सामान्य आत्मिक जीवनको सम्‍बन्धमा

परमेश्‍वरमाथिको विश्‍वासको लागि सामान्य आत्मिक जीवनको आवश्यकता हुन्छ, जुन परमेश्‍वरका वचनहरू अनुभव गर्ने र वास्तविकतामा प्रवेश गर्ने आधार हो। के तिमीहरूका प्रार्थना गर्ने, परमेश्‍वरको नजिक आउने, भजन गाउने, प्रशंसा गर्ने, ध्यान गर्ने, र परमेश्‍वरका वचनहरूको चिन्तन गर्ने अभ्यासहरू “सामान्य आत्मिक जीवन” समान छन्? तिमीहरू कसैलाई पनि थाहा छैन जस्तो देखिन्छ। सामान्य आत्मिक जीवन प्रार्थना गर्ने, भजन गाउने, मण्डली जीवनमा भाग लिने, परमेश्‍वरका वचनहरू खाने र पिउनेजस्ता अभ्यासहरूमा सीमित छैन। बरु, यसमा त नयाँ र जीवन्त आत्मिक जीवन जिउने कार्य समावेश हुन्छ। तैँले कसरी अभ्यास गर्छस् भन्ने होइन, बरु तेरो अभ्यासले कस्तो फल फलाउँछ भन्‍ने चाहिँ महत्त्वपूर्ण कुरा हो। धेरैजसो मानिसहरूले के विश्‍वास गर्छन् भने सामान्य आत्मिक जीवनमा प्रार्थना गर्नु, भजन गाउनु, परमेश्‍वरका वचनहरू खानु र पिउनु वा उहाँका वचनहरूलाई ध्यान दिनु जरुरी हुन्छ, चाहे त्यस्ता प्रचलनहरूले वास्तवमा कुनै असर पारोस् वा नपारोस् वा साँचो बुझाइमा डोर्‍याओस् वा नडोर्‍याओस्। यी मानिसहरूले नतिजाहरूलाई ध्यानै नदिई सतही प्रक्रियाहरूलाई पछ्याउने कार्यमा ध्यान दिन्छन्; तिनीहरू धार्मिक रीतिथितिमा जिउने मानिसहरू हुन्, मण्डलीभित्र जिउने मानिसहरू होइनन्, तिनीहरू राज्यका मानिसहरू हुने कुरा त परै जाओस्। तिनीहरूका प्रार्थना, भजन गाउने, र परमेश्‍वरका वचनहरू खाने र पिउने कार्य भनेका केवल नियम-पालना हुन् जुन बाध्यताको कारण र प्रचलनहरूलाई पूरा गर्नको लागि गरिएका हुन्, इच्छाले वा हृदयबाट गरिएका होइनन्। यी मानिसहरूले जति नै प्रार्थना गरे पनि वा गीत गाए पनि, तिनीहरूका प्रयासले कुनै फल फलाउनेछैन, किनभने तिनीहरूले अभ्यास गर्ने भनेका केवल धर्मका नियम र विधिहरू मात्र हुन्; तिनीहरूले वास्तवमा परमेश्‍वरका वचनहरू अभ्यास गरिरहेका हुँदैनन्। तिनीहरूले कसरी अभ्यास गर्छन् भन्नेबारेमा हल्लीखल्ली गर्नमा मात्रै तिनीहरू ध्यान दिन्छन्, र उनीहरूले परमेश्‍वरका वचनहरूलाई पालन गर्नुपर्ने नियमको रूपमा लिन्छन्। त्यस्ता मानिसहरूले परमेश्‍वरका वचनहरूलाई अभ्यास गरिरहेका हुँदैनन्; तिनीहरूले केवल देहलाई सन्तुष्ट पारिरहेका हुन्छन्, र अरू मानिसहरूलाई देखाउनका लागि कार्य गरिरहेका हुन्छन्। यी धार्मिक नियम र विधिहरू सबै मानवबाट आएका हुन्; ती परमेश्‍वरबाट आएका होइनन्। परमेश्‍वर न त नियमहरू पालना गर्नुहुन्छ, न उहाँ कुनै काननको अधीनमा हुनुहुन्छ। बरु उहाँले त व्यवहारिक कार्य पूरा गर्दै दिनहुँ नयाँ काम गर्नुहुन्छ। हरेक दिन बिहानको सेवाहरूमा भाग लिने, साँझको प्रार्थना र खानाको अगाडि कृतज्ञताको प्रार्थना गर्ने, र सबै कुरामा धन्यवाद दिनेजस्ता अभ्यासहरूमा आफैलाई सीमित राख्ने थ्री सेल्फ चर्चका मानिसहरूजस्तै—उनीहरूले जति नै यसो गरे पनि र जति धेरै समयसम्म तिनीहरूले त्यसो गरे पनि, तिनीहरूसँग पवित्र आत्माको काम हुनेछैन। जब मानिसहरू नियमहरूमा बाँचिरहेका हुन्छन् र आफ्ना हृदयलाई अभ्यासका विधिहरूमा केन्द्रित गर्छन्, पवित्र आत्माले काम गर्न सक्‍नुहुन्‍न, किनकि उनीहरूको हृदय नियमहरू र मानवीय धारणाहरूले ओगटेको हुन्छ। तसर्थ, परमेश्‍वर हस्तक्षेप गर्न र तिनीहरूमा काम गर्न असमर्थ हुनुहुन्छ, र तिनीहरू केवल व्यवस्थाको नियन्त्रणमा मात्र जिइरहन सक्छन्। यस्ता मानिसहरू परमेश्‍वरको प्रशंसा प्राप्त गर्न सदा असक्षम हुन्छन्।

सामान्य आत्मिक जीवन भनेको परमेश्‍वरको सामु जिएको जीवन हो। प्रार्थना गर्दा, व्यक्तिले परमेश्‍वरको सामु आफ्नो हृदय शान्त पार्न सक्छ, र प्रार्थनामार्फत कसैले पवित्र आत्माको अन्तर्दृष्टिको खोजी गर्न सक्छ, परमेश्‍वरका वचनहरू जान्न सक्छ, र परमेश्‍वरको इच्छा बुझ्छ। उहाँका वचनहरू खाएर र पिएर, मानिसहरूले परमेश्‍वरको वर्तमान कार्यको बारेमा अझ स्पष्ट र पूर्ण बुझाइ प्राप्त गर्न सक्छन्। तिनीहरूले अभ्यासको नयाँ मार्ग पनि प्राप्त गर्न सक्छन्, र पुरानोसँग टाँसिनेछैनन्; तिनीहरू जे अभ्यास गर्छन् ती सबै जीवनमा वृद्धि हासिल गर्नका लागि हुनेछन्। प्रार्थनाको सम्बन्धमा भन्ने हो भने, यो तँ कति कृतज्ञ छस् भनेर देखाउन राम्रा-राम्रा शब्दहरू बोल्‍नु वा परमेश्‍वरको अगाडि आँसु झार्नुसँग सम्‍बन्धित छैन; बरु यसको उद्देश्य भनेको त परमेश्‍वरसामु आफ्नो हृदय शान्त पार्दै आत्माको प्रयोगको लागि आफैलाई तालिम दिनु हो, सबै कुरामा परमेश्‍वरका वचनहरूबाट मार्गदर्शन खोज्नको लागि आफैलाई तालिम दिनु हो, ताकि व्यक्तिको हृदयलाई हरेक दिन नयाँ ताजा ज्योतिमा ल्याउन सकियोस्, र जसले गर्दा कोही पनि निष्क्रिय वा अल्छी नहोस् र परमेश्‍वरका वचनहरूलाई अभ्यास गर्ने सही बाटोमा हिंड्न सकोस्। आजभोलि अधिकांश मानिसहरू अभ्यासका विधिहरूमा ध्यान केन्द्रित गर्छन्, यद्यपि तिनीहरू सत्यलाई पछ्याउन र जीवन वृद्धि हासिल गर्न त्यसो गर्दैनन्। तिनीहरूले यहीँ नै बाटो बिराएका छन्। कतिपय नयाँ प्रकाश प्राप्त गर्न सक्‍नेहरू पनि छन्, तर तिनीहरूको अभ्यास गर्ने विधिहरू परिवर्तन हुँदैनन्। परमेश्‍वरका आजका वचनहरू ग्रहण गर्ने प्रयासमा तिनीहरूले आफूसँग तिनीहरूका पुराना धार्मिक धारणाहरू लिएर आउँछन्, त्यसैले उनीहरूले जे पाउँछन् त्यो अझै पनि धार्मिक धारणाले रङ्गिएको धर्मसिद्धान्त नै हो; तिनीहरूले आजको प्रकाश प्राप्त गरिरहेका छँदै छैनन्। परिणामस्वरूप, तिनीहरूको अभ्यासहरूमा दाग लागेको छ; तिनीहरू नयाँ प्याकेजमा हालिएका उस्तै पुराना अभ्यासहरू हुन्। तिनीहरूले जति राम्रो अभ्यास गरे पनि, तिनीहरू ढोङ्गीहरू हुन्। परमेश्‍वरले मानिसहरूलाई हरेक दिन नयाँ अन्तर्दृष्टि र बुझाइ प्राप्त गरून् भन्ने माग गर्दै, र उनीहरू पुरानो जमानाका र एउटै कुरा दोहोर्‍याइरहने किसिमका नबनून् भन्‍ने मापदण्ड दिँदै उहाँले तिनीहरूलाई हरेक दिन नयाँ काम गर्न अगुवाइ गर्नुहुन्छ। यदि तैँले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छस् तर पनि तेरो अभ्यासका विधिहरू बिलकुल परिवर्तन भएको छैन भने, र यदि तँ अझै बाह्य मामिलाहरूका बारेमा जोसिलो र व्यस्त छस्, तर परमेश्‍वरका वचनहरूको आनन्द लिनको लागि उहाँको सामुन्ने ल्याउने शान्त हृदय तँसँग छैन भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्। जब परमेश्‍वरको नयाँ काम स्वीकार गर्ने कुरा आउँछ, तब यदि तैँले फरक तरिकाले योजना गर्दैनस् भने, आफ्‍नो अभ्यासलाई नयाँ तरिकाले अघि बढाउँदैनस्, र कुनै नयाँ बुझाइको पछि लाग्दैनस्, बरु तैँले अभ्यास गर्ने शैलीलाई परिवर्तन नगरीकन पुरानोलाई पक्रिरहन्छस् र केही सीमित नयाँ प्रकाश मात्र प्राप्त गर्छस् भने, तँजस्ता मानिसहरू यो प्रवाहमा नामले मात्र हुन्छन्; वास्तविकतामा त, तिनीहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिरका धार्मिक फारसीहरू हुन्।

एक सामान्य आत्मिक जीवन जिउन, व्यक्तिले हरेक दिन नयाँ ज्योति प्राप्त गर्न र परमेश्‍वरका वचनहरूको साँचो बुझाइको खोजी गर्न सक्‍नुपर्छ। व्यक्तिले सत्यतालाई स्पष्ट रूपमा देख्‍नुपर्छ, सबै मामिलामा अभ्यासको बाटो खोज्नुपर्छ, हरेक दिन परमेश्‍वरका वचनहरू पढेर नयाँ प्रश्‍नहरू पत्ता लगाउनुपर्छ, र आफ्नै अपर्याप्तताहरूलाई बुझ्नुपर्छ, ताकि ऊसँग तृष्णा गर्ने र खोजी गर्ने हृदय होस् जसले उसको सम्पूर्ण अस्तित्वलाई अगुवाइ गर्छ, र ताकि पछि छोडिने डरले व्यक्ति परमेश्‍वरको सामु सधैँ शान्त हुन सकोस्। निरन्तर प्रवेश प्राप्त गर्न इच्छुक अनि तृषित र खोजी गर्ने हृदय भएको व्यक्ति आत्मिक जीवनको सही मार्गमा हुन्छ। जो पवित्र आत्माद्वारा प्रेरित छन्, जसले अझ राम्रो गर्न चाहन्छन्, जो परमेश्‍वरद्वारा सिद्ध हुन खोजी गर्छन्, जो परमेश्‍वरका वचनहरूको गहिरो बुझाइको तृष्णा गर्छन्, जो अलौकिकको पछि लाग्दैनन्, बरु वास्तविक मूल्य तिर्छन्, जसले वास्तवमा परमेश्‍वरको इच्छाको वास्ता गर्छन्, जसले वास्तवमै प्रवेश प्राप्त गर्दछन्, जसले गर्दा उनीहरूका अनुभवहरू अझ सच्‍चा र वास्तविक हुन्छन्, जसले रित्तो शब्द र सिध्दान्तहरूको खोजी गर्दैनन् वा अलौकिकता महसुस गर्न खोज्दैनन्, जसले कुनै महान व्यक्तित्वको पूजा गर्दैनन्—सामान्य आत्मिक जीवनमा प्रवेश गरेकाहरू यिनीहरू नै हुन्। उनीहरूले गर्ने सबै कुरा जीवनमा थप वृद्धि प्राप्त गर्न र आत्मामा आफैलाई ताजा र जीवन्त तुल्याउनको लागि हो, र तिनीहरूले सधैँ सक्रिय रूपमा प्रवेश प्राप्त गर्न सक्छन्। महसुसै नगरी तिनीहरूले सत्यलाई बुझ्छन् र वास्तविकतामा प्रवेश गर्छन्। सामान्य आत्मिक जीवन भएका मानिसहरूले हरेक दिन आत्माको मुक्ति र स्वतन्त्रता पाउँछन् र तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउने गरी उहाँका वचनहरू स्वतन्त्र रूपमा अभ्यास गर्न सक्छन्। यी मानिसहरूका लागि, प्रार्थना गर्नु कुनै औपचारिकता वा प्रक्रिया होइन; प्रत्येक दिन, तिनीहरूले नयाँ प्रकाशलाई पछ्याउन सक्छन्। उदाहरणको लागि, मानिसहरूले परमेश्‍वरसामु आफ्नो हृदय शान्त गराउन आफैलाई तालिम दिन्छन्, र उनीहरूको हृदय परमेश्‍वरसामु साँच्चै नै शान्त हुन सक्छ, र तिनीहरूलाई कसैले पनि वाधा दिन सक्दैन। कुनै व्यक्ति, घटना, वा चीजले उनीहरूको सामान्य आत्मिक जीवनलाई बाधा दिन सक्दैन। यस्तो तालिम परिणाम उत्पन्न गर्ने उद्देश्यले गरिएको हुन्छ; यो मानिसहरूलाई नियम पालन गर्न लगाउनको लागि होइन। यो अभ्यास नियम-पालनसँग सम्‍बन्धित छैन, बरु यो त मानिसहरूको जीवनमा वृद्धि ल्याउने कार्यसँग सम्‍बन्धित छ। यदि तैँले यो अभ्यासलाई पालना गर्नुपर्ने नियमहरूको रूपमा मात्र देख्छस् भने, तेरो जीवन कहिल्यै परिवर्तन हुनेछैन। तँ अरूको जस्तै अभ्यासमा संलग्न हुन सक्छस्, तर जब तिनीहरूले अन्ततः पवित्र आत्माको कामको गतिलाई पछ्याउन सक्‍ने हुन्छन्, तब तँलाई पवित्र आत्माको प्रवाहबाट हटाइन्छ। के तैँले आफैलाई धोका दिइरहेको छैनस् र? यी वचनहरूको उद्देश्य भनेको मानिसहरूलाई परमेश्‍वरसमक्ष आफ्नो हृदय शान्त गराउन, उनीहरूको हृदय परमेश्‍वरतिर फर्काउन दिनको लागि हो, ताकि तिनीहरूमा परमेश्‍वरले गर्नुहुने कामहरू कुनै बाधाविना अघि बढ्न सकोस् र त्यसले फल फलाउन सकोस्। त्यसो भएमा मात्र मानिसहरू परमेश्‍वरको इच्छाअनुसारको बन्न सक्छन्।

अघिल्लो: मार्ग … (७)

अर्को: मण्डलीको जीवन र वास्तविक जीवनको बारेमा छलफल

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

विजयको कामको भित्री सत्यता (१)

मानवजाति शैतानद्वारा यति गम्भीर रूपले भ्रष्ट भएको छ कि उसले परमेश्‍वर हुनुहुन्छ भनी जान्दैन, र उसले परमेश्‍वरको आराधाना गर्न छाडेको छ।...

परमेश्‍वरले सबै मानवजातिको भविष्यमाथि नेतृत्व गर्नुहुन्छ

मानवजातिका सदस्यहरू र समर्पित इसाईहरूका रूपमा, परमेश्‍वरको आदेशलाई पूरा गर्नका निम्ति हाम्रा मन र शरीरलाई बलिदानको रूपमा चढाउने हामी सबैको...

बाइबल सम्बन्धमा (३)

बाइबलमा भएका सबै कुरा परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्नुभएका वचनहरूको अभिलेख होइनन्। बाइबलमा परमेश्‍वरको कार्यको अघिल्ला दुई चरणहरूको...

व्यावहारिक परमेश्‍वर स्वयम्‌ परमेश्‍वर हुनुहुन्छ भनी तैँले थाहा पाउनुपर्छ

तैँले व्यावहारिक परमेश्‍वरको विषयमा के थाहा पाउनुपर्छ? आत्मा, व्यक्ति, र वचन मिलेर व्यावहारिक परमेश्‍वर स्वयम्‌ निर्मित हुनुभएको छ, र...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्