बाइबल सम्‍बन्धी रहस्यहरू

परमेश्‍वरका दैनिक वचनहरू   अंश २६५

धेरै वर्षदेखि मानिसहरूका परम्परागत विश्‍वासका माध्यमहरू (ख्रीष्टियन धर्मको, जुन विश्‍वका तीन प्रमुख धर्ममध्ये एक हो) बाइबल पढ्नु नै भएको छ; बाइबलबाट टाढा हुनु भनेको प्रभुमा विश्‍वास गर्नु होइन, बाइबलबाट टाढा हुनु शास्त्रविरुद्ध र झूटो शिक्षा हो, र जब मानिसहरूले अन्य पुस्तकहरू पढ्छन् तब पनि यी पुस्तकहरूको जग बाइबलको व्याख्या नै हुनुपर्दछ। यसको अर्थ के हो भने, यदि तँ प्रभुमा विश्‍वास गर्छस् भने तैँले बाइबल पढ्नै पर्छ, र बाइबल बाहिर तैँले कुनै पुस्तकको पूजा गर्नुहुँदैन जसमा बाइबल समावेश छैन। यदि तैँले त्यसो गरिस् भने तैँले परमेश्‍वरलाई धोका दिइरहेको हुन्छस्। बाइबल भएको समयदेखि नै प्रभुमाथिको मानिसहरूको विश्‍वास नै बाइबलमाथिको विश्‍वासको रूपमा रहिआएको छ। मानिसहरूले प्रभुमा विश्‍वास गर्छन् भन्नुको सट्टा तिनीहरूले बाइबलमा विश्‍वास गर्छन् भन्नु राम्रो हुन्छ; उनीहरूले बाइबल पढ्नु सुरु गरे भन्नुभन्दा उनीहरूले बाइबलमा विश्‍वास गर्न थाले भन्नु राम्रो हुन्छ; उनीहरू प्रभुको सामु फर्किए भन्नुभन्दा उनीहरू बाइबलको अगि फर्किए भन्नु राम्रो हुन्छ। यसरी, मानिसहरू बाइबललाई परमेश्‍वर जस्तो मानेर त्यसको आराधना गर्छन्, र यसलाई आफ्नो प्राणवायुका रूपमा लिन्छन्, र यसलाई गुमाउनु भनेको आफ्नो जीवन गुमाउनुसरह हुनेछ। मानिसहरूले बाइबललाई परमेश्‍वर जत्तिकै उच्च रूपमा हेर्छन्, र यसलाई परमेश्‍वरभन्दा उच्च देख्‍नेहरू पनि छन्। यदि मानिसहरू पवित्र आत्माको कामविहीन छन् भने, यदि उनीहरूले परमेश्‍वरलाई महसुस गर्न सक्दैनन् भने, उनीहरू बाँचिरहन सक्छन्—तर उनीहरूले बाइबल वा बाइबलका प्रसिद्ध अध्यायहरू र भनाइहरू हराउने बित्तिकै उनीहरूको जीवन नै हराएको जस्तो हुन्छ। यसरी प्रभुमा विश्‍वास गर्नेबित्तिकै मानिसहरू बाइबल पढ्न थाल्छन्, र बाइबल कण्ठ गर्न थाल्छन्, र तिनीहरूले जति धेरै बाइबल कण्ठ गर्न सक्छन्, त्यसले त्यति नै धेरै तिनीहरूले प्रभुलाई प्रेम गर्छन् र तिनीहरूमा ठूलो विश्‍वास छ भनी प्रमाणित गर्दछ। जसले बाइबल पढेका छन् र जो त्यसबारे अरूसँग कुरा गर्न सक्छन्, तिनीहरू सबै सबैभन्दा असल दाजुभाइ-दिदीबहिनी हुन्। यत्तिका वर्षसम्म प्रभुप्रति मानिसहरूका आस्था र बफादारी तिनीहरूले बाइबल कति बुझेका छन् भन्ने आधारमा मापन गरिएका छन्। धेरै मानिस परमेश्‍वरमा किन विश्‍वास गर्ने भन्‍ने कुरा समेत बुझ्दैनन्, न त कसरी विश्‍वास गर्नुपर्छ भनेर नै बुझ्छन्, र बाइबलका अध्यायहरूको अर्थ बुझ्नका लागि अन्धाधुन्ध सुराकहरू खोज्नेबाहके अरू केही गर्दैनन्। मानिसहरूले कहिल्यै पनि पवित्र आत्माको कामको निर्देशन पछ्याएका छैनन्; शुरुदेखि नै, तिनीहरूले बाइबलको कठोर अध्ययन र अनुसन्धान गर्नुबाहेक अरू केही गरेका छैनन्, र कसैले पनि बाइबलबाहिर पवित्र आत्माको नयाँ काम कहिल्यै फेला पारेको छैन। कोही पनि बाइबल छोडी अर्कोतिर जान सक्दैन, न त कसैले कहिल्यै त्यसो गर्ने आँट नै गरेको छ। मानिसहरूले यति धेरै वर्षसम्म बाइबल अध्ययन गरेका छन्, तिनीहरूले यति धेरै व्याख्याहरू गरेका छन्, अनि तिनीहरूले यति धेरै काम गरेका छन्; तिनीहरूमा बाइबलको बारेमा विभिन्न मतभिन्नता पनि छन् जसको बारेमा तिनीहरू निरन्तर बहस गर्छन्, त्यसैले आज दुई हजारभन्दा बढी सम्प्रदायहरू गठन भएका छन्। तिनीहरू सबै बाइबलमा भएका केही श्रेष्ठ व्याख्या वा अझ गहिरा रहस्यहरू पत्ता लगाउन चाहन्छन्, तिनीहरू यसलाई अन्वेषण गर्न चाहन्छन् र यसमा इस्राएलमा भएको यहोवाको कामको पृष्ठभूमि, वा यहूदियामा येशूको कामको पृष्ठभूमि, वा अरू कसैले थाहा नपाएका थप रहस्यहरू पत्ता लगाउन चाहन्छन्। बाइबलप्रतिको मानिसहरूको दृष्टिकोण आसक्ति र आस्थाले भरिएको छ, र बाइबलपछाडिको वास्तविक कथाबारे वा बाइबलको सारबारे कोही पनि पूर्ण रूपमा स्पष्ट हुन सक्दैन। आज पनि, बाइबलको कुरा आउँदा मानिसहरूमा अवर्णनीय आश्चर्य-भाव पैदा हुन्छ, र त्यसप्रति तिनीहरू अझ बढी मोहित हुन्छन् र त्यसमा अझ बढी विश्‍वास गर्छन्। आज, सबै जना बाइबलमा आखिरी दिनहरूको कामका अगमवाणीहरू पत्ता लगाउन चाहन्छन्, तिनीहरू परमेश्‍वरले आखिरी दिनहरूमा के काम गर्नुहुन्छ र आखिरी दिनहरूका चिन्हहरू के-के हुन् भनी पत्ता लगाउन चाहन्छन्। यसप्रकार, तिनीहरूले गर्ने बाइबलको आराधना अझ बढी जोशिलो हुँदै जान्छ र आखिरी दिनहरू जति नजिकिंदै जान्छन् तिनीहरूले विशेष गरी आखिरी दिनहरूसम्बन्धी बाइबलका अगमवाणीहरूलाई अझ बढी अन्धाधुन्ध विश्‍वास गर्छन्। बाइबलमाथि त्यस्तो अन्धविश्‍वास भएकोले, बाइबलमा त्यस्तो भरोसा भएकोले, तिनीहरूमा पवित्र आत्माको कामको खोजी गर्ने कुनै इच्छा हुँदैन। मानिसहरू आफ्ना धारणाहरूमा बाइबलले मात्र पवित्र आत्माको काम ल्याउन सक्छ भन्‍ने सोच्छन्; तिनीहरू सोच्छन् कि केवल बाइबलमा तिनीहरूले परमेश्‍वरका पाइलाहरू भेट्न सक्छन्; केवल बाइबलमा परमेश्‍वरको कामका रहस्यहरू लुकेका छन्; अन्य पुस्तकहरू वा मानिसहरूले होइन, केवल बाइबलले परमेश्‍वरका सबै कुराहरू र उहाँको कार्यको सम्पूर्णता स्पष्ट पार्न सक्छ; बाइबलले स्वर्गको कामलाई पृथ्वीमा ल्याउन सक्छ; र बाइबलले दुवै युग सुरु र अन्त्य गर्न सक्छ। यी धारणाहरूका कारण मानिसहरूमा पवित्र आत्माको काम खोज्ने कुनै झुकाव हुँदैन। त्यसकारण, विगतमा मानिसहरूका निम्ति बाइबल जति नै धेरै सहयोगी भएको भए पनि यो परमेश्‍वरको नवीनतम काममा बाधा बनेको छ। बाइबलविना, मानिसहरूले परमेश्‍वरका पदचापहरू अन्यत्र खोज्न सक्थे, तैपनि आज, उहाँका पदचापहरू बाइबलभित्र “सीमित पारिएका” छन्, र उहाँको पछिल्लो काम फैलाउन झन् दोब्बर कठिन, र अत्यन्तै चुनौतीपूर्ण बनेको छ। यो सबै बाइबलका प्रसिद्ध अध्याय र भनाइका साथै बाइबलका थुप्रै अगमवाणीका कारण भएको हो। मानिसहरूका मनमा बाइबल एउटा मूर्ति बनेको छ, यो उनीहरूका दिमागमाएउटा पहेली बनेको छ, र बाइबल बाहिर परमेश्‍वरले काम गर्न सक्नुहुन्छ भन्‍ने विश्‍वास गर्न तिनीहरू असमर्थ छन्, मानिसहरूले बाइबल बाहिर पनि परमेश्‍वर पाउन सक्छन् भनी तिनीहरू विश्‍वास गर्न सक्दैनन्, तिनीहरू अन्तिम काममा परमेश्‍वर बाइबलबाट छुट्टिएर जान र फेरि नयाँ सुरुवात गर्न सक्नुहुन्छ भन्ने त झनै विश्‍वास गर्न सक्दैनन्। यो मानिसहरूले सोच्नै नसक्ने कुरा हो; उनीहरू यसमा विश्‍वास गर्न सक्दैनन्, न त उनीहरूले यसको कल्पना गर्न नै सक्छन्। बाइबल परमेश्‍वरको नवीनतम काम स्वीकार गर्नमा मानिसहरूका निम्ति ठूलो अड्चन बनेको छ र परमेश्‍वरको नवीनतम काम फैलाउनमा कठिनाइ बनेको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)

परमेश्‍वरका दैनिक वचनहरू   अंश २६६

परमेश्‍वरले व्यवस्थाको युगमा काम गर्नुभएपछि, पुरानो करारको पुस्तक प्रकाशित गरियो, त्यही समयदेखि नै मानिसहरूले बाइबल पढ्न सुरु गरे। येशू आउनुभएपछि, उहाँले अनुग्रहको युगको काम गर्नुभयो, र उहाँका प्रेरितहरूले नयाँ करार लेखे। यसरी बाइबलका पुरानो र नयाँ करारहरू प्रकाशित भएका थिए, र आजसम्म पनि, परमेश्‍वरमा विश्‍वास गर्ने सबैले बाइबल पढ्दै आएका छन्। बाइबल इतिहासको एक पुस्तक हो। निःसन्देह, यसमा अगमवक्ताहरूका केही भविष्यवाणीहरू पनि समावेश छन् र त्यस्ता भविष्यवाणीहरू कुनै पनि प्रकारले इतिहास होइनन्। बाइबलमा थुप्रै भागहरू छन्—त्यहाँ अगमवाणी मात्र छैन, वा यहोवाको काम मात्र छैन, न त त्यहाँ केवल पावलका पत्रहरू मात्र छन्। बाइबलमा कति भागहरू छन् तँलाई थाहा हुनुपर्दछ; पुरानो नियममा उत्पत्ति, प्रस्थान…, आदि छन् र त्यहाँ अगमवाणीहरूका पुस्तकहरू पनि छन् जुन अगमवक्ताहरूले लेखेका थिए। अन्त्यमा, पुरानो नियम मलाकीको पुस्तकमा गएर समाप्त हुन्छ। यसले व्यवस्थाको युगको काम अभिलेख गर्छ, जसको नेतृत्व यहोवाले गर्नुभएको थियो; उत्पत्तिदेखि मालाकीको पुस्तकसम्म, यो व्यवस्थाको युगको सबै कामको विस्तृत अभिलेख हो। भन्नुको अर्थ, पुरानो नियमले ती सबै कुराहरू अभिलेख गर्छ जुन व्यवस्थाको युगमा यहोवाद्वारा डोऱ्याइएका मानिसहरूले अनुभव गरेका थिए। पुरानो करारको व्यवस्थाको युगमा, यहोवाले उहाँका निम्ति अगमवाणी बोल्न, विभिन्न वंश र राष्ट्रलाई निर्देशनहरू दिन र यहोवाले गर्नुहुने कामको भविष्यवाणी गर्न ठूलो सङ्ख्यामा अगमवक्ताहरू खडा गर्नुभयो। खडा गरिएका यी मानिसहरू सबैलाई यहोवाद्वारा अगमवाणी गर्ने आत्मा दिइएको थियो। तिनीहरूले यहोवाका दर्शनहरू देख्न सक्थे र उहाँको आवाज सुन्न सक्थे, र यसरी तिनीहरूले उहाँद्वारा प्रेरणा पाए र अगमवाणी लेखे। तिनीहरूले गरेको काम यहोवाको आवाजको अभिव्यक्ति, यहोवाको अगमवाणीको अभिव्यक्ति थियो, र त्यस समय यहोवाको काम आत्मालाई प्रयोग गरी मानिसहरूलाई डोऱ्याउनु थियो; उहाँ देह बन्नुभएन, र मानिसहरूले उहाँको अनुहार देखेनन्। यसरी, उहाँले आफ्नो काम गर्न धेरै अगमवक्ताहरू खडा गर्नुभयो, उहाँले तिनीहरूलाई वाणीहरू दिनुभयो जसलाई तिनीहरूले इस्राएलको हरेक कुल र वंशमा हस्तान्तरण गरिदिए। तिनीहरूको काम अगमवाणी बोल्नु थियो, र तिनीहरूमध्ये कसै-कसैले अरूलाई देखाउन यहोवाले तिनीहरूलाई दिनुभएका निर्देशनहरू लेखे। यहोवाले तिनीहरूलाई अगमवाणी बोल्न वा भविष्यको कामको अगमवाणी गर्न वा त्यस समयमा गर्नुपर्ने बाँकी कामहरूबारे अगमवाणी गर्न खडा गर्नुभयो ताकि मानिसहरूले यहोवाको अद्भुतता र बुद्धि देख्न सकून्। अगमवाणीका यी पुस्तकहरू बाइबलका अन्य पुस्तकहरू भन्दा बिलकुलै भिन्न थिए; ती त अगमवाणीको आत्मा दिइएका व्यक्तिहरूद्वारा—यहोवाबाट दर्शन वा आवाज पाएका व्यक्तिहरूद्वारा—बोलिएका वा लेखिएका वचनहरू थिए। अगमवाणीका पुस्तकहरूबाहेक, पुरानो नियमका अरू सबै कुराहरू यहोवाले आफ्नो काम पूरा गरिसक्नुभएपछि मानिसहरूद्वारा तयार पारेका अभिलेखहरूले भरिएका छन्। यी पुस्तकहरूले यहोवाद्वारा खडा गरिएका अगमवक्ताहरूद्वारा बोलिएका भविष्यवाणीको स्थान लिन सक्दैनन्; उदाहरणका लागि, उत्पत्ति र प्रस्थानका पुस्तकहरूलाई यशैयाको पुस्तक र दानिएलको पुस्तकसँग तुलना गर्न मिल्दैन। ती अगमवाणीहरू काम पूरा हुनुभन्दा अघि बोलिएका थिए; अन्य पुस्तकहरू भने काम समाप्त भएपछि लेखिएका थिए, जुन कुरा लेख्न मानिसहरू सक्षम थिए। त्यस समयका अगमवक्ताहरूले यहोवाबाट प्रेरणा पाए र केही अगमवाणी बोले, तिनीहरूले धेरै वचनहरू बोले, र तिनीहरूले अनुग्रहको युगका कुराहरूका साथसाथै आखिरी दिनहरूमा संसारको विनाश हुनेबारे पनि अगमवाणी गरे—जुन काम गर्ने यहोवाले योजना गर्नुभएको थियो। बाँकी पुस्तकहरू सबैले यहोवाले इस्राएलमा गर्नुभएको काम लेखे। यसरी, जब तिमी बाइबल पढ्छौ, तिमीहरूले मुख्य रूपमा यहोवाले इस्राएलमा जे गर्नुभयो त्यो पढिरहेका हुन्छौ; बाइबलको पुरानो करारमा मुख्य रूपमा यहोवाले इस्राएललाई मार्गदर्शन गर्नुभएको काम, इस्राएलीहरूलाई मिश्रबाट बाहिर निकाल्न, तिनीहरूलाई फारोका जन्जिरहरूबाट मुक्त गर्न, र तिनीहरूलाई उजाडस्थलमा लग्न उहाँले मोशालाई प्रयोग गर्नुभएको, त्यसपछि तिनीहरू कनानमा प्रवेश गरेको, र यसपछि कनानमा तिनीहरूको जीवनको अभिलेख गरिएको छ। यसबाहेकका अरू सबै भागहरू इस्राएलभरि यहोवाले गर्नुभएको कामका अभिलेखहरूले भरिएको छ। पुरानो करारमा अभिलेख गरिएका सबै कुरा इस्राएलमा यहोवाले गर्नुभएको काम—अर्थात्, यहोवाले त्यही भूमिमा गर्नुभएको काम हो जहाँ उहाँले आदम र हव्वालाई बनाउनुभएको थियो। नोआपछि परमेश्‍वरले आधिकारिक रूपमा पृथ्वीमा मानिसहरूलाई डोऱ्याउन थाल्नुभएको कुरादेखि नै पुरानो नियममा अभिलेख गरिएका सबै कुराहरू इस्राएलको काम हो। अनि इस्राएलभन्दा बाहिरको कामको किन कुनै पनि अभिलेख छैन? किनकि इस्राएलको भूमि मानवजातिको उद्गमस्थल हो, र सुरुमा, इस्राएलबाहेक अरू कुनै राष्ट्र थिएन, र यहोवाले अरू कुनै ठाउँमा काम गर्नुभएन। यस प्रकार, बाइबलको पुरानो नियममा जे अभिलेख गरिएको छ त्यो पूर्ण रूपमा त्यसबेला परमेश्‍वरले इस्राएलमा गर्नुभएको काम हो। अगमवक्ताहरू, यशैया, दानिएल, यर्मिया र इजकिएलद्वारा बोलिएका वचनहरू … तिनीहरूका वचनहरूले पृथ्वीमा उहाँको अन्य कामको भविष्यवाणी गर्छन्, तिनीहरूले यहोवा परमेश्‍वर स्वयम्‌को कामको भविष्यवाणी गर्छन्। यो पूर्णतया परमेश्‍वरबाट आएको हो, यो पवित्र आत्माको काम थियो, र अगमवक्ताहरूका यी पुस्तकहरूबाहेक अरू सबै कुरा त्यस समयको यहोवाको कामबारे मानिसहरूका अनुभवहरूको अभिलेख हुन्।

मानवजाति अस्तित्वमा आउनुभन्दा पहिले सृष्टिको काम भयो, तर उत्पत्ति पुस्तक मानवजाति सृष्टि गरिएपछि मात्र आयो; यो व्यवस्थाको युगको अवधिमा मोशाद्वारा लेखिएको पुस्तक थियो। यो आज तिमीहरूमाझ भइरहने कुराहरू जस्तै छः घटनाहरू घटेपछि तिमीहरूले भविष्यका मानिसहरूलाई देखाउनका निम्ति ती कुराहरू लेख्छौ, अनि तिमीहरूले जे अभिलेख गरेका हुन्छौ ती कुराहरू भविष्यका मानिसहरूको लागि विगतमा घटेका घटनाहरू हुन्—तिनलाई इतिहासका रूपमा मात्र पढ्न सकिन्छ। पुरानो नियममा अभिलेख गरिएका कुराहरू इस्राएलमा यहोवाले गर्नुभएको काम हो, र नयाँ नियममा लेखिएका कुराहरूचाहिँ अनुग्रहको युगको अवधिमा येशूले गर्नुभएको काम हो; तिनीहरूले दुई फरक-फरक युगहरूमा परमेश्‍वरले गर्नुभएको कामको दस्तावेजीकरण गर्छन्। पुरानो करारले व्यवस्थाको युगको अवधिमा परमेश्‍वरले गर्नुभएको कामको दस्तावेजीकरण गर्छ, त्यसैले पुरानो करार एउटा इतिहासको पुस्तक हो। नयाँ करार भनेको अनुग्रहको युगको कामको उपज हो, र जब नयाँ काम सुरु भयो, तब नयाँ करार पनि पुरानो भयो, त्यसैले नयाँ करार पनि एउटा इतिहासको पुस्तक हो। निश्चय नै, नयाँ नियम पुरानो नियम जत्तिकै व्यवस्थित छैन, न त यसले त्यति नै धेरै कुराहरूको अभिलेख नै गर्दछ। यहोवाले बोल्नुभएका अनेकौं वचनहरू सबै बाइबलको पुरानो नियममा अभिलेख गरिएका छन् भने चारवटा सुसमाचारका पुस्तकहरूमा येशूका केही वचनहरू मात्र अभिलेख गरिएका छन्। निश्चय नै, येशूले पनि धेरै काम गर्नुभयो, तर त्यसलाई विस्तृत रूपमा अभिलेख गरिएको छैन। नयाँ करारमा कम अभिलेख गरिएको छ किनभने येशूले कम काम गर्नुभयो; उहाँले पृथ्वीमा साढे तीन वर्षमा गर्नुभएको काम र प्रेरितहरूले गरेका कामहरू जति छन् ती यहोवाले गर्नुभएको कामभन्दा धेरै नै कम थिए। अनि यसैकारण, नयाँ नियममा पुरानो नियममा भन्दा थोरै पुस्तकहरू छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)

परमेश्‍वरका दैनिक वचनहरू   अंश २६७

बाइबल ठ्याक्कै कस्तो किसिमको पुस्तक हो? पुरानो नियम व्यवस्थाको युगको अवधिमा परमेश्‍वरले गर्नुभएको काम हो। बाइबलको पुरानो नियममा व्यवस्थाको युगको अवधिमा यहोवाले गर्नुभएका सबै कामहरू अनि उहाँले गर्नुभएको सृष्टिको काम अभिलेख गरिएको छ। यसका सबै भागहरूले यहोवाद्वारा गरिएको काम अभिलेख गर्दछन्, र यसले अन्ततः मलाकीको पुस्तकमा यहोवाको कामका विवरणहरू समापन गर्दछ। पुरानो नियममा परमेश्‍वरले गर्नुभएका दुईवटा कामहरू अभिलेख गरिएका छन्: एउटा सृष्टिको काम हो, र अर्को व्यवस्थाको घोषणा हो। दुवै काम यहोवाले गर्नुभएको थियो। व्यवस्थाको युगले यहोवा परमेश्‍वरको नाउँमा गरिएको कामको प्रतिनिधित्व गर्दछ; यो आधारभूत रूपमा यहोवाको नाउँमा गरिएका कामहरूको सम्पूर्णता हो। त्यसैले, पुरानो करारमा यहोवाको कामको अभिलेख गरिएको छ। नयाँ करारमा येशूको कामको अभिलेख गरिएको छ, त्यो काम जुन मूलतः येशूको नाउँमा गरिएको थियो। येशूको नाउँको महत्त्व र उहाँले गर्नुभएको काम प्रायः नयाँ नियममा लेखिएको छ। पुरानो नियमको व्यवस्थाको युगको अवधिमा, यहोवाले इस्राएलमा मन्दिर र वेदी निर्माण गर्नुभयो, उहाँले पृथ्वीमा इस्राएलीहरूको जीवनलाई डोऱ्याउनुभयो, जसले तिनीहरू उहाँका चुनिएका मानिस रहेको, उहाँले पृथ्वीमा चुन्नुभएका र उहाँका अभिप्रायअनुरूप रहेका मानिसहरूको पहिलो समूह, उहाँले व्यक्तिगत रूपमा डोऱ्याउनुभएको पहिलो समूह रहेको प्रमाणित गर्छ। इस्राएलका बाह्र वटा वंश यहोवाका चुनिएका पहिलो मानिसहरू थिए, त्यसैले व्यवस्थाको युगमा यहोवाको काम समाप्त नहुञ्जेल उहाँले सधैँ तिनीहरूमाथि काम गर्नुभयो। दोस्रो चरणको काम नयाँ नियमको अनुग्रहको युगको काम थियो, र त्यो यहूदीहरूको बीचमा, इस्राएलका बाह्र कुलमध्ये एकमा गरिएको थियो। यस कामको दायरा सानो थियो किनकि येशू देहधारी परमेश्‍वर हुनुहुन्थ्यो। येशूले यहूदियाको देशमा मात्र काम गर्नुभयो, र साढे तीन वर्ष मात्र काम गर्नुभयो; त्यसैले, नयाँ नियममा अभिलेख गरिएका कुराहरूले पुरानो नियममा अभिलेख गरिएको कामको मात्रालाई उछिन्न नसकेको हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)

परमेश्‍वरका दैनिक वचनहरू   अंश २६८

यदि तँ व्यवस्थाको युगको काम हेर्न, र इस्राएलीहरूले कसरी यहोवाको मार्ग पछ्याए भनी हेर्न चाहन्छस् भने, तैँले पुरानो करार पढ्नैपर्छ; यदि तँ अनुग्रहको युगको काम बुझ्न चाहन्छस् भने, तैँले नयाँ करार पढ्नैपर्छ। तर तैँले आखिरी दिनहरूको कामलाई कसरी हेर्छस् त? तैँले आज परमेश्‍वरको अगुवाइलाई स्वीकार्नुपर्दछ, र आजको काममा प्रवेश गर्नुपर्दछ, किनकि यो नयाँ काम हो, र यसलाई पहिले नै बाइबलमा कसैले पनि अभिलेख गरेको छैन। आज, परमेश्‍वर देह बन्नुभएको छ र उहाँले चीनमा अरू चुनिएका मानिसहरू छान्नुभएको छ। परमेश्‍वर यी मानिसहरूमाथि काम गर्नुहुन्छ, उहाँ पृथ्वीमा गरिएको उहाँको कामलाई निरन्तरता दिनुहुन्छ, र अनुग्रहको युगमा भएको कामलाई निरन्तरता दिनुहुन्छ। आजको काम त्यो बाटो हो जहाँ मानिस कहिल्यै हिंडेको छैन, र यो त्यस्तो मार्ग हो जुन कसैले कहिल्यै देखेको छैन। यो यस्तो काम हो जुन पहिला कहिल्यै गरिएको छैन—यो पृथ्वीमा परमेश्‍वरको नवीनतम काम हो। यसैले, पहिले कहिल्यै नगरिएको काम इतिहास होइन, किनकि अहिले भनेको अहिले हो, र यो विगत बन्न बाँकी नै छ। परमेश्‍वरले पृथ्वीमा र इस्राएलदेखि बाहिर अझ ठूलो, अझ नयाँ काम गर्नुभएको छ, त्यो इस्राएलको दायराभन्दा धेरै पर, अगमवक्ताहरूको अगमवाणीहरू भन्दा बाहिर गइसकेको छ, जुन अगमवाणीहरूभन्दा बाहिरको नयाँ र अचम्मको काम हो, र इस्राएलभन्दा परको अझ नयाँ काम हो भन्ने कुरा मानिसहरूलाई थाहा छैन, जुन यस्तो काम हो जसलाई मानिसहरूले न त बुझ्न सक्छन् न कल्पना गर्न नै सक्छन्। बाइबलमा त्यस्तो कामको स्पष्ट अभिलेख कसरी हुन सक्छ र? आजको कामका बारेमा एउटै कुरा पनि नछुटाई अग्रिम रूपमा कसले लेखेको हुन सक्थ्यो र? परम्परालाई चुनौती दिने यो अझ ठूलो, अझ बुद्धिमानी कामलाई अति पुरानो भएर ढुसी लागेको त्यो पुस्तकमा कसले अभिलेख गर्न सक्थ्यो र? वर्तमान काम इतिहास होइन, र यस्तो भएकाले, यदि तँलाई आजको नयाँ मार्गमा हिँड्ने इच्छा छ भने, तैँले बाइबललाई छोड्नुपर्छ, तैँले बाइबलका अगमवाणी वा इतिहासका पुस्तकहरूभन्दा पर जानुपर्छ। तब मात्र तैँले नयाँ मार्गमा ठिकसँग हिंड्न सक्नेछस्, अनि मात्र तैँले नयाँ क्षेत्र र नयाँ काममा प्रवेश गर्न सक्नेछस्। तैँले तँलाई आज किन बाइबल नपढ्नु भनिएको छ, किन बाइबलदेखि अलग अर्को काम छ, किन परमेश्‍वरले बाइबलमा अझ नयाँ र विस्तृत अभ्यास खोज्नुहुन्न, र किन त्यसको सट्टामा बाइबलबाहिर शक्तिशाली काम छ भनेर बुझ्नुपर्दछ। यो सबै तिमीहरूले बुझ्नुपर्ने कुरा हो। तैँले पुरानो र नयाँ कामबीचको भिन्नता बुझ्नुपर्दछ, र तैँले बाइबल नपढे पनि तैँले त्यसलाई चिरफार गर्न सक्नुपर्छ; यदि होइन भने, तैँले अझै बाइबलको आराधना गरिरहनेछस् र तेरो निम्ति नयाँ काममा प्रवेश गर्न र नयाँ परिवर्तनहरू अनुभूत गर्न गाह्रो हुनेछ। त्यहाँ एक उच्च मार्ग छ भने किन त्यो न्यून, पुरानो मार्गको अध्ययन गर्नु? जब त्यहाँ नयाँ वाणीहरू र नयाँ काम छन् भने किन अझै पनि पुराना ऐतिहासिक अभिलेखहरूमाझ जिउने? ती नयाँ वाणीहरूले तेरो निम्ति प्रबन्ध गर्न सक्छन्, जसले यो नयाँ काम हो भनी प्रमाणित गर्दछ; पुराना अभिलेखहरूले तँलाई तृप्त पार्न वा तेरा वर्तमान आवश्यकताहरू पूरा गर्न सक्दैनन्, जसले ती इतिहास हुन् र वर्तमान काम होइनन् भनी प्रमाणित गर्छ। सबैभन्दा उच्च मार्ग भनेको नयाँ काम हो, र नयाँ कामको साथमा, विगतको मार्ग जतिसुकै उच्च भए पनि यो मानिसहरूले फर्केर हेर्ने इतिहास मात्रै हो, र सन्दर्भको रूपमा यसको महत्त्व नै भए पनि, यो अझै पनि पुरानो मार्ग नै हो। यसलाई “पवित्र पुस्तक” मा लेखिएको भए पनि पुरानो मार्ग इतिहास नै हो; “पवित्र पुस्तक” मा यसको एक पाना समेत अभिलेख नभए पनि, नयाँ मार्ग नै वर्तमान हो। यो मार्गले तँलाई बचाउन सक्छ, र यो मार्गले तँलाई परिवर्तन गर्न सक्छ, किनकि यो पवित्र आत्माको काम हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)

परमेश्‍वरका दैनिक वचनहरू   अंश २६९

बाइबल एउटा इतिहासको पुस्तक हो, र यदि तैँले अनुग्रहको युगमा पुरानो करार खाएको र पिएको थिइस् भने, अनि यदि तैँले पुरानो करारको युगमा चाहिएको कुरालाई अनुग्रहको युगमा व्यवहारमा लागु गरेको भए, येशूले तँलाई अस्वीकार गर्नुहुनेथ्यो, र तँलाई दोषी ठहराउनुहुनेथ्यो; यदि तैँले येशूका कामहरूमा पुरानो करार लागू गरेको थिइस् भने, तँ एक फरिसी हुने थिइस्। यदि आज, तैँले खान र पिउन अनि प्रयोग गर्नका लागि पुरानो र नयाँ करारलाई एकसाथ राख्छस् भने, आजका परमेश्‍वरले तँलाई दोषी ठहराउनुहुनेछ; तँ आजको पवित्र आत्माको कामको पछि पतन भएको हुनेछस्! यदि तँ पुरानो करार र नयाँ करार खान्छस् र पिउँछस् भने, तँ पवित्र आत्माको प्रवाहभन्दा बाहिर छस्! येशूको समयमा, येशूले यहूदीहरू र उहाँको पछि लाग्नेहरू सबैलाई त्यस बेला उहाँमा भएको पवित्र आत्माको कामअनुसार डोऱ्याउनुभयो। उहाँले बाइबललाई उहाँको कामको आधारको रूपमा लिनुभएन, तर उहाँको कामअनुसार बोल्नुभयो; उहाँले बाइबलले भनेको कुरामा ध्यान दिनुभएन, न त उहाँले आफ्ना अनुयायीहरूलाई डोऱ्याउने तरिका नै खोज्नुभयो। उहाँले काम गर्न थाल्नुभएदेखि नै पश्‍चात्तापको मार्गको प्रचार गर्नुभयो—जसको एउटा वचनका बारेमा पुरानो करारका कैयौँ अगमवाणीमा बिलकुलै उल्लेख गरिएको थिएन। उहाँले बाइबलअनुसार काम नगर्नुभएको मात्र होइन, उहाँले त एउटा अझ नयाँ बाटोमा पनि अगुवाइ गर्नुभयो र अझ नयाँ काम पनि गर्नुभयो। उहाँले प्रचार गर्नुहुँदा कहिल्यै पनि बाइबलको उल्लेख गर्नुभएन। व्यवस्थाको युगको अवधिमा कसैले पनि उहाँले जस्तो बिरामीहरूलाई निको पार्ने र दुष्टात्माहरू निकाल्ने आश्‍चर्यकर्महरू गर्न सकेको थिएनन्। त्यसरी नै उहाँको काम, उहाँका शिक्षा, अनि उहाँको बोलीको अख्तियार र शक्ति व्यवस्थाको युगको कुनै पनि व्यक्तिको पहुँचभन्दा बाहिर थिए। येशूले केवल उहाँको नयाँ काम गर्नुभयो, र धेरै मानिसहरूले बाइबल प्रयोग गर्दै उहाँको निन्दा गरे पनि—र उहाँलाई क्रूसमा टाँग्न पुरानो करार प्रयोग गरे पनि उहाँको काम पुरानो करारको भन्दा उत्तम थियो; यदि यस्तो थिएन भने, मानिसहरूले किन उहाँलाई क्रूसमा टाँग्थे? के त्यो पुरानो करारमा उहाँको शिक्षा, साथै बिरामीलाई निको पार्ने र दुष्टात्माहरूलाई धपाउने उहाँको शक्तिका बारेमा केही नभनिएकोले गर्दा होइन र? उहाँको काम नयाँ मार्गमा डोर्‍याउनका निम्ति गरिएको थियो, यो जानाजानी बाइबलको विरुद्ध लड्न वा जानाजानी पुरानो करारबाट छुटकारा दिनका निम्ति थिएन। उहाँ आफ्नो सेवकाइ गर्न, उहाँको चाहना र खोजी गर्नेहरूलाई नयाँ काम दिन मात्रै आउनुभयो। उहाँ पुरानो करारको व्याख्या गर्न वा त्यसको कामलाई समर्थन गर्न आउनुभएन। उहाँको काम व्यवस्थाको युगलाई निरन्तर विकसित हुन दिनका लागि थिएन। उहाँको कामले बाइबललाई आधार बनाएको छ कि छैन भन्‍ने कुरालाई उहाँले कुनै ख्याल गर्नुभएन बरु उहाँ आफूले गर्नुपर्ने काम गर्न मात्रै आउनुभयो, त्यसैले, उहाँले पुरानो करारका अगमवाणीहरूको व्याख्या गर्नुभएन, न त उहाँले पुरानो करारको व्यवस्थाको युगका वचनहरू अनुसार काम नै गर्नुभयो। पुरानो करारले भनेका कुरालाई उहाँले बेवास्ता गर्नुभयो, उहाँको काम त्योसँग सहमत छ कि छैन भनी उहाँले वास्ता गर्नुभएन, अनि अरूले उहाँको कामको बारेमा के जान्दछन् वा तिनीहरूले त्यसलाई दोषी ठहराएका छन् भनी वास्ता गर्नुभएन। उहाँले केवल आफूले गर्नुपर्ने काम गर्दैजानुभयो, यद्यपि धेरै मानिसहरूले उहाँलाई दोषी ठहराउन पुरानो करारका अगमवक्ताहरूका अगमवाणीहरू प्रयोग गरे। मानिसहरूको नजरमा उहाँको कामको कुनै आधार नभएको र त्यहाँ धेरै कुरा पुरानो करारको विवरणसँग नमिलेको जस्तो देखिन्थ्यो। के यो मानिसको भ्रम थिएन र? के परमेश्‍वरले उहाँको काममा प्रावधानहरू लागु गर्नु आवश्यक हुन्छ? अनि के परमेश्‍वरले अगमवक्ताहरूका अगमवाणीअनुसार नै काम गर्नुपर्छ? आखिरकार, ठूलो के हो: परमेश्‍वर कि बाइबल? परमेश्‍वरले किन बाइबलअनुसार काम गर्नैपर्छ र? के परमेश्‍वरसँग बाइबललाई उछिन्ने कुनै अधिकार छैन भन्‍ने हुन सक्छ? के परमेश्‍वर बाइबलबाट टाढा भएर अरू काम गर्न सक्नुहुन्न र? येशू र उहाँका चेलाहरूले किन शबाथ-दिन पालना गर्नुभएन? यदि उहाँले शबाथ-दिन अनुसार र पुरानो करारका आज्ञाहरू अनुसार अभ्यास गर्नुहुन्थ्यो भने, येशूले उहाँ आउनुभएपछि शबाथ-दिन किन पालना गर्नुभएन, बरु खुट्टा धुनुभयो, शिर ढाक्नुभयो, रोटी भाँच्नुभयो र दाखरस पिउनुभयो? के यी सबै कुरा पुरानो करारका आज्ञाहरूमा नभएका होइनन् र? यदि येशूले पुरानो करार पालन गर्नुहुन्थ्यो भने, उहाँले यी प्रावधानहरू किन तोड्नुभयो? परमेश्‍वर र बाइबलमध्ये कुनचाहिँ पहिले आयो भन्ने कुरा तँलाई थाहा हुनुपर्छ! के उहाँ शबाथका प्रभु हुनुभएकाले बाइबलका परमप्रभु पनि हुन सक्नुहुन्न र?

नयाँ करारको युगमा येशूद्वारा गरिएको कामले नयाँ काम सुरु गर्‍यो। उहाँले पुरानो करारको काम अनुसार काम गर्नुभएन, न त उहाँले पुरानो करारका यहोवाले बोल्नुभएका वचनहरू नै लागू गर्नुभयो। उहाँले आफ्नै काम गर्नुभयो, र उहाँले झनै नयाँ काम गर्नुभयो, जुन काम व्यवस्थाभन्दा उच्च थियो। यसैले, उहाँले भन्नुभयो, “म व्यवस्था वा अगमवक्ताहरू नष्ट गर्न आएको हुँ भन्‍ने नसोच: म नष्ट गर्न होइन, तर पूरा गर्न आएको हुँ।” यसैले, उहाँले जे पूरा गर्नुभयो त्यस अनुसार धेरै प्रावधान तोडिए। शबाथको दिनमा उहाँले आफ्ना चेलाहरूलाई अन्नका खेतहरूबाट लग्नुहुँदा तिनीहरूले अन्नका बालाहरू टिपे र खाए; उहाँले शबाथ दिन पालन गर्नुभएन र भन्नुभयो, “मानिसको पुत्र शबाथको दिनको समेत प्रभु हुनुहुन्छ।” त्यसबेला, इस्राएलीहरूको नियमअनुसार शबाथ दिन पालन नगर्ने जोसुकैलाई ढुङ्गाले हानेर मारिन्थ्यो। तर, येशू न त मन्दिरमा प्रवेश गर्नुभयो न उहाँले शबाथ दिन पालन गर्नुभयो, र उहाँको काम पुरानो करारको युगमा यहोवाद्वारा गरिएको थिएन। यसरी, येशूले गरेको कामले पुरानो करारको व्यवस्थालाई उछिन्यो, यो त्योभन्दा अझ उच्च थियो, र उहाँले आफ्नो काम गर्दा पुरानो करारका आधारमा गर्नुभएन। अनुग्रहको युगको अवधिमा, येशू पहिल्यै पुरानो करारको व्यवस्था अनुसार काम गरिरहनुभएको थिएन, र ती प्रावधानहरू तोडिसक्नुभएको थियो। तर इस्राएलीहरूले अझै पनि जोरदार रूपमा धर्मशास्त्रलाई समातिरहे र येशूलाई दोषी ठहराए—के त्यसो गर्नु येशूको कामलाई इन्कार गर्नु थिएन र? आज धार्मिक संसार पनि जोरदार रूपमा बाइबललाई समात्छ र कोही-केही मानिस भन्छन्‌, “बाइबल एउटा पवित्र पुस्तक हो र यो पढिनैपर्छ।” केही मानिस भन्छन्, “जहिलेसुकै भए पनि, परमेश्‍वरको काम त्याग्न मिल्दैन। पुरानो करार परमेश्‍वरले इस्राएलीहरूसँग गर्नुभएको करार हो, र यसलाई फ्याँक्न मिल्दैन, शबाथ-दिन सधैँ पालन गर्नैपर्छ!” के तिनीहरू अत्यन्तै बेतुके छैनन् र? येशूले किन शबाथ-दिन पालन गर्नुभएन? के उहाँ पाप गरिरहनुभएको थियो? यो मामिला कसले राम्रोसँग बुझ्न सक्छ? मानिसहरूले बाइबल जसरी पढे पनि, उनीहरूको बुझ्ने क्षमता प्रयोग गरेर परमेश्‍वरको काम जान्न असम्भव हुनेछ। तिनीहरूले परमेश्‍वरको शुद्ध ज्ञान प्राप्त नगर्ने मात्र होइन, तिनीहरूका धारणा झन्-झन् भयङ्कर हुँदै जानेछन्, जसले गर्दा तिनीहरू परमेश्‍वरको विरोध गर्न थाल्नेछन्। यदि आज परमेश्‍वरको देहधारण नभएको भए, मानिसहरू तिनीहरूका आफ्नै धारणाले बरबाद हुनेथिए, र तिनीहरू परमेश्‍वरको सजायमाझ मर्नेथिए।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)

परमेश्‍वरका दैनिक वचनहरू   अंश २७०

बाइबललाई पुरानो र नयाँ करार पनि भनिन्छ। “करार” शब्दले केलाई जनाउँछ, तिमीहरूलाई थाहा छ? पुरानो करारमा रहेको “करार” शब्द यहोवाले मिश्रीहरूलाई ढालेर इस्राएलीहरूलाई फारोबाट बचाउँदा इस्राएलका मानिसहरूसँग गर्नुभएको करारबाट आएको हो। अवश्य नै, ढोकाको चौकोसमा पोतिएको थुमाको रगत नै यो करारको प्रमाण थियो, जसमार्फत परमेश्‍वरले मानिससँग करार स्थापित गर्नुभएको थियो, जसमा ढोकाको चौकोसमाथि र दुवै छेउमा थुमाको रगत पोतिएका जति सबै इस्राएली हुन्, तिनीहरू परमेश्‍वरका चुनिएका मानिस हुन् र तिनीहरू सबैलाई यहोवाले बचाउनुहुनेछ भनेर भनिएको थियो (किनभने त्यति बेला यहोवाले मिश्रका ज्येष्ठ पुत्र र पहिलो वंशका भेडा र गाईवस्तु सबैलाई मार्न लाग्‍नुभएको थियो)। यो करारको अर्थ दुई तहको छ। मिश्रका कुनै पनि मानिस वा वस्तुभाउलाई यहोवाले मुक्ति दिनुहुनेछैन; उहाँले तिनीहरूका ज्येष्ठ पुत्र र पहिलो वंशका भेडा र गाईवस्तु सबैलाई ढाल्नुहुनेछ। तसर्थ, अगमवाणीका थुप्रै पुस्तकमा मिश्रीहरूलाई कठोर सजाय दिइनेछ भनी पूर्वानुमान गरिएको थियो—यो यहोवाको करारको नतिजा थियो। करारको पहिलो तहको अर्थ यही हो। यहोवाले मिश्रका ज्येष्ठ पुत्र र पहिलो वंशका सबै वस्तुभाउलाई ढाल्नुभयो, तर उहाँले सबै इस्राएलीलाई जोगाउनुभयो, जसको मतलब जो इस्राएली भूमिका थिए ती सबै यहोवाका प्रिय थिए र सबै जोगिनेथिए; उहाँ तिनीहरूमाथि दीर्घकालीन काम गर्न चाहनुहुन्थ्यो, र उहाँले थुमाको रगत प्रयोग गरेर तिनीहरूसँग करार स्थापित गर्नुभयो। त्यसउप्रान्त यहोवाले इस्राएलीहरूलाई ढाल्नुहुनेथिएन र उहाँले तिनीहरू सधैँका लागि उहाँका चुनिएका मानिस हुनेछन् भनेर भन्‍नुभयो। इस्राएलका बाह्र कुलमाझ, उहाँ व्यवस्थाको युगभरि उहाँको काममा लाग्‍नुहुनेथियो, उहाँले इस्राएलीहरूमाझ आफ्‍ना सबै व्यवस्था सार्वजनिक गर्नुहुनेथियो, अनि तिनीहरू मध्येबाट अगमवक्ता र न्यायकर्ताहरू छान्‍नुहुनेथियो र तिनीहरू उहाँको कामको केन्द्र बन्नेथिए। यहोवाले तिनीहरूसँग एउटा करार गर्नुभयो: युग परिवर्तन नभएसम्म उहाँ चुनिएका मानिसहरूमाझ मात्र काम गर्नुहुनेथ्यो। यहोवाको करार अपरिवर्तनीय थियो, किनकि यो रगतमा बनेको, र उहाँका चुनिएका मानिसहरूसँग स्थापित गरिएको थियो; अझ महत्त्वपूर्ण कुरा, उहाँले पूरै युगका लागि आफ्नो काम सुरु गर्न उपयुक्त क्षेत्र र लक्ष्य रोज्नुभएको थियो। फलस्वरूप, मानिसहरूले यो करारलाई विशेष महत्त्वका साथ हेरे। करारको दोस्रो तहको अर्थ यही हो। करार स्थापना हुनुभन्दा अघिको “उत्पत्ति” बाहेक, पुरानो करारका अन्य सबै पुस्तकमा करारको स्थापनापछि इस्राएलीहरूमाझ परमेश्‍वरले गर्नुभएको कामको अभिलेख राखिएको छ। अवश्य पनि, कहिलेकहीँ अन्यजातिहरूका विवरणहरू पनि आउँछन्, तर समग्रमा, पुरानो करारमा परमेश्‍वरले इस्राएलमा गर्नुभएको कामको विवरण राखिएको छ। इस्राएलीहरूसँग गरिएको यहोवाको करारको कारण, व्यवस्थाको युगमा लेखिएका पुस्तकहरूलाई पुरानो करार भनिन्छ। ती पुस्तकहरू इस्राएलीहरूसँगको यहोवाको करारबाट नामाकरण गरिएका छन्।

नयाँ करारको नाम येशूले क्रूसमा बगाउनुभएको रगत र उहाँमा विश्‍वास गर्ने सबैसँग उहाँले गर्नुभएको करारबाट राखिएको हो। येशूको करार यस्तो थियो: उहाँले बगाएको रगतको कारण मानिसहरूले पापबाट क्षमा पाउन केवल उहाँमा विश्‍वास गर्नुपर्थ्यो, र यसरी तिनीहरूले मुक्ति पाउनेथिए, र उहाँमार्फत पुनर्जन्म पाउनेथिए, र अबउप्रान्त पापी रहँदैनथिए; उहाँको अनुग्रह प्राप्त गर्नका लागि मानिसहरूले उहाँमा विश्‍वास मात्र गरे भने, मरेपछि तिनीहरूले नरकमा दुःख पाउनेथिएनन्। अनुग्रहको युगमा लेखिएका सबै पुस्तक यो करारपछि आएका थिए र ती सबैमा करारमा रहेका काम र वाणीका दस्तावेज राखिएका छन्। ती पुस्तकहरू प्रभु येशूको क्रूसीकरणबाट भएको मुक्ति वा करारभन्दा बाहिर जाँदैनन्; ती सबै नै प्रभुमा रहेका अनुभवी दाजुभाइहरूले लेखेका पुस्तक हुन्। तसर्थ, यी पुस्तकहरू पनि एउटा करारबाट नामाकरण गरिएका छन्: तिनलाई नयाँ करार भनिन्छ। यी दुइटा करारले व्यवस्थाको युग र अनुग्रहको युगलाई मात्र समावेश गर्छन्, र अन्तिम युगसँग तिनको कुनै सम्बन्ध छैन। तसर्थ, आजका आखिरी दिनहरूका मानिसहरूका लागि बाइबल त्यति धेरै उपयोगी छैन। बढीमा, यसले एक अस्थायी सन्दर्भको मात्र काम गर्छ, तर आधारभूत रूपमा यसको उपयोगिता निकै कम छ। यद्यपि धार्मिक मानिसहरू अझै पनि यसलाई सबैभन्दा बहुमूल्य ठान्छन्। तिनीहरूले बाइबल जानेका हुँदैनन्; तिनीहरू बाइबलको व्याख्या गर्न मात्र जान्दछन्, र मूलतः यसको उत्पत्तिबारे अनजान छन्। बाइबलप्रति तिनीहरूको मनोवृत्ति यस्तो छ: बाइबलका सबै कुरा ठीक छन्, यसमा कुनै अशुद्धता वा त्रुटि छैन। तिनीहरूले बाइबल ठीक र त्रुटिरहित छ भनेर पहिले नै निर्धारण गरेका हुनाले, तिनीहरूले यसलाई ठूलो चासोको साथ अध्ययन र जाँच गर्न थाले। आजको चरणको कामबारे बाइबलमा पूर्वानुमान गरिएको थिएन; सबैभन्दा अन्धकार स्थानमा विजयको कामको कहिल्यै कुनै उल्लेख गरिएको थिएन। किनकि यो सबैभन्दा पछिल्लो काम हो। कामको युग फरक भएकै कारण, येशू आफै पनि यो चरणको काम आखिरी दिनहरूमा गरिनेछ भनेर अनजान हुनुहुन्थ्यो—अनि यस्तोमा, आखिरी दिनहरूका मानिसहरूले बाइबल जाँचेर त्यसभित्र यस चरणको कामलाई कसरी भेट्टाउन सक्छन्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (२)

परमेश्‍वरका दैनिक वचनहरू   अंश २७१

बाइबलमा भएका सबै कुरा परमेश्‍वर स्वयम्‌ले बोलेका वचनहरूको अभिलेख होइनन्। बाइबलले परमेश्‍वरको कामको अघिल्ला दुई चरणलाई मात्रै दस्ताबेजीकरण गर्छ, जसमध्ये एउटा भाग अगमवक्ताहरूका अगमवाणीहरूको अभिलेख हो र एउटा भाग युगौँयुगभरि परमेश्‍वरद्वारा प्रयोग गरिएका मानिसहरूले लेखेका अनुभवहरू र ज्ञान हो। मानव अनुभवहरू मानिसको राय र ज्ञानद्वारा दूषित भएका हुन्छन् अनि यो अपरिहार्य कुरा हो। बाइबलका धेरै पुस्तकमा मानव धारणाहरू, मानव पूर्वाग्रहहरू र मानिसहरूको विकृत बुझाइ समावेश छन्। अवश्य नै, धेरैजसो वचन पवित्र आत्माको अन्तर्दृष्टि र ज्योतिका नतिजा हुन् र ती सही बुझाइहरू हुन्—तैपनि ती अझै पनि सत्यताका पूर्णतया सही अभिव्यक्तिहरू हुन् भनेर भन्न सकिँदैन। निश्चित कुराहरूबारे तिनीहरूका दृष्टिकोणहरू व्यक्तिगत अनुभवबाट प्राप्त ज्ञान वा पवित्र आत्माको अन्तर्दृष्टिबाहेक अरू केही होइनन्। अगमवक्ताहरूका अगमवाणीहरूलाई परमेश्‍वर स्वयम्‌ले निर्देशन दिनुभएको थियो: यशैया, दानिएल, एज्रा, यर्मिया र इजकिएलजस्ता व्यक्तिहरूका अगमवाणीहरू पवित्र आत्माको प्रत्यक्ष निर्देशनबाट आएका थिए; यी मानिसहरू दर्शी थिए, तिनीहरूले अगमवाणीको आत्मा प्राप्त गरेका थिए र तिनीहरू सबै पुरानो करारका अगमवक्ता थिए। व्यवस्थाको युगको दौरान, यहोवाको प्रेरणा प्राप्त गरेका यी मानिसहरूले धेरै अगमवाणी बोले, जसलाई यहोवाले प्रत्यक्ष रूपमा निर्देशन दिनुभएको थियो। अनि यहोवाले तिनीहरूमा किन काम गर्नुभयो? किनभने इस्राएलका मानिसहरू परमेश्‍वरका चुनिएका मानिस थिए र अगमवक्ताहरूको काम तिनीहरूमाझ गरिनुपर्थ्यो; त्यसैकारण अगमवक्ताहरूले त्यस्ता प्रकाशहरू प्राप्त गर्न सके। वास्तवमा, तिनीहरूले आफूले प्राप्त गरेका प्रकाशहरू बुझेका थिएनन्। ती वचनहरू पवित्र आत्माले तिनीहरूका मुखबाट बोल्नुभयो ताकि भावी मानिसहरूले ती कुराहरू बुझ्न सकून् र ती साँच्चै परमेश्‍वरका आत्माको, पवित्र आत्माको काम थिए र ती मानव विचारहरूबाट आएका थिएनन् अनि सबै मानिसले पवित्र आत्माको कामको पुष्टि प्राप्त गर्न सकून्। अनुग्रहको युगको दौरान, येशू स्वयम्‌ले तिनीहरूको सट्टामा यी सब काम गर्नुभयो र त्यसैले मानिसहरूले उप्रान्त अगमवाणी बोलेनन्। त्यसोभए के येशू अगमवक्ता हुनुहुन्थ्यो? येशू अवश्य नै अगमवक्ता हुनुहुन्थ्यो, तर उहाँ प्रेरितहरूको काम गर्न पनि सक्षम हुनुहुन्थ्यो—उहाँ अगमवाणी बोल्न अनि देशभरि मानिसहरूलाई प्रचार गर्न र सिकाउन दुवै सक्नुहुन्थ्यो। तैपनि उहाँले गरेको काम र उहाँले प्रतिनिधित्व गरेको पहिचान एउटै थिएनन्। उहाँ सम्पूर्ण मानवजातिलाई छुटकारा दिन, मानिसलाई पापबाट छुटकारा दिन आउनुभयो; उहाँ अगमवक्ता र प्रेरित हुनुहुन्थ्यो, तर त्योभन्दा बढी उहाँ ख्रीष्ट हुनुहुन्थ्यो। अगमवक्ताले अगमवाणी बोल्न सक्छ, तर त्यस्तो अगमवक्ता ख्रीष्ट हो भनेर भन्न सकिँदैन। त्यसबेला, येशूले धेरै अगमवाणी बोल्नुभयो र त्यसैले उहाँ अगमवक्ता हुनुहुन्थ्यो भनेर भन्न सकिन्छ, तर उहाँ अगमवक्ता हुनुहुन्थ्यो र त्यसैले ख्रीष्ट हुनुहुन्नथ्यो भनेर भन्न सकिँदैन। किनभने उहाँले कामको एउटा चरण सम्पन्न गर्न परमेश्‍वर स्वयम्‌को प्रतिनिधित्व गर्नुभयो र उहाँको पहिचान यशैयाको भन्दा फरक थियो—उहाँ छुटकाराको काम पूरा गर्न आउनुभयो र उहाँले मानिसको जीवनको भरणपोषण पनि गर्नुभयो र परमेश्‍वरका आत्मा उहाँमाथि प्रत्यक्ष रूपमा आउनुभयो; उहाँले गरेको काममा, परमेश्‍वरका आत्माबाट कुनै प्रेरणाहरू वा यहोवाबाट कुनै निर्देशनहरू आएनन्, बरु, आत्माले प्रत्यक्ष रूपमा काम गर्नुभयो। यो नै येशू अगमवक्ताजस्तै हुनुहुन्नथ्यो भनी प्रमाणित गर्न पर्याप्त छ। उहाँले गरेको काम छुटकाराको काम थियो, जसको दोस्रो स्थानमा अगमवाणी बोल्ने काम आउँथ्यो। उहाँ अगमवक्ता, प्रेरित हुनुहुन्थ्यो, तर त्योभन्दा बढी उहाँ उद्धारक हुनुहुन्थ्यो। यसबीच, भविष्यवक्ताहरूले अगमवाणी मात्र बोल्न सक्थे र परमेश्‍वरका आत्माको स्थानमा अरू कुनै काम गर्न सक्दैनथे। येशूले मानिसद्वारा पहिले कहिल्यै नगरिएको धेरै काम गर्नुभएको र मानवजातिलाई छुटकारा दिने काम गर्नुभएको हुनाले, उहाँ यशैयाजस्ता व्यक्तिहरूभन्दा फरक हुनुहुन्थ्यो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (३)

परमेश्‍वरका दैनिक वचनहरू   अंश २७२

आज, मानिसहरू सधैँ बाइबल नै परमेश्‍वर हुनुहुन्छ र परमेश्‍वर नै बाइबल हुनुहुन्छ भनेर विश्‍वास गर्छन्। साथै, तिनीहरू बाइबलका वचनहरू मात्र परमेश्‍वरले बोल्नुभएका वचनहरू थिए र ती सबै परमेश्‍वरद्वारा भनिएका थिए भनेर पनि विश्‍वास गर्छन्। परमेश्‍वरमा विश्‍वास गर्ने सबै के समेत सोच्छन् भने, पुरानो र नयाँ करारका सबै छैसठ्ठी पुस्तक मानिसहरूले लेखेका भए पनि, ती सबै परमेश्‍वरको प्रेरणाद्वारा दिइएका थिए, र पवित्र आत्माका वाणीहरूको अभिलेख थिए। यो मानिसको विकृत बुझाइ हो, र यो कुरा तथ्यहरूसँग पूर्ण रूपमा मेल खाँदैन। वास्तवमा, अगमवाणीका पुस्तकहरूबाहेक, पुरानो करारको अधिकांश भाग एक ऐतिहासिक अभिलेख हो। नयाँ करारका केही पत्र मानिसका अनुभवहरूबाट आएका हुन्, र केही पवित्र आत्माको अन्तर्दृष्टिबाट आएका हुन्; उदाहरणका लागि, पावलका पत्रहरू मानिसकै कामबाट उत्पन्न भएका थिए, ती सबै पवित्र आत्माको अन्तर्दृष्टिका नतिजा थिए, र ती मण्डलीहरूका लागि लेखिएका थिए, र मण्डलीहरूका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि अर्ती र प्रोत्साहनका शब्दहरू थिए। ती पवित्र आत्माले बोलेका वचनहरू थिएनन्—पावल पवित्र आत्माको तर्फबाट बोल्न सक्दैनथे, न त तिनी अगमवक्ता नै थिए, अनि तिनले यूहन्नाले देखेका दर्शनहरू झनै देखेका थिएनन्। तिनका पत्रहरू एफिसस, कोरिन्थ, गलातिया र त्यस समयका अन्य मण्डलीहरूका लागि लेखिएका थिए। अनि त्यसकारण, नयाँ करारका पावलका पत्रहरू पावलले मण्डलीहरूका निम्ति लेखेका पत्रहरू हुन्, अनि ती न त पवित्र आत्माबाट आएका प्रेरणाहरू हुन्, न त ती पवित्र आत्माका प्रत्यक्ष वाणीहरू नै हुन्। ती त तिनले आफ्नो कामको सिलसिलामा मण्डलीहरूको लागि लेखेका अर्ती, सान्त्वना र प्रोत्साहनका शब्दहरू मात्र हुन्। त्यसै गरी, ती पावलको त्यतिखेरका धेरै कामका अभिलेख पनि हुन्। ती प्रभुमा सबै दाजुभाइ तथा दिदीबहिनीका लागि, अनि त्यस समयका मण्डलीहरूका दाजुभाइ तथा दिदीबहिनीहरूले तिनको सल्लाह सुनून् र प्रभु येशूको पश्चात्तापको मार्ग पछ्याऊन् भनेर लेखिएका थिए। चाहे ती त्यस समयका मण्डलीहरू होऊन् वा भविष्यका, पावलले कुनै पनि हिसाबले सबैले तिनले लेखेका कुरा खानु र पिउनुपर्छ भनेर भनेनन्, न त तिनले आफ्ना सबै शब्द परमेश्‍वरबाट आएका हुन् भनेर नै भने। कुरा यति मात्र थियो कि, त्यस बेलाका मण्डलीहरूका परिस्थिति अनुसार, उनले दाजुभाइ तथा दिदीबहिनीहरूसँग सङ्गति गरे, र तिनीहरूलाई अर्ती दिए, र तिनीहरूमा आस्थाको प्रेरणा दिए, र तिनले केवल मानिसहरूलाई प्रचार गरे वा सम्झाए अनि अर्ती दिए। तिनका शब्दहरू तिनको आफ्नै बोझमा आधारित थिए र तिनले यी शब्दहरूमार्फत मानिसहरूलाई सहायता गरे। तिनले त्यस समयका मण्डलीहरूको प्रेरितको काम गरे, तिनी प्रभु येशूद्वारा प्रयोग गरिएको कामदार थिए, यसैले तिनले मण्डलीहरूको जिम्मेवारी लिनैपर्थ्यो, मण्डलीहरूको काम गर्नैपर्थ्यो, र दाजुभाइ तथा दिदीबहिनीहरूको स्थितिबारे थाहा पाउनैपर्थ्यो—र यसैकारण, तिनले प्रभुमा सबै दाजुभाइ तथा दिदीबहिनीका लागि पत्रहरू लेखे। उनले मानिसहरूका लागि भनेका सबै शिक्षाप्रद र सकारात्मक कुरा सही थिए, तर तिनले पवित्र आत्माको वाणीहरूलाई प्रतिनिधित्व गर्दैनथे, र तिनले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनथे। यदि मानिसहरू एउटा व्यक्तिका अनुभवहरूका अभिलेखहरू र व्यक्तिका पत्रहरूलाई मण्डलीहरूलाई पवित्र आत्माले बोल्नुभएका वचनहरूका रूपमा लिन्छन् भने, त्यो एक अत्यन्तै गलत बुझाइ, र ठूलो ईश्‍वरनिन्दा हो! विशेष गरी पावलले मण्डलीहरूका लागि लेखेका पत्रहरूका हकमा यो कुरा साँचो हो, किनभने तिनका पत्रहरू त्यसबेलाका प्रत्येक मण्डलीको परिस्थिति र अवस्थाका आधारमा दाजुभाइ-दिदीबहिनीहरूका लागि लेखिएका थिए र ती प्रभुमा भएका दाजुभाइ-दिदीबहिनीहरूलाई अर्ती दिनका लागि थिए, ताकि तिनीहरूले प्रभु येशूको अनुग्रह प्राप्त गर्न सकून्। तिनका पत्रहरू त्यस समयका दाजुभाइ तथा दिदीबहिनीहरूलाई जागृत गर्नका लागि थिए। यो तिनको आफ्नै बोझ थियो र यो पवित्र आत्माले तिनलाई दिएको बोझ पनि थियो भनेर भन्न सकिन्छ; आखिर, तिनी त्यस समयका मण्डलीहरूको अगुवाइ गर्ने प्रेरित थिए र मण्डलीहरूका लागि पत्रहरू लेख्नु र तिनीहरूलाई अर्ती दिनु तिनको जिम्मेवारी थियो। तिनको पहिचान केवल काम गर्ने प्रेरितको थियो, तिनी केवल परमेश्‍वरद्वारा पठाइएका प्रेरित थिए, अगमवक्ता थिएनन्, न त भविष्यक्ता नै थिए अनि तिनका लागि त आफ्नो काम र दाजुभाइ तथा दिदीबहिनीहरूको जीवन अत्यन्तै महत्त्वपूर्ण थियो। त्यसैले, तिनले पवित्र आत्माको तर्फबाट बोल्न सकेनन् र तिनका वचनहरू पवित्र आत्माका वचन थिएनन्, झन् ती परमेश्‍वरका वचनहरू हुन् भनेर भन्न सक्नु त परको कुरा हो, किनभने तिनी एक सृजित प्राणीबाहेक अरू केही थिएनन् र तिनी निश्चित रूपमा देहधारी परमेश्‍वर थिएनन्। तिनको पहिचान येशूको जस्तो थिएन। येशूका वचनहरू पवित्र आत्माका वचन थिए, ती परमेश्‍वरका वचनहरू थिए, किनभने उहाँको पहिचान ख्रीष्ट—परमेश्‍वरका पुत्रको थियो। पावललाई कसरी उहाँको बराबर मान्न सकिन्छ र? यदि मानिसहरू पावलका जस्ता पत्रहरू वा वचनहरूलाई पवित्र आत्माका वाणीहरूका रूपमा हेर्छन् र तिनलाई परमेश्‍वरका रूपमा आराधना गर्छन् भने, तिनीहरूमा खुट्ट्याउने क्षमताको अत्यन्तै कमी छ भनेर मात्रै भन्न सकिन्छ। अझ गम्भीर शब्दमा भन्दा, के यो केवल ईश्‍वरनिन्दा होइन र? कुनै व्यक्तिले कसरी परमेश्‍वरको तर्फबाट बोल्न सक्छ र? अनि मानिसहरू कसरी कुनै व्यक्तिका पत्रहरू र तिनले बोलेका वचनहरूका अभिलेखहरूलाई कुनै पवित्र पुस्तक वा स्वर्गीय पुस्तकजस्तो गरी तीसामु दण्डवत् गर्न सक्छन् र? के कुनै व्यक्तिले परमेश्‍वरका वचनहरू त्यतिकै बोल्न सक्छ र? कुनै व्यक्तिले कसरी परमेश्‍वरको तर्फबाट बोल्न सक्छ र? अनि त्यसैले, तँ के भन्छस्—तिनले मण्डलीहरूका लागि लेखेका पत्रहरू तिनका आफ्नै विचारहरूद्वारा दूषित हुन सक्दैनन् र? ती कसरी तिनका आफ्नै विचारहरूबाट आएका कुराहरूद्वारा दूषित हुन सक्दैनन् र? तिनले आफ्ना व्यक्तिगत अनुभवहरू र आफ्नै ज्ञानका आधारमा मण्डलीहरूका लागि पत्रहरू लेखे। उदाहरणका लागि, पावलले गलातियाका मण्डलीहरूलाई एउटा पत्र लेखे, जसमा एउटा निश्चित राय थियो र पत्रुसले अर्को पत्र लेखे, जसमा अर्को दृष्टिकोण थियो। तीमध्ये कुन चाहिँ पवित्र आत्माबाट आएको थियो? कसैले पनि निश्चित रूपमा भन्न सक्दैन। त्यसैले, तिनीहरू दुवैले मण्डलीहरूका लागि बोझ बोकेका थिए भनेर मात्रै भन्न सकिन्छ, तैपनि तिनीहरूका पत्रहरूले तिनीहरूको कदलाई प्रतिनिधित्व गर्छन्, तिनले दाजुभाइ तथा दिदीबहिनीहरूका लागि तिनीहरूको भरणपोषण र साथको अनि मण्डलीहरूप्रति तिनीहरूको बोझलाई प्रतिनिधित्व गर्छन् र तिनले मानव कामलाई मात्रै प्रतिनिधित्व गर्छन्—ती पूर्ण रूपमा पवित्र आत्माका थिएनन्। यदि तँ तिनका पत्रहरू पवित्र आत्माका वचन हुन् भनी भन्छस् भने, तँ बेतुके होस् र तैँले ईश्‍वरनिन्दा गरिरहेको छस्! नयाँ करारका पावलका पत्रहरू र अन्य पत्रहरू हालैका आत्मिक व्यक्तित्वहरूका संस्मरणहरू बराबर हुन्: ती वाचम्यान नीका पुस्तकहरू वा लरेन्सका अनुभवहरू इत्यादि बराबरका हुन्। यति मात्र हो, हालैका आत्मिक व्यक्तित्वहरूका पुस्तकहरू नयाँ करारमा सङ्कलित गरिएका छैनन्, तैपनि यी मानिसहरूको सार एउटै थियो: तिनीहरू एक निश्चित अवधिको दौरान पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिस थिए र तिनीहरूले प्रत्यक्ष रूपमा परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनथे।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (३)

परमेश्‍वरका दैनिक वचनहरू   अंश २७३

नयाँ करारको मत्तीको सुसमाचारले येशूको वंशावलीलाई दस्ताबेजीकरण गर्छ। सुरुमा, यसले येशू अब्राहाम र दाऊदका वंशज अनि युसुफका छोरा हुनुहुन्थ्यो भनेर भन्छ; त्यसपछि यसले येशूको गर्भधारण पवित्र आत्माद्वारा भएको थियो र उहाँ कन्याबाट जन्मनुभएको थियो भनेर भन्छ—जसको अर्थ उहाँ युसुफका छोरा वा अब्राहाम र दाऊदका वंशज हुनुहुन्नथ्यो भन्ने हो। यद्यपि, वंशावलीले येशूलाई युसुफसँग जोड्नमा जोड दिन्छ। त्यसपछि, वंशावलीले येशू जन्मेको प्रक्रियालाई अभिलेख गर्न थाल्छ। यसले येशूको गर्भधारण पवित्र आत्माद्वारा भएको थियो, उहाँ कन्याबाट जन्मनुभएको थियो र युसुफका छोरा हुनुहुन्नथ्यो भनेर भन्छ। तैपनि वंशावलीमा येशू युसुफका छोरा हुनुहुन्थ्यो भनेर स्पष्ट रूपमा लेखिएको छ र वंशावली येशूका लागि लेखिएको हुनाले, यसले बयालीस पुस्तालाई अभिलेख गर्छ। जब यो युसुफको पुस्तामा पुग्छ, तब यसले तुरुन्तै युसुफ मरियमका पति थिए भनेर भन्छ, जुन शब्दहरू येशू अब्राहामका वंशज हुनुहुन्थ्यो भनी प्रमाणित गर्नका लागि दिइएका हुन्। के यो विरोधाभास होइन र? वंशावलीले स्पष्ट रूपमा युसुफको पुर्खालाई अभिलेख गर्छ, यो स्पष्ट रूपमा युसुफको वंशावली हो, तर मत्ती यो येशूको वंशावली हो भनी जिद्दी गर्छन्। के यसले येशूको गर्भधारण पवित्र आत्माद्वारा भएको तथ्यलाई इन्कार गर्दैन र? त्यसैले, के मत्तीले लेखेको वंशावली मानव विचार होइन र? यो त झनै हास्यास्पद छ! यसरी तँ यो पुस्तक पूर्ण रूपमा पवित्र आत्माबाट आएको होइन भनी जान्न सक्छस्। सायद, कतपिय मानिस पृथ्वीमा परमेश्‍वरको वंशावली हुनैपर्छ भनी सोच्छन्, जसको परिणाम स्वरूप तिनीहरू येशूलाई अब्राहामको बयालीसौँ पुस्ताका रूपमा तोक्छन्। त्यो एकदमै हास्यास्पद छ! पृथ्वीमा आउनुभएपछि, परमेश्‍वरको वंशावली कसरी हुन सक्छ र? यदि तँ परमेश्‍वरको वंशावली छ भनी भन्छस् भने, के तैँले उहाँलाई सृजित प्राणीहरूको दर्जामा राख्दैनस् र? परमेश्‍वर पृथ्वीका हुनुहुन्न, उहाँ सृष्टिकर्ता हुनुहुन्छ, र उहाँ देहको हुनुभए तापनि, उहाँ मानिसजस्तो सारको हुनुहुन्न, त्यसोभए तँ कसरी परमेश्‍वरलाई सृजित प्राणीकै प्रकारको दर्जामा राख्न सक्छस् र? अब्राहामले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनन्; तिनी त्यतिबेला यहोवाको कामका पात्र थिए, तिनी केवल यहोवाद्वारा योग्य पाइएका बफादार सेवक थिए र तिनी इस्राएलका मानिसहरूमध्ये एक थिए। तिनी कसरी येशूका पुर्खा हुन सक्छन् र?

येशूको वंशावली कसले लेख्यो? के येशू स्वयम्‌ले त्यो लेख्नुभयो? के येशूले व्यक्तिगत रूपमा तिनीहरूलाई “मेरो वंशावली लेख” भनेर भन्नुभयो? येशू क्रूसमा टाँगिनुभएपछि यो मत्तीद्वारा अभिलेख गरिएको थियो। त्यसबेला, येशूले आफ्ना चेलाहरूले बुझ्न नसक्ने धेरै काम गर्नुभएको थियो र कुनै स्पष्टीकरण दिनुभएको थिएन। उहाँ जानुभएपछि, चेलाहरूले चारैतिर प्रचार गर्न र काम गर्न थाले अनि कामको त्यस चरणका खातिर, तिनीहरूले पत्रहरू र सुसमाचारका पुस्तकहरू लेख्न थाले। नयाँ करारका सुसमाचारका पुस्तकहरू येशू क्रूसमा टाँगिनुभएको बीसदेखि तीस वर्षपछि अभिलेख गरिएका थिए। पहिले, इस्राएलका मानिसहरू पुरानो करार मात्र पढ्थे। भन्नुको अर्थ, अनुग्रहको युगको सुरुमा मानिसहरू पुरानो करार पढ्थे। नयाँ करार अनुग्रहको युगको दौरान मात्र देखा पर्‍यो। येशूले काम गर्नुहुँदा नयाँ करार अस्तित्वमा थिएन; मानिसहरूले उहाँ मरेकाहरूबाट बौरिउठ्नुभएपछि र स्वर्गमा उक्लनुभएपछि उहाँको कामलाई अभिलेख गरे। त्यसपछि मात्र चार सुसमाचारका पुस्तकहरू अस्तित्वमा आए, जसका अतिरिक्त पावल र पत्रुसका पत्रहरू र प्रकाशको पुस्तक पनि अस्तित्वमा आए। येशू स्वर्गमा उक्लनुभएको तीन सय वर्षभन्दा बढी समयपछि, पछिल्ला पुस्ताहरूले यी दस्ताबेजहरूलाई छनौट गरी सङ्कलन गरे र त्यसपछि मात्र बाइबलको नयाँ करार अस्तित्वमा आयो। यो काम पूरा भइसकेपछि मात्र नयाँ करार अस्तित्वमा आयो; यो पहिले अस्तित्वमा थिएन। परमेश्‍वरले ती सबै काम गर्नुभएको थियो अनि पावल र अन्य प्रेरितहरूले विभिन्न स्थानका मण्डलीहरूलाई एकदमै धेरै पत्र लेखेका थिए। तिनीहरूपछिका मानिसहरूले तिनीहरूका पत्रहरूलाई एकसाथ जोडे र यूहन्नाले पत्मोस टापुमा देखेको सबैभन्दा ठूलो दर्शनबारे उनको विवरण थपे, जसमा परमेश्‍वरको आखिरी दिनहरूको कामबारे अगमवाणी गरिएको थियो। मानिसहरूले यो श्रृङ्खला बनाए, जुन आजका वाणीहरूभन्दा फरक छ। आज अभिलेख गरिने कुरा परमेश्‍वरको कामका चरणहरूअनुसार हुन्छ; आज मानिसहरू संलग्न हुने कुरा परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत रूपमा गरेको काम र उहाँले व्यक्तिगत रूपमा बोलेका वचनहरू हुन्। तँ—मानवजातिले—हस्तक्षेप गर्नुपर्दैन; आत्माबाट प्रत्यक्ष रूपमा आउने वचनहरूलाई चरणबद्ध रूपमा प्रबन्ध गरिएको छ र यो प्रबन्ध मानिसहरूका अभिलेखहरूको प्रबन्धभन्दा फरक छ। तिनीहरूले अभिलेख गरेको कुरा तिनीहरूको शिक्षाको स्तर र मानव क्षमताअनुसार थियो भनेर भन्न सकिन्छ। तिनीहरूले अभिलेख गरेका कुराहरू मानव अनुभव थिए र हरेकसँग अभिलेख गर्ने आफ्नै माध्यम र आफ्नै बुझाइ थियो अनि हरेक अभिलेख फरक थियो। त्यसैले, यदि तँ बाइबललाई परमेश्‍वरका रूपमा आराधना गर्छस् भने तँ अत्यन्तै अज्ञानी र मूर्ख होस्! तँ किन आजका परमेश्‍वरको काम खोजी गर्दैनस्? परमेश्‍वरको कामले मात्र मानिसलाई मुक्ति दिन सक्छ। बाइबलले मानिसलाई मुक्ति दिन सक्दैन, मानिसहरू यसलाई केही हजार वर्षसम्म पढ्न सक्छन् र तैपनि तिनीहरूमा अझै अलिकति पनि परिवर्तन आउनेछैन र यदि तँ बाइबललाई आराधना गर्छस् भने तैँले पवित्र आत्माको काम कहिल्यै प्राप्त गर्नेछैनस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (३)

परमेश्‍वरका दैनिक वचनहरू   अंश २७४

धेरै मानिस के विश्‍वास गर्छन् भने, बाइबल बुझ्नु र यसको व्याख्या गर्न सक्षम हुनु भनेको साँचो मार्ग पत्ता लगाउनुसरह हो—तर वास्तवमा, के कामकुराहरू यति सरल छन् र? बाइबलको वास्तविकता कसैलाई पनि थाहा छैन: यो त परमेश्‍वरको कामको ऐतिहासिक अभिलेख, र परमेश्‍वरको कामका अघिल्ला दुई चरणको गवाहीभन्दा बढी केही पनि होइन, र यसले तँलाई परमेश्‍वरको कामको उद्देश्यको बुझाइ प्रदान गर्दैन। यसमा व्यवस्थाको युग र अनुग्रहको युगको दौरान परमेश्‍वरको कामका दुई चरण अभिलेख गरिएको छ भन्‍ने कुरा बाइबल पढेका सबैलाई थाहा छ। पुरानो करारमा इस्राएलको इतिहास र सृष्टिको समयदेखि व्यवस्थाको युगको अन्त्यसम्म यहोवाले कसरी काम गर्नुभयो भन्ने कुरा अभिलेख गरिएको छ। नयाँ करारमा पृथ्वीमा येशूले गर्नुभएको काम अभिलेख गरिएको छ, जुन सुसमाचारका चार पुस्तकमा छ, र यसमा पावलको काम पनि अभिलेख गरिएको छ—के ती ऐतिहासिक अभिलेखहरू होइनन् र? विगतका कुराहरूलाई आज फर्काएर ल्याउँदा ती इतिहास बन्छन्, र ती जति नै सत्य वा वास्तविक भए पनि, ती इतिहास नै हुन्—र इतिहासले वर्तमानलाई सम्बोधन गर्न सक्दैन, किनभने परमेश्‍वर इतिहासलाई फर्केर हेर्नुहुन्‍न! यसैले, यदि तँ केवल बाइबल बुझ्छस्, र आज परमेश्‍वरले गर्न चाहनुभएको कामबारे केही बुझ्दैनस् भने, र यदि तँ परमेश्‍वरमा विश्‍वास त गर्छस् तर पवित्र आत्माको काम खोज्दैनस् भने, तँलाई परमेश्‍वरको खोजी गर्नुको अर्थ थाहा छैन। यदि तँ इस्राएलको इतिहास अध्ययन गर्न, परमेश्‍वरले सम्पूर्ण स्वर्ग र पृथ्वी सृष्टि गर्नुभएको इतिहास अनुसन्धान गर्न बाइबल पढ्छस् भने, तँ परमेश्‍वरमा विश्‍वास गर्दैनस्। तर आज, तँ परमेश्‍वरमा विश्‍वास गर्ने, तँ जीवन, र परमेश्‍वरको ज्ञान पछ्याउने, र मृत शब्द र धर्मसिद्धान्तहरू वा इतिहासको बुझाइ नपछ्याउने हुनाले, तैँले परमेश्‍वरका वर्तमान अभिप्रायहरूको खोजी गर्नैपर्छ, र पवित्र आत्माको कामको दिशा खोज्नैपर्छ। यदि तँ पुरातत्वविद्‌ भएको भए तैँले बाइबल पढ्न सक्‍नेथिस्—तर तँ होइनस्, तँ परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये एक होस्, र तैँले परमेश्‍वरका वर्तमान अभिप्रायहरूको खोजी गर्नु नै उत्तम हुनेछ। तैँले बाइबल पढेर बढीमा इस्राएलको थोरै इतिहास बुझ्नेछस्, अब्राहाम, दाऊद र मोशाको जीवनबारे जान्‍नेछस्, उनीहरूले कसरी यहोवाको डर माने, यहोवाले आफ्नो विरोध गर्नेहरूलाई कसरी जलाउनुभयो, र उहाँले त्यस युगका मानिसहरूसँग कसरी बोल्नुभयो भनेर तैँले पत्ता लगाउनेछस्। तैँले केवल विगतको परमेश्‍वरको कामबारे पत्ता लगाउनेछस्। बाइबलका अभिलेखहरू इस्राएलका मानिसहरूले त्यसबेला यहोवाको मार्गदर्शनमा कसरी परमेश्‍वरको डर माने र जिए भन्‍ने कुरासँग सम्बन्धित छन्। इस्राएलीहरू परमेश्‍वरका चुनिएका मानिसहरू भएका कारण, तँ पुरानो करारमा इस्राएलका सबै मानिसको यहोवाप्रतिको बफादारी, कसरी यहोवामा समर्पित हुनेहरू सबैले उहाँबाट हेरचाह र आशिष् पाए भन्ने कुरा देख्‍न सक्छस्; तँ परमेश्‍वरले इस्राएलमा काम गर्नुहुँदा उहाँ कृपा र प्रेमिलो दयालुपनले भरिपूर्ण हुनुहुन्थ्यो, साथसाथै उहाँमा भस्म पार्ने आगोको ज्वाला पनि थियो, र निम्‍नदेखि लिएर शक्तिशालीसम्मका सारा इस्राएली यहोवाको डर मान्थे, त्यसैले सम्पूर्ण जाति नै परमेश्‍वरद्वारा आशिषित थियो भन्‍ने कुरा जान्‍न सक्छस्। पुरानो करारमा अभिलेख गरिएको इस्राएलको इतिहास यस्तै छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (४)

परमेश्‍वरका दैनिक वचनहरू   अंश २७५

बाइबल इस्राएलमा परमेश्‍वरको कामको ऐतिहासिक अभिलेख हो, र यसमा प्राचीन अगमवक्ताहरूका धेरै अगमवाणीका साथै यहोवाले त्यस समय आफ्नो कामको दौरान बोलेका केही वाणी अभिलेख गरिएको छ। यसैले, सबै मानिस यस पुस्तकलाई पवित्र ठान्छन् (किनकि परमेश्‍वर पवित्र र महान् हुनुहुन्छ)। अवश्य नै, यी सबै यहोवाको डर मान्ने र परमेश्‍वरको श्रद्धा गर्ने तिनीहरूको हृदयको नतिजा हुन्। सृजित प्राणीहरू आफ्ना सृष्टिकर्ताको यति डर मान्ने र उहाँलाई प्रिय ठान्‍ने भएकाले मात्रै मानिसहरू यस पुस्तकलाई यसरी उल्‍लेख गर्छन्, र केही मानिस त यस पुस्तकलाई स्वर्गीय पुस्तक पनि भन्‍ने गर्छन्। वास्तवमा, यो मानव अभिलेख मात्र हो। यहोवाले व्यक्तिगत रूपमा यसको नामाकरण गर्नुभएको थिएन, न त यसको रचना गर्नको लागि यहोवाले व्यक्तिगत तवरमा अगुवाइ नै गर्नुभयो। अर्को शब्दमा भन्दा, यस पुस्तकको लेखक परमेश्‍वर नभई मानिस हो। पवित्र बाइबल मानिसले यसलाई दिएको सम्‍मानजनक नाम मात्र हो। यो नामबारे यहोवा र येशूले एकअर्कासँग छलफल गरेर निर्णय गर्नुभएको थिएन; यो मानव विचारभन्दा बढी केही पनि होइन। किनकि यो पुस्तक यहोवाले लेख्‍नुभएको थिएन, येशूले लेख्‍नुभएको हुने कुरा त परै जाओस्। बरु, यो धेरै प्राचीन अगमवक्ता, प्रेरित र द्रष्टाहरूले दिएको विवरण हो, जसलाई पछिल्ला पुस्ताहरूले प्राचीन लेखहरूको पुस्तकका रूपमा सङ्ग्रहित गरे, र यो पुस्तक मानिसहरूका लागि विशेष रूपमा पवित्र देखिन्छ, तिनीहरू यस पुस्तकमा भविष्यका पुस्ताहरूद्वारा खोलिने धेरै अगम्य र गहन रहस्य समावेश रहेको विश्‍वास गर्छन्। त्यसैले, मानिसहरूले यो पुस्तक स्वर्गीय पुस्तक हो भनेर विश्‍वास गर्न अझ बढी सम्भावना हुन्छ। चार सुसमाचार र प्रकाशको पुस्तकलाई यसमा जोडेपछि त, यसप्रति मानिसहरूको मनोवृत्ति अरू कुनै पनि पुस्तकप्रतिको भन्दा विशेष रूपमा फरक हुन्‍छ, त्यसैले कसैले पनि यो “स्वर्गीय पुस्तक” को चिरफार गर्ने आँट गर्दैन किनकि यो एकदमै “पवित्र” छ।

मानिसहरूले बाइबल पढेपछि तिनीहरू किन यसमा अभ्यास गर्नुपर्ने उचित मार्गहरू पाउन सक्छन्? तिनीहरू किन आफूले बुझ्न नसकेका धेरै कुरा प्राप्त गर्न सक्छन्? आज, म बाइबललाई यसरी नै चिरफार गर्दै छु तर यसको मतलब म यसलाई घृणा गर्छु, वा म सन्दर्भका रूपमा यसको मूल्यलाई अस्वीकार गर्छु भन्‍ने होइन। म तँलाई सधैँ अन्धकारमा नराखियोस् भनेर बाइबलको अन्तर्निहित मूल्य र उत्पत्तिबारे व्याख्या र स्पष्टता प्रदान गर्दै छु। किनभने मानिसहरूमा बाइबलबारे अत्यन्तै धेरै दृष्टिकोण छन्, र तीमध्ये धेरै त गलत नै छन्, अनि यसरी बाइबल पढ्नुले उनीहरूलाई उनीहरूले प्राप्त गर्नुपर्ने कुरा प्राप्त गर्नबाट रोक्‍ने मात्र होइन, अझ महत्त्वपूर्ण कुरा त के छ भने, यसले मैले गर्न चाहेको काममै बाधा पुर्‍याउँछ, यसले भविष्यको काममा ठूलो अवरोध खडा गर्छ, र लाभहरू होइन, केवल बेफाइदाहरू प्रदान गर्छ। तसर्थ, म तँलाई बाइबलको सार र बाइबलपछाडिको भित्री कथा मात्र बुझ्न भनिरहेको छु। म तँलाई बाइबल नपढ्न, वा यो मूल्यहीन छ भनेर घोषणा गर्दै हिँड्न भनिरहेको छैनँ, बरु आफूसँग बाइबलको सही ज्ञान र दृष्टिकोण राख्न मात्र भनिरहेको छु। अत्यन्तै एकतर्फी नहो! बाइबल मानिसद्वारा लेखिएको एउटा इतिहासको पुस्तक भए पनि, यसमा प्राचीन सन्त र अगमवक्ताहरूले परमेश्‍वरको सेवा गर्दा प्रयोग गर्ने थुप्रै सिद्धान्तका साथै परमेश्‍वरको सेवा गर्ने सम्बन्धमा प्रेरितहरूका भर्खरैका अनुभवहरू पनि अभिलेख गरिएको छ—यी सबै कुरा यी मानिसहरूसँग भएका साँचो गहन-दृष्टि र ज्ञान थिए, र ती कुराले यस युगका मानिसहरूलाई साँचो मार्गको पछ्याइमा सन्दर्भका रूपमा काम गर्न सक्छन्। तसर्थ, बाइबल पढ्दा मानिसहरूले जीवनका थुप्रै मार्ग पनि प्राप्त गर्न सक्छन्, जुन अरू पुस्तकहरूमा पाउन सकिँदैन। यी मार्गहरू विगतका युगहरूमा अगमवक्ता र प्रेरितहरूले अनुभव गरेका पवित्र आत्माको कामका जीवनका मार्गहरू हुन्, र तीमध्ये धेरैजसो वचन निकै बहुमूल्य छन्, र तिनले मानिसहरूलाई चाहिने कुराहरू प्रदान गर्न सक्छन्। तसर्थ, सबै मानिस बाइबल पढ्न मन पराउँछन्। बाइबलमा धेरै कुरा लुकेका हुनाले, यसप्रतिका मानिसहरूका धारणाहरू महान् आत्मिक व्यक्तित्वहरूको कुनै लेखनप्रतिको धारणाभन्दा फरक छन्। बाइबल भनेको पुरानो र नयाँ युगमा यहोवा र येशूको सेवा गरेका मानिसहरूको अनुभव र ज्ञानको अभिलेख र सङ्ग्रह हो, त्यसैले पछिका पुस्ताहरूले त्यसबाट धेरै अन्तर्दृष्टि, ज्योति र अभ्यासका मार्गहरू प्राप्त गर्न सकेका छन्। बाइबल कुनै पनि महान् आत्मिक व्यक्तित्वका लेखहरूभन्दा उच्‍च हुनुको कारण के हो भने, उनीहरूका सबै लेख बाइबलबाट लिइएका हुन्, अनि उनीहरूका सबै अनुभव बाइबलबाट आएका हुन् र बाइबलका व्याख्याहरू हुन्। अनि त्यसैले, मानिसहरूले कुनै पनि महान् आत्मिक व्यक्तित्वका पुस्तकहरूबाट भरणपोषण प्राप्त गर्न सक्‍ने भए पनि, उनीहरू अझै पनि बाइबललाई नै पुज्छन्, किनकि उनीहरूलाई यो अत्यन्तै महान् र गहन लाग्छ! बाइबलले पावलका पत्रहरू र पत्रुसका पत्रहरूजस्ता जीवनका वचनहरूका केही पुस्तकलाई एकीकृत गरेको भए पनि, र मानिसहरूलाई यी पुस्तकहरूले भरणपोषण दिन र मद्दत गर्न सक्‍ने भए पनि, यी पुस्तकहरू अझै पनि पुराना नै हुन्, ती अझै पुरानै युगकै हुन्, र ती जतिसुकै राम्रो भए पनि, ती एक अवधिका लागि मात्र उपयुक्त छन्, र चिरस्थायी छैनन्। किनकि परमेश्‍वरको काम सधैँ विकसित भइरहेको हुन्छ, र यो केवल पावल र पत्रुसको समयमा रोकिएर बस्‍न सक्दैन—अर्थात्, यो सधैँभरि येशूलाई क्रूसमा टाँगिएको अनुग्रहको युगमा रहिरहन सक्दैन। त्यसैले, यी पुस्तकहरू अनुग्रहको युगका लागि मात्र उपयुक्त छन्, आखिरी दिनहरूको राज्यको युगका लागि उपयुक्त छैनन्। तिनले केवल अनुग्रहको युगका विश्‍वासीहरूका लागि भरणपोषण प्रदान गर्न सक्छन्, राज्यको युगका सन्तहरूका लागि सक्दैनन्, र ती जतिसुकै राम्रा भए पनि, अझै पनि अप्रचलित छन्। यहोवाले गर्नुभएको सृष्टिको काम वा इस्राएलमा उहाँले गर्नुभएको काम पनि यस्तै हो: यो काम जतिसुकै महान् भएको भए पनि, पुरानो हुने नै थियो, र त्यो बितेर जाने समय आउने नै थियो। परमेश्‍वरको काम पनि यस्तै हो: यो जतिसुकै महान् भए पनि, यो समाप्त हुने समय आउने नै छ; यो सधैँ सृष्टिको कार्यमाझ रहन सक्दैन, न त क्रूसीकरणको माझमा नै रहन सक्छ। क्रूसीकरणको काम जति नै विश्‍वासलाग्दो भए पनि, शैतानलाई पराजित गर्नमा यो जतिसुकै प्रभावकारी भए पनि, काम आखिर काम नै हो, र युगहरू आखिर युगहरू नै हुन्। काम सधैँ उही जगमा रहन सक्दैन, न त समय कहिल्यै परिवर्तन नहुन नै सक्छ, किनकि सृष्टि भएको थियो र आखिरी दिनहरू पनि हुनैपर्छ। यो अपरिहार्य छ! त्यसकारण, आज नयाँ करारमा रहेका जीवनका वचनहरू—प्रेरितहरूका पत्रहरू, र सुसमाचारका चार पुस्तक—इतिहासका पुस्तकहरू भएका छन्, तिनीहरू पुराना पञ्‍चाङ्गहरू भएका छन्, अनि पुराना पञ्‍चाङ्गहरूले कसरी मानिसहरूलाई नयाँ युगमा प्रवेश गराउन सक्छन्? यी पञ्‍चाङ्गहरू मानिसहरूलाई जीवन प्रदान गर्न जति नै सक्षम भए पनि, मानिसहरूलाई क्रूसमा अगुवाइ गर्न जति नै सक्षम भए पनि, के ती पुराना भएका छैनन् र? के ती मूल्यहीन भएका छैनन् र? यसैले, म भन्छु, तैँले अन्धाधुन्ध यी पञ्‍चाङ्गहरूमा विश्‍वास गर्नु हुँदैन। ती धेरै पुराना भइसकेका छन्, तिनले तँलाई नयाँ काममा ल्याउन सक्दैनन्, र तिनले तँलाई बोझ मात्रै दिन सक्छन्। तिनले तँलाई नयाँ काम र नयाँ प्रवेशमा ल्याउन त सक्दैनन् नै, बरु उल्टै तँलाई पुराना धार्मिक मण्डलीहरूमा चाहिँ लैजान्छन्—र यदि त्यसो भयो भने, के तँ परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासमा प्रतिगमन गरिरहेको हुनेथिइनस् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (४)

परमेश्‍वरका दैनिक वचनहरू   अंश २७६

आज, तिमीहरूका बीचमा कसले पवित्र आत्माले प्रयोग गर्नुभएकाहरूले बोलेका सबै वचनहरू पवित्र आत्माबाट नै आएका थिए भनेर भन्‍ने आँट गर्छ? के कसैले त्यस्ता कुराहरू भन्‍ने आँट गर्छ? यदि तैँले त्यस्ता कुराहरू भन्‍ने आँट गर्छस् भने, एज्राको अगमवाणीको पुस्तकलाई किन खारेज गरियो, र प्राचीन सन्तहरू र अगमवक्ताहरूको पुस्तकलाई पनि किन त्यसै गरियो? यदि ती सबै पवित्र आत्माबाट नै आएका थिए भने, तिमीहरूले किन त्यस्तो स्वेच्‍छाचारी छनौटहरू गर्ने आँट गर्छौ? के तँ पवित्र आत्‍माको कार्यलाई छनौट गर्न योग्य छस्? इस्राएलका धेरै कथाहरूलाई पनि खारेज गरियो। अनि यदि तँ विगतका यी लेखहरू पवित्र आत्‍माबाट आएका हुन् भन्‍ने विश्‍वास गर्छस् भने, किन कतिपय पुस्तकहरूलाई खारेज गरियो? यदि ती सबै पवित्र आत्‍माबाट नै आएका थिए भने, तिनीहरू सबैलाई सुरक्षित राखिनुपर्थ्यो, र पढ्नको लागि मण्डलीहरूका दाजुभाइ-दिदीबहिनीहरूकहाँ पठाइनु पर्नेथियो। तिनीहरूलाई मानिसको इच्छाद्वारा चुनिनु वा हटाउनु हुँदैनथियो; त्यसो गर्नु गलत हो। पावल र यूहन्‍नाका अनुभवहरू तिनीहरूका व्यक्तिगत अन्तर्दृष्टिहरूसँग मिसिएका थिए भन्दैमा तिनीहरूका अनुभवहरू र ज्ञान शैतानबाट आएको थियो भन्‍ने हुँदैन, तर तिनीहरूसँग तिनीहरूका व्यक्तिगत अनुभवहरू र अन्तर्दृष्टिहरूबाट आएका कुराहरू थिए भन्‍ने मात्रै यसको अर्थ हुन्छ। तिनीहरूका ज्ञान त्यस बेलाको तिनीहरूको खास अनुभवहरूको पृष्ठभूमि अनुरूप थियो, र यो सबै पवित्र आत्माबाट नै आएको थियो भनेर कसले निर्धक्‍कसाथ भन्‍न सक्छ? सुसमाचारका चार वटै पुस्तकहरू पवित्र आत्‍माबाट आएका थिए भने, किन मत्ती, मर्कूस, लूका र यूहन्‍नाले येशूको कामको बारेमा केही फरक-फरक कुरा भने? यदि तिमीहरू यो कुरामा विश्‍वास गर्दैनौ भने, पत्रुसले प्रभुलाई कसरी तीन पटक इन्कार गरे त्यसको बारेमा बाइबलमा दिइएको विवरणलाई हेर: तिनीहरू सबै फरक छन्, र ती प्रत्येकमा आ-आफ्‍नै विशेषताहरू छन्। अज्ञानी धेरैले यसो भन्छन्, “देहधारी परमेश्‍वर पनि मानिस नै हुनुहुन्छ भने, के उहाँले बोल्‍नुहुने वचनहरू पूर्ण रूपमा पवित्र आत्‍माबाट नै आउन सक्छन्? यदि पावल र यूहन्‍नाका वचनहरू मानव इच्छाद्वारा मिश्रित थिए भने, के उहाँले बोल्‍नुहुने वचनहरूमा मानव इच्छा वास्तवमै मिश्रित छैनन् र?” यस्ता कुराहरू भन्‍ने मानिसहरू अन्धा र अज्ञानी हुन्! सुसमाचारका चार पुस्तकहरूलाई ध्यान दिएर पढ; येशूले गर्नुभएका कुराहरू र उहाँले बोल्‍नुभएका वचनहरूका बारेमा तिनमा के विवरण दिइएका छन् त्यसलाई पढ। हरेक पुस्तक अलिक फरक छ, र हरेकको आ-आफ्‍नै दृष्टिकोण छ। यदि यी पुस्तकहरूका लेखकहरूले लेखेका कुराहरू सबै पवित्र आत्‍माबाट आएका थिए भने, यो सबै उही र समरूप हुनुपर्ने थियो। त्यसो भए किन तिनमा भिन्‍नताहरू छन् त?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। उपाधि र पहिचानको सम्‍बन्धमा

परमेश्‍वरका दैनिक वचनहरू   अंश २७७

त्यस बेलाको येशूका वाणीहरू र कार्यले धर्मसिद्धान्तलाई पछ्याएन, र उहाँले पुरानो करारको व्यवस्थाको कार्य अनुसार आफ्‍नो काम गर्नुभएन। यसलाई अनुग्रहको युगमा गरिनुपर्ने कार्य अनुसार अघि बढाइएको थियो। उहाँले अघि सार्नुभएको काम अनुसार, उहाँको आफ्‍नै योजना अनुसार, र उहाँको आफ्‍नै सेवकाइ अनुसार परिश्रम गर्नुभयो; उहाँले पुरानो करारको व्यवस्था अनुसार काम गर्नुभएन। उहाँले गर्नुभएको कुनै पनि कुरा पुरानो करारको व्यवस्था अनुसार थिएन, र उहाँ अगमवक्ताहरूका वचनहरूलाई पूरा गर्नको लागि काम गर्न आउनुभएन। प्राचीन अगमवक्ताहरूको भविष्यवाणीहरूलाई पूरा गर्नको लागि मात्रै भनेर परमेश्‍वरको कामको हरेक चरण प्रस्तुत गरिएन, र उहाँ धर्मसिद्धान्तको पालन गर्न वा प्राचीन अगमवक्ताहरूको भविष्यवाणीहरूलाई जानी-जानी पूरा गर्नको लागि आउनुभएन। तैपनि उहाँका कार्यहरूले प्राचीन अगमवक्ताहरूका भविष्यवाणीहरूलाई भङ्ग गरेन, न त उहाँले पहिले गर्नुभएको काममा नै तिनीहरूले बाधा दिए। उहाँको कामको प्रमुख बुँदा भनेको उहाँ कुनै पनि धर्मसिद्धान्तद्वारा बाँधिनुको सट्टा, उहाँ स्वयमले गर्नुपर्ने काम गर्नुभयो भन्‍ने थियो। उहाँ अगमवक्ता वा द्रष्टा हुनुहुन्‍न थियो, तर कर्ता हुनुहुन्थ्यो जो वास्तवमा आफूले गर्नु पर्ने काम गर्न आउनुभयो, र उहाँ आफ्‍नो नयाँ युग सुरु गर्न र आफ्‍नो नयाँ कार्यलाई अघि बढाउन आउनुभयो। अवश्य नै, जब येशू आफ्‍नो काम गर्न आउनुभयो, उहाँले पुरानो करारका प्राचीन अगमवक्ताहरूले बोलेका धेरै वचनहरूलाई पनि पूरा गर्नुभयो। त्यसरी नै आजको कार्यले पनि पुरानो करारका प्राचीन अगमवक्ताहरूका भविष्यवाणीहरूलाई पूरा गरेको छ। यति मात्रै हो कि, “पुरानो तिथि-पत्र” लाई म पालन गर्दिन। किनभने मैले गर्नै पर्ने काम धेरै छन्, मैले तिमीहरूसँग बोल्‍नै पर्ने वचनहरू धेरै छन्, र यो काम र यी वचनहरू बाइबलका अनुच्‍छेदहरूबाट व्याख्या गर्नुभन्दा धेरै नै महत्त्वपूर्ण छन्, किनभने तिमीहरूका निम्ति त्यस्ता कामको ठूलो महत्त्व वा मूल्य हुँदैन, र तिनले तिमीहरूलाई सहायता गर्न, वा तिमीहरूलाई परिवर्तन गर्न सक्दैनन्। म बाइबलको कुनै पनि अनुच्‍छेदलाई पूरा गर्नको खातिर नयाँ काम गर्ने अभिप्राय राख्दिनँ। यदि परमेश्‍वर बाइबलका प्राचीन अगमवक्ताहरूका वचनहरूलाई पूरा गर्न मात्रै आउनुभयो भने, को ठूलो हो, देहधारी परमेश्‍वर कि ती प्राचीन अगमवक्ताहरू? आखिर, अगमवक्ताहरू परमेश्‍वरको रेखदेख गर्ने हुन् कि परमेश्‍वर अगमवक्ताहरूका रेखदेख गर्ने हुनुहुन्छ? तँ कसरी यी वचनहरूलाई व्याख्या गर्छस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। उपाधि र पहिचानको सम्‍बन्धमा

परमेश्‍वरका दैनिक वचनहरू   अंश २७८

सबै यहूदीहरूले पुरानो करार पढे र डुँडमा एउटा पुरुष बालक जन्मनेछ भन्‍ने यशैयाको अगमवाणीलाई बुझे। यो अगमवाणीप्रति पूर्ण रूपमा सचेत भएर पनि, तिनीहरूले येशूलाई किन सताए त? के यो तिनीहरूको विद्रोही स्वभाव र पवित्र आत्माको कामको अनभिज्ञताको कारणले होइन? त्यो समयमा, येशूको काम अगमवाणी गरिएका ती पुरुष बालकको भन्दा फरक छ भन्‍ने फरिसीहरूले विश्‍वास गरे अनि आज मानिसहरूले परमेश्‍वरलाई इन्कार गर्छन् किनभने देहधारी हुनुभएका परमेश्‍वरको काम बाइबलअनुसार छैन। के यो परमेश्‍वरप्रतिको तिनीहरूको विद्रोहीपनको सार उही होइन र? के तँ पवित्र आत्माको सबै कार्यलाई विनाप्रश्‍न स्वीकार गर्छस्? यदि यो पवित्र आत्माको काम हो भने, यो सही प्रवाह हो र तैँले यसलाई कुनै सन्देहविना स्वीकार गर्नुपर्छ; के स्वीकार गर्ने भनी तैँले रोज्नु र छान्नु हुँदैन। यदि तैँले परमेश्‍वरबाट धेरै अन्तर्ज्ञान पाइस् र उहाँप्रति धेरै सतर्कता अपनाइस् भने के यो अनावश्यक कुरा होइन र? तैँले बाइबलबाट अरू सबुतको खोजी गर्नु पर्दैन; यदि यो पवित्र आत्माको काम हो भने, तैँले यसलाई स्वीकार गर्नुपर्छ, किनभने तैँले परमेश्‍वरलाई पछ्याउन परमेश्‍वरमा विश्‍वास गर्छस् र तैँले उहाँको अनुसन्धान गर्नु हुँदैन। म तेरो परमेश्‍वर हुँ भन्‍ने साबित गर्न तैँले मबाट अरू प्रमाण खोज्नु पर्दैन, तर म तेरो निम्ति लाभदायक छु कि छैन सो छुट्याउन तँ सक्षम हुनुपर्छ—सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। यदि तैँले बाइबलभित्र धेरै अकाट्य प्रमाण भेट्टाइस् भने पनि, यसले तँलाई मेरो सामु पूर्ण रूपमा ल्याउन सक्दैन। तँ बाइबलको परिधिभित्र मात्र जिउँछस्, मेरो सामने होइन; मलाई चिन्नको निम्ति बाइबलले तँलाई सहायता गर्न सक्दैन, न त यसले मप्रतिको तेरो प्रेमलाई नै गहिरो बनाउन सक्छ। बाइबलले पुरुष बालक जन्‍मिनेछ भनी भविष्यवाणी गरे तापनि त्यो भविष्यवाणी कसको जीवनमा पूरा हुने हो सो कसैले बुझ्न सकेनन्, किनभने मानिसलाई परमेश्‍वरको काम थाहा थिएन, र यही कुराले फरिसीहरूलाई येशूको विरुद्ध खडा हुन लगायो। मेरो काम मानिसको हितमा हुन्छ भन्‍ने केहीले जान्दछन्, तैपनि येशू र म पूर्ण रूपमा फरक अर्थात् पारस्परिक रूपमा नमिल्‍ने अस्तित्व हौँ भन्‍ने विश्‍वास गरिरहन्छन्। त्यो समयमा, येशूले आफ्ना चेलाहरूलाई अभ्यास कसरी गर्ने, सँगसँगै कसरी भेला हुने, प्रार्थनामा अन्तर्बिन्ती कसरी गर्ने, र अनुग्रहको युगमा अरूहरूलाई कस्तो व्यवहार गर्नेभन्नेबारे अनुग्रहको युगका शृङ्खलाबद्ध प्रवचनहरू मात्रै दिनुभयो। उहाँले कार्यान्वयन गर्नुभएको काम अनुग्रहको युगको काम थियो र त्यतिबेलाका चेलाहरू र उहाँलाई पछ्याउनेहरूले कसरी अभ्यास गर्ने भनेर मात्र व्याख्या गर्नुभयो। त्यस बेला, उहाँले अनुग्रहको युगको काम मात्र गर्नुभयो र उहाँले अन्तको दिनका कुनै पनि कामहरू गर्नुभएन। जब यहोवाले व्यवस्थाको युगमा पुरानो करारको व्यवस्था ल्याउनुभयो, तब उहाँले अनुग्रहको युगको कार्य किन गर्नुभएन त? उहाँले अनुग्रहको युगको कामलाई पहिले नै किन स्पष्ट पार्नुभएन? के यसले मानिसहरूलाई यसलाई स्वीकार गर्न सहायता गर्दैनथ्यो र? एउटा बालक जन्मनेछ र शक्तिशाली हुन्छ भनेर मात्र उहाँले अगमवाणी गर्नुभयो, तर उहाँले अनुग्रहको युगलाई पहिले नै कार्यान्वयन गर्नुभएन। हरेक युगको परमेश्‍वरको कामका सीमाहरू स्पष्ट हुन्छन्; उहाँले हालको युगको काम मात्र गर्नुहुन्छ, र उहाँ अर्को युगको कामलाई कहिल्यै पनि अग्रिम रूपमा गर्नुहुन्न। यसरी मात्र हरेक युगको उहाँको प्रतिनिधि कामलाई अगाडी ल्याउन सकिन्छ। येशूले अन्तको दिनका चिन्हहरू, कसरी धैर्यवान् हुने, कसरी मुक्ति पाउने, कसरी पश्‍चात्ताप गर्ने र स्वीकार गर्ने, क्रूस कसरी बोक्ने र कष्टहरू कसरी सहने भन्‍ने बारेमा मात्र बताउनुभयो; अन्तको दिनमा मानिसले कसरी प्रवेश पाउने भनेर उहाँले कहिल्यै पनि बताउनुभएन, न त उसले परमेश्‍वरका अभिप्राय कसरी पूरा गर्न खोज्ने भन्‍नेबारे नै उहाँले बताउनुभयो। यसरी नै, अन्तको दिनमा परमेश्‍वरले गर्नुहुने कामको बारे बाइबलमा खोजी गर्नु हास्यास्पद कुरो होइन र? बाइबल मात्र पक्रेर तैँले के देख्न सक्छस्? बाइबलको व्याख्या गर्ने होस् वा प्रचारक होस्, आजको कामलाई कसले पहिले नै देख्न सक्थ्यो र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गरेकाहरूले उहाँको प्रकाश कसरी प्राप्‍त गर्न सक्छन्?

परमेश्‍वरका दैनिक वचनहरू   अंश २७९

बाइबल केही हजार वर्षदेखि मानव इतिहासको एउटा हिस्सा रहिआएको छ। यसबाहेक, मानिसहरू यसलाई परमेश्‍वरजस्तै मान्छन्, यहाँसम्म कि आखिरी दिनहरूमा, तिनीहरू यसलाई परमेश्‍वरको स्थान लिन प्रयोग गर्छन्, जसलाई परमेश्‍वर अत्यन्तै घृणा गर्नुहुन्छ। तसर्थ, परमेश्‍वरले आफ्नो फुर्सदको समयमा बाइबलको पछाडिको वास्तविक कथा र बाइबलको उत्पत्तिबारे स्पष्ट पार्न बाध्य महसुस गर्नुभयो; यदि उहाँले यसो नगर्नुभएको भए, बाइबलले मानिसहरूको हृदयमा परमेश्‍वरको स्थान ओगटिरहनेथियो अनि मानिसहरूले परमेश्‍वरका कार्यहरूलाई मापन गर्न र दोषी ठहराउन बाइबलका वचनहरू प्रयोग गर्नेथिए। परमेश्‍वरले बाइबलको सार, संरचना र त्रुटिहरूलाई व्याख्या गरेर कुनै पनि हालतमा बाइबलको अस्तित्वलाई इन्कार गरिरहनुभएको थिएन, न त त्यसलाई दोषी नै ठहराइरहनुभएको थियो; बरु, उहाँ बाइबलको मौलिक रूपलाई पुनर्स्थापित गर्न, बाइबलप्रति मानिसहरूमा भएका भ्रामक बुझाइहरूलाई सम्बोधन गर्न र सबैलाई बाइबलको सही दृष्टिकोण दिन उचित, सुहाउँदो व्याख्या प्रदान गर्दै हुनुहुन्थ्यो, ताकि आइन्दा तिनीहरूले बाइबलको आराधना नगरून् र आइन्दा तिनीहरू नहराऊन्; अर्थात्, ताकि आइन्दा तिनीहरूले बाइबलप्रतिको आफ्नो अन्धविश्‍वासलाई परमेश्‍वरमाथिको विश्‍वास र परमेश्‍वरको आराधना ठान्ने गल्ती नगरून् अनि तिनीहरू यसको साँचो पृष्ठभूमि र त्रुटिहरूको सामना गर्नसमेत नडराऊन्। मानिसहरूले बाइबलको शुद्ध बुझाइ प्राप्त गरेपछि, तिनीहरूले निसङ्कोच यसलाई पन्छाउन र बहादुरीका साथ परमेश्‍वरका नयाँ वचनहरू स्वीकार गर्न सक्छन्। यी केही अध्यायमा परमेश्‍वरको लक्ष्य यही हो। यहाँ परमेश्‍वरले मानिसहरूलाई बताउन चाहेको सत्यता के हो भने कुनै पनि सिद्धान्त वा तथ्यले परमेश्‍वरको वर्तमान काम र वचनहरूको स्थान लिन सक्दैन र कुनै पनि कुरा परमेश्‍वरको स्थान ओगट्न सक्दैन। यदि मानिसहरू बाइबलको पासोबाट उम्कन सकेनन् भने, तिनीहरू कहिल्यै परमेश्‍वरसामु आउन सक्नेछैनन्। यदि तिनीहरू परमेश्‍वरसामु आउन चाहन्छन् भने, तिनीहरूले पहिले उहाँलाई प्रतिस्थापित गर्न सक्ने कुनै पनि कुरालाई आफ्नो हृदयबाट पखाल्नैपर्छ; त्यसपछि तिनीहरू परमेश्‍वरका लागि सन्तोषजनक हुनेछन्। परमेश्‍वरले यहाँ बाइबलको मात्र व्याख्या गर्नुभए पनि, के नबिर्स भने बाइबलबाहेक मानिसहरूले साँचो रूपमा आराधना गर्ने अरू भ्रामक कुरा धेरै छन्; तिनीहरूले आराधना नगर्ने कुराहरू भनेका ती मात्र हुन् जुन साँच्चै परमेश्‍वरबाट आउँछन्। मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्दा र उहाँका वचनहरू स्वीकार गर्दा गलत मार्ग नलिऊन् र तिनीहरू फेरि चरम सीमामा नपुगून् र अन्योलको सिकार नबनून् भनी सम्झाउन परमेश्‍वर बाइबललाई एक उदाहरणका रूपमा मात्र प्रयोग गर्नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मण्डलीहरूमा हिँड्ने क्रममा ख्रीष्‍टले दिनुभएका वचनहरू, परिचय

परमेश्‍वरका दैनिक वचनहरू   अंश २८०

मैले मानिसमाझ धेरै काम गरेको छु, र त्यो अवधिमा मैले धेरै वचनहरू पनि व्यक्त गरेको छु। ती सबै वचनहरू मानिसको मुक्तिको खातिर हुन् र मानिस मेरो अनुकूल हुने बन्‍न सकोस् भनेर ती व्यक्त गरिएका थिए। तैपनि, मैले पृथ्वीमा केही मानिसहरूलाई मात्रै प्राप्त गरेको छु, जो मेरो अनुकूल छन्, त्यसैले त म भन्छु, मानिसले मेरा वचनहरूलाई बहुमूल्य ठान्दैन—यसको कारण मानिस मेरो अनुकूल नहुनु हो। यसरी, मैले गर्ने काम मानिसले मेरो आराधना गर्न सकोस् भनेर मात्रै गरिएको होइन; अझै महत्त्वपूर्ण रूपमा, मानिस मेरो अनुकूल बन्‍न सकोस् भनेर यसो गरिएको हो। भ्रष्टताबाट गुज्रेको मानिस शैतानको फन्दामा जिउँछ; ऊ देहमा जिउँछ, स्वार्थी इच्‍छाहरूमा जिउँछ, र तिनीहरूमाझ मेरो अनुकूल रहेको एक जना पनि छैन। मेरो अनुकूल छु भन्‍ने मानिसहरू छन्, तर त्यस्ता मानिसहरूले अज्ञात मूर्तिहरूको पूजा गर्छन्। मेरो नामलाई पवित्र भनी स्वीकार गरे तापनि, तिनीहरूले मेरो विपरीत दिशातर्फ बढ्ने मार्गमा पाइला चाल्छन्, र तिनीहरूका बोलीवचन अहङ्कार र आत्मविश्‍वासले भरिएका छन्। किनभने तिनीहरू अन्तर्निहित रूपमै मेरो विरुद्धमा छन् तर म सँग मिल्दो छैनन्। हरदिन, तिनीहरूले बाइबलमा मेरा निसानहरू खोज्छन् र हचुवाको भरमा “उपयुक्त” खण्डहरू भेट्छन् जसलाई तिनीहरूले निरन्तर पढ्छन् र धर्मशास्‍त्रका रूपमा पाठ गर्छन्। कसरी मेरो अनुकूल बन्‍ने भनेर तिनीहरूलाई थाहा छैन, न त मेरो विरुद्धमा खडा हुनु भनेको के हो भन्‍ने नै तिनीहरूलाई थाहा छ। तिनीहरू खालि अन्धाधुन्ध धर्मशास्‍त्रका खण्डहरू पढ्छन्। तिनीहरू आफूले नदेखेको अस्पष्ट परमेश्‍वरलाई सीमित पार्छन् र बाइबलको सीमाभित्र देख्न सक्दैनन् र फुर्सतमा हेर्न यसलाई बाहिर निकाल्छन्। तिनीहरूले बाइबलको दायराभित्र मात्रै मेरो अस्तित्वमा विश्‍वास गर्छन्, र तिनीहरूले मलाई बाइबलसँग समान मान्छन्; बाइबलविना म हुँदिनँ, र मविना बाइबल हुँदैन। मेरो अस्तित्व वा मेरा कार्यहरूलाई तिनीहरूले ध्यानै दिँदैनन्, बरु यसको साटो धर्मशास्‍त्रका एक-एक शब्‍दलाई अत्यधिक र विशेष ध्यान दिन्छन्। धर्मशास्‍त्रले भविष्यवाणी नगरेसम्म मैले चाहेअनुसार केही पनि गर्नु हुँदैन भनेरसमेत धेरैले विश्‍वास गर्छन्। तिनीहरूले धर्मशास्‍त्रलाई अत्याधिक महत्त्व दिन्छन्। के भन्‍न सकिन्छ भने तिनीहरूले शाब्दिक वचनलाई यति हदसम्‍म महत्त्वपूर्ण देख्छन् कि मैले बोल्‍ने हरेक शब्‍दलाई मापन गर्न र मलाई दोष दिन तिनीहरूले बाइबलका पदहरू प्रयोग गर्छन्। तिनीहरूले खोजी गर्ने कुरा भनेको मेरो अनुकूल हुने मार्ग वा सत्यतासँग अनुकूल हुने मार्ग होइन, बरु बाइबलका वचनहरूसँग अनुकूल हुने मार्ग हो, र तिनीहरूले बाइबलसँग नमिल्‍ने जुनसुकै कुरा निस्सन्देह मेरो काम होइन भन्‍ने विश्‍वास गर्छन्। के यस्ता मानिसहरू फरिसीहरूका कर्तव्यनिष्ठ सन्तान होइनन् र? यहूदी फरिसीहरूले येशूको भर्त्सना गर्न मोशाको व्यवस्था प्रयोग गरे। तिनीहरूले त्यस समयको येशूसँग अनुकूल हुने प्रयास गरेनन्, बरु तिनीहरूले व्यवस्थाको प्रत्येक लेखलाई यस्तो गम्भीरतासाथ लिए—पुरानो करारको व्यवस्थालाई पालन नगरेको र मसीह नभएको आरोप उहाँलाई लगाएपछि—तिनीहरूले आखिरमा निर्दोष येशूलाई क्रूसमा टाँगिछोडे। तिनीहरूको सार के थियो? के त्यो तिनीहरूले सत्यतासित अनुकूल हुने मार्ग नखोज्नु नै थिएन र? तिनीहरूले धर्मशास्‍त्रको एक-एक शब्‍दलाई मात्र ध्यान दिए, तर तिनीहरूले न त मेरा अभिप्रायहरूलाई ध्यान दिए न त मेरो कामका पाइला र विधिहरूलाई नै ध्यान दिए। तिनीहरू सत्यताको खोजी गर्ने मानिसहरू थिएनन्, बरु शब्दहरूमा कठोरतासाथ टाँसिने मानिसहरू थिए; तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू थिएनन्, बरु बाइबलमा विश्‍वास गर्ने मानिसहरू थिए। सारगत रूपमा, तिनीहरू बाइबलको रक्षा गर्ने कुकुरहरू थिए। बाइबलका हितहरूको सुरक्षा गर्न, बाइबलको इज्‍जतलाई कायम राख्‍न, र बाइबलको मर्यादाको संरक्षण गर्न, तिनीहरूले कृपालु येशूलाई क्रूसमा टाँग्‍ने हदसम्‍म गए। तिनीहरूले केवल बाइबलको प्रतिरक्षा गर्नको खातिर, र मानिसहरूका हृदयमा बाइबलका एक-एक शब्दको हैसियतलाई कायम गर्नको खातिर तिनीहरूले यसो गरे। त्यसकारण, तिनीहरूले धर्मशास्‍त्रको सिद्धान्तअनुरूप नरहनुभएका येशूलाई मृत्युदण्ड दिन आफ्‍नो भविष्य र पापबलि त्याग्‍न रुचाए। के तिनीहरू सबै नै धर्मशास्‍त्रका एक-एक वचनका दास थिएनन् र?

अनि आजका मानिसहरूको बारेमा के भन्‍ने? ख्रीष्‍ट सत्यता प्रदान गर्न आउनुभएको छ, तैपनि तिनीहरू उहाँलाई यस संसारबाट निकाल्‍न चाहन्छन् ताकि तिनीहरूले स्वर्गमा प्रवेश गर्न र अनुग्रह प्राप्त गर्न सकून्। तिनीहरू बाइबलका हितहरूको संरक्षण गर्नको लागि सत्यताको आगमनलाई पूर्ण रूपमा इन्कार गर्न रचाउँछन्, र बाइबलको अनन्‍त अस्तित्व सुनिश्‍चित गर्नको लागि तिनीहरू देहमा फर्कनुभएका ख्रीष्‍टलाई फेरि क्रूसमा टाँग्‍न रुचाउँछन्। मप्रति उसको हृदय यति द्वेषपूर्ण र उसको प्रकृति यति शत्रुवत् हुँदा, उसले कसरी मेरो मुक्ति पाउन सक्छ? म मानिसको माझमा जिउँछु, तैपनि मानिसलाई मेरो अस्तित्वको बारेमा थाहा छैन। मैले मानिसमाथि मेरो ज्योति चम्‍काउँदा पनि, मेरो अस्तित्वको बारेमा ऊ अझै अनभिज्ञ नै रहन्छ। जब म मानिसमाथि आफ्‍नो क्रोध बर्साउँछु, उसले अझै ठूलो जोसको साथ मेरो अस्तित्वलाई इन्कार गर्छ। मानिस अक्षरहरूसँग अनुकूलता खोज्छ र बाइबलसँग अनुकूलता खोज्छ, तैपनि सत्यतासँग मिल्ने मार्गलाई खोज्‍न एक जना पनि मेरोसामु आउँदैन। मानिसले माथि फर्केर मलाई स्वर्गमा हेर्छ र स्वर्गमा रहेको मेरो अस्तित्वको लागि खास सरोकार अर्पण गर्छ, तैपनि देहमा रहेको मलाई कसैले वास्ता गर्दैन, किनभने मानिसको माझमा बस्‍ने म अत्यन्तै महत्त्वहीन छु। बाइबलका अक्षरहरूसँग मात्रै अनुकूलता खोज्नेहरू, र अस्पष्ट ईश्‍वरसँग मात्रै अनुकूलता खोज्नेहरू मेरा नजरमा नीच हुन्। किनभने तिनीहरूले आराधना गर्ने भनेको मृत अक्षरहरू, र तिनीहरूलाई असीमित खजाना दिन सक्ने ईश्‍वर हो; तिनीहरूले आराधना गर्ने भनेको आफूलाई मानिसका कृपामा राख्ने एक अस्तित्वहीन ईश्‍वर हो—एउटा ईश्वर जो अस्तित्वमा नै छैन। अनि, त्यस्ता मानिसहरूले मबाट के प्राप्त गर्न सक्छन्? शब्दहरूद्वारा वर्णन गरिनका निम्ति मानिस निकै नीच छ। जो मेरो विरुद्धमा छन्, जो मबाट असीमित मागहरू गर्छन्, जोसँग सत्यताको निम्ति कुनै प्रेम छैन, जो मप्रति विद्रोही छन्—तिनीहरू कसरी मसँग मिल्न सक्छन्?

मेरो विरुद्धमा हुनेहरू मेरो अनुकूल छैनन्। सत्यतालाई प्रेम नगर्नेहरूका हकमा पनि यही कुरा लागू हुन्छ। मेरो विरुद्ध विद्रोह गर्नेहरू अझै बढी मेरो विरुद्धमा छन् र मेरो अनुकूल छैनन्। मसँग अनुकूल नरहेका सबैलाई म दुष्टको हातमा सुम्पिन्छु, र म तिनीहरूलाई दुष्टको भ्रष्टतामा छोडिदिन्छु, तिनीहरूलाई आफ्नो दुर्भाव प्रकट गर्न बेलगाम छोडिदिन्छु, र अन्तिममा तिनीहरूलाई दुष्टले निलोस् भनेर दुष्टको हातमा सुम्पिदिन्छु। कति जनाले मेरो आराधना गर्छन् म वास्ता गर्दिनँ, अर्थात् मलाई कति मानिसहरूले विश्‍वास गर्छन् त्यसको पर्वाह गर्दिनँ। मलाई चासो लाग्‍ने एउटै कुरा भनेको कति जना मेरो अनुकूल छन् भन्‍ने हो। यसको कारण के हो भने मप्रति अनुकूल नहुने सबै नै दुष्टहरू हुन् जसले मलाई धोका दिन्छन्; तिनीहरू मेरा शत्रुहरू हुन्, र मैले मेरा शत्रुहरूलाई मेरो घरमा “पवित्रसरह राख्‍नु” हुँदैन। मप्रति अनुकूल हुनेहरूले सदासर्वदा मेरो घरमा मलाई सेवा गर्नेछन् र मेरो विरुद्ध खडा हुनेहरूले सदासर्वदा मेरो दण्ड भोग्‍नेछन्। बाइबलका वचनहरूमा मात्रै चासो राख्‍नेहरू अनि सत्यता र मेरा पाइलाहरूको खोजी गर्नमा सरोकार नराख्‍नेहरू—तिनीहरू मेरो विरुद्धमा छन्, किनभने तिनीहरूले मलाई बाइबलअनुसार सीमित गर्छन्, मलाई बाइबलको सीमाभित्र सीमित गर्छन्, त्यसैले तिनीहरू मप्रति चरम ईश्‍वरविरोधी छन्। यस्ता मानिसहरू कसरी मेरो सामु आउन सक्छन्? तिनीहरूले मेरा कार्यहरू, वा मेरा अभिप्राय वा सत्यतालाई कुनै वास्ता गर्दैनन्, बरु तिनीहरू वचनहरूप्रति आसक्त छन्—त्यस्ता वचनहरू जसले मार्छ। यस्ता मानिसहरू कसरी मप्रति अनुकूल हुन सक्छन्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले ख्रीष्‍टसँग अनुकूलताको मार्ग खोजी गर्नुपर्छ

अघिल्लो: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ

अर्को: धार्मिक धारणाहरू खुलासा गर्नु

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्