६. हामीले सर्वशक्तिमान् परमेश्‍वरका धेरै वचनहरू पढेका छौं। तिनमा अख्तियार र शक्ति छ, र ती साँच्चै परमेश्‍वरका आवाज हुन्। तैपनि पाष्टर र एल्डरहरूले बाइबलमा यो लेखिएको छ भनेर भन्छन्, “तिमीहरूलाई ख्रीष्‍टको अनुग्रहमा बोलाउनुहुनेबाट तिमीहरू त्यति चाँडै अलग भएर अर्को सुसमाचारमा जान्छौ भन्‍नेप्रति मलाई आश्‍चर्य लाग्छ: जुन अर्को सुसमाचार होइन; तर तिमीहरूलाई समस्या दिने, र ख्रीष्‍टको सुसमाचारलाई बिगार्ने कतिपय छन्। तर हामीले तिमीहरूलाई प्रचार गरेको सुसमाचारभन्दा फरक सुसमाचार हामीले, वा स्वर्गका दूतले तिमीहरूलाई प्रचार गर्छौं भने, ऊ श्रापित होस्” (गलाती १:६-८)। पावलले बोलेका यी वचनहरू हेरेर, पाष्टरहरू र एल्डरहरूले सर्वशक्तिमान् परमेश्‍वरमाथिको हाम्रो विश्‍वासले प्रभु येशूको नाउँबाट, र प्रभु येशूको बाटोबाट भड्काउँछ भनेर भन्छन्। तिनीहरू भन्छन्, हामी अर्को सुसमाचारमा विश्‍वास गर्छौं, र यो धर्मत्याग हो, प्रभुप्रति एउटा विश्‍वासघात हो। तिनीहरूले भनेका कुरा हामीलाई गलत जस्तो लागे पनि तिनीहरू कुन कुरामा गलत छन् भनी हामी निश्चित हुन सक्दैनौं। कृपया, यस विषयमा हामीसँग सङ्गति गर्नुहोस्।

उत्तर:

पावलका यी वचनहरूको आधारमा, सर्वशक्तिमान् परमेश्‍वरमा विश्वास गर्नु प्रभु येशूको नाउँदेखि अन्तै फर्कनु, अर्को सुसमाचारमा विश्वास गर्नु, प्रभुलाई विश्वासघात गर्नु हो भनी पास्टर र एल्डरहरूले भन्छन्। तर पावलका वचनहरूलाई तिनीहरूले व्याख्या गरेका तरिका सही हो त? बाइबल पढिसकेपछि, धेरै मानिसहरूले सत्यतालाई खोजी गर्दैनन् अनि त्यस समयको सन्दर्भलाई बेवास्ता गरी तिनीहरूले स्वेच्छाचारी र सन्की प्रकारले पूर्ण अन्धाधुन्धसित नियमहरू थोपर्छन् जसले मानिसहरूलाई सजिलै मूर्ख बनाउँछन् र पथभ्रष्ट पार्छन्। यदि पास्टर र एल्डरहरूले बाइबललाई सन्दर्भबाहिर लगेर उद्धृत गर्छन् भने, तिनीहरूलाई साँचो बाटो अनुसन्धान गर्नेहरूको माझमा अन्यौलताको बिउ रोप्न सजिलो हुन्छ। वास्तवमा, पावलका वचनहरूसित एउटा सन्दर्भ जोडिएको थियो: अनुग्रहको समयमा एउटै सुसमाचार, प्रभु येशूको उद्धारको कामको सुसमाचार मात्र थियो। जब मानिसहरूले अन्य बाटोहरू-—प्रभु येशूको सुसमाचारभन्दा भिन्न सुसमाचारहरू प्रचारप्रचार गरे—तीचाहिँ “अर्को सुसमाचार”, मानिसहरूलाई धोका दिने सुसमाचार थिए। अनि प्रभु येशूको नाउँलाई स्वीकार गरेपछि अर्को सुसमाचारलाई पछ्याएर धोका पाउनेहरूले प्रभुलाई विश्वासघात गरे। जब पावलले यी वचनहरू बोले, तब परमेश्‍वरले आखिरी दिनहरूको कामलाई अझै गर्न बाँकी थियो, न त आखिरी दिनहरूको सुसमाचारलाई प्रचार गर्ने त्यहाँ कोही नै थिए। तब यो कुरा स्पष्ट छ कि पावलले भनेका “अर्को सुसमाचार” निश्चय नै आखिरी दिनहरूको समयमा हुने प्रभुको पुनरागमनको सुसमाचार थिएन तर झुटा ख्रीष्टहरूद्वारा प्रचार गरिएका सुसमाचारहरू थिए जो प्रभु येशू ख्रीष्ट देखापर्नुहुँदा र उहाँले आफ्नो काम गरिरहनुहुँदा नै उदय भएकाथिए। त्यस समयको कुनै पनि ऐतिहासिक अध्ययनले निश्चय नै त्यस अवस्थाको बारेमा खुलासा गर्नेथ्यो। वास्तवमा, पावलले कहिल्यै प्रभु येशूको पुनरागमन भइसकेपछि राज्यको सुसमाचार प्रचार गर्नुलाई गलत हो भनी भनेनन्, झन् पुनरागमन भइसकेका प्रभु येशू—सर्वशक्तिमान् परमेश्‍वर—का आखिरी दिनहरूको सुसमाचारलाई मानिसहरूले स्वीकार गरेमा तिनीहरूले प्रभुलाई विश्वासघात गरेको हुनेथ्यो भन्ने कुरा उनले गर्ने साहस त परै जाओस्। तथापि, धार्मिक संसारका पास्टर र एल्डरहरूले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामलाई भत्सर्ना गर्न अनुग्रहको युगका मण्डलीहरूलाई पावलका वचनहरूको प्रयोग गर्छन्। यस कुरामा, तिनीहरूले बाइबललाई गलत ढङ्गले व्याख्या गरिरहेका छन् अनि सन्दर्भ बाहिर लगेर उद्धृत गरिरहेका छन् जुन साँच्चै नै मूर्खतापूर्ण र हास्यास्पदछ! स्पष्ट छ, पाष्टर र एल्डरहरूले मानिसहरूलाई धोका दिने कोसिस गरिरहेका छन्, तिनीहरूलाई साँचो बाटो खोजी गर्न र अनुसन्धान गर्नदेखि रोकिरहेका छन्। यदि यो कुरा तिनीहरूले भनेको जस्तो भएको भए, प्रभु येशू पृथ्वीमा काम गर्न आउनुहुँदा अनि यहोवालाई विश्वास गर्ने धेरैले उहाँको देखा पर्ने घटना र कामलाई हेरेर प्रभु येशूलाई पछ्याउन थाल्दा र प्रभुको मुक्तिलाई स्वीकार गर्दा, के प्रभु येशूलाई पछ्याउने यी मानिसहरूले यहोवालाई विश्वासघात गरिरहेका र आफ्नो आस्थालाई त्याग गरिरहेका हुने थिएनन् र? स्पष्ट छ, तिनीहरूले यहोवालाई विश्वासघात गरिरहेको नभई परमेश्‍वरका पाइलाहरूलाई पछ्याइरहेका थिए—तिनीहरू परमेश्‍वरप्रति विश्वासयोग्य भइरहेका थिए। ती जो हठी भएर व्यवस्थामा टाँसिएर बसे र जसले प्रभु येशूको मुक्तिलाई स्वीकार गरेनन्, तिनीहरूले त्यस समय यहोवाको नाउँलाई कायम राखेको जस्तो देखिएतापनि, परमेश्‍वरको दृष्टिमा तिनीहरूले उहाँको विरूद्धमा विद्रोह गरे अनि उहाँको नयाँ कामलाई विरोध गरे; अनि तिनीहरूले विगतमा परमेश्‍वरले गर्नुभएको कामलाई मात्र कायम राखे, तिनीहरू परमेश्‍वरका पाइलाहरूमा हिँडेनन् अनि तिनीहरूले परमेश्‍वरका वर्तमान वचनहरू र कामलाई स्वीकार वा पालन गरेनन्—परमे्श्वरद्वारा घृणा गरिएका र इन्कार गरिएका पक्का स्वधर्म-त्यागीहरू तिनीहरू नै हुन्।

हामी प्रभुमा विश्वास गर्नेहरूसित के गहिरो बोध छ भने प्रभुमा हाम्रो विश्वासको अर्थ हाम्रा पापहरू क्षमा गरिएका छन् भन्ने भएतापनि, हामी अझै पनि यस्तो अवस्थामा जिउँछौँ जसद्वारा हामी दिनमा पाप गर्छौं र रातमा आफ्ना पापहरू स्वीकार गर्छौं। हाम्रा शैतानी स्वभावहरूद्वारा नियन्त्रित भएर हामी प्रायः हाम्रा शैतानी स्वभावहरू प्रकट गर्छौं जस्तो कि अहङ्कार र दम्भ, कुटिलता र छल, स्वार्थ र नीचता; हामी झुट नबोलीकन र पाप नगरिकन, परमेश्‍वरको विरुद्धमा विद्रोह नगरिकन र विरोध नगरिकन रहनै सक्दैनौँ अनि हामी पापका बन्धन र साङ्लाहरूदेखि उम्केका छैनौँ। जो पवित्र छैनन्, तिनीहरूले प्रभुलाई भेट्न सक्दैनन्। परमेश्‍वर पवित्र हुनुहुन्छ, त्यसैले शैतानका स्वभावहरूले भरिएका अनि उहाँको विरुद्धमा विद्रोह र विरोध गर्ने सम्भावना बोकेकाहरूलाई कसरी परमेश्‍वरले उहाँको राज्यभित्र प्रवेश गर्ने अनुमति दिन सक्नुहुन्छ र? त्यसैले, आखिरी दिनहरूको राज्यको युगको आगमनसँगै, सर्वशक्तिमान् परमेश्‍वरले प्रभु येशूको कामको जगमाथि नवीनतम र उच्चतम कामको चरणलाई सम्पन्न गर्नुहुन्छः आखिरी दिनहरूको समयमा मानिसलाई न्याय गर्ने र शुद्ध गर्ने काम। कामको यस चरणमा, परमेश्‍वरले मानिसको पापपूर्ण प्रकृति र भ्रष्ट स्वभावहरूलाई हल गर्न सत्यतालाई व्यक्त गर्नुहुन्छ, यस क्रममा मानिसलाई परमेश्‍वरद्वारा सदाको लागि एकचोटि शुद्ध गरिन र उद्धार गरिन सक्षम तुल्याउनुहुन्छ र उसलाई परमेश्‍वरको राज्यभित्र ल्याउनुहुन्छ। यसले बाइबलका अगमवाणीहरूलाई पूरा गर्दछः “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूले आउनेवाला कुराहरू देखाउनुहुनेछ(यूहन्‍ना १६:१२-१३)। “मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ(यूहन्‍ना १२:४८)। “किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ(१ पत्रुस ४:१७)। यसरी, जसले आखिरी दिनहरूको परमेश्‍वरको कामलाई स्वीकार गर्छन्, तिनीहरूले प्रभु येशूलाई विश्वासघात गरिरहेका वा स्वधर्मत्याग गरिरहेका हुँदैनन्। बरु, तिनीहरूले परमेश्‍वरको आवाजलाई सुन्छन् अनि थुमाको पाइलाहरूलाई पछ्याउँछन्; त्यस्ता मानिसहरू मात्रै बुद्धिमती कन्याहरू हुन् अति यिनीहरू मात्रै उहाँको भोजमा भाग लिन परमेश्‍वर सामु उठाइनेहरू हुन्।

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसले परमेश्‍वरमा विश्‍वास गर्ने हुँदा, उसले परमेश्‍वरका पाइलाहरूलाई चरण-चरण गरी नजिकबाट पछ्याउनैपर्छ; उसले ‘थुमालाई उहाँ जता जानुहुन्छ त्यतै पछ्याउनुपर्छ।’ साँचो मार्गको खोजी गर्ने मानिसहरू यिनीहरू मात्रै हुन्, पवित्र आत्माको कामलाई जान्‍नेहरू तिनीहरू मात्रै हुन्। अक्षरहरू र धर्मसिद्धान्तहरूलाई दासले जस्तो पछ्याउने मानिसहरू पवित्र आत्‍माको कार्यद्वारा हटाइएकाहरू हुन्। समयको हरेक अवधिमा, परमेश्‍वरले नयाँ काम सुरु गर्नुहुनेछ, र हरेक अवधिमा, मानिसको बीचमा नयाँ सुरुवात हुनेछ। यदि मानिस ‘यहोवा नै परमेश्‍वर हुनुहुन्छ’ र ‘येशू नै ख्रीष्‍ट हुनुहुन्छ’ भन्‍ने सत्यताहरू, जुन तिनीहरूको सम्‍बन्धित युगहरूमा मात्रै लागू हुने सत्यताहरू हुन्, तिनलाई मात्रै पालन गर्छ भने, मानिस पवित्र आत्‍माको कार्यमा कहिल्यै पनि लागिरहन सक्दैन, र पवित्र आत्‍माको कार्यलाई प्राप्त गर्न ऊ सँधैको लागि असमर्थ हुनेछ। परमेश्‍वरले जसरी काम गर्नुभए तापनि, मानिसले अलिकति पनि शङ्का नगरिकन पछ्याउँछ, र उसले नजिकबाट पछ्याउँछ। यसरी, मानिसलाई कसरी पवित्र आत्‍माले हटाउन सक्‍नुहुन्छ? परमेश्‍वरले जे गर्नुभए तापनि, जबसम्‍म मानिस यो पवित्र आत्माको काम हो भन्‍ने कुरामा निश्‍चित हुन्छ, र आशङ्का नगरिकन पवित्र आत्‍माको काममा सहकार्य गर्छ, र परमेश्‍वरका मागहरूलाई पूरा गर्ने प्रयास गर्छ भने, ऊ कसरी दण्डित हुन सक्छ? परमेश्‍वरको काम कहिल्यै रोकिएको छैन, उहाँका पाइलाहरू कहिल्यै अडिएका छैनन्, र उहाँको व्यवस्थापन कार्य पूरा हुनुभन्दा पहिले, उहाँ जहिल्यै व्यस्त रहनुभएको छ, र उहाँ कहिल्यै रोकिनुहुन्‍न। तर मानिस फरक छ: पवित्र आत्माको कामलाई थोरै मात्रामा प्राप्त गर्ने बाहेक केही पनि गर्न नसकेपछि, उसले यसलाई यसरी व्यवहार गर्छ मानौं यो कहिल्यै परिवर्तन हुनेछैन; थोरै ज्ञान प्राप्त गरिसकेपछि, ऊ अघि बढेर परमेश्‍वरको नयाँ कामका पाइलाहरूलाई पछ्याउँदैन; परमेश्‍वरको थोरै कामलाई बाहेक केही पनि नदेखेपछि, उसले तुरुन्तै परमेश्‍वरलाई काठको आकृतिको रूपमा निर्धारित गर्छ, र उसले आफ्‍नो अगाडि देखेको यही रूपमा नै परमेश्‍वर सँधै रहिरहनुहुनेछ, अर्थात् विगतमा यो यस्तै थियो र भविष्यमा पनि यस्तै नै रहनेछ भन्‍ने विश्‍वास गर्छ; सतही ज्ञान बाहेक केही पनि प्राप्त नगरेपछि, मानिस यति घमण्‍डी हुन्छ कि उसले आफैलाई बिर्सन्छ र अस्तित्वमा नै नभएको ईश्‍वरको स्वभाव र अस्तित्वलाई घोषणा गर्न थाल्छ; अनि पवित्र आत्माको कामको एउटा चरणको बारेमा निश्‍चित भएपछि, परमेश्‍वरको नयाँ कामलाई घोषणा गर्ने व्यक्ति जस्तोसुकै प्रकारको भए तापनि, मानिसले यसलाई स्वीकार गर्दैन। पवित्र आत्माको नयाँ कामलाई स्वीकार गर्न नसक्‍ने मानिसहरू यिनीहरू नै हुन्; तिनीहरू अत्यन्तै रूढिवादी छन्, र नयाँ कुराहरूलाई स्वीकार गर्न असमर्थ छन्। त्यस्ता मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्ने तर उहाँलाई इन्कार पनि गर्नेहरू हुन्। ‘यहोवामा मात्रै विश्‍वास गरेर येशूमा विश्‍वास नगरेकोमा’ इस्राएलीहरू गलत थिए भन्‍ने विश्‍वास मानिसले गर्छ, तैपनि अधिकांश मानिसहरूले ‘यहोवामा मात्रै विश्‍वास गर्ने र येशूलाई इन्कार गर्ने’ साथै ‘मसीहको आगमनको लागि उत्कट इच्‍छा गर्ने, तर येशू भनिने मसीहलाई इन्कार गर्ने’ भूमिकालाई निर्वाह गर्छन्। त्यसैले, पवित्र आत्माको कार्यको एउटा चरणलाई स्वीकार गरिसकेपछि पनि मानिसहरू अझै शैतानको अधिकार-क्षेत्रमा जिउँछन्, र अझै परमेश्‍वरका आशिषहरूलाई प्राप्त गर्दैनन् भन्‍ने कुरामा कुनै आश्‍चर्य मान्‍नु पर्दैन। के यो मानिसको विद्रोहीपनको परिणाम होइन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास)

सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूले हामीलाई के देखाउँछ भने परमेश्‍वर सदा नयाँ हुनुहुन्छ अनि कहिल्यै पुरानो हुनुहुन्न अनि मानवजातिलाई मुक्ति दिने उहाँको काम अगाडि बढ्न कहिल्यै रोकिँदैन। यदि यस नयाँ युगमा हामी अझै परमेश्‍वरको विगतको काममा टाँसिबस्छौँ अनि परमेश्‍वरको नयाँ कामलाई स्वीकार गर्न इन्कार गर्छौं भने, हामी धेरै सजिलोसित त्यस्ता व्यक्तिहरू हुनेछौँ जसले परमेश्‍वरमा विश्वास गरेतापनि उहाँलाई विरोध गर्छन् अनि जो पवित्र आत्माको कामद्वारा हटान्छन्। शताब्दीयौँ अघि, पुरानो नियमको युगमा फरिसीहरू परमेश्‍वरको काममा टाँसिबसेको कारणले, तिनीहरूले प्रभु येशूको कामलाई विरोध र भत्सर्ना गरेको कारणले अनि उहाँलाई क्रुसमा टाँगेको कारणले—जुन जघन्य पाप हो—तिनीहरूले परमेश्‍वरका श्रापहरू र दण्ड भोगे। त्यसैले, आखिरी दिनहरूमा हामी अहिले कसरी परमेश्‍वरको न्यायको कामको निकट आउन सक्छौँ? हामी सबैले यसलाई होशियारीपूर्वक विचार गर्नुपर्छ!

अघिल्लो: ५. पुरानो र नयाँ करारको दुवै युगमा, परमेश्‍वरले इस्राएलमा काम गर्नुभयो। प्रभु येशूले उहाँ आखिरी दिनहरूमा फर्कनुहुनेछ भनी अगमवाणी गर्नुभयो, त्यसैले जब उहाँ फेरि आउनुहुन्छ, उहाँ इस्राएलमा आउनुपर्छ। तैपनि तपाईं प्रभु येशू पहिले नै फर्केर आइसक्नुभएको छ, उहाँ शरीरमा प्रकट हुनुभएको छ र चीनमा आफ्नो काम गर्दैहुनुहुन्छ भनी गवाही दिनुहुन्छ। चीन एक नास्तिक राजनीतिक दलले शासन गरेको देश हो। कुनै पनि देशमा यहाँ जतिको परमेश्‍वरको ठूलो विरोध र इसाईहरूको सतावट छैन। प्रभुको पुनरागमन चीनमा कसरी हुन सक्छ?

अर्को: ७. बाइबलमा यो लेखिएको छ, “किनभने प्रभु आफै चिच्याहटको साथ, प्रधान स्‍वर्गदूतको आवाजको साथ र परमेश्‍वरको तुरहीको गुञ्जनको साथ स्वर्गबाट ओर्लनुहुनेछ: र ख्रीष्‍टमा मरेकाहरू नै सुरुमा ब्युँती उठ्नेछन्” (१ थेसलोनिकी ४:१६)। तपाईं प्रभु येशू फर्केर आउनुभएको छ भनी गवाही दिनुहुन्छ, तर हामीले त्यो कराएको आवाज वा प्रधान स्वर्गदूतको सोर, वा परमेश्‍वरको तुरही आवाज सुनेका छैनौं, न त हामीले मरेका सन्तहरू फेरि जिइउठेका नै देखेका छौं। त्यसो भए प्रभु फर्केर आउनुभएको छ भन्‍ने कुरालाई कसरी प्रमाणित गर्न सकिन्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्