मानवजातिको भ्रष्टता उजागर गर्नु (१)

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३००

हजारौँ वर्षको भ्रष्‍टतापछि, मानिस सुन्‍न नसक्‍ने र सुस्त भएको छ; ऊ परमेश्‍वरको विरोध गर्ने भूत बनेको छ, यतिसम्म कि परमेश्‍वरप्रति मानिसको विद्रोह इतिहासका पुस्तकहरूमा उल्लेख गरिएका छन्, र मानिस स्वयम पनि आफ्नो विद्रोही आचरणको पूर्ण विवरण दिन असक्षम छ—किनकि मानिस शैतानद्वारा गहन रूपमा भ्रष्‍ट पारिएको छ, र शैतानले उसलाई गलत बाटोमा डोर्‍याएकोले गर्दा आफू कतातिर जाने भनेर उसलाई थाहै छैन। आज पनि, मानिसले अझै परमेश्‍वरलाई धोका दिन्छ: जब मानिसले परमेश्‍वरलाई देख्छ, उसले उहाँलाई धोका दिन्छ, र जब उसले परमेश्‍वरलाई देख्दैन, तब पनि उसले उहाँलाई धोका दिन्छ। परमेश्‍वरको श्रापहरू र परमेश्‍वरको क्रोध अनुभव गरेर पनि अझै उहाँलाई धोखा दिनेहरू पनि छन्। त्यसैले म भन्छु कि मानिसको चेतनाले आफ्नो मौलिक कार्यगत गुण नै गुमाएको छ, र मानिसको विवेकले पनि, आफ्नो मौलिक कार्यगत गुण गुमाएको छ। मैले देखेको मानिस मानव भेषमा पशु हो, उ विषालु सर्प हो, र उसले मेरो नजरमा जतिसुकै दयनीय देखिने प्रयत्‍न गरे तापनि, म कहिल्यै पनि उप्रति दयालु बन्‍नेछैन, किनकि मानिससँग कालो र सेतो बीच फरक छुट्याउने, सत्य र असत्य बीच फरक छुट्याउने समझ पनि छैन। मानिसको चेतना सुस्त भएको छ, तैपनि अझै ऊ आशिष्‌हरू प्राप्‍त गर्न चाहन्छ; उसको मानवता यति अज्ञानी भएको छ, तैपनि अझै ऊ राजाको सार्वभौमिकता हासिल गर्न चाहन्छ। यस किसिमको चेतनासँग ऊ कसको राजा बन्‍न सक्छ? यस किसिमको मानवतासँग ऊ कसरी सिंहासनमा बस्‍न सक्छ? मानिससँग साँच्‍चिकै लाज नै छैन! ऊ अहङ्कारी नीच हो! तिमीहरूमध्ये आशिष्‌हरू प्राप्‍त गर्न चाहने व्यक्तिहरूलाई म सुझाव दिन्छु कि सबैभन्दा पहिला एउटा ऐना लिएर आफ्नो कुरूप अनुहार हेर—के तँसँग राजा हुनको निम्ति आवश्यक कुरा छ? के तँसँग आशिष्‌हरू प्राप्‍त गर्ने व्यक्तिको जस्तो अनुहार छ? तेरो स्वभावमा अलिकति पनि परिवर्तन आएको छैन र तैँले कुनै पनि सत्यतालाई अभ्यास गरेको छैनस्, तैपनि अझ तँ सुन्दर भोली, अर्थात् भविष्यको आशा गर्छस्। तैँले आफैलाई भ्रममा पार्दैछस्! यस्तो फोहोरी भूमिमा जन्म लिएर, मानिस समाजद्वारा प्रभावित भएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसलाई “उच्‍च शिक्षा दिइने” संस्थाहरूमा सिकाइएको छ। पिछडिएको सोच, भ्रष्‍ट नैतिकता, जीवन सम्बन्धी तुच्छ दृष्टिकोण, जीवनयापनको घृणित दर्शनशास्‍त्र, पूर्णतया मूल्यहीन अस्तित्व, र भ्रष्‍ट जीवनशैली र चलनहरू—यी सबै कुराहरू मानिसको हृदयमा गहिरोसँग घुसिसकेको छ, र उसको विवेकलाई गम्भीर रूपमा कमजोर बनाएको छ र आक्रमण गरेको छ। परिणाम स्वरूप, मानिस परमेश्‍वरदेखि अझ धेरै टाढिएको छ, र अझ धेरै उहाँको विरोधी बनेको छ। मानिसको स्वभाव दिनदिनै अझ बढी क्रूर बन्दैछ, र परमेश्‍वरको निम्ति स्वेच्छाले कुनै कुरा त्याग्‍न इच्छुक व्यक्ति एक जना पनि छैन, परमेश्‍वरको आज्ञापालन गर्न इच्छुक व्यक्ति एक जना पनि छैन, न त यसबाहेक, परमेश्‍वरको स्वरूपलाई खोज्‍न इच्छुक व्यक्ति नै छ। बरु, शैतानको क्षेत्र अन्तर्गत रहेर, हिलोको भूमिमा शरीरको भ्रष्टतामा आफैलाई सुम्पँदै, सुख विलासको पछि लाग्ने बाहेक मानिसले अरू केही पनि गर्दैन। अन्धकारमा जिउनेहरूले सत्यतालाई सुनेर पनि त्यसलाई अभ्यासमा लगाउने विचारै गर्दैनन्, न त उहाँको स्वरूपलाई देखेर पनि परमेश्‍वरको खोजी गर्न तिनीहरू बाध्य हुन्छन्। कसरी यति धेरै भ्रष्‍ट मानवजातिले मुक्तिको कुनै मौका हासिल गर्नसक्छ र? यति धेरै पतित मानवजाति कसरी ज्योतिमा जिउन सक्छ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३०१

मानिसमा प्रकट हुने भ्रष्ट स्वभावको मूल कारण शैतानको छल, भ्रष्टता, र विष हो। मानिसलाई शैतानले बन्धन र नियन्त्रणमा राखेको छ, र शैतानले उसको सोचविचार, नैतिकता, अन्तर्दृष्टि र तर्कशक्तिमा चोट पुर्‍याएको असाधारण हानिबाट उसले कष्ट भोग्छ। मानिसका आधारभूत कुराहरू शैतानद्वारा भ्रष्‍ट बनाइएको कारण यस्तो भएको हो, र तिनीहरू परमेश्‍वरले तिनीहरूलाई मौलिक रूपमा सृष्‍टि गर्नुभएको जस्तो अवस्थामा पटक्कै छैनन्, त्यसैले मानिसले परमेश्‍वरको विरोध गर्छ र सत्यतालाई स्वीकार गर्न सक्दैन। यसैले, मानिसको स्वभावमा हुने परिवर्तनहरू उसको सोचविचार, अन्तर्दृष्टि, र चेतनामा आउने परिवर्तनबाट सुरु हुन्छ, जसले परमेश्‍वर सम्बन्धी उसको ज्ञान र सत्यता सम्बन्धी उसको ज्ञानलाई परिवर्तन गर्नेछ। सबैभन्दा बढी भ्रष्‍ट भूमिमा जन्मेका व्यक्तिहरू परमेश्‍वर के हुनुहुन्छ, वा परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो भन्‍ने कुरामा अनभिज्ञ हुन्छन्। मानिसहरू जति धेरै भ्रष्‍ट हुन्छन्, तिनीहरूलाई परमेश्‍वरको अस्तित्वको बारेमा त्यति नै थोरै थाहा हुन्छ, र तिनीहरूको चेतना र अन्तर्दृष्टि त्यति नै कमजोर हुन्छ। परमेश्‍वरको विरुद्धमा मानिसको प्रतिरोध र विद्रोहको स्रोत चाहिँ शैतानद्वारा भ्रष्‍ट बनाइएको उसको भ्रष्‍टता हो। शैतानको भ्रष्‍टताको कारण मानिसको विवेक अचेत भएको छ; ऊ अनैतिक छ, उसका सोच विचारहरू पतित भएका छन्, र ऊसँग पिछडिएको मानसिक दृष्टिकोण छ। शैतानद्वारा उसलाई भ्रष्‍ट बनाइनुभन्दा अगाडि, मानिसले स्वाभाविक रूपमा परमेश्‍वरको अनुसरण गर्थ्यो र उहाँको वचनहरू सुनेपछि तिनीहरूको पालन गर्थ्यो। स्वाभाविक रूपमा उसको चेतना र विवेक सामान्य मानवको जस्तै स्वस्थ थियो। शैतानद्वारा भ्रष्‍ट बनाइएपछि, मानिसको मौलिक चेतना, विवेक, र मानवता सुस्त भएको थियो र शैतानद्वारा अस्वस्थ बनाइएको थियो। यसरी, उसले परमेश्‍वरप्रति उसको आज्ञाकारीता र प्रेम गुमाएको छ। मानिसको चेतना अस्वाभाविक बनेको छ, उसको स्वभाव एक पशुको स्वभावजस्तै बनेको छ, र परमेश्‍वरप्रति उसको विद्रोह निरन्तर बढिरहेको छ र घोर बनेको छ। तैपनि मानिसलाई यो कुरा थाहा छैन न त यो कुरा पहिचान नै गर्छ, र केवल विरोध गर्छ र अन्धाधुन्ध विद्रोह गर्छ। मानिसको स्वभाव उसले व्यक्त गर्ने चेतना, अन्तर्दृष्टि र विवेकमा प्रकट हुन्छ; किनकि उसको चेतना र अन्तर्दृष्टि अस्वस्थ छ, र उसको विवेक उच्‍च रूपमा सुस्त भएको छ, त्यसैले उसको स्वभाव परमेश्‍वरको विरुद्धमा विद्रोही भएको छ। यदि मानिसको चेतना र अन्तर्दृष्टि परिवर्तन हुन सक्दैन भने, उसको स्वभाव परिवर्तन हुने प्रश्‍नै भएन, र यो परमेश्‍वरको इच्छा अनुरूप हुन सक्दैन। यदि मानिसको चेतना अस्वस्थ छ भने, उसले परमेश्‍वरको सेवा गर्न सक्दैन र ऊ परमेश्‍वरद्वारा प्रयोग हुन अयोग्य हुन्छ। “सामान्य चेतना” ले परमेश्‍वरको आज्ञापालन गर्ने र उहाँप्रति विश्‍वासयोग्य हुने, परमेश्‍वरको निम्ति तिर्खाउने, पूर्णरूपमा परमेश्‍वरको हुने, र परमेश्‍वरप्रति स्वस्थ विवेक कायम राख्‍ने कुरालाई दर्साउँछ। यसले परमेश्‍वरप्रति एक हृदय र मनको हुने, र जानाजानी परमेश्‍वरको विरोध नगर्ने कुरालाई दर्साउँछ। अस्वाभाविक चेतना पाउने कुरा यस्तो किसिमको हुँदैन। मानिस शैतानद्वारा भ्रष्‍ट बनाइएको कारण उसले परमेश्‍वरको विषयमा आफ्नो धारणा बनाएको छ, र ऊसँग परमेश्‍वरप्रति बफादारीता छैन वा उहाँप्रति तिर्खाएको छैन, परमेश्‍वरप्रति स्वस्थ विवेक हुने त कुरै नगरौं। मानिसले परमेश्‍वरको जानाजानी विरोध गर्छ, र उहाँको न्याय गर्छ, साथै उहाँको पिठ्यूँ पछाडि उहाँको कुरा काट्छ। उहाँ परमेश्‍वर हुनुहुन्छ भन्‍ने स्पष्‍ट ज्ञान हुँदाहुँदै पनि मानिसले उहाँको पिठ्यूँ पछाडि उहाँको न्याय गर्छ; मानिससँग परमेश्‍वरको आज्ञापालन गर्ने मनसाय छैन, र केवल अन्धाधुन्ध उहाँसँग माग्‍ने र अनुरोध गर्ने कार्य गर्छ। यस किसिमका मानिसहरू—अस्वाभाविक चेतना भएका मानिसहरू—तिनीहरू आफ्नै घृणित आचरण थाहा गर्न वा आफ्नो विद्रोही स्वभावप्रति पछुताउन असक्षम हुन्छन्। यदि मानिसहरू आफैलाई चिन्‍न सक्षम छन् भने, तिनीहरूले केही हदसम्म आफ्नो चेतना पुनः प्राप्‍त गरेका हुन्छन्; आफैलाई चिन्‍न नसकेका मानिसहरू जति धेरै परमेश्‍वरको विरुद्धमा विद्रोही बन्छन्, तिनीहरूको चेतना पनि त्यति नै थोरै स्वस्थ हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३०२

मानिसको भ्रष्‍ट स्वभावको प्रकाशको स्रोत मानिसको सुस्त विवेक, उसको घृणित प्रकृति, र उसको अस्वस्थ चेतनामा बाहेक अरू कही छैन; यदि मानिसको विवेक र चेतना फेरि सामान्य बन्‍न सक्यो भने, त्यसपछि ऊ परमेश्‍वरको अघि प्रयोगयोग्य एक व्यक्ति बन्‍नेछ। मानिसको विवेक सधैँ सुस्त भएको कारण, र कहिल्यै पनि स्वस्थ नबनेको मानिसको चेतना अझ बढी सुस्त हुँदै गइरहेको कारण, मानिस परमेश्‍वरप्रति अझ बढी विद्रोही बनेको छ, यहाँसम्‍म कि उसले येशूलाई क्रूसमा टाँगेको छ र उहाँको घरमा प्रवेश गराउने आखिरी दिनहरूको परमेश्‍वरको देहधारणलाई अस्वीकार गर्छ, र परमेश्‍वरको शरीरलाई दोषी ठहर्छ, र परमेश्‍वरको शरीरलाई नीच रूपले हेर्छ। यदि मानिससँग अलिकति मात्र मानवता भएको भए, उसले देहधारी परमेश्‍वरको शरीरलाई क्रूरतापूर्ण व्यवहार गर्ने थिएन; यदि उसँग अलिकति मात्र चेतना भएको भए, उसले देहधारी परमेश्‍वरको शरीरलाई क्रूरतापूर्ण व्यवहार गर्ने थिएन; यदि उसँग अलिकति मात्र विवेक भएको भए, उसले देहधारी परमेश्‍वरलाई यस किसिमले “धन्यवाद दिने” थिएन। मानिस परमेश्‍वर देह बन्‍नुभएको युगमा जिउँछ, तैपनि उसलाई यति राम्रो मौका दिनुभएको निम्ति उसले परमेश्‍वरलाई धन्यवाद दिन सक्दैन, बरु परमेश्‍वरको आगमनलाई सराप्छ, वा परमेश्‍वरको देहधारणको यथार्थलाई पूर्ण रूपमा बेवास्ता गर्छ, र त्यसको विरुद्धमा भएको देखिन्छ र त्यसबाट थकित बन्छ। मानिसले परमेश्‍वरको आगमनलाई जसरी व्यवहार गरे तापनि, समग्रमा, परमेश्‍वरले आफ्नो कार्यलाई धैर्यतासाथ अगाडि बढाउनुभएको छ—यद्यपि मानिसले उहाँलाई अलिकति पनि स्वागत गरेको छैन, र अन्धाधुन्ध उहाँसँग अनुरोध मात्र गर्छ। मानिसको स्वभाव अत्यन्तै क्रूर बनेको छ, उसको चेतना अत्यन्तै सुस्त बनेको छ, र उसको विवेकलाई दुष्टले पूर्ण रूपमा कुल्चीमिल्ची गरेको छ र धेरै समय अगाडि नै मानिसको मौलिक विवेक हराएको छ। मानवजातिलाई परमेश्‍वरले दिनुभएको यति धेरै जीवन र अनुग्रहका निम्ति देहधारी हुनुभएको परमेश्‍वरप्रति मानिस कृतज्ञ छैन, तर परमेश्‍वरले उसलाई सत्यता दिनुभएकोमा परमेश्‍वरप्रति असन्तुष्ट बनेको छ; किनकि मानिससँग सत्यताको निम्ति अलिकति पनि चाहना छैन, त्यसैले ऊ परमेश्‍वरप्रति अझ बढी असन्तुष्ट बनेको छ। मानिस देहधारी परमेश्‍वरको निम्ति आफ्नो जीवन बलिदान दिन असक्षम मात्र छैन, तर उसले उहाँबाट कृपा पनि हासिल गर्ने प्रयत्‍न गर्छ, र मानिसले परमेश्‍वरलाई दिनुभएको भन्दा दर्जनौं गुणा बढी चासो छ भन्‍ने दाबी गर्छ। यस किसिमको विवेक र चेतना भएका मानिसहरूले यसलाई ठूलो विषय मान्दैनन्, र तैपनि तिनीहरूले परमेश्‍वरका निम्ति आफैलाई धेरै मात्रामा दिएको छ, र अझै परमेश्‍वरले तिनीहरूलाई थोरै दिनुभएको छ भनी विश्‍वास गर्छन्। मलाई एक कचौरा पानी दिएर मसँग दुई कचौरा दूधको रकम माग्‍न आफ्नो हात फैलाउने, वा मलाई एक रातको निम्ति कोठा दिएर मसँग थुप्रै रातको भाडा माग्‍नेहरू पनि छन्। यस किसिमको मानवता र यस किसिमको विवेकसित कसरी तँ अझै जीवन प्राप्‍त गर्ने चाहना गर्छस्? तँ कस्तो घिनलाग्दो नीच छस्! मानिसमा हुने यस किसिमको मानवता र मानिसमा हुने यस किसिमको विवेकले देहधारी परमेश्‍वरलाई भूमिमा भौँतारिन लगाउँछ, उहाँले कुनै ठाउँमा बास पाउनुहुन्‍न। साँच्‍चिकै विवेक र मानवता भएका व्यक्तिहरूले उहाँले कति धेरै काम गर्नुभएको छ भन्‍ने आधारमा होइन, तर उहाँले कुनै पनि काम नगर्नु भएको भए तापनि, देहधारी परमेश्‍वरको आराधना गर्नुपर्छ र पूर्ण हृदयले सेवा गर्नुपर्छ। स्वस्थ चेतना भएका व्यक्तिहरूले यस्तो किसिमको कार्य गर्नुपर्छ, र यही नै मानिसको कर्तव्य हो। अधिकांश मानिसहरूले परमेश्‍वरको लागि आफूले गर्ने सेवामा आफ्नो सर्त समेत राख्छन्: तिनीहरूले उहाँ परमेश्‍वर हुनुहुन्छ कि मानिस हुनुहुन्छ भन्‍ने कुनै परवाह गर्दैनन्, तिनीहरू केवल आफ्नो सर्तहरूका बारेमा मात्र बोल्छन्, र तिनीहरूका आफ्नै चाहनाहरूलाई सन्‍तुष्‍ट पार्न खोज्छन्। जब तिमीहरूले मेरो निम्ति खाना पकाउँछौ, तिमीहरू सेवा शुल्क माग गर्छौ, जब तिमीहरू मेरो लागि दौडिन्छौ, तिमीहरू दौड शुल्क माग गर्छौ, जब तिमीहरू मेरो निम्ति काम गर्छौ, तिमीहरू मसँग कामको ज्याला माग्छौं, जब तिमीहरू मेरो लुगा धोइदिन्छौ, तिमीहरू लुगा धुने शुल्क माग्छौ, जब तिमीहरूले मण्डलीको निम्ति दिन्छौ तिमीहरू स्वास्थ्य लाभ शुल्क माग्छौ, जब तिमीहरू वक्ता बनेर बोल्छौ, तिमीहरू वक्ताको शुल्क माग्छौ, जब तिमीहरूले पुस्तकहरू वितरण गर्छौ, तिमीहरू पुस्तक वितरण शुल्क माग्छौ, जब तिमीहरू लेख्छौ, तिमीहरू लेखन शुल्क लिन्छौ। मैले गरेका कार्यबाट पनि तिमीहरू प्रतिफलको माग गर्छौ, घरमा पठाइएका व्यक्तिहरूले आफ्नो नाम खराब बनाएको भन्दै क्षतिपूर्ति माग गर्छन्; विवाह नभएकाहरूले दाइजो माग्छन्, वा आफ्नो यौवन गुमाएको क्षतिपूर्ति माग्छन्; कुखुरा काट्नेहरूले पनि कसाई शुल्क माग्छन्, खाना पकाउनेहरूले त्यसको शुल्क माग्छन्, र सुप पकाउनेहरूले पनि त्यसको शुल्क माग्छन्…। यही नै तिमीहरूको उच्‍च र शक्तिशाली मानवता हो, तिमीहरूको न्यानो विवेकले आदेश गर्ने कार्यहरू यिनै हुन्। तिमीहरूको चेतना कहाँ छ? तिमीहरूको मानवता कहाँ छ? तिमीहरूलाई म यो कुरा बताउँछु! यदि तँ यसरी नै अगाडि बढ्छस् भने म तिमीहरूको बीचमा काम गर्न छोड्नेछु। म मानव भेषमा रहेका पशुहरूको समूहमा काम गर्नेछैन, यस किसिमका मानिसहरूका समूह जसको सुन्दर अनुहारमा क्रुद्ध हृदयहरू लुकेको छ, तिनीहरूको निम्ति म कुनै दुःख भोग्‍नेछैन, यस किसिमका पशुहरूका समूहका निम्ति म धैर्यशील हुनेछैन, जसका निम्ति मुक्तिको अलिकति पनि सम्भाव्यता छैन। मैले तिमीतिर पिठ्यूँ फर्काएको दिन तिमीहरूको मर्ने दिन हुन्छ, त्यो दिन तिमीहरूमाथि अन्धकार आउँछ, र त्यो दिन ज्योतिले तिमीहरूलाई त्यागेको दिन हुन्छ। म तँलाई भन्छु! तिमीहरूको जस्तो समूहप्रति म कहिल्यै पनि उदारवादी हुनेछैन, जुन समूह पशुभन्दा तल झरेको छ! मेरा वचन र कार्यहरूका हद छन्, तिमीहरूका मानवता र विवेक जस्तो छ, त्यसको कारण म कुनै थप कार्य गर्नेछैन, किनकि तिमीहरूमा विवेकको अभाव छ, तिमीहरूले मलाई धेरै पीडा दिएका छौ, तिमीहरूका घृणित आचरणले मलाई धेरै दिक्दार बनाउँछ। मानवता र विवेकको कमी भएका मानिसहरूलाई कहिल्यै पनि मुक्तिको अवसर हुनेछैन; म हृदयहीन र अकृतज्ञ मानिसहरूलाई कहिल्यै मुक्त गर्नेछैन। जब मेरो दिन आउँछ, तब म मेरो डरलाग्दो क्रोधलाई उक्साउने अनाज्ञाकारिताका सन्तानहरूमाथि सदासर्वदाको लागि मेरो दन्किएको आगो बर्साउनेछु, मेरो विरुद्ध कुवाच्य बकिँहिँड्ने र मलाई त्याग्‍ने पशुहरूजस्ता मानिसहरूमाथि मेरो अनन्त दण्ड ल्याउनेछु, म अनाज्ञाकारिताका सन्तानहरूलाई मेरो रिसको आगोले सदाको लागि जलाउनेछु, जसले कुनै समय मसँगै खाएका र पिएका थिए तर तिनीहरूले ममाथि विश्‍वास गरेका थिएनन्, जसले मेरो बेइज्जत गरे र मलाई धोखा दिए। मेरो रिसलाई उक्साउनेहरू सबैलाई म दण्ड दिनेछु, म ती पशुहरूमा मेरो सारा रिस बर्साउनेछु, जसले एक पटक मेरो बराबरी भए जस्तै गरी मसँगै उभिने चाहना गरेका थिए, तैपनि मेरो आराधना गरेनन् वा मेरो आज्ञापालन गरेनन्; एक पटक मेरो वास्तामा आनन्दित भएका र मैले बोलेका रहस्यमय वाणीमा आनन्दित भएका र एक पटक मबाट भौतिक आनन्दमा रमाएका ती पशुहरूमाथि मेरो लट्ठी प्रहार गर्नेछु। मेरो स्थान लिन प्रयत्‍न गर्ने कुनै पनि व्यक्तिलाई म क्षमा गर्नेछैन; मबाट खाना र कपडा प्राप्‍त गर्नको लागि मसँग कुस्ती खेल्न प्रयत्‍न गर्नेहरूलाई म त्यतिकै छोड्नेछैन। अहिले, तिमीहरू हानिबाट मुक्त छौ र निरन्तर मबाट थुप्रै कुराहरू माग गरिरहेका छौ। जब क्रोधको दिन आउँछ, त्यसबेला मबाट अरू कुनै कुरा माग गर्नेछैनौ; त्यसबेला, म तिमीहरूलाई आफ्नो हृदयको सन्तुष्‍टतामा “आनन्द” मनाउन दिनेछु, म तिमीहरूको मुहार भुइँमा बजार्नेछु, र तिमीहरू फेरि कहिल्यै खडा हुन सक्नेछैनौ! ढिलो वा चाँडो, म तिमीहरूको यो ऋण “चुक्ता” गर्न जाँदैछु—र म आशा गर्छु कि तिमीहरू धैर्यतापूर्वक यो दिनको प्रतीक्षा गर्छौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३०३

परमेश्‍वरसँग भावना भएको कारण, वा परमेश्‍वर मानिसद्वारा प्राप्‍त गरिन नचाहनुभएको कारण, मानिस परमेश्‍वरलाई प्राप्‍त गर्न असफल भएको होइन, बरु मानिसले नै परमेश्‍वरलाई प्राप्‍त गर्न नचाहेकोले, अनि उसले परमेश्‍वरलाई अत्यन्त जरुरी मानेर खोजी नगरेको कारण त्यस्तो भएको हो। परमेश्‍वरलाई साँच्‍चिकै खोज्‍ने व्यक्तिहरूमध्ये एक जनालाई कसरी परमेश्‍वरद्वारा श्राप दिइनसक्छ? स्वस्थ चेतना र संवेदनशील विवेक भएको व्यक्तिहरूमध्ये एक जनालाई कसरी परमेश्‍वरद्वारा श्राप दिइन सक्छ? परमेश्‍वरको साँचो आराधना गर्ने र उहाँको सेवा गर्ने व्यक्तिलाई कसरी उहाँको क्रोधको आगोद्वारा भस्म गरिनसक्छ? परमेश्‍वरको आज्ञापालन गर्न खुशी हुने व्यक्ति कसरी परमेश्‍वरको घरबाट बाहिर निकालिन सक्छ? परमेश्‍वरलाई पर्याप्त प्रेम गर्न नसक्‍ने व्यक्ति कसरी परमेश्‍वरको दण्डमा बाँच्न सक्छ? परमेश्‍वरको निम्ति सबै थोक त्याग्‍न खुशी हुने व्यक्ति कसरी कुनै थोक नभएको व्यक्ति बन्‍न सक्छ? मानिस परमेश्‍वरलाई पछ्याउन अनिच्छुक छ, परमेश्‍वरको निम्ति आफ्नो सम्पत्ति खर्च गर्न अनिच्छुक छ, परमेश्‍वरलाई आजीवन भक्ति अर्पण गर्न अनिच्छुक छ; बरु, परमेश्‍वर टाढा जानुभएको छ, परमेश्‍वरको बारेमा धेरै कुरा मानिसको धारणामा असुहाउँदो छ भनी उसले भन्छ। यस किसिमको मानवतासित, तिमीहरूले आफ्ना प्रयत्‍नहरूलाई विस्थापित गरे तापनि, तिमीहरूले परमेश्‍वरको स्वीकृति प्राप्‍त गर्न सक्दैनौ, तिमीहरूले परमेश्‍वरको खोजी गर्ने यथार्थको बारेको त कुरै नगरौं। तिमीहरू मानवजातिको त्रुटिपूर्ण सामान हौ भनी के तिमीहरूलाई थाहा छैन? कुनै पनि मानवता तिमीहरूको भन्दा कम छैन भनी के तिमीहरूलाई थाहा छैन? अरू व्यक्तिहरूले तिमीहरूलाई आदर गर्न के भन्छन् भनी के तिमीहरूलाई थाहा छैन? परमेश्‍वरलाई साँचो प्रेम गर्ने व्यक्तिहरूले तिमीहरूलाई ब्वाँसोको पिता, ब्वाँसोकी आमा, ब्वाँसोको छोरो, ब्वाँसोको नाति भन्छन्; तिमीहरू ब्वाँसोको सन्तान, ब्वाँसोको मानिसहरू हौ, र तिमीहरूलाई आफ्नो परिचय थाहा हुनुपर्छ र त्यसलाई कहिल्यै पनि बिर्सनु हुँदैन। तिमीहरू कुनै उत्कृष्ट व्यक्तित्वहरू हौ भनी विचार नगर: तिमीहरू मानवजातिका बीचमा सबैभन्दा अमानवीय क्रूर समूहको सदस्यहरू हौ। के तिमीहरूलाई यसको विषयमा केही पनि थाहा छैन? मैले तिमीहरूका बीचमा काम गरेर कति धेरै जोखिम उठाएको छु भनी के तिमीहरूलाई थाहा छैन? यदि तिमीहरूको चेतना फेरि सामान्य बन्‍न सक्दैन भने, र तिमीहरूको विवेकले सामान्य रूपमा काम गर्न सक्दैन भने, तिमीहरूले “ब्वाँसो” भन्‍ने नामबाट कहिल्यै छुटकारा पाउनेछैनौ, तिमीहरू श्रापको दिनबाट उम्किने छैनौ र तिमीहरू आफ्नो दण्डको दिनबाट उम्किने छैनौ। तिमीहरू निम्‍न स्तरमा जन्मियौ, कुनै पनि मूल्य नभएको थोकको रूपमा जन्मियौ। तिमीहरू स्वाभाविक रूपमा भोको ब्वाँसाहरूको झुण्ड, टुटेफुटेका टुक्राहरू र फोहोरको थुप्रो हौ, तिमीहरूले जस्तै म कृपा पाउन मात्र काम गर्दिनँ, तर कामको खाँचो भएको कारणले गर्छु। यदि तिमीहरू यसरी निरन्तर विद्रोही भइरहन्छौ भने, म आफ्नो काम रोक्‍नेछु, र तिमीहरूमा फेरि कहिल्यै काम गर्नेछैन; यसको विपरीत, मलाई प्रसन्‍न तुल्याउने समूहलाई म मेरो काम हस्तान्तरण गर्नेछु, र यसरी तिमीहरूलाई सदाको लागि त्यागिदिनेछु, किनकि मप्रति शत्रुता राख्‍ने मानिसहरूलाई म हेर्न अनिच्छुक छु। त्यसैले, के तिमीहरू मसँग सङ्‍गत गर्न चाहन्छौ, वा मेरो विरुद्ध शत्रुता कायम राख्‍न चाहन्छौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३०४

सबै मानिस येशूको साँचो मुहार हेर्न चाहन्छन्, र सबै जना उहाँसँग हुन चाहन्छन्। कुनै दाजुभाइ वा दिदी-बहिनीले हामी येशूलाई हेर्न वा उहाँसँग हुन चाहँदैनौं भनेर भन्छन् जस्तो मलाई लाग्दैन। तिमीहरूले येशूलाई देख्नुभन्दा पहिले—तिमीहरूले देहधारी परमेश्‍वरलाई देख्नुभन्दा पहिले—सम्भवतः तिमीहरूले सबै प्रकारका विचारहरूलाई ध्यान दिन्छौ, उदाहरणको लागि, येशूको स्वरूपको बारेमा, उहाँको बोल्ने तरिकामा, उहाँको जीवनको शैलीमा, र अन्य त्यस्तै कुराहरूमा। तर जब तिमीहरूले उहाँलाई वास्तवमै देखेका हुन्छौ, तिमीहरूका विचारहरू तत्काल परिवर्तन हुनेछन्। यस्तो किन हुन्छ? के तिमीहरू जान्न चाहन्छौ? मानिसको सोचाइलाई नजर अन्दाजा गर्न सकिँदैन, जुन सत्य हो—तर त्योभन्दा पनि बढि, ख्रीष्टको सार मानिसद्वारा परिवर्तन हुनसक्दैन। ख्रीष्ट अमरणशील या एउटा महात्मा हुनुहुन्छ भन्‍ने तिमीहरू सोच्छौ, तर कसैले पनि उहाँलाई ईश्‍वरीय सारले भरिएको एउटा साधारण व्यक्ति भनी मान्दैनन्। त्यसै गरी, अधिकांश तिनीहरू जो परमेश्‍वरलाई हेर्नको निम्ति दिन र रात तृषित हुन्छन् तिनीहरू वास्तवमा परमेश्‍वरका शत्रुहरू हुन्, र उहाँ अनुरूप छैनन्। के यो मानिसको गल्ती होइन र? अझै पनि तिमीहरू सोच्छौ कि तिमीहरूको विश्‍वास र भक्तिले नै तिमीहरूलाई ख्रीष्टको मुहार हेर्ने योग्य बनाउनको लागि पर्याप्त छ, तर म तिमीहरूलाई अझै धेरै कुराहरूले आफैलाई सुसज्जित पार्नको निम्ति प्रेरित गर्दछु जुन व्यवहारिक छन्! किनकि भूत, वर्तमान, र भविष्यमा, ख्रीष्टको सम्पर्कमा आएका अधिकांश विफल भएका थिए या विफल हुनेछन्; तिनीहरू सबैले फरिसीहरूको भूमिका खेल्छन्। तिमीहरूको असफलताको कारण के हो? यसको कारण ठ्याक्‍कै के हो भने तिमीहरूको धारणामा एउटा परमेश्‍वर हुनुहुन्छ जो उच्च र सराहनाको योग्य हुनुहुन्छ। तर सत्य त मानिसले इच्छा गरेको जस्तो होइन। ख्रीष्ट उच्च त हुनुहुन्न नै, तर उहाँ विशेष रूपमा सानो पनि हुनुहुन्छ; उहाँ मानिस मात्रै हुनुहुन्न, तर उहाँ एक सामान्य मानिस पनि हुनुहुन्छ; उहाँ स्वर्गमा उचालिन नसक्‍ने मात्र होइन, तर उहाँ पृथ्वीमा पनि स्वतन्त्र रूपमा हिँड्डुल गर्न सक्नुहुन्न। अनि यस्तो भएको हुनाले, मानिसहरूले एउटा सामान्य व्यक्तिलाई जस्तै गरी उहाँलाई व्यवहार गर्छन्; तिनीहरूले उहाँसँगै हुँदा उहाँलाई सामान्य व्यवहार गर्छन्, र उहाँसँग लापरवाही रूपमा बोल्छन्, जबकी त्यस क्रममा तिनीहरू “साँचो ख्रीष्ट” को आगमनको निम्ति पर्खिरहेका हुन्छन्। तिमीहरूले आइसक्नुभएको ख्रीष्टलाई सामान्य मानिसको रूपमा लिन्छौ, र उहाँको वचनहरूलाई सामान्य व्यक्तिको जस्तो गरि लिन्छौ। यही कारणले गर्दा, तिमीहरूले ख्रीष्टबाट केही पनि प्राप्त गरेका छैनौ, र त्यसको सट्टामा उहाँले ज्योतिमा तिमीहरूको आफ्नो कुरूपतालाई पूर्ण रूपले खुलासा गरिदिनुभएको छ।

ख्रीष्टको सम्पर्कमा आउनुभन्दा पहिले, तैँले के विश्‍वास गरेको हुनसक्छस् भने, तेरो आफ्नो स्वभाव पूर्ण रूपले रूपान्तरण भइसकेको छ, तँ ख्रीष्टको एउटा वफादार अनुयायी होस्, कोही पनि तँ जत्तिको ख्रीष्टको आशिषहरू प्राप्त गर्ने योग्यका छैनन्—र तैँले, धेरै सडकहरू यात्रा गरेको, धेरै कार्य गरेको, र धेरै फल ल्याएको हुनाले, तँ निश्‍चय नै तिनीहरू मध्ये एक हुनेछस् जसले अन्ततः मुकुट प्राप्त गर्नेछ। यद्यपि एउटा सत्य छ जुन तँलाई थाहा नहुनसक्छ: मानिसको भ्रष्ट स्वभाव र उसको विद्रोहीपन र प्रतिरोध तब खुलासा हुँदछ जब उसले ख्रीष्टलाई देख्दछ, र यस बेला खुलासा हुने विद्रोहीपन र प्रतिरोध अरू बेलाको दाँजोमा अझै धेरै पूर्ण र सम्पूर्ण रूपले खुलासा हुँदछ। किनभने ख्रीष्ट मानिसको पुत्र हुनुहुन्छ—मानिसको एउटा पुत्र जसमा सामान्य मानवता छ—मानिसले न त उहाँलाई सम्मान गर्छ न त आदर नै गर्छ। परमेश्‍वर देहमा बास गर्नुहुने भएकोले मानिसको विद्रोहीपन यति सम्पूर्ण रूपमा र स्पष्ट रूपमा प्रकाशमा ल्याइदिन्छ। त्यसैले म भन्छु कि ख्रीष्टको आगमनले मानवजातिको सबै विद्रोहीपनलाई खुलस्त गरिदिएको छ र मानवजातिको प्रकृतिलाई उदाङ्गो पारिदिएको छ। “एउटा बाघलाई लोभ देखाई डाँडोबाट तल ल्याउनु” र “एउटा ब्वाँसोलाई लोभ देखाई गुफाबाट बाहिर निकाल्नु” भनेको यही हो। तँ परमेश्‍वरप्रति बफादार छस् भनेर भन्‍ने हिम्मत तँसँग छ? तैँले परमेश्‍वरलाई पूर्ण आज्ञाकारीता देखाउँछस् भनेर भन्‍ने हिम्मत तँसँग छ? तँ विद्रोही छैनस् भन्‍ने हिम्मत तँसँग छ? कोही-कोहीले भन्‍नेछन्: “जुन बेला परमेश्‍वरले मलाई नया वातावरणमा स्थापित गर्नुहुन्छ, म गनगन नगरिकन स्थिर रूपमा समर्पित हुन्छु, र यसको साथै परमेश्‍वरको बारेमा म कुनै धारणाहरू बुन्दिनँ।” कसैले भन्‍नेछन्: “परमेश्‍वरले मलाई गर्न दिनुभएको काम म मेरो क्षमताले भ्याएसम्म गर्नेछु र म त्यसलाई कदापि लापरवाही गर्दिन।” त्यस हकमा, म तिमीहरूलाई यो सोध्छु: जब तिमीहरू उहाँसँगै जिउँछौं तब के तिमीहरू परमेश्‍वरको अनुरूप हुन सक्छौ? र कहिलेसम्म तँ उहाँको अनुरूप रहनेछस्? एक दिन? दुई दिन? एक घण्टा? दुई घण्टा? तेरो विश्‍वासको तारिफ गर्न योग्य हुन सक्ला, तर तँ दृढताको बाटोमा त्यति धेरै छैनस्। जब तँ वास्तवमै ख्रीष्टसँग जिइरहेको हुन्छस्, तेरा वचनहरू र क्रियाकलापहरूबाट तेरो स्व-धार्मिकता र आत्म-महत्त्व एक-एक गरेर खुलासा हुनेछ, र त्यसरी नै तेरो घमण्डी चाहनाहरू, तेरो अनाज्ञाकारी मानसिकता र असन्तुष्टि स्वभाविक रूपमा नै प्रकट हुनेछ। अन्ततः तेरो अहङ्कार पहिलेको भन्दा तबसम्म ठूलो हुनेछ, जबसम्म तँ आगो र पानी झैँ नमिल्‍ने गरी ख्रीष्टको विरोधमा हुन्छस्, र त्यसपछि तेरो प्रकृति पूर्ण रूपले खुलासा हुनेछ। त्यस बेला, तेरा धारणाहरू उप्रान्त ढाक्‍न सकिँदैन, तेरा गुनासाहरू पनि स्वभाविक रूपमा बाहिर निस्की आउनेछ, र तेरो पतित मानवताको पूर्ण रूपमा खुलासा हुनेछ। तैपनि, त्यसबेला समेत, तैँले अझै पनि तेरो आफ्नो विद्रोहीपन स्वीकार गर्न मान्दैनस्, त्यसको सट्टामा यस प्रकारको ख्रीष्टलाई स्वीकार गर्न सजिलो छैन, कि उहाँ मानिसको लागि अत्यन्त कठोर हुनुहुन्छ, र उहाँ एउटा दयालु ख्रीष्ट हुनुहुन्थ्यो भने तँ पूर्ण रूपमा समर्पित हुनेथिइस् भन्‍ने विश्‍वास गर्छस्। तिमीहरूले के विश्‍वास गर्छौ भने तिमीहरूको विद्रोहीपन उचित छ, उहाँले तिमीहरूलाई हदभन्दा बढी गर्नुभयो भने मात्रै तिमीहरूले उहाँको विरुद्धमा विद्रोह गर्छौ। तैँले ख्रीष्टलाई परमेश्‍वरको रूपमा हेरेको छैनस्, उहाँमा आज्ञाकारी हुने अभिप्राय तँमा छैन भन्‍ने कुरालाई तिमीहरूले एक पटक पनि विचार गरेनौ। बरु, तँ त ख्रीष्टले चाहिँ तेरो इच्छा बमोजिम कार्य गर्नुभएको होस् भनेर जिद्दी गर्छस् र जब उहाँले तेरो विचारसँग नमिल्‍ने कुनै कुरा गर्नुहुन्छ तब तैँले उहाँ परमेश्‍वर होइन तर एउटा मानिस हो भन्‍ने विश्‍वास गर्छस्। के तिमीहरूमध्ये उहाँसँग यस तरिकाले संघर्ष गर्ने धेरै छैनन् र? आखिरमा तिमीहरूले कसमाथि विश्‍वास गर्छौ? अनि कुन तरिकामा तिमीहरूले खोजी गर्छौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्ट अनुरूप नभएकाहरू निश्‍चय नै परमेश्‍वरका विरोधीहरू हुन्

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३०५

तिमीहरूले सधैँ ख्रीष्टलाई हेर्ने इच्छा गर्छौ, तर म तिमीहरूलाई आग्रह गर्छु कि तिमीहरूले आफैलाई त्यति उच्च स्थानमा नराख; जो-कोहीले पनि ख्रीष्टलाई देख्न सक्छन्, तर म भन्छु, ख्रीष्टलाई हेर्ने योग्यका कोही पनि छैनन्। मानिसको प्रकृति दुष्टता, अहङ्कार, र विद्रोहीपनले भरेको हुने हुँदा, तैँले ख्रीष्टलाई देख्‍ने बित्तिकै, तेरो प्रकृतिले तँलाई नष्ट पार्नेछ र मृत्यु-दण्ड दिनेछ। एउटा दाजु-भाइ (या दिदी-बहिनी) सँगको तेरो सम्‍बन्धले तेरो बारेमा धेरै जसो कुरा देखाउँदैन, तर जब तँ ख्रीष्टसँग जोडिन्छस् तब त्यो त्यति सहज हुँदैन। कुनै पनि समयमा, तेरा धारणाहरूले जरा लगाउन सक्छ, तेरो अहङ्कार पलाउन सुरु हुन्छ, र तेरो विद्रोहीपनले अन्जीरहरू फलाउँछ। त्यस्तो मानवताद्वारा तँ कसरी ख्रीष्टसँग जोडिन लायक हुन सक्छस्? के तैँले हरेक दिनको हरेक पल उहाँलाई परमेश्‍वरको रूपमा साँचो तरिकाले व्यवहार गर्न सक्छस्? के तँमा साँच्‍चै परमेश्‍वरमाथिको समर्पणको वास्तविकता हुनेछ? तिमीहरूले उच्च परमेश्‍वरलाई आफ्नो हृदयमा यहोवाको रूपमा आराधना गर्छौ, जब कि त्यही क्रममा दृश्यमा भएको ख्रीष्टलाई एउटा मानिसको रूपमा लिन्छौ। तेरो भावना अति नै तल्लो दर्जाको छ र तेरो मानवता अत्यन्त पतित छ! तैँले ख्रीष्टलाई सधैँ परमेश्‍वरको रूपमा हेर्न सक्दैनस्; कहिलेकहीँ तिमीहरूलाई मन लागेको बेला मात्रै, तिमीहरू उहाँलाई समाएर उहाँलाई परमेश्‍वरको रूपमा पुज्छौ। यहि कारणले म भन्छु, कि तिमीहरू परमेश्‍वरका विश्‍वासीहरू होइनौ, तर ख्रीष्टको विरुद्धमा लड्ने अपराधी दल हौ। अरूलाई दया देखाउने मानिसहरूलाई पुनः चुक्ता गरिए पनि, र तिमीहरूका बीचमा त्यस्तो काम गर्नुहुने, ख्रीष्टले न त मानिसको प्रेम, न त उहाँको प्रतिफल र समर्पण नै पाउनुभयो। के यो हृदय विदारक कुरा होइन र?

परमेश्‍वरमाथिको तेरो वर्षौंदेखिको सबै विश्‍वासमा, तैँले कसैलाई कहिल्यै पनि सरापेको नहुन सक्छस् या खराब काम गरेको नहुन सक्छस्, तापनि ख्रीष्टसँगको तेरो सम्बन्धमा, तैँले सत्य बोल्न, इमानदारीतामा काम गर्न, या ख्रीष्टको वचन पालन गर्न सक्दैनस्; त्यस्तो स्थितिमा, म त भन्छु, तँ संसारकै सबैभन्दा कपटी र दुर्भावनापूर्ण व्यक्ति होस्। तँ तेरा नातेदारहरू, मित्रहरू, पत्नी (या पति), छोरा-छोरीहरू, र अभिभावकहरू प्रति असाधारण रूपमा मिलनसार र समर्पित छस् होला र कहिल्यै पनि अरूको फाइदा उठाएको छैनस् होला, तर यदि तँ ख्रीष्ट अनुरूप हुन सक्दैनस्, यदि तँ उहाँसँगको एकतामा अन्तरक्रिया गर्न सक्दैनस् भने तैँले आफ्‍ना छिमेकीहरूको राहतका निम्ति आफ्‍नो सबथोक अर्पण गर्छस् या आफ्नो बुवा, आमा, र तेरो घरका सदस्यहरूलाई सावधानीपूर्वक हेरचाह नै गरेको छस् भने पनि, म त भन्छु तँ अझै पनि दुष्ट छस्, साथै धूर्त छलहरूले भरिएको छस्। तँ अरूसँग मिल्छस् या केही असल कार्य गर्छस् भन्दैमा तँ ख्रीष्ट अनुरूप छस् भन्‍ने नसोच्। के तेरो परोपकारी अभिप्रायले स्वर्गका आशिषहरू ल्याउन सक्छ भन्‍ने तँलाई लाग्छ? के केही असल कार्यहरू गर्नु तेरो आज्ञाकारीताको विकल्प हो भन्‍ने तँलाई लाग्छ? तिमीहरूमध्ये एक जनाले पनि निराकरण र काटछाँटलाई स्वीकार गर्न सक्दैनौ, र तिमीहरूले परमेश्‍वरप्रतिको आफ्‍नो आज्ञाकारीताको तुरही निरन्तर रूपमा फुकिरहे पनि तिमीहरू सबैलाई ख्रीष्टको सामान्य मानवता अँगाल्न मुस्किल हुन्छ। तँमा भएको जस्तो विश्‍वासले एउटा उचित दण्ड ल्याउनेछ। काल्‍पनिक भ्रममा लिप्त हुन र ख्रीष्टलाई हेर्ने इच्छा राख्ने काम गर्न छोड्, किनकि तँ कदमा यति सानो छस् कि तँ उहाँलाई हेर्न समेत योग्य छैनस्। जब तँ आफ्नो विद्रोहीपनबाट पूर्ण रूपमा शुद्ध हुन्छस्, र ख्रीष्टसँगको एकतामा रहन सक्षम हुन्छस्, त्यो क्षण परमेश्‍वर स्वभाविक रूपमा तँकहाँ देखा पर्नुहुन्छ। यदि तँ काँटछाँट या न्यायबाट भएर नगईकन परमेश्‍वरलाई हेर्न जान्छस् भने, तँ निश्‍चय नै परमेश्‍वरको विरोधी हुनेछस् र विनाशमा पर्नेछस्। मानिसको प्रकृति अन्तर्निहित रूपमै परमेश्‍वरप्रति शत्रुतापूर्ण छ, किनकि सबै मानिसहरू शैतानको सबैभन्दा गाढा भ्रष्टतामा परेका छन्। यदि मानिसले आफ्नै भ्रष्टताको बीचमा रही परमेश्‍वरसँग सम्‍बन्ध कायम गर्ने कोसिस गर्छ भने, निश्‍चय नै यसबाट केही असल कुरा आउँदैन; उसको क्रियाकलाप र शब्दहरूले हरेक मोडमा निश्‍चय नै उसको भ्रष्टता खुलासा गर्नेछ, र परमेश्‍वरसँग सम्‍बन्ध बनाउने क्रममा उसको विद्रोहीपन त्यसको हरेक पक्षमा प्रकट हुनेछ। अन्जानमै, मानिसले ख्रीष्टको विरोध गर्न, ख्रीष्टलाई छल गर्न, र ख्रीष्टलाई त्याग्न पुग्छ; जब यो हुन आउँछ, मानिस अझै अस्थिर स्थितिमा हुनेछ, र यो जारी रह्यो भने, ऊ दण्डको भागीदार हुनेछ।

कोही-कोहीले के विश्‍वास गर्न सक्छन् भने, यदि परमेश्‍वरसँगको सम्‍बन्ध यति खतरा छ भने, परमेश्‍वरबाट टाढा बस्‍नु नै बुद्धिमानी हुनसक्छ। यस्ता खालका मानिसहरूले के चाहिँ हासिल गर्न सक्लान् र? के तिनीहरू परमेश्‍वरप्रति बफादार हुन सक्छन्? निश्चित रूपमा, परमेश्‍वरसँगको सम्‍बन्ध धेरै नै कठिन छ—तर त्यो यसकारणले भएको हो किनकि मानिस भ्रष्ट छ, परमेश्‍वरले मानिससँग सम्‍बन्ध राख्न नसक्‍नुभएकोले होइन। आफैलाई चिन्‍ने सत्यतामा अझै धेरै प्रयास गर्नु नै तिमीहरूका लागि उत्तम हुनेथियो। किन तिमीहरूले परमेश्‍वरको निगाह पाएको छैनौ? किन तिमीहरूको स्वभाव उहाँको निम्ति घृणित छ? किन तिमीहरूको बोलीले उहाँको अप्रसन्नता जगाउँछ? तिमीहरूले थोरै भक्ति प्रदर्शन गर्ने बित्तिकै, तिमीहरूले तिमीहरूका आफ्नै प्रशंसा गाउँछौ, र एउटा सानो योगदानको लागि तिमीहरू इनामको माग गर्छौ; जब तिमीहरूले सानो आज्ञाकारीता पूरा गर्छौ तिमीहरूले अरूलाई तल हेर्छौ, र केही स-साना कार्य पूरा गरिसकेपछि परमेश्‍वरप्रति तिरस्कारपूर्ण बन्छौ। परमेश्‍वरलाई ग्रहण गर्नको लागि, तिमीहरू पैसा, उपहारहरू, र प्रशंसाहरू माग्छौ। एउटा या दुई वटा सिक्का दिनु परे यसले तिमीहरूको हृदय पोल्छ; जब तिमीहरूले दस सिक्‍का दिन्छौ, तिमीहरूले आशिषको कामना गर्छौ र विशिष्टताको साथ व्यवहार गरियोस् भन्‍ने चाहन्छौ। तिमीहरूको जस्तो मानवता भन्न या सुन्नको लागि अपमानजनक छ। के तिमीहरूका शब्दहरू र कार्यहरूमा कुनै कुरा प्रशंसा गर्न योग्यको छ? आफ्नो कर्तव्य निर्वाह गर्ने र नगर्नेहरू; अगुवाई गर्नेहरू र पछ्याउनेहरू; परमेश्‍वरलाई ग्रहण गर्नेहरू र नगर्नेहरू; दान दिनेहरू र नदिनेहरू; प्रचार गर्नेहरू र वचन प्राप्त गर्नेहरू, र त्यस्तै अरू: त्यस्ता सबै मानिसहरूले आफैलाई प्रशंसा गर्छन्। के तिमीहरूलाई यो हास्यास्पद लाग्दैन? परमेश्‍वरमा विश्‍वास गरेको पूर्ण रूपमा राम्ररी जान्दा जान्दै पनि तिमीहरू परमेश्‍वरको अनुरूप हुन सक्दैनौ। तिमीहरू योग्यता बिनाका छौ भन्‍ने पूर्ण रूपमा जान्दा जान्दै पनि तिमीहरू उही तरिकामा घमण्ड कायम राख्छौ। के तिमीहरू महसुस गर्दैनौ कि तिमीहरूका समझ त्यस बिन्दुसम्म भ्रष्ट भइसक्यो कि तिमीहरूमा आत्म-नियन्त्रण नै बाँकी छैन? यस्तो समझले, तिमीहरूले कसरी परमेश्‍वरसँग सम्‍बन्ध राख्न सक्छौ? के यस परिस्थितिमा तिमीहरू आफ्नै लागि डराउँदैनौ? तिमीहरूको स्वभाव यस बिन्दुसम्म खराब भइसकेको छ कि तिमीहरू परमेश्‍वर अनुरूप हुन सक्दैनौ। यसैले गर्दा, के तिमीहरूको विश्‍वास हास्यास्पद छैन र? के तेरो विश्‍वास निरर्थक छैन? तँ आफ्नो भविष्यको लागि कसरी अघि बढ्दैछस्? कुन बाटो लिने भनेर तैँले कसरी चयन गर्छस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्ट अनुरूप नभएकाहरू निश्‍चय नै परमेश्‍वरका विरोधीहरू हुन्

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३०६

मैले धेरै वचनहरू व्यक्त गरेको छु, र मैले मेरो इच्‍छा र मेरो स्वभाव पनि व्यक्त गरेको छु, तैपनि मानिसहरू मलाई चिन्‍न र मलाई विश्‍वास गर्न अझै पनि असमर्थ छन्। अथवा, यसो भन्‍न सकिन्छ, मानिसहरू अझै पनि मेरो आज्ञा पालन गर्न असक्षम छन्। बाइबलभित्र जिउनेहरू, व्यवस्थाभित्र जिउनेहरू, क्रूसमा जिउनेहरू, सिद्धान्तअनुसार जिउनेहरू, आज मैले गर्ने कामको माझमा जिउनेहरू—तिनीहरूमध्ये को मप्रति अनुकूल छन्? तिमीहरू आशिष् र इनामहरू प्राप्त गर्नेबारेमा मात्रै विचार गर्छौ, तर मप्रति वास्तवमा कसरी अनुकूल हुने, वा आफैलाई मविरुद्ध हुनबाट कसरी रोक्‍ने भन्‍नेबारेमा थोरै पनि विचार गरेका छैनौ। म तिमीहरूप्रति धेरै निराश छु, किनभने मैले तिमीहरूलाई धेरै दिएको छु तर तिमीहरूबाट भने मैले अत्यन्तै थोरै पाएको छु। तिमीहरूको छल, तिमीहरूको अहङ्कार, तिमीहरूको लोभ, तिमीहरूको लालची इच्‍छा, तिमीहरूको धोका, तिमीहरूको अवज्ञा—यीमध्ये कुनचाहिँ मेरो नजरबाट उम्कन सक्छ र? तिमीहरू मप्रति लापरवाही छौ, तिमीहरूले मलाई ठग्छौ, तिमीहरू मलाई अपमान गर्छौ, तिमीहरू मेरो चापलुसी गर्छौ, तिमीहरू मेरो बलिदानको लागि मलाई करकाप र जबरजस्ती गर्छौ—त्यस किसिमको अनिष्टता कसरी मेरो दण्डबाट उम्कन सक्छ? यी सबै दुष्कर्म मेरो विरुद्ध तिमीहरूको शत्रुताको प्रमाण हो र मप्रति तिमीहरू अनुकूल नभएको प्रमाण हो। तिमीहरू प्रत्येकले मप्रति अनुकूल छु भनी विश्‍वास गर्छौ, तर त्यसो भएको भए त, त्यस किसिमको अकाट्य प्रमाण कसमा लागू हुनेथ्यो र? तिमीहरू आफूमा मप्रति अत्यधिक इमानदारिता र वफादारिता छ भनी विश्‍वास गर्छौ। तिमीहरूलाई आफू अति कृपालु, अति करुणामय भएको, र मलाई अत्यन्तै धेरै कुरा समर्पित गरेको जस्तो लाग्छ। तिमीहरूलाई तिमीहरूले मेरो लागि जति गर्नुपर्ने हो त्योभन्दा बढी नै गरेको जस्तो लाग्छ। तर के तिमीहरूले कहिल्यै यसलाई आफ्ना कार्यहरूसँग तुलना गरेका छौ? म भन्छु, तिमीहरू अत्यन्तै अहङ्कारी, अत्यन्तै लोभी, अत्यन्तै झारातिरुवा छौ; मलाई झुक्याउने तिमीहरूका युक्तिहरू अत्यन्तै चतुर छन्, र तिमीहरूमा प्रशस्तै घृणास्पद अभिप्राय र घृणास्पद विधिहरू छन्। तिमीहरूको बफादारिता अत्यन्तै थोरै छ, तिमीहरूको तत्परता अत्यन्तै नगण्य छ, र तिमीहरूको विवेक झनै कम छ। तिमीहरूको हृदय अत्यन्तै धेरै द्वेष छ, र तिमीहरूको द्वेषबाट कोही पनि उम्कँदैन, म पनि उम्कन सक्दिनँ। आफ्‍नो छोराछोरीको खातिर, वा आफ्‍नो श्रीमानको खातिर, वा आफ्नो आत्मसंरक्षणको खातिर तिमीहरूले मलाई थुन्छौ। मेरो बारेमा वास्ता गर्नुको सट्टा, तिमीहरू आफ्नो परिवार, आफ्‍नो छोराछोरी, आफ्‍नो हैसियत, आफ्‍नो भविष्य, र आफ्‍नो सन्तुष्टिको वास्ता गर्छौ। तिमीहरूले बोल्दा वा काम गर्दा कहिले मेरो बारेमा विचार गरेका छौ? ठन्डीका दिनहरूमा, तिमीहरू आफ्‍नो सन्तान, आफ्‍नो श्रीमान, आफ्‍नी श्रीमती, वा आफ्‍ना आमाबाबुको बारे विचार गर्छौ। गर्मीका दिनहरूमा पनि, तिमीहरूको विचारमा मेरो कुनै स्थान हुँदैन। जब तैँले आफ्‍नो कर्तव्य निभाउँछस्, तैँले आफ्‍नै हितहरू, आफ्‍नै व्यक्तिगत सुरक्षा, आफ्नै परिवारका सदस्यहरूको बारेमा सोचिरहन्छस्। तैँले मेरो लागि कहिले के गरेको छस्? तैँले कहिले मेरो बारेमा विचार गरेको छस्? कहिले तैँले आफूलाई हरहालतमा मेरो लागि र मेरो कामको लागि समर्पित गरेको छस्? मप्रति तेरो अनुकूलताको प्रमाण कहाँ छ? मप्रति तेरो वफादारिताको वास्तविकता कहाँ छ? मप्रति तेरो निष्ठाको वास्तविकता कहाँ छ? कहिले तेरा अभिप्रायहरू मेरा आशिषहरू प्राप्त नगर्नको खातिर रहेका छन्? तिमीहरू मलाई झुक्याउँछौ र मलाई धोका दिन्छौ, तिमीहरू सत्यतामाथि खेलबाड गर्छौ, तिमीहरू सत्यताको अस्तित्वलाई लुकाउँछौ, र सत्यताको सारलाई धोका दिन्छौ। यसरी मेरो विरुद्धमा गएर भविष्यमा तिमीहरूलाई केले पर्खिन्छ? तिमीहरू अस्पष्ट परमेश्‍वरप्रतिको अनुकूलता मात्रै खोजी गर्छौ, र अस्पष्ट विश्‍वास मात्रै खोजी गर्छौ, तैपनि तिमीहरू ख्रीष्‍टप्रति अनुकूल छैनौ। के दुष्टले पाउने जस्तै तिमीहरूको अनिष्टताले पनि प्रतिशोध पैदा गर्नेछैन र? त्यो समयमा, तिमीहरूले ख्रीष्‍टको अनुकूल नरहेको कोही पनि क्रोधको दिनबाट बच्न सक्दैन भन्‍ने महसुस गर्नेछौ, र ख्रीष्‍टको विरुद्धमा खडा हुनेहरूमाथि कस्तो प्रकारको प्रतिशोध आउनेछ भन्‍ने कुरा पत्ता लगाउनेछौ। जब त्यो दिन आउँछ, परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासको कारण आशिषित हुने र स्वर्गको प्रवेश प्राप्त गर्ने तिमीहरूका सपनाहरू चकनाचूर हुनेछन्। तर, ख्रीष्‍टप्रति अनुकूल हुनेहरूका लागि यस्तो हुनेछैन। तिनीहरूले धेरै कुरा गुमाएका भए पनि, तिनीहरूले धेरै कठिनाइ भोगेका भए पनि, मैले मानवजातिलाई दिने सबै उत्तराधिकार तिनीहरूले प्राप्त गर्नेछन्। अन्त्यमा, तिमीहरूले म मात्रै धर्मी परमेश्‍वर हुँ, र मानवजातिलाई उनीहरूको सुन्दर गन्तव्यमा लैजान सक्‍ने म मात्रै हुँ भन्‍ने कुरालाई बुझ्‍नेछौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले ख्रीष्‍टसँग अनुकूल हुने मार्ग खोजी गर्नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३०७

परमेश्‍वरले मानिसलाई धेरै कुरा जिम्मा दिनुभएको छ र अनगिन्ती तरिकाले तिनीहरूका प्रवेशलाई सम्बोधन गर्नुभएको छ। तर मानिसहरूको क्षमता धेरै नै कमजोर भएकोले परमेश्‍वरका धेरैजसो वचनहरू जरा हाल्न असफल भएका छन्। यस्तो कम क्षमता हुनुका विभिन्‍न कारणहरू छन्, जस्तै मानिसको सोच र नैतिकताको भ्रष्टता, र उचित पालनपोषणको अभाव; मानिसको हृदयलाई गम्भीरतापूर्वक पकडमा पार्ने सामन्ती अन्धविश्‍वासहरू; मानिसको हृदयको गहिराइमा कैयौँ खराब कुराहरू हालिदिने भ्रष्ट र पतित जीवनशैलीहरू; सांस्कृतिक साक्षरताको सतही बुझाइ, करिब अन्ठानब्बे प्रतिशत मानिसहरूसँग सांस्कृतिक साक्षरताको शिक्षा नहुनु, अनि अति थोरैले मात्र उच्‍च स्तरको सांस्कृतिक शिक्षा प्राप्त गर्नु। त्यसकारण, मानिसहरूलाई परमेश्‍वर वा आत्माको अर्थ के हो थाहै छैन, तिनीहरूमा सामन्ती अन्धविश्‍वासबाट प्राप्त भएको परमेश्‍वरको अनिश्‍चित र अस्पष्ट चित्र मात्रै छ। हजारौं वर्षदेखिको “राष्ट्रियताको उच्‍च भावना” का हानिकारक प्रभावहरूका साथै सामन्ती सोच मानिसको हृदयको गहिराइमा छोडिएका छन्, जसद्वारा मानिसहरू बन्धन र साङ्लामा परेका छन्, उनीहरूसँग अलिकति पनि स्वतन्त्रता छैन, आकाङ्क्षा राख्‍ने र दृढ रहने कुनै चाहना छैन, प्रगति गर्ने कुनै इच्छा छैन, बरु निष्क्रिय र प्रतिगामी भई दास मानसिकता र अन्य यस्तै कुराहरूमा डुबेका छन्—र यी वस्तुगत तत्त्वहरूले मानवजातिको वैचारिक दृष्टिकोण, आदर्श, नैतिकता र स्वभावमा एक अमेट फोहोर र घिनलाग्दो कुरा हालिदिएका छन्। यस्तो लाग्छ, मानिसहरू आतङ्कवादको अन्धकार संसारमा बाँचिरहेका छन्, जसलाई तिनीहरूमध्ये कसैले पनि पार गर्न खोज्दैन, र तिनीहरूमध्ये कसैले पनि आदर्श संसारमा जाने विचार गर्दैन; बरु, तिनीहरू आफ्नो जीवनको नियतिसित सन्तुष्ट छन्, आफ्ना दिनहरू बच्‍चा जन्माउँदै र हुर्काउँदै, पसिना बगाउँदै, घरको कामकाज गर्दै, एक आरामदायी र सुखी परिवारको सपना देख्दै, र शान्तिसित जीवन बिताउने क्रममा वैवाहिक स्‍नेह, छोराछोरीको आदर र जीवनको उत्तरार्धको खुसी पाउने सपना बुन्दै जिउँछन्…। दसौं, हजारौं वर्षदेखि अहिलेसम्‍म मानिसहरूले आफ्नो समय यसरी नै नष्ट पारिरहेका छन्, कसैले पनि सिद्ध जीवन सिर्जना गरेको छैन, सबै जना यस अन्धकार संसारमा प्रसिद्धि र धनको पछि दौडँदै र एकअर्काको विरुद्ध षड्यन्त्र गर्दै एकअर्काको हत्या गर्न तत्पर रहेका छन्। के कहिल्यै कसैले परमेश्‍वरको इच्छा खोजेको छ? के कसैले कहिल्यै परमेश्‍वरको काममा ध्यान दिएको छ? अन्धकारको प्रभावमा परेका मानवताका सबै भागहरू लामो समयदेखि मानव प्रकृति बनेको छ, त्यसैले परमेश्‍वरको काम अघि बढाउन धेरै गाह्रो छ, र मानिसहरूमाझ आज परमेश्‍वरले तिनीहरूलाई जिम्मा दिनुभएको काममा ध्यान दिने हृदय झन् कम भएको छ। तर जे होस्, मलाई विश्‍वास छ, मैले यी कुराहरू बोलेकोमा मानिसहरूलाई कुनै आपत्ति हुनेछैन, किनकि म जुन कुरा गर्दै छु त्यो हजारौं वर्षको इतिहास हो। इतिहासका कुरा भनेका तथ्यहरू हुन्, त्यसबाहेक, ती कुराहरू सबैलाई स्पष्ट भएका कलङ्कित घटनाहरू हुन्, यसैले तथ्यको विपरीत कुरा भन्‍नुको के अर्थ छ र? तर मलाई यो पनि विश्‍वास छ कि यी वचनहरूलाई देखेर विवेकी मानिसहरू बिउँझनेछन् र उन्‍नति गर्ने कोसिस गर्नेछन्। परमेश्‍वर सबै मानिस शान्ति र सन्तुष्टिमा जिऊन् र काम गरून्, साथसाथै परमेश्‍वरलाई प्रेम गर्न सकून् भन्‍ने आशा राख्‍नुहुन्छ। सारा मानवजाति विश्राममा प्रवेश गरोस् भन्‍ने इच्छा परमेश्‍वरको छ; योभन्दा पनि बढी, सारा भूमि परमेश्‍वरको महिमाले भरियोस् भन्‍ने परमेश्‍वरको ठूलो इच्छा छ। मानवजाति शैतानद्वारा नराम्ररी भ्रष्ट भएर विस्मृति र अचेत अवस्थामा डुबेर रहनु शर्मको कुरा हो, जसको कारण आज तिनीहरूमा मानिसको स्वरूप पनि छैन। यसरी, मानिसको विचार, नैतिकता र शिक्षाले एउटा महत्त्वपूर्ण कडी बनाउँछ, साथमा सांस्कृतिक साक्षरताको तालिमले दोस्रो कडी बनाउँछ, यसैले मानिसको सांस्कृतिक क्षमता बढाउन र तिनीहरूको आत्मिक दृष्टिकोण बदल्नु उत्तम हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (३)

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३०८

मानिसहरूले जीवन अनुभवहरू गर्ने क्रममा प्रायजसो मनमनै सोच्ने गर्छन्: “मैले परमेश्‍वरका लागि आफ्नो परिवार र जागिर छोडेको छु, तर उहाँले चाहिँ मलाई के दिनुभएको छ र? मैले यसमा थप्‍नुपर्छ, र यसलाई पुष्टि गर्नुपर्छ—के मैले हालसालै कुनै आशिष्‌ पाएको छु र? यस समयमा मैले धेरै थोक दिएको छु, धेरै दौडधूप गरेको छु, र धेरै दुःख भोगेको छु—के त्यसको सट्टामा परमेश्‍वरले मेरो लागि कुनै प्रतिज्ञा गर्नुभएको छ? के उहाँले मेरा असल कामहरू याद गर्नुभएको छ? मेरो अन्त्य कस्तो हुनेछ? के म परमेश्‍वरको आशिष् पाउन सक्छु? …” प्रत्येक व्यक्तिले निरन्तर आफ्नो हृदयभित्र यस्तो हिसाबकिताब गर्ने गर्छ, र तिनीहरूले आफ्‍ना अभिप्राय, महत्त्वाकाङ्क्षा र लेनदेनको मानसिकताले भरिएका मागहरू परमेश्‍वरसँग गर्छन्। भन्‍नुको अर्थ, मानिसले आफ्नो हृदयमा निरन्तर परमेश्‍वरको जाँच गरिरहेको हुन्छ, परमेश्‍वरबारे निरन्तर योजनाहरू बनाइरहेको हुन्छ, उसको आफ्नै व्यक्तिगत उद्देश्यका लागि निरन्तर परमेश्‍वरसँग तर्क गरिरहेको हुन्छ, र उसले चाहेको कुरा परमेश्‍वरले दिन सक्‍नुहुन्छ कि सक्‍नुहुन्‍न भनी हेर्नलाई परमेश्‍वरबाट अभिव्यक्ति निकाल्ने कोसिस गरिरहेको हुन्छ। परमेश्‍वरको पछि लाग्‍ने क्रममा, मानिसले परमेश्‍वरलाई परमेश्‍वरजस्तो व्यवहार गर्दैन। मानिसले जहिले पनि उहाँसँग सौदाबाजी गर्ने कोसिस गरेको छ, निरन्तर उहाँसँग मागहरू गरेको छ, र उसलाई औँलो दिँदा डुँडुलो निल्‍ने कोसिस गर्दै हरेक पाइलामा उहाँलाई दबाब दिएको छ। मानिसले परमेश्‍वरसँग सौदाबाजी गर्ने क्रममा उहाँसँग तर्क पनि गर्ने गर्छ, र कति मानिसहरू त यस्ता पनि छन्, जो आफूमाथि परीक्षाहरू आइलाग्दा वा आफूले कुनै विशेष परिस्थितिको सामना गर्नुपर्दा, आफ्नो काममा कमजोर, निष्क्रिय र सुस्त हुन्छन्, र परमेश्‍वरबारे गुनासैगुनासो गर्छन्। मानिसले पहिलोपटक परमेश्‍वरमा विश्‍वास गर्न थालेको समयदेखि नै उसले परमेश्‍वरलाई प्रशस्तताको स्रोत, र हर समस्याको समाधान ठानेको छ र उसले आफूलाई परमेश्‍वरको सबैभन्दा ठूलो ऋणदाता ठानेको छ, मानौं परमेश्‍वरबाट आशिष्‌ र प्रतिज्ञाहरू प्राप्त गर्न खोज्नु उसको जन्मजात अधिकार र कर्तव्य हो, र परमेश्‍वरको जिम्मेवारीचाहिँ मानिसको सुरक्षा र वास्ता गर्नु अनि उसको निम्ति प्रबन्ध गरिदिनु हो। “परमेश्‍वरमाथिको विश्‍वास” बारे उहाँमा विश्‍वास गर्नेहरू सबैको आधारभूत बुझाइ यही हो, र यही नै परमेश्‍वरमाथिको विश्‍वासको अवधारणाबारे तिनीहरूको सबैभन्दा गहन बुझाइ पनि हो। मानिसको प्रकृति र सारदेखि उसको व्यक्तिपरक खोजसम्म, कुनै कुरा पनि परमेश्‍वरको भयसँग सम्बन्धित छैन। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसको उद्देश्य र उसले गर्ने परमेश्‍वरको आराधनाको बीचमा सम्भवतः कुनै सम्बन्ध छैन। भन्‍नुको अर्थ, परमेश्‍वरमा विश्‍वास गर्दा उहाँको भय मान्‍नु र आराधना गर्नु पनि आवश्यक छ भन्‍ने कुरा मानिसले न त कहिल्यै विचार गरेको न त बुझेको नै छ। यस्ता अवस्थाहरूलाई विचार गर्दा, मानिसको सार स्पष्ट हुन्छ। यो सार के हो त? यो यही हो कि मानिसको हृदय द्वेषपूर्ण छ, यसभित्र धोखा र छल हुन्छ, यसले निष्पक्षता र धार्मिकता र जे सकारात्मक छ त्यो मन पराउँदैन, र यो घृणित र लोभी हुन्‍छ। मानिसको हृदय परमेश्‍वरको निम्ति योभन्दा बढी बन्द हुन सक्दैन; उसले त्यो हृदय परमेश्‍वरलाई पटक्‍कै दिएको छैन। परमेश्‍वरले मानिसको साँचो हृदय कहिल्यै देख्‍नुभएको छैन, न त कहिल्यै मानिसद्वारा उहाँको आराधना नै भएको छ। परमेश्‍वरले जति नै ठूलो मोल तिर्नुभए पनि वा जति नै धेरै काम गर्नुभए पनि, वा मानिसका निम्ति जति नै धेरै प्रबन्ध गर्नु भए पनि, मानिस अन्धो नै रहन्छ र ती सबैप्रति पूर्ण रूपमा उदासीन भइदिन्छ। मानिसले आफ्नो हृदय परमेश्‍वरलाई कहिल्यै दिएको छैन, उसले केवल आफ्नै लागि आफ्नो हृदयलाई ध्यान दिन, र आफ्नै निर्णयहरू गर्न चाहन्छ—यसको अर्थ के हो भने, मानिसले परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने बाटो पछ्याउन वा परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरू पालन गर्न चाहँदैन, न त उसले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा आराधना गर्न नै चाहन्छ। आज मानिसको स्थिति यस्तै छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३०९

के मानिसहरूले परमेश्‍वरको विविध र विभिन्न काम नजानेकाले, तिनीहरूले पवित्र आत्माको कार्यलाई ज्ञान र सिद्धान्तको अत्यन्त सानो कणले मापन गर्ने हुँदा परमेश्‍वरको विरोध गरेका र पवित्र आत्माको कामलाई अवरोध गरेका होइनन् र? यस्ता मानिसहरूको अनुभव सतही भए पनि, तिनीहरू अहङ्कारी र भोगी प्रकृतिका हुन्छन् र तिनीहरूले पवित्र आत्माको कार्यलाई घृणा गर्छन्, पवित्र आत्माको अनुशासनलाई बेवास्ता गर्छन्, यसको अलाबा पवित्र आत्माको कामलाई “पुष्टि गर्न” तिनीहरूको नगण्य पुरानो तर्कलाई प्रयोग गर्छन्। तिनीहरूले एउटा कार्यलाई धारण गर्छन् र तिनीहरूको आफ्नै शिक्षा र बुद्धिमा विश्‍वस्त हुन्छन् अनि तिनीहरू सारा संसारभरि यात्रा गर्न सक्षम छन् भनी विश्‍वस्त हुन्छन्। के यस्ता मानिसहरू पवित्र आत्माद्वारा घृणा गरिएका र तिरस्कार गरिएका मानिसहरू होइनन् र के तिनीहरूलाई नयाँ युगद्वारा हटाइने छैनन् र? के परमेश्‍वरको सामु आएर खुल्‍लमखुल्‍ला उहाँको विरोध गर्नेहरू अज्ञानी र अबुझ घृणितहरू होइनन् र, जसले तिनीहरू कति प्रखर छन् भनी देखाउने प्रयास गरिरहेका हुन्छन्? बाइबलको नगण्य ज्ञानमा तिनीहरूले संसारको “शैक्षिक समुदाय” मा दङ्गा गर्ने गर्छन्, मानिसहरूलाई सिकाउने सतही सिद्धान्तद्वारा तिनीहरूले पवित्र आत्माको कार्यलाई उल्टाउन खोज्छन् र यसलाई तिनीहरूको आफ्नै वैचारिक प्रक्रियाको सेरोफेरोमा घुमाउने प्रयास गर्छन्। तिनीहरू अदूरदर्शी भए पनि, परमेश्‍वरको छ हजार वर्षको कामलाई एकै झलकमा हेर्ने प्रयास गर्छन्। यी मानिसहरूमा उल्लेख गर्न लायक कुनै अनुभूति हुँदैन। वास्तवमा, मानिसहरूमा जति धेरै परमेश्‍वर सम्‍बन्धी ज्ञान हुन्छ उत्ति नै तिनीहरू उहाँको न्याय गर्नमा सुस्त हुन्छन्। यसको अलाबा, तिनीहरू परमेश्‍वरको आजको काम सम्‍बन्धी तिनीहरूको नगण्य ज्ञानको मात्र कुरा गर्छन्, तर तिनीहरू तिनीहरूका न्यायहरूमा हतार गर्दैनन्। मानिसहरूले परमेश्‍वरलाई जति थोरै चिन्छन् तिनीहरू उत्ति नै अहङ्कारी र अति दृढ हुन्छन् र अझ धेरै ढिठ भएर परमेश्‍वरको अस्तित्वको घोषणा गर्छन्—तैपनि तिनीहरूले सिद्धान्तको मात्र कुरा गर्छन् र कुनै वास्तविक प्रमाण पेश गर्दैनन्। यस्ता मानिसहरू कुनै मूल्यका हुँदैनन्! पवित्र आत्माको कामलाई खेलको रूपमा हेर्नेहरू खेलबाड गर्नेहरू हुन्! पवित्र आत्माको नयाँ कामलाई अनुभव गर्दा होसियारी नहुनेहरू, बढी बोल्‍नेहरू न्याय गर्नुमा छिटो हुन्छन्, आफ्नो मनस्थितिलाई अनियन्त्रित छोड्नेहरूले पवित्र आत्माको कामको धार्मिकतालाई इन्कार गर्छन्, जसले यसको अपमान गर्छन् र ईश्‍वर-निन्दा पनि गर्छन्—के यस्ता अनादरणीय मानिसहरू पवित्र आत्माको कामप्रति अनजान हुँदैनन् र? यसको अलाबा के तिनीहरू महाघमण्डका मानिसहरू होइनन्, जो अन्तर्निहित रूपमा घमण्डी र अनियन्त्रित हुन्छन्? यस्ता मानिसहरूले पवित्र आत्माको काम स्वीकार गर्ने कुनै दिन नै आए पनि, परमेश्‍वरले यस्ता मानिसलाई अझै सहनुहुनेछैन। तिनीहरूले परमेश्‍वरको निम्ति काम गर्नेहरूलाई नीच रूपमा हेर्ने मात्र होइन, तर तिनीहरू परमेश्‍वर स्वयम्‌को ईश्‍वर-निन्दा पनि गर्छन्। यस्ता दुस्साहसी मानिसहरूलाई यो युगमा वा आउने युगमा क्षमा गरिनेछैन, र तिनीहरू नरकमा सदाको निम्ति नष्ट हुनेछन्! यस्ता अनादरणीय र भोगी मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको नाटक गरिरहन्छन्, र मानिसहरू जति धेरै यस्ता हुन्छन् उत्ति नै तिनीहरू परमेश्‍वरको प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने हुन्छन्। सबै अहङ्कारीहरू जन्‍मजातै अनियन्त्रित हुने, र कहिल्यै कसैको आज्ञापालन नगर्ने, के तिनीहरू सबै यही मार्गमा हिँड्दैनन् र? सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वरलाई तिनीहरूले दिनदिनै विरोध गर्दैनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३१०

हजारोँ वर्षसम्म फैलिएको प्राचीन संस्कृति र इतिहासको ज्ञानले मानिसको सोच र धारणा अनि उसको मानसिक दृष्टिकोणलाई यति कसिलोसँग बन्द गरिदिएको छ कि ती अभेद्य र गैर-जैवनिम्‍नीकरणीय[१] बनेका छन्। मानिसहरू नरकको अठारौं चक्रमा बस्छन्, जहाँ उनीहरूलाई परमेश्‍वरले कालकोठरीमा हालिदिनुभएझैं, उज्यालो कहिल्यै देख्‍न सकिँदैन। सामन्ती सोचले मानिसहरूलाई यति दमन गरेको छ कि उनीहरूलाई सास फेर्न पनि मुस्किल छ र तिनीहरू निस्सासिरहेका छन्। तिनीहरूसँग विरोध गर्ने अलिकति पनि शक्ति छैन; तिनीहरूले चुपचाप सहेको सहेकै गर्न मात्र सक्छन्…। धार्मिकता र न्यायका लागि संघर्ष गर्न वा खडा हुने हिम्मत कहिल्यै कसैले गरेको छैन; मानिसहरू दिनदिनै र हरेक वर्ष सामन्ती प्रहार र दुर्व्यवहारमुनि पशुको भन्दा नराम्रो जीवन जिउँछन्। तिनीहरूले मानव संसारमा खुसी पाउन परमेश्‍वरलाई खोज्नुपर्छ भनी कहिल्यै सोचेका छैनन्। यस्तो लाग्छ, मानिसहरू यतिसम्म पिटिएका छन् कि तिनीहरू शरदमा झरेका पातहरूझैँ सुकेका, खरिएका र पहेँलो-खैरो भएका छन्। मानिसहरूले आफ्नो स्मरण शक्ति गुमाएको धेरै भइसकेको छ; तिनीहरू असहाय बनेर त्यो नरकमा बस्छन् जसलाई मानव संसार भनिन्छ, त्यहाँ तिनीहरू त्यस अन्तिम दिनको आगमन पर्खिरहेका छन् जहाँ तिनीहरू यस नरकसँगै नष्ट हुन सक्छन्, मानौं तिनीहरूले चाहना गरेका त्यो अन्तिम दिन मानिसले आरामदायी शान्ति पाउने दिन हो। सामन्ती नैतिकताले मानिसको जीवनलाई “पाताल” मा लगिसकेको छ, जसले मानिसको प्रतिरोध गर्ने क्षमतालाई अझ कमजोर बनाएको छ। सबै प्रकारका उत्पीडनले मानिसलाई एकपछि अर्को चरण गरी धकेल्दै, पातालको झन्झन् गहिराइतिर खसाल्छ, परमेश्‍वरबाट झन्-झन् टाढा बनाउँछ, र आजको दिनसम्ममा ऊ परमेश्‍वरप्रति पूर्ण अपरिचित भइसकेको छ र उहाँलाई भेट्दा ऊ तर्की भाग्‍न हतार गर्छ। मानिसले उहाँलाई ध्यान दिँदैन र उहाँलाई एकलै उभिनका निम्ति छोडिदिन्छ, मानौं मानिसले कहिल्यै उहाँलाई चिनेको छैन, उहाँलाई पहिले कहिल्यै देखेको छैन। तैपनि परमेश्‍वरले मानव जीवनको लामो यात्राभरि मानिसलाई पर्खिरहनुभएको छ, उहाँको रोक्‍न नसकिने क्रोध कहिल्यै ऊमाथि पोखाउनुभएको छैन, मानिसले पश्‍चात्ताप गरी नयाँ सुरुवात गरोस् भनी एक शब्द पनि नबोली चुपचाप पर्खिरहनुभएको छ। मानिससँग मानव संसारको दुःखमा सहभागी हुन परमेश्‍वर धेरै अघि नै मानव संसारमा आउनुभयो। उहाँ मानिसको साथमा बस्‍नुभएका सारा वर्षहरूमा कसैले पनि उहाँको अस्तित्वलाई पत्ता लगाएको छैन। उहाँले व्यक्तिगत रूपमा ल्याउनुभएको काम पूरा गर्ने क्रममा परमेश्‍वर मानव संसारको अन्यायपूर्ण दुःखलाई चुपचाप सहनु मात्र हुन्छ। उहाँले परमेश्‍वर पिताको इच्छा र मानवजातिको आवश्यकताका खातिर मानिसले पहिले कहिल्यै अनुभव नगरेका दुःखहरू धैर्यसाथ निरन्तर भोगिरहनुहुन्छ। मानिसको उपस्थितिमाझ उहाँले चुपचाप उसलाई पर्खनुभयो र मानिसको उपस्थितिमाझ उहाँले पिता परमेश्‍वरको इच्छाको खातिर र मानवजातिको आवश्यकताका खातिर आफैलाई नम्र तुल्याउनुभयो। प्राचीन संस्कृतिको ज्ञानले थाहै नदिई मानिसलाई परमेश्‍वरको उपस्थितिमाझबाट चोरेर लगेको छ र उसलाई दियाबलसहरूको राजा र त्यसका सन्तानको हातमा सुम्पिदिएको छ। चार पुस्तक र पञ्‍चोत्कृष्ट पुस्तकहरूले[क] मानिसका सोच र धारणाहरूलाई विद्रोहको अर्को युगतिर लगेको छ, जसले उसलाई त्यो पुस्तक/उत्कृष्ट दस्तावेज सङ्ग्रहित गर्नेहरूलाई पहिलेभन्दा बढी प्रशंसा गर्ने बनाउँछ, र यसको फलस्वरूप उसले परमेश्‍वरसम्बन्धी आफ्नो धारणालाई अझ खराब बनाउँछ। मानिसले थाहै नपाई, दियाबलसहरूको राजाले क्रूरतापूर्वक उसको हृदयबाट परमेश्‍वरलाई निकालेको छ र त्यो ठाउँमा विजयको हर्षसहित आफै बसेको छ। त्यस समयदेखि नै, मानिस दुष्ट र घिनलाग्दो आत्माको अधीनमा छ र ऊसित दियाबलसहरूको राजाको अनुहार छ। परमेश्‍वरप्रतिको घृणाले उसको छाती भरियो, र दियाबलसहरूको राजाको द्वेषपूर्ण दुर्भावना ऊ पूर्ण रूपमा बरबाद नहुन्जेलसम्म मानिसहरूभित्र दिनदिनै फैलिरह्यो। मानिससँग अलिकति पनि स्वतन्त्रता थिएन र दियाबलसहरूको राजाको बन्धनबाट मुक्त हुने कुनै उपाय थिएन। त्यही ठाउँमा कैदीको रूपमा लगिने, आत्मसमर्पण गर्ने र त्यसको उपस्थितिमा समर्पण हुनेबाहेक ऊसँग अरू विकल्प थिएन। धेरै पहिले, जब मानिसको हृदय र आत्मा आफ्नो शैशवकालमा थियो, तब दियाबलसहरूको राजाले त्यसमा नास्तिकता रोगको बीउ रोप्यो र उसलाई “विज्ञान र प्रविधि अध्ययन गर्नु; चार आधुनिकीकरण महसुस गर्नु; संसारमा परमेश्‍वर भन्‍ने कुनै कुरा छैन” भन्‍ने झूटहरू सिकायो। त्यति मात्र होइन, यो हर अवसरमा यसो भन्दै चिच्याउँछ: “सुन्दर जन्मभूमि निर्माण गर्न हामी आफ्नै उद्यमी परिश्रममा भरोसा गरौं,” र प्रत्येक व्यक्तिलाई बाल्यकालदेखि नै आफ्नो देशलाई विश्‍वासयोग्य सेवा प्रदान गर्न तयार हुनुपर्छ भन्छ। मानिसलाई अनजानमा त्यसको छेउमा ल्याइयो, जहाँ यसले कुनै सङ्कोच नमानीकन अहङ्कारका साथ सबै श्रेय (अर्थात्, सबै मानवजातिलाई उहाँकै हातमा राख्‍ने परमेश्‍वरको श्रेय) आफैले लियो। त्यसमा यसले कहिल्यै पनि शर्मको कुनै अनुभूति गरेन। यसबाहेक, यसले लाजै नमानी परमेश्‍वरका मानिसहरूलाई अँठ्यायो र तानेर आफ्नो घरमा ल्यायो, जहाँ यो मुसोझैं टेबलमा उफ्रियो र आफूलाई परमेश्‍वरको रूपमा पूजा गर्न मानिसलाई लगायो। कस्तो निराशलाग्दो कुरा! यसले विवादास्पद र स्तब्ध पार्ने कुराहरू चिच्याउँदै भन्छ, जस्तै: “संसारमा परमेश्‍वर भन्‍ने कुनै कुरा छैन। बतास प्राकृतिक नियमअनुसार रूपान्तरणबाट आउँछ; वर्षा तब हुन्छ जब पानी बाफ बनेर चिसो तापक्रमसँग मिल्छ, र बाक्ला थोपाहरू बनेर जमिनमा झर्छ; भूकम्प भनेको भूगर्भीय परिवर्तनको कारण पृथ्वीको सतह हल्लिनु हो; खडेरीचाहिँ सूर्यको सतहमा न्यूक्लियोन विघटन हुँदा हावामा सुक्खापन हुने भएकोले गर्दा हुन्छ। यी प्राकृतिक घटनाहरू हुन्। यी सबै थोकमा, परमेश्‍वरको काम कहाँ छ?” यस्ता व्यक्तिहरू पनि छन् जो निम्‍न कुराहरू भन्दै अर्थात् समर्थन गर्न नहुने यस्ता भनाइहरू बोल्दै कराइरहेका हुन्छन्: “मानिस विगतमा बाँदरबाट विकसित भएको थियो, र आजको संसार करिबकरिब एक अर्ब वर्षपहिले सुरु भएको आदिम समाजहरूको उत्तराधिकारबाट आएको हो। कुनै देश फस्टाउँछ कि पतन हुन्छ भन्‍ने कुरा रूपमा त्यसको जनताको हातमा हुन्छ।” पृष्ठभूमिमा, यसले मानिसलाई यो आफैलाई भित्तामा झुण्ड्याएर वा टेबलमा राखेर श्रद्धा र भेटी चढाउने बनाउँछ। यसको साथै यो “परमेश्‍वर हुनुहुन्‍न” भन्दै कराउँछ, यसले आफैलाई परमेश्‍वरजस्तो उच्‍च बनाउँछ, परमेश्‍वरको स्थानमा उभिएर र दियाबलसहरूको राजाको भूमिकालाई ग्रहण गर्दै अत्यन्तै अभद्रतासाथ परमेश्‍वरलाई पृथ्वीको सिमानाबाट बाहिर धकेल्छ। कति नराम्रो घतले विवेक गुमाएको! यो कुराले यसलाई अत्यन्तै घिनलाग्दो बनाउँछ। यस्तो लाग्छ, परमेश्‍वर र यो कट्टर शत्रुहरू हुन्, र यी दुई सँगसँगै रहन सक्दैनन्। व्यवस्थाले नभेट्ने ठाउँमा स्वतन्त्र रूपले घुम्दै[२] यसले परमेश्‍वरलाई बाहिर लखेट्ने योजना बनाउँछ। यो दियाबलसहरूको त्यस्तो राजा हो! यसको अस्तित्वलाई कसरी सहन सकिन्छ? परमेश्‍वरको कामलाई नाश नपारुन्जेल र सबै कुरा पूरै लथालिङ्ग[३] नबनाउन्जेल यसले विश्राम गर्दैन, मानौं यसले माछा नमारुञ्‍जेल वा जाल नफाटुन्जेल अन्त्यसम्मै परमेश्‍वरको कडा विरोध गर्न चाहन्छ, जानीजानी आफैलाई परमेश्‍वरको विरोधी बनाउँछ र झन्-झन् अगाडि आउँछ। त्यसको घृणित अनुहार लामो समयदेखि पूर्ण रूपमा उदाङ्गो भएको छ, अब त्यो चोटैचोट र नीलडामले भरिएको[४] छ र दुःखद स्थितिमा छ, तैपनि परमेश्‍वरप्रतिको घृणामा यो अझै नरम हुँदैन, मानौं परमेश्‍वरलाई एकै गाँसमा निलेपछि मात्र त्यसले आफ्नो हृदयको घृणालाई कम गर्न सक्छ। हामी कसरी यसलाई सहन सक्छौं, यो परमेश्‍वरको शत्रुलाई! यसलाई समाप्त गरेर अनि पूर्ण रूपमा नाश पारेर मात्र हाम्रो जीवनको इच्छा सफल हुनेछ। यसलाई जताततै त्यसरी दगुरिहिँड्ने अनुमति कसरी दिन सकिन्छ? यसले मानिसलाई यति भ्रष्ट पारेको छ कि मानिसले स्वर्गसूर्यलाई जान्दैन, र ऊ जीवनरहित र भावहीन भएको छ। मानिसले आफ्नो सामान्य मानव-तर्क हराएको छ। भविष्यका सबै चिन्ताहरू हटाउनका लागि यसलाई नाश गर्न र जलाउन अनि परमेश्‍वरको कार्यलाई चाँडै अभूतपूर्व महिमामा पुग्‍न दिनका निम्ति हाम्रो सम्पूर्ण अस्तित्व नै किन समर्पण नगर्ने? बदमासहरूको यो गिरोह मानिसहरूको संसारमा आयो र यहाँ उत्पात मच्‍चायो। तिनीहरूले सारा मानवजातिलाई भीरको टुप्‍पामा ल्याएका छन्, उनीरूलाई थाहै नदिई भीरमुनि धकेलेर टुक्रा-टुक्रा पारी उनीहरूको लास खाने गोप्य योजना बनाउँदैछन्। तिनीहरू परमेश्‍वरको योजना तोड्ने र उहाँसँग जुवा खेल्ने र एउटै दाउमा सबै जित्‍ने[५] व्यर्थको आशा गर्छन्। त्यो कुनै पनि हालतमा सजिलो छैन! आखिर दियाबलसहरूको राजाको लागि नै क्रूस तयार पारिएको छ, जो सबैभन्दा जघन्य अपराधको दोषी छ। परमेश्‍वर क्रूसको स्वामित्वमा हुनुहुन्‍न। उहाँले पहिले नै यसलाई दियाबलसतिर हुत्याइसक्‍नुभएको छ। परमेश्‍वर धेरै समय अगाडि नै विजयी हुनुभएको छ, र मानवजातिको पापको लागि अबउप्रान्त दुःख महसुस गर्नुहुन्‍न, बरु उहाँले सबै मानवजातिको लागि मुक्ति ल्याउनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (७)

फूटनोट:

१. “गैर-जैवनिम्‍नीकरणीय” यहाँ व्यङ्ग्यको रूपमा छ, जसको अर्थ मानिसहरू तिनीहरूको ज्ञान, संस्कृति र आध्यात्मिक दृष्टिकोणमा कठोर हुन्छन् भन्‍ने हो।

२. “व्यवस्थाले नभेट्ने ठाउँमा स्वतन्त्र रूपले घुम्दै” ले शैतान रिसले बौलाएर अनियन्त्रित भई दौडिन्छ भन्‍ने जनाउँछ।

३. “पूरै लथालिङ्ग” ले शैतानको हिंस्रक व्यवहार हेर्नु पनि असहनीय हुन्छ भन्‍ने जनाउँछ।

४. “चोटैचोट र नीलडामले भरिएको” भनेको दियाबलसहरूको राजाको कुरूप अनुहार हो।

५. “एउटै दाउमा सबै जित्‍ने” भनेको अन्तमा जित्‍ने आशामा आफ्नो सबै पैसा एउटै बाजीमा लगाउनु हो। यो शैतानका भयावह र नराम्रा योजनाहरूका लागि एउटा उपमा हो। यो वाक्यांश खिसी गर्नका निम्ति प्रयोग गरिन्छ।

क. चार पुस्तक र पञ्‍चोत्कृष्ट पुस्तकहरू चीनको कन्फ्युसियस धर्मका आधिकारिक पुस्तकहरू हुन्।


परमेश्‍वरका दैनिक वचनहरू  अंश ३११

माथिदेखि तलसम्म र सुरुदेखि अन्तसम्म, शैतानले परमेश्‍वरको कार्यलाई बाधा दिइरहेको छ र उहाँको विरुद्धमा कार्य गर्दै आएको छ। “पुरातन सांस्कृतिक सम्पदा,” बहुमूल्य “पुरातन संस्कृतिको ज्ञान,” “ताओवाद र कन्फ्युसियसवादको शिक्षा,” र “कन्फ्युसियसवादका उत्कृष्ट लेखहरू र सामन्ती संस्कार,” यी सबै कुराले मानिसलाई नरकमा लगेको छ। उन्‍नत आधुनिक विज्ञान र प्रविधि, साथै उच्‍च विकसित उद्योग, कृषि र व्यवसाय कहिँकतै देखिँदैन। बरु, यसले परमेश्‍वरको कार्यलाई जानाजानी बिथोल्न, विरोध गर्न र ध्वस्त पार्नका लागि प्राचीन समयका “बाँदरहरू” ले फैलाएको सामन्ती संस्कारलाई जोड दिने काम मात्र गर्छ। यसले आजको दिनसम्म मानिसलाई कष्ट दिइरहेको मात्र छैन, यसले त मानिसलाई पूरै निल्न[१] पनि चाहन्छ। सामन्तवादको नैतिक र आचार शिक्षाको प्रचारप्रसार र प्राचीन संस्कृतिको ज्ञानको हस्तान्तरणले मानवजातिलाई ठूला र साना दियाबलसहरूमा परिणत गर्दै लामो समयदेखि सङ्क्रमित गर्दै आएको छ। खुसीसाथ परमेश्‍वरलाई ग्रहण गर्नेहरू थोरै छन्, हर्षोल्लास गर्दै उहाँको आगमनलाई स्वागत गर्नेहरू कमै छन्। सम्पूर्ण मानवजातिको अनुहार हत्या गर्ने अभिप्रायले भरिएको छ, र हरेक ठाउँमा, हत्या गर्ने सास हावामा फैलिएको छ। तिनीहरूले यस भूमिबाट परमेश्‍वरलाई निकाल्ने प्रयास गरिरहेका छन्; हातमा छुरी र तरबारहरू लिएर तिनीहरू परमेश्‍वरको “विनाश” गर्ने युद्धको तयारीमा छन्। मानिसलाई परमेश्‍वर हुनुहुन्‍न भनी निरन्तर सिकाइने दियाबलसको यस देशभरि, मूर्तिहरू फैलिएको छ, र माथिको हावाभरि जलेको कागज र धूपको वाकवाक लाग्‍ने दुर्गन्ध निसास्याउने गरी बाक्लो रूपमा व्याप्त छ। यो फोहोरको दुर्गन्धजस्तै हो जुन विषालु सर्पको गुँडुल्क्याइँको कारण फैलिएर आउँछ, यतिसम्म कि बान्ता रोक्‍न समेत सकिँदैन। यसबाहेक, दुष्ट भूतहरूले धर्मशास्‍त्रका वचनहरूको कीर्तन गरेको आवाज सुन्‍न सकिन्छ, यस्तो आवाज जुन टाढा नरकबाटै आइरहेको जस्तो लाग्छ, यो यति अत्यधिक हुन्छ कि यहाँ थरथर नकाँपी रहन सकिँदैन। यस देशभरि जताततै इन्द्रेनीका सबै रङ्ग भएका मूर्तिहरू राखिएका छन् र यस भूमिलाई कामुक आनन्दको संसारमा परिणत गरिएको छ, जबकि दियाबलसहरूको राजा मूर्खतापूर्ण तरिकाले हाँस्दै बसिरहन्‍छ, मानौं यसको विनाशकारी षड्यन्त्र सफल भएको छ। यसैबीच, मानिस पूर्ण रूपमा बेपरवाह रहन्छ र उसलाई शैतानले आफूलाई भ्रष्ट पारेको रत्ती पनि अनुभूति छैन, यहाँ सम्म कि ऊ चेतनाशून्य भएको छ र हारेर उसको शिर लत्रक्‍क परेको छ। त्यसले एकै झट्कामा परमेश्‍वरसम्बन्धी सबै कुरा मेटाउन र फेरि उहाँलाई अशुद्ध पार्ने र उहाँको हत्या गर्ने इच्छा गर्छ; यसले उहाँको काम बिगार्न र त्यसमा बाधा पुर्‍याउन पुरै जोर लगाउँछ। यसले कसरी परमेश्‍वरलाई समान दर्जाको हुन दिन सक्छ? पृथ्वीमा मानिसहरूमाझ हुने काममा परमेश्‍वरले “हस्तक्षेप” गर्नुभएको यसले कसरी सहन सक्छ? यसले कसरी परमेश्‍वरलाई त्यसको घिनलाग्दो अनुहार उदाङ्गो पार्न दिन सक्छ? यसले परमेश्‍वरलाई कसरी त्यसको काम लथालिङ्ग पार्न दिन सक्छ? क्रोधले ग्रसित यो दियाबलसले कसरी पृथ्वीमा रहेको आफ्नो शाही दरबार परमेश्‍वरलाई नियन्त्रण गर्न दिन सक्छ? कसरी यो स्वेच्छाले उहाँको उच्‍च पराक्रमको अघि झुक्‍न सक्छ? यसको घिनलाग्दो अनुहारलाई जस्ताको त्यस्तै प्रकट गरिएको छ, यसैले अब हाँस्‍ने कि रुने कसैलाई केही थाहा छैन, र यसबारेमा कुरा गर्नु साँच्‍चै नै गाह्रो छ। के यसको सार यही होइन र? घिनलाग्दो प्राणको साथमा यसले अझै पनि आफू विश्‍वासै गर्न नसकिने गरी सुन्दर छु भनी विश्‍वास गर्छ। यो अपराध गर्ने मतियारहरूको गिरोह![२] तिनीहरू भोगविलासमा लिप्त हुन मरणशील संसारमा ओर्लेर आउँछन् र यतिसम्म अराजकता मच्‍चाउँछन् र होहल्‍ला गर्छन् कि यो संसार नै भद्रगोल र अस्थिर ठाउँ बन्छ र मानिसको हृदय त्रास र असहजताले भरिन्छ, र तिनीहरूले मानिससँग यतिसम्म खेलबाड गरेका छन् कि उसको स्वरूप मैदानको अमानवीय जनावरको जस्तो अत्यन्त कुरूप बनेको छ, जसबाट मूल पवित्र मानिसको अन्तिम छाप समेत हराएको छ। यसबाहेक, तिनीहरूले पृथ्वीमा सार्वभौम शक्ति पनि हत्याउन चाहन्छन्। तिनीहरूले परमेश्‍वरको कामलाई यति बाधा दिन्छन् कि त्यो काम एक इन्च मात्र अगाडि बढ्न पनि कठिन हुन्छ, र तिनीहरूले तामा र स्टिलको पर्खाललाई जस्तै कसिलो गरी मानिसलाई बन्द गरी राख्छन्। यति धेरै भयङ्कर पापहरू गरिसकेपछि र यति धेरै विपत्तिहरू आउन दिइसकेपछि, के तिनीहरूले अझै पनि सजायबाहेक अरू केही कुराको आशा गरिरहेका छन्? भूत र दुष्टात्माहरू केही समयसम्‍म यस पृथ्वीमा यताउता उन्मादको साथ दौडिरहेका छन्, र परमेश्‍वरको इच्छा र अथक प्रयास दुवैलाई यति कसिलो गरी बन्द गरेका छन् कि तिनलाई छेड्न नै सकिँदैन। साँच्‍चै, यो मरणशील पाप हो! परमेश्‍वर चिन्तित नभई कसरी बस्‍न सक्‍नुहुन्छ र? परमेश्‍वर कसरी क्रोधित नहुन सक्‍नुहुन्‍छ र? तिनीहरूले परमेश्‍वरको कामलाई अत्यन्तै गम्भीर रूपमा बाधा पुर्‍याएका र विरोध गरेका छन्: कस्तो विद्रोही! ती ठूला र साना भूतहरूले समेत सिंहको पिछा गरिरहेका स्यालहरूझैँ व्यवहार गर्छन् र खराब प्रवाहलाई पछ्याउँछन्, र अघि बढ्दै जाँदा बाधाहरू ल्याउँछन्। सत्य जानेपछि जानीजानी त्यसको विरोध गर्छन्, यी विद्रोहका छोराहरू! तिनीहरू आफ्नो नरकको राजा राजाको शाही सिंहासनमा बसेको छ झैँ गरी अरू सबैलाई घृणाको साथ व्यवहार गर्दै आफूप्रति गर्व गर्ने र आत्मसन्तुष्ट बन्‍ने गर्छन्। तिनीहरूमध्ये कति जना सत्यताको खोजी गर्छन् र धार्मिकताको पछि लाग्छन्? तिनीहरू सबै सुँगुर र कुकुरभन्दा नीच जनावरहरू हुन्, गन्हाउने झिँगाहरूको हूलको अगुवाहरू हुन्, र तिनीहरूले आत्मसन्तुष्ट बनी आफैलाई बधाई दिँदै टाउको हल्लाउँछन् र गोबरको थुप्रोको बीचमा सबै किसिमका समस्याहरू उत्पन्‍न गर्छन्।[३] तिनीहरू आफ्नो नरकको राजा सबैभन्दा महान् राजा हुन् भन्‍ने विश्‍वास गर्छन्, तर तिनीहरूलाई आफू दुर्गन्धित झिँगोहरूभन्दा बढी केही पनि होइनौँ भन्‍नेचाहिँ थाहै छैन। तैपनि, परमेश्‍वरको अस्तित्वमा हानि गर्न, तिनीहरूले आफ्ना आमाबाबुको रूपमा रहेका सुँगुर र कुकुरहरूको शक्तिको फाइदा उठाउँछन्। नीच झिँगोहरूको रूपमा तिनीहरूले आफ्ना आमाबुबालाई नीला ह्वेल माछाहरू[४] जत्तिकै ठूला छन् भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू आफै अति साना छन्, तिनीहरूका आमाबुबा अशुद्ध सुँगुर र कुकुरहरू हुन् जो तिनीहरूभन्दा करोडौँ गुणा ठूला छन् भन्‍ने बारेमा तिनीहरूलाई थाहै हुँदैन। तिनीहरू आफ्नै तुच्छताको बारेमा अनजान रहन्छन्, अनि भावी सन्तान उत्पन्‍न गर्न अनियन्त्रित भएर दगुर्नका निम्ति सुँगुर र कुकुरहरूले निकालेका सडेका दुर्गन्धहरूमा भरोसा राख्छन्, र तिनीहरूलाई लाज-सर्मको कुनै ज्ञान हुँदैन! आफ्नो ढाडमा हरियो पखेटा लिएर (यसले तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छौं भनी गर्ने दाबीलाई जनाउँछ), तिनीहरू आत्मसन्तुष्ट हुन्छन् र सबै ठाउँमा आफ्नो सुन्दरता र आकर्षणको घमण्ड गर्छन्, जबकि तिनीहरूले गोप्य रूपमा आफ्नै शरीरमा भएका अशुद्धता मानिसहरूमा फैलाइरहेका हुन्‍छन्। यसको साथै, तिनीहरू आफैसँग अत्यन्त प्रसन्‍न हुन्छन्, मानौं तिनीहरूले आफ्ना अशुद्धताहरू लुकाउनका लागि इन्द्रेनी रङ्गका जोडी पखेटाहरू प्रयोग गर्न सक्छन्, र यस तरिकाले तिनीहरूले साँचो परमेश्‍वरको अस्तित्वमाथि अत्याचार गर्छन् (यसले धार्मिक संसारको पर्दापछाडि के हुन्छ भन्‍ने कुरालाई सङ्केत गर्छ)। झिँगाका पखेटाहरू मन्त्रमुग्ध पार्ने गरी सुन्दर हुन सक्‍ने भए पनि, त्यो झिँगा आफै आखिर एउटा छुद्र प्राणी मात्र हो, जसको पेट फोहरले भरिएको र शरीर कीटाणुहरूले ढाकेको हुन्छ भन्‍ने कुरालाई मानिसले कसरी जान्दथ्यो र? आफ्ना आमाबुबाको रूपमा रहेका सुँगुर र कुकुरहरूको बलमा तिनीहरू देशभरि अनियन्त्रित भई र आफ्नो क्रूरतामा कुनै पावन्दी नलागई अन्धाधुन्ध दौडन्छन् (यसले परमेश्‍वरको खेदो गर्ने धार्मिक अधिकारीहरू परमेश्‍वर र सत्यको विरुद्ध विद्रोह गर्न कसरी देशको सरकारको बलियो समर्थनमा भर पर्छन् भन्‍ने कुरालाई जनाउँछ)। यस्तो लाग्छ, मानौँ यहूदी फरिसीहरूका प्रेतहरू परमेश्‍वरसँगै तिनीहरूको पुरानो गुँड, अर्थात् ठूलो रातो अजिङ्गरको देशमा फर्केर आएका छन्। तिनीहरूले हजारौं वर्षअघिको आफ्नो कामलाई सुचारु गर्दै, अर्को सतावट कार्य सुरु गरेका छन्। पतित मानिसहरूको यो समूह अन्त्यमा पृथ्वीमा नाश हुने निश्‍चित छ! यस्तो देखिन्छ कि हजारौं वर्षपछि ती अशुद्ध आत्माहरू अझ बढी धूर्त र चलाक भएका छन्। तिनीहरू गोप्य रूपमा परमेश्‍वरको कामलाई कमजोर पार्ने तरिकाहरूको बारेमा निरन्तर सोचिरहेका छन्। प्रशस्त चलाकी र छलसहित, तिनीहरूले आफ्नो मातृभूमिमा हजारौं वर्ष पहिलेको दुःखद घटना फेरि घटाउन चाहन्छन्, र यसरी परमेश्‍वरलाई चिढ्याउँदै रुने अवस्थामा पुऱ्याउँछन्। तिनीहरूलाई नाश पार्न तेस्रो स्वर्गमा फर्कनबाट उहाँले आफैलाई विरलै मात्र रोक्‍न सक्‍नुहुन्छ। मानिसले परमेश्‍वरलाई प्रेम गर्नको लागि, उसले उहाँको इच्छालाई बुझ्नुपर्छ, उहाँका आनन्द र दुःखहरूको बारेमा जान्‍नुपर्छ, र उहाँले कुन कुरालाई घृणा गर्नुहुन्छ त्यो बुझ्नुपर्छ। यसो गर्दा यसले मानिसको प्रवेशमा अझ बढी प्रोत्साहन दिनेछ। मानिसको प्रवेश जति चाँडो हुन्छ, त्यत्ति नै चाँडो परमेश्‍वरको इच्छा पूरा हुन्छ, त्यति नै स्पष्टसँग मानिसले दियाबलसहरूको राजालाई देख्छ, र ऊ परमेश्‍वरको त्यति नै नजिक जान्छ, र यसरी उहाँको इच्छालाई पूरा गर्न सकिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (७)

फूटनोट:

१. “निल्न” ले दियाबलसहरूको राजाको क्रूर व्यवहारलाई जनाउँछ, जसले मानिसहरूलाई सम्पूर्ण रूपमा मोहित गर्छ।

२. “अपराध गर्ने मतियारहरूको गिरोह” भनेको “गुन्डाहरूको दल” जस्तै हो।

३. “सबै किसिमका समस्याहरू उत्पन्‍न गर्छन्” भन्‍ने भनाइले भूतग्रस्त मानिसहरूले कसरी दङ्गा मच्‍चाउँछन्, परमेश्‍वरको काममा बाधा पुर्‍याउँछन् र विरोध गर्छन् भन्‍ने कुरालाई जनाउँछ।

४. “नीला ह्वेल माछाहरू” भन्‍ने वाक्य खिसी गर्नको लागि प्रयोग गरिन्छ। यो एउटा उपमा हो जसले झिँगाहरू यति सानो हुन्छन् कि सुँगुर र कुकुरहरू पनि तिनीहरूलाई ह्वेल माछाहरू जस्तै ठूलो लाग्छ भन्‍ने कुरालाई जनाउँछ।


परमेश्‍वरका दैनिक वचनहरू  अंश ३१२

हजारौं वर्षदेखि यो फोहोरको देशको रूपमा रहेको छ। यो असहनीय रूपमा फोहोर छ, प्रचुर दुःख छ, प्रेतहरू छल्दै र धोका दिँदै, आधारहीन आरोपहरू लगाउँदै,[१] निर्दयी र क्रूर हुँदै, यो भूतको सहरलाई कुल्चिमिल्ची गर्दै र त्यसमा लासहरू छरपस्ट छोड्दै अनियन्त्रित हुन्छन्; कुहिएको लासको दुर्गन्धले देशलाई ढाक्छ र हावामा फैलिन्छ, र त्यसलाई कडा सुरक्षामा राखिन्छ।[२] आकाशहरूभन्दा परको संसारलाई कसले देख्न सक्छ? शैतानले मानिसको सम्पूर्ण शरीरलाई कसिलो गरी बाँधेर राख्छ, त्यसले उसका दुवै आँखाहरू ढाकिदिन्छ, र उसका ओठहरू बलियो गरी बन्द गरिदिन्छ। दियाबलसहरूका राजाले हजारौं वर्षदेखि आजको दिनसम्म उधुम मच्चाएको छ, अनि अझै पनि यसले भूतको सहरमाथि ध्यान लाएर हेर्छ, मानौं यो भूतहरूको अभेद्य महल हो; यस बेला रखवारी कुकुरहरूको यो झुन्डले परमेश्‍वरले उनीहरूलाई थाहै नपाई पक्रनुहुनेछ र ती सबैलाई मेटाउनुहुनेछ, शान्ति र आनन्दको ठाउँ हुनेछैन भनी डराएर ठूला-ठूला आँखाले हेर्छन्। यस्तो भूतको शहरका यस्ता मानिसहरूले कसरी परमेश्‍वरलाई देखेका हुन सक्छन् र? के तिनीहरूले कहिल्यै परमेश्‍वरको मायालु र प्रेमिलोपनको आनन्द उठाएका छन्? मानव संसारका मामिलाको बारेमा तिनीहरूले कति बुझेका छन्? तिनीहरूमध्ये कसले परमेश्‍वरको उत्सुक इच्छालाई बुझ्न सक्छ? त्यसैले देहधारी परमेश्‍वर पूर्ण रूपमा लुकेर रहनु त्यत्ति अचम्मको कुरा होइन: यस्तो अन्धकारको समाजमा जहाँ भूतहरू निर्दयी र अमानवीय हुन्छन्, जहाँ शैतानका राजाले कुनै चासो नराखी मानिसहरूलाई मार्छ, त्यसले यस परमेश्‍वरको अस्तित्वलाई कसरी सहन गर्न सक्छ जो प्रेमिलो, दयालु, साथै पवित्र पनि हुनुहुन्छ? त्यसले परमेश्‍वरको आगमनको प्रशंसा र जयजयकार कसरी गर्न सक्छ? यी चापलुसहरू! तिनीहरूले दयाको बदलीमा घृणा गर्छन्, तिनीहरूले धेरै पहिलेदेखि नै परमेश्‍वरलाई शत्रुको रूपमा व्यवहार गर्न थालेका छन्, तिनीहरूले परमेश्‍वरसित दुर्व्यवहार गर्छन्, तिनीहरू चरम रूपमा क्रूर छन्, तिनीहरूमा परमेश्‍वरप्रति अलिकति पनि आदर छैन, तिनीहरू लुट्छन् र खोस्छन्, तिनीहरूले सबै विवेक गुमाएका छन्, तिनीहरू सबै विवेकको विरुद्धमा जान्छन्, तिनीहरूले निर्दोष मानिसहरूलाई मूर्ख बनाएका छन्। प्राचीनका पुर्खाहरू? प्रिय अगुवाहरू? तिनीहरू सबैले परमेश्‍वरको विरोध गर्छन्! तिनीहरूका हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। धार्मिक स्वतन्त्रता? नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै पाप ढाक्ने युक्तिहरू हुन्। परमेश्‍वरको कामलाई कसले अङ्गालेको छ? परमेश्‍वरको कामका निम्ति कसले आफ्नो जीवन अर्पण गरेको वा आफ्नो रगत बगाएको छ? किनकि एक पुस्तादेखि अर्को पुस्तामा, आमाबुबादेखि छोराछोरीसम्‍म दासत्वमा परेको मानिसले अमर्यादित रूपमा परमेश्‍वरलाई दास बनाएको छ—यसले कसरी क्रोध जगाउँदैन? सहस्राब्दीदेखिको घृणा हृदयमा जमेको छ, हजारौं वर्षको पापमय अवस्था हृदयमा कुँदिएको छ—यसले कसरी घृणा पैदा गर्दैन? परमेश्‍वरको लागि बदला लेऊ, उहाँको शत्रुलाई पूर्ण रूपमा नाश पार, त्यसलाई अब जथाभाबी दगुरि हिँड्न नदेऊ, र त्यसलाई तानाशाहीले जस्तो शासन गर्न नदेऊ! समय अहिले नै हो: त्यस भूतको घृणित अनुहार तोड्न र अन्धो पारिएका र हरप्रकारका दुःख र कठिनाइ झेलेका मानिसहरूलाई तिनीहरूको पीडाबाट उठ्ने र त्यो बूढो दियाबलसतिर आफ्नो पिठिउँ फर्काउने अनुमति दिनका निम्ति मानिसले धेरै समयदेखि आफ्ना सबै शक्ति जम्मा गर्दैआएको छ, उसले आफ्ना सबै प्रयासहरू समर्पण गरेको छ र यसका लागि हरेक मूल्य चुकाएको छ। परमेश्‍वरको काममा त्यस्तो अभेद्य बाधा किन पार्नु? परमेश्‍वरका मानिसहरूलाई धोका दिन किन विभिन्न युक्तिहरू प्रयोग गर्नु? साँचो स्वतन्त्रता र वैधानिक अधिकार र हितहरू कहाँ छन्? निष्पक्षता कहाँ छ? सान्त्वना कहाँ छ? स्नेह कहाँ छ? परमेश्‍वरका मानिसहरूसित चलाकी गर्न किन छलपूर्ण युक्तिहरू प्रयोग गर्नु? परमेश्‍वरको आगमनलाई दमन गर्न किन शक्ति प्रयोग गर्नु? उहाँले सृष्टि गर्नुभएको पृथ्वीमा परमेश्‍वरलाई स्वतन्त्र रूपमा घुम्ने अनुमति किन नदिनु? परमेश्‍वरले उहाँको शिर टेकाउने ठाउँ कहीँ नपाउने गरी किन उहाँको खेदो गर्नु? मानिसहरूमाझ स्नेह कहाँ छ? मानिसहरूमाझ स्वागत कहाँ छ? परमेश्‍वरको त्यत्ति धेरै चाहना किन पैदा गर्नु? परमेश्‍वरलाई किन घरीघरी बोलाउन लगाउनु? परमेश्‍वरलाई किन उहाँका प्रिय पुत्रका निम्ति चिन्तित हुन कर लाउनु? यस अँध्यारो समाजमा, त्यसका दुःखी रक्षक कुकुरहरूले किन परमेश्‍वरलाई उहाँले सृष्टि गर्नुभएको संसारमा स्वतन्त्र रूपमा आउन र जान दिँदैनन्? पीडा र कष्टको बीचमा जिउने मानिसले किन बुझ्दैन? तिमीहरूका खातिर, परमेश्‍वरले ठूलो यातना सहनुभएको छ, उहाँले ठूलो पीडा सहेर आफ्ना प्रिय पुत्र, उहाँको मासु र रगत तिमीहरूलाई दिनुभएको छ—र पनि तिमीहरू किन अझै पनि आँखा चिम्‍लिरहन्छौ? सबैले पूर्ण रूपमा देख्‍ने गरी, तिमीहरू परमेश्‍वरको आगमनलाई अस्वीकार गर्दछौ, र परमेश्‍वरको मित्रतालाई अस्वीकार गर्छौ। तिमीहरू किन यति धेरै अविवेकी छौ? के तिमीहरू यस्तो प्रकारको अँध्यारो समाजमा अन्यायहरू सहन इच्छुक छौ? तिमीहरू हजारौं वर्षको शत्रुताले आफ्नो पेट भर्नुको साटो, किन दियाबलसहरूको राजाको “गु” ले आफैलाई भर्ने गर्छौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८)

फूटनोट:

१. “आधारहीन आरोपहरू लगाउँदै” ले ती तरिकाहरूलाई बुझाउँछ, जसद्वारा शैतानले मानिसहरूलाई हानि गर्दछ।

२. “कडा सुरक्षामा राखिन्छ” ले ती तरिकाहरू बुझाउँछ जसद्वारा शैतानले मानिसलाई कष्ट दिन्छ, जुन विशेष गरी क्रूर हुन्छ, र मानिसहरूलाई यत्ति धेरै नियन्त्रण गर्छ कि तिनीहरूका निम्ति चलमलाउन ठाउँ नै हुँदैन।


परमेश्‍वरका दैनिक वचनहरू  अंश ३१३

यदि मानिसहरूले मानव जीवनको सही मार्ग र मानवजातिका निम्ति परमेश्‍वरको व्यवस्थापन योजनाको उद्देश्य साँचो र स्पष्ट रूपमा देख्‍न सके भने, तिनीहरू आफ्नो व्यक्तिगत भविष्य र नियतिलाई खजानाको रूपमा आफ्नो हृदयमा समातेर राख्दैनन्। तब तिनीहरूले आफ्ना बाबुआमाको सेवामा चासो राख्‍नेछैनन्, जो सुँगुर र कुकुरहरूभन्दा खराब छन्। के मानिसको भविष्य र नियति ठीक पत्रुसका वर्तमान समयका तथाकथित “आमाबाबुहरू” होइनन् र? तिनीहरू मानिसका देह र रगतजस्ता छन्। देहको गन्तव्य र भविष्य के हुनेछ? के यो जीवित छँदै परमेश्‍वरलाई देख्‍न पाउने अवस्था हुनेछ कि मृत्युपछि प्राणले परमेश्‍वरलाई भेट्ने अवस्था हुनेछ? के देह भोलि महासङ्कष्टको ठूलो भट्टीमा समाप्त हुनेछ कि अग्‍निकुण्डमा? मानिसको देहले दुर्भाग्य सहनेछ कि कष्ट भोग्‍नेछ भन्‍ने यी प्रश्‍नहरू के यस वर्तमान प्रवाहमा रहेका, मस्तिष्क भएका र संवेदनशील रहेका जोकोहीसित सबैभन्दा बढी सम्बन्धित सबैभन्दा ठूला समाचारहरू होइनन् र? (यहाँ, कष्टले आशिष पाउने कुरालाई जनाउँछ; यसको अर्थ भविष्यमा हुने परीक्षाहरू मानिसका गन्तव्यका लागि फाइदाजनक हुन्छन्। दुर्भाग्यले दृढ भई खडा हुन नसक्‍नु वा धोकामा पर्नुलाई बुझाउँछ; वा यसको अर्थ व्यक्तिले दुर्भाग्यपूर्ण परिस्थितिहरूको सामना गर्नेछ र विपत्तिहरूमा परेर आफ्नो ज्यान गुमाउनेछ, र उसको प्राणको निम्ति कुनै उपयुक्त गन्तव्य हुनेछैन भन्‍ने हो।) मानिसहरूसँग राम्रो समझ भए पनि, सायद तिनीहरूले सोचेका कुराहरू तिनीहरूको समझशक्ति जुन कुराले सुसज्‍जित हुनुपर्छ त्योसँग पूर्ण रूपले मेल नखान सक्छ। किनकि तिनीहरू सबै भ्रमित हुन्छन् र अन्धाधुन्ध रूपमा कामकुराहरूलाई पछ्याउँछन्। तिनीहरू सबैले आफू के भित्र प्रवेश गर्नुपर्छ त्यो कुरा राम्ररी बुझ्नुपर्छ, र विशेष रूपमा महसंकष्टकालमा (अर्थात् आगोको भट्टीमा शोधन हुँदा) केमा प्रवेश गर्नुपर्छ, साथै आगोको परीक्षाको अवधिमा तिनीहरू कुन कुराले सुसज्‍जित हुनुपर्छ सो पत्ता लगाउनुपर्छ। सधैँ आफ्ना आमाबाबु (अर्थात् देह) को सेवा नगर् जो सुँगुर र कुकुरहरू जस्ता छन् र कमिला र उडुसहरू भन्दा पनि खराब छन्। यसप्रति व्याकुल हुनु, बलपूर्वक सोचविचार गर्नु र आफ्नो दिमागलाई कष्ट दिनुको के अर्थ छ? देह तेरो स्वामित्वमा छैन, यो त परमेश्‍वरको हातमा छ, जसले तँलाई नियन्त्रण मात्र गर्नुहुन्‍न, शैतानलाई पनि हुकुम गर्नुहुन्छ। (यसको अर्थ देह सुरुमा शैतानको स्वामित्वमा हुन्छ भन्‍ने हो। शैतान पनि परमेश्‍वरको हातमा छ, त्यसैले यस कुरालाई यो शब्दमा मात्र भन्‍न सकिन्छ। किनकि यस प्रकारले भन्दा धेरै पत्यारिलो हुन्छ; यसले मानिसहरू सम्पूर्ण रूपमा शैतानको स्वामित्वमा छैनन्, बरु परमेश्‍वरको हातमा छन् भन्‍ने बुझाउँछ।) तँ देहको यातनामा परेर जिइरहेको छस्—तर के देह तेरो स्वामित्वमा छ त? के यो तेरो वशमा छ? त्यस विषयमा किन तेरो दिमागमा जोर लगाउँछस्? किन लामो समयदेखि तेरो सडेको देहको निम्ति निरन्तर परमेश्‍वरसँग बिन्ती गरिरहन्छस्, जुन लामो समयदेखि दोषी ठहरिएको, श्रापित भएको र अशुद्ध आत्माहरूद्वारा अशुद्ध पारिएको छ? शैतानका सहयोगीहरूलाई सधैँ तेरो हृदयको नजिक राख्‍नुको के आवश्यकता छ? के देहले तेरो वास्तविक भविष्यलाई, तेरा सुन्दर आशाहरूलाई र तेरो जीवनको साँचो गन्तव्यलाई बिगार्न सक्छ भन्‍ने कुरामा तँ चिन्तित हुँदैनस् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानवजातिलाई व्यवस्थापन गर्ने उद्देश्य

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३१४

आज, तिमीहरूले जे बुझ्न सकेका छौ त्यो इतिहासभरि कुनै पनि सिद्ध नबनाइएको व्यक्तिले बुझेको भन्दा उच्‍च छ। चाहे त्यो परीक्षाहरू सम्बन्धी तिमीहरूको ज्ञान होस् वा परमेश्‍वरमाथिको विश्‍वास, यो सब परमेश्‍वरमा विश्‍वास गर्ने कुनै विश्‍वासीको भन्दा बढी छ। तिमीहरूले बुझेका कुराहरू ती हुन् जुन तिमीहरूले वातावरणको परीक्षाहरूमा पर्नुभन्दा अघि जानेका थियौ, तर तिमीहरूको वास्तविक कद उनीहरूसँग पूर्ण रूपमा अमिल्दो छ। तिमीहरूले जे जानेका छौ त्यो तिमीहरूले अभ्यास गर्नेभन्दा उच्‍च छ। तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्नुपर्छ, र आशिष्‌का लागि होइन बरु परमेश्‍वरको इच्छा पूरा गर्ने कोसिस गर्नुपर्छ त भन्छौ, तर तिमीहरूका जीवनमा प्रकट हुने कुराचाहिँ योभन्दा धेरै टाढा छ, र अत्यन्तै कलङ्कित छ। धेरै जना मानिसहरू शान्ति र अन्य फाइदाहरू पाउनका लागि परमेश्‍वरमा विश्‍वास गर्छन्। यदि त्यो तेरो आफ्नै फाइदाको कुरा होइन भने तँ परमेश्‍वरमा विश्‍वास गर्दैनस्, र यदि तैँले परमेश्‍वरका अनुग्रहहरू प्राप्त गर्न सकिनस् भने, तँ ठुस्किन्छस्। तँ जे भन्छस् त्यो कसरी तेरो वास्तविक कद हुन सक्छ? जब बच्‍चाहरू बिरामी हुने, प्रियजनहरू अस्पतालमा भर्ना हुने, कम उब्जनी, र परिवारका सदस्यहरूद्वारा सतावट जस्ता अपरिहार्य पारिवारिक घटनाहरूको कुरा आउँछ, प्रायः दिनदिनै भइरहने घटनाहरूसमेत तेरा निम्ति अति हुन्छन्। जब यस्ता कुराहरू हुन्छन्, तँ आत्तिन्छस्, र के गर्नुपर्ने हो सो जान्दैनस्—र प्रायजसो समय तँ परमेश्‍वरको बारेमा गुनासो गर्छस्। तँ परमेश्‍वरका वचनहरूले तँलाई छल गर्‍यो, परमेश्‍वरको कामले तेरो गिल्ला गऱ्यो भनी गुनासो गर्छस्। के तिमीहरूसँग त्यस्तो विचार छैन र? के तँ त्यस्ता कुराहरू आफूलाई विरलै हुन्छन् भनी सोच्छस्? तिमीहरू हरेक दिन त्यस्ता घटनाहरूको बीचमा जिउँछौ। तिमीहरू परमेश्‍वरमाथिको आफ्नो विश्‍वासको सफलता, र परमेश्‍वरको इच्छा कसरी पूरा गर्ने भन्‍ने विषयमा अलिकति पनि विचार गर्दैनौ। तिमीहरूको वास्तविक कद धेरै सानो छ, सानो चल्‍लाको भन्दा पनि सानो छ। जब तेरो परिवारको व्यवसायमा धन गुम्छ तब तँ परमेश्‍वरको बारेमा गुनासो गर्छस्, जब तँ आफूलाई परमेश्‍वरको सुरक्षा नभएको वातावरणमा पाउँछस् तँ अझै परमेश्‍वरको बारेमा गुनासो गर्छस्, र तेरो एउटा चल्‍ला मर्दा वा गोठमा बुढी गाई बिमार हुँदा पनि तँ गुनासो गर्छस्। तेरो छोराको बिहे गर्ने समय भइसक्दा पनि परिवारमा पुग्दो पैसा नहुँदा तँ गुनासो गर्छस्; तर तँ मेजमानको कर्तव्य निभाउन चाहन्छस्, तर त्यो खर्च उठाउन सक्दैनस्, र त्यसपछि तँ गुनासो गर्छस्। तँ गुनासोहरूले भरिएर पोखिन्छस्, र तँ यसैले गर्दा कहिलेकहीँ भेलाहरूमा भाग लिँदैनस् वा परमेश्‍वरका वचनहरू खाँदैनस् र पिउँदैनस्, कहिलेकहीँ धेरै लामो समयसम्म नकारात्मक हुन्छस्। आज तँलाई जे हुन्छ त्यसको तेरो सफलताको सम्भावना वा नियतिसँग कुनै सम्बन्ध छैन; यी कुराहरू त तैँले परमेश्‍वरमा विश्‍वास नगरेको भए पनि हुनेथिए, तैपनि आज तँ तिनको जिम्मेवारी परमेश्‍वरमा सार्छस्, र परमेश्‍वरले नै तँलाई हटाउनुभएको हो भनी जिद्दी गर्छस्। परमेश्‍वरमाथिको तेरो विश्‍वास के भयो? के तैँले साँच्‍चै आफ्नो जीवन अर्पण गरेको छस्? यदि तिमीहरूले पनि अय्यूबको जस्तै परीक्षाहरू भोगेका हुन्थ्यौ भने, आज परमेश्‍वरलाई पछ्याउने तिमीहरूमध्ये कोही पनि दृढ भई खडा हुन सक्ने थिएनौ, तिमीहरू झर्नेथियौ। अनि स्पष्ट रूपमा नै तिमीहरू र अय्यूबको बीचमा संसार जतिकै ठूलो भिन्नता छ। आज, यदि तिमीहरूको आधा सम्पत्तिहरू कब्जा गरियो भने तिमीहरू परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्ने आँट गर्छौ; यदि तिमीहरूका छोराछोरी तिमीहरूबाट खोसियो भने तिमीहरू सडकमा दुस्साहस गरी कराउनेछौ; यदि तेरो एक मात्र जीविका समाप्त भयो भने तँ प्रयास गरेरै त्यो विषयलाई परमेश्‍वरकहाँ लैजान्छस्; मैले सुरुमा तँलाई डराउन किन त्यति धेरै वचनहरू भनें भनी तँ सोध्छस्। त्यस्तो समयमा तैँले गर्न आँट नगर्ने कुनै कुरा हुँदैन। यसले तिमीहरूले कुनै पनि सही अन्तर्दृष्टि प्राप्त गरेका छैनौ, र तिमीहरूमा कुनै वास्तविक कद छैन भनी देखाउँछ। यसैले, तिमीहरूमा भएका परीक्षाहरू धेरै ठूला छन्, किनकि तिमीहरू धेरै जान्दछौ, तर तिमीहरूले वास्तवमा जे बुझ्छौ त्यो तिमीहरूले जानेका हजारौं भागको एक भाग पनि हुँदैन। केवल बुझाइ र ज्ञानमा नरोकी; तैँले वास्तवमा कतिसम्म अभ्यास गर्न सक्छस्, तेरो आफ्नै परिश्रमको पसिनाद्वारा कतिसम्म पवित्र आत्माको ज्ञान र प्रकाश प्राप्त गरिएको थियो, अनि तेरा अभ्यासहरूमध्ये कति वटामा तैँले आफ्नो संकल्प पूरा गरेको छस् त्यो हेर्नु राम्रो हुन्छ। तैँले आफ्नो कद र अभ्यासलाई गम्भीरतासाथ लिनुपर्छ। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले कसैको निम्ति झारा टार्ने प्रयास मात्र गर्नु हुँदैन—तैँले अन्त्यमा सत्य र जीवन प्राप्त गर्छस् कि गर्दैनस् भन्‍ने कुरा तँ आफैले गरेको सत्यको खोजीमा निर्भर गर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (३)

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३१५

कसै-कसैले आफूलाई सुन्दर ढङ्गले, तर बाहिरपट्टि मात्र सिङ्गार्छन्: दिदी-बहिनीहरू आफूलाई फूलजस्तै सुन्दर रूपमा सिङ्गार्छन्, र दाजुभाइहरूले राजकुमार वा धनी ठाँटिला जवानहरूले जस्तै पोसाक पहिरिन्छन्। तिनीहरूले बाहिरी थोकहरूको मात्र वास्ता राख्छन्, जस्तै तिनीहरूले खाने र लाउने थोकहरू; भित्रपट्टि तिनीहरू बेसाहारा हुन्छन् र परमेश्‍वरको अलिकति पनि ज्ञान हुँदैन। यसमा के अर्थ हुन सक्छ? अनि कोही-कोही हुन्छन् जो गरिब भिखारीको जस्तो लुगा लाउँछन्—तिनीहरू वास्तवमा पूर्वी एसियाली दासहरू जस्ता देखिन्छन्! म तिमीहरूबाट के माग्छु के त्यो तिमीहरू साँच्चै बुझ्दैनौ? तिमीहरू आपसमा सर-सल्लाह गर: तिमीहरूले वास्तवमा के प्राप्त गरेका छौ? तिमीहरूले यतिका वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेका छौ, र पनि तिमीहरूले कटनी गरेका कुराहरू यिनै हुन्—के तिमीहरू लज्जित छैनौ? के तिमीहरूलाई लाज लाग्दैन? तिमीहरू यतिका वर्षसम्म साँचो मार्गको पछि लागेका थियौ, तापनि आज तिमीहरूको कद एउटा भँगेरीको भन्दा कम छ! तिमीहरूबीचका जवान स्‍त्रीहरूलाई हेर, आफैलाई एक-अर्कासँग दाँज्दै, तिमीहरूका वस्त्रहरू र शृङ्गारमा तिमीहरू तस्विरहरूजस्तो सुन्दर छौ—अनि तिमीहरू केको तुलना गर्छौ? तिमीहरूका सुखचैन? तिमीहरूका मागहरू? के म मोडेलहरू भर्ना गर्न आएको हुँ भनी तिमीहरू सोच्छौ? तिमीहरूलाई कुनै लाज छैन! तिमीहरूको जीवन कहाँ छ? के तिमीहरूले खोज्‍ने भनेको तिमीहरूका आफ्नै असंयमित इच्छा होइन र? तिमीहरू अति धेरै सुन्दर छौ भनी तिमीहरू सोच्छौ, तर तैँले हरप्रकारले सर्वोत्तम वस्त्र लगाइस् भने पनि के तँ वास्तवमा गोबरको थाकमा जन्मेको स्याउँस्याउँ गर्ने कीरा होइनस् र? आज, तैँले जुन यी स्वर्गीय आशिषहरूको आनन्द लिने सौभाग्य पाएको छस् त्यो तेरो सुन्दर अनुहारको कारणले होइन, तर परमेश्‍वरले तँलाई माथि उठाएर छूट दिनुभएकोले गर्दा हो। तँ कहाँबाट आएको होस् भन्‍ने कुरा के अझै पनि तँलाई अस्पष्ट छ? जीवनको कुरा गर्दा, तँ मूर्तिजस्तो गुँगो बन्दै आफ्नो मुख बन्द गर्छस्, तापनि तँमा वस्त्र पहिरिने आँट छ। अझै पनि तँलाई आफ्नो अनुहारमा लाली र पाउडर लगाउन मन लाग्छ! र तिमीहरूको माझमा भएका ठाँटिला व्यक्तिहरूलाई हेर, अनियन्त्रित मानिसहरू, जसले विरक्त अनुहार पारेर आरामसाथ घुम्दै, लखर-लखर गर्दै पूरा दिन बिताउँछन्। के एउटा व्यक्तिले यस्तै व्यवहार गर्नुपर्छ? तिमीहरूको माझमा प्रत्येक पुरुष र स्त्रीले सारा दिन आफ्नो ध्यान कुन कुरामा लगाउँछौ? भोजन खानका निम्ति कसमाथि निर्भर छौ भनी के तिमीहरू जान्दछौ? तिमीहरूका वस्त्र हेर, तिमीहरूले आफ्ना हातहरूमा के कटनी गरेका छौ हेर, तिमीहरूका पेट माड, तिमीहरूले विश्‍वासमा यतिका वर्षसम्म रगत र पसिनाको मूल्य चुकाएर तिमीहरूलाई के लाभ भएको छ? तँ अझै पनि ठाउँहरू हेर्न जाने कुरा सोच्छस्, तँ अझै पनि आफ्नो दुर्गन्धित शरीरलाई सिङ्गार्न चाहन्छस्—व्यर्थका खोजहरू! तँलाई एक सामान्य व्यक्ति हुने अनुरोध गरिएको छ, तापनि अहिले तँ केवल असामान्य मात्र होइन, पथभ्रष्ट पनि होस्। त्यस्तो व्यक्तिले मेरो सामुन्ने आउने आँट कसरी गर्न सक्छ? अरूको प्रशंसा पाउन आफ्नो आकर्षण र शरीरको आडम्बर देखाउने त्यस्तो मानवता, जो सधैँ शरीरको अभिलाषामा जिउँछ—के तँ फोहोर भूतात्माहरू र दुष्टात्माहरूको सन्तान होइनस् र? म त्यस्तो फोहोर भूतात्मालाई लामो समयसम्म अस्तित्वमा रहन दिनेछैनँ! अनि तँ आफ्नो हृदयमा के सोच्छस् त्यो मलाई थाहा छैन भन्‍ने नठान्। तँ आफ्नो अभिलाषा र तेरो शरीरलाई कडा नियन्त्रणमा राख्न सक्छस् होला, तर तैँले आफ्नो हृदयमा राखेका विचारहरूलाई म कसरी जान्न सक्दिनँ र? तेरा आँखाहरूले चाहना गर्ने सबै कुरा म कसरी थाहा पाउन सक्दिनँ र? के तिमी जवान स्त्रीहरू तिमीहरूका शरीर प्रदर्शन गर्न आफैलाई सुन्दर बनाउँदैनौ र? तिमीहरूका लागि पुरुषहरू के फाइदाका हुन्छन्? के तिनीहरूले साँच्चै तिमीहरूलाई कष्टको समुद्रबाट बचाउन सक्छन् र? तिमीहरू माझका ठाँटिला मानिसहरूको विषयमा कुरा गर्दा, तिमीहरू सबै आफूलाई भद्र र विशिष्ट देखाउन वस्त्र पहिरिन्छौ, तर के यो तिमीहरूको आकर्षक रूपतिर ध्यान खिच्‍नलाई बनाइने छली योजना होइन र? तिमीहरूले यो कसका निम्ति गरिरहेका छौ? तिमीहरूका लागि स्‍त्रीहरू के फाइदाका हुन्छन्? के तिनीहरू तिमीहरूका पापको स्रोत होइनन् र? तिमी पुरुष र स्त्रीहरूलाई मैले आफ्ना धेरै वचनहरू भनेको छु, तापनि तिमीहरूले तीमध्ये थोरै मात्र पालना गरेका छौ। तिमीहरूका कानले सुन्न गाह्रो छ, तिमीहरूका आँखाहरू धमिला भएका छन्, र तिमीहरूका हृदय यतिसम्म कठोर भएको छ कि तिमीहरूको शरीरमा अभिलाषाबाहेक अरू केही छैन, जसको पासोमा तिमीहरू उम्कन नसक्ने गरी फसेका छौ। फोहोर र मैलामा मडारिने तिमी कीराहरूको नजिक आउन को चाहन्छ? यो नभुल, कि तिमीहरू तीभन्दा बढी होइनौ जसलाई मैले गोबरको थुप्रोबाट उठाएको छु, कि सुरुमा तिमीहरूमा सामान्य मानवता थिएन। मैले तिमीहरूसँग माग्‍ने भनेको सामान्य मानवता हो, जुन सुरुमा तिमीहरूसित थिएन, तिमीहरूले आफ्नो अभिलाषा प्रकट गर भनेर होइन वा तिमीहरूको गनाउने शरीरलाई खुल्ला अधिकार दिनुपर्छ भन्‍ने होइन, जसलाई शैतानले धेरै वर्षदेखि तालीम दिएको छ। जब तिमीहरूले त्यस्तो प्रकारले वस्त्र लाउँछौ तब तिमीहरू अझ गहिरो रूपले पासोमा पर्नेछौ भनी डराउँदैनौ। के तिमीहरू सुरुमा पापको अधीनमा थियौ भन्‍ने तिमीहरूलाई थाहा छैन? के तिमीहरूलाई थाहा छैन कि तिमीहरूका शरीरहरू अभिलाषाले पूरा भरिएका छन् अनि त्यो तिमीहरूका वस्त्रबाट पनि चुहिन्छ, र यसले तिमीहरूको अवस्था सहनै नसकिने गरी घिनलाग्दो र फोहोर भूतात्माहरूको जस्तो छ भनी प्रकट गर्दछ। के यो अरू कसैले भन्दा तिमीहरूले अझ स्पष्ट रूपमा जानेको कुरा होइन र? तिमीहरूका हृदय, तिमीहरूका आँखा, तिमीहरूका ओठ—के ती सबै फोहोर भूतात्माद्वारा अपवित्र पारिएका छैनन् र? के तिमीहरूका यी अङ्गहरू फोहोर छैनन् र? के तैँले जबसम्म काम गर्दैनस् तबसम्म तँ अति पवित्र छस् भनी सोच्छस्? के तैँले सुन्दर वस्त्रहरू पहिरिएर तिमीहरूको फोहोर आत्माहरूलाई लुकाउन सक्छौ भनी सोच्छस्? त्यसले काम गर्नेछैन! म तिमीहरूलाई अझ बढी वास्तविक हुने सल्लाह दिन्छु: छली र नकली नबन, अनि आफैलाई प्रदर्शन नगर। तिमीहरू एक-अर्काको अभिलाषाको प्रशंसा गर्दछौ, तर त्यसको बदलीमा तिमीहरू अनन्त दुःख-कष्ट र निर्मम ताडना मात्रै पाउनेछौ। तिमीहरूले एकअर्कालाई आँखा झिम्क्याउने र रोमान्समा लिप्त हुने के आवश्यकता छ? के यो तिमीहरूका इमानदारीको मापन, तिमीहरूका सोझोपनको सीमा हो? म तिमीहरू माझका ती मानिसहरूलाई घृणा गर्दछु, जो खराब औषधि र मन्त्रतन्त्रमा लिप्त छन्; म तिमीहरू बीचका ती युवा र युवतीहरूलाई घृणा गर्दछु, जसले तिनीहरूका आफ्नै शरीरलाई प्रेम गर्दछन्। तिमीहरूले आफैलाई नियन्त्रणमा राख्नु राम्रो हुन्थ्यो, किनकि अब तिमीहरूले सामान्य मानवता धारण गर्नु आवश्यक छ, र तिमीहरूलाई आफ्नो अभिलाषाको प्रदर्शन गर्ने अनुमति छैन—तापनि तिमीहरू आफूले सके जति हरेक मौका लिन्छौ, किनकि तिमीहरूको देह अति नै धेरै छ र तिमीहरूका अभिलाषा अति नै ठूलो छ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (७)

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३१६

अब, तिमीहरूको खोजी प्रभावकारी भएको छ वा छैन त्यसको नाप तिमीहरूमा अहिले जे छ त्यसद्वारा गरिन्छ। तिमीहरूको परिणाम निर्धारण गर्न यही कुरा प्रयोग गरिन्छ; भन्नुको अर्थ तिमीहरूको परिणाम तिमीहरूले गरेका बलिदानहरूमा र तिमीहरूले गरेका कामहरूमा प्रकट गरिन्छ। तिमीहरूको नतिजा तिमीहरूको खोजी, तिमीहरूको विश्‍वास र तिमीहरूले जे गरेका छौ त्यसद्वारा प्रकट गराइनेछ। तिमीहरू सबैमध्ये धेरै जना यस्ता छन् जो पहिलेबाटै मुक्तिभन्दा धेरै पर छन्, किनकि आजको दिन मानिसका परिणामहरू प्रकट गर्ने दिन हो, र म मेरो काममा अस्तव्यस्त दिमाग भएको व्यक्ति हुनेछैन; मुक्तिबाट पूर्ण रूपमा पछि हुनेहरूलाई म अर्को युगमा डोऱ्याउनेछैनँ। एउटा यस्तो समय आउनेछ जब मेरो काम समाप्त हुन्छ। म ती दुर्गन्धित, आत्माविहीन लासहरूमा काम गर्नेछैनँ जसलाई पटक्कै मुक्ति दिन सकिँदैन। मानिसको मुक्तिका आखिरी दिनहरू अहिले नै हो, र म व्यर्थको काम गर्नेछैन। स्वर्ग र पृथ्वीको विरुद्ध निन्दा नगर—संसारको अन्त्य आउँदैछ। यो अपरिहार्य छ। स्थिति यस अवस्थामा आइपुगेको छ, र मानव जातिको रूपमा त्यसलाई रोक्नको लागि तैँले गर्न सक्ने कुनै कुरा छैन; तैँले आफ्नो इच्छाअनुसार स्थिति बदल्‍न सक्दैनस्। हिजो, तैँले सत्यको पछि लाग्न मूल्य चुकाएनस् र तँ बफादार थिएनस्; आज समय आएको छ, तँ मुक्तिभन्दा बाहिर छस्; अनि भोलि तँलाई हटाइनेछ, र तेरो मुक्तिको लागि कुनै उपमार्ग हुनेछैन। मेरो मुटु नरम छ र मैले तँलाई बचाउन यथासक्दो गर्दैछु तैपनि, यदि तैँले आफ्‍नो तर्फबाट कोसिस गर्दैनस् वा आफ्नै लागि केही विचार गर्दैनस् भने, त्योसँग मेरो के सरोकार हुन्छ र? जसले आफ्नो देहको बारेमा मात्र सोच्छ र आराम-सुविधा उपभोग गर्छ; जसले विश्‍वास गरेकोजस्तो देखिन्छ तर वास्तवमा विश्‍वास गरेका हुँदैनन्, जो खराब औषधी र मन्त्रतन्त्रमा लागेका हुन्छन्, जो यौन रूपमा छाडा, भ्रष्ट र थाङ्ने छन्, जसले यहोवालाई चढाइएका बलिहरू र उहाँका सम्पत्तिहरू चोर्छन्, जसले घूसहरू मन पराउँछन्, जसले केही नगरिकन स्वर्गमा उक्लने सपना देख्छन्, जो घमण्डी र अहङ्कारी छन्, जसले व्यक्तिगत ख्याति र सम्पत्ति मात्र पाउने प्रयास गर्दछन्; जसले अशिष्ट वचनहरू फैलाउँछन्; जसले स्वयम् परमेश्‍वरको निन्दा गर्छन्, जसले केही गर्दैनन् तर स्वयम् परमेश्‍वरको विरुद्ध दोष लाउँछन् र उहाँको गिल्‍ला गर्छन्; जसले समूहहरू बनाउँछन् र स्वतन्त्रताको खोजी गर्छन्; जसले आफूलाई परमेश्‍वरभन्दा माथि उठाउँछन्; ती अगम्भीर युवाहरू, प्रौढहरू र वृद्ध-वृद्धा पुरुष र महिलाहरू, जो व्यभिचारमा फसेका छन्; ती पुरुष र स्त्रीहरू जो व्यक्तिगत ख्याति र भाग्यमा आनन्द लिन्छन् र अरूको बीचमा व्यक्तिगत प्रतिष्ठाको पछि लाग्छन्, ती अपश्‍चात्तापी मानिसहरू जो पापमा फसेका छन्—के तिनीहरू सबै मुक्ति पाउनदेखि बाहिर छैनन् र? व्यभिचार, पापी अवस्था, खराब औषधी, मन्त्रतन्त्र, अपवित्रता र अशिष्ट वचनहरू सबैले तिमीहरूको माझमा दङ्गा मच्चाउँछन्; र तिमीहरूको माझमा सत्यता र जीवनका वचनहरू कुल्चिइन्छ र तिमीहरूको माझमा पवित्र भाषालाई अशुद्ध पारिएको छ। तिमी अन्यजातिहरू, फोहोर र अनाज्ञाकारिताले फुलिएका छौ! तिमीहरूको अन्तिम परिणाम के हुनेछ? जसले देहलाई प्रेम गर्दछन्, जसले देहको मन्त्रतन्त्र गर्दछन् र जो व्यभिचारको पापमा फसेका छन् तिनीहरूसँग जीवित रहने साहस कसरी हुन सक्छ! के तिमीलाई थाहा छैन, कि तिमीहरूजस्ता मानिसहरू मुक्ति पाउनै नसक्‍ने कीराहरू हौ? तिमीहरूलाई यो र त्यो माग गर्ने अधिकार कुन कुराले दिन्छ? आजको मितिसम्म, सत्यलाई प्रेम नगर्नेहरू र केवल देहलाई प्रेम गर्नेहरूमा अलिकता पनि परिवर्तन आएको छैन—त्यस्ता मानिसहरूले कसरी मुक्ति पाउन सक्छन्? जसले जीवनको मार्गलाई प्रेम गर्दैनन्, जसले परमेश्‍वरलाई उच्च पार्दैनन् र उहाँको गवाही दिँदैनन्, जसले आफ्नै प्रतिष्ठाका लागि युक्ति रच्छन्, जसले आफ्नै गुणगान गर्दछन्—के तिनीहरू आज पनि त्यस्तै छैनन् र? तिनीहरूलाई मुक्ति दिनुको मूल्य के छ र? तैँले मुक्ति पाउन सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तेरो वरिष्ठता वा तैँले कति वर्षदेखि काम गर्दै आएको छस् भन्‍ने कुरामा निर्भर हुँदैन, र यो तैँले कति वटा योग्यता-प्रमाणहरू निर्माण गरेको छस् भन्‍ने कुरामा त झनै कम निर्भर हुन्छ। बरु, यो त तेरो खोजीले फल फलाएको छ कि छैन भन्‍ने कुरामा निर्भर हुन्छ। तैँले यो जान्नु पर्दछ, जसलाई मुक्ति दिइएको छ तिनीहरू फल फलाउने “रूखहरू” हुन्, रमणीय पातहरू र प्रशस्त फूलहरू मात्र भएको तर फल नफल्ने रूखहरू होइनन्। यदि तैँले धेरै वर्ष सडकहरूमा घुमेर बिताएका छस् भने पनि, त्यसको के मतलब हुन्छ र? तेरो गवाही कहाँ छ? परमेश्‍वरप्रतिको तेरो आदर आफैप्रतिको तेरो प्रेम र तेरा कामुक अभिलाषाहरूभन्दा धेरै कम छ—के यस किसिमको मानिस पतित होइन र? तिनीहरू कसरी मुक्तिका नमूना र आदर्श बन्न सक्छन्? तेरो प्रकृति सुधार्न नसकिने छ, तँ अत्यन्तै विद्रोही छस्, तैँले मुक्ति पाउन सक्दैनस्। के यस्तै मानिसहरू ती होइनन् जसलाई हटाइनेछ? के मेरो काम समाप्त हुने समय तिमीहरूको अन्तिम दिन आउने समय होइन र? मैले तिमीहरूको माझमा धेरै काम गरेको छु र धेरै वचनहरू बोलेको छु—तीमध्ये कति साँच्चै तिमीहरूका कानभित्र पसेका छन्? तीमध्ये कति तिमीहरूले पालन गरेका छौ? जब मेरो काम समाप्त हुन्छ, त्यो यस्तो समय हुनेछ जब तैँले मेरो विरोध गर्न छोड्नेछस्, जब तँ मेरो विरुद्धमा खडा हुन छोड्नेछस्। जब म काम गर्छु, तिमीहरू निरन्तर मेरो विरुद्धमा काम गर्दछौ; तिमीहरू कहिल्यै पनि मेरा वचनहरूको पालन गर्दैनौ। म मेरो काम गर्दछु, र तँ तेरो आफ्नै “काम” गर्छस्, र आफ्नै सानो राज्य बनाउँछस्। तिमीहरू स्यालहरू र कुकुरहरूको झुन्ड बाहेक अरू केही होइनौ, जसले सबै कुरा मेरो विरुद्धमा गर्दछ! तिमीहरू निरन्तर तिनीहरूलाई आफ्नो अङ्गालोमा ल्याउने कोसिस गर्छौ जसले तिमीहरूलाई आफ्नो अविभाजित प्रेम दिन्छन्—तिमीहरूको आदर कहाँ छ? तिमीहरूले गर्ने सबै कुरा छली हुन्छन्! तिमीहरूसँग कुनै आज्ञाकारीता वा आदर छैन, र तिमीहरूले गर्ने सबै कुरा छली र निन्दापूर्ण छन्! के त्यस्ता मानिसहरूले मुक्ति पाउन सक्छन्? यौन रूपमा अनैतिक र कामुक पुरुषहरू सधैँ उनीहरूका आफ्नै आनन्दका निम्ति उत्ताउली वेश्याहरूलाई आकर्षित गर्न चाहन्छन्। म त्यस्ता यौन अनैतिक भूतात्माहरूलाई पटक्कै मुक्ति दिनेछैनँ। म तिमी फोहोर भूतात्माहरूलाई घृणा गर्छु र तिमीहरूका कामुकता र उत्ताउलोपनले तिमीहरूलाई नरकमा डुबाउनेछ। तिमीहरूको आफ्नै बारेमा तिमीहरूको भनाइ के छ? तिमी फोहोर भूतात्माहरू र दुष्टात्माहरू घृणित छौ! तिमीहरू घिनलाग्दा छौ! यस्तो फोहोरलाई कसरी मुक्ति दिन सकिन्छ र? के पापमा फस्नेहरूलाई अझै मुक्ति दिन सकिन्छ? आज, यो सत्यले, यो मार्गले र यो जीवनले तिमीहरूलाई आकर्षित गर्दैन; बरु, तिमीहरू पापीपन; प्रतिष्ठा; ख्याति र प्राप्तितिर; देहका मनोरञ्जनतिर, पुरुषको सुन्दरता र स्त्रीको आकर्षणतिर आकर्षित छौ। कुन कुराले तिमीहरूलाई मेरो राज्यमा प्रवेश गर्ने योग्यको बनाउँछ? तिमीहरूको तस्विर परमेश्‍वरको भन्दा अझ ठूलो छ, तिमीहरूको प्रतिष्ठा परमेश्‍वरको भन्दा पनि उच्च छ, मानिसहरूको माझमा तिमीहरूका इज्जतको त झन् कुरै नगरौं—तिमीहरू एउटा मूर्ति बनेका छौ जसलाई मानिसहरूले पूजा गर्छन्। के तँ प्रधान स्वर्गदूत बनेको छैनस् र? जब मानिसहरूका परिणामहरूलाई प्रकट गरिन्छ, जुन बेला मुक्तिको कामको पनि अन्त्य नजिकै आइपुगेको हुन्छ, त्यस बेला तिमीहरूमध्ये धेरै जना मुक्ति पाउन नसक्ने र नष्ट पारिनु पर्ने लासहरू भइसकेका हुनेछौ। मुक्तिको कामको बेला, म सबै मानिसहरूप्रति दयालु र भलो हुन्छु। जब काम समाप्त हुन्छ, विभिन्न प्रकारका मानिसहरूका परिणामहरू प्रकट हुनेछन्, र त्यस बेला म दयालु र भलो हुनेछैन, किनकि मानिसहरूका नतिजाहरू प्रकट भइसकेका हुनेछन्, र तिनीहरू प्रत्येक आ-आफ्नो प्रकारअनुसार वर्गीकृत भइसकेका हुनेछन्, र अझ थप मुक्तिको काम गर्नुको कुनै फाइदा हुनेछैन, किनकि मुक्तिको युग बितिसकेको हुनेछ, र बितिसकेको हुनाले त्यो फर्कनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (७)

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३१७

मानिस अहिलेसम्म अन्धकारको प्रभावको कवचमुनि जिएको छ, शैतानको प्रभावको बन्धनमा परेको छ, उम्‍कनलाई असमर्थ छ, र उसको स्वभाव शैतानद्वारा संचालित गरिएकोले निरन्तर रूपमा भ्रष्ट हुन्छ। यसो भन्न सकिन्छ कि मानिस सँधै उसको भ्रष्ट शैतानी स्वभावमा जिएको छ र ऊ परमेश्‍वरलाई साँचो प्रेम गर्न असक्षम छ। यसो भएको हुनाले, यदि मानिसले परमेश्‍वरलाई प्रेम गर्ने इच्छा गर्दछ भने, ऊ आफ्नो स्व-धार्मिकता, स्व-महत्त्व, अहङ्कार, घमण्ड र यस्तै कुराहरू—शैतानका स्वभावका हरेक कुराबाट अलग हुनैपर्छ। नत्र भने, उसको प्रेम अशुद्ध प्रेम, शैतानी प्रेम, र पूर्ण रूपले परमेश्‍वरको स्वीकृती प्राप्त गर्न नसक्ने प्रेम हो। पवित्र आत्माद्वारा प्रत्यक्ष रूपमा सिद्ध, निराकरण, तोडिएका, काँटछाँट गरिने, अनुशासित गरिने, ताडना दिइने र शोधन गरिने जस्ता कार्य नगरिकन, कोही पनि परमेश्‍वरलाई साँचो प्रेम गर्न सक्षम हुँदैन। यदि तपाईंको स्वभावका केही भागले परमेश्‍वरलाई प्रतिनिधित्व गर्दछ भने, त्यसकारण तपाईं साँचो रूपले परमेश्‍वरलाई प्रेम गर्न सक्षम हुनुहुन्छ भनी तपाईंले भन्नुहुन्छ भने, तपाईं त्यस्तो व्यक्ति हुनुहुन्छ जसको वचनहरू अहङ्कार पूर्ण छन्, र तपाई हाँस उठ्दो हुनुहुन्छ। यस्ता मानिसहरू प्रधान स्वर्गदूत हुन्! मानिसको जन्मजात स्वभावले सीधै परमेश्‍वरलाई प्रतिनिधित्व गर्न असक्षम हुन्छ उसले परमेश्‍वरको सिद्धताद्वारा उसको जन्मजात स्वभावलाई छोड्नुपर्छ, त्यसपछि मात्र परमेश्‍वरको इच्छालाई ध्यान दिएर, परमेश्‍वरको अभिप्रायहरूलाई पूरा गरेर, र यति मात्र होइन पवित्र आत्माको कामलाई भोगेर मात्र—उसले जिउने कुरालाई परमेश्‍वरले स्वीकार गर्न सक्‍नुहुन्छ। शरीरमा जिउने कोहीले पनि, ऊ पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिस नभइञ्‍जेलसम्‍म, परमेश्‍वरको सीधै प्रतिनिधित्व गर्न सकिँदैन। तैपनि, यो जस्तो व्यक्तिको लागि उसका स्वभाव र उसले जिएका कुराले सम्पूर्ण रूपमा परमेश्‍वरलाई प्रतिनिधित्व गर्दछ भनी भन्न सकिँदैन; यति मात्र भन्न सकिन्छ कि उसले जिएका कुरा पवित्र आत्माद्वारा निर्देशित छ। यस्तो मानिसको स्वभावले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन।

मानिसको स्वभावलाई परमेश्‍वरद्वारा निधो भए तापनि—यो निर्विवाद छ र यसलाई एउटा सकारात्मक कुरा ठान्‍न सकिन्छ—यसलाई शैतानद्वारा संचालित गरिएको हुन्छ, र त्यसैले मानिसको सम्पूर्ण स्वभाव शैतानको स्वभाव हुन्छ। केही मानिसहरूले के भन्छन् भने परमेश्‍वरको स्वभाव भनेको विभिन्न कुराहरू गर्नुमा खुल्ला हुनु हो, र यो तिनीहरूमा पनि प्रकट हुन्छ, तिनीहरूको चरित्र पनि यो जस्तै छ, र त्यसैले तिनीहरू भन्छन् कि तिनीहरूका स्वभावले परमेश्‍वरलाई प्रतिनिधित्व गर्दछ। यी कस्ता किसिमका मानिसहरू हुन्? के भ्रष्ट शैतानी स्वभाव परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्षम छ? तिनीहरूका स्वभावले परमेश्‍वरको प्रतिनिधित्व गर्छ भनेर घोषणा गर्ने जो कसैले परमेश्‍वरको निन्दा गर्दछन् र पवित्र आत्माको अवहेलना गर्दछन्। पवित्र आत्माले काम गर्नुहुने विधिले देखाउँछ कि पृथ्वीमा भएको परमेश्‍वरको काम पूर्ण रूपले विजेताको काम हो। त्यस्तै, मानिसको धेरै भ्रष्ट शैतानी स्वभावहरू अझै शुद्ध पारिनुपर्छ, उसले जिएका कुराहरू अझै शैतानको स्वरूप नै हो, मानिसले यसलाई असल हो भनेर विश्‍वास गर्छ, र यसले मानिसको शरीरको कामहरूको प्रतिनिधित्व गर्दछ; अझ सटीक रूपले भन्नुपर्दा, यसले शैतानलाई प्रतिनिधित्व गर्दछ र पूर्ण रूपले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैन। पृथ्वीमा नै स्वर्गको जीवनलाई उपभोग गर्ने गरी परमेश्‍वरलाई अघिबाट नै प्रेम गर्नेहरू यसो भन्‍ने अभिव्यक्तिहरू व्यक्त गर्न सक्षम हुन्छन्: “हे परमेश्‍वर! म तपाईंलाई पर्याप्त प्रेम गर्न सक्दिनँ,” र सबभन्दा उच्च क्षेत्रमा पुगेका छन् भने पनि, अझै यो भन्‍न सकिँदैन कि तिनीहरूले परमेश्‍वरलाई जीवनमा प्रकट गर्छन् वा परमेश्‍वरलाई प्रतिनिधित्व गर्दछन्, किनकि मानिसका मूल स्वभाव परमेश्‍वरको जस्तो हुँदैन, र मानिसले कहिल्यै पनि परमेश्‍वरलाई जीवनमा उतार्न सक्दैन, परमेश्‍वरजस्तै बन्ने कुरा त परै छाडौं। पवित्र आत्माले मानिसलाई जिउन जे निर्देशित गर्नुभएको छ, त्यो परमेश्‍वरले मानिसबाट माग गर्नुभएको कुराअनुसारको मात्र हुन्छ।

शैतानका सम्पूर्ण क्रियाकलापहरू र कामहरू मानिसमा प्रकट हुन्छन्। आज, मानिसका सम्पूर्ण क्रियाकलापहरू र कामहरू शैतानका अभिव्यक्ति हुन्, तसर्थ तिनले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैनन्। मानिस नै शैतानका मूर्तरूप हो, र मानिसको स्वभाव परमेश्‍वरको स्वभावलाई प्रतिनिधित्व गर्न असक्षम छ। केही मानिसहरू असल चरित्र भएका हुन्छन्; परमेश्‍वरले यस्ता मानिसहरूको चरित्रद्वारा केही काम गर्न सक्नुहुन्छ, र तिनीहरूले गर्ने काम पवित्र आत्माद्वारा निर्देशित हुन्छ। तैपनि तिनीहरूको स्वभाव परमेश्‍वरलाई प्रतिनिधित्व गर्न असक्षम हुन्छ। परमेश्‍वरले तिनीहरूमा गर्नुहुने काम पहिले नै तिनीहरूभित्र मौजुद कुरासँग काम गर्नु र त्यसलाई विस्तार गर्नु भन्दा अरू केही पनि होइन। विगतका युगहरूका अगमवक्ताहरू होस् या परमेश्‍वरद्वारा प्रयोग गरिएका व्यक्तिहरू नै होस्, कसैले पनि सीधै परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैन। मानिसहरू परिस्थितिहरूको दबाबमुनि मात्र परमेश्‍वरलाई प्रेम गर्न पुग्छन् र एक जना व्यक्तिले पनि तिनीहरूका आफ्नै इच्छाले सहकार्य गर्ने प्रयास गर्दैनन्। सकारात्मक कुराहरू के हुन्? परमेश्‍वरबाट सीधै आएका कुराहरू सकारात्मक हुन्छन्; तैपनि, मानिसको स्वभाव, शैतानद्वारा संचालित हुन्छ, र यसले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन। प्रेम, कष्ट भोग्ने इच्छा, धार्मिकता, अधीनता, र देहधारी परमेश्‍वरको विनम्रता र गोप्यताले मात्र सीधै परमेश्‍वरलाई प्रतिनिधित्व गर्दछ। उहाँ आउनुहुँदा, उहाँ पापमय स्वभावरहित र शैतानद्वारा संचालित नभइकन, सीधै परमेश्‍वरबाट आउनुभएकोले हो। येशू पापमय शरीरको प्रतिरूपमा मात्र हुनुहुन्छ, र उहाँले पापको प्रतिनिधित्व गर्नुहुन्न; त्यसकारण, (उहाँका क्रूसीकरणको क्षण लगायत) उहाँको क्रूसीकरणको कामको उपलब्धिको समय अघि सम्मका सम्पूर्ण उहाँका क्रियाकलापहरू, कामहरू, सीधै परमेश्‍वरका प्रतिनिधित्व हुन्। पापमय प्रकृति भएका कसैले पनि परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैन, र मानिसको पापले शैतानलाई प्रतिनिधित्व गर्दछ भनी प्रमाणित गर्न येशूको उदाहरण पर्याप्त छ। जसको अर्थ, पापले परमेश्‍वरको प्रतिनिधित्व गर्दैन, र परमेश्‍वर पापरहित हुनुहुन्छ। मानिसमा पवित्र आत्माद्वारा गरिएका काम पनि पवित्र आत्माद्वारा निर्देशित गरिएको मात्रै ठान्न सकिन्छ, र परमेश्‍वरको तर्फबाट मानिसले गरेको भन्न सकिँदैन। तर, जहाँसम्म मानिसको सवाल छ, न ता उसका पाप न उसको स्वभावले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छ। विगतदेखि वर्तमानसम्म मानिसमा पवित्र आत्माले गर्नुभएका कामलाई हेरेर, मानिसले आफ्नो जीवनमा उतारेको सबै कुरा पवित्र आत्माले उसमा काम गर्नुभएकोले ऊसित छ भन्‍ने कसैले देख्छ। ज्यादै थोरैले मात्र पवित्र आत्माद्वारा निराकरण र अनुशासन गरिएपछि त्यो सत्यमा जिउन सक्षम हुन्छन्। जसको अर्थ, पवित्र आत्माको काम मात्र उपस्थित हुन्छ; मानिसतर्फको सहकार्य रिक्त हुन्छ। के अब तपाईंले यसलाई स्पष्ट रूपमा देख्नुहुन्छ? त्यसो भए, पवित्र आत्माले काम गर्नुहुँदा, उहाँसित सहकार्य गर्न र तपाईंको कर्तव्य पूरा गर्न कसरी तपाईंले भरमग्दुर प्रयास गर्नुहुनेछ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानिसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैन

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३१८

परमेश्‍वरमा तेरो विश्‍वास, सत्यताको तेरो खोजी, र तैँले आफैलाई व्यवहार गर्ने तेरो शैली समेत पनि सबै यथार्थमाथि आधारित हुनुपर्छ: तैँले गर्ने हरेक कुरा व्यवहारिक हुनुपर्छ, र जुन कुराहरू भ्रामक र काल्पनिक छन्‌ ती तैँले पछ्याउनु हुँदैन। यस्तो प्रकारले व्यवहार गर्नुको कुनै मूल्य हुँदैन, र यति मात्र होइन, यस्तो जीवनको कुनै अर्थ हुँदैन। तेरो खोजी र तेरो जीवन असत्यता र छलभन्दा बढि कुनै कुराको बीचमा नबिताउने हुनाले, र तैँले मूल्य र महत्त्व भएका कुराहरू नपछ्याउने हुनाले, तैँले हासिल गर्ने कुराहरू भनेका निरर्थक तर्क र सिद्धान्त मात्र हुन् जुन सत्यताका कुराहरू होइनन्‌। यस्ता कुराहरूले तेरो अस्तित्वको महत्त्व र मूल्यसँग कुनै सम्बन्ध राख्दैनन्‌, र तँलाई खोक्रो जगतमा मात्र ल्याउन सक्छन्‌। यसरी, तेरो सम्पूर्ण जीवन कुनै मूल्य वा अर्थरहित हुनेछ—अनि यदि तैँले अर्थको जीवन खोजी गरिनस्‌ भने, तँ एक सय वर्ष नै बाँच्न सके पनि यो सबै बेकामको हुनेथियो। त्यसलाई कसरी मानव जीवन भन्न सकिन्थ्यो र? के यो वास्तवमा पशुको जीवन होइन र? यसै गरी, यदि तिमीहरूले परमेश्‍वरमा विश्‍वासको मार्ग पछ्याउन कोसिस गर्यौ, तापनि देख्न सकिने परमेश्‍वरलाई पछ्याउने कुनै प्रयत्न गर्दैनौ र यसको सट्टामा अदृश्य र अमूर्त परमेश्‍वरलाई आराधना गर्छौ भने, यस्तो खोजी अझ धेरै निरर्थक हुँदैन र? अन्तमा, तेरो खोजी भग्नावशेषको थुप्रो बन्नेछ। यस्तो खोजले तँलाई के लाभ दिन्छ? मानिसको सबैभन्दा ठूलो समस्या भनेको यही हो कि उसले हेर्न र स्पर्श गर्न नसकिने कुराहरूलाई मात्र प्रेम गर्छ, जुन कुराहरू अति रहस्यमय र आश्चर्यपूर्ण छन्‌, र जुन कुराहरू मानिसद्वारा अकल्पनीय छन्‌ र फगत मरणशीलहरूद्वारा हासिल गर्न नसकिने छन्‌। यी कुराहरू जति धेरै अवास्तविक हुन्छन्‌, त्यत्ति नै धेरै तिनलाई मानिसहरूद्वारा विश्लेषण गरिन्छन्‌, र मानिसहरूले तिनलाई अरू सबैभन्दा बेमतलबी भएर समेत पछ्याउँछन्‌, र तिनलाई पाउने प्रयत्न गर्छन्‌। ती जति धेरै अवास्तविक हुन्छन्‌, त्यत्ति नै धेरै मानिसहरूले तिनको बारे तिनीहरूको आफ्नै पूर्ण धारणहरू बनाउने हदसम्म पर गएर समेत तिनलाई नजिकबाट परीक्षण र विश्लेषण गर्छन्‌। त्यसको विपरीत, कुराहरू जति धेरै व्यावहारिक हुन्छन्, मानिसहरू तीप्रति त्यत्ति नै धेरै बेपर्बाही हुन्छन्‌; तिनीहरूले तिनलाई फुटेका आँखाले समेत हेर्दैनन्‌, र तिनलाई उपेक्षा समेत गर्छन्‌। आज मैले गर्ने वास्तविक कार्यप्रतिको तिमीहरूको मनोवृत्ति ठीक यही होइन र? यी कुराहरू जति धेरै वास्तविक हुन्छन्‌, त्यत्ति नै धेरै तिमीहरू तिनको विरुद्धमा पूर्वाग्रही हुन्छौ। तिनलाई परीक्षण गर्न तिमीहरू कुनै समय खर्चँदैनौ, तर खालि तिनलाई बेवास्ता गर्छौ; तिमीहरू यी व्यावहारिक, न्यून-स्तरीय आवश्यकताहरूलाई फुटेका आँखाले समेत हेर्दैनौ, र सबैभन्दा वास्तविक यस परमेश्‍वरको बारे असङ्ख्य धारणाहरू समेत बनाउँछौ, र उहाँको वास्तविकता र स्वाभाविकतालाई स्विकार गर्न केवल असक्षम छौ। यस प्रकारले, के तिमीहरूले अगम्य अस्पष्ट कायम गर्दैनौ र? तिमीहरूसँग विगत समयको अस्पष्ट परमेश्‍वरमा अकम्पनीय विश्‍वास छ, आजको साँचो परमेश्‍वरमा कुनै रुचि छैन। हिजोको परमेश्‍वर र आजको परमेश्‍वर दुई भिन्न युगहरूबाट हुनुभएकोले गर्दा यस्तो भएको होइन र? हिजोको परमेश्‍वर स्वर्गको उचालिनुभएको परमेश्‍वर, जबकी आजको परमेश्‍वर पृथ्वीमा सानो मानव हुनुभएकोले यसो भएको हैन र? यसको साथै, मानिसद्वारा आराधना गरिएको परमेश्‍वर उसको धारणाहरूद्वारा उत्पादित भएको, जबकी आजको परमेश्‍वर साँचो देहको, पृथ्वीमा उत्पादित भएकोले गर्दा यस्तो भएको होइन र? जब सबै भनिन्छ र गरिन्छ, तब आजको परमेश्‍वर अति वास्तविक भएकोले गर्दा मानिसले उहाँलाई नपछ्याएको होइन र? किनकि आजको परमेश्‍वरले मानिसहरूलाई जे गर्नको लागि भन्नुहुन्छ त्यो गर्नको लागि नै मानिसहरू सबैभन्दा अनिच्छुक हुन्छन्‌, र जसले तिनीहरूलाई लज्जाबोध गराउँछ। के यसले मानिसहरूको लागि कुराहरू कठिन बनाउँदै छैन र? के यसले मानिसहरूको घाउमा नुनचुक थप्दैन र? यसरी, धेरै मानिसहरूले वास्तविक परमेश्‍वर, व्यावहारिक परमेश्‍वरलाई पछ्याउँदैनन् र त्यसैले तिनीहरू देहधारी परमेश्‍वरका शत्रुहरू बन्छन्‌, अर्थात् ख्रीष्ट विरोधीहरू बन्छन्‌। के यो एक स्पष्ट तथ्य होइन र? विगतमा, जब परमेश्‍वर अझै देह बन्न बाँकी थियो, तब तँ एक धार्मिक पात्र, वा एक भक्त विश्‍वासी भएको हुन सक्थिस्‌। परमेश्‍वर देह बन्नुभएपछि, धेरै यस्ता भक्त विश्‍वासीहरू अनजानमा ख्रीष्ट विरोधीहरू भए। यहाँ के हुँदैछ के तँलाई थाहा छ? परमेश्‍वरमाथिको तेरो विश्‍वासमा, तैँले यथार्थमाथि ध्यान दिँदैनस्‌ वा सत्यतालाई पछ्याउँदैनस्‌, तर यसको सट्टा असत्यताहरूले मन-मस्तिष्क भर्छस्‌—के यो देहधारी परमेश्‍वरसँगको तेरो दुस्मनीको सबैभन्दा स्पष्ट स्रोत होइन र? देहधारी परमेश्‍वरलाई ख्रीष्ट भनिन्छ, त्यसैले देहधारी परमेश्‍वरलाई विश्‍वास नगर्नेहरू सबै जना ख्रीष्ट विरोधीहरू होइनन्‌ र? त्यसैले, तैँले जसमा विश्‍वास गर्छस् र जसलाई साँच्चै प्रेम गर्छस्‌ के उहाँ देहमा हुनुहुने यही परमेश्‍वर हुनुहुन्छ त? के यो साँच्चै जीवित, श्‍वास-प्रश्‍वास गर्ने परमेश्‍वर हुनुहुन्छ, जो सबैभन्दा वास्तविक र असाधारण रूपमा सामान्य हुनुहुन्छ? तेरो खोजीको खास उद्देश्य के हो? यो स्वर्गमा छ कि पृथ्वीमा? यो धारणा हो कि यो सत्यता हो? यो परमेश्‍वर हुनुहुन्छ कि यो कोही अलौकिक व्यक्ति हो? वास्तवमा, सत्यता नै जीवनका सूत्रहरूको सर्व यथार्थ हो, र सारा मानिस जातिमाझ यस्ता सूत्रहरू सर्वोच्च हुन्छ। यो परमेश्‍वरले मानिसबाट गर्नुभएको माग भएको हुनाले, र यो परमेश्‍वरद्वारा व्यक्तिगत रूपमा गरिएको कार्य भएको हुनाले, यसलाई “जीवनको सूत्र” भनिएको हो। यो सूत्र केही कुराबाट सारांश गरिएको होइन, न त यो कुनै महान्‌ हस्तीबाट आएको प्रसिद्ध उद्धरण नै हो। यसको सट्टामा, यो त स्वर्ग र पृथ्वी र सबै थोकका मालिकबाट मानिस जातिको लागि आएको उच्चारण हो; यो मानिसद्वारा सारांश गरिएका केही शब्दहरू होइनन्‌, तर परमेश्‍वरको अन्तर्निहित जीवन हो। अनि त्यसैले यसलाई “सबै जीवनका सूत्रहरूमध्येको सर्वोच्च” भनी भनिएको हो। सत्यतालाई अभ्यासमा लगाउने मानिसहरूको खोजी उनीहरूको कर्तव्यको पालन हो—भन्नुको मतलब, यो परमेश्‍वरको मागलाई सन्तुष्ट पार्ने खोजी हो। यस मागको सार नै सबै सत्यताहरूको सर्व यथार्थ हो, कुनै पनि मानिसले हासिल गर्न सक्‍ने खोक्रा सिद्धान्त होइन। यदि तेरो खोजी अरू केही नभएर सिद्धान्त मात्र हो र त्यसमा कुनै यथार्थ समावेश छैन भने, के तैँले सत्यताको विरुद्धमा विद्रोह गर्दैनस्‌ र? के तँ सत्यतालाई आक्रमण गर्ने व्यक्ति हुँदैनस्‌ र? यस्तो व्यक्ति कसरी परमेश्‍वरलाई प्रेम गर्न खोज्ने व्यक्ति बन्न सक्ला? यथार्थ बिनाका मानिसहरू ती हुन्‌ जसले सत्यतालाई परित्याग गर्छन्‌, र तिनीहरू सबै अन्तर्निहित रूपमा विद्रोही हुन्छन्‌।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्‌

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३१९

तिमीहरू सबै परमेश्‍वरको अगि इनाम पाउने र परमेश्‍वरद्वारा कृपा पाउने इच्छा राख्छौ; परमेश्‍वरमा विश्‍वास गरेको सुरुसुरुमा सबैले यस्तै कुराहरूको आशा राख्छन्, किनकि सबै जना उच्च कुराहरूको खोजीमा व्यस्त हुन्छन्, र कोही पनि अरूभन्दा पछि पर्न चाहँदैन। मानिसहरू यस्तै प्रकारका हुन्छन्। ठीक यही कारणले गर्दा तिमीहरूमध्ये धेरै जना स्वर्गमा हुनुहुने परमेश्‍वरको निरन्तर चापलुसी गरेर कृपा पाउने कोसिस गर्छौ, तापनि वास्तवमा, परमेश्‍वरप्रतिको तिमीहरूको बफादारीता र इमानदारीता तिमीहरूको आफैप्रतिको बफादारीता र इमानदारीताभन्दा धेरै कम हुन्छ। म यो कुरा किन भन्दैछु? किनकि परमेश्‍वरप्रतिको तिमीहरूको बफादारीतालाई म पटक्कै स्वीकार गर्दिनँ, त्यसबाहेक, म तिमीहरूका हृदयहरूमा भएका परमेश्‍वरको अस्तित्वलाई अस्वीकार गर्दछु। भन्नुको अर्थ यो हो, कि तिमीहरू जुन परमेश्‍वरको आराधना गर्छौ, जुन अस्पष्ट परमेश्‍वरको तिमीहरू सराहना गर्दछौ, उहाँको अस्तित्व छँदैछैन। तिमीहरू सत्य परमेश्‍वरबाट धेरै टाढा भएको कारणले गर्दा नै म यो निश्चयतापूर्वक भन्न सक्छु। तिमीहरूको वफादारीताको कारण तिमीहरूका हृदयभित्रको मूर्ति हो; मेरो कुरा गर्ने हो भने, अहिले, तिमीहरू जुन परमेश्‍वरलाई हेर्छौ, उहाँ न त महान् न सानो हुनुहुन्छ, तिमीहरू शब्दहरूले मात्र स्वीकार गर्दछौ। जब म तिमीहरू परमेश्‍वरबाट टाढा छौ भन्छु, मेरो भनाइको अर्थ तिमीहरू सत्य परमेश्‍वरबाट टाढा छौ भन्‍ने हो, त्यो अस्पष्ट परमेश्‍वर भने नजिक छ जस्तो देखिन्छ। जब म “महान् छैन” भन्छु, तब तिमीहरूले यो दिनमा विश्‍वास गरेका परमेश्‍वरको सन्दर्भमा भनेको हुँ, जो कुनै ठूला योग्यताहरू नभएको व्यक्तिजस्तो मात्र देखिनुहुन्छ, यस्तो व्यक्ति, जो त्यत्ति उच्च हुनुहुन्‍न। अनि जब म “सानो छैन” भन्छु, त्यसको अर्थ यो व्यक्तिले बतासलाई बोलाउन र झरीलाई आज्ञा गर्न नसके तापनि उहाँ त्यो काम गर्नका निम्ति परमेश्‍वरका आत्मालाई बोलाउन सक्षम हुनुहुन्छ, जसले आकाश र पृथ्वीलाई हल्लाउनुहुन्छ, जसले मानिसहरूलाई पूर्ण रूपमा अचम्मित बनाउनुहुन्छ। बाहिरी रूपमा पृथ्वीमा तिमीहरू यो ख्रीष्टप्रति धेरै आज्ञाकारी देखिन्छौ, तर वास्तवमा भन्‍ने हो भने उहाँमा तिमीहरू विश्‍वास गर्दैनौ, न त उहाँलाई प्रेम नै गर्छौ। भन्नुको अर्थ यो हो, कि जसलाई तिमीहरू साँचो रूपमा विश्‍वास गर्छौ, उहाँ तिमीहरूका आफ्नै भावनाको अस्पष्ट परमेश्‍वर हुनुहुन्छ, र तिमीहरूले साँच्चै प्रेम गरेको त्यो परमेश्‍वर, जसको तिमीहरू दिन-रात चाहना गर्दछौ, तापनि उहाँलाई व्यक्तिगत रूपमा कहिल्यै देखेका छैनौं। यस ख्रीष्‍टतर्फ तिमीहरूको विश्‍वास अपूर्ण छ, र तिमीहरूको प्रेम नगण्य छ। विश्‍वास भनेको आस्था वा भरोसा हो; प्रेम भनेको एक व्यक्तिको हृदयमा हुने भक्ति र प्रशंसा हो, जुन कहिल्यै विभाजित हुँदैन। तापनि आजका ख्रीष्टमा तिमीहरूको विश्‍वास र प्रेम योभन्दा धेरै कम छ। जब विश्‍वासको कुरा आउँछ, तब तिमीहरू उहाँमाथि कसरी विश्‍वास राख्छौ? जब प्रेमको कुरा आउँछ, तिमीहरू कस्तो प्रकारले उहाँलाई प्रेम गर्दछौ? तिमीहरूमा उहाँको स्वभावको बुझाइ छैन, अझ उहाँको गुणको बारेमा त तिमीहरूलाई झनै कम थाहा छ, यसैले तिमीहरू कसरी उहाँमा विश्‍वास गर्छौ? उहाँमा तिमीहरूको विश्‍वासको वास्तविकता कहाँ छ? उहाँलाई तिमीहरू कसरी प्रेम गर्छौ? उहाँमा तिमीहरूको प्रेमको वास्तविकता कहाँ छ?

धेरैले अहिलेसम्म कुनै सङ्कोचविना मलाई पछ्याएका छन्। त्यसैले तिमीहरूले विगत धेरै वर्षहरूमा धेरै थकान पनि अनुभव गरेका छौ। तिमीहरू प्रत्येकको जन्मजात चरित्र र बानीहरूलाई मैले स्पष्टतासाथ बुझेको छु; तिमीहरू प्रत्येकसँगको कुराकानी धेरै नै कठिन भएको छ। दुःखको कुरा यो हो कि, यद्यपि मैले तिमीहरूको बारेमा धेरै कुरा बुझे पनि तिमीहरूले चाहिँ मेरो बारेमा केही पनि बुझेका छैनौ। भ्रमको स्थितिमा तिमीहरू जोसुकैको छलमा फस्छौ भनेर मानिसहरूले भन्‍नु स्वभाविक नै हो। साँच्चै, तिमीहरू मेरो स्वभावलाई कति पनि बुझ्दैनौ, मेरो मनमा के छ त्यो त परै जाओस्। आज मबारे तिमीहरूका गलत बुझाइहरू चाँडो-चाँडो फैलिरहेका छन्, र मप्रतिको तिमीहरूको विश्‍वास अन्योलपूर्ण विश्‍वास नै रहिरहन्छ। तिमीहरूको ममा विश्‍वास छ भन्नुको साटो मसित चापलुसी गरेर अनि मलाई चिप्ले घसेर तिमीहरू मेरो कृपा पाउने कोसिस गर्दछौ भन्नु ठीक हुन्छ। तिनीहरूका अभिप्रायहरू साधारण छन्: म उसैको पछि लाग्नेछु, जसले मलाई इनाम दिन सक्छ, र उसैमा विश्‍वास गर्दछु, जसले मलाई ठूला-ठूला विपत्तिहरूबाट उम्काउनेछ, चाहे ऊ परमेश्‍वर वा कुनै पनि परमेश्‍वर नै किन नहोस्। यीमध्ये कुनै पनि मेरो सरोकारको विषय होइन। तिमीहरूमध्ये त्यस्ता धेरै मानिसहरू छन्, र यो अवस्था धेरै गम्भीर छ। यदि एक दिन, तिमीहरूमध्ये कति जनाले ख्रीष्टको सारको जानकारी पाएर उहाँमा विश्‍वास गरेका छौ भनी जाँच गरियो भने, मलाई शङ्का लाग्छ कि तिमीहरूमध्ये एकै जना पनि मेरो निम्ति चित्तबुझ्दो हुनेछैनौ। यसैले यो प्रश्नमाथि विचार गर्दा तिमीहरू प्रत्येकलाई चोट लाग्नेछैन: तिमीहरूले विश्‍वास गरेको परमेश्‍वर मभन्दा धेरै नै फरक छ, अनि यस्तो भएकोले तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको सार के हो? तिमीहरू जति धेरै आफ्नो तथाकथित परमेश्‍वरमा विश्‍वास गर्छौ, त्यत्ति नै मबाट भड्केर टाढा जान्छौ। त्यसो भए यस विषयको सार के हो? यो निश्चित छ, कि तिमीहरूमध्ये कसैले पनि त्यस्तो प्रश्नमाथि कहिल्यै विचार गरेका छैनौ, तर के यसको गम्भीरता तिमीहरूमा उत्पन्न भएको छ? के तिमीहरूले यस्तै प्रकारले विश्‍वास गरिरहँदा उत्पन्न हुने परिणामहरूबारे सोचेका छौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई कसरी चिन्ने

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३२०

अरूसँग शङ्का नगर्नेहरूसँग म खुशी हुन्छु, र सजिलैसँग सत्य स्वीकार्नेहरूलाई म मन पराउँछु; यी दुई प्रकारका मानिसहरूलाई म धेरै वास्ता गर्छु, किनकि तिनीहरू मेरो नजरमा इमानदार मानिसहरू हुन्। यदि तँ छली छस् भने, तँ सबै मानिस र विषयहरूप्रति सतर्क बन्नेछस् र शङ्कालु बन्नेछस्, यसैले मप्रतिको तेरो विश्‍वास शङ्काको जगमाथि निर्माण हुनेछ। त्यस्तो विश्‍वासलाई म कहिल्यै स्विकार्न सक्दिनँ। साँचो विश्‍वासको अभावमा, तिमीहरू अझ बढी साँचो प्रेमरहित बन्छौ। र यदि तँ परमेश्‍वरलाई शङ्का गर्न जिम्‍मेवार छस् र जानी-जानी उहाँको बारेमा अनुमान गर्छस् भने निस्सन्देह तँ सबै मानिसहरूमध्ये सबैभन्दा छली होस्। तँ परमेश्‍वर मानिसजस्तो हुन सक्नुहुन्छ कि सक्‍नुहुन्‍न भनेर अनुमान लगाउँछस्: क्षमा गर्नै नसकिने पापी, क्षुद्र चरित्र भएको, निष्पक्षता र विवेकरहित, न्यायको भावना नभएको, हिंस्रक युक्तिमा लागेको, छलपूर्ण र धूर्त, दुष्ट र अन्धकारद्वारा प्रसन्न, र यस्तै अरू। के मानिसहरूमा परमेश्‍वरको अलिकति पनि ज्ञान नभएको कारण तिनीहरूमा यस्ता विचारहरू आएका होइनन् र? त्यस्तो विश्‍वास पापभन्दा कम होइन! केही यस्ता व्यक्तिहरू पनि छन्, जसले मलाई प्रसन्न तुल्याउनेहरू चापलुसी गर्ने र चिप्लो घस्नेहरू हुन्, अनि त्यस्ता सीपको अभाव हुनेहरूलाई परमेश्‍वरको भवनमा स्वागत गरिँदैन र तिनीहरूले त्यहाँ आफ्नो स्थान गुमाउनेछन् भनी विश्‍वास गर्छन्। यतिका वर्षहरूमा तिमीहरूले प्राप्त गरेको ज्ञान के यही मात्र हो? के तिमीहरूले प्राप्त गरेको यही नै हो? अनि मेरो बारेमा तिमीहरूको ज्ञान यी भ्रमहरूमा रोकिँदैन; अनि त्योभन्दा अझ नराम्रो तिमीहरूले गरेका परमेश्‍वरका आत्माको निन्दा र स्वर्गको बदनाम हो। यसैले म भन्छु, कि तिमीहरूको जस्तो विश्‍वासले तिमीहरूलाई मबाट अझ टाढा बनाउँछ र मेरो विरुद्धमा अझ ठूलो विरोधी बनाउँछ। धेरै वर्ष कामको अवधिमा तिमीहरूले धेरै सत्यहरू देख्यौ, तर मेरा कानले के सुनेको छ के तिमीहरूलाई थाहा छ? तिमीहरूमध्ये कति जना सत्यलाई स्वीकार्न इच्छुक छौ? तिमीहरू सबै जना सत्यका निम्ति मूल्य चुकाउन तयार छौ भनी विश्‍वास गर्दछौ, तर तिमीहरूमध्ये कति जनाले सत्यका लागि साँच्चै दुःख भोगेका छौ? तिमीहरूका हृदयमा अधार्मिकता सिवाय केही छैन, जसको कारण मानिसहरू जो भए पनि सबै जना एकसमान रूपमा छली र कुटिल छन् भनी तिमीहरू सोच्छौ—यसको हद यति छ कि तिमीहरू यो समेत विश्‍वास गर्छौ, कि देहधारी परमेश्‍वर एक सामान्य मानिसजस्तै दयालु हृदयरहित वा दयालु प्रेमरहित हुन सक्‍नुहुन्छ। त्योभन्दा बढी, तिमीहरू महान् चरित्र र कृपालु, परोपकारी स्वभाव स्वर्गमा हुनुहुने परमेश्‍वरको मात्र छ भनी विश्‍वास गर्दछौ। तिमीहरू विश्‍वास गर्दछौ, कि त्यस्तो सन्त अस्तित्वमा छैन, पृथ्वीमा अन्धकार र दुष्टले मात्र शासन गर्दछ, जब कि परमेश्‍वर यस्तो व्यक्ति हुनुहुन्छ, जसको साथमा मानिसहरूले आफ्नो भलाइ र सुन्दरताको चाहना सुम्पिन्छन्, उनीहरूले बनाएका कल्पित व्यक्तित्व हुनुहुन्छ। तिमीहरूको मनमा स्वर्गका परमेश्‍वर उच्च, धर्मी र महान्, आराधना र प्रशंसाका योग्य हुनुहुन्छ भने अहिले पृथ्वीमा हुनुहुने यो परमेश्‍वर स्वर्गका परमेश्‍वरको एक प्रतिस्थापन, एक साधन हुन्। तिमीहरू यो परमेश्‍वर स्वर्गका परमेश्‍वरको बराबर हुन सक्‍नुहुन्‍न भनी विश्‍वास गर्छौ, उहाँको जस्तो सास छ भनी उल्लेख गर्ने कुरा त परै जाओस्। जब परमेश्‍वरको महानता र सम्मानको कुरा आउँछ, यी स्वर्गमा हुनुहुने परमेश्‍वरको महिमाका हुन्, तर जब मानिसको स्वभाव र भ्रष्टताको कुरा आउँछ, ती त्यस्ता गुणहरू हुन्, जसमा पृथ्वीमा हुनुहुने परमेश्‍वरको हिस्सा छ। स्वर्गमा हुनुहुने परमेश्‍वर सदाका लागि उच्च हुनुहुन्छ, जब कि पृथ्वीमा हुनुहुने परमेश्‍वर सदाको लागि महत्त्वहीन, कमजोर र अयोग्य हुनुहुन्छ। स्वर्गका परमेश्‍वर भावना होइन तर धार्मिकतामा मात्र चल्नुहुन्छ, जब कि पृथ्वीका परमेश्‍वरसँग स्वार्थी उद्देश्यहरू मात्र छन् र उहाँसँग निष्पक्षता वा कारण छैन। स्वर्गका परमेश्‍वर अलिकति पनि कुटिल हुनुहुन्‍न र सधैँ विश्‍वासयोग्य हुनुहुन्छ, जब कि संसारका परमेश्‍वरसित सधैँ एउटा गैर-इमानदार पक्ष छ। स्वर्गका परमेश्‍वरले मानिसलाई धेरै प्रेम गर्नुहुन्छ, जब कि पृथ्वीका परमेश्‍वरले मानिसलाई अपर्याप्त वास्ता देखाउनुहुन्छ, यहाँसम्म कि, उहाँले आफैलाई पूर्ण रूपमा बेवास्ता समेत गर्नुहुन्छ। यो गलत ज्ञान लामो समयदेखि तिमीहरूको हृदयमा राखिएको छ र भविष्यमा पनि यो स्थायी नै हुन सक्छ। तिमीहरू ख्रीष्टका सबै कामहरूलाई अधर्मीहरूको नजरबाट हेर्छौ र दुष्टको नजरबाट उहाँका सबै काम, साथै उहाँको पहिचान र सारको मूल्याङ्कन गर्छौ। तिमीहरूले गम्भीर गल्ती गऱ्यौ र जुन तिमीहरूभन्दा अघि आउनेहरूले कहिल्यै गरेनन्। अर्थात्, तिमीहरू शिरमा मुकुट लगाउने स्वर्गमा हुनुहुने उच्च परमेश्‍वरको मात्र सेवा गर्दछौ, र त्यस परमेश्‍वरको सामु कहिल्यै जाँदैनौ, जसलाई तिमीहरू यति तुच्छ ठान्छौ कि उहाँ तिमीहरूका निम्ति अदृश्य हुनुहुन्छ। के यो तिमीहरूको पाप होइन? के यो परमेश्‍वरको स्वभाव विरुद्धको तिमीहरूको उल्‍लङ्घनको उत्कृष्ट उदाहरण होइन र? तिमीहरू स्वर्गमा हुनुहुने परमेश्‍वरको आराधना गर्दछौ। तिमीहरू उच्च मूर्तिहरूको आराधना गर्दछौ र विशिष्ट व्यक्तिहरूलाई तिनीहरूका वाक्पटुताका निम्ति सम्मान गर्दछौ। तेरा हातहरू धन-सम्पत्तिले भरिदिनुहुने परमेश्‍वरका आज्ञाहरूलाई तँ खुशीसाथ स्वीकार गर्छस्, र तँ त्यस परमेश्‍वरको चाहना गर्छस्, जसले तेरा प्रत्येक चाहना पूरा गर्नुहुन्छ। तैँले आराधना नगर्ने एउटै मात्र परमेश्‍वर हुनुहुन्छ, जो उच्च हुनुहुन्‍न; तिमीहरू यो परमेश्‍वरसँग सम्बन्ध राख्नुलाई मात्र घृणास्पद ठान्छौ, जसलाई कुनै पनि मानिसले उच्च सम्मान गर्न सक्दैन। तँ यो परमेश्‍वरको मात्र सेवा गर्न अनिच्छुक हुन्छस्, जसले तँलाई एक पैसा पनि दिनुभएको छैन, अनि तँलाई उहाँको चाहना गर्ने बनाउन नसक्‍ने एक मात्र व्यक्ति यही अप्रिय परमेश्‍वर हुनुहुन्छ। यो परमेश्‍वरले तँलाई आफ्‍ना क्षेत्रहरूलाई विस्तार गर्न, तँलाई सम्पत्ति पाएको जस्तो महसुस गराउन सक्‍नुहुन्‍न, तिमीहरूले इच्छा गरेका कुरा पूरा गर्नु त परै जाओस्। त्यसो भए तँ उहाँको पछि किन लाग्छस्? के तैँले यस्ता प्रश्नहरूमाथि विचार गरेको छस्? तैँले गर्ने कामले यस ख्रीष्टलाई मात्र चिढ्याउँदैन; सबैभन्दा महत्त्वपूर्ण कुरा, त्यसले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई चिढ्याउँछ। मेरो विचारमा, परमेश्‍वरमा भएको तिमीहरूको विश्‍वासको उद्देश्य यो होइन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई कसरी चिन्ने

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३२१

परमेश्‍वर तिमीहरूमा आनन्दित हुनुभएको तिमीहरू चाहन्छौ, तर तिमीहरू परमेश्‍वरदेखि टाढा छौ। यहाँ के भएको छ? तिमीहरू उहाँका वचनहरूलाई मात्र स्विकार्छौ, तर उहाँको निराकरण वा उहाँको काँटछाँटलाई स्वीकार गर्दैनौ, उहाँका हरेक बन्दोबस्तलाई स्वीकार गर्नु र उहाँमा पूरा विश्‍वास गर्नु त परै जाओस्। त्यसो भए यहाँ के भइरहेको छ? अन्तिम विश्लेषणमा, तिमीहरूको विश्‍वास एउटा खाली अण्डाको खोल हो, त्यसले चल्ला जन्माउन सक्दैन। किनकि तिमीहरूको विश्‍वासले तिमीहरूकहाँ सत्यता ल्याएको छैन वा तिमीहरूलाई जीवन दिएको छैन, त्यसको साटो तिमीहरूलाई खानपान र आशाको भ्रमात्मक अर्थ दिएको छ। तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य सत्यता र जीवन पाउनु होइन, खानपान गर्नु र आशा पाउनु मात्र हो। यसैले म भन्छु, कि परमेश्‍वरमा तिमीहरूको विश्‍वासको मार्ग चापलुसी र निर्लज्जताको माध्यमद्वारा परमेश्‍वरको अनुग्रहद्वारा आफैलाई सन्तुष्ट पार्ने कोसिस बाहेक अरू केही होइन, अनि यो कुनै पनि हिसाबले साँचो विश्‍वास हुन सक्दैन। यस्तो विश्‍वासबाट कुखुरोको चल्ला कसरी जन्मन सक्छ? अर्को शब्दमा भन्‍ने हो भने, त्यस्तो विश्‍वासले के हासिल गर्न सक्छ? परमेश्‍वरमा तिमीहरूका विश्‍वासको उद्देश्य भनेको उहाँलाई प्रयोग गरेर तिमीहरूका आफ्नै लक्ष्यहरू प्राप्त गर्नु हो। के यो परमेश्‍वरको स्वभाव विरुद्धको तिमीहरूको उल्‍लङ्घनको थप तथ्य होइन र? तिमीहरू स्वर्गमा हुनुहुने परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छौ र पृथ्वीमा हुनुहुने परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्छौ, तैपनि म तिमीहरूको विचारलाई स्वीकार गर्दिनँ; म ती मानिसहरूको मात्र प्रशंसा गर्छु, जसले आफ्ना खुट्टाहरू जमिनमा राख्छन् र पृथ्वीमा हुनुहुने परमेश्‍वरको सेवा गर्छन्, तर तिनीहरूको कहिल्यै पनि प्रशंसा गर्दिनँ, जसले पृथ्वीमा हुनुहुने ख्रीष्टलाई स्वीकार गर्दैनन्। त्यस्ता मानिसहरू स्वर्गमा हुनुहुने परमेश्‍वरप्रति जत्ति नै बफादार भए पनि अन्त्यमा तिनीहरू मेरो हातबाट उम्कन सक्ने छैनन्, जसले दुष्टहरूलाई दण्ड दिन्छ। यी मानिसहरू दुष्ट हुन्; तिनीहरू ती दुष्टहरू हुन्, जसले परमेश्‍वरको विरोध गर्छन् र कहिल्यै पनि खुसीसाथ ख्रीष्टको पालन गरेका हुँदैनन्। निश्चय नै, तिनीहरूका सङ्ख्यामा ती सबै पनि सामेल छन्, जसले ख्रीष्टलाई चिन्दैनन् र यसको अतिरिक्त उहाँलाई स्वीकार गर्दैनन्। के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरप्रति बफादार रहुञ्‍जेल ख्रीष्टसँग तैले आफूलाई जस्तो मन लाग्छ, त्यस्तै व्यवहार गर्न सक्छस् भनी विश्‍वास गर्छस्? गलत! ख्रीष्टको बारेमा रहेको तेरो अज्ञानता स्वर्गमा हुनुहुने परमेश्‍वरप्रतिको अज्ञानता हो। स्वर्गमा हुनुहुने परमेश्‍वरप्रति तँ जति नै बफादार भए पनि त्यो खोक्रो गफ र बहाना मात्र हो, किनकि पृथ्वीमा हुनुहुने परमेश्‍वर मानिसलाई सत्यता र अझ गहिरो ज्ञान प्राप्त गराउन मात्र होइन, तर त्योभन्दा बढी महत्त्वपूर्ण कुरा, मानिसलाई दोषी ठहराउन अनि पछिबाट दुष्टलाई दण्ड दिने तथ्यहरूमा प्रयोग गरिनको लागि पनि सहायक हुनुहुन्छ। के तैँले यहाँ लाभदायक र हानिकारक परिणामहरूलाई बुझिस्? के तैँले ती कुराको अनुभव गरिस्? मेरो इच्छा छ कि, तिमीहरूले एक दिन चाँडै यो सत्यतालाई बुझ्न सक: परमेश्‍वरलाई चिन्नका लागि तिमीहरूले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई मात्र होइन, तर अझै महत्त्वपूर्ण कुरा, तिमीहरूले पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई पनि चिन्नु पर्दछ। तिमीहरूका प्राथमिकताहरूलाई अलमलमा नपार वा गौण कुरालाई मुख्य कुराको स्थान लिने अनुमति नदेओ। यस प्रकारले मात्र तैँले परमेश्‍वरसँग साँचो सम्बन्ध बनाउन सक्छस्, र तँ परमेश्‍वरको नजिक हुन, र तेरा हृदयलाई परमेश्‍वरको नजिक ल्याउन सक्छस्। यदि तैँले धेरै वर्षदेखि विश्‍वास गर्दै आएको र मसँग लामो समयदेखि जोडिएको भए पनि मबाट टाढै रहिस् भने म भन्छु, कि तैँले धेरै चोटि परमेश्‍वरको स्वभावलाई उल्‍लङ्घन गर्छस्, र तेरो अन्त्यलाई गन्ती गर्नु कठिन हुनेछ। यदि मसँगको धेरै वर्षको सङ्गतले तँलाई मानवता र सत्यता भएको व्यक्तिको रूपमा परिवर्तन गर्न असफल मात्र होइन, तर त्यसले तेरो स्वभावमा खराब चालहरू हालिदिएको छ, र तँ पहिलेको भन्दा दोबर अहङ्कारी भएको छस्, मबारे तेरो गलत धारणाहरू वृद्धि भएका छन्, र त मलाई आफ्नो सहायक जस्तो मात्र मान्ने भएका छस् भने म भन्दछु, कि अब तेरो पीडा छालासम्मको गहिरो मात्र नभएर त्यसले तेरा हाडहरूलाई नै छेडेको छ। अब तिमीहरूले अन्तिम संस्कारको तयारीको लागि प्रतीक्षा गर्नु मात्र बाँकी रहेको छ। त्यसपछि तैँले मलाई आफ्‍ना परमेश्‍वर हुनका निम्ति बिन्ती गर्नुपर्दैन, किनकि तैँले मृत्यु लायकको पाप, क्षमा नहुने पाप गरेको छस्। यदि मैले तँलाई कृपा गर्न सकेँ भने पनि स्वर्गका परमेश्‍वरले तेरो प्राण लिन जोर दिनुहुन्छ, किनकि तैँले परमेश्‍वरको स्वभावको विरुद्धमा गरेको उल्‍लङ्घन कुनै सानो समस्या होइन, तर यो एउटा अति नै गम्भीर प्रकृतिको छ। जब समय आउँछ, तब मैले पहिलेबाटै बताइनँ भनी मलाई दोष नलगाउनू। यो सबैको आसय यही हो: जब तँ ख्रीष्टसँग—संसारमा हुनुहुने परमेश्‍वर—एक साधारण मानिससँग जस्तो सम्बन्ध राख्छस्, अर्थात् जब तँ यो परमेश्‍वर अरू कोही नभएर एक व्यक्ति हुनुहुन्छ भनी विश्‍वास गर्छस्, तब तँ नाश हुनेछस्। तिमीहरू सबैलाई मेरो एक मात्र सल्लाह यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई कसरी चिन्ने

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३२२

मानिससँग विश्‍वासको अनिश्‍चित शब्द मात्र हुन्छ, तैपनि केले विश्‍वासको निर्माण हुन्छ भन्‍ने मानिसले जान्दैन, उसमा विश्‍वास हुन्छ भन्‍ने कुरा त परै जाओस्। मानिसले अति थोरै जान्दछ, र मानिस आफैमा अति नै कमी-कमजोरी छ; मप्रति उसको विश्‍वास त विचारहीन र अज्ञानता मात्र हो। विश्‍वास भनेको के हो सो उसले जान्दैन, न त उसले ममा किन विश्‍वास गर्छ भन्‍ने कुरा नै जान्दछ, तैपनि उसले आवेगमा मलाई विश्‍वास गरिरहन्छ। मैले मानिसबाट मलाई यसरी आवेगमा पुकारा गरोस् वा असङ्गत ढाँचामा विश्‍वास गरोस् भन्‍ने माग गर्दिनँ, किनभने म मानिसले मलाई देखोस् र मलाई चिनोस् भनेर काम गर्छु, प्रभावित होस् र मलाई नयाँ ज्योतिमा हेरोस् भनेर होइन। कुनै समयमा मैले धेरै चिन्हहरू र चमत्कारहरू प्रकट गरेँ र धेरै आश्‍चर्यकर्महरू गरेँ, अनि त्यस बेला इस्राएलीहरूले मेरो उच्च सराहना गरे र बिरामीलाई निको पार्ने र भूतहरू धपाउने मेरो अद्भुत क्षमतालाई अत्यन्त कदर गरे। त्यस बेला, यहूदीहरूले निको पार्ने मेरो शक्तिलाई अद्वितीय र असाधारण भएको ठाने—मेरा धेरै कार्यहरूले गर्दा, तिनीहरू सबैले मलाई आदर गरे र मेरा सबै शक्तिहरूको खातिर आभारी भएको महसुस गरे। यसैले मैले आश्‍चर्यकर्महरू गरेको देखेका सबै समीप रूपमा मेरो पछि लागे, यहाँसम्‍म कि मैले बिरामीलाई निको पारेको हेर्न हजारौँले मलाई घेरे। मैले यति धेरै चिन्हहरू र चमत्कारहरू प्रकट गरेँ, तापनि मानिसहरूले मलाई केवल अद्भुत वैद्यको रूपमा मात्र हेरे; त्यसैले पनि मैले त्यस बेला मानिसहरूका अघि शिक्षाको धेरै वचनहरू बोलेँ, तैपनि तिनीहरूले मलाई आफ्ना चेलाहरूभन्दा उच्च गुरुको रूपमा मात्र ठाने। आज समेत, मानिसले मेरा कामहरूको ऐतिहासिक अभिलेख देखेपछि पनि म बिरामीलाई निको पार्ने महान्‌ वैद्य र अनभिज्ञलाई सिकाउने शिक्षक हुँ भन्‍ने तिनीहरूको व्याख्या जारी छ, र तिनीहरूले मलाई कृपालु प्रभु येशू ख्रीष्टको रूपमा परिभाषित गरेका छन्। ती धर्मशास्‍त्र व्याख्या गर्नेहरूले निको पार्ने मेरा सीपहरूलाई उछिनेका हुन सक्छन् वा तिनीहरू आफ्‍ना शिक्षकलाई उछिनेका चेलाहरू समेत हुन सक्छन्, तैपनि संसारभरि नाम चलेका यस्ता अति प्रसिद्ध मानिसहरूले मलाई केवल नीच वैद्य मात्र भएको ठान्छन्। मेरा कार्यहरू समुद्र किनारका बालुवाका कणहरूभन्दा धेरै छन् र मेरो बुद्धि सोलोमनका सबै छोराहरूभन्दा अधिक छ, तैपनि मानिसहरूले मलाई थोरै मात्र महत्त्व भएको वैद्यको रूपमा र मानिसको अज्ञात शिक्षकको रूपमा मात्र ठान्छन्। मैले तिनीहरूलाई निको पारेँ भनेर मात्र धेरैले मलाई विश्‍वास गर्छन्। मैले तिनीहरूको शरीरबाट अशुद्ध आत्माहरू निकाल्न मैले मेरो शक्ति प्रयोग गरौं भनेर र तिनीहरूले शान्ति र आनन्द प्राप्‍त गर्न सकून्‌ भनेर मात्र धेरैले ममा विश्‍वास गर्छन्। मबाट धेरै भौतिक सम्पत्ति माग गर्नलाई मात्र धेरैले ममा विश्‍वास गर्छन्। यस जीवनलाई शान्तिमा बिताउन र आउने संसारमा सुरक्षित र सकुशल हुनलाई मात्रै धेरैले ममा विश्‍वास गर्छन्। नरकको कष्टहरूबाट बच्न र स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नलाई धेरैले ममा विश्‍वास गर्छन्। धेरैले अस्थायी सान्त्वनाको निम्ति मात्र ममा विश्‍वास गर्छन्, तैपनि आउने संसारको कुनै पनि कुरा प्राप्‍त गर्न खोज्दैनन्। जब मैले मेरो क्रोध मानिसमाथि खन्याएँ र कुनै समयमा ऊसँग भएको सबै आनन्द र शान्ति खोसेँ, मानिस सशंकित भयो। मैले मानिसलाई नरकको कष्ट दिएर स्वर्गको आशिष्‌ फिर्ता गर्दा मानिसको शर्म रिसमा परिणत भयो। निको पार्नलाई मानिसले मलाई बिन्ती गर्दा मैले कुनै ध्यान दिइनँ र ऊप्रति घृणा महसुस गरेँ; बरु मानिस मबाट अलग भएर दुष्ट औषधि र टुनामुनाको मार्ग खोज्नतिर लाग्यो। जब मानिसले मबाट माग गरेको सबै थोक मैले खोसेँ, सबै जना कुनै निशानाविना नै गायब भए। यसैले, म अति नै धेरै अनुग्रह दिन्छु र प्राप्‍त गर्ने कुरा अति धेरै भएको हुनाले मानिसले ममा विश्‍वास गर्छ भनी म भन्छु। यहूदीहरूले मेरो अनुग्रहको कारण ममा विश्‍वास गरे र म जहाँ गए पनि तिनीहरू मेरो पछि लागे। यी सीमित ज्ञान र अनुभव भएका मानिसहरूले मैले प्रकट गरेका चिन्हहरू र चमत्कारहरू हेर्न मात्र खोजे। तिनीहरूले मलाई ठूलठूला आश्‍चर्यकर्म गर्ने यहूदीहरूको घरानाको मुखियाको रूपमा माने। त्यसैले मानिसहरूबाट मैले भूतहरू निकाल्दा, यसले तिनीहरू माझ बहस उब्जाउथ्यो: तिनीहरूले मलाई एलिया, मोशा, सबै अगमवक्ताहरूमा प्राचीन अगमवक्ता, सबै वैद्यहरूभन्दा महान् थिएँ भनी भने। म जीवन, बाटो र सत्य हुँ भनी म आफैले भनेको बाहेक मेरो अस्तित्व र मेरो पहिचानलाई कसैले थाहा गरेनन्। मेरा पिता बस्नुहुने ठाउँ स्वर्ग हो भनी मैले भनेको बाहेक मलाई म परमेश्‍वरको पुत्र र परमेश्‍वर स्वयम् हुँ भनी कसैले चिनेनन्। मैले सारा मानवजातिकहाँ उद्धार ल्याउनेछु र मानवजातिको छुटकाराको मूल्य तिर्नेछु भनी म आफैले भनेको बाहेक, म मानवजातिको उद्धारक हुँ भनी कसैले जानेनन् र मानिसहरूले मलाई एक परोपकारी र कृपालु मानिसको रूपमा मात्र चिने। म आफैले मेरो बारे बताउन सकेको भन्दा बाहेक कसैले मलाई चिनेनन् र म जीवित परमेश्‍वरको पुत्र हुँ भनी कसैले मलाई विश्‍वास गरेनन्। मप्रति मानिसको विश्‍वास र तिनीहरूले मलाई मूर्ख तुल्याउन खोज्ने तरिका यस्तो छ। तिनीहरूले मप्रति यस्तो धारणा राखेर मेरो निम्ति कसरी साक्षी दिन सक्थे र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३२३

मानिसहरूले लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेका भए तापनि तिनीहरूमध्ये धेरैलाई “परमेश्‍वर” शब्दको अर्थ के हो भन्‍ने कुराको समझसम्म छैन, र अलमलमा परेर उहाँलाई पछ्याउँछन् मात्र। मानिसले परमेश्‍वरमाथि किन विश्‍वास गर्नुपर्छ वा परमेश्‍वर के हुनुहुन्छ भन्‍ने कुराको सुइँको तिनीहरूले पाएका छैनन्। यदि मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न र उहाँलाई पछ्याउन मात्र जान्दछन् तर परमेश्‍वर के हुनुहुन्छ भन्‍ने कुरा जान्दैनन् भने र यदि तिनीहरूले परमेश्‍वरलाई चिन्दैनन् पनि भने के यो एउटा ठूलो मजाक मात्र होइन र? यति टाढासम्म आइपुगे र, मानिसहरूले धेरै स्वर्गीय रहस्यका कुराहरू देखेका र मानिसले पहिले कहिले पनि नबुझेको धेरै गहन ज्ञानलाई सुनेका भए तापनि मानिसले यस अगाडि चिन्तन नगरेका धेरैजसो मूलभूत सत्यताहरूको बारेमा तिनीहरू अनजान छन्। कसैले यसो भन्‍ला, “हामीले धेरै वर्षसम्म परमेश्‍वरमा विश्‍वास गर्‍यौँ। परमेश्‍वर के हुनुहुन्छ भन्‍ने कुरा हामीलाई किन थाहा नहुने? के यस प्रश्‍नले हामीलाई तुछ्याउँदैन र?” तैपनि, वास्तवमा आज मानिसहरूले मलाई पछ्याए तापनि तिनीहरूलाई आजका कुनै पनि कामको बारेमा थाहा छैन र अत्यन्तै स्पष्ट र सजिला प्रश्‍नहरूलाई पनि राम्ररी बुझ्‍न सक्दैनन्, परमेश्‍वर बारेका जस्ता अत्यन्तै जटिल प्रश्‍नहरूको त कुरै नगरौँ। तैँले मतलब नै नगरेका, तैँले पहिचान नै नगरेका प्रश्‍नहरूलाई नै तैँले बुझ्‍नु अत्यन्तै जरुरी छ, किनकि आफूलाई जे कुराले सुसज्जित पार्नु पर्ने हो सो कुरालाई ध्यान नदिएर र वास्ता नराखेर भीडको पछि लाग्‍न मात्र तँलाई आउँछ। के तँलाई आफूले परमेश्‍वरमा किन विश्‍वास गर्नुपर्छ भन्‍ने साँच्चै थाहा छ? के तँलाई परमेश्‍वर के हुनुहुन्छ भन्‍ने साँच्चै थाहा छ? के तँलाई मान्छे के हो भन्‍ने साँच्चै थाहा छ? परमेश्‍वरमा विश्‍वास भएको एक व्यक्तिको रूपमा, यदि तँ यी कुराहरू बुझ्‍न असफल भइस् भने, के तैँले परमेश्‍वरमाथि विश्‍वास राख्‍ने विश्‍वासीको मर्यादालाई गुमाउँदैनस् र? आजको मेरो काम यही हो: मानिसहरूलाई तिनीहरूको सारको बारेमा बुझाउनु, मैले गर्ने सबै कुरा बुझाउनु र परमेश्‍वरको साँचो मुहार चिनाउनु। यही नै मेरो व्यवस्थापन योजनाको अन्तिम कार्य, मेरो कामको अन्तिम चरण हो। यही कारणले गर्दा जीवनका सबै रहस्यहरूको बारेमा मैले तिमीहरूलाई अगाडि नै बताइरहेको छु, ताकि तिमीहरूले तिनलाई मबाट स्वीकार गर। यो अन्तिम युगको काम भएको हुनाले यस अघि तिमीहरूले कहिल्यै ग्रहण नगरेका सारा जीवनको सत्यता मैले तिमीहरूलाई बताउनै पर्छ, यद्यपि आफ्ना कमजोरी र अयोग्यताका कारण तिमीहरूले यसलाई बुझ्‍न वा अपनाउन असक्षम छौ। मैले मेरो काम सम्पन्‍न गर्नैपर्छ; मैले गर्नुपर्ने काम मैले पूरा गर्नैपर्छ र मैले तिमीहरूलाई आज्ञा गर्नुपर्ने सबै कुराहरू तिमीहरूलाई बताउनैपर्छ, अन्यथा अन्धकार ओर्लेर आएको बेला तिमीहरू फेरि बरालिन्छौ वा दुष्टका योजनाहरूमा पर्छौ। तिमीहरूले नबुझ्‍ने धेरै तरिकाहरू छन् र तिमीहरूलाई धेरै विषयको ज्ञान छैन। तिमीहरू अत्यन्तै अनजान छौ; मलाई तिमीहरूको कद र कमजोरीहरूको बारेमा पूर्ण रूपमा थाहा छ। त्यसैले तिमीहरूले बुझ्‍न नसक्ने धेरै शब्‍दहरू भए तापनि तिमीहरूले पहिले ग्रहण नगरेका सबै सत्यताहरूको बारेमा तिमीहरूलाई बताउन अझ पनि म राजी नै छु, किनकि अहिले कै अवस्थामा तिमीहरू मेरो गवाहीमा बलियोसँग खडा हुन सक्छौ कि सक्दैनौ भन्‍ने कुराको चिन्ता गरिरहन्छु। मैले तिमीहरूलाई कम सोचेर यसो गरेको होइन; तिमीहरू सबै पशु सरह नै छौ जसले मेरो औपचारिक तालिम अझ पनि पाएका छैन, र तिमीहरू भित्र कति महिमा छ भन्‍ने कुरा म बिलकुल देख्‍न सक्दिनँ। मैले तिमीहरूमा काम गर्नको निम्ति धेरै शक्ति खर्च गरेको भए तापनि व्यवहारिक रूपमा सकारात्मक शक्तिको अस्तित्व तिमीहरूमा छैन भन्‍ने देखिन्छ र नकारात्मक तत्वहरूलाई औँलामा गन्‍न सकिन्छ र तिनले शैतानलाई शर्ममा पार्ने गवाहीको रूपमा काम गर्छन्। तिमीहरूमा भएका अरू सबै कुराहरू शैतानको विष हो। तिमीहरू मुक्तिदेखि बाहिर रहेको छौ जस्तो म देख्दछु। म तिमीहरूका विविध अभिव्यक्ति र आचरणहरूलाई हेर्छु र अन्ततः तिमीहरूको वास्तविक कद थाहा पाउँछु। यसै कारण म तिमीहरूप्रति सधैँ चिन्तित भइरहेको हुन्छु: के मानिसहरूलाई आफ्नै तरिकाले जिउन छाडिदिए बेस होला वा अहिलेको अवस्थाको तुलनामा असल होलान्? के तिमीहरूको शिशु कदले तिमीहरूलाई चिन्तित तुल्याउँदैन? के तिमीहरू साँच्चै इस्राएलका चुनिएका मानिसहरूजस्तै हरसमय मप्रति मात्र बफादार हुन सक्छौ? तिमीहरूमा प्रकट भएको कुरा आफ्ना अभिभावकहरूबाट बरालिएका बालबालिकाहरूमा हुने किसिमको बदमासी होइन, तर आफ्ना मालिकको कोर्रा नखाएका पशुहरूबाट उत्पन्‍न हुने पशुत्व हो। तिमीहरूले आफ्नो स्वभाव जान्‍नुपर्छ, यो तिमीहरू सबैमा भएको कमजोरी पनि हो; यो तिमीहरू सबैको साझा रोग हो। यसैले तिमीहरूको निम्ति आजको मेरो अर्ती यही हो कि तिमीहरू मेरो गवाहीमा बलियो गरी खडा होओ। कुनै पनि हालतमा पुरानो रोगलाई फर्किन नदेओ। गवाही बन्‍नु सबैभन्दा महत्त्वपूर्ण हो—यो नै मेरो कामको मुटु हो। तिमीहरूले मेरा वचनहरूलाई त्यसरी नै ग्रहण गर्नुपर्छ जसरी मरियमले आफ्नो सपनामा आएको यहोवाको प्रकाशलाई ग्रहण गरिन्: विश्‍वास गरेर अनि आज्ञापालन गरेर। यही नै पवित्र हुन योग्य छ। किनभने सबैभन्दा धेरै मेरा वचनहरू सुन्‍ने र मद्वारा सबैभन्दा बढी आशिषित तिमीहरू नै हौ। मैले तिमीहरूलाई मेरा सबै मूल्यवान् सम्पत्तिहरू दिएको छु, मैले तिमीहरूलाई सबै थोक प्रदान गरेको छु, तापनि तिमीहरूको अवस्था इस्राएलका मानिसहरूको भन्दा धेरै फरक छ; तिमीहरू आकाश-पातलले फरक छौ। तर तिमीहरूले तिनीहरूको तुलनामा धेरै नै प्राप्त गरेका छौ; तिनीहरू व्यग्रताका साथ मेरो उपस्थितिको प्रतिक्षा गर्छन् भने तिमीहरूले चाहिँ मेरो प्रशस्ततामा सहभागी भएर रमाइला दिनहरू बिताइरहेका छौ। यस भिन्‍नताको बाबजुद मसँग गुनासो र कचकच गर्ने तथा मेरो सम्पत्तिबाट तिमीहरूको हिस्सा माग्‍ने अधिकार तिमीहरूलाई केले दिन्छ? के तिमीहरूले धेरै नै पाएका छैनौ र? म तिमीहरूलाई धेरै दिन्छु तर यसको बदलामा तिमीहरूले मलाई हृदयविदारक दुःख र चिन्ता, अदम्य घृणा र असन्तुष्टि मात्र दिएका छौ। तिमीहरू यति घृणित छौ—तथापि तिमीहरू दयनीय पनि छौ, यसैले मेरा सबै घृणालाई निल्नु र तिमीहरूलाई मेरा विरोधहरू घरीघरी व्यक्त गर्नु बाहेक मसँग अर्को विकल्प छैन। हजारौँ वर्षको काममा मैले मानवजातिसँग कहिले पनि प्रतिवाद गरिनँ किनकि मैले यो कुरा पत्ता लगाएँ कि, मानवजातिको विकास हुने क्रमभरि, तिमीहरूका माझमा प्राचीन समयका प्रख्यात पुर्खाहरूले तिमीहरूको निम्ति छोडेको उत्तराधिकार जस्तै केवल “धोकाहरू” मात्र धेरै प्रख्यात भएको छ। ती अमानवीय सुँगुर र कुकुरहरूलाई म कति घृणा गर्छु। तिमीहरूमा विवेकको निकै अभाव छ! तिमीहरूको चरित्र अत्यन्तै नीच छ! तिमीहरूका हृदय अति कठोर छन्! यदि मैले मेरा वचन र कामहरू इस्राएलीहरूकहाँ पुर्‍याएको भए, मैले धेरै अगाडि नै महिमा प्राप्त गरिसक्‍ने थिएँ। तर तिमीहरूको बीचमा यो अप्राप्य छ; तिमीहरूको माझमा तिमीहरूका क्रूर उपेक्षा, तिमीहरूका बेपरवाह र तिमीहरूका बहानाहरू मात्र छन्। तिमीहरू अत्यन्तै असंवेदनशील र पूर्ण रूपमा बेकम्मा छौ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको बारेमा तेरो बुझाइ के छ?

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३२४

तिमीहरू सबैले अब परमेश्‍वरमाथिको विश्‍वासको साँचो अर्थलाई बुझ्नुपर्छ। मैले यसअघि बताएको परमेश्‍वरमाथिको विश्‍वासको अर्थ तिमीहरूको सकारात्मक प्रवेशसँग सम्बन्धित छ। आज फरक छ: आज, म परमेश्‍वरमाथिको तेरो विश्‍वासको सारतत्वको बारेमा विश्लेषण गर्न चाहन्छु। निश्चय नै, यसले तिमीहरूलाई नकारात्मक पक्षबाट मार्गदर्शन गरिरहेको छ; यदि मैले यसो नगरेको भए, तिमीहरूले कहिल्यै आफ्ना साँचो अनुहार चिन्ने थिएनौ, र सदा आफ्ना भक्ति र विश्‍वसनीयताको बखान गर्थ्यौ। यो भन्नु उचित हुन्छ कि यदि मैले तिमीहरूका हृदयका गहिराइमा भएका कुरूपतालाई उजागर गरिन भने, तिमीहरू हरेकले आफ्ना शिरमाथि मुकुट पहिरिन्थ्यौ र सम्पूर्ण महिमा आफ्नै निम्ति राख्थ्यौ। तिमीहरूका अहङ्कारी र घमण्डी स्वभावहरूले तिमीहरूका आफ्नै विवेकलाई प्रकट गर्न, ख्रीष्टविरुद्ध विद्रोह गर्न र प्रतिवाद गर्न, अनि तिमीहरूका कुरूपता प्रकट गर्न विवश पार्छ र यसरी तिमीहरूका अभिप्राय, धारणा, अनावश्यक लालसा, र लोभले भरिएका आँखाहरूलाई उजागर गरिदिन्छ। तैपनि तिमीहरूले ख्रीष्टको कामको निम्ति आफ्नो जीवनभरिको उत्कट इच्छा र ख्रीष्टले उहिले नै पटक-पटक बताउनुभएका सत्यहरू बकबक गरिरहन्छौ। यो तिमीहरूको “विश्‍वास” हो—तिमीहरूको “विशुद्ध विश्‍वास”। मैले मानिसलाई सँधै नै कडा मापदण्डमा राखेको छु। यदि अभिप्राय र सर्तहरूसहित तेरो बफादारिता आउँछ भने, म बरु तेरो कथित बफादारिताविना रहन चाहन्छु, किनकी मलाई आफ्‍ना अभिप्रायहरूद्वारा धोका दिने र सर्तहरूद्वारा जबरजस्ती गर्नेहरूलाई म घृणा गर्छु। मानिस मप्रति पूर्ण रूपमा बफादार होस्, र उसले एउटै शब्‍द, अर्थात् विश्‍वासको खातिर र त्यसलाई प्रमाणित गर्नको लागि सबै कुरा गरोस् भन्‍ने मात्रै म कामना गर्छु। मलाई खुशी पार्न कोसिस गर्ने तिमीहरूको चापलुसीको प्रयोगलाई म घृणा गर्छु, किनकि मैले सधैँ तिमीहरूलाई इमानदारिताले व्यवहार गरेको छु, र त्यसैले तिमीहरूले पनि मप्रति साँचो विश्‍वासले काम गरेको चाहन्छु। जब विश्‍वासको कुरा आउँछ, धेरैले सोच्न सक्छन् कि तिनीहरूले परमेश्‍वरलाई पछ्याउँछन् किनभने तिनीहरूसँग विश्‍वास छ र नत्रभने तिनीहरूले यस्ता कष्ट सहँदैनथे। त्यसैले म तँलाई यी कुरा सोध्छु: यदि तैँले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छस् भने, किन तँ उहाँलाई आदर गर्दैनस्? यदि तैँले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छस् भने, किन तेरो हृदयमा उहाँको थोरै भय पनि छैन? यदि तैँले ख्रीष्ट देहधारी परमेश्‍वर हुनुभएको हो भनी स्वीकार गर्छस् भने, तैँले उहाँलाई किन घृणा गर्छस्? किन तैँले उहाँप्रति श्रद्धाविहीन भई कार्य गर्छस्? किन तैँले उहाँलाई खुल्लम-खुल्ला मूल्याङ्कन गर्छस्? किन तैँले सधैँ उहाँका गतिविधिहरूमाथि जासुसी गर्छस्? किन तँ उहाँका प्रबन्धहरूप्रति समर्पित हुँदैनस्? किन तँ उहाँको वचनअनुरूप काम गर्दैनस्? किन तैँले उहाँबाट उहाँका भेटीहरू जबरजस्ती खोस्ने र लुट्ने कोसिस गर्छस्? किन तँ ख्रीष्टको स्थानबाट बोल्छस्? किन तैँले उहाँको काम र उहाँको वचन सही छ कि छैन भनी मूल्याङ्कन गर्छस्? किन तैँले उहाँको पिठ्यूँपछाडि उहाँको ईश्‍वरनिन्दा गर्ने साहस गर्छस्? के तेरो विश्‍वास यी र अन्य कुराहरूले निर्मित छ?

तिमीहरूका वचनहरू र व्यवहारमा ख्रीष्टमाथिको तिमीहरूको अविश्‍वासका तत्वहरू प्रकट हुन्छन्। तिमीहरूले गर्ने सबै कुराका आशय र लक्ष्यहरूमा अविश्‍वास व्याप्त छ। तिमीहरूको हेराइको भावमा समेत ख्रीष्टमाथिको अविश्‍वास रहेको हुन्छ। हरेक मिनेट तिमीहरू प्रत्येकले अविश्‍वासको तत्वहरूलाई शरण दिन्छौ भनेर भन्‍न सकिन्छ। यसको अर्थ के हुन्छ भने, हरेक क्षण, तिमीहरू ख्रीष्टलाई धोका दिने खतरामा हुन्छौ, किनकि तिमीहरूको शरीरमा बग्ने रगत देहधारी परमेश्‍वरमाथिको अविश्‍वासले भरिएको हुन्छ। त्यसकारण, म त भन्छु, परमेश्‍वरमाथिको विश्‍वासको पथमा तिमीहरूले छाड्ने पाइलाहरू वास्तविक होइनन्; तिमीहरू परमेश्‍वरमाथिको विश्‍वासको पथमा हिँड्दा, तिमीहरूले आफ्नो पाइला दह्रिलो गरी धरातलमा टेक्दैनौ—तिमीहरू केवल अल्याङ्टल्याङ गरिरहेका हुन्छौ। तिमीहरूले कहिल्यै पनि ख्रीष्टको वचनमा पूर्ण विश्‍वास गर्दैनौ र यसलाई तुरुन्तै अभ्यास गर्न सक्दैनौ। तिमीहरूमा ख्रीष्टमाथिको विश्‍वास नहुनुको कारण यही हो। उहाँको बारेमा सधैँ धारणाहरू हुनु पनि तिमीहरूसँग उहाँमाथि विश्‍वास नहुनुको अर्को कारण हो। सदा ख्रीष्टको कामको बारेमा शङ्कालु हुनु, ख्रीष्टका वचनहरूप्रति कानमा तेल हाल्‍नु, ख्रीष्टद्वारा गरिने जुनसुकै कामको बारेमा आफ्‍नै विचार दिनु र यो कामलाई सही तरिकाले बुझ्न नसक्‍नु, तिमीहरूले जुनै व्याख्या प्राप्त गरे पनि तिमीहरूका धारणाहरूलाई पन्छाउन कठिन हुनु, र त्यस्तै अन्य कुराहरू—यी सबै तिमीहरूका हृदयभित्र मिसिएका अविश्‍वासका तत्वहरू हुन्। तिमीहरूले ख्रीष्टको कार्यलाई पछ्याउने र कहिल्यै पछि नपर्ने भए पनि, तिमीहरूका हृदयमा ज्यादै धेरै विद्रोह मिसिएको छ। यो विद्रोह परमेश्‍वरमाथिको तेरो विश्‍वासको अशुद्धता हो। सायद तिमीहरूले मामिला यस्तै हो भनेर सोच्दैनौ होला, तर यदि तँ यसभित्रैबाट तेरा अभिप्रायहरूलाई चिन्‍न सक्दैनस् भने, तँ नाश भइजानेहरूमध्ये एक हुन बाध्य हुन्छस्, किनकि परमेश्‍वरले उहाँमा साँचो रूपमा विश्‍वास गर्नेहरूलाई मात्र सिद्ध पार्नुहुन्छ, उहाँप्रति शङ्का गर्नेहरू र उहाँ परमेश्‍वर हुनुहुन्छ भनी कहिल्यै विश्‍वास नगरे पनि मन नलागी-नलागी उहाँलाई पछ्याउनेहरूलाई होइन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँ परमेश्‍वरको साँचो विश्‍वासी होस्?

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३२५

कतिपय मानिसहरू सत्यमा आनन्दित हुँदैनन्, न्यायको बारेमा त कुरै छोडौं। त्यसको साटो, तिनीहरूले शक्ति र धनसम्पत्तिमा आनन्द लिन्छन्; यस्ता मानिसहरूलाई शक्ति खोज्नेहरू भनिन्छ। तिनीहरूले संसारमा प्रभाव भएका सम्प्रदायहरूको मात्र खोजतलास गर्दछन्, र तिनीहरूले सेमिनरीहरूबाट आएका पाष्टर र शिक्षकहरूलाई मात्र खोजतलास गर्दछन्। तिनीहरूले सत्यको मार्गलाई स्वीकारेका भए पनि, तिनीहरू अर्ध-विश्‍वास गर्नेहरू मात्र हुन्; तिनीहरूले आफ्नो सम्पूर्ण मन र मस्तिष्क दिन सक्दैनन्, तिनीहरू मुखले परमेश्‍वरका निम्ति आफू स्‍वयम्‌लाई समर्पण गर्ने बारेमा बोल्छन्, तर तिनीहरूका नजर महान् पाष्टर र शिक्षकहरूमा केन्द्रित हुन्छन्, र तिनीहरूले ख्रीष्टलाई दोस्रो नजर पनि लगाउँदैनन्। तिनीहरूका हृदय ख्याति, भाग्य र वैभवमाथि केन्द्रित हुन्छन्। तिनीहरूले त्यस्तो कमजोर व्यक्तिले त्यति धेरै मानिसहरूलाई जित्‍न सक्छ, त्यति मामूली व्यक्तिले मानिसलाई सिद्ध पार्न सक्छ भन्‍ने कुरामा प्रश्‍न उठाउँछन्। तिनीहरूले धूलो र गोबरको थुप्रोमध्येका नगन्य मानिसहरू परमेश्‍वरद्वारा चुनिएका मानिसहरू हुन् भन्‍ने कुरामा शङ्का गर्छन्। यदि यस्ता मानिसहरू परमेश्‍वरका मुक्तिका पात्रहरू हुन्थे भने, स्वर्ग र पृथ्वी उलटपुलट हुन्थ्यो र सम्पूर्ण मानिसहरू हाँस्नेथिए भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। यदि परमेश्‍वरले यस्ता नगन्य व्यक्तिहरूलाई सिद्ध पार्न चुन्नुहुन्थ्यो भने, ती महान् मानिसहरू परमेश्‍वर स्वयम बन्नेथिए भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। तिनीहरूका दृष्टिकोणहरू अविश्‍वासले दूषित भएका हुन्छन्; विश्‍वास नगर्ने भन्दा बढी, तिनीहरू बेवकुफ पशुहरू हुन्। किनकि तिनीहरूले दर्जा, मर्यादा र शक्तिलाई मात्र मूल्यवान् ठान्दछन् र तिनीहरूले ठूला समूह र सम्प्रदायहरूलाई मात्र मान्यता दिन्छन्। ख्रीष्टले डोर्‍याउनुभएका मानिसहरूप्रति तिनीहरूसँग अलिकति पनि सम्‍मान हुँदैन; तिनीहरू त ख्रीष्टतर्फ, सत्यतर्फ र जीवनतर्फ आफ्नो पिठ्यूँ फर्काउने विश्‍वासघातीहरू मात्र हुन्।

तैँले सराहना गर्ने कुरा ख्रीष्टको विनम्रता होइन, बरु विख्यात दर्जा भएका झूटा गोठालाहरू हुन्। तैँले ख्रीष्टको प्रेमिलोपन वा बुद्धिलाई होइन बरु संसारका फोहोरमा लडीबडी गर्ने स्वेच्छाचारीहरूलाई श्रद्धा गर्छस्। तँ आफ्‍नो शिर राख्ने ठाउँ नभएका ख्रीष्टको पीडामा हाँस्छस्, तर तँ भेटीहरू खोजी गर्ने र व्यभिचारमा जिउने लासहरूको प्रशंसा गर्छस्। तँ ख्रीष्टसँगै कष्ट भोग्न इच्छुक छैनस्, तर तैँले लापरवाह, ख्रीष्ट विरोधीहरूका हातमा आफूलाई खुशीसाथ सुम्पन्छस्, जबकि तिनीहरूले तँलाई केवल देह, वचनहरू र नियन्त्रण प्रदान गर्छन्। अहिले पनि तेरो हृदय अझै तिनीहरूका ख्यातितर्फ, तिनीहरूका दर्जातर्फ, तिनीहरूका प्रभावतर्फ फर्किन्छ। अनि तँ अझै यस्तो मनोवृत्तिमा अल्झिरहन्छस्, जसले गर्दा तँलाई ख्रीष्टको कामलाई पत्याउन गाह्रो हुन्छ र तँ यसलाई स्वीकार गर्न अनिच्छुक हुन्छस्। यसकारण म भन्छु, ख्रीष्टलाई स्वीकार गर्नको लागि तँमा विश्‍वासको कमी छ। तैँले आजको दिनसम्म उहाँलाई पछ्याउनुको कारण तँसँग अन्य कुनै विकल्प नभएकोले गर्दा हो। गौरवपूर्ण तस्वीरहरूले सधैँ तेरो हृदयमा अग्लो स्तम्भ बनाइरहेको हुन्छ; तैँले तिनीहरूका कुनै पनि शब्द र कामलाई बिर्सन सक्दैनस्, न त तिनीहरूका प्रभावमय शब्द र हातहरूलाई नै बिर्सन सक्छस्। तेरो हृदयमा तिनीहरू सदा सर्वोच्च र सदा नायकहरू हुन्छन्। तर यो कुरा आजको ख्रीष्टको हकमा लागू हुँदैन। तेरो हृदयमा उहाँ सदा नै कम महत्त्वको हुनुहुन्छ, र सदा नै सम्मानको अयोग्य हुनुहुन्छ। किनकि उहाँ अत्यन्तै सामान्य हुनुहुन्छ, उहाँको प्रभाव अत्यन्तै कम छ र उहाँ भव्यताबाट टाढा हुनुहुन्छ।

कुनै पनि अवस्थामा पनि, म त भन्छु, सत्यलाई मूल्यवान् नठान्नेहरू सबै सत्यका लागि गैर-विश्‍वासी र विश्‍वासघातीहरू हुन्। यस्ता मानिसहरूले कहिल्यै ख्रीष्टको स्वीकृति प्राप्त गर्नेछैनन्। के अब तैँले तँभित्र कति धेरै अविश्‍वास छ र तँसँग ख्रीष्टप्रति कति धेरै धोका छ भनी पहिचान गरेको छस्? तसर्थ म तँलाई उत्साह प्रदान गर्छु: तैँले सत्यको मार्गलाई चुनेको हुनाले, तैँले आफूलाई सम्पूर्ण हृदयले समर्पण गर्नुपर्दछ; अस्पष्ट वा हतोत्साहित नबन्। तैँले यो बुझ्नुपर्छ कि परमेश्‍वर संसारको स्वामित्वमा हुनुहुन्न न त उहाँ कुनै व्यक्तिको स्वामित्वमा नै हुनुहुन्छ, बरु उहाँ त साँचो रूपले उहाँमा विश्‍वास गर्नेहरू सबै, उहाँको आराधना गर्नेहरू सबै, र उहाँतर्फ समर्पित र विश्‍वासयोग्य हुनेहरू सबैका हुनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँ परमेश्‍वरको साँचो विश्‍वासी होस्?

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३२६

आफ्नो विश्‍वासमा मानिसहरू तिनीहरूलाई उपयुक्त गन्तव्य र तिनीहरूलाई चाहिएका सबै अनुग्रह दिनका निम्ति परमेश्‍वरलाई करमा पार्न खोज्छन्, उहाँलाई तिनीहरूको नोकर बनाउन खोज्छन्, जहिल्यै पनि तिनीहरूसँग शान्तिमय र मित्रताको सम्बन्ध राख्न लगाउँछन्, ताकि कुनै पनि समय तिनीहरूका बीचमा कुनै प्रकारको द्वन्द्व नहोस्। अर्थात्, तिनीहरूले बाइबलमा पढेका “म तिमीहरूका सबै प्रार्थनाहरू सुन्‍नेछु” भन्‍ने वचनको आधारमा उहाँले तिनीहरूका सबै आवश्यकताहरू पूरा गर्ने र तिनीहरूले जे सुकै मागे पनि त्यो प्रदान गर्ने उहाँको प्रतिज्ञालाई परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासले माग गर्दछ। तिनीहरू परमेश्‍वरले कसैको न्याय नगरून् वा कसैलाई दण्ड नदेऊन् भनी आशा गर्छन्, किनकि उहाँ सधैँ दयालु मुक्तिदाता येशू हुनुहुन्छ, जसले हरसमय र सबै ठाउँमा मानिसहरूसँग राम्रो सम्बन्ध राख्नुहुन्छ। मानिसहरूले परमेश्‍वरमा यसरी विश्‍वास गर्दछन्: तिनीहरू विद्रोही वा आज्ञाकारी जो भए पनि, उहाँले तिनीहरूलाई अन्धाधुन्ध जे पनि दिनुहुन्छ भनी विश्‍वास गर्दै तिनीहरूले निर्लज्ज बनी परमेश्‍वरसँग माग गर्छन्। तिनीहरूले निरन्तर परमेश्‍वरबाट “ऋण उठाउँछन्,” र उहाँले कुनै विरोध नगरी “चुक्ता” गर्नुपर्छ, यसबाहेक त्यसको दोबर तिर्नुपर्छ भनी विश्‍वास गर्छन्; परमेश्‍वरले तिनीहरूबाट केही प्राप्त गर्नुभए पनि नभए पनि, उहाँ तिनीहरूको चालबाजीमा मात्रै पर्नुपर्छ, र उहाँले मनमानी ढङ्गले मानिसहरूलाई योजनाबद्ध तरिकाले चलाउन सक्नुहुन्न, धेरै वर्षदेखि लुकेर रहेको उहाँको बुद्धि र धर्मी स्वभाव उहाँले चाहनुभएको बेला मानिसहरूको अनुमति नलिई तिनीहरूलाई प्रकट गर्न सक्‍ने कुरा त परै जाओस्। तिनीहरूले आफ्ना पापहरू परमेश्‍वरको सामु स्वीकार मात्रै गर्छन्, र परमेश्‍वरले ती पापहरूलाई बिलाउनुहुन्छ, उहाँले त्यसो गर्न दिक्क मान्नुहुन्न र यो कुरा सदासर्वदा भइरहन्छ भनी विश्‍वास गर्छन्। परमेश्‍वर मानिसहरूबाट सेवा पाउन आउनुभएन, तर तिनीहरूको सेवा गर्न आउनुभयो, र उहाँ तिनीहरूका दास बन्नका निम्ति यहाँ आउनुभएको हो भनी बाइबलमा लेखिएको हुनाले उहाँले तिनीहरूको कुरा मानिहाल्‍नुहुन्छ भन्दै तिनीहरूले परमेश्‍वरलाई आदेश दिन्छन्। के तिमीहरूले सधैँ यस किसिमले विश्‍वास गरेका छैनौ र? जब तैँले परमेश्‍वरबाट कुनै कुरा प्राप्त गर्न सक्दैनस्, तँ भाग्ने इच्छा गर्छस्; जब तँ कुनै कुरा बुझ्दैनस्, तब तँ धेरै रिसाउँछस्, र उहाँलाई हरप्रकारको गाली गर्ने हदसम्‍म जान्छस्। तिमीहरू परमेश्‍वरलाई स्वयम्‌लाई उहाँको बुद्धि र चमत्कार प्रकट गर्ने अनुमति दिँदै-दिँदैनौ; त्यसको साटो, तिमीहरू क्षणिक आराम र सुविधाको आनन्द मात्र लिन चाहन्छौ। अहिलेसम्म, परमेश्‍वरमा विश्‍वास गर्ने तिमीहरूको मनोवृत्ति तिनै पुराना विचारहरूद्वारा बनेको छ। यदि परमेश्‍वरले तिमीहरूलाई प्रतापको सानो झल्को मात्र देखाउनुभयो भने, तिमीहरू दुःखी बन्नेछौ। के तिमीहरूले अहिले आफ्नो कद कति ठूलो छ भनी ठीकसँग देख्छौ? जब तिमीहरूका पुराना विचारहरू बदलिएकै छैनन् भने तिमीहरू सबै परमेश्‍वरप्रति बफादार छौ भनी नसोच। जब तँमाथि केही पनि आइलाग्दैन, तब तँ सबै कुरा ठीकसँगले चलिरहेको छ, र परमेश्‍वरप्रतिको तेरो प्रेम सर्वोच्च बिन्दुमा पुग्छ भन्‍ने विश्‍वास गर्छस्। जब तँलाई कुनै सानो कुरा हुन्छ, तँ पातालमा झर्छस्। के परमेश्‍वरप्रति बफादार हुनु भनेको यही हो?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले प्रतिष्ठाका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसको निम्ति मुक्ति ल्याउने परमेश्‍वरको इच्छालाई बुझ्‍नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३२७

तिमीहरूको खोजीमा, तिमीहरूसँग अत्यन्तै धेरै धारणा, आशा र भविष्यहरू छन्। अहिलेको काम तिमीहरूको हैसियतको चाहना र असाधारण चाहनाहरूको निराकरण गर्नको निम्ति हो। आशा, हैसियत र धारणाहरू सबै शैतानिक स्वभावका उत्कृष्ट प्रतिनिधित्वहरू हुन्। शैतानको विषले सधैँ मानिसहरूका विचारहरूलाई नष्ट गर्छ र मानिसहरू शैतानका यी परीक्षाहरूदेखि मुक्त हुन सधैँ असमर्थ छन्, त्यही कारणले नै मानिसहरूका हृदयमा यी कुराहरूको अस्तित्व छ। तिनीहरू पापको माझमा जिउँछन् तापनि यसलाई पाप भनी विश्‍वास गर्दैनन्, तैपनि तिनीहरू सोच्छन्: “हामी परमेश्‍वरमा विश्‍वास गर्छौं, त्यसैले उहाँले हामीलाई आशिष्‌हरू दिनुपर्छ र हाम्रो निम्ति सबै कुरा उचित तवरले व्यवस्था गर्नुपर्छ। हामी परमेश्‍वरमा विश्‍वास गर्छौं, यसैले हामी अरूभन्दा श्रेष्ठ हुनुपर्छ र हाम्रो हैसियत र भविष्य अरूको भन्दा अझ धेरै हुनुपर्छ। हामीले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, उहाँले हामीलाई असीमित आशिष्‌हरू दिनुपर्छ। अन्यथा, यसलाई परमेश्‍वरमाथि गरिने विश्‍वास भनिने थिएन।” धेरै वर्षसम्म, आफ्नो अस्तित्वका निम्ति मानिसहरू भर परेका सोचहरूले तिनीहरूका हृदयलाई यति हदसम्म बिगारेका छन् कि तिनीहरू छली, डरपोक र घृणित बनेका छन्। तिनीहरूमा इच्‍छाशक्ति र सङ्कल्पको अभाव मात्र नभएर, तिनीहरू लोभी, अहङ्कारी र मनमानी गर्ने पनि भएका छन्। तिनीहरूसँग स्वयम्‌लाई उछिन्‍ने सङ्कल्पको अभाव छ, र त्योभन्दा बढी, यी अँध्यारा प्रभावहरूबाट मुक्त हुने अलिकति पनि साहस तिनीहरूसँग छैन। मानिसहरूका विचार र जीवन यति कुहिएका छन् कि परमेश्‍वरमाथि विश्‍वास गर्ने सम्बन्धमा तिनीहरूका दृष्टिकोणहरू अझ पनि असहनीय रूपले घृणित छन् र त्योभन्दा बढी, जब मानिसहरूले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको सम्बन्धमा आफ्ना दृष्टिकोणहरू राख्छन् त्यो सुन्‍न नसकिने किसिमका हुन्छन्। मानिसहरू सबै डरपोक, अयोग्य, घृणित र कमजोर छन्। अन्धकारका शक्तिहरूप्रति तिनीहरूले घृणाको महसुस गर्दैनन् र तिनीहरू ज्योति र सत्यताप्रति प्रेमको महसुस गर्दैनन्; बरु तिनलाई निष्कासित गर्ने भरमग्दुर प्रयास तिनीहरू गर्छन्। के तिमीहरूका अहिलेका सोच र दृष्टिकोणहरू यस्तै छैनन् र? “मैले परमेश्‍वरमाथि विश्‍वास गर्ने हुनाले ममाथि आशिष्‌हरूको वर्षा हुनुपर्छ र मेरो हैसियत कहिले पनि फुत्केर नगएको होस् र त्यो गैरविश्‍वासीहरूको भन्दा उच्‍च रहनुपर्छ भन्‍ने कुरालाई सुनिश्‍चित गरिनुपर्छ।” तिमीहरूले आफूभित्र त्यस किसिमको दृष्टिकोण केवल एक वा दुई वर्षदेखि मात्र होइन तर धेरै वर्षदेखि राखेका छौ। तिमीहरूको कारोबारी तरिकाको सोचाइ अति विकसित भएको छ। तिमीहरू आज यस चरणमा आइपुगेको भए तापनि तिमीहरूले हैसियतलाई अझ पनि छाडेका छैनौ तर एक दिन तिमीहरूको हैसियत गुम्‍नेछ र तिमीहरूको नाम नष्ट हुनेछ भन्‍ने गहिरो डरको साथ यसको बारेमा निरन्तर सोधपुछ गर्नमा सङ्घर्ष गर्छौ र दिनहुँ यसको अवलोकन गर्छौ। मानिसहरूले सहजता प्रतिको आफ्नो चाहनालाई कहिल्यै पन्छाएका छैनन्। यसैले, आज म यसरी तिमीहरूको न्याय गर्दैछु, अन्त्यमा तिमीहरूसँग कुन हदसम्म बुझाइ हुनेछ? तिमीहरूले आफ्नो हैसियत उच्च नभए पनि परमेश्‍वरको उचाइको आनन्द लिएका छौं भनी भन्‍नेछौ। तिमीहरूको जन्म तुच्छ भएकोले तिमीहरूको कुनै हैसियत छैन, तर परमेश्‍वरले तिमीहरूलाई उचाल्नुहुने भएकोले तिमीहरूले हैसियत प्राप्त गर्छौ—यो उहाँले तिमीहरूलाई दिनुभएको कुरा हो। आज तिमीहरू व्यक्तिगत रूपमा परमेश्‍वरको प्रशिक्षण, उहाँको दण्ड, र उहाँको न्याय प्राप्त गर्न सक्छौ। यो पनि उहाँले उचाल्नुभएको कार्य नै हो। तिमीहरू व्यक्तिगत रूपमा उहाँको शुद्धीकरण र प्रज्वलन प्राप्त गर्न सक्षम छौ। यो परमेश्‍वरको महान् प्रेम हो। युगौंयुगदेखि त्यहाँ एक जना पनि त्यस्तो व्यक्ति छैन जसलाई उहाँको शुद्धीकरण र प्रज्वलन प्राप्त भएको छ, र एक जना व्यक्ति पनि उहाँका वचनहरूद्वारा सिद्ध हुन सकेको छैन। अहिले परमेश्‍वर तिमीहरूलाई शुद्ध पार्दै, तिमीहरूका भित्री विद्रोहीपन प्रकट गर्दै तिमीहरूसँग आमनेसामने बोल्दैहुनुहुन्छ—यो निश्चय नै उहाँले उचाल्नुभएको कार्य हो। मानिसहरूसँग के-कस्ता योग्यताहरू छन्? चाहे तिनीहरू दाऊदका छोराहरू हुन् वा मोआबका सन्तानहरू, समग्रमा, मानिसहरू सृष्टि गरिएका प्राणीहरू हुन्, जोसँग घमन्ड गर्न लायकको केही पनि छैन। तिमीहरू परमेश्‍वरका प्राणीहरू भएकाले तिमीहरूले प्राणीको कर्तव्य पूरा गर्नुपर्छ। तिमीहरूका लागि अरू आवश्यक सर्तहरू छैनन्। तिमीहरूले यसरी प्रार्थना गर्नुपर्छ: “हे परमेश्‍वर! चाहे मेरो हैसियत होस् वा नहोस्, म अब आफूलाई बुझ्छु। यदि मेरो हैसियत उच्च छ भने यो तपाईंले उचाल्नुभएकोले गर्दा हो, र यदि यो तुच्छ छ भने यो तपाईंको पूर्वनिर्धारणले गर्दा हो। सबै कुरा तपाईंको हातमा छन्। मसँग न त कुनै विकल्प छ, न कुनै गुनासो छ। म यस देशमा र यी मानिसहरूको बीचमा जन्मनुपर्छ भनी तपाईंले नै पूर्वनिर्धारित गर्नुभयो, र मैले गर्नुपर्ने भनेको तपाईंको अधीनमा पूर्ण रूपमा आज्ञाकारी हुनु मात्र हो, किनकि सबै कुरा तपाईंले पूर्वनिर्धारित गर्नुभएको प्रबन्धभित्र छन्। म हैसियतको बारेमा विचार गर्दिनँ; आखिर, म एक प्राणी मात्र हुँ। यदि तपाईंले मलाई अतल कुण्डमा, आगो र गन्धकको कुण्डमा राख्नुभयो भने, म एक प्राणीबाहेक अरू केही पनि होइन। यदि तपाईं मलाई प्रयोग गर्नुहुन्छ भने म एक प्राणी हुँ। यदि तपाईं मलाई सिद्ध पार्नुहुन्छ भने पनि म एक प्राणी नै हुँ। यदि तपाईं मलाई सिद्ध पार्नुहुन्न भने पनि म तपाईंलाई प्रेम गर्नेछु, किनकि म एक प्राणीभन्दा बढी अरू केही होइन। म सृष्टिका परमप्रभुद्वारा सृष्टि गरिएको एक क्षुद्र प्राणीबाहेक अरू केही पनि होइन, सृष्टि गरिएका सारा मानिसहरूमध्ये एक जना मात्र हुँ। तपाईंले नै मलाई सृष्टि गर्नुभयो, र अब एकचोटि फेरि तपाईंले मलाई तपाईंको इच्छाअनुसार गर्न आफ्नो हातमा राख्नुभएको छ। म तपाईंको औजार र तपाईंको प्रतिभार बन्न इच्छुक छु, किनकि सबै कुरा तपाईंले नै पूर्वनिर्धारण गर्नुभएको हो। यसलाई कसैले परिवर्तन गर्न सक्दैन। सबै थोक र सबै घटनाहरू तपाईंको हातमा छन्।” जब त्यो समय आउँछ जसले तँलाई हैसियतको बारेमा सोचविचार गर्न दिँदैन, तब तँ त्यसबाट मुक्त हुनेछस्। तब मात्र तँ आत्मविश्‍वास र हिम्मतका साथ खोजी गर्न सक्षम हुनेछस्, र तब मात्र तेरो हृदय कुनै पनि करकापबाट मुक्त हुन सक्छ। एक पटक मानिसहरू यी कुराहरूबाट मुक्त भए भने त्यसपछि उनीहरूलाई कुनै चिन्ताहरू हुँदैनन्। अहिले तिमीहरूमध्ये धेरैका चिन्ताहरू के-के छन्? तिमीहरू सधैँ हैसियतद्वारा विवश हुन्छौ र निरन्तर आफ्नै सम्भाव्यताहरूप्रति चिन्तित रहन्छौ। तिमीहरू जहिल्यै पनि परमेश्‍वरका वाणीहरूको पृष्ठ पल्टाउँछौ, मानवजातिको गन्तव्यको बारेमा बताउने भनाइहरू पढ्ने इच्छा राख्छौ र तिमीहरूका सम्भाव्यताहरू के-के हुन् र तिमीहरूको गन्तव्य के हुनेछ भनी जान्न चाहन्छौ। तिमीहरू सोच्छौ, “के साँच्चै मेरा कुनै सम्भाव्यताहरू छन्? के परमेश्‍वरले तिनलाई हटाइदिनुभएको छ? परमेश्‍वरले म एक प्रतिभार हुँ मात्र भन्नुहुन्छ; त्यसो भए, मेरा सम्भाव्यताहरू के-कस्ता छन् त?” तिमीहरूलाई आफ्ना सम्भाव्यताहरू र भवितव्यलाई पन्छाउन गाह्रो हुन्छ। तिमीहरू अब अनुयायी हौ र तिमीहरूले यस चरणको कामको बारेमा केही समझ प्राप्त गरेका छौ। यद्यपि, तिमीहरूले अझ पनि आफ्नो हैसियतको इच्छालाई पन्छाएका छैनौ। तिमीहरूको हैसियत उच्च हुँदा तिमीहरू असल तवरले खोजी गर्छौ, तर तिमीहरूको हैसियत कम हुँदा तिमीहरू खोजी नै गर्दैनौ। हैसियतका आशिष्‌हरू सधैँ तिमीहरूको मनमा हुन्छन्। किन अधिकांश मानिसहरूले आफूलाई नकारात्मकताबाट हटाउन सक्दैनन्? के उत्तर सधैँ “आशाहीन सम्भावनाहरूको कारणले” भन्‍ने हुँदैन र? परमेश्‍वरका वाणीहरू जारी भएलगत्तै तिमीहरू आफ्नो हैसियत र पहिचान के हो भनी हेर्न हतार गर्छौ। तिमीहरू हैसियत र पहिचानलाई प्राथमिकतामा राख्छौ, र ईश्‍वरीय दर्शनलाई दोस्रो स्थानमा झार्छौ। तेस्रो स्थानमा त्यो कुरा हुन्छ जसमा तिमीहरू प्रवेश गर्नुपर्छ, अनि चौथो स्थानमा परमेश्‍वरको वर्तमान इच्छा हुन्छ। तिमीहरू पहिले परमेश्‍वरले तिमीहरूलाई दिनुभएको उपाधि “प्रतिभार” बदलिएको छ कि छैन भनी हेर्छौ। तिमीहरूले पढेको पढेकै गर्छौ, र जब तिमीहरूले “प्रतिभार” को उपाधि हटाइएको देख्छौ, तब तिमीहरू खुसी हुन्छौ र परमेश्‍वरलाई प्रशस्त रूपमा धन्यवाद दिन्छौ र उहाँको महान् शक्तिको प्रशंसा गर्छौ। तर यदि तिमीहरूले आफूलाई अझै प्रतिभारहरू नै भएको देख्यौ भने, तिमीहरू दुःखी हुन्छौ र तिमीहरूको हृदयको उत्साह तुरुन्तै हराउँछ। तैँले जति यस किसिमले खोजी गर्छस्, तैँले त्यति नै कम कटनी गर्छस्। व्यक्तिको हैसियतको इच्छा जति ठूलो हुन्छ, तिनीहरूसँग त्यति नै धेरै गम्भीर निराकरण गरिनुपर्ने हुन्छ र तिनीहरू त्यति नै ठूलो शोधन भएर जानुपर्ने हुन्छ। यस्ता मानिसहरू बेकम्मा हुन्छन्! तिनीहरूले यी कुराहरूलाई पूर्ण रूपमा छोड्नको लागि तिनीहरूको यथेष्ट निराकरण र न्याय गरिनुपर्छ। यदि तिमीहरू अन्त्यसम्मै यसरी पछि लाग्यौ भने, तिमीहरूले केही पनि कटनी गर्नेछैनौ। जीवनको पछि नलाग्‍नेहरूलाई रूपान्तरण गर्न सकिँदैन र सत्यको निम्ति नतिर्खाउनेहरूले सत्य प्राप्त गर्न सक्दैनन्। तैँले व्यक्तिगत रूपान्तरण र प्रवेशको पछि लाग्‍ने कुरामा ध्यान दिँदैनस्, तर परमेश्‍वरमाथिको तेरो विश्‍वासमा अवरोध गर्ने र उहाँको नजिक लानबाट तँलाई रोक्‍ने असामान्य इच्छा र चीजहरूमा ध्यान दिन्छस्। के ती कुराहरूले तेरो रूपान्तरण गर्न सक्छन्? के तिनीहरूले तँलाई राज्यभित्र ल्याउँछन्? यदि सत्यको खोजी गर्नु तेरो खोजीको उद्देश्य होइन भने, तैँले यस मौकाको फाइदा लिएर यसमा सफल हुनको निम्ति संसारतिर फर्कनुपर्छ। तेरो समय यसरी फाल्‍नु उचित हुँदैन—तैँले आफैलाई किन कष्ट दिने? तैँले सुन्दर संसारमा भएका सबै किसिमका चीजहरूको आनन्द लिन सक्थिस् भन्‍ने कुरा सत्य होइन? पैसा, सुन्दर स्त्रीहरू, हैसियत, अभिमान, परिवार, बालबच्चाहरू र अन्य—के संसारका यी उत्पादनहरू तैँले आनन्द मनाउन सक्‍ने सर्वोत्तम कुराहरू होइनन् र? तैँले सुख पाउने ठाउँ कहाँ पाउलास् भनेर यहाँ भौतारिनुको के फाइदा? मानिसको पुत्रको शिर राख्‍ने ठाउँ कहीँ छैन, यसैले तैँले आरामको ठाउँ कसरी पाउन सक्थिस्? उहाँले तेरो निम्ति आराम गर्ने एउटा सुन्दर ठाउँ कसरी सृजना गर्न सक्‍नुहुन्थ्यो र? के त्यो सम्भव छ? मेरो न्याय बाहेक, आज तैँले सत्यको बारेमा शिक्षाहरू मात्र प्राप्त गर्न सक्छस्। तैँले मबाट सान्त्वना प्राप्त गर्न सक्दैनस् र तैँले दिनरात चाहना गर्ने गुलाबको ओछ्यान प्राप्त गर्न सक्दैनस्। म तँलाई संसारको धनसम्पत्ति दिनेछैन। यदि तैँले साँच्चिकै पछ्याइस् भने म तँलाई जीवनको मार्ग सम्पूर्ण रूपमा दिन, तँलाई पानीमा फर्किएको माछा जस्तो बनाउन इच्छुक छु। यदि तैँले साँच्चिकै पछ्याउँदैनस् भने, म सबै फिर्ता लिनेछु। आरामको लोभ गर्नेहरूलाई म मेरा मुखका वचनहरू दिन तयार छैनँ, जो सुँगुर र कुकुरहरू जस्ता छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३२८

तिमीहरूले गर्ने सबै कार्यमा धार्मिकता अभ्यास गर्छौ कि गर्दैनौ, र तिमीहरूका सबै कार्यहरू परमेश्‍वरले हेरिरहनुभएको छ कि छैन भनी तिमीहरू आफैलाई हेर: परमेश्‍वरमा विश्‍वास गरेका व्यक्तिहरूले आफ्ना सबै मामिलाहरूलाई यस सिद्धान्तअनुसार कार्यान्वयन गर्छन्। तिमीहरूलाई धर्मी भनिनेछ किनकि तिमीहरूले परमेश्‍वरलाई सन्‍तुष्‍ट पार्न सक्छौ, किनकि तिमीहरूले परमेश्‍वरको वास्ता र सुरक्षालाई स्वीकार गर्छौ। परमेश्‍वरको दृष्‍टिमा, परमेश्‍वरको वास्ता, सुरक्षा र सिद्धतालाई ग्रहण गर्ने, र उहाँले आफ्नो बनाउनुभएका व्यक्तिहरू सबै धर्मी मानिसहरू हुन्, र उहाँले तिनीहरू सबैलाई बहुमूल्य ठान्‍नुहुन्छ। तिमीहरूले परमेश्‍वरको वर्तमान वचनहरूलाई जति धेरै ग्रहण गर्छौ, तिमीहरूले परमेश्‍वरको इच्छा प्राप्‍त गर्न र बुझ्‍न त्यति नै धेरै सक्‍नेछौ, अनि यसरी तिमीहरू परमेश्‍वरको वचनहरू अनुसार जिउन सक्‍नेछौ र उहाँका मागहरू पूरा गर्न सक्‍नेछौ। यो तिमीहरूका निम्ति परमेश्‍वरको आदेश हो, र तिमीहरू सबै यो हासिल गर्न सक्षम बन्‍नुपर्छ। यदि तिमीहरूले परमेश्‍वरलाई माटोबाट बनाइएको एउटा मूर्ति जस्तै मापन गर्न र सीमित गर्न आफ्नै धारणाको प्रयोग गर्छौ भने, र यदि तिमीहरूले परमेश्‍वरलाई बाइबलको सीमाभित्र मात्र सीमित राख्यौ र उहाँलाई कामको सीमित क्षेत्रभित्र मात्र राख्यौ भने तिमीहरूले परमेश्‍वरलाई दोष लगाएका छौ भनी यसले प्रमाणित गर्छ। पुरानो करारको युगका यहूदीहरूले परमेश्‍वरलाई मसीह भन्न सक्थे, र मसीह भनिने व्यक्ति मात्र परमेश्‍वर हुन सक्‍नुहुन्छ झैँ गरी परमेश्‍वरलाई तिनीहरूको हृदयमा राखिएको एक स्थिर मूर्तिको रूपमा लिएका हुनाले, र परमेश्‍वर (जीवनरहित) माटोको एउटा मूर्ति हुनुहुन्छ झैँ गरी मानवजातिले सेवा गरेको र आराधना गरेको हुनाले, तिनीहरूले त्यस बेलाको येशूलाई क्रूसमा झुन्ड्याएर मृत्युदण्ड दिए—यसरी दोषरहित येशूलाई मृत्युदण्ड दिइयो। परमेश्‍वर कुनै पनि अपराधबाट दोषरहित हुनुहुन्थ्यो, तैपनि मानिसले उहाँलाई छोड्न इन्कार गर्‍यो, अनि उहाँलाई मृत्युदण्ड दिन माग गरिरह्यो, त्यसैले येशूलाई क्रूसमा झुन्ड्याइयो। मानिससँग परमेश्‍वरको व्यवस्थापनको सिद्ध बुझाइ छ जस्तै गरी, परमेश्‍वरले गर्नुभएका सबै थोक मानिसले आफ्नो हतकेलामा राखेको छ जस्तै गरी परमेश्‍वर अपरिवर्तनशील हुनुहुन्छ भनी उसले सधैँ विश्‍वास गर्छ, र उहाँलाई एउटा पुस्तक अर्थात् बाइबलको आधारमा परिभाषित गर्छ। मानिसहरू चरम रूपमा हास्यास्पद, चरम रूपमा अहङ्कारी छन्, तिनीहरू सबैसँग बढाइचढाइ कुरा गर्ने अन्तर्निहित क्षमता हुन्छ। परमेश्‍वरको बारेमा तेरो ज्ञान जतिसुकै ठूलो भए तापनि तैँले परमेश्‍वरलाई चिनेको छैनस्, परमेश्‍वरको सबैभन्दा बढी विरोध गर्ने तँ नै होस्, र तैँले परमेश्‍वरलाई दोष लगाएको छस् भनी म अझै पनि भन्‍छु, किनकि तिमीहरू परमेश्‍वरको कामको आज्ञापालन गर्न र परमेश्‍वरले सिद्ध तुल्याउनुहुने मार्गमा हिँड्न पूर्णतया असक्षम छौ। परमेश्‍वर मानिसका कार्यहरूदेखि किन कहिल्यै सन्‍तुष्‍ट हुनुभएको छैन? किनकि मानिसले परमेश्‍वरलाई चिन्दैन, किनकि उसँग थुप्रै धारणाहरू छन्, किनकि परमेश्‍वर सम्‍बन्धी उसको ज्ञान वास्तविकता अनुरूप हुँदैन, बरु कुनै भिन्‍नताविना एउटै विषयवस्तु एकोहोरो दोहोर्याइरहन्छ र हरेक परिस्थितिको निम्ति एउटै तरिका प्रयोग गर्छ। त्यसैले, परमेश्‍वर आज पृथ्‍वीमा आउनुभए पनि मानिसले फेरि उहाँलाई क्रूसमा टाँगेको छ। निर्दयी मानवजाति! मौन सहमति र षड्यन्त्र, एक-अर्काबाट खोस्ने र हडप्ने, प्रसिद्धि र सम्पत्तिको निम्ति लुछाचुँडी गर्ने, पारस्परिक हत्या गर्ने—यी सबै कहिले अन्त्य हुनेछन्? परमेश्‍वरले हजारौँ वचनहरू बोल्‍नुभएको भए तापनि कोही पनि आफ्नो चेतनामा आएका छैनन्। मानिसहरू आफ्ना परिवार, छोराछोरीहरूको खातिर, आफ्नो जीविकोपार्जन, भविष्य, प्रत्याशाहरू, ओहदा, महत्त्वाकाङ्क्षा, र रुपैयाँपैसाको निम्ति, खानेकुरा, लुगाफाटो, र शरीरको निम्ति काम गर्छन्। तर के साँच्‍चिकै परमेश्‍वरको खातिर कामहरू गर्ने कोही छन्? परमेश्‍वरको खातिर काम गर्नेहरूमध्ये पनि परमेश्‍वरलाई चिन्ने थोरै छन्। आफ्नै स्वार्थअनुसार काम नगर्ने मानिसहरू कति छन्? कति जनाले आफ्नो ओहदा सुरक्षित राख्‍न अरूलाई थिचोमिचो गर्दैनन् वा बहिष्‍कार गर्दैनन्? त्यसैले, परमेश्‍वरलाई जबरजस्ती अनगिन्ती मृत्युदण्ड दिइएको छ, र असङ्ख्य निर्दयी न्यायकर्ताहरूले परमेश्‍वरलाई दण्डाज्ञा दिएका छन् र फेरि एक पटक उहाँलाई क्रूसमा टाँगेका छन्। साँच्‍चिकै परमेश्‍वरको खातिर काम गरेका हुनाले कति जनालाई धर्मी भनेर भन्‍न सकिन्छ?

के परमेश्‍वरको अघि एक सन्त वा एक धर्मी व्यक्तिको रूपमा सिद्ध तुल्याइन सजिलो छ? “यस पृथ्‍वीमा कोही पनि धर्मी छैन, धर्मीहरू यस संसारमा छैनन्” भन्‍ने कथन साँचो हो। जब तिमीहरू परमेश्‍वरको अघि आउँछौ, तब तिमीहरूले आफ्नो हरेक वचन र कार्य, आफ्नो हरेक विचार र सोचाइ, र तिमीहरूले हरेक दिन देख्‍ने सपनाहरूको बारेमा विचार गर—यो सबै तिमीहरूको आफ्नै खातिर हो। के यो मामिलाको साँचो अवस्था होइन र? “धार्मिकता” को अर्थ अरूलाई दान दिनु होइन, यसको अर्थ आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नु होइन, र यसको अर्थ झैझगडा र विवादहरू वा लुटपाट र चोरीबाट टाढा रहनु होइन। धार्मिकताको अर्थ परमेश्‍वरको आदेशलाई आफ्नो कर्तव्यको रूपमा ग्रहण गर्नु र परमेश्‍वरको व्यवस्था र प्रबन्धलाई आफ्नो निम्ति स्वर्गबाट ठहराइएको कर्तव्यको रूपमा लिनु र परमेश्‍वरको आज्ञापालन गर्नु हो, समय र स्थानको पर्वाह नगरिकन प्रभु येशूले गर्नुभएजस्तै गर्नु हो। परमेश्‍वरले भन्‍नुभएको धार्मिकता यही हो। लोतलाई धर्मी भन्‍न सकिन्छ किनकि उनले आफ्नो नाफा र नोक्‍सानीको विचार नगरिकन परमेश्‍वरले पठाउनुभएका दुई स्वर्गदूतहरूलाई बचाएका थिए; उनले त्यस बेला जे गरेका थिए, त्यसलाई धर्मी भन्‍न सकिन्छ तर उनलाई धर्मी मानिस भन्‍न सकिँदैन। लोतले परमेश्‍वरलाई देखेका हुनाले उनले स्वर्गदूतहरूका सट्टामा आफ्नी दुई छोरीहरू दिएका थिए तर विगतमा उनले गरेका सबै व्यवहारहरू धार्मिकता सुहाउँदो थिएनन्। त्यसैले म भन्छु “यस पृथ्‍वीमा कोही पनि धर्मी छैन।” पुनर्स्थापनाको प्रवाहमा रहेकाहरू मध्येका कसैलाई पनि धर्मी भन्‍न सकिँदैन। तेरो कार्य जतिसुकै असल भए तापनि, तैँले जतिसुकै परमेश्‍वरको नाउँको महिमा गरेको देखिए तापनि, तैँले अरूलाई हिर्काउने र सराप्‍ने नगरे पनि, अनि अरूबाट चोर्ने वा लुट्ने नगरे पनि, तँलाई धर्मी भन्‍न सकिँदैन, किनकि सामान्य व्यक्तिले यस्तो कार्य गर्न सक्छ। अहिले यहाँ मुख्य कुरो चाहिँ तैँले परमेश्‍वरलाई चिनेको छैनस् भन्‍ने नै हो। यति मात्र भन्‍न सकिन्छ कि अहिले तँसँग अलिकति मात्र सामान्य मानवता छ, तर परमेश्‍वरले भन्‍नुभएको धार्मिकताका तत्त्वहरू छैनन्, त्यसैले तैँले गर्ने कुनै पनि कुराले तैँले परमेश्‍वरलाई चिनेको छस् भन्‍ने कुरा प्रमाणित गर्न सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुष्‍टहरूलाई निश्‍चय नै दण्ड दिइनेछ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३२९

पहिला, परमेश्‍वर स्वर्गमा हुनुहुँदा, मानिसले परमेश्‍वरप्रति छलपूर्ण कार्य गर्थ्यो। आज, परमेश्‍वर मानिसहरूको माझमा आउनुभएको छ—कति वर्ष भइसकेको छ भन्‍ने कुरा कसैलाई पनि थाहा छैन—तैपनि मानिसले कामकुराहरू गर्दा झारा टार्ने र उहाँलाई मूर्ख बनाउने प्रयत्‍न गर्दैछ। के मानिस आफ्नो सोच-विचारमा धेरै पिछडिएको छैन र? यहूदालाई पनि यस्तै भएको थियो: येशू आउनुभन्दा अगाडि यहूदाले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई छल गर्न झूटो बोल्‍ने गर्थ्यो, येशू आउनुभएपछि पनि ऊ अझै परिवर्तन भएको थिएन; तिनले येशूलाई अलिकति पनि चिनेको थिएनन्, र अन्त्यमा तिनले येशूलाई धोखा दिए। के तिनले परमेश्‍वरलाई नचिनेको कारण यस्तो भएको थिएन र? यदि आज तिमीहरूले पनि परमेश्‍वरलाई अझै चिनेका छैनौ भने, तिमीहरू पनि अर्को यहूदा बन्‍न सक्‍ने सम्भावना रहन्छ, यदि यसो भयो भने दुई हजार वर्ष अघि अनुग्रहको युगमा भएको येशूको दुःखद क्रूसीकरण फेरि हुनेछ। के तिमीहरू यो कुरा विश्‍वास गर्दैनौ? यो यथार्थ कुरा हो! वर्तमान समयमा, बहुसङ्ख्यक मानिसहरू यस्तै अवस्थामा छन्—मैले यो कुरा अलि चाँडै भनिरहेको छु होला—र यस्ता मानिसहरूले यहूदाको भूमिका निभाइरहेका छन्। मैले निरर्थक कुरा गरिरहेको छैन, तर तथ्यमा आधारित कुरा गर्दैछु—र तिमीहरू विश्‍वस्त नभइ रहन सक्दैनौ। धेरै मानिसहरूले नम्रताको स्वाङ्ग पार्ने भए पनि, तिनीहरूको हृदयमा गन्हाउने हाडखोड र दुर्गन्धित थोकहरूबाहेक अरू केही पनि छैन। अहिले मण्डलीमा यस्ता किसिमका मानिसहरू धेरै छन्, र म यस विषयमा पूर्ण रूपमा अनभिज्ञ छु भन्‍ने तिमीहरूलाई लाग्छ। आज, मेरो आत्माले मेरो निम्ति निर्णय गर्छ, र मेरो निम्ति गवाही दिन्छ। के मलाई केही पनि थाहा छैन भन्‍ने तिमीहरूलाई लाग्छ? तिमीहरूको हृदयमा भएका कपटपूर्ण विचारहरू, तिमीहरूले आफ्नो हृदयभित्र राखेका कुराहरू मैले बुझेको छैन भन्‍ने तिमीहरूलाई लाग्छ? के परमेश्‍वरलाई जित्‍नु त्यति सजिलो छ र? के तैँले उहाँलाई जस्तो मन लाग्यो त्यसरी नै व्यवहार गर्न सकिन्छ भन्‍ने तँलाई लाग्छ? विगतमा, तिमीहरू नियन्त्रित बन्छौ भन्‍ने मलाई चिन्ता लागेको थियो, त्यसैले मैले तिमीहरूलाई स्‍वतन्‍त्रता दिइरहेँ, तर मैले तिनीहरूलाई भलाइ गरिरहेको छु भनी मानवजातिले बताउन सकेन, र मैले तिनीहरूलाई औँला दिँदा तिनीहरूले हातै निले। तिमीहरूकै बीचमा यो कुरा सोध: मैले कसैलाई पनि कहिल्यै निराकरण गरिनँ, र मैले कहिल्यै पनि कसैलाई हल्का रूपमा हप्काइनँ—तैपनि म मानिसको अभिप्राय र धारणाहरूका बारेमा स्पष्‍ट छु। परमेश्‍वर स्वयम्‌ले जसको साक्षी दिनुहुन्छ, के उहाँ मूर्ख हुनुहुन्छ भन्‍ने तिमीहरूलाई लाग्छ? यदि त्यसो हो भने, म भन्छु, तिमीहरू अत्यन्त अन्धा छौ! म तेरो खुलासा गर्नेछैन, तर तँ कति धेरै भ्रष्‍ट बन्‍न सक्छस् भन्‍ने देखाउनेछु। तेरो चतुर युक्तिले तँलाई मुक्ति दिन सक्छ कि सक्दैन, वा परमेश्‍वरलाई प्रेम गर्ने तेरो उत्कृष्ट प्रयत्‍नले मुक्ति दिन सक्छ कि सक्दैन भनी हामी हेरौं। आज, म तँलाई दोष लगाउनेछैन; उहाँले तिमीहरूसँग बदला लिने समयसम्म हामी परमेश्‍वरको समयलाई पर्खौं। मसँग अहिले तिमीहरूसँग व्यर्थको कुराकानी गर्ने समय छैन, र म तिमीहरूको कारण मेरो महान् कार्य ढीला गर्न अनिच्छुक छु। तँजस्तो कीरालाई सम्‍हाल्‍नको लागि लाग्‍ने परमेश्‍वरको समय पाउन तँ योग्य छैनस्—त्यसैले कसरी तँ स्वच्छन्द हुन सक्छस्, हेरौं। यस्ता मानिसहरूले परमेश्‍वरको ज्ञान अलिकति पनि खोज्दैनन्, न त तिनीहरूसँग उहाँको निम्ति अलिकति प्रेम नै हुन्छ, र अझै पनि परमेश्‍वरले तिनीहरूलाई धर्मी भन्‍नुभएको होस् भन्‍ने तिनीहरूले चाहना गर्छन्—के यो एउटा मजाक होइन र? मानिसहरूको सानो सङ्ख्या साँच्चै ईमानदार भएको हुनाले, म मानिसलाई निरन्तर जीवन दिने कार्यमा मात्र केन्द्रित हुनेछु। आज मैले जे सम्पन्‍न गर्नुपर्छ सो मात्र म पूरा गर्नेछु, तर तिमीहरूले गरेको कामअनुसार म भविष्यमा प्रत्येक व्यक्तिसँग बदला लिनेछु। मैले भन्‍नुपर्ने सबै कुरा भनेको छु, किनकि निश्‍चित रूपमा मैले गर्ने काम यही नै हो। मैले गर्नुपर्ने काम मात्र म गर्छु, र मैले गर्नु नपर्ने काम म गर्दिनँ। जे भए तापनि, तिमीहरूले चिन्तनमा अझै बढी समय बिताउनेछौ भनी म आशा गर्छु: परमेश्‍वर सम्‍बन्धी तेरो कति ज्ञान वास्तवमा साँचो हो? के तँ परमेश्‍वरलाई फेरि क्रूसमा झुण्ड्याउने व्यक्ति होस्? यी मेरा अन्तिम वचनहरू हुन्: परमेश्‍वरलाई क्रूसमा झुण्ड्याउने व्यक्तिहरूलाई धिक्‍कार होस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुष्‍टहरूलाई निश्‍चय नै दण्ड दिइनेछ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३३०

तँ आजको बाटोमा हिँड्ने क्रममा सबैभन्दा उपयुक्त किसिमको खोजी के हो? तेरो खोजीमा, तैँले आफैलाई कस्तो किसिमको व्यक्तिको रूपमा हेर्नुपर्छ? यसले आज तँमाथि आइपर्ने सबै कुरालाई तैँले कसरी सामना गर्नुपर्छ सो जान्ने योग्य बनाउँछ, चाहे त्यो जाँचहरू होऊन् वा कठिनाइहरू वा निर्दयी सजाय र सराप होऊन्। यी सबै कुराहरूको सामना गर्नु पर्दा, तैँले हरेक मामिलामा तीमाथि ध्यानपूर्वक विचार गर्नुपर्छ। म यो किन भन्छु? म यो भन्छु, किनकि आज तँमाथि आइलाग्‍ने कुराहरू आखिर छोटो अवधिका परीक्षाहरू हुन् जुन बारम्बार देखा पर्छन्; सायद जहाँसम्म तेरो कुरा छ, ती खासगरी आत्माका निम्ति भार होइनन्, त्यसैले तँ ती कुराहरूलाई आफ्नो स्वाभाविक मार्गमा बग्न दिन्छस्, र तिनलाई प्रगतिको खोजीमा बहुमूल्य सम्पत्तिको रूपमा लिँदैनस्। तँ कति विचारहीन छस्! यहाँसम्म कि तैँले यो बहुमूल्य सम्पत्तिलाई तेरो आँखाको अगाडि तैरिरहेको बादलजस्तो ठान्छस्, र घरीघरी बर्सिने यी कठोर प्रहारहरूलाई तैँले बहुमूल्य ठान्दैनस्—त्यस्ता प्रहारहरू जुन छोटा हुन्छन् र तेरा लागि ती थोरै वजनका जस्ता देखिन्छन्—बरु तँ ती कुराहरूलाई हृदयबाट नलिइकन चिसो टुक्राको रूपमा हेर्छस्, र तिनलाई केवल एक मौकाको प्रहारको रूपमा लिन्छस्। तँ कति अहङ्कारी छस्! समय-समयमा आइरहने यी क्रूर आँधी-बेहरीजस्ता आक्रमणहरूलाई हल्‍का रूपले लिँदै तैँले केवल बेवास्ता गर्छस्; कहिलेकहीँ तैँले चीसो मुस्कानसम्म पनि दिन्छस् र त्यसरी पूर्ण उदासीनताको भाव प्रकट गर्छस्—किनकि तैँले किन त्यस्ता “दुर्भाग्यहरू” भोगिरहन्छस् भनी तैँले आफै कहिल्यै विचार गरेको छैनस्। के मानिसप्रति म एकदम अनुचित भएको छु भन्‍ने हुनसक्छ? के तेरो गल्ती खोतल्‍नुलाई नै म मेरो व्यवसाय बनाउँछु? तेरो मानसिकताका समस्याहरू मैले वर्णन गरेजस्तो गम्भीर नहुन सक्छ, तापनि तेरो बाहिरी हाउभाउ हेर्दा तैँले आफ्नो भित्री संसारको सही चित्र कोरेको धेरै लामो समय भइसक्यो। तेरो हृदयको गहिराइमा लुकेको एउटै मात्र कुरा दुःखका अभद्र अपशब्द र अस्पष्ट छापहरू हुन् जसलाई अरूले मुस्किलले बुझ्न सक्छन्। तैँले यस्ता कष्टहरू भोग्नु अत्यन्तै अन्याय भएको ठान्‍ने हुनाले तँ सराप्छस्; र यी परीक्षाहरूले तँलाई संसारको उजाडपन महसुस गराउने भएकोले तँ उदासीनताले भरिन्छस्। बारम्बार आउने यी प्रहार र अनुशासनका कार्यहरूलाई सर्वोत्तम सुरक्षाको रूपमा हेर्नुको साटो तँ तिनलाई स्वर्गबाट आएको अर्थहीन समस्या, वा तँलाई दिइएको उचित प्रतिफलको रूपमा हेर्छस्। तँ कति अनजान छस्! तैँले असल समयलाई निर्दयी पूर्वक अन्धकारमा सीमित गर्छस्; तैँले बारम्बार अचम्‍मका परीक्षाहरू र अनुशासनको कार्यहरूलाई तेरा शत्रुहरूले गरेको आक्रमणको रूपमा हेर्छस्। तँ आफ्नो वातावरणमा कसरी अनुकूल हुने सो जान्दैनस्, र तँ त्यसो गर्न अझ कम इच्छुक छस्, किनकि तँ यस दोहोरिने अनि तेरो सोचाइको हिसाबमा, निर्दयी सजायबाट केही पनि प्राप्त गर्न इच्छुक छैनस्। तँ खोजी वा अन्वेषण गर्ने कुनै प्रयास गर्दैनस्, र केवल आफ्नो भाग्यमा आफूलाई सुम्पेर, त्यसले जता डोऱ्याउँछ त्यतैतिर जान्छस्। तँलाई निर्मम लाग्‍ने सजायका कार्यहरूले तेरो हृदय परिवर्तन गरेका छैनन्, न त तिनले तेरो हृदयलाई नियन्त्रण नै गरेका छन्; त्यसको साटो, तिनले तेरो हृदयमा छुरी रोप्छन्। तँ यो “क्रूर सजाय” लाई जीवनको तेरो शत्रुको रूपमा मात्रै हेर्छस्, त्यसैले तैँले केही पनि प्राप्त गरेको छैनस्। तँ कति स्व-धर्मी छस्! तैँले आफ्नै अयोग्यताका कारण त्यस्ता परीक्षाहरू भोग्छस् भनी तैँले विरलै विश्‍वास गर्छस्; त्यसको सट्टामा, मैले सधैँ तेरो गल्ती कोट्याउँछु भन्दै तैँले आफैलाई अभागी ठान्छस्। अब कामकुराहरू यस्तो अवस्थामा आइपुगिसकेपछि, मैले भन्‍ने र गर्ने कुराहरूका बारेमा तँ कतिसम्म बुझ्छस्? तँ प्राकृतिक रूपमै विलक्षण प्रतिभा लिएर जन्‍मेको पुत्र, स्वर्गहरूभन्दा अलिकति मात्र तल, तर पृथ्वीभन्दा असीमित रूपमा उच्च व्यक्ति होस् भनी नसोच्। तँ अरू कोहीभन्दा चलाख छँदै-छैनस्—र यो पनि भन्न सकिन्छ कि यस पृथ्वीका विवेक भएको कुनै पनि मानिसभन्दा तँ कति धेरै मूर्ख छस् त्यो हास्यास्पद छ, किनकि तैँले आफूलाई धेरै उच्च ठान्छस्, र तँमा कहिल्यै पनि हीनताको भाव थिएन, मानौँ तैँले मेरा कामहरूको सानोभन्दा सानो कुरा बुझ्न सक्छस्। वास्तवमा भन्‍ने हो भने, तँ त्यस्तो व्यक्ति होस् जसमा मूल रूपमा नै विवेकको अभाव छ, किनकि म के गर्न चाहन्छु त्यो तँलाई थाहा छैन, र मैले अहिले के गर्दैछु त्यसबारे तँलाई अझै थोरै थाहा छ। अनि यसैले म भन्छु कि तँ खेतमा कठोर परिश्रम गर्ने वृद्ध किसानको बराबरी समेत छैनस्, यस्तो किसान जोसँग मानव जीवनको बारेमा थोरै दृष्टिकोण हुँदैन र जो आफ्नो खेतमा खेती गर्दा सम्पूर्ण रूपले स्वर्गको आशिषमाथि निर्भर हुन्छ। तैँले आफ्नो जीवनको सम्बन्धमा एकै क्षण पनि विचार गर्दैनस्, तँलाई ख्यातिको बारेमा केही थाहा छैन, र तँसँग आफ्नो बारेमा ज्ञान हुने कुरा त परै जाओस्। तँ साँच्‍चै “यी सबैभन्दा माथि” छस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जसले सिक्दैनन् र अनजान रहन्छन्: के तिनीहरू जनावरहरू होइनन् र?

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३३१

जहाँसम्म मैले तिमीहरूलाई दिएको शिक्षाको कुरा छ, तिमीहरूले लामो समयदेखि बारम्बार तिनलाई आफ्नो दिमागबाट हटाउँदै आएका छौ, यहाँसम्म कि तिमीहरू ती कुरालाई तिमीहरूको फुर्सदमा समय कटाउने खेलौनाजस्तो व्यवहार गर्दछौ। यी सबैलाई तिमीहरू सधैँ आफ्नो व्यक्तिगत “जन्तर” को रूपमा हेर्छौ। जब शैतानले आरोप लगाउँछ, तिमीहरू प्रार्थना गर्दछौ; जब नकारात्मक हुन्छौ, तब गहिरो निद्रामा पर्छौ; जब खुसी हुन्छौ, तब अनियन्त्रित भएर दगुर्छौ; जब म तिमीहरूलाई हप्काउँछु, तिमीहरू निहुरिन्छौ र एक कदम पछाडि हट्छौ; र त्यसपछि, मेरो उपस्थितिबाट निस्केर जानसाथ तिमीहरू द्वेषपूर्ण रूपमा हर्षित हुन्छौ। तैँले आफूलाई अरू सबैभन्दा माथि ठान्छस्, तर तँ आफूलाई सबैभन्दा अहङ्कारीको रूपमा कहिल्यै हेर्दैनस्, र तँ सँधै उच्च, आत्मसन्तुष्ट र शब्दमा वर्णन गर्न नसकिने गरी हठी छस्। कहिल्यै नसिक्ने र अज्ञानी नै रहने त्यस्ता “युवा सज्जनहरू,” “जवान युवतीहरू,” “कुलीन पुरुषहरू” र “कुलीन महिलाहरू” ले कसरी मेरो वचनलाई अनमोल खजाना ठान्न सक्छन्? म तँलाई फेरि सोध्छु: यति लामो समयसम्म तैँले मेरा वचनहरू र मेरो कामबाट के सिकिस्? के तैँले छल गर्ने काममा अझ धेरै सीप प्राप्त गरिस्? वा तेरो देहमा ठूलो विशेषज्ञता प्राप्त गरिस्? वा मप्रतिको तेरो मनोवृत्तिमा अझ बढी अनादर प्राप्त गरिस्? म तँलाई सिधा भन्छु: मैले गरेको यो सबै कामहरूले नै तँलाई साहसिलो बनाएको छ, जोसँग मुसाको जस्तो साहस थियो। मप्रति तैँले महसुस गर्ने डर प्रत्येक दिन बित्दैजाँदा झन्-झन् कम हुन्छ, किनकि म धेरै नै कृपालु छु र हिंसाको माध्यमले तेरो देहमा कहिल्यै पनि प्रतिबन्ध लगाएको छैन। हुन सक्छ, तैँले देखेजस्तै, म केवल कठोर वचनहरू मात्रै बोल्दैछु—तर म तँलाई प्रायजसो हँसिलो अनुहार नै देखाउँछु, र मैले तेरो मुखको सामु कहिल्यै तेरो निन्दा गरेको छैनँ। यसबाहेक, मैले सधैँ तेरो कमजोरीलाई क्षमा गरेको छु र यही कारणले गर्दा तैँले मलाई सर्पले दयालु किसानसँग गरेको जस्तो व्यवहार गरिस्। म मानव जातिको अवलोकन गर्ने शक्तिहरूमा रहेको चरम सीप र समझको कदर कति धेरै गर्दछु! म तँलाई एउटा सत्य बताउँछु: आज तँमा आदर गर्ने हृदय छ कि छैन भन्‍ने कुराको महत्त्व त्यति छैन; त्यस विषयमा म न उत्सुक छु न चिन्तित नै छु। तर मैले तँलाई यो पनि भन्नैपर्छ: तँ, यस “प्रतिभाशाली व्यक्ति” जसले सिक्दैन र अज्ञानी नै रहन्छ, तँलाई अन्ततः तेरो आत्म-प्रशंसा, तुच्छ धूर्तताद्वारा खसालिनेछ—तँ त्यो व्यक्ति हुनेछस् जसले कष्ट भोग्छ र सजाय पाउँछ। तैँले नरकमा पीडा भोगिरहँदा म तँलाई साथ दिने जत्तिको मूर्ख हुनेछैन, किनकि म तँजस्तो छैन। तँ एक सृष्टि गरिएको प्राणी होस् जसलाई मैले सरापेको छु, तैपनि मैले सिकाएको र मुक्त गरेको छु, अनि तँमा त्यस्तो केही छैन जसमा म भाग लिन बाध्य हुन्छु। मैले आफ्नो काम जुनसुकै समयमा गरे पनि म कुनै व्यक्ति, घटना, वा वस्तुद्वारा बाध्य हुँदिनँ। मानव जातिको सम्बन्धमा मेरो मनोवृत्ति र मेरो दृष्टिकोण सधैँ एक समान रहन्छ। म निश्‍चित रूपमा तँप्रति राजी भएको छैनँ किनकि तँ मेरो व्यवस्थापनको लागि भारीमाथि सुपारी होस्, र अन्य कुनै प्राणीभन्दा खास विशेष छँदै-छैनस्। तँलाई मेरो सल्लाह यो छ: तैँले हरबखत तँ परमेश्‍वरको एक प्राणीभन्दा बढी अरू केही होइनस् भन्‍ने कुरालाई सम्‍झनुपर्छ। तैँले मसँग आफ्नो अस्तित्व बाँड्न सक्‍ने भए पनि तैँले आफ्नै पहिचान चिन्‍नुपर्छ; आफूलाई धेरै उच्च नठान्। यदि मैले तँलाई हप्काइनँ वा तँलाई निराकरण गरिनँ तर हँसिलो अनुहारले तँलाई अभिवादन गर्छु भन्दैमा तँ मजस्तै छस् भन्‍ने प्रमाणित गर्न त्यो पर्याप्त छैन। तैँले आफैलाई सत्यताको पछि लाग्ने व्यक्तिको रूपमा चिन्नुपर्छ, तैँले आफैलाई सत्यको रूपमा हेर्ने होइन। तँ हरसमय मेरो वचनअनुसार परिवर्तन हुन तयार हुनुपर्दछ। यसबाट तँ उम्कन सक्दैनस्। तँसँग यो दुर्लभ अवसर भएको यस अनमोल समयमा तैँले कुनै कुरा गर्न कोसिस गर् र सिक् भन्‍ने म तँलाई आज्ञा गर्छु। मलाई मूर्ख नबना; मलाई जाँच्‍न र धोका दिनका निम्ति तैँले मसँग चापलुसी गरेको म चाहन्‍नँ। जब तैँले मलाई खोज्छस्, त्यो पूर्ण रूपमा मेरो लागि हुँदैन, तर तेरो आफ्नै लागि हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जसले सिक्दैनन् र अनजान रहन्छन्: के तिनीहरू जनावरहरू होइनन् र?

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३३२

अहिले, प्रत्येक दिन तिमीहरू जिउनु महत्वपूर्ण छ र तिमीहरूको गन्तव्य र तिमीहरूको भवितव्यको लागि यो अत्यन्तै महत्त्वपूर्ण छ, त्यसैले तिमीहरूले आफूसँग आज भएको सबै कुरालाई सम्हाल्नुपर्छ र बित्ने प्रत्येक मिनेटलाई महत्त्व दिनुपर्छ। तिमीहरूले यो जीवन व्यर्थमा बाँच्नु नपरोस् भन्नाका खातिर आफूलाई उच्चतम लाभहरू दिनलाई सकेसम्म धेरै समय दिनुपर्दछ। तिमीहरू मैले किन त्यस्ता वचनहरू बोलिरहेको छु भन्‍ने कुराले अन्योलमा पर्न सक्छौ। नलुकाई भन्नुपर्दा, म तिमीहरूमध्ये कसैको व्यवहारबाट अलिकति पनि खुसी छैन, किनकि मैले तिमीहरूबाट जस्तो आशा राखेको थिएँ त्यो तिमीहरू आज जस्तो छौ त्यस्तो थिएन। तसर्थ, म भन्न सक्छु, तिमीहरूमध्ये प्रत्येक जना खतराको जोखिममा छौ र तिमीहरूले विगतमा मद्दतको लागि गरेको हारगुहार, अनि सत्यतालाई पछ्याउने र प्रकाशको खोजी गर्ने तिमीहरूका पहिलेका आकांक्षाहरू अन्त्यमा पुग्न लागेका छन्। यो तिमीहरूको प्रतिपूर्तिको अन्तिम प्रदर्शन हो र यो त्यो कुरा हो जुन मैले कहिल्यै अपेक्षा गरेको थिइन। म तथ्यहरूको विपरीत बोल्न चाहन्न, किनकि तिमीहरूले मलाई एकदमै निराश बनाएका छौ। सायद तिमीहरू यसलाई स्वीकार्न चाहँदैनौ, वास्तविकताको सामना गर्न चाहँदैनौ—अझै पनि मैले तिमीहरूलाई यो कुरा गम्भीर रूपमा सोध्नुपर्छ: यी सारा वर्षहरूमा, तिमीहरूको हृदय वास्तवमा केले भरिएको छ? तिनीहरू कोप्रति निष्ठावान् छन्? यी प्रश्नहरू यत्तिकै आएका हुन् नभन र मैले यस्ता कुराहरू किन सोधेँ भनेर मलाई नसोध। यो कुरा जान: यसको कारण के हो भने, म तिमीहरूलाई राम्रोसँग चिन्छु, तिमीहरूको एकदमै ख्याल गर्छु र तिमीहरूको आचरण र कार्यहरूमा मैले मेरो हृदय धेरै नै दिएको छु, त्यसकारण मैले तिमीहरूलाई अटुट रूपमा लेखा प्रस्तुत गर्न र तीतो कठिनाइ वहन गर्न बोलाएको छु। अहिलेसम्म तिमीहरूले मलाई उदासीनता र सहनै नसकिने त्याग बाहेक कुनै पनि कुरा दिएका छैनौ। तिमीहरू मप्रति ज्यादै लापरवाही भएका छौ; के मलाई यसको बारेमा केही पनि थाहा नहुनु सम्भव छ र? तैँले विश्‍वास गर्ने कुरा यही हो भने, यसले तैँले मलाई दयाको साथमा साँचो रूपले व्यवहार गर्दैनस् भन्‍ने तथ्यलाई थप रूपमा प्रमाणित गर्छ। त्यसैले त म भन्छु, तिमीहरूले आफूलाई सत्यबाट लुकाउँदै छौ। तिमीहरू यति चलाख छौ कि तिमीहरूलाई आफूले के गर्दै छु भन्‍ने समेत थाहा छैन—त्यसैले तिमीहरूले मलाई लेखा प्रस्तुत गर्न के प्रयोग गर्नेछौ?

वास्तवमा तिमीहरूको हृदय कोप्रति निष्ठावान् छ भन्‍ने प्रश्‍न नै मेरो लागि सबैभन्दा चासोको प्रश्‍न हो। मलाई आशा छ, तिमीहरूमध्ये प्रत्येकले आफ्ना सोच व्यवस्थित गर्ने प्रयास गर्नेछौ र तिमीहरू कोप्रति निष्ठावान् छौ र कसको लागि तिमीहरू बाँच्छौ भनेर आफैलाई सोध्‍नेछौ। सायद तिमीहरूले कहिल्यै पनि यी प्रश्नहरूमा ध्यानपूर्वक विचार गरेका छैनौ, त्यसैले मैले तिमीहरूका निम्ति उत्तरहरू प्रकट गरिदिँदा कस्तो होला?

सम्झना भएका जोकोहीले पनि यो तथ्यलाई स्वीकार्नेछ: मानिस आफ्नो लागि बाँच्छ र आफैप्रति निष्ठावान् हुन्छ। मलाई तिमीहरूका जबाफ पूर्णतया सही छन् भन्‍ने विश्‍वास छैन, किनकि तिमीहरू प्रत्येक आ-आफ्नै जीवनमा रहन्छौ र प्रत्येकले आफ्नै पीडामा सङ्घर्ष गर्दै छौ। यस्तो भएकोले, तिमीहरू आफूले प्रेम गर्ने मानिसहरूप्रति र तिमीहरूलाई खुसी बनाउने वस्तुहरूप्रति निष्ठावान् छौ; तिमीहरू आफूप्रति सम्पूर्णतया निष्ठावान् छैनौ। तिमीहरू प्रत्येक आफ्ना वरिपरिका मानिस, घटना र वस्तुहरूबाट प्रभावित भएकोले, तिमीहरू आफूप्रति साँचो रूपमा निष्ठावान छैनौ। तिमीहरू आफूप्रति निष्ठावान् हुनुपर्छ भन्‍ने कुरालाई समर्थन गर्नको लागि होइन, बरु अन्य कुराप्रति तिमीहरूको निष्ठा भएको खुलासा गर्नको लागि मैले यी वचनहरू बोलेको हुँ, किनभने यत्तिका वर्षसम्म, मैले तिमीहरूमध्ये कसैबाट पनि निष्ठा प्राप्त गरेको छैन। तिमीहरूले यत्तिका वर्षसम्म मलाई पछ्याएका छौ, तर अहिलेसम्म मलाई निष्ठाको एक टुक्रा पनि दिएका छैनौ। बरु, तिमीहरू आफूले प्रेम गर्ने मानिस र आफूलाई खुसी बनाउने कुराहरूको वरिपरि घुमिरहन्छौ—यहाँसम्‍म कि हरेक समयमा र तिमीहरू जहाँसुकै जाँदा पनि तिमीहरूले ती कुराहरूलाई आफ्नो हृदयको नजिक राख्छौ र कहिल्यै तिनलाई त्याग्‍दैनौ। जब तिमीहरू आफूले प्रेम गर्ने कुनै पनि कुराप्रति उत्सुक वा उत्साहित हुन्छौ, यस्तो त तिमीहरूले मलाई पछ्याउँदा पनि हुन्छ वा तिमीहरूले मेरा शब्दहरू सुनिरहँदा पनि हुन्छ। त्यसकारण, म भन्छु, मैले तिमीहरूसँग मागेको निष्ठालाई तिमीहरूले आफ्ना “प्रिय वस्तु” हरूप्रति निष्ठावान् हुन र तिनीहरूलाई प्रेमसाथ सम्हाल्न प्रयोग गरिरहेका छौ। तिमीहरूले मेरो लागि एक-दुई ओटा कुरा बलिदान गरे तापनि, यसले तिमीहरूको सबै कुरालाई प्रतिनिधित्व गर्दैन र तिमीहरू साँचो रूपमा मप्रति नै निष्ठावान् छौ भन्‍ने बताउँदैन। तिमीहरूले आफूले चाहेका कुराहरूमा नै आफूलाई संलग्न गराउँछौ; केही मानिसहरू छोरा र छोरीहरूप्रति निष्ठावान् हुन्छन् भने अरूहरूचाहिँ पति, पत्नी, धन, काम, हाकिम, हैसियत वा महिलाहरूप्रति निष्ठावान् हुन्छन्। तिमीहरू आफू निष्ठावान् भएका कुराहरूप्रति कहिल्यै थकित वा क्रोधित बन्दैनौ; बरु, तिमीहरूले बढी मात्रामा र बढी परिमाणमा ती कुराहरू पाउन इच्‍छा गर्छौ र कहिल्यै पनि हरेस खाँदैनौ। म र मेरा वचनहरू जहिले पनि तिमीहरूले चाहेका कुराहरूभन्दा पछाडि धकेलिन्छन्। अनि ती कुराहरूलाई अन्तिम दर्जा दिनु बाहेक तिमीहरूसँग अरू कुनै विकल्प हुँदैन। त्यस्ता व्यक्तिहरू पनि छन् जसले आफूले अहिलेसम्म पत्ता लगाउन बाँकी रहेका कुराहरूका लागि निष्ठावान् हुनको लागि अन्तिम स्थान साँचेर राख्छन्। उनीहरूको हृदयमा मेरो हल्का छाप समेत छैन। तिमीहरूले सोच्छौ होला, मैले तिमीहरूलाई धेरै नै मागिरहेको छु वा तिमीहरूलाई गलत तरिकाले आरोप लगाइरहेको छु—तर के तिमीहरूले आफ्नो परिवारसँग खुसीसाथ समय बिताइरहेको बेला तिमीहरू मप्रति एक पटक पनि निष्ठावान् भएका छैनौ भन्‍ने तथ्यको बारेमा कहिल्यै सोचेका छौ? यस्ता समयहरूमा, के यसले तिमीहरूलाई पीडा दिँदैन? जब तिमीहरूका हृदय आनन्दले भरिन्छ र तिमीहरूलाई तिमीहरूका परिश्रमको इनाम दिइन्छ, के तिमीहरू आफू पर्याप्त सत्यले सुसज्जित नभएकोमा निरुत्साहित महसुस गर्दैनौ? तिमीहरू मेरो स्वीकृति प्राप्त नगर्दा कहिले रोएका छौ? तिमीहरूले आफ्ना छोरा र छोरीहरूको लागि आफ्‍नो दिमाग घोट्छौ र ठूलो पीडा भोग्छौ, तर पनि तिमीहरू सन्तुष्ट छैनौ; अझै पनि तिमीहरू तिनीहरूका खातिर लगनशील भएका छैनौ, तिनीहरूका लागि आफूले गर्न सक्ने सबै कुरा गरेका छैनौ भन्‍ने विश्‍वास गर्छौ। यद्यपि मप्रति भने तिमीहरू सधैँ नै असावधान र लापरवाही भएका छौ; म तिमीहरूको सम्झनामा मात्र छु, तर म तिमीहरूको हृदयमा रहन सक्दिन। मेरा समर्पण र प्रयासहरूलाई तिमीहरूले कहिल्यै अनुभव गरेनौ र तिनलाई कहिल्यै कुनै पनि कदर गरेनौ। तिमीहरू केवल क्षणिक रूपमा तिनको बारेमा विचार गर्छौ र यति नै पर्याप्त हुनेछ भन्‍ने विश्‍वास गर्छौ। यस्तो “निष्ठा” मैले लामो समयदेखि खोजेको निष्ठा होइन, बरु त्यो त मैले लामो समयदेखि घृणा गरेको कुरा हो। तथापि, मैले जेसुकै भने पनि तिमीहरूले एक-दुई ओटा कुरा मात्र स्वीकारिरहन्छौ; तिमीहरूले यसलाई पूर्णतया स्वीकार्न सक्दैनौ, किनकि तिमीहरू सबै अत्यन्तै “विश्‍वस्त” छौ र मैले बोलेका वचनहरूबाट के स्वीकार्ने त्यसलाई चयन गरी लिन्छौ। तिमीहरू आज पनि यस्तै छौ भने, तिमीहरूको आत्मविश्‍वासलाई ठीक गर्ने केही विधिहरू मसँग छन्—र त्यति मात्र होइन, मेरा सबै वचनहरू सत्य छन्, र तीमध्ये कुनैले पनि तथ्यहरूलाई विकृत गर्दैनन् भनेर म तिमीहरूलाई स्वीकार गर्ने तुल्याउनेछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ कोप्रति निष्ठावान् छस्?

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३३३

यदि अहिले मैले तिमीहरूको अगाडि केही पैसा राखेँ र तिमीहरूलाई छनौट गर्ने स्वतन्त्रता दिएँ भने—र मैले तिमीहरूको छनौटको लागि तिमीहरूलाई दोष लगाइन भने—तिमीहरूमध्ये धेरैजसोले पैसा छनौट गरेर सत्यलाई त्याग्‍नेथियौ। तिमीहरूमध्ये उत्तम व्यक्तिहरूले पैसालाई त्यागेर मन नलागी-नलागी सत्यतालाई छनौट गर्नेथियौ, जबकी दोधारेहरूले एउटा हातले पैसा हडप्नेथिए र अर्को हातले सत्यता टिप्नेथिए। तिमीहरूको साँचो रङ त्यसपछि आफै स्पष्ट नहोलान् त? तिमीहरूले सत्यता र तिमीहरू निष्ठावान् भएको कुनै कुराको बीचमा छनौट गर्दा, तिमीहरू सबैले यही छनौट गर्थ्यौ र तिमीहरूको मनोवृत्ति उस्तै रहन्थ्यो। के त्यो यस्तै हो नि, होइन र? के तिमीहरूमध्ये धेरै जना सही र गलतको बीचमा घरी यता र घरी उता गरेका व्यक्तिहरू होइनौ र? सकारात्मक र नकारात्मक, कालो र सेतो बीचको प्रतिस्पर्धामा, तिमीहरूले परिवार र परमेश्‍वर, छोराछोरी र परमेश्‍वर, शान्ति र अवरोध, सम्पत्ति र गरिबी, हैसियत र साधारणपन, समर्थन पाउनु र पन्छाइनु र यस्तै अन्य कुराहरूको बीचमा तिमीहरूले गरेको छनौटको बारेमा तिमीहरूलाई अवश्य नै थाहा होला। शान्तिपूर्ण परिवार र टुक्रिएको परिवारको बीचमा, तिमीहरूले पहिलोलाई नै छनौट गर्‍यौ र तिमीहरूले हिचकिचाहटविना त्यस्तो गर्‍यौ; धन र कर्तव्यको बीचमा, तिमीहरूले फेरि पहिलोलाई छनौट गर्‍यौ, यहाँसम्म कि किनारामा फर्किने[क] इच्छा समेत राखेनौ; विलासिता र गरिबीको बीचमा, तिमीहरूले पहिलोलाई छनौट गर्‍यौ; आफ्ना छोरा, छोरी, श्रीमती, श्रीमान अनि मेरो बीचमा छनौट गर्दा, तिमीहरूले पहिलोलाई छनौट गर्‍यौ; र धारणा र सत्यताको बीचमा, तिमीहरूले पहिलोलाई नै छनौट गर्‍यौ। तिमीहरूका सबै दुष्कर्महरूको सबै तरिकालाई सामना गरेको कारण, मैले तिमीहरूमाथिको विश्‍वासलाई गुमाएको छु। तिमीहरूको हृदय यसलाई कोमल बनाउने कार्यप्रति अत्यन्तै प्रतिरोधी छ भन्‍ने कुराले मलाई साँच्‍चै अचम्‍मित पार्छ। समर्पण र प्रयासका धेरै वर्षहरूले स्पष्ट रूपमा मलाई तिमीहरूको परित्याग र निराशाभन्दा धेरै अरू केही दिएन, तर तिमीहरूको लागि मेरा आशाहरू बितेको प्रत्येक दिनसँगै बढ्दै जान्छन्, किनकि मेरो दिन पूर्ण रूपमा सबैको अगाडि उदाङ्गो भएको छ। तैपनि तिमीहरू अँध्यारो र दुष्ट कुराहरूको खोजमा छौ र तीमाथिको आफ्नो पकडलाई खुकुलो गर्न अस्वीकार गर्छौ। त्यसो भए, तिमीहरूको परिणाम के हुनेछ? के तिमीहरूले कहिल्यै यसबारे ध्यानपूर्वक विचार गरेका छौ? यदि तिमीहरूलाई फेरि छनौट गर्न लगाइएको थियो भने, तिमीहरूको छनौट के हुनेथियो? के यो अझै पनि पहिलो नै हुनेथियो? के तिमीहरूले अझै पनि मलाई निराशा र दुर्भाग्यपूर्ण शोक ल्याइदिनेथियौ? के तिमीहरूको मुटुमा अझै पनि न्यानोपनको सानो टुक्रा बाँकी रहनेथियो? के तिमीहरू अझै पनि मेरो मुटुलाई सान्त्वना दिन के गर्नुपर्छ सोबारे अनभिज्ञ हुनेथियौ? यो समयमा तिमीहरू केलाई छनौट गर्छौ? तिमीहरू मेरा वचनहरूमा समर्पित हुन्छौ कि तिनीहरूप्रति निरस महसुस गर्छौ? मेरो दिन तिमीहरूकै आँखाअगाडि छ र तिमीहरूले जे देख्छौ सो नयाँ जीवन र एक नयाँ सुरुवातको विन्दु हो। यद्यपि, मैले तिमीहरूलाई के भन्‍नुपर्छ भने, यो सुरुवातको विन्दु पहिलेको नयाँ कामको आरम्भ होइन, तर पुरानोको निष्कर्ष हो। अर्थात्, अन्तिम कार्य यही नै हो। यस सुरुवातको विन्दुको बारेमा के असामान्य छ सो तिमीहरू सबैले बुझ्‍न सक्छौ भन्‍ने मलाई लाग्छ। तैपनि, एक दिन चाँडै तिमीहरूले यस सुरुवातको विन्दुको साँचो अर्थलाई बुझ्नेछौ, त्यसकारण हामी एकसाथ अघि बढौं र आउने समापनलाई स्वागत गरौं। यद्यपि, मलाई तिमीहरूको के कुराले निरन्तर चिन्ता गराउँछ भने, जब तिमीहरू अन्याय र न्यायको सामना गर्छौ, तिमीहरूले सधैँ पहिलोलाई छनौट गर्छौ। तैपनि, त्यो सबै तिमीहरूको अतीतमा छ। म पनि तिमीहरूको अतीतको सबै कुरा बिर्सने आशा गर्दछु, यद्यपि यो गर्न धेरै कठिन छ। तैपनि, यसो गर्ने धेरै राम्रो तरिका मसँग छ: भविष्यले अतीतलाई प्रतिस्थापन गर्न देओ र तिमीहरूको अतीतको छायालाई आजको तिमीहरूको साँचो रूपले ढाकिदेओ। यसरी, तिमीहरूलाई मैले फेरि पनि छनौट गर्न लगाउनुपर्छ: तिमीहरू वास्तवमा कोप्रति निष्ठावान छौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ कोप्रति निष्ठावान् छस्?

फूटनोट:

क. किनारामा फर्किने: एक चिनियाँ उखान, जसको अर्थ “आफ्नै दुष्ट मार्गहरूबाट फर्कनु” भन्‍ने हुन्छ।


परमेश्‍वरका दैनिक वचनहरू  अंश ३३४

जब-जब भाग्यको उल्लेख गरिन्छ, तिमीहरूले त्यसलाई विशेष गम्भीरताका साथ व्यवहार गर्छौ। यसबाहेक, यो यस्तो कुरा हो जसको बारेमा तिमीहरू विशेष रूपले संवेदनशील हुन्छौ। कोही-कोही राम्रो गन्तव्य हासिल गर्न परमेश्‍वरको सामु भुइँमा आफ्नो निधार नै ठोकाइ साष्टाङ्ग दण्डवत् गर्न पनि पछि पर्दैनन्। तिमीहरूको उत्सुकतासित म परिचित छु जसलाई शब्दहरूमा व्यक्त गर्न आवश्यक छैन। यो तिमीहरूले आफ्नो शरीरलाई महाविपत्तीमा पार्न नचाहेको भन्दा बढी होइन, अनि न त तिमीहरू भविष्यमा अनन्त दण्डमा पर्ने चाहना नै गर्छौ। तिमीहरू केवल अलि बढी स्वच्छन्द ढङ्गले, अलि बढी सहजताका साथ जिउने आशा गर्छौ। त्यसैले गन्तव्यको बारेमा उल्लेख गरिँदा तिमीहरू विशेष रूपले अशान्त हुन्छौ र यदि तिमीहरू पर्याप्त रूपले सावधान छैनौ भने तिमीहरूले परमेश्‍वरलाई दुःखित पार्नेछौ र यसरी तिमीहरूले पाउनुपर्ने प्रतिफलको हकदार तिमीहरू हुनेछौ भन्‍ने कुराप्रति तिमीहरू साह्रै त्रासित हुन्छौ। आफ्नो गन्तव्यको खातिर तिमीहरूले सम्झौताहरू गर्न हिचकिचाएका छैनौ, अनि तिमीहरूमध्ये जो कुनै समय कुटिल र छिचरो थियौ, तिमीहरू अकस्मात् भद्र र इमान्दार भएका छौ; तिमीहरूको देखावटी इमानदारिताले मानिसहरूलाई हड्डीको मासीसम्मै चिसो पार्दछ। तथापि, तिमीहरू सबैसित “इमान्दार” हृदय छ, अनि तिमीहरूले मलाई कुनै कुरा बाँकी नराखी निरन्तर आफ्नो हृदयको गुप्त कुराहरू खोलेका छौ, चाहे त्यो दुःखपोखाई होस् वा छल होस् वा भक्ति। समग्रमा, तिमीहरूले अत्यन्तै निष्कपटताका साथ मसित त्यस्ता ठोस कुराहरू “स्वीकार” गरेका छौ जुन तिमीहरूको अस्तित्वको भित्री कुनाहरूमा छन्। अवश्य, त्यस्ता कुराहरूको वरिपरि म कहिल्यै घुमेको छैनँ किनकि ती कुराहरू मेरो निम्ति ज्यादै परिचित छन्। तिमीहरू आफ्नो अन्तिम गन्तव्यको खातिर परमेश्‍वरको स्वीकृति पाउनको निम्ति कपालको एउटै केस्रा गुमाउनुभन्दा बरु आगोको समुद्रभित्र प्रवेश गर्ने थियौ। म तिमीहरूसित धेरै कट्टरपन्थी भइरहेको छैनँ; कुरा यो हो कि मैले गर्ने सबै कुराहरूमा मेरो आमनेसामने आउनको लागि तिमीहरूसित भक्तिको हृदयको ज्यादै कमी छ। मैले भर्खरै भनेका कुराहरू सायद तिमीहरू बुझ्दैनौ होला, त्यसैले म एउटा साधारण व्याख्या प्रस्तुत गर्छु: तिमीहरूलाई आवश्यक पर्ने सत्यता र जीवन होइन, न आफूले कसरी व्यवहार गर्ने भन्‍ने सिद्धान्तहरू हो, न त मेरो कष्टदायी काम नै। बरु तिमीहरूलाई आवश्यक परेको ती हरेक थोक हुन् जुन तिमीहरूले शरीरमा धारण गर्दछौ: सम्पत्ति, हैसियत, परिवार, विवाह, आदि इत्यादि। तिमीहरू मेरा वचनहरू र कामहरूलाई पूर्ण रूपले उपेक्षा गर्छौ, त्यसैले म तिमीहरूको विश्‍वासलाई सारांशमा एउटै शब्दमा भन्न सक्छु: लापरवाही। तिमीहरू जुन कुराहरूमा पूर्ण रूपले समर्पित छौ, ती कुराहरू प्राप्त गर्न जुनसुकै दूरी पनि पार गर्न सक्छौ, तर परमेश्‍वरमाथिको तिमीहरूको विश्‍वास सम्बन्धी कुराहरूको खातिर त्यसो गर्दैनौ भन्‍ने मैले पत्ता लगाएको छु। बरु तिमीहरू तुलनात्मक रूपले समर्पित छौ, अनि तुलनात्मक रूपले जोशिला छौ। त्यसैकारण, जसमा पूर्ण इमानदारीताको हृदयको कमी छ, तिनीहरू परमेश्‍वरप्रतिको तिनीहरूको विश्‍वासमा असफल हुन्छन्। ध्यानपूर्वक सोच—तिमीहरूको माझमा थुप्रै असफलहरू छन् कि?

मानिसहरूको आफ्नै कार्यहरूको परिणामस्वरूप परमेश्‍वरमाथिको विश्‍वासमा सफलता हासिल गरिन्छ भन्‍ने तिमीहरूले जान्नुपर्छ। जब मानिसहरू सफल नभई असफल हुन्छन्, त्यो पनि तिनीहरूका आफ्‍नै कार्यहरूको कारणले हो अनि त्यसमा कुनै कुराले भूमिका खेल्दैन। म विश्‍वास गर्छु कि तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा बरु कुनै पनि कुरा हासिल गर्न धेरै कठिन र कष्टदायी कुरा गर्नेथियौ अनि त्यसलाई धेरै गम्भीरतापूर्वक व्यवहार गर्नेथियौ; यतिसम्म कि तिमीहरू कुनै पनि गल्तीहरूलाई सहन अनिच्छुक हुनेथियौ; यस्ता प्रकारका अविरल प्रयासहरू तिमीहरू सबै आफ्नो जीवनमा राख्दछौ। यस्ता कतिपय परिस्थितिहरूमा तिमीहरू मेरो देहलाई धोका दिन समेत सक्षम छौ जुन परिस्थितिहरूमा तिमीहरू आफ्नो परिवारको कुनै सदस्यलाई पनि दिने थिएनौ। यो तिमीहरूको निरन्तरको व्यवहार र सिद्धान्त हो जसद्वारा तिमीहरू जिउँछौ। के तिमीहरूले तिमीहरूका गन्तव्य, तिमीहरूले चाहेको सबै कुरा पूर्ण र सिद्ध होस् भनेर आफ्नो गन्तव्यको खातिर मलाई धोका दिन झूटो मकुन्डो लगाइरहेका छैनौ र। तिमीहरूको भक्ति जस्तै तिमीहरूको इमानदारीता अस्थायी मात्र हो भन्‍ने मलाई थाहा छ। के तिमीहरूको संकल्प र तिमीहरूले चुकाउने मूल्य भविष्यको निम्ति नभई वर्तमान क्षणको खातिर मात्र होइन र? केवल एउटा लेनदेनको उद्देश्य राखेर तिमीहरू सुन्दर गन्तव्य प्राप्त गर्नको निम्ति संघर्ष गर्न केवल एउटा अन्तिम प्रयासमा बल लगाउँछौ। सत्यताप्रति ऋणी हुनदेखि जोगिन तिमीहरू यो प्रयास गर्दैनौ, न त मैले चुकाएको मूल्य फेरि तिर्नको खातिर यो गर्दछौ। संक्षिप्तमा, आफूले चाहेको कुरा प्राप्त गर्न तिमीहरू चलाक रणनीतिहरू काममा लगाउँछौ। तर त्यसको निम्ति खुला लडाइँ लड्दैनौ। के यो तिमीहरूको हृदयको कामना होइन र? तिमीहरूले आफ्नो भेष बदल्नुहुँदैन, न त खान र सुत्न नसक्ने बिन्दुसम्म आफ्ना गन्तव्यको निम्ति तिमीले आफ्नो मगजलाई यातना दिनु नै हुन्छ। तिमीहरूको आखिरमा परिणाम पहिलेबाट नै निर्धारित भइसकेको हुनेछ भन्‍ने कुरा के साँचो होइन र? तिमीहरू हरेकले आफ्नो कर्तव्य आफ्नो क्षमताले भ्याएसम्म खुला र इमान्दार हृदयसहित गर्नुपर्छ र जस्तोसुकै मूल्य पनि चुकाउनुपर्छ। जसरी तिमीहरूले भनेका छौ, जब त्यो दिन आउँछ, उहाँको निम्ति कष्ट भोग्ने र मूल्य चुकाउने कसैलाई पनि परमेश्‍वरले बेवास्ता गर्नुहुन्न। यस्तो प्रकारको दृढ निश्‍चयता पक्रिरहन लायकको छ, अनि तिमीहरूले यो कहिल्यै बिर्सनु हुँदैन भन्‍ने कुरा सही छ। यसरी मात्रै म तिमीहरूको निम्ति मेरो मनलाई सहजता दिन सक्छु। नत्रभने, तिमीहरू सधैँभरि यस्ता मानिसहरू हुनेछौ जसको बारेमा मेरो मन निश्चिन्त रहन सक्दैन अनि तिमीहरू मेरो अरुचिका पात्रहरू हुनेछौ। यदि तिमीहरू सबै आफ्नो विवेकलाई पछ्याउन सक्छौ र मेरो कामको निम्ति केही प्रयास बाँकी नराखी अनि मेरो सुसमाचारको निम्ति जीवनभरिको शक्ति अर्पण गरेर मेरो निम्ति आफ्नो सबै दिन सक्छौ भने के मेरो हृदय तिमीहरूको पक्षमा खुशीले उफ्रिने छैन र? यसद्वारा म मेरो मनलाई तिमीहरूको सम्बन्धमा पूर्ण रूपले निश्चिन्त तुल्याउन सक्छु, सक्नेछैन र? यो लाजलाग्दो कुरा हो कि तिमीहरूले गर्नसक्ने कुरा भनेको मैले आशा गरेको कुराको ज्यादै सानो भाग मात्र हो। यसो भएको हुनाले तिमीहरूले आशा गरेको कुराको निम्ति मबाट खोजी गर्ने आँट कसरी तिमीहरू गर्नसक्छौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। गन्तव्यको सम्‍बन्धमा

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३३५

तिमीहरूको गन्तव्य र तिमीहरूको भाग्य तिमीहरूको निम्ति धेरै महत्वपूर्ण छन्—ती गम्भीर चासोको कुरा हुन्। तिमीहरू विश्‍वास गर्छौ कि यदि तिमीहरूले ठूलो सावधानीका साथ कामहरू गरेनौ भने यसको अर्थ तिमीहरूसित गन्तव्य हुनेछैन, तिमीहरूले आफ्नै भाग्यलाई नाश गरेका हुनेछौ भन्‍ने हुन्छ। तर केवल आफ्नो गन्तव्यको खातिर मात्र श्रम गर्ने मानिसहरूले व्यर्थमा परिश्रम गरिरहेका छन् भन्‍ने कुरा कहिल्यै तिमीहरूको मनमा आएको छ? त्यस्ता प्रयासहरू विशुद्ध छैनन्, ती नकली कार्य र छल हुन्। यदि त्यसो हो भने, जसले केवल आफ्नो गन्तव्यको खातिर मात्र काम गर्छन्, तिनीहरू आफ्नो अन्तिम पराजयको सँघारमा छन् किनभने परमेश्‍वरप्रति विश्‍वासमा छलद्वारा नै असफलता आउँछ। मैले पहिल्यै नै भनेको छु कि मलाई चापलुसी वा लोलोपोतो गरेको वा कसैले उत्सुकता दिएर व्यवहार गरेको मन पर्दैन। मलाई मेरो सत्यता र मेरा अपेक्षाहरूको सामना गर्ने इमान्दार मानिसहरू मनपर्छ। अझ योभन्दा बढी, जब मानिसहरूले मेरो हृदयको निम्ति अत्यन्त ठूलो वास्ता र विचार देखाउन सक्छन् अनि मेरो खातिर सबै कुरालाई परित्याग गर्न सक्षम हुन्छन्, म त्यस कुरालाई मन पराउँछु। यसरी मात्रै मेरो हृदयले सान्त्वना पाउँछ। अहिले तिमीहरूका विषयमा मैले मन नपराउने कति धेरै कुराहरू छन्? मैले तिमीहरूका बारेमा मन पराउने कुराहरू कति छन्? के तिमीहरूले आफ्‍नो गन्तव्यको लागि तिमीहरूले देखाएको कुरूपताका विभिन्न प्रकटीकरणहरूलाई तिमीहरूमध्ये कसैले महसुस गरेका छैनौ भन्‍ने हुन सक्ला र?

मेरो हृदयमा म कसैको हृदयलाई जुन सकरात्मक छ र जसको चाहना माथितिरको छ, त्यसलाई चोट पुर्‍याउन चाहन्न, न त आफ्नो कर्तव्य विश्‍वासयोग्यता पूर्वक गरिरहेका कसैको ऊर्जालाई नै म ओस्याउन चाहन्छु। तथापि, मैले तिमीहरूमध्ये हरेकका अपर्याप्तताहरू तथा अशुद्ध प्राणको बारेमा तिमीहरूलाई सम्झना दिलाउनु पर्दछ जुन तिमीहरूको हृदयका सबैभन्दा गहिरो कुनाहरूमा रहेका छन्। म त्यसो यो आशामा गर्दछु ताकि मेरा वचनहरूको सम्मुख आउँदा तिमीहरूले आफ्नो साँचो हृदय अर्पण गर्न सकेका होऊ किनभने मैले सबैभन्दा बढी घृणा गर्ने भनेको मानिसहरूको मप्रतिको छल नै हो। म केवल यो आशा गर्दछु कि मेरो कामको अन्तिम चरणमा तिमीहरूले आफ्नो सर्वश्रेष्ठ कार्य प्रस्तुत गर्न सक्षम हुनेछौ अनि तिमीहरूले आफ्नो पूरा हृदयले आफूलाई समर्पित गर्नेछौ, उप्रान्त आधा हृदयले होइन। अवश्य, म यो पनि आशा गर्दछु कि तिमीहरू सबैले एउटा राम्रो गन्तव्य पाउनेछौ। तथापि, मसित अझै मेरो अपेक्षा छ, जुन तिमीहरूले मलाई तिमीहरूको एकल र अन्तिम भक्ति दिने विषयमा तिमीहरूले उत्कृष्ट निर्णय गर भन्‍ने हो। यदि कसैसित यो एक मात्र भक्ति छैन भने, ऊ निश्चय नै शैतानको बहुमूल्य सम्पत्ति हो अनि म उसलाई मेरो प्रयोगको निम्ति राख्नेछैन तर उसको आमाबुबाद्वारा हेरचाह गरिनको निम्ति उसलाई घर पठाइदिनेछु। मेरो काम तिमीहरूको निम्ति एउटा ठूलो सहायता हो; तिमीहरूबाट मैले इमान्दार र माथि उठ्ने चाहना भएको हृदय चाहन्छु, तर अहिलेसम्म मेरो हातहरू खाली नै छन्। यस बारेमा सोच: यदि म एक दिन अझै पनि शब्दहरूले बयान नसक्‍ने गरी दुःखित छु भने, तब तिमीहरूप्रतिको मेरो मनोवृत्ति कस्तो हुनेछ? के म तिमीहरूप्रति अहिलेजस्तै मिलनसार हुनेछु र? के तिमीहरू कठोर मेहनत गरेर खेत जोतेपछि पनि एउटै अन्न कटनी गर्न नपाएको व्यक्तिको भावनाहरूलाई बुझ्‍न सक्छौ? कुनै मानिसलाई चोट पुर्याउँदा उसको हृदय कति धेरै घाइते हुन्छ, के तिमीहरू बुझ्न सक्छौ? के तिमीहरू एउटा व्यक्तिको तीतोपना चाख्न सक्छौ जो कुनै समय आशाले परिपूर्ण थियो तर नराम्रो सम्बन्धमा पुगेर ऊ अलग हुनु परेको छ? के तिमीहरूले एउटा क्रोधित तुल्याइएको मानिसबाट क्रोध उत्पन्न भएको देखेका छौ? के तिमीहरू शत्रुता र छलले व्यवहार गरिएको व्यक्तिको बदला लिने आतुरतालाई बुझ्न सक्छौ? यदि तिमीहरू यस्ता मानिसहरूको मानसिकतालाई बुझ्दछौ भने मलाई लाग्छ, परमेश्‍वरको प्रतिशोधको समयमा उहाँको मनोवृत्ति कस्तो हुनेछ भनेर कल्पना गर्न तिमीहरूलाई गाह्रो हुँदैन! अन्त्यमा, म आशा गर्छु कि तिमीहरू सबैले आफ्नै गन्तव्यको खातिर गम्भीर प्रयास लगाउँछौ, यद्यपि तिमीहरूले आफ्नो प्रयासमा छलपूर्ण तरिकाहरूको प्रयोग नगरेकै राम्रो हुन्छ, नत्र भने मेरो हृदयमा म तिमीहरूसित निरन्तर दुःखी हुनेछु। अनि त्यस्तो निराशाले केमा लैजान्छ? के तिमीहरू आफैलाई मूर्ख बनाइरहेका छैनौ? जसले आफ्नो गन्तव्यको निम्ति विचार राखेर पनि त्यसलाई नष्ट गर्छ तिनीहरू मुक्ति पाउन सक्नेहरूमा सबैभन्दा पछाडि पर्दछन्। यदि तिमीहरू चिढिन्छौ र क्रोधित हुन्छौ भने पनि त्यस्तो व्यक्तिलाई कसले दया देखाउँथ्यो र? निष्कर्षमा, म चाहना गर्छु कि तिमीहरूले एउटा गन्तव्य पाएका होऊ जुन सुहाउँदो र असल दुवै भएको होस् अनि त्यसभन्दा बढी, तिमीहरूमध्ये कोही पनि महाविपत्तीमा पर्न नपरोस् भनी म आशा गर्दछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। गन्तव्यको सम्‍बन्धमा

अघिल्लो: मानवजातिको भ्रष्टता उजागर गर्नु

अर्को: मानवजातिको भ्रष्टता उजागर गर्नु (२)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्