विजयको कामको वास्तविक कथा (२)

तिमीहरू राजाहरूका रूपमा शक्ति हातमा लिन खोज्ने गर्थ्यौ, र आज तिमीहरूले यसलाई पूर्ण रूपमा त्यागिसकेका छैनौ; तिमीहरू अझै पनि राजाहरूका रूपमा शक्ति हातमा लिन, र आकाश र पृथ्वी दुवैमाथि नियन्त्रण जमाउन चाहन्छौ। अब, यस प्रश्नबारे विचार गर्, के तँसँग त्यस्ता योग्यताहरू छन्? के तँमा पूर्ण रूपमा समझको कमी छैन र? के तिमीहरूले पछ्याउने र आफ्नो सारा ध्यान लगाउने कुराहरू यथार्थपरक छन्? तिमीहरूमा सामान्य मानवता समेत छैन—के यो अत्यन्तै दयनीय होइन र? त्यसकारण, आज म विजय गरिने, गवाही दिने, आफ्नो क्षमता बढाउने, र सिद्ध पारिने मार्गमा प्रवेश गर्नेबारे मात्रै कुरा गर्छु, र अरू कुनै कुरा गर्दिनँ। कतिपय मानिस शुद्ध सत्यताप्रति वितृष्ण हुन्छन्, र सामान्य मानवता र मानिसहरूको क्षमता बढाउनेबारे यी सबै कुरा देख्दा तिनीहरू अनिच्छुक हुन्छन्। सत्यतालाई प्रेम नगर्नेहरूलाई सिद्ध पार्न सजिलो हुँदैन। तिमीहरू आज प्रवेश गरेमा, र तिमीहरूले परमेश्‍वरका अभिप्रायहरूअनुसार चरणबद्ध रूपमा कार्य गरेमा, के तिमीहरूलाई हटाउन सकिन्छ र? परमेश्‍वरले मुख्य भूमि चीनमा यति धेरै काम—यति ठूलो स्तरको काम—गरिसक्नुभएपछि, र उहाँले यति धेरै वचन बोलिसक्नुभएपछि, के उहाँ बीचैमा हार मान्न सक्नुहुन्छ र? के उहाँ मानिसहरूलाई अतल कुण्डमा डोऱ्याउन सक्नुहुन्छ र? आज, मुख्य कुरा के हो भने, तिमीहरूले मानिसको सार जान्नैपर्छ, र तिमीहरू केमा प्रवेश गर्नुपर्छ भन्‍ने जान्नैपर्छ; तिमीहरूले जीवन प्रवेश, र स्वभावमा हुने परिवर्तनहरू, वास्तवमा कसरी विजय गरिने, र परमेश्‍वरमा पूर्ण रूपमा कसरी समर्पित हुने, परमेश्‍वरका लागि अन्तिम साक्षी कसरी दिने, र मृत्युसम्मै समर्पण कसरी हासिल गर्ने भन्‍नेबारे कुरा गर्नैपर्छ। तैँले यी कुराहरूमा ध्यान केन्द्रित गर्नैपर्छ, र यथार्थपरक वा महत्त्वपूर्ण नभएका कुराहरूलाई पहिले त्याग्नैपर्छ र बेवास्ता गर्नैपर्छ। आज, कसरी विजय गरिने, र विजय गरिएपछि मानिसहरूका प्रकटीकरणहरू के-के हुन्छन् भन्‍नेबारे तँलाई थाहा हुनुपर्छ। तँ आफूलाई विजय गरिएको छ भनेर तैँले भन्लास्, तर के तँ मृत्युसम्मै समर्पित हुन सक्छस्? कुनै भविष्य भए पनि वा नभए पनि तँ अन्त्यसम्मै पछ्याउन सक्षम हुनैपर्छ, र वातावरण जस्तोसुकै भए पनि तैँले परमेश्‍वरप्रतिको आस्था गुमाउनै हुँदैन। अन्ततः तैँले गवाहीका दुई वटा पक्ष हासिल गर्नैपर्छ, अय्यूबको गवाही—मृत्युसम्मै समर्पण, र पत्रुसको गवाही—परमेश्‍वरप्रतिको सर्वोच्च प्रेम। एक हिसाबमा, तँ अय्यूबजस्तै हुनैपर्छ, उसले सबै भौतिक सम्पत्ति गुमायो, र देहको बिमारीको सामना गर्‍यो, तैपनि उसले यहोवाको नामलाई त्यागेन। यो अय्यूबको गवाही थियो। पत्रुस मृत्युसम्मै परमेश्‍वरलाई प्रेम गर्न सक्षम भयो—उसले आफ्नो मृत्युको सामना गर्दा पनि पनि परमेश्‍वरलाई प्रेम गर्‍यो, उसले आफूलाई क्रूसमा टाँगिदा पनि परमेश्‍वरलाई प्रेम गर्‍यो। उसले आफ्नै भविष्यबारे सोचेन वा सुन्दर आशाहरू वा अत्यधिक विचारहरू पछ्याएन, र उसले परमेश्‍वरलाई प्रेम गर्न र परमेश्‍वरका सबै प्रबन्धमा समर्पित हुन मात्रै खोज्यो। तैँले गवाही दिएको मानिनुभन्दा पहिले, तँ विजय गरिएपछि सिद्ध पारिएको व्यक्ति बन्नुभन्दा पहिले, तैँले पूरा गर्नैपर्ने मानक यही हो। आज, यदि मानिसहरूले साँच्चै आफ्नै सार र हैसियतलाई चिन्थे भने, के तिनीहरूले अझै पनि भविष्य र आशाहरू पछ्याउनेथिए र? तैँले जान्नुपर्ने कुरा यो हो: परमेश्‍वरले मलाई सिद्ध पार्नुभए पनि वा नपार्नुभए पनि, मैले परमेश्‍वरलाई पछ्याउनैपर्छ; उहाँले अहिले गर्ने सबै कुरा असल छन् र मेरा खातिर गरिएका हुन्, र हाम्रा स्वभावहरू परिवर्तन हुन सकून् र हामी शैतानको प्रभावबाट मुक्त हुन सकौँ भनेर गरिएका हुन्, ताकि फोहोरको भूमिमा जन्मेका हामीले आफूलाई त्यो फोहोरबाट मुक्त गर्न र त्यसलाई पन्छाउन सकौँ, शैतानको प्रभावलाई पन्छाउन सकौँ, र त्यसबाट बाहिर निस्कौँ। अवश्य नै, तँबाट माग गरिएको कुरा यही हो, तर परमेश्‍वरका लागि यो केवल विजय गर्नु हो, जुन मानिसहरूमा समर्पित हुने सङ्कल्प होस् र तिनीहरूले सबै कुरा परमेश्‍वरका योजनाबद्ध कार्यहरूको हातमा छोड्न सकून् भनेर गरिन्छ। यसरी, कामकुराहरू पूरा हुनेछन्। आज, धेरैजसो मानिस विजय गरिसकिएका छन्, तर तिनीहरूभित्र अझै पनि विद्रोही र समर्पित नहुने कुराहरू धेरै छन्। मानिसहरूको साँचो कद अझै पनि धेरै सानो छ। तिनीहरू आफूसँग आशाहरू र भविष्य हुनेबित्तिकै उत्प्रेरित हुन्छन्, र यदि तिनीहरूसँग कुनै आशा हुँदैन र उल्लेख गर्न लायक कुनै भविष्य हुँदैन भने, तिनीहरू नकारात्मक बन्छन्, र परमेश्‍वरलाई छोड्ने बारेमा समेत सोच्छन्। यसबाहेक, मानिसहरूमा सामान्य मानवता जिउन खोज्ने कुनै ठूलो चाहना हुँदैन। यो अस्वीकार्य छ। त्यसकारण, मैले अझै पनि विजयको कुरा गर्नैपर्छ। वास्तवमा, सिद्धीकरण र विजय एकै समयमा गरिन्छन्: तँ विजय गरिएसँगै, सिद्ध पारिने कार्यका प्रारम्भिक प्रभावहरू पनि हासिल हुन्छन्। विजय गरिनु र सिद्ध पारिनुबीचको भिन्‍नता मानिसहरूमा हुने परिवर्तनको स्तरमा आधारित हुन्छ। विजय गरिनु भनेको सिद्ध पारिने कार्यको पहिलो चरण हो, र यो पूर्ण रूपमा सिद्ध पारिने कुराको विकल्प होइन, न त यो मानिसहरूलाई परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त गरिएको छ भन्‍ने कुराको प्रमाण नै हो। मानिसहरूलाई विजय गरिएपछि, तिनीहरूको स्वभावमा केही परिवर्तन हुन्छन्, तर त्यस्ता परिवर्तनहरू परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त गरिएका मानिसहरूमा हुने परिवर्तनहरूभन्दा धेरै कम हुन्छन्। आज, मानिसहरूलाई सिद्ध पार्ने प्रारम्भिक काम—तिनीहरूलाई विजय गर्ने काम गरिन्छ—र यदि तँ विजय गरिनु हासिल गर्न सक्दैनस् भने, तँसँग सिद्ध पारिने र परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त गरिने कुनै माध्यम हुनेछैन। तैँले सजाय र न्यायका केही वचन मात्रै प्राप्त गर्नेछस्, तर ती तेरो हृदयलाई पूर्ण रूपमा परिवर्तन गर्न असक्षम हुनेछन्। यसरी तँ हटाइनेहरूमध्येको एक हुनेछस्; यो टेबुलमा राखिएको शानदार भोजन हेर्ने तर नखाने जस्तै हुनेछ। के यो तेरा लागि अत्यन्तै दयनीय अवस्था होइन र? त्यसकारण तैँले परिवर्तनहरू पछ्याउनैपर्छ: चाहे त्यो विजय गरिनु होस् वा सिद्ध पारिनु होस्, दुवै कुरा तँमा परिवर्तनहरू हुन्छन् कि हुँदैनन्, र तँ समर्पित छस् कि छैनस् भन्‍ने कुरासँग सम्बन्धित हुन्छन्, र यसले तँ परमेश्‍वरद्वारा प्राप्त गरिन सक्छस् कि सक्दैनस् भन्‍ने कुरा निर्धारण गर्छ। के जान् भने, “विजय गरिनु” र “सिद्ध पारिनु” केवल परिवर्तन र समर्पणको स्तर, साथै परमेश्‍वरप्रतिको तेरो प्रेम कति शुद्ध छ भन्‍ने कुरामा आधारित हुन्छन्। आज माग गरिएको कुरा के हो भने, तँ पूर्ण रूपमा सिद्ध पारिन सक्छस्, तर सुरुमा तँ विजय गरिनैपर्छ—तँसँग परमेश्‍वरको सजाय र न्यायको पर्याप्त ज्ञान हुनैपर्छ, पछ्याउने आस्था हुनैपर्छ, र परिवर्तनहरू र परमेश्‍वरको ज्ञान पछ्याउने व्यक्ति हुनैपर्छ। त्यसपछि मात्रै तँ सिद्ध पारिन खोज्ने व्यक्ति हुनेछस्। तिमीहरूले के बुझ्नुपर्छ भने, सिद्ध पारिने क्रममा तिमीहरू विजय गरिनेछौ, र विजय गरिने क्रममा तिमीहरू सिद्ध पारिनेछौ। आज, तँ सिद्ध पारिन खोज्न वा तेरो बाहिरी मानवतामा परिवर्तनहरू र तेरो क्षमतामा सुधारहरू पछ्याउन सक्छस्, तर मुख्य महत्त्वको कुरा के हो भने, आज परमेश्‍वरले गर्ने सबै कुराको अर्थ छ र ती लाभदायक छन् भन्‍ने कुरा तँ बुझ्न सक्छस्: यसले फोहोरको भूमिमा जन्मेको तँलाई फोहोरबाट आफूलाई मुक्त गर्न र त्यसलाई पन्छाउन सक्षम तुल्याउँछ, यसले तँलाई शैतानको प्रभावलाई जित्न, र शैतानको अन्धकारमय प्रभावबाट मुक्त हुन सक्षम तुल्याउँछ, र तँलाई यी कुराहरूमा ध्यान केन्द्रित गर्न लगाएर, यसले तँलाई यो फोहोरको भूमिमा सुरक्षा प्रदान गर्छ। अन्ततः तँलाई कस्तो गवाही दिन भनिनेछ? यो फोहोरको भूमिमा जन्मेको तँ पवित्र पारिन सक्षम हुनका लागि, फेरि कहिल्यै फोहोरद्वारा दूषित नहुनका लागि, र शैतानको शक्तिअन्तर्गत जिउने तँ शैतानको प्रभावबाट मुक्त हुन, शैतानको वश वा बाधामा नपर्न, र यसरी सर्वशक्तिमान्‌को हातमा जिउनका लागि दिइने गवाही हो। यो गवाही हो, र शैतानसँगको लडाइँमा विजयको प्रमाण हो। तँ शैतानविरुद्ध विद्रोह गर्न सक्षम छस्, तँ आफ्नो जियाइमा उप्रान्त शैतानी स्वभावहरू प्रकट गर्दैनस्, बरु परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुहुँदा मानिसले प्राप्त गर्नुपर्छ भनी उहाँले माग गर्नुभएको कुरा जिउँछस्: सामान्य मानवता, सामान्य समझ, सामान्य अन्तर्दृष्टि, परमेश्‍वरलाई प्रेम गर्ने सामान्य सङ्कल्प, र परमेश्‍वरप्रतिको बफादारी। सृजित प्राणीले दिनुपर्ने गवाही यस्तै हुन्छ। तँ भन्छस्, “हामी फोहोरको भूमिमा जन्मेका थियौँ, तर परमेश्‍वरको सुरक्षाको कारणले, उहाँको अगुवाइको कारणले, र उहाँले हामीलाई विजय गर्नुभएको कारणले, हामी शैतानको प्रभावबाट मुक्त भएका छौँ। आज हामी समर्पित हुन सक्नु पनि परमेश्‍वरद्वारा विजय गरिनुको नतिजा हो, र यो हामी असल भएकाले, वा हामीले प्राकृतिक रूपमा परमेश्‍वरलाई प्रेम गर्ने भएकाले भएको होइन। परमेश्‍वरले हामीलाई छान्नुभएको, र हामीलाई पूर्वनिर्धारण गर्नुभएको कारणले नै आज हामी विजय गरिएका छौँ, उहाँ कालागि गवाही दिन सक्षम छौँ, र उहाँको सेवा गर्न सक्छौँ; त्यसै गरी, उहाँले हामीलाई छान्नुभएको र हामीलाई सुरक्षा दिनुभएको कारणले गर्दा नै हामीले मुक्ति प्राप्त गरेका छौँ, र शैतानको शक्तिबाट बचाइएका छौँ, र ठूलो रातो अजिङ्गरको देशमा आफूलाई फोहोरबाट मुक्त गरेका छौँ र शुद्ध पारिएका छौँ।” यसका साथै, तँ बाहिरी रूपमा जे जिउँछस् त्यसले तँसँग सामान्य मानवता छ, तैँले भन्‍ने कुरामा समझ छ, र तँ एक सामान्य व्यक्तिको रूपमा जिउँछस् भन्‍ने देखाउनेछ। जब अरूले तँलाई देख्छन्, तब तैँले तिनीहरूलाई यसो भन्‍ने तुल्याउनु हुँदैन, “के यो ठूलो रातो अजिङ्गरको स्वरूप होइन र?” सिस्टरहरूको आचरण सिस्टरको जस्तो छैन, ब्रदरहरूको आचरण ब्रदरको जस्तो छैन, र तँमा सन्तहरूको कुनै शिष्टता छैन। त्यसपछि मानिसहरूले भन्‍नेछन्, “परमेश्‍वरले तिनीहरू मोआबका सन्तान हुन् भनेर भन्‍नुभएकोमा कुनै आश्चर्य छैन, उहाँ पूर्ण रूपमा सही हुनुहुन्थ्यो!” यदि मानिसहरूले तिमीहरूलाई हेर्छन् र “परमेश्‍वरले तिमीहरू मोआबका सन्तान हौ भन्नुभएको भए पनि, तिमीहरू जे जिइरहेका छौ त्यसले तिमीहरू शैतानको प्रभावबाट मुक्त भएका छौ भन्‍ने प्रमाणित गरेको छ; ती कुराहरू अझै पनि तिमीहरूभित्र भए पनि, तिमीहरू तिनको विरुद्ध विद्रोह गर्न सक्षम छौ—यसले तिमीहरू पूर्ण रूपमा विजय गरिएका छौ भन्‍ने देखाउँछ,” भनेर भन्छन् भने, विजय गरिएका र मुक्ति पाएका तिमीहरूले भन्‍नेछौ, “हामी मोआबका सन्तान हौँ भन्‍ने कुरा साँचो हो, तर हामीलाई परमेश्‍वरले मुक्ति दिनुभएको छ, र विगतमा मोआबका सन्तानहरूलाई इन्कार गरिएको र श्राप दिइएको भए पनि, र इस्राएलका मानिसहरूद्वारा अन्यजातिहरूका बीचमा निर्वासित गरिएको भए पनि, आज परमेश्‍वरले हामीलाई मुक्ति दिनुभएको छ। हामी सबै मानिसमध्ये सबैभन्दा भ्रष्ट हौँ भन्‍ने कुरा साँचो हो—यो परमेश्‍वरद्वारा पूर्वनियोजित गरिएको थियो, यो एउटा तथ्य हो, र यो कुरा कसैले पनि इन्कार गर्न सक्दैन। तर आज हामी त्यो प्रभावबाट उम्केका छौँ। हामी हाम्रा पुर्खालाई घृणा गर्छौँ, हामी हाम्रा पुर्खाविरुद्ध विद्रोह गर्न, पूर्ण रूपमा त्यसो गर्न, परमेश्‍वरका सबै प्रबन्धमा समर्पित हुन, र परमेश्‍वरका अभिप्रायहरूअनुसार कार्य गर्न, यसरी हामीप्रतिका उहाँका मागहरू हासिल गर्न र परमेश्‍वरका अभिप्रायहरूको सन्तुष्टि प्राप्त गर्न इच्छुक छौँ। मोआबले परमेश्‍वरलाई विश्वासघात गर्‍यो, उसले परमेश्‍वरका अभिप्रायहरूअनुसार कार्य गरेन, र उसलाई परमेश्‍वरले घृणा गर्नुभयो। तर हामीले परमेश्‍वरको हृदयको ख्याल गर्नुपर्छ, र आज, हामीले परमेश्‍वरका अभिप्रायहरू बुझेका हुनाले, हामीले परमेश्‍वरलाई विश्वासघात गर्नु हुँदैन, र हाम्रा पुराना पुर्खाविरुद्ध विद्रोह गर्नैपर्छ!” यसअघि मैले ठूलो रातो अजिङ्गरविरुद्ध विद्रोह गर्ने कुरा गरेको थिएँ, र आज, यो मुख्य रूपमा मानिसहरूका पुराना पुर्खाविरुद्धको विद्रोहबारे हो। यो मानिसको विजयको गवाहीको एउटा पक्ष हो, र आज तँ जसरी प्रवेश गरे पनि, यस क्षेत्रमा तेरो गवाहीमा कमी हुनु हुँदैन।

मानिसहरूको क्षमता धेरै कमजोर छ, तिनीहरूमा सामान्य मानवताको धेरै कमी छ, तिनीहरूका प्रतिक्रियाहरू एकदमै सुस्त, एकदमै अल्छी छन्, शैतानको भ्रष्टताले तिनीहरूलाई बोधो र मन्द बुद्धिको बनाएको छ, र तिनीहरू एक-दुई वर्षमा पूर्ण रूपमा परिवर्तन हुन नसके पनि, तिनीहरूसँग सहकार्य गर्ने संकल्प हुनुपर्छ। यो शैतानको सामु एउटा गवाही हो पनि भन्न सकिन्छ। आजको गवाही वर्तमान विजयको कामद्वारा प्राप्त गरेको प्रभाव हो, साथै भविष्यका अनुयायीहरूका लागि नमुना र आदर्श हो। भविष्यमा, यो सबै राष्ट्रहरूमा फैलिनेछ; चीनमा गरिएको काम सबै देशहरूमा फैलिनेछ। मोआबका सन्तान विश्‍वका सबैभन्दा नीच मानिसहरू हुन्। कतिले सोध्छन्, “के हामका सन्तान सबैभन्दा नीच होइनन् र?” ठूलो रातो अजिङ्गरको सन्तान र हामका सन्तानहरू प्रतिनिधित्वको हिसाबले फरक-फरक महत्त्वका छन्, र हामका सन्‍तानहरू एउटा फरक विषय हुन्: तिनीहरू जति नै श्रापित भए पनि, तिनीहरू नोआका सन्‍तान नै हुन्; तर, मोआबको उत्पत्ति भने शुद्ध थिएन: मोआब व्यभिचारबाट आएको थियो, र यसै कुरामा भिन्नता छ। ती दुवै वर्ग श्रापित भए पनि तिनीहरूको ओहोदा एउटै थिएन, यसकारण मोआबका सन्तानहरू सबैभन्दा नीच मानिसहरू हुन्—र सबैभन्दा नीच मानिसहरूलाई जित्नुभन्दा बढी विश्‍वसनीय तथ्य अरू हुन सक्दैन। आखिरी दिनहरूको कामले सबै नियमहरू तोड्दछ, अनि तँ श्रापित भए पनि वा दण्डित भए पनि, जबसम्म तैँले मेरो काममा सहायता गर्छस् र आजको विजयको कामका निम्ति उपयोगी हुन्छस्, तब तँ मोआबको सन्तान भए पनि वा ठूलो रातो अजिङ्गरको सन्तान नै भए पनि, तैँले कामको यस चरणमा सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्छस् र तैँले गर्न सक्ने सक्दो गर्छस् भने, पाउनु पर्ने प्रभाव प्राप्त हुनेछ। तँ ठूलो रातो अजिङ्गरको सन्तान होस्, र तँ मोआबको सन्तान होस्; समग्रमा भन्‍ने हो भने, जो मासु र रगतका हुन् तिनीहरू सबै सृष्टि गरिएका प्राणीहरू हुन् र तिनीहरू सृष्टिकर्ताद्वारा बनाइएका थिए। तँ सृष्टि गरिएको प्राणी होस्, तँसँग कुनै विकल्प हुनु हुँदैन, र यो तेरो कर्तव्य हो। अवश्य, आज सृष्टिकर्ताको काम सम्पूर्ण ब्रह्माण्डप्रति निर्देशित छ। तिमीहरू जुन वंशबाट आएको सन्तान भए पनि, सबैभन्दा महत्त्वपूर्ण कुरा तिमीहरू सृष्टि गरिएका प्राणीहरू, तिमीहरू—जो मोआबको सन्तान हौ—सृष्टि गरिएका प्राणीहरूका भाग हौ, फरक यति मात्र छ कि तिमीहरूको मूल्य कम छ। आज, परमेश्‍वरको काम सबै सृष्टि गरिका प्राणीहरूको माझमा र सारा ब्रह्माण्डमा गरिने भएकोले, सृष्टिकर्ता उहाँको काम गर्नका निम्ति कुनै पनि मानिसहरू, विषयहरू वा थोकहरू चुन्न स्वतन्त्र हुनुहुन्छ। तँ कुन वंशबाट आएको होस् भन्‍ने कुरालाई उहाँले परवाह गर्नुहुन्न; तँ उहाँका सृष्टि गरइएका प्राणीहरूमध्येको एउटा होस्, र तँ उहाँको काम, अर्थात् विजय र गवाहीको कामका निम्ति फाइदाजनक हुन्छस् भने, उहाँले तँभित्र कुनै संकोचविना उहाँको काम पूरा गर्नुहुनेछ। यसले मानिसहरूका परम्परागत धारणाहरूलाई चकनाचूर पार्छ, जुनचाहिँ यही हुन् कि परमेश्‍वरले अन्यजातिहरूका बीचमा कहिल्यै पनि काम गर्नुहुनेछैन, विशेष गरी तिनीहरूका माझमा जो श्रापित र तुच्छ छन्; किनकि जो श्रापित छन्, तिनीहरूबाट भविष्यमा आउने सबै पुस्ताहरू पनि सदाका लागि श्रापित हुनेछन्, जसको निम्ति मुक्ति पाउने कुनै पनि सम्भावना हुँदैन; परमेश्‍वरले कहिल्यै पनि अन्यजातिहरूको देशमा ओर्लेर काम गर्नुहुनेछैन, र उहाँले फोहोरको देशमा कहिल्यै पनि खुट्टा टेक्नुहुनेछैन, किनकि उहाँ पवित्र हुनुहुन्छ। परमेश्‍वरको आखिरी दिनहरूको कामद्वारा यी सबै धारणाहरू चकनाचूर पारिएका छन्। यो जान कि परमेश्‍वर सबै सृष्टि गरिएका प्राणीहरूका परमेश्‍वर हुनुहुन्छ, स्वर्गहरू, पृथ्वी र सबै थोकमाथि उहाँको अधिकार छ, अनि उहाँ इस्राएलका मानिसहरूका मात्र परमेश्‍वर हुनुहुन्न। त्यसैले, चीनमा भएको यो कामको ठूलो महत्त्व छ, अनि के यो सबै देशहरूमा फैलिनेछैन र? भविष्यको ठूलो गवाही चीनमा मात्र सीमित हुनेछैन; यदि परमेश्‍वरले तिमीहरूलाई जित्नु मात्र सक्नुभयो भने, के भूतात्माहरू विश्‍वस्त हुन सक्छन्? तिनीहरू विजय हुनु भनेको के हो, वा परमेश्‍वरको महान् शक्ति भनेको के हो बुझ्दैनन्, अनि जब सारा ब्रह्माण्डमा रहेका परमेश्‍वरका चुनिएका मानिसहरूले अन्तिम प्रभावहरू देख्छन्, तब सबै सृष्टि गरिएका प्राणीहरू जितिनेछन्। मोआबका सन्तानहरूभन्दा बढी पिछडिएको वा भ्रष्ट कोही पनि छैन। सबैभन्दा भ्रष्ट, परमेश्‍वरलाई स्वीकार नगर्ने वा परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास नगर्ने मानिसहरू जितिएपछि, अनि तिनीहरूले आफ्‍नो मुखले परमेश्‍वरलाई स्वीकार गरे, उहाँलाई प्रशंसा गरे, अनि उहाँलाई प्रेम गर्न सके भने मात्रै यो विजयको गवाही बन्‍नेछ। तिमीहरू पत्रुस नभए पनि, तिमीहरू पत्रुसको स्वरूपमा जिउँछौ, तिमीहरूले पत्रुसको र अय्यूबको गवाही धारण गर्न सक्छौ, र यो सबैभन्दा ठूलो गवाही हो। अन्त्यमा तिमीहरूले यसो भन्‍नेछौ: “हामी इस्राएलीहरू होइनौं, तर मोआबको त्यागिएका सन्तान हौं, हामी पत्रुस होइनौं, जसको क्षमता प्राप्त गर्न हामी असक्षम छौं, न त अय्यूब हौं, अनि हामीलाई परमेश्‍वरको लागि दुःख भोग्ने र आफैलाई परमेश्‍वरमा समर्पण गर्ने पावलको संकल्पसित तुलना गर्न सकिँदैन, र हामी धेरै पछौटे हौं, र यसैले हामी परमेश्‍वरको आशिष प्राप्त गर्न अयोग्य छौं। आज पनि परमेश्‍वरले हामीलाई माथि उठाउनुभएको छ; त्यसकारण हामीले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ, र हामी अपर्याप्त क्षमता वा योग्यताका भए पनि, हामी परमेश्‍वरलाई सन्तुष्ट पार्न तयार छौं—हामीसँग यो संकल्प छ। हामी मोआबका सन्तानहरू हौं, र हामी श्रापित थियौं। यो परमेश्‍वरको घोषणा थियो, र हामी यसलाई परिवर्तन गर्न सक्दैनौं, तर हाम्रो जीवनशैली र हाम्रो ज्ञान परिवर्तन हुन सक्छ, र हामी परमेश्‍वरलाई सन्तुष्ट पार्ने सङ्कल्‍प गर्छौं।” जब तँसँग यो संकल्प हुन्छ, तब त्यसले तिमीहरूलाई विजय गरिँदैछ भन्‍ने प्रमाणित गर्दछ।

अघिल्लो: विजयको कामको दोस्रो चरणका प्रभावहरू कसरी हासिल हुन्छन्

अर्को: विजयको कामको वास्तविक कथा (३)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्