वास्तविकता कसरी थाहा पाउने

परमेश्‍वर व्यावहारिक परमेश्‍वर हुनुहुन्छ: उहाँका सबै कामहरू व्यावहारिक छन्, उहाँले बोल्ने सबै वचनहरू व्यावहारिक छन्, र उहाँले व्यक्त गर्ने सबै सत्यताहरू व्यावहारिक छन्। जे उहाँका वचनहरू होइनन् ती सबै शून्य, अस्तित्वहीन, र फितला हुन्छन्। आज, मानिसहरूलाई परमेश्‍वरका वचनहरूभित्र मार्गदर्शन गर्न पवित्र आत्मा हुनुहुन्छ। यदि मानिसहरूले वास्तविकतामा प्रवेश पछ्याउनु छ भने, उनीहरूले वास्तविकताको खोजी गर्नुपर्छ, र वास्तविकता जान्नुपर्छ, जसपछि उनीहरूले वास्तविकता अनुभव गर्नुपर्छ, र वास्तविकता जिउनुपर्छ। मानिसहरूले वास्तविकता जति बढी जान्दछन्, उनीहरू अरूका शब्दहरू वास्तविक हुन् वा होइनन् भनी खुट्ट्याउन त्यति नै सक्षम हुन्छन्; मानिसहरूले वास्तविकता जति बढी जान्दछन्, उनीहरूसँग त्यति नै कम धारणाहरू हुन्छन्; मानिसहरूले वास्तविकता जति बढी अनुभव गर्छन्, उनीहरूले व्यावहारिक परमेश्‍वरका कार्यहरू त्यति नै थाहा पाउँछन्, र उनीहरूलाई आफ्ना भ्रष्ट, शैतानी स्वभावहरूबाट मुक्त हुन त्यति नै सजिलो हुन्छ; मानिसहरूसँग जति बढी वास्तविकता हुन्छ, उनीहरूले त्यति नै बढी परमेश्‍वरलाई चिन्छन् र त्यति नै बढी देहलाई घृणा गर्छन् र सत्यतालाई प्रेम गर्छन्; र मानिसहरूसँग जति बढी वास्तविकता हुन्छ, उनीहरू परमेश्‍वरले आवश्यक गराउनुभएका मानकहरूको त्यति नै नजिक आउँछन्। परमेश्‍वरद्वारा प्राप्त गरिएका मानिसहरू वास्तविकता भएका मानिसहरू हुन्, जसले वास्तविकता जान्दछन्, र जसले वास्तविकताको अनुभवमार्फत परमेश्‍वरका व्यावहारिक कार्यहरू जान्न पुगेका हुन्छन्। तँ जति बढी व्यावहारिक तरिकाले परमेश्‍वरसँग सहकार्य गर्छस् र आफ्नो शरीरलाई अनुशासनमा राख्छस्, तैँले पवित्र आत्माको काम त्यति नै बढी प्राप्‍त गर्नेछस्, तैँले त्यति नै बढी वास्तविकता प्राप्त गर्नेछस्, र परमेश्‍वरले तँलाई त्यति नै बढी अन्तर्दृष्टि दिनुहुनेछ, र यसरी परमेश्‍वरका व्यावहारिक कार्यहरूको तेरो ज्ञान त्यति नै विशाल बन्नेछ। यदि तँ पवित्र आत्माको विद्यमान ज्योतिमा जिउन सक्षम छस् भने, अभ्यासको विद्यमान मार्ग तेरा लागि अझै प्रष्ट हुनेछ, र विगतका धार्मिक धारणाहरू र पुराना अभ्यासहरूबाट आफूलाई अलग्याउन तँ अझै बढी सक्षम हुनेछस्। आजको केन्द्रबिन्दु वास्तविकता हो: मानिसहरूसँग जति बढी वास्तविकता हुन्छ, उनीहरूको सत्यताको ज्ञान त्यति नै प्रस्ट हुन्छ, र परमेश्‍वरका अभिप्रायहरूबारे उनीहरूको बुझाइ त्यति नै विशाल हुन्छ। वास्तविकताले सबै शाब्दिक वचनहरू र धर्मसिद्धान्तहरूलाई पराजित गर्न सक्छ, यसले सबै सैद्धान्तिक नियम र विज्ञतालाई पराजित गर्न सक्छ, र मानिसहरूले वास्तविकतामा जति बढी ध्यान केन्द्रित गर्छन्, उनीहरूले परमेश्‍वरलाई त्यत्ति नै बढी साँचो प्रेम गर्छन्, र उहाँका वचनहरूको लागि भोका र प्यासी हुन्छन्। यदि तैँले वास्तविकतामा ध्यान केन्द्रित गरिस् भने, सांसारिक कुराहरू सम्‍बन्धी दर्शन, धार्मिक धारणाहरू, र प्राकृतिक गुण परमेश्‍वरको काम पछ्याउँदै स्वभाविक रूपमा हटेर जानेछ। वास्तविकताको खोजी नगर्ने, र वास्तविकताको ज्ञान नभएकाहरू अलौकिक कुराको खोजी गर्न सक्छन्, र उनीहरू सजिलै धोखामा पर्न सक्छन्। यस्ता मानिसहरूमा काम गर्ने कुनै माध्यम पवित्र आत्मासँग छैन, र त्यसैले उनीहरू रित्तो, र उनीहरूको जीवनको कुनै अर्थ छैन भन्‍ने महसुस गर्छन्।

पवित्र आत्माले तँमा केवल त्यसबेला काम गर्न सक्नुहुन्छ जब तैँले व्यावहारिक रूपमा तालिम लिन्छस्, व्यावहारिक रूपमा खोजी गर्छस्, व्यावहारिक रूपमा प्रार्थना गर्छस्, र तँ सत्यता खोजी गर्नका लागि दुःख भोग्न तत्पर हुन्छस्। सत्यको खोजी नगर्नेहरूसँग वचनहरू र धर्मसिद्धान्तहरू, र रित्तो सैद्धान्तिक नियमहरू सिवाय केही पनि हुँदैन, र सत्य विहीनहरूसँग स्वाभाविक रूपमै परमेश्‍वरबारे धेरै धारणाहरू हुन्छन्। यस्ता मानिसहरू उनीहरूको दैहिक शरीरलाई आत्मिक शरीरमा बदल्न मात्र परमेश्‍वरको चाहना राख्छन् ताकि उनीहरू तेस्रो स्वर्गमा उक्लन सकून्। यी मानिसहरू कति मूर्ख छन्! यस्ता कुराहरू भन्‍ने सबैसँग परमेश्‍वरबारे, वा वास्तविकताबारे कुनै ज्ञान हुँदैन; यस्ता मानिसहरूले परमेश्‍वरसँग सहकार्य गर्नै सक्दैनन्, र निष्क्रिय रूपमा प्रतीक्षा मात्रै गर्न सक्छन्। यदि मानिसहरूले सत्य बुझ्नु छ, र सत्यलाई स्पष्ट रूपमा बोध गर्नु छ, र यसको अतिरिक्त, यदि उनीहरू सत्यमा प्रवेश गर्नु छ र यसलाई व्यवहारमा लागू गर्नु छ भने, उनीहरूले साँच्चै तालिम गर्नुपर्छ, वास्तवमै खोजी गर्नुपर्छ, र साँच्चै भोकाउनु र तिर्खाउनुपर्छ। जब तँ भोकाउँछस् र तिर्खाउँछस्, र जब तँ परमेश्‍वरसँग साँच्चै सहकार्य गर्छस्, परमेश्‍वरका आत्माले तँलाई निश्चय नै छुनुहुनेछ र तँभित्र काम गर्नुहुनेछ, जसले तँमा अझै बढी प्रकाश ल्याउनेछ, र तँलाई वास्तविकताको अझ बढी ज्ञान दिनेछ, र तेरो जीवनलाई ठूलो सहायता हुनेछ।

यदि मानिसहरूले परमेश्‍वरलाई चिन्नु छ भने, सर्वप्रथम उनीहरूले परमेश्‍वर व्यावहारिक परमेश्‍वर हुनुहुन्छ भन्‍ने जान्नुपर्छ, र उनीहरूले परमेश्‍वरका वचनहरू, परमेश्‍वर व्यावहारिक रूपमा देहमा प्रकट हुनुभएको, र परमेश्‍वरको व्यावहारिक काम जान्नुपर्छ। परमेश्‍वरका सबै काम व्यावहारिक छन् भन्‍ने जानेपछि मात्र तँ परमेश्‍वरसँग साँच्चै सहकार्य गर्न सक्षम हुनेछस्, र यो मार्ग भएर मात्र तैँले आफ्नो जीवनमा वृद्धि प्राप्त गर्न सक्‍नेछस्। वास्तविकताको ज्ञान नहुने सबैसँग परमेश्‍वरका वचनहरू अनुभव गर्ने कुनै उपाय हुँदैन, उनीहरू आफ्नै धारणाहरूको फन्दामा परेका हुन्छन् आफ्नै कल्पनामा बाँचेका हुन्छन्, त्यसैले उनीहरूसँग परमेश्‍वरका वचनहरूको कुनै ज्ञान छैन। वास्तविकता सम्‍बन्धी तेरो ज्ञान जति बृहत् छ, परमेश्‍वरसँग तँ त्यति नै निकट हुन्छस्, र उहाँसँग तँ त्यत्ति नै घनिष्ठ हुन्छस्; तँ जत्ति बढी अस्पष्टता, अमूर्तता र सिद्धान्तको खोजी गर्छस्, परमेश्‍वरबाट तँ उत्तिकै टाढा बहकिन्छस्, र परमेश्‍वरका वचनहरू अनुभव गर्नु जटिल र कठिन छ भन्‍ने तैँले अनुभूति गर्नेछस्, र तँ प्रवेश गर्न असमर्थ हुनेछस्। यदि तँ परमेश्‍वरका वचनहरूको वास्तविकतामा, र तेरो आत्मिक जीवनको सही मार्गमा प्रवेश गर्न चाहन्छस् भने, तैँले सर्वप्रथम वास्तविकता थाहा पाउनुपर्छ र अस्पष्ट र अलौकिक कुराहरूबाट आफूलाई अलग गर्नुपर्छ, भन्नुको तात्पर्य सर्वप्रथम पवित्र आत्माले तँलाई व्यावहारिक रूपमा अन्तरदृष्टि दिनुहुन्छ र मार्गदर्शन दिनुहुन्छ तैँले बुझ्नुपर्छ। यसरी, यदि तँ मानिसभित्रको पवित्र आत्माको व्यावहारिक कामलाई साँच्चिकै बुझ्न सक्छस् भने, तँ परमेश्‍वरद्वारा सिद्ध तुल्याइने सही मार्गमा प्रवेश गरेको हुनेछस्।

आज, सब थोक वास्तविकताबाट सुरु हुन्छ। परमेश्‍वरको काम नै सबैभन्दा बढी व्यावहारिक छ, र यसलाई मानिसहरूले छुन सक्छन्; मानिसहरूले अनुभव गर्न र प्राप्त गर्न सक्ने कुरा यही हो। मानिसहरूमा अस्पष्ट र अलौकिक कुरा धेरै हुन्छ, जसले परमेश्‍वरको हालको काम बुझ्नबाट उनीहरूलाई रोक्छ। त्यसैले, आफ्ना अनुभवहरूमा उनीहरू सधैँ विचलनमा पर्छन्, र कामकुराहरू कठिन छन् भन्‍ने सधैँ महसुस गर्छन्, र यो सबै उनीहरूको धारणाहरूको कारणले भएको हो। मानिसहरू पवित्र आत्माको कामका सिद्धान्तहरूलाई बुझ्न असक्षम छन्, उनीहरू वास्तविकता जान्दैनन्, त्यसैले उनीहरू आफ्‍नो प्रवेशको मार्गबाट सधैँ नकारात्मक हुन्छन्। उनीहरू, परमेश्‍वरका अपेक्षाहरूलाई टाढाबाट हेर्छन्, तिनीहरूलाई हासिल गर्न असक्षम हुन्छन्; उनीहरूले परमेश्‍वरका वचनहरू साँच्चिकै असल छन् भन्‍ने मात्र देख्छन्, तर प्रवेश गर्ने मार्ग भेट्टाउन सक्दैनन्। पवित्र आत्माले यही सिद्धान्तद्वारा काम गर्नुहुन्छ: मानिसहरूको सहकार्यद्वारा, सक्रियतापूर्वक प्रार्थना गरेर, खोजेर र परमेश्‍वरको नजिक आएर उनीहरूद्वारा परिणामहरू प्राप्त गर्न सकिन्छ र पवित्र आत्माद्वारा उनीहरूलाई प्रकाश दिन र ज्योतिर्मय पार्न सकिन्छ। पवित्र आत्माले एक्लै काम गर्नुहुन्छ, वा मानिसले एक्लै काम गर्छ भन्‍ने होइन। दुवै अपरिहार्य छन्, र मानिसले जति बढी सहकार्य गर्छ, र परमेश्‍वरले आवश्यक गराउनुभएका मानकहरूको प्राप्तिलाई उनीहरूले जत्ति बढी पछ्याउँछन्, पवित्र आत्माको काम उत्ति नै महान् हुन्छ। पवित्र आत्माको काममा मानिसहरूको व्यावहारिक सहकार्य जोड्दा मात्र व्यावहारिक अनुभवहरू, साथै परमेश्‍वरका वचनहरूको सारसम्बन्धी ज्ञान पैदा गर्न सक्छ। विस्तारै, यस प्रकारले अनुभव गर्दै, सिद्ध व्यक्ति अन्ततः तयार पारिन्छ। परमेश्‍वरले अलौकिक कुराहरू गर्नुहुन्न; मानिसहरूका धारणाहरूमा, परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ, र परमेश्‍वरद्वारा नै सबै कुरा गरिन्छ—परिणामस्वरूप मानिसहरूले निष्क्रिय भएर पर्खिन्छन्, परमेश्‍वरका वचनहरू पढ्दैनन् वा प्रार्थना गर्दैनन्, र पवित्र आत्माको स्पर्शलाई केवल पर्खिन्छन्। यद्यपि, सही समझ भएकाहरूले यो विश्‍वास गर्छन्: परमेश्‍वरका कामहरू मेरो सहकार्यसम्म मात्र अगाडि बढ्न सक्छन्, र ममा परमेश्‍वरको कामको प्रभाव मैले कसरी सहकार्य गर्छु त्यसमा भर पर्छ। जब परमेश्‍वर बोल्नुहुन्छ, परमेश्‍वरका वचनहरू खोजी गर्न र यसप्रति प्रयत्न गर्न आफूले गर्न सक्ने सबै मैले गर्नुपर्छ; मैले प्राप्त गर्नुपर्ने यही हो।

तिमीहरू पत्रुस र पावलका उदाहरणहरूमा वास्तविकतालाई सबैभन्दा बढी ध्यान दिने पत्रुस थिए भनेर स्पष्ट रूपमा देख्न सक्छौ। पत्रुसले भोगेको कुराबाट के देख्न सकिन्छ भने, उनले आफ्ना अनुभवहरूमा विगतमा असफल भएका व्यक्तिहरूबाट पाठहरू सिके, र बितेका युगहरूका सन्तहरूका सबलताहरूलाई आत्मसात् गरे। यसबाट पत्रुसका अनुभवहरू कति व्यावहारिक थिए भनेर देख्न सकिन्छ; ती मूर्त, पहुँचभित्र र प्राप्त गर्न सकिने छन्। तर, पावल फरक थिए: उनले बोलेका तेस्रो स्वर्गमा जाने, सिंहासनमा उक्लने र धार्मिकताको मुकुटजस्ता कुराहरू सबै अस्पष्ट र अदृश्य थिए। उनले हैसियत, मानिसहरूलाई उपदेश दिने, आफ्ना योग्यताहरू प्रदर्शन गर्ने, पवित्र आत्माद्वारा प्रेरित हुने आदिजस्ता बाहिरी कुराहरूमा ध्यान केन्द्रित गरे। उनले पछ्याएको कुनै पनि कुरा वास्तविक थिएन र तीमध्ये धेरैजसो काल्पनिक थिए र यसरी के देख्न सकिन्छ भने पवित्र आत्मा मानिसहरूलाई कति धेरै प्रेरित गर्नुहुन्छ, मानिसहरूले महसुस गर्ने ठूलो आनन्द, तेस्रो स्वर्गमा जाने, आफ्नो सामान्य तालिमबाट निश्चित तहको आनन्द प्राप्त गर्ने वा परमेश्‍वरका वचनहरू पढेर निश्चित तहको आनन्द प्राप्त गर्नेजस्ता अलौकिक कुराहरू सबै—यीमध्ये कुनै पनि वास्तविक होइन। पवित्र आत्माका सबै काम सामान्य र अत्यन्तै वास्तविक हुन्छन्। जब तँ परमेश्‍वरका वचनहरू पढ्छस् र प्रार्थना गर्छस्, तब तँ हृदयमा उज्यालो र स्थिर महसुस गर्छस्, साथै बाहिरी संसारले तँलाई बाधा दिन सक्दैन; भित्री रूपमा, तँ परमेश्‍वरलाई प्रेम गर्न इच्छुक हुन्छस्, सकारात्मक कुराहरूमा संलग्न हुन इच्छुक हुन्छस् र तँ दुष्ट संसारलाई घृणा गर्छस्। यो भनेको परमेश्‍वरभित्र जिउनु हो। यो मानिसहरूले भनेजस्तो ठूलो आनन्द अनुभव गर्नु होइन—त्यस्तो कुरा वास्तविक हुँदैन। आज, सबै कुरा वास्तविकताबाट सुरु हुनुपर्छ। परमेश्‍वरले गर्ने सबै कुरा व्यावहारिक हुन्छन्। यदि तँ आफ्ना अनुभवहरूमा परमेश्‍वरलाई व्यावहारिक रूपमा चिन्‍नमा ध्यान केन्द्रित गर्छस्, परमेश्‍वरको कामका पदचापहरू र पवित्र आत्माले मानिसहरूलाई प्रेरित गर्ने र अन्तर्दृष्टि दिने माध्यमहरू खोज्छस् भने; यदि तँ परमेश्‍वरका वचनहरू खान्छस् र पिउँछस्, प्रार्थना गर्छस् अनि पत्रुसले जस्तै “विगतका युगहरूमा आफूभन्दा अघि आएका सबैका सबलताहरूलाई प्रयोग गर्दै र तिनीहरूका गल्तीहरूलाई त्याग्दै” अझ बढी व्यावहारिक तरिकाले सहकार्य गर्छस् भने; यदि तँ आफ्नो कानले सुन्छस् र आफ्नो आँखाले अवलोकन गर्छस्, हृदयमा बारम्बार प्रार्थना र मनन गर्छस् अनि परमेश्‍वरको कामसँग सहकार्य गर्न आफूले सकेजति सबै गर्छस् भने, परमेश्‍वरले तँलाई निश्चित रूपमा मार्गदर्शन गर्नुहुनेछ।

अघिल्लो: परमेश्‍वरका अभिप्रायहरूअनुसार कसरी सेवा गर्ने

अर्को: सामान्य आत्मिक जीवनको सम्‍बन्धमा

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्