चीनका चुनिएका मानिसहरूले इस्राएलको कुनै पनि कुलको प्रतिनिधित्व गर्न सक्दैनन्

मूल रूपमा यहोवाबाट प्रतिज्ञाहरू र उत्तराधिकार प्राप्त गर्ने परिवार दाऊदको घराना नै थियो। यो सुरुमा इस्राएलका कुलहरूमध्ये एउटा थियो अनि चुनिएका मानिसहरूमध्येको थियो। त्यस समयमा, यहोवाले इस्राएलीहरूका निम्ति एउटा उर्दी जारी गर्नुभयो जसमा दाऊदको घरानाका मानिसहरूले—त्यस घरानाभित्र जन्मेका सबैले—उहाँको उत्तराधिकार प्राप्त गर्नेछन् भनी घोषणा गरिएको थियो। तिनीहरू त्यस्ता मानिसहरू हुनेथिए जसले सयगुणा प्राप्त गर्नेथिए, जसले ज्येष्ठ पुत्रहरूको अधिकार प्राप्त गर्नेथिए; तिनीहरू त्यस समयमा, इस्राएलीहरूका सबै परिवारहरूमध्ये सबैभन्दा उच्च पद प्राप्त गरेका र सारा इस्राएलीहरूमध्ये सबैभन्दा उचालिएका मानिस हुनेथिए, अनि तिनीहरूले पूजाहारीका लबेदा र मुकुटहरू पहिरेर सीधै मन्दिरमा यहोवाको सेवा गर्नेथिए। तब, यहोवाले तिनीहरूलाई विश्‍वासयोग्य र सन्त सेवक भन्नुभयो, अनि तिनीहरूले इस्राएलका अरू सबै कुलको सम्मान प्राप्त गरे। यसरी त्यस समयमा, तिनीहरू सबैलाई प्रभु भनी सम्मानपूर्वक उल्लेख गरिन्थ्यो—यी सबै यहोवाले व्यवस्थाको युगमा गर्नुभएका काम थिए। आज, तिनीहरूले यहोवालाई मन्दिरमा अझै पनि त्यस्तो सेवा प्रदान गर्छन्, त्यसैले तिनीहरू सदासर्वदा राजा हुन् जसलाई यहोवाले सिंहासनमा बसाल्‍नुभयो। कसैले तिनीहरूको मुकुट खोस्‍न सक्दैन, अनि कसैले तिनीहरूको सेवालाई बदल्न सक्दैन, किनभने तिनीहरू दाऊदको घरानाका हुन्; यहोवाले तिनीहरूलाई दिनुभएको कुरा यही नै थियो। तिमीहरू दाऊदको घरानाका नहुनुको कारण के हो भने, तिमीहरू इस्राएलका मानिस होइनौ, बरु इस्राएलबाहिरका अन्यजाति परिवारका हौ। यसबाहेक, तिमीहरूको प्रकृति नै यहोवालाई आराधना गर्ने नभई उहाँलाई विरोध गर्ने हो, त्यसैले तिमीहरूको पहिचान प्रकृतिले नै दाऊदको घरानाका मानिसहरूभन्दा भिन्न छ, अनि तिमीहरू त्यस्ता मानिस होइनौ जसले मेरो उत्तराधिकार पाउनेछन्, न त तिमीहरू त्यस्ता मानिसहरू हौ जसले सयगुणा नै पाउनेछन्।

त्यस समयमा, इस्राएललाई भिन्न-भिन्न घराना र भिन्न-भिन्न कुलमा विभाजित गरिएको थियो, तापनि तिनीहरू सबै चुनिएका मानिस थिए। तथापि, इस्राएल अरू जातिमध्ये यस अर्थमा भिन्दै छन् कि यसका मानिसहरू कुलद्वारा वर्गीकृत गरिएका छन्, साथै यहोवाको सामु तिनीहरूका पदहरू तथा हरेक व्यक्ति बस्‍ने भूमि सबै वर्गीकृत गरिएका छन्। इस्राएलबाहेक अरू देशमा कसैले पनि दाऊद, याकूब तथा मोशाका घरानाहरूमा त्यत्तिकै सदस्यता दाबी गर्न सक्दैनन्। यो तथ्यको विपरीत हुन्थ्यो—इस्राएलका कुलहरू अरू देशका हुन् भनी लापरवाही तरिकाले दाबी गर्न सकिँदैन। मानिसहरूले प्रायजसो दाऊद, अब्राहाम, एसाव आदिका नाउँहरूलाई दुरुपयोग गर्छन्, वा तिनीहरू भन्छन्: “हामीले परमेश्‍वरलाई स्वीकार गरेका छौँ, त्यसैकारण हामी याकूबका घरानाका हौँ।” त्यस्ता कुरा भन्नु अरू केही नभई आधारहीन मानव तर्क मात्रै हो; यो प्रत्यक्ष रूपमा यहोवाबाट आउँदैन, न त यो मेरा विचारहरूबाट नै आउँछ। यो विशुद्ध रूपमा मानव बकवास हो! जसरी एउटा वक्ताले रोमाञ्चक कथा बुन्छ, त्यसरी नै मानिसहरूले आधारहीन रूपमा आफूलाई दाऊदको घराना वा याकूबको परिवारको भाग हौँ भनी सोच्छन् र आफू त्यसका योग्य छौँ भन्‍ने विश्‍वास तिनीहरूको हुन्छ। दाऊदको घराना लामो समयअघि नै यहोवाद्वारा नै नियुक्त गरिएको हो अनि दाऊद आफैले राजाको मुकुट पहिरेका होइनन् भनी के मानिसहरूलाई थाहा छैन? तथापि, धेरै छन् जसले निर्लज्जतापूर्वक दाऊदको घरानाका हौँ भनी दाबी गर्छन्—मानिसहरू कति अज्ञानी छन्! सत्य कुरा के हो भने, अन्यजातिहरूसित इस्राएलका कामकाजहरूको कुनै सम्बन्ध छैन—ती दुई बेग्ला-बेग्लै कुरा हुन्, पूर्ण रूपले असम्‍बन्धित कुरा। इस्राएलका कामकाजहरूबारे इस्राएलका मानिसहरूसित मात्र बोल्न सकिन्छ, ती अन्यजातिहरूका निम्ति असम्बन्धित हुन्छन्, अनि त्यसै गरी हाल अन्यजातिहरूमाझ गरिँदै आएको कामको पनि इस्राएलका मानिसहरूसित कुनै सम्बन्ध छैन। म अहिले जे भन्छु, त्यसले अन्यजातिहरूबारे जे भनिएको छ, त्यसलाई निर्धारण गर्दछ, अनि इस्राएलमा गरिएको कामलाई अन्यजातिहरूमाझ गरिएको कामको “पूर्व लक्षण” भन्न सकिन्न। के त्यसले परमेश्‍वर अति परम्परागत हुनुहुन्छ भन्‍ने कुरा देखाउँदैन र? जब परमेश्‍वरको काम अन्यजातिहरूमाझ सुरु हुन्छ, तब मात्र तिनीहरूबारे जे भनिएको छ त्यो वा त्यसको परिणाम प्रकट हुन्छ। त्यसैले, मानिसहरूले विगतमा जस्तै, “हामी दाऊदका वंश हौँ”, वा “येशू दाऊदका पुत्र हुनुहुन्छ” भनी भन्‍नु झनै निरर्थक हुन्छ। मेरो काम वर्गीकृत छ। म “हरिणलाई घोडा” भनेर भन्दिनँ; बरु, कामलाई यसको क्रमानुसार विभाजन गरिन्छ।

अघिल्लो: जसले सिक्दैनन् र अनजान रहन्छन्: के तिनीहरू जनावरहरू होइनन् र?

अर्को: आशिष्‌को बारेमा तिमीहरूको बुझाइ कस्तो छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्