परमेश्‍वर देखा पर्नु र उहाँको काम

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४६

सियोनमा प्रशंसा आएको छ र परमेश्‍वरको वासस्थान देखा परेको छ। परमेश्‍वरका चुनिएका असङ्ख्य मानिस महिमित पवित्र नामको गुणगान गर्छन् र त्यो फैलिरहेको छ। ओह, सर्वशक्तिमान् परमेश्‍वर! ब्रह्माण्डका प्रमुख, आखिरी दिनहरूका ख्रीष्ट—उहाँ सारा ब्रह्माण्डभित्र, प्रतापी र भव्य सियोन पर्वतमाथि उदाउनुभएको चम्किलो सूर्य हुनुहुन्छ …

सर्वशक्तिमान् परमेश्‍वर! हामी हर्षोल्लासका साथ तपाईँलाई पुकार्छौँ; हामी नाच्छौँ र गाउँछौँ। तपाईँ साँच्चै हाम्रा उद्धारक हुनुहुन्छ, ब्रह्माण्डका महान् राजा! तपाईँले विजेताहरूको एउटा समूह बनाउनुभएको छ र परमेश्‍वरको व्यवस्थापनको योजना पूरा गर्नुभएको छ। परमेश्‍वरका चुनिएका असङ्ख्य मानिस यस पर्वतमा ओइरिएर आउनैपर्नेछ। तिनीहरूले सिंहासनसामु घुँडा टेक्नैपर्नेछ! तपाईँ एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ र तपाईँ महिमा र आदरको हकदार हुनुहुन्छ। सारा महिमा, प्रशंसा र अख्तियार सिंहासनलाई होस्! सिंहासनबाट जीवनको मुहान बग्दछ, त्यसले परमेश्‍वरका सबै मानिसलाई मलजल गर्छ र खुवाउँछ। हाम्रो जीवन प्रत्येक दिन परिवर्तन हुन्छ; नयाँ ज्योति र नयाँ प्रकाशले हामीलाई पछ्याउँछन्, र निरन्तर परमेश्‍वरबारे नयाँ अन्तर्ज्ञानहरू दिन्छन्। अनुभवहरूका बीचमा, हामी परमेश्‍वरबारे पूर्ण निश्‍चयतामा पुग्छौँ। उहाँका वचनहरू निरन्तर देखा पर्छन्, सच्चा मानिसहरूमा देखा पर्छन्। हामी वास्तवमै अत्यन्तै आशिषित छौँ! हामी प्रत्येक दिन परमेश्‍वरसित आमने-सामने हुन्छौँ, सबै कुरामा परमेश्‍वरसित सङ्गति गर्छौँ, र सबै कुरामाथि परमेश्‍वरलाई नियन्त्रण लिन दिन्छौँ। हामी होसियारीसाथ परमेश्‍वरको वचन मनन गर्छौँ, हाम्रो हृदय परमेश्‍वरमा शान्त भई विश्राम गर्छ, अनि यसरी हामी परमेश्‍वरसामु आउँछौँ, जहाँ हामी उहाँको ज्योति पाउँछौँ। हामी प्रत्येक दिन हाम्रा जीवन, कार्य, शब्द, सोच र विचारहरूमा परमेश्‍वरको वचनभित्र जिउँछौँ, र हामी हरसमय कामकुरा खुट्ट्याउन सक्छौँ। परमेश्‍वरको वचनले धागोलाई सियोको दुलोभित्र छिराउँछ; अप्रत्याशित रूपमा, हामीभित्र लुकेका कुराहरू एकपछि अर्को गर्दै ज्योतिमा आउँछन्। परमेश्‍वरसितको सङ्गतिले ढिलाइ सहन गर्दैन; हाम्रा सोच र विचारहरू परमेश्‍वरद्वारा उदाङ्गो पारिन्छन्। हामी प्रत्येक क्षण ख्रीष्टको आसनअघि जिइरहेका हुन्छौँ, जहाँ हामी न्याय भोग्छौँ। हाम्रो शरीरभित्रको प्रत्येक ठाउँ शैतानद्वारा अझै ओगटिएको छ। आज, परमेश्‍वरको राजकीय शासन पुनःस्थापित गर्नका निम्ति उहाँको मन्दिर शुद्ध पारिनैपर्छ। हामीले पूर्ण रूपमा परमेश्‍वरद्वारा ओगटिनका लागि जीवन र मृत्युको सङ्घर्ष पार गर्नैपर्छ। हाम्रो पुरानो स्वरूप क्रूसमा टाँगिएपछि मात्र ख्रीष्टको पुनरुत्थान भएको जीवनले सर्वोच्च रूपमा शासन गर्न सक्छ।

अब पवित्र आत्मा हामीलाई पुनः प्राप्त गर्नका निम्ति लडाइँ गर्न हाम्रो हरेक कुनामा आक्रमण गर्नुहुन्छ! यदि हामी आफैलाई इन्कार गर्न र परमेश्‍वरसित सहकार्य गर्न इच्छुक हुन्छौँ भने, परमेश्‍वरले निश्‍चय नै हरसमय हामीलाई भित्रैबाट ज्योति दिनुहुनेछ र शुद्ध पार्नुहुनेछ, अनि शैतानले कब्जा गरेको कुरा फेरि नयाँ गरी पुनः प्राप्त गर्नुहुनेछ, ताकि हामी चाँडोभन्दा चाँडो परमेश्‍वरद्वारा पूर्ण पारिन सकौँ। समय खेर नफाल—प्रत्येक क्षण परमेश्‍वरको वचनभित्र जिओ। सन्तहरूसितै स्थापित हुँदै जाऊ, राज्यभित्र लगिऊ, अनि परमेश्‍वरसँगै महिमामा प्रवेश गर।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४७

फिलाडेल्फियाको मण्डलीले आकार लिएको छ, जुन पूर्ण रूपमा परमेश्‍वरको अनुग्रह र कृपाले गर्दा भएको हो। सन्तहरूमा परमेश्‍वरलाई प्रेम गर्ने हृदय उत्पन्न हुन्छ, र तिनीहरू आफ्नो आत्मिक यात्रामा डगमगाउँदैनन्। तिनीहरू एक मात्र साँचो परमेश्‍वर देहधारी हुनुभएको छ, उहाँ ब्रह्माण्डका शिर हुनुहुन्छ, जो यावत् थोकमाथि शासन गर्नुहुन्छ भन्‍ने आफ्नो विश्‍वासमा दृढ भई बस्छन्: यो पवित्र आत्माद्वारा गरिएको पुष्टि हो, यो निर्विवाद छ! र यो कहिल्यै परिवर्तन हुनेछैन!

हे सर्वशक्तिमान् परमेश्‍वर! आज तपाईँ नै हुनुहुन्छ, जसले हाम्रा आत्मिक आँखा खोलिदिनुभएको छ, अन्‍धालाई देख्ने बनाउनुभएको, पक्षाघात भएकाहरूलाई हिँड्ने तुल्याउनुभएको, र कुष्ठरोगीलाई निको पार्नुभएको छ। तपाईँ नै हुनुहुन्छ, जसले स्वर्गको झ्याल खोल्नुभएको छ, र हामीलाई आत्मिक क्षेत्रका रहस्यहरू देख्न मद्दत गर्नुभएको छ। तपाईँका पवित्र वचनहरूद्वारा भिजिनु अनि शैतानद्वारा भ्रष्ट पारिएको हाम्रो मानवताबाट मुक्त पारिनु—अनुमान गर्न नसकिने तपाईँको काम र अनुमान गर्न नसकिने तपाईँको कृपा यस्तो छ। हामी तपाईँका साक्षीहरू हौं।

तपाईँ लामो समयदेखि चुपचाप नम्र र गुप्त रहँदै औनुभेकोछ। तपाईँ मरेकोबाट पुनर्जीवित हुनुभयो, क्रूसमा कष्ट भोग्नुभयो, मानव जीवनको आनन्द र दुःखहरू, र सतावट अनि सङ्कष्ट भोग्नुभयो; तपाईँले मानवीय संसारको पिडा अनुभव गर्नुभएको छ र चाख्‍नुभएको छ, अनि तपाईँलाई युगले त्यागी दिएको छ। देहधारी परमेश्‍वर स्वयम् नै परमेश्‍वर हुनुहुन्छ। परमेश्‍वरको इच्छाको खातिर तपाईँले हामीलाई गोबरको थुप्रोबाट मुक्त गर्नुभयो, तपाईँको दाहिने हातले माथि तान्नुभयो, र निर्बाध रूपमा तपाईँको अनुग्रह प्रदान गर्नुभयो। कुनै पिडाहरू बाँकी नराखी तपाईँले हामीभित्र आफ्नो जीवन ल्याउनुभयो; तपाईँको रगत-पसिना र तपाईँले चुकाउनुभएको मूल्य सन्तहरूमा मूर्त भएको छ। हामी तपाईँको रगत-पसिनाका फल[क] हौँ; तपाईँले तिर्नुभएका दाम हामी नै हौँ।

हे सर्वशक्तिमान् परमेश्‍वर! तपाईँको दया र कृपा, तपाईँको धार्मिकता र प्रताप, तपाईँको पवित्रता र नम्रताले गर्दा नै तपाईँका असङ्ख्य चुनिएका मानिस तपाईँसामु निहुरिनेछन् अनि सारा अनन्ततासम्म तपाईँको आराधना गर्नेछन्।

आज तपाईँले सबै मण्डलीलाई पूर्ण बनाउनुभएको छ—फिलाडेल्फियाको मण्डली—अनि तपाईँको ६,००० वर्षको व्यवस्थापन योजना पूरा भएको छ। सन्तहरूले आत्मामा जोडिएर अनि प्रेममा रहँदै पछ्याएर, फोहराको मुहानसँग जोडिएर आफैलाई नम्रतापूर्वक तपाईँमा समर्पण गर्न सक्छन्। जीवनको जिउँदो पानी नरोकि बग्छ, मण्डलीमा भएको हिलो र फोहोर पानीलाई पखाल्छ र शुद्ध पार्दछ, यसरी एकचोटि फेरि तपाईँको मन्दिरलाई शुद्ध पार्दछ। हामीले व्यावहारिक सत्य परमेश्‍वरलाई चिनेका छौँ, उहाँको वचनभित्र हिँडेका छौँ, र हाम्रा आफ्नै कार्य र कर्तव्यहरू चिनेका छौँ, मण्डलीका खातिर आफैलाई समर्पित गर्न आफूले गर्न सक्ने सबै गरेका छौँ। तपाईँको सामु सधैँ चुपचाप रहेर हामीले पवित्र आत्माको काममा ध्यान दिनुपर्छ, नत्र हामीमा तपाईँको इच्छालाई बाधा हुन्छ। सन्तहरूको माझमा परस्पर प्रेम हुन्छ, अनि कसै-कसैका बलले अरूको असफलताहरूलाई पूर्ति गर्दछ। तिनीहरू पवित्र आत्माद्वारा ज्ञान र ज्योति पाएर हरसमय आत्मामा हिँड्न सक्षम हुन्छन्। तिनीहरूले सत्यता बुझेको लगत्तै त्यसलाई व्यवहारमा अपनाउँछन्। तिनीहरू नयाँ ज्योतिसँग कदम मिलाएर अनि परमेश्‍वरका पाइलाहरूलाई पछ्याएर हिँड्छन्।

सक्रिय भएर परमेश्‍वरसँग सहकार्य गर्; उहाँलाई शक्ति हातमा लिन दिनुको अर्थ उहाँको साथमा हिँड्नु हो। हाम्रा सबै धारणाहरू, विचारहरू, मन्तव्यहरू र सांसारिक अल्झोहरू धुवाँजस्तो पातलो बतासमा हराउँछ। हामी परमेश्‍वरलाई हाम्रा आत्माहरूमा शासन गर्न दिन्छौँ, उहाँको साथमा हिँड्छौं र यसरी ज्ञानभन्दा परको अनुभव प्राप्त गर्छौं, संसारमाथि विजय पाउँछौं र हाम्रा आत्माहरू स्वतन्त्र भएर उड्छन् र तिनले छुटकारा प्राप्त गर्दछ: यो सर्वशक्तिमान् परमेश्‍वरले राजाका रूपमा शासन गर्नुहुँदा आउने परिणाम हो। हामी ननाची र प्रशंसाको गीत नगाई, हाम्रा प्रशंसा र नयाँ स्तुतिगानहरू भेटी नचढाई कसरी रहन सक्छौं?

साँच्चै परमेश्‍वरको प्रशंसा गर्ने तरिकाहरू धेरै छन्: उहाँको नाउँ पुकार्नु, उहाँको नजिक जानु, उहाँको बारेमा सोचविचार गर्नु, प्रार्थना गर्दै पढ्नु, सङ्गतिमा सामेल हुनु, चिन्तन र मनन गर्नु, प्रार्थना गर्नु र प्रशंसाका गीतहरू गाउनु। यस किसिमको प्रशंसामा आनन्द हुन्छ, र त्यसमा अभिषेक हुन्छ। प्रशंसामा शक्ति हुन्छ, र बोझ पनि हुन्छ। प्रशंसामा विश्‍वास हुन्छ, र नयाँ अन्तर्दृष्टि हुन्छ।

सक्रिय भएर परमेश्‍वरसँग सहकार्य गर्, सेवामा सहकार्य गर् र एउटै बन्, सर्वशक्तिमान् परमेश्‍वरका अभिप्रायहरू पूरा गर, पवित्र आत्मिक शरीर बन्न हतार गर्, र शैतानलाई कुल्चिमिल्ची गर्, र शैतानको भाग्यको अन्त्य गरिदेओ। फिलाडेल्फियाको मण्डली परमेश्‍वरसामु उठाइ लगिएको छ र उहाँको महिमामा प्रकट गरिएको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २

फूटनोटहरू:

क. मूल पाठमा “का फल” भन्‍ने वाक्यांश समावेश छैन।


परमेश्‍वरका दैनिक वचनहरू   अंश ४८

विजयी राजा उहाँको महिमित सिंहासनमा विराजमान हुनुहुन्छ। उहाँले छुटकारा पूरा गर्नुभएको छ र उहाँका सारा मानिसहरूलाई महिमामा प्रकट हुन डोऱ्याउनुभएको छ। उहाँले सबैथोक आफ्नो हातमा राख्नुहुन्छ र उहाँको ईश्‍वरीय बुद्धि र शक्तिले उहाँले सियोन निर्माण गर्नुभएको छ र त्यसलाई बलियो बनाउनुभएको छ। उहाँको प्रतापले उहाँ पापी संसारको न्याय गर्नुहुन्छ; उहाँले अनगिन्ती राष्ट्र र मानिसहरूको, पृथ्वी र समुद्र र तिनमा भएका सबै जीवित प्राणीहरूको, साथसाथै व्यभिचारको मद्यले मातेकाहरू सबैको न्याय गर्नुभएको छ। परमेश्‍वरले अवश्य तिनीहरूको न्याय गर्नुहुनेछ, र उहाँ पक्कै पनि तिनीहरूसित रिसाउनुहुनेछ र त्यसमा परमेश्‍वरको प्रताप प्रकट हुनेछ, जसको न्याय तुरुन्तै गरिन्छ र त्यो ढिलाइ नगरी पूरा गरिन्छ। उहाँको क्रोधको आगोले निश्चय नै तिनीहरूका घोर पापहरू भस्म पार्नेछ र कुनै पनि क्षण तिनीहरूमाथि विपत्ति आउनेछ; तिनीहरूलाई उम्कने कुनै उपाय थाहा हुनेछैन र तिनीहरूसँग लुक्ने ठाउँ पनि हुनेछैन, तिनीहरू रुनेछन् र दाह्रा किट्नेछन्, र तिनीहरूले आफैमाथि विनाश ल्याउनेछन्।

परमेश्‍वरका प्रिय विजयी छोराहरू निश्चय नै सियोनमा रहनेछन्, र त्यहाँबाट कहिल्यै बिदा हुनेछैनन्। अनगिन्ती मानिसहरूले उहाँको सोरलाई ध्यानपूर्वक सुन्नेछन्, तिनीहरूले ध्यानपूर्वक उहाँका कार्यहरू नियाल्नेछन्, र तिनीहरूको प्रशंसाको आवाज कहिल्यै बन्द हुनेछैन। एक साँचो परमेश्‍वर देखा पर्नुभएको छ! हामी आत्मामा उहाँबारे निश्चित हुनेछौं र उहाँलाई नजिकबाट पछ्याउनेछौं; हामी आफ्नो सम्पूर्ण शक्ति लगाएर अगाडि बढ्नेछौं र उप्रान्त कुनै सङ्कोच मान्नेछैनौं। संसारको अन्त्य हाम्रो अगाडि प्रकट हुँदैछ; एउटा उचित मण्डली साथसाथै मानिसहरू, मामिलाहरू र हाम्रा वरिपरिका थोकहरूले पनि हाम्रो तालिमलाई अझ तीव्र बनाइरहेका छन्। हामी हाम्रो हृदयलाई फिर्ता लिन हतार गरौं जसले संसारलाई धेरै प्रेम गर्दछ! हामी हाम्रो दर्शनलाई फिर्ता लिन हतार गरौं, जुन अति अस्पष्ट छ। हामी हाम्रा पाइलाहरूमा रहौं, ताकि हामीले सीमाहरू ननाघेका होऔं। हामी आफ्ना मुखहरूलाई बन्द गरौं, ताकि हामी परमेश्‍वरको वचनमा हिँड्न सकौं, र उप्रान्त हाम्रा आफ्नै लाभहरू र हानिहरूको प्रतिस्पर्धा नगरौं। अहो, यसलाई छोडिदेओ, बाहिरी संसार र धनको लागि तिमीहरूको लालच! हो, आफैलाई यसबाट स्वतन्त्र बनाओ—तिमीहरूका पति, छोरीहरू र छोराहरूप्रतिको टाँसिरहने बन्धन! आह, तिनीहरूलाई पिठ्यूँ फर्काइदेओ—तिमीहरूका दृष्टिकोणहरू र पूर्वाग्रहहरू! अँ, बिउँझ; समय छोटो छ! आत्मा भित्रबाट माथि हेर, माथि हेर, अनि परमेश्‍वरको हातमा सबै कुरा सुम्‍प। जे भए पनि, लोतकी अर्की पत्नी नबन। पन्छ्याइएको हुनु कति दुःखलाग्दो कुरा हुन्छ! साँच्चै दुःखलाग्दो! अँ, बिउँझ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ३

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४९

पर्वत र नदीहरू परिवर्तन हुन्छन्, जल आफ्नै मार्गमा बहन्छ, र मानिसको जीवन धर्ती र आकाश झैँ रहिरहँदैन। केवल सर्वशक्तिमान्‌ परमेश्‍वर नै अनन्त र पुनरुत्थान भएको जीवन हुनुहुन्छ, जुन एकपछि अर्को पुस्ता गर्दै, सदा चलिरहन्छ! सबै चीज र सबै घटना उहाँकै हातमा छन्, र शैतान उहाँको पाउमुनि छ।

आज, परमेश्‍वरको पूर्वनिर्धारित चयनद्वारा उहाँ हामीलाई शैतानको पकडबाट मुक्ति दिनुहुन्छ। उहाँ साँच्चै नै हाम्रा उद्धारक हुनुहुन्छ। ख्रीष्टको अनन्त, पुनरुत्थानित जीवनलाई वास्तवमै हामीभित्र आकार दिइएको छ, जसले हामी परमेश्‍वरको जीवनसँग जोडिने नियति तय गर्दछ, ताकि हामी वास्तवमा नै उहाँको आमने-सामने होऔँ, उहाँलाई खाऔँ, उहाँलाई पिऔँ, र उहाँमा रमाऔँ। यो परमेश्‍वरको रगत-पसिनाको निःस्वार्थ समर्पण हो।

मौसमहरू आउँछन् र जान्छन्; परमेश्‍वर हावा र तुसारो पार गर्दै जानुहुन्छ, अनि जीवनका धेरै कष्ट, सतावट र सङ्कष्टहरू, संसारका धेरै अस्वीकृति र बदनामी सामना गर्नुहुन्छ, सरकारबाट धेरै झूटा अभियोग खेप्नुहुन्छ, तैपनि न परमेश्‍वरको आस्थामा न उहाँको सङ्कल्पमा नै अलिकति पनि कमी आउँछ। परमेश्‍वरको इच्छाप्रति, र परमेश्‍वरको व्यवस्थापन र योजनाको पूर्तिप्रति पूर्ण हृदयका साथ समर्पित हुनुभई, उहाँ आफ्नै जीवनलाई एकातिर पन्छाउनुहुन्छ। उहाँ आफ्ना सबै मानिसका लागि, पीडा सहन कुनै कसर बाँकी नछाडी, तिनीहरूलाई ध्यान दिएर खुवाउनुहुन्छ र मलजल गर्नुहुन्छ। हामी जतिसुकै मूर्ख भए पनि, वा हामी जतिसुकै कठिन रहे पनि हामी केवल उहाँसामु समर्पित हुनु आवश्यक छ, र ख्रीष्टको पुनरुत्थान भएको जीवनले हाम्रो पुरानो प्रकृति बदलिदिनेछ…। उहाँ यी सबै ज्येष्ठ पुत्रहरूका लागि भोक र आराम भुलेर दिन-रात अथक परिश्रम गर्नुहुन्छ। कति दिन र रात, कति चर्को घाम र कठ्याङ्ग्रिने जाडोका बीच, उहाँ पूर्ण हृदयले सियोनमा हेर्नुहुन्छ।

यो संसार, घर, काम र सबै कुरा सम्पूर्ण रूपले, खुसीसाथ, स्वेच्छाले परित्याग गरिएको छ, अनि सांसारिक सुखभोगहरूसँग उहाँको कुनै सरोकार छैन…। उहाँको मुखबाट निस्कने वचनहरूले हामीभित्रै वास्तवमा नै प्रहार गर्छन्, हाम्रो हृदयको गहिराइमा लुकेका कुराहरू खुलासा गर्छन्। हामी कसरी विश्‍वस्त नहुन सक्छौँ? उहाँको मुखबाट निस्कने हरेक वाक्य जुनसुकै समयमा पनि हामीमा पूरा हुन सक्दछ। हामीले गर्ने जुनसुकै कुरा, चाहे त्यो उहाँको सामुन्ने होस् वा उहाँबाट लुकाएर गरिएको होस्, उहाँलाई थाहा नहुने, उहाँले नबुझ्ने कुनै कुरा छैन। हाम्रा आफ्‍नै योजना र व्यवस्थाहरूको बाबजुद, सबै कुरा निश्चय नै उहाँसामु प्रकट हुन्छन्।

उहाँसामु बसेर, हाम्रो आत्माभित्र आनन्द महसुस गर्दै, सहज र शान्त रहे पनि, सदैव रित्तो र परमेश्‍वरप्रति वास्तवमै ऋणी भएको महसुस गर्नु: यो एउटा अकल्पनीय र प्राप्त गर्न असम्भव आश्चर्य हो। सर्वशक्तिमान्‌ परमेश्‍वर नै एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा प्रमाणित गर्न पवित्र आत्मा पर्याप्त हुनुहुन्छ! यो निर्विवाद प्रमाण हो! यस समूहका हामी अत्यन्तै आशिषित छौँ! यदि परमेश्‍वरको अनुग्रह र कृपा नहुँदो हो त, हामी अनन्त विनाशतिर लम्कन र शैतानलाई पछ्याउन मात्र सक्‍नेथ्यौँ। सर्वशक्तिमान्‌ परमेश्‍वर मात्र हामीलाई मुक्ति दिन सक्नुहुन्छ!

ओह! सर्वशक्तिमान्‌ परमेश्‍वर, व्यावहारिक परमेश्‍वर! तपाईँ नै हुनुहुन्छ, जसले हाम्रो आत्मिक आँखा खोलिदिनुभएको छ, र हामीलाई आत्मिक क्षेत्रका रहस्यहरू हेर्न सक्षम पार्नुभएको छ। राज्यको भविष्य असीम छ। प्रतीक्षा गर्ने क्रममा हामी सचेत होऔँ। त्यो दिन धेरै टाढा हुन सक्दैन।

युद्धको ज्वाला मडारिन्छ, हावाभरि तोपको धुवाँ हुन्छ, मौसम गरम हुन्छ, जलवायु परिवर्तन हुन्छ, र महामारी फैलनेछ, र मानिसहरू केवल मर्न सक्छन्, बाँच्ने कुनै आशा हुँदैन।

हे! सर्वशक्तिमान्‌ परमेश्‍वर, व्यावहारिक परमेश्‍वर! तपाईँ हाम्रो अभेद्य किल्ला हुनुहुन्छ। तपाईँ हाम्रो शरण हुनुहुन्छ। हामी तपाईँको छत्रछायामा रहन्छौँ, र विपत्ति हामीसम्म पुग्न सक्दैन। तपाईँको दिव्य सुरक्षा र रेखदेख यही हो।

हामी सबै हाम्रा आवाजहरू गीतमा उठाउँछौँ; हामी प्रशंसामा गाउँछौँ, र हाम्रो प्रशंसाको आवाज पूरै सियोनभरि गुन्जन्छ! सर्वशक्तिमान्‌ परमेश्‍वर, व्यावहारिक परमेश्‍वरले हाम्रा लागि त्यो सुन्दर गन्तव्य तयार गर्नुभएको छ। सतर्क रहो—ओह, सतर्कता अपनाओ! अझै पनि, समय धेरै टाढा छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ५

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५०

राज्यका राजा, सर्वशक्तिमान् परमेश्‍वरको गवाही दिइएको समयदेखि परमेश्‍वरको व्यवस्थापनको क्षेत्र सारा ब्रह्माण्डमा त्यसको सम्पूर्णतामा खुलेको छ। परमेश्‍वरको देखा पराइको गवाही चीन देशमा मात्र दिइएको छैन, तर सर्वशक्तिमान् परमेश्‍वरको नाउँको गवाही सबै देश र सबै स्थानमा दिइएको छ। तिनीहरू सबैले यो पवित्र नाउँ पुकारिरहेका छन्, हर सम्‍भव उपायद्वारा परमेश्‍वरसित सङ्गति गर्न खोजिरहेका छन्, सर्वशक्तिमान्‌ परमेश्‍वरका अभिप्रायहरू बुझिरहेका र मण्डलीमा सामूहिक रूपमा उहाँको सेवा गरिरहेका छन्। यो पवित्र आत्माले काम गर्ने अचम्मको तरिका हो।

विभिन्न देशका भाषाहरू एक-अर्काभन्दा फरक छन्, तर आत्मा एउटै हुनुहुन्छ। यो आत्माले सारा ब्रह्माण्डका मण्डलीहरूलाई एकसाथ जोड्नुहुन्छ र परमेश्‍वरसित, अलिकति पनि भिन्नता बिना, बिलकुल एक हुनुहुन्छ। यो शङ्का गर्नै नसकिने कुरा हो। अब पवित्र आत्माले तिनीहरूलाई बोलाउनुहुन्छ, र उहाँको आवाजले तिनीहरूलाई सतर्क बनाइराख्नुहुन्छ। यो परमेश्‍वरको कृपाको आवाज हो। तिनीहरू सबैले सर्वशक्तिमान् परमेश्‍वरको पवित्र नाउँ पुकारिरहेका छन्! तिनीहरूले प्रशंसा चढाउँछन् र गाउँछन् पनि। पवित्र आत्माको काममा कहिल्यै कुनै विचलन हुन सक्दैन; यी मानिसहरू सही मार्गमा अगाडि बढ्नका लागि सके सम्म गर्छन्, तिनीहरू पछाडि फर्कँदैनन्, जुन अचम्ममाथि अचम्म छ। यो मानिसहरूले कल्पना गर्न कठिन र अनुमान गर्न असम्भव कुरा हो।

सर्वशक्तिमान् परमेश्‍वर ब्रह्माण्डमा भएको जीवनका राजा हुनुहुन्छ! उहाँ महिमित सिंहासनमा विराजमान हुनुहुन्छ र संसारको न्याय गर्नुहुन्छ, सबैमाथि सार्वभौमिकता राख्नुहुन्छ, र सबै देशहरूमाथि शासन गर्नुहुन्छ; सबै मानिसहरू उहाँको सामु घुँडा टेकेर उहाँलाई प्रार्थना गर्छन्, उहाँको नजिक हुन्छन् र उहाँसँग कुराकानी गर्छन्। तिमीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति धेरै समय भए पनि, तिमीहरूको हैसियत जति ठूलो वा तिमीहरूको वरिष्ठता जति महान् भए पनि, यदि तिमीहरू आफ्नो हृदयमा परमेश्‍वरको विरुद्ध जान्छौ भने, तिमीहरूको न्याय गरिनैपर्छ र तिमीहरू पीडादायी बिन्तीको आवाज निकाल्दै उहाँको अगाडि लम्पसार हुनैपर्छ; तिमीहरूका आफ्नै कार्यहरूको फल कटनी गर्नु भनेको वास्तवमा यही हो। यो विलापको आवाज आगो र गन्धकको कुण्डमा यातना पाएको आवाज हो, र यो परमेश्‍वरको फलामको लौरोद्वारा ताडना दिइएको चिच्याहट हो; यो ख्रीष्टको सिंहासनको सामुन्नेको न्याय हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ८

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५१

परमेश्‍वर देखा पर्ने घटना अघिबाटै सबै मण्डलीहरूमा प्रकट भइसकेको छ। बोल्नुहुने आत्मा नै हुनुहुन्छ; उहाँ प्रचण्ड रूपले फैलिएको आगो हुनुहुन्छ, उहाँले प्रताप धारण गर्नुहुन्छ र न्याय गर्नुहुन्छ। उहाँ मानिसको पुत्र हुनुहुन्छ, उहाँले खुट्टासम्‍म झुण्डिएको वस्‍त्र लगाउनुभएको छ, उहाँको छाती वरिपरि सुनौलो पेटी बाँधिएको छ। उहाँको टाउको र केश ऊनजस्तो सेता छन्; उहाँका आँखाहरू ज्वालाहरू जस्ता छन्; उहाँका पाउहरू टल्काएका काँसाजस्ता छन्, मानौं ती भट्टीमा खारिएका हुन्, र उहाँको स्वर उर्लँदो पानीहरूको आवाजजस्तै छ। उहाँले आफ्नो दाहिने हातमा सातवटा ताराहरू पक्रनुहुन्छ र उहाँको मुखबाट धारिलो दुईधारे तरवार छ, र उहाँको अनुहार जलिरहेको सूर्यजस्तो चम्किरहन्छ!

मानिसको पुत्रलाई देखिएको छ, र परमेश्‍वर स्वयम्‌लाई खुल्लमखुल्ला प्रकट गरिएको छ। परमेश्‍वरको महिमा प्रकट भएको छ, जलिरहेको सूर्यजस्तो चम्किरहेको छ! उहाँको महिमित अनुहार चहकिलो प्रकाशले चम्कन्छ; कसको आँखाले उहाँसँग विरोधको व्यवहार गर्ने आँट गर्छ? प्रतिरोधले मृत्युमा पुर्‍याउँछ! तैँले आफ्नो हृदयमा सोच्‍ने, तैँले बोल्‍ने कुनै शब्द वा तैँले गर्ने कुनै पनि कामका निम्ति रत्तीभर पनि दया देखाइँदैन। तिमीहरूले पाएको कुरा के हो सो तिमीहरूले बुझ्‍नेछौ र देख्‍नेछौ—त्यो मेरो न्यायबाहेक अरू केही होइन! जब तिमीहरू मेरा वचनहरू खाने र पिउने कोसिस गर्दैनौ र त्यसको साटो स्वेच्छाले अवरोध पुऱ्याउँछौ र मेरो निर्माणलाई ध्वस्त पार्छौ भने के म त्यसलाई सहन सक्छु? यस्तो व्यक्तिसँग म कोमल व्यवहार गर्नेछैनँ! यदि तेरो व्यवहार अझ बढी गम्भीरतासाथ पतित हुन्छ भने, तँ आगोमा नष्ट हुनेछस्! सर्वशक्तिमान्‌ परमेश्‍वर आत्मिक शरीरमा प्रकट हुनुहुन्छ, जो शिरदेखि खुट्टाको औँलासम्म मासु वा रगतले अलिकति पनि जोडिएको हुनुहुन्‍न। उहाँ ब्रह्माण्डको संसारलाई पार गर्नुहुन्छ, तेस्रो स्वर्गमा महिमित सिंहासनमा विराजमान हुनुहुन्छ, र सबै थोकमाथि शासन गर्नुहुन्छ! ब्रह्माण्ड र यावत् थोक मेरो हातमा छन्। यदि मैले बोलेँ भने, यो त्यस्तै हुनेछ। यदि मैले यो नियोजन गर्छु भने, यो यस्तै हुनेछ। शैतान मेरो खुट्टामुनि छ; त्यो अतल कुण्डमा छ! जब मेरो आवाज बाहिर निस्कन्छ, स्वर्ग र पृथ्वी बितेर जानेछ र केही पनि रहनेछैन! सबै थोक नयाँ तुल्याइनेछन्; यो एक अपरिवर्तनीय सत्य हो जुन पूर्ण सही छ। मैले संसारलाई, साथै सबै दुष्टहरूलाई पनि जितेको छु। म यहाँ तिमीहरूसँग कुराकानी गर्दै बस्छु, र जसको कान छ उनीहरू सबैले सुन्नुपर्छ र जो जीवित छन् उनीहरूले स्वीकार गर्नुपर्छ।

दिनहरू समाप्त हुनेछन्; यस संसारमा भएका सबै थोक बिलाई जानेछन्, र सबै कुरा नयाँ गरी जन्मनेछन्। यो याद राख्! याद राख्! तँ यसबारे लापरवाह हुन मिल्दैन! स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचनहरू रहिरहनेछन्! म एकचोटि फेरि तिमीहरूलाई सल्लाह दिन्छु: व्यर्थमा नदगुर! बिउँझ! फर्क, अनि किनारा हातैमा छ। म पहिले नै तिमीहरूको बीचमा देखा परेको छु, र मेरो आवाज देखा परेको छ। मेरो आवाज तिमीहरूको अघि देखा परेको छ; प्रत्येक दिन यसले आमने-सामने तेरो सामना गर्छ, र प्रत्येक दिन यो ताजा र नयाँ हुन्छ। तैँले मलाई देख्छस् र म तँलाई देख्छु; म तँसँग निरन्तर कुरा गर्छु, र म तेरो आमनेसामने नै छु। तैपनि, तैँले मलाई इन्कार्छस् र मलाई चिन्दैनस्। मेरा भेडाहरूले मेरो आवाज सुन्न सक्छन्, तर अझै तिमीहरू हिचकिचाउँछौ! तिमीहरू हिचकिचाउँछौ! तिमीहरूको हृदय बोधो भएको छ, तिमीहरूका आँखाहरूलाई शैतानले अन्धो बनाएको छ, र तिमीहरू मेरो महिमित मुहार देख्न सक्दैनौ—तिमीहरू कति दयनीय छौ! कस्तो दयनीय!

मेरो सिंहासन सामुका सातवटा आत्माहरूलाई पृथ्वीका सबै कुनामा पठाइएका छन् र म मेरो सन्देशवाहकलाई मण्डलीहरूसँग बोल्न पठाउनेछु। म धर्मी र विश्‍वासयोग्य छु; म त्यो परमेश्‍वर हुँ जसले मानिसको हृदयका गहनतम भागहरू छानबिन गर्दछ। पवित्र आत्माले मण्डलीहरूसँग बोल्नुहुन्छ, र मेरा पुत्रबाट निस्कने मेरा वचनहरू नै हुन्; जसको कान छ तिनीहरू सबैले सुन्नुपर्छ! जो जीवित छन् तिनीहरू सबैले स्वीकार गर्नुपर्छ। बस तिनलाई खा र पि र शङ्का नगर्। समर्पित हुने र मेरा वचनहरू सुन्ने सबैले ठूला आशिष्‌हरू पाउनेछन्! गम्भीरतासाथ मेरो मुहारको खोजी गर्ने सबैले निश्चय नै नयाँ ज्योति, नयाँ अन्तर्दृष्टि र नयाँ अन्तर्ज्ञानहरू प्राप्त गर्नेछन् सबै ताजा र नयाँ हुनेछन्। मेरा वचनहरू तँकहाँ कुनै पनि समयमा देखा पर्नेछन्, र तिनले तेरो आत्माको आँखा खोल्नेछन्, ताकि तैँले आत्मिक क्षेत्रका सबै रहस्यहरू देख्न सक्। राज्य मानिसहरूमाझ नै छ। शरण स्थानमा प्रवेश गर्, र सबै अनुग्रह र आशिषहरू तँमाथि आउनेछन्; अनिकाल र महामारी तँ नजिक आउन सक्नेछैन, र ब्‍वाँसाहरू, सर्पहरू, बाघहरू र चितुवाहरूले तँलाई हानि गर्न सक्नेछैनन्। तँ मेरो साथमा जानेछस् र हिँड्नेछस्, र मसँग महिमामा प्रवेश गर्नेछस्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १५

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५२

सर्वशक्तिमान् परमेश्‍वर! उहाँले उहाँको महिमित शरीर खुला रूपमा प्रकट गर्नुभएको छ, उहाँको पवित्र आत्मिक शरीर देखा परेको छ, र उहाँ पूर्ण परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ! संसार र उहाँको देह दुवै परिवर्तन भएका छन्, र पर्वतमा परिवर्तन भएको उहाँको रूप परमेश्‍वरको व्यक्तित्व हो। उहाँले आफ्नो शिरमा सुनको मुकुट लगाउनुहुन्छ, उहाँको वस्त्र शुद्ध सेतो छ, उहाँको छाती वरिपरि सुनौलो पट्टा बाँधिएको छ र संसार र सबै थोक उहाँको पाउदान हुन्। उहाँका आँखाहरू आगोको ज्वालाजस्ता छन्, उहाँको मुखमा एउटा धारिलो दुईधारे तरवार छ, र उहाँको दाहिने हातमा सात वटा ताराहरू छन्। परमेश्‍वरको राज्यको बाटो असीमित रूपमा चहकिलो छ, र उहाँको महिमामयी ज्योति देखा पर्छ र चम्किन्छ; पर्वतहरू आनन्दित छन् र पानी हाँस्छ, र सूर्य, चन्द्रमा र ताराहरू सबै तिनीहरूको व्यवस्थित क्रममा घुम्छन्, आफ्नो छ हजार वर्षे व्यवस्थापनको योजना पूरा गर्नुभएका एक मात्र साँचो परमेश्‍वरको विजयी फिर्तीलाई स्वागत गर्दैछन्। सबै जना हर्षले उफ्रँदैछन् र नाच्दैछन्! हर्षोल्‍लास गर! सर्वशक्तिमान् परमेश्‍वर आफ्नो महिमित सिंहासनमा विराजमान हुनुहुन्छ! गाओ! सर्वशक्तिमान्‌को विजयी झन्डा महिमित, भव्य सियोन पर्वतमा माथि उचालिएको छ! हरेक राष्ट्रले हर्षोल्लास गरिरहेको छ, परमेश्वरका असङ्ख्य चुनिएका मानिस गाउँदैछन्, सियोन पर्वत आनन्दले हाँस्दैछ, र परमेश्‍वरको महिमा देखा परेको छ! मैले परमेश्‍वरको अनुहार देख्‍नेछु भनी सपनामा पनि सोचेको थिइनँ, तर आज मैले यो देखेको छु। हरेक दिन उहाँसँग आमनेसामने हुन्छु, म उहाँसँग बोल्छु र मेरो हृदय खोल्छु। उहाँले प्रशस्त खाने र पिउने कुराहरू आपूर्ति गर्नुहुन्छ। जीवनमा, शब्दहरू, कार्यहरू, विचारहरू, सोचहरू, उहाँको महिमित ज्योतिले उज्यालो पार्दछ, उहाँ बाटोको हरेक कदममा डोऱ्याउनुहुन्छ, र यदि कसैले हृदयदेखि विद्रोह गर्छ भने, उहाँको न्याय झट्टै आउँछ।

परमेश्‍वरको साथमा खाँदै, बस्दै, र एकसाथ जिउँदै, उहाँको साथमा हुँदै, सँगसँगै हिँड्दै, सँगै रमाइलो गर्दै, सँगसँगै महिमा र आशिष्‌हरू प्राप्त गर्दै, परमेश्‍वरसँगै राजाका रूपमा शासन गर्दै, र परमेश्‍वरको राज्यमा सँगसँगै रहँदै—यो कति आनन्ददायी छ! यो कति मीठो छ! हामी हरेक दिन उहाँसँग आमनेसामने हुन्छौँ, उहाँ हरेक दिन बोल्नुहुन्छ र हामीसँग निरन्तर कुराकानी गर्नुहुन्छ, र हामीलाई हरेक दिन नयाँ अन्तर्दृष्टि र नयाँ अन्तर्ज्ञान दिइन्छ। हाम्रा आत्मिक आँखाहरू खुले, हामी सबै कुरा देख्छौँ; आत्माका रहस्यहरू हामीलाई प्रकट गरिन्छन्। चोखो जीवन साँच्चै चिन्तामुक्त हुन्छ; चाँडो-चाँडो दगुर र नरोकिओ, र लगातार अगाडि बढिरहो—अगाडि एउटा अझै अचम्मको जीवन छ। केवल मीठो स्वाद चाख्नमै सन्तुष्ट नबन; दौडेर परमेश्‍वरभित्रैसम्म पुग। उहाँ सबैलाई समेट्ने र प्रशस्त हुनुहुन्छ, र हामीसँग नभएका सबै प्रकारका थोकहरू उहाँसँग छन्। सक्रिय रूपमा सहकार्य गर र उहाँमा प्रवेश गर, र सबै थोक बदलिनेछन्। हाम्रो जीवन अलौकिक हुनेछ, र कुनै पनि व्यक्ति, घटना, वा कामकुराले हामीलाई बाधा दिन सक्नेछैन।

सर्वोत्कृष्ट! सर्वोत्कृष्ट! साँचो रूपमा सर्वोत्कृष्ट! परमेश्‍वरको सर्वोत्कृष्ट जीवन भित्रै छ, र सबै थोक साँच्चै शान्त छन्। हामी संसार र सांसारिक थोकहरूलाई पार गर्दै, पति वा छोराछोरीसँग बाँधिएको कुनै महसुस गर्दैनौं। हामी बिमारी र वातावरणको बन्धनभन्दा पर पुग्छौं। शैतानले हामीलाई बाधा दिने आँट गर्दैन। हामी सबै विपत्तिहरूलाई पूर्ण रूपमा नाघ्छौं। यसो गर्नु परमेश्‍वरलाई राजसत्ता लिन दिनु हो। हामी शैतानलाई पैतालामुनि कुल्चन्छौं, मण्डलीका लागि गवाही दिन्छौं र शैतानको कुरूप अनुहारलाई पूर्ण रूपमा पर्दाफास गर्छौं। मण्डलीको निर्माण ख्रीष्टमा हुन्छ, र महिमित शरीर खडा भएको छ—उठाइको समयमा जिउनु भनेको यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १५

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५३

सर्वशक्तिमान् परमेश्‍वर, अनन्त पिता, शान्तिका राजकुमार, हाम्रा परमेश्‍वर राजा हुनुहुन्छ! सर्वशक्तिमान् परमेश्‍वरले जैतून डाँडामा आफ्‍ना पाइला टेक्नुहुन्छ। यो कति सुन्दर छ! सुन्नुहोस्! हामी पहरेदारहरूले हाम्रो आवाज माथि उठाउँछौं; हामी एकै स्वरमा गाउनेछौं किनकि परमेश्‍वर सियोनमा फर्कनुभएको छ। हामी आफ्नै आँखाले यरूशलेम उजाड भएको देख्छौं। आनन्दको स्वरसहित कराओ र एकै स्वरमा गीत गाओ, किनकि परमेश्‍वरले हामीलाई सान्त्वना दिनुभएको छ, र यरूशलेमलाई छुटाउनुभएको छ। परमेश्‍वरले आफ्नो पवित्र बाहुबल सारा जातिहरूको नजरमा प्रकट गर्नुभएको छ, परमेश्‍वरको वास्तविक व्यक्तित्व देखा परेको छ! पृथ्वीको अन्तसम्म सबै मानिसहरूले हाम्रा परमेश्‍वरको मुक्ति देखेका छन्।

अहो, सर्वशक्तिमान् परमेश्‍वर! तपाईंका सारा रहस्यहरू प्रकट गर्न तपाईंको सिंहासनबाट सात आत्मा सबै मण्डलीमा पठाइएको छ। तपाईंको महिमाको सिंहासनमा बसेर तपाईंले आफ्नो राज्यको व्यवस्थापन गर्नुभएको छ र त्यसलाई न्याय र धार्मिकताद्वारा बलियो र स्थिर बनाउनुभएको छ, र तपाईंले आफ्नो अगाडि सबै जातिहरूलाई वशमा पार्नुभएको छ। हे, सर्वशक्तिमान् परमेश्‍वर! तपाईंले राजाहरूको पेटी फुकाल्नुभएको छ, तपाईंले शहरका ढोकाहरू फेरि कहिल्यै बन्द नहुने गरी तपाईंको अगाडि खोल्‍नुभएको छ। किनकि तपाईंको ज्योति आएको छ र तपाईंको महिमा उदय हुन्छ र चहकिलो भई चम्कन्छ। पृथ्वीलाई अन्धकारले ढाक्छ र मानिसहरूमाथि घोर अन्धकार छ। हे परमेश्‍वर! तापनि, तपाईं देखा पर्नुभएको छ र हामीमा तपाईंको ज्योति चम्काउनुभएको छ, र तपाईंको महिमा हामीमाथि देखिनेछ; सबै जातिहरू तपाईंको ज्योतिमा आउनेछन्, राजाहरू तपाईंको चमकमा आउनेछन्। तपाईं आफ्ना नजर उठाउनुहुन्छ र वरिपरि हेर्नुहुन्छ: तपाईंका छोराहरू तपाईंको अगाडि भेला हुन्छन् र तिनीहरू टाढाबाट आउँछन्; तपाईंका छोरीहरू आउँदा तिनीहरूलाई अङ्गालोमा बोकिन्छ। हे, सर्वशक्तिमान् परमेश्‍वर! तपाईंको महान् प्रेमले हामीलाई समातेको छ; तपाईंले नै हामीलाई तपाईंको राज्यको बाटोमा अगाडि बढाउनुहुन्छ, र तपाईंका पवित्र वचनहरू हामीमा व्याप्त हुन्छन्।

हे, सर्वशक्तिमान् परमेश्‍वर! हामी तपाईंलाई धन्यवाद दिन्छौं र हामी तपाईंको प्रशंसा गर्दछौं। हामीलाई तपाईंलाई हेर्न, तपाईंको साक्षी दिन, तपाईंलाई उच्च पार्न, र साँचो हृदयले, शान्त र अविभाजित हृदयले गाउन दिनुहोस्। हामीलाई एउटै मन दिनुहोस् र एक साथ निर्माण गर्नुहोस्, र तपाईंद्वारा प्रयोगमा ल्याइनका लागि हामीलाई चाँडै तपाईंका अभिप्रायहरूअनुसारका व्यक्तिहरू बनाउनुहोस्। पृथ्वीमा तपाईंका अभिप्रायहरू कुनै बाधाविना पूरा हुन सकून्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २५

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५४

सर्वशक्तिमान्‌ परमेश्‍वर सर्वशक्तिमान, सर्वप्रापक र पूर्ण रूपमा साँचो परमेश्‍वर हुनुहुन्छ! उहाँले सात ताराहरू धारण गर्नुहुन्छ, उहाँ सात आत्माहरू, सात आँखाहरूद्वारा सुसज्जित हुनुहुन्छ, उहाँले सात मोहरहरू, र चर्मपत्रहरू खोल्नुहुन्छ, तर त्यति मात्र होइन, उहाँले सात महामारीहरू र सात कचौराहरूको प्रशासन गर्नुहुन्छ र सात मेघगर्जनहरूलाई प्रकट गर्नुहुन्छ। धेरै पहिले पनि उहाँले सात तुरही बजाउनुभयो! उहाँले सृष्टि गर्नुभएका र पूर्ण बनाउनुभएका सबै थोकले उहाँको प्रशंसा गर्नुपर्छ, उहाँको महिमा गाउनुपर्छ र उहाँको सिंहासनको बढाइ गर्नुपर्छ। हे, सर्वशक्तिमान्‌ परमेश्‍वर! तपाईं सबै थोक हुनुहुन्छ। तपाईंले सबै थोक हासिल गर्नुभएको छ, र तपाईंको साथमा सबै थोक पूर्ण, चम्किला, मुक्त, स्वतन्त्र, बलिया, र शक्तिशाली छन्! केही पनि लुकाइएका वा गुप्त राखिएका छैनन्; तपाईंको साथमा, सबै रहस्यहरू प्रकटित हुन्छन्। यसअलावा, तपाईंले आफ्ना शत्रुहरूको भीडलाई न्याय गर्नुभएको छ, तपाईंले आफ्नो प्रताप प्रकट गर्नुहुन्छ, आफ्नो प्रचण्ड ज्वाला दर्साउनुहुन्छ, तपाईंले आफ्नो क्रोध प्रदर्शन गर्नुहुन्छ, र त्यो भन्दा पनि बढी, तपाईंले आफ्नो अभूतपूर्व, चिरस्थायी, पूर्ण अनन्त महिमा प्रकट गर्नुहुन्छ। सबै मानिसहरू विनासन्देह जय-जयकार गर्न र गाउन अनि यी सर्वशक्तिमान्, पूर्ण रूपमा सच्चा, सर्वजीवी, प्रचुरतापूर्ण, महिमित र अनन्तदेखि अनन्तसम्‍म रहनुहुने साँचो परमेश्‍वरको स्तुति गर्न बिउँझनुपर्छ। उहाँको सिंहासनको अटुट बढाइ गरिनुपर्छ, उहाँको पवित्र नाउँको प्रशंसा र महिमा गान गाइनुपर्छ। यो मेरो—परमेश्‍वरको—अनन्त अभिप्राय हो, र उहाँले हामीलाई प्रकट र प्रदान गर्नुहुने असीमित आशिष् हो! हामीमध्ये कसले यसको उत्तराधिकार पाउँदैन र? परमेश्‍वरको आशिष्‌को उत्तराधिकार पाउनको लागि आराधना गर्दै उहाँको पवित्र नाउँलाई बढाइ गर्नुपर्छ र उहाँको सिंहासनलाई फन्को मार्नुपर्छ। उहाँसमक्ष अरू नै आशय र अभिप्रायहरू बोकेर जानेहरू सबैलाई उहाँको प्रचण्ड ज्वालाले पगाल्नेछ। आजको दिन उहाँका शत्रुहरूको न्याय गरिने दिन हो र आजकै दिनमा तिनीहरू नाश पनि हुनेछन्। यसअलावा, यो दिन म, सर्वशक्तिमान्‌ परमेश्‍वर प्रकट हुने अनि मैले महिमा र मान प्राप्त गर्ने दिन पनि हो। हे, सबै मानिसहरू! चिरकालदेखि अनन्तसम्मै हामीलाई प्रेमिलो-दयालुपन बर्साउनुहुने, मुक्ति र आशिष् दिनुहुने, उहाँका छोराहरूलाई पूर्ण बनाउनुहुने, र सफलतापूर्वक उहाँको राज्य हासिल गर्नुहुने सर्वशक्तिमान्‌ परमेश्‍वरको स्तुति र स्वागत गर्नलाई झट्टै उठ! यो परमेश्‍वरको सानदार काम हो! यो परमेश्‍वरको अनन्त पूर्वनिर्धारित गन्तव्य र बन्दोबस्त हो—त्यसैले, उहाँ स्वयम् हामीलाई मुक्ति दिन, हामीलाई पूर्ण बनाउन, र हामीलाई महिमामा ल्याउनको लागि आउनुभएको छ।

जो उठ्दैनन् र साक्षी दिँदैनन् ती सबै अन्धाहरूका पूर्वजहरू र अज्ञानताका राजाहरू हुन्। तिनीहरू अनन्तसम्मै अज्ञानी, चिरस्थायी मूर्ख रहिरहनेछन्; अन्धाहरू अनन्तसम्मै मृतक रहिरहनेछन्। यही कारणले गर्दा हाम्रा आत्माहरू जागृत हुनुपर्छ! सबै मानिसहरू जाग्नुपर्छ। प्रतापी प्रचण्ड आगो र धर्मी न्याय ल्याउनुहुने र सम्पूर्ण रूपले पर्याप्त, प्रचुर, सर्वशक्तिमान र पूर्ण रहनुभएका महिमाका राजा, कृपाका पिता, छुटकाराका छोरा, प्रचुरतापूर्ण सात आत्माहरू, सर्वशक्तिमान्‌ परमेश्‍वरको अटुट रूपमा जय-जयकार, प्रशंसा र स्तुति गाओ। उहाँको सिंहासनको सदासर्वदा बढाइ गरिनेछ। सबै मानिसहरूले यो परमेश्‍वरको ज्ञान-बुद्धि हो भनी देख्नुपर्छ; यो उहाँको मुक्तिको सुन्दर मार्ग र उहाँको महिमावान् इच्छाको उपलब्धि हो। यदि हामी उठ्दैनौं र साक्षी दिँदैनौं भने, समय बितिसकेपछि फेरि पछाडि फर्केर जान सकिनेछैन। हामीले आशिष् पाउँछौँ कि दुर्दशा भन्‍ने कुरा, हामीले के गर्छौँ, हामीले के सोच्छौँ र हामीले अहिले के-कस्तो जीवन बाँचिरहेका छौँ भन्‍ने आधारमा हाम्रो यात्राको यो वर्तमान चरणको अवधिमै निर्णय गरिँदैछ। तिमीहरूले के-कसरी व्यवहार गर्नुपर्छ त? सदासर्वदा परमेश्‍वरको लागि साक्षी दिनुपर्छ र उहाँको बढाइ गर्नुपर्छ; सर्वशक्तिमान्‌ परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्टको—अनन्त, अद्वितीय, सच्चा परमेश्‍वरको—बढाइ गर्नुपर्छ!

अब उप्रान्त, तिमीहरूले के स्पष्टसित देख्नुपर्छ भने परमेश्‍वरका लागि साक्षी नदिनेहरू सबै—यस अद्वितीय, सच्चा परमेश्‍वरका लागि साक्षी नदिनेहरू र उहाँको बारेमा सन्देह राख्नेहरू—तिनीहरू सबै बिरामी र मृतकहरू हुन्, र तिनीहरू परमेश्‍वरलाई चुनौती दिनेहरू हुन्! परमेश्‍वरका वचनहरू प्राचीनकालदेखि नै प्रमाणित हुँदै आइरहेका छन्: जो कोही मसँग भेला हुँदैनन्, तिनीहरू छरपष्ट हुनेछन्, जो मेरो साथ छैन, त्‍यो मेरो विरुद्धमा छ; यो ढुङ्गामा कुँदिएको अपरिवर्तनीय सत्यता हो! परमेश्‍वरका लागि साक्षी नदिनेहरू सबै शैतानका दासहरू हुन्। त्यस्ता मानिसहरू परमेश्‍वरका छोराछोरीहरूलाई बाधा पुर्‍याउन र बहकाउन अनि उहाँको व्यवस्थापनमा अवरोध पुऱ्याउन आएका छन्; तिनीहरूलाई तरवारले निराकरण गरिनैपर्छ! तिनीहरूमाथि असल अभिप्राय देखाउनेहरू सबैले आफ्नै विनाश निम्त्याउँछन्। तिमीहरूले परमेश्‍वरका आत्माका वाणीहरूलाई सुन्ने र तिनमा विश्‍वास गर्ने गर्नुपर्छ, परमेश्‍वरका आत्माको मार्गमा हिँड्नुपर्छ र परमेश्‍वरका आत्माका वचनहरूअनुरूप जिउनुपर्छ। यसअलावा, तिमीहरूले समयको अन्त्यसम्मै सर्वशक्तिमान्‌ परमेश्‍वरको सिंहासनको बढाइ गर्नुपर्छ!

सर्वशक्तिमान्‌ परमेश्‍वर सात आत्माहरूका परमेश्‍वर हुनुहुन्छ! सात आँखाहरूका र सात ताराहरूका परमेश्‍वर पनि उहाँ नै हुनुहुन्छ; उहाँले सात मोहरहरू खोल्नुहुन्छ, र सम्पूर्ण चर्मपत्रहरू उहाँले फिँजाउनुभएको छ! उहाँले सात तुरहीहरू बजाउनुभएको छ, र उहाँको इच्छाअनुसार बर्साउनको लागि उहाँको पकडमा सात कचौराहरू र सात महामारीहरू छन्। ओहो, सधैँ सिलबन्दी गरी राखिएका सात मेघगर्जनहरू! तिनीहरूलाई प्रकट गर्ने समय आएको छ! ती सात मेघगर्जनहरूलाई ल्याउनुहुने उहाँ त तिमीहरूको आँखैअगाडि आइपुगिसक्नुभएको छ!

सर्वशक्तिमान्‌ परमेश्‍वर! तपाईंको साथमा सबै थोक मुक्त र स्वतन्त्र छन्; कुनै पनि कठिनाइहरू छैनन्, र सबै थोक सहजताका साथ चलिरहेका छन्! कुनै कुराले पनि तपाईंलाई अवरोध वा विघ्‍नवाधा गर्ने आँट गर्दैन, र सबै नै तपाईंसामु समर्पित हुन्छन्। समर्पित नहुने जोकोही मरेर जानेछन्!

सर्वशक्तिमान्‌ परमेश्‍वर, सात आँखाहरू हुने परमेश्‍वर! सबै कुरा अत्यन्तै स्पष्ट छन्, सबै कुरा उज्याला र अनावृत छन्, अनि सबै कुरा खुलासा र उदाङ्गो भएका छन्। उहाँको साथमा सबै कुरा घाम झैं छर्लङ्ग हुन्छन्, अनि परमेश्‍वर मात्र होइन, तर उहाँका छोराहरू पनि यस्तै छन्। उहाँ र उहाँका छोराहरूको सामुन्ने कुनै पनि व्यक्ति, कुनै पनि वस्तु वा कुनै पनि विषयलाई लुकाउन सकिँदैन!

सर्वशक्तिमान्‌ परमेश्‍वरका सात ताराहरू चम्किला छन्! उहाँले मण्डलीलाई सिद्ध तुल्याउनुभएको छ; उहाँले मण्डलीका आफ्‍ना सन्देशवाहकहरू स्थापित गर्नुभएको छ, अनि सम्पूर्ण मण्डली नै उहाँको भरणपोषणमा छ। उहाँले सबै सात वटै मोहरहरू खोल्नुहुन्छ र उहाँ स्वयम्‌ले उहाँको व्यवस्थापन योजना र उहाँको इच्छालाई समापनतर्फ लैजानुहुन्छ। चर्मपत्र उहाँको व्यवस्थापनको रहस्यमयी आत्मिक भाषा हो, र उहाँले यसलाई फिँजाउनुभएको र प्रकट गर्नुभएको छ!

सबै मानिसहरूले यी गुञ्जायमान सात तुरहीहरूलाई सुन्नुपर्छ। उहाँको साथमा, सबै थोक सर्वविदित हुन्छन्, फेरि कहिल्यै लुप्त हुँदैनन्, र कुनै पनि दुःखकष्ट बाँकी रहँदैनन्। सबै थोक प्रकट गरिन्छन् र सबै नै विजयी हुन्छन्!

सर्वशक्तिमान्‌ परमेश्‍वरका सात तुरहीहरू खुला, महिमावान् र विजयी तुरहीहरू हुन्! तिनीहरू उहाँका शत्रुहरूलाई न्याय गर्ने तुरहीहरू पनि हुन्। उहाँको विजय-उत्सवमाझ उहाँको तुरहीलाई उचालिन्छ! उहाँले सम्पूर्ण ब्रह्माण्डमाथि शासन गर्नुहुन्छ!

उहाँले महामारीका सात कचौराहरू तयार गर्नुभएको छ, उहाँका शत्रुहरू निशाना भएका छन्, र ती महामारीहरूलाई अत्याधिक प्रवाहका साथ छोडिएको छ र ती शत्रुहरू उहाँको प्रचण्ड ज्वालामा नष्ट हुनेछन्। सर्वशक्तिमान्‌ परमेश्‍वरले आफ्‍नो अख्तियारको शक्ति देखाउनुहुन्छ र उहाँका शत्रुहरू सबै नाश हुन्छन्। अन्तिम सात मेघगर्जनहरूलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको अगाडि अब उप्रान्त सिलबन्दी गरेर राखिँदैन; तिनीहरू सबैलाई प्रकट गरिन्छ। तिनीहरू सबैलाई प्रकट गरिन्छ! उहाँले सात मेघगर्जनहरूद्वारा, पृथ्वीलाई स्थिर गरेर र यसलाई उहाँको सेवा गर्न लगाएर र अब उप्रान्त यसलाई उजाड नहुने तुल्याएर, उहाँका शत्रुहरूलाई मृत्युको मुखमा पुर्‍याउनुहुन्छ!

धर्मी सर्वशक्तिमान्‌ परमेश्‍वर! हामी सदासर्वदा तपाईंको स्तुति गाउनेछौं! तपाईं अटुट प्रशंसा, र अनन्त जय-जयकार र तारिफको योग्य हुनुहुन्छ! तपाईंका सात मेघगर्जनहरू तपाईंको न्यायका लागि मात्र प्रयोग गरिनु हुँदैन, बरु सबै कुराहरूलाई पूरा गर्नको लागि तपाईंको महिमा र अख्तियारको लागि अझै धेरै प्रयोग गरिनुपर्छ।

सबै मानिसहरू सर्वशक्तिमान्‌ परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्टको स्तुति र प्रशंसा गान गाउँदै सिंहासनको अगाडि हर्षोल्लास मनाउँछन्! तिनीहरूको आवाजले मेघगर्जनले जस्तै सम्पूर्ण ब्रह्माण्डलाई थर्काउँछ! पूर्णतया सबै थोक उहाँको कारण अस्तित्वमा छन् र उहाँकै कारण देखा पर्छन्। सबै महिमा, मान-सम्मान, अख्तियार, ज्ञान-बुद्धि, पवित्रता, विजय र प्रकाशहरू उहाँकै हुन् भनेर नमान्‍ने आँट कसले गर्छ र? यो उहाँको इच्छाको उपलब्धि हो, र यो उहाँको व्यवस्थापनको निर्माण-कार्यको अन्तिम समाप्ति हो!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ३४

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५५

सात मेघगर्जनहरू सिंहासनबाट निस्कन्छन् अनि तिनले ब्रह्माण्ड हल्लाउँछन्, स्वर्ग र पृथ्वीलाई उलटपुलट पार्छन्, र आकाशहरूमा गुञ्जन्छन्। त्यो गर्जनले कानै छेडिदिन्छ, र मानिसहरू यसबाट उम्कनै सक्दैनन्, न त तिनीहरू यसबाट लुक्न नै सक्छन्। मेघगर्जन र चट्याङ विस्फोट भई निस्कन्छन् र एकै क्षणमा स्वर्ग र पृथ्वी रूपान्तरित हुन्छन्, र मानिसहरू मृत्युको नजिक पुग्छन्। त्यसपछि, बिजुली चम्‍केको गतिमा, सम्पूर्ण ब्रह्माण्ड नै स्वर्गबाट झर्ने हिंस्रक आँधीबेहरीमा ढाकिन्छ! पृथ्वीको सबैभन्दा पल्लो छेउका कुनाहरूमा, बाक्‍लो वर्षातले जस्तै पूर्ण रूपले, यसले शिरदेखि पाउसम्म एउटै पनि दाग नराखीकन सबै कुरालाई धुन्छ; यसबाट कुनै पनि कुरालाई लुकाउन सकिँदैन, न त कुनै पनि व्यक्तिलाई यसबाट टाढा बन्द गरेर राख्न नै सकिन्छ। मेघगर्जनका गड्याङगुडुङहरू, बिजुली चम्केझैं, चिसो ज्योतिसँगै प्रतिबिम्बित हुन्छन् र डरले मानिसहरू थरथरी काम्छन्! धारिलो दुई-धारे तरबारले विद्रोहका छोराहरूलाई प्रहार गर्छ, र शत्रुले विपत्तिको सामना गर्छ तर लुक्ने ठाउँ नै पाउँदैन; तिनीहरू हुरी र वर्षाको तेज बहाबमा आत्तिन्छन् र उक्त प्रहारले रन्थनिँदै तत्कालै एकै सासमा खुत्रुक्कै हुन्छन् र भलमा खसेर बगिजान्छन्। त्यहाँ मृत्यु मात्र छ, र तिनीहरू जीवित रहने कुनै उपाय नै छैन। ती सात मेघगर्जनहरू मबाट निस्कन्छन् र तिनले मेरो अभिप्रायलाई जनाउँछन्, र मेरो अभिप्राय भनेको मिश्रको जेठो छोरोलाई प्रहार गर्नु हो, दुष्टहरूलाई दण्ड दिई मेरा मण्डलीहरूलाई शुद्ध पार्नु हो, ताकि सबैमाझ एक-अर्काप्रति आफ्नोपनको आभास होस्, सबैले आफ्नो सच्चा व्यवहार प्रस्तुत गरून्, र सबै मसँग एकै मनका होऊन्, ताकि ब्रह्माण्डका सारा मण्डलीहरूलाई एक बनाउन सकियोस्। यो मेरो उद्देश्य हो।

मेघ गर्जन्छ, अनि त्यसपछि बिलौना गुञ्जन्छ। कतिपय व्यक्तिहरू आफ्नो चिरनिद्राबाट ब्यूँझन्छन्, अनि तिनीहरूले अत्यन्तै भयभीत भएर आफ्ना प्राणभित्र अन्तरकुन्तरमा खोजी गर्छन् र सिंहासनसामु दौडँदै फर्की आउँछन्। तिनीहरूले आफ्नो व्यापक छलहरू र उपद्रवी कार्यहरूलाई बन्द गर्छन्; यस्ता मानिसहरू यसरी ब्यूँझनको लागि त्यति ढिलो भइसकेको हुँदैन। म सिंहासनबाट हेर्छु। म मानिसको हृदयको भित्री अन्तस्करणमा हेर्छु। जसले इमानदारितापूर्वक र उत्कट रूपले मलाई चाहन्छन्, तिनीहरूलाई म मुक्ति दिन्छु, र तिनीहरूमाथि दया देखाउँछु। जसले आफ्नो हृदयमा मलाई अरू जुनसुकै कुराभन्दा बढी प्रेम गर्छन्, जसले मेरा अभिप्रायहरू बुझ्छन् र बाटोको अन्त्यसम्मै मलाई पछ्याउँछन् तिनीहरूलाई म मुक्ति दिएर अनन्तमा लैजान्छु। तिनीहरूलाई मेरा हातहरूले सुरक्षित रूपमा समाउनेछन् ताकि तिनीहरूले यो घटनास्थलको सामना गर्न नपरोस् र तिनीहरूलाई कुनै हानि नहोस्। बिजुली चम्केको दृश्य देख्दा कतिपयका हृदयमा अकथनीय पीडा हुन्छ र तिनीहरू अति नै पछुतो गर्छन्। यदि तिनीहरूले निरन्तर यसरी नै व्यवहार गर्छन् भने, तिनीहरूको लागि धेरै ढिलो भइसकेको हुन्छ। ए, सबै र हरेक थोकहरू! सबै कुरा समाप्त हुनेछन्। यो पनि मुक्ति सम्‍बन्धी मेरा माध्यमहरूमध्ये एउटा हो। म मलाई प्रेम गर्नेहरूलाई मुक्ति दिन्छु र दुष्टहरूलाई प्रहार गर्छु, म पृथ्वीमा मेरो राज्यलाई अटल र स्थिर बनाउँछु, अनि सबै राष्ट्र र सबै मानिसहरू, ब्रह्माण्ड र पृथ्वीका छेउहरूका सबैलाई म प्रताप हुँ, म प्रचण्ड ज्वाला हुँ र म हरेक मानिसको सबैभन्दा भित्री हृदयको खोजी गर्ने परमेश्‍वर हुँ भनी जानून्। यसउप्रान्त महान् सेतो सिंहासनको न्याय खुल्लमखुल्ला रूपमा जनमानसमाझ प्रकट गरिन्छ र सबै मानिसहरूसमक्ष न्याय सुरु भएको छ भनी घोषणा गरिन्छ! जसका वचनहरू हृदयबाट निस्‍केका छैनन्, जसले शङ्का गर्छन् र जसले निश्चित हुन आँट गर्दैनन् ती सबैले, मेरा चाहनाहरू बुझ्ने तर तिनलाई अभ्यास गर्न नचाहने ती सबै समय खेर फाल्नेहरूलाई—ती सबैको न्याय गरिनुपर्छ भन्‍ने कुरामा कुनै शङ्का छैन। तिमीहरूले आफ्ना अभिप्राय र आशयहरूको ध्यान दिएर जाँच गर्नुपर्छ, र आफ्नो उचित स्थान लिनुपर्छ; मेरा वचनहरूलाई इमानदारितापूर्वक अभ्यास गर, आफ्नो जीवन अनुभवलाई महत्त्व देओ, र सतही उत्साहका साथ कार्य नगर, बरु आफ्नो जीवनलाई विकसित, परिपक्व, स्थिर र अनुभवी बनाओ—अनि मात्र तिमीहरू मेरा अभिप्रायहरूअनुरूपका हुनेछौ।

मैले निर्माण गर्ने कुराहरूलाई शैतानका दासहरू र दुष्ट आत्माहरूको अवरोध गने र विनाश गर्ने कार्यहरूलाई शोषण गर्ने कुनै पनि अवसरहरू नदे। तिनीहरूलाई गम्भीर रूपले सीमित र नियन्त्रित गरिनुपर्छ; तिनीहरूलाई धारिलो तरबारले मात्र निराकरण गर्न सकिन्छ। भविष्यका समस्याहरूलाई रोकथाम गर्नको लागि सबैभन्दा दुष्टहरूलाई पूर्ण रूपमा उखेलेर फाल्नुपर्छ। अनि, मण्डली सिद्ध हुनेछ, सबै कुरूपताबाट मुक्त हुनेछ र यो स्वस्थ, जीवनशक्ति र ऊर्जाले भरिपूर्ण बन्नेछ। बिजुली चम्केपछि, मेघगर्जनको गड्याङगुडुङ गुञ्जन्छ। तिमीहरू बेपरवाह बन्नु हुँदैन, र तिमीहरूले हरेस खानु हुँदैन, बरु तिमीहरूले छुटेका कुरा पूरा गर्न आफूले सक्दो गर्नुपर्छ, अनि तिमीहरूले मेरा हातहरूले के गर्छन्, म के प्राप्त गर्न चाहन्छु, म के फाल्न चाहन्छु, म केलाई सिद्ध तुल्याउन चाहन्छु, म केलाई जरैदेखि उखेलेर फाल्न चाहन्छु, म केलाई प्रहार गर्न चाहन्छु भन्‍ने कुरा देख्न सक्‍नेछौ—यी सबै कुरा तिमीहरूको आँखैअघि घट्नेछन् अनि तिमीहरूले मेरो सर्वशक्तिमान्‌ता स्पष्ट रूपमा देख्नेछौ।

सिंहासनदेखि ब्रह्माण्ड र पृथ्वीका छेउहरूसम्म सात मेघगर्जनहरू गुञ्जन्छन्। मानिसहरूको ठूलो समूहलाई मुक्ति दिइनेछ र तिनीहरू मेरो सिंहासनअघि समर्पित हुनेछन्। जीवनको यो ज्योतिपश्चात, मानिसहरूले बाँच्ने उपायको खोजी गर्छन् र तिनीहरू मकहाँ नआई, आराधनामा घुँडा नटेकी, र आफ्नो मुखले सर्वशक्तिमान्‌ सच्चा परमेश्‍वरको नाउँ नपुकारी र बिन्तीहरू नबिसाई रहन सक्दैनन्। तर मलाई प्रतिरोध गर्नेहरू, आफ्नो हृदयलाई झन् कठोर बनाउनेहरूको हकमा, मेघगर्जन तिनीहरूको कानैमा गुञ्‍जनेछ र शङ्कै छैन, तिनीहरू नाश हुनु नै पर्छ। यो त केवल तिनीहरूको लागि प्रतीक्षामा रहेको परिणाम हो। मेरा विजयी प्रिय छोराहरू सियोनमा बस्नेछन्, र तिनीहरूले के प्राप्त गर्नेछन् भनी सबै मानिसहरूले देख्नेछन् अनि तिमीहरूको अगाडि अथाह महिमा देखा पर्नेछ। साँच्चै नै, यो एक महान् आशिष् हो, र यो वर्णन गर्नै गाह्रो हुने एक मिठास हो।

सात मेघगर्जनहरूको गड्याङगुडुङ देखा पर्नु भनेको मलाई प्रेम गर्नेहरू, मलाई हृदयदेखि नै चाहनेहरूको मुक्ति हो। ती व्यक्तिहरू जो मेरा हुन् र जसको नियति मैले पूर्वनिर्धारित गरेको छु र जसलाई मैले चुनेको छु, तिनीहरू मेरो नाउँमा आउन सक्षम हुन्छन्। तिनीहरूले मेरो सोर सुन्न सक्छन्, जुन परमेश्‍वरले तिनीहरूलाई बोलाउनुभएको हो। पृथ्वीको छेउहरूमा रहेकाहरूले देखून् कि म धर्मी हुँ, म विश्‍वासयोग्य हुँ, म प्रेमिलो-दयालुपन हुँ, म करुणा हुँ, म प्रताप हुँ, म प्रचण्ड आगो हुँ, अनि आखिरमा, म निर्दयी न्याय हुँ।

संसारका सबैले म वास्तविक र पूर्ण परमेश्‍वर स्‍वयम्‌ हुँ भनी देखून्। सबै मानिसहरू पूर्ण रूपमा विश्‍वस्त हुन्छन् र कसैले पनि फेरि मेरो प्रतिरोध गर्दैनन्, न त मेरो आलोचना गर्ने वा मेरो निन्दा गर्ने आँट नै गर्छन्। होइन भने, तिनीहरूमाथि तत्कालै श्राप आइपर्छ, र तिनीहरूमाथि विपत्ति खस्छ। तिनीहरूले तिनीहरूको आफ्नै विनाश ल्याएकोमा रुन र दाह्रा किट्न मात्र सक्नेछन्।

सबै मानिसहरूले जानून्, ब्रह्माण्ड र पृथ्वीको छेउहरूसम्म, हरेक घर-परिवारमा, र सबै मानिसहरूले यो जानून्: सर्वशक्तिमान्‌ परमेश्‍वर नै एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ। सबै जनाले, एक-एक गरी घुँडा टेक्नेछन् र मेरो आराधना गर्नेछन्, र भर्खरै बोल्न सिकेका बालबालिकाहरूले समेत “सर्वशक्तिमान्‌ परमेश्‍वर” भनी पुकार्नेछन्! शक्ति हातमा भएका अधिकारीहरूले पनि आफ्नै आँखाले साँचो परमेश्‍वर तिनीहरूको अगाडि देखा पर्नुभएको देख्नेछन्, र तिनीहरूले पनि कृपा र क्षमा माग्दै, आराधना गर्न साष्टाङ्ग दण्डवत् गर्नेछन्, तर वास्तवमा यो धेरै ढिलो भइसकेको हुनेछ, किनभने तिनीहरूको मृत्युको घडी आइसकेको हुनेछ। तिनीहरूलाई समाप्त पारी सजाय स्वरूप अथाह नरक कुण्डमा पठाउन मात्र सकिनेछ। म सम्पूर्ण युगलाई समापन गर्नेछु र मेरो राज्यलाई झन् दह्रिलो बनाउनेछु। सबै राष्ट्र र मानिसहरू सदासर्वदाको लागि मेरो सामु समर्पित हुनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ३५

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५६

सर्वशक्तिमान् साँचो परमेश्‍वर, सिंहासनमा विराजमान राजा, सारा ब्रह्माण्डमा शासन गर्नुहुन्छ, असङ्ख्य राष्ट्रहरू र मानिसहरूतर्फ फर्कनुहुन्छ, र परमेश्‍वरको महिमामयी ज्योति संसारभर चम्किन्छ। ब्रह्माण्ड र पृथ्वीको कुना-कुनासम्म भएका सबै जीवित प्राणीहरूले देख्नेछन्। पर्वतहरू, नदीहरू, तालहरू, भूमिहरू, समुद्रहरू, र सबै जीवित प्राणीहरूले साँचो परमेश्‍वरको मुहारको ज्योतिमा तिनीहरूका पर्दाहरू तानेर खोलेका छन्, र तिनीहरू सपनाबाट ब्यूँझे झैँ, तिनीहरू माटोबाट फुटी निस्‍कने टुसाहरू झैँ, पुनर्जीवित भएका छन्!

आह! एक मात्र साँचो परमेश्‍वर संसारका मानिसहरूसामु देखा पर्नुहुन्छ। प्रतिरोधसाथ उहाँलाई व्यवहार गर्ने साहस कसले गर्छ? सबै डरले काम्छन्। सबै पूर्ण रूपमा विश्‍वस्त छन्, र सबैले बारम्बार कृपा र उहाँको क्षमाको भिक माग्छन्। असङ्ख्य मानिस उहाँको अघि घुँडा टेक्छन्, र असङ्ख्य मुखहरूले उहाँको आराधना गर्छन्! महाद्वीपहरू र सागरहरू, पर्वतहरू, नदीहरू, र यावत् थोकले अटुट रूपमा उहाँको प्रशंसा गर्छन्! वसन्त ऋतुको श्वाससँगै आएका न्यानो बतासहरूले, आफूसँग हल्का, अटुट वसन्त झरी ल्याउँछन्। कलकल बग्‍ने खोला र असङ्ख्य मानिसहरू उस्तै छन्, दुवै दुःख र हर्षले भरिएका छन्, ऋणीपन र आत्म-ग्लानिका आँसु झार्छन्। नदीहरू, तालहरू, लहर र छालहरू सबै गाउँदैछन्, साँचो परमेश्‍वरको पवित्र नाउँको स्तुति गर्दैछन्! प्रशंसाको ध्वनि कति स्पष्ट रूपमा गुन्जिन्छ! कुनै बेला शैतानद्वारा भ्रष्ट तुल्याइएका पुराना वस्तुहरू—तीमध्ये प्रत्येक र हरेक नवीकृत र परिवर्तित हुनेछन् र पूर्णतः नयाँ क्षेत्रमा प्रवेश गर्नेछन् …

यो पवित्र तुरही हो, र यो गुञ्जिन थालेको छ! यसलाई ध्यान दिएर सुन। त्यो अति सुमधुर आवाज सिंहासनको वाणी हो, त्यसले प्रत्येक राष्ट्र र परमेश्‍वरको हरेक चुनिएको मानिसलाई घोषणा गर्छ कि समय आएको छ, आखिरी दिनहरूको परिणाम आएको छ, मेरो व्यवस्थापनको योजना सकिएको छ, मेरो राज्य पृथ्वीमा खुला रूपमा देखा परेको छ, र संसारका राज्यहरू म परमेश्‍वरको राज्य बनेका छन्। मेरा सात तुरहीहरू सिंहासनबाट गुञ्जिन्छन्, र यस्ता अद्भुत कुराहरू देखा पर्नेछन्! पृथ्वीको पल्‍लो छेउहरूबाट मानिसहरू कोही समुद्रमा पानीजहाज चलाउँदै, कोही हवाइजहाजमा उड्दै, कोही हरेक आकार र आकृतिको गाडीहरूमा चढ्दै, कोही घोडामा चढ्दै, हिमपहिरोको बल र मेघ गर्जनको शक्तिसँगै हरेक दिशाबाट सँगसँगै हतारिँदै आउँछन्। …

म हर्षका साथ मेरा मानिसहरूलाई हेर्छु, जसले मेरो आवाज सुन्‍न सक्छन् र हरेक राष्ट्र र भूमिबाट भेला हुन्छन्। असङ्ख्य मानिसहरू, साँचो परमेश्‍वरको नाम सधैँ ओठमा लिँदै, निरन्तर प्रशंसा गर्छन् र उफ्रन्छन्! तिनीहरू संसारका मानिसहरूलाई गवाही दिन्छन्, र साँचो परमेश्‍वरप्रति तिनीहरूको गवाहीको आवाज धेरै पानीको गर्जनको आवाज जस्तै हुन्छ। असङ्ख्य मानिसहरू मेरो राज्यमा ओइरिनेछन्।

मेरा सात तुरहीहरू बज्छन्, जसले सुतिरहेकाहरू ब्यूँताउँछन्! छिटो उठ्, अझै पनि ढिलो भएको छैन। तेरो जीवनलाई हेर्! तेरा आँखाहरू खोल् र अहिले यो कुन समय हो, हेर्! खोज्नुपर्ने के कुरा छ? विचार गर्नुपर्ने के कुरा छ? र पक्रिराख्नुपर्ने के कुरा छ? के तैँले मेरो जीवन प्राप्त गर्नु र तैँले माया गरेका र पक्रिराखेका सबै कुरा प्राप्त गर्नुको मूल्यका बीचमा पाइने भिन्‍नताका बारेमा कहिल्यै विचार गरेको छस्? अब उप्रान्त हठी नबन् न त खेलबाड गर्। यो मौकालाई नगुमा। यो समय फेरी आउनेछैन! यही घडी उठ्, तेरो आत्मालाई कसरत गर्ने अभ्यास गर्, शैतानको सबै युक्ति र योजनालाई हेर्न र रोक्नलाई विभिन्न किसिमका संयन्‍त्रहरू प्रयोग गर्, र शैतानमाथि विजय गर्, ताकि तेरो जीवन अनुभव अझ बलियो हुन सकोस् र तँ मेरो स्वभावमा जिउन सक्, ताकि तेरो जीवन परिपक्व र अनुभवी हुन सकोस् र तैँले सधैँ मेरा पाइलाहरू पछ्याउन सक्। निडर, कमजोर नभई, पाइला पाइलामा सधैँ अघि बढिराख्, बाटोको अन्त्य नआएसम्म सिधा बढिराख्!

जब सात तुरहीहरू फेरि बज्छन्, यो न्यायको बोलावट हुनेछ, विद्रोहीका छोराहरूको न्याय, सबै राष्ट्रहरू र सबै मानिसहरूको न्याय हुनेछ, र हरेक राष्ट्र परमेश्‍वरको अघि समर्पित हुनेछन्। परमेश्‍वरको महिमित चेहरा सबै राष्ट्रहरू र सबै मानिसहरूको अघि अवश्य देखा पर्नेछ। सबै जना पूर्ण रूपमा विश्‍वस्त हुनेछन्, र अटुट रूपमा साँचो परमेश्‍वरलाई पुकार्नेछन्। सर्वशक्तिमान परमेश्‍वर अझ धेरै महिमित हुनुहुनेछ, र मेरा छोराहरू र मैले सबै राष्ट्रहरू र सबै मानिसहरूको न्याय गर्दै, दुष्टलाई दण्ड दिँदै, मेरा जतिलाई कृपा देखाउँदै र मुक्त हुँदै, र राज्यलाई बलियो र स्थायी बनाउँदै महिमामा भाग लिनेछौँ र राज्याधिकार बाँड्नेछौँ। सात तुरहीहरूको आवाजद्वारा, धेरै मानिसहरू मुक्त हुनेछन्, मेरो अघि घुँडा टेक्न र निरन्तर प्रशंसाका साथ आराधना गर्न फर्किआउनेछन्!

जब सात तुरहीहरू फेरि एकचोटि बज्नेछन्, यो युगको अन्त्य हुनेछ, दियाबलसहरू र शैतानमाथिको विजयको तुरही चर्को आवाज बज्छ, जुन सलामी हो, जसले पृथ्वीको राज्यमा खुल्ला रूपले जियाई सुरु गर्नलाई घोषणा गर्दछ! यो आवाज कति उच्च छ, यो आवाज सिंहासनको वरिपरि प्रतिध्वनित हुन्छ, स्वर्ग र पृथ्वी हल्लाउँदै यो तुरही चर्को आवाजमा बज्छ, जुन मेरो व्यवस्थापन योजनाको विजयको चिन्ह हो, जुन शैतानको न्याय हो; यसले यो पुरानो संसारलाई अतल कुण्‍डमा फर्किन, पूर्ण रूपले मृत्युको दण्ड सुनाउँछ! यो तुरहीको चर्को आवाजले अनुग्रहको ढोका बन्द हुन लागेको, राज्यको जीवन पृथ्वीमा सुरु हुनेछ, जुनचाँहि सही र उचित छ भन्‍ने कुरा दर्साउँछ। परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूलाई मुक्ति दिनुहुन्छ। तिनीहरू उहाँको राज्यमा फर्किएपछि, पृथ्वीमा भएका मानिसहरूले अनिकाल र महामारीको सामना गर्नेछन्, र परमेश्‍वरको सात कचौराहरू र सात विपत्तिहरू प्रभावमा आउनेछन्। स्वर्ग र पृथ्वी बितेर जानेछन्, तर मेरा वचन बित्नेछैन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ३६

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५७

आखिरी दिनहरूका ख्रीष्‍टले जीवन ल्याउनुहुन्छ, अनि चिरस्थायी र अनन्‍त सत्यताको मार्ग ल्याउनुहुन्छ। यही सत्यता नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्‍वरलाई चिन्‍नेछ र ऊ परमेश्‍वरद्वारा अनुमोदित हुनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्‍टले प्रदान गर्नुभएको जीवनको मार्गको खोजी गर्दैनस् भने, तैँले कहिल्यै येशूको अनुमोदन प्राप्त गर्नेछैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न कहिल्यै योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। प्रावधानहरू, शब्दहरू, र इतिहासको जन्जिरद्वारा नियन्त्रित हुनेहरूले कहिल्यै जीवन प्राप्त गर्न सक्‍नेछैनन् न त तिनीहरूले चिरस्थायी जीवनको मार्ग नै पाउन सक्‍नेछन्। यस्तो किन हुन्छ भने, तिनीहरू सिंहासनबाट बग्‍ने जीवनको पानी नभई धमिलो पानी मात्रै प्राप्त गर्छन्, जसलाई तिनीहरूले हजारौँ वर्षदेखि पक्रेर बसेका छन्। जीवनको पानीको आपूर्ति नपाएकाहरू सदासर्वदा नै लासहरू, शैतानका खेलौनाहरू, र नरकका पुत्रहरू भएर रहनेछन्। त्यसोभए, कसरी तिनीहरूले परमेश्‍वरलाई देख्‍न सक्छन्? तँ विगतलाई मात्रै पक्रिराख्‍न खोज्छस्, ठिङ्ग उभिएर परिस्थितिलाई जस्ताको तस्तै राख्‍न मात्रै खोज्छस्, र यथास्थितिलाई परिवर्तन गर्न र इतिहासलाई फाल्न खोज्दैनस्, त्यसकारण के तँ सधैँ परमेश्‍वरप्रति शत्रुवत् हुनेछैनस् र? परमेश्‍वरको कामका कदमहरू उर्लिरहने छालहरू र थर्किरहने चट्याङहरूजस्तै अत्यन्तै प्रभावशाली र शक्तिशाली छन्—तैपनि तँ पुरानो कुरामा टाँसिदै र कुराहरू आफ्नो काखमा झर्लान् भनी पर्खँदै, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यसरी, तँलाई थुमाका पदचापहरू पछ्याउने व्यक्ति कसरी मान्न सकिन्छ? तैँले पक्रेर बस्‍ने परमेश्‍वर सधैँ नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वर हुनुहुन्छ भनेर यसले कसरी देखाउन सक्छ? अनि तेरा पहेँलो भइसकेका पुस्तकका अक्षरहरूले तँलाई कसरी नयाँ युगमा पुर्‍याउन सक्छन् र? तिनले कसरी तँलाई परमेश्‍वरको कामका कदमहरू खोज्नका निम्ति अगुवाइ गर्न सक्छन् र? अनि, तिनले कसरी तँलाई स्वर्गमा लैजान सक्छन् र? तैँले आफ्नो हातमा जे लिएको छस् ती तँलाई अस्थायी सान्त्वना दिने शब्दहरू मात्र हुन्, तँलाई जीवन दिन सक्‍ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्‍त्रका शब्दहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छन्; ती मानव जीवनबारे जान्‍न तँलाई सहयोग गर्न सक्‍ने बुद्धिमत्ताका शब्‍दहरू होइनन्, ती तँलाई सिद्धतामा डोर्‍याउने मार्ग त झनै होइनन्। के यो विसङ्गतिले तँलाई चिन्तन गर्ने कारण दिँदैन र? के यसले तँलाई त्यसभित्र रहेका रहस्यहरूबारे अन्तर्ज्ञान दिँदैन र? के तँ परमेश्‍वरलाई भेट्नको लागि आफूले आफैलाई स्वर्गमा पठाउन सक्छस्? परमेश्‍वरको आगमनविना, के तँ परमेश्‍वरसँग पारिवारिक खुसीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अहिले पनि सपना देखिरहेको छस्? त्यसो भए, म तँलाई सपना देख्‍न छोड्न अनि अहिले जसले काम गरिरहनुभएको छ, उहाँलाई हेर्न अर्ती दिन्छु—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ, हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्।

ख्रीष्‍टले बोल्‍नुभएको सत्यतामा भर नपरीकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्‍टले ल्याउनुभएको जीवनको मार्गलाई स्वीकार नगर्नेहरू स्वैरकल्‍पनामा हराएका छन्। त्यसैले म भन्छु, आखिरी दिनहरूका ख्रीष्‍टलाई स्वीकार नगर्नेहरूलाई परमेश्‍वरले सदासर्वदा नै घिनाउनुहुनेछ। ख्रीष्‍ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको प्रवेशद्वार हुनुहुन्छ, र उहाँलाई छलेर भित्र जान सक्‍ने कोही पनि छैन। ख्रीष्‍टमार्फत बाहेक परमेश्‍वरद्वारा कोही पनि सिद्ध पारिँदैनन्। तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, त्यसकारण उहाँका वचनहरू स्विकारेर उहाँको वचनप्रति समर्पित हुनैपर्छ। सत्यता र जीवनको आपूर्ति स्वीकार गर्न असमर्थ हुने, अनि आशिष्‌हरू प्राप्त गर्नेबारेमा मात्रै विचार गर्ने नगर्। ख्रीष्ट आखिरी दिनहरूमा आउनुहुन्छ, ताकि उहाँले उहाँमा इमानदारीसाथ विश्‍वास गर्नेहरू सबैलाई जीवन प्रदान गर्न सक्‍नुहोस्। यो काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नका खातिर अस्तित्वमा हुन्छ, र यो काम नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नैपर्ने मार्ग हो। यदि तँ ख्रीष्टलाई स्विकार्दैनस्, त्यसमाथि उहाँलाई दोषी ठहराउँछस्, ईश्‍वरनिन्दा गर्छस्, वा उहाँलाई सताउँछस् भने, तँ अवश्यम्भावी रूपमा अनन्तकालसम्‍म जल्नेछस् र परमेश्‍वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यस्तो किन हुन्छ भने, यी ख्रीष्‍ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्‍वरको अभिव्यक्ति, पृथ्वीमा आफ्‍नो काम गर्नका लागि परमेश्‍वरले कार्यभार दिनुभएको जन हुनुहुन्छ, त्यसैले म भन्छु कि यदि आखिरी दिनहरूका ख्रीष्‍टले गर्नुभएका सबै कुरालाई तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्‍माको ईशनिन्दा गर्छस्। पवित्र आत्माको ईशनिन्दा गर्नेहरूले पाउनुपर्ने दण्ड सबैका लागि प्रष्टै छ। म तँलाई यो पनि भन्छु: यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टको प्रतिरोध गरिस् भने, यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टलाई इन्कार गरिस् भने, यसका लागि तेरो तर्फबाट कसैले पनि परिणामहरू भोग्न सक्नेछैन। यसको साथै, यस बिन्दुदेखि तैँले परमेश्‍वरको अनुमोदन प्राप्त गर्ने मौका फेरि कहिल्यै पाउनेछैनस्; यदि तैँले आफ्ना गल्ती सच्याउने इच्छा गरिस् भने पनि, तैँले फेरि परमेश्‍वरको मुहार देख्न सक्नेछैनस्। यस्तो किन हुन्छ भने, तैँले जसको प्रतिरोध गरिरहेको छस्, त्यो कुनै मानव होइन, तैँले जसलाई इन्कार गरिरहेको छस्, त्यो कुनै नगण्य व्यक्ति नभई ख्रीष्‍ट हुनुहुन्छ। के तँलाई यसका परिणामहरू के हुन्छन् भन्ने थाहा छ? तैँले सानो गल्ती गरिरहेको छैनस्, बरु जघन्य पाप गरिरहेको छस्। त्यसैले म हरेक व्यक्तिलाई सत्यताको अघि आफ्‍नो दारा नदेखाउन र आफ्ना नङ्ग्रा प्रदर्शन नगर्न वा स्वेच्छाचारी टिप्पणीहरू नगर्न सल्लाह दिन्छु, किनकि सत्यताले मात्रै तँलाई जीवन दिन सक्छ, र सत्यताबाहेक अरू केहीले पनि तँलाई पुनर्जन्‍म पाउन र फेरि परमेश्‍वरको मुहार देख्न सक्षम तुल्याउन सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्‍नुहुन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५८

मेरा रहस्यहरू उजागर गरिनु, खुला रूपमा प्रकट गरिनु र उप्रान्त गुप्त नराखिनु पूर्ण रूपमा मेरो अनुग्रह र कृपाले गर्दा हो। अझ बढी, मेरो वचन मानिसमाझ देखा पर्नु र उप्रान्त गुप्त नराखिनु मेरो अनुग्रह र कृपाले गर्दा हो। म ती सबैलाई प्रेम गर्छु, जो निष्कपट रूपमा मप्रति आफैलाई समर्पित गर्छन् र आफैलाई मप्रति अर्पण गर्छन्। मबाट जन्मेर पनि मलाई नचिन्‍ने, र मेरो प्रतिरोध समेत गर्ने सबैलाई म घृणा गर्छु। जो मेरा लागि निष्कपट छ, म उसलाई त्‍याग्‍नेछैनँ; बरु, म त्यस व्यक्तिका आशिष्‌हरू दोब्बर गरिदिनेछु। जुन थालमा भात खायो त्यसैमा प्वाल पार्नेहरूलाई म दोब्बर दण्ड दिनेछु, र म तिनीहरूलाई बिलकुलै सजिलै छोड्‌नेछैनँ। मेरो राज्यमा कुनै कुटिलपन वा छल छैन र कुनै सांसारिकपन छैन; अर्थात्, त्यहाँ मृतकको कुनै गन्ध छैन। बरु, सबै कुरा सोझोपन र धार्मिकता हो; सबै कुरा शुद्ध सरलता र खुलापन हो, जसमा केही पनि लुकाइएको वा गुप्त राखिएको छैन। सबै कुरा ताजा छ, सबै कुरा आनन्द हो र सबै कुरा आत्मिक प्रगति हो। अझै पनि मृतकको दुर्गन्ध हुने जोकोही कुनै हालतमा मेरो राज्यमा रहन सक्दैन र त्यसको साटो उसलाई मेरो फलामे डन्डाले शासन गर्नेछ। अनादिकालदेखि वर्तमान दिनसम्मका सबै अनन्त रहस्यहरू तिमीहरूलाई—आखिरी दिनहरूमा मद्वारा प्राप्त गरिएका मानिसहरूको समूहलाई—पूर्ण रूपमा खुलाइएका छन्। के तिमीहरू आशिषित महसुस गर्दैनौ र? सबै कुरा खुला रूपमा प्रकट गरिने दिनहरू झन् ती दिन हुन् जसमा तिमीहरू मसँगै शासन गर्छौ।

मानिसहरूको जुन समूहले साँच्चै राजाहरूको रूपमा शासन गर्छन् तिनीहरू मेरो पूर्वनिर्धारित गन्तव्य र छनौटमा निर्भर गर्दछ, र यसमा मानवीय इच्छा रत्तीभर पनि छैन। यसमा भाग लिन हिम्मत गर्ने जोकोहीले मेरो हातको प्रहार सहनुपर्नेछ, र त्यस्ता मानिसहरू मेरो दन्किरहेको आगोमा पर्ने वस्तुहरू हुनेछन्; यो मेरो धार्मिकता र महिमाको अर्को पक्ष हो। मैले भनेको छु, म सबै कुरामाथि शासन गर्दछु, म त्यो बुद्धिमान् परमेश्‍वर हुँ जसले पूर्ण अख्तियार प्रयोग गर्दछ, र म कसैप्रति दयालु छैनँ; म पूर्ण रूपमा निष्ठुर छु, व्यक्तिगत भावनाहरूबाट पूर्ण रूपमा वञ्चित छु। म जोसुकैसँग (चाहे ऊ जत्ति नै राम्ररी बोलोस्, म उसलाई छोड्ने छैनँ) मेरो धार्मिकता, शुद्धता र प्रतापद्वारा व्यवहार गर्दछु, यस अवधिमा सबैलाई मेरा कामहरूको चमत्कार देख्न सक्ने, साथै मेरा कामहरूको अर्थ बुझ्न सक्‍ने तुल्याउँछु। मैले एक-एक गरी दुष्टात्माहरूलाई तिनीहरूले गरेका हरप्रकारका कार्यहरूका लागि दण्ड दिएँ र तिनीहरू प्रत्येकलाई अतल कुण्डमा फ्याँकिदिएँ। यो काम मैले समय सुरु हुनुभन्दा अघि समाप्त गरें, तिनीहरूको निम्ति कुनै स्थिति छोडिनँ, तिनीहरूका निम्ति काम गर्ने कुनै ठाउँ छोडिनँ। मेरो चुनिएका मानिसहरू—मद्वारा पूर्वनिर्धारण गरिएकाहरू र छनौट गरिएकाहरू—कोही पनि कहिल्यै दुष्टात्माद्वारा ग्रस्त हुन सक्दैन, र त्यस्तो सट्टामा, तिनीहरू सधैँ पवित्र रहनेछन्। मैले पूर्वनिर्धारण नगरेका र नचुनेकाहरूलाई चाहिँ म शैतानको हातमा दिनेछु, र तिनीहरूलाई उप्रान्त रहन दिनेछैनँ। सबै पक्षहरूमा, मेरो प्रशासनिक आदेशहरूमा मेरो धार्मिकता र मेरो प्रताप सम्मिलित छन्। जस-जसमा शैतानले काम गर्दछ तिनीहरू एकै जनालाई पनि म छोड्‌नेछैनँ, तर तिनीहरूका शरीरसितै तिनीहरूलाई पातालमा फालिदिनेछु, किनकि म शैतानलाई घृणा गर्दछु। म कुनै पनि प्रकारले त्यसलाई सजिलै बचाउनेछैन, तर त्यसलाई आफ्नो काम गर्ने थोरै मौका समेत नदिइकन पूर्ण रूपमा नाश पार्नेछु। शैतानले केही हदसम्म भ्रष्ट बनाएका व्यक्तिहरू (अर्थात्, विपत्तिमा पर्ने मानिसहरू) मेरो आफ्नै हातको बुद्धिमत्तापूर्ण व्यवस्थापन अन्तर्गत हुन्छन्। यो शैतानको उग्र क्रोधको परिणाम हो भन्‍ने नसोच्; यो जान् कि म सर्वशक्तिमान् परमेश्‍वर हुँ, जसले ब्रह्माण्ड र सबै थोकमाथि शासन गर्छ! मैले समाधान गर्न नसक्ने समस्याहरू कुनै पनि छैन, मैले पूरा गर्न नसक्ने काम वा मैले बोल्न नसक्ने कुनै शब्द हुनु त झन् परै जाओस्। मानिसले मेरो सल्लाहकारको काम गर्नु हुँदैन। होसियार हो, मेरा हातको प्रहार परी पातालमा खस्लास्। म तँलाई भन्छु! आज मसँग ज-जसले सक्रिय रूपमा सहयोग गर्दैछन् उनीहरू बुद्धिमान् हुन्, र उनीहरू हानि हुनबाट जोगिनेछन् र न्यायको कष्टबाट बच्नेछन्। यी सबै मैले पूर्वनिर्धारण गरेका मेरा प्रबन्धहरू हुन्। आफूलाई अति नै महान् सम्झेर कुनै अविवेकी टिप्पणी नगर् र ठूला-ठूला कुराहरू नगर्। के यो सबै मेरो पूर्वनिर्धारणद्वारा भएका होइनन् र? तँ जो मेरो सल्लाहकार हुन खोज्छस्, तँलाई कुनै सरम नै छैन! तँलाई आफ्नो कद नै थाहा छैन; तँलाई के थाहा यो कति दयनीय रूपमा सानो छ! तैपनि, तँ यो कुनै ठूलो कुरा होइन भनी सोच्छस्, र आफैलाई चिन्दैनस्। बारम्बार, तँ मेरा वचनहरू सुन्न इन्कार गर्छस्, र त्यसरी मेरा कडा मेहनतहरूलाई व्यर्थ बनाउँछस् र ती मेरो अनुग्रह र दयाका अभिव्यक्ति हुन् भनी महसुस नै गर्दैनस्। बरु, तँ बारम्बार आफ्नो चलाखी देखाउने कोसिस गर्छस्। के यो कुरा तँलाई याद छ? आफूलाई त्यति चलाख ठान्ने मानिसहरूले कस्तो दण्ड पाउनुपर्छ? मेरा वचनहरूप्रति उदासीन र अविश्‍वसनीय रहने, र ती वचनहरूलाई आफ्नो हृदयमा नराख्ने, तिमीहरूले यो अनि त्यो गर्न मलाई एउटा बहानाको रूपमा प्रयोग गर्छौ। दुष्कर्मीहरू! तिमीहरू कहिले मेरो हृदयलाई पूर्ण रूपमा विचार गर्न सक्ने हुनेछौ? तिमीहरू यसबारेमा कुनै विचार नै गर्दैनौ, त्यसैले तिमीहरू “दुष्कर्मीहरू” भन्नु तिमीहरूलाई दुर्व्यवहार गर्नु होइन। यो तिमीहरूलाई एकदमै सुहाउँछ!

कुनै बेला लुकेर रहेका कुराहरूलाई एक-एक गरी आज म तिमीहरूलाई देखाउँदैछु। त्यो ठूलो रातो अजिङ्गर अतल कुण्डमा फालिएको छ र पूर्ण रूपमा नाश पारिएको छ, किनकि त्यसलाई राख्नु कुनै फाइदा छैन; यसको अर्थ, त्यसले ख्रीष्टको सेवा गर्न सक्दैन। यस दिनपछि, राता चीजहरूको कुनै अस्तित्व रहनेछैन; तिनीहरू खिइँदै बिस्तारै नाश हुनेछन्। म जे भन्छु त्यो गर्छु; यो मेरो कामको पूर्णता हो। मानवीय धारणाहरूलाई फाल्; मैले भनेका सबै कुरा मैले गरेको छु। जसले चतुर हुने कोसिस गर्छ उसले आफैमाथि विनाश र घृणा ल्याउँछ, र ऊ जिउन चाहँदैन। त्यसकारण, म तँलाई सन्तुष्ट पार्नेछु, र निश्चित रूपमा त्यस्ता मानिसहरूलाई राख्नेछैन। अबउप्रान्त जनसङ्ख्या सर्वोत्तम रूपमा वृद्धि हुनेछ, तर मसँग सक्रिय सहकार्य नगर्ने सबैलाई बढारेर शून्यतामा पुर्‍याइनेछ। मैले स्वीकृति दिएका व्यक्तिहरू तिनीहरू हुन् जसलाई म सिद्ध पार्नेछु, र म तिनीहरूमध्ये एक जनालाई पनि फाल्नेछैन। मैले भनेको कुरामा कुनै विरोधाभासहरू छैनन्। जसले मसँग सक्रिय सहकार्य गर्दैनन् तिनीहरूले अझ बढी सजाय भोग्नुपर्नेछ, तैपनि अन्त्यमा, म तिनीहरूलाई अवश्य नै मुक्ति दिनेछु। तैपनि त्यतिञ्जेलसम्ममा, तिनीहरूको जीवनको हद अति नै फरक हुनेछ। के तँ त्यस्तो व्यक्ति बन्न चाहन्छस्? उठ र मसँग सहकार्य गर! निष्कपट रूपमा मप्रति आफूलाई समर्पित गर्नेहरूसित निश्चय पनि म अन्यायपूर्ण व्यवहार गर्नेछैनँ। तिमीहरूमध्ये निष्ठासाथ मप्रति आफूलाई अर्पण गर्नेहरूलाई म मेरा सबै आशिष्‌हरू प्रदान गर्नेछु। आफैलाई पूर्ण रूपमा ममा अर्पण गर्! तँ जे खान्छस्, तँ जे लगाउँछस्, र तेरो भविष्य सबै मेरा हातमा छन्; म सबै कुरा उचित रूपमा प्रबन्ध गर्नेछु, ताकि तैँले तिनको अनन्त आनन्द उठाउन सक् र तँसँग असीमित आपूर्ति होस्। किनकि मैले भनेको छु, “तिमीहरूमध्ये मेरो लागि इमानदारीपूर्वक समर्पित हुनेहरूलाई म अवश्य नै धेरै आशिष्‌ दिनेछु।” निष्कपट रूपमा मप्रति आफूलाई समर्पित हुने हरेक व्यक्तिकहाँ सबै आशिष्‌हरू आउनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ७०

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५९

मेरा मानिसहरूको भीडले मेरो जयजयकार गर्छ, मेरा मानिसहरूको भीडले मेरो प्रशंसा गर्छ; अनेकौँ मुखले एउटै साँचो परमेश्‍वरको नाउँ लिन्छन्, अनेकौँ मानिसले माथितिर हेर्छन्, मेरा कार्यहरू हेर्न टाढासम्म नियाल्छन्। राज्य मानिसहरूको संसारमाथि ओर्लिन्छ, मेरो व्यक्तित्व धनी र प्रशस्त छ। को चाहिँ यसमा खुसी हुँदैन र? को चाहिँ खुसीले नाच्दैन र? ए, सियोन! मेरो उत्सव मनाउन तेरो विजयको झन्डा उठा! मेरो पवित्र नाउँ उद्घोष गर्न तेरो विजयको गीत गा! पृथ्वीको अन्त्यसम्‍मका सबै सृष्टि! आफैलाई चाँडो शुद्ध पार ताकि तिमीहरूलाई मलाई भेटीका रूपमा चढाउन सकियोस्। माथिका अनेकौँ तारा! आकाशमण्डलमा मेरो शक्तिमान् शक्ति प्रकट गर्न आफ्‍नो स्थानमा तुरुन्तै फर्किहाल! म पृथ्वीका मेरा मानिसहरूको आवाज ध्यानपूर्वक सुन्न कान थाप्छु, जसले गीतमार्फत मेरो निम्ति आफ्नो असिम प्रेम र आदर बर्साउँछन्! आजको दिन, जब सबै सृष्टि पुनः जीवन्त हुन्छ, म मानिसहरूको संसारमा ओर्लिन्छु। यस क्षणमा, सबै फूल एकैपटक फक्रिन्छन्, सबै पक्षी एकै स्वरमा गाउँछन्, सबै थोक आनन्दले झुम्मिन्छन्! राज्यको तोपका सलामीबीच, शैतानको राज्य ढल्छ, राज्यको स्तुतिगानको गर्जनमा कहिल्यै नउठ्ने गरी सखाप हुन्छ!

पृथ्वीमा कसले खडा हुने र प्रतिरोध गर्ने आँट गर्छ? जब म पृथ्वीमा ओर्लिन्छु, म ज्वाला ल्याउँछु, क्रोध ल्याउँछु, सारा प्रकोपहरू ल्याउँछु। सांसारिक राज्यहरू अब मेरा राज्य हुन्! माथि आकाशमा, बादलहरू मडारिन्छन् र तरङ्गित हुन्छन्; आकाशमुनि, ताल र नदीहरू उर्लेर आउँछन् र खुसीका साथ एक भावनात्मक धुन निकाल्छन्। विश्राम गरिरहेका जनावरहरू आफ्नो ओडारबाट निस्किन्छन्, र मेरा अनेकौँ मानिसहरू मद्वारा निद्राबाट जगाइन्छन्। मेरा अनेकौँ मानिसहरूले पर्खेको दिन आखिरमा आइपुगेको छ! तिनीहरू आफ्ना सबैभन्दा सुन्दर गीतहरू मलाई चढाउँछन्!

यो सुन्दर क्षणमा, यो आनन्दको समयमा,

माथि आकाशमा अनि तल पृथ्वीमा चारैतिर प्रशंसा गुञ्‍जिन्छ। यसमा को उत्साहित हुँदैन र?

कसको हृदय फुरुङ्ग हुँदैन र? यो दृश्यमा नरुने को छ र?

आकाश पुरानो समयको आकाश होइन, अब यो राज्यको आकाश हो।

पृथ्वी त्यो पृथ्वी होइन जुन पहिले थियो, अब त यो पवित्र भूमि हो।

ठूलो वर्षा रोकिएपछि, त्यो फोहोर पुरानो संसार पूर्ण रूपमा नयाँ बनाइएको छ।

हिमालहरू परिवर्तन हुँदैछन् … जलहरू परिवर्तन हुँदैछन् …

मानिसहरू पनि परिवर्तन हुँदैछन् … सबै थोक परिवर्तन हुँदैछन्…।

हे, तिमी मौन हिमालहरू हो! उठ र मेरो लागि नाच!

हे, तिमी शान्त जलहरू हो, बगिरहनू!

सपना देखिरहेका मानिसहरू हो! बिउँझ र पछि लाग!

म आएको छु … म राजा हुँ…।

सबैले आफ्नै आँखाले मेरो अनुहार देख्नेछन्, आफ्नै कानले मेरो आवाज सुन्नेछन्,

राज्यको जीवन आफै जिउनेछन्…।

कस्तो मीठो … कति सुन्दर…।

अविस्मरणीय … बिर्सनु असम्भव…।


मेरो क्रोधको ज्वालामा, ठूलो रातो अजिङ्गर छटपटाउँछ;

मेरो प्रतापी न्यायमा, दियाबलसहरू आफ्नो साँचो रूप देखाउँछन्;

मेरा कठोर वचनहरूमा, सबै मानिस गहिरो लाज महसुस गर्छन्, र लुक्ने ठाउँ कहीँ पाउँदैनन्।

तिनीहरू विगतलाई सम्झन्छन्, तिनीहरूले कसरी मलाई गिज्याएका थिए र मेरो खिल्ली उडाएका थिए,

तिनीहरूले आफैलाई प्रदर्शन नगरेको कुनै समय थिएन, तिनीहरूले मेरो विरुद्धमा विद्रोह नगरेको कुनै समय थिएन।

तैपनि आज, को रुँदैन? कसले आफैलाई निन्दा गर्दैन?

सम्पूर्ण ब्रह्माण्ड संसार रोदनले भरिएको छ …

आनन्दको आवाजले भरिएको छ … हर्षोल्लासपूर्ण स्वरले भरिएको छ …।

अतुलनीय आनन्द … तुलना नहुने आनन्द…।


सानो वर्षा टिपटिप गर्दैछ … हिउँका बाक्ला कणहरू फुरुरु झर्दैछन्…।

मानिसहरूभित्र, दुःख र आनन्द आपसमा मिसिँदैछन् … कोही हाँस्दैछन् …

कोही सुँक्कसुँक्क गर्दैछन् … र कोही आनन्द मानिरहेका छन्…।

मानौँ, सबैले बिर्सेका छन् … यो वर्षा र बादलहरू सहितको वसन्त हो,

कि फूलहरू फक्रिरहेको ग्रीष्म, प्रशस्त फसलहरूको शरद हो,

कि तुसारो र हिउँजस्तो चिसो हिउँद हो, कसैलाई थाहा छैन…।

आकाशमा बादलहरू बहँदैछन्, पृथ्वीमा सागरहरू मडारिँदैछन्।

मेरा पुत्रहरूको भीडले आफ्नो हात हल्लाउँछ … मेरा मानिसहरूको भीडले नाच्नका निम्ति आफ्नो खुट्टा चलाउँछ…।

स्वर्गदूतहरू काममा रहेका छन् … स्वर्गदूतहरू गोठालो गरिरहेका छन्…।

पृथ्वीमा रहेका सबै मानिस दौडधुप गरिरहेका छन्, र पृथ्वीका सबै थोक वृद्धि हुन्छन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, राज्यको स्तुतिगान

परमेश्‍वरका दैनिक वचनहरू   अंश ६०

मानवजातिमध्ये हरेक व्यक्तिले मेरो आत्माद्वारा गरिने छानबिनलाई स्वीकार गर्नुपर्छ, आफ्नो हरेक शब्द र कार्यलाई नजिकबाट नियाल्नुपर्छ र अझ, मेरा आश्चर्यजनक कार्यहरू हेर्नुपर्छ। तिमीहरू राज्य पृथ्वीमा आइपुग्ने बेला कस्तो अनुभूति गर्छौ? जब मेरा पुत्रहरू र मानिसहरू मेरो सिंहासनतर्फ ओइरिन्छन्, तब म महान् सेतो सिंहासनअगाडि औपचारिक रूपमा न्याय सुरु गर्छु। अर्थात्, जब म व्यक्तिगत रूपमा पृथ्वीमा आफ्नो काम सुरु गर्छु, र न्यायको युग अन्त्यतिर पुग्छ, तब म सम्पूर्ण ब्रह्माण्डतर्फ आफ्ना वचनहरू लक्षित गर्न थाल्छु, र सम्पूर्ण ब्रह्माण्डमा आफ्नो आत्माको आवाज जारी गर्छु। म आफ्ना वचनहरूमार्फत, स्वर्ग र पृथ्वी अनि यावत् थोकमाझ रहेका हरेक व्यक्ति र कुरालाई पखालेर सफा पार्नेछु, ताकि यो भूमि अब फोहोर र व्यभिचारी नरहोस्, बरु पवित्र राज्य होस्। म सबै कुरा नयाँ बनाउनेछु, ताकि ती मेरो प्रयोगका लागि उपलब्ध होऊन्, ताकि तिनमा उप्रान्त माटोको गन्ध नहोस्, र ती उप्रान्त जमिनको स्वादले कलङ्कित नहोऊन्। पृथ्वीमा, मानिसले मेरा वचनहरूको लक्ष्य र उत्पत्तिको खोजतलास गरेको छ, र मेरा कार्यहरूलाई अवलोकन गरेको छ, तर कसैले पनि मेरा वचनहरूको उत्पत्ति साँच्चै थाहा पाएको छैन, र मेरा कार्यहरूमा भएको आश्चर्यपनलाई कसैले पनि साँच्चिकै देखेको छैन। आज मात्र, म व्यक्तिगत रूपमा मानिसमाझ आएर आफ्ना वचनहरू बोल्दा मानिसले मेरा बारेमा थोरै ज्ञान पाएको छ, जसले उसको सोचाइमा “मैले” ओगटेको स्थानलाई हटाएको छ, र त्यसको साटो उसको चेतनामा व्यावहारिक परमेश्‍वरका लागि स्थान बनाएको छ। मानिससँग धारणाहरू हुन्छन् र ऊ जिज्ञासाले भरिएको हुन्छ; परमेश्‍वरलाई देख्न कसले चाहँदैन र? परमेश्‍वरसँग सम्पर्क गर्न कसले चाहँदैन र? तैपनि मानिसले अस्पष्ट र अमूर्त भएको महसुस गर्ने परमेश्‍वरले मात्रै मानिसको हृदयमा निश्चित स्थान ओगट्नुहुन्छ। यदि मैले तिनीहरूलाई स्पष्ट रूपमा नभनेको भए यो कसलाई थाहा हुनेथ्यो र? म वास्तवमै अस्तित्वमा छु भनी कसले साँच्चै विश्‍वास गर्नेथियो र? के तिनीहरूले यसबारे साँच्चै अलिकति पनि शङ्का गर्नेथिएनन् र? मानिसको हृदयमा भएको “म” र वास्तविकताको “म” बीच ठूलो भिन्‍नता छ, र कसैले पनि तीबीच तुलना गर्न सक्दैन। यदि म देहधारी नबनेको भए, मानिसले मलाई कहिल्यै चिन्नेथिएन, र यदि उसले मलाई चिनिहाले पनि, के त्यस्तो ज्ञान अझै पनि एउटा धारणा नै हुनेथिएन र? हरेक दिन म मानिसहरूको अटुट भिडमाझ हिँड्छु, र हरेक दिन म हरेक व्यक्तिभित्र काम गर्छु। जब मानिसले मलाई साँच्चै देख्छ, तब उसले मेरा वचनहरूमा मलाई चिन्न सक्नेछ, साथै मेरो बोल्ने तरिका र मेरा अभिप्रायहरू पनि बुझ्नेछ।

जब राज्य औपचारिक रूपमा पृथ्वीमा आइपुग्छ, तब यावत् थोकमध्ये कुन कुरा मौन हुँदैन र? असङ्ख्य मानिसहरूमध्ये को डराएको हुँदैन र? म ब्रह्माण्डको संसारभरि जताततै हिँड्छु, र सबै कुराको व्यवस्था व्यक्तिगत रूपमा म नै गर्छु। यस समय, मेरा कार्यहरू आश्चर्यजनक छन् भनी कसलाई थाहा हुँदैन र? मेरो हातले सबै कुरा थाम्छ, तैपनि म यावत् थोकभन्दा माथि पनि छु। आज, म देहधारी बनेको छु र व्यक्तिगत रूपमा मानिसमाझ आएको छु—के यो मेरो विनम्रता र गुप्तपनको साँचो अर्थ होइन र? बाहिरी रूपमा, धेरै मानिस मलाई असल भनेर जयजयकार र सुन्दर भनेर प्रशंसा गर्छन्, तर मलाई साँच्चै कसले चिन्छ र? आज, म किन तिमीहरूले मलाई चिन्नुपर्छ भनेर भन्छु? के मेरो उद्देश्य ठूलो रातो अजिङ्गरलाई लज्जित पार्नु होइन र? म मानिसलाई मेरो प्रशंसा गर्न बाध्य पारियोस् भन्‍ने चाहन्नँ, बरु मानिसले मलाई चिनोस्, जसको माध्यमबाट उसले मलाई प्रेम गर्न थालोस्, र यसरी मेरो प्रशंसा गरोस् भन्‍ने चाहन्छु। यस्तो प्रशंसा आफ्नो नामको योग्य हुन्छ, र यो खोक्रो कुरा होइन; यस्तो प्रशंसा मात्र मेरो सिंहासनसम्म पुग्न र आकाशमा उड्न सक्छ। मानिसलाई शैतानले परीक्षामा पारेको र भ्रष्ट तुल्याएको हुनाले, ऊमाथि धारणाहरू र सोचाइ हाबी भएको हुनाले, म सम्पूर्ण मानवजातिलाई व्यक्तिगत रूपमा विजय गर्न, मानिसका सारा धारणा खुलासा गर्न, र मानिसको सोचाइलाई छिन्नभिन्न पार्न देहधारी बनेको छु। फलस्वरूप, मानिस अब मेरो अगाडि फुर्ती लगाउँदै हिँड्न छोड्छ, र आफ्नै धारणाहरू प्रयोग गरेर मेरो सेवा गर्न छोड्छ, र यसरी मानिसका धारणाहरूमा भएको “म” पूर्ण रूपमा हट्छ। जब राज्य आउँछ, तब मैले गर्ने पहिलो कुरा भनेको कामको यो चरण सुरु गर्नु हो, र म यो काम मेरा मानिसहरूमाझ गर्छु। ठूलो रातो अजिङ्गरको देशमा जन्मेका मेरा मानिसहरू भएका नाताले, तिमीहरूभित्र ठूलो रातो अजिङ्गरको विष पक्कै पनि अलिकति वा एक भाग मात्रै छैन। त्यसकारण, मेरो कामको यो चरण मुख्यतया तिमीहरूमाथि केन्द्रित छ, र चीनमा मेरो देहधारण हुनुको महत्त्वको एउटा पक्ष यही हो। अधिकांश मानिस मैले बोल्ने वचनहरूको एक अंश पनि बुझ्न सक्दैनन्, र बुझे पनि तिनीहरूको बुझाइ धमिलो र अन्योलपूर्ण हुन्छ। यो मैले बोल्ने तरिकामा आएको मोड हो। यदि सबै मानिसले मेरा वचनहरू पढ्न र तिनको अर्थ बुझ्न सक्ने भए, कुन चाहिँ मानिस पातालमा फालिनेथियो र? जब मानिसले मलाई चिन्छ र ऊ मप्रति समर्पित हुन्छ, त्यो नै मैले विश्राम गर्ने समय हुनेछ, र त्यही समय मानिसले मेरा वचनहरूको अर्थ बुझ्न सक्नेछ। आज, तिमीहरूको कद अत्यन्तै सानो छ—यो दयनीय रूपमै सानो छ, यतिसम्म कि यसलाई उचाल्नसमेत सकिँदैन—झन् मेरा बारेमा तिमीहरूको ज्ञानको त कुरै छोडौँ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय ११

परमेश्‍वरका दैनिक वचनहरू   अंश ६१

जब पूर्वबाट बिजुली चम्कन्छ, त्यो ठ्याक्कै मैले मेरा वचनहरू बोल्न सुरु गर्ने समय पनि हो—जब बिजुली चम्कन्छ, तब सारा आकाश उज्यालो हुन्छ, र सबै तारा रूपान्तरित हुन्छन्। सम्पूर्ण मानवजाति व्यवस्थित गरिएजस्ता हुन्छन्। पूर्वबाट आएको यस ज्योतिको किरणको चमकमुनि, सारा मानिस आफ्नो असली रूपमा प्रकट हुन्छन्, तिनीहरूका आँखा तिरमिराउँछन्, तिनीहरू के गर्ने भनेर अनिश्चित हुन्छन्, र आफ्ना कुरूप मुखाकृतिलाई कसरी लुकाउने भनेर झनै अनिश्चित हुन्छन्। तिनीहरू पशुहरू जस्तै पनि हुन्छन्, जो मेरो ज्योतिबाट भाग्छनं र पहाडका गुफाहरूमा शरण लिन्छन्, तैपनि मेरो ज्योतिभित्रबाट कुनै पनि कुरालाई मेटाउन सकिँदैन। सबै मानिस चकित छन्, सबै पर्खिरहेका छन्, सबै हेरिरहेका छन्; मेरो ज्योतिको आगमनसँगै, सबैले आफू जन्मेको दिनका लागि भाग्यशाली महसुस गर्छन्, र त्यसैगरी सबैले आफू जन्मेको दिनलाई सराप्छन्। बाझिएका भावनाहरू व्यक्त गर्न गाह्रो हुन्छ; आत्म-निन्दाका आँसुहरूले नदीहरू बनाउँछन्, र एकपछि अर्को उर्लँदो भेलमा बगेर जान्छन्, र एकै क्षणमा नामोनिसान नहुने गरी हराउँछन्। फेरि एक पटक, मेरो दिन सम्पूर्ण मानवजातिको नजिक आउँछ, फेरि एक पटक मानवजातिलाई जगाउँछ, मानवजातिलाई अर्को नयाँ सुरुवात दिन्छ। मेरो हृदय तरङ्गित हुन्छ र पहाडहरू लयबद्ध, आनन्दित सङ्गतमा उफ्रन्छन्, पानीहरू आनन्दले नाच्छन्, र छालहरू चट्टानहरूमा ठोक्किन्छन्। मेरो हृदयमा के छ भन्ने कुरा व्यक्त गर्न गाह्रो छ। म मेरो नजरमुनि सबै अस्वच्छ कुरालाई जलाएर खरानी बनाइदिनेछु; म विद्रोहका सबै पुत्रलाई मेरा आँखा अगाडिबाट गायब पारिदिनेछु, जो फेरि कहिल्यै बाँकी रहनेछैनन्। मैले ठूलो रातो अजिङ्गरको वासस्थानमा नयाँ सुरुवात गरेको मात्र होइन, मैले सारा ब्रह्माण्डमा नयाँ काम पनि सुरु गरेको छु। चाँडै नै, पृथ्वीका राज्यहरू मेरो राज्य बन्नेछन्; चाँडै नै, मेरो राज्यका कारण पृथ्वीका राज्यहरू सधैँका लागि अस्तित्वमा रहन छोड्नेछन्, किनभने मैले विजय हासिल गरिसकेको छु, किनभने म विजयी भएर फर्केको छु। ठूलो रातो अजिङ्गरले मेरो योजनालाई अवरोध गर्न हरेक सम्भावित उपायहरू अपनाएको छ, पृथ्वीमा मेरो कामलाई मेटाउने आशा गरेको छ, तर के म यसका युक्तिहरूबाट हतोत्साहित हुन सक्छु र? के म यसका धम्कीहरूबाट डराएर आफ्नो आत्मविश्वास गुमाउन सक्छु र? स्वर्ग वा पृथ्वीमा एउटै पनि यस्तो प्राणी कहिल्यै रहेकोको छैन, जसलाई मैले मेरो हातको हत्केलामा नराखेको होऊँ; मेरो लागि प्रतिभारका रूपमा काम गर्ने ठूलो रातो अजिङ्गरको हकमा यो कति धेरै सत्य हो? के यो मेरो हातमा मेरो आवश्यकताअनुसार चलाइने वस्तु पनि होइन र?

मानिसको संसारमा भएको मेरो देहधारणको अवधिमा मानव जाति अनजानमा नै आजको दिनसम्म मेरो मार्गनिर्देशनको अधीनमा आएको छ, अनजानमा नै मलाई चिन्न सकेको छ। तर अगाडि आउने बाटोमा कसरी हिँड्ने भन्‍नेबारे कसैलाई थाहा छैन, कोही पनि सचेत छैन—र त्यो बाटोले तिनीहरूलाई कुन दिशातिर लैजान्छ भन्‍ने कुरा थाहा पाउने त कुरै नगरौं। केवल सर्वशक्तिमान्‌ले उनीहरूमाथि नजर राख्नुभयो भने मात्र कुनै व्यक्ति त्यो बाटोको अन्त्यसम्म पुग्न सक्नेछ; पूर्वमा चम्केको ज्योतिको अगुवाइमा मात्र कसैले मेरो राज्यमा पुर्याउने प्रवेशद्वार पार गर्न सक्छ। मानिसहरू माझ कुनै यस्तो व्यक्ति छैन जसले मेरो अनुहार देखेको छ, जसले पूर्वमा ज्योति चम्केको देखेको छ; मेरो सिंहासनबाट बोलिएको वाणीहरू सुन्ने त झन् कति थोरै होलान्? वास्तवमा, प्राचीन कालदेखि कुनै पनि व्यक्ति मेरो व्यक्तित्वसँग प्रत्यक्ष सम्पर्कमा आएको छैन; केवल आज, म यस संसारमा आएपछि मात्रै मानिसहरूले मलाई देख्ने मौका पाएका छन्। तर अहिले पनि मानिसहरूले मलाई चिन्दैनन्, जसरी उनीहरूले मेरो अनुहार हेर्छन् र मेरो आवाज मात्र सुन्छन् तर मेरो अर्थ बुझ्दैनन्। सबै मानिसहरू यस्तै प्रकारका छन्। मेरा मानिसहरूमध्ये एक भएको नाताले मेरो अनुहार देख्दा के तिमीहरू गर्व महसुस गर्दैनौं र? र के मलाई नचिनेको कारण अति नै ठूलो सरम महसुस गर्दैनौ र? म मानिसहरू माझ हिँड्छु र म मानिसहरू माझ बस्छु, किनकि म देह बनेको छु र म मानव संसारमा आएको छु। मेरो उद्देश्य भनेको मानव जातिलाई मेरो देहलाई हेर्ने क्षमता दिनु मात्र होइन; अझ महत्त्वपूर्ण कुरा, मलाई चिन्न मानिसहरूलाई सक्षम बनाउनु हो। यसबाहेक, म मेरो देहधारी शरीरबाट मानिसहरूलाई तिनीहरूका पापहरूका लागि दोषी ठहराउनेछु; म मेरो देहधारी शरीरद्वारा, त्यो ठूलो रातो अजिङ्गरलाई हराउनेछु र त्यसको गुफालाई नष्ट गर्नेछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय १२

परमेश्‍वरका दैनिक वचनहरू   अंश ६२

सारा ब्रह्माण्डका मानिसहरू मेरो दिनको आगमनको उत्सव मनाउँछन्, र स्वर्गदूतहरू मेरा सबै मानिसहरूमाझ हिँड्छन्। जब शैतानले बाधा दिन्छ, तब स्वर्गदूतहरू स्वर्गमा आफ्नो सेवाको कारण सधैँ मेरा मानिसहरूलाई सहयोग गर्छन्। मेरा मानिसहरू मानव कमजोरीका कारण दियाबलसहरूद्वारा भ्रमित हुँदैनन्, बरु अन्धकारका शक्तिहरूको ठूलो आक्रमणको कारणले कुहिरो पार गर्दै मानिसको जीवनको अनुभव गर्न अझ बढी कोसिस गर्छन्। मेरा सबै मानिस मेरो नाममुनि झुक्छन् र कोही पनि कहिल्यै खुल्लमखुल्ला मविरुद्ध उठ्दैनन्। स्वर्गदूतहरूको कामका कारण मानिसहरू मेरो नाम स्विकार्छन्, र सबै मेरो कार्यप्रवाहको बीचमा रहन्छन्। संसार पतन भइरहेको छ! बेबिलोन पक्षाघातको चपेटामा छ! ओहो, धार्मिक संसार! पृथ्वीमा मेरो अख्तियारद्वारा कसरी यो नष्ट हुन सक्दैन? कसले अझै मविरुद्ध विद्रोह गर्ने र मेरो विरोध गर्ने हिम्मत गर्नेछ? शास्‍त्रीहरूले? सबै धार्मिक अधिकारीहरूले? के पृथ्वीमा भएका शासक र अखितियारवालहरूले? स्वर्गदूतहरूले? कसले मेरो शरीरको सिद्धता र पूर्णताको उत्सव मनाउँदैन? सबै मानिसहरूमध्ये कसले निरन्तर प्रशंसा गाउँदैन, र मेरो कारण को लगातार आनन्दित छैन? म ठूलो रातो अजिङ्गरको गुफा भएको देशमा बस्छु, तैपनि त्यसले मलाई डरले काँप्‍ने वा भाग्‍ने बनाउँदैन किनकि यहाँका सबै मानिसहरूले यसलाई घृणा गर्न थालेका छन्। कुनै कुराले पनि अजिङ्गरको अगाडि अजिङ्गरकै लागि कहिल्यै आफ्नो “कर्तव्य” गरेको छैन; बरु, सबै कुराले तिनीहरूलाई जे उचित लाग्छ त्यो गरेका छन्, र हरेकले आफ्नै बाटो हिँडेका छन्। पृथ्वीका देशहरू कसरी विनाश नहोलान् र? पृथ्वीका देशहरू कसरी पतन नहोलान् र? मेरा मानिसहरू कसरी खुसीले कराउन नसक्लान् र? तिनीहरूले कसरी खुसीले गाउन नसक्लान् र? के यो मानिसले गरेको काम हो? के यो मानिसका हातहरूले गरेको काम हो? मैले मानिसलाई उसको अस्तित्वको जड दिएँ, र उसको निम्ति भौतिक वस्तुहरू जुटाइदिएँ, तैपनि ऊ आफ्नो वर्तमान अवस्थासँग असन्तुष्ट छ र मेरो राज्यमा प्रवेश गर्न बिन्ती गर्छ। तर ऊ कुनै मूल्य नचुकाई, निःस्वार्थ भक्ति चढाउन तयार नभई त्यति सजिलै कसरी मेरो राज्यमा प्रवेश गर्न सक्छ? मानिसबाट कुनै कुरा लिनुको सट्टा म उसले पूरा गर्नुपर्ने मापदण्डहरू तय गर्छु, ताकि पृथ्वीमा मेरो राज्य महिमाले भरियोस्। मानिस मद्वारा डोऱ्याइएर आजको युगमा आइपुगेको छ, उसको अस्तित्व यस अवस्थामा छ, र ऊ मेरो ज्योतिको मार्गनिर्देशनमाझ जिउँछ। यदि यस्तो नभएको भए, पृथ्वीका मानिसहरूमध्ये कसलाई आफ्ना सम्भाव्यताहरू थाहा हुनेथ्यो र? कसले मेरा अभिप्रायहरू बुझ्नेथ्यो? म मानिसहरूको लागि तय गरिएका मापदण्डहरूमा मेरा प्रबन्धहरू थपिदिन्छु; के यो प्रकृतिको नियमअनुरूप छैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २२

परमेश्‍वरका दैनिक वचनहरू   अंश ६३

राज्यमा, यावत् थोक पुनर्जीवित हुन थाल्छन् र जीवनशक्ति फैलाउँछन्। पृथ्वीको स्थितिमा आउने परिवर्तनहरूका कारण, एउटा भूमि र अर्को भूमिबीचका सिमानाहरू पनि सर्न थाल्छन्। मैले अगमवाणी गरेको छु कि जब भूमिबाट भूमि विभाजित हुन्छ, र भूमिसँग भूमि जोडिन्छ, त्यही समयमा म हरेक देशलाई टुक्रा-टुक्रा पार्नेछु। यस समयमा, म यावत् थोकलाई नवीकरण र परिवर्तन गर्नेछु र सम्पूर्ण ब्रह्माण्डलाई पुन: विभाजन गर्नेछु, यसरी ब्रह्माण्डलाई व्यवस्थित गर्नेछु र पुरानोलाई नयाँमा रूपान्तरण गर्नेछु—यो मेरो योजना हो र यी मेरा कार्यहरू हुन्। जब हरेक देश र मेरो हरेक चुनिएको मानिस मेरो सिंहासनसामु फर्कन्छ, तब त्योसँगै म स्वर्गको सारा प्रचुरता मानव संसारलाई प्रदान गर्नेछु, ताकि, मेरो कारणले गर्दा, त्यो संसार अतुलनीय प्रचुरताले भरिपूर्ण होस्। पुरानो संसार अस्तित्वमा रहुन्जेल, म हरेक देशमाथि मेरो ठूलो क्रोध खन्याउनेछु र सम्पूर्ण ब्रह्माण्डका लागि सार्वजनिक गरिएका प्रशासनिक आदेशहरू जारी गर्नेछु, र जसले तिनको उल्लङ्घन गर्छ उसले सजाय पाउनेछ:

जब म सम्पूर्ण ब्रह्माण्डसित बोल्छु, तब सबै मानिसले मेरो स्वर सुन्छन्, अर्थात्, मैले ब्रह्माण्डभरि गरेका सबै कार्य सारा मानिसले देख्छन्। जो मेरा अभिप्रायहरूका विरुद्धमा जान्छन्, अर्थात्, जो मानिसका कार्यहरूद्वारा मेरो विरोध गर्छन्, तिनीहरू मेरो सजायको बीचमा ढल्नेछन्। म स्वर्गका असङ्ख्य ताराहरूलाई नवीन बनाउनेछु; मेरो कारणले गर्दा, सूर्य र चन्द्रमा नवीन हुनेछन्, आकाश पहिले जस्तो रहनेछैन; र पृथ्वीका यावत् थोक नवीन हुनेछन्—यी सबै मेरा वचनहरूका कारणले पूरा हुनेछन्। ब्रह्माण्डभित्रका सबै देशलाई नयाँ रूपमा विभाजन गरिनेछ र तिनलाई मेरो राज्यद्वारा प्रतिस्थापित गरिनेछ, ताकि पृथ्वीमा रहेका देशहरू सधैँका लागि लोप हुनेछन्, र त्यहाँ मेरो आराधना गर्ने राज्य मात्र हुनेछ; पृथ्वीका सबै देश नष्ट हुनेछन् र अस्तित्वमा रहनेछैनन्। ब्रह्माण्डभित्रका मानवजातिमध्ये, जो दियाबलसहरूका हुन् तिनीहरू सबैलाई नामेट पारिनेछ। शैतानको आराधना गर्ने सबै मेरो दन्किरहेको आगोको बीचमा ढल्नेछन्—अर्थात्, अहिले प्रवाहभित्र भएकाहरू बाहेक, सबै खरानीमा परिणत हुनेछन्। जब म हरेक मानिसलाई सजाय दिन्छु, तब धार्मिक समुदायहरू, विभिन्न हदसम्म, मेरो राज्यमा फर्कनेछन्, र मेरा कार्यहरूद्वारा विजय गरिनेछन्, किनभने तिनीहरूले “सेतो बादलमा सवार हुनुहुने पवित्र जन” पहिल्यै आइपुग्नुभएको छ भनी देखेका हुनेछन्। सबै मानिसलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिनेछ, र तिनीहरूले आफ्ना कार्यहरू अनुरूप विभिन्न सजायहरू प्राप्त गर्नेछन्; ज-जसले मेरो प्रतिरोध गरेका छन् तिनीहरू सबै नाश हुनेछन्, र पृथ्वीमा जसका कार्यहरूले मलाई समेटेका छैनन्, तिनीहरू, आफूले गरेको व्यवहारका कारणले गर्दा, मेरा पुत्रहरू र मेरा मानिसहरूको शासनअन्तर्गत पृथ्वीमा अस्तित्वमा रहिरहनेछन्। म अनगिन्ती देश र मानिसहरूसामु देखा पर्नेछु, र म पृथ्वीमा मेरो आफ्नै स्वर व्यक्त गर्नेछु, मेरो महान् काम पूरा भएको उद्घोष गर्नेछु, जसले गर्दा सबै मानिसले यसलाई आफ्नै आँखाले देख्न सकून्।

मेरा वाणीहरू झन्झन् गहन हुँदै जाँदा, म ब्रह्माण्डको स्थिति पनि अवलोकन गर्छु। मेरा वचनहरूका कारण, यावत् थोक नवीन बनाइन्छन्। स्वर्ग परिवर्तन हुन्छ अनि पृथ्वी पनि परिवर्तन हुन्छ। मानव त्यसको मौलिक स्वरूपमा खुलासा गरिन्छ र बिस्तारै सबै मानिसलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिन्छ र अनजान रूपमै उनीहरू आफ्‍नो “परिवार” मा फर्काइन्छन्। यसले मलाई अत्यन्तै प्रसन्न तुल्याउँछ। म बाधाबाट मुक्त छु, र थाहै नभई, मेरो महान् काम पूरा हुन्छ, र यावत् थोक रूपान्तरित हुन्छन्। संसारको सृष्टि गर्दा, मैले यावत् थोकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरेँ, रूप भएका यावत् थोकलाई वर्गीकृत गरेँ। जब मेरो व्यवस्थापनको योजनाको समाप्ति नजिकिन्छ, म सृष्टिको पहिलेको स्थिति पुनर्स्थापित गर्नेछु; म सबै कुरालाई मौलिक स्थितिमा पुनर्स्थापित गर्नेछु, सबै कुरालाई पूर्णतः परिवर्तन गर्नेछु, र सबै कुरालाई मेरो योजना अन्तर्गत पर्ने तुल्याउनेछु। समय आइसकेको छ! मेरो योजनाको अन्तिम चरण पूरा हुन लागेको छ। ए, अशुद्ध पुरानो संसार! यो निश्‍चय नै मेरा वचनहरूमाझ भत्किनेछ! यसलाई मेरो योजनाले अवश्यै शून्यतामा झार्नेछ! ए, यावत् थोक! ती सबैले मेरा वचनहरूमाझ नयाँ जीवन प्राप्त गर्नेछन्—तिनले आफ्नो सार्वभौम पाउनेछन्! ए, पवित्र र निष्खोट नयाँ संसार! यो निश्चय नै मेरो महिमावान् ज्योतिमाझ पुनर्जीवित हुनेछ! ओ, सियोन पर्वत! अब उप्रान्त चुप नबस्—म विजयसाथ फर्केको छु! म यावत् कुरामाझ सारा पृथ्वीलाई नियाल्छु। पृथ्वीका मानिसहरूले नयाँ जीवन सुरु गरेका छन् र तिनीहरूसँग नयाँ आशाहरू छन्। ओ, मेरा मानिसहरू हो! तिमीहरू कसरी मेरो ज्योतिमाझ जीवनमा फर्किआउन सक्दैनौ? मेरो मार्गदर्शनमा तिमीहरू कसरी हर्षले नउफ्रन सक्छौ? भूमिहरू हर्षोल्लासमा चिच्याइरहेका छन्, पानीहरू उल्लासमय हाँसोले गर्जिरहेका छन्! हे, पुनरुत्थानित इस्राएल! मेरो पूर्वनिर्धारणका कारण तैँले कसरी पो गर्व महसुस गर्न नसक्लास् र? को रोएको छ र? कसले विलाप गरेको छ र? पुरानो दिनको इस्राएल उप्रान्त अस्तित्वमा छैन र आजको इस्राएल संसारमा ठाडो र उच्‍च हुँदै उदाएको छ र सारा मानवताको हृदयमा खडा भएको छ। आजको इस्राएलले निश्चय नै मेरा मानिसहरूका कारण अस्तित्वको आधार प्राप्त गर्नेछ! हे, घृणित मिश्र! तँ पक्कै पनि अझै मेरो प्रतिरोध गर्दैनस् नि? तैँले कसरी पो मेरो कृपाको फाइदा उठाएर मेरो सजायबाट उम्कने प्रयास गर्न सक्छस् र? तँ कसरी पो मेरो सजायभित्र नजिउन सक्छस् र? मैले प्रेम गर्ने सबै निश्चय नै अनन्तका लागि अस्तित्वमा रहनेछन्, र मेरो प्रतिरोध गर्ने सबैले निश्चय नै अनन्तका लागि मबाट सजाय पाउनेछन्। किनभने म ईर्ष्यालु परमेश्‍वर हुँ र म सबै मानिसलाई तिनीहरूले गरेका सबै कुराका निम्ति हल्का रूपमा छोड्नेछैन। म सारा पृथ्वीलाई छानबिन गर्नेछु र संसारको पूर्वमा धार्मिकता, प्रताप, क्रोध र सजायसहित देखा पर्दै, म अनगिन्ती मानिससामु आफूलाई प्रकाश गर्नेछु!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २६

परमेश्‍वरका दैनिक वचनहरू   अंश ६४

जब मेरो प्रशंसामा स्वर्गदूतहरूले सङ्गीत बजाउँछन्, यसले ममा मानिसप्रतिको सहानुभूतिलाई जगाएरै छाड्छ। मेरो हृदय तुरुन्तै उदास हुन्छ, र यो पीडादायी भावनाबाट आफैलाई मुक्त गर्नु असम्‍भव छ। मानिसबाट अलग गरिनु र फेरि मिल्‍नुको आनन्द र शोकमा, हामी भावनाको आदनप्रदान गर्न असमर्थ छौं। स्वर्गमा माथि र पृथ्वीमा मुनि अलग गरिएको कारण, म र मानिस बिरलै भेट्छौं। अतीतका भावनाहरूबाट को उम्कन सक्छ? अतीतका मीठा यादहरूलाई कसले रोक्‍न सक्छ र? विगतका भावनाहरू जारी रहोस् भन्‍ने आशा कसले गर्दैन र? कसले मेरो आगमनको तृष्णा गर्दैन र? मानिससँगको मेरो मिलापको लागि कसले तृष्णा गर्दैन र? मेरो हृदय बेचैन छ, र मानिसको आत्मा अत्यन्तै चिन्तित छ। आत्मामा उस्तै भए पनि, हामी त्यति एकसाथ हुन सक्दैनौं, र हामी त्यति एकअर्कालाई भेट्न सक्दैनौं। त्यसैले सारा मानवजातिको जीवन शोकले भरिएको छ र यसमा जोशको कमी छ, किनभने मानिसले सधैँ मेरो तृष्णा गरेको छ। यो यस्तो छ मानौं मानवजाति स्वर्गबाट फ्याँकिएका वस्तुहरू हुन्; तिनीहरू भुइँबाट नजर उठाएर मलाई हेर्दै पृथ्वीबाट मेरो नाम पुकार्छन्—तर तिनीहरू भोको ब्‍वाँसोको मुखबाट कसरी उम्कन सक्छन् र? यसका खतराहरू र यसका परीक्षाहरूबाट तिनीहरूले आफैलाई कसरी मुक्त गर्न सक्छन् र? मेरो योजनाको प्रबन्धप्रति समर्पित हुन कसरी मानवजातिले आफैलाई बलिदान गर्न सक्दैन? जब तिनीहरूले उच्‍च सोरमा बिन्ती गर्छन्, म तिनीहरूबाट मेरो अनुहार लुकाउँछु, अबउप्रान्त तिनीहरूलाई हेर्नै सक्दिनँ तर तिनीहरूको आँसुसहितको रुवाइलाई नसुनी म कसरी बस्‍न सक्छु र? म मानव संसारका अन्यायहरूलाई सच्याउनेछु। मेरा मानिसहरूलाई फेरि हानी गर्नबाट शैतानलाई रोक्दै, फेरि आफूखुसी गर्नबाट शत्रुहरूलाई रोक्दै, म संसारभरि मेरै हातद्वारा मेरो काम गर्नेछु। मेरा सबै शत्रुहरूलाई भुइँमा लडेर मेरो अगाडि आफ्‍ना अपराधहरू स्वीकार गर्ने तुल्याउँदै म पृथ्वीमा राजा बन्‍नेछु र मेरो सिंहासनलाई त्यहाँ सार्नेछु। उदासपन, साथै रिसको बेलामा, कसैलाई पनि बाँकी नराखी अनि मेरा शत्रुहरूको हृदयमा आतङ्क पैदा गर्दै म सारा ब्रह्माण्डलाई कुल्चिमिल्ची गर्नेछु। म सारा पृथ्वीलाई अवशेषमा परिवर्तन गर्नेछु, र मेरा शत्रुहरूलाई त्यही अवशेषमा खसाल्‍नेछु, ताकि अबउप्रान्त तिनीहरूले मानवजातिलाई भ्रष्ट नबनाऊन्। मेरो योजना पहिले नै निश्‍चित भइसकेको छ, र कसैले पनि यसलाई परिवर्तन गर्दैन, चाहे तिनीहरू जोसुकै होऊन्। म ब्रह्माण्डमाथिको प्रतापी वैभवमा डुलिहिँड्ने क्रममा सारा मानवजातिलाई नयाँ बनाइनेछ, र सबैलाई पुनर्जीवित पारिनेछ। मानिसले अबउप्रान्त कहिल्यै पनि बिलौना गर्नेछैन, सहयोगको लागि मलाई पुकार्नेछैन। त्यसपछि मेरो हृदय आनन्दित हुनेछ, र मानिसहरू खुसियाली मनाउँदै मकहाँ फर्कनेछन्। सारा ब्रह्माण्ड तलदेखि माथिसम्मै हर्षोल्लासमा उर्लनेछ …

आज, संसारका राष्ट्रहरूबीच, म आफूले पूरा गर्न तय गरेको काम गरिरहेको छु। म मानवजातिबीच हिँडडुल गर्छु, मेरो योजनाभित्रका सबै काम गर्छु, र सम्पूर्ण मानवजातिले मेरा अभिप्रायहरूअनुसार विभिन्‍न राष्ट्रलाई टुक्र्याइरहेका छन्। पृथ्वीका मानिसहरूले आफ्नो ध्यान आफ्नै गन्तव्यमा केन्द्रित गरेका छन्, किनभने दिन साँच्चै नजिकिँदै छ र स्वर्गदूतहरूले आफ्ना तुरहीहरू बजाइरहेका छन्। अब कुनै ढिलाइ हुनेछैन, र त्यसपछि यावत् थोक उल्लासमा नाच्न थाल्नेछन्। कसले आफ्नो इच्छाअनुसार मेरो दिनलाई लम्ब्याउन सक्छ? पृथ्वीको मानिसले? अथवा आकाशका ताराहरूले? अथवा स्वर्गदूतहरूले? जब म इस्राएलका मानिसहरूको मुक्ति सुरु गर्न वाणी बोल्छु, तब मेरो दिन सम्पूर्ण मानवजातिमाथि आइपर्छ। हरेक मानिस इस्राएलको पुनर्स्थापनादेखि डराउँछ। जब इस्राएल पुनर्स्थापित हुन्छ, त्यो मैले महिमा प्राप्त गर्ने दिन हुनेछ, र त्यसरी नै, यो यावत् थोक परिवर्तन हुने र नवीकृत हुने दिन पनि हुनेछ। धर्मी न्यायले सम्पूर्ण ब्रह्माण्डको आसन्न रूपमा सामना गरिरहँदा, सबै मानिस काँतर र त्रसित बन्छन्, किनभने मानव संसारमा धार्मिकताबारे सुनिएको छैन। जब धार्मिकताको सूर्य देखा पर्छ, पूर्व उज्यालो हुनेछ। त्यसपछि यसले सम्पूर्ण ब्रह्माण्डलाई उज्यालो पार्नेछ, र यो सबै मानिसमाझ पुग्नेछ। यदि मानिसले साँच्चै मेरो धार्मिकता लागू गर्न सक्छ भने, डराउनुपर्ने कुरा के हुन्छ र? मेरा मानिसहरू सबै मेरो दिनको आगमनको प्रतीक्षा गर्छन्, तिनीहरू सबै मेरो दिनको आगमनको तृष्णा गर्छन्। तिनीहरू सम्पूर्ण मानवजातिमाथि दण्ड ल्याउन र मानवजातिको गन्तव्यको प्रबन्ध गर्न म धार्मिकताको सूर्यका रूपमा आउने प्रतीक्षा गर्छन्। मेरो राज्यले सम्पूर्ण ब्रह्माण्डमाथि आकार लिँदै छ, र मेरो सिंहासनले मेरा करोडौँ चुनिएका मानिसको हृदय ओगटेको छ। स्वर्गदूतहरूको सहकार्यमा, मेरो महान् काम चाँडै नै फलदायी हुनेछ। मेरा सबै पुत्र र मेरा मानिसहरू उत्सुकताका साथ मेरो पुनरागमनको प्रतीक्षा गर्छन्, तिनीहरूसँग मेरो पुनर्मिलन होस् र हामी फेरि कहिल्यै नछुट्टिऔँ भन्‍ने तृष्णा गर्छन्। मेरो राज्यमा भएका मानिसहरूको ठूलो सङ्ख्या म तिनीहरूसँग भएको कारणले कसरी एक-अर्कातिर नदौडन र नरमाउन सक्छन् र? के यो कुनै मूल्य चुकाउनु नपर्ने पुनर्मिलन हुन सक्छ र? म सबै मानिसको नजरमा आदरणीय छु, म सबैका शब्दहरूमा घोषित छु। जब म फर्कन्छु, म सबै विरोधी शक्तिलाई अझ बढी विजय गर्नेछु। समय आएको छ! म मेरो काम सुरु गर्नेछु, म मानिसहरूबीच राजाका रूपमा शक्ति हातमा लिनेछु! म फर्कनै लागेको छु! अनि म प्रस्थान गर्न लागेको छु! मानिसले आशा गरेको कुरा यही हो, मानिसले चाहेको कुरा यही हो। म सबै मानिसलाई मेरो दिनको आगमन हेर्न दिनेछु, र तिनीहरू सबैले मेरो दिनको आगमनलाई आनन्दका साथ स्वागत गर्नेछन्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २७

परमेश्‍वरका दैनिक वचनहरू   अंश ६५

सबै कुरालाई पुनरुत्थान गरिएको दिन, म मानिसमाझ आएँ र मैले ऊसँग सुन्दर दिन र रातहरू बिताएको छु। मानिसले यस बिन्दुमा मात्र मेरो पहुँचयोग्यता थोरै अनुभूत गर्छ, र मसँगको उसको अन्तरक्रिया बाक्लो हुँदै जाँदा, उसले मसित जे छ र म जे हुँ त्यसको केही अंश देख्छ—फलस्वरूप, उसले मेरो बारेमा केही ज्ञान प्राप्त गर्छ। म सबै मानिसमाझ मेरो शिर उठाउँछु र हेर्छु, अनि तिनीहरू सबैले मलाई देख्छन्। तैपनि जब संसारमा विपत्ति आइपर्छ, तब तिनीहरू तुरुन्त बेचैन हुन्छन् र तिनीहरूको हृदयबाट मेरो स्वरूप हराउँछ; विपत्ति आएकाले त्रसित बनेर तिनीहरू मेरा अर्तीहरूलाई कुनै ध्यान दिँदैनन्। मैले मानिसमाझ धेरै वर्ष बिताएको छु, तर ऊ सधैँ अनभिज्ञ रहेको छ, र उसले मलाई कहिल्यै चिनेको छैन। म आज आफ्नै मुखले उसलाई यो भन्छु, ताकि सबै मानिस मबाट केही प्राप्त गर्न मसामु आउन सकून्, तर तिनीहरू अझै पनि मबाट निकै टाढा बस्छन्, र त्यसैले तिनीहरू मलाई चिन्दैनन्। जब मेरा पदचापहरू ब्रह्माण्डभरि र पृथ्वीको अन्तिम छेउसम्म पुग्छन्, तब मानिसले आत्म-चिन्तन गर्न थाल्नेछ, र सबै मानिस मकहाँ आउनेछन् र मेरो अगाडि झुक्नेछन् अनि मेरो आराधना गर्नेछन्। यो मैले महिमा प्राप्त गर्ने दिन, मेरो पुनरागमनको दिन, साथै मेरो प्रस्थानको दिन पनि हुनेछ। अहिले, मैले सारा मानवजातिमाझ मेरो काम सुरु गरेको छु, र मेरो व्यवस्थापनको योजनाको अन्तिम भागलाई ब्रह्माण्डभित्रै औपचारिक रूपमा अनावरण गर्दैछु। यदि कोही अझै पनि असतर्क हुन्छ भने, ऊ कुनै पनि क्षण निर्मम सजायमा पर्नेछ। म निर्दयी भएकाले यस्तो हुने होइन; बरु यो त मेरो व्यवस्थापनको योजनाको एउटा चरण हो; सबै कुरा मेरो योजनाका चरणहरूअनुसार अगाडि बढ्नुपर्छ, र कुनै पनि मानिसले यसलाई परिवर्तन गर्न सक्दैन। जब म औपचारिक रूपमा मेरो काम सुरु गर्छु, सबै मानिस मेरो चालसँगै चल्छन्, यसरी कि ब्रह्माण्डभरिका मानिसहरू आफूलाई मसँगै व्यस्त राख्छन्, सारा ब्रह्माण्ड “उल्लास” को स्थितिमा हुन्छ, र मानिस मद्वारा अघि बढाइन्छ। परिणामस्वरूप, ठूलो रातो अजिङ्गर आफै समेत मद्वारा अस्तव्यस्तता र अलमलको स्थितिमा पुऱ्याइन्छ, र त्यसले मेरो काममा सेवा गर्छ, र अनिच्छुक भए पनि त्यो आफ्नै चाहनाहरूको पछि लाग्न असमर्थ हुन्छ, बरु मैले चाहेअनुसार मलाई योजनाबद्ध गर्न दिनुबाहेक त्योसित अरू कुनै विकल्प हुँदैन। मेरा सबै योजनामा, त्यो ठूलो रातो अजिङ्गर मेरो प्रतिभार हो, मेरो शत्रु तर मेरो नोकर पनि हो; त्यसैले, मैले त्यसबाट मेरा “मागहरू” कहिल्यै खुकुलो पारेको छैन। यसैकारण मेरो देहधारणको कामको अन्तिम चरण त्यसको घरमा पूरा हुन्छ—ठूलो रातो अजिङ्गरलाई उचित रूपमा मेरो सेवा गर्न यो अझ बढी अनुकूल हुन्छ, जसको माध्यमबाट म त्यसलाई विजय गर्नेछु र मेरो योजना पूरा गर्नेछु। मैले काम गर्दै गर्दा, सबै स्वर्गदूत मसँगै निर्णायक लडाइँमा लाग्छन् र अन्तिम चरणमा मेरा अभिप्राय पूरा गर्ने सङ्कल्प गर्दछन्, ताकि पृथ्वीका मानिसहरू पनि स्वर्गदूतहरू झैँ मेरो सामुन्ने समर्पित होऊन्, र तिनीहरूमा मेरो विरोध गर्ने कुनै चाहना नहोस्, र तिनीहरूले मलाई धोका दिने कुनै काम नगरून्। सारा ब्रह्माण्डभरिमा हुने मेरो कामका गतिविधिहरू यिनै हुन्।

मानिसमाझ मेरो आगमनको उद्देश्य र महत्त्व सम्पूर्ण मानवजातिलाई मुक्ति दिनु, सम्पूर्ण मानवजातिलाई मेरो घरमा फिर्ता ल्याउनु, स्वर्गलाई पृथ्वीसँग पुनर्मिलन गराउनु, र मानिसलाई स्वर्ग र पृथ्वीबीच “सङ्केतहरू” पुर्‍याउन लगाउनु हो, किनकि मानिसको अन्तर्निहित प्रकार्य नै त्यही हो। मैले मानवजातिलाई सृष्टि गरेको बेलामा मानवजातिका लागि सबै थोक तयार गरेको थिएँ, अनि पछि, मैले मानवजातिलाई दिएको सम्पन्नता उसलाई मेरा मागहरूअनुसार लिन अनुमति दिएँ। यसैले, म मेरो मार्गदर्शनमा नै सम्पूर्ण मानवजाति आजको दिनसम्म आइपुगेको हो भनेर भन्छु। अनि यो सबै मेरै योजना हो। सम्पूर्ण मानवजातिमध्ये असङ्ख्य मानिस मेरो प्रेमको सुरक्षाअन्तर्गत अस्तित्वमा छन्, र असङ्ख्य मानिस मेरो घृणाको सजायअन्तर्गत जिउँछन्। सबै मानिसले मलाई बिन्ती गर्ने भए पनि, तिनीहरू अझै पनि आफ्ना वर्तमान परिस्थितिहरू परिवर्तन गर्न असमर्थ छन्; तिनीहरू आशा गुमाइसकेपछि केवल प्रकृतिलाई आफ्‍नै लयमा चल्न दिन र मेरो विरुद्धमा विद्रोह गर्न छोड्न सक्छन्, किनकि मानिसद्वारा गर्न सकिने कुरा यति मात्र हो। मानिसको जीवनको हालको स्थितिको कुरा गर्नुपर्दा, मानिसले वास्तविक जीवन भेट्टाउन अझै बाँकी नै छ, उसले अझै पनि संसारका अन्याय, उजाडता, र दयनीय अवस्थाहरू छर्लङ्ग देखेको छैन—त्यसकारण, यदि प्रकोपको आगमन नभएको भए भने, अधिकांश मानिसले अझै पनि प्रकृतिलाई नै अँगाल्नेथिए, र तिनीहरू अझै पनि “जीवन” का स्वादहरूमा तल्लीन हुनेथिए। के यो संसारको वास्तविकता होइन र? के यो मैले मानिससामु व्यक्त गर्ने मुक्तिको आवाज होइन र? किन मानवजातिमध्ये कसैले मलाई कहिल्यै साँचो प्रेम गरेन? किन मानिसले मलाई सजाय र परीक्षाहरूको बेलामा मात्र प्रेम गर्छ, तर मेरो सुरक्षाअन्तर्गत रहँदा कसैले पनि मलाई प्रेम गर्दैन? मैले मानवजातिलाई धेरै पटक मेरो सजाय प्रदान गरेको छु। तिनीहरू त्यसलाई एकचोटि हेर्छन्, तर त्यसपछि त्यसलाई बेवास्ता गर्छन्, र तिनीहरू यस बेला यसको अध्ययन र यसबारे मनन गर्दैनन्, त्यसैले मानिसमाथि निर्मम न्याय मात्र आइपर्छ। यो मेरो काम गर्ने तरिकाहरूमध्येको एउटा तरिका मात्रै हो, तर यो अझै पनि मानिसलाई परिवर्तन गर्न र उसलाई मलाई प्रेम गर्न लगाउनका निम्ति हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २९

परमेश्‍वरका दैनिक वचनहरू   अंश ६६

म राज्यमा शासन गर्छु, र त्यसभन्दा पनि बढी, म सम्पूर्ण ब्रह्माण्डभरि शासन गर्छु: म राज्यको राजा र ब्रह्माण्डको प्रमुख, दुवै हुँ। अब उप्रान्त, म जो चुनिएका मानिस होइनन् तिनीहरू सबैलाई भेला गर्नेछु र अन्यजातिहरूमाझ मेरो काम सुरु गर्नेछु, र म सम्पूर्ण ब्रह्माण्डलाई मेरा प्रशासनिक आदेशहरू घोषणा गर्नेछु, ताकि म सहज रूपमा आफ्नो कामको अर्को चरणमा लाग्न सकूँ। अन्यजातिहरूमाझ मेरो काम फैलाउन, म सजाय प्रयोग गर्नेछु, भन्‍नुको अर्थ, म जो-जो अन्यजाति हुन् तिनीहरू सबैको विरुद्धमा “बल” प्रयोग गर्नेछु। स्वाभाविक रूपमा, यो काम र चुनिएका मानिसहरूमाझ गरिने मेरो काम एकै समयमा गरिनेछ। जब मेरा मानिसहरूले पृथ्वीमा राजाका रूपमा शासन गर्छन्, त्यो पृथ्वीका सबै मानिस विजय गरिएको दिन पनि हुनेछ, अनि त्यसभन्दा बढी, मैले विश्राम गर्ने समय पनि त्यही हुनेछ—र त्यसपछि मात्र म विजय गरिएकाहरू सबैकहाँ देखा पर्नेछु। म पवित्र राज्यमा देखा पर्छु, र म आफूलाई फोहोरको देशबाट लुकाउँछु। विजय गरिएका र मेरो सामु समर्पित बनेका सबैले आफ्नै आँखाले मेरो मुहार देख्न सक्छन् र आफ्नै कानले मेरो स्वर सुन्न सक्छन्। आखिरी दिनहरूमा जन्मनेहरूको आशिष् यही नै हो, यो मद्वारा पूर्वनियोजित गरिएको आशिष् हो, र यसलाई कुनै पनि मानिसले बदल्न सक्दैन। आज म भविष्यको कामका खातिर यसरी काम गर्छु। मेरा सबै काम अन्तर्सम्बन्धित छन्, यी सबैमा एउटा बोलावट र जवाफ हुन्छ: कुनै पनि चरण कहिल्यै अचानक रोकिएको छैन र कुनै पनि चरण अर्कोभन्दा अलग्गै गरिएको छैन। कुरा यस्तै होइन र? के विगतको काम आजको कामको जग होइन र? के विगतका वचनहरू आजका वचनहरूका पूर्वरूप होइनन् र? के विगतका चरणहरू आजका चरणहरूका मूल होइनन् र? जब म औपचारिक रूपमा चर्मपत्रको मुठो खोल्छु, त्यसै बेला ब्रह्माण्डका मानिसहरूले सजाय पाउँछन्, त्यसै बेला विश्‍वभरिका मानिसहरू परीक्षाहरूमा पारिन्छन्, र त्यो नै मेरो कामको चरमोत्कर्ष हो; सबै मानिस ज्योतिबिनाको भूमिमा जिउँछन्, र सबै मानिस तिनीहरूको वातावरणले खडा गरेका खतराहरूमाझ जिउँछन्। अर्को शब्दमा भन्नुपर्दा, यो मानिसले सृष्टिको समयदेखि आजसम्म कहिल्यै अनुभव नगरेको जीवन हो, र युगौँभरि कसैले पनि यस प्रकारको जीवनको “आनन्द” लिएको छैन, त्यसैले म भन्छु, मैले पहिले कहिल्यै नगरिएको काम गरेको छु। यो नै वास्तविक अवस्था हो, र यो नै भित्री अर्थ हो। मेरो दिन सम्पूर्ण मानवजातिको नजिक आइरहेको हुनाले, यो टाढा नदेखिने हुनाले बरु मानिसकै आँखासामु भएकाले, यसको फलस्वरूप को भयभीत नहोला र? अनि यसमा प्रसन्न हुन नसक्ने को होला र? फोहोरी सहर बेबिलोनले अन्ततः आफ्नो अन्तिम दिन भोगेको छ; मानिसको एउटा बिलकुलै नयाँ संसारसँग पुनर्मिलन भएको छ, साथै स्वर्ग र पृथ्वी परिवर्तन र नवीकरण गरिएका छन्।

जब म असङ्ख्य राष्ट्र र मानिससामु देखा पर्छु, तब आकाशमा सेता बादलहरू मडारिन्छन् र मलाई ढाक्छन्। त्यसरी नै पृथ्वीका चराचुरुङ्गीहरू पनि मेरा निम्ति गीत गाउँछन् र खुसीले नाच्छन्, जसले पृथ्वीको वातावरणलाई उल्लासमय बनाउँछ र यसरी पृथ्वीका सबै थोकलाई जीवन्त बनाउँछन्, अनि तिनलाई अब “बिस्तारै तल नझर्ने,” बरु जीवनशक्तिको वातावरणबीच जिउने तुल्याउँछन्। जब म बादलहरूमाझ हुन्छु, तब मानिसले मेरो अनुहार र मेरो आँखालाई मधुरो रूपमा ठम्याउँछ, र यस बेला ऊ अलिकति डराउँछ। विगतमा, उसले किंवदन्तीहरूमा मेरो बारेमा ऐतिहासिक विवरणहरू सुनेको छ, जसको फलस्वरूप ऊ मलाई केवल आधा विश्‍वास गर्छ र आधा शङ्का गर्छ। उसलाई म कहाँ छु वा मेरो अनुहार कति ठूलो छ भन्ने थाहा छैन—के यो समुद्रजत्तिकै चौडा छ, वा हरिया चौरहरूजत्तिकै असीम छ? यी कुराहरू कसैलाई थाहा छैन। आज मानिसले बादलमा मेरो अनुहार देख्दा मात्र उसलाई किंवदन्तीको म वास्तविक भएको महसुस हुन्छ, त्यसैले ऊ मप्रति केही बढी सकारात्मक बन्छ, र मेरा कार्यहरूका कारणले मात्र मप्रतिको उसको मानसम्मान केही बढ्छ। तर मानिस अझै पनि मलाई चिन्दैन, र उसले बादलहरूमा मेरो एक भाग मात्र देख्छ। त्यसपछि म मेरा बाहुलीहरू फैलाउँछु र मानिसलाई देखाउँछु। मानिस आश्‍चर्यचकित हुन्छ, र ऊ मेरो हातद्वारा ढालिएला भनी एकदमै डर मान्दै हातले मुख छोप्छ, त्यसैले उसले आफ्नो मानसम्मानमा थोरै डर थप्छ। आफूले ध्यान नदिएको बेला आफूलाई मद्वारा ढालिनेछ भन्ने गहिरो डरका कारण, मानिस मेरो हरेक चाललाई एक टकले हेरिरहन्छ—तैपनि म मानिसद्वारा हेरिनाले नियन्त्रित हुँदिनँ, र म आफ्नो हातको काम निरन्तर गरिरहन्छु। मैले गर्ने सबै कार्यमा मात्र मानिससँग मप्रति केही निगाह हुन्छ, र यसरी ऊ मेरो सङ्गत गर्न बिस्तारै मेरो सामु आउँछ। म सम्पूर्ण रूपमा मानिसकहाँ प्रकट भएपछि, मानिसले मेरो अनुहार देख्नेछ र त्यसपश्‍चात म आफूलाई मानिसबाट लुकाउन वा अस्पष्ट बनाउन छोड्नेछु। ब्रह्माण्डभित्र, म सार्वजनिक रूपमा सबै मानिससामु देखा पर्नेछु, अनि मासु र रगतले बनेका सबैले मेरा सबै कार्य देख्नेछन्। जो आत्माका हुन्, तिनीहरू सबै अवश्यै शान्तिका साथ मेरो घरमा बास गर्नेछन् र निश्‍चय नै मसँगै अद्भुत आशिष्‌हरूको आनन्द लिनेछन्। मैले वास्ता गर्ने सबै सजायबाट अवश्यै उम्कनेछन् र निश्‍चित रूपमा आत्माको पीडा र देहको वेदनाबाट बच्नेछन्। म असङ्ख्य मानिससामु सार्वजनिक रूपमा देखा पर्नेछु अनि राजा बनेर शासन गर्नेछु, ताकि अब उप्रान्त लासको दुर्गन्ध ब्रह्माण्डभरि नफैलिओस्; त्यसको साटो मेरो ताजा सुगन्ध सारा संसारभरि फैलिओस्, किनकि मेरो दिन नजिकिँदैछ, मानिस ब्युँझिँदैछ, पृथ्वीमा सबथोक मिलेको छ, र पृथ्वीको बाँच्ने दिन बाँकी छैन, किनकि म आइपुगेको छु!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २९

परमेश्‍वरका दैनिक वचनहरू   अंश ६७

म आकाशमण्डललाई मेरा कार्यहरूका प्रकटीकरणहरूले भर्नेछु र पृथ्वीका सबै कुरालाई मेरो शक्तिमुनि ढल्ने तुल्याउनेछु, यसरी “भूमण्डललाई एकताबद्ध गर्ने” मेरो योजना साकार पार्नेछु र मेरो यो एउटा इच्छालाई साकार पार्नेछु, ताकि मानिस उप्रान्त पृथ्वीको सतहमा “यताउता नघुमोस्”, बरु चाँडै नै एउटा उपयुक्त गन्तव्य प्राप्त गरून्। म मानवजातिका लागि हरेक तरिकाले विचार गर्छु, सम्पूर्ण मानवजाति चाँडै नै शान्ति र खुसीको भूमिमा जिउन आउने, तिनीहरूको जीवनका दिनहरू उप्रान्त उजाड नहुने, र पृथ्वीमा मेरो योजना व्यर्थ नहुने तुल्याउनेछु। मानिसको अस्तित्वका कारण, म पृथ्वीमा मेरो राज्य निर्माण गर्नेछु, किनभने मेरो महिमाको प्रकटीकरणको एउटा भाग पृथ्वीमा छ। माथि आकाशमा, म मेरो सहरलाई व्यवस्थित गर्नेछु र यसरी माथि र तल सबै कुरा नयाँ बनाउनेछु। म आकाशको माथि र तल अस्तित्वमा रहेका सबै कुरालाई एउटै एकतामा ल्याउनेछु, ताकि पृथ्वीका सबै कुरा आकाशमा भएका सबै कुरासँग एकताबद्ध होऊन्। यो मेरो योजना हो; मैले अन्तिम युगमा पूरा गर्ने कुरा यही नै हो—कसैले पनि मेरो कामको यस भागमा हस्तक्षेप नगरोस्! अन्यजाति राष्ट्रहरूका बीचमा मेरो काम फैलाउनु पृथ्वीमा मेरो कामको अन्तिम भाग हो। मैले गर्ने काम कसैले पनि बुझ्न सक्दैन, र यसैकारण, मानिसहरू निकै अलमल्लमा परेका छन्। अनि म पृथ्वीमा मेरो काममा व्यस्त भएको हुनाले, मानिसहरूले “यताउता खेल्ने” अवसर लिन्छन्। तिनीहरूलाई जथाभावी काम गर्नबाट रोक्नका लागि, मैले पहिले तिनीहरूलाई आगोको कुण्डको “तालिम” प्राप्त गर्न मेरो सजायमुनि राखेको छु। यो मेरो कामको एउटा चरण हो, र म मेरो कामको यो चरण पूरा गर्न आगोको कुण्डको शक्ति प्रयोग गर्नेछु; अन्यथा, मेरो काम गर्न गाह्रो हुनेछ। म सम्पूर्ण ब्रह्माण्डका मानवजातिलाई मेरो सिंहासनको अगाडि आफूलाई समर्पण गर्न लगाउनेछु, तिनीहरू मेरो न्यायका कारण विभिन्न वर्गमा विभाजित गरिनेछन्, यी वर्गहरूका कारण तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिनेछन्, र यसरी तिनीहरूका परिवारहरूमा समूहीकृत गरिनेछन्, ताकि सबै मानिसले मेरो विरुद्ध विद्रोह गर्न छोडून्, बरु मैले नाम दिएका वर्गहरूअनुसार क्रमबद्ध र व्यवस्थित प्रबन्धमा परून्—कसैले पनि आफ्नो इच्छाअनुसार यताउता नगरोस्! ब्रह्माण्डभरि र यसको माथि, मैले नयाँ काम गरेको छु; ब्रह्माण्डका सबै मानिस मेरो अचानकको देखापराइबाट अवाक् भएका छन्, खुला रूपमा भएको मेरो देखापराइद्वारा तिनीहरूको क्षितिज निकै फराकिलो बनाइएको छ। के आज त्यस्तै होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय ४३

परमेश्‍वरका दैनिक वचनहरू   अंश ६८

म अन्यजाति राष्ट्रहरूमाझ मेरो काम फैलाइरहेको छु। मेरो महिमामय ज्योति ब्रह्माण्डभरि चम्किन्छ; सबै तारा-तारा-थोप्ला-थोप्ला मानिसहरूले आफूभित्र मेरा अभिप्रायहरू बोक्छन्, र तिनीहरू सबै मेरो हातद्वारा निर्देशित हुन्छन् र मैले खटाएका कामहरू गर्छन्। यस बिन्दुदेखि, म सबै मानिसलाई अर्को संसारमा ल्याउँदै, एउटा नयाँ युगमा प्रवेश गरेको छु। जब म मेरो “गृहभूमि” फर्किएँ, तब मानिसले मेरो बारेमा अझ बढी ज्ञान प्राप्त गरोस् भनेर मैले मेरो मूल योजनाको कामको अर्को भाग सुरु गरेँ। म सम्पूर्ण ब्रह्माण्डलाई ध्यानमा राख्छु र मेरो कामका लागि यो उपयुक्त समय हो भन्ने देख्छु[क], त्यसैले म मानिसमा मेरो नयाँ काम गर्दै, जताततै दौडधुप गर्छु। जे भए पनि, यो एउटा नयाँ युग हो, र मैले अझ धेरै नयाँ मानिसहरूलाई नयाँ युगमा लैजाँदै र आफूले हटाउनेहरूमध्ये अझ धेरैलाई फाल्दै, नयाँ काम ल्याएको छु। ठूलो रातो अजिङ्गरको देशमा, मैले मानवजातिले बुझ्न नसक्ने कामको एउटा चरण गरेको छु, जसले गर्दा तिनीहरू हावामा हल्लिने गर्छन्, र त्यसपछि धेरै जना हावाको बहावसँगै चुपचाप बहँदै जान्छन्। साँच्चै, यो मैले सफा गर्न लागेको “खला” हो; मैले तृष्णा गरेको कुरा यही हो र मेरो योजना पनि यही हो। किनभने म काम गरिरहेको बेला धेरै दुष्ट जन सुटुक्क पसेका छन्, तर म तिनीहरूलाई धपाउन हतार गर्दिनँ। बरु, सही समय आएपछि म तिनीहरूलाई तितरबितर पार्नेछु। त्यसपछि मात्र म जीवनको मूल हुनेछु, र मलाई साँच्चै प्रेम गर्नेहरूलाई मबाट अन्जीरको रूखको फल र लिली फूलको सुगन्ध प्राप्त गर्न दिनेछु। शैतान बस्ने भूमिमा, धूलोको भूमिमा, कुनै शुद्ध सुन बाँकी छैन, केवल बालुवा छ, र त्यसैले, यी परिस्थितिहरू सामना गर्दै, म कामको यस्तो चरण गर्छु। तिमीहरूले थाहा पाउनुपर्छ कि मैले प्राप्‍त गर्ने भनेको शुद्ध र प्रशोधित सुन हो, बालुवा होइन। मेरो घरमा दुष्ट जनहरू कसरी रहन सक्छन्? म फ्याउराहरू परजीवीका रूपमा मेरो स्वर्गमा बसिरहेको कसरी सहन सक्छु? म तिनीहरूलाई धपाउन हरेक विधि प्रयोग गर्छु। मेरा अभिप्रायहरू प्रकट हुनुभन्दा पहिले, म के गर्न गइरहेको छु भन्‍ने कसैलाई थाहा हुँदैन। यही मौका छोपेर, म ती दुष्ट जनहरूलाई धपाउँछु, र तिनीहरू मेरो उपस्थिति छोडेर जान बाध्य हुन्छन्। दुष्टलाई म यस्तै गर्छु, तर तिनीहरूले मेरा लागि सेवा गर्ने दिन अझै आउनेछ। आशिष्‌प्रतिको मानिसहरूको चाहना अत्यन्तै तीव्र छ; त्यसैले, म पछाडि फर्किन्छु र अन्यजातिहरूलाई मेरो महिमामय मुहार देखाउँछु, ताकि मानिसहरू सबै आफ्नै संसारमा जिऊन् र आफैलाई जाँचून्, जबकि म आफूले भन्नुपर्ने वचनहरू भनिरहन्छु, र तिनीहरूलाई आवश्यक पर्ने कुराहरू आपूर्ति गरिरहन्छु। जब मानिसहरूको होस खुल्छ, तब मैले मेरो काम धेरै अघि नै फैलाइसकेको हुनेछु। त्यसपछि म तिनीहरूलाई मेरा अभिप्रायहरू व्यक्त गर्नेछु, र तिनीहरूमा मेरो कामको दोस्रो भाग सुरु गर्नेछु, मेरो कामसँग सहकार्य गर्नका लागि सबै मानिसलाई मलाई नजिकबाट पछ्याउन दिनेछु, र मैले गर्नैपर्ने काम मसँगै गर्न तिनीहरूलाई आफ्नो क्षमताले भ्याएसम्म सबै कुरा गर्न दिनेछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सात मेघगर्जन गर्जिन्छन्—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी

फूटनोटहरू:

क. मूल पाठमा “भन्‍ने देख्छु” भन्‍ने वाक्यांश समावेश छैन।


परमेश्‍वरका दैनिक वचनहरू   अंश ६९

मेरो महिमा देख्ने विश्‍वास कसैमा पनि छैन, र म तिनीहरूलाई बाध्य पार्दिनँ, बरु मेरो महिमालाई मानवजातिमाझबाट हटाउँछु र यसलाई अर्को संसारमा लैजान्छु। जब मानिसहरूले फेरि एकपटक पछुतो महसुस गर्छन्, तब म मेरो महिमा लिनेछु र यसलाई विश्‍वास भएका अझ धेरै मानिसलाई देखाउनेछु। मैले काम गर्ने सिद्धान्त यही हो। किनभने मेरो महिमाले कनानलाई छोड्ने एउटा समय हुन्छ, र मेरो महिमाले चुनिएका मानिसहरूलाई छोड्ने पनि एउटा समय हुन्छ। यसबाहेक, मेरो महिमाले सम्पूर्ण पृथ्वीलाई छोड्ने एउटा समय हुन्छ, जसले गर्दा यो धमिलो बन्छ र अन्धकारमा डुब्छ। कनानको भूमिले समेत सूर्यको प्रकाश देख्नेछैन; सबै मानिसले आफ्नो विश्‍वास गुमाउनेछन्, तर कनानको भूमिको सुगन्ध छोड्न कसैले पनि सक्नेछैन। जब म नयाँ स्वर्ग र पृथ्वीमा प्रवेश गर्छु, तब मात्र म मेरो महिमाको अर्को भाग लिन्छु र यसलाई पहिले कनानको भूमिमा प्रकट गर्छु, जसले गर्दा सम्पूर्ण अन्धकारमय पृथ्वीमा ज्योतिको किरण चम्किन्छ। यो सम्पूर्ण पृथ्वी ज्योतिमा आओस् भनेर हो। यो पृथ्वीभरिका मानिसहरू ज्योतिको शक्ति प्राप्त गर्न आऊन्, जसको फलस्वरूप मेरो महिमालाई अझ बढोस् र हरेक राष्ट्रमा नयाँ रूपमा देखा परोस्, र सम्पूर्ण मानवजातिले म धेरै अघि नै मानव संसारमा आइसकेको छु र धेरै अघि नै मेरो महिमा इस्राएलबाट पूर्वमा ल्याइसकेको छु, किनभने मेरो महिमा पूर्वबाट चम्किन्छ र यो अनुग्रहको युगदेखि आजको दिनसम्म ल्याइएको थियो भन्ने महसुस गरून् भनेर हो। तर म इस्राएलबाट प्रस्थान गरेको थिएँ र त्यहीँबाट म पूर्वमा आइपुगेँ। जब पूर्वको ज्योति बिस्तारै सेतो बन्छ, तब मात्र पृथ्वीभरिको अन्धकार ज्योतिमा परिणत हुन थाल्नेछ, र त्यसपछि मात्र मानिसले म धेरै अघि नै इस्राएलबाट गइसकेको छु र पूर्वमा नयाँ रूपमा उदाइरहेको छु भन्ने पत्ता लगाउनेछ। म एकपटक इस्राएलमा ओर्लिसकेपछि र पछि त्यहाँबाट प्रस्थान गरिसकेपछि, फेरि एकपटक इस्राएलमा नै जन्मनेछु भन्ने हुन सक्दैन, किनभने मेरो कामले सम्पूर्ण ब्रह्माण्डलाई डोर्‍याउँछ र, अझ भन्नुपर्दा, बिजुली पूर्वबाट आउँछ र पश्‍चिमसम्मै चम्किन्छ। यसैकारण म पूर्वमा ओर्लेको छु र पूर्वमा रहेका मेरा चुनिएका मानिसहरूकहाँ कनान ल्याएको छु। म पृथ्वीभरिका मेरा चुनिएका मानिसहरूलाई कनानको भूमिमा ल्याउनेछु, र त्यसैले म सम्पूर्ण ब्रह्माण्डलाई नियन्त्रण गर्न कनानको भूमिमा निरन्तर वाणीहरू जारी गर्छु। यस समयमा, सम्पूर्ण पृथ्वीमा कुनै ज्योति छैन। कनानमा भएकाहरूबाहेक, सबै मानिस भोक र चिसोको खतरामा छन्। मैले मेरो महिमा इस्राएललाई दिएँ र त्यसपछि त्यो खोसेँ, जसद्वारा इस्राएलीहरूलाई पूर्वमा ल्याएँ, र सबै मानिसलाई पनि पूर्वमा ल्याएँ, तिनीहरू सबैलाई ज्योतिमा ल्याएँ ताकि यससँग तिनीहरूको पुनर्मिलन हुन सकोस्, र तिनीहरू यससँग सम्बद्ध रहन सकून्, र उप्रान्त खोजी नगरून्। म खोजी गर्ने सबैलाई फेरि ज्योति देख्न सक्ने, इस्राएलमा मसँग भएको महिमा देख्न सक्ने, म धेरै अघि नै सेतो बादलमा मानिसहरूमाझ ओर्लिसकेको छु भनी देख्न सक्ने, र सेता बादलका गुच्छाहरू र प्रशस्त झुप्पामा भएका फलहरू देख्न सक्ने तुल्याउनेछु। त्यसभन्दा पनि बढी, म तिनीहरूलाई इस्राएलका यहोवा परमेश्‍वरलाई देख्न सक्ने, यहूदीहरूका “मालिक” लाई देख्न सक्ने, तिर्सना गरिएका मसीहलाई देख्न सक्ने, र मेरो पूर्ण देखापराइ देख्न सक्ने तुल्याउनेछु, म, जसलाई युगौँयुगभरि राजाहरूले सताएका छन्। म सम्पूर्ण ब्रह्माण्डमा काम गर्नेछु र म महान् काम गर्नेछु, आखिरी दिनहरूमा मानिसलाई मेरो सम्पूर्ण महिमा र मेरा सबै कार्य देखाउनेछु, र धेरै वर्षदेखि मेरो प्रतीक्षा गरिरहेकाहरूलाई, म सेतो बादलमा आउने तिर्सना गरेकाहरूलाई, म फेरि एकपटक देखा पर्ने तिर्सना गरेको इस्राएललाई, र मलाई सताउने सम्पूर्ण मानवजातिलाई मेरो सम्पूर्ण महिमामय मुहार देखाउनेछु, ताकि मैले धेरै अघि नै मेरो महिमा लगिसकेको छु र यसलाई पूर्वमा ल्याएको छु, र यो अब यहूदियामा छैन, किनभने आखिरी दिनहरू आइसकेका छन् भन्ने कुरा सबैले जानून्!

म सारा ब्रह्माण्डभरि मेरो काम गरिरहेको छु र पूर्वमा मेघ गर्जन अनन्त रूपमा जारी हुन्छ, जसले सबै राष्ट्र र सम्प्रदायलाई हल्लाइदिन्छ। मेरा वाणीहरूले नै सबै मानिसलाई आजको दिनसम्म अगुवाइ गरेका छन्। म सबै मानिसलाई मेरा वाणीहरूद्वारा विजय हासिल गरिने, यही प्रवाहमा पर्ने र मेरो सामु समर्पित तुल्याउँछु, किनभने मैले मेरो महिमालाई उहिले नै सारा पृथ्वीबाट फिर्ता लिएको छु र यसलाई पूर्वमा पुनः जारी गरेको छु। मेरो महिमा देख्ने तिर्सना कसलाई हुँदैन र? कसले व्यग्रतापूर्वक मेरो पुनरागमनको प्रतीक्षा गर्दैन? मेरो पुनः देखापराइको तृष्णा कसले गर्दैन र? मेरो प्रेमिलोपनको तिर्सना कसले गर्दैन र? ज्योतितर्फ कोचाहिँ आउँदैन र? कनानको सम्‍पन्‍नतालाई कसले हेर्दैन र? उद्धारकको पुनरागमनको तिर्सना कसले गर्दैन र? महाशक्ति भएको उहाँको कसले आदर गर्दैन र? मेरा वाणीहरू पृथ्वीभरि प्रसार गरिनेछन् र म पहाड र नदीहरूलाई हल्लाउने शक्तिशाली मेघगर्जन जस्तै, मेरा चुनिएका मानिसहरूलाई अझ धेरै वचन भन्नेछुछु र बोल्नेछु। म मेरा वचनहरू सम्पूर्ण ब्रह्माण्ड र मानवजातिसँग बोल्छु। त्यसैले मेरो मुखका वचनहरू मानिसको खजाना बनेका छन्, र सबै मानिसले मेरा वचनहरूको कदर गर्छन्। बिजुली पूर्वबाट पश्‍चिमसम्मै चम्किन्छ। मेरा वचनहरू यस्ता छन् कि मानिस तिनलाई छोड्न हिचकिचाउँछ, र ती मानिसका लागि अबोधगम्य पनि छन्, र त्यसभन्दा पनि बढी, तिनले मानिसलाई आनन्द महसुस गराउँछन्। नवजात शिशुहरूजस्तै, सबै मानिस खुसी र आनन्दित महसुस गर्छन्, र मेरो आगमनको उत्सव मनाउँछन्। मेरा वाणीहरूमार्फत, म सबै मानिसलाई मेरो सामु ल्याउनेछु। त्यसपछि, म औपचारिक रूपमा मानवजातिमाझ प्रवेश गर्नेछु, र तिनीहरू मलाई आराधना गर्न आउने तुल्याउनेछु। मैले जारी गर्ने महिमा र मेरो मुखका वचनहरूद्वारा, सबै मानिस मेरो सामु आउँछन्, र बिजुली पूर्वबाट चम्किन्छ, म पूर्वमा रहेको “जैतुनको डाँडा” मा पनि ओर्लेको छु, र धेरै अघि नै पृथ्वीमा आइसकेको छु, र म अब यहूदीहरूको पुत्र होइन, बरु पूर्वको बिजुली हुँ भन्ने देख्छन्। किनभने म धेरै अघि नै मृत्युबाट बौरी उठेको छु, र मानवजातिमाझबाट प्रस्थान गरेको छु, र त्यसपछि तिनीहरूको बीचमा महिमाका साथ पुनः देखा परेको छु। म त्यही हुँ जसलाई अहिलेभन्दा अनगिन्ती युगअघि आराधना गरिन्थ्यो, र म त्यही शिशु पनि हुँ जसलाई अहिलेभन्दा अनगिन्ती युगअघि इस्राएलीहरूले त्यागेका थिए। त्यसभन्दा पनि बढी, म वर्तमान युगको सर्व-महिमामय सर्वशक्तिमान्‌ परमेश्‍वर हुँ! सबै जना मेरो सिंहासनसामु आऊन् र मेरो महिमामय मुहार देखून्, मेरा वाणीहरू सुनून्, र मेरा कार्यहरू हेरून्। मेरो सम्पूर्ण अभिप्राय यही हो; यो मेरो योजनाको अन्त्य र चरमोत्कर्ष हो, साथै मेरो व्यवस्थापनको उद्देश्य पनि हो: असङ्ख्य राष्ट्रले मेरो आराधना गरून्, असङ्ख्य मुखले मलाई स्वीकार गरून्, असङ्ख्य मानिसले ममाथि भरोसा राखून्, र मेरा असङ्ख्य चुनिएका मानिस ममा समर्पित होऊन्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सात मेघगर्जन गर्जिन्छन्—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी

परमेश्‍वरका दैनिक वचनहरू   अंश ७०

मानिसले केही सहस्राब्दीदेखि नै मुक्तिदाताको आगमन देख्ने तृष्णा गरेको छ। मानिसले मुक्तिदाता येशू व्यक्तिगत रूपमा सेतो बादलमा सवार भई हजारौँ वर्षदेखि उहाँको तृष्णा र आशा गर्नेहरूमाझ अवतरण हुनुभएको देख्ने तृष्णा गरेको छ। मानिसले मुक्तिदाताको पुनरागमन र ऊसँगको पुनर्मिलनको पनि तृष्णा गरेको छ; अर्थात्, हजारौँ वर्षदेखि मानिसहरूबाट अलग गरिनुभएको मुक्तिदाता येशू फर्केर आउनुभएको, र उहाँले यहूदीहरूमाझ गर्नुभएको छुटकाराको काम फेरि एक पटक कार्यान्वयन गर्नुभएको, उहाँ मानिसप्रति कृपालु र प्रेमिलो हुनुभएको, उहाँले मानिसको पाप क्षमा गर्नुभएको र मानिसका पापहरू वहन गर्नुभएको, साथै मानिसका सबै अपराध समेत वहन गरेर मानिसलाई पापबाट मुक्ति दिनुभएको तृष्णा गरेको छ। मानिस मुक्तिदाता येशू पहिलेको जस्तै प्रेम गर्न लायक, दयालु र सम्माननीय, मानिससँग कहिल्यै नरिसाउने, र मानिसलाई कहिल्यै नधिक्कार्ने, बरु मानिसका सबै पाप क्षमा गर्ने र बोक्ने, र यहाँसम्म कि पहिले जस्तै मानिसका निम्ति क्रूसमा मर्ने मुक्तिदाता हुनुहोस् भन्ने तृष्णा गर्छ। येशू बिदा भएर जानुभएपछि, उहाँलाई पछ्याउने चेलाहरू, साथै उहाँको नाउँमा मुक्ति पाउने सन्तहरू सबै उहाँका लागि व्यग्रतापूर्वक तड्पँदै र उहाँको प्रतीक्षा गर्दै आएका छन्। अनुग्रहको युगमा येशू ख्रीष्टको अनुग्रहद्वारा मुक्ति दिइएका सबै मानिस आखिरी दिनहरूको त्यो उल्लासित दिनको तृष्णा गर्दै आइरहेका छन्, जब मुक्तिदाता येशू अनेकौँ मानिससमक्ष देखा पर्न सेतो बादलमा अवतरण गर्नुहुन्छ। अवश्यै, आज मुक्तिदाता येशूको नाउँ स्विकार्ने सबै जनाको सामूहिक इच्छा पनि यही हो। मुक्तिदाता येशूको मुक्तिबारे थाहा हुने ब्रह्माण्डका सबैले पृथ्वीमा हुँदा येशूले “म जसरी गएको छु त्यसै गरी आउनेछु” भनेर भन्नुभएको कुरा पूरा गर्न येशू ख्रीष्ट अचानक आइपुग्नुहोस् भनी उत्कट इच्छा गर्दै आइरहेका छन्। मानिस के विश्वास गर्छ भने, क्रुसीकरण र पुनरुत्थानपछि सर्वोच्चको दाहिने हातपट्टिको आफ्नो स्थान लिन येशू सेतो बादलमा स्वर्ग फर्केर जानुभयो। त्यसरी नै, हजारौँ वर्षदेखि उत्कट रूपमा उहाँको तृष्णा गर्नेहरूमाझ, येशू सेतो बादलमा (यो बादलले येशू स्वर्ग फर्कनुहुँदा उहाँ चढ्नुभएको बादललाई जनाउँछ) फेरि अवतरण गर्नुहुनेछ, र उहाँले यहूदीहरूको स्वरूप धारण गर्नुहुनेछ र पोसाक लगाउनुहुनेछ। तिनीहरूसमक्ष देखा पर्नुभएपछि, उहाँले तिनीहरूलाई खाना दिनुहुनेछ, र तिनीहरूका लागि जिउँदो पानी खन्याइदिनुहुनेछ, अनि उहाँ अनुग्रहले पूर्ण, प्रेमिलो दयालुपनले पूर्ण, सुस्पष्ट र यथार्थ भएर मानिसमाझ जिउनुहुनेछ। मानिसहरू यस्तै सारा धारणाहरूमा विश्‍वास गर्छन्। तैपनि मुक्तिदाता येशूले यसो गर्नुभएन; उहाँले मानिसका धारणाहरूको ठ्याक्कै उल्टो गर्नुभयो। उत्कट रूपमा उहाँको पुनःआगमनको तृष्णा गर्नेहरूमाझ उहाँ आइपुग्नुभएन, र सेतो बादलमा सवार भएर उहाँ अनेकौँ मानिससामु देखा पर्नुभएन। उहाँ आइपुगिसक्नुभएको छ, तर मानिस उहाँलाई चिन्दैन, र यसबारे अनजान नै छ। मानिस विनाउद्देश्य उहाँको प्रतीक्षा मात्र गरिरहेको छ—उहाँले “सेतो बादलमा” (त्यो सेतो बादल उहाँको आत्मा, उहाँका वचनहरू, उहाँको सारा स्वभाव र उहाँ जे हुनुहुन्छ त्यो सबै हो) अवतरण गरिसक्नुभएको छ, र अहिले उहाँ आखिरी दिनहरूमा उहाँले बनाउने विजेताहरूको समूहमाझ हुनुहुन्छ भन्ने कुरा उसलाई थाहै छैन। पवित्र मुक्तिदाता येशू प्रेमिलो दयालुपन र मानिसप्रतिको प्रेमले भरिएको हुनुभए पनि, उहाँ ती फोहोरले भरिएका र अशुद्ध आत्माहरूले बास गरेका “मन्दिरहरू” मा काम गर्न सक्नुहुन्न भनेर मानिसलाई कसरी थाहा हुन सक्छ? मानिसले उहाँको आगमनको प्रतीक्षा गर्दै आइरहेको भए पनि, अधर्मीको देह खाने, अधर्मीको रगत पिउने, र अधर्मीको वस्‍त्र धारण गर्ने, उहाँमा विश्‍वास गर्ने तर उहाँलाई नचिन्ने र उहाँलाई निरन्तर जबरजस्ती असुलिरहने मानिसकहाँ उहाँ कसरी देखा पर्न सक्नुहुन्थ्यो? मानिसलाई मुक्तिदाता येशू प्रेमिलो दयालुपनले भरिएको र कृपाले भरिपूर्ण हुनुहुन्छ, र उहाँ छुटकाराले भरिपूर्ण पापबलि हुनुहुन्छ भन्ने कुरा मात्र थाहा छ। तर, उहाँ स्वयम्‌ परमेश्‍वर हुनुहुन्छ, जो धार्मिकता, प्रताप, क्रोध र न्यायले भरिभराउ हुनुहुन्छ, अख्तियारयुक्त, र गरिमाले भरिपूर्ण हुनुहुन्छ भन्‍ने कुरा मानिसलाई थाहै छैन। त्यसकारण, मानिसले उत्सुकतापूर्वक उद्धारकर्ताको पुनरागमनको तृष्णा र लालसा गरे पनि, र उसको प्रार्थनाले “स्वर्ग” नै प्रभाव पारे पनि, मुक्तिदाता येशू उहाँमा विश्‍वास गर्ने तर उहाँलाई नचिन्नेहरूसमक्ष देखा पर्नुहुन्न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ७१

परमेश्‍वरको छ हजार वर्षको व्यवस्थापनको योजना अन्त्यतिर आइरहेको छ, र उहाँ देखा पर्नुभएको खोजी गर्ने सबैका निम्ति राज्यको ढोका यसअघि नै खोलिसकिएको छ। प्रिय दाजुभाइ-दिदीबहिनीहरू, तिमीहरू के पर्खदैछौ? तिमीहरूले खोजेको के हो? के तिमीहरू परमेश्‍वर देखा पर्नुहुने पर्खाइमा छौ? के तिमीहरू उहाँका पाइलाहरू खोजिरहेका छौ? परमेश्‍वरको देखा पराइलाई कस्तो तृष्णा गर्छन्! अनि परमेश्‍वरका पाइलाहरू भेट्टाउन कति गाह्रो छ! यस्तो युगमा, यस्तो संसारमा, परमेश्‍वर देखा पर्नुहुने दिनलाई देख्‍नको लागि हामीले के गर्नुपर्छ? परमेश्‍वरका पाइलाहरू पछ्याउन हामीले के गर्नुपर्छ? परमेश्‍वर देखा पर्नुहुने पर्खाइमा रहेका सबै जनाले यस्तो प्रकारको प्रश्नहरूको सामना गरिरहेका हुन्छन्। तिमीहरू सबैले एकभन्दा धेरै समय ती कुराहरूको विचार गरेका छौ—तर परिणाम के भयो त? परमेश्‍वर कहाँ देखा पर्नुहुन्छ? परमेश्‍वरका पाइलाहरू कहाँ छन्? के तिमीहरूले यसको जवाफ पाएका छौ? धेरै मानिसहरूले यसरी जवाफ दिन सक्छन्: “उहाँलाई पछ्याउनेहरूका बीचमा परमेश्‍वर देखा पर्नुहुन्छ र उहाँका पाइलाहरू हामीमाझ छन्; यो त स्पष्ट छ!” जो कसैले पनि सूत्रगत उत्तर दिन सक्छ, तर के तिमीहरू परमेश्‍वर देखा पर्नु वा उहाँका पाइलाहरूको अर्थ के हो भनी बुझ्छौ? परमेश्‍वर देखा पर्नुले उहाँ आफै व्यक्तिगत रूपमा उपस्थित भई उहाँको काम गर्नको निम्ति पृथ्वीमा उहाँको आगमनलाई जनाउँछ। उहाँको आफ्नै पहिचान र स्वभावको साथमा, र उहाँको आफ्नै अन्तर्निहित शैलीमा, उहाँ मानिसहरूको बीचमा युगको सुरुवात गर्ने र युगको अन्त गर्ने काम गर्न ओर्ली आउनुहुन्छ। यस्तो देखापराइ चाहिँ एक प्रकारको समारोह भने होइन। यो कुनै चिन्ह, तस्वीर, अचम्मको काम वा कुनै किसिमको ठूलो दर्शन होइन; यो कुनै प्रकारको धार्मिक प्रक्रिया हुने त कुरै छौडौं। यो जो कसैले पनि छुन र हेर्न सक्ने वास्तविक र यथार्थ तथ्य हो। यस्तो देखापराइ चाहिँ झारा टार्नका लागि वा कुनै छोटो समयको कामका निम्ति होइन; बरु, यो त उहाँको व्यवस्थापन योजनाको कामको एउटा चरणको निम्ति हो। परमेश्‍वरको देखापराइ जहिले पनि अर्थपूर्ण हुन्छ र यसले सँधै उहाँको व्यवस्थापनको योजनासँग केही सम्बन्ध राख्छ। यहाँ भनिएको “देखापराइ” त्यस्तो “देखापराइ” भन्दा पूर्ण रूपले भिन्न छ, जसमा परमेश्‍वरले मानिसलाई अगुवाइ गर्नुहुन्छ, मार्गदर्शन र अन्तर्दृष्टि दिनुहुन्छ। प्रत्येक चोटि उहाँले आफैलाई प्रकट गर्नुहुँदा परमेश्‍वरले उहाँको महान कामको चरणलाई अघि बढाउनुहुन्छ। यो कार्य अरू कुनै युगको भन्दा भिन्न हुन्छ। यो मानिसको निम्ति अकल्पनीय छ र मानिसले कहिल्यै अनुभव गरेको छैन। यो काम नयाँ युगलाई सुरुवात गर्ने र पुरानो युगलाई अन्त्य गर्ने काम हो, र यो मानवजातिको मुक्तिको निम्ति कामको नयाँ र उच्च रूप हो; अझ भन्‍ने हो भने, यो मानवजातिलाई नयाँ युगमा ल्याउने काम हो। परमेश्‍वरको देखापराइले यही कुरालाई नै जनाउँछ।

तिमीहरूले परमेश्‍वर देखा पर्नुको अर्थ के हो भन्‍ने बुझिसकेपछि, कसरी तिमीहरूले परमेश्‍वरका पाइलाहरूलाई खोज्नुपर्छ? यो प्रश्न व्याख्या गर्न गाह्रो छैन: जहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, त्यहाँ तिमीहरूले उहाँका पाइलाहरूलाई भेट्टाउँनेछौ। यस्तो व्याख्या सरल सुनिन्छ, तर अभ्यासमा ल्याउन त्यति सहज छैन, किनकि धेरै मानिसहरूलाई परमेश्‍वर कहाँ देखा पर्नुहुन्छ भन्‍ने थाहा छैन, उहाँ कहाँ देखा पर्न चाहनुहुन्छ, कहाँ देखा पर्नुपर्ने हो भन्‍नेबारेमा थाहा हुने त कुरै छौडौं। केहीले आवेगका साथ विश्‍वास गर्छन् कि जहाँ पवित्र आत्माको काम हुन्छ, त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ। अर्को रूपमा, तिनीहरू विश्‍वास गर्छन् कि जहाँ आत्मिक व्यक्तित्वहरू हुन्छन्, त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ। या, तिनीहरू विश्‍वास गर्छन् कि जहाँ उच्च प्रसिद्धिका मानिसहरू हुन्छन्, त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ। केही क्षणको लागि, यस्ता विश्‍वासहरू सही छन् कि गलत छन् भन्‍ने कुरालाई हामी एकातिर छोडौं। यस्तो प्रश्नको व्याख्या गर्न, हामीसँग पहिला स्पष्ट उद्देश्य हुनुपर्दछ: हामी परमेश्‍वरका पाइलाहरू खोजिरहेका छौँ। हामी आत्मिक व्यक्तित्वहरूलाई खोजिरहेका छैनौँ, झन् चर्चित व्यक्तित्वहरूलाई पछ्याउनु त परै जाओस्; हामी परमेश्‍वरका पाइलाहरू पछ्याइरहेका छौँ। यसकारण, हामीले परमेश्‍वरका पदचापहरू खोजिरहेका हुनाले, हामीले परमेश्‍वरका अभिप्रायहरू, परमेश्‍वरका वचनहरू, उहाँका वाणीहरू खोज्नुपर्छ। किनभने जहाँ परमेश्‍वरद्वारा बोलिएका नयाँ वचनहरू हुन्छन्, त्यहाँ परमेश्‍वरको आवाज हुन्छ, र जहाँ परमेश्‍वरका पदचापहरू हुन्छन्, त्यहाँ परमेश्‍वरका कार्यहरू हुन्छन्; जहाँ परमेश्‍वरको अभिव्यक्ति हुन्छ, त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, र परमेश्‍वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ-त्यहाँ सत्यता, मार्ग, र जीवन अस्तित्वमा हुन्छन्। परमेश्‍वरका पदचापहरू खोज्दा, तिमीहरूले “परमेश्‍वर सत्यता, मार्ग र जीवन हुनुहुन्छ” भन्ने वचनहरूलाई बेवास्ता गरेका छौ। अनि त्यसकारण, धेरै मानिसले सत्यता प्राप्त गर्दा पनि, तिनीहरू परमेश्‍वरका पदचापहरू भेट्टाएको विश्‍वास गर्दैनन्, तिनीहरू परमेश्‍वरको देखा पराइ त झनै स्वीकार गर्दैनन्। कस्तो गम्भीर भुल! परमेश्‍वरको देखापराइ मानिसका धारणाहरूसँग मेल खानै सक्दैन, परमेश्‍वर मानिसले माग गरेअनुसार त झनै देखा पर्न सक्नुहुन्न। परमेश्‍वरले आफ्‍नो काम गर्नुहुँदा उहाँका आफ्नै छनोटहरू गर्नुहुन्छ र उहाँका आफ्नै योजनाहरू बनाउनुहुन्छ; यसअलावा, उहाँसँग उहाँका आफ्नै उद्देश्यहरू र उहाँका आफ्नै विधिहरू छन्। उहाँले जुनसुकै काम गर्नुभए पनि, उहाँले यसका बारेमा मानिससँग छलफल गर्नु वा उसको सल्लाह माग्नु आवश्यक छैन, हरेक व्यक्तिलाई उहाँको कामका बारेमा सूचित गर्नु त परै जाओस्। यो परमेश्‍वरको स्वभाव हो, र अझ भन्‍ने हो भने, यसलाई सबैले चिन्नैपर्छ। यदि तिमीहरू परमेश्‍वरको देखापराइ देख्‍न, परमेश्‍वरका पाइलाहरू पछ्याउन चाहन्छौ भने, सर्वप्रथम तिमीहरू आफ्ना धारणाहरूबाट टाढा जानुपर्छ। तिमीहरूले परमेश्‍वरसँग यो वा त्यो गर्नू भनी माग गर्नुहुँदैन, उहाँलाई तिमीहरूले तिमीहरूका सीमामा राख्‍न र तिमीहरूका धारणाहरूमा उहाँलाई सीमित गर्न त झनै हुँदैन। त्यसको सट्टा, तिमीहरूले परमेश्‍वरका पाइलाहरू कसरी खोज्नुपर्छ, कसरी परमेश्‍वर देखापराइलाई स्विकार्नुपर्छ, र कसरी परमेश्‍वरको नयाँ काममा समर्पित हुनुपर्छ भनेर आफैसँग माग गर्नुपर्छ: मानिसले गर्नुपर्ने यही हो। मानिस सत्यता होइन, र ऊसँग सत्यता छैन, त्यसैले उसले खोजी गर्नुपर्छ, स्वीकार गर्नुपर्छ, र समर्पित हुनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वरको देखा पराइले नयाँ युगलाई प्रारम्भ गरेको छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ७२

तिमीहरू अमेरिकी, बेलायती वा जुनसुकै राष्ट्रको भए तापनि, तिमीहरूले आफू स्वयम्‌भन्दा माथि उठेर, तिमीहरूको आफ्नै राष्ट्रियताको सीमाभन्दा बाहिर आफ्नो पाइला चाली परमेश्‍वरको कामलाई सृष्टि गरिएको प्राणीको पहिचानबाट हेर्नुपर्छ। यो तरिकाले, तिमीहरूले परमेश्‍वरका पाइलाहरूलाई कुनै विशेष क्षेत्रमा सीमित पार्नेछैनौ। यस्तो हुन्छ किनभने आजकल धेरै मानिसहरूले परमेश्‍वर कुनै विशेष राष्ट्र वा निश्चित मानिसहरूका बीचमा देखा पर्नु असम्भव छ भनी मान्छन्। परमेश्‍वरको कामको महत्त्व कति गहन छ, र परमेश्‍वर देखा पर्नु कति महत्त्वपूर्ण छ! कसरी मानिसका धारणाहरू र विचारले यसको मापन गर्न सम्भव छ र? त्यसैले म भन्छु, परमेश्‍वर देखा पर्नुभएको खोजी गर्नको निम्ति तिमीहरूले राष्ट्रियता र जातीयताका धारणाहरूलाई तोड्नुपर्छ। त्यसपछि मात्रै तिमीहरू आफ्नै धारणाहरूको वशमा हुनेछैनौ; त्यसपछि मात्रै तिमीहरू परमेश्‍वरको देखा पराइलाई स्वागत गर्न योग्य हुनेछौ। अन्यथा, तिमीहरू अनन्त अन्धकारमा रहनेछौ, र तिमीहरूले कहिल्यै पनि परमेश्‍वरबाट स्वीकृति प्राप्त गर्नेछैनौ।

परमेश्‍वर सम्पूर्ण मानवजातिको परमेश्‍वर हुनुहुन्छ। उहाँ आफूलाई कुनै देश वा राष्ट्रको व्यक्तिगत सम्पत्ति मान्‍नुहुन्‍न, बरु उहाँ त कुनै पनि स्वरूप, देश वा राष्ट्रमा सीमित नभई, उहाँले योजना गर्नुभएअनुसार आफ्नो काम गर्नुहुन्छ। सायद तैँले यो स्वरूपलाई कहिल्यै कल्पना गरेको छैनस्, वा सायद यो स्वरूपप्रति तेरो मनोवृत्ति इन्कारको हुन सक्छ, वा सायद परमेश्‍वर जुन देशमा वा राष्ट्रमा देखा पर्नुहुन्छ त्यो बस सबैद्वारा भेदभाव गरिएको र पृथ्वीमा सबैभन्दा पछि परेको हुन सक्छ। तैपनि परमेश्‍वरसँग उहाँको बुद्धि छ। उहाँको महान् शक्तिको साथ र उहाँको सत्यता अनि उहाँको स्वभावमार्फत, उहाँले उहाँसँग एउटै मन भएका मानिसहरूको समूहलाई, र उहाँले पूर्ण पार्ने कामना गर्नुभएको मानिसहरूको समूहलाई साँच्चै प्राप्त गर्नुभएको छ—यो उहाँले विजय गर्नुभएको त्यो समूह हो, जसले सबै प्रकारका परीक्षाहरू र कष्टहरू र सबै प्रकारका सतावट सहेर अन्त्यसम्म नै उहाँलाई पछ्याउन सक्छ। कुनै पनि स्वरूप वा देशमा सीमित नरहेको परमेश्‍वरको देखा पराइको उद्देश्य भनेको, उहाँको काम उहाँले योजना गर्नुभएअनुसार पूरा गर्न उहाँलाई सक्षम तुल्याउनु हो। यो चाहिँ परमेश्‍वर यहूदियामा देहधारी हुनुभएको जस्तो हो: उहाँको उद्देश्य सम्पूर्ण मानवजातिलाई छुटकारा दिन क्रूसीकरणको काम पूर्ण गर्नु थियो। तैपनि यहूदीहरूले परमेश्‍वरका निम्ति यो गर्नु असम्भव छ भनेर विश्‍वास गर्थे, र तिनीहरूले परमेश्‍वरलाई देहधारी हुन र प्रभु येशूको स्वरूप धारण गर्न असम्भव छ भन्‍ने ठाने। तिनीहरूको “असम्भव” नै तिनीहरूले परमेश्‍वरको निन्दा र विरोध गर्ने आधार बन्यो, र अन्ततः यसले इस्राएलको विनाशतर्फ डोऱ्यायो। आज पनि धेरै मानिसहरूले उस्तै गल्ती गरेका छन्। तिनीहरूले आफ्नो सारा शक्तिले परमेश्‍वरको चाँडै हुने देखा पराइको घोषणा गर्छन्, तैपनि उही बेला परमेश्‍वरको देखा पराइलाई निन्दा गर्छन्; तिनीहरूको “असम्भव” ले फेरि एकचोटि परमेश्‍वरको देखा पराइलाई तिनीहरूको कल्पनाका सीमाहरूभित्र सीमित गर्छ। अनि त्यसैले मैले परमेश्‍वरको वचन पाउँदा धेरै मानिसहरूको उन्मत्त हाँसो छुटेको देखेको छु। तर के यो हाँसो यहूदीहरूको भर्त्सना र ईश्‍वरनिन्दा भन्दा फरक छ र? तिमीहरू सत्यताको उपस्थितिमा आदरयुक्त छैनौ, तिमीहरूमा तृष्णाको मनोवृत्ति त झनै छैन। तिमीहरू केवल अन्धाधुन्ध अध्ययन गर्छौ, र बेपरवाह भएर पर्खी बस्छौ। यसरी अध्ययन गरी पर्खी बसेर तिमीहरूले के प्राप्त गर्न सक्छौ? के तिमीहरूले परमेश्‍वरबाट व्यक्तिगत मार्गदर्शन पाउँछौ भन्‍ने तिमीहरूलाई लाग्छ? यदि तँ परमेश्‍वरका वाणी खुट्ट्याउन सक्दैनस् भने, तँ कसरी परमेश्‍वरको देखा पराइ देख्न योग्य छस्? परमेश्‍वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ सत्यता व्यक्त हुनेछ, र त्यहाँ परमेश्‍वरको आवाज हुनेछ। सत्यता स्वीकार गर्न सक्नेहरूले मात्रै परमेश्‍वरको आवाज सुन्‍न सक्नेछन्, र त्यस्ता मानिसहरू मात्रै परमेश्‍वरको देखा पराइ देख्‍न योग्य हुन्छन्। तेरा धारणा त्यागिदे! आफैलाई शान्त पार् र यी वचनहरूलाई होसियारीसाथ पढ्। तँसँग सत्यताको तृष्णा गर्ने हृदय भएसम्म, परमेश्‍वरले तैँले उहाँका अभिप्राय र वचन बुझ्नेछस् भनेर तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। तिमीहरूका “असम्भवता” का तर्कलाई त्यागिदेओ! मानिसहरूले कुनै कुरा असम्भव छ भन्‍ने विश्‍वास जति धेरै गर्छन्, त्यो हुने सम्भावना त्यति नै धेरै हुन्छ, किनभने परमेश्‍वरको बुद्धि स्वर्गहरूभन्दा उच्च छ, परमेश्‍वरका सोचहरू मानिसका सोचहरूभन्दा उच्च छन्, र परमेश्‍वरले मानिसका सोच र धारणाका सीमाभन्दा बाहिर आफ्नो काम गर्नुहुन्छ। कुनै कुरा जति धेरै असम्भव हुन्छ, त्यसभित्र त्यति नै धेरै खोज्न सकिने सत्यता हुन्छ; कुनै कुरा मानिसका धारणाहरूद्वारा जति कल्पना गर्न सकिँदैन, त्यसमा त्यति नै धेरै परमेश्‍वरका अभिप्रायहरू समावेश हुन्छन्। किनभने, उहाँ जहाँ देखा पर्नुभए पनि, परमेश्‍वर अझै परमेश्‍वर नै हुनुहुन्छ, र उहाँ देखा पर्नुहुने स्थान वा शैलीका कारण उहाँको सार बिलकुलै परिवर्तन हुनेछैन। परमेश्‍वरका पाइलाहरू चाहे जहाँ भए पनि परमेश्‍वरको स्वभाव परिवर्तन हुनेछैन, र उहाँका पाइलाहरू चाहे जहाँ भए पनि, उहाँ सबै मानवजातिका परमेश्‍वर हुनुहुन्छ, जसरी प्रभु येशू इस्राएलीहरूका मात्रै परमेश्‍वर नभई, एसिया, युरोप र अमेरिकाका सबै मानिसहरूका परमेश्‍वर हुनुहुन्छ, र त्योभन्दा पनि बढी, उहाँ सम्पूर्ण ब्रह्माण्डमाथि र ब्रह्माण्डभर एक मात्र परमेश्‍वर हुनुहुन्छ। त्यसैले, हामी परमेश्‍वरका अभिप्रायको खोजी गरौँ र उहाँका वाणी र वचनहरूमा उहाँको देखा पराइ पत्ता लगाऔँ, र उहाँका पाइलाहरूसँग पाइला मिलाऔँ! परमेश्‍वर नै सत्य, मार्ग र जीवन हुनुहुन्छ। उहाँका वचनहरू र उहाँको देखा पराइ एकैसाथ अस्तित्वमा हुन्छन्, र उहाँको स्वभाव अनि उहाँका पाइलाहरू मानवजातिलाई सदैव सार्वजनिक रूपमा देखाइन्छन्। प्रिय दाजुभाइ-दिदीबहिनीहरू, म आशा गर्छु कि तिमीहरू सबैले यी वचनहरूमा परमेश्‍वरको देखा पराइ देख्न सक्छौ, तिमीहरूले उहाँका पाइलाहरूसँग गति मिलाउन थाल्नेछौ र नयाँ युगतर्फ लम्कनेछौ, र परमेश्‍वरको देखा पराइ कुर्नेहरूका लागि उहाँले तयार पार्नुभएको सुन्दर नयाँ स्वर्ग र पृथ्वीमा प्रवेश गर्नेछौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वरको देखा पराइले नयाँ युगलाई प्रारम्भ गरेको छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ७३

परमेश्‍वर मौन हुनुहुन्छ, र हामीकहाँ कहिल्यै देखा पर्नुभएको छैन, तैपनि उहाँको काम कहिल्यै रोकिएको छैन। उहाँ सम्पूर्ण पृथ्वीको छानबिन गर्नुहुन्छ, र यावत् थोकमाथि शासन गर्नुहुन्छ, र मानिसका सबै वचन, कार्य, र चाललाई हेर्नुहुन्छ। उहाँ आफ्नो व्यवस्थापन योजनाका साथ र चरणबद्ध रूपमा, मौन रूपमा र स्वर्ग र पृथ्वीलाई नहल्लाईकन सञ्चालन गर्नुहुन्छ, तैपनि उहाँका पदचापहरू एक-एक गर्दै अघि बढ्छन् र मानवजातिको झन्-झन् नजिक पुग्छन्, र उहाँको न्यायको आसन ब्रह्माण्डमा बिजुलीको गतिमा खडा गरिन्छ, जसपछि उहाँको सिंहासन तुरुन्तै हामीमाझ अवतरण हुन्छ। कस्तो प्रतापी दृश्य, कस्तो भव्य र गम्भीर परिदृश्य! ढुकुर जस्तै, र गर्जने सिंह जस्तै, आत्मा हामी भीडमाझ आउनुहुन्छ। उहाँ बुद्धि हुनुहुन्छ, उहाँ धार्मिकता र प्रताप हुनुहुन्छ, र उहाँ अख्तियारका साथ र प्रेमिलो-दयालुपनले भरिएर चुपचाप हामीमाझ अवतरण गर्नुहुन्छ। उहाँको आगमनबारे कसैलाई थाहा हुँदैन, उहाँको आगमनलाई कसैले पनि स्वागत गर्दैन, र, अझ बढी, उहाँले गर्न लाग्नुभएका सबै कुरा कसैलाई पनि थाहा हुँदैन। मानिसको जीवन पहिले जस्तै चलिरहन्छ, उसको हृदय भिन्न हुँदैन, र दिनहरू सामान्य रूपमै बित्छन्। परमेश्‍वर हामीमाझ, एक साधारण व्यक्ति जस्तै, अनुयायीहरूमध्ये सबैभन्दा नगण्य र साधारण विश्‍वासी भएर जिउनुहुन्छ। उहाँका आफ्नै पछ्याइहरू छन्, आफ्नै लक्ष्यहरू छन्, र, अझ बढी, उहाँसँग साधारण मानिसहरूमा नहुने ईश्‍वरत्व छ। उहाँको ईश्‍वरत्वको अस्तित्वलाई कसैले पनि याद गरेको छैन, र उहाँको सार र मानिसको सारबीचको भिन्नतालाई कसैले पनि बोध गरेको छैन। हामी बन्धनमा नपरी र डर नमानी उहाँसँगै जिउँछौँ, किनभने हाम्रो नजरमा उहाँ एक नगण्य विश्‍वासी मात्र हुनुहुन्छ। उहाँ हाम्रो हरेक चाल हेर्नुहुन्छ, र हाम्रा सबै सोच र विचार उहाँसमक्ष उदाङ्गो हुन्छन्। उहाँको अस्तित्वमा कसैले पनि चासो लिँदैन, उहाँले निर्वाह गर्ने कार्यका बारेमा कसैले केही पनि कल्पना गर्दैन, र, अझ बढी, उहाँको पहिचानबारे कसैलाई झिनो शङ्का हुँदैन। हामीसँग उहाँको कुनै सरोकार नै छैन जस्तो गरी, हामी केवल आफ्ना पछ्याइहरूलाई निरन्तरता दिन्छौँ …

संयोगवश, पवित्र आत्माले उहाँ “मार्फत” वचनहरूको एउटा खण्ड व्यक्त गर्नुहुन्छ, र यो निकै अप्रत्याशित लागे पनि, हामी यो परमेश्‍वरबाट आएको वाणी हो भनी दृढतापूर्वक विश्‍वास गर्छौँ र यसलाई सहजै परमेश्‍वरबाट आएको भनी स्विकार्छौँ। किनभने, यी वचनहरू जसले व्यक्त गरे पनि, ती पवित्र आत्माबाट आउँछन् भने, हामीले ती स्विकार्नुपर्छ र तिनलाई नकार्न मिल्दैन। अर्को वाणी ममार्फत, वा तँमार्फत, वा अरू कसैमार्फत आउन सक्छ। जोमार्फत आए पनि, सबै परमेश्‍वरको अनुग्रह हो। तर त्यो जोसुकै भए पनि, हामीले यस व्यक्तिको आराधना गर्नु हुँदैन, किनभने चाहे जेसुकै होस्, यो व्यक्ति परमेश्‍वर हुन सक्दैन, न त हामी कुनै पनि हालतमा यस्तो साधारण व्यक्तिलाई हाम्रो परमेश्‍वर हुन छनौट नै गर्नेछौँ। हाम्रो परमेश्‍वर अत्यन्तै महान् र आदरणीय हुनुहुन्छ; यस्तो नगण्य व्यक्ति कसरी उहाँको स्थानमा खडा हुन सक्छ? अझ भन्नुपर्दा, हामी परमेश्‍वर आउनुहुनेछ र हामीलाई स्वर्गको राज्यमा फर्काएर लैजानुहुनेछ भनी प्रतीक्षा गरिरहेका छौँ, त्यसैले यति नगण्य व्यक्ति कसरी यस्तो महत्त्वपूर्ण र कठिन कार्यका लागि योग्य हुन सक्छ? यदि प्रभु फेरि आउनुभयो भने, उहाँ सेतो बादलमा नै आउनुपर्छ, ताकि असङ्ख्य मानिसहरूले देखून्। त्यो कति महिमामय हुनेछ! उहाँ साधारण मानिसहरूको समूहमाझ सुटुक्क लुक्न सक्नु कसरी सम्भव हुन्छ?

तैपनि मानिसहरूका बीचमा लुकेर रहनुभएको यही साधारण व्यक्तिले नै हामीलाई मुक्ति दिने नयाँ काम गरिरहनुभएको छ। उहाँ हामीलाई कुनै स्पष्टीकरण दिनुहुन्न, न त हामीलाई उहाँ आउनुको कारण नै बताउनुहुन्छ, बरु आफ्नो योजना र आफ्नो प्रक्रियाअनुसार उहाँले गर्न चाहनुभएको काम मात्रै गर्नुहुन्छ। उहाँका वचन र वाणीहरू झन्-झन् बारम्बार आउन थाल्छन्। सान्त्वना दिने, अर्ती दिने, सम्झाउने, र चेतावनी दिनेदेखि हप्काउने र ताडना दिनेसम्म; कोमल र शान्त स्वरदेखि शक्तिशाली र प्रतापी वचनहरूसम्म—यी सबैले मानिसलाई ठूलो कृपा र चरम आतङ्क महसुस गराउँछन्। उहाँले भन्नुहुने हरेक कुरा हामीभित्र गहिराइमा लुकेका रहस्यहरूप्रति लक्षित भएजस्तो लाग्छ; उहाँका वचनहरूले हाम्रा हृदय र आत्मालाई घोच्छन्, जसले गर्दा हामी असह्य लाजले भरिन्छौँ, र हामीलाई कहाँ लुक्ने भन्‍ने समेत थाहा हुँदैन। यस व्यक्तिको हृदयमा हुनुहुने परमेश्‍वरले हामीलाई साँच्चै प्रेम गर्नुहुन्छ कि गर्नुहुन्न र उहाँ ठ्याक्कै के गर्न खोजिरहनुभएको छ भन्‍ने कुरामा हामीलाई शङ्का लाग्न थाल्छ। सायद यी दुःखहरू सहेर मात्रै हामी उठाई लगिन सक्छौँ कि? दिमागमा, हामी आउँदो गन्तव्य र हाम्रो भविष्यको नियतिका बारेमा … हिसाबकिताब गरिरहेका हुन्छौँ। अझै पनि, पहिले जस्तै, परमेश्‍वरले हाम्रा बीचमा काम गर्न देह धारण गरिसक्नुभएको छ भनी हामीमध्ये कोही पनि विश्‍वास गर्दैनौँ। उहाँले हामीलाई यति लामो समय साथ दिनुभएको भए पनि, उहाँले हामीसँग आमनेसामने यति धेरै वचनहरू बोलिसक्नुभएको भए पनि, हामी यस्तो साधारण व्यक्तिलाई हाम्रो भविष्यको परमेश्‍वरका रूपमा स्वीकार गर्न अनिच्छुक रहेका छौँ, र हाम्रो भविष्य र हाम्रो नियतिको नियन्त्रण यस नगण्य व्यक्तिलाई सुम्पन त हामी झनै अनिच्छुक छौँ। उहाँबाट हामी जिउँदो पानीको अनन्त आपूर्तिको आनन्द उठाउँछौँ, र उहाँमार्फत हामी मानिस र परमेश्‍वर आमनेसामने हुने जीवन जिउँछौँ। तर हामी स्वर्गमा हुनुहुने प्रभु येशूको अनुग्रहका लागि मात्र कृतज्ञ छौँ, र ईश्‍वरत्व भएको यस साधारण व्यक्तिका भावनाहरूप्रति हामीले कहिल्यै कुनै ध्यान दिएका छैनौँ। पहिले जस्तै, उहाँ यसरी अझै पनि देहमा नम्रतापूर्वक लुकेर आफ्नो काम गर्नुहुन्छ, आफ्नो हृदयको आवाजलाई अभिव्यक्त गर्नुहुन्छ, मानौँ मानवजातिले उहाँलाई गरेको अस्वीकारले उहाँलाई छोएकै छैन, मानौँ उहाँ मानिसको अपरिपक्वता र अज्ञानतालाई सधैँ क्षमा गर्नुहुन्छ, र उहाँप्रतिको मानिसको अनादरपूर्ण मनोवृत्तिप्रति उहाँ सधैँ सहनशील हुनुहुन्छ।

हामीलाई थाहै नदिई, यस नगण्य व्यक्तिले हामीलाई परमेश्‍वरको कामको एकपछि अर्को चरणमा डोऱ्याउनुभएको छ। हामी अनगिन्ती परीक्षा र असङ्ख्य ताडनाबाट गुज्रन्छौँ, र हामीलाई मृत्युद्वारा जाँचिन्छ। हामी परमेश्‍वरको धर्मी र प्रतापी स्वभावका बारेमा थाहा पाउँछौँ, उहाँको प्रेमिलो दयालुपन र कृपाको पनि आनन्द लिन्छौँ, परमेश्‍वरको महान् शक्ति र बुद्धिको कदर गर्न थाल्छौँ, परमेश्‍वरको प्रेमिलो स्वभाव देख्छौँ, र मानिसलाई मुक्ति दिने परमेश्‍वरको व्यग्र अभिप्राय देख्छौँ। यस साधारण व्यक्तिका वचनहरूमा, हामी परमेश्‍वरको स्वभाव र सारलाई चिन्न, परमेश्‍वरका अभिप्रायहरूलाई बुझ्न, मानिसको प्रकृति सारलाई चिन्न, साथै मुक्ति र सिद्धतातर्फको मार्ग देख्न थाल्छौँ। उहाँका वचनहरूले हामीलाई “मर्ने” तुल्याउँछन्, र तिनले हामीलाई “पुनर्जन्म” लिने तुल्याउँछन्; उहाँका वचनहरूले हामीलाई सान्त्वना दिन्छन्, तर हामीलाई अपराधबोध र ऋणीपनको भावनाले पनि भरिदिन्छन्; उहाँका वचनहरूले हामीलाई खुसी र शान्ति दिन्छन्, तर असीम पीडा पनि दिन्छन्। कहिलेकाहीँ हामी उहाँका हातमा भएका थुमाहरू जस्तै हुन्छौँ, जसलाई उहाँको इच्छाअनुसार वध गरिन्छ; कहिलेकाहीँ हामी उहाँको आँखाका नानी जस्तै हुन्छौँ, र उहाँको कोमल प्रेमको आनन्द उठाउँछौँ; कहिलेकाहीँ हामी उहाँको शत्रु जस्तै हुन्छौँ, र उहाँको नजरमा परेपछि उहाँको क्रोधद्वारा खरानीमा परिणत हुन्छौँ। हामी उहाँद्वारा मुक्ति दिइएको मानवजाति हौँ, हामी उहाँका आँखाहरूमा औँसा हौँ, र हामी हराएका भेडा हौँ जसलाई खोज्न उहाँ दिनरात लागिपर्नुभएको छ। उहाँ हामीप्रति कृपालु हुनुहुन्छ, उहाँ हामीलाई घृणा गर्नुहुन्छ, माथि उठाउनुहुन्छ, सान्त्वना र अर्ती दिनुहुन्छ, मार्गदर्शन गर्नुहुन्छ, अन्तर्दृष्टि दिनुहुन्छ, ताडना दिनुहुन्छ र अनुशासनमा राख्नुहुन्छ, र उहाँ हामीलाई श्राप समेत दिनुहुन्छ। रातदिन, उहाँले हाम्रा बारेमा चिन्ता गर्न र हाम्रो सुरक्षा र हेरचाह गर्न कहिल्यै छोड्नुहुन्न, र हाम्रो साथ कहिल्यै छोड्नुहुन्न। उहाँ हाम्रा लागि आफ्नो सम्पूर्ण रगत-पसिना बगाउनुहुन्छ र हरेक मूल्य चुकाउनुहुन्छ। यस नगण्य र साधारण देहका वचनहरूभित्र, हामीले परमेश्‍वरको सम्पूर्णताको आनन्द उठाएका छौँ र परमेश्‍वरले हामीलाई प्रदान गर्नुभएको गन्तव्य देखेका छौँ। यति हुँदाहुँदै पनि, आडम्बरले अझै पनि हाम्रा हृदयभित्र समस्या खडा गर्छ, र हामी अझै पनि यस्तो व्यक्तिलाई हाम्रा परमेश्‍वरका रूपमा सक्रिय रूपमा स्वीकार गर्न अनिच्छुक छौँ। उहाँले हामीलाई यति धेरै मन्‍न, आनन्द लिन यति धेरै कुरा दिनुभएको भए पनि, यीमध्ये कुनै पनि कुराले हाम्रा हृदयमा प्रभुको स्थान लिन सक्दैन। हामी यस व्यक्तिको विशेष पहिचान र हैसियतलाई अत्यन्तै अनिच्छाका साथ मात्रै सम्मान गर्छौँ। जबसम्म उहाँले हामीलाई उहाँ परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर भनेर भन्न आफ्नो मुख खोल्नुहुन्न, तबसम्म हामी उहाँलाई चाँडै आइपुग्न लाग्नुभएका तर लामो समयदेखि हाम्रा बीचमा काम गरिरहनुभएका परमेश्‍वरका रूपमा आफैले कहिल्यै स्विकार्नेछैनौँ।

परमेश्‍वरले विभिन्न विधि र धेरै दृष्टिकोण प्रयोग गर्दै हामीले के गर्नुपर्छ भनेर हामीलाई सचेत गराउन आफ्ना वाणीहरू बोलिरहनुहुन्छ, र साथसाथै आफ्नो हृदयको आवाज पनि व्यक्त गर्नुहुन्छ। उहाँका वचनहरूमा जीवनको शक्ति हुन्छ, तिनले हामीलाई हामीले पछ्याउनुपर्ने मार्ग प्रदान गर्छन्, र सत्यता भनेको ठ्याक्कै के हो भनी बोध गर्न हामीलाई सक्षम बनाउँछन्। हामी उहाँका वचनहरूतर्फ आकर्षित हुन थाल्छौँ, हामी उहाँको बोल्ने स्वर र शैलीमा ध्यान दिन थाल्छौँ, र अवचेतन रूपमा हामी अरूको नजरमा नपर्ने यस व्यक्तिको हृदयको आवाजलाई विशेष ध्यान दिन थाल्छौँ। उहाँ हाम्रा लागि पूर्ण रूपमा समर्पित भएर काम गर्नुहुन्छ, हाम्रा लागि भोक-निद्रा गुमाउनुहुन्छ, हाम्रा लागि रुनुहुन्छ, हाम्रा लागि सुस्केरा हाल्नुहुन्छ, र हाम्रा लागि बिरामी अवस्थामा विलाप गर्नुहुन्छ; उहाँ हाम्रो गन्तव्य र मुक्तिको खातिर अपमान सहनुहुन्छ; अनि हाम्रो संवेदनहीनता र विद्रोहीपनले उहाँको हृदयबाट आँसु र रगत निकाल्छ। कुनै पनि साधारण व्यक्तिसँग उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो हुँदैन, र कुनै पनि भ्रष्ट मानवले ती कुरा पाउन वा हासिल गर्न सक्दैन। उहाँसँग कुनै पनि साधारण व्यक्तिमा नहुने सहनशीलता र धैर्य छ, र उहाँको प्रेम त्यस्तो चिज हो जुन कुनै पनि सृजित प्राणीसँग हुँदैन। उहाँबाहेक अरू कसैले पनि हामीले सोचिरहेका सबै कुरा थाहा पाउन, वा हाम्रो प्रकृति र सारलाई आफ्नो हातको रेखा जतिकै थाहा पाउन, वा मानवजातिको विद्रोहीपन र भ्रष्टताको न्याय गर्न, वा स्वर्गमा हुनुहुने परमेश्‍वरको तर्फबाट हामीसँग यसरी बोल्न र हामीमा यसरी काम गर्न सक्दैन। उहाँबाहेक अरू कसैसँग पनि परमेश्‍वरको अख्तियार, बुद्धि, र इज्जत हुँदैन; परमेश्‍वरको स्वभाव साथै परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो उहाँमा पूर्ण रूपमा व्यक्त गरिन्छ। उहाँबाहेक अरू कसैले पनि हामीलाई बाटो देखाउन र ज्योति दिलाउन सक्दैन। उहाँबाहेक अरू कसैले पनि सृष्टिदेखि आजसम्म परमेश्‍वरले प्रकट नगर्नुभएका रहस्यहरू खुलासा गर्न सक्दैन। उहाँबाहेक अरू कसैले पनि हामीलाई शैतानको बन्धन र हाम्रा आफ्नै भ्रष्ट स्वभावहरूबाट मुक्ति दिन सक्दैन। उहाँ परमेश्‍वरको प्रतिनिधित्व गर्नुहुन्छ; उहाँ परमेश्‍वरको हृदयको आवाज, परमेश्‍वरका अर्तीहरू, र सारा मानवजातिप्रति परमेश्‍वरका न्यायिक वचनहरू व्यक्त गर्नुहुन्छ। उहाँले एउटा नयाँ युग, एउटा नयाँ कालखण्डको सुरुवात गर्नुभएको छ, साथै नयाँ स्वर्ग र पृथ्वी र नयाँ काम ल्याउनुभएको छ, उहाँले हामीलाई आशा ल्याइदिनुभएको छ र हामीले अस्पष्ट स्थितिमा जिएको जीवनको अन्त्य गर्नुभएको छ, साथै उहाँले हाम्रो सम्पूर्ण सत्त्वलाई पूर्ण रूपमा मुक्तितर्फको मार्ग हेर्न सम्भव तुल्याउनुभएको छ। उहाँले हाम्रो सम्पूर्ण सत्त्वलाई विजय गर्नुभएको छ र हाम्रो हृदय प्राप्त गर्नुभएको छ। त्यस क्षणदेखि, हाम्रा हृदयले सचेतना प्राप्त गरेका छन्, र हाम्रा आत्माहरू पुनर्जीवित भएजस्ता देखिन्छन्: यो साधारण, नगण्य व्यक्ति, हामीमाझ जिउने र यति लामो समयदेखि हामीबाट अस्वीकृत हुनुभएको यो व्यक्ति—के यो हामीले विपना र सपना दुवैमा सम्झिरहने, र रातदिन चाह गर्ने प्रभु येशू हुनुहुन्न र? यो उहाँ नै हुनुहुन्छ! यो साँच्चै उहाँ नै हुनुहुन्छ! उहाँ हाम्रा परमेश्‍वर हुनुहुन्छ! उहाँ नै सत्यता, मार्ग, र जीवन हुनुहुन्छ! उहाँले हामीलाई फेरि जिउन र ज्योति देख्न सम्भव तुल्याउनुभएको छ र हाम्रो हृदयलाई भौँतारिनबाट रोक्नुभएको छ। हामी परमेश्‍वरको घर फर्केका छौँ, हामी उहाँको सिंहासनसामु फर्केका छौँ, हामी उहाँसँग आमनेसामने छौँ, हामीले उहाँको मुहार देखेका छौँ, र हामीले अगाडिको बाटो देखेका छौँ। यस समयमा, हाम्रो हृदय उहाँद्वारा पूर्ण रूपमा विजय गरिएको छ; अब हामी उहाँ को हुनुहुन्छ भनी शङ्का गर्दैनौँ, उहाँको काम र उहाँको वचनप्रति प्रतिरोधी महसुस गर्दैनौँ, र हामी उहाँसमक्ष लम्पसार पर्छौँ। हामी हाम्रो बाँकी जीवनभरि परमेश्‍वरका पदचापहरू पछ्याउने, उहाँद्वारा सिद्ध पारिने, उहाँको अनुग्रहको प्रतिदान गर्ने, उहाँले हामीलाई गर्नुभएको प्रेमको प्रतिदान गर्ने, उहाँका योजनाबद्ध कार्य र प्रबन्धहरूप्रति समर्पित हुने, उहाँको कामसँग सहकार्य गर्ने, र उहाँले हामीलाई सुम्पनुभएको कुरा पूरा गर्न आफ्नो सक्ने सबथोक गर्नेभन्दा बढी अरू केही चाहँदैनौँ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ४: परमेश्‍वरको न्याय र सजायमा उहाँको देखा पराइ हेर्नु

परमेश्‍वरका दैनिक वचनहरू   अंश ७४

परमेश्‍वर र मानिसलाई एउटै स्तरमा राखेर कुरा गर्न मिल्दैन। उहाँको सार र उहाँको काम मानिसका लागि सबैभन्दा बुझ्न नसकिने र अबोध्य छन्। यदि परमेश्‍वर व्यक्तिगत रूपमा मानवजातिमाझ आफ्नो काम गर्नुहुन्न र आफ्ना वचनहरू बोल्नुहुन्न भने, मानिसले कुनै पनि हालतमा परमेश्‍वरका अभिप्रायहरू बुझ्न सक्दैन। त्यसकारण, परमेश्‍वरप्रति आफ्नो सम्पूर्ण जीवन अर्पण गरेकाहरूले समेत उहाँको अनुमोदन प्राप्त गर्न सक्नेछैनन्। यदि परमेश्‍वरले काम सुरु गर्नुभएन भने, मानिसले जतिसुकै राम्रो गरे पनि, त्यो सब व्यर्थ हुनेछ, किनभने परमेश्‍वरका सोचहरू सधैँ मानिसका सोचहरूभन्दा उच्च हुनेछन् र परमेश्‍वरको बुद्धि कुनै पनि व्यक्तिले बुझ्न सक्दैन। र त्यसैले म भन्छु, परमेश्‍वर र उहाँको कामलाई “पूर्ण रूपमा बुझ्ने” हरू अयोग्य वर्ग हुन्; तिनीहरू सबै अहङ्कारी र अज्ञानी हुन्छन्। मानिसले परमेश्‍वरको कामलाई सीमित गर्नु हुँदैन; त्यसबाहेक, मानिसले परमेश्‍वरको कामलाई सीमित गर्नै सक्दैन। परमेश्‍वरको नजरमा, मानिस कमिलाभन्दा पनि सानो छ; त्यसकारण मानिसले परमेश्‍वरको काम कसरी बुझ्न सक्छ र? “परमेश्‍वर यसरी काम गर्नुहुन्न वा त्यसरी काम गर्नुहुन्न,” अथवा “परमेश्‍वर यस्तो हुनुहुन्छ वा त्यस्तो हुनुहुन्छ” भनेर सधैँ बकबक गर्नेहरू—के तिनीहरू अहङ्कारी भएर बोलिरहेका छैनन् र? हामी सबैले के जान्नुपर्छ भने मानिस, जो देहको हो, शैतानद्वारा भ्रष्ट तुल्याइएको हुन्छ, उसको प्रकृति नै परमेश्‍वरको विरोध गर्नु हो र ऊ परमेश्‍वरको स्तरमा पुग्न सक्दैन, झन् उसले परमेश्‍वरको कामका सन्दर्भमा कुनै सल्लाह दिन सक्नु त परको कुरा हो। जहाँसम्म परमेश्‍वर मानिसलाई कसरी मार्गदर्शन गर्नुहुन्छ भन्‍ने कुरा छ, यो परमेश्‍वर स्वयम्‌को काम हो। मानिस कुनै यस्तो वा उस्तो दृष्टिकोण नराखी समर्पित हुनु नै उचित हुन्छ, किनभने मानिस धुलो मात्र हो। परमेश्‍वरलाई खोज्नु नै हाम्रो आशय भएको हुनाले, परमेश्‍वरले विचार गरिदिनुहोओस् भन्नका लागि हामीले उहाँको काममा आफ्ना धारणाहरू बेसरी लाद्नु हुँदैन, हामीले परमेश्‍वरको कामलाई जानाजानी र जोडतोडका साथ विरोध गर्न आफ्ना भ्रष्ट स्वभावहरू प्रयोग गर्नु त झनै हुँदैन। के त्यसो गर्दा हामी ख्रीष्टविरोधी हुँदैनौँ र? त्यस्ता मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन् भनेर चाहिँ कसरी भन्न सकिन्छ? हामीले परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्ने अनि उहाँलाई सन्तुष्ट पार्न र उहाँलाई हेर्न चाहने हुनाले, सत्यताको मार्ग र परमेश्‍वरसँग मिल्ने मार्ग खोज्नुपर्छ। हामी हठी भएर उहाँको विरोधमा खडा हुनु हुँदैन। त्यस्ता कार्यहरूबाट के चाहिँ राम्रो परिणाम आउन सक्छ र?

आज, परमेश्‍वरले नयाँ काम गर्नुभएको छ। तैँले यी वचनहरू स्वीकार गर्न नसक्लास् र तँलाई ती अनौठो लाग्न सक्छन्, तर म तँलाई अहिलेका लागि आफ्नो प्राकृतिकता खुलासा नगर्न सल्लाह दिन्छु, किनभने परमेश्‍वरसामु साँचो रूपमा धार्मिकताका लागि भोकाउने र तिर्खाउनेहरूले मात्र सत्यता प्राप्त गर्न सक्छन् र जो साँच्चै भक्त छन् तिनीहरूलाई मात्र उहाँद्वारा अन्तर्दृष्टि र मार्गदर्शन दिन सकिन्छ। संयमित शान्तिका साथ सत्यता खोजेर नतिजाहरू प्राप्त हुन्छन्, झैझगडा र विवाद गरेर होइन। जब म “आज, परमेश्‍वरले नयाँ काम गर्नुभएको छ” भनेर भन्छु, तब म परमेश्‍वर देहमा फर्कने कुरालाई जनाइरहेको हुन्छु। सायद यी वचनहरूले तँलाई पिरोल्दैनन्; सायद तँ तिनलाई घृणा गर्छस्; वा सायद तँलाई तिनमा धेरै रुचि छ। जेसुकै भए पनि, म के आशा गर्छु भने परमेश्‍वर देखा पर्नुभएको साँच्चै चाहना गर्ने सबैले तुरुन्तै निष्कर्षमा पुग्नुको सट्टा यस तथ्यको सामना गर्न र यसलाई ध्यानपूर्वक जाँच्न सकून्; बुद्धिमान् व्यक्तिले गर्नुपर्ने कुरा त्यही नै हो।

यस्तो कुरालाई जाँच्न त्यत्ति कठिन हुँदैन, तर यसका निम्ति हामी प्रत्येकले पहिला यो एउटा सत्यता जान्नु माग गरिएको हुन्छ: जो देहधारी परमेश्‍वर हुनुहुन्छ, उहाँसँग परमेश्‍वरको सार हुन्छ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँसँग परमेश्‍वरको अभिव्यक्ति हुन्छ। परमेश्‍वर देह बन्नुभएको हुनाले, उहाँले आफूले गर्ने अभिप्राय राख्‍नुभएको काम आफूसँगै ल्याउनुहुन्छ, र उहाँ देहधारी परमेश्‍वर भएको हुनाले, उहाँले उहाँ जे हुनुहुन्छ त्यो अभिव्यक्त गर्नुहुन्छ, र सत्यतालाई मानिसकहाँ ल्याउन, उसलाई जीवन प्रदान गर्न, र उसलाई मार्ग देखाउन सक्नुहुन्छ। परमेश्‍वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले त्यो परमेश्‍वरको देहधारी देह हो कि होइन भनी जाँच गर्ने अभिप्राय राख्छ भने, उसले त्यसलाई उहाँले व्यक्त गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट नै निर्धारण गर्नुपर्छ। भन्नुको अर्थ, यो देहधारी परमेश्‍वरको देह हो कि होइन, र यो साँचो मार्ग हो कि होइन भनी निर्धारण गर्न उसले उहाँको सारकै आधारमा भिन्नता छुट्ट्याउनुपर्छ। त्यसैले, यो देहधारी परमेश्‍वरको देह हो कि होइन भन्ने कुराको कडी बाहिरी स्वरूपभन्दा उहाँको सार (उहाँको काम, उहाँका वचनहरू, उहाँको स्वभाव, र अन्य धेरै पक्षहरू) मा निहित हुन्छ। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र जाँच्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, यसले मानिस मूर्ख र अज्ञानी छ भन्‍ने देखाउँछ। बाहिरी स्वरूपले सार निर्धारण गर्न सक्दैन; अझ भन्‍ने हो भने, परमेश्‍वरको काम मानिसका धारणाहरूसँग कहिल्यै पनि मेल खाँदैन। के येशूको बाहिरी स्वरूप मानिसका धारणाहरूभन्दा विपरीत थिएन र? के उहाँको अनुहार र पोसाकले उहाँको वास्तविक पहिचान प्रदर्शन गर्न नसकेका थिएनन् र? के फरिसीहरूले त्यतिबेला येशूको बाहिरी स्वरूपलाई मात्र हेरेकाले र ध्यान दिएर उहाँको मुखका वचनहरू स्वीकार नगरेकाले नै उहाँको विरोध गरेका थिएनन् र? परमेश्‍वरको देखापराइ खोज्ने हरेक दाजुभाइ-दिदीबहिनीले इतिहासको दुःखद घटना नदोहोर्‍याओस् र आधुनिक समयको फरिसी बनेर परमेश्‍वरलाई फेरि क्रूसमा नटाँगोस् भन्‍ने मेरो आशा छ। तिमीहरूले परमेश्‍वरको पुनरागमनलाई कसरी स्वागत गर्ने भनी होसियारीका साथ ख्याल गर्नुपर्छ र सत्यताप्रति समर्पित हुने व्यक्ति कसरी बन्ने भन्‍ने विषयमा तिमीहरूको दिमाग स्पष्ट हुनुपर्छ। यो येशू बादलको सवारीमा फर्कनुहुनेछ भनी पर्खिरहेका सबैको जिम्मेवारी हो। हामीले आफ्ना आत्मिक आँखाहरू सफा गर्नुपर्छ र हामी काल्पनिक शब्दहरूमा फस्नु हुँदैन। हामीले परमेश्‍वरको वास्तविक कामका बारेमा सोच्नुपर्छ, र परमेश्‍वरको व्यावहारिक पक्षलाई हेर्नुपर्छ। सधैँ प्रभु येशू अचानक बादलको सवारीमा तिमीहरूमाझ ओर्लनुहुनेछ र उहाँलाई कहिल्यै नचिनेका वा नदेखेका अनि उहाँको इच्छा कसरी पछ्याउने भनी नजान्ने तिमीहरूलाई लैजानुहुनेछ भन्ने आशा गर्दै, दिवास्वप्नमा डुब्ने वा हराउने नगर। अलि बढी वास्तविक मामिलाहरूका बारेमा सोच्नु नै राम्रो हो!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

परमेश्‍वरका दैनिक वचनहरू   अंश ७५

के तिमीहरू फरिसीहरूले येशूको विरोध गर्नुको जड जान्‍न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्‍न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। अझ के भने, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्‍वास मात्रै गरे, तर जीवन सत्यतालाई भने पछ्याएनन्। त्यसैले, तिनीहरू आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो भन्‍ने कुरा तिनीहरूलाई थाहा छैन। तिमीहरूलाई यस्ता मूर्ख, हठी र अज्ञानी मानिसहरूले कसरी परमेश्‍वरको आशिष्‌ प्राप्‍त गर्न सक्थे भन्ने लाग्छ? के तिनीहरूले मसीहलाई देख्‍न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूलाई पवित्र आत्माको कामको दिशा थाहा थिएन, र येशूले बोल्नुभएको सत्यताको मार्ग थाहा थिएन, र, किनभने तिनीहरूले मसीहलाई झनै बुझेका थिएनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र मसीहसँग कहिल्यै सङ्गत नगरेका हुनाले, तिनीहरूले मसीहको नाउँमा मात्रै टाँसिने तर मसीहको सारलाई हरसम्भव माध्यमहरूद्वारा विरोध गरिरहने गल्ती गरे। सारमा यी फरिसीहरू हठी र अहङ्कारी थिए र तिनीहरूले सत्यता पालन गर्दैनथे। परमेश्‍वरप्रति तिनीहरूको विश्‍वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अख्तियार जति नै उच्‍च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौ। के यो विश्‍वास वाहियात र हास्यास्पद छैन र? म तिमीहरूलाई अझै सोध्छु: तिमीहरूसित येशूको थोरै पनि बुझाइ नभएकाले, तिमीहरूलाई पनि त्यो समयका फरिसीहरूको गल्ती गर्न अत्यन्त सजिलो छैन र? के तिमीहरूले सत्यताको मार्ग खुट्ट्याउन सक्छौ? के तिमीहरूले ख्रीष्टको विरोध गर्नेछैनौ भनी साँच्‍चै प्रत्याभूति गराउन सक्छौ? के तिमीहरूले पवित्र आत्माको काम अनुसरण गर्न सक्छौ? तिमीहरूलाई आफूले ख्रीष्टको विरोध गर्नेछु कि गर्नेछैनँ भनेर थाहा छैन भने, म भन्छु, तिमीहरू पहिले नै मृत्युको मुखमा जिइरहेका छौ। मसीहलाई नचिन्‍नेहरू सबैले येशूको विरोध गर्न, येशूलाई इन्कार गर्न र उहाँको निन्दा गर्न सक्थे। येशूलाई नबुझ्ने मानिसहरू सबैले उहाँलाई इन्कार गर्न सक्छन् र गालीगलौज गर्न सक्छन्। तिनीहरूले येशूको पुनरागमनलाई शैतानको बहकाउका रूपमा झनै देख्‍न सक्छन् र अझ धेरै मानिसहरूले देहमा फर्कनुभएका येशूको निन्दा गर्नेछन्। के यी सबै कुराहरूले तिमीहरूलाई भयभीत बनाउँदैनन्? तिमीहरूले सामना गर्ने कुरा पवित्र आत्माविरुद्धको ईश्‍वरनिन्दा, मण्डलीहरूका लागि पवित्र आत्माले बोल्नुभएका वचनहरूको विनाश र येशूले व्यक्त गर्नुभएका सबै कुराहरूको तिरस्कार हुनेछ। यदि तिमीहरू नै यति धेरै अन्योलमा छौ भने, तिमीहरूले येशूबाट के प्राप्‍त गर्न सक्छौ? यदि तिमीहरू आफ्ना त्रुटिहरू स्विकार्न हठपूर्वक इन्कार गर्छौ भने, तिमीहरूले सेतो बादलमा येशू देह भई फर्कनुहुँदा उहाँले गर्नुहुने काम कसरी बुझ्न सक्छौ? म तिमीहरूलाई यो भन्छुः सत्यतालाई नस्विकार्ने, तर सेतो बादलमा येशूको आगमनलाई अन्धाधुन्ध प्रतीक्षा गर्ने मानिसहरू पक्कै पनि तिनै हुन् जसले पवित्र आत्माविरुद्ध ईशनिन्दा गर्छन् र तिनीहरू निश्‍चय नै नष्ट पारिने श्रेणीका मानिस हुन्। तिमीहरू येशूको अनुग्रहको मात्र चाहना गर्छौ, र स्वर्गको आनन्दमय क्षेत्रको आनन्द लिन मात्र चाहन्छौ; तर येशूले बोल्नुभएका वचनहरू तिमीहरूले कहिल्यै पालन गरेका छैनौ, र येशू देहमा फर्कनुहुँदा उहाँले व्यक्त गर्नुभएको सत्यता कहिल्यै स्विकारेका छैनौ। सेतो बादलमा येशूको पुनरागमन हुने तथ्यको सट्टामा तिमीहरू के दिनेछौ? के तिमीहरूले बारम्बार पाप गर्ने र त्यसपछि घरिघरि स्विकार्ने इमानदारी दिनेछौ? सेतो बादलमा फर्कनुहुने येशूलाई तिमीहरू बलिका रूपमा के चढाउनेछौ? के तिमीहरूले आफूलाई उच्‍च पार्ने वर्षौँको कार्यको पुँजी चढाउनेछौँ? फर्केर आउनुभएका येशूलाई तिमीहरूप्रति भरोसा दिलाउन तिमीहरूले के देखाउनेछौ? के कुनै सत्यताप्रति समर्पित नहुने तिमीहरूको त्यही अहङ्कारी प्रकृति देखाउनेछौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्‍नुभएको हुनेछ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ७६

तिमीहरूको बफादारिता बोलीवचनमा मात्र छ, तिमीहरूको ज्ञान सोचाइ र धारणाबारे मात्र हो, तिमीहरूका प्रयासहरू स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नका लागि मात्र हुन्, अनि त्यसो भए तिमीहरूको विश्‍वास कस्तो हुनुपर्छ? आज पनि तिमीहरू सत्यताको हरेक वचनलाई अनसुनी गर्छौ। तिमीहरूलाई परमेश्‍वर के हुनुहुन्छ थाहा छैन, ख्रीष्ट के हुनुहुन्छ थाहा छैन, कसरी यहोवाको डर मान्ने थाहा छैन, पवित्र आत्माको काममा कसरी प्रवेश गर्ने थाहा छैन, र परमेश्‍वर स्वयम्‌को काम र मानिसको बहकाउलाई कसरी छुट्ट्याउने थाहा छैन। तँ त परमेश्‍वरले व्यक्त गर्नुभएको तेरो विचारसित नमिल्ने सत्यको जुनसुकै वचनको निन्दा गर्न मात्र जान्दछस्। तेरो नम्रता कहाँ छ? तेरो समर्पण कहाँ छ? तेरो बफादारिता कहाँ छ? सत्यता खोजी गर्ने तेरो मनोवृत्ति कहाँ छ? परमेश्‍वरको डर मान्ने तेरो हृदय कहाँ छ? म तिमीहरूलाई बताउँछु, चिन्हहरूका कारणले परमेश्‍वरमा विश्‍वास गर्नेहरू निश्‍चय नै नष्ट पारिने श्रेणीका हुन्। देहमा फर्किआउनुभएका येशूका वचनहरू स्विकार्न नसक्‍नेहरू निश्‍चय नै नरकका सन्तान, प्रधान स्वर्गदूतका सन्तती हुन्, र यिनीहरू सदाका लागि नष्ट पारिने श्रेणीमा पर्छन्। धेरै मानिसहरूले मैले भन्ने कुरालाई वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्न चाहन्छु कि, जब तिमीहरूले येशू स्वर्गबाट सेतो बादलमा ओर्लनुभएको आफ्नै आँखाले देख्छौ, त्यो सार्वजनिक रूपमा धार्मिकताको सूर्य देखा पर्ने समय हुनेछ। सायद त्यो क्षण तेरो निम्ति ठूलो उत्साहको समय हुनेछ। तैपनि तैँले येशू स्वर्गबाट ओर्लनुभएको देख्‍ने समय तँ दण्ड भोग्‍न नरक जाने समय, परमेश्‍वरको व्यवस्थापन योजनाको अन्त्यको घोषणा भएको समय, र परमेश्‍वरले असललाई इनाम र दुष्टलाई दण्ड दिनुहुने समय पनि हुनेछ भनी जान्‍नुपर्छ। किनकि सत्यताको अभिव्यक्ति मात्र हुँदा, मानिसले चिन्हहरू देख्‍नुअघि नै परमेश्‍वरको न्याय अन्त्य भइसकेको हुनेछ। सत्यता स्विकार्ने र चिन्हहरू नखोज्ने अनि यसरी शुद्ध गरिएकाहरू परमेश्‍वरको सिंहासनसामु ल्याइएका र सृष्टिकर्ताको अङ्गालोमा प्रवेश गरेका हुनेछन्। “सेतो बादलमा सवार नहुने येशू झूटो ख्रीष्ट हो” भन्‍ने विश्‍वासमा अड्डी कस्‍नेहरूले मात्र अनन्त दण्ड भोग्नेछन्, किनभने तिनीहरू चिन्ह प्रदर्शन गर्नुहुने येशूमा मात्र विश्‍वास गर्छन्, तर कठोर न्याय व्यक्त गर्नुहुने अनि जीवन र साँचो मार्ग प्रदान गर्नुहुने येशूलाई मान्दैनन्। अनि यसकारण, के मात्र हुन सक्छ भने, सेतो बादलमा येशू खुल्लमखुल्ला फर्कनुहुँदा उहाँले तिनीहरूलाई ठेगान लगाउनुहुनेछ। तिनीहरू अति जिद्दी, आफैँमा अति आत्मविश्‍वासी, अति अहङ्कारी छन्। यस्ता घटियाहरूले येशूबाट कसरी इनाम पाउन सक्छन्? सत्यता स्वीकार गर्न सक्‍नेहरूका निम्ति येशूको पुनरागमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न नसक्‍नेहरूका निम्ति यो दोषी ठहराइनुको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्‍नुपर्छ र पवित्र आत्माको निन्दा र सत्यतालाई इन्कार गर्नु हुँदैन। तिमीहरू अज्ञानी र अहङ्कारी व्यक्ति हुनु हुँदैन, बरु पवित्र आत्माको मार्गदर्शनप्रति समर्पित हुने, सत्यताका लागि तिर्खाउने र त्यसको खोजी गर्ने व्यक्ति हुनु पर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ। म तिमीहरूलाई परमेश्‍वरप्रतिको विश्‍वासको मार्ग निकै होसियारीपूर्वक हिँड्न सल्लाह दिन्छु। मनमानी रूपमा निचोडमा नपुग; त्योभन्दा बढी, परमेश्‍वरमाथिको विश्‍वासमा बेफिक्र र लापरवाह नबन। तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्नेहरूमा कम्तीमा पनि विनम्र र परमेश्‍वरको डर मान्ने हृदय हुनैपर्छ भन्ने कुरा जान्‍नुपर्छ। सत्यता सुनेर पनि यसलाई अवहेलना गर्नेहरू मूर्ख र अज्ञानी हुन्। सत्यता सुनेर पनि लापरवाह रूपमा निचोडमा पुग्‍ने वा यसलाइ दोषी ठहराउनेहरू अहङ्कारी मानिस हुन्। येशूमा विश्‍वास गर्ने कोही पनि अरूलाई सराप्न वा दोषी ठहराउन योग्य हुँदैन। तिमीहरू सबै नै समझ भएका र सत्यता स्विकार्ने व्यक्ति हुनुपर्छ। सायद, सत्यताको मार्ग सुनेर र जीवनको वचन पढेर, तँ यी १०,००० वचनहरूमध्ये एउटा मात्र तेरो दृष्टिकोण र बाइबलअनुरूप छ भनेर विश्वास गर्छस् भने, तैँले त्यो एक भागमा निरन्तर खोजी गरिरहनुपर्छ। अझै पनि म तँलाई विनम्र हुन, धेरै आत्मविश्‍वासी नहुन र आफैलाई अति उच्‍च नपार्न सल्लाह दिन्छु। तैँले आफूमा भएको परमेश्‍वरको अलिकति डर मान्ने हृदयद्वारा ठूलो ज्योति प्राप्‍त गर्नेछस्। यदि तैँले यी वचनहरूलाई सावधानीपूर्वक जाँच्छस् र पटकपटक चिन्तन गर्छस् भने, ती सत्यता हुन् वा होइनन्, र ती जीवन हुन् वा होइनन् भनी तैँले बुझ्नेछस्। सायद केही मानिसहरूले केही वाक्यहरू मात्र पढेर, “यो पवित्र आत्माको केही अन्तर्दृष्टिबाहेक अरू केही पनि होइन” वा “यिनी मानिसहरूलाई भ्रममा पार्न आउने झूटा ख्रीष्ट हुन्” भनी यी वचनहरूको अन्धाधुन्ध निन्दा गर्नेछन्। यसो भन्‍नेहरू अज्ञानताद्वारा अन्धा भएका छन्। तैँले परमेश्‍वरको काम र बुद्धिबारे अत्यन्त थोरै बुझ्छस्, र म तँलाई फेरि शून्यबाट सुरु गर्न सल्लाह दिन्छु! आखिरी दिनहरूमा झुटा ख्रीष्टहरूको देखापराइको कारण परमेश्‍वरले व्यक्त गरेका वचनहरूलाई तिमीहरूले अन्धाधुन्ध रूपमा निन्दा गर्नु हुँदैन र तिमीहरू आफू भ्रमित हुने डरले गर्दा पवित्र आत्माविरुद्ध निन्दा गर्ने व्यक्ति हुनै हुँदैन। के त्यो एकदमै दुःखलाग्दो कुरा हुँदैनथ्यो र? धेरै परीक्षण गरेपछि पनि, यदि तैँले यी वचनहरू सत्यता होइनन्, बाटो होइनन् र परमेश्‍वरको अभिव्यक्ति होइनन् भनी विश्‍वास गर्छस् भने, तँलाई अन्तमा दण्ड दिइनेछ र तँ आशिष्‌रहित हुनेछस्। यदि तैँले यति स्पष्ट र खुल्ला रूपमा बताइएको सत्यता स्वीकार गर्न सक्दैनस् भने, के तँ परमेश्‍वरको मुक्तिको निम्ति अयोग्य छैनस् र? के तँ परमेश्‍वरको सिंहासनसामु फर्कनलाई पर्याप्‍त आशिष्‌ नपाएको व्यक्ति होइनस् र? यसबारे विचार गर्! दुस्साहसी र अविवेकी नबन् र परमेश्‍वरप्रतिको विश्‍वासलाई खेलको रूपमा नली। तेरो गन्तव्यको खातिर, तेरो भविष्यको आशाको खातिर, तेरो जीवनको खातिर विचार गर् र आफैसँग खेलवाड नगर्। के तैँले यी वचनहरू स्वीकार गर्न सक्छस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्‍नुभएको हुनेछ

अघिल्लो: कार्यका तीन चरणहरू

अर्को: आखिरी दिनहरूको न्याय

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्