अर्थ यही हो। परमेश्‍वर आफूलाई सेवा प्रदान गर्न यावत् थोकलाई परिचालन गर्नुहुन्छ, त्यसैले उहाँ मानिसका विभिन्न रायबाट पन्छिनुहुन्न, बरु निर्धक्क भएर मानिसहरूलाई जान भन्नुहुन्छ; यो परमेश्‍वरको कामको अद्भुतता र बुद्धि हो—इमानदार वचनहरू र विधिलाई जोडेर एउटै बनाउनु, मानिसहरूलाई रिँगटा लागेको र अलमल्ल अवस्थामा छाड्नु। यसबाट के देख्न सकिन्छ भने, परमेश्‍वर साँच्चै नै मानिसहरूलाई उहाँको घरबाट निस्कन भनिरहनुभएको छ, यो कुनै प्रकारको परीक्षा होइन, र यही अवसर प्रयोग गरेर परमेश्‍वर यसो भन्नुहुन्छ: “तर म मानिसहरूलाई तिनीहरू आशिष्‌हरू प्राप्त गर्न असफल हुँदा कसैले पनि मेरो बारेमा गुनासो गर्न पाउनेछैन भनेर पनि भन्छु।” परमेश्‍वरका वचनहरू सत्यता र झूटका मिश्रण हुन्, र कसैले पनि तिनलाई छर्लङ्गै देख्न सक्दैन; तैपनि परमेश्‍वर यो अवसर प्रयोग गरेर मानिसहरूलाई स्थिर बनाउनुहुन्छ, तिनीहरूको जाने चाहना हटाउनुहुन्छ। यसरी, यदि कुनै दिन तिनीहरू श्रापित भए भने, मानिसहरूले “सुन्दा अप्रिय लाग्ने वचनहरू नै असल हुन्छन्” भनेर भनेझैँ, तिनीहरूलाई परमेश्‍वरका वचनहरूद्वारा पूर्वचेतावनी दिइएको हुनेछ। आज, मानिसहरू पूर्ण निष्कपटताका साथ परमेश्‍वरलाई प्रेम गर्छन्, त्यसैले साँचो कि झूटो भनेर छुट्याउन नसकेका वचनहरूमा, तिनीहरू विजय गरिए र परमेश्‍वरलाई प्रेम गर्न पुगे, त्यही कारणले नै परमेश्‍वरले भन्नुभयो: “मैले मेरो महान् कार्य पूरा गरिसकेको छु।” जब परमेश्‍वर “म तिनीहरूले बाँच्ने आफ्नै बाटो भेट्टाउने आशा गर्छु। यसमा म शक्तिहीन छु” भनेर भन्नुहुन्छ, यो परमेश्‍वरले यी सबै वचन बोल्नुभएको वास्तविकता हो—तैपनि मानिसहरू त्यस्तो सोच्दैनन्; बरु, तिनीहरूले सधैँ परमेश्‍वरका वचनहरूलाई अलिकति पनि ध्यान नदिई पछ्याएका छन्। यसरी, जब परमेश्‍वर “भविष्यमा, हामीबीच उप्रान्त कुनै कुराकानी हुनेछैन, हामीसँग कुरा गर्नका लागि उप्रान्त कुनै विषय रहनेछैन, र हामी उप्रान्त एक-अर्कालाई हस्तक्षेप गर्नेछैनौँ, बरु सबै जना आ-आफ्नै बाटो लाग्नेछौँ” भनेर भन्नुहुन्छ, तब यी वचनहरू वास्तविकता हुन्, र यी अलिकति पनि दूषित छैनन्। मानिसहरूले जेसुकै सोचे पनि, परमेश्‍वरको यस्तै “समझहीनता” हुन्छ। परमेश्‍वरले शैतानको अगाडि गवाहीको यो चरण दिइसक्नुभएको छ, र परमेश्‍वरले सबै मानिसलाई कुनै पनि समय वा स्थानमा अवश्यै उहाँलाई छोडेर जान नदिने भन्नुभएको छ—त्यसैले कामको यो चरण पूरा भएको छ। मानिसहरूले जेसुकै गुनासो गरे पनि परमेश्‍वर त्यसलाई ध्यान दिनुहुन्न, तैपनि परमेश्‍वरले अग्रिम रूपमा बोलिसक्नुभएको छ, त्यसैले मानिसहरू लाचार छन्, आफ्नो रिसलाई दबाउन र चुप लाग्न बाध्य भएका छन्। परमेश्‍वर र शैतानबीचको लडाइँ पूर्ण रूपमा मानिसमा आधारित छ। मानिसहरूको कुनै स्वायत्तता हुँदैन; तिनीहरू पूर्ण रूपमा कठपुतली हुन्, जबकि पर्दा पछाडिबाट सबै कुरा नियन्त्रण गर्ने भनेको परमेश्‍वर र शैतानले हो। जब परमेश्‍वर मानिसहरूलाई उहाँका लागि साक्षी दिन प्रयोग गर्नुहुन्छ, तब उहाँ मानिसहरूलाई उहाँका लागि सेवा प्रदान गर्न प्रयोग गर्न आफूले सोच्न सक्ने सबै कुरा, हरसम्भव कुरा गर्नुहुन्छ, जसले गर्दा मानिसहरू शैतानको चालबाजीमा पर्छन्, र त्यसमाथि, परमेश्‍वरद्वारा निर्देशित हुन्छन्। अनि जब परमेश्‍वरले दिइयोस् भनेर चाहनुभएको गवाही दिइएको हुन्छ, तब उहाँ मानिसहरूलाई एक छेउमा मिल्काइदिनुहुन्छ र तिनीहरूलाई कष्टमा छोडिदिनुहुन्छ, तर तिनीहरूसँग उहाँको कुनै सरोकार नभएको जस्तो नाटक गर्नुहुन्छ। जब उहाँलाई फेरि मानिसहरूलाई प्रयोग गर्ने इच्छा लाग्छ, तब उहाँ तिनीहरूलाई फेरि एकपटक उठाउनुहुन्छ र प्रयोगमा ल्याउनुहुन्छ, र मानिसहरू यसबारे अलिकति पनि सचेत हुँदैनन्। तिनीहरू केवल आफ्नो मालिकले चाहेअनुसार प्रयोग गरिने गोरु वा घोडाजस्तै हुन्, र तिनीहरूमध्ये कसैको पनि कुनै व्यक्तिगत स्वायत्तता हुँदैन। यो सुन्दा अलि दुःखद लाग्ला, तर मानिसहरूसँग कुनै स्वायत्तता होस् वा नहोस्, परमेश्‍वरलाई सेवा प्रदान गर्नु भनेको सम्मानको कुरा हो, निराश हुनुपर्ने विषय होइन। यस्तो लाग्छ, मानौँ परमेश्‍वरले यसरी नै काम गर्नुपर्छ। के सर्वशक्तिमान्‌को आवश्यकता पूरा गर्न सक्नु गर्व गर्नुपर्ने विषय होइन र? त्यसोभए, तँलाई के लाग्छ? के तैँले कहिल्यै परमेश्‍वरका लागि सेवा प्रदान गर्ने सङ्कल्प तय गरेको छस्? के तँलाई अझै पनि आफ्नो स्वतन्त्रताको खोजीमा अलिकति शक्ति प्रयोग गर्ने इच्छा भएको हुन सक्छ?

जे भए पनि, परमेश्‍वरले गर्ने सबै कुरा असल र अनुकरणीय छन्, अनि मानिस र परमेश्‍वर, आखिर, फरक हुन्। यस आधारमा, परमेश्‍वरले तेरो प्रेमको कुनै वास्ता गर्नुहोस् वा नगर्नुहोस्, तैँले परमेश्‍वरलाई मानव हृदयले प्रेम गर्नुपर्छ। परमेश्‍वरका वचनहरूले परमेश्‍वरको हृदयभित्र ठूलो दुःख पनि छ भन्‍ने देखाउँछन्। परमेश्‍वरका वचनहरूका कारणले मात्रै मानिसहरूलाई शोधन गरिन्छ। तैपनि यो काम, आखिर, हिजो भएको थियो—त्यसोभए, परमेश्‍वरले अब ठ्याक्कै के गर्नुहुनेछ? यो आजसम्म एउटा रहस्य नै रहेको छ, त्यसैले मानिसहरू यसलाई बुझ्न वा बोध गर्न असमर्थ छन्, र परमेश्‍वरले जस्तो सङ्गीत बजाउनुहुन्छ त्यसको धूनमा गाउन मात्र सक्छन्। त्यसो हुँदाहुँदै पनि, परमेश्‍वरले भन्ने सबै कुरा वास्तविक हुन्, र ती सबै साकार हुन्छन्—यसमा कुनै शङ्का छैन!

अघिल्लो: अध्याय ४४ र ४५

अर्को: परिचय

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्