आखिरी दिनहरूको न्याय
परमेश्वरका दैनिक वचनहरू अंश ७७
मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषहरू ऊभित्र पहिल्यै रोपिएका थिए, र शैतानद्वारा भ्रष्ट तुल्याइएको हजारौँ वर्षपछि, ऊसँग भित्र परमेश्वरको प्रतिरोध गर्ने एउटा प्रकृति हुन्छ। यसकारण, जब मानिसलाई छुटकारा दिइयो, त्यो छुटकारा भन्दा अरू केही पनि थिएन। अर्थात्, मानिसलाई ठूलो मूल्यमा किनेर फिर्ता लिइएको थियो, तर ऊभित्रको विषाक्त प्रकृति हटाइएको थिएन। यस्तो फोहोरी मानिसले परमेश्वरलाई सेवा गर्न योग्य हुनुभन्दा अघि परिवर्तन भोग्नैपर्छ। यस न्याय र सजायको कामको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोरी र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्न पुग्नेछ, र ऊ पूर्णतः परिवर्तन हुन र शुद्ध गरिन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्वरको सिंहासनको अघि फर्केर आउन योग्य हुन सक्छ। हालका सबै काम मानिस शुद्ध पारिन र परिवर्तित हुन सकोस् भनेर गरिन्छ; वचनको न्याय र सजाय, अनि शोधनको माध्यमबाट मानिसले आफ्नो भ्रष्टता फाल्न अनि ऊ शुद्ध पारिन सकोस् भनेर गरिन्छ। कामको यो चरण मुक्तिको काम हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु बढी उचित हुन्छ। वास्तवमा, यो चरण विजयको काम पनि हो, साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। वचनको न्याय र सजायमार्फत नै मानिस परमेश्वरद्वारा प्राप्त गरिन पुग्छ, र वचनमार्फत गरिने शोधन, न्याय, र खुलासाले नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, मनसाय र व्यक्तिगत आशाहरूलाई पूर्ण रूपमा प्रकट गर्छन्। मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएका भए पनि, यसलाई केवल परमेश्वरले उसका अपराधहरू याद नगर्नुभएको र उसका अपराधहरूअनुसार ऊसँग व्यवहार नगर्नुभएको मान्न सकिन्छ। तर, मानिस पापबाट मुक्त नभईकन देहमा जिउँछ, र ऊ निरन्तर पाप गरिरहन, अटुट रूपमा आफ्नो शैतानी भ्रष्ट स्वभावहरू प्रकट गरिरहन मात्र सक्छ। मानिसले जिउने जीवन यही हो, पाप गर्ने र क्षमा गरिने एउटा निरन्तर चक्र। अधिकांश मानिसहरूले दिनमा पाप गर्छन् र साँझमा पाप स्वीकार गर्छन्। अनि त्यसैले, पापबलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि, त्यसले मानिसलाई पापबाट मुक्ति दिन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभावहरू छन्। उदाहरणका लागि, जब मानिसहरूले आफूहरू मोआबबाट आएका हौँ भन्ने थाहा पाए, तब तिनीहरूले गुनासो गरे, जीवनको खोजी गर्न छाडे, र अति नै नकारात्मक बने। के यसले मानिस अझै पनि परमेश्वरको प्रभुत्वको अन्तर्गत पूर्ण रूपमा समर्पित हुन असमर्थ छ भनी देखाउँदैन र? के ठ्याक्कै यही नै मानिसका शैतानी भ्रष्ट स्वभाव होइनन् र? जब तँलाई सजायको अधीनमा पारिएको थिएन, तँ तेरो हात अरू सबैका भन्दा माथि उठाउँथिस्, येशूको भन्दा पनि माथि उठाउँथिस्। अनि तँ ठूलो स्वरमा कराउँथिस्, “परमेश्वरको प्यारो छोरा हुनू! परमेश्वरको एक घनिष्ठ हुनू! हामी शैतानको सामु झुक्नुभन्दा बरु मरौँला! त्यो वृद्ध शैतानविरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गरविरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गर सदाका लागि शक्तिबाट खसोस्। परमेश्वरले हामीलाई पूर्ण बनाउनुहोओस्!” तैँले अरू सबैको भन्दा चर्को स्वरमा पुकारिस्। तर त्यसपछि सजायको समय आयो, र एकचोटि फेरि, तेरा भ्रष्ट स्वभावहरू प्रकट भए। तेरो पुकार रोकियो, र तैँले तेरो सङ्कल्प गुमाइस्। मानिसको भ्रष्टता यही नै हो; यो यस्तो कुरा हो, जुन पापभन्दा गहिरो छ, यो शैतानले रोपेको कुरा हो र यसले मानिसभित्र गहिरो जरा गाडेको छ। आफ्ना पापहरूबारे सचेत हुनु मानिसका निम्ति सजिलो छैन, र ऊसँग गहिरो जरा गाडेको आफ्नो प्रकृतिलाई चिन्ने कुनै उपाय छैन। वचनको न्यायमार्फत मात्रै यो नतिजा हासिल गर्न सकिन्छ। यसरी मात्र मानिसलाई यस बिन्दुबाट बिस्तारै परिवर्तन गर्न सकिन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
परमेश्वरका दैनिक वचनहरू अंश ७८
“न्याय” शब्द उल्लेख हुँदा, यहोवाले हरेक क्षेत्रका मानिसहरूलाई निर्देशन दिन बोल्नुभयो र येशूले फरिसीहरूलाई हप्काउन बोल्नुभएको वचनहरूका बारेमा सायद तैँले विचार गर्छस् होला। ती वचनहरू कठोर हुँदा-हुँदै पनि, ती मानवका लागि दिइएका परमेश्वरका न्यायका वचनहरू होइनन्; ती वचनहरू विभिन्न वातावरणहरूभित्र, अर्थात् विभिन्न सन्दर्भहरूमा परमेश्वरले बोल्नुभएको थियो। आखिरी दिनहरूका ख्रीष्टले मानवलाई न्याय गर्नुहुँदा उहाँले बोल्नुहुने वचनहरू यी वचनहरूभन्दा भिन्न छन्। आखिरी दिनहरूका ख्रीष्टले मानिसलाई सिकाउन, मानिसको सारलाई खुलासा गर्न, र मानिसका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्वरप्रति बफादार हुनैपर्छ, मानिसले कसरी सामान्य मानवता जिउनुपर्छ, र साथसाथै, परमेश्वरको बुद्धि र स्वभाव जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचन मानिसको सार र उसका भ्रष्ट स्वभावहरूप्रति लक्षित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्वरलाई इन्कार गर्छ भनी खुलासा गर्ने वचनहरू मानव कसरी शैतानको मूर्तरूप र परमेश्वरविरुद्धको विरोधी शक्ति हो भन्नेतर्फ झन् बढी लक्षित हुन्छन्। परमेश्वरले आफ्नो न्यायको काम गर्नुहुँदा, उहाँले मानिसको प्रकृतिलाई केही शब्दहरूले पूर्ण रूपमा व्याख्या गर्नुहुन्न; उहाँले लामो समयसम्म खुलासा र काँटछाँट गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक विधिहरूलाई साधारण वचनले प्रतिस्थापन गर्न सकिँदैन; बरु खुलासा र काटछाँटको उहाँको काम गर्न मानिससँग बिलकुलै नभएको सत्यता प्रयोग गरिन्छ। यस्ता विधिहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णतः विश्वस्त हुन सक्छ, र त्यसमाथि परमेश्वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्वरको साँचो मुहारलाई र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई बुझ्नु हो। न्यायको कामले मानवलाई परमेश्वरका अभिप्रायहरू, परमेश्वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गर्न सक्षम बनाएको छ। यसले मानवलाई उसको भ्रष्ट सार र उसका भ्रष्टताका जडहरू पहिचान गर्ने र चिन्ने, र साथसाथै उसको कुरूप अनुहार पत्ता लगाउने पनि तुल्याएको छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्वरमा आस्था राख्नेहरू सबैका लागि परमेश्वरको सत्यता, मार्ग, र जीवन खोल्नु हो। यो परमेश्वरद्वारा गरिएको न्यायको काम हो। यदि तैँले यी सत्यताहरूलाई महत्त्वपूर्ण ठान्दैनस्, यदि तँ सधैँ तीबाट जोगिने वा तीबाहिर खोजी गर्ने प्रयास गरिरहेको छस् भने, तँ घोर पापी होस् भनी म भन्छु। यदि तेरो विश्वास परमेश्वरमा छ, तर पनि तैँले सत्यता वा परमेश्वरका अभिप्राय खोज्दैनस्, न त तँलाई परमेश्वरको नजिक ल्याउने बाटोलाई प्रेम गर्छस् भने, म के भन्छु भने तँ न्यायबाट उम्कने कोसिस गरिरहेको छस्, र तँ ठूलो सेतो सिंहासनबाट भाग्ने कठपुतली र धोकेबाज होस्। परमेश्वरका आँखाबाट भाग्ने कुनै पनि विद्रोहीलाई परमेश्वरले बाँकी राख्नुहुनेछैन। यस्ता मानिसहरूले अझ कडा दण्ड पाउनेछन्। परमेश्वरको सामु न्याय गरिनका लागि आउनेहरू, र साथै शुद्ध बनाइएकाहरू सदासर्वदा परमेश्वरको राज्यमा जिउनेछन्। अवश्य पनि यो भविष्यमा हुने कुरा हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ
परमेश्वरका दैनिक वचनहरू अंश ७९
न्यायको काम परमेश्वरको आफ्नै काम भएको हुनाले, प्राकृतिक रूपमा यसलाई परमेश्वर आफैले नै कार्यान्वयन गर्नुपर्ने हुन्छ; उहाँको सट्टामा मानिसले यो गर्न सक्दैन। न्याय भनेको मानवजातिलाई विजय गर्नका लागि सत्यताको प्रयोग भएको हुनाले, मानिसमाझ यो काम गर्नका लागि परमेश्वर अझै पनि देहधारी स्वरूपमा प्रकट हुनुहुनेछ भन्ने कुरामा कुनै प्रश्न छैन। अर्थात्, आखिरी दिनहरूका ख्रीष्टले सारा संसारभरिका मानिसहरूलाई सिकाउन र सबै सत्यता जान्ने तुल्याउन सत्यता प्रयोग गर्नुहुनेछ। परमेश्वरको न्यायको काम यही नै हो। परमेश्वरको दोस्रो देहधारणका सन्दर्भमा धेरैलाई असहज महसुस हुन्छ, किनकि न्यायको काम गर्नका लागि परमेश्वर देह बन्नुहुनेछ भन्ने कुरा विश्वास गर्न मानिसहरूलाई कठिनाइ हुन्छ। तर पनि, परमेश्वरको काम मानवका अपेक्षाहरूभन्दा प्रायः धेरै पर हुन्छ, र मानव दिमागलाई यो स्वीकार गर्न कठिन हुन्छ भन्ने कुरा मैले तँलाई बताउनै पर्छ। किनभने मानिसहरू पृथ्वीमा गोब्रेकीराहरू मात्र हुन्, जबकि परमेश्वर ब्रह्माण्ड भर्नुहुने सर्वोच्च हुनुहुन्छ; मानिसको दिमाग फोहोर पानीको खाडलजस्तो हो, जसले कीराहरूमात्रै जन्माउँछ, तर परमेश्वरका विचारहरूद्वारा निर्देशित कामको प्रत्येक कदम परमेश्वरको बुद्धिको फल हो। मानिसहरूले जहिले पनि परमेश्वरसँग प्रतिस्पर्धा गर्ने कोसिस गरिरहेका हुन्छन्, जसलाई म भन्छु, अन्त्यमा को हार्नेछ भन्ने कुरा स्वयम् सिद्ध छ। तिमीहरूले आफूलाई सुनभन्दा बढी मूल्यवान् नठान भनी म तिमीहरू सबैलाई अर्ती दिन्छु। यदि अरूले परमेश्वरको न्यायलाई स्वीकार गर्न सक्छन् भने, तँ किन सक्दैनस्? तँ अरूहरूभन्दा कति माथि खडा छस्? यदि अरूले सत्यताको सामु आफ्ना शिरहरू झुकाउन सक्छन् भने, तँ पनि किन सक्दैनस्? परमेश्वरको कामको गति रोक्नै नसकिने छ। तैँले दिएको “योगदान” का कारण मात्रै उहाँले न्यायको काम फेरि दोहोऱ्याउनुहुने छैन, र अनि यति असल अवसरलाई जान दिएकोमा तँ पछुतोले भरिनेछस्। यदि तँ मेरा वचनहरूलाई विश्वास गर्दैनस् भने, केवल तँलाई न्याय गर्नहेतु आकाशको ठूलो सेतो सिंहासनलाई पर्खी! तँलाई थाहा हुनैपर्छ कि सबै इस्राएलीहरूले येशूलाई इन्कार गरे र नकारे, तैपनि येशूले सबै मानवजातिलाई दिनुभएको छुटकाराको तथ्य सारा ब्रह्माण्डभर र पृथ्वीको अन्त्यसम्म फैलिएको छ। के यो परमेश्वरले धेरै पहिले हासिल गर्नुभएको तथ्य होइन र? तँलाई स्वर्ग लैजानका लागि यदि तँ अझै येशूलाई पर्खिरहेको छस् भने, तँ मृत काठको हठी ठुटो होस् भनी म भन्दछु। येशूले तँजस्तो सत्यताप्रति अबफादार र आशिषमात्र खोज्ने झूटो विश्वासीलाई स्वीकार गर्नुहुनेछैन। त्यसविपरीत, दस हजारौँ वर्षसम्म जलिरहन उहाँले तँलाई बिना कुनै कृपा आगोको कुण्डमा फालिदिनुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ
परमेश्वरका दैनिक वचनहरू अंश ८०
के तँ अब न्याय के हो र सत्यता के हो भनी बुझ्छस्? यदि बुझ्छस् भने, न्याय गरिनुप्रति आज्ञाकारितासाथ समर्पित हुन म तँलाई सुझाव दिन्छु, नत्र भने तैँले परमेश्वरको अनुमोदन पाउने वा उहाँद्वारा उहाँको राज्यभित्र ल्याइने अवसर कहिल्यै पाउनेछैनस्। न्याय स्वीकार मात्र गर्ने तर कहिल्यै शुद्ध गर्न नसकिने, अर्थात्, न्यायको कामका बीचमा भाग्नेहरूलाई परमेश्वरले सदाका लागि तिरस्कार गर्नुहुनेछ। तिनीहरूका पाप फरिसीहरूका भन्दा झनै जघन्य र झनै धेरै हुन्छन्, किनकि तिनीहरूले परमेश्वरलाई धोका दिएका छन् र तिनीहरू परमेश्वरविरुद्धका विद्रोहीहरू हुन्। श्रम गर्नका लागि पनि लायक नभएका यी मानिसहरूले झनै कडा दण्ड पाउनेछन्, जुन दण्डचाहिँ, झन्, अनन्तकालसम्म जारी रहनेछ। परमेश्वरले कुनै बेला शब्दले बफादारी देखाएको तर त्यसपछि उहाँलाई धोका दिएको कुनै पनि विश्वासघातीलाई बाँकी राख्नुहुनेछैन। यस्ता मानिसहरूले आत्मा, प्राण, र शरीरका दण्डमार्फत प्रतिशोध पाउनेछन्। के परमेश्वरको धर्मी स्वभावको प्रकटीकरण ठ्याक्कै यही नै होइन र? के मानिसलाई न्याय र प्रकाश गर्ने परमेश्वरको उद्देश्य ठ्याक्कै यही होइन र? न्यायको समयावधिमा हरप्रकारका दुष्ट कार्य गर्नेहरूलाई परमेश्वरले दुष्ट आत्माहरू भरिएको स्थानमा पठाउनुहुनेछ, र ती दुष्टात्माहरूलाई आफ्नो इच्छाअनुसार तिनीहरूका देहगत शरीरहरू नष्ट गर्न दिनुहुनेछ, र ती मानिसहरूका शरीरले लासहरूको दुर्गन्ध फैलाउँछन्। तिनीहरूले पाउनुपर्ने प्रतिशोध यस्तो हुन्छ। परमेश्वरले ती अबफादार झूटा विश्वासीहरू, झूटा प्रेरितहरू, र झूटा कामदारहरूका प्रत्येक पापलाई तिनीहरूका अभिलेख-पुस्तकहरूमा लेख्नुहुन्छ, अनि ठीक समय आएपछि, उहाँले तिनीहरूलाई अशुद्ध आत्माहरूका बीचमा फालिदिनुहुन्छ, ती अशुद्ध आत्माहरूलाई इच्छाअनुसार तिनीहरूका पूरै शरीरहरू फोहोर पार्न दिनुहुनेछ, र तिनीहरूलाई कहिल्यै पुनर्जन्म नपाउने र तिनीहरूले फेरि कहिल्यै उज्यालो नदेख्ने तुल्याउनुहुनेछ। केही समयका निम्ति सेवा गर्ने तर अन्तसम्म बफादार नरहने ढोँगीहरूलाई परमेश्वरले दुष्टहरूमाझ सूचीकृत गर्नुहुन्छ, तिनीहरूलाई दुष्ट मानिसहरूसँग हिलोमा लडबडिन र विभिन्न किसिमका कुकर्मीसँग गिरोह निर्माण गर्न दिनुहुन्छ, र अन्त्यमा, परमेश्वरले तिनीहरूलाई नष्ट गर्नुहुनेछ। ख्रीष्टप्रति कहिल्यै बफादार नभएका वा आफ्नो कुनै सामर्थ्य योगदान नगरेकाहरूलाई परमेश्वरले पाखा लगाइदिनुहुन्छ र तिनीहरूप्रति कुनै ध्यान दिनुहुन्न, र युगको परिवर्तनसँगै उहाँले तिनीहरू सबैलाई नष्ट गर्नुहुनेछ। तिनीहरू उप्रान्त पृथ्वीमा अस्तित्वमा रहनेछैनन्, र तिनीहरूले परमेश्वरको राज्यभित्र प्रवेश गर्ने बाटो त झनै प्राप्त गर्नेछैनन्। परमेश्वरले उहाँप्रति कहिल्यै निष्कपट नरहेका, तर उहाँसँग झाराटारुवा रूपमा व्यवहार गर्नुबाहेक अरू कुनै विकल्प नभएका जोकोहीलाई उहाँका मानिसहरूका लागि सेवा प्रदान गर्नेहरूमा सूचीकृत गर्नुहुन्छ। यस्ता मानिसहरूका सानो सङ्ख्या मात्र बाँच्नेछ, जबकि बहुसङ्ख्यकहरू मानकअनुरूप श्रम गर्न समेत नसक्नेहरूसँगै नष्ट हुनेछन्। अन्त्यमा, परमेश्वरसँग एउटै हृदय र मन भएकाहरू, परमेश्वरका मानिसहरू र पुत्रहरू, र धर्मगुरु हुनका लागि परमेश्वरद्वारा पूर्वनिर्धारित सबैलाई परमेश्वरले उहाँको राज्यमा ल्याउनुहुनेछ। तिनीहरू परमेश्वरको कामको परिष्कृत उपज हुन्। परमेश्वरले तोक्नुभएको कुनै पनि वर्गमा वर्गीकृत गर्न नसकिनेहरूलाई गैरविश्वासीहरूको श्रेणीका सूचीमा राखिनेछ, र तिनीहरूको परिणाम के हुनेछ भनेर तिमीहरूले निश्चय नै कल्पना गर्न सक्छौ। मैले तिमीहरूलाई भन्नुपर्ने सबै कुराहरू भनिसकेको छु; तिमीहरूले छान्ने मार्ग केवल तिमीहरूकै छनोट हो। तिमीहरूले बुझ्नुपर्ने कुरा यो हो: परमेश्वरसँग गति मिलाउन नसक्ने कुनै पनि व्यक्तिलाई परमेश्वरको कामले पर्खँदैन, र परमेश्वरको धर्मी स्वभावले कुनै पनि मानिसलाई कृपा देखाउँदैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ
परमेश्वरका दैनिक वचनहरू अंश ८१
परमेश्वरले कुनै पनि युगमा काम दोहोर्याउनुहुन्न। आखिरी दिनहरू आइसकेका हुनाले, उहाँले आखिरी दिनहरूको आफ्नो काम गर्नुहुनेछ र आखिरी दिनहरूमा आफ्नो सम्पूर्ण स्वभाव प्रकट गर्नुहुनेछ। आखिरी दिनहरूको कुरा गर्दा, यसले फरक युगलाई जनाउँछ, जसका बारेमा येशूले तिमीहरूले निश्चय नै प्रकोप सामना गर्नेछौ अनि भूकम्प, अनिकाल र महामारीहरू सामना गर्नेछौ, जसले यो नयाँ युग हो र उप्रान्त पुरानो अनुग्रहको युग रहेन भन्ने देखाउनेछ भनी भन्नुभएको थियो। मानिसहरूले भनेजस्तै परमेश्वर सधैँ अपरिवर्तनीय हुनुहुन्छ, उहाँको स्वभाव सधैँ कृपालु र प्रेमिलो छ, उहाँ मानिसलाई आफूलाई जस्तै प्रेम गर्नुहुन्छ र उहाँ सबैलाई मुक्ति प्रदान गर्नुहुन्छ र मानिसलाई कहिल्यै घृणा गर्नुहुन्न भनी मान्ने हो भने, के उहाँको काम कहिल्यै समाप्त हुन सक्नेथियो र? जब येशू आउनुभयो र क्रूसमा टाँगिनुभयो, सबै पापीहरूका लागि आफूलाई बलिदान गर्नुभयो र आफूलाई वेदीमा चढाउनुभयो, तब उहाँले छुटकाराको काम पूरा गरिसक्नुभएको थियो र अनुग्रहको युगलाई समाप्त पारिसक्नुभएको थियो। त्यसोभए आखिरी दिनहरूमा त्यस युगको काम दोहोर्याउनुको के अर्थ हुनेथ्यो र? के त्यही कुरा गर्नुले येशूको कामको इन्कार हुनेथिएन र? यदि परमेश्वरले यस चरणमा आउनुहुँदा क्रूसीकरणको काम नगर्नुभएर बरु प्रेमिलो र कृपालु नै रहनुभएको भए, के उहाँले त्यस युगलाई समाप्त गर्न सक्नुहुनेथियो र? के प्रेमिलो र कृपालु परमेश्वरले त्यस युगलाई समाप्त गर्न सक्नुहुनेथियो र? युगलाई समाप्त गर्ने परमेश्वरको अन्तिम काममा, उहाँको स्वभाव सजाय र न्यायको हो, जसमा उहाँ अधार्मिक सबै कुरा प्रकट गर्नुहुन्छ, असङ्ख्य मानिसहरूको सार्वजनिक रूपमा न्याय गर्नुहुन्छ र उहाँलाई सच्चा रूपमा प्रेम गर्नेहरूलाई सिद्ध पार्नुहुन्छ। यस्तो स्वभावले मात्र त्यस युगलाई समाप्त गर्न सक्छ। आखिरी दिनहरू आइसकेका छन्। यावत् थोकहरू तिनका प्रकारअनुसार वर्गीकरण गरिन्छन्, र तिनका फरक-फरक गुणहरूका आधारमा विभिन्न वर्गमा विभाजित गरिन्छन्। परमेश्वरले मानिसहरूका परिणाम र गन्तव्य प्रकाश गर्नुहुने समय ठ्याक्कै यही हो। यदि मानिसहरू सजाय र न्याय अनुभव गर्दैनन् भने, तिनीहरूको विद्रोहीपन र अधार्मिकता खुलासा गर्न सकिँदैन। केवल सजाय र न्यायमार्फत यावत् थोकका परिणामहरू प्रकट गर्न सकिन्छ। मानिसहरू आफूलाई सजाय दिइँदा र न्याय गरिँदा मात्र आफू साँचो रूपमा के हो त्यो देखाउँछन्। दुष्टलाई दुष्टको साथमा, असललाई असलको साथमा राखिनेछ, र सबै मानिसहरूलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिनेछ। सजाय र न्यायमार्फत, यावत् थोकका परिणाम प्रकाश गरिनेछ, ताकि दुष्टलाई दण्ड र असललाई इनाम दिन सकियोस्, र असङ्ख्य मानिसले परमेश्वरको प्रभुत्वमा आफूलाई समर्पण गरून्। यी सबै काम धर्मी सजाय र न्यायद्वारा हासिल गर्नुपर्दछ। मानिसहरूको भ्रष्टता चरमबिन्दुमा पुगेकाले, र तिनीहरूको विद्रोहीपन अत्यन्तै गम्भीर बनेकाले, परमेश्वरको मुख्यतः सजाय र न्याय समावेश भएको र आखिरी दिनहरूमा प्रकाश हुने धर्मी स्वभावले मात्र मानिसहरूलाई पूर्ण रूपमा रूपान्तरण गर्न र पूर्ण पार्न र दुष्टतालाई प्रकाश गर्न सक्छ, र यसरी सबै अधर्मीहरू गम्भीर रूपमा दण्डित हुनेछन्। त्यसकारण, यस्तो स्वभावसँग युगको महत्त्व गाँसिएको हुन्छ। प्रत्येक नयाँ युगको कामका खातिर परमेश्वरको स्वभाव प्रकाश र प्रकट हुन्छ। परमेश्वरले आफ्नो स्वभाव मनोमानी ढङ्गमा र कुनै महत्त्वविना प्रकाश गर्नुहुन्छ भन्ने होइन। मानौँ, मानिसहरूका परिणाम प्रकट गर्ने आखिरी दिनहरूमा, परमेश्वर मानिसलाई अझै पनि असीम कृपा र प्रेमिलो दयाका साथ प्रेम गर्नुहुन्छ र तिनीहरूप्रति निरन्तर प्रेमिलो हुनुहुन्छ, तिनीहरूलाई धर्मी न्यायको अधीनमा नल्याई, बरु नरमपन, धैर्य र क्षमा देखाउनुहुन्छ र तिनीहरूका पाप जति नै गम्भीर भए पनि, कुनै धर्मी न्याय नगरी तिनीहरूलाई क्षमा गर्नुहुन्छ। त्यसोभए, परमेश्वरको सम्पूर्ण व्यवस्थापन कहिले समाप्त हुनेथियो? यस्तो स्वभावले मानिसहरूलाई कहिले मानवजातिको उपयुक्त गन्तव्यमा डोऱ्याउन सक्नेथियो? यसलाई सधैँ मानिसहरूप्रति प्रेमिलो हुने न्यायाधीश, दयालु मुहार र कोमल हृदयको न्यायाधीशसँग तुलना गर्न सकिन्छ, जो मानिसहरूलाई उनीहरूले जस्तोसुकै अपराध गरेका भए पनि प्रेम गर्छ र तिनीहरू जोसुकै भए पनि तिनीहरूप्रति प्रेम र सहनशीलता देखाउँछ—त्यस्तो न्यायाधीशले कहिले चाहिँ न्यायसङ्गत फैसला गर्न सक्छ र? आखिरी दिनहरूको अवधिमा, केवल धर्मी न्यायले मानिसहरूलाई उनीहरूको प्रकारअनुसार वर्गीकरण गर्न र तिनीहरूलाई एउटा नयाँ क्षेत्रमा ल्याउन सक्छ। यसरी, न्याय र सजायको परमेश्वरको धर्मी स्वभावद्वारा सम्पूर्ण युगलाई समाप्त गरिन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (३)
परमेश्वरका दैनिक वचनहरू अंश ८२
देहमा उहाँको काम अत्यन्तै महत्त्वपूर्ण छ, जुन कामको सन्दर्भमा बोलिएको हो, र अन्ततः काम सम्पन्न गर्नुहुने जन आत्मा नभई देहधारी परमेश्वर हुनुहुन्छ। कतिपयले परमेश्वर कुनै अज्ञात समयमा पृथ्वीमा आउनुहुनेछ र मानिससामु देखा पर्नुहुनेछ, त्यसपछि उहाँले सम्पूर्ण मानवजातिलाई व्यक्तिगत रूपमा न्याय गर्नुहुनेछ र कसैलाई पनि नछुटाई एक-एक गरेर जाँच्नुहुनेछ भन्ने विश्वास गर्छन्। यसरी सोच्नेहरूलाई देहधारणको कामको यस चरणबारे थाहा छैन। परमेश्वर मानिसहरूलाई एकपछि अर्को गर्दै न्याय गर्नुहुन्न, न त तिनीहरूलाई एक-एक गरेर जाँच उत्तीर्ण गर्न लगाइन्छ; त्यसो गर्नु न्यायको काम हुँदैन। के सम्पूर्ण मानवजातिको भ्रष्टता उस्तै होइन र? के सम्पूर्ण मानवजातिको सार उस्तै होइन र? न्याय गरिने त मानवजातिको भ्रष्ट सार, शैतानद्वारा भ्रष्ट पारिएको मानिसको सार, र मानिसका सबै पाप हुन्। परमेश्वर मानिसका सानातिना र महत्त्वहीन गल्तीहरूलाई न्याय गर्नुहुन्न। न्यायको काम प्रतिनिधिमूलक हुन्छ, र यो विशेष गरी कुनै निश्चित व्यक्तिका लागि गरिँदैन। बरु, यो त सम्पूर्ण मानवजातिको न्यायको प्रतिनिधित्व गर्नका लागि मानिसहरूको एउटा समूहलाई न्याय गरिने काम हो। देहमा परमेश्वरद्वारा गरिएको काम भनेको सम्पूर्ण मानवजातिको कामको प्रतिनिधित्व गर्नका लागि मानिसहरूको एउटा समूहमा उहाँको प्रत्यक्ष काम प्रयोग गर्नु हो, जसपछि यो बिस्तारै फैलिन्छ। न्यायको काम पनि यस्तै हुन्छ। परमेश्वर कुनै निश्चित प्रकारको व्यक्ति वा मानिसहरूको निश्चित समूहलाई न्याय गर्नुहुन्न, बरु सम्पूर्ण मानवजातिको अधार्मिकतालाई न्याय गर्नुहुन्छ, जस्तै मानिसले परमेश्वरको विरोध गर्नु, वा मानिसले उहाँको डर नमान्नु, वा मानिसले परमेश्वरको काममा बाधा दिनु। न्याय गरिने त परमेश्वरको विरोध गर्ने मानवजातिको सार हो, र यो न्यायको काम आखिरी दिनहरूको विजयको काम हो। मानिसले देखेको देहधारी परमेश्वरको काम र वचन आखिरी दिनहरूमा ठूलो सेतो सिंहासनअघिको न्यायको काम हो, जुन विगतमा मानिसहरूले आफ्ना धारणाहरूमा पालेका थिए। देहधारी परमेश्वरले हाल गरिरहेको काम ठ्याक्कै ठूलो सेतो सिंहासनअघिको न्याय हो। आजका देहधारी परमेश्वर आखिरी दिनहरूको दौरान सम्पूर्ण मानवजातिलाई न्याय गर्नुहुने परमेश्वर हुनुहुन्छ। यो देह र यस देहको काम, वचन, र सम्पूर्ण स्वभाव नै उहाँको सम्पूर्णता हो। यस देहको कामको दायरा सीमित भए पनि, र यसमा सम्पूर्ण ब्रह्माण्डलाई सिधै नसमेटे पनि, न्यायको कामको सार सम्पूर्ण मानवजातिको प्रत्यक्ष न्याय हो—यो काम चीनका चुनिएका मानिसहरूका खातिर मात्रै होइन, न त यो थोरै सङ्ख्याका मानिसका खातिर नै गरिन्छ। देहमा परमेश्वरको कामको दौरान, यस कामको दायरामा सम्पूर्ण ब्रह्माण्ड समावेश नभए पनि, यसले सम्पूर्ण ब्रह्माण्डको कामको प्रतिनिधित्व गर्छ, र उहाँले आफ्नो देहको कामको दायराभित्र काम सम्पन्न गर्नुभएपछि, येशूको पुनरुत्थान र स्वर्गारोहणपछि उहाँको सुसमाचार फैलिएजस्तै गरी, उहाँले तुरुन्तै ब्रह्माण्डभित्रको हरेक ठाउँमा यो काम फैलाउनुहुनेछ। चाहे यो आत्माको काम होस् वा देहको काम होस्, यो सीमित दायराभित्र गरिने, तर सम्पूर्ण ब्रह्माण्डको कामको प्रतिनिधित्व गर्ने काम हो। आखिरी दिनहरूको दौरान, परमेश्वर आफ्नो देहधारी पहिचानमा देखा परेर आफ्नो काम गर्नुहुन्छ, र देहमा हुनुहुने परमेश्वर सेतो ठूलो सिंहासनअघि मानिसको न्याय गर्नुहुने परमेश्वर हुनुहुन्छ। चाहे उहाँ आत्मा हुनुहोस् वा देह हुनुहोस्, न्यायको काम गर्नुहुने जन आखिरी दिनहरूमा मानवजातिलाई न्याय गर्नुहुने परमेश्वर हुनुहुन्छ। यो उहाँले गर्ने कामद्वारा निर्धारण गरिन्छ, उहाँको बाहिरी रूप वा अन्य केही कारकद्वारा गरिँदैन। मानिसले यी वचनहरूबारे धारणाहरू पाले पनि, देहधारी परमेश्वरले सम्पूर्ण मानवजातिलाई न्याय र विजय गर्नुभएको तथ्यलाई कसैले पनि इन्कार गर्न सक्दैन। मानिसले यसबारे जेसुकै सोचे पनि, तथ्यहरू आखिर तथ्य नै हुन्। कसैले पनि “काम परमेश्वरले गर्नुभएको हो, तर देह परमेश्वर हुनुहुन्न” भनेर भन्न सक्दैन। यो एउटा भ्रम हो, किनभने यो काम देहमा हुनुहुने परमेश्वरबाहेक अरू कसैले पनि गर्न सक्दैन। यो काम पूरा भइसकेको हुनाले, यस कामपछि मानिसलाई न्याय गर्ने परमेश्वरको काम दोस्रो पटक देखा पर्नेछैन; परमेश्वरले आफ्नो दोस्रो देहधारणमा सम्पूर्ण व्यवस्थापनको सबै काम सम्पन्न गरिसक्नुभएको छ, र परमेश्वरको कामको चौथो चरण हुनेछैन। किनभने न्याय गरिने भनेको मानिसलाई हो, देहको र भ्रष्ट तुल्याइएको मानिसलाई हो, र प्रत्यक्ष रूपमा न्याय गरिने शैतानको आत्मालाई होइन, त्यसकारण न्यायको काम आत्मिक क्षेत्रमा नभई मानिसमाझ गरिन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। भ्रष्ट मानवजातिलाई देहधारी परमेश्वरको मुक्ति बढी चाहिएको हुन्छ
परमेश्वरका दैनिक वचनहरू अंश ८३
मानिसको देहको भ्रष्टतालाई न्याय गर्ने कामका लागि, देहमा हुनुहुने परमेश्वरभन्दा उपयुक्त र योग्य अरू कोही पनि छैन। यदि परमेश्वरका आत्माले सीधै न्याय गर्नुभएको भए, यो सर्व-समावेशी हुनेथिएन, र, त्यसमाथि, मानिसलाई यो स्वीकार गर्न कठिन हुनेथ्यो, किनभने आत्मा मानिसको आमने-सामने हुन सक्नुहुन्न। यसलाई मात्रै मध्यनजर गर्दा, प्रभावहरू तात्कालै देखिनेथिएनन्, झन् मानिसले कुनै पनि उल्लङ्घन नसहने परमेश्वरको स्वभाव अझै बढी स्पष्टताका साथ देख्न सक्नु त परै जाओस्। देहमा हुनुहुने परमेश्वरले मानवजातिको भ्रष्टतालाई न्याय गर्नुभयो भने मात्रै शैतानलाई पूर्ण रूपमा हराउन सकिन्छ। देहमा हुनुहुने परमेश्वर सामान्य मानवता भएको व्यक्ति पनि हुनुहुन्छ, तैपनि उहाँ मानिसको अधार्मिकतालाई सीधै न्याय गर्न सक्नुहुन्छ; यो उहाँको जन्मजात पवित्रता, र उहाँको अद्वितीयताको चिन्ह हो। मानिसलाई न्याय गर्नका लागि परमेश्वर मात्रै योग्य, र यसो गर्ने स्थानमा हुनुहुन्छ, किनभने उहाँसँग सत्यता र धार्मिकता छ, त्यसैले उहाँ मानिसलाई न्याय गर्न सक्नुहुन्छ। सत्यताविहीन र धार्मिकताविहीनहरू अरूलाई न्याय गर्न योग्य छैनन्। यदि यो काम परमेश्वरका आत्माले गर्नुभएको भए, यसको अर्थ शैतानमाथिको विजय हुनेथिएन। आत्मा अन्तर्निहित रूपमै मरणशील प्राणीहरूभन्दा उच्च हुनुहुन्छ र परमेश्वरका आत्मा अन्तर्निहित रूपमा नै पवित्र, अनि देहमाथि विजयी हुनुहुन्छ। यदि यो काम आत्माले सिधै गर्नुभएको भए, उहाँले मानिसका सारा विद्रोहीपनलाई न्याय गर्न र मानिसका सबै अधार्मिकतालाई प्रकाश गर्न सक्नुहुनेथिएन। किनभने न्यायको काम परमेश्वरबारे मानिसका धारणाहरूमार्फत पनि गरिन्छ र मानिसमा आत्माबारे कहिल्यै कुनै धारणा रहेको छैन, त्यसकारण आत्मा मानिसको अधार्मिकतालाई अझै राम्ररी प्रकाश गर्न सक्नुहुन्न, झन् त्यस्तो अधार्मिकतालाई पूर्ण रूपमा खुलासा गर्न सक्नु त परे जाओस्। देहधारी परमेश्वर उहाँलाई नचिन्नेहरू सबैको शत्रु हुनुहुन्छ। उहाँबारे मानिसका धारणाहरूलाई र उहाँप्रतिको विरोधलाई न्याय गरेर, उहाँ मानवजातिका सारा विद्रोहीपनलाई खुलासा गर्नुहुन्छ। देहमा उहाँले गर्ने कामका प्रभावहरू आत्माको कामका प्रभावहरूभन्दा झनै स्पष्ट हुन्छन्। त्यसैले, सारा मानवजातिको न्याय सिधै आत्माले गर्नुहुन्न बरु यो त देहधारी परमेश्वरको काम हो। देहमा हुनुहुने परमेश्वरलाई मानिसले देख्न र छुन सक्छ, र देहमा हुनुहुने परमेश्वर मानिसलाई पूर्ण रूपमा विजय गर्न सक्नुहुन्छ। मानिस उहाँको विरोध गर्ने अवस्थाबाट उहाँमा समर्पित हुने अवस्थामा, उहाँलाई सताउने अवस्थाबाट उहाँलाई स्वीकार गर्ने अवस्थामा, उहाँबारे धारणाहरू पाल्ने अवस्थाबाट उहाँलाई चिन्ने अवस्थामा, र उहाँलाई इन्कार गर्ने अवस्थाबाट उहाँलाई प्रेम गर्ने अवस्थामा प्रगति गर्छ—यी देहधारी परमेश्वरको कामका प्रभावहरू हुन्। मानिसले उहाँको न्याय स्वीकार गरेर मात्रै मुक्ति पाउँछ, मानिसले उहाँको मुखका वचनहरूमार्फत मात्रै उहाँलाई बिस्तारै चिन्न पुग्छ, मानिस उहाँको विरोध गर्ने क्रममा उहाँद्वारा विजय गरिन्छ, र उसले उहाँको सजाय स्वीकार गर्ने क्रममा उहाँबाट जीवनको आपूर्ति प्राप्त गर्छ। यो सबै काम देहमा हुनुहुने परमेश्वरको काम हो, र आत्माका रूपमा उहाँको पहिचानमा परमेश्वरको काम होइन। देहधारी परमेश्वरद्वारा गरिएको काम सबैभन्दा ठूलो काम हो, र सबैभन्दा गहन काम हो, र परमेश्वरको कामका तीन चरणको महत्त्वपूर्ण भाग देहधारणको कामका दुई चरण हुन्। देहधारी परमेश्वरको कामले सामना गर्ने अड्चनहरू अत्यन्तै ठूला छन्, किनभने मानिस अत्यन्तै गहन रूपमा भ्रष्ट भएको छ। विशेष गरी, यी मानिसहरूमा आखिरी दिनहरूमा गरिने काम झनै बढी कठिनाइले भरिएको छ—वातावरण शत्रुवत् छ, र हरेक प्रकारको व्यक्तिको क्षमता निकै कमजोर छ। तैपनि यस कामको अन्त्यमा, यसले अलिकति पनि भूलचुक नगरी, अझै पनि उचित प्रभाव हासिल गर्नेछ; यो देहको कामको प्रभाव हो, र यो प्रभाव आत्माको कामको प्रभावभन्दा बढी विश्वासीलो हुन्छ। परमेश्वरको कामका तीन चरण देहमा सम्पन्न हुनेछन्, र ती देहधारी परमेश्वरद्वारा सम्पन्न गरिनुपर्छ। सबैभन्दा महत्त्वपूर्ण र सबैभन्दा निर्णायक काम देहमा गरिन्छ, र मानिसको मुक्ति देहमा हुनुहुने परमेश्वरद्वारा व्यक्तिगत रूपमा गरिनैपर्छ। सम्पूर्ण मानवजातिलाई देहमा हुनुहुने परमेश्वर मानिससँग असम्बन्धित हुनुहुन्छ जस्तो लागे पनि, वास्तवमा यो देह सम्पूर्ण मानवजातिको भाग्य र अस्तित्वसँग सम्बन्धित छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। भ्रष्ट मानवजातिलाई देहधारी परमेश्वरको मुक्ति बढी चाहिएको हुन्छ
परमेश्वरका दैनिक वचनहरू अंश ८४
आज परमेश्वर तिमीहरूको न्याय गर्नुहुन्छ, तिमीहरूलाई सजाय दिनुहुन्छ, र तिमीहरूलाई दोषी ठहराउनुहुन्छ, तर तैँले के थाहा पाउनुपर्छ भने, तँलाई दोषी ठहराउनुको उद्देश्य तैँले आफैलाई चिन्नु हो। उहाँ तँलाई दोषी ठहराउनुहुन्छ, सराप्नुहुन्छ, न्याय गर्नुहुन्छ, र सजाय दिनुहुन्छ, ताकि तँ आफूलाई चिन्न सक्, ताकि तेरो स्वभाव परिवर्तन हुन सकोस्, र यसभन्दा पनि बढी, ताकि तँ आफ्नो मूल्य जान्न सक्, र परमेश्वरका सबै कार्य धर्मी छन् र उहाँको स्वभाव र उहाँको कामका आवश्यकताहरूअनुसार छन्, र उहाँ मानिसको मुक्तिसम्बन्धी आफ्नो योजनाअनुसार काम गर्नुहुन्छ, अनि उहाँ मानिसलाई प्रेम गर्नुहुने र मुक्ति दिनुहुने, अनि न्याय गर्नुहुने र सजाय पनि दिनुहुने धर्मी परमेश्वर हुनुहुन्छ भनी देख्न सक्। यदि तँलाई तँ निम्न हैसियतको छस्, तँ भ्रष्ट र विद्रोही छस् भन्ने मात्र थाहा छ, तर परमेश्वरले आज तँमाथि जुन न्याय र सजाय गर्नुहुन्छ त्यसमार्फत उहाँले आफ्नो मुक्ति प्रकट गर्ने अभिप्राय राख्नुहुन्छ भन्ने थाहा छैन भने, तैँले कामकुरा अनुभव गर्न सम्भव छैन, अनि तँ अघि बढिरहन त झनै सक्षम छैनस्। परमेश्वर मानिसहरूलाई ढाल्न वा नष्ट गर्न आउनुभएको होइन, बरु तिनीहरूलाई न्याय गर्न, श्राप दिन, सजाय दिन, र मुक्ति दिन आउनुभएको हो। उहाँको ६ हजार वर्षे व्यवस्थापनको योजना समाप्त नभएसम्म—उहाँले प्रत्येक वर्गको मानिसको परिणाम प्रकट गर्नुअघि—पृथ्वीमा परमेश्वरको काम पूर्ण रूपमा मुक्तिका खातिर हुन्छ; यसको उद्देश्य उहाँलाई प्रेम गर्नेहरूलाई पूर्ण रूपमा सिद्ध पार्नु र तिनीहरूलाई उहाँको प्रभुत्वअन्तर्गत समर्पण गर्न लगाउनु मात्रै हो। परमेश्वरले मानिसहरूलाई जसरी मुक्ति दिनुभए पनि, यो सबै तिनीहरूलाई तिनीहरूको पुरानो शैतानी प्रकृतिबाट अलग गराएर गरिन्छ; अर्थात्, उहाँ तिनीहरूलाई जीवन पछ्याउन लगाएर मुक्ति दिनुहुन्छ। यदि तिनीहरूले त्यसो गरेनन् भने, तिनीहरूले परमेश्वरको मुक्ति स्वीकार गर्न सम्भव हुनेछैन। मुक्ति परमेश्वर स्वयम्को काम हो, र मुक्ति स्वीकार गर्नका निम्ति मानिसले जीवन पछ्याउनैपर्छ। मानिसको नजरमा, मुक्ति भनेको परमेश्वरको प्रेम हो, र परमेश्वरको प्रेम सजाय, न्याय, र श्राप हुन सक्दैन; मुक्तिमा कृपा, दयाधर्म, र, यतिमात्र नभएर, सान्त्वनाका वचनहरू, साथै परमेश्वरले प्रदान गर्नुभएका असीमित आशिष्हरू समावेश हुनैपर्छ। मानिसहरू के विश्वास गर्छन् भने, परमेश्वरले मानिसलाई मुक्ति दिँदा उसलाई उहाँका आशिष् र अनुग्रहले प्रेरित गरेर त्यसो गर्नुहुन्छ, ताकि उसले आफ्नो हृदय परमेश्वरलाई दिन सकोस्। भन्नुको मतलब, उहाँले मानिसलाई छुनु नै उहाँले उसलाई मुक्ति दिनु हो। यस प्रकारको मुक्ति लेनदेन हो। परमेश्वरले मानिसलाई सय गुणा दिँदा मात्र ऊ परमेश्वरको नाउँसमक्ष आफूलाई समर्पण गर्न आउनेछ, र यसरी परमेश्वरलाई गर्व गराउनेछ र उहाँलाई महिमित पार्नेछ। मानवजातिप्रति परमेश्वरको अभिप्राय यो होइन। परमेश्वर भ्रष्ट मानवजातिलाई मुक्ति दिनका निम्ति पृथ्वीमा काम गर्न आउनुभएको हो; यसमा कुनै झूट छैन। यदि यस्तो नभएको भए, उहाँ पक्कै पनि आफ्नो काम गर्न व्यक्तिगत रूपमा आउनुभएको हुनेथिएन। विगतमा, उहाँले मुक्ति दिने विधिमा सबैभन्दा धेरै कृपा र दयाधर्म देखाउनुहुन्थ्यो, यतिसम्म कि उहाँले सम्पूर्ण मानवजातिको बदलामा शैतानलाई आफ्नो सर्वस्व दिनुभयो। वर्तमान भनेको विगतजस्तो छँदै छैन: आज तिमीहरूको मुक्ति आखिरी दिनहरूमा हुन्छ, जब हरेकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिन्छ; तिमीहरूको मुक्तिको माध्यम कृपा वा दयाधर्म होइन, बरु सजाय र न्याय हो, ताकि मानिसलाई अझ पूर्ण रूपमा मुक्ति दिन सकियोस्। तसर्थ, तिमीहरूले सजाय, न्याय, र निर्दयी प्रहार मात्र प्राप्त गर्छौ, तर यो कुरा जानिराख: यस निर्दयी प्रहारमा अलिकति पनि दण्ड हुँदैन। मेरा वचनहरू जतिसुकै कठोर भए पनि, तिमीहरूमाथि केही त्यस्ता वचन मात्रै आइपर्छन् जुन तिमीहरूलाई पूर्ण रूपमा निर्दयी लाग्न सक्छन्, र म जतिसुकै रिसाएको भए पनि, तिमीहरूमाथि अझै पनि हप्काइका वचनहरू नै आइपर्छन्, र मेरो उद्देश्य तिमीहरूलाई हानि गर्नु वा मृत्युदण्ड दिनु होइन। के यी सबै तथ्य होइनन् र? आजकाल, चाहे त्यो धर्मी न्याय होस् वा निर्दयी शोधन र सजाय होस्, सबै कुरा मुक्तिका खातिर हो भन्ने जानिराख। आज हरेकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिने भए पनि वा सबै प्रकारका मानिस प्रकट गरिने भए पनि, परमेश्वरका सबै वचन र कामको उद्देश्य परमेश्वरलाई साँच्चै प्रेम गर्नेहरूलाई मुक्ति दिनु हो। धर्मी न्याय मानिसलाई शुद्ध गर्न ल्याइन्छ, र निर्दयी शोधन उसलाई स्वच्छ पार्न गरिन्छ; कठोर वचनहरू वा ताडना दुवै शुद्ध गर्नका लागि गरिन्छन् र ती मुक्तिका खातिर हुन्। तसर्थ, आज मुक्ति दिने विधि विगतको जस्तो छैन। आज, धर्मी न्यायले तिमीहरूको मुक्तिका रूपमा, र तिमीहरू हरेकलाई तिमीहरूको प्रकारअनुसार वर्गीकरण गर्ने असल साधनका रूपमा काम गर्छ, र निर्दयी सजायले तिमीहरूको सर्वोच्च मुक्तिका रूपमा काम गर्छ। यस्तो सजाय र न्यायको सामना गर्नुपर्दा तिमीहरूसँग भन्नुपर्ने कुरा के छ? के तिमीहरू सुरुदेखि अन्त्यसम्म सधैँ मुक्तिमा रमाएका छैनौ र? तिमीहरूले देहधारी परमेश्वरलाई देखेका छौ र उहाँको सर्वशक्तिमान्ता र बुद्धिलाई महसुस गरेका छौ; यसका साथै, तिमीहरूले बारम्बारको प्रहार र ताडनाको अनुभव गरेका छौ। तर, के तिमीहरूले सर्वोच्च अनुग्रह पनि प्राप्त गरेका छैनौ र? के तिमीहरूका आशिष्हरू अरू कसैका भन्दा ठूला छैनन् र? तिमीहरूका अनुग्रहहरू सोलोमनले प्राप्त गरेका महिमा र सम्पत्तिभन्दा पनि बढी प्रचुर छन्! यसबारे सोच: यदि मेरो आउनुको अभिप्राय तिमीहरूलाई मुक्ति दिनुको साटो तिमीहरूलाई दोषी ठहराउनु र दण्ड दिनु भएको भए, के तिमीहरू यतिका दिनसम्म टिक्न सक्थ्यौ र? के मासु र रगतले बनेका तिमी पापी प्राणीहरू आजसम्म जीवित रहन सक्थ्यौ र? यदि मेरो लक्ष्य तिमीहरूलाई दण्ड दिनु मात्रै भएको भए, म किन देह बन्नेथिएँ र यति ठूलो उद्यममा लाग्नेथिएँ? के तिमी तुच्छ मानिसहरूलाई एउटै वचन बोलेर दण्ड दिन सकिँदैनथियो र? के मैले तिमीहरूलाई जानीजानी दोषी ठहराएपछि पनि तिमीहरूलाई नष्ट गर्नुपर्थ्यो र? के तिमीहरूलाई अझै पनि मेरा यी वचनहरूको विश्वास लाग्दैन? के म मानिसलाई कृपा र दयाधर्मद्वारा मात्रै मुक्ति दिन सक्थेँ र? वा, के म क्रुसीकरण मात्रै प्रयोग गरेर मानिसलाई मुक्ति दिन सक्थेँ र? के मेरो धर्मी स्वभाव मानिसलाई पूर्ण रूपमा समर्पित बनाउनका लागि अझ बढी अनुकूल छैन र? के यो मानिसलाई पूर्ण रूपमा मुक्ति दिन अझ बढी सक्षम छैन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले हैसियतका आशिष्हरू त्याग्नुपर्छ र मानिसलाई मुक्ति दिने परमेश्वरको अभिप्रायलाई बुझ्नुपर्छ
परमेश्वरका दैनिक वचनहरू अंश ८५
मेरा वचनहरू कठोर भए पनि, ती सबै मानिसका लागि मुक्ति हुन्, किनभने म वचनहरू मात्रै बोलिरहेको छु र मानिसको देहलाई दण्ड दिइरहेको छैनँ। यी वचनहरूले मानिसलाई ज्योतिमा जिउन, ज्योति अस्तित्वमा छ भनी जान्न, ज्योति बहुमूल्य छ भनी जान्न, र, अझ बढी, यी वचनहरू उसका लागि कति लाभदायक छन् भनी जान्न, साथै परमेश्वर नै मुक्ति हुनुहुन्छ भनी जान्न लगाउँछन्। मैले सजाय र न्यायका वचनहरू धेरै बोलेको भए पनि, वास्तवमा तिमीहरूमाथि केही पनि आइपरेको छैन। म मेरो काम गर्न र मेरा वचनहरू बोल्न नै आएको हुँ, र मेरा वचनहरू कठोर भए पनि, ती तिमीहरूको भ्रष्टता र तिमीहरूको विद्रोहीपनको न्याय गर्न बोलिएका हुन्। मैले यसो गर्नुको उद्देश्य अझै पनि मानिसलाई शैतानको शक्तिबाट मुक्ति दिनु नै हो। यसको उद्देश्य मेरा वचनहरू प्रयोग गरेर मानिसलाई मुक्ति दिनु हो; मेरा वचनहरूद्वारा मानिसलाई हानि गर्नु होइन। मेरो काममा नतिजाहरू हासिल गर्नका निम्ति मेरा वचनहरू कठोर छन्। यस्तो काममार्फत मात्रै मानिसले आफूलाई चिन्न र आफ्नो विद्रोही स्वभावबाट अलग हुन सक्छ। वचनहरूको कामको सबैभन्दा ठूलो महत्त्व के हो भने यसले मानिसहरूलाई सत्यता बुझेपछि त्यसलाई अभ्यास गर्न, र यसरी तिनीहरूको स्वभावमा परिवर्तनहरू हासिल गर्न, साथै आफू र परमेश्वरको कामबारे ज्ञान प्राप्त गर्न सम्भव बनाइदिन्छ। वचनहरू बोलेर गरिने कामले मात्र परमेश्वर र मानिसबीचको सम्बन्धलाई जोड्न सक्छ, र वचनहरूले मात्र सत्यता बुझाउन सक्छन्। यसरी काम गर्नु मानिसलाई विजय गर्ने सबैभन्दा उत्तम उपाय हो; वचनहरूको वाणीबाहेक, अरू कुनै पनि विधिले मानिसहरूलाई सत्यता र परमेश्वरको काम अझ प्रस्टताका साथ बुझ्न सम्भव तुल्याउन सक्दैन। तसर्थ, परमेश्वरको कामको अन्तिम चरणमा, मानिसलाई उसले नबुझ्ने सबै सत्यता र रहस्य खोलिदिन उहाँले मानिससँग बोल्ने विधि प्रयोग गर्नुहुन्छ, जसले गर्दा उसले परमेश्वरबाट साँचो मार्ग र जीवन प्राप्त गर्न सक्छ, र यसरी उहाँका अभिप्रायहरू पूरा गर्छ। मानिसमा गरिने परमेश्वरको कामको उद्देश्य उसलाई परमेश्वरका अभिप्रायहरू पूरा गर्न सक्षम बनाउनु हो, र यो उसलाई मुक्ति दिन गरिन्छ। त्यसकारण, उहाँले मानिसलाई मुक्ति दिने समयमा, उहाँले उसलाई दण्ड दिने काम गर्नुहुन्न। मानिसलाई मुक्ति दिँदा, परमेश्वरले दुष्टलाई दण्ड वा असललाई इनाम दिनुहुन्न, न त उहाँले सबै प्रकारका मानिसका गन्तव्यहरू नै प्रकट गर्नुहुन्छ। बरु, उहाँको कामको अन्तिम चरण पूरा भएपछि मात्र उहाँले दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने काम गर्नुहुनेछ, र त्यसपछि मात्र उहाँले सबै प्रकारका मानिसका परिणामहरू प्रकट गर्नुहुनेछ। जसलाई साँच्चै मुक्ति दिन सकिँदैन तिनीहरू नै दण्डित हुनेछन्, जबकि परमेश्वरले मानिसलाई मुक्ति दिने समयमा जसले उहाँको मुक्ति प्राप्त गरेका छन् तिनीहरूलाई नै मुक्ति दिइनेछ। आफ्नो मुक्तिको काम गर्दा, परमेश्वरले मुक्ति दिन सकिने हरेक व्यक्तिलाई भरसक मुक्ति दिनुहुन्छ, र तिनीहरूमध्ये कसैलाई पनि त्याग्नुहुन्न, किनभने परमेश्वरको कामको उद्देश्य मानिसलाई मुक्ति दिनु हो। परमेश्वरले मानिसलाई मुक्ति दिने समयमा, ज-जसले आफ्नो स्वभावमा परिवर्तनहरू हासिल गर्न सक्दैनन्—साथै जो-जो परमेश्वरप्रति पूर्ण रूपमा समर्पित हुन सक्दैनन्—तिनीहरू सबै दण्डका पात्र बन्नेछन्। कामको यो चरण—वचनहरूको काम—ले मानिसहरूलाई तिनीहरूले नबुझ्ने सबै वचन, साथै तिनीहरूले नबुझेका सबै रहस्य खोलिदिन्छ। यसले तिनीहरूलाई परमेश्वरका अभिप्रायहरू र तिनीहरूप्रति परमेश्वरका मागहरू बुझ्न, साथै परमेश्वरका वचनहरू व्यवहारमा लागू गर्न र तिनीहरूको स्वभावमा परिवर्तनहरू हासिल गर्न आवश्यक पूर्वसर्तहरू प्राप्त गर्न सम्भव तुल्याउँछ। परमेश्वरले आफ्नो काम गर्न वचनहरू मात्रै प्रयोग गर्नुहुन्छ र मानिसहरू अलिकति विद्रोही भएकोमा तिनीहरूलाई दण्ड दिनुहुन्न। किनभने अहिले भनेको मुक्तिको कामको समय हो, र यदि मानिसहरू विद्रोही हुनेबित्तिकै तिनीहरूलाई दण्ड दिइन्थ्यो भने, कसैले पनि मुक्ति प्राप्त गर्ने अवसर पाउनेथिएन, र सबै जना दण्डित हुनेथिए र पातालमा खस्नेथिए। मानिसको न्याय गर्न वचनहरू प्रयोग गर्नुको उद्देश्य उसलाई आफूलाई चिन्न र परमेश्वरसामु समर्पित हुन सम्भव तुल्याउनु हो; यसको उद्देश्य यस्तो न्यायद्वारा उसलाई दण्ड दिनु होइन। वचनहरूको कामको समयमा, धेरै मानिसले आफ्नो विद्रोहीपन र प्रतिरोध, साथै देहधारी परमेश्वरप्रति तिनीहरूको समर्पणको कमीको खुलासा गर्नेछन्। तैपनि, उहाँले यसको परिणामस्वरूप यी सबै मानिसलाई दण्ड दिनुहुनेछैन, बरु यसको साटो जो भित्रैसम्म भ्रष्ट छन् र जसलाई मुक्ति दिन सकिँदैन तिनीहरूलाई मात्र पाखा लगाउनुहुनेछ। उहाँले तिनीहरूको देह शैतानलाई दिनुहुनेछ, र, केही अवस्थामा, तिनीहरूको देहको अन्त्य गर्नुहुनेछ। बाँकी रहेकाहरूले भने पछ्याइरहनेछन् र काटछाँटको अनुभव गरिरहनेछन्। पछ्याउने क्रममा, यदि यी मानिसहरू अझै पनि काटछाँट गरिने कुरा स्वीकार गर्न सक्दैनन्, र झन्-झन् पतित बन्दै जान्छन् भने, तिनीहरूले मुक्तिको मौका गुमाएका हुनेछन्। परमेश्वरका वचनहरूद्वारा विजय गरिने कार्यलाई स्वीकार गर्ने प्रत्येक व्यक्तिले मुक्ति पाउने केही अवसरहरू पाउनेछ; परमेश्वरले प्रत्येक व्यक्तिलाई मुक्ति प्रदान गर्दा तिनीहरूलाई सम्भव भएसम्म फुक्का छोड्नुहुनेछ। अर्को शब्दमा भन्दा, तिनीहरूलाई अत्यधिक उदारता देखाइनेछ। जबसम्म मानिसहरू गलत मार्गबाट फर्कन्छन्, र जबसम्म तिनीहरूले पश्चात्ताप गर्न सक्छन्, परमेश्वरले तिनीहरूलाई उहाँको मुक्ति प्राप्त गर्ने अवसरहरू दिनुहुनेछ। मानिसहरूले सुरुमा परमेश्वरविरुद्ध विद्रोह गर्दा, उहाँलाई तिनीहरूलाई ढाल्ने कुनै चाहना हुँदैन; बरु, तिनीहरूलाई मुक्ति दिन उहाँले सकेजति सबै गर्नुहुन्छ। यदि कसैले मुक्ति पाउने साँच्चै कुनै गुन्जायस छैन भने, परमेश्वरले उसलाई त्याग्नुहुनेछ। परमेश्वरले कसैलाई दण्ड दिन ढिला गर्नुको कारण भनेको उहाँ मुक्ति दिन सकिने सबैलाई मुक्ति दिन चाहनुहुन्छ। उहाँ मानिसहरूलाई न्याय गर्न, अन्तर्दृष्टि दिन, र मार्गदर्शन गर्न वचनहरू मात्रै प्रयोग गर्नुहुन्छ; उहाँ लौरो प्रयोग गरेर तिनीहरूलाई ढाल्नुहुन्न। कामको अन्तिम चरणको उद्देश्य र महत्त्व भनेकै वचनहरू प्रयोग गरेर मानिसहरूलाई मुक्ति दिलाउनु हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले हैसियतका आशिष्हरू त्याग्नुपर्छ र मानिसलाई मुक्ति दिने परमेश्वरको अभिप्रायलाई बुझ्नुपर्छ
परमेश्वरका दैनिक वचनहरू अंश ८६
मानिसले परमेश्वरको ज्ञान प्राप्त गर्न सकोस् भनेर, र उहाँको गवाहीका खातिर उहाँ न्याय र सजायको काम गर्नुहुन्छ। उहाँले मानिसको भ्रष्ट स्वभावलाई न्याय नगरी, मानिसले उहाँको धर्मी स्वभाव जान्नै सक्दैन, जसलाई कदापि चिढ्याउनु हुँदैन, न त मानिसले परमेश्वरबारे आफ्नो पुरानो ज्ञानलाई नयाँमा परिणत गर्न नै सक्छ। उहाँ आफ्नो गवाहीका खातिर, र आफ्नो व्यवस्थापनका खातिर, आफ्नो सम्पूर्णता सार्वजनिक गर्नुहुन्छ, यसरी उहाँ सार्वजनिक रूपमा देखा परेर मानिसहरूलाई परमेश्वरको ज्ञान प्राप्त गर्न, स्वभावमा रूपान्तरित हुन, र परमेश्वरका लागि जोडदार साक्षी दिन सक्षम बनाउनुहुन्छ। मानिसको स्वभावको रूपान्तरण परमेश्वरको विभिन्न प्रकारका धेरै वटा काममार्फत हासिल गरिन्छ; मानिसको स्वभावमा त्यस्ता परिवर्तनहरू नआए, ऊ परमेश्वरको साक्षी दिन र परमेश्वरका अभिप्रायहरूअनुरूप हुन असक्षम हुनेछ। मानिसको स्वभावको रूपान्तरणले मानिस शैतानको बन्धन र अन्धकारको प्रभावबाट मुक्त भएको छ, र साँच्चै नै परमेश्वरको कामको मोडेल र नमुना, परमेश्वरको साक्षी, र परमेश्वरका अभिप्रायहरूअनुरूप हुने व्यक्ति बनेको छ भन्ने सङ्केत गर्छ। आज, देहधारी परमेश्वर आफ्नो काम गर्न पृथ्वीमा आउनुभएको छ, र उहाँ मानिसले उहाँको ज्ञान, उहाँप्रतिको समर्पण, र उहाँको गवाही हासिल गरोस् भनी माग गर्नुहुन्छ—मानिसले परमेश्वरको व्यावहारिक र सामान्य काम जान्नुपर्छ, ऊ मानिसका धारणाहरूअनुरूप नभएका उहाँका सबै वचन र कामप्रति समर्पित हुनुपर्छ, र उसले मानिसलाई मुक्ति दिन उहाँले गर्नुहुने सबै कामको, साथै मानिसलाई विजय गर्ने उहाँका सबै कार्यको साक्षी दिनुपर्छ। परमेश्वरको साक्षी दिनेहरूसँग परमेश्वरको ज्ञान हुनैपर्छ; यस्तो प्रकारको गवाही मात्रै सटीक र व्यावहारिक हुन्छ, र यस्तो प्रकारको गवाहीले मात्रै शैतानलाई लज्जित पार्न सक्छ। परमेश्वर उहाँको न्याय, सजाय, र काटछाँट भोगेर उहाँलाई चिनेकाहरूलाई आफ्नो साक्षी दिन प्रयोग गर्नुहुन्छ। उहाँ शैतानद्वारा भ्रष्ट तुल्याइएकाहरूलाई उहाँको गवाही दिन प्रयोग गर्नुहुन्छ। उहाँ स्वभाव परिवर्तन भएका, र यसरी उहाँका आशिष्हरू प्राप्त गरेकाहरूलाई आफ्नो साक्षी दिन प्रयोग गर्नुहुन्छ। उहाँलाई मानिसले मुखले गरेको प्रशंसा चाहिँदैन, न त उहाँलाई उहाँद्वारा मुक्ति नदिइएका शैतानको जमातको प्रशंसा र गवाही नै चाहिन्छ। जसले परमेश्वरलाई चिनेका छन् तिनीहरू मात्रै उहाँको साक्षी दिन योग्य हुन्छन्, र जो आफ्नो स्वभावमा रूपान्तरित भएका छन् तिनीहरू मात्रै उहाँको साक्षी दिन योग्य हुन्छन्। परमेश्वरले मानिसलाई जानाजानी उहाँको नामको बेइज्जत गर्न दिनुहुनेछैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई चिन्नेहरू मात्र परमेश्वरका लागि साक्षी दिन सक्छन्
परमेश्वरका दैनिक वचनहरू अंश ८७
परमेश्वरले मानिसलाई सिद्ध पार्ने कार्य कुन माध्यमबाट पूरा गरिन्छ? यसलाई उहाँको धर्मी स्वभावको माध्यमबाट पूरा गरिन्छ। परमेश्वरको स्वभावमा मुख्य रूपमा धार्मिकता, क्रोध, प्रताप, न्याय र सराप समावेश हुन्छ र उहाँले मानिसलाई मुख्य रूपले आफ्नो न्यायद्वारा सिद्ध पार्नुहुन्छ। कति मानिसहरूले बुझ्दैनन्, र परमेश्वरले किन मानिसलाई न्याय र सरापद्वारा मात्र सिद्ध पार्न सक्नुहुन्छ भनी प्रश्न गर्छन्। तिनीहरू भन्छन्, “यदि परमेश्वरले मानिसलाई सराप्नुभयो भने, के मानिस मर्नेथिएन र? यदि परमेश्वरले मानिसलाई न्याय गर्नुभयो भने, के मानिस निन्दित हुनेथिएन? त्यसो भए ऊ कसरी अझै पनि सिद्ध पारिन सक्छ?” यी ती मानिसहरूका कुरा हुन्, जसले परमेश्वरको कामलाई जान्दैनन्। परमेश्वरले जुन कुरालाई सराप्नुहुन्छ त्यो मानिसको विद्रोहीपन हो, र उहाँले जे कुराको न्याय गर्नुहुन्छ त्यो मानिसको पाप हो। उहाँ कठोर रूपमा र मानिसका भावनालाई बिलकुलै ख्याल नगरी बोल्ने भए पनि, उहाँले मानिसभित्रका सबै कुरा खुलासा गर्नुहुन्छ, उहाँले केही कठोर वचनद्वारा मानिसभित्र हुने सारगत कुराहरू खुलासा गर्नुहुन्छ, तैपनि त्यस्तो न्यायद्वारा, उहाँले मानिसलाई देहको सारको गहिरो ज्ञान दिनुहुन्छ, र यसैले मानिस परमेश्वरको सामु समर्पित हुन्छ। मानिसको देह पापको र शैतानको हो, यो विद्रोही छ, र यो परमेश्वरको सजायको पात्र हो। यसैले, मानिसलाई आफैलाई चिन्न लगाउनका लागि परमेश्वरका वचनहरूको न्याय ऊमाथि आउनुपर्छ र हरप्रकारको शोधन प्रयोग गर्नुपर्दछ; तब मात्र परमेश्वरको काम प्रभावकारी हुन सक्दछ।
परमेश्वरले बोल्नुभएका वचनहरूबाट उहाँले मानिसको देहलाई दोषी ठहराइसक्नुभएको छ भन्ने देख्न सकिन्छ। त्यसोभए, के यी वचनहरू श्रापका वचन होइनन् र? परमेश्वरले बोल्नुभएका वचनहरूले मानिसको साँचो रङ्गलाई खुलासा गर्छन्, र यस्तो खुलासामार्फत उसको न्याय गरिन्छ, र जब उसले आफू परमेश्वरका अभिप्रायहरू पूरा गर्न असक्षम भएको देख्छ, तब उसलाई भित्री रूपमा दुःखपिर र पछुतो महसुस हुन्छ, उसलाई आफू परमेश्वरप्रति अत्यन्तै ऋणी भएको, र परमेश्वरका अभिप्रायहरूसम्म पुग्न नसक्ने महसुस हुन्छ। कहिलेकाहीँ पवित्र आत्मा तँलाई भित्रैबाट ताडना दिनुहुन्छ, र यो ताडना परमेश्वरको न्यायबाट आउँछ; कहिलेकाहीँ परमेश्वर तँलाई हप्काउनुहुन्छ र तँबाट आफ्नो मुहार लुकाउनुहुन्छ, उहाँ तँलाई वास्ता गर्नुहुन्न र तँमा काम गर्नुहुन्न, तँलाई शोधन गर्नका निम्ति तँलाई चुपचाप सजाय दिनुहुन्छ। मानिसमा गरिने परमेश्वरको काम मुख्य रूपमा उहाँको धर्मी स्वभाव प्रकट गर्नका लागि हो। मानिस अन्ततः परमेश्वरका लागि कस्तो गवाही दिन्छ? मानिस परमेश्वर नै धर्मी परमेश्वर हुनुहुन्छ, उहाँको स्वभाव भनेको धार्मिकता, क्रोध, सजाय, र न्याय हो भन्ने गवाही दिन्छ; मानिस परमेश्वरको धर्मी स्वभावको गवाही दिन्छ। परमेश्वर मानिसलाई सिद्ध पार्न आफ्नो न्याय प्रयोग गर्नुहुन्छ, उहाँले मानिसलाई प्रेम गर्नुभएको छ, र मानिसलाई मुक्ति दिनुभएको छ—तर उहाँको प्रेमभित्र कति कुरा रहेको छ? त्यसमा न्याय, प्रताप, क्रोध, र श्राप छ। विगतमा परमेश्वरले मानिसलाई सराप्नुभएको भए पनि, उहाँले मानिसलाई पूर्ण रूपमा अतल कुण्डमा हाल्नुभएन, बरु उक्त माध्यमलाई मानिसको आस्थालाई शोधन गर्नका लागि प्रयोग गर्नुभयो; उहाँले मानिसलाई मृत्यु हुने अवस्थामा पुर्याउनुभएन, बरु मानिसलाई सिद्ध पार्नका लागि काम गर्नुभयो। देहको सार त्यो हो जुन शैतानको हो—परमेश्वरले यो ठ्याक्कै सही भन्नुभयो—तर परमेश्वरले अगाडि बढाउनुभएका तथ्यहरू उहाँका वचनहरूअनुसार साकार हुँदैनन्। उहाँ तँलाई सराप्नुहुन्छ ताकि तैँले उहाँलाई प्रेम गर्न सकेस्, र ताकि तैँले देहको सार जान्न सकेस्; उहाँ तँलाई सजाय दिनुहुन्छ ताकि तँ ब्युँझन सकेस्, तैँले आफूभित्रका कमीहरू थाहा पाउन, र मानिसको नीचता र अयोग्यता थाहा पाउन सकेस्। तसर्थ, परमेश्वरका श्रापहरू, उहाँको न्याय, साथै उहाँको प्रताप र क्रोध—ती सबै मानिसलाई सिद्ध पार्नका निम्ति हुन्। आज परमेश्वरले गर्नुहुने सबै कुरा, र उहाँले तिमीहरूमार्फत प्रकट गर्नुहुने धर्मी स्वभाव—यो सबै मानिसलाई सिद्ध पार्नका निम्ति हो। परमेश्वरको प्रेम यस्तो हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्वरको प्रेमिलोपन जान्न सक्छस्
परमेश्वरका दैनिक वचनहरू अंश ८८
मानिसका परम्परागत धारणाहरूमा, उसले यो विश्वास गर्छ, कि परमेश्वरको प्रेम उहाँको अनुग्रह, दया, र मानिसको कमजोरीप्रतिको सहानुभूति हो। यी थोकहरू पनि परमेश्वरको प्रेम नै भए तापनि, ती अत्यन्तै एकतर्फी छन्, र ती परमेश्वरले मानिसलाई सिद्ध बनाउनुहुने मुख्य माध्यम होइनन्। कोही मानिसहरू बिमारीको कारण परमेश्वरमा विश्वास गर्न थाल्छन्। यो बिमारी तेरो लागि परमेश्वरको अनुग्रह हो; योविना तैँले परमेश्वरमा विश्वास गर्ने थिइनस्—र यदि तैँले परमेश्वरमा विश्वास नगरेको भए तँ यति टाढासम्म आउने थिइनस्—यसैले यो अनुग्रह पनि परमेश्वरको प्रेम नै हो। येशूमा विश्वास गर्ने समयमा मानिसहरूले परमेश्वरलाई अप्रिय लाग्ने धेरै कुराहरू गरे, किनकि तिनीहरूले सत्यतालाई बुझेका थिएनन्, तैपनि परमेश्वरसँग प्रेम र कृपा छ, र उहाँले मानिसलाई यहाँसम्म ल्याउनुभएको छ, र मानिसहरूले केही नबुझे पनि अझै पनि परमेश्वरले मानिसलाई उहाँको पछि लाग्न दिनुहुन्छ, यसबाहेक, उहाँले मानिसलाई आजको दिनसम्म ल्याउनुभएको छ। के यो परमेश्वरको प्रेम होइन र? जुन कुरा परमेश्वरको स्वभावमा प्रकट हुन्छ, त्यो परमेश्वरको प्रेम हो—यो एकदम सही छ! जब मण्डली निर्माणको कार्य चरम सीमामा पुगेको थियो, तब परमेश्वरले सेवाकर्ताहरूको कामको चरण पूरा गर्नुभयो र मानिसलाई अतल कुण्डमा हालिदिनुभयो। सेवाकर्ताहरूका समयका वचनहरू सबै सरापहरू थिए: तेरो शरीरको सराप, तेरो भ्रष्ट शैतानिक स्वभावको सराप, र परमेश्वरका अभिप्रायहरू पूरा नगर्ने तेरा कुराहरूका सरापहरू। त्यस चरणमा परमेश्वरले गर्नुभएको काम प्रतापको रूपमा प्रकट भयो, त्यसको लगत्तै परमेश्वरले सजायको कामको चरण पूरा गर्नुभयो, र त्यहाँ मृत्युको जाँच आयो। त्यस्तो काममा, मानिसले परमेश्वरको क्रोध, प्रताप, न्याय, र सजाय देख्यो, तैपनि उसले परमेश्वरको अनुग्रह, उहाँको प्रेम र कृपा पनि देख्यो। परमेश्वरले गर्नुभएका सबै कुरा, र उहाँको स्वभावको रूपमा प्रकट भएका सबै कुरा, मानिसका लागि परमेश्वरको प्रेम थियो, र परमेश्वरले गर्नुभएका सबै कुराले मानिसका आवश्यकताहरू पूरा गर्न सके। उहाँले मानिसलाई सिद्ध बनाउनका लागि यो गर्नुभयो, र उहाँले मानिसका निम्ति उसको कदअनुसार प्रबन्ध गर्नुभयो। यदि परमेश्वरले यो नगर्नुभएको भए, मानिस परमेश्वरको सामु आउन सक्दैनथियो र उसँग परमेश्वरको वास्तविक अनुहार चिन्ने कुनै उपाय हुँदैनथ्यो। मानिसले सबैभन्दा पहिले परमेश्वरमा विश्वास गर्न थालेकोदेखि आजसम्म परमेश्वरले मानिसका निम्ति उसको कदअनुसार बिस्तारै प्रबन्ध गरिदिनुभएको छ, यसैले भित्रबाट मानिसले बिस्तारै उहाँलाई चिन्न सक्यो। आजको दिनमा आइपुगेपछि मात्र मानिसले परमेश्वरको न्याय कति अचम्मको छ भनी थाहा पाउँछ। सेवाकर्ताहरूको कामको चरण भनेको सृष्टिको समयदेखि आजसम्म भएको सरापको कामको पहिलो घटना थियो। मानिसलाई श्राप दिई अतल कुण्डमा पुर्याइएको थियो। यदि परमेश्वरले त्यो नगर्नुभएको भए, आज मानिसमा परमेश्वरबारे सही ज्ञान हुने थिएन; परमेश्वरको सरापद्वारा मात्र मानिसले उहाँको आधिकारिक स्वभावलाई अनुभव गऱ्यो। सेवाकर्ताहरूको जाँचद्वारा मानिसलाई प्रकट गरियो। उसले उसको बफादारी अस्वीकार्य छ, उसको कद धेरै सानो छ, उसले परमेश्वरका अभिप्रायहरू पूरा गर्न सक्दैन, र परमेश्वरलाई सन्तुष्ट पार्छु भन्ने उसका दाबीहरू सधैँ शब्दहरूमा मात्र सीमित छन् भन्ने देख्यो। परमेश्वरले मानिसलाई सेवाकर्ताहरूको कामको चरणमा सराप दिनुभएको भए तापनि, अहिले पछाडि फर्केर हेर्दा, परमेश्वरको कामको त्यो चरण अद्भुत थियो: यसले मानिसका लागि ठूलो मोड् ल्यायो र उसको जीवनको स्वभावमा ठूलो परिवर्तन ल्यायो। सेवाकर्ताहरूको समयभन्दा पहिले मानिसले जीवनको खोजी गर्नु, परमेश्वरमा विश्वास गर्नु, वा परमेश्वरको कामको बुद्धि के हो भनी केही पनि बुझेको थिएन, न त उसले परमेश्वरको कामले मानिसलाई जाँच्न सक्छ भनी बुझेको नै थियो। सेवा गर्नेहरूको समयदेखि आजसम्म मानिसले परमेश्वरको काम कति अचम्मलाग्दो रहेछ भनी देख्दछ—यो मानिसका निम्ति बुझ्नै नसकिने छ। परमेश्वरले आफ्नो दिमाग प्रयोग गरेर कसरी काम गर्नुहुन्छ भनी मानिसले कल्पना गर्न सक्दैन, र उसले आफ्नो कद कति सानो रहेछ र ऊ कति धेरै विद्रोही छ भनेर पनि देख्दछ। जब परमेश्वरले मानिसलाई सराप्नुभयो, त्यो एउटा परिणाम प्राप्त गर्नका निम्ति थियो, र उहाँले मानिसलाई मृत्युदण्ड दिनुभएन। उहाँले मानिसलाई सराप्नुभएको भए तापनि, उहाँले त्यो वचनहरूद्वारा गर्नुभयो, र उहाँको सरापहरू वास्तवमा मानिसमाथि आइलागेनन्, किनकि परमेश्वरका सरापहरू मानिसको विद्रोहीपनका निम्ति थिए, त्यसैले उहाँका सरापका शब्दहरू मानिसलाई सिद्ध बनाउनका निम्ति पनि बोलिएका थिए। परमेश्वरले मानिसलाई न्याय गर्नुभए पनि वा सराप दिनुभए पनि, ती दुवैले मानिसलाई सिद्ध बनाउँछ: ती दुवै मानिसभित्रको अशुद्धतालाई सिद्ध बनाउनका लागि गरिन्छ। यस माध्यमद्वारा मानिस शुद्ध पारिन्छ, मानिसभित्र जुन कुराको कमी हुन्छ त्यसलाई उहाँका वचन र कामहरूद्वारा सिद्ध पारिन्छ। परमेश्वरको कामको हरेक चरण—चाहे ती कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले मानिसलाई सिद्ध बनाउँछ, र ती बिलकुल उपयुक्त छन्। परमेश्वरले युगौंयुगसम्म कहिल्यै पनि यस्तो काम गर्नुभएन; आज, उहाँले तिमीहरूभित्र काम गर्नुहुन्छ, र तिमीहरूलाई उहाँको बुद्धिको कदर गराउनुहुन्छ। तिमीहरूले भित्री रूपमा केही पीडा भोगेको भए पनि, तिमीहरूको हृदयले सधैँ स्थिरता र शान्ति महसुस गर्छ; परमेश्वरको कामको यस चरणको आनन्द लिन सक्नु तेरो निम्ति आशिष् हो। तिमीहरूले भविष्यमा चाहे जे नै प्राप्त गर्न सके पनि तिमीहरूले आज परमेश्वरले तिमीहरूमा गर्नुहुने सबै काम प्रेम नै हो भनी देख्छौ। यदि मानिसले परमेश्वरको न्याय र शोधनको अनुभव गर्दैन भने, उसका कामहरू र जोश सधैँ सतह स्तरमा रहन्छ, र उसको स्वभाव सधैँ अपरिवर्तित रहन्छ। के यसलाई परमेश्वरद्वारा प्राप्त गरिएको मान्न सकिन्छ? आज, मानिसभित्र अझै पनि अहङ्कारी र घमण्डी धेरै कुराहरू भए तापनि, मानिसको स्वभाव पहिलेको भन्दा धेरै स्थिर छ। परमेश्वरले तँलाई मुक्ति दिनको लागि तँलाई काटछाँट गर्नुहुन्छ, अनि तैँले कहिलेकहीँ पीडा महसुस गरे पनि त्यो दिन आउनेछ जब तेरो स्वभावमा परिवर्तन आउनेछ। त्यस बेला, तैँले पछि फर्केर हेर्नेछस्, र परमेश्वरको काम कति बुद्धिमानी रहेछ भनी बुझ्नेछस्, अनि त्यस बेला तैँले परमेश्वरका अभिप्रायहरूलाई साँच्चै बुझ्न सक्नेछस्। आज, केही मानिसहरू छन् जसले भन्छन् कि उनीहरू परमेश्वरका अभिप्रायहरू बुझ्दछन्, तर त्यो साँचो होइन। वास्तवमा उनीहरू झूटो बोलिरहेका हुन्छन्, किनकि अहिले उनीहरूले परमेश्वरका अभिप्रायहरू मानिसलाई बचाउने हो कि सराप दिने हो भनी बुझ्न बाँकी नै छ। सायद अहिले तँ यसलाई स्पष्ट रूपमा देख्न सक्दैनस्, तर त्यो दिन आउनेछ जब तैँले परमेश्वरले महिमा प्राप्त गर्नुहुने दिन आएको देख्नेछस्, र परमेश्वरलाई प्रेम गर्नु कति अर्थपूर्ण रहेछ भनी बुझ्नेछस्, यसरी तैँले मानिसको जीवनलाई बुझ्नेछस् र तेरो शरीर परमेश्वरलाई प्रेम गर्ने संसारमा जिउनेछ। यसरी तेरो आत्मा स्वतन्त्र बनाइनेछ, तेरो जीवन आनन्दले भरिनेछ, र तँ सधैँ परमेश्वरको नजिक हुनेछस् र उहाँलाई हेर्नेछस्। त्यस बेला, तैँले साँच्चै परमेश्वरको आजको काम कति मूल्यवान् रहेछ भनी बुझ्नेछस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्वरको प्रेमिलोपन जान्न सक्छस्
परमेश्वरका दैनिक वचनहरू अंश ८९
अहिले भइरहेको काम मानिसहरूलाई शैतान र तिनीहरूको पुरानो पुर्खाविरुद्ध विद्रोह गर्न लगाउनका लागि हो। वचनद्वारा गरिने सबै न्यायको उद्देश्य मानिसहरूका भ्रष्ट स्वभावहरू खुलासा गर्नु र तिनीहरूलाई जीवनको सार बुझ्न सक्षम तुल्याउनु हो। यी बारम्बारका न्यायहरूले मानिसहरूको हृदय छेड्छन्। प्रत्येक न्याय तिनीहरूको नियतिसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ र त्यसको उद्देश्य तिनीहरूको हृदयमा चोट पुर्याउनु हो ताकि तिनीहरूले ती सबै थोक छोड्न सकून् र यसरी जीवनलाई चिनून्, यो फोहोरी संसारलाई चिनून्, परमेश्वरको बुद्धि र सर्वशक्तिमान्तालाई चिनून्, साथै शैतानद्वारा भ्रष्ट पारिएको मानवजातिलाई पनि चिनून्। यस प्रकारको सजाय र न्याय जति बढी हुन्छ, मानिसको हृदयमा त्यति नै बढी चोट पुग्न सक्छ र उसको आत्मालाई त्यति नै बढी जागृत गर्न सकिन्छ। यस प्रकारको न्यायको लक्ष्य यी अत्यन्त भ्रष्ट पारिएका र सबैभन्दा गहन रूपमा भ्रममा परेका मानिसहरूको आत्मालाई जागृत गराउनु हो। मानिससँग आत्मा छैन, अर्थात् उसको आत्मा धेरै अघि मरिसकेको छ र उसलाई स्वर्ग छ भन्ने कुरा थाहै छैन, परमेश्वर हुनुहुन्छ भन्ने थाहै छैन, र निश्चय नै ऊ मृत्युको रसातलमा सङ्घर्ष गरिरहेको छ भन्ने पनि थाहै छैन; ऊ आफू यस दुष्ट मानव नरकमा जिइरहेको कसरी थाहा पाउन सक्थ्यो र? ऊ आफ्नो यो दुर्गन्धित लास शैतानद्वारा भ्रष्ट पारिएपछि मृत्युको पातालमा खसेको कुरा कसरी थाहा पाउन सक्थ्यो? ऊ पृथ्वीमा रहेका सबै कुरा मर्मत गर्नै नसकिने गरी मानवजातिद्वारा धेरै पहिले बरबाद पारिएका छन् भनेर कसरी थाहा पाउन सक्थ्यो? अनि ऊ सृष्टिकर्ता आज पृथ्वीमा आउनुभएको छ र आफूले मुक्ति दिन सक्ने भ्रष्ट तुल्याइएका मानिसहरूको समूह खोज्दै हुनुहुन्छ भनेर कसरी थाहा पाउन सक्थ्यो? मानिसले हरसम्भव शोधन र न्याय अनुभव गरेको भए पनि, उसको बोधो चेतना पूर्णतया अपरिवर्तित रहेको छ र त्यसले लगभग कुनै प्रतिक्रिया जनाएको छैन। मानिस कत्ति पतित छ! अनि यस किसिमको न्याय आकाशबाट खसेको क्रूर असिनाजस्तो भए पनि, यो मानिसका लागि सबैभन्दा लाभदायक कुरा हो। मानिसहरूलाई यसरी न्याय गरिएन भने, नतिजा हासिल गर्न सकिनेथिएन, र मानिसहरूलाई दुःखको रसातलबाट मुक्ति दिन पूर्णतया असम्भव हुनेथ्यो। यस तरिकाले काम गरिएन भने, मानिसहरूलाई पातालबाट बाहिर निस्कन धेरै गाह्रो हुनेथ्यो किनभने तिनीहरूको हृदय धेरै अघि मरिसकेको छ र तिनीहरूको आत्मालाई शैतानले धेरै पहिले कुल्चिएको छ। पतनको सबैभन्दा गहिरो तहमा डुबेका तिमीहरूलाई मुक्ति दिन तिमीहरूलाई जोडजोडले बोलाउनु आवश्यक हुन्छ, तिमीहरूलाई धेरै मेहनतका साथ न्याय गरिनुपर्छ; त्यसपछि मात्र तिमीहरूको जमेको हृदयलाई जगाउन सकिनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिएकाहरूले मात्र अर्थपूर्ण जीवन जिउन सक्छन्
परमेश्वरका दैनिक वचनहरू अंश ९०
सबैभन्दा पिछडिएको र फोहोरी ठाउँमा देहधारण गरेर मात्रपरमेश्वरले आफ्नो पवित्र र धर्मी स्वभाव सम्पूर्ण रूपमा प्रकट गर्न सक्नुहुन्छ। अनि उहाँको धर्मी स्वभाव केमार्फत प्रकट हुन्छ? यो उहाँले मानिसका पापहरूको न्याय गर्दा, उहाँले शैतानको न्याय गर्दा, उहाँले पापलाई तिरस्कार गर्दा, र उहाँको प्रतिरोध गर्ने र उहाँविरुद्ध विद्रोह गर्ने शत्रुहरूलाई उहाँले घृणा गर्दा त्यसमार्फत प्रकट हुन्छ। आज म जे वचनहरू बोल्छु ती मानिसका पापहरूको न्याय गर्न, मानिसको अधार्मिकताको न्याय गर्न, साथै मानिसको विद्रोहीपन अनि मानिसको कुटिलपन र छलीपनलाई श्राप दिनका लागि हुन्। मानिसका बोलीवचन र कार्यहरूमा परमेश्वरका अभिप्रायहरूअनुरूप नभएका सबै कुराको न्याय गरिनुपर्छ, र मानिसको सबै विद्रोहीपनलाई पापको रूपमा चित्रण गरिन्छ। उहाँका वचनहरू न्यायका सिद्धान्तहरूमा केन्द्रित हुन्छन्; उहाँ आफ्नो धर्मी स्वभाव प्रकट गर्न मानिसको अधार्मिकताको न्याय, मानिसको विद्रोहीपनको श्राप, र मानिसका सबै कुरूप मुहारहरूको खुलासालाई प्रयोग गर्नुहुन्छ। पवित्रता उहाँको धर्मी स्वभावको प्रतिनिधित्व हो, र वास्तवमा उहाँको पवित्रता नै उहाँको धर्मी स्वभाव हो। तिमीहरूका भ्रष्ट स्वभावहरू नै आजका वचनहरूको प्रसङ्ग हुन्—म तिनकै आधारमा बोल्छु, न्याय गर्छु, र विजयको काम गर्छु। यो मात्रै व्यावहारिक काम हो, र यसरी मात्र परमेश्वरको पवित्रतालाई पूर्ण रूपमा उजागर गर्न सकिन्छ। यदि तँमा भ्रष्ट स्वभावको नामोनिसान नै छैन भने, परमेश्वरले तेरो न्याय गर्नुहुनेछैन, न त उहाँले तँलाई आफ्नो धर्मी स्वभाव नै देखाउनुहुनेछ। तँसँग भ्रष्ट स्वभावहरू भएकाले, परमेश्वरले तँलाई त्यतिकै छोड्नुहुनेछैन, र यसमार्फत नै उहाँको पवित्रता देखिन्छ। यदि परमेश्वरले मानिसको फोहोरीपन र विद्रोहीपन अत्यन्तै धेरै छ भन्ने देख्नुभयो तर उहाँले बोल्नुभएन वा तेरो न्याय गर्नुभएन, न त तेरो अधार्मिकताका लागि तँलाई सजाय नै दिनुभयो भने, यसले उहाँ परमेश्वर हुनुहुन्न भन्ने प्रमाणित गर्नेथियो, किनभने उहाँमा पापप्रति कुनै घृणा हुनेथिएन; उहाँ मानिसजस्तै फोहोरी हुनुहुनेथियो। आज, तेरो फोहोरको कारणले गर्दा नै म तेरो न्याय गर्छु, र तेरो भ्रष्टता र विद्रोहीपनको कारणले गर्दा नै म तँलाई सजाय दिन्छु। म तिमीहरूलाई मेरो शक्तिको धाक लगाइरहेको वा तिमीहरूलाई जानाजानी दमन गरिरहेको छैनँ; म यी कुराहरू गर्छु किनभने फोहोरको यो भूमिमा जन्मेका तिमीहरू फोहोरद्वारा नराम्ररी दूषित भएका छौ। फोहोरी ठाउँहरूमा बस्ने सुँगुर जस्तै, तिमीहरूले आफ्नो निष्ठा र मानवता गुमाएका छौ। तिमीहरूको फोहोर र भ्रष्टताको कारणले गर्दा नै तिमीहरूको न्याय गरिन्छ र म तिमीहरूमाथि मेरो क्रोध खन्याउँछु। यी वचनहरूको न्यायको कारणले गर्दा नै तिमीहरूले परमेश्वर नै धर्मी परमेश्वर हुनुहुन्छ, र परमेश्वर नै पवित्र परमेश्वर हुनुहुन्छ भनेर देख्न सकेका छौ; उहाँको पवित्रता र उहाँको धार्मिकताको कारणले गर्दा नै उहाँ तिमीहरूको न्याय गर्नुहुन्छ र तिमीहरूमाथि आफ्नो क्रोध खन्याउनुहुन्छ; उहाँले मानवजातिको विद्रोहीपन देख्नुहुने हुनाले नै उहाँ आफ्नो धर्मी स्वभाव प्रकट गर्नुहुन्छ। मानवजातिको फोहोर र भ्रष्टताले उहाँको पवित्रतालाई प्रकट गर्छ। उहाँ परमेश्वर स्वयम् हुनुहुन्छ, जो पवित्र र निष्खोट हुनुहुन्छ, तैपनि फोहोरको भूमिमा जिउनुहुन्छ भन्ने देखाउन यो नै पर्याप्त छ। यदि कुनै व्यक्ति अरूसँगै हिलोमा लडीबुडी गर्छ, र उसमा पवित्र कुरा केही पनि छैन, र उसमा कुनै धर्मी स्वभाव छैन भने, ऊ मानिसको अधार्मिकताको न्याय गर्न योग्य हुँदैन, न त ऊ मानिसको न्याय गर्न नै उपयुक्त हुन्छ। एक-अर्काजस्तै बराबर फोहोरी भएका मानिसहरू आफूजस्तै मानिसहरूको न्याय गर्न कसरी योग्य हुन सक्छन्? पवित्र परमेश्वर स्वयम्ले मात्रै सम्पूर्ण फोहोरी मानवजातिको न्याय गर्न सक्नुहुन्छ। मानिसले कसरी मानिसका पापहरूको न्याय गर्न सक्छ? मानिसले कसरी मानिसका पापहरू देख्न सक्छ, र मानिसलाई दोषी ठहराउन मानिस कसरी योग्य हुन सक्छ? यदि परमेश्वर मानिसका पापहरूको न्याय गर्न योग्य हुनुहुन्नथ्यो भने, उहाँ कसरी धर्मी परमेश्वर स्वयम् हुन सक्नुहुन्छ? मानिसहरूले भ्रष्ट स्वभावहरू प्रकट गर्ने हुनाले नै परमेश्वर तिनीहरूको न्याय गर्नका निम्ति बोल्नुहुन्छ, र त्यसपछि मात्र तिनीहरूले उहाँ पवित्र परमेश्वर हुनुहुन्छ भन्ने कुरा देख्न सक्छन्। परमेश्वरले मानिसका पापहरूका लागि उसको न्याय गर्नुहुन्छ र उसलाई सजाय दिनुहुन्छ, र यी पापहरू खुलासा गर्नुहुन्छ। यो न्यायबाट कुनै पनि व्यक्ति वा वस्तु उम्कन सक्दैन। फोहोरी भएका सबै कुराको उहाँद्वारा न्याय गरिन्छ। यसरी मात्र परमेश्वरको स्वभाव धर्मी भएको भनी प्रकट हुन्छ। यदि त्यसो नभएको भए, तिमीहरू नाम र वास्तविकता दुवैमा प्रतिभार हौ भनेर कसरी भन्न सकिन्थ्यो र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको दोस्रो चरणका प्रभावहरू कसरी हासिल हुन्छन्
परमेश्वरका दैनिक वचनहरू अंश ९१
इस्राएलमा गरिएको काम र आजको कामको बीचमा ठूलो भिन्नता छ। यहोवाले इस्राएलीहरूको जीवनलाई डोऱ्याउनुभयो र त्यहाँ त्यति धेरै सजाय र न्याय थिएन, किनकि त्यसबेला मानिसहरूले संसारलाई थोरै मात्र बुझेका थिए र उनीहरूका भ्रष्ट स्वभावहरू थोरै थिए। त्यसबेला, इस्राएलीहरूले यहोवाको पूर्ण आज्ञापालन गर्थे। जब उहाँले तिनीहरूलाई वेदी बनाउनू भनी भन्नुभयो, तब तिनीहरूले तुरुन्तै वेदीहरू निर्माण गरे; जब उहाँले तिनीहरूलाई पूजाहारीको पोसाक लगाउनू भनी भन्नुभयो, तिनीहरूले आज्ञापालन गरे। ती दिनहरूमा, यहोवा भेडाको बगाललाई हेरचाह गर्ने गोठालोझैं हुनुहुन्थ्यो, भेडाहरू गोठालोको अगुवाइमा हिँड्थे र चरनका घाँसहरू खान्थे; के खाने, के लगाउने, कसरी बस्ने र कसरी यात्रा गर्ने भनी बताउँदै यहोवाले तिनीहरूको जीवनलाई डोऱ्याउनुभयो। त्यो परमेश्वरको स्वभाव स्पष्ट पार्ने समय थिएन, किनकि त्यस समयको मानवजाति भर्खर जन्मेको थियो; त्यहाँ विद्रोही र विरोधीहरू थोरै थिए, मानवजातिमाझ त्यति फोहोर थिएन, यसैले मानिसहरूले परमेश्वरको स्वभावको प्रतिभारको रूपमा काम गर्न सक्दैनथे। फोहोरको देशबाट आएका मानिसहरूमार्फत नै परमेश्वरको पवित्रतालाई देखाइन्छ; आज, उहाँले फोहोरको देशका यी मानिसहरूमा प्रकट भएको फोहोर प्रयोग गर्नुहुन्छ, र उहाँले न्याय गर्नुहुन्छ, र न्यायमाझ उहाँ जे हुनुहुन्छ सो प्रकटीकरण हुन्छ। उहाँले किन न्याय गर्नुहुन्छ? उहाँले न्यायको वचनहरू बोल्न सक्नुहुन्छ, किनकि उहाँले पापलाई घृणा गर्नुहुन्छ; यदि उहाँले मानवजातिको विद्रोहीपनलाई घृणा गर्नु हुँदैनथ्यो भने उहाँ कसरी त्यत्ति रिसाउन सक्नुहुन्थ्यो र? यदि उहाँभित्र कुनै घृणा, कुनै इन्कार हुँदैनथ्यो भने, यदि उहाँले मानिसहरूको विद्रोहलाई ध्यान दिनुहुन्नथ्यो भने, त्यसले उहाँलाई मानिसजस्तै फोहोर साबित गर्नेथ्यो। उहाँले मानिसलाई न्याय र सजाय गर्न सक्नुहुन्छ, किनकि उहाँ फोहोरलाई घृणा गर्नुहुन्छ, र जुन कुरालाई उहाँ घृणा गर्नुहुन्छ त्यो उहाँमा छँदै छैन। यदि उहाँमा पनि विरोध र विद्रोह भएको भए, उहाँले विरोधी र विद्रोहीहरूलाई तुच्छ मान्नुहुनेथिएन। यदि आखिरी दिनहरूको काम इस्राएलमा गरिएको भए त्यसको कुनै अर्थ हुनेथिएन। आखिरी दिनहरूको काम किन चीनमा भइरहेको छ, जुन सबैभन्दा अन्धकार र पछौटे ठाउँ हो? यो उहाँको पवित्रता र धार्मिकता प्रदर्शन गर्नका लागि हो। संक्षेपमा, ठाउँ जति धेरै अन्धकार हुन्छ परमेश्वरको पवित्रता त्यत्ति नै बढी स्पष्ट रूपमा देखाउन सकिन्छ। वास्तवमा, यी सबै परमेश्वरको कामका लागि हो। आज मात्र तिमीहरूले परमेश्वर स्वर्गबाट तिमीहरूमाझ खडा हुन तल आउनुभएको छ, तिमीहरूको फोहोरीपन र विद्रोहीपन देखाउनुभएको छ भन्ने थाहा पायौ, र अहिले मात्र तिमीहरूले परमेश्वरलाई चिन्यौ। के यो सबैभन्दा ठूलो उत्थान होइन र? वास्तवमा, तिमीहरू चीनका मानिसहरूको त्यो समूह हौ जसलाई चुनिएको थियो। तिमीहरू चुनिएकाले र तिमीहरूले परमेश्वरको अनुग्रहको आनन्द पाएकाले, र तिमीहरू त्यत्ति ठूलो अनुग्रहको आनन्द लिन योग्य नभएकाले, यसले यी सबै तिमीहरूको सर्वोच्च उत्थान हो भन्ने प्रमाणित गर्छ। परमेश्वर तिमीहरूको सामु देखा पर्नुभएको छ, र तिमीहरूलाई उहाँको सम्पूर्ण पवित्र स्वभाव देखाउनुभएको छ, र उहाँले त्यो सबै नै तिमीहरूलाई दिनुभएको छ, र तिमीहरूले आनन्द लिन सक्ने सबै आशिष्हरू दिनुभएको छ। तिमीहरूले परमेश्वरको धर्मी स्वभावको स्वाद मात्र पाएका नभई परमेश्वरको मुक्ति, परमेश्वरको छुटकारा र परमेश्वरको असीमित, अनन्त प्रेमको स्वाद पनि पाएका छौ। सबैभन्दा फोहोरी तिमीहरूले त्यत्ति ठूलो अनुग्रह उपभोग गरेका छौ, के तिमीहरू आशिषित छैनौ र? के यो तिमीहरूलाई परमेश्वरले उचाल्नुभएको होइन र? तिमीहरूको हैसियत सबैभन्दा नीच छ; तँ अन्तर्निहित रूपमै त्यस्तो ठूलो आशिष् पाउन अयोग्य छस्, तैपनि परमेश्वरले अपवादको रूपमा तँलाई उचाल्नुभयो। के तँलाई लाज लाग्दैन? यदि तँ आफ्नो कर्तव्य पूरा गर्न असमर्थ छस् भने, तँ अन्त्यमा आफैदेखि लज्जित हुनेछस्, र तैँले आफैलाई दण्ड दिनेछस्। आज, तँ अनुशासनमा परेको छैनस्, न त तैँले दण्ड नै पाएको छस्; तेरो देह सुरक्षित र स्वस्थ छ—तर अन्त्यमा, यी वचनहरूले तँलाई लज्जित पार्नेछन्। आजको दिनसम्म मैले कसैलाई खुल्लमखुल्ला सजाय दिएको छैनँ; मेरा वचनहरू कठोर होलान्, तर मैले मानिसहरूसित कसरी व्यवहार गर्छु? म तिनीहरूलाई सान्त्वना दिन्छु, तिनीहरूलाई प्रोत्साहित गर्छु, र तिनीहरूलाई स्मरण गराउँछु। तिमीहरूलाई मुक्ति दिनुबाहेक अरू कुनै पनि कारणले म यो गर्दिनँ। के तिमीहरू साँच्चै मेरा अभिप्रायहरू बुझ्दैनौ? मैले जे भन्छु त्यो तिमीहरूले बुझ्नुपर्छ र त्यसबाट उत्प्रेरित हुनुपर्छ। अहिले मात्र बुझ्ने मानिसहरू धेरै छन्। के यो प्रतिभार हुनुको आशिष् होइन र? के प्रतिभार हुनु सबैभन्दा ठूलो आशिषको कुरा होइन र? अन्त्यमा, जब तिमीहरू सुसमाचार फैलाउन जान्छौ, तिमीहरू भन्नेछौ: “हामीहरू खास प्रतिभारहरू हौँ।” तिनीहरूले तँलाई सोध्नेछन्, “तिमीहरू खास प्रतिभारहरू हौ भन्नुको अर्थ के हो?” अनि तैँले भन्नेछस्: “हामी परमेश्वरको काम र उहाँको महान् शक्तिको प्रतिभार हौं। हाम्रो विद्रोहीपनद्वारा परमेश्वरको सम्पूर्ण धर्मी स्वभाव प्रकाशमा आउँछ; हामी आखिरी दिनहरूको परमेश्वरको काममा सेवा गर्ने वस्तुहरू हौं, हामी उहाँका कामका अतिरिक्त भागहरू हौँ र यसका साधनहरू पनि हौं।” त्यो सुन्दा, तिनीहरू छक्क पर्नेछन्। अनि तैँले भन्नेछस्: “हामी परमेश्वरले सम्पूर्ण ब्रह्माण्डको काम पूरा गर्नुभएको र उहाँले सारा मानवजातिलाई जित्नुभएको तथ्यका नमुना र उदाहरणहरू हौं। हामी पवित्र वा फोहोरी जे भए पनि, समग्रमा, हामी तिमीहरूभन्दा बढी आशिषित् छौं, किनकि हामीले परमेश्वरलाई देखेका छौं, र उहाँले हामीमाथि विजय हासिल गर्ने अवसरको माध्यमद्वारा परमेश्वरको महान् शक्तिलाई देखाइएको छ; हामी फोहोरी र भ्रष्ट भएकाले गर्दा मात्रै उहाँको धर्मी स्वभाव प्रकट भएको छ। के तिमीहरूले त्यसरी नै परमेश्वरको आखिरी दिनहरूको कामको साक्षी दिन सक्छौ? तिमीहरू योग्यका छैनौ! यो अरू केही नभएर परमेश्वरले हामीलाई उच्च पार्नुभएको तथ्य हो! हामी अहङ्कारी नभए पनि, हामीले गर्वसाथ परमेश्वरको प्रशंसा गर्न सक्छौं, किनकि त्यस्तो महान् प्रतिज्ञाको हकदार कोही पनि हुन सक्दैन र कसैले पनि त्यस्तो ठूलो आशिष् उपभोग गर्न सक्दैन। हामी असाध्यै कृतज्ञ छौं किनभने हामी यति फोहोरी भएर पनि परमेश्वरको व्यवस्थापन अवधिमा प्रतिभारको रूपमा काम गर्न सक्छौं।” अनि जब तिनीहरूले सोध्छन्, “नमुना र उदाहरणहरू के-के हुन्?” तैँले भन्नेछस्, “हामी सबैभन्दा विद्रोही र फोहोरी मानवजाति हौं; हामी शैतानद्वारा गहन रूपले भ्रष्ट पारिएका छौं, देहमा हामी सबैभन्दा पछौटे र तुच्छ छौं। हामी शैतानद्वारा प्रयोग गरिएकाहरूको उत्कृष्ट उदाहरण हौं। आज, हामी परमेश्वरद्वारा जितिने मानवजातिमाझ पहिलो मानिसहरूको रूपमा चुनिएका छौं र हामीले परमेश्वरको धर्मी स्वभावलाई देखेका छौं र उहाँको प्रतिज्ञा पाएका छौं; हामी धेरै मानिसलाई जित्न प्रयोग भइरहेका छौं, त्यसैले हामी मानवजातिमा जितिएका मानिसहरूको नमूना र उदाहरण हौं।” यी वचनहरूभन्दा राम्रो साक्षी अरू छैन, र यो तेरो सर्वोत्तम अनुभव हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको दोस्रो चरणका प्रभावहरू कसरी हासिल हुन्छन्
परमेश्वरका दैनिक वचनहरू अंश ९२
तिमीहरूमाथि गरिने विजयको कामको सबैभन्दा गहिरो महत्त्व छ: एकातिर, यस कामको उद्देश्य मानिसहरूको एउटा समूहलाई सिद्ध पार्नु हो, अर्थात्, तिनीहरूलाई विजेताहरूको एउटा समूह—पूर्ण पारिएका मानिसहरूको पहिलो समूह, मतलब पहिलो फल—बन्नेगरी सिद्ध पार्नु हो। अर्कोतिर, यसको उद्देश्य सृजित प्राणीहरूलाई परमेश्वरको प्रेम अनुभव गराउनु, परमेश्वरको सबैभन्दा ठूलो मुक्ति र उहाँको पूर्ण मुक्तिको अनुग्रह प्राप्त गर्न दिनु, मानिसलाई कृपा र प्रेमपूर्ण दया मात्र नभई, अझ महत्त्वपूर्ण कुरा, सजाय र न्याय प्राप्त गर्न दिनु हो। संसारको सृष्टि भएदेखि अहिलेसम्म, परमेश्वरले आफ्नो काममा मानिसप्रति कुनै घृणा नराखी प्रेम मात्र गर्नुभएको छ। तैँले देखेका सजाय र न्याय पनि प्रेम नै हुन्, अझ साँचो र अझ वास्तविक प्रेम हुन्, यस्तो प्रेम जसले मानिसहरूलाई मानव जीवनको सही मार्गमा डोर्याउँछ। अझ अर्कोतिर, यसको उद्देश्य शैतानसमक्ष गवाही दिनु हो। अनि अर्कोतिर, यसको उद्देश्य भविष्यको सुसमाचारको काम फैलाउनका लागि जग बसाल्नु हो। उहाँले गर्नुभएका सबै काम मानिसहरूलाई मानव जीवनको सही मार्गमा डोर्याउने उद्देश्यका लागि हुन्, ताकि तिनीहरूले सामान्य मानव जीवन जिउन सकून्, किनकि मानिसहरूलाई कसरी जिउने भन्ने थाहा छैन, र यो मार्गदर्शनविना, तैँले केवल खोक्रो जीवन जिउनेछस्; तेरो जीवनको मूल्य वा अर्थ रहनेछैन, र तँ सामान्य व्यक्ति बन्न पूर्ण रूपमा असक्षम हुनेछस्। मानिसलाई विजय गर्नुको सबैभन्दा गहिरो महत्त्व यही हो। तिमीहरू सबै जना मोआबका सन्तति हौ; तिमीहरूमाथि भइरहेको विजयको काम तिमीहरूको ठूलो मुक्ति हो। तिमीहरू सबै पाप र व्यभिचारको भूमिमा जिउँछौ, र तिमीहरू सबै व्यभिचारी र पापी छौ। आज तिमीहरू परमेश्वरलाई देख्न मात्रै सक्षम भएका छैनौ, अझ महत्त्वपूर्ण कुरा, तिमीहरूले सजाय र न्याय प्राप्त गरेका छौ, तिमीहरूले यो सबैभन्दा गहिरो मुक्ति प्राप्त गरेका छौ, यसको मतलब, तिमीहरूले परमेश्वरको सबैभन्दा ठूलो प्रेम प्राप्त गरेका छौ। परमेश्वर जे गर्नुहुन्छ त्यो सबै तिमीहरूप्रतिको साँचो प्रेम हो। उहाँको कुनै खराब अभिप्राय छैन। तिमीहरूका पापहरूका कारण नै उहाँले तिमीहरूको न्याय गर्नुहुन्छ, ताकि तिमीहरूले आत्मचिन्तन गर्न सक र यो ठूलो मुक्ति प्राप्त गर। यो सबै काम मानिसलाई पूर्ण पार्ने उद्देश्यका लागि गरिएको हो। सुरुदेखि अन्त्यसम्म, परमेश्वरले मानिसलाई मुक्ति दिन आफ्नो सक्दो प्रयास गर्दै आउनुभएको छ, र उहाँले आफ्नै हातले सृष्टि गर्नुभएको मानिसलाई पूर्ण रूपमा नष्ट गर्ने उहाँको चाहना छँदै छैन। आज, उहाँ काम गर्न तिमीहरूमाझ आउनुभएको छ; के यो अझ बढी मुक्ति होइन र? यदि उहाँ तिमीहरूलाई घृणा गर्नुहुन्थ्यो भने, के उहाँले अझै पनि तिमीहरूलाई व्यक्तिगत रूपमा मार्गदर्शन गर्न यति ठूलो काम गर्नुहुन्थ्यो होला र? उहाँले किन यसरी दुःख भोग्नुपर्थ्यो र? परमेश्वर तिमीहरूलाई घृणा गर्ने वा तिमीहरूप्रति कुनै खराब अभिप्राय राख्ने गर्नुहुन्न। तिमीहरूले परमेश्वरको प्रेम सबैभन्दा वास्तविक छ भन्ने कुरा जान्नुपर्छ। मानिस विद्रोही भएको हुनाले मात्रै परमेश्वरले उसलाई न्यायमार्फत मुक्ति दिनुपरेको हो; नत्र, उसलाई मुक्ति दिन अझै पनि असम्भव हुनेथ्यो। तिमीहरूलाई आफ्नो जीवन कसरी जिउने भन्ने थाहा नभएको र कसरी जिउने भन्नेबारे तिमीहरू सचेत नभएको हुनाले, साथै तिमीहरू यो व्यभिचारी र पापी भूमिमा जिउने र तिमीहरू आफै व्यभिचारी र फोहोर पिशाच भएका हुनाले, उहाँ तिमीहरू अझै तल डुबेको सहन सक्नुहुन्न, उहाँ तिमीहरू अहिले जस्तै यो फोहोर भूमिमा जिएको, शैतानद्वारा जथाभावी कुल्चिएको हेर्न सक्नुहुन्न, र उहाँ तिमीहरूलाई पातालभित्र खसेको सहन सक्नुहुन्न। उहाँ मानिसहरूको यो समूहलाई प्राप्त गर्न र तिमीहरूलाई पूर्ण रूपमा मुक्ति दिन मात्र चाहनुहुन्छ। तिमीहरूमाथि विजयको काम गर्नुको मुख्य उद्देश्य यही हो—यो मुक्तिका लागि हो। यदि तँ आफूमाथि गरिएका सबै कुरा प्रेम र मुक्ति भएको भनी देख्न सक्दैनस् भने, यदि तँ यो मानिसलाई सास्ती दिने एउटा तरिका, एउटा उपाय मात्र हो, र विश्वास गर्न नसकिने कुरा हो भन्ने सोच्छस् भने, तँ पीडा र कष्ट भोग्न तेरो आफ्नै संसारमा फर्केर गए पनि हुन्छ! यदि तँ, यही प्रवाहभित्र, यो न्याय र यो विशाल मुक्तिको अनुग्रह, मानव संसारमा कतै पनि नभेटिने यी सबै आशिष्, र यो प्रेम अनुभव गर्न इच्छुक छस् भने, असल बन्: सिद्ध पारिनका लागि विजयको कामलाई स्वीकार गर्न यही प्रवाहमा बसिराख्। आज, परमेश्वरको न्यायका कारण तैँले अलिकति पीडा र शोधन भोग्छस्, तर यो पीडा भोग्नुको मूल्य र अर्थ रहेको छ। मानिसका लागि, परमेश्वरको सजाय र न्याय भनेको शोधन, निर्मम खुलासा, र उसले गरेका पापहरूका लागि उसलाई दण्ड दिने र उसको देहलाई दण्ड दिने उद्देश्यले गरिएका कामकुरा भए पनि, यीमध्ये कुनै पनि कामको अभिप्राय उसको देहलाई दोषी ठहराउनु र नष्ट गर्नु होइन। वचनको कठोर खुलासा तँलाई सही मार्गमा डोर्याउने उद्देश्यका लागि मात्रै हो। तिमीहरूले व्यक्तिगत रूपमा यो काम यति धेरै अनुभव गरेका छौ र, स्पष्ट रूपमा, यसले तिमीहरूलाई दुष्ट मार्गमा डोर्याएको छैन! यो सबै तँलाई सामान्य मानवता जिउने बनाउनका लागि हो, र यो सबै तेरो सामान्य मानवताद्वारा हासिल गर्न सकिने कुरा हो। परमेश्वरको कामको हरेक चरण तेरा आवश्यकताहरूमा आधारित हुन्छ, तेरा कमजोरीहरूअनुसार, र तेरो खास कदअनुसार हुन्छ, र तिमीहरूमाथि सहन नसकिने कुनै पनि बोझ जबरजस्ती लादिँदैन। आज तँलाई यो कुरा प्रस्ट भएको छैन, र तँलाई मैले तँमाथि कठोर व्यवहार गरिरहेको छु भन्ने लाग्छ, अनि तँ सधैँ मैले तँलाई घृणा गर्ने भएकाले नै म हरेक दिन तँलाई सजाय दिने, न्याय गर्ने, र हप्काउने गर्छु भन्ने विश्वास गर्छस्। तर तैँले सजाय र न्याय प्राप्त गरे पनि, यो वास्तवमा तँप्रतिको प्रेम हो, र यो सबैभन्दा ठूलो सुरक्षा हो। यदि तँ यस कामको अझ गहिरो अर्थ बुझ्न सक्दैनस् भने, अनुभव गरिरहन तेरा लागि असम्भव हुनेछ। तैँले यस मुक्तिबाट सान्त्वना प्राप्त गर्नुपर्छ। होसमा आउन इन्कार नगर्। यति टाढासम्म आइसकेपछि, विजयको कामको महत्त्व तँलाई स्पष्ट भइसकेको हुनुपर्छ, र अब तैँले यसबारे कुनै पनि प्रकारको राय बोकिहिँड्नु हुँदैन!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (४)
परमेश्वरका दैनिक वचनहरू अंश ९३
जो आखिरी दिनहरूमा परमेश्वरको न्याय र सजायको काममा—अर्थात्, अन्तिम शुद्धीकरणको कामको अवधिमा—दृढ रहन सक्छन्, तिनीहरू नै परमेश्वरसँगै अन्तिम विश्राममा प्रवेश गर्नेछन्; यसरी, जो विश्राममा प्रवेश गर्छन् तिनीहरू सबै परमेश्वरको अन्तिम शुद्धीकरणको काम भोगेपछि मात्र शैतानको प्रभावलाई तोडेर मुक्त भएका र उहाँद्वारा प्राप्त गरिएका हुनेछन्। यी मानिसहरू, जो अन्ततः परमेश्वरद्वारा प्राप्त गरिएका हुनेछन्, तिनीहरू अन्तिम विश्राममा प्रवेश गर्नेछन्। परमेश्वरको सजाय र न्यायको कामको सारगत उद्देश्य मानवजातिलाई शुद्धीकरण गर्नु हो, अन्तिम दिनको विश्रामका खातिर हो; नत्र, मानवजातिको कुनै पनि सदस्य तिनीहरूको प्रकारअनुसार वर्गीकृत हुन, वा विश्राममा प्रवेश गर्न सक्दैन। यो काम विश्राममा प्रवेश गर्ने मानवजातिको एक मात्र मार्ग हो। परमेश्वरको शुद्धीकरणको कामले मात्र मानवको अधार्मिकता पखाल्नेछ, र उहाँको सजाय र न्यायको कामले मात्र मानवजातिका ती विद्रोही तत्त्वहरूको खुलासा गर्नेछ, जसले गर्दा मुक्ति दिन सकिनेलाई मुक्ति दिन नसकिनेबाट र बाँकी रहनेहरूलाई बाँकी नरहनेहरूबाट खुट्ट्याइनेछ। जब यो काम समाप्त हुन्छ, तब ती टिक्न दिइएकाहरू सबैलाई शुद्ध पारिनेछ र तिनीहरू मानवजातिको अझ उच्च क्षेत्रमा प्रवेश गर्नेछन् जसमा तिनीहरूले पृथ्वीमा अझ आश्चर्यजनक दोस्रो मानव जीवनको आनन्द लिनेछन्; अर्को शब्दमा, तिनीहरू मानव विश्रामको दिनमा प्रवेश गर्नेछन् र परमेश्वरसँगै रहनेछन्। त्यसपछि, ती टिक्न नदिइएकाहरूलाई सजाय दिइनेछ र न्याय गरिनेछ, तिनीहरूको साँचो रूप-रङ्ग पूर्ण रूपमा प्रकट गरिनेछ, त्यसपछि, तिनीहरू सबैलाई नष्ट पारिनेछ र शैतानलाई झैँ तिनीहरूलाई पनि पृथ्वीमा बाँच्न दिइनेछैन। भविष्यको मानवजातिमा यस्ता कुनै किसिमका मानिसहरू पर्नेछैनन्; यस्ता मानिसहरू चरम विश्रामको मुलुकमा प्रवेश गर्न योग्यका हुँदैनन्, न त तिनीहरू परमेश्वर र मानवजाति संलग्न हुने विश्रामको दिनमा नै सहभागी हुन योग्यका हुन्छन्, किनभने उनीहरू दण्डका निशाना हुन् र खराब र अधर्मी मानिस हुन्। तिनीहरूलाई एक पटक छुटकारा गरिएको थियो, र तिनीहरूलाई सजाय दिइएको र न्याय गरिएको पनि छ; तिनीहरूले कुनै बेला परमेश्वरका लागि श्रम पनि गरेका थिए। तैपनि, जब अन्तिम दिन आउँछ, तिनीहरूको खराबीको कारण साथै मुक्त गरिनलाई तिनीहरूको विद्रोहीपन र असक्षमताको परिणामस्वरूप तिनीहरूलाई अझ पनि हटाइनेछ र नष्ट पारिनेछ; तिनीहरू भविष्यको संसारमा फेरि कहिल्यै पनि अस्तित्वमा आउनेछैनन्, र तिनीहरू यस उप्रान्त भविष्यको मानवजाति माझ जिउनेछैनन्। मानवजाति माझमा रहेका पवित्र भएकाहरू विश्राममा प्रवेश गरेपछि, दुष्कर्म गर्नेहरू र मुक्त नगरिएकाहरू मृतहरूका आत्माहरू हुन् वा अझै देहमा जीवितै रहेका मानिसहरूका आत्मा हुन्, तिनीहरू सबैलाई नष्ट पारिनेछन्। जहाँसम्म यी दुष्कर्म गर्ने आत्माहरू र मानव वा धर्मी मानिसहरूका आत्माहरू र धार्मिकता अभ्यास गर्नेहरूको सवाल छ, उनीहरू जुनै युगका भए तापनि, खराब काम गर्नेहरू सबैलाई अन्त्यमा नष्ट पारिनेछ, र सबै धर्मीहरू बाँच्नेछन्। कुनै व्यक्ति वा आत्माले मुक्ति पाउने कुरालाई समग्र रूपमा अन्तिम युगको कामको आधारमा निर्णय गरिँदैन; बरु, तिनीहरू परमेश्वरविरुद्ध विद्रोही भएका छन् वा छैनन्, तिनीहरूले उहाँको प्रतिरोध गरेका थिए वा थिएनन् भन्ने कुराद्वारा निर्धारण गरिन्छ। अघिल्लो युगमा दुष्ट काम गर्ने र मुक्ति पाउन नसक्ने मानिसहरू नै निस्सन्देह रूपमा दण्डको निशानामा पर्नेछन्, साथै हालको युगमा दुष्ट काम गर्नेहरू र मुक्त हुन नसक्नेहरू पनि निश्चय नै दण्डको निशानामा पर्नेछन्। मानवलाई तिनीहरू जिएका युगको आधारमा होइन, असल र खराबको आधारमा वर्गीकरण गरिनेछ। यसरी वर्गीकरण गरिसकेपछि, तिनीहरूलाई तुरुन्तै दण्ड दिइँदैन वा इनाम दिइँदैन; बरु, परमेश्वरले आखिरी दिनहरूमा उहाँको विजयको कार्यलाई अघि बढाइसक्नुभएपछि मात्र दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने काम अघि बढाउनुहुनेछ। वास्तवमा, उहाँले मानवजातिको मुक्तिको काम गर्न सुरु गर्नुभएदेखि नै मानिसहरूलाई असल र खराबमा छुट्टाउँदै आउनुभएको छ। यति मात्र हो, उहाँको काम समाप्त भएपछि मात्र उहाँले धर्मीलाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ; उहाँको काम पूरा भएपछि उहाँले तिनीहरूलाई वर्ग-वर्गमा छुट्टाउनुहुनेछ र तुरुन्तै दुष्टलाई दण्ड र असललाई इनाम दिनतिर लाग्नुहुनेछ भन्ने होइन। बरु, उहाँको काम पूर्ण रूपमा समाप्त भएपछि मात्रै यो काम पूरा हुनेछ। दुष्टलाई दण्ड र असललाई इनाम दिने परमेश्वरको अन्तिम कामको एउटै उद्देश्य भनेको नै पूरै मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नु हो, ताकि उहाँले विशुद्ध रूपमा शुद्ध पारिएको मानवजातिलाई अनन्त विश्राममा ल्याउन सक्नुहोस्। यस चरणको उहाँको काम सबैभन्दा महत्त्वपूर्ण छ; यो नै उहाँको सम्पूर्ण व्यवस्थापन कार्यको अन्तिम चरण हो। यदि परमेश्वरले दुष्टलाई नष्ट पार्नुभएन, तर बाँकी रहन दिनुभयो भने, सारा मानवजाति विश्राममा प्रवेश गर्न अझै पनि असमर्थ हुनेथियो, र परमेश्वर सारा उनीहरूलाई अझ उत्तम क्षेत्रमा ल्याउन असक्षम हुनुहुने थियो। यस्तो काम पूर्ण रूपमा सिद्धिने थिएन। जब उहाँको काम सिद्धिन्छ, तब सारा मानवजाति पूर्ण रूपमा पवित्र पारिनेछ; यसरी मात्र परमेश्वर शान्तिपूर्वक विश्राममा बस्न सक्नुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्
परमेश्वरका दैनिक वचनहरू अंश ९४
मेरा पाइलाहरूले ब्रह्माण्ड र पृथ्वीका छेउहरूसम्म टेक्छन्, मेरा नजरहरूले हरेक व्यक्तिलाई निरन्तर जाँच गर्छन्, यसअलावा, म सम्पूर्ण ब्रम्हाण्डलाई नियाल्छु। मेरा वचनहरूले वास्तवमा ब्रह्माण्डको हरेक कुनामा काम गरिरहेका छन्। ज-जसले मेरो लागि सेवा नगर्ने आँट गर्छ, ज-जसले मप्रति बफादार नरहने आँट गर्छ, ज-जसले मेरो नाउँमाथि न्याय-इन्साफ गर्ने आँट गर्छ, र ज-जसले मेरा छोराहरूको गाली-बेइज्जती र निन्दा गर्ने आँट गर्छन्—त्यस्ता कार्यहरू गर्न सक्नेहरू गम्भीर न्यायमार्फत गुज्रनैपर्छ। मेरो न्याय सम्पूर्ण रूपमा आउनेछ, यसको मतलब अहिले न्यायको समय हो र सावधानीपूर्वक अवलोकन गर्यौ भने, तिमीहरूले मेरो न्याय पूरै ब्रह्माण्डभरि फैलिन्छ भन्ने देख्नेछौ। अवश्य नै, मेरो घरलाई पनि छुट हुनेछैन; मेरो न्याय तिनीहरूमाथि खनिनेछ जसका सोचविचार, वचन वा कार्यहरू मेरा अभिप्रायअनुरूपका छैनन्। यो कुरा बुझ! मेरो न्याय सम्पूर्ण ब्रह्माण्डप्रति लक्षित छ, केवल मानिसहरू वा अन्य कुराहरूको एक समूहप्रति मात्र लक्षित छैन। के तिमीहरूले यो कुरालाई महसुस गरेका छौ? यदि तेरो भित्र अन्तस्करणमा, मेरो बारेका तेरा सोचहरूमा, तँ विरोधाभासपूर्ण छस् भने, तँलाई तुरुन्तै आन्तरिक रूपमा न्याय गरिनेछ।
मेरा न्यायहरू सबै आकार र स्वरूपमा आउँछन्। यो कुरा जान! म यो ब्रह्माण्डरूपी संसारको अद्वितीय र बुद्धिमान परमेश्वर हुँ! मेरो शक्तिभन्दा बाहिर केही पनि छैन। मेरा सबै न्यायहरू तिमीहरूसमक्ष प्रकट गरिन्छन्। यदि तिमीहरू आफ्ना सोचहरूमा मेरो बारेमा अन्योल वा विरोधाभासपूर्ण छौ भने म तँलाई चेतावनीको रूपमा अन्तर्दृष्टि दिनेछु। यदि तैँले सुन्दैनस् भने, म तँलाई तुरुन्तै त्याग्नेछु (यसमा म मेरो नाउँमा शङ्का गर्ने कुरालाई होइन बरु दैहिक मोजमस्तीहरूसँग सम्बन्धित बाह्य व्यवहारको बारेमा कुरा गरिरहेको छु)। यदि मेरो बारेमा तेरा सोचहरू अवज्ञाकारी छन् भने, यदि तैँले मसँग गुनासो गर्छस् भने, यदि तैँले बारम्बार शैतानका विचारहरूलाई स्वीकार गर्छस् भने, र यदि तैँले जीवनका भावनाहरूलाई अनुसरण गर्दैनस् भने, तेरो आत्मा अन्धकारमा हुनेछ र तेरो देहले पीडा भोग्नेछ। तँ मेरो नजिक हुनुपर्छ। तैँले एक वा दुई दिनमा आफ्नो सामान्य अवस्थालाई पुनर्स्थापित गर्न सक्दैनस्, अनि तेरो जीवन हेर्दा-हेर्दै धेरै पछि पर्नेछ। जहाँसम्म आफ्ना बोलीहरूमा स्वच्छन्द रहेका व्यक्तिहरूको सवाल छ, म तिमीहरूको मुख र जिब्रोहरूलाई अनुशासनमा ल्याउँछु, र तिमीहरूका जिब्रोहरूलाई काटछाँट गर्न लगाउँछु। कार्यहरूमा अनियन्त्रित रूपमा स्वच्छन्द रहेका व्यक्तिहरूको हकमा, म तिमीहरूलाई तिमीहरूका आत्माहरूमा चेतावनी दिनेछु, र मेरो कुरा नसुन्नेहरूलाई गम्भीर सजाय दिनेछु। खुला रूपमा मेरो आलोचना गर्ने वा मलाई चुनौती दिनेहरू, बोलीवचन वा व्यवहारमा समर्पित नहुनेहरूको सवालमा, म तिनीहरूलाई पूर्ण रूपमा निष्कासित गर्नेछु र त्याग्नेछु, तिनीहरूलाई नाश पार्नेछु र सर्वोच्च आशिष्हरू गुमाउने तुल्याउनेछु; चुनिएपछि निष्कासित हुनेहरू यिनीहरू नै हुन्। जो अज्ञानी छन्, तिनीहरू आफ्ना दृष्टिकोणहरूमा स्पष्ट नभएका व्यक्तिहरू भएकाले, म तिनीहरूलाई अन्तर्दृष्टि दिनेछु र मुक्ति दिनेछु; तथापि, सत्यता बुझेर पनि त्यसलाई अभ्यास नगर्नेहरूको हकमा, माथि उल्लेखित नियमहरूअनुरूप काम-कारबाही गरिनेछ, चाहे तिनीहरू अज्ञानी होऊन् वा नहोऊन्। सुरुदेखि नै पथभ्रष्ट अभिप्रायहरू भएका मानिसहरूको हकमा, म तिनीहरूलाई कहिल्यै पनि वास्तविकतामा पकड हासिल गर्न नसक्ने तुल्याउँछु, र अन्ततः तिनीहरूलाई क्रमिक रूपमा एक-एक गरी हटाइनेछ। अहिले तिनीहरू मेरो बन्दोबस्तअन्तर्गत जीवितै रहे पनि, पछि एक जना पनि बाँकी रहनेछैन (किनभने म हतारमा काम गर्दिन, बरु व्यवस्थित तवरमा काम गर्छु)।
मेरो न्याय पूर्ण रूपमा प्रकट गरिएको छ; यसले आ-आफ्नो उचित स्थान लिनुपर्ने विभिन्न मानिसहरूलाई सम्बोधन गर्छ। म मानिसहरूले कुन-कुन नियमहरू उल्लंघन गरे भन्ने तथ्यबमोजिम तिनीहरूमाथि काम-कारबाही र न्याय गर्नेछु। जहाँसम्म यो नाउँमा नभएकाहरू र आखिरी दिनहरूका ख्रीष्टलाई स्वीकार नगर्नेहरूको सवाल छ, तिनीहरूको लागि एउटै मात्र नियम लागू हुन्छ: म मलाई चुनौती दिनेहरूको आत्मा, प्राण र शरीरहरू तुरुन्तै लिनेछु र तिनीहरूलाई पातालमा फाल्नेछु; मलाई त्यसरी चुनौती नदिनेहरूको हकमा भने, म दोस्रो न्याय गर्नको लागि तिमीहरू परिपक्व भइञ्जेल प्रतीक्षा गर्नेछु। मेरा वचनहरूले सबै कुराहरू पूर्ण स्पष्टताका साथ बयान गर्छ, र कुनै पनि कुरा लुप्त रहेको छैन। तिमीहरूले तिनलाई सधैँभरि मनमस्तिष्कमा राख्न सक भन्ने मात्र मेरो आशा छ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ६७
परमेश्वरका दैनिक वचनहरू अंश ९५
आखिरी दिनहरू भनेका ती दिनहरू हुन् जुन बेला यावत् थोकलाई विजयद्वारा तिनका प्रकारअनुसार वर्गीकृत गरिनेछ। विजय भनेको आखिरी दिनहरूको काम हो; अर्को शब्दमा, प्रत्येक व्यक्तिको पापको न्याय गर्नु आखिरी दिनहरूको काम हो। अन्यथा, कसरी मानिसहरूलाई प्रकारअनुसार वर्गीकृत गर्न सकिन्छ? तिमीहरूमाझ गरिने वर्गीकरणको काम सम्पूर्ण ब्रह्माण्डमा गरिने यस्तो कामको सुरुवात हो। त्यसपछि, सबै भूमि र सबै जातिकाले पनि विजयको काम स्विकार्नेछन्। यसको अर्थ सृष्टिको प्रत्येक व्यक्तिलाई उसको प्रकारअनुसार वर्गीकृत गरिनेछ, न्याय गरिनका लागि न्यायको आसनअगाडि समर्पित गराइनेछ। कुनै पनि व्यक्ति वा कुनै पनि कामकुरा यस सजाय र न्यायको कष्टबाट उम्किन सक्दैन, न त कुनै व्यक्ति न त कुनै कामकुरा नै आफ्नो प्रकारअनुसार वर्गीकृत नगरिएको हुनेछ; प्रत्येक व्यक्तिलाई वर्गीकृत गरिनेछ, किनकि यावत् थोकको परिणाम नजिकै आउँदै छ, र सारा स्वर्ग र पृथ्वी आफ्नो निष्कर्षमा पुगिसकेको छ। मानिस कसरी मानव अस्तित्व अन्त्य हुने दिनबाट उम्कन सक्छ? यसरी, तिमीहरूको विद्रोही कार्यहरू कहिलेसम्म लम्बिरहन्छ? के तिमीहरू आफ्ना आखिरी दिनहरू नजिकै छन् भनी बुझ्दैनौ? परमेश्वरको डर मान्ने र उहाँको देखापराइको तृष्णा गर्नेहरूले कसरी परमेश्वरको धार्मिकताको देखापराइको दिनलाई देख्न सक्दैनन् र? तिनीहरूले भलाइका लागि अन्तिम इनाम कसरी प्राप्त गर्न सक्दैनन् र? के तँ असल काम गर्ने व्यक्ति होस् कि दुष्कर्मी होस्? के तँ धर्मी न्याय स्वीकार गर्ने र त्यसपछि समर्पित हुने व्यक्ति होस् कि धर्मी न्याय स्वीकार गरेर श्रापित हुने व्यक्ति होस्? के तँ ज्योतिमा न्याय-आसनको अगि जिउँछस् कि अन्धकारमाझ पातालमा जिउँछस्? तेरो परिणाम इनामित हुने हो कि दण्डित हुने हो भनेर के तँ आफैलाई नै सबैभन्दा स्पष्टसँग थाहा छैन र? के तँ आफैले परमेश्वर धर्मी हुनुहुन्छ भनी सबैभन्दा स्पष्ट रूपले जानेको र सबैभन्दा गहिरो रूपले बुझेको छैनस् र? यसैले तेरो आचरण र हृदय ठ्याक्कै कस्तो छ त? आज मैले तँलाई जित्दा, के मैले तँलाई तेरो व्यवहार असल वा खराब छ भनी बताउनु आवश्यक छ? तैँले मेरा लागि कतिसम्म त्याग गरेको छस्? तँ मेरो आराधना कति गहन रूपमा गर्छस्? के तैँले मसित कस्तो व्यवहार गरेको छस् भन्ने कुरा आफै सबैभन्दा स्पष्ट रूपमा जान्दैनस् र? तैँले ठ्याक्कै कस्तो परिणाम पाउनेछस् भन्ने कुरा अरू कसैले भन्दा तैँले नै राम्ररी जान्नुपर्दछ! साँच्चै, म तँलाई भन्छु: मैले मानवजातिलाई सृष्टि मात्र गरेँ, र मैले तँलाई पनि सृष्टि गरेँ, तर मैले तिमीहरूलाई शैतानको हातमा सुम्पिइनँ; न त मैले जानाजानी तिमीहरूलाई मेरो विरुद्ध विद्रोह गर्ने वा मेरो प्रतिरोध गर्ने बनाएर त्यसकारण मद्वारा दण्डित हुने बनाएको हुँ। के यी सबै विपत्तिहरू तिमीहरूका हृदय धेरै हठी र तिमीहरूको आचरण अति घृणास्पद भएकाले तिमीहरूले पाउने कुरा होइनन् र? यसैले, के तिमीहरू आफूले पाउने परिणाम निर्धारण गर्न पनि सक्षम छैनौ र? तिमीहरूको परिणाम कस्तो हुनेछ भनी अरू कसैले भन्दा तिमीहरूले नै आफ्नो हृदयमा सबैभन्दा राम्ररी जान्दैनौ र? मैले मानिसहरूलाई विजय गर्नुको कारण तिनीहरूलाई प्रकाश गर्न अनि तँलाई अझ राम्ररी मुक्ति दिनका लागि हो। यो तँलाई दुष्ट कार्य गराउनको लागि होइन, न त यो जानाजानी विनाशको नरकमा जान लगाउनका लागि नै हो। जब समय आउँछ, तेरा सबै ठूला कष्टहरू, तेरो विलाप र दाह्रा किटाइ—के यी सबै तेरा पापहरूको कारणले होइन र? यसैले, के यो तेरो आफ्नै असलपन वा तेरो आफ्नै दुष्टता नै तेरो सर्वोत्तम न्याय होइन र? के यही नै तेरो परिणाम कस्तो हुनेछ भन्ने कुराको उत्तम प्रमाण होइन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (१)
परमेश्वरका दैनिक वचनहरू अंश ९६
एउटा गर्जनयुक्त आवाज बाहिर निस्कन्छ, जसले सम्पूर्ण ब्रह्माण्डलाई नै हल्लाउँछ, र जुन कर्णभेदी छ, र मानिसहरूले यसबाट उम्कने समय नै पाउँदैनन्। कोही ढालिन्छन्, कोही नष्ट पारिन्छन्, अनि कोहीलाई चाहिँ न्याय गरिन्छ। यो साँच्चै कसैले पहिले कहिल्यै नदेखेको दृश्य हो। ध्यानपूर्वक सुन: गर्जनको गडगडाहटहरूको साथमा क्रन्दनको आवाज छ अनि यो आवाज पातालबाट आउँछ; यो नरकबाट आउँछ। यो ती विद्रोहका पुत्रहरूको चित्कार हो जसलाई मैले न्याय गरेको छु। मैले भनेको नसुन्नेहरू र मेरा वचनहरू अभ्यास नगर्नेहरूलाई कडा प्रकारले न्याय गरिएको छ र तिनीहरूले मेरो क्रोधको श्राप पाएका छन्। मेरो आवाज न्याय र क्रोध हो; यसले कसैलाई पनि उदारता देखाउँदैन, अनि कसैलाई कृपा देखाउँदैन किनभने म धर्मी परमेश्वर स्वयम् हुँ अनि म क्रोध, ज्वलन, शुद्धीकरण, र विनाशले भरिएको छु। ममा केही पनि गुप्त र कुनै दैहिक भावनाहरू छैनन्; यसको विपरीत, त्यहाँ खुलापन, धार्मिकता, इन्साफ र निष्पक्षता छ। मेरा ज्येष्ठ पुत्रहरू असङ्ख्य राष्ट्र र मानिसहरूमाथि शासन गर्दै मसित मेरो सिंहासनमा भएकाले, अहिले ती अनुचित र अन्यायपूर्ण कुराहरू तथा मानिसहरूलाई न्याय गर्न थालिँदै छ। म तिनीहरूलाई एक-एक गरेर जाँचपडताल गर्नेछु र केही पनि नछुटाइकन तिनलाई पूर्ण रूपले प्रकट गरिदिनेछु। किनकि मेरो न्याय पूर्ण रूपले प्रकट गरिएको छ र पूर्ण रूपले खुला गरिएको छ, अनि मैले कुनै कुरा बाँकी राखेको छैनँ; मेरा अभिप्रायहरूसित मेल नखाने सबै जनालाई म फ्याँकिदिनेछु, र तिनीहरूलाई अतल कुण्डमा सारा अनन्तसम्मै नष्ट पार्नेछु। म तिनीहरूलाई त्यहाँ सदाका लागि जलाउनेछु। यो मात्र मेरो धार्मिकता हो, र यो मात्र मेरो निष्ठा हो। कसैले यसलाई बदल्न सक्दैन, र सबै कुराले मेरो पालना गर्नैपर्छ।
धेरैजसो मानिसहरूले वचनहरू केवल वचनहरू मात्रै हुन् अनि तथ्यहरू भनेका तथ्यहरू नै हुन् भन्ने ठान्दै मेरा वाणीहरूलाई बेवास्ता गर्छन्। तिनीहरू अन्धा हुन्। के म स्वयम् विश्वासयोग्य परमेश्वर हुँ भन्ने तिनीहरूलाई थाहा छैन? मेरा वचनहरू र तथ्यहरू एकै समयमा अस्तित्वमा आउँछन्। के यो कुरा साँच्चै होइन र? मानिसहरूले मेरा वचनहरू बुझ्दै-बुझ्दैनन् अनि जसले अन्तर्दृष्टि पाएका छन्, केवल तिनीहरूले मात्रै साँचो रीतिले बुझ्न सक्छन्। तथ्य यहि नै हो। मेरा वचनहरू देख्नेबित्तिकै मानिसहरू अकलगुम नै हुने गरी डराउँछन् अनि लुक्नका लागि चारैतिर भागदौड गर्छन्। जब मेरो न्याय आउँछ यो झन् बढी लागू हुन्छ। जब मैले सबै थोक सृष्टि गरेँ, जब म संसार नष्ट गर्छु अनि जब म ज्येष्ठ पुत्रहरूलाई पूर्ण गर्छु—यी सबै कुराहरू मेरो मुखको एउटै वचनबाट सम्पन्न हुन्छन्। किनभने मेरो वचन आफैमा अधिकार हो, यो न्याय हो। यस्तो भन्न सकिन्छ कि व्यक्तिको रूपमा म न्याय र प्रताप हुँ; अपरिवर्तनीय तथ्य यही हो। मेरो प्रशासनिक आदेशहरूमध्येको एउटा पक्ष यही हो; मानिसहरूलाई न्याय गर्ने मेरो एउटा तरिका यही हो। मेरो दृष्टिमा हरेक कुरा—सबै मानिसहरू, सबै मामिलाहरू र सबै कुरा लगायत—मेरै हातमा छ र मेरो न्यायको अधीनमा छ। कसैले र कुनै कुराले अन्धाधुन्ध वा स्वेच्छाले व्यवहार गर्ने साहस गर्दैन, अनि सबै कुरा मैले बोल्ने वचनहरू अनुरूप सम्पन्न हुनुपर्छ। मानव धारणाहरू भित्रबाट, हरेकले मेरो अस्तित्वबाट निस्केका वचनहरूलाई विश्वास गर्छन्। जब मेरो आत्माले आवाज दिन्छ, तब हरेक जना दोधार हुन्छन्। मेरो सर्वशक्तिमान्ताको बारेमा मनिसहरूसित अलिकति पनि ज्ञान छैन, अनि तिनीहरूले मेरो विरुद्धमा अभियोग समेत लगाउँछन्। म तँलाई अहिले भन्दछु, ज-जसले मेरा वचनहरूलाई शङ्का गर्दछन् अनि ज-जसले मेरा वचनहरूलाई तुच्छ ठान्दछन्, नष्ट गरिने तिनीहरू नै हुन्; विनाशका अनन्त पुत्रहरू तिनै हुन्। यसबाट यो देख्न सकिन्छ कि ज्येष्ठ पुत्र बन्नेहरू थोरै मात्र छन् किनकि म यसरी नै काम गर्छु। मैले अघि भनेझैँ, म औंला नचलाइकनै सबै कुरा सम्पन्न गर्छु; म केवल मेरा वचनहरू मात्र प्रयोग गर्छु। यसैमा नै मेरो सर्वशक्तिमान्ता निहित रहन्छ। मेरा वचनहरूमा, कसैले मैले भन्ने कुराको श्रोत र उद्देश्य पत्ता लगाउन सक्दैन। मानिसहरूले यो हासिल गर्न सक्दैनन्, अनि तिनीहरूले तब मात्र काम गर्न सक्छन्, जब तिनीहरूले मेरो अगुवाइलाई पछ्याउँछन् अनि मेरो धार्मिकताअनुसार मेरा अभिप्रायहरूसित मेल हुने गरी हरेक कुरा गर्छन् अनि मेरो परिवारले धार्मिकता र शान्ति पाउने तुल्याउँछन्, सदाको निम्ति जिउने र अनन्तसम्मै दृढ र अचल हुने तुल्याउँछन्।
मेरो न्याय हरेककहाँ आउँछ, मेरो प्रशासनिक आदेशले हरेकलाई छुन्छ, अनि मेरा वचनहरू र मेरो व्यक्तित्व हरेकलाई प्रकट गरिन्छ। मेरो आत्माको महान् कामको निम्ति समय यही नै हो (यो समयमा, जो आशिषित हुनेछन् र जसले विपत्ति भोग्नेछन्, तिनीहरूलाई एक-अर्काबाट अलग गरिन्छ)। मेरा वचनहरू बाहिर निस्कनेबित्तिकै मैले जसले आशिष पाउनेछन् तिनीहरूलाई, साथै जसले विपत्ति भोग्नेछन् तिनीहरूलाई अलग गरेको हुन्छु। यो पूर्ण रूपले स्पष्ट छ र म सबै कुरालाई एकै झलकमा देख्नसक्छु। (म यो कुरा मेरो मानवतालाई ख्याल राखेर भन्दै छु, त्यसैले यी वचनहरूले मेरो पूर्वनियुक्ति तथा छनौटलाई खण्डन गर्दैन।) म पहाडहरूहुँदो र नदीहरूहुँदो घुम्छु अनि हरेक कुरालाई नियाल्दै र शुद्ध गर्दै ब्रह्माण्डको अन्तरिक्षको सबैतिर, घुम्छु ताकि मेरा वचनहरूको परिणामस्वरूप ती हरेक अशुद्ध स्थानहरू र छाडा भूमिहरू अस्तित्वमा रहन छोडून् र शून्यतामा भस्म होऊन्। मेरा निम्ति सबै कुरा सजिलो छ। यदि अहिले यो समय संसारको विनाशको निम्ति मैले पूर्वनियुक्त गरेको समय भएको भए मैले एउटै शब्दको उच्चारणले यसलाई निल्न सक्नेथिएँ। तथापि, समय अहिले होइन। यो काम गर्नुअघि सबै कुरा तयार हुनैपर्छ ताकि मेरो योजना नखल्बलियोस् अनि मेरो व्यवस्थापनमा अवरोध नपुगोस्। यसलाई न्यायसङ्गत ढङ्गले कसरी गर्ने हो, मलाई थाहा छ: मसित मेरो बुद्धि छ, अनि मसित मेरा आफ्ना तयारीहरू छन्। मानिसहरूले एउटा औंला समेत चलाउनु हुँदैन; मेरो हातमा नमर्नका लागि होसियार होओ। यसले मेरो प्रशासनिक आदेशहरूलाई छोइसकेको छ। यसैबाट, कसैले मेरो प्रशासनिक आदेशहरूको कठोरतालाई र साथसाथै तिनीहरूपछाडि रहेका सिद्धान्तहरूलाई पनि देख्नसक्छ, जसको दुई पक्षहरू छन्: एकातिर, म तिनीहरू सबैलाई मार्छु, जो मेरा अभिप्रायहरूअनुरूप छैनन् र जसले मेरा प्रशासनिक आदेशहरूलाई भङ्ग गर्छन्; अर्कोतिर, मेरो क्रोधमा मेरा प्रशासनिक आदेशहरूलाई भङ्ग गर्ने सबैलाई म श्राप दिन्छु। यी दुई पक्षहरू अपरिहार्य छन् र ती मेरा प्रशासनिक आदेशहरू पछाडिका कार्यकारी सिद्धान्तहरू हुन्। हरेकलाई यिनै दुई सिद्धान्तहरू अनुसार विनाभावना व्यवहार गरिन्छ, चाहे त्यो व्यक्ति जतिसुकै वफादार किन नहोस्। मेरो धार्मिकता, मेरो वैभव र मेरो क्रोध देखाउन पर्याप्त छ जसले सबै पार्थिव कुराहरू, सबै सांसारिक कुराहरू र मेरा अभिप्रायहरूसित मेल नखाने सबै कुरालाई भस्म गर्नेछन्। मेरा वचनहरूमा रहस्यहरू लुकेर रहेका छन्, अनि मेरा वचनहरूमा प्रकट गरिएका रहस्यहरू पनि छन्। यसरी मानव धारणाअनुसार, अनि मानव समझमा, मेरा वचनहरू सदा अबोधगम्य छन्, अनि मेरो हृदय सदा अथाह छ। यसको अर्थ, मैले मानिसहरूलाई तिनीहरूको धारणा र विचारदेखि बाहिर निकाल्नै पर्छ। यो मेरो व्यवस्थापन योजनाको सबैभन्दा महत्वपूर्ण तत्व हो। मेरा ज्येष्ठ पुत्रहरूलाई हासिल गर्नको निम्ति र मैले गर्न चाहेको कुराहरू सम्पन्न गर्नको निम्ति मैले यसलाई यही तरिका गर्नुपर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १०३
परमेश्वरका दैनिक वचनहरू अंश ९७
सियोन! रमाऊ! सियोन! गीत गाऊ! म जितको साथ फर्केको छु, म विजयी बनेर फर्केको छु! असङ्ख्य मानिस! छिटोछिटो सुव्यवस्थित रूपमा लामबद्ध होऊ! सृष्टिका सबै थोक! अब रोकिऊ, किनकि मेरो व्यक्तित्वले सम्पूर्ण ब्रह्माण्डको सामना गर्दैछ र संसारको पूर्वमा देखा पर्दैछ! आराधनामा घुँडा नटेक्ने आँट कसले गर्छ? मलाई साँचो परमेश्वर भनी नपुकार्ने आँट कसले गर्छ? कसले डर मान्ने हृदयसाथ माथि नहेर्ने आँट गर्छ? कसले प्रशंसा नगर्ने आँट गर्छ? कसले नरमाउने आँट गर्छ? मेरा मानिसहरूले निश्चित रूपमा मेरो आवाज सुन्नेछन्, र मेरा छोराहरू निश्चित रूपमा मेरो राज्यमा हुनेछन्! पहाडपर्वत, नदीनाला र सबै थोक अनन्त रूपमा जयजयकार गर्दै नरोकिईकन उफ्रिरहनेछन्। यस बेला, कसैले पनि पछि हट्ने हिम्मत गर्नेछैन, र कसैले पनि प्रतिरोधमा खडा हुने आँट गर्नेछैन। यो मेरो आश्चर्यकर्म हो, र त्यसभन्दा पनि बढी, यो मेरो महान् शक्ति हो! म सबै थोकलाई मेरो डर मान्ने हृदय भएको हुन लगाउनेछु, र अझ त्यसभन्दा पनि बढी, म सबै कुरालाई मेरो प्रशंसा गर्न लगाउनेछु! मेरो यो छ हजार वर्षे व्यवस्थापन योजनाको अन्तिम लक्ष्य हो, र मैले अन्तिम निर्णय गरेको कुरा यही हो। न त कुनै व्यक्तिले न त कुनै कुरा वा कुनै घटनाले नै मेरो प्रतिरोध वा विरोध गर्न खडा हुने आँट गर्छ। मेरा सबै मानिस मेरो पर्वततर्फ (अर्को शब्दमा भन्नुपर्दा, मैले पछि सृष्टि गर्ने संसारतर्फ) आउनेछन् र निश्चित रूपमा मेरो सामु झुक्नेछन्, किनकि मसँग प्रताप र न्याय छ, र मसँग अख्तियार छ। (यसले म शरीरमा भएको बेलालाई जनाउँछ। मसँग देहमा पनि अख्तियार छ, तर देहमा समय र स्थानको सीमिततालाई नाघ्न नसकिने भएकाले, मैले पूर्ण महिमा पाएको छु भनेर भन्न सकिँदैन। मैले देहमा ज्येष्ठ छोराहरूलाई प्राप्त गर्ने भए पनि, मैले महिमा प्राप्त गरेको छु भनेर भन्न सकिँदैन। म सियोनमा फर्केपछि र मैले आफ्नो रूप परिवर्तन गरेपछि मात्र मैले अख्तियार प्राप्त गरेको हुन्छु, अर्थात् मैले महिमा प्राप्त गरेको हुन्छु भनेर भन्न सकिन्छ।) मेरा निम्ति कुनै पनि कुरा गाह्रो हुनेछैन। मेरो मुखका वचनले सबै नाश हुनेछन्, र मेरो मुखका वचनद्वारा, सबै थोक स्थापित र हासिल हुनेछन्। मेरो महान् शक्ति यस्तो छ र मेरो अख्तियार यस्तो छ। म शक्तिले भरिएको र अख्तियारले भरिपूर्ण भएको हुनाले, कुनै पनि व्यक्तिले मलाई रोकटोक गर्ने हिम्मत गर्न सक्दैन। मैले धेरै पहिले नै सबै कुरामाथि विजय प्राप्त गरेको छु, र विद्रोहका सबै छोरालाई जितेको छु। म मेरा ज्येष्ठ छोराहरूलाई मेरो साथमा सियोनमा फर्काएर ल्याउँदै छु। म एकलै सियोन फर्किरहेको छैनँ। त्यसकारण, सबैले मेरा ज्येष्ठ छोराहरूलाई देख्नेछन् र यसरी मेरो डर मान्ने हृदय जगाउनेछन्। यही नै ज्येष्ठ छोराहरू प्राप्त गर्ने मेरो लक्ष्य हो र संसारको सृष्टिदेखि नै यो मेरो योजना रहिआएको छ।
जब सबै कुरा तयार हुन्छन्, त्यो म सियोन फर्कने दिन हुनेछ, र यो दिन सबै मानिसहरूले याद राख्नेछन्। जब म सियोन फर्कन्छु, पृथ्वीका यावत् थोक मौन रहनेछन्, र पृथ्वीमा भएका सबैचुप हुनेछन्। जब म सियोन फर्कन्छु, सबै थोकले आफ्नो मूल स्वरूप फेरि प्राप्त गर्नेछन्। त्यस समयमा, म सियोनमा मेरो काम थाल्नेछु। म दुष्टलाई दण्ड र असललाई इनाम दिनेछु, म मेरो धार्मिकता लागू गर्नेछु, म मेरो न्याय कार्यान्वित गर्नेछु, र म सबै थोक सम्पन्न गर्न मेरा वचनहरू प्रयोग गर्नेछु, र यसरी सबै मानिस र सबै थोकलाई मेरो हातको सजाय अनुभव गराउनेछु। म निश्चय नै सबै मानिसहरूलाई मेरो पूर्ण महिमा, मेरो पूर्ण बुद्धि र मेरो पूर्ण उदारता देखाउनेछु। न्यायको दौरान विद्रोहमा खडा हुने कसैले आँट गर्नेछैन, किनकि मेरा लागि सबै थोक हासिल हुन्छन्; र यहाँ सबै मानिसले मेरो पूर्ण मर्यादा देखून् र मेरो पूर्ण विजयको स्वाद लिऊन्, किनकि मेरा लागि सबै कुरा प्रकट हुन्छन्। मेरो महान् शक्ति र मेरो अख्तियार देखाउन यो पर्याप्त हुन्छ। कसैले पनि मलाई चिढ्याउने आँट गर्नेछैन, र कसैले पनि मलाई बाधा दिने आँट गर्नेछैन। मेरा लागि सबै थोक खुला गरिन्छ—कसले कुनै कुरा लुकाउने आँट गर्नेछ र? म अवश्य नै त्यस्ता व्यक्तिहरूलाई कुनै छोड्नेछैनँ! त्यस्ता दुष्टहरूले मेरो कठोर दण्ड पाउनैपर्छ, र त्यस्ता निकम्मा मानिसहरू मेरो नजरबाट हटाइनुपर्छ। म फलामको डन्डाले उनीहरूमाथि शासन गर्नेछु र अलिकति पनि दया नदेखाई र तिनीहरूका भावनाहरूलाई रत्तीभर विचार नगरी तिनीहरूको न्याय गर्न म आफ्नो अख्तियार प्रयोग गर्नेछु, किनकि म परमेश्वर स्वयम् हुँ, जो देहगत भावनाहीन र प्रतापी हुनुहुन्छ र जसलाई चिढ्याउन सकिँदैन। सबैले यो बुझ्नु र हेर्नुपर्छ, नत्र तिनीहरू मद्वारा कुनै “उद्देश्य वा कारणविना” प्रहार गरिएर ढालिनेछन् र नाश पारिनेछन्, किनकि मलाई चिढ्याउनेहरू सबैलाई मेरो डन्डाले प्रहार गरी ढाल्नेछ। तिनीहरूले मेरा प्रशासनिक आदेशहरू जान्दछन् कि जान्दैनन् त्यसको मलाई कुनै मतलब छैन; त्यो मेरो निम्ति कुनै परिणामको हुनेछैन, किनकि मेरो व्यक्तित्वले कसैले चिढ्याएको सहन गर्दैन। त्यसैकारण म एक सिंह हुँ भनी भनिएको हो; म जसलाई छुन्छु, त्यसलाई प्रहार गरी ढाल्छु। त्यसैले, मलाई करुणा र प्रेमिलोदयालुपनका परमेश्वर हुँ भन्नु ईश्वरनिन्दा हो भनेर भनिएको हो। सारमा, म थुमा होइनँ, बरु सिंह हुँ। कसैले मलाई चिढ्याउने आँट गर्दैन; जसले मलाई चिढ्याउँछ, म उसलाई उसको भावनाको पर्वाह नगरी तुरुन्तै मृत्यु दण्ड दिनेछु। मेरो स्वभाव देखाउनका लागि यो पर्याप्त छ। त्यसकारण, अन्तिम युगमा मानिसहरूको एउटा ठूलो समूह फिर्ता जानेछ, र यो कुरा मानिसहरूलाई सहन गाह्रो हुनेछ, तर जहाँसम्म मेरो कुरा छ, म त ढुक्क र आनन्दित छु, र म यसलाई कुनै गाह्रो कामको रूपमा हेर्दिनँ। मेरो स्वभाव नै यही हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १२०
परमेश्वरका दैनिक वचनहरू अंश ९८
राज्यमा, यावत् थोक पुनर्जीवित हुन थाल्छन् र जीवनशक्ति फैलाउँछन्। पृथ्वीको स्थितिमा आउने परिवर्तनहरूका कारण, एउटा भूमि र अर्को भूमिबीचका सिमानाहरू पनि सर्न थाल्छन्। मैले अगमवाणी गरेको छु कि जब भूमिबाट भूमि विभाजित हुन्छ, र भूमिसँग भूमि जोडिन्छ, त्यही समयमा म हरेक देशलाई टुक्रा-टुक्रा पार्नेछु। यस समयमा, म यावत् थोकलाई नवीकरण र परिवर्तन गर्नेछु र सम्पूर्ण ब्रह्माण्डलाई पुन: विभाजन गर्नेछु, यसरी ब्रह्माण्डलाई व्यवस्थित गर्नेछु र पुरानोलाई नयाँमा रूपान्तरण गर्नेछु—यो मेरो योजना हो र यी मेरा कार्यहरू हुन्। जब हरेक देश र मेरो हरेक चुनिएको मानिस मेरो सिंहासनसामु फर्कन्छ, तब त्योसँगै म स्वर्गको सारा प्रचुरता मानव संसारलाई प्रदान गर्नेछु, ताकि, मेरो कारणले गर्दा, त्यो संसार अतुलनीय प्रचुरताले भरिपूर्ण होस्। पुरानो संसार अस्तित्वमा रहुन्जेल, म हरेक देशमाथि मेरो ठूलो क्रोध खन्याउनेछु र सम्पूर्ण ब्रह्माण्डका लागि सार्वजनिक गरिएका प्रशासनिक आदेशहरू जारी गर्नेछु, र जसले तिनको उल्लङ्घन गर्छ उसले सजाय पाउनेछ:
जब म सम्पूर्ण ब्रह्माण्डसित बोल्छु, तब सबै मानिसले मेरो स्वर सुन्छन्, अर्थात्, मैले ब्रह्माण्डभरि गरेका सबै कार्य सारा मानिसले देख्छन्। जो मेरा अभिप्रायहरूका विरुद्धमा जान्छन्, अर्थात्, जो मानिसका कार्यहरूद्वारा मेरो विरोध गर्छन्, तिनीहरू मेरो सजायको बीचमा ढल्नेछन्। म स्वर्गका असङ्ख्य ताराहरूलाई नवीन बनाउनेछु; मेरो कारणले गर्दा, सूर्य र चन्द्रमा नवीन हुनेछन्, आकाश पहिले जस्तो रहनेछैन; र पृथ्वीका यावत् थोक नवीन हुनेछन्—यी सबै मेरा वचनहरूका कारणले पूरा हुनेछन्। ब्रह्माण्डभित्रका सबै देशलाई नयाँ रूपमा विभाजन गरिनेछ र तिनलाई मेरो राज्यद्वारा प्रतिस्थापित गरिनेछ, ताकि पृथ्वीमा रहेका देशहरू सधैँका लागि लोप हुनेछन्, र त्यहाँ मेरो आराधना गर्ने राज्य मात्र हुनेछ; पृथ्वीका सबै देश नष्ट हुनेछन् र अस्तित्वमा रहनेछैनन्। ब्रह्माण्डभित्रका मानवजातिमध्ये, जो दियाबलसहरूका हुन् तिनीहरू सबैलाई नामेट पारिनेछ। शैतानको आराधना गर्ने सबै मेरो दन्किरहेको आगोको बीचमा ढल्नेछन्—अर्थात्, अहिले प्रवाहभित्र भएकाहरू बाहेक, सबै खरानीमा परिणत हुनेछन्। जब म हरेक मानिसलाई सजाय दिन्छु, तब धार्मिक समुदायहरू, विभिन्न हदसम्म, मेरो राज्यमा फर्कनेछन्, र मेरा कार्यहरूद्वारा विजय गरिनेछन्, किनभने तिनीहरूले “सेतो बादलमा सवार हुनुहुने पवित्र जन” पहिल्यै आइपुग्नुभएको छ भनी देखेका हुनेछन्। सबै मानिसलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिनेछ, र तिनीहरूले आफ्ना कार्यहरू अनुरूप विभिन्न सजायहरू प्राप्त गर्नेछन्; ज-जसले मेरो प्रतिरोध गरेका छन् तिनीहरू सबै नाश हुनेछन्, र पृथ्वीमा जसका कार्यहरूले मलाई समेटेका छैनन्, तिनीहरू, आफूले गरेको व्यवहारका कारणले गर्दा, मेरा पुत्रहरू र मेरा मानिसहरूको शासनअन्तर्गत पृथ्वीमा अस्तित्वमा रहिरहनेछन्। म अनगिन्ती देश र मानिसहरूसामु देखा पर्नेछु, र म पृथ्वीमा मेरो आफ्नै स्वर व्यक्त गर्नेछु, मेरो महान् काम पूरा भएको उद्घोष गर्नेछु, जसले गर्दा सबै मानिसले यसलाई आफ्नै आँखाले देख्न सकून्।
मेरा वाणीहरू झन्झन् गहन हुँदै जाँदा, म ब्रह्माण्डको स्थिति पनि अवलोकन गर्छु। मेरा वचनहरूका कारण, यावत् थोक नवीन बनाइन्छन्। स्वर्ग परिवर्तन हुन्छ अनि पृथ्वी पनि परिवर्तन हुन्छ। मानव त्यसको मौलिक स्वरूपमा खुलासा गरिन्छ र बिस्तारै सबै मानिसलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिन्छ र अनजान रूपमै उनीहरू आफ्नो “परिवार” मा फर्काइन्छन्। यसले मलाई अत्यन्तै प्रसन्न तुल्याउँछ। म बाधाबाट मुक्त छु, र थाहै नभई, मेरो महान् काम पूरा हुन्छ, र यावत् थोक रूपान्तरित हुन्छन्। संसारको सृष्टि गर्दा, मैले यावत् थोकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरेँ, रूप भएका यावत् थोकलाई वर्गीकृत गरेँ। जब मेरो व्यवस्थापनको योजनाको समाप्ति नजिकिन्छ, म सृष्टिको पहिलेको स्थिति पुनर्स्थापित गर्नेछु; म सबै कुरालाई मौलिक स्थितिमा पुनर्स्थापित गर्नेछु, सबै कुरालाई पूर्णतः परिवर्तन गर्नेछु, र सबै कुरालाई मेरो योजना अन्तर्गत पर्ने तुल्याउनेछु। समय आइसकेको छ! मेरो योजनाको अन्तिम चरण पूरा हुन लागेको छ। ए, अशुद्ध पुरानो संसार! यो निश्चय नै मेरा वचनहरूमाझ भत्किनेछ! यसलाई मेरो योजनाले अवश्यै शून्यतामा झार्नेछ! ए, यावत् थोक! ती सबैले मेरा वचनहरूमाझ नयाँ जीवन प्राप्त गर्नेछन्—तिनले आफ्नो सार्वभौम पाउनेछन्! ए, पवित्र र निष्खोट नयाँ संसार! यो निश्चय नै मेरो महिमावान् ज्योतिमाझ पुनर्जीवित हुनेछ! ओ, सियोन पर्वत! अब उप्रान्त चुप नबस्—म विजयसाथ फर्केको छु! म यावत् कुरामाझ सारा पृथ्वीलाई नियाल्छु। पृथ्वीका मानिसहरूले नयाँ जीवन सुरु गरेका छन् र तिनीहरूसँग नयाँ आशाहरू छन्। ओ, मेरा मानिसहरू हो! तिमीहरू कसरी मेरो ज्योतिमाझ जीवनमा फर्किआउन सक्दैनौ? मेरो मार्गदर्शनमा तिमीहरू कसरी हर्षले नउफ्रन सक्छौ? भूमिहरू हर्षोल्लासमा चिच्याइरहेका छन्, पानीहरू उल्लासमय हाँसोले गर्जिरहेका छन्! हे, पुनरुत्थानित इस्राएल! मेरो पूर्वनिर्धारणका कारण तैँले कसरी पो गर्व महसुस गर्न नसक्लास् र? को रोएको छ र? कसले विलाप गरेको छ र? पुरानो दिनको इस्राएल उप्रान्त अस्तित्वमा छैन र आजको इस्राएल संसारमा ठाडो र उच्च हुँदै उदाएको छ र सारा मानवताको हृदयमा खडा भएको छ। आजको इस्राएलले निश्चय नै मेरा मानिसहरूका कारण अस्तित्वको आधार प्राप्त गर्नेछ! हे, घृणित मिश्र! तँ पक्कै पनि अझै मेरो प्रतिरोध गर्दैनस् नि? तैँले कसरी पो मेरो कृपाको फाइदा उठाएर मेरो सजायबाट उम्कने प्रयास गर्न सक्छस् र? तँ कसरी पो मेरो सजायभित्र नजिउन सक्छस् र? मैले प्रेम गर्ने सबै निश्चय नै अनन्तका लागि अस्तित्वमा रहनेछन्, र मेरो प्रतिरोध गर्ने सबैले निश्चय नै अनन्तका लागि मबाट सजाय पाउनेछन्। किनभने म ईर्ष्यालु परमेश्वर हुँ र म सबै मानिसलाई तिनीहरूले गरेका सबै कुराका निम्ति हल्का रूपमा छोड्नेछैन। म सारा पृथ्वीलाई छानबिन गर्नेछु र संसारको पूर्वमा धार्मिकता, प्रताप, क्रोध र सजायसहित देखा पर्दै, म अनगिन्ती मानिससामु आफूलाई प्रकाश गर्नेछु!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय २६