अध्याय ४४ र ४५

परमेश्‍वरले मानिसलाई “परमेश्‍वरप्रतिको प्रेम” अर्थात् सबै पाठहरूमध्येको सबैभन्दा गहन पाठको बारेमा बताउनुभएको समयदेखि नै उहाँले “सात आत्माका वाणीहरू” का विषयमा बोल्‍ने कार्यमा ध्यान केन्द्रित गर्नुभएको छ र सबै मानिसहरूलाई मानव जीवनको रिक्तताको बारेमा जान्‍ने प्रयास गर्ने तुल्याउँदै तिनीहरूभित्रको साँचो प्रेमलाई खोतलेर निकाल्‍न लगाउनुभएको छ। वर्तमान चरणमा अस्तित्वमा रहने मानिसहरूमा परमेश्‍वरप्रति कति प्रेम हुन्छ? के तिमीहरूलाई थाहा छ? “परमेश्‍वरलाई प्रेम गर्नु” भन्‍ने पाठको कुनै सीमा छैन। मानव जीवनको बारेमा मानिसहरूसँग कस्तो बुझाइ छ? परमेश्‍वरलाई प्रेम गर्ने विषयमा तिनीहरूको मनोवृत्ति कस्तो छ? तिनीहरू इच्‍छुक छन् कि अनिच्‍छुक छन्? तिनीहरू भीडको पछि लाग्छन् कि देहलाई घृणा गर्छन्? तिमीहरूले स्पष्ट हुनुपर्ने र बुझ्‍नुपर्ने सबै कुरा यिनै हुन्। के मानिसहरूभित्र साँच्‍चै केही पनि छैन र? “मानिसले मलाई साँचो रूपमा प्रेम गरोस् भन्‍ने म चाहन्छु; तैपनि, आज मानिसहरूले मलाई तिनीहरूको साँचो प्रेम दिन नसकेर अझै पनि आफ्‍नो खुट्टा घिस्याउँछन्। तिनीहरूका कल्‍पनामा, तिनीहरूले के विश्‍वास गर्छन् भने यदि तिनीहरूले मलाई साँचो प्रेम दिए भने, तिनीहरूसँग केही पनि बाँकी रहनेछैन।” यी वचनहरूमा, “साँचो प्रेम” को वास्तविक अर्थ के हो? “सबै मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्ने” यो युगमा किन परमेश्‍वरले अझै पनि मानिसहरूको साँचो प्रेम माग्‍नुहुन्छ? तसर्थ, परमेश्‍वरको अभिप्राय भनेको मानिसलाई उत्तर पुस्तिकामा साँचो प्रेमको अर्थ लेख्‍न लगाउनु हो, र त्यसैले यो स्पष्टतः मानिसलाई परमेश्‍वरले दिनुभएको गृहकार्य हो। जहाँसम्‍म आजको यो चरणको कुरा छ, परमेश्‍वरले मानिसलाई ठूलाठूला मापदण्ड नदिनुभए पनि, मानिसहरूले मानवप्रतिको परमेश्‍वरको मूल मापदण्ड पूरा गर्न अझै बाँकी छ; अर्को शब्‍दमा भन्दा, तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्ने कार्यमा आफ्नो सारा शक्ति लगाउन अझै बाँकी छ। तसर्थ, तिनीहरूको अनिच्छामाझ, परमेश्‍वरले यो कामले प्रभाव हासिल नगरुञ्‍जेलसम्‍म र उहाँले यो काममा आफ्‍नो महिमा प्राप्त नगरुञ्‍जेलसम्‍म मानिसहरूप्रतिका उहाँका मापदण्डहरू प्रस्तुत गरिरहनुहुन्छ। वास्तवमै, पृथ्वीमा गरिने काम परमेश्‍वरप्रतिको प्रेमद्वारा समाप्तिमा पुग्छ। तसर्थ, परमेश्‍वरले आफ्‍नो काम समाप्त गर्नुभएपछि मात्रै मानिसलाई सबैभन्दा महत्त्वपूर्ण कामको बारेमा सूचित गर्नुहुन्छ। यदि उहाँको काम समाप्त भएको समयमा, उहाँले मानिसलाई मृत्यु दिनुहुन्छ भने, मानिस के हुनेछ, परमेश्‍वर के बन्‍नुहुनेछ, र शैतान के बन्‍नेछ? पृथ्वीमा मानिसको प्रेम प्राप्त गरिएपछि मात्रै “परमेश्‍वरले मानिसलाई जित्‍नुभएको छ” भनेर भन्‍न सकिन्छ। नत्र त, मानिसहरू परमेश्‍वरले मानिसलाई हेप्‍नुहुन्छ भनेर भन्‍नेथे, र परमेश्‍वर लज्‍जित हुनुहुनेथ्यो। परमेश्‍वर कानेखुसीसमेत नगरी आफ्‍नो काम समाप्त गर्ने मूर्ख हुनुहुन्‍न। तसर्थ, जब काम समाप्त हुन लागेको हुन्छ, तब परमेश्‍वरलाई प्रेम गर्नेबारेमा जोस उत्पन्‍न हुन्छ, र परमेश्‍वरलाई प्रेम गर्ने कार्य चर्चाको विषय बन्छ। अवश्य नै, परमेश्‍वरप्रतिको यो प्रेम मानिसद्वारा कलङ्कित हुँदैन; यो त विशुद्ध प्रेम हो, पतिप्रति वफादार पत्‍नीको प्रेम वा पत्रुसको प्रेम जस्तो हो। परमेश्‍वरले अय्यूब र पावलको प्रेम चाहनुहुन्‍न, उहाँ त यहोवाप्रतिको येशूको प्रेम, पिता र पुत्रबीचको प्रेम चाहनुहुन्छ, र त्यो प्रेम हो: “व्यक्तिगत घाटा वा नाफाको बारेमा विचार नगरीकन पिताको बारेमा मात्रै विचार गर्नु, अरू कसैलाई नभई पितालाई मात्रै प्रेम गर्नु, र अरू केही कुरा नमाग्‍नु।” के मानिसले यसो गर्न सक्छ?

यदि हामीले तिमीहरूलाई येशू अर्थात् जो पूर्ण मानवतामा हुनुहुन्‍नथ्यो उहाँले गर्नुभएका कुराहरूसँग तुलना गर्ने हो भने हामीले के विचार गर्नेथ्यौँ? तिमीहरू आफ्नो पूर्ण मानवताको कति हदसम्‍म आइपुगेका छौ? के तिमीहरू येशूले गर्नुभएका कुराहरूको दश भागको एक भाग हासिल गर्न सक्षम छौ? के तिमीहरू परमेश्‍वरको लागि क्रूसमा जान योग्य छौ? के परमेश्‍वरलाई प्रेम गर्ने तिमीहरूको हृदयले शैतानलाई लज्‍जित पार्न सक्छ? अनि मानिसलाई प्रेम गर्ने आफ्नो हृदयलाई तिमीहरूले कत्तिको हटाएका छौ? के यसलाई परमेश्‍वरप्रतिको प्रेमद्वारा प्रतिस्थापन गरिएको छ? के तिमीहरू साँच्‍चै नै परमेश्‍वरप्रतिको प्रेमको खातिर सबै कुरा सहन्छौ? केही क्षणको लागि विगतको समयका पत्रुसको बारेमा विचार गर, त्यसपछि आजका तिमीहरू आफैलाई हेर—यसमा निकै ठूलो भिन्‍नता छ; तिमीहरू परमेश्‍वरको अघि खडा हुन अयोग्य छौ। तिमीहरूभित्र परमेश्‍वरप्रतिको प्रेम बढी छ कि दियाबलसप्रतिको प्रेम बढी छ? यसलाई एकपछि अर्को गरी तराजुको देब्रे र दाहिनेपट्टि राख्‍नुपर्छ, ताकि कुन उच्‍च छ अर्थात् तिमीहरूमा परमेश्‍वरप्रति वास्तवमा कति धेरै प्रेम छ भनेर हेर्न सकियोस्। के तिमीहरू परमेश्‍वरको अघि मर्न योग्य छौ? येशू क्रूसमा उभिन सक्‍नुको कारण के थियो भने, पृथ्वीमा उहाँले गर्नुभएका अनुभवहरू शैतानलाई लज्‍जित पार्नका लागि पर्याप्त थिए, र त्यही कारणले गर्दा मात्रै परमेश्‍वर पिताले उहाँलाई कामको त्यो चरण पूरा गर्न निर्धक्‍कसाथ अनुमति दिनुभयो; यो उहाँले भोग्‍नुभएको कष्ट र परमेश्‍वरलाई प्रेम गर्ने उहाँको हृदयले गर्दा नै भएको थियो। तर तिमीहरू त्यति धेरै योग्य छैनौ। तसर्थ, तिमीहरूले अरू केही पनि गर्नु पर्दैन, केवल निरन्तर अनुभव गर्नुपर्छ र आफ्नो हृदयमा परमेश्‍वरलाई राख्‍ने उपलब्धि हासिल गर्नुपर्छ—के तिमीहरू यो काम पूरा गर्न सक्छौ? यसबाट परमेश्‍वरलाई तैँले कति घृणा गर्छस् र कति प्रेम गर्छस् भन्‍ने कुरा देख्‍न सकिन्छ। परमेश्‍वरले मानिसबाट अति धेरै अपेक्षा गर्नुभएको होइन, बरु मानिसले नै कठिन परिश्रम गर्दैन। के अवस्थाको वास्तविकता यही होइन र? नत्र, तैँले परमेश्‍वरमा प्रेम गर्न योग्य कति धेरै कुरा पत्ता लगाउनेथिइस् र आफूमा कति धेरै घृणास्पद कुरा भेट्टाउनेथिइस्? तैँले यी कुराहरूलाई नजिकबाट नियाल्‍नुपर्छ। स्वर्गहरूमुनिका थोरैले मात्र परमेश्‍वरलाई प्रेम गर्छन् भनेर भन्दा अत्युक्ति हुँदैन—तर के विश्‍वको रेकर्ड तोडेर परमेश्‍वरलाई प्रेम गरी तँ अग्रगामी बन्‍न सक्छस्? परमेश्‍वरले मानिसबाट केही पनि माग्‍नुहुन्‍न। के मानिसले यसको लागि उहाँलाई केही आदर दिन सक्दैन र? के तैँले यो कुरासमेत हासिल गर्न सक्दैनस्? भन्‍नुपर्ने अरू के नै छ र?

अघिल्लो: अध्याय ४२

अर्को: अध्याय ४६

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्