७. बाइबलमा यो लेखिएको छ, “किनभने प्रभु आफै चिच्याहटको साथ, प्रधान स्‍वर्गदूतको आवाजको साथ र परमेश्‍वरको तुरहीको गुञ्जनको साथ स्वर्गबाट ओर्लनुहुनेछ: र ख्रीष्‍टमा मरेकाहरू नै सुरुमा ब्युँती उठ्नेछन्” (१ थेसलोनिकी ४:१६)। तपाईं प्रभु येशू फर्केर आउनुभएको छ भनी गवाही दिनुहुन्छ, तर हामीले त्यो कराएको आवाज वा प्रधान स्वर्गदूतको सोर, वा परमेश्‍वरको तुरही आवाज सुनेका छैनौं, न त हामीले मरेका सन्तहरू फेरि जिइउठेका नै देखेका छौं। त्यसो भए प्रभु फर्केर आउनुभएको छ भन्‍ने कुरालाई कसरी प्रमाणित गर्न सकिन्छ?

उत्तर:

के बाइबलमा यसो भन्ने पावलका वचनहरूलाई आधार मानेर प्रभु येशूको पुनरागमन भएको छ कि छैन भनी न्याय गर्नु तेरो निम्ति ठीक हुन्छ, “किनभने प्रभु आफै चिच्याहटको साथ, प्रधान स्‍वर्गदूतको आवाजको साथ र परमेश्‍वरको तुरहीको गुञ्जनको साथ स्वर्गबाट ओर्लनुहुनेछ: र ख्रीष्‍टमा मरेकाहरू नै सुरुमा ब्युँती उठ्नेछन्” (१ थेसलोनिकी ४:१६)? यो साधारण तथ्य हो कि बाइबलमा परमेश्‍वरका वचनहरू, मानिसका वचनहरू अनि दियाबलस शैतानका वचनहरू पनि समाविष्ट छन्। जब प्रभुलाई स्वागत गर्ने कुरा आउँछ, किन तँ परमेश्‍वरका वचनहरूअनुसार नचलिकन मानिसका वचनहरूअनुसार चल्छस्? के तँ मानिसका वचनहरू नै पूरा सत्यता हो भनी विश्वास गर्छस्? अनि ती सबै सत्यतासित मेल खान्छ भनी विश्वास गर्छस्? तैँले उल्लेख गरिरहेका वचनहरू पावलद्वारा कथनगरिएका हुन्। पावल एकजनामानिस थिए, उनी परमेश्‍वर थिएनन्, त्यसैले कसरी उनका वचनहरू प्रभुलाई स्वागत गर्ने आधारको रूपमाप्रयोग गर्न सकिन्छ र? परमेश्‍वरका वचनहरूले मात्रै प्रभुको पुनरागमनसित सम्बन्ध राख्ने विषयहरूको निम्ति आधार जुटाउन सक्छ। प्रभु येशूले व्यक्तिगत रूपमा बोल्नुभएको अगमवाणीहरूभन्दा कुनै आधार ज्यादा सटीक हुन सक्दैन किनकि परमेश्‍वरका वचनहरू मात्रै सत्यता हुन्। मानिस सत्यतारहित छ अनि जब उसका वचनहरूलाई पवित्र आत्माद्वारा अन्तर्दृष्टि दिइएको र प्रज्ज्वलित तुल्याइएको हुन्छ, ती सत्यता होइनन्, त्यसलाई सत्यताको रूपमा लिइनु र पछ्याइनु त झन् परको कुरा हो। त्यसैले, आफ्नो पुनरागमनको बारेमा प्रभु येशूले के भन्नुभयो त? “तर त्यो दिन र घडीको बारेमा न त कुनै मानिसलाई थाहा छ, न त स्वर्गका दूतहरूलाई, न त पुत्रलाई, तर मेरा पितालाई मात्रै थाहा छ(मत्ती २४:३६)। प्रभु येशूले यो पूर्ण सुस्पष्टता र सरलतासहित भन्नुभयो। प्रभुको पुनरागमन कहिले हुन्छ भनी कसैले जान्दैनन्, न स्वर्गका स्वर्गदूतहरू, न त स्वयं देहधारी मानिसको पुत्रले नै। केवल पिता—पवित्र आत्माले जान्नुहुन्छ। अनि यसो भएको हुनाले, प्रभुलाई स्वागत गर्दा सबैभन्दा सटीक कुरा प्रभु येशूका वचनहरूलाई आधार मानेर खोजी गर्नु र अनुसन्धान गर्नु हुन्छ। मानिसका कुनै पनि अगमवाणीहरू सटिक छैनन्, त्यसले कुनै किसिमको आधारको रूपमा काम गर्नु त झन् परको कुरा हो। त्यसैले, के प्रभु येशूका वचनहरूले उहाँ चीत्कारसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्‍वरको तुरहीसित ओर्लनुहुनेछ अनि मरेकाहरू बौरेर उठ्नेछन् भनी भन्छ र? अहँ। त्यसैले यी घटनाहरू नघटेको कारणले प्रभुको पुनरागमन भएको छैन भनी पावलका वचनहरूमा आधारित तेरो निष्कर्ष पूर्ण रूपले हास्यास्पद छ।

प्रभुका वचनहरूलाई आधार मानेर हामी प्रभुको पुनरागमनलाई स्वागत गर्छौं। प्रभुले भन्‍नुभयो, “हेर, म चोरजस्तै आउँछु(प्रकाश १६:१५)। “यसकारण, तिमीहरू पनि तयार हौ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउँछ(लूका १२:४०)। “हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ(प्रकाश ३:२०)। “किनभने जसरी चट्याङ्गले आकाशमुनिको एउटा भागलाई उज्यालो बनाउँदा आकाशमुनिको अर्को भागलाई पनि चम्किलो बनाउँछ; मानिसको पुत्र पनि उनको दिनमा त्यस्तै हुनेछन्। तर सुरूमा उहाँले धेरै कुराहरूको कष्ट भोग्‍नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ(लूका १७:२४-२५)। प्रभुका वचनहरू स्पष्ट छन्ः उहाँ मानिसले आशा नगरेको समयमा आउनुहुन्छ र कुनै व्यक्ति वा स्वर्गदूतले नजानेको परिस्थितिहरूमा सत्यतालाई व्यक्त गर्नुहुन्छ अनि परमेश्‍वरका चुनिएका जनहरूलाई परमेश्‍वरको आवाज सुन्ने तुल्याउनुहुन्छ। जब परमेश्‍वरका चुनिएका जनहरूले परमेश्‍वरको आवाजलाई सुन्छन् अनि उहाँ प्रभु हुनुहुन्छ भनी चिन्छन्, त्यही नै क्षण हो जब तिनीहरू परमेश्‍वरको सिंहासनसामु उठाइलगिन्छन्। उठाइलगिएका यिनै मानिसहरूले नै प्रभुको पुनरागमन भएको छ अनि उहाँ देखा पर्नुभएको छ र काम सुरु गर्नुभएको छ भनी गवाही दिन्छन्, यसरी प्रभु येशूको अगमवाणी पूरा हुन्छः “अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ(मत्ती २५:६)। प्रभुको आगमनलाई स्वागत गर्नु त्यति सरल छैन। यो पूर्ण रूपले प्रभु येशूका अगमवाणीहरूमा आधारित छ अनि यसमा अलिकति पनि गल्ती छैन; मानिसहरूले कुनै चीत्कार, प्रधान स्वर्गदूतको आवाज वा परमेश्‍वरको तुरही सुन्ने वा मरेकाहरूलाई बिउँतेको हेर्ने कुरामाथि ध्यानकेन्द्रित गर्न जरुरी छैन—ती सबै हास्यास्पद छन्। प्रभुको पुनरागमनको प्रमाणको निम्ति एउटै आधार छ, जुन परमेश्‍वरको आवाज सुन्नु अनि परमेश्‍वरद्वारा व्यक्त भएका वचनहरू सत्यता र परमेश्‍वरको आवाज हुन् भनी देख्नु हो—यो नै सर्वोत्तम प्रमाण हो। यदि तैँले त्यसलाई विश्वास गर्दैनस् भने, सर्वशक्तिमान् परमेश्‍वरद्वारा व्यक्त गरिएका सबै वचनहरूलाई आफ्नै आँखाले हेर्। यदि ती परमेश्‍वरका आवाज हुन् भनी तैँले चिन्छस् र तैँले त्यसलाई स्वीकार गर्छस् भने तँ एउटा बुद्धिमती कन्या होस् जसले प्रभुको आवाजलाई सुनेको छ र प्रभुलाई स्वागत गरेको छ। सर्वशक्तिमान् परमेश्‍वरले भन्नुभए जस्तै, “जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुभएकोले, उहाँले आफूले चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्‍वर देह बन्नुभएकोले, उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुहुनेछ, र सत्यलाई मानिसकहाँ ल्याउन सक्नुहुनेछ, उसलाई जीवन दिनुहुनेछ, र उसका लागि बाटो देखाउनुहुनेछ। त्यो देह जसमा परमेश्‍वरको सार हुँदैन त्यो निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले प्रकट गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट पुष्टि गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो सत्य बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। अनि त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी पहिचान गर्ने मुख्य कुरा बाहिरी देखा पर्ने घटना भन्दा बरु, उहाँको सारमा लुकेको हुन्छ (उहाँको कार्य, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरू)(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। तैँले एक झुण्ड मानिसहरूलाई विजेताहरूको रूपमा सिद्ध तुल्याइएको परमेश्‍वरको काम र सर्वशक्तिमान् परमेश्‍वरको हरेक वचन पूरा भएको तथ्य नदेखेसम्म पनि पर्खिन सक्छस्। तर यदि तैँले सर्वशक्तिमान् परमेश्‍वरलाई स्वीकार गर्नको निम्ति त्यस दिनसम्म पर्खिस् भने, धेरै ढिलो हुनेछ अनि परमेश्‍वर खुल्लमखुल्ला देखा परिसकेको हुनेछ।

अघिल्लो: ६. हामीले सर्वशक्तिमान् परमेश्‍वरका धेरै वचनहरू पढेका छौं। तिनमा अख्तियार र शक्ति छ, र ती साँच्चै परमेश्‍वरका आवाज हुन्। तैपनि पाष्टर र एल्डरहरूले बाइबलमा यो लेखिएको छ भनेर भन्छन्, “तिमीहरूलाई ख्रीष्‍टको अनुग्रहमा बोलाउनुहुनेबाट तिमीहरू त्यति चाँडै अलग भएर अर्को सुसमाचारमा जान्छौ भन्‍नेप्रति मलाई आश्‍चर्य लाग्छ: जुन अर्को सुसमाचार होइन; तर तिमीहरूलाई समस्या दिने, र ख्रीष्‍टको सुसमाचारलाई बिगार्ने कतिपय छन्। तर हामीले तिमीहरूलाई प्रचार गरेको सुसमाचारभन्दा फरक सुसमाचार हामीले, वा स्वर्गका दूतले तिमीहरूलाई प्रचार गर्छौं भने, ऊ श्रापित होस्” (गलाती १:६-८)। पावलले बोलेका यी वचनहरू हेरेर, पाष्टरहरू र एल्डरहरूले सर्वशक्तिमान् परमेश्‍वरमाथिको हाम्रो विश्‍वासले प्रभु येशूको नाउँबाट, र प्रभु येशूको बाटोबाट भड्काउँछ भनेर भन्छन्। तिनीहरू भन्छन्, हामी अर्को सुसमाचारमा विश्‍वास गर्छौं, र यो धर्मत्याग हो, प्रभुप्रति एउटा विश्‍वासघात हो। तिनीहरूले भनेका कुरा हामीलाई गलत जस्तो लागे पनि तिनीहरू कुन कुरामा गलत छन् भनी हामी निश्चित हुन सक्दैनौं। कृपया, यस विषयमा हामीसँग सङ्गति गर्नुहोस्।

अर्को: ८. हामी विश्‍वास गर्छौं, तेल तयारी पार्ने ती बुद्धिमानी कन्याहरूले प्रार्थना गर्न, धर्मशास्त्र पढ्न नचुक्ने, सेवामा जाने, प्रभुका लागि लगनशीलतासाथ काम गर्ने र जागा रहेर प्रभुको पुनरागमनको बाटो हेर्ने व्यक्तिहरूलाई बुझाउँछ। बुद्धिमत्ती कन्या हुनुको अर्थ यही हो, र जब प्रभु फेरि आउनुहुन्छ, हामी दुलहालाई स्वागत गर्नेछौं र थुमाको भोजमा भाग लिनेछौं।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्