मानवजातिको भ्रष्टता उजागर गर्नु (१)
परमेश्वरका दैनिक वचनहरू अंश ३००
केही हजार वर्षको भ्रष्टताको क्रममा, सबै मानिसहरू संवेदनहीन र मन्द बुद्धिका बनेका छन्; तिनीहरू सबै परमेश्वरको विरोध गर्ने दुष्ट पिशाच बनेका छन्, यतिसम्म कि परमेश्वरविरुद्ध तिनीहरूको विद्रोहीपन ऐतिहासिक अभिलेखहरूमा उल्लेख गरिएको छ, र मानिसहरू स्वयम् पनि आफ्नो विद्रोही व्यवहारको पूर्ण विवरण दिन असक्षम छन्—किनकि तिनीहरू शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएका छन्, र शैतानद्वारा बहकाइएका छन्, यतिसम्म कि कतातिर फर्कने भनेर तिनीहरूलाई थाहै छैन। आज पनि, मानिसहरू अझै परमेश्वरलाई धोका दिन्छन्। जब तिनीहरूले परमेश्वरलाई देख्छन्, तब तिनीहरूले उहाँलाई धोका दिन्छन्, र जब तिनीहरूले परमेश्वरलाई देख्न सक्दैनन्, तब पनि तिनीहरूले उहाँलाई धोका दिन्छन्। त्यस्ता पनि छन् जसले परमेश्वरका श्रापहरू र परमेश्वरको क्रोध देखेपछि पनि उहाँलाई धोका दिन्छन्। त्यसैले म भन्छु कि मानिसको समझले आफ्नो मौलिक काम गर्न छोडेको छ, र मानिसको विवेकले पनि आफ्नो मौलिक काम गर्न छोडेको छ। मेरो नजरमा, सबै मानिसहरू मानव भेषमा रहेका पशु र विषालु सर्प हुन्। तिनीहरूले मेरो नजरमा जतिसुकै दयनीय देखिन खोजे पनि, म तिनीहरूप्रति कहिल्यै कृपालु बन्नेछैन, किनकि तिनीहरूले कालो र सेतो बीचको फरक बिलकुलै बुझेका छैनन्, र तिनीहरूमध्ये कसैले पनि सत्यता र असत्यता बीचको फरक बुझ्दैन। तिनीहरूको समझ अत्यन्तै संवेदनहीन भएको छ, तैपनि तिनीहरू अझै आशिष्हरू प्राप्त गर्न चाहन्छन्; तिनीहरूको मानवता यति तुच्छ छ, तैपनि तिनीहरू अझै राजाका रूपमा शक्ति हातमा लिन चाहन्छन्। त्यस्तो समझ बोकेर तिनीहरू कसका राजा बन्न सक्छन्? त्यस्तो मानवता बोकेर तिनीहरू कसरी सिंहासनमा बस्न सक्छन्? मानिसहरू साँच्चिकै निर्लज्ज छन्! तिनीहरू आफूलाई बढी आँक्ने नीच हुन्! म आशिष्हरू प्राप्त गर्न चाहने तिमीहरूलाई पहिला एउटा ऐना लिएर आफ्नो कुरूप प्रतिविम्ब हेर्न सुझाव दिन्छु। के तँसँग राजा हुनलाई चाहिने कुरा छ? के तँसँग आशिष्हरू प्राप्त गर्ने व्यक्तिको जस्तो अनुहारको बनोट छ? तेरो स्वभावमा अलिकति पनि परिवर्तन आएको छैन र तैँले कुनै पनि सत्यतालाई व्यवहारमा लागू गर्न सकेको छैनस्, तैपनि तँ अझै सुन्दर भविष्यको कामना गर्छस्। यो पूर्ण रूपमा भ्रम हो! यस्तो फोहोरी भूमिमा जन्मिएको मानिस समाजद्वारा गम्भीर रूपमा दूषित पारिएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसले “उच्च शिक्षालयहरूको” शिक्षा प्राप्त गरेको छ। पश्चगामी सोच, भ्रष्ट नैतिकता, पतित जीवनदृष्टि, संसारसँग व्यवहार गर्ने घृणित दर्शन, पूर्णतया मूल्यहीन अस्तित्व, साथै नीच चलनहरू र दैनिक जीवन—यी सबै कुरा मानिसको हृदयमा गम्भीर रूपमा घुसपैठ गर्दै आएका छन्, र तिनले उसको विवेकलाई गम्भीर रूपमा क्षति पुर्याउँदै र आक्रमण गर्दै आएका छन्। फलस्वरूप, मानिस परमेश्वरबाट अझ धेरै टाढिन्छ, र अझ धेरै उहाँको विरोधी बनेको छ। मानिसको स्वभाव दिनदिनै अझ बढी निर्दयी बन्छ, र स्वेच्छाले परमेश्वरका निम्ति कुनै कुरा त्याग्न इच्छुक व्यक्ति एक जना पनि छैन, स्वेच्छाले परमेश्वरप्रति समर्पित हुने व्यक्ति एक जना पनि छैन, र स्वेच्छाले परमेश्वरको देखापराइलाई खोज्ने व्यक्ति त झनै छैन। बरु, मानिसले शैतानको सत्ताअन्तर्गत रहेर धीत मरुन्जेल आनन्द पछ्याउँछ र आफ्नो देहलाई लापरवाह रूपमा दलदलमा भ्रष्ट तुल्याउँछ। अन्धकारमा जिउनेहरू सत्यता सुनेर पनि त्यसलाई अभ्यास गर्ने चाहना राख्दैनन्, र परमेश्वर देखा परिसक्नुभएको छ भन्ने देख्दादेख्दै पनि तिनीहरूको झुकाव खोजी गर्नेतिर हुँदैन। यस्तो चरित्रभ्रष्ट मानवजातिका लागि कसरी मुक्तिको कुनै सम्भावना हुन सक्छ? यस्तो पतित मानवजाति कसरी ज्योतिमा जिउन सक्छ र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वभावमा अपरिवर्तित रहनु भनेको परमेश्वरसँग शत्रुतामा हुनु हो
परमेश्वरका दैनिक वचनहरू अंश ३०१
मानिसमा भ्रष्ट स्वभावहरू उत्पन्न हुनुको मूल कारण शैतानले भ्रमित पार्नु, भ्रष्ट तुल्याउनु र विषाक्त पार्नु हो। मानिसलाई शैतानले बाँधेको र नियन्त्रित गरेको छ अनि उसको सोचाइ, नैतिकता, अन्तर्ज्ञान र समझ सबैलाई शैतानले गम्भीर रूपमा क्षति पुर्याएको छ। मानिसका आधारभूत कुराहरूलाई शैतानले भ्रष्ट तुल्याएकाले र ती परमेश्वरले सुरुमा सृष्टि गरेको जस्तो बिलकुलै नभएकाले गर्दा नै, मानिसले परमेश्वरको विरोध गर्छ र सत्यता स्वीकार गर्न सक्दैन। यसैले, मानिसको स्वभावमा परिवर्तनहरू आउनका निम्ति, सुरुमा उसको सोचाइ, अन्तर्ज्ञान, र समझको हिसाबले परमेश्वर सम्बन्धी उसको ज्ञान र सत्यता सम्बन्धी उसको ज्ञानलाई परिवर्तन गरिनुपर्छ। जो सबैभन्दा गहिरो रूपमा भ्रष्ट भूमिमा जन्मिए तिनीहरू परमेश्वर के हुनुहुन्छ, वा परमेश्वरमा विश्वास गर्नु भनेको के हो भन्ने कुरामा अझ बढी अनभिज्ञ हुन्छन्। मानिसहरू जति बढी भ्रष्ट हुन्छन्, तिनीहरूलाई परमेश्वरको अस्तित्वको बारेमा त्यति नै थोरै थाहा हुन्छ, र तिनीहरूको समझ र अन्तर्ज्ञान त्यति नै कमजोर हुन्छ। परमेश्वरको विरुद्धमा मानिसको विरोध र विद्रोहको मूल कारण भनेको उसलाई शैतानद्वारा भ्रष्ट तुल्याइनु हो। शैतानले भ्रष्ट तुल्याएका कारण मानिसको विवेक संवेदनहीन बनेको छ, ऊ नैतिक रूपमा भ्रष्ट छ, उसका सोचहरू पतित छन्, र ऊसँग पिछडिएको मानसिक दृष्टिकोण छ। शैतानद्वारा भ्रष्ट तुल्याइनुभन्दा अगाडि, मानिस सुरुमा परमेश्वरप्रति समर्पित हुन्थ्यो र उहाँका वचनहरू सुनेपछि तीप्रति समर्पित हुन्थ्यो। सुरुमा उसको समझ र विवेक राम्रो थियो र उसको मानवता सामान्य थियो। शैतानद्वारा भ्रष्ट तुल्याइएपछि, मानिसको सुरुको समझ, विवेक, र मानवता सबै संवेदनहीन बने र शैतानद्वारा बिगारिए। यसरी, उसले परमेश्वरप्रति आफ्नो समर्पण र प्रेम गुमाएको छ। मानिसको समझ असामान्य बनेको छ, उसको स्वभाव एउटा पशुको जस्तै बनेको छ, र परमेश्वरका विरुद्ध उसको विद्रोहीपन निरन्तर बढिरहेको छ र झनै घोर बनिरहेको छ। तैपनि मानिसले यो कुरा अझै पनि न त थाहा पाएको छ न त बुझेको नै छ, र लगातार विरोध र विद्रोह मात्र गर्छ। मानिसको स्वभावका प्रकटीकरणहरू उसको समझ, अन्तर्ज्ञान, र विवेकका अभिव्यक्तिहरू हुन्। उसको समझ र अन्तर्ज्ञान राम्रो नभएको, र उसको विवेक उच्च रूपमा संवेदनहीन बनेको हुनाले, उसको स्वभाव परमेश्वरको विरुद्धमा विद्रोही छ। यदि मानिसको समझ र अन्तर्ज्ञान परिवर्तन हुन सक्दैनन् भने, उसको स्वभाव परिवर्तन हुने प्रश्नै उठ्दैन र यो परमेश्वरका अभिप्रायहरूअनुरूप हुने पनि प्रश्नै उठ्दैन। यदि मानिसको समझ राम्रो छैन भने, उसले परमेश्वरको सेवा गर्न सक्दैन र ऊ परमेश्वरको निम्ति प्रयोगयोग्य हुँदैन। “सामान्य समझ” ले परमेश्वरप्रति समर्पित हुने र उहाँप्रति बफादार हुने, परमेश्वरको अभिलाषा राख्ने, पूर्ण रूपमा परमेश्वरप्रति अर्पित हुने, र परमेश्वरप्रति विवेक राख्ने कुरालाई जनाउँछ। यसले परमेश्वरप्रति एउटै हृदय र मन हुने, र जानाजानी परमेश्वरको विरोध नगर्ने कुरालाई जनाउँछ। असामान्य समझ हुनु भनेको यस्तो होइन। शैतानद्वारा भ्रष्ट तुल्याइएपछि, मानिसले परमेश्वरबारे धारणाहरू बनाएको छ, र ऊसँग परमेश्वरप्रति बफादारी छैन वा उहाँप्रति अभिलाषा छैन, परमेश्वरप्रति विवेक हुने त कुरै नगरौँ। मानिसले जानीजानी परमेश्वरको विरोध गर्छ, र उहाँलाई गलत ठहराउँछ, त्यसबाहेक उहाँको पिठ्यूँपछाडि उहाँमाथि गाली बर्साउँछ। उहाँ परमेश्वर हुनुहुन्छ भनेर राम्रोसँग थाहा हुँदाहुँदै पनि मानिसले उहाँको पिठ्यूँपछाडि उहाँलाई गलत ठहराउँछ; मानिससँग परमेश्वरप्रति समर्पित हुने अभिप्राय बिलकुलै छैन, बरु उहाँसँग माग र अनुरोधहरू मात्र गरिरहन्छ। त्यस्ता मानिसहरू—असामान्य समझ भएका मानिसहरू—अझै आफ्नै घृणास्पद व्यवहार चिन्न वा आफ्नो विद्रोही क्रियाकलाको पछुतो मान्न सक्दैनन्। यदि मानिसहरू आफैलाई चिन्न सक्षम छन् भने, तिनीहरूले केही हदसम्म आफ्नो समझ पुनः प्राप्त गरेका हुन्छन्; मानिसहरू परमेश्वरविरुद्ध जति विद्रोही छन् र तैपनि आफूलाई चिन्दैनन्, तिनीहरूको समझमा त्यति नै बढी खराबी हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वभावमा अपरिवर्तित रहनु भनेको परमेश्वरसँग शत्रुतामा हुनु हो
परमेश्वरका दैनिक वचनहरू अंश ३०२
मानिसको भ्रष्ट स्वभावको प्रकटीकरणको जड मानिसको बोधो विवेक, उसको दुर्भावपूर्ण प्रकृति, र उसको त्रुटिपूर्ण समझमा भन्दा बढी अरू कहीँ छैन; यदि मानिसको विवेक र समझ फेरि सामान्य बन्न सक्यो भने, त्यसपछि ऊ परमेश्वरको अघि प्रयोगयोग्य व्यक्ति बन्नेछ। मानिसको विवेक सधैँ बोधो भएको कारण, र मानिसको समझ कहिल्यै पनि स्वस्थ नरहेको र अझ बढी बोधो हुँदै गइरहेको कारण, परमेश्वरप्रति मानिसका विद्रोहीपनका गतिविधिहरू बढिरहेका छन्, यहाँसम्म कि उसले येशूलाई समेत क्रूसमा टाँगेको छ र आखिरी दिनहरूमा परमेश्वरको देहधारणलाई आफ्नो ढोका बन्द गरिदिन्छ, र परमेश्वरको शरीरलाई दोषी ठहराउँछ, र परमेश्वरको शरीरलाई नीच रूपले हेर्छ। यदि मानिससँग अलिकति मात्र मानवता भएको भए, उसले देहधारी परमेश्वरको शरीरलाई क्रूरतापूर्ण व्यवहार गर्ने थिएन; यदि उसँग अलिकति मात्र समझ भएको भए, उसले परमेश्वरको देहधारणलाई यति निर्मम व्यवहार गर्ने थिएन; यदि उसँग अलिकति मात्र विवेक भएको भए, उसले देहधारी परमेश्वरलाई यस किसिमले “धन्यवाद दिने” थिएन। मानिस परमेश्वर देह बन्नुभएको युगमा जिउँछ, तैपनि उसलाई यति राम्रो मौका दिएकोमा उसले परमेश्वरलाई धन्यवाद दिँदैन, बरु परमेश्वरको आगमनलाई सराप्छ, वा परमेश्वरको देहधारणको यथार्थलाई पूर्ण रूपमा बेवास्ता गर्छ, र ऊ त्यसको विरुद्धमा र त्यसप्रति वितृष्ण भएको देखिन्छ। मानिसले परमेश्वरको आगमनलाई जसरी व्यवहार गरे तापनि, परमेश्वरले सधैँ आफ्नो काम गर्दै आउनुभएको छ र उहाँ त्यसबाट कहिल्यै थाक्नुभएको छैन—यद्यपि मानिसले उहाँलाई अलिकति पनि स्वागत गरेको छैन, र उहाँलाई अनुरोध मात्र गरिरहन्छ। मानिसको स्वभाव अत्यन्तै दुर्भावपूर्ण बनेको छ, र उसको समझ अत्यन्तै बोधो बनेको छ, र उसको विवेकलाई दुष्टले पूर्ण रूपमा कुल्चीमिल्ची गरेको छ र धेरै समय अगाडि नै मानिसको मौलिक विवेक हराएको छ। मानवजातिलाई यति धेरै जीवन र अनुग्रह दिनुभएकोमा देहधारी परमेश्वरप्रति मानिस कृतघ्न मात्र बनेको छैन, उहाँले उसलाई दिने सत्यताका कारण उसले परमेश्वरप्रति घृणा पनि पालेको छ; किनकि मानिसलाई सत्यतामा रुचि हुँदैन, उसले परमेश्वरप्रति घृणा पालेको हुन्छ। मानिस देहधारी परमेश्वरको निम्ति आफ्नो जीवन बलिदान दिन असक्षम मात्र छैन, बरु ऊ उहाँबाट कृपा धुत्ने प्रयत्न गर्छ, र मानिसले परमेश्वरलाई दिएको भन्दा दर्जनौँ गुणा बढी फिर्ता माग्छ। मानिसको विवेक र समझ यस्तै हुन्छ, तैपनि उसले अझै यो ठूलो कुरा होइन भन्ठान्छ, यहाँसम्म कि उसले परमेश्वरका निम्ति धेरै समर्पित गरेको छ, र परमेश्वरले उसलाई अति थोरै दिनुभएको छ भनी विश्वास गर्छ। मलाई एक कचौरा पानी दिएर मसँग दुई कचौरा दूधको रकम माग्न आफ्नो हात फैलाउने, वा मलाई एक रातको निम्ति कोठा दिएर मसँग धेरै गुणा बढी शुल्क माग्नेहरू पनि छन्। यस्तो मानवता र यस्तो विवेक बोकेर तिमीहरू कसरी अझै पनि जीवन प्राप्त गर्ने इच्छा राख्छौ? तिमीहरू कस्तो घिनलाग्दा नीच छौ! मानिसमा हुने यस किसिमको मानवता र मानिसमा हुने यस किसिमको विवेकले देहधारी परमेश्वरलाई भूमिमा भौँतारिन लगाउँछ, उहाँले कुनै ठाउँमा बास पाउनुहुन्न। साँच्चिकै विवेक र मानवता भएका व्यक्तिहरूले उहाँले कति धेरै काम गर्नुभएको छ भन्ने आधारमा होइन, तर उहाँले कुनै पनि काम नगर्नु भएको भए तापनि, देहधारी परमेश्वरको आराधना गर्नुपर्छ र पूर्ण हृदयले सेवा गर्नुपर्छ। राम्रो समझ भएका मानिसहरूले यही नै गर्नुपर्छ, र यही नै मानिसको कर्तव्य हो। अधिकांश मानिसहरूले परमेश्वरको लागि आफूले गर्ने सेवामा आफ्नो सर्त समेत राख्छन्: तिनीहरूले उहाँ परमेश्वर हुनुहुन्छ कि मानिस हुनुहुन्छ भन्ने कुनै परवाह गर्दैनन्, तिनीहरू केवल आफ्नो सर्तहरूका बारेमा मात्र बोल्छन्, र तिनीहरूका आफ्नै चाहनाहरूलाई सन्तुष्ट पार्न खोज्छन्। जब तिमीहरूले मेरो निम्ति खाना पकाउँछौ, तिमीहरू सेवा शुल्क माग गर्छौ, जब तिमीहरू मेरो लागि दौडिन्छौ, तिमीहरू दौड शुल्क माग गर्छौ, जब तिमीहरू मेरो निम्ति काम गर्छौ, तिमीहरू मसँग कामको ज्याला माग्छौ, जब तिमीहरू मेरो लुगा धोइदिन्छौ, तिमीहरू लुगा धुने शुल्क माग्छौ, जब तिमीहरूले मण्डलीको निम्ति दिन्छौ तिमीहरू स्वास्थ्य लाभ शुल्क माग्छौ, जब तिमीहरू वक्ता बनेर बोल्छौ, तिमीहरू वक्ताको शुल्क माग्छौ, जब तिमीहरूले पुस्तकहरू वितरण गर्छौ, तिमीहरू पुस्तक वितरण शुल्क माग्छौ, जब तिमीहरू लेख्छौ, तिमीहरू लेखन शुल्क माग्छौ। मैले काटछाँट गरेकाहरूले समेत प्रतिफलको माग गर्छन्, जबकि घरमा पठाइएका व्यक्तिहरूले आफ्नो नाम खराब बनाएको भन्दै क्षतिपूर्ति माग गर्छन्; विवाह नभएकाहरूले दाइजो माग्छन्, वा आफ्नो यौवन गुमाएको क्षतिपूर्ति माग्छन्; कुखुरा काट्नेहरूले पनि कसाई शुल्क माग्छन्, खाना पकाउनेहरूले त्यसको शुल्क माग्छन्, र सुप पकाउनेहरूले पनि त्यसको शुल्क माग्छन्…। यही नै तिमीहरूको उच्च र शक्तिशाली मानवता हो, तिमीहरूको न्यानो विवेकले आदेश गर्ने कार्यहरू यिनै हुन्। तिमीहरूको समझ कहाँ छ? तिमीहरूको मानवता कहाँ छ? तिमीहरूलाई म यो कुरा बताउँछु! यदि तिमीहरू यसरी नै अगाडि बढ्छौ भने म तिमीहरूमाझ काम गर्न छोड्नेछु। म मानव भेषमा रहेका पशुहरूको समूहमा काम गर्नेछैन, सुन्दर अनुहारमा जङ्गली हृदय लुकेका यस्ता समूहका मानिसहरूका निम्ति म कुनै दुःख भोग्नेछैन, यस किसिमका पशुहरूका समूहका निम्ति म धैर्यशील हुनेछैन, जसका निम्ति मुक्तिको अलिकति पनि सम्भाव्यता छैन। मैले तिमीहरूलाई पिठ्यूँ फर्काएको दिन तिमीहरूको मर्ने दिन हुन्छ, त्यो दिन तिमीहरूमाथि अन्धकार आउँछ, र त्यो दिन ज्योतिले तिमीहरूलाई त्यागेको दिन हुन्छ। म तिमीहरूलाई भन्छु! तिमीहरूको जस्तो समूहप्रति म कहिल्यै पनि हितकारी हुनेछैन, जुन समूह पशुभन्दा तल झरेको छ! मेरा वचन र कार्यहरूका हद छन्, तिमीहरूका मानवता र विवेक जस्तो छ, त्यसको कारण म कुनै थप कार्य गर्नेछैन, किनकि तिमीहरूमा विवेकको अभाव छ, तिमीहरूले मलाई धेरै पीडा दिएका छौ, तिमीहरूको घृणित व्यवहार देखेर मलाई ज्यादै घिन लाग्छ। मानवता र विवेकको कमी भएका मानिसहरूलाई कहिल्यै पनि मुक्तिको अवसर हुनेछैन; म हृदयहीन र अकृतज्ञ मानिसहरूलाई कहिल्यै मुक्त गर्नेछैन। जब मेरो दिन आउँछ, तब म मेरो प्रचण्ड क्रोधलाई भड्काउने विद्रोही पुत्रहरूमाथि सदासर्वदाका लागि मेरो दन्किँदो ज्वाला बर्साउनेछु, म एक समय मलाई गाली बर्साउने र मलाई त्याग्ने ती पशुहरूमाथि मेरो अनन्त दण्ड लाद्नेछु, म एक समय मसँगै खाने र जिउने तर ममा विश्वास नगर्ने, मेरो अपमान गर्ने र मलाई विश्वासघात गर्ने विद्रोही पुत्रहरूलाई मेरो रिसको आगोले सदासर्वदाका लागि जलाउनेछु। म मेरो क्रोध भड्काउने सबैलाई मेरो दण्डको अधीनमा राख्नेछु, म एक समय मेरो बराबरीका रूपमा मेरो छेउमा उभिन चाहने तर मलाई कहिल्यै आराधना नगरेका वा मप्रति समर्पित नभएका ती पशुहरूमाथि आफ्नो सम्पूर्ण रिस बर्साउनेछु; मैले मानिसलाई प्रहार गर्ने डण्डा ती पशुहरूमाथि बज्रनेछ जसले एक समय मेरो हेरचाहको आनन्द लिएका थिए र एक समय मैले बोलेका रहस्यहरूको आनन्द लिएका थिए अनि जसले एक समय मबाट भौतिक आनन्दहरू लिने प्रयास गरेका थिए। मेरो ठाउँ लिन खोज्ने कुनै पनि व्यक्तिलाई म क्षमा गर्नेछैनँ; मबाट खानेकुरा र लुगाफाटो खोस्न प्रयास गर्नेहरूमध्ये म कसैलाई पनि बाँकी राख्नेछैनँ। अहिलेका लागि, तिमीहरू सुरक्षित र सकुशल रहो अनि तिमीहरूले मसँग गर्ने मागहरूमा अझै पनि सीमा नाघिरहेका छौ। जब रिसको दिन आउँछ, तब तिमीहरूले मसँग कुनै थप मागहरू गर्नेछैनौ; त्यसबेला, म तिमीहरूलाई धीत मरुन्जेल “आनन्द” लिन दिनेछु, म तिमीहरूको अनुहारलाई जमिनमा धसिन बाध्य पार्नेनेछु र तिमीहरू फेरि कहिल्यै उठ्न सक्नेछैनौ! ढिलोचाँडो, म तिमीहरूलाई यो ऋण “चुक्ता” गर्नेछु—र मलाई तिमीहरू यो दिन आउने प्रतीक्षा धैर्यसाथ गर्छौ भन्ने आशा छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वभावमा अपरिवर्तित रहनु भनेको परमेश्वरसँग शत्रुतामा हुनु हो
परमेश्वरका दैनिक वचनहरू अंश ३०३
परमेश्वरसँग दैहिक भावना भएकाले, वा परमेश्वर मानिसद्वारा प्राप्त गरिन इच्छुक नहुनुभएकाले, मानिस परमेश्वरलाई प्राप्त गर्न असफल हुने होइन, बरु मानिसले नै परमेश्वरलाई प्राप्त गर्न नचाहेकाले, र ऊसँग परमेश्वरलाई आतुरीसाथ खोजी गर्ने हृदय नभएका कारण त्यस्तो हुन्छ। परमेश्वरको साँच्चै खोजी गर्नेहरूमध्येको व्यक्तिलाई कसरी परमेश्वरद्वारा श्राप दिइन सक्छ? स्वस्थ समझ र संवेदनशील विवेक भएकोमध्ये कसैलाई कसरी परमेश्वरद्वारा श्राप दिइन सक्छ? परमेश्वरको साँचो आराधना गर्ने र उहाँको सेवा गर्ने व्यक्तिलाई कसरी उहाँको क्रोधको आगोद्वारा भस्म गरिन सक्छ? परमेश्वरमा समर्पित हुन इच्छुक व्यक्ति कसरी परमेश्वरको घरबाट निकालिन सक्छ? परमेश्वरलाई कहिल्यै पर्याप्त प्रेम गर्न सक्दिनँ भनी महसुस गर्ने व्यक्ति कसरी परमेश्वरको दण्डमा जिउन सक्छ? परमेश्वरका निम्ति सबै थोक त्याग्न इच्छुक व्यक्तिसँग कसरी अन्तमा केही पनि नहुन सक्छ? मानिस परमेश्वरलाई पछ्याउन अनिच्छुक छ, परमेश्वरका निम्ति आफ्नो सम्पत्ति खर्च गर्न अनिच्छुक छ, परमेश्वरलाई जीवनभरको मेहनत अर्पण गर्न अनिच्छुक छ; बरु, ऊ के भन्छ भने, परमेश्वरले अति गर्नुभएको छ, परमेश्वरबारे धेरै कुरा मानिसका धारणाअनुरूप छैनन्। यस्तो मानवताका साथ, तिमीहरूले आफ्नो सारा मेहनत लगाए पनि, तिमीहरूले परमेश्वरको स्वीकृति प्राप्त गर्न सक्नेथिएनौ, तिमीहरूले परमेश्वरको खोजी नगर्ने तथ्यबारे त कुरै नगरौँ। तिमीहरू मानवजातिको त्रुटिपूर्ण सामान हौ भनी के तिमीहरूलाई थाहा छैन? कुनै पनि मानवता तिमीहरूको भन्दा कम छैन भनी के तिमीहरूलाई थाहा छैन? अरू व्यक्तिहरूले तिमीहरूलाई “आदर” गर्न के भन्छन् भनी तिमीहरूलाई थाहा छैन र? परमेश्वरलाई साँचो प्रेम गर्ने व्यक्तिहरूले तिमीहरूलाई ब्वाँसोको पिता, ब्वाँसोकी आमा, ब्वाँसोको छोरो, ब्वाँसोको नाति भन्छन्; तिमीहरू ब्वाँसोको सन्तान, ब्वाँसोको मानिसहरू हौ, र तिमीहरूलाई आफ्नो परिचय थाहा हुनुपर्छ र त्यसलाई कहिल्यै पनि बिर्सनु हुँदैन। तिमीहरू कुनै उत्कृष्ट व्यक्तित्वहरू हौ भनी विचार नगर: तिमीहरू मानवजातिका बीचमा सबैभन्दा अमानवीय क्रूर समूहको सदस्यहरू हौ। के तिमीहरूलाई यसको विषयमा केही पनि थाहा छैन? मैले तिमीहरूका बीचमा काम गरेर कति धेरै जोखिम उठाएको छु भनी के तिमीहरूलाई थाहा छैन? यदि तिमीहरूको समझ फेरि सामान्य बन्न सक्दैन भने र तिमीहरूको विवेकले सामान्य रूपमा काम गर्न सक्दैन भने, तिमीहरू “ब्वाँसो” भन्ने नामबाट कहिल्यै मुक्त हुनेछैनौ, तिमीहरू श्रापको दिनबाट उम्किने छैनौ र तिमीहरू आफ्नो दण्डको दिनबाट उम्किने छैनौ। तिमीहरू निम्न स्तरमा जन्मियौ, कुनै पनि मूल्य नभएको थोकको रूपमा जन्मियौ। तिमीहरू प्रकृतिगत रूपमा नै भोका ब्वाँसाहरूको झुण्ड, टुटे-फुटेका टुक्राहरू र रद्दीको थुप्रो हौ, म तिमीहरूले गरे जस्तो, व्यक्तिगत प्राप्तिका खातिर तिमीहरूमाथि काम गर्दिनँ, बरु कामको खाँचोका कारण गर्छु। यदि तिमीहरू यसरी विद्रोही हुन जारी राख्छौ भने, म आफ्नो काम रोक्नेछु र तिमीहरूमा फेरि कहिल्यै काम गर्नेछैनँ; यस विपरीत, मलाई मन पर्ने समूहमाथि म मेरो काम सार्नेछु, र यसरी तिमीहरूलाई सदाका लागि छोडिदिनेछु, किनकि मप्रति शत्रुता राख्नेहरूलाई हेर्न म अनिच्छुक छु। त्यसैले, के तिमीहरू मसँग मिल्ने हुन चाहन्छौ, कि मप्रति शत्रुता राख्न चाहन्छौ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वभावमा अपरिवर्तित रहनु भनेको परमेश्वरसँग शत्रुतामा हुनु हो
परमेश्वरका दैनिक वचनहरू अंश ३०४
सबै मानिस येशूको साँचो मुहार हेर्ने इच्छा गर्छन्, र सबै जना उहाँसँगै हुने चाहना राख्छन्। मलाई लाग्दैन कि कुनै पनि दाजुभाइ वा दिदीबहिनीले येशूलाई हेर्न वा उहाँसँगै हुन चाहँदिनँ भनेर भन्नेछ। तिमीहरूले येशूलाई देख्नुअघि—तिमीहरूले देहधारी परमेश्वरलाई देख्नुअघि—तिमीहरू, उदाहरणका लागि, येशूको रूप, उहाँको बोल्ने तरिका, उहाँको जिउने तरिका, आदिका बारेमा, मनमा अनेक प्रकारका विचारहरू खेलाउँछौ। तर तिमीहरूले उहाँलाई साँच्चै देखेपछि, तिमीहरूका विचारहरू झट्टै परिवर्तन हुनेछन्। यस्तो किन हुन्छ? के तिमीहरू जान्न चाहन्छौ? मानिसको सोचाइलाई बेवास्ता गर्न सकिँदैन, जुन साँचो हो—तर त्योभन्दा बढी, ख्रीष्टको सारले मानिसद्वारा गरिने परिवर्तनलाई सहँदैन। तिमीहरू ख्रीष्टलाई अमर वा सन्त ठान्छौ, तर कसैले पनि उहाँलाई ईश्वरीय सार भएको सामान्य व्यक्ति ठान्दैन। यसरी, परमेश्वरलाई हेर्न दिनरात लालसा गर्नेहरूमध्ये धेरै जना वास्तवमा परमेश्वरसँग शत्रुता राख्छन्, र उहाँसँग मिल्दैनन्। के यो मानिसको गल्ती होइन र? तिमीहरू अहिले पनि ख्रीष्टको मुहार हेर्न योग्य हुन तिमीहरूको विश्वास र बफादारी पर्याप्त छ भन्ने सोच्छौ, तर म तिमीहरूलाई अझ धेरै व्यावहारिक कुराहरूले आफूलाई सुसज्जित गर्न अर्ती दिन्छु! किनभने विगत, वर्तमान, र भविष्यमा, ख्रीष्टको सम्पर्कमा आउने धेरै जना असफल भएका छन् वा असफल हुनेछन्; तिनीहरू सबैले फरिसीहरूको भूमिका खेल्छन्। तिमीहरूको असफलताको कारण के हो? तिमीहरू हरेकको धारणामा एउटा उच्च र प्रशंसाको योग्य ईश्वर भएकै कारणले यस्तो भएको हो। तर सत्य कुरा मानिसले चाहेजस्तो हुँदैन। ख्रीष्ट उच्च त हुनुहुन्न नै, उहाँ अत्यन्तै सानो पनि हुनुहुन्छ; उहाँ एक व्यक्ति मात्र होइन, उहाँ एक साधारण व्यक्ति हुनुहुन्छ; उहाँ स्वर्गमा उक्लन नसक्ने मात्र होइन, उहाँ पृथ्वीमा स्वतन्त्र रूपमा यताउति घुम्न पनि सक्नुहुन्न। यसो हुनाले, मानिसहरू उहाँलाई साधारण व्यक्तिलाई जस्तै व्यवहार गर्छन्; उहाँसँग हुँदा तिनीहरू उहाँलाई हल्का रूपमा लिन्छन्, र उहाँसँग जथाभावी रूपमा बोल्छन्, र सँगसँगै “साँचो ख्रीष्ट” को आगमनको प्रतीक्षा पनि गरिरहेका हुन्छन्। तिमीहरू आइसक्नुभएका ख्रीष्टलाई एक साधारण व्यक्तिका रूपमा लिन्छौ, र उहाँका वचनहरूलाई एक साधारण व्यक्तिका वचनहरूका रूपमा लिन्छौ। यस कारणले गर्दा, तिमीहरूले ख्रीष्टबाट केही पनि प्राप्त गरेका छैनौ, बरु यसको सट्टा आफ्नै कुरूपतालाई पूर्ण रूपमा खुलासा गरेर प्रकाशमा ल्याएका छौ।
ख्रीष्टसँग सम्पर्क हुनुअघि, तँलाई तेरो स्वभाव पूर्ण रूपमा परिवर्तन भएको छ, तँ ख्रीष्टको बफादार अनुयायी होस्, र ख्रीष्टको आशिष् प्राप्त गर्न तँभन्दा योग्य अरू कोही छैन भन्ने लाग्न सक्छ, किनभने तैँले धेरै बाटोमा यात्रा गरेको छस्, धेरै काम गरेको छस्, र धेरै फल फलाएको छस्, र त्यसैले तँ सोच्छस् कि अन्तमा तँ पक्कै पनि मुकुट प्राप्त गर्नेहरूमध्ये एक हुनेछस्। तर के तँलाई मानिसले ख्रीष्टलाई देख्दा उसको भ्रष्ट स्वभाव अनि उसको विद्रोहीपन र प्रतिरोध प्रकट हुन्छन्, र यस समयमा उसको विद्रोहीपन र प्रतिरोध अरू कुनै पनि समयभन्दा बढी निस्सन्देह र पूर्ण रूपमा खुलासा हुन्छन् भन्ने तथ्य थाहा छ? ख्रीष्ट मानिसको पुत्र—सामान्य मानवता भएको मानिसको पुत्र—हुनुभएकाले नै मानिसले उहाँलाई न त सम्मान गर्छ न त आदर गर्छ। परमेश्वर देहमा जिउनुहुने भएकाले नै मानिसको विद्रोहीपन यति पूर्ण र यति जीवन्त रूपमा प्रकाशमा आउँछ। त्यसैले म भन्छु, ख्रीष्टको आगमनले मानवजातिको सबै विद्रोहीपनलाई उजागर गरेको छ र मानवजातिको प्रकृतिलाई छर्लङ्ग पारेको छ। यसलाई “बाघलाई पहाडबाट तल ल्याउनु” र “ब्वाँसोलाई त्यसको ओडारबाट बाहिर निकाल्नु” भनिन्छ। तँसित परमेश्वरप्रति बफादार छु भनेर भन्ने आँट छ? तँसित परमेश्वरप्रति पूर्ण समर्पण देखाउँछु भनेर भन्ने आँट छ? तँसित आफू विद्रोही नभएको भनेर भन्ने आँट छ? कतिपयले भन्नेछन्: “हरेक पटक परमेश्वरले मेरो लागि कुनै वातावरण योजनाबद्ध गर्दा, म कहिल्यै गुनासो गर्दिनँ र सधैँ समर्पित हुन सक्छु, र यसबाहेक म परमेश्वरका बारेमा मनमा कुनै पनि धारणा खेलाउँदिनँ।” कतिपयले भन्नेछन्: “परमेश्वरले मलाई जे काम गराउनुहुन्छ म मेरो क्षमताले भ्याएसम्म पूरा गर्छु र कहिल्यै झारा टार्दिनँ।” त्यसोभए, म तिमीहरूलाई यो सोध्छु: के तिमीहरू ख्रीष्टको साथमा जिउँदा उहाँसँग मिल्न सक्छौ? अनि तिमीहरू उहाँसँग कति लामो समयसम्म मिल्नेछौ? एक दिन? दुई दिन? एक घण्टा? दुई घण्टा? तिमीहरूको विश्वास सराहनीय होला, तर तिमीहरूमा खासै लगनशीलता छैन। जब तँ साँच्चै ख्रीष्टसँग जिइरहेको हुन्छस्, तब तेरो आत्म-धार्मिकता र अहम्ता तेरा शब्द र कार्यहरूमार्फत अलि-अलि गर्दै प्रकट हुनेछन्, र त्यसैगरी तेरा अधिक चाहनाहरू, तेरो अनाज्ञाकारी मानसिकता र असन्तुष्टि पनि स्वाभाविक रूपमा प्रकट हुनेछन्। अन्तमा, तेरो अहङ्कार झन्-झन् बढ्दै जानेछ, यहाँसम्म कि तँ ख्रीष्टसँग आगो र पानीजस्तै बेमेलमा हुनेछस्, र त्यसपछि तेरो प्रकृति पूर्ण रूपमा खुलासा हुनेछ। त्यस समयमा, तेरा धारणाहरूलाई अब ढाकछोप गर्न सकिँदैन, तेरा गुनासाहरू पनि स्वाभाविक रूपमा बाहिर आउनेछन्, र तेरो घृणास्पद मानवता पूर्ण रूपमा खुलासा हुनेछ। तर त्यसबेला पनि, तँ अझै आफ्नो विद्रोहीपनलाई स्वीकार गर्न मान्दैनस्, बरु मानिसले यस्तो ख्रीष्टलाई सजिलै स्वीकार गर्न सक्दैन, उहाँ मानिसलाई धेरै कडिकडाउ गर्नुहुन्छ, र यदि उहाँ अझ राम्रो ख्रीष्ट हुनुभएको भए तँ पूर्ण रूपमा समर्पित हुनेथिइस् भन्ने विश्वास गर्छस्। तिमीहरू आफ्नो विद्रोहीपन न्यायोचित भएको, र उहाँले तिमीहरूमाथि ज्यादती गर्नुभयो भने मात्र तिमीहरूले उहाँविरुद्ध विद्रोह गर्ने गरेको ठान्छौ। तिमीहरू ख्रीष्टलाई परमेश्वरका रूपमा हेर्दैनौ, र तिमीहरूमा उहाँप्रति समर्पित हुने मनसायको कमी छ भनेर तिमीहरूले एक पटक पनि विचार गरेका छैनौ। बरु, तँ जिद्दीपूर्वक ख्रीष्टले तेरा आफ्नै इच्छाहरूअनुसार काम गर्नुपर्ने भनेर जोड दिन्छस्, र उहाँले तेरो आफ्नै सोचाइसँग नमिल्ने एउटा मात्र काम गर्नेबित्तिकै, तँ उहाँ परमेश्वर नभएर एउटा व्यक्ति हुनुहुन्छ भन्ने विश्वास गर्छस्। के तिमीहरूमध्ये धेरैले यसरी उहाँसँग जोरी खोजेका छैनौ र? आखिर तिमीहरू कसमा विश्वास गर्छौ? अनि तिमीहरू कुन तरिकाले पछ्याउँछौ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टसँग नमिल्नेहरू निश्चय नै परमेश्वरका विरोधी हुन्
परमेश्वरका दैनिक वचनहरू अंश ३०५
तिमीहरू सधैँ ख्रीष्टलाई देख्न चाहन्छौ, तर म तिमीहरूलाई आफूलाई त्यति उच्च नठान्न आग्रह गर्छु; ख्रीष्टलाई जोकोहीले देख्न सक्ला, तर म त भन्छु कि कोही पनि ख्रीष्टलाई देख्न योग्य छैन। मानिसको प्रकृति दुष्टता, अहङ्कार, र विद्रोहीपनले भरिभराउ हुने हुनाले, तैँले ख्रीष्टलाई देख्नेबित्तिकै, तेरो प्रकृतिले तँलाई नष्ट गर्नेछ र तँलाई मृत्युदण्ड दिनेछ। कुनै दाजुभाइ (वा दिदीबहिनी) सँगको तेरो सङ्गतले तेरो बारेमा धेरै कुरा नदेखाउन सक्छ, तर तैँले ख्रीष्टसँग सङ्गत गर्नु त्यति सामान्य कुरा होइन। कुनै पनि समय, तेरा धारणाहरूले जरा गाड्न सक्छन्, तेरो अहङ्कार टुसाउन थाल्न सक्छ, र तेरो विद्रोहीपनले अन्जिर फलाउन सक्छ। यस्तो मानवता भएको तँ ख्रीष्टसँग सङ्गत गर्न कसरी योग्य हुन सक्छस्? के तँ साँच्चै हरेक दिनको हरेक पल उहाँलाई परमेश्वरका रूपमा व्यवहार गर्न सक्षम छस्? के तँसँग साँच्चै परमेश्वरप्रति समर्पणको वास्तविकता छ? तिमीहरू सबै जना आफ्नो हृदयभित्रको उच्च ईश्वरलाई यहोवाका रूपमा आराधना गर्छौ जबकि देखिने ख्रीष्टलाई एक व्यक्तिका रूपमा लिन्छौ। तिमीहरूको समझ अत्यन्तै कमजोर छ र तिमीहरूको मानवता धेरै तल्लो स्तरको छ! तिमीहरू ख्रीष्टलाई सधैँ परमेश्वरका रूपमा हेर्न असक्षम छौ; तिमीहरू राम्रो मुडमा हुँदा, कहिलेकाहीँ मात्र तिमीहरू उहाँलाई पक्रन्छौ र उहाँलाई परमेश्वरका रूपमा आराधना गर्छौ। यसैकारण म भन्छु कि तिमीहरू परमेश्वरका विश्वासी होइनौ, बरु ख्रीष्टको विरोध गर्ने मतियारहरूको एउटा जमात हौ। अरूलाई दया देखाउने मानिसहरूले समेत त्यसको प्रतिदान पाउँछन्, तर तिमीहरूका बीचमा यस्तो काम गर्ने ख्रीष्टले मानिसको प्रेम वा ऊबाट इनाम र समर्पण केही पनि प्राप्त गर्नुभएको छैन। के यो हृदयविदारक कुरा होइन र?
परमेश्वरमा विश्वास गरेको यतिका वर्षमा, तैँले कहिल्यै कसैलाई नसरापेको वा कुनै खराब काम नगरेको होला, तैपनि ख्रीष्टसँग सङ्गत गर्दा, तँ साँचो बोल्न, इमानदारीपूर्वक काम गर्न, वा ख्रीष्टको वचनप्रति समर्पित हुन सक्दैनस्; त्यसो हो भने, म भन्छु कि तँ संसारकै सबैभन्दा कपटी र दुर्भावपूर्ण व्यक्ति होस्। तँ तेरा नातेदारहरू, मित्रहरू, पत्नी (वा पति), छोरा-छोरीहरू, र आमाबुबाप्रति असाधारण रूपमा मिलनसार र अर्पित होलास् र कहिल्यै पनि अरूको फाइदा नउठाउलास्, तर यदि तँ ख्रीष्टसँग मिल्न सक्दैनस्, यदि तँ उहाँसँग सद्भावमा अन्तरक्रिया गर्न सक्दैनस् भने, तैँले आफ्ना छिमेकीहरूको राहतका निम्ति आफ्नो सब थोक खर्चिन्छस् या आफ्नो बुबा, आमा, र आफ्नो घरपरिवारका सदस्यहरूलाई मिहिन रूपमा हेरचाह नै गर्छस् भने पनि, म त भन्छु, तँ अझै पनि दुष्ट व्यक्ति होस्, अनि त्यसमाथि तँ धूर्त छलहरूले भरिएको व्यक्ति होस्। तँ अरूसँग मिल्छस् वा केही असल कामहरू गर्छस् भन्दैमा आफूलाई ख्रीष्टसँग मिल्ने नठान्। के तँलाई परोपकारी मनसायद्वारा तैँले स्वर्गका आशिष्हरू ठगेर लिन सक्छस् भन्ने लाग्छ? के तँलाई केही असल कामहरू गर्नु तेरो समर्पणको विकल्प हो भन्ने लाग्छ? तिमीहरूमध्ये कोही पनि काटछाँट गरिनुलाई स्वीकार गर्न सक्दैनौ, तिमीहरू सबैलाई ख्रीष्टको सामान्य मानवतालाई अपनाउन गाह्रो लाग्छ, र त्यसमाथि, तिमीहरू निरन्तर परमेश्वरप्रति आफ्नो समर्पणको ढोल पिटिरहेका हुन्छौ। तिमीहरूको जस्तो विश्वासले उचित दण्ड निम्त्याउनेछ। काल्पनिक भ्रमहरूमा लिप्त हुन र ख्रीष्टलाई देख्ने चाहना गर्न छोड, किनभने तिमीहरूको कद धेरै सानो छ, यतिसम्म कि तिमीहरू उहाँलाई देख्न योग्य समेत छैनौ। जब तैँले आफ्नो विद्रोहीपनलाई पूर्ण रूपमा फालेको हुन्छस्, र तँ ख्रीष्टसँग सद्भावपूर्ण रूपमा अन्तरक्रिया गर्न सक्षम हुन्छस्, त्यस क्षणमा परमेश्वर स्वाभाविक रूपमा तँसमक्ष देखा पर्नुहुनेछ। यदि तँ काटछाँट वा न्याय नभोगी परमेश्वरलाई हेर्न जान्छस् भने, तँ अवश्यै परमेश्वरको विरोधी बन्नेछस् र अवश्यै विनाशको निसाना बन्नेछस्। मानिसको प्रकृति अन्तर्निहित रूपमै परमेश्वरप्रति शत्रुवत् हुन्छ, किनभने सबै मानिस शैतानको सबैभन्दा गहिरो भ्रष्टतामा परेका छन्। यदि मानिसले आफ्नै भ्रष्टतामा रहेर परमेश्वरसँग अन्तरक्रिया गर्ने प्रयास गर्छ भने, यसबाट कुनै राम्रो नतिजा नआउने निश्चित छ; उसका कार्य र शब्दहरूले हरेक मोडमा अवश्यै उसको भ्रष्टतालाई प्रकट गर्नेछन्, र परमेश्वरसँग सङ्गत गर्दा उसको विद्रोहीपन हरेक मोडमा प्रकट हुनेछ। अन्जानमै, मानिस ख्रीष्टको विरोध गर्न, ख्रीष्टलाई धोका दिन, र ख्रीष्टलाई इन्कार गर्न पुग्छ; जब यस्तो हुन्छ, तब मानिस अझ बढी खतरनाक अवस्थामा हुनेछ र, यदि यो जारी रह्यो भने, ऊ दण्डको निसाना बन्नेछ।
कतिपयले यो विश्वास गर्न सक्छन् कि, यदि परमेश्वरसँगको सङ्गत यति खतरनाक हुन्छ भने, परमेश्वरलाई टाढै राख्नु बुद्धिमानी हुन सक्छ। यस्ता मानिसहरूले के नै प्राप्त गर्न सक्छन् र? के तिनीहरू परमेश्वरप्रति बफादार हुन सक्छन्? निश्चय नै, परमेश्वरसँग सङ्गत गर्न धेरै गाह्रो छ—तर त्यो मानिस भ्रष्ट तुल्याइएकाले गर्दा हो, परमेश्वर ऊसँग सङ्गत गर्न असक्षम हुनुभएकाले होइन। आफैलाई चिन्नुको सत्यतामा केही प्रयास लगाउनु नै तिमीहरूका लागि उत्तम हुनेथ्यो। परमेश्वर किन तिमीहरूको सराहना गर्नुहुन्न? किन तिमीहरूको स्वभाव उहाँका लागि घृणास्पद छ? किन तिमीहरूको बोलीले उहाँको घृणा जगाउँछ? तिमीहरू अलिकति बफादारी प्रदर्शन गरेपछि आफ्नै प्रशंसा गाउँछौ; तिमीहरू एउटा सानो योगदान दिएपछि इनामको माग गर्छौ; तिमीहरू थोरै समर्पणता देखाएपछि अरूलाई हेयको नजरले हेर्छौ, र केही मामुली कार्य पूरा गरेपछि परमेश्वरप्रति तिरस्कारपूर्ण बन्छौ। परमेश्वरको अतिथि सत्कार गर्ने सन्दर्भमा, तिमीहरू पैसा, भौतिक वस्तुहरू, र प्रशंसाहरू माग्छौ। दुई वटा सिक्का दिन तिमीहरूको हृदय पोल्छ; जब तिमीहरू दस सिक्का दिन्छौ, तिमीहरू आशिष् माग्छौ र अरूभन्दा अलग हुन चाहन्छौ। तिमीहरूको जस्तो मानवता भन्न या सुन्नका लागि अत्यन्तै अपमानजनक छ। के तिमीहरूका शब्दहरू र कार्यहरूमा कुनै कुरा प्रशंसा गर्न योग्यको छ? आफ्नो कर्तव्य निर्वाह गर्नेहरू र नगर्नेहरू; अगुवाइ गर्नेहरू र पछ्याउनेहरू; परमेश्वरको अतिथिसत्कार गर्नेहरू र नगर्नेहरू; भेटी चढाउनेहरू र नचढाउनेहरू; प्रचार गर्नेहरू र वचन प्राप्त गर्नेहरू, र त्यस्तै अरू: त्यस्ता सबै मानिसले आफ्नै प्रशंसा गर्छन्। के तिमीहरूलाई यो हास्यास्पद लाग्दैन? परमेश्वरमा विश्वास गरेको पूर्ण रूपमा राम्ररी जान्दा जान्दै पनि तिमीहरू परमेश्वरसँग मिल्ने हुन सक्दैनौ। तिमीहरू पूर्ण रूपमा योग्यता बिनाका छौ भन्ने राम्रोसँग जान्दा जान्दै पनि तिमीहरू घमण्ड गरिरहन्छौ। के तिमीहरूलाई तिमीहरूको समझ नियन्त्रणभन्दा बाहिर हुने बिन्दुसम्म पुगिसक्यो भन्ने लाग्दैन? यस्तो समझ लिएर, तिमीहरू परमेश्वरको सम्पर्कमा आउन कसरी योग्य हुन्छौ? के तिमीहरू यस समयमा आफ्ना बारेमा चिन्तित छैनौ? तिमीहरूको स्वभाव बिग्रिएर यस्तो बिन्दुमा पुगिसकेको छ जहाँ तिमीहरू परमेश्वरसँग मिल्नै सक्दैनौ। यसो हुनाले, के तिमीहरूको विश्वास हाँसउठ्दो छैन र? के तिमीहरूको विश्वास पूर्णतया समझविपरीत छैन र? तँ आफ्नो भविष्यलाई कसरी सामना गर्नेछस्? तँ आफू हिँड्ने मार्ग कसरी रोज्नेछस्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टसँग नमिल्नेहरू निश्चय नै परमेश्वरका विरोधी हुन्
परमेश्वरका दैनिक वचनहरू अंश ३०६
मैले धेरै वचनहरू व्यक्त गरेको छु, र मैले मेरा अभिप्राय र मेरो स्वभाव पनि व्यक्त गरेको छु, तैपनि मानिस मलाई चिन्न र ममा विश्वास गर्न अझै असमर्थ छ। अथवा, यसो भन्न सकिन्छ, मानिस अझै पनि मेरो अधीनमा रहन असक्षम छ। बाइबलभित्र जिउनेहरू, व्यवस्थाभित्र जिउनेहरू, क्रूसमा जिउनेहरू, प्रावधानहरूअन्तर्गत जिउनेहरू, आज मैले गर्ने कामको माझमा जिउनेहरू—तिनीहरूमध्ये कोचाहिँ मसँग मिल्दो छन्? तिमीहरू निश्चित आशिष् र इनामहरू प्राप्त गर्नेबारे मात्रै सोच्छौ, तर तिमीहरूले खासमा कसरी मसँग मिल्ने, वा आफैलाई मविरुद्ध हुनबाट कसरी रोक्ने भन्ने बारेमा एकपटक पनि कहिल्यै सोचेका छैनौ। म तिमीहरूप्रति धेरै निराश छु, किनभने मैले तिमीहरूलाई धेरै कुरा प्रदान गरेको छु तर तिमीहरूबाट भने मैले अत्यन्तै थोरै पाएको छु। तिमीहरूको छल, तिमीहरूको अहङ्कार, तिमीहरूको लोभ, तिमीहरूका अत्यधिक चाहनाहरू, तिमीहरूको धोका, तिमीहरूको अवज्ञा—यीमध्ये कुनचाहिँ मेरो नजरबाट उम्कन सक्छ र? तिमीहरू मसित झाराटारुवा तरिकाले व्यवहार गर्छौ, तिमीहरू मलाई मूर्ख बनाउने प्रयास गर्छौ, तिमीहरू मलाई बेइज्जत गर्छौ, तिमीहरू मेरो चापलुसी गर्छौ, तिमीहरू मसँग जबरजस्ती असुली गर्छौ र मबाट मेरा भेटीहरू खोस्छौ—त्यस्ता दुष्ट कार्यहरू कसरी मेरो दण्डबाट उम्कन सक्छन्? यी सबै दुष्ट कार्य तिमीहरूको मविरुद्धको शत्रुताका प्रमाण हुन् र मसँग तिमीहरूको बेमेलका प्रमाण हुन्। तिमीहरूमध्ये प्रत्येकले आफू मसँग एकदमै मिल्ने रहेको विश्वास गर्छौ, तर त्यसो भएको भए त, त्यस किसिमको अकाट्य प्रमाण कसमा लागू हुनेथ्यो र? तिमीहरू आफूमा मप्रति अत्यधिक इमानदारिता र वफादारिता छ भनी विश्वास गर्छौ। तिमीहरूलाई आफू अति कृपालु, अति करुणामय भएको, र मलाई अत्यन्तै धेरै कुरा समर्पित गरेको जस्तो लाग्छ। तिमीहरूलाई तिमीहरूले मेरो लागि जति गर्नुपर्ने हो त्योभन्दा बढी नै गरेको जस्तो लाग्छ। तर के तिमीहरूले कहिल्यै यसलाई आफ्ना कार्यहरूसँग तुलना गरेका छौ? म भन्छु, तिमीहरू अत्यन्तै अहङ्कारी, अत्यन्तै लोभी, अत्यन्तै झाराटारुवा छौ; मलाई मूर्ख बनाउन प्रयास गर्ने तिमीहरूका युक्तिहरू अत्यन्तै चतुर छन्, र तिमीहरूमा प्रशस्तै घृणास्पद अभिप्राय र घृणास्पद विधिहरू छन्। यस विपरीत, तिमीहरूको बफादारी अत्यन्तै थोरै छ, तिमीहरूको निष्कपटता अत्यन्तै नगण्य छ, र तिमीहरूमा विवेक त झनै छैन। तिमीहरू हृदयमा अत्यन्तै दुर्भावपूर्ण छौ, र तिमीहरू कसैलाई छोड्दैनौ, मलाई समेत छोड्दैनौ। तिमीहरू आफ्ना छोराछोरी, वा आफ्नो श्रीमान्, वा आफ्नै आत्मसंरक्षणको खातिर मेरा लागि ढोका बन्द गरिदिन्छौ। तिमीहरू मेरो बारेमा वास्ता गर्दैनौ—तिमीहरू त आफ्नो परिवार, आफ्ना छोराछोरी, आफ्नो हैसियत, आफ्नो भविष्य, र आफ्नो सुखको वास्ता गर्छौ। तिमीहरूले बोल्दा वा काम गर्दा कहिले पो मेरा बारेमा विचार गरेका छौ र? ठन्डीका दिनहरूमा, तिमीहरू आफ्नो सन्तान, आफ्नो श्रीमान्, आफ्नी श्रीमती, वा आफ्ना आमाबाबुका बारेमा सोच्छौ। गर्मीका दिनहरूमा पनि, तिमीहरूको विचारमा मेरो कुनै स्थान हुँदैन। तँ आफ्नो कर्तव्य निर्वाह गर्दा आफ्नै हितहरू, आफ्नै व्यक्तिगत सुरक्षा, आफ्नै परिवारका सदस्यहरूका बारेमा सोचिरहेको हुन्छस्। तैँले मेरा लागि कहिले के नै गरेको छस् र? तैँले कहिले चाहिँ मेरा बारेमा सोचेको छस्? तैँले कहिले म र मेरो कामका खातिर जस्तोसुकै आवश्यक कुरा गरेको छस्? मसँगको तेरो अनुकूलताको प्रमाण कहाँ छ? मप्रति तेरो बफादारीको वास्तविकता कहाँ छ? मप्रति तेरो अधीनताको वास्तविकता कहाँ छ? तेरा अभिप्रायहरू कहिले चाहिँ मेरा आशिष्हरू प्राप्त गर्नका खातिर थिएनन्? तिमीहरू सबैजना मलाई मूर्ख बनाउन खोजिरहेका छौ। तिमीहरू सबैजना मलाई छल गरिरहेका छौ। तिमीहरू सत्यतासँग खेलबाड गरिरहेका छौ, सत्यताको अस्तित्वलाई लुकाइरहेका छौ, र सत्यताको सारलाई धोका दिइरहेका छौ। तिमीहरू यसरी मेरो विरुद्धमा लाग्ने हुनाले, भविष्यमा तिमीहरूलाई केले कुरिरहेको छ? तिमीहरू काल्पनिक ईश्वरसँगको मेल मात्रै पछ्याउँछौ, र काल्पनिक विश्वास मात्रै पछ्याउँछौ, तैपनि तिमीहरू ख्रीष्टसँग मिल्दा छैनौ। यस्ता दुष्ट कार्यहरू गरेपछि, के तिमीहरूले दुर्जन मानिसहरूसँगै भोग्नुपर्ने बदला भोग्नेछैनौ र? त्यस समयमा, तिमीहरूले ख्रीष्टसँग नमिल्ने कोही पनि रिसको दिनबाट बच्न सक्दैन भन्ने महसुस गर्नेछौ, र ख्रीष्टको विरुद्धमा खडा हुनेहरूमाथि कस्तो प्रकारको प्रतिशोध आउनेछ भन्ने कुरा पत्ता लगाउनेछौ। जब त्यो दिन आउँछ, परमेश्वरमाथिको आफ्नो विश्वासको कारण आशिषित् हुने र स्वर्गमा प्रवेश प्राप्त गर्ने तिमीहरूका सपनाहरू सबै चकनाचुर हुनेछन्। ख्रीष्टसँग मिल्नेहरूका लागि, यद्यपि, यस्तो हुनेछैन। तिनीहरूले धेरै कुरा गुमाएका भए पनि, तिनीहरूले धेरै कष्ट भोगेका भए पनि, मैले मानवजातिलाई प्रदान गर्ने सबै उत्तराधिकार तिनीहरूले प्राप्त गर्नेछन्। अन्ततः, तिमीहरूले म मात्र धर्मी परमेश्वर हुँ, र मानवजातिलाई उनीहरूको सुन्दर गन्तव्यमा लैजान सक्ने म मात्रै हुँ भन्ने कुरा बुझ्नेछौ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले ख्रीष्टसँग अनुकूलताको मार्ग खोजी गर्नुपर्छ
परमेश्वरका दैनिक वचनहरू अंश ३०७
परमेश्वरले मानिसहरूलाई धेरै कुरा सुम्पनुभएको छ र तिनीहरूको प्रवेशलाई अनगिन्ती तरिकाले सम्बोधन गर्नुभएको छ। तर मानिसहरूको क्षमता अत्यन्तै कमजोर भएकोले, परमेश्वरका धेरै वटा वचनले जरा गाड्न सकेका छैनन्। यो कमजोर क्षमताका विभिन्न कारण छन्, जस्तै मानव सोच र नैतिकताको भ्रष्टता, र उचित हुर्काइको कमी; मानिसको हृदयलाई गम्भीर रूपमा जकडेका सामन्ती अन्धविश्वासहरू; मानव हृदयको सबैभन्दा गहिरो कुनामा धेरै वटा खराबी गाडेका चरित्रभ्रष्ट र पतित जीवनशैलीहरू; सांस्कृतिक साक्षरताको सतही ज्ञान, जसमा लगभग अन्ठानब्बे प्रतिशत मानिसहरूमा सांस्कृतिक साक्षरताको शिक्षाको कमी छ र, अझ भन्नुपर्दा, एकदमै कमले मात्र उच्च स्तरको सांस्कृतिक शिक्षा पाइरहेका छन्। त्यसकारण, मानिसहरूमा मूलतः परमेश्वर वा आत्मा भनेको के हो भन्नेबारे कुनै ज्ञान छैन, बरु सामन्ती अन्धविश्वासहरूबाट प्राप्त परमेश्वरको अस्पष्ट र धमिलो चित्र मात्र छ। हजारौँ वर्षदेखिको “राष्ट्रिय भावना” मार्फत मानव हृदयको गहिराइमा बसेका घातक प्रभावहरू र सामन्ती सोचले मानिसहरूलाई बाँधेका र साङ्लाले जकडेका छन्, तिनीहरूलाई रत्तिभर पनि स्वतन्त्रता दिएका छैनन्, तिनले तिनीहरूमा कुनै महत्त्वाकाङ्क्षा वा दृढता, अनि प्रगति गर्ने चाहना छाडेका छैनन्, बरु तिनीहरूलाई नकारात्मक र प्रतिगामी, दास मानसिकतामा जकडेका, आदि अवस्थामा राखेका छन्। यी वस्तुगत कारकहरूले मानिसहरूको वैचारिक दृष्टिकोणमा, र तिनीहरूका व्यक्तिगत आकाङ्क्षाहरू, नैतिकता, र स्वभावमा एउटा नमेटिने फोहोरी र कुरूप छाप पारेका छन्। मानिसहरू आतङ्कको अन्धकारमय संसारमा बाँचिरहेको, र तिनीहरूमध्ये कसैले पनि त्यसलाई पार गर्नेबारे सोच्ने नगरेको, वा एक आदर्श संसारमा जानेबारे सोच्ने नगरेको जस्तो देखिन्छ; बरु, तिनीहरू सन्तान जन्माउँदै र हुर्काउँदै, लागिपर्दै, पसिना बगाउँदै, आफ्नो श्रम गर्दै, अनि आरामदायी र सुखी परिवार, दाम्पत्य स्नेह, कर्तव्यनिष्ठ सन्तान, बुढेसकालमा आनन्दको, र शान्तिपूर्वक आफ्नो जीवन बिताउने सपनादेख्दै आफ्नो जीवनको नियतिप्रति सन्तुष्टिको भावनाका साथ आफ्ना दिनहरू बिताउँछन्…। दशौँ, हजारौँ, दशौँ हजार वर्षदेखि अहिलेसम्म, मानिसहरूले यसरी आफ्नो समय खेर फाल्दै आइरहेका छन्, कसैले पनि सबैभन्दा शानदार मानव जीवन सिर्जना गरेको छैन, तिनीहरू यस अन्धकार संसारमा आपसी कत्लेआम, ख्याति र प्राप्तिका लागि दौड, र एक-अर्काविरुद्ध षड्यन्त्र रच्नमा मात्रै लागिपरेका छन्। कसले पो कहिल्यै परमेश्वरका अभिप्रायहरू खोजेको छ? के कसैले कहिल्यै परमेश्वरको काममा ध्यान दिएको छ? मानिसहरूका ती सबै भाग, जसलाई अन्धकारको प्रभावले ओगटेको छ, धेरै पहिले नै मानव प्रकृति बनिसकेका छन्, त्यसैले परमेश्वरको काम गर्न निकै गाह्रो छ, र मानिसहरूसँग आज परमेश्वरले तिनीहरूलाई सुम्पनुभएको कुरामा ध्यान दिने हृदय त झन् कम छ। जे भए पनि, मैले यी वचनहरू बोल्दा मानिसहरूले आपत्ति जनाउनेछैनन् भन्ने मलाई विश्वास छ किनभने म हजारौँ वर्षको इतिहासका बारेमा कुरा गरिरहेको छु। इतिहासको कुरा गर्नु भनेको तथ्यहरू र, अझ भन्नुपर्दा, सबैलाई प्रस्ट थाहा भएका काण्डहरूको कुरा गर्नु हो, त्यसैले तथ्यविपरीत कुरा गर्नुको के नै अर्थ हुन्छ र? तर म के पनि विश्वास गर्छु भने, यी वचनहरू देखेपछि, समझ भएका मानिसहरू ब्युँझनेछन् र प्रगति गर्ने प्रयास गर्नेछन्। परमेश्वर मानिसहरू शान्ति र सन्तुष्टिमा जिउन र काम गर्न सक्छन् भन्ने आशा पनि गर्नुहुन्छ। तर, मानिसहरूले परमेश्वरलाई प्रेम गर्न सकून् र सम्पूर्ण मानवता विश्राममा प्रवेश गर्न सकून् भन्ने परमेश्वरको अभिप्राय रहेको छ। योभन्दा बढी, सम्पूर्ण भूमि परमेश्वरको महिमाले भरियोस् भन्ने परमेश्वरको महान् चाहना रहेको छ। यो दुःखको कुरा हो कि मानवहरू विस्मृतिमा डुबेका छन् र ब्युँझिएका छैनन्, शैतानद्वारा यति नराम्ररी भ्रष्ट तुल्याइएका छन् कि आज तिनीहरू मानव रूपमा नै छैनन्। त्यसैले मानव सोच, नैतिकता, र शिक्षाले एउटा महत्त्वपूर्ण कडी निर्माण गर्छन् भने सांस्कृतिक साक्षरताको तालिमले दोस्रो कडी निर्माण गर्छ, जसले गर्दा मानवहरूको सांस्कृतिक क्षमतालाई अझ माथि उठाउन र तिनीहरूको मानसिक दृष्टिकोण परिवर्तन गर्न सकिन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (३)
परमेश्वरका दैनिक वचनहरू अंश ३०८
मानिसहरूका जीवन अनुभवहरूमा तिनीहरूले प्रायजसो मनमनै सोच्ने गर्छन्: “मैले परमेश्वरका लागि आफ्नो परिवार र जागिर त्यागेको छु, तर उहाँले चाहिँ मलाई के दिनुभएको छ? मैले यसको हिसाब गर्नुपर्छ, र यसलाई पुष्टि गर्नुपर्छ—के मैले हालसालै कुनै आशिष् पाएको छु र? यस समयमा मैले धेरै नै समर्पित गरेको छु, म दौडेको दौड्यै छु, र मैले धेरै दुःख भोगेको छु—के यस अवधिमा मैले गरेको कार्यसम्पादनको बदलामा परमेश्वरले मलाई कुनै वाचा गर्नुभएको छ? के उहाँले मेरा असल कार्यहरू याद गर्नुभएको छ? मेरो परिणाम कस्तो हुनेछ? के मैले आशिष्हरू पाउन सक्छु? …” हृदयमा, प्रत्येक व्यक्तिले बारम्बार र निरन्तर यस्ता हिसाबकिताबहरू गर्छ, र परमेश्वरबाट केही कुरा माग्दा, तिनीहरूले मनसायहरू, महत्त्वाकाङ्क्षाहरू र लेनदेनको मानसिकता बोकेका हुन्छन्। यसो भन्नुको अर्थ, मानिसले आफ्नो हृदयमा निरन्तर परमेश्वरको जाँच गरिरहेको हुन्छ, परमेश्वरबारे निरन्तर योजनाहरू रचिरहेको हुन्छ, उसको आफ्नै परिणामका लागि निरन्तर परमेश्वरसँग “बहस गरिरहेको” हुन्छ, र परमेश्वरबाट एउटा अभिव्यक्ति निकाल्ने र उसले चाहेको कुरा परमेश्वरले दिनुहुनेछ कि दिनुहुनेछैन भनी हेर्ने कोसिस गरिरहेको हुन्छ। परमेश्वरलाई पछ्याउने क्रममा, मानिसले परमेश्वरलाई परमेश्वरजस्तो व्यवहार गर्दैन। मानिसले जहिले पनि परमेश्वरसँग सौदाबाजी गर्ने कोसिस गरेको छ, निरन्तर उहाँसँग केही माग्दै आएको छ, र औँलो दिँदा डुँडुलो निल्ने कोसिस गर्दै हरेक पाइलामा उहाँलाई दबाब समेत दिने गरेको छ। परमेश्वरसँग सौदाबाजी गर्न खोज्दा खोज्दै, मानिसले उहाँसँग तर्क पनि गर्छ, र कति मानिसहरू त यस्ता पनि छन्, जो आफूमाथि परीक्षाहरू आउँदा वा आफूले कुनै विशेष परिस्थितिको सामना गर्नुपर्दा, आफ्नो काममा प्रायः कमजोर, नकारात्मक र सुस्त हुन्छन्, र परमेश्वरबारे गुनासैगुनासो गर्छन्। मानिसले पहिलोपटक परमेश्वरमा विश्वास गर्न थालेको समयदेखि नै उसले परमेश्वरलाई प्रशस्तताको स्रोत र बहु-उपयोगी औजार ठानेको छ, र उसले आफूलाई परमेश्वरको सबैभन्दा ठूलो ऋणदाता ठानेको छ, मानौँ परमेश्वरबाट आशिष् र प्रतिज्ञाहरू माग्नु उसको अन्तर्निहित अधिकार र दायित्व हो, जबकि परमेश्वरले पूरा गर्नुपर्ने जिम्मेवारीहरू चाहिँ मानिसको सुरक्षा गर्नु, ख्याल गर्नु, अनि उसका निम्ति आपूर्ति गरिदिनु हुन्। “परमेश्वरमाथिको विश्वास” भन्ने दुइटा शब्दबारे परमेश्वरमा विश्वास गर्ने सबैको आधारभूत बुझाइ यस्तै छ, र परमेश्वरमाथिको विश्वासको अवधारणाबारे तिनीहरूको सबैभन्दा गहन बुझाइ पनि यस्तै छ। मानिसको प्रकृति सारदेखि उसको व्यक्तिपरक पछ्याइसम्म, कुनै कुरा पनि परमेश्वरको डरसँग सम्बन्धित छैन। परमेश्वरमा विश्वास गर्ने मानिसको उद्देश्य कुनै पनि हालतमा परमेश्वरको आराधनासँग सम्बन्धित हुन सक्दैन। भन्नुको अर्थ, मानिसले परमेश्वरमा विश्वास गर्दा कहिल्यै उहाँको डर मान्ने र आराधना गर्ने अभिप्राय राखेको हुँदैन, र परमेश्वरमा विश्वास गर्दा यस्ता कुराहरू आवश्यक पर्छन् भनेर कहिल्यै बुझेको हुँदैन। यो स्थितिलाई ख्याल गर्दा, मानिसको सार स्पष्ट हुन्छ। यो सार के हो त? यो यही हो कि मानिसको हृदय दुर्भावपूर्ण, कुटिल, र छली छ, यसले निष्पक्षता र धार्मिकता र सकारात्मक कुराहरू मन पराउँदैन, र यो घृणित र लोभी छ। मानिसको हृदय परमेश्वरप्रति योभन्दा बढी बन्द हुन सक्दैन; उसले त्यो हृदय परमेश्वरलाई पटक्कै दिँदैन। परमेश्वरले मानिसको साँचो हृदय कहिल्यै देख्नुभएको छैन, न त कहिल्यै मानिसद्वारा उहाँको आराधना नै गरिएको छ। परमेश्वरले जति नै ठूलो मूल्य तिर्नुभए पनि वा जति नै धेरै काम गर्नुभए पनि, वा मानिसका निम्ति जति नै धेरै प्रबन्ध गर्नुभए पनि, मानिस ती सबैप्रति अन्धो र उदासीन रहन्छ। मानिसले आफ्नो हृदय परमेश्वरलाई कहिल्यै दिएको छैन, उसले केवल आफ्नो हृदयलाई आफै नियन्त्रित गर्न, र आफ्नै निर्णयहरू गर्न चाहन्छ—जसको भावार्थ मानिस परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गमा हिँड्न, वा परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन चाहँदैन, न त ऊ परमेश्वरलाई परमेश्वरका रूपमा आराधना गर्न नै चाहन्छ भन्ने हो। आज मानिसको स्थिति यस्तै छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २
परमेश्वरका दैनिक वचनहरू अंश ३०९
के मानिसहरूले परमेश्वरको विविध र विभिन्न काम नजानेकाले, तिनीहरूले पवित्र आत्माको कार्यलाई ज्ञान र सिद्धान्तको अत्यन्त सानो कणले मापन गर्ने हुँदा परमेश्वरको विरोध गरेका र पवित्र आत्माको कामलाई अवरोध गरेका होइनन् र? यस्ता मानिसहरूको अनुभव सतही भए पनि, तिनीहरू अहङ्कारी र भोगी प्रकृतिका हुन्छन् र तिनीहरूले पवित्र आत्माको कार्यलाई घृणा गर्छन्, पवित्र आत्माको अनुशासनलाई बेवास्ता गर्छन्, यसको अलाबा पवित्र आत्माको कामलाई “पुष्टि गर्न” तिनीहरूको नगण्य पुरानो तर्कलाई प्रयोग गर्छन्। तिनीहरूले एउटा कार्यलाई धारण गर्छन् र तिनीहरूको आफ्नै शिक्षा र बुद्धिमा विश्वस्त हुन्छन् अनि तिनीहरू सारा संसारभरि यात्रा गर्न सक्षम छन् भनी विश्वस्त हुन्छन्। के यस्ता मानिसहरू पवित्र आत्माद्वारा तिरस्कृत मानिसहरू होइनन्, र के तिनीहरूलाई नयाँ युगद्वारा हटाइने छैनन् र? के परमेश्वरको सामु आएर खुल्लमखुल्ला उहाँको विरोध गर्नेहरू अज्ञानी र अबुझ घृणितहरू होइनन् र, जसले तिनीहरू कति प्रखर छन् भनी देखाउने प्रयास गरिरहेका हुन्छन्? बाइबलको नगण्य ज्ञानमा तिनीहरूले संसारको “शैक्षिक समुदाय” मा दङ्गा गर्ने गर्छन्, मानिसहरूलाई सिकाउने सतही सिद्धान्तद्वारा तिनीहरूले पवित्र आत्माको कार्यलाई उल्टाउन खोज्छन् र यसलाई तिनीहरूको आफ्नै वैचारिक प्रक्रियाको सेरोफेरोमा घुमाउने प्रयास गर्छन्। तिनीहरू अदूरदर्शी भए पनि, परमेश्वरको छ हजार वर्षको कामलाई एकै झलकमा हेर्ने प्रयास गर्छन्। यी मानिसहरूमा उल्लेख गर्न लायक कुनै अनुभूति हुँदैन। वास्तवमा, मानिसहरूमा जति धेरै परमेश्वर सम्बन्धी ज्ञान हुन्छ उत्ति नै तिनीहरू उहाँको न्याय गर्नमा सुस्त हुन्छन्। यसको अलाबा, तिनीहरू परमेश्वरको आजको काम सम्बन्धी तिनीहरूको नगण्य ज्ञानको मात्र कुरा गर्छन्, तर तिनीहरू तिनीहरूका न्यायहरूमा हतार गर्दैनन्। मानिसहरूले परमेश्वरलाई जति थोरै चिन्छन् तिनीहरू उत्ति नै अहङ्कारी र अति दृढ हुन्छन् र अझ धेरै ढिठ भएर परमेश्वरको अस्तित्वको घोषणा गर्छन्—तैपनि तिनीहरूले सिद्धान्तको मात्र कुरा गर्छन् र कुनै वास्तविक प्रमाण पेश गर्दैनन्। यस्ता मानिसहरू कुनै मूल्यका हुँदैनन्! पवित्र आत्माको कामलाई खेलको रूपमा हेर्नेहरू खेलबाड गर्नेहरू हुन्! पवित्र आत्माको नयाँ कामलाई अनुभव गर्दा होसियारी नहुनेहरू, बढी बोल्नेहरू न्याय गर्नुमा छिटो हुन्छन्, आफ्नो मनस्थितिलाई अनियन्त्रित छोड्नेहरूले पवित्र आत्माको कामको धार्मिकतालाई इन्कार गर्छन्, जसले यसको अपमान गर्छन् र ईश्वर-निन्दा पनि गर्छन्—के यस्ता अनादरणीय मानिसहरू पवित्र आत्माको कामप्रति अनजान हुँदैनन् र? यसको अलाबा के तिनीहरू महाघमण्डका मानिसहरू होइनन्, जो अन्तर्निहित रूपमा घमण्डी र अनियन्त्रित हुन्छन्? यस्ता मानिसहरूले पवित्र आत्माको काम स्वीकार गर्ने कुनै दिन नै आए पनि, परमेश्वरले यस्ता मानिसलाई अझै सहनुहुनेछैन। तिनीहरूले परमेश्वरको निम्ति काम गर्नेहरूलाई नीच रूपमा हेर्ने मात्र होइन, तर तिनीहरू परमेश्वर स्वयम्को ईश्वर-निन्दा पनि गर्छन्। यस्ता दुस्साहसी मानिसहरूलाई यो युगमा वा आउने युगमा क्षमा गरिनेछैन, र तिनीहरू नरकमा सदाको निम्ति नष्ट हुनेछन्! यस्ता अनादरणीय र भोगी मानिसहरूले परमेश्वरमा विश्वास गरेको नाटक गरिरहन्छन्, र मानिसहरू जति धेरै यस्ता हुन्छन् उत्ति नै तिनीहरू परमेश्वरको प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने हुन्छन्। सबै अहङ्कारीहरू जन्मजातै अनियन्त्रित हुने, र कहिल्यै कसैको आज्ञापालन नगर्ने, के तिनीहरू सबै यही मार्गमा हिँड्दैनन् र? सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्वरलाई तिनीहरूले दिनदिनै विरोध गर्दैनन् र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्वरलाई चिन्ने मार्ग हो
परमेश्वरका दैनिक वचनहरू अंश ३१०
केही हजार वर्षसम्म फैलिएको प्राचीन सांस्कृतिक इतिहास र ज्ञानले मानिसका विचार र धारणाहरू अनि उसको मानसिक दृष्टिकोणलाई यति कसिलो गरी बन्द गरिदिएको छ कि तिनलाई अभेद्य र नष्ट नहुने तुल्याएको छ।[१] मानिसहरू नरकको अठारौँ चक्रमा जिउँछन्, जहाँ, परमेश्वरद्वारा कालकोठरीमा निर्वासित गरिएझैँ, कहिल्यै ज्योति देखिँदैन। सामन्ती सोचाइले मानिसहरूलाई यति धेरै दमन गरेको छ कि तिनीहरू मुस्किलले सास फेर्न सक्छन् र निसास्सिइरहेका छन्। तिनीहरूसँग प्रतिरोध गर्नलाई अलिकति पनि शक्ति छैन; तिनीहरूले केवल सहन्छन् र मौनतामा सहन्छन्...। कसैले पनि कहिल्यै इन्साफ र निष्पक्षताका लागि सङ्घर्ष गर्ने वा खडा हुने आँट गरेको छैन; मानिसहरू केवल दिनप्रतिदिन र वर्षौँवर्ष सामन्ती नैतिकताको प्रहार र दुर्व्यवहारमा पर्दै पशुको भन्दा पनि खराब जीवन जिउँछन्। तिनीहरूले मानव संसारमा सुखको आनन्द लिनका लागि परमेश्वरलाई खोज्ने भनेर कहिल्यै सोचेका छैनन्। यस्तो लाग्छ, मानिसहरूलाई यस्तो बिन्दुसम्म कुटपिट गरिएको छ कि तिनीहरू शरद ऋतुमा झरेका पात जस्तै ओइलाएका, रङ्ग उडेका, र दुब्ला छन्। मानिसहरूले धेरै पहिले आफ्नो स्मरणशक्ति गुमाइसकेका छन्; तिनीहरू आखिरी दिनको आगमनको प्रतीक्षा गर्दै मानव संसार भनिने नरकमा असहाय रूपमा जिउँछन् ताकि तिनीहरू यो नरकसँगै नाश हुन सकून्, मानौँ तिनीहरूले तृष्णा गर्ने आखिरी दिन भनेको मानिसले “विश्रामपूर्ण शान्तिको आनन्द लिने” दिन हो। सामन्ती नैतिकताले मानिसको जीवनलाई “पाताल” मा पुर्याएको छ, जसले मानिसको प्रतिरोध गर्ने शक्तिलाई थप कमजोर बनाएको छ। सबै प्रकारका दमनले मानिसलाई पातालमा नखसुन्जेल चरणबद्ध रूपमा धकेल्छन्, र मानिसलाई परमेश्वरबाट झन्-झन् यति टाढा धकेल्छन् कि आज ऊ परमेश्वरलाई पूर्ण रूपमा अपरिचित ठान्छ, र उहाँलाई भेट्दा उहाँबाट पन्छिन हतार गर्छ। मानिस उहाँलाई ध्यान दिँदैन र उहाँलाई एक छेउमा एक्लै उभिन छोडिदिन्छ, मानौँ मानिसले उहाँलाई कहिल्यै चिनेको छैन, उहाँलाई पहिले कहिल्यै देखेको छैन। तैपनि मानिसले पश्चात्ताप गरोस् र नयाँ सुरुवात गरोस् भन्नका लागि परमेश्वरले मानव जीवनको लामो यात्राभरि मानिसलाई पर्खिरहनुभएको छ, आफ्नो दबाउन नसकिने रिस मानिसमाथि कहिल्यै खन्याउनुभएको छैन, एक शब्द नबोली केवल चुपचाप पर्खिरहनुभएको छ। मानिससँग मानव संसारका दुःखहरू बाँड्न परमेश्वर धेरै अघि नै मानव संसारमा आउनुभयो। उहाँ मानिससँग जिउनुभएका यतिका वर्षमा, कसैले पनि उहाँको अस्तित्व पत्ता लगाएको छैन। परमेश्वर उहाँले व्यक्तिगत रूपमा ल्याउनुभएको काम गर्ने क्रममा मानव संसारको दरिद्रताको कष्टलाई मौनतामा मात्रै सहनुहुन्छ। उहाँ परमेश्वर पिताको इच्छाको खातिर र मानवजातिको आवश्यकताको खातिर सहनुहुन्छ, र मानिसले पहिले कहिल्यै अनुभव नगरेका दुःखहरू भोग्नुहुन्छ। मानिसको उपस्थितिमा उहाँले चुपचाप उसलाई पर्खनुभएको छ, र मानिसको उपस्थितिमा उहाँले परमेश्वर पिताको इच्छाको खातिर र मानवजातिको आवश्यकताको खातिर पनि आफूलाई विनम्र तुल्याउनुभएको छ। प्राचीन संस्कृतिको ज्ञानले मानिसलाई परमेश्वरको उपस्थितिबाट सुटुक्क चोरेर उसलाई दियाबलसहरूको राजा र यसका सन्तानको हातमा सुम्पिदिएको छ। चार पुस्तक र पाँच ग्रन्थले[अ] मानिसका विचार र धारणाहरूलाई विद्रोहको अर्को युगमा पुर्याएका छन्, जसले गर्दा ऊ यी चार पुस्तक र पाँच ग्रन्थ सङ्कलन गर्नेहरूलाई पहिलेभन्दा अझ बढी आराधना गर्छ, र फलस्वरूप परमेश्वरबारे आफ्ना धारणाहरूलाई अझ तीव्र बनाउँछ। मानिसलाई थाहै नदिई, दियाबलसहरूको राजाले निर्दयी रूपमा परमेश्वरलाई उसको हृदयबाट निकालेर फालिदियो र त्यसपछि विजयी उल्लासका साथ आफैले त्यसमा कब्जा जमायो। त्यस समयदेखि, मानिसले कुरूप प्राण र दियाबलसहरूको राजाको मुहार धारण गरेको छ। परमेश्वरप्रतिको घृणाले उसको छाती भरिएको छ, र दियाबलसहरूको राजाको दुर्भावना मानिसभित्र दिनप्रतिदिन यसरी फैलिएको छ कि ऊ पूर्ण रूपमा भस्म भएको छ। मानिससँग अब अलिकति पनि स्वतन्त्रता छैन र दियाबलसहरूको राजाका उल्झनहरूबाट मुक्त हुने कुनै उपाय छैन। उसले त्यही ठाउँमा बन्दी बन्नु, त्यसको उपस्थितिमा आत्मसमर्पण गर्नु र झुक्नुबाहेक अरू कुनै विकल्प पाएको छैन। धेरै अघि, मानिसको हृदय शैशवावस्थामै हुँदा, दियाबलसहरूको राजाले त्यसमा नास्तिकताको ट्युमरको बीउ रोपेको थियो, र उसलाई “विज्ञान र प्रविधि अध्ययन गर; चार वटा आधुनिकीकरण साकार पार; र संसारमा परमेश्वर भन्ने त्यस्तो कुनै चिज छैन” भन्ने जस्ता भ्रमपूर्ण कुराहरू सिकाएको थियो। त्यति मात्र होइन, त्यो हरेक अवसरमा “हामी हाम्रो परिश्रमी श्रममा भर परेर एउटा सुन्दर गृहभूमि निर्माण गरौँ” भन्दै चिच्याउँछ, र हरेक व्यक्तिलाई बाल्यकालदेखि नै आफ्नो देशलाई सेवा प्रदान गर्न तयार रहन भन्छ। मानिस अनजानमै त्यसको उपस्थितिमा ल्याइएको छ, र यसले नहिचकिचाई सबै श्रेय (अर्थात् सम्पूर्ण मानवजातिलाई आफ्नो हातमा राख्नुभएकोमा परमेश्वरलाई जाने श्रेय) आफैले लिन्छ। यसलाई कहिल्यै कुनै लाजको बोध हुँदैन। यसबाहेक, यसले निर्लज्जतापूर्वक परमेश्वरका मानिसहरूलाई कब्जा गर्छ र तिनीहरूलाई घिसारेर आफ्नै घरमा लैजान्छ, जहाँ यो टेबलमाथि मुसाजस्तै उफ्रन्छ र मानिसलाई यसलाई “परमेश्वर” को रूपमा आराधना गराउँछ। कस्तो हताश अपराधी! यसले निन्दनीय, स्तब्ध पार्ने कुराहरू चिच्याएर भन्छ, जस्तै: “संसारमा परमेश्वर भन्ने चिज छँदै छैन। बतास प्राकृतिक नियमहरूद्वारा सञ्चालित परिवर्तनहरूबाट उत्पन्न हुन्छ; वर्षा तब हुन्छ जब जलवाष्प चिसो तापक्रमको सम्पर्कमा आएर थोपाहरूमा परिणत हुन्छ र त्यो पृथ्वीमा खस्छ; भूकम्प भनेको भौगर्भिक परिवर्तनहरूका कारणले पृथ्वीको सतह हल्लिनु हो; खडेरी भनेको सूर्यको सतहमा आणविक कणहरू टुक्रिएर हावामा हुने सुख्खापनको कारणले हुन्छ। यी प्राकृतिक घटनाहरू हुन्। यी सबैमा परमेश्वरको कार्य कहाँ छ?” त्यस्ता मानिसहरू समेत छन् जो चिच्याउँदै यस्ता अकल्पनीय अभिव्यक्तिहरू दिन्छन्: “मानिस प्राचीन कालमा बाँदरबाट विकसित भएको हो, र आजको संसार लगभग एक युगअघि सुरु भएको आदिम समाजबाट आएको हो। कुनै देशको उन्नति हुन्छ कि पतन हुन्छ भन्ने कुरा पूर्ण रूपमा त्यहाँका मानिसहरूको हातमा हुन्छ।” पृष्ठभूमिमा, यसले मानिसलाई यसलाई भित्तामा झुन्ड्याएर वा टेबलमा राखेर यसको आराधना गर्न र यसलाई भेटीहरू चढाउन लगाउँछ। “परमेश्वर हुनुहुन्न” भनेर चिच्याउँदै गर्दा, त्यो आफैलाई परमेश्वरको रूपमा खडा गर्छ, कठोर भएर परमेश्वरलाई पृथ्वीको सीमाभन्दा बाहिर धकेलिदिन्छ, र परमेश्वरको ठाउँमा उभिन्छ अनि दियाबलसहरूको राजाको भूमिका सम्हाल्छ। कतिसम्म समझविहीन भएको! यसले मानिसमा भित्रैदेखि घृणा उत्पन्न गराउँछ। परमेश्वर र यो कट्टर शत्रु हुन्, र यी दुई सहअस्तित्वमा रहन सक्दैनन् भन्ने देखिन्छ। यो परमेश्वरलाई धपाउने षड्यन्त्र गर्छ तर आफूचाहिँ कानुनको पहुँचभन्दा बाहिर स्वतन्त्र रूपमा घुम्छ।[२] यो कस्तो दियाबलसहरूको राजा रहेछ! यसको अस्तित्वलाई कसरी सहन सकिन्छ? जबसम्म परमेश्वरको कामलाई अस्तव्यस्त पार्दैन र यसलाई पूर्ण रूपमा भद्रगोल पार्दैन तबसम्म यसले विश्राम लिनेछैन,[३] मानौँ यो अन्तिमसम्मै परमेश्वरको विरोध गर्न चाहन्छ, जहाँ कि त माछा मर्नुपर्छ कि त जाली फाट्नुपर्छ, जानीजानी आफूलाई परमेश्वरको विरुद्धमा खडा गर्छ र झन्-झन् नजिकबाट दबाब दिन्छ। यसको घिनलाग्दो मुहार धेरै अघि नै पूर्ण रूपमा उदाङ्गो भइसकेको छ, र यो अहिले समस्याहरूद्वारा पूर्ण रूपमा घेरिएको र पिरोलिएको छ,[४] तैपनि यसले परमेश्वरप्रतिको घृणामा कमी आउन दिनेछैन, मानौँ परमेश्वरलाई एकै गाँसमा निलेर मात्र यसले आफ्नो हृदयमा गुम्सिएको घृणालाई कम गर्न सक्नेछ। हामी यो परमेश्वरको शत्रुलाई कसरी सहने होला! यसको उन्मूलन र पूर्ण विनाश गरेपछि मात्र हाम्रो जीवनको इच्छा साकार हुनेछ। यसलाई कसरी निरन्तर रूपमा छाडा छोड्न मिल्छ र? यसले मानिसलाई यतिसम्म भ्रष्ट तुल्याएको छ कि मानिस स्वर्गको घामलाई चिन्दैन, र ऊ संवेदनहीन र मन्दबुद्धिको भएको छ। मानिसले सामान्य मानव समझ गुमाएको छ। भविष्यका सबै चिन्ता हटाउन र परमेश्वरको कामलाई चाँडो अभूतपूर्व उचाइमा पुर्याउनका लागि यसलाई नष्ट गर्न र जलाउन हाम्रो सम्पूर्ण अस्तित्व किन अर्पण नगर्ने? यी बदमासहरूको गिरोह मानिसको संसारमा आएको छ र त्यसले यसलाई अशान्त बनाएको छ। तिनीहरूले सम्पूर्ण मानवजातिलाई भीरको डिलमा पुर्याएका छन्, र तिनीहरूलाई धकेलेर टुक्रा-टुक्रा पार्ने गोप्य योजना बनाइरहेका छन् ताकि तिनीहरूले ती लासहरू निल्न पाऊन्। तिनीहरू परमेश्वरको योजनालाई नष्ट गर्ने र एकै पटक सबै कुरालाई दाउमा राखेर उहाँसँग प्रतिस्पर्धा गर्ने व्यर्थ आशा गर्छन्।[५] त्यो कुनै पनि हालतमा सजिलो छैन! आखिर, क्रूस दियाबलसहरूको राजाकै लागि तयार गरिएको छ, जो सबैभन्दा जघन्य अपराधहरूको दोषी छ। परमेश्वर क्रूसको हुनुहुन्न। उहाँले यसलाई दियाबलसतर्फ फ्याँकिसक्नुभएको छ। परमेश्वर योभन्दा धेरै अगाडि विजयी भइसक्नुभएको छ र मानवजातिका पापहरूमाथि अब दुख मान्नुहुन्न, बरु सारा मानवजातिलाई मुक्ति ल्याइदिनुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (७)
फूटनोटहरू:
१. “गैर-जैवनिम्नीकरणीय” यहाँ व्यङ्ग्यको रूपमा छ, जसको अर्थ मानिसहरू तिनीहरूको ज्ञान, संस्कृति र आध्यात्मिक दृष्टिकोणमा कठोर हुन्छन् भन्ने हो।
२. “व्यवस्थाले नभेट्ने ठाउँमा स्वतन्त्र रूपले घुम्दै” ले शैतान रिसले बौलाएर अनियन्त्रित भई दौडिन्छ भन्ने जनाउँछ।
३. “पूरै लथालिङ्ग” ले शैतानको हिंस्रक व्यवहार हेर्नु पनि असहनीय हुन्छ भन्ने जनाउँछ।
४. “चोटैचोट र नीलडामले भरिएको” भनेको दियाबलसहरूको राजाको कुरूप अनुहार हो।
५. “एउटै दाउमा सबै जित्ने” भनेको अन्तमा जित्ने आशामा आफ्नो सबै पैसा एउटै बाजीमा लगाउनु हो। यो शैतानका भयावह र नराम्रा योजनाहरूका लागि एउटा उपमा हो। यो वाक्यांश खिसी गर्नका निम्ति प्रयोग गरिन्छ।
क. चार पुस्तक र पञ्चोत्कृष्ट पुस्तकहरू चीनको कन्फ्युसियस धर्मका आधिकारिक पुस्तकहरू हुन्।
परमेश्वरका दैनिक वचनहरू अंश ३११
माथिदेखि तलसम्म र सुरुदेखि अन्त्यसम्म, शैतानले परमेश्वरको काममा बाधा पुर्याउँदै आएको छ र उहाँको विरोधमा काम गर्दै आएको छ। यी सबै “प्राचीन सांस्कृतिक सम्पदा,” मूल्यवान् “प्राचीन संस्कृतिको ज्ञान,” “ताओवाद र कन्फ्युसियसवादका शिक्षाहरू,” र “कन्फ्युसियन शास्त्रीय ग्रन्थहरू र सामन्ती संस्कारहरू” ले मानिसलाई नरकमा लगेका छन्। उन्नत आधुनिक विज्ञान र प्रविधि, साथै उच्च विकसित उद्योग, कृषि, र व्यापार कतै देखिँदैनन्। बरु, यसले त परमेश्वरको कामलाई जानाजानी अवरोध गर्न, विरोध गर्न, र भत्काउन प्राचीन समयका “बाँदरहरू” ले ल्याएका सामन्ती संस्कारहरूलाई जोड दिने काम मात्र गर्छ। यसले आजको दिनसम्म मानिसलाई निरन्तर कष्ट दिइरहेको मात्र होइन, यो त मानिसलाई सिङ्गै निल्न समेत चाहन्छ।[१] सामन्ती नैतिकताका शिक्षाहरूको प्रसारण र प्राचीन संस्कृतिको ज्ञानको हस्तान्तरणले मानवजातिलाई धेरै अघि नै सङ्क्रमित गरिसकेको छ, र तिनीहरूलाई साना-ठूला दियाबलसहरूमा परिणत गरेको छ। परमेश्वरलाई खुसीसाथ ग्रहण गर्नेहरू थोरै छन्, उहाँको आगमनलाई उल्लासपूर्वक स्वागत गर्नेहरू थोरै छन्। सम्पूर्ण मानवजातिको अनुहार हत्यारो नियतले भरिएको छ, र हरेक ठाउँमा, हावामा ज्यानमारा सास फैलिएको छ। तिनीहरू परमेश्वरलाई यस भूमिबाट बाहिर निकाल्न खोज्छन्; हातमा चक्कु र तरवार लिएर, तिनीहरू परमेश्वरलाई “सर्वनाश” गर्न युद्धको ढाँचामा आफूलाई उभ्याउँछन्। मानिसलाई निरन्तर रूपमा परमेश्वर हुनुहुन्न भनी सिकाइने दियाबलसहरूको यो सारा भूमिभरि मूर्तिहरू फैलिएका छन्, र माथिको हावा कागज र धूप जलाएको वाकवाकी लाग्ने गन्धले भरिएको छ, जुन निसास्सिने गरी बाक्लो छ। यो विषालु सर्पको छटपटीसँगै ठ्वास्स आउने हिलोको दुर्गन्ध जस्तै छ, यतिसम्म कि कोही पनि बान्ता नगरी बस्नै सक्दैन। यसबाहेक, दुष्ट पिशाचहरूले धर्मशास्त्रहरू जपिरहेको मधुरो आवाज सुन्न सकिन्छ, एउटा यस्तो आवाज जुन धेरै टाढा नरकबाट आइरहेको जस्तो लाग्छ, यतिसम्म कि कोही पनि नकामी बस्न सक्दैन। यस भूमिमा जताततै इन्द्रेणीका सबै रङका मूर्तिहरू राखिएका छन्, जसले गर्दा उक्त भूमि एउटा भड्किलो, चहकिलो संसारमा परिणत भएको छ, जबकि दियाबलसहरूको राजा दुष्टतापूर्वक हाँसिरहन्छ, मानौँ यसको षड्यन्त्र सफल भएको छ। यसैबीच, मानिस पूर्ण रूपमा बेखबर रहन्छ, र दियाबलसले उसलाई अचेत हुने र शिर झुकाउने हदसम्म भ्रष्ट तुल्याइसकेको छ भन्ने कुराको उसलाई कुनै भान हुँदैन। यो, एकै झट्कामा, परमेश्वरसम्बन्धी सबै कुरा मेटाउन, र फेरि एकपटक उहाँलाई अशुद्ध पार्न र उहाँको हत्या गर्न चाहन्छ; यो उहाँको कामलाई भत्काउन र बाधा दिन तल्लीन हुन्छ। यसले परमेश्वरलाई कसरी समान हैसियतको हुन दिन सक्छ र? यसले परमेश्वरले मानव संसारमा यसको काममा “हस्तक्षेप” गरेको यसले कसरी सहन सक्छ र? यसले कसरी परमेश्वरलाई यसको घिनलाग्दो मुहारको खुलासा गर्न दिन सक्छ र? यसले कसरी परमेश्वरलाई यसको काम अस्तव्यस्त पार्न दिन सक्छ र? क्रोधले रन्थनिएको यो दियाबलसले कसरी परमेश्वरलाई पृथ्वीमा रहेको यसको शाही दरबारमाथि नियन्त्रण जमाउन दिन सक्छ र? यसले उहाँको श्रेष्ठ शक्तिसामु कसरी स्वेच्छाले शिर झुकाउन सक्छ र? यसको घिनलाग्दो मुहार जस्ताको तस्तै प्रकट गरिएको छ, जसले गर्दा व्यक्ति हाँस्नु कि रुनुको अवस्थामा पुग्छ, र यसको वर्णन गर्न साँच्चै गाह्रो छ। के यसको सार यही होइन र? कुरूप प्राण बोकेर, तिनीहरू अझै पनि आफू विश्वास गर्नै नसकिने गरी सुन्दर रहेको विश्वास गर्छन्—अपराधमा संलग्न मतियारहरूको यो गिरोह![२] तिनीहरू सुखमा लिप्त हुन र कोलाहल मच्चाउन मरणशील क्षेत्रमा ओर्लन्छन्, र कामकुरालाई यति धेरै उथलपुथल पार्छन् कि संसार एउटा चञ्चल र अस्थिर ठाउँ बन्छ र मानिसको हृदय त्रास र असहजताले भरिन्छ, र तिनीहरूले मानिससँग यति धेरै खेलबाड गरेका छन् कि उसको रूप जङ्गली अमानवीय पशुको जस्तो, अत्यन्तै कुरूप बनेको छ, जसबाट मौलिक शुद्ध मानिसको अन्तिम नामोनिसान हराएको छ। यसबाहेक, तिनीहरू पृथ्वीमा सार्वभौम शक्ति ग्रहण गर्न समेत चाहन्छन्। तिनीहरू परमेश्वरको कामलाई यति धेरै अल्झाउँछन् कि यो मुस्किलले अघि सर्न सक्छ, र तिनीहरू मानिसलाई तामा र स्टिलको पर्खाललेझैँ कसिलो गरी बन्द गरिदिन्छन्। यति धेरै गम्भीर पाप गरेर र यति धेरै विपत्ति ल्याएर, के तिनीहरू अझै पनि सजाय नभई अरू नै केही आशा गरिरहेका छन्? दियाबलस र पिशाचहरू पृथ्वीमा केही समयदेखि उत्पात मच्चाइरहेका छन्, र तिनीहरूले परमेश्वरका अभिप्रायहरू र रगत-पसिना दुवैलाई यति कसिलो गरी थुनेका छन् कि केही पनि बाहिर निस्कन पाउँदैन। साँच्चै, यो एउटा घोर पाप हो! परमेश्वर कसरी व्याकुल नहुन सक्नुहुन्छ र? परमेश्वर कसरी नरिसाउन र? तिनीहरूले परमेश्वरको काममा गम्भीर बाधा पुर्याएका छन् र त्यसको विरोध गरेका छन्: कतिसम्म विद्रोही! ती साना-ठूला पिशाचहरू समेत सिंहको पछि लाग्ने स्यालहरू जस्तै व्यवहार गर्छन्, र दुष्ट प्रवाहको पछि लागेर जानाजानी बाधाहरू निम्त्याउँछन्। सत्यता थाहा पाएर पनि, तिनीहरू जानीजानी यसको विरोध गर्छन्, यी विद्रोहका पुत्रहरू! यस्तो लाग्छ, अब तिनीहरूको नरकको राजा राजाको सिंहासनमा विराजमान भएको हुनाले, तिनीहरू निश्चिन्त र आत्मसन्तुष्ट भएका छन्, र अरू सबैलाई तिरस्कारपूर्ण व्यवहार गर्छन्। तिनीहरूमध्ये कति जनाले सत्यता खोज्छन् र इन्साफ पछ्याउँछन्? तिनीहरू सबै पशु हुन्, सुँगुर र कुकुरसरह हुन्, गन्हाउने झिँगाहरूको गिरोहका नाइके हुन्, जो गोबरको थुप्रोमा बसेर आत्मसन्तुष्ट हुँदै टाउको हल्लाउँछन् र अनेक प्रकारका समस्या निम्त्याउँछन्।[३] तिनीहरू आफ्नो नरकको राजा सबैभन्दा महान् राजा भएको विश्वास गर्छन्, तर तिनीहरू आफै गन्हाउने झिँगासरह भएको अलिकति पनि थाहा पाउँदैनन्। तैपनि, तिनीहरू आफ्ना आमाबुबाका रूपमा रहेका सुँगुर र कुकुरहरूको शक्तिको फाइदा उठाएर परमेश्वरको अस्तित्वलाई बदनाम गर्छन्। आफू साना झिँगा भएकाले, तिनीहरू आफ्ना आमाबुबा निलो ह्वेल जत्तिकै ठूला छन् भन्ने विश्वास गर्छन्।[४] के तिनीहरूलाई आफू साना भए पनि, तिनीहरूका आमाबुबा तिनीहरूभन्दा करोडौँ गुणा ठूला फोहोरी सुँगुर र कुकुर हुन् भन्ने थाहा हुँदैन र? आफू नीच भएको थाहा नपाई, तिनीहरू तिनै सुँगुर र कुकुरहरूबाट निस्कने कुहिएको दुर्गन्धको भरमा उत्पात मच्चाउँछन्, लाजको वास्ता नगरी भविष्यका पुस्ताहरू जन्माउने व्यर्थ सोच बनाउँछन्! आफ्नो पिठ्युँमा हरियो पखेटा लिएर (यसले तिनीहरूले परमेश्वरमा विश्वास गर्ने दाबी गर्नुलाई जनाउँछ), तिनीहरू घमण्डले फुलेका हुन्छन् र जताततै आफ्नो सुन्दरता र आकर्षणको धाक लगाउँछन्, जबकि तिनीहरू आफ्नो शरीरमा भएको फोहोर सुटुक्क मानिसमाथि छ्याप्छन्। यसबाहेक, तिनीहरू आफैसँग अत्यन्तै प्रसन्न हुन्छन्, मानौँ तिनीहरू इन्द्रेणीको रङको एकजोडी पखेटाद्वारा आफ्नो फोहोर लुकाउन सक्छन्, र यी माध्यमहरूद्वारा तिनीहरू साँचो परमेश्वरको अस्तित्वलाई सताउँछन् (यसले धार्मिक संसारमा पर्दा पछाडि के भइरहेको छ भन्ने कुरालाई जनाउँछ)। झिँगाको पखेटा जतिसुकै मनमोहक रूपमा सुन्दर भए पनि, झिँगा आफैमा एउटा सानो प्राणी बाहेक अरू केही होइन, जसको पेट फोहोरले भरिएको हुन्छ र शरीर कीटाणुहरूले ढाकिएको हुन्छ भन्ने कुरा मानिसलाई कसरी थाहा हुन्छ र? आफ्ना आमाबुबाका रूपमा रहेका सुँगुर र कुकुरहरूको बलमा, तिनीहरू आफ्नो क्रूरतालाई लगाम नलगाई भूमिभरि उत्पात मच्चाउँछन् (यसले परमेश्वरलाई सताउने धार्मिक अधिकारीहरूले राष्ट्रको सरकारको बलियो समर्थनमा भर परेर साँचो परमेश्वर र सत्यतालाई धोका दिने तरिकालाई जनाउँछ)। यस्तो लाग्छ कि यहूदी फरिसीहरूका भूतहरू परमेश्वरसँगै ठूलो रातो अजिङ्गरको देशमा, आफ्नो पुरानो गुँडमा फर्केका छन्। तिनीहरूले केही हजार वर्षअघिको आफ्नो कामलाई फेरि सुरु गर्दै सतावटको अर्को श्रृङ्खला सुरु गरेका छन्। पतितहरूको यो समूह अन्ततः पृथ्वीमा नाश हुने निश्चित छ! केही सहस्राब्दी पछि अशुद्ध आत्माहरू अझ बढी चतुर र धूर्त भएका देखिन्छन्। तिनीहरू गोप्य रूपमा परमेश्वरको कामलाई निरन्तर कमजोर बनाउन चाहन्छन्। तिनीहरूसँग प्रशस्त चाल र चलाखीपूर्ण युक्तिहरू छन्, र तिनीहरू आफ्नो गृहभूमिमा केही हजार वर्षअघिको दुःखद घटनालाई दोहोर्याउन चाहन्छन्, र परमेश्वरलाई लगभग रुने बिन्दुसम्म पुर्याउँछन्। उहाँ तिनीहरूलाई सखाप पार्नका लागि तेस्रो स्वर्गमा फर्कनबाट आफूलाई मुस्किलले रोक्न सक्नुहुन्छ। मानिसले परमेश्वरलाई प्रेम गर्नका लागि, उसले अनिवार्य रूपमा उहाँका अभिप्रायहरू बुझ्नुपर्छ, उहाँका सुख र दुःखहरू थाहा पाउनुपर्छ, र उहाँ के कुरालाई घृणा गर्नुहुन्छ भनी बुझ्नुपर्छ। यसो गर्नाले मानिसको प्रवेशलाई अझ बढी बढावा दिनेछ। मानिसको प्रवेश जति छिटो हुन्छ, परमेश्वरका अभिप्रायहरू त्यति नै बढी पूरा हुन्छन्, मानिसले दियाबलसहरूको राजालाई त्यति नै छर्लङ्ग देख्छ, र ऊ परमेश्वरको त्यति नै नजिक पुग्छ, ताकि उहाँको चाहनालाई साकार पार्न सकियोस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (७)
फूटनोटहरू:
१. “निल्न” ले दियाबलसहरूको राजाको क्रूर व्यवहारलाई जनाउँछ, जसले मानिसहरूलाई सम्पूर्ण रूपमा मोहित गर्छ।
२. “अपराध गर्ने मतियारहरूको गिरोह” भनेको “गुन्डाहरूको दल” जस्तै हो।
३. “सबै किसिमका समस्याहरू उत्पन्न गर्छन्” भन्ने भनाइले भूतग्रस्त मानिसहरूले कसरी दङ्गा मच्चाउँछन्, परमेश्वरको काममा बाधा पुर्याउँछन् र विरोध गर्छन् भन्ने कुरालाई जनाउँछ।
४. “नीला ह्वेल माछाहरू” भन्ने वाक्य खिसी गर्नको लागि प्रयोग गरिन्छ। यो एउटा उपमा हो जसले झिँगाहरू यति सानो हुन्छन् कि सुँगुर र कुकुरहरू पनि तिनीहरूलाई ह्वेल माछाहरू जस्तै ठूलो लाग्छ भन्ने कुरालाई जनाउँछ।
परमेश्वरका दैनिक वचनहरू अंश ३१२
हजारौँ वर्षदेखिको फोहोर रहिआएको यो भूमि असहनीय रूपमा फोहोर छ, यसमा प्रचुर दुःख छ, प्रेतहरू जालझेल र छल गर्दै, आधारहीन आरोपहरू लगाउँदै,[१] क्रूर उपाय अपनाउँदै, यो भूतको सहरलाई कुल्चिमिल्ची गर्दै र त्यसमा लासहरू छरपस्ट छोड्दै जताततै अनियन्त्रित रूपमा दगुर्छन्; कुहिएको दुर्गन्धले भूमिलाई ढाक्छ र त्यो हावामा फैलिन्छ, र त्यसलाई कडा सुरक्षामा राखिन्छ।[२] आकाशभन्दा परको संसार कसले देख्न सक्छ? दियाबलसले मानिसको सम्पूर्ण शरीरलाई कसिलो गरी बाँधेर राख्छ, त्यसले उसका दुवै आँखा ढाकिदिन्छ, र उसका ओठहरू बलियो गरी बन्द गरिदिन्छ। दियाबलसहरूका राजाले हजारौँ वर्षदेखि आजको दिनसम्म उधुम मच्चाएको छ, जब यसले अझै पनि भूतको सहरमाथि निकट रूपमा नजर राख्छ, मानौँ यो पिशाचहरूको अभेद्य महल हो; यसबीच रखवारी गर्ने कुकुरहरूको यो झुन्डले परमेश्वरले उनीहरूलाई अप्रत्याशित रूपमा समातेर मेटाउनुहुनेछ, र उनीहरूलाई शान्ति र खुसीयालीको ठाउँबाट वञ्चित गर्नुहुनेछ भनी डराएर आँखा तर्छन्। यस्तो भूतको सहरका यस्ता मानिसहरूले कसरी परमेश्वरलाई देखेका हुन सक्छन् र? के तिनीहरूले कहिल्यै परमेश्वरको प्रियता र प्रेमिलो स्वभावको आनन्द उठाएका हुन सक्थे? के तिनीहरूले कहिल्यै मानव संसारका मामिला बुझ्ने सक्थे? तिनीहरूमध्ये कसले परमेश्वरका उत्सुक अभिप्राय बुझ्न सक्छ? त्यसैले देहधारी परमेश्वर पूर्ण रूपमा लुकेर रहनु त्यति अचम्मको कुरा होइन: पिशाचहरू निर्दयी र अमानवीय हुने यो जस्तो अन्धकारको समाजमा अलिकति पनि सङ्कोच नमानी मानिसहरूलाई मार्ने दियाबलसका राजाले एउटा यस्तो परमेश्वरको अस्तित्व कसरी सहन गर्न सक्थ्यो, जो प्रेमिलो, दयालु, साथै पवित्र पनि हुनुहुन्छ? त्यसले परमेश्वरको आगमनको प्रशंसा र जयजयकार कसरी गर्न सक्थ्यो? यी चाकरहरू! तिनीहरू दयाको बदलामा घृणा गर्छन्, तिनीहरूले धेरै पहिले नै परमेश्वरलाई शत्रुका रूपमा व्यवहार गर्न थालेका हुन्, तिनीहरू परमेश्वरसित दुर्व्यवहार गर्छन्, तिनीहरू चरम रूपमा बर्बर छन्, तिनीहरूमा परमेश्वरप्रति अलिकति पनि आदर छैन, तिनीहरू आक्रमण र लुटपाट गर्छन्, तिनीहरूले सबै विवेक गुमाएका छन्, तिनीहरू सबै विवेकको विरुद्धमा जान्छन्, र तिनीहरू निर्दोष मानवजातिलाई बहकाएर अचेत बनाउँछन्। के प्राचीन सन्तका उत्तराधिकारीहरू? के प्रिय अगुवाहरू? तिनीहरू सबै परमेश्वरको विरोध गर्ने नीच मानिस हुन्! तिनीहरूको हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। के धार्मिक स्वतन्त्रता? के नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै दुष्टतालाई ढाकछोप गर्ने युक्तिहरू हुन्। परमेश्वरको कामलाई कसले अङ्गालेको छ? परमेश्वरको कामका निम्ति कसले आफ्नो जीवन अर्पण गरेको वा आफ्नो रगत बगाएको छ? पुस्तौँपुस्तादेखि, आमाबुबादेखि छोराछोरीसम्म अटुट रूपले दासत्वमा परेको मानिसहरूले अमर्यादित रूपमा परमेश्वरलाई दास बनाएका छन्—यसले कसरी क्रोध जगाउँदैन र? सहस्राब्दीदेखिको घृणा हृदयमा जमेको छ, हजारौं वर्षको पापमय अवस्था हृदयमा कुँदिएको छ—यसले कसरी घृणा पैदा गर्दैन? परमेश्वरको लागि बदला लेऊ, उहाँको शत्रुलाई पूर्ण रूपमा नाश पार, त्यसलाई अब जथाभाबी दगुरि हिँड्न नदेऊ, र त्यसलाई तानाशाहीले जस्तो शासन गर्न नदेऊ! समय अहिले नै हो: त्यस दियाबलसको घृणित अनुहार तोड्न र अन्धो पारिएका र हरप्रकारका दुःख र कठिनाइ झेलेका मानिसहरूलाई तिनीहरूको पीडाबाट उठ्ने र त्यो बूढो दियाबलसको विरुद्ध विद्रोह गर्नका निम्ति मानिसले धेरै समयदेखि आफ्ना सबै शक्ति जम्मा गर्दैआएको छ, उसले आफ्ना सबै प्रयासहरू समर्पण गरेको छ र यसका लागि हरेक मूल्य चुकाएको छ। परमेश्वरको काममा त्यस्तो अभेद्य बाधा किन पार्नु? परमेश्वरका मानिसहरूलाई धोका दिन किन विभिन्न युक्तिहरू प्रयोग गर्नु? साँचो स्वतन्त्रता र वैधानिक अधिकार र हितहरू कहाँ छन्? निष्पक्षता कहाँ छ? सान्त्वना कहाँ छ? न्यानोपन कहाँ छ? परमेश्वरका जनतालाई झुक्याउन किन छली युक्तिहरू प्रयोग गर्नु? परमेश्वरको आगमनलाई दमन गर्न किन शक्तिको प्रयोग गर्नु? उहाँले सृष्टि गर्नुभएको पृथ्वीमा परमेश्वरलाई स्वतन्त्र रूपमा घुम्ने अनुमति किन नदिनु? परमेश्वरले उहाँको शिर टेकाउने ठाउँ कहीँ नपाउने गरी किन उहाँको खेदो गर्नु? मानिसहरूमाझ न्यानोपन कहाँ छ? मानिसहरूमाझ उहाँको स्वागत कहाँ छ? परमेश्वरको त्यत्ति धेरै चाहना किन पैदा गर्नु? परमेश्वरलाई किन घरीघरी बोलाउन लगाउनु? परमेश्वरलाई उहाँका प्रिय पुत्रका निम्ति चिन्तित हुनैपर्ने अवस्थासम्म किन घचघच्याउनु? यो समाज ज्यादै अँध्यारो छ—त्यसका घृणास्पद रक्षक कुकुरहरू किन परमेश्वरलाई उहाँले सृष्टि गर्नुभएको संसारमा स्वतन्त्र रूपमा आउन र जान दिँदैनन्? पीडा र कष्टको बीचमा जिउने मानिसले किन बुझ्दैन? तिमीहरूका खातिर, परमेश्वरले ठूलो यातना सहनुभएको छ, उहाँले ठूलो पीडा सहेर आफ्ना प्रिय पुत्र, उहाँको मासु र रगत तिमीहरूलाई दिनुभएको छ—र पनि तिमीहरू किन अझै पनि आँखा चिम्लिरहन्छौ? सबैले पूर्ण रूपमा देख्ने गरी, तिमीहरू परमेश्वरको आगमनलाई अस्वीकार गर्दछौ, र परमेश्वरको मित्रतालाई अस्वीकार गर्छौ। तिमीहरू किन यति धेरै अविवेकी छौ? के तिमीहरू यस्तो प्रकारको अँध्यारो समाजमा अन्यायहरू सहन इच्छुक छौ? तिमीहरू हजारौं वर्षको शत्रुताले आफ्नो पेट भर्नुको साटो, किन दियाबलसहरूको राजाको “गु” ले आफैलाई भर्ने गर्छौ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (८)
फूटनोटहरू:
१. “आधारहीन आरोपहरू लगाउँदै” ले ती तरिकाहरूलाई बुझाउँछ, जसद्वारा शैतानले मानिसहरूलाई हानि गर्दछ।
२. “कडा सुरक्षामा राखिन्छ” ले ती तरिकाहरू बुझाउँछ जसद्वारा शैतानले मानिसलाई कष्ट दिन्छ, जुन विशेष गरी क्रूर हुन्छ, र मानिसहरूलाई यत्ति धेरै नियन्त्रण गर्छ कि तिनीहरूका निम्ति चलमलाउन ठाउँ नै हुँदैन।
परमेश्वरका दैनिक वचनहरू अंश ३१३
यदि मानिसहरूले मानव जीवनको सही मार्ग र मानवजातिका निम्ति परमेश्वरको व्यवस्थापन योजनाको उद्देश्य साँचो र स्पष्ट रूपमा देख्न सके भने, तिनीहरू आफ्नो व्यक्तिगत भविष्य र नियतिलाई खजानाको रूपमा आफ्नो हृदयमा समातेर राख्दैनन्। तब तिनीहरूले आफ्ना बाबुआमाको सेवामा चासो राख्नेछैनन्, जो सुँगुर र कुकुरहरूभन्दा खराब छन्। के मानिसको भविष्य र नियति ठीक पत्रुसका वर्तमान समयका तथाकथित “आमाबाबुहरू” होइनन् र? तिनीहरू मानिसका देह र रगतजस्ता छन्। देहको गन्तव्य र भविष्य के हुनेछ? के यो जीवित छँदै परमेश्वरलाई देख्न पाउने अवस्था हुनेछ कि मृत्युपछि प्राणले परमेश्वरलाई भेट्ने अवस्था हुनेछ? के देह भोलि महासङ्कष्टको ठूलो भट्टीमा समाप्त हुनेछ कि अग्निकुण्डमा? मानिसको देहले दुर्भाग्य सहनेछ कि कष्ट भोग्नेछ भन्ने यी प्रश्नहरू के यस वर्तमान प्रवाहमा रहेका, मस्तिष्क भएका र संवेदनशील रहेका जोकोहीसित सबैभन्दा बढी सम्बन्धित सबैभन्दा ठूला समाचारहरू होइनन् र? (यहाँ, कष्टले आशिष पाउने कुरालाई जनाउँछ; यसको अर्थ भविष्यमा हुने परीक्षाहरू मानिसका गन्तव्यका लागि फाइदाजनक हुन्छन्। दुर्भाग्यले दृढ भई खडा हुन नसक्नु वा बहकाउनुलाई बुझाउँछ; वा यसको अर्थ व्यक्तिले दुर्भाग्यपूर्ण परिस्थितिहरूको सामना गर्नेछ र विपत्तिहरूमा परेर आफ्नो ज्यान गुमाउनेछ, र उसको प्राणको निम्ति कुनै उपयुक्त गन्तव्य हुनेछैन भन्ने हो।) मानिसहरूसँग राम्रो समझ भए पनि, सायद तिनीहरूले सोचेका कुराहरू तिनीहरूको समझशक्ति जुन कुराले सुसज्जित हुनुपर्छ त्योसँग पूर्ण रूपले मेल नखान सक्छ। किनकि तिनीहरू सबै भ्रमित हुन्छन् र अन्धाधुन्ध रूपमा कामकुराहरूलाई पछ्याउँछन्। तिनीहरू सबैले आफू के भित्र प्रवेश गर्नुपर्छ त्यो कुरा राम्ररी बुझ्नुपर्छ, र विशेष रूपमा महसंकष्टकालमा (अर्थात् आगोको भट्टीमा शोधन हुँदा) केमा प्रवेश गर्नुपर्छ, साथै आगोको परीक्षाको अवधिमा तिनीहरू कुन कुराले सुसज्जित हुनुपर्छ सो पत्ता लगाउनुपर्छ। सधैँ आफ्ना आमाबाबु (अर्थात् देह) को सेवा नगर् जो सुँगुर र कुकुरहरू जस्ता छन् र कमिला र उडुसहरू भन्दा पनि खराब छन्। यसप्रति व्याकुल हुनु, बलपूर्वक सोचविचार गर्नु र आफ्नो दिमागलाई कष्ट दिनुको के अर्थ छ? देह तेरो स्वामित्वमा छैन, यो त परमेश्वरको हातमा छ, जसले तँलाई नियन्त्रण मात्र गर्नुहुन्न, शैतानलाई पनि हुकुम गर्नुहुन्छ। (यसको अर्थ देह सुरुमा शैतानको स्वामित्वमा हुन्छ भन्ने हो। शैतान पनि परमेश्वरको हातमा छ, त्यसैले यस कुरालाई यो शब्दमा मात्र भन्न सकिन्छ। किनकि यस प्रकारले भन्दा धेरै पत्यारिलो हुन्छ; यसले मानिसहरू सम्पूर्ण रूपमा शैतानको सत्तामा छैनन्, बरु परमेश्वरको हातमा छन् भन्ने बुझाउँछ।) तँ देहको यातनामा परेर जिइरहेको छस्—तर के देह तेरो स्वामित्वमा छ त? के यो तेरो वशमा छ? त्यस विषयमा किन तेरो दिमागमा जोर लगाउँछस्? किन लामो समयदेखि तेरो सडेको देहको निम्ति निरन्तर परमेश्वरसँग बिन्ती गरिरहन्छस्, जुन लामो समयदेखि दोषी ठहरिएको, श्रापित भएको र अशुद्ध आत्माहरूद्वारा अशुद्ध पारिएको छ? शैतानका सहयोगीहरूलाई सधैँ तेरो हृदयको नजिक राख्नुको के आवश्यकता छ? के देहले तेरो वास्तविक भविष्यलाई, तेरा सुन्दर आशाहरूलाई र तेरो जीवनको साँचो गन्तव्यलाई बिगार्न सक्छ भन्ने कुरामा तँ चिन्तित हुँदैनस् र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसलाई व्यवस्थापन गर्नुको उद्देश्य
परमेश्वरका दैनिक वचनहरू अंश ३१४
आज, तिमीहरूले जे बुझ्न सकेका छौ त्यो इतिहासभरि कुनै पनि सिद्ध नबनाइएको व्यक्तिले बुझेको भन्दा उच्च छ। चाहे त्यो परीक्षाहरू सम्बन्धी तिमीहरूको ज्ञान होस् वा परमेश्वरमाथिको विश्वास, यो सब परमेश्वरमा विश्वास गर्ने कुनै विश्वासीको भन्दा बढी छ। तिमीहरूले बुझेका कुराहरू ती हुन् जुन तिमीहरूले वातावरणको परीक्षाहरूमा पर्नुभन्दा अघि जानेका थियौ, तर तिमीहरूको वास्तविक कद उनीहरूसँग पूर्ण रूपमा अमिल्दो छ। तिमीहरूले जे जानेका छौ त्यो तिमीहरूले अभ्यास गर्नेभन्दा उच्च छ। तिमीहरू परमेश्वरमा विश्वास गर्ने मानिसहरूले परमेश्वरलाई प्रेम गर्नुपर्छ, र आशिष्का लागि होइन बरु परमेश्वरका अभिप्रायहरू सन्तुष्ट पार्ने कोसिस गर्नुपर्छ त भन्छौ, तर तिमीहरूका जीवनमा प्रकट हुने कुराचाहिँ योभन्दा धेरै टाढा छ, र अत्यन्तै कलङ्कित छ। धेरै जना मानिसहरू शान्ति र अन्य फाइदाहरू पाउनका लागि परमेश्वरमा विश्वास गर्छन्। यदि त्यो तेरो आफ्नै फाइदाको कुरा होइन भने तँ परमेश्वरमा विश्वास गर्दैनस्, र यदि तैँले परमेश्वरका अनुग्रहहरू प्राप्त गर्न सकिनस् भने, तँ ठुस्किन्छस्। तँ जे भन्छस् त्यो कसरी तेरो वास्तविक कद हुन सक्छ? जब बच्चाहरू बिरामी हुने, प्रियजनहरू अस्पतालमा भर्ना हुने, कम उब्जनी, र परिवारका सदस्यहरूद्वारा सतावट जस्ता अपरिहार्य पारिवारिक घटनाहरूको कुरा आउँछ, प्रायः दिनदिनै भइरहने घटनाहरूसमेत तेरा निम्ति अति हुन्छन्। जब यस्ता कुराहरू हुन्छन्, तँ आत्तिन्छस्, र के गर्नुपर्ने हो सो जान्दैनस्—र प्रायजसो समय तँ परमेश्वरको बारेमा गुनासो गर्छस्। तँ परमेश्वरका वचनहरूले तँलाई छल गर्यो, परमेश्वरको कामले तेरो गिल्ला गऱ्यो भनी गुनासो गर्छस्। के तिमीहरूसँग त्यस्तो विचार छैन र? के तँ त्यस्ता कुराहरू आफूलाई विरलै हुन्छन् भनी सोच्छस्? तिमीहरू हरेक दिन त्यस्ता घटनाहरूको बीचमा जिउँछौ। तिमीहरू परमेश्वरमाथिको आफ्नो विश्वासको सफलता, र परमेश्वरका अभिप्रायहरू कसरी सन्तुष्ट पार्ने भन्ने विषयमा अलिकति पनि विचार गर्दैनौ। तिमीहरूको वास्तविक कद धेरै सानो छ, सानो चल्लाको भन्दा पनि सानो छ। जब तेरो परिवारको व्यवसायमा धन गुम्छ तब तँ परमेश्वरको बारेमा गुनासो गर्छस्, जब तँ आफूलाई परमेश्वरको सुरक्षा नभएको वातावरणमा पाउँछस् तँ अझै परमेश्वरको बारेमा गुनासो गर्छस्, र तेरो एउटा चल्ला मर्दा वा गोठमा बुढी गाई बिमार हुँदा पनि तँ गुनासो गर्छस्। तेरो छोराको बिहे गर्ने समय भइसक्दा पनि परिवारमा पुग्दो पैसा नहुँदा तँ गुनासो गर्छस्; तर तँ मेजमानको कर्तव्य निभाउन चाहन्छस्, तर त्यो खर्च उठाउन सक्दैनस्, र त्यसपछि तँ गुनासो गर्छस्। तँ गुनासोहरूले भरिएर पोखिन्छस्, र तँ यसैले गर्दा कहिलेकहीँ भेलाहरूमा भाग लिँदैनस् वा परमेश्वरका वचनहरू खाँदैनस् र पिउँदैनस्, कहिलेकहीँ धेरै लामो समयसम्म नकारात्मक हुन्छस्। आज तँलाई जे हुन्छ त्यसको तेरो सफलताको सम्भावना वा नियतिसँग कुनै सम्बन्ध छैन; यी कुराहरू त तैँले परमेश्वरमा विश्वास नगरेको भए पनि हुनेथिए, तैपनि आज तँ तिनको जिम्मेवारी परमेश्वरमा सार्छस्, र परमेश्वरले नै तँलाई हटाउनुभएको हो भनी जिद्दी गर्छस्। परमेश्वरमाथिको तेरो विश्वास के भयो? के तैँले साँच्चै आफ्नो जीवन अर्पण गरेको छस्? यदि तिमीहरूले पनि अय्यूबको जस्तै परीक्षाहरू भोगेका हुन्थ्यौ भने, आज परमेश्वरलाई पछ्याउने तिमीहरूमध्ये कोही पनि दृढ भई खडा हुन सक्ने थिएनौ, तिमीहरू झर्नेथियौ। अनि स्पष्ट रूपमा नै तिमीहरू र अय्यूबको बीचमा संसार जतिकै ठूलो भिन्नता छ। आज, तिमीहरूको आधा सम्पत्ति कब्जा गरिएको भए, तिमीहरू परमेश्वरको अस्तित्व इन्कार्ने आँट गर्नेथ्यौ; यदि तिमीहरूका छोराछोरी खोसिएको भए, तिमीहरू सडकहुँदो अन्याय भयो भन्दै हिँड्नेथ्यौ। यदि तेरो एक मात्र जीविका समाप्त भयो भने तँ प्रयास गरेरै त्यो विषयलाई परमेश्वरकहाँ लैजान खोज्नेथिइस्; मैले सुरुमा तँलाई डराउन किन त्यति धेरै वचनहरू भनें भनी तँ सोध्छस्। त्यस्तो समयमा तैँले गर्न आँट नगर्ने कुनै कुरा हुँदैन। यसले तिमीहरूले कुनै पनि सही अन्तर्दृष्टि प्राप्त गरेका छैनौ, र तिमीहरूमा कुनै वास्तविक कद छैन भनी देखाउँछ। यसैले, तिमीहरूमा भएका परीक्षाहरू धेरै ठूला छन्, किनकि तिमीहरू धेरै जान्दछौ, तर तिमीहरूले वास्तवमा जे बुझ्छौ त्यो तिमीहरूले जानेका हजारौं भागको एक भाग पनि हुँदैन। केवल बुझाइ र जान्ने काममा नै नरोकी; तैँले वास्तवमा कतिसम्म अभ्यास गर्न सक्छस्, तेरो आफ्नै परिश्रमको पसिनाद्वारा कतिसम्म पवित्र आत्माको ज्ञान र प्रकाश प्राप्त गरिएको थियो, अनि तेरा अभ्यासहरूमध्ये कति वटामा तैँले आफ्नो संकल्प पूरा गरेको छस् त्यो हेर्नु राम्रो हुन्छ। तैँले आफ्नो कद र अभ्यासलाई गम्भीरतासाथ लिनुपर्छ। परमेश्वरमाथिको तेरो विश्वासमा तैँले कसैको निम्ति झारा टार्ने प्रयास मात्र गर्नु हुँदैन—तैँले अन्त्यमा सत्य र जीवन प्राप्त गर्छस् कि गर्दैनस् भन्ने कुरा तँ आफैले गरेको सत्यको खोजीमा निर्भर गर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यास (३)
परमेश्वरका दैनिक वचनहरू अंश ३१५
कसै-कसैले आफूलाई सुन्दर ढङ्गले, तर बाहिरपट्टि मात्र सिङ्गार्छन्: दिदी-बहिनीहरू आफूलाई फूलजस्तै सुन्दर रूपमा सिङ्गार्छन्, र दाजुभाइहरूले राजकुमार वा धनी ठाँटिला जवानहरूले जस्तै पोसाक पहिरिन्छन्। तिनीहरूले बाहिरी थोकहरूको मात्र वास्ता राख्छन्, जस्तै तिनीहरूले खाने र लाउने थोकहरू; भित्रपट्टि तिनीहरू बेसाहारा हुन्छन् र परमेश्वरको अलिकति पनि ज्ञान हुँदैन। यसमा के अर्थ हुन सक्छ? अनि कोही-कोही हुन्छन् जो गरिब भिखारीको जस्तो लुगा लाउँछन्—तिनीहरू वास्तवमा पूर्वी एसियाली दासहरू जस्ता देखिन्छन्! म तिमीहरूबाट के माग्छु के त्यो तिमीहरू साँच्चै बुझ्दैनौ? तिमीहरू आपसमा सर-सल्लाह गर: तिमीहरूले वास्तवमा के प्राप्त गरेका छौ? तिमीहरूले यतिका वर्षसम्म परमेश्वरमा विश्वास गरेका छौ, र पनि तिमीहरूले कटनी गरेका कुराहरू यिनै हुन्—के तिमीहरू लज्जित छैनौ? के तिमीहरूलाई लाज लाग्दैन? तिमीहरू यतिका वर्षसम्म साँचो मार्गको पछि लागेका थियौ, तापनि आज तिमीहरूको कद एउटा भँगेरीको भन्दा कम छ! तिमीहरूबीचका जवान स्त्रीहरूलाई हेर, आफैलाई एक-अर्कासँग दाँज्दै, तिमीहरूका वस्त्रहरू र शृङ्गारमा तिमीहरू तस्विरहरूजस्तो सुन्दर छौ—अनि तिमीहरू केको तुलना गर्छौ? तिमीहरूका सुखचैन? तिमीहरूका मागहरू? के म मोडेलहरू भर्ना गर्न आएको हुँ भनी तिमीहरू सोच्छौ? तिमीहरूलाई कुनै लाज छैन! तिमीहरूको जीवन कहाँ छ? के तिमीहरूले खोज्ने भनेको तिमीहरूका आफ्नै असंयमित इच्छा होइन र? तिमीहरू अति धेरै सुन्दर छौ भनी तिमीहरू सोच्छौ, तर तैँले हरप्रकारले सर्वोत्तम वस्त्र लगाइस् भने पनि के तँ वास्तवमा गोबरको थाकमा जन्मेको स्याउँस्याउँ गर्ने कीरा होइनस् र? आज, तैँले जुन यी स्वर्गीय आशिषहरूको आनन्द लिने सौभाग्य पाएको छस् त्यो तेरो सुन्दर अनुहारको कारणले होइन, तर परमेश्वरले तँलाई माथि उठाएर छूट दिनुभएकोले गर्दा हो। तँ कहाँबाट आएको होस् भन्ने कुरा के अझै पनि तँलाई अस्पष्ट छ? जीवनको कुरा गर्दा, तँ मूर्तिजस्तो गुँगो बन्दै आफ्नो मुख बन्द गर्छस्, तापनि तँमा वस्त्र पहिरिने आँट छ। अझै पनि तँलाई आफ्नो अनुहारमा लाली र पाउडर लगाउन मन लाग्छ! र तिमीहरूको माझमा भएका ठाँटिला व्यक्तिहरूलाई हेर, अनियन्त्रित मानिसहरू, जसले विरक्त अनुहार पारेर आरामसाथ घुम्दै, लखर-लखर गर्दै पूरा दिन बिताउँछन्। के एउटा व्यक्तिले यस्तै व्यवहार गर्नुपर्छ? तिमीहरूको माझमा प्रत्येक पुरुष र स्त्रीले सारा दिन आफ्नो ध्यान कुन कुरामा लगाउँछौ? भोजन खानका निम्ति कसमाथि निर्भर छौ भनी के तिमीहरू जान्दछौ? तिमीहरूका वस्त्र हेर, तिमीहरूले आफ्ना हातहरूमा के कटनी गरेका छौ हेर, तिमीहरूका पेट माड, तिमीहरूले विश्वासमा यतिका वर्षसम्म रगत र पसिनाको मूल्य चुकाएर तिमीहरूलाई के लाभ भएको छ? तँ अझै पनि ठाउँहरू हेर्न जाने कुरा सोच्छस्, तँ अझै पनि आफ्नो दुर्गन्धित शरीरलाई सिङ्गार्न चाहन्छस्—व्यर्थका खोजहरू! तँलाई एक सामान्य व्यक्ति हुने अनुरोध गरिएको छ, तापनि अहिले तँ केवल असामान्य मात्र होइन, पथभ्रष्ट पनि होस्। त्यस्तो व्यक्तिले मेरो सामुन्ने आउने आँट कसरी गर्न सक्छ? अरूको प्रशंसा पाउन आफ्नो आकर्षण र शरीरको आडम्बर देखाउने त्यस्तो मानवता, जो सधैँ शरीरको अभिलाषामा जिउँछ—के तँ फोहोर भूतात्माहरू र दुष्टात्माहरूको सन्तान होइनस् र? म त्यस्तो फोहोर भूतात्मालाई लामो समयसम्म अस्तित्वमा रहन दिनेछैनँ! अनि तँ आफ्नो हृदयमा के सोच्छस् त्यो मलाई थाहा छैन भन्ने नठान्। तँ आफ्नो अभिलाषा र तेरो शरीरलाई कडा नियन्त्रणमा राख्न सक्छस् होला, तर तैँले आफ्नो हृदयमा राखेका विचारहरूलाई म कसरी जान्न सक्दिनँ र? तेरा आँखाहरूले चाहना गर्ने सबै कुरा म कसरी थाहा पाउन सक्दिनँ र? के तिमी जवान स्त्रीहरू तिमीहरूका शरीर प्रदर्शन गर्न आफैलाई सुन्दर बनाउँदैनौ र? तिमीहरूका लागि पुरुषहरू के फाइदाका हुन्छन्? के तिनीहरूले साँच्चै तिमीहरूलाई कष्टको समुद्रबाट बचाउन सक्छन् र? तिमीहरू माझका ठाँटिला मानिसहरूको विषयमा कुरा गर्दा, तिमीहरू सबै आफूलाई भद्र र विशिष्ट देखाउन वस्त्र पहिरिन्छौ, तर के यो तिमीहरूको आकर्षक रूपतिर ध्यान खिच्नलाई बनाइने छली योजना होइन र? तिमीहरूले यो कसका निम्ति गरिरहेका छौ? तिमीहरूका लागि स्त्रीहरू के फाइदाका हुन्छन्? के तिनीहरू तिमीहरूका पापको स्रोत होइनन् र? तिमी पुरुष र स्त्रीहरूलाई मैले आफ्ना धेरै वचनहरू भनेको छु, तापनि तिमीहरूले तीमध्ये थोरै मात्र पालना गरेका छौ। तिमीहरूका कानले सुन्न गाह्रो छ, तिमीहरूका आँखाहरू धमिला भएका छन्, र तिमीहरूका हृदय यतिसम्म कठोर भएको छ कि तिमीहरूको शरीरमा अभिलाषाबाहेक अरू केही छैन, जसको पासोमा तिमीहरू उम्कन नसक्ने गरी फसेका छौ। फोहोर र मैलामा मडारिने तिमी कीराहरूको नजिक आउन को चाहन्छ? यो नभुल, कि तिमीहरू तीभन्दा बढी होइनौ जसलाई मैले गोबरको थुप्रोबाट उठाएको छु, कि सुरुमा तिमीहरूमा सामान्य मानवता थिएन। मैले तिमीहरूसँग माग्ने भनेको सामान्य मानवता हो, जुन सुरुमा तिमीहरूसित थिएन, तिमीहरूले आफ्नो अभिलाषा प्रकट गर भनेर होइन वा तिमीहरूको गनाउने शरीरलाई खुल्ला अधिकार दिनुपर्छ भन्ने होइन, जसलाई दियाबलसहरूले धेरै वर्षदेखि तालीम दिएको छ। जब तिमीहरूले त्यस्तो प्रकारले वस्त्र लाउँछौ तब तिमीहरू अझ गहिरो रूपले पासोमा पर्नेछौ भनी डराउँदैनौ। के तिमीहरू सुरुमा पापको अधीनमा थियौ भन्ने तिमीहरूलाई थाहा छैन? के तिमीहरूलाई थाहा छैन कि तिमीहरूका शरीरहरू अभिलाषाले पूरा भरिएका छन् अनि त्यो तिमीहरूका वस्त्रबाट पनि चुहिन्छ, र यसले तिमीहरूको अवस्था सहनै नसकिने गरी घिनलाग्दो र फोहोर भूतात्माहरूको जस्तो छ भनी प्रकट गर्दछ। के यो अरू कसैले भन्दा तिमीहरूले अझ स्पष्ट रूपमा जानेको कुरा होइन र? तिमीहरूका हृदय, तिमीहरूका आँखा, तिमीहरूका ओठ—के ती सबै फोहोर भूतात्माद्वारा अपवित्र पारिएका छैनन् र? के तिमीहरूका यी अङ्गहरू फोहोर छैनन् र? के तैँले जबसम्म काम गर्दैनस् तबसम्म तँ अति पवित्र छस् भनी सोच्छस्? के तैँले सुन्दर वस्त्रहरू पहिरिएर तिमीहरूको फोहोर आत्माहरूलाई लुकाउन सक्छौ भनी सोच्छस्? त्यसले काम गर्नेछैन! म तिमीहरूलाई अझ बढी वास्तविक हुने सल्लाह दिन्छु: छली र नकली नबन, अनि आफैलाई प्रदर्शन नगर। तिमीहरू एक-अर्काको अभिलाषाको प्रशंसा गर्दछौ, तर त्यसको बदलीमा तिमीहरू अनन्त दुःख-कष्ट र निर्मम ताडना मात्रै पाउनेछौ। तिमीहरूले एकअर्कालाई आँखा झिम्क्याउने र रोमान्समा लिप्त हुने के आवश्यकता छ? के यो तिमीहरूका इमानदारीको मापन, तिमीहरूका सोझोपनको सीमा हो? म तिमीहरू माझका ती मानिसहरूलाई घृणा गर्दछु, जो खराब औषधि र मन्त्रतन्त्रमा लिप्त छन्; म तिमीहरू बीचका ती युवा र युवतीहरूलाई घृणा गर्दछु, जसले तिनीहरूका आफ्नै शरीरलाई प्रेम गर्दछन्। तिमीहरूले आफैलाई नियन्त्रणमा राख्नु राम्रो हुन्थ्यो, किनकि अब तिमीहरूले सामान्य मानवता धारण गर्नु आवश्यक छ, र तिमीहरूलाई आफ्नो अभिलाषाको प्रदर्शन गर्ने अनुमति छैन—तापनि तिमीहरू आफूले सके जति हरेक मौका लिन्छौ, किनकि तिमीहरूको देह अति नै धेरै छ र तिमीहरूका अभिलाषा अति नै ठूलो छ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यास (७)
परमेश्वरका दैनिक वचनहरू अंश ३१६
अब, तिमीहरूको खोजी प्रभावकारी भएको छ वा छैन त्यसको नाप तिमीहरूमा अहिले जे छ त्यसद्वारा गरिन्छ। तिमीहरूको परिणाम निर्धारण गर्न यही कुरा प्रयोग गरिन्छ; भन्नुको अर्थ तिमीहरूको परिणाम तिमीहरूले गरेका बलिदानहरूमा र तिमीहरूले गरेका कामकुराहरूका आधारमा प्रकट गरिन्छ। तिमीहरूको परिणाम तिमीहरूको पछ्याइ, तिमीहरूको विश्वास र तिमीहरूले गरेका कामकुराद्वारा प्रकट गर्न सकिन्छ। तिमीहरू सबैमध्ये धेरै जना यस्ता छन् जो पहिलेबाटै मुक्तिभन्दा धेरै पर छन्, किनकि आजको दिन मानिसका परिणामहरू प्रकट गर्ने दिन हो, र म मेरो काममा अस्तव्यस्त दिमाग भएको व्यक्ति हुनेछैन; मुक्तिबाट पूर्ण रूपमा पछि हुनेहरूलाई म अर्को युगमा डोऱ्याउनेछैनँ। एउटा यस्तो समय आउनेछ जब मेरो काम समाप्त हुन्छ। म ती दुर्गन्धित, आत्माविहीन लासहरूमा काम गर्नेछैनँ जसलाई पटक्कै मुक्ति दिन सकिँदैन। मानिसको मुक्तिका आखिरी दिनहरू अहिले नै हो, र म व्यर्थको काम गर्नेछैन। स्वर्ग र पृथ्वीको विरुद्ध निन्दा नगर—संसारको अन्त्य हुँदैछ, यो अपरिहार्य छ। स्थिति यस अवस्थामा आइपुगेको छ, र मानव जातिको रूपमा त्यसलाई रोक्नको लागि तैँले गर्न सक्ने कुनै कुरा छैन; तैँले आफ्नो इच्छाअनुसार स्थिति बदल्न सक्दैनस्। हिजो, तैँले सत्यता पछ्याउन मूल्य चुकाइनस् र तँ अर्पित थिइनस्; आज समय आएको छ, तँ मुक्तिभन्दा बाहिर छस्; अनि भोलि तँलाई हटाइनेछ, र तेरो मुक्तिको लागि कुनै उपमार्ग हुनेछैन। म दयालु र नरम हृदयको छु र म तँलाई मुक्ति दिन आफ्नो सक्दो प्रयास गर्दैछु, तर यदि तँ आफ्नो तर्फबाट कोसिस गर्दैनस् वा आफैले केही सोच्दैनस् भने, त्योसँग मेरो के सरोकार हुन्छ र? जसले आफ्नो देहको बारेमा मात्र सोच्छ र आराम-सुविधा उपभोग गर्छ; जसले विश्वास गरेकोजस्तो देखिन्छ तर वास्तवमा विश्वास गरेका हुँदैनन्, जो खराब औषधी र मन्त्रतन्त्रमा लागेका हुन्छन्, जो लम्पट र विघटित छन्; जसले यहोवालाई चढाइएका बलिहरू र उहाँका सम्पत्तिहरू चोर्छन्, जसले घूसहरू मन पराउँछन्; जो केही नगरिकन स्वर्गमा उक्लने सपना देख्छन्; जो अहङ्कारी र अभिमानी छन्, जो व्यक्तिगत ख्याति र प्राप्तिका लागि मात्र प्रतिस्पर्धा गर्छन्; जो अशिष्ट वचनहरू फैलाउँछन्; जो परमेश्वरको स्वयम्को ईशनिन्दा गर्छन्; जो केही गर्दैनन् तर स्वयम् परमेश्वरको विरुद्ध दोष लाउँछन् र उहाँको गिल्ला गर्छन्; जो समूहहरू बनाउँछन् र स्वतन्त्रताको खोजी गर्छन्; जो परमेश्वरभन्दा आफूलाई उच्च पार्छन्; ती अगम्भीर युवाहरू, प्रौढहरू र वृद्ध-वृद्धा पुरुष र महिलाहरू, जो व्यभिचारमा फसेका छन्; व्यक्तिगत ख्याति र प्राप्तिको आनन्द लिने र अरूको बीचमा व्यक्तिगत हैसियत पछ्याउने ती पुरुष र महिलाहरू, पापमा फसेका ती अपश्चात्तापी मानिसहरू—के तिनीहरू सबै मुक्तिभन्दा बाहिर छैनन् र? व्यभिचार, पापी अवस्था, खराब औषधी, मन्त्रतन्त्र, ईशनिन्दात्मक शब्दहरू, र अशिष्ट शब्दहरू सबैले तिमीहरूमाझ दङ्गा मच्चाउँछन्; तिमीहरूमाझमा सत्यता र जीवनका वचनहरू कुल्चिइन्छन् र तिमीहरूमाझ पवित्र वचनहरू अशुद्ध पारिन्छन्। तिमी अन्यजातिहरू, फोहोर र विद्रोहले फुलिएका छौ! तिमीहरूको परिणाम के हुनेछ? जसले देहलाई प्रेम गर्दछन्, जसले देहको मन्त्रतन्त्र गर्दछन् र जो व्यभिचारको पापमा फसेका छन् तिनीहरूसँग जीवित रहने साहस कसरी हुन सक्छ! के तिमीलाई थाहा छैन, कि तिमीहरूजस्ता मानिसहरू मुक्ति पाउनै नसक्ने कीराहरू हौ? तिमीहरूलाई यो र त्यो माग गर्ने अधिकार कुन कुराले दिन्छ? आजको मितिसम्म, सत्यलाई प्रेम नगर्नेहरू र केवल देहलाई प्रेम गर्नेहरूमा अलिकता पनि परिवर्तन आएको छैन—त्यस्ता मानिसहरूले कसरी मुक्ति पाउन सक्छन्? जो जीवनको मार्गलाई प्रेम गर्दैनन्, जो परमेश्वरलाई उच्च पार्दैनन् र उहाँको साक्षी दिँदैनन्, जो आफ्नै हैसियतका खातिर युक्ति रच्छन्, जो आफैलाई उच्च पार्छन्—के तिनीहरू आज पनि त्यस्तै छैनन् र? तिनीहरूलाई मुक्ति दिनुको मूल्य के छ र? तैँले मुक्ति पाउन सक्छस् कि सक्दैनस् भन्ने कुरा तेरो वरिष्ठता कति ठूलो छ वा तैँले कति वर्षदेखि काम गर्दै आएको छस् भन्ने कुरामा निर्भर हुँदैन, र यो तैँले कति वटा योग्यता-प्रमाणहरू प्राप्त गरेको छस् भन्ने कुरामा त झनै निर्भर हुँदैन। बरु, यो त तेरो पछ्याइले फल फलाएको छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ। तैँले यो जान्नु पर्दछ, जसलाई मुक्ति दिइएको छ तिनीहरू फल फलाउने “रूखहरू” हुन्, रमणीय पातहरू र प्रशस्त फूलहरू मात्र भएको तर फल नफल्ने रूखहरू होइनन्। यदि तैँले धेरै वर्ष गल्लीहरूमा घुमेर बिताएका छस् भने पनि, त्यसले के फरक पार्छ र? तेरो गवाही कहाँ छ? तँसँग आफैलाई प्रेम गर्ने र तेरा कामुक चाहनाहरूप्रति मोहित हुने हृदयभन्दा परमेश्वरको डर मान्ने हृदय धेरै कम छ—के यस प्रकारको व्यक्ति पतित होइन र? ऊ कसरी मुक्तिको नमुना र प्रारूप बन्न सक्छ? तेरो प्रकृति सुधार्न नसकिने छ, तँमा अति धेरै विद्रोहीपन छ, तैँले छुटकारा पाउनै सक्दैनस्! के यस्ता मानिसहरू हटाइने मानिसहरू होइनन्? के मेरो काम समाप्त हुने समय तेरो अन्तिम दिन आउने समय होइन र? मैले तिमीहरूमाझ अत्यन्तै धेरै काम गरेको र अत्यन्तै धेरै वचनहरू बोलेको छु—त्यसमध्ये कति साँच्चै तिमीहरूको कानमा पसेको छ? त्यसमध्ये कतिप्रति तिमीहरू कहिल्यै समर्पित भएका छौ? जब मेरो काम समाप्त हुन्छ, त्यो तैँले मेरो विरोध गर्न छोड्ने, तँ मेरो विरुद्धमा खडा हुन छोड्ने समय हुनेछ। मैले काम गर्दै गर्दा, तिमीहरू निरन्तर मेरो विरुद्ध काम गर्दछौ; तिमीहरू कहिल्यै मेरा वचनहरू पालन गर्दैनौ। म मेरो काम गर्दछु, र तँ तेरो आफ्नै “काम” गर्छस्, र आफ्नै सानो राज्य बनाउँछस्। तिमीहरू मविरुद्ध काम गर्नेबाहेक अरू केही नगर्ने स्याल र कुकुरहरूको बथान हौ! तिमीहरूलाई आफ्नो अविभाजित प्रेम दिनेहरूलाई तिमीहरू आफ्नो अङ्गालोमा ल्याउने निरन्तर कोसिस गरिरहेका छौ—तिमीहरूको डर मान्ने हृदय कहाँ छ? तिमीहरूले गर्ने सबै कुरा छली छन्! तिमीहरूसँग कुनै समर्पण वा डर छैन, र तिमीहरूले गर्ने सबै कुरा छली र ईशनिन्दात्मक छन्! के त्यस्ता मानिसहरूले मुक्ति पाउन सक्छन्? यौन रूपमा अनैतिक र कामुक पुरुषहरू सधैँ उनीहरूका आफ्नै आनन्दका निम्ति उत्ताउली वेश्याहरूलाई आकर्षित गर्न चाहन्छन्। म त्यस्ता यौन अनैतिक भूतात्माहरूलाई पटक्कै मुक्ति दिनेछैनँ। म तिमी फोहोर पिशाचहरूलाई पूर्ण रूपमा घृणा गर्छु, र तिमीहरूका कामुकता र उत्ताउलोपनले तिमीहरूलाई नरकमा डुबाउनेछन्। तिमीहरूको आफ्नै बारेमा तिमीहरूको भनाइ के छ? तिमी फोहोर पिशाच र दुष्टात्माहरू तिरस्कार्य छौ! तिमीहरू घिनलाग्दा छौ! यस्तो फोहोरलाई कसरी मुक्ति दिन सकिन्छ र? के पापमा फस्नेहरूलाई अझै मुक्ति दिन सकिन्छ? आज, तिमीहरूको हृदय यो सत्यता, यो मार्ग र यो जीवनप्रति आकर्षित छैन; बरु, त्यो त पापीपन, पैसा, हैसियत, ख्याति, प्राप्ति, देहको आनन्द, साथै पुरुषको सुन्दरता र महिलाको उत्ताउलोपनतर्फ आकर्षित छ। त्यसले तिमीहरूलाई कसरी मेरो राज्यमा प्रवेश गर्न योग्य बनाउँछ? तिमीहरूका छविहरू परमेश्वरको भन्दा पनि ठूला छन्, तिमीहरूको हैसियत परमेश्वरको भन्दा पनि उच्च छ, मानिसहरूमाझ तिमीहरूको इज्जतको त झन् कुरै नगरौँ—तिमीहरू वास्तवमा मानिसहरूले पूजा गर्ने मूर्ति बनेका छौ। के तिमीहरूमध्ये प्रत्येक नै प्रधान स्वर्गदूत बनेका छैनौ र? जब मानिसहरूका परिणामहरू प्रकाश गरिन्छन्, जुन बेला मुक्तिको काम पनि त्यसको अन्त्य नजिकै आइपुगेको हुनेछ, तब तिमीहरूमध्ये धेरै जना मुक्ति पाउन नसक्ने लासहरू भइसकेका हुनेछौ र तिमीहरूलाई हटाउनैपर्ने हुन्छ। मुक्तिको कामको बेला, म सबै मानिसहरूप्रति दयालु र भलो हुन्छु। जब काम समाप्त हुन्छ, तब फरक-फरक प्रकारका मानिसका परिणामहरू प्रकट हुनेछन्, र त्यस बेला म दयालु र असल हुनेछैनँ, किनकि मानिसहरूका परिणामहरू प्रकट भइसकेका हुनेछन्, र हरेकलाई आ-आफ्नो प्रकारअनुसार वर्गीकृत गरिएको हुनेछ, र मुक्तिको युग बितिसकेको हुने, र बितिसकेपछि त्यो नफर्किने भएकै कारण थप मुक्तिको काम गर्नुको कुनै फाइदा हुनेछैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यास (७)
परमेश्वरका दैनिक वचनहरू अंश ३१७
मानिस अहिलेसम्म अन्धकारको प्रभावको कवचमुनि जिएको छ, शैतानको प्रभावको बन्धनमा परेको छ, उम्कनलाई असमर्थ छ, र उसको स्वभाव शैतानद्वारा संचालित गरिएकोले निरन्तर रूपमा भ्रष्ट हुन्छ। यसो भन्न सकिन्छ कि मानिस सँधै उसको भ्रष्ट शैतानी स्वभावमा जिएको छ र ऊ परमेश्वरलाई साँचो प्रेम गर्न असक्षम छ। यसो भएको हुनाले, यदि मानिसले परमेश्वरलाई प्रेम गर्ने इच्छा गर्दछ भने, उसले आफ्नो आत्म-धार्मिकता, अहम्ता, अहङ्कार, अभिमान र यस्तै कुराहरू—शैतानका स्वभावका हरेक कुराहरू फाल्नैपर्छ। नत्र भने, उसको प्रेम अशुद्ध प्रेम, शैतानी प्रेम, र पूर्ण रूपले परमेश्वरको स्वीकृती प्राप्त गर्न नसक्ने प्रेम हो। पवित्र आत्माद्वारा प्रत्यक्ष रूपमा सिद्ध, तोडिएका, काँटछाँट गरिने, अनुशासित गरिने, ताडना दिइने र शोधन गरिने जस्ता कार्य नगरिकन, कोही पनि परमेश्वरलाई साँचो प्रेम गर्न सक्षम हुँदैन। यदि तपाईंको स्वभावका केही भागले परमेश्वरलाई प्रतिनिधित्व गर्दछ भने, त्यसकारण तपाईं साँचो रूपले परमेश्वरलाई प्रेम गर्न सक्षम हुनुहुन्छ भनी तपाईंले भन्नुहुन्छ भने, तपाईं त्यस्तो व्यक्ति हुनुहुन्छ जसको वचनहरू अहङ्कार पूर्ण छन्, र तपाई हाँस उठ्दो हुनुहुन्छ। यस्ता मानिसहरू प्रधान स्वर्गदूत हुन्! मानिसको जन्मजात प्रकृतिले सिधै परमेश्वरलाई प्रतिनिधित्व गर्न असक्षम हुन्छ; उसले परमेश्वरको सिद्धतामार्फत आफ्नो जन्मजात स्वभावलाई फाल्नैपर्छ, त्यसपछि मात्र—परमेश्वरका अभिप्रायहरूलाई ख्याल गरेर, परमेश्वरका अभिप्रायहरूलाई सन्तुष्ट पारेर, साथै पवित्र आत्माको कामलाई भोगेर मात्र—उसले जिउने कुरालाई परमेश्वरले मान्यता दिन सक्नुहुन्छ। देहमा जिउने कसैले पनि परमेश्वरको सीधै प्रतिनिधित्व गर्न सक्दैन, कि त ऊ पवित्र आत्माद्वारा प्रयोग गरिएको व्यक्ति नै हुनुपर्छ। तर, यस्तो व्यक्तिका हकमा पनि, उसको स्वभाव र उसले जिउने कुराले सम्पूर्ण रूपमा परमेश्वरलाई प्रतिनिधित्व गर्दछ भनी भन्न सकिँदैन; यति मात्र भन्न सकिन्छ कि उसले जिउने कुरा पवित्र आत्माद्वारा निर्देशित हुन्छ। यस्तो व्यक्तिको स्वभावले परमेश्वरको प्रतिनिधित्व गर्न सक्दैन।
मानिसको स्वभावलाई परमेश्वरद्वारा निधो भए तापनि—यो निर्विवाद छ र यसलाई एउटा सकारात्मक कुरा ठान्न सकिन्छ—यसलाई शैतानद्वारा प्रशोधित गरिएको हुन्छ, र त्यसैले मानिसको सम्पूर्ण स्वभाव शैतानको स्वभाव हो। केही मानिसहरूले के भन्छन् भने परमेश्वरको स्वभाव भनेको सिधा तरिकाले कामकुरा गर्नु हो, र यो तिनीहरूमा पनि प्रकट हुन्छ, तिनीहरूको व्यक्तित्व पनि यस्तै छ, र त्यसैले तिनीहरू भन्छन् कि तिनीहरूका स्वभावले परमेश्वरलाई प्रतिनिधित्व गर्दछ। यी कस्ता किसिमका मानिसहरू हुन्? के भ्रष्ट शैतानी स्वभाव परमेश्वरको प्रतिनिधित्व गर्न सक्षम छ? तिनीहरूका स्वभावले परमेश्वरको प्रतिनिधित्व गर्छ भनेर घोषणा गर्ने जो कसैले परमेश्वरको निन्दा गर्दछन् र पवित्र आत्माको अवहेलना गर्दछन्। पवित्र आत्माले काम गर्नुहुने विधिले देखाउँछ कि पृथ्वीमा भएको परमेश्वरको काम पूर्ण रूपले विजेताको काम हो। त्यस्तै, मानिसको धेरै भ्रष्ट शैतानी स्वभावहरू अझै शुद्ध पारिनुपर्छ, उसले जिएका कुराहरू अझै शैतानको स्वरूप नै हो, मानिसले यसलाई असल हो भनेर विश्वास गर्छ, र यसले मानिसको शरीरको कामहरूको प्रतिनिधित्व गर्दछ; अझ सटीक रूपले भन्नुपर्दा, यसले शैतानलाई प्रतिनिधित्व गर्दछ र पूर्ण रूपले परमेश्वरलाई प्रतिनिधित्व गर्न सक्दैन। पृथ्वीमा नै स्वर्गको जीवनलाई उपभोग गर्ने गरी परमेश्वरलाई अघिबाट नै प्रेम गर्नेहरू यसो भन्ने अभिव्यक्तिहरू व्यक्त गर्न सक्षम हुन्छन्: “हे परमेश्वर! म तपाईँलाई पर्याप्त प्रेम गर्न सक्दिनँ,” र सबभन्दा उच्च क्षेत्रमा पुगेका छन् भने पनि, अझै तिनीहरूले परमेश्वरअनुसार जिउँछन् वा परमेश्वरलाई प्रतिनिधित्व गर्दछन् भनेर भन्न सकिँदैन, किनकि मानिसका सार परमेश्वरको जस्तो हुँदैन, र मानिसले कहिल्यै उहाँअनुसार जिउन सक्दैन, उहाँ बन्ने त कुरै छाडौँ। पवित्र आत्माले मानिसलाई जिउन जे निर्देशित गर्नुभएको छ, त्यो परमेश्वरले मानिसबाट माग गर्नुभएको कुराअनुसारको मात्र हुन्छ।
शैतानका सबै क्रियाकलाप र कार्य मानिसमा प्रकट हुन्छन्। आज, मानिसका सबै क्रियाकलाप र कार्य शैतानका अभिव्यक्ति हुन्, त्यसैले तिनले परमेश्वरको प्रतिनिधित्व गर्न सक्दैनन्। मानिस शैतानको मूर्त रूप हो, र मानिसको स्वभावले परमेश्वरको स्वभावको प्रतिनिधित्व गर्न सक्दैन। कतिपय मानिसको व्यक्तित्व राम्रो हुन्छ; परमेश्वरले त्यस्ता मानिसहरूको व्यक्तित्वमार्फत केही कामकुरा गर्न सक्नुहुन्छ, र तिनीहरूले गर्ने कामकुराहरू पवित्र आत्माद्वारा निर्देशित हुन्छन्। तैपनि तिनीहरूको स्वभावले परमेश्वरको प्रतिनिधित्व गर्न सक्दैन। तिनीहरूमा काम गर्दा, परमेश्वरले केवल पहिलेदेखि नै भित्र रहेको कुरा प्रयोग गरिरहनुभएको हुन्छ र उपलब्ध “सामग्री” उपयोग गरिरहनुभएको हुन्छ। बितेका युगहरूका अगमवक्ताहरू होऊन् वा परमेश्वरद्वारा प्रयोग गरिएकाहरू होऊन्, कसैले पनि उहाँको प्रत्यक्ष प्रतिनिधित्व गर्न सक्दैन। मानिसहरू सबै परिस्थितिहरूको दबाबमा परेर मात्र परमेश्वरलाई प्रेम गर्न पुग्छन्, र एक जनाले पनि स्वेच्छाले सहकार्य गर्न प्रयास लगाउँदैन। सकारात्मक कुराहरू के हुन्? सिधै परमेश्वरबाट आउने सबै कुरा सकारात्मक हुन्; तर, मानिसको स्वभाव शैतानद्वारा प्रशोधन गरिएको छ, र यसले परमेश्वरको प्रतिनिधित्व गर्न सक्दैन। प्रेम, दुःख भोग्ने सङ्कल्प, धार्मिकता, समर्पण, अनि देहधारी परमेश्वरको नम्रता र गुप्तताले मात्र प्रत्यक्ष रूपमा परमेश्वरको प्रतिनिधित्व गर्छन्। किनभने जब उहाँ आउनुभयो, उहाँ पापी प्रकृतिबिना आउनुभयो र शैतानद्वारा प्रशोधित नभई सिधै परमेश्वरबाट आउनुभयो। येशू पापी देहको स्वरूपमा मात्र हुनुहुन्छ र उहाँ पापको प्रतिनिधित्व गर्नुहुन्न; त्यसकारण, क्रूसीकरणमार्फत उहाँले काम पूरा गर्नुभन्दा अघिको समयसम्म (उहाँको क्रूसीकरणको क्षणसहित), उहाँका क्रियाकलाप, कार्य, र वचनहरू सबैले प्रत्यक्ष रूपमा परमेश्वरको प्रतिनिधित्व गर्छन्। पापी प्रकृति भएको कसैले पनि परमेश्वरको प्रतिनिधित्व गर्न सक्दैन, र मानिसको पापले शैतानको प्रतिनिधित्व गर्छ भनी प्रमाणित गर्न येशूको उदाहरण नै पर्याप्त छ। भन्नुको मतलब, पापले परमेश्वरको प्रतिनिधित्व गर्दैन, र परमेश्वर पापरहित हुनुहुन्छ। पवित्र आत्माद्वारा मानिसमा गरिएको कामलाई समेत पवित्र आत्माद्वारा निर्देशित गरिएको मात्र मान्न सकिन्छ, र परमेश्वरको तर्फबाट मानिसले गरेको हो भनेर भन्न मिल्दैन। तर, मानिसको सवालमा, न त उसको पापले न त उसको स्वभावले परमेश्वरको प्रतिनिधित्व गर्छ। विगतदेखि आजको दिनसम्म पवित्र आत्माले मानिसमा गर्नुभएको कामलाई हेर्दा, मानिसले जे जिउँछ त्यो सबै पवित्र आत्माले ऊमाथि काम गर्नुभएको कारणले हो। पवित्र आत्माको काटछाँट र ताडनामा परेपछि निकै कमले मात्र सत्यता जिउन सक्छन्। भन्नुको मतलब, पवित्र आत्माको काम मात्र रहेको हुन्छ; मानिसको तर्फबाट सहकार्य हुँदैन। के तँ अब यो कुरा स्पष्ट रूपमा देख्छस्? यसो हुँदा, पवित्र आत्माले काम गर्दा उहाँसँग सहकार्य गर्न र आफ्नो कर्तव्य पूरा गर्न तैँले कसरी आफ्नो सक्दो प्रयास गर्नेछस्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। भ्रष्ट मानिसले परमेश्वरलाई प्रतिनिधित्व गर्न सक्दैन
परमेश्वरका दैनिक वचनहरू अंश ३१८
परमेश्वरमा तेरो विश्वास, सत्यताको तेरो खोजी, र तैँले आफैलाई व्यवहार गर्ने तेरो शैली समेत पनि सबै यथार्थमाथि आधारित हुनुपर्छ: तैँले गर्ने हरेक कुरा व्यवहारिक हुनुपर्छ, र जुन कुराहरू भ्रामक र काल्पनिक छन् ती तैँले पछ्याउनु हुँदैन। यस्तो प्रकारले व्यवहार गर्नुको कुनै मूल्य हुँदैन, र यति मात्र होइन, यस्तो जीवनको कुनै अर्थ हुँदैन। तेरो खोजी र तेरो जीवन असत्यता र छलभन्दा बढि कुनै कुराको बीचमा नबिताउने हुनाले, र तैँले मूल्य र महत्त्व भएका कुराहरू नपछ्याउने हुनाले, तैँले हासिल गर्ने कुराहरू भनेका निरर्थक तर्क र सिद्धान्त मात्र हुन् जुन सत्यताका कुराहरू होइनन्। यस्ता कुराहरूले तेरो अस्तित्वको महत्त्व र मूल्यसँग कुनै सम्बन्ध राख्दैनन्, र तँलाई खोक्रो जगतमा मात्र ल्याउन सक्छन्। यसरी, तेरो सम्पूर्ण जीवन कुनै मूल्य वा अर्थरहित हुनेछ—अनि यदि तैँले अर्थको जीवन खोजी गरिनस् भने, तँ एक सय वर्ष नै बाँच्न सके पनि यो सबै बेकामको हुनेथियो। त्यसलाई कसरी मानव जीवन भन्न सकिन्थ्यो र? के यो वास्तवमा पशुको जीवन होइन र? यसै गरी, यदि तिमीहरूले परमेश्वरमा विश्वासको मार्ग पछ्याउन कोसिस गर्यौ, तापनि देख्न सकिने परमेश्वरलाई पछ्याउने कुनै प्रयत्न गर्दैनौ र यसको सट्टामा अदृश्य र अमूर्त परमेश्वरलाई आराधना गर्छौ भने, यस्तो खोजी अझ धेरै निरर्थक हुँदैन र? अन्तमा, तेरो खोजी भग्नावशेषको थुप्रो बन्नेछ। यस्तो खोजले तँलाई के लाभ दिन्छ? मानिसको सबैभन्दा ठूलो समस्या भनेको यही हो कि उसले हेर्न र स्पर्श गर्न नसकिने कुराहरूलाई मात्र प्रेम गर्छ, जुन कुराहरू अति रहस्यमय र आश्चर्यपूर्ण छन्, र जुन कुराहरू मानिसद्वारा अकल्पनीय छन् र फगत मरणशीलहरूद्वारा हासिल गर्न नसकिने छन्। यी कुराहरू जति धेरै अवास्तविक हुन्छन्, त्यत्ति नै धेरै तिनलाई मानिसहरूद्वारा विश्लेषण गरिन्छन्, र मानिसहरूले तिनलाई अरू सबैभन्दा बेमतलबी भएर समेत पछ्याउँछन्, र तिनलाई पाउने प्रयत्न गर्छन्। ती जति धेरै अवास्तविक हुन्छन्, त्यत्ति नै धेरै मानिसहरूले तिनको बारे तिनीहरूको आफ्नै पूर्ण धारणहरू बनाउने हदसम्म पर गएर समेत तिनलाई नजिकबाट परीक्षण र विश्लेषण गर्छन्। त्यसको विपरीत, कुराहरू जति धेरै व्यावहारिक हुन्छन्, मानिसहरू तीप्रति त्यत्ति नै धेरै बेपर्बाही हुन्छन्; तिनीहरूले तिनलाई फुटेका आँखाले समेत हेर्दैनन्, र तिनलाई उपेक्षा समेत गर्छन्। आज मैले गर्ने वास्तविक कार्यप्रतिको तिमीहरूको मनोवृत्ति ठीक यही होइन र? यी कुराहरू जति धेरै वास्तविक हुन्छन्, त्यत्ति नै धेरै तिमीहरू तिनको विरुद्धमा पूर्वाग्रही हुन्छौ। तिनलाई परीक्षण गर्न तिमीहरू कुनै समय खर्चँदैनौ, तर खालि तिनलाई बेवास्ता गर्छौ; तिमीहरू यी व्यावहारिक, न्यून-स्तरीय आवश्यकताहरूलाई फुटेका आँखाले समेत हेर्दैनौ, र सबैभन्दा व्यावहारिक यस परमेश्वरको बारे असङ्ख्य धारणाहरू समेत बनाउँछौ, र उहाँको व्यावहारिकता र स्वाभाविकतालाई स्विकार गर्न केवल असक्षम छौ। यस प्रकारले, के तिमीहरूले अगम्य अस्पष्ट कायम गर्दैनौ र? तिमीहरूसँग विगत समयको अस्पष्ट परमेश्वरमा अकम्पनीय विश्वास छ, आजको व्यावहारिक परमेश्वरमा कुनै रुचि छैन। हिजोको परमेश्वर र आजको परमेश्वर दुई भिन्न युगहरूबाट हुनुभएकोले गर्दा यस्तो भएको होइन र? हिजोको परमेश्वर स्वर्गको उचालिनुभएको परमेश्वर, जबकी आजको परमेश्वर पृथ्वीमा सानो मानव हुनुभएकोले यसो भएको हैन र? यसको साथै, मानिसद्वारा आराधना गरिएको परमेश्वर उसको धारणाहरूद्वारा उत्पादित भएको, जबकी आजको परमेश्वर मूर्त देहको, पृथ्वीमा उत्पादित भएकोले गर्दा यस्तो भएको होइन र? जब सबै भनिन्छ र गरिन्छ, तब आजको परमेश्वर अति वास्तविक भएकोले गर्दा मानिसले उहाँलाई नपछ्याएको होइन र? किनकि आजको परमेश्वरले मानिसहरूलाई जे गर्नको लागि भन्नुहुन्छ त्यो गर्नको लागि नै मानिसहरू सबैभन्दा अनिच्छुक हुन्छन्, र जसले तिनीहरूलाई लज्जाबोध गराउँछ। के यसले मानिसहरूको लागि कुराहरू कठिन बनाउँदै छैन र? के यसले मानिसहरूको घाउमा नुनचुक थप्दैन र? यसरी, धेरै मानिसहरूले व्यावहारिक परमेश्वर, व्यावहारिक परमेश्वरलाई पछ्याउँदैनन् र त्यसैले तिनीहरू देहधारी परमेश्वरका शत्रुहरू बन्छन्, अर्थात् ख्रीष्ट विरोधीहरू बन्छन्। के यो एक स्पष्ट तथ्य होइन र? विगतमा, जब परमेश्वर अझै देह बन्न बाँकी थियो, तब तँ एक धार्मिक पात्र, वा एक भक्त विश्वासी भएको हुन सक्थिस्। परमेश्वर देह बन्नुभएपछि, धेरै यस्ता भक्त विश्वासीहरू अनजानमा ख्रीष्ट विरोधीहरू भए। यहाँ के हुँदैछ के तँलाई थाहा छ? परमेश्वरमाथिको तेरो विश्वासमा, तैँले यथार्थमाथि ध्यान दिँदैनस् वा सत्यतालाई पछ्याउँदैनस्, तर यसको सट्टा असत्यताहरूले मन-मस्तिष्क भर्छस्—के यो देहधारी परमेश्वरसँगको तेरो दुस्मनीको सबैभन्दा स्पष्ट स्रोत होइन र? देहधारी परमेश्वरलाई ख्रीष्ट भनिन्छ, त्यसैले देहधारी परमेश्वरलाई विश्वास नगर्नेहरू सबै जना ख्रीष्ट विरोधीहरू होइनन् र? त्यसैले, तैँले जसमा विश्वास गर्छस् र जसलाई साँच्चै प्रेम गर्छस् के उहाँ देहमा हुनुहुने यही परमेश्वर हुनुहुन्छ त? के यो साँच्चै जीवित, श्वास-प्रश्वास गर्ने परमेश्वर हुनुहुन्छ, जो सबैभन्दा वास्तविक र असाधारण रूपमा सामान्य हुनुहुन्छ? तेरो खोजीको खास उद्देश्य के हो? यो स्वर्गमा छ कि पृथ्वीमा? यो धारणा हो कि यो सत्यता हो? यो परमेश्वर हुनुहुन्छ कि यो कोही अलौकिक व्यक्ति हो? वास्तवमा, सत्यता नै जीवनका सूत्रहरूमा सबैभन्दा व्यावहारिक हुन्छ, र सारा मानवजातिमाझ यस्ता सूत्रहरूमध्ये सर्वोच्च हुन्छ। यो परमेश्वरले मानिसबाट गर्नुभएको माग भएको हुनाले, र यो परमेश्वरद्वारा व्यक्तिगत रूपमा गरिएको कार्य भएको हुनाले, यसलाई “जीवनको सूत्र” भनिएको हो। यो सूत्र केही कुराबाट सारांश गरिएको होइन, न त यो कुनै महान् हस्तीबाट आएको प्रसिद्ध उद्धरण नै हो। यसको सट्टामा, यो त स्वर्ग र पृथ्वी र सबै थोकका सार्वभौमबाट मानवजातिका लागि आएको वाणी हो; यो मानिसद्वारा सारांश गरिएका केही शब्दहरू होइनन्, तर परमेश्वरको अन्तर्निहित जीवन हो। अनि त्यसैले यसलाई “सबै जीवनका सूत्रहरूमध्येको सर्वोच्च” भनी भनिएको हो। सत्यतालाई अभ्यासमा लगाउने मानिसहरूको खोजी उनीहरूको कर्तव्यको पालन हो—भन्नुको मतलब, यो परमेश्वरको मागलाई सन्तुष्ट पार्ने खोजी हो। यस मागको सार नै सबै सत्यताहरूको वास्तविकता हो, कुनै पनि मानिसले हासिल गर्न सक्ने खोक्रा सिद्धान्त होइन। यदि तेरो खोजी अरू केही नभएर सिद्धान्त मात्र हो र त्यसमा कुनै यथार्थ समावेश छैन भने, के तैँले सत्यताको विरुद्धमा विद्रोह गर्दैनस् र? के तँ सत्यतालाई आक्रमण गर्ने व्यक्ति हुँदैनस् र? यस्तो व्यक्ति कसरी परमेश्वरलाई प्रेम गर्न खोज्ने व्यक्ति बन्न सक्ला? यथार्थ बिनाका मानिसहरू ती हुन् जसले सत्यतालाई परित्याग गर्छन्, र तिनीहरू सबै अन्तर्निहित रूपमा विद्रोही हुन्छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र उहाँको कार्यलाई चिन्नेहरू मात्र परमेश्वरलाई सन्तुष्ट पार्न सक्नेहरू हुन्
परमेश्वरका दैनिक वचनहरू अंश ३१९
तिमीहरू सबै परमेश्वरको अगि इनाम पाउने र परमेश्वरद्वारा कृपा पाउने इच्छा राख्छौ; परमेश्वरमा विश्वास गरेको सुरुसुरुमा सबैले यस्तै कुराहरूको आशा राख्छन्, किनकि सबै जना उच्च कुराहरूको खोजीमा व्यस्त हुन्छन्, र कोही पनि अरूभन्दा पछि पर्न चाहँदैन। मानिसहरू यस्तै प्रकारका हुन्छन्। ठीक यही कारणले गर्दा तिमीहरूमध्ये धेरै जना स्वर्गमा हुनुहुने परमेश्वरको निरन्तर चापलुसी गरेर कृपा पाउने कोसिस गर्छौ, तापनि वास्तवमा, परमेश्वरप्रतिको तिमीहरूको बफादारीता र इमानदारीता तिमीहरूको आफैप्रतिको बफादारीता र इमानदारीताभन्दा धेरै कम हुन्छ। म यो कुरा किन भन्दैछु? किनकि परमेश्वरप्रतिको तिमीहरूको बफादारीतालाई म पटक्कै स्वीकार गर्दिनँ, त्यसबाहेक, म तिमीहरूका हृदयहरूमा भएका परमेश्वरको अस्तित्वलाई अस्वीकार गर्दछु। भन्नुको अर्थ यो हो, कि तिमीहरू जुन परमेश्वरको आराधना गर्छौ, जुन अस्पष्ट परमेश्वरको तिमीहरू सराहना गर्दछौ, उहाँको अस्तित्व छँदैछैन। तिमीहरू सत्य परमेश्वरबाट धेरै टाढा भएको कारणले गर्दा नै म यो निश्चयतापूर्वक भन्न सक्छु। तिमीहरूको वफादारीताको कारण तिमीहरूका हृदयभित्रको मूर्ति हो; मेरो कुरा गर्ने हो भने, अहिले, तिमीहरू जुन परमेश्वरलाई हेर्छौ, उहाँ न त महान् न सानो हुनुहुन्छ, तिमीहरू शब्दहरूले मात्र स्वीकार गर्दछौ। जब म तिमीहरू परमेश्वरबाट टाढा छौ भन्छु, मेरो भनाइको अर्थ तिमीहरू सत्य परमेश्वरबाट टाढा छौ भन्ने हो, त्यो अस्पष्ट परमेश्वर भने नजिक छ जस्तो देखिन्छ। जब म “महान् छैन” भन्छु, तब तिमीहरूले यो दिनमा विश्वास गरेका परमेश्वरको सन्दर्भमा भनेको हुँ, जो कुनै ठूला योग्यताहरू नभएको व्यक्तिजस्तो मात्र देखिनुहुन्छ, यस्तो व्यक्ति, जो त्यत्ति उच्च हुनुहुन्न। अनि जब म “सानो छैन” भन्छु, त्यसको अर्थ यो व्यक्तिले बतासलाई बोलाउन र झरीलाई आज्ञा गर्न नसके तापनि उहाँ त्यो काम गर्नका निम्ति परमेश्वरका आत्मालाई बोलाउन सक्षम हुनुहुन्छ, जसले आकाश र पृथ्वीलाई हल्लाउनुहुन्छ, जसले मानिसहरूलाई पूर्ण रूपमा अचम्मित बनाउनुहुन्छ। बाहिरी रूपमा पृथ्वीमा तिमीहरू यो ख्रीष्टप्रति धेरै आज्ञाकारी देखिन्छौ, तर वास्तवमा भन्ने हो भने उहाँमा तिमीहरू विश्वास गर्दैनौ, न त उहाँलाई प्रेम नै गर्छौ। भन्नुको अर्थ यो हो, कि जसलाई तिमीहरू साँचो रूपमा विश्वास गर्छौ, उहाँ तिमीहरूका आफ्नै भावनाको अस्पष्ट परमेश्वर हुनुहुन्छ, र तिमीहरूले साँच्चै प्रेम गरेको त्यो परमेश्वर, जसको तिमीहरू दिन-रात चाहना गर्दछौ, तापनि उहाँलाई व्यक्तिगत रूपमा कहिल्यै देखेका छैनौं। यस ख्रीष्टतर्फ तिमीहरूको विश्वास अपूर्ण छ, र तिमीहरूको प्रेम नगण्य छ। विश्वास भनेको आस्था वा भरोसा हो; प्रेम भनेको एक व्यक्तिको हृदयमा हुने भक्ति र प्रशंसा हो, जुन कहिल्यै विभाजित हुँदैन। तापनि आजका ख्रीष्टमा तिमीहरूको विश्वास र प्रेम योभन्दा धेरै कम छ। जब विश्वासको कुरा आउँछ, तब तिमीहरू उहाँमाथि कसरी विश्वास राख्छौ? जब प्रेमको कुरा आउँछ, तिमीहरू कस्तो प्रकारले उहाँलाई प्रेम गर्दछौ? तिमीहरूमा उहाँको स्वभावको बुझाइ छैन, अझ उहाँको गुणको बारेमा त तिमीहरूलाई झनै कम थाहा छ, यसैले तिमीहरू कसरी उहाँमा विश्वास गर्छौ? उहाँमा तिमीहरूको विश्वासको वास्तविकता कहाँ छ? उहाँलाई तिमीहरू कसरी प्रेम गर्छौ? उहाँमा तिमीहरूको प्रेमको वास्तविकता कहाँ छ?
धेरैले अहिलेसम्म कुनै सङ्कोचविना मलाई पछ्याएका छन्। त्यसैले तिमीहरूले विगत धेरै वर्षहरूमा धेरै थकान पनि अनुभव गरेका छौ। तिमीहरू प्रत्येकको जन्मजात चरित्र र बानीहरूलाई मैले स्पष्टतासाथ बुझेको छु; तिमीहरू प्रत्येकसँगको कुराकानी धेरै नै कठिन भएको छ। दुःखको कुरा यो हो कि, यद्यपि मैले तिमीहरूको बारेमा धेरै कुरा बुझे पनि तिमीहरूले चाहिँ मेरो बारेमा केही पनि बुझेका छैनौ। भ्रमको स्थितिमा तिमीहरू जोसुकैको छलमा फस्छौ भनेर मानिसहरूले भन्नु स्वभाविक नै हो। साँच्चै, तिमीहरू मेरो स्वभावलाई कति पनि बुझ्दैनौ, मेरो मनमा के छ त्यो त परै जाओस्। आज मबारे तिमीहरूका गलत बुझाइहरू चाँडो-चाँडो फैलिरहेका छन्, र मप्रतिको तिमीहरूको विश्वास अन्योलपूर्ण विश्वास नै रहिरहन्छ। तिमीहरूको ममा विश्वास छ भन्नुको साटो मसित चापलुसी गरेर अनि मलाई चिप्ले घसेर तिमीहरू मेरो कृपा पाउने कोसिस गर्दछौ भन्नु ठीक हुन्छ। तिनीहरूका अभिप्रायहरू साधारण छन्: म उसैको पछि लाग्नेछु, जसले मलाई इनाम दिन सक्छ, र उसैमा विश्वास गर्दछु, जसले मलाई ठूला-ठूला विपत्तिहरूबाट उम्काउनेछ, चाहे ऊ परमेश्वर वा कुनै पनि परमेश्वर नै किन नहोस्। यीमध्ये कुनै पनि मेरो सरोकारको विषय होइन। तिमीहरूमध्ये त्यस्ता धेरै मानिसहरू छन्, र यो अवस्था धेरै गम्भीर छ। यदि एक दिन, तिमीहरूमध्ये कति जनाले ख्रीष्टको सारको जानकारी पाएर उहाँमा विश्वास गरेका छौ भनी जाँच गरियो भने, मलाई के डर लाग्छ भने तिमीहरूमध्ये एकै जनाले पनि मेरा इच्छाहरू पूरा गर्नेछैनौ। यसैले यो प्रश्नमाथि विचार गर्दा तिमीहरू प्रत्येकलाई चोट लाग्नेछैन: तिमीहरूले विश्वास गरेको परमेश्वर मभन्दा धेरै नै फरक छ, अनि यस्तो भएकोले तिमीहरूले परमेश्वरमा विश्वास गर्नुको सार के हो? तिमीहरू जति धेरै आफ्नो तथाकथित परमेश्वरमा विश्वास गर्छौ, त्यत्ति नै मबाट भड्केर टाढा जान्छौ। त्यसो भए यस विषयको सार के हो? यो निश्चित छ, कि तिमीहरूमध्ये कसैले पनि त्यस्तो प्रश्नमाथि कहिल्यै विचार गरेका छैनौ, तर के यसको गम्भीरता तिमीहरूमा उत्पन्न भएको छ? के तिमीहरूले यस्तै प्रकारले विश्वास गरिरहँदा उत्पन्न हुने परिणामहरूबारे सोचेका छौ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्वरलाई वास्तवमा कसरी चिन्ने
परमेश्वरका दैनिक वचनहरू अंश ३२०
अरूसँग शङ्का नगर्नेहरूसँग म खुशी हुन्छु, र सजिलैसँग सत्य स्वीकार्नेहरूलाई म मन पराउँछु; यी दुई प्रकारका मानिसहरूलाई म धेरै वास्ता गर्छु, किनकि तिनीहरू मेरो नजरमा इमानदार मानिसहरू हुन्। यदि तँ निकै छली छस् भने, तँ सबै मानिस र मामिलाहरूप्रति सतर्क र शङ्कालु हुनेछस्, यसैले मप्रतिको तेरो आस्था शङ्काको जगमाथि निर्माण हुनेछ। म त्यस्तो आस्था कहिल्यै स्विकार्न सक्दिनँ। साँचो विश्वासको अभावमा, तिमीहरू अझ बढी साँचो प्रेमरहित बन्छौ। र यदि तँ परमेश्वरलाई शङ्का गर्न जिम्मेवार छस् र जानी-जानी उहाँको बारेमा अनुमान गर्छस् भने निस्सन्देह तँ सबै मानिसहरूमध्ये सबैभन्दा छली होस्। तँ परमेश्वर मानिसजस्तो हुन सक्नुहुन्छ कि सक्नुहुन्न भनेर अनुमान लगाउँछस्: क्षमा गर्नै नसकिने पापी, क्षुद्र चरित्र भएको, निष्पक्षता र विवेकरहित, न्यायको भावना नभएको, हिंस्रक युक्तिमा लागेको, छलपूर्ण र धूर्त, दुष्ट र अन्धकारद्वारा प्रसन्न, र यस्तै अरू। के मानिसहरूमा परमेश्वरको अलिकति पनि ज्ञान नभएको कारण तिनीहरूमा यस्ता विचारहरू आएका होइनन् र? त्यस्तो विश्वास पापभन्दा कम होइन! केही यस्ता व्यक्तिहरू पनि छन्, जसले मलाई प्रसन्न तुल्याउनेहरू चापलुसी गर्ने र चिप्लो घस्नेहरू हुन्, अनि त्यस्ता सीपको अभाव हुनेहरूलाई परमेश्वरको भवनमा स्वागत गरिँदैन र तिनीहरूले त्यहाँ आफ्नो स्थान गुमाउनेछन् भनी विश्वास गर्छन्। यतिका वर्षहरूमा तिमीहरूले प्राप्त गरेको ज्ञान के यही मात्र हो? के तिमीहरूले प्राप्त गरेको यही नै हो? अनि मेरो बारेमा तिमीहरूको ज्ञान यी भ्रमहरूमा रोकिँदैन; अनि त्योभन्दा अझ नराम्रो तिमीहरूले गरेका परमेश्वरका आत्माको निन्दा र स्वर्गको बदनाम हो। यसैले म भन्छु, कि तिमीहरूको जस्तो विश्वासले तिमीहरूलाई मबाट अझ टाढा बनाउँछ र मेरो विरुद्धमा अझ ठूलो विरोधी बनाउँछ। धेरै वर्ष कामको अवधिमा तिमीहरूले धेरै सत्यहरू देख्यौ, तर मेरा कानले के सुनेको छ के तिमीहरूलाई थाहा छ? तिमीहरूमध्ये कति जना सत्यलाई स्वीकार्न इच्छुक छौ? तिमीहरू सबै जना सत्यका निम्ति मूल्य चुकाउन तयार छौ भनी विश्वास गर्दछौ, तर तिमीहरूमध्ये कति जनाले सत्यका लागि साँच्चै दुःख भोगेका छौ? तिमीहरूका हृदयमा अधार्मिकता सिवाय केही छैन, जसको कारण मानिसहरू जो भए पनि सबै जना एकसमान रूपमा छली र कुटिल छन् भनी तिमीहरू सोच्छौ—यसको हद यति छ कि तिमीहरू यो समेत विश्वास गर्छौ, कि देहधारी परमेश्वर एक सामान्य मानिसजस्तै दयालु हृदयरहित वा दयालु प्रेमरहित हुन सक्नुहुन्छ। त्योभन्दा बढी, तिमीहरू महान् चरित्र र कृपालु, परोपकारी स्वभाव स्वर्गमा हुनुहुने परमेश्वरको मात्र छ भनी विश्वास गर्दछौ। तिमीहरू विश्वास गर्दछौ, कि त्यस्तो सन्त अस्तित्वमा छैन, पृथ्वीमा अन्धकार र दुष्टले मात्र शासन गर्दछ, जब कि परमेश्वर यस्तो व्यक्ति हुनुहुन्छ, जसको साथमा मानिसहरूले आफ्नो भलाइ र सुन्दरताको चाहना सुम्पिन्छन्, उनीहरूले बनाएका कल्पित व्यक्तित्व हुनुहुन्छ। तिमीहरूको मनमा स्वर्गका परमेश्वर उच्च, धर्मी र महान्, आराधना र प्रशंसाका योग्य हुनुहुन्छ भने अहिले पृथ्वीमा हुनुहुने यो परमेश्वर स्वर्गका परमेश्वरको एक प्रतिस्थापन, एक साधन हुन्। तिमीहरू यो परमेश्वर स्वर्गका परमेश्वरको बराबर हुन सक्नुहुन्न भनी विश्वास गर्छौ, उहाँको जस्तो सास छ भनी उल्लेख गर्ने कुरा त परै जाओस्। जब परमेश्वरको महानता र सम्मानको कुरा आउँछ, यी स्वर्गमा हुनुहुने परमेश्वरको महिमाका हुन्, तर जब मानिसको स्वभाव र भ्रष्टताको कुरा आउँछ, ती त्यस्ता गुणहरू हुन्, जसमा पृथ्वीमा हुनुहुने परमेश्वरको हिस्सा छ। स्वर्गमा हुनुहुने परमेश्वर सदाका लागि उच्च हुनुहुन्छ, जब कि पृथ्वीमा हुनुहुने परमेश्वर सदाको लागि महत्त्वहीन, कमजोर र अयोग्य हुनुहुन्छ। स्वर्गका परमेश्वर दैहिक भावनाहरूमा होइन, धार्मिकतामा मात्र चल्नुहुन्छ, जब कि पृथ्वीका परमेश्वरसँग स्वार्थी उद्देश्यहरू मात्र छन् र उहाँसँग निष्पक्षता वा कारण छैन। स्वर्गका परमेश्वर अलिकति पनि कुटिल हुनुहुन्न र सधैँ विश्वासयोग्य हुनुहुन्छ, जब कि संसारका परमेश्वरसित सधैँ एउटा गैर-इमानदार पक्ष छ। स्वर्गका परमेश्वरले मानिसलाई धेरै प्रेम गर्नुहुन्छ, जब कि पृथ्वीका परमेश्वरले मानिसलाई अपर्याप्त वास्ता देखाउनुहुन्छ, यहाँसम्म कि, उहाँले आफैलाई पूर्ण रूपमा बेवास्ता समेत गर्नुहुन्छ। यो भ्रमपूर्ण ज्ञान लामो समयदेखि तिमीहरूको हृदयमा रहिआएको छ र भविष्यमा पनि यो स्थायी नै हुन सक्छ। तिमीहरू ख्रीष्टका सबै कामहरूलाई अधर्मीहरूको नजरबाट हेर्छौ र उहाँका सबै काम, साथै उहाँको पहिचान र सारलाई दियाबलसको दृष्टिकोणबाट मूल्याङ्कन गर्छौ। तिमीहरूले गम्भीर गल्ती गऱ्यौ र जुन तिमीहरूभन्दा अघि आउनेहरूले कहिल्यै गरेनन्। अर्थात्, तिमीहरू शिरमा मुकुट लगाउने स्वर्गमा हुनुहुने उच्च परमेश्वरको मात्र सेवा गर्दछौ, र त्यस परमेश्वरको सामु कहिल्यै जाँदैनौ, जसलाई तिमीहरू यति तुच्छ ठान्छौ कि उहाँ तिमीहरूका निम्ति अदृश्य हुनुहुन्छ। के यो तिमीहरूको पाप होइन? के यो परमेश्वरको स्वभाव विरुद्धको तिमीहरूको उल्लङ्घनको उत्कृष्ट उदाहरण होइन र? तिमीहरू स्वर्गमा हुनुहुने परमेश्वरको आराधना गर्दछौ। तिमीहरू उच्च मूर्तिहरूको आराधना गर्दछौ र विशिष्ट व्यक्तिहरूलाई तिनीहरूका वाक्पटुताका निम्ति सम्मान गर्दछौ। तेरा हातहरू धन-सम्पत्तिले भरिदिनुहुने परमेश्वरका आज्ञाहरूलाई तँ खुशीसाथ स्वीकार गर्छस्, र तँ त्यस परमेश्वरको चाहना गर्छस्, जसले तेरा प्रत्येक चाहना पूरा गर्नुहुन्छ। तैँले आराधना नगर्ने एउटै मात्र परमेश्वर हुनुहुन्छ, जो उच्च हुनुहुन्न; तिमीहरू यो परमेश्वरसँग सम्बन्ध राख्नुलाई मात्र घृणास्पद ठान्छौ, जसलाई कुनै पनि मानिसले उच्च सम्मान गर्न सक्दैन। तँ यो परमेश्वरको मात्र सेवा गर्न अनिच्छुक हुन्छस्, जसले तँलाई एक पैसा पनि दिनुभएको छैन, अनि तँलाई उहाँको चाहना गर्ने बनाउन नसक्ने एक मात्र व्यक्ति यही अप्रिय परमेश्वर हुनुहुन्छ। यो परमेश्वरले तँलाई आफ्ना क्षेत्रहरूलाई विस्तार गर्न, तँलाई सम्पत्ति पाएको जस्तो महसुस गराउन सक्नुहुन्न, तिमीहरूले इच्छा गरेका कुरा पूरा गर्नु त परै जाओस्। त्यसो भए तँ उहाँको पछि किन लाग्छस्? के तैँले यस्ता प्रश्नहरूमाथि विचार गरेको छस्? तैँले गर्ने कामले यस ख्रीष्टलाई मात्र चिढ्याउँदैन; सबैभन्दा महत्त्वपूर्ण कुरा, त्यसले स्वर्गमा हुनुहुने परमेश्वरलाई चिढ्याउँछ। मेरो विचारमा, परमेश्वरमा भएको तिमीहरूको विश्वासको उद्देश्य यो होइन!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्वरलाई वास्तवमा कसरी चिन्ने
परमेश्वरका दैनिक वचनहरू अंश ३२१
तिमीहरू परमेश्वर तिमीहरूमा आनन्दित हुनुहोस् भनी तृष्णा गर्छौ, तैपनि तिमीहरू परमेश्वरदेखि टाढा छौ। यहाँ के भएको छ? तिमीहरू उहाँका वचनहरू मात्र स्विकार्छौ, तर उहाँको काँटछाँट स्विकार्दैनौ, उहाँको हरेक प्रबन्ध स्विकार्ने र उहाँमा पूरा आस्था राख्ने त झनै गर्दैनौ। त्यसो भए यहाँ के भइरहेको छ? अन्तिम विश्लेषणमा, तिमीहरूको आस्था केवल अण्डाको रित्तो खोल हो, जसले कहिल्यै कुनै चल्ला जन्माउन सक्दैन। किनकि तिमीहरूको आस्थाले तिमीहरूकहाँ सत्यता ल्याएको छैन वा तिमीहरूलाई जीवन दिएको छैन, त्यसको साटो तिमीहरूलाई आड-भरोसा र आशाको भ्रामक बोध दिएको छ। तिमीहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य सत्यता र जीवन होइन, यो आड-भरोसा र आशाको बोध हो। त्यसैले म भन्छु कि, परमेश्वरमा तिमीहरूको आस्था दासी अनि निर्लज्ज शैलीमा परमेश्वरको चापलुसी गर्ने कोसिस बाहेक केही होइन। अनि यसलाई कुनै पनि तरिकाले साँचो आस्था मान्न सकिँदैन। यस्तो आस्थाबाट चल्ला कसरी जन्मन सक्छ? अर्को शब्दमा, यस्तो आस्थाले के हासिल गर्न सक्छ? परमेश्वरमा तिमीहरूको आस्थाको उद्देश्य भनेको तिमीहरूका आफ्नै लक्ष्यहरू प्राप्त गर्न उहाँलाई प्रयोग गर्नु हो। के यो परमेश्वरको स्वभाव विरुद्धको तिमीहरूको उल्लङ्घनको थप तथ्य होइन र? तिमीहरू स्वर्गमा हुनुहुने परमेश्वरको अस्तित्वमा विश्वास गर्छौ र पृथ्वीमा हुनुहुने परमेश्वरको अस्तित्वलाई इन्कार गर्छौ, तैपनि म तिमीहरूको विचारलाई मान्यता दिन्नँ; म तिनीहरूलाई मात्र अनुमोदन गर्छु, जसले व्यावहारिक रूपमा पृथ्वीमा हुनुहुने परमेश्वरको सेवा गर्छन्, तर तिनीहरूलाई कहिल्यै अनुमोदन गर्दिनँ, जसले पृथ्वीमा हुनुहुने ख्रीष्टलाई अनुमोदन गर्दैनन्। त्यस्ता मानिसहरू स्वर्गमा हुनुहुने परमेश्वरप्रति चाहे जत्ति नै बफादार भए पनि, अन्त्यमा तिनीहरू दुष्टलाई दण्डित गर्ने मेरो हातबाट उम्कने छैनन्। यी मानिसहरू दुष्टहरू हुन्; तिनीहरू ती दुष्टहरू हुन्, जो परमेश्वरको विरोध गर्छन् र कहिल्यै खुसीसाथ ख्रीष्टप्रति समर्पित भएका हुँदैनन्। निश्चय नै, तिनीहरूमाझमा ती सबै समावेश छन्, जसले ख्रीष्टलाई चिन्दैनन् र, यस अतिरिक्त, उहाँलाई अनुमोदन गर्दैनन्। के तँ स्वर्गमा हुनुहुने परमेश्वरप्रति बफादार रहुञ्जेल ख्रीष्टसँग तैले आफूलाई जस्तो मन लाग्छ, त्यस्तै व्यवहार गर्न सक्छस् भनी विश्वास गर्छस्? गलत! ख्रीष्टको बारेमा रहेको तेरो अज्ञानता स्वर्गमा हुनुहुने परमेश्वरप्रतिको अज्ञानता हो। स्वर्गमा हुनुहुने परमेश्वरप्रति तँ जति नै बफादार भए पनि त्यो खोक्रो गफ र बहाना मात्र हो, किनकि पृथ्वीमा हुनुहुने परमेश्वर मानिसलाई सत्यता र अझ गहिरो ज्ञान प्राप्त गराउन मात्र होइन, तर त्योभन्दा बढी महत्त्वपूर्ण कुरा, मानिसलाई दोषी ठहराउन अनि पछिबाट दियाबलसलाई दण्ड दिने तथ्यहरूमा प्रयोग गरिनको लागि पनि सहायक हुनुहुन्छ। के तैँले यहाँ लाभदायक र हानिकारक परिणामहरूलाई बुझिस्? के तैँले ती कुराको अनुभव गरिस्? मेरो इच्छा छ कि, तिमीहरूले एक दिन चाँडै यो सत्यतालाई बुझ्न सक: परमेश्वरलाई चिन्नका लागि तिमीहरूले स्वर्गमा हुनुहुने परमेश्वरलाई मात्र होइन, तर अझै महत्त्वपूर्ण कुरा, तिमीहरूले पृथ्वीमा हुनुहुने परमेश्वरलाई पनि चिन्नु पर्दछ। तिमीहरूका प्राथमिकताहरूलाई अलमलमा नपार वा गौण कुरालाई मुख्य कुराको स्थान लिने अनुमति नदेओ। यस प्रकारले मात्र तैँले परमेश्वरसँग साँचो सम्बन्ध बनाउन सक्छस्, र तँ परमेश्वरको नजिक हुन, र तेरा हृदयलाई परमेश्वरको नजिक ल्याउन सक्छस्। यदि तैँले धेरै वर्षदेखि विश्वास गर्दै आएको र मसँग लामो समयदेखि जोडिएको भए पनि मबाट टाढै रहिस् भने म भन्छु, कि तैँले धेरै चोटि परमेश्वरको स्वभावलाई उल्लङ्घन गर्छस्, र तेरो अन्त्यलाई गन्ती गर्नु कठिन हुनेछ। यदि मसँगको धेरै वर्षको सङ्गतले तँलाई मानवता र सत्यता भएको व्यक्तिको रूपमा परिवर्तन गर्न असफल मात्र होइन, तर त्यसले तेरो स्वभावमा खराब चालहरू हालिदिएको छ, र तँ पहिलेको भन्दा दोबर अहङ्कारी भएको छस्, मबारे तेरो गलत धारणाहरू वृद्धि भएका छन्, र त मलाई आफ्नो सहायक जस्तो मात्र मान्ने भएका छस् भने म भन्दछु, कि अब तेरो पीडा छालासम्मको गहिरो मात्र नभएर त्यसले तेरा हाडहरूलाई नै छेडेको छ। अब तिमीहरूले अन्तिम संस्कारको तयारीको लागि प्रतीक्षा गर्नु मात्र बाँकी रहेको छ। त्यसपछि तैँले मलाई आफ्ना परमेश्वर हुनका निम्ति बिन्ती गर्नुपर्दैन, किनकि तैँले मृत्यु लायकको पाप, क्षमा नहुने पाप गरेको छस्। यदि मैले तँलाई कृपा गर्न सकेँ भने पनि स्वर्गका परमेश्वरले तेरो प्राण लिन जोर दिनुहुन्छ, किनकि तैँले परमेश्वरको स्वभावको विरुद्धमा गरेको उल्लङ्घन कुनै सानो समस्या होइन, तर यो एउटा अति नै गम्भीर प्रकृतिको छ। जब समय आउँछ, तब मैले पहिलेबाटै बताइनँ भनी मलाई दोष नलगाउनू। यो सबैको आसय यही हो: जब तँ ख्रीष्टसँग—संसारमा हुनुहुने परमेश्वर—एक साधारण मानिससँग जस्तो सम्बन्ध राख्छस्, अर्थात् जब तँ यो परमेश्वर अरू कोही नभएर एक व्यक्ति हुनुहुन्छ भनी विश्वास गर्छस्, तब तँ नाश हुनेछस्। तिमीहरू सबैलाई मेरो एक मात्र सल्लाह यही हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्वरलाई वास्तवमा कसरी चिन्ने
परमेश्वरका दैनिक वचनहरू अंश ३२२
मानिससँग विश्वासको अनिश्चित शब्द मात्र हुन्छ, तैपनि केले विश्वासको निर्माण हुन्छ भन्ने मानिसले जान्दैन, उसमा विश्वास हुन्छ भन्ने कुरा त परै जाओस्। मानिसले अति थोरै जान्दछ, र मानिस आफैमा अति नै कमी-कमजोरी छ; मप्रति उसको विश्वास त विचारहीन र अज्ञानता मात्र हो। विश्वास भनेको के हो सो उसले जान्दैन, न त उसले ममा किन विश्वास गर्छ भन्ने कुरा नै जान्दछ, तैपनि उसले आवेगमा मलाई विश्वास गरिरहन्छ। मैले मानिसबाट मलाई यसरी आवेगमा पुकारा गरोस् वा असङ्गत ढाँचामा विश्वास गरोस् भन्ने माग गर्दिनँ, किनभने म मानिसले मलाई देखोस् र मलाई चिनोस् भनेर काम गर्छु, प्रभावित होस् र मलाई नयाँ ज्योतिमा हेरोस् भनेर होइन। कुनै समयमा मैले धेरै चिन्हहरू र चमत्कारहरू प्रकट गरेँ र धेरै आश्चर्यकर्महरू गरेँ, अनि त्यस बेला इस्राएलीहरूले मेरो उच्च सराहना गरे र बिरामीलाई निको पार्ने र भूतहरू धपाउने मेरो अद्भुत क्षमतालाई अत्यन्त कदर गरे। त्यस बेला, यहूदीहरूले निको पार्ने मेरो शक्तिलाई अद्वितीय र असाधारण भएको ठाने—मेरा धेरै कार्यहरूले गर्दा, तिनीहरू सबैले मलाई आदर गरे र मेरा सबै शक्तिहरूको खातिर आभारी भएको महसुस गरे। यसैले मैले आश्चर्यकर्महरू गरेको देखेका सबै समीप रूपमा मेरो पछि लागे, यहाँसम्म कि मैले बिरामीलाई निको पारेको हेर्न हजारौँले मलाई घेरे। मैले यति धेरै चिन्हहरू र चमत्कारहरू प्रकट गरेँ, तापनि मानिसहरूले मलाई केवल अद्भुत वैद्यको रूपमा मात्र हेरे; त्यसैले पनि मैले त्यस बेला मानिसहरूका अघि शिक्षाको धेरै वचनहरू बोलेँ, तैपनि तिनीहरूले मलाई आफ्ना चेलाहरूभन्दा उच्च गुरुको रूपमा मात्र ठाने। आज समेत, मानिसले मेरा कामहरूको ऐतिहासिक अभिलेख देखेपछि पनि म बिरामीलाई निको पार्ने महान् वैद्य र अनभिज्ञलाई सिकाउने शिक्षक हुँ भन्ने तिनीहरूको व्याख्या जारी छ, र तिनीहरूले मलाई कृपालु प्रभु येशू ख्रीष्टको रूपमा परिभाषित गरेका छन्। ती धर्मशास्त्र व्याख्या गर्नेहरूले निको पार्ने मेरा सीपहरूलाई उछिनेका हुन सक्छन् वा तिनीहरू आफ्ना शिक्षकलाई उछिनेका चेलाहरू समेत हुन सक्छन्, तैपनि संसारभरि नाम चलेका यस्ता अति प्रसिद्ध मानिसहरूले मलाई केवल नीच वैद्य मात्र भएको ठान्छन्। मेरा कार्यहरू समुद्र किनारका बालुवाका कणहरूभन्दा धेरै छन् र मेरो बुद्धि सोलोमनका सबै छोराहरूभन्दा अधिक छ, तैपनि मानिसहरूले मलाई थोरै मात्र महत्त्व भएको वैद्यको रूपमा र मानिसको अज्ञात शिक्षकको रूपमा मात्र ठान्छन्। धेरै मानिसहरू ममा केवल यस कारणले विश्वास गर्छन् कि म उनीहरूलाई निको पारिदिऊँ। धेरैले ममा मैले तिनीहरूको शरीरबाट अशुद्ध आत्माहरू निकाल्न मेरो आफ्नो शक्ति प्रयोग गरूँ भनेर मात्र विश्वास गर्छन्, अनि धेरैले ममा तिनीहरूले मबाट शान्ति र आनन्द प्राप्त गर्न सकून् भनेर मात्र विश्वास गर्छन्। मबाट अझ धेरै भौतिक सम्पत्ति माग गर्नलाई मात्र धेरैले ममा विश्वास गर्छन्। धेरै मानिस यो जीवन शान्तिमा बिताउन र अर्को जुनीमा सुरक्षित र सकुशल हुनलाई मात्रै ममा विश्वास गर्छन्। नरकका कष्टहरूबाट बच्न र स्वर्गका आशिष्हरू प्राप्त गर्नलाई धेरैले ममा विश्वास गर्छन्। धेरैले अस्थायी सहजताका निम्ति मात्र ममा विश्वास गर्छन्, तैपनि अर्को जुनीमा कुनै पनि कुरा प्राप्त गर्न खोज्दैनन्। जब म मेरो रिस मानिसहरूलाई प्रदान गर्छु र कुनै समय तिनीहरूसँग भएका सबै आनन्द र शान्ति खोस्छु, तब तिनीहरू सशङ्कित हुन्छन्। जब म मानिसहरूलाई नरकको कष्ट प्रदान गरेर स्वर्गको आशिष् फिर्ता लिन्छु, तब तिनीहरू रिसले आगो हुन्छन्। जब मानिसहरू आफूलाई निको पारिदिन भनी मलाई बिन्ती गर्छन् र म तिनीहरूलाई ध्यान दिन्नँ र तिनीहरूप्रति घृणा महसुस गर्छु, तब तिनीहरू मबाट टाढा जान्छन् र बरु दुष्ट औषधि र टुनामुनाको मार्ग खोज्नतिर लाग्छन्। जब म मानिसहरूले मबाट माग गरेका सबैथोक खोस्छु, तिनीहरू सबैजना कुनै नामनिसानविनै गायब हुन्छन्। त्यसैले त म भन्छु, मैले प्रदान गर्ने अनुग्रह अत्यन्तै प्रशस्त भएको हुनाले र प्राप्त गर्नका लागि प्रशस्त लाभहरू भएकाले नै मानिसहरूले ममा विश्वास गर्ने गर्छन्। यहूदीहरूले मेरो अनुग्रहको कारण ममा विश्वास गरे र म जहाँ गए पनि तिनीहरू मेरो पछि लागे। यी सीमित ज्ञान र अनुभव भएका अज्ञानी मानिसहरूले मैले प्रकट गरेका चिन्ह र चमत्कारहरू हेर्न मात्र खोजे। तिनीहरूले मलाई सबैभन्दा ठूला आश्चर्यकर्म गर्ने यहूदीहरूको घरानाको मुखियाको रूपमा माने। त्यसैले मानिसहरूबाट मैले भूतहरू निकाल्दा, यसले तिनीहरू माझ बहस उब्जाउथ्यो: तिनीहरूले मलाई एलिया, मोशा, अगमवक्ताहरूमा सबैभन्दा प्राचीन अगमवक्ता, सबै वैद्यहरूभन्दा महान् थिएँ भनी भने। म जीवन, बाटो र सत्य हुँ भनी म आफैले भनेको बाहेक मेरो अस्तित्व र मेरो पहिचानलाई कसैले थाहा गरेनन्। मेरा पिता बस्नुहुने ठाउँ स्वर्ग हो भनी मैले भनेको बाहेक मलाई म परमेश्वरको पुत्र र परमेश्वर स्वयम् पनि हुँ भनी कसैले चिनेनन्। मैले सारा मानवजातिकहाँ उद्धार ल्याउनेछु र मानवजातिको छुटकाराको मूल्य तिर्नेछु भनी म आफैले भनेको बाहेक, म मानवजातिको उद्धारक हुँ भनी कसैले जानेनन् र मानिसहरूले मलाई एक परोपकारी र कृपालु मानिसको रूपमा मात्र चिने। म आफैले मेरो बारेमा सबै कुरा बताउन सक्नु बाहेक कसैले मलाई चिनेनन् र म जीवित परमेश्वरको पुत्र हुँ भनी कसैले मलाई विश्वास गरेनन्। मप्रति मानिसको विश्वास यस्तो छ र तिनीहरू मलाई यसरी मूर्ख बनाउन खोज्छन्। तिनीहरूले मप्रति यस्तो धारणा राखेर मेरो निम्ति कसरी साक्षी दिन सक्थे र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विश्वासको बारेमा तँलाई के थाहा छ?
परमेश्वरका दैनिक वचनहरू अंश ३२३
मानिसहरूले लामो समयदेखि परमेश्वरमा विश्वास गरेका भए तापनि तिनीहरूमध्ये धेरैलाई “परमेश्वर” शब्दको अर्थ के हो भन्ने कुराको समझसम्म छैन, र अलमलमा परेर उहाँलाई पछ्याउँछन् मात्र। मानिसले परमेश्वरमाथि किन विश्वास गर्नुपर्छ वा परमेश्वर के हुनुहुन्छ भन्ने कुराको सुइँको तिनीहरूले पाएका छैनन्। यदि मानिसहरूले परमेश्वरमा विश्वास गर्न र उहाँलाई पछ्याउन मात्र जान्दछन् तर परमेश्वर के हुनुहुन्छ भन्ने कुरा जान्दैनन् भने र यदि तिनीहरूले परमेश्वरलाई चिन्दैनन् पनि भने के यो एउटा ठूलो मजाक मात्र होइन र? यति टाढासम्म आइपुगे र, मानिसहरूले धेरै स्वर्गीय रहस्यका कुराहरू देखेका र मानिसले पहिले कहिले पनि नबुझेको धेरै गहन ज्ञानलाई सुनेका भए तापनि मानिसले यस अगाडि चिन्तन नगरेका धेरैजसो मूलभूत सत्यताहरूको बारेमा तिनीहरू अनजान छन्। कसैले यसो भन्ला, “हामीले धेरै वर्षसम्म परमेश्वरमा विश्वास गर्यौँ। परमेश्वर के हुनुहुन्छ भन्ने कुरा हामीलाई किन थाहा नहुने? के यस प्रश्नले हामीलाई तुछ्याउँदैन र?” तैपनि, वास्तवमा आज मानिसहरूले मलाई पछ्याए तापनि तिनीहरूलाई आजका कुनै पनि कामको बारेमा थाहा छैन र अत्यन्तै स्पष्ट र सजिला प्रश्नहरूलाई पनि राम्ररी बुझ्न सक्दैनन्, परमेश्वर बारेका जस्ता अत्यन्तै जटिल प्रश्नहरूको त कुरै नगरौँ। तैँले मतलब नै नगरेका, तैँले पहिचान नै नगरेका प्रश्नहरूलाई नै तैँले बुझ्नु अत्यन्तै जरुरी छ, किनकि आफूलाई जे कुराले सुसज्जित पार्नु पर्ने हो सो कुरालाई ध्यान नदिएर र वास्ता नराखेर भीडको पछि लाग्न मात्र तँलाई आउँछ। के तँलाई आफूले परमेश्वरमा किन विश्वास गर्नुपर्छ भन्ने साँच्चै थाहा छ? के तँलाई परमेश्वर के हुनुहुन्छ भन्ने साँच्चै थाहा छ? के तँलाई मान्छे के हो भन्ने साँच्चै थाहा छ? परमेश्वरमा विश्वास भएको एक व्यक्तिको रूपमा, यदि तँ यी कुराहरू बुझ्न असफल भइस् भने, के तैँले परमेश्वरमाथि विश्वास राख्ने विश्वासीको मर्यादालाई गुमाउँदैनस् र? आजको मेरो काम यही हो: मानिसहरूलाई तिनीहरूको सारको बारेमा बुझाउनु, मैले गर्ने सबै कुरा बुझाउनु र परमेश्वरको साँचो मुहार चिनाउनु। यही नै मेरो व्यवस्थापन योजनाको अन्तिम कार्य, मेरो कामको अन्तिम चरण हो। यही कारणले गर्दा जीवनका सबै रहस्यहरूको बारेमा मैले तिमीहरूलाई अगाडि नै बताइरहेको छु, ताकि तिमीहरूले तिनलाई मबाट स्वीकार गर। यो अन्तिम युगको काम भएको हुनाले यस अघि तिमीहरूले कहिल्यै स्वीकार नगरेका सारा जीवन सत्यता मैले तिमीहरूलाई बताउनै पर्छ, यद्यपि आफ्ना कमजोरी र अयोग्यताका कारण तिमीहरूले यसलाई बुझ्न वा अपनाउन असक्षम छौ। मैले मेरो काम सम्पन्न गर्नैपर्छ; मैले गर्नुपर्ने काम मैले पूरा गर्नैपर्छ र मैले तिमीहरूलाई आज्ञा गर्नुपर्ने सबै कुराहरू तिमीहरूलाई बताउनैपर्छ, अन्यथा अन्धकार ओर्लेर आएको बेला तिमीहरू फेरि बरालिन्छौ वा दुष्टका योजनाहरूमा पर्छौ। तिमीहरूले नबुझ्ने धेरै तरिकाहरू छन् र तिमीहरूलाई धेरै विषयको ज्ञान छैन। तिमीहरू अत्यन्तै अनजान छौ; मलाई तिमीहरूको कद र कमजोरीहरूको बारेमा पूर्ण रूपमा थाहा छ। त्यसैले तिमीहरूले बुझ्न नसक्ने धेरै शब्दहरू भए तापनि तिमीहरूले पहिले स्वीकार नगरेका सबै सत्यताहरूको बारेमा तिमीहरूलाई बताउन अझ पनि म राजी नै छु, किनकि अहिले कै अवस्थामा तिमीहरू मेरो गवाहीमा बलियोसँग खडा हुन सक्छौ कि सक्दैनौ भन्ने कुराको चिन्ता गरिरहन्छु। मैले तिमीहरूलाई कम सोचेर यसो गरेको होइन; तिमीहरू सबै पशु सरह नै छौ जसले मेरो औपचारिक तालिम अझ पनि पाएका छैन, र तिमीहरू भित्र कति महिमा छ भन्ने कुरा म बिलकुल देख्न सक्दिनँ। मैले तिमीहरूमा काम गर्नको निम्ति धेरै शक्ति खर्च गरेको भए तापनि व्यवहारिक रूपमा सकारात्मक शक्तिको अस्तित्व तिमीहरूमा छैन भन्ने देखिन्छ र नकारात्मक तत्वहरूलाई औँलामा गन्न सकिन्छ र तिनले शैतानलाई शर्ममा पार्ने गवाहीको रूपमा काम गर्छन्। तिमीहरूमा भएका अरू सबै कुराहरू शैतानको विष हो। तिमीहरू मुक्तिदेखि बाहिर रहेको छौ जस्तो म देख्दछु। म तिमीहरूका विविध अभिव्यक्ति र आचरणहरूलाई हेर्छु र अन्ततः तिमीहरूको वास्तविक कद थाहा पाउँछु। यसै कारण म तिमीहरूप्रति सधैँ चिन्तित भइरहेको हुन्छु: के मानिसहरूलाई आफ्नै तरिकाले जिउन छाडिदिए बेस होला वा अहिलेको अवस्थाको तुलनामा असल होलान्? के तिमीहरूको शिशु कदले तिमीहरूलाई चिन्तित तुल्याउँदैन? के तिमीहरू साँच्चै इस्राएलका चुनिएका मानिसहरूजस्तै हरसमय मप्रति मात्र बफादार हुन सक्छौ? तिमीहरूमा प्रकट भएको कुरा आफ्ना अभिभावकहरूबाट बरालिएका बालबालिकाहरूमा हुने किसिमको बदमासी होइन, तर आफ्ना मालिकको कोर्रा नखाएका पशुहरूबाट प्रस्फुटन हुने पशुत्व हो। तिमीहरूले आफ्नो स्वभाव जान्नुपर्छ, यो तिमीहरू सबैमा भएको कमजोरी पनि हो; यो तिमीहरू सबैको साझा रोग हो। यसैले तिमीहरूको निम्ति आजको मेरो अर्ती यही हो कि तिमीहरू मेरो गवाहीमा बलियो गरी खडा होओ। कुनै पनि हालतमा पुरानो रोगलाई फर्किन नदेओ। गवाही बन्नु सबैभन्दा महत्त्वपूर्ण हो—यो नै मेरो कामको मुटु हो। तिमीहरूले मेरा वचनहरूलाई त्यसरी नै ग्रहण गर्नुपर्छ जसरी मरियमले आफ्नो सपनामा आएको यहोवाको प्रकाशलाई ग्रहण गरिन्: विश्वास गरेर अनि समर्पित भएर। यही नै पवित्र हुन योग्य छ। किनभने सबैभन्दा धेरै मेरा वचनहरू सुन्ने र मद्वारा सबैभन्दा बढी आशिषित तिमीहरू नै हौ। मैले तिमीहरूलाई मेरा सबै मूल्यवान् सम्पत्तिहरू दिएको छु, मैले तिमीहरूलाई सबै थोक प्रदान गरेको छु, तापनि तिमीहरूको अवस्था इस्राएलका मानिसहरूको भन्दा धेरै फरक छ; तिमीहरू आकाश-पातलले फरक छौ। तर तिमीहरूले तिनीहरूको तुलनामा धेरै नै प्राप्त गरेका छौ; तिनीहरू व्यग्रताका साथ मेरो उपस्थितिको प्रतिक्षा गर्छन् भने तिमीहरूले चाहिँ मेरो प्रशस्ततामा सहभागी भएर रमाइला दिनहरू बिताइरहेका छौ। यस भिन्नताको बाबजुद मसँग गुनासो र कचकच गर्ने तथा मेरो सम्पत्तिबाट तिमीहरूको हिस्सा माग्ने अधिकार तिमीहरूलाई केले दिन्छ? के तिमीहरूले धेरै नै पाएका छैनौ र? म तिमीहरूलाई धेरै दिन्छु तर यसको बदलामा तिमीहरूले मलाई हृदयविदारक दुःख र चिन्ता, अदम्य घृणा र असन्तुष्टि मात्र दिएका छौ। तिमीहरू यति घृणित छौ—तथापि तिमीहरू दयनीय पनि छौ, यसैले मेरा सबै घृणालाई निल्नु र तिमीहरूलाई मेरा विरोधहरू घरीघरी व्यक्त गर्नु बाहेक मसँग अर्को विकल्प छैन। हजारौँ वर्षको काममा मैले मानवजातिसँग कहिले पनि प्रतिवाद गरिनँ किनकि मैले यो कुरा पत्ता लगाएँ कि, मानवजातिको विकास हुने क्रमभरि, तिमीहरूका माझमा प्राचीन समयका प्रख्यात पुर्खाहरूले तिमीहरूको निम्ति छोडेको उत्तराधिकार जस्तै केवल “धोकाहरू” मात्र धेरै प्रख्यात भएको छ। ती अमानवीय सुँगुर र कुकुरहरूलाई म कति घृणा गर्छु। तिमीहरूमा विवेकको निकै अभाव छ! तिमीहरूको चरित्र अत्यन्तै नीच छ! तिमीहरूका हृदय अति कठोर छन्! यदि मैले मेरा वचन र कामहरू इस्राएलीहरूकहाँ पुर्याएको भए, मैले धेरै अगाडि नै महिमा प्राप्त गरिसक्ने थिएँ। तर तिमीहरूको बीचमा यो अप्राप्य छ; तिमीहरूको माझमा तिमीहरूका क्रूर उपेक्षा, तिमीहरूका बेपरवाह र तिमीहरूका बहानाहरू मात्र छन्। तिमीहरू अत्यन्तै असंवेदनशील र पूर्ण रूपमा बेकम्मा छौ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको बारेमा तेरो बुझाइ के छ?
परमेश्वरका दैनिक वचनहरू अंश ३२४
अब तिमीहरू सबैले परमेश्वरमाथिको विश्वासको साँचो अर्थ बुझ्नुपर्छ। मैले पहिले जुन परमेश्वरमाथिको विश्वासको कुरा गरेको थिएँ त्यसको अर्थ तिमीहरूको सकारात्मक प्रवेशसँग सम्बन्धित थियो। आजको कुरा फरक छ: आज, म परमेश्वरमाथिको तिमीहरूको विश्वासको सारलाई चिरफार गर्नेछु। अवश्य पनि, यो तिमीहरूलाई नकारात्मक पक्षबाट मार्गदर्शन गर्नु हो; यदि मैले त्यसो गरिनँ भने, तिमीहरूले आफ्नो साँचो मुहार कहिल्यै चिन्नेछैनौ, र सधैँ आफ्नो भक्ति र बफादारीको धाक देखाउनेछौ। यो भन्नु उचित नै हुन्छ कि यदि मैले तिमीहरूको हृदयको गहिराइमा भएको कुरुपतालाई उजागर गरिनँ भने, तिमीहरू हरेकले आफ्नो शिरमा मुकुट लगाउनेछौ र सबै महिमा आफैलाई दिनेछौ। तिमीहरूका अहङ्कारी र अभिमानी प्रकृतिहरूले तिमीहरूलाई आफ्नै विवेकलाई धोका दिन, ख्रीष्टविरुद्ध विद्रोह गर्न र उहाँको प्रतिरोध गर्न, अनि तिमीहरूका कुरुप मुहारहरू प्रकट गर्न प्रेरित गर्छन्, जसमार्फत तिमीहरूका अभिप्राय, धारणा, अधिक चाहनाहरू, र लोभले भरिएका आँखाहरू प्रकाशमा आउँछन्। तैपनि तिमीहरू ख्रीष्टको कामप्रति आफ्नो जीवनभरको लगाव रहेको उद्घोष गरिरहन्छौ, र ख्रीष्टले धेरै अघि बोल्नुभएका सत्यताहरूलाई भनिरहन्छौ र दोहोर्याइरहन्छौ। यो तिमीहरूको “विश्वास”—तिमीहरूको “अशुद्धताविनाको विश्वास” हो। मैले सुरुदेखि नै मानिसका लागि कडा मानक राखेको छु। यदि तेरो बफादारी अभिप्राय र सर्तहरूसहित आउँछ भने, बरु मलाई तेरो तथाकथित बफादारी नभएकै ठिक छ, किनभने मानिसहरूले आफ्ना अभिप्रायहरूद्वारा मलाई धोका दिने र सर्तहरू राखेर मबाट जबरजस्ती असुल्न खोज्ने कुरालाई म घृणा गर्छु। म मानिस मप्रति पूर्ण रूपमा बफादार होस्, र उसले एउटै शब्दको खातिर र त्यसलाई प्रमाणित गर्नका लागि सबै काम गरोस् भन्ने मात्र चाहन्छु: त्यो हो विश्वास। तिमीहरूले चिप्ला कुरा गरेर मलाई खुसी पार्ने प्रयास गर्दा म त्यसलाई घृणा गर्छु, किनभने मैले तिमीहरूलाई सधैँ सच्चाइका साथ व्यवहार गरेको छु, त्यसैले म तिमीहरूले पनि मप्रति साँचो विश्वासका साथ काम गर भन्ने चाहन्छु। विश्वासको कुरा आउँदा, धेरैले आफूसँग विश्वास भएकोले नै आफूले परमेश्वरलाई पछ्याएको, नत्र यस्तो कष्ट नसहने भनी सोच्न सक्छन्। त्यसैले म तँलाई यो सोध्छु: यदि तँ परमेश्वरको अस्तित्वमा विश्वास गर्छस् भने, तँ किन कहिल्यै उहाँको डर मान्दैनस्? यदि तँ परमेश्वरको अस्तित्वमा विश्वास गर्छस् भने, तेरो हृदयमा किन उहाँप्रति रत्तिभर भय छैन? यदि तँ ख्रीष्ट परमेश्वरको देहधारी रूप हुनुहुन्छ भनी स्वीकार गर्छस् भने, तँ किन उहाँलाई तुच्छ ठान्छस्? तँ किन उहाँप्रति अनादरपूर्ण व्यवहार गर्छस्? तँ किन खुलेआम उहाँलाई गलत ठहराउँछस्? तँ किन सधैँ उहाँका गतिविधिहरूको जासुसी गर्छस्? तँ किन उहाँका बन्दोबस्तहरूप्रति समर्पित हुँदैनस्? तँ किन आफ्ना कार्यहरूमा उहाँको वचनलाई आफ्नो मापदण्डका रूपमा लिँदैनस्? तँ किन उहाँका भेटीहरू जबरजस्ती असुल्ने र चोर्ने गर्छस्? तँ किन ख्रीष्टको स्थानबाट बोल्ने प्रयास गर्छस्? तँ किन उहाँको काम र उहाँको वचन सही छन् कि छैनन् भनी मूल्याङ्कन गर्छस्? तँ किन उहाँको पिठ्युँ पछाडि उहाँको ईशनिन्दा गर्ने दुस्साहस गर्छस्? के तिमीहरूको विश्वास यी र यस्तै अन्य कुराहरू मिलेर बनेको छ?
तिमीहरूका शब्द र व्यवहारमा ख्रीष्टप्रतिको तिमीहरूको अविश्वासका तत्त्वहरू प्रकट हुन्छन्। तिमीहरूले गर्ने सबै कामको मनसाय र उद्देश्यहरूमा अविश्वास व्याप्त हुन्छ। तिमीहरूको हेराइको भावमा समेत ख्रीष्टप्रतिको अविश्वास रहेको हुन्छ। यसो भन्न सकिन्छ कि हरेक मिनेट, तिमीहरू हरेकले अविश्वासका तत्त्वहरू बोकेका हुन्छौ। यसको अर्थ के हो भने, हरेक क्षण, तिमीहरू ख्रीष्टलाई धोका दिने खतरामा हुन्छौ, किनभने तिमीहरूको शरीरमा बग्ने रगत देहधारी परमेश्वरप्रतिको अविश्वासले भरिएको हुन्छ। त्यसकारण, म भन्छु कि परमेश्वरमाथिको विश्वासको मार्गमा तिमीहरूले छोड्ने पाइलाहरू वास्तविक हुँदैनन्; परमेश्वरमाथिको विश्वासको मार्गमा हिँड्दा, तिमीहरू आफ्ना खुट्टा जमिनमा दृढतापूर्वक टेक्दैनौ—तिमीहरू झारा टार्ने काम मात्र गरिरहेका हुन्छौ। तिमीहरू ख्रीष्टको वचनलाई कहिल्यै पूर्ण रूपमा विश्वास गर्दैनौ र यसलाई तुरुन्तै व्यवहारमा लागू गर्न असक्षम हुन्छौ। तिमीहरूमा ख्रीष्टमाथि विश्वास नहुनुको कारण यही हो। उहाँका बारेमा सधैँ धारणाहरू बोकेर हिँड्नु तिमीहरूमा उहाँमाथि विश्वास नहुनुको अर्को कारण हो। ख्रीष्टको कामका बारेमा सधैँ शङ्का गर्नु, ख्रीष्टको वचनलाई बेवास्ता गर्नु, ख्रीष्टले गर्नुहुने हरेक काममा आफ्नो राय राख्नु र त्यसलाई सही रूपमा बुझ्न नसक्नु, जस्तोसुकै स्पष्टीकरण पाए पनि आफ्ना धारणाहरू त्याग्न गाह्रो मान्नु, आदि—यी सबै तिमीहरूको हृदयमा मिसिएका अविश्वासका तत्त्व हुन्। तिमीहरू ख्रीष्टको कामलाई पछ्याउने र कहिल्यै पछि नपर्ने भए पनि, तिमीहरूको हृदयमा विद्रोहीपन ज्यादै नै मिसिएको हुन्छ। यो विद्रोहीपन परमेश्वरमाथिको तिमीहरूको विश्वासमा भएको एउटा अशुद्धता हो। सायद तिमीहरूलाई कुरा यस्तो हो भन्ने नलाग्ला, तर यदि तँ यसभित्रबाटै आफ्ना अभिप्रायहरू पहिचान गर्न असक्षम छस् भने, तँ नष्ट हुनेहरूमध्ये पर्नु निश्चित छ, किनभने परमेश्वरले उहाँमा साँचो रूपमा विश्वास गर्नेहरूलाई मात्र सिद्ध पार्नुहुन्छ, उहाँमा आधा विश्वास गर्नेहरूलाई होइन, र उहाँ परमेश्वर हुनुहुन्छ भनी कहिल्यै विश्वास नगरे पनि अनिच्छापूर्वक उहाँलाई पछ्याउनेहरूलाई त झनै होइन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के तँ साँच्चै परमेश्वरको विश्वासी होस्?
परमेश्वरका दैनिक वचनहरू अंश ३२५
कतिपय मानिसहरू सत्यतालाई प्रेम गर्दैनन्, न्यायलाई त झनै गर्दैनन्। यसको साटो, तिनीहरू शक्ति र धनसम्पत्तिलाई प्रेम गर्छन्; यस्ता मानिसहरूलाई शक्तिपिपासु भनिन्छ। तिनीहरू संसारमा शक्ति भएका सम्प्रदायहरू मात्र खोज्छन्, र सेमिनरीहरूबाट आएका पाष्टर र शिक्षकहरू मात्र खोज्छन्। तिनीहरूले सत्यताको मार्गलाई स्वीकार गरेका भए पनि, तिनीहरू आधा मात्र विश्वास गर्छन्, र तिनीहरू आफ्नो सम्पूर्ण शरीर र मन अर्पण गर्न असक्षम हुन्छन्; तिनीहरू मुखले परमेश्वरप्रति आफूलाई समर्पित गर्ने कुरा बोल्छन्, तर तिनीहरूका आँखा ठूला पाष्टर र शिक्षकहरूमा केन्द्रित हुन्छन्, र तिनीहरू ख्रीष्टलाई फर्केर पनि हेर्दैनन्। तिनीहरूको दिमाग ख्याति, प्राप्ति, र महिमाका विचारहरूले भरिएको हुन्छ। तिनीहरू यस्तो सानो व्यक्तिले यति धेरैलाई विजय गर्न सक्छ, यस्तो मामुली व्यक्तिले मानिसलाई सिद्ध पार्न सक्छ भन्ने कुरा असम्भव ठान्छन्। तिनीहरू धुलो र गोबरको थुप्रोमा रहेका यी साना मानिसहरू परमेश्वरद्वारा चुनिएका मानिस हुन् भन्ने कुरा असम्भव ठान्छन्। तिनीहरू यदि यस्ता मानिसहरू परमेश्वरको मुक्तिका पात्र हुन्थे भने, स्वर्ग र पृथ्वी उल्टोपुल्टो हुनेथियो, र सबै मानिस हाँसेर मुर्छा पर्नेथिए भन्ने विश्वास गर्छन्। तिनीहरू यदि परमेश्वरले यस्ता मानिसहरूलाई सिद्ध पार्न चुन्नुभयो भने, ती महान् मानिसहरू परमेश्वर स्वयम् बन्नेथिए भन्ने विश्वास गर्छन्। तिनीहरूका दृष्टिकोणहरू अविश्वासले दूषित हुन्छन्; विश्वास नगर्ने मात्र होइन, तिनीहरू त अविवेकी पशु नै हुन्। किनभने तिनीहरू हैसियत, प्रतिष्ठा, र शक्तिलाई मात्र महत्त्व दिन्छन्, र तिनीहरू ठूला समूह र सम्प्रदायहरूलाई सम्मान गर्छन्, र ख्रीष्टद्वारा अगुवाइ गरिएकाहरूलाई अलिकति पनि वास्ता गर्दैनन्। तिनीहरू केवल त्यस्ता विश्वासघाती हुन् जसले ख्रीष्ट, सत्यता, र जीवनप्रति पिठ्युँ फर्काएका छन्।
तँ ख्रीष्टको विनम्रताको प्रशंसा गर्दैनस्, तर तँ प्रमुख हैसियत भएका ती झूटा गोठालाहरूलाई आदर गर्छस्। तँ ख्रीष्टको प्रेमिलोपन वा बुद्धिलाई कदर गर्दैनस्, तर तँ संसारको फोहोरमा लागेका ती उच्छृङ्खल मानिसहरूलाई रुचाउँछस्। तँ ख्रीष्टले विश्राम गर्ने ठाउँ नपाउनुभएको पीडालाई खिसीटिउरी मात्र गर्छस्, तर तँ भेटीहरू चोर्ने र मोजमस्तीमा जिउने ती लासहरूको प्रशंसा गर्छस्। तँ ख्रीष्टका साथमा दुःख भोग्न इच्छुक छैनस्, तर तँ स्वेच्छाले ती लापरवाह र स्वेच्छाचारी ख्रीष्टविरोधीहरूको अँगालोमा बाँधिन्छस्, यद्यपि तिनीहरूले तँलाई देह, शब्द, र नियन्त्रण मात्र आपूर्ति गर्छन्। अहिले पनि, तेरो हृदय तिनीहरूतर्फ, तिनीहरूको प्रतिष्ठातर्फ, तिनीहरूको हैसियततर्फ, तिनीहरूको शक्तितर्फ नै ढल्किन्छ। तैपनि तँ ख्रीष्टको कामलाई स्वीकार गर्न गाह्रो मान्ने र यसलाई स्वीकार गर्न अनिच्छुक हुने मनोवृत्ति अपनाइरहन्छस्। यही कारणले गर्दा मात्र म भन्छु कि तँमा ख्रीष्टलाई स्वीकार गर्ने विश्वास छैन। तैँले आजसम्म उहाँलाई पछ्याउनुको कारण तँसँग अरू कुनै विकल्प नभएर मात्र हो। तेरो हृदयमा उच्च छविचित्रहरूको शृङ्खला सधैँ खडा भइरहन्छ; तैँले तिनीहरूका हरेक शब्द र कार्यलाई, साथै तिनीहरूका प्रभावशाली शब्द र हातहरूलाई पनि बिर्सन सक्दैनस्। तिमीहरूको हृदयमा, तिनीहरू सदैव सर्वोच्च र नायकका रूपमा रहन्छन्। तर आजका ख्रीष्टको हकमा यो लागू हुँदैन। तेरो हृदयमा, उहाँ सधैँ तुच्छ हुनुहुन्छ, उहाँ सधैँ डर मान्न योग्य नभएको मानव हुनुहुन्छ। किनभने उहाँ धेरै नै साधारण हुनुहुन्छ, उहाँको प्रभाव निकै कम छ, र उहाँ बिलकुलै उच्च हुनुहुन्न।
जे भए पनि, म भन्छु कि जो सत्यतालाई महत्त्व दिँदैनन् तिनीहरू सबै अविश्वासी र सत्यताका विश्वासघाती हुन्। यस्ता मानिसहरूले कहिल्यै ख्रीष्टको अनुमोदन प्राप्त गर्नेछैनन्। के तैँले अब तँभित्र कति अविश्वास छ, र तँमा ख्रीष्टप्रति कति विश्वासघात छ भनी पहिचान गरेको छस्? म तँलाई यस्तो अर्ती दिन्छु: तैँले सत्यताको मार्ग रोजेको हुनाले, तैँले आफूलाई पूर्ण हृदयले अर्पित गर्नुपर्छ; दुविधात्मक वा अनुत्साहित नहो। तैँले के बुझ्नुपर्छ भने, परमेश्वर संसारको वा कुनै एक व्यक्तिको परमेश्वर हुनुहुन्न, बरु उहाँमा साँचो विश्वास गर्ने सबैको, उहाँको आराधना गर्ने सबैको, र उहाँप्रति अर्पित र विश्वसनीय हुने सबैको परमेश्वर हुनुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के तँ साँच्चै परमेश्वरको विश्वासी होस्?
परमेश्वरका दैनिक वचनहरू अंश ३२६
आफ्नो विश्वासमा, मानिसहरू परमेश्वरले तिनीहरूलाई उपयुक्त गन्तव्य र तिनीहरूले चाहेका सबै अनुग्रह दिलाउनुहोस्, उहाँ तिनीहरूको सेवक बन्नुहोस्, उहाँले तिनीहरूसँग शान्तिपूर्ण, मित्रवत् सम्बन्ध कायम राख्नुहोस् ताकि कुनै पनि बेलामा तिनीहरूबीच कुनै द्वन्द्व नहोस् भन्ने खोजीमा हुन्छन्। भन्नुको मतलब, परमेश्वरमा विश्वास गर्दा, तिनीहरू आफूले बाइबलमा पढेको “म तिमीहरूका सबै माग सुन्नेछु” भन्ने वचनबमोजिम उहाँले तिनीहरूका सबै आवश्यकताहरू पूरा गर्ने र तिनीहरूले मागेका जुनसुकै कुरा प्रदान गर्ने प्रतिज्ञा गर्नुपर्छ भन्ने माग गर्छन्। तिनीहरू परमेश्वरले कसैको न्याय वा काटछाँट नगर्नुहोस् भन्ने माग गर्छन्, किनभने उहाँ सधैँ कृपालु मुक्तिदाता येशू रहनुभएको छ जसले हर समय र हरेक ठाउँमा मानिसहरूसँग राम्रो सम्बन्ध कायम राख्नुहुन्छ। मानिसहरूले परमेश्वरमा विश्वास गर्ने तरिका यस्तो छ: तिनीहरू निर्लज्ज भई परमेश्वरसँग मागहरू मात्र राख्छन्, र तिनीहरू चाहे विद्रोही होऊन् वा आज्ञाकारी होऊन्, उहाँले केवल तिनीहरूलाई सबै कुरा प्रदान गरिरहनुपर्छ भन्ने विश्वास गर्छन्। तिनीहरू केवल निरन्तर परमेश्वरबाट “ऋण असुल” गरिरहन्छन्, र उहाँले कुनै प्रतिरोधविना तिनीहरूलाई “प्रतिदान” गर्नुपर्छ र, अझ भन्ने हो भने, दोब्बर तिर्नुपर्छ भन्ने विश्वास गर्छन्। तिनीहरू परमेश्वरले तिनीहरूबाट केही प्राप्त गर्नुभएको होस् वा नहोस्, उहाँलाई तिनीहरूद्वारा मात्र नियन्त्रण गर्न सकिन्छ, र उहाँले आफूले चाहेअनुसार मानिसहरूलाई योजनाबद्ध गर्न सक्नुहुन्न, अनि धेरै वर्षदेखि लुकाइएको उहाँको बुद्धि र धर्मी स्वभावलाई उहाँले चाहनुभएको बेला र तिनीहरूको अनुमतिविना मानिसहरूलाई प्रकट गर्न त झनै पाउनुहुन्न भन्ने सोच्छन्। तिनीहरू केवल परमेश्वरसामु आफ्ना पापहरू स्वीकार गर्छन्, र उहाँले त्यसप्रति कुनै वितृष्णा महसुस नगरी केवल तिनीहरूलाई पापमुक्त गरिदिनुपर्छ, र यो सधैँभरि चलिरहनेछ भन्ने विश्वास गर्छन्। तिनीहरू परमेश्वर मानिसहरूको सेवा लिनका लागि नभई तिनीहरूको सेवा गर्न, र तिनीहरूको सेवक बन्न आउनुभएको हो भनी बाइबलमा उल्लेख रहेकाले उहाँले खुरुक्कै तिनीहरूको आज्ञा मान्नुपर्छ भन्ने विश्वास गर्दै उहाँलाई आदेशहरू मात्र दिइरहन्छन्। अहिले पनि, के तिमीहरू अझै यही तरिकाले विश्वास गर्दैनौ र? जब-जब तिमीहरू परमेश्वरबाट केही कुरा प्राप्त गर्न असमर्थ हुन्छौ, तब तिमीहरू भागेर जाने इच्छा गर्छौ; जब तिमीहरूले केही कुरा बुझ्दैनौ, तब तिमीहरू धेरै रुष्ट हुन्छौ र उहाँलाई अनेक गाली गर्न समेत तम्सिन्छौ। तिमीहरू परमेश्वर स्वयम्लाई उहाँको बुद्धि र अचम्मको कार्य पूर्ण रूपमा व्यक्त गर्न पटक्कै दिँदैनौ; बरु, तिमीहरू केवल क्षणिक सहजता र आराममा लिप्त हुन चाहन्छौ। अहिलेसम्म, परमेश्वरमा विश्वास गर्दा तिमीहरूको मनोवृत्तिमा उही पुराना दृष्टिकोणहरू मात्र रहेका थिए। यदि परमेश्वरले तिमीहरूलाई अलिकति मात्रै प्रताप देखाउनुभयो भने, तिमीहरू बेखुसी हुन्छौ। के तिमीहरूले अब आफ्नो कद ठ्याक्कै कति ठूलो छ भनी देख्यौ त? तिमीहरू सबै जना परमेश्वरप्रति बफादार छौ भन्ने नठान जबकि वास्तवमा तिमीहरूका पुराना दृष्टिकोणहरू नै परिवर्तन भएका छैनन्। आफूलाई केही पनि आइपरेको छैन भने, तँ सबै कुरा सहज रूपमा चलिरहेको छ भन्ने विश्वास गर्छस्, र परमेश्वरप्रतिको तेरो प्रेम उच्च बिन्दुमा पुग्छ। जब तँलाई केही सानो कुरा आइपर्छ, तब तँ पातालमा खस्छस्। के यो परमेश्वरप्रति बफादार हुनु हो?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले हैसियतका आशिष्हरू त्याग्नुपर्छ र मानिसलाई मुक्ति दिने परमेश्वरको अभिप्रायलाई बुझ्नुपर्छ
परमेश्वरका दैनिक वचनहरू अंश ३२७
तिमीहरूको पछ्याइमा, तिमीहरूसँग अत्यन्तै धेरै व्यक्तिगत धारणा, आशा र भविष्य छन्। तिमीहरूको हैसियतको चाहना र अत्यधिक चाहनाहरूलाई काटछाँट गर्नका निम्ति अहिले यस तरिकाले काम गरिन्छ। यी आशाहरू, हैसियतप्रतिको यो चाहना, र यी धारणाहरू सबै शैतानी स्वभावका प्रतीक हुन्। मानिसहरूको हृदयमा यी कुराहरू हुनुको कारण पूर्णतया शैतानका विषहरूले सधैँ मानिसहरूका विचारहरूलाई क्षयीकृत गरिरहेको हुनु हो। मानिसहरू आफूलाई शैतानका यी परीक्षाहरूबाट कहिल्यै मुक्त गर्न सक्दैनन्, र तिनीहरू पापको माझमा जिउँछन् तैपनि यो पाप हो भनी विश्वास गर्दैनन्। अझ भन्नुपर्दा, तिनीहरू सोच्छन्, “हामी परमेश्वरमा विश्वास गर्छौँ, त्यसैले उहाँले हामीलाई आशिष्हरू दिनुपर्छ र हाम्रो निम्ति सबै कुरा उचित तवरले व्यवस्था गर्नुपर्छ। हामी परमेश्वरमा विश्वास गर्छौँ, यसैले हामी अरूभन्दा श्रेष्ठ हुनुपर्छ र हाम्रो हैसियत र भविष्य अरू कसैको भन्दा उच्च हुनुपर्छ। हामीले परमेश्वरमा विश्वास गर्ने हुनाले, उहाँले हामीलाई असीमित आशिष्हरू दिनुपर्छ। अन्यथा, यसलाई परमेश्वरमा विश्वास गरेको भनिने थिएन।” धेरै वर्षदेखि, आफ्नो अस्तित्वका निम्ति मानिसहरू जुन सोचहरूमा भर परेका छन् तिनले तिनीहरूका हृदयलाई यति हदसम्म क्षयीकृत गरेका छन् कि तिनीहरू छली, डरपोक र घृणास्पद बनेका छन्। तिनीहरूमा इच्छाशक्ति र सङ्कल्प नभएको मात्र नभएर, तिनीहरू लोभी, अहङ्कारी र मनमानी गर्ने समेत बनेका छन्। तिनीहरूसँग स्वयम्लाई पार गर्ने सङ्कल्प छँदै छैन, र अझ बढी, यी अन्धकारका प्रभावहरूको बन्धनबाट मुक्त हुने अलिकति पनि साहस छैन। मानिसहरूका विचार र जीवन यति कुहिएका छन् कि परमेश्वरमाथि विश्वास गर्नुपछाडिका तिनीहरूका दृष्टिकोणहरू अझ पनि असहनीय रूपले घृणित र सुन्न पनि नसकिने किसिमका छन्। मानिसहरू सबै डरपोक, शक्तिहीन, घृणास्पद र कमजोर हुन्छन्। तिनीहरू अन्धकारका शक्तिहरूलाई घृणा गर्दैनन् र ज्योति र सत्यताप्रति प्रेमको महसुस गर्दैनन्; बरु, तिनीहरू ज्योति र सत्यतालाई निष्कासित गर्ने भरमग्दुर प्रयास गर्छन्। के तिमीहरूका अहिलेका सोच र दृष्टिकोणहरू यस्तै छैनन् र? अर्थात्, तिमीहरूले परमेश्वरमा विश्वास गर्ने हुनाले तिमीहरूले आशिष्हरू प्राप्त गर्नुपर्छ, र तिमीहरूको हैसियत कहिले पनि फुत्केर नजाने र त्यो गैरविश्वासीहरूको भन्दा उच्च रहने सुनिश्चित गरिनुपर्छ—तिमीहरूले आफूभित्र त्यस किसिमको दृष्टिकोण एक-दुई वर्षदेखि मात्र होइन धेरै वर्षदेखि बोक्दै आएका छौ। तिमीहरूको कारोबारी तरिकाको सोचाइ अति विकसित भएको छ। तिमीहरू आज यस चरणमा आइपुगेका भए पनि तिमीहरू हैसियतलाई अझै पनि च्याप्प समातिरहन्छौ; एक दिन तिमीहरूको हैसियत गुम्नेछ र तिमीहरूको नाम बर्बाद हुनेछ भन्ने गहिरो डरले, तिमीहरू यसबारे खोजीनिती गर्न विशेष रूपले मेहनत लगाउँछौ र दिनहुँ यसलाई नियाल्छौ। मानिसहरूले सहजताप्रतिको आफ्नो चाहना कहिल्यै त्यागेका छैनन्। यसरी आज मैले तिमीहरूलाई न्याय गरिरहँदा, अन्त्यमा तिमीहरूसँग कुन हदसम्मको बुझाइ हुनेछ? तिमीहरूले आफ्नो हैसियत उच्च नभए पनि, आफूले परमेश्वरले गर्ने उन्नयनको आनन्द लिएको, आफ्नो जन्म नीच स्तरमा भएकाले आफूसँग हैसियत नभएको, तर आफूलाई परमेश्वरले उच्च पार्नुहुने हुनाले आफूले हैसियत प्राप्त गर्ने—यो उहाँले आफूलाई प्रदान गर्ने कुरा हो भनेर भन्नेछौ। आज तिमीहरू व्यक्तिगत रूपमा परमेश्वरको प्रशिक्षण, उहाँको सजाय, र उहाँको न्याय प्राप्त गर्न सक्षम छौ। यो झनै उहाँले उच्च पार्नुभएको हो। तिमीहरू व्यक्तिगत रूपमा उहाँको शुद्धीकरण र प्रज्वलन प्राप्त गर्न सक्षम छौ। यो परमेश्वरको महान् प्रेम हो। युगौँयुगदेखि र पुस्तौँपुस्तादेखि एक जनाले पनि उहाँको शुद्धीकरण र प्रज्वलन प्राप्त गर्न सकेको छैन, न त एक जनाले पनि उहाँका वचनहरूको सिद्धीकरण नै प्राप्त गर्न सकेको छ। अहिले परमेश्वरले तिमीहरूलाई शुद्ध पार्दै, तिमीहरूको भित्री विद्रोहीपन खुलासा गर्दै तिमीहरूसँग आमनेसामने बोल्दै हुनुहुन्छ—यो साँच्चै नै उहाँले उच्च पार्नु हो। मानिसहरू के गर्न सक्षम छन्? चाहे तिनीहरू दाऊदका पुत्र हुन् वा मोआबका सन्तान, समग्रमा, मानिसहरू सृजित प्राणी हुन्, जोसँग घमन्ड गर्न लायकको केही पनि छैन। तिमीहरू सृजित प्राणी भएकाले तिमीहरूले सृजित प्राणीको कर्तव्य निर्वाह गर्नैपर्छ। तिमीहरूप्रति अरू मागहरू छैनन्। तिमीहरूले यसरी प्रार्थना गर्नुपर्छ: “परमेश्वर! चाहे मसँग हैसियत होस् वा नहोस्, म अब आफूलाई बुझ्छु। यदि मेरो हैसियत उच्च छ भने, यो तपाईँले उचाल्नुभएको कारणले हो, र यदि यो तुच्छ छ भने, यो तपाईँको पूर्वनियोजनले गर्दा हो। सबथोक तपाईँकै हातमा छ। मसँग न त कुनै विकल्प छ, न कुनै गुनासो छ। म यस देशमा र यी जातिहरूको बीचमा जन्मन्छु भनी तपाईँले नै पूर्वनियोजन गर्नुभयो, र मैले गर्न सक्ने भनेको तपाईँको प्रभुत्वअन्तर्गत पूर्ण रूपमा समर्पित हुनु मात्र हो, किनकि सबै कुरा तपाईँले पूर्वनियोजन गर्नुभएको हो। म हैसियतको बारेमा विचार गर्दिनँ; म एक सृजित प्राणीबाहेक केही होइन। यदि तपाईँले मलाई अतल कुण्डमा, आगो र गन्धकको कुण्डमा राख्नुभयो भने, म एक सृजित प्राणीबाहेक अरू केही पनि होइन। यदि तपाईँले मलाई प्रयोग गर्नुभयो भने, म एक सृजित प्राणी हुँ। यदि तपाईँले मलाई सिद्ध पार्नुभयो भने पनि म सृजित प्राणी नै हुँ। यदि तपाईँले मलाई सिद्ध पार्नुभएन भने, म अझै पनि तपाईँलाई प्रेम गर्नेछु, किनकि म सृजित प्राणीभन्दा बढी अरू केही होइन। म सृष्टिकर्ताको एक झिनोमसिनो सृजित प्राणीबाहेक अरू केही पनि होइन, सारा सृजित मानवमध्ये एक जना मात्र हुँ। तपाईँले नै मलाई सृष्टि गर्नुभयो, र अब तपाईँले मलाई तपाईँको इच्छाअनुसार जेसुकै गर्न आफ्नो हातमा राख्नुभएको छ। म तपाईँको औजार र तपाईँको प्रतिभार बन्न इच्छुक छु, किनकि सबै कुरा तपाईँले नै पूर्वनियोजित गर्नुभएको हो र तिनलाई कसैले परिवर्तन गर्न सक्दैन। सबै कामकुरा र सबै घटनाहरू तपाईँकै हातमा छन्।” त्यतिबेला, तैँले हैसियतबारे सोचविचार गर्न छोडेको हुन्छस्—तँ त्यतिबेला नै त्यसबाट मुक्त हुनेछस्। तब मात्र तँ आत्मविश्वास र हिम्मतका साथ पछ्याउन सक्षम हुनेछस्, र तब मात्र तेरो हृदय कुनै पनि बन्धनबाट मुक्त हुन सक्छ। एक पटक मानिसहरू यी कुराहरूबाट मुक्त भए भने त्यसपछि तिनीहरूलाई कुनै चिन्ता हुँदैन। अहिले तिमीहरूमध्ये अधिकांशका चिन्ताहरू के-के छन्? तिमीहरू सधैँ हैसियतद्वारा नियन्त्रित हुन्छौ र निरन्तर आफ्नै भविष्यप्रति चिन्तित रहन्छौ। तिमीहरू जहिले पनि मानवजातिको गन्तव्यसम्बन्धी भनाइहरू पढ्ने इच्छा राखेर र तिमीहरूको भविष्य के हो र तिमीहरूको गन्तव्य के हुनेछ भनी जान्न चाहेर परमेश्वरका वचनहरूको पृष्ठ पल्टाउँछौ। तिमीहरू सधैँ गम खान्छौ, “के साँच्चै मेरो कुनै भविष्य छ? के परमेश्वरले ती लानुभएको छ? परमेश्वरले म एक प्रतिभार हुँ मात्र भन्नुहुन्छ; त्यसो भए, मेरो भविष्य के-कस्तो छ त?” तिमीहरूलाई आफ्नो भविष्य र नियति त्याग्न गाह्रो हुन्छ। तिमीहरू अब अनुयायी हौ र तिमीहरूले यस चरणको कामको बारेमा केही बुझाइ प्राप्त गरेका छौ। यद्यपि, तिमीहरूले अझै पनि आफ्नो हैसियतको चाहना त्यागेका छैनौ। तिमीहरूको हैसियत उच्च हुँदा तिमीहरू राम्ररी पछ्याउँछौ, तर तिमीहरूको हैसियत कम हुँदा तिमीहरू पछ्याउन छोड्छौ। हैसियतका लाभहरू सधैँ तिमीहरूका मनमा रहिरहन्छन्। किन अधिकांश मानिसहरूले आफूलाई नकारात्मकताबाट हटाउन सक्दैनन्? के उत्तर सधैँ आशाहीन भविष्यको कारणले भन्ने हुँदैन र? परमेश्वरका वचनहरू जारी भएलगत्तै तिमीहरू आफ्नो हैसियत र पहिचान साँच्चै के हो भनी हेर्न हतार गर्छौ। तिमीहरू हैसियत र पहिचानलाई प्राथमिकतामा राख्छौ, र दर्शनलाई दोस्रो स्थानमा झार्छौ। तेस्रो स्थानमा त्यो कुरा हुन्छ जसमा तिमीहरू प्रवेश गर्नुपर्छ, अनि चौथो स्थानमा परमेश्वरका वर्तमान अभिप्रायहरू हुन्छन्। तिमीहरू पहिले परमेश्वरले तिमीहरूलाई दिनुभएको “प्रतिभार” भन्ने उपाधि बदलिएको छ कि छैन भनी हेर्छौ। तिमीहरूले पढेको पढेकै गर्छौ, र जब तिमीहरूले “प्रतिभार” को उपाधि हटाइएको देख्छौ, तब तिमीहरू खुसी हुन्छौ, परमेश्वरलाई धन्यवाद दिइरहन्छौ, र उहाँको महान् शक्तिको प्रशंसा गर्छौ। तर यदि तिमीहरूले आफू अझै प्रतिभार नै भएको देख्यौ भने, तिमीहरू दुःखी हुन्छौ र तिमीहरूको हृदयको उत्साह तुरुन्तै हराउँछ। तैँले जति यस तरिकाले पछ्याउँछस्, तैँले त्यति नै कम फल प्राप्त गर्छस्। व्यक्तिको हैसियतको चाहना जति ठूलो हुन्छ, उसलाई त्यति नै धेरै गम्भीर काटछाँट गर्नुपर्ने हुन्छ र त्यति नै ठूलो शोधन भोग्नुपर्ने हुन्छ। यस्ता मानिसहरू अत्यन्तै बेकम्मा हुन्छन्! तिनीहरूले आफ्नो हैसियतको चाहनालाई पूर्ण रूपमा त्याग्नका लागि धेरै काटछाँट र न्याय भोग्नैपर्छ। यदि तिमीहरूले यसरी पछ्यायौ भने, तिमीहरूले कुनै फल प्राप्त गर्नेछैनौ। जीवन नपछ्याउनेहरू रूपान्तरित हुन सक्दैनन् र सत्यताका निम्ति नतिर्खाउनेहरूले सत्यता प्राप्त गर्न सक्दैनन्। तैँले व्यक्तिगत रूपान्तरण र प्रवेश पछ्याउनमा ध्यान दिँदैनस्, बरु परमेश्वरलाई प्रेम गर्न र उहाँको नजिक हुनबाट तँलाई बाँध्ने अत्यधिक चाहना र चीजहरूमा सधैँ ध्यान दिन्छस्। के ती कुराहरूले तँलाई रूपान्तरण गर्न सक्छन्? के तिनले तँलाई राज्यभित्र ल्याउन सक्छन्? यदि सत्यताको खोजी गर्नु तेरो पछ्याइको लक्ष्य होइन भने, तैँले यस मौकाको फाइदा उठाएर यसमा सफल हुनका निम्ति संसारतिर फर्केकै राम्रो हो। तेरो समय यसरी फाल्नु उचित हुँदैन—तैँले आफैलाई किन कष्ट दिने? तैँले सुन्दर संसारमा भएका सबै किसिमका चीजहरूको आनन्द लिन सक्थिस् भन्ने कुरा सत्य होइन? पैसा, सुन्दर स्त्रीहरू, हैसियत, अभिमान, परिवार, बालबच्चाहरू र अन्य—के संसारका यी उत्पादनहरू तैँले आनन्द मनाउन सक्ने सर्वोत्तम कुराहरू होइनन् र? यहाँ सहज ठाउँको खोजीमा भौँतारिएर हिँड्नुको के फाइदा? मानिसको पुत्रको शिर राख्ने ठाउँ कहीँ छैन, यसैले तैँले आरामको ठाउँ कसरी पाउन सक्थिस्? उहाँले तेरो निम्ति आराम गर्ने एउटा सुन्दर ठाउँ कसरी सृजना गर्न सक्नुहुन्थ्यो र? के त्यो सम्भव छ? मेरो न्याय बाहेक, आज तैँले सत्यताका सिकाइहरू मात्र प्राप्त गर्न सक्छस्। तँ मबाट सान्त्वना प्राप्त गर्न सक्दैनस् र तँ मबाट आफूले दिनरात तृष्णा गर्ने सुखैसुखको जीवन पनि प्राप्त गर्न सक्दैनस्। म तँलाई संसारको धनसम्पत्ति र महिमा प्रदान गर्नेछैनँ। यदि तँ साँचो रूपमा पछ्याउँछस् भने, म तँलाई सम्पूर्ण रूपमा जीवनको मार्ग प्रदान गर्न, तँलाई पानीमा फर्किएको माछा जस्तो बनाउन इच्छुक छु। यदि तँ साँचो रूपमा पछ्याउँदैनस् भने, म त्यो सबै फिर्ता लिनेछु। म मेरो मुखका वचनहरू आरामको लोभ गर्ने, ठ्याक्कै सुँगुर र कुकुरजस्ता मानिसहरूलाई प्रदान गर्न इच्छुक छैनँ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?
परमेश्वरका दैनिक वचनहरू अंश ३२८
तिमीहरू आफूले गर्ने कुराहरूमा धार्मिकताको अभ्यास गर्छौ कि गर्दैनौ, र तिमीहरूका कार्यहरू परमेश्वरको छानबिनमा खरो उत्रन्छन् कि उत्रँदैनन् भनी थाहा पाउन आफूभित्रै जाँचेर हेर: परमेश्वरमा विश्वास गर्नेहरूले आफ्ना मामलाहरू सञ्चालन गर्ने सिद्धान्त यही हो। तिमीहरूले परमेश्वरलाई सन्तुष्ट पार्न सक्ने हुनाले, र तिमीहरूले परमेश्वरको हेरचाह र सुरक्षालाई स्वीकार गर्ने हुनाले तिमीहरूलाई धर्मी भनिनेछ। परमेश्वरको नजरमा, परमेश्वरको हेरचाह, सुरक्षा, र सिद्धतालाई स्वीकार गर्ने, र उहाँद्वारा प्राप्त गरिएकाहरू सबै धर्मी मानिस हुन्, र उहाँ तिनीहरू सबैलाई बहुमूल्य ठान्नुहुन्छ। तिमीहरू परमेश्वरका अहिलेका वचनहरूलाई जति बढी स्वीकार गर्छौ, त्यति नै बढी तिमीहरूले परमेश्वरका अभिप्रायहरूलाई बुझ्न र बोध गर्न सक्नेछौ, र त्यसकारण त्यति नै बढी तिमीहरू परमेश्वरका वचनहरू जिउन र उहाँका मागहरू पूरा गर्न सक्षम हुनेछौ। यो तिमीहरूका लागि परमेश्वरको आज्ञा हो, र तिमीहरू सबैले हासिल गर्न सक्नुपर्ने कुरा यही नै हो। यदि तिमीहरू आफ्ना धारणाहरू प्रयोग गरेर परमेश्वरलाई मापन गर्छौ र सीमित गर्छौ, मानौँ परमेश्वर माटोको अपरिवर्तनीय मूर्ति हुनुहुन्छ, परमेश्वरलाई पूर्ण रूपमा बाइबलमा सीमित गर्छौ र उहाँलाई कामको सीमित दायराभित्रै राख्छौ भने, यसले तिमीहरूले परमेश्वरलाई दोषी ठहराएका छौ भन्ने प्रमाणित गर्छ। पुरानो करारको युगका यहूदीहरूले परमेश्वरलाई तिनीहरूले हृदयमा राखेको स्थायी रूपको मूर्ति ठाने, मानौँ परमेश्वरलाई मसीह मात्र भन्न सकिन्थ्यो, र जसलाई मसीह भनिन्थ्यो उहाँ मात्र परमेश्वर हुन सक्नुहुन्थ्यो, र मानिसहरूले परमेश्वरलाई एउटा माटोको (निर्जीव) मूर्तिजस्तै गरी सेवा र आराधना गरे, त्यसकारण तिनीहरूले त्यस समयका येशूलाई क्रूसमा टाँगे, उहाँलाई मृत्युदण्ड दिए—यसरी निर्दोष येशूलाई मृत्युदण्डको सजाय सुनाइयो। परमेश्वर निर्दोष हुनुहुन्थ्यो, तैपनि मानिसले उहाँलाई छोड्न मानेन, र जिद्दीपूर्वक उहाँलाई मृत्युदण्ड दियो, र यसरी येशू क्रूसमा टाँगिनुभयो। मानिस सधैँ परमेश्वर अपरिवर्तनीय हुनुहुन्छ भन्ने विश्वास गर्छ, र एउटा मात्र पुस्तक, बाइबलको आधारमा उहाँलाई सीमित गर्छ, मानौँ मानिसले परमेश्वरको व्यवस्थापनलाई पूर्ण रूपमा बोध गरेको छ, मानौँ परमेश्वरले गर्ने सबै कुरा मानिसको हत्केलामा छ। मानिसहरू चरम रूपमा असङ्गत छन्, चरम रूपमा अहङ्कारी छन्, र तिनीहरू सबैमा ठूला कुरा गर्ने खुबी हुन्छ। परमेश्वरबारे तेरो ज्ञान जतिसुकै उच्च भए पनि, म अझै पनि के भन्छु भने तँ परमेश्वरलाई चिन्दैनस्, तँ परमेश्वरको सबैभन्दा बढी विरोध गर्ने व्यक्ति होस्, र तैँले परमेश्वरलाई दोषी ठहराएको छस्, किनभने तँ परमेश्वरको कामप्रति समर्पित हुन र परमेश्वरद्वारा सिद्ध पारिने पथमा हिँड्न पूर्ण रूपमा असक्षम छस्। परमेश्वर किन मानिसका कार्यहरूप्रति कहिल्यै सन्तुष्ट हुनुहुन्न? किनभने मानिसले परमेश्वरलाई कहिल्यै चिन्दैन, उसमा अति धेरै धारणा हुन्छन्, र परमेश्वरबारे उसको ज्ञान कुनै पनि हिसाबमा वास्तविकतासँग मिल्दैन, बरु यो सूत्रबद्ध र दोहोरिने खालको, साथै कृत्रिम रूपमा नक्कल गरिएको र कठोर रूपमा लागु गरिएको हुन्छ। त्यसैले, आज पृथ्वीमा आउनुभएपछि, परमेश्वरलाई मानिसद्वारा फेरि एक पटक क्रूसमा टाँगिएको छ। निर्दयी मानवजाति! षड्यन्त्र र चालबाजी, एक-अर्काबाट खोसाखोस र लुछाचुँडी, ख्याति र प्राप्तिका लागि तँछाडमछाड, एक-अर्काको हत्या—यो कहिले अन्त्य होला र? परमेश्वरले बोल्नुभएका लाखौँ वचनका बाबजुद, कोही पनि होसमा आएको छैन। मानिसहरू आफ्ना परिवार, छोराछोरीका खातिर, आफ्ना करियर, भविष्यका सम्भावनाहरू, हैसियत, व्यर्थको दम्भ, र पैसाका लागि, खाना, लुगाफाटो, र देहका खातिर काम गर्छन्। तर के साँच्चै परमेश्वरका खातिर काम गर्ने कोही छ? परमेश्वरका खातिर काम गर्नेहरूमध्ये पनि, परमेश्वरलाई चिन्नेहरू थोरै मात्र छन्। आफ्नै हितहरूका लागि काम नगर्ने मानिसहरू कति छन् र? आफ्नो हैसियतको रक्षा गर्न अरूलाई दमन वा बहिष्कार नगर्नेहरू कति छन्? त्यसैले, परमेश्वरलाई अनगिन्ती पटक जबरजस्ती मृत्युदण्डको सजाय सुनाइएको छ, र अनगिन्ती निर्दयी न्यायकर्ताहरूले परमेश्वरलाई दोषी ठहराएका छन् र उहाँलाई फेरि एक पटक क्रूसमा टाँगेका छन्। साँच्चै परमेश्वरका खातिर काम गर्ने भएका कारण कति जनालाई धर्मी मानिस भन्न सकिन्छ?
के परमेश्वरसामु सिद्ध पारिएर पवित्र जन वा धर्मी व्यक्ति बन्नु त्यति सजिलो छ र? “यस पृथ्वीमा कोही पनि धर्मी छैन, धर्मीहरू यस संसारमा छैनन्” भन्ने भनाइ साँचो हो। जब तिमीहरू परमेश्वरसामु आउँछौ, तब तिमीहरू के लगाइरहेका छौ भन्ने कुरालाई ख्याल गर, तिमीहरूको हरेक शब्द, कार्य, र चाल, तिमीहरूको हरेक सोच र विचार, र तिमीहरूले हरेक दिन देख्ने सपनाहरूलाई समेत ख्याल गर—ती सबै तिमीहरूकै खातिर हुन्। के यो यो नै साँचो वस्तुस्थिति होइन र? “धार्मिकता” को अर्थ अरूलाई दान दिनु होइन, यसको अर्थ आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु होइन, र यसको अर्थ झगडा र विवाद वा लुटपाट र चोरी गर्न छोड्नु होइन। धार्मिकता भनेको समय वा स्थानको पर्वाह नगरी, प्रभु येशूले गर्नुभएका सबै कुराजस्तै, परमेश्वरको आज्ञालाई आफ्नो कर्तव्यको रूपमा लिनु र परमेश्वरका योजनाबद्ध कार्य र प्रबन्धहरूलाई स्वर्गबाट गरिएको आह्वानका रूपमा लिएर तीप्रति समर्पित हुनु हो। परमेश्वरले जुन धार्मकिताबारे बोल्नुभएको छ त्यो यही हो। लूतलाई धर्मी भन्न सकिन्थ्यो किनभने तिनले आफ्नो लाभ र क्षतिलाई ख्याल नगरी परमेश्वरद्वारा पठाइएका दुई स्वर्गदूतलाई बचाए; यति मात्र भन्न सकिन्छ कि तिनले त्यस समयमा जे गरे त्यसलाई धर्मी भन्न सकिन्छ, तर तिनलाई धर्मी मानिस भन्न सकिँदैन। लूतले परमेश्वरलाई देखेका हुनाले मात्रै तिनले स्वर्गदूतहरूको बदलामा आफ्ना दुई छोरी दिएका थिए, तर विगतका तिनका सबै व्यवहार धार्मिकताको पक्षमा थिएनन्। त्यसकारण म भन्छु “यस पृथ्वीमा कोही पनि धर्मी छैन।” पुनर्स्थापनाको प्रवाहमा भएकाहरूमध्ये, कसैलाई पनि धर्मी व्यक्ति भन्न सकिँदैन। तेरा कार्यहरू जतिसुकै राम्रा भए पनि, तैँले परमेश्वरको नामलाई जतिसुकै महिमा दिएजस्तो देखिए पनि, अरूलाईपिट्ने र सराप्ने काम नगर्दैमा, वा अरूबाट लुटपाट र डकैती नगर्दैमा, तँलाई धर्मी भन्न मिल्दैन, किनभने यो त कुनै सामान्य व्यक्तिमा पनि हुन सक्ने कुरा हो। अहिलेको मुख्य कुरा भनेको तँ परमेश्वरलाई चिन्दैनस्। यति मात्र भन्न सकिन्छ कि वर्तमान अवस्थामा तँसँग थोरै सामान्य मानवता छ, तर परमेश्वरले उल्लेख गर्नुभएको धार्मिकताका कुनै तत्त्व छैन, र त्यसैले तैँले गर्ने कुनै पनि कुराले तँ परमेश्वरलाई चिन्छस् भनी प्रमाणित गर्न सक्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। दुष्टलाई निश्चय नै दण्ड दिइनेछ
परमेश्वरका दैनिक वचनहरू अंश ३२९
पहिला, परमेश्वर स्वर्गमा हुनुहुँदा, मानिसहरूले परमेश्वरसँग लापरवाह व्यवहार गर्ने। आज, परमेश्वर मानिसहरूको माझमा आउनुभएको छ—कति वर्ष भइसकेको छ भन्ने कुरा कसैलाई पनि थाहा छैन—तैपनि मानिसहरूले परमेश्वरसँग व्यवहार लापरवाह व्यवहार गरिरहेका छन्। के मानिस आफ्नो सोच-विचारमा धेरै पिछडिएको छैन र? यहूदालाई पनि यस्तै भएको थियो: येशू आउनुभन्दा अगाडि यहूदाले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई छल गर्न झूटो बोल्ने गर्थ्यो, येशू आउनुभएपछि पनि ऊ अझै परिवर्तन भएको थिएन; तिनले येशूलाई अलिकति पनि चिनेको थिएनन्, र अन्त्यमा तिनले येशूलाई धोखा दिए। के तिनले परमेश्वरलाई नचिनेको कारण यस्तो भएको थिएन र? यदि आज तिमीहरूले पनि परमेश्वरलाई अझै चिनेका छैनौ भने, तिमीहरू पनि अर्को यहूदा बन्न सक्ने सम्भावना रहन्छ, यदि यसो भयो भने दुई हजार वर्ष अघि अनुग्रहको युगमा भएको येशूको दुःखद क्रूसीकरण फेरि हुनेछ। के तिमीहरू यो कुरा विश्वास गर्दैनौ? यो यथार्थ कुरा हो! वर्तमान समयमा, बहुसङ्ख्यक मानिसहरू यस्तै अवस्थामा छन्—मैले यो कुरा अलि चाँडै भनिरहेको छु होला—र यस्ता मानिसहरूले यहूदाको भूमिका निभाइरहेका छन्। मैले निरर्थक कुरा गरिरहेको छैन, तर तथ्यमा आधारित कुरा गर्दैछु—र तिमीहरू विश्वस्त नभइ रहन सक्दैनौ। धेरै मानिसहरूले नम्रताको स्वाङ्ग पार्ने भए पनि, तिनीहरूको हृदयमा गन्हाउने हाडखोड र दुर्गन्धित थोकहरूबाहेक अरू केही पनि छैन। अहिले मण्डलीमा यस्ता किसिमका मानिसहरू धेरै छन्, र म यस विषयमा पूर्ण रूपमा अनभिज्ञ छु भन्ने तिमीहरूलाई लाग्छ। आज, मेरो आत्माले मेरो निम्ति निर्णय गर्छ, र मेरो निम्ति गवाही दिन्छ। के मलाई केही पनि थाहा छैन भन्ने तिमीहरूलाई लाग्छ? तिमीहरूको हृदयमा भएका कपटपूर्ण विचारहरू, तिमीहरूले आफ्नो हृदयभित्र राखेका कुराहरू मैले बुझेको छैन भन्ने तिमीहरूलाई लाग्छ? के परमेश्वरलाई जित्नु त्यति सजिलो छ र? के तैँले उहाँलाई जस्तो मन लाग्यो त्यसरी नै व्यवहार गर्न सकिन्छ भन्ने तँलाई लाग्छ? विगतमा, तिमीहरू नियन्त्रित बन्छौ भन्ने मलाई चिन्ता लागेको थियो, त्यसैले मैले तिमीहरूलाई स्वतन्त्रता दिइरहेँ, तर मैले तिनीहरूलाई भलाइ गरिरहेको छु भनी मानवजातिले बताउन सकेन, र मैले तिनीहरूलाई औँला दिँदा तिनीहरूले हातै निले। तिमीहरूकै बीचमा यो कुरा सोध: मैले कसैलाई पनि कहिल्यै काटछाँट गरिनँ, र मैले कहिल्यै पनि कसैलाई हल्का रूपमा हप्काइनँ—तैपनि म मानिसको अभिप्राय र धारणाहरूका बारेमा स्पष्ट छु। के तिमीलाई परमेश्वरले गवाही दिने परमेश्वर स्वयम् मूर्ख हुनुहुन्छ भन्ने लाग्छ? यदि त्यसो हो भने, म भन्छु, तिमीहरू अत्यन्त अन्धा छौ! म तेरो खुलासा गर्नेछैन, तर तँ कति धेरै भ्रष्ट बन्न सक्छस् भन्ने देखाउनेछु। तेरो चतुर युक्तिले तँलाई मुक्ति दिन सक्छ कि सक्दैन, वा परमेश्वरलाई प्रेम गर्ने तेरो उत्कृष्ट प्रयत्नले मुक्ति दिन सक्छ कि सक्दैन भनी हामी हेरौं। आज, म तँलाई दोष लगाउनेछैन; उहाँले तिमीहरूसँग बदला लिने समयसम्म हामी परमेश्वरको समयलाई पर्खौं। मसँग अहिले तिमीहरूसँग व्यर्थको कुराकानी गर्ने समय छैन, र म तिमीहरूको कारण मेरो महान् कार्य ढीला गर्न अनिच्छुक छु। तँजस्तो कीरालाई काटछाँट गर्नका लागि लाग्ने परमेश्वरको समय पाउन तँ योग्य छैनस्—त्यसैले कसरी तँ स्वच्छन्द हुन सक्छस्, हेरौं। यस्ता मानिसहरूले परमेश्वरको ज्ञान अलिकति पनि खोज्दैनन्, न त तिनीहरूमा उहाँलाई प्रेम गर्ने हृदय नै हुन्छ, र अझै पनि परमेश्वरले तिनीहरूलाई धर्मी भन्नुभएको होस् भन्ने तिनीहरूले चाहना गर्छन्—के यो एउटा मजाक होइन र? मानिसहरूको सानो सङ्ख्या साँच्चै ईमानदार भएको हुनाले, म मानिसलाई निरन्तर जीवन दिने कार्यमा मात्र केन्द्रित हुनेछु। आज मैले जे सम्पन्न गर्नुपर्छ सो मात्र म पूरा गर्नेछु, तर तिमीहरूले गरेको कामअनुसार म भविष्यमा प्रत्येक व्यक्तिसँग बदला लिनेछु। मैले भन्नुपर्ने सबै कुरा भनेको छु, किनकि निश्चित रूपमा मैले गर्ने काम यही नै हो। मैले गर्नुपर्ने काम मात्र म गर्छु, र मैले गर्नु नपर्ने काम म गर्दिनँ। जे भए तापनि, म तिमीहरूले अझ बढी आत्म-जाँच गर्छौ भन्ने आशा गर्छु: परमेश्वर सम्बन्धी तेरो कति ज्ञान वास्तवमा साँचो हो? के तँ परमेश्वरलाई फेरि क्रूसमा झुण्ड्याउने व्यक्ति होस्? यी मेरा अन्तिम वचनहरू हुन्: परमेश्वरलाई क्रूसमा झुण्ड्याउने व्यक्तिहरूलाई धिक्कार होस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। दुष्टलाई निश्चय नै दण्ड दिइनेछ
परमेश्वरका दैनिक वचनहरू अंश ३३०
तँ आजको बाटोमा हिँड्ने क्रममा सबैभन्दा उपयुक्त किसिमको खोजी के हो? तेरो खोजीमा, तैँले आफैलाई कस्तो किसिमको व्यक्तिको रूपमा हेर्नुपर्छ? यसले आज तँमाथि आइपर्ने सबै कुरालाई तैँले कसरी सामना गर्नुपर्छ सो जान्ने योग्य बनाउँछ, चाहे त्यो जाँचहरू होऊन् वा कठिनाइहरू वा निर्दयी सजाय र सराप होऊन्। यी सबै कुराहरूको सामना गर्नु पर्दा, तैँले हरेक मामिलामा तीमाथि ध्यानपूर्वक विचार गर्नुपर्छ। म यो किन भन्छु? म यो भन्छु, किनकि आज तँमाथि आइलाग्ने कुराहरू आखिर छोटो अवधिका परीक्षाहरू हुन् जुन बारम्बार देखा पर्छन्; सायद जहाँसम्म तेरो कुरा छ, ती खासगरी आत्माका निम्ति भार होइनन्, त्यसैले तँ ती कुराहरूलाई आफ्नो स्वाभाविक मार्गमा बग्न दिन्छस्, र तिनलाई प्रगतिको खोजीमा बहुमूल्य सम्पत्तिको रूपमा लिँदैनस्। तँ कति विचारहीन छस्! यहाँसम्म कि तैँले यो बहुमूल्य सम्पत्तिलाई तेरो आँखाको अगाडि तैरिरहेको बादलजस्तो ठान्छस्, र घरीघरी बर्सिने यी कठोर प्रहारहरूलाई तैँले बहुमूल्य ठान्दैनस्—त्यस्ता प्रहारहरू जुन छोटा हुन्छन् र तेरा लागि ती थोरै वजनका जस्ता देखिन्छन्—बरु तँ ती कुराहरूलाई हृदयबाट नलिइकन चिसो टुक्राको रूपमा हेर्छस्, र तिनलाई केवल एक मौकाको प्रहारको रूपमा लिन्छस्। तँ कति अहङ्कारी छस्! समय-समयमा आइरहने यी क्रूर आँधी-बेहरीजस्ता आक्रमणहरूलाई हल्का रूपले लिँदै तैँले केवल बेवास्ता गर्छस्; कहिलेकहीँ तैँले चीसो मुस्कानसम्म पनि दिन्छस् र त्यसरी पूर्ण उदासीनताको भाव प्रकट गर्छस्—किनकि तैँले किन त्यस्ता “दुर्भाग्यहरू” भोगिरहन्छस् भनी तैँले आफै कहिल्यै विचार गरेको छैनस्। के मानिसप्रति म एकदम अनुचित भएको छु भन्ने हुनसक्छ? के तेरो गल्ती खोतल्नुलाई नै म मेरो व्यवसाय बनाउँछु? तेरो मानसिकताका समस्याहरू मैले वर्णन गरेजस्तो गम्भीर नहुन सक्छ, तापनि तेरो बाहिरी हाउभाउ हेर्दा तैँले आफ्नो भित्री संसारको सही चित्र कोरेको धेरै लामो समय भइसक्यो। मलाई यो भनिरहनु जरुरी छैन कि तेरो हृदयको गहिराइमा लुकेका एउटै कुराहरू भनेका गालिगलौजका अनुचित शब्दहरू र दुःखका अस्पष्ट छापहरू हुन् जसलाई अरूले मुस्किलले मात्र बुझ्न सक्छन्। तैँले यस्ता कष्टहरू भोग्नु अत्यन्तै अन्याय भएको ठान्ने हुनाले तँ सराप्छस्; र यी परीक्षाहरूले तँलाई संसारको उजाडपन महसुस गराउने भएकोले तँ उदासीनताले भरिन्छस्। बारम्बार आउने यी प्रहार र अनुशासनका कार्यहरूलाई सर्वोत्तम सुरक्षाको रूपमा हेर्नुको साटो तँ तिनलाई स्वर्गबाट आएको अर्थहीन समस्या, वा तँलाई दिइएको उचित प्रतिफलको रूपमा हेर्छस्। तँ कति अनजान छस्! तैँले असल समयलाई निर्दयी पूर्वक अन्धकारमा सीमित गर्छस्; तैँले बारम्बार अचम्मका परीक्षाहरू र अनुशासनको कार्यहरूलाई तेरा शत्रुहरूले गरेको आक्रमणको रूपमा हेर्छस्। तँ आफ्नो वातावरणमा कसरी अनुकूल हुने सो जान्दैनस्, र तँ त्यसो गर्न अझ कम इच्छुक छस्, किनकि तँ यस दोहोरिने अनि तेरो सोचाइको हिसाबमा, निर्दयी सजायबाट केही पनि प्राप्त गर्न इच्छुक छैनस्। तँ खोजी वा अन्वेषण गर्ने कुनै प्रयास गर्दैनस्, र केवल आफ्नो भाग्यमा आफूलाई सुम्पेर, त्यसले जता डोऱ्याउँछ त्यतैतिर जान्छस्। तँलाई निर्मम लाग्ने सजायका कार्यहरूले तेरो हृदय परिवर्तन गरेका छैनन्, न त तिनले तेरो हृदयलाई नियन्त्रण नै गरेका छन्; त्यसको साटो, तिनले तेरो हृदयमा छुरी रोप्छन्। तँ यो “क्रूर सजाय” लाई जीवनको तेरो शत्रुको रूपमा मात्रै हेर्छस्, त्यसैले तैँले केही पनि प्राप्त गरेको छैनस्। तँ कति स्व-धर्मी छस्! तैँले आफ्नै अयोग्यताका कारण त्यस्ता परीक्षाहरू भोग्छस् भनी तैँले विरलै विश्वास गर्छस्; त्यसको सट्टामा, मैले सधैँ तेरो गल्ती कोट्याउँछु भन्दै तैँले आफैलाई अभागी ठान्छस्। अब कामकुराहरू यस्तो अवस्थामा आइपुगिसकेपछि, मैले भन्ने र गर्ने कुराहरूका बारेमा तँ कतिसम्म बुझ्छस्? तँ प्राकृतिक रूपमै विलक्षण प्रतिभा लिएर जन्मेको पुत्र, स्वर्गहरूभन्दा अलिकति मात्र तल, तर पृथ्वीभन्दा असीमित रूपमा उच्च व्यक्ति होस् भनी नसोच्। तँ अरू कोहीभन्दा चलाख छँदै-छैनस्—र यो पनि भन्न सकिन्छ कि यस पृथ्वीका विवेक भएको कुनै पनि मानिसभन्दा तँ कति धेरै मूर्ख छस् त्यो हास्यास्पद छ, किनकि तैँले आफूलाई धेरै उच्च ठान्छस्, र तँमा कहिल्यै पनि हीनताको भाव थिएन, मानौँ तैँले मेरा कामहरूको सानोभन्दा सानो कुरा बुझ्न सक्छस्। वास्तवमा भन्ने हो भने, तँ त्यस्तो व्यक्ति होस् जसमा मूल रूपमा नै विवेकको अभाव छ, किनकि म के गर्न चाहन्छु त्यो तँलाई थाहा छैन, र मैले अहिले के गर्दैछु त्यसबारे तँलाई अझै थोरै थाहा छ। अनि यसैले म भन्छु कि तँ खेतमा कठोर परिश्रम गर्ने वृद्ध किसानको बराबरी समेत छैनस्, यस्तो किसान जोसँग मानव जीवनको बारेमा थोरै दृष्टिकोण हुँदैन र जो आफ्नो खेतमा खेती गर्दा सम्पूर्ण रूपले स्वर्गको आशिषमाथि निर्भर हुन्छ। तैँले आफ्नो जीवनको सम्बन्धमा एकै क्षण पनि विचार गर्दैनस्, तँलाई ख्यातिको बारेमा केही थाहा छैन, र तँसँग आफ्नो बारेमा ज्ञान हुने कुरा त परै जाओस्। तँ साँच्चै “यी सबैभन्दा माथि” छस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। जसले सिक्दैनन् र अनजान रहन्छन्—के तिनीहरू पशुहरू होइनन् र?
परमेश्वरका दैनिक वचनहरू अंश ३३१
जहाँसम्म मैले तिमीहरूलाई दिएको शिक्षाको कुरा छ, तिमीहरूले लामो समयदेखि बारम्बार तिनलाई आफ्नो दिमागबाट हटाउँदै आएका छौ, यहाँसम्म कि तिमीहरू ती कुरालाई तिमीहरूको फुर्सदमा समय कटाउने खेलौनाजस्तो व्यवहार गर्दछौ। यी सबैलाई तिमीहरू सधैँ आफ्नो व्यक्तिगत “जन्तर” को रूपमा हेर्छौ। जब शैतानले आरोप लगाउँछ, तिमीहरू प्रार्थना गर्दछौ; जब नकारात्मक हुन्छौ, तब गहिरो निद्रामा पर्छौ; जब खुसी हुन्छौ, तब अनियन्त्रित भएर दगुर्छौ; जब म तिमीहरूलाई हप्काउँछु, तिमीहरू निहुरिन्छौ र एक कदम पछाडि हट्छौ; र त्यसपछि, मेरो उपस्थितिबाट निस्केर जानसाथ तिमीहरू द्वेषपूर्ण रूपमा हर्षित हुन्छौ। तैँले आफूलाई अरू सबैभन्दा माथि ठान्छस्, तर तँ आफूलाई सबैभन्दा अहङ्कारीको रूपमा कहिल्यै हेर्दैनस्, र तँ सँधै उच्च, आत्मसन्तुष्ट र शब्दमा वर्णन गर्न नसकिने गरी हठी छस्। कहिल्यै नसिक्ने र अज्ञानी नै रहने त्यस्ता “युवा सज्जनहरू,” “जवान युवतीहरू,” “कुलीन पुरुषहरू” र “कुलीन महिलाहरू” ले कसरी मेरो वचनलाई अनमोल खजाना ठान्न सक्छन्? म तँलाई फेरि सोध्छु: यति लामो समयसम्म तैँले मेरा वचनहरू र मेरो कामबाट के सिकिस्? के तैँले छल गर्ने काममा अझ धेरै सीप प्राप्त गरिस्? वा तेरो देहमा ठूलो विशेषज्ञता प्राप्त गरिस्? वा मप्रतिको तेरो मनोवृत्तिमा अझ बढी अनादर प्राप्त गरिस्? म तँलाई सिधा भन्छु: मैले गरेको यो सबै कामहरूले नै तँलाई साहसिलो बनाएको छ, जोसँग मुसाको जस्तो साहस थियो। मप्रति तैँले महसुस गर्ने डर प्रत्येक दिन बित्दैजाँदा झन्-झन् कम हुन्छ, किनकि म धेरै नै कृपालु छु र हिंसाको माध्यमले तेरो देहमा कहिल्यै पनि प्रतिबन्ध लगाएको छैन। हुन सक्छ, तैँले देखेजस्तै, म केवल कठोर वचनहरू मात्रै बोल्दैछु—तर म तँलाई प्रायजसो हँसिलो अनुहार नै देखाउँछु, र मैले तेरो मुखको सामु कहिल्यै तेरो निन्दा गरेको छैनँ। यसबाहेक, मैले सधैँ तेरो कमजोरीलाई क्षमा गरेको छु र यही कारणले गर्दा तैँले मलाई सर्पले दयालु किसानसँग गरेको जस्तो व्यवहार गरिस्। म मानव जातिको अवलोकन गर्ने शक्तिहरूमा रहेको चरम सीप र समझको कदर कति धेरै गर्दछु! म तँलाई एउटा सत्य बताउँछु: आज तँमा डर मान्ने हृदय छ कि छैन भन्ने कुराको महत्त्व त्यति छैन; त्यस विषयमा म न उत्सुक छु न चिन्तित नै छु। तर मैले तँलाई यो पनि भन्नैपर्छ: तँ, यस “प्रतिभाशाली व्यक्ति” जसले सिक्दैन र अज्ञानी नै रहन्छ, तँलाई अन्ततः तेरो आत्म-प्रशंसा, तुच्छ धूर्तताद्वारा खसालिनेछ—तँ त्यो व्यक्ति हुनेछस् जसले कष्ट भोग्छ र सजाय पाउँछ। तैँले नरकमा पीडा भोगिरहँदा म तँलाई साथ दिने जत्तिको मूर्ख हुनेछैन, किनकि म तँजस्तो छैन। तँ एक सृष्टि गरिएको प्राणी होस् जसलाई मैले सरापेको छु, तैपनि मैले सिकाएको र मुक्त गरेको छु, अनि तँमा त्यस्तो केही छैन जसमा म भाग लिन बाध्य हुन्छु। मैले आफ्नो काम जुनसुकै समयमा गरे पनि म कुनै व्यक्ति, घटना, वा वस्तुद्वारा बाध्य हुँदिनँ। मानव जातिको सम्बन्धमा मेरो मनोवृत्ति र मेरो दृष्टिकोण सधैँ एक समान रहन्छ। म निश्चित रूपमा तँप्रति राजी भएको छैनँ किनकि तँ मेरो व्यवस्थापनको लागि भारीमाथि सुपारी होस्, र अन्य कुनै प्राणीभन्दा खास विशेष छँदै-छैनस्। तँलाई मेरो सल्लाह यो छ: तैँले हरबखत तँ सृष्टि गरिएको प्राणीभन्दा बढी अरू केही होइनस् भन्ने कुरालाई सम्झनुपर्छ। तैँले मसँग आफ्नो अस्तित्व बाँड्न सक्ने भए पनि तैँले आफ्नै पहिचान चिन्नुपर्छ; आफूलाई धेरै उच्च नठान्। यदि मैले तँलाई हप्काइनँ वा तँलाई काटछाँट गरिनँ तर हँसिलो अनुहारले तँलाई अभिवादन गर्छु भन्दैमा तँ मजस्तै छस् भन्ने प्रमाणित गर्न त्यो पर्याप्त छैन। तैँले आफैलाई सत्यताको पछि लाग्ने व्यक्तिको रूपमा चिन्नुपर्छ, तैँले आफैलाई सत्यको रूपमा हेर्ने होइन। तँ हरसमय मेरो वचनअनुसार परिवर्तन हुन तयार हुनुपर्दछ। यसबाट तँ उम्कन सक्दैनस्। तँसँग यो दुर्लभ अवसर भएको यस अनमोल समयमा तैँले कुनै कुरा गर्न कोसिस गर् र सिक् भन्ने म तँलाई आज्ञा गर्छु। मलाई मूर्ख नबना; मलाई जाँच्न र धोका दिनका निम्ति तैँले मसँग चापलुसी गरेको म चाहन्नँ। जब तैँले मलाई खोज्छस्, त्यो पूर्ण रूपमा मेरो लागि हुँदैन, तर तेरो आफ्नै लागि हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। जसले सिक्दैनन् र अनजान रहन्छन्—के तिनीहरू पशुहरू होइनन् र?
परमेश्वरका दैनिक वचनहरू अंश ३३२
अहिले, तिमीहरू जिउने प्रत्येक दिन अत्यन्तै निर्णायक छ, र तिमीहरूको गन्तव्य र तिमीहरूको नियतिका लागि यसको ठूलो महत्त्व छ, त्यसैले तिमीहरूले आफूसँग आज भएका सबै कुराको कदर गर्नैपर्छ र बित्ने प्रत्येक मिनेटको कदर गर्नैपर्छ। तिमीहरूले सबैभन्दा ठूला प्राप्तिहरू हासिल गर्न सक्षम हुन, अनि फलतः व्यर्थैमा यो जीवन खेर जान नदिनका लागि हरेक क्षणको सदुपयोग गर्नैपर्छ। तिमीहरू म किन त्यस्ता वचनहरू बोल्छु भन्ने कुराले अन्योलमा पर्न सक्छौ। नलुकाई भन्नुपर्दा, म तिमीहरूमध्ये कसैको व्यवहारबाट खुसी छैन, किनकि मैले तिमीहरूप्रति जस्तो आशा राखेको थिएँ, आज तिमीहरू त्यस्ता भएनौ। तसर्थ, म यति भन्न सक्छु, तिमीहरूमध्ये प्रत्येक जना खतराको सङ्घारमा छौ र विगतमा तिमीहरूले मद्दतका लागि गरेका हारगुहार अनि सत्यतालाई पछ्याउने र ज्योतिको तृष्णा गर्ने तिमीहरूका पहिलेका आकाङ्क्षाहरू अन्त्यतिर पुग्न लागेका छन्। यो मप्रति तिमीहरूले देखाएको अन्तिम प्रतिफल हो र यो मैले कहिल्यै अपेक्षा नगरेको कुरा हो। म तथ्यहरूको विपरीत बोल्न चाहन्न, किनकि तिमीहरूले मलाई एकदमै निराश तुल्याएका छौ। सायद तिमीहरू यसलाई सहर्ष स्विकार्न चाहँदैनौ, वास्तविकताको सामना गर्न चाहँदैनौ—तैपनि मैले तिमीहरूलाई यो कुरा गम्भीर रूपमा सोध्नैपर्छ: यतिका वर्ष तिमीहरूको हृदय वास्तवमा केले भरिएको थियो? तिमीहरूको हृदय ठ्याक्कै कोप्रति बफादार छ? यी प्रश्नहरू यत्तिकै आएका हुन् नभन र मैले यस्ता कुराहरू किन सोधेँ भनेर मलाई नसोध। यो कुरा जान: म तिमीहरूलाई अत्यन्तै राम्रोसँग चिन्छु, तिमीहरूको एकदमै ख्याल गर्छु र तिमीहरूको आचरण र कार्यहरूमा मैले मेरो हृदय धेरै नै समर्पित गरेको छु, त्यसैले मैले तिमीहरूलाई निरन्तर जवाफदेही बनाएको छु र कठोर दुःखकष्ट सहँदै आएको छु। तर तिमीहरूले भने यसको बदलामा मलाई उदासीनता र विवश समर्पण मात्र फर्काएका छौ। तिमीहरूले मलाई ज्यादै लापरवाह व्यवहार गरेका छौ; के मलाई यसको बारेमा केही पनि थाहा नहुनु सम्भव छ र? यदि तिमीहरू यस्तै विश्वास गर्छौ भने, यसले तिमीहरू मलाई भलाइका साथ साँचो रूपमा व्यवहार गर्दैनौ भन्ने तथ्यलाई थप प्रमाणित गर्छ। त्यसैले म त भन्छु कि तिमीहरू आफैलाई धोका दिइरहेका छौ। तिमीहरू सबै यति चलाख छौ कि तिमीहरूलाई आफूले गरिरहेको कुरा समेत थाहा छैन—त्यसैले तिमीहरू के प्रयोग गरेर मलाई हिसाब बुझाउँछौ?
वास्तवमा तिमीहरूको हृदय कोप्रति निष्ठावान् छ भन्ने प्रश्न नै मेरो लागि सबैभन्दा चासोको प्रश्न हो। मलाई आशा छ, तिमीहरूमध्ये प्रत्येकले आफ्ना सोच व्यवस्थित गर्ने प्रयास गर्नेछौ र तिमीहरू कोप्रति निष्ठावान् छौ र कसको लागि तिमीहरू बाँच्छौ भनेर आफैलाई सोध्नेछौ। सायद तिमीहरूले कहिल्यै पनि यी प्रश्नहरूमा ध्यानपूर्वक विचार गरेका छैनौ, त्यसैले मैले तिमीहरूका निम्ति उत्तरहरू प्रकट गरिदिँदा कस्तो होला?
सम्झना भएका जोकोहीले पनि यो तथ्य स्विकार्नेछ: मानिस आफ्नो लागि बाँच्छ र आफैप्रति बफादार हुन्छ। मलाई तिमीहरूका जबाफ पूर्णतया सही छन् भन्ने विश्वास छैन, किनकि तिमीहरूमध्ये प्रत्येक आ-आफ्नै जीवनमा जिइरहेको हुन्छ र आफ्नै व्यक्तिगत पीडाका बीचमा सङ्घर्ष गरिरहेको हुन्छ। यस्तो भएकाले, तिमीहरू आफूले प्रेम गर्ने मानिसहरूप्रति र आफूलाई मन पर्ने वस्तुहरूप्रति बफादार छौ; तिमीहरू आफूप्रति पूर्णतया बफादार छैनौ। तिमीहरू प्रत्येक आफ्ना वरिपरिका मानिस, घटना र कामकुराहरूबाट प्रभावित भएकाले, तिमीहरू आफूप्रति साँचो रूपमा बफादार छैनौ। तिमीहरू आफूप्रति बफादार हुनुपर्छ भन्ने कुरालाई समर्थन गर्नका लागि नभई, बरु कुनै एउटा कुराप्रति तिमीहरूको बफादारीको खुलासा गर्नका लागि म यी वचनहरू बोल्छु, किनभने यत्तिका वर्षसम्म, मैले तिमीहरूमध्ये कसैबाट पनि बफादारी प्राप्त गरेको छैन। तिमीहरूले यत्तिका वर्षसम्म मलाई पछ्याएका छौ, तर अहिलेसम्म मलाई अलिकति पनि बफादारी दिएका छैनौ। बरु, तिमीहरू आफूलाई मन पर्ने मानिस र कुराहरूको वरिपरि घुमेका छौ—यतिसम्म कि तिमीहरू हरेक समयमा र जहाँसुकै जाँदा पनि ती कुराहरूलाई आफ्नो हृदयको नजिक राख्छौ र कहिल्यै तिनलाई त्यागेका छैनौ। जब तिमीहरू आफूले प्रेम गर्ने कुनै पनि कुराप्रति उत्सुक वा उत्साहित भइरहेका हुन्छौ, तिमीहरू मलाई पछ्याइरहेको बेला नै, वा तिमीहरूले मेरा वचनहरू सुनिरहेको बेला समेत त्यसो भइरहेका हुन्छौ। त्यसकारण, म भन्छु, मैले तिमीहरूसँग मागेको बफादारीलाई तिमीहरूले आफ्ना “प्रिय” हरूप्रति बफादार हुन र तिनलाई माया गर्न प्रयोग गरिरहेका छौ। तिमीहरूले मेरो लागि एक-दुई वटा कुरा त्याग गरे तापनि, यसले तिमीहरूका सबै कुरालाई प्रतिनिधित्व गर्दैन र तिमीहरू साँचो रूपमा मप्रति नै बफादार छौ भन्ने देखाउँदैन। तिमीहरू आफूले गहिरो रुचि राख्ने कामहरूमा नै आफूलाई संलग्न गराउँछौ; तिमीहरूमध्ये केही आफ्ना छोरा र छोरीहरूप्रति बफादार हुन्छौ भने अरूहरूचाहिँ आफ्नो पति, पत्नी, धन, काम, वरिष्ठ अधिकारी, हैसियत वा महिलाहरूप्रति बफादार हुन्छन्। तिमीहरू आफू बफादार रहेका कुराहरूप्रति कहिल्यै थकित वा वाक्क हुँदैनौ; बरु, तिमीहरू अझ बढी मात्रामा र अझ राम्रो तरिकाले ती कुराहरू पाउन उत्सुक हुन्छौ र कहिल्यै पनि हरेस खाँदैनौ। मेरा वचनहरूलाई र मलाई जहिले पनि तिमीहरूले गहिरो रुचि राख्ने कुराहरूभन्दा पछाडि धकेलिन्छ, अनि तिनलाई अन्तिम दर्जा दिनु बाहेक तिमीहरूसँग अरू कुनै विकल्प हुँदैन। त्यस्ता व्यक्तिहरू पनि छन्, जसले आफूले अहिलेसम्म पत्ता लगाइ नसकेको भए पनि आफू बफादार रहेका कुराहरूका लागि अन्तिम स्थान साँचेर राख्छन्। उनीहरूको हृदयमा मेरो हल्का निशान समेत कहिल्यै रहेको छैन। तिमीहरूले सोच्छौ होला, म तिमीहरूसँग धेरै नै माग्छु वा तिमीहरूलाई अन्यायपूर्ण रूपमा आरोप लगाइरहेको छु—तर के तिमीहरू आफ्नो परिवारसँग खुसीसाथ समय बिताइरहेको बेला मप्रति एक पटक पनि बफादार भएका छैनौ भन्ने तथ्यबारे कहिल्यै सोचेका छौ? त्यतिबेला, के यसले तिमीहरूलाई पीडा दिँदैन? जब तिमीहरूको हृदय आफ्नो श्रमका लागि आफूलाई भुक्तानी गरिएकोमा हर्षले भरिन्छ, तब के तिमीहरू आफूलाई पर्याप्त सत्यताहरूले सुसज्जित नगरेकोमा निरुत्साहित महसुस गर्दैनौ? तिमीहरू मेरो स्वीकृति प्राप्त नगर्दा कहिले रोएका छौ? तिमीहरू आफ्ना छोरा र छोरीहरूका लागि आफ्नो दिमाग खियाउँछौ र धेरै मेहनत लगाउँछौ, तैपनि तिमीहरू सन्तुष्ट हुँदैनौ; तिमीहरू अझै पनि तिनीहरूका खातिर लगनशील भएका छैनौ, तिनीहरूका लागि आफूले गर्न सक्ने सबै कुरा गरेका छैनौ भन्ने विश्वास गर्छौ। तर, मप्रति भने तिमीहरू सधैँ नै उपेक्षापूर्ण र लापरवाह भएका छौ; म तिमीहरूको सम्झनामा मात्र छु, तर म तिमीहरूको हृदयमा रहिरहँदिनँ। तिमीहरू कहिल्यै मेरा श्रमसाध्य अभिप्राय बुझ्न, वा तीबारे विचार गर्न खोज्दैनौ। तिमीहरू केवल क्षणिक रूपमा तीबारे चिन्तन गर्छौ र यति नै पर्याप्त हुनेछ भन्ने विश्वास गर्छौ। यस्तो “बफादारी” म लामो समयदेखि लालायित भएको कुरा होइन, बरु त्यो त मैले लामो समयदेखि घृणा गरेको कुरा हो। तथापि, मैले जेसुकै भने पनि, तिमीहरू एक-दुई वटा कुरा मात्र स्विकारिरहन्छौ; तिमीहरू यसलाई पूर्णतया स्विकार्न सक्दैनौ, किनकि तिमीहरू सबै अत्यन्तै “विश्वस्त” छौ, र सधैँ मैले बोलेका वचनहरूबाट के स्विकार्ने भनी छान्छौ र चुन्छौ। तिमीहरू आज पनि यस्तै छौ भने, मसँग तिमीहरूको आत्मविश्वासलाई काटछाँट गर्ने केही विधि छन्—र त्यति मात्र होइन, म मेरा सबै वचन सत्य छन्, र तीमध्ये कुनैले पनि तथ्यहरूलाई विकृत गर्दैनन् भनेर तिमीहरूलाई स्वीकार गर्न लगाउनेछु।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ ठ्याक्कै कोप्रति बफादार छस्?
परमेश्वरका दैनिक वचनहरू अंश ३३३
यदि अहिले मैले तिमीहरूको अगाडि केही पैसा राखेँ र तिमीहरूलाई छनौट गर्ने स्वतन्त्रता दिएँ भने—र मैले तिमीहरूको छनौटका लागि तिमीहरूलाई दोषी ठहराइनँ भने—तिमीहरूमध्ये धेरैजसोले पैसा छनौट गरेर सत्यतालाई त्याग्नेथियौ। तिमीहरूमध्ये अलिक राम्रा व्यक्तिहरू पैसा त्यागेर मन नलागी-नलागी सत्यता छनौट गर्छौ, जबकि दोधारेहरू एउटा हातले पैसा थुत्छन् र अर्को हातले सत्यता समात्छन्। के तिमीहरूको साँचो रूप त्यसपछि आफै प्रस्ट हुनेथिएन र? तिमीहरूले सत्यता र तिमीहरू बफादार भएको कुनै कुराको बीचमा छनौट गर्दा, तिमीहरू सबैले यही शैलीमा छनौट गर्नेथियौ र तिमीहरूको मनोवृत्ति उस्तै रहनेथियो। होइन र? तिमीहरूमध्ये धेरै जना सही र गलतको बीचमा घरी यता र घरी उता गरी हल्लेका छौ, छैनौ र? सकारात्मक र नकारात्मक, कालो र सेतो बीचका सबै सङ्घर्षहरूमा—परिवार र परमेश्वर, छोराछोरी र परमेश्वर, सद्भाव र फाटो, समृद्धि र गरिबी, हैसियत र साधारणपन, समर्थन पाउनु र इन्कारिनु र यस्तै अन्य कुराहरूबीचमा—तिमीहरू आफूले गरेका छनौटका बारेमा अवश्य नै अनजान छैनौ! सद्भावपूर्ण परिवार र टुक्रिएको परिवारबीच, तिमीहरूले पहिलोलाई नै छनौट गर्यौ र तिमीहरूले हिचकिचाहटविना त्यस्तो गर्यौ; धन र कर्तव्यको बीचमा, तिमीहरूले फेरि पहिलोलाई छनौट गर्यौ, यहाँसम्म कि किनारामा फर्किने दृढता समेत राखेनौ;[क] विलासिता र गरिबीको बीचमा, तिमीहरूले पहिलोलाई छनौट गर्यौ; आफ्ना छोराछोरी, श्रीमती, श्रीमान् वा मबीचमा छनौट गर्दा, तिमीहरूले पहिलोलाई छनौट गर्यौ; र धारणाहरू र सत्यताको बीचमा, तिमीहरूले अझै पनि पहिलोलाई नै छनौट गर्यौ। तिमीहरूका हरप्रकारका दुष्ट कार्यहरू सामना गर्दा, मैले तिमीहरूमाथिको विश्वास साँच्चै गुमाएको छु। म त चकित नै परेको छु। तिमीहरूको हृदय अप्रत्याशित रूपमा कोमल हुन निकै असक्षम छ। मैले वर्षौँ खर्चेको रगत-पसिनाले, अनपेक्षित रूपमा, मलाई तिमीहरूको परित्याग र विवशताभन्दा अरू केही दिएन, तर तिमीहरूका लागि मेरा आशाहरू बित्ने प्रत्येक दिनसँगै बढ्दै जान्छन्, किनकि मेरो दिन पूर्ण रूपमा सबैको अगाडि उदाङ्गो पारिएको छ। तैपनि तिमीहरू अहिले अँध्यारो र दुष्ट कुराहरू पछ्याइरहेका छौ र तीमाथिको आफ्नो पकडलाई खुकुलो गर्न अस्वीकार गर्छौ। त्यसो भए, तिमीहरूको परिणाम के हुनेछ? के तिमीहरूले कहिल्यै यसबारे ध्यानपूर्वक विचार गरेका छौ? यदि तिमीहरूलाई फेरि छनौट गर्न भनियो भने, तिमीहरूको मनोवृत्ति के हुनेथियो? के यो अझै पनि पहिलो नै हुनेथियो? के तिमीहरू अझै पनि बदलामा मलाई निराशा र पीडादायी शोक दिनेछौ? के तिमीहरूको मुटुमा अझै पनि न्यानोपनको एउटा टुक्रा मात्रै बाँकी रहनेछ? के तिमीहरू अझै पनि मेरो हृदयलाई सान्त्वना दिन के गर्नुपर्छ भन्नेबारे अनभिज्ञ हुनेछौ? यो समयमा तिमीहरू केलाई छनौट गर्छौ? तिमीहरू मेरा वचनहरूप्रति समर्पित हुन्छौ कि वितृष्ण हुन्छौ? मेरो दिन तिमीहरूकै आँखाअगाडि राखिएको छ र तिमीहरूले सामना गर्ने कुरा नयाँ जीवन र एक नयाँ सुरुवाती विन्दु हो। तर, मैले तिमीहरूलाई के भन्नैपर्छ भने, यो सुरुवाती विन्दु विगतको जस्तै नयाँ कामको आरम्भ होइन, बरु पुरानो कामको समापन हो। अर्थात्, अन्तिम कार्य यही नै हो। मलाई यस सुरुवाती विन्दुबारे के असामान्य छ भन्ने कुरा तिमीहरू सबैले बुझ्न सक्छौ भन्ने लाग्छ। तर, एक दिन चाँडै तिमीहरूले यस सुरुवाती विन्दुको साँचो अर्थ बुझ्नेछौ, त्यसकारण हामी एकसाथ त्यसभन्दा अघि बढौँ र आउने समापनलाई स्वागत गरौँ। तर, मलाई तिमीहरूको के कुराबारे निरन्तर चिन्ता लाग्छ भने, अन्याय र न्यायको सामना गर्दा, तिमीहरू सधैँ अघिल्लोलाई छनौट गर्छौ। तथापि, त्यो सबै तिमीहरूको अतीतमा छ। म तिमीहरूको अतीतको सबै कुरा बिर्सने आशा गर्दछु, यद्यपि यो गर्न धेरै कठिन छ। तैपनि, मसँग यसो गर्ने निकै राम्रो तरिका छ: भविष्यले अतीतलाई प्रतिस्थापन गरोस्, र तिमीहरूको अतीतको छायालाई हटाएर आजको तिमीहरूको साँचो रूप अगाडि आउन देओस्। यसरी, मैले तिमीहरूलाई फेरि पनि छनौट गर्न कष्ट दिनैपर्छ: तिमीहरू ठ्याक्कै कोप्रति बफादार छौ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ ठ्याक्कै कोप्रति बफादार छस्?
फूटनोटहरू:
क. किनारामा फर्किने: एक चिनियाँ उखान, जसको अर्थ “आफ्नै दुष्ट मार्गहरूबाट फर्कनु” भन्ने हुन्छ।
परमेश्वरका दैनिक वचनहरू अंश ३३४
जब-जब भाग्यको उल्लेख गरिन्छ, तिमीहरूले त्यसलाई विशेष गम्भीरताका साथ व्यवहार गर्छौ। यसबाहेक, यो यस्तो कुरा हो जसको बारेमा तिमीहरू विशेष रूपले संवेदनशील हुन्छौ। कोही-कोही राम्रो गन्तव्य हासिल गर्न परमेश्वरको सामु भुइँमा आफ्नो निधार नै ठोकाइ साष्टाङ्ग दण्डवत् गर्न पनि पछि पर्दैनन्। तिमीहरूको उत्सुकतासित म परिचित छु जसलाई शब्दहरूमा व्यक्त गर्न आवश्यक छैन। यो तिमीहरूले आफ्नो शरीरलाई महाविपत्तीमा पार्न नचाहेको भन्दा बढी होइन, अनि न त तिमीहरू भविष्यमा अनन्त दण्डमा पर्ने चाहना नै गर्छौ। तिमीहरू केवल अलि बढी स्वच्छन्द ढङ्गले, अलि बढी सहजताका साथ जिउने आशा गर्छौ। त्यसैले गन्तव्यको बारेमा उल्लेख गरिँदा तिमीहरू विशेष रूपले अशान्त हुन्छौ र यदि तिमीहरू पर्याप्त रूपले सावधान छैनौ भने तिमीहरूले परमेश्वरलाई दुःखित पार्नेछौ र यसरी तिमीहरूले पाउनुपर्ने प्रतिफलको हकदार तिमीहरू हुनेछौ भन्ने कुराप्रति तिमीहरू साह्रै त्रासित हुन्छौ। आफ्नो गन्तव्यको खातिर तिमीहरूले सम्झौताहरू गर्न हिचकिचाएका छैनौ, अनि तिमीहरूमध्ये जो कुनै समय कुटिल र छिचरो थियौ, तिमीहरू अकस्मात् भद्र र इमान्दार भएका छौ; तिमीहरूको देखावटी इमानदारिताले मानिसहरूलाई हड्डीको मासीसम्मै चिसो पार्दछ। तथापि, तिमीहरू सबैसित “इमान्दार” हृदय छ, अनि तिमीहरूले मलाई कुनै कुरा बाँकी नराखी निरन्तर आफ्नो हृदयको गुप्त कुराहरू खोलेका छौ, चाहे त्यो दुःखपोखाई होस् वा छल होस् वा भक्ति। समग्रमा, तिमीहरूले अत्यन्तै निष्कपटताका साथ मसित त्यस्ता ठोस कुराहरू “स्वीकार” गरेका छौ जुन तिमीहरूको अस्तित्वको भित्री कुनाहरूमा छन्। अवश्य, त्यस्ता कुराहरूको वरिपरि म कहिल्यै घुमेको छैनँ किनकि ती कुराहरू मेरो निम्ति ज्यादै परिचित छन्। तिमीहरू आफ्नो अन्तिम गन्तव्यको खातिर परमेश्वरको स्वीकृति पाउनको निम्ति कपालको एउटै केस्रा गुमाउनुभन्दा बरु आगोको समुद्रभित्र प्रवेश गर्ने थियौ। म तिमीहरूसित धेरै कट्टरपन्थी भइरहेको छैनँ; कुरा यो हो कि मैले गर्ने सबै कुराहरूमा मेरो आमनेसामने आउनको लागि तिमीहरूसित भक्तिको हृदयको ज्यादै कमी छ। मैले भर्खरै भनेका कुराहरू सायद तिमीहरू बुझ्दैनौ होला, त्यसैले म तिमीहरूलाई एउटा सरल व्याख्या प्रस्तुत गर्छु: तिमीहरूलाई आवश्यक पर्ने सत्यता र जीवन होइन, न आफूलाई कसरी आचरणमा ढाल्ने भन्ने सम्बन्धी सिद्धान्तहरू हुन्, न त मेरो श्रमसाध्य काम नै हो। बरु तिमीहरूलाई आवश्यक कुरा भनेको तिमीहरूको देहमै भएको सब थोक हो: सम्पत्ति, हैसियत, परिवार, विवाह, आदि। तिमीहरू मेरा वचनहरू र कामहरूलाई पूर्ण रूपले उपेक्षा गर्छौ, त्यसैले म तिमीहरूको आस्थालाई एउटै शब्दमा सारांशीकृत गर्न सक्छु: झाराटारुवा। तिमीहरू जुन कुराहरूमा पूर्ण रूपले बफादार हुन्छौ, ती कुराहरू प्राप्त गर्न जेसुकै गर्न सक्छौ, तर परमेश्वरमाथिको तिमीहरूको विश्वाससम्बन्धी कुराहरूका खातिर त्यसो गर्दैनौ भन्ने कुरा मैले पत्ता लगाएको छु। बरु तिमीहरू तुलनात्मक रूपले बफादार छौ, अनि तुलनात्मक रूपले लगनशील छौ। त्यसैकारण म भन्छु, पूर्ण रूपमा निष्कपट हृदय नहुनेहरू परमेश्वरप्रतिको आफ्नो विश्वासमा असफल हुन्छन्। ध्यानपूर्वक सोच—तिमीहरूको माझमा थुप्रै असफलहरू छन् कि?
मानिसहरूको आफ्नै कार्यहरूको परिणामस्वरूप परमेश्वरमाथिको विश्वासमा सफलता हासिल गरिन्छ भन्ने तिमीहरूले जान्नुपर्छ। जब मानिसहरू सफल नभई असफल हुन्छन्, त्यो पनि तिनीहरूका आफ्नै कार्यहरूको कारणले हो अनि त्यसमा कुनै कुराले भूमिका खेल्दैन। म विश्वास गर्छु कि तिमीहरूले परमेश्वरमा विश्वास गर्नुभन्दा बरु त्योभन्दा धेरै कठिन र कष्टदायी कुरा हासिल गर्न जे पनि गर्नेथियौ अनि त्यसलाई धेरै गम्भीरतापूर्वक व्यवहार गर्नेथियौ; यतिसम्म कि तिमीहरू कुनै पनि गल्तीहरूलाई सहन अनिच्छुक हुनेथियौ; यस्ता प्रकारका अविरल प्रयासहरू तिमीहरू सबै आफ्नो जीवनमा राख्दछौ। यस्ता कतिपय परिस्थितिहरूमा तिमीहरू मेरो देहलाई छल्न समेत सक्षम छौ जुन परिस्थितिहरूमा तिमीहरू आफ्नो परिवारको कुनै सदस्यलाई समेत छल्ने थिएनौ। यो तिमीहरूको निरन्तरको व्यवहार र सिद्धान्त हो जसद्वारा तिमीहरू जिउँछौ। के तिमीहरूले तिमीहरूका गन्तव्य, तिमीहरूले चाहेको सबै कुरा पूर्ण र सिद्ध होस् भनेर आफ्नो गन्तव्यको खातिर मलाई धोका दिन झूटो मकुन्डो लगाइरहेका छैनौ र। तिमीहरूको बफादारी, साथै तिमीहरूको निष्कपटता अस्थायी मात्र हो भन्ने मलाई थाहा छ। के तिमीहरूको सङ्कल्प र तिमीहरूले चुकाउने मूल्य भविष्यका खातिर नभई वर्तमान क्षणका खातिर मात्र होइन र? केवल एउटा सुन्दर गन्तव्यतर्फ लागिपर्नका निम्ति तिमीहरू एउटा अन्तिम प्रयास लगाउन मात्र चाहन्छौ; तिमीहरूको एकमात्र उद्देश्य लेनदेन गर्नु हो। तिमीहरू सत्यताप्रति ऋणी हुनबाट जोगिन यो प्रयास गर्दैनौ, मलाई मैले चुकाएको मूल्य चुक्ता गर्नका खातिर त झनै गर्दैनौ। संक्षिप्तमा, आफूले चाहेको कुरा प्राप्त गर्न तिमीहरू चलाक रणनीतिहरू प्रयोग गर्न मात्र इच्छुक छौ, तर त्यसका निम्ति खुला लडाइँ लड्दैनौ। के यी तिमीहरूका सबैभन्दा भित्री सोचहरू होइनन् र? तिमीहरूले आफ्नो भेष बदल्नुहुँदैन, न त दिनमा खान र पिउन मन नलाग्ने, र रातमा शान्तिपूर्वक सुत्न नसक्ने बिन्दुसम्म आफ्ना गन्तव्यबारे दिमाग नै खियाउनुपर्छ। अन्तिममा तिमीहरूको परिणाम निर्धारित भइसकेको हुनेछ भन्ने कुरा के साँचो होइन र? तिमीहरू हरेकले खुला र इमानदार हृदयले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, र जस्तोसुकै आवश्यक मूल्य चुकाउन इच्छुक हुनुपर्छ। तिमीहरूले भने जस्तै, जब त्यो दिन आउँछ, परमेश्वरका निम्ति कष्ट भोगेका र मूल्य चुकाएका कसैलाई पनि परमेश्वरले अन्यायपूर्ण व्यवहार गर्नुहुनेछैन। यस्तो प्रकारको दृढ निश्चय पक्रिरहन लायकको छ, अनि तिमीहरूले यो कहिल्यै बिर्सनु हुँदैन भन्ने कुरा सही हो। यसरी मात्रै तिमीहरूबारे मेरो मनलाई म ढुक्क बनाउन सक्छु। नत्र, तिमीहरू सधैँभरि यस्ता मानिसहरू हुनेछौ जसका बारेमा म मेरो मनलाई ढुक्क बनाउन सक्दिनँ, अनि तिमीहरू सदा मेरो अरुचिका पात्रहरू हुनेछौ। यदि तिमीहरू सबै आफ्नो विवेकलाई पछ्याउन सक्छौ र मेरा निम्ति आफ्नो सबै दिन सक्छौ, मेरो कामका निम्ति कुनै प्रयास बाँकी राख्दैनौ, अनि मेरो सुसमाचारको कामका निम्ति जीवनभरिको शक्ति अर्पण गर्छौ भने, के मेरो हृदय तिमीहरूका खातिर प्रायः हर्षले उफ्रिने छैन र? यसरी, म मेरो मनलाई तिमीहरूका सम्बन्धमा पूर्ण रूपले ढुक्क बनाउन सक्नेछु, सक्नेछैनँ र? यो लाजलाग्दो कुरा हो कि तिमीहरूले गर्नसक्ने कुरा भनेको मैले आशा गरेको कुराको ज्यादै सानो भाग मात्र हो। यसो भएको हुनाले तिमीहरूले आशा गरेको कुराको निम्ति मबाट खोजी गर्ने आँट कसरी तिमीहरू गर्नसक्छौ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। गन्तव्यको सम्बन्धमा
परमेश्वरका दैनिक वचनहरू अंश ३३५
तिमीहरूको गन्तव्य र तिमीहरूको भाग्य तिमीहरूका निम्ति धेरै महत्त्वपूर्ण छन्—ती तँसँग गम्भीर रूपमा सम्बन्धित कुरा हुन्। तिमीहरू के विश्वास गर्छौ भने, यदि तिमीहरूले ठूलो सावधानीका साथ कामकुराहरू गरेनौ भने, यसको अर्थ तिमीहरूसित उप्रान्त गन्तव्य हुनेछैन, तिमीहरूले आफ्नै भाग्यलाई नष्ट गरेका हुन्छौ भन्ने हुनेछ। तर आफ्नो गन्तव्यका खातिर मात्र मेहनत लगाउने मानिसहरूले व्यर्थमा परिश्रम गरिरहेका छन् भन्ने कुरा के तिमीहरूले कहिल्यै सोचेका छौ? त्यस्ता मेहनतहरू साँचो हुँदैनन्, ती झुटो आवरण र छल मात्र हुन्। यदि त्यसो हो भने, जसले केवल आफ्नो गन्तव्यका खातिर मेहनत लगाउँछन्, तिनीहरू आफ्नो अन्तिम पराजयको सँघारमा हुन्छन्, किनभने परमेश्वरप्रतिको विश्वासमा असफलताको कारण भनेको छल नै हो। मैले पहिले के भनेको छु भने, मलाई चापलुसी वा लोलोपोतो गरेको, वा उत्सुकतासाथ व्यवहार गरेको मन पर्दैन। मलाई इमानदार मानिसहरूले मेरो सत्यता र मेरा अपेक्षाहरूको सामना गरेको मन पर्छ। अझ त्योभन्दा बढी, जब मानिसहरूले मेरो हृदयका लागि सबैभन्दा बढी ख्याल देखाउन सक्छन्, अनि मेरा खातिर सबै कुरा समर्पित गर्न समेत सक्षम हुन्छन्, मलाई त्यो कुरा मन पर्छ। यसरी मात्रै मेरो हृदयले सान्त्वना पाउन सक्छ। अहिले तिमीहरूका विषयमा मैले मन नपराउने कति धेरै कुराहरू छन्? मैले तिमीहरूका बारेमा मन पराउने कुराहरू कति छन्? के तिमीहरूले आफ्नो गन्तव्यको लागि तिमीहरूले देखाएको कुरूपताका विभिन्न प्रकटीकरणहरूलाई तिमीहरूमध्ये कसैले महसुस गरेका छैनौ भन्ने हुन सक्ला र?
मेरो हृदयमा, म सकारात्मक र माथितिर उठ्ने आकाङ्क्षा राख्ने कुनै पनि हृदयलाई चोट पुर्याउन चाहन्न, र आफ्नो कर्तव्य बफादारीपूर्वक पूरा गर्ने कसैको हुटहुटीलाई निरुत्साहित गर्न त म झनै चाहन्न। तथापि, मैले तिमीहरूमध्ये हरेकलाई तिमीहरूका अपर्याप्तताहरू र हृदयका गहनतम कुनाहरूमा रहेका फोहोर प्राणबारे स्मरण गराउनैपर्छ। मेरा वचनहरूको सम्मुख आउँदा तिमीहरूले आफ्नो साँचो हृदय अर्पण गर्न सक्नेछौ भन्ने आशामा म यसो गर्छु, किनभने मैले सबैभन्दा बढी घृणा गर्ने भनेको मानिसहरूको मप्रतिको छल हो। म केवल के आशा गर्छु भने, मेरो कामको अन्तिम चरणमा, तिमीहरूले आफ्नो सर्वोत्कृष्ट प्रदर्शन प्रस्तुत गर्न सक्षम हुनेछौ, अनि तिमीहरूले आफ्नो सम्पूर्ण हृदयले आफूलाई अर्पित गर्नेछौ, उप्रान्त आधा हृदयले होइन। अवश्य नै, म के पनि आशा गर्छु भने तिमीहरू सबैले एउटा असल गन्तव्य पाउन सक्नेछौ। तथापि, मसित अझै मेरो माग छ, जुन तिमीहरूले मलाई तिमीहरूको एउटै र अन्तिम बफादारी अर्पण गरेर सर्वोत्कृष्ट निर्णय गर भन्ने हो। यदि कसैसित यो एक मात्र भक्ति छैन भने, ऊ निश्चय नै शैतानको बहुमूल्य सम्पत्ति हो अनि म उसलाई मेरो प्रयोगको निम्ति राख्नेछैन तर उसको आमाबुबाद्वारा हेरचाह गरिनको निम्ति उसलाई घर पठाइदिनेछु। मेरो काम तिमीहरूको निम्ति एउटा ठूलो सहायता हो; तिमीहरूबाट मैले इमान्दार र माथि उठ्ने चाहना भएको हृदय चाहन्छु, तर अहिलेसम्म मेरो हातहरू खाली नै छन्। यस बारेमा सोच: यदि म एक दिन अझै पनि शब्दहरूले बयान नसक्ने गरी दुःखित छु भने, तब तिमीहरूप्रतिको मेरो मनोवृत्ति कस्तो हुनेछ? के म तिमीहरूप्रति अहिलेजस्तै मिलनसार हुनेछु र? के तिमीहरू कठोर मेहनत गरेर खेत जोतेपछि पनि एउटै अन्न कटनी गर्न नपाएको व्यक्तिको भावनाहरूलाई बुझ्न सक्छौ? कुनै मानिसलाई चोट पुर्याउँदा उसको हृदय कति धेरै घाइते हुन्छ, के तिमीहरू बुझ्न सक्छौ? के तिमीहरू एउटा व्यक्तिको तीतोपना चाख्न सक्छौ जो कुनै समय आशाले परिपूर्ण थियो तर नराम्रो सम्बन्धमा पुगेर ऊ अलग हुनु परेको छ? के तिमीहरूले एउटा क्रोधित तुल्याइएको मानिसबाट क्रोध उत्पन्न भएको देखेका छौ? के तिमीहरू शत्रुता र छलले व्यवहार गरिएको व्यक्तिको बदला लिने आतुरतालाई बुझ्न सक्छौ? यदि तिमीहरू यस्ता मानिसहरूको मानसिकतालाई बुझ्दछौ भने मलाई लाग्छ, परमेश्वरको प्रतिशोधको समयमा उहाँको मनोवृत्ति कस्तो हुनेछ भनेर कल्पना गर्न तिमीहरूलाई गाह्रो हुँदैन! अन्त्यमा, म आशा गर्छु कि तिमीहरू सबैले आफ्नै गन्तव्यको खातिर गम्भीर प्रयास लगाउँछौ, यद्यपि तिमीहरूले आफ्नो प्रयासमा छलपूर्ण तरिकाहरूको प्रयोग नगरेकै राम्रो हुन्छ, नत्र भने मेरो हृदयमा म तिमीहरूसित निरन्तर निराश हुनेछु। अनि त्यस्तो निराशाले केमा लैजान्छ? के तिमीहरू आफैलाई मूर्ख बनाइरहेका छैनौ? जसले आफ्नो गन्तव्यको निम्ति विचार राखेर पनि त्यसलाई नष्ट गर्छ तिनीहरू मुक्ति पाउन सक्नेहरूमा सबैभन्दा पछाडि पर्दछन्। यदि तिनीहरू चिढिए र क्रोधित भए भने पनि त्यस्तो व्यक्तिलाई कसले दया देखाउँथ्यो र? निष्कर्षमा, म अझै पनि चाहन्छु कि तिमीहरूले एउटा गन्तव्य पाऔ जुन सुहाउँदो र असल दुवै होस् अनि त्यसभन्दा बढी, तिमीहरूमध्ये कोही पनि महाविपत्तीमा पर्न नपरोस् भनी म आशा गर्छु।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। गन्तव्यको सम्बन्धमा