धार्मिक धारणाहरू खुलासा गर्नु
परमेश्वरका दैनिक वचनहरू अंश २८१
परमेश्वर र मानिसलाई एउटै स्तरमा राखेर कुरा गर्न मिल्दैन। उहाँको सार र उहाँको काम मानिसका लागि सबैभन्दा बुझ्न नसकिने र अबोध्य छन्। यदि परमेश्वर व्यक्तिगत रूपमा मानवजातिमाझ आफ्नो काम गर्नुहुन्न र आफ्ना वचनहरू बोल्नुहुन्न भने, मानिसले कुनै पनि हालतमा परमेश्वरका अभिप्रायहरू बुझ्न सक्दैन। त्यसकारण, परमेश्वरप्रति आफ्नो सम्पूर्ण जीवन अर्पण गरेकाहरूले समेत उहाँको अनुमोदन प्राप्त गर्न सक्नेछैनन्। यदि परमेश्वरले काम सुरु गर्नुभएन भने, मानिसले जतिसुकै राम्रो गरे पनि, त्यो सब व्यर्थ हुनेछ, किनभने परमेश्वरका सोचहरू सधैँ मानिसका सोचहरूभन्दा उच्च हुनेछन् र परमेश्वरको बुद्धि कुनै पनि व्यक्तिले बुझ्न सक्दैन। र त्यसैले म भन्छु, परमेश्वर र उहाँको कामलाई “पूर्ण रूपमा बुझ्ने” हरू अयोग्य वर्ग हुन्; तिनीहरू सबै अहङ्कारी र अज्ञानी हुन्छन्। मानिसले परमेश्वरको कामलाई सीमित गर्नु हुँदैन; त्यसबाहेक, मानिसले परमेश्वरको कामलाई सीमित गर्नै सक्दैन। परमेश्वरको नजरमा, मानिस कमिलाभन्दा पनि सानो छ; त्यसकारण मानिसले परमेश्वरको काम कसरी बुझ्न सक्छ र? “परमेश्वर यसरी काम गर्नुहुन्न वा त्यसरी काम गर्नुहुन्न,” अथवा “परमेश्वर यस्तो हुनुहुन्छ वा त्यस्तो हुनुहुन्छ” भनेर सधैँ बकबक गर्नेहरू—के तिनीहरू अहङ्कारी भएर बोलिरहेका छैनन् र? हामी सबैले के जान्नुपर्छ भने मानिस, जो देहको हो, शैतानद्वारा भ्रष्ट तुल्याइएको हुन्छ, उसको प्रकृति नै परमेश्वरको विरोध गर्नु हो र ऊ परमेश्वरको स्तरमा पुग्न सक्दैन, झन् उसले परमेश्वरको कामका सन्दर्भमा कुनै सल्लाह दिन सक्नु त परको कुरा हो। जहाँसम्म परमेश्वर मानिसलाई कसरी मार्गदर्शन गर्नुहुन्छ भन्ने कुरा छ, यो परमेश्वर स्वयम्को काम हो। मानिस कुनै यस्तो वा उस्तो दृष्टिकोण नराखी समर्पित हुनु नै उचित हुन्छ, किनभने मानिस धुलो मात्र हो। परमेश्वरलाई खोज्नु नै हाम्रो आशय भएको हुनाले, परमेश्वरले विचार गरिदिनुहोओस् भन्नका लागि हामीले उहाँको काममा आफ्ना धारणाहरू बेसरी लाद्नु हुँदैन, हामीले परमेश्वरको कामलाई जानाजानी र जोडतोडका साथ विरोध गर्न आफ्ना भ्रष्ट स्वभावहरू प्रयोग गर्नु त झनै हुँदैन। के त्यसो गर्दा हामी ख्रीष्टविरोधी हुँदैनौँ र? त्यस्ता मानिसहरू परमेश्वरमा विश्वास गर्छन् भनेर चाहिँ कसरी भन्न सकिन्छ? हामीले परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्ने अनि उहाँलाई सन्तुष्ट पार्न र उहाँलाई हेर्न चाहने हुनाले, सत्यताको मार्ग र परमेश्वरसँग मिल्ने मार्ग खोज्नुपर्छ। हामी हठी भएर उहाँको विरोधमा खडा हुनु हुँदैन। त्यस्ता कार्यहरूबाट के चाहिँ राम्रो परिणाम आउन सक्छ र?
आज, परमेश्वरले नयाँ काम गर्नुभएको छ। तैँले यी वचनहरू स्वीकार गर्न नसक्लास् र तँलाई ती अनौठो लाग्न सक्छन्, तर म तँलाई अहिलेका लागि आफ्नो प्राकृतिकता खुलासा नगर्न सल्लाह दिन्छु, किनभने परमेश्वरसामु साँचो रूपमा धार्मिकताका लागि भोकाउने र तिर्खाउनेहरूले मात्र सत्यता प्राप्त गर्न सक्छन् र जो साँच्चै भक्त छन् तिनीहरूलाई मात्र उहाँद्वारा अन्तर्दृष्टि र मार्गदर्शन दिन सकिन्छ। संयमित शान्तिका साथ सत्यता खोजेर नतिजाहरू प्राप्त हुन्छन्, झैझगडा र विवाद गरेर होइन। जब म “आज, परमेश्वरले नयाँ काम गर्नुभएको छ” भनेर भन्छु, तब म परमेश्वर देहमा फर्कने कुरालाई जनाइरहेको हुन्छु। सायद यी वचनहरूले तँलाई पिरोल्दैनन्; सायद तँ तिनलाई घृणा गर्छस्; वा सायद तँलाई तिनमा धेरै रुचि छ। जेसुकै भए पनि, म के आशा गर्छु भने परमेश्वर देखा पर्नुभएको साँच्चै चाहना गर्ने सबैले तुरुन्तै निष्कर्षमा पुग्नुको सट्टा यस तथ्यको सामना गर्न र यसलाई ध्यानपूर्वक जाँच्न सकून्; बुद्धिमान् व्यक्तिले गर्नुपर्ने कुरा त्यही नै हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना
परमेश्वरका दैनिक वचनहरू अंश २८२
परमेश्वरमा विश्वास गर्दा, परमेश्वरलाई कसरी चिन्नुपर्छ? व्यक्तिले विचलित वा भ्रमित नभई परमेश्वरका वर्तमानका वचनहरू र कामका आधारमा परमेश्वरलाई चिन्नुपर्छ, र सबैभन्दा पहिला, उसले परमेश्वरको काम चिन्नुपर्छ, जुन परमेश्वर स्वयम्लाई चिन्नुको आधार हो। परमेश्वरका वचनहरूको शुद्ध बुझाइ नभएका ती विभिन्न भ्रम सबै धार्मिक धारणा हुन्; ती विकृत बुझाइ हुन्। धार्मिक व्यक्तित्वहरूको सबैभन्दा ठूलो खुबी भनेको विगतमा बुझिएका परमेश्वरका वचनहरूलाई लिएर तिनका आधारमा आजका परमेश्वरका वचनहरूलाई मापन गर्नु हो। आजको परमेश्वरको सेवा गर्दा, यदि तँ विगतमा पवित्र आत्माको अन्तर्दृष्टिद्वारा प्रकट गरिएका कुराहरूमा टाँसिइरहन्छस् भने, तेरो सेवाले अवरोध सृजना गर्नेछ, र त्यो एक प्रकारको पुरानो अभ्यास बन्नेछ, त्यो धार्मिक अनुष्ठानबाहेक केही हुनेछैन। यदि तँ परमेश्वरको सेवा गर्नेहरूमा अन्य गुणहरूका साथै, बाहिरी रूपमा नम्रता र धैर्य हुनैपर्छ भन्ने विश्वास गर्छस्, र यदि तँ आज यस प्रकारको ज्ञान अभ्यास गर्छस् भने, त्यस्तो ज्ञान एउटा धार्मिक धारणा हो; यस तरिकाले अभ्यास गर्नु भनेको पाखण्ड देखाउनुसरह हो। “धार्मिक धारणाहरू” भन्ने वाक्यांशले पुराना (परमेश्वरले पहिले बोल्नुभएका वचनहरूको बुझाइ र पवित्र आत्माको प्रत्यक्ष अन्तर्दृष्टिको ज्योति लगायत) कुराहरूलाई दर्साउँछ, र यदि तिनलाई आज व्यवहारमा लागू गरियो भने, तिनले परमेश्वरको काममा अवरोध पुर्याउँछन् र मानिसलाई कुनै फाइदा गर्दैनन्। यदि मानिसहरूले धार्मिक धारणाभित्र पर्ने ती कुरालाई आफूबाट हटाउन सकेनन् भने, ती कुरा तिनीहरूले परमेश्वरको सेवा गर्ने कार्यमा ठूलो तगारो बन्नेछन्। धार्मिक धारणा बोकेका मानिसहरूसँग पवित्र आत्माको कामसित कदम मिलाउने कुनै उपाय हुँदैन—तिनीहरू एक कदम, दुई कदम गर्दै झन्-झन् पछि पर्छन्। यस्तो किन हुन्छ भने, यी धार्मिक धारणाहरूले गर्दा मानिस असाधारण रूपमा आत्म-धर्मी र अहङ्कारी बन्छ। परमेश्वर विगतमा आफूले भनेका वा गरेका कुरालाई सम्झेर बस्नुहुन्न; यदि कुनै कुरा काम नलाग्ने भयो भने, उहाँ त्यसलाई हटाउनुहुन्छ। के तँ आफ्ना धारणाहरू त्याग्न साँच्चै असक्षम छस्? यदि तँ विगतमा परमेश्वरले बोलेका वचनहरूमा नै टाँसिइरहन्छस् भने, के यसले तँलाई परमेश्वरको काम थाहा भएको प्रमाणित गर्छ? यदि तँ पवित्र आत्माको वर्तमानको ज्योति स्विकार्न सक्दैनस्, बरु त्यही पुरानो ज्योतिमा टाँसिइरहन्छस् भने, के यसले तँ परमेश्वरका पदचापहरू पछ्याउँछस् भन्ने प्रमाणित गर्न सक्छ? के तँ अझै पनि धार्मिक धारणाहरू त्याग्न असक्षम छस्? यदि त्यसो हो भने, तँ परमेश्वरको विरोध गर्ने व्यक्ति बन्नेछस्।
यदि मानिसहरूले धार्मिक धारणाहरूलाई त्याग्न सक्छन् भने, तिनीहरूले आजका परमेश्वरका वचनहरू र कामलाई मूल्याङ्कन गर्नमा आफ्नो दिमाग प्रयोग गर्नेछैनन्, बरु तिनीहरू सीधै समर्पित हुनेछन्। आज परमेश्वरको काम स्पष्टतः विगतको जस्तो नभए पनि तँ विगतको दृष्टिकोणलाई त्यागेर सीधै परमेश्वरको आजको कामप्रति समर्पित हुन सक्छस्। विगतमा परमेश्वरले जसरी काम गर्नुभएको भए पनि, यदि तँ आजका परमेश्वरको कामलाई महत्वपूर्ण स्थान दिनुपर्छ भन्ने कुरा बुझ्न सक्छस् भने, तँ आफ्ना धारणाहरूलाई त्यागिसकेको, परमेश्वरप्रति समर्पित हुने, अनि परमेश्वरका काम र वचनहरूप्रति समर्पित हुन र उहाँका पदचापहरू पछ्याउन सक्ने व्यक्ति होस्। यस्तो अवस्थामा, तँ साँच्चिकै परमेश्वरप्रति समर्पित हुने व्यक्ति बन्छस्। तँ परमेश्वरको कामलाई विश्लेषण वा छानबिन गर्दैनस्; यो परमेश्वरले आफ्नो पहिलेको काम बिर्सनुभएको, र तैँले पनि यसलाई बिर्सेको जस्तै हो। वर्तमान वर्तमान नै हो, अनि विगत विगत नै हो, र अहिले परमेश्वरले विगतमा आफूले गरेका कामकुरालाई पन्छाउनुभएको हुनाले, तँ त्यसैका बारेमा सोचेर बस्नु हुँदैन। त्यो मात्र त्यस्तो व्यक्ति हो जो पूर्ण रूपमा परमेश्वरप्रति समर्पित हुन्छ र जसले आफ्ना धार्मिक धारणाहरूलाई पूर्ण रूपले त्यागेको हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको वर्तमान काम चिन्नेहरू मात्र परमेश्वरको सेवा गर्न सक्छन्
परमेश्वरका दैनिक वचनहरू अंश २८३
परमेश्वरको काममा सधैँ नयाँ कुराहरू विकसित भइरहने हुनाले, नयाँ कामहरू पैदा हुने क्रममा कतिपय काम अप्रचलित र पुराना हुँदै जान्छन्। यी विभिन्न किसिमका नयाँ तथा पुराना काम विरोधाभासपूर्ण नभई एकअर्काका परिपूरक हुन्; प्रत्येक चरण अघिल्लो चरणपछि आउँछ। नयाँ काम आएको हुनाले, पुराना कुरालाई अवश्य नै हटाइनैपर्छ। उदाहरणका लागि, मानिसका धेरै अघिदेखि स्थापित अभ्यास र बानी परेका भनाइहरू, साथै मानिसका धेरै वर्षको अनुभव र उसले सिकेका पाठहरूले मानिसको मन-मस्तिष्कमा अनेक प्रकार र स्वरूपका धारणाहरू निर्माण गरेका हुन्छन्। परमेश्वरले मानिसलाई उहाँको साँचो मुहार र अन्तर्निहित स्वभाव पूर्ण रूपले थाहा नदिनुभएको—साथै विगतदेखि वर्तमानसम्म धेरै वर्ष परम्परागत सिद्धान्तहरू फैलाइएका हुनाले—मानिसलाई यस्ता धारणाहरू निर्माण गर्न अझ बढी अनुकूल बनेको छ। के भन्न सकिन्छ भने, मानिसले परमेश्वरमाथि विश्वास गर्ने क्रममा, विभिन्न धारणाको प्रभावले गर्दा मानिसमा परमेश्वरसम्बन्धी अनेक किसिमका धारणागत बुझाइ निरन्तर निर्माण र विकास भएका छन्, जसले गर्दा परमेश्वरको सेवा गर्ने धेरै धार्मिक व्यक्तित्व उहाँका शत्रु हुन पुगेका छन्। त्यसकारण, मानिसहरूका धार्मिक धारणाहरू जति बलिया हुन्छन्, तिनीहरू त्यति नै बढी परमेश्वरको विरोध गर्छन्, अनि तिनीहरू त्यति नै बढी परमेश्वरका शत्रु बन्छन्। परमेश्वरको काम सधैँ नयाँ हुन्छ र कहिल्यै पुरानो हुँदैन—यसले कहिल्यै प्रावधानहरू निर्माण गर्दैन; बरु यो विभिन्न मात्रामा निरन्तर परिवर्तन र नवीकरण भइरहन्छ। परमेश्वरले यसरी काम गर्नु उहाँको अन्तर्निहित स्वभावको एउटा अभिव्यक्ति हो। यो परमेश्वरको कामको अन्तर्निहित सिद्धान्त पनि हो, साथै परमेश्वरले आफ्नो व्यवस्थापन पूरा गर्न प्रयोग गर्ने काम गर्ने उपायहरूमध्ये एक हो। यदि परमेश्वरले यसरी कार्य नगर्नुभएको भए, मानिस परिवर्तन हुनेथिएन वा उसले परमेश्वरलाई चिन्न सक्नेथिएन, अनि शैतान पराजित हुनेथिएन। तसर्थ, उहाँको काममा परिवर्तनहरू निरन्तर भइरहन्छन्, जुन अनियमित देखिन्छन् तर वास्तवमा आवधिक हुन्छन्। तर, मानिस जसरी परमेश्वरमा विश्वास गर्छ, त्यो निकै फरक छ। ऊ पुराना, परिचित प्रावधान र प्रणालीहरूमा नै झुन्डिरहन्छ, अनि ती जति पुराना हुन्छन्, उसलाई ती त्यति नै रुचिकर लाग्छन्। मानिसको मूर्ख मस्तिष्कले, एउटा ढुङ्गा जस्तै हठी मस्तिष्कले, परमेश्वरको यति धेरै अथाह नयाँ काम र वचन कसरी स्वीकार गर्न सक्छ? मानिस सधैँ नयाँ रहनुहुने र कहिल्यै पुरानो नहुनुहुने परमेश्वरलाई मन पराउँदैन; ऊ एकदमै बुढो र सेतो कपाल भएको, अनि हिँड्न नसक्नुहुने परमेश्वरलाई मात्र मन पराउँछ। यसरी, परमेश्वर र मानिसका आ-आफ्नै “रुचिहरू” भएकाले, मानिस परमेश्वरको शत्रु बनेको छ। परमेश्वरले लगभग छ हजार वर्षदेखि नयाँ काम गर्दै आइरहनुभएको आजको समयमा पनि, यस्ता धेरै विरोधाभास रहेका छन्। त्यसैले, ती असुधार्य छन्। सायद मानिसहरूको जिद्दीपनका कारण, वा सायद परमेश्वरका प्रशासनिक आदेशहरूलाई कुनै पनि मानिसले उल्लङ्घन गरेको सहन नसकिने हुनाले, ती पुरुष पादरी र महिला पादरीहरू ती ढुँडी लागेका पुराना पुस्तक र कागजहरूमा टाँसिइरहन्छन्, जबकि परमेश्वर कसैले नहेरिरहेझैँ गरी आफ्नो अधुरो व्यवस्थापनको कार्य जारी राख्नुहुन्छ। समाधान गर्न समेत असम्भव रहेका त्यस्ता शत्रुवत् विरोधाभासहरू भए पनि, परमेश्वर ती छन् पनि र छैनन् पनि जस्तो गरी तिनलाई ध्यान दिनुहुन्न। तर, मानिस अझै पनि आफ्ना विश्वास र धारणाहरूमा टाँसिइरहन्छ, र तिनलाई कहिल्यै छोड्दैन। यद्यपि एउटा कुरा चाहिँ आफैमा स्पष्ट छ: मानिस आफ्नो अडानबाट विचलित नभए पनि, परमेश्वरका “पाउहरू” सधैँ चलिरहेका हुन्छन्, र उहाँ परिवेशअनुसार आफ्नो अडान सधैँ बदलिरहनुहुन्छ। अन्तमा, कुनै लडाइँविना नै हार्नुपर्ने त मानिस नै हो। यसैबीच, परमेश्वर उहाँका पराजित सबै शत्रुको “सबैभन्दा ठूलो शत्रु” हुनुहुन्छ, अनि पराजित र अपराजित दुवै मानवजातिको “विजेता” पनि हुनुहुन्छ। परमेश्वरसित प्रतिस्पर्धा गरेर को विजयी हुन सक्छ? मानिसका धारणाहरू परमेश्वरबाट नै आएझैँ लाग्छन्, किनभने तीमध्ये धेरै परमेश्वरको कामपछि नै अलिअलि गर्दै उत्पन्न भएका हुन्। तर, यस कारणले परमेश्वर मानिसलाई क्षमा गर्नुहुन्न, उहाँको कामपछि उहाँको कामभन्दा बाहिर “परमेश्वरका निम्ति” वस्तुहरूको एकपछि अर्को जत्था उत्पादन गरेकोमा मानिसलाई प्रशंसा त झनै बर्साउनुहुन्न। बरु, उहाँ मानिसका धारणाहरू अनि पुरानो, भक्तिपूर्ण विश्वासदेखि घिन मान्नुहुन्छ, र उहाँसँग ती धारणाहरू सुरुमा कुन मितिमा उत्पन्न भए भन्ने कुराको वास्ता गर्ने सोचसमेत हुँदैन। उहाँ यी धारणाहरू उहाँकै कामका कारण उत्पन्न भएका हुन् भनी पटक्कै स्वीकार गर्नुहुन्न, किनभने मानिसका धारणाहरू मानव सङ्क्रमणबाट नै आउँछन्; तिनको स्रोत मानिसकै सोचहरू र मस्तिष्क हुन्—परमेश्वर नभई शैतान हो। परमेश्वरको अभिप्राय सधैँ नै उहाँको काम पुरानो र मृत होइन, नयाँ र जीवित होस् भन्ने रहेको छ, अनि उहाँले मानिसलाई पालन गर्न लगाउने कुरा युग र अवधिअनुसार फरक हुन्छ, अनि त्यो चिरस्थायी र अपरिवर्तनीय हुँदैन। यस्तो किन हुन्छ भने, उहाँ मानिसलाई मर्न र पुरानो हुन लगाउने दियाबलस नभई मानिसलाई जिउन र नयाँ हुन लगाउनुहुने परमेश्वर हुनुहुन्छ। के तिमीहरू अझै पनि यो कुरा बुझ्दैनौ? तँसँग परमेश्वरका बारेमा धारणाहरू हुनु र तैँले तिनलाई त्याग्न नसक्नुको कारण भनेको तैँले कामकुरा बुझ्न नसक्नु हो—यो परमेश्वरको कामभित्र ज्यादै कम अर्थ भएको कारणले होइन, न त उहाँको काम मान्छेका भावनाहरूप्रति विचारशील नभएर नै हो, यो परमेश्वरले आफ्नो उचित कामलाई कहिल्यै नसम्हाल्नुभएर त झनै होइन। तँ आफ्ना धारणाहरू त्याग्न सक्दैनस् किनभने तँमा समर्पणको ज्यादै कमी छ, र किनभने तँमा सृजित प्राणीको रूप अलिकति पनि छैन; यो परमेश्वरले तेरा लागि कामकुरा कठिन बनाइदिनुभएकाले भएको होइन। यो सबै तैँले गर्दा नै भएको हो, र परमेश्वरसित यसको सम्बन्ध छँदै छैन; सबै कष्ट र प्रकोप मानिसद्वारा नै सृजना गरिएका हुन्। परमेश्वरका सोचहरू सधैँ असल हुन्छन्: उहाँ तँलाई धारणाहरू विकास गर्न लगाउन इच्छा गर्नुहुन्न, बरु युगहरू बित्दै जाँदा तँ नवीकरण र रूपान्तरण हो भन्ने इच्छा गर्नुहुन्छ। तैपनि तँलाई आफ्नो लागि के राम्रो हो भन्ने थाहा छैन, अनि तँ सधैँ कि त छानबिन कि त विश्लेषण गरिरहेको हुन्छस्। परमेश्वरले तेरा निम्ति कामकुरा कठिन बनाइरहनुभएको होइन, बरु तँसँग चाहिँ परमेश्वरको डर मान्ने हृदय नभएको हो, र तेरो विद्रोहीपन धेरै ठूलो भएको हो। एउटा झिनो सृजित प्राणीले परमेश्वरले पहिले दिएको कुनै कुराको नगण्य अंश लिनु अनि फनक्क फर्केर परमेश्वरलाई नै आक्रमण गर्न त्यो प्रयोग गर्ने आँट गर्नु—के यो मानिसको विद्रोहीपन होइन र? मानवजाति परमेश्वरसमक्ष आफ्ना विचारहरू व्यक्त गर्न पूर्णतया अयोग्य छ, अनि तिनीहरू आफ्नो बेकारको, गन्हाउने, कुहिएको, पुरातन शब्दाडम्बर मनलागी प्रदर्शन गर्न झनै अयोग्य छन् भनेर भन्नु अत्युक्ति हुँदैन—ती ढुसी लागेका धारणाहरूबारे त केही भन्नै परेन। के तिनीहरू अझै बेकारका छैनन् र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको वर्तमान काम चिन्नेहरू मात्र परमेश्वरको सेवा गर्न सक्छन्
परमेश्वरका दैनिक वचनहरू अंश २८४
परमेश्वरको काम सधैँ अघि बढिरहन्छ, र उहाँको कामको उद्देश्य परिवर्तन नभए पनि, उहाँले काम गर्ने विधि नित्य परिवर्तन हुन्छ, जसको अर्थ के हो भने परमेश्वरलाई पछ्याउनेहरू पनि नित्य परिवर्तन भइरहेका छन्। परमेश्वरले जति धेरै काम गर्नुहुन्छ, उत्ति नै परमेश्वरबारे मानिसको ज्ञान पनि पूर्ण हुन्छ। परमेश्वरको कामको सँगसँगै मानिसको स्वभावमा पनि सोही अनुरूपका परिवर्तनहरू आउँछन्। तर, परमेश्वरको काम सदैव परिवर्तन भइरहने हुनाले पवित्र आत्माको काम नजान्नेहरू र सत्यता नचिन्ने ती वाहियात मानिसहरू नै परमेश्वरको प्रतिरोध गर्ने मानिसहरू बन्छन्। परमेश्वरको काम मानिसको धारणाअनुसार कहिल्यै हुँदैन, किनभने उहाँको काम सदैव नयाँ हुन्छ र पुरानो कहिल्यै हुँदैन, र उहाँ पुरानो कामलाई कहिल्यै दोहोर्याउनुहुन्न, बरु यस अघि उहाँले कहिल्यै नगरेको काम गर्नुहुन्छ। परमेश्वरले आफ्नो काम नदोहोर्याउनुहुने भएकोले र मानिसले परमेश्वरको हालको कामलाई उहाँले विगतमा गर्नुभएको कामका आधारमा सधैँ मूल्याङ्कन गर्ने भएकाले नयाँ युगको कामको हरेक चरणलाई कार्यान्वयन गर्न परमेश्वरलाई अत्यन्त कठिन भएको छ। मानिससँग अत्यन्तै धेरै कठिनाइहरू छन्! ऊ उसको सोचाइमा अत्यन्त रूढिवादी छ! परमेश्वरको कामलाई कसैले जान्दैन, तैपनि सबैले यसलाई सीमित गर्छन्। जब मानिसले परमेश्वरलाई छोड्छ, तब उसले जीवन, सत्यता, र परमेश्वरका आशिष् गुमाउँछ, तैपनि उसले न जीवन न त सत्यता नै स्विकार्छ, परमेश्वरले मानवजातिलाई दिनुहुने अझै ठूला आशिष् त झनै स्विकार्दैन। सबै मानिसहरूले परमेश्वरलाई पाउन चाहन्छन्, तैपनि परमेश्वरको काममा हुने कुनै पनि परिवर्तनलाई सहन सक्दैनन्। परमेश्वरको नयाँ कामलाई स्वीकार नगर्नेहरूले परमेश्वरको काम अपरिवर्तनशील हुन्छ, यो सदैव ठप्प रहन्छ भन्ने विश्वास गर्छन्। तिनीहरूको विचारमा, तिनीहरूले परमेश्वरबाट अनन्त मुक्ति पाउनका लागि आवश्यक कुरा भनेको व्यवस्था पालन गर्नु हो, र तिनीहरूले पश्चात्ताप गरेसम्म र आफ्ना पापहरू स्वीकार गरेसम्म, परमेश्वरका अभिप्राय सदैव पूरा हुनेछन्। तिनीहरू परमेश्वर व्यवस्था अन्तर्गत हुने परमेश्वर र मानिसका निम्ति क्रूस टाँगिनुभएको परमेश्वर मात्र हुन सक्नुहुन्छ भन्ने राय राख्छन्; तिनीहरू परमेश्वरले बाइबललाई अतिक्रमण गर्नु हुँदैन र गर्न सक्नुहुन्न भन्ने राय पनि राख्छन्। ठ्याक्कै यिनै रायहरूले तिनीहरूलाई पुरानो व्यवस्थाको जन्जिरमा जोडसँग बाँधेका छन् र मृत प्रावधानहरूमा टाँगेका छन्। परमेश्वरको नयाँ काम चाहे जेसुकै होस्, यसलाई अगमवाणीहरूले पुष्टि गर्नुपर्छ, र यस्तो कामको हरेक चरणमा, उहाँलाई “साँचो” हृदयले पछ्याउनेहरूलाई प्रकाशहरू पनि देखाइनुपर्छ, नत्र यस्तो काम परमेश्वरको काम हुन सक्दैन भनी विश्वास गर्नेहरू त अझै धेरै छन्। परमेश्वरलाई चिन्नु मानिसका निम्ति मूलतः सजिलो काम होइन। मानिसको वाहियात हृदयको साथसाथै अहम्ता र अभिमान भएको उसको विद्रोही प्रकृतिलाई लिँदा, उसलाई परमेश्वरको नयाँ कामलाई स्वीकार गर्नु अझ धेरै कठिन हुन्छ। मानिसले न त परमेश्वरको नयाँ कामलाई सावधानीपूर्वक छानबिन गर्छ, न नम्रतासाथ स्वीकार नै गर्छ; बरु, उसले परमेश्वरबाट प्रकाश र मार्गदर्शनको प्रतीक्षा गर्दै गर्दा हेयको मनोवृत्ति अपनाउँछ। के यी परमेश्वरको विरुद्ध विद्रोह गर्ने र उहाँको विरोध गर्ने मानिसका प्रकटीकरणहरू होइनन् र? यस्ता मानिसहरूले परमेश्वरको अनुमोदन कसरी प्राप्त गर्न सक्छन्?
यहोवाको काम अनुग्रहको युगको पछि परेको छ भनी येशूले भन्नुभयो, त्यसरी नै येशूको काम पनि पछि परेको छ भनी आज म भन्छु। यदि अनुग्रहको युग नभइ व्यवस्थाको युगमा मात्र भएको थियो भने, येशू क्रूसमा टाँगिनुहुनेथिएन र सबै मानवजातिलाई छुटकारा दिन सक्नुहुन्नथ्यो। यदि व्यवस्थाको युग मात्र भइदिएको भए, के मानवजाति आजको दिनसम्म आइपुग्न सक्थे? इतिहास अघि बढ्छ, अनि के इतिहास परमेश्वरको कामको प्राकृतिक व्यवस्था होइन र? के यो सारा ब्रह्माण्डभरि मानिसप्रतिको उहाँको व्यवस्थापनको चित्रण होइन र? इतिहास अघि बढ्छ, त्यसरी नै परमेश्वरको काम पनि अघि बढ्छ। परमेश्वरका अभिप्राय निरन्तर परिवर्तन भइरहन्छ। उहाँ छ हजार वर्षसम्म कामको एकै चरणमा रहन सक्नुहुन्नथियो, किनभने परमेश्वर सदैव नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न भन्ने कुरा सबैलाई थाहा छ, सम्भवतः उहाँले क्रूसमा मारिने काम एक, दुई, तीन…। पटक गरिरहन सक्नुहुन्नथियो। यस्तो सोच्नु हास्यास्पद कुरा हुनेथियो। परमेश्वरले उही काम गरिरहनुहुन्न; मैले तिमीहरूसँग धेरै नयाँ वचनहरू बोलेजस्तै र हरेक दिन नयाँ काम गरेजस्तै, उहाँको काम सदैव परिवर्तन भइरहन्छ र सधैँ नयाँ हुन्छ। मैले गर्ने काम यही हो, र चाबीहरूचाँहि “नयाँ” र “चमत्कारी” शब्दहरू हुन्। “परमेश्वर अपरिवर्तनशील हुनुहुन्छ र परमेश्वर सदैव परमेश्वर नै हुनुहुनेछ”: यो भनाइ साँच्चै सत्य छ; परमेश्वरको सार परिवर्तन हुँदैन, परमेश्वर सदैव परमेश्वर नै हुनुहुन्छ, र उहाँ कहिल्यै पनि शैतान हुन सक्नुहुन्नथ्यो, तर उहाँको काम उहाँको सारजस्तै स्थिर र अपरिवर्तनीय छ भन्ने कुरा यसले प्रमाणित गर्दैन। परमेश्वर अपरिवर्तनशील हुनुहुन्छ भनेर तँ नै भन्छस्, अनि परमेश्वर सदैव नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न भनी तैँले कसरी वर्णन गर्न सक्छस्? परमेश्वरको काम निरन्तर रूपमा फैलिन्छ र अनवरत रूपमा परिवर्तन भइरहन्छ, अनि उहाँका अभिप्राय मानिसलाई निरन्तर रूपमा प्रकट गरिन्छ र देखाइन्छ। जब मानिसले परमेश्वरको कामको अनुभव गर्छ, तब जसरी उसको ज्ञान बढ्छ त्यसरी नै उसको स्वभाव अविरल रूपमा परिवर्तन हुन्छ। अनि यो परिवर्तन कहाँबाट उदय हुन्छ? के यो सदैव परिवर्तन भइरहने परमेश्वरको कामबाट नै आउँदैन र? यदि मानिसको स्वभाव परिवर्तन हुन सक्छ भने, मानिसले मेरो काम र मेरा वचनहरूलाई पनि किन परिवर्तन हुन दिँदैन? के म मानिसको प्रतिबन्धमा रहनुपर्छ? यसमा के तैँले जबरजस्ती बहस र विकृत तर्क प्रयोग गरिरहेको छैनस् र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्ना धारणाहरूमा परमेश्वरलाई सीमित गरेकाहरूले उहाँको प्रकाश कसरी प्राप्त गर्न सक्छन्?
परमेश्वरका दैनिक वचनहरू अंश २८५
सबै यहूदीहरूले पुरानो करार पढे र डुँडमा एउटा पुरुष बालक जन्मनेछ भन्ने यशैयाको अगमवाणीलाई बुझे। यो अगमवाणीप्रति पूर्ण रूपमा सचेत भएर पनि, तिनीहरूले येशूलाई किन सताए त? के यो तिनीहरूको विद्रोही स्वभाव र पवित्र आत्माको कामको अनभिज्ञताको कारणले होइन? त्यो समयमा, येशूको काम अगमवाणी गरिएका ती पुरुष बालकको भन्दा फरक छ भन्ने फरिसीहरूले विश्वास गरे अनि आज मानिसहरूले परमेश्वरलाई इन्कार गर्छन् किनभने देहधारी हुनुभएका परमेश्वरको काम बाइबलअनुसार छैन। के यो परमेश्वरप्रतिको तिनीहरूको विद्रोहीपनको सार उही होइन र? के तँ पवित्र आत्माको सबै कार्यलाई विनाप्रश्न स्वीकार गर्छस्? यदि यो पवित्र आत्माको काम हो भने, यो सही प्रवाह हो र तैँले यसलाई कुनै सन्देहविना स्वीकार गर्नुपर्छ; के स्वीकार गर्ने भनी तैँले रोज्नु र छान्नु हुँदैन। यदि तैँले परमेश्वरबाट धेरै अन्तर्ज्ञान पाइस् र उहाँप्रति धेरै सतर्कता अपनाइस् भने के यो अनावश्यक कुरा होइन र? तैँले बाइबलबाट अरू सबुतको खोजी गर्नु पर्दैन; यदि यो पवित्र आत्माको काम हो भने, तैँले यसलाई स्वीकार गर्नुपर्छ, किनभने तैँले परमेश्वरलाई पछ्याउन परमेश्वरमा विश्वास गर्छस् र तैँले उहाँको अनुसन्धान गर्नु हुँदैन। म तेरो परमेश्वर हुँ भन्ने साबित गर्न तैँले मबाट अरू प्रमाण खोज्नु पर्दैन, तर म तेरो निम्ति लाभदायक छु कि छैन सो छुट्याउन तँ सक्षम हुनुपर्छ—सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। यदि तैँले बाइबलभित्र धेरै अकाट्य प्रमाण भेट्टाइस् भने पनि, यसले तँलाई मेरो सामु पूर्ण रूपमा ल्याउन सक्दैन। तँ बाइबलको परिधिभित्र मात्र जिउँछस्, मेरो सामने होइन; मलाई चिन्नको निम्ति बाइबलले तँलाई सहायता गर्न सक्दैन, न त यसले मप्रतिको तेरो प्रेमलाई नै गहिरो बनाउन सक्छ। बाइबलले पुरुष बालक जन्मिनेछ भनी भविष्यवाणी गरे तापनि त्यो भविष्यवाणी कसको जीवनमा पूरा हुने हो सो कसैले बुझ्न सकेनन्, किनभने मानिसलाई परमेश्वरको काम थाहा थिएन, र यही कुराले फरिसीहरूलाई येशूको विरुद्ध खडा हुन लगायो। मेरो काम मानिसको हितमा हुन्छ भन्ने केहीले जान्दछन्, तैपनि येशू र म पूर्ण रूपमा फरक अर्थात् पारस्परिक रूपमा नमिल्ने अस्तित्व हौँ भन्ने विश्वास गरिरहन्छन्। त्यो समयमा, येशूले आफ्ना चेलाहरूलाई अभ्यास कसरी गर्ने, सँगसँगै कसरी भेला हुने, प्रार्थनामा अन्तर्बिन्ती कसरी गर्ने, र अनुग्रहको युगमा अरूहरूलाई कस्तो व्यवहार गर्नेभन्नेबारे अनुग्रहको युगका शृङ्खलाबद्ध प्रवचनहरू मात्रै दिनुभयो। उहाँले कार्यान्वयन गर्नुभएको काम अनुग्रहको युगको काम थियो र त्यतिबेलाका चेलाहरू र उहाँलाई पछ्याउनेहरूले कसरी अभ्यास गर्ने भनेर मात्र व्याख्या गर्नुभयो। त्यस बेला, उहाँले अनुग्रहको युगको काम मात्र गर्नुभयो र उहाँले अन्तको दिनका कुनै पनि कामहरू गर्नुभएन। जब यहोवाले व्यवस्थाको युगमा पुरानो करारको व्यवस्था ल्याउनुभयो, तब उहाँले अनुग्रहको युगको कार्य किन गर्नुभएन त? उहाँले अनुग्रहको युगको कामलाई पहिले नै किन स्पष्ट पार्नुभएन? के यसले मानिसहरूलाई यसलाई स्वीकार गर्न सहायता गर्दैनथ्यो र? एउटा बालक जन्मनेछ र शक्तिशाली हुन्छ भनेर मात्र उहाँले अगमवाणी गर्नुभयो, तर उहाँले अनुग्रहको युगलाई पहिले नै कार्यान्वयन गर्नुभएन। हरेक युगको परमेश्वरको कामका सीमाहरू स्पष्ट हुन्छन्; उहाँले हालको युगको काम मात्र गर्नुहुन्छ, र उहाँ अर्को युगको कामलाई कहिल्यै पनि अग्रिम रूपमा गर्नुहुन्न। यसरी मात्र हरेक युगको उहाँको प्रतिनिधि कामलाई अगाडी ल्याउन सकिन्छ। येशूले अन्तको दिनका चिन्हहरू, कसरी धैर्यवान् हुने, कसरी मुक्ति पाउने, कसरी पश्चात्ताप गर्ने र स्वीकार गर्ने, क्रूस कसरी बोक्ने र कष्टहरू कसरी सहने भन्ने बारेमा मात्र बताउनुभयो; अन्तको दिनमा मानिसले कसरी प्रवेश पाउने भनेर उहाँले कहिल्यै पनि बताउनुभएन, न त उसले परमेश्वरका अभिप्राय कसरी पूरा गर्न खोज्ने भन्नेबारे नै उहाँले बताउनुभयो। यसरी नै, अन्तको दिनमा परमेश्वरले गर्नुहुने कामको बारे बाइबलमा खोजी गर्नु हास्यास्पद कुरो होइन र? बाइबल मात्र पक्रेर तैँले के देख्न सक्छस्? बाइबलको व्याख्या गर्ने होस् वा प्रचारक होस्, आजको कामलाई कसले पहिले नै देख्न सक्थ्यो र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्ना धारणाहरूमा परमेश्वरलाई सीमित गरेकाहरूले उहाँको प्रकाश कसरी प्राप्त गर्न सक्छन्?
परमेश्वरका दैनिक वचनहरू अंश २८६
के तिमीहरू फरिसीहरूले येशूको विरोध गर्नुको जड जान्न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। अझ के भने, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्वास मात्रै गरे, तर जीवन सत्यतालाई भने पछ्याएनन्। त्यसैले, तिनीहरू आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो भन्ने कुरा तिनीहरूलाई थाहा छैन। तिमीहरूलाई यस्ता मूर्ख, हठी र अज्ञानी मानिसहरूले कसरी परमेश्वरको आशिष् प्राप्त गर्न सक्थे भन्ने लाग्छ? के तिनीहरूले मसीहलाई देख्न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूलाई पवित्र आत्माको कामको दिशा थाहा थिएन, र येशूले बोल्नुभएको सत्यताको मार्ग थाहा थिएन, र, किनभने तिनीहरूले मसीहलाई झनै बुझेका थिएनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र मसीहसँग कहिल्यै सङ्गत नगरेका हुनाले, तिनीहरूले मसीहको नाउँमा मात्रै टाँसिने तर मसीहको सारलाई हरसम्भव माध्यमहरूद्वारा विरोध गरिरहने गल्ती गरे। सारमा यी फरिसीहरू हठी र अहङ्कारी थिए र तिनीहरूले सत्यता पालन गर्दैनथे। परमेश्वरप्रति तिनीहरूको विश्वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अख्तियार जति नै उच्च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौ। के यो विश्वास वाहियात र हास्यास्पद छैन र? म तिमीहरूलाई अझै सोध्छु: तिमीहरूसित येशूको थोरै पनि बुझाइ नभएकाले, तिमीहरूलाई पनि त्यो समयका फरिसीहरूको गल्ती गर्न अत्यन्त सजिलो छैन र? के तिमीहरूले सत्यताको मार्ग खुट्ट्याउन सक्छौ? के तिमीहरूले ख्रीष्टको विरोध गर्नेछैनौ भनी साँच्चै प्रत्याभूति गराउन सक्छौ? के तिमीहरूले पवित्र आत्माको काम अनुसरण गर्न सक्छौ? तिमीहरूलाई आफूले ख्रीष्टको विरोध गर्नेछु कि गर्नेछैनँ भनेर थाहा छैन भने, म भन्छु, तिमीहरू पहिले नै मृत्युको मुखमा जिइरहेका छौ। मसीहलाई नचिन्नेहरू सबैले येशूको विरोध गर्न, येशूलाई इन्कार गर्न र उहाँको निन्दा गर्न सक्थे। येशूलाई नबुझ्ने मानिसहरू सबैले उहाँलाई इन्कार गर्न सक्छन् र गालीगलौज गर्न सक्छन्। तिनीहरूले येशूको पुनरागमनलाई शैतानको बहकाउका रूपमा झनै देख्न सक्छन् र अझ धेरै मानिसहरूले देहमा फर्कनुभएका येशूको निन्दा गर्नेछन्। के यी सबै कुराहरूले तिमीहरूलाई भयभीत बनाउँदैनन्? तिमीहरूले सामना गर्ने कुरा पवित्र आत्माविरुद्धको ईश्वरनिन्दा, मण्डलीहरूका लागि पवित्र आत्माले बोल्नुभएका वचनहरूको विनाश र येशूले व्यक्त गर्नुभएका सबै कुराहरूको तिरस्कार हुनेछ। यदि तिमीहरू नै यति धेरै अन्योलमा छौ भने, तिमीहरूले येशूबाट के प्राप्त गर्न सक्छौ? यदि तिमीहरू आफ्ना त्रुटिहरू स्विकार्न हठपूर्वक इन्कार गर्छौ भने, तिमीहरूले सेतो बादलमा येशू देह भई फर्कनुहुँदा उहाँले गर्नुहुने काम कसरी बुझ्न सक्छौ? म तिमीहरूलाई यो भन्छुः सत्यतालाई नस्विकार्ने, तर सेतो बादलमा येशूको आगमनलाई अन्धाधुन्ध प्रतीक्षा गर्ने मानिसहरू पक्कै पनि तिनै हुन् जसले पवित्र आत्माविरुद्ध ईशनिन्दा गर्छन् र तिनीहरू निश्चय नै नष्ट पारिने श्रेणीका मानिस हुन्। तिमीहरू येशूको अनुग्रहको मात्र चाहना गर्छौ, र स्वर्गको आनन्दमय क्षेत्रको आनन्द लिन मात्र चाहन्छौ; तर येशूले बोल्नुभएका वचनहरू तिमीहरूले कहिल्यै पालन गरेका छैनौ, र येशू देहमा फर्कनुहुँदा उहाँले व्यक्त गर्नुभएको सत्यता कहिल्यै स्विकारेका छैनौ। सेतो बादलमा येशूको पुनरागमन हुने तथ्यको सट्टामा तिमीहरू के दिनेछौ? के तिमीहरूले बारम्बार पाप गर्ने र त्यसपछि घरिघरि स्विकार्ने इमानदारी दिनेछौ? सेतो बादलमा फर्कनुहुने येशूलाई तिमीहरू बलिका रूपमा के चढाउनेछौ? के तिमीहरूले आफूलाई उच्च पार्ने वर्षौँको कार्यको पुँजी चढाउनेछौँ? फर्केर आउनुभएका येशूलाई तिमीहरूप्रति भरोसा दिलाउन तिमीहरूले के देखाउनेछौ? के कुनै सत्यताप्रति समर्पित नहुने तिमीहरूको त्यही अहङ्कारी प्रकृति देखाउनेछौ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्नुभएको हुनेछ
परमेश्वरका दैनिक वचनहरू अंश २८७
तिमीहरूको बफादारिता बोलीवचनमा मात्र छ, तिमीहरूको ज्ञान सोचाइ र धारणाबारे मात्र हो, तिमीहरूका प्रयासहरू स्वर्गका आशिष्हरू प्राप्त गर्नका लागि मात्र हुन्, अनि त्यसो भए तिमीहरूको विश्वास कस्तो हुनुपर्छ? आज पनि तिमीहरू सत्यताको हरेक वचनलाई अनसुनी गर्छौ। तिमीहरूलाई परमेश्वर के हुनुहुन्छ थाहा छैन, ख्रीष्ट के हुनुहुन्छ थाहा छैन, कसरी यहोवाको डर मान्ने थाहा छैन, पवित्र आत्माको काममा कसरी प्रवेश गर्ने थाहा छैन, र परमेश्वर स्वयम्को काम र मानिसको बहकाउलाई कसरी छुट्ट्याउने थाहा छैन। तँ त परमेश्वरले व्यक्त गर्नुभएको तेरो विचारसित नमिल्ने सत्यको जुनसुकै वचनको निन्दा गर्न मात्र जान्दछस्। तेरो नम्रता कहाँ छ? तेरो समर्पण कहाँ छ? तेरो बफादारिता कहाँ छ? सत्यता खोजी गर्ने तेरो मनोवृत्ति कहाँ छ? परमेश्वरको डर मान्ने तेरो हृदय कहाँ छ? म तिमीहरूलाई बताउँछु, चिन्हहरूका कारणले परमेश्वरमा विश्वास गर्नेहरू निश्चय नै नष्ट पारिने श्रेणीका हुन्। देहमा फर्किआउनुभएका येशूका वचनहरू स्विकार्न नसक्नेहरू निश्चय नै नरकका सन्तान, प्रधान स्वर्गदूतका सन्तती हुन्, र यिनीहरू सदाका लागि नष्ट पारिने श्रेणीमा पर्छन्। धेरै मानिसहरूले मैले भन्ने कुरालाई वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्न चाहन्छु कि, जब तिमीहरूले येशू स्वर्गबाट सेतो बादलमा ओर्लनुभएको आफ्नै आँखाले देख्छौ, त्यो सार्वजनिक रूपमा धार्मिकताको सूर्य देखा पर्ने समय हुनेछ। सायद त्यो क्षण तेरो निम्ति ठूलो उत्साहको समय हुनेछ। तैपनि तैँले येशू स्वर्गबाट ओर्लनुभएको देख्ने समय तँ दण्ड भोग्न नरक जाने समय, परमेश्वरको व्यवस्थापन योजनाको अन्त्यको घोषणा भएको समय, र परमेश्वरले असललाई इनाम र दुष्टलाई दण्ड दिनुहुने समय पनि हुनेछ भनी जान्नुपर्छ। किनकि सत्यताको अभिव्यक्ति मात्र हुँदा, मानिसले चिन्हहरू देख्नुअघि नै परमेश्वरको न्याय अन्त्य भइसकेको हुनेछ। सत्यता स्विकार्ने र चिन्हहरू नखोज्ने अनि यसरी शुद्ध गरिएकाहरू परमेश्वरको सिंहासनसामु ल्याइएका र सृष्टिकर्ताको अङ्गालोमा प्रवेश गरेका हुनेछन्। “सेतो बादलमा सवार नहुने येशू झूटो ख्रीष्ट हो” भन्ने विश्वासमा अड्डी कस्नेहरूले मात्र अनन्त दण्ड भोग्नेछन्, किनभने तिनीहरू चिन्ह प्रदर्शन गर्नुहुने येशूमा मात्र विश्वास गर्छन्, तर कठोर न्याय व्यक्त गर्नुहुने अनि जीवन र साँचो मार्ग प्रदान गर्नुहुने येशूलाई मान्दैनन्। अनि यसकारण, के मात्र हुन सक्छ भने, सेतो बादलमा येशू खुल्लमखुल्ला फर्कनुहुँदा उहाँले तिनीहरूलाई ठेगान लगाउनुहुनेछ। तिनीहरू अति जिद्दी, आफैँमा अति आत्मविश्वासी, अति अहङ्कारी छन्। यस्ता घटियाहरूले येशूबाट कसरी इनाम पाउन सक्छन्? सत्यता स्वीकार गर्न सक्नेहरूका निम्ति येशूको पुनरागमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न नसक्नेहरूका निम्ति यो दोषी ठहराइनुको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्नुपर्छ र पवित्र आत्माको निन्दा र सत्यतालाई इन्कार गर्नु हुँदैन। तिमीहरू अज्ञानी र अहङ्कारी व्यक्ति हुनु हुँदैन, बरु पवित्र आत्माको मार्गदर्शनप्रति समर्पित हुने, सत्यताका लागि तिर्खाउने र त्यसको खोजी गर्ने व्यक्ति हुनु पर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ। म तिमीहरूलाई परमेश्वरप्रतिको विश्वासको मार्ग निकै होसियारीपूर्वक हिँड्न सल्लाह दिन्छु। मनमानी रूपमा निचोडमा नपुग; त्योभन्दा बढी, परमेश्वरमाथिको विश्वासमा बेफिक्र र लापरवाह नबन। तिमीहरूले परमेश्वरमा विश्वास गर्नेहरूमा कम्तीमा पनि विनम्र र परमेश्वरको डर मान्ने हृदय हुनैपर्छ भन्ने कुरा जान्नुपर्छ। सत्यता सुनेर पनि यसलाई अवहेलना गर्नेहरू मूर्ख र अज्ञानी हुन्। सत्यता सुनेर पनि लापरवाह रूपमा निचोडमा पुग्ने वा यसलाइ दोषी ठहराउनेहरू अहङ्कारी मानिस हुन्। येशूमा विश्वास गर्ने कोही पनि अरूलाई सराप्न वा दोषी ठहराउन योग्य हुँदैन। तिमीहरू सबै नै समझ भएका र सत्यता स्विकार्ने व्यक्ति हुनुपर्छ। सायद, सत्यताको मार्ग सुनेर र जीवनको वचन पढेर, तँ यी १०,००० वचनहरूमध्ये एउटा मात्र तेरो दृष्टिकोण र बाइबलअनुरूप छ भनेर विश्वास गर्छस् भने, तैँले त्यो एक भागमा निरन्तर खोजी गरिरहनुपर्छ। अझै पनि म तँलाई विनम्र हुन, धेरै आत्मविश्वासी नहुन र आफैलाई अति उच्च नपार्न सल्लाह दिन्छु। तैँले आफूमा भएको परमेश्वरको अलिकति डर मान्ने हृदयद्वारा ठूलो ज्योति प्राप्त गर्नेछस्। यदि तैँले यी वचनहरूलाई सावधानीपूर्वक जाँच्छस् र पटकपटक चिन्तन गर्छस् भने, ती सत्यता हुन् वा होइनन्, र ती जीवन हुन् वा होइनन् भनी तैँले बुझ्नेछस्। सायद केही मानिसहरूले केही वाक्यहरू मात्र पढेर, “यो पवित्र आत्माको केही अन्तर्दृष्टिबाहेक अरू केही पनि होइन” वा “यिनी मानिसहरूलाई भ्रममा पार्न आउने झूटा ख्रीष्ट हुन्” भनी यी वचनहरूको अन्धाधुन्ध निन्दा गर्नेछन्। यसो भन्नेहरू अज्ञानताद्वारा अन्धा भएका छन्। तैँले परमेश्वरको काम र बुद्धिबारे अत्यन्त थोरै बुझ्छस्, र म तँलाई फेरि शून्यबाट सुरु गर्न सल्लाह दिन्छु! आखिरी दिनहरूमा झुटा ख्रीष्टहरूको देखापराइको कारण परमेश्वरले व्यक्त गरेका वचनहरूलाई तिमीहरूले अन्धाधुन्ध रूपमा निन्दा गर्नु हुँदैन र तिमीहरू आफू भ्रमित हुने डरले गर्दा पवित्र आत्माविरुद्ध निन्दा गर्ने व्यक्ति हुनै हुँदैन। के त्यो एकदमै दुःखलाग्दो कुरा हुँदैनथ्यो र? धेरै परीक्षण गरेपछि पनि, यदि तैँले यी वचनहरू सत्यता होइनन्, बाटो होइनन् र परमेश्वरको अभिव्यक्ति होइनन् भनी विश्वास गर्छस् भने, तँलाई अन्तमा दण्ड दिइनेछ र तँ आशिष्रहित हुनेछस्। यदि तैँले यति स्पष्ट र खुल्ला रूपमा बताइएको सत्यता स्वीकार गर्न सक्दैनस् भने, के तँ परमेश्वरको मुक्तिको निम्ति अयोग्य छैनस् र? के तँ परमेश्वरको सिंहासनसामु फर्कनलाई पर्याप्त आशिष् नपाएको व्यक्ति होइनस् र? यसबारे विचार गर्! दुस्साहसी र अविवेकी नबन् र परमेश्वरप्रतिको विश्वासलाई खेलको रूपमा नली। तेरो गन्तव्यको खातिर, तेरो भविष्यको आशाको खातिर, तेरो जीवनको खातिर विचार गर् र आफैसँग खेलवाड नगर्। के तैँले यी वचनहरू स्वीकार गर्न सक्छस्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्नुभएको हुनेछ
परमेश्वरका दैनिक वचनहरू अंश २८८
त्यसबेला, येशूको कामका केही भाग पुरानो करार, साथै मोशाको व्यवस्था र व्यवस्थाको युगको अवधिमा दिइएको यहोवाको वचनअनुसार थियो। येशूले उहाँको भागको काम गर्न यी सबै कुराहरू प्रयोग गर्नुहुन्थ्यो। उहाँले मानिसहरूलाई प्रचार गर्नुभयो र सभाघरहरूमा तिनीहरूलाई शिक्षा दिनुभयो अनि उहाँसित शत्रुतामा रहेका फरिसीहरूलाई हप्काउन उहाँले पुरानो करारका अगमवक्ताहरूका भविष्यवाणीहरू प्रयोग गर्नुभयो अनि तिनीहरूका विद्रोहीपन प्रकट गर्न र तिनीहरूलाई दोषी ठहऱ्याउन उहाँले पवित्रशास्त्रका वचनहरू प्रयोग गर्नुभयो। किनकि येशूले जे गर्नुभएको थियो त्यसलाई तिनीहरू तुच्छ ठान्थे; विशेष गरी, येशूका धेरै वटा कामहरू पवित्रशास्त्रको व्यवस्थाअनुसार गरिएको थिएन अनि यसबाहेक, उहाँले जे सिकाउनुभयो ती तिनीहरूका आफ्नै वचनभन्दा उच्च थिए अनि पवित्रशास्त्रमा अगमवक्ताहरूले गरेका भविष्यवाणीका वचनहरूभन्दा उच्च थिए। येशूको काम मानिसको छुटकारा र उहाँको क्रूसीकरणको निम्ति मात्र थियो, यसैले उहाँले कुनै मानिसलाई जित्नका निम्ति धेरै कुराहरू भन्नु आवश्यक थिएन। उहाँले मानिसलाई सिकाउनुभएका धेरै कुरा पवित्रशास्त्रका वचनहरूबाट लिइएका थिए अनि उहाँका कामहरू पवित्रशास्त्रका वचनहरूभन्दा उत्तम नभए पनि उहाँले क्रूसीकरणको कामलाई पूरा गर्न सक्नुभयो। उहाँको काम वचनको थिएन, न त मानवजातिलाई जित्नु नै थियो, तर मानव जातिलाई छुटकारा दिनका निम्ति गरिएको काम थियो। उहाँले मानवजातिका निम्ति पापबलिको रूपमा मात्र काम गर्नुभयो अनि मानव जातिका निम्ति वचनको स्रोतको रूपमा काम गर्नुभएन। उहाँले अन्यजातिहरूको काम गर्नुभएन, जुन मानिसहरूलाई जित्ने काम थियो, तर क्रूसमा टाँगिने काम गर्नुभयो, यो काम तिनीहरूको माझमा गरियो जसले परमेश्वर हुनुहुन्छ भन्ने विश्वास गरे। उहाँको काम पवित्रशास्त्रको आधारमा गरिएको भए पनि, अनि फरिसीहरूलाई दोषी ठहऱ्याउन उहाँले प्राचीन अगमवक्ताहरूले भविष्यवाणी गरेका वचनहरू प्रयोग गर्नुभए पनि, क्रूसीकरणको काम पूरा गर्न यो नै पर्याप्त थियो। यदि आजको काम पवित्रशास्त्रमा प्राचीन अगमवक्ताहरूले गरेका भविष्यवाणीहरूको आधारमा गरिन्थ्यो भने, तिमीहरूलाई जित्न असम्भव हुने थियो, किनकि पुरानो करारमा तिमी चिनियाँ मानिसहरूका विद्रोहीपन र पापको बारेमा उल्लेख छैन अनि तिमीहरूका पापको कुनै इतिहास छैन। यसैले, यदि बाइबलमा यो काम अझै रहिरहन्थ्यो भने, तिमीहरूले कहिल्यै पनि समर्पण गर्ने थिएनौ। बाइबलले इस्राएलीहरूको सीमित इतिहास मात्र उल्लेख गर्दछ, जसले तिमीहरू खराब कि असल छौ भनी प्रमाणित गर्न वा तिमीहरूको न्याय गर्न सक्दैन। कल्पना गर, यदि मैले इस्राएलीहरूको इतिहासअनुसार तिमीहरूको न्याय गर्नु पऱ्यो भने, के तिमीहरू आज जस्तै मेरो पछि लाग्नेछौ? तिमीहरू कति कठोर छौ भन्ने कुरा के तिमीहरू जान्दछौ? यदि यो चरणमा कुनै वचन बोलिएन भने, विजयको काम पूरा गर्न असम्भव हुनेछ। म क्रूसमा टाँगिन आएको होइन, त्यसैले मैले ती वचनहरू बोल्नैपर्छ, जुन बाइबलको भन्दा अलग छन्, ताकि तिमीहरूलाई जित्न सकियोस्। येशूले गर्नुभएको काम एउटा चरण हो, जुन पुरानो करारभन्दा उच्च छ; त्यो नयाँ युग सुरु गर्न र त्यस युगलाई डोऱ्याउनका निम्ति प्रयोग गरिएको थियो। उहाँले किन यसो भन्नुभयो, “म व्यवस्थालाई रद्द गर्न आएको होइन, तर व्यवस्था पूरा गर्न आएको हुँ?” तापनि उहाँको काम पुरानो करारका इस्राएलीहरूले अभ्यास गरेका व्यवस्थाहरू र पालन गरेका आज्ञाहरूभन्दा धेरै फरक थियो, किनकि उहाँ व्यवस्था पालन गर्न आउनुभएको थिएन, तर त्यो पूरा गर्न आउनुभएको थियो। त्यो पूरा गर्ने प्रक्रियामा धेरै वटा व्यावहारिक कुराहरू सामेल थिए: उहाँको काम अझै बढी व्यावहारिक र यथार्थपरक थियो अनि यसबाहेक, त्यो अझै बढी जीवित थियो, अनि यो नियमहरूको अन्धो पालना थिएन। के इस्राएलीहरूले शबाथ पालन गरेनन् र? जब येशू आउनुभयो, उहाँले शबाथ पालन गर्नुभएन, किनकि उहाँले मानिसको पुत्र शबाथका प्रभु हुन् भनी भन्नुभयो अनि जब शबाथका प्रभु आउनुभयो, उहाँले आफ्नो चाहनाअनुसार गर्नुभयो। उहाँ पुरानो करारका व्यवस्थाहरू पूरा गर्न र त्यो व्यवस्था बदल्न आउनुभएको थियो। आज जे गरिन्छ ती सबै वर्तमानमा आधारित छन्, तापनि यो परमेश्वरले व्यवस्थाको युगमा गर्नुभएको कामको जगमा आधारित छ अनि यसले यो क्षेत्रलाई नाघ्दैन। उदाहरणका निम्ति, तिमीहरूको जिब्रोलाई वशमा राख्नू, व्यभिचार नगर्नू—के यी पुरानो करारका व्यवस्थाहरू होइनन् र? आज, तिमीहरूले गर्नुपर्ने कार्यचाहिँ दस आज्ञामा मात्र सीमित छैन, तर अघिबाट आएकोभन्दा उच्च व्यवस्थाका आज्ञाहरू र नियमहरू त्यसमा सामेल छन्। तापनि यसको अर्थ पहिलेबाट आएको कुरा रद्द गरियो भन्ने होइन, किनकि परमेश्वरको कामको हरेक चरण पहिलेबाट आएको चरणको जगमा पूरा गरिन्छ। जहाँसम्म त्यो बेला यहोवाले इस्राएलमा गर्नुभएको कामको कुरा छ, जस्तै मानिसहरूले बलि चढाउने, बाबु र आमालाई आदर गर्ने, मूर्तिपूजा नगर्ने, अरूलाई आक्रमण नगर्ने वा नसराप्ने, व्यभिचार नगर्ने, धूम्रपान वा मद्यपान नगर्ने, सिनु नखाने वा रगत नपिउने—के यसले आज पनि तिमीहरूले गर्ने अभ्यासको जग बनाउँदैन र? विगतको जगमाथि नै आजसम्म काम पूरा गरिँदैआएको छ। विगतका व्यवस्थाहरू उल्लेख नगरिए पनि र तँबाट नयाँ मागहरू गरिएको भए पनि, यी व्यवस्थाहरूलाई रद्द गर्नुको सट्टा उच्च पारिएका छन्। तिनलाई रद्द गरिएका छन् भन्नुको अर्थ पहिलेका युगहरू पुराना भए भन्ने हुन्छ, जबकी केही यस्ता आज्ञाहरू छन् जसलाई तैँले सारा अनन्तताभरि सम्मान गर्नुपर्छ। विगतका आज्ञाहरू पहिलेबाटै प्रयोगमा ल्याइएका छन्, जुन अघिबाटै मानिसको अस्तित्व बनेको छ अनि केही आज्ञाहरूमाथि विशेष जोड दिइरहनु आवश्यक छैन, जस्तै “धूम्रपान नगर्नू” र “मद्यपान नगर्नू,” आदि। तिमीहरूको आजका खाँचोहरू, तिमीहरूको कदअनुसार अनि आजको कामअनुसार यही जगमाथि नयाँ आज्ञाहरू प्रस्तुत गरिएका छन्। नयाँ युगका निम्ति आज्ञाहरू जारी गर्नुको अर्थ पुरानो युगका आज्ञाहरू खारिज गर्नु होइन, तर त्यही जगमाथि तिनलाई अझ उच्च स्तरमा उठाउनु र मानिसका कार्यहरूलाई अझै पूर्ण र वास्तविकतासँग अझ बढी मिल्दोजुल्दो बनाउनु हो। यदि तिमीहरूले आज इस्राएलीहरूले जस्तो आज्ञाहरू पालन गर्नु र पुरानो करारका व्यवस्था पालन गर्नु मात्र आवश्यक हुन्थ्यो भने, र यदि तिमीहरूले यहोवाले दिनुभएका व्यवस्थाहरू कण्ठ गर्नुपर्थ्यो भने, तिमीहरू परिवर्तन हुने कुनै सम्भावना हुने थिएन। यदि तिमीहरू ती थोरै आज्ञाहरू पालन गर्नुमा र असङ्ख्या व्यवस्थाहरू कण्ठ गर्नुमा सीमित हुन्थ्यौ भने तिमीहरूको पुरानो स्वभाव भित्र गढेर बस्ने थियो र त्यसलाई जरैदेखि उखेल्ने कुनै उपाय हुने थिएन। फलस्वरूप, तिमीहरू अझ भ्रष्ट बन्नेथियौ अनि तिमीहरूमध्ये कोही पनि समर्पित बन्नेथिएनौ। भन्नुको अर्थ, केही साधारण आज्ञाहरू वा अनगन्ती व्यवस्थाहरूले तिमीहरूलाई यहोवाको काम बुझ्न सहायता गर्न सक्दैनन्। तिमीहरू इस्राएलीहरू जस्ता छैनौ: व्यवस्था पालन गरेर अनि आज्ञाहरू कण्ठ गरेर तिनीहरूले यहोवाका कामहरू देख्न र उहाँलाई मात्र तिनीहरूका भक्ति दिन सके। तर तिमीहरू यो प्राप्त गर्न सक्दैनौ अनि पुरानो करारको युगका थोरै आज्ञाहरू तिमीहरूका हृदय अर्पण गर्न लाउनु वा तिमीहरूको रक्षा गर्न मात्र असक्षम छैन, तर त्यसले तिमीहरूलाई लापरवाही बनाउँछ र तिमीहरूलाई पातालमा पुऱ्याउँछ। किनकि मेरो कामचाहिँ विजय गर्ने काम हो र त्यो तिमीहरूको विद्रोहीपन र पुरानो स्वभावप्रति लक्षित छ। यहोवा र येशूका दयालु वचनहरू आजको न्यायका कठोर वचनहरूसम्म पुग्न चुक्छ। त्यस्ता कठोर वचनहरूविना तिमी “विशेषज्ञहरू” लाई जित्न असम्भव हुनेथियो, जो हजारौं वर्षदेखि विद्रोही भएका छौ। पुरानो करारको व्यवस्थाले धेरै अघि नै तिमीहरूमाथिको आफ्नो शक्ति गुमाइसकेको छ अनि आजको न्याय पुरानो व्यवस्थाको भन्दा धेरै भयानक छ। तिमीहरूलाई धेरै उपयुक्त हुनेचाहिँ न्याय नै हो, व्यवस्थाका नगण्य प्रतिबन्धहरू होइनन्, किनकि तिमीहरू आदिकालका मानवजाति होइनौ, तर हजारौं वर्षदेखि भ्रष्ट हुँदैआएका मानवजाति हौ। मानिसले आज जे प्राप्त गर्नुपर्छ त्यो आजको मानिसको वास्तविक अवस्थासँग मिल्दोजुल्दो, अहिलेको मानिसको क्षमता र वास्तविक कदअनुसारको छ अनि यसका निम्ति तैँले नियमहरू पालन गर्नुपर्दैन। यो तेरा पुरानो स्वभावमा परिवर्तन हासिल गर्न सकियोस् भनेर, अनि तेरा विचारहरूलाई पर पन्साउन सकियोस् भनेर हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (१)
परमेश्वरका दैनिक वचनहरू अंश २८९
इतिहास जहिल्यै पनि अगाडि बढिरहेको छ, र परमेश्वरको काम सधैँ अगाडि बढिरहेको छ। उहाँको छ हजार वर्षे व्यवस्थापन योजना लक्ष्यमा पुग्नका लागि, यो निरन्तर अगाडिको दिशामा अघि बढिरहनुपर्छ। हरेक दिन उहाँले नयाँ काम गर्नैपर्छ, हरेक वर्ष उहाँले नयाँ काम गर्नैपर्छ; उहाँले नयाँ मार्गहरू खोल्नैपर्छ, नयाँ युगहरू सुरु गर्नैपर्छ, र अझ नयाँ र महान् काम सुरु गर्नैपर्छ। यी सबैसँगै, उहाँ नयाँ नाउँहरू र नयाँ काम ल्याउनुहुन्छ। पलपलमा, परमेश्वरका आत्मा नयाँ काम गरिरहनुहुन्छ, पुराना तरिकाहरू वा प्रावधानहरूमा कहिल्यै टाँसिएर बस्नुहुन्न। न त उहाँको काम कहिल्यै रोकिएको छ, बरु हरेक बित्दो पलसँगै पूरा भइरहेको छ। यदि तँ पवित्र आत्माको काम सधैँ अपरिवर्तनीय हुन्छ भन्छस् भने, किन यहोवाले धर्मगुरुहरूलाई मन्दिरमा उहाँको सेवा गर्न भन्नुभयो, तर मानिसहरूद्वारा प्रधान धर्मगुरु र दाऊदको घरानाको भनिएका येशू आउनुहुँदा, उहाँलाई प्रधान धर्मगुरु र महान् राजा भनिए पनि उहाँ किन मन्दिरमा प्रवेश गर्नुभएन? अनि उहाँले किन बलिहरू चढाउनुभएन? मन्दिरभित्र पस्नु वा मन्दिरमा नपस्नु—यो सबै परमेश्वर स्वयम्को काम होइन र? यदि, मानिसले कल्पना गरेझैँ येशू फेरि आउनुहुनेछ र आखिरी दिनहरूमा पनि अझै येशू नै कहलाइनुहुन्छ र अझै पनि सेतो बादलमा सवार भएर येशूको स्वरूपमा मानिसमाझ ओर्लनुहुन्छ भने, के त्यो उहाँको काम दोहोरिएको हुँदैन र? के पवित्र आत्मा पुरानोसँग टाँसिरहन सक्नुहुन्छ? मानिसले विश्वास गर्ने सबै धारणाहरू हुन्, र मानिस सबै कुरा शाब्दिक अर्थअनुसार, र उसका कल्पनाहरूअनुसार पनि बुझ्छ; ती पवित्र आत्माको कामका सिद्धान्तहरूसँग मिल्दो हुँदैनन् र परमेश्वरका सोचहरूसँग मिल्दैनन्। परमेश्वरले त्यस्तो प्रकारले काम गर्नुहुन्न; परमेश्वर त्यति अबुझ र मूर्ख हुनुहुन्न, र उहाँको काम तैँले कल्पना गरेजस्तो सरल छैन। मानिसहरूको कल्पनाअनुसार, येशू बादलमा सवार भएर आउनुहुनेछ र तिमीहरूको बीचमा ओर्लनुहुनेछ। तिमीहरू उहाँलाई देख्नेछौ, जसले बादलमा सवार भएर, तिमीहरूलाई म येशू हुँ भनी भन्नुहुनेछ। तिमीहरूले उहाँको हातमा कीलका डामहरू पनि देख्नेछौ, र उहाँ येशू नै हुनुहुन्छ भनी चिन्नेछौ। अनि उहाँले तिमीहरूलाई फेरि मुक्ति दिनुहुनेछ र उहाँ तिमीहरूका शक्तिशाली परमेश्वर हुनुहुनेछ। उहाँले तिमीहरूलाई बचाउनुहुनेछ, तिमीहरूलाई एउटा नयाँ नाउँ प्रदान गर्नुहुनेछ, र तिमीहरू हरेकलाई एउटा सेतो ढुङ्गा दिनुहुनेछ, त्यसपछि तिमीहरूलाई स्वर्गको राज्यमा प्रवेश गर्ने अनुमति दिइनेछ र स्वर्गमा ग्रहण गरिनेछ। के यस्ता विश्वास मानिसका धारणाहरू होइनन् र? के परमेश्वरले मानिसको धारणाअनुसार काम गर्नुहुन्छ, वा उहाँले मानिसका धारणाहरू विपरीत काम गर्नुहुन्छ? के मानिसका धारणाहरू सबै शैतानबाट प्राप्त भएका होइनन् र? के सबै मानिस शैतानले भ्रष्ट भएका छैनन् र? यदि परमेश्वरले आफ्नो काम मानिसको धारणाअनुसार गर्नुभयो भने के उहाँ शैतान बन्नुहुन्न र? के उहाँ सृष्टि गरिएका प्राणीहरूजस्तै बन्नुहुन्न र? अहिले सृजित प्राणीहरू शैतानद्वारा अत्यन्तै भ्रष्ट तुल्याइएका हुनाले, र मानिस शैतानको मूर्त रूप बनेको हुनाले, यदि परमेश्वरले शैतानका कुराहरू अनुरूप काम गर्नुभयो भने के उहाँ शैतानको साठगाँठमा हुनुहुने थिएन र? मानिसले परमेश्वरको कामलाई कसरी बुझ्न सक्छ? त्यसकारण परमेश्वरले कहिल्यै पनि मानिसका धारणाहरू अनुसार काम गर्नुहुन्न, र तैँले कल्पना गरे अनुसार पनि काम गर्नुहुन्न। परमेश्वर स्वयम्ले उहाँ बादलमा सवार भएर आइपुग्ने भन्नुभएको छ भनेर तैँले भन्लास्। परमेश्वर आफैले त्यसो भन्नुभएको थियो भन्ने कुरा सत्य हो, तर परमेश्वरका रहस्यहरू कसैले पनि बुझ्न सक्दैन भन्ने के तँलाई थाहा छैन? के परमेश्वरका वचनहरूको व्याख्या कसैले पनि गर्न सक्दैन भन्ने तँलाई थाहा छैन? के तँ पवित्र आत्माले नै त्यो ज्ञान र प्रकाश दिनुभएको हो भन्नेमा निश्चित छस्, र तँलाई अलिकति पनि शङ्का छैन? त्यसरी तँलाई प्रत्यक्ष रूपमा देखाउने निश्चय नै पवित्र आत्मा हुनुहुन्नथियो। तँलाई निर्देशन दिने पवित्र आत्मा हुनुहुन्थ्यो, कि तेरा आफ्नै धारणहरूको कारण तैँले त्यस्तो विचार गरिस्? तैँले भन्लास्, “परमेश्वर आफैले यसो भन्नुभएको थियो।” तर परमेश्वरका वचनहरूलाई नाप्न हामीले हाम्रो आफ्नै विचार र दिमागको प्रयोग गर्न सक्दैनौं। यशैयाद्वारा बोलिएका वचनहरूको कुरा गर्दा, के तैँले तिनका वचनहरूलाई पूर्ण सुनिश्चितताको साथ व्याख्या गर्न सक्छस्? के तँ तिनका वचनहरूलाई व्याख्या गर्ने हिम्मत गर्छस्? तैँले यशैयाका वचनहरूको व्याख्या गर्ने हिम्मत गर्दैनस् भने येशूका वचनहरूको व्याख्या गर्ने हिम्मत किन गर्छस्? को बढी महान् हुनुहुन्छ, येशू कि यशैया? यसको जबाफ येशू हुनुहुन्छ भन्ने हुन्छ, त्यसकारण तैँले किन येशूले बोल्नुभएका वचनहरूको व्याख्या गर्छस्? के परमेश्वरले तँलाई उहाँको कामको बारेमा अघिबाटै बताउनुहुन्छ र? एउटै पनि सृष्टि गरिएको प्राणीले जान्न सक्दैन, स्वर्गका सन्देशवाहकहरूले पनि जान्दैनन्, न त मानिसका पुत्रले जान्नुहुन्छ, त्यसकारण तैँले कसरी जान्न सक्थिस्? मानिसमा धेरै कुराको कमी छ। अहिले तिमीहरूका लागि महत्त्वपूर्ण कुरा भनेको कामका तीन चरणहरू जान्नु हो। यहोवाको कामदेखि लिएर येशूको कामसम्म, र येशूको कामदेखि अहिलेको चरणको कामसम्म, यी तीन चरणले परमेश्वरको सम्पूर्ण व्यवस्थापनलाई एउटै निरन्तर धागोमा समावेश गर्दछ र ती सबै एउटै आत्माको काम हुन्। संसारको सृष्टि भएदेखि नै परमेश्वर सधैँ मानवजातिको व्यवस्थापन गर्दै काममा लाग्नुभएको छ। सुरु र अन्त्य उहाँ नै हुनुहुन्छ, पहिलो र अन्तिम उहाँ नै हुनुहुन्छ, र युग सुरु गर्ने उहाँ नै हुनुहुन्छ र युगलाई समाप्त गर्ने पनि उहाँ नै हुनुहुन्छ। विभिन्न युगमा र विभिन्न स्थानमा हुने कामका तीन चरणहरू निस्सन्देह रूपमा एकै आत्माले गर्नुहुने काम नै हुन्। यी तीन वटा चरणलाई अलग गर्ने सबैले परमेश्वरको प्रतिरोध गर्छन्। अब, तैँले बुझ्नैपर्छ कि पहिलो चरणदेखि आजसम्मका सबै कामहरू एउटै परमेश्वरको, एउटै आत्माको काम हो। यस कुरामा कुनै शङ्का छैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (३)
परमेश्वरका दैनिक वचनहरू अंश २९०
मानिस परमेश्वरमा विश्वास गर्ने हुनाले, उसले परमेश्वरका हरेक पदचापलाई नजिकबाट पछ्याउनैपर्छ; उसले “थुमालाई उहाँ जता जानुहुन्छ त्यतै पछ्याउनुपर्छ।” यस्तो गर्नेहरू मात्रै साँचो मार्गको साँच्चै खोजी गर्नेहरू हुन्, जो पवित्र आत्माको काम चिन्दछन्। शब्द र धर्मसिद्धान्तहरूलाई जिद्दीपूर्वक पालन गर्ने मानिसहरू पवित्र आत्माको कामद्वारा हटाइएकाहरू हुन्। हरेक समयावधिमा, परमेश्वरले नयाँ काम सुरु गर्नुहुनेछ र हरेक अवधिमा, मानिसमाझ नयाँ सुरुवात हुनेछ। यदि मानिस एउटा युगमा मात्रै लागू हुने “यहोवा नै परमेश्वर हुनुहुन्छ” र “येशू नै ख्रीष्ट हुनुहुन्छ” भन्ने सत्यताहरूलाई मात्रै पालन गर्छ भने, मानिस पवित्र आत्माको कामसँग कहिल्यै तालमेल राख्न सक्दैन, र ऊ पवित्र आत्माको काम प्राप्त गर्न सधैँका लागि असमर्थ हुनेछ। परमेश्वरले जसरी काम गर्नुभए तापनि, यदि मानिस अलिकति पनि शङ्का नगरी पछ्याउँछ र नजिकबाट पछ्याउँछ भने, मानिस कसरी पवित्र आत्माद्वारा हटाइन सक्छ? परमेश्वरले जे गर्नुभए तापनि, जबसम्म मानिस यो पवित्र आत्माको काम हो भन्ने कुरामा निश्चित हुन्छ, र आशङ्का नगरी पवित्र आत्माको कामसँग सहकार्य गर्छ, र परमेश्वरका मागहरू पूरा गर्ने प्रयास गर्छ भने, ऊ कसरी दण्डित हुन सक्छ? परमेश्वरको काम कहिल्यै रोकिएको छैन, उहाँका पदचापहरू कहिल्यै अडिएका छैनन्, र उहाँको व्यवस्थापनको कार्य पूरा हुनुभन्दा पहिले, उहाँ जहिल्यै व्यस्त रहनुभएको छ र उहाँ कहिल्यै रोकिनुहुन्न। तर मानिस फरक छ: पवित्र आत्माको काम थोरै मात्र प्राप्त गरेपछि, ऊ यो कहिल्यै परिवर्तन नहुने झैँ गरी यसलाई व्यवहार गर्छ; थोरै ज्ञान प्राप्त गरिसकेपछि, ऊ अघि बढेर परमेश्वरको अझ नयाँ कामलाई “पछ्याउँदैन”; परमेश्वरको थोरै काम मात्र देखेपछि, ऊ तुरुन्तै परमेश्वरलाई काठको विशेष आकृति हुनुमा सीमित गर्छ, र आफूले देख्ने स्वरूपलाई परमेश्वर सदा कायम राख्नुहुनेछ, विगतमा यो यस्तै थियो र भविष्यमा पनि यस्तै नै रहनेछ भन्ने विश्वास गर्छ; अलिकति सतही ज्ञान मात्र प्राप्त गरेपछि, मानिस यति घमण्डी हुन्छ कि ऊ आफैलाई बिर्सन्छ र अस्तित्वमा नै नभएको परमेश्वरको स्वभाव र अस्तित्व जथाभावी घोषणा गर्न थाल्छ; अनि पवित्र आत्माको कामको एउटा चरणबारे निश्चित भएपछि, परमेश्वरको नयाँ काम घोषणा गर्ने व्यक्ति जस्तोसुकै प्रकारको भए तापनि, मानिस यो कुरा स्वीकार गर्दैन। यस्ता मानिसहरू पवित्र आत्माको नयाँ काम स्वीकार गर्न सक्दैनन्; यिनीहरू अत्यन्तै रूढिवादी हुन्छन्, र नयाँ कुराहरू स्वीकार गर्न असमर्थ छन्। त्यस्ता मानिसहरू परमेश्वरमा विश्वास गर्ने तर उहाँलाई इन्कार पनि गर्नेहरू हुन्। मानिस इस्राएलीहरूले “यहोवामा मात्रै विश्वास गरेर येशूमा विश्वास नगर्नु” गलत थियो भन्ने विश्वास गर्छ, तैपनि अधिकांश मानिस “यहोवामा मात्रै विश्वास गर्ने र येशूलाई इन्कार गर्ने” साथै “मसीहको आगमनको लागि तिर्सना गर्ने तर येशू भनिने मसीहको विरोध गर्ने” भूमिका खेल्छन्। त्यसैले, पवित्र आत्माको कामको एउटा चरण स्वीकार गरिसकेपछि पनि मानिसहरू अझै शैतानको सत्ताअन्तर्गत जिउँछन्, र अझै परमेश्वरका आशिष्हरू प्राप्त गर्दैनन् भन्ने कुरामा कुनै आश्चर्य मान्नुपर्दैन। के यो मानिसको विद्रोहीपनको नतिजा होइन र? आजको नयाँ काममा लागिरहन नसकेका संसारभरिका इसाईहरू तिनीहरू भाग्यमानी बन्नेछन्, परमेश्वरले तिनीहरूका हरेक कामनाहरूलाई पूरा गर्नुहुनेछ भन्ने मान्यता राख्दै आशामा टाँसिरहेका छन्। तैपनि परमेश्वरले तिनीहरूलाई तेस्रो स्वर्गमा किन लैजानुहुनेछ सो तिनीहरूले निश्चित रूपमा भन्न सक्दैनन्, न त येशू कसरी तिनीहरूलाई लिन सेतो बादलको सवारीमा आउनुहुनेछ भन्ने बारेमा नै तिनीहरू निश्चित छन्, तिनीहरूले कल्पना गरेको दिनमा येशू सेतो बादलमा साँच्चै आइपुग्नुहुनेछ भनेर तिनीहरूले पूर्ण निश्चयताको साथ भन्न सक्नु त परै जाओस्। तिनीहरू पूर्णरूपमा चिन्तित र अलमलमा छन्; परमेश्वरले हरेक सम्प्रदायका, केही साना मुठ्ठीभरका विविध मानिसहरू प्रत्येकलाई लानुहुन्छ कि लानुहुन्न त्यो कुरा तिनीहरूलाई समेत थाहा छैन। परमेश्वरले अहिले, वर्तमान युगमा गर्नुहुने काम, परमेश्वरका अभिप्राय—यीमध्ये कुनै पनि कुराबारे तिनीहरूलाई केही पनि थाहा छैन र तिनीहरूले आफ्ना औंलामा दिनहरू गन्नेबाहेक केही पनि गर्न सक्दैनन्। अन्त्यसम्मै थुमाका पाइलाहरूलाई पछ्याउनेहरूले मात्रै अन्तिम आशिष प्राप्त गर्न सक्छन्, जबकि अन्त्यसम्मै पछ्याउन नसक्ने तैपनि सबै प्राप्त गरेका छौं भनी विश्वास गर्ने ती “चलाख मानिसहरू” परमेश्वरको देखापर्ने घटनालाई देख्न असमर्थ हुन्छन्। तिनीहरू प्रत्येकले आफूलाई पृथ्वीको सबैभन्दा बाठो व्यक्ति हुँ भनी विश्वास गर्छन् र परमेश्वरको कार्यको निरन्तर विकासलाई कुनै पनि कारणविना छोट्याउँछन् र परमेश्वरले तिनीहरूलाई अर्थात् “परमेश्वरप्रति उच्च बफादारीता हुनेहरू, परमेश्वरलाई पछ्याउनेहरू र परमेश्वरका वचनहरूलाई पालना गर्नेहरू”-लाई स्वर्गमा लैजानुहुनेछ भनी पूर्ण सुनिश्चितताको साथ विश्वास गर्छन् भन्ने देखिन्छ। परमेश्वरले बोल्नुभएका वचनहरूप्रति तिनीहरूसँग “उच्च बफादारीता” भए तापनि, तिनीहरूका वचन र कार्यहरू अझै अत्यन्तै घृणित छन् किनभने तिनीहरूले पवित्र आत्माको कामलाई विरोध गर्छन् र धोका र छल गर्छन्। ती मानिसहरू जो अन्तिमसम्मै पछ्याउन, र पवित्र आत्माको कामसँग तालमेल राख्न सक्दैनन् अनि पुरानो काममा मात्रै टाँसिरहन्छन्, तिनीहरूले परमेश्वरप्रतिको बफादारी हासिल गर्न असफल मात्रै भएका छैनन्, बरु यसको विपरीत, तिनीहरू परमेश्वरलाई विरोध गर्नेहरू, नयाँ युगद्वारा इन्कार गरिएकाहरू र दण्डित हुनेहरू बनेका छन्। के तिनीहरूभन्दा दयनीय अरू कोही छ? धेरैले यो विश्वास गर्छन् कि पुरानो व्यवस्थालाई इन्कार गर्ने र नयाँ कार्यलाई स्वीकार गर्नेहरू विवेकहीन हुन्। “विवेक”-को मात्रै कुरा गर्ने र पवित्र आत्माको कामलाई नजान्ने यी मानिसहरूको आशालाई तिनीहरूका आफ्नै विवेकले हटाइदिनेछ। परमेश्वरले समेत उहाँको काममा प्रावधानहरू पालन गर्नुहुन्न, र यो उहाँको आफ्नै काम भए पनि, परमेश्वर अझै पनि यसमा टाँसिनुहुन्न। इन्कार गरिनुपर्ने कुरा इन्कार गरिन्छ, हटाइनुपर्ने कुरा हटाइन्छ। तैपनि मानिस परमेश्वरलाई शत्रु बनाउनका लागि उहाँको व्यवस्थापनको कार्यको एउटा सानो भागलाई मात्र पक्रिरहन्छ। के यो मानिसको बेतुकापन होइन र? के यो मानिसको अज्ञानता होइन र? आशिष्हरू प्राप्त नगर्ने डरका कारण मानिसहरू जति बढी डरपोक र अति सावधान हुन्छन्, तिनीहरू अझ धेरै आशिष्हरू प्राप्त गर्न र अन्तिम आशिष् प्राप्त गर्न त्यति नै बढी असमर्थ हुन्छन्। जिद्दीपूर्वक व्यवस्था पालन गर्नेहरू सबैले व्यवस्थाप्रति सबैभन्दा धेरै बफादारी देखाउँछन् र तिनीहरूले व्यवस्थाप्रति त्यस्तो बफादारी जति धेरै देखाउँछन्, तिनीहरू त्यति नै बढी परमेश्वरलाई विरोध गर्ने विद्रोहीहरू हुन्छन्। अहिले व्यवस्थाको युग नभएर राज्यको युग भएकाले, आजको काम र विगतको कामलाई सँगै उल्लेख गर्न सकिँदैन, न त विगतको कामलाई नै आजको कामसँग तुलना गर्न सकिन्छ। परमेश्वरको काम परिवर्तन भएको छ र मानिसको अभ्यास पनि परिवर्तन भएको छ; यो व्यवस्था पालन गर्नु वा क्रूस बोक्नु होइन, त्यसकारण, व्यवस्था र क्रूसप्रतिको मानिसहरूको बफादारीले परमेश्वरको अनुमोदन पाउनेछैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कार्य र मानिसको अभ्यास
परमेश्वरका दैनिक वचनहरू अंश २९१
आज तँलाई जित्नुको उद्देश्य परमेश्वर तेरा परमेश्वर र अरूका पनि परमेश्वर हुनुहुन्छ भनी तँलाई स्वीकार गराउनु हो र सबैभन्दा महत्त्वपूर्ण कुरा, उहाँ उहाँलाई प्रेम गर्ने सबैका र सृष्टि गरिएका सबै प्राणीहरूका परमेश्वर हुनुहुन्छ भनी तँलाई स्वीकार गराउनु हो। उहाँ इस्राएलीहरूका परमेश्वर र मिश्रका मानिसहरूका परमेश्वर हुनुहुन्छ। उहाँ बेलायतीहरूका परमेश्वर र अमेरिकीहरूका परमेश्वर हुनुहुन्छ। उहाँ आदम र हव्वाका परमेश्वर मात्र हुनुहुन्न, उहाँ त तिनीहरूका सबै सन्तानहरूका पनि परमेश्वर हुनुहुन्छ। उहाँ स्वर्गमा भएका सबै थोक र पृथ्वीमा भएका सबै थोकका परमेश्वर हुनुहुन्छ। सबै परिवारहरू, चाहे ती इस्राएली हुन् वा अन्यजातिहरू, सबै एकै परमेश्वरका हातमा छन्। उहाँले हजारौं वर्षसम्म इस्राएलमा काम मात्र गर्नुभएन र उहाँ एक पटक यहूदियामा जन्मनुभएको मात्र होइन, उहाँ त आज चीनमा ओर्लनुभएको छ, यो त्यही ठाउँ हो जहाँ ठूलो रातो अजिङ्गर गुँडुलिएर बसेको छ। यदि यहूदियामा जन्म भएकोले उहाँलाई यहूदीहरूका राजा बनाइयो भने, के उहाँ तिमीहरू सबैका माझमा ओर्लनुभएको कुराले उहाँलाई तिमीहरू सबैका परमेश्वर बनाउँदैन र? उहाँले इस्राएलीहरूलाई डोर्याउनुभयो र उहाँ यहूदियामा जन्मनुभएको थियो र अन्यजाति देशमा पनि जन्मनुभएको छ। के उहाँले गर्नुभएका सबै काम उहाँले सृष्टि गर्नुभएको सम्पूर्ण मानवजातिका लागि होइन र? के उहाँले इस्राएलीहरूलाई सय गुणा प्रेम र अन्यजातिहरूलाई हजार गुणा घृणा गर्नुहुन्छ? के यो तिमीहरूको धारणा होइन र? यो कुरा परमेश्वर कहिले पनि तिमीहरूका परमेश्वर हुनुहुन्नथियो भन्ने होइन, बरु तिमीहरूले उहाँलाई स्वीकार गर्दैनौ भन्ने हो; परमेश्वर तिमीहरूका परमेश्वर बन्न अनिच्छुक हुनुहुन्छ भन्ने होइन, बरु तिमीहरूले उहाँलाई अस्वीकार गर्छौ भन्ने हो। सृष्टि गरिएका प्राणीहरूमध्ये कोचाहिँ सर्वशक्तिमान्को हातमा छैन र? आज तिमीहरूलाई जित्नुको उद्देश्य परमेश्वर केवल तिमीहरूकै परमेश्वर हुनुहुन्छ भनी तिमीहरूलाई स्वीकार गर्न लाउनु होइन र? यदि तिमीहरू अझै पनि परमेश्वर इस्राएलीहरूका मात्र परमेश्वर हुनुहुन्छ र इस्राएलका दाऊदको घराना परमेश्वरको जन्मको उत्पत्ति हो र इस्राएलबाहेक अरू कुनै पनि राष्ट्र परमेश्वरलाई “जन्माउन” योग्य छैन भनी विचार गर्छौ भने, र अन्यजाति परिवारले यहोवाको कामलाई व्यक्तिगत रूपमा स्वीकार गर्ने कुरा त परै छाडौं भनेर भन्छौ भने—यदि तँ अझै पनि यस्तै विचार गर्छस् भने, के त्यसले तँलाई हठी विरोधी बनाउँदैन र? सधैँ इस्राएलमा नै केन्द्रित नहोऊ। परमेश्वर आज यहाँ तिमीहरूमाझ हुनुहुन्छ। तैँले स्वर्गतिर नै हेरिरहनु पर्दैन। स्वर्गमा हुनुहुने परमेश्वरको तृष्णा नगर! परमेश्वर तिमीहरूको माझमा आउनुभएको छ अनि उहाँ कसरी स्वर्गमा हुन सक्नुहुन्छ? तैँले धेरै लामो समयदेखि परमेश्वरमा विश्वास गरेको छैनस्, तापनि उहाँबारे तँसित धेरै वटा धारणाहरू छन्, यहाँसम्म कि तँ एकै क्षण पनि इस्राएलीहरूका परमेश्वरले उहाँको उपस्थितिद्वारा तिमीहरूलाई अनुग्रहित पार्ने कृपा गर्नुहुन्न भनी सोच्ने साहस गर्दैनस्। तिमीहरू असाध्यै फोहोरी भएकोले गर्दा, परमेश्वर तिमीहरूकहाँ व्यक्तिगत रूपमा कसरी देखा पर्नुहुन्छ भन्ने कुरा सोच्न तिमीहरूले साहस गर्छौ भन्ने त कुरै नगरौँ। न त तिमीहरूले कहिल्यै अन्यजाति देशमा परमेश्वर व्यक्तिगत रूपले ओर्लन सक्नुहुन्छ भनेर नै सोचेका छौ। उहाँ त सीनै पर्वतमा वा जैतून डाँडामा ओर्लनुपर्ने र इस्राएलीहरूकहाँ देखा पर्नुपर्ने हो। के अन्यजातिहरू सबै (अर्थात्, इस्राएलदेखि बाहिरका मानिसहरू) उहाँको घृणाका पात्रहरू होइनन् र? उहाँले कसरी व्यक्तिगत रूपमा उनीहरूका माझमा काम गर्न सक्नुहुन्छ? यी त तिमीहरूले धेरै वर्षदेखि विकास गर्दै आएका, तिमीहरूभित्र गहिरो जरा गाडेका धारणाहरू हुन्। आज तिमीहरूलाई जित्नुको उद्देश्य तिमीहरूका ती धारणाहरूलाई चकनाचूर पार्नु हो। यसरी तिमीहरूले सीनै पर्वतमा वा जैतून डाँडामा होइन, बरु उहाँले कहिल्यै नडोर्याउनुभएका, तिमीहरूको माझमा परमेश्वरको व्यक्तिगत आगमनलाई देख्छौ। परमेश्वरले इस्राएलमा उहाँका दुई चरणको काम सम्पन्न गर्नुभएपछि, इस्राएलीहरू र सबै अन्यजातिहरूले परमेश्वरले सबै थोक सृष्टि गर्नुभएको भए पनि, उहाँ केवल इस्राएलीहरूका निम्ति मात्र परमेश्वर हुन चाहनुहुन्छ, अन्यजातिहरूका निम्ति होइन भन्ने धारणा राखे। इस्राएलीहरू निम्न कुरा विश्वास गर्छन्: परमेश्वर हाम्रो मात्र परमेश्वर हुन सक्नुहुन्छ, तिमीहरू अन्यजातिहरूका परमेश्वर हुनुहुन्न र तिमीहरूले यहोवाको डर नमानेकाले, यहोवा हाम्रा परमेश्वरले तिमीहरूलाई घृणा गर्नुहुन्छ। ती यहूदी मानिसहरूले निम्न कुरामा पनि विश्वास गर्दछन्: प्रभु येशूले हामी यहूदी जातिको रूप धारण गर्नुभयो र उहाँ यहूदी मानिसहरूको चिह्न बोक्नुहुने परमेश्वर हुनुहुन्छ। हाम्रो माझमा नै परमेश्वरले काम गर्नुहुन्छ। परमेश्वरको स्वरूप र हाम्रो स्वरूप समान छन्; हाम्रो स्वरूप परमेश्वरको स्वरूप नजिक छ। प्रभु येशू हामी यहूदीहरूका राजा हुनुहुन्छ; अन्यजातिहरू त्यस्तो ठूलो मुक्ति पाउन योग्य छैनन्। प्रभु येशू हामी यहूदीहरूका लागि पापबलि हुनुहुन्छ। कामका ती दुई चरणको आधारमा इस्राएलीहरू र यहूदी मानिसहरूले यी सबै धारणाहरू स्थापित गरे। तिनीहरू धाक जमाउँदै परमेश्वर तिनीहरूका आफ्नै हुनुहुन्छ भनी दाबी गर्छन्, तिनीहरू परमेश्वरलाई अन्यजातिहरूका परमेश्वर हुन दिँदैनन्। यसरी, अन्यजातिहरूका हृदयमा परमेश्वर एउटा रिक्त स्थानको रूपमा रहनुभयो। तिनीहरू सबैले परमेश्वर अन्यजातिहरूका परमेश्वर हुन चाहनुहुन्न र उहाँले इस्राएलीहरू—उहाँका चुनिएका मानिसहरू—र यहूदी मानिसहरू, विशेष गरी उहाँलाई पछयाउने चेलाहरू मात्र मन पराउनुहुन्छ भनी विश्वास गरेका कारणले यस्तो भएको हो। के तँलाई यहोवा र येशूले गर्नुभएको काम सम्पूर्ण मानवजातिलाई बचाउनका लागि हो भन्ने थाहा छैन? के तँ अब परमेश्वर इस्राएलबाहिर जन्मेका तिमीहरू सबैका परमेश्वर हुनुहुन्छ भनी स्वीकार गर्छस्? के परमेश्वर आज यहाँ तिमीहरूको माझमा हुनुहुन्न र? यो सपना हुन सक्दैन, सक्छ त? के तिमीहरू यो वास्तविकतालाई स्वीकार गर्दैनौ? तिमीहरू यसलाई विश्वास गर्ने वा त्यसबारे विचार गर्ने आँट गर्दैनौ। तिमीहरूले यसलाई जसरी हेरे पनि, के परमेश्वर यहाँ तिमीहरूको माझमा हुनुहुन्न र? के तिमीहरू अझै पनि यी वचनहरू विश्वास गर्न डराउँछौ? यस दिनदेखि यता, के सबै जितिएका मानिसहरू र परमेश्वरको अनुयायी बन्न चाहनेहरू परमेश्वरका चुनिएका जनहरू होइनन् र? तिमीहरू सबै, जो आज अनुयायीहरू हौ, के तिमीहरू इस्राएलदेखि बाहिरका चुनिएका जनहरू होइनौ र? के तिमीहरूको हैसियत पनि इस्राएलीहरूको जस्तै छैन र? तिमीहरूले स्वीकार गर्नुपर्ने कुरा के यही होइन र? के तिमीहरूलाई जित्ने कामको लक्ष्य यही होइन र? तिमीहरूले परमेश्वरलाई देख्न सक्ने भएकोले, उहाँ सुरुदेखि र भविष्यमा पनि, सदासर्वदा तिमीहरूको परमेश्वर बन्नुहुनेछ। जबसम्म तिमीहरू उहाँलाई पछयाउने, उहाँका बफादार, समर्पित सृजित प्राणीहरू हुने इच्छा गरिरहन्छौ, तबसम्म उहाँले तिमीहरूलाई त्याग्नुहुनेछैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (३)
परमेश्वरका दैनिक वचनहरू अंश २९२
तेरा पुराना धारणाहरूलाई पन्छ्याएपछि मात्रै तैँले नयाँ ज्ञान प्राप्त गर्न सक्छस्, तैपनि पुरानो ज्ञान र पुराना धारणाहरू उही हुन् भन्ने छैन। “धारणाहरू” मानिसले कल्पना गरेका कुराहरू हुन्, जुन वास्तविकतासँग मिल्दैनन्। यदि पुरानो ज्ञानको म्याद पुरानो युगमा नै सकिएको छ र यसले मानिसलाई नयाँ काममा प्रवेश गर्न रोकेको छ भने, त्यस्तो ज्ञान पनि धारणा नै हो। यदि मानिसले त्यस्तो ज्ञानलाई सही रूपमा पहुँच गर्न सक्छ र पुरानो र नयाँलाई एकट्ठा गरेर विभिन्न पक्षहरूबाट परमेश्वरलाई चिन्न सक्छ भने, पुरानो ज्ञान मानिसको सहायता बन्छ, र मानिस नयाँ युगमा प्रवेश गर्ने आधार बन्छ। परमेश्वरलाई चिन्ने सम्बन्धी पाठको लागि तँ धेरै सिद्धान्तहरूमा पोख्त हुनुपर्छ: परमेश्वरलाई चिन्ने मार्गमा कसरी प्रवेश गर्ने, परमेश्वरलाई चिन्नको लागि तैँले के-कस्ता सत्यताहरू बुझ्नैपर्छ, र परमेश्वरको नयाँ कामका सबै बन्दोबस्तहरूमा समर्पित हुन सकूँ भनेर तेरा धारणाहरू र पुराना स्वभावबाट आफैलाई कसरी मुक्त गर्ने। यदि तैँले परमेश्वरलाई चिन्ने सम्बन्धी पाठमा प्रवेश गर्नको लागि जगको रूपमा यी सिद्धान्तहरूलाई प्रयोग गरिस् भने, तेरो ज्ञान झन्-झन् गहन बन्नेछ। यदि तँसँग कार्यका तीन चरणको—अर्थात् परमेश्वरको सम्पूर्ण व्यवस्थापन योजनाको बारेमा स्पष्ट ज्ञान छ भने—र यदि तैँले परमेश्वरको कार्यका अघिल्ला दुई चरणहरूलाई वर्तमान चरणसँग पूर्ण रूपमा सम्बन्धित गर्न सक्छस्, र यो एउटै परमेश्वरले गर्नुभएको कार्य हो भन्ने देख्न सक्छस् भने, तँसँग अतुलनीय रूपमा मजबुत जग हुनेछ। कार्यका तीन चरणलाई एउटै परमेश्वरले गर्नुभएको थियो; सबैभन्दा ठूलो दर्शन यही नै हो, र परमेश्वरलाई चिन्ने एउटै मार्ग यही नै हो। कार्यका तीन चरणलाई परमेश्वर स्वयम्ले मात्र गर्न सक्नुहुन्थ्यो, र उहाँको तर्फबाट कुनै पनि मानिसले त्यसो गर्न सक्दैनथियो—भन्नुको अर्थ सुरुदेखि आजको दिनसम्म परमेश्वरले मात्रै उहाँको आफ्नो काम गर्न सक्नुहुन्थ्यो। परमेश्वरको कार्यका तीन चरणहरूलाई फरक-फरक युग र स्थानहरूमा गरिएको भए तापनि, र हरेक चरणको काम फरक भए तापनि, यो सबै एउटै परमेश्वरले गर्नुभएको कार्य हो। सबै दर्शनहरूमध्ये, मानिसले जान्नुपर्ने सबैभन्दा ठूलो दर्शन यही नै हो, र यदि यसलाई मानिसले पूर्ण रूपमा बुझ्न सक्यो भने, ऊ दृढ रूपमा खडा हुन सक्नेछ। आज, विभिन्न धर्महरू र सम्प्रदायहरूले सामना गरिरहेको सबैभन्दा ठूलो समस्या यो हो कि तिनीहरूलाई पवित्र आत्माको कामबारे थाहा छैन, र तिनीहरूले पवित्र आत्माले गर्नुहुने काम र पवित्र आत्माले नगर्नुहुने काम बीचमा भिन्नता छुट्याउन सक्दैनन्—यसकारणले गर्दा, कामको यो चरण पनि कामका गत दुई चरणहरूजस्तै यहोवा परमेश्वरले गर्नुभएको हो कि होइन भनेर तिनीहरूले भन्न सक्दैनन्। मानिसहरूले परमेश्वरलाई पछ्याउने भए तापनि, धेरैजसोले अझै पनि यो सहि मार्ग हो कि होइन भनेर बताउन सक्दैनन्। यो परमेश्वर स्वयम्ले व्यक्तिगत रूपमा अगुवाइ गर्नुभएको मार्ग हो कि होइन, र परमेश्वरको देहधारण सत्य हो कि होइन भन्ने बारेमा मानिसले अझै चिन्ता गर्छ, र त्यस्ता कुराहरूलाई कसरी छुट्याउने त्यसको बारेमा धेरैजसो मानिसहरूलाई अझै पनि अत्तोपत्तो छैन। परमेश्वरलाई पछ्याउनेहरूले मार्गलाई निर्धारित गर्न सक्दैनन्, त्यसकारण, बोलिएका सन्देशहरूले यी मानिसहरूका बीचमा आंशिक प्रभाव मात्रै पार्छ, र ती पूर्ण रूपमा प्रभावकारी हुन सक्दैनन्, त्यसकारण यसले त्यस्ता मानिसहरूको जीवन प्रवेशलाई प्रभाव पार्छ। यदि मानिसले कार्यका तीन चरणमा परमेश्वरले नै तिनलाई फरक-फरक समयमा, फरक-फरक स्थानमा, र फरक-फरक मानिसहरूमा अघि बढाउनुभएको हो भन्ने देख्न सक्छ भने; यदि काम फरक भए पनि, यो सबै एउटै परमेश्वरले गर्नुभएको हो, अनि यो एउटै परमेश्वरले गर्नुभएको हुनाले, यो पक्कै पनि सहि र त्रुटि विहीन हुनुपर्छ, र यो मानिसको धारणाहरू विपरीत भए तापनि, यो एउटै परमेश्वरको काम हो भन्ने कुरालाई इन्कार गर्न सकिँदैन भन्ने मानिसले देख्न सक्छ भने—यदि यो एउटै परमेश्वरको काम हो भनेर मानिसले सुनिश्चितताको साथ भन्न सक्छ भने, मानिसका धारणाहरूलाई उल्लेख गर्न पनि लायक नछोडीकन सानातिना धारणामा घटाइनेछ। मानिसका दर्शनहरू स्पष्ट नभएकाले, र मानिसले यहोवालाई मात्रै परमेश्वरको रूपमा, र येशूलाई प्रभुको रूपमा चिन्ने हुनाले, र आजका देहधारी परमेश्वरको बारेमा दोधारमा रहेका हुनाले, धेरै मानिसहरू यहोवा र येशूको कार्यमा नै समर्पित छन्, र आजको कामको बारेमा अक्रान्त छन्, धेरैजसो मानिसहरू सधैँ शङ्कालु हुन्छन्, र आजको कामलाई गम्भीर रूपमा लिँदैनन्। कार्यका अन्तिम दुई चरणहरूका बारेमा मानिसमा कुनै धारणाहरू छैनन्, जुन अदृश्य थिए। यो यसैले हो किनभने मानिसले कार्यका अन्तिम दुई चरणको वास्तविकतालाई बुझ्दैन, र तिनलाई व्यक्तिगत रूपमा देखेन। यो यसैले हो किनभने कार्यका यी चरणहरूलाई मानिसले देख्न नसक्ने हुँदा आफूलाई मन परे अनुसार मानिसले कल्पना गर्छ; उसले जे निष्कर्ष निकाले तापनि, त्यस्ता कल्पनाहरूलाई प्रमाणित गर्ने कुनै तथ्यहरू छैनन्, र तिनलाई सुधार गर्ने कोही छैन। मानिसले कुनै पर्बाह नगरिकन र आफ्नो कल्पनालाई स्वतन्त्र छोडिदिँदै आफ्नो मिजासलाई बेलगाम छोड्छ; उसका कल्पनाहरूलाई पुष्टि गर्ने कुनै तथ्यहरू हुँदैन, त्यसकारण तिनको कुनै प्रमाण भए पनि नभए पनि, मानिसका कल्पनाहरू “तथ्य” बन्छन्। यसरी मानिसले आफ्नो मनमा आफैले कल्पना गरेको परमेश्वरमा विश्वास गर्छ, र वास्तविक परमेश्वरलाई खोजी गर्दैन। यदि एउटा व्यक्तिमा एक प्रकारको आस्था हुन्छ भने, सय जना मानिसहरूमा सय प्रकारका आस्था हुन्छन्। मानिसले परमेश्वरको व्यावहारिक काम नदेखेको हुनाले, उसले यसलाई आफ्ना कानद्वारा मात्रै सुनेको र आफ्नो आँखाले नदेखेको हुनाले मानिसमा त्यस्तो आस्था हुन्छ। मानिसले दन्तकथा र कथाहरू सुनेको हुन्छ—तर परमेश्वरको कार्यको ज्ञानलाई उसले बिरलै सुनेको हुन्छ। तसर्थ एक वर्षदेखि विश्वासी बनेका मानिसहरू तिनीहरूका आफ्नै धारणाहरूद्वारा परमेश्वरमा विश्वास गर्न पुगेका हुन्छन्। आफ्नो जीवनभरि परमेश्वरमा विश्वास गरेका मानिसहरूको हकमा पनि यही कुरा लागू हुन्छ। तथ्यहरूलाई देख्न नसक्नेहरू परमेश्वरका बारेमा रहेका धारणाहरू सहितको विश्वासबाट कहिल्यै उम्कन सक्नेछैनन्। मानिसले आफैलाई आफ्ना पुराना धारणाहरूका बन्धनहरूबाट मुक्त गरेको छ र ऊ नयाँ क्षेत्रमा प्रवेश गरेको छ भन्ने विश्वास गर्छ। के परमेश्वरको साँचो मुहारलाई देख्न नसक्नेहरूको ज्ञान धारणाहरू र हल्लाहरू बाहेक केही पनि होइनन् भन्ने कुरा मानिसलाई थाहा हुँदैन र? उसका धारणाहरू सही छन् र त्रुटि रहित छन् भन्ने मानिसले विचार गर्छ, र उसले यी धारणाहरू परमेश्वरबाट आउँछन् भन्ने विचार गर्छ। आज, जब मानिसले परमेश्वरको काम देख्छ, उसले धेरै वर्षसम्म थुप्रिएर बसेका धारणाहरूलाई खुला छोड्छ। विगतका कल्पनाहरू र विचारहरू यो चरणको कार्यको निम्ति अवरोध बनेको छ, र त्यस्ता धारणाहरूलाई छोड्न र त्यस्ता विचारहरूलाई खण्डन गर्न मानिसको लागि कठिन भएको छ। आजसम्म परमेश्वरलाई पछ्याएका धेरैको यो चरणबद्ध कार्य सम्बन्धी धारणाहरू अझै बढी गम्भीर बनेको छ, र यी मानिसहरूले क्रमिक रूपमा देहधारी परमेश्वरप्रति जिद्दी शत्रुता निर्माण गरेका छन्। यो घृणाको स्रोत मानिसका धारणाहरू र कल्पनाहरूमा निहित छ। मानिसका धारणा र कल्पनाहरू आजको कामको शत्रु बनेको छ, जुन काम मानिसका धारणाहरूका विपरीत छ। तथ्यहरूले मानिसलाई उसका कल्पनाहरू बेलगाम छोड्न दिँदैन, यसको साथै यसलाई मानिसले सहजै खण्डन गर्न सक्दैन, र मानिसका धारणा र कल्पनाहरू तथ्यहरूको अस्तित्वसँग मिल्दैन, यसको साथै, मानिसले तथ्यहरूको सटीकता र सत्यतालाई विचार गर्दैन, र एकोहोरो रूपमा आफ्ना धारणाहरूलाई छोडिदिन्छ र उसको आफ्नो कल्पनाहरूको प्रयोग गर्छ, ठीक यही कारणले यसो भएको हो। यो मानिसका धारणाहरूको गल्ती हो भनेर मात्रै भन्न सकिन्छ, अनि परमेश्वरको कामको गल्ती हो भनेर भन्न सकिँदैन। मानिसले आफूलाई जस्तो मन लाग्यो त्यस्तै कल्पना गर्न सक्छ, तर उसले परमेश्वरको कार्यको कुनै पनि चरण वा यसको कुनै पनि भागलाई स्वतन्त्र रूपमा खण्डन गर्न सक्दैन; परमेश्वरको कार्यको तथ्यलाई मानिसले तोड्न सक्दैन। तैँले आफ्नो कल्पनालाई बेलगाम छोड्न सक्छस्, र यहोवा र येशूको कामको बारेमा राम्रो कथाहरू पनि सङ्कलन गर्न सक्छस्, तर यहोवा र येशूको कार्यको हरेक चरणको तथ्यलाई तैँले खण्डन गर्न सक्दैनस्; सिद्धान्त यही हो, र प्रशासनिक आदेश पनि यही हो, अनि तैँले यी विषयहरूका महत्त्वलाई बुझ्नुपर्छ। कामको यो चरण मानिसका धारणाहरू अनुरूप छैन, र कामका अघिल्ला दुई चरणहरू यस्तो थिएन भन्ने मानिसले विश्वास गर्छ। आफ्नो कल्पनामा, मानिसले अघिल्ला दुई चरणको काम अवश्य नै आजको काम जस्तो छैन भनेर विश्वास गर्छ—तर परमेश्वरको कार्यका सिद्धान्तहरू सबै उस्तै छन्, उहाँको काम सधैँ व्यवहारिक हुन्छ, र जुनसुकै युग भए तापनि, उहाँको कार्यको तथ्यलाई प्रतिरोध गर्ने र विरोध गर्ने धेरै मानिसहरूको उदय सधैँ नै हुनेछन् भन्ने कुरालाई तैँले कहिल्यै विचार गरेको छस्? आज कामको यो चरणलाई प्रतिरोध गर्ने र विरोध गर्ने सबैले विगतमा पनि परमेश्वरको कामलाई विरोध गर्नेथिए भन्नेमा कुनै शङ्का छैन, किनभने त्यस्ता मानिसहरू सधैँ नै परमेश्वरका शत्रुहरू हुनेछन्। परमेश्वरको कार्यको तथ्यलाई जान्ने मानिसहरूले कार्यका तीन चरणलाई एउटै परमेश्वरको कार्यको रूपमा हेर्नेछन्, र आफ्ना धारणाहरूलाई त्याग्नेछन्। यी मानिसहरू परमेश्वरलाई चिन्ने मानिसहरू हुन्, र त्यस्ता मानिसहरू परमेश्वरलाई साँचो रूपमा पछ्याउने मानिसहरू हुन्। जब परमेश्वरको सम्पूर्ण व्यवस्थापन समाप्तितिर आइरहेको हुन्छ, परमेश्वरले सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गर्नुहुनेछ। मानिसलाई सृष्टिकर्ताको हातले बनाएको थियो, र अन्त्यमा उहाँले मानिसलाई उहाँको प्रभुत्वमा पूर्ण रूपमा फर्काउनुपर्छ; कार्यका तीन चरणको निष्कर्ष यही हो। आखिरी दिनहरूको कामको चरण, र इस्राएल र यहूदियामा भएका अघिल्ला दुई चरणहरू सम्पूर्ण ब्रह्माण्डमा परमेश्वरको व्यवस्थापन योजना हुन्। कसैले पनि यसलाई इन्कार गर्न सक्दैन, र परमेश्वरको कार्यको तथ्य यही हो। मानिसहरूले यो कामको धेरै भाग अनुभव गरेका वा देखेका छैनन्, तैपनि तथ्यहरू भनेका तथ्यहरू नै हुन्, र यसलाई कुनै पनि मानिसले खण्डन गर्न सक्दैन। ब्रह्माण्डको हरेक देशमा परमेश्वरलाई विश्वास गर्ने मानिसहरू सबैले कार्यका तीन चरणलाई स्वीकार गर्नेछन्। यदि तँलाई कामको निश्चित चरण मात्रै थाहा छ, तर कामको अरू दुई चरणको बारेमा थाहा छैन भने, विगतमा परमेश्वरले गर्नुभएको कामलाई तैँले बुझ्दैनस् भने, तैँले परमेश्वरको सम्पूर्ण व्यवस्थापन योजनाको बारेमा बोल्न सक्दैनस्, र परमेश्वर सम्बन्धी तेरो ज्ञान एकतर्फी हुन्छ, किनभने परमेश्वरमाथिको तेरो विश्वासमा तैँले उहाँलाई जान्दैनस् वा बुझ्दैनस्, त्यसकारण तँ परमेश्वरको साक्षी दिन योग्य छैनस्। यी कुराहरू सम्बन्धी तेरो हालको ज्ञान गहन भए पनि वा सतही भए पनि, आखिरमा, तिमीहरूमा ज्ञान हुनैपर्छ, र पूर्ण रूपमा विश्वस्त हुनैपर्छ, अनि सबै मानिसहरूले परमेश्वरको कार्यको सम्पूर्णतालाई देख्नेछन् र तिनीहरू परमेश्वरको प्रभुत्वमा समर्पित हुनेछन्। यो कामको अन्त्यमा, सबै धर्महरू एउटै हुनेछ, सबै सिर्जित प्राणीहरू सृष्टिकर्ताको प्रभुत्वमा फर्किनेछन्, सबै सिर्जित प्राणीहरूले एउटै साँचो परमेश्वरलाई आराधना गर्नेछन्, र सबै दुष्ट धर्महरू कहिल्यै देखा नपर्ने गरी सुन्यतामा पुग्नेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्वरलाई चिन्ने मार्ग हो
परमेश्वरका दैनिक वचनहरू अंश २९३
परमेश्वरको कामको उद्देश्य, उहाँको कामले मानिसहरूमा ल्याउने अभिप्राय राखेका नतिजाहरू, र मानिसहरूका लागि उहाँका अभिप्रायहरू वास्तवमा के हुन् भन्ने कुरा बुझ्नु नै परमेश्वरलाई पछ्याउने हरेकले हासिल गर्नुपर्ने कुरा हो। आजकाल सबै मानिसमा कमी भएको कुरा परमेश्वरको कामको ज्ञान नै हो। संसारको सृष्टिदेखि वर्तमान समयसम्म—परमेश्वरले मानिसहरूलाई के गर्नुभएको छ, परमेश्वरका सबै काम के-के हुन्, र परमेश्वरका अभिप्रायहरू वास्तवमा के रहेका छन् भन्ने कुरा—मानिसहरू यी कुराहरू बोध गर्दैनन् र बुझ्दैनन्। यो धार्मिक संसारभरि मात्र नभई, परमेश्वरमा विश्वास गर्ने सबैमा अझ बढी पाइने कमी हो। जुन दिन तँ साँच्चै परमेश्वरलाई देख्नेछस्, उहाँको बुद्धिको कदर गर्नेछस्, परमेश्वरद्वारा गरिएका सबै कार्य देख्नेछस्, र परमेश्वर जे जे हुनुहुन्छ र उहाँसँग जे छ भन्ने कुरा जान्नेछस्—जब तैँले उहाँको प्रशस्तता, बुद्धि, अद्भुतता, र उहाँले मानिसहरूमा गरेका सबै काम देखेको हुनेछस्—त्यसपछि मात्रै तैँले परमेश्वरमाथिको विश्वासमा साँचो सफलता प्राप्त गरेको हुनेछस्। जब परमेश्वर सर्वसमावेशी र प्रशस्ततामा धनी हुनुहुन्छ भनेर भनिन्छ, तब उहाँ ठ्याक्कै कुन तरिकाले सर्वसमावेशी हुनुहुन्छ, र कुन तरिकाले प्रशस्ततामा धनी हुनुहुन्छ? यदि तँ यो कुरा बुझ्दैनस् भने, तँ परमेश्वरमा विश्वास गर्छस् भनेर मान्न सकिँदैन। म किन धार्मिक संसारका मानिसहरू परमेश्वरमा विश्वास गर्नेहरू होइनन् बरु दुष्कर्मीहरू हुन्, दियाबलसहरू सरह हुन् भनेर भन्छु? मैले तिनीहरू दुष्कर्मीहरू हुन् भनेर भन्नुको कारण के हो भने, तिनीहरू परमेश्वरका अभिप्रायहरू बुझ्दैनन् र उहाँको बुद्धि देख्न असमर्थ हुन्छन्। परमेश्वर तिनीहरूलाई आफ्नो काम कहिल्यै प्रकट गर्नुहुन्न। तिनीहरू सबै अन्धा छन्, र परमेश्वरका कार्यहरू देख्न सक्दैनन्। तिनीहरू परमेश्वरद्वारा त्यागिएका छन्, र उहाँको हेरचाह र सुरक्षाबाट पूर्ण रूपमा वञ्चित छन्, पवित्र आत्माको काम त झनै टाढाको कुरा हो। परमेश्वरको काम नभएकाहरू सबै दुष्कर्मी र परमेश्वरको प्रतिरोध गर्ने मानिस हुन्। मैले भन्ने गरेको परमेश्वरको प्रतिरोध गर्ने यी मानिसहरूले परमेश्वरलाई नचिन्नेहरू, मौखिक रूपमा परमेश्वरलाई स्वीकार गर्ने तर उहाँबारे कुनै ज्ञान नभएकाहरू, परमेश्वरलाई पछ्याउने तैपनि उहाँमा समर्पित नहुनेहरू र उहाँको अनुग्रहको आनन्द लिने तर उहाँका लागि आफ्नो गवाहीमा दृढ रहन नसक्नेहरूलाई जनाउँछन्। यदि कसैले परमेश्वरको कामको उद्देश्य बुझ्दैन र परमेश्वरले मानिसहरूमा गर्ने काम बुझ्दैन भने, ऊ परमेश्वरका अभिप्रायहरूसँग मिल्न सक्दैन, र परमेश्वरका लागि आफ्नो गवाहीमा दृढ रहन सक्दैन। मानिसहरूले परमेश्वरको प्रतिरोध गर्नुको कारण, एकातिर, तिनीहरूका भ्रष्ट स्वभावहरूबाट उत्पन्न हुन्छ; अर्कोतिर, यसको कारण तिनीहरूले परमेश्वरलाई नचिन्नु र उहाँले काम गर्ने सिद्धान्तहरू वा मानिसहरूप्रतिका उहाँका अभिप्रायहरू के हुन् भन्ने कुरा नबुझ्नु हो। यी दुई पक्ष मिलेर, परमेश्वरप्रतिको मानिसको प्रतिरोधको इतिहास बन्छ। भर्खरै परमेश्वरमा विश्वास गर्न आएकाहरू उहाँको प्रतिरोध गर्छन् किनभने मानिसहरूमा परमेश्वरको प्रतिरोध गर्ने प्रकृति हुन्छ; धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेकाहरूका हकमा, तिनीहरू परमेश्वरलाई नचिन्ने हुनाले, र त्यसमाथि, तिनीहरूमा भ्रष्ट स्वभावहरू हुने हुनाले उहाँको प्रतिरोध गर्छन्। परमेश्वर देह बन्नुभन्दा अघिको समयमा, कोही परमेश्वरको प्रतिरोध गर्छ कि गर्दैन भन्ने कुराको मापन ऊ स्वर्गमा परमेश्वरले तोकेका आदेशहरू पालन गर्छ कि गर्दैन भन्ने कुरामा आधारित हुन्थ्यो। उदाहरणका लागि, व्यवस्थाको युगमा, यहोवाका व्यवस्थाहरू पालन नगर्ने जोकोहीले परमेश्वरको प्रतिरोध गरिरहेको हुन्थ्यो; यहोवालाई चढाइएका भेटीहरू चोर्ने, वा यहोवाले कृपादृष्टि राख्नुभएकाहरूको प्रतिरोध गर्ने जोकोहीले परमेश्वरको प्रतिरोध गरिरहेको हुन्थ्यो र उसलाई ढुङ्गाले हानेर मारिन्थ्यो; आफ्ना आमाबुबालाई आदर नगर्ने, वा अरू मानिसहरूलाई हिर्काउने र अपमान गर्ने जोकोहीले व्यवस्थाहरूको अवज्ञा गरिरहेको हुन्थ्यो, र यहोवाका व्यवस्थाहरू पालन नगर्ने सबै उहाँको प्रतिरोध गर्नेहरू थिए। अनुग्रहको युगमा कुराहरू फरक थिए, जहाँ येशूको प्रतिरोध गर्ने सबै परमेश्वरको प्रतिरोध गर्नेहरू थिए, र येशूले बोल्नुभएका वचनहरूमा समर्पित नहुने सबै परमेश्वरको प्रतिरोध गर्नेहरू थिए। यस अवधिको “परमेश्वरको प्रतिरोध गर्नु” को परिभाषा अझ बढी सटीक र व्यावहारिक थियो। परमेश्वर देह बन्नुभन्दा अघि, कोही परमेश्वरको प्रतिरोध गर्छ कि गर्दैन भन्ने कुराको मापन ऊ स्वर्गमा हुनुहुने अदृश्य परमेश्वरको आराधना गर्छ कि गर्दैन र उहाँको आदर गर्छ कि गर्दैन भन्ने कुरामा आधारित हुन्थ्यो। त्यस अवधिको “परमेश्वरको प्रतिरोध गर्नु” को परिभाषा त्यति व्यावहारिक थिएन, किनभने मानिसहरू परमेश्वरलाई देख्न सक्दैनथे, र परमेश्वरको स्वरूप कस्तो छ वा उहाँ ठ्याक्कै कसरी काम गर्नुहुन्छ र बोल्नुहुन्छ भन्ने कुरा जान्दैनथे। मानिसहरूमा परमेश्वरबारे धारणाहरू छँदै थिएनन् र तिनीहरू अस्पष्ट रूपमा परमेश्वरमा विश्वास गर्थे, किनभने परमेश्वर मानिससामु अझै देखा पर्नुभएको थिएन। त्यसकारण, मानिसहरूले आफ्ना कल्पनाहरूका आधारमा परमेश्वरमा जसरी विश्वास गरे पनि, परमेश्वरले तिनीहरूलाई दोषी ठहराउनुभएन वा तिनीहरूसँग अत्यधिक उच्च मागहरू गर्नुभएन, किनभने तिनीहरू परमेश्वरलाई देख्न पूर्ण रूपमा असमर्थ थिए। जब परमेश्वर देह बन्नुहुन्छ र मानिसहरूका बीचमा काम गर्न आउनुहुन्छ, तब सबैले उहाँलाई देख्छन् र उहाँका वचनहरू सुन्छन्, र देहमा हुनुभएका परमेश्वरका कार्यहरू देख्छन्, जसपछि सबैका धारणाहरू पानीको फोकाजस्तै फुट्छन्। यदि देहमा देखा पर्नुभएका परमेश्वरलाई देख्नेहरू जानीबुझी उहाँमा समर्पित हुन्छन् भने, तिनीहरूलाई दोषी ठहराइनेछैन, जबकि जानाजानी उहाँको प्रतिरोध गर्नेहरूलाई परमेश्वरको प्रतिरोध गर्ने मानिसहरूका रूपमा चित्रण गरिनेछ। त्यस्ता मानिसहरू ख्रीष्टविरोधी हुन्, जानाजानी परमेश्वरको प्रतिरोध गर्ने शत्रुहरू हुन्। परमेश्वरबारे धारणाहरू राख्ने तर अझै पनि स्वेच्छाले उहाँमा समर्पित हुनेहरूलाई दोषी ठहराइनेछैन। परमेश्वर मानिसहरूलाई तिनीहरूका विचार र सोचाइहरूका लागि नभई तिनीहरूका अभिप्रायहरू र तिनीहरूले गर्ने कामकुराहरूका आधारमा दोषी ठहराउनुहुन्छ। यदि उहाँले मानिसहरूलाई तिनीहरूका विचार र सोचाइहरूका आधारमा दोषी ठहराउने हो भने, एक जना व्यक्ति पनि परमेश्वरको क्रोधित हातबाट उम्कन सक्नेछैन। जानाजानी देहधारी परमेश्वरको प्रतिरोध गर्नेहरूलाई तिनीहरूको अवज्ञाका लागि दण्ड दिइनेछ। यी मानिसहरूको प्रतिरोध तिनीहरूले परमेश्वरबारे राख्ने धारणाहरूबाट उत्पन्न हुन्छ, जसले तिनीहरूलाई परमेश्वरको काममा बाधा दिने कुराहरू गर्नतर्फ डोर्याउँछ। त्यस्ता सबै मानिस जानाजानी परमेश्वरको कामको प्रतिरोध गर्छन् र त्यसलाई भताभुङ्ग पार्ने प्रयास गर्छन्। तिनीहरूमा परमेश्वरबारे धारणाहरू मात्रै हुँदैनन्—तिनीहरू उहाँको काममा बाधा दिने गतिविधिहरूमा पनि संलग्न हुन्छन्, र यसै कारण दोषी ठहराइन्छन्। जानाजानी परमेश्वरको काममा बाधा नदिनेहरूलाई पापीका रूपमा दोषी ठहराइनेछैन, किनभने तिनीहरू स्वेच्छाले समर्पित हुन र अवरोध गर्ने र बाधा दिने कुराहरू नगर्न सक्षम हुन्छन्। यस्ता मानिसहरूलाई दोषी ठहराइनेछैन। तर, जब कसैले उहाँबारे धारणाहरू राख्दै र देहधारी परमेश्वरको काम जान्न असमर्थ हुँदै धेरै वर्षसम्म परमेश्वरको काम अनुभव गरेको हुन्छ, र उसले उहाँको काम जतिसुकै वर्ष अनुभव गरेको भए पनि, ऊ अझै परमेश्वरबारेका धारणाहरूले भरिएको हुन्छ र उहाँलाई जान्न असमर्थ हुन्छ, तब उसले बाधा दिने कुनै कुरा नगरेको भए पनि, उसको हृदय उहाँबारेका धारणाहरूले भरिपूर्ण हुन्छ—र, यी धारणाहरू स्पष्ट बन्न नसक्ने भए पनि, यो व्यक्ति परमेश्वरको कामका लागि कुनै पनि हिसाबले उपयोगी हुँदैन, ऊ परमेश्वरका लागि सुसमाचार प्रचार गर्न वा उहाँका लागि आफ्नो गवाहीमा दृढ रहन असमर्थ हुन्छ—यसको अर्थ ऊ बेकम्मा र मूर्ख हो। उसले परमेश्वरलाई नचिन्ने र त्यसमाथि ऊ उहाँबारे आफ्ना धारणाहरू त्याग्न पूर्ण रूपमा असक्षम हुने हुनाले, उसलाई दोषी ठहराइन्छ। यसलाई यसरी भन्न सकिन्छ: भर्खरै परमेश्वरमा विश्वास गर्न थालेकाहरूमा उहाँबारे धारणाहरू हुनु वा उहाँलाई नचिन्नु सामान्य कुरा हो, तर यदि कसैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेको छ र उहाँको धेरै काम अनुभव गरेको छ, तैपनि ऊ अझै उहाँबारे धारणाहरू राख्छ भने, त्यो सामान्य होइन, र यदि ऊसँग परमेश्वरबारे कुनै ज्ञान छैन भने त्यो अझ बढी असामान्य हो। यो सामान्य स्थिति नभएको हुनाले, उसलाई दोषी ठहराइन्छ। यी असामान्य मानिसहरू सबै काम नलाग्ने हुन्छन्; तिनीहरू नै परमेश्वरको सबैभन्दा बढी प्रतिरोध गर्ने र व्यर्थमा परमेश्वरको अनुग्रहको आनन्द लिएकाहरू हुन्। त्यस्ता सबै मानिसहरूलाई अन्तमा हटाइनेछ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई नचिन्ने सबै मानिस परमेश्वरको प्रतिरोध गर्ने मानिस हुन्
परमेश्वरका दैनिक वचनहरू अंश २९४
परमेश्वरको कामको उद्देश्य नबुझ्नेहरू परमेश्वरको प्रतिरोध गर्ने मानिसहरू हुन्। परमेश्वरको कामको उद्देश्य बुझ्ने तैपनि उहाँलाई सन्तुष्ट पार्न नपछ्याउनेहरूका हकमा यो अझ बढी लागू हुन्छ। भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि खण्डहरू वाचन गर्नेहरू छन्, तैपनि तिनीहरूमध्ये कसैले पनि परमेश्वरको कामको उद्देश्य बुझ्दैन, न त तिनीहरूमाझ परमेश्वरलाई चिन्न सक्ने कोही नै छ—परमेश्वरका अभिप्रायहरूसँग मिल्न सक्ने कोही हुनु त परै जाओस्। तिनीहरू सबै निकम्मा, नीच मानिस हुन्, जो “परमेश्वर” लाई उपदेश दिन उच्च स्थानमा उभिन्छन्। तिनीहरू परमेश्वरको झण्डामुनि कार्य गर्ने तर जानाजानी परमेश्वरको प्रतिरोध गर्ने मानिस हुन्, जो मानिसको मासु खाँदै र मानिसको रगत पिउँदै परमेश्वरमा विश्वास गर्ने बिल्ला भिर्छन्। त्यस्ता सबै मानिस मानिसको प्राण निल्ने दुष्ट दियाबलस, मानिसहरूलाई सही मार्गमा लाग्नमा जानाजानी बाधा दिने मुख्य पिशाच, र मानिसहरूलाई परमेश्वरको खोजी गर्नबाट रोक्ने व्यवधान हुन्। तिनीहरू “शारीरिक रूपमा हृष्टपुष्ट” देखिन सक्छन्, तर तिनीहरू मानिसहरूलाई परमेश्वरको प्रतिरोध गर्नतर्फ डोर्याउने ख्रीष्टविरोधीहरू हुन् भन्ने कुरा तिनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन् र? तिनीहरू मानिसको प्राण निल्न समर्पित जीवित दियाबलस हुन् भन्ने कुरा तिनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन् र? परमेश्वरको उपस्थितिमा आफूलाई कुलीन ठान्नेहरू सबैभन्दा नीच हुन्, जबकि आफूलाई नीच ठान्नेहरू सबैभन्दा कुलीन हुन्। अनि परमेश्वरको काम जानेको दाबी गर्ने र उहाँलाई हेर्दै अरूलाई उहाँको काम विनाकुनै रोकटोक घोषणा गर्न सक्नेहरू सबैभन्दा अज्ञानी हुन्। त्यस्ता मानिसहरूसँग परमेश्वरका लागि कुनै गवाही हुँदैन र तिनीहरू सबै अहङ्कारी र अभिमानी हुन्छन्। आफूले परमेश्वरबारे धेरै कम जानेको विश्वास गर्ने तर वास्तवमा परमेश्वरको व्यावहारिक अनुभव र व्यावहारिक ज्ञान भएकाहरू नै उहाँद्वारा सबैभन्दा बढी प्रेम गरिएकाहरू हुन्। त्यस्ता मानिसहरूसँग मात्रै साँचो गवाही हुन्छ र तिनीहरू मात्रै परमेश्वरद्वारा सिद्ध पारिन साँच्चै सक्षम हुन्छन्। परमेश्वरका अभिप्रायहरू नबुझ्नेहरू परमेश्वरको प्रतिरोध गर्नेहरू हुन्। परमेश्वरका अभिप्रायहरू बुझ्ने तैपनि सत्यता अभ्यास नगर्नेहरू परमेश्वरको प्रतिरोध गर्नेहरू हुन्। परमेश्वरका वचनहरू खाने र पिउने, तैपनि परमेश्वरका वचनहरूको सारविरुद्ध जानेहरू परमेश्वरको प्रतिरोध गर्नेहरू हुन्। देहधारी परमेश्वरबारे धारणाहरू राख्ने, र त्यसमाथि जानाजानी विद्रोहमा संलग्न हुनेहरू परमेश्वरको प्रतिरोध गर्नेहरू हुन्। परमेश्वरलाई गलत ठहराउनेहरू परमेश्वरको प्रतिरोध गर्नेहरू हुन्। अनि परमेश्वरलाई चिन्न नसक्ने र उहाँको गवाही दिन नसक्ने जोकोही परमेश्वरको प्रतिरोध गर्ने व्यक्ति हो। त्यसैले, म तिमीहरूलाई अर्ती दिन्छु: यदि तिमीहरूसँग साँच्चै यो मार्गमा हिँड्ने आस्था छ भने, पछ्याइरह। तर यदि तिमीहरू परमेश्वरको प्रतिरोध गर्नबाट आफूलाई रोक्न असमर्थ छौ भने, धेरै ढिला हुनुभन्दा अघि नै तिमीहरू पछि हट्नु सबैभन्दा राम्रो हुन्छ, नत्र तिमीहरू साँच्चै कठिनाइमा पर्नेछौ, किनभने तिमीहरूको प्रकृति अत्यन्तै भ्रष्ट छ। तिमीहरू बफादारीरहित छौ, समर्पणतारहित छौ, धार्मिकता र सत्यताका लागि तिर्खाउने हृदयरहित, र परमेश्वरप्रतिको प्रेमरहित छौ। परमेश्वरको अघि सारमा तिमीहरूको स्थिति पूर्ण रूपमा अस्तव्यस्त छ भनेर भन्न सकिन्छ। तिमीहरू आफूले पालन गर्नुपर्ने कुरा पालन गर्न असमर्थ छौ, आफूले भन्नुपर्ने कुरा भन्न असमर्थ छौ, आफूले अभ्यास गर्नुपर्ने कुरा अभ्यास गर्न असमर्थ छौ, र आफूले पूरा गर्नुपर्ने कार्य पूरा गर्न असमर्थ छौ; तिमीहरूसँग हुनुपर्ने बफादारी छैन, हुनुपर्ने विवेक छैन, हुनुपर्ने समर्पणता छैन, वा हुनुपर्ने सङ्कल्प छैन; तिमीहरूले भोग्नुपर्ने कष्ट भोगेका छैनौ, र तिमीहरूसँग हुनुपर्ने आस्था पनि छैन। तिमीहरूमा कुनै पनि असल गुणको पूर्ण रूपमा कमी छ। के तिमीहरूलाई जिइरहन लाज लाग्दैन? म तिमीहरूलाई के सल्लाह दिन्छु भने, तिमीहरूले ढिलो गर्नुभन्दा बरु चाँडै नै अनन्त विश्राममा आफ्ना आँखा चिम्लनु राम्रो हुन्छ, ताकि परमेश्वरलाई तिमीहरूका कारण चिन्ता गर्न र तिमीहरूका खातिर कष्ट भोग्नबाट जोगाउन सकियोस्। तिमीहरू परमेश्वरमा विश्वास गर्छौ तैपनि उहाँका अभिप्रायहरू बुझ्दैनौ; तिमीहरू परमेश्वरका वचनहरू खान्छौ र पिउँछौ तैपनि मानिसप्रतिका परमेश्वरका मागहरू पालन गर्न असमर्थ छौ। तिमीहरू परमेश्वरमा विश्वास गर्छौ तैपनि उहाँलाई चिन्दैनौ, र तिमीहरू लागिपर्ने कुनै लक्ष्यविना, बिलकुलै कुनै मूल्य वा कुनै अर्थविनै जिउँछौ। तिमीहरू मानव हौ तैपनि तिमीहरूमा अलिकति पनि विवेक, निष्ठा, वा विश्वसनीयता छैन—के तिमीहरू अझै आफैलाई मानव भन्न सक्छौ? तिमीहरू परमेश्वरमा विश्वास गर्छौ तैपनि उहाँलाई छल गर्छौ; तिमीहरू परमेश्वरको पैसाको लालसा समेत गर्छौ र उहाँलाई चढाइएका भेटीहरू खान्छौ। अनि तैपनि अन्तमा तिमीहरू परमेश्वरका भावनाहरूको अलिकति पनि ख्याल गर्न वा उहाँप्रति अलिकति पनि विवेक देखाउन असफल हुन्छौ। तिमीहरू परमेश्वरले गर्नुभएको एउटा सानो मागसमेत पूरा गर्न सक्दैनौ। के तिमीहरू अझै आफैलाई मानव भन्न सक्छौ? तिमीहरू परमेश्वरले प्रदान गरेको खानेकुरा खान्छौ, उहाँले दिनुभएको अक्सिजनले सास फेर्छौ, र उहाँको अनुग्रहको आनन्द लिन्छौ, तर अन्तमा तिमीहरूसँग परमेश्वरबारे अलिकति पनि ज्ञान हुँदैन। यसको विपरीत, तिमीहरू परमेश्वरको प्रतिरोध गर्ने बेकम्मा बनेका छौ। के यसले तिमीहरूलाई कुकुरसँग समेत तुलना गर्न नसकिने पशु बनाउँदैन? जनावरहरूमध्ये, के तिमीहरूभन्दा बढी दुर्भावपूर्ण कोही छन्?
उच्च स्थानमा उभिएर अरूलाई उपदेश दिने ती पाष्टर र एल्डरहरू परमेश्वरको प्रतिरोध गर्नेहरू हुन्; तिनीहरू सबै शैतानका सहयोगीहरू हुन्। उच्च स्थानमा नउभिए पनि अरूलाई उपदेश दिने तिमीहरू परमेश्वरको अझ बढी प्रतिरोध गर्दैनौ र? के तिमीहरू शैतानसँग अझ बढी मिलेका छैनौ र? परमेश्वरको कामको उद्देश्य नबुझ्नेहरू परमेश्वरका अभिप्रायहरूसँग कसरी मिल्ने भनेर जान्दैनन्। उहाँको कामको उद्देश्य बुझ्नेहरूका हकमा पनि यस्तै हुन सक्छ र? परमेश्वरको काम कहिल्यै गलत हुँदैन; बरु, समस्या मानिसहरूको पछ्याइमा हुन्छ। जानाजानी परमेश्वरको प्रतिरोध गर्ने ती पतितहरू ती पाष्टर र एल्डरहरूभन्दा अझ बढी कुटिल र दुष्ट हुँदैनन् र? परमेश्वरको प्रतिरोध गर्नेहरू धेरै छन्, तर तिनीहरूमध्ये परमेश्वरको प्रतिरोध गर्ने विभिन्न स्थिति पनि धेरै छन्। जसरी सबै प्रकारका विश्वासीहरू हुन्छन्, त्यसरी नै परमेश्वरको प्रतिरोध गर्नेहरू पनि सबै प्रकारका हुन्छन्, हरेक एक-अर्काभन्दा फरक हुन्छ। परमेश्वरको कामको उद्देश्य स्पष्ट रूपमा चिन्न असफल हुनेहरूमध्ये एक जनाले पनि मुक्ति पाउन सक्दैन। विगतमा कसैले परमेश्वरको जसरी प्रतिरोध गरेको भए पनि, जब उसले परमेश्वरको कामको उद्देश्य बुझ्छ र परमेश्वरलाई सन्तुष्ट पार्न लागिपर्न सक्षम हुन्छ, तब परमेश्वरले उसका विगतका सबै पाप पूर्ण रूपमा मेटाउनुहुनेछ। यदि कोही सत्यता खोज्न र अभ्यास गर्न सक्छ भने, परमेश्वरले उसले गरेका सबै कुरा सम्झनुहुनेछैन। यसबाहेक, ऊ सत्यता अभ्यास गर्न सक्षम हुने हुनाले परमेश्वरले उसलाई धर्मी व्यक्तिका रूपमा चित्रण गर्नुहुनेछ। परमेश्वरको धार्मिकता यही हो। कसैले परमेश्वरलाई देख्नु वा उहाँको काम अनुभव गर्नुभन्दा अघि, उसले परमेश्वरलाई जसरी व्यवहार गरेको भए पनि, उहाँ त्यसलाई सम्झनुहुन्न। तर, कसैले परमेश्वरलाई देखेपछि र उहाँको काम अनुभव गरेपछि, उसका सबै कार्य र कदमलाई परमेश्वरद्वारा “अभिलेख” मा दर्ता गरिनेछ, किनभने उसले परमेश्वरलाई देखेको छ र उहाँको कामको बीचमा जिएको छ।
जब कसैले परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ भन्ने कुरा साँच्चै देख्छ, परमेश्वरको सर्वोच्चतालाई हेर्छ, र परमेश्वरको काम साँच्चै जान्न पुग्छ—र, अझ भन्नुपर्दा, जब उसको पुरानो स्वभाव परिवर्तन हुन्छ—तब उसले परमेश्वरको प्रतिरोध गर्ने आफ्नो विद्रोही स्वभाव पूर्ण रूपमा फालेको हुनेछ। यसलाई यसरी भन्न सकिन्छ: सबैले परमेश्वरको प्रतिरोध गरेका छन्, र सबैले परमेश्वरको विरुद्ध विद्रोह गरेका छन्। तर, यदि तँ देहधारी परमेश्वरमा जानीबुझी समर्पित हुन सक्छस्, र यस उप्रान्त तेरो बफादारीले परमेश्वरको हृदयलाई सन्तुष्ट पार्न सक्छस्, तँ अभ्यास गर्नुपर्ने सत्यता अभ्यास गर्छस्, पूरा गर्नुपर्ने कर्तव्य पूरा गर्छस्, र पालन गर्नुपर्ने प्रावधानहरू पालन गर्छस् भने, तँ परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो विद्रोहीपन फाल्न इच्छुक र परमेश्वरद्वारा सिद्ध पारिन सक्ने व्यक्ति होस्। यदि तँ हृदयमा कुनै पछुतोविना, हठी भई आफ्ना गलत मार्गहरूमा लागिरहन्छस्, र परमेश्वरसँग सहकार्य गर्ने र उहाँलाई सन्तुष्ट पार्ने अलिकति पनि अभिप्राय नराखी तेरो विद्रोही आचरणलाई जारी राख्छस् भने, तँ जस्तो हठी र सुधार्न नसकिने व्यक्तिलाई दण्ड दिनका लागि छुट्ट्याइनेछ, र परमेश्वरद्वारा सिद्ध नपारिने व्यक्तिका रूपमा छुट्ट्याइनेछ। यदि यस्तो भयो भने, तँ आज परमेश्वरको शत्रु हुनेछस् र भोलि पनि परमेश्वरको शत्रु हुनेछस्, र त्यसको भोलिपल्ट पनि परमेश्वरको शत्रु नै रहनेछस्—तँ सधैँभरि परमेश्वरको प्रतिरोध गर्ने व्यक्ति, परमेश्वरको शत्रु हुनेछस्। त्यसोभए परमेश्वर तँलाई कसरी त्यतिकै छोड्न सक्नुहुन्छ र? मानिसहरूमा परमेश्वरको प्रतिरोध गर्ने प्रकृति हुन्छ, तर तिनीहरूले जानाजानी परमेश्वरको प्रतिरोध गर्ने “रहस्य” खोज्नु हुँदैन किनभने आफ्नो प्रकृति परिवर्तन गर्न निकै गाह्रो हुन्छ। यदि तैँले प्रयास गर्ने हो भने, भविष्यमा तेरो सजाय अझ गम्भीर नहोस्, र तेरो पाशविक प्रकृति विस्फोट भएर अनियन्त्रित नहोस्, र अन्ततः परमेश्वरद्वारा तेरो देह नष्ट नहोस् भनेर, तँ धेरै ढिला हुनुभन्दा अघि नै आफ्नो बाटो लाग्नु सबैभन्दा राम्रो हुन्छ। तँ आशिष्हरू प्राप्त गर्न परमेश्वरमा विश्वास गर्छस्; तर यदि अन्तमा तँ उल्टै विपत्तिको सामना गर्छस् भने, तेरो विश्वास साँच्चै सार्थक हुनेछैन। म तिमीहरूलाई अर्ती दिन्छु, तिमीहरूले अर्को योजना बनाउनु नै राम्रो हुन्छ। तिमीहरूका लागि परमेश्वरमा विश्वास गर्नुभन्दा अरू नै कुनै काम गर्नु नै राम्रो हुँदैन र? के तिमीहरू साँच्चै आफ्ना लागि यही एउटै मात्र मार्ग हो भन्ने विश्वास गर्छौ? के तिमीहरू सत्यता नखोजिकन पनि जिइरहनेछैनौ र? यसरी आफूलाई परमेश्वरको विरुद्धमा किन खडा गर्छौ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई नचिन्ने सबै मानिस परमेश्वरको प्रतिरोध गर्ने मानिस हुन्
परमेश्वरका दैनिक वचनहरू अंश २९५
मैले मानिसमाझ धेरै काम गरेको छु, र त्यो अवधिमा मैले धेरै वचनहरू पनि व्यक्त गरेको छु। ती सबै वचनहरू मानिसको मुक्तिको खातिर हुन् र मानिस मेरो अनुकूल हुने बन्न सकोस् भनेर ती व्यक्त गरिएका थिए। तैपनि, मैले पृथ्वीमा केही मानिसहरूलाई मात्रै प्राप्त गरेको छु, जो मेरो अनुकूल छन्, त्यसैले त म भन्छु, मानिसले मेरा वचनहरूलाई बहुमूल्य ठान्दैन—यसको कारण मानिस मेरो अनुकूल नहुनु हो। यसरी, मैले गर्ने काम मानिसले मेरो आराधना गर्न सकोस् भनेर मात्रै गरिएको होइन; अझै महत्त्वपूर्ण रूपमा, मानिस मेरो अनुकूल बन्न सकोस् भनेर यसो गरिएको हो। भ्रष्टताबाट गुज्रेको मानिस शैतानको फन्दामा जिउँछ; ऊ देहमा जिउँछ, स्वार्थी इच्छाहरूमा जिउँछ, र तिनीहरूमाझ मेरो अनुकूल रहेको एक जना पनि छैन। मेरो अनुकूल छु भन्ने मानिसहरू छन्, तर त्यस्ता मानिसहरूले अज्ञात मूर्तिहरूको पूजा गर्छन्। मेरो नामलाई पवित्र भनी स्वीकार गरे तापनि, तिनीहरूले मेरो विपरीत दिशातर्फ बढ्ने मार्गमा पाइला चाल्छन्, र तिनीहरूका बोलीवचन अहङ्कार र आत्मविश्वासले भरिएका छन्। किनभने तिनीहरू अन्तर्निहित रूपमै मेरो विरुद्धमा छन् तर म सँग मिल्दो छैनन्। हरदिन, तिनीहरूले बाइबलमा मेरा निसानहरू खोज्छन् र हचुवाको भरमा “उपयुक्त” खण्डहरू भेट्छन् जसलाई तिनीहरूले निरन्तर पढ्छन् र धर्मशास्त्रका रूपमा पाठ गर्छन्। कसरी मेरो अनुकूल बन्ने भनेर तिनीहरूलाई थाहा छैन, न त मेरो विरुद्धमा खडा हुनु भनेको के हो भन्ने नै तिनीहरूलाई थाहा छ। तिनीहरू खालि अन्धाधुन्ध धर्मशास्त्रका खण्डहरू पढ्छन्। तिनीहरू आफूले नदेखेको अस्पष्ट परमेश्वरलाई सीमित पार्छन् र बाइबलको सीमाभित्र देख्न सक्दैनन् र फुर्सतमा हेर्न यसलाई बाहिर निकाल्छन्। तिनीहरूले बाइबलको दायराभित्र मात्रै मेरो अस्तित्वमा विश्वास गर्छन्, र तिनीहरूले मलाई बाइबलसँग समान मान्छन्; बाइबलविना म हुँदिनँ, र मविना बाइबल हुँदैन। मेरो अस्तित्व वा मेरा कार्यहरूलाई तिनीहरूले ध्यानै दिँदैनन्, बरु यसको साटो धर्मशास्त्रका एक-एक शब्दलाई अत्यधिक र विशेष ध्यान दिन्छन्। धर्मशास्त्रले भविष्यवाणी नगरेसम्म मैले चाहेअनुसार केही पनि गर्नु हुँदैन भनेरसमेत धेरैले विश्वास गर्छन्। तिनीहरूले धर्मशास्त्रलाई अत्याधिक महत्त्व दिन्छन्। के भन्न सकिन्छ भने तिनीहरूले शाब्दिक वचनलाई यति हदसम्म महत्त्वपूर्ण देख्छन् कि मैले बोल्ने हरेक शब्दलाई मापन गर्न र मलाई दोष दिन तिनीहरूले बाइबलका पदहरू प्रयोग गर्छन्। तिनीहरूले खोजी गर्ने कुरा भनेको मेरो अनुकूल हुने मार्ग वा सत्यतासँग अनुकूल हुने मार्ग होइन, बरु बाइबलका वचनहरूसँग अनुकूल हुने मार्ग हो, र तिनीहरूले बाइबलसँग नमिल्ने जुनसुकै कुरा निस्सन्देह मेरो काम होइन भन्ने विश्वास गर्छन्। के यस्ता मानिसहरू फरिसीहरूका कर्तव्यनिष्ठ सन्तान होइनन् र? यहूदी फरिसीहरूले येशूको भर्त्सना गर्न मोशाको व्यवस्था प्रयोग गरे। तिनीहरूले त्यस समयको येशूसँग अनुकूल हुने प्रयास गरेनन्, बरु तिनीहरूले व्यवस्थाको प्रत्येक लेखलाई यस्तो गम्भीरतासाथ लिए—पुरानो करारको व्यवस्थालाई पालन नगरेको र मसीह नभएको आरोप उहाँलाई लगाएपछि—तिनीहरूले आखिरमा निर्दोष येशूलाई क्रूसमा टाँगिछोडे। तिनीहरूको सार के थियो? के त्यो तिनीहरूले सत्यतासित अनुकूल हुने मार्ग नखोज्नु नै थिएन र? तिनीहरूले धर्मशास्त्रको एक-एक शब्दलाई मात्र ध्यान दिए, तर तिनीहरूले न त मेरा अभिप्रायहरूलाई ध्यान दिए न त मेरो कामका पाइला र विधिहरूलाई नै ध्यान दिए। तिनीहरू सत्यताको खोजी गर्ने मानिसहरू थिएनन्, बरु शब्दहरूमा कठोरतासाथ टाँसिने मानिसहरू थिए; तिनीहरू परमेश्वरमा विश्वास गर्ने मानिसहरू थिएनन्, बरु बाइबलमा विश्वास गर्ने मानिसहरू थिए। सारगत रूपमा, तिनीहरू बाइबलको रक्षा गर्ने कुकुरहरू थिए। बाइबलका हितहरूको सुरक्षा गर्न, बाइबलको इज्जतलाई कायम राख्न, र बाइबलको मर्यादाको संरक्षण गर्न, तिनीहरूले कृपालु येशूलाई क्रूसमा टाँग्ने हदसम्म गए। तिनीहरूले केवल बाइबलको प्रतिरक्षा गर्नको खातिर, र मानिसहरूका हृदयमा बाइबलका एक-एक शब्दको हैसियतलाई कायम गर्नको खातिर तिनीहरूले यसो गरे। त्यसकारण, तिनीहरूले धर्मशास्त्रको सिद्धान्तअनुरूप नरहनुभएका येशूलाई मृत्युदण्ड दिन आफ्नो भविष्य र पापबलि त्याग्न रुचाए। के तिनीहरू सबै नै धर्मशास्त्रका एक-एक वचनका दास थिएनन् र?
अनि आजका मानिसहरूको बारेमा के भन्ने? ख्रीष्ट सत्यता प्रदान गर्न आउनुभएको छ, तैपनि तिनीहरू उहाँलाई यस संसारबाट निकाल्न चाहन्छन् ताकि तिनीहरूले स्वर्गमा प्रवेश गर्न र अनुग्रह प्राप्त गर्न सकून्। तिनीहरू बाइबलका हितहरूको संरक्षण गर्नको लागि सत्यताको आगमनलाई पूर्ण रूपमा इन्कार गर्न रचाउँछन्, र बाइबलको अनन्त अस्तित्व सुनिश्चित गर्नको लागि तिनीहरू देहमा फर्कनुभएका ख्रीष्टलाई फेरि क्रूसमा टाँग्न रुचाउँछन्। मप्रति उसको हृदय यति द्वेषपूर्ण र उसको प्रकृति यति शत्रुवत् हुँदा, उसले कसरी मेरो मुक्ति पाउन सक्छ? म मानिसको माझमा जिउँछु, तैपनि मानिसलाई मेरो अस्तित्वको बारेमा थाहा छैन। मैले मानिसमाथि मेरो ज्योति चम्काउँदा पनि, मेरो अस्तित्वको बारेमा ऊ अझै अनभिज्ञ नै रहन्छ। जब म मानिसमाथि आफ्नो क्रोध बर्साउँछु, उसले अझै ठूलो जोसको साथ मेरो अस्तित्वलाई इन्कार गर्छ। मानिस अक्षरहरूसँग अनुकूलता खोज्छ र बाइबलसँग अनुकूलता खोज्छ, तैपनि सत्यतासँग मिल्ने मार्गलाई खोज्न एक जना पनि मेरोसामु आउँदैन। मानिसले माथि फर्केर मलाई स्वर्गमा हेर्छ र स्वर्गमा रहेको मेरो अस्तित्वको लागि खास सरोकार अर्पण गर्छ, तैपनि देहमा रहेको मलाई कसैले वास्ता गर्दैन, किनभने मानिसको माझमा बस्ने म अत्यन्तै महत्त्वहीन छु। बाइबलका अक्षरहरूसँग मात्रै अनुकूलता खोज्नेहरू, र अस्पष्ट ईश्वरसँग मात्रै अनुकूलता खोज्नेहरू मेरा नजरमा नीच हुन्। किनभने तिनीहरूले आराधना गर्ने भनेको मृत अक्षरहरू, र तिनीहरूलाई असीमित खजाना दिन सक्ने ईश्वर हो; तिनीहरूले आराधना गर्ने भनेको आफूलाई मानिसका कृपामा राख्ने एक अस्तित्वहीन ईश्वर हो—एउटा ईश्वर जो अस्तित्वमा नै छैन। अनि, त्यस्ता मानिसहरूले मबाट के प्राप्त गर्न सक्छन्? शब्दहरूद्वारा वर्णन गरिनका निम्ति मानिस निकै नीच छ। जो मेरो विरुद्धमा छन्, जो मबाट असीमित मागहरू गर्छन्, जोसँग सत्यताको निम्ति कुनै प्रेम छैन, जो मप्रति विद्रोही छन्—तिनीहरू कसरी मसँग मिल्न सक्छन्?
मेरो विरुद्धमा हुनेहरू मेरो अनुकूल छैनन्। सत्यतालाई प्रेम नगर्नेहरूका हकमा पनि यही कुरा लागू हुन्छ। मेरो विरुद्ध विद्रोह गर्नेहरू अझै बढी मेरो विरुद्धमा छन् र मेरो अनुकूल छैनन्। मसँग अनुकूल नरहेका सबैलाई म दुष्टको हातमा सुम्पिन्छु, र म तिनीहरूलाई दुष्टको भ्रष्टतामा छोडिदिन्छु, तिनीहरूलाई आफ्नो दुर्भाव प्रकट गर्न बेलगाम छोडिदिन्छु, र अन्तिममा तिनीहरूलाई दुष्टले निलोस् भनेर दुष्टको हातमा सुम्पिदिन्छु। कति जनाले मेरो आराधना गर्छन् म वास्ता गर्दिनँ, अर्थात् मलाई कति मानिसहरूले विश्वास गर्छन् त्यसको पर्वाह गर्दिनँ। मलाई चासो लाग्ने एउटै कुरा भनेको कति जना मेरो अनुकूल छन् भन्ने हो। यसको कारण के हो भने मप्रति अनुकूल नहुने सबै नै दुष्टहरू हुन् जसले मलाई धोका दिन्छन्; तिनीहरू मेरा शत्रुहरू हुन्, र मैले मेरा शत्रुहरूलाई मेरो घरमा “पवित्रसरह राख्नु” हुँदैन। मप्रति अनुकूल हुनेहरूले सदासर्वदा मेरो घरमा मलाई सेवा गर्नेछन् र मेरो विरुद्ध खडा हुनेहरूले सदासर्वदा मेरो दण्ड भोग्नेछन्। बाइबलका वचनहरूमा मात्रै चासो राख्नेहरू अनि सत्यता र मेरा पाइलाहरूको खोजी गर्नमा सरोकार नराख्नेहरू—तिनीहरू मेरो विरुद्धमा छन्, किनभने तिनीहरूले मलाई बाइबलअनुसार सीमित गर्छन्, मलाई बाइबलको सीमाभित्र सीमित गर्छन्, त्यसैले तिनीहरू मप्रति चरम ईश्वरविरोधी छन्। यस्ता मानिसहरू कसरी मेरो सामु आउन सक्छन्? तिनीहरूले मेरा कार्यहरू, वा मेरा अभिप्राय वा सत्यतालाई कुनै वास्ता गर्दैनन्, बरु तिनीहरू वचनहरूप्रति आसक्त छन्—त्यस्ता वचनहरू जसले मार्छ। यस्ता मानिसहरू कसरी मप्रति अनुकूल हुन सक्छन्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले ख्रीष्टसँग अनुकूलताको मार्ग खोजी गर्नुपर्छ
परमेश्वरका दैनिक वचनहरू अंश २९६
येशूको सत्यता देह हुन आएपछि, मानिसले स्वर्गमा, पिता मात्र हुनुहुन्न, तर पुत्र, र आत्मा पनि हुनुहुन्छ भन्ने विश्वास गर्यो। स्वर्गमा यस प्रकारका परमेश्वर हुनुहुन्छ भन्ने मानिसमा भएको यो धारणा परम्परागत धारणा हो: एक त्रिएकत्व परमेश्वर जो पिता, पुत्र र पवित्र आत्मा हुनुहुन्छ। सबै मानवजातिमा यी धारणाहरू छन्: परमेश्वर एउटै परमेश्वर हुनुहुन्छ, तर तीन भागले निर्मित हुनुहुन्छ, जसलाई परम्परागत धारणामा गम्भीर रूपमा गढेर बस्नेहरू सबैले पिता, पुत्र र पवित्र आत्मा हुन् भनी सोच्छन्। ती तीन भागले मात्रै एक पूर्ण परमेश्वर बन्दछ। पवित्र पिताविना परमेश्वर पूर्ण बन्नुहुन्न। त्यस्तै गरी, न त पुत्रविना, न पवित्र आत्माविना परमेश्वर पूर्ण बन्नुहुन्छ। तिनीहरूका धारणाहरू अनुसार, तिनीहरूले के विश्वास गर्छन् भने, पितालाई मात्र वा पुत्रलाई मात्र परमेश्वर मान्न सकिँदैन। पिता, पुत्र र पवित्र आत्मालाई मात्रै समग्रमा परमेश्वर मान्न सकिन्छ। अब, सबै धार्मिक विश्वासीहरू र तिमीहरूका बीचका प्रत्येक अनुयायीहरूमा यस्तो आस्था छ। तापनि, त्यो आस्था सही हो कि होइन भनी कसैले पनि बताउन सक्दैन, किनकि तिमीहरू परमेश्वर स्वयम सम्बन्धी विषयहरूमा सधैँ अन्योलताको बादलमा छौ। यी त धारणाहरू भए पनि, तिमीहरू ती सही हुन् वा गलत हुन् सो जान्दैनौ, किनकि तिमीहरू धार्मिक धारणाहरूद्वारा गम्भीर रूपमा प्रभावित भएका छौ। तिमीहरूले धर्मका यी परम्परागत धारणाहरूलाई गहिरो रूपमा स्वीकार गरेका छौ, र यो विष तिमीहरूभित्र धेरै गहिराइमा पसेको छ। त्यसकारण, यस विषयमा पनि तिमीहरू यस हानिकारक प्रभावको अघि झुकेका छौ, किनकि त्रिएक परमेश्वर अस्तित्वमा छैन। अर्थात्, पिता, पुत्र र पवित्र आत्माको त्रिएकत्व अस्तित्वमा छैन। यी सबै मानिसको परम्परागत धारणाहरू हुन्, र मानिसको झूटा आस्थाहरू हुन्। धेरै शताब्दीदेखि मानिसले यस त्रिएकत्वमा विश्वास गरेको छ, जुन मानिसको मनमा सङ्कलित धारणाहरू हुन्, मानिसद्वारा निर्माण गरिएको, र मानिसले पहिले कहिल्यै नदेखेको कुरा हुन्। यति धेरै वर्षको अवधिमा बाइबलका धेरै व्याख्याकारहरू आएका छन्, जसले त्रिएकत्वको “साँचो अर्थ” वर्णन गरेका छन्, तर त्रिएक परमेश्वरका तीन अलग व्यक्तित्वहरूको रूपमा यसरी वर्णन गरेको कुरा अनिश्चित र अस्पष्ट छ, र सबै मानिसहरू परमेश्वरको यस्तो “बनावट” द्वारा अलमल्लमा परेका छन्। कुनै पनि महान् व्यक्तिले कहिल्यै यसको विस्तृत विवरण प्रस्तुत गर्न सकेको छैन; प्रायजसो स्पष्टीकरणहरूलाई तर्कको रूपमा र कागजमा सङ्कलन गरिएका छन्, तर एकै जना व्यक्तिले पनि यसको अर्थ पूर्ण रूपमा बुझेको छैन। किनकि मानिसको हृदयमा भएको यस महान् त्रिएकत्व कुनै अस्तित्वमा छैन। किनकि अहिलेसम्म कसैले पनि परमेश्वरको वास्तविक अनुहार देखेको छैन, न परमेश्वर बस्नुहुने स्थानमा कुन-कुन कुराहरू छन्, “परमेश्वरको घर” मा कति लाख वा करोड पुस्ताहरू छन् भनी निश्चित गर्न वा परमेश्वरको अन्तर्निहित संरचना कति वटा भागले बनेको छ भनी जाँच्न कुनै व्यक्ति परमेश्वरको वासस्थानमा जान सक्ने भाग्यमानी हुन सकेको छ। मुख्य रूपमा जाँच्नु पर्ने कुरा यही हो: पिता र पुत्रको साथसाथै पवित्र आत्माको युग; प्रत्येक व्यक्तित्वको आ-आफ्नो प्रकटीकरण; उहाँहरू कसरी विभाजित हुनुभयो, र उहाँहरू कसरी एक हुनुभयो। खेदको कुरा, यति धेरै वर्षको अवधिमा, एक जना मानिसले पनि यी विषयहरूको सत्यता निश्चित गर्न सकेको छैन। ती सबै केवल अनुमान मात्र हुन्, किनकि कुनै पनि मानिस उक्लेर स्वर्ग घुम्न गएको छैन र त्रिएकत्वको विषयमा चासो राख्ने सबै उत्कट र भक्त धार्मिक विश्वासीहरूलाई सत्यताको विषयमा जानकारी दिन सम्पूर्ण मानवजातिका लागि “अनुसन्धानको रिपोर्ट” लिएर आएको छैन। निश्चय नै, त्यस्ता धारणाहरू बनाएकोमा मानिसलाई दोष दिन सकिँदैन, किनकि मानवजातिलाई सृष्टि गर्दा यहोवा पिताले किन पुत्र येशूलाई साथमा ल्याउनुभएन? यदि सुरुमा, सबै यहोवाको नाउँमा गरिएको भए त्यो अझ राम्रो हुनेथियो। यदि दोष दिनैपर्छ भने यहोवा पिताको क्षणिक गल्तीलाई दिनुपर्छ, जसले सृष्टिको समयमा पुत्र र पवित्र आत्मालाई उहाँको सामु बोलाउनुभएन, बरु उहाँले आफ्नो काम एकलै गर्नुभयो। यदि उहाँहरू सबैले एकैसाथ काम गर्नुभएको भए, के उहाँहरू एउटै हुनुहुनेथिएन र? यदि सुरुदेखि अन्त्यसम्म यहोवाको नाउँ मात्र थियो, र अनुग्रहको युगबाट येशूको नाउँ नभएको भए, वा यदि उहाँलाई अझै पनि यहोवा भनिन्थ्यो भने, के परमेश्वर मानवजातिले गर्ने यो विभाजनको पीडाबाट जोगिनुहुनेथिएन? निस्सन्देह, यी सबैका लागि यहोवालाई दोष दिन मिल्दैन; यदि दोष दिनु नै पर्छ भने, त्यो पवित्र आत्मालाई दिनुपर्छ, जसले मानिसलाई अन्योल र भ्रममा पार्दै हजारौं वर्षसम्म यहोवा, येशू र पवित्र आत्माको नाउँमा आफ्नो काम गरिरहनुभयो, जसको कारण मानिसले परमेश्वर को हुनुहुन्छ भनी ठीकसँगले जान्न सकेन। यदि पवित्र आत्मा आफैले कुनै रूप वा प्रतिरूपविना, र येशूजस्तो कुनै नाउँ नै नलिई काम गर्नुभएको भए, र मानिसले उहाँलाई छुन वा देख्न सक्दैनथियो, गर्जनको आवाज मात्र सुन्न सक्थ्यो भने, के त्यस प्रकारको काम मानवजातिका निम्ति धेरै फाइदाजनक हुने थिएन र? त्यसो भए अब के गर्न सकिन्छ? मानिसका धारणाहरू थुप्रिएर पहाड्जस्तै उच्च र समुद्र जतिकै विशाल भएको छ, यहाँसम्म कि वर्तमान समयका परमेश्वरले उनीहरूलाई उप्रान्त सहन सक्नुहुन्न र उहाँ पूर्ण रूपमा अन्योलमा पर्नुभएको छ। विगतमा जब यहोवा, येशू मात्र हुनुहुन्थ्यो र उहाँहरूको बीचमा पवित्र आत्मा हुनुहुन्थ्यो, त्यस बेला मानिस यसलाई कसरी लिने भनी अन्योलमा परेको थियो, र अब सर्वशक्तिमान् परमेश्वर थपिनुभएको छ, जो परमेश्वरको एउटा भाग हुनुहुन्छ भनिएको छ। उहाँ को हुनुहुन्छ भन्ने कसलाई थाहा छ, र यति धेरै वर्षसम्म उहाँ त्रिएकत्वको कुन व्यक्तिमा मिसिनुभएको छ वा लुक्नुभएको छ? मानिसले यो कसरी सहन सक्छ? मानिसलाई त्रिएक परमेश्वरको बारेमा व्याख्या गर्न मात्र जीवनभरको समय लाग्छ, तर अब “एक परमेश्वर चार व्यक्तित्वहरूमा” हुनुहुन्छ। यसलाई कसरी वर्णन गर्न सकिन्छ? के तँ व्याख्या गर्न सक्छस्? भाइबहिनीहरू हो! तिमीहरूले आजको दिनसम्म कसरी त्यस्तो परमेश्वरमा विश्वास गरेका छौ? म तिमीहरूलाई बधाई दिन्छु। त्रिएक परमेश्वरको बारेमा बुझ्न नै पर्याप्त थियो; तिमीहरू चार व्यक्तित्वहरूद्वारा निर्मित एक परमेश्वरमाथि कसरी यस्तो अटल विश्वास गरिरहन सक्छौ? तिमीहरूलाई बाहिर निस्कन आग्रह गरिएको छ, तापनि तिमीहरू अस्वीकार गर्छौ। कस्तो बुझ्नै नसकिने कुरा! तिमीहरू साँच्चै केही त हौ! कुनै व्यक्तिले केही वास्ता नराखी चार परमेश्वरमा विश्वास गर्न सक्छ र त्यसबाट केही पनि पाउँदैन; के तिमीहरूलाई यो एउटा चमत्कार हो भन्ने लाग्दैन? तिमीहरूलाई हेर्दा, कसैले पनि तिमीहरू त्यस्तो ठूलो चमत्कार गर्न सक्छौ भनेर सोच्नेथिएन! म तिमीहरूलाई बताउँछु, वास्तवमा, त्रिएक परमेश्वर यो ब्रह्माण्डमा कहीँ पनि अस्तित्वमा छैन। परमेश्वरको कुनै पिता र पुत्र छैन, र पिता र पुत्रले एकसाथ मिलेर पवित्र आत्मालाई एक साधनको रूपमा प्रयोग गर्ने अवधारणाको त कुरै छाडौँ। यी सबै यस संसारको ठूलो भ्रम हो र यसको कुनै अस्तित्व छैन! तैपनि यस्तो भ्रमको पनि सुरुवात् छ र यो पूर्ण रूपमा आधारहीन छैन, किनकि तिमीहरूका दिमाग यति सरल छैन, र तिमीहरूका विचारहरू तर्कविनाको छैनन्। बरु, ती एकदम उचित र स्पष्ट छन्, यतिसम्म कि त्यसलाई कुनै शैतानले पनि जित्न सक्दैन। खेदको कुरा, यी विचारहरू सबै भ्रम हुन् र तिनको कुनै अस्तित्व छैन। तिमीहरूले बिलकुल वास्तविक सत्यता देखेका छैनौ; तिमीहरू केवल अनुमान र कल्पनाहरू गर्दछौ, छलपूर्वक अरूको भरोसा प्राप्त गर्न र बुद्धि र विवेक नभएका अति मूर्ख मानिसहरूलाई अधीनमा राख्नका निम्ति बनावटी कथा बनाउँछौ, यसैले तिनीहरूले तिमीहरूका महान् र प्रसिद्ध “विशेष शिक्षाहरू” मा विश्वास गर्छन्। के यो सत्य हो? के यो मानिसले बुझ्नुपर्ने जीवनको बाटो हो? यो सबै निरर्थक कुरा हो! एक शब्द पनि अर्थपूर्ण छैन! यति धेरै वर्षको अवधिमा, तिमीहरूले परमेश्वरलाई यसरी विभाजित गरेका छौ, हरेक पुस्तासँगै झन्-झन् साना टुक्रामा विभाजित गरेका छौ, यहाँसम्म कि परमेश्वर खुलेआम रूपमा तीन भागमा विभाजित हुनुभएको छ। अनि मानिसका निम्ति अहिले परमेश्वरलाई एक मानेर फेरि जोडिनु असम्भव छ, किनकि तिमीहरूले उहाँलाई पूर्ण रूपमा विभाजित गरेका छौ! यदि ढिलो हुनुभन्दा पहिले मैले शीघ्र कार्य गरिनँ भने, तिमीहरू कति बेरसम्म निर्लज्ज भई त्यसमा लागिरहन्छौ त्यो भन्न गाह्रो छ। यसरी परमेश्वरलाई विभाजित गरिरहँदा, उहाँ कसरी अझै पनि तिमीहरूका परमेश्वर हुन सक्नुहुन्छ? के तिमीहरू अझै परमेश्वरलाई चिन्न सक्छौ? के तिमीहरू अझै तिमीहरूका मूल भेटाउँछौ? यदि म अलिकति ढिलो आइपुगेको भए, सायद तिमीहरूले “पिता र पुत्र” यहोवा र येशूलाई इस्राएलमा फिर्ता पठाउनेथियौ र तिमीहरू आफै परमेश्वरको एक भाग हौ भनी दाबी गर्नेथियौ। भाग्यवश, अहिले नै आखिरी दिनहरूको समय हो। अन्तमा, मैले लामो समयदेखि पर्खेको यो दिन आएको छ, र मैले आफ्नै हातले कामको यो चरण पूरा गरेपछि मात्र तिमीहरूले परमेश्वर स्वयमलाई विभाजन गर्ने कार्य रोकिएको छ। यदि यस्तो नभएको भए, तिमीहरू धेरै अघि बढ्नेथियौ, तिमीहरूको आराधनाका टेबलहरूमा सबै शैतानहरूलाई राख्नेथियौ। यो तिमीहरूको कलाकृति हो! यो तिमीहरूले परमेश्वरलाई विभाजित गर्ने माध्यम हो! के तिमीहरू अझै पनि त्यसो गरिरहन्छौ? म तिमीहरूलाई सोध्छु: परमेश्वरहरू कति जना छन्? कुन परमेश्वरले तिमीहरूलाई मुक्ति दिनुहुनेछ? पहिलो, दोस्रो वा तिमीहरूले सधैँ प्रार्थना गर्ने तेस्रो परमेश्वरले? तिमीहरू सँधै कसमाथि विश्वास गर्छौ? के पितालाई? वा पुत्रलाई? वा पवित्र आत्मालाई? मलाई भन् तँ कसमाथि विश्वास गर्छस्? आफ्नो हरेक शब्दद्वारा तिमीहरूले परमेश्वरमा विश्वास गर्छु भने पनि तिमीहरू वास्तवमा आफ्नै दिमागमा विश्वास गर्छौं। तिमीहरूको हृदयमा परमेश्वर पटक्कै हुनुहुन्न! अनि अझै तिमीहरूका मनमा यस्ता त्रिएकत्वहरू धेरै छन्! के तिमीहरू सहमत हुँदैनौं?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?
परमेश्वरका दैनिक वचनहरू अंश २९७
यदि कामका तीन चरणहरूलाई त्रिएकत्वको अवधारणा अनुसार मूल्याङ्कन गर्ने हो भने, तीन जना परमेश्वर हुनुपर्दछ, किनकि प्रत्येकले गरेको काम एउटै छैन। यदि तिमीहरूमध्ये कसैले त्रिएकत्व साँच्चै अस्तित्वमा हुनुहुन्छ भनी भन्छौ भने, तीन व्यक्तित्वहरूमा रहेका एउटा परमेश्वर भनेको के हो, त्यो बताऊ। पवित्र पिता के हुनुहुन्छ? पुत्र के हुनुहुन्छ? पवित्र आत्मा के हुनुहुन्छ? के यहोवा पवित्र पिता हुनुहुन्छ? के येशू पुत्र हुनुहुन्छ? त्यसोभए, पवित्र आत्माका बारेमा के भन्ने? के पिता आत्मा हुनुहुन्न? के पुत्रको सार पनि आत्मा होइन र? के येशूको काम पनि पवित्र आत्माको काम थिएन? के त्यसबेला यहोवाको काम येशूको कामजस्तै आत्माद्वारा गरिएको थिएन र? परमेश्वरसँग कति वटा आत्मा हुन सक्छ? तेरो बयानअनुसार पिता, पुत्र र पवित्र आत्माका तीन व्यक्तित्वहरू एक हुन्; यदि त्यसो हो भने, तीनवटा आत्मा छन्, तर तीनवटा आत्मा हुनुको अर्थ तीन परमेश्वर हुनुहुन्छ भन्ने हुन्छ। यसको अर्थ एकमात्र साँचो परमेश्वर हुनुहुन्न; यस प्रकारको परमेश्वरसँग अझै पनि परमेश्वरको अन्तर्निहित सार कसरी हुन सक्छ? यदि तँ एक मात्र परमेश्वर हुनुहुन्छ भनेर स्वीकार गर्छस् भने, कसरी उहाँको पुत्र हुन सक्छ र उहाँचाहिँ पिता हुन सक्नुहुन्छ? के यी सबै तेरा धारणाहरू मात्र होइनन्? परमेश्वर एउटै मात्र हुनुहुन्छ, यो परमेश्वरमा एक मात्र व्यक्तित्व छ, र परमेश्वरको एउटै मात्र आत्मा हुनुहुन्छ, जुन तथ्य बाइबलमा “पवित्र आत्मा एउटै मात्र हुनुहुन्छ, र एउटै परमेश्वर हुनुहुन्छ” भनेर लेखिए जस्तै हो। तैँले भन्ने पिता र पुत्र अस्तित्वमा भए पनि वा नभए पनि, आखिर परमेश्वर एक मात्र हुनुहुन्छ, अनि तैँले विश्वास गर्ने पिता, पुत्र र पवित्र आत्माको सार भनेको पवित्र आत्माको सार नै हो। अर्को शब्दमा भन्ने हो भने, परमेश्वर आत्मा हुनुहुन्छ, तर उहाँ देह बन्न र मानिसहरूका माझ जिउन सक्नुहुन्छ, साथै सबै थोकभन्दा माथि हुन सक्नुहुन्छ। उहाँका आत्मा सर्व-सम्मिलित र सर्वव्यापी छ। उहाँ एक साथ देहमा र ब्रह्माण्डमा र त्यसमाथि हुन सक्नुहुन्छ। सबै मानिसहरूले परमेश्वर एक मात्र साँचो परमेश्वर हुनुहुन्छ भन्ने गरेकाले, परमेश्वर एक मात्र हुनुहुन्छ, र उहाँलाई कसैले पनि आफ्नो इच्छाले विभाजन गर्न सक्दैन! परमेश्वर एक मात्र आत्मा, र एक मात्र व्यक्ति हुनुहुन्छ; र त्यो परमेश्वरका आत्मा हुनुहुन्छ। यदि तैँले भनेको जस्तै पिता, पुत्र र पवित्र आत्मा हो भने त, के उहाँहरू तीन परमेश्वर हुनुहुन्न र? पवित्र आत्मा एउटा विषय हुनुहुन्छ, पुत्र अर्को, र पिता अर्को हुनुहुन्छ। उहाँहरूका व्यक्तित्व फरक छन् र उहाँहरूका सारहरू फरक छन्, त्यसोभए उहाँहरू प्रत्येक कसरी एउटै परमेश्वरका भागहरू हुन सक्नुहुन्छ? पवित्र आत्मा, आत्मा हुनुहुन्छ; यो बुझ्न मानिसका निम्ति सजिलो छ। यदि त्यसो हो भने, पिता झन् अझ बढी आत्मा हुनुहुन्छ। उहाँ यस पृथ्वीमा कहिल्यै ओर्लनुभएको छैन र कहिल्यै देह बन्नुभएको छैन; मानिसहरूका हृदयमा उहाँ यहोवा परमेश्वर हुनुहुन्छ, र निश्चय उहाँ एक आत्मा पनि हुनुहुन्छ। त्यसोभए उहाँ र पवित्र आत्माको बीचमा के सम्बन्ध छ? के यो पिता र पुत्रबीचको सम्बन्ध हो? वा के यो पवित्र आत्मा र पिताको आत्मा बीचको सम्बन्ध हो? के प्रत्येक आत्माको सार एउटै हो? वा के पवित्र आत्मा पिताको साधन हुनुहुन्छ? यसलाई कसरी वर्णन गर्न सकिन्छ? तब पुत्र र पवित्र आत्माको बीच के सम्बन्ध छ? के यो दुईवटा आत्मा बीचको सम्बन्ध हो वा मानिस र आत्मा बीचको सम्बन्ध हो? यी सबै यस्तै विषयहरू हुन् जसको हामीसित कुनै स्पष्टीकरण छैन! यदि उहाँहरू सबै एउटै आत्मा हुनुहुन्छ भने, तीन व्यक्तित्वहरूको कुरा हुन सक्दैन, किनकि उहाँहरूमा एउटै आत्मा हुनुहुन्छ। यदि उहाँहरू फरक-फरक व्यक्तित्वहरू हुनुहुन्थ्यो भने, उहाँहरूका आत्माहरू शक्तिमा फरक हुनेथियो, र उहाँहरू केवल एक मात्र आत्मा हुन सक्नुहुन्नथियो। पिता, पुत्र र पवित्र आत्माको यो अवधारणा सबैभन्दा बेतुके छ! यसले परमेश्वरलाई विभाजित गर्दछ र उहाँलाई फरक-फरक हैसियत र आत्मा भएका तीन व्यक्तित्वहरूमा बाँड्दछ; त्यसोभए अझै पनि उहाँ कसरी एक आत्मा र एक परमेश्वर हुन सक्नुहुन्छ? मलाई भन्, के स्वर्ग र पृथ्वी, र यावत् थोक पिताले, पुत्रले, कि पवित्र आत्माले सृष्टि गर्नुभएको हो? कतिले भन्छन्, उहाँहरू सबैले एकसाथ सृष्टि गर्नुभएको हो। त्यसोभए मानवजातिलाई कसले छुटकारा दियो? के पवित्र आत्माले, पुत्रले, कि पिताले हो? कसै-कसैले भन्छन्, मानवजातिलाई पुत्रले छुटकारा दिनुभएको हो। त्यसोभए, सारमा पुत्र को हुनुहुन्छ? के उहाँ परमेश्वरका आत्माको देहधारण हुनुहुन्न र? देहधारणले स्वर्गमा हुनुहुने परमेश्वरलाई सृजित मानिसको दृष्टिकोणबाट पिताको नाउँले सम्बोधन गर्दछ। के येशू पवित्र आत्माले गर्भधारण गरी जन्मनुभएको तँलाई थाहा छैन? उहाँभित्र पवित्र आत्मा हुनुहुन्छ; तैँले जे भने पनि, उहाँ अझै पनि स्वर्गका परमेश्वरसँग एक हुनुहुन्छ, किनकि उहाँ परमेश्वरका आत्माको देहधारण हुनुहुन्छ। पुत्रसम्बन्धी यो अवधारणा सरासर असत्य हो। सबै काम गर्नुहुने आत्मा एउटै हुनुहुन्छ, परमेश्वर स्वयम् मात्र, अर्थात् परमेश्वरका आत्माले आफ्नो काम गर्नुहुन्छ। परमेश्वरका आत्मा को हुनुहुन्छ? के उहाँ पवित्र आत्मा होइन र? के येशूमा काम गर्ने पवित्र आत्मा नै होइन र? यदि यो काम पवित्र आत्मा (अर्थात् परमेश्वरका आत्मा) द्वारा नगरिएको भए, के उहाँको कामले स्वयम् परमेश्वरको प्रतिनिधित्व गर्न सक्थ्यो? येशूले प्रार्थना गर्नुहुँदा स्वर्गका परमेश्वरलाई पिता नाउँले सम्बोधन गर्नुभयो, त्यो केवल एक सृष्टि गरिएको मानिसको दृष्टिकोणबाट गरिएको थियो, किनकि परमेश्वरका आत्माले एउटा साधारण र सामान्य देह धारण गर्नुभएको थियो र उहाँबाहिर सृष्टि गरिएको एउटा प्राणीको आवरण थियो। उहाँभित्र परमेश्वरका आत्मा हुनुहुन्थ्यो भने पनि, उहाँको बाहिरी रूप अझै पनि सामान्य मानिसको जस्तो देखिन्थ्यो; अर्को शब्दमा भन्नुपर्दा, उहाँ “मानिसका पुत्र” बन्नुभएको थियो, जसको बारेमा येशू आफै लगायत सबै मानिसहरूले बोलेका थिए। उहाँ मानिसका पुत्र हुनुभएकाले (पुरुष वा स्त्री, चाहे जे भए पनि बाहिरी रूपमा मानिसको आवरणमा हुनुहुन्थ्यो) उहाँ साधारण मानिसहरूको सामान्य परिवारमा जन्मनुभएको व्यक्ति हुनुहुन्छ। त्यसकारण, येशूले स्वर्गका परमेश्वरलाई त्यसरी नै पिता भनी सम्बोधन गर्नुभयो जसरी तिमीहरूले पहिलोचोटि उहाँलाई पिता भनेका थियौ; उहाँले सृष्टि गरिएको मानिसको दृष्टिकोणबाट त्यसो भन्नुभयो। के तिमीहरूलाई प्रभुको त्यो प्रार्थना याद छ, जुन येशूले तिमीहरूलाई कण्ठ गर्न सिकाउनुभएको थियो? “हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ…।” उहाँले सबै मानिसहरूलाई स्वर्गमा हुनुहुने परमेश्वरलाई पिता भनी सम्बोधन गर्नू भनी भन्नुभयो। अनि उहाँ आफैले पनि उहाँलाई पिता भन्नुभएकोले, उहाँले तिमीहरू सबैको बराबर स्तरमा खडा हुने व्यक्तिको दृष्टिकोणबाट त्यसो भन्नुभएको थियो। तिमीहरूले स्वर्गमा हुनुहुने परमेश्वरलाई पिता भनी सम्बोधन गर्ने हुनाले, येशूले आफैलाई तिमीहरूसँग बराबर स्तरमा, र पृथ्वीमा परमेश्वरद्वारा चुनिएका एक मानिस (अर्थात् परमेश्वरका पुत्र) को रूपमा हेर्नुभयो। यदि तिमीहरू परमेश्वरलाई पिता भनी सम्बोधन गर्छौ भने, के यो तिमीहरू एक सृष्टि गरिएको प्राणी भएकोले नै होइन र? तापनि क्रूसमा टाँगिनुभन्दा अघि पृथ्वीमा येशूको अधिकार जति नै महान् भए पनि, उहाँ पवित्र आत्मा (अर्थात्, परमेश्वर) द्वारा संचालित केवल मानिसका पुत्र र पृथ्वीको एक सृष्टि गरिएको प्राणी मात्र हुनुहुन्थ्यो, किनकि उहाँले आफ्नो काम पूरा गर्नु अझै बाँकी नै थियो। त्यसकारण, उहाँले स्वर्गमा हुनुहुने परमेश्वरलाई पिता भनी सम्बोधन गर्नु पूर्ण रूपमा उहाँको नम्रता र समर्पणता थियो। तापनि, उहाँले परमेश्वर (अर्थात्, स्वर्गमा हुनुहुने आत्मा) लाई त्यसरी सम्बोधन गर्नुले उहाँ स्वर्गमा हुनुहुने परमेश्वरका आत्माका पुत्र हुनुहुन्थ्यो भनी प्रमाणित गर्दैन। बरु, कुरा यति मात्र हो, कि उहाँको दृष्टिकोण फरक थियो, उहाँ फरक व्यक्ति हुनुहुन्थ्यो भन्ने होइन। भिन्नाभिन्नै व्यक्तित्वहरूको अस्तित्व छ भन्नु भ्रम हो! उहाँलाई क्रूसमा टाँगिनुभन्दा अघि येशू देहका सीमाहरूमा सीमित रहनुभएका मानिसको पुत्र हुनुहुन्थ्यो, अनि उहाँसित पवित्र आत्माको पूर्ण अधिकार थिएन। त्यसकारण उहाँले सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट परमेश्वर पिताका अभिप्रायहरू खोज्न मात्र सक्नुहुन्थ्यो। यसैले उहाँले गेतसमनीमा तीन पटक प्रार्थना गर्नुभयो: “मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्।” उहाँलाई क्रूसमा टाँगिनुभन्दा अघि उहाँ यहूदीहरूका मात्र राजा, मानिसका पुत्र, ख्रीष्ट हुनुहुन्थ्यो, र महिमित शरीर हुनुहुन्नथियो। त्यसैकारण, सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट उहाँले परमेश्वरलाई पिता भन्नुभयो। अब, तैँले परमेश्वरलाई पिता भन्नेहरू सबै पुत्र हुन् भन्न सक्दैनस्। यदि त्यस्तो हुने भए त, येशूले प्रभुको प्रार्थना सिकाउनुभएपछि के तिमीहरू सबै परमेश्वरका पुत्र बन्नेथिएनौ र? यदि तिमीहरू अझै पनि विश्वस्त भएका छैनौ भने मलाई भन, तिमीहरू कसलाई पिता भन्छौ? यदि तिमीहरू येशूलाई सङ्केत गर्दैछौ भने, येशूका पिताचाहिँ तिमीहरूका निम्ति को हुन्? येशू जानुभएपछि, पिता र पुत्रको यो धारणा अब उप्रान्त छैन। यो धारणा येशू देह बन्नुभएका वर्षहरूका लागि मात्र उपयुक्त थियो; यदि तिमीहरू परमेश्वरलाई पिता भन्छौ भने अन्य सबै परिस्थितिहरूमा त्यो सम्बन्ध सृष्टिका परमप्रभु र सृष्टि गरिएका प्राणी बीचको मात्र हुन्छ। पिता, पुत्र र पवित्र आत्माको-त्रिएकत्वको धारणा कुनै पनि समय खडा हुन सकेको छैन; यो युगहरूमा बिरलै देखिएको एउटा भ्रम मात्र हो र यसको कुनै अस्तित्व छैन!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?
परमेश्वरका दैनिक वचनहरू अंश २९८
यसले प्रायजसो मानिसहरूलाई उत्पत्तिको पुस्तकको वचन सम्झना गराउँछ: “मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै रूपमा बनाऔं” (उत्पत्ति १:२६)। यहाँ परमेश्वरले “हामी” मानिसलाई “हाम्रै स्वरूप” मा बनाऔं भन्नुभएकोले, “हामी” शब्दले दुई वा त्यसभन्दा बढीलाई सङ्केत गर्दछ; उहाँले “हामी” भन्नुभएकोले परमेश्वर एउटै मात्र हुनुहुन्न। यसरी, मानिसले अस्पष्ट भिन्नाभिन्नै व्यक्तित्वहरूको बारेमा सोच्न थाल्यो, र यी शब्दहरूबाट पिता, पुत्र र पवित्र आत्माको धारणा उत्पन्न भयो। त्यसो भए पिता कस्तो हुनुहुन्छ? पुत्र कस्तो हुनुहुन्छ? अनि पवित्र आत्मा कस्तो हुनुहुन्छ? के आजको मानवजाति तीन जना मिलेर बनेको एक व्यक्तित्वको स्वरूपमा बनाइनु सम्भव छ? त्यसो भए, के त्यस्तो मानिसको स्वरूप पिता, पुत्र वा पवित्र आत्माको जस्तो हुन्छ? मानिस परमेश्वरको कुन व्यक्तित्वहरूको स्वरूपमा छ? मानिसको अवधारणा केवल गलत र मूर्खतापूर्ण छ! यसले एक परमेश्वरलाई धेरै वटा परमेश्वरहरूमा विभाजन गर्न मात्र सक्दछ। मोशाले उत्पत्तिको पुस्तक लेखेको समय संसारको सृष्टिपछि मानवजाति सृष्टि गरिएपछिको समय थियो। आदिमा, संसार सुरु भएको बेला मोशा अस्तित्वमा थिएनन्। मोशाले धेरैपछि मात्र बाइबल लेखेका थिए, त्यसैले स्वर्गका परमेश्वरले के बोल्नुभयो भनी तिनले कसरी जान्न सक्थे? परमेश्वरले संसार कसरी सृष्टि गर्नुभयो भन्ने कुराको तिनलाई अलिकति पनि आभास थिएन। बाइबलको पुरानो करारमा पिता, पुत्र र पवित्र आत्माको बारेमा कुनै उल्लेख गरिएको छैन, केवल एक मात्र सत्य परमेश्वर, यहोवाले इस्राएलमा आफ्नो काम गर्नुभएको कुरा मात्र उल्लेख छ। युग परिवर्तन हुँदै जाँदा उहाँलाई विभिन्न नाउँहरूले सम्बोधन गरियो, तर ती प्रत्येक नाउँले फरक-फरक व्यक्तित्वलाई बुझाउँछन् भनी यसले प्रमाणित गर्दैन। यदि त्यस्तो हो भने, के परमेश्वरमा असङ्ख्य व्यक्तित्वहरू हुनेथिएनन् र? पुरानो करारमा जे लेखिएको छ त्यो यहोवाको काम हो, त्यो व्यवस्थाको युगमा सुरु गर्न परमेश्वर आफैले गर्नुभएको काम थियो। त्यो परमेश्वरको काम थियो, उहाँले जसरी बोल्नुभयो, त्यस्तै हुन आयो र उहाँले आज्ञा गर्नुभएको जस्तै भयो। कुनै पनि समयमा यहोवाले उहाँ काम गर्न आउनुभएका पिता हुनुहुन्छ भनेर भन्नुभएन, न त उहाँले मानवजातिको उद्धार गर्न पुत्र आउनुहुनेछ भनेर नै अगमवाणी गर्नुभयो। जब येशूको समय आयो, त्यस बेला परमेश्वर सम्पूर्ण मानवजातिलाई छुटकारा दिन देह बन्नुभयो भनेर मात्र भनियो, पुत्र आउनुभयो भनेर भनिएन। युगहरू एकै प्रकारका नभएकाले र परमेश्वर आफैले गर्नुहुने काम पनि फरक-फरक हुने भएकोले, उहाँले आफ्नो कामलाई विभिन्न क्षेत्रहरूमा गर्नु आवश्यक छ। यस प्रकारले, उहाँले प्रतिनिधित्व गर्नुहुने पहिचान पनि फरक-फरक हुन्छन्। मानिसले यहोवा येशूका पिता हुनुहुन्छ भनी विश्वास गर्छ, तर वास्तवमा येशूले यसलाई स्वीकार्नु भएन, जसले भन्नुभयो: “हामी कहिल्यै पनि पिता र पुत्रको रूपमा चिनिंदैनौँ; म र स्वर्गमा हुनुहुने पिता एक हौं। पिता ममा हुनुहुन्छ र म पितामा छु; जब मानिसले पुत्रलाई देख्छन्, तिनीहरूले स्वर्गमा हुनुहुने पितालाई देख्छन्।” निष्कर्षमा, उहाँ चाहे पिता होऊन् वा पुत्र, उहाँहरू एक आत्मा हुनुहुन्छ, अलग-अलग व्यक्तित्वहरूमा विभाजित हुनुहुन्न। मानिसले व्याख्या गर्न खोज्यो भने फरक-फरक व्यक्तित्वहरू साथै पिता, पुत्र र पवित्र आत्माको सम्बन्धको धारणाले गर्दा विषयहरू जटिल बन्छन्। जब मानिसले फरक-फरक व्यक्तित्वहरूको कुरा गर्छ, के त्यसले परमेश्वरलाई भौतिक बनाउँदैन? मानिसले ती व्यक्तित्वहरूलाई पहिलो, दोस्रो र तेस्रो दर्जामा राख्छ; यी सबै मानिसको कल्पना मात्र हुन्, जुन उल्लेख गर्नु योग्यको छैन, र पूर्ण रूपमा अवास्तविक छ! यदि तैँले उसलाई, “कति जना परमेश्वरहरू छन्?” भनी सोधिस् भने, उसले भन्नेछ, परमेश्वर पिता, पुत्र र पवित्र आत्मा भएको त्रिएकत्व हुनुहुन्छ: एक मात्र साँचो परमेश्वर। यदि तैँले अझै, “पिता को हुनुहुन्छ?” भनी सोधिस् भने, उसले यसो भन्नेछ: “पिता स्वर्गमा हुनुहुने परमेश्वरका आत्मा हुनुहुन्छ; उहाँ सबैका नियन्त्रक हुनुहुन्छ, र उहाँ स्वर्गका मालिक हुनुहुन्छ।” “त्यसोभए के यहोवा आत्मा हुनुहुन्छ?” उसले भन्नेछ: “हो!” यदि तैँले उसलाई, “पुत्र को हुनुहुन्छ?” भनी सोधिस् भने, उसले अवश्य नै येशू पुत्र हुनुहुन्छ भनी भन्नेछ। “त्यसोभए येशूको कथा के हो? उहाँ कहाँबाट आउनुभएको हो?” उसले भन्नेछ: “येशू पवित्र आत्माद्वारा मरियमको गर्भमा आउनुभयो र जन्मनुभयो।” त्यसो भए के उहाँको सार पनि आत्मा होइन र? के उहाँको कामले पनि पवित्र आत्माको प्रतिनिधित्व गर्दैन र? यहोवा आत्मा हुनुहुन्छ, र यसैले येशूको सार पनि हुनुहुन्छ। अब आखिरी दिनहरूमा, उहाँ अझै पनि आत्मा हुनुहुन्छ भनेर भन्नु आवश्यक छैन; उहाँहरू कसरी फरक-फरक व्यक्तित्वहरू हुन सक्नुहुन्छ? के यो आत्माले भिन्नै दृष्टिकोणबाट गरिरहनुभएको आत्माकै काम होइन र? जस्तै, व्यक्तित्वहरूका बीच कुनै भिन्नता हुँदैन। येशूको गर्भधारण पवित्र आत्माबाट भएको थियो, र निसन्देह, उहाँको काम ठ्याक्कै पवित्र आत्माको काम थियो। यहोवाले गर्नुभएका कामको पहिलो चरणमा उहाँ न त देह नै हुनुभयो, न मानिसकहाँ देखा पर्नुभयो। यसैले मानिसले उहाँको रूप कहिल्यै पनि देखेन। उहाँ जतिसुकै महान् र जति नै अग्लो हुनुभए पनि, उहाँ आत्मा, परमेश्वर स्वयम् नै हुनुहुन्थ्यो, जसले आदिमा मानिसलाई सृष्टि गर्नुभयो। अर्थात्, उहाँ परमेश्वरका आत्मा हुनुहुन्थ्यो। उहाँले बादलहरूको बीचबाट मानिससँग बोल्नुभयो, केवल आत्माको रूपमा र कसैले पनि उहाँ देखापर्नुभएको घटनालाई देखेन। अनुग्रहको युगमा मात्र जब परमेश्वरका आत्मा देहमा आउनुभयो र यहूदियामा देहधारण हुनुभयो, तब मानिसले उहाँलाई एक यहूदीको स्वरूपमा पहिलोचोटि देख्यो। हेर्दा, उहाँमा यहोवासँग मिल्ने कुनै कुरा थिएन। तापनि, उहाँ पवित्र आत्माद्वारा गर्भधारण, अर्थात् स्वयम् यहोवा स्वयमको आत्माद्वारा गर्भधारण हुनुभएको थियो, र येशू परमेश्वरका आत्माको मूर्त रूपमा जन्मनुभयो। मानिसले पहिले पवित्र आत्मा ढुकुरको रूपमा येशूमाथि ओर्लनुभएको देख्यो; यो केवल येशूमा मात्र आउनुभएको आत्मा थिएन, बरु पवित्र आत्मा हुनुहुन्थ्यो। त्यसोभए के येशूका आत्मालाई पवित्र आत्माबाट अलग गर्न सकिन्छ? यदि येशू, पुत्र र पवित्र आत्मा पवित्र आत्मा नै हुनुहुन्छ भने, उहाँहरू कसरी एक हुन सक्नुहुन्छ? यदि त्यस्तो हो भने, काम गर्न सकिनेथिएन। येशूभित्रका आत्मा, स्वर्गमा हुनुहुने आत्मा, र यहोवाका आत्मा सबै एक हुन्। उहाँलाई पवित्र आत्मा, परमेश्वरका आत्मा, सात गुणा प्रबल आत्मा र सर्व-सम्मिलित आत्मा भनिन्छ। परमेश्वरका आत्माले धेरै काम गर्न सक्नुहुन्छ। उहाँले संसारलाई सृष्टि गर्न सक्नुहुन्छ र जलप्रलय पठाएर यसलाई नाश गर्न पनि सक्नुहुन्छ; उहाँले सबै मानवजातिलाई छुटकारा दिन सक्नुहुन्छ, अझ, उहाँले सारा मानवजातिलाई जित्न र नाश पार्न झनै सक्नुहुन्छ। यो काम सबै परमेश्वर आफैले गर्नुभएको हो र उहाँको सट्टामा परमेश्वरको कुनै व्यक्तित्वले गर्न सक्दैन। उहाँका आत्मालाई यहोवा र येशू, साथै सर्वशक्तिमान् भनेर पनि सम्बोधन गर्न सकिन्छ। उहाँ प्रभु र ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पुत्र पनि बन्न सक्नुहुन्छ। उहाँ स्वर्गहरूमा हुनुहुन्छ र पृथ्वीमा पनि हुनुहुन्छ; उहाँ ब्रह्माण्डभन्दा माथि र असङ्ख्य मानिसहरूको माझमा हुनुहुन्छ। स्वर्गहरू र पृथ्वीका एकमात्र मालिक उहाँ नै हुनुहुन्छ! सृष्टिको समयदेखि अहिलेसम्म यो काम परमेश्वर स्वयमको आत्माले गर्दै आउनुभएको छ। त्यो काम चाहे स्वर्गहरूमा होस् वा देहमा, सबै उहाँको अन्तर्निहित आत्माद्वारा गरिन्छ। चाहे स्वर्गमा होस् वा पृथ्वीमा, सबै प्राणीहरू उहाँको सर्वशक्तिमान् हतकेलामा छन्; यी सबै स्वयम् परमेश्वरका काम हुन् र उहाँको ठाउँमा अरू कसैले यो गर्न सक्दैन। स्वर्गहरूमा उहाँ आत्मा हुनुहुन्छ, तर परमेश्वर स्वयम् पनि हुनुहुन्छ; मानिसहरूका माझ उहाँ देह हुनुहुन्छ, तर परमेश्वर स्वयम् नै रहनुहुन्छ। उहाँलाई सयौं हजारौं नाउँले सम्बोधन गर्न सकिए पनि, उहाँ उहाँ नै हुनुहुन्छ, र उहाँको आत्माको प्रत्यक्ष अभिव्यक्ति हुनुहुन्छ। उहाँको क्रूसीकरणद्वारा सारा मानवजातिलाई गरिएको छुटकारा, उहाँका आत्माको प्रत्यक्ष कार्य थियो, र सबै जाति र सबै देशहरूका निम्ति आखिरी दिनहरूमा गरिएको घोषणा पनि त्यस्तै हो। सबै समयमा, परमेश्वरलाई सर्वशक्तिमान् र एक मात्र साँचो परमेश्वर, सर्व-सम्मिलित परमेश्वर स्वयम् भन्न सकिन्छ। उहाँ अलग-अलग व्यक्तित्वहरूमा बिलकुलै हुनुहुन्न, पिता, पुत्र र पवित्र आत्माको धारणाको त कुरै नगरौँ। स्वर्ग र पृथ्वीमा एउटै मात्र परमेश्वर हुनुहुन्छ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?
परमेश्वरका दैनिक वचनहरू अंश २९९
परमेश्वरको व्यवस्थापनको योजना छ हजार वर्षसम्म फैलिएको छ र उहाँको कामका भिन्नताहरूको आधारमा तीन युगहरूमा विभाजित भएको छ: पहिलो युग पुरानो करारको व्यवस्थाको युग हो; दोस्रो अनुग्रहको युग हो; र तेस्रो आखिरी दिनहरूको—परमेश्वरको राज्यको युग हो। प्रत्येक युगमा फरक पहिचानको प्रतिनिधित्व गरिएको छ। यो काममा भिन्नता, अर्थात्, कामको मागहरूको कारणले मात्र हो। व्यवस्थाको युगको अवधिमा गरिएको कामको पहिलो चरण इस्राएलमा सम्पन्न भयो र छुटकाराको दोस्रो चरणको काम यहूदियामा सम्पन्न गरियो। छुटकाराको कामका लागि, येशू पवित्र आत्माद्वारा गर्भधारण हुनुभयो अनि एक मात्र पुत्रको रूपमा जन्मनुभयो। यी सबै कामको मागले गर्दा भएको थियो। आखिरी दिनहरूमा, परमेश्वर अन्यजाति राष्ट्रहरूमा आफ्नो कामको विस्तार गर्न र त्यहाँका मानिसहरूलाई जित्न चाहनुहुन्छ, ताकि उहाँको नाउँ तिनीहरूका बीचमा महान् होस्। उहाँले मानिसहरूलाई समझमा र सबै सत्यताको प्रवेशमा डोऱ्याउन चाहनुहुन्छ। यी सबै काम एउटै आत्माद्वारा गरिन्छ। उहाँले फरक दृष्टिकोणबाट यसो गर्न सक्नुहुने भए पनि, कामका प्रकृति र सिद्धान्तहरू त्यस्तै रहन्छन्। जब तैँले ती सिद्धान्तहरू र उहाँहरूले गरेको कामको प्रकृति अवलोकन गर्छस्, तब यो सब एक आत्माद्वारा गरिएको हो भन्ने तँलाई थाहा हुनेछ। अझै कसै-कसैले भन्न सक्छ: “पिता पिता नै हुनुहुन्छ, पुत्र पुत्र नै हुनुहुन्छ, र पवित्र आत्मा पवित्र आत्मा नै हुनुहुन्छ, र अन्त्यमा, उहाँहरूलाई एउटै बनाइनेछ।” त्यसोभए तँ कसरी उहाँहरूलाई एक बनाउँछस्? पिता र पवित्र आत्मालाई कसरी एक बनाउन सकिन्छ? यदि उहाँहरू अन्तर्निहित रूपमा दुई हुनुहुन्थ्यो भने, उहाँहरूलाई जसरी एकसाथ जोडे पनि के उहाँहरू दुई जना नै रहनुहुन्नथियो र? जब तँ उहाँहरूलाई एक बनाउने बारे कुरा गर्छस्, के त्यो दुई अलग-अलग भागलाई जोडेर एउटा बनाउनुजस्तो हुँदैन र? तर एउटा सिङ्गो बनाउनु अघि के उहाँहरू दुई भागमा हुनुपर्दैन र? प्रत्येक आत्माको एक अलग सार हुन्छ, र दुई आत्मालाई सिङ्गो एउटा बनाउन सकिँदैन। आत्मा कुनै भौतिक वस्तु होइन र यो भौतिक संसारका अरू कुनै थोकजस्तो हुँदैन। मानिसको नजरमा, पिता एक आत्मा हुनुहुन्छ, पुत्र अर्को र पवित्र आत्मा अझ अर्को हुनुहुन्छ, अनि तीनवटा आत्मा तीन गिलास पानीजस्तै एउटैमा मिसिनुहुन्छ। त्यसो गर्नु के तीन जनालाई एउटा बनाउनु होइन र? यो पूर्ण रूपमा भ्रमित व्याख्या हो। के यो परमेश्वरलाई विभाजन गर्नु होइन र? पिता, पुत्र र पवित्र आत्मा सबैलाई कसरी एक बनाउन सकिन्छ? के उहाँहरू प्रत्येक भिन्नाभिन्नै प्रकृति भएका तीन भाग हुनुहुन्न र? यसो भन्नेहरू पनि छन्, “के परमेश्वरले येशू उहाँका प्यारो पुत्र हुनुहुन्छ भनेर स्पष्ट रूपमा बताउनुभएन र?” येशू परमेश्वरका प्रिय पुत्र हुनुहुन्छ, जोसँग उहाँ प्रसन्न हुनुहुन्छ—यो परमेश्वर स्वयमले भन्नुभएको थियो। त्यो परमेश्वरले आफैलाई दिनुभएको गवाही थियो, तर एउटा भिन्नै दृष्टिकोणबाट, जुनचाहिँ स्वर्गका आत्माले उहाँको आफ्नै देहधारणको बारेमा दिनुभएको गवाही थियो। येशू उहाँको देहधारण हुनुहुन्छ, स्वर्गमा हुनुहुने उहाँका पुत्रको होइन। के तैँले बुझिस्? के येशूले “म पितामा छु र पिता ममा हुनुहुन्छ,” भनी भन्नुभएको वचनले उहाँहरू एउटै आत्मा हुनुहुन्छ भनी सङ्केत गर्दैन? र के देहधारणकै कारणले गर्दा उहाँहरू स्वर्ग र पृथ्वीको बीचमा अलग हुनुभएको थिएन? वास्तवमा, उहाँहरू अझै एक हुनुहुन्छ; चाहे जे भए तापनि, यो केवल परमेश्वर आफैलाई दिनुभएको गवाही मात्र हो। युगहरू परिवर्तन भएकाले, कामका मागहरू र उहाँको व्यवस्थापन योजनाका विभिन्न चरणहरूको कारण, मानिसले उहाँलाई बोलाउने नाउँ पनि फरक हुन्छन्। जब उहाँ पहिलो चरणको काम गर्न आउनुभयो, उहाँलाई यहोवा भनेर बोलाउन सकिन्थ्यो, जो इस्राएलीहरूका गोठालो हुनुहुन्थ्यो। दोस्रो चरणमा, देहधारी परमेश्वरलाई केवल प्रभु र ख्रीष्ट भनेर बोलाउन सकिन्थ्यो। तर त्यस बेला स्वर्गमा हुनुहुने आत्माले उहाँ परमेश्वरका प्रिय पुत्र हुनुहुन्छ भनेर मात्र भन्नुभयो, र उहाँ परमेश्वरका एक मात्र पुत्र हुनुहुन्छ भनी उल्लेख गर्नुभएन। यो त्यसै भएको थिएन। कसरी परमेश्वरको एक मात्र सन्तान हुन सक्छ? त्यसो भए के परमेश्वर मानिस बन्नुहुन्नथियो र? उहाँ देहधारी हुनुभएकोले, उहाँलाई परमेश्वरका प्रिय पुत्र भनियो, अनि यसैबाट पिता र पुत्र बीचको सम्बन्ध बन्यो। यो स्वर्ग र पृथ्वी बीचको अन्तरको कारणले भएको थियो। येशूले देहको दृष्टिकोणबाट प्रार्थना गर्नुभयो। उहाँले सामान्य मानिसको देह धारण गर्नुभएको हुनाले देहको दृष्टिकोणबाट उहाँले भन्नुभयो: “मेरो बाहिरी खोल सृष्टि गरिएको प्राणीको हो। किनकि यस पृथ्वीमा आउनका लागि म देह धारण गर्छु, म अहिले स्वर्गबाट टाढा, धेरै टाढा छु।” यसकारण, उहाँले पिता परमेश्वरसँग देहको दृष्टिकोणबाट मात्र प्रार्थना गर्न सक्नुहुन्थ्यो। यो उहाँको कर्तव्य थियो, र परमेश्वरका देहधारी आत्मा यही कुराले सुसज्जित हुनुपर्दछ। उहाँले देहको दृष्टिकोणबाट पितासँग प्रार्थना गर्नुभएकोले उहाँ परमेश्वर हुनुहुन्न भन्न सकिँदैन। उहाँलाई परमेश्वरका प्रिय पुत्रका रूपमा बोलाइएको भए पनि, उहाँ परमेश्वर स्वयम् नै हुनुहुन्थ्यो, किनकि उहाँ आत्माको देहधारण हुनुहुन्थ्यो, र उहाँको सार अझै आत्मा नै थियो। यदि उहाँ परमेश्वर स्वयम् हुनुहुन्थ्यो भने उहाँले किन प्रार्थना गर्नुभयो भनी मानिसहरूले सोच्छन्। किनकि उहाँ देहधारी परमेश्वर, देहमा वास गर्नुभएका परमेश्वर हुनुहुन्थ्यो, स्वर्गमा हुनुहुने आत्मा होइन। मानिसले हेर्दा, पिता, पुत्र र पवित्र आत्मा सबै परमेश्वर हुनुहुन्छ। केवल तीनै जना मिलेर बनेको एक जनालाई मात्र साँचो परमेश्वर मान्न सकिन्छ, र यस प्रकारले, उहाँको शक्ति असाधारण रूपमा महान् छ। कोही यस्तो भन्नेहरू छन्, कि यसरी मात्र उहाँ सात गुणा तीव्र आत्मा हुनुहुन्छ। जब पुत्रले उहाँको आगमनपछि प्रार्थना गर्नुभयो, उहाँले प्रार्थना गर्नुभएको आत्मालाई नै थियो। वास्तवमा, उहाँले सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट प्रार्थना गर्दैहुनुहुन्थ्यो। किनकि देह पूर्ण हुँदैन, उहाँ पूर्ण हुनुहुन्नथियो र उहाँ देहमा आउनुहुँदा उहाँमा धेरै कमजोरीहरू थिए, र उहाँ आफ्नो देहमा काम गर्नुहुँदा उहाँलाई धेरै धेरै बाधा भयो। त्यसकारण उहाँलाई क्रूसमा टाँगिनुभन्दा अघि उहाँले पिता परमेश्वरसँग तीन पटक प्रार्थना गर्नुभयो, साथै त्योभन्दा अघि पनि धेरै पटक प्रार्थना गर्नुभयो। उहाँले आफ्ना चेलाहरूको बीचमा प्रार्थना गर्नुभयो; उहाँले डाँडामा एकलै प्रार्थना गर्नुभयो; उहाँले माछा मार्ने डुङ्गामा चढेर प्रार्थना गर्नुभयो; उहाँले मानिसहरूका भीडको बीचमा प्रार्थना गर्नुभयो; उहाँले रोटी भाँच्दा प्रार्थना गर्नुभयो; र उहाँले अरूलाई आशीर्वाद दिनुहुँदा प्रार्थना गर्नुभयो। उहाँले किन त्यसो गर्नुभयो? उहाँले आत्मालाई प्रार्थना गर्नुभयो; उहाँले आत्मा, अर्थात् स्वर्गमा हुनुहुने परमेश्वरलाई देहको दृष्टिकोणबाट प्रार्थना गरिरहनुभएको थियो। त्यसकारण, मानिसको दृष्टिकोणबाट, येशू कामको त्यस चरणमा पुत्र बन्नुभयो। तापनि यो चरणमा उहाँले प्रार्थना गर्नुहुन्न। किन? यसको कारण यो हो कि उहाँले वचनको काम, अनि वचनको न्याय र दण्ड प्रकट गर्नुहुन्छ। उहाँलाई प्रार्थनाहरूको कुनै आवश्यकता छैन, र उहाँको सेवकाइ भनेको बोल्नु हो। उहाँ क्रूसमा टाँगिनुभएको छैन, र मानिसहरूले उहाँलाई शक्ति हुने मानिसहरूको हातमा सुम्पिनुभएको छैन। उहाँ केवल आफ्नो काम गर्नुहुन्छ। जब येशूले प्रार्थना गर्नुभयो, उहाँले स्वर्गको राज्य ओर्लिओस्, पिताको इच्छा पूरा होस् भनेर साथै आउनेवाला कामको लागि परमेश्वर पितासँग प्रार्थना गर्दैहुनुहुन्थ्यो। यस चरणमा, स्वर्गको राज्य आइसकेको छ, त्यसैले के उहाँले अझै पनि प्रार्थना गर्नु आवश्यक छ? उहाँको काम भनेको युगको अन्त्य गर्नु हो, र अरू नयाँ युगहरू छैनन्, त्यसैले के अर्को चरणका लागि प्रार्थना गर्नु आवश्यक छ? मलाई लाग्छ, प्रार्थना गर्नु आवश्यक छैन।
मानिसको व्याख्यामा धेरै विरोधाभासहरू छन्। साँच्चै, यी सबै मानिसका धारणाहरू हुन्; तिमीहरू त्यसको बारेमा थप जाँचबुझ नगरी, ती सबै सही छन् भनी विश्वास गर्छौ। त्रिएक परमेश्वरसम्बन्धी यस्तो विचारहरू केवल मानिसका धारणाहरू मात्र हुन् भन्ने के तिमीहरूलाई थाहा छैन? मानिसको कुनै ज्ञान पूर्ण र सिद्ध छैन। तिनमा सधैँ अशुद्धताहरू हुन्छन्, र मानिससँग धेरै विचारहरू हुन्छन्; यसले के देखाउँछ भने, सृष्टि गरिएको प्राणीले परमेश्वरको कामको विश्लेषण गर्न सक्दैन। मानिसको दिमागमा धेरै कुराहरू हुन्छन्, जुन सबै तर्क र विचारबाट आउँदछन्, जुन सत्यताको विरोधमा हुन्छन्। के तेरो तर्कले परमेश्वरको कामलाई राम्ररी विश्लेषण गर्न सक्छ? के तैँले यहोवाका सबै कामको अन्तर्दृष्टि पाउन सक्छस्? अनन्तदेखि अनन्तसम्म सबै देख्न सक्ने तँ हो कि वा परमेश्वर स्वयम् हुनुहुन्छ? धेरै अघि अनन्ततादेखि आउने अनन्ततासम्म देख्न सक्ने तँ होस् वा के यो परमेश्वरले गर्न सक्नुहुन्छ? तँ के भन्छस्? तँ परमेश्वरलाई व्याख्या गर्न कसरी योग्य छस्? तेरो स्पष्टीकरणको आधार के हो? के तँ परमेश्वर होस्? स्वर्गहरू र पृथ्वी, अनि सबै थोकहरू परमेश्वर आफैले बनाउनुभएको हो। यो गर्ने तँ होइनस्, त्यसैले तैँले किन गलत स्पष्टीकरणहरू दिइरहेको छस्? अब, के तँ अझै त्रिएक परमेश्वरमा विश्वास गरिरहन्छस्? के त्यसो गर्दा तँलाई धेरै बोझिलो लाग्दैन? तैँले तीन परमेश्वरमा होइन, एक परमेश्वरमा विश्वास गर्नु नै सबैभन्दा उत्तम हुन्छ। हलुको हुनु सबैभन्दा उत्तम हो, किनकि प्रभुको बोझ हलुको छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?