८. हामी विश्‍वास गर्छौं, तेल तयारी पार्ने ती बुद्धिमानी कन्याहरूले प्रार्थना गर्न, धर्मशास्त्र पढ्न नचुक्ने, सेवामा जाने, प्रभुका लागि लगनशीलतासाथ काम गर्ने र जागा रहेर प्रभुको पुनरागमनको बाटो हेर्ने व्यक्तिहरूलाई बुझाउँछ। बुद्धिमत्ती कन्या हुनुको अर्थ यही हो, र जब प्रभु फेरि आउनुहुन्छ, हामी दुलहालाई स्वागत गर्नेछौं र थुमाको भोजमा भाग लिनेछौं।

सन्दर्भका लागि बाइबल पदहरू:

“अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ। त्यसपछि ती सबै कन्या बिउँझे, र आफ्‍ना बत्तीहरू तयार पारे। र निर्बुद्धिहरूले बुद्धिमतीहरूलाई भने, हामीलाई तिम्रो तेल देऊ; किनभने हाम्रा बत्तीहरू निभेका छन्। तर बुद्धिमतीहरूले यसो भन्दै उत्तर दिए, हुँदैन; हाम्रो लागि र तिमीहरूको लागि पर्याप्त छैन: बरु तिमीहरू तेल बेच्‍नेहरूकहाँ जाओ र आफ्‍नो लागि किन। अनि तिनीहरू किन्‍न जाँदा, दुलहा आए; अनि तयार भएकाहरू तिनीसँगै भित्र विवाहमा गए: अनि ढोका बन्द गरियो” (मत्ती २५:६-१०)

“हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ” (प्रकाश ३:२०)

“आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्” (प्रकाश २:७)

“मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्” (यूहन्‍ना १०:२७)

“यिनीहरू थुमा जता-जता जानुहुन्छ उहाँलाई त्यता-त्यतै पछ्याउनेहरू हुन्” (प्रकाश १४:४)

परमेश्‍वरका प्रासंगिक वचनहरू:

मानिसले परमेश्‍वरमा विश्‍वास गर्ने हुँदा, उसले परमेश्‍वरका पाइलाहरूलाई चरण-चरण गरी नजिकबाट पछ्याउनैपर्छ; उसले “थुमालाई उहाँ जता जानुहुन्छ त्यतै पछ्याउनुपर्छ।” साँचो मार्गको खोजी गर्ने मानिसहरू यिनीहरू मात्रै हुन्, पवित्र आत्माको कामलाई जान्‍नेहरू तिनीहरू मात्रै हुन्। अक्षरहरू र धर्मसिद्धान्तहरूलाई दासले जस्तो पछ्याउने मानिसहरू पवित्र आत्‍माको कार्यद्वारा हटाइएकाहरू हुन्। समयको हरेक अवधिमा, परमेश्‍वरले नयाँ काम सुरु गर्नुहुनेछ, र हरेक अवधिमा, मानिसको बीचमा नयाँ सुरुवात हुनेछ। यदि मानिस “यहोवा नै परमेश्‍वर हुनुहुन्छ” र “येशू नै ख्रीष्‍ट हुनुहुन्छ” भन्‍ने सत्यताहरू, जुन तिनीहरूको सम्‍बन्धित युगहरूमा मात्रै लागू हुने सत्यताहरू हुन्, तिनलाई मात्रै पालन गर्छ भने, मानिस पवित्र आत्‍माको कार्यमा कहिल्यै पनि लागिरहन सक्दैन, र पवित्र आत्‍माको कार्यलाई प्राप्त गर्न ऊ सँधैको लागि असमर्थ हुनेछ। परमेश्‍वरले जसरी काम गर्नुभए तापनि, मानिसले अलिकति पनि शङ्का नगरिकन पछ्याउँछ, र उसले नजिकबाट पछ्याउँछ। यसरी, मानिसलाई कसरी पवित्र आत्‍माले हटाउन सक्‍नुहुन्छ? परमेश्‍वरले जे गर्नुभए तापनि, जबसम्‍म मानिस यो पवित्र आत्माको काम हो भन्‍ने कुरामा निश्‍चित हुन्छ, र आशङ्का नगरिकन पवित्र आत्‍माको काममा सहकार्य गर्छ, र परमेश्‍वरका मागहरूलाई पूरा गर्ने प्रयास गर्छ भने, ऊ कसरी दण्डित हुन सक्छ? परमेश्‍वरको काम कहिल्यै रोकिएको छैन, उहाँका पाइलाहरू कहिल्यै अडिएका छैनन्, र उहाँको व्यवस्थापन कार्य पूरा हुनुभन्दा पहिले, उहाँ जहिल्यै व्यस्त रहनुभएको छ, र उहाँ कहिल्यै रोकिनुहुन्‍न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

हामीहरू परमेश्‍वरका पाइलाहरूलाई खोजिरहेका भएकाले, यसले हामीलाई परमेश्‍वरको इच्छा, परमेश्‍वरको वचन, उहाँको वाणी खोज्न बाध्य बनाउँछ—किनकि जहाँ परमेश्‍वरद्वारा बोलिएका नयाँ वचनहरू हुन्छन्, त्यहाँ परमेश्‍वरको आवाज हुन्छ, र जहाँ परमेश्‍वरका पाइलाहरू हुन्छन्, त्यहाँ परमेश्‍वरका कामहरू हुन्छन्। जहाँ-जहाँ परमेश्‍वरको अभिव्यक्ति हुन्छ, त्यहाँ-त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, र परमेश्‍वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ-त्यहाँ सत्यता, मार्ग, र जीवन अस्तित्वमा हुन्छ। परमेश्‍वरका पाइलाहरू खोज्दा, तिमीहरूले “परमेश्‍वर सत्यता, मार्ग र जीवन हुनुहुन्छ” भन्ने वचनहरू लाई बेवास्ता गरेका छौ। अनि त्यसकारण, धेरै मानिसहरूले सत्य ग्रहण गर्दा पनि, तिनीहरूले परमेश्‍वरका पाइलाहरू भेट्टाएका छन् भनी विश्‍वास गर्दैनन्, र तिनीहरूले परमेश्‍वर देखा पर्नुभएको कुरालाई स्वीकार गर्नु त परै जाओस्। कस्तो गम्भीर भुल! परमेश्‍वर देखा पर्नुहुने कुरा मानिसको धारणाहरूसँग मेल खान सक्दैन, परमेश्‍वर मानिसको आग्रहमा देखा पर्नुहुन्छ भन्ने कुरा त परै जाओस्। परमेश्‍वरले आफ्‍नो काम गर्नुहुँदा उहाँका आफ्नै छनोटहरू र उहाँका आफ्नै योजनाहरू बनाउनुहुन्छ; यसअलावा, उहाँसँग उहाँका आफ्नै उद्देश्यहरू र उहाँका आफ्नै विधिहरू छन्। उहाँ जुनसुकै काम गर्नुहुँदा, उहाँले यसको बारेमा कुनै मानिससँग छलफल गर्नु वा उसको सल्लाह माग्नु आवश्यक छैन, प्रत्येक र हरेक व्यक्तिलाई उहाँको कामको बारेमा सूचित गर्ने कुरा त परै जाओस्। यो परमेश्‍वरको स्वभाव हो, जसलाई अझ भन्ने हो भने सबैले पहिचान गर्नुपर्छ। यदि तिमीहरू परमेश्‍वर देखा पर्नुहुने घटनालाई देख्‍न, परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन चाहन्छौ भने, सर्वप्रथम तिमीहरू आफ्नो धारणाहरूबाट टाढा जानुपर्छ। तिमीहरूले परमेश्‍वरलाई यो वा त्यो गर्नू भनी माग गर्नुहुँदैन, उहाँलाई तिमीहरूले आफ्नै सीमित स्थानमा राख्‍न र तिमीहरूका आफ्नै धारणाहरूमा उहाँलाई सीमित गर्न हुने कुरा त परै जाओस्। त्यसको सट्टा, तिमीहरूले परमेश्‍वरका पाइलाहरूलाई कसरी खोज्नुपर्छ, कसरी परमेश्‍वर देखा पर्नुहुने कुरालाई स्वीकार्नुपर्छ, र कसरी परमेश्‍वरको नयाँ काममा समर्पण गर्नुपर्छ आफूले आफैलाई सोध्नुपर्छ: मानिसले गर्नुपर्ने यही हो। मानिस सत्यता होइन, र ऊसँग सत्यता छैन, त्यसैले उसले खोजी गर्नुपर्छ, स्वीकार गर्नुपर्छ, र आज्ञा पालन गर्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ

सन्दर्भका लागि प्रवचन र सङ्गतिका अंशहरू:

बुद्धिमती कन्याहरूले प्रभुको स्वागत गरेको कुराले मुख्य रूपमा प्रभुको आवाज पहिचान गर्नु नै उनीहरूको बुद्धि थियो भन्‍ने देखाउँछ, जुन बुद्धि निर्वुद्धि कन्याहरूमा थिएन। प्रभुको आवाज पहिचान गर्न सक्‍नु के सामान्य कुरा हो र? यदि मानिसहरू आफूभित्रकै धारणा र कल्पनाहरूले फुले भने, प्रभुको आवाज सुन्‍ने समयमा उनीहरू साङ्लाले बाँधिएको र बन्धनमा परेको अवस्थामा हुनेछन्, अनि उनीहरूले प्रभुको आवाजलाई नै शङ्का गर्ने सम्भावना हुनेछ। बुद्धिमती कन्याहरूले प्रभुको आवाज सुनेपछि आफ्ना धारणा र कल्पनाहरूलाई पन्छाउँछन्; यो प्रभुको बोली हो भन्‍नेमा तिनीहरूमा कुनै शंका हुँदैन, र यसरी उनीहरूले प्रभुको स्वागत गर्छन्। अनि, जसले प्रभुको आवाज पहिचान गर्न सक्छ त्यसले आत्मिक कुराहरू बुझ्न सक्छ: उनीहरूका लागि यो आवाजको श्रोत के हो भन्‍ने स्पष्ट हुन्छ र उनीहरूले परमेश्‍वरको आत्माले कुरा गरेको हो भनी ठम्याउन सक्छन्। त्यो नै पर्याप्त छ र उनीहरूका धारणा र कल्पनाहरू अब कुनै ठुलो समस्या रहँदैन। निर्बुद्धि कन्याहरूले यतिखेर आफ्ना धारणा र कल्पनाहरूलाई आफ्नो निर्णय गर्ने आधारको रूपमा लिन्छन् र यस कुरालाई नै सत्यता मान्छन्। उनीहरूले प्रभुको आवाज सुने पनि त्यसलाई इन्कार र अस्वीकार गर्छन् र यसरी उनीहरूले प्रभुलाई स्वागत गर्ने अवसर गुमाउन पुग्छन्। निर्बुद्धि कन्याहरू यहीनेर चुक्छन्। अब, बुद्धिमती कन्याहरूले तेल तयार पारेको कुराले केलाई जनाउँछ त? यसले मुख्य गरेर कुनै पनि धारणा या कल्पनाहरूको दायरामा सीमित नभईकन प्रभुको आवाजलाई ध्यान दिएर सुन्‍ने र यो प्रभुको आवाज हो भनी सुनिश्‍चित गर्दै कुनै शंकाविना नै प्रभुलाई स्वागत र स्वीकार गर्ने कुरालाई जनाउँछ—यो एकदमै महत्त्वपूर्ण छ। प्रभुलाई स्वागत गर्ने कार्यमा धेरै मानिसहरू धार्मिक धारणाहरूको दायरामा सीमिति भएका छन्। मानौं, उनीहरूले पहिलेदेखि नै प्रभुको पुनरागमनको बारेमा एउटा नमुना स्थापित र सुनिश्‍चित गरिसकेका छन्, र यसैले उनीहरू आफ्ना धारणार कल्पनाहरूसँग नमिल्ने कुनै पनि कुरामा ध्यान दिँदैनन्। कस्ता मूर्ख मान्छेहरू! धेरै जनाले सत्य बाटोको खोज गरेका छन्, उनीहरूले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढेर ती सत्य हुन् भनी स्वीकार गरेका छन्, तर तिनीहरूले यस व्यक्तिलाई देहधारणका रूपमा भने स्वीकार गर्दैनन्। ती व्यक्तिहरूले ठ्याक्‍कै फरिसीहरूले प्रभु येशूलाई गरेको जस्तो व्यवहार गर्छन्—सबैभन्दा मूर्ख मानिसहरू यिनीहरू नै हुन्। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूलाई पढेर ती वचनहरू सत्य हुन् भनी स्वीकार गर्ने, यो नै परमेश्‍वरको देखा पराइ र काम हो भनी निश्‍चित हुने, र सर्वशक्तिमान् परमेश्‍वर नै मुक्तिदाता हुनुहुन्छ भनी स्वीकार गर्नेहरू नै सबैभन्दा बुद्धिमानहरू हुन्। उनीहरूलाई के कुराले बुद्धिमान बनाउँछ त? पहिलो, उनीहरू परमेश्‍वरका वचनहरू सत्यता र प्रभुको आवाज हुन् भनी ठम्याउन सक्षम हुन्छन्। दोस्रो, उनीहरूले परमेश्‍वरका वचनहरू सत्य र परमेश्‍वरको आवाज हुन् भनेर ठम्याइसकेपछि, परमेश्‍वरको निन्दा र विरोध गर्ने शैतानको अफवाह र दियाबलसरूपी शब्दहरू पहिचान गर्न र शैतानबाट आउने सबै शब्दहरूलाई समग्र रूपमा अस्वीकार गर्न, अनि केवल परमेश्‍वर सत्य हुनुहुन्छ भनेर भरोसा गर्न सक्छन्। बुद्धिमती कन्याका बारेमा बुद्धिमानी कुराहरू यिनै हुन्। उनीहरूले प्रभुलाई स्वागत गरेपछि, शैतानका कुनै पनि झुट र बनावटी कुराहरूले उनीहरूलाई छल गर्न सक्दैन; उनीहरू केवल परमेश्‍वरलाई भरोसा गर्छन् र राजीखुसीले अन्य कुराहरूलाई पन्छाएर परमेश्‍वरलाई पछ्याउँछन्, र यसप्रकार उनीहरूले प्रभु येशूका सम्पूर्ण वचनहरूलाई पूरा गर्छन्: बुद्धिमती कन्याहरूले प्रभुलाई स्वागत गरेका छन्, अर्थात् उनीहरूलाई परमेश्‍वरको सिंहासनको सामुन्‍ने उठाइएको छ।

— माथिबाट दिइएको सङ्गतिबाट उद्धृत गरिएको

अघिल्लो: ७. बाइबलमा यो लेखिएको छ, “किनभने प्रभु आफै चिच्याहटको साथ, प्रधान स्‍वर्गदूतको आवाजको साथ र परमेश्‍वरको तुरहीको गुञ्जनको साथ स्वर्गबाट ओर्लनुहुनेछ: र ख्रीष्‍टमा मरेकाहरू नै सुरुमा ब्युँती उठ्नेछन्” (१ थेसलोनिकी ४:१६)। तपाईं प्रभु येशू फर्केर आउनुभएको छ भनी गवाही दिनुहुन्छ, तर हामीले त्यो कराएको आवाज वा प्रधान स्वर्गदूतको सोर, वा परमेश्‍वरको तुरही आवाज सुनेका छैनौं, न त हामीले मरेका सन्तहरू फेरि जिइउठेका नै देखेका छौं। त्यसो भए प्रभु फर्केर आउनुभएको छ भन्‍ने कुरालाई कसरी प्रमाणित गर्न सकिन्छ?

अर्को: १. तपाईंले प्रभु येशू फर्केर आउनुभएको छ, र उहाँ आफ्नो काम गर्न मानिस बन्नुभएको छ भनेर गवाही दिनुहुन्छ। यो कसरी सम्भव छ? बाइबल भन्छ, “ए गालीलका मानिसहरू हो, तिमीहरू किन स्वर्गतिर हेर्दै उभिरहन्छौ? तिमीहरूबाट स्वर्गमा उठाइएका यही येशू, जसरी उहाँ स्वर्ग जानुभएको तिमीहरूले देख्यौ त्यसरी नै आउनुहुनेछ” (प्रेरित १:११)। प्रभु येशूले क्रूसीकरणको काम समाप्त गरिसक्नुभएपछि, उहाँ मरेकोबाट जीवित भई उठ्नुभयो र उहाँका चेलाहरूकहाँ देखा पर्नुभयो। उहाँ एक महिमित आत्मिक शरीर बन्नुभयो र स्वर्गमा उक्लनुभयो। जब प्रभु फेरि आउनुहुन्छ, उहाँ मरेकोबाट फेरि जीवित भई उठेको एक आत्मिक शरीरको रूपमा हामीकहाँ देखा पर्नुपर्छ। तपाईं किन आखिरी दिनहरूमा परमेश्‍वर मानिस बन्नुपर्छ र मानिसको पुत्रको रूपमा देखा परेर काम गर्नुपर्छ भनी भन्नुहुन्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्