अध्याय ५१

अहो! सर्वशक्तिमान् परमेश्‍वर! आमेन! तपाईंमा, सबै कुरा मुक्त हुन्छ, सबै कुरा स्वतन्त्र हुन्छ, सबै कुरा खुला हुन्छ, सबै कुरा प्रकट हुन्छ अनि सबै कुरा प्रकाशमान हुन्छ, अलिकति पनि लुकेको वा गुप्त हुँदैन। तपाईं देहधारी सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्छ। तपाईंले राजाको रूपमा राज्य गर्नुभएको छ। तपाईं खुल्लमखुल्ला प्रकट हुनुभएको छ—तपाईं उपरान्त रहस्य हुनुहुन्न तर तपाईं पूर्ण रूपले सदासर्वदाको निम्ति प्रकट हुनुभएको छ! म साँचो रीतिले पूर्ण रूपले प्रकट गरिएको छु, म सार्वजनिक रूपमा आइपुगेको छु, अनि म धार्मिकताको सूर्यको रूपमा देखा परेको छु, किनकि आजदेखि उपरान्त बिहानको तारा देखा पर्ने युग होइन, न त यो अझै गोप्यताको चरण हो। मेरो काम चम्किलो बिजुली जस्तै हो; यो गर्जनको आकस्मिक ध्वनि जस्तै तत्कालै पूरा हुन्छ। मेरो काम यस वर्तमान अवस्थासम्‍म अगि बढेको छ, अनि ज-जसले समय नष्ट गर्छन् वा जो-जो सुस्त छन्, तिनीहरूले निर्दयी न्यायको मात्र सामना गर्नेछन्। निश्‍चित रूपमा, म प्रताप र न्याय हुँ, अनि तिमीहरूले कल्पना गरेजस्तै म उपरान्त करुणा र प्रेम होइन भन्‍ने बारेमा तिमीहरूसँग स्पष्ट बुझाइ हुनुपर्छ। यदि तँ अझै यस बुँदामा स्पष्ट छैनस् भने, तैँले पाउने भनेको न्याय हुनेछ, किनकि तैँले स्वीकार नगरेको कुरा तँ आफैले चाख्नेछस्; नत्र भने तँसित निरन्तर शङ्काहरू हुनेछन् अनि तैँले आफ्नो विश्‍वासमा दृढ हुन साहस गर्न सक्नेछैनस्।

मैले तिमीहरूलाई सुम्पेको कुराको सम्बन्धमा चाहिँ, के तिमीहरूले त्यसलाई भक्तिसहित पूरा गर्न सक्छौ? म भन्छु, कुनै पनि कामको लागि बुद्धि चाहिन्छ, तापनि केही कुरा गर्दा तिमीहरूले कति पल्ट मेरा अर्तीहरूलाई दोहोर्याएर छानबिन र थप विचार गरेका छौ? यदि तिमीहरूसित मेरो मेरा अर्तीका वचनहरूमध्ये एउटाको बारेमा केही बुझाइ भएको भए पनि, र त्यसलाई सुन्दा तिमीहरूले ठीकै सोचे तापनि, तिमीहरूले पछि त्यसलाई बेवास्ता गर्छौ। जब तिमीहरू त्यसलाई सुन्छौ, तब तिमीहरूले त्यसलाई आफ्नो वास्तविक अवस्थामा लक्षित गर्छौ र आफैलाई घृणा गर्छौ—तर पछि तिमीहरूले त्यसलाई मामुली विषय ठान्छौ। आजको प्रश्न भनेको तेरो जीवनले प्रगति गर्छ कि गर्दैन भन्ने हो; यो तँ बाहिरी रूपले कतिको आभूषित छस् भन्ने प्रश्न होइन। तिमीहरूमध्ये कसैको कुनै संकल्प छैन, अनि तिमीहरू दृढ हुन अनिच्छुक छौ। तिमीहरू मूल्य चुकाउन चाहँदैनौ, अनि तिमीहरू क्षणिक सांसारिक सुखविलाशलाई छोडिदिन चाहँदैनौ, तापनि तिमीहरू स्वर्गबाट आउने आशिषहरू गुमाउन डर मान्छौ। तँ कस्तो प्रकारको व्यक्ति होस्? तँ मूर्ख होस्! तिमीहरूले खिन्न अनुभव गर्नु हुँदैन; के मैले भनेको कुरा तथ्यपूर्ण छैन र? के यसले तिमीहरूले पहिले नै सोचिसकेको विचारलाई औँल्याएको छैन र? तिमीहरूसित मानवता छैन! तिमीहरूसित एउटा सामान्य व्यक्तिको गुण पनि छैन। यसको साथै, यो यस्तो नै हुने भए तापनि, तिमीहरूले अझै पनि आफैलाई दरिद्रको रूपमा देख्दैनौ। तिमीहरू सारा दिन फुर्सदिलो र निष्‍फिक्री छौ अनि पूर्ण रूपले आत्मसन्तुष्ट छौ! तिमीहरूका कमी-कमजोरीहरू कति धेरै छन् वा तिमीहरूमा के कमी छन् भनी तिमीहरू जान्दैनौ। कति मूर्ख!

मेरो काम त्यस्तो बिन्दुमा आइसकेको छ भन्‍ने के तिमीहरू जान्दैनौ? मेरो सबै इच्छा तिमीहरूमा छ। कहिले तिमीहरूले यसलाई बुझ्न सक्नेछौ र यसलाई केही विचार गर्न सक्नेछौ? तिमीहरू अल्छी छौ! तिमीहरू मूल्य चुकाउन अनिच्छुक छौ, कठिन परिश्रम गर्न अनिच्छुक छौ, समय लिन अनिच्छुक छौ, र प्रयास लगाउन अनिच्छुक छौ। मलाई तँलाई केही भन्छु! तँ कष्ट भोग्न जति बढी डराउँछस्, तेरो जीवनले त्यति नै थोरै फाइदाहरू कटनी गर्नेछन्, यसको साथै, तेरो जीवन वृद्धि हुँदै जाँदा तैँले त्यति नै बढी अर्चनहरूको सामना गर्नेछस् अनि तेरो जीवनले प्रगति गर्ने सम्‍भावना निकै कम हुनेछन्। म तँलाई फेरि एक पल्ट स्मरण गराउँछु (म यो कुरा फेरि भन्नेछैन)! आफ्नो जीवनको निम्ति जिम्मेवारी नलिने जोसुकैप्रति पनि म उदासीन हुनेछु र उसलाई त्यागिदिनेछु। मैले यसलाई कार्यान्वयन गर्न सुरु गरिसकेको छु; के तैँले यसलाई स्पष्ट रूपमा देखेको छैनस्? यो व्यावसायिक कारोबार होइन, न त यो व्यापार नै हो; यो त जीवन हो। के यो कुरा स्पष्ट भयो?

अघिल्लो: अध्याय ५०

अर्को: अध्याय ५२

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्