अध्याय ४२

मलाई थाहा छैन, आजका वाणीहरूमा कुनै परिवर्तन छन् कि छैनन् भनेर मानिसहरूले पत्ता लगाए कि लगाएनन्। कतिपय मानिसहरूले थोरै परिवर्तन देखेका हुन सक्छन्, तर निश्‍चयताको साथ त्यसो भन्‍ने आँट गर्दैनन्। सायद अरूले केही पनि थाहा पाएका छैनन् होला। किन यो महिनाको बाह्रौं र पन्ध्रौं दिनको बीचमा परमेश्‍वरका वाणीहरूमा यति ठूलो परिवर्तन आएको छ त? के तिमीहरूले यस विषयमा मनन गरेका छौ? तिमीहरूको दृष्टिकोण के छ? तिमीहरूले परमेश्‍वरका सबै वाणीहरूबाट केही कुरा बुझेका छौ? अप्रिल दुई र मे पन्ध्रको बीचमा गरिएको मुख्य काम के थियो? आजका मानिसहरू किन अनभिज्ञ छन् र तिनीहरूलाई टाउकामा मुङ्ग्रोले हानिएको जस्तै दिमाग खलबलिएको अवस्थामा छन्? आज किन “राज्यका मानिसहरूका काण्डहरू” नामक स्तम्‍भहरू छैनन्? अप्रिलको दोस्रो र चौथो दिनमा, परमेश्‍वरले मानिसको स्थितिलाई औँल्याउनुभएन; त्यसै गरी, आजभन्दा धेरै दिन पहिले, उहाँले मानिसको स्थितिलाई औँल्याउनुभएन—यसो किन गरियो त? यहाँ पक्‍कै पनि कुनै समाधान नगरिएको पहेली छ—किन १८०-डिग्री घुमाइयो? हामी सुरुमा परमेश्‍वरले किन यसरी बोल्‍नुभयो भन्‍ने बारेमा थोरै कुरा गरौं। हामी परमेश्‍वरका प्रारम्‍भिक वचनहरू हेरौं, जसमा उहाँले अलिकति पनि समय बरबाद नगरीकन “नयाँ कामको सुरुवात हुनेबित्तिकै” भनेर भन्नुभयो। यो वाक्यले तँलाई परमेश्‍वरको काम नयाँ सुरुवातमा प्रवेश गरेको छ, उहाँले फेरि पनि नयाँ काम सुरु गर्नुभएको छ भन्‍ने सूचित गर्छ। यसले सजाय नजिकिँदैछ भन्‍ने देखाउँछ; के भन्‍न सकिन्छ भने सजायको चरम सीमा पहिले नै प्रवेश गरिसकेको छ, त्यसकारण सजायको युगको काम उचित रूपमा अनुभव गर्नको लागि तैँले आफ्‍नो समय जतिसक्दो धेरै सदुपयोग गर्नुपर्छ, ताकि तँ पछि नपर् र नत्यागिई। यो सबै मानिसको काम हो, र यसको लागि मानिसले सहकार्य गर्न सक्दो गर्नुपर्छ। जब सजायलाई पूर्ण रूपमा पठाइसकिएको हुनेछ, परमेश्‍वरले आफ्‍नो कामको अर्को भागलाई सुरु गर्न थाल्‍नुहुनेछ, किनभने परमेश्‍वर भन्‍नुहुन्छ, “… त्यसकारण म मेरो कार्यलाई मानिसको बीचमा अघि बढाउने कार्यलाई जारी राख्छु…। अहिले, मेरो हृदय ठूलो प्रसन्‍नताले भरिएको छ किनभने मैले मानिसहरूको एउटा समूहलाई प्राप्त गरेको छु, त्यसकारण मेरो ‘उद्यम’ अबउप्रान्त मन्दीमा छैन; यसमा अबउप्रान्त रित्तो शब्‍दहरू समावेश छैनन्।” विगतका समयहरूमा, मानिसहरूले परमेश्‍वरका वचनहरूमा उहाँको जरूरी इच्‍छा समावेश भएको देखे—यसमा कुनै झूट छैन—र आज परमेश्‍वरले अझै द्रुत गतिमा आफ्‍नो काम गर्नुहुन्छ। मानिसको लागि, यो पूर्ण रूपमा परमेश्‍वरका मापदण्डहरूअनुरूप छैन भन्‍ने देखिन्छ—तर परमेश्‍वरको लागि, उहाँको काम पहिले नै समाप्त भइसकेको छ। मानिसहरूका विचारहरू अत्यन्तै जटिल भएको हुनाले, कामकुराप्रतिका तिनिहरूका दृष्टिकोण प्रायजसो अत्यन्तै जटिल हुन्छ। मानिसहरूले अरू मानिसहरूबाट अत्यन्तै धेरै अपेक्षा गर्छन्, तर परमेश्‍वरले मानिसबाट त्यति ठूलो अपेक्षा गर्नुहुन्‍न, यसकारण, परमेश्‍वर र मानिस बीचमा रहेको भिन्‍नता कति ठूलो छ भनी देख्‍न सकिन्छ। परमेश्‍वरले गर्नुहुने सबै काममा मानिसहरूका धारणाहरूलाई उदाङ्गो पारिन्छ। परमेश्‍वरले मानिसहरूबाट धेरै ठूला अपेक्षाहरू गर्नुहुन्छ र मानिसहरूले तिनलाई प्राप्त गर्न सक्दैनन् भन्‍ने होइन, बरु मानिसहरूले परमेश्‍वरबाट धेरै ठूला अपेक्षाहरू गर्छन् र परमेश्‍वरले तिनलाई हासिल गर्न सक्‍नुहुन्‍न। किनभने, हजारौं वर्षदेखि शैतानले भ्रष्ट तुल्याएको मानवजातिमा उपचारपछि पनि केही पश्‍च-प्रभावहरू हुन्छन्, त्यसकारण मानिसहरूले सधैँ परमेश्‍वरबाट त्यति ठूला अपेक्षाहरू गर्दै आएका छन्, र परमेश्‍वर प्रसन्‍न हुनुहुन्‍न भनेर अत्यन्तै डराएर तिनीहरू अलिकति पनि उदार भएका छैनन्। तसर्थ, धेरै कुराहरूमा मानिसहरू कामको स्तरमा पुग्‍न सक्दैनन् भन्‍ने तथ्य नै एक हिसाबमा तिनीहरूले आफैलाई आत्म-सजाय दिने तरिका हो; तिनीहरूले आफ्‍नै कार्यका परिणामहरू सहन्छन्—यो कष्ट-भोग मात्रै हो। मानिसहरूले भोग्‍ने कठिनाइमध्ये, ९९% भन्दा बढी कठिनाइलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ। यसलाई सीधै भन्दा, कसैले पनि परमेश्‍वरको निम्ति साँचो रूपमा कष्ट भोगेको छैन। सबै मानिसहरूले तिनीहरूका आफ्‍नै कार्यका परिणामहरू भोग्छन्—र सजायको यो चरणमा पनि अवश्य नै कुनै अपवाद छैन; यो मानिसले तयार गरेको तीतो कचौरा हो, जसलाई पिउन उसले आफै मुखसम्‍म लैजान्छ। परमेश्‍वरले उहाँको सजायको वास्तविक उद्देश्यलाई प्रकट गर्नुभएको छैन, त्यसकारण, मानिसहरूको एउटा समूह श्रापित भएको भए पनि, त्यसले सजायलाई प्रतिनिधित्व गर्दैन। मानिसहरूको एउटा समूहले आशिष् पाएका छन्, तर यसको अर्थ तिनीहरूलाई भविष्यमा पनि आशिष् दिइनेछ भन्‍ने हुँदैन। मानिसको लागि, परमेश्‍वर आफ्‍नो वचन पूरा नगर्नुहुने परमेश्‍वर हुनुहुन्छ भन्‍ने देखिन्छ। चिन्ता नगर। यी वचनहरू अलिक अत्युक्ति हुन सक्छन्, तर नकारात्मक नबन। मैले जे बताउँछु, त्यसले मानिसको कष्टलाई केही हदसम्‍म प्रस्तुत गर्छ, तैपनि तिमीहरूले परमेश्‍वरसँग राम्रो सम्‍बन्ध कायम गर्नैपर्छ भन्‍ने मलाई लाग्छ। तिमीहरूले उहाँलाई अझै बढी “उपहारहरू” दिनुपर्छ—त्यसले उहाँलाई अवश्य नै खुशी बनाउनेछ। मलाई विश्‍वास छ, उहाँलाई “उपहारहरू” दिनेहरूलाई परमेश्‍वरले मन पराउनुहुन्छ। तिमीहरू के भन्छौ? के यी वचनहरू सही छन्?

अहिलेसम्‍म, तिमीहरूले आफ्‍ना सम्‍भावनाहरूमध्ये कतिलाई पन्छाएका छौ? परमेश्‍वरका वचनहरू चाँडै नै समाप्त हुनेछन्, त्यसकारण तिमीहरूले करिबकरिब आफ्‍ना सबै सम्‍भावनाहरूलाई पन्छाउनैपर्छ, होइन र? तिमीहरूले आफैलाई जाँच्‍नु पनि पर्छ: तिमीहरू आफ्नै बढाइ गर्दै र यताउता हिँड्दै उच्च देखिन मन पराउँछौ—यो के हो? आज, मानिसहरूका सम्भाव्यताहरू के हुन् भन्‍ने कुरा मलाई अझै पनि थाहा छैन। यदि मानिसहरू कष्टको सागरमा डुबेर जिउँछन् भने, जब तिनीहरू कठिनाइको शोधनको बीचमा वा यातनाको विविध कार्यान्वयनको चुनौतीमा जिउँछन्, वा जब तिनीहरू सबै मानिसहरूले इन्कार गर्ने समयमा जिउँछन्, तब त्यस्ता समयहरूमा तिनीहरूले आकाशतिर हेर्दै र गहिरो सुस्केरा हाल्दै आफ्‍ना विचारहरूमा सायद तिनीहरूले आफ्‍ना सम्‍भावनाहरूलाई पन्छाउँछन्। किनभने मानिसहरूले निराशाको अवस्थामा बाहिरी आदर्श लोकको खोजी गर्छन्, र सहज परिस्‍थितिहरूमा कसैले कहिल्यै पनि आफ्‍ना सुन्दर सपनाहरूको खोजीलाई त्यागेका हुँदैनन्। यो कुरा अवास्तविक हुन सक्छ, तर मानिसहरूको हृदयमा यस्तो हुँदैन भन्‍ने मेरो आशा छ। के तिमीहरू अझै पनि जीवितै हुँदा उठाई लगिन चाहन्छौ? के तिमीहरू अझै पनि देहको आफ्‍नो रूपलाई परिवर्तन गर्न चाहन्छौ? तिमीहरूसँग पनि उस्तै विचार छ कि छैन मलाई थाहा छैन, तर मलाई सधैँ यो वास्तविक कुरा होइन भन्‍ने लागेको छ—त्यस्ता विचारहरू अत्यन्तै लालची देखिन्छन्। कतिपय मानिसहरूले यस्ता कुरा भन्छन्: “आफ्‍ना सम्‍भावनाहरूलाई पन्छाऊ, अलिक यथार्थ बन।” मानिसहरूले आशिषित हुने इच्‍छाहरूलाई त्याग्‍नुपर्छ भनेर तँ भन्छस्—तर तेरो आफ्‍नै हकमा के भन्छस्? के तँ आफूचाहिँ आशिष्‌हरूको खोजी गर्दै, मानिसहरूको आशिषित हुने विचारलाई भने उल्ट्याउँछस्? तैँले अरूलाई आशिष्‌हरू प्राप्त गर्न दिँदैनस्, तर गुप्त रूपमा तैँले आफै तिनै आशिष्‌हरूको बारेमा विचार गरिरहेको हुन्छस्—त्यस कुराले तँलाई के बनाउँछ? ठग! जब तैँले त्यसरी व्यवहार गर्छस्, के तेरो विवेक दोषी हुँदैन र? तेरो हृदयमा, तँलाई ऋणी भएको आभास हुँदैन र? के तँ ठग होइनस् र? तैँले अरूका हृदयका वचनहरूलाई कोट्याएर निकाल्छस्, तर तँभित्रकै वचनहरूलाई केही पनि गर्दैनस्—तँ कस्तो बेकामे फोहोरको टुक्रा होस्! मलाई अचम्म लाग्छ, तैँले बोल्दा आफ्नो हृदयमा के सोचिरहेको हुन्छस्—के तँलाई पवित्र आत्‍माले धिक्कार्न सक्‍नुहुन्‍न र? के यसले तेरो गरिमामा ठेस पुर्‍याउँदैन र? तेरो आफ्नै लागि के असल हुन्छ भन्‍ने तँलाई साँच्‍चै नै थाहा छैन! तँ सधैँ नै नान्गुओजस्तै रहेको छस्—नाटक गर्ने। परमेश्‍वरले “मानिसहरू सबै ‘आफैलाई अर्पण गर्न’ तत्पर छन्” भन्‍ने वाक्यमा “आफैलाई अर्पण गर्न” भन्‍ने पदावलीमा उद्धरण चिन्ह लगाउनुभएको स्वभाविकै हो। परमेश्‍वरले मानिसलाई उहाँको हत्केलाको पछाडिको भागजत्तिकै राम्ररी चिन्‍नुहुन्छ, र मानिसको धोका जति नै चलाकीपूर्ण भए पनि—उसले कुनै पनि सङ्केत नदेखाए पनि र उसको अनुहार रातो नभए पनि र उसको मुटुको ढुकढुकी नबढे पनि—परमेश्‍वरका आँखाहरू तेज छन्, त्यसकारण परमेश्‍वरको नजरबाट उम्कन मानिसलाई सधैँ कठिन हुन्छ। मानौं परमेश्‍वरसँग एक्स-रेजस्ता आँखा छन् र मानिसका भित्री अङ्गहरू समेत देख्‍न सक्‍नुहुन्छ, मानौं उहाँले मानिसहरूलाई छर्लङ्ग देख्‍न सक्‍नुहुन्छ र नजाँचीकन तिनीहरूको रगतको समूह निर्धारित गर्न सक्‍नुहुन्छ। परमेश्‍वरको बुद्धि यस्तै हुन्छ, र यसलाई मानिसले अनुकरण गर्न सक्दैन। परमेश्‍वर भन्‍नुहुन्छ, “मैले यति धेरै काम गरेको छु, तैपनि किन मानिसहरूमा यसको कुनै प्रमाण छैन? के मैले पर्याप्त प्रयास लगाएको छैन?” परमेश्‍वरसँगको मानिसको सहकार्यमा धेरै कुराको कमी छ, र के भन्‍न सकिन्छ भने मानिसभित्र अत्यन्तै धेरै नकारात्मक कुरा छन्, र तिनीहरूमा बिरलै सकारात्मकता हुन्छ। कहिलेकहीँ मात्रै तिनीहरूसँग थोरै सकारात्मकता हुन्छ, तर यो अत्यन्तै दूषित हुन्छ। यस कुराले परमेश्‍वरलाई मानिसहरूले कति धेरै प्रेम गर्नुहुन्छ भन्‍ने देखाउँछ; मानौं तिनीहरूको हृदयको करोडौँ भागको एउटा भागमा मात्रै परमेश्‍वरप्रतिको प्रेम छ, जसमध्ये ५०% अझै दूषित नै छ। त्यही कारणले गर्दा, परमेश्‍वरले आफूले मानिसमा कुनै प्रमाण प्राप्त गर्दिनँ भनी भन्‍नुभएको छ। मानिसको अवज्ञाले गर्दा नै परमेश्‍वरका वाणीहरूको शैली यति कठोर र भावशून्य छ। परमेश्‍वरले मानिससँग विगतको समयको बारेमा कुरा नगर्नुभए पनि, मानिसहरूले आफूलाई परमेश्‍वरको अघि देखाउनको लागि सधैँ याद गर्न चाहन्छन्, र तिनीहरूले सधैँ विगतको समयका कुरा गर्न चाहन्छन्—तैपनि परमेश्‍वरले मानिसको हिजोको दिनलाई आजको दिनको रूपमा कहिल्यै लिनुभएको छैन; बरु, उहाँले आजका मानिसहरूलाई आजकै हिसाबमा लिनुहुन्छ। परमेश्‍वरको मनोवृत्ति यही हो, र यसमा, भविष्यमा मानिसहरूले परमेश्‍वर अत्यन्तै अनुचित हुनुहुन्छ भनेर नभनून् भनेर परमेश्‍वरले यी वचनहरू स्पष्ट रूपमा बोल्‍नुभएको छ। किनभने परमेश्‍वरले अविवेकी कुराहरू गर्नुहुन्‍न, बरु मानिसहरूलाई साँचो तथ्यहरूको बारेमा बताउनुहुन्छ, नत्र मानिसहरू दह्रिलो गरी खडा हुन सक्दैनन्—किनभने, आखिर मानिस कमजोर छ। यी वचनहरू सुनेपछि, यसो भने कसो होला: के तिमीहरू सुन्‍न र समर्पित हुन, अनि यसको बारेमा थप विचार नगर्न इच्‍छुक छौ?

माथि उल्‍लेखित प्रश्‍न प्रसङ्गबाहिरको कुरा हो; यसबारेमा कुरा गरिन्छ कि गरिँदैन भन्‍ने कुराले केही फरक पार्दैन। मलाई आशा छ तिमीहरूले यस कुरालाई अस्वीकार गर्दैनौ, किनभने परमेश्‍वर वचनहरूको काम गर्न आउनुहुन्छ, र उहाँले सूर्यमुनिको सबै कुराको बारेमा कुराकानी गर्न चाहनुहुन्छ। तर जे भए पनि तिमीहरूले तिनलाई पढ्नेछौ, र तिमीहरूले यी वचनहरूलाई अवहेलना गर्नेछैनौ भन्‍ने मेरो आशा छ। तिमीहरू के भन्छौ? के तिमीहरूले त्यसो गर्नेछौ? आजका वचनहरूमा परमेश्‍वरले नयाँ जानकारी प्रकट गर्नुभएको छ भनेर भनिएको छ: परमेश्‍वरले काम गर्नुहुने तरिका परिवर्तन हुन लागेको छ। त्यसकारण, यही विषयगत कुरामा ध्यान दिनु नै राम्रो हुन्छ। यो भन्न सकिन्छ कि आजका सबै वाणीहरूले भविष्यका विषयहरूमा अगमवाणीहरू गर्छन्; यी वाणीहरू परमेश्‍वरले उहाँको कामको अर्को चरणको प्रबन्ध कसरी गर्नुहुन्छ भन्ने कुरा हुन्। परमेश्‍वरले मण्डलीका मानिसहरूमा उहाँको काम लगभग समाप्त गरिसक्नुभएको छ र त्यसपछि उहाँ सबै मानिसहरूको सामु क्रोध सहित देखा पर्नुहुनेछ। परमेश्‍वरले भन्‍नुभए झैँ, “म पृथ्वीका मानिसहरूलाई मेरा कामहरू स्वीकार गर्न लगाउनेछु, र मेरा कामहरू ‘न्यायआसनको अगाडि’ प्रमाणित हुनेछन्, ताकि पृथ्वीका मानिसहरूले तिनलाई स्वीकार गरेर, घोप्टो परून्।” के तिमीहरूले यी वचनहरूमा केही देख्यौ? यसमा परमेश्‍वरको कामको अर्को भागको सारांश छ। सर्वप्रथम, परमेश्‍वरले राजनैतिक शक्ति भएका सबै पाले कुकुरहरूलाई इमानदारीसाथ विश्‍वस्त हुने तुल्याउनुहुनेछ अनि तिनीहरूलाई तिनीहरूका आफ्नै इच्छाको इतिहासको मञ्चबाट पछि सर्ने, फेरि कहिल्यै ओहदाका निम्ति कुनै लडाइँ नगर्ने, फेरि कहिल्यै युक्तिहरू र षड्यन्त्रमा संलग्न नहुने बनाउनुहुनेछ। यो काम परमेश्‍वरले पृथ्वीमा विभिन्न विपत्तिहरू खडा गरी अगाडि बढाउनुपर्छ। तर यसको मतलब परमेश्‍वर देखा पर्नुहुनेछ भन्ने पटक्कै होइन। यस समयमा, ठूलो रातो अजिङ्गरको देश अझै पनि फोहोरको देश हुनेछ, र त्यसैले परमेश्‍वर देखा पर्नुहुनेछैन, तर केवल सजायद्वारा देखा पर्नुहुनेछ। परमेश्‍वरको धार्मिक स्वभाव त्यस्तै छ, जसबाट कोही पनि उम्कन सक्दैन। यस समय अवधिमा, ठूलो रातो अजिङ्गरको देशमा बस्ने सबैले विपत्ति भोग्नुपर्नेछ, जसमा स्वाभाविक रूपमा पृथ्वीको राज्य (मण्डली) पनि समावेश हुन्छ। तथ्यहरू बाहिर आउने समय यही नै हो, र यसरी सबै मानिसहरूले यसको अनुभव गर्छन्, र कोही पनि उम्कन सक्दैनन्। परमेश्‍वरले नै यो पूर्वनिर्धारित गरिसक्नुभएको छ। कामको ठीक यही चरणको कारणले नै परमेश्‍वर भन्नुहुन्छ, “ठूला-ठूला योजनाहरूलाई अघि बढाउने समय अहिले नै हो।” किनकि भविष्यमा यस पृथ्वीमा कुनै मण्डली हुनेछैन, र विनाशको आगमनको कारण, मानिसहरू केवल उनीहरूको अगाडि जे छ त्यसको बारेमा मात्र सोच्न सक्ने हुनेछन्, र अरू सबै कुरालाई बेवास्ता गर्नेछन्, र विनाशको बीचमा परमेश्‍वरको आनन्द लिनु उनीहरूलाई कठिन हुनेछ। यसैले, यस सुन्दर समयमा मानिसहरूलाई तिनीहरूका सम्पूर्ण हृदयले परमेश्‍वरलाई प्रेम गर्न आग्रह गरिएको छ, ताकि तिनीहरूले मौका नगुमाऊन्। जब यो तथ्य समाप्त हुन्छ, परमेश्‍वरले त्यो ठूलो रातो अजिङ्गरलाई पूर्ण रूपमा पराजित गर्नुभएको हुनेछ, र यसरी परमेश्‍वरका मानिसहरूले गवाही दिने कामको अन्त्य हुनेछ; त्यसपछि, ठूलो रातो अजिङ्गरको देशलाई पूर्ण रूपमा नष्ट पारेर छोडेपछि परमेश्‍वरले कामको अर्को चरण सुरु गर्नुहुनेछ, र अन्त्यमा सारा ब्रह्माण्डभरिका मानिसहरूलाई क्रूसमा उल्टो झुन्ड्याएर काँटी ठोक्नुहुनेछ, त्यसपछि उहाँले सम्पूर्ण मानव जातिलाई नाश गर्नुहुनेछ—परमेश्‍वरको कामको भविष्यका चरणहरू हुन्। यसैले, तिमीहरूले यो शान्तिपूर्ण वातावरणमा परमेश्‍वरलाई प्रेम गर्ने सक्दो प्रयास गर्नुपर्दछ। भविष्यमा तिमीहरूले परमेश्‍वरलाई प्रेम गर्ने कुनै मौकाहरू पाउनेछैनौ, किनकि मानिसहरूसित परमेश्‍वरलाई प्रेम गर्ने मौका देहमा मात्र हुन्छ; जब तिनीहरू अर्कै संसारमा जिउँछन्, कसैले पनि परमेश्‍वरलाई प्रेम गर्ने कुरा गर्ने छैनन्। के यो सृष्टि गरिएको प्राणीको जिम्मेवारी होइन र? यसैले तिमीहरूले आफ्नो जीवनकालमा परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्दछ? के तैँले यसबारे कहिल्यै विचार गरेको छस्? के तँ मरेपछि मात्र परमेश्‍वरलाई प्रेम गरुँला भनी पर्खिरहेको छस्? के यो खोक्रो कुरा होइन र? आज, तँ किन परमेश्‍वरलाई प्रेम गर्ने कुराको पछि लाग्दैनस्? के व्यस्त रहेर परमेश्‍वरलाई प्रेम गर्नु साँचो प्रेम हुन सक्छ? परमेश्‍वरको कामको यो चरण चाँडै नै अन्त्य हुनेछ भन्‍नुको कारण के हो भने परमेश्‍वरले शैतानको अगाडि पहिलेबाटै गवाही दिइसक्‍नुभएको छ। यसैले मानिसले केही पनि गर्नु आवश्यक छैन; मानिसलाई केवल ऊ जीवित रहेका वर्षहरूमा परमेश्‍वरलाई प्रेम गर्न मात्र आग्रह गरिएको छ—मुख्य कुरा यही हो। परमेश्‍वरका मागहरू उच्च छैनन्, र यसबाहेक, उहाँको हृदयमा एक तीव्र चिन्ता भएकोले, उहाँले कामको यो चरण समाप्त हुनु अघि नै अर्को चरणको कामको सारांश प्रकट गर्नुभएको छ, जसले अब कति समय छ भन्ने कुरालाई स्पष्ट पार्दछ; यदि परमेश्‍वर उहाँको हृदयमा चिन्तित हुनुहुन्नथ्यो भने, के उहाँले यति चाँडै यी वचनहरू बोल्‍नुहुनेथियो? समय थोरै भएकोले परमेश्‍वरले यस तरिकाले काम गर्नुहुन्छ। आशा गरिन्छ, कि तिमीहरूले जसरी आफ्नो शरीरलाई माया गर्छौ त्यसरी नै आफ्नो सारा हृदयले, आफ्‍ना सारा समझले र आफ्‍ना सारा शक्तिले परमेश्‍वरलाई प्रेम गर्न सक्नेछौ। के अति ठूलो अर्थ बोकेको जीवन यही होइन र? तैँले अन्यत्र कहाँ जीवनको अर्थ भेट्टाउन सक्‍छस्? के तँ धेरै नै अन्धो भइरहेको छैनस् र? के तँ परमेश्‍वरलाई प्रेम गर्न इच्छुक छस्? के परमेश्‍वर मानिसको प्रेम पाउन योग्य हुनुहुन्छ? के मानिसहरू मानिसको आराधना पाउन योग्य छन्? त्यसो भए, तैँले के गर्नुपर्छ? कुनै सङ्कोच नमानी साहस पूर्वक परमेश्‍वरलाई प्रेम गर्, र परमेश्‍वरले तँलाई के गर्नुहुनेछ सो हेर्। कतै उहाँले तँलाई मार्नुहुन्छ कि, हेर्। सारांशमा भन्नुपर्दा, परमेश्‍वरलाई प्रेम गर्ने काम परमेश्‍वरका निम्ति प्रतिलिपिहरू बनाउनु र लेख्‍नुभन्दा महत्त्वपूर्ण छ। तैँले सबैभन्दा महत्त्वपूर्ण कुरालाई पहिलो स्थान दिनुपर्दछ, यसैले कि तेरो जीवनको मूल्य अझै बढी होस् र यो खुसीले पूर्ण होस्, र त्यसपछि तैँले तेरो निम्ति परमेश्‍वरको “फैसला” पर्खनुपर्छ। तेरो योजनामा परमेश्‍वरलाई प्रेम गर्ने कुरा समावेश छ कि छैन म त्यो जान्‍न उत्सुक छु। सबैका योजनाहरू परमेश्‍वरद्वारा पूरा गरिएको होस्, र ती सबै वास्तविकता बनून् भन्‍ने मेरो कामना छ।

अघिल्लो: अध्याय ४१

अर्को: अध्याय ४४ र ४५

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वर स्वयम् अद्वितीय ७

सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ (१)परमेश्‍वरको अख्तियार, परमेश्‍वरको धर्मी स्वभाव, र परमेश्‍वरको पवित्रताको संक्षिप्त...

अध्याय १

सियोनमा प्रशंसा आएको छ र परमेश्‍वरको वासस्थान देखा परेको छ। सबै मानिसहरूले गुणगान गरेको त्यो महिमित पवित्र नाउँ फैलिन्छ। आहा, सर्वशक्तिमान्...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्