८. धार्मिक धारणाहरू खुलासा गर्नु

परमेश्‍वरका दैनिक वचनहरू अंश २८१

परमेश्‍वर र मानिसलाई समान शब्दहरूमा व्यक्त गर्न सकिंदैन। उहाँको सार र उहाँको कार्य मानिसका लागि अति नै अथाह र बुझ्नै नसकिने हुन्छन्। यदि परमेश्‍वरले व्यक्तिगत तवरले आफ्नो कार्य गर्नुहुन्न र मानिसको संसारमा उहाँका वचनहरू बोल्नुहुन्न भने, मानिसले कहिल्यै पनि परमेश्‍वरको इच्छा बुझ्न सक्ने थिएनन्। अनि यसैले, आफ्नो सम्पूर्ण जीवन परमेश्‍वरमा समर्पण गर्नेहरूले पनि उहाँको अनुमोदन प्राप्त गर्न सक्ने थिएनन्। यदि परमेश्‍वरले कार्य गर्न लाग्नुहुन्न भने, मानिसले जति नै राम्रो गरे पनि त्यो सब व्यर्थको हुनेछ, किनकि परमेश्‍वरका विचारहरू सधैं मानिसका विचारहरूभन्दा उच्च हुन्छन्, र परमेश्‍वरको बुद्धि मानिसको समझभन्दा धेरै परको हुन्छ। र यसैले म भन्छु कि जसले परमेश्‍वर र उहाँको कार्यलाई “पूर्ण रूपमा बुझेको” दाबी गर्छन् तिनीहरू धेरै अयोग्य छन्; तिनीहरू सबै आफैमा अति विश्‍वस्त र अनभिज्ञ छन्। मानिसले परमेश्‍वरको कार्यलाई परिभाषित गर्नु हुँदैन; अझ भन्ने हो भने, मानिसले परमेश्‍वरको कार्यलाई परिभाषा गर्न सक्दैन। परमेश्‍वरको नजरमा, मानिस कमिलाजस्तै महत्त्वहीन छ; त्यसैले मानिसले कसरी परमेश्‍वरको कार्यलाई बुझ्न सक्छ? जसले गर्वसाथ “परमेश्‍वरले यसरी वा त्यसरी कार्य गर्नुहुन्न” वा “परमेश्‍वर यस्तो वा त्यस्तो हुनुहुन्छ” भन्न मन पराउँछन्—के उनीहरू अहङ्कारसाथ बोलिरहेका छैनन् र? हामी सबैले जान्नुपर्दछ कि मानिस जो देहबाटको हो, ऊ शैतानद्वारा भ्रष्ट पारिइएको छ। मानवजातिको आफ्नै स्वभाव परमेश्‍वरको विरोध गर्ने हुन्छ। मानवजाति परमेश्‍वरको बराबरी हुनै सक्दैन, परमेश्‍वरको कार्यमा मानवजातिले सल्लाह दिने कुरा त परै जाओस्। परमेश्‍वरले मानिसलाई कसरी डोऱ्याउनुहुन्छ भन्ने विषयमा चाहिँ यो परमेश्‍वर आफैले गर्नुहुने कार्य हो। मानिसले यो वा त्यो विचार व्यक्त नगरी अधीनमा बस्नु नै उचित हुन्छ, किनकि मानिस धुलो मात्र हो। परमेश्‍वरको खोजी गर्ने हाम्रो अभिप्राय भएकोले हामीले परमेश्‍वरले विचार गरून् भनी उहाँको कार्यमा आफ्ना विचारहरू माथिबाट थोप्नुहुँदैन, हामीले जानीजानी परमेश्‍वरको कार्यको विरोध गर्न आफ्नो भ्रष्ट स्वभावलाई अधिकतम प्रयोग गर्ने कुरा त परै जाओस्। के त्यसले हामीलाई ख्रीष्ट-विरोधीहरू बनाउँदैन र? त्यस्ता मानिसहरूले कसरी परमेश्‍वरमा विश्‍वास गर्न सक्छन्? हामी परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्दछौं, र हामी उहाँलाई सन्तुष्ट पार्न र उहाँलाई हेर्न चाहन्छौं, त्यसैले हामीले सत्यको बाटो खोज्नुपर्दछ, र परमेश्‍वरसँग उपयुक्त हुने बाटोको खोजी गर्नुपर्छ। हामी उहाँसँग हठपूर्ण विरोधमा खडा हुनुहुँदैन। त्यस्तो कार्यबाट सम्भवतः के भलाइ हुन सक्छ र?

आज, परमेश्‍वरले नयाँ कार्य गर्नुभएको छ। तैँले यी वचनहरू स्वीकार गर्न सक्दैनस् होला, र ती तँलाई अनौठो लाग्न सक्छ, तर म तँलाई आफ्नो स्वभाविकता प्रकट नगर्ने सल्लाह दिन्छु, किनकि परमेश्‍वरको अगाडि साँच्चै धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरूले मात्र सत्यता प्राप्त गर्न सक्छन्, अनि जो वास्तवमा भक्त हुन्छन् तिनीहरूले उहाँद्वारा अन्तर्दृष्टि र मार्गनिर्देशन पाउन सक्छन्। प्रतिफलहरू गम्भीर शान्तिको साथ सत्यको खोजी गरेर प्राप्त गरिन्छ, झगडा र विवाद गरेर होइन। जब म “आज, परमेश्‍वरले नयाँ कार्य गर्नुभएको छ” भन्छु, तब म परमेश्‍वर देहमा फर्कने बारेको कुरा गरिरहेको हुन्छु। सायद, यी वचनहरूले तँलाई दु:ख नदेलान्; सायद, तँ ती वचनलाई तुच्छ ठान्छस् होला; वा सायद, तँलाई तिनमा ठूलो रुचि छ होला। स्थिति जेसुकै भए पनि, म आशा गर्दछु कि परमेश्‍वर देखा परून् भनी साँच्चै चाहनेहरू सबैले यस तथ्यलाई सामना गर्न सक्छन् र त्यसको बारेमा हतारमा निष्कर्षमा पुग्नुभन्दा बरु त्यसलाई ध्यानपूर्वक जाँच गर्दछन्; एक बुद्धिमान् व्यक्तिले त्यसै गर्नुपर्छ।

— वचन देहमा देखा पर्नुहुन्छको प्रस्तावनाबाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २८२

परमेश्‍वरमा विश्‍वास गर्दा, परमेश्‍वरलाई कसरी चिन्नुपर्छ? व्यक्तिले पथभ्रष्ट वा भ्रमित नभई परमेश्‍वरका वचनहरू अनि परमेश्‍वरको आजको कामको आधारमा नै परमेश्‍वरलाई चिन्नुपर्छ, र सबैभन्दा पहिला, उसले परमेश्‍वरको कामलाई जान्‍नुपर्छ। परमेश्‍वरलाई चिन्नुको आधार यही हो। परमेश्‍वरका वचनहरूको सटीक बुझाइ नभएका ती सबै विभिन्‍न भ्रमहरू धार्मिक धारणाहरू मात्र हुन्; ती विकृत अनि गलत बुझाइ हुन्। धार्मिक व्यक्तित्वहरूको सबैभन्दा ठूलो खुबी भनेको विगतमा बुझेका परमेश्‍वरका वचनहरूलाई आजका परमेश्‍वरका वचनहरूसँग तुलना गर्नु हो। यदि आजका परमेश्‍वरलाई सेवा गरिरहँदा तँ विगतमा पवित्र आत्माको अन्तर्दृष्टिद्वारा प्रकट गरिएका कुराहरूमा टाँसिरहन्छस् भने, तेरो सेवाले बाधा सृजना गर्नेछ, अनि तेरो अभ्यास पुरानो हुनेछ, त्यो धार्मिक रीति बाहेक केही हुनेछैन। यदि परमेश्‍वरको सेवा गर्नेहरूमा, अरू योग्यताहरूका अलावा, तिनिहरू बाहिरी रूपले नम्र र धैर्य हुनैपर्छ भन्ने कुरामा तैँले विश्‍वास गर्छस् भने, अनि आज तैँले यस प्रकारको ज्ञानको अभ्यास गरिस् भने, यस्तो ज्ञान केवल धार्मिक धारणा हुन्छ; यस्तो अभ्यास केवल देखावटी कार्य बनेको छ। “धार्मिक धारणा” भन्‍ने वाक्यांशले प्राचीन र अप्रचलित (परमेश्‍वरले पहिले बोल्नुभएका वचनहरू अनि पवित्र आत्माले सोझै प्रकट गर्नुभएको प्रकाशलगायत) कुराहरूलाई दर्साउँछ, अनि ती कुराहरूलाई आज अभ्यास गरियो भने, त्यसले परमेश्‍वरको कामलाई बाधा पुर्‍याउँछ, अनि मानिसलाई केही पनि लाभ हुँदैन। यदि मानिसहरूले धार्मिक धारणाभित्र पर्ने ती कुराहरूलाई आफूबाट हटाउन सकेनन् भने, ती कुराहरू परमेश्‍वरको सेवा गर्ने तिनीहरूको कार्यमा ठूलो बाधा बन्‍नेछन्। धार्मिक धारणा बोकेका मानिससँग पवित्र आत्माको कामसित कदम मिलाउने कुनै उपाय हुँदैन—तिनीहरू एक कदम, दुई कदम गर्दै पछि पर्छन्। यस्तो हुन्छ किनभने यी धार्मिक धारणाहरूले मानिसलाई असाधारण रूपमा स्व-धर्मी र अहङ्कारी बनाउँछ। परमेश्‍वरले विगतमा उहाँले जे भन्नुभएको थियो र जे गर्नुभएको थियो त्यसलाई सम्झेर बस्नुहुन्न; यदि कुनै कुरा काम नलाग्‍ने भयो भने, उहाँले त्यसलाई हटाउनुहुन्छ। के तँ आफ्‍ना धारणाहरू त्याग्न साँच्चै असक्षम छस्? यदि तँ विगतमा परमेश्‍वरले बोल्नुभएका वचनहरूमा नै झुन्डिन्छस् भने, के त्यसले तैँले परमेश्‍वरको कामलाई बुझ्छस् भन्‍ने प्रमाणित गर्छ? यदि तैँले आज पवित्र आत्माको ज्योति ग्रहण गर्न सक्दैनस्, बरु त्यही पुरानो प्रकाशमा झुन्डिरहन्छस् भने, के त्यसले तैँले परमेश्‍वरको पाइला पछ्याइरहेको छस् भन्‍ने प्रमाणित गर्छ? के तँ अझै पनि धार्मिक धारणाहरू त्याग्न असक्षम छस्? यदि त्यसो हो भने, तँ परमेश्‍वरले विरोध गर्ने व्यक्ति बन्‍नेछस्।

यदि मानिसहरूले धार्मिक धारणाहरूलाई त्याग्‍न सक्छन् भने, तिनीहरूले आज परमेश्‍वरका वचनहरू र कामलाई नाप्न तिनीहरूले दिमाग लगाउन छाड्नेछन, त्यसको साटो प्रत्यक्ष रूपले तिनको पालन गर्नेछन्। आज परमेश्‍वरको कार्य स्पष्टतः विगतको जस्तो नभए पनि तैँले विगतको दृष्टिकोणलाई त्याग्न अनि परमेश्‍वरको आजको कार्यलाई सोझै पालन गर्न सक्छस्। विगतमा परमेश्‍वरले जस्तोसुकै प्रकारले कार्य गर्नुभएको भए तापनि, यदि तैँले आजका परमेश्‍वरको कामलाई महत्वपूर्ण स्थान दिनुपर्छ भन्‍ने कुरा बुझ्‍न सक्छस् भने, तँ आफ्‍ना धारणाहरूलाई त्यागिसकेको, परमेश्‍वरको आज्ञापालन गर्ने, अनि परमेश्‍वरका कार्य अनि वचनहरू पालन गर्न र उहाँका पाइलाहरू पछ्याउन सक्‍ने व्यक्ति होस्। यसमा, तँ साँचो रूपले परमेश्‍वरको आज्ञापालन गर्ने व्यक्ति बन्छस्। तैँले परमेश्‍वरको कार्यलाई विश्लेषण वा सुक्ष्म जाँच गर्दैनस्; यो कुरा परमेश्‍वरले आफ्‍नो पहिलेको काम बिर्सनुभएको, र तैँले पनि यसलाई बिर्सेको छस् भन्‍ने जस्तै हो। वर्तमान वर्तमान नै हो, अनि विगत विगत नै हो, विगतमा उहाँले गर्नुभएका कुराहरूलाई परमेश्‍वरले पन्छाउनुभएको छ, तँ त्यसैमा बसिरहनु हुँदैन। त्यस्तो व्यक्तिले मात्रै सम्पूर्ण रीतिले परमेश्‍वरको आज्ञा मान्छन् अनि आफ्‍ना धार्मिक धारणाहरूलाई पूर्ण रूपले त्यागेका हुन्छन्।

— वचन देहमा देखा पर्नुहुन्छको “आज परमेश्‍वरको कामको बारेमा जान्‍नेहरूले मात्र परमेश्‍वरको सेवा गर्न सक्‍छन्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २८३

परमेश्‍वरको कार्यमा सधैँ नयाँ प्रगतिहरू भइरहने हुनाले, नयाँ कार्यहरू पैदा हुने क्रममा अप्रचलित र पुरानो हुँदै जाने कार्य पनि छन्। यी विभिन्न किसिमका कार्यहरू, अर्थात् पुराना र नयाँ कार्यहरू, एक-अर्कामा विरोधाभासपूर्ण छैनन्, बरु परिपूरक छन्; प्रत्येक चरण पछिल्‍लो चरणपछि आउँछ। नयाँ काम आइसकेको हुनाले, पुराना कुराहरूलाई निश्चय नै हटाइनुपर्छ। उदाहरणको लागि, धेरै अघिदेखि स्थापित चलनचल्तीहरू अनि मानिसका प्रचलित भनाइहरूले, मानिसका धेरै वर्षका अनुभव अनि शिक्षाहरूसँग मिलेर, मानिसको मन-मस्तिष्कमा अनेक प्रकार र स्वरूपका आदत र धारणाहरू बनाएका हुन्छन्। परमेश्‍वरले मानिसलाई उहाँको साँचो मुहार अनि उहाँमा निहित स्वभाव पूर्ण रूपले प्रकट गर्न बाँकी छ, साथै प्राचीनकालदेखि नै धेरै वर्षसम्‍म फैलिएका परम्‍परागत सिद्धान्तहरूले मानिसमा यस्ता धारणाहरूको निर्माणमा अझ धेरै भूमिका खेलेको छ। परमेश्‍वरमाथिको मानिसको विश्‍वासको सिलसिलामा, विभिन्न प्रकारका धारणाहरूका प्रभावले मानिसमा परमेश्‍वरसम्‍बन्धी अनेक किसिमका धारणागत बुझाइहरूको निरन्तर निर्माण र विकास गरेको छ, जसले गर्दा परमेश्‍वरको सेवा गर्ने धेरै धार्मिक मानिसहरू उहाँको शत्रु हुनपुगेका छन्। त्यसकारण, मानिसहरूको धार्मिक धारणाहरू जति बलिया हुन्छन्, तिनीहरूले त्यति नै बढी परमेश्‍वरको विरोध गर्छन्, अनि तिनीहरू त्यति नै बढी परमेश्‍वरका शत्रु बन्छन्। परमेश्‍वरको काम सधैँ नै नयाँ हुन्छ र कहिल्यै पुरानो हुँदैन; यसले कहिले पनि धर्मसिद्धान्तको निर्माण गर्दैन, बरु धेरै वा थोरै हदमा यो निरन्तर बदलिरहन्छ र नवीकरण भइरहन्छ। यो तरिकाले कार्य गर्नु परमेश्‍वर स्वयम्‌को निहित स्वभावको एउटा अभिव्यक्ति हो। यो परमेश्‍वरको कार्यको निहित सिद्धान्त पनि हो, अनि यो परमेश्‍वरले आफ्‍नो व्यवस्थापन कार्यलाई पूरा गर्ने एक साधन पनि हो। यदि परमेश्‍वरले यसरी कार्य नगर्नुभएको भए, मानिस परिवर्तन हुनेथिएन वा उसले परमेश्‍वरलाई चिन्न सक्‍नेथिएन, अनि शैतानलाई हराउन सकिनेथिएन। तसर्थ, उहाँको कार्यमा, अस्थिर देखिने तर वास्तवमा आवधिक रहेका परिवर्तनहरू निरन्तर भइरहन्छन्। तैपनि, मानिसले जसरी परमेश्‍वरमा विश्‍वास गर्छ, त्यो बिलकुलै फरक हुन्छ। ऊ पुराना, परिचित धर्मसिद्धान्त र प्रणालीहरूमा नै झुन्डिरहन्छ, अनि तिनीहरू जति पुराना हुन्छन्, उसलाई ती त्यति नै राम्रा लाग्छन्। कसरी मानिसको मूर्ख मस्तिष्कले, एउटा ढुङ्गा जस्तै कठोर मस्तिष्कले, परमेश्‍वरको अथाह नयाँ काम र वचनलाई स्वीकार गर्न सक्छ? मानिसले त्यो परमेश्‍वरलाई घृणा गर्छ, जो सर्वदा नयाँ रहनुहुन्छ अनि कहिले पुरानो हुनुहुँदैन; ऊ केवल पुरानो परमेश्‍वरलाई मात्र मन पराउँछ, जसको लामो दाँत, सेतो कपाल हुन्छ, अनि जो एक ठाउँमा नै अडिग हुनुहुन्छ। तसर्थ, परमेश्‍वर र मानिसका आ-आफ्नै मनपर्ने कुराहरू भएको कारण, मानिस परमेश्‍वरको शत्रु बनेको छ। आज पनि, परमेश्‍वरले छ हजार वर्षदेखि नयाँ कार्य गर्दै आइरहनुभएको यस्तो समयमा पनि, अझै यस्ता धेरै विरोधाभासहरू छन्। अनि तिनीहरू सुधार गर्न नसकिने अवस्थामा छन्। सायद यो मानिसहरूको ढिपीको कारण, वा परमेश्‍वरका प्रशासनिक नियमहरूलाई मानिसले उल्‍लङ्घन गर्न नसक्‍ने कारणले यस्तो भएको हो—तर ती सेवक अनि सेविकाहरू ती ढुँडी लागेका पुराना पुस्तक र कागजहरूमा टाँसिरहन्छन्, जबकि परमेश्‍वरले आफ्ना व्यवस्थापन कार्यभित्रका अधुरा कार्यहरूलाई अघि बढाइरहनुहुन्छ, मानौं उहाँको पक्षमा कोही पनि छैनन्। यी विरोधाभासहरूले परमेश्‍वर र मानिसका शत्रुहरू बनाउने भए पनि, र ती समाधान हुन नसकिने भए पनि, परमेश्‍वरले तिनीहरूलाई तिनीहरू त्यहाँ भए पनि नभएको जस्तै गरी कुनै ध्यान दिनुहुन्‍न। तैपनि, मानिस अझै पनि आफ्‍ना विश्‍वास र धारणाहरूमा टाँसिरहन्छ, तिनीहरूलाई कहिले पनि छोड्दैन। यद्यपि एउटा कुरा चाहिँ स्पष्टै छ: मानिस आफ्नो अडानबाट पछि नहटे पनि, परमेश्‍वरको खुट्टा सधैँ अघि बढिरहन्छ, अनि उहाँले आफ्नो अडानलाई परिवेशअनुसार सँधै बदलिरहनुहुन्छ। अन्तमा, कुनै लडाइँविना नै हार्नुपर्ने त मानिस नै हो। यस क्रममा, परमेश्‍वर उहाँले पराजित गर्नुभएका उहाँका सबै शत्रुहरूको सबैभन्दा ठूलो शत्रु हुनुहुन्छ, अनि पराजित र अपराजित सबै मानवजातिको पक्षधर पनि हुनुहुन्छ। परमेश्‍वरसित प्रतिस्पर्धा गरेर को विजयी हुनसक्छ? मानिसका धारणाहरू परमेश्‍वरबाट नै आएका हुन् झैँ लाग्छ, किनभने तीमध्ये धेरै धारणाहरू परमेश्‍वरको कार्यपछि नै जन्‍मिएका थिए। तैपनि, यसको कारणले परमेश्‍वरले मानिसलाई क्षमा गर्नुहुन्न, न त उहाँले उहाँको कार्यपछि उहाँको कार्यभन्दा बाहिर “परमेश्‍वरको निम्ति” एकपछि अर्को जत्था उत्पादन गरेकोमा उहाँले मानिसलाई प्रशंसा नै गर्नुहुन्छ। बरु, उहाँ मानिसका धारणाहरू अनि पुराना, धार्मिक मान्यताहरूलाई यति घृणा गर्नुहुन्छ कि कुन मितिमा ती धारणाहरू सुरुमा आए भन्ने कुरा स्वीकार गर्ने मन पनि उहाँमा हुँदैन। उहाँले ती सबै उहाँकै कार्यको कारण भएको हो भनी स्वीकार गर्नुहुन्‍न, किनभने मानिसका धारणाहरू मानिसले नै फैलाउँछन्; तिनीहरूको स्रोत मानिसकै सोचहरू अनि मस्तिष्क हुन्—परमेश्‍वर हुनुहुन्न, शैतान हो। परमेश्‍वरको अभिप्राय सधैँ नै उहाँको कार्य पुरानो र मरेको होइन, नयाँ र जीवित होस् भन्ने रहेको छ अनि उहाँले मानिसलाई जे पालन गर्न लगाउनुहुन्छ त्यो युग र अवधिअनुसार फरक हुनसक्छ, अनि त्यो अनन्त र अपरिवर्तनीय छैन। यस्तो हुन्छ किनभने उहाँ मानिसलाई जिउन र नयाँ बन्न लगाउनुहुने परमेश्‍वर हुनुहुन्छ, मानिसलाई मर्न र वृद्ध हुन लगाउने दियाबलस होइन। के यसलाई तिमीहरू अझै बुझ्दैनौ? परमेश्‍वरको बारेमा तँमा धारणाहरू छन् अनि तैँले तिनलाई त्याग्न सक्दैनस्, किनभने तँ कुण्ठित मनको छस्। यो परमेश्‍वरको कार्यभित्र थोरै अर्थ भएको कारणले होइन, न त परमेश्‍वरको कार्य मानिसको इच्छाबाट फरक भएर नै हो, अझ भन्ने हो भने, न त यो परमेश्‍वर आफ्नो जिम्मेवारीमा सँधै लापरवाही हुनुभएर नै हो। तैँले आफ्ना धारणाहरू त्याग्न सक्दैनस् किनभने तँमा आज्ञाकारिता अत्यन्तै कम छ, र किनभने तँमा सृजना गरिएका प्राणीजस्तो सादृश्यता अलिकति पनि छैन; यो परमेश्‍वरले तेरो लागि परिस्थिति कठिन बनाइदिनुभएकोले भएको होइन। यो सबै तैँले गर्दा नै भएको हो, अनि परमेश्‍वरसित यसको कुनै सम्बन्ध छैन; सबै कष्ट र दुर्भाग्यहरू मानिसद्वारा नै सृजना गरिएका हुन्। परमेश्‍वरका विचारहरू सधैं असल हुन्छन्: तैँले कुनै धारणाहरू सृजना गर् भन्ने परमेश्‍वरले चाहनुहुन्न, तर युग बित्दै जाँदा तँ परिवर्तन एवं नवीकरण भएको इच्छा गर्नुहुन्छ। तैपनि तेरो लागि के असल छ त्यो तँ जान्दैनस्, अनि सधैँ तँ सुक्ष्म जाँच वा विश्लेषण गर्दै बस्छस्। यो परमेश्‍वरले तेरो निम्ति परिस्थिति कठिन बनाउनुहुन्छ भन्‍ने कुरा होइन, बरु यो त परमेश्‍वरप्रति तँमा श्रद्धा छैन, अनि तेरो अनाज्ञाकारिता धेरै ठूलो छ भन्ने कुरा हो। सृष्टि गरिएको एउटा सूक्ष्म प्राणी, परमेश्‍वरले पहिले दिनुभएको कुनै कुराको एउटा सानो अंश लिने आँट गर्छ अनि फर्केर परमेश्‍वरलाई नै आक्रमण गर्न त्यसको प्रयोग गर्छ—के यो मानिसको अनाज्ञाकारिता होइन र? मानवजाति परमेश्‍वरको अघि आफ्नो विचार पोख्न बिलकुलै अयोग्य छ, अनि तिनीहरू तिनीहरूले इच्छा गरेको जस्तो तिनीहरूको बेकारको, गन्हाउने, कुहेको, फुलाङ्गो भाषा बोल्दै वरिपरि घुम्नु अझै अयोग्य छन् भनेर भन्‍नु अत्युक्ति हुँदैन—ती सडेका धारणाहरूको बारेमा केही भन्‍नु पर्दैन। के तिनीहरू अझै बेकारका छैनन् र?

— वचन देहमा देखा पर्नुहुन्छको “आज परमेश्‍वरको कामको बारेमा जान्‍नेहरूले मात्र परमेश्‍वरको सेवा गर्न सक्‍छन्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २८४

परमेश्‍वरका कार्यहरू सदैव अघि बढिरहन्छन्, र उहाँको कामको उद्देश्य परिवर्तन नभए पनि, उहाँले काम गर्ने तरीका नित्य परिवर्तन हुन्छ, जसको आशय के हो भने परमेश्‍वरलाई पछ्याउनेहरू पनि नित्य परिवर्तन भइरहन्छन्। परमेश्‍वरले जति धेरै काम गर्नुहुन्छ उत्ति नै परमेश्‍वरबारे मानिसको ज्ञान पनि पूर्ण हुन्छ। परमेश्‍वरको कामको जागरणमा मानिसको स्वभावमा पनि सोही अनुरूपको परिवर्तनहरू आउँछन्। तैपनि, परमेश्‍वरको काम सदैव परिवर्तन भइरहने हुनाले पवित्र आत्माको काम नजान्‍नेहरू र सत्यता नचिन्ने ती अर्थहीन मानिसहरूले परमेश्‍वरलाई विरोध गर्न थाल्छन्। परमेश्‍वरको काम मानिसको धारणाअनुसार कहिल्यै हुँदैन, किनभने उहाँको काम सदैव नयाँ हुन्छ र पुरानो कहिल्यै हुँदैन र उहाँ पुरानो कामलाई कहिल्यै पनि दोहोर्‍याउनुहुन्न, बरु यस अघि कहिल्यै नभएका कामहरू गर्दै अघि बढ्नुहुन्छ। परमेश्‍वरले आफ्नो काम कहिल्यै नदोहोर्‍याउनुहुने भएकोले र मानिसले परमेश्‍वरको हालको कामलाई उहाँले विगतमा गर्नुभएको कामको आधारमा सँधै न्याय गर्ने भएकोले नयाँ युगको कामको हरेक चरणलाई कार्यान्वयन गर्न परमेश्‍वरलाई अत्यन्त कठिन भएको छ। मानिससित अत्यन्तै धेरै जटिलताहरू छन्! ऊ उसको सोचाइमा अत्यन्त रूढिवादी छ! परमेश्‍वरको कामलाई कसैले जान्दैन, तैपनि हरेकले यसलाई सीमित गर्छ। जब मानिसले परमेश्‍वरलाई छोड्छ, तब उसले जीवन, सत्य, र परमेश्‍वरको आशिष्‌ गुमाउँछ, तैपनि उसले न जीवन न त सत्यतालाई नै स्वीकार गर्छ, परमेश्‍वरले मानवजातिलाई दिनुहुने अझै ठूलो आशिष्‌ स्वीकार गर्नु त परै जाओस्। सबै मानिसहरूले परमेश्‍वरलाई पाउन चाहन्छन्, तैपनि परमेश्‍वरको काममा हुने कुनै पनि परिवर्तन सहन असक्षम हुन्छन्। परमेश्‍वरको नयाँ कामलाई स्वीकार नगर्नेहरूले परमेश्‍वरको काम अपरिवर्तनशील हुन्छ, यो सदैव अचल रहन्छ भन्ने विश्‍वास गर्छन्। तिनीहरूको विश्‍वासमा, तिनीहरूले परमेश्‍वरबाट मुक्ति पाउनलाई गर्नुपर्ने काम भनेको नै व्यवस्था पालन गर्नु हो, र तिनीहरूले आफ्ना पापहरू स्वीकार गरेसम्म र पश्‍चात्ताप गरेसम्म, परमेश्‍वरको इच्छा सदैव पूरा हुनेछ। तिनीहरू परमेश्‍वर व्यवस्थाको मातहतमा हुने परमेश्‍वर र मानिसको निम्ति क्रूस टाँगिएको परमेश्‍वर मात्र हुन सक्नुहुन्छ भन्ने धारणाका हुन्छन्; परमेश्‍वरले बाइबललाई अतिक्रमण गर्नु हुन्न र गर्न सक्‍नुहुन्‍न भन्ने पनि तिनीहरूको धारणा हुन्छ। यी नै धारणाहरूले तिनीहरूलाई पुरानो व्यवस्थाको जन्जिरमा जोडसँग पारेको छ र मृत नियमहरूमा जकडाएको छ। परमेश्‍वरको काम जस्तोसुकै नयाँ होस् यसलाई अगमवाणीहरूले पुष्टि गर्नुपर्छ र यस्ता कार्यको हरेक चरणमा साँचो हृदयले पछ्याउनेहरूलाई प्रकाशहरू पनि प्रकट गरिनु नै पर्छ, नत्र यस्तो काम परमेश्‍वरको काम हुन सक्दैन भनी विश्‍वास गर्नेहरू त अझै धेरै छन्। परमेश्‍वरलाई चिन्नु मानिसको निम्ति सजिलो काम होइन। मानिसको निरर्थक हृदयको अतिरिक्त स्व-महत्त्व र स्व-अहङ्कार भएको उसको विद्रोही स्वभावलाई लिँदा उसलाई परमेश्‍वरको नयाँ कामलाई स्वीकार गर्नु अझ धेरै कठिन हुन्छ। मानिसले न त परमेश्‍वरको नयाँ कामलाई सावधानीपूर्वक विचार गर्छ, न यसलाई नम्रतासँग स्वीकार गर्छ; बरु, उसले परमेश्‍वरबाट प्रकाश र मार्गदर्शनको प्रतीक्षा गर्ने क्रममा उसले घृणाको धारणा अङ्गीकार गर्छ। के यो परमेश्‍वरको विरुद्ध विद्रोह गर्ने र उहाँको विरोध गर्नेहरूको आचरण होइन र? यस्ता मानिसहरूले परमेश्‍वरको स्वीकृति कसरी प्राप्‍त गर्न सक्छन्?

यहोवेको काम अनुग्रहको युगको पछि परेको छ भनी येशूले भन्नुभयो, त्यसरी नै येशूको काम पनि पछि परेको छ भनी आज म भन्छु। यदि अनुग्रहको युग नभइ व्यवस्थाको युगमा मात्र भएको थियो भने, येशू क्रूसमा टाँगिनुहुनेथिएन र सबै मानवजातिलाई छुटकारा दिन सक्नुहुन्नथ्यो। यदि व्यवस्थाको युग मात्र भइदिएको भए, के मानवजाति आजको दिनसम्म आइपुग्न सक्थे? इतिहास अघि बढ्छ, अनि के इतिहास परमेश्‍वरको कामको प्राकृतिक व्यवस्था होइन र? के यो सारा ब्रह्माण्डभरि मानिसप्रतिको उहाँको व्यवस्थापनको चित्रण होइन र? इतिहास अघि बढ्छ, त्यसरी नै परमेश्‍वरको काम पनि अघि बढ्छ। परमेश्‍वरको इच्छा निरन्तर परिवर्तन भइरहन्छ। उहाँ छ हजार वर्षसम्म कामको एकै चरणमा रहन सक्‍नुहुन्‍नथियो, किनभने परमेश्‍वर सदैव नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न भन्ने कुरा सबैलाई थाहा छ, सम्भवतः उहाँले क्रूसमा मारिने काम एक, दुई, तीन…। पटक गरिरहन सक्‍नुहुन्‍नथियो। यस्तो सोच्नु हास्यास्पद कुरा हुनेथियो। परमेश्‍वरले उही काम गरिरहनुहुन्न; मैले तिमीहरूसँग धेरै नयाँ वचनहरू बोलेजस्तै र हरेक दिन नयाँ काम गरेजस्तै, उहाँको काम सदैव परिवर्तन भइरहन्छ र सधैँ नयाँ हुन्छ। मैले गर्ने काम यही हो, र चाबीहरूचाँहि “नयाँ” र “चमत्कारी” शब्दहरू हुन्। “परमेश्‍वर अपरिवर्तनशील हुनुहुन्छ र परमेश्‍वर सदैव परमेश्‍वर नै हुनुहुनेछ”: यो भनाइ साँच्चै सत्य छ; परमेश्‍वरको सार परिवर्तन हुँदैन, परमेश्‍वर सदैव परमेश्‍वर नै हुनुहुन्छ, र उहाँ कहिल्यै पनि शैतान हुन सक्नुहुन्नथ्यो, तर उहाँको काम उहाँको सारजस्तै स्थिर र अपरिवर्तनीय छ भन्ने कुरा यसले प्रमाणित गर्दैन। परमेश्‍वर अपरिवर्तनशील हुनुहुन्छ भनेर तँ नै भन्छस्, अनि परमेश्‍वर सदैव नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न भनी तैँले कसरी वर्णन गर्न सक्छस्? परमेश्‍वरको काम निरन्तर रूपमा फैलिन्छ र अनवरत रूपमा परिवर्तन भइरहन्छ, अनि उहाँको इच्छा मानिसलाई निरन्तर रूपमा प्रकट गरिन्छ र देखाइन्छ। जब मानिसले परमेश्‍वरको कामको अनुभव गर्छ, तब जसरी उसको ज्ञान बढ्छ त्यसरी नै उसको स्वभाव अविरल रूपमा परिवर्तन हुन्छ। अनि यो परिवर्तन कहाँबाट उदय हुन्छ? के यो सदैव परिवर्तन भइरहने परमेश्‍वरको कामबाट नै आउँदैन र? यदि मानिसको स्वभाव परिवर्तन हुन सक्छ भने, मानिसले मेरो काम र मेरो वचनहरूलाई पनि किन परिवर्तन हुन दिँदैन? के म मानिसको प्रतिबन्धमा रहनुपर्छ? यसमा के तैँले जबरजस्ती बहस र विकृत तर्क प्रयोग गरिरहेको छैनस् र?

— वचन देहमा देखा पर्नुहुन्छको “आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २८५

सबै यहूदीहरूले पुरानो करार पढे र डुँडमा एउटा पुरुष बालक जन्मनेछ भन्ने यशैयाको अगमवाणीलाई बुझे। यो अगमवाणीप्रति पूर्ण रूपमा सचेत भएर पनि, तिनीहरूले येशूलाई किन सताए त? के यो तिनीहरूको विद्रोही स्वभाव र पवित्र आत्माको कामको अनभिज्ञताको कारणले होइन? त्यो समयमा, येशूको काम अगमवाणी गरिएका ती पुरुष बालकको भन्दा फरक छ भन्ने फरिसीहरूले विश्‍वास गरे अनि आज मानिसहरूले परमेश्‍वरलाई इन्कार गर्छन् किनभने देहधारी हुनुभएका परमेश्‍वरको काम बाइबलअनुसार छैन। के यो परमेश्‍वरप्रतिको तिनीहरूको विद्रोहीपनको सार उही होइन र? के तँ पवित्र आत्माको सबै कार्यलाई विनाप्रश्‍न स्वीकार गर्छस्? यदि यो पवित्र आत्माको काम हो भने, यो सही प्रवाह हो र तैँले यसलाई कुनै सन्देहविना स्वीकार गर्नुपर्छ; के स्वीकार गर्ने भनी तैँले रोज्नु र छान्नु हुँदैन। यदि तैँले परमेश्‍वरबाट धेरै अन्तर्दृष्टि पाइस् र उहाँप्रति धेरै सतर्कता अपनाइस् भने के यो अनावश्यक कुरा होइन र? तैँले बाइबलबाट अरू सबुतको खोजी गर्नु पर्दैन; यदि यो पवित्र आत्माको काम हो भने, तैँले यसलाई स्वीकार गर्नुपर्छ, किनभने तैँले परमेश्‍वरलाई पछ्याउन परमेश्‍वरमा विश्‍वास गर्छस् र तैँले उहाँको अनुसन्धान गर्नु हुँदैन। म तेरो परमेश्‍वर हुँ भन्ने साबित गर्न तैँले मबाट अरू प्रमाण खोज्नु पर्दैन, तर म तेरो निम्ति लाभदायक छु कि छैन सो छुट्याउन तँ सक्षम हुनुपर्छ—सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। यदि तैँले बाइबलभित्र धेरै अकाट्य प्रमाण भेट्टाइस् भने पनि, यसले तँलाई मेरो सामु पूर्ण रूपमा ल्याउन सक्दैन। तँ बाइबलको परिधिभित्र मात्र जिउँछस्, मेरो सामने होइन; मलाई चिन्नको निम्ति बाइबलले तँलाई सहायता गर्न सक्दैन, न त यसले मप्रतिको तेरो प्रेमलाई नै गहिरो बनाउन सक्छ। बाइबलले पुरुष बालक जन्‍मिनेछ भनी भविष्यवाणी गरे तापनि त्यो भविष्यवाणी कसको जीवनमा पूरा हुने हो सो कसैले बुझ्न सकेनन्, किनभने मानिसलाई परमेश्‍वरको काम थाहा थिएन, र यही कुराले फरिसीहरूलाई येशूको विरुद्ध खडा हुन लगायो। मेरो काम मानिसको हितमा हुन्छ भन्ने केहीले जान्दछन्, तैपनि येशू र म पूर्ण रूपमा फरक अर्थात् पारस्परिक रूपमा नमिल्‍ने अस्तित्व हौँ भन्ने विश्‍वास गरिरहन्छन्। त्यो समयमा, येशूले आफ्ना चेलाहरूलाई अनुग्रहको युगमा अभ्यास कसरी गर्ने, सँगसँगै कसरी भेला हुने, प्रार्थनामा अन्तर्बिन्ती कसरी गर्ने, अरूहरूलाई कस्तो व्यवहार गर्ने र यस्तै अरूहरू विषयहरूमा शृङ्खलाबद्ध प्रवचनहरू मात्रै दिनुभयो। उहाँले कार्यान्वयन गर्नुभएको काम अनुग्रहको युग थियो र चेलाहरू र उहाँलाई पछ्याउनेहरूले कसरी अभ्यास गर्ने भनेर मात्र व्याख्या गर्नुभयो। उहाँले अनुग्रहको युगको काम मात्र गर्नुभयो र उहाँले अन्तको दिनका कुनै पनि कामहरू गर्नुभएन। जब यहोवाले व्यवस्थाको युगमा पुरानो करारको व्यवस्था ल्याउनुभयो, तब उहाँले अनुग्रहको युगको कार्य किन गर्नुभएन त? उहाँले अनुग्रहको युगको कामलाई पहिले नै किन स्पष्ट पार्नुभएन? के यसले मानिसहरूलाई यसलाई स्वीकार गर्न सहायता गर्दैनथ्यो र? एउटा बालक जन्मनेछ र शक्तिशाली हुन्छ भनेर मात्र उहाँले अगमवाणी गर्नुभयो, तर उहाँले अनुग्रहको युगलाई पहिले नै कार्यान्वयन गर्नुभएन। हरेक युगको परमेश्‍वरको कामका सीमाहरू स्पष्ट हुन्छन्; उहाँले हालको युगको काम मात्र गर्नुहुन्छ, र उहाँ अर्को युगको कामलाई कहिल्यै पनि अग्रिम रूपमा गर्नुहुन्न। यसरी मात्र हरेक युगको उहाँको प्रतिनिधि कामलाई अगाडी ल्याउन सकिन्छ। येशूले अन्तको दिनका चिन्हहरू, कसरी धैर्यवान् हुने, कसरी मुक्ति पाउने, कसरी पश्‍चात्ताप गर्ने र स्वीकार गर्ने, क्रूस कसरी बोक्ने र कष्टहरू कसरी सहने भन्ने बारेमा मात्र बताउनुभयो; अन्तको दिनमा मानिसले कसरी प्रवेश पाउने भनेर उहाँले कहिल्यै पनि बताउनुभएन, न त उसले परमेश्‍वरको इच्छा कसरी पूरा गर्न खोज्ने भन्‍नेबारे नै उहाँले बताउनुभयो। यसरी नै, अन्तको दिनमा परमेश्‍वरले गर्नुहुने कामको बारे बाइबलमा खोजी गर्नु हास्यास्पद कुरो होइन र? बाइबल मात्र पक्रेर तैँले के देख्न सक्छस्? बाइबलको व्याख्या गर्ने होस् वा प्रचारक होस्, आजको कामलाई कसले पहिले नै देख्न सक्थ्यो र?

— वचन देहमा देखा पर्नुहुन्छको “आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २८६

फरिसीहरूले येशूको विरोध किन गरे भनी के तिमीहरू यसको जड जान्न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। यसको अतिरिक्त, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्‍वास मात्र गरे, तैपनि जीवनको सत्यताको खोजी गरेनन्। त्यसैले, तिनीहरूले आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो सो जान्दैनन्। यस्ता मूर्ख, हट्ठी र निर्बुद्धि मानिसहरूले परमेश्‍वरका आशिष्‌ कसरी प्राप्‍त गर्न सक्थे भनी तिमीहरू भन्छौ? तिनीहरूले मसीहलाई कसरी देख्न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूले पवित्र आत्माको कार्यको दिशा थाहा गर्न सकेनन्, किनभने तिनीहरूले येशूले बोल्नुभएको सत्यता जानेनन्; यसका अतिरिक्त, तिनीहरूले मसीहलाई पनि बुझेनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र तिनीहरू मसीहका साथमा नरहेका हुनाले, तिनीहरूले मसीहको सारलाई सम्भावित कुनै पनि साधनहरूले विरोध गरिरहँदा मसीहको नाउँमा व्यर्थमा टाँसिरहने गल्ती गरे। वस्तुतः यी फरिसीहरू हट्ठी र अहङ्कारी थिए र सत्यताको पालन गर्दैनथे। परमेश्‍वरप्रति तिनीहरूको विश्‍वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अधिकार जति नै उच्च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौं। के यी विचारहरू उपहासपूर्ण र हाँस्यस्पद छैनन्? म तिमीहरूलाई अझै अरू प्रश्‍नहरू सोध्नेछुः तिमीहरूसित येशूको थोरै बुझाइ पनि नभएकाले, तैँले पनि प्राचीन फरिसीहरूले गरेका गल्ती गर्न अत्यन्त सजिलो छैन र? के तैँले सत्यताको मार्ग ठम्याउन सक्छस्? तैँले येशूको विरोध गर्नेछैन भनी के तैँले साँच्चै कबुल गर्न सक्छस्? के तैँले पवित्र आत्माको कार्य अनुशरण गर्न सक्छस्? यदि तँले ख्रीष्टको विरोध गर्नेछ कि गर्नेछैन भनी जान्दैनस् भने, म भन्छु कि, तँ अघिदेखि नै मृत्युको खतरामा जिइरहेको छस्। मसीहलाई नचिन्नेहरू सबैले येशूको विरोध गर्न, येशूलाई इन्कार गर्न र उहाँको निन्दा गर्न सक्थे। येशूलाई नबुझ्ने मानिसहरूले उहाँलाई इन्कार गर्न सक्छन् र गालीगलौज गर्न सक्छन्। यसका अतिरिक्त, तिनीहरूले येशूको आगमनलाई शैतानको छलको रूपमा देख्न सक्छन् र धेरै मानिसहरूले येशू देहमा फर्कनुभएको कुराको निन्दा गर्नेछन्। के यी सबै कुराहरूले तिमीहरूलाई भयभीत तुल्याउँदैनन्? तिमीहरूले सामना गर्ने कुरा पवित्र आत्मा विरुद्धको ईश्‍वर-निन्दा, मण्डलीहरूका लागि पवित्र आत्माको वचनको बरबादी र येशूले व्यक्त गर्नुभएका सबै कुराको तिरस्कार हुनेछ। यदि तिमीहरू नै यति धेरै अन्योलमा छौ भने तिमीहरूले येशूबाट के प्राप्‍त गर्न सक्छौ? यदि तिमीहरूले आफ्ना त्रुटिलाई महसुस गर्न हठपूर्वक इन्कार गर्छौ भने, येशू सेतो बादलमा मानिसहरूकहाँ आउनुहुँदा तिमीहरूले उहाँको काम कसरी बुझ्न सक्छौ? म तिमीहरूलाई यसो भन्छुः सत्यता ग्रहण नगर्ने, तैपनि सेतो बादलमा येशूको आगमनलाई अन्धाधुन्द प्रतीक्षा गर्ने मानिसहरूले पवित्र आत्माका विरुद्ध निश्‍चय नै निन्दा गर्नेछन् र तिनीहरू नष्ट पारिने श्रेणीका मानिसहरू हुन्छन्। तिमीहरूले येशूको अनुग्रहको मात्र चाहना गर्छौ, स्वर्गको उल्लासपूर्ण राज्यको आनन्द लिन मात्र चाहन्छौं; तैपनि येशूले बोल्नुभएका वचनहरू तैँले कहिल्यै पालन गरेको छैनस्, र येशू देहमा आउनुहुँदा बताउनुभएको सत्यता कहिल्यै ग्रहण गरेको छैनस्। सेतो बादलमा येशूको आगमनको तथ्यको सट्टामा तिमीहरूले के समाती राख्नेछौ? तिमीहरूले पटकपटक पाप गर्ने अनि बार-बार स्वीकार गर्ने, के सच्चाइ यही हो? सेतो बादलमा आउनुहुने येशूलाई तिमीहरूले के बलिदान चढाउनेछौ? के यो तिमीहरूले आफैलाई उच्च पार्ने कार्यको वर्ष हो? फर्केर आउनुभएका येशूलाई तिमीहरूप्रति भरोसा गराउन तिमीहरूले के समाती राख्नेछौ? कुनै सत्यता पालन नगर्ने के तिमीहरूको त्यही अहङ्कारी स्वभाव नै हो?

— वचन देहमा देखा पर्नुहुन्छको “तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २८७

तिमीहरूको बफदारिता शब्दमा मात्र छ, तिमीहरूको ज्ञान बौद्धिक र वैचारिक मात्र हो, तिमीहरूका प्रयासहरू स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नका लागि मात्र हुन्, अनि त्यसो भए तिमीहरूका विश्‍वास कस्तो हुनुपर्छ? आज पनि तिमीहरूले सत्यताको हरेक वचनप्रति ध्यान दिदैनौं। परमेश्‍वर के हुनुहुन्छ सो तिमीहरू जान्दैनौं, ख्रीष्ट के हुनुहुन्छ सो तिमीहरू जान्दैनौं, यहोवा वा परमप्रभुलाई कसरी आदर गर्ने सो तिमीहरू जान्दैनौं, पवित्र आत्माको काममा कसरी प्रवेश गर्ने सो तिमीहरू जान्दैनौं, परमेश्‍वर स्वयम्‌को काम र मानिसको छल बीच कसरी फरक छुट्टाउने सो तिमीहरू जान्दैनौं। तेरो विचारसित नमिल्ने परमेश्‍वरले व्यक्त गर्नुभएको कुनै पनि सत्यको वचनको निन्दा गर्न मात्र तँ जान्दछस्। तेरो नम्रता कहाँ छ? तेरो आज्ञाकारिता कहाँ छ? तेरो बफदारिता कहाँ छ? सत्यता खोजी गर्ने तेरो इच्छा कहाँ छ? परमेश्‍वरको निम्ति तेरो आदर कहाँ छ? म तिमीहरूलाई बताउँछु, चिन्हहरूका कारणले परमेश्‍वरमा विश्‍वास गर्नेहरू निश्‍चय नै नष्ट पारिने श्रेणीका हुन्। देहमा फर्किआउनुभएका येशूका वचनहरू ग्रहण गर्न असक्षम मानिसहरू निश्‍चय नै नरकका सन्तानहरू, प्रधान स्वर्गदूतका सन्ततीहरू हुन्, जुन अनन्त विनाशमा अर्पण गरिएका श्रेणीका हुन्। धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्छु; जब येशू स्वर्गबाट सेतो बादलमा आउनुभएको तिमीहरूका आफ्नै आँखाले देख्छौ, यो धार्मिकताको सूर्यको सार्वजनिक देखा पर्ने घटना हुनेछ। सायद त्यो क्षण तेरो निम्ति ठूलो उल्लासको समय हुन सक्छ, तैपनि येशू स्वर्गबाट ओर्लनुभएको देख्ने समय दण्ड भोग्नलाई तँ नरक जाने बेला पनि हो भन्ने तैँले जान्नुपर्छ। त्यो परमेश्‍वरको व्यवस्थापन योजनाको अन्तको समय हुनेछ, अनि यो परमेश्‍वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्नु अघि नै परमेश्‍वरको न्याय अन्त भइसकेको हुनेछ। सत्यता स्वीकार गर्नेहरू, चिन्हहरू नखोज्नेहरू र यसरी शुद्ध पारिएकाहरू, परमेश्‍वरको सिंहासन सामु फर्केका र सृष्टिकर्ताको अंगालोमा प्रवेश गरेका हुनेछन्। “सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो” भन्ने विश्‍वासमा अड्डी कस्नेहरू अनन्त दण्डको भागीदार हुनेछन्, किनभने तिनीहरूले चिन्ह प्रदर्शन गर्ने येशूमा मात्र विश्‍वास गर्छन्, तर कठोर न्याय घोषणा गर्नुहुने येशू र जीवनको साँचो मार्गको निकास दिनुहुने येशूलाई स्वीकार गर्दैनन्। यसो मात्र हुन सक्छ, कि सेतो बादलमा येशूको आगमन खुल्ला रूपमा हुँदा नै उहाँले तिनीहरूलाई निराकरण गर्नुहुनेछ। तिनीहरू अति हट्ठी, आफैमा अति दृढ, अति अहङ्कारी छन्। यस्ता भ्रष्टहरूलाई येशूले कसरी इनाम दिन सक्नुहुन्थ्यो? सत्यता स्वीकार गर्न सक्नेहरूका निम्ति येशूको आगमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न असक्षमहरूका निम्ति यो दण्डको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्नैपर्छ र पवित्र आत्माको विरुद्ध ईश्‍वर-निन्दा गर्नुहुँदैन र सत्यतालाई इन्कार गर्नुहुँदैन। तँ निर्बुद्धि र अहङ्कारी व्यक्ति हुनुहुँदैन, तर पवित्र आत्माको मार्गदर्शन पालन गर्ने, सत्यताको उत्कट इच्छा गर्ने र खोजी गर्ने व्यक्ति हुनुपर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ। परमेश्‍वरप्रतिको विश्‍वासको बाटो होशीयारीपूर्वक हिँड्न म तिमीहरूलाई सल्लाह दिन्छु। निचोडमा नआइहाल; अझ बढी, परमेश्‍वरप्रति तेरो विश्‍वासमा लापरवाह र असावधान नहोऊ। कम्तीमा पनि तिमीहरूले जान्नुपर्छ कि परमेश्‍वरमा विश्‍वास गर्नेहरू नम्र र श्रद्धामय हुनैपर्छ। सत्यता सुनेका तर यसलाई अस्वीकार गर्नेहरू मूर्ख र निर्बुद्धिहरू हुन्। सत्यता सुनेका तैपनि लापरबाही रूपमा निचोडमा पुगेका वा यसको निन्दा गर्नेहरू अहङ्कारद्वारा आक्रान्त हुन्छन्। येशूमा विश्‍वास गर्ने कसैले अरूहरूलाई सराप्दैन वा निन्दा गर्दैन। तिमीहरू सबै चेतना भएका र सत्यता स्वीकार गर्ने व्यक्तिहरू हुनैपर्छ। सायद, सत्यताको मार्ग सुनेर र जीवनको वचन पढेर, यी वचनहरूमध्ये १०,००० मा एउटा मात्र तेरो दृढ निश्‍चयताहरू र बाइबल अनुरूप छन्, त्यसकारण तैँले यी वचनहरूको १०,०००औँ खण्डभित्र निरन्तर खोजी गरिरहनुपर्छ भन्‍ने तेरो विश्‍वास छ। नम्र हुन, धेरै आत्माविश्‍वासी नहुन र आफैलाई अति उच्च नपार्न म तँलाई अझै सल्लाह दिन्छु। तेरो हृदयमा यति थोरै आदरसँगै तैँले ठूलो ज्योति प्राप्‍त गर्नेछौ। यदि तैँले यी वचनहरूलाई सावधानीपूर्वक जाँच्छस् र पटकपटक मनन गर्छस् भने, तिनीहरू सत्य हुन् वा होइनन्, तिनीहरू जीवन हुन् वा होइनन् सो तैँले बुझ्नेछस्। सायद केही मानिसहरूले केही वाक्यहरू मात्र पढेर, “यो पवित्र आत्माको केही अन्तर्दृष्टि बाहेक अरू केही पनि होइन” वा “यिनी मानिसहरूलाई धोका दिने झुटा ख्रीष्ट हुन्” भनी यी शब्दहरूका अन्धाधुन्ध निन्दा गर्नेछन्। यसो भन्नेहरू अनभिज्ञताद्वारा अन्धा भएका छन्। तैँले परमेश्‍वरका काम र बुद्धिबारे अत्यन्त थोरै बुझ्छस्, कामचलाउबाट नै फेरि सुरु गर्नका लागि म तँलाई सल्लाह दिन्छु! आखिरी दिनहरूमा झुटा ख्रीष्टको देखा पर्ने घटनाले गर्दा परमेश्‍वरले भन्नुभएका वचनहरूको तिमीहरूले अन्धाधुन्ध रूपमा निन्दा गर्नुहुँदैन र तँ छलमा पर्ने डरले तैँले पवित्र आत्माको विरुद्ध ईश्‍वर-निन्दा गर्नुहुँदैन। के त्यो ठूलो निराशा हुँदैनथ्यो र? धेरै परीक्षण गरेपछि पनि, यी वचनहरू सत्य होइन, बाटो होइन, परमेश्‍वरको अभिव्यक्ति होइन भनी तैँले अझै विश्‍वास गर्छस् भने तँलाई अन्तमा दण्ड दिइनेछ र तँ आशिष्‌रहित हुनेछस्। यदि तैँले यति स्पष्ट रूपमा र खुल्ला रूपमा बताइएको सत्यता स्वीकार गर्न सक्दैनस् भने, तब के तँ परमेश्‍वरको मुक्तिको निम्ति अयोग्य छैनौं र? के तँ परमेश्‍वरको सिंहासन सामु फर्कनलाई पर्याप्‍त आशिषित् नभएको व्यक्ति होइनौं र? यसबारे विचार गर! दुस्साहसी र अविवेकी नहोऊ र परमेश्‍वरप्रतिको विश्‍वासलाई खेलको रूपमा नलेऊ। तेरो गन्तव्यको खातिर, तेरो भविष्यको आशाको खातिर, तेरो जीवनको खातिर विचार गर र आफैसँग खिलवाड नगर। के तैँले यी शब्दहरू स्वीकार गर्न सक्छस्?

— वचन देहमा देखा पर्नुहुन्छको “तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २८८

त्यस बेला, येशूको कामका केही भाग पुरानो करार, साथै मोशाको व्यवस्था र व्यवस्थाको युगको अवधिमा दिइएको यहोवाको वचनअनुसार थियो। येशूले उहाँको भागको काम गर्न यी सबै कुराहरू प्रयोग गर्नुहुन्थ्यो। उहाँले मानिसहरूलाई प्रचार गर्नुभयो र सभाघरहरूमा तिनीहरूलाई शिक्षा दिनुभयो, अनि उहाँसित शत्रुतामा रहेका फरिसीहरूलाई हप्काउन उहाँले पुरानो करारका अगमवक्ताहरूका भविष्यवाणीहरू प्रयोग गर्नुभयो, अनि तिनीहरूका अनाज्ञाकारिता प्रकट गर्न र तिनीहरूलाई दोषी ठहर्‍याउन उहाँले पवित्र-शास्‍त्रका वचनहरू प्रयोग गर्नुभयो। किनकि येशूले जे गर्नुभएको थियो त्यसलाई तिनीहरू तुच्छ ठान्थे; विशेष गरी, येशूका धेरै वटा कामहरू पवित्रशास्‍त्रको व्यवस्थाअनुसार गरिएको थिएन, अनि यसबाहेक, उहाँले जे सिकाउनुभयो ती तिनीहरूका आफ्नै वचनभन्दा उच्च थिए, अनि पवित्रशास्‍त्रमा अगमवक्ताहरूले गरेका भविष्यवाणीका वचनहरूभन्दा उच्च थिए। येशूको काम मानिसको छुटकारा र उहाँको क्रूसीकरणको निम्ति मात्र थियो, यसैले उहाँले कुनै मानिसलाई जित्नका निम्ति धेरै कुराहरू भन्नु आवश्यक थिएन। उहाँले मानिसलाई सिकाउनुभएका धेरै कुरा पवित्र-शास्‍त्रका वचनहरूबाट लिइएका थिए, अनि उहाँका कामहरू पवित्र-शास्‍त्रका वचनहरूभन्दा उत्तम नभए पनि उहाँले क्रूसीकरणको कामलाई पूरा गर्न सक्‍नुभयो। उहाँको काम वचनको थिएन, न त मानव जातिलाई जित्नु नै थियो, तर मानव जातिलाई छुटकारा दिनका निम्ति गरिएको काम थियो। उहाँले मानव जातिका निम्ति पापबलिको रूपमा मात्र काम गर्नुभयो, अनि मानव जातिका निम्ति वचनको स्रोतको रूपमा काम गर्नुभएन। उहाँले अन्यजातिहरूको काम गर्नुभएन, जुन मानिसहरूलाई जित्ने काम थियो, तर क्रूसमा टाँगिने काम गर्नुभयो, यो काम तिनीहरूका माझमा गरियो जसले परमेश्‍वर हुनुहुन्छ भन्‍ने विश्‍वास गरे। उहाँको काम पवित्रशास्‍त्रको आधारमा गरिएको भए पनि, अनि फरिसीहरूलाई दोषी ठहर्‍याउन उहाँले प्राचीन अगमवक्ताहरूले भविष्यवाणी गरेका वचनहरू प्रयोग गर्नुभए पनि क्रूसीकरणको काम पूरा गर्न यो नै पर्याप्त थियो। यदि आजको काम पवित्रशास्‍त्रमा प्राचीन अगमवक्ताहरूले गरेका भविष्यवाणीहरूको आधारमा गरिन्थ्यो भने तिमीहरूलाई जित्न असम्भव हुने थियो, किनकि पुरानो करारमा तिमी चिनियाँ मानिसहरूका अनाज्ञाकारिता र पापको बारेमा उल्लेख छैन, अनि तिमीहरूका पापको कुनै इतिहास छैन। यसैले, यदि बाइबलमा यो काम अझै रहिरहन्थ्यो भने तिमीहरूले कहिल्यै पनि समर्पण गर्ने थिएनौ। बाइबलले इस्राएलीहरूको सीमित इतिहास मात्र उल्लेख गर्दछ, जसले तिमीहरू खराब कि असल छौ भनी प्रमाणित गर्न वा तिमीहरूको न्याय गर्न सक्दैन। कल्पना गर, यदि मैले इस्राएलीहरूको इतिहासअनुसार तिमीहरूको न्याय गर्नु पऱ्यो भने के तिमीहरू आज जस्तै मेरो पछि लाग्नेछौ? तिमीहरू कति कठोर छौ भन्ने कुरा के तिमीहरू जान्दछौ? यदि यो चरणमा कुनै वचन बोलिएन भने विजयको काम पूरा गर्न असम्भव हुनेछ। म क्रूसमा टाँगिन आएको होइनँ, त्यसैले मैले ती वचनहरू बोल्नैपर्छ, जुन बाइबलको भन्दा अलग छन्, ताकि तिमीहरूलाई जित्न सकियोस्। येशूले गर्नुभएको काम एउटा चरण हो, जुन पुरानो करारभन्दा उच्च छ; त्यो नयाँ युग सुरु गर्न र त्यस युगलाई डोर्याउनका निम्ति प्रयोग गरिएको थियो। उहाँले किन यसो भन्नुभयो, “म व्यवस्थालाई रद्द गर्न आएको होइनँ, तर व्यवस्था पूरा गर्न आएको हुँ?” तापनि उहाँको काम पुरानो करारका इस्राएलीहरूले अभ्यास गरेका व्यवस्थाहरू र पालन गरेका आज्ञाहरू भन्दा धेरै फरक थियो, किनकि उहाँ व्यवस्था पालन गर्न आउनुभएको थिएन, तर त्यो पूरा गर्न आउनुभएको थियो। त्यो पूरा गर्ने प्रक्रियामा धेरै वटा व्यावहारिक कुराहरू सामेल थिए: उहाँको काम अझै बढी व्यावहारिक र वास्तविक थियो, अनि यसबाहेक, त्यो अझै बढी जीवित थियो, अनि यो नियमहरूको अन्धो पालना थिएन। के इस्राएलीहरूले शबाथ पालन गरेनन् र? जब येशू आउनुभयो, उहाँले शबाथ पालन गर्नुभएन, किनकि उहाँले मानिसको पुत्र शबाथका प्रभु हुन् भनी भन्नुभयो, अनि जब शबाथका प्रभु आउनुभयो, उहाँले आफ्नो चाहनाअनुसार गर्नुभयो। उहाँ पुरानो करारका व्यवस्थाहरू पूरा गर्न र त्यो व्यवस्था बदल्न आउनुभएको थियो। आज जे गरिन्छ ती सबै वर्तमानमा आधारित छन्, तापनि यो परमेश्‍वरले व्यवस्थाको युगमा गर्नुभएको कामको जगमा आधारित छ, अनि यसले यो क्षेत्रलाई नाघ्दैन। उदाहरणका निम्ति, तिमीहरूको जिब्रोलाई वशमा राख्‍नू, व्यभिचार नगर्नू—के यी पुरानो करारका व्यवस्थाहरू होइनन् र? आज, तिमीहरूले गर्नुपर्ने कार्यचाहिँ दस आज्ञामा मात्र सीमित छैन, तर अघिबाट आएकोभन्दा उच्च व्यवस्थाका आज्ञाहरू र नियमहरू सामेल छन्। तापनि यसको अर्थ पहिलेबाट आएको कुरा रद्द गरियो भन्ने होइन, किनकि परमेश्‍वरको कामको हरेक चरण पहिलेबाट आएको चरणको जगमा पूरा गरिन्छ। परमेश्‍वरले इस्राएलीहरूको अघि जुन कुरा राख्नुभयो, जस्तै मानिसहरूले बलि चढाउने, बाबु र आमालाई आदर गर्ने, मूर्तिपूजा नगर्ने, अरूलाई आक्रमण नगर्ने वा नसराप्ने, व्यभिचार नगर्ने, धूम्रपान वा मद्यपान नगर्ने, सिनु नखाने वा रगत नपिउने—के यसले आज पनि तिमीहरूले गर्ने अभ्यासको जग बनाउँदैन र? विगतको जगमाथि नै आजसम्म काम पूरा गरिँदैआएको छ। विगतका व्यवस्थाहरू उल्लेख नगरिए पनि र तँबाट नयाँ मागहरू गरिएको भए पनि यी व्यवस्थाहरूलाई रद्द गर्नुको सट्टा उच्च स्तरमा उचालिएका छन्। तिनलाई रद्द गरिएका छन् भन्नुको अर्थ पहिलेका युगहरू पुराना भए भन्ने हुन्छ, जबकी केही यस्ता आज्ञाहरू छन् जसलाई तैँले सारा अनन्तताभरि सम्मान गर्नुपर्छ। विगतका आज्ञाहरू पहिलेबाटै प्रयोगमा ल्याइएका छन्, जुन अघिबाटै मानिसको अस्तित्व बनेको छ, अनि केही आज्ञाहरूमाथि विशेष जोड् दिइरहनु आवश्यक छैन, जस्तै “धूम्रपान नगर्नू” र “मद्यपान नगर्नू,” आदि। तिमीहरूको आजका खाँचोहरू, तिमीहरूको कदअनुसार अनि आजको कामअनुसार यही जगमाथि नयाँ आज्ञाहरू प्रस्तुत गरिएका छन्। नयाँ युगका निम्ति आज्ञाहरू जारी गर्नुको अर्थ पुरानो युगका आज्ञाहरू खारिज गर्नु होइन, तर त्यही जगमाथि तिनलाई अझ उच्च स्तरमा उठाउनु र मानिसका कार्यहरूलाई अझै पूर्ण र वास्तविकतासँग अझ बढी मिल्दोजुल्दो बनाउनु हो। यदि तिमीहरूले आज इस्राएलीहरूले जस्तो आज्ञाहरू पालन गर्नु र पुरानो करारका व्यवस्था पालन गर्नु मात्र आवश्यक हुन्थ्यो भने, र यदि तिमीहरूले यहोवाले दिनुभएका व्यवस्थाहरू कण्ठ गर्नुपर्थ्यो भने, तिमीहरू परिवर्तन हुने कुनै सम्भावना हुने थिएन। यदि तिमीहरू ती थोरै आज्ञाहरू पालन गर्नुमा र असङ्ख्यौं व्यवस्थाहरू कण्ठ गर्नुमा सीमित हुन्थ्यौ भने तिमीहरूको पुरानो स्वभाव भित्र गढेर बस्ने थियो, र त्यसलाई जैदेखि उखेल्ने कुनै उपाय हुने थिएन। फलस्वरूप, तिमीहरू अझ भ्रष्ट बन्‍नेथियौ, अनि तिमीहरूमध्ये कोही पनि आज्ञाकारी बन्ने थिएनौ। भन्नुको अर्थ यो हो, कि केही साधारण आज्ञाहरू वा अनगन्ती व्यवस्थाहरूले तिमीहरूलाई यहोवाको काम बुझ्न सहायता गर्न सक्दैनन्। तिमीहरू इस्राएलीहरू जस्तो छैनौ: व्यवस्था पालन गरेर अनि आज्ञाहरू कण्ठ गरेर तिनीहरूले यहोवाका कामहरू देख्‍न र उहाँलाई मात्र तिनीहरूका भक्ति दिन सके। तर तिमीहरू यो प्राप्त गर्न सक्दैनौ, अनि पुरानो करारको युगका थोरै आज्ञाहरू तिमीहरूका हृदय अर्पण गर्न लाउनु वा तिमीहरूको रक्षा गर्न मात्र असक्षम छैन, तर त्यसले तिमीहरूलाई लापरवाही बनाउँछ, र तिमीहरूलाई पातालमा पुर्याउँछ। किनकि मेरो कामचाहिँ विजय गर्ने काम हो र त्यो तिमीहरूको अनाज्ञाकारिता र पुरानो स्वभावप्रति लक्षित छ। यहोवा र येशूका दयालु वचनहरू आजको न्यायका कठोर वचनहरूसम्‍म पुग्‍न चुक्‍छ। त्यस्ता कठोर वचनहरूविना तिमी “विशेषज्ञहरू” लाई जित्न असम्भव हुनेथियो, जो हजारौं वर्षदेखि अनाज्ञाकारी भएका छौ। पुरानो करारको व्यवस्थाले धेरै अघि नै तिमीहरूमाथिको आफ्नो शक्ति गुमाइसकेको छ, अनि आजको न्याय पुरानो व्यवस्थाको भन्दा धेरै भयानक छ। तिमीहरूलाई धेरै उपयुक्त हुनेचाहिँ न्याय नै हो, व्यवस्थाका नगण्य प्रतिबन्धहरू होइनन्, किनकि तिमीहरू आदीकालका मानव जाति होइनौ, तर हजारौं वर्षदेखि भ्रष्ट हुँदैआएका मानव जाति हौ। मानिसले आज जे प्राप्त गर्नुपर्छ त्यो आजको मानिसको वास्तविक अवस्थासँग मिल्दोजुल्दो, अहिलेको मानिसको क्षमता र वास्तविक कदअनुसारको छ, अनि यसका निम्ति तैँले नियमहरू पालन गर्नुपर्दैन। यो तेरा पुरानो स्वभावमा परिवर्तन हासिल गर्न सकियोस् भनेर, अनि तेरा विचारहरूलाई पर पन्साउनका सकियोस् भनेर हो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कामको दर्शन (१)” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २८९

इतिहास जहिल्यै पनि अगाडि बढिरहेको छ, र परमेश्‍वरको काम सधैँ अगाडि बढिरहेको छ। उहाँको छ हजार वर्षे व्यवस्थापन योजनालाई त्यसको लक्ष्यमा पुर्‍याउनको लागि त्यो अगाडिको दिशामा बढिरहनुपर्छ। प्रत्येक दिन उहाँले नयाँ काम गर्नुपर्दछ, प्रत्येक वर्ष उहाँले नयाँ काम गर्नुपर्दछ; उहाँले नयाँ मार्गहरू सुरु गर्नुपर्दछ, नयाँ युगहरू सुरु गर्नुपर्दछ, नयाँ र अझ ठूलो काम सुरु गर्नुपर्दछ, र ती सँगसँगै नयाँ नाउँहरू र नयाँ काम ल्याउँदछ। पल-पल परमेश्‍वरका आत्माले नयाँ काम गर्दैहुनुहुन्छ, उहाँ कहिल्यै पनि पुरानो तरिका वा नियममा अल्झेर बस्‍नुहुन्‍न। न त उहाँको कार्य कहिल्यै रोकिएको छ, तर हरेक बितेको क्षण सँगै पूरा हुँदैछ। यदि तँ पवित्र आत्माको काम अपरिवर्तनीय छ भनी भन्छस् भने किन यहोवाले पूजाहारीहरूलाई मन्दिरमा उहाँको सेवा गर्नू भन्नुभयो, तैपनि येशू आउनुहुँदा मानिसहरूले उहाँ प्रधान पूजाहारी हुनुहुन्छ र उहाँ दाऊदको वंशका हुनुहुन्छ र साथै प्रधान पूजाहारी र महान् राजा हुनुहुन्छ भनेर पनि उहाँ मन्दिरमा प्रवेश गर्नुभएन? अनि उहाँले किन बलिहरू चढाउनुभएन? मन्दिरभित्र पस्नु वा मन्दिरमा नपस्‍नु—यो सबै परमेश्‍वर स्‍वयम्‌को काम होइन र? यदि, मानिसले कल्पना गरेझैं येशू फेरि आउनुहुनेछ र आखिरी दिनहरूमा पनि अझै येशू नै कहलाइनुहुन्छ र अझै पनि सेतो बादलमा सवार भएर येशूको स्वरूपमा मानिसहरूमाझ ओर्लनुहुन्छ भने, के त्यो उहाँको काम दोहोऱ्याउनु नै हुँदैन र? के पवित्र आत्मा पुरानोसँग टाँसिरहन सक्नुहुन्छ? मानिसले विश्‍वास गर्ने सबै धारणाहरू हुन्, र मानिसले बुझ्ने सबै शाब्दिक अर्थअनुसार, र उसको कल्पनाशक्ति अनुसार हुन्छ; ती पवित्र आत्माको कामका सिद्धान्तहरूसँग बाझिन्छन् र ती परमेश्‍वरको अभिप्राय अनुरूप हुँदैनन्। परमेश्‍वरले त्यस्तो प्रकारले काम गर्नुहुन्न; परमेश्‍वर त्यति मूर्ख र अबुझ हुनुहुन्न, र उहाँको काम तैँले सोचेको जस्तो सरल छैन। मानिसले कल्पना गर्ने सबै कुराको आधारमा, येशू बादलमा सवार भएर आउनुहुनेछ र तिमीहरूको बीचमा ओर्लनुहुनेछ। तिमीहरू उहाँलाई देख्नेछौ, जसले बादलमा सवार भएर, तिमीहरूलाई म येशू हुँ भनी भन्नुहुनेछ। तिमीहरूले उहाँको हातमा कीलका डामहरू पनि देख्नेछौ, र उहाँ येशू नै हुनुहुन्छ भनी चिन्नेछौ। अनि उहाँले तिमीहरूलाई फेरि मुक्ति दिनुहुनेछ र उहाँ तिमीहरूका शक्तिशाली परमेश्‍वर हुनुहुनेछ। उहाँले तिमीहरूलाई बचाउनुहुनेछ, तिमीहरूलाई एउटा नयाँ नाउँ प्रदान गर्नुहुनेछ, र तिमीहरू हरेकलाई एउटा सेतो ढुङ्गा दिनुहुनेछ, त्यसपछि तिमीहरूलाई स्वर्गको राज्यमा प्रवेश गर्ने अनुमति दिनुहुनेछ र स्वर्गलोकमा ग्रहण गरिनेछ। के यस्ता विश्‍वास मानिसका धारणाहरू होइनन् र? के परमेश्‍वरले मानिसको धारणाअनुसार काम गर्नुहुन्छ, वा उहाँले मानिसका धारणाहरू विपरीत काम गर्नुहुन्छ? के मानिसका धारणाहरू सबै शैतानबाट प्राप्त भएका होइनन् र? के सबै मानिस शैतानले भ्रष्ट भएका छैनन् र? यदि परमेश्‍वरले आफ्नो काम मानिसको धारणाअनुसार गर्नुभयो भने के उहाँ शैतान बन्नुहुन्न र? के उहाँ आफ्ना सृष्टिहरू जस्तै बन्नुहुन्न र? अहिले शैतानले उहाँका सृष्टिहरूलाई धेरै भ्रष्ट पारेकोले मानिस शैतानको मूर्त रूप बनेको छ, यदि परमेश्‍वरले शैतानका कुराहरू अनुरूप काम गर्नुभयो भने के उहाँ शैतानको साठगाँठमा हुनुहुने थिएन र? मानिसले परमेश्‍वरको कामलाई कसरी बुझ्न सक्छ? त्यसकारण परमेश्‍वरले कहिल्यै पनि मानिसका धारणाहरू अनुसार काम गर्नुहुन्न, र तैँले कल्पना गरे अनुसार पनि काम गर्नुहुन्छ। कति जना मानिसहरू छन्, जसले परमेश्‍वर आफैले उहाँ बादलमा आउनुहुनेछ भन्नुभएको छ भनी भन्छन्। परमेश्‍वर आफैले त्यसो भन्नुभएको थियो भन्‍ने कुरा सत्य हो, तर परमेश्‍वरका रहस्यहरू कसैले पनि बुझ्न सक्दैन भन्‍ने के तँलाई थाहा छैन? के परमेश्‍वरका वचनहरूको व्याख्या कसैले पनि गर्न सक्दैन भन्‍ने तँलाई थाहा छैन? के तँ पवित्र आत्माले नै त्यो ज्ञान र प्रकाश दिनुभएको हो भन्‍नेमा निश्चित छस्, र तँलाई अलिकति पनि शङ्का छैन? त्यसरी तँलाई प्रत्यक्ष रूपमा देखाउने निश्‍चय नै पवित्र आत्मा हुनुहुन्‍नथियो। तँलाई निर्देशन दिने पवित्र आत्मा हुनुहुन्थ्यो, कि तेरा आफ्नै धारणहरूको कारण तैँले त्यस्तो विचार गरिस्? तैँले भनिस्, “परमेश्‍वर आफैले यसो भन्नुभएको थियो।” तर परमेश्‍वरका वचनहरूलाई नाप्न हामीले हाम्रो आफ्नै विचार र दिमागको प्रयोग गर्न सक्दैनौं। यशैयाद्वारा बोलिएका वचनहरूको कुरा गर्दा, के तैँले तिनका वचनहरूलाई पूर्ण सुनिश्‍चितताको साथ व्याख्या गर्न सक्छस्? के तँ तिनका वचनहरूलाई व्याख्या गर्ने हिम्मत गर्छस्? तैँले यशैयाका वचनहरूको व्याख्या गर्ने हिम्मत गर्दैनस् भने येशूका वचनहरूको व्याख्या गर्ने हिम्मत किन गर्छस्? को धेरै उच्च हुनुहुन्छ, येशू कि यशैया? यसको जबाफ येशू हुनुहुन्छ भन्‍ने हुन्छ, त्यसकारण तैँले किन येशूले बोल्नुभएका वचनहरूको व्याख्या गर्छस्? के परमेश्‍वरले तँलाई उहाँको कामको बारेमा अघिबाटै बताउनुहुन्छ र? एउटै पनि प्राणीले जान्न सक्दैन, स्वर्गका सन्देशवाहकहरूले पनि जान्दैनन्, न त मानिसका पुत्रले जान्नुहुन्छ, त्यसकारण तैँले कसरी जान्न सक्थिस्? मानिसमा धेरै कुराको कमी छ। अहिले तिमीहरूका लागि महत्वपूर्ण कुरा भनेको कामका तीन चरणहरू जान्नु हो। यहोवाको कामदेखि लिएर येशूको कामसम्म, र येशूको कामदेखि अहिलेको चरणसम्म, यी तीन चरणले परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन कार्यलाई एउटै लहरमा गाँस्दछ र ती सबै एउटै आत्माको काम हुन्। संसारको सृष्टि भएदेखि नै परमेश्‍वर सधैँ मानव जातिको व्यवस्थापन गर्ने काममा लाग्नुभएको छ। सुरु र अन्त्य उहाँ नै हुनुहुन्छ, पहिलो र अन्तिम उहाँ नै हुनुहुन्छ, र युग सुरु गर्ने उहाँ नै हुनुहुन्छ र युगलाई समाप्त गर्ने पनि उहाँ नै हुनुहुन्छ। विभिन्न युगहरूमा र विभिन्न स्थानहरूमा हुने कार्यका तीन चरणहरू आत्माले गर्नुहुने काम नै हुन् भन्‍ने कुरा स्पष्ट छ। ती तीन चरणहरूलाई अलग गर्ने सबै मानिसहरू परमेश्‍वरकै विरोधमा खडा हुन्छन्। अब, यसले तँलाई पहिलो चरणदेखि आजसम्मका सबै कामहरू एउटै परमेश्‍वरको, एउटै आत्माको काम हो भनी बुझ्न सक्ने बनाउँछ। यस कुरामा कुनै शङ्का छैन।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कामको दर्शन (३)” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २९०

मानिसले परमेश्‍वरमा विश्‍वास गर्ने हुँदा, उसले परमेश्‍वरका पाइलाहरूलाई चरण-चरण गरी नजिकबाट पछ्याउनैपर्छ; उसले “थुमालाई उहाँ जता जानुहुन्छ त्यतै पछ्याउनुपर्छ।” साँचो मार्गको खोजी गर्ने मानिसहरू यिनीहरू मात्रै हुन्, पवित्र आत्माको कामलाई जान्‍नेहरू तिनीहरू मात्रै हुन्। अक्षरहरू र धर्मसिद्धान्तहरूलाई दासले जस्तो पछ्याउने मानिसहरू पवित्र आत्‍माको कार्यद्वारा हटाइएकाहरू हुन्। समयको हरेक अवधिमा, परमेश्‍वरले नयाँ काम सुरु गर्नुहुनेछ, र हरेक अवधिमा, मानिसको बीचमा नयाँ सुरुवात हुनेछ। यदि मानिस “यहोवा नै परमेश्‍वर हुनुहुन्छ” र “येशू नै ख्रीष्‍ट हुनुहुन्छ” भन्‍ने सत्यताहरू, जुन तिनीहरूको सम्‍बन्धित युगहरूमा मात्रै लागू हुने सत्यताहरू हुन्, तिनलाई मात्रै पालन गर्छ भने, मानिस पवित्र आत्‍माको कार्यमा कहिल्यै पनि लागिरहन सक्दैन, र पवित्र आत्‍माको कार्यलाई प्राप्त गर्न ऊसँधैको लागि असमर्थ हुनेछ। परमेश्‍वरले जसरी काम गर्नुभए तापनि, मानिसले अलिकति पनि शङ्का नगरिकन पछ्याउँछ, र उसले नजिकबाट पछ्याउँछ। यसरी, मानिसलाई कसरी पवित्र आत्‍माले हटाउन सक्‍नुहुन्छ? परमेश्‍वरले जे गर्नुभए तापनि, जबसम्‍म मानिस यो पवित्र आत्माको काम हो भन्‍ने कुरामा निश्‍चित हुन्छ, र आशङ्का नगरिकन पवित्र आत्‍माको काममा सहकार्य गर्छ, र परमेश्‍वरका मागहरूलाई पूरा गर्ने प्रयास गर्छ भने, ऊ कसरी दण्डित हुन सक्छ? परमेश्‍वरको काम कहिल्यै रोकिएको छैन, उहाँका पाइलाहरू कहिल्यै अडिएका छैनन्, र उहाँको व्यवस्थापन कार्य पूरा हुनुभन्दा पहिले, उहाँ जहिल्यै व्यस्त रहनुभएको छ, र उहाँ कहिल्यै रोकिनुहुन्‍न। तर मानिस फरक छ: पवित्र आत्माको कामलाई थोरै मात्रामा प्राप्त गर्ने बाहेक केही पनि गर्न नसकेपछि, उसले यसलाई यसरी व्यवहार गर्छ मानौं यो कहिल्यै परिवर्तन हुनेछैन; थोरै ज्ञान प्राप्त गरिसकेपछि, ऊ अघि बढेर परमेश्‍वरको नयाँ कामका पाइलाहरूलाई पछ्याउँदैन; परमेश्‍वरको थोरै कामलाई बाहेक केही पनि नदेखेपछि, उसले तुरुन्तै परमेश्‍वरलाई काठको आकृतिको रूपमा निर्धारित गर्छ, र उसले आफ्‍नो अगाडि देखेको यही रूपमा नै परमेश्‍वर सँधै रहिरहनुहुनेछ, अर्थात् विगतमा यो यस्तै थियो र भविष्यमा पनि यस्तै नै रहनेछ भन्‍ने विश्‍वास गर्छ; सतही ज्ञान बाहेक केही पनि प्राप्त नगरेपछि, मानिस यति घमण्‍डी हुन्छ कि उसले आफैलाई बिर्सन्छ र अस्तित्वमा नै नभएको ईश्‍वरको स्वभाव र अस्तित्वलाई घोषणा गर्न थाल्छ; अनि पवित्र आत्माको कामको एउटा चरणको बारेमा निश्‍चित भएपछि, परमेश्‍वरको नयाँ कामलाई घोषणा गर्ने व्यक्ति जस्तोसुकै प्रकारको भए तापनि, मानिसले यसलाई स्वीकार गर्दैन। पवित्र आत्माको नयाँ कामलाई स्वीकार गर्न नसक्‍ने मानिसहरू यिनीहरू नै हुन्; तिनीहरू अत्यन्तै रूढिवादी छन्, र नयाँ कुराहरूलाई स्वीकार गर्न असमर्थ छन्। त्यस्ता मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्ने तर उहाँलाई इन्कार पनि गर्नेहरू हुन्। “यहोवामा मात्रै विश्‍वास गरेर येशूमा विश्‍वास नगरेकोमा” इस्राएलीहरू गलत थिए भन्‍ने विश्‍वास मानिसले गर्छ, तैपनि अधिकांश मानिसहरूले “यहोवामा मात्रै विश्‍वास गर्ने र येशूलाई इन्कार गर्ने” साथै “मसीहको आगमनको लागि उत्कट इच्‍छा गर्ने, तर येशू भनिने मसीहलाई इन्कार गर्ने” भूमिकालाई निर्वाह गर्छन्। त्यसैले, पवित्र आत्माको कार्यको एउटा चरणलाई स्वीकार गरिसकेपछि पनि मानिसहरू अझै शैतानको अधिकार-क्षेत्रमा जिउँछन्, र अझै परमेश्‍वरका आशिषहरूलाई प्राप्त गर्दैनन् भन्‍ने कुरामा कुनै आश्‍चर्य मान्‍नु पर्दैन। के यो मानिसको विद्रोहीपनको परिणाम होइन र? आजको नयाँ काममा लागिरहन नसकेका संसारभरिका ख्रीष्टियनहरू तिनीहरू भाग्यमानी बन्‍नेछन्, परमेश्‍वरले तिनीहरूका हरेक कामनाहरूलाई पूरा गर्नुहुनेछ भन्‍ने मान्यता राख्दै आशामा टाँसिरहेका छन्। तैपनि परमेश्‍वरले तिनीहरूलाई तेस्रो स्वर्गमा किन लैजानुहुनेछ सो तिनीहरूले निश्‍चित रूपमा भन्‍न सक्दैनन्, न त येशू कसरी तिनीहरूलाई लिन सेतो बादलको सवारीमा आउनुहुनेछ भन्‍ने बारेमा नै तिनीहरू निश्‍चित छन्, तिनीहरूले कल्‍पना गरेको दिनमा येशू सेतो बादलमा साँच्‍चै आइपुग्‍नुहुनेछ भनेर तिनीहरूले पूर्ण निश्‍चयताको साथ भन्‍न सक्‍नु त परै जाओस्। तिनीहरू पूर्णरूपमा चिन्तित, र अलमलमा छन्; परमेश्‍वरले हरेक सम्प्रदायका, केही साना मुट्ठीभरका विविध मानिसहरू प्रत्येकलाई लानुहुन्छ कि लानुहुन्‍न त्यो कुरा तिनीहरूलाई समेत थाहा छैन। परमेश्‍वरले अहिले, वर्तमान युगमा गर्नुहुने काम, परमेश्‍वरको इच्‍छा—यीमध्ये कुनै पनि कुराको बारेमा तिनीहरूलाई केही पनि थाहा छैन, र तिनीहरूले आफ्‍ना औंलामा दिनहरू गन्‍ने बाहेक केही पनि गर्न सक्दैनन्। अन्त्यसम्‍मै थुमाका पाइलाहरूलाई पछ्याउनेहरूले मात्रै अन्तिम आशिष प्राप्त गर्न सक्छन्, जबकि अन्त्यसम्‍मै पछ्याउन नसक्‍ने तैपनि सबै प्राप्त गरेका छौं भनी विश्‍वास गर्ने ती “चलाख मानिसहरू” परमेश्‍वरको देखा पर्ने घटनालाई देख्‍न असमर्थ हुन्छन्। तिनीहरू प्रत्येकले आफूलाई पृथ्वीको सबैभन्दा बाठो व्यक्ति हुँ भनी विश्‍वास गर्छन्, र परमेश्‍वरको कार्यको निरन्तर विकासलाई कुनै पनि कारणविना छोट्याउँछन्, र परमेश्‍वरले तिनीहरूलाई अर्थात् “परमेश्‍वरप्रति उच्‍च बफादारीता हुनेहरू, परमेश्‍वरलाई पछ्याउनेहरू र परमेश्‍वरका वचनहरूलाई पालना गर्नेहरू” लाई स्वर्गमा लैजानुहुनेछ भनी पूर्ण सुनिश्‍चितताको साथ विश्‍वास गर्छन् भन्‍ने देखिन्छ। परमेश्‍वरले बोल्‍नुभएका वचनहरूप्रति तिनीहरूसँग “उच्‍च बफादारीता” भए तापनि, तिनीहरूका वचन र कार्यहरू अझै अत्यन्तै घृणित छन् किनभने तिनीहरूले पवित्र आत्‍माको कामलाई विरोध गर्छन्, र धोका र छल गर्छन्। अन्तिमसम्‍मै नपछ्याउनेहरू, पवित्र आत्‍माको कार्यमा नलागिरहनेहरू, र पुरानो काममा मात्रै टाँसिरहनेहरूले परमेश्‍वरप्रति बफादारीता हासिल गर्न असफल मात्रै भएका छैनन्, तर यसको विपरीत, तिनीहरू परमेश्‍वरलाई विरोध गर्नेहरू बनेका छन्, नयाँ युगद्वारा इन्कार गरिएकाहरू बनेका छन्, र जो दण्डित हुनेछन्। के तिनीहरूभन्दा दयनीय अरू कोही छ? धेरैले यो विश्‍वास गर्छन् कि पुरानो व्यवस्थालाई इन्कार गर्ने र नयाँ कार्यलाई स्वीकार गर्नेहरू विवेकहीन हुन्। “विवेक” को मात्रै कुरा गर्ने र पवित्र आत्‍माको कामलाई नजान्‍ने यी मानिसहरूको आशालाई तिनीहरूका आफ्‍नै विवेकले हटाइदिनेछ। परमेश्‍वरको काम धर्मसिद्धान्तद्वारा बाँधिँदैन, र यो उहाँको आफ्‍नै काम हुन सक्‍ने भए तापनि, परमेश्‍वरले यसलाई पक्रिराख्‍नुहुन्‍न। इन्कार गरिनुपर्नेकुरालाई इन्कार गरिन्छ, हटाइनुपर्ने कुरालाई हटाइन्छ। तैपनि परमेश्‍वरको व्यवस्थापन कार्यको एउटै मात्र सानो भागलाई पक्रिराखेर मानिसले आफैलाई परमेश्‍वरको शत्रुता तुल्याउँछ। के यो मानिसको मूर्खता होइन र? के यो मानिसको अज्ञानता होइन र? मानिसहरू जति बढी डरपोक र अनावश्यक रूपमा सतर्क छन् किनभने तिनीहरू परमेश्‍वरका आशिषहरू प्राप्त गर्न डराउँछन्, त्यति नै बढी तिनीहरू महान् आशिषहरूलाई प्राप्त गर्न, र अन्तिम आशिष प्राप्त गर्न असमर्थ हुन्छन्। समर्पित भएर व्यवस्थालाई पालन गर्नेहरू सबैले व्यवस्थाप्रति उच्‍च बफादारीता देखाउँछन्, र तिनीहरूले व्यवस्थाप्रति जति धेरै त्यस्तो बफादारीता देखाउँछन्, तिनीहरू परमेश्‍वरलाई त्यति नै बढी विरोध गर्ने विद्रोहीहरू हुन्छन्। अहिले व्यवस्थाको युग नभएर राज्यको युग भएकोले, आजको काम र विगतको कामलाई समान रूपमा उल्‍लेख गर्न सकिँदैन, न त विगतको कामलाई नै आजको कामसँग तुलना गर्न सकिन्छ। परमेश्‍वरको काम परिवर्तन भएको छ, र मानिसको अभ्यास पनि परिवर्तन भएको छ; यो व्यवस्थालाई पक्रिराख्‍नु वा क्रूसलाई बोक्‍नु होइन, त्यसकारण व्यवस्था र क्रूसप्रतिको मानिसहरूको बफादारीताले परमेश्‍वरको अनुमोदन पाउनेछैन।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कार्य र मानिसको अभ्यास” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २९१

आज तिमीलाई जित्नुको उद्देश्य परमेश्‍वर तिम्रा परमेश्‍वर र अरूका पनि परमेश्‍वर हुनुहुन्छ स्वीकार गराउनु हो, र सबैभन्दा महत्त्वपूर्ण कुरा, उहाँ उहाँलाई प्रेम गर्ने सबैका र सारा सृष्टिका परमेश्‍वर हुनुहुन्छ। उहाँ इस्राएलीहरूका परमेश्‍वर र मिश्रका मानिसहरूका परमेश्‍वर हुनुहुन्छ। उहाँ ब्रिटिसहरूका परमेश्‍वर र अमेरिकीहरूका परमेश्‍वर हुनुहुन्छ। उहाँ आदम र हव्वाका परमेश्‍वर मात्र हुनुहुन्न, तर तिनीहरूका सबै सन्तानहरूका पनि परमेश्‍वर हुनुहुन्छ। उहाँ स्वर्गमा भएका सबै थोक र पृथ्वीमा भएका सबै थोकका परमेश्‍वर हुनुहुन्छ। सबै परिवारहरू, चाहे ती इस्राएली होस् वा अन्यजातिहरू, सबै एकै परमेश्‍वरका हातमा छन्। उहाँले हजारौं वर्षसम्म इस्राएलमा काम मात्र गर्नुभएन र एक पटक यहूदियामा जन्मनुभएको मात्र होइन, तर आज उहाँ चीनमा ओर्लनुहुन्छ, यो त्यही ठाउँ हो जहाँ ठूलो रातो अजिङ्गर गुँडुलिएर बसेको छ। यदि यहूदियामा जन्म भएकोले उहाँलाई यहूदीहरूका राजा बनाउँछ भने, के उहाँ तिमीहरू सबैका माझमा ओर्लनुभएको कुराले उहाँलाई तिमीहरू सबैका परमेश्‍वर बनाउँदैन र? उहाँले इस्राएलीहरूलाई डोऱ्याउनुभयो र यहूदियामा जन्मनुभयो, र उहाँ अन्यजाति देशमा पनि जन्मनुभएको छ। के उहाँले गर्नुभएका सबै काम उहाँले सृष्टि गर्नुभएको सम्पूर्ण मानवजातिका लागि होइन र? के उहाँले इस्राएलीहरूलाई सय गुणा प्रेम गर्नुहुन्छ र अन्यजातिहरूलाई हजार गुणा घृणा गर्नुहुन्छ? के यो तिमीहरूको धारणा होइन र? कुराचाहिँ परमेश्‍वर कहिले पनि तिमीहरूका परमेश्‍वर हुनुहुन्न थियो भन्ने होइन, तर बरु तिमीहरूले उहाँलाई स्वीकार गर्दैनौ भन्ने हो; परमेश्‍वर तिमीहरूका परमेश्‍वर बन्न अनिच्छुक हुनुहुन्छ भन्ने होइन, तर बरु तिमीहरूले उहाँलाई अस्वीकार गर्छौ भन्ने हो। सृष्टि गरिएका प्राणीहरूमध्ये कुनचाहिँ सर्वशक्तिमानको हातमा छैन। आज तिमीहरूलाई जित्नुको उद्देश्य परमेश्‍वर तिमीहरूका परमेश्‍वर बाहेक अरूका हुनुहुन्न भनी तिमीहरूलाई स्वीकार गर्न लाउनु होइन र? यदि तिमीहरू अझै पनि परमेश्‍वर इस्राएलीहरूका मात्र परमेश्‍वर हुनुहुन्छ, र इस्राएलमा दाऊदको घराना परमेश्‍वरको जन्मको उत्पत्ति हो र इस्राएलबाहेक अरू कुनै पनि राष्ट्र परमेश्‍वरलाई “जन्माउने” योग्यको छैन भनी विचार गर्छौ भने, अन्यजाति परिवारले यहोवाको कामलाई व्यक्तिगत रूपमा स्वीकार गर्ने कुरा त परै छाडौं—यदि तिमी अझै पनि यस्तै विचार गर्छौ भने, के त्यसले तिमीलाई हठी विरोधी बनाउँदैन र? सधैं इस्राएलमा नै केन्द्रित नहोऊ। परमेश्‍वर आज यहाँ तिमीहरूको बीचमा हुनुहुन्छ। न ता तिमीले स्वर्गतिर नै हेरिरहनु पर्छ। तिम्रा परमेश्‍वरलाई स्वर्गमा नै अड्काएर नराख! परमेश्‍वर तिमीहरूको बीचमा आउनुभएको छ, त्यसोभए उहाँ स्वर्गमा कसरी हुन सक्नुहुन्छ? तिमीले धेरै लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेका छैनौ, तापनि उहाँको बारेमा तिमीसित धेरैवटा धारणाहरू छन्, यहाँसम्म कि तिमी एकै क्षण पनि इस्राएलीहरूका परमेश्‍वरले उहाँको उपस्थितिमा तिमीहरूलाई अनुग्रह गर्ने कृपा गर्नुहुन्न भनी सोच्ने साहस गर्दैनौ। तिमी असाध्यै फोहोर भएकोले गर्दा परमेश्‍वर तिमीकहाँ व्यक्तिगत रूपमा कसरी देखा पर्नुहुन्छ भन्ने कुरा सोच्न त तिमी झनै साहस गर्दैनौ। न ता तिमीहरूले कहिल्यै अन्यजाति देशमा परमेश्‍वर व्यक्तिगत रूपले ओर्लन सक्नुहुन्छ भनी सोचेका छौ। उहाँ त सीनै पर्वतमा वा जैतून डाँडामा ओर्लनु पर्ने र इस्राएलीहरूकहाँ देखा पर्नुपर्ने हो। के अन्यजातिहरू सबै (अर्थात्, इस्राएलदेखि बाहिरका मानिसहरू) उहाँको घृणाका पात्रहरू होइनन् र? उहाँले कसरी व्यक्तिगत रूपमा उनीहरूका माझमा काम गर्न सक्नुहुन्छ? यी तिमीहरूले धेरै वर्षदेखि विकास गर्दै आएका, गहिरो जरा गाडेका धारणाहरू हुन्। आज तिमीहरूलाई जित्नुको उद्देश्य तिमीहरूका ती धारणाहरूलाई चकनाचूर पार्नु हो। यसरी तिमीहरूले सीनै पर्वतमा वा जैतून डाँडामा होइन, तर उहाँले कहिल्यै नडोऱ्याउनु भएका, तिमीहरूको माझमा परमेश्‍वरको व्यक्तिगत देखा पर्ने घटना देख्छौ। परमेश्‍वरले इस्राएलमा उहाँका दुई चरणको काम सम्पन्न गर्नुभएपछि, इस्राएलीहरू र सबै अन्यजातिहरूले परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभएको भए पनि, उहाँ केवल इस्राएलीहरूका निम्ति मात्र परमेश्‍वर हुन चाहनुहुन्छ, अन्यजातिहरूका निम्ति होइन भन्ने धारणा राखे। इस्राएलीहरू निम्न कुरा विश्‍वास गर्छन्ः परमेश्‍वर हाम्रो मात्र परमेश्‍वर हुन सक्नुहुन्छ, तिमी अन्यजातिहरूका परमेश्‍वर हुनुहुन्न, र तिमीहरूले यहोवालाई आदर नगरेकोले, यहोवा हाम्रा परमेश्‍वरले तिमीहरूलाई घृणा गर्नुहुन्छ। ती यहूदी मानिसहरूले निम्न कुरामा पनि विश्‍वास गर्दछन्ः प्रभु येशूले हामी यहूदी जातिको रूप धारण गर्नुभयो र यहूदी मानिसहरूको चिह्न बोक्नुहुने परमेश्‍वर हुनुहुन्छ। हाम्रो बीचमा नै परमेश्‍वरले काम गर्नुहुन्छ। परमेश्‍वरको स्वरूप र हाम्रो स्वरूप एक समान छ; हाम्रो स्वरूप परमेश्‍वरको स्वरूप नजिक छ। प्रभु येशू हामी यहूदीहरूका राजा हुनुहुन्छ; अन्यजातिहरू त्यस्तो ठूलो मुक्ति पाउन योग्य छैनन्। प्रभु येशू हामी यहूदीहरूका लागि पाप बलि हुनुहुन्छ। कामका ती दुई चरणको आधारमा इस्राएलीहरू र यहूदी मानिसहरूले यी सबै धारणाहरू स्थापना गरे। तिनीहरू धाक जमाउँदै परमेश्‍वर तिनीहरूका आफ्नै हो भनी दाबी गर्छन्, तिनीहरू परमेश्‍वरलाई अन्यजातिहरूका परमेश्‍वर हुन दिँदैनन्। यसरी, अन्यजातिहरूका हृदयमा परमेश्‍वर एउटा खाली ठाउँ हुनुभयो। तिनीहरू सबैले परमेश्‍वर अन्यजातिहरूका परमेश्‍वर हुन चाहनुहुन्न, र उहाँले इस्राएलीहरूलाई—उहाँका चुनिएका मानिसहरू—र यहूदी मानिसहरू, विशेष गरी उहाँलाई पछयाउने चेलाहरू मात्र मन पराउनुहुन्छ भनी विश्‍वास गरेका कारण यस्तो भएको हो। के तिमीलाई थाहा छैन कि यहोवा र येशूले गर्नुभएको काम सम्पूर्ण मानवजातिलाई बचाउनका लागि हो? के तिमी अब परमेश्‍वर इस्राएल बाहिर जन्मेका तिमीहरू सबैका परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्छौ? के परमेश्‍वर आज यहाँ तिमीहरूको बीचमा हुनुहुन्न? यो सपना हुन सक्दैन, के हुन सक्छ र? के तिमीहरू यो वास्तविकतालाई स्वीकार गर्दैनौ? तिमीहरू यसलाई विश्‍वास गर्ने वा त्यसको बारेमा विचार गर्ने आँट गर्दैनौ। तिमीले यसलाई जसरी हेरे पनि, के परमेश्‍वर यहाँ तिमीहरूको बीचमा हुनुहुन्न र? के तिमीहरू अझै पनि यी वचनहरू विश्‍वास गर्न डराउँछौ? यस दिनदेखि उता, के सबै जितिएका मानिसहरू र परमेश्‍वरको अनुयायी बन्न चाहनेहरू परमेश्‍वरका चुनिएका जनहरू होइनन्? तिमीहरू सबै, जो आज अनुयायीहरू हौ, के इस्राएलदेखि बाहिरको चुनिएका जनहरू होइनौ? के तिमीहरूको ओहोदा पनि इस्राएलीहरूको जस्तै छैन र? तिमीहरूले स्वीकार गर्नुपर्ने कुरा के यही होइन र? के तिमीहरूलाई जित्ने कामको लक्ष्य यही होइन? तिमीहरूले परमेश्‍वरलाई देख्न सक्ने भएकोले, उहाँ सुरूदेखि र भविष्यमा, सदासर्वदा तिमीहरूको परमेश्‍वर बन्नुहुनेछ। जबसम्म तिमीहरू उहाँलाई पछयाउने, उहाँको बफादार, आज्ञाकारी प्राणीहरू हुने इच्छा गर्दछौ, उहाँले तिमीहरूलाई त्याग्नुहुनेछैन।

— वचन देहमा देखा पर्नुहुन्छको “विजयको कामको भित्री सत्यता (३)” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २९२

तेरा पुराना धारणाहरूलाई पन्छ्याएपछि मात्रै तैँले नयाँ ज्ञान प्राप्त गर्न सक्छस्, तैपनि पुरानो ज्ञान र पुराना धारणाहरू उही हुन् भन्‍ने छैन। “धारणाहरू” ले मानिसले कल्‍पना गरेका कुराहरू हुन्, जुन वास्तविकतासँग मिल्दैनन्। यदि पुरानो ज्ञानको म्याद पुरानो युगमा नै सकिएको छ र यसले मानिसलाई नयाँ काममा प्रवेश गर्न रोकेको छ भने, त्यस्तो ज्ञान पनि धारणा नै हो। यदि मानिसले त्यस्तो ज्ञानलाई सही रूपमा पहुँच गर्न सक्छ र पुरानो र नयाँलाई एकट्ठा गरेर विभिन्‍न पक्षहरूबाट परमेश्‍वरलाई चिन्‍न सक्छ भने, पुरानो ज्ञान मानिसको सहायता बन्छ, र मानिस नयाँ युगमा प्रवेश गर्ने आधार बन्छ। परमेश्‍वरलाई चिन्‍ने सम्‍बन्धी पाठको लागि तँ धेरै सिद्धान्तहरूमा पोख्त हुनुपर्छ: परमेश्‍वरलाई चिन्‍ने मार्गमा कसरी प्रवेश गर्ने, परमेश्‍वरलाई चिन्‍नको लागि तैँले के-कस्ता सत्यताहरू बुझ्‍नैपर्छ, र परमेश्‍वरको नयाँ कामका सबै बन्दोबस्तहरूमा समर्पित हुन सकूँ भनेर तेरा धारणाहरू र पुराना प्रकृतिबाट आफैलाई कसरी मुक्त गर्ने। यदि तैँले परमेश्‍वरलाई चिन्‍ने सम्‍बन्धी पाठमा प्रवेश गर्नको लागि जगको रूपमा यी सिद्धान्तहरूलाई प्रयोग गरिस् भने, तेरो ज्ञान झन्-झन् गहन बन्‍नेछ। यदि तँसँग कार्यका तीन चरणको—अर्थात् परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाको बारेमा स्पष्ट ज्ञान छ भने—र यदि तैँले परमेश्‍वरको कार्यका अघिल्‍ला दुई चरणहरूलाई वर्तमान चरणसँग पूर्ण रूपमा सम्‍बन्धित गर्न सक्छस्, र यो एउटै परमेश्‍वरले गर्नुभएको कार्य हो भन्‍ने देख्‍न सक्छस् भने, तँसँग अतुलनीय रूपमा मजबुत जग हुनेछ। कार्यका तीन चरणलाई एउटै परमेश्‍वरले गर्नुभएको थियो; सबैभन्दा ठूलो दर्शन यही नै हो, र परमेश्‍वरलाई चिन्‍ने एउटै मार्ग यही नै हो। कार्यका तीन चरणलाई परमेश्‍वर स्वयम्‌ले मात्र गर्न सक्‍नुहुन्थ्यो, र उहाँको तर्फबाट कुनै पनि मानिसले त्यसो गर्न सक्दैनथियो—भन्‍नुको अर्थ सुरुदेखि आजको दिनसम्‍म परमेश्‍वरले मात्रै उहाँको आफ्‍नो काम गर्न सक्‍नुहुन्थ्यो। परमेश्‍वरको कार्यका तीन चरणहरूलाई फरक-फरक युग र स्थानहरूमा गरिएको भए तापनि, र हरेक चरणको काम फरक भए तापनि, यो सबै एउटै परमेश्‍वरले गर्नुभएको कार्य हो। सबै दर्शनहरूमध्ये, मानिसले जान्‍नुपर्ने सबैभन्दा ठूलो दर्शन यही नै हो, र यदि यसलाई मानिसले पूर्ण रूपमा बुझ्‍न सक्यो भने, ऊ दृढ रूपमा खडा हुन सक्‍नेछ। आज, विभिन्‍न धर्महरू र सम्प्रदायहरूले सामना गरिरहेको सबैभन्दा ठूलो समस्या यो हो कि तिनीहरूलाई पवित्र आत्माको कामबारे थाहा छैन, र तिनीहरूले पवित्र आत्माले गर्नुहुने काम र पवित्र आत्माले नगर्नुहुने काम बीचमा भिन्‍नता छुट्याउन सक्दैनन्—यसकारणले गर्दा, कामको यो चरण पनि कामका गत दुई चरणहरूजस्तै यहोवा परमेश्‍वरले गर्नुभएको हो कि होइन भनेर तिनीहरूले भन्‍न सक्दैनन्। मानिसहरूले परमेश्‍वरलाई पछ्याउने भए तापनि, धेरैजसोले अझै पनि यो सहि मार्ग हो कि होइन भनेर बताउन सक्दैनन्। यो परमेश्‍वर स्‍वयम्‌ले व्यक्तिगत रूपमा अगुवाइ गर्नुभएको मार्ग हो कि होइन, र परमेश्‍वरको देहधारण सत्य हो कि होइन भन्‍ने बारेमा मानिसले अझै चिन्ता गर्छ, र त्यस्ता कुराहरूलाई कसरी छुट्याउने त्यसको बारेमा धेरैजसो मानिसहरूलाई अझै पनि अत्तोपत्तो छैन। परमेश्‍वरलाई पछ्याउनेहरूले मार्गलाई निर्धारित गर्न सक्दैनन्, त्यसकारण, बोलिएका सन्देशहरूले यी मानिसहरूका बीचमा आंशिक प्रभाव मात्रै पार्छ, र ती पूर्ण रूपमा प्रभावकारी हुन सक्दैनन्, त्यसकारण यसले त्यस्ता मानिसहरूको जीवन प्रवेशलाई प्रभाव पार्छ। यदि मानिसले कार्यका तीन चरणमा परमेश्‍वरले नै तिनलाई फरक-फरक समयमा, फरक-फरक स्थानमा, र फरक-फरक मानिसहरूमा अघि बढाउनुभएको हो भन्‍ने देख्‍न सक्छ भने; यदि काम फरक भए पनि, यो सबै एउटै परमेश्‍वरले गर्नुभएको हो, अनि यो एउटै परमेश्‍वरले गर्नुभएको हुनाले, यो पक्‍कै पनि सहि र त्रुटि विहीन हुनुपर्छ, र यो मानिसको धारणाहरू विपरीत भए तापनि, यो एउटै परमेश्‍वरको काम हो भन्‍ने कुरालाई इन्कार गर्न सकिँदैन भन्‍ने मानिसले देख्‍न सक्छ भने—यदि यो एउटै परमेश्‍वरको काम हो भनेर मानिसले सुनिश्‍चितताको साथ भन्‍न सक्छ भने, मानिसका धारणाहरूलाई उल्‍लेख गर्न पनि लायक नछोडीकन सानातिना धारणामा घटाइनेछ। मानिसका दर्शनहरू स्पष्ट नभएकाले, र मानिसले यहोवालाई मात्रै परमेश्‍वरको रूपमा, र येशूलाई प्रभुको रूपमा चिन्‍ने हुनाले, र आजका देहधारी परमेश्‍वरको बारेमा दोधारमा रहेका हुनाले, धेरै मानिसहरू यहोवा र येशूको कार्यमा नै समर्पित छन्, र आजको कामको बारेमा अक्रान्त छन्, धेरैजसो मानिसहरू सधैँ शङ्कालु हुन्छन्, र आजको कामलाई गम्‍भीर रूपमा लिँदैनन्। कार्यका अन्तिम दुई चरणहरूका बारेमा मानिसमा कुनै धारणाहरू छैनन्, जुन अदृश्य थिए। यो यसैले हो किनभने मानिसले कार्यका अन्तिम दुई चरणको वास्तविकतालाई बुझ्दैन, र तिनलाई व्यक्तिगत रूपमा देखेन। यो यसैले हो किनभने कार्यका यी चरणहरूलाई मानिसले देख्‍न नसक्‍ने हुँदा आफूलाई मन परे अनुसार मानिसले कल्‍पना गर्छ; उसले जे निष्कर्ष निकाले तापनि, त्यस्ता कल्‍पनाहरूलाई प्रमाणित गर्ने कुनै तथ्यहरू छैनन्, र तिनलाई सुधार गर्ने कोही छैन। मानिसले कुनै पर्बाह नगरिकन र आफ्‍नो कल्‍पनालाई स्वतन्त्र छोडिदिँदै आफ्‍नो प्राकृतिक गुणलाई बेलगाम छोड्छ, किनभने उसका कल्‍पनाहरूलाई पुष्टि गर्ने कुनै तथ्यहरू हुँदैन, त्यसकारण तिनको कुनै प्रमाण भए पनि नभए पनि, मानिसका कल्‍पनाहरू “तथ्य” बन्छन्। यसरी मानिसले आफ्‍नो मनमा आफैले कल्‍पना गरेको परमेश्‍वरमा विश्‍वास गर्छ, र वास्तविकताको परमेश्‍वरलाई खोजी गर्दैन। यदि एउटा व्यक्तिमा एक प्रकारको आस्था हुन्छ भने, सय जना मानिसहरूमा सय प्रकारका आस्था हुन्छन्। मानिसले परमेश्‍वरको कार्यको वास्तविकतालाई नदेखेको हुनाले, उसले यसलाई आफ्‍ना कानद्वारा मात्रै सुनेको र आफ्‍नो आँखाले नदेखेको हुनाले मानिसमा त्यस्तो आस्था हुन्छ। मानिसले दन्तकथा र कथाहरू सुनेको हुन्छ—तर परमेश्‍वरको कार्यको ज्ञानलाई उसले बिरलै सुनेको हुन्छ। तसर्थ एक वर्षदेखि विश्‍वासी बनेका मानिसहरू तिनीहरूका आफ्‍नै धारणाहरूद्वारा परमेश्‍वरमा विश्‍वास गर्न पुगेका हुन्छन्। आफ्‍नो जीवनभरि परमेश्‍वरमा विश्‍वास गरेका मानिसहरूको हकमा पनि यही कुरा लागू हुन्छ। तथ्यहरूलाई देख्‍न नसक्‍नेहरू परमेश्‍वरका बारेमा रहेका धारणाहरू सहितको विश्‍वासबाट कहिल्यै उम्‍कन सक्‍नेछैनन्। मानिसले आफैलाई आफ्‍ना पुराना धारणाहरूका बन्धनहरूबाट मुक्त गरेको छ र ऊ नयाँ क्षेत्रमा प्रवेश गरेको छ भन्‍ने विश्‍वास गर्छ। के परमेश्‍वरको साँचो मुहारलाई देख्‍न नसक्‍नेहरूको ज्ञान धारणाहरू र हल्‍लाहरू बाहेक केही पनि होइनन् भन्‍ने कुरा मानिसलाई थाहा हुँदैन र? उसका धारणाहरू सही छन् र त्रुटि रहित छन् भन्‍ने मानिसले विचार गर्छ, र उसले यी धारणाहरू परमेश्‍वरबाट आउँछन् भन्‍ने विचार गर्छ। आज, जब मानिसले परमेश्‍वरको काम देख्छ, उसले धेरै वर्षसम्‍म थुप्रिएर बसेका धारणाहरूलाई खुला छोड्छ। विगतका कल्‍पनाहरू र विचारहरू यो चरणको कार्यको निम्ति अवरोध बनेको छ, र त्यस्ता धारणाहरूलाई छोड्न र त्यस्ता विचारहरूलाई खण्डन गर्न मानिसको लागि कठिन भएको छ। आजसम्‍म परमेश्‍वरलाई पछ्याएका धेरैको यो चरणबद्ध कार्य सम्‍बन्धी धारणाहरू अझै बढी गम्‍भीर बनेको छ, र यी मानिसहरूले क्रमिक रूपमा देहधारी परमेश्‍वरप्रति जिद्दी शत्रुता निर्माण गरेका छन्। यो घृणाको स्रोत मानिसका धारणाहरू र कल्‍पनाहरूमा निहित छ। मानिसका धारणा र कल्‍पनाहरू आजको कामको शत्रु बनेको छ, जुन काम मानिसका धारणाहरूका विपरीत छ। तथ्यहरूले मानिसलाई उसका कल्‍पनाहरू बेलगाम छोड्न दिँदैन, यसको साथै यसलाई मानिसले सहजै खण्डन गर्न सक्दैन, र मानिसका धारणा र कल्‍पनाहरू तथ्यहरूको अस्तित्वसँग मिल्दैन, यसको साथै, मानिसले तथ्यहरूको सटीकता र सत्यतालाई विचार गर्दैन, र एकोहोरो रूपमा आफ्‍ना धारणाहरूलाई झोडिदिन्छ र उसको आफ्‍नो कल्‍पनाहरूको प्रयोग गर्छ, ठीक यही कारणले यसो भएको हो। यो मानिसका धारणाहरूको गल्ती हो भनेर मात्रै भन्‍न सकिन्छ, अनि परमेश्‍वरको कामको गल्ती हो भनेर भन्‍न सकिँदैन। मानिसले आफूलाई जस्तो मन लाग्यो त्यस्तै कल्‍पना गर्न सक्छ, तर उसले परमेश्‍वरको कार्यको कुनै पनि चरण वा यसको कुनै पनि भागलाई स्वतन्त्र रूपमा खण्डन गर्न सक्दैन; परमेश्‍वरको कार्यको तथ्यलाई मानिसले तोड्न सक्दैन। तैँले आफ्‍नो कल्‍पनालाई बेलगाम छोड्न सक्छस्, र यहोवा र येशूको कामको बारेमा राम्रो कथाहरू पनि सङ्कलन गर्न सक्छस्, तर यहोवा र येशूको कार्यको हरेक चरणको तथ्यलाई तैँले खण्डन गर्न सक्दैनस्; सिद्धान्त यही हो, र प्रशासनिक आदेश पनि यही हो, अनि तैँले यी विषयहरूका महत्त्वलाई बुझ्‍नुपर्छ। कामको यो चरण मानिसका धारणाहरू अनुरूप छैन, र कामका अघिल्‍ला दुई चरणहरू यस्तो थिएन भन्‍ने मानिसले विश्‍वास गर्छ। आफ्‍नो कल्‍पनामा, मानिसले अघिल्‍ला दुई चरणको काम अवश्य नै आजको काम जस्तो छैन भनेर विश्‍वास गर्छ—तर परमेश्‍वरको कार्यका सिद्धान्तहरू सबै उस्तै छन्, उहाँको काम सधैँ व्यवहारिक हुन्छ, र जुनसुकै युग भए तापनि, उहाँको कार्यको तथ्यलाई प्रतिरोध गर्ने र विरोध गर्ने धेरै मानिसहरूको उदय सधैँ नै हुनेछन् भन्‍ने कुरालाई तैँले कहिल्यै विचार गरेको छस्? आज कामको यो चरणलाई प्रतिरोध गर्ने र विरोध गर्ने सबैले विगतमा पनि परमेश्‍वरको कामलाई विरोध गर्नेथिए भन्‍नेमा कुनै शङ्का छैन, किनभने त्यस्ता मानिसहरू सधैँ नै परमेश्‍वरका शत्रुहरू हुनेछन्। परमेश्‍वरको कार्यको तथ्यलाई जान्‍ने मानिसहरूले कार्यका तीन चरणलाई एउटै परमेश्‍वरको कार्यको रूपमा हेर्नेछन्, र आफ्‍ना धारणाहरूलाई त्याग्‍नेछन्। यी मानिसहरू परमेश्‍वरलाई चिन्‍ने मानिसहरू हुन्, र त्यस्ता मानिसहरू परमेश्‍वरलाई साँचो रूपमा पछ्याउने मानिसहरू हुन्। जब परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन समाप्तितिर आइरहेको हुन्छ, परमेश्‍वरले सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गर्नुहुनेछ। मानिसलाई सृष्टिकर्ताको हातले बनाएको थियो, र अन्त्यमा उहाँले मानिसलाई उहाँको प्रभुत्वमा पूर्ण रूपमा फर्काउनुपर्छ; कार्यका तीन चरणको निष्कर्ष यही हो। आखिरी दिनहरूको कामको चरण, र इस्राएल र यहूदियामा भएका अघिल्‍ला दुई चरणहरू सम्पूर्ण ब्रह्माण्डमा परमेश्‍वरको व्यवस्थापन योजना हुन्। कसैले पनि यसलाई इन्कार गर्न सक्दैन, र परमेश्‍वरको कार्यको तथ्य यही हो। मानिसहरूले यो कामको धेरै भाग अनुभव गरेका वा देखेका छैनन्, तैपनि तथ्यहरू भनेका तथ्यहरू नै हुन्, र यसलाई कुनै पनि मानिसले खण्डन गर्न सक्दैन। ब्रह्माण्डको हरेक देशमा परमेश्‍वरलाई विश्‍वास गर्ने मानिसहरू सबैले कार्यका तीन चरणलाई स्वीकार गर्नेछन्। यदि तँलाई कामको निश्‍चित चरण मात्रै थाहा छ, तर कामको अरू दुई चरणको बारेमा थाहा छैन भने, विगतमा परमेश्‍वरले गर्नुभएको कामलाई तैँले बुझ्दैनस् भने, तैँले परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाको बारेमा बोल्‍न सक्दैनस्, र परमेश्‍वर सम्‍बन्धी तेरो ज्ञान एकतर्फी हुन्छ, किनभने परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले उहाँलाई जान्दैनस् वा बुझ्दैनस्, त्यसकारण तँ परमेश्‍वरको साक्षी दिन योग्य छैनस्। यी कुराहरू सम्‍बन्धी तेरो हालको ज्ञान गहन भए पनि वा सतही भए पनि, आखिरमा, तिमीहरूमा ज्ञान हुनैपर्छ, र पूर्ण रूपमा विश्‍वस्त हुनैपर्छ, अनि सबै मानिसहरूले परमेश्‍वरको कार्यको सम्पूर्णतालाई देख्‍नेछन् र तिनीहरू परमेश्‍वरको प्रभुत्वमा समर्पित हुनेछन्। यो कामको अन्त्यमा, सबै धर्महरू एउटै हुनेछ, सबै सृष्टिहरू सृष्टिकर्ताको प्रभुत्वमा फर्किनेछन्, सबै सृष्टिहरूले एउटै साँचो परमेश्‍वरलाई आराधना गर्नेछन्, र सबै दुष्ट धर्महरू कहिल्यै देखा नपर्ने गरी सुन्यतामा पुग्‍नेछन्।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरका कामको तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २९३

परमेश्‍वरको कामको उद्देश्य, मानिसमा उहाँको कामले हासिल गर्ने प्रतिफल, र मानिसको लागि उहाँको इच्छा खास के हो त्यसलाई बुझ्‍नु: परमेश्‍वरलाई पछ्याउने हरेक व्यक्तिले प्राप्त गर्नु पर्ने यही नै हो। आजकाल सबै मानिसहरूमा भएको कमी भनेको परमेश्‍वरको कामको ज्ञान नहुनु हो। संसारको सृष्टिदेखि वर्तमान समयसम्म, मानिसहरूमा परमेश्‍वरले गर्नुभएका कार्यहरू, परमेश्‍वरका कामको सम्पूर्णता, र मानिसको लागि परमेश्‍वरको इच्छा खास के हो-यी चीजहरू मानिसले न त बुझ्छ न त बोध गर्छ। यो अपर्याप्तता धार्मिक दुनियाँभरि मात्र होइन कि, परमेश्‍वरमा विश्‍वास गर्ने अन्य सबैमा पनि देखिन्छ। जब तैँले साँच्चिकै परमेश्‍वरलाई देख्‍ने, तैँले यथार्थमै उहाँको बुद्धिको सराहना गर्ने, तैँले परमेश्‍वरले गर्नुभएका सबै कार्यहरू देख्‍ने, तैँले परमेश्‍वर जे हुनुहुन्छ र उहाँसँग जे छ त्यो चिन्‍ने दिन आउँछ—जब तैँले उहाँको उदारता, बुद्धि, आश्‍चर्यता, र मानिसहरूमा उहाँले गर्नुभएका सबै देखेको हुन्छस्—त्यसपछि मात्र परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले सफलता प्राप्त गरेको हुनेछस्। जब परमेश्‍वर सर्व-व्यापी र सर्व-उदार हुनुहुन्छ भनिन्छ, कुन तरिकाले उहाँ सर्व-व्यापी हुनुहुन्छ, र कुन तरिकाले उहाँ सर्व-उदार हुनुहुन्छ? यदि तैँले यो बुझ्‍दैनस् भने, तँ परमेश्‍वरलाई विश्‍वास गर्न योग्य हुन सक्नेछैनस्। धार्मिक दुनियाँका ती व्यक्तिहरू परमेश्‍वरका विश्‍वासीहरू होइनन् तर कुकर्मीहरू हुन्, दियाबलसकै वर्गका हुन् भनेर म किन भन्छु? जब म तिनीहरू कुकर्मीहरू हुन् भनी भन्छु, यसको कारण हो, उनीहरू परमेश्‍वरको इच्छा बुझ्दैनन् र उहाँको बुद्धि देख्न असमर्थ छन्। परमेश्‍वरले कुनै पनि बेला उनीहरूलाई आफ्नो काम प्रकट गर्नुहुन्‍न। उनीहरू अन्धा छन्; उनीहरूले परमेश्‍वरका कार्यहरू देख्न सक्दैनन्, उनीहरू परमेश्‍वरद्वारा त्यागिएका छन्, र उनीहरूमा परमेश्‍वरको हेरचाह र सुरक्षाको पूर्णरूपमा अभाव छ, पवित्र आत्माको कामको त उल्लेखै नगरौं। परमेश्‍वरको काम विहीनहरू सबै कुकर्मीहरू हुन् र परमेश्‍वरका विरोधीहरू हुन्। मैले उल्‍लेख गर्ने परमेश्‍वरका विरोधीहरूले तिनीहरूलाई जनाउँछ जसले परमेश्‍वरलाई चिन्दैनन्, जसले आफ्ना ओठहरूले परमेश्‍वरलाई स्वीकार गर्छन् तर पनि उहाँलाई चिन्दैनन्, जो परमेश्‍वरलाई पछ्याउँछन् र तर पनि उहाँको आज्ञापालन गर्दैनन्, र जो परमेश्‍वरको अनुग्रहमा आमोद-प्रमोद गर्छन् तर पनि उहाँको साक्षीको रूपमा खडा हुन सक्दैनन्। परमेश्‍वरको कामको उद्देश्यको बुझाई विना वा मानिसमा परमेश्‍वरले गर्नुहुने कामको बुझाई विना, ऊ परमेश्‍वरको इच्छा अनुसार हुन सक्दैन, न त ऊ परमेश्‍वरको साक्षीको रूपमा खडा हुन नै सक्छ। मानिसले परमेश्‍वरको विरोध गर्ने कारण एकातिर, उसको भ्रष्ट स्वभावबाट, र अर्कोतिर, परमेश्‍वर सम्‍बन्धी उसको अज्ञानताबाट र परमेश्‍वरले जुन सिद्धान्तहरूद्वारा काम गर्नुहुन्छ त्यसको र मानिसको लागि उहाँको इच्छा के छ त्यसको बुझाइको अभावबाट उत्पन्न हुन्छ। यी दुई पक्षहरूले, सँगै, परमेश्‍वर विरुद्ध मानिसको प्रतिरोधको इतिहासलाई निर्माण गर्छ। विश्‍वासमा नयाँ हुनेहरूले परमेश्‍वरको विरोध गर्छन् किनकि यस्ता विरोध उनीहरूको प्रकृतिभित्रै हुन्छ, यद्यपि विश्‍वासमा धेरै वर्ष रहेकाहरूले परमेश्‍वरलाई गर्ने विरोध उनीहरूको भ्रष्ट स्वभावका अतिरिक्त उहाँ सम्‍बन्धी उनीहरूको अज्ञानताबाट निस्कन्छ। परमेश्‍वर देहधारी हुनुभन्दा अघिको समयमा, मानिसले परमेश्‍वरको विरोध गरे नगरेको मापन स्वर्गमा परमेश्‍वरले घोषणा गर्नुभएका आदेशहरूलाई उसले मान्यो कि मानेन त्यसमा आधारित हुन्थ्यो। उदाहरणको लागि, व्यवस्थाको युगमा, जसले यहोवाका व्यवस्था पालन गर्दैनथ्यो उसलाई परमेश्‍वरको विरोध गर्ने ठानिन्थ्यो; जसले यहोवाका भेटीहरू चोरी गर्थ्यो, वा जो यहोवाको निगाह प्राप्त गरेकाहरू विरुद्ध उभिन्थ्यो, उसलाई परमेश्‍वरको विरोध गर्ने व्यक्ति मानिन्थ्यो र ढुङ्गाले हानेर मारिन्थ्यो; जसले आफ्ना बाबु-आमालाई आदर गर्दैनथियो, र जसले अर्कोलाई हिर्काउथ्यो वा श्राप दिन्थ्यो, उसलाई व्यवस्था पालन नगर्ने व्यक्ति मानिन्थ्यो। र ज-जसले यहोवाका नियमहरू पालन गर्दैनथिए उनीहरूलाई उहाँ विरुद्ध खडा हुनेहरूको रूपमा लिइन्थ्यो। अनुग्रहको युगमा उप्रान्त त्यस्तो रहेन, जो येशू विरुद्ध उभिन्थ्यो उसलाई परमेश्‍वरको विरुद्ध उभिएको मानिएन, र येशूद्वारा बोलिएका वचनहरू पालन नगर्नेलाई परमेश्‍वर विरुद्ध उभिएको मानिएन। यो समयमा, परमेश्‍वरको विरोधलाई परिभाषित गरिएको तरीका बढी यथार्थ र बढी व्यावहारिक भयो। त्यो समयमा जब परमेश्‍वर अझसम्म देहधारी हुनुभएको थिएन त्यस बेला, मानिसले परमेश्‍वरको विरोध गरे नगरेको मापन मानिसले स्वर्गमा हुनुहुने अदृश्य परमेश्‍वरलाई आराधना गर्यो कि गरेन र खोजी गर्यो कि गरेन त्यसमा आधारित हुन्थ्यो। त्यो समयमा परमेश्‍वरको विरोधलाई परिभाषित गर्ने तरीका त्यति व्यवहारिक थिएन, किनकि मानिसले परमेश्‍वरलाई देख्न सक्दैनथियो, न त परमेश्‍वरको प्रतिरूप कस्तो छ, वा उहाँले कसरी काम गर्नुहुन्छ र बोल्नुहुन्छ भन्‍ने नै उसलाई थाहा थियो। परमेश्‍वरको बारे मानिसमा कुनै धारणा थिएन, र उसले अस्पष्ट रूपले परमेश्‍वरमा विश्‍वास गर्थ्यो, किनकि परमेश्‍वर मानिसको अघि अझसम्म प्रकट हुनुभएको थिएन। तसर्थ, मानिसले उसको कल्पनामा परमेश्‍वरमा जसरी विश्‍वास गरे पनि, परमेश्‍वरले मानिसलाई निन्दा गर्नुभएन वा उसबाट अति धेरै अपेक्षाहरू राख्नुभएन, किनकि मानिस परमेश्‍वरलाई देख्न पूर्णतः असमर्थ थियो। जब परमेश्‍वर देहधारी हुनुहुन्छ र मानिसहरूबीच काम गर्न आउनुहुन्छ, सबैले उहाँलाई देख्छन् र उहाँका वचनहरू सुन्छन्, र सबैले ती कार्यहरू देख्छन् जुन परमेश्‍वरले उहाँको देहधारी शरीरभित्रबाट गर्नुहुन्छ। त्यो क्षणमा, मानिसका सबै धारणाहरू फिँजजस्तै बन्छन्। जसले परमेश्‍वर शरीरमा प्रकट हुनुभएको देखेका छन्, यदि उनीहरूले स्वेच्छाले उहाँको आज्ञा पालन गर्छन् भने तिनीहरूलाई दोषी ठहराइनेछैन, जब कि उद्देश्यपूर्ण तरिकाले उहाँको विरुद्ध खडा हुनेहरूलाई परमेश्‍वरको विरोधी ठानिने छ। यस्ता मानिसहरू ख्रीष्ट विरोधी, शत्रुहरू हुन् जो जानीबूझी परमेश्‍वरको विरुद्ध उभिन्छन्। जो परमेश्‍वरबारे धारणाहरू मनमा राख्छन् तर उहाँको आज्ञापालन गर्न अझै तत्पर र इच्छुक हुन्छन्, उनीहरूलाई दोषी ठहराइनेछैन। परमेश्‍वरले मानिसलाई उसका अभिप्रायहरू र व्यवहारका आधारमा दोषी ठहराउनुहुन्छ, उसका सोचाइहरू र विचारहरूका आधारमा कहिल्यै त्यसो गर्नुहुन्‍न। यदि परमेश्‍वरले मानिसलाई उसका सोचाइहरू र विचारहरूका आधारमा निन्दा गर्नुहुन्थ्यो भने, परमेश्‍वरका क्रोधित हातहरूबाट एक जना पनि फुत्किन सक्दैनथियो। देहधारी परमेश्‍वरको विरुद्ध जानीबूझी खडा हुनेहरू आफ्ना अनाज्ञाकारीताको लागि दण्डित हुनेछन्। परमेश्‍वर विरुद्ध जानीबूझी उभिने यस्ता मानिसहरूको सम्बन्धमा, उनीहरूको प्रतिरोध यो तथ्यबाट उत्पन्न हुन्छ कि परमेश्‍वरबारे उनीहरूले मनमा धारणा राख्छन्, जसले उनीहरूलाई परमेश्‍वरको काम अवरोध गर्ने काम गर्ने तुल्याउँछ। यी मानिसहरूले परमेश्‍वरको कामलाई जानाजान अवरोध र नष्ट गर्छन्। उनीहरूसँग परमेश्‍वरबारे धारणाहरू मात्र हुँदैन, तर उनीहरू उहाँको कामलाई अवरोध गर्ने क्रियाकलापहरूमा समेत संलग्न हुन्छन्, र यही कारणले यस प्रकारका मानिसहरू दोषी ठहरिनेछन्। जसले जानीबूझी परमेश्‍वरको कामलाई अवरोध गर्दैनन् उनीहरू पापीको रूपमा दोषी ठहरिनेछैनन्, किनकि उनीहरू स्वेच्छाले आज्ञा पालन गर्छन् र अवरोध र बाधा पैदा गर्ने क्रियाकलापहरूमा संलग्न हुँदैनन्। यस्ता मानिसहरूलाई दोषी ठहराइनेछैन। तथापि, जब मानिसहरूले परमेश्‍वरका कामको अनुभव धेरै वर्षदेखि गरेका हुन्छन्, यदि उनीहरू निरन्तर रूपमा परमेश्‍वरबारे मनमा धारणाहरू राख्छन् र देहधारी परमेश्‍वरको कामलाई बुझ्न सक्दैनन् भने, र यदि, जति धेरै वर्ष उनीहरूले उहाँको कामलाई अनुभव गरेका भए पनि, उनीहरू परमेश्‍वरबारे धारणाहरूले निरन्‍तर भरिन्छन् र अझै उहाँलाई बुझ्न सक्दैनन् भने, यदि उनीहरू अवरोधजनक क्रियाकलापहरूमा संलग्न नभए पनि, उनीहरूको हृदय परमेश्‍वरबारे धेरै धारणाहरूले भरिएका छन्, र यदि ती धारणाहरू प्रस्ट भएनन् भने पनि, यस प्रकारका मानिसहरू परमेश्‍वरको कामको लागि कुनै प्रयोगका हुँदैनन्। उनीहरू परमेश्‍वरको लागि सुसमाचार फैलाउन वा उहाँको साक्षीको रूपमा खडा हुन असमर्थ छन्। यस प्रकारका मानिसहरू बेकामका र अल्पबुद्धिका हुन्छन्। उनीहरूले परमेश्‍वरलाई चिन्दैनन्, यसका अलाबा उहाँ बारेका उनीहरूका धारणाहरू फाल्न पूर्ण रूपमा असमर्थ छन्, त्यसैले उनीहरू दोषी ठहरिन्छन्। यसलाई यसप्रकार भन्न सकिन्छ: विश्‍वासमा नयाँ हुनेहरूले परमेश्‍वरबारे धारणाहरू लिनु वा उहाँबारे केही पनि नजान्‍नु सामान्य कुरा हो, तर जसले परमेश्‍वरमा धेरै वर्षदेखि विश्‍वास गरेको छ र उहाँका असल कामको अनुभव गरेको छ, यस्ता व्यक्तिले धारणाहरूलाई निरन्तर पक्रिराख्‍नु सामान्य हुँदैन, र यस्ता व्यक्तिहरूले परमेश्‍वरका बारे कुनै ज्ञान नराख्नु अझ कम सामान्य हुनेछ। किनभने उनीहरूलाई सामान्य स्थितिमा दोषी ठहराइँदैन। यी असामान्य मानिसहरू सबै फोहोर हुन्; यिनीहरू परमेश्‍वरलाई सबैभन्दा धेरै विरोध गर्नेहरू हुन् र जसले व्यर्थमा परमेश्‍वरको अनुग्रह उपभोग गरेका छन्। यस्ता सबै मानिसहरूलाई अन्त्यमा हटाइनेछ!

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई नचिन्‍ने सबै मानिसहरू परमेश्‍वरको विरोध गर्ने मानिसहरू हुन्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २९४

परमेश्‍वरको कार्यको उद्देश्य नबुझ्ने व्यक्ति भनेकै उहाँको विरोध गर्ने व्यक्ति हो र परमेश्‍वरको कार्यको उद्देश्य बुझिसकेर पनि परमेश्‍वरलाई सन्तुष्ट पार्न नखोज्ने व्यक्तिलाई अझ बढी विरोधी मान्नुपर्छ। भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू पनि छन् तर तिनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कार्यको उद्देश्य बुझेका हुँदैनन्। तिनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई जान्न सक्षम छैन, तिनीहरूमध्ये कोही परमेश्‍वरको इच्छामा एकचित्त हुने बारेमा त कुरै नगरौं। तिनीहरू सबै जना परमेश्‍वरलाई प्रवचन सुनाउन उचाइमा उभिएका व्यर्थका, दुष्ट मानिसहरू हुन्। तिनीहरूले परमेश्‍वरको ध्वजा बोके तापनि जानीबुझीकनै परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरमा विश्‍वास भएको दाबी गर्दै तिनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिसहरू मान्छेको आत्मा विनाश गर्ने दियाबलसहरूको मालिक हो, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूको बाटोमा जानाजान आउने दुष्टात्माहरू हुन्, र परमेश्‍वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधाअड्चनहरू हुन्। तिनीहरू “स्वस्थ विधान” का जस्तो लाग्न सक्छन् तर ‍तिनीहरू मानिसहरूलाई परमेश्‍वर विरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्ट विरोधीहरू बाहेक केही होइनन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? तिनीहरू मानव आत्मा विनाश गर्नमा समर्पित जीवित शैतानहरू हुन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? परमेश्‍वरको उपस्थितिमा आफूलाई उच्च सम्मान गर्ने व्यक्तिहरू नै सबैभन्दा नीच मान्छेहरू हुन् भने आफूलाई विनम्रताका साथ पेश गर्नेहरू सबैभन्दा सम्मानित व्यक्तिहरू हुन्। अनि परमेश्‍वरको कामको बारेमा जान्दछु भनी ठान्नेहरू र अझ भन्ने हो भने उहाँलाई सोझै हेर्दै अन्य मानिसहरूमाझ ठूलै तामझामको साथमा परमेश्‍वरको कामको बारेमा घोषणा गर्न सक्षम छु भनी ठान्नेहरू सबैभन्दा अज्ञानी मान्छेहरू हुन्। त्यस्ता मान्छेहरूसँग परमेश्‍वरको गवाही हुँदैन, तिनीहरू घमण्डी र अहङ्कारले भरिएका हुन्छन्। परमेश्‍वरको बारेमा वास्तविक अनुभव र व्यवहारिक ज्ञान हुँदाहुँदै पनि आफूसँग उहाँको बारेमा एकदमै कम मात्र ज्ञान छ भनी विश्‍वास गर्नेहरू नै उहाँद्वारा सबैभन्दा बढी प्रेम गरिने व्यक्तिहरू हुन्। त्यस्ता व्यक्तिहरूसँग मात्र वास्तवमै परमेश्‍वरको गवाही हुन्छ र तिनीहरू मात्र वास्तवमै परमेश्‍वरद्वारा सिद्ध पार्न सकिने हुन्छन्। परमेश्‍वरको इच्छा नबुझ्नेहरू परमेश्‍वरका विरोधीहरू हुन्; परमेश्‍वरको इच्छा बुझेर पनि सत्यको अभ्यास नगर्नेहरू परमेश्‍वरका विरोधीहरू हुन्; परमेश्‍वरका वचनहरू खाने-पिउने गरे पनि परमेश्‍वरका वचनहरूको सारको विरुद्ध जानेहरू परमेश्‍वरका विरोधीहरू हुन्; देहधारी परमेश्‍वरको बारेमा धारणा भएका साथै विद्रोहमा संलग्न हुने मन भएकाहरू परमेश्‍वरका विरोधीहरू हुन्; परमेश्‍वरको निन्दा गर्नेहरू परमेश्‍वरका विरोधीहरू हुन्; र परमेश्‍वरको बारेमा जान्न नसक्ने वा उहाँको साक्षी बन्न नसक्ने जोकोही परमेश्‍वरको विरोधी हो। त्यसैले म तिमीहरूलाई आग्रह गर्छु: यदि तिमीहरूलाई साँच्चै नै यो मार्गमा हिँड्न सक्छु भन्ने विश्‍वास लाग्छ भने निरन्तर यहीँ बाटो पछ्याइराख। तर यदी तिमीहरूले परमेश्‍वरको विरोध गर्नबाट आफूलाई रोक्न सक्‍दैनौ भने तिमीहरू धेरै ढिलो हुनुअगावै अन्यत्र लाग्नु श्रेयस्कर हुन्छ। अन्यथा, तिमीहरूको लागि स्थिति नराम्रो हुने सम्भावना एकदमै धेरै हुन्छ, किनभने तिमीहरूको स्वभाव अति भ्रष्ट छ। बफादारीता वा आज्ञापालन, धार्मिकता वा सत्य चाहना गर्ने हृदय, वा परमेश्‍वरप्रतिको प्रेम त तिमीहरूसँग थोपै छैन। परमेश्‍वरको अगाडि तिमीहरूको परिस्थिति पूर्ण रूपमा कवाडखानाको जस्तो छ भनेर भन्न सकिन्छ। आफूले पालना गर्नुपर्ने कुरा पालना गर्न तिमीहरू सक्दैनौ र भन्नुपर्ने कुराहरू भन्न सक्दैनौ। तिमीहरूले जुन कुरालाई अभ्यासमा ल्याउनुपर्थ्यो, सो कुरालाई अभ्यासमा ल्याउन तिमीहरू चुकेका छौ; अनि जुन कार्य तिमीहरूले पूरा गर्नुपर्थ्यो, सो कार्य पूरा गर्न तिमीहरू असक्षम भएका छौ। तिमीहरूसँग हुनुपर्ने बफादारीता, विवेक, आज्ञाकारिता, वा संकल्प तिमीहरूमा छैन। कष्ट सहन गर्नु तिमीहरूको उत्तरदायित्व भए पनि तिमीहरूले त्यस्तो कष्ट सहन गरेका छैनौ र तिमीहरूमा हुनुपर्ने विश्‍वास तिमीहरूसँग छैन। एकदमै सरल रूपमा भन्दा, तिमीहरू पूर्ण रूपमा गुणविहीन छौ: तिमीहरूलाई बाँचिराख्न लाज लाग्दैन? म तिमीहरूलाई सम्झाउन चाहन्छु, कि तिमीहरूले अनन्त विश्रामको लागि आँखा चिम्लनु उत्तम हुन्छ, जसबाट परमेश्‍वर तिमीहरूको खाताको बारेमा चिन्ता गर्न वा तिमीहरूको लागि कष्ट सहन गर्नबाट बच्नुहुनेछ। तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्छौ तैपनि तिमीहरूलाई उहाँको इच्छाको बारेमा थाहा छैन; तिमीहरू परमेश्‍वरका वचनहरू खान्छौ-पिउँछौ तैपनि परमेश्‍वरले मान्छेले गर्नैपर्ने भनेर आवश्यक गर्नुभएका कुराहरू पालन गर्न सक्दैनौ। तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्छौ तैपनि तिमीहरूलाई उहाँको बारेमा थाहा छैन, अनि तिमीहरू प्रयत्न गर्नुपर्ने कुनै लक्ष्यविना नै, कुनै मू्ल्यविना नै, कुनै अर्थविना नै जिउँछौ। तिमीहरू मानव प्राणीको रूपमा जिउँछौ तैपनि तिमीहरूमा अलिकति पनि विवेक, सच्चरित्रता, वा विश्‍वसनीयता छैन—के तिमीहरू ‍अझै आफूलाई मानव प्राणी भन्न सक्छौ? तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्छौ तैपनि तिमीहरू उहाँलाई धोका दिन्छौ; अझ भन्ने हो भने, तिमीहरू परमेश्‍वरको पैसा लिन्छौ र उहाँको लागि चढाइएका भेटीहरू आफै खान्छौ। त्यसपछि पनि, अन्त्यमा अझै परमेश्‍वरका भावनाहरूको बारेमा अलिकति मात्र विचार गर्न वा उहाँप्रति विवेक दर्शाउन पनि चुक्छौ। तिमीहरू परमेश्‍वरले अनिवार्य गर्नुभएका कुराहरूमध्येको सबैभन्दा मामुली कुरा पनि पूरा गर्न सक्दैनौ। के तिमीहरू ‍अझै आफूलाई मानव प्राणी भन्न सक्छौ? परमेश्‍वरले तिमीहरूलाई प्रदान गर्नुभएको खाना खाएर पनि र उहाँले तिमीहरूलाई दिनुभएको प्राणवायु श्‍वासप्रश्‍वास गरेर पनि, उहाँको अनुग्रह उपभोग गरेर पनि अन्त्यमा तिमीहरूसँग परमेश्‍वरको बारेमा अलिकति पनि ज्ञान छैन। यसको विपरीत, तिमीहरू परमेश्‍वरको विरोध गर्ने बिकामेहरू बनेका छौ। के त्यसले तपाईंलाई कुकुरभन्दा पनि नीच स्तरको जन्तु बनाउँदैन र? जनावरहरूमा, के तिमीहरूभन्दा बढी दुष्ट अन्य कुनै जनावर छ त?

उच्च प्रवचन मञ्चमा उभिएर अरूलाई पढाउने पाष्टरहरू र एल्डरहरू परमेश्‍वरका विरोधीहरू अनि शैतानका बन्धुहरू हुन्; उच्च प्रवचन मञ्चमा नउभिने अरूलाई नपढाउने तिमीहरू परमेश्‍वरका अझ ठूला विरोधीहरू हुन सक्दैनौ र? के तिमीहरू तिनीहरूभन्दा बढी शैतानसँगको गुटबन्दीमा छैनौ र? परमेश्‍वरको कार्यको उद्देश्य नबुझ्नेहरूले कसरी परमेश्‍वरको इच्छाअनुरूप एकचित्त हुने भन्ने बारेमा जान्दैनन्। निश्चय पनि उहाँको कार्यको उद्देश्य बुझ्नेहरूले परमेश्‍वरको इच्छाअनुरूप एकचित्त हुन जान्दैनन् भन्ने हुन सक्दैन। परमेश्‍वरको कार्य कहिल्यै पनि गल्तीमा हुँदैन; बरु मान्छेले गर्ने अनुसरण प्रयत्न चाहिँ त्रुटिपूर्ण हुन्छ। जानीबुझीकनै परमेश्‍वरको विरोध गर्ने ती चरित्रहीन व्यक्तिहरू पाष्टरहरू र एल्डरहरूभन्दा पनि बढी पापी र दुरासायी छैनन् र? परमेश्‍वरको विरोध गर्नेहरू धेरै छन्, तर तीमध्येमा तिनीहरूले परमेश्‍वरको विरोध गर्ने तरिकाहरू पनि धेरै छन्। सबै खाले तौरतरिका भएका विश्‍वासीहरू भए जस्तै परमेश्‍वरको विरोध गर्नेहरू पनि सबै खाले तौरतरिकाकै छन्, र तिनीहरू हरेक व्यक्ति अर्को व्यक्तिभन्दा फरक छन्। परमेश्‍वरको कार्यलाई स्पष्टसँग पहिचान गर्न नसक्ने एक जनालाई पनि बचाउन सकिँदैन। विगतमा मान्छेले जे-जसरी परमेश्‍वरको विरोध गरेको भए तापनि जब उसले परमेश्‍वरको कार्यको उद्देश्य बुझ्छ र आफ्ना प्रयत्नहरू परमेश्‍वरलाई सन्तुष्ट पार्नमा समर्पित गर्छ, तब परमेश्‍वरले उसका पहिलेका सबै पापहरू पुछेर सफा पारिदिनुहुनेछ। मान्छेले जबसम्म सत्यको खोजी गरिरहन्छ र सत्यको अभ्यास गरिरहन्छ, तबसम्म परमेश्‍वरले उसले के गरेको छ भन्ने कुरालाई ध्यान दिनुहुन्न। अझ भन्ने हो भने, मान्छेले गर्ने सत्यको अभ्यासको आधारमा परमेश्‍वरले उसलाई धर्मी ठहर्याउनुहुन्छ। परमेश्‍वरको धार्मिकता यही नै हो। मान्छेले परमेश्‍वरलाई देख्नुअघि वा उहाँको कार्यको अनुभव गर्नुअघि, मान्छेले परमेश्‍वरप्रति जे-जसरी कार्य गरे तापनि, उहाँले यी कुरालाई ध्यान दिनुहुन्न। तथापि, मान्छेले परमेश्‍वरलाई देखिसकेपछि वा उहाँको कार्यको अनुभव गरिसकेपछि, मान्छेले गरेका सबै काम र कार्यवाहीहरूलाई परमेश्‍वरले “इतिहास पुस्तक” मा प्रविष्ट गराउनुहुनेछ, किनभने मान्छेले परमेश्‍वरलाई देखिसक्‍नुभएको हुन्छ र उहाँको कार्यमाझ बाँचिसकेको हुन्छ।

मान्छेले परमेश्‍वरसँग के-के छन् र परमेश्‍वर के हुन् भनेर साँच्चिकै देखिसकेपछि, उसले उहाँको सर्वोच्चता देखिसकेपछि, र उसले परमेश्‍वरको कामको बारेमा साँच्चिकै थाहा पाइसकेपछि, र अझ भन्ने हो भने, मान्छेको पुरानो स्वभाव परिवर्तन भइसकेपछि, मान्छेले परमेश्‍वरको विरोध गर्ने आफ्नो विद्रोही स्वभावलाई पूर्ण रूपमा परित्याग गरिसकेको हुनेछ। यो भन्न सकिन्छ कि हरेक व्यक्तिले कुनै न कुनै समयमा परमेश्‍वरको विरोध गरेको हुन्छ र हरेक व्यक्तिले कुनै न कुनै समयमा परमेश्‍वर विरुद्ध विद्रोह गरेको हुन्छ। तथापि, यदि तैँले इच्छुक भई देहधारी परमेश्‍वरको आज्ञापालन गर्छस् र यस समयदेखि परमेश्‍वरको हृदयलाई बफादारीताद्वारा सन्तुष्ट पार्छस् भने, तैँले अभ्यास गर्नुपर्ने सत्यको अभ्यास गर्छस् भने, तैँले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्छस् भने, र तैँले पालना गर्नुपर्ने नियमहरू पालना गर्छस् भने, तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो विद्रोही स्वभावलाई परित्याग गर्न इच्छुक र परमेश्‍वरले सिद्ध पार्न सक्‍नुहुने व्यक्ति होस्। यदि तँ ढिपी गर्दै आफ्ना गल्तीहरू हेर्न अस्वीकार गर्छस् र आफै पश्‍चाताप गर्ने कुनै इच्छा राख्दैनस् भने, परमेश्‍वरसँग सहकार्य गर्ने वा उहाँलाई सन्तुष्ट पार्ने थोरै पनि इच्छा नराखीकनै आफ्नो विद्रोही व्यवहारलाई निरन्तरता दिन्छस् भने तँ जस्तो हठी र असुधार्य व्यक्तिलाई निश्चय रूपमा सजाय हुनेछ र त्यस्तो व्यक्ति कहिल्यै पनि परमेश्‍वरद्वारा सिद्ध पार्न सकिने व्यक्ति हुनेछैन। यस्तो हुने हुनाले, तँ आज परमेश्‍वरको दुस्मन होस् र भोलि पनि तँ परमेश्‍वरकै दुस्मन हुनेछस्, र यसरी नै पछि पनि परमेश्‍वरको दुस्मन नै रहिरहनेछस्; तँ सदैव परमेश्‍वरको विरोधी र परमेश्‍वरको दुस्मन हुनेछस्। यस्तो अवस्थामा, सम्भवत कसरी परमेश्‍वरले तँलाई छाड्नहुन्छ र? परमेश्‍वरको विरोध गर्नु मान्छेको प्रकृति हो, तर मान्छेले आफ्नो प्रकृति बदल्नु असम्भव छ हो भन्दैमा जानाजान परमेश्‍वरको विरोध गर्ने “रहस्य” को खोजी गर्नु हुँदैन। यदि त्यस्तो अवस्था थियो भने, आफ्नो भावी सजाय कठोर नहोस् र आफ्नो पाशविक प्रकृति बाहिर आई आखिरमा परमेश्‍वरद्वारा आफ्नो देहीय शरीर समाप्त पार्नु अघिसम्म नियन्त्रण गर्नै नसकिने अवस्था नबनोस् भन्‍नका खातिर तैँले ढीला हुनुअगावै अन्यत्र लाग्नुपर्थ्यो। तैँले आशीषहरू प्राप्त गर्नलाई परमेश्‍वरमा विश्‍वास गर्छस्; तर यदि आखिरमा तँलाई दुर्भाग्य मात्रै आइलाग्यो भने, के त्यो लज्जास्पद हुँदैन र? म तिमीहरूलाई आग्रह गर्छु कि तिमीहरूले अर्को योजना बनाउनु बेस हुन्छ। परमेश्‍वरमा विश्‍वास गर्नेभन्दा तिमीहरूले गर्न सक्ने अन्य जुनसुकै कुरा गर्नु बेस हुन्छ: निश्चित रूपमा बाटो यही मात्रै हो भनेर भन्‍न सकिँदैन। यदि तिमीहरूले सत्यको खोजी गरेनौ भने पनि तिमीहरू निरन्तर बाँचिरहने थिएनौ र? किन तिमीहरू परमेश्‍वरसँग यस प्रकारको मतभेदमा रहनुपर्छ र?

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई नचिन्‍ने सबै मानिसहरू परमेश्‍वरको विरोध गर्ने मानिसहरू हुन्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २९५

मैले मानिसको बीचमा धेरै काम गरेको छु, जुन अवधिमा मैले धेरै वचनहरू पनि व्यक्त गरेको छु। यी सबै वचनहरू मानिसको मुक्तिको खातिर हुन् र मानिस मेरो निम्ति उपयुक्त बन्‍न सकोस् भनेर ती व्यक्त गरिएका थिए। तैपनि, मैले पृथ्वीमा केही मानिसहरूलाई मात्रै प्राप्त गरेको छु, जो मेरो निम्ति उपयुक्त छन्, त्यसैले म के भन्छु भने मानिसले मेरा वचनहरूलाई बहुमूल्य ठान्दैन—यसको कारण हो मानिस मेरो निम्ति उपयुक्त नहुनु। यसरी, मैले गर्ने काम मानिसले मेरो आराधना गर्न सकोस् भनेर मात्रै होइन; अझै महत्त्वपूर्ण कुरा, मानिस मेरो निम्ति उपयुक्त बन्‍न सकोस् भनेर यसो गरिएको हो। मानिस भ्रष्ट पारिएको छ र शैतानको फन्दामा जिउँछ। सबै मानिसहरू शरीरमा जिउँछन्, स्वार्थी इच्‍छाहरूमा जिउँछन्, र तिनीहरूका बीचमा मप्रति उपयुक्त एक जना पनि छैन। मेरो निम्ति उपयुक्त छु भन्‍ने मानिसहरू छन्, तर त्यस्ता मानिसहरूले अज्ञात मूर्तिहरूको पूजा गर्छन्। तिनीहरूले मेरो नामलाई पवित्र भनी स्वीकार गरे तापनि, मभन्दा विपरीत दिशातर्फ बढ्ने मार्गमा तिनीहरू पाइला चाल्छन्, र तिनीहरूका वचनहरू अहङ्कार र आत्मविश्‍वासले भरिएका छन्। यसको कारण हो, मूल रूपमा तिनीहरू मेरो विरुद्धमा हुनु र मेरो निम्ति उपयुक्त छैनन्। हरेक दिन, तिनीहरूले बाइबलमा मेरो निसानाहरू खोज्छन् र जथाभाबी “उपयुक्त” खण्डहरू भेट्छन् जसलाई तिनीहरूले अटुट रूपमा पढ्छन् र धर्मशास्‍त्रका रूपमा पाठ गर्छन्। मेरो निम्ति कसरी उपयुक्त हुने सो तिनीहरूलाई थाहा छैन न त मेरो विरुद्धमा खडा हुनु भनेको के हो सो नै तिनीहरूलाई थाहा छ। तिनीहरू खालि अन्धाधुन्ध धर्मशास्‍त्रका खण्डहरू पढ्छन्। तिनीहरूले कहिल्यै नदेखेका र देख्न असक्षम भएका अस्पष्ट परमेश्‍वरलाई बाइबलभित्र सीमित गर्छन् र फुर्सतमा हेर्न यसलाई निकाल्छन्। तिनीहरूले बाइबलको क्षेत्रभित्र मात्रै मेरो अस्तित्वमा विश्‍वास गर्छन्, र तिनीहरूले मलाई बाइबलसँग समान मान्छन्; बाइबलविना म हुँदिन, र मविना बाइबल हुँदैन। मेरो अस्तित्व वा मेरा कार्यहरूलाई तिनीहरूले ध्यानै दिँदैनन्, तर यसको साटो धर्मशास्‍त्रका एक-एक शब्‍दलाई अत्याधिक र विशेष ध्यान दिन्छन्। धर्मशास्‍त्रले भविष्यवाणी नगरेसम्म मैले चाहेअनुसार केही पनि गर्नु हुँदैन भनी धेरैले पनि विश्‍वास गर्छन्। तिनीहरूले धर्मशास्‍त्रलाई अत्याधिक महत्त्व दिन्छन्। के भन्‍न सकिन्छ भने तिनीहरूले वचनहरू र अभिव्यक्तिहरूलाई यति हदसम्‍म महत्त्वपूर्ण देख्छन् कि मैले बोल्‍ने हरेक शब्‍दलाई मापन गर्न र मलाई दोष दिन तिनीहरूले बाइबलका पदहरू प्रयोग गर्छन्। तिनीहरूले खोज्‍ने कुरा मप्रति अनुकूल हुने मार्ग वा सत्यतासँग अनुकूल हुने मार्ग होइन, तर बाइबलका वचनहरूप्रति अनुकूल हुने मार्ग हो, र बाइबलसँग नमिल्‍ने जुनसुकै कुरा मेरो काम होइन, कुनै आपत्तिविना विश्‍वास गर्छन्। के यस्ता मानिसहरू फरिसीहरूका कर्तव्यनिष्ठा सन्तान होइनन् र? यहूदी फरिसीहरूले येशूलाई दोषी ठहर्‍याउन मोशाको व्यवस्था प्रयोग गरे। तिनीहरूले त्यो समयमा येशूसँग अनुकूल हुने प्रयास गरेनन्, तर तिनीहरूले यति हदसम्‍म व्यवस्थालाई शब्‍द-शब्द गरी लगनशीलताको साथ पछ्याए कि—पुरानो करारको व्यवस्थालाई पालन नगरेको र मसीह नभएको आरोप उहाँलाई लगाएपछि—तिनीहरूले आखिरमा निर्दोष येशूलाई क्रूसमा टाँगे। तिनीहरूको सार के थियो? के तिनीहरूले सत्यताप्रति अनुकूल हुने मार्गलाई नखोज्नु नै थिएन र? तिनीहरू धर्मशास्‍त्रको एक-एक शब्‍दले ग्रस्त भए तर न त तिनीहरूले मेरो इच्‍छालाई ध्यान दिए न मेरो कामका चरणहरू र विधिहरूलाई नै ध्यान दिए। तिनीहरू सत्यताको खोजी गर्ने मानिसहरू थिएनन् तर शब्दहरूमा कठोरतासाथ लाग्ने मानिसहरू थिए; तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू थिएनन्, तर बाइबलमा विश्‍वास गर्ने मानिसहरू थिए। वास्तवमा, तिनीहरू बाइबलका रक्षा गर्ने कुकुरहरू थिए। बाइबलका रुचिहरूको सुरक्षा गर्न, बाइबलको इज्‍जतलाई कायम राख्‍न, र बाइबलको मर्यादाको संरक्षण गर्न, तिनीहरूले कृपालु येशूलाई क्रूसमा कीला ठोकी मार्ने हदसम्‍म गए। तिनीहरूले बाइबलको प्रतिरक्षा गर्नको खातिर, र मानिसहरूका हृदयमा बाइबलका एक-एक वचनको प्रतिष्ठालाई कायम गर्नको खातिर मात्रै तिनीहरूले यसो गरे। त्यसकारण तिनीहरूले येशूलाई मृत्युदण्ड दिन आफ्‍नो भविष्य र पापबलिलाई त्याग्न नै रुचाए, जसले मृत्युसम्म नै धर्मशास्‍त्रको सिद्धान्तअनुसार गर्नुभएन। के तिनीहरू सबै धर्मशास्‍त्रका एक-एक वचनका दास थिएनन् र?

अनि आजका मानिसहरूको बारेमा के भन्‍ने? ख्रीष्‍ट सत्यतालाई प्रकट गर्न आउनुभएको छ, तैपनि तिनीहरूले उहाँलाई यस संसारबाट निकाल्‍न चाहन्छन् ताकि तिनीहरूले स्वर्ग प्रवेश प्राप्त गरून् र अनुग्रह प्राप्त गरून्। तिनीहरूले बाइबलका रुचिहरूको संरक्षण गर्नको लागि बरु सत्यताको आगमनलाई पूर्ण रूपमा इन्कार गर्छन्, र बाइबलको अनन्‍त अस्तित्वलाई सुनिश्‍चित गर्नको लागि तिनीहरूले बरु शरीरमा फर्कनुभएको ख्रीष्‍टलाई क्रूसमा फेरि टाँग्छन्। मानिसको हृदय मप्रति त्यति द्वेषपूर्ण छ र उसको स्वभाव मप्रति त्यति विरोधी छ भने उसले कसरी मेरो मुक्ति पाउन सक्छ? म मानिसको बीचमा जिउँछु, तैपनि मानिसलाई मेरो अस्तित्वको बारेमा थाहा छैन। म मानिसमाथि मेरो ज्योति चम्‍काउँदा पनि, मेरो अस्तित्वको बारेमा ऊ अझ अनभिज्ञ नै रहन्छ। जब म मानिसमाथि आफ्‍नो क्रोध बर्षाउँछु, उसले अझै अत्यन्तै जोसको साथ मेरो अस्तित्वलाई इन्कार गर्छ। मानिसले वचन अनुकूल हुन र बाइबल अनुकूल हुन खोज्छ, तैपनि सत्यताको अनुकूल हुने मार्गलाई खोज्‍न एक जना पनि मेरो सामु आउँदैन। मानिसले माथि फर्केर मलाई स्वर्गमा हेर्छ र स्वर्गमा रहेको मेरो अस्तित्वको लागि खास सरोकार अर्पण गर्छ, तैपनि शरीरमा मेरो लागि कसैले पनि वास्ता गर्दैन, किनभने मानिसको बीचमा बस्‍ने म अत्यन्तै महत्त्वहीन छु। बाइबलका वचनहरूसँग मात्रै अनुकूल हुन खोज्नेहरू र अस्पष्ट परमेश्‍वरसँग अनुकूल हुने प्रयास गर्नेहरू मेरो लागि दु:खदायी दृश्य हुन्। यसको कारण हो तिनीहरूले आराधना गर्ने कुराहरू मृत वचनहरू, र तिनीहरूलाई बेहिसाब सम्पत्ति दिन सक्‍ने परमेश्‍वर हुन्; तिनीहरूले जे आराधना गर्छन् सो आफैलाई मानिसको कृपामा समर्पित गर्ने परमेश्‍वर हुन्—अस्तित्वमा नै नभएको परमेश्‍वर। त्यसो भए, त्यस्ता मानिसहरूले मबाट के प्राप्त गर्न सक्छन्? वचनहरूका निम्ति मानिस अत्यन्तै नीच छ। जो मेरो विरुद्धमा छन्, जसले मबाट असीमित मागहरू गर्छन्, जोसँग सत्यताको निम्ति कुनै प्रेम छैन, जो मप्रति विद्रोही छन्—तिनीहरू कसरी मप्रति अनुकूल हुनसक्छन्?

जो मेरा विरुद्धमा छन् तिनीहरू मेरो अनुकूल छैनन्। सत्यतालाई प्रेम नगर्नेहरूका हकमा पनि यही कुरा लागू हुन्छ। मेरो विरुद्धमा विद्रोह गर्नेहरू अझै बढी मेरो विरुद्धमा छन् र मेरो अनुकूल छैनन्। मप्रति अनुकूल नहुने सबैलाई म दुष्टको हातमा सुम्पिन्छु, र म तिनीहरूलाई दुष्टको भ्रष्टतामा छोडिदिन्छु, तिनीहरूको खराबीपनलाई प्रकट गर्न तिनीहरूलाई बेलगाम छोडिदिन्छु, र अन्तिममा तिनीहरूलाई दुष्टको हातमा सुम्पिन्छु ताकि त्यसले तिनीहरूलाई निलोस्। कति जनाले मेरो आराधना गर्छन् म त्यसको वास्ता गर्दिन, भन्‍नुको अर्थ, मलाई कति मानिसहरूले विश्‍वास गर्छन् म त्यसको वास्ता गर्दिन। मलाई चासो लाग्‍ने एउटै कुरा भनेको मप्रति कति जना अनुकूल छन् भन्‍ने हो। यसको कारण हो मप्रति अनुकूल नहुने सबै दुष्टहरू हुनु जसले मलाई धोका दिन्छन्; तिनीहरू मेरा शत्रुहरू हुन्, र मैले मेरा शत्रुहरूलाई मेरो घरमा “पवित्रसरह राख्‍नु” हुँदैन। मप्रति अनुकूल हुनेहरूले सदासर्वदा मेरो घरमा मलाई सेवा गर्नेछन् र मेरो विरुद्ध खडा हुनेहरूले सदासर्वदा मेरो दण्ड भोग्‍नेछन्। बाइबलका वचनहरूका बारेमा मात्रै चासो राख्‍नेहरू न त सत्यता न मेरो पाइलाहरूको खोजी गर्नमा सरोकार राख्छन्—तिनीहरू मेरो विरुद्धमा छन्, किनभने तिनीहरूले मलाई बाइबलअनुसार सीमित गर्छन्, मलाई बाइबलभित्रै सीमाबद्ध गर्छन्, त्यसैले तिनीहरू मप्रति चरम ईश्‍वरविरोधी छन्। यस्ता मानिसहरू कसरी मेरो सामु आउन सक्छन्? तिनीहरूले मेरा कार्यहरू, वा मेरो इच्‍छा, वा सत्यतालाई कुनै वास्ता गर्दैनन्, तर तिनीहरू वचनहरूप्रति लिप्त भएका छन्—त्यस्ता वचनहरू जसले मार्छ। यस्ता मानिसहरू कसरी मप्रति अनुकूल हुन सक्छन्?

— वचन देहमा देखा पर्नुहुन्छको “तैँले ख्रीष्‍टसँगको अनुकूलताको मार्ग खोजी गर्नुपर्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २९६

येशूको सत्यता देह हुन आएपछि, मानिसले यस्तो विश्‍वास गऱ्योः पिता मात्र स्वर्गमा हुनुहुन्न, तर पुत्र र आत्मा पनि हुनुहुन्छ। स्वर्गमा यस प्रकारका परमेश्‍वर हुनुहुन्छ भन्ने मानिसमा भएको यो धारणा परम्परागत होः एक त्रिएकत्व परमेश्‍वर जो पिता, पुत्र र पवित्र आत्मा हुनुहुन्छ। सबै मानवजातिमा यी धारणाहरू छन्ः परमेश्‍वर एक परमेश्‍वर हुनुहुन्छ, तर तीन भागले रचना गरिन्छ, त्यो परम्परागत धारणामा गम्भीर रूपमा गढेर बस्नेहरू सबैले पिता, पुत्र र पवित्र आत्मा हुनुहुन्छ भन्ने ठान्छन्। केवल ती तीन भागले एक सम्पूर्ण परमेश्‍वर बन्दछ। पवित्र पिता बिना परमेश्‍वर पूर्ण हुनुहुन्न। त्यस्तै गरी, न ता पुत्र, न पवित्र आत्मा बिना परमेश्‍वर पूर्ण बन्नुहुन्छ। तिनीहरूका धारणाहरूमा, तिनीहरू विश्‍वास गर्दछन् कि न ता पितालाई मात्र न पुत्रलाई मात्र परमेश्‍वर मान्न सकिन्छ। केवल पिता, पुत्र र पवित्र आत्मा मिलेर नै स्वयम् परमेश्‍वर मान्न सकिन्छ। अब, सबै धार्मिक विश्‍वासीहरू र तिमीहरूका बीचका प्रत्येक अनुयायीहरूमा यस्तो आस्था छ। तापनि, त्यो आस्था सही हो कि होइन भनी कसैले पनि बताउन सक्दैन, किनकि तिमीहरू परमेश्‍वर स्वयमको बारेका विषयहरूमा सधैं अन्योलताको बादलमा छौ। यद्यपि यी धारणाहरू हुन्, तिमीहरू ती सही हुन् वा गलत हुन् सो जान्दैनौं, किनकि तिमीहरू धार्मिक धारणाहरूद्वारा गम्भीर रूपमा प्रभावित भएका छौ। तिमीहरूले धर्मका यी परम्परागत धारणाहरूलाई गहिरो रूपमा स्वीकार गरेका छौ, र यो विष तिमीहरूभित्र धेरै गहिराइमा पसेको छ। त्यसकारण, यस विषयमा पनि तिमीहरू यस हानिकारक प्रभावको अगि झुकेका छौ, किनकि त्रिएकत्व परमेश्‍वर अस्तित्वमा छैन। अर्थात्, पिता, पुत्र र पवित्र आत्माको त्रिएकत्व अस्तित्वमा छैन। यी सबै मानिसको परम्परागत धारणाहरू हुन्, र मानिसको झुटा आस्थाहरू हुन्। धेरै शताब्दीहरूदेखि मानिसले यस त्रिएकत्वमा विश्‍वास गरेको, मानिसको मनमा धारणाहरू संकलित गरिएको, मानिसद्वारा निर्माण गरिएको, र मानिसले पहिले कहिल्यै नदेखेको कुरा हो। यति धेरै वर्षहरूमा त्यहाँ बाइबलका धेरै व्याख्याकारहरू भएका छन्, जसले त्रिएकत्वको “साँचो अर्थ” वर्णन गरेका छन्, तर त्रिएक परमेश्‍वरका तीन अलग तत्वका व्यक्तित्वहरूको रूपमा यसरी वर्णन गरेको कुरा अनिश्चित र अस्पष्ट छ, र सबै मानिसहरू परमेश्‍वरको यस्तो “बनावट” द्वारा अलमल्लमा परेका छन्। कुनै पनि महान् व्यक्तिले कहिल्यै यसको विस्तृत विवरण प्रस्तुत गर्न सकेको छैन; प्रायः स्पष्टीकरणहरू तर्कको रूपमा र कागजमा संकलन गरिएको छ, तर एकै जना व्यक्तिले पनि यसको अर्थ पूर्ण रूपमा बुझेको छैन। किनकि मानिसको हृदयमा भएको यस महान् त्रिएकत्व कुनै अस्तित्वमा छैन। किनकि अहिलेसम्म कसैले पनि परमेश्‍वरको वास्तविक अनुहार देखेका छैन, र न ता कोही परमेश्‍वर बस्नुहुने स्थानमा कुन-कुन कुराहरू छन्, “परमेश्‍वरको घर” मा कति लाख वा करोड् पुस्ताहरू छन् भनी निश्चित गर्न वा परमेश्‍वरको अन्तर्निहित संरचना कति वटा भागले बनेको छ भनी जाँच्न कोही परमेश्‍वरको वासस्थानमा जान सक्ने भाग्यमानी हुन सकेको छ। मुख्य रूपमा जाँच्नु पर्ने कुरा यो होः पिता र पुत्रको साथसाथै पवित्र आत्माको युग; प्रत्येक व्यक्तित्वको आ-आफ्नो प्रकटीकरण; उहाँहरू कसरी विभाजित हुनुभयो, र उहाँहरू कसरी एक हुनुभयो। खेदको कुरा, यति धेरै वर्षहरूमा, कुनै एकै जना मानिसले पनि यी विषयहरूको सत्यता निश्चित गर्न सकेको छैन। ती सबै केवल अनुमान मात्र हुन्, किनकि कुनै पनि मानिस उक्लेर स्वर्ग घुम्न गएको छैन र त्रिएकत्वको विषयमा चासो राख्ने सबै उत्कट र भक्त धार्मिक विश्‍वासीहरूलाई सत्यताको विषयमा जानकारी दिन सम्पूर्ण मानवजातिका लागि “अनुसन्धानको रिपोर्ट” लिएर आएको छैन। निश्चय, त्यस्ता धारणाहरू बनाएकोमा मानिसलाई दोष दिन सकिंदैन, किनकि मानवजातिलाई सृष्टि गर्दा यहोवा पिताले किन पुत्र येशूलाई साथमा लिनुभएन? यदि सुरुमा, सबै यहोवाको नाउँद्वारा भएको हुन्थ्यो भने त्यो अझ राम्रो हुनेथियो। यदि दोष दिनैपर्छ भने यहोवा पिताको क्षणिक गल्तीलाई दिनुपर्छ, जसले सृष्टिको समयमा पुत्र र पवित्र आत्मालाई उहाँको सामु बोलाउनुभएन, बरु उहाँले आफ्नो काम एकलै गर्नुभयो। यदि उहाँहरू सबैले एकैसाथ काम गर्नुहुन्थ्यो भने, के उहाँहरू एक हुनुहुने थिएन र? यदि सुरुदेखि अन्त्यसम्म यहोवाको नाउँ मात्र हुन्थ्यो भने, र अनुग्रहको युगबाट येशूको नाउँ हुँदैनथ्यो भने, वा यदि उहाँलाई अझै पनि यहोवा भनिन्थ्यो भने, के परमेश्‍वर मानवजातिले गर्ने यो विभाजनको पीडाबाट जोगिनु हुनेथिएन? निस्सन्देह, यी सबैका लागि यहोवालाई दोष दिन मिल्दैन; यदि दोष दिनु नै पर्छ भने, त्यो पवित्र आत्मालाई दिनुपर्छ, जसले मानिसलाई अन्योल र भ्रममा पार्नुहुँदै हजारौं वर्षसम्म यहोवा, येशू र पवित्र आत्माको नाउँमा आफ्नो काम गरिरहनुभयो, जसको कारण मानिसले परमेश्‍वर को हुनुहुन्छ भनी ठिकसँगले जान्न सकेन। यदि पवित्र आत्मा आफैले कुनै रूप वा स्वरूप बिना, र त्यसबाहेक येशूजस्तो कुनै नाउँ बिना नै काम गर्नुहुन्थ्यो, र मानिसले उहाँलाई छुन वा देख्न सक्दैन थियो, गर्जनको आवाज मात्र सुन्न सक्थ्यो भने, के त्यस प्रकारको काम मानवजातिका निम्ति धेरै फाइदाजनक हुने थिएन र? त्यसो भए अब के गर्न सकिन्छ? मानिसका धारणाहरू थुप्रिएर पहाड्जस्तै उच्च र समुद्र जतिकै विशाल भएको छ, यस हदसम्म कि वर्तमान समयका परमेश्‍वरले उनीहरूलाई धेरै सहन गर्न सक्नेछैनन् र पूर्ण रूपमा अन्योलमा परेको छ। विगतमा जब यहोवा, येशू मात्र हुनुहुन्थ्यो र उहाँहरूको बीचमा पवित्र आत्मा हुनुहुन्थ्यो, त्यसबेला मानिस अघिबाटै उहाँको कसरी सामना गर्ने भनी अन्योलमा परेको थियो, र अब सर्वशक्तिमान् परमेश्‍वर थपिनुभएको छ, जो परमेश्‍वरको एउटा भाग हुनुहुन्छ भनिएको छ। उहाँ को हुनुहुन्छ भन्ने कसलाई थाहा छ, र यति धेरै वर्षसम्म उहाँ त्रिएकत्वको कुन व्यक्तिमा मिसिनुभएको छ वा लुक्नुभएको छ? मानिसले यो कसरी सहन गर्न सक्छ? मानिसलाई त्रिएक परमेश्‍वरको मात्र व्याख्या गर्न जीवनभरको समय लाग्छ, तर अब “चार व्यक्तित्वहरूमा एक परमेश्‍वर” हुनुहुन्छ। यो कसरी वर्णन गर्न सकिन्छ? के तँ व्याख्या गर्न सक्छस्? दाजुभाइ र दिदी-बहिनीहरू हो! तिमीहरूले आजको दिनसम्म कसरी त्यस्तो परमेश्‍वरमा विश्‍वास गरेका छौ? म तिमीहरूलाई बधाई दिन्छु। त्रिएक परमेश्‍वर सहन गर्न पहिले नै पर्याप्त थियो; तिमीहरू चार व्यक्तित्वहरूमा एक परमेश्‍वरमाथि कसरी यस्तो अटल विश्‍वास गरिरहन सक्छौ? तिमीहरूलाई बाहिर निस्कन आग्रह गरिएको छ, तापनि तिमीहरू अस्वीकार गर्छौ। कस्तो बुझ्नै नसकिने कुरा! तिमीहरू साँच्चै केही हौ! एक व्यक्तिले केही वास्ता नराखी चार परमेश्‍वरमा विश्‍वास गर्न सक्छ र त्यसबाट केही पनि पाउँदैन; के तिमीहरू यो एउटा चमत्कार हो भनी सोच्छौ? म भन्न सक्दिनँ कि तिमीहरू त्यस्तो ठूलो चमत्कार गर्न सक्षम छौ! म तिमीहरूलाई बताउँछु, वास्तवमा, त्रिएक परमेश्‍वर यो ब्रह्माण्डमा कहीं पनि अस्तित्वमा छैनन्। परमेश्‍वरको कुनै पिता र पुत्र छैन, र पिता र पुत्रले एकसाथ मिलेर पवित्र आत्मालाई एक साधनको रूपमा प्रयोग गर्ने अवधारणाको त कुरै छाडौँ। यी सबै ठूलो भ्रम हो र संसारमा यसको कुनै अस्तित्व छैन! यद्यपि यस्तो भ्रमको पनि सुरुआत् छ र यो पूर्ण रूपमा आधारहीन छैन, किनकि तिमीहरूका दिमाग यति सरल छैन, र तिमीहरूका विचारहरू तर्कबिनाको छैनन्। बरु, ती एकदम उचित र स्पष्ट छन्, यतिसम्म कि त्यसलाई कुनै शैतानले पनि जित्न सक्दैन। खेदको कुरा, यी विचारहरू सबै भ्रम हुन् र तिनको कुनै अस्तित्व छैन। तिमीहरूले बिलकुल वास्तविक सत्यता देखेका छैनौ; तिमीहरू केवल अनुमान र कल्पनाहरू गर्दछौ, छलपूर्वक अरूको भरोसा प्राप्त गर्न र बुद्धि र विवेक नभएका अति मूर्ख मानिसहरूलाई अधीनमा राख्नका निम्ति तिमीहरूले बनावटी कथा बनाउँछौं, यसैले उनीहरू तिमीहरूका महान् र प्रसिद्ध “विशेष शिक्षाहरू” मा विश्‍वास गर्छन्। के यो सत्य हो? के यो मानिसले ग्रहण गर्नुपर्ने जीवनको बाटो हो? यो सबै बकवास हो! एक शब्द पनि उपयुक्त छैन! यति धेरै वर्षमा, परमेश्‍वर तिमीहरूद्वारा यसरी विभाजित पारिनुभयो, हरेक पुस्तासँग अझ सूक्ष्म-सूक्ष्म हुँदै विभाजित भइरहेको छ, त्यस हदसम्म कि परमेश्‍वरलाई खुल्लम खुल्ला तीन परमेश्‍वरमा विभाजित हुनुभएको छ। अनि मानिसका निम्ति अहिले परमेश्‍वरलाई एक मानेर फेरि जोडिनु असम्भव छ, किनकि तिमीहरूले उहाँलाई धेरै राम्ररी विभाजित गरेका छौ! यदि ढिलो हुनुभन्दा अघि मैले शीघ्र कार्य गरिनँ भने, यो भन्न गाह्रो छ कि तिमीहरूले कति बेरसम्म निर्लज्ज भई त्यसमा लागिरहन्छौ। यसरी परमेश्‍वरलाई विभाजन गरिरहँदा, उहाँ कसरी अझै पनि तिमीहरूका परमेश्‍वर हुन सक्नुहुन्छ? के तिमीहरू अझै परमेश्‍वरलाई चिन्न सक्छौ? के तिमीहरू अझै उहाँलाई आफ्ना पिता स्वीकार गरेर उहाँकहाँ फर्कन्छौ? यदि म अलिकति ढिलो आइपुगेको भए, सम्भवतः तिमीहरूले “पिता र पुत्र” यहोवा र येशूलाई इस्राएलमा फिर्ता पठाउने थियौ र तिमीहरू आफै परमेश्‍वरको एक भाग हौ भनी दाबी गर्ने थियौ। भाग्यवश, अहिले नै आखिरी दिनहरू हो। अन्तमा, मैले लामो समयदेखि पर्खेको यो दिन आएको छ, र मैले आफ्नै हातले कामको यो चरण पूरा गरेपछि मात्र तिमीहरूले परमेश्‍वर स्वयमलाई विभाजन गर्ने कार्य रोकिएको छ। यदि यस्तो हुँदैनथ्यो भने, तिमीहरू धेरै बढेर जानेथियौ, तिमीहरूको आराधनाका टेबलहरूमा सबै शैतानहरूलाई राख्ने थियौ। यो तिमीहरूको कलाकृति हो! यो तिमीहरूले परमेश्‍वरलाई विभाजित गर्ने माध्यम हो! के तिमीहरू अझै पनि त्यसो गरिरहन्छौं? म तिमीहरूलाई सोध्छुः परमेश्‍वरहरू कति जना छन्? कुन परमेश्‍वरले तिमीहरूलाई मुक्ति दिनुहुनेछ? के पहिलो, दोस्रो वा तिमीहरूले सधैं प्रार्थना गर्ने तेस्रो परमेश्‍वरले? तिनीहरूमध्ये कुनलाई तिमीहरू सँधै विश्‍वास गर्छौ? के पिताले? वा पुत्रले? वा पवित्र आत्माले? मलाई भन तँ कसमाथि विश्‍वास गर्छस्? तेरो हरेक शब्दद्वारा तैंले परमेश्‍वरमा विश्‍वास गर्छु भने पनि तिमीहरू वास्तवमा आफ्नै दिमागमा विश्‍वास गर्छौं। तिमीहरूको हृदयमा परमेश्‍वर पटक्कै छैन! अनि अझै तिमीहरूका मनमा यस्ता “त्रिएकत्वहरू” धेरै छन्! के तिमीहरू सहमत हुँदैनौं?

— वचन देहमा देखा पर्नुहुन्छको “के त्रिएकत्व अस्तित्वमा छ?” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २९७

यदि कामका तीन चरणहरूलाई त्रिएकत्वको अवधारणा अनुसार मूल्याङ्कन गरिन्छ भने, त्यहाँ तीन जना परमेश्‍वर हुनुपर्दछ, किनकि प्रत्येकले गरेको काम एउटै छैन। यदि तिमीहरूमध्ये कसैले त्रिएकत्व साँच्चै छ भन्छौ भने, तीन व्यक्तित्वहरूमा एक परमेश्‍वर भनेको के हो त्यो बताऊ। पवित्र पिता के हुनुहुन्छ? पुत्र के हुनुहुन्छ? पवित्र आत्मा के हुनुहुन्छ? के यहोवा पवित्र पिता हुनुहुन्छ? के येशू पुत्र हुनुहुन्छ? त्यसोभए, पवित्र आत्माको बारेमा के छ? के पिता आत्मा हुनुहुन्न? के पुत्रको सार पनि आत्मा होइन र? के येशूको काम पवित्र आत्माको काम थिएन? के त्यसबेला यहोवाको काम येशूको कामजस्तै आत्माद्वारा गरिएको थिएन र? परमेश्‍वरसँग कतिवटा आत्मा हुन सक्छ? तेरो बयानअनुसार पिता, पुत्र र पवित्र आत्माका तीन व्यक्तित्वहरू एक हुन्; यदि त्यसो हो भने, तब त्यहाँ तीनवटा आत्मा छन्, तर तीनवटा आत्मा हुनुको अर्थ त्यहाँ तीन परमेश्‍वर छन् भन्ने हुन्छ। यसको अर्थ त्यहाँ कुनै एक साँचो परमेश्‍वर छैन; यस प्रकारको परमेश्‍वरसँग अझै पनि परमेश्‍वरको अन्तर्निहित तत्व कसरी हुन सक्छ? यदि तँ एक मात्र परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गर्छस् भने, कसरी उहाँको पुत्र हुन र पिता हुन सक्छ? के यी सबै केवल तेरा धारणाहरू होइनन्? परमेश्‍वरमा एक मात्र हुनुहुन्छ, यस परमेश्‍वरमा एक मात्र व्यक्तित्व हुनुहुन्छ, र परमेश्‍वरका एक आत्मा मात्र हुनुहुन्छ, बाइबलमा “पवित्र आत्मा एउटै मात्र हुनुहुन्छ, र एउटै परमेश्‍वर हुनुहुन्छ” भन्नेबारे धेरै लेखिएका छन् भन्ने जस्तै। तैंले भन्ने पिता र पुत्र अस्तित्वमा भए पनि आखिर परमेश्‍वर एक मात्र हुनुहुन्छ, अनि तिमीहरूले विश्‍वास गर्ने पिता, पुत्र र पवित्र आत्माको सार पवित्र आत्माको सारमा छ। अर्को शब्दमा भन्ने हो भने, परमेश्‍वर आत्मा हुनुहुन्छ, तर उहाँ देह बन्न र मानिसहरूका माझ वास गर्न साथै सबै थोकभन्दा उच्च हुन सक्नुहुन्छ। उहाँका आत्मा सर्व-सम्मिलित र सर्वव्यापी छ। उहाँ एकसाथ देहमा र ब्रह्माण्डमा र त्यसमाथि हुन सक्नुहुन्छ। सबै मानिसहरूले परमेश्‍वर एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भन्ने गरेकाले, परमेश्‍वर एक मात्र हुनुहुन्छ, कसैले पनि आफ्नो इच्छाले विभाजन गर्न सक्दैन! परमेश्‍वर एक मात्र आत्मा, र एक मात्र व्यक्तित्व हुनुहुन्छ; र त्यो परमेश्‍वरका आत्मा हुनुहुन्छ। यदि तैंले भनेको जस्तै पिता, पुत्र र पवित्र आत्मा हो भने त, के उहाँहरू तीन परमेश्‍वर हुनुहुन्न र? पवित्र आत्मा एउटा थोक हुनुहुन्छ, पुत्र अर्को, र पिता अझ अर्को। उहाँहरूका व्यक्तित्व फरक छन् र उहाँहरूका सारहरू फरक छन्, त्यसोभए उहाँहरू प्रत्येक कसरी एउटै परमेश्‍वरका भागहरू हुन सक्नुहुन्छ? पवित्र आत्मा आत्मा हुनुहुन्छ; यो बुझ्न मानिसका निम्ति सजिलो छ। यदि त्यसो हो भने, पिता झन् अझ बढी आत्मा हुनुहुन्छ। उहाँ यस पृथ्वीमा कहिल्यै ओर्लनुभएको छैन र कहिल्यै देह बन्नुभएको छैन; मानिसहरूका हृदयमा उहाँ यहोवा परमेश्‍वर हुनुहुन्छ, र निश्चय उहाँ एक आत्मा पनि हुनुहुन्छ। त्यसोभए उहाँ र पवित्र आत्माको बीचमा के सम्बन्ध छ? के यो पिता र पुत्रबीचको सम्बन्ध हो? वा के यो पवित्र आत्मा र पिताको आत्मा बीचको सम्बन्ध हो? के प्रत्येक आत्माको सार एउटै हो? वा के पवित्र आत्मा पिताको साधन हुनुहुन्छ? यसलाई कसरी वर्णन गर्न सकिन्छ? तब पुत्र र पवित्र आत्माको बीच के सम्बन्ध छ? के यो दुईवटा आत्मा बीचको सम्बन्ध हो वा मानिस र आत्मा बीचको सम्बन्ध हो? यी सबै यस्तै विषयहरू हुन् जसको हामीसित कुनै स्पष्टीकरण छैन! यदि उहाँहरू सबै एउटै आत्मा हुनुहुन्छ भने, तीन व्यक्तित्वहरूको कुरा हुन सक्दैन, किनकि उहाँहरूमा एउटै आत्मा हुनुहुन्छ। यदि उहाँहरू फरक-फरक व्यक्तित्वहरू थिए भने, उहाँहरूका आत्माहरू शक्तिमा फरक हुनेथियो, र उहाँहरू केवल एक मात्र आत्मा हुन सक्नुहुन्न। पिता, पुत्र र पवित्र आत्माको यो अवधारणा सबैभन्दा हास्यस्पद छ! यसले परमेश्‍वरलाई विभाजित गर्दछ र उहाँलाई फरक-फरक प्रतिष्ठा र आत्मा भएका तीन व्यक्तित्वहरूमा बाँड्दछ; त्यसोभए अझै पनि उहाँ कसरी एक आत्मा र एक परमेश्‍वर हुन सक्नुहुन्छ? मलाई भन्, के आकाश र पृथ्वी, र त्यसभित्रका सबै थोक पिता, पुत्र वा पवित्र आत्माले सृष्टि गर्नुभएको हो? कोही भन्छन् कि उहाँहरू सबैले एकसाथ सृष्टि गर्नुभएको हो। त्यसोभए मानवजातिलाई कसले छुटकारा दियो? के पवित्र आत्माले, पुत्रले वा पिताले हो? कसै-कसैले भन्छन्, मानवजातिलाई पुत्रले उद्धार गर्नुभएको हो। त्यसोभए, सारमा पुत्र को हुनुहुन्छ? के उहाँ परमेश्‍वरका आत्माको देहधारण हुनुहुन्न र? देहधारणले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई सृष्टि गरिएको मानिसको दृष्टिकोणबाट पिताको नाउँले सम्बोधन गर्दछ। के येशू पवित्र आत्माद्वारा गर्भधारण भई जन्मनुभएको तँलाई थाहा छैन? उहाँभित्र पवित्र आत्मा हुनुहुन्छ; तैंले जे भने पनि, उहाँ अझै पनि स्वर्गका परमेश्‍वरसँग एक हुनुहुन्छ, किनकि उहाँ परमेश्‍वरका आत्माको देहधारण हुनुहुन्छ। पुत्रको बारेमा यो धारणा असत्य हो। एउटै आत्मा हुनुहुन्छ, जसले सबै काम गर्नुहुन्छ, केवल परमेश्‍वर स्वयमले मात्र, अर्थात् परमेश्‍वरका आत्माले आफ्नो काम गर्नुहुन्छ। परमेश्‍वरका आत्मा को हुनुहुन्छ? के यो पवित्र आत्मा होइन र? के यो येशूमा काम गर्ने पवित्र आत्मा नै होइन र? यदि यो काम पवित्र आत्मा (अर्थात् परमेश्‍वरका आत्मा) द्वारा नगरिएको भए, के उहाँको कामले स्वयम् परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्थ्यो? येशूले प्रार्थना गर्नुहुँदा स्वर्गका परमेश्‍वरलाई पिता नाउँले सम्बोधन गर्नुभयो, त्यो केवल एक सृष्टि गरिएको मानिसको दृष्टिकोणबाट गरिएको थियो, किनकि परमेश्‍वरका आत्माले एउटा साधारण र सामान्य देह धारण गर्नुभएको थियो र बाहिरीपट्टि सृष्टि गरिएको एउटा प्राणीको आवरण थियो। यदि उहाँभित्र पनि परमेश्‍वरका आत्मा हुनुहुन्थ्यो भने, उहाँको बाहिरी रूप अझै पनि सामान्य मानिसको जस्तो देखिन्थ्यो; अर्को शब्दमा भन्नुपर्दा, उहाँ “मानिसका पुत्र” बन्नुभएको थियो, जसको बारेमा येशू आफैलगायत सबै मानिसहरूले बोलेका थिए। उहाँ मानिसका पुत्र भएकाले (पुरुष वा स्त्री, चाहे जे भए पनि बाहिरी रूपमा मानिसको आवरणमा हुनुहुन्थ्यो) उहाँ साधारण मानिसहरूको सामान्य परिवारमा जन्मनु भएका व्यक्ति हुनुहुन्छ। त्यसकारण, येशूले स्वर्गका परमेश्‍वरलाई त्यसरी नै पिता भनी सम्बोधन गर्नुभयो जसरी तिमीहरूले पहिलोचोटि उहाँलाई पिता भनेका थियौ; उहाँले सृष्टि गरिएको मानिसको दृष्टिकोणबाट त्यसो भन्नुभयो। के तिमीहरूलाई प्रभुको त्यो प्रार्थना याद छ, जुन येशूले तिमीहरूलाई कण्ठ गर्नु भनी सिकाउनुभएको थियो? “हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ…।” उहाँले सबै मानिसलाई स्वर्गमा हुनुहुने परमेश्‍वरलाई पिता भनी सम्बोधन गर्नू भन्नुभयो। अनि उहाँ आफैले पनि उहाँलाई पिता भन्नु भएकोले, उहाँले तिमीहरू सबैको बराबर स्तरमा खडा हुने व्यक्तिको दृष्टिकोणबाट त्यसो भन्नुभयो। तिमीहरूले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई पिता भनी सम्बोधन गर्ने हुनाले, यसले देखाउँदछ कि येशूले आफैलाई तिमीहरूसँग बराबर स्तरमा, र पृथ्वीमा परमेश्‍वरद्वारा चुनिएका एक व्यक्ति (अर्थात् परमेश्‍वरका पुत्र) को रूपमा हेर्नुभयो। यदि तिमीहरू परमेश्‍वरलाई पिता भनी सम्बोधन गर्छौ भने, के यो तिमीहरू एक सृष्टि गरिएको प्राणी भएकोले नै होइन र? तापनि क्रूसमा टाँगिनुभन्दा अघि पृथ्वीमा येशूको अधिकार जति नै महान् भए पनि, उहाँ पवित्र आत्मा (अर्थात्, परमेश्‍वर) द्वारा संचालित केवल मानिसका पुत्र र पृथ्वीको एक सृष्टि गरिएको प्राणी मात्र हुनुहुन्थ्यो, किनकि उहाँले आफ्नो काम पूरा गर्नु अझै बाँकी नै थियो। त्यसकारण, उहाँले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई पिता भनी सम्बोधन गर्नु पूर्ण रूपमा उहाँको नम्रता र आज्ञाकारिता थियो। तापनि, उहाँले परमेश्‍वर (अर्थात्, स्वर्गमा हुनुहुने आत्मा) लाई त्यसरी सम्बोधन गर्नुले उहाँ स्वर्गमा हुनुहुने परमेश्‍वरका आत्माका पुत्र हुनुहुन्थ्यो भनी प्रमाणित गर्दैन। बरु, कुरा यति मात्र हो, कि उहाँको दृष्टिकोण फरक थियो, उहाँ फरक व्यक्ति हुनुहुन्थ्यो भन्ने होइन। भिन्नाभिन्नै व्यक्तित्वहरूको अस्तित्व छ भन्नु भ्रम हो! उहाँलाई क्रूसमा टाँगिनुभन्दा अघि येशू देहका सिमाहरूमा सिमित मानिसका पुत्र हुनुहुन्थ्यो, अनि उहाँसित पवित्र आत्माको पूर्ण अधिकार थिएन। त्यसकारण उहाँले सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट परमेश्‍वर पिताको इच्छा खोज्न मात्र सक्नुहुन्थ्यो। यसैले उहाँले गेतसमनीमा तीन पटक प्रार्थना गर्नुभयोः “मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्।” उहाँलाई क्रूसमा टाँगिनुभन्दा अघि उहाँ यहूदीहरूका मात्र राजा हुनुहुन्थ्यो; उहाँ ख्रीष्ट, मानिसका पुत्र, महिमित शरीर हुनुहुन्नथियो। त्यसैकारण, सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट उहाँले परमेश्‍वरलाई पिता भन्नुभयो। अब, तैँले परमेश्‍वरलाई पिता भन्नेहरू सबै पुत्र हुन् भन्न सक्दैनस्। यदि त्यस्तो हुन्थ्यो भने, येशूले एकचोटि प्रभुको प्रार्थना सिकाउनुभएपछि के तिमीहरू सबै परमेश्‍वरका पुत्र बन्नेथिएनौ र? यदि तिमीहरू अझै पनि विश्‍वस्त भएका छैनौ भने मलाई भन्, तिमीहरू कसलाई पिता भन्छौ? यदि तिमीहरू येशूलाई सङ्केत गर्दैछौ भने, येशूका पिताचाहिँ तिमीहरूका निम्ति को हुन्? येशू जानुभएपछि, पिता र पुत्रको यो धारणा अब छैन। यो धारणा येशू देह बन्नु भएका वर्षहरूका लागि मात्र उपयुक्त थियो; यदि तिमीहरू परमेश्‍वरलाई पिता भन्छौ भने अन्य सबै परिस्थितिहरूमा त्यो सम्बन्ध सृष्टिका परमप्रभु र सृष्टि गरिएका प्राणी बीचको मात्र हुन्छ। पिता, पुत्र र पवित्र आत्माको-त्रिएकत्वको धारणा कुनै पनि समय खडा हुन सकेको छैन; यो युगहरूमा बिरलै देखिएको एउटा भ्रम मात्र हो र यसको कुनै अस्तित्व छैन!

— वचन देहमा देखा पर्नुहुन्छको “के त्रिएकत्व अस्तित्वमा छ?” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २९८

यसले प्रायःजसो मानिसहरूका मनमा उत्पत्तिको पुस्तकको वचन सम्झना गराउँछः “मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै रूपमा बनाऔं।” यहाँ परमेश्‍वरले “हामी” मानिसलाई “हाम्रै” स्वरूपमा बनाऔं भन्नुभएकोले, “हामी” शब्दले दुई वा अधिकलाई संकेत गर्दछ; उहाँले “हामी” भन्नुभएकोले त्यहाँ एक मात्र परमेश्‍वर छैनन्। यसरी, मानिसले अस्पष्ट भिन्नाभिन्नै व्यक्तित्वहरूको बारेमा सोच्न थाल्यो, र यी शब्दहरूबाट पिता, पुत्र र पवित्र आत्माको धारणा उत्पन्न भयो। त्यसो भए पिता कस्तो हुनुहुन्छ? पुत्र कस्तो हुनुहुन्छ? अनि पवित्र आत्मा कस्तो हुनुहुन्छ? के आजको मानवजाति तीन जना मिलेर बनेको एक व्यक्तित्वको स्वरूपमा बनाइनु सम्भव छ? त्यसो भए, के त्यस्तो मानिसको स्वरूप पिता, पुत्र वा पवित्र आत्माको जस्तो हुन्छ? मानिस परमेश्‍वरको कुन व्यक्तित्वहरूको स्वरूपमा छ? मानिसको अवधारणा केवल गलत र मूर्खतापूर्ण छ! यसले एक परमेश्‍वरलाई धेरैवटा परमेश्‍वरहरूमा विभाजन गर्न मात्र सक्दछ। मोशाले उत्पत्तिको पुस्तक लेखेका समयमा मानवजाति संसारको सृष्टिपछि सृष्टि गरिएको थियो। आदिमा, संसार सुरु भएको बेला मोशा थिएनन्। मोशाले धेरैपछि मात्र बाइबल लेखेका थिए, त्यसैले स्वर्गका परमेश्‍वरले के बोल्नुभयो भनी तिनले सम्भवतः कसरी जान्न सक्थे? परमेश्‍वरले संसार कसरी सृष्टि गर्नुभयो भन्ने कुराको तिनलाई अलिकति पनि आभास थिएन। बाइबलको पुरानो करारमा पिता, पुत्र र पवित्र आत्माको बारेमा कुनै उल्लेख गरिएको छैन, केवल एक मात्र सत्य परमेश्‍वर, यहोवाले इस्राएलमा आफ्नो काम गर्नुभएको उल्लेख मात्र छ। युग परिवर्तन हुँदै जाँदा उहाँलाई विभिन्न नाउँहरूले सम्बोधन गरियो, तर ती प्रत्येक नाउँले फरक-फरक व्यक्तित्वलाई बुझाउँछ भनी यसले प्रमाणित गर्दैन। यदि त्यस्तो हुन्थ्यो भने, तब के परमेश्‍वरमा असङ्ख्य व्यक्तित्वहरू हुने थिएनन् र? पुरानो करारमा जे लेखिएको छ त्यो यहोवाको काम हो, त्यो व्यवस्थाको युगमा सुरु गर्न परमेश्‍वर आफैले गर्नुभएको काम थियो। त्यो परमेश्‍वरको काम थियो, र जसै उहाँ बोल्नुभयो, त्यस्तै हुन आयो र जसै उहाँले आज्ञा गर्नुभयो, त्यस्तै भयो। कुनै पनि समयमा यहोवाले उहाँ काम गर्न आउनुभएका पिता हुनुहुन्छ भन्नुभएन, न ता उहाँले मानवजातिको उद्धार गर्न पुत्र आउनुहुने अगमवाणी नै गर्नुभयो। जब येशूको समय आयो, त्यस बेला परमेश्‍वर सम्पूर्ण मानवजातिलाई छुटकारा दिन देह बन्नुभयो मात्र भनियो, पुत्र आउनुभयो भनी भनिएन। युगहरू एकै प्रकारका नभएकाले र परमेश्‍वर आफैले गर्नुहुने काम पनि फरक-फरक हुने भएकोले, उहाँले आफ्नो कामलाई विभिन्न क्षेत्रहरूमा गर्नु आवश्यक छ। यस प्रकारले, उहाँले प्रतिनिधित्व गर्नुहुने पहिचान पनि फरक-फरक हुन्छन्। मानिसले यहोवा येशूका पिता हुनुहुन्छ भनी विश्‍वास गर्छ, तर वास्तवमा येशूले यसलाई स्वीकार्नु भएन, जसले भन्नुभयोः “हामी कहिल्यै पनि पिता र पुत्रको रूपमा चिनिंदैनौ; म र स्वर्गमा हुनुहुने पिता एक हौं। पिता ममा हुनुहुन्छ र म पितामा छु; जब मानिसले पुत्रलाई देख्छन्, तिनीहरूले स्वर्गमा हुनुहुने पितालाई देख्दछन्।” सबै भनिसकेपछि, उहाँ चाहे पिता होऊन् वा पुत्र, उहाँहरू एक आत्मा हुनुहुन्छ, अलग-अलग व्यक्तित्वहरूमा विभाजित हुनुहुन्न। मानिसले एक पटक व्याख्या गर्न खोज्यो भने फरक-फरक व्यक्तित्वहरू साथै पिता, पुत्र र पवित्र आत्माको सम्बन्धको धारणाले गर्दा विषयहरू जटिल बन्छन्। जब मानिसले फरक-फरक व्यक्तित्वहरूको कुरा गर्छ, के त्यसले परमेश्‍वरलाई भौतिक बनाउँदैन? मानिसले ती व्यक्तित्वहरूलाई पहिलो, दोस्रो र तेस्रो दर्जामा राख्छ; यी सबै मानिसको कल्पना मात्र हुन्, जुन उल्लेख गर्नु योग्यको छैन, र पूर्ण रूपमा अवास्तविक छ! यदि तैंले उसलाई, “त्यहाँ कतिजना परमेश्‍वरहरू छन्?” भनी सोधिस् भने, उसले भन्नेछ कि परमेश्‍वर पिता, पुत्र र पवित्र आत्मा भएको त्रिएकत्व हुनुहुन्छः एक मात्र साँचो परमेश्‍वर। यदि तैंले फेरि, “पिता को हुनुहुन्छ?” भनी सोधिस् भने, उसले यसो भन्नेछः “पिता स्वर्गमा हुनुहुने परमेश्‍वरका आत्मा हुनुहुन्छ; उहाँ सबैका नियन्त्रक हुनुहुन्छ, र उहाँ स्वर्गका मालिक हुनुहुन्छ।” “त्यसोभए के यहोवा आत्मा हुनुहुन्छ?” उसले भन्नेछः “हो!” यदि तैंले उसलाई, “पुत्र को हुनुहुन्छ?” भनी सोधिस् भने, उसले भन्नेछ कि अवश्य येशू पुत्र हुनुहुन्छ। “त्यसोभए येशूको कथा के हो? उहाँ कहाँबाट आउनुभएको हो?” उसले भन्नेछः “येशू पवित्र आत्माद्वारा मरियमको गर्भमा आउनुभयो र जन्मनुभयो।” त्यसो भए के उहाँको सार पनि आत्मा होइन र? के उहाँको काम पनि पवित्र आत्माको प्रतिनिधि होइन र? यहोवा आत्मा हुनुहुन्छ, र यसैले येशूको सार पनि हुनुहुन्छ। यो भन्नु आवश्यक छैन कि अब आखिरी दिनहरूमा पनि आत्माले अझै पनि काम गरिरहनुभएको छ; उहाँहरू कसरी फरक-फरक व्यक्तित्वहरू हुन सक्छन्? के यो आत्माले भिन्नै दृष्टिकोणबाट गरिरहनुभएको आत्माकै काम होइन र? जस्तै, त्यहाँ व्यक्तित्वहरू बीच कुनै भिन्नता हुँदैन। येशूको गर्भधान पवित्र आत्माबाट भएको थियो, र निस्सन्देह, उहाँको काम ठ्याक्कै पवित्र आत्माको काम थियो। यहोवाले गर्नुभएका कामको पहिलो चरणमा उहाँ न ता देह नै हुनुभयो, न मानिसकहाँ देखा पर्नुभयो। यसैले मानिसले उहाँको रूप कहिल्यै पनि देखेन। उहाँ जतिसुकै महान् र जति नै अग्लो हुनुहुन्थ्यो भने पनि, उहाँ अझै आत्मा, परमेश्‍वर स्वयम् नै हुनुहुन्थ्यो, जसले पहिले मानिसलाई सृष्टि गर्नुभएको थियो। अर्थात्, उहाँ परमेश्‍वरका आत्मा हुनुहुन्थ्यो। जब उहाँ बादलहरूको बीचबाट मानिससँग बोल्नुभयो, उहाँ केवल आत्मा हुनुहुन्थ्यो। उहाँ देखापर्नुभएको घटनालाई कसैले पनि देखेन; अनुग्रहको युगमा जब परमेश्‍वरका आत्मा देहमा आउनुभयो र यहूदियामा देहधारण हुनुभयो एक यहूदीको स्वरूपमा पहिलोचोटि मानिसले उहाँलाई देख्यो। यहोवाका विचारहरू बुझ्न सकिंदैन। तापनि, उहाँ पवित्र आत्माद्वारा गर्भधान, अर्थात् स्वयम् यहोवा स्वयमको आत्माद्वारा गर्भधान हुनुभयो, र येशू परमेश्‍वरका आत्माको मुर्तरूपको रूपमा जन्मनुभयो। मानिसले पहिले पवित्र आत्मा ढुकुरको रूपमा येशूमाथि ओर्लनुभएको देख्यो; यो केवल येशू मात्र आत्मा थिएन, बरु पवित्र आत्मा हुनुहुन्थ्यो। त्यसोभए के येशूका आत्मालाई पवित्र आत्माबाट अलग गर्न सकिन्छ? यदि येशू, पुत्र र पवित्र आत्मा पवित्र आत्मा नै हुनुहुन्छ भने, तब उहाँहरू कसरी एक हुन सक्नुहुन्छ? यदि त्यस्तो हुन्थ्यो भने, काम गर्न सकिने थिएन। येशूभित्रका आत्मा, स्वर्गमा हुनुहुने आत्मा, र यहोवाका आत्मा सबै एक हुन्। उहाँलाई पवित्र आत्मा, परमेश्‍वरका आत्मा, सात गुणा तीब्र पारिएको आत्मा र सर्व-सम्मिलित आत्मा भन्न सकिन्छ। परमेश्‍वरका आत्माले धेरै काम गर्न सक्नुहुन्छ। उहाँले संसारलाई सृष्टि गर्न सक्नुहुन्छ र जलप्रलय पठाएर यसलाई नाश गर्न पनि सक्नुहुन्छ; उहाँले सबै मानवजातिलाई उद्धार गर्न सक्नुहुन्छ, र यसबाहेक उहाँले सारा मानवजातिलाई जित्न र नाश पार्न सक्नुहुन्छ। यो काम सबै परमेश्‍वर आफैले गर्नुभएको हो र उहाँको ठाउँमा परमेश्‍वरको कुनै अर्को व्यक्तित्वहरूले गर्न सक्दैन थियो। उहाँका आत्मालाई यहोवा र येशू, साथै सर्वशक्तिमान् भनेर पनि सम्बोधन गर्न सकिन्छ। उहाँ प्रभु र ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पुत्र पनि बन्न सक्नुहुन्छ। उहाँ स्वर्गहरूमा हुनुहुन्छ र पृथ्वीमा पनि हुनुहुन्छ; उहाँ ब्रह्माण्डभन्दा माथि र भीड्को माझमा हुनुहुन्छ। स्वर्गहरू र पृथ्वीका एकमात्र मालिक उहाँ हुनुहुन्छ! सृष्टिको समयदेखि अहिलेसम्म यो काम परमेश्‍वर स्वयमको आत्माले गर्दै आउनुभएको छ। त्यो काम चाहे स्वर्गहरूमा होस् वा देहमा, सबै उहाँको आफ्नै आत्माद्वारा गरिन्छ। चाहे स्वर्गमा होस् वा पृथ्वीमा, सबै प्राणीहरू उहाँको सर्वशक्तिमान् हत्केलामा छन्; यी सबै स्वयम् परमेश्‍वरका काम हुन् र उहाँको ठाउँमा अरू कसैले यो गर्न सक्दैन। स्वर्गहरूमा उहाँ आत्मा हुनुहुन्छ, तर परमेश्‍वर स्वयम् पनि हुनुहुन्छ; मानिसहरूका माझ उहाँ देह हुनुहुन्छ, तर परमेश्‍वर स्वयम् नै रहनुहुन्छ। यद्यपि उहाँलाई सयौं हजारौं नाउँले सम्बोधन गर्न सकिन्छ, उहाँ अझै पनि उहाँ नै हुनुहुन्छ, र सबै कामहरू उहाँको आत्माको प्रत्यक्ष अभिव्यक्ति हो। उहाँको क्रुसिकरणद्वारा सारा मानवजातिको छुटकारा उहाँका आत्माको प्रत्यक्ष कार्य थियो, र आखिरी दिनहरूमा सबै जाति र सबै देशहरूका निम्ति घोषणा पनि हो। सबै समयमा, परमेश्‍वरलाई सर्वशक्तिमान् र एक मात्र साँचो परमेश्‍वर, सर्व-सम्मिलित परमेश्‍वर स्वयम् भन्न सकिन्छ। अलग-अलग व्यक्तित्वहरू छैनन्, पिता, पुत्र र पवित्र आत्माको धारणाको त कुरै नगरौँ। स्वर्ग र पृथ्वीमा एउटै मात्र परमेश्‍वर हुनुहुन्छ!

— वचन देहमा देखा पर्नुहुन्छको “के त्रिएकत्व अस्तित्वमा छ?” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २९९

परमेश्‍वरको व्यवस्थापनको योजना छ हजार वर्षसम्म फैलिन्छ र उहाँको कामका भिन्नताहरूको आधारमा तीन युगहरूमा विभाजित भएको छ: पहिलो युग पुरानो करारको व्यवस्थाको युग हो; दोस्रो अनुग्रहको युग हो; र तेस्रो आखिरी दिनहरूको—परमेश्‍वरको राज्यको युग हो। प्रत्येक युगमा फरक पहिचानको प्रतिनिधित्व गरिएको छ। यो काममा भिन्नता, अर्थात्, कामको मागहरूको कारणले मात्र हो। व्यवस्थाको युगको अवधिमा गरिएको कामको पहिलो चरण इस्राएलमा सम्पन्न भयो र छुटकाराको दोस्रो चरणको काम यहूदियामा सम्पन्न गरियो। छुटकाराको कामका लागि, येशू पवित्र आत्माद्वारा गर्भधान हुनुभयो अनि एक मात्र पुत्रको रूपमा जन्मनुभयो। यी सबै कामको मागले गर्दा भएको थियो। आखिरी दिनहरूमा, परमेश्‍वर अन्यजाति राष्ट्रहरूमा आफ्नो कामको विस्तार गर्न र त्यहाँका मानिसहरूलाई जित्न चाहनुहुन्छ, यसैले कि उहाँको नाउँ तिनीहरूका बीचमा महान् होस्। उहाँ मानिसहरूलाई समझमा र सबै सत्यताको प्रवेशमा डोऱ्याउन चाहनुहुन्छ। यी सबै काम एउटै आत्माद्वारा गरिन्छ। यद्यपि उहाँले फरक दृष्टिकोणबाट यो गर्न सक्नुहुनेछ, तर पनि कामका प्रकृति र सिद्धान्तहरू त्यस्तै रहन्छन्। एकचोटि जब तैंले ती सिद्धान्तहरू र उहाँहरूले गरेको कामको प्रकृति अवलोकन गर्छस्, तब यो सब एक आत्माद्वारा गरिएको हो भनी तँलाई थाहा हुनेछ। अझै कसै-कसैले भन्न सक्छः “पिता पिता नै हुनुहुन्छ, पुत्र पुत्र नै हुनुहुन्छ, र पवित्र आत्मा पवित्र आत्मा नै हुनुहुन्छ, र अन्त्यमा, उहाँहरूलाई एउटै बनाइनुहुनेछ।” त्यसोभए तँ कसरी उहाँहरूलाई एक बनाउँछस्? पिता र पवित्र आत्मालाई कसरी एक बनाउन सकिन्छ? यदि उहाँहरू अन्तर्निहित रूपमा दुई थिए भने, उहाँहरूलाई जसरी एकसाथ जोडे पनि के उहाँहरू दुई जना नै रहँदैनन् र? जब तँ उहाँहरूलाई एक बनाउने बारे कुरा गर्छस्, के त्यो दुई अलग-अलग भागलाई जोडेर एउटा बनाउनुजस्तो हुँदैन र? तर एउटा सिङ्गो बनाउनु अघि के उहाँहरू दुई भाग हुनुहुन्न थियो र? प्रत्येक आत्माको एक अलग सार हुन्छ, र दुई आत्मालाई सिङ्गो एउटा बनाउन सकिंदैन। आत्मा कुनै भौतिक वस्तु होइन र यो भौतिक संसारका अरू कुनै थोकजस्तो हुँदैन। जब मानिसले यसलाई हेर्छ, पिता एक आत्मा हुनुहुन्छ, पुत्र अर्को र पवित्र आत्मा अझ अर्को हुनुहुन्छ, अनि तीनवटा आत्मा तीन गिलास पानीजस्तै एउटैमा मिसिनुहुन्छ। त्यसो गर्नु के तीन जनालाई एउटा बनाउनु होइन र? यो पूर्ण रूपमा गलत व्याख्या हो। के यो परमेश्‍वरलाई विभाजन गर्नु होइन र? पिता, पुत्र र पवित्र आत्मा सबैलाई कसरी एक बनाउन सकिन्छ? के उहाँहरू प्रत्येक भिन्नाभिन्नै प्रकृति भएका तीन भाग हुनुहुन्न र? अझै कोही यस्तो भन्नेहरू पनि छन्, “के परमेश्‍वरले येशू उहाँका प्यारो पुत्र हुनुहुन्छ भनेर स्पष्ट रूपमा बताउनुभएन र?” येशू परमेश्‍वरका प्रिय पुत्र हुनुहुन्छ, जोसँग उहाँ प्रसन्न हुनुहुन्छ—यो परमेश्‍वर स्वयमले भन्नुभएको थियो। त्यो परमेश्‍वरले आफैलाई दिनुभएको गवाही थियो, तर एउटा भिन्नै दृष्टिकोणबाट, जुनचाहिँ स्वर्गका आत्माले उहाँको आफ्नै देहधारणको बारेमा दिनुभएको गवाही थियो। येशू उहाँको देहधारण हुनुहुन्छ, स्वर्गमा हुनुहुने उहाँका पुत्रको होइन। के तैंले बुझिस्? के येशूले “म पितामा छु, र पिता ममा हुनुहुन्छ,”—भन्नुभएको वचनले उहाँहरू एउटै आत्मा हुनुहुन्छ भनी संकेत गर्दैन? र के देहधारणकै कारणले गर्दा उहाँहरू स्वर्ग र पृथ्वीको बीचमा अलग हुनुभएको थिएन? वास्तवमा, उहाँहरू अझै एक हुनुहुन्छ; चाहे जे भए तापनि, यो केवल परमेश्‍वर आफैलाई दिनुभएको गवाही मात्र हो। युगहरूमा परिवर्तन भएकाले, कामका मागहरू र उहाँको व्यवस्थापन योजनाका विभिन्न चरणहरूको कारण, मानिसले उहाँलाई बोलाउने नाउँ पनि फरक हुन्छ। जब उहाँ पहिलो चरणको काम गर्न आउनुभयो, उहाँलाई यहोवा, इस्राएलीहरूका गोठालो मात्र कहलाइन सकिन्थ्यो। दोस्रो चरणमा, देहधारी परमेश्‍वरलाई केवल प्रभु र ख्रीष्ट कहलाइन सकिन्थ्यो। तर त्यस बेला स्वर्गमा हुनुहुने आत्माले उहाँ परमेश्‍वरका प्रिय पुत्र हुनुहुन्छ मात्र भन्नुभयो, र उहाँ परमेश्‍वरका एक मात्र पुत्र हुनुहुन्छ भनी उल्लेख गर्नुभएन। यो त्यसै भएको थिएन। कसरी परमेश्‍वरको एक मात्र सन्तान हुन सक्छ? त्यसो भए के परमेश्‍वर मानिस बन्नुहुन्न थियो र? उहाँ देहधारी हुनुभएकोले, उहाँलाई परमेश्‍वरका प्रिय पुत्र भनियो, अनि यसैबाट पिता र पुत्र बीचको सम्बन्ध बन्यो। यो स्वर्ग र पृथ्वी बीचको अन्तरको कारणले भएको थियो। येशूले देहको दृष्टिकोणबाट प्रार्थना गर्नुभयो। उहाँले सामान्य मानिसको देह धारण गर्नुभएको हुनाले देहको दृष्टिकोणबाट उहाँले भन्नुभयोः “मेरो बाहिरी खोल सृष्टि गरिएको प्राणीको हो। किनकि यस पृथ्वीमा आउनका लागि मैले देह धारण गर्छु, म अहिले स्वर्गबाट टाढा, धेरै टाढा छु।” यसकारण, उहाँले पिता परमेश्‍वरसँग देहको दृष्टिकोणबाट मात्र प्रार्थना गर्न सक्नुहुन्थ्यो। यो उहाँको कर्तव्य थियो, र परमेश्‍वरका देहधारी आत्मा यही कुराले सुसज्जित हुनुपर्दछ। उहाँले देहको दृष्टिकोणबाट पितासँग प्रार्थना गर्नुभएकोले उहाँ परमेश्‍वर हुनुहुन्न भन्न सकिंदैन। यद्यपि उहाँ परमेश्‍वरका प्रिय पुत्र कहलाइनुभयो, उहाँ अझै परमेश्‍वर स्वयम् हुनुहुन्थ्यो, किनकि उहाँ आत्माको देहधारण हुनुहुन्थ्यो, र उहाँको सार अझै आत्मा नै हुनुहुन्थ्यो। यदि उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्थ्यो भने उहाँले किन प्रार्थना गर्नुभयो भनी मानिसहरूले सोच्दछन्। किनकि उहाँ देहधारी परमेश्‍वर, देहमा वास गर्नुभएका परमेश्‍वर हुनुहुन्थ्यो, स्वर्गमा हुनुहुने आत्मा होइन। मानिसले हेर्दा, पिता, पुत्र र पवित्र आत्मा सबै परमेश्‍वर हुनुहुन्छ। केवल तीनै जना मिलेर बनेको एक जनालाई मात्र साँचो परमेश्‍वर मान्न सकिन्छ, र यस प्रकारले, उहाँको शक्ति असाधारण रूपमा महान् छ। अझ कोही-कोही हुन्छन्, जसले भन्छन् कि यसरी मात्र उहाँ सात गुणा तीव्र पारिएको आत्मा हुनुहुन्छ। जब पुत्रले उहाँको आगमनपछि प्रार्थना गर्नुभयो, त्यस बेला उहाँले आत्मालाई प्रार्थना गर्नुभयो। वास्तवमा, उहाँले सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट प्रार्थना गर्दैहुनुहुन्थ्यो। किनकि देह पूर्ण हुँदैन, उहाँ पूर्ण हुनुहुन्न थियो र उहाँ देहमा आउनुहुँदा उहाँमा धेरै कमजोरीहरू थिए, र उहाँले आफ्नो देहमा भएर काम गर्नुहुँदा धेरै व्याकुल हुनुभयो। त्यसकारण उहाँलाई क्रूसमा टाँगिनुभन्दा अघि उहाँले पिता परमेश्‍वरसँग तीन पटक प्रार्थना गर्नुभयो, साथै त्योभन्दा अघि पनि धेरै पटक प्रार्थना गर्नुभयो। उहाँले आफ्ना चेलाहरूको बीचमा प्रार्थना गर्नुभयो; उहाँले डाँडामा एकलै प्रार्थना गर्नुभयो; उहाँले माछा मार्ने डुङ्गामा चढेर प्रार्थना गर्नुभयो; उहाँले मानिसहरूका भीड्को बीचमा प्रार्थना गर्नुभयो; उहाँले रोटी भाँच्दा प्रार्थना गर्नुभयो; र उहाँले अरूलाई आशिर्वाद दिनुहुँदा प्रार्थना गर्नुभयो। उहाँले किन त्यसो गर्नुभयो? उहाँले आत्मालाई प्रार्थना गर्नुभयो; उहाँले आत्मा, अर्थात् स्वर्गमा हुनुहुने परमेश्‍वरलाई देहको दृष्टिकोणबाट प्रार्थना गरिरहनुभएको थियो। त्यसकारण, मानिसको दृष्टिकोणबाट, येशू कामको त्यस चरणमा पुत्र बन्नुभयो। तापनि यो चरणमा उहाँले प्रार्थना गर्नुहुन्न। यस्तो किन हो? यसको कारण यो हो कि उहाँले वचनको काम, अनि वचनको न्याय र दण्ड प्रकट गर्नुहुन्छ। उहाँलाई प्रार्थनाहरूको कुनै आवश्यकता छैन, र उहाँको सेवकाइ बोल्नु हो। उहाँ क्रूसमा टाँगिनुभएको छैन, र मानिसहरूले उहाँलाई शक्ति हुने मानिसहरूको हातमा सुम्पिनुभएको छैन। उहाँ केवल आफ्नो काम गर्नुहुन्छ। जब येशूले प्रार्थना गर्नुभयो, उहाँले स्वर्गको राज्य ओर्लिओस्, पिताको इच्छा पूरा होस् भनेर र आउने कामका लागि भनी परमेश्‍वर पितासँग प्रार्थना गर्दै हुनुहुन्थ्यो। यस चरणमा, स्वर्गको राज्य अघिबाटै आइसकेको छ, त्यसैले के उहाँले अझै पनि प्रार्थना गर्नु आवश्यक छ? उहाँको काम भनेको युगको अन्त्य गर्नु हो, र त्यहाँ अझ अरू नयाँ युगहरू छैनन्, त्यसैले अर्को चरणका लागि प्रार्थना गर्नु आवश्यक छ? मलाई डर लाग्छ, प्रार्थना गर्नु आवश्यक छैन।

मानिसको व्याख्यामा धेरै विरोधाभासहरू छन्। साँच्चै, यी सबै मानिसका धारणाहरू हुन्; तिमीहरू त्यसको बारेमा थप जाँचबुझ नगरी, ती सबै सही छन् भनी विश्‍वास गर्छौ। के तँलाई थाहा छैन कि त्रिएकत्वको रूपमा परमेश्‍वर सम्बन्धी यो धारणा मानिसको विचार मात्र हो? मानिसको कुनै ज्ञान पूर्ण र सिद्ध छैन। त्यहाँ सधैं अशुद्धताहरू हुन्छन्, र मानिससँग धेरै विचारहरू हुन्छन्; यसले देखाउँदछ कि सृष्टि गरिएको प्राणीले परमेश्‍वरको कामको व्याख्या गर्न सक्दैन। मानिसका दिमागमा धेरै कुराहरू हुन्छन्, जुन सबै तर्क र विचारबाट आउँदछन्, जुन सत्यको विरोधमा हुन्छन्। के तेरो तर्कले परमेश्‍वरको कामलाई राम्ररी विश्लेषण गर्न सक्छ? के तैंले यहोवाका सबै कामको अन्तर्दृष्टि पाउन सक्छस्? के मानिसको रूपमा तँ ती सबै देख्न सक्छन् वा के परमेश्‍वर स्वयम् हुनुहुन्छ जसले अनन्ततादेखि अनन्ततासम्म देख्न सक्नुहुन्छ? के धेरै अघि अनन्ततादेखि आउने अनन्ततासम्म देख्न सक्ने तँ होस् वा के यो परमेश्‍वरले गर्न सक्नुहुन्छ? तँ के भन्छस्? तँ परमेश्‍वरलाई व्याख्या गर्न कसरी योग्य छस्? तेरो स्पष्टीकरणको आधार के हो? के तँ परमेश्‍वर होस्? स्वर्गहरू र पृथ्वी, अनि यसमा भएका सबै थोकहरू परमेश्‍वर आफैले बनाउनुभएको हो। यो गर्ने तँ होइनस्, त्यसैले तँ किन गलत स्पष्टीकरणहरू दिइरहेको छस्? अब, के तँ अझै त्रिएक परमेश्‍वरमा विश्‍वास गरिरहन्छस्? के त्यसो गर्नु तँलाई धेरै बोझिलो लाग्दैन? तैंले तीन परमेश्‍वरमा होइन, एक परमेश्‍वरमा विश्‍वास गर्नु नै सबैभन्दा उत्तम हुन्छ। हलुको हुनु सबैभन्दा उत्तम हो, किनकि प्रभुको बोझ हलुको छ।

— वचन देहमा देखा पर्नुहुन्छको “के त्रिएकत्व अस्तित्वमा छ?” बाट उद्धृत गरिएको

अघिल्लो: ७. बाइबल सम्‍बन्धी रहस्यहरू

अर्को: ९. मानवजातिको भ्रष्टता उजागर गर्नु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ

धेरै सहस्राब्दीदेखि मानिसले मुक्तिदाताको आगमन देख्न सक्‍ने उत्कट इच्छा गरेको छ। हजारौँ वर्षदेखि उहाँको निम्ति उत्कट इच्छा गर्ने र चाह...

अध्याय ४

मेरो अगाडि सेवा गर्ने मेरा सबै मानिसहरूले विगतको विषयमा फेरि सोच्नुपर्छ: के मप्रतिको तिमीहरूको प्रेम अशुद्धताले कलङ्कित थियो? के मप्रति...

परमेश्‍वरको कामको दर्शन (२)

अनुग्रहको युगमा पश्‍चात्तापको सुसमाचार प्रचार गरिएको थियो, अनि मानिसले विश्‍वास गर्‍यो भने उसले मुक्ति पाउँथ्यो। आज, मुक्तिको सट्टामा विजय...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्