मानवजातिको भ्रष्टता उजागर गर्नु (२)

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३३६

तँ परमेश्‍वरको देहधारणलाई स्वीकार गर्ने, र देहमा वचनको देखापराइलाई स्वीकार गर्ने भन्छस्, तर तँ उहाँको पिठ्युँ पछाडि निश्चित कामकुरा गर्छस्, उहाँको मागविपरीतका कामकुरा गर्छस्, र हृदयमा तँ उहाँदेखि डराउँदैनस्। के यो परमेश्‍वरलाई स्वीकार गर्नु हो? तँ उहाँले भन्‍नुभएको कुरालाई स्वीकार गर्छस्, तर तँ आफूले सक्ने कुरा अभ्यास गर्दैनस्, न त तँ उहाँको वचन नै पालन गर्छस्। के यो परमेश्‍वरलाई स्वीकार गर्नु हो? अनि तैँले उहाँलाई स्वीकार गरे पनि, तँ उहाँप्रति सतर्कताको हृदय बोक्छस्, डरको हृदय कहिल्यै बोक्दैनस्। यदि तैँले उहाँको काम देखेको र स्वीकार गरेको छस् र तँ यो व्यक्ति परमेश्‍वर हुनुहुन्छ भनी जान्दछस्, तैपनि तँ उदासीन र पूर्ण रूपमा अपरिवर्तित रहन्छस् भने, तँ त्यस प्रकारको व्यक्ति होस् जो अझै विजय गरिएको छैन। विजय गरिएकाहरूले आफूले सक्ने सबै गर्नुपर्छ, र तिनीहरू उच्च सत्यताहरूमा प्रवेश गर्न सक्षम नभए पनि, र यी सत्यताहरू तिनीहरूको क्षमताभन्दा बाहिरका भए पनि, त्यस्ता मानिसहरू हृदयमा यो कुरा हासिल गर्न इच्छुक हुन्छन्। तिनीहरूले बुझ्न सक्ने कुराको सीमितता हुने हुनाले नै तिनीहरूले अभ्यास गर्न सक्ने कुराका दायरा र सीमितताहरू हुन्छन्। तर, कम्तीमा पनि, तिनीहरूले आफूले सकेजति सबै गर्नैपर्छ। यदि तैँले त्यो कुरा हासिल गर्न सक्छस् भने, यो विजयको कामको कारणले साकार भएको परिणाम हो। मानौँ तँ यसो भन्छस्, “उहाँले मानिसले नसक्ने यति धेरै वचनहरू बोल्न सक्नुहुने हुनाले, यदि उहाँ परमेश्‍वर हुनुहुन्न भने, को हो त?” यस प्रकारको बुझाइ हुनुको अर्थ तँ परमेश्‍वरलाई स्वीकार गर्छस् भन्‍ने होइन। यदि तँ परमेश्‍वरलाई स्वीकार गर्छस् भने, तैँले यसलाई आफ्ना वास्तविक कार्यहरूमार्फत प्रदर्शन गर्नुपर्छ। यदि तँ मण्डलीको अगुवाइ गर्छस्, तैपनि धार्मिकताको अभ्यास गर्दैनस्, यदि तँ पैसा र धनको लालसा गर्छस्, र सधैँ मण्डलीको कोष आफ्नै खल्तीमा हाल्छस् भने, के यो परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्नु हो? परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ, र उहाँ डर मान्‍न योग्य हुनुहुन्छ। यदि तँ साँच्चै परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्छस् भने तँ कसरी नडराई बस्न सक्छस्? यदि तँ यस्ता घृणास्पद कार्यहरू गर्न सक्षम छस् भने, के तँ साँच्चै उहाँलाई स्वीकार गर्छस्? के तँ परमेश्‍वरमा नै विश्‍वास गर्छस्? तँ त एक अस्पष्ट परमेश्‍वरमा विश्वास गर्छस्; त्यसैकारण तँ डराउँदैनस्! जो परमेश्‍वरलाई साँच्चै स्वीकार गर्छन् र चिन्छन् तिनीहरू सबै उहाँदेखि डराउँछन् र उहाँको विरोध गर्ने वा आफ्नो विवेकको उल्लङ्घन हुने कुनै पनि काम गर्ने आँट गर्दैनन्; तिनीहरू परमेश्‍वरका अभिप्रायहरूको विरुद्धमा भएको भनी आफूलाई थाहा भएको कुनै पनि काम गर्न अत्यन्तै डराउँछन्। यसलाई मात्र परमेश्‍वरको अस्तित्वलाई स्वीकार गरेको मान्‍न सकिन्छ। तेरा आमाबुबाले तँलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक्ने प्रयास गर्दा तैँले के गर्नुपर्छ? तेरो गैरविश्‍वासी श्रीमान्‌ले तँलाई राम्रो व्यवहार गर्दा तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? अनि दाजुभाइ-दिदीबहिनीहरूले तँलाई घृणा गर्दा तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? यदि तँ उहाँलाई स्वीकार गर्छस् भने, यी मामिलाहरूमा तैँले उचित रूपमा काम गर्नेछस् र वास्तविकता जिउनेछस्। यदि तँ ठोस कार्यहरू गर्न असफल हुन्छस् तर परमेश्‍वरको अस्तित्वलाई स्वीकार गर्छु भनेर मात्रै भन्छस् भने, तँ मुखले मात्र ठिक्क पार्ने व्यक्ति होस्! तँ उहाँमा विश्‍वास गर्छु र उहाँलाई स्वीकार गर्छु भनेर भन्छस्, तर तँ उहाँलाई कुन तरिकाले स्वीकार गर्छस्? तँ उहाँमा कुन तरिकाले विश्‍वास गर्छस्? के तँ हृदयमा उहाँदेखि डराउँछस्? के तँ उहाँको डर मान्छस्? के तेरो हृदयको गहिराइमा उहाँप्रति प्रेम छ? तँ व्याकुल हुँदा र तँलाई आड दिने कोही नहुँदा, तैँले परमेश्‍वरको प्रेमिलोपन महसुस गर्छस्, तर त्यसपछि तैँले त्यो सबै कुरा बिर्सन्छस्। त्यो परमेश्‍वरलाई प्रेम गर्नु होइन, न त त्यो परमेश्‍वरमा विश्‍वास गर्नु नै हो! अन्त्यमा, परमेश्‍वर मानिसले के हासिल गरोस् भन्‍ने चाहनुहुन्छ? मैले उल्लेख गरेका सबै स्थिति, जस्तै तेरो आफ्नै महत्त्वबाट धेरै प्रभावित भएको अनुभूति गर्नु, तँ चाँडै कुरा बुझ्छस् भन्‍ने अनुभूति गर्नु, अरूलाई बन्धनमा पार्नु, अरूलाई हेला गर्नु, मानिसहरूलाई तिनीहरूको रूप हेरेर मूल्याङ्कन गर्नु, निरीह मानिसहरूलाई धम्काउनु, मण्डलीको पैसाको लालसा गर्नु, आदि—जब यी सबै शैतानी भ्रष्ट स्वभावहरू तँबाट आंशिक रूपमा हटाइन्छन्, तब मात्र तेरो विजय प्रकट गरिनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (४)

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३३७

मैले तिमीहरूको बीचमा यस्तो प्रकारले काम गरेको छु र बोलेको छु, मैले धेरै ऊर्जा र कोसिस खर्च गरेको छु, तापनि मैले तिमीहरूलाई स्पष्ट रूपमा भनेको कुरा के तिमीहरूले कहिले सुनेका छौ? तिमीहरू म, सर्वशक्तिमान्‌को अघि कहाँ निहुरिएको छौ? तिमीहरू मसित किन यस्तो व्यवहार गर्छौ? तिमीहरूले भनेका सबै कुराहरूले किन मेरो रिस जगाउँछ? तिमीहरूका हृदय किन यति कठोर छ? के मैले कहिल्यै तिमीहरूलाई प्रहार गरेर ढालेको छु? तिमीहरू किन केही गर्दैनौ, तर मलाई दुःखी र चिन्तित मात्र बनाउँछौ? के तिमीहरू म, यहोवाको क्रोधको दिन तिमीहरूमाथि आओस् भनी पर्खिरहेका छौ? के म तिमीहरूको विद्रोहीपनले उत्पन्न गरेको मेरो क्रोध पठाऊँ भनी पर्खिरहेका छौ? के मैले गर्ने सबै काम तिमीहरूका निम्ति होइन र? तापनि म, यहोवासित तिमीहरूले यस्तो व्यवहार गरेका छौ: मेरा बलिहरू चोरेका छौ, मेरो वेदीका भेटीहरू घरमा लगेर ब्वाँसोको गुफामा त्यसका बच्चाहरूलाई र ती बच्चाहरूका पनि बच्चाहरूलाई खुवाउन लैजान्छौ; मानिसहरू एक-अर्कोको विरुद्धमा लड्छन्, एक-अर्कासित क्रोधको नजरले, तरबारहरू र भालाहरूले सामना गर्छन्, म, सर्वशक्तिमान्‌का वचनहरूलाई मलजस्तै फोहोर बनाउन शौचालयमा फाल्छन्। तिमीहरूको इमानदारीता कहाँ छ? तिमी मानवजाति जनावरजस्तो भएका छौ! तिमीहरूका हृदय ढुङ्गामा परिणत भएको धेरै भइसकेको छ। के तिमीहरूलाई थाहा छैन, जब मेरो क्रोधको दिन आउनेछ, त्यो दिन तिमीहरूले आज म, सर्वशक्तिमान्‌को विरुद्धमा गरेका खराबीको न्याय गर्नेछु? के तिमीहरू मलाई यसरी मूर्ख बनाएर, मेरा वचनहरू हिलोमा फालेर अनि ती नसुनेर, मेरो पिठिउँ पछाडि यस्तो काम गरेर मेरो क्रोधको नजरबाट उम्कन सक्छौ भनी सोच्छौ? तिमीहरूले मेरा बलिहरू चोरी गर्दा र मेरा सम्पत्तिहरूको लालच गर्दा म, यहोवाका आँखाहरूले अघिबाटै तिमीहरूलाई देखिसकेका थिए भन्‍ने के तिमीहरू जान्दैनौ? जब तिमीहरूले मेरा बलिहरू चोरी गऱ्यौ त्यो तिमीहरूले त्यस वेदीको सामु गऱ्यौ जहाँ बलिहरू चढाइन्छन् भन्‍ने के तिमीहरू जान्दैनौ? तिमीहरू आफैलाई कसरी यति चतुर मान्न सक्छौ र मलाई यसरी धोका दिन कसरी सक्छौ? तिमीहरूका जघन्य पापहरूबाट मेरो क्रोध कसरी हट्न सक्छ? मेरो दन्किरहेको रिसले तिमीहरूले गरिरहेका दुष्कर्महरूलाई कसरी छोड्न सक्छ? तिमीहरूले आज गरेका खराब कामले तिमीहरूका निम्ति उम्कने बाटो बनाउँदैन, तर तिमीहरूका लागि भोलिका निम्ति सजाय थुपार्दछ; यसले तिमीहरूको विरुद्ध म, सर्वशक्तिमान्को सजायलाई उक्साउँछ। तिमीहरूका दुष्कर्महरू अनि दुष्ट शब्दहरू मेरो सजायबाट कसरी उम्कन सक्छौ? तिमीहरूका प्रार्थनाहरू कसरी मेरो कानसम्म पुग्न सक्छन्? म तिमीहरूको अधार्मिकताका निम्ति उम्कने बाटो कसरी खोल्न सक्छु? तिमीहरूले मेरो विरुद्धमा विद्रोह गरी गरेको दुष्कर्मलाई म त्यसै कसरी छोडिदिन सक्छु? म तिमीहरूको सर्पको जस्तो विषालु जिब्रो नकाट्न कसरी सक्छु र? तिमीहरू आफ्नो धार्मिकताका निम्ति मलाई पुकार्दैनौ, तर तिमीहरूका अधार्मिकताको फलस्वरूप तिमीहरू मेरो क्रोध थुपार्छौ। म तिमीहरूलाई कसरी क्षमा गर्न सक्थें र? म, सर्वशक्तिमान्‌को आँखामा तिमीहरूका बोलीवचन र कार्यहरू फोहोर छन्। म सर्वशक्तिमान्‌का आँखाले तिमीहरूको अधार्मिकतालाई अन्त्यहीन सजायका रूपमा देख्दछ। मेरो धर्मी सजाय र न्याय तिमीहरूदेखि कसरी अलग हुन सक्छ र? तिमीहरूले मसँग यसो गरेर मलाई दुःखी र क्रोधित बनाएको हुनाले तिमीहरूलाई मेरो हातबाट कसरी उम्केर जान दिनु र म यहोवाले तिमीहरूलाई सजाय र सराप दिने दिनबाट अलग गर्न सक्छु? के तिमीहरूलाई थाहा छैन, तिमीहरूका सबै दुष्ट कुराहरू र बोली मेरा कानहरूमा पुगिसकेका छन्? के तिमीहरूका अधार्मिकताले अघिबाटै मेरो धार्मिकताको वस्त्रलाई फोहोर पारिसकेको छ भन्‍ने तिमीहरू जान्दैनौ? के तिमीहरूको विद्रोहीपनले अघिबाटै मेरो प्रचण्ड रिस जगाइसकेको छ भन्‍ने तिमीहरू जान्दैनौ? के तिमीहरूले लामो समयदेखि मलाई उत्तेजित बनाएर छोडेका छौ र लामो समयदेखि मेरो धैर्यको जाँच गरेका छौ भन्‍ने तिमीहरू जान्दैनौ? के तिमीहरूले म रहेको देहलाई थाङ्नाजस्तो बनाएर अघिबाटै मेरो क्षति गरिसकेका छौ भन्‍ने तिमीहरू जान्दैनौ? मैले अहिलेसम्म सहेको छु, म मेरो रिस प्रकट गर्छु, उप्रान्त तिमीहरूप्रति सहनशील हुन छोडिदिन्छु। के तिमीहरूका दुष्कर्म अघिबाटै मेरो आँखामा पुगेको छ, मेरा पुकारहरू अघिबाटै मेरा पिताका कानहरूमा पुगेका छन् भन्‍ने तिमीहरू जान्दैनौ? कसरी उहाँले तिमीहरूलाई मसँग यस्तो व्यवहार गर्न दिन सक्नुहुन्छ? के मैले तिमीहरूभित्र गर्ने कुनै पनि काम तिमीहरूका खातिर होइन र? तापनि तिमीहरूमध्ये को म, यहोवाको कामलाई धेरै प्रेम गर्ने भएका छौ? म कमजोर भएकोले, र मैले भोगेका वेदनाहरूको कारण के म पिताको इच्छाप्रति अविश्‍वासी हुन सक्छु? के तिमीहरू मेरो हृदयलाई बुझ्दैनौ? म तिमीहरूसँग यहोवा बोल्नुभएझैँ के मैले तिमीहरूका निम्ति धेरै कुरा समर्पित गरेको छैन र? म आफ्ना पिताको कामको खातिर यो सब दुःख भोग्न तयार भए पनि मेरो दुःखको परिणाम स्वरूप मैले तिमीहरूमाथि ल्याउने सजायबाट तिमीहरू कसरी छुट्न सक्छौ? के तिमीहरूले मबाट धेरै आनन्द पाएका छैनौ र? आज, मेरा पिताले मलाई तिमीहरूका निम्ति दिनुभएको छ; के तिमीहरूले मेरा उदार वचनहरूभन्दा धेरै कुराहरू उपभोग गरेका छैनौं र? के मेरो जीवन तिमीहरूका जीवन र तिमीहरू रमाउने कुराहरूका निम्ति साटिएको थियो भन्‍ने तिमीहरू जान्दैनौ? के मेरा पिताले शैतानसँग लड्न मेरो जीवनको प्रयोग गर्नुभयो, र तिमीहरूलाई सयौं गुणा प्राप्त गर्ने तुल्याउन साथै धेरै वटा परीक्षाहरूबाट बचाउनका निम्ति शैतानसँग लड्न उहाँले तिमीहरूलाई मेरो जीवन दिनुभयो भन्‍ने तिमीहरू जान्दैनौ? के मेरो कामद्वारा मात्र तिमीहरूले धेरै वटा परीक्षाहरू र धेरै वटा अग्‍निमय सजायहरूबाट छुटकारा पाएका छौ भन्‍ने तिमीहरू जान्दैनौ र? के मेरो कारणले गर्दा मात्र मेरा पिताले अहिलेसम्म तिमीहरूलाई आनन्द लिने अनुमति दिनुभएको छ भन्‍ने तिमीहरू जान्दैनौ? तिमीहरूका हृदयमा कठोरता बढेको जस्तो आज तिमीहरू कसरी यति कठोर र हठी हुन सक्छौ? तिमीहरूले आज गरिरहेको दुष्टता, म पृथ्वीबाट गएपछि सुरु हुने त्यो क्रोधको दिनबाट कसरी बच्न सक्छ? जुन व्यक्तिहरू अति कठोर र हठी छन् तिनीहरूलाई म, यहोवाको क्रोधबाट उम्कने अनुमति कसरी दिन सक्छु?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहको कोही पनि रिसको दिनबाट उम्कन सक्दैन

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३३८

विगतको बारेमा विचार गर: तिमीहरूप्रति मेरो हेराइ कहिले क्रोधित अनि मेरो आवाज कहिले कठोर भएको छ? मैले कहिले तिमीहरूसँग ससाना कुराहरूमा कचकच गरेको थिएँ? मैले कहिले तिमीहरूलाई अनुचित प्रकारले हप्काएको छु? मैले कहिले तिमीहरूलाई तिमीहरूको मुखैमा हप्काएको छु? मेरा पिताले तिमीहरूलाई हरेक परीक्षाबाट बचाऊन् भनी मैले गरेको पुकारा के मेरै कामको निम्ति होइन र? तिमीहरू मसँग किन यस्तो व्यवहार गर्छौ? के मैले कहिल्यै तिमीहरूको देहमा प्रहार गर्न मेरो अधिकार प्रयोग गरेको छु? तिमीहरू किन त्यसरी मसँग बदला लिन्छौ? मतर्फ तातो र चिसो उडाएपछि तिमीहरू न त तातो न चिसो हुन्छौ, र त्यसपछि तिमीहरू मलाई झुक्याउन खोज्छौ र मबाट कुराहरू लुकाउने कोसिस गर्छौ र तिमीहरूका मुख अधार्मिकताका थुकले भरिएका हुन्छन्। के तिमीहरूका जिब्रोले मेरो आत्मालाई छल्न सक्छ भन्‍ने तिमीहरू सोच्छौ? के तिमीहरूका जिब्रो मेरो क्रोधबाट उम्कन सक्छ भन्‍ने सोच्छौ? के तिमीहरूका जिब्रोहरूले यसले चाहे अनुसार, म, यहोवाका कामहरूको न्याय गर्न सक्छ भनी सोच्छौ? के म मानिसहरूले न्याय गर्ने परमेश्‍वर हो? के म एउटा सानो भुसुनोलाई त्यसरी मेरो निन्दा गर्ने अनुमति दिन सक्छु? त्यस्ता विद्रोहका छोराहरूलाई म कसरी अनन्त आशिषहरूको माझमा राख्न सक्छु? तिमीहरूका शब्दहरू र व्यवहारहरूलाई धेरै अघि खुलस्त गरिएका छन् र त्यसले तिमीहरूलाई दोषी ठहराएको छ। जब मैले आकाश फिँजाएँ र सबै थोकहरू सृष्टि गरें, त्यसबेला मैले सृष्टि गरिएको कुनै पनि प्राणीलाई तिनीहरूका इच्छाअनुसार सहभागी हुन दिइनँ, मैले कुनै पनि कुरालाई तिनीहरूका इच्छाअनुसार मेरो काम र व्यवस्थापनमा बाधा पुऱ्याउन दिनु त परै जाओस्। मैले कुनै मानिस वा वस्तुलाई सहन गरिनँ; मप्रति क्रूर र अमानवीय हुनेहरूलाई झन् म कसरी सहन सक्छु? मेरो वचनलआई धोका दिनेहरूलाई म कसरी क्षमा गर्न सक्छु? मेरो विरुद्ध विद्रोह गर्नेहरूलाई म कसरी छोड्न सक्छु? के मानिसको भाग्य म, सर्वशक्तिमान्‌को हातमा छैन र? म तिमीहरूको अधार्मिकता र विद्रोहीपनलाई कसरी पवित्र मान्न सक्छु? तिमीहरूका पापहरूले मेरो पवित्रतालाई कसरी अशुद्ध पार्न सक्छ? म अधार्मिकताको अशुद्धताद्वारा अपवित्र भएको छैनँ, न त म अधार्मिकताका भेटीहरूमा नै आनन्दित हुन्छु। यदि तिमीहरू म, यहोवाप्रति बफादार हुन्थ्यौ भने मेरो वेदीमा भएका बलिहरू तिमीहरू आफ्नै निम्ति लिन सक्थ्यौ र? के तिमीहरू आफ्नो विषालु जिब्रो मेरो पवित्र नाउँको निन्दा गर्न प्रयोग गर्न सक्थ्यौ? के तिमीहरूले यसरी मेरो वचनलाई धोका दिन सक्थ्यौ? के तिमीहरू मेरो महिमा र पवित्र नाउँलाई साधन बनाएर दुष्ट शैतानको सेवा गर्न सक्थ्यौ? मेरो जीवन पवित्र जनहरूलाई आनन्द उठाउनका निम्ति उपलब्ध गराइएको छ। म तिमीहरूले चाहेअनुसार मेरो जीवनसित खेल्ने र त्यसलाई तिमीहरूको झगडामा एउटा साधनको रूपमा प्रयोग गर्ने अनुमति तिमीहरूलाई कसरी दिन सक्छु? तिमीहरू भलाइको मार्गमा र मप्रतिको व्यवहारमा त्यस्तो हृदय विहीन र अभावग्रस्त कसरी हुन सक्छौ? मैले अघिबाटै तिमीहरूका दुष्कर्महरू जीवनका यी वचनहरूमा लेखिसकेको छु भनी के तिमीहरू जान्दैनौ? मैले मिश्रलाई सजाय दिँदा तिमीहरू क्रोधको दिनबाट कसरी उम्कन सक्छौ? म कसरी तिमीहरूलाई यसरी घरीघरी मेरो विरोध गर्ने र मेरो विरुद्धमा विद्रोह गर्ने अनुमति दिन सक्छु? म तिमीहरूलाई स्पष्ट भन्दछु, जब त्यो दिन आउँछ, तिमीहरूको सजाय मिश्रको भन्दा बढ्ता असहनीय हुनेछ! तिमीहरू मेरो क्रोधको दिनबाट कसरी उम्कन सक्छौ? म तिमीहरूलाई साँचो भन्दछु: मेरो सहनशीलता तिमीहरूका दुष्कर्महरूका निम्ति तयार गरिएको थियो, र त्यस दिन तिमीहरूलाई सजाय दिनका निम्ति अस्तित्वमा रहेको छ। म आफ्नो सहनशीलताको अन्त्यमा पुगेपछि त्यो क्रोधपूर्ण दण्ड सहने मानिसहरू के तिमीहरू नै होइनौ र? के सबै कुरा म, सर्वशक्तिमान्‌को हातमा छैनन् र? म कसरी स्वर्गहरूमुनि तिमीहरूलाई त्यसरी मेरो विरुद्धमा विद्रोह गर्ने अनुमति दिन सक्छु? तिमीहरूका जीवन धेरै कठिन हुनेछ, किनकि तिमीहरूले मसीहलाई भेटेका छौ, जसको बारेमा उहाँ आउनुहुन्छ भनिएको थियो, तापनि जो कहिल्यै आउनुभएन। के तिमीहरू उहाँका शत्रुहरू होइनौ? येशू तिमीहरूका मित्र बन्नुभएको छ, तापनि तिमीहरू मसीहका शत्रुहरू हौ। के तिमीहरू येशूका मित्रहरू भए पनि तिमीहरूका दुष्कर्महरूले तिनीहरूका भाँडाहरू भरेका छन्, जो घृणित छन् भन्‍ने तिमीहरू जान्दैनौ? तिमीहरू यहोवाको धेरै नजिक भए पनि के तिमीहरूका खराब शब्दहरू यहोवाको कानमा पुगेका छन् र तिनले उहाँको क्रोध जगाएको छ भन्‍ने तिमीहरू जान्दैनौ? उहाँ कसरी तिमीहरूको नजिक हुन सक्नुहुन्छ, र उहाँले दुष्कर्महरूले भरिएका तिमीहरूका ती भाँडाहरू किन जलाउन सक्नुहुन्न? उहाँ तिमीहरूका शत्रु किन बन्न सक्नुहुन्न?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहको कोही पनि रिसको दिनबाट उम्कन सक्दैन

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३३९

अब म चापलुसी गरेर मलाई फुस्ल्याउन प्रयास गर्ने तेरो भोगविलासी देहलाई हेरिरहेको छु, र तँलाई मेरो सानो चेतावनी मात्रै छ, तर म तँलाई सजायको “सेवा” दिनेछैन। मेरो काममा तँ कस्तो भूमिका खेल्छस् भनेर तैँले जान्नुपर्छ, र त्यसपछि म सन्तुष्ट हुनेछु। यसबाहेकका मामिलाहरूमा, यदि तँ मेरो प्रतिरोध गर्छस् वा मेरो पैसा खर्च गर्छस्, वा म यहोवाका लागि चढाइएका बलिहरू खान्छस्, वा यदि तिमी औँसाहरू एकअर्कालाई टोक्छौ, वा यदि तिमी कुकुरजस्ता प्राणीहरू द्वन्द्व गर्छौ वा एकअर्कालाई हिंसा गर्छौ भने—मलाई त्यो कुनै कुराको चासो छैन। तिमीहरूले तिमीहरू कस्ता प्रकारका चीज हौ भनेर मात्रै जान्नुपर्छ, र म सन्तुष्ट हुनेछु। यो सब कुराबाहेक, यदि तिमीहरू एकअर्कामाथि हतियार उठाउन वा एकअर्कासँग शब्दहरूले युद्ध गर्न चाहन्छौ भने, ठिकै छ; मलाई त्यस्ता कुराहरूमा हस्तक्षेप गर्ने कुनै चाहना छैन, र मानव मामिलाहरूको मसँग बिलकुलै सम्बन्ध छैन। मैले तिमीहरूबीचको द्वन्द्वबारे चासो नराख्ने भएकाले होइन, तर म तिमीहरूमध्ये एक नभएकाले, म तिमीहरूबीचका मामिलाहरूमा सहभागी हुँदिनँ। म स्वयम्‌ कुनै सृजित प्राणी होइनँ र म संसारको होइनँ, त्यसैले म मानिसहरूको व्यस्त जीवन र तिनीहरूबीचको अस्तव्यस्त, अनुचित सम्बन्धहरूलाई घृणा गर्छु। म विशेष गरी कोलाहल भीडहरूलाई घृणा गर्छु। तर, मलाई प्रत्येक सृजित प्राणीको हृदयमा भएका अशुद्धताहरूको गहिरो ज्ञान छ, र मैले तिमीहरूलाई सृष्टि गर्नुभन्दा पहिले, मानव हृदयको गहिराइमा रहेको अधार्मिकताका बारेमा मलाई थाहा थियो, र मलाई मानव हृदयमा भएका सबै छलीपन र कुटिलपन थाहा थियो। त्यसकारण, मानिसहरूले अधर्मी कामकुराहरू गर्दा तिनको कुनै नामोनिसान नभए पनि, तिमीहरूको हृदयमा रहेको अधार्मिकता मैले सृष्टि गरेका सबै कुराको प्रशस्तीभन्दा बढी छ भन्ने चाहिँ मलाई थाहा छ। तिमीहरूमध्ये हरेक भीडहरूभन्दा माथि उठेर शिखरमा पुगेको छ; तिमीहरू जनसमुदायका पुर्खाहरू हुन उन्नति गरेका छौ। तिमीहरू अत्यन्तै स्वेच्छाचारी छौ, र तिमीहरू सजिलो ठाउँ खोज्दै र आफूभन्दा साना औँसाहरूलाई खाने स्वैरकल्पना गर्दै सबै औँसाको बीचमा उन्मत्त रूपमा दगुर्छौ। तिमीहरू आफ्नो हृदयमा दुर्भावपूर्ण र छली छौ, र समुद्रको फेदमा डुबेका भूतहरूलाई उछिन्छौ। तिमीहरू गोबरको फेदमा बस्छौ अनि, माथिदेखि तलसम्मका औँसाहरूमा अशान्ति छाएर ती एक छिनका लागि एक अर्कासँग झगडा गरेर शान्त नभइञ्जेल तिनलाई बाधा दिन्छौ। तिमीहरूलाई आफ्नो ठाउँ थाहा छैन, तैपनि तिमीहरू एक-अर्कासँग गोबरमा लडाइँ गर्छौ। त्यस्तो सङ्घर्षबाट तिमीहरू के प्राप्त गर्न सक्छौ? यदि तिमीहरूमा साँच्चै मेरो डर मान्ने हृदय भएको भए, तिमीहरू मेरो पिठिउँपछाडि कसरी एक-अर्कासँग होडबाजी गर्न सक्थ्यौ? तेरो हैसियत जति नै उच्‍च भए पनि, के तँ अझै पनि गोबरमा भएको गनाउने सानो किरा होइनस् र? के तँ पखेटा पलाउन र आकाशमा उड्ने ढुकुर बन्न सक्नेछस्? तिमी गनाउने साना किराहरू म यहोवाको वेदीबाट भेटीहरू चोर्छौ; त्यसो गर्दा, के तिमीहरू आफ्नो बर्बाद, नष्ट भएको प्रतिष्ठालाई बचाउन र इस्राएलका चुनिएका मानिस बन्न सक्छौ? तिमीहरू निर्लज्ज नीच मानिस हौ! वेदीमा भएका ती बलिहरू मानिसहरूद्वारा, मलाई चढाइएका, मेरो डर मान्नेहरूबाट स्नेहको चिनोका रूपमा थिए। ती मैले नियन्त्रण र प्रयोग गर्नका लागि हुन्, त्यसैले मानिसहरूले मलाई दिएका साना ढुकुरहरू तैँले सम्भवतः मबाट कसरी लुट्न सक्छस्? के तँ यहूदा बन्न डराउँदैनस्? के तँलाई तेरो जमिन रगतको मैदान बन्ला भनेर डर लाग्दैन? ए निर्लज्ज वस्तु! के तँलाई मानिसहरूले चढाएका ढुकुरहरू तँ औँसाको पेट भर्नका लागि हुन् भन्ने लाग्छ? मैले तँलाई जे दिएको छु त्यो म तँलाई दिन सन्तुष्ट र इच्छुक भएको कुरा हो; मैले तँलाई नदिएको कुरा मेरो अधिकारमा नै हुनुपर्छ। तैँले त्यतिकै मेरा भेटीहरू चोर्न पाउँदैनस्। काम गर्ने व्यक्ति म, यहोवा—सृष्टिकर्ता—हुँ, र मानिसहरू मेरै कारणले बलिहरू चढाउँछन्। के तँ यो तैँले गर्ने सबै दौडधुपको भरपाई हो भन्ठान्छस्? तँ साँच्चै निर्लज्ज छस्! तँ कसका लागि दौडधुप गर्छस्? के यो तेरै लागि होइन र? तँ किन मेरा बलिहरू चोर्छस्? तँ किन मेरो पैसाको थैलोबाट पैसा चोर्छस्? के तँ यहूदा इस्करियोतीको छोरो होइनस् र? म यहोवालाई चढाइएका बलिहरू धर्मगुरुहरूले उपभोग गर्नुपर्छ। के तँ धर्मगुरु होस्? तँ दम्भका साथ मेरा बलिहरू खाने, र तिनलाई टेबलमा पस्कनेसमेत आँट गर्छस्; तँ कुनै मूल्यको छैनस्! तँ मूल्यहीन नीच व्यक्ति! मेरो आगो, यहोवाको आगोले तँलाई भस्म पार्नेछ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जब झर्ने पातहरू तिनको जराहरूमा फर्कन्छन्, आफूले गरेका सबै दुष्ट कामका निम्ति तैँले पछुतो गर्नेछस्

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३४०

तिमीहरूको विश्‍वास अत्यन्तै सुन्दर छ; तिमीहरू मेरो कामको खातिर आफ्नो सम्पूर्ण जीवनकाल समर्पित गर्न र यसको खातिर आफ्नो जीवन बलिदान गर्न इच्छुक छौ भनेर भन्छौ, तर तिमीहरूका स्वभावचाहिँ त्यति धेरै बदलिएको छैन। तिमीहरूको वास्तविक व्यवहार एकदमै नीच छ, तैपनि तिमीहरू केवल अहङ्कारका साथ बोल्छौ। यो त मानिसहरूको जिब्रो र ओठहरू स्वर्गमा भएको तर पाउहरूचाहिँ धर्तीमा रहेको जस्तो भयो, जसको फलस्वरूप तिनीहरूका बोलीवचन र कर्महरू अनि तिनीहरूको मानमर्यादा अझै पनि खण्डहर र बरबादीमै छन्। तिमीहरूको प्रतिष्ठा नाश भएको छ, तिमीहरूको तौरतरिका नीच छ, तिमीहरूको बोल्ने शैली तुच्छ छ र तिमीहरूको जीवन घृणास्पद छ; तिमीहरूको सम्पूर्ण मानवतासमेत तुच्छताको तल्लो बिन्दुमा डुबेको छ। तिमीहरू अन्य व्यक्तिहरूप्रति सङ्कीर्ण छौ र तिमीहरू हर तुच्छ कुरामा बखेडा झिक्छौ। तिमीहरू आफ्नै मानमर्यादा र हैसियतको विषयलाई लिएर यति हदसम्म झगडा गर्छौ कि तिमीहरू नर्क र अग्‍निकुण्डमा जाकिन पनि इच्छुक हुन्छौ। तिमीहरू पापी छौ भनी निर्क्योल गर्नको लागि मलाई तिमीहरूका वर्तमान बोलीवचन र कर्महरू नै काफी छन्। मलाई तिमीहरू अधर्मीहरू हौ भनी निर्क्योल गर्नको लागि मेरो कामप्रतिको तिमीहरूका मनोवृत्ति नै काफी छन् र तिमीहरू सबै द्वेषले भरिपूर्ण फोहोरी प्राणहरू हौ भनी देखाउनको लागि तिमीहरूका सारा स्वभावहरू नै काफी छन्। तिमीहरू अशुद्ध आत्माहरूको रगत अघाउन्जेल पिएका व्यक्तिहरू हौ भनी भन्‍नको लागि मलाई तिमीहरूको प्रकटीकरण र तिमीहरूले देखाउने कुराहरू नै पर्याप्त छन्। जब राज्यमा प्रवेश गर्ने कुरा गरिन्छ, तब तिमीहरूले आफ्ना भावनाहरू प्रकट गर्दैनौ। के तिमीहरू स्वर्गको मेरो राज्यको प्रवेशद्वारबाट छिर्नको लागि अहिले तिमीहरू जे-जस्तो छौ त्यो नै काफी छ भनेर विश्‍वास गर्छौ? के तिमीहरू मैले तिमीहरूका बोलीवचन र कर्महरूलाई पहिले जाँच नगरीकनै मेरो काम र वचनहरूको पवित्रस्थलमा तिमीहरूले प्रवेश प्राप्त गर्न सक्छौ भनी विश्‍वास गर्छौ? कसले मेरो आँखामा पर्दा टाङ्न सक्छ? तिमीहरूका घृणास्पद, तुच्छ व्यवहार र कुराकानीहरू मेरो नजरबाट कसरी बच्न सक्छन्? मैले तिमीहरूका जीवनलाई ती अशुद्ध आत्माहरूका रगत र मासु खाने जीवन भनी निर्धारण गरेको छु किनभने तिमीहरूले हरेक दिन मेरो अगाडि तिनीहरूको नक्‍कल गर्छौ। मेरो अगाडि, तिमीहरूको व्यवहार विशेष रूपमै खराब रहेको छ, अनि मैले तिमीहरूलाई कसरी घिनलाग्दो पाउँदिनथेँ र? तिमीहरूका शब्दहरूमा अशुद्ध आत्माहरूका अशुद्धताहरू छन्: तिमीहरू जादूगरी गर्नेहरू र छलकपट गर्ने अनि अधर्मीहरूको रगत पिउनेहरूले जस्तै चापलुसी गर्छौ, कुरा लुकाउँछौ र झूटो तारिफ गर्छौ। मानिसका सबै अभिव्यक्तिहरू अधर्मी छन्, अनि कसरी धर्मीहरू रहेको पवित्रस्थलमा सबै मानिसहरूलाई राख्‍न सकिन्छ? के तँ तेरा घिनलाग्दा व्यवहारहरूले तँलाई ती अधर्मीहरूको तुलनामा पवित्र भनी छुट्याउँछ भनी सोच्छस्? आखिरमा तेरो सर्पजस्तो जिब्रोले विनाश र द्वेष मच्‍चाउने तेरो देहलाई बरबाद पार्नेछ र अशुद्ध आत्माका रगतमा लतपत तेरा हातहरूले पनि आखिरमा तेरो आत्मालाई नर्कतिर तानेर लैजानेछन्। अनि किन तैँले फोहोरमा लतपत तेरा हातहरू धुने यो मौकाको फाइदा उठाउँदैनस्? किन तैँले अधर्मी शब्दहरू बोल्ने तेरो जिब्रो काटेर फाल्ने यो अवसरको सदुपयोग गर्दैनस्? के तँ तेरा हातहरू, जिब्रो र ओठहरूको लागि नर्कका ज्वालाहरूमा पीडा भोग्‍न इच्छुक भएकोले यस्तो भएको हो? म हरेक व्यक्तिको हृदयलाई मेरा दुवै आँखाहरू लगाई हेर्छु, किनभने मैले मानवजाति सृजना गर्नुभन्दा धेरैअघि मैले तिनीहरूको हृदयलाई मेरा हातहरूमा लिएको थिएँ। मैले धेरैअघि मानिसहरूको हृदयलाई हेरेको छु, अनि कसरी तिनीहरूको सोच मेरो दृष्टिबाट बच्न सक्छन् र? तिनीहरू मेरो आत्माद्वारा जल्नबाट बच्नलाई कसरी धेरै ढीला भइसकेको नहोला र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरू चरित्रमा अति नै तुच्छ छौ!

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३४१

तेरा ओठहरू ढुकुरहरूभन्दा दयालु छन्, तर तेरो हृदयचाहिँ प्राचीन सर्पभन्दा पनि कुटिल छ। तेरा ओठहरू लेबनानी स्‍त्रीहरूभन्दा पनि सुन्दर छन्, तैपनि तेरो हृदय तिनीहरूको हृदयभन्दा दयालु छैन र कनानीहरूको सौन्दर्यसँग त यसको तुलना हुनै सक्दैन। तेरो हृदय अत्यन्तै छली छ! मैले घृणा गर्ने कुराहरू भनेका अधर्मीहरूका ओठहरू र तिनीहरूका हृदयहरू मात्रै हुन्, अनि मानिसहरूको लागि मेरा आवश्यक मापदण्डहरू मैले सन्तहरूबाट जे अपेक्षा गर्छु त्योभन्दा बिलकुलै उच्‍च छैनन्; यति मात्र हो कि म अधर्मीहरूको दुष्कर्मप्रति घृणा महसुस गर्छु, र म आशा गर्छु, तिनीहरू आफ्नो फोहोरीपन फाल्न र आफ्नो वर्तमान दुर्दशाबाट बच्न सफल होऊन् ताकि तिनीहरू अधर्मीहरूभन्दा अलग र राम्रा देखिन अनि धर्मीहरूसँग पवित्र भई साथै जिउन सकून्। म जस्तो परिस्थितिमा छु, तिमीहरू पनि त्यस्तै परिस्थितिमा छौ, तैपनि तिमीहरू फोहोरमा लतपतिएका छौ; तिमीहरूमा सुरुवातमा सृष्टि गरिएका मानिसहरूको मूल रूप अलिकति पनि छैन। अझ भन्‍ने हो भने, तिमीहरूले हरेक दिन अशुद्ध आत्माहरूको रूपको नक्‍कल गर्दै तिनीहरू जे गर्छन् त्यही गर्ने र तिनीहरू जे भन्छन् त्यही भन्‍ने भएकाले, तिमीहरूका सबै अङ्ग—तिमीहरूको जिब्रो र ओठसमेत—तिनीहरूको फोहोर पानीमा यस हदसम्म भिजेका छन् कि तिमीहरू पूर्ण रूपमा त्यस्ता दागले ढाकिएका छौ, र तिमीहरूको एउटा अङ्ग पनि मेरो कामका लागि प्रयोग गर्न मिल्दैन। यो एकदमै हृदयविदारक छ! तिमीहरू घोडा र चौपायाहरूको यस्तो संसारमा जिउँछौ, तैपनि तिमीहरूले वास्तवमा व्यथित महसुस गर्दैनौ; तिमीहरू खुसीले भरिपूर्ण छौ अनि स्वतन्त्र र सहज रूपले जिउँछौ। तिमीहरू त्यो फोहोर पानीमा यताउता पौडिरहेका छौ, तैपनि तिमीहरू वास्तवमा आफू यस्तो दुर्दशामा खसेको महसुस गर्दैनौ। तिमीहरू हरेक दिन अशुद्ध आत्माहरूसँग समय बिताउँछौ र “मलमूत्र” सँग सम्पर्क गर्छौ, अनि तिमीहरूको जीवन निकै तुच्छ छ; तैपनि तँलाई आफू मानव संसारमा बिलकुलै नजिएको र आफू आफ्नै नियन्त्रणमा नभएको कुरा वास्तवमै थाहा छैन। के तँलाई तेरो जीवन धेरै पहिले नै ती अशुद्ध आत्माहरूद्वारा कुल्चिसकिएको छ, वा तेरो चरित्र धेरै पहिले नै फोहोर पानीद्वारा दूषित भइसकेको छ भन्‍ने थाहा छैन? के तँ आफू सांसारिक स्वर्गमा जिइरहेको, र खुसीयालीमाझ रहेको भन्ठान्छस्? के तँलाई आफू अशुद्ध आत्माहरूको साथमा जीवन जिएको, र तिनीहरूले तेरा लागि तयार गरेका सबै कुरासँग सह-अस्तित्वमा रहेको थाहा छैन? तैँले जिउने शैलीको कसरी कुनै अर्थ हुन सक्थ्यो र? तेरो जीवनको कुनै मूल्य कसरी हुन सक्थ्यो र? तँ तेरा बुबाआमाहरू, अशुद्ध आत्माका बुबाआमाहरूको लागि यताउता दौडधूप गर्दै आएको छस्, तैपनि तँलाई थाहै छैन कि तँलाई फन्दामा पार्ने भनेका ती अशुद्ध आत्माका बुबाआमाहरू नै हुन् जसले तँलाई जन्म दिए र हुर्काए। यसअलावा, तेरा ती सबै फोहोरी कुराहरू वास्तवमा तँलाई तिनीहरूले नै दिएका हुन् भन्‍ने पनि थाहा छैन; तँलाई थाहा भएको एउटै कुरा के हो भने, तिनीहरूले तँलाई “आनन्द” उपलब्ध गराइदिन्छन्, तिनीहरूले तँलाई सजाय दिँदैनन्, तिनीहरूले तेरो न्याय पनि गर्दैनन्, र तिनीहरूले विशेष गरी तँलाई श्राप दिँदैनन्। तिनीहरू कहिल्यै पनि तेरो अघि रिसले चूर भएका छैनन्, बरु तिनीहरूले तँलाई स्‍नेह र दयाको साथ व्यवहार गर्छन्। तिनीहरूका शब्दहरूले तेरो हृदयलाई पोषण दिन्छन् र तँलाई मोहित पार्छन्, जसले गर्दा तँ भ्रमित बनेर तैँले महसुसै नगरी तँ फस्दै जान्छस् र तिनीहरूलाई सेवा दिन इच्छुक बन्छस्, र तिनीहरूको निकास र सेवक बन्छस्। तँसित कुनै गुनासाहरू हुँदैनन्, बरु तँ उनीहरूका लागि कुकुर र घोडाहरूझैं काम गर्न इच्छुक हुन्छस्; तँ तिनीहरूको बहकाउमा पर्छस्। यसकारण, मैले गर्ने कामप्रति तेरो बिलकुल कुनै प्रतिक्रिया हुँदैन। अवश्य नै तँ सधैँ गुप्त रूपले मेरा औँलाहरूको बीचबाट लुसुक्‍क भाग्‍न चाहन्छस् र तैँले मबाट धोकापूर्वक निगाह पाउनको लागि सधैँ मीठामीठा शब्दहरू प्रयोग गर्नु स्वभाविकै हो। पछि थाहा हुँदा, तँसँग पहिले नै अन्य योजना, अन्य बन्दोबस्त हुन्छ। तैँले सर्वशक्तिमान्‌को रूपमा मैले गरेका मेरा कार्यहरूको केही अंश देख्‍न सक्छस्, तर तँलाई मेरो न्याय र सजायको बारेमा अलिकति पनि ज्ञान छैन। तँलाई मेरो सजायको काम कहिले सुरु भयो, केही थाहा छैन; तँलाई कसरी मलाई ठग्‍ने भन्‍ने मात्र थाहा छ—म मानिसको कुनै पनि उल्लङ्घन सहन्‍नँ भन्‍ने तँलाई थाहा छैन। तैँले पहिले नै मलाई सेवा गर्ने संकल्प गरेको हुनाले, म तँलाई जान दिन्‍नँ। म दुष्टतालाई घृणा गर्ने परमेश्‍वर हुँ र म मानवताप्रति ईर्ष्या गर्ने परमेश्‍वर हुँ। तैँले तेरा वचनहरूलाई यसअघि नै वेदीमा चढाइसकेको हुनाले, मेरा आँखाअघिबाट तँ भागेको म सहन्‍नँ, न त म तैँले दुई जना मालिकलाई सेवा गरेको नै सहन्छु। के तँ तेरा वचनहरू मेरो वेदीमा र मेरा आँखैअघि चढाइसकेपछि, तँसँग दोस्रो प्रेम हुन सक्छ भन्‍ने ठान्छस्? कसरी मैले मानिसहरूलाई त्यस प्रकारले म आफैलाई मूर्ख बनाउन दिन सक्छु? के तँ तेरो जिब्रोले यत्तिकै लापरवाही रूपमा भाकल गर्न र शपथ लिन सक्छु भन्‍ने ठान्छस्? तैँले कसरी मेरो सिंहासनअगाडि, सर्वोच्‍च स्वयम्‌को सिंहासनअगाडि शपथ लिन सक्छस्? के तैँले तेरा शपथहरू यसअघि नै समाप्त भइसके भन्‍ने ठानेको थिइस्? म तिमीहरूलाई भन्छु: तिमीहरूको देह मरेर गए पनि, तिमीहरूको शपथ मर्दैन। अन्त्यमा, म तिमीहरूलाई तिमीहरूका शपथहरूको आधारमा दोषी ठहराउनेछु। तथापि, तिमीहरूले आफ्ना वचनहरू मेरो अघि राखेर मसँग लापरवाह व्यवहार गर्न सक्छौ र तिमीहरूका हृदयले अशुद्ध आत्मा र दुष्ट आत्माहरूको सेवा गर्न सक्छन् भन्‍ने विश्‍वास गर्छौ। कसरी मेरो क्रोधले मलाई ठग्‍ने त्यस्ता कुकुरजस्ता, सुँगुरजस्ता मानिसहरूलाई सहन सक्छ? मैले मेरा प्रशासनिक आदेशहरू लागू गर्नैपर्छ र अशुद्ध आत्माहरूका हातबाट मैले ममाथि विश्‍वास गर्ने ती सबै सङ्कुचित, “धर्मी” व्यक्तिहरूलाई खोसेर लिनैपर्छ ताकि तिनीहरू अनुशासनपूर्ण ढाँचामा मेरो “सेवामा उभिऊन्”, मेरा गोरुहरू बनून्, मेरा घोडाहरू बनून्, र मेरो संहारको कृपामा रहून्। म तँलाई फेरि तेरो पहिलेको संकल्प लिन लगाउँछु र फेरि पनि मेरो सेवा गर्न लगाउँछु। मलाई ठग्‍ने सृष्टि गरिएको कुनै पनि प्राणीलाई म सहन्‍नँ। के तैँले मेरो अघि मनमानी ढङ्गले अनुरोधहरू गर्न र ढाँट्न सक्छु भन्‍ने सोचेको थिइस्? के तैँले तेरा बोलीवचन र कर्महरू मैले सुनेको वा देखेको थिइनँ भन्‍ने ठानेको थिइस्? कसरी तेरा बोलीवचन र कर्महरू मेरो दृष्टिमा नपरेको हुन सक्छ र? कसरी मैले मानिसहरूलाई त्यसरी मलाई धोका दिने मौका दिन सक्छु र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरू चरित्रमा अति नै तुच्छ छौ!

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३४२

धेरै वसन्त र शरदहरूमा तिमीहरूसँग सङ्गत गर्दै म तिमीहरूमाझ रहेको छु; म तिमीहरूमाझ लामो समयदेखि बसेको छु र मैले तिमीहरूसँगै बाँचेको छु। तिमीहरूका घिनलाग्दा व्यवहारहरूमध्ये कतिचाहिँ मेरा आँखैअघिबाट फुत्किएका छन् र? तिमीहरूका ती हृदयस्पर्शी शब्दहरू निरन्तर मेरा कानहरूमा गुन्जिरहेका छन्; तिमीहरूका लाखौँलाख आकांक्षाहरू मेरो वेदीमा राखिएका छन्—ती यति धेरै छन् कि तिनलाई गन्‍न पनि सकिँदैन। तथापि, जहाँसम्म तिमीहरूको समर्पण र तिमीहरूले के अर्पण गर्न सक्छौ भन्‍ने सवाल छ, तिमीहरूले एक सुका पनि दिँदैनौ। तिमीहरूले मेरो वेदीमा एक थोपा इमानदारिता पनि चुहाउँदैनौ। मप्रतिको तिमीहरूको विश्‍वासका फलहरू कहाँ छन्? तिमीहरूले मबाट अनन्त अनुग्रह प्राप्त गरेका छौ, र तिमीहरूले स्वर्गबाट आएका अनन्त रहस्यहरू देखेका छौ; मैले तिमीहरूलाई स्वर्गको ज्वाला समेत देखाएको छु, तर मसँग तिमीहरूलाई जलाउने हृदय छैन। तैपनि, तिमीहरूले यसको बदलामा मलाई कति नै दिएका छौ र? तिमीहरू मलाई कति दिन इच्छुक छौ? मैले तिमीहरूलाई दिएको खानेकुरा हातमा लिएर तिमीहरू मतिर फर्कन्छौ र मलाई त्यो खानेकुरा दिन्छौ, र तिमीहरूले त्यो खानेकुरा आफ्नै कडा मेहनतको पसिनाद्वारा पाएको अनि आफूसँग भएका सबै कुरा मलाई चढाएको हो भनेर समेत भन्छौ। तैँले मलाई दिएका सबै “दानहरू” मेरै वेदीबाट चोरिएका कुरा हुन् भनी तँलाई कसरी थाहा हुन सक्दैन र? यसअलावा, अहिले तैँले ती कुराहरू मलाई उपहार दिँदै छस्, के तैँले मलाई ठगिरहेको छैनस् र? मैले आज जे कुरा उपभोग गर्छु त्यो सबै मेरो वेदीका भेटीहरू हुन्, र तैँले तेरो कडा मेहनतबाट प्राप्त गरी मलाई चढाएका कुराहरू होइनन् भनी तँलाई कसरी थाहा हुन सक्दैन र? तिमीहरूले वास्तवमा यसरी मलाई ठग्‍ने दुस्साहस गर्छौ, अनि तिमीहरूलाई कसरी मैले क्षमा दिन सक्छु र? मैले यो कुरालाई अझै सहिरहूँ भनेर तिमीहरूले कसरी अपेक्षा गर्न सक्छौ? मैले तिमीहरूलाई सब थोक दिएको छु। मैले तिमीहरूको लागि हरेक कुरा खुला गरेको छु, तिमीहरूका आवश्यकताहरूको लागि प्रबन्ध गरेको छु, र तिमीहरूको आँखा खोलेको छु, तैपनि तिमीहरूले आफ्ना विवेकलाई बेवास्ता गर्दै यस प्रकारले मलाई ठग्छौ। मैले निस्वार्थ रूपमा तिमीहरूलाई सब थोक अर्पेको छु, ताकि तिमीहरूले कष्ट भोगे पनि मैले स्वर्गबाट ल्याएका सब थोक प्राप्त गर। यति हुँदाहुँदै पनि तिमीहरूसँग कुनै समर्पणता छैन, र तिमीहरूले थोरै योगदान दिएको भए पनि तिमीहरू पछि मसँग त्यसको “हिसाब किताब मिलाउन” खोज्छौ। के तेरो दान व्यर्थ हुनेछैन र? तैँले मलाई जे दिएको छस् त्यो केवल बालुवाको कण हो, तैपनि तँ मबाट एक टन सुन माग्छस्। के तँ केवल अनुचित हुँदै छैनस् र? म तिमीहरूमाझ काम गर्छु। मलाई दश प्रतिशत दिनुपर्ने कुराको कुनै नामनिसाना छैन, अतिरिक्त बलिदानहरूको त कुरै छोडौं। यसबाहेक, जो भक्तिपूर्ण छन् तिनीहरूले दान दिएको दश प्रतिशत पनि दुष्टहरूले कब्जा गर्छन्। के तिमीहरू मबाट टाढा छरिएका छैनौ र? के तिमीहरू सबै मेरो विरोधी भएका छैनौ र? के तिमीहरू सबैले मेरो वेदी तहसनहस पारिरहेका छैनौ र? कसरी त्यस्ता मानिसहरू मेरो नजरमा सम्पत्ति हुन सक्छन् र? के तिनीहरू मैले घृणा गर्ने सुँगुर र कुकुरहरू होइनन् र? कसरी मैले तिमीहरूका दुष्कर्महरूलाई सम्पत्तिको रूपमा उल्लेख गर्न सक्छु र? मेरो काम वास्तवमा कसको लागि गरिएको हो? के यसको उद्देश्य केवल मेरो अख्तियारी प्रकट गर्न तिमीहरू सबैलाई प्रहार गर्नु हुन सक्छ? के तिमीहरूको जीवन मेरो एउटै वचनमा अडिएको छैन र? किन मैले तिमीहरूलाई निर्देशन दिन वचनहरू मात्र प्रयोग गरिरहेको छु र तिमीहरूलाई सकेसम्म चाँडो प्रहार गर्न वचनहरूलाई तथ्यमा परिणत गरेको छैनँ? के मेरा वचनहरू र कामको उद्देश्य मानवजातिलाई प्रहार गर्नु मात्र हो? के म निर्दोषहरूलाई जथाभाबी मार्ने परमेश्‍वर हुँ? अहिले, तिमीहरूमध्ये कति जना मानव जीवनको सही मार्ग खोज्न आफ्नो सम्पूर्ण सारत्व लिएर मकहाँ आइरहेका छौ? तिमीहरूको शरीर मात्र मेरो सामु छ; तिमीहरूको हृदय त स्वतन्त्र घुमिरहेको छ, मदेखि धेरै, धेरै टाढा रहेको छ। तिमीहरूलाई मेरो काम वास्तवमा के हो भन्‍ने थाहा नभएकोले, तिमीहरूमध्ये धेरै जना, सजाय वा न्याय नभएको स्वर्गमा बाँच्ने आशा गर्दै, मलाई छाडी जान र आफूलाई मदेखि टाढा लैजान चाहन्छौ। के मानिसहरूले आफ्नो हृदयभित्र चाहेको कुरा यही होइन र? मैले अवश्य पनि तँलाई वाध्य पार्ने कोसिस गरिरहेको छैनँ। तैँले जुन मार्ग लिन्छस् त्यो तेरो आफ्नै रोजाइ हो। आजको मार्गमा न्याय र श्राप पनि साथै छ, तर तिमीहरू सबैलाई थाहा हुनुपर्छ कि मैले तिमीहरूलाई जे प्रदान गरेको छु, चाहे ती न्याय हुन् वा सजाय, ती तिमीहरूलाई मैले प्रदान गर्न सक्‍ने सबैभन्दा राम्रा उपहारहरू र तिमीहरूलाई तुरुन्तै चाहिने कुराहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरू चरित्रमा अति नै तुच्छ छौ!

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३४३

मैले पृथ्वीमा धेरै काम गरेको छु र म धेरै वर्षसम्म मानवजातिको बीचमा हिँडेको छु, तथापि मानिसहरूसँग मेरो स्वरूप र स्वभावको ज्ञान बिरलै मात्र छ र केही मानिसहरूले मात्र मैले गर्ने कामको राम्ररी वर्णन गर्न सक्छन्। मानिसहरूमा धेरै कुराको कमी छ, तिनीहरूमा मैले गर्ने कामको बुझाइको कमी छ, तिनीहरूलाई मैले अर्को परिस्थितिमा राख्‍ने छु र त्यसपछि तिनीहरूप्रति ध्यान दिन्‍न भनेर तिनीहरू गहिरो रूपमा डराएझैँ सधैँ तिनीहरूका हृदयहरू सावधान रहन्छन्। यसैले, मप्रति मानिसहरूका मनोवृत्तिहरू सधैँ मनतातो हुनुका साथै सतर्कताको मात्रा बढी नै छ। यो यस कारणले भएको हो कि मैले गर्ने काम नबुझिकनै मानिसहरू वर्तमानमा आएका छन् र विशेषगरी मैले तिनीहरूसँग बोलेका वचनहरूबाट तिनीहरू चकित परेका छन्। तिनीहरूले आफैँलाई तिनमा भएका अपरिवर्तनशील विश्‍वासप्रति प्रतिबद्ध बनाउनुपर्छ कि निर्णय नै नगरेर तिनीहरूलाई बिर्सनुपर्छ भन्‍ने नजानेर तिनीहरू मेरा वचनहरूलाई आफ्ना हातहरूमा बोक्छन्। तिनीहरूलाई व्यवहारिक प्रयोगमा ल्याउनुपर्छ कि पर्खेर हेर्नुपर्छ, सबै कुरालाई पन्छाएर साहसका साथ पछ्याउनुपर्छ कि पहिले जस्तै निरन्तर संसारसँग मित्रता कायम गर्नुपर्छ भन्‍ने तिनीहरूलाई थाहा छैन। मानिसहरूका आन्तरिक संसारहरू एकदमै जटिल छन् र तिनीहरू एकदमै धूर्त छन्। मानिसहरूले स्पष्ट र पूर्ण रूपमा मेरा वचनहरू देख्‍न नसकेका हुनाले तिनीहरूमध्ये धेरैलाई ती कुराहरू व्यवहारमा उतार्न कठिन छ र तिनीहरूका हृदयहरू मेरा अगाडि राख्‍न कठिन छ। म तिमीहरूका कठिनाइहरू गहिरोसँग बुझ्छु। शरीरमा जिउँदा धेरै कमजोरीहरू अपरिहार्य हुन्छन् र धेरै वस्तुगत कारकहरूले तिमीहरूको निम्ति कठिनाइको सृजना गर्छन्। तिमीहरू आफ्ना परिवारलाई खुवाउँछौ, आफ्ना दिनहरू कठिन काम गरेर बिताउँछौ अनि महिना र वर्षहरू कठिनाइमा बित्छन्। शरीरमा जिउँदा धेरै कठिनाइहरू छन्—म यसलाई इन्कार गर्दिनँ र निश्‍चित रूपमा तिमीहरूबाट मैले अपेक्षा गरेका सर्तहरू तिमीहरूका कठिनाइबमोजिम छन्। मैले गर्ने कामका शर्तहरू तिमीहरूका वास्तविक कदबमोजिम छन्। सायद विगतमा, तिमीहरूमाथि मानिसहरूका शर्तहरूमा अधिकताका तत्वहरू मिसिएका थिए तर मैले भन्‍ने र गर्ने कुराहरूमा मैले तिमीहरूलाई अत्यधिक सर्तहरू राखेको छैनँ भन्‍ने तिमीहरूले जान्‍नुपर्छ। सबै शर्तहरू मानिसहरूका प्रकृति, शरीर र तिनीहरूका आवश्यकतामा आधारित छन्। तिमीहरूले जान्‍नुपर्छ र म एकदमै स्पष्टताका साथ तिमीहरूलाई भन्‍न सक्छु कि मानिसहरूसँग भएका निश्‍चित उचित सोचका तरिकाहरूको म विरोध गर्दिनँ र म मानवजातिको अन्तर्निहित प्रकृतिको विरोध गर्दिनँ। यो यही कारणले मात्र हो कि मैले तिनीहरूको निम्ति राखेका मापदण्डहरू वास्तवमा के हुन् भन्‍ने मानिसहरूले बुझ्दैनन्, न त तिनीहरूले मेरा वचनहरूका मूल अर्थ नै बुझ्छन्, मानिसहरूले मेरा वचनहरूलाई अहिलेसम्म हुनाले शङ्‌का गर्दै आएका छन् र आधाभन्दा कम मानिसहरूले मेरा वचनहरूमाथि विश्‍वास गर्छन्। बाँकीचाहिँ अविश्वासीहरू हुन् र अझ धेरैचाहिँ मैले “कथाहरू भनेको” सुन्‍न चाहनेहरू हुन्। यसका अतिरिक्त, तमासामा आनन्द मनाउने धेरै छन्। म तिमीहरूलाई सचेत गराउँछु: मेरा वचनहरूमध्ये धेरै ममाथि विश्‍वास गर्नेहरूको अगाडि पहिले नै खुलस्त गरिएका छन् र राज्यको सुन्दर दृष्यमा आनन्द मनाउने तर त्यसको प्रवेशद्वारबाहिर थुनिएकाहरूलाई मद्वारा हटाइएका छन्। के तिमीहरू मद्वारा तिरस्कृत सामाहरू मात्र होइनौ र? म फर्केको हेर्न र त्यसपछि मेरो फर्काइलाई आनन्दका साथ स्वागत गर्न तिमीहरूले कसरी सक्थ्यौ? म तिमीहरूलाई भन्छु, निनवेका मानिसहरूले यहोवाका क्रोधित वचन सुनेपछि तिनीहरूले तत्कालै भाङ्ग्रा र खरानी लगाएर पश्‍चात्ताप गरे। किनकि तिनीहरूले उहाँका वचनहरूमाथि विश्‍वास गरेको कारण तिनीहरू आतङ्क र भयले भरिए अनि त्यसैले भाङ्ग्रा र खरानी लगाएर पश्‍चात्ताप गरे। आजका मानिसहरूको बारेमा भन्दा तिमीहरूले मेरा वचनहरूमाथि विश्‍वास राखे तापनि र त्योभन्दा बढी यहोवा तिमीहरूको माझमा आज फेरि एक पटक आउनुभएको छ भन्‍ने विश्‍वास गरे तापनि, तिमीहरूको मनोवृत्ति अनादरयुक्त छ, जस्तो कि तिमीहरूले हजारौँ वर्ष अगाडि यहूदियामा जन्मनुभएका येशूलाई अवलोकन गरिरहेका छौ र अहिले तिमीहरूका माझमा आउनुभएको छ। तिमीहरूका हृदयमा अस्तित्वमा रहेका कपटलाई म गहिरो तवरले बुझ्छु; तिमीहरूमध्ये धेरैले जिज्ञासाको कारण मलाई पछ्याउँछौ र खालीपनको कारण मलाई खोज्‍न आएका छौ। जब तिमीहरूका तेस्रो इच्छा चकनाचूर हुन्छ—शान्तिमय र सुखी जीवनको लागि तिमीहरूको इच्छा—तब तिमीहरूको जिज्ञासा पनि गायब हुन्छ। तिमीहरू हरेकका हृदयमा अस्तित्वमा रहेको कपट तिमीहरूका वचन र कामहरूद्वारा भन्डाफोर हुन्छन्। खुलस्त भन्‍नुपर्दा, तिमीहरू मेरो बारेमा जिज्ञासु मात्र छौ तर मसँग डराएका छैनौ; तिमीहरू आफ्ना जिब्रोलाई वशमा राख्दैनौ र तिमीहरूका व्यवहारमा तिमीहरूले अझै कम संयमता अपनाउछौ। तब तिमीहरूसँग साँच्चै कस्तो प्रकारको विश्‍वास छ? के यो सच्‍चा छ? तिमीहरू मेरा वचनहरूलाई आफ्ना चिन्ताहरू हटाउन र तिमीहरूका दिक्दारी कम गर्नको निम्ति मात्र प्रयोग गर्छौ, तिमीहरूका जीवनमा बाँकी रहेका खालीपन भर्नलाई। तिमीहरूमध्ये कसले मेरा वचनहरूलाई व्यवहारमा उतारेको छ? कोसँग सच्‍चा विश्‍वास छ? परमेश्‍वर मानिसहरूको हृदयको गहिराइ देख्‍ने परमेश्‍वर हुनुहुन्छ भनेर तिमीहरू चिच्याइरहन्छौ, तर तिमीहरूले चिच्याउने तिमीहरूको हृदयमा भएको परमेश्‍वर मसँग कतिको मेल खान्छ? तिमीहरू यसरी चिच्याइरहेका छौ भने किन तिमीहरू त्यस्तो व्यवहार गर्छौ? के तिमीहरूले मलाई तिर्न चाहने प्रेम यही हुनसक्छ? तिमीहरूका ओठमा अलिकति पनि समर्पणता छैन, तर तिमीहरूका बलिदानहरू र तिमीहरूका असल कामहरू कहाँ छन्? तिमीहरूका वचनहरू मेरा कानसम्म आई नपुगेका भए, म तिमीहरूलाई किन यति धेरै घृणा गर्नेथिएँ र? यदि तिमीहरूले साँच्चै ममा विश्‍वास गरेका भए, कसरी तिमीहरू यस्तो हैरानीको अवस्थामा पुग्‍नेथियौ र? पातालमा कष्ट भोग्दै गरेको जस्तै तिमीहरूको अनुहारमा निराशा झल्किन्छ। तिमीहरूमा सजीवताको एक टुक्रा पनि छैन र तिमीहरू तिमीहरूका आन्तरिक आवाजको बारेमा कमजोर तवरले कुरा गर्छौ; तिमीहरू गुनासो र श्रापहरूले समेत भरिएका छौ। मैले गर्ने कामप्रति तिमीहरूले धेरै पहिले नै विश्‍वास गुमायौ र तिमीहरूको मूल विश्‍वास समेत हराएको छ, यसैले तिमीहरूले कसरी अन्तिमसम्म पछ्याउन सक्छौ र? यसो भएको हुनाले, तिमीहरूले कसरी मुक्ति पाउन सकौला?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जवान र वृद्धलाई वचनहरू

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३४४

मेरो काम तिमीहरूका लागि धेरै उपयोगी भए पनि, मेरा वचनहरू सधैँ तिमीहरूमा हराउँछन् र तिमीहरूमा केही पनि आउँदैन। मद्वारा सिद्ध पारिने लक्षित थोकहरू प्राप्त गर्न गाह्रो छ, र आज मैले तिमीहरूमा लगभग आशा गुमाइसकेको छु। मैले तिमीहरूको माझमा धेरै वर्षदेखि खोज्दै आएको छु, तर मेरो विश्‍वासयोग्य हुन सक्ने कसैलाई भेट्टाउन गाह्रो छ। मलाई यस्तो लाग्छ कि मसित तिमीहरूका बीचमा काम जारी राख्ने कुनै आत्मविश्‍वास छैन, र तिमीहरूलाई प्रेम गरिरहने कुनै प्रेम पनि छैन। किनकि म धेरै पहिलेदेखि नै तिमीहरूका “उपलब्धिहरू” लाई घृणा गर्दै आएको छु, किनकि ती अति तुच्छ र दयनीय छन्; यस्तो देखिन्छ कि मैले तिमीहरूको बीचमा कहिल्यै पनि बोलेको छैनँ र कहिल्यै पनि तिमीहरूमा काम गरेको छैनँ। तिमीहरूका उपलब्धिहरू अति घिनलाग्दा छन्। तिमीहरूले सधैँ आफैमाथि विनाश र सर्म ल्याउँछौ, र तिमीहरूको लगभग कुनै मूल्य छैन। म मुस्किलले तिमीहरूमा एउटा मानिसको स्वरूप पाउँछु, न त मानिसको चिन्‍हको गन्ध नै पाउन सक्छु। तिमीहरूको ताजा सुगन्ध कहाँ छ? तिमीहरूले धेरै वर्षसम्म चुकाएको मूल्य कहाँ छ, र परिणामहरू कहाँ छन्? के तिमीहरूले कहिले कुनै परिणाम पाएका छौ? अब मेरो कामको नयाँ सुरुआत छ, एक नयाँ थालनी भएको छ। म ठूला योजनाहरू पूरा गर्न जाँदैछु र म अझै ठूला कामहरू पूरा गर्न चाहन्छु, तापनि तिमीहरू पहिलेजस्तै अझै पनि हिलोमा लडीबुडी गर्दैछौ, विगतको फोहोर पानीमा बसिरहेका छौ, र आफैलाई तिमीहरूको सुरुको अप्ठ्यारो अवस्थाबाट छुटाउन लगभग असफल भएका छौ। त्यसकारण, तिमीहरूले अझै पनि मेरो वचनबाट केही प्राप्त गरेका छैनौ। तिमीहरूले अझै पनि आफूलाई आफ्नो सुरुको हिलोको फोहोर ठाउँ र फोहोर पानीबाट छुटाउन सकेका छैनौ, र तिमीहरू मेरा वचनहरू मात्र जान्दछौ, तर वास्तवमा तिमीहरू मेरा वचनहरूको स्वतन्त्रताको क्षेत्रमा प्रवेश गरेका छैनौ, त्यसैले मेरा वचनहरू तिमीहरूका निम्ति कहिल्यै पनि खोलिएको छैन; ती हजारौं वर्षसम्म बन्द गरी राखिएको अगमवाणीको पुस्तक जस्तै छन्। म तिमीहरूका जीवनमा देखा पर्छु, तर तिमीहरू सधैँ यसबारे अनजान रहन्छौ। तिमीहरू मलाई चिन्न समेत सक्दैनौ। मैले तिमीहरूलाई भनेका लगभग आधा जति वचनहरू तिमीहरूको न्यायका लागि हुन्, र तिनले आधा प्रभाव प्राप्त गर्दछन्, जसले गर्दा तिमीहरू आश्‍चर्यचकित हुन्छौ र अलमल्ल पर्छौ। बाँकी आधा वचनहरू तिमीहरूलाई जीवनको बारेमा र कसरी व्यवहार गर्ने भनी सिकाउनलाई हो। तरै पनि यस्तो लाग्छ, कि जहाँसम्म तिमीहरूको प्रश्‍न छ, तिमीहरूका निम्ति यो वचनहरूको अस्तित्व नै छैन, वा यो यस्तो छ कि, तिमीहरूले बच्चाहरूको कुराहरू सुनेको जस्तै, तिमीहरूले सधैँ एक अस्पष्ट मुस्कान दिन्छौ, तर कहिल्यै पनि त्यस अनुसार कार्य गर्दैनौ। तिमीहरूले यी कुराहरूप्रति कहिल्यै पनि चासो देखाएका छैनौ; तिमीहरूले मुख्य रूपमा उत्सुकताको कारण मात्र मेरा कार्यहरू हेर्ने गरेका छौ, जसको परिणाम स्वरूप अहिले तिमीहरू अन्धकारमा परेका छौ र उज्यालोलाई देख्न सक्दैनौ, त्यसैले तिमीहरू अन्धकारमा दयालाग्दो प्रकारले विलाप गर्दछौ। मैले चाहेको चाहिँ तिमीहरूको समर्पणता हो, तिमीहरूको विनासर्तको समर्पणता, र त्योभन्दा अझ बढी, तिमीहरू मैले भनेका सबै कुरामा पूर्ण निश्चित होओ भन्‍ने म माग गर्दछु। तैँले उपेक्षा गर्ने मनोवृत्ति अपनाउनु हुँदैन, र विशेष गरी मैले भनेका वचनहरूलाई तैँले चुनी-चुनी लिनु हुँदैन, न त मेरा वचनहरू र मेरो कामप्रति नै तँ उदासीन बन्‍नु पर्छ, जसो गर्ने तिमीहरूको बानी छ। मेरो काम तिमीहरूको बीचमा गरिन्छ र मैले मेरा धेरै वचनहरू तिमीहरूलाई प्रदान गरेको छु, तर यदि तिमीहरूले मसँग यस्तो व्यवहार गऱ्यौ भने तिमीहरूले प्राप्त नगरेका वा अभ्यास नगरेका कुराहरू म अन्यजाति परिवारहरूलाई मात्र दिन सक्छु। सृष्टि गरिएका सबै प्राणीमध्ये कुन चाहिँलाई मैले मेरो हातमा समातेको छैन? तिमीहरूमध्ये धेरै जना एक “परिपक्व वृद्ध उमेर” का छौ, र तँमा मसँग भएको यस प्रकारको काम स्वीकार गर्ने ऊर्जा छैन। तँ एउटा हनहाओ चरा[क] जस्तै छस्, मुस्किलले जिइरहेको छस्, र तैँले मेरा वचनहरूलाई कहिल्यै पनि गम्भीरतापूर्वक लिएको छैनस्। जवान मानिसहरू अति व्यर्थ र अति नै लिप्त छन् र मेरो काममा अझ थोरै मन लगाउँछन्। तिनीहरूलाई मेरो भोजको स्वादिष्ठ भोजन खाने कुनै चासो छैन; तिनीहरू एउटा सानो चराजस्तै हुन् जसले आफ्नो पिँजराबाट निस्केर धेरै टाढाको ठाउँमा उडेर जाने साहस गरेको छ। यस्ता जवान र वृद्ध मानिसहरू मेरो लागि कसरी उपयोगी हुन सक्छन्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जवान र वृद्धलाई वचनहरू

फूटनोटहरू:

क. हनहाओ चराको कथा एसोपको कमिला र फटेंग्राको कथासँग मिल्दोजुल्दो छ। हनहाओ चरा आफ्नो छिमेकी नीलकण्ठ चराबाट बारम्बार चेताउनीहरू पाए पनि न्यानो मौसम हुँदा गुँड बनाउनुको सट्टा सुत्नु रुचाउँछ। जब हिउँद आउँछ, त्यो चरा चिसोले कठाङ्ग्रिएर मर्छ।


परमेश्‍वरका दैनिक वचनहरू   अंश ३४५

तिमी जवान मानिसहरू सबै जवान सिंहहरू जस्ता भए पनि, तिमीहरूको हृदयमा साँचो मार्ग थोरै छ। तिमीहरूको जवानीले तिमीहरूलाई मेरो धेरै कामको हकदार बनाउँदैन; यसको विपरीत, तैँले सधैँ तँप्रतिको मेरो वितृष्णालाई जगाउँछस्। तिमीहरू जवान भए पनि तिमीहरूमा शक्तिको वा महत्वाकांक्षाको कमी छ, र तिमीहरू आफ्नो भविष्यको बारेमा सधैँ वचनबद्ध छैनौ; मानौं तिमीहरू उदासीन र चिन्ताग्रस्त छौ। यो भन्न सकिन्छ कि जवानहरूमा जुन जीवनशक्ति, अभिलाषा र अडान लिने प्रवृत्ति हुन्छ त्यो तिमीहरूमा एउटै पनि पाउन सकिँदैन; तँ यस प्रकारको जवान व्यक्ति कुनै दृष्टिकोणविनाको छस् र तँमा सही र गलत, असल र खराब, सौन्दर्य र कुरूपता बीच भिन्नता छुट्ट्याउने कुनै क्षमता छैन। तिमीहरूमा कुनै पनि ताजा तत्त्वहरू भेट्टाउन असम्भव छ। तिमीहरू लगभग पूर्ण रूपमा पुरानो विचारधारा भएका हौ, र तिमीहरू जस्तो जवान मानिसले भिडलाई पछ्याउन, विवेकहीन हुन पनि सिकेका छौ। तिमीहरूले कहिल्यै पनि सही र गलत स्पष्ट रूपमा छुट्ट्याउन सक्दैनौ, सत्य र झूटो बीचको भिन्नता छुट्ट्याउन सक्दैनौ, कहिल्यै उत्कृष्टताका लागि प्रयास गर्न सक्दैनौ, न त तिमीहरू सही के हो र के गलत, सत्य के हो र कपट के हो भनी भन्न नै सक्छौ। वृद्ध मानिसहरूमा भन्दा तिमीहरूमा धर्मको अझ कडा दुर्गन्ध छ। तँ अहङ्कारी र विवेकहीन समेत छस्, तँ प्रतिस्पर्धी छस्, र आक्रामकताप्रतिको तेरो रुचि धेरै बलियो छ—यस किसिमको जवान व्यक्तिमा सत्यता कसरी हुन सक्छ? अडान लिन नसक्‍ने कुनै व्यक्ति कसरी आफ्नो गवाहीमा दृढ रहन सक्छ? सही र गलत छुट्याउने क्षमता नभएको कुनै व्यक्तिलाई कसरी एक जवान मानिस भन्न सकिन्छ? जोसँग जोस, उत्साह, फुर्तिलोपन, शान्तपन र एक जवान मानिसमा हुनुपर्ने स्थिरता हुँदैन उसलाई कसरी मेरो अनुयायी भनेर भन्न सकिन्छ? जोसँग सत्यता छैन, न्यायको समझ छैन, तर जो खेल्न र झगडा गर्न मन पराउँछ, ऊ कसरी मेरो साक्षी हुन योग्यको हुन सक्छ? युवाहरू छलले भरिएका, वा अरूप्रति भेदभावको दृष्टिले भरिएका हुनुहुँदैन, र युवाहरूले विनाशकारी, घृणित कार्यहरू गर्नुहुँदैन। तिनीहरू आकाङ्क्षा, हुटहुटी, र प्रगति गर्ने जीवन्त मिजासरहित हुनुहुँदैन। तिनीहरू आफ्नो भविष्यबारे निराश बन्‍नु हुँदैन, न त तिनीहरूले जीवनप्रतिको आशा वा भविष्यप्रतिको विश्‍वास नै गुमाउनु हुन्छ। तिनीहरूसँग तिनीहरूको सम्पूर्ण जीवन मप्रति समर्पित गर्ने तिनीहरूको चाहनालाई साकार गर्न—तिनीहरूले अहिले रोजेको सत्यताको मार्गलाई निरन्तरता दिने दृढता हुनुपर्छ। तिनीहरू सत्यतारहित हुनु हुँदैन, न त तिनीहरूले पाखण्ड र अधार्मिकतालाई ढाकछोप गर्न नै हुन्छ—तिनीहरू आफ्नो उचित अडानमा दृढ रहनुपर्छ; तिनीहरू लहरसँगै बग्नु हुँदैन, बरु तिनीहरूमा इन्साफ र सत्यताका निम्ति त्याग गर्न र सङ्घर्ष गर्न साहस गर्ने भावना हुनुपर्छ। तिनीहरूमा अन्धकारका शक्तिहरूको दमनमा नझुक्ने र आफ्नो अस्तित्वको महत्त्वलाई रूपान्तरण गर्ने साहस हुनुपर्छ। तिनीहरू कामकुरालाई चुपचाप सहेर बस्नु हुँदैन, बरु अझ बढी, तिनीहरूसँग निष्कपटता र खुलस्तताको भावना हुनुपर्छ, र तिनीहरूका दाजुभाइ दिदीबहिनीहरूप्रति क्षमाको भावना हुनुपर्छ। अवश्य, यी हरेकप्रतिका मेरा मागहरू र हरेकका निम्ति मेरा अर्तीहरू हुन्। तर यसका अतिरिक्त, सबै जवान मानिसहरूका निम्ति यी मेरा सुखदायक वचनहरू हुन्। तिमीहरूले मेरा वचनअनुसार अभ्यास गर्नुपर्छ। विशेष रूपमा, युवाहरू कामकुरा के-कस्ता छन् भन्ने कुरा प्रस्ट रूपमा खुट्ट्याउने र इन्साफ तथा सत्यताको खोजी गर्ने सङ्कल्परहित हुनुहुँदैन। तिमीहरूले सबै सुन्दर र असल कुराहरू पछ्याउनुपर्छ र तिमीहरूले सबै सकारात्मक कुराहरूको वास्तविकता प्राप्त गर्नुपर्छ। यसबाहेक, तिमीहरू आफ्नै जीवनका निम्ति जिम्मेवार हुनुपर्छ र यसलाई हल्का रूपमा लिनु हुँदैन। मानिस पृथ्वीमा आएपछि मसँग जम्काभेट हुनु दुर्लभ कुरा हो, अनि सत्यता खोज्ने र प्राप्त गर्ने मौका पाउनु पनि दुर्लभ कुरा हो। यस सुन्दर समयलाई तिमीहरू यस जीवनमा पछ्याउनुपर्ने सही मार्गका रूपमा किन कदर गर्दैनौ? अनि सत्यता र इन्साफलाई तिमीहरू किन सधैँ यति धेरै तिरस्कार गर्छौ? मानिसहरूसँग खेलबाड गर्ने त्यस अधर्म र त्यस घिनलाग्दो कुराको निम्ति किन तिमीहरू आफैलाई कुल्चँदैछौ र नष्ट गर्दैछौ? अनि तिमीहरू किन अधर्मीहरूले गर्ने काममा संलग्‍न हुने वृद्ध मानिसहरू जस्तो अभिनय गर्छौ? तिमीहरू किन पुराना कुराहरूका पुराना तरिकाहरूको नक्कल गर्छौ? तिमीहरूका जीवन इन्साफ, सत्यता र पवित्रताले भरिपूर्ण हुनुपर्छ; तिमीहरू कहिल्यै यति चाँडै पतित भएर पातालमा खस्नु हुँदैनथ्यो। के तिमीहरूलाई यो भयानक दुर्भाग्य हुन्छ भन्‍ने महसुस हुँदैन? के तिमीहरूलाई यो अत्यन्तै अन्यायपूर्ण हुन्छ भन्‍ने महसुस हुँदैन?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जवान र वृद्धलाई वचनहरू

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३४६

यदि यति धेरै काम र यति धेरै वचनले पनि तँमा कुनै प्रभाव पारेको छैन भने, परमेश्‍वरको कार्यलाई फैलाउने समय आउँदा, तैँले आफ्‍नो कर्तव्य पूरा गर्न सक्‍नेछैनस्, र तँ लज्‍जित हुनेछस् र सर्ममा पर्नेछस्। त्यो समयमा, तँलाई आफू परमेश्‍वरप्रति धेरै ऋणी भएको, परमेश्‍वरसम्‍बन्धी आफ्नो ज्ञान अति सतही भएको महसुस हुनेछ। यदि तैँले उहाँले काम गरिरहनुभएको बेला, आजका परमेश्‍वरको ज्ञानलाई खोजी गरिनस् भने, पछि धेरै ढिला भइसकेको हुनेछ। अन्त्यमा, बताउनको लागि तँसँग कुनै ज्ञान हुनेछैन—तँ रित्तो रहनेछस्, तँसँग केही पनि हुनेछैन। परमेश्‍वरलाई लेखा दिनको लागि तैँले के प्रयोग गर्नेछस्? के परमेश्‍वरको सामना गर्ने आँट तँसँग छ? अहिले आफ्‍नो खोजीमा तैँले कठिन परिश्रम गर्नुपर्छ, ताकि अन्त्यमा तैँले पनि पत्रुसले जस्तै मानिसको लागि परमेश्‍वरको सजाय र न्याय कति लाभदायक छ, र उहाँको सजाय र न्यायविना मानिसलाई मुक्ति दिन सकिँदैन र ऊ यो फोहोरी मुलुकमा झन्‍झन् तलतल डुब्दै जान मात्र अर्थात् दलदलमा झन्झन् फस्‍न मात्र सक्छ भन्‍ने कुरा बुझ्‍नेछस्। मानिसहरूलाई शैतानले भ्रष्ट पारेको छ, तिनीहरूले एकअर्काको विरुद्धमा षड्यन्त्र गरेका छन्, एकअर्कालाई कुल्चिहिँडेका छन्, र परमेश्‍वरको डर मान्ने आफ्नो हृदय गुमाएका छन्। तिनीहरूको विद्रोहीपन अत्यन्तै ठूलो छ, तिनीहरूसँग धारणाहरू धेरै छन् र तिनीहरू सबै शैतानको स्वामित्वमा छन्। परमेश्‍वरको सजाय र न्यायविना, मानिसको भ्रष्ट स्वभावलाई शुद्ध पार्न सकिँदैनथ्यो र उसलाई मुक्ति दिन पनि सकिँदैनथ्यो। देहधारी परमेश्‍वरले देहमा गर्नुहुने कामद्वारा जे प्रकट गरिन्छ ठीक त्यही नै आत्माद्वारा प्रकट गरिन्छ र आत्माले गर्नुभएको कामअनुसार नै उहाँले काम गर्नुहुन्छ। आज, तँमा यो कार्यको बारेमा केही पनि ज्ञान छैन भने, तँ अत्यन्तै मूर्ख होस् र तैँले धेरै कुरा गुमाएको छस्! यदि तैँले परमेश्‍वरको मुक्ति प्राप्त गरेको छैनस् भने, तेरो विश्‍वास धार्मिक विश्‍वास मात्र हो र तँ धर्मको इसाई होस्। तैँले मृत धर्मसिद्धान्तलाई पक्रिराख्‍ने हुनाले, पवित्र आत्‍माको नयाँ कार्यलाई गुमाएको छस्; परमेश्‍वरलाई प्रेम गर्न खोज्ने अरू मानिसहरूले सत्यता र जीवन प्राप्त गर्न सक्छन्, जबकि तेरो विश्‍वासले परमेश्‍वरको स्वीकृति प्राप्त गर्न सक्दैन। तँ त दुष्ट काम गर्ने मानिस बनेको छस्, विध्वंसकारी र घृणास्पद कार्यहरू गर्ने व्यक्ति भएको छस्; तँ शैतानका हस्यौलीहरूको निसाना र शैतानको कैदी बनेको छस्। परमेश्‍वरलाई मानिसले विश्‍वास गर्नु पर्दैन, तर उसले उहाँलाई प्रेम गर्नुपर्छ र उसले उहाँको खोजी र आराधना गर्नुपर्छ। यदि आज तैँले खोजी गरेनस् भने, यस्तो दिन आउनेछ जब तैँले भन्‍नेछस्, “त्यो बेला मैले किन परमेश्‍वरलाई उचित रूपमा पछ्याइनँ, उहाँलाई उचित रूपमा किन सन्तुष्ट पारिनँ, मेरो जीवन स्वभावलाई परिवर्तन गर्ने कार्यको खोजी किन गरिनँ? त्यो बेला परमेश्‍वरमा समर्पित हुन नसकेकोमा र परमेश्‍वरको वचनको ज्ञानलाई खोजी नगरेकोमा मलाई कति अफसोस छ। त्यो बेला परमेश्‍वरले धेरै कुरा भन्‍नुभएको थियो; मैले कसरी खोजी गर्न नसकेको? म कति मूर्ख थिएँ!” केही हदसम्‍म अझै तैँले आफैलाई घृणा गर्नेछस्। आज, मैले भन्‍ने वचनहरूलाई तँ विश्‍वास गर्दैनस्, र तँ तिनलाई ध्यानै दिँदैनस्; जब यो काम फैलिने दिन आउँछ र तैँले यसको सम्पूर्णता देख्छस्, तब तँ पछुताउनेछस्, र त्यतिबेला तँ अक्‍क न बक्‍क हुनेछस्। आशिष्‌हरू छन्, तैपनि तँ तिनको आनन्द लिन जान्दैनस्, र सत्यता छ, तैपनि तँ त्यसलाई पछ्याउँदैनस्। के तँ आफैमाथि समस्या ल्याउँदैनस् र? आज, परमेश्‍वरको कामको अर्को चरण सुरु हुन बाँकी नै भए पनि, तँबाट गरिएका मागहरू र तँलाई जिउन लगाइएका कुराहरूमा केही पनि अतिरिक्त छैन। काम धेरै छन्, र सत्यता धेरै छन्; के ती तैँले थाहा पाउन लायक छैनन् र? के सजाय र न्याय तेरो आत्मालाई बिउँझाउन असक्षम छ? के सजाय र न्याय तँलाई आफूले आफैलाई घृणा गर्ने बनाउन असक्षम छ? के तँ शैतानको प्रभावमा रही शान्ति र आनन्द एवम् थोरै दैहिक आराममा जिउनमै सन्तुष्ट छस्? के तँ सबै मानिसहरूमध्ये सबैभन्दा नीच छैनस् र? मुक्ति देखेका तर त्यसलाई प्राप्त गर्नुको पछि नलाग्ने मानिसहरूजत्तिको मूर्ख अरू कोही पनि हुँदैन; देहमा लिप्त हुने र शैतानको आनन्द लिने मानिसहरू यिनै हुन्। परमेश्‍वरमाथिको तेरो आस्थामा तँ कुनै पनि कठिनाइ वा सङ्कष्टहरू नहोऊन्, वा थोरै पनि कष्ट नहोओस् भन्‍ने आशा गर्छस्। तँ सधैँ त्यस्ता कुराहरू पछ्याउँछस् जुन व्यर्थ छन्, र तँ जीवनलाई कुनै महत्त्व दिँदैनस्, बरु आफ्‍नै विलासी विचारहरूलाई सत्यताभन्दा अगाडि राख्छस्। तँ कति बेकामे छस्! तँ सुँगुरजस्तै जिउँछस्—तँ अनि सुँगुर र कुकुरहरूको बीचमा के भिन्‍नता छ र? सत्यता नपछ्याउने, बरु देहलाई प्रेम गर्नेहरू सबै नै पशु होइनन् र? ती आत्माविहीन मृत मानिसहरू सबै जिउँदा लासहरू होइनन् र? तिमीहरूका माझमा कतिवटा वचनहरू बोलिएका छन्? के तिमीहरूका माझमा थोरै मात्र काम गरिएको छ? तिमीहरूका माझमा मैले कति प्रदान गरेको छु? त्यसोभए तैँले त्यो किन प्राप्त गरेको छैनस्? तँलाई केका बारेमा गुनासो गर्नु छ? के तँ देहसित ज्यादै मोहित भएकोले तैँले केही पनि प्राप्त नगरेको कुरा साँचो होइन र? अनि, के तेरा विचारहरू अत्यन्तै अत्यधिक भएकाले यस्तो भएको होइन र? के तँ अत्यन्तै मूर्ख भएकोले यस्तो भएको होइन र? यदि तैँले यी आशिष्‌हरू प्राप्त गर्न सक्दैनस् भने, के तैँले परमेश्‍वरलाई तँलाई मुक्ति नदिएको भनी दोष दिन मिल्छ? तँ केवल परमेश्‍वरमा विश्‍वास गरेपछि शान्ति प्राप्त गर्न सकूँ—आफ्ना छोराछोरी रोगमुक्त होऊन्, श्रीमान्‌ले राम्रो जागिर पाऊन्, छोराले असल श्रीमती पाऊन्, छोरीले असल श्रीमान् पाऊन्, आफ्नो गोरु र घोडाले राम्ररी खेत जोतून्, बालीनालीका लागि वर्षभरि राम्रो मौसम होस् भन्ने खोजी गर्छस्। तैँले खोजी गर्ने कुरा यही हो। तेरो खोजी भनेको केवल आराममा जिउनु—तेरो परिवारमा कुनै दुर्घटना नहोस्, तँलाई समस्याले नछोओस्, तँलाई कष्ट नपरोस्, तेरो परिवारको अन्‍न-बाली बाढीले नबगाओस्—कुनै पनि विपत्तिले असर नपारोस्, “परमेश्‍वरको अङ्गालोमा” जिउन पाइयोस्, आरामदायी निवासमा जिउन पाइयोस् भन्‍ने हो। सधैँ देहको खोजी गर्ने तँजस्तो कायर—के तँसँग हृदय छ, के तँसँग आत्मा छ? के तँ पशु होइनस् र? बदलामा केही पनि नमागी म तँलाई साँचो मार्ग प्रदान गर्छु, तैपनि तँ त्यसलाई पछ्याउँदैनस्। के तँ अझै पनि परमेश्‍वरमा विश्‍वास गर्नेहरूमा पर्छस्? म तँलाई साँचो मानव जीवन दिन्‍छु, तैपनि तँ त्यसलाई पछ्याउँदैनस्। के तँ सुँगुर र कुकुरसँग एउटै प्रकारको छैनस् र? सुँगुरहरू मानिसको जीवन पछ्याउँदैनन्, तिनीहरू पखालिनुको पछि लाग्दैनन्, र तिनीहरू जीवन के हो भन्‍ने कुरा बुझ्दैनन्। हरेक दिन, टन्‍न खाएपछि तिनीहरू त्यत्तिकै सुत्छन्। मैले तँलाई साँचो मार्ग प्रदान गरेको छु, तैपनि तैँले त्यो प्राप्त गरेको छैनस्: तेरो हात रित्तो छ। के तँ यो जीवनलाई अर्थात् सुँगुरको जीवनलाई निरन्तरता दिन इच्छुक छस्? त्यस्ता मानिसहरू जीवित हुनुको अर्थ के छ र? तेरो जीवन घृणित र नीच छ, तँ फोहोर र दुराचारमाझ जिउँछस्, र तँ कुनै पनि लक्ष्य पछ्याउँदैनस्, त्यसकारण, के तेरो जीवन सबैभन्दा नीच छैन र? के तँसँग परमेश्‍वरको सामना गर्ने दुस्साहस छ? तैँले यसरी नै अनुभव गरिरहिस् भने, के तैँले केही पनि प्राप्त नगर्ने होइन र? तँलाई साँचो मार्ग प्रदान गरिएको छ, तर तैँले अन्त्यमा त्यो प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तेरो आफ्‍नै पछ्याइमा निर्भर हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३४७

तिमीहरूको देह, तिमीहरूका अत्यधिक चाहनाहरू, तिमीहरूको लोभ र तिमीहरूको कामवासनाले तिमीहरूमा गहिरो जरा गाडेका छन्। यी कुराले तिमीहरूको हृदयलाई निरन्तर यसरी नियन्त्रण गरिरहेका छन् कि तिमीहरूसित ती सामन्ती र पतित सोचहरूको जकडबाट मुक्त हुने शक्ति नै छैन। तिमीहरू न त आफ्नो वर्तमान अवस्था परिवर्तन गर्ने, न त अन्धकारको प्रभावबाट मुक्त हुन नै तृष्णा गर्छौ। तिमीहरू बस् यी कुराद्वारा बाँधिएका छौ। यो जीवन निकै पीडादायी छ र यो मानव संसार निकै अँध्यारो छ भनेर तिमीहरू सबैलाई थाहा भए पनि, तिमीहरूमध्ये एक जनासँग पनि आफ्‍नो जीवन परिवर्तन गर्ने साहस छैन। तिमीहरू यस जीवनका वास्तविकताहरूबाट भाग्ने, आत्मिक पराभौतिकता हासिल गर्ने, र शान्त, गजब र स्वर्गजस्तो वातावरणमा जिउने तृष्णा मात्र गर्छौ। तिमीहरू आफ्‍नो वर्तमान जीवन परिवर्तन गर्नका लागि कष्टहरू सहन अनिच्छुक छौ; न त तिमीहरू यो न्याय र सजायभित्रै आफूले प्रवेश गर्नुपर्ने जीवनको खोजी गर्न नै इच्छुक छौ। बरु, तिमीहरू देहबाहिरको त्यो सुन्दर संसारबारे पूरै अवास्तविक सपनाहरू देख्छौ। तिमीहरू जुन जीवनको अभिलाषा राख्छौ, त्यो कुनै पीडा नभोगी सजिलै प्राप्त गर्न सकिने जीवन हो। त्यो पूर्ण रूपमा अवास्तविक छ! किनभने तिमीहरूको आशा भनेको देहमा एउटा अर्थपूर्ण जीवनकाल जिउनु र जीवनकालमा सत्यता प्राप्त गर्नु होइन, अर्थात्, सत्यताका लागि जिउनु र इन्साफको पक्षमा उभिनु होइन। तिमीहरूले उज्ज्वल र चम्किलो ठान्‍ने जीवन यो होइन। तिमीहरूलाई यो आकर्षक वा अर्थपूर्ण जीवन होइन भन्‍ने लाग्छ। तिमीहरूको नजरमा त यस्तो जीवन जिउनु अन्याय हुनेछ! तिमीहरूले आज यो सजाय स्वीकार गरे पनि तिमीहरू सत्यता प्राप्त गर्नु वा वर्तमानमा सत्यतामा जिउनुलाई पछ्याइरहेका छैनौ, बरु पछि देहभन्दा परको सुखी जीवनमा प्रवेश गर्न सक्षम हुनुलाई पछ्याइरहेका छौ। तिमीहरू सत्यता खोजिरहेका छैनौ, न त सत्यताको पक्षमा नै खडा भइरहेका छौ, र तिमीहरू सत्यताका लागि त झनै जिइरहेका छैनौ। तिमीहरू आज प्रवेश गर्नका खातिर पछ्याइरहेका छैनौ; बरु, तिमीहरूका सोचहरू कुनै दिन के हुन सक्छ भन्‍ने कुराले भरिएका छन्: तिमीहरू नीलो आकाशतिर नियालेर वेदनाका आँसु बगाइरहेका छौ, र आफूलाई स्वर्गमा लगिने दिनको प्रतीक्षा गरिरहेका छौ। के तिमीहरूलाई यस्तो सोचाइ वास्तविकताबाहिर गइसकेको छ भन्‍ने थाहा छैन? तिमीहरू यस संसारमा कष्ट र दुःख सहेका तिमीहरूलाई आफूसँग लैजानका लागि एकदिन असीम दया र करुणासहितको मुक्तिदाता निस्सन्देह आउनुहुनेछ, साथै उहाँले उत्पीडन र दमनमा परेका तिमीहरूलाई भएको अन्याय निवारण गर्नुहुनेछ र तिमीहरूलाई बदला दिलाउनुहुनेछ भनी सोचिरहन्छौ। के तँ पापले भरिएको छैनस् र? के यस संसारमा तैँले मात्र दुःख भोगेको हो र? तैँले आफै शैतानको सत्तामा फसेर दुःख पाएको हो—के परमेश्‍वरले अझै पनि साँच्चिकै तँलाई भएको अन्याय निवारण गरिदिनुपर्छ? जो परमेश्‍वरका मागहरू पूरा गर्न असक्षम छन्—के तिनीहरू सबै परमेश्‍वरका शत्रु होइनन् र? जो देहधारी परमेश्‍वरमा विश्‍वास गर्दैनन्—के तिनीहरू सबै ख्रीष्टविरोधी होइनन् र? तेरो असल व्यवहारको के अर्थ छ? के त्यसले परमेश्‍वरको उपासना गर्ने हृदयको ठाउँ लिन सक्छ? तँ केही असल कामकुरा गरेर मात्रै परमेश्‍वरको आशिष् प्राप्त गर्न सक्दैनस्, र तँ उत्पीडन र दमनमा परेको छस् भन्दैमा परमेश्‍वरले तँलाई भएको अन्याय निवारण गर्नुहुनेछैन र तेरो खातिर बदला लिइदिनुहुनेछैन। जो परमेश्‍वरमा विश्‍वास गरे पनि परमेश्‍वरलाई चिन्दैनन् तर राम्रो गर्छन्—के तिनीहरूलाई पनि सजाय दिइँदैन र? तँ केवल परमेश्‍वरमा विश्‍वास गर्छस्, केवल परमेश्‍वरले तँलाई भएको अन्याय निवारण गरिदिनुहोस् र तिनको बदला लिइदिनुहोस् भन्‍ने चाहन्छस्, र तँ परमेश्‍वरले तँलाई तेरो त्यो दिन दिनुहोस् भन्‍ने चाहन्छस्, जुन दिन तैँले अन्ततः आफ्‍नो शिर ठाडो गर्न सक्‍नेछस्। तर तँ सत्यतालाई बेवास्ता गर्छस्, र तँ सत्यता जिउने तृष्णा गर्दैनस्। तँ यो कठिन, रित्तो जीवनबाट उम्कन त झनै सक्षम छैनस्। बरु, देहमा र पापको बीचमा आफ्नो जीवन जिउने क्रममा, तँ परमेश्‍वरले तँलाई भएको अन्याय निवारण गरिदिनुहुन्छ र तेरो अस्तित्वको कुहिरो हटाइदिनुहुन्छ भन्ने अपेक्षाका साथ उहाँलाई हेर्छस्। तर के यो सम्भव छ? यदि तँसँग सत्यता छ भने, तैँले परमेश्‍वरलाई पछ्याउन सक्छस्। यदि तँसँग जियाई छ भने, तँ परमेश्‍वरको वचनको प्रकटीकरण हुन सक्छस्। यदि तँसँग जीवन छ भने, तैँले परमेश्‍वरको आशिष्‌ पाउन सक्छस्। सत्यता भएकाहरूले परमेश्‍वरको आशिष्‌को आनन्द लिन सक्छन्। परमेश्‍वरले पूर्ण हृदयले उहाँलाई प्रेम गर्ने र कष्ट र दुःख सहनेहरूका लागि न्याय सुनिश्चित गर्नुहुन्छ, तर आफूलाई मात्र प्रेम गर्ने र शैतानको छलको शिकार भएकाहरूका लागि भने त्यो सुनिश्‍चित गर्नुहुन्‍न। सत्यतालाई प्रेम नगर्नेहरूमा कसरी असलपन हुन सक्छ? देहलाई मात्र प्रेम गर्नेहरूमा कसरी धार्मिकता हुन सक्छ? के धार्मिकता र असलपन दुवैका बारेमा सत्यताको सन्दर्भमा मात्र कुरा गरिँदैन र? के ती कुरा पूर्ण हृदयले परमेश्‍वरलाई प्रेम गर्नेहरूका लागि मात्र आरक्षित गरिँदैनन् र? जो सत्यतालाई प्रेम गर्दैनन् र जो दुर्गन्धित लासबाहेक केही पनि होइनन्—के यस्ता सबै मानिसले दुष्टता पालेका हुँदैनन् र? जो सत्यता जिउन सक्दैनन्—के ती सबै सत्यताका शत्रु होइनन् र? अनि, तिमीहरूचाहिँ नि?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिएकाहरूले मात्र अर्थपूर्ण जीवन जिउन सक्छन्

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३४८

मानिसको व्यवस्थापन गर्नु सदैव मेरो कर्तव्य रहिआएको छ। यसको अतिरिक्त, मैले संसारको सृष्टि गर्दा नै मानिसमाथिको विजयको ठहर गरेँ। आखिरी दिनहरूमा मानिसलाई पूर्ण रूपमा जित्‍ने छु अथवा मानवजातिका बीचमा भएका विद्रोहीहरूको विजय नै शैतानमाथिको मेरो विजयको प्रमाण हो भन्‍ने कुरा मानिसहरूलाई थाहा नहुन सक्छ। तर जब मेरो शत्रु मसँग युद्ध गर्न आयो, तब मैले त्यसलाई शैतानले बन्दी बनाएर आफ्ना सन्तान र त्यसको घरको रखवाली गर्ने निष्ठावान दासहरू बनाएकाहरूलाई म जित्‍ने छु भनेर अगाडिबाटै भनेँ। जित्‍नुको मूल अर्थ हराउनु, शर्ममा पार्नु हो; इस्राएलीहरूको भाषामा, यसको अर्थ पूर्ण रूपमा हराउनु, नाश गर्नु र मेरो विरुद्धमा थप प्रतिरोध गर्न असक्षम तुल्याउनु भन्‍ने हुन्छ। तर आज तिमीहरूको माझ प्रयोग गर्दा यसको अर्थ जित्‍नु हुन्छ। मानवजातिका दुष्ट जनलाई पूरै काबूमा पार्नु र पराजित गर्नु सधैँको मेरो अभिप्राय रहिआएको छ भन्‍ने कुरा तिमीहरूले जान्‍नुपर्छ, ताकि तिनीहरूले अबउसो मलाई धोका दिन नसकून्, तिनीहरूमा मेरो काममा अवरोध र बाधा पुऱ्याउने कुनै सास हुने कुरा त परै जाओस्। यसैले, मानिसको सवालमा यस शब्दको अर्थ विजय हासिल गर्नु हुन आउँछ। यस शब्दको अर्थहरू जेसुकै भए तापनि मेरो काम मानिसहरूलाई हराउनु हो। मानवजाति मेरो व्यवस्थापनको थप भाग हो भन्‍ने कुरा सत्य भए पनि, यसलाई अझ स्पष्टताका साथ भन्‍दा मानिसहरू मेरो शत्रुबाहेक अरू कोही पनि होइनन्। मानिसहरू मेरो विरोध र मविरुद्ध विद्रोह गर्ने दुष्टहरू हुन्। मानिसहरू मैले श्राप दिएको दुष्टको सन्तानबाहेक अरू कोही पनि होइनन्। मानिसहरू मलाई धोका दिएको प्रधान स्वर्गदूतका सन्तानबाहेक अरू कोही पनि होइनन्। मानिसहरू मैले धेरै पहिले तिरस्कार गरेको दुष्टको विरासतबाहेक कोही पनि होइनन्, जो त्यस बेलादेखि यता मेरो कट्टर विरोधी भइआएको छ। किनभने सारा मानवजाति माथिको आकाश स्पष्टताको कुनै पनि सङ्केत नभएको धमिलो र कालो छ र मानव जगत घोर अन्धकारमा डुबेको छ, यसैले त्यहाँ बसोबास गर्नेले आफ्नो अनुहार अगाडि फैलिएको आफ्नो हात वा टाउको माथि उठाउँदा सूर्य पनि देख्‍न सक्दैन। उसको खुट्टामुनिको सडक हिलोले ढाकेको र खाल्‍डा-खुल्डीहरूले व्याप्त छ, विचलित पार्ने गरी भूलभूलैया छ; सारा जमिन लासहरूले ढाकेको छ। अँध्यारा कुनाहरू मृतकहरूका अवशेषहरूले भरिएका छन्, र शान्त र अँध्यारा कुनाहरूमा भूतहरूका भीडले बसोबास गरेका छन्। अनि मानिसहरूका संसारमा भूतहरू भीड-भाड गर्दै आवतजावत गर्छन्। फोहोरले ढाकिएका सबै प्रकारका जनावरहरूका सन्तान भीषण युद्धबाट घेरिएका छन् जसको आवाजले हृदयमा आतङ्क पैदा गर्छ। यस्तो समयमा “सांसारिक वैकुण्ठ” रूपी संसारमा जीवनको परमसुख खोज्‍न कुनै एक व्यक्ति कहाँ जान्छ? जीवनको लक्ष्य खोज्‍न कुनै एक व्यक्ति कहाँ जानसक्छ? शैतानको खुट्टाले कुल्चिएपछि मानवजाति पहिलेदेखि नै शैतानको स्वरूप लिएको कलाकार बनेको छ—त्योभन्दा पनि बढी मानवजाति शैतानको मूर्त रूप हो र ठूलो र स्पष्ट आवाजमा शैतानको गवाही दिने प्रमाणको काम गर्छ। यस्तो मानव जाति, यस्ता फोहोरका पोकोहरू, यस्तो भ्रष्ट मानव परिवारको सन्तान कसरी परमेश्‍वरको गवाही बन्‍न सक्छ? मेरो महिमा कहाँबाट आउँछ? कसैले मेरो गवाही बोल्‍न कहाँबाट सुरु गर्छ? किनकि मेरो विरुद्ध उभिने शत्रुले मानिसलाई भ्रष्ट पारेर मानवजातिलाई अघि नै आफ्नो बनाइसकेको छ—त्यो मानवजाति जसलाई मैले धेरै पहिले सृष्टि गरेँ र जो मेरो महिमाले र जीवनशैलीले भरिएको थियो—त्यसलाई दूषित पारेको छ। त्यसले मेरो महिमा खोसेर लगेको छ र शैतानको कुरूपता मिश्रित विष तथा असल र खराबको ज्ञान दिने रूखको फलको रसले मानिसलाई सन्तृप्त पारेको छ। सुरुमा मैले मानवजातिलाई सृष्टि गरेँ; अर्थात्, मानवजातिको पुर्खा आदमलाई सृष्टि गरेँ। ऊ स्वरूप र प्रतिरूपले सुसम्पन्‍न थियो, ऊ जीवन्तताले भरिएको थियो, ऊ तागतले भरिएको थियो, र त्यसभन्दा पनि बढी, ऊ मेरो महिमाको साथमा थियो। मैले मानिसलाई सृष्टि गरेको महिमित दिन त्यही थियो। त्यसपछि, आदमको शरीरबाट हव्वालाई बनाइयो, र तिनी पनि मानिसकी पुर्खा थिइन्। यसरी मैले सृष्टि गरेका मानिसहरू मेरो सासले भरिए र मेरो महिमाले भरिपूर्ण भए। आदम मूल रूपमा मेरै हातबाट “जन्मिएको” थियो र मेरो स्वरूपको प्रतिनिधित्व थियो। यसैले “आदम” को मूल अर्थ मद्वारा सृजित, मेरो जीवनशक्तिले ओतप्रोत भएको, मेरो महिमाले ओतप्रोत भएको, स्वरूप र प्रतिरूप भएको, आत्मा र सास भएको प्राणी थियो। ऊ आत्मा भएको, मेरो प्रतिनिधित्व गर्न र मेरो स्वरूप बोक्न सक्‍ने, र मेरो सास प्राप्त गरेको एक मात्र सृजित प्राणी थियो। सुरुमा, हव्वाचाहिँ सास प्राप्त गरेकी दोस्रो मानव थिइन्, जसको सृष्टि मैले नै नियोजन गरेको थिएँ, यसैले “हव्वा” को मूल अर्थ मेरो महिमालाई निरन्तरता दिने, मेरो जीवनशक्तिले भरिएकी, र त्यसभन्दा पनि बढी, मेरो महिमाले भरिएकी सृजित प्राणी थियो। हव्वा आदमबाट आई, त्यसैले उसमा पनि मेरो प्रतिरूप थियो, किनकि ऊ मेरो स्वरूपमा सृजित दोस्रो मानव थिई। “हव्वा” को मूल अर्थ आत्मा, शरीर र हाड भएकी जीवित मानव थियो। ऊ मानवजातिको बीचमा मेरो दोस्रो गवाही हुनुका साथै मेरो दोस्रो स्वरूप पनि थिई। तिनीहरू मानवजातिका पुर्खाहरू, मानवजातिका बहुमूल्य र शुद्ध जन, र मूल रूपमा आत्मा प्रदान गरिएका जीवित प्राणीहरू थिए। तथापि, मानवजातिको संसारलाई पूर्ण अन्धकारमा धकेल्दै मानवजातिका पुर्खाहरूका सन्तानलाई दुष्टले कुल्चियो र बन्दी बनायो र ती सन्तानले मेरो अस्तित्वमा विश्‍वासै नगर्ने बनाइदियो। त्योभन्दा घृणित कुरा त यो छ कि दुष्टले मानिसहरूलाई भ्रष्ट पार्ने र तिमीहरूलाई कुल्चीमिल्ची पार्ने काम गर्दा यसले मेरो महिमा, मेरो गवाही, मैले तिनीहरूलाई दिएको जीवनशक्ति, तिनीहरूमाथि मैले फुकेको सास र जीवन, मानव संसारमा भएको सारा महिमा र मैले मानवजातिमा खर्च गरेको मुटुको सारा रगतलाई क्रूरताका साथ जबरजस्ती खोस्दै छ। मानवजाति अब उप्रान्त ज्योतिमा छैन, मानिसहरूले मैले दिएका सबै कुराहरू गुमाएका छन् र मैले दिएको महिमालाई तिनीहरूले लत्याएका छन्। सृष्टि गरिएका सबै प्राणीहरूको परमप्रभु म नै हुँ भन्‍ने कुरा तिनीहरूले कसरी स्वीकार्न सक्छन्? स्वर्गमा भएको मेरो अस्तित्वलाई तिनीहरूले कसरी निरन्तर विश्‍वास गर्न सक्छन्? पृथ्वीमा मेरो महिमाको प्रकटीकरणलाई तिनीहरूले कसरी पत्ता लगाउन सक्छन्? तिनीहरूका पुर्खाहरूले डर मानेका परमेश्‍वरलाई यी नातिनातिनाहरूले कसरी तिनीहरूलाई सृष्टि गर्ने परमेश्‍वरको रूपमा लिन सक्छन्? यी दयनीय नातिनातिनाहरूले मैले आदम र हव्वालाई दिएको महिमा, प्रतिरूप र गवाहीका साथै मैले मानवजातिलाई प्रदान गरेको अस्तित्वमा रहनको निम्ति तिनीहरू भर पर्ने जीवन उदारतापूर्वक दुष्टलाई “सुम्पिएका” छन्; र दुष्टको उपस्थितिप्रति तिनीहरू पूर्णरूपमा अनभिज्ञ छन्, र मेरो सारा महिमा त्यसलाई दिन्छन्। “मैला” शब्दको स्रोत यही होइन र? यस्तो मानवजाति, यस्ता दुष्ट भूतहरू, यस्ता हिँड्ने लाशहरू, यस्ता शैतानका आकृतिहरू, यस्ता मेरा शत्रुहरूले कसरी मेरो महिमा प्राप्त गर्छन्? म मेरो महिमालाई पुनः कब्जा गर्नेछु, मानिसहरूको माझमा रहेको मेरो गवाही र कुनै बेला मसँग भएका सबै कुराहरू र मैले धेरै पहिले मानवजातिलाई दिएका कुराहरूलाई म पुनः कब्जा गर्नेछु—म मानवजातिलाई पूर्ण रूपमा जित्‍ने छु। तथापि, मैले सृष्टि गरेका मानवहरू मेरा प्रतिरूप र मेरो महिमा भएका पवित्र मानिसहरू थिए भन्‍ने कुरा तैँले थाहा पाउनुपर्छ। तिनीहरू शैतानका थिएनन्, न त तिनीहरू त्यसको कुल्चाइका वशमा नै थिए, तर तिनीहरू अलिकति पनि शैतानको विष नभएका मेरा विशुद्ध प्रकटीकरण थिए। अनि यसैले, मैले मेरा हातले सृष्टि गरेका, मैले प्रेम गर्ने र अन्य कसैको स्वामित्वमा नभएका पवित्र जनहरूलाई मात्र म चाहन्छु भन्‍ने कुराको जानकारी म मानवजातिलाई दिन चाहन्छु। यसका अतिरिक्त, म तिनीहरूमा आनन्दित हुनेछु र तिनीहरूलाई मेरा महिमा ठान्‍नेछु। तथापि, शैतानले भ्रष्ट पारेको, आज शैतानको वशमा भएका र जो उप्रान्त मेरो मूल सृष्टि होइनन् ती मानवजातिको चाहना मैले गरेको होइन। किनकि शैतानलाई पराजित गरेको महिमाको प्रमाणको रूपमा मानव संसारमा अस्तित्वमा रहेको मेरो महिमालाई म पुनः कब्जा गर्नेछु, मानवजातिका बीचमा बाँचेकाहरूमाथि म पूर्ण विजय हासिल गर्नेछु। मेरो व्यक्तित्वको क्रिस्टलीकरणको लागि मेरै गवाहीलाई मात्र मेरो आनन्दको वस्तुको रूपमा म लिन्छु। मेरो अभिप्राय यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। वास्तविक व्यक्ति हुनुको अर्थ के हो

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३४९

मानवजातिलाई आजको अवस्थामा आइपुग्‍न इतिहासका दशौं हजार वर्ष लागेको छ, तथापि मैले सुरुमा सृष्टि गरेको मानवजातिचाहिँ लामो समयदेखि पतनमा डुबेको छ। मानवजाति मैले इच्छा गरे जस्तो मानवजाति रहेन, र यसैले मेरो नजरमा मानिसहरू मानवजातिको नामले बोलाइन योग्‍यका छैनन्। बरु तिनीहरू मानवजातिका मैलाहरू हुन् जसलाई शैतानले बन्दी बनाएको छ, तिनीहरू शैतानले बास गरेका हिँड्ने कुहिएका लाशहरू हुन्, जसलाई शैतानले कपडाको रूपमा पहिरिन्छ। मानिसहरूलाई मेरो अस्तित्वमाथि भरोसा छैन, न त तिनीहरूले मेरो आगमनलाई स्वागत नै गर्छन्। मानवजातिले मेरा अनुरोधहरूलाई अस्थायी रूपमा स्वीकार गरे तापनि असन्तुष्टिका साथ तिनको जवाफ दिन्छ र जीवनका आनन्द तथा दुःखहरू मसँग इमानदारीका साथ बाँड्दैन। मानिसहरूले मलाई रहस्यमय ठान्‍ने हुनाले तिनीहरूले मलाई देखावटी मुस्कान दिन्छन्, तिनीहरूको मनोवृत्ति शक्तिको चापलुसी गर्ने खालको जस्तो छ, किनकि मानिसहरूलाई मेरो कामको ज्ञान छैन, मेरो अहिलेको अभिप्रायको त कुरै नगरौं। म तिमीहरूसँग इमान्दार हुनेछु: जब त्यो दिन आउँछ मेरा आराधना गर्ने जोकोहीको दुःख तिमीहरूका भन्दा सहन गर्न सक्‍ने किसिमका हुनेछन्। ममाथिको तिमीहरूको विश्‍वास वास्तवमा अय्यूबको भन्दा बढी छैन—यहूदी फरिसीहरूको विश्‍वासले पनि तिमीहरूको विश्‍वासलाई जित्छ—यसैले आगोको दिन आउँदा तिमीहरूको दुःख येशूले हप्‍काउनुभएका फरिसीहरू, मोशाको विरोध गर्ने २५० अगुवाहरू र आफ्नो विनाशको प्रचण्ड ज्वालाको चपेटामा परेको सदोमको भन्दा गम्भीर हुनेछ। जब मोशाले चट्टानलाई हिर्काए र यहोवाले दिनुभएको पानी निस्कियो, त्यो उनको विश्‍वासको कारणले भएको थियो। जब दाऊदले म, यहोवाको प्रशंसामा आनन्दले भरिएको हृदयले वीणा बजायो—त्यो उसको विश्‍वासको कारणले भएको थियो। जब अय्यूबले डाँडाकाँडा ढाक्‍ने वस्तुभाउ र असंख्य सम्पत्ति गुमायो र उसको शरीर कष्टकर खटिराले ढाक्यो, त्यो उसको विश्‍वासको कारणले भएको थियो। जब उसले म, यहोवाको आवाज सुन्‍न र म, यहोवाको महिमा देख्‍न सक्यो, त्यो उसको विश्‍वासको कारणले भएको थियो। पत्रुसले येशू ख्रीष्टलाई पछ्याउन सक्‍नुको कारण उसको विश्‍वास नै थियो। उसले मेरो खातिर क्रूसमा टाँगिन र महिमामयी गवाही दिन सक्‍नु उसकै विश्‍वासको कारणले भएको थियो। जब यूहन्‍नाले मानिसको पुत्रको महिमामयी प्रतिरूप देख्यो, त्यो उसको विश्‍वासको कारणले भएको थियो। जब उसले आखिरी दिनहरूको दर्शन पायो, त्यो सबै उसकै विश्‍वासको कारणले भएको थियो। अन्यजाति भनाउँदा भीडहरूले मेरो प्रकाश प्राप्त गर्नु र मानिसहरूमाझ मेरो काम गर्नको निम्ति म देहमा फर्केको छु भन्‍ने कुरा थाहा पाउनुको कारण पनि तिनीहरूको विश्‍वासकै कारणले गर्दा भएको हो। मेरा कठोर वचनहरूद्वारा प्रहार गरिएका र ती वनहरूद्वारा नै सान्त्वना र मुक्ति पाएका सबैले यो कुरा तिनीहरूको आफ्नै विश्‍वासले गरेका होइनन् र? ममाथि विश्‍वास गरे तापनि कठिनाइ भोग्‍नेहरू संसारदेखि पनि अस्वीकृत भएका छैनन् र? मेरा वचनबाहिर जिउनेहरू, परीक्षाको संकष्टदेखि भाग्‍नेहरू, के तिनीहरू सबै संसारमा यता-उता बरालिरहँदैनन् र? तिनीहरू शरद्का पातहरूझैँ एक ठाउँमा नबसी घरी यता, घरी उता सलबलाउँछन्, मेरा सान्त्वनाका वचनहरूको त कुरै नगरौं। मेरो सजाय र शोधनले तिनीहरूलाई नपछ्याए तापनि के तिनीहरू एक ठाउँदेखि अर्को ठाउँमा, स्वर्गको राज्य बाहिरका सडकहरूमा भौतारिने भिखारीहरू होइनन् र? के संसार साँच्चै तेरो विश्राम स्थल हो त? के तैँले मेरो सजायलाई पन्छाएर साँच्चै नै यस संसारबाट सन्तुष्टिको सबैभन्दा मन्द मुस्कान प्राप्त गर्न सक्छस्? के तैँले तेरो क्षणिक आनन्दलाई तेरो हृदयको लुकाउन नमिल्ने रिक्ततालाई ढाक्नको निम्ति प्रयोग गर्न सक्छस्? तैँले तेरो परिवारका सबैलाई मूर्ख बनाउन सक्लास्, तर तैँले मलाई कहिल्यै पनि मूर्ख बनाउन सक्दैनस्। तेरो विश्‍वास अत्यन्तै थोरै भएको कारण आजको दिनसम्म पनि तँमा जिन्दगीले दिने आनन्द पत्ता लगाउने शक्ति छैन। म तँलाई आग्रह गर्छु: मानिसले सहन नसक्‍ने दुःख सहेर सम्पूर्ण जीवन मामुली र देहको निम्ति व्यस्त रहनुभन्दा मेरो निम्ति इमान्दारीपूर्वक आधा जीवन जिउनु तेरो लागि असल हुन्छ। मेरो सजायबाट भागेर आफैलाई जोगाउनुको उद्देश्य के छ र? मेरो क्षणिक सजायबाट लुकेर अनन्तको लज्जा, अनन्तको सजायको कटनी गर्नुको के अर्थ छ र? वास्तवमा म कसैमाथि पनि मेरा मागहरू जबरजस्ती थोपर्दिनँ। यदि कोही मेरा सबै योजनाहरूप्रति साँचो रूपमा समर्पित हुने इच्छा गर्छ भने, तिनीहरूसँग म तुच्छ व्यवहार गर्नेछैन। तर सबै मानिसहरूले ममाथि विश्‍वास गर्नुपर्छ, जसरी अय्यूबले म, यहोवामाथि विश्‍वास गरे। यदि तिमीहरूको विश्‍वासले थोमाको विश्‍वासलाई जित्छ भने तिमीहरूको विश्‍वासले मेरो प्रशंसा प्राप्त गर्नेछ, तिमीहरूको निष्ठामा तिमीहरूले मेरो परमानन्द पाउनेछौ र तिमीहरूका दिनमा तिमीहरूले मेरो महिमा पक्कै पाउनेछौ। तथापि संसार र दुष्टमाथि विश्‍वास गर्ने मानिसहरूले आँखामा बतासले उडाएर लैजाने बालुवा र मुखमा दुष्टका भेटीहरू राखेर सदोम सहरका मानिसहरूले झैँ तिनीहरूका हृदय कठोर पारेका छन्, जसका बादलले ढाकेका मनहरू लामो समयदेखि संसारलाई अनधिकृत रूपमा हडप्‍ने दुष्टले नियन्त्रणमा लिएको छ। तिनीहरूका विचारहरू लगभग पूर्ण रूपले प्राचीन समयको दुष्टको बन्धनमा परेका छन्। अनि यसैले मानवजातिको विश्‍वास हावामा उडेको छ र तिनीहरू मेरो कामलाई देख्‍न समेत असमर्थ छन्। मेरो कामलाई देखावटी रूपमा लिने वा कामचलाउ रूपमा यसको विश्‍लेषण गर्ने कमजोर प्रयास मात्र तिनीहरूले गर्न सक्छन्, किनकि तिनीहरू धेरै अगाडिदेखि नै शैतानको विषको नियन्त्रणमा छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। वास्तविक व्यक्ति हुनुको अर्थ के हो

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३५०

मानवजातिलाई म जित्‍नेछु किनकि मानिसहरूको सृष्टि मैले नै गरेँ र, यसका अतिरिक्त, तिनीहरूले मेरो सृष्टिको प्रचुरताको आनन्द लिएका छन्। तर मानिसहरूले मलाई इन्कार पनि गरेका छन्; म तिनीहरूका हृदयमा अनुपस्थित छु, अनि तिनीहरूले मलाई तिनीहरूको अस्तित्वको निम्ति बोझको रूपमा हेर्छन्, यतिसम्म कि तिनीहरूले मलाई देखेर पनि अझै इन्कार नै गर्छन् र मलाई हराउने हरसम्भव तरिकाहरूको बारेमा सोचेर तिनीहरूका दिमागलाई यातना दिन्छन्। तिनीहरूलाई मैले गम्भीर तवरले व्यवहार गरेको वा तिनीहरूसँग कठोर मागहरू गरेको मानिसहरू चाहँदैनन्, न त तिनीहरूको अधार्मिकताको न्याय गर्ने वा त्यसको सजाय दिने अनुमति नै मलाई दिन्छन्। यसमा संलग्‍न हुनु त दूरको कुरा, बरु तिनीहरूलाई यो झमेलामय लाग्छ। र यसैले मानवजातिलाई लिनु र तिनीहरूलाई पराजित गर्नु मेरो काम हो, जो ममा खान्छ, पिउँछ र रमाउँछ तर मलाई चिन्दैन। म मानवजातिलाई निःशस्त्र पार्नेछु, र त्यसपछि मेरा स्वर्गदूतहरू, मेरो महिमालाई लिएर मेरो वासस्थानमा फर्कनेछु। किनकि मानिसहरूका कार्यहरूले धेरै पहिलेदेखि नै मेरो हृदय तोडेको छ र मेरा कामलाई टुक्राटुक्रा पारेका छन्। मानिसहरूलाई तिनीहरूको जीवन निरन्तर रूपमा जिउन, निरन्तर “शान्ति र सन्तुष्टिका साथ जिउन र काम गर्न”, निरन्तर “तिनीहरूका आफ्नै खेतबारीहरूमा खेतीपाती गर्न” दिएर म खुसीसाथ फर्केर जानुअघि मेरो महिमा पुनः कब्जा गर्ने मेरो इरादा छ, र म तिनीहरूको जीवनमा कहिले पनि हस्तक्षेप गर्नेछैन। तर अहिले दुष्टको हातबाट मेरो महिमा पूर्ण रूपमा पुनः कब्जा गर्ने, पृथ्वीको सृष्टि गर्दा मैले मानिसभित्र हालिदिएको महिमाको पूर्णता फिर्ता लिने मेरो इरादा छ। मानव जातिलाई म कहिले पनि यो फेरि दिनेछैन। किनकि मानिसहरूले मेरो महिमाको संरक्षण गर्न चुकेका मात्र छैनन्, तर तिनीहरूले यसलाई शैतानको प्रतिरूपसँग साटेका पनि छन्। मानिसहरू मेरो आगमनलाई मूल्यवान् ठान्दैनन् न त मेरो महिमाको दिनलाई नै महत्त्व दिन्छन्। मेरो महिमा मलाई फिर्ता दिनु त कहाँ हो कहाँ, तिनीहरू मेरो सजाय प्राप्त गर्ने कुरामा प्रसन्‍न समेत हुँदैनन्, न त तिनीहरू दुष्टको विष फ्याँक्‍न नै इच्छुक छन्। मानवजातिले मलाई त्यही पुरानो तरिकाले नै निरन्तर रूपमा धोका दिन्छ, मानिसहरूले अहिले पनि उही पुरानो तरिकाले नै उज्यालो मुस्कानहरू र खुसी अनुहारहरू धारण गर्छन्। तिनीहरूबाट मेरो महिमा हटेपछि तिनीहरूमाथि आइपर्ने अन्धकारको गहिराइको बारेमा तिनीहरू अनभिज्ञ छन्। विशेष गरी, जब सम्पूर्ण मानवजातिमाथि मेरो दिन आउँछ, यो तिनीहरूको निम्ति नोआको समयको भन्दा कठिन हुन्छ, किनकि इस्राएलबाट मेरो महिमा हट्दा इस्राएल कति अँध्यारो भएको थियो भन्‍ने तिनीहरूलाई थाहा छैन, किनकि निस्पट्ट अन्धकारमय रात कटाउन कति कठिन थियो भन्‍ने कुरा मानिसले बिहान हुँदा भुलिहाल्छ। जब सूर्य फेरि लुक्‍न जान्छ अनि मानिसमाथि अन्धकार आइपर्छ, उसले फेरि अन्धकारमा विलाप गर्छ र आफ्ना दाह्रा किट्नेछ। इस्राएलबाट मेरो महिमा हट्दा ती कष्टका दिनहरू सहन इस्राएलीहरूलाई कति कठिन भएको थियो भन्‍ने के तिमीहरूले बिर्सेका छौ? तिमीहरूले मेरो महिमा देख्‍ने समय अहिले नै हो, र तिमीहरू मेरो महिमामा सहभागी हुने समय पनि अहिले नै हो। जब मेरो महिमाले यो फोहोरी भूमि छोड्छ तब अन्धकारको बीचमा मानिसले विलाप गर्नेछ। मैले काम गर्ने महिमाको दिन अहिले नै हो, मैले मानवजातिलाई दुःखबाट मुक्त गर्ने दिन यही हो, किनकि पीडा र संकष्टका समयहरू म तिनीहरूसँग बाँड्नेछैनँ। म मानवजातिलाई पूर्ण रूपमा जित्‍न र मानवजातिका दुष्ट जनलाई पूर्ण रूपमा पराजित गर्न मात्र चाहन्छु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। वास्तविक व्यक्ति हुनुको अर्थ के हो

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३५१

मैले पृथ्वीमा धेरैलाई मेरा अनुयायी बनाउन खोजेको छु। यी सबै अनुयायीमध्ये, त्यस्ता मानिसहरू छन् जो धर्मगुरुका रूपमा सेवा गर्छन्, जो अगुवाइ गर्छन्, जो परमेश्‍वरका पुत्र हुन्, जो परमेश्‍वरका मानिस हुन्, र जो सेवा गर्छन्। तिनीहरूले मप्रति देखाउने बफादारीका आधारमा म तिनीहरूलाई वर्गीकरण गर्छु। जब सबैलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिएको हुन्छ, अर्थात्, जब हरेक प्रकारको व्यक्तिको प्रकृति प्रकाश भएको हुन्छ, तब मानिसहरूलाई मुक्ति दिने मेरो लक्ष्य हासिल गर्नका लागि म तिनीहरू हरेकलाई तिनीहरूको सही वर्गमा राख्नेछु र हरेक प्रकारलाई तिनीहरूको उपयुक्त स्थानमा राख्नेछु। म आफूले मुक्ति दिन चाहेकाहरूलाई समूह-समूहमा मेरो घरमा बोलाउँछु, र त्यसपछि तिनीहरू सबैलाई मेरो आखिरी दिनहरूको काम स्वीकार गर्न लगाउँछु। त्यो सँगसँगै, म तिनीहरूलाई प्रकारअनुसार वर्गीकरण गर्छु, अनि हरेक व्यक्तिलाई तिनीहरूका कार्यहरूका आधारमा इनाम वा दण्ड दिन्छु। मेरो काममा यस्तै चरणहरू रहेका छन्।

आज, म पृथ्वीमा जिउँछु, र म मानिसमाझ जिउँछु। मानिसहरू मेरो कामको अनुभव गर्छन्, र मैले बोलेको हेर्छन्, र यसका साथसाथै म मेरा हरेक अनुयायीलाई सबै सत्यता प्रदान गर्छु, ताकि तिनीहरूले मबाट जीवन प्राप्त गर्न सकून् र यसरी पछ्याउने मार्ग प्राप्त गरून्। किनभने म जीवनदाता परमेश्‍वर हुँ। मैले धेरै वर्ष काम गरेको बखत, मानिसहरूले धेरै कुरा प्राप्त गरेका छन्, र धेरै कुरा त्यागेका छन्, तैपनि म अझै भन्छु कि तिनीहरू ममा साँचो रूपमा विश्‍वास गर्दैनन्। किनभने मानिसहरू म परमेश्‍वर भएको कुरा मुखले मात्र स्वीकार गर्छन्, तर तिनीहरू मैले व्यक्त गर्ने सत्यताहरूसँग असहमत हुन्छन्, र, अझ भन्नुपर्दा, मैले तिनीहरूबाट माग गर्ने सत्यताहरू अभ्यास गर्दैनन्। भन्नुको मतलब, मानिसहरू परमेश्‍वरको अस्तित्वलाई मात्र स्वीकार गर्छन्, तर सत्यताको अस्तित्वलाई स्वीकार गर्दैनन्; मानिसहरू परमेश्‍वरको अस्तित्वलाई मात्र स्वीकार गर्छन्, तर जीवनको अस्तित्वलाई स्वीकार गर्दैनन्; मानिसहरू परमेश्‍वरको नाउँलाई मात्र स्वीकार गर्छन्, तर उहाँको सारलाई स्वीकार गर्दैनन्। म तिनीहरूको जोसलाई घृणा गर्छु, किनभने तिनीहरू मलाई धोका दिनका लागि मात्र मिठा सुनिने शब्दहरू प्रयोग गर्छन्, र तिनीहरूमध्ये कसैले पनि साँचो हृदयले मेरो आराधना गर्दैनन्। तिमीहरूका शब्दहरूमा सर्पको प्रलोभन मिसिएको हुन्छ; र ती चरम रूपमा अहङ्कारी हुन्छन्, ती प्रधान स्वर्गदूतको साँचो उद्घोष हुन्। अझ भन्नुपर्दा, तिमीहरूका कार्यहरू लाजमर्दो हदसम्म बिग्रिएका र भताभुङ्ग भएका छन्, र तिमीहरूका अत्यधिक चाहनाहरू र लालची अभिप्रायहरू सुन्दा कानलाई अप्रिय लाग्छन्। तिमीहरू सबै मेरो घरका किरा बनेका छौ, जुन मैले तिरस्कार गर्ने वस्तु हुन्। किनभने तिमीहरूमध्ये कोही पनि सत्यतालाई प्रेम गर्दैनौ; यसको सट्टा, तिमीहरू आशिषित् हुन, स्वर्गमा उक्लिन, ख्रीष्टले पृथ्वीमा आफ्नो शक्ति प्रयोग गरिरहनुभएको भव्य दर्शन हेर्न मन पराउँछौ। तर के तिमीहरूजस्तो, यति गहिरो रूपमा भ्रष्ट पारिएको, परमेश्‍वर के हुनुहुन्छ भन्‍ने कुराको कुनै पत्तो नभएको व्यक्ति कसरी परमेश्‍वरलाई पछ्याउन योग्य हुन सक्छ भनेर तिमीहरूले कहिल्यै सोचेका छौ? तिमीहरू कसरी स्वर्गमा उक्लिन सक्छौ? त्यो अभूतपूर्व भव्य दर्शनको सुन्दर दृश्य हेर्न तिमीहरू कसरी योग्य हुन सक्छौ? तिमीहरूका मुखहरू मलाई धोका दिने शब्दहरू, फोहोर शब्दहरू, मलाई विश्‍वासघात गर्ने शब्दहरू, र अहङ्कारका शब्दहरूले भरिएका छन्। तिमीहरूले मलाई इमानदारीका शब्दहरू, पवित्र पारिएका शब्दहरू, मेरो वचन अनुभव गर्ने र मप्रति समर्पित हुने भन्ने शब्दहरू कहिल्यै बोलेका छैनौ। आखिरमा, तिमीहरूको विश्‍वास चाहिँ कस्तो छ? तिमीहरूको हृदयमा चाहना र पैसाबाहेक अरू केही छैन, र तिमीहरूको दिमागमा भौतिक कुराहरूबाहेक अरू केही छैन। हरेक दिन, तिमीहरू मबाट कसरी केही लिने भनेर लेखाजोखा गर्छौ। हरेक दिन, तिमीहरू मबाट कति सम्पत्ति र कति भौतिक कुराहरू प्राप्त गरिएछ भनेर गन्छौ। हरेक दिन, तिमीहरू आफूले आनन्द लिन सकिने अझ धेरै, अझ उच्च कुराहरूको आनन्द लिन सकौँ भन्नका लागि आफूलाई अझ धेरै आशिष् प्राप्त होस् भनेर पर्खन्छौ। तिमीहरूले हरेक पल सोच्ने कुरामा म पर्दिनँ, न त मबाट आउने सत्यता नै पर्छ, बरु तिमीहरूका श्रीमान् वा श्रीमती, तिमीहरूका छोराछोरी, र तिमीहरूले खाने र लगाउने कुराहरू पर्छन्। तिमीहरू कसरी अझ राम्रो, अझ उच्च आनन्द प्राप्त गर्न सकिन्छ भनेर सोच्छौ। तर तिमीहरूले पेट फुट्ने गरी खाए पनि, के तिमीहरू अझै पनि एउटा लास मात्रै होइनौ र? तिमीहरूले आफूलाई त्यति सुन्दर पहिरनले सजाए पनि, के तिमीहरू अझै पनि जीवनशक्तिविहीन जिउँदो लास मात्रै होइनौ र? तिमीहरू आफ्नो पेटको खातिर कपाल फुल्ने बेलासम्म परिश्रम गर्छौ, तर तिमीहरूमध्ये कसैले पनि मेरो कामका लागि एउटा कपाल समेत बलिदान गर्दैनौ। तिमीहरू आफ्नै देहको खातिर, र आफ्ना छोराछोरीका खातिर निरन्तर दौडधूप गर्छौ, आफ्नो शरीरलाई थकाउँछौ र दिमाग खियाउँछौ—तर तिमीहरूमध्ये एक जनाले पनि मेरा अभिप्रायहरूप्रति कुनै चिन्ता वा चासो देखाउँदैनौ। तिमीहरू अझै पनि मबाट के प्राप्त गर्ने आशा गर्छौ?

म काम गर्दा कहिल्यै हतार गर्दिनँ। मानिसहरूले मलाई जसरी अनुसरण गरे पनि, म मेरो काम आफ्नै कदम र आफ्नै योजनाअनुसार गर्छु। तसर्थ, तिमीहरू मविरुद्ध यति विद्रोही भए पनि, म अझ निरन्तर काम गर्छु, र म अझै पनि आफूले बोल्ने अभिप्राय राखेका वचनहरू बोलिरहन्छु। म आफूद्वारा पूर्वनिर्धारण गरिएकाहरूलाई मेरो घरमा बोलाउँछु, ताकि तिनीहरू मेरा वचनहरूका श्रोता बनून्। त्यसपछि, मेरा वचनहरूमा समर्पित हुने, मेरा वचनहरूको तृष्णा गर्ने सबैलाई म मेरो सिंहासनसामु ल्याउँछु; मेरा वचनहरूलाई विश्‍वासघात गर्ने, मेरो आज्ञापालन नगर्ने वा मप्रति समर्पित नहुने, र खुलमखुला मेरो प्रतिरोध गर्ने सबैलाई म अन्तिम दण्ड पर्खनका लागि एकातिर फालिदिन्छु। सबै मानिस भ्रष्टतामाझ र दुष्टको नियन्त्रणमा जिउँछन्, त्यसैले मेरा अनुयायीहरूमध्ये थोरैले मात्र सत्यताको तृष्णा गर्छन्। भन्नुको अर्थ, अधिकांश मानिस साँचो रूपमा मेरो आराधना गर्दैनन्, उनीहरू सत्यतासाथ मेरो आराधना गर्दैनन्, तर भ्रष्टता र विद्रोह, कपटपूर्ण तरिकाहरूबाट मेरो विश्‍वास जित्ने प्रयास गर्छन्। यही कारणले म भन्छु: धेरैलाई बोलाइन्छ तर थोरैलाई चुनिन्छ। ज-जसलाई बोलाइन्छ तिनीहरू सबै गहन रूपमा भ्रष्ट पारिएका छन् र सबै उही युगमा जिउँछन्, तर चुनिएकाहरू तिनीहरूमध्ये एक हिस्सा मात्र हुन्, उनीहरू सत्यतामा विश्‍वास गर्ने र सत्यतालाई स्वीकार गर्ने, साथै सत्यता अभ्यास गर्नेहरू हुन्। ती मानिस सम्पूर्णताको सानो अंश मात्र हुन् र उनीहरूको माझबाटै मैले अझै धेरै महिमा प्राप्त गर्नेछु। यी वचनसँग तुलना गर्दा, के तिमीहरूले आफू चुनिएकाहरूमध्येका हौ कि होइनौ भन्ने थाहा पायौ? तिमीहरूको परिणाम कस्तो हुने रहेछ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३५२

मैले भनेझैँ, मलाई पछ्याउनेहरू धेरै छन् तर मलाई साँचो रूपमा प्रेम गर्नेहरू थोरै छन्। सायद कतिपयले यसो भन्न सक्छन्, “यदि मैले तपाईँलाई प्रेम नगरेको भए के मैले यति धेरै मूल्य चुकाएको हुनेथिएँ र? यदि मैले तपाईँलाई प्रेम नगरेको भए के मैले तपाईँलाई यहाँसम्म पछ्याएको हुनेथिएँ र?” मानौँ, तँसँग धेरैवटा कारण छन्, र तेरो प्रेम धेरै ठूलो छ, तर मप्रतिको तेरो प्रेमको सार कहाँ छ? “प्रेम” भन्ने कुराले एउटा शुद्ध र निस्खोट स्नेहलाई जनाउँछ, जहाँ तैँले आफ्नो हृदयद्वारा प्रेम गर्छस्, महसुस गर्छस्, र ख्याल गर्छस्। प्रेममा सर्तहरू हुँदैनन्, बाधाहरू हुँदैनन्, र दूरी हुँदैन। प्रेममा कुनै शङ्का हुँदैन, कुनै छल हुँदैन, र कुनै धूर्त्याइँ हुँदैन। प्रेममा कुनै लेनदेन हुँदैन, र त्यहाँ कुनै पनि प्रकारको मिसावट हुँदैन। यदि तँसँग प्रेम छ भने, तैँले छल, गुनासो, विश्‍वासघात, विद्रोह, माग गर्नेछैनस्, वा केही प्राप्त गर्न वा निश्चित मात्रामा केही कुरा प्राप्त गर्न खोज्नेछैनस्। यदि तँसँग प्रेम छ भने, तैँले खुसीसाथ आफूलाई समर्पित गर्नेछस् र खुसीसाथ कष्ट भोग्नेछस्, तँ मसँग मिल्दो हुनेछस्, र तैँले मेरो लागि आफूसँग भएका सबै कुरा त्याग्नेछस्, आफ्नो परिवार, आफ्ना सम्भावनाहरू, आफ्नो यौवन, र आफ्नो विवाहलाई त्याग्नेछस्। नत्रभने, तेरो प्रेम पटक्कै प्रेम हुनेछैन, बरु छल र विश्‍वासघात हुनेछ! तेरो प्रेम कस्तो प्रकारको प्रेम हो? के यो साँचो प्रेम हो? कि झूटो हो? तैँले कति त्यागेको छस्? तैँले कति अर्पण गरेको छस्? मैले तँबाट कति प्रेम प्राप्त गरेको छु? के तँलाई थाहा छ? तिमीहरूका हृदयहरू दुष्टता, विश्‍वासघात, र छलले भरिएका छन्—त्यसोभए तिमीहरूको प्रेममा अशुद्धता चाहिँ कति छ? तिमीहरू आफूले मेरा लागि पहिले नै पर्याप्त त्यागिसकेको सोच्छौ; तिमीहरू मप्रति तिमीहरूको प्रेम पहिले नै पर्याप्त छ भन्ने सोच्छौ। तर त्यसोभए तिमीहरूका शब्द र कार्यहरूमा किन सधैँ विद्रोहीपन र छल हुन्छन्? तिमीहरू मलाई पछ्याउँछौ, तैपनि तिमीहरू मेरो वचनलाई स्वीकार गर्दैनौ। के यो प्रेम हो? तिमीहरू मलाई पछ्याउँछौ, तैपनि मलाई इन्कार गर्छौ। के यो प्रेम हो? तिमीहरू मलाई पछ्याउँछौ, तैपनि तिमीहरू ममाथि अविश्‍वास गर्छौ। के यो प्रेम हो? तिमीहरू मलाई पछ्याउँछौ, तैपनि तिमीहरू मेरो अस्तित्वलाई स्वीकार गर्न सक्दैनौ। के यो प्रेम हो? तिमीहरू मलाई पछ्याउँछौ तर मलाई म जो हुँ त्यसअनुसार व्यवहार गर्दैनौ, र हरेक मोडमा मलाई कठिनाइमा पार्छौ। के यो प्रेम हो? तिमीहरू मलाई पछ्याउँछौ, तैपनि तिमीहरू हरेक मामलामा मलाई मूर्ख बनाउने र मलाई धोका दिने प्रयास गर्छौ। के यो प्रेम हो? तिमीहरू मेरो सेवा गर्छौ, तैपनि तिमीहरू मेरो भय मान्दैनौ। के यो प्रेम हो? तिमीहरू यावत् पक्ष र यावत् कुरामा मेरो विरोध गर्छौ। के यीमध्ये कुनै प्रेम हो? तिमीहरूले धेरै कुरा समर्पित गरेका छौ, यो साँचो हो, तैपनि मैले तिमीहरूसँग माग गर्ने कुरा तिमीहरूले कहिल्यै अभ्यास गरेका छैनौ। के यो प्रेम हुन सक्छ? ध्यानपूर्वक हेर्दा तिमीहरूमा मप्रतिको प्रेमको सङ्केत रत्तिभर छैन भन्‍ने देखिन्छ। यति धेरै वर्ष काम गरेपछि र मैले यति धेरै वचन आपूर्ति गरेपछि, तिमीहरूले वास्तवमा कति प्राप्त गरेका छौ? के यो ध्यानपूर्वक पछाडि फर्केर हेर्न लायक छैन र? म तिमीहरूलाई चेतावनी दिन्छु: म जसलाई आफूकहाँ बोलाउँछु तिनीहरू कहिल्यै भ्रष्ट नतुल्याइएका हुँदैनन्; बरु, जसले मलाई साँचो रूपमा प्रेम गर्छन् म तिनैलाई चयन गर्छु। त्यसकारण, तिमीहरू आफ्ना शब्द र कार्यहरूमा सतर्क हुनैपर्छ, र तिमीहरूले आफ्ना अभिप्राय र विचारहरू जाँच्नैपर्छ ताकि तिनले सीमा पार नगरून्। आखिरी दिनहरूको समयमा, मेरो सामुन्ने आफ्नो प्रेम अर्पण गर्न तिमीहरू आफ्नो सक्दो प्रयास गर, नत्र मेरो क्रोध तिमीहरूबाट कहिल्यै हट्नेछैन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३५३

प्रत्येक दिन प्रत्येक व्यक्तिको काम र विचारहरू एक जना व्यक्तिका आँखाले हेर्छन्, त्यसको साथसाथै तिनीहरूका आफ्नै भोलिका दिनको निम्ति ती तयारीमा छन्। सबै जीवित मानिस हिँड्ने बाटो यही हो; मैले सबैका निम्ति अघिबाटै ठहराएको बाटो यही नै हो, कोही पनि यसबाट उम्कन सक्दैन वा कसैलाई छुट दिन सकिँदैन। मैले बोलेका वचनहरू अनगन्ती छन्, त्यसबाहेक मैले गरेका कार्यहरू असीम छन्। अन्तर्निहित प्रकृति र तिनीहरूका प्रकृतिको घटनाक्रमहरू अनुसार पुकार्छ कि पुकार्दैन भनी मैले हरेक दिन हरेक व्यक्तिलाई हेर्छु। अन्जानमा, धेरै जना पहिलेबाटै “सही बाटो” मा लागिसकेका छन्, जुन मैले फरक किसिमका मानिसहरूलाई प्रकट गर्न राखेको छु। यी फरक किसिमका मानिसहरूलाई मैले धेरै समयदेखि नै विभिन्न वातावरणहरूमा र तिनीहरूको आफ्‍नै स्थानमा राखेको छु, अनि हरेकले तिनीहरूमा अन्तर्निहित गुणहरू व्यक्त गरेका छन्। तिनीहरूलाई बाँध्ने कोही छैन, तिनीहरूलाई कसैले बहकाउँदैन। तिनीहरू सम्पूर्ण रूपमा स्वतन्त्र छन् र तिनीहरूले व्यक्त गर्ने कुरा स्वाभाविक रूपले निस्कन्छन्। केवल एउटा कुराले मात्र तिनीहरूलाई रोक्छ: मेरा वचनहरूले। यसैले केही मानिसहरू अनिच्छा पूर्वक मेरा वचनहरू पढ्छन्, र कहिल्यै अभ्यास गर्दैनन्, तिनीहरूले मृत्युबाट बच्नका निम्ति मात्र यसो गर्छन्; यसैबीच अरूहरूलाईचाहिँ मेरो वचनको मार्गदर्शन र आपूर्ति विना दिन काट्न नै कठिन हुन्छ, यसैले तिनीहरूले स्वाभाविक रूपमा हरसमय मेरो वचन समाती राख्छन्। समय बित्दैजाँदा तिनीहरूले मानव जीवनका रहस्य, मानवजातिको गन्तव्य र मानव हुनुको मूल्य पत्ता लगाउँछन्। यसरी मानवजाति मेरा वचनहरूको उपस्थितिमा हुन्छ, अनि म केवल कामकुराहरूलाई तिनीहरूको मार्ग लिन दिन्छु। म मानिसहरूलाई मेरो वचन तिनीहरूका अस्तित्वको जग बनाउन करमा पार्ने कुनै काम गर्दिनँ। जुन मानिसहरूसँग विवेक थिएन, जसको अस्तित्वको कुनै मूल्य थिएन, तिनीहरूले मेरो वचनलाई साहस पूर्वक बेकारको ठाने अनि कामकुरो कसरी हुन्छ भन्‍ने चूपचाप हेरेर तिनीहरू आफूले चाहेअनुसार गर्छन्। तिनीहरू सत्यता र मबाट आउने सबै कुराप्रति वितृष्ण हुन थाल्छन्। यसबाहेक, तिनीहरू मेरो घरमा बस्न वितृष्ण महसुस गर्छन्। तिनीहरूका गन्तव्य स्थानका निम्ति, र दण्डबाट उम्कनका निम्ति यी मानिसहरू श्रम गर्दै भए पनि केही समयसम्म मेरो भवनमा बस्छन्। तापनि, तिनीहरूका नियतहरू र कार्यहरू कहिल्यै पनि परिवर्तन हुँदैनन्। यसले आशिष् पाउने तिनीहरूका चाहना बढाउँछ, अनि एकचोटि त्यो राज्यमा पस्ने त्यसपछि सधैँभरिका निम्ति त्यही रहने—अनन्त स्वर्गमा पस्ने तिनीहरूको चाहना बढाउँछ। तिनीहरूले जति-जति मेरो दिन चाँडो आओस् भन्‍ने इच्छा गर्छन् त्यति नै बढी सत्यता तिनीहरूका बाटोमा एउटा बाधा, ठेस लाग्ने कुरा बनेको महसुस गर्छन्। तिनीहरूले सत्यता अनुसरण नगरीकन वा न्याय वा सजायलाई नस्विकारीकन, र सबैभन्दा मुख्य कुरा, मेरो भवनमा विनम्र नभइकन र मेरो आज्ञाबमोजिम नगरीकन नै तिनीहरू स्वर्ग राज्यका आशिषहरू उपभोग गर्न प्रतीक्षा गर्नै सक्दैनन्। यी मानिसहरू सत्यताको खोजी गर्ने आफ्‍ना चाहना पूरा गर्न वा मेरो व्यवस्थापनमा सहकार्य गर्न मेरो भवनमा प्रवेश गर्दैनन्; तिनीहरूका एक मात्र इच्छा भनेको ती मानिसहरूको साथमा रहने हो, जो आउने युगमा नाश पारिने छैनन्। यसैले तिनीहरूका हृदयले सत्यता के हो वा सत्यतालाई कसरी स्वीकार गर्नुपर्छ भनी कहिल्यै पनि जानेको छैन। यसैकारण त्यस्ता मानिसहरूले कहिल्यै पनि सत्यता अभ्यास गरेका छैनन् वा आफ्नो भ्रष्टताको गहिराइ महसुस गरेका छैनन्, तापनि तिनीहरू मेरो भवनमा सर्वत्र “सेवकहरू” को रूपमा बसेका छन्। तिनीहरू मेरो आउने दिनलाई “धैर्यसाथ” प्रतिक्षा गर्छन् र मेरो काम गर्ने तरिकाद्वारा यताउति हुत्तिएर पनि थाक्दैनन्। तर तिनीहरूले जति नै ठूलो कोसिस गरे पनि वा जस्तै मूल्य चुकाए पनि तिनीहरूले सत्यका निम्ति दुःख भोगेका वा मेरो खातिर केही दिएका कसैले पनि देखेको छैन। मैले पुरानो युगलाई अन्त गरेको हेर्नका लागि तिनीहरू आफ्ना हृदयमा आतुरमा छन्, र मेरो शक्ति र अख्तियार कति महान् छन् सो पत्तो लगाउनका निम्ति अरू पर्खन सक्दैनन्। तिनीहरूले आफैलाई बदल्न र सत्यता अनुसरण गर्न कहिल्यै हतार गर्दैनन्। तिनीहरू म म जुन कुराप्रति वितृष्ण हुन्छु त्यसैलाई प्रेम गर्छन्, र मैले प्रेम गर्ने कुराप्रति वितृष्ण हुन्छन्। तिनीहरू त्यो कुराको उत्कट इच्छा गर्छन्, जसलाई म घृणा गर्दछु, तर मैले घृणा गर्ने कुरा गुम्छ कि भनी डराउँछन्। तिनीहरू यो दियाबलसको संसारमा जिउँछन्, त्यसलाई कहिल्यै घृणा गर्दैनन्, तापनि म त्यसलाई नाश गरिदिन्छु कि भनी धेरै डराउँछन्। तिनीहरूका विरोधाभासपूर्ण चाहनाहरूको बीचमा, मैले घृणा गरेको यो संसारलाई नै तिनीहरू प्रेम गर्छन्, तर मैले यसलाई चाँडै नाश पारूँ भन्‍ने इच्छा पनि गर्छन्, ताकि तिनीहरू साँचो मार्गबाट भड्किएर जानुभन्दा अघि नै विनाशको कष्टबाट बचाइयोस् र अर्को युगका शासक बनाइयोस्। किनभने तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् र मबाट आउने सबै कुराप्रति वितृष्ण छन्। तिनीहरू आशिष् नगुमाउनको निम्ति केही समय “आज्ञाकारी मानिसहरू” हुन सक्छन्, तर आशिषित बन्ने तिनीहरूको चिन्ता र नाश हुने डर अनि आगोको कुण्डमा फालिने कुरालाई कहिल्यै पनि लुकाउन सकिँदैन। मेरो दिन जति नजिक आउँछ तिनीहरूका इच्छा उति नै अझ बलियो हुन्छ। अनि जति ठूलो विपत्ति हुन्छ यसले तिनीहरूलाई त्यति नै बढी असहाय तुल्याउँछ, यस क्रममा मलाई आनन्दित बनाउन र तिनीहरूले धेरै समयदेखि चाहेका आशिषहरू गुमाउनबाट बच्न कहाँबाट सुरु गर्ने हो भनी अलमल्लमा पर्छन्। त्यस्ता मानिसहरू मेरा हातले आफ्नो काम थाल्‍नासाथ पहिलो पङ्तिका सेना जस्तो भएर काम गर्न उत्सुक बन्छन्। तिनीहरू मैले तिनीहरूलाई देख्दिनँ भन्‍ने डरले फौजको पहिलो पङ्तिमा जाने बारेमा मात्रै सोच्छन्। तिनीहरू आफूलाई जे सही लागेको छ त्यही गर्छन् र बोल्छन्, तिनीहरूका काम र व्यवहार कहिल्यै पनि सत्यतासँग सम्बद्ध हुँदैन, र तिनीहरूका काम र कार्यहरूले मेरो योजनालाई केवल कमजोर पार्छन् र बाधा दिन्छन् भनी कहिल्यै जान्दैनन्। तिनीहरूले धेरै कोसिस गरेका हुन सक्छन्, तिनीहरू कठिनाइहरू सहने आफ्नो इच्छा र उद्देश्यमा सत्य हुन सक्छन्, तर तिनीहरूले गरेका कुनै पनि कुराले मसँग सरोकार राख्दैनन्, किनकि तिनीहरूले असल अभिप्रायले काम गरेको मैले कहिल्यै पनि देखेको छैनँ, तिनीहरूले मेरो वेदीमा कुनै कुरा राखेको देख्‍ने त परै जाओस्। तिनीहरूले मेरो सामु धेरै वर्षदेखि यस्तै कार्यहरू गर्दै आएका छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरूले आफ्ना कार्यहरूलाई विचार गर्नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३५४

मूल रूपमा, मैले तिमीहरूलाई अझ अरू सत्यताहरू दिने इच्छा गरेको थिएँ, तर म यसो गर्नबाट पछि हटेँ, किनकि सत्यताप्रति तिमीहरूको मनोवृत्ति ठन्डा र उदासीन छ; म मेरो परिश्रम खेर जाओस् भन्‍ने चाहँदिनँ, नत म मानिसहरूले मेरो वचनलाई धारण गरेर पनि सबै कुरामा मेरो प्रतिरोध गरेको, मेरो बदनाम गरेको र निन्दा गरेको नै देख्न चाहन्छु। तिमीहरूको मनोवृत्ति र तिमीहरूको मानवताको कारण म तिमीहरूलाई मेरो वचनको थोरै, र अति महत्त्वपूर्ण कुरा दिन्छु, जसले मानव जातिको बीचमा मेरो परीक्षण कार्यको रूपमा काम गर्दछ। अहिले मात्र मलाई साँच्चै यो निश्चय भएको छ, कि मैले गरेका निर्णयहरू र बनाएका योजनाहरू तिमीहरूका खाँचोहरू सुहाउँदा छन्, यसबाहेक, मानवजातिप्रति मेरो मनोवृत्ति सही छ। तिमीहरूले धेरै वर्षदेखि मेरो सामु गरेका व्यवहारले मलाई पहिले कहिल्यै नसुनेको उत्तर दिएको छ अनि यो उत्तरको प्रश्नचाँहि यस्तो छ “सत्यता र साँचो परमेश्‍वरको सामने मानिसको प्रवृत्ति कस्तो छ?” मैले मानिसको निम्ति समर्पित गरेको कोसिसहरूले मानिसप्रति भएको मेरो प्रेमको सार प्रमाणित गर्छ, अनि मानिसले मेरो सामु गरेको हरेक कार्यले तिनीहरूले सत्यलाई घृणा गर्छन् र तिनीहरू मेरो विरोधमा छन् भनी प्रमाणित गर्दछ। हरसमय म मलाई पछ्याउने सबैको सरोकार राख्छु, तैपनि मलाई पछ्याउनेहरू मेरा वचनहरू स्विकार्न कहिल्यै सक्षम हुँदैनन्; तिनीहरू मेरा सल्लाहहरू स्वीकार गर्न पनि सक्षम छैनन्। यही कुराले मलाई सबैभन्दा धेरै दुःखी बनाउँछ। कसैले पनि मलाई कहिल्यै बुझ्न सकेका छैनन्, अनि त्यसबाहेक, मेरो मनोवृत्ति निष्कपट र मेरा वचनहरू भद्र भए तापनि कोही पनि मलाई ग्रहण गर्न कहिल्यै सक्षम भएको छैन। प्रत्येक व्यक्तिले मैले तिनीहरूलाई दिएको काम तिनीहरूको आफ्नै विचारअनुसार गर्ने कोसिस गर्छ, तिनीहरू मेरा अभिप्रायहरू खोज्दैनन्, मैले तिनीहरूबाट के चाहन्छु भनी सोध्ने कुरा त परै जाओस्। तिनीहरूले निष्ठा पूर्वक मेरो सेवा गरेको दाबी गरे पनि मेरो विरुद्ध विद्रोह गर्छन्। धेरैले आफूले स्वीकार गर्न नसक्‍ने वा अभ्यास गर्न नसक्ने सत्यताहरूलाई सत्यता नै होइनन् भन्‍ने विश्‍वास गर्छन्। त्यस्ता मानिसहरूमा, मेरा सत्यताहरू इन्कार गरिएको र फ्याँकिएको थोक बन्दछ। यसको साथसाथै मानिसहरूले मलाई वचनमा मात्र भएको परमेश्‍वरको रूपमा चिन्छन्, तापनि मलाई परदेशीको रूपमा विश्‍वास गर्छन् जो सत्य, बाटो वा जीवन होइन। यो सत्य कसैलाई पनि थाहा छैन: मेरा वचनहरू सदैव अपरिवर्तनीय सत्यता हुन्; म मानिसका निम्ति जीवनको आपूर्ति र मानवजातिका निम्ति एक मात्र मार्गदर्शक हुँ; मेरा वचनहरूको मूल्य र अर्थ मानवजातिले तिनलाई पहिचान र स्वीकार गर्छन् कि गर्दैनन् भन्‍ने कुराद्वारा नभई ती वचनहरू स्वयम्‌को सारद्वारा निर्धारित हुन्छ; अनि यस पृथ्वीमा भएको एक जनाले समेत मेरा वचनहरू स्विकार्न सकेन भने पनि, मेरा वचनको मूल्य र तिनले मानवजातिलाई गर्ने सहयोगको आकलन कुनै पनि मानिसले गर्न सक्दैन। त्यसकारण, मेरा वचनविरुद्ध विद्रोह गर्ने, तिनलाई खण्डन गर्ने, वा अत्यन्तै तिरस्कार गर्ने धेरै मानिसको सामना गर्दा, मेरो मनोवृत्ति यो मात्र हुन्छ: समय र तथ्यहरू नै मेरो गवाही बनून् र मेरा वचन नै सत्य, मार्ग र जीवन हुन् भनी प्रमाणित गरून्। मैले भनेका सबै कुरा सही छन्, यी मानिससँग हुनुपर्ने कुरा हुन्, र योभन्दा पनि बढी, यी मानिसले स्वीकार गर्नुपर्ने कुरा हुन् भनी तिनले प्रमाणित गरून्। मलाई पछ्याउने सबैलाई म यो तथ्य जान्न दिनेछु: मेरा वचनहरू पूर्ण रूपमा स्वीकार गर्न नसक्नेहरू, मेरा वचनहरू अभ्यास गर्न नसक्नेहरू, मेरा वचनमा उद्देश्य भेट्टाउन नसक्नेहरू, अनि मेरा वचनहरूमार्फत मुक्तिको अनुग्रह प्राप्त गर्न नसक्‍नेहरू मेरा वचनहरूद्वारा दोषी ठहराइएकाहरू हुन्; योभन्दा पनि बढी, तिनीहरू मेरो मुक्तिको अनुग्रह गुमाएकाहरू हुन्, र मेरो डण्डाले तिनीहरूलाई कहिल्यै छोड्ने छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरूले आफ्ना कार्यहरूलाई विचार गर्नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३५५

सामाजिक विज्ञानहरूको प्रादुर्भाव भएदेखि, मानिसको हृदय विज्ञान र ज्ञानद्वारा ओगटिएको छ। विज्ञान र ज्ञान मानवजातिलाई शासन गर्नका लागि औजार बनेका छन्, जसले गर्दा मानिससँग परमेश्‍वरलाई आराधना गर्नका निम्ति पर्याप्‍त स्थान छैन, र परमेश्‍वरको आराधना गर्नका लागि त्यति धेरै अनुकूल परिस्थिति छैन। मानव हृदयमा परमेश्‍वरको स्थान सधैँ झन्झन् तल खस्केको छ। मानिसको हृदयमा परमेश्‍वरका लागि स्थान नहुँदा, उसको भित्री संसार अँध्यारो, आशाविहीन, र खाली छ। तत्पश्‍चात् मानवजातिको हृदय र मन भर्न परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुभयो भन्‍ने सत्यताप्रति विरोधाभासी हुने सामाजिक विज्ञानका सिद्धान्तहरू, मानव विकासवादको सिद्धान्त, र अन्य सिद्धान्तहरू व्यक्त गर्न धेरै सामाजिक वैज्ञानिक, इतिहासकार, र राजनीतिज्ञहरू अगाडि आएका छन्। अनि यसरी, परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो भनी विश्‍वास गर्नेहरू पहिलेभन्दा कम हुँदै गएका छन्, र विकासवादको सिद्धान्तमा विश्‍वास गर्नेहरूको सङ्ख्या पहिलेभन्दा बढ्दै गएको छ। पुरानो करारीय युगमा भएका परमेश्‍वरको काम र उहाँका वचनहरूका अभिलेखहरूलाई झन्-झन् धेरै मानिसले दन्त्यकथा र पौराणिक कथाका रूपमा लिन्छन्। परमेश्‍वरको गरिमा र महान्‌ताप्रति मानिसहरू आफ्ना हृदयमा उदासीन बन्छन्, अनि तिनीहरू परमेश्‍वरको अस्तित्व र यावत् थोकमाथि उहाँको प्रभुत्व छ भन्‍ने सिद्धान्तप्रति आफ्ना हृदयमा उदासीन बन्छन्। मानवजातिको अस्तित्व र जातिहरू र राज्यहरूको नियति तिनीहरूका लागि महत्त्वपूर्ण रहँदैनन्, र मानिस केवल खाने, पिउने, र सुखको खोजीमा मात्र सरोकार राखी खोक्रो संसारमा बस्छ। … आज परमेश्‍वरले आफ्नो काम कहाँ गर्नुहुन्छ भनी, वा उहाँ कसरी मानिसको गन्तव्यमाथि सार्वभौमिकता राख्नुहुन्छ र प्रबन्ध मिलाउनुहुन्छ भनी खोज्न केही मानिस मात्र अग्रसर हुन्छन्। अनि यसरी, मानवलाई थाहा नै नभई मानव सभ्यता मानवका चाहनालाई काट्न थोरै सक्षम हुन्छ, अनि यस किसिमको संसारमा जिउँदा त, पहिले नै बितेर गइसकेकाहरूभन्दा पनि कम खुशी छौं भन्‍ने अनुभूति गर्ने मानिसहरू समेत धेरै छन्। उच्‍च सभ्यता प्राप्‍त गरेका देशहरूका मानिसहरूले पनि यस किसिमका गुनासोहरू पोख्छन्। किनभने परमेश्‍वरको मार्गदर्शनविना, शासक र समाजशास्‍त्रीहरूले मानव सभ्यता कायम राख्न आफ्नो दिमाग खियाए पनि, यसले कुनै फाइदा गर्दैन। मानिसको हृदयमा भएको खालीपनलाई कुनै व्यक्तिले पनि भर्न सक्दैन, किनकि कुनै पनि व्यक्ति मानिसको जीवन हुन सक्दैन, र कुनै पनि सामाजिक सिद्धान्तले मानिसलाई खालीपनका समस्याहरूबाट स्वतन्त्र पार्न सक्दैन। विज्ञान, ज्ञान, स्वतन्त्रता, प्रजातन्त्र, आनन्द, र सहजताले मानिसलाई अस्थायी सान्त्वना मात्र दिन्छन्। यी कुराहरू हुँदा पनि, मानिसले अनिवार्य रूपमा पाप गर्छ र समाजको अन्यायबारे गुनासो गर्छ। यी कुराहरू हुनुले मानिसको अन्वेषण गर्ने तृष्णा र कामना रोक्‍न सक्दैन। यो हुनुको कारण चाहिँ के हो भने, मानिसलाई परमेश्‍वरले सृष्टि गर्नुभयो र उसका निरर्थक बलिदान र अन्वेषणहरूले झन्झन् ऊमाथि हैरानी ल्याउन मात्र सक्छन्, र मानिसलाई लगातार बेचैनीको अवस्थामा हुने तुल्याउँछन्, मानवजातिको भविष्यलाई कसरी सामना गर्ने वा अगाडि रहेको मार्गलाई कसरी सामना गर्ने भन्‍ने उसलाई थाहा हुँदैन, यहाँसम्म कि ऊ विज्ञान र ज्ञानसँग पनि डराउँछ, र ऊ खालीपनको अनुभूतिसँग झन् बढी डराउँछ। यस संसारमा, तँ चाहे स्वतन्त्र देशमा जिउने भए पनि वा मानवअधिकार नभएको देशमा जिउने भए पनि, मानवजातिको नियतिबाट उम्कन तँ पूर्ण रूपमा असक्षम हुन्छस्। तँ शासक वा शासित, जे भए पनि, मानवजातिका नियति, रहस्यहरू, र गन्तव्य अन्वेषण गर्ने तेरो कामनाबाट उम्कन पूर्ण रूपमा असक्षम हुन्छस्, खालीपनको अवर्णनीय भावनाबाट उम्कन त झनै सक्षम हुँदैनस्। सबै मानवजातिका लागि सामान्य भएका यस्ता घटनाहरूलाई, समाजशास्‍त्रीहरूले सामाजिक घटनाहरू भन्छन्, तैपनि यस्ता समस्याहरू समाधान गर्न कुनै पनि महान् व्यक्ति अगाडि आउन सक्दैन। आखिर, मानिस मानिस नै हो, अनि परमेश्‍वरको हैसियत र जीवनलाई कुनै पनि मानिसले प्रतिस्थापित गर्न सक्दैन। मानवजातिलाई चाहिने भनेको सबैलाई राम्रोसँग खुवाइने, सबै समान र स्वतन्त्र हुने निष्पक्ष समाज मात्र होइन; मानवजातिलाई चाहिने त परमेश्‍वरको मुक्ति र मानवजातिका लागि उहाँको जीवनको आपूर्ति हो। मानिसले परमेश्‍वरको जीवनको आपूर्ति र उहाँको मुक्ति प्राप्त गरेपछि मात्र उसका आवश्यकताहरू, उसको अन्वेषण गर्ने चाहना, र उसको हृदयको खालीपन समाधान हुन्छ। यदि एक देश वा जातिका मानिसहरूले परमेश्‍वरको मुक्ति र हेरचाह पाउन सक्दैनन् भने, त्यस्तो देश वा जाति पतन, अन्धकारतर्फ बढ्नेछ, र फलस्वरूप परमेश्‍वरद्वारा नष्ट गरिनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३५६

तेरो हृदयमा विशाल रहस्य छ, जसका बारेमा तँ कहिल्यै जानकार भएको छैनस्, किनकि तँ ज्योतिबिनाको संसारमा जिउँदै आइरहेको छस्। तेरो हृदय र तेरो आत्मा दुष्टद्वारा बलजफती खोसिएको छ। तेरा आँखाहरू अन्धकारले धमिला भएका छन्‌ र तँ न दिनमा आकाशको सूर्य देख्न सक्छस् न राती चम्किरहने तारा नै। तेरा कानहरू कपटी शब्दहरूले टालिएका छन्, र तँ न यहोवाको गर्जनको आवाज सुन्न सक्छस्, न उहाँको सिंहासनबाट बग्ने धेरै पानीहरूको आवाज नै। तेरो स्वामित्वमा हुनुपर्ने सबै कुराहरू, जुन सर्वशक्तिमान्‌ले तँलाई दिनुभएको थियो, तैँले ती सबै गुमाइसकेको छस्। तँ पीडाको अनन्त सागरमा प्रवेश गरेको छस्, जहाँ उद्धार गर्ने कुनै शक्ति छैन, बाँच्ने कुनै आशा छैन, र तैँले गर्ने कार्य भनेको केवल सङ्घर्ष र हस्याङफस्याङ मात्र हो…। त्यस क्षणपश्चात्, तँ दुष्टद्वारा पीडित बन्न अभिशप्त भएको छस्, सर्वशक्तिमान्‌को आशिषबाट धेरै टाढा रहिस्, सर्वशक्तिमान्‌का भरणपोषणभन्दा धेरै टाढा रहेको छस्, फर्केर आउन नसक्ने मार्गमा हिँडिरहेको छस्। लाखौँ आह्वानहरूले पनि तेरो मन र आत्मालाई मुस्किलले मात्र जगाउन सक्छन्‌। तँ दुष्टको काखमा चीर निद्रामा सुतेको छस्, जसले तँलाई दिशाविहीन वा सूचक-सङ्केतहरूहित असीम राज्यक्षेत्रमा लोभ्यायो। त्यसबेला, तैँले तेरो मौलिक निर्दोषता र शुद्धता गुमाइस्, र सर्वशक्तिमान्‌को हेरचाहबाट जोगिन थालिस्। तेरो हृदयमा, दुष्टले हरेक हिसाबले तँलाई निर्देशित गर्छ र त्यो नै तेरो जीवन बनेको छ। अब तँ ऊसँग डराउनु, ऊबाट टाढा रहनु, वा ऊमाथि शङ्का गर्नुको सट्टा उसलाई आफ्नो मनमा रहेको परमेश्‍वरका रूपमा व्यवहार गर्छस्। तैँले उसलाई प्रतिष्ठापित गर्न र उसैको आराधना गर्न थालेको छस्, र तिमीहरू दुवै जना शरीर र छाया झैँ अविभाज्य भएका छौ, सँगसँगै जिउन र मर्न प्रतिबद्ध बनेका छौ। तँ कहाँदेखि आएको थिइस्, तेरो जन्म किन भएको थियो, वा तँ किन मर्नेछस् भन्‍ने कुराको ज्ञान तँलाई छैन। तँ सर्वशक्तिमान्‌लाई एक अपरिचितको रूपमा हेर्छस्; उहाँले तेरा लागि गर्नुभएका सबै कुराहरूलाई छोडौँ, तँलाई त उहाँको मूलबारे समेत थाहा छैन। उहाँबाट आउने सबैकुरालाई तँ शत्रुवत् रूपमा हेर्छस्; तैँले न त्यसको कदर गर्छस् न त्यसको महत्त्व नै जान्दछस्। सर्वशक्तिमान्‌को भरणपोषण पाउन सुरु गरेको दिनदेखि नै तँ दुष्टको साथमा हिँड्छस्। दुष्टका साथमा तैँले हजारौँ वर्षको तुफान र आँधीबेहरी सहेको छस्, र तँ उसैसँग परमेश्‍वरविरुद्ध उभिन्छस्, जो तेरो जीवनको स्रोत हुनुहुन्थ्यो। तँ पश्चात्ताप गर्न जान्दैनस्, झन् तैँले आफू विनाशको किनारामा आइपुगिसकेको छस् भन्‍ने जान्नु त परको कुरा हो, तैँले त पश्चात्तापबारे केही जानेको छैनस्। दुष्टले तँलाई बहकाएको र कष्ट दिएको छ भन्‍ने कुरा तैँले बिर्सिएको छस्; तैँले आफ्नो सुरुवात बिर्सिएको छस्। यसरी आजको दिनसम्म त्यो दुष्टले तेरो मार्गका हरेक पाइलामा कष्ट दिएको छ। तेरो मन र आत्मा चेतनाशून्य भएका र कुहिएका छन्। तैँले मानव संसारका विडम्बनाहरूका बारेमा गुनासो गर्न बन्द गरेको छस्; तैँले अबउप्रान्त यो संसार अन्यायी छ भन्‍ने विश्‍वास गर्दैनस्। सर्वशक्तिमान्‌को अस्तित्व छ कि छैन भन्‍ने कुरामा तैँले वास्ता गर्ने त कुरै छाडौं। धेरै पहिलले नै त्यो दुष्ट तेरो वास्तविक पिता हो र तँ त्यसबाट अलग्गिन सक्दैनस् भनी तैँले ठानेकोले गर्दा यस्तो भएको हो। तेरो मनमा गढेको रहस्य यही हो।

मिरमिरे बिहानीको आगमनसँगै पूर्वमा बिहानी तारा उदाउन थाल्छ। यो तारा त्यहाँ पहिला कहिल्यै थिएन, र यसले शान्त, रिमरिमे आकाशलाई चहकिलो बनाउँछ, जसले मानिसहरूको हृदयमा निभेको ज्योति पुनः प्रज्वलित पार्छ। तँमा र अरूमा समान रूपले चम्किने यो ज्योतिको कारण मानव अब एक्लो छैन। तैपनि तँ एक्लै यो अँध्यारो रातमा मस्त निद्रामा रहन्छस्। तैँले कुनै आवाज सुन्दैनस् र कुनै ज्योति देख्दैनस्; नवीन स्वर्ग र पृथ्वीको आगमन, नवयुगको आगमनको बारेमा तँ अनभिज्ञ छस्, किनभने तेरा बुवाले तँलाई भन्नुहुन्छ, “मेरो छोरा, तिमी अहिल्यै नउठ, अझै बिहान सबेरै छ। मौसम चिसो छ, त्यसैले तिमी बाहिर नजाऊ, नत्र तिम्रा आँखाहरू तरबार र भालाले रोपिनेछन्‌।” तँ केवल तेरो बुवाका सल्लाहहरूमा भरोसा गर्छस्, किनकि तँलाई विश्‍वास छ कि केवल तेरो बुवा सही हुनुहुन्छ, किनभने उहाँ तँभन्दा जेष्ठ हुनुहुन्छ र तँलाई औधी माया गर्नुहुन्छ। यस्ता सल्लाहहरू र यस्तो मायाले तँलाई विश्‍वमा ज्योति छ भन्‍ने प्राचीन कथामा विश्‍वास गर्न रोक लगाउँछन्‌; त्यस्ता कुराहरूले विश्‍वमा अझै सत्य अस्तित्वमा छ भन्‍ने कुरामा चासो राख्नदेखि तँलाई रोक्छन्। तैँले अबउप्रान्त सर्वशक्तिमान्‌द्वारा गरिने उद्धारको आशा गर्ने हिम्मत गर्दैनस्। तँ यथास्थितिमा सन्तुष्ट हुन्छस्, अबउप्रान्त तँ ज्योतिको आगमनको अपेक्षा गर्दैनस्, प्राचीन कथामा भनिएझैँ सर्वशक्तिमान्‌को आगमन हेर्न तँ पर्खँदैनस्। तेरो विचारमा, हरेक सुन्दर चीजलाई पुनर्जीवित गर्न सकिँदैन, यो अस्तित्वमा रहन सक्दैन। तेरो नजरमा, मानवजातिको भोलि र मानवजातिको भविष्य हराउँछ, विलय हुन्छ। आफ्नो पूरै बल लगाई तँ आफ्नो बुवाको लुगामा झुन्डिएको छस्, कठिनाइहरू सहन प्रफुल्ल छस्, तेरो यात्राको सहयात्री र लामो यात्राको दिशा गुम्ने हो कि भन्‍नेमा निकै डराएको छस्। मानिसहरूको विशाल र धमिलो संसारले तिमीहरूजस्ता धेरैलाई दृढ र निडर भएर विभिन्न भूमिकाहरू निर्वाह गर्न तयार गरेको छ। यसले मृत्युसँग नडराउने धेरै “योद्धाहरू” सृजना गरेको छ। योभन्दा पनि बढी, यसले चेतनाशून्य र पक्षाघात भएका मानवहरूको एकपछि अर्को हूल तयार गरेको छ, जो आफू सृष्टि हुनुको उद्देश्यको बारेमा अनभिज्ञ छन्। सर्वशक्तिमान्‌का आँखाले गहिरो पीडामा रहेका हरेक मानवजातिको निरीक्षण गर्छन्। उहाँले जे सुन्नुहुन्छ त्यो पीडितहरूको विलाप हो, उहाँले जे देख्नुहुन्छ त्यो पीडाले छट्पटिएकाहरूको निर्लज्जपन हो, र उहाँले जे अनुभूति गर्नुहुन्छ त्यो मुक्तिको अनुग्रह गुमाएको मानवजातिको असहायपन र भयावहपन हो। मानवजातिले आफ्नो मार्गमा आफैँ हिँड्ने निर्णयको छनौट गर्दै उहाँको हेरचाहलाई अस्वीकार गर्छ, र दुस्मनको साथमा रहेर गहिरो समुन्द्रका, अन्तिम थोपासम्मै, तितोपनाको स्वाद चाख्ने इच्छा गर्दै उहाँको दृष्टिको निगरानीबाट भाग्न चाहन्छ। अब मानवद्वारा सर्वशक्तिमान्‌को सुस्केरा सुनिँदैन; अब सर्वशक्तिमान्‌का हातहरू पीडित मानवलाई सुमसुम्याउन इच्छुक छैनन्। समय-समयमा उहाँले आधिपत्य जमाउनुहुन्छ, र समय-समयमा पुनः गुमाउनुहुन्छ, र यसरी यही कार्य उहाँले दोहोर्‍याउनुहुन्छ। त्यही क्षणदेखि उहाँ थाक्न, झर्को मान्न थाल्नुहुन्छ र यसैकारण उहाँले गरिरहनुभएको काम रोक्नुहुन्छ र मानवजातिमाझ हिँड्न छोड्नुहुन्छ…। मानवजाति यी सबै परिवर्तनसँग पूर्ण रूपले अनभिज्ञ छ, सर्वशक्तिमान्‌को आउने र जाने अनि दुःख र उदासीनताको विषयमा अनभिज्ञ छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सर्वशक्तिमान्‌को सुस्केरा

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३५७

परमेश्‍वरको व्यवस्थापन गहन भए तापनि, यो मानिसको बुझाइभन्दा बाहिर छैन। किनभने परमेश्‍वरको सबै काम उहाँको व्यवस्थापन र मानवजातिलाई मुक्ति दिने उहाँको कार्यसँग जोडिएको छ, र यसले मानवजातिको जीवन, जीवनशैली, र गन्तव्यसँग सरोकार राख्छ। मानिसको बीचमा र मानिसमा परमेश्‍वरले गर्ने काम अत्यन्तै व्यावहारिक र अर्थपूर्ण छ भनेर भन्‍न सकिन्छ। यसलाई मानिसले देख्‍न र अनुभव गर्न सक्छ, र यो कुनै अमूर्त कुराभन्दा पर छ। यदि मानिस परमेश्‍वरले गर्नुहुने सबै काम स्वीकार गर्न असमर्थ हुन्छ भने, उहाँको कामको महत्त्व के हुन्छ? अनि त्यस्तो व्यवस्थापनले कसरी मानिसलाई मुक्तिमा डोऱ्याउन सक्छ? परमेश्‍वरलाई पछ्याउने धेरै जना कसरी आशिष्‌ पाउने वा प्रकोपलाई कसरी टार्ने भन्‍ने कुराबारे मात्रै चासो राख्छन्। परमेश्‍वरको काम र व्यवस्थापन उल्लेख हुनेबित्तिकै, तिनीहरू चुप लाग्छन् र सबै रुचि गुमाउँछन्। तिनीहरू यस्ता दिक्कलाग्दा कुराहरू बुझ्नुले तिनीहरूको जीवनको वृद्धिविकास गर्न मद्दत गर्दैन वा कुनै फाइदा प्रदान गर्दैन भन्ने सोच्छन्। फलस्वरूप, तिनीहरूले परमेश्‍वरको व्यवस्थापनबारे जानकारी सुनेका भए तापनि, तिनीहरू यसलाई गम्भीरतापूर्वक लिँदैनन्। तिनीहरू यसलाई स्वीकार गर्नुपर्ने बहुमूल्य कुराका रूपमा हेर्दैनन्, र तिनीहरू यसलाई आफ्नो जीवनको एक हिस्साका रूपमा लिएर त झन् बुझ्दैनन्। यी मानिसहरूले परमेश्‍वरलाई पछ्याउनुको उद्देश्य धेरै सरल छ, र यो एउटै लक्ष्यका लागि हो: आशिषित हुनु। यी मानिसहरू यो लक्ष्यसँग कुनै सरोकार नभएको अरू कुनै पनि कुरामा ध्यान दिने कष्ट गर्दैनन्। तिनीहरूका लागि, आशिष्‌हरू पाउनु नै परमेश्‍वरमा विश्वास गर्नुको सबैभन्दा जायज उद्देश्य हो—यो नै तिनीहरूको आस्थाको मूल्य हो। यदि कुनै कुरा यो उद्देश्यमा काम लाग्दैन भने, त्यो जेसुकै भए पनि तिनीहरू त्यसदेखि उदासीन रहन्छन्। आज परमेश्‍वरमा विश्‍वास गर्ने धेरैजसो मानिसको अवस्था यही हो। तिनीहरूको उद्देश्य र अभिप्राय जायज देखिन्छ, किनभने तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्दा परमेश्‍वरका लागि आफूलाई समर्पित पनि गर्छन्, परमेश्‍वरप्रति आफूलाई अर्पित गर्छन्, र आफ्नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरू आफ्नो यौवन त्याग्छन्, परिवार र करियर त्याग्छन्, र वर्षौँसम्म घरबाट टाढा दौडधुप समेत गर्छन्। आफ्नो अन्तिम उद्देश्यका खातिर, तिनीहरू आफ्ना रुचिहरू, जीवनप्रतिको आफ्नो दृष्टिकोण, र आफूले पछ्याउने दिशा समेत परिवर्तन गर्छन्; तैपनि तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्नुको आफ्नो उद्देश्य परिवर्तन गर्न सक्दैनन्। तिनीहरू आफ्नै आकाङ्क्षाहरूको व्यवस्थापनका लागि दौडधुप गर्छन्; बाटो जतिसुकै लामो भए पनि, र बाटोमा जतिसुकै कष्ट, खतरा, र बाधाहरू भए पनि, तिनीहरू निरन्तर लागिरहन्छन् र मृत्युदेखि डराउँदैनन्। कुन शक्तिले तिनीहरूलाई यसरी आफूलाई अर्पण गरिरहन बाध्य पार्छ? के यो तिनीहरूको विवेक हो? के यो तिनीहरूको महान् र उदात्त निष्ठा हो? के यो अन्तसम्मै दुष्टका शक्तिहरूसँग लड्ने तिनीहरूको दृढ सङ्कल्प हो? के यो इनाम नखोजी परमेश्‍वरको गवाही दिने तिनीहरूको आस्था हो? के यो परमेश्‍वरको इच्छा पूरा गर्नका लागि सबै कुरा त्याग्न इच्छुक हुने तिनीहरूको अर्पण हो? कि के यो सधैँ अत्यधिक व्यक्तिगत मागहरू त्याग्ने तिनीहरूको समर्पित आत्मा हो? साँच्चै भन्नुपर्दा, परमेश्‍वरको व्यवस्थापनको काम कहिल्यै नबुझेको व्यक्तिले अझै पनि यति धेरै रगत-पसिना बगाउनु एक चमत्कार हो! अहिलेका लागि, हामी यी मानिसहरूले कति दिएका छन् भन्नेबारे छलफल नगरौँ। तर, तिनीहरूको व्यवहार हाम्रो चिरफारका लागि अत्यन्तै योग्य छ। तिनीहरूसँग यति निकट रूपमा सम्बन्धित फाइदाहरूबाहेक, के परमेश्‍वरलाई कहिल्यै नबुझ्ने मानिसहरूले उहाँका लागि यति ठूलो मूल्य चुकाउनुका अरू कुनै कारणहरू हुन सक्छन्? यहाँ, हामी मानिसले पहिले पहिचान नगरेको एउटा समस्या पत्ता लगाउँछौँ: परमेश्‍वरसँगको मानिसको सम्बन्ध नाङ्गो स्वार्थको सम्बन्ध मात्रै हो। यो आशिष्‌ पाउने र दिनेबीचको सम्बन्ध हो। स्पष्ट रूपमा भन्नुपर्दा, यो एक कर्मचारी र एक रोजगारदाताबीचको सम्बन्ध हो। कर्मचारीले केवल रोजगारदाताले प्रदान गर्ने पुरस्कारहरू पाउनका लागि कडा परिश्रम गर्छ। स्वार्थमा आधारित यस प्रकारको सम्बन्धमा कुनै आत्मीय स्नेह हुँदैन, केवल लेनदेन हुन्छ। त्यहाँ प्रेम गर्नु वा प्रेम गरिनु हुँदैन, केवल दान र कृपा हुन्छ। त्यहाँ कुनै समझदारी हुँदैन, केवल विवश दमित आक्रोश र छल हुन्छ। त्यहाँ कुनै घनिष्ठता हुँदैन, केवल पार गर्न नसकिने खाडल हुन्छ। अब कुराहरू यस बिन्दुमा पुगिसकेका हुनाले, कसले पो यस्तो मार्ग परिवर्तन गर्न सक्छ र? अनि कति जना मानिसहरू यो सम्बन्ध कति गम्भीर भइसकेको छ भनी साँच्चै बुझ्न सक्षम छन् र? मलाई के विश्‍वास छ भने, जब मानिसहरू आशिषित हुने आनन्दमय वातावरणमा डुब्छन्, तब कसैले पनि परमेश्‍वरसँगको यस्तो सम्बन्ध कति लाजमर्दो र कुरूप छ भनी कल्पना गर्न सक्दैन।

परमेश्‍वरमाथिको मानवजातिको विश्‍वासको सबैभन्दा दुःखलाग्दो कुरा के हो भने, परमेश्‍वरको कामको बीचमा मानिस आफ्‍नै उद्यममा संलग्न हुन्छ, तैपनि परमेश्‍वरको व्यवस्थापनमा अलिकति पनि ध्यान दिँदैन। परमेश्‍वरमाथिको मानवजातिको विश्‍वासको सबैभन्दा ठूलो असफलता के हो भने, उसले परमेश्‍वरमा समर्पित हुन र उहाँको आराधना गर्न पछ्याइरहँदा, उसले साथसाथै आफ्‍नै आकाङ्क्षात्मक गन्तव्यको सपना निर्माण गर्छ र सबैभन्दा ठूलो आशिष् र सबैभन्दा उत्तम गन्तव्य कसरी प्राप्त गर्ने भनी योजना बुन्छ। मानिसहरूले तिनीहरू कति निकृष्ट, घृणास्पद, र दयनीय छन् भन्‍ने कुरा बुझे तापनि, कति जनाले आफ्‍ना आकाङ्क्षा र आशाहरूलाई सहजतापूर्वक त्याग्‍न सक्छन्? अनि कसले आफ्‍नै पाइलाहरूलाई रोक्न, अनि आफ्‍नै तर्फबाट योजना बनाउन छोड्न सक्छ? परमेश्‍वरलाई उहाँको व्यवस्थापन पूरा गर्नका लागि उहाँसँग नजिकबाट सहकार्य गर्नेहरूको खाँचो छ। उहाँलाई उहाँमा समर्पित हुनका लागि उहाँको व्यवस्थापनको कार्यमा आफ्‍नो सम्पूर्ण मन र शरीर अर्पण गर्नेहरूको खाँचो छ। उहाँलाई हरेक दिन आफ्‍ना हातहरू पसारेर माग्‍ने मानिसहरूको खाँचो छैन, अनि उहाँप्रति अलिकति समर्पित हुने अनि त्यसपछि उहाँबाट त्यसको भर्पाइ माग्न प्रतीक्षा गर्नेहरूको खाँचो त झनै छैन। सानोतिनो योगदान दिने अनि त्यसपछि आफ्‍ना विगतका उपलब्धिहरूमा सन्तुष्ट हुनेहरूलाई परमेश्‍वर घृणा गर्नुहुन्छ। उहाँको व्यवस्थापनको कार्यप्रति द्वेष राख्ने, अनि स्वर्ग जाने र आशिषहरू प्राप्त गर्ने बारेमा मात्रै कुरा गर्न चाहने कठोर हृदय भएका मानिसहरूलाई उहाँ घृणा गर्नुहुन्छ। तिनीहरूकै लाभका लागि मुक्ति दिने उहाँको कामले प्रस्तुत गर्ने अवसरको फाइदा उठाउनेहरूप्रति उहाँको घृणा अझै ठूलो छ। किनभने यी मानिसहरूले परमेश्‍वर आफ्‍नो व्यवस्थापनको कार्यद्वारा के हासिल गर्न र प्राप्त गर्न चाहनुहुन्छ भन्‍ने बारेमा कहिल्यै वास्ता गरेका छैनन्। तिनीहरूलाई परमेश्‍वरको कामले प्रदान गरेको अवसरलाई आशिषहरू प्राप्त गर्नका लागि कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुराको मात्रै चासो हुन्छ। तिनीहरू आफ्‍नै भविष्य र भाग्यबारे पूर्ण रूपमा तल्‍लीन भएका हुनाले, तिनीहरू परमेश्‍वरको हृदयको ख्याल पटक्कै गर्दैनन्। परमेश्‍वरको व्यवस्थापनको कार्यप्रति द्वेष राख्ने, अनि परमेश्‍वर मानवजातिलाई कसरी मुक्ति दिनुहुन्छ भन्नेबारे र उहाँका अभिप्रायहरूबारे अलिकति पनि रुचि नराख्नेहरू सबैले परमेश्‍वरको व्यवस्थापनको कार्यको दायराभन्दा बाहिर रहेर आफूलाई गर्न मन लाग्ने कुराहरू मात्रै गरिरहेका हुन्छन्। तिनीहरूका कार्यलाई न त परमेश्‍वर स्मरण गर्नुहुन्छ न त अनुमोदन नै, परमेश्‍वर यसलाई निगाहको दृष्टिले त झनै हेर्नुहुन्न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३५८

धेरै चाँडो, मेरो काम सकिनेछ र हाम्रो धेरै वर्षदेखिको साथ एउटा असहनीय सम्झना बनेको छ। मैले अविच्छिन्‍न रूपमा मेरा वचनहरू दोहोर्‍याएको छु र मेरो नयाँ कामलाई निरन्तर अघि बढाएको छु। अवश्य नै, म हरेक पटक काम गर्दा मेरो सल्लाहले आवश्यक घटकका रूपमा काम गर्छ। त्यसबिना तिमीहरू सबै बरालिनेछौ र तिमीहरू झनै पूर्ण रूपले अन्योलमा पर्नेछौ। अब मेरो काम सकिन लागेको छ र अन्तिम चरणमा छ। म अझै पनि सल्लाह दिने केही काम गर्न, अर्थात् तिमीहरूले सुन भनेर सल्लाहका वचनहरू प्रदान गर्न चाहन्छु। म के मात्र आशा गर्छु भने, तिमीहरू मैले गरेको मेहनत खेर जान नदिन सक्षम हुन्छौ, र त्योभन्दा बढी, मेरा श्रमसाध्य अभिप्रायहरू बुझ्न र मेरा वचनहरूलाई आफ्नो आत्मआचरणको जगका रूपमा लिन सक्षम हुन्छौ। ती तिमीहरूले सुन्‍न इच्छा गरेका वचनहरू भए पनि वा नभए पनि, ती तिमीहरूले खुसीसाथ स्वीकार गर्ने वचन भए पनि वा अनिच्छापूर्वक स्विकार्ने वचन भए पनि, तिमीहरूले तिनलाई गम्भीर रूपमा लिनैपर्छ। अन्यथा, तिमीहरूको जथाभावी र बेपरवाह स्वभाव र हाउभाउहरूले मलाई गहिरो गरी चोट पुर्‍याउनेछन्, र त्यसभन्दा पनि बढी तिनले मलाई ठूलो घृणा महसुस गराउनेछन्। मलाई तिमीहरू सबैले मेरा वचनहरू पटक-पटक—हजारौँ पटक—ती तिमीहरूको हृदयमा कुँदिने हदसम्म समेत पढ्नेछौ भन्ने धेरै आशा छ। यसरी मात्र तिमीहरू मैले तिमीहरूमाथि राखेका अपेक्षाहरू पूरा गर्न असफल हुनेछैनौ। तर, अहिले तिमीहरूमध्ये कोही पनि यसरी जिएको छैन। यसको विपरीत, तिमीहरू सबै भोगविलासको जीवनमा, आफ्नो हृदय सन्तुष्ट हुनेगरी खान र पिउनमा डुबेका छौ र तिमीहरूमध्ये कसैले पनि मेरा वचनहरूलाई आफ्नो हृदय र आत्मालाई समृद्ध पार्नका निम्ति प्रयोग गर्दैन। यसै कारणले, म मानवजातिको साँचो मुहारबारे एउटा निष्कर्षमा पुगेको छु: मानिसले मलाई जुनै समयमा विश्‍वासघात गर्न सक्छ र कोही पनि मेरा वचनहरूप्रति पूर्ण रूपमा बफादार हुन सक्दैन।

“शैतानले मानिसलाई यति भ्रष्ट पारेको छ कि ऊसँग अब उप्रान्त मानिसको स्वरूप नै छैन।” बहुसङ्ख्यक मानिसहरू अहिले यस वाक्यांशलाई केही हदसम्म पहिचान गर्छन्। मैले यसो भनिरहेको छु, किनकि मैले उल्‍लेख गरेको “पहिचान” साँचो ज्ञान नभई सतही स्वीकार मात्र हो। तिमीहरूमध्ये कसैले पनि आफ्नो सही मूल्याङ्कन गर्न सक्दैनौ न त आफैलाई पूर्ण रूपले विश्‍लेषण नै गर्न सक्छौ, त्यसकारण तिमीहरू मेरा वचनप्रति अस्पष्ट नै छौ। तर यस पटक, म तिमीहरूभित्र अस्तित्वमा रहेको सबैभन्दा गम्भीर समस्याको वर्णन गर्न तथ्यहरूको प्रयोग गरिरहेको छु। त्यो समस्या विश्‍वासघात हो। तिमीहरू सबै “विश्‍वासघात” भन्‍ने शब्दसँग परिचित छौ, किनकि धेरैजसो मानिसहरूले अर्को व्यक्तिलाई विश्‍वासघात गर्ने केही गरेका हुन्छन्, उदाहरणको लागि श्रीमानले श्रीमतीप्रति गर्ने विश्‍वासघात, श्रीमतीले आफ्नो श्रीमानप्रति गर्ने विश्‍वासघात, छोराले आफ्नो बुबाप्रति गर्ने विश्‍वासघात, छोरीले आफ्नी आमाप्रति गर्ने विश्‍वासघात, नोकरले आफ्नो मालिकप्रति गर्ने विश्‍वासघात, मित्रहरूले एक-अर्काप्रति गर्ने विश्‍वासघात, नातेदारहरूले एक-अर्काप्रति गर्ने विश्‍वासघात, विक्रेताहरूले क्रेताहरूप्रति गर्ने विश्‍वासघात इत्यादि। यी सबै उदाहरणहरूमा विश्‍वासघातको सार सम्मिलित छन्। छोटकरीमा, विश्‍वासघात यस्तो व्यवहार हो जसले मानवताको हराएको कुरालाई प्रदर्शन गर्दै प्रतिज्ञा तोड्छ, नैतिक सिद्धान्तहरूको उल्लङ्‍घन गर्छ वा मानव नैतिकताको विरुद्धमा काम गर्छ। सामान्य रूपमा भन्‍दा, यस संसारमा जन्म लिएको एक मानवजातिको रूपमा तैँले सत्यतालाई उल्लङ्घन गर्ने केही कुरा गरेको हुनेछस्, तैँले अर्को व्यक्तिलाई धोका दिने केही कुरा गरेको तैँले सम्झे तापनि वा तैँले यस अघि धेरै पटक अरूप्रति विश्‍वासघात गरेको भए तापनि केही फरक पर्दैन। तैँले आफ्ना अभिभावकहरू वा मित्रहरूप्रति विश्‍वासघात गर्न सक्‍ने भएको कारण, तँ अरूप्रति पनि विश्‍वासघात गर्न सक्षम छस्, र यसका अलाबा तँ मलाई विश्‍वासघात गर्न र मैले घृणा गर्ने कुराहरू गर्न सक्षम छस्। अर्को शब्दमा, विश्‍वासघात सतही नैतिक व्यवहार मात्र होइन, तर सत्यसँग बाझिने कुरा हो। यथार्थमा यही नै मानवजातिको मप्रतिको प्रतिरोध र विद्रोहको स्रोत हो। यसैले देहायको अभिव्यक्तिमा मैले यसको सारांश दिएको छु: विश्‍वासघात गर्नु मानिसको स्वभाव हो र मसँगको हरेक व्यक्तिको मिलापको निम्ति यो स्वभाव सबैभन्दा ठूलो शत्रु हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (१)

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३५९

मप्रति पूर्ण रूपले समर्पित हुन नसक्ने व्यवहार विश्‍वासघात हो। मप्रति निष्ठावान् हुन नसक्ने व्यवहार विश्‍वासघात हो। मप्रति छल गर्ने र मलाई छल गर्नको निम्ति झूट बोल्‍नु विश्‍वासघात हो। विभिन्‍न धारणाहरू राखेर तिनलाई जहाँसुकै फैलाउनु पनि विश्‍वासघात नै हो। मेरा गवाही र चासोहरूलाई समर्थन गर्न नसक्नु विश्‍वासघात हो। हृदयमा मदेखि धेरै टाढा रहेर झूटा मुस्कानहरू प्रस्तुत गर्नु विश्‍वासघात हो। यी सबै विश्‍वासघातका कामहरू हुन् जसको निम्ति तिमीहरू सधैँ सक्षम छौ र ती तिमीहरूका बीचमा सामान्य रूपमा रहेका छन्। तिमीहरूमध्ये कसैले पनि यसलाई समस्याको रूपमा सोचेका थिएनौ होला तर म त्यस्तो सोच्दिनँ। कुनै व्यक्तिले मलाई गर्ने विश्‍वासघातलाई म महत्त्वहीन विषयको रूपमा व्यवहार गर्दिनँ र म निश्‍चय नै यसलाई बेवास्ता गर्न सक्दिनँ। अहिले, मैले तिमीहरूको माझमा काम गर्दा त तिमीहरूले यस्तो व्यवहार गर्छौ—तिमीहरूको निरीक्षण गर्ने कोही नहुने दिन आउँदा, के तिमीहरू आफैलाई आफ्‍ना स-साना पहाडहरूका राजा घोषणा गर्ने डाँकाहरूजस्तै हुने छैनौ र? जब त्यस्तो हुन्छ र तिमीहरूले घोर विपद् सृजना गर्छौ, तिमीहरू पछि सफा गर्ने को हुनेछ र? विश्‍वासघातका केही कार्यहरू बेलाबेलामा हुने घटनाहरू मात्र हुन्, तिमीहरूका दोहोरिरहने व्यवहार होइनन् भन्‍ने तिमीहरू सोच्छौ र तिमीहरूका घमण्डहरूलाई घायल बनाउने गरी यसरी गम्भीर रूपमा छलफल गर्नुपर्ने कुरा होइन भन्‍ने ठान्छौ। यदि तिमीहरूले साँच्चै यस्तो सोच्छौ भने तिमीहरूमा होसको अभाव छ। यस्तो सोच्‍नु विद्रोहको नमुना र आदर्श बन्‍नु हो। मानिसको प्रकृति नै उसको जीवन हो; यो ऊ जिउनको निम्ति भर पर्ने सिद्धान्त हो र उसले यसलाई बदल्न सक्दैन। विश्‍वासघातको प्रकृतिलाई उदाहरणको रूपमा लिऊँ। यदि तैँले कुनै एक नातेदार वा मित्रलाई विश्‍वासघात गरिस् भने त्यसले त्यो तेरो जीवनको भाग हो र तँ जन्मदा साथमा आएको प्रकृति हो भन्‍ने प्रमाणित गर्छ। यसलाई कसैले पनि इन्कार गर्न सक्दैन। उदाहरणको लागि, यदि कुनै व्यक्तिले अरूबाट चोर्दा आनन्द लिन्छ भने, यो चोरीको आनन्द तिनीहरूको जीवनको भाग हो, चाहे तिनीहरूले कहिलेकाहीँ चोर्ने र कहिलेकाहीँ नचोर्ने नै गरून्। तिनीहरूले चोरी गरे पनि नगरे पनि, तिनीहरूको चोरी काम एक प्रकारको व्यवहार मात्रै हो भन्‍ने यसले प्रमाणित गर्दैन। बरु, चोरी गर्नु तिनीहरूको जीवनको एक भाग हो अर्थात् तिनीहरूको प्रकृति नै हो भन्‍ने यसले प्रमाणित गर्छ। केहीले सोध्‍नेछन्: यो तिनीहरूको प्रकृति हो भने कहिलेकाहीँ तिनीहरूले राम्रा कुराहरू देखे तापनि किन तिनीहरूले ती कुराहरू चोर्दैनन्? जवाफ एकदमै साधारण छ। तिनीहरूले नचोर्नुका धेरै कारणहरू छन्। तिनीहरूले केही कुरा चोर्दैनन् किनकि त्यो एकदमै ठूलो भएको हुनाले सतर्क आँखाहरूका अगाडि चोर्न कठिन हुन्छ वा त्यो कार्य गर्नको निम्ति उचित समय हुँदैन वा केही कुरा अत्यन्तै महँगो भएको कारण त्यसलाई धेरै कडा पहरा दिइएको हुन्छ वा सायद तिनीहरूलाई त्यस कुराप्रति कुनै चासो हुँदैन वा तिनीहरूको निम्ति त्यसको के प्रयोग हुन्छ भन्‍ने कुरा देख्दैनन् इत्यादि। यी सबै कारणहरू सम्भव छन्। तर जेसुकै भए तापनि तिनीहरूले केही कुरा चोरून् वा नचोरून्, यो विचार क्षणभरको गुज्रेर जाने कुराको रूपमा अस्तित्वमा छ भन्‍ने कुरालाई यसले प्रमाणित गर्न सक्दैन। यसको विपरीत यो तिनीहरूको स्वभावको यस्तो भाग हो जसलाई परिवर्तन गरेर असल बनाउन कठिन हुन्छ। यस्तो व्यक्ति एक पटक चोरेर मात्र सन्तुष्ट हुँदैन; जब-जब कुनै राम्रो, वा उचित अवस्था आइपर्छ तब-तब तिनीहरूमा अर्काको धनसम्पत्तिलाई आफ्नै सम्पत्तिको रूपमा दाबी गर्ने यस्तो विचार उत्पन्‍न हुन्छ। यसैले म भन्छु, यस्तो विचारको उत्पत्ति कहिलेकाहीँ सामान्य रूपमा आउने कुरा होइन, तर यो उक्त व्यक्तिको आफ्नै प्रकृतिमा हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (१)

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३६०

जोसुकैले पनि तिनीहरूको वास्तविक चेहराको प्रतिनिधित्व गर्नको निम्ति आफ्ना शब्द र कार्यहरूको प्रयोग गर्न सक्छन्। यो वास्तविक चेहरा नै तिनीहरूको प्रकृति हो। यदि तँ कुटिल तरिकाले बोल्छस् भने तेरो प्रकृति कुटिल नै हुन्छ। यदि तँ छली प्रकृतिको छस् भने तँ धूर्त तरिकाले नै कार्य गर्छस् र तैँले अरूलाई अत्यन्तै सहज रूपमा छल गर्छस्। यदि तेरो प्रकृति दुष्ट छ भने तेरा शब्दहरू सुन्‍नलाई मनोहर होलान्, तर तेरा कार्यहरूले तेरा दुष्ट चालबाजीहरूलाई लुकाउन सक्दैनन्। यदि तेरो प्रकृति नै अल्छे छ भने तैँले भन्‍ने सबै कुराहरूको अर्थ तेरो लापरवाही र अल्छेपनको निम्ति तेरो जिम्मेवारीलाई टार्नको लागि हुन्छ र तेरा कार्यहरू ढीला र आलटाले प्रवृत्तिका हुन्छन् अनि सत्यता लुकाउन निपुण हुन्छन्। यदि तेरो स्वभाव सबल छ भने तेरा शब्दहरू तर्कसंगत हुनेछन् र तेरा कार्यहरू पनि सत्यतासँग मेल खानेछन्। यदि तेरो प्रकृति निष्ठावान छ भने तेरा शब्दहरू निश्‍चय नै इमानदार हुन्छन् र तेरो कार्यशैली न्यायसंगत हुन्छ, तेरा मालिकलाई अप्ठ्यारो पार्ने किसिमका कुनै पनि कुराहरूबाट मुक्त हुन्छ। यदि तेरो प्रकृति अभिलाषापूर्ण वा पैसाको लोभ गर्ने छ भने अक्सर तेरो हृदय यी कुराहरूले भरिएको हुन्छ र तैँले अनजानमा पथभ्रष्ट र अनैतिक काम गर्छस् जसलाई मानिसहरूले सजिलै बिर्सनेछैनन् र त्यसलाई मानिसहरूले घृणा गर्नेछन्। मैले भने जसरी नै यदि तँसँग विश्‍वासघातको प्रकृति छ भने, तैँले सायद आफैलाई यसबाट मुक्त पार्न सक्नेछैनस्। तैँले कसैको हानी गरेको छैनस् त्यसैले तँसँग विश्‍वासघातको प्रकृति छैन भनेर आफैलाई भाग्यमानी नठान्। यदि तेरो सोच त्यो हो भने, साँच्चै नै, तैँले विद्रोह गर्दैछस्। मैले हरेक पटक बोलेका मेरा सबै वचनहरू कुनै एक व्यक्ति वा एक प्रकारको व्यक्तिप्रति मात्र होइन, सबै मानिसहरूप्रति लक्षित छन्। तैँले मलाई कुनै एउटा कुरामा विश्‍वासघात गरेको छैनस् भन्दैमा त्यसले तैँले कुनै कुरामा मलाई विश्‍वासघात गर्दैनस् भन्‍ने कुरा प्रमाणित गर्दैन। कतिपय मानिसहरूले आफ्ना विवाहमा अवरोध खडा हुँदाको अवधिमा सत्यताको खोजी गर्ने आफ्नो हिम्मत गुमाउँछन्। परिवार बिग्रँदा केही मानिसहरूले मप्रति वफादार हुनुपर्ने तिनीहरूको दायित्वलाई त्याग्छन्। केही मानिसहरूले क्षणभरको आनन्द र उत्तेजनाको खोजी गर्नका निम्ति मलाई त्याग्छन्। केही मानिसहरू ज्योतिमा बस्‍न र पवित्र आत्माको कामको आनन्द प्राप्त गर्नुको साटो अँध्यारो खाडलमा खस्‍न चाहन्छन्। केही मानिसहरूले सम्पत्तिप्रतिको आफ्नो अभिलाषालाई सन्तुष्ट पार्ने नाउँमा आफ्ना मित्रहरूको सल्लाहलाई बेवास्ता गर्छन् र अहिले पनि आफ्ना गल्तीहरूलाई स्वीकार गर्न र आफ्नो मार्ग परिवर्तन गर्न सक्दैनन्। केही मानिसहरू मेरो सुरक्षा प्राप्त गर्नको निम्ति अस्थायी रूपमा मात्र मेरो नामको अधीनमा बस्छन् भने अरू बाध्यताका कारण थोरै मात्र मप्रति समर्पित हुन्छन् किनकि तिनीहरू जीवनमा टाँसिन्छन् र मृत्युसँग डराउँछन्। के यी र अन्य अनैतिक कार्यहरू सत्यनिष्ठ विनाका कार्यहरू लामो समयदेखि तिनीहरूको हृदयको गहिराइबाट मलाई विश्‍वासघात गर्ने मानिसहरूका व्यवहारहरू होइनन्? अवश्य, मानिसहरूले मलाई विश्‍वासघात गर्ने अग्रिम योजना बनाउँदैनन्; तिनीहरूको विश्‍वासघात तिनीहरूको प्रकृतिको प्राकृतिक प्रकाश हो। कसैले पनि मलाई विश्‍वासघात गर्न चाहँदैन र मेरो विश्‍वासघात गर्ने केही कुरा गरेका कारण कोही पनि खुशी हुँदैनन्। यसको विपरीत, तिनीहरू भयले काँपिरहेका हुन्छन्, हुँदैनन् र? यसैले, के तिमीहरू यी विश्‍वासघातहरूबाट कसरी छुटकारा पाउने र वर्तमान परिस्थितिलाई कसरी परिवर्तन गर्ने भनेर सोचिरहेका छौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (१)

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३६१

मानिसको प्रकृति मेरो सारभन्दा निकै फरक छ, किनभने मानिसको भ्रष्ट प्रकृति पूर्ण रूपमा शैतानबाट उत्पन्न हुन्छ; मानिसको प्रकृति शैतानद्वारा प्रशोधन गरिएको र भ्रष्ट तुल्याइएको हुन्छ। अर्थात्, मानिस यसको दुष्टता र कुरूपताको प्रभावमा जिउँछ। मानिस सत्यताको संसार वा पवित्र वातावरणमा हुर्कँदैन, र मानिस ज्योतिमा त झनै जिउँदैन। त्यसकारण, जन्मिएको क्षणदेखि नै कसैको पनि प्रकृतिमा सत्यता हुनु सम्भव छैन, अनि कोही पनि परमेश्‍वरको डर मान्‍ने र उहाँप्रति समर्पित हुने सार लिएर जन्मन त झनै सक्दैन। यसको विपरीत, मानिसहरूमा परमेश्‍वरको विरोध गर्ने, परमेश्‍वरविरुद्ध विद्रोह गर्ने, र सत्यताप्रति प्रेम नहुने प्रकृति हुन्छ। मैले छलफल गर्न चाहेको समस्या नै यही प्रकृति हो—विश्‍वासघात। हरेक व्यक्तिले परमेश्‍वरलाई गर्ने विरोधको स्रोत नै विश्‍वासघात हो। यो मानिसमा मात्रै हुने, ममा नहुने समस्या हो। कतिपयले सोध्नेछन्: सबै मानिस ख्रीष्टजस्तै संसारमा जिउने हुनाले, किन सबै मानिसमा परमेश्‍वरलाई विश्‍वासघात गर्ने प्रकृति हुन्छ, तर ख्रीष्टमा हुँदैन? यो तिमीहरूलाई स्पष्ट रूपमा बुझाउनैपर्ने समस्या हो।

मानवजातिको अस्तित्वको आधार भनेको प्राणको बारम्बार पुनर्जन्म हुनु हो। अर्को शब्दमा भन्दा, जब हरेक व्यक्तिको प्राणको पुनर्जन्म हुन्छ तब उसले देहमा मानव जीवन प्राप्त गर्छ। व्यक्तिको शरीर जन्मिएपछि, त्यसको जीवन देह अन्तिम सीमामा नपुगिन्जेल चलिरहन्छ, जुन अन्तिम क्षण हो, जतिबेला प्राणले आफ्नो खोल छोड्छ। यो प्रक्रिया बारम्बार दोहोरिन्छ, जसमा व्यक्तिको प्राण पटक-पटक आउने र जाने गर्छ, र यसरी मानवजातिको अस्तित्व कायम रहन्छ। देहको जीवन नै मानिसको प्राणको जीवन पनि हो, र मानिसको प्राणले मानिसको देहको अस्तित्वलाई टेवा दिन्छ। अर्थात्, हरेक व्यक्तिको जीवन उसको प्राणबाट आउँछ, यो देहमा अन्तर्निहित हुँदैन। त्यसकारण, मानिसको प्रकृति देहबाट होइन, प्राणबाट आउँछ। हरेक व्यक्तिले शैतानका प्रलोभन, दुखकष्ट, र भ्रष्टता कसरी अनुभव गरेको छ भन्‍ने कुरा उसको प्राणलाई मात्र थाहा हुन्छ। यी कुरा मानिसको देहले थाहा पाउन असम्भव छ। त्यसकारण, मानवजाति अन्जानमै झन्-झन् अन्धकार, झन्-झन् फोहोर, र झन्-झन् दुष्ट बन्दै जान्छ, साथसाथै मानिस र मबीचको दूरी झन्-झन् बढ्दै जान्छ, र मानवजातिका लागि जीवन झन्-झन् अन्धकार बन्दै जान्छ। शैतानले मानवजातिको प्राणलाई आफ्नो पकडमा राख्छ, त्यसैले, शैतानले मानिसको देहलाई पनि कब्जा गरेको हुन्छ भनेर भनिरहनु पर्दैन। यस्तो देह र यस्तो मानवजातिले कसरी परमेश्‍वरको विरोध नगर्ला र? तिनीहरू कसरी उहाँसँग अन्तर्निहित रूपमै मिल्न सक्छन् र? शैतानले मलाई विश्‍वासघात गरेको कारणले मैले त्यसलाई मध्य-आकाशमा खसालेको हुँ। त्यसोभए, मानिसहरू कसरी आफ्नो संलग्नताबाट मुक्त हुन सक्छन् र? यसैकारण विश्‍वासघात मानव प्रकृति नै हो। मलाई विश्‍वास छ, तिमीहरूले यो तर्क बुझेपछि, ख्रीष्टको सारमा पनि केही हदसम्म विश्‍वास गर्नुपर्छ। परमेश्‍वरको आत्माले धारण गर्नुभएको देह परमेश्‍वरको आफ्नै देह हो। परमेश्‍वरको आत्मा सर्वोच्च हुनुहुन्छ; उहाँ सर्वशक्तिमान्, पवित्र, र धर्मी हुनुहुन्छ। त्यसैगरी, उहाँको देह पनि सर्वोच्च, सर्वशक्तिमान्, पवित्र, र धर्मी हुनुहुन्छ। यस्तो देहले मानवजातिका लागि धर्मी र लाभदायक कुरा, पवित्र, महिमामय, र शक्तिशाली कुरा मात्रै गर्न सक्नुहुन्छ; उहाँले सत्यता उल्लङ्घन हुने, नैतिक न्याय उल्लङ्घन हुने कुनै पनि कुरा गर्न सक्नुहुन्न, र झन् उहाँले परमेश्‍वरको आत्मालाई विश्‍वासघात गर्ने कुनै पनि कुरा गर्न सक्नु त परको कुरा हो। परमेश्‍वरको आत्मा पवित्र हुनुहुन्छ, त्यसैले उहाँको देहलाई शैतानद्वारा भ्रष्ट तुल्याउन सकिँदैन; उहाँको देह मानिसको देहभन्दा फरक सारको हुनुहुन्छ। किनभने शैतानद्वारा भ्रष्ट तुल्याइने त मानिस हो, परमेश्‍वर होइन, र शैतानले परमेश्‍वर स्वयम्‌को देहलाई भ्रष्ट तुल्याउन सक्दै सक्दैन। त्यसकारण, मानिस र ख्रीष्ट एउटै स्थानमा बस्ने भए पनि, मानिसलाई मात्रै शैतानले नियन्त्रण र प्रयोग गर्न सक्छ, अनि शैतानका चालहरूले हानि पुर्‍याउन सक्छन्। यसको विपरीत, ख्रीष्ट शैतानको भ्रष्टताबाट अनन्त रूपमा अभेद्य हुनुहुन्छ, किनभने शैतान कहिल्यै पनि सर्वोच्च स्थानमा उक्लिन सक्नेछैन, र कहिल्यै पनि परमेश्‍वरको नजिक आउन सक्नेछैन। आज, तिमीहरू सबैले के बुझ्नुपर्छ भने, शैतानद्वारा भ्रष्ट तुल्याइएको मानवजातिले मात्रै मलाई विश्‍वासघात गर्छ। विश्‍वासघात कहिल्यै ख्रीष्टसँग अलिकति पनि सम्बन्धित हुने समस्या हुनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (२)

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३६२

शैतानद्वारा भ्रष्ट तुल्याइएका सबै प्राण शैतानको शक्तिमा बन्धक बनेका हुन्छन्। ख्रीष्टमा विश्‍वास गर्नेहरूलाई मात्रै अलग गरिएको छ, शैतानको छाउनीबाट मुक्त गरिएको छ, र आजको राज्यमा ल्याइएको छ। यी मानिस अब शैतानको प्रभावमा जिउँदैनन्। तैपनि, मानिसको प्रकृति अझै पनि मानिसको देहमा जरा गाडेर बसेको हुन्छ, अर्थात्, तिमीहरूको प्राणले मुक्ति पाएको भए पनि, तिमीहरूको प्रकृति अझै पनि पहिलेजस्तै छ, र तिमीहरूले मलाई विश्‍वासघात गर्ने सम्भावना शतप्रतिशत नै रहन्छ। तिमीहरूको प्रकृति ढिट भएको हुनाले नै मेरो काम यति लामो समयसम्म चल्छ। अहिले तिमीहरू सबै जना आफ्ना कर्तव्यहरू पूरा गर्दा आफ्नो क्षमताले भ्याएसम्म कष्टहरू भोगिरहेका छौ, तैपनि नकार्न नसकिने तथ्य के हो भने तिमीहरू हरेकले मलाई विश्‍वासघात गरेर शैतानको शक्तिमा फर्कने, यसको छाउनीमा फर्कने र फर्केर आफ्नो पुरानो जीवनमा जाने सामर्थ्य राख्छौ। त्यसबेला, तिमीहरूले अहिले जस्तो मानवता वा मानव रूपको एक अंश प्रस्तुत गर्न सम्भव हुनेछैन। गम्भीर अवस्थाहरूमा, तिमीहरू नष्ट पारिनेछौ र, त्योभन्दा पनि बढी, अनन्त श्रापमा पारिनेछौ, कठोर दण्ड भोग्नेछौ, र कहिल्यै पनि पुनर्जन्म पाउनेछैनौ। तिमीहरूसामु रहेको समस्या यही हो। मैले तिमीहरूलाई यसरी सम्झाउनुको पहिलो उद्देश्य मेरो काम व्यर्थ नहोस् भन्ने हो, र दोस्रो उद्देश्य तिमीहरू सबै ज्योतिका दिनहरूमा जिउन सक भन्ने हो। वास्तवमा, मेरो काम व्यर्थ हुन्छ कि हुँदैन भन्‍ने कुरा नै सबैभन्दा महत्त्वपूर्ण समस्या होइन। तिमीहरूले सुखी जीवन र सुन्दर भविष्य प्राप्त गर्न सक्नु चाहिँ सबैभन्दा महत्त्वपूर्ण हो। मेरो काम मानिसहरूका प्राणलाई मुक्ति दिनु हो। यदि तेरो प्राण शैतानको हातमा पर्‍यो भने, तेरो देह शान्तिमा जिउनेछैन। यदि मैले तेरो देहलाई सुरक्षा दिइरहेको छु भने, तेरो प्राण पनि पक्कै मेरो हेरचाहमा हुनेछ। यदि मैले तँलाई साँच्चै घृणा गरेँ भने, तेरो देह र प्राण तुरुन्तै शैतानको हातमा पर्नेछन्। के तँ त्यस बेलाको तेरो अवस्थाको कल्पना गर्न सक्छस्? यदि कुनै दिन मेरा वचनहरू तिमीहरूमाथि खेर गए भने, म कि त तिमीहरू सबैलाई शैतानको हातमा सुम्पिदिनेछु, र यसलाई मेरो क्रोध पूर्ण रूपमा शान्त नभएसम्म तिमीहरूमाथि सास्ती बढाउन दिनेछु, कि त तिमीहरूजस्ता सुधार गर्न नसकिने मानिसलाई म आफै दण्ड दिनेछु, किनभने मलाई विश्‍वासघात गर्ने तिमीहरूको हृदय कहिल्यै परिवर्तन भएको हुनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (२)

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३६३

अब तिमीहरू सबैले जतिसक्दो चाँडो आफूलाई जाँच्नुपर्छ, र तिमीहरूभित्र मप्रतिको विश्‍वासघात कति बाँकी छ भनी हेर्नुपर्छ। म उत्सुक भएर तिमीहरूको जवाफ पर्खिरहेको छु। मसँग व्यवहार गर्दा झाराटारुवा नबन। म मानिसहरूसँग कहिल्यै खेलबाड गर्दिनँ। यदि मैले केही गर्छु भनेँ भने म त्यो पक्कै गर्नेछु। म तिमीहरू प्रत्येकले मेरा वचनहरूलाई गम्भीरतापूर्वक लिनेछौ, र तिनलाई विज्ञान कथाजस्तो ठान्‍नेछैनौ भन्ने आशा गर्छु। म तिमीहरूबाट तिमीहरूका कल्पनाहरू होइन, ठोस कार्य चाहन्छु। अब, तिमीहरूले मेरा प्रश्‍नहरूको जवाफ दिनैपर्छ, जुन यस प्रकार छन्:

१. यदि तँ साँच्चै नै सेवाकर्ता होस् भने, के तँ झाराटारुवापन वा नकारात्मकताको कुनै छनकविना अर्पित भएर मेरा लागि सेवा प्रदान गर्न सक्छस्?

२. यदि तैँले मैले तेरो कहिल्यै सराहना नगरेको कुरा पत्ता लगाइस् भने, के तँ अझ पनि रहिरहेर आजीवन मेरा लागि सेवा प्रदान गर्न सक्नेछस्?

३. तैँले धेरै मेहनत लगाएको भए पनि, यदि म अझै तँप्रति धेरै रुखो व्यवहार गर्छु भने, के तँ अज्ञात रूपमा मेरा लागि काम गरिरहन सक्नेछस्?

४. तैँले मेरा लागि केही समर्पण गरेपछि, यदि मैले तेरा सानातिना माग पूरा गरिनँ भने, के तँ मदेखि निरुत्साहित र निराश हुनेछस्, वा रिसले चुर भएर गालीगलौज समेत गर्नेछस्?

५. यदि तँ मप्रति धेरै प्रेम राख्दै सधैँ अत्यन्तै बफादार रहिआएको छस्, तैपनि तँ रोगको सास्ती, आर्थिक अभाव, तेरा मित्र तथा आफन्तहरूद्वारा त्यागिनु वा जीवनका अन्य कुनै दुर्गतिहरूबाट दुःख भोग्छस् भने, के मप्रतिको तेरो बफादारी र प्रेम अझ पनि निरन्तर रहनेछ?

६. यदि तैँले हृदयमा कल्पना गरेको कुनै पनि कुरा मैले गरेको कामसँग मिलेन भने, तँ कसरी आफ्नो भविष्यको मार्गमा हिँड्नुपर्छ?

७. यदि तैँले पाउने आशा गरेका कुनै पनि कुराहरू पाइनस् भने, के तँ मेरो अनुयायी बनिरहन सक्छस्?

८. यदि तैँले मेरो कामको उद्देश्य र महत्त्वलाई कहिल्यै बुझेको छैनस् भने, के तँ मनलागी गलत नठहराउने र निष्कर्ष ननिकाल्ने समर्पित व्यक्ति बन्न सक्छस्?

९. के तँ मैले मानिससँगै रहँदा भनेका सबै वचन र गरेका सबै कामलाई बहुमूल्य ठान्‍न सक्छस्?

१०. के तँ केही प्राप्त नहुँदा पनि मेरा लागि जीवनभर दुःख सहन इच्छुक हुने मेरो विश्वसनीय अनुयायी बन्न सक्छस्?

११. के तँ तेरो भावी अस्तित्वको मार्गका लागि विचार, योजना वा तयारी गर्ने कार्यलाई मेरो खातिर त्याग्‍न सक्छस्?

यी प्रश्‍नहरूले तिमीहरूप्रति मेरा अन्तिम मागहरूलाई प्रतिनिधित्व गर्छन्, र म तिमीहरू सबैले मलाई जवाफ दिन सक्छौ भन्ने आशा गर्छु। यदि तैँले यी प्रश्‍नहरूले तँसँग माग गरेका एक-दुई वटा कुरा पूरा गरेको छस् भने, तैँले अझै पनि निरन्तर प्रयास गरिरहनुपर्छ। यदि तँ यी मागहरूमध्ये एउटा पनि पूरा गर्न सक्दैनस् भने, पक्कै पनि नरकमा फालिने प्रकारको व्यक्ति होस्। त्यस्ता मानिसहरूलाई, मैले अरू केही भनिरहनु पर्दैन, किनभने तिनीहरू पक्कै पनि मसँग मिल्न नसक्ने मानिस हुन्। जुनसुकै परिस्थितिमा मलाई विश्‍वासघात गर्न सक्ने व्यक्तिलाई म मेरो घरमा कसरी राख्न सक्छु र? अधिकांश परिस्थितिहरूमा अझै पनि मलाई विश्‍वासघात गर्न सक्नेहरूका हकमा भन्दा, म अन्य प्रबन्धहरू गर्नुअघि तिनीहरूको प्रस्तुति नियाल्नेछु। तर, कुनै पनि सर्तमा मलाई विश्‍वासघात गर्न सक्ने सबैलाई म कहिल्यै बिर्सनेछैनँ; म तिनीहरू प्रत्येकलाई हृदयमा याद राख्‍नेछु, र तिनीहरूका दुष्ट कार्यहरूको प्रतिफल दिने अवसरको प्रतीक्षा गर्नेछु। मैले उठाएका मागहरू तिमीहरू सबैले आफूमा जाँच्नुपर्ने समस्या हुन्। म आशा गर्छु, तिमीहरू सबैले तिनलाई गम्भीरतापूर्वक विचार गर्न सक्छौ र मसँग झाराटारुवा व्यवहार गर्नेछैनौ। निकट भविष्यमा, म तिमीहरूले मलाई दिएका जवाफहरूलाई मेरा मागहरूसँग दाँजेर हेर्नेछु। त्यतिन्जेल, म तिमीहरूबाट अरू केही माग गर्नेछैनँ र तिमीहरूलाई थप इमानदार सल्लाह दिनेछैनँ। यसको साटो, म आफ्नो अख्तियार प्रयोग गर्नेछु: राख्नुपर्नेहरूलाई राखिनेछ, इनाम दिनुपर्नेहरूलाई इनाम दिइनेछ, शैतानलाई सुम्पिनुपर्नेहरू शैतानलाई सुम्पिइनेछन्, कठोर दण्ड दिनुपर्नेहरूलाई कठोर दण्ड दिइनेछ, र नष्ट हुनुपर्नेहरूलाई नष्ट गरिनेछ। यसरी, अब मेरा दिनहरूमा मलाई बाधा दिने कोही पनि हुनेछैन। के तँ मेरा वचनहरूलाई विश्‍वास गर्छस्? के तँ प्रतिफलमा विश्‍वास गर्छस्? के तँ मलाई धोका दिने र विश्‍वासघात गर्ने सबै दुष्ट जनलाई म दण्ड दिनेछु भनेर विश्‍वास गर्छस्? तँ त्यो दिन चाँडै आओस् कि ढिलो आओस् भन्‍ने आशा गर्छस्? तँ दण्डदेखि डराउने व्यक्ति होस् कि दण्ड नै सहनुपरे पनि मेरो प्रतिरोध गर्न रुचाउने व्यक्ति होस्? जब त्यो दिन आउँछ, तब तँ हर्षोल्लास र हाँसोबीच जिउनेछस् कि रुँदै दाह्रा किट्नेछस् भनी के तँ कल्पना गर्न सक्छस्? तँ कस्तो प्रकारको परिणाम भोग्ने आशा गर्छस्? तँ ममाथि शतप्रतिशत विश्‍वास गर्छस् कि शतप्रतिशत शङ्का गर्छस् भनेर के तैँले कहिल्यै गम्भीरतापूर्वक विचार गरेको छस्? तेरा कार्य र व्यवहारले तँमाथि कस्तो प्रकारको नतिजा र परिणाम निम्त्याउनेछ भनी के तैँले कहिल्यै ध्यानपूर्वक विचार गरेको छस्? तँ मेरा सबै वचन एक-एक गरी पूरा होऊन् भन्‍ने दृढ आशा गर्छस् कि मेरा वचनहरू एक-एक गरी पूरा हुनेछन् भन्ने कुराले भयभीत हुन्छस्? यदि तँ मेरा वचनहरू पूरा गर्नका लागि म चाँडै प्रस्थान गरूँ भन्‍ने आशा गर्छस् भने, तैँले आफ्ना वचन र कार्यहरूलाई कसरी लिनुपर्छ? यदि तँ मेरो प्रस्थानको आशा गर्दैनस् र मेरा सबै वचन तुरुन्तै पूरा होऊन् भन्‍ने आशा गर्दैनस् भने, तँ किन ममा विश्‍वास गर्छस् त? तँ मलाई किन पछ्याइरहेको छस् भन्‍ने कुरा के तँलाई साँच्चै थाहा छ? यदि तेरो कारण आफ्नो दृष्टिकोण फराकिलो बनाउनु मात्रै हो भने, तैँले त्यसरी दुःख गर्नु पर्दैन। यदि यो आशिष् पाउन र आउँदै गरेको प्रकोपबाट बच्नका लागि हो भने, तँ किन आफ्नै आचरणको चिन्ता लिँदैनस्? तैँले मेरा मागहरू पूरा गर्न सक्छस् कि सक्दैनस् भनेर तँ किन आफैलाई सोध्दैनस्? तँ आउने आशिष्‌हरू प्राप्त गर्न आफू योग्य छु कि छैनँ भनेर आफैलाई पनि किन सोध्दैनस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (२)

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३६४

मेरो अगाडि सेवा गर्ने मेरा सबै मानिसहरूले विगतको विषयमा फेरि सोच्नुपर्छ: के मप्रतिको तिमीहरूको प्रेम अशुद्धताले कलङ्कित थियो? के मप्रति तिमीहरूको बफादारी शुद्ध र सम्पूर्ण हृदयको थियो? के मेरो बारेमा तिमीहरूको ज्ञान सत्य थियो? तिमीहरूको हृदयमा मैले कति ठाउँ ओगट्थें? के मैले तिमीहरूको हृदय पूर्ण रूपमा भरेको थिएँ? मेरा कति वटा वचनहरू तिमीहरूभित्र पूरा भए? मलाई मूर्ख बनाउने प्रयास नगर्! यी कुराहरू मेरा निम्ति पूरा स्पष्ट छन्! आज, मेरो उद्धारको आवाज निस्‍कने क्रममा, के मप्रतिको तिमीहरूको प्रेममा केही वृद्धि भएको छ? के मप्रतिको तिमीहरूको वफादारीताको अंश शुद्ध भएको छ? के मबारे तिमीहरूको ज्ञान गहिरो भएको छ? के विगतमा चढाइएको प्रशंसाले आज तिमीहरूको ज्ञानका लागि एक ठोस आधार बसालेको छ? तिमीहरू कतिसम्म मेरो आत्माद्वारा ओगटिएका छौ? मेरो स्वरूपले तिमीहरूभित्र कति स्थान ओगट्छ? के मेरा भनाइहरूले तिमीहरूको केन्द्रमै प्रहार गरेको छ? के तिमीहरूलाई साँच्चै तिमीहरूका सर्म लुकाउने ठाउँ कहीँ पनि छैन भन्‍ने लाग्छ? के तिमीहरू मेरा मानिसहरू हुन अयोग्य छौ भन्‍ने साँच्‍चै विश्‍वास गर्छौ? यदि तिमीहरू माथिका प्रश्नहरूबारे पूर्ण रूपमा अनजान छौ भने, त्यसले तिमीहरू धमिलो पानीमा माछा मार्दैछौ, तिमीहरू केवल सङ्ख्या थप्न मात्र उपस्थित छौ भन्‍ने देखाउँछ, र त्यस बेला मद्वारा पूर्वनिर्धारित भएर तिमीहरू निश्चय नै हटाइनेछौ र दोस्रो चोटि अतल कुण्डमा फालिनेछौ। यी मेरा चेतावनीका वचनहरू हुन्, र यसलाई हल्‍का रूपमा लिने जो-कोहीलाई पनि मेरो न्यायद्वारा प्रहार गरिनेछ, र तोकिएको समयमा विनाशको सामना गराइनेछ। के यो यस्तै होइन र? के यो कुरा बुझाउन मैले अझै अरू उदाहरण दिनु आवश्यक छ? तिमीहरूलाई उदाहरण दिन के म अझ स्पष्ट बोल्नुपर्छ? सृष्टिको समयदेखि आजको दिनसम्म, धेरै मानिसले मेरा वचनहरू विरुद्धविद्रोह गरेका छन्, र त्यसैले मेरो पुनर्बहालीको प्रवाहद्वारा त्यागिएका र हटाइएका छन्; अन्त्यमा, तिनीहरूका शरीरहरू नष्ट हुन्छन् र तिनीहरूका आत्माहरूलाई पातालमा फालिनेछ र अहिले पनि तिनीहरू गम्भीर दण्डको अधीनमा छन्। धेरै मानिसहरूले मेरा वचनहरू अनुसरण गरेका छन्, तर तिनीहरू मेरो ज्ञान र प्रकाशको विरुद्धमा गएका छन्, र यसरी तिनीहरू मद्वारा लत्याइएका छन्, शैतानको सत्तामा परेका छन् र मेरा विरोध गर्नेहरूमध्ये एक बनेका छन्। (आज मेरो सिधा विरोध गर्नेहरू सबैले मेरा वचनहरू सतही रूपमा मात्र पालन गर्छन् र मेरा वचनहरूको सारको विरुद्ध विद्रोह गर्दछन्।) मैले हिजो बोलेका वचनहरू मात्र सुनेकाहरू, विगतका “मूल्यहीन” थोकहरू समात्‍ने र वर्तमानको “उत्पादन” लाई कदर नगर्नेहरू धेरै रहेका छन्। यी मानिसहरू शैतानद्वारा कैद गरिएका मात्र छैनन्, तिनीहरू त अनन्त पापीहरू र मेरा शत्रुहरू भएका छन्, र तिनीहरूले सीधै मेरो विरोध गर्छन्। त्यस्ता मानिसहरू मेरो क्रोधको पराकाष्ठामा मेरो न्यायका पात्रहरू हुन्, र आज पनि तिनीहरू अन्धा छन्, अझै पनि अँध्यारो कालकोठरीमा छन् (जसको अर्थ, त्यस्ता मानिसहरू सडेका, लट्टिएका लासहरूमा हुन्, जो शैतानद्वारा नियन्त्रित छन् भन्‍ने हुन्छ; किनकि तिनीहरूको आँखामा मैले घुम्टो हालिदिएको छु, म भन्छु, कि तिनीहरू अन्धा छन्।) तिमीहरूका सन्दर्भका लागि उदाहरण प्रदान गर्नु राम्रो हुन्छ, यसैले कि तैँले त्यसबाट शिक्षा लिन सक्:

पावलको उल्लेख गर्दा, तिमीहरू तिनको इतिहास र तिनका बारेमा रहेका केही कथाहरू विचार गर्छौ जुन गलत छन् र वास्तविकतासँग मिल्दैनन्। तिनलाई बाल्यकालदेखि नै तिनका आमाबुबाले शिक्षा दिएका थिए, र मेरो जीवन प्राप्त गरेका थिए, र मेरो पूर्वनिर्धारणको परिणामस्वरूप तिनीसँग मलाई चाहिने क्षमताको स्वामित्त्व थियो। तिनले १९ वर्षको उमेरमा जीवनको बारेमा विभिन्न पुस्तकहरू पढे; अहिले मैले यसको पूर्ण जानकारी दिनु आवश्यक छैन, तिनको योग्यताका कारण अनि मेरो ज्ञान र प्रकाशको कारण तिनी केही आत्मिक कुराको विषयमा केही जानकारीसहित बोल्न मात्र सकेनन्, तर मेरा अभिप्रायहरू बुझ्न पनि सक्षम भए। अवश्य, यसले आन्तरिक र बाह्य तत्वहरूको मिश्रणलाई हटाउँदैन। तापनि, तिनको एउटा असिद्धता यो थियो, कि तिनका योग्यताहरूको कारण तिनले प्रायः चापलुसी र शेखी गर्थे। फलस्वरूप, तिनको विद्रोहीपनको कारण जसको एक भागले प्रत्यक्ष रूपमा प्रधान स्वर्गदूतको प्रतिनिधित्व गर्‍यो, जब म पहिलो पटक देहधारी बनेँ, तब तिनले मलाई चुनौती दिने हरप्रकारको कोसिस गरे। तिनी तीमध्ये एक थिए जसले मेरा वचनहरू जान्दैनन्, र तिनको हृदयमा अगिबाटै मेरो स्थान हराइसकेको थियो। त्यस्ता मानिसहरूले सीधै मेरो ईश्‍वरत्वको विरोध गर्छन्, र मद्वारा प्रहार गरेर ढालिएका छन्, र अन्त्यमा मात्र निहुरिन्छन् र आफ्ना पापहरू स्वीकार गर्छन्। यसैले, मैले तिनको बलिया पक्षहरू प्रयोग गरिसकेपछि—भन्नुको अर्थ, तिनले केही समय मेरा लागि काम गरिसकेपछि—तिनी फेरि एक पटक पुराना चालहरूमा फसे, र तिनले सीधै मेरा वचनहरूको विरुद्धमा विद्रोह नगरे पनि मेरो भित्री अगुवाइ र ज्ञानको विरुद्धमा विद्रोह गरे, तसर्थ तिनले विगतमा गरेका सबै काम व्यर्थ भए; अर्को शब्दमा भन्नुपर्दा, तिनले कुरा गरेका महिमाको मुकुट खाली खोक्रा शब्दहरू, तिनका आफ्नै कल्पनाको उपज बनेका थिए किनभने आजको दिनमा पनि तिनी मेरा बन्धनहरूका कैदमा मेरो दण्डको अधीनमा छन्।

माथिको उदाहरणबाट यो देख्न सकिन्छ कि जसले मेरो (मेरो देहगत अस्तित्व मात्र होइन तर अझ महत्त्वपूर्ण कुरा, मेरा वचनहरू र मेरो आत्मा, अर्थात्, मेरो ईश्‍वरत्वलाई समेत विरोध गर्नु) विरोध गर्छ, त्यसले आफ्नो देहमा मेरो दण्ड भोग्दछ। जब मेरा आत्माले तिमीहरूलाई छोडनुहुन्छ, तिमीहरू अचानक तल झर्छौं, सिधा पातालमा ओर्लिन्छौ। अनि तिमीहरूको मासुको शरीर पृथ्वीमा भए पनि तिमीहरू मानसिक रोगबाट पीडित व्यक्तिजस्तै हुन्छौ: तैँले आफ्नो विवेक हराएको छस्, तैँले तुरुन्तै आफू एक लासजस्तो भएको महसुस गर्छस्, यस्तो हुन्छ कि तैँले तेरो देहलाई ढिलो नगरी समाप्त गर्न मसँग बिन्ती गर्नेछस्। तिमीहरूमध्ये धेरै जना जोसँग आत्मा छ तिमीहरूले यी परिस्थितिहरूको गहिरो बुझाइ पाएका छौ, र मैले यसको पूरा वर्णन गर्नु आवश्यक छैन। विगतमा, जब मैले सामान्य मानवतामा काम गरें, धेरै मानिसहरूले मेरो क्रोध र प्रतापको तुलनामा आफैलाई मापन गरिसकेका थिए, र मेरो बुद्धि र स्वभावको बारेमा यसअघि नै अलिअलि जानेका थिए। आज, म सीधै ईश्‍वरत्वमा बोल्छु र काम गर्छु, र अझै पनि कोही मानिसहरू छन् जसले मेरो क्रोध र न्यायलाई आफ्नै आँखाले देख्नेछन्; यसबाहेक, न्यायको युगको दोस्रो चरणको मुख्य काम भनेको सबै मानिसलाई मेरो देहका कामहरू प्रत्यक्ष रूपमा जान्न दिनु र तिमीहरू सबैलाई प्रत्यक्ष रूपमा मेरो स्वभाव हेर्न दिनु हो। तापनि, म देहमा भएकोले, म तिमीहरूका कमजोरीहरूलाई बुझ्छु। मेरो आशा यो हो कि तिमीहरू आफ्नो आत्मा, प्राण र शरीरलाई खेलौनासँग जस्तो व्यवहार गर्नेछैनौ, र कुनै सोचविचार नगरी ती शैतानलाई सुम्पनेछैनौ। तिमीहरूले आफूसँग भएका सबै कुरालाई कदर गर्नु राम्रो हुन्छ, र तिनलाई खेलाँची सम्झनु हुँदैन, किनकि त्यस्ता कुराहरू तिमीहरूको भाग्यसित सम्बन्धित हुन्छन्। के तिमीहरू साँच्चै मेरा वचनहरूको सही अर्थ बुझ्न सक्छौ? के तिमीहरू साँच्चै मेरा वास्तविक भावनाहरूलाई बुझ्‍न सक्छौ?

के तिमीहरू पृथ्वीमा मेरा आशिषहरू उपभोग गर्न इच्छुक छौ, ती आशिषहरू जुन स्वर्गका आशिषहरू जस्ता छन्? के मसम्बन्धी बुझाइलाई, मेरा वचनहरूको आनन्द, र मेरो विषयको ज्ञान तिमीहरूको जीवनको सबैभन्दा मूल्यवान् र अर्थपूर्ण थोकको रूपमा सम्हालेर राख्न इच्छुक छौ? के तिमीहरू आफ्नै सम्भावनाहरूलाई विचार नगरी साँच्चै पूर्ण रूपमा आफैलाई ममा समर्पण गर्न इच्छुक छौ? के तिमीहरू साँच्चै आफैलाई मद्वारा मारिन, भेडाझैं मद्वारा डोऱ्याइनका लागि सुम्पन सक्छौ? के तिमीहरूको माझमा कोही यस्तो छ जसले यी कुराहरू प्राप्त गर्न सक्छ? के मैले स्वीकार गरेका र मेरा प्रतिज्ञाहरू प्राप्त गर्नेहरू सबै मेरा आशिषहरू प्राप्त गर्नेहरू हुन् भन्‍ने हुनसक्छ? के तिमीहरूले यी वचनहरूबाट केही बुझेका छौ? यदि मैले तिमीहरूलाई जाँचेँ भने, के तिमीहरू मलाई मैले चाहेको जस्तो योजनाबद्ध गर्न दिन सक्छौ, र यी परीक्षाहरूको बीचमा, के मेरा अभिप्रायहरूको खोजी गर्न र मेरो हृदयलाई बुझ्न सक्छौ? तँ हृदयस्पर्शी वचनहरू बोल्न, वा धेरै वटा रोमाञ्चक कथाहरू भन्न सक्षम भएको म चाहन्नँ; बरु, तँ मेरो राम्रो गवाही बन्न सक्, र तँ पूर्ण र गहन रूपमा वास्तविकतामा प्रवेश गर्न सक् भनेर म तँलाई अह्राउँछु। यदि मैले सिधा नबोलेको भए, के तैँले आफूबाहिरका सबै थोकहरू त्याग्न सक्थिस् र आफैलाई मद्वारा प्रयोग हुन दिन सक्थिस्? के मैले चाहेको वास्तविकता यही होइन र? मेरा वचनहरूमा भएको अर्थ कसले बुझ्न सक्दछ? तैपनि म तिमीहरूलाई भन्छु, अब उप्रान्त शङ्काको भारले नथिचिनू, तिमीहरू आफ्नो प्रवेशमा सक्रिय हुनू र मेरा वचनहरूको सार बुझ्‍नू। यसले तिमीहरूलाई मेरा वचनहरू गलत प्रकारले बुझ्नबाट, र मेरो अर्थमा अस्पष्ट भएर मेरो प्रशासनिक आदेशहरूको उल्लङ्घन गर्नबाट बचाउँछ। म आशा गर्छु, मेरा वचनहरूमा तिमीहरूका निम्ति मेरा अभिप्रायहरूलाई तिमीहरूले बुझ्नेछौ। अबउप्रान्त तिमीहरूका आफ्नै सम्भाव्यताहरूबारे नसोच र परमेश्‍वरलाई सबै कुरामा तिमीहरूलाई योजनाबद्ध गर्न दिन तिमीहरूले मेरो अघि सङ्कल्‍प गरेअनुसार व्यवहार गर। मेरो परिवारभित्र उभिने सबै जनाले आफूले सक्‍ने जति गर्नुपर्दछ; तैँले पृथ्वीमा मेरो कामको अन्तिम भागका निम्ति आफ्नो सबैभन्दा उत्तम थोक चढाउनुपर्छ। के तँ साँच्चै यी कुरालाई अभ्यास गर्न इच्छुक छस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय ४

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३६५

पृथ्वीमा अनेक किसिमका दुष्ट आत्‍माहरू सधैँ नै विश्राम-स्थलको खोजीमा हुन्छन्; तिनीहरू सधैँ आफूले निल्न सक्ने लाशहरू खोजिरहेका हुन्छन्। मेरा मानिसहरू हो! तिमीहरू मेरो हेरचाह र सुरक्षाभित्र नै रहनुपर्छ। कहिल्यै विशृङ्खल नहोऊ! कहिल्यै बेपरवाह व्यवहार नगर! तैँले मेरो घरमा आफ्‍नो बफादारी अर्पण गर्नुपर्छ, र तैँले बफादारीद्वारा मात्रै दियाबलसहरूका षड्यन्त्रहरूविरुद्ध प्रत्याक्रमण गर्न सक्छस्। तैँले कुनै पनि हालतमा विगतमा जस्तो मेरो अगाडि एउटा कुरा गर्ने र मेरो पछाडि अर्को कुरा गर्ने गर्नु हुँदैन; यदि तँ यस्तो व्यवहार गर्छस् भने, तँ छुटकाराभन्दा पर पुगिसकेको हुन्छस्। के मैले पर्याप्त रूपमा यस्ता वचनहरू उच्‍चारण गरिसकेको छैनँ र? मानवजातिको पुरानो स्वभाव सुधार गर्न नसकिने भएकाले नै मैले मानिसहरूलाई बारम्‍बार स्मरण गराउनु परेको छ। दिक्क नमान! मैले भन्‍ने कुरा पूर्ण रूपमा तिमीहरूको गन्तव्यका खातिर नै हो! शैतानलाई चाहिने भनेकै मैलो र फोहोरी स्थान हो; तिमीहरू संयमताप्रति समर्पित हुन इन्कार गर्दै जति धेरै उद्धार गर्न नसकिने र विशृङ्खल हुन्छौ, ती अशुद्ध आत्माहरू तिमीहरूमा घुसपैठ गर्ने कुनै पनि मौकाका लागि त्यति नै धेरै लागिपर्छन्। यदि तिमीहरू यस बिन्दुसम्‍म आइपुगेका छौ भने, तिमीहरूको बफादारी कुनै पनि वास्तविकताबिनाको फोकट गफबाहेक केही पनि हुनेछैन, अनि अशुद्ध आत्‍माहरूले तिमीहरूको सङ्कल्पलाई निल्‍नेछन् र त्यसलाई मेरो काममा अवरोध गर्नका लागि विद्रोह र शैतानका षड्यन्त्रहरूमा रूपान्तरण गर्छन्, जसले गर्दा तिमीहरू कुनै पनि समय र स्थानमा मद्वारा ढालिने अवस्थमा पुग्छौ। यस अवस्थाको गम्‍भीरता कसैले बुझ्‍न सक्दैन; तिनीहरू त्यसप्रति कानमा तेल हालेर बस्छन्, र अलिकति पनि सतर्क हुँदैनन्। मलाई विगतमा गरिएको कुरा याद छैन; के तँ अझै पनि म फेरि “याद नगरेर” तँप्रति उदार हुने प्रतीक्षा गरिरहेको छस्? मानवले मेरो विरोध गरेका भए पनि, म यसको ईख लिनेछैन, किनभने तिनीहरू अत्यन्तै साना कदका छन्, त्यसैले मैले तिनीहरूबाट अत्यन्तै उच्‍च मागहरू गरेको छैनँ। मैले माग गर्ने कुरा भनेको तिनीहरू विशृङ्खल नहोऊन्, र संयमताप्रति समर्पित होऊन् भन्‍ने हो। के यो एउटा सर्त पूरा गर्नु तिमीहरूको क्षमताभन्दा बाहिरको कुरा हुन सक्छ? धेरैजसो मानिस आफ्ना आँखालाई तृप्त पार्नका लागि मैले अझै बढी रहस्यहरू प्रकट गर्ने प्रतीक्षामा छन्। तर, तैँले स्वर्गका सारा रहस्य बुझिस् भने पनि, के नै हुन्छ र? के यसले मप्रतिको तेरो प्रेमलाई बढाउँछ र? के यसले मप्रतिको तेरो प्रेमलाई जगाउँछ र? म मानवहरूलाई कम आँक्दिनँ, न त म तिनीहरूबारे हल्का रूपमा फैसला नै गर्छु। यदि यी मानवहरूका वास्तविक परिस्‍थितिहरू नभएका भए, म तिनीहरूलाई कहिल्यै त्यस्तो बिल्लाको मुकुट पहिर्‍याउनेथिइनँ। विगतबारे विचार गर: मैले तिमीहरूलाई कति पटक निन्दा गरेको छु? मैले तिमीहरूलाई कति पटक कम आँकेको छु? मैले तिमीहरूका वास्तविक परिस्‍थितिहरूलाई ध्यानै नदिई तिमीहरूलाई कति पटक छानबिन गरेको छु? मेरा वाणीहरूले कति पटक पूरा हृदयले तिमीहरूको मन जित्‍न सकेका छैनन्? तिमीहरूको मनलाई गहिरो गरीए नछोइकन म कति पटक बोलेको छु? तिमीहरूमध्ये कसले मैले तिमीहरूलाई ढालेर अतल कुण्‍डमा फ्याँक्‍नेछु भनी अत्यन्तै नडराउँदै, भय र कम्‍पबिना मेरा वचनहरू पढेका छौ? मेरा वचनहरूबाट कसले परीक्षाहरू भोग्दैन र? मेरा वाणीहरूभित्र अख्तियार छ, तर यो, मानवहरूलाई त्यत्तिकै न्याय गर्नका लागि होइन; बरु, तिनीहरूको वास्तविक परिस्‍थितिहरूका कारण म तिनीहरूलाई मेरा वचनहरूको अन्तर्निहित अर्थ निरन्तर प्रकट गरिदिन्छु। वास्तवमा, के मेरा वचनहरूबाट मेरो सर्वशक्तिमान्ता जान्न सक्‍ने कोही छ? मेरा वचनहरूमा रहेको विशुद्ध सुन बोध गर्ने कोही छ? मैले अनगिन्ती वचन बोलेको छु—के कसैले कहिल्यै तिनको कदर गरेको छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय १०

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३६६

म दिन प्रतिदिन अवलोकन गर्दै ब्रह्माण्डमाथि उभिन्छु, र मानव जीवनको अनुभव लिँदै अनि मानवजातिको प्रत्येक कार्यलाई नजिकबाट अध्ययन गर्दै म आफूलाई विनम्रतापूर्वक मेरो वासस्थानभित्र लुकाउँछु। कसैले पनि साँचो रूपले आफूलाई मेरो सामने अर्पित गरेको छैन; कसैले पनि सत्यको खोजी गरेको छैन। कोही पनि कहिल्यै मप्रति कर्तव्यनिष्ठ भएको छैन वा कसैले पनि मेरो समक्ष संकल्प गर्ने अनि आफ्नो कर्तव्य पालन गर्ने कार्य गरेको छैन। कसैले पनि मलाई कहिल्यै तिनीहरूभित्र बास बस्न दिएको छैन, न त मलाई तिनीहरूले आफ्नो जीवनलाई महत्त्व दिए झैँ महत्त्व नै दिएका छन्। कसैले पनि कहिल्यै व्यवहारिक यथार्थमा मेरो ईश्‍वरत्व जे हो त्यो सब देखेको छैन; कोही पनि कहिल्यै व्यवहारिक परमेश्‍वर स्वयम्‌सँग सम्पर्कमा रहन इच्छुक रहेको छैन। जब मानिसहरूलाई पानीले सिङ्गै निल्छ, तब म तिनीहरूलाई स्थिर पानीबाट बचाउँछु र नवजीवन जिउने मौका दिन्छु। जब मानिसहरूले जिउने आत्मविश्‍वास गुमाउँछन्, तब म तिनीहरूलाई जीवन जारी राख्ने साहस प्रदान गर्दै मृत्युको मुखबाट तानेर माथि ल्याउँछु ताकि तिनीहरूले मलाई आफ्नो अस्तित्वको जगको रूपमा प्रयोग गर्न सकून्। जब मानिसहरू मेरो विरुद्धमा विद्रोह गर्छन्, तब म तिनीहरूलाई तिनीहरूकै विद्रोहभित्रबाट मलाई चिनाउँछु। तिनीहरूको पुरानो प्रकृतिलाई विचार गरेर, र मेरो कृपालाई विचार गरेर, म तिनीहरूलाई मार्नुको साटो तिनीहरूलाई पश्‍चात्ताप गर्न र नयाँ सुरुवात गर्न दिन्छु। जब तिनीहरूले भोकमरीको सामना गर्छन्, तिनीहरूसँग तिनीहरूको शरीरमा एकै सास मात्र बाँकी रहँदा पनि, म तिनीहरूलाई शैतानको छलको शिकार हुनबाट जोगाउँदै मृत्युबाट खोसेर ल्याउँछु। धेरै पल्ट मानिसहरूले मेरो हात देखेका छन्, धेरै पल्ट तिनीहरूले मेरो दयालु मुखाकृति र मुस्कुराउने अनुहारको साक्षात्कार गरेका छन्, र धेरै पल्ट तिनीहरूले मेरो प्रताप र क्रोध देखेका छन्। मानिसहरूले मलाई कहिल्यै पनि नचिनेको भए तापनि, म जानाजान उत्तेजक बन्न तिनीहरूको कमजोरीहरूलाई अवसरको रूपमा लिँदिनँ। मानवजातिका कठिनाइहरूको अनुभव गर्दा त्यसले मलाई मानव कमजोरीप्रति सहानुभूति राख्न सक्षम तुल्याएको छ। मानिसहरूको विद्रोह र अकृतज्ञताको प्रत्युत्तरमा मात्र मैले तिनीहरूलाई विविध मात्राका सजायहरू दिने गर्छु।

जब मानिसहरू व्यस्त हुन्छन् म आफूलाई लुकाउँछु, र उनीहरूको फुर्सदको समयमा म आफूलाई प्रकट गर्छु। मानिसहरूले मलाई सबै कुरा जान्ने भनेर कल्पना गर्छन्; तिनीहरूले मलाई परमेश्‍वर स्वयम्‌को रूपमा लिन्छन् जसले सबै अनुनय-विनयहरूलाई स्वीकार गर्नुहुन्छ। त्यसकारण, धेरैजसो मानिसहरू परमेश्‍वरको सहायता माग्न मात्र मकहाँ आउँछन्, तर मलाई चिन्ने इच्छाको कारणले आउँदैनन्। बिरामको वेदनामा हुँदा मानिसहरूले अत्यावश्यक रूपमा मेरो सहयोगको याचना गर्छन्। अप्ठ्यारो परिस्थितिको समयमा, आफ्नो दुःखबाट मुक्त हुनको लागि, तिनीहरूले पूरै शक्ति लगाएर आफ्ना कठिनाइहरू मलाई बताउँछन्। तथापि, सहजताको अवस्थामा हुँदा एकै जना मानवले पनि मलाई प्रेम गर्न सकेको छैन; शान्ति र खुशीको समयमा एक जना मान्छेले पनि तिनीहरूको खुशीमा म पनि सामेल हुन सक्छु कि भनी मलाई खोज्दै आएको छैन। जब तिनीहरूका साना परिवारहरू खुशी र ठीकठाक हुन्छन्, तब मानिसहरूले आफ्ना परिवारहरूका आशिषित् खुसीयालीको आनन्द लिनको लागि मलाई भित्र जान निषेध गर्दै लामो समय अघिदेखि मलाई पन्छाइसकेका हुन्छन् वा मेरो लागि ढोका बन्द गरिसकेका हुन्छन्। मान्छेको मस्तिष्क एकदमै साँगुरो छ; यो त म जस्तो प्रेमिलो, कृपालु, र पहुँचयोग्य परमेश्‍वरलाई राख्न पनि नअट्ने गरी अति नै साँगुरो छ। आनन्ददायी हाँसोका क्षणहरूमा मानिसहरूले मलाई धेरै पल्ट अस्वीकार गरेका छन्; ठेस लाग्दा मानिसहरूले मलाई धेरै पल्ट बैसाखी झैँ आड बनाइएका छन्; रोगले ग्रसित भएका मानिसहरूले धेरै पल्ट मलाई जबरजस्ती चिकित्सकको भूमिकामा हालिदिएका छन्। कति क्रूर छन् मानिसहरू! तिनीहरू सम्पूर्ण रूपले अमर्यादित र अनैतिक छन्। जुन भावनाहरूद्वारा मानिसहरू ओतप्रोत हुनुपर्ने हो तिनीहरूमा ती भावनाहरू पनि छैनन्; तिनीहरू लगभग सम्पूर्ण रूपले मानवताको नामनिशाना विहीन छन्। विगतको बारेमा सोच र वर्तमानसँग तुलना गर त: के तिमीहरूमा कुनै परिवर्तन आइरहेको छ? के तिमीहरूले आफ्‍नो विगतका केही कुरालाई फालेका छौ? वा कि त्यो विगत अझै पनि प्रतिस्थापित हुन बाँकी छ?

मानव संसारका उकालीओरालीहरू अनुभव गर्दै मैले हिमश्रृङ्खलाहरू र नदीका घाटीहरू पार गरेको छु। तिनीहरूमाझ म घुम्दै हिँडेको छु र धेरै वर्ष म तिनीहरूमाझ बसेको छु, तैपनि मानवजातिको स्वभाव कमै मात्र परिवर्तन भएको जस्तो देखिन्छ। अनि मानिसहरूको पुरानो स्वभावले जरा गाडिसकेको र त्यसबाट टुसा पलाएको हो कि जस्तो देखिन्छ। तिनीहरूले त्यो पुरानो प्रकृतिलाई कहिल्यै पनि बदल्न सक्दैनन्; तिनीहरूले त्यसको मौलिक जगमा मात्रै यसलाई अलिअलि सुधार गर्छन्। मानिसहरूले भने झैँ, सार बदलिएको छैन, तर स्वरूप चाहिँ धेरै नै बदलिएको छ। मानिसहरू सबै मलाई मूर्ख बनाउन र तामझामद्वारा प्रभावित गर्न खोजिरहेका छन् भन्‍ने देखिन्छ ताकि तिनीहरूले झुक्याएर मेरो प्रशंसा जित्न सकून्। म मानव छललाई न त प्रशंसा गर्छु न त यसलाई ध्यान नै दिन्छु। रिसले आगो हुनुको साटो म देखे पनि नदेखे झैँ गर्ने मनोवृत्ति अँगाल्छु। मैले मानवजातिलाई केही निश्चित हदसम्मको छुट दिने, त्यसपछि सबै मानिसहरूलाई एकैचोटि सामना गर्ने योजना बनाएको छु। मानिसहरू सबै आफूलाई प्रेम नगर्ने अनि आफ्नो ख्याल राख्दै नराख्ने व्यर्थका तुच्छ व्यक्तिहरू भएको हुँदा, किन मैले तिनीहरूलाई फेरि पनि कृपा र प्रेम गर्नु आवश्यक हुन्थ्यो र? कुनै अपवाद विना नै, मानिसहरूले आफूलाई नै चिन्दैनन्, न त तिनीहरूलाई आफ्नो मूल्य कति धेरै छ भन्‍ने कुरा नै थाहा छ। तिनीहरूले आफूलाई जोख्नको लागि तराजुमा राख्नुपर्छ। मानिसहरूले मलाई वास्ता गर्दैनन्, त्यसैले म पनि तिनीहरूलाई गम्भीर रूपमा लिँदिनँ। तिनीहरूले मलाई ध्यान दिँदैनन्, त्यसैले मैले पनि तिनीहरूउपर अझ परिश्रमसित काम गर्नु पर्दैन। के यो दुवै संसारका सर्वोत्तम कुरा होइन र? के यसले तिमीहरू, अर्थात् मेरा मानिसहरूलाई व्याख्या गर्दैन र? तिमीहरूमध्ये कसले चाहिँ मेरो समक्ष संकल्पहरू गरेर पछि तिनलाई त्याग गरेको छैन र? बारम्बार विभिन्न कुराहरूमा मन डुलाउनुको सट्टा, कसले चाहिँ मेरो अगाडि दीर्घकालीन संकल्पहरू गरेको छ र? सधैँ, मानिसहरूले सहज परिस्थितिमा मेरो अगाडि संकल्पहरू गर्छन्, र कठिन परिस्थितिमा ती सबैलाई रद्द गर्छन्; अनि पछि, तिनीहरूले फेरि त्यही संकल्पलाई लिन्छन् र मेरो अगाडि राख्छन्। के म त्यति धेरै अपमानयोग्य छु र मानवजातिले फोहोरको थुप्रोबाट टिपेको फोहोर वस्तु यसै स्वीकार गरूँ? कमै मात्र मानिसहरू आफ्ना संकल्पहरूमा दृढ रहन्छन्, केही मात्र पवित्र छन्, र केहीले मात्र तिनीहरूको लागि अमूल्य रहेका वस्तुहरू मलाई बलि चढाउँछन्। के तिमीहरू सबै उस्तै छैनौ र? यदि तिमीहरूले राज्यका मेरा मानिसहरूको सदस्यको रूपमा आफ्नो कर्तव्य निभाउन सक्दैनौ भने, तिमीहरूलाई तिरस्कार गर्नेछु!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय १४

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३६७

मानिसहरू सबै आत्म-ज्ञानको कमी भएका प्राणी हुन्, र तिनीहरू आफूलाई चिन्न सक्दैनन्। तैपनि, तिनीहरू अरू सबैलाई आफ्नो हत्केलाजस्तै छर्लङ्गै चिन्छन्, मानौँ अरूले गरेका र भनेका सबै कुरा पहिले उनीहरूकै अगाडि तिनीहरूद्वारा “निरीक्षण” गरिएका हुन्, र गरिनुअघि उनीहरूको स्वीकृति प्राप्त गरिएको हो। फलस्वरूप, यस्तो लाग्छ कि तिनीहरूले अरू सबैलाई उनीहरूको मनोवैज्ञानिक स्थितिसम्म पूर्ण मापन गरेका छन्। मानवजाति सबै यस्तै हुन्छन्। आज तिनीहरू राज्यको युगमा प्रवेश गरेका भए पनि, तिनीहरूको प्रकृति अपरिवर्तित नै रहेको छ। तिनीहरू अझै पनि मेरो अगाडि म जे गर्छु त्यही गर्छन्, जबकि मेरो पिठ्युँ पछाडि तिनीहरू आफ्नै अनौठो “काम” गर्न थाल्छन्। तर, पछि, मेरो अगाडि आउँदा, तिनीहरू पूर्ण रूपमा अर्कै मानिस जस्ता देखिन्छन्, जो स्पष्ट रूपमा शान्त र निडर हुन्छन्, जसको शान्त मुद्रा र स्थिर धड्कन हुन्छ। के मानिसहरूलाई यति घृणास्पद बनाउने ठ्याक्कै यही कुराले होइन र? अति धेरै मानिस दुइटा पूर्ण रूपमा फरक अनुहार बोकेर हिँड्छन्—एउटा मेरो अगाडि हुँदा, र अर्को मेरो पिठ्युँ पछाडि हुँदा। तिनीहरूमध्ये धेरै जना मेरो अगाडि हुँदा भर्खरै जन्मेका थुमाजस्तै व्यवहार गर्छन्, तर मेरो पिठ्युँ पछाडि हुँदा, तिनीहरू हिंस्रक बाघमा परिणत हुन्छन् र पछि डाँडाकाँडामा खुसीले उडिहिँड्ने साना चराचुरुङ्गीजस्तै व्यवहार गर्छन्। धेरैले मेरो अगाडि उद्देश्य र सङ्कल्प देखाउँछन्। धेरै जना तृष्णा र अभिलाषा बोकेर मेरा वचनहरू खोज्दै मेरो अगाडि आउँछन्, तर मेरो पिठ्युँ पछाडि हुँदा, तिनीहरू तीप्रति वितृष्ण महसुस गर्छन् र तिनलाई परित्याग गर्छन्, मानौँ मेरा वाणीहरू बोझ हुन्। कैयौँ पटक, मानवजातिलाई मेरो शत्रुद्वारा भ्रष्ट तुल्याइएको देखेपछि, मैले मानिसहरूमा आफ्नो आशा राख्न छोडेको छु। कैयौँ पटक, तिनीहरू रुँदै मेरो अगाडि क्षमा माग्न आएको देखेपछि पनि, तिनीहरूको आत्म-सम्मानको कमी र हठी ढिठ्याइँका कारणले गर्दा, तिनीहरूसँग साँचो हृदय र सच्चा अभिप्रायहरू हुँदाहुँदै पनि, मैले रिसमा तिनीहरूका कार्यहरूप्रति आँखा चिम्लेको छु। कैयौँ पटक, मैले मसँग सहकार्य गर्न पर्याप्त आत्मविश्‍वास बोकेका मानिसहरू देखेको छु, जो, मेरो अगाडि हुँदा, मेरो अँगालोमा बसेर यसको न्यानोपनको स्वाद लिइरहेका जस्ता देखिन्छन्। कैयौँ पटक, मेरा चुनिएका मानिसहरूको निर्दोषता, जीवन्तता, र प्यारोपन देखेर, म कसरी यी कुराहरूका कारणले निकै प्रसन्न नहुन सक्छु र? मानवजातिलाई मेरो हातमा रहेका तिनीहरूका पूर्वनियोजित आशिष्‌हरूमा कसरी आनन्द लिने भन्‍ने थाहा हुँदैन, किनभने तिनीहरू “आशिष्‌” वा “दुःख” को अर्थ ठ्याक्कै के हो भन्ने बुझ्दैनन्। त्यसकारण, मानिसहरू मलाई साँचो रूपमा पछ्याउँदैनन्। यदि भोलिको अस्तित्व नहुने हो भने, तिमीहरूमध्ये को चाहिँ मेरो उपस्थितिमा हिउँजस्तै शुद्ध र जेडजस्तै निष्खोट हुनेथियो? के मप्रतिको तेरो प्रेमलाई एउटा स्वादिष्ट भोजन, उच्चस्तरीय कपडा, वा उच्च पद वा मोटो तलबसँग साट्न सकिन्छ र? के यसलाई तँलाई अरूले गर्ने प्रेमसँग साट्न सकिन्छ र? के वास्तवमा परीक्षाहरूको भोगाइले गर्दा मानिसहरूले मप्रतिको प्रेम त्याग्ने हुन सक्छ? अथवा दुःख र सङ्कष्टहरूले गर्दा तिनीहरू मेरा प्रबन्धहरूबारे गुनासो गर्न सक्छन्? मेरो मुखमा भएको धारिलो तरवारलाई कसैले कहिल्यै साँचो रूपमा अनुभव गरेको छैन: तिनीहरू साँचो रूपमा यसको साँचो अर्थलाई नबुझी यसको सतही अर्थ मात्र जान्दछन्। यदि मानवजातिले साँच्चै मेरो तरवारको धारिलोपन देख्न सक्ने भए, तिनीहरू मुसाजस्तै भागेर आफ्नो दुलोमा पस्नेथिए। तिनीहरूको बोधोपनका कारणले गर्दा, मानिसहरू मेरा वचनहरूको साँचो अर्थ केही पनि बुझ्दैनन्, र त्यसैले तिनीहरूलाई मेरा वाणीहरू कति शक्तिशाली छन् वा तिनले मानव प्रकृतिलाई कति चाहिँ खुलासा गर्छन् र ती वचनहरूद्वारा तिनीहरूको आफ्नै भ्रष्टताको कति न्याय गरिएको छ भन्‍ने थाहा हुँदैन। यसरी, मेरा वचनहरूबारे तिनीहरूको अपूरो बुझाइको परिणामस्वरूप, धेरैजसो मानिसले उत्साहहीन मनोवृत्ति अपनाएका छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय १५

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३६८

युगहरूभरि, धेरै जना निराशामा र अनिच्छुक हुँदै यस संसारबाट बिदा भएका छन् र धेरै जना आशा र विश्‍वासको साथ यहाँ आएका छन्। मैले धेरैको निम्ति आउने बन्दोबस्त गरेको छु र धेरैलाई पठाएको छु। अनगिन्ती मानिस मेरा हात भएर गएका छन्। धेरै आत्मालाई पातालमा फालिएका छन्, धेरैले शरीरमा जिए र धेरै मरेका छन् र यस पृथ्वीमा पुनः जन्मेका छन्। तथापि तिनीहरूमध्ये कसैले पनि राज्यका आशिष्‌हरूको आनन्द लिने मौका पाएका छैनन्। मैले मानिसलाई धेरै नै दिएको छु, तैपनि उसले थोरै प्राप्त गरेको छ, शैतानका शक्तिहरूको आक्रमणका कारण ऊ मेरा सबै सम्पत्तिहरूको आनन्द लिन नसक्ने भएको छ। उसले ती सम्पत्तिलाई देख्‍ने सौभाग्य मात्र पायो, तर पूर्ण रूपमा तिनको आनन्द लिन कहिल्यै पाएको छैन। मानिसले स्वर्गका सम्पत्तिहरू प्राप्त गर्न आफ्‍नो शरीरमा कहिले पनि खजाना घर भेट्टाएको छैन, यसैले मैले उसलाई प्रदान गरेका आशिष्‌हरू उसले गुमाएको छ। के मानिसको आत्मा भनेको उसलाई मेरो आत्मासँग जोड्ने कुरा होइन र? मानिस किन उसको आत्माद्वारा ममा कहिले पनि लीन भएको छैन? ऊ किन देहमा मेरो नजिक आउँछ, तैपनि आत्मामा त्यसो गर्न असक्षम छ? के मेरो साँचो मुहार देहको मुहार हो? मानिसले किन मेरो सार जान्दैन? के वास्तवमा मानिसको आत्मामा मेरो कुनै पनि चिन्‍ह छैन? के म मानिसको आत्मादेखि पूर्ण रूपमा हराएको छु? यदि मानिस आत्मिक क्षेत्रमा प्रवेश गर्दैन भने, उसले कसरी मेरा अभिप्रायहरूलाई राम्ररी बुझ्‍न सक्छ? मानिसको नजरमा आत्मिक क्षेत्रलाई प्रत्यक्ष रूपमा छेड्न सक्‍ने कुरो छ? मैले मानिसलाई धेरै पटक मेरो आत्माद्वारा बोलाएको छु, तैपनि मैले घोचेको छु जस्तो गरी मानिसले व्यवहार गर्छ अनि उसलाई अर्कै संसारमा डोर्‍याउँछु कि भन्‍ने ठूलो डरले मलाई टाढैबाट सम्‍मान गर्छ। मैले धेरै पटक मानिसको आत्मालाई सोधपुछ गरेँ, तापनि म उसको घरमा पस्‍नेछु र उसका सबै सर-सम्पत्ति खोस्ने मौका छोप्‍नेछु भनेर अत्यन्तै डराउँदै ऊ पूर्णतया बेखबर रहन्छ। यसैले मजबुत तरिकाले बन्द गरिएको ढोकाबाहिर मलाई जाडो सहनको लागि छोडेर, उसले मलाई बाहिरै राख्छ। मानिस धेरै पटक लडेको छ र मैले उसलाई बचाएको छु, तापनि उठेपछि उसले मलाई तुरुन्तै छोड्छ, अनि मेरो प्रेमले उसलाई छुन नपाउँदै, मतर्फ सावधानीपूर्वक नजर लाउँछ; मैले मानिसको हृदयलाई कहिल्यै पनि न्यानो पारेको छैनँ। मानिस भावनाविनाको चिसो रक्तधारी प्राणी हो। मेरो अङ्गालोमा न्यानो भए तापनि, ऊ यसबाट कहिले पनि गहिरोसित प्रभावित भएको छैन। मानिस पहाडमा बस्ने जङ्गलीजस्तो छ। मैले मानवजातिको निम्ति गरेका सबै हेरचाहलाई उसले कहिले पनि महत्त्व दिएको छैन। ऊ मेरो नजिक आउन अनिच्छुक छ, पर्वतहरूको माझमा बस्‍न रुचाउँछ, जहाँ उसले जङ्गली पशुहरूको खतरालाई सहन्छ—तापनि ऊ ममा शरण लिन अझै अनिच्छुक छ। म कुनै पनि मानिसलाई कर लगाउँदिनँ: म मेरो काम मात्र गर्छु। त्यो दिन आउने छ जब मानिस शक्तिशाली समुद्रको बीचबाट मेरो छेउमा पौडन्छ, ताकि उसले पृथ्वीका सबै सम्पत्तिको आनन्द लिन सकोस् र समुद्रद्वारा निलिने खतरालाई पछाडि छाडोस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २०

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३६९

धेरै मानिसले मलाई साँचो रूपमा प्रेम गर्ने इच्छा गर्छन्, तर तिनीहरूका हृदय तिनीहरूका आफ्नै नभएकोले, आफैमाथि तिनीहरूको कुनै नियन्त्रण हुँदैन; धेरै मानिस मैले दिएका परीक्षाहरू अनुभव गर्दा, मलाई साँचो रूपले प्रेम गर्छन्, तापनि म साँच्‍चै अस्तित्वमा छु भन्‍ने तिनीहरूले बुझ्न सक्दैनन्, र मेरो वास्तविक अस्तित्वको कारणले होइन, तर रित्तोपनमा मात्र मलाई प्रेम गर्छन्; धेरै मानिसले आफ्‍नो हृदय मेरो सामने राख्छन् र त्यसपछि आफ्ना हृदयलाई कुनै ध्यान दिँदैनन्, त्यसकारण मौका पाउनासाथ शैतानले तिनीहरूका हृदय खोसेर लैजान्छ, र तिनीहरूले मलाई त्याग्छन्; मैले मेरा वचनहरू प्रदान गर्दा धेरै मानिसले मलाई साँचो रूपमा प्रेम गर्छन्, तापनि तिनीहरूले मेरा वचनलाई तिनीहरूका आत्मामा राख्दैनन्, त्यसको साटो तिनीहरूले ती वचनलाई अनौपचारिक रूपमा सार्वजनिक सम्पत्तिजस्तो गरेर प्रयोग गर्छन् र जब तिनीहरूलाई इच्छा हुन्छ तब ती वचन जहाँबाट आएका थिए त्यतै हुत्याउँछन्। सबै मानिस पीडाबीच मलाई खोज्छन्, र परीक्षाहरूबीच मतिर हेर्छन्; शान्तिको समयमा तिनीहरू मेरो आनन्द लिन्छन्, जोखिममा पर्दा तिनीहरू मलाई इन्कार गर्छन्, व्यस्त हुँदा तिनीहरू मलाई भुल्छन्, र तिनीहरू आफ्नो खाली समयमा मलाई पन्छाउन केही झाराटारुवा प्रयासमा संलग्‍न हुन्छन्। अनि कसैले पनि मलाई आफ्नो जीवनभरि प्रेम गरेको छैन। म मानिसहरू मेरो सामु गम्भीर होऊन् भन्‍ने चाहन्छु। म उनीहरूले मलाई कुनै कुरा दिऊन् भनी माग गर्दिनँ, बरु तिनीहरू मलाई गम्‍भीर रूपमा लिऊन्, तिनीहरू मलाई फुस्ल्याउनुको साटो मलाई तिनीहरूको इमानदारी प्राप्त गर्न मात्र दिऊन् भनी माग गर्छु। मेरो अन्तर्दृष्टि, ज्योति, र मेरो रगत-पसिना सबै मानिसमा व्याप्त छ, यद्यपि मानिसको प्रत्येक कार्यको वास्तविक तथ्यका साथै तिनीहरूले मलाई गरेको छल पनि सबै मानिसमा व्याप्त छ। मानौँ, मानिसको छलकपटका तत्त्वहरू गर्भदेखि नै ऊसँगै रहेका छन्, मानौँ, छलकपटका यी विशेष सीपहरू ऊसँग जन्मदेखि नै छन्। यसबाहेक, उसले आफ्‍नो रहस्यलाई कहिल्यै प्रकट गरेको छैन; यी कपटपूर्ण सीपहरूको स्रोतलाई कसैले कहिल्यै देखेको छैन। फलस्वरूप, मानिस आफूले थाहै नपाई छलकपटमा बाँचिरहेको छ, र यस्तो लाग्छ, मानौं उसले आफैलाई क्षमा गर्दछ, मानौं यो उसले जानी-जानी मसँग गरेको छल नभएर परमेश्‍वरको प्रबन्ध हो। के मानिसले मसँग गरेको छलको स्रोत यही होइन र? के यो उसको चलाकी होइन र? मानिसको झुटो मिठो कुराद्वारा म कहिल्यै पनि लट्ठ भएको छैनँ, किनकि मैले धेरैअघि नै उसको वास्तविक सार पत्ता लगाएको थिएँ। उसको रगतमा कति धेरै अशुद्धता छ, र उसको हड्डीको मासीमा शैतानको कति धेरै विष छ भन्‍ने कसलाई के थाहा? प्रत्येक दिन बित्दै जाँदा मानिसलाई अझ बढी यसमा बानी पर्दै जान्छ, यहाँसम्म कि शैतानले पुऱ्याएको हानि समेत उसले महसुस गर्दैन, र “स्वस्थ अस्तित्वको कला” पत्ता लगाउन उसले कुनै चासो राख्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २१

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३७०

मानिस ज्योतिको बीचमा जिउँछ, तर उसलाई ज्योतिको मूल्य थाहा छैन। उसलाई ज्योतिको सार, र ज्योतिको स्रोत, र त्यति मात्र होइन, ज्योति कसको हो भन्‍ने कुरा थाहा छैन। जब म मानिसलाई ज्योति दिन्छु, तुरुन्तै मानिसहरूमाझका अवस्थाहरूलाई जाँच गर्छु: ज्योतिको कारण सबै मानिस परिवर्तन र वृद्धि हुँदैछन्, अनि तिनीहरूले अन्धकारलाई छोडेका छन्। म ब्रह्माण्डको हरेक कुनामा हेर्छु, र पहाडहरू कुहिरोले ढाकिएको, ठन्डामा पानी जमेको देख्छु र ज्योति आएको कारण, मानिसहरूले पूर्वतिर हेर्छन्, ताकि तिनीहरूले केही मूल्यवान् कुरा पत्ता लगाउन सकून्—तापनि मानिसले तुवाँलोभित्र स्पष्ट दिशा छुट्ट्याउन सक्दैन। सम्पूर्ण संसार कुहिरोले ढाकिएको हुनाले जब म बादलहरूको माझबाट हेर्छु, मेरो अस्तित्वलाई पत्ता लगाउने कुनै मानिस हुँदैन। मानिसले पृथ्वीमा केही कुराको खोजी गरिरहेको छ; उसले भोजनको खोजी गरिरहेको जस्तो देखिन्छ; यस्तो लाग्छ, उसले मेरो आगमन पर्खिरहेको छ—तापनि उसले मेरो दिनबारे जान्दैन, र प्रायजसो पूर्वको मधुरो उज्यालो मात्र हेर्न सक्छ। सबै मानिसमध्ये, साँचो रूपमा मेरा अभिप्रायहरूसित मेल खानेहरूलाई म खोजी गर्छु। म सबै मानिसको माझमा हिँड्डुल गर्छु, र सबै मानिसमाझ जिउँछु, तर पृथ्वीमा मानिस सुरक्षित र सकुशल छ, र यसैले साँचो रूपमा मेरा अभिप्रायहरूसँग मेल खाने कोही पनि छैन। मेरा अभिप्रायहरूलाई कसरी ख्याल गर्ने भनी मानिसहरू जान्दैनन्, तिनीहरू मेरा कार्यहरू देख्‍न सक्दैनन्, र तिनीहरू ज्योतिभित्र हिँड्न र ज्योतिबाट चमक प्राप्त गर्न सक्दैनन्। मानिसले मेरा वचनहरूलाई कुनैबेला मूल्यवान् ठाने पनि, शैतानका छली युक्तिहरू छर्लङ्ग देख्‍न सक्दैन; मानिसको कद अति सानो भएकाले, ऊ आफ्नो हृदयले चाहेअनुसार गर्न सक्दैन। मानिसले मलाई कहिल्यै निष्कपट रूपमा प्रेम गरेको छैन। जब म उसलाई उच्‍च पार्छु, ऊ आफूलाई अयोग्य ठान्छ, तर यसले उसलाई मलाई सन्तुष्ट पार्ने कोसिस गर्ने तुल्याउँदैन। ऊ केवल मैले उसलाई दिएको “हैसियत” हातमा राख्छ र त्यसलाई गहिरिएर हेर्छ; मेरो प्रेमिलो स्वभावप्रति असंवेदनशील भएर, बरु ऊ आफ्नो हैसियतका फाइदाहरूमा लिप्त भइरहन्छ। के यो मानिसको कमी होइन र? पहाडहरू सर्दा, के तिनले तेरो हैसियतका लागि घुमाउरो बाटो लिन सक्छन्? जब पानी बग्छ, तब के मानिसको हैसियतसामु रोकिन सक्छ? के मानिसको हैसियतद्वारा आकाश र पृथ्वी उल्टाइन सक्छन्? मैले कुनै बेला मानिसलाई बारम्बार कृपा देखाएँ—तैपनि कसैले पनि यसलाई कदर गरेन र मूल्यवान् ठानेन। तिनीहरूले यसलाई केवल कथाका रूपमा सुने, वा उपन्यासका रूपमा पढे। के मेरा वचनहरूले साँच्‍चै मानिसको हृदयलाई छुँदैनन्? के मेरा वाणीहरूको साँच्‍चै कुनै प्रभाव छैन? के कसैले पनि मेरो अस्तित्वमा विश्‍वास नगरेको हुन सक्छ? मानिसले आफैलाई प्रेम गर्दैन; बरु, मलाई आक्रमण गर्न ऊ शैतानसित एक हुन्छ, र मेरो सेवा गर्न शैतानलाई “सम्पत्ति” का रूपमा प्रयोग गर्छ। म शैतानका सबै छली युक्ति छेड्नेछु, ताकि अब उप्रान्त पृथ्वीका मानिसहरू त्यसको बहकाउमा नपरून्, र ताकि त्यसको अस्तित्वका कारण तिनीहरूले मेरो विरोध नगरून्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २२

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३७१

मेरा नजरमा, मानिस सबै थोकको शासक हो। मैले उसलाई पृथ्वीमा सबै थोक व्यवस्थापन गर्न दिएर कम मात्रामा अख्तियार दिएको छैन—हिमालका घाँसलाई, वनजङ्गलका जीव-जनावरहरूलाई, र पानीका माछाहरूलाई व्यवस्थापन गर्न दिएको छु। तैपनि यसको कारण खुसी हुनुको साटो, मानिस चिन्ताले व्याकुल बनेको छ। उसको सम्पूर्ण जीवन मानसिक चिन्ता र दौडधूप, रिक्ततामा थपिएको मस्ती बनेको छ; उसको पूरै जीवनभरि कुनै पनि नवीन आविष्कार र सृजना भएका छैनन्। कसैले पनि यो खोक्रो जीवनबाट आफूलाई मुक्त गराउन सक्दैन, कसैले पनि कहिल्यै अर्थपूर्ण जीवन पत्ता लगाएको छैन, र कसैले पनि कहिल्यै वास्तविक जीवनको अनुभव गरेको छैन। आजका मानिसहरू मेरो चम्किलो ज्योतिमुनि जिउने भए तापनि तिनीहरूलाई स्वर्गको जीवनको बारेमा केही पनि थाहा छैन। यदि म मानिसप्रति कृपालु नहुने हो भने र मैले मानवजातिलाई मुक्ति नदिने हो भने, मानिसहरू निरर्थकतामा आइपुगेका छन्, पृथ्वीमा तिनीहरूको जीवन अर्थहीन छ, र गर्व गर्न लायक कुनै पनि कुराविना तिनीहरू निरर्थक रूपमै संसार छाडी जानेछन्। हरेक धर्म, समाजका हरेक क्षेत्र, हरेक राष्ट्र, र हरेक सम्प्रदायका मानिसहरू सबैलाई पृथ्वीमा हुने रिक्तताको बारेमा थाहा छ, र तिनीहरू सबैले मेरो खोजी गर्छन् र मेरो पुनरागमनको प्रतीक्षा गर्छन्—तैपनि म आइपुग्दा कसले पो मलाई चिन्न सक्‍छ र? मैले सबै थोक बनाएँ, मैले मानवजातिको सृजना गरेँ, र आज म मानवमाझ ओर्लिएको छु। तैपनि, मानिसले मविरुद्ध प्रत्याक्रमण गर्छ र मलाई बदला लिन्छ। के मैले मानिसमा गर्ने काम उसको निम्ति कुनै फाइदाको छैन र? के म साँच्चै नै मानिसलाई सन्तुष्ट पार्न असमर्थ छु त? किन मानिसले मलाई अस्वीकार गर्छ? किन मानिस मप्रति त्यति रूखो र उदासीन छ? किन पृथ्वी लासहरूले ढाकिएको छ? के मैले मानिसको लागि बनाएको संसारको अवस्था वास्तवमै यस्तै हो त? किन होला मैले मानिसलाई अतुलनीय सरसम्पत्तिहरू दिएको भए तापनि त्यसको सट्टामा उसले मलाई उसका रित्ता दुई हात अर्पण गर्छ? किन मानिसले मलाई इमानदारीका साथ प्रेम गर्दैन? किन ऊ मेरो उपस्थितिमा कहिल्यै आउँदैन? के मेरा सबै वचनहरू व्यर्थका लागि हुन् त? के मेरा वचनहरू पानीबाट ताप हराएजस्तै गरी हराएकै हुन् त? किन मानिस मसँग सहकार्य गर्न अनिच्छुक छ? के मेरो दिनको आगमन वास्तवमै मानिसको मृत्युको क्षण हो त? के मेरो राज्य निर्मित हुँदा वास्तवमै मैले मानिसलाई नाश पार्छु त? मेरो सम्पूर्ण व्यवस्थापन योजनाको अवधिमा किन कसैले पनि मेरा अभिप्रायहरू बुझेका छैनन्? मेरा मुखबाट निस्किएका वाणीहरूलाई प्यारो ठान्नुको सट्टा किन मानिसले तिनलाई तिरस्कार गर्छ? म कसैलाई पनि दोष दिन्न, म त केवल सबै मानिसहरूलाई शान्तपनमा फर्कन र आत्म-चिन्तनको काम गर्न लगाउँछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २५

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३७२

मानिसले मेरो न्यानोपन अनुभव गरेको छ, मानिसले मेरो सेवा साँच्चै गरेको छ, र मानिस मेरोसामु साँच्चै समर्पित भएको छ, मेरो उपस्थितिमा मेरा लागि सबै कुरा गरेको छ। तैपनि आज मानिसहरूले यो हासिल गर्न नै सक्दैनन्; तिनीहरूले आत्मामा विलाप गर्नेबाहेक केही पनि गर्दैनन्, मानौँ तिनीहरूलाई भोको ब्‍वाँसोले हरण गरेको छ, तिनीहरूले तृष्णासाथ असहाय भई मलाई हेर्न मात्र सक्छन्, र निरन्तर मलाई पुकार्छन्। तर अन्त्यमा, तिनीहरू आफ्‍नो दुर्दशाबाट उम्कन सक्दैनन्। म विगतलाई सम्झन्छु, जब मानिसहरूले मेरो उपस्थितिमा मसँग प्रतिज्ञाहरू गरे, र मेरो कृपालाई तिनीहरूको स्नेहले चुकाउने भनेर मेरो उपस्थितिमा स्वर्ग र पृथ्वीको कसम खाए। तिनीहरू मेरो अगाडि नराम्ररी रोए, र तिनीहरूको रुवाइको आवाज हृदयविदारक, सहनै नसकिने थियो। तिनीहरूको सङ्कल्‍पका कारण, म मानिसहरूलाई प्रायजसो सहयोग प्रदान गर्थेँ। अनगिन्ती पटक, मानिसहरू ममा समर्पित हुनका लागि मेरो सामु आएका छन्, तिनीहरूको प्रेमिलो रूप बिर्सनै नसकिने किसिमको छ। अनगिन्ती पटक, तिनीहरूले मलाई प्रेम गरेका छन्, तिनीहरूको बफादारी अटल रहेको छ, तिनीहरूको साँचो स्नेह सराहनीय रहेको छ। अनगिन्ती पटक, तिनीहरूले आफ्‍नै ज्यानको बलिदान दिने हदसम्‍म मलाई प्रेम गरेका छन्, तिनीहरूले आफैलाई भन्दा बढी मलाई प्रेम गरेका छन्—र तिनीहरूको निष्कपटता देखेर मैले तिनीहरूको प्रेम स्वीकार गरेको छु। अनगिन्ती पटक, मेरा खातिर मृत्युको सामना गर्न नडराइकन, तिनीहरूले मेरो उपस्थितिमा आफैलाई अर्पण गरेका छन्, र मैले तिनीहरूका आँखीभौँबाट चिन्ता साम्य पारिदिएको छु र तिनीहरूको मुहार होसियारीसाथ नियालेको छु। अनगिन्ती पटक मैले तिनीहरूलाई अनमोल खजाना झैँ प्रेम गरेको छु, र अनगिन्ती पटक मैले तिनीहरूलाई मेरा आफ्‍नै शत्रुहरूका रूपमा घृणा गरेको छु। तैपनि, मेरो मनमा जे छ त्यो मानिसको बोधभन्दा पार रहन्छ। जब मानिसहरू दुःखी हुन्छन्, म तिनीहरूलाई सान्त्वना दिन आउँछु, र जब तिनीहरू कमजोर हुन्छन्, म तिनीहरूलाई सहारा दिन आउँछु। जब तिनीहरू हराउँछन्, म तिनीहरूलाई दिशानिर्देश गर्छु। जब तिनीहरू नराम्ररी रुन्छन्, म तिनीहरूको आँसु पुछिदिन्छु। तर जब म दुःखी हुन्छु, कसले मलाई आफ्‍नो हृदयले सान्त्वना दिन सक्छ? जब म अत्यन्तै चिन्तित हुन्छु, तब मेरो हृदयलाई कसले ख्याल गर्छ? जब म शोकमा पर्छु, मेरो हृदयका चोटलाई कसले उपचार गर्न सक्छ? जब मलाई कसैको खाँचो पर्छ, मसँग सहकार्य गर्न को अघि सर्छ? के मप्रतिको मानिसहरूको पहिलेको मनोवृत्ति कहिल्यै नफर्किने गरी अहिले हराएको हुन सक्छ? किन तिनीहरूको स्मरणमा त्यसको केही पनि बाँकी छैन? मानिसहरूले किन यी सबै कुराहरू बिर्सेका छन्? के यो सबै मानवजातिलाई उसको शत्रुले भ्रष्ट तुल्याएका कारण होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २७

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३७३

परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुभयो, तर उहाँ मानव संसारमा आउनुहुँदा मानिसहरूले उहाँको प्रतिरोध गर्न र उहाँलाई तिनीहरूको क्षेत्रबाट धपाउन खोजे, मानौं कि उहाँ संसारमा यताउता भौँतारिरहेको कुनै टुहुरो व्यक्ति वा आफ्नो देश नभएको सांसारिक व्यक्ति हुनुहुन्छ। परमेश्‍वरप्रति कसैले पनि आत्मीयता अनुभूति गर्दैन, उहाँलाई कसैले पनि साँचो रूपमा प्रेम गर्दैन, र उहाँको आगमनलाई कसैले पनि कहिल्यै स्वागत गरेको छैन। यसको सट्टा, परमेश्‍वरको आगमनलाई देख्दा, खुसीले भरिएका मुहारहरूलाई एकै क्षणमा बादलको छाँयाले ढाकिदिन्छ, मानौं कि अकस्मात् आँधीहुरी आउन लागेको छ वा परमेश्‍वरले तिनीहरूका परिवारका खुसीहरू खोसी लैजान सक्‍नुहुन्छ, र मानौं कि परमेश्‍वरले मानिसहरूलाई कहिल्यै पनि आशिष् दिनुभएकै छैन, बरु उहाँले सधैँ तिनीहरूमा केवल दुर्भाग्य ल्याउनुभएको छ। त्यसैले, मानिसहरूको मनमा परमेश्‍वर सौभाग्य हुनुहुन्न, बरु तिनीहरूलाई सधैँ श्राप दिने व्यक्ति हुनुहुन्छ। यस कारणले गर्दा, मानिसहरूले उहाँप्रति ध्यान दिँदैनन् वा उहाँलाई स्वागत गर्दैनन्; तिनीहरू उहाँप्रति सधैँ रूखो रहन्छन्, र अवस्था सधैँ यस्तै रहँदै आएको छ। मानिसहरूले आफ्नो हृदयमा यस्ता कुराहरू राख्ने भएकोले, परमेश्‍वर भन्‍नुहुन्छ, मानवजाति अमर्यादित र अनैतिक छन्, र जुन भावनाहरूद्वारा मानिसहरू ओतप्रोत हुनुपर्ने हो तिनीहरूमा ती भावनाहरू पनि छैनन्। मानिसहरूले परमेश्‍वरका भावनाहरूप्रति अलिकति पनि आदर देखाउँदैनन्, बरु परमेश्‍वरलाई सामना गर्नको लागि तथाकथित “धर्मीपन” को प्रयोग गर्छन्। तिनीहरू वर्षौंदेखि यस्तै रहँदै आएका छन्, र यही कारणले गर्दा, परमेश्‍वरले तिनीहरूको स्वभाव बदलिएको छैन भनी भन्नुभएको छ। यसले तिनीहरूभित्र अलिकति पनि सार छैन भन्‍ने देखाउँछ। मानव व्यर्थका तुच्छहरू हुन् भनेर भन्‍न सकिन्छ किनकि तिनीहरूले आफैलाई मूल्यवान् ठान्दैनन्। यदि तिनीहरूले आफैलाई समेत प्रेम गर्दैनन्, बरु आफैलाई कुल्चन्छन् भने, तब के यसले तिनीहरूको व्यर्थतालाई देखाउँदैन र? मानवजाति आफैमाथि खेल खेल्ने र अपवित्र पारिनको निम्ति स्वेच्छाले आफूलाई अरूकहाँ सुम्पने अनैतिक स्त्री झैँ छ। यति हुँदाहुँदै पनि, मानिसहरूले तिनीहरू कति नीच छन् भनेर अझै पहिचान गर्न सक्दैनन्। तिनीहरूले आफैँलाई अरूको नियन्त्रणमा राखेर अरूको निम्ति काम गर्न वा अरूसँग कुरा गर्नुमा आनन्द प्राप्त गर्छन्; के मानवजातिको फोहोरीपन ठीक यही नै होइन र? मैले मानवजाति माझमा जीवन अनुभव गरेको छैन र साँचो रूपले मानव जीवनको अनुभव गरेको छैन तैपनि, मैले मानवको हरेक चाल, हरेक कार्य, हरेक शब्द र हरेक कामको स्पष्ट बुझाइ हासिल गरेको छु। मानवलाई सबैभन्दा गहिरो सर्ममा पार्दै, तिनीहरूले आफ्नै गुप्तका गलत कामहरू प्रकट गर्न साहस गर्न वा तिनीहरूको अभिलाषामा लाग्‍न नसक्ने अवस्थासम्‍म हुने गरी तिनीहरूलाई चिरफार गर्न पनि म सक्षम छु। आफ्नै खोलहरूमा फर्कने सङ्खे कीराहरू जस्तै, तिनीहरूले अब उप्रान्त आफ्नो कुरूप अवस्थालाई प्रकट गर्ने साहस गर्दैनन्। मानवले आफैलाई नचिन्‍ने हुनाले, आफ्ना आकर्षणहरूलाई अरूको अगाडि प्रदर्शन गर्ने, आफ्नो कुरूप मुहारहरू प्रदर्शन गर्ने तिनीहरूको इच्छुकता नै तिनीहरूको सबैभन्दा ठूलो कमजोरी हो; परमेश्‍वरले सबैभन्दा बढी घृणा गर्नुहुने कुरा यही हो। किनभने मानिसहरू बीचका सम्बन्धहरू असामान्य छन् र मानिसहरूको बीचमा सामान्य पारस्परिक सम्बन्धहरूको अभाव छ, तिनीहरू र परमेश्‍वरको बीच सामान्य सम्बन्धहरू हुने कुरा त परै जाओस्। परमेश्‍वरले धेरै कुरा बताउनुभएको छ र उहाँले यसो गर्नुहुँदा उहाँको मुख्य उद्देश्य मानिसहरूको हृदयमा एउटा ठाउँ ओगटेर बस्नु हो ताकि तिनीहरूले त्यहाँ बास गरेका अन्य सबै आदर्शहरूलाई निकालेर फाल्न सकून्। त्यसपछि, परमेश्‍वरले सारा मानवजातिमाथि शक्ति देखाउन सक्नुहुन्छ र पृथ्वीमा उहाँको अस्तित्वको उद्देश्य हासिल गर्न सक्नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू” का रहस्यहरूको अनावरण, अध्याय १४

अघिल्लो: मानवजातिको भ्रष्टता उजागर गर्नु (१)

अर्को: जीवनमा प्रवेश

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्