कार्यका तीन चरणहरू

परमेश्‍वरका दैनिक वचनहरू   अंश १

मेरो सम्पूर्ण व्यवस्थापनको योजना, छ-हजार-वर्षे व्यवस्थापन योजनामा तीन चरण वा तीन युग समावेश छन्: सुरुवातको व्यवस्थाको युग; अनुग्रहको युग (जुन छुटकाराको युग पनि हो); र आखिरी दिनहरूको राज्यको युग। यी तीन युगमा मेरो काम हरेक युगअनुसार विषयवस्तुमा भिन्‍न छ, तर प्रत्येक चरणमा यो काम मानिसका आवश्यकताहरूअनुसार गरिन्छ—वा अझै सटिक रूपमा भन्दा, मैले शैतानविरुद्ध छेडेको युद्धमा शैतानले चाल्ने युक्तिहरूअनुसार यो गरिन्छ। उद्देश्य भनेको शैतानलाई पराजित गर्नु, मेरो बुद्धि र सर्वशक्तिमान्‌ता प्रकट गर्नु, शैतानका सबै युक्ति खुलासा गर्नु र त्यसमार्फत शैतानको शक्तिअन्तर्गत जिउने सम्पूर्ण मानवजातिलाई मुक्ति दिनु हो। यो मेरो बुद्धि र सर्वशक्तिमान्‌ता प्रकट गर्न, र शैतानको असहनीय कुरूपतामाथि प्रकाश पार्नका लागि हो; अनि त्योभन्दा पनि अझै बढी, यो सृजित प्राणीहरूलाई असल र दुष्टबीचको भेद छुट्ट्याउने, म नै यावत् थोकको सार्वभौम हुँ भनी जान्ने, शैतान मानवजातिको शत्रु हो, पतित, दुष्ट हो भनी स्पष्टसित देख्ने तुल्याउनका लागि हो, र तिनीहरूलाई पूर्ण स्पष्टताका साथ असल र दुष्ट, सत्यता र भ्रम, पवित्रता र फोहोर, अनि महान् र नीचका बीचमा भिन्‍नता छुट्याउन सक्षम तुल्याउनका लागि हो। यो मानवजातिलाई भ्रष्ट तुल्याउने म नभएको, र मानवजातिलाई मुक्ति दिने र मानिसहरूलाई तिनीहरूले आनन्द लिन सक्ने कुराहरू प्रदान गर्ने म—सृष्टिकर्ता—मात्रै भएको भनी मेरो गवाही दिन अज्ञानी मानवजातिलाई सक्षम तुल्याउनका लागि हो; यो तिनीहरूलाई म नै यावत् थोकको सार्वभौम भएको र शैतान मैले सृष्टि गरेको र पछि मलाई धोका दिने एउटा प्राणी मात्र भएको भनी थाहा दिनका लागि हो। मेरो छ-हजार-वर्षे व्यवस्थापनको योजनालाई तीन चरणमा विभाजन गरिएको छ, र सृजित प्राणीहरूलाई मेरो गवाही दिन, मेरा अभिप्रायहरू बुझ्न, र म नै सत्यता भएको भनी जान्न सक्षम तुल्याउने परिणाम हासिल गर्न म यसरी काम गर्छु। यसरी, मेरो छ-हजार-वर्षे व्यवस्थापनको योजनाको सुरुवाती कामको समयमा, मैले व्यवस्थाको काम गरेँ, जुन मानिसहरूलाई अगुवाइ गर्ने यहोवाको काम थियो। दोस्रो चरणको समयमा, मैले यहूदियाका गाउँहरूमा अनुग्रहको युगको सुरुवाती काम प्रारम्भ गरेँ। येशूले अनुग्रहको युगको सबै कामको प्रतिनिधित्व गर्नुहुन्छ; उहाँ देहधारी हुनुभयो र क्रुसमा टाँगिनुभयो, अनि उहाँले अनुग्रहको युगको सुरुवात पनि गर्नुभयो। उहाँ क्रुसमा टाँगिन र छुटकाराको काम पूरा गर्न आउनुभयो, अनि उहाँ व्यवस्थाको युगको अन्त्य गर्न र अनुग्रहको युग सुरु गर्न आउनुभयो, त्यसैले उहाँलाई “सर्वोच्च कमान्डर,” “पापबलि,” र “मुक्तिदाता” भनिन्थ्यो। फलस्वरूप, येशूको काम र यहोवाको काम सिद्धान्तमा एउटै भए पनि विषयवस्तुमा फरक थिए। यहोवाले पृथ्वीमा परमेश्‍वरको कामका लागि आधार—उद्गम बिन्दु—स्थापना गर्दै, र व्यवस्था र आज्ञाहरू जारी गर्दै व्यवस्थाको युग सुरु गर्नुभयो। उहाँले सम्पन्न गर्नुभएका दुई वटा काम यिनै हुन्, र यिनले व्यवस्थाको युगको प्रतिनिधित्व गर्छन्। अनुग्रहको युगमा येशूले गर्नुभएको काम व्यवस्थाहरू जारी गर्नु थिएन, बरु तिनलाई पूरा गर्नु, र यसरी अनुग्रहको युगको सुरुवात गर्नु र दुई हजार वर्षसम्म चलेको व्यवस्थाको युगको अन्त्य गर्नु थियो। उहाँ अनुग्रहको युग सुरु गर्न आउनुभएको अग्रदूत हुनुहुन्थ्यो, तर उहाँको काम मुख्यतः छुटकारामा केन्द्रित थियो। त्यसैले उहाँको कामको पनि दुइटा पक्ष थियो: नयाँ युगको सुरुवात गर्नु, र क्रुसमा टाँगिएर छुटकाराको काम पूरा गर्नु, जसपछि उहाँ प्रस्थान गर्नुभयो। अनि त्यसपछि व्यवस्थाको युगको अन्त्य गरियो र अनुग्रहको युग सुरु गरियो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। छुटकाराको युगको कामको वास्तविक कथा

परमेश्‍वरका दैनिक वचनहरू   अंश २

परमेश्‍वरको ६,००० वर्षको व्यवस्थापनको कामलाई तीन चरणमा विभाजन गरिएको छ: व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युग। कामका यी तीन चरणहरू सबै मानवजातिको मुक्तिको लागि हो, भन्नुको तात्पर्य, ती शैतानले गम्भीर रूपमा भ्रष्ट पारेका मानवजातिको मुक्तिको लागि हो। तर परमेश्‍वरले शैतानविरुद्ध लडाइँ गर्न सक्नुभएको होस् भनेर ती अस्तित्वमा छन्। तसर्थ, जसरी मुक्तिको काम तीन चरणमा विभाजित हुन्छ, त्यसरी नै शैतानसँगको लडाइँ पनि तीन चरणमा विभाजित हुन्छ र परमेश्‍वरको कामका यी दुई पक्षहरू एकैसाथ सञ्चालन हुन्छन्। शैतानसँगको लडाइँ वास्तवमा मानवजातिको मुक्तिको लागि हो र मानवजातिको मुक्तिको काम सफलतापूर्वक एकै चरणमा पूरा गर्नसकिने कुरा होइन। शैतानसँगको लडाइँ पनि चरणहरू र कालहरूमा विभाजित गरिएको छ र शैतान विरुद्धको लडाइँ मानिसको आवश्यकता र शैतानले उसलाई कति हदसम्म भ्रष्ट बनाएको छ भन्‍ने कुराअनुसार छेडिन्छ। सायद, जसरी दुई सेनाले एकअर्कोसँग लड्छ त्यसरी यो लडाइँमा परमेश्‍वरले शैतानविरुद्ध हतियार उठाउनुहुनेछ भनी मानिसले आफ्नो कल्पनामा विश्‍वास गर्छ। मानिसको बुद्धिले कल्पना गर्न सक्ने यही मात्रै हो; यो एक अत्यन्त अस्पष्ट र अवास्तविक विचार हो, तापनि मानिसले यसैमा विश्‍वास गर्दछ। अनि मैले यहाँ मानिसको मुक्ति शैतानसँगको लडाइँको माध्यमद्वारा हुन्छ भनेकोले मानिसले लडाइँ यसरी नै सञ्चालन हुन्छ भनी कल्पना गर्छ। मानिसको मुक्तिको कार्यका तीन चरण छन्, भन्नुको अर्थ शैतानलाई एकै पटकमा सधैँका निम्ति पराजित गर्न त्योसितको लडाइँ तीनवटा चरणमा बाँडिएको छ। तापनि शैतानसँगको लडाइँको सम्पूर्ण कार्यको भित्री सत्यता के हो भने, यसका प्रभावहरू कामका धेरै चरणहरूद्वारा हासिल गरिन्छ: मानिसलाई अनुग्रह प्रदान गर्नु, मानिसको पापबलि हुनु, मानिसका पापहरू क्षमा गर्नु, मानिसलाई जित्नु र मानिसलाई सिद्ध बनाउनु। वास्तवमा, शैतानसँग लडाइँ गर्नु भनेको शैतानविरुद्ध हतियार उठाउनु होइन बरु मानिसलाई मुक्ति दिएर, मानिसको जीवनमा काम गरेर, मानिसको स्वभावलाई परिवर्तन गरेर, अनि शैतानलाई परास्त गरेर परमेश्‍वरलाई गवाही दिनु हो। शैतानको पराजय यसरी नै हुन्छ। मानिसको भ्रष्ट स्वभावलाई परिवर्तन गरेर शैतानलाई हराइन्छ। जब शैतान पराजित भएको हुन्छ, अर्थात् जब मानिसले पूर्ण रूपमा मुक्ति पाएको हुन्छ, तब अपमानित भएको शैतान पूर्ण रूपमा बन्धनमा हुनेछ र यसप्रकार, मानिसले पूर्ण रूपमा मुक्ति पाएको हुनेछ। यसैले, मानिसको मुक्तिको सार भनेको शैतानविरुद्धको लडाइँ हो र त्यो लडाइँ मुख्य रूपले मानिसको मुक्तिमा झल्किन्छ। आखिरी दिनहरूको चरण, जसमा मानिस जितिनुपर्छ, यो शैतानसितको लडाइँको अन्तिम चरण हो, र यो, शैतानको सत्ताबाट मानिसलाई पूर्ण मुक्त गर्ने काम पनि हो। मानिसको विजयको भित्री अर्थ शैतानको मूर्तरूपलाई—मानिस जसलाई शैतानले भ्रष्ट पारेको छ—उसको विजयपछि सृष्टिकर्ताकहाँ फर्काएर ल्याउनु हो, जसद्वारा उसले शैतानविरुद्ध विद्रोह गर्नेछ र पूर्ण रूपमा परमेश्‍वरमा फर्कन्छ। यस तरिकाले, मानिस पूर्ण रूपमा बचाइएको हुनेछ। र यसैले, विजयको काम शैतानविरुद्ध लडाइँको अन्तिम कार्य हो र शैतानको पराजयको खातिर परमेश्‍वरको प्रबन्धको अन्तिम चरण हो। यो कामविना मानिसको पूर्ण मुक्ति अन्ततः असम्भव नै हुनेथियो, शैतानको पूर्ण पराजय पनि असम्भव हुनेथियो र मानिसजाति कहिल्यै पनि सुन्दर गन्तव्यमा प्रवेश गर्न सक्षम हुने थिएन वा शैतानको प्रभावबाट स्वतन्त्र हुन सक्नेथिएन। फलस्वरूप, मानिसको मुक्तिको काम शैतानसँगको लडाइँको अन्त्य हुनुभन्दा अघि समाप्त हुन सक्दैन, किनकि परमेश्‍वरको व्यवस्थापन कार्यको मुख्य भाग मानवजातिको मुक्तिको लागि हो। सबैभन्दा सुरुमा मानवजाति परमेश्‍वरको हातमा थियो, तर शैतानको प्रलोभन र भ्रष्टताका कारण, मानिस शैतानद्वारा बाँधियो र दुष्टको हातमा पऱ्यो। यसरी, शैतान परमेश्‍वरको व्यवस्थापनको कार्यमा पराजित गरिनुपर्ने पात्र बन्यो। शैतानले मानिसलाई आफ्नो वशमा पारेकाले र मानिस परमेश्‍वरका सबै व्यवस्थापनमा पूँजी भएकाले, यदि मानिसलाई मुक्ति दिइनु छ भने, उसलाई शैतानको हातबाट फिर्ता लिनैपर्छ, अर्थात् शैतानले कैदमा पारेको मानिसलाई फिर्ता लिनैपर्छ। यसरी, मानिसको पुरानो स्वभावमा परिवर्तन ल्याएर अनि मानिसको सुरुको समझलाई पुनर्स्थापित गरेर शैतानलाई पराजित गर्नैपर्छ। यसरी कैद गरिएको मानिसलाई शैतानको हातबाट फिर्ता लिन सकिन्छ। यदि मानिसलाई शैतानको प्रभाव र बन्धनबाट मुक्त गरियो भने, शैतान लज्जित हुनेछ, मानिसलाई अन्ततः फिर्ता ल्याइनेछ र शैतान पराजित हुनेछ। मानिसलाई शैतानको अँध्यारो प्रभावबाट स्वतन्त्र गरिएकाले, मानिस यो पूरै लडाइँको प्रतिफल बन्छ र लडाइँ समाप्त भएपछि शैतान दण्ड दिइनुपर्ने पात्र बन्छ, त्यसपछि मानवजातिको मुक्तिको सम्पूर्ण काम पूरा भएको हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३

परमेश्‍वरले सिर्जित प्राणीहरूप्रति कुनै द्वेष राख्नुहुन्न; उहाँ केवल शैतानलाई हराउन मात्र चाहनुहुन्छ। चाहे सजाय होस् वा न्याय, उहाँका सबै काम शैतानतिर निर्देशित हुन्छ; यो, मानवजातिको मुक्तिका लागि गरिन्छ, यी सबै शैतानलाई हराउनका लागि हुन् र यसको एउटै उद्देश्य छ: अन्त्यसम्म शैतानविरुद्ध लडाइँ गर्नु! परमेश्‍वर त्यतिबेलासम्म विश्राम गर्नुहुन्न जबसम्म उहाँले शैतानमाथि विजयी पाउनुहुन्न! शैतानलाई हराएपछि मात्र उहाँले विश्राम गर्नुहुनेछ। परमेश्‍वरले गर्नुभएका सबै कामहरू शैतानतर्फ निर्देशित छन् र शैतानद्वारा भ्रष्ट पारिएकाहरू सबै शैतानको सत्ताको नियन्त्रणमा छन् र सबै शैतानको सत्तामा जिउँछन्, त्यसकारण शैतानसित लडाइँ नगरी र त्योसित सम्बन्ध नतोडी शैतानले तिनीहरूमाथिको आफ्नो पकड खुकुलो पार्दैन र तिनीहरूलाई प्राप्त गर्न सकिँदैन। यदि तिनीहरू प्राप्त गरिएनन् भने, त्यसले शैतानलाई पराजित गरिएको छैन, त्यो हारेको छैन भन्‍ने प्रमाणित गर्छ। र यसैले, परमेश्‍वरको ६,००० वर्षको व्यवस्थापन योजनाको पहिलो चरणमा उहाँले व्यवस्थाको काम गर्नुभयो, दोस्रो चरणमा उहाँले अनुग्रहको युगको काम गर्नुभयो अर्थात् क्रूसीकरणको काम र तेस्रो चरणको अवधिमा उहाँले मानवजातिलाई विजय गर्ने काम गर्नुहुन्छ। यो सबै काम शैतानले मानवजातिलाई भ्रष्ट पार्ने हदमा निर्देशित छ, यो सबै शैतानलाई हराउनका लागि गरिन्छ र प्रत्येक चरण शैतानलाई हराउनका लागि हो। परमेश्‍वरको ६,००० वर्षको व्यवस्थापन कार्यको सार भनेको ठूलो रातो अजिङ्गरविरुद्ध लडाइँ हो र मानवजातिको व्यवस्थापन गर्ने काम शैतानलाई हराउने काम पनि हो, शैतानसँग लडाइँ गर्ने काम हो। परमेश्‍वरले ६,००० वर्षसम्म लडाइँ गर्नुभएको छ, यसरी मानिसलाई अन्ततः नयाँ क्षेत्रमा ल्याउन उहाँले छ हजार वर्षसम्म काम गर्नुभएको छ। जब शैतानको पराजय हुन्छ, मानिसलाई पूर्ण रूपमा स्वतन्त्र गरिनेछ। के यो आजको परमेश्‍वरको कामको दिशा होइन र? आजको कामको सटीक दिशा यही हो: मानिसलाई पूर्ण छुटकारा दिनु र स्वतन्त्र बनाउनु, ताकि ऊ कुनै नियमहरूद्वारा बाधित नहोस्, न त कुनै बन्धन वा सीमाहरूद्वारा सीमित होस्। यी सबै काम तिमीहरूको कदको आधारमा र तिमीहरूका आवश्यकताहरूअनुसार गरिन्छ, यसको मतलब तिमीहरूले जे हासिल गर्न सक्छौ त्यही तिमीहरूलाई प्रदान गरिन्छ। यो भनेको जबरजस्ती “क्षमताभन्दा बाहिरको काम लगाउनु”, तिमीहरूमाथि कुनै कुरा जबरजस्ती लाद्नु होइन, बरु, सबै काम तिमीहरूका वास्तविक आवश्यकताहरूअनुसार नै गरिन्छ। कामको प्रत्येक चरण मानिसका वास्तविक आवश्यकता र मागहरूअनुसार नै गरिन्छ; कामको प्रत्येक चरण शैतानलाई हराउनका लागि हो। वास्तवमा, सुरुमा सृष्टिकर्ता र सिर्जित प्राणीहरूबीच कुनै अवरोधहरू थिएनन्। यी सबै अवरोधहरू शैतानको कारणले भएका हुन्। शैतानले उसलाई जसरी बाधा दिएको छ र भ्रष्ट बनाएको छ त्यसले गर्दा मानिसले कुनै पनि कुरा देख्न वा छुन सक्दैन। मानिस पीडित हो, जसलाई धोका दिइएको छ। शैतानलाई पराजित गरिएपछि, सृष्टि गरिएका प्राणीहरूले सृष्टिकर्तालाई हेर्नेछन्, र सृष्टिकर्ताले सृष्टि गरिएका प्राणीहरूलाई हेर्नुहुनेछ र तिनीहरूलाई व्यक्तिगत रूपमा अगुवाइ गर्न सक्नुहुनेछ। पृथ्वीमा मानिसमा हुनुपर्ने जीवन यही हो। र यसरी, परमेश्‍वरको काम मुख्य रूपमा शैतानलाई हराउनको लागि नै हो र शैतानलाई हराइसकेपछि सबै कुराको समाधान हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४

परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाको काम उहाँ आफैले व्यक्तिगत रूपमा गर्नुहुन्छ। पहिलो चरण—संसारको सृष्टि—परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत रूपमा गर्नुभएको थियो र यदि त्यस्तो नभएको भए कसैले पनि मानवजातिलाई सृष्टि गर्न सक्नेथिएन; दोस्रो चरण सम्पूर्ण मानवजातिको उद्धार गर्नु थियो र यो पनि परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत रूपमा आफै गर्नुभयो; तेस्रो चरणबारे केही भनिरहनुपर्दैन: परमेश्‍वरका सबै कामहरूको अन्त्य पनि परमेश्‍वर स्वयम्‌द्वारै गरिनु अझ बढी जरुरी छ। सम्पूर्ण मानवजातिलाई उद्धार गर्ने, जित्ने, प्राप्त गर्ने र सिद्ध बनाउने काम व्यक्तिगत रूपमा परमेश्‍वर स्वयम्‌ले गर्नुहुन्छ। यदि उहाँले व्यक्तिगत रूपमा यो काम गर्नुभएन भने, मानिसद्वारा उहाँको पहिचानको प्रतिनिधित्व हुन सक्दैन, न त मानिसद्वारा उहाँको काम गरिन नै सक्छ। शैतानलाई हराउन, मानवजातिलाई प्राप्त गर्न र पृथ्वीमा मानिसलाई सामान्य जीवन दिनका लागि उहाँले मानिसलाई व्यक्तिगत रूपमा डोऱ्याउनुहुन्छ र मानिसहरूको माझमा व्यक्तिगत रूपले काम गर्नुहुन्छ; उहाँको सम्पूर्ण व्यवस्थापन योजनाको खातिर र आफ्ना सबै कामका लागि उहाँले यो काम व्यक्तिगत रूपमा गर्नुपर्छ। यदि मानिसले परमेश्‍वरलाई देखोस् भनी उहाँ आउनुभएको हो, मानिसलाई खुसी पार्न आउनुभएको हो भनी उसले विश्‍वास गर्छ भने, त्यस्तो विश्‍वासको कुनै मूल्य हुँदैन, कुनै महत्त्व हुँदैन। मानिसको बुझाइ अति सतही छ! यो काम परमेश्‍वर आफैले गर्नुभयो भने मात्र उहाँले त्यसलाई पूरै र सम्पूर्ण रूपमा गर्न सक्नुहुन्छ। यदि मानिसले यो काम गर्ने हो भने, ऊ परमेश्‍वरको स्थान लिन असमर्थ हुनेछ। उसँग परमेश्‍वरको पहिचान वा वास्तविक गुण नभएकोले, ऊ परमेश्‍वरको काम गर्न असक्षम छ र यदि मानिसले यो काम गऱ्यो भने पनि त्यसको कुनै असर हुँदैन। परमेश्‍वर पहिलो पटक सारा मानवजातिलाई छुटकारा दिन, पापबाट छुटकारा दिन, मानिसलाई शुद्ध हुने र उसका पापहरूको क्षमा पाउने योग्यको बनाउन देह बन्नुभयो। विजयको काम पनि परमेश्‍वरले मानिसहरूको बीचमा व्यक्तिगत रूपमै गर्नुभयो। यदि यस चरणको अवधिमा, परमेश्‍वरले अगमवाणी मात्रै बोल्नुहुन्थ्यो भने, एकजना अगमवक्ता वा कुनै वरदान पाएको व्यक्तिलाई पाउन सकिन्थ्यो जसले उहाँको स्थान लिन सक्थ्यो; यदि केवल अगमवाणी मात्र बोलिएको हुन्थ्यो भने, मानिस परमेश्‍वरका लागि खडा हुन सक्थ्यो। तापनि यदि मानिस आफैले व्यक्तिगत रूपले परमेश्‍वरको काम गर्ने कोसिस गरेको भए र मानिसको जीवनको लागि काम गर्ने कोसिस गरेको भए, उसले यो काम गर्न असम्भव हुनेथियो। यो काम परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत रूपले गर्नुपर्छ: यो काम गर्न परमेश्‍वर व्यक्तिगत रूपमा देह बन्नुपर्छ। वचनको युगमा, यदि अगमवाणी मात्र बोलिएको भए, यो काम यशैया वा एलिया अगमवक्ताले गर्न सक्थे र परमेश्‍वर आफैले यो काम गर्नुपर्ने आवश्यकता हुँदैनथ्यो। यस चरणमा गरिएको काम अगमवाणी बोल्नु मात्र नभएकोले र मानिसलाई जित्न र शैतानलाई हराउन वचनहरूको काम प्रयोग गर्नु महत्त्वपूर्ण भएकोले, यो काम मानिसले गर्न सक्दैन र यसलाई परमेश्‍वरले नै व्यक्तिगत रूपमा गर्नुपर्छ। व्यवस्थाको युगमा यहोवाले आफ्नो कामको एक भाग गर्नुभयो, त्यसपछि उहाँले केही वचनहरू बोल्नुभयो र अगमवक्ताहरूद्वारा केही काम गर्नुभयो। किनभने मानिसले यहोवाको काममा उहाँको स्थान लिनसक्छ र दर्शीहरूले हुन आउने कुराहरू भन्न सक्छ र उहाँको तर्फबाट केही सपनाहरूको अर्थ पनि खोल्न सक्छ। सुरुमा गरिएको काम मानिसको स्वभावलाई सीधै परिवर्तन गर्नका निम्ति थिएन र मानिसको पापसँग सम्बन्धित थिएन र मानिसले केवल व्यवस्थाको पालन गर्नु आवश्यक थियो। यसैले यहोवा मानिस बन्नुभएन र उहाँले आफूलाई प्रकट गर्नुभएन; यसको सट्टामा उहाँ सीधै मोशा र अरूसँग बोल्नुभयो, तिनीहरूलाई उहाँको पक्षमा बोल्न र काम गर्न लाउनुभयो र तिनीहरूलाई प्रत्यक्ष रूपमा मानवजातिको बीचमा काम गर्न लगाउनुभयो। परमेश्‍वरको कामको पहिलो चरण मानवजातिको नेतृत्व थियो। त्यो शैतानविरुद्धको युद्धको सुरुवात थियो, तर यो युद्ध आधिकारिक रूपमा सुरु हुनु बाँकी नै थियो। शैतानविरुद्धको आधिकारिक युद्ध परमेश्‍वरको पहिलो देहधारणबाट सुरु भयो र यो आजको दिनसम्म जारी रहेको छ। यस युद्धको पहिलो लडाइँ देहधारी परमेश्‍वर क्रूसमा टाँगिनुभएको बेला भएको थियो। देहधारी परमेश्‍वरको क्रूसीकरणले शैतानलाई हरायो, र यो युद्धको पहिलो सफल चरण थियो। जब देहधारी परमेश्‍वरले प्रत्यक्ष रूपमा मानिसको जीवनमा काम गर्न थाल्नुभयो, यो मानिसलाई पुन: प्राप्ति गर्ने कामको आधिकारिक सुरुवात थियो र यो मानिसको पुरानो स्वभाव परिवर्तन गर्ने काम भएकोले यो शैतानसित युद्ध गर्ने काम थियो। सुरुमा यहोवाले गर्नुभएको कामको चरण केवल पृथ्वीमा मानिसको जीवनलाई नेतृत्व गर्नु थियो। यो परमेश्‍वरको कामको सुरुवात थियो र यसमा कुनै युद्ध वा कुनै ठूलो काम सामेल नभएको भए पनि त्यसले आउनेवाला युद्धको जग बसाल्यो। पछि, अनुग्रहको युगको अवधिको कामको दोस्रो चरणमा मानिसको पुरानो स्वभाव परिवर्तन गर्ने कार्य सामेल थियो, जसको अर्थ यो हो कि मानव जीवन परमेश्‍वर आफैले बनाउनुभएको हो। यो काम परमेश्‍वरले व्यक्तिगत रूपमा गर्नुपर्थ्यो: यसका लागि परमेश्‍वर व्यक्तिगत रूपमा देह बन्नु आवश्यक थियो। यदि उहाँ मानिस बन्नुभएको थिएन भने, यस चरणको काममा अरू कसैले पनि उहाँको स्थान लिन सक्दैनथियो, किनकि त्यसले शैतानविरुद्ध प्रत्यक्ष लड्ने कामको प्रतिनिधित्व गर्थ्यो। यदि मानिसले परमेश्‍वरको तर्फबाट यो काम गरेको भए, जब मानिस शैतानको सामु उभिन्थ्यो तब शैतान झुक्नेथिएन र त्यसलाई हराउन असम्भव हुनेथियो। त्यसलाई पराजित गर्ने देहधारी परमेश्‍वर नै हुनुपर्थ्यो, किनकि देहधारी परमेश्‍वरको सार अझै पनि परमेश्‍वर नै हुन्छ, उहाँ अझै पनि मानिसको जीवन हुनुहुन्छ र उहाँ अझै पनि सृष्टिकर्ता हुनुहुन्छ; जे हुन्छ, उहाँको पहिचान र वास्तविक गुण परिवर्तन हुनेछैन। यसैले उहाँले देहधारण गर्नुभयो र शैतानलाई पूर्ण समर्पित गराउन काम गर्नुभयो। आखिरी दिनहरूको कामको अवधिमा यदि मानिसले यो काम गर्नुपर्थ्यो भने र सीधै वचनहरू बोल्न लगाइएको थियो भने, ऊ ती बोल्न असमर्थ हुनेथियो र यदि अगमवाणीहरू बोलिएका भए, त्यो अगमवाणीले मानिसलाई जित्न सक्दैनथियो। देहधारण गरेर परमेश्‍वर शैतानलाई हराउन र त्यसलाई पूर्ण रूपले झुक्ने तुल्याउन आउनुहुन्छ। जब उहाँले शैतानलाई पूर्ण रूपमा पराजित गर्नुहुन्छ, मानिसलाई पूर्ण रूपमा विजय गर्नुहुन्छ र पूर्ण रूपमा प्राप्त गर्नुहुन्छ, तब यो चरणको काम पूरा हुनेछ र सफलता हासिल गरिनेछ। परमेश्‍वरको व्यवस्थापनमा मानिस उहाँको लागि खडा हुन सक्दैन। विशेष गरी, युगको नेतृत्व गर्ने र नयाँ काम सुरु गर्ने कार्य परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत रूपमा गर्नु झन् ठूलो आवश्यकता हुन्छ। मानिसलाई प्रकाश दिने र उसलाई अगमवाणी प्रदान गर्ने काम मानिसले गर्न सक्छ, तर यदि यो काम परमेश्‍वरले व्यक्तिगत रूपमा गर्नुपर्छ, परमेश्‍वर स्वयम् र शैतानबीचको युद्धको काम हो भने, यो काम मानिसले गर्न सक्दैन। कामको पहिलो चरणको अवधिमा जब शैतानसित कुनै युद्ध भइरहेको थिएन, तब यहोवाले अगमवक्ताहरूद्वारा बोलिएका अगमवाणी प्रयोग गर्दै इस्राएललाई व्यक्तिगत रूपमा डोऱ्याउनुभयो। पछि, दोस्रो चरणको काम शैतानसितको युद्ध थियो र परमेश्‍वर स्वयम्‌ व्यक्तिगत रूपमा देह बन्नुभयो र यो काम गर्न देहमा आउनुभयो। शैतानविरुद्धको युद्ध संलग्न कुनै पनि कुरामा परमेश्‍वरको देहधारण पनि सामेल हुन्छ, जसको अर्थ यो युद्ध मानिसले लड्न सक्दैन भन्‍ने हो। यदि मानिसले युद्ध गर्नुपरेको भए, ऊ शैतानलाई हराउन असमर्थ हुनेथियो। शैतानकै सत्तामा बसेर ऊसँग त्यसको युक्तिविरुद्ध लड्ने शक्ति कसरी हुन्थ्यो र? मानिस बीचमा छ: यदि तँ शैतानतर्फ झुक्छस् भने, तँ शैतानको होस् तर यदि तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्छस् भने, तँ उहाँको होस्। यदि यो युद्धको काममा मानिसले परमेश्‍वरको पक्षमा खडा हुने कोसिस गरेको भए र खडा भएको भए के ऊ सक्षम हुनेथियो? यदि उसले त्यसो गरेको भए, के ऊ धेरै समय अघि नै नाश हुनेथिएन? के ऊ धेरै समय अघि नै पाताल लोकमा प्रवेश गरिसकेको हुनेथिएन र? यसैले मानिसले परमेश्‍वरको काममा उहाँको स्थान लिन सक्दैन, जसको अर्थ यो हो कि मानिससँग परमेश्‍वरको सार हुँदैन र यदि तैँले शैतानसँग युद्ध गरिस् भने, त्यसलाई हराउन सक्नेथिएनस्। मानिसले केवल केही काम मात्रै गर्न सक्दछ; उसले केही मानिसहरूलाई जित्न सक्छ तर ऊ परमेश्‍वरको स्वयम्‌को काममा परमेश्‍वरको स्थानमा खडा हुन सक्दैन। मानिसले कसरी शैतानसँग युद्ध गर्न सक्थ्यो र? तैँले युद्ध सुरु गर्नुभन्दा पहिले नै शैतानले तँलाई कैदी बनाउनेथियो। जब परमेश्‍वर स्वयम्‌ले शैतानसँग युद्ध गर्नुहुन्छ र मानिसले यसै आधारमा परमेश्‍वरलाई पछ्याउँछ र उहाँप्रति समर्पण गर्छ, तब मात्र मानिस परमेश्‍वरद्वारा प्राप्त हुन सक्छ र शैतानका बन्धनहरूबाट उम्कन सक्छ। मानिसले जुन कुराहरू आफ्नै बुद्धि र क्षमताहरूले हासिल गर्न सक्छ ती अति सीमित छन्; ऊ मानिसलाई पूर्ण बनाउन, उसलाई डोऱ्याउन र त्यसबाहेक शैतानलाई हराउन असमर्थ छ। मानिसको ज्ञान र बुद्धिले शैतानका योजनाहरूलाई असफल बनाउन सक्दैन, त्यसैले मानिसले त्योसँग कसरी युद्ध गर्न सक्छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५

मानवजातिलाई व्यवस्थापन गर्ने कामलाई तीन चरणमा विभाजन गरिएको छ, अर्थात् मानवजातिलाई मुक्ति दिइने कामलाई तीन चरणहरूमा विभाजन गरिएको छ। यी तीन चरणहरूमा संसारलाई सृष्टि गर्ने काम पर्दैन, तर व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युग कामका तीन चरणहरू हुन्। संसारलाई सृष्टि गर्ने काम सारा मानवजातिलाई पैदा गर्ने काम थियो। यो मानिसलाई मुक्ति दिने काम थिएन, मानवजातिलाई मुक्ति दिने कामसँग यसको कुनै सरोकार छैन, किनभने संसार सृष्टि गर्दा मानवजाति शैतानद्वारा भ्रष्ट पारिएका थिएनन्, त्यसैले मानवजातिको मुक्तिको काम गर्नु आवश्यक थिएन। जब मानवजाति शैतानद्वारा भ्रष्ट भयो तब मात्र मानवजातिलाई मुक्ति दिने कार्य सुरु भयो, त्यसैले मानवजाति भ्रष्ट भएपछि मात्र मानवजातिको व्यवस्थापनको कार्य सुरुवात भयो। अर्को शब्दमा, परमेश्‍वरको मानव व्यवस्थापन मानवजातिलाई मुक्ति दिने कामको परिणामस्वरूप प्रारम्भ भयो र यो संसारलाई सृष्टि गर्ने कामबाट उदय भएन। मानवजातिमा भ्रष्ट स्वभाव उत्पन्न भएपछि मात्र व्यवस्थापनको काम अस्तित्वमा आयो, त्यसैले मानवजातिलाई व्यवस्थापन गर्ने कार्यमा चार चरणहरू वा चार युगहरूभन्दा पनि तीन भागहरू पर्छन्। परमेश्‍वरले मानवजातिको व्यवस्थापन गर्ने कार्यलाई जनाउने उपयुक्त तरिका यही मात्र हो। जब अन्तिम युगको अन्त आउँछ, तब मानवजातिको व्यवस्थापन कार्यको पूर्ण अन्त आएको हुनेछ। व्यवस्थापन कामको समाप्तिको अर्थ सबै मानवजातिलाई मुक्ति दिने काम पूर्ण रूपमा सक्किनु, र मानवजातिको निम्ति यो अवधि त्यसबेला देखि पूरा भइसकेको हुनेछ भन्‍ने हो। सारा मानवजातिलाई मुक्ति दिने कार्यविना मानवजातिको व्यवस्थापनको कार्य अस्तित्वमा रहने थिएन, न त कार्यका तीन चरणहरू नै हुनेथिए। यो त मानवजातिको भ्रष्टताकै कारणले थियो र मानवजाति मुक्तिको तत्काल आवश्यकतामा थियो त्यसकारण परमप्रभुले सृष्टिको काम टुङ्ग्याउनुभयो र व्यवस्थाको युगको काम सुरुवात गर्नुभयो। त्यसपछि मात्र मानवजातिको व्यवस्थापन गर्ने कार्य सुरुवात भयो, जसको अर्थ त्यसपछि मात्र मानवजातिलाई मुक्ति दिने कार्य सुरु भयो भन्‍ने हुन्छ। “मानवजातिको व्यवस्थापन” को अर्थ पृथ्वीमा भर्खरै सिर्जित मानवजातिको जीवनको अगुवाइ गर्नु होइन (जसको तात्पर्य, मानवजाति अझै भ्रष्ट भएको थिएन)। बरु, यो त शैतानद्वारा भ्रष्ट पारिएको मानवजातिको मुक्ति हो, जसको तात्पर्य, यो भ्रष्ट मानवजातिलाई रूपान्तरण गर्नु हो। “मानवजातिको व्यवस्थापन” को अर्थ यही हो। मानवजातिलाई मुक्ति दिने कार्यमा संसार सृष्टि गर्ने कुरा पर्दैन, त्यसरी नै मानवजातिलाई व्यवस्थापन गर्ने कार्यमा संसारलाई सृष्टि गर्ने काम पर्दैन, तर यसमा संसारको सृष्टिभन्दा अलग कार्यका तीन चरणहरू मात्र पर्छन्। मानवजातिको व्यवस्थापनको कार्यलाई बुझ्न कार्यका तीन चरणहरूका इतिहासप्रति सजग हुनु आवश्यक हुन्छ—मुक्ति पाउनको निम्ति हरेक व्यक्ति यही कुरामा सजग हुनुपर्छ। सृजित प्राणीका रूपमा, मानिसलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो भनी तिमीहरूले जान्नुपर्छ र मानवजातिको भ्रष्टताको स्रोत र त्यसमाथि मानिसको मुक्तिको प्रक्रियालाई तिमीहरूले पहिचान गर्नुपर्छ। यदि तिमीहरूलाई परमेश्‍वरको कृपा पाउने प्रयासमा सिद्धान्तअनुसार काम गर्न मात्र आउँछ, तर परमेश्‍वरले मानिसलाई कसरी मुक्ति दिनुहुन्छ वा मानवजातिको भ्रष्टताको स्रोतको बारेमा थाहा छैन भने, सिर्जित प्राणीको नाताले तिमीहरूमा यही कुराको कमी छ। परमेश्‍वरको व्यवस्थापन कार्यको व्यापक क्षेत्रप्रति अनभिज्ञ रहँदा पनि व्यवहारमा उतार्न सकिने ती सत्यताहरूको बुझाइसित मात्र तँ सन्तुष्ट हुनु हुँदैन—यदि यस्तै अवस्था हो भने तँ अत्यन्त कट्टर छस्। कामका तीन चरणहरू मानिसलाई व्यवस्थापन गर्ने परमेश्‍वरको कामको वास्तविक कथा, सम्पूर्ण संसारमा सुसमाचारको आगमन, सबै मानवजातिका बीचमा सबैभन्दा ठूलो रहस्य हुन्, र ती सुसमाचार व्यापक रूपमा प्रचार गर्ने कार्यको जग पनि हुन्। यदि तँ आफ्नो जीवनसँग सम्बन्धित साधारण सत्यताहरू बुझ्नमा मात्र ध्यान दिन्छस् र सारा रहस्यहरू र दर्शनहरूभन्दा महान्‌ यो कुराबारे केही जान्दैनस् भने त, के तेरो जीवन हेर्नको लागि बाहेक केही कामको नहुने बिग्रेको सामग्रीजस्तो छैन र?

यदि मानिसले अभ्यासमा मात्र ध्यान दिन्छ, र परमेश्‍वरको काम र मानिसले जान्‍नु पर्ने कुरालाई द्वित्तिय कुराको रूपमा हेर्छ भने, मूल्यहीन कुरालाई बहुमूल्य ठानेर बहुमूल्य कुरालाई मूल्यहीन ठान्‍नु होइन र? तैँले जे कुरा जान्नुपर्छ सो तैँले जान्नु नै पर्छ; जुन कुरालाई तैँले व्यवहारमा लागू गर्नुपर्छ त्यसलाई तैँले व्यवहारमा उतार्नैपर्छ। त्यसपछि मात्र तँ सत्यताको अनुसरण कसरी गर्नुपर्छ भनी जान्ने व्यक्ति बन्‍नेछस्। जब तैँले सुसमाचार फैलाउने समय आउँछ, यदि तँ परमेश्‍वर महान्‌ र धर्मी परमेश्‍वर हुनुहुन्छ, उहाँ कुनै पनि महान्‌ मानिससँग तुलना गर्न नसकिने एक सर्वोच्च परमेश्‍वर हुनुहुन्छ र उहाँ त्यस्तो परमेश्‍वर हुनुहुन्छ जोभन्दा माथि अरू कोही छैन मात्र भन्न सक्छस् भने…, यदि तँ अत्यन्त महत्त्वपूर्ण र मूलभूत कुराहरू भएका वचनहरू भन्नलाई पूर्ण रूपमा असमर्थ छस् तर यी असान्दर्भिक र सतही कुराहरू मात्र भन्न सक्छस् भने; यदि तैँले परमेश्‍वरलाई चिन्‍ने वा परमेश्‍वरको कामबारे केही भन्‍नु छैन, यसको साथै, सत्यताको व्याख्या गर्न, वा मानिसमा केको कमी छ सो प्रदान गर्न सक्दैनस् भने, तँजस्तो व्यक्ति आफ्नो कर्तव्य पूरा गर्न असमर्थ हुन्छ। परमेश्‍वरको गवाही दिने र राज्यको सुसमाचार फैलाउने काम साधारण कुरा होइन। तँ पहिले सत्यता र बुझ्‍नै पर्ने दर्शनहरूले सुसज्जित हुनुपर्छ। जब तँ परमेश्‍वरको कामको विभिन्न पक्षहरूको दर्शनहरू र सत्यताहरूबारे स्पष्ट छस् भने, तैँले आफ्नो हृदयमा परमेश्‍वरको कामबारे थाहा पाउँछस्, र परमेश्‍वरले धर्मी न्याय वा मानिसको शुद्धीकरणको काम जे गर्नुभए पनि तँसित तेरो जगको रूपमा महान् दर्शन हुन्छ र तँसित अभ्यास गर्नु पर्ने सत्यता हुन्छ, अनि तैँले परमेश्‍वरलाई अन्तसम्म नै पछ्याउन सक्‍नेछस्। उहाँले जे काम गर्नुभए पनि परमेश्‍वरको कामको लक्ष्य बदलिँदैन, उहाँको कामको मर्म बद्लिँदैन र मानिसप्रति उहाँका अभिप्राय बद्लिँदैन भन्‍ने तैँले जान्नुपर्छ। उहाँका वचनहरू जति नै कठोर भए पनि, वातावरण जति नै प्रतिकूल भए पनि, उहाँका कामका सिद्धान्तहरू परिवर्तन हुँदैनन् र मानिसलाई उद्धार गर्ने उहाँको अभिप्राय परिवर्तन हुँदैन। यदि यो मानिसको परिणामको खुलासा वा मानिसको गन्तव्यको कार्य होइन भने, र अन्तिम चरणको काम वा परमेश्‍वरको व्यवस्थापनको समग्र योजनाको कार्यलाई समाप्‍त गर्ने होइन भने, र यदि यो मानिसलाई तयार पार्ने समय हो भने, उहाँको कामको मर्म परिवर्तन हुनेछैन। यो सधैँ मानवजातिको मुक्ति नै हुनेछ। परमेश्‍वरप्रति तिमीहरूको विश्‍वासको आधार यही नै हुनुपर्छ। कार्यको तीन चरणहरूको लक्ष्य सारा मानवजातिको मुक्ति हो—यसको अर्थ शैतानको सत्ताबाट मानिसको पूर्ण मुक्ति हो। कार्यका हरेक तीन चरणहरूको फरक-फरक उद्देश्य र महत्त्व रहेको भए तापनि, ती प्रत्येक नै मानवजातिको मुक्तिको कार्यको हिस्सा हो र ती प्रत्येक मानवजातिको आवश्यकता अनुसार गरिने मुक्तिका विभिन्न काम हुन्। तँलाई कार्यका यी तीन चरणहरूबारे स्पष्ट भएपछि, ती कार्यका हरेक चरणको सराहना कसरी गर्ने भन्‍ने कुराप्रति तँ सचेत हुनेछस् र कसरी परमेश्‍वरका अभिप्राय पूरा गर्नका निम्ति कसरी कार्य गर्ने भनी जान्नेछस्। यदि तँ यस चरणमा पुग्‍न सक्छस् भने, यी सबैभन्दा महान् दर्शनहरू नै परमेश्‍वरप्रतिको तेरो विश्‍वासको जग बन्नेछ। तैँले अभ्यासका सहज तरिका वा गहन सत्यताहरूलाई मात्रै पछ्याउनु हुँदैन, तर अभ्यासलाई दर्शनहरूसँग समायोजन गर्नुपर्छ, ताकि व्यवहारमा उतार्न सकिने सत्यता र दर्शनहरूमा आधारित ज्ञान दुवै हुन्छन्। त्यसपछि मात्र तँ सत्यतालाई वृहत् रूपमा अनुसरण गर्ने व्यक्ति बन्‍नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

परमेश्‍वरका दैनिक वचनहरू   अंश ६

कार्यका तीन चरणहरू परमेश्‍वरको समग्र व्यवस्थापनको मर्म हुन् र तिनीहरूमा नै परमेश्‍वरको स्वभाव र उहाँ जे हुनुहुन्छ सो व्यक्त गरिन्छ। परमेश्‍वरका कार्यका तीन चरणहरू नजान्नेहरूले परमेश्‍वरले उहाँको स्वभाव कसरी व्यक्त गर्नुहुन्छ भन्‍ने जान्दैनन्, न त तिनीहरूले परमेश्‍वरको कार्यको बुद्धिलाई नै जान्दछन्। उहाँले मानवजातिलाई मुक्ति दिने धेरै तरिकाहरू र समग्र मानवजातिको निम्ति उहाँका अभिप्रायबारे पनि तिनीहरू अनभिज्ञ नै हुन्छन्। कार्यका तीन चरणहरू मानवजातिलाई बचाउने कार्यको पूर्ण अभिव्यक्ति हुन्। कार्यका तीन चरणहरू नजान्‍नेहरू पवित्र आत्माको कामको विभिन्न विधिहरू र सिद्धान्तहरूबारे अनभिज्ञ हुन्छन् र कार्यको कुनै चरणबाट बाँकी रहेको सिद्धान्तमा नै कठोरतापूर्वक टाँसिरहनेहरू परमेश्‍वरलाई सिद्धान्तमा सीमित पार्ने मानिसहरू हुन् र परमेश्‍वरप्रति तिनीहरूको विश्‍वास अस्पष्ट र अनिश्‍चित हुन्छ। यस्ता मानिसहरूले कहिल्यै पनि परमेश्‍वरको मुक्ति प्राप्‍त गर्नेछैनन्। परमेश्‍वरका कार्यका तीन चरणहरूले मात्र परमेश्‍वरको समग्र स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्न सक्छ र सारा मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको अभिप्राय साथै मानवजातिको मुक्तिको समग्र प्रक्रियालाई पूर्ण रूपमा व्यक्त गर्न सक्छ। उहाँले शैतानलाई पराजित गर्नुभएको छ र मानवजातिलाई प्राप्‍त गर्नुभएको छ भन्‍ने कुराको प्रमाण यही हो; यो परमेश्‍वरको विजयको सबुत हो र परमेश्‍वरको सम्पूर्ण स्वभावको अभिव्यक्ति हो। परमेश्‍वरका कार्यका तीन चरणहरूमध्ये एक चरणलाई मात्र बुझ्नेहरूले परमेश्‍वरको आंशिक स्वभावलाई मात्र जान्दछन्। मानिसको धारणामा, यो कार्यको एक चरण सजिलै सिद्धान्त बन्न सक्छ, र मानिसले परमेश्‍वरबारे निर्दिष्ट नियमहरू स्थापित गर्ने र परमेश्‍वरको स्वभावको यही एउटा हिस्सालाई परमेश्‍वरको सम्पूर्ण स्वभावको प्रतिनिधित्वको रूपमा प्रयोग गर्ने सम्भावना हुन्छ। यसको अलाबा, यसभित्र मानिसको धेरै कल्पना मिसिन्छ, यहाँसम्‍म कि कुनै समय परमेश्‍वर यस्तो हुनुहुन्थ्यो, अनि उहाँ हरसमय यस्तै रहनुहुनेछ र कहिल्यै परिवर्तन हुनुहुनेछैन भन्‍ने विश्‍वास गरेर यस्ता मानिसले परमेश्‍वरको स्वभाव, अस्तित्व र बुद्धिलाई साथै परमेश्‍वरको कार्यको सिद्धान्तहरूलाई सीमित मापदण्डहरूभित्र कठोरतापूर्वक कैद गर्छन्। कार्यका तीन चरणहरू जान्‍नेहरूले मात्र परमेश्‍वरलाई पुर्ण रूपमा र सही रूपमा चिन्न सक्छन्। कम्तीमा पनि, तिनीहरूले परमेश्‍वरलाई इस्राएलीहरू वा यहूदीहरूका परमेश्‍वरको रूपमा परिभाषित गर्दैनन् र उहाँलाई मानिसको खातिर सदासर्वदा क्रूसमा टाँगिएको परमेश्‍वरको रूपमा हेर्नेछैनन्। यदि कसैले परमेश्‍वरलाई उहाँको कार्यको एक चरणबाट मात्र चिन्छ भने तिनीहरूको ज्ञान अत्यन्तै सानो र महासागरको एक थोपाभन्दा बढी हुँदैन। होइन भने, धेरै पुरानो धार्मिक रक्षकहरूले परमेश्‍वरलाई किन जीवितै क्रूसमा टाँग्थे? के मानिसले परमेश्‍वरलाई कुनै मापदण्डहरूभित्र सीमित गर्ने गरेकोले होइन र? के मानिसहरूले परमेश्‍वरको विविध र विभिन्न काम नजानेकाले, तिनीहरूले पवित्र आत्माको कार्यलाई ज्ञान र सिद्धान्तको अत्यन्त सानो कणले मापन गर्ने हुँदा परमेश्‍वरको विरोध गरेका र पवित्र आत्माको कामलाई अवरोध गरेका होइनन् र? यस्ता मानिसहरूको अनुभव सतही भए पनि, तिनीहरू अहङ्कारी र भोगी प्रकृतिका हुन्छन् र तिनीहरूले पवित्र आत्माको कार्यलाई घृणा गर्छन्, पवित्र आत्माको अनुशासनलाई बेवास्ता गर्छन्, यसको अलाबा पवित्र आत्माको कामलाई “पुष्टि गर्न” तिनीहरूको नगण्य पुरानो तर्कलाई प्रयोग गर्छन्। तिनीहरूले एउटा कार्यलाई धारण गर्छन् र तिनीहरूको आफ्नै शिक्षा र बुद्धिमा विश्‍वस्त हुन्छन् अनि तिनीहरू सारा संसारभरि यात्रा गर्न सक्षम छन् भनी विश्‍वस्त हुन्छन्। के यस्ता मानिसहरू पवित्र आत्माद्वारा तिरस्कृत मानिसहरू होइनन्, र के तिनीहरूलाई नयाँ युगद्वारा हटाइने छैनन् र? के परमेश्‍वरको सामु आएर खुल्‍लमखुल्‍ला उहाँको विरोध गर्नेहरू अज्ञानी र अबुझ घृणितहरू होइनन् र, जसले तिनीहरू कति प्रखर छन् भनी देखाउने प्रयास गरिरहेका हुन्छन्? बाइबलको नगण्य ज्ञानमा तिनीहरूले संसारको “शैक्षिक समुदाय” मा दङ्गा गर्ने गर्छन्, मानिसहरूलाई सिकाउने सतही सिद्धान्तद्वारा तिनीहरूले पवित्र आत्माको कार्यलाई उल्टाउन खोज्छन् र यसलाई तिनीहरूको आफ्नै वैचारिक प्रक्रियाको सेरोफेरोमा घुमाउने प्रयास गर्छन्। तिनीहरू अदूरदर्शी भए पनि, परमेश्‍वरको छ हजार वर्षको कामलाई एकै झलकमा हेर्ने प्रयास गर्छन्। यी मानिसहरूमा उल्लेख गर्न लायक कुनै अनुभूति हुँदैन। वास्तवमा, मानिसहरूमा जति धेरै परमेश्‍वर सम्‍बन्धी ज्ञान हुन्छ उत्ति नै तिनीहरू उहाँको न्याय गर्नमा सुस्त हुन्छन्। यसको अलाबा, तिनीहरू परमेश्‍वरको आजको काम सम्‍बन्धी तिनीहरूको नगण्य ज्ञानको मात्र कुरा गर्छन्, तर तिनीहरू तिनीहरूका न्यायहरूमा हतार गर्दैनन्। मानिसहरूले परमेश्‍वरलाई जति थोरै चिन्छन् तिनीहरू उत्ति नै अहङ्कारी र अति दृढ हुन्छन् र अझ धेरै ढिठ भएर परमेश्‍वरको अस्तित्वको घोषणा गर्छन्—तैपनि तिनीहरूले सिद्धान्तको मात्र कुरा गर्छन् र कुनै वास्तविक प्रमाण पेश गर्दैनन्। यस्ता मानिसहरू कुनै मूल्यका हुँदैनन्! पवित्र आत्माको कामलाई खेलको रूपमा हेर्नेहरू खेलबाड गर्नेहरू हुन्! पवित्र आत्माको नयाँ कामलाई अनुभव गर्दा होसियारी नहुनेहरू, बढी बोल्‍नेहरू न्याय गर्नुमा छिटो हुन्छन्, आफ्नो मनस्थितिलाई अनियन्त्रित छोड्नेहरूले पवित्र आत्माको कामको धार्मिकतालाई इन्कार गर्छन्, जसले यसको अपमान गर्छन् र ईश्‍वर-निन्दा पनि गर्छन्—के यस्ता अनादरणीय मानिसहरू पवित्र आत्माको कामप्रति अनजान हुँदैनन् र? यसको अलाबा के तिनीहरू महाघमण्डका मानिसहरू होइनन्, जो अन्तर्निहित रूपमा घमण्डी र अनियन्त्रित हुन्छन्? यस्ता मानिसहरूले पवित्र आत्माको काम स्वीकार गर्ने कुनै दिन नै आए पनि, परमेश्‍वरले यस्ता मानिसलाई अझै सहनुहुनेछैन। तिनीहरूले परमेश्‍वरको निम्ति काम गर्नेहरूलाई नीच रूपमा हेर्ने मात्र होइन, तर तिनीहरू परमेश्‍वर स्वयम्‌को ईश्‍वर-निन्दा पनि गर्छन्। यस्ता दुस्साहसी मानिसहरूलाई यो युगमा वा आउने युगमा क्षमा गरिनेछैन, र तिनीहरू नरकमा सदाको निम्ति नष्ट हुनेछन्! यस्ता अनादरणीय र भोगी मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको नाटक गरिरहन्छन्, र मानिसहरू जति धेरै यस्ता हुन्छन् उत्ति नै तिनीहरू परमेश्‍वरको प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने हुन्छन्। सबै अहङ्कारीहरू जन्‍मजातै अनियन्त्रित हुने, र कहिल्यै कसैको आज्ञापालन नगर्ने, के तिनीहरू सबै यही मार्गमा हिँड्दैनन् र? सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वरलाई तिनीहरूले दिनदिनै विरोध गर्दैनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

परमेश्‍वरका दैनिक वचनहरू   अंश ७

कामका तीन चरणहरू परमेश्‍वरको सम्पूर्ण कामको अभिलेख हो; ती मानवजातिको निम्ति परमेश्‍वरको मुक्तिको अभिलेख हुन् र तिनीहरू काल्पनिक कुरा होइनन्। यदि तँ परमेश्‍वरको सम्पूर्ण स्वभावको ज्ञानलाई खोजी गर्ने इच्छा साँच्चै गर्छस् भने, परमेश्‍वरले गर्नुभएको कार्यको तीन चरणहरूलाई तिमीहरूले जान्नुपर्छ, र, त्यसका साथै, तिमीहरूले कुनै पनि चरणलाई छुटाउनुहुँदैन। परमेश्‍वरलाई चिन्न खोज्नेहरूले हासिल गर्नुपर्ने न्यूनतम कुरा यही हो। मानिस स्वयम्‌ले परमेश्‍वरको साँचो ज्ञान रचना गर्न सक्दैन। यो मानिस आफैले कल्पना गर्न सक्‍ने कुरा होइन, र यो निश्चय नै कुनै एक व्यक्तिप्रति पवित्र आत्माको विशेष कृपाको परिणाम होइन्। बरु, यो त परमेश्‍वरको कामलाई अनुभव गरेपछि मानिसमा आउने ज्ञान हो र यो परमेश्‍वरको कामका तथ्यहरूलाई अनुभव गरेपछि मात्र आउने परमेश्‍वरको ज्ञान हो। यस्तो ज्ञान सहजै प्राप्त गर्न सकिँदैन, न त यो सिकाउन सकिने कुरा नै हो। यो पूर्ण रूपमा व्यक्तिगत अनुभवसँग सम्बन्धित कुरा हो। मानवजातिका निम्ति परमेश्‍वरको मुक्ति कामका यी तीन चरणहरूको केन्द्रमा हुन्छ, तैपनि मुक्तिको कामभित्र कामका कैयौँ विधिहरू र परमेश्‍वरको स्वभाव व्यक्त गर्ने कैयौँ माध्यमहरू समावेश हुन्छन्। मानिसले पहिचान गर्नको लागि सबैभन्दा कठिन यही हो र मानिसले बुझ्नको लागि जटिल कुरा यही हो। युगहरूको विभाजन, परमेश्‍वरको कामका परिवर्तनहरू, कामको अवस्थितिमा हुने परिवर्तनहरू, यो कामका प्रापकहरूमा आउने परिवर्तन र अरू यस्तै कुराहरू सबैलाई कामको तीन चरणहरूमा समावेश गरिएका छन्। विशेष गरी, पवित्र आत्माको काम गर्ने तरिकामा भिन्नता, साथै परमेश्‍वरको स्वभाव, स्वरूप, नाउँ, पहिचान वा अन्य परिवर्तनहरूमा हुने बदलावहरू सबै कामका तीन चरणहरूका हिस्सा हुन्। कामको एउटा चरणले एक भागको मात्र प्रतिनिधित्व गर्न सक्छ, र यो निश्‍चित क्षेत्रभित्र सीमित हुन्छ। अन्य पक्षहरूको त कुरै छोडौं, यसले युगहरूको विभाजन वा परमेश्‍वरको काममा परिवर्तनलाई पनि समेट्दैन। यो स्पष्ट तथ्य हो। कामका तीन चरणहरू परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने कामको सम्पूर्णता हो। मुक्तिको काममा परमेश्‍वरले गर्नुहुने काम र परमेश्‍वरको स्वभावलाई मानिसले जान्नुपर्छ; यो तथ्य विना, परमेश्‍वर सम्‍बन्धी तेरो ज्ञान खोक्रा शब्दहरू बाहेक अरू केही पनि होइन, यो अव्यवहारिक रूपमा जान्ने हुनुभन्दा केही पनि होइन। यस्तो ज्ञानले न त मानिसलाई विश्‍वस्त पार्छ न जित्न नै सक्छ; यो यथार्थतासँग मेल खाँदैन, र यो सत्य होइन। यो कानको निम्ति प्रचुर र प्रसन्न तुल्याउने कुरा हुनसक्छ, तर यदि यो परमेश्‍वरको निहित स्वभावसँग मेल खाँदैन भने, परमेश्‍वरले तँलाई छोड्नुहुनेछैन। उहाँले तेरो ज्ञानको सराहना मात्र गर्नुहुनेछैन तर उहाँको निन्दा गर्ने पापी भएकोमा उहाँले तँलाई प्रतिशोध पनि लिनुहुनेछ। परमेश्‍वरलाई चिन्ने सम्‍बन्धी शब्दहरूलाई हल्का रूपमा बोलिँदैन। तँ वाक्पटु र सुवक्ता नै भए पनि र तँ सेतोलाई कालो र कालोलाई सेतो बनाउने गरी चतुर नै भए तापनि परमेश्‍वरको ज्ञानको बारे बताउनु पर्दा तँ आफ्नो गहनताभन्दा बाहिर हुनेछस्। परमेश्‍वर तिमीहरूले सुझबुझविना नै न्याय गर्न सक्‍ने वा अकस्मात् रूपमा प्रशंसा गर्न सक्‍ने वा बेपर्बाही रूपमा बदनाम गर्न सक्‍ने कुनै व्यक्ति हुनुहुन्‍न। तैँले कुनै वा हरेकको प्रशंसा गर्छस्, तैपनि परमेश्‍वरको महान् अनुग्रहको वर्णन गर्नलाई सही शब्द पाउन तँलाई गाह्रो हुन्छ—हरेक हरुवाले यही महसुस गर्न पुग्छ। परमेश्‍वरको बारे वर्णन गर्न सक्‍ने धेरै भाषिक विशेषज्ञहरू भए तापनि तिनीहरूले वर्णन गरेका कुराहरू भनेका परमेश्‍वरका मानिसहरूले बताएको सत्यताको सय भागको एक भाग मात्र हुन्, तिनीहरूसँग सीमित शब्दावलीहरू हुने भए तापनि, प्रयोग गर्नलाई प्रचुर अनुभव उपलब्ध हुन्छ। यसैले परमेश्‍वरको ज्ञान शब्दहरूको चलाकीपूर्ण प्रयोगमा होइन शुद्धता र व्यावहारिकतामा रहन्छ अनि मानिसको ज्ञान र परमेश्‍वरको ज्ञान पूर्ण रूपमा असम्बन्धित कुराहरू हुन् भन्‍ने देख्न सकिन्छ। परमेश्‍वरलाई चिन्ने पाठ मानवजातिको कुनै पनि प्राकृतिक विज्ञानभन्दा उच्च छ। यो परमेश्‍वरलाई जान्न खोज्ने अत्यन्त थोरै मानिसले मात्र हासिल गर्न सक्ने पाठ हो र यसलाई कुनै पनि प्रतिभावान् मानिसले हासिल गर्न सक्दैन। त्यसैले, तिमीहरूले परमेश्‍वरलाई चिन्ने र सत्यता अनुसरण गर्ने कुरालाई बालकले पनि हासिल गर्न सक्ने कुराको रूपमा हेर्नु हुँदैन। सायद तँ आफ्‍नो पारिवारिक जीवनमा वा आफ्नो जीविकोपार्जनमा, वा आफ्नो विवाहमा पूर्ण रूपमा सफल छस् होला, तर जब सत्यता र परमेश्‍वरलाई चिन्ने कुरा आउँछ, तब तँसित आफ्नो निम्ति देखाउने कुरा केही पनि हुँदैन र तैँले केही पनि हासिल गरेको हुँदैनस्। सत्यतालाई व्यवहारमा उतार्न तिमीहरूलाई महाकठिन हुन्छ र परमेश्‍वरलाई चिन्ने कुरा अझै ठूलो समस्यापूर्ण हुन्छ भन्न सकिन्छ। यो तिमीहरूको कठिनाइ हो र यो सारा मानवजातिले भोगेको कठिनाइ पनि हो। परमेश्‍वरलाई चिन्ने अभियानमा केही उपलब्धि हासिल गर्नेहरूमध्ये मापदण्डसम्म आइपुग्‍ने लगभग कोही पनि छैन। परमेश्‍वरलाई चिन्नुको अर्थ, वा परमेश्‍वरलाई जान्न किन आवश्यक छ वा परमेश्‍वरलाई चिन्न कुन हदसम्म हासिल गर्नुपर्छ भन्‍ने मानिसले जान्दैन। यो मानवजातिको निम्ति निकै अन्यौलपूर्ण कुरा हो र यो मानवजातिले सामना गर्ने सबैभन्दा ठूलो अड्को हो—यो प्रश्नको जवाफ दिन सक्षम कोही पनि छैन, न त यो प्रश्‍नको जवाफ दिन नै कोही तत्पर छ, किनभने हालसम्म कुनै पनि मानवजातिले यो कार्यको अध्ययनमा कुनै सफलता हासिल गरेको छैन। सायद, मानवजातिलाई कार्यको तीन चरणहरूको अड्को प्रकट गरिँदा परमेश्‍वरलाई चिन्ने प्रतिभाशाली मानिसहरूको एउटा समूह अनुक्रममा देखा पर्नेछ। अवश्य नै, त्यही होस् भन्‍ने म आशा गर्छु, यसको साथै, म यो काम कार्यान्वयन गर्ने क्रममा छु र निकट भविष्यमा यस्ता धेरै प्रतिभाशाली मानिसहरू देखा परेको देख्ने आशा गर्छु। तिनीहरू कार्यका यी तीन चरणहरूको तथ्यको गवाही दिनेहरू बन्नेछन् र अवश्य नै, तिनीहरू कामको यी तीन चरणहरूको गवाही दिनमा पहिलो पनि हुनेछन्। तर परमेश्‍वरको काम अन्त हुने दिनमा यस्ता प्रतिभाशाली मानिसहरू देखा परेनन् भने वा देहधारी परमेश्‍वरले सिद्ध तुल्याएर व्यक्तिगत रूपमा स्वीकार गर्नुहुने व्यक्ति एक वा त्यस्ता मानिसहरू दुई जना मात्र भए भने त्योभन्दा अरू कष्टदायी र खेदपूर्ण कुरा केही पनि हुँदैन। तथापि, यो एक खराब घटनाको परिदृश्य मात्रै हो। मामला जेसुकै होस्, उहाँलाई साँचो रूपमा अनुसरण गर्नेले यो आशिष्‌ पाउन सक्छ भन्‍ने म अझै आशा गर्छु। समयको सुरुवातदेखि नै यस्तो काम कहिल्यै भएको छैन; मानव विकासको इतिहासमा यस्तो कार्य कहिल्यै पनि भएको छैन। यदि तँ परमेश्‍वरलाई चिन्नेहरूमध्ये पहिलो हुन सक्छस् भने, के यो सारा सिर्जित प्राणीहरू माझ सबैभन्दा उच्च आदर हुँदैनथ्यो र? के मानिसहरूमाझ परमेश्‍वरले बढी सराहना गर्ने अरू कुनै सिर्जित प्राणी हुन्थ्यो? यस्तो काम हासिल गर्न सहज छैन, तर त्यसले अझै अन्तमा परिणामहरू ल्याउनेछ। तिनीहरूको लिङ्ग वा राष्ट्रियता जे भए तापनि परमेश्‍वरको ज्ञान हासिल गर्न सक्षम हुनेहरू सबैले अन्तमा परमेश्‍वरको ठूलो सम्मान प्राप्‍त गर्नेछन् र परमेश्‍वरको अधिकार हासिल गर्ने तिनीहरू मात्र हुनेछन्। आजको काम यही हो र भविष्यको काम पनि यही नै हो; ६,००० वर्षको काममा पूरा गरिने अन्तिम र सबैभन्दा उच्च काम यही हो अनि मानिसको हरेक वर्गलाई प्रकट गर्ने कामको तरीका यही हो। मानिसलाई परमेश्‍वर चिन्ने तुल्याउँदा विभिन्न वर्गका मानिसहरूलाई प्रकट गरिन्छ: परमेश्‍वरलाई चिन्नेहरू परमेश्‍वरको आशिष्‌ पाउन र उहाँका प्रतिज्ञाहरू स्वीकार गर्न योग्यका हुन्छन्, जबकी परमेश्‍वरलाई नचिन्नेहरू उहाँको आशिष्‌ प्राप्‍त गर्न र उहाँका प्रतिज्ञाहरू स्वीकार गर्न अयोग्य हुन्छन्। परमेश्‍वरलाई चिन्नेहरू परमेश्‍वरका घनिष्ठ व्यक्तिहरू हुन् र परमेश्‍वरलाई नचिन्‍नेहरूलाई परमेश्‍वरका घनिष्ठ व्यक्तिहरू भनी भन्‍न सकिँदैन; परमेश्‍वरका घनिष्ठ मानिसहरूले उहाँका कुनै पनि आशिष्‌हरू प्राप्‍त गर्न सक्छन्, तर उहाँसँग घनिष्ठ नभएकाहरू उहाँको कामको योग्यका हुँदैनन्। संकष्टहरू, शुद्धीकरण वा न्यायहरू यी सबै अन्तमा परमेश्‍वरको ज्ञान हासिल गर्नको निम्ति नै हुन्, ताकि मानिस परमेश्‍वरको अधीनमा रहन सकोस्। अन्तमा हासिल गरिने एक मात्र प्रभाव यही हो। कार्यको तीन चरणहरूमा कुनै पनि कुरा लुकाइँदैन र यो परमेश्‍वरसम्‍बन्धी मानिसको ज्ञानको निम्ति लाभदायक हुन्छ र मानिसलाई परमेश्‍वरको अझ पूर्ण र यसले विस्तृत ज्ञान हासिल गर्न सहायता गर्छ। यी सबै काम मानिसको लाभको निम्ति हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

परमेश्‍वरका दैनिक वचनहरू   अंश ८

परमेश्‍वर स्वयमको काम मानिसले जान्‍नै पर्ने दर्शन हो, किनभने परमेश्‍वरको कामलाई मानिसले हासिल गर्न सक्दैन, र यो मानिसमा छैन। कार्यका तीन चरणहरू परमेश्‍वरको व्यवस्थापनको पूर्णता हो, र मानिसले जान्‍नुपर्ने योभन्दा ठूलो कुनै दर्शन छैन। यदि मानिसलाई यो शक्तिशाली दर्शनको बारेमा थाहा हुँदैन भने, परमेश्‍वरलाई चिन्‍नु सहज हुँदैन, परमेश्‍वरका अभिप्रायलाई बुझ्‍नु सजिलो हुँदैन, यसको साथै, मानिसले हिँड्ने मार्ग झन्-झन् कठिन हुनेछ। दर्शनहरूविना, मानिस यति टाढासम्‍म आइपुग्‍ने थिएन। आजको दिनसम्‍म मानिसलाई सुरक्षा दिने दर्शनहरू नै हुन्, र जसले मानिसलाई सबैभन्दा ठूलो सुरक्षा प्रदान गरेका छन्। भविष्यमा, तिमीहरूको ज्ञान गहिरिनैपर्छ, र तैँले उहाँका अभिप्रायको सम्पूर्णता र कार्यका तीन वटा चरणहरूभित्रको उहाँको बुद्धिमानी कार्यको सारलाई जान्‍नैपर्छ। यो मात्रै तिमीहरूको साँचो कद हो। कार्यको अन्तिम चरण एकलै खडा हुँदैन, तर यो अघिल्‍लो दुई चरणहरूसँग एकसाथ निर्माण भएको पूर्णताको भाग हो, भन्‍नुको अर्थ, कार्यका तीन वटा चरणहरूमध्ये एउटालाई मात्रै पूरा गरेर मुक्तिको सम्पूर्ण कार्यलाई पूरा गर्नु असम्‍भव छ। कामको अन्तिम चरणले मानिसलाई पूर्ण रूपमा मुक्ति दिन सके तापनि, यो एकल चरणलाई एकलै अघि बढाउनु मात्रै आवश्यक छ, र मानिसलाई शैतानको प्रभावबाट मुक्त गर्नको लागि कामका अघिल्‍ला दुई चरणहरू आवश्यक छैन भन्‍ने यसको अर्थ हुँदैन। तीन चरणहरूमध्ये कुनै पनि एउटा चरणलाई सबै मानवजातिले जान्‍नैपर्ने एक मात्र दर्शनको रूपमा लिन सकिँदैन, किनभने मुक्तिको कामको सम्पूर्णता कार्यका तीन चरण हुन्, तीमध्ये एउटा चरण मात्रै होइन। जबसम्‍म मुक्तिको काम पूरा हुँदैन, तबसम्‍म परमेश्‍वरको व्यवस्थापन पूर्ण समाप्तिमा पुग्‍न सक्‍नेछैन। परमेश्‍वरको अस्तित्व, उहाँको स्वभाव, र उहाँको बुद्धिलाई मुक्तिको कामको सम्पूर्णतामा व्यक्त गरिन्छ; मानिसलाई ती सुरुमा नै प्रकट गरिँदैन, तर मुक्तिको काममा क्रमिक रूपमा व्यक्त गरिएको छ। मुक्तिको कामको हरेक चरणले परमेश्‍वरको स्वभावको भाग, र उहाँको अस्तित्वको भागलाई व्यक्त गर्छ; कामको कुनै पनि चरणले प्रत्यक्ष रूपमा र पूर्ण रूपमा परमेश्‍वरको अस्तित्वको सम्पूर्णतालाई व्यक्त गर्न सक्दैन। त्यसैले, कार्यका तीन चरण पूरा गरिसकिएपछि मात्रै मुक्तिको कामलाई पूर्ण रूपमा समाप्त गर्न सकिन्छ, त्यसकारण परमेश्‍वरको सम्पूर्णता सम्‍बन्धी मानिसको ज्ञानलाई परमेश्‍वरको कार्यका तीन चरणहरूबाट अलग गर्न सकिँदैन। कामको एउटा चरणबाट मानिसले प्राप्त गर्ने कुरा भनेको उहाँको कामको एउटा भागमा व्यक्त गरिने परमेश्‍वरको स्वभाव मात्रै हो। पहिलेको वा पछिको चरणहरूमा व्यक्त गरिने स्वभाव र अस्तित्वलाई यसले प्रतिनिधित्व गर्न सक्दैन। किनभने मानवजातिलाई मुक्ति दिने कामलाई एउटै समयको अवधिमा, वा एउटै स्थानमा सीधै समाप्त गर्न सकिँदैन, तर यो फरक-फरक समय र फरक-फरक स्थानमा मानिसको विकासको स्तर अनुसार क्रमिक रूपमा गहिरो-गहिरो बन्दै जान्छ। यो चरण-चरणमा अघि बढाइने कार्य हो, र यसलाई एउटै चरणमा पूरा गरिँदैन। त्यसकारण, परमेश्‍वरको सम्पूर्ण बुद्धिलाई एउटै व्यक्तिगत चरणमा होइन, तर तीन चरणहरूमा स्पष्ट गरिन्छ। उहाँको सम्पूर्ण अस्तित्व र उहाँको सम्पूर्ण बुद्धिलाई यी तीन चरणमा प्रस्तुत गरिन्छ, र हरेक चरणमा उहाँको अस्तित्व समावेश हुन्छ, अनि हरेक चरण नै उहाँको कामको बुद्धिको विवरण हो। यी तीन चरणमा व्यक्त गरिने परमेश्‍वरको सम्पूर्ण स्वभावलाई मानिसले जान्‍नुपर्छ। परमेश्‍वरको अस्तित्वको यो सबै कुरा सारा मानवजातिको लागि सबैभन्दा महत्त्वपूर्ण छ, र यदि परमेश्‍वरलाई आराधना गर्दा मानिसहरूमा यो ज्ञान हुँदैन भने, तिनीहरू बुद्धलाई आराधना गर्नेहरूभन्दा फरक हुँदैनन्। मानिसको बीचमा परमेश्‍वरले गर्नुहुने कार्य मानिसबाट लुकेको छैन, र परमेश्‍वरको आराधना गर्ने सबैले यसलाई जान्‍नुपर्छ। परमेश्‍वरले मानिसको बीचमा मुक्तिको कामका तीन चरणलाई अघि बढाइसक्‍नुभएको हुनाले, कार्यका तीन चरणमा मानिसले उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको अभिव्यक्तिलाई जान्‍नुपर्छ। मानिसले गर्नैपर्ने कुरा यही नै हो। मानिसबाट परमेश्‍वरले लुकाउनुहुने कुरा मानिसले हासिल गर्न नसक्‍ने र मानिसले जान्‍नु नपर्ने कुरा हो, जबकी परमेश्‍वरले मानिसलाई देखाउनुहुने कुरा मानिसले जान्‍नुपर्ने, र मानिसमा हुनुपर्ने कुरा हो। कार्यका तीन चरणमध्ये हरेकलाई अघिल्‍लो चरणको जगमा नै अघि बढाइन्छ; यसलाई स्वतन्त्र रूपमा, मुक्तिको कामभन्दा अलग रूपमा अघि बढाइँदैन। गरिने कार्य र काममा ठूला भिन्‍नताहरू भए तापनि, मूल रूपमा यो मानवजातिको मुक्ति नै हो, र मुक्तिको कामको हरेक चरण अघिल्‍लोभन्दा अझ गहन हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

परमेश्‍वरका दैनिक वचनहरू   अंश ९

मानिसको बीचमा परमेश्‍वरले गर्नुहुने कार्य मानिसबाट लुकेको छैन, र परमेश्‍वरको आराधना गर्ने सबैले यसलाई जान्‍नुपर्छ। परमेश्‍वरले मानिसको बीचमा मुक्तिको कामका तीन चरणलाई अघि बढाइसक्‍नुभएको हुनाले, कार्यका तीन चरणमा मानिसले उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको अभिव्यक्तिलाई जान्‍नुपर्छ। मानिसले गर्नैपर्ने कुरा यही नै हो। मानिसबाट परमेश्‍वरले लुकाउनुहुने कुरा मानिसले हासिल गर्न नसक्‍ने र मानिसले जान्‍नु नपर्ने कुरा हो, जबकी परमेश्‍वरले मानिसलाई देखाउनुहुने कुरा मानिसले जान्‍नुपर्ने, र मानिसमा हुनुपर्ने कुरा हो। कार्यका तीन चरणमध्ये हरेकलाई अघिल्‍लो चरणको जगमा नै अघि बढाइन्छ; यसलाई स्वतन्त्र रूपमा, मुक्तिको कामभन्दा अलग रूपमा अघि बढाइँदैन। गरिने कार्य र काममा ठूला भिन्‍नताहरू भए तापनि, मूल रूपमा यो मानवजातिको मुक्ति नै हो, र मुक्तिको कामको हरेक चरण अघिल्‍लोभन्दा अझ गहन हुन्छ। कामको हरेक चरण रद्द नगरिएको अघिल्‍लोको जगमा निरन्तर रहन्छ। यसरी, सधैँ नयाँ र कहिल्यै पुरानो नहुने आफ्‍नो काममा, परमेश्‍वरले मानिसलाई पहिले कहिल्यै व्यक्त नगरिएको आफ्‍नो स्वभावको पक्षलाई लगातार व्यक्त गरिरहनुभएको हुन्छ, र मानिसलाई सधैँ उहाँको नयाँ कार्य र उहाँको नयाँ अस्तित्व प्रकट गरिरहनुभएको हुन्छ, र पुरानो धार्मिक रक्षकले यसलाई प्रतिरोध गर्नको लागि सकेजति गर्ने र यसलाई खुलेआम विरोध गर्ने भए तापनि, परमेश्‍वरले सधैँ आफूले गर्ने अभिप्राय राख्‍नुभएको नयाँ काम गर्नुहुन्छ। उहाँको काम सधैँ परिवर्तन भइरहेको हुन्छ, र यसले गर्दा, यसले सधैँ मानिसको विरोधलाई सामना गरिरहेको हुन्छ। त्यसकारण, उहाँको कामको युग र यसलाई प्राप्त गर्नेहरू जस्तै उहाँको स्वभाव पनि सधैँ परिवर्तन भइरहेको हुन्छ। यसको साथै, मानिसको लागि पहिले गरिएको कामको विरोधाभासमा रहेको जस्तो देखिने कार्यलाई समेत त्यसको प्रत्युत्तर स्वरूप अघि बढाउँदै, उहाँले सधैँ पहिले कहिल्यै नगरिएको काम गरिरहनुभएको हुन्छ। मानिसले एउटै प्रकारको काम, वा एउटै तरिकाको अभ्यासलाई मात्रै स्वीकार गर्न सक्छ, र तीभन्दा विपरीत, वा तीभन्दा उच्‍च कार्य, वा अभ्यासको तरिकालाई स्वीकार गर्न मानिसको लागि कठिन हुन्छ। तर पवित्र आत्माले सधैँ नयाँ काम गरिरहनुभएको छ, त्यसकारण परमेश्‍वरको नयाँ कामलाई विरोध गर्नको लागि धार्मिक विशेषज्ञहरूको एकपछि अर्को समूह देखा पर्छन्। मानिससँग कसरी परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्‍न त्यसको बारेमा ज्ञान हुँदैन, र परमेश्‍वरको कार्यका सिद्धान्तहरूको ज्ञान हुँदैन, यसको साथै परमेश्‍वरले मानिसलाई मुक्ति दिने विभिन्‍न तरिकाको ज्ञान हुँदैन, ठीक यही कारणले गर्दा नै यी मानिसहरू विशेषज्ञ बनेका छन्। यसैले, यो पवित्र आत्‍माबाट आउने काम हो कि होइन, र यो परमेश्‍वर स्वयम्‌बाट आउने काम हो कि होइन सो कुरा बताउन मानिस पूर्ण रूपमा असमर्थ छ। कतिपय मानिसहरूले यस्तो मनोवृत्तिलाई पक्रिरहन्छन् कि यदि कुनै कुरा पहिले आएका वचनहरूसँग मिल्छन् भने त्यसलाई तिनीहरू स्वीकार गर्छन्, र पहिलेको कामसँग त्यसका केही भिन्‍नताहरू छन् भने, त्यसलाई तिनीहरू विरोध गर्छन् र त्यसलाई इन्कार गर्छन्। आज, के तिमीहरू सबै त्यस्ता सिद्धान्तहरू अनुसार चल्दैनौ र? तिमीहरूमा अहिलेसम्‍म मुक्तिको कामको तीन चरणले ठूलो प्रभाव पारेको छैन, र कामका अघिल्‍ला दुई चरण तिनीहरूले जान्‍नै नपर्ने भार हो भनेर विश्‍वास गर्नेहरू पनि छन्। तिनीहरू के विचार गर्छन् भने, यी चरणहरूलाई धेरै मानिसहरूका बीचमा घोषणा गरिनु हुँदैन र तिनलाई जतिसक्दो चाँडो रद्द गरिनुपर्छ, ताकि मानिसहरू कार्यका तीन चरणका अघिल्‍ला दुई चरणद्वारा विचलित नहोऊन्। कामका अघिल्‍ला दुई चरणहरूलाई चिनाउनु धेरै टाढाको कुरा हो, र परमेश्‍वरलाई चिन्‍नमा यसले कुनै सहयोग गर्दैन भन्‍ने विश्‍वास धेरैजसो मानिसहरूले गर्छन्—तिमीहरूले यही विचार गर्छौ। आज, यस्तो व्यवहार गर्नु सहि छ भन्‍ने तिमीहरू सबैले विश्‍वास गर्छौ, तर तिमीहरूले मेरो कामको महत्त्वलाई महसुस गर्ने दिन पनि आउनेछ: म महत्त्व नै नभएको कुनै पनि काम गर्दिन भन्‍ने जान। मैले तिमीहरूका सामने कार्यका तीन चरणको घोषणा गरिरहेको हुनाले, ती तिमीहरूको लागि लाभदायक हुनैपर्छ; कार्यका यी तीन चरण परमेश्‍वरको सम्पूर्ण व्यवस्थापनको केन्द्रमा रहेको हुनाले, ती ब्रह्माण्डका हरेकको मुख्य ध्यानको विषय बन्‍नुपर्छ। एक दिन, तिमीहरू सबैले यो कामको महत्त्वलाई महसुस गर्नेछौ। यो जान, कि तिमीहरू परमेश्‍वरको कार्यलाई विरोध गर्छौ, वा आजको कामलाई नाप्‍नको लागि तिमीहरूका आफ्‍नै धारणाहरूको प्रयोग गर्छौ, किनभने तिमीहरूलाई परमेश्‍वरको कार्यका सिद्धान्तहरू थाहा छैन, र किनभने तिमीहरूले पवित्र आत्माको कार्यलाई रूखो तरिकाले व्यवहार गरेका हुनाले। परमेश्‍वरप्रतिको तिमीहरूको विरोध र पवित्र आत्माको कामप्रतिको अवरोध तिमीहरूका धारणा र अन्तर्निहित अहङ्कारले पैदा गरेको हो। परमेश्‍वरको कार्य गलत भएर होइन, बरु तिमीहरू प्राकृतिक रूपमै अत्यन्तै विद्रोही भएकोले यसो भएको हो। परमेश्‍वरमाथिको आफ्‍नो आस्थालाई भेटिसकेपछि, कतिपय मानिसहरूले मानिस कहाँबाट आएको हो भनेर समेत निश्‍चयताको साथ भन्‍न सक्दैनन्, तैपनि तिनीहरू पवित्र आत्माको कामका सही र गलत कुराहरूलाई मूल्याङ्कन गर्दै सार्वजनिक भाषणहरू दिने आँट गर्छन्। तिनीहरू टिप्‍पणीहरू गर्दै र अनुचित गफ लडाउँदै पवित्र आत्माको नयाँ काम भएका प्रेरितहरूलाई समेत भाषण दिन्छन्; तिनीहरूको मानवता अत्यन्तै नीच छ, र तिनीहरूमा अलिकति पनि चेतना छैन। के त्यस्ता मानिसहरूलाई पवित्र आत्माले तिरस्कार गरेर नरकको आगोद्वारा जलाउने दिन आउनेछैन र? तिनीहरूलाई परमेश्‍वरको कामको बारेमा थाहा छैन, बरु तिनीहरू उहाँको कामको आलोचना गर्छन्, र कसरी काम गर्ने भनेर परमेश्‍वरलाई समेत निर्देशन दिने प्रयास गर्छन्। त्यस्ता अनुचित मानिसहरूले कसरी परमेश्‍वरलाई चिन्‍न सक्छन् र? खोजी र अनुभव गर्ने प्रक्रियामा मानिसले परमेश्‍वरलाई चिन्‍न पुग्छ; परमेश्‍वरको ज्ञान मानिसले मनमानी मूल्याङ्कनहरू गर्ने क्रममा पवित्र आत्‍माको अन्तर्दृष्टिमार्फत प्राप्त हुँदैन। परमेश्‍वरसम्‍बन्धी मानिसहरूको ज्ञान जति यथार्थ हुन्छ, तिनीहरूले त्यति नै कम विरोध गर्छन्। यसको विपरीत, मानिसहरूले परमेश्‍वरलाई जति कम चिन्छन्, तिनीहरूले उहाँको विरोध गर्ने सम्‍भावना त्यति नै बढी हुन्छ। तेरा धारणाहरू, तेरो पुरानो प्रकृति, र तेरो मानवता, चरित्र र नैतिक दृष्टिकोण तैँले परमेश्‍वरलाई प्रतिरोध गर्ने पूँजी हो, र तेरा नैतिकताहरू जति भ्रष्ट, तेरा गुणहरू जति घिन लाग्दो, र तेरो मानवता जति नीच बन्छ, तँ त्यति नै बढी परमेश्‍वरको शत्रु बन्छस्। जोसँग दह्रिला धारणाहरू हुन्छन् र जोसँग आत्म-धर्मी स्वभाव हुन्छ तिनीहरू देहधारी परमेश्‍वरको अझै बढी शत्रुतामा हुन्छन्; त्यस्ता मानिसहरू ख्रीष्ट विरोधीहरू हुन्। यदि तेरा धारणाहरूलाई सुधार गरिएन भने, ती सधैँ नै परमेश्‍वरको विरुद्ध हुनेछन्; तँ कहिल्यै पनि परमेश्‍वरसँग मिल्‍ने बन्‍नेछैनस्, र तँ उहाँबाट सधैँ अलग हुनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

परमेश्‍वरका दैनिक वचनहरू   अंश १०

कार्यका तीन चरणलाई एउटै परमेश्‍वरले गर्नुभएको थियो; सबैभन्दा ठूलो दर्शन यही नै हो, र परमेश्‍वरलाई चिन्‍ने एउटै मार्ग यही नै हो। कार्यका तीन चरणलाई परमेश्‍वर स्वयम्‌ले मात्र गर्न सक्‍नुहुन्थ्यो, र उहाँको तर्फबाट कुनै पनि मानिसले त्यसो गर्न सक्दैनथियो—भन्‍नुको अर्थ सुरुदेखि आजको दिनसम्‍म परमेश्‍वरले मात्रै उहाँको आफ्‍नो काम गर्न सक्‍नुहुन्थ्यो। परमेश्‍वरको कार्यका तीन चरणहरूलाई फरक-फरक युग र स्थानहरूमा गरिएको भए तापनि, र हरेक चरणको काम फरक भए तापनि, यो सबै एउटै परमेश्‍वरले गर्नुभएको कार्य हो। सबै दर्शनहरूमध्ये, मानिसले जान्‍नुपर्ने सबैभन्दा ठूलो दर्शन यही नै हो, र यदि यसलाई मानिसले पूर्ण रूपमा बुझ्‍न सक्यो भने, ऊ दृढ रूपमा खडा हुन सक्‍नेछ। आज, विभिन्‍न धर्महरू र सम्प्रदायहरूले सामना गरिरहेको सबैभन्दा ठूलो समस्या यो हो कि तिनीहरूलाई पवित्र आत्माको कामबारे थाहा छैन, र तिनीहरूले पवित्र आत्माले गर्नुहुने काम र पवित्र आत्माले नगर्नुहुने काम बीचमा भिन्‍नता छुट्याउन सक्दैनन्—यसकारणले गर्दा, कामको यो चरण पनि कामका गत दुई चरणहरूजस्तै यहोवा परमेश्‍वरले गर्नुभएको हो कि होइन भनेर तिनीहरूले भन्‍न सक्दैनन्। मानिसहरूले परमेश्‍वरलाई पछ्याउने भए तापनि, धेरैजसोले अझै पनि यो सहि मार्ग हो कि होइन भनेर बताउन सक्दैनन्। यो परमेश्‍वर स्‍वयम्‌ले व्यक्तिगत रूपमा अगुवाइ गर्नुभएको मार्ग हो कि होइन, र परमेश्‍वरको देहधारण सत्य हो कि होइन भन्‍ने बारेमा मानिसले अझै चिन्ता गर्छ, र त्यस्ता कुराहरूलाई कसरी छुट्याउने त्यसको बारेमा धेरैजसो मानिसहरूलाई अझै पनि अत्तोपत्तो छैन। परमेश्‍वरलाई पछ्याउनेहरूले मार्गलाई निर्धारित गर्न सक्दैनन्, त्यसकारण, बोलिएका सन्देशहरूले यी मानिसहरूका बीचमा आंशिक प्रभाव मात्रै पार्छ, र ती पूर्ण रूपमा प्रभावकारी हुन सक्दैनन्, त्यसकारण यसले त्यस्ता मानिसहरूको जीवन प्रवेशलाई प्रभाव पार्छ। यदि मानिसले कार्यका तीन चरणमा परमेश्‍वरले नै तिनलाई फरक-फरक समयमा, फरक-फरक स्थानमा, र फरक-फरक मानिसहरूमा अघि बढाउनुभएको हो भन्‍ने देख्‍न सक्छ भने; यदि काम फरक भए पनि, यो सबै एउटै परमेश्‍वरले गर्नुभएको हो, अनि यो एउटै परमेश्‍वरले गर्नुभएको हुनाले, यो पक्‍कै पनि सहि र त्रुटि विहीन हुनुपर्छ, र यो मानिसको धारणाहरू विपरीत भए तापनि, यो एउटै परमेश्‍वरको काम हो भन्‍ने कुरालाई इन्कार गर्न सकिँदैन भन्‍ने मानिसले देख्‍न सक्छ भने—यदि यो एउटै परमेश्‍वरको काम हो भनेर मानिसले सुनिश्‍चितताको साथ भन्‍न सक्छ भने, मानिसका धारणाहरूलाई उल्‍लेख गर्न पनि लायक नछोडीकन सानातिना धारणामा घटाइनेछ। मानिसका दर्शनहरू स्पष्ट नभएकाले, र मानिसले यहोवालाई मात्रै परमेश्‍वरको रूपमा, र येशूलाई प्रभुको रूपमा चिन्‍ने हुनाले, र आजका देहधारी परमेश्‍वरको बारेमा दोधारमा रहेका हुनाले, धेरै मानिसहरू यहोवा र येशूको कार्यमा नै समर्पित छन्, र आजको कामको बारेमा अक्रान्त छन्, धेरैजसो मानिसहरू सधैँ शङ्कालु हुन्छन्, र आजको कामलाई गम्‍भीर रूपमा लिँदैनन्। कार्यका अन्तिम दुई चरणहरूका बारेमा मानिसमा कुनै धारणाहरू छैनन्, जुन अदृश्य थिए। यो यसैले हो किनभने मानिसले कार्यका अन्तिम दुई चरणको वास्तविकतालाई बुझ्दैन, र तिनलाई व्यक्तिगत रूपमा देखेन। यो यसैले हो किनभने कार्यका यी चरणहरूलाई मानिसले देख्‍न नसक्‍ने हुँदा आफूलाई मन परे अनुसार मानिसले कल्‍पना गर्छ; उसले जे निष्कर्ष निकाले तापनि, त्यस्ता कल्‍पनाहरूलाई प्रमाणित गर्ने कुनै तथ्यहरू छैनन्, र तिनलाई सुधार गर्ने कोही छैन। मानिसले कुनै पर्बाह नगरिकन र आफ्‍नो कल्‍पनालाई स्वतन्त्र छोडिदिँदै आफ्‍नो मिजासलाई बेलगाम छोड्छ; उसका कल्‍पनाहरूलाई पुष्टि गर्ने कुनै तथ्यहरू हुँदैन, त्यसकारण तिनको कुनै प्रमाण भए पनि नभए पनि, मानिसका कल्‍पनाहरू “तथ्य” बन्छन्। यसरी मानिसले आफ्‍नो मनमा आफैले कल्‍पना गरेको परमेश्‍वरमा विश्‍वास गर्छ, र वास्तविक परमेश्‍वरलाई खोजी गर्दैन। यदि एउटा व्यक्तिमा एक प्रकारको आस्था हुन्छ भने, सय जना मानिसहरूमा सय प्रकारका आस्था हुन्छन्। मानिसले परमेश्‍वरको व्यावहारिक काम नदेखेको हुनाले, उसले यसलाई आफ्‍ना कानद्वारा मात्रै सुनेको र आफ्‍नो आँखाले नदेखेको हुनाले मानिसमा त्यस्तो आस्था हुन्छ। मानिसले दन्तकथा र कथाहरू सुनेको हुन्छ—तर परमेश्‍वरको कार्यको ज्ञानलाई उसले बिरलै सुनेको हुन्छ। तसर्थ एक वर्षदेखि विश्‍वासी बनेका मानिसहरू तिनीहरूका आफ्‍नै धारणाहरूद्वारा परमेश्‍वरमा विश्‍वास गर्न पुगेका हुन्छन्। आफ्‍नो जीवनभरि परमेश्‍वरमा विश्‍वास गरेका मानिसहरूको हकमा पनि यही कुरा लागू हुन्छ। तथ्यहरूलाई देख्‍न नसक्‍नेहरू परमेश्‍वरका बारेमा रहेका धारणाहरू सहितको विश्‍वासबाट कहिल्यै उम्‍कन सक्‍नेछैनन्। मानिसले आफैलाई आफ्‍ना पुराना धारणाहरूका बन्धनहरूबाट मुक्त गरेको छ र ऊ नयाँ क्षेत्रमा प्रवेश गरेको छ भन्‍ने विश्‍वास गर्छ। के परमेश्‍वरको साँचो मुहारलाई देख्‍न नसक्‍नेहरूको ज्ञान धारणाहरू र हल्‍लाहरू बाहेक केही पनि होइनन् भन्‍ने कुरा मानिसलाई थाहा हुँदैन र? उसका धारणाहरू सही छन् र त्रुटि रहित छन् भन्‍ने मानिसले विचार गर्छ, र उसले यी धारणाहरू परमेश्‍वरबाट आउँछन् भन्‍ने विचार गर्छ। आज, जब मानिसले परमेश्‍वरको काम देख्छ, उसले धेरै वर्षसम्‍म थुप्रिएर बसेका धारणाहरूलाई खुला छोड्छ। विगतका कल्‍पनाहरू र विचारहरू यो चरणको कार्यको निम्ति अवरोध बनेको छ, र त्यस्ता धारणाहरूलाई छोड्न र त्यस्ता विचारहरूलाई खण्डन गर्न मानिसको लागि कठिन भएको छ। आजसम्‍म परमेश्‍वरलाई पछ्याएका धेरैको यो चरणबद्ध कार्य सम्‍बन्धी धारणाहरू अझै बढी गम्‍भीर बनेको छ, र यी मानिसहरूले क्रमिक रूपमा देहधारी परमेश्‍वरप्रति जिद्दी शत्रुता निर्माण गरेका छन्। यो घृणाको स्रोत मानिसका धारणाहरू र कल्‍पनाहरूमा निहित छ। मानिसका धारणा र कल्‍पनाहरू आजको कामको शत्रु बनेको छ, जुन काम मानिसका धारणाहरूका विपरीत छ। तथ्यहरूले मानिसलाई उसका कल्‍पनाहरू बेलगाम छोड्न दिँदैन, यसको साथै यसलाई मानिसले सहजै खण्डन गर्न सक्दैन, र मानिसका धारणा र कल्‍पनाहरू तथ्यहरूको अस्तित्वसँग मिल्दैन, यसको साथै, मानिसले तथ्यहरूको सटीकता र सत्यतालाई विचार गर्दैन, र एकोहोरो रूपमा आफ्‍ना धारणाहरूलाई छोडिदिन्छ र उसको आफ्‍नो कल्‍पनाहरूको प्रयोग गर्छ, ठीक यही कारणले यसो भएको हो। यो मानिसका धारणाहरूको गल्ती हो भनेर मात्रै भन्‍न सकिन्छ, अनि परमेश्‍वरको कामको गल्ती हो भनेर भन्‍न सकिँदैन। मानिसले आफूलाई जस्तो मन लाग्यो त्यस्तै कल्‍पना गर्न सक्छ, तर उसले परमेश्‍वरको कार्यको कुनै पनि चरण वा यसको कुनै पनि भागलाई स्वतन्त्र रूपमा खण्डन गर्न सक्दैन; परमेश्‍वरको कार्यको तथ्यलाई मानिसले तोड्न सक्दैन। तैँले आफ्‍नो कल्‍पनालाई बेलगाम छोड्न सक्छस्, र यहोवा र येशूको कामको बारेमा राम्रो कथाहरू पनि सङ्कलन गर्न सक्छस्, तर यहोवा र येशूको कार्यको हरेक चरणको तथ्यलाई तैँले खण्डन गर्न सक्दैनस्; सिद्धान्त यही हो, र प्रशासनिक आदेश पनि यही हो, अनि तैँले यी विषयहरूका महत्त्वलाई बुझ्‍नुपर्छ। कामको यो चरण मानिसका धारणाहरू अनुरूप छैन, र कामका अघिल्‍ला दुई चरणहरू यस्तो थिएन भन्‍ने मानिसले विश्‍वास गर्छ। आफ्‍नो कल्‍पनामा, मानिसले अघिल्‍ला दुई चरणको काम अवश्य नै आजको काम जस्तो छैन भनेर विश्‍वास गर्छ—तर परमेश्‍वरको कार्यका सिद्धान्तहरू सबै उस्तै छन्, उहाँको काम सधैँ व्यवहारिक हुन्छ, र जुनसुकै युग भए तापनि, उहाँको कार्यको तथ्यलाई प्रतिरोध गर्ने र विरोध गर्ने धेरै मानिसहरूको उदय सधैँ नै हुनेछन् भन्‍ने कुरालाई तैँले कहिल्यै विचार गरेको छस्? आज कामको यो चरणलाई प्रतिरोध गर्ने र विरोध गर्ने सबैले विगतमा पनि परमेश्‍वरको कामलाई विरोध गर्नेथिए भन्‍नेमा कुनै शङ्का छैन, किनभने त्यस्ता मानिसहरू सधैँ नै परमेश्‍वरका शत्रुहरू हुनेछन्। परमेश्‍वरको कार्यको तथ्यलाई जान्‍ने मानिसहरूले कार्यका तीन चरणलाई एउटै परमेश्‍वरको कार्यको रूपमा हेर्नेछन्, र आफ्‍ना धारणाहरूलाई त्याग्‍नेछन्। यी मानिसहरू परमेश्‍वरलाई चिन्‍ने मानिसहरू हुन्, र त्यस्ता मानिसहरू परमेश्‍वरलाई साँचो रूपमा पछ्याउने मानिसहरू हुन्। जब परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन समाप्तितिर आइरहेको हुन्छ, परमेश्‍वरले सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गर्नुहुनेछ। मानिसलाई सृष्टिकर्ताको हातले बनाएको थियो, र अन्त्यमा उहाँले मानिसलाई उहाँको प्रभुत्वमा पूर्ण रूपमा फर्काउनुपर्छ; कार्यका तीन चरणको निष्कर्ष यही हो। आखिरी दिनहरूको कामको चरण, र इस्राएल र यहूदियामा भएका अघिल्‍ला दुई चरणहरू सम्पूर्ण ब्रह्माण्डमा परमेश्‍वरको व्यवस्थापन योजना हुन्। कसैले पनि यसलाई इन्कार गर्न सक्दैन, र परमेश्‍वरको कार्यको तथ्य यही हो। मानिसहरूले यो कामको धेरै भाग अनुभव गरेका वा देखेका छैनन्, तैपनि तथ्यहरू भनेका तथ्यहरू नै हुन्, र यसलाई कुनै पनि मानिसले खण्डन गर्न सक्दैन। ब्रह्माण्डको हरेक देशमा परमेश्‍वरलाई विश्‍वास गर्ने मानिसहरू सबैले कार्यका तीन चरणलाई स्वीकार गर्नेछन्। यदि तँलाई कामको निश्‍चित चरण मात्रै थाहा छ, तर कामको अरू दुई चरणको बारेमा थाहा छैन भने, विगतमा परमेश्‍वरले गर्नुभएको कामलाई तैँले बुझ्दैनस् भने, तैँले परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाको बारेमा बोल्‍न सक्दैनस्, र परमेश्‍वर सम्‍बन्धी तेरो ज्ञान एकतर्फी हुन्छ, किनभने परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले उहाँलाई जान्दैनस् वा बुझ्दैनस्, त्यसकारण तँ परमेश्‍वरको साक्षी दिन योग्य छैनस्। यी कुराहरू सम्‍बन्धी तेरो हालको ज्ञान गहन भए पनि वा सतही भए पनि, आखिरमा, तिमीहरूमा ज्ञान हुनैपर्छ, र पूर्ण रूपमा विश्‍वस्त हुनैपर्छ, अनि सबै मानिसहरूले परमेश्‍वरको कार्यको सम्पूर्णतालाई देख्‍नेछन् र तिनीहरू परमेश्‍वरको प्रभुत्वमा समर्पित हुनेछन्। यो कामको अन्त्यमा, सबै धर्महरू एउटै हुनेछ, सबै सिर्जित प्राणीहरू सृष्टिकर्ताको प्रभुत्वमा फर्किनेछन्, सबै सिर्जित प्राणीहरूले एउटै साँचो परमेश्‍वरलाई आराधना गर्नेछन्, र सबै दुष्ट धर्महरू कहिल्यै देखा नपर्ने गरी सुन्यतामा पुग्‍नेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

परमेश्‍वरका दैनिक वचनहरू   अंश ११

किन कार्यका तीन चरणको बारेमा यसरी निरन्तर उल्‍लेख गर्ने? युगहरू बितेर जाने कार्य, सामाजिक विकास, र प्रकृतिको परिवर्तनशील मुहार यी सबैले कार्यका तीन चरणका परिवर्तनहरूलाई पछ्याउँछन्। मानवजाति परमेश्‍वरको काम अनुसार समयसँगै परिवर्तन हुन्छ, र यो आफै विकास हुँदैन। सबै सिर्जित प्राणीहरू र हरेक धर्म र सम्प्रदायका सबै मानिसहरूलाई एउटै परमेश्‍वरको प्रभुत्वमा ल्याउनको लागि परमेश्‍वरको कार्यका तीन चरणहरूको बारेमा उल्‍लेख गरिएको हो। तिमीहरू जुनसुकै धर्मको भए तापनि, आखिरमा तिमीहरू सबैले परमेश्‍वरको प्रभुत्वमा आफूलाई समर्पित गर्नेछौ। परमेश्‍वर स्वयम्‌ले मात्रै यो काम गर्न सक्‍नुहुन्छ; यो कुनै पनि धार्मिक प्रमुखले गर्न सक्दैन। संसारमा धेरै मुख्य धर्महरू छन्, र हरेकको आ-आफ्‍नै प्रमुख वा अगुवा छन्, र अनुयायीहरू संसारका विभिन्‍न देश र क्षेत्रहरूमा छरिएका छन्; ठूलो होस् कि सानो होस्, लगभग हरेक देशभित्र फरक-फरक धर्महरू हुन्छन्। तैपनि, संसारभरि जति धेरै धर्महरू भए तापनि, ब्रह्माण्डभित्रका सारा मानिसहरू आखिरमा एउटै परमेश्‍वरको अगुवाइमा अस्तित्वमा रहन्छन्, धर्मका प्रमुखहरू वा अगुवाहरूको अगुवाइमा अस्तित्वमा रहँदैनन्। यसो भन्‍नुको अर्थ के हो भने मानवजाति निश्‍चित धर्मको प्रमुख वा अगुवाद्वारा अगुवाइ गरिएको हुँदैन; बरु, सारा मानवजातिलाई सृष्टिकर्ताले नै अगुवाइ गर्नुहुन्छ, जसले स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुभयो, र जसले मानवजातिलाई पनि सृष्टि गर्नुभयो—तथ्य यही नै हो। संसारमा धेरै मुख्य धर्महरू भए तापनि, तिनीहरू जति नै ठूलो भए तापनि, तिनीहरू सबै सृष्टिकर्ताको प्रभुत्वमुनि अस्तित्वमा रहन्छन्, र तिनीहरू कसैले पनि यो प्रभुत्वको क्षेत्रलाई नाघ्‍न सक्दैनन्। मानवजातिको विकास, समाजमा पुरानो कुरालाई नयाँ कुराले प्रतिस्थापन गर्ने काम, प्राकृतिक विज्ञानको विकास—प्रत्येकलाई नै सृष्टिकर्ताको बन्दोबस्तबाट अलग गर्न सकिँदैन, र यो कार्य कुनै पनि निश्‍चित धर्मको प्रमुखले गर्न सक्‍ने कुरा होइन। कुनै धार्मिक प्रमुख निश्‍चित धर्मको अगुवा मात्रै हो, र तिनीहरूले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनन्, न त तिनीहरूले स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुहुनेलाई नै प्रतिनिधित्व गर्न सक्छन्। कुनै धार्मिक प्रमुखले त्यस धर्मका सबैलाई नेतृत्व गर्न सक्छन्, तर तिनीहरूले स्वर्गहरू मुनिका सबै सिर्जित प्राणीहरूमाथि हुकुम चलाउन सक्दैनन्—यो विश्‍वव्यापी रूपमा स्वीकार्य तथ्य हो। धार्मिक प्रमुख भनेको अगुवा मात्रै हो, र परमेश्‍वर (सृष्टिकर्ता) कै दर्जामा खडा हुन सक्दैन। सबै थोक सृष्टिकर्ताकै हातमा छ, र आखिरमा तिनीहरू सृष्टिकर्ताकै हातमा फर्कनेछन्। मानवजातिलाई परमेश्‍वरले नै बनाउनुभयो, र धर्म जुनसुकै भए तापनि, हरेक व्यक्ति परमेश्‍वरको प्रभुत्वमा फर्कनेछन्—यो अपरिहार्य छ। सबै थोकका बीचमा परमेश्‍वर मात्रै सर्वोच्‍च हुनुहुन्छ, र सबै सृजित प्राणीहरूका बीचमा रहेका उच्‍च शासक पनि उहाँकै प्रभुत्वमा फर्कनैपर्छ। मानिसको हैसियत जति नै उच्‍च भए तापनि, त्यस मानिसले मानवजातिलाई उचित गन्तव्यमा पुर्‍याउन सक्दैन, र कसैले पनि सब थोकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्न सक्दैन। यहोवा स्वयम्‌ले मानवजाति सृष्टि गर्नुभयो र हरेकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्नुभयो, अनि जब अन्त्यको समय आउँछ, तब उहाँले यावत् थोकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्दै आफ्‍नो काम अझै आफै गर्नुहुनेछ—परमेश्‍वरबाहेक कसैले पनि यो काम गर्न सक्दैन। सुरुदेखि अहिलेसम्‍म गरिएका कार्यका तीन चरणलाई परमेश्‍वर स्वयम्ले अघि बढाउनुभएको थियो, र एउटै परमेश्‍वरले अघि बढाउनुभएको थियो। कार्यका तीन चरणको तथ्य सारा मानवजातिमाथि रहेको परमेश्‍वरको नेतृत्वको तथ्य, अर्थात् कसैले पनि इन्कार गर्न नसक्‍ने तथ्य हो। कार्यका तीन चरणको अन्त्यमा, सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गरिनेछ र सबै परमेश्‍वरको प्रभुत्वमा फर्कनेछन्, किनभने सम्पूर्ण ब्रह्माण्डभरि यही एक मात्र परमेश्‍वर मात्रै अस्तित्वमा हुनुहुन्छ, र अरू कुनै धर्महरू छैनन्। संसारको सृष्टि गर्न नसक्नेले यसलाई अन्त्यमा पुर्‍याउन पनि सक्नेछैन, जबकी संसार सृष्टि गर्नुहुनेले अवश्य नै यसलाई अन्त्य गर्न सक्‍नुहुनेछ। त्यसकारण, यदि कुनै व्यक्तिले युगलाई अन्त्य गर्न सक्दैन र मानिसलाई उसको मस्तिष्क विकास गर्न र उसको चरित्र शोधन गर्न मात्रै सहायता गर्न सक्छ भने, ऊ अवश्य नै परमेश्‍वर हुन सक्दैन, र अवश्य नै मानवजातिका प्रभु बन्‍न सक्‍नेछैन। उसले त्यस्तो महान् काम गर्न सक्‍नेछैन; त्यस्तो कार्य गर्न सक्‍ने एउटै मात्र हुनुहुन्छ, र यो काम गर्न नसक्‍ने सबै अवश्य नै शत्रुहरू हुन्, परमेश्‍वर होइनन्। यदि दुष्ट धर्म हो भने, यो परमेश्‍वरसँग मेल खाँदैन, र परमेश्‍वरसँग मेल नखाने कुरा परमेश्‍वरको शत्रु हो। सबै काम यही एउटै साँचो परमेश्‍वरले गर्नुहुन्छ, र सारा ब्रह्माण्डमाथि यही एउटै परमेश्‍वरले हुकुम चलाउनुहुन्छ। उहाँको इस्राएलमा भए पनि चीनमा भए पनि, त्यो कार्य आत्माले वा देहले गरे पनि, सबै परमेश्‍वर स्वयम्‌ले नै गर्नुहुन्छ, र अरू कसैले यसलाई गर्न सक्दैन। उहाँ स्पष्ट रूपमा सारा मानवजातिका परमेश्‍वर हुनुभएकाले नै उहाँ कुनै पनि सर्तहरूद्वारा नबाँधिइकन स्वतन्त्र रूपमा काम गर्नुहुन्छ। यो सबै दर्शनहरूमा सबैभन्‍दा महान् हो। सृजित प्राणीका रूपमा, यदि तँ सिर्जित प्राणीको कर्तव्यलाई पूरा गर्न र परमेश्‍वरका अभिप्राय बुझ्‍न चाहन्छस् भने, तैँले परमेश्‍वरको कार्यलाई बुझ्‍नैपर्छ, तैँले सिर्जित प्राणीहरूका लागि परमेश्‍वरका अभिप्राय बुझ्‍नैपर्छ, तैँले उहाँको व्यवस्थापन योजना बुझ्‍नैपर्छ, र तैँले उहाँले गर्नुहुने कामको सबै महत्त्वलाई बुझ्‍नैपर्छ। यसलाई नबुझ्‍नेहरू योग्य सिर्जित प्राणी होइनन्! सिर्जित प्राणीको रूपमा, यदि तैँले आफू कहाँबाट आएको हो भन्‍ने बुझ्दैनस्, मानवजातिको इतिहास र परमेश्‍वरले गर्नुभएको सबै काम बुझ्दैनस्, यसको साथै, मानवजाति कसरी आजसम्‍म विकास भएको छ भन्‍ने बुझ्दैनस्, र सारा मानवजातिमाथि कसले हुकुम चलाउनुहुन्छ भन्‍ने बुझ्दैनस् भने, तैँले तेरो कर्तव्यलाई पूरा गर्न सक्दैनस्। परमेश्‍वरले नै मानवजातिलाई आजसम्‍म डोर्‍याउनुभएको छ, र उहाँले मानिसलाई पृथ्वीमा सृष्टि गर्नुभएदेखि नै उसलाई कहिल्यै छोड्नुभएको छैन। पवित्र आत्माले कहिल्यै काम गर्न छोड्नुभएको छैन, कहिल्यै मानवजातिलाई अगुवाइ गर्न छोड्नुभएको छैन, र कहिल्यै मानवजातिलाई त्याग्‍नुभएको छैन। तर परमेश्‍वर हुनुहुन्छ भन्‍ने मानवजातिले महसुस गर्दैन, उसले परमेश्‍वरलाई चिन्‍ने कुरा त परै जाओस्। परमेश्‍वरका सारा सिर्जित प्राणीहरूका लागि योभन्दा अपमानजनक कुरा अरू केही छ र? परमेश्‍वरले व्यक्तिगत रूपमै मानिसलाई डोर्याउनुहुन्छ, तर मानिसले परमेश्‍वरको कार्यलाई बुझ्दैन। तँ सिर्जित प्राणी होस्, तैपनि तैँले तेरो आफ्‍नै इतिहासलाई बुझ्दैनस्, र कसले तँलाई तेरो यात्रामा डोर्याएको छ त्यसबारे तँ अनजान छस्, परमेश्‍वरले गर्नुभएको कामप्रति तँ बेखवर छस्, र त्यसैले तैँले परमेश्‍वरलाई चिन्‍न सक्दैनस्। यदि तँलाई अझै पनि थाहा छैन भने, तँ परमेश्‍वरको गवाही दिनको लागि कहिल्यै पनि योग्य हुनेछैनस्। आज, सृष्टिकर्ताले फेरि पनि सबै मानिसहरूलाई व्यक्तिगत रूपमै डोर्याउनुहुन्छ, र सबै मानिसहरूलाई उहाँको बुद्धि, सर्वशक्तिमान्‌ता, मुक्ति, र आश्‍चर्यपनलाई देख्ने तुल्याउनुहुन्छ। तैपनि तँ अझै महसुस गर्दैनस् वा बुझ्दैनस्—त्यसकारण, के तँ मुक्ति नपाउने व्यक्ति होइनस् र? जो शैतानको स्वामित्वमा छन् तिनीहरूले परमेश्‍वरको वचन बुझ्दैनन्, तर जो परमेश्‍वरको स्वामित्वमा छन् तिनीहरूले परमेश्‍वरको आवाज सुन्‍न सक्छन्। मैले बोल्‍ने वचनहरू महसुस गर्ने र बुझ्‍ने सबै तिनीहरू हुन् जसलाई मुक्ति दिइनेछ र जसले परमेश्‍वरको लागि गवाही दिनेछन्; मैले बोल्‍ने वचनहरूलाई नबुझ्‍नेहरूले परमेश्‍वरको गवाही दिन सक्दैनन्, र तिनीहरू त्यस्ता हुन् जसलाई हटाइनेछ। जसले परमेश्‍वरका अभिप्राय बुझ्दैनन् र परमेश्‍वरको कार्यलाई महसुस गर्दैनन् तिनीहरूले परमेश्‍वरको ज्ञान हासिल गर्न सक्दैनन्, र त्यस्ता मानिसहरूले परमेश्‍वरको गवाही दिन सक्दैनन्। यदि तँ परमेश्‍वरको गवाही दिन चाहन्छस् भने, तैँले परमेश्‍वरलाई चिन्‍नैपर्छ; परमेश्‍वरको ज्ञान परमेश्‍वरको कार्यद्वारा पूरा गरिन्छ। समग्रमा, यदि तँ परमेश्‍वरलाई चिन्‍न चाहन्छस् भने, तैँले परमेश्‍वरको कार्यलाई जान्‍नैपर्छ: परमेश्‍वरको कार्यलाई जान्‍नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। जब कार्यका तीन चरण अन्त्यमा पुग्छ, परमेश्‍वरको गवाही दिनेहरूको समूह, परमेश्‍वरलाई चिन्‍नेहरूको समूहलाई निर्माण गरिनेछ। यी मानिसहरू सबैले परमेश्‍वरलाई चिन्‍नेछन्। तिनीहरूले सत्यता अभ्यास गर्न सक्‍नेछन्, तिनीहरूमा मानवता र चेतना हुनेछ। तिनीहरू सबैले परमेश्‍वरको मुक्तिको कार्यका तीन चरणहरू जान्‍नेछन्। यो अन्त्यमा पूरा गरिने काम हो, र यी मानिसहरू ६,००० वर्षको व्यवस्थापन कार्यका उत्कृष्टता हुन्, र शैतानको अन्तिम हारको सबैभन्दा शक्तिशाली गवाही हुन्। परमेश्‍वरको गवाही दिन सक्‍नेहरूले परमेश्‍वरको प्रतिज्ञा र आशिषलाई प्राप्त गर्न सक्‍नेछन्, र तिनीहरू अन्त्यसम्‍मै रहिरहने समूह, परमेश्‍वरको अख्‍तियार भएको र परमेश्‍वरको गवाही दिने समूह बन्‍नेछन्। सायद तिमीहरूमध्ये सबै जना, वा सायद आधा मात्रै, वा एक-दुई जना मात्रै यो समूहको सदस्य बन्‍न सक्छौ—यो तिमीहरूको इच्‍छा र तिमीहरूको खोजीमा भर पर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

परमेश्‍वरका दैनिक वचनहरू   अंश १२

छ हजार वर्षको व्यवस्थापन योजनाको कामलाई तीन चरणमा विभाजन गरिएको छ। कुनै पनि एउटा चरणले मात्र तीनवटा युगको कामको प्रतिनिधित्व गर्न सक्दैन, तर सम्पूर्णको केवल एक भागलाई मात्र प्रतिनिधित्व गर्दछ। यहोवाको नाउँले परमेश्‍वरको सम्पूर्ण स्वभावलाई प्रतिनिधित्व गर्न सक्दैन। उहाँले व्यवस्थाको युगमा आफ्नो काम गर्नुभयो भन्‍ने तथ्यले परमेश्‍वर व्यवस्थाअन्तर्गत मात्र परमेश्‍वर हुन सक्नुहुन्छ भनी प्रमाणित गर्दैन। यहोवाले मानिसका लागि व्यवस्था दिनुभयो र मानिसलाई आज्ञाहरू सुम्पनुभयो र मानिसलाई मन्दिर र वेदीहरू बनाउन लगाउनुभयो; उहाँले गर्नुभएको कामले व्यवस्थाको युगलाई मात्र प्रतिनिधित्व गर्दछ। उहाँले गर्नुभएको कामले परमेश्‍वर मानिसलाई व्यवस्था पालन गर्न लगाउने परमेश्‍वर मात्र हुनुहुन्छ, वा उहाँ मन्दिरमा आउनुहुने परमेश्‍वर हुनुहुन्छ वा उहाँ वेदीको सामने आउनुहुने परमेश्‍वर हुनुहुन्छ भनी प्रमाणित गर्दैन। त्यसो हो भनी भन्‍नु असत्य हुनेथियो। व्यवस्था अन्तर्गत गरिएको कामले केवल एउटा युगलाई मात्र प्रतिनिधित्व गर्न सक्छ। त्यसकारण, यदि परमेश्‍वरले व्यवस्थाको युगमा मात्र काम गर्नुभएको भए, मानिसले यसो भन्दै परमेश्‍वरलाई सीमित पार्नेथ्यो, “परमेश्‍वर मन्दिरमा बस्नुहुने परमेश्‍वर हुनुहुन्छ, र परमेश्‍वरको सेवा गर्न हामीले पूजाहारीको पोसाक लगाउनुपर्छ र मन्दिरभित्र प्रवेश गर्नुपर्दछ।” यदि अनुग्रहको युगमा यो काम कहिल्यै नभएको भए र व्यवस्थाको युग अहिलेसम्म जारी नै रहेको भए मानिसले परमेश्‍वर दयालु र प्रेमिलो पनि हुनुहुन्छ भनी जान्ने थिएन। यदि व्यवस्थाको युगमा काम नगरिएको भए, त्यसको साटो अनुग्रहको युगमा मात्र काम भएको भए, मानिसलाई परमेश्‍वर मानिसलाई छुटकारा मात्र दिनुहुन्छ र परमेश्‍वर मानिसका पापहरू क्षमा गर्नुहुन्छ भन्ने मात्र थाहा हुनेथ्यो। मानिसले उहाँ पवित्र र निर्दोष हुनुहुन्छ, र मानिसको खातिर उहाँले आफैलाई बलिदान गर्न र क्रूसमा टाँगिन सक्‍नुहुन्छ भनेर मात्र जान्नेथियो। मानिसले यी सबै कुराहरू मात्र जान्नेथियो, तर अरू केही पनि बुझेको हुनेथिएन। त्यसकारण हरेक परमेश्‍वरको स्वभावको एउटा भागलाई प्रतिनिधित्व गर्छ। व्यवस्थाको युगले परमेश्‍वरको स्वभावका निश्चित पक्षहरूको प्रतिनिधित्व गर्छ, अनि अनुग्रहको युगले, र यो वर्तमान युगले पनि त्यसै गर्छन्: जब ती सबै तीन चरणहरूलाई एकट्ठा गरिन्छ, तब मात्र परमेश्‍वरको स्वभावको सम्पूर्णता प्रकट हुन सक्दछ। मानिसले तीन वटै चरणहरूलाई जानिसकेपछि मात्रै उसले यसलाई पूर्ण रूपमा बुझ्‍न सक्छ। यी तीन चरणमध्ये कुनैलाई पनि हटाउन सकिँदैन। तैँले यी तीन चरणको कार्यलाई बुझिस् भने मात्र परमेश्‍वरको स्वभावलाई पूर्ण रूपमा बुझ्नेछस्। परमेश्‍वरले व्यवस्थाको युगमा उहाँको आफ्नो काम पूरा गर्नुभयो भन्‍ने तथ्यले उहाँ व्यवस्थाको अधीनमा हुनुहुने परमेश्‍वर मात्र हुनुहुन्छ भन्‍ने कुरालाई प्रमाणित गर्दैन, र उहाँले आफ्नो छुटकाराको काम पूरा गर्नुभयो भन्‍ने तथ्यको अर्थ परमेश्‍वरले मानवजातिलाई सधैँ छुटकारा दिइरहनुहुन्छ भन्‍ने हुँदैन। यी सबै मानिसले गरेका सीमितताहरू हुन्। अनुग्रहको युग समाप्त भइसकेपछि, तैँले परमेश्‍वर केवल क्रूसको परमेश्‍वर हुनुहुन्छ र क्रूसले मात्र परमेश्‍वरको मुक्तिलाई प्रतिनिधित्व गर्छ भन्न मिल्दैन। त्यसो गर्नु भनेको परमेश्‍वरलाई सीमित पार्नु हो। वर्तमान चरणमा, परमेश्‍वरले मुख्य रूपमा वचनको काम गरिरहनुभएको छ, तर तँ परमेश्‍वर मानिसप्रति कहिल्यै कृपालु हुनुभएको छैन र उहाँले सजाय र न्याय मात्र ल्याउनुभएको छ भन्न सक्दैनस्। आखिरी दिनहरूको कामले यहोवाको र येशूको कामलाई साथै मानिसले नबुझेका सबै रहस्यलाई उदाङ्गो पार्छ, र यसरी मानवजातिका गन्तव्य र परिणामहरू प्रकट गर्छ र मानवजातिमाझको मुक्तिका सबै काम अन्त्य गर्छ। आखिरी दिनहरूमा गरिने कामको यो चरणले सबै कुरालाई समाप्त गर्दछ। मानिसले नबुझेका सबै रहस्य खुलाउनैपर्छ, ताकि मानिसले ती कुराहरू छर्लङ्गै देख्न र ती सबैबारे हृदयमा एउटा बुझाइ प्राप्त गर्न सकोस्। त्यसपछि मात्र मानिसहरूलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्न सकिन्छ। छ हजार वर्षको व्यवस्थापन योजना पूरा भएपछि मात्र मानिसले पूर्ण रूपमा परमेश्‍वरको स्वभावलाई बुझ्न सक्नेछ, किनकि त्यस बेला उहाँको व्यवस्थापन योजना अन्त्य भएको हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

परमेश्‍वरका दैनिक वचनहरू   अंश १३

छ हजार वर्षे व्यवस्थापन योजनाभरि गरिएका सबै काम अब मात्रै समाप्त हुन्छ। यो सबै काम मानिससामु प्रकट गरेपछि र मानवजातिको बीचमा गरिएपछि मात्र मानवजातिले परमेश्‍वरका सबै स्वभाव साथै उहाँसँग के छ र उहाँ के हुनुहुन्छ भन्ने कुरा थाहा पाउनेछ। जब यस चरणको काम पूर्ण रूपमा समाप्त हुन्छ, मानिसले नबुझेका सबै रहस्यहरू प्रकट भएका हुन्छन्, पहिले नबुझेका सबै सत्यताहरू स्पष्ट पारिनेछन्, र मानवजातिलाई उनीहरूको भावी मार्ग र गन्तव्यको बारेमा बताइनेछ। वर्तमान चरणमा गरिनुपर्ने सम्पूर्ण काम यही हो। मानिसले आज हिँडेको बाटो क्रूसको र दुःखको बाटो भए पनि मानिसले जुन अभ्यासहरू गर्छ, र ऊ आज जे खान्छ, पिउँछ र उपभोग गर्छ त्यो व्यवस्थाअन्तर्गतको र अनुग्रहको युगको मानिसभन्दा धेरै फरक छ। आज मानिसबाट जे माग गरिन्छ त्यो विगतको जस्तो छैन र व्यवस्थाको युगको मानिससित माग गरिएको जस्तो त झन् छँदै-छैन। अब, व्यवस्थाको अधीनमा परमेश्‍वरले इस्राएलमा आफ्नो काम गरिरहनुभएको बेला मानिससँग के माग गरिएको थियो? मानिसले शबाथ र यहोवाको व्यवस्था पालन गर्नु बाहेक अरू केही गर्नु पर्दैनथियो। कसैले पनि शबाथको दिनमा काम गर्नुहुँदैनथ्यो वा परमप्रभुको व्यवस्था उल्लङ्घन गर्नुहुँदैनथ्यो। तर अहिले त्यस्तो छैन। शबाथमा मानिस काम गर्छ, भेला हुन्छ र सधैँझैँ प्रार्थना गर्छ, र ऊमाथि कुनै नियन्त्रण लगाइँदैन। अनुग्रहको युगमा हुनेहरूले बप्तिस्मा लिनुपर्थ्यो, र तिनीहरूलाई उपवास बस्न, रोटी भाँच्न, दाखमद्य पिउन, शिर ढाक्न, र अरूका खुट्टा धोइदिन लगाइन्थ्यो। अहिले यी प्रावधानहरू खारेज गरिएका छन्, तर मानिसबाट अझ ठूला मागहरू गरिएका छन्, किनकि परमेश्‍वरको काम अझ गहिरो हुँदैजान्छ र मानिसको प्रवेश अझ उच्च हुँदैजान्छ। विगतमा, येशूले आफ्नो हात मानिसमाथि राख्नुहुन्थ्यो र प्रार्थना गर्नुहुन्थ्यो, तर अब सबै कुरा भनिएको छ, यसैले हात राखेर के हुन्छ र? वचनहरूले मात्र परिणाम प्राप्त गर्न सक्छ। विगतमा जब उहाँले मानिसमाथि आफ्नो हात राख्नुहुन्थ्यो, त्यो मानिसलाई आशिष् दिन र उसका रोगहरू निको पार्नका निम्ति हुन्थ्यो। त्यस बेला पवित्र आत्माले त्यसरी नै काम गर्नुभयो, तर अहिले त्यस्तो छैन। अहिले पवित्र आत्माले काम गर्न र परिणामहरू प्राप्त गर्न वचनहरूको प्रयोग गर्नुहुन्छ। उहाँका वचनहरू तिमीहरूलाई स्पष्ट पारिएको छ, र भनिएजस्तै गरी तिमीहरूले तिनलाई आफ्नो व्यवहारमा उतार्नुपर्छ। उहाँका वचनहरू उहाँका अभिप्रायहरू हुन्; ती उहाँले गर्न चाहनुभएका काम हुन्। उहाँका वचनहरूद्वारा तैँले उहाँको अभिप्रायहरूलाई र तैँले के प्राप्त गरेको उहाँ चाहनुहुन्छ त्यो बुझ्‍नेछस्, र हातहरू राख्नुपर्ने कुनै आवश्यकताविना नै तैँले सीधै उहाँका वचनहरूलाई व्यवहारमा उतार्न सक्छस्। कसै-कसैले यसो भन्लान्, “तपाईँको हात ममाथि राख्नुहोस्! तपाईँको हात ममाथि राख्नुहोस् ताकि मैले तपाईँको आशिष् पाउन सकूँ र म तपाईँमा सहभागी हुन सकूँ।” यो विगतको पुरानो अभ्यास हो, जुन अहिले अप्रचलित बनेको छ, किनकि युग परिवर्तन भएको छ। पवित्र आत्मा जथाभावी वा प्रावधानहरू लागु गरेर नभई युगअनुसार काम गर्नुहुन्छ। युग परिवर्तन भएको छ, र नयाँ युगले अनिवार्य रूपमा नै आफ्नो साथमा नयाँ काम ल्याउँदछ। कामको हरेक चरणमा यही कुरा लागू हुन्छ, त्यसैले उहाँको काम कहिल्यै दोहोरिँदैन। अनुग्रहको युगमा, येशूले त्यस प्रकारको काम प्रशस्तै गर्नुभयो, जस्तै बिरामीलाई निको पार्ने, भूतहरू निकाल्ने, मानिसको निम्ति प्रार्थना गर्न ऊमाथि आफ्नो हात राख्ने र मानिसलाई आशिष्‌ दिने। तापनि, वर्तमान समयमा त्यसो गर्नु अर्थहीन हुनेछ। पवित्र आत्माले त्यस समयमा त्यसरी नै काम गर्नुभयो, किनकि त्यो अनुग्रहको युग थियो, र मानिसले उपभोग गर्न सक्ने पर्याप्त अनुग्रह थियो। ऊबाट कुनै प्रकारको मूल्य माग गरिएको थिएन र उसले विश्‍वास गरुन्जेल, उसले अनुग्रह प्राप्त गर्थ्यो। सबैसँग अनुग्रहको साथ व्यवहार गरिन्थ्यो। अब युग परिवर्तन भएको छ, र परमेश्‍वरको काम अझ अगाडि बढेको छ; सजाय र न्यायको माध्यमबाट मानिसको विद्रोहीपन र मानिसभित्रका अशुद्ध थोकहरू फालिनेछन्। त्यो चरण छुटकाराको चरण भएकाले, मानिसलाई पापबाट छुटकारा दिन सकियोस् भनेर उसले उपभोग गर्न सक्ने प्रशस्त अनुग्रह देखाउँदै परमेश्‍वरले त्यस प्रकारले काम गर्न आवश्यक भयो। उहाँको अनुग्रहको माध्यमबाट उहाँले मानिसलाई उसका पापहरू क्षमा गरिदिनुभयो। यस वर्तमान चरणचाहिँ सजाय, न्याय, वचनहरूको प्रहार, साथै ताडना र वचनहरूको खुलासाद्वारा मानिसभित्रका अधर्मी कुराहरू खुलासा गर्नका लागि हो, ताकि त्यसपछि मानवजातिले मुक्ति पाउन सकोस्। यो काम छुटकाराभन्दा अझ गहिरो हुन्छ। अनुग्रहको युगमा भएको अनुग्रह मानिसको उपभोगका लागि पर्याप्त थियो; अब मानिसले यो अनुग्रहको अनुभव गरिसकेको छ, अब उसले यो उपभोग गर्नुपर्दैन। यो कामको समय अब बितिसकेको छ र अब यो गर्नुपर्दैन। अब मानिस वचनको न्यायद्वारा बच्नुपर्छ। मानिसको न्याय भएपछि, उसले सजाय पाएपछि र शोधन गरिएपछि त्यसैद्वारा उसको स्वभाव परिवर्तन हुन्छ। के यो सबै मैले बोलेका वचनहरूको कारणले गर्दा होइन र? कामको प्रत्येक चरणलाई सम्पूर्ण मानवजातिको प्रगति र युग अनुरूप नै गरिन्छ। काम सबै महत्त्वपूर्ण छ, र यो सबै अन्तिम मुक्तिका लागि गरिन्छ, ताकि मानवजातिले भविष्यमा एक राम्रो गन्तव्य पाउन सकोस्, र अन्त्यमा मानिसहरूलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्न सकियोस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

परमेश्‍वरका दैनिक वचनहरू   अंश १४

पवित्र आत्माको कामको हरेक चरणलाई पनि मानिसको गवाहीको आवश्यकता पर्छ। कार्यको हरेक चरण परमेश्‍वर र शैतानबीचको युद्ध हो र युद्धको निशाना शैतान हो, जबकि यस कार्यद्वारा सिद्ध पारिने मानिस नै हो। परमेश्‍वरको कार्यले फल फलाउँछ कि फलाउँदैन भन्‍ने कुरा मानिसले परमेश्‍वरको निम्ति दिने गवाहीको तरिकामा भर पर्छ। उहाँलाई पछ्याउनेहरूबाट परमेश्‍वरले यही गवाहीको माग गर्नुहुन्छ; यो शैतानको सामु दिइने गवाही हो र उहाँको कार्यको प्रभावहरूको प्रमाण पनि हो। परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन तीन चरणमा विभाजित छन् र हरेक चरणमा, मानिसलाई उचित मागहरू गरिन्छ। यसको साथै, युगहरू बितेर जाने र अघि बढ्ने क्रममा, सारा मानवजातिको निम्ति परमेश्‍वरको मागहरू झन्-झन् उच्‍च हुँदै जान्छन्। यसरी, मानिसले “वचन देहमा देखा पर्नुहुन्छ” भन्ने तथ्य नदेखुञ्जेल, पाइला दर पाइला, यो परमेश्‍वरको व्यवस्थापनको काम यसको शिखरमा पुग्छ, र यस तरिकाले मानिसबाट गरिने मागहरू झन् उच्च बन्छन्, र यसैगरी मानिसले दिनुपर्ने गवाही पनि अझै उच्‍च बन्छ। परमेश्‍वरसँग साँचो रूपमा सहकार्य गर्न मानिस जति सक्षम हुन्छ, परमेश्‍वरले त्यति नै महिमा प्राप्त गर्नुहुन्छ। मानिसको सहकार्य भनेको उसले दिनुपर्छ भनी माग गरिएको गवाही हो र उसले दिने गवाही मानिसको अभ्यास हो। त्यसकारण, परमेश्‍वरको कार्यले पर्याप्त प्रभाव पार्छ कि पार्दैन र यो साँचो गवाही हुन सक्छ कि सक्दैन भन्‍ने कुरा अपरिहार्य रूपमा नै मानिसको सहकार्य र गवाहीसँग जोडिएका हुन्छन्। जब काम समाप्‍त हुन्छ, भन्‍नुको अर्थ जब परमेश्‍वरको सबै व्यवस्थापन यसको समाप्तिमा पुग्छ, मानिसले उच्‍च गवाही दिनु आवश्यक हुनेछ र जब परमेश्‍वरको कार्य यसको समाप्तिमा पुग्छ, मानिसको अभ्यास र प्रवेश यसको शीर्ष विन्दुमा पुग्‍नेछ। विगतमा, मानिसबाट व्यवस्था र आज्ञाहरूको पालन माग गरिन्थ्यो, र ऊबाट धैर्यता र नम्रता माग गरिन्थ्यो। आज, मानिसबाट परमेश्‍वरका सारा प्रबन्धहरूमा समर्पित हुनुपर्ने र ऊसँग परमेश्‍वरप्रतिको सर्वोच्‍च प्रेम हुनुपर्ने माग गरिन्छ, र अन्ततः सङ्कष्टबीचमा पनि उसले परमेश्‍वरलाई अझै पनि प्रेम गर्नुपर्ने माग गरिन्छ। यी तीन चरणहरू परमेश्‍वरले आफ्‍नो सम्पूर्ण व्यवस्थापनमा चरणबद्ध रूपले मानिसबाट गर्ने माग हुन्। परमेश्‍वरको कार्यको हरेक चरण पछिल्‍लोभन्दा अझै गहन हुन्छ र हरेक चरणमा मानिसलाई दिइने मागहरू पछिल्‍लोभन्दा अझै उच्‍च हुन्छन् र यसरी, परमेश्‍वरको सम्पूर्ण व्यवस्थापनले बिस्तारै आकार लिँदै जान्छ। मानिसलाई दिइएका मागहरू अझै उच्‍च छन् भन्‍ने ठीक त्यही कारणले मानिसको स्वभाव परमेश्‍वरले माग गर्नुभएका मापदण्डहरूको झन्-झन् नजिक आउँछ, र त्यसपछि मात्रै सारा मानवजाति शैतानको प्रभावबाट बिस्तारै निस्किँदै आउन थाल्छ, तबसम्ममा, परमेश्‍वरको काम पूर्ण रूपमा समाप्त हुँदा, सारा मानवजाति शैतानको प्रभावबाट बचाइएको हुनेछ। जब त्यो समय आउँछ, तब परमेश्‍वरको काम यसको अन्त्यमा पुगेको हुनेछ र आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्नको लागि त्यसउप्रान्त परमेश्‍वरसँगको मानिसको सहकार्य हुनेछैन र सारा मानवजाति परमेश्‍वरको ज्योतिमा जिउनेछ र त्यसपछि, परमेश्‍वरविरुद्ध कुनै विद्रोह वा विरोध हुनेछैन। परमेश्‍वरले मानिसबाट मागहरू पनि गर्नुहुनेछैन र मानिस र परमेश्‍वरको बीचमा अझै मैत्रीपूर्ण सहकार्य हुनेछ, जुन एकसाथ मानिस र परमेश्‍वरको जीवन अर्थात् परमेश्‍वरको व्यवस्थापन पूर्ण रूपमा समाप्त भएपछि र शैतानका पकडहरूबाट परमेश्‍वरद्वारा मानिसलाई पूर्ण रूपमा बचाइएपछिको जीवन हुनेछ। परमेश्‍वरका पाइलाहरूलाई नजिकबाट पछ्याउन नसक्‍नेहरू त्यस्तो जीवन प्राप्त गर्न असमर्थ हुन्छन्। तिनीहरूले आफैलाई अन्धकारमा खसाएका हुनेछन्, जहाँ तिनीहरू रुनेछन् र दाह्रा किट्नेछन्; तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने तर उहाँलाई नपछ्याउने, परमेश्‍वरमा विश्‍वास गर्ने तर उहाँका सबै कार्यप्रति समर्पित नहुने मानिस हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

परमेश्‍वरका दैनिक वचनहरू   अंश १५

सम्पूर्ण व्यवस्थापन कार्यभरि, सबैभन्दा महत्त्वपूर्ण काम भनेको मानिसलाई शैतानको प्रभावबाट मुक्त गर्नु हो। मुख्य काम भनेको भ्रष्ट मानिसहरूलाई पूर्ण रूपमा विजय गर्नु हो, ताकि विजय गरिएकाहरूको परमेश्‍वरको डर मान्ने सुरुको हृदयलाई पुनर्स्थापित गर्न सकियोस् र तिनीहरूले सामान्य मानव जीवन, अर्थात्, सृजित प्राणीको सामान्य जीवन हासिल गर्न सकून्। यो काम अत्यन्तै महत्त्वपूर्ण छ र यो व्यवस्थापन कार्यको केन्द्रविन्दु हो। मुक्तिको कार्यको तीन चरणहरूमा, व्यवस्थाको युगको पहिलो चरणको कार्य व्यवस्थापन कार्यको केन्द्रविन्दुबाट निकै टाढा थियो; यसमा मुक्तिको कार्यको अलिकति स्वरूप मात्रै थियो र यो मानिसलाई शैतानको सत्ताबाट मुक्त गर्ने परमेश्‍वरको कार्यको सुरुवात थिएन। कार्यको पहिलो चरण प्रत्यक्ष रूपमा आत्माले नै गर्नुभयो किनभने, व्यवस्थाको अधीनमा व्यवस्थाको पालन गर्ने बारेमा मात्रै मानिसलाई थाहा थियो र मानिससँग त्योभन्दा बढी सत्यता थिएन, किनभने व्यवस्थाको युगको कार्यमा मानिसको स्वभावलाई परिवर्तन गर्ने कार्य मुस्किलले संलग्न थिए, शैतानकोसत्ताबाट मानिसलाई कसरी मुक्त गर्ने भन्‍ने कार्यसँग यो सम्बन्धित हुने कुरा त परै जाओस्। यसरी परमेश्‍वरका आत्माले कार्यको यो अत्यन्तै सरल चरणलाई पूरा गर्नुभयो, जसले मानिसको भ्रष्ट स्वभावसँग कुनै सम्बन्ध राखेन। कार्यको यो चरणले व्यवस्थापनको केन्द्रविन्दुसँग त्यति सम्बन्ध राखेन र मानिसको मुक्तिको आधिकारिक कार्यसँग यसको त्यति धेरै परस्पर सम्बन्ध थिएन, त्यसकारण व्यक्तिगत रूपमा आफ्नो काम गर्नको लागि परमेश्‍वर देह बन्न आवश्यक तुल्याएन। आत्माले गर्नुभएको काम अन्तर्निहित र बुझ्न नसकिने छ र यो मानिसको लागि गहन रूपमा डरलाग्दो र उसको पहुँचले नभ्याउने छ; मुक्तिको काम प्रत्यक्ष रूपमा गर्नको लागि आत्मा उपयुक्त हुनुहुन्न र उहाँ मानिसलाई प्रत्यक्ष रूपमा जीवन दिन उपयुक्त हुनुहुन्न। मानिसको लागि सबैभन्दा उपयुक्त भनेको आत्माको कामलाई मानिसको नजिकको पहुँचमा रूपान्तरण गर्नु हो, भन्नुको अर्थ, आफ्नो काम गर्नको लागि परमेश्‍वर सामान्य, सर्वसाधारण व्यक्ति बन्नु नै मानिसको लागि सबैभन्दा उपयुक्त हो। यसको लागि आफ्नो काममा आत्माको स्थान लिन परमेश्‍वर देहधारी बन्नु आवश्यक हुन्छ र मानिसको लागि, परमेश्‍वरले काम गर्ने योभन्दा अरू कुनै उपयुक्त तरिका छैन। कार्यका यी तीन वटा चरणहरूमध्ये दुई चरणलाई देहले अघि बढाउनुहुन्छ र यी दुई चरणहरू व्यवस्थापन कार्यका मुख्य अवस्थाहरू हुन्। दुई देहधारणहरू पारस्परिक रूपमा परिपूरक छन् र तिनीहरूले एकअर्कालाई सिद्ध रूपमा परिपूर्ण गर्छन्। परमेश्‍वरको देहधारणको पहिलो चरणले दोस्रो चरणको लागि जग बसाल्यो र परमेश्‍वरका दुई देहधारणहरूले एउटै पूर्णतालाई निर्माण गर्छन् र तिनीहरू एकअर्कासँग परस्पर विरोधी छैनन् भनेर भन्न सकिन्छ। परमेश्‍वरको कार्यका यी दुई चरणहरूलाई परमेश्‍वरले आफ्नो देहधारी पहिचानमा अघि बढाउनुहुन्छ किनभने सम्पूर्ण व्यवस्थापन कार्यको लागि ती अत्यन्तै महत्त्वपूर्ण छन्। के सम्म भन्न सकिन्छ भने, परमेश्‍वरका दुई देहधारणहरूको कार्यविना, सम्पूर्ण व्यवस्थापन कार्य रोकिने थियो र मानवजातिलाई मुक्त गर्ने कार्य बकम्फुसे गफबाहेक केही पनि हुनेथिएन। यो कार्य महत्त्वपूर्ण छ कि छैन भन्‍ने कुरा मानवजातिका आवश्यकताहरू, मानवजातिको भ्रष्टताको वास्तविकता र शैतानको विद्रोहीपनको गाम्भीर्य र कामप्रतिको त्यसको बाधामा आधारित हुन्छ। कुनै कामको लागि उपयुक्त व्यक्ति को छ त्यस कुरालाई काम गर्नेले गरेको कामको प्रकृति र कामको महत्त्वको आधारमा पूर्वानुमान गरिन्छ। जब यो कामको महत्त्वको कुरा आउँछ, कार्यको कुन विधि अपनाउने हो त्यसको आधारमा—परमेश्‍वरका आत्माले प्रत्यक्ष रूपमा गर्नुभएको काम वा देहधारी परमेश्‍वरले गर्नुभएको काम वा मानिसद्वारा गरिने काम—सुरुमा हटाइने भनेको मानिसद्वारा गरिने कार्य हो, र कामको प्रकृति र देहको कामको विरुद्धमा आत्माको कामको प्रकृतिको तुलनाको आधारमा, मानिसको लागि आत्माले प्रत्यक्ष रूपमा गर्नुहुने कामभन्दा देहले गर्ने काम नै लाभदायक छ र यसले अझै बढी फाइदाहरू प्रदान गर्छ भन्‍ने नै अन्तिम निर्णय हो। यो काम आत्माद्वारा गर्ने कि देहद्वारा गर्ने भन्‍ने बारेमा निर्णय गर्ने समयमा परमेश्‍वरले यही विचार गर्नुभयो। कार्यको हरेक चरणको महत्त्व र आधार छ। ती आधारहीन कल्पनाहरू होइनन्, न त ती मनोमानी ढङ्गले नै गरिन्छन्; तिनमा निश्चित बुद्धि छ। परमेश्‍वरको सबै कामको पछाडिको सत्यता यस्तै छ। निश्चित रूपमा, देहधारी परमेश्‍वरले मानिसको बीचमा व्यक्तिगत रूपमा काम गरिरहनुभएको बेलामा यति ठूलो काममा परमेश्‍वरको अझै धेरै योजना छ। त्यसकारण, परमेश्‍वरको बुद्धि र उहाँको अस्तित्वको सम्पूर्णता उहाँको कामको हरेक क्रियाकलाप, सोचाइ र विचारमा प्रतिबिम्बित हुन्छ; यो परमेश्‍वरको अझै ठोस र व्यवस्थित अस्तित्व हो। यी सानातिना सोचाइ र विचारहरू मानिसले कल्पना गर्न कठिन छ, मानिसले विश्‍वास गर्न कठिन छ, यसको साथै, मानिसले जान्न कठिन छ। मानिसले गर्ने काम आधारभूत सिद्धान्तको आधारमा गरिन्छ, जुन मानिसको लागि अत्यन्तै सन्तोषजनक हुन्छ। तैपनि परमेश्‍वरको कामको तुलनामा, त्यसमा अत्यन्तै धेरै भिन्नता छ; परमेश्‍वरका कर्महरू महान् र परमेश्‍वरको काम विशाल आकारको भए तापनि, तिनका पछाडि मानिसको लागि अकल्पनीय हुने धेरै साना र सटीक योजनाहरू र बन्दोबस्तहरू हुन्छन्। उहाँको कार्यको हरेक चरण सिद्धान्तको आधारमा गरिने मात्रै होइन तर हरेक चरणमा त्यस्ता धेरै कुराहरू समावेश हुन्छन् जसलाई मानव भाषाले व्यक्त गर्न सक्दैन र यी कुराहरू मानिसको लागि अदृश्य छन्। चाहे यो आत्माको काम होस् या देहधारी परमेश्‍वरको काम होस्, हरेकमा उहाँको कामका योजनाहरू समावेश हुन्छन्। उहाँले आधारहीन रूपमा काम गर्नुहुन्न र उहाँले निरर्थक काम गर्नुहुन्न। जब आत्माले प्रत्यक्ष रूपमा काम गर्नुहुन्छ, यो उहाँको लक्ष्यहरूसहित नै हुन्छ र जब उहाँ आफ्‍नो काम गर्नको लागि मानिस बन्‍नुहुन्छ (भन्नुको अर्थ, जब उहाँले आफ्‍नो बाहिरी भेषलाई रूपान्तरण गर्नुहुन्छ), यो अझै बढी उहाँको लक्ष्यहरूसहित हुन्छ। अन्यथा उहाँले किन आफ्नो पहिचानलाई सहजै परिवर्तन गर्नुहुन्थ्यो? अन्यथा उहाँ किन सहजै नीच र सताइएको ठानिने व्यक्ति बन्नुहुन्थ्यो?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजातिलाई देहधारी परमेश्‍वरको मुक्ति बढी चाहिएको हुन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश १६

आजको कामले अनुग्रहको युगको कामलाई अघि बढाएको छ; अर्थात्, सम्पूर्ण छ हजार वर्षे व्यवस्थापनको योजनाअन्तर्गतको काम अघि बढेको छ। अनुग्रहको युग समाप्त भएको भए पनि, परमेश्‍वरको काम अझै अघि बढेको र गहिराइमा पुगेको छ। कामको यो चरण अनुग्रहको युग र व्यवस्थाको युगको जगमा टेकेर गरिन्छ भनेर म किन बारम्बार भन्छु? अर्को शब्दमा भन्दा, आजको काम अनुग्रहको युगमा गरिएको कामको निरन्तरता हो, र यो व्यवस्थाको युगमा गरिएको कामभन्दा एक कदम अगाडि रहेको छ। यी तीन वटै चरण एक-अर्कासँग कसिलो रूपमा जोडिएका छन्, र उक्त सञ्जालको हरेक कडी अर्कोसँग कसिलो रूपमा गाँसिएको छ। म किन कामको यो चरण येशूले गर्नुभएको कामको जगमा टेकेर गरिन्छ भनेर पनि भन्छु? यदि यो चरण येशूले गर्नुभएको कामको जगमा टेकेर नगरिएको भए, यस चरणमा अर्को क्रूसीकरण हुनुपर्नेथियो, र अघिल्लो चरणको छुटकाराको काम फेरि सुरुदेखि नै गरिनुपर्नेथियो। यो अर्थहीन हुनेथियो। त्यसैले काम पूर्ण रूपमा समाप्त भएको होइन, बरु युग चाहिँ अघि बढेको हो र काम पहिलेभन्दा उच्च स्तरमा पुगेको हो। कामको यो चरण व्यवस्थाको युगको जगमा र येशूको कामको चट्टानमाथि टेकेर गरिन्छ भनेर भन्न सकिन्छ। परमेश्‍वरको काम चरणबद्ध रूपमा गरिन्छ, र यो चरण कुनै नयाँ सुरुवात होइन। कामका तीन वटै चरणको संयोजनलाई मात्र छ हजार वर्षे व्यवस्थापनको योजना मान्न सकिन्छ। यस चरणको काम अनुग्रहको युगको कामको जगमा टेकेर गरिन्छ। यदि काकाको यी दुइटा चरण असम्बन्धित थिए भने, यस चरणमा क्रूसीकरण किन दोहोर्‍याइँदैन? म किन मानिसका पापहरू वहन गर्दिनँ, बरु यसको सट्टा सिधै मानिसलाई न्याय गर्न र सजाय दिन आउँछु? यदि मानिसलाई न्याय गर्ने र सजाय दिने मेरो काम क्रूसीकरणपछि नआएको भए—साथै मेरो अहिलेको आगमन पवित्र आत्माद्वारा गर्भधारण नगरिएको हुनाले—म मानिसलाई न्याय गर्न र सजाय दिन योग्य हुनेथिइनँ। म येशूसँग एक भएको कारणले गर्दा नै म सिधै मानिसलाई सजाय दिन र न्याय गर्न आउँछु। यस चरणको काम पूर्ण रूपमा अघिल्लो चरणको कामको जगमा टेकेर गरिएको हो। त्यसैकारण यस्तो प्रकारको कामले मात्र मानिसलाई चरणबद्ध रूपमा मुक्तिसम्म पुर्‍याउन सक्छ। येशू र म एउटै आत्माबाट आउँछौँ। हाम्रा देहहरू असम्बन्धित भए पनि, हाम्रा आत्माहरू एउटै हुन्; हामीले गर्ने कामको विषयवस्तु र हामीले लिने काम एउटै नभए पनि, हाम्रो सार एउटै हो; हाम्रा देहहरूले फरक-फरक रूप धारण गर्छन्, तर यो युगमा आएको परिवर्तन र हाम्रो कामका फरक-फरक मागहरूले गर्दा हो; हाम्रा सेवकाइहरू उस्तै छैनन्, त्यसैले हामीले अगाडि ल्याउने काम र हामीले मानिसलाई प्रकट गर्ने स्वभावहरू पनि फरक छन्। त्यसैकारण मानिसले आज जे देख्छ र बुझ्छ त्यो विगतको जस्तो छैन, जुन युगमा आएको परिवर्तनले गर्दा हो। उहाँहरूको देहका लिङ्ग र रूप फरक भए पनि, र उहाँहरू एउटै परिवारमा नजन्मनुभएका, एउटै कालखण्डमा त झनै नजन्मनुभएका भए पनि, उहाँहरूको आत्मा एउटै हो। उहाँहरूका देहहरूबीच रगतको वा कुनै पनि प्रकारको शारीरिक नाता नभए पनि, उहाँहरू दुई फरक कालखण्डका परमेश्‍वरका देहधारी शरीर हुन् भन्‍ने कुरालाई नकार्न सकिँदैन। उहाँहरू परमेश्‍वरका देहधारी शरीर हुन् भन्‍ने कुरा खण्डन गर्न नसकिने सत्यता हो। यद्यपि, उहाँहरू एउटै रगतका हुनुहुन्न र उहाँहरूको साझा मानव भाषा छैन। (एक जना यहूदीहरूको भाषा बोल्ने पुरुष हुनुहुन्थ्यो, र अर्की चिनियाँ भाषा मात्रै बोल्ने महिला हुनुहुन्छ।) यिनै कारणले गर्दा उहाँहरू प्रत्येकले गर्नुपर्ने काम गर्नका लागि उहाँहरू फरक-फरक देशमा, र फरक-फरक कालखण्डमा पनि जिउनुभएको छ। उहाँहरू एउटै आत्माका हुनुहुन्छ—अर्थात्, एउटै सारका हुनुहुन्छ—भन्‍ने तथ्यको बाबजुद, उहाँहरूको देहका बाहिरी आवरणहरूमा पूर्ण समानता केही पनि छैन। उहाँहरूको साझा कुरा भनेको एउटै मानवता मात्रै हो, तर उहाँहरूको देहको बाहिरी रूप र उहाँहरूको जन्मको परिस्थितिको कुरा गर्नुपर्दा, उहाँहरू उस्तै हुनुहुन्न। यी कुराहरूले उहाँहरूको सम्बन्धित काममा वा उहाँहरूबारे मानिसको ज्ञानमा कुनै प्रभाव पार्दैनन्, किनभने, अन्तिम विश्लेषणमा, उहाँहरू एउटै आत्माका हुनुहुन्छ र कसैले पनि उहाँहरूलाई अलग गर्न सक्दैन। उहाँहरूबीच रगतको सम्बन्ध नभए पनि, उहाँहरूको सम्पूर्ण सत्त्व उहाँहरूको आत्माको नियन्त्रणमा हुन्छ, जसले उहाँहरूलाई फरक-फरक कालखण्डमा फरक-फरक काम गर्न सक्षम बनाउँछ, र उहाँहरूका देहहरू फरक-फरक रगतका हुन्। उदाहरणका लागि, यहोवाको आत्मा येशूका आत्माका पिता हुनुहुन्न, र येशूका आत्मा यहोवाका आत्माका पुत्र हुनुहुन्न: उहाँहरू एउटै र उही आत्माका हुनुहुन्छ। त्यसै गरी, आजका देहधारी परमेश्‍वर र येशूबीच रगतको सम्बन्ध छैन, तर उहाँहरू एक हुनुहुन्छ—किनभने उहाँहरूको आत्मा एक हुनुहुन्छ। परमेश्‍वर कृपा र प्रेमपूर्ण दयाको काम, साथै मानिसको धर्मी न्याय र सजायको काम, र मानिसमाथि श्राप ल्याउने काम गर्न सक्नुहुन्छ; र अन्त्यमा, उहाँ संसारलाई नष्ट गर्ने र दुष्टहरूलाई दण्ड दिने काम गर्न सक्नुहुन्छ। के उहाँ यी सबै आफैले गर्नुहुन्न र? के यो परमेश्‍वरको सर्वशक्तिमान्‌ता होइन र? उहाँ मानिसका लागि व्यवस्थाहरू जारी गर्ने र उसलाई आज्ञाहरू दिने दुवै कार्य गर्न सक्षम हुनुहुन्थ्यो, र उहाँ सुरुका इस्राएलीहरूलाई पृथ्वीमा जीवन जिउनमा अगुवाइ गर्न, र तिनीहरूलाई मन्दिर र वेदीहरू निर्माण गर्नमा मार्गदर्शन गर्न, अनि सबै इस्राएलीलाई आफ्नो प्रभुत्वमा राख्न पनि सक्षम हुनुहुन्थ्यो। उहाँको अख्तियारको कारणले गर्दा, उहाँ इस्राएलका मानिसहरूसँग पृथ्वीमा जिउनुभएको दुई हजार वर्षको दौरान, इस्राएलीहरूले उहाँका विरुद्धमा विद्रोह गर्ने आँट गरेनन्, र तिनीहरू सबैले यहोवाको डर माने र उहाँका आज्ञाहरू पालन गरे। उहाँको अख्तियार र उहाँको सर्वशक्तिमान्‌ताका कारण गरिएको काम यस्तो थियो। त्यसपछि, अनुग्रहको युगको दौरान, येशू सम्पूर्ण पतित मानवजातिलाई (इस्राएलीहरूलाई मात्र होइन) छुटकारा दिन आउनुभयो। उहाँले मानिसलाई कृपा र प्रेमपूर्ण दया देखाउनुभयो। अनुग्रहको युगमा मानिसले देखेका येशू प्रेमपूर्ण दयाले भरिपूर्ण हुनुहुन्थ्यो र मानिसप्रति सधैँ प्रेमिलो हुनुहुन्थ्यो, किनभने उहाँ मानवजातिलाई पापबाट मुक्ति दिन आउनुभएको थियो। उहाँको क्रूसीकरणले मानवजातिलाई पापबाट पूर्ण रूपमा छुटकारा नदिएसम्म उहाँ मानिसहरूका पापहरू क्षमा गर्न सक्षम हुनुहुन्थ्यो। यस अवधिमा, परमेश्‍वर कृपा र प्रेमपूर्ण दयाका साथ मानिसको अगाडि देखा पर्नुभयो; अर्थात्, उहाँ मानिसका लागि पापबलि बन्नुभयो र मानिसका पापहरूका लागि क्रूसमा टाँगिनुभयो, ताकि तिनीहरूलाई सधैँका लागि क्षमा गर्न सकियोस्। उहाँ कृपालु, करुणामय, धैर्यवान्, र प्रेमिलो हुनुहुन्थ्यो। अनि अनुग्रहको युगमा येशूलाई पालन गर्ने सबै जना त्यसै गरी सबै कुरामा धैर्यवान् र प्रेमिलो हुन खोज्थे। तिनीहरू धैर्यका साथ दुःख सहन्थे, र कुटिँदा, सरापिँदा, वा ढुङ्गाले हानिँदा पनि कहिल्यै प्रतिकार गर्दैनथे। तर अन्तिम चरणमा अब त्यो कुरा त्यस्तै रहन सक्दैन। उदाहरणका लागि, येशू र यहोवा एउटै आत्माका भए पनि उहाँहरूको काम पूर्ण रूपमा उस्तै थिएन। यहोवाको कामले युगको अन्त्य गरेन, बरु युगलाई मार्गदर्शन गर्‍यो, पृथ्वीमा मानवजातिको जीवनको सुरुवात गर्‍यो, र आजको काम भनेको अन्यजाति राष्ट्रहरूमा गहिरो रूपमा भ्रष्ट तुल्याइएकाहरूलाई विजय गर्नु, र चीनका परमेश्‍वरका चुनिएका मानिसहरूलाई मात्र नभई सम्पूर्ण ब्रह्माण्ड र सम्पूर्ण मानवजातिलाई अगुवाइ गर्नु हो। तँलाई यो काम चीनमा मात्रै भइरहेको जस्तो लाग्ला, तर वास्तवमा यो विदेशमा फैलिन थालिसकेको छ। चीनभन्दा बाहिरका मानिसहरू किन बारम्बार साँचो मार्ग खोज्छन्? किनभने आत्माले काम गर्न थालिसक्नुभएको छ, र आज बोलिने वचनहरू सम्पूर्ण ब्रह्माण्डका मानिसहरूप्रति लक्षित छन्। योसँगै, आधा काम सुरु भइसकेको छ। संसारको सृष्टिकालदेखि वर्तमानसम्म, परमेश्‍वरको आत्माले यो महान् कामलाई गति दिनुभएको छ, र यसबाहेक फरक-फरक युगमा र फरक-फरक देशमा फरक-फरक काम गर्नुभएको छ। हरेक युगका मानिसहरू उहाँको फरक स्वभाव देख्छन्, जुन उहाँले गर्नुहुने फरक काममार्फत स्वाभाविक रूपमा प्रकट हुन्छ। उहाँ कृपा र प्रेमपूर्ण दयाले भरिपूर्ण परमेश्‍वर हुनुहुन्छ; उहाँ मानिसका लागि पापबलि र मानिसका गोठाला हुनुहुन्छ; तर उहाँ मानिसका न्याय, सजाय, र श्राप पनि हुनुहुन्छ। उहाँले मानिसलाई दुई हजार वर्षसम्म पृथ्वीमा जिउन अगुवाइ गर्न सक्नुभयो, र उहाँले भ्रष्ट मानवजातिलाई पापबाट छुटकारा दिन पनि सक्नुभयो। आज, उहाँलाई नचिन्ने मानवजातिलाई विजय गर्न, र तिनीहरूलाई उहाँको प्रभुत्वमा लम्पसार पार्न, र तिनीहरूलाई उहाँप्रति पूर्ण रूपमा समर्पित गराउन पनि उहाँ सक्षम हुनुहुन्छ। अन्त्यमा, उहाँले ब्रह्माण्डका मानिसहरूभित्र भएका अशुद्ध र अधर्मी कुराहरू सबैलाई भस्म पार्नुहुनेछ, ताकि तिनीहरूलाई उहाँ कृपालु र प्रेमिलो परमेश्‍वर मात्र होइन, बुद्धि र आश्चर्यकर्महरूका परमेश्‍वर मात्र होइन, पवित्र परमेश्‍वर मात्र होइन, यसबाहेक, मानिसको न्याय समेत गर्ने परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा देखाउन सकियोस्। मानवजातिमध्येका दुष्टहरूका नजरमा, उहाँ जलन, न्याय, र दण्ड हुनुहुन्छ; सिद्ध पारिनुपर्नेहरूका नजरमा, उहाँ सङ्कष्ट, शोधन, र परीक्षाहरू, साथै सान्त्वना, भरणपोषण, वचनहरूको प्रबन्ध, र काटछाँट हुनुहुन्छ। अनि हटाइएकाहरूका नजरमा, उहाँ दण्ड र कर्मफल हुनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्

परमेश्‍वरका दैनिक वचनहरू   अंश १७

परमेश्‍वरले वर्तमान दिनसम्म आफ्नो छ हजार वर्षे काम गर्नुभएको छ, र मुख्यतः शैतानलाई हराउन र सारा मानवजातिलाई मुक्ति दिनका लागि उहाँका धेरै कार्यहरू प्रकाश गर्नुभएको छ। यस अवसरको माध्यमबाट, परमेश्‍वरले स्वर्गका यावत् थोक, पृथ्वीका यावत् थोक, समुद्रभित्रका यावत् थोक र पृथ्वीमा भएका प्रत्येक प्राणीलाई समेत, उहाँको सर्वशक्तिमान्‌ता र उहाँका सबै कार्यहरू देख्ने तुल्याउनुहुन्छ। उहाँले शैतानलाई हराउने यस अवसरको माध्यममार्फत मानिसहरूलाई उहाँका सबै कार्य प्रकाश गर्नुहुन्छ, ताकि तिनीहरू सबैले उहाँको प्रशंसा गरून् र शैतानलाई हराउने कार्यमा उहाँको बुद्धिको गुणगान गाऊन्। पृथ्वीमा, स्वर्गमा, अनि समुद्रभित्र भएका यावत् थोकले परमेश्‍वरलाई महिमा दिन्छन्, उहाँको सर्वशक्तिमान्‌ताको प्रशंसा गर्छन्, उहाँका हरेक कार्यको प्रशंसा गर्छन्, र उहाँको पवित्र नाउँ पुकार्छन्। उहाँले शैतानलाई हराउनुभएको कुराको प्रमाण यही हो; उहाँले शैतानलाई विजय गर्नुभएको छ भन्‍ने कुराको प्रमाण यही हो। अझै बढी, यो मानवजातिलाई उहाँले दिनुभएको मुक्तिको प्रमाण हो। परमेश्‍वरको सम्पूर्ण सृष्टिले उहाँलाई महिमा दिन्छ, उहाँले आफ्नो शत्रुलाई हराउनुभएकोमा र विजय भई फर्कनुभएकोमा उहाँको प्रशंसा गर्छ, र महान् विजयी राजाका रूपमा उहाँको गुणगान गाउँछ। उहाँको उद्देश्य भनेको शैतानलाई हराउनु मात्रै होइन, त्यही कारणले उहाँले छ हजार वर्षसम्म निरन्तर रूपमा काम गर्नुभएको छ। उहाँले मानवजातिलाई मुक्त गर्नको लागि शैतानको हारलाई प्रयोग गर्नुहुन्छ; उहाँका सबै कार्य र उहाँका सारा महिमा प्रकट गर्नको लागि उहाँले शैतानको हारलाई प्रयोग गर्नुहुन्छ। उहाँले महिमा प्राप्त गर्नुहुनेछ, अनि स्वर्गदूतहरूका सारा भीडले उहाँका सारा महिमा देख्‍नेछन्। स्वर्गका दूतहरू, पृथ्वीका मानिसहरू, अनि पृथ्वीमा भएका सारा सृष्टिले सृष्टिकर्ताको महिमा देख्‍नेछन्। उहाँले गर्नुहुने काम यही नै हो। स्वर्ग र पृथ्वीमा भएको उहाँको सृष्टिमा सबैले उहाँको महिमा देख्‍नेछ, अनि शैतानलाई पूर्ण रूपमा हराएपछि उहाँ विजयको साथ फर्कनुहुनेछ, अनि मानवजातिलाई उहाँको प्रशंसा गर्न दिनुहुनेछ, जसद्वारा आफ्‍नो काममा उहाँले दोबर विजय हासिल गर्नुहुनेछ। अन्त्यमा, सारा मानवजाति उहाँद्वारा विजय गरिनेछ, र विरोध गर्ने वा विद्रोह गर्ने जोकोहीलाई उहाँले मेटाउनुहुनेछ; अर्को शब्दमा भन्दा, शैतानको स्वामित्वमा हुने सबैलाई उहाँले मेटाउनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्‍ने जान्‍नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश १८

यहोवाले इस्राएलीहरूका बीचमा गर्नुभएको कार्यले मानवजातिको बीचमा परमेश्‍वरको सांसारिक उद्‍गम स्थान स्थापना गर्‍यो, जुन एउटा पवित्र स्थान पनि थियो र उहाँ त्यहाँ उपस्थित हुनुहुन्थ्यो। उहाँले आफ्नो कार्यलाई इस्राएलीहरूका बीचमा सीमित गर्नुभयो। सुरुमा उहाँले इस्राएल बाहिर काम गर्नुभएन, तर आफ्नो कामको दायरालाई सीमित गर्नका लागि उहाँले उपयुक्त मानिसहरूको छनौट गर्नुभयो। इस्राएल त्यही स्थान हो जहाँ परमेश्‍वरले आदम र हव्‍वालाई सृष्टि गर्नुभयो र त्यस ठाउँको धुलोबाट यहोवाले मानिसलाई बनाउनुभयो; यही ठाउँ नै पृथ्वीमा उहाँको कामको आधार बन्न गयो। नोआ तथा आदमका सन्तानका रूपमा रहेका इस्राएलीहरू नै पृथ्वीमा यहोवाको कामका आधार थिए।

यस समयमा सारा पृथ्वीमा उहाँको कामको थालनी गर्नु नै इस्राएलमा रहेको यहोवाको कार्यको महत्त्व, उद्देश्य र चरणहरू थिए, यस कार्यले इस्राएललाई आफ्नो केन्द्र बनायो र बिस्तारै अन्यजाति राष्ट्रहरूमा यो फैलियो। एउटा नमुना स्थापना गर्न र सारा ब्रह्माण्डमा भएका सबै मानिसहरूले उहाँको सुसमाचार नसुनेसम्म त्यस नमुनालाई फैलाउन उहाँले यही सिद्धान्तबमोजिम यस ब्रह्माण्डभरि काम गर्नुहुन्छ। पहिला इस्राएलीहरू नोआका सन्तान थिए। यी मानिसहरूले केवल यहोवाको सास मात्र प्राप्‍त गरेका थिए र जीवनका आधारभूत आवश्यकताहरू कसरी पूरा गर्ने त्यस कुरालाई मात्र पर्याप्त मात्रामा बुझेका थिए, तर यहोवा कस्तो परमेश्‍वर हुनुहुन्थ्यो वा मानिसको लागि उहाँका अभिप्राय के थिए भन्‍ने तिनीहरूलाई थाहा थिएन, सारा सृष्टिका परमप्रभुको डर कसरी मान्ने भन्‍ने कुरा त परै जाओस्। पालन गर्नुपर्ने[क] कुनै नियम तथा कानुन वा सृष्टि गरिएका कुराहरूले सृष्टिकर्ताप्रति गर्नु पर्ने कुनै कर्तव्य पो थिए कि भन्‍ने बारेमा आदमका सन्तानलाई अत्तोपत्तो थिएन। उनीहरूलाई केवल यति कुरा मात्र थाहा थियो कि पतिले परिश्रमका साथ पसीना बगाएर आफ्नो परिवारको पालनपोषण गर्नुपर्छ र पत्नीले आफ्ना पतिको अधीनमा बस्दै यहोवाले सृष्टि गर्नुभएको मानवजातिलाई निरन्तरता दिनुपर्छ। अर्को शब्दमा भन्नु पर्दा, परमेश्‍वरका नियमहरू कसरी पछ्याउने वा सम्पूर्ण सृष्टिका प्रभुलाई कसरी सन्तुष्ट पार्ने भन्‍ने जस्ता केही पनि कुराहरू केवल यहोवाको सास र उहाँको जीवन मात्रै भएका मानिसहरूलाई थाहा थिएन। तिनीहरूले अत्यन्तै थोरै कुरा मात्र बुझ्थे। तिनीहरूको हृदयमा कुटिलता वा छल कपट नभए पनि र तिनीहरूका बीचमा ईर्ष्या र विवाद विरलै उत्पन्न हुने गरेको भए पनि, उनीहरूलाई सम्पूर्ण सृष्टिका मालिक यहोवाको बारेमा कुनै ज्ञान वा समझ थिएन। मानिसका यी पुर्खाहरूलाई केवल यहोवाले दिनुभएका कुराहरू खाने र यहोवाका कुराहरू उपभोग गर्ने कुरा मात्र थाहा थियो, तर तिनीहरू यहोवाको डर मान्न जान्दैनथे। तिनीहरूले घुँडा टेकेर आराधना गर्नु पर्ने व्यक्ति परमप्रभु नै हुनुहुन्छ भन्‍ने कुरा तिनीहरूलाई थाहा थिएन। यदि त्यसो हो भने तिनीहरूलाई कसरी उहाँका प्राणीहरू भनेर भन्न सकिन्छ? यदि त्यसो हो भने, “यहोवा सृष्टि गरिएका सबै प्राणीहरूका प्रभु हुनुहुन्छ” र “मानिसले उहाँलाई प्रकट गरोस्, उहाँको महिमा गरोस् र उहाँको प्रतिनिधित्व गरोस् भनेर उहाँले मानिसलाई सृष्टि गर्नुभयो” भन्‍ने कुरा व्यर्थमा बोलिएको हो त? यहोवाको डर मान्ने हृदय नभएका मानिसहरू कसरी उहाँको महिमाको गवाही बन्न सक्थे र? तिनीहरू कसरी उहाँको महिमाको प्रकटीकरण हुन सक्थे र? “मानिसलाई मैले मेरै स्वरूपमा सृष्टि गरेँ” भन्‍ने यहोवाका वचनहरू दुष्ट शैतानको हातमा हतियार बन्ने थिएनन् र? के ती वचनहरू यहोवाले मानवजातिलाई गरेको सृष्टिमाथि कै अपमानका रूपमा रहने थिएनन् र? कामको त्यो चरण पूरा गर्नको निम्ति परमप्रभुले मानवजातिलाई सृष्टि गर्नुभएपछि आदमदेखि नोआको पालासम्म तिनीहरूलाई कुनै शिक्षा वा मार्गदर्शन दिनुभएन। बरु जलप्रलयले संसारलाई नाश गरेपछि मात्र उहाँले औपचारिक रूपमा नोआ तथा आदमका सन्तान अर्थात् इस्राएलीहरूलाई डोर्‍याउन थाल्नुभयो। तिनीहरूले सारा इस्राएलमा आफ्नो जीवन बिताउने क्रममा उहाँले इस्राएलमा गर्नुभएको काम र उहाँले बोल्‍नुभएका वाणीहरूले तिनीहरूलाई मार्गदर्शन दिए, यसले मानवजातिलाई यो कुरा देखाउँछ कि मानिसहरूले उहाँबाट जीवन पाऊन् र धुलोबाट सृष्टि गरिएका मानवजातिको रूपमा खडा होऊन् भनेर तिनीहरूभित्र सास फुकिदिन मात्र यहोवा सक्षम हुनुहुन्न, तर उहाँ मानवजातिलाई भस्म पार्न र सराप्न पनि सक्नुहुन्छ साथै मानवजातिलाई शासन गर्न आफ्नो छडीको प्रयोग पनि गर्न सक्नुहुन्छ। त्यसकारण यहोवाले पृथ्वीमा मानिसको जीवन अगुवाई गर्न सक्नुहुन्छ अनि दिन र रातको समयअनुसार मानवजातिको माझमा बोल्न र काम गर्न सक्नुहुन्छ भन्‍ने पनि तिनीहरूले देखे। मान्छे उहाँले उठाउनुभएको धुलोबाट आएको हो र उसलाई उहाँले नै बनाउनुभएको हो भन्‍ने कुरा सृष्टि गरिएका प्राणीहरूले जानून् भनेर मात्र उहाँले यो कार्य गर्नुभयो। यति मात्र होइन अन्यजातिहरू र राष्ट्रहरू (जो वास्तवमा इस्राएलबाट अलग थिएनन्, तर इस्राएलकै हाँगा थिए, तिनीहरू पनि आदम र हव्वाबाट नै आएका थिए) ले इस्राएलबाट सुसमाचार पाउन सकून् भनेर उहाँले आफ्नो पहिलो काम इस्राएलमा गर्नुभयो, ताकि ब्रह्माण्डमा सृष्टि गरिएका सबै प्राणीहरूले यहोवाको डर मान्न सकून् र उहाँलाई महान् भनी सम्‍मान गर्न सकून्। यहोवाले इस्राएलमा आफ्नो काम सुरु नगरेर मानवजातिको सृष्टि गरेपछि तिनीहरूलाई पृथ्वीमा बेफिक्रि जीवन जिउन दिनुभएको भए मानिसको शारीरिक प्रकृतिको कारण (यो प्रकृति भनेको आफूले देख्न नसक्ने चीजहरू मानिसले कहिले पनि बुझ्न नसक्नु हो, यसको अर्थ के हो भने मानवजातिलाई सृष्टि गर्नुहुने परमप्रभु नै हुनुहुन्छ भन्‍ने कुरा उसलाई थाहा हुने थिएन र त्यसो किन गर्नुभयो भन्‍ने कुरा त परै जाओस्) मानवजातिलाई सृष्टि गर्नुहुने यहोवा नै हुनुहुन्छ वा उहाँ सारा सृष्टिका मालिक हुनुहुन्छ भनेर उसले कहिले पनि थाहा पाउने थिएन। यदि यहोवाले मानिसलाई सृष्टि गरेपछि उसलाई पृथ्वीमा राखेर तिनीहरूलाई केही समयसम्‍म अगुवाइ गर्नको लागि मानवजातिको बीचमा नबसी आफ्नो हात टकटक्याउँदै आफ्नो बाटो लाग्नुभएको भए सम्पूर्ण मानवता शून्यतामा फर्किने थियो। स्वर्ग तथा पृथ्वी र उहाँले बनाउनुभएका सबै असंख्य चिजहरू, र सम्पूर्ण मानवजाति शून्यतामा फर्कने थिए, त्योभन्दा पनि बढी त तिनीहरूलाई शैतानले कुल्‍चने थियो। यसरी “पृथ्वीमा अर्थात् उहाँको सृष्टिको बीचमा उहाँ उभिने ठाउँ वा एक पवित्र स्थान हुनुपर्दछ” भन्‍ने यहोवाको इच्छा चकनाचूर हुनेथियो। यसैले मानवजातिको सृष्टिपछि तिनीहरूको जीवनलाई मार्गदर्शन दिन र तिनीहरूसँग कुराकानी गर्नको लागि उहाँ तिनीहरूका बीचमा रहन सक्षम हुनुभयो—यो सबै कुरा उहाँले आफ्नो इच्छालाई महसुस गर्न र आफ्नो योजना हासिल गर्नका लागि गर्नुभएको थियो। इस्राएलमा उहाँले गर्नुभएको काम सबै थोकको सृष्टिअघि आफूले बनाएको योजनालाई कार्यान्वयन गर्नको लागि मात्र गरिएको थियो, यसैले उहाँले सुरुमा इस्राएलीहरूका माझमा मात्र गर्नुभएको काम र उहाँले सृष्टि गर्नुभएका सबै कुराहरूका बीचमा अमेल थिएन। यी कुराहरू त उहाँको व्यवस्थापन, कार्य र महिमाको निम्ति गरिएका थिए अनि यी कुराहरू उहाँले गर्नुभएको मानवजातिको सृष्टिको अर्थलाई गहन बनाउनको निम्ति गरिएका थिए। उहाँले नोआको समयपछि दुई हजार वर्षसम्म पृथ्वीमा मानवजातिको जीवनलाई मार्गनिर्देशन गर्नुभयो यस समयमा उहाँले सम्पूर्ण सृष्टिका प्रभु, यहोवाको डर कसरी मान्ने, आफ्नो जीवनलाई कसरी सञ्चालन गर्ने, कसरी बाँच्ने र सबैभन्दा महत्त्वपूर्ण कुरा यहोवाको साक्षीको रूपमा कसरी काम गर्ने, उहाँमा कसरी समर्पित हुने र उहाँको डर कसरी मान्ने तथा दाऊद र उनका धर्मगुरुहरूले जस्तै सङ्गीतद्वारा उहाँको प्रशंसा कसरी गर्ने जस्ता कुराहरू बुझ्न मानवजातिलाई सिकाउनुभयो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। व्यवस्थाको युगको काम

फूटनोटहरू:

क. मूल पाठमा “पालन गर्नुपर्ने” भन्‍ने वाक्यांश समावेश छैन।


परमेश्‍वरका दैनिक वचनहरू   अंश १९

यहोवाले आफ्नो कार्य गर्नुभएको दुई हजार वर्षको अवधिभन्दा अगाडि मानिसलाई केही पनि थाहा थिएन र प्रायः सबै मानवजाति भ्रष्टतामा गिरेको थियो, जलप्रलयले संसारलाई नष्ट गर्नु अगाडि सम्ममा तिनीहरू छाडापन र भ्रष्टताको गहिराइमा पुगिसकेका थिए, यसरी तिनीहरूको हृदय पूर्ण रूपमा यहोवा रहित र उहाँको मार्गको चाहना नगर्ने भएको थियो। यहोवाले गर्न लाग्‍नुभएको कार्यलाई तिनीहरूले कहिल्यै पनि बुझेनन्; तिनीहरूमा समझशक्तिको अभाव थियो, तिनीहरूमा ज्ञान अझै थोरै मात्र थियो, तिनीहरू सास फेर्ने यन्त्रहरू झैँ मानिस, परमेश्‍वर, संसार र जीवन जस्ता कुराहरूका बारेमा पूर्ण रूपमा अनभिज्ञ थिए। पृथ्वीमा तिनीहरू सर्प झैँ धेरै प्रलोभनमा संलग्‍न भए र तिनीहरूले यहोवालाई रिस उठाउने धेरै कुराहरू भने, तर तिनीहरू अनभिज्ञ भएको कारण यहोवाले तिनीहरूलाई सजाय दिने वा अनुशासनमा राख्‍ने गर्नुभएन। जलप्रलयपछि जब नोआ ६०१ वर्ष पुगे तब यहोवा औपचारिक रूपमा नोआकहाँ देखा पर्नुभयो अनि उनी र उनका परिवारलाई पथप्रदर्शन गर्नुभयो, यस क्रममा उहाँले नोआ र तिनका सन्तानहरूका साथमा जलप्रलयबाट बाँचेका पंक्षी र जनावरहरूलाई व्यवस्थाको युग अन्त नभएसम्म २,५०० वर्ष अगुवाइ गर्नुभयो। उहाँले इस्राएलमा २,००० वर्ष औपचारिक रूपमा काम गर्नुभयो र इस्राएल तथा त्यस बाहिर एकसाथ ५०० वर्ष काम गर्नुभयो, यसरी उहाँले जम्मा २,५०० वर्ष काम गर्नुभयो। त्यस अवधिमा उहाँले यहोवाको सेवा गर्नको लागि मन्दिर बनाउनुपर्छ, पूजाहारीले लगाउने कपडा लगाउनुपर्छ, बिहान मन्दिरभित्र खाली खुट्टा हिँडेर जानुपर्छ नत्रत तिनीहरूका जुत्ताहरूले मन्दिरलाई अपवित्र पार्छन् र मन्दिरको माथिल्लो भागबाट आगो झरेर तिनीहरूलाई जलाएर मार्छ भनेर इस्राएलीहरूलाई निर्देशन दिनुभयो। तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरे र यहोवाका योजनाहरूमा समर्पित भए। तिनीहरूले मन्दिरमा यहोवासँग प्रार्थना गरे र यहोवाको प्रकाश प्राप्‍त गरेपछि अर्थात् यहोवा तिनीहरूसँग बोल्‍नुभएपछि तिनीहरूले भीडको अगुवाइ गरे र तिनीहरूले तिनीहरूका परमेश्‍वर यहोवाको डर मान्नुपर्छ भनी सिकाए। अनि यहोवाले तिनीहरूलाई एउटा मन्दिर र वेदी बनाउनुपर्छ, र यहोवाले तोक्‍नुभएको समयमा, अर्थात, निस्तारको बेलामा तिनीहरूले परमेश्‍वरको सेवाको निम्ति बलिदान गर्नलाई भर्खरै जन्मेका बाछा र थुमाहरूलाई वेदीमा तयार पारेर राख्‍नुपर्छ भनी भन्‍नुभयो, जसले तिनीहरूलाई अन्य कुराहरूबाट रोक्थ्यो र यहोवाको डर मान्ने कुरालाई तिनीहरूको हृदयमा हालिदिन्थ्यो। तिनीहरूले यस व्यवस्थाको पालना गरे कि गरेनन् भन्‍ने कुरा यहोवाप्रति तिनीहरूको निष्ठाको मापन बन्यो। यहोवाले तिनीहरूको निम्ति उहाँको सृष्टिको सातौँ दिनलाई शबाथको दिन भनेर पनि ठहराइदिनुभयो। शबाथको दिनपछिको दिनलाई उहाँले पहिलो दिन अर्थात् यहोवाको प्रशंसा गर्ने, बलिदान चढाउने र उहाँको निम्ति सङ्गीत बजाउने दिनको रूपमा ठहराइदिनुभयो। यस दिन, मानिसहरूले यहोवाको वेदीको बलिदानहरू आनन्द मानेर खान सकून् भनेर यहोवाले वेदीमा भएको बलिदानलाई तिनीहरूको बीचमा बाँड्नको निम्ति सबै पूजाहारीहरूलाई भेला गराउनुभयो। तिनीहरूले परमेश्‍वरसँग मिलेर खाएका र तिनीहरू उहाँका चुनिएका मानिसहरू (यो इस्राएलीसँगको उहाँको करार थियो) भएका हुनाले यहोवाले तिनीहरूलाई धन्यका भन्नुभयो। यसैले आजका दिनसम्म पनि इस्राएलका मानिसहरूले यहोवा तिनीहरूका मात्रै परमेश्‍वर हुन्, अन्यजातिहरूका परमेश्‍वर होइनन् भनी भन्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। व्यवस्थाको युगको काम

परमेश्‍वरका दैनिक वचनहरू   अंश २०

व्यवस्थाको युगको अवधिमा, मिश्रबाट मोशालाई पछ्याउने इस्राएलीहरूलाई हस्तान्तरण गर्नको निम्ति भनेर यहोवाले मोशालाई धेरै आज्ञाहरू दिनुभयो। यी आज्ञाहरू यहोवाले इस्राएलीहरूको निम्ति दिनुभएको थियो, र मिश्रसँग ती आज्ञाहरूको केही पनि सम्बन्ध थिएन; इस्राएलीहरूलाई नियन्त्रण गर्नको निम्ति ती आज्ञाहरू दिइएका थिए र उहाँले तिनीहरूलाई मागहरू गर्नको निम्ति ती आज्ञाहरूको प्रयोग गर्नुभयो। तिनीहरूले शबाथको दिनको पालना गर्ने कि नगर्ने, वा आफ्ना आमाबाबुलाई आदर गर्ने कि नगर्ने वा मूर्तिहरूको पूजा गर्ने कि नगर्ने—तिनीहरू धर्मी छन् कि पापी छन् भन्‍ने कुराको न्याय यिनै सिद्धान्तहरूका आधारमा गरिन्थ्यो। तिनीहरूमध्ये कोहीलाई यहोवाको आगोद्वारा भस्म पारियो, कोहीलाई ढुङ्गाले हानेर मारियो र कोहीले यहोवाबाट आशिष् प्राप्त गरे, अनि तिनीहरूले आज्ञाहरू पालना गरेका छन् कि छैनन् भन्‍ने कुराको आधारमा यसको तय गरिन्थ्यो। शबाथको दिन पालना नगर्नेहरूलाई ढुङ्गाले हानेर मारियो। शबाथको दिन पालना नगर्ने पूजाहारीहरूलाई यहोवाको आगोले भस्म पार्‍यो। आफ्ना आमाबाबुको आदर नगर्नेहरूलाई पनि ढुङ्गाले हानेर मारियो। यी सबै कुराको आज्ञा यहोवाले नै दिनुभएको थियो। मानिसहरूको जीवनलाई अगुवाइ गर्ने क्रममा तिनीहरूले उहाँका वचन सुनून् र तिनमा समर्पित होऊन् अनि उहाँको विरोधी नहोऊन् भनेर यहोवाले आफ्ना आज्ञा र व्यवस्थाहरू स्थापित गर्नुभयो। नयाँ जन्मेका मानवजातिलाई नियन्त्रणमा राख्‍न र योभन्दा बढी त आफ्नो भविष्यको कार्यको निम्ति जग तयार गर्नको निम्ति उहाँले यी व्यवस्थाहरूको प्रयोग गर्नुभयो। यसैले यहोवाले गर्नुभएको कार्यलाई आधार मानेर नै पहिलो युगलाई व्यवस्थाको युग भनिएको हो। यहोवाले धेरै वाणीहरू बोल्‍नुभएको र धेरै काम गर्नुभएको भए तापनि उहाँले यी अनभिज्ञ मानिसहरूलाई मानव कसरी हुने, कसरी जिउने र कसरी यहोवाको मार्गलाई बुझ्‍ने भन्‍ने कुरा सिकाउँदै सकारात्मक तरिकाले पथ-प्रदर्शन मात्र गर्नुभयो। उहाँले गर्नुभएको कामको धेरैजसो हिस्सा मानिसहरूलाई उहाँको मार्ग पालना गर्न र उहाँका व्यवस्था अनुसरण गर्न प्रेरित गर्नु नै थियो। सतही रूपमा भ्रष्ट भएका मानिसहरूमा यो कार्य गरिएको थियो; यसले तिनीहरूको स्वभाव वा जीवनको प्रगतिलाई रूपान्तरण गर्ने सम्‍मको काम भने गरेन। उहाँको चासो भनेको व्यवस्थाको प्रयोग गरेर मानिसहरूलाई प्रतिबन्ध लगाउनु र नियन्त्रण गर्नु मात्र थियो। त्यस बेलाका इस्राएलीहरूको निम्ति यहोवा मन्दिरमा रहने परमेश्‍वर अर्थात् स्वर्गका परमेश्‍वर मात्र हुनुहुन्थ्यो। उहाँ बादलको खाँबो र आगोको ज्वाला हुनुहुन्थ्यो। तिनीहरूले आजका मानिसहरूले व्यवस्था र आज्ञाहरूको रूपमा जानेका कुराहरूको पालना गरून् भन्‍ने मात्रै उहाँले चाहनुभयो—तिनलाई नियमहरू पनि भन्‍न सकिन्छ—किनकि यहोवाले तिनीहरूलाई रूपान्तरण गर्न होइन, तर मानिसले प्राप्त गर्नुपर्ने थप कुराहरू तिनीहरूलाई दिन र आफ्नै मुखले तिनीहरूलाई सिकाउनको निम्ति उहाँले यसो गर्नुभयो किनकि सृष्टि गरिएपछि केही कुरा पनि मानिसको स्वामित्वमा थिएन। यसैले यहोवाले पृथ्वीमा रहँदाको जीवनमा मानिसहरूले प्राप्त गर्नुपर्ने कुराहरू तिनीहरूलाई दिएर उहाँले अगुवाइ गरेका मानिसहरूलाई तिनीहरूका पुर्खा आदम र हव्‍वाभन्दा उत्कृष्ट बनाउनुभयो किनकि उहाँले तिनीहरूलाई दिनुभएको कुरा उहाँले सुरुमा आदम र हव्‍वालाई दिनुभएको कुराभन्दा उत्कृष्ट थियो। जे होस्, यहोवाले इस्राएलमा गर्नुभएको कुराको उद्देश्य मानवजातिलाई पथ-प्रदर्शन गर्नु र तिनीहरूका सृष्टिकर्तालाई चिन्‍ने बनाउनु मात्र थियो। उहाँले तिनीहरूमाथि विजय हासिल गर्नुभएन वा तिनीहरूलाई रूपान्तरण गर्नुभएन, तर केवल तिनीहरूको नेतृत्व मात्र गर्नुभयो। व्यवस्थाको युगमा यहोवाको कार्यको सारांश यही नै हो। यो नै इस्राएलको सम्पूर्ण भूमिमा उहाँले गर्नुभएको कार्यको पृष्ठभूमि तथा सत्य कथा, सार हो, साथै यो मानवजातिलाई आफ्नो हातको नियन्त्रणमा राख्‍न यहोवाले गर्नुभएको छ हजार वर्ष लामो कार्यको सुरुवात पनि हो। यसबाट नै उहाँको छ हजार वर्षे व्यवस्थापन योजनामा थप कार्यको जन्म भयो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। व्यवस्थाको युगको काम

परमेश्‍वरका दैनिक वचनहरू   अंश २१

सुरुमा, पुरानो करारको व्यवस्थाको युगको अवधिमा मानिसलाई डोऱ्याउनु एउटा बच्चाको जीवनलाई डोऱ्याउनु जस्तो थियो। सबैभन्दा पहिलेको मानव जाति यहोवाको नयाँ जन्मेको शिशु थियो; तिनीहरू इस्राएलीहरू थिए। तिनीहरूमा परमेश्‍वरको डर कसरी मान्ने वा पृथ्वीमा कसरी जिउने भन्‍ने केही ज्ञान थिएन। भन्न खोजेको कुरा के हो भने, यहोवाले मानवजातिलाई सृष्टि गर्नुभयो, अर्थात् उहाँले आदम र हव्वालाई सृष्टि गर्नुभयो, तर उहाँले तिनीहरूलाई कसरी यहोवाको डर मान्ने वा पृथ्वीमा रहेका यहोवाका विधानहरू पालन गर्ने भनी बुझ्ने सामर्थ्य दिनुभएन। यहोवाको प्रत्यक्ष मार्गदर्शनविना कसैले पनि यो कुरा जान्न सक्दैनथियो, किनकि सुरुमा मानिसमा यो सामर्थ्य नै थिएन। मानिसलाई यहोवा परमेश्‍वर हुनुहुन्छ भन्ने मात्रै थाहा थियो, तर उहाँको डर कसरी मान्ने, कस्तो प्रकारको आचरणलाई उहाँको डर मानेको भन्‍न सकिन्थ्यो, कस्तो प्रकारको मनले उहाँको डर मान्नुनुपर्थ्यो, वा उहाँको डरमा उहाँलाई के चढाउने त्यसको बारेमा मानिसलाई केही थाहा थिएन। मानिसले यहोवाद्वारा सृष्टि गरिएका सबै थोकमध्ये उपभोग गर्न सकिने कुरा उपभोग गर्न मात्र जानेको थियो, तर मानिस वास्तवमै “सृजित प्राणी” को उपाधिको योग्य बन्न पृथ्वीमा कसरी जिउनुपर्छ भन्‍ने कुराबारे भने ऊ पूर्ण रूपमा अनभिज्ञ थियो। कसैले निर्देशन नदिई, कसैले तिनीहरूलाई व्यक्तिगत रूपमा अगुवाइ नगरी यस मानवजातिले कहिल्यै उचित मानव जीवन जिएको हुने थिएन, तर शैतानले क्रुद्ध बनेर कैदी बनाएका हुनेथिए। यहोवाले मानव जातिलाई सृष्टि गर्नुभयो, भन्नुपर्दा, उहाँले मानव जातिका पुर्खा, हव्वा र आदमलाई सृष्टि गर्नुभयो, तर उहाँले तिनीहरूलाई अरू कुनै बौद्धिकता वा बुद्धि दिनुभएन। तिनीहरू पहिलेदेखि नै पृथ्वीमा बसिरहेका भए तापनि तिनीहरूले प्रायः केही पनि बुझेका थिएनन्। त्यसैले, मानवजातिको सृष्टि गर्ने यहोवाको काम आधा मात्र सकिएको थियो, पूर्ण रूपमा सम्पन्न भएको थिएन। उहाँले केवल माटोबाट मानिसको ढाँचा बनाएर त्यसलाई उहाँको सास दिनुभएको थियो, तर मानिसलाई उहाँको डर मान्ने पर्याप्त सङ्कल्प दिनुभएको थिएन। सुरुमा, मानिसमा उहाँको डर मान्ने वा उहाँदेखि त्रस्त हुने हृदय थिएन। मानिसले उहाँका वचनहरू सुन्न मात्र जानेको थियो, तर पृथ्वीको जीवन र मानव जीवनको सामान्य नियमहरूको आधारभूत ज्ञानको बारेमा ऊ अनजान थियो। अनि यसरी, यहोवाले पुरुष र स्त्रीलाई सृष्टि गर्नुभयो र सात दिनको योजना पूरा गर्नुभएको भए तापनि, उहाँले कुनै पनि प्रकारले मानिसलाई सृष्टि गर्ने कार्य पूरा गर्नुभएको थिएन, किनकि मानिस बाहिरी आवरण मात्र थियो, र उसमा मानिस हुनुको वास्तविकताको कमी थियो। मानिसलाई यति मात्र थाहा थियो कि मानवजातिको सृष्टि गर्ने यहोवा हुनुहुन्छ, तर यहोवाका वचन र विधानहरू कसरी पालन गर्नुपर्छ भन्‍नेबारे उसलाई अलिकति पनि ज्ञान थिएन। त्यसकारण मानव जाति अस्तित्वमा आएपछि पनि यहोवाको काम पूरा भएको थिएन। उहाँले अझै पनि मानव जातिलाई उहाँको सामु आउन पूर्ण रूपमा अगुवाइ गर्नु बाँकी नै थियो, ताकि तिनीहरू पृथ्वीमा एकसाथ जिउन र उहाँको डर मान्न सकून्, ताकि उहाँको अगुवाइद्वारा तिनीहरू पृथ्वीमा सामान्य मानव जीवनको सही बाटोमा आउन सकून्। यस तरिकाले मात्र मुख्य रूपले यहोवाको नाउँमा सञ्चालन गरिएको काम पूरा हुन सक्थ्यो; अर्थात्, यसरी मात्र संसारको सृष्टि गर्ने यहोवाको काम पूर्ण रूपमा समाप्त हुन सक्थ्यो। त्यसकारण, मानवजातिलाई सृष्टि गरेपछि, मानवजातिले उहाँका आदेश र विधानहरू पालना गर्न र पृथ्वीमा सबै सामान्य मानव गतिविधिमा भाग लिन सकोस् भनेर उहाँले केही हजार वर्षसम्म पृथ्वीमा मानवजातिको जीवनलाई डोऱ्याउनुपऱ्यो। त्यसपछि मात्र यहोवाको काम पूर्ण रूपमा सकियो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

परमेश्‍वरका दैनिक वचनहरू   अंश २२

येशूले गर्नुभएको काम त्यस युगका मानिसका आवश्यकताहरूअनुसार थियो। उहाँको कार्यभार मानवजातिलाई छुटकारा दिनु, तिनीहरूका पापहरू क्षमा गर्नु थियो, त्यसैले उहाँको स्वभाव पूर्ण रूपमा विनम्रता, धैर्य, प्रेम, भक्ति, सहनशीलता, कृपा, र करुणाले भरिएको थियो। उहाँले मानवजातिलाई प्रशस्त अनुग्रह र आशिष्‌हरू, साथै मानिसहरूले आनन्द लिन सक्ने सबै कुरा दिनुभयो। उहाँले तिनीहरूलाई आनन्द लिनका लागि यी कुरा दिनुभयो: शान्ति र खुसी, उहाँको सहनशीलता र प्रेम, उहाँको कृपा र करुणा। त्यस बेला, मानिसहरूले आनन्द लिन सक्ने कुराहरूको प्रचुरता—तिनीहरूको हृदयभित्र शान्ति र सुरक्षाको आभास, तिनीहरूको आत्माभित्र आश्‍वासनको अनुभूति, र मुक्तिदाता येशूमाथि तिनीहरूको निर्भरता—सबै तिनीहरू जिइरहेको युगकै नतिजा थियो। अनुग्रहको युगमा, मानिस पहिले नै शैतानद्वारा भ्रष्ट तुल्याइसकिएको थियो, त्यसैले सम्पूर्ण मानवजातिलाई छुटकारा दिने काम गर्न प्रशस्त अनुग्रह, असीमित सहनशीलता र धैर्य चाहिन्थ्यो, र त्योभन्दा पनि बढी, मानवजातिको पापको प्रायश्‍चित गर्न पर्याप्त हुने बलि चाहिन्थ्यो, ताकि त्यसको प्रभाव देखियोस्। अनुग्रहको युगमा मानवजातिले मैले मानवजातिको पापको प्रायश्‍चितका लागि येशूको बलि चढाएको मात्र देखे। तिनीहरूलाई परमेश्‍वर कृपालु र सहनशील हुन सक्नुहुन्छ भन्ने मात्र थाहा थियो, र तिनीहरूले येशूको कृपा र करुणा मात्रै देखे। यो पूर्णतया तिनीहरू अनुग्रहको युगमा जन्मिनुको नतिजा थियो। त्यसैले, तिनीहरूले छुटकारा पाउनुअघि, तिनीहरूले येशूद्वारा प्रदान गरिएको प्रशस्त अनुग्रहको आनन्द लिनुपर्थ्यो। त्यसरी मात्रै तिनीहरूले लाभ प्राप्त गर्न सक्थे, जसले गर्दा तिनीहरूले अनुग्रहको आनन्द लिएर आफ्ना पापहरूका लागि क्षमा पाउन सक्थे, र येशूको सहनशीलता र धैर्यको आनन्द लिएर तिनीहरूलाई आफ्ना पापहरूको प्रायश्‍चित गर्ने मौका मिल्थ्यो। येशूको सहनशीलता र धैर्यमार्फत मात्रै तिनीहरू क्षमा प्राप्त गर्न र येशूले प्रदान गर्नुभएको प्रशस्त अनुग्रहको आनन्द लिन योग्य बने। जसरी येशूले भन्नुभयो: म धर्मीहरूलाई होइन, पापीहरूलाई छुटकारा दिन, पापीहरूलाई तिनीहरूका पापहरू क्षमा गराउन आएको हुँ। येशू देह बन्नुहुँदा, यदि उहाँले न्याय, श्राप, र मानिसका अपराधहरूप्रति असहिष्णुताको स्वभाव ल्याउनुभएको थियो भने, मानिसले छुटकारा पाउने मौका कहिल्यै पाएको हुनेथिएन, र ऊ सधैँभरि पापी नै रहेको हुनेथियो। यदि त्यसो भएको थियो भने, छ-हजार-वर्षे व्यवस्थापनको योजना व्यवस्थाको युगमै रोकिएको हुनेथियो, र व्यवस्थाको युग छ हजार वर्षसम्म लम्बिएको हुनेथियो। मानिसका पापहरू झन् धेरै र झन् गम्भीर मात्र भएका हुनेथिए, र मानवजातिको सृष्टि व्यर्थ भएको हुनेथियो। मानिसहरूले व्यवस्थाको अधीनमा रहेर यहोवाको सेवा मात्र गर्न सकेका हुन्थे, तर तिनीहरूका पापहरू पहिलोपटक सृजित मानिसहरूका भन्दा बढी हुनेथिए। येशूले मानवजातिलाई जति धेरै प्रेम गरेर तिनीहरूका पापहरू क्षमा गर्नुभयो र तिनीहरूलाई पर्याप्त कृपा र करुणा दिनुभयो, मानवजाति येशूद्वारा मुक्ति पाउन त्यति नै बढी हकदार बन्यो, र यसरी तिनीहरूलाई येशूले ठूलो मूल्य चुकाएर फिर्ता किन्नुभएका हराएका भेडाका पाठा भनियो। शैतानले यस काममा हस्तक्षेप गर्न सकेन, किनभने येशू आफ्ना अनुयायीहरूलाई एउटी मायालु आमाले आफ्नो काखको शिशुलाई गरेजस्तै व्यवहार गर्नुहुन्थ्यो। उहाँ तिनीहरूसँग रिसाउने वा तिनीहरूलाई घृणा गर्ने गर्नुहुन्नथ्यो, बरु सान्त्वनाले भरिपूर्ण हुनुहुन्थ्यो; उहाँले तिनीहरूमाझ कहिल्यै ठूलो क्रोध व्यक्त गर्नुभएन, बरु तिनीहरूका पापहरू सहनुभयो र तिनीहरूको मूर्खता र अज्ञानताप्रति आँखा चिम्लिनुभयो, यहाँसम्म कि उहाँले यसो भन्नुभयो, “अरूलाई सत्तरी गुणा सात पल्ट क्षमा गर।” यसरी उहाँको हृदयद्वारा अरूका हृदयहरू पग्लिए र सुधारिए, र यसरी मात्रै मानिसहरूले उहाँको सहनशीलतामार्फत आफ्ना पापहरूको क्षमा प्राप्त गरे।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। छुटकाराको युगको कामको वास्तविक कथा

परमेश्‍वरका दैनिक वचनहरू   अंश २३

येशू आफ्नो देहधारणमा पूर्ण रूपमा दैहिक भावनारहित हुनुभए पनि, उहाँले सधैँ आफ्ना चेलाहरूलाई सान्त्वना दिनुभयो, भरणपोषण गरिदिनुभयो, मद्दत गर्नुभयो, र साथ दिनुभयो। उहाँले यति धेरै काम गर्नुभयो, उहाँले यति धेरै दुःख सहनुभयो, र उहाँले मानिसहरूसँग कहिल्यै अत्यधिक माग गर्नुभएन, बरु तिनीहरूका पापहरूप्रति सधैँ धैर्यवान् र सहनशील हुनुहुन्थ्यो, जसले गर्दा अनुग्रहको युगका मानिसहरू उहाँलाई स्नेहपूर्वक “मायालाग्दो मुक्तिदाता येशू” भन्थे। त्यस समयका मानिसहरूका लागि—सबै मानिसका लागि—येशूसँग जे थियो र उहाँ जे हुनुहुन्थ्यो, त्यो कृपा र करुणा थियो। उहाँले मानिसहरूका अपराधहरू कहिल्यै सम्झनुभएन, र उहाँले तिनीहरूलाई कहिल्यै तिनीहरूका अपराधहरूका आधारमा व्यवहार गर्नुभएन। त्यो फरक युग भएको हुनाले, उहाँ प्रायः मानिसहरूलाई प्रशस्त खानेकुरा प्रदान गर्नुहुन्थ्यो ताकि तिनीहरूले अघाउन्जेल खान सकून्। उहाँले आफूलाई पछ्याउने सबै मानिसलाई अनुग्रहका साथ व्यवहार गर्नुभयो, बिरामीहरूलाई निको पार्नुभयो, पिशाचहरूलाई धपाउनुभयो, र मरेकाहरूलाई जीवित पार्नुभयो। मानिसहरूले उहाँमा विश्‍वास गरून् र उहाँले गर्नुभएका सबै कुरा इमानदारीपूर्वक र सच्चा रूपमा गरिएका थिए भनी देखून् भन्नका निम्ति, उहाँले एउटा कुहिएको लासलाई समेत बौरी उठाउनुभयो, र तिनीहरूलाई उहाँको हातमा मरेकाहरू पनि फेरि जीवित हुन सक्छन् भन्ने कुरा देखाउनुभयो। उहाँले सधैँ मौन रूपमा सहनुभयो र तिनीहरूमाझ यसरी आफ्नो छुटकाराको काम गर्नुभयो। भन्नुको मतलब, क्रुसमा टाँगिनुभन्दा पहिले नै, येशूले मानवजातिका पापहरूको जिम्मेवारी आफैले लिइसक्नुभएको थियो र उहाँ मानवजातिका लागि पापबलि बनिसक्नुभएको थियो। क्रुसमा टाँगिनुभन्दा पहिले, उहाँले मानवजातिलाई छुटकारा दिनका लागि क्रुसको बाटो खोलिसक्नुभएको थियो। अन्ततः, उहाँ क्रुसमा टाँगिनुभयो, उहाँले क्रुसका खातिर आफ्नै बलिदान दिनुभयो, र उहाँले आफ्नो सम्पूर्ण कृपा, करुणा, र पवित्रता मानवजातिलाई प्रदान गर्नुभयो। मानवजातिप्रति, उहाँ सधैँ सहनशील हुनुहुन्थ्यो, कहिल्यै प्रतिशोधी हुनुभएन, उहाँले तिनीहरूका पापहरू क्षमा गर्नुभयो, तिनीहरूलाई पश्‍चात्ताप गर्न अर्ती दिनुभयो, र तिनीहरूलाई धैर्य, सहनशीलता, र प्रेम राख्न, उहाँका पदचापहरू पछ्याउन र क्रुसका खातिर आफ्नै बलिदान दिन सिकाउनुभयो। दाजुभाइ-दिदीबहिनीहरूप्रति उहाँको प्रेम मरियमप्रतिको प्रेमभन्दा बढी थियो। उहाँले गर्नुभएको कामले बिरामीहरूलाई निको पार्ने र पिशाचहरूलाई धपाउने कुरालाई आफ्नो सिद्धान्तको रूपमा लियो, जुन सबै उहाँको छुटकाराका खातिर थियो। उहाँ जहाँ जानुभए पनि, उहाँले आफूलाई पछ्याउने सबैलाई अनुग्रहका साथ व्यवहार गर्नुभयो। उहाँले गरिबलाई धनी बनाउनुभयो, लङ्गडालाई हिँड्ने, अन्धालाई देख्ने, र बहिरालाई सुन्ने बनाउनुभयो। उहाँले सबैभन्दा नीच, दरिद्र, पापीहरूलाई समेत आफूसँग एउटै टेबलमा बस्न आमन्त्रण गर्नुभयो, तिनीहरूलाई कहिल्यै तिरस्कार गर्नुभएन बरु सधैँ धैर्यवान् हुनुभयो, र यस्तोसम्म भन्नुभयो: जब एउटा गोठालोले सय वटा भेडामध्ये एउटा भेडा गुमाउँछ, तब ऊ उनान्सय वटालाई छोडेर त्यो हराएको एउटा भेडा खोज्न जान्छ, र जब उसले त्यसलाई भेट्टाउँछ तब ऊ धेरै रमाउँछ। उहाँले आफ्ना अनुयायीहरूलाई एउटी भेडी माउले आफ्ना पाठाहरूलाई गरेजस्तै प्रेम गर्नुभयो। तिनीहरू मूर्ख र अज्ञानी भए पनि, र उहाँको नजरमा पापी भए पनि, र यसबाहेक समाजका सबैभन्दा तल्लो स्तरको सदस्य भए पनि, उहाँले यी पापीहरूलाई—अरूले तिरस्कार गर्ने मानिसहरूलाई—आफ्नो आँखाका नानीजस्तै ठान्नुभयो। उहाँले तिनीहरूलाई निगाहको दृष्टिले हेर्नुभएको हुनाले, वेदीमा भेडाको पाठा चढाइएजस्तै उहाँले तिनीहरूका लागि आफ्नो ज्यान दिनुभयो। उहाँ तिनीहरूको सेवक भएजस्तै गरी तिनीहरूमाझ हिँड्नुभयो, उहाँले तिनीहरूलाई उहाँको प्रयोग गर्न र उहाँलाई बध गर्न दिनुभयो, र निसर्त रूपमा तिनीहरूको आज्ञापालन गर्नुभयो। उहाँका अनुयायीहरूका लागि उहाँ मायालाग्दो मुक्तिदाता येशू हुनुहुन्थ्यो, तर उच्च आसनबाट मानिसहरूलाई उपदेश दिने फरिसीहरूलाई उहाँले कृपा र करुणा नभई घृणा र वितृष्णा देखाउनुभयो। उहाँले फरिसीहरूमाझ धेरै काम गर्नुभएन, कहिलेकाहीँ मात्र तिनीहरूलाई उपदेश दिने र हप्काउने काम गर्नुभयो; तिनीहरूमाझ उहाँले छुटकाराको काम गर्नुभएन, न त उहाँले चिन्ह र अचम्मका कार्यहरू नै गर्नुभयो। उहाँले आफ्नो सम्पूर्ण कृपा र करुणा आफ्ना अनुयायीहरूलाई प्रदान गर्नुभयो, यी पापीहरूका खातिर उहाँ क्रुसमा नटाँगिउन्जेल अन्त्यसम्मै सहनुभयो, र उहाँले सम्पूर्ण मानवजातिलाई पूर्ण रूपमा छुटकारा नदिउन्जेल हरेक अपमान भोग्नुभयो। उहाँको जम्मा काम यही नै थियो।

येशूको छुटकाराविना, मानवजाति सधैँभरि पापमा जिएको र पापको सन्तान, पिशाचहरूको सन्तति बनेको हुनेथियो। यसैगरी चलिरहेको भए, सारा संसार शैतान बास गर्ने भूमि, यसको बासस्थान बनेको हुनेथियो। तर, छुटकाराको कामका लागि मानवजातिप्रति कृपा र करुणा देखाउनु पर्ने हुन्थ्यो; यस्तो माध्यमबाट मात्रै मानवजातिले क्षमा प्राप्त गर्न सक्थ्यो र ऊ अन्ततः पूर्ण पारिन र परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त गरिन योग्य बन्न सक्थ्यो। कामको यो चरणविना, छ-हजार-वर्षे व्यवस्थापनको योजना अघि बढ्न सकेको हुनेथिएन। यदि येशू क्रुसमा नटाँगिनुभएको भए, यदि उहाँले बिरामीहरूलाई निको पार्ने र पिशाचहरूलाई धपाउने काम मात्र गर्नुभएको भए, मानिसहरूलाई तिनीहरूका पापहरूका निम्ति पूर्ण रूपमा क्षमा दिन सकिनेथिएन। येशूले पृथ्वीमा आफ्नो काम गर्दै बिताउनुभएको साढे तीन वर्षमा, उहाँले आफ्नो छुटकाराको कामको आधा भाग मात्र पूरा गर्नुभयो; त्यसपछि, क्रुसमा टाँगिएर र पापी देहको स्वरूप बनेर, दुष्टको हातमा सुम्पिएर, उहाँले क्रुसीकरणको काम पूरा गर्नुभयो र मानवजातिको नियतिलाई आफ्नो नियन्त्रणमा लिनुभयो। उहाँ शैतानको हातमा सुम्पिइसकेपछि मात्रै उहाँले मानवजातिलाई छुटकारा दिनुभयो। साढे तेत्तीस वर्षसम्म उहाँले पृथ्वीमा दुःख भोग्नुभयो, उपहास र मानहानि सहनुभयो, र उहाँ त्यागिनुभयो, यहाँसम्म कि उहाँसँग आफ्नो शिर राख्ने ठाउँ, आराम गर्ने ठाउँसमेत थिएन, र पछि उहाँ क्रुसमा टाँगिनुभयो, उहाँको सम्पूर्ण सत्त्व—एउटा पवित्र र निर्दोष शरीर—लाई क्रुसमा किला ठोकियो। उहाँले भएजति हरेक प्रकारको दुःख सहनुभयो। सत्तामा भएकाहरूले उहाँलाई गिल्ला गरे र कोर्रा लगाए, र सिपाहीहरूले त उहाँको अनुहारमै थुके; तैपनि उहाँ मौन रहनुभयो र उहाँले अन्त्यसम्मै सहनुभयो, मृत्युको अवस्थासम्मै निसर्त रूपमा समर्पण गर्नुभयो, जसपश्चात उहाँले सम्पूर्ण मानवजातिलाई छुटकारा दिनुभयो। त्यसपछि मात्रै उहाँले विश्रामको आनन्द लिनुभयो। येशूले गर्नुभएको कामले अनुग्रहको युगको मात्र प्रतिनिधित्व गर्छ; यसले व्यवस्थाको युगको प्रतिनिधित्व गर्दैन, न त यो आखिरी दिनहरूको कामको विकल्प नै हो। अनुग्रहको युगमा येशूको कामको सार यही हो, जुन मानवजातिले पार गरेको दोस्रो युग—छुटकाराको युग—हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। छुटकाराको युगको कामको वास्तविक कथा

परमेश्‍वरका दैनिक वचनहरू   अंश २४

यहोवाको कामपछि, येशू मानिसमाझ आफ्नो काम गर्न देह बन्नुभयो। उहाँको काम अलग्गै गरिएको थिएन, बरु यहोवाको कामको जगमा टेकेर गरिएको थियो। यो परमेश्‍वरले व्यवस्थाको युग समाप्त गर्नुभएपछि नयाँ युगका लागि गरेको काम थियो। त्यसै गरी, येशूको काम सकिएपछि, परमेश्‍वरले अर्को युगका लागि आफ्नो काम जारी राख्नुभयो, किनभने परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन सधैँ अगाडि बढिरहेको हुन्छ। जब पुरानो युग बितेर जान्छ, त्यसलाई नयाँ युगले प्रतिस्थापन गर्नेछ र पुरानो काम पूरा भएपछि, परमेश्‍वरको व्यवस्थापनलाई निरन्तरता दिनका लागि नयाँ काम हुनेछ। यो देहधारण परमेश्‍वरको दोस्रो देहधारण हो, जुन येशूको कामपछि आउँछ। अवश्य नै, यो देहधारण स्वतन्त्र रूपमा भएको होइन; यो व्यवस्थाको युग र अनुग्रहको युगपछिको कामको तेस्रो चरण हो। हरेक पटक परमेश्‍वरले कामको नयाँ चरण सुरु गर्दा, त्यहाँ सधैँ एउटा नयाँ सुरुवात हुनैपर्छ र त्यसले सधैँ एउटा नयाँ युग ल्याउनैपर्छ। त्यसै गरी परमेश्‍वरको स्वभावमा, उहाँको काम गर्ने तरिकामा, उहाँको कामको स्थानमा र उहाँको नाममा पनि सोहीअनुरूपका परिवर्तनहरू आउँछन्। त्यसैले, मानिसलाई नयाँ युगमा परमेश्‍वरको काम स्वीकार गर्न गाह्रो हुनु कुनै आश्‍चर्य होइन। तर परमेश्‍वरलाई मानिसले जतिसुकै विरोध गरे पनि, उहाँ सधैँ आफ्नो काम गरिरहनुभएको हुन्छ र सधैँ सम्पूर्ण मानवजातिलाई अगाडि बढाइरहनुभएको हुन्छ। जब येशू मानिसको संसारमा आउनुभयो, उहाँले अनुग्रहको युग ल्याउनुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो। आखिरी दिनहरूको दौरान, परमेश्‍वर फेरि देह बन्नुभएको छ, र यो देहधारणमार्फत उहाँले अनुग्रहको युग समाप्त गर्नुभयो र राज्यको युग ल्याउनुभयो। परमेश्‍वरको दोस्रो देहधारणलाई स्वीकार गर्न सक्ने सबैलाई राज्यको युगमा डोऱ्याइनेछ र अझ भन्नुपर्दा, तिनीहरू व्यक्तिगत रूपमा परमेश्‍वरको मार्गदर्शन स्वीकार गर्न सक्षम हुनेछन्। येशू मानिसमाझ आउनुभए पनि र उहाँले धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिलाई छुटकारा दिने काम मात्र पूरा गर्नुभयो र मानिसको पापबलिका रूपमा सेवा गर्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्ति दिनका निम्ति येशूले पापबलि बनेर मानिसका पापहरू बोक्नु मात्र आवश्यक थिएन, तर परमेश्‍वरले शैतानद्वारा भ्रष्ट तुल्याइएको मानिसका स्वभावहरू पूर्ण रूपमा हटाउने अझ ठूलो काम गर्नु पनि आवश्यक थियो। र यसैले, मानिसलाई उसका पापहरूबाट क्षमा गरिएपछि, मानिसलाई नयाँ युगमा डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभयो, र सजाय अनि न्यायको काम सुरु गर्नुभयो। यस कामले मानवजातिलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा समर्पित हुने सबैले अझ उच्च सत्यताको आनन्द उठाउनेछन् र अझ ठूला आशिष्‌हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, मार्ग र जीवन प्राप्त गर्नेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

परमेश्‍वरका दैनिक वचनहरू   अंश २५

यदि मानिसहरू अनुग्रहको युगमै अड्किरहे भने, आफ्ना भ्रष्ट स्वभावहरूबाट कहिल्यै मुक्त हुनेछैनन्, झन् तिनीहरूले परमेश्‍वरको अन्तर्निहित स्वभावलाई चिन्नु त परको कुरा हो। यदि मानिसहरू सधैँ प्रशस्त अनुग्रहबीच जिउँछन् तर तिनीहरूसँग परमेश्‍वरलाई चिन्ने वा उहाँलाई सन्तुष्ट पार्ने जीवनको मार्ग छैन भने, तिनीहरूले उहाँमाथि विश्‍वास गरेर उहाँलाई कहिल्यै साँचो रूपमा प्राप्त गर्नेछैनन्। यस प्रकारको विश्‍वास वास्तवमै दयनीय हो। जब तैँले यो पुस्तक पढिसकेको हुन्छस्, जब तैँले राज्यको युगमा देहधारी परमेश्‍वरको कामको हरेक चरण अनुभव गरेको हुन्छस्, तब तँलाई धेरै वर्षदेखिका आफ्ना चाहनाहरू बल्ल साकार भएको महसुस हुनेछ। तँलाई अहिले आएर मात्रै आफूले परमेश्‍वरलाई साँच्चै आमनेसामने देखेको; अहिले आएर मात्रै आफूले उहाँको मुहार हेरेको, उहाँका व्यक्तिगत वाणीहरू सुनेको, उहाँको कामको बुद्धिको कदर गरेको र उहाँ कति व्यावहारिक र सर्वशक्तिमान् हुनुहुन्छ भनी साँच्चै महसुस गरेको अनुभूति हुनेछ। तँलाई विगतका मानिसहरूले कहिल्यै नदेखेका वा प्राप्त नगरेका धेरै कुरा आफूले प्राप्त गरेको महसुस हुनेछ। यसबेला, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो र परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुनु भनेको के हो भन्‍ने कुरा तैँले स्पष्ट रूपमा जान्नेछस्। अवश्य नै, यदि तँ विगतका दृष्टिकोणहरूमा टाँसिन्छस् र परमेश्‍वरको दोस्रो देहधारणको तथ्यलाई अस्वीकार गर्छस् र स्विकार्दैनस् भने, तँ रित्तो हात रहनेछस्, तैँले केही पनि प्राप्त गर्नेछैनस् र अन्ततः तँलाई परमेश्‍वरको विरोध गरेकामा दोषी ठहराइनेछ। सत्यताप्रति र परमेश्‍वरको कामप्रति समर्पित हुन सक्नेहरू दोस्रो देहधारी परमेश्‍वर—सर्वशक्तिमान्‌—को नामअन्तर्गत पर्ने स्वीकार गरिनेछन्। तिनीहरूले परमेश्‍वरको व्यक्तिगत मार्गदर्शन स्वीकार गर्न सक्नेछन् अनि अझ बढी र उच्च सत्यता, साथै वास्तविक मानव जीवन प्राप्त गर्नेछन्। तिनीहरूले विगतका मानिसहरूले पहिले कहिल्यै नदेखेको दर्शन देख्नेछन्: “अनि मसँग बोल्‍ने आवाजलाई हेर्न म फर्केँ। र फर्केपछि, मैले सुनका सात वटा सामदान; र सात वटा सामदानको बीचमा मानिसको पुत्रजस्तै, पाउसम्मै कपडा लगाउनुभएको र छातीमा सुनको फिता कस्‍नुभएको एक जनालाई देखेँ। उहाँको शिर र उहाँका केश ऊनजस्ता सेता, हिउँ जत्तिकै सेता थिए; र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता थिए; र उहाँका पाउहरू आगोको भट्टीमा जलाइएका उत्तम पित्तलजस्ता थिए; र उहाँको आवाज धेरै पानीको आवाजजस्तो थियो। अनि उहाँको दाहिने हातमा सात वटा तारा थिए: र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो: र उहाँको मुहार आफ्नो शक्तिमा चम्कने सूर्यजस्तै थियो” (प्रकाश १:१२-१६)। यो दर्शन परमेश्‍वरको सम्पूर्ण स्वभावको अभिव्यक्ति हो र उहाँको सम्पूर्ण स्वभावको अभिव्यक्ति उहाँको वर्तमान देहधारणमा परमेश्‍वरको कामको अभिव्यक्ति पनि हो। सजाय र न्यायका प्रवाहहरूमा, मानिसको पुत्र वाणीहरूमार्फत आफ्नो अन्तर्निहित स्वभाव व्यक्त गर्नुहुन्छ, जसले गर्दा उहाँको सजाय र न्याय स्वीकार गर्ने सबैले मानिसको पुत्रको साँचो मुहार देख्न पाउँछन्, जुन यूहन्नाले देखेको मानिसको पुत्रको मुहारको साँचो चित्रण हो। (अवश्य नै, राज्यको युगमा परमेश्‍वरको काम स्वीकार नगर्नेहरूका लागि यी सबै कुरा अदृश्य हुनेछन्।) मानव भाषा प्रयोग गरेर पूर्ण रूपमा परमेश्‍वरको साँचो मुहारको स्पष्ट वर्णन गर्न सकिँदैन, त्यसैले परमेश्‍वर मानिसलाई आफ्नो साँचो मुहार देखाउन आफ्नो अन्तर्निहित स्वभाव व्यक्त गर्ने विधि प्रयोग गर्नुहुन्छ। भन्नुको मतलब मानिसको पुत्रको अन्तर्निहित स्वभावलाई बुझेका सबैले मानिसको पुत्रको साँचो मुहार देखेका छन्, किनभने परमेश्‍वर अत्यन्तै महान् हुनुहुन्छ र मानव भाषा प्रयोग गरेर पूर्ण रूपमा उहाँको स्पष्ट वर्णन गर्न सकिँदैन। मानिसले राज्यको युगमा परमेश्‍वरको कामको हरेक चरण अनुभव गरेपछि, यूहन्नाले सामदानहरूमाझ रहनुभएको मानिसको पुत्रका बारेमा बोल्दा भनेका वचनहरूको साँचो अर्थ उसले थाहा पाउनेछ: “उहाँको शिर र उहाँका केश ऊनजस्ता सेता, हिउँ जत्तिकै सेता थिए; र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता थिए; र उहाँका पाउहरू आगोको भट्टीमा जलाइएका उत्तम पित्तलजस्ता थिए; र उहाँको आवाज धेरै पानीको आवाजजस्तो थियो। अनि उहाँको दाहिने हातमा सात वटा तारा थिए: र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो: र उहाँको मुहार आफ्नो शक्तिमा चम्कने सूर्यजस्तै थियो।” त्यतिबेला, यति धेरै कुरा भन्ने यो साधारण देह दोस्रो देहधारी परमेश्‍वर हुनुहुन्छ भन्ने कुरा नकार्न सकिँदैन भनेर तैँले निस्सन्देह थाहा पाउनेछस्। यसबाहेक, तैँले आफू कति आशिषित् छु भन्‍ने साँच्चै अनुभूति गर्नेछस् र आफू सबैभन्दा भाग्यमानी भएको महसुस गर्नेछस्। के तँ यो आशिष्‌को उत्तराधिकारी हुन इच्छुक छैनस् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

परमेश्‍वरका दैनिक वचनहरू   अंश २६

आखिरी दिनहरूको काम भनेको वचनहरू बोल्नु हो। वचनहरूको माध्यमद्वारा मानिसमा ठूला परिवर्तनहरू ल्याउन सकिन्छ। मानिसहरूले यी वचनहरू स्वीकार गरेर तिनीहरूमा आएका परिवर्तनहरू मानिसहरूले अनुग्रहको युगमा चिह्न र चमत्कारहरू स्वीकार गरेर तिनीहरूमा आएका परिवर्तनहरूभन्दा अत्यन्तै ठूला हुन्छन्। किनकि अनुग्रहको युगमा, मानिसमाथि हात राखेर अनि प्रार्थना गरेर ऊबाट दुष्टात्माहरू निकालिए, तर मानिसभित्रका भ्रष्ट स्वभावहरू अझै रहिरहे। मानिसलाई उसको बिमारीबाट निको पारियो र उसका पापहरू क्षमा गरिए, तर मानिसले ऊभित्रका शैतानी भ्रष्ट स्वभावहरू कसरी फाल्न सक्छ भन्ने कुरा आउँदा, उसमा यो काम गर्न अझै बाँकी नै थियो। मानिसलाई उसको आस्थाका कारण मात्रै छुटकारा दिइयो र उसका पापहरू क्षमा गरियो, तर मानिसको पापी प्रकृति हटाइएको थिएन, र त्यो अझै पनि ऊभित्र नै रह्यो। मानिसका पापहरू परमेश्‍वरको देहधारणमार्फत क्षमा गरिएका थिए, तर यसको अर्थ मानिसभित्र उप्रान्त कुनै पाप थिएन भन्‍ने होइन। मानिसका पापहरू पापबलिद्वारा क्षमा गर्न सकिन्छ, तर मानिसलाई उप्रान्त कसरी पाप नगर्ने बनाउन सकिन्छ, र उसका भ्रष्ट स्वभाव र पापी प्रकृतिलाई कसरी पूर्ण रूपले फाल्न र उसको जीवन स्वभाव कसरी केही हदसम्म परिवर्तन गर्न सकिन्छ भन्ने सवालमा, ऊसँग यो समस्या समाधान गर्ने कुनै उपाय छैन। मानिसका पापहरू क्षमा गरिएका छन्, र यो परमेश्‍वरको क्रूसीकरणको कामका कारण हो, तर मानिस आफ्ना पुराना शैतानी भ्रष्ट स्वभावहरूभित्रै जिउन जारी राख्छ। यस्तो भएकोले, मानिसलाई उसका शैतानी भ्रष्ट स्वभावहरूबाट पूर्ण रूपमा मुक्ति दिइनैपर्छ, उसको पापी प्रकृति फेरि कहिल्यै विकास नहुने गरी, पूर्ण रूपले फालिनैपर्छ, र उसको स्वभाव रूपान्तरित हुनैपर्छ। यसका निम्ति मानिसले जीवनमा वृद्धि हुने मार्गलाई, जीवनको मार्गलाई र आफ्नो स्वभाव बदल्ने मार्गलाई बुझ्नु आवश्यक हुन्छ। यसका साथै, मानिसले यो मार्गअनुसार अभ्यास गर्नु आवश्यक हुन्छ, ताकि उसको स्वभाव बिस्तारै परिवर्तित हुन सकोस् र ऊ ज्योतिको उज्यालोमा जिउन सकोस्, ताकि उसले गर्ने सबथोक परमेश्‍वरका अभिप्रायहरूअनुरूप होऊन्, ताकि उसले आफ्नो शैतानी भ्रष्ट स्वभाव फाल्न सकोस् र ताकि ऊ शैतानको अन्धकारको प्रभावबाट उम्कन सकोस्, यसरी ऊ पापबाट पूर्ण रूपमा निस्कन सकोस्। तब मात्र मानिसले पूर्ण मुक्तिको अनुग्रह पाएको हुनेछ। जुन बेला येशू आफ्नो काम गर्दै हुनुहुन्थ्यो, उहाँबारे मानिसको ज्ञान अझै धमिलो र अस्पष्ट नै थियो। मानिस सधैँ उहाँ दाऊदको पुत्र भएको विश्‍वास गर्थ्यो, र उहाँ एक महान् अगमवक्ता, मानिसलाई उसका पापहरूबाट छुटकारा दिने परोपकारी प्रभु हुनुहुन्छ भनेर भन्थ्यो। कोही-कोही आफ्नो विश्‍वासको शक्तिले गर्दा उहाँको वस्त्रको छेउ छुँदा मात्रै पनि निको भए; अन्धोले देख्न सक्यो र मरेकाहरू समेत फेरि जीवित हुन सके। तर, मानिस आफैभित्र गहिरो जरा गाडेर बसेका शैतानी भ्रष्ट स्वभावहरू पत्ता लाउन असमर्थ थियो, न त उसलाई ती स्वभावहरू कसरी फाल्ने भन्‍ने कुरा नै थाहा थियो। मानिसले प्रशस्त अनुग्रह प्राप्त गऱ्यो, जस्तै शरीरको शान्ति र सुख, एक जना सदस्यको विश्‍वासले सम्पूर्ण परिवारमा आशिष्‌ ल्याउने, बिमारी निको पार्ने, इत्यादि। बाँकी मानिसका असल कामहरू र उसको धार्मिक रूप थियो; यदि कोही यी कुराका आधारमा जिउन सक्थ्यो भने, उसलाई मानकअनुरूपको विश्‍वासी मानिन्थ्यो। यस प्रकारका विश्‍वासीहरू मात्रै मृत्युपछि स्वर्गमा प्रवेश गर्न सक्थे, जसको अर्थ तिनीहरूले छुटकारा पाउँथे। तर, तिनीहरूको जीवनकालमा, यी मानिसहरूले जीवनका सबै मार्गलाई बुझेनन्। तिनीहरू पापहरू गर्ने अनि फेरि आफ्ना पापहरू स्वीकार गर्ने निरन्तर चक्रमा परेका थिए, तर आफ्‍ना स्वभाव बदल्ने कुनै तरिका तिनीहरूले जानेका थिएनन्: अनुग्रहको युगमा मानिसको अवस्था यस्तै थियो। के मानिसले पूर्ण मुक्ति पाएको छ? छैन! त्यसकारण, कामको त्यो चरण समाप्त भएपछि, न्याय र सजायको काम अझै बाँकी नै रह्यो। यो चरण भनेको मानिसलाई वचनको माध्यमद्वारा शुद्ध पार्नका लागि हो, र यसरी उसलाई पछ्याउने मार्ग दिनका लागि हो। यदि भूतहरू नै निकालिरहने हो भने यो चरण फलदायी वा अर्थपूर्ण हुँदैन, किनकि त्यो मानिसको पापी प्रकृति फाल्न असफल हुनेथ्यो, र मानिस आफ्ना पापहरूको क्षमामा नै अड्किरहने थियो। पापबलिको माध्यमले, मानिसलाई उसका पापहरूका निम्ति क्षमा गरिएको छ, किनकि क्रूसीकरणको काम समाप्तिमा पुगिसकेको छ, र परमेश्‍वर शैतानमाथि विजयी हुनुभएको छ। तर मानिसका भ्रष्ट स्वभावहरू अझै ऊभित्रै रहन्छन्, मानिसले अझै पनि पाप गर्न र परमेश्‍वरको प्रतिरोध गर्न सक्छ, र परमेश्‍वरले मानवजातिलाई प्राप्त गर्नुभएको छैन। त्यसैले कामको यस चरणमा परमेश्‍वर वचन प्रयोग गरेर मानिसका भ्रष्ट स्वभावहरू खुलासा गर्नुहुन्छ, र उसलाई उचित मार्गअनुरूप अभ्यास गर्न लगाउनुहुन्छ। यस चरणको काम अघिल्लोभन्दा बढी अर्थपूर्ण छ, साथै अझ बढी फलदायी पनि छ, किनकि अहिले वचनले नै सिधै मानिसको जीवनलाई भरणपोषण गर्छ र मानिसको स्वभावलाई पूर्ण रूपमा नवीकरण हुन सक्षम बनाउँछ; यो अझै पूर्ण कामको चरण हो। त्यसकारण, आखिरी दिनहरूमा हुने देहधारणले परमेश्‍वरको देहधारणको महत्त्व पूरा गरेको छ र मानिसको मुक्तिका लागि परमेश्‍वरको व्यवस्थापनको योजनालाई पूर्ण रूपमा पूरा गरेको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

परमेश्‍वरका दैनिक वचनहरू   अंश २७

आखिरी दिनहरूको काममा, वचनको शक्ति चिह्न र चमत्कारका कार्यहरूको प्रकटीकरणभन्दा अझ ठूलो हुन्छ, र वचनको अख्तियारले चिह्न र चमत्कारहरूको अख्तियारलाई उछिन्‍छ। वचनले मानिसको हृदयको गहिराइमा गाडिएका सबै भ्रष्ट स्वभावलाई खुलासा गर्दछ। तँसित तिनलाई आफै पत्ता लगाउने कुनै उपाय छैन। जब वचनद्वारा तिनलाई खुलासा गरिन्छ तब तैँले तिनलाई प्राकृतिक रूपमै पत्ता लगाउनेछस्; तैँले आफ्नो स्वीकृति दिनुपर्नेछ, र तँ पूर्ण रूपमा विश्‍वस्त हुनेछस्। के यो वचनको अख्तियार होइन र? यो आज वचनको कामद्वारा प्राप्त गरिने नतिजा हो। त्यसकारण, रोग निको पारेर र भूतहरू निकालेर मानिस उसका पापहरूबाट पूर्ण रूपले मुक्त हुन सक्दैन, न त चिह्न र चमत्कारहरू देखाएर नै उसलाई सम्पूर्ण रूपमा पूर्ण बनाउन सकिन्छ। रोग निको पार्ने र भूतहरू धपाउने अख्तियारले मानिसलाई अनुग्रह मात्र दिन्छ, तर मानिसको देह अझै पनि शैतानकै हुन्छ, र शैतानी भ्रष्ट स्वभावहरू अझै पनि मानिसभित्रै रहेका हुन्छन्। अर्को शब्दमा भन्‍ने हो भने, शुद्ध पारिएको मानिस अझै पनि पाप र फोहोरकै हुन्छ। वचनको माध्यमबाट शुद्ध पारिएपछि मात्र मानिस परमेश्‍वरद्वारा प्राप्त गरिन र पवित्र पारिन सक्छ। जब मानिसबाट भूतहरू निकालिन्थ्यो र उसले छुटकारा पाउँथ्यो, त्यसको मतलब ऊ शैतानको हातबाट खोसिएर परमेश्‍वरमा फर्कियो भन्‍ने मात्र हुन्थ्यो। तर, मानिस अझै पनि परमेश्‍वरद्वारा शुद्ध पारिएको वा परिवर्तन गरिएको छैन, र ऊ भ्रष्ट नै रहेको छ। मानिसभित्र अझै पनि फोहोर, प्रतिरोध, र विद्रोहीपन छन्; परमेश्‍वरले छुटकारा दिनुभएकोले मानिस उहाँकहाँ फर्केको मात्र हुन्छ, तर ऊसँग परमेश्‍वरको बारेमा रत्तीभर पनि ज्ञान हुँदैन र अझै पनि ऊ उहाँको विरोध गर्न र उहाँलाई धोका दिन सक्षम हुन्छ। मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषहरू ऊभित्र पहिल्यै रोपिएका थिए, र शैतानद्वारा भ्रष्ट तुल्याइएको हजारौँ वर्षपछि, ऊसँग भित्र परमेश्‍वरको प्रतिरोध गर्ने एउटा प्रकृति हुन्छ। यसकारण, जब मानिसलाई छुटकारा दिइयो, त्यो छुटकारा भन्दा अरू केही पनि थिएन। अर्थात्, मानिसलाई ठूलो मूल्यमा किनेर फिर्ता लिइएको थियो, तर ऊभित्रको विषाक्त प्रकृति हटाइएको थिएन। यस्तो फोहोरी मानिसले परमेश्‍वरलाई सेवा गर्न योग्य हुनुभन्दा अघि परिवर्तन भोग्नैपर्छ। यस न्याय र सजायको कामको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोरी र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्न पुग्नेछ, र ऊ पूर्णतः परिवर्तन हुन र शुद्ध गरिन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अघि फर्केर आउन योग्य हुन सक्छ। हालका सबै काम मानिस शुद्ध पारिन र परिवर्तित हुन सकोस् भनेर गरिन्छ; वचनको न्याय र सजाय, अनि शोधनको माध्यमबाट मानिसले आफ्नो भ्रष्टता फाल्न अनि ऊ शुद्ध पारिन सकोस् भनेर गरिन्छ। कामको यो चरण मुक्तिको काम हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु बढी उचित हुन्छ। वास्तवमा, यो चरण विजयको काम पनि हो, साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। वचनको न्याय र सजायमार्फत नै मानिस परमेश्‍वरद्वारा प्राप्त गरिन पुग्छ, र वचनमार्फत गरिने शोधन, न्याय, र खुलासाले नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, मनसाय र व्यक्तिगत आशाहरूलाई पूर्ण रूपमा प्रकट गर्छन्। मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएका भए पनि, यसलाई केवल परमेश्‍वरले उसका अपराधहरू याद नगर्नुभएको र उसका अपराधहरूअनुसार ऊसँग व्यवहार नगर्नुभएको मान्‍न सकिन्छ। तर, मानिस पापबाट मुक्त नभईकन देहमा जिउँछ, र ऊ निरन्तर पाप गरिरहन, अटुट रूपमा आफ्नो शैतानी भ्रष्ट स्वभावहरू प्रकट गरिरहन मात्र सक्छ। मानिसले जिउने जीवन यही हो, पाप गर्ने र क्षमा गरिने एउटा निरन्तर चक्र। अधिकांश मानिसहरूले दिनमा पाप गर्छन् र साँझमा पाप स्वीकार गर्छन्। अनि त्यसैले, पापबलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि, त्यसले मानिसलाई पापबाट मुक्ति दिन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभावहरू छन्। उदाहरणका लागि, जब मानिसहरूले आफूहरू मोआबबाट आएका हौँ भन्‍ने थाहा पाए, तब तिनीहरूले गुनासो गरे, जीवनको खोजी गर्न छाडे, र अति नै नकारात्मक बने। के यसले मानिस अझै पनि परमेश्‍वरको प्रभुत्वको अन्तर्गत पूर्ण रूपमा समर्पित हुन असमर्थ छ भनी देखाउँदैन र? के ठ्याक्कै यही नै मानिसका शैतानी भ्रष्ट स्वभाव होइनन् र? जब तँलाई सजायको अधीनमा पारिएको थिएन, तँ तेरो हात अरू सबैका भन्दा माथि उठाउँथिस्, येशूको भन्दा पनि माथि उठाउँथिस्। अनि तँ ठूलो स्वरमा कराउँथिस्, “परमेश्‍वरको प्यारो छोरा हुनू! परमेश्‍वरको एक घनिष्ठ हुनू! हामी शैतानको सामु झुक्नुभन्दा बरु मरौँला! त्यो वृद्ध शैतानविरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गरविरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गर सदाका लागि शक्तिबाट खसोस्। परमेश्‍वरले हामीलाई पूर्ण बनाउनुहोओस्!” तैँले अरू सबैको भन्दा चर्को स्वरमा पुकारिस्। तर त्यसपछि सजायको समय आयो, र एकचोटि फेरि, तेरा भ्रष्ट स्वभावहरू प्रकट भए। तेरो पुकार रोकियो, र तैँले तेरो सङ्कल्प गुमाइस्। मानिसको भ्रष्टता यही नै हो; यो यस्तो कुरा हो, जुन पापभन्दा गहिरो छ, यो शैतानले रोपेको कुरा हो र यसले मानिसभित्र गहिरो जरा गाडेको छ। आफ्ना पापहरूबारे सचेत हुनु मानिसका निम्ति सजिलो छैन, र ऊसँग गहिरो जरा गाडेको आफ्‍नो प्रकृतिलाई चिन्‍ने कुनै उपाय छैन। वचनको न्यायमार्फत मात्रै यो नतिजा हासिल गर्न सकिन्छ। यसरी मात्र मानिसलाई यस बिन्दुबाट बिस्तारै परिवर्तन गर्न सकिन्छ। मानिस विगतमा यसरी चिच्याउँथ्यो, किनभने उसमा आफ्ना अन्तर्निहित भ्रष्ट स्वभावहरूबारे कुनै बुझाइ थिएन। मानिसभित्र रहेका अशुद्धताहरू यिनै हुन्। न्याय र सजायको लामो अवधिभरि, मानिस तनावको वातावरणमा जियो। के यो सबै वचनको माध्यमद्वारा हासिल भएको थिएन र? के तँ पनि सेवाकर्ताहरूको परीक्षण हुनु अघि एकदमै ठूलो आवाजमा कराइनस् र? “हामी राज्यमा प्रवेश गरेका छौँ! यो नाउँ स्वीकार गर्नेहरू सबै राज्यमा प्रवेश गरेका छन्! सबै जना परमेश्‍वरकहाँ सहभागी भएका छन्!” जब सेवाकर्ताहरूको परीक्षा आयो, तँ रुनै छोडिस्। सबैभन्‍दा सुरुमा सबै जना कराए, “परमेश्‍वर! तपाईँले मलाई जहाँ राख्नुभए पनि, म तपाईँका योजनाबद्ध कार्यहरूप्रति अवश्यै समर्पित हुनेछु।” परमेश्‍वरका वचनहरू पढिसकेपछि मानिसहरूले भने, “मेरो पावल को हुनेछ? म राजी छु!” तब तिनीहरूले यी वचनहरू देखे, “अय्यूबको आस्था कस्तो थियो?” र भने, “म अय्यूबको आस्था आफूमा राख्न इच्छुक छु। हे परमेश्‍वर, बिन्ती मेरो परीक्षा गर्नुहोस्!” जब सेवा-कर्ताहरूको परीक्षण आयो, तिनीहरू एकैचोटि ढले, र मुस्किलले फेरि खडा हुन सके। त्यसपछि, अलिअलि गर्दै तिनीहरूको हृदयमा रहेका अशुद्धताहरू बिस्तारै कम हुँदै गए। के यो वचनद्वारा प्राप्त भएको थिएन र? यसैले, आज तिमीहरूले जे अनुभव गर्‍यौ ती वचनद्वारा प्राप्त गरिएका परिणामहरू हुन्, ती येशूको चिन्‍ह र चमत्कारहरूद्वारा प्राप्त गरिएका भन्दा पनि महान् छन्। तैँले देखेको परमेश्‍वरको महिमा र तैँले देख्‍ने परमेश्‍वर स्वयम्‌को अख्तियार केवल क्रूसीकरण, बिरामीलाई निको पार्ने र भूतहरू निकाल्ने माध्यमबाट मात्र देखिँदैन, तर त्योभन्दा बढी उहाँको वचनले गर्ने न्यायबाट देखिन्छ। यसले तँलाई परमेश्‍वरको अख्तियार र शक्तिमा केवल चिन्‍हहरू, बिरामीलाई निको पार्ने र भूतहरू धपाउने काम मात्र समावेश हुँदैन, तर परमेश्‍वरको वचनको न्यायले अझ राम्ररी परमेश्‍वरको अख्तियारलाई प्रतिनिधित्व गर्न अनि उहाँको सर्वशक्तिमान्‌तालाई प्रकाश गर्न सक्छ भन्ने देखाउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

परमेश्‍वरका दैनिक वचनहरू   अंश २८

राज्यको युगमा, परमेश्‍वर नयाँ युगको सुरुवात गर्न, आफ्नो काम गर्ने माध्यमहरू परिवर्तन गर्न र सम्पूर्ण युगको काम गर्न वचनहरू प्रयोग गर्नुहुन्छ। वचनको युगमा परमेश्‍वर यही सिद्धान्तद्वारा काम गर्नुहुन्छ। उहाँ देह बन्नुभयो र फरक-फरक दृष्टिकोणहरूबाट बोल्नुहुन्छ, जसले गर्दा मानिस देहमा देखा पर्नुहुने वचन, परमेश्‍वरलाई साँच्चै देख्न अनि उहाँको बुद्धि र विलक्षणता हेर्न सक्षम हुन्छ। परमेश्‍वर मानिसहरूमाथि विजय हासिल गर्ने, मानिसहरूलाई सिद्ध पार्ने र मानिसहरूलाई हटाउने लक्ष्यहरू अझ राम्ररी हासिल गर्नका निम्ति यस तरिकाले काम गर्नुहुन्छ। वचनको युगमा काम गर्नका लागि वचनहरूको प्रयोग गर्नुको साँचो अर्थ यही हो। वचनहरूमार्फत, मानिसहरूले परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव, मानिसको सार र मानिस केमा प्रवेश गर्नुपर्छ भन्‍ने कुरा थाहा पाउँछन्। वचनहरूमार्फत, परमेश्‍वरले वचनको युगमा गर्न चाहेका सबै काम सम्पन्न हुन्छन्। वचनहरूमार्फत, मानिसहरू प्रकट हुन्छन् र हटाइन्छन् अनि तिनीहरूको परीक्षा गरिन्छ। मानिसहरूले यी वचनहरू देखेका छन्, यी वचनहरू सुनेका छन् र यी वचनहरू अस्तित्वमा रहेका बुझेका छन्। फलस्वरूप, तिनीहरूले परमेश्‍वरको अस्तित्व, परमेश्‍वरको सर्वशक्तिमान्‌ता र बुद्धि अनि मानिसलाई प्रेम गर्ने र मुक्ति दिने परमेश्‍वरको हृदयमा विश्‍वास गर्न थालेका छन्। “वचनहरू” भन्‍ने शब्द साधारण र सरल हुन सक्ला, तर देहधारी परमेश्‍वरको मुखबाट बोलिएका वचनहरूले ब्रह्माण्ड हल्लाउँछन्; तिनले मानिसहरूको हृदय, उनीहरूका धारणाहरू र पुराना स्वभावहरू, र सम्पूर्ण संसारको विगतको स्वरूपलाई रूपान्तरण गर्छन्। युगौँ-युगदेखि, आजका परमेश्‍वरले मात्र यसरी काम गर्नुहुन्छ, र उहाँ मात्रै यसरी बोल्नुहुन्छ र यसरी मानिसलाई मुक्ति दिनुहुन्छ। यस उप्रान्त, मानिस परमेश्‍वरका वचनहरूको मार्गदर्शनअन्तर्गत, उहाँका वचनहरूको गोठालो र आपूर्तिमाझ जिउँछ; सबै मानिस परमेश्‍वरका वचनहरूको संसारमा, परमेश्‍वरका वचनहरूका श्राप र आशिष्‌हरूमाझ जिउँछन्, र अधिकांश मानिस त उहाँका वचनहरूको न्याय र सजायअन्तर्गत जिउँछन्। यी वचन र यो काम सबै मानिसको मुक्तिका खातिर, परमेश्‍वरको इच्छा पूरा गर्नका खातिर, र पुरानो सृष्टिको संसारको मूल स्वरूप परिवर्तन गर्नका खातिर हुन्। परमेश्‍वरले वचनहरू प्रयोग गरेर संसारको सृष्टि गर्नुभयो, उहाँ वचनहरू प्रयोग गरेर नै ब्रह्माण्डका सबै मानिसलाई अगुवाइ गर्नुहुन्छ, उहाँ वचनहरू प्रयोग गरेर नै उनीहरूलाई विजय गर्नुहुन्छ र मुक्ति दिनुहुन्छ, र अन्ततः उहाँले सम्पूर्ण पुरानो संसारलाई अन्त्य गर्न वचनहरू प्रयोग गर्नुहुनेछ, र यसरी उहाँको व्यवस्थापन योजनाको सम्पूर्णतालाई पूरा गर्नुहुनेछ। राज्यको युगभरि, परमेश्‍वर आफ्नो काम गर्न र आफ्नो कामका नतिजाहरू हासिल गर्न वचनहरू प्रयोग गर्नुहुन्छ। उहाँ न त आश्चर्यजनक कामहरू गर्नुहुन्छ न त चमत्कारहरू नै गर्नुहुन्छ, बरु वचनहरूमार्फत आफ्नो काम मात्र गर्नुहुन्छ। यी वचनहरूका कारण, सबै मानिसले पोषण र भरणपोषण पाउँछन्, साथै ज्ञान र साँचो अनुभव प्राप्त गर्छन्। वचनको युगमा, मानिस असाधारण रूपमा आशिषित् भएको छ। उसलाई कुनै शारीरिक पीडा हुँदैन र ऊ परमेश्‍वरका वचनहरूको प्रशस्त आपूर्तिको आनन्द मात्र लिन्छ; अन्धाधुन्ध रूपमा खोज्न वा दौडधुप गर्न नपरी, आफ्नो सहजतामा रहेर, ऊ परमेश्‍वर देखापर्नुभएको देख्छ, उहाँले आफ्नै मुखले बोल्नुभएको सुन्छ, उहाँले प्रदान गर्ने कुरा प्राप्त गर्छ र उहाँलाई व्यक्तिगत रूपमा आफ्नो काम गरिरहनुभएको देख्छ। यी विगत युगहरूका मानिसहरूले आनन्द उठाउन नसकेका कुराहरू हुन् र ती तिनीहरूले कहिल्यै प्राप्त गर्न नसक्ने आशिषहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

परमेश्‍वरका दैनिक वचनहरू   अंश २९

मानवजाति शैतानद्वारा यति गम्भीर रूपले भ्रष्ट भएको छ कि उसले परमेश्‍वर हुनुहुन्छ भनी जान्दैन र उसले परमेश्‍वरको आराधना गर्न छाडेको छ। आदिमा, जब आदम र हव्वाको सृष्टि गरियो, यहोवाको महिमा र गवाही सधैँ विद्यमान थिए। तर भ्रष्ट पारिएपछि, मानिसले त्यो महिमा र गवाही गुमायो, किनकि सबैले परमेश्‍वरको विरुद्धमा विद्रोह गरे, र उहाँको डर मान्न पूरै छाडे। आजको विजयको काम भनेको सम्पूर्ण गवाही र सम्पूर्ण महिमा फेरि प्राप्त गर्नु, र सबै मानिसहरूलाई परमेश्‍वरको आराधना गर्ने बनाउनु हो, ताकि सृजित प्राणीहरूका माझमा गवाही होस्; यो यस चरणको दौरान गर्नुपर्ने काम हो। वास्तवमा, कसरी मानवजातिमाथि विजय प्राप्त गर्नुपर्छ? मानिसलाई पूर्ण रूपमा विश्‍वास दिलाउन यस चरणमा वचनहरूको काम प्रयोग गरेर; उसलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउन खुलासा, न्याय, सजाय र निर्दयी श्राप प्रयोग गरेर; मानिसको विद्रोहीपनलाई खुलासा गरेर अनि उसको प्रतिरोधको न्याय गरेर ताकि उसले मानवजातिको अधार्मिकता र फोहोर चिन्‍न सकोस्, र यसरी ती चीजहरूलाई परमेश्‍वरको धर्मी स्वभावको प्रतिभारको रूपमा प्रयोग गरेर। मुख्य रूपमा यी वचनहरूद्वारा नै मानिसउपर विजय प्राप्त गर्न र उसलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउन सकिन्छ। वचनहरू मानवजातिलाई अन्तिम विजय गरिने माध्यम हुन्, र परमेश्‍वरको विजयलाई स्वीकार गर्ने सबैले उहाँको वचनको प्रहार र न्यायलाई स्वीकार गर्नुपर्दछ। आजको बोल्ने प्रक्रिया ठ्याक्‍कै जित्‍ने प्रक्रिया हो। अनि मानिसहरूले कसरी सहयोग गर्नुपर्छ? यी वचनहरू कसरी खाने र पिउने भनी जानेर, र ती बुझ्ने समझ प्राप्त गरेर। जहाँसम्म मानिसहरूलाई कसरी जित्‍ने भन्‍ने सवाल छ, यो तिनीहरू आफैँले गर्न सक्‍ने कुरा होइन। तैँले गर्न सक्‍ने भनेको यी वचनहरू खाएर अनि पिएर आफ्नो भ्रष्टता र फोहोर, आफ्नो विद्रोहीपन र अधार्मिकता थाहा पाउने, र परमेश्‍वरको अगाडि लम्पसार पर्ने मात्र हो। यदि, परमेश्‍वरका अभिप्रायहरू बोध गरेपछि, तैँले अभ्यास गर्न सक्छस्, र यदि तँसँग दर्शनहरू छन् र यी वचनहरूप्रति तँ पूर्ण रूपमा समर्पित हुन सक्छस्, र आफैले कुनै छनौट गर्दैनस् भने, तँमाथि विजय भएको हुनेछ—र त्यो विजय यी वचनहरूकै फलस्वरूप भएको हुनेछ। किन मानवजातिले गवाही गुमायो? किनकि कसैसँग पनि परमेश्‍वरमाथि विश्‍वास छैन, किनकि मानिसहरूको हृदयमा परमेश्‍वरको कुनै स्थान छैन। मानवजातिलाई जित्‍नु भनेको मानवजातिको विश्‍वास पुनर्स्थापित गर्नु हो। मानिसहरू सधैँ अनियन्त्रित रूपमा सांसारिक संसारमा दगुर्न चाहन्छन्, तिनीहरूले अत्याधिक आशा राख्छन्, आफ्नो भविष्यका लागि धेरै कुराहरू चाहन्छन्, र तिनीहरूका धेरै नै असाधारण मागहरू छन्। तिनीहरू जहिल्यै पनि देहको बारेमा सोच्छन्, देहका लागि योजना गर्दछन्, र परमेश्‍वरप्रतिको विश्‍वासको मार्ग खोज्न कुनै चासो राख्दैनन्। तिनीहरूका हृदयहरू शैतानले हरण गरेको हुन्छ, तिनीहरूले परमेश्‍वरको डर मान्ने आफ्नो हृदय गुमाएका छन्, र तिनीहरू शैतानप्रति आसक्त छन्। तर मानिसको सृष्टि परमेश्‍वरले गर्नुभएको थियो। यसैले, मानिसले उक्त गवाही गुमाएको छ, अर्थात उसले परमेश्‍वरको महिमा गुमाएको छ। मानवजातिउपर विजय प्राप्त गर्नुको उद्देश्य परमेश्‍वरप्रतिको मानिसको डरको महिमा फेरि प्राप्त गर्नु हो। यसलाई यसरी भन्‍न सकिन्छ: यस्ता धेरै मानिसहरू छन् जसले जीवनलाई पछ्याउँदैनन्; जीवनको पछि लाग्‍ने यदि कोही छन् भने पनि, तिनीहरूको सङ्ख्या औँलामा गन्‍न सकिने मात्र छ। मानिसहरू आफ्नो भविष्यको सोचमा डुबेका छन् र तिनीहरूले जीवनप्रति कुनै ध्यान दिँदैनन्। कसै-कसैले परमेश्‍वरको विरुद्ध विद्रोह र विरोध गर्छन्, उहाँको पिठिउँपछाडि उहाँलाई दोष लगाउँछन् र सत्यताको अभ्यास गर्दैनन्। अहिलेलाई यी मानिसहरूलाई बेवास्ता गरिन्छ; अहिलेलाई यी विद्रोहका छोराहरूलाई केही पनि गरिँदैन, तर भविष्यमा तँ रुँदै र दाह्रा किट्दै अन्धकारमा जिउनेछस्। ज्योतिमा जिउँदा तैँले ज्योतिको अनमोलता महसुस गर्नेछैनस्, तर एकपल्ट अँध्यारो रातमा जिउनुपरेमा तैँले त्यो कति मूल्यवान् रहेछ भनी महसुस गर्नेछस्, तब तँ दुःखी हुनेछस्। तँलाई अहिले ठीकै लाग्छ, तर त्यस्तो दिन आउनेछ जब तँ दुःखी हुनेछस्। जब त्यो दिन आउँछ, जब अँध्यारो आइपर्छ र ज्योति रहँदैन, तब पछुतो गर्नलाई पनि धेरै ढिलो हुनेछ। किनकि तैँले आजको काम अझै बुझेको छैनस् र अहिले तँसँग भएको समयलाई कदर गर्न चुकेको छस्। जब सम्पूर्ण ब्रह्माण्डको काम सुरु हुन्छ, अर्थात् जब आज मैले भनेका सबै कुराहरू साँचो हुन्छ, तब धेरै मानिसहरू आफ्नो टाउको समातेर कष्टको आँसु रुनेछन्। अनि त्यसो गर्दा, के तिनीहरू रुँदै र दाह्रा किट्दै अन्धकारमा परेका हुँदैनन् र? साँचो रूपमा जीवनलाई पछ्याउने र पूर्ण बनाइएकाहरू सबैलाई प्रयोग गर्न सकिन्छ तर प्रयोग गर्न अयोग्य विद्रोहका सबै छोराहरू अन्धकारमा धकेलिनेछन्। तिनीहरू पवित्र आत्माको कामबाट वञ्‍चित हुनेछन् र कुनै पनि कुराको अर्थ बुझ्न असमर्थ हुनेछन्। त्यसैले तिनीहरू सजायमा पर्नेछन् र रोदनमा डुब्‍नेछन्। यदि तँ कामको यस चरणमा राम्रोसँग सुसज्‍जित भइस्, र तँ आफ्नो जीवनमा वृद्धि भएको छस् भने, तँ प्रयोग हुन योग्य छस्। यदि तँ राम्ररी सुसज्‍जित छैनस् भने, तँलाई अर्को चरणको कामका लागि बोलाइएको छ भने पनि, तँ प्रयोगका निम्ति अयोग्य हुनेछस्—यो बेला तैँले आफैलाई सुसज्‍जित पार्ने इच्छा गरिस् भने पनि अर्को मौका पाउनेछैनस्। परमेश्‍वर हिँडिसक्‍नुभएको हुनेछ; अहिले तेरो सामु रहेको यस किसिमको अवसर पाउन तँ कहाँ जान सक्छस् र? परमेश्‍वरले व्यक्तिगत रूपमा प्रबन्ध गर्नुभएको त्यो अभ्यास प्राप्त गर्न तँ कहाँ जान सक्छस् र? त्यति बेला, परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्नुहुने वा आवाज दिनुहुनेछैन; तैँले गर्न सक्‍ने भनेको आज बोलिएका कुराहरू पढ्न सक्‍ने मात्र हो—त्यस्तो भएमा, समझ सजिलै कसरी आउन सक्छ? आजको भन्दा भविष्यको जीवन कसरी राम्रो हुन सक्छ? त्यस स्थितिमा, के तैँले रुँदै र दाह्रा किट्दै जिउँदो मरण भोगिरहेको हुँदैनस् र? तँलाई अहिले आशिष्‌हरू दिइँदै छ, तर ती कसरी उपभोग गर्ने भनेर तँलाई थाहा छैन; तँ आशिष्‌मा बाँचिरहेको छस्, तर पनि तँ अनजान छस्। यसबाट तैँले कष्ट भोग्‍ने निश्‍चित छ भनी प्रमाणित हुन्छ। आज, केही मानिसहरूले प्रतिरोध गर्छन्, केहीले विद्रोह गर्छन्, कसैले यो वा त्यो गर्छन्, र म यसलाई बेवास्ता गर्छु, तर म तिमीहरूले गर्न लागेका कुराबारे अनजान छु भनी नसोच। के म तिमीहरूको सार बुझ्दिनँ र? किन मेरो विरुद्ध झगडा गरिरहन्छौ? के तँ आफ्नै खातिर जीवन र आशिष्‌हरूको पछि लाग्‍नलाई परमेश्‍वरमा विश्‍वास गर्दैनस् र? के तैँले विश्‍वास गरेको तेरो आफ्नै लागि होइन र? हाल, म केवल बोलेर विजयको कार्य गर्दै छु, र यो विजयको काम समाप्त भएपछि, तेरो अन्त्य पक्‍कै हुनेछ। के मैले तँलाई स्पष्ट रूपमा भनिरहनु पर्छ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (१)

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३०

आजको विजयको कामको उद्देश्य मानिसको अन्त्य कस्तो हुनेछ भनी स्पष्ट पार्नु हो। किन आजको सजाय र न्यायलाई आखिरी दिनहरूमा ठूलो सेतो सिंहासनको अघि हुने न्याय हो भनेर भनिन्छ? के तँ यो देख्दैनस्? विजयको काम किन अन्तिम चरणमा छ? के यो सबै वर्गका मानिसहरूको अन्त्य कस्तो प्रकारको हुनेछ भन्‍ने कुरा स्पष्ट रूपमा प्रस्तुत गर्नका निम्ति होइन र? के यो सजाय र न्यायको विजयको क्रममा सबैलाई आफ्नो वास्तविक रङ्ग देखाउन र त्यसपछि आ-आफ्नै प्रकारअनुसार वर्गीकृत हुन दिनका लागि होइन र? यसलाई मानवजातिउपर विजय गर्नु भन्‍नुभन्दा बरु प्रत्येक वर्गको व्यक्तिले कस्तो प्रकारको अन्त्यको सामना गर्नुपर्छ त्यो देखाउनु हो भन्‍नु राम्रो हुन्छ। यो मानिसहरूको पापहरूको न्याय गर्ने र त्यसपछि विभिन्‍न वर्गका मानिसहरूलाई खुलासा गर्दै, त्यसमार्फत तिनीहरू दुष्ट वा धर्मी के हुन् भनेर निर्णय गर्नु हो। विजयको कामपछि, असललाई इनाम र दुष्टलाई दण्ड दिने काम हुन्छ। पूर्ण रूपमा समर्पित हुनेगर्ने मानिसहरूलाई—अर्थात् पूर्ण रूपले जितिएका मानिसहरूलाई—सम्पूर्ण ब्रह्माण्डमा परमेश्‍वरको कार्य फैलाउने अर्को चरणमा राखिनेछ; अनि नजितिएकाहरूलाई अन्धकारमा राखिनेछ र तिनीहरूले विपत्तिको सामना गर्नेछन्। यसरी मानिसहरूलाई तिनीहरूका प्रकारअनुसार वर्गीकरण गरिनेछ, दुष्ट हरूलाई दुष्टहरूको समूहमा, फेरि सूर्यको किरणमा नहुने गरी राखिनेछन्, र धर्मीहरू असल मानिसहरूको समूहमा राखिनेछन् र तिनीहरूले ज्योति प्राप्त गर्नेछन् र सदासर्वदा ज्योतिमा जिउनेछन्। सबै थोकको अन्त्य नजिक छ; मानिसको अन्त्य उसको आँखाको अघि स्पष्ट देखाइएको छ, र यावत् थोकलाई तिनको प्रकारअनुसार वर्गीकृत गरिनेछ। त्यसो भए, मानिसहरूले तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिने पीडाबाट कसरी उम्कन सक्छन्? सबै थोकको अन्त्य नजिक आउँदा प्रत्येक प्रकारको व्यक्तिको अन्त्य प्रकट गरिन्छ, र यो (वर्तमान कार्यबाट सुरु गर्दै, विजयका सबै कामहरूलगायत) सम्पूर्ण ब्रह्माण्डलाई जित्‍ने काम गरिने अवधिमा गरिन्छ। सबै मानवजातिको अन्त्यको प्रकटीकरण न्यायको सिंहासनअघि, सजाय दिने अवधिमा, र आखिरी दिनहरूको विजयको कामको क्रममा गरिन्छ। प्रकारअनुसार मानिसहरूको वर्गीकरण गर्नु भनेको मानिसहरूलाई तिनीहरूको सुरुको वर्गमा फर्काउनु होइन, किनकि सृष्टिको समयमा मानिसको सृष्टि हुँदा, एक किसिमको मानिस मात्र थियो, उसमा पुरुष र स्‍त्रीको भेद मात्र थियो। त्यति बेला धेरै प्रकारका मानिसहरू थिएनन्। हजारौं वर्षको भ्रष्टतापछि मात्र मानिसहरूका विभिन्‍न वर्गहरू देखा परेको हो, र कोही फोहोरी दियाबलसहरूको सत्तामा छन्, कोही दुष्ट दियाबलसहरूको सत्तामा छन्, र कोही जीवनको मार्ग पछ्याउनेहरू छन् जो सर्वशक्तिमान्‌को क्षेत्रमा पर्छन्। केवल यसरी मानिसहरूको माझमा बिस्तारै वर्गहरू अस्तित्वमा आए, र मानिसको ठूलो परिवारभित्र त्यसरी मात्र मानिसहरू वर्गहरूमा बाँडिन्छन्। सबै मानिसहरूले भिन्‍नभिन्‍न “पिता” प्राप्त गरे; सबै मानिस पूर्ण रूपमा सर्वशक्तिमान्‌को प्रभुत्वमा हुन्छन् भन्‍ने होइन, किनकि मानिस अति विद्रोही छ। धर्मी न्यायले प्रत्येक प्रकारको मानिसको वास्तविक रूप खुलासा गर्दछ, कुनै पनि कुरा लुक्दैन। सबैले ज्योतिमा आफ्नो वास्तविक अनुहार देखाउँछन्। यस अवस्थामा, मानिस सुरुमा जस्तो थियो अब त्यस्तो हुँदैन, उसका पुर्खाहरूको मूल स्वरूप धेरै समयअघि नै हराइसक्यो, किनकि आदम र हव्वाका अनगिन्ती सन्तानहरू फेरि कहिल्यै स्वर्गसूर्यलाई नचिन्‍ने गरी लामो समयदेखि शैतानको पासोमा परेका छन्, र किनकि मानिसहरू शैतानको हरकिसिमको विषद्वारा भरिएका छन्। यसरी मानिसहरूले आफ्नो उचित गन्तव्य पाउँछन्। साथै, उनीहरूको भिन्‍नाभिन्‍नै यही विषको आधारमा तिनीहरूलाई प्रकारअनुसार वर्गीकृत गरिन्छ, यसको अर्थ, तिनीहरूलाई आज जुन हदसम्म जितिएको छ त्यसको आधारमा वर्गीकरण गरिन्छ। मानिसको अन्त्य संसारको सृष्टिदेखि पूर्वनिर्धारित गरिएको कुरा होइन। किनभने आदिमा, केवल एउटा वर्ग थियो, जसलाई सामूहिक रूपमा “मानवजाति” भनिन्थ्यो, र सुरुमा मानिस शैतानद्वारा भ्रष्ट भएको थिएन, र सबै मानिसहरू परमेश्‍वरको ज्योतिमा जिउँथे, तिनीहरूमाथि अन्धकार आइपरेको थिएन। तर मानिस शैतानद्वारा भ्रष्ट भएपछि, सबै प्रकार र किसिमका मानिसहरू—पुरुष र स्‍त्री मात्र भएका र सामूहिक रूपमा “मानवजाति” भन्‍ने त्यो परिवारबाट आएका सबै प्रकार र किसिमका मानिसहरू—पृथ्वीभरि फैलिए। तिनीहरूलाई आफ्ना पुर्खाहरूले तिनीहरूका सबैभन्दा प्राचीन पुर्खाहरूबाट—पुरुष र स्‍त्री मात्र भएको मानवजातिबाट (अर्थात्, प्रारम्भ‍का आदम र हव्वा, सबैभन्दा प्राचीन पुर्खाहरूबाट)—पथभ्रष्ट पारियो। त्यस बेला, पृथ्वीमा जिउने मानिसहरू इस्राएलीहरू मात्र थिए, जो यहोवाद्वारा डोर्‍याइएका थिए। सम्पूर्ण इस्राएल (अर्थात् सुरुको परिवारिक कूल) बाट निस्केका विभिन्‍न किसिमका मानिसहरूले यहोवाको मार्गनिर्देशन गुमाए। यी सुरुका मानिसहरू मानव संसारका मामिलाहरूबारे पूर्ण रूपमा अनभिज्ञ थिए, पछि उनीहरू आफ्ना पुर्खाहरूसँग उनीहरूले दाबी गरेका क्षेत्रहरूमा बस्‍न गए, जुन आजको दिनसम्म जारी छ। यसरी तिनीहरू कसरी यहोवाबाट टाढिँदै गए र आजको दिनसम्म हरप्रकारका फोहोरी दियाबलस र दुष्टात्माहरूबाट भ्रष्ट भएका छन् भन्‍नेबारेमा अनजान छन्। जो अहिलेसम्म गम्भीर रूपमा भ्रष्ट र विषाक्त छन्—जसलाई आखिरीमा उद्धार गर्न सकिँदैन, तिनीहरूका निम्ति आफ्ना पुर्खाहरू, अर्थात् तिनीहरूलाई भ्रष्ट पार्ने दियाबलसहरूसँग जानुबाहेक अरू विकल्प हुनेछैन। जसलाई आखिरीमा मुक्त गर्न सकिनेछ तिनीहरू मानवजातिको उपयुक्त गन्तव्यमा जानेछन्, जसको अर्थ हो, तिनीहरू मुक्ति पाएका र जितिएकाहरूका निम्ति आरक्षित गन्तव्यमा जानेछन्। मुक्त गर्न सकिनेहरूलाई मुक्त गर्नका निम्ति सबै कुरा गरिनेछ—तर असंवेदनशील र असाध्य मानिसहरूका लागि एकमात्र विकल्प तिनीहरूका पुर्खाहरूको पछिपछि सजायको अतल कुण्डमा जानु हुनेछ। तेरो अन्त्य आदिमा पूर्वनिर्धारित थियो र अहिले प्रकट गरिएको छ भनेर नसोच्। यदि तँ त्यसरी सोच्छस् भने, के तैँले मानवजातिको प्रारम्भिक सृष्टिको क्रममा, कुनै पनि अलग शैतानी वर्गको सृष्टि गरिएको थिएन भनेर बिर्सिस्? के तैँले आदम र हव्वाले बनेको एउटा मात्र मानवजाति सृष्टि गरिएको थियो (अर्थात्, केवल पुरुष र स्‍त्री मात्र सृष्टि गरिएको थियो) भनेर बिर्सिस्? यदि तँ सुरुमा हुने शैतानको सन्तान भएको भए, के यसको अर्थ यहोवाले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले शैतानी समूहलाई उहाँको सृष्टिमा समावेश गर्नुभयो भन्‍ने हुँदैन र? के उहाँले त्यस्तो केही गर्नुहुन्छ र? उहाँले मानिसलाई उहाँको गवाहीका लागि सृष्टि गर्नुभयो; उहाँले मानिसलाई उहाँको महिमाको लागि सृष्टि गर्नुभयो। उहाँको विरोध गर्छ भनी जान्दाजान्दै उहाँले शैतानको सन्तान किन बनाउनुहुन्थ्यो र? यहोवाले त्यस्तो कार्य कसरी गर्न सक्‍नुहुन्थ्यो? यदि उहाँले त्यसो गर्नुहुन्थ्यो भने, कसले उहाँ धर्मी परमेश्‍वर हुनुहुन्छ भनी भन्‍नेथियो होला? जब म अहिले तिमीहरूमध्ये कोहीकोहीलाई अन्त्यमा शैतानलाई दिइनेछ भन्छु, त्यसको अर्थ तँ सुरुदेखि नै शैतानको स्वामित्वमा थिइस् भन्‍ने होइन; बरु, यसको अर्थ तँ यति तल डुबेको छस् कि परमेश्‍वरले तँलाई मुक्त गर्ने कोसिस गर्नुभए पनि तँ त्यो मुक्ति प्राप्त गर्न असमर्थ छस् भन्‍ने हो। तँलाई शैतानको वर्गमा राख्‍नुबाहेक अरू विकल्प छैन। तँ मुक्तिभन्दा पर भएकाले नै यसो भएको हो, परमेश्‍वर तँप्रति अधर्मी हुनुभएकाले र तँलाई जानीजानी शैतानको मूर्त रूप बनाएर शैतानलाई दिने र जानीजानी दुःख दिन चाहनुभएकाले गर्दा होइन। यो विजयको कामको भित्री सत्यता होइन। यदि तैँले विश्‍वास गर्ने यही हो भने, तेरो बुझाइ अति नै एकतर्फी छ! अन्तिम चरणको विजयको उद्देश्य मानिसहरूलाई मुक्ति दिनु र तिनीहरूका परिणाम प्रकाश गर्नु हो। यो न्यायको माध्यमबाट मानिसहरूको पतित अवस्था खुलासा गर्नु, र त्यसो गरेर तिनीहरूलाई पश्‍चात्ताप गर्न, माथि उठ्न, र जीवन र मानवजीवनको सही मार्ग पछ्याउने बनाउनु हो। यो चेतनाहीन र मन्द बुद्धिका मानिसहरूको हृदयलाई ब्युँझाउनु र न्यायमार्फत तिनीहरूको भित्री विद्रोहीपन प्रकाश गर्नु हो। तथापि, यदि मानिसहरू अझै पनि पश्‍चात्ताप गर्न असमर्थ छन् भने, अझै पनि मानवजीवनको सही मार्ग पछ्याउन असमर्थ छन् भने र यी भ्रष्टताहरू फाल्न असमर्थ छन् भने, तिनीहरू मुक्तिभन्दा धेरै पर छन् र शैतानद्वारा निलिनेछन्। विजयको महत्त्व यस्तो छ: मानिसहरूलाई मुक्ति दिनु, र तिनीहरूका परिणामहरू पनि देखाउनु। असल परिणामहरू, खराब परिणामहरू—ती सबै विजयको कामद्वारा प्रकाश हुनेछन्। मानिसहरूलाई मुक्ति दिइनेछ वा श्राप दिइनेछ, यी सबै कुरा विजयको कामको दौरान प्रकाश गरिनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (१)

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३१

आखिरी दिनहरू भनेका ती दिनहरू हुन् जुन बेला यावत् थोकलाई विजयद्वारा तिनका प्रकारअनुसार वर्गीकृत गरिनेछ। विजय भनेको आखिरी दिनहरूको काम हो; अर्को शब्दमा, प्रत्येक व्यक्तिको पापको न्याय गर्नु आखिरी दिनहरूको काम हो। अन्यथा, कसरी मानिसहरूलाई प्रकारअनुसार वर्गीकृत गर्न सकिन्छ? तिमीहरूमाझ गरिने वर्गीकरणको काम सम्पूर्ण ब्रह्माण्डमा गरिने यस्तो कामको सुरुवात हो। त्यसपछि, सबै भूमि र सबै जातिकाले पनि विजयको काम स्विकार्नेछन्। यसको अर्थ सृष्टिको प्रत्येक व्यक्तिलाई उसको प्रकारअनुसार वर्गीकृत गरिनेछ, न्याय गरिनका लागि न्यायको आसनअगाडि समर्पित गराइनेछ। कुनै पनि व्यक्ति वा कुनै पनि कामकुरा यस सजाय र न्यायको कष्टबाट उम्किन सक्दैन, न त कुनै व्यक्ति न त कुनै कामकुरा नै आफ्नो प्रकारअनुसार वर्गीकृत नगरिएको हुनेछ; प्रत्येक व्यक्तिलाई वर्गीकृत गरिनेछ, किनकि यावत् थोकको परिणाम नजिकै आउँदै छ, र सारा स्वर्ग र पृथ्वी आफ्नो निष्कर्षमा पुगिसकेको छ। मानिस कसरी मानव अस्तित्व अन्त्य हुने दिनबाट उम्कन सक्छ? यसरी, तिमीहरूको विद्रोही कार्यहरू कहिलेसम्म लम्बिरहन्छ? के तिमीहरू आफ्ना आखिरी दिनहरू नजिकै छन् भनी बुझ्दैनौ? परमेश्‍वरको डर मान्ने र उहाँको देखापराइको तृष्णा गर्नेहरूले कसरी परमेश्‍वरको धार्मिकताको देखापराइको दिनलाई देख्‍न सक्दैनन् र? तिनीहरूले भलाइका लागि अन्तिम इनाम कसरी प्राप्त गर्न सक्दैनन् र? के तँ असल काम गर्ने व्यक्ति होस् कि दुष्कर्मी होस्? के तँ धर्मी न्याय स्वीकार गर्ने र त्यसपछि समर्पित हुने व्यक्ति होस् कि धर्मी न्याय स्वीकार गरेर श्रापित हुने व्यक्ति होस्? के तँ ज्योतिमा न्याय-आसनको अगि जिउँछस् कि अन्धकारमाझ पातालमा जिउँछस्? तेरो परिणाम इनामित हुने हो कि दण्डित हुने हो भनेर के तँ आफैलाई नै सबैभन्दा स्पष्टसँग थाहा छैन र? के तँ आफैले परमेश्‍वर धर्मी हुनुहुन्छ भनी सबैभन्दा स्पष्ट रूपले जानेको र सबैभन्दा गहिरो रूपले बुझेको छैनस् र? यसैले तेरो आचरण र हृदय ठ्याक्कै कस्तो छ त? आज मैले तँलाई जित्दा, के मैले तँलाई तेरो व्यवहार असल वा खराब छ भनी बताउनु आवश्यक छ? तैँले मेरा लागि कतिसम्म त्याग गरेको छस्? तँ मेरो आराधना कति गहन रूपमा गर्छस्? के तैँले मसित कस्तो व्यवहार गरेको छस् भन्‍ने कुरा आफै सबैभन्दा स्पष्ट रूपमा जान्दैनस् र? तैँले ठ्याक्कै कस्तो परिणाम पाउनेछस् भन्‍ने कुरा अरू कसैले भन्दा तैँले नै राम्ररी जान्‍नुपर्दछ! साँच्‍चै, म तँलाई भन्छु: मैले मानवजातिलाई सृष्टि मात्र गरेँ, र मैले तँलाई पनि सृष्टि गरेँ, तर मैले तिमीहरूलाई शैतानको हातमा सुम्पिइनँ; न त मैले जानाजानी तिमीहरूलाई मेरो विरुद्ध विद्रोह गर्ने वा मेरो प्रतिरोध गर्ने बनाएर त्यसकारण मद्वारा दण्डित हुने बनाएको हुँ। के यी सबै विपत्तिहरू तिमीहरूका हृदय धेरै हठी र तिमीहरूको आचरण अति घृणास्पद भएकाले तिमीहरूले पाउने कुरा होइनन् र? यसैले, के तिमीहरू आफूले पाउने परिणाम निर्धारण गर्न पनि सक्षम छैनौ र? तिमीहरूको परिणाम कस्तो हुनेछ भनी अरू कसैले भन्दा तिमीहरूले नै आफ्नो हृदयमा सबैभन्दा राम्ररी जान्दैनौ र? मैले मानिसहरूलाई विजय गर्नुको कारण तिनीहरूलाई प्रकाश गर्न अनि तँलाई अझ राम्ररी मुक्ति दिनका लागि हो। यो तँलाई दुष्ट कार्य गराउनको लागि होइन, न त यो जानाजानी विनाशको नरकमा जान लगाउनका लागि नै हो। जब समय आउँछ, तेरा सबै ठूला कष्टहरू, तेरो विलाप र दाह्रा किटाइ—के यी सबै तेरा पापहरूको कारणले होइन र? यसैले, के यो तेरो आफ्नै असलपन वा तेरो आफ्नै दुष्टता नै तेरो सर्वोत्तम न्याय होइन र? के यही नै तेरो परिणाम कस्तो हुनेछ भन्‍ने कुराको उत्तम प्रमाण होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (१)

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३२

आखिरी दिनहरूको दौरान, परमेश्‍वर मुख्य रूपमा आफ्ना वचनहरू बोल्न आउनुभएको छ। उहाँ आत्माको दृष्टिकोणबाट, मानिसको दृष्टिकोणबाट र तेस्रो व्यक्तिको दृष्टिकोणबाट बोल्नुहुन्छ; उहाँ फरक-फरक तरिकाले बोल्नुहुन्छ, केही समयका लागि एउटा तरिका प्रयोग गर्नुहुन्छ अनि मानिसका धारणाहरू परिवर्तन गर्न र मानिसको हृदयबाट अस्पष्ट ईश्‍वरको छवि हटाउन यी बोल्ने तरिकाहरू प्रयोग गर्नुहुन्छ। परमेश्‍वरद्वारा गरिने मुख्य काम यही हो। मानिसले परमेश्‍वर आउनुहुँदा उहाँले बिरामीलाई निको पार्नुहुनेछ, पिशाचहरू धपाउनुहुनेछ, आश्‍चर्यकर्महरू गर्नुहुनेछ र मानिसलाई भौतिक आशिष्‌हरू दिनुहुनेछ भनी विश्‍वास गर्ने हुनाले, परमेश्‍वर मानिसका धारणाहरूमा भएका यस्ता कुराहरू हटाउन, मानिसलाई परमेश्‍वरको व्यावहारिकता र सामान्यता जान्न दिन अनि मानिसको हृदयमा रहेको येशूको छवि हटाएर त्यसको सट्टा परमेश्‍वरको नयाँ छविलाई मानिसको हृदय ओगट्न दिन कामको यो चरण—सजाय र न्यायको काम—गर्नुहुन्छ। मानिसभित्र परमेश्‍वरको छवि पुरानो भएपछि, त्यो मूर्ति बन्छ। जब येशू आउनुभयो र उहाँले कामको त्यो चरण गर्नुभयो, तब उहाँले परमेश्‍वरको सम्पूर्णताको प्रतिनिधित्व गर्नुभएन। उहाँले केही चिन्‍ह र आश्चर्यकर्म देखाउनुभयो, केही वचन बोल्नुभयो र अन्ततः क्रूसमा टाँगिनुभयो। उहाँले परमेश्‍वरको एउटा भागको प्रतिनिधित्व गर्नुभयो। उहाँले परमेश्‍वरका सबै कुराको प्रतिनिधित्व गर्न सक्नुभएन, बरु उहाँले परमेश्‍वरको कामको एउटा भाग गर्नमा परमेश्‍वरको प्रतिनिधित्व गर्नुभयो। किनभने परमेश्‍वर अत्यन्तै महान् र अत्यन्तै अद्भुत हुनुहुन्छ अनि उहाँ अगम्य हुनुहुन्छ र किनभने परमेश्‍वर हरेक युगमा आफ्नो कामको एक भाग मात्र गर्नुहुन्छ। यो युगको अवधिमा परमेश्‍वरले गर्नुहुने काम मुख्य रूपमा मानिसका लागि जीवनका वचनहरू प्रदान गर्नु; मानिसको प्रकृति सार र उसको भ्रष्ट स्वभाव खुलासा गर्नु; र उसका धार्मिक धारणाहरू, सामन्ती सोच, पुरानो सोच, साथै ज्ञान र संस्कृतिलाई हटाउनु हो। यी सबै कुराहरू परमेश्‍वरका वचनहरूमार्फत खुलासा गरेर पखालिनुपर्छ। आखिरी दिनहरूमा, मानिसलाई सिद्ध पार्न, परमेश्‍वरले वचनहरू प्रयोग गर्नुहुन्छ, चिन्‍हहरू र अचम्मका कामहरू प्रयोग गर्नुहुन्‍न। उहाँले मानिसलाई प्रकाश गर्न, मानिसलाई न्याय गर्न, मानिसलाई सजाय दिन, र मानिसलाई सिद्ध पार्न आफ्‍ना वचनहरू प्रयोग गर्नुहुन्छ, ताकि परमेश्‍वरका वचनहरूमा, मानिसले परमेश्‍वरको बुद्धि र प्रेमिलो स्वभाव देखोस् र परमेश्‍वरको स्वभाव बुझोस्, ताकि परमेश्‍वरका वचनहरूमार्फत, मानिसले परमेश्‍वरका कार्यहरू देखोस्। व्यवस्थाको युगमा, यहोवाले आफ्ना वचनहरूद्वारा मोशालाई मिश्रबाट बाहिर अगुवाइ गर्नुभयो र इस्राएलीहरूलाई केही वचन बोल्नुभयो; त्यसबेला, परमेश्‍वरका कार्यहरूको अंश प्रकट भएको थियो, तर मानिसको क्षमता सीमित भएकाले र कुनै पनि कुराले उसको ज्ञानलाई पूर्ण बनाउन नसक्ने हुनाले, परमेश्‍वर निरन्तर बोल्नुभयो र उहाँले काम गर्नुभयो। अनुग्रहको युगमा, मानिसले फेरि एक पटक परमेश्‍वरका कार्यहरूको अंश देख्यो। येशूले चिन्‍ह र आश्चर्यकर्महरू देखाउन, बिरामीलाई निको पार्न र पिशाचहरू धपाउन, र आफू क्रूसमा टाँगिन सक्नुभयो, जसको तीन दिनपछि उहाँ मृत्युबाट बौरी उठ्नुभयो र मानिससामु देहमा देखा पर्नुभयो। मानिसलाई परमेश्‍वरबारे यति मात्र थाहा थियो। परमेश्‍वर मानिसलाई जति प्रकट गर्नुहुन्छ, मानिसले त्यति नै जान्दछ र यदि परमेश्‍वरले उप्रान्त मानिसलाई केही पनि प्रकट नगर्नुहुने हो भने, मानिसले परमेश्‍वरलाई त्यही हदसम्म सीमित गर्नेथ्यो। यसरी, परमेश्‍वर निरन्तर काम गर्नुहुन्छ, ताकि उहाँबारे मानिसको ज्ञान अझ गहन हुन सकोस् र मानिसले बिस्तारै परमेश्‍वरको सार जान्न सकोस्। आखिरी दिनहरूमा, परमेश्‍वर मानिसलाई सिद्ध पार्न आफ्ना वचनहरू प्रयोग गर्नुहुन्छ। तेरो भ्रष्ट स्वभाव परमेश्‍वरका वचनहरूद्वारा खुलासा हुन्छ र तेरा धार्मिक धारणाहरू परमेश्‍वरको व्यावहारिकताद्वारा प्रतिस्थापित हुन्छन्। आखिरी दिनहरूमा, परमेश्‍वर मुख्य रूपमा “वचन देह बन्नुहुन्छ, वचन देहभित्र आउनुहुन्छ र वचन देहमा देखा पर्नुहुन्छ” भन्‍ने वचनहरू पूरा गर्न देह बन्नुभएको छ र यदि तँसँग यसबारे पूर्ण ज्ञान छैन भने, तँ दृढ रहन असक्षम हुनेछस्। आखिरी दिनहरूको दौरान, परमेश्‍वर मुख्य रूपमा कामको एउटा चरण पूरा गर्ने अभिप्राय राख्नुहुन्छ, जसमा वचन देहमा देखा पर्नुहुन्छ र यो परमेश्‍वरको व्यवस्थापनको योजनाको कामको एउटा भाग हो। त्यसैले, तिमीहरूको ज्ञान पूर्ण हुनैपर्छ; परमेश्‍वरले जसरी काम गर्नुभए पनि, परमेश्‍वर मानिसलाई उहाँलाई सीमित गर्न दिनुहुन्न। यदि परमेश्‍वरले आखिरी दिनहरूमा यो काम नगर्नुभएको भए, उहाँबारे मानिसको ज्ञान थप अगाडि बढ्न सक्नेथिएन। तँलाई परमेश्‍वर क्रूसमा टाँगिन सक्नुहुन्छ र सदोमलाई नष्ट गर्न सक्नुहुन्छ अनि येशू मृत्युबाट बौरी उठ्न र पत्रुससामु देखा पर्न सक्नुहुन्छ भन्‍ने मात्र थाहा हुनेथ्यो...। तर तैँले परमेश्‍वरका वचनहरूले सबै कुरा पूरा गर्न सक्छन् र मानिसमाथि विजय हासिल गर्न सक्छन् भनेर कहिल्यै भन्नेथिइनस्। परमेश्‍वरका वचनहरू अनुभव गरेर मात्र तँ यस्तो ज्ञानबारे बोल्न सक्छस्। तँ परमेश्‍वरको काम जति धेरै अनुभव गर्छस्, उहाँबारे तेरो ज्ञान त्यति नै पूर्ण हुनेछ र त्यसपछि मात्र तैँले परमेश्‍वरलाई आफ्नै धारणाहरूभित्र सीमित गर्नेछैनस्। मानिसले परमेश्‍वरलाई उहाँको काम अनुभव गरेर चिन्छ; परमेश्‍वरलाई चिन्ने अर्को कुनै सही तरिका छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वर्तमान कामसम्बन्धी ज्ञान

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३३

कामको यो अन्तिम चरणमा, वचनको माध्यमद्वारा परिणामहरू प्राप्त गरिन्छ। वचनको माध्यमबाट, मानिसले धेरै वटा रहस्यहरू र परमेश्‍वरले विगतका पुस्ताहरूमा गर्नुभएको कामलाई बुझ्न सक्छ; वचनद्वारा मानिसले पवित्र आत्माबाट अन्तर्ज्ञान प्राप्त गर्दछ; वचनद्वारा नै मानिसले विगतका पुस्ताहरूले कहिल्यै बुझ्न नसकेका रहस्यहरू साथै विगत समयका अगमवक्ता र प्रेरितहरूका कामहरूलाई र उनीहरूले काम गरेका सिद्धान्तहरूलाई बुझ्न सक्दछ; वचनद्वारा, मानिसले स्वयम् परमेश्‍वरको स्वभावलाई साथै मानिसको विद्रोहीपन र विरोधलाई बुझ्न सक्छ, साथै उसको आफ्नै सारलाई पनि बुझ्न सक्छ। कामका यी चरणहरू र बोलिएका सबै वचनहरूद्वारा, मानिसले आत्माको काम, देहधारी परमेश्‍वरको शरीरले गर्ने काम, र अझ त्योभन्दा बढी उहाँको सम्पूर्ण स्वभावको बारेमा जान्दछ। परमेश्‍वरको छ हजार वर्षभन्दा धेरै समयको व्यवस्थापनको कामसम्बन्धी तेरो ज्ञान पनि वचनको माध्यमबाट नै प्राप्त भएको थियो। के तेरा पहिलेका धारणाहरू र तिनलाई पन्छ्याउने कार्यमा तैँले पाएको सफलता पनि वचनबाटै प्राप्त भएको होइन? अघिल्लो चरणमा, येशूले चिह्न र चमत्कारका कामहरू गर्नुभयो, तर यस चरणमा कुनै चिह्न र चमत्कारहरू छैनन्। परमेश्‍वरले किन चिह्न र चमत्कारहरू प्रकट गर्नुहुन्न भन्‍ने तेरो बुझाइ पनि के वचनद्वारा नै प्राप्त गरिएको होइन र? त्यसकारण, यस चरणमा बोलिएका वचनहरूले विगतका पुस्ताहरूका प्रेरितहरू र अगमवक्ताहरूले गरेका कार्यलाई उछिन्छन्। अगमवक्ताहरूले गरेका अगमवाणीहरूले पनि यो परिणाम प्राप्त गर्न सक्दैनथियो। अगमवक्ताहरूले केवल अगमवाणी बोले, तिनीहरूले भविष्यमा के हुनेछ भन्‍ने कुरा बताए, तर त्यस समयमा परमेश्‍वरले गर्न चाहनुभएको कामको बारेमा बताएनन्। न त उनीहरूले मानवजातिलाई तिनीहरूका जीवनमा डोऱ्याउन, वा मानवजातिलाई सत्यता दिन, वा तिनीहरूलाई रहस्य प्रकट गर्न नै बोले, जीवन प्रदान गर्नको लागि बोल्‍ने कुरा त परै जाओस्। यस चरणमा बोलिएका वचनहरूमा भविष्यवाणी र सत्यता छ, तर मुख्य रूपमा यी वचनहरूले मानिसलाई जीवन प्रदान गर्ने काम गर्दछ। वर्तमानका यी वचनहरू अगमवक्ताहरूका अगमवाणीहरूभन्दा फरक छन्। यो चरणको काम मानिसको जीवनका लागि हो, मानिसको जीवनको स्वभाव परिवर्तन गर्नका लागि हो, तर अगमवाणी बोल्नका लागि होइन। पहिलो चरण यहोवाको कामको निम्ति थियो: उहाँको काम भनेको पृथ्वीमा मानिसहरूलाई परमेश्‍वरको आराधना गर्न तयार पार्नु थियो। यो पृथ्वीमा काम सुरु गर्ने ठाउँ खोज्ने सुरुवाती काम थियो। त्यसबेला, यहोवाले इस्राएलीहरूलाई शबाथ पालन गर्न, तिनीहरूका आमाबाबुको आदर गर्न र एक-अर्कासित मिलेर जीवन बिताउन सिकाउनुभयो। किनभने त्यस समयका मानिसहरूले मानिस कुन कुराले बनेको छ भनी बुझेका थिएनन्, न त तिनीहरूले यस पृथ्वीमा कसरी जिउने भनी बुझेका नै थिए। कामको पहिलो चरणमा उहाँले मानवजातिलाई तिनीहरूका जीवन जिउन मार्गनिर्देशन गर्नु आवश्यक थियो। यहोवाले उनीहरूलाई भन्नुभएका सबै कुरा अघिबाट मानवजातिलाई थाहा थिएन वा तिनीहरूको स्वामित्वमा थिएन। त्यस बेला परमेश्‍वरले अगमवाणीहरू बोल्न धेरै जना अगमवक्ताहरू खडा गर्नुभयो, र तिनीहरूले ती सबै यहोवाको निर्देशनमा गरे। यो परमेश्‍वरको कामको एउटा भाग मात्र थियो। पहिलो चरणमा, परमेश्‍वर देह बन्नुभएन, यसैले उहाँले सबै कुल र जातिहरूलाई अगमवक्ताहरूद्वारा निर्देशन दिनुभयो। जब येशूले आफ्नो समयमा काम गर्नुभयो, उहाँ आजको दिनमा जत्तिकै धेरै बोल्नुभएन। आखिरी दिनहरूमा हुने वचन कामको यो चरण विगतको कुनै पनि युगहरू र पुस्ताहरूमा कहिल्यै गरिएको छैन। यशैया, दानिएल र यूहन्नाले धेरै अगमवाणीहरू बोलेका भए तापनि, तिनीहरूका अगमवाणीहरू अहिले बोलिएका वचनहरूभन्दा बिलकुलै फरक थिए। तिनीहरूले जे बोले ती अगमवाणीहरू मात्र थिए, तर अहिले बोलिएका वचनहरू त्यस्ता होइनन्। यदि मैले अहिले बोलेका सबै कुरालाई अगमवाणीमा परिणत गरें भने के तिमीहरू त्यसलाई बुझ्न सक्नेछौ? मैले बोलेको कुरा म गएपछि हुने कुराहरू हुन् भन्‍ने मानिलिने हो भने, तैँले त्यो कसरी बुझ्न सक्नेछस्? वचनको काम येशूको समयमा वा व्यवस्थाको युगमा कहिल्यै गरिएको थिएन। सायद कतिले भन्‍नेछन्, “के यहोवाले पनि उहाँको कामको समयमा वचनहरू बोल्नुभएन र? के येशूले काम गरिरहनुभएको बेला रोग निको पार्ने, भूतहरू निकाल्ने, र चिन्‍ह र चमत्कारका कामहरू गर्ने बाहेक वचनहरू पनि बोल्नुभएन र?” बोलिएका कुराहरूका बीचमा भिन्नता हुन्छन्। यहोवाले बोल्नुभएका वचनहरूको सार के थियो? उहाँले मानवजातिलाई पृथ्वीमा आफ्नो जीवन बिताउन मात्र डोऱ्याउँदै हुनुहुन्थ्यो, जसले जीवनका आत्मिक विषयहरूलाई छोएन। जब यहोवाले बोल्नुभयो, सबै ठाउँका मानिसहरूलाई निर्देशन दिनलाई बोल्नुभयो भनी किन भनिएको छ? “निर्देशन” शब्दको अर्थ स्पष्ट रूपमा भन्नु र सिधा आदेश दिनु भन्‍ने हुन्छ। उहाँले मानिसलाई जीवन मात्र दिनुभएन; उहाँले दृष्टान्तहरूको माध्यमद्वारा होइन बरु मानिसलाई हातले समात्नुभयो र उहाँको डर मान्न सिकाउनुभयो। यहोवाले इस्राएलमा गरेको काम मानिसलाई काँटछाँट गर्न वा उसलाई अनुशासनमा राख्‍न वा न्याय र दण्ड दिनका निम्ति थिएन, त्यो मानिसलाई डोऱ्याउनका निम्ति थियो। यहोवाले मोशालाई तिनका आफ्ना मानिसहरूलाई उजाड्-स्थानमा मन्न बटुल्न लगाउनू भनी आज्ञा दिनुभयो। प्रत्येक बिहान सूर्योदय हुनुभन्दा अघि उनीहरूले त्यो दिनलाई पुग्नेजति मन्न बटुल्नु पर्थ्यो। मन्न भोलिको दिनसम्म राख्न सकिँदैनथ्यो, किनकि त्यो कुहिहाल्थ्यो। उहाँले मानिसहरूलाई भाषण दिनुभएन वा तिनीहरूको प्रकृति प्रकट गरिदिनुभएन, न त उहाँले तिनीहरूका विचार र सोचाइहरूलाई नै खुलासा गरिदिनुभयो। उहाँले मानिसहरूलाई परिवर्तन गर्नुभएन, बरु उनीहरूको जीवन अगि बढाउन मार्गनिर्देशन दिनुभयो। त्यस समयका मानिसहरू केही नबुझ्ने र केवल केही आधारभूत अचेतन चाल मात्र चाल्न सक्ने बालबालिकाहरू जस्ता थिए, त्यसैले यहोवाले भीडहरूलाई डोऱ्याउन व्यवस्थाहरू मात्र घोषणा गर्नुभयो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३४

परमेश्‍वरले विभिन्न युगअनुरूप उहाँको वचन बोल्नुहुन्छ र उहाँको काम गर्नुहुन्छ, र उहाँले फरक-फरक युगमा फरक-फरक वचनहरू बोल्नुहुन्छ। परमेश्‍वरले नियमहरू अनुसार काम गर्नुहुन्न वा त्यही काम दोहोऱ्याउनुहुन्न, वा विगतका कुराहरूमा डुब्‍नुहुन्‍न; उहाँ परमेश्‍वर हुनुहुन्छ, जो सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्न, र उहाँले हरेक दिन नयाँ वचन बोल्नुहुन्छ। तैँले आज जे पालन गर्नुपर्छ त्यो पालन गर्नैपर्छ; यो मानिसको जिम्मेवारी र कर्तव्य हो। अहिलेको समयमा त्यो अभ्यास परमेश्‍वरको ज्योति र वचनमा केन्द्रित हुनु महत्त्वपूर्ण छ। परमेश्‍वरले नियमअनुसार गर्नुहुन्न, र आफ्नो बुद्धि र सर्वशक्तिमान्‌ता प्रष्ट पार्न उहाँ विभिन्न दृष्टिकोणबाट बोल्न सक्नुहुन्छ। उहाँ आत्माको, वा मानिसको वा तेस्रो व्यक्तिको दृष्टिकोणबाट बोल्नुभयो भन्‍ने कुराले कुनै फरक पार्दैन—परमेश्‍वर सधैँ परमेश्‍वर हुनुहुन्छ, अनि उहाँ मानिसको दृष्टिकोणबाट बोल्नुभयो भनेर तैँले उहाँ परमेश्‍वर हुनुहुन्न भनी भन्न सक्दैनस्। परमेश्‍वर विभिन्न दृष्टिकोणबाट बोल्नु भएकोले मानिसहरूका बीचमा धारणाहरू पनि प्रकट भएका छन्। त्यस्ता मानिसहरूमा परमेश्‍वरको ज्ञान हुँदैन, अनि उहाँको कामको ज्ञान हुँदैन। यदि परमेश्‍वर सधैँ एउटै दृष्टिकोणबाट बोल्नुभयो भने के मानिसले परमेश्‍वरको विषयमा नियमहरू बनाउँदैनन् र? के परमेश्‍वरले मानिसलाई त्यस्तो किसिमले काम गर्ने अनुमति दिन सक्नुहुन्थ्यो? परमेश्‍वर जुनसुकै दृष्टिकोणबाट बोल्नुभए पनि उहाँले त्यसो गर्ने कारणहरू छन्। यदि परमेश्‍वर सधैँ आत्माको दृष्टिकोणबाट बोल्नुभएको थियो भने के तँ उहाँसँग संलग्न हुन सक्‍नेथिइस्? यसैले तँलाई उहाँको वचन दिन र तँलाई वास्तविकतामा डोऱ्याउन उहाँ कहिलेकहीँ तेस्रो व्यक्तिको रूपमा बोल्नुहुन्छ। परमेश्‍वरले गर्नुहुने सबै कुरा उपयुक्त हुन्छन्। संक्षेपमा, यो सबै परमेश्‍वरद्वारा गरिन्छ, तैँले यसमा शङ्का गर्नु हुँदैन। उहाँ परमेश्‍वर हुनुहुन्छ, यसैले उहाँ जुनै दृष्टिकोणबाट बोल्नुभए पनि उहाँ सधैँ परमेश्‍वर नै हुनुहुनेछ। यो अपरिवर्तनीय सत्यता हो। उहाँले जसरी काम गर्नुभए पनि उहाँ परमेश्‍वर हुनुहुन्छ, उहाँको सार बदलिँदैन। पत्रुसले परमेश्‍वरलाई यति धेरै प्रेम गर्थे र तिनी परमेश्‍वरको आफ्नै अभिप्रायअनुसारका मानिस थिए, तर परमेश्‍वरले प्रभु र ख्रीष्टको रूपमा तिनको साक्षी दिनुभएन, किनकि एउटा प्राणीको सार जे छ त्यही हो, त्यो कहिल्यै बदलिन सक्दैन। परमेश्‍वरले आफ्नो काम नियमहरू अनुसार गर्नुहुन्न, तर आफ्नो कामलाई अझ प्रभावकारी बनाउन र उहाँको विषयमा मानिसको ज्ञानलाई अझ गहिरो बनाउन उहाँले विभिन्न तरिकाहरू प्रयोग गर्नुहुन्छ। उहाँले काम गर्नुहुने प्रत्येक तरिकाले उहाँलाई चिन्न मानिसलाई सहायता गर्दछ, र त्यो मानिसलाई सिद्ध बनाउनको निम्ति हो। उहाँले काम गर्ने जुनसुकै तरिका प्रयोग गर्नु भए पनि त्यो हरेक मानिसलाई निर्माण गर्न र सिद्ध बनाउनका निम्ति हो। उहाँको काम गर्ने एउटा तरिका धेरै समयसम्म रहे पनि त्यो उहाँप्रतिको मानिसको विश्‍वासलाई तयार पार्नको निम्ति हुन्छ। यसैले, तिमीहरूको हृदयमा कुनै शङ्का हुनु हुँदैन। यी सबै परमेश्‍वरको काम गर्ने चरणहरू हुन्, अनि तिमीहरू ती सबैमा समर्पित हुनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वचनद्वारा सबै कुरा पूरा हुन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३५

परमेश्‍वर मुख्य रूपमा पृथ्वीमा आफ्नो वचन बोल्न आउनुभएको छ; तँ जुन कुरासँग सम्पर्कमा छस् त्यो परमेश्‍वरको वचन हो, तैँले जे पढ्छस् त्यो परमेश्‍वरको वचन हो, तैँले जे सुन्छस् त्यो परमेश्‍वरको वचन हो, तैँले जे पालन गर्छस् त्यो परमेश्‍वरको वचन हो, तैँले जे अनुभव गर्छस् त्यो परमेश्‍वरको वचन हो, अनि यो पटक देहधारी बन्नुहुँदा, परमेश्‍वरले मानिसलाई सिद्ध पार्न मुख्य रूपले वचन प्रयोग गर्नुहुन्छ। उहाँले चिन्ह र चमत्कारहरू देखाउनुहुन्न, र विशेष गरी येशूले विगतमा गर्नुभएका काम गर्नुहुन्न। उहाँहरू दुवै परमेश्‍वर र देह हुनुभए तापनि, उहाँहरूका सेवकाइहरू एकै किसिमका छैनन्। जब येशू आउनुभयो, उहाँले पनि परमेश्‍वरको कामको केही अंश गर्नुभयो र केही वचन बोल्नुभयो—तर उहाँले पूरा गर्नुभएको मुख्य काम के थियो? उहाँले मुख्य रूपमा क्रूसीकरणको काम पूरा गर्नुभएको थियो। क्रूसीकरणको काम पूरा गर्न र सम्पूर्ण मानवजातिलाई छुटकारा दिन उहाँ पापी देहको स्वरूप बन्नुभयो, र सम्पूर्ण मानवजातिको पापका खातिर उहाँ पापबलि बन्नुभयो। यो नै उहाँले पूरा गर्नुभएको मुख्य काम हो। अन्ततः उहाँले पछि आउनेहरूलाई क्रूसको मार्ग देखाउनुभयो। जब येशू आउनुभयो, त्यो मुख्य रूपमा छुटकाराको काम पूरा गर्नका लागि थियो। उहाँले सम्पूर्ण मानवजातिलाई छुटकारा दिनुभयो, र मानिसलाई स्वर्गको राज्यको सुसमाचार ल्याइदिनुभयो, र यसबाहेक, उहाँले स्वर्गको राज्यको मार्ग ल्याउनुभयो। फलस्वरूप, पछि आउने सबैले यसो भने, “हामी क्रूसको मार्गमा हिँड्नुपर्छ, र हामीले क्रूसका लागि आफ्नो बलिदान दिनुपर्छ।” सुरुमा, येशूले मानिसलाई पश्चात्ताप गर्न र आफ्ना पापहरू स्वीकार गर्न लगाउन, अवश्यै, अरू केही काम पनि गर्नुभयो र केही वचन पनि बोल्नुभयो। तर उहाँको सेवकाइ अझै पनि क्रूसीकरण नै थियो, र उहाँले मार्गको प्रचार गर्दै बिताउनुभएको साढे तीन वर्ष पछि आउने क्रूसीकरणको तयारीका लागि थियो। येशूले केही पटक गर्नुभएको प्रार्थना पनि क्रूसीकरणकै खातिर थियो। उहाँले जिउनुभएको सामान्य मानव जीवन र उहाँ पृथ्वीमा जिउनुभएको साढे तेत्तीस वर्ष मुख्य रूपमा क्रूसीकरणको काम पूरा गर्नका खातिर थिए; ती उहाँलाई यो कामको अभिभारा लिने शक्ति दिनका लागि थिए। त्यसैले परमेश्‍वरले उहाँलाई क्रूसीकरणको काम सुम्पनुभएको हो भनेर भनिन्छ। आज देहधारी परमेश्‍वरले कुन काम पूरा गर्नुहुनेछ? आज, परमेश्‍वर मुख्य रूपले “वचन देहमा देखा पर्नुहुन्छ” को काम पूरा गर्न देहधारी हुनुभएको छ। उहाँ मानिसलाई सिद्ध पार्न वचन प्रयोग गर्नुहुन्छ, र मानिसलाई वचनको काटछाँट र वचनको शोधन स्वीकार गर्न लगाउनुहुन्छ। उहाँले आफ्ना वचनहरूमा तँलाई आपूर्ति र जीवन प्राप्त गर्ने अनि उहाँका काम र कार्यहरू देख्ने तुल्याउनुहुन्छ। परमेश्‍वर तँलाई सजाय दिन र शोधन गर्न वचन प्रयोग गर्नुहुन्छ, र यसैले यदि तैँले पीडा भोगिस् भने पनि, त्यो पनि परमेश्‍वरको वचनको कारणले नै हो। आज, परमेश्‍वरले तथ्यहरूद्वारा काम गर्नुहुन्न, तर वचनहरूद्वारा गर्नुहुन्छ। उहाँको वचन तँमा आएपछि मात्र पवित्र आत्मा तँभित्र काम गर्न सक्नुहुन्छ र तँलाई कष्ट भोग्ने वा मिठास चाख्ने तुल्याउनुहुन्छ। परमेश्‍वरको वचनले मात्र तँलाई वास्तविकतामा ल्याउन सक्छ, र परमेश्‍वरको वचन मात्र तँलाई सिद्ध पार्न सक्षम छ। त्यसकारण, तैँले कम्तीमा पनि यो बुझ्नैपर्छ: परमेश्‍वरद्वारा आखिरी दिनहरूमा गरिएको काम मुख्य रूपले उहाँको वचन प्रयोग गरेर प्रत्येक व्यक्तिलाई सिद्ध पार्नु र मानिसलाई मार्गदर्शन गर्नु हो। उहाँले सबै काम उहाँको वचनद्वारा गर्नुहुन्छ; तँलाई सजाय दिन उहाँले तथ्यहरू प्रयोग गर्नुहुन्न। यस्ता समयहरू हुन्छन्, जब केही मानिसहरूले परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरले तँलाई ठूलो वेदनामा पार्नुहुन्न, तेरो देहलाई सजाय दिनुहुन्न, न त त्यसले कुनै पीडा नै भोग्छ—तर तँमाथि उहाँको वचन आउने, अनि त्यसले तँलाई शोधन गर्नेबित्तिकै यो तेरो निम्ति असहनीय हुन्छ। के त्यस्तो हुँदैन र? सेवाकर्ताहरूको समयमा परमेश्‍वरले मानिसलाई अतल कुण्डमा फालिदिनु भन्नुभयो। के मानिस अन्ततः साँच्चै अतल कुण्डमा परेको छ? मानिसलाई शोधन गर्न वचनहरू प्रयोग गरेर मानिस अतल कुण्डमा प्रवेश गऱ्यो। त्यसकारण, जब परमेश्‍वर आखिरी दिनहरूमा देहधारी हुनुहुन्छ, उहाँ मुख्यतः सबै हासिल गर्न र सबै प्रकट गर्न वचन प्रयोग गर्नुहुन्छ। उहाँको वचनमा मात्र उहाँ के हुनुहुन्छ भनी तैँले देख्न सक्छस्; उहाँको वचनमा मात्र उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्छ भनी देख्‍न सक्छस्। जब देहधारी परमेश्‍वर पृथ्वीमा आउनुहुन्छ, उहाँले वचन बोल्ने बाहेक अरू काम गर्नुहुन्न—त्यसैले तथ्यहरूको कुनै आवश्यकता छैन; वचनहरू नै पर्याप्त छन्। किनभने उहाँ मुख्यतः यही काम गर्न आउनुभएको हो, मानिसलाई उहाँका वचनहरूमा उहाँको महान् शक्ति र सर्वोच्चता देख्ने तुल्याउन, मानिसलाई उहाँका वचनहरूमा उहाँको विनम्रता र गुप्तता देख्ने तुल्याउन, अनि मानिसलाई उहाँका वचनहरूमा उहाँको सम्पूर्णता जान्ने तुल्याउन आउनुभएको हो। उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सब उहाँका वचनहरूमा छन्। उहाँको बुद्धि र अद्भुतता उहाँका वचनहरूमा छन्। तँ यसमा परमेश्‍वरले उहाँका वचनहरू बोल्ने अनेकौँ विधि देख्न सक्छस्। परमेश्‍वरले यति लामो समय काम गर्नुभएको छ, र बढीजसो उहाँ मानिसका लागि प्रबन्ध गर्ने, उसलाई खुलासा गर्ने, वा उसलाई काटछाँट गर्ने काम गर्दै आउनुभएको छ। परमेश्‍वर कुनै व्यक्तिलाई हल्का रूपमा श्राप दिनुहुन्न, र श्राप दिँदा पनि, उहाँ उसलाई वचनमार्फत श्राप दिनुहुन्छ। त्यसकारण, परमेश्‍वर देह बन्नुभएको यस युगमा, परमेश्‍वरले फेरि बिरामीलाई निको पारेको र पिशाचहरू धपाएको हेर्ने अपेक्षा नगर्, र निरन्तर चिन्हहरू खोज्न छोड्—तिनको कुनै काम छैन! ती चिन्हहरूले मानिसलाई सिद्ध पार्न सक्दैनन्! स्पष्ट रूपमा भन्नुपर्दा: आज, देहधारी व्यावहारिक परमेश्‍वर स्वयम्‌ले कार्य गर्नुहुन्न; उहाँ केवल बोल्नुहुन्छ। सत्यता यही हो! उहाँले तँलाई सिद्ध पार्न वचनहरू प्रयोग गर्नुहुन्छ, साथै तँलाई खुवाउन र मलजल गर्न वचनहरू प्रयोग गर्नुहुन्छ। उहाँ काम गर्न पनि वचनहरू प्रयोग गर्नुहुन्छ, र उहाँ तथ्यहरूलाई प्रतिस्थापन गर्न र तँलाई उहाँको व्यावहारिकता थाहा दिन वचनहरू प्रयोग गर्नुहुन्छ। यदि तैँले परमेश्‍वरको कामको यो शैलीलाई स्पष्ट रूपमा देखिस् भने, तँ नकारात्मक बन्ने सम्भावना हुँदैन। नकारात्मक कुराहरूमा ध्यान केन्द्रित गर्नुको सट्टा, तिमीहरूले सकारात्मक कुरामा मात्र ध्यान केन्द्रित गर्नुपर्छ—भन्नुको अर्थ, चाहे परमेश्‍वरका वचनहरू पूरा होऊन् वा नहोऊन्, अथवा तथ्यहरू अगाडि आऊन् वा नआऊन्, परमेश्‍वर मानिसलाई उहाँका वचनहरूबाट जीवन प्राप्त गर्न लगाउनुहुन्छ, र यो नै सबैभन्दा ठूलो चिन्ह हो; र अझ बढी, यो एक निर्विवाद तथ्य हो। परमेश्‍वरलाई चिन्ने यो सबैभन्दा राम्रो प्रमाण हो, र यो चिन्हहरूभन्दा पनि ठूलो चिन्ह हो। यी वचनहरूले मात्र मानिसलाई सिद्ध पार्न सक्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वचनद्वारा सबै कुरा पूरा हुन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३६

परमेश्‍वरको राज्यको युग सुरु हुनसाथै, परमेश्‍वरले उहाँका वचनहरू प्रकट गर्न थाल्नुभयो। भविष्यमा यी वचनहरू क्रमिक रूपमा पूरा हुनेछन्, अनि त्यो समयमा मानिस जीवनमा बढ्नेछ। मानिसको भ्रष्ट स्वभाव प्रकट गर्न परमेश्‍वरले गर्नुहुने वचनको प्रयोग अझ बढी व्यावहारिक, अझ बढी आवश्यक हुनेछ, अनि मानिसको विश्‍वासलाई सिद्ध बनाउने आफ्नो काम गर्न उहाँले अरू केही होइन तर उहाँको वचन प्रयोग गर्नुहुन्छ, किनकि अहिले वचनको युग हो, यसको निम्ति विश्‍वास, संकल्प र मानिसको सहकार्य आवश्यक हुन्छ। आखिरी दिनहरूमा हुने देहधारी परमेश्‍वरको काम मानिसको निम्ति सेवा र प्रबन्ध गर्न उहाँको वचन प्रयोग गर्नु नै हो। देहधारी परमेश्‍वरले आफ्ना वचनहरू बोलिसक्नुभएपछि मात्र ती पूरा हुन थाल्नेछन्। उहाँ बोल्नुभएको समयमा उहाँका वचनहरू पूरा हुँदैनन्, किनकि उहाँ शरीरको चरणमा हुनुहुँदा उहाँका वचनहरू पूरा हुन सक्दैनन्। यस्तो हुन्छ ताकि मानिसले परमेश्‍वर आत्मा होइन शरीरमा हुनुहुन्छ भनी देख्न सकून्; ताकि मानिसहरूले आफ्नै आँखाले परमेश्‍वरको व्यावहारिकता देख्न सकून्। उहाँको काम पूरा भएको दिन, जब उहाँले पृथ्वीमा बोल्नुपर्ने सबै वचनहरू बोलिसक्‍नुभएको हुन्छ, उहाँका वचनहरू पूरा हुन थाल्छन्। यो परमेश्‍वरका वचनहरू पूरा हुने युग होइन, किनकि उहाँले अझै उहाँका वचनहरू बोलिसक्‍नुभएको छैन। यसैले, जब तँ परमेश्‍वरले पृथ्वीमा अझै उहाँका वचनहरू बोलिरहनुभएको देख्छस् तब उहाँको वचन पूरा होला भनी नपर्खी। जब परमेश्‍वरले आफ्ना वचनहरू बोल्न बन्द गर्नुहुन्छ, र जब पृथ्वीमा उहाँको काम पूरा हुन्छ त्यत्ति बेला उहाँका वचनहरू पूरा हुन थाल्छन्। उहाँ पृथ्वीमा वचनहरूमा बोल्नुहुन्छ, त्यहाँ एक हिसाबले जीवनको प्रबन्ध हो, अर्को त्यहाँ अगमवाणी हो—आउने कुराहरूको अगमवाणी, जुन कुराहरू गरिनेछन्, अनि अझ पूरा हुन बाँकी रहेका कुराहरूको अगमवाणी। येशूका वचनहरूमा पनि अगमवाणी थियो। एक हिसाबले उहाँले जीवन दिनुभयो र अर्को हिसाबले अगमवाणी बोल्नुभयो। आज, वचनहरू र तथ्यहरू पूरा गर्ने कुरा गरिँदैन, यसको साथसाथै मानिसका आफ्नै आँखाहरूले देख्न सकिने र परमेश्‍वरले गर्नुभएका काम बीच ठूलो भिन्नता छ। यति मात्र भन्न सकिन्छ कि, एक पटक परमेश्‍वरको काम पूरा गरिएको हुन्छ, उहाँका वचनहरू पूरा गरिनेछन्, अनि वचनहरूपछि तथ्यहरू आउनेछन्। आखिरी दिनहरूमा देहधारी परमेश्‍वरले पृथ्वीमा वचनको सेवकाइ गर्नुहुन्छ, अनि वचनको सेवकाइ गर्दा उहाँले वचनहरू मात्र बोल्नुहुन्छ, र अरू विषयहरूलाई ध्यान दिनुहुन्न। एक पल्ट परमेश्‍वरको काम परिवर्तन भएपछि उहाँका वचनहरू पूरा हुन थाल्नेछन्। आज वचनहरू सबैभन्दा पहिले तँलाई सिद्ध बनाउनका निम्ति प्रयोग गरिन्छ; जब उहाँले सारा ब्रह्माण्डभरि महिमा प्राप्त गर्नुहुन्छ, उहाँको काम पूरा हुनेछ—बोलिनुपर्ने सबै वचनहरू बोलिसकेको हुनेछ, र सबै वचनहरू तथ्य भएका हुनेछन्। परमेश्‍वर आखिरी दिनहरूमा पृथ्वीमा वचनको सेवकाइ गर्न आउनुभएको छ, ताकि मानवजातिले उहाँलाई चिन्न सकोस्, र मानवजातिले उहाँको वचनबाट उहाँ के हुनुहुन्छ भन्ने कुराका साथै उहाँको बुद्धि र उहाँका सबै आश्चर्यकर्म देख्न सकोस्। राज्यको युगमा, परमेश्‍वर मुख्यतः सारा मानवजातिलाई विजय गर्न वचन प्रयोग गर्नुहुन्छ। भविष्यमा, उहाँको वचन प्रत्येक धर्म, क्षेत्र, राष्ट्र र व्यक्तिगत सम्प्रदायमाथि पनि आउनेछ। परमेश्‍वर विजय गर्न, उहाँको वचनमा अख्तियार र शक्ति छ भनी सबै मानिसलाई देखाउन वचन प्रयोग गर्नुहुन्छ—त्यसैले आज तिमीहरू परमेश्‍वरको वचनको मात्र सामना गर्छौ।

यस युगमा परमेश्‍वरले बोल्‍नुभएका वचनहरू व्यवस्थाको युगमा बोलिएका वचनहरूभन्दा फरक छन्, साथै ती अनुग्रहको युगमा बोलिएका वचनहरूभन्दा पनि फरक छन्। अनुग्रहको युगमा, परमेश्‍वरले वचनको काम गर्नुभएन, तर सारा मानव जातिलाई छुटकारा दिनका निम्ति उहाँले क्रूसीकरणको वर्णन मात्र गर्नुभयो। बाइबलले येशू किन क्रूसमा टाँगिनुभएको र क्रूसमा उहाँले भोग्‍नुभएको दुःखको बारेमा र मानिस कसरी परमेश्‍वरको निम्ति क्रूसमा टाँगिनुपर्छ भन्‍ने कुरा मात्र वर्णन गर्दछ। त्यस युगको अवधिमा, परमेश्‍वरले गर्नुभएका सबै काम क्रूसीकरणबाट केन्द्रित थियो। राज्यको युगमा, देहधारी परमेश्‍वरले उहाँमा विश्‍वास गर्ने सबैलाई विजय गर्नका निम्ति वचनहरू बोल्नुहुन्छ। “वचन शरीरमा देखा पर्नुहुन्छ” भनेको यही हो। आखिरी दिनहरूमा यो काम गर्नलाई परमेश्‍वर आउनुभएको छ, भन्‍नुको अर्थ, उहाँ वचन शरीरमा देखा पर्नुहुन्छ भन्‍ने तथ्यको वास्तविक महत्त्वलाई पूरा गर्न आउनुभएको छ। उहाँले वचनहरू मात्र बोल्नुहुन्छ, अनि त्यहाँ तथ्यहरूको उदय बिरलै हुन्छ। वचन देहमा देखा पर्नुको सार यही हो र जब देहधारी परमेश्‍वरले आफ्‍ना वचनहरू बोल्‍नुहुन्छ, त्यो देहमा वचनको देखा पराइ, र देहमा वचनको आगमन हो। “प्रारम्‍भमा वचन हुनुहुन्थ्यो, र वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो, र वचन नै परमेश्‍वर हुनुहुन्थ्यो, र वचन देह बन्‍नुभयो।” यो (वचन शरीरमा देखा पर्ने काम) परमेश्‍वरले आखिरी दिनहरूमा पूरा गर्नुहुने काम हो, अनि यो उहाँको सम्पूर्ण व्यवस्थापन योजनाको अन्तिम अध्याय हो, यसैले परमेश्‍वर संसारमा आउनुपर्छ र उहाँका वचनहरू शरीरमा प्रकट गर्नुपर्छ। आज जे गरिन्छ, भविष्यमा जे गरिनेछ, परमेश्‍वरद्वारा जे पूरा गरिनेछ, मानिसको अन्तिम गन्तव्य, तिनीहरू जो मुक्त हुनेछन्, तिनीहरू जो नाश पारिनेछन्, र इत्यादि—अन्त्यमा पूरा गरिने यी सबै काम स्पष्ट रूपमा बताइएको छ, अनि यी सबै वचन देहमा देखा पर्नुहुन्छ भन्‍ने तथ्यको वास्तविक महत्त्वलाई पूरा गर्नका निम्ति हो। पहिले जुन प्रशासनिक आदेश र संविधान जारी गरिएको थियो, तिनीहरू जो नाश पारिनेछन्, तिनीहरू जो विश्राममा प्रवेश गर्नेछन्—यी वचनहरू सबैलाई पूरा गरिनैपर्छ। यो देहधारी परमेश्‍वरले आखिरी दिनहरूमा मुख्य रूपमा पूरा गर्नुहुने काम हो। उहाँले मानिसहरूलाई परमेश्‍वरले अघिबाटै नियुक्त गर्नुभएकाहरू कहाँको स्वामित्वमा हुन्छन् र परमेश्‍वरले अघिबाटै नियुक्त नगर्नुभएकाहरू कहाँको स्वामित्वमा हुन्छन्, उहाँका मानिसहरू र छोराहरूलाई कसरी वर्गीकरण गरिनेछ, इस्राएललाई के हुनेछ, मिश्रलाई के हुनेछ सो बुझ्‍ने तुल्याउनुहुन्छ—भविष्यमा ती प्रत्येक वचनहरू पूरा गरिनेछ। परमेश्‍वरको कामको गति बढिरहेको छ। परमेश्‍वरले प्रत्येक युगमा के गरिनुपर्छ, आखिरी दिनहरूमा देहधारी परमेश्‍वरद्वारा के काम हुनुपर्छ, गर्नुपर्ने उहाँको सेवकाइ आदि कुरा मानिसलाई प्रकट गर्ने माध्यमको रूपमा परमेश्‍वरले वचनको प्रयोग गर्नुहुन्छ, अनि यी वचनहरू सबै वचन शरीरमा देखा पर्नुहुन्छको वास्तविक महत्त्व प्राप्त गर्नका निम्ति हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वचनद्वारा सबै कुरा पूरा हुन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३७

परमेश्‍वर सारा ब्रह्माण्डभरि उहाँको काम गर्नुहुन्छ। उहाँमा विश्‍वास गर्नेहरू सबैले उहाँको वचन स्वीकार गर्नैपर्छ, अनि उहाँको वचन खानैपर्छ र पिउनैपर्छ; परमेश्‍वरद्वारा देखाइएका चिह्नहरू र आश्‍चर्यकर्महरू हेरेर कोही पनि परमेश्‍वरद्वारा प्राप्त हुन सक्दैनन्। युगौँयुग र पुस्तौँपुस्ताभरि, परमेश्‍वरले मानिसलाई सिद्ध बनाउन सधैँ वचन प्रयोग गर्नुभएको छ। तसर्थ तिमीहरूले आफ्नो सम्पूर्ण ध्यान चिह्न र अचम्‍मका कार्यहरूमा लगाउनु हुँदैन, बरु परमेश्‍वरद्वारा सिद्ध पारिने पछ्याइमा लाग्नुपर्छ। पुरानो करारको व्यवस्थाको युगमा, परमेश्‍वरले केही वचनहरू बोल्नुभयो, अनि अनुग्रहको युगमा येशूले पनि धेरै वटा वचन बोल्नुभयो। येशूले धेरै वटा वचन भनिसक्‍नुभएपछि, पछिका प्रेरित र चेलाहरूले मानिसहरूलाई येशूद्वारा जारी गरिएका आज्ञाहरूअनुसार अभ्यास गर्न अगुवाइ गरे अनि येशूद्वारा बोलिएका वचनहरू र उहाँले सुनाउनुभएका सिद्धान्तहरूअनुसार कामकुराहरू अनुभव गरे। आखिरी दिनहरूमा, परमेश्‍वरले मानिसलाई सिद्ध पार्न मुख्य रूपमा वचनकै प्रयोग गर्नुहुन्छ। उहाँ मानिसलाई जबर्जस्ती विश्‍वस्त तुल्याउन चिह्न र अचम्‍मका कार्यहरू प्रयोग गर्नुहुन्न; यसले परमेश्‍वरको महान् शक्ति प्रकट गर्न सक्दैन। यदि परमेश्‍वरले चिह्न र अचम्‍मका कार्यहरू मात्र देखाउनुभएको भए, यसले परमेश्‍वरको व्यावहारिकता प्रकट गर्न सक्नेथिएन, र यसले मानिसलाई सिद्ध पार्न सक्नेथिएन। परमेश्‍वरले मानिसहरूलाई चिह्न र अचम्‍मका कार्यहरूद्वारा सिद्ध पार्नुहुन्न, बरु मानिसलाई मलजल र रखवारी गर्न वचनको प्रयोग गर्नुहुन्छ, त्यसपछि मानिस पूर्ण रूपमा परमेश्‍वरप्रति समर्पित हुन र परमेश्‍वरको ज्ञान प्राप्त गर्न सक्छ। उहाँले गर्ने काम र उहाँले बोल्ने वचनको उद्देश्य यही नै हो। परमेश्‍वर मानिसलाई सिद्ध पार्नका लागि चिह्न र अचम्‍मका कार्यहरू देखाउने विधि प्रयोग गर्नुहुन्न—उहाँ वचनहरू प्रयोग गर्नुहुन्छ, र मानिसलाई सिद्ध पार्नका लागि कामका धेरै वटा विधि प्रयोग गर्नुहुन्छ। चाहे त्यो शोधन होस्, काँटछाँट होस्, वा वचनहरूको प्रबन्ध होस्, मानिसलाई सिद्ध पार्न अनि मानिसलाई परमेश्‍वरको काम, बुद्धि र अद्भुतपनको ज्ञान प्राप्त गर्न सक्षम बनाउन परमेश्‍वर धैरै वटा फरक-फरक दृष्टिकोणबाट बोल्नुहुन्छ। जब परमेश्‍वरले आखिरी दिनहरूमा युगको समाप्ति गर्ने समयमा मानिसलाई पूर्ण पारिन्छ, तब ऊ चिन्ह र अचम्‍मका कार्यहरू हेर्न योग्य हुनेछ। जब तँ परमेश्‍वरलाई चिन्न थाल्छस् र परमेश्‍वरले जे गर्दा पनि उहाँप्रति समर्पित हुन सक्छस्, तब चिह्न र अचम्‍मका कार्यहरू देख्दा उहाँबारे अब तँमा कुनै धारणा हुनेछैन। यस क्षणमा, तँ भ्रष्ट छस् र परमेश्‍वरप्रति पूर्ण समर्पित हुन असक्षम छस्—के तँलाई तँ परमेश्‍वरका चिन्ह र अचम्‍मका कार्यहरू हेर्न योग्य छस् भन्‍ने लाग्छ? परमेश्‍वरले चिन्हहरू र आश्‍चर्यकर्महरू देखाउने बेला नै परमेश्‍वर मानिसलाई दण्ड दिनुहुन्छ, अनि त्यही बेला नै युग परिवर्तन हुन्छ, अनि अझ बढी, युग पनि अन्त्य हुन्छ। परमेश्‍वरको काम सामान्य रूपमा भइरहेको बेला उहाँ चिन्हहरू र आश्‍चर्यकर्महरू देखाउनुहुन्न। उहाँलाई चिन्हहरू र आश्‍चर्यकर्महरू देखाउनु अत्यन्तै सजिलो हुन्छ, तर परमेश्‍वरको कामको सिद्धान्त त्यो होइन, न त त्यो परमेश्‍वरद्वारा गरिने मानिसको व्यवस्थापन नै हो। यदि मानिसले चिन्हहरू र आश्‍चर्यकर्महरू देख्यो, र परमेश्‍वरको आत्मिक शरीर पनि मानिसकहाँ देखा पर्नुभयो भने, के सबै मानिसले परमेश्‍वरमा “विश्‍वास” गर्नेथिएनन् र? मैले यसभन्दा पहिले महासङ्कष्टबाट निस्केर आउने विजेताहरूको एउटा समूह पूर्वबाट प्राप्त गरिन्छन् भनेर भनेँ। यी वचनहरूको अर्थ के हो? तिनको अर्थ के हो भने, न्याय, सजाय, काँटछाँट, र हरकिसिमका शोधन भोगेपछि मात्र यी प्राप्त गरिने मानिसहरू साँचो रूपमा समर्पित हुन्छन्। यी मानिसहरूको विश्‍वास अस्पष्ट हुँदैन, तर व्यावहारिक हुन्छ। तिनीहरूले कुनै पनि चिन्ह र आश्‍चर्यकर्म वा कुनै चमत्कार देखेका हुँदैनन्; तिनीहरू कुनै ठूल्ठूला शब्द र धर्मसिद्धान्तहरू बोल्न, वा गहन अन्तर्ज्ञानहरूबारे कुरा गर्न सक्दैनन्; त्यसको साटो, तिनीहरूसित वास्तविकता र परमेश्‍वरका वचनहरू हुन्छन्, र परमेश्‍वरको व्यावहारिक र साँचो ज्ञान हुन्छ। के यस्तो समूह परमेश्‍वरको महान् शक्ति प्रकट गराउन अझ बढी सक्षम हुँदैन र? आखिरी दिनहरूमा परमेश्‍वरको काम व्यावहारिक काम हो। येशूको युगमा, उहाँ मानिसलाई सिद्ध पार्नका लागि नभई मानिसलाई छुटकारा दिन आउनुभयो, त्यसकारण, मानिसहरूलाई उहाँको पछि लगाउन उहाँले केही आश्‍चर्यकर्महरू प्रस्तुत गर्नुभयो। किनकि उहाँ मुख्य रूपमा क्रूसीकरणको काम पूरा गर्न आउनुभएको थियो, र चिह्नहरू देखाउनु उहाँको सेवकाइको पाटो थिएन। त्यस्ता चिन्ह र अचम्‍मका कार्यहरू उहाँको कामलाई अझ प्रभावकारी बनाउन गरिएका काम थिए; ती अतिरिक्त काम थिए, र तिनले सम्पूर्ण युगको कामको प्रतिनिधित्व गर्दैनथिए। पुरानो करारको व्यवस्थाको युगमा, परमेश्‍वरले केही चिन्ह र अचम्‍मका कार्यहरू पनि देखाउनुभयो—तर परमेश्‍वरले आज गर्ने काम व्यावहारिक काम हो, र अहिले उहाँ पक्कै पनि चिन्ह र अचम्‍मका कार्यहरू देखाउनुहुन्‍न। यदि उहाँले चिन्ह र अचम्‍मका कार्यहरू देखाउनुभयो भने उहाँको व्यावहारिक काम लथालिङ्ग हुनेथियो, र उहाँले अरू थप काम गर्न सक्नुहुनेथिएन। यदि परमेश्‍वरले मानिसलाई सिद्ध पार्नका लागि वचन प्रयोग गर्ने भन्‍नुभयो, तर उहाँले चिन्ह र अचम्‍मका कार्यहरू पनि देखाउनुभयो भने, के मानिस साँच्चै उहाँमा विश्‍वास गर्छ कि गर्दैन भन्ने कुरा त्यसले प्रकाश गर्न सक्थ्यो र? तसर्थ, परमेश्‍वर त्यस्ता कामकुरा गर्नुहुन्न। मानिसभित्र धर्म ज्यादै छ; परमेश्‍वर मानिसभित्र भएका धार्मिक धारणाहरू र अलौकिक कुराहरू सबैलाई निष्कासित गर्न, मानिसलाई परमेश्‍वरको व्यवहारिकता थाहा दिन अनि परमेश्‍वरको अस्पष्ट र अवास्तविक अनि पटक्कै अस्तित्वमा छैन भन्न सकिने स्वरूपलाई हटाउन आखिरी दिनहरूमा आउनुभएको छ। त्यसैले, अब तैँले व्यावहारिकताको ज्ञान प्राप्त गर्नु मात्र मूल्यवान् कुरा रहेको छ! सत्यता सबै कुराभन्दा माथि छ। आज तँमा सत्यता कति छ? के चिन्ह र अचम्‍मका कार्यहरू देखाउने सबै परमेश्‍वर हुन्? दुष्टात्माहरूले पनि चिन्ह र अचम्‍मका कार्यहरू देखाउन सक्छन्; के ती सबै परमेश्‍वर हुन्? परमेश्‍वरमाथिको विश्‍वासमा मानिसले खोज्ने भनेको सत्यता हो र उसले पछ्याउने भनेको जीवन हो, चिन्ह र अचम्‍मका कार्यहरू होइनन्। परमेश्‍वरमा विश्‍वास गर्ने सबैको लक्ष्य यही नै हुनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वचनद्वारा सबै कुरा पूरा हुन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३८

त्यसबेला, येशूको काम सम्पूर्ण मानवजातिलाई छुटकारा दिनु थियो। उहाँमा विश्वास गर्ने सबैका पापहरू क्षमा गरिए; यदि तँ उहाँमा विश्वास गर्थिस् भने, उहाँले तँलाई छुटकारा दिनुहुनेथियो; यदि तँ उहाँमा विश्वास गर्थिस् भने, तँ उप्रान्त पापमा रहनेथिइनस्, तँ आफ्ना पापहरूबाट मुक्त हुन्थिस्। छुटकारा पाउनु, र आस्थाद्वारा न्यायोचित ठहरिनुको अर्थ यही हो। तैपनि विश्वास गर्नेहरूमा, विद्रोही र परमेश्‍वरको विरोध कुरा रह्यो, जसलाई अझै पनि बिस्तारै हटाउनुपर्थ्यो। छुटकाराको अर्थ मानिसलाई येशूले पूर्ण रूपमा प्राप्त गर्नुभएको थियो भन्ने थिएन, बरु मानिस उप्रान्त पापमा थिएन र उसका पापहरू क्षमा गरिएका थिए भन्ने थियो। यदि तैँले उहाँमा विश्वास गरेको भए, तँ उप्रान्त पापमा हुनेथिइनस्। त्यसबेला, येशूले आफ्ना चेलाहरूले बुझ्न नसक्ने धेरै काम गर्नुभयो र मानिसहरूले नबुझ्ने धेरै कुरा भन्नुभयो। किनभने, त्यसबेला, उहाँले कुनै स्पष्टीकरण दिनुभएन। यसरी, उहाँ जानुभएको केही वर्षपछि, मत्तीले येशूका लागि एउटा वंशावली बनाए र अरूहरूले पनि मानिसको इच्छाका धेरै काम गरे। येशू मानिसलाई सिद्ध पार्न र प्राप्त गर्न नभई कामको एउटा चरण गर्न आउनुभएको थियो: स्वर्गको राज्यको सुसमाचार ल्याउन र क्रूसीकरणको काम पूरा गर्न। अनि त्यसैले, येशू क्रूसमा टाँगिनुभएपछि, उहाँको काम पूर्ण रूपमा समाप्त भयो। तर अहिलेको चरणमा—विजयको काममा—अझ धेरै वचन बोलिनैपर्छ, अझ धेरै काम गरिनैपर्छ, र धेरै प्रक्रिया हुनैपर्छ। त्यसै गरी येशू र यहोवाको कामका रहस्यहरू पनि उजागर गरिनैपर्छ, ताकि सबै मानिसको विश्वासमा बुझाइ र स्पष्टता होस्, किनभने यो आखिरी दिनहरूको काम हो र आखिरी दिनहरू परमेश्‍वरको कामको समापन, कामको अन्त्यको समय हो। कामको यस चरणले तँलाई यहोवाको व्यवस्था र येशूको छुटकारा छर्लङ्ग पार्नेछ अनि यो मुख्यतया तैँले परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापनको योजनाको सम्पूर्ण काम बुझ्न सकेस् र यस छ हजार वर्षे व्यवस्थापनको योजनाको सम्पूर्ण महत्त्व र सार बोध गर्न सकेस् र येशूले गरेका सम्पूर्ण काम र उहाँले बोलेका वचनहरूको उद्देश्य अनि बाइबलप्रतिको तेरो अन्धविश्वास र आराधना समेत बुझ्न सकेस् भनेर हो। यी सब कुराले तँलाई पूर्ण रूपमा बुझ्न सक्षम तुल्याउनेछन्। तैँले येशूले गरेको काम र परमेश्‍वरको आजको काम दुवै बुझ्नेछस्; तैँले सम्पूर्ण सत्यता, जीवन र मार्ग बुझ्नेछस् र देख्नेछस्। येशूले गरेको कामको चरणमा, येशू किन समापनको काम नगरी प्रस्थान गर्नुभयो? किनभने येशूको कामको चरण समापनको काम थिएन। जब उहाँलाई क्रूसमा टाँगियो, तब उहाँका वचनहरू पनि समाप्त भए; उहाँको क्रूसीकरणपछि, उहाँको काम पूर्ण रूपमा समाप्त भयो। त्यो अहिलेको चरणजस्तो थिएन, जसमा वचनहरू अन्त्यसम्म बोलिएपछि र उहाँको सम्पूर्ण काम समापन भएपछि मात्र परमेश्‍वरको काम समाप्त भएको हुनेछ। येशूको कामको चरणको दौरान, नभनिएका वा पूर्ण रूपमा व्यक्त नगरिएका धेरै वचन रहेका थिए। तैपनि येशूले आफ्ना वचनहरू पूर्ण रूपमा व्यक्त गरिएका छन् कि छैनन् भनेर वास्ता गर्नुभएन, किनभने उहाँको सेवकाइ वचनहरूको सेवकाइ थिएन, र त्यसैले उहाँ क्रूसमा टाँगिनुभएपछि प्रस्थान गर्नुभयो। कामको त्यो चरण मुख्यतया क्रूसीकरणका खातिर थियो, र यो अहिलेको चरणजस्तो होइन। कामको यो अहिलेको चरण मुख्यतया समापन गर्न, स्पष्ट पार्न र सबै काम अन्त्य गर्नका खातिर हो। यदि वचनहरू अन्त्यसम्म बोलिएनन् भने, यो काम समाप्त गर्ने कुनै उपाय हुनेछैन, किनभने कामको यस चरणमा सबै काम वचनहरू प्रयोग गरेर अन्त्य र सम्पन्न गरिन्छ। त्यसबेला, येशूले मानिसले बुझ्न नसक्ने धेरै काम गर्नुभयो। उहाँ चुपचाप प्रस्थान गर्नुभयो र आज पनि उहाँका वचनहरू नबुझ्ने अझै धेरै मानिस छन्। तिनीहरूको बुझाइ त्रुटिपूर्ण छ तैपनि तिनीहरू त्यो सही हो भन्ने विश्वास गर्छन् र आफू गलत छु भन्ने जान्दैनन्। अन्तिम चरणले परमेश्‍वरको काम पूर्णतया समाप्त गर्नेछ र यसको समापन गर्नेछ। सबैले परमेश्‍वरको व्यवस्थापनको योजना बुझ्नेछन् र जान्नेछन्। मानिसभित्रका धारणाहरू, उसका अभिप्रायहरू, उसको भ्रामक बुझाइ, यहोवा र येशूको कामबारे उसका धारणाहरू, गैरविश्‍वासीहरूबारे उसका दृष्टिकोणहरू, र उसका अन्य सबै विकृतिलाई सच्याइनेछ। अनि मानिसले जीवनका सबै सही मार्ग र परमेश्‍वरले गरेका सबै काम, र सम्पूर्ण सत्यता बुझ्नेछ। जब त्यो हुन्छ, तब कामको यो चरण समाप्त हुनेछ। यहोवाको काम संसारको सृष्टि थियो, यो सुरुवात थियो; कामको यो चरण कामको अन्त्य हो र यो समापन हो। सुरुमा, परमेश्‍वरको काम इस्राएलका चुनिएका मानिसहरूमाझ गरिएको थियो, र यो सबैभन्दा पवित्र स्थानमा गरिएको अभूतपूर्व काम थियो। कामको अन्तिम चरण संसारलाई न्याय गर्न र युगलाई अन्त्य गर्न सबैभन्दा फोहोरी देशमा गरिन्छ। पहिलो चरणमा, परमेश्‍वरको काम सबैभन्दा उज्यालो स्थानमा गरिएको थियो, र अन्तिम चरण सबैभन्दा अँध्यारो स्थानमा गरिन्छ, अनि यस अन्धकारलाई हटाइनेछ, उज्यालो ल्याइनेछ, र सबै मानिसमाथि विजय हासिल गरिनेछ। जब यस सबैभन्दा फोहोरी र सबैभन्दा अँध्यारो स्थानका मानिसहरूमाथि विजय हासिल गरिसकिएको हुन्छ, र सम्पूर्ण जनसङ्ख्याले परमेश्‍वर हुनुहुन्छ, जो साँचो परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गरेका हुन्छन्, र हरेक व्यक्ति पूर्ण रूपमा विश्वस्त भएको हुन्छ, तब यो तथ्य सम्पूर्ण ब्रह्माण्डमाथि विजय हासिल गर्ने काम गर्न प्रयोग गरिनेछ। कामको यो चरण प्रतिनिधिमूलक छ। यस युगको काम समाप्त भइसकेपछि, छ हजार वर्षे व्यवस्थापनको काम पूर्ण रूपमा समाप्त हुनेछ। सबैभन्दा अँध्यारो स्थानमा भएकाहरूमाथि विजय हासिल गरिसकेपछि, अरू सबै ठाउँमा पनि त्यसै हुनेछ भनेर भनिरहनु पर्दैन। त्यसकारण, चीनमा गरिने विजयको कामले मात्र प्रतिनिधिमूलक महत्त्व राख्छ। चीन अन्धकारका सबै शक्तिको मूर्तरूप हो, र चीनका मानिसहरूले देहका, शैतानका र सांसारिकताका सबै मानिसको प्रतिनिधित्व गर्छन्। चिनियाँ मानिसहरू नै ठूलो रातो अजिङ्गरद्वारा सबैभन्दा बढी भ्रष्ट तुल्याइएका छन्, जसले परमेश्‍वरको सबैभन्दा घोर विरोध गर्छन्, जसको मानवता सबैभन्दा नीच र सबैभन्दा फोहोरी छ, र त्यसैले तिनीहरू सम्पूर्ण भ्रष्ट मानवजातिका मूल रूप हुन्। यसको अर्थ अन्य देशहरूमा पटक्कै समस्या छैन भन्ने होइन; मानिसका धारणाहरू सबै उस्तै हुन्छन्, र यी देशका मानिसहरू राम्रो क्षमताका हुन सक्ने भए पनि, यदि तिनीहरू परमेश्‍वरलाई चिन्दैनन् भने, तिनीहरू उहाँको विरोध पक्कै गर्छन्। यहूदीहरूले पनि किन परमेश्‍वरको विरोध गरे र उहाँको विरुद्ध विद्रोह गरे? फरिसीहरूले पनि किन उहाँको विरोध गरे? यहूदाले किन येशूलाई विश्वासघात गरे? त्यसबेला, धेरै चेलाले येशूलाई चिनेका थिएनन्। येशू क्रूसमा टाँगिनुभएपछि र फेरि बौरिउठ्नुभएपछि पनि मानिसहरूले किन अझै उहाँमा विश्वास गरेनन्? के मानिसको विद्रोहीपन सबै उस्तै होइनन् र? यति मात्र हो कि, चीनका मानिसहरूलाई एउटा उदाहरण बनाइएको छ, र जब तिनीहरूमाथि विजय हासिल गरिन्छ, तब तिनीहरू नमुना र प्रतिरूप बन्नेछन्, अनि अरूका लागि सन्दर्भका रूपमा काम गर्नेछन्। मैले किन सधैँ तिमीहरू मेरो व्यवस्थापनको योजनाका सहायक हौ भनेर भनेको छु? चीनका मानिसहरूमा नै भ्रष्टता, फोहोरीपन, अधार्मिकता, विरोध, र विद्रोहीपन सबैभन्दा पूर्ण रूपमा देखिन्छन् र ती तिनका सबै विविध रूपमा प्रकट हुन्छन्। एकातिर, तिनीहरू कमजोर क्षमताका छन्, र अर्कोतिर, तिनीहरूको जीवन र मानसिकता पिछडिएको छ, अनि तिनीहरूको बानी, सामाजिक वातावरण, जन्मिएको परिवार—सबै कमजोर र सबैभन्दा पिछडिएका छन्। तिनीहरूको हैसियत पनि निम्न छ। यस स्थानको काम प्रतिनिधिमूलक छ, र यो परीक्षण काम पूर्ण रूपमा गरिसकिएपछि, परमेश्‍वरको त्यसपछिको काम अझ धेरै सजिलो हुनेछ। कामको यो चरण पूरा भएपछि, त्यसपछिको काम पटक्कै गाह्रो हुनेछैन। कामको यो चरण सम्पन्न भइसकेपछि, ठूलो सफलता पूर्ण रूपमा हासिल भएको हुनेछ, र सम्पूर्ण ब्रह्माण्डमा विजयको काम पूर्ण रूपमा समाप्त भएको हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (२)

परमेश्‍वरका दैनिक वचनहरू   अंश ३९

अनुग्रहको युग येशूको नाउँबाट सुरु भयो। जब येशूले आफ्नो सेवकाइ गर्न थाल्नुभयो, पवित्र आत्माले येशूको नाउँको गवाही दिन थाल्नुभयो, र उप्रान्त यहोवाको नाउँको चर्चा हुन छाड्यो; बरु, पवित्र आत्माले मुख्य रूपमा येशूको नाउँमा नयाँ काम सुरु गर्नुभयो। उहाँमा विश्‍वास गर्नेहरूको गवाही येशू ख्रीष्टको लागि थियो र तिनीहरूले गरेका काम पनि येशू ख्रीष्टको लागि नै थियो। पुरानो करारको व्यवस्थाको युग अन्त्य हुनुको अर्थ मुख्य रूपमा यहोवाको नाउँमा सञ्चालन गरिएको काम समाप्त भयो भन्‍ने थियो। त्यहाँदेखि उता, परमेश्‍वरको नाउँ यहोवा थिएन; यसको साटो उहाँलाई येशू भनियो, र यहाँबाट उसो पवित्र आत्माले विशेष गरी येशूको नाउँमा काम सुरु गर्नुभयो। त्यसैले, आज तिमीहरू अझै पनि यहोवाका वचनहरू खाने र पिउने गर्छौ, र अझै पनि कामकुरामा व्यवस्थाको युगको काम लागु गर्छौ—के तिमीहरू प्रावधानहरू लागु गरिरहेका छैनौ र? के तिमीहरू विगतमा अड्किएका छैनौ र? अहिले तिमीहरूलाई थाहा छ, आखिरी दिनहरू आइसकेका छन्। के यो हुन सक्छ, कि जब येशू आउनुहुन्छ, उहाँलाई अझै पनि येशू नै भनिनेछ? यहोवाले इस्राएलका मानिसहरूलाई मसीह आउनुहुनेछ भनेर बताउनुभयो, तैपनि जब उहाँ आउनुभयो, उहाँलाई मसीह नभनेर येशू भनियो। येशूले उहाँ फेरि आउनुहुनेछ, र उहाँ जसरी जानुभयो त्यसरी आउनुहुनेछ भनी भन्नुभयो। यी येशूका वचनहरू थिए, तर येशू कसरी जानुभयो के तैँले देखिस्? येशू सेतो बादलमा सवार भएर जानुभयो, तर के यो हुन सक्छ कि उहाँ व्यक्तिगत रूपमा सेतो बादलमा सवार भएर मानिसमाझ आउनुहुनेछ? यदि त्यस्तो हो भने, के उहाँलाई अझै येशू भनिनेछैन? जब येशू फेरि आउनुहुन्छ, युगमा परिवर्तन भइसकेको हुनेछ, त्यसोभए के उहाँलाई अझै येशू भन्न सकिन्छ? के परमेश्‍वरलाई येशूको नाउँबाट मात्र चिन्न सकिन्छ? के उहाँलाई नयाँ युगमा नयाँ नाउँले बोलाउन सकिँदैन? के सारा अनन्तताभरि परमेश्‍वरलाई एक व्यक्तिको स्वरूप र एउटा विशेष नाउँले प्रतिनिधित्व गर्न सक्दछ? प्रत्येक युगमा, परमेश्‍वरले नयाँ काम गर्नुहुन्छ र उहाँलाई नयाँ नाउँले बोलाइनुहुन्छ; उहाँले कसरी विभिन्न युगहरूमा उही काम गर्न सक्नुहुन्छ? उहाँ कसरी पुरानोसँग टाँसिरहन सक्नुहुन्छ? येशूको नाउँलाई छुटकाराको कामका लागि लिइएको थियो, तब के आखिरी दिनहरूमा उहाँ फर्कनुहुँदा पनि उहाँलाई अझै त्यही नाउँले बोलाइन्छ? के उहाँले अझै पनि छुटकाराको काम गरिरहनुभएको हुनेछ? यहोवा र येशू एक हुनुभए पनि किन विभिन्न युगमा उहाँहरूलाई विभिन्न नाउँले बोलाइन्छ? के यो उहाँहरूका कामको युग फरक-फरक भएकोले होइन र? के एउटै नाउँले परमेश्‍वरको सम्पूर्णता प्रतिनिधित्व गर्न सक्छ? यस्तो भएकोले, परमेश्‍वरलाई विभिन्न युगमा भिन्नाभिन्नै नाउँले बोलाउनुपर्छ, र उहाँले युगलाई परिवर्तन गर्न र युगको प्रतिनिधित्व गर्न नाउँ प्रयोग गर्नुपर्दछ। किनकि कुनै पनि नाउँले पूर्ण रूपमा परमेश्‍वर स्वयम्‌को प्रतिनिधित्व गर्न सक्दैन, र प्रत्येक नाउँले एउटा निश्‍चित युगमा परमेश्‍वरको स्वभावको विशेषताको मात्र प्रतिनिधित्व गर्न सक्छ; त्यसले केवल उहाँको कामको प्रतिनिधित्व गर्नुपर्छ। त्यसकारण, त्यो सम्पूर्ण युगमा प्रतिनिधित्व गर्न परमेश्‍वरले उहाँको स्वभाव सुहाउँदो नाउँ चुन्न सक्नुहुन्छ। चाहे त्यो यहोवाको युग होस् वा येशूको युग होस्, उहाँकै नाउँले प्रत्येक युगको प्रतिनिधित्व गर्दछ। अनुग्रहको युग समाप्त भएको छ, अन्तिम युग आइपुगेको छ, र येशू आइसक्नुभएको छ। उहाँलाई अझै कसरी येशू भन्न सकिन्छ? उहाँ कसरी अझै पनि मानिसहरूका बीचमा येशूको स्वरूपमा आउन सक्नुहुन्छ? के तैँले येशू नासरतको एक छविबाहेक अरू केही हुनुहुन्‍नथियो भन्‍ने कुरा बिर्सिस्? के येशू मानव जातिका उद्धारक मात्र हुनुहुन्थ्यो भन्‍ने तैँले बिर्सिस्? उहाँले कसरी आखिरी दिनहरूमा मानिसलाई विजय गर्ने र सिद्ध पार्ने कामको जिम्मेवारी लिन सक्नुभयो? येशू सेतो बादलमा सवार भएर जानुभयो—यो तथ्य हो—तर मानिसमाझ सेतो बादलमा फर्केर आउनुभएपछि पनि उहाँलाई कसरी येशू नै भनेर बोलाउन सकिन्छ र? यदि उहाँ साँच्चै बादलमा आउनुभयो भने, मानिसहरू उहाँलाई चिन्न कसरी असफल बन्छन् र? के सारा संसारभरिका मानिसहरूले उहाँलाई चिन्‍नेछैनन् र? त्यसोभए, के येशू मात्र परमेश्‍वर बन्नुहुन्न र? त्यो अवस्थामा, परमेश्‍वरको स्वरूप एक यहूदीको रूप हुनेथियो, साथै सदाका लागि त्यस्तै हुनेथियो। येशूले भन्नुभयो, कि उहाँ जसरी जानुभएको थियो त्यसरी नै आउनुहुनेछ, तर के तँ उहाँका वचनहरूको वास्तविक अर्थ जान्दछस्? के यो उहाँले तिमीहरूको समूहलाई भन्नुभएको हुन सक्छ? तँ यति मात्र जान्दछस्, कि उहाँ जसरी बादलमा सवार भएर जानुभएको थियो त्यसरी नै आउनुहुनेछ, तर परमेश्‍वर आफैले कसरी आफ्नो काम गर्नुहुन्छ भन्‍ने के तँलाई ठीकसँग थाहा छ? यदि तँ साँच्चै देख्‍न सक्थिस् भने, येशूले बोल्नुभएका वचनहरूको व्याख्या कसरी गर्नुपर्छ? उहाँले भन्नुभयो: जब मानिसका पुत्र आखिरी दिनहरूमा आउँदछ, त्यो ऊ आफैले जान्नेछैन, स्वर्गदूतहरूले जान्‍नेछैनन्, स्वर्गका दूतहरूले जान्‍नेछैनन्, र सारा मानव जातिले जान्नेछैन। केवल पिताले मात्र जान्नुहुन्छ, अर्थात्, आत्माले मात्र जान्नुहुन्छ। मानिसको पुत्रले आफैले पनि जान्दैन, तापनि, के तँ देख्न र जान्न सक्छस्? यदि तैँले जान्न र आफ्नै आँखाले देख्न सक्थिस् भने, के यी वचनहरू व्यर्थमा बोलिएका हुने थिएनन् र? अनि त्यसबेला येशूले के भन्नुभयो? “तर त्यो दिन र घडीका बारेमा न त कुनै मानिसलाई थाहा छ, न त स्वर्गका दूतहरूलाई, न त पुत्रलाई, तर मेरा पितालाई मात्रै थाहा छ। तर नोआका दिनहरू जस्ता थिए, मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ। … यसकारण, तिमीहरू पनि तयार होऊ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउनुहुनेछ।” जब त्यो दिन आउँछ, मानिसको पुत्र आफैलाई पनि त्यो थाहा हुँदैन। मानिसका पुत्रले एक सामान्य र साधारण व्यक्ति, परमेश्‍वरको देहधारी शरीरलाई बुझाउँछ। मानिसका पुत्र आफैलाई पनि थाहा छैन भने तैँले कसरी जान्न सक्छस्? येशूले भन्नुभयो, कि उहाँ जसरी जानुभएको थियो त्यसरी नै आउनुहुनेछ। जब उहाँ आउनुहुन्छ, त्यो उहाँ आफैले पनि थाहा पाउनुहुन्न, त्यसोभए के उहाँले तँलाई पहिल्यैबाट जानकारी दिन सक्नुहुन्छ? के तँ उहाँको आगमनलाई देख्न सक्छस्? के यो ठट्टा होइन?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४०

परमेश्‍वर हरेक पल्ट पृथ्वीमा आउनुहुँदा उहाँले आफ्नो नाउँ, आफ्नो लिङ्ग, आफ्नो स्वरूप, र आफ्नो काम परिवर्तन गर्नैपर्छ; उहाँले आफ्नो काम दोहोऱ्याउनुहुन्न। उहाँ त्यो परमेश्‍वर हुनुहुन्छ जो सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न। जब उहाँ पहिले आउनुभयो, उहाँलाई येशू भनियो; उहाँ यस पटक फेरि आउनुहुँदा के उहाँलाई अझै येशू नै भन्न सकिन्छ? पहिले जब उहाँ आउनुभयो, उहाँ पुरुष हुनुहुन्थ्यो; के उहाँ यस पटक फेरि पुरुष हुन सक्नुहुन्छ? अनुग्रहको युगमा उहाँको काम क्रूसमा टाँगिनु थियो; जब उहाँ फेरि आउनुहुनेछ, के उहाँ अझै पनि मानव जातिलाई पापबाट छुटकारा दिन सक्नुहुन्छ? के उहाँलाई फेरि क्रूसमा टाँग्न सकिन्छ? के त्यो उहाँको कामलाई दोहोऱ्याउनुजस्तो हुँदैन र? के तँलाई थाहा छैन, परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न? कतिपय मानिस यस्ता छन्, जो परमेश्‍वर सधैँभरि अपरिवर्तनीय हुनुहुन्छ भनेर भन्छन्। त्यो सही हो, तर त्यसको अर्थ परमेश्‍वरको स्वभाव र उहाँको सार अपरिवर्तनीय छन् भन्ने हुन्छ। उहाँको नाउँ र काममा आएका परिवर्तनहरूले उहाँको सार परिवर्तन भएको प्रमाणित गर्दैनन्; अर्को शब्दमा भन्नुपर्दा, परमेश्‍वर सधैँ नै परमेश्‍वर नै हुनुहुनेछ, र यो कहिल्यै परिवर्तन हुनेछैन। यदि तँ परमेश्‍वरको काम अपरिवर्तनीय छ भनी भन्छस् भने, के उहाँको छ हजार वर्षे व्यवस्थापनको योजना समाप्त हुन सम्भव हुनेथियो त? तँ परमेश्‍वर सदासर्वदा अपरिवर्तनीय हुनुहुन्छ भन्‍ने मात्र जान्दछस्, तर के तँ परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्न भनी जान्दछस्? यदि परमेश्‍वरको काम कहिल्यै परिवर्तन नभएको भए, के उहाँ मानवजातिलाई डोऱ्याएर आजको दिनसम्म ल्याउन सक्नुहुनेथ्यो? यदि परमेश्‍वर सधैभरि अपरिवर्तनीय हुनुहुन्थ्यो भने, उहाँले किन दुइटा युगको काम गरिसक्नुभयो त? उहाँको काम अगाडि बढ्न कहिल्यै रोकिँदैन, भन्नुको अर्थ के हो भने उहाँको स्वभाव बिस्तारै मानिसलाई प्रकट गरिन्छ, र जे प्रकट गरिन्छ त्यो उहाँको अन्तर्निहित स्वभाव हो। सुरुमा, परमेश्‍वरको स्वभाव मानिसबाट लुकेको थियो, उहाँले कहिल्यै उहाँको स्वभाव मानिससामु खुल्लमखुल्ला प्रकट गर्नुभएन, र मानिसलाई उहाँबारे कुनै ज्ञान नै थिएन। यसकारण, परमेश्‍वर मानिसलाई उहाँको स्वभाव बिस्तारै प्रकट गर्न उहाँको काम प्रयोग गर्नुहुन्छ, तर यसरी काम गर्नुको अर्थ हरेक युगमा उहाँको स्वभाव परिवर्तन हुन्छ भन्‍ने होइन। परमेश्‍वरका अभिप्रायहरू सधैँ परिवर्तन भइरहने हुनाले उहाँको स्वभाव सधैँ परिवर्तन भइरहन्छ भन्‍ने होइन। बरु, के हो भने, परमेश्‍वरको कामका युगहरू भिन्नाभिन्नै भएकाले, उहाँ आफ्नो अन्तर्निहित स्वभावलाई त्यसको सम्पूर्णतामा, एक-एक कदम गर्दै मानिसलाई प्रकट गर्नुहुन्छ, ताकि मानिसले उहाँलाई चिन्न सकोस्। तर सुरुमा परमेश्‍वरको कुनै खास स्वभाव हुँदैन र युगहरू बित्दै जाँदा उहाँको स्वभाव बिस्तारै परिवर्तन हुँदै आएको छ भन्‍ने कुराको प्रमाण यो हुँदै होइन—त्यस्तो बुझाइ भ्रामक हुनेथियो। परमेश्‍वर मानिसलाई उहाँको अन्तर्निहित र विशेष स्वभाव—उहाँ जे हुनुहुन्छ—त्यो प्रकट गर्नुहुन्छ, र उहाँ युगहरूको बिताइअनुसार त्यसो गर्नुहुन्छ; एउटै युगको कामले परमेश्‍वरको सम्पूर्ण स्वभाव व्यक्त गर्न सक्दैन। अनि त्यसकारण, “परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्न” भन्‍ने शब्दहरूले उहाँको काम जनाउँछन्, अनि “परमेश्‍वर सधैँभरि अपरिवर्तनीय हुनुहुन्छ” भन्‍ने शब्दहरूले अन्तर्निहित रूपमा परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई जनाउँछन्। जे भए पनि, तैँले छ हजार वर्षको कामलाई एउटा बिन्दुमा सीमित गर्न सक्दैनस्, वा त्यसलाई मृत शब्दहरूले घेरेर राख्न सक्दैनस्। मानिसको मूर्खता त्यस्तो हुन्छ। परमेश्‍वर मानिसले कल्पना गरेजस्तो सरल हुनुहुन्न, र उहाँको काम कुनै एक युगमा रहिरहन सक्दैन। उदाहरणका लागि, यहोवाले सधैँ परमेश्‍वरको नाउँ प्रतिनिधित्व गर्न सक्दैन; परमेश्‍वरले येशूको नाउँमा पनि आफ्नो काम गर्न सक्नुहुन्छ। यो परमेश्‍वरको काम सधैँ अगाडि दिशामा बढिरहेको छ भन्‍ने सङ्केत हो।

परमेश्‍वर सधैँ परमेश्‍वर हुनुहुन्छ र उहाँ कहिल्यै शैतान बन्नुहुनेछैन; शैतान सधैँ शैतान हो र यो कहिल्यै परमेश्‍वर बन्नेछैन। परमेश्‍वरको बुद्धि, परमेश्‍वरको विलक्षणता, परमेश्‍वरको धार्मिकता र परमेश्‍वरको प्रताप कहिल्यै परिवर्तन हुनेछैन। उहाँको सार र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो कहिल्यै परिवर्तन हुनेछैन। तर, उहाँको कामको हकमा भन्दा, यो सधैँ अगाडिको दिशामा बढिरहेको हुन्छ, सधैँ अझ गहिरिँदै जान्छ, किनभने उहाँ सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्न। हरेक युगमा परमेश्‍वर नयाँ नाम धारण गर्नुहुन्छ, हरेक युगमा उहाँ नयाँ काम गर्नुहुन्छ र हरेक युगमा उहाँ आफ्ना सृजित प्राणीहरूलाई आफ्ना नयाँ अभिप्रायहरू र नयाँ स्वभाव देख्न दिनुहुन्छ। नयाँ युगमा, यदि मानिसहरूले परमेश्‍वरको नयाँ स्वभावको अभिव्यक्ति देख्न नसकेका भए, के तिनीहरूले उहाँलाई सधैँका लागि क्रूसमा टाँग्नेथिएनन् र? अनि त्यसो गरेर, के तिनीहरूले परमेश्‍वरलाई सीमित गर्नेथिएनन् र? यदि परमेश्‍वर देहमा पुरुषका रूपमा मात्र आउनुभएको भए, मानिसहरूले उहाँलाई पुरुषका रूपमा, पुरुषहरूका परमेश्‍वरका रूपमा परिभाषित गर्नेथिए र उहाँलाई महिलाहरूका परमेश्‍वर हुनुहुन्छ भनी कहिल्यै विश्वास गर्नेथिएनन्। त्यसपछि पुरुषहरूले परमेश्‍वर पुरुषहरूकै लिङ्गको हुनुहुन्छ, परमेश्‍वर पुरुषहरूका शिर हुनुहुन्छ भनी ठान्नेथिए—तर त्यसोभए महिलाहरूबारे चाहिँ के नि? यो अन्याय हो; के यो पक्षपातपूर्ण व्यवहार होइन र? यदि यस्तो भएको भए, परमेश्‍वरले मुक्ति दिने सबै जना उहाँजस्तै पुरुष हुनेथिए र एउटी पनि महिलाले मुक्ति पाउनेथिइन। परमेश्‍वरले मानवजाति सृष्टि गर्नुहुँदा, आदमलाई सृष्टि गर्नुभयो र उहाँले हव्वालाई सृष्टि गर्नुभयो। उहाँले आदमलाई मात्र सृष्टि गर्नुभएन, तर आफ्नै स्वरूपमा पुरुष र महिला दुवै बनाउनुभयो। परमेश्‍वर पुरुषहरूका मात्र परमेश्‍वर हुनुहुन्न—उहाँ महिलाहरूका पनि परमेश्‍वर हुनुहुन्छ। परमेश्‍वर आखिरी दिनहरूमा कामको नयाँ चरणमा प्रवेश गर्नुहुन्छ। उहाँले अझ बढी आफ्नो स्वभाव प्रकट गर्नुहुनेछ र यो येशूको समयको कृपा र प्रेमिलो दया हुनेछैन। उहाँसँग गर्नुपर्ने नयाँ काम भएकाले, यो नयाँ काम नयाँ स्वभावसँगै आउनेछ। त्यसैले, यदि यो काम आत्माद्वारा गरिएको भए—यदि परमेश्‍वर देह नबन्नुभएको भए र त्यसको साटो आत्माले सिधै मेघ गर्जनमार्फत बोल्नुभएको भए, ताकि मानिससँग उहाँलाई सम्पर्क गर्ने कुनै उपाय नहोस्, के मानिसले उहाँको स्वभाव जान्न सक्नेथियो? यदि आत्माले मात्रै काम गरेको भए, मानिससँग परमेश्‍वरको स्वभाव जान्ने कुनै उपाय हुनेथिएन। जब परमेश्‍वर देह बन्नुहुन्छ, जब वचन देहमा देखा पर्नुहुन्छ र उहाँ देहमार्फत आफ्नो सम्पूर्ण स्वभाव व्यक्त गर्नुहुन्छ, तब मात्र मानिसहरूले आफ्नै आँखाले परमेश्‍वरको स्वभाव देख्न सक्छन्। परमेश्‍वर साँच्चै र साँचो रूपमा मानिसमाझ जिउनुहुन्छ। उहाँको रूप र स्वरूप छ; मानिस वास्तवमा उहाँको स्वभावसँग संलग्न हुन सक्छ, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यससँग संलग्न हुन सक्छ; यसरी मात्र मानिसले साँच्चै उहाँलाई चिन्न सक्छ। त्यससँगसँगै, परमेश्‍वरले यस्तो काम पनि पूरा गर्नुभएको छ जसमा “परमेश्‍वर पुरुषहरूका परमेश्‍वर र महिलाहरूका परमेश्‍वर हुनुहुन्छ” र देहमा आफ्नो सम्पूर्ण काम सम्पन्न गर्नुभएको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४१

परमेश्‍वरका सबै व्यवस्थापनहरूमा उहाँको काम पूर्ण रूपमा स्पष्ट छ: अनुग्रहको युग, अनुग्रहको युग नै हो, र आखिरी दिनहरू, आखिरी दिनहरू नै हुन्। प्रत्येक युगबीच स्पष्ट भिन्नताहरू छन्, किनकि परमेश्‍वरले हरेक युगमा त्यो काम गर्नुहुन्छ जसले त्यस युगको प्रतिनिधित्व गर्दछ। किनकि आखिरी दिनहरूको काम गर्नका लागि, युगलाई समाप्त गर्न जलन, न्याय, सजाय, क्रोध र विनाश हुनुपर्दछ। आखिरी दिनहरूले अन्तिम युगलाई बुझाउँछ। अन्तिम युगको अवधिमा, के परमेश्‍वरले युगको अन्त्य गर्नुहुनेछैन र? युगको अन्त्य गर्न, परमेश्‍वरले आफ्नो साथमा सजाय र न्याय ल्याउनैपर्छ। यस तरिकाले मात्र उहाँले युगको अन्त्य गर्न सक्नुहुन्छ। येशूले मानिस निरन्तर बाँचिरहोस् र जिइरहोस्, र ऊ अझ राम्रो तरिकाले अस्तित्वमा रहोस् भन्‍ने खोजी गर्नुभयो। उहाँले मानिसलाई पापबाट बचाउन, उसलाई निरन्तर नैतिक पतनमा झर्नबाट र पाताल र नरकमा जिउनबाट जोगाउन, र मानिसलाई पाताल र नरकबाट बचाउँदा, उसलाई जिइरहन दिन खोज्नुभयो। अब आखिरी दिनहरू आइपुगेका छन्। परमेश्‍वरले मानिसलाई नष्ट गर्नुहुनेछ र मानव जातिलाई पूर्ण रूपमा नाश पार्नुहुनेछ, अर्थात्, उहाँले मानवजातिको विद्रोहीपनलाई रूपान्तरण गर्नुहुनेछ। यस कारणले गर्दा, विगतको कृपालु र प्रेमिलो स्वभाव लिएर युगको अन्त्य गर्न वा उहाँको छ हजार वर्षको व्यवस्थापन योजनालाई सफल बनाउन परमेश्‍वरको निम्ति असम्भव हुनेछ। प्रत्येक युगमा परमेश्‍वरको स्वभावको विशेष प्रतिनिधित्व हुँदछ, र प्रत्येक युगमा परमेश्‍वरले गर्नु पर्ने कामहरू हुन्छन्। यसैले, प्रत्येक युगमा परमेश्‍वर स्वयम्‌ले गर्नुहुने काममा उहाँको वास्तविक स्वभावको अभिव्यक्ति समावेश हुन्छ, र उहाँको नाउँ र उहाँले गर्नुहुने काम, दुवै युगसँगै परिवर्तन हुँदछ—ती सबै नयाँ हुन्छन्। व्यवस्थाको युगको अवधिमा मानव जातिलाई डोऱ्याउने काम यहोवाको नाउँमा गरिएको थियो र पृथ्वीमा पहिलो चरणको काम सुरु भएको थियो। यस चरणमा काम भनेको मन्दिर र वेदी निर्माण गर्ने, व्यवस्था प्रयोग गरेर इस्राएलका मानिसहरूलाई मार्गदर्शन गर्ने, र इस्राएलका मानिसहरूमाझ काम गर्ने थियो। इस्राएलका मानिसहरूलाई मार्गदर्शन गरेर, उहाँले पृथ्वीमा आफ्नो कामका लागि एउटा आधार खडा गर्नुभयो। यही आधारबाट उहाँले आफ्नो काम इस्राएलभन्दा बाहिर फैलाउनुभयो, जसको अर्थ यो हो, कि इस्राएलबाट सुरु गरेर उहाँले आफ्नो कामलाई बाहिरतिर फैलाउनुभयो, जसले गर्दा पछि आउने पुस्ताहरूले यहोवा परमेश्‍वर हुनुहुन्छ, र यहोवाले नै स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुभयो, र सबै सृजित प्राणी यहोवाले नै बनाउनुभएको हो भनी क्रमिक रूपमा थाहा पाए। उहाँले आफ्नो काम इस्राएलका मानिसहरूद्वारा तिनीहरूभन्दा पार बाहिरसम्म फैलाउनुभयो। इस्राएलको भूमि पृथ्वीमा यहोवाको काम भएको पहिलो पवित्र स्थल थियो, र इस्राएलको भूमिमा नै परमेश्‍वरले पृथ्वीमा पहिलो पटक काम गर्नुभयो। व्यवस्थाको युगको काम त्यही थियो। अनुग्रहको युगको अवधिमा येशू मानिसलाई मुक्ति दिने परमेश्‍वर हुनुहुन्थ्यो। उहाँसँग जे थियो र उहाँ जे हुनुहुन्थ्यो त्यो अनुग्रह, प्रेमपूर्ण दया, कृपा, सहनशीलता, धैर्य, नम्रता, प्रेम, र उदारता थियो, र उहाँले गर्नुभएका धेरै काम मानिसको छुटकाराका लागि थियो। उहाँको स्वभाव कृपा र प्रेमपूर्ण दयाको स्वभाव थियो, र उहाँ कृपालु र प्रेमिलो हुनुभएकाले, उहाँ मानिसका निम्ति क्रूसमा टाँगिनु पर्‍यो, ताकि परमेश्‍वर मानिसलाई आफूसमान प्रेम गर्नुहुन्छ, यहाँसम्म कि उहाँले आफैलाईले पूर्ण रूपमा अर्पण गर्नुभयो भन्ने कुरा देखाउन सकियोस्। अनुग्रहको युगमा, परमेश्‍वरको नाम येशू थियो, अर्थात्, परमेश्‍वर मानिसलाई मुक्ति दिने परमेश्‍वर हुनुहुन्थ्यो, र उहाँ एक कृपालु र प्रेमिलो परमेश्‍वर हुनुहुन्थ्यो। परमेश्‍वर मानिसको साथमा हुनुहुन्थ्यो। उहाँको प्रेम, उहाँको कृपा र उहाँको मुक्ति प्रत्येक व्यक्तिको साथमा थियो। येशूको नाउँ र उहाँको उपस्थितिलाई स्वीकार गरेर मात्र मानिसले शान्ति र आनन्द, अनि उहाँको आशिष्, उहाँको विशाल र असङ्ख्य अनुग्रहहरू, र उहाँको मुक्ति पाउन सक्थ्यो। येशूको क्रूसीकरणद्वारा उहाँलाई पछ्याउने सबैले मुक्ति पाए र तिनीहरूका पापहरू क्षमा भए। अनुग्रहको युगको अवधिमा, येशू परमेश्‍वरको नाउँ थियो। अर्को शब्दमा भन्नुपर्दा, अनुग्रहको युगको काम मुख्य रूपमा येशूको नाउँमा नै गरिएको थियो। अनुग्रहको युगको अवधिमा, परमेश्‍वरलाई येशू भनिन्थ्यो। उहाँले पुरानो करारभन्दा उताको नयाँ कामको चरण लिनुभयो, र उहाँको काम क्रूसीकरणसितै समाप्त भयो। यो उहाँको कामको सम्पूर्णता थियो। त्यसकारण, व्यवस्थाको युगको अवधिमा यहोवा परमेश्‍वरको नाउँ थियो, र अनुग्रहको युगमा येशूको नाउँले परमेश्‍वरको प्रतिनिधित्व गर्‍यो। आखिरी दिनहरूमा, उहाँको नाउँ सर्वशक्तिमान् परमेश्‍वर हो—त्यो सर्वशक्तिमान्, जो आफ्नो शक्ति प्रयोग गरेर मानिसलाई मार्गदर्शन गर्नुहुन्छ, मानिसलाई विजय गर्नुहुन्छ, र मानिसलाई प्राप्त गर्नुहुन्छ, र अन्त्यमा उक्त युगलाई अन्त्य गर्नुहुन्छ। प्रत्येक युगमा, उहाँको कामको हरेक चरणमा, परमेश्‍वरको स्वभाव स्पष्ट हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४२

के येशूको “परमेश्‍वर हामीसँग” भन्‍ने नाउँले परमेश्‍वरको स्वभावलाई पूर्णरूपमा प्रतिनिधित्व गर्नसक्छ? के त्यसले पूर्ण रूपमा परमेश्‍वरलाई व्यक्त गर्न सक्छ? यदि मानिसले परमेश्‍वरलाई येशू मात्र भनी बोलाउन सकिन्छ र परमेश्‍वरको अर्को नाउँ हुन सक्दैन, किनकि परमेश्‍वरले आफ्नो स्वभाव परिवर्तन गर्न सक्नुहुन्न भनी भन्छ भने, यी शब्दहरू साँच्चै ईश्‍वरनिन्दा हुन्छ! के तँ येशू नाउँ, परमेश्‍वर हामीसँग हुनुहुन्छ भन्‍ने नाउँले मात्र पूर्ण रूपमा परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छ भनी विश्‍वास गर्छस्? परमेश्‍वरलाई धेरै वटा नाउँले सम्बोधन गर्न सकिन्छ, परमेश्‍वरलाई समेट्ने नाउँ एउटै मात्र छैन, परमेश्‍वरलाई प्रतिनिधित्व गर्न एउटा मात्र नाउँ पनि छैन। यसैले, परमेश्‍वरका धेरै वटा नाउँहरू छन्, तर यी धेरै वटा नाउँले परमेश्‍वरको स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्न सक्दैनन्, किनकि परमेश्‍वरको स्वभाव यति समृद्ध छ कि त्यो मानिसको क्षमताले बुझ्न सक्नेभन्दा बढी छ। मानिसले मानव जातिको कुनै पनि भाषा प्रयोग गरेर परमेश्‍वरलाई पूर्णरूपमा समेट्ने कुनै तरिका छैन। मानव जातिले परमेश्‍वरको स्वभावको बारेमा जे जान्दछ ती सबैलाई समेट्न तिनीहरूसित सीमित शब्दावली मात्र छ: महान्, आदर्शमयी, अद्भुत, बुझ्न नसकिने, सर्वोच्च, पवित्र, धर्मी, बुद्धिमान, आदि। यो सीमित शब्दावलीले मानिसले परमेश्‍वरको स्वभावमा देखेको थोरै कुराको समेत वर्णन गर्न सक्दैन। समय बित्दै जाँदा, अरू धेरैले त्यस्ता शब्दहरू थपे जसले उनीहरूका हृदयको जोशको राम्ररी वर्णन गर्न सक्छ भन्‍ने तिनीहरूले ठानेका थिए: परमेश्‍वर अति महान् हुनुहुन्छ! परमेश्‍वर अत्यन्तै पवित्र हुनुहुन्छ! परमेश्‍वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ! आज, यस्ता मानव भनाइहरू चरम सीमामा पुगेका छन्, तापनि मानिस अझै पनि आफैलाई व्यक्त गर्न असक्षम छ। त्यसैले, मानिसका नजरमा परमेश्‍वरका धेरै वटा नाउँ छन्, तापनि उहाँको नाउँ एउटै मात्र छैन, अनि परमेश्‍वरको सत्त्व प्रशस्त भएको तर मानिसको भाषा अति कमजोर भएको हुनाले यसो भएको हो। कुनै एउटा विशेष शब्द वा नाउँले परमेश्‍वरलाई उहाँको सम्पूर्णतामा प्रतिनिधित्व गर्नै सक्दैन, त्यसो भए के तँ उहाँको नाउँ निश्चित गर्न सकिन्छ भन्‍ने सोच्छस्? परमेश्‍वर अति महान् र अति पवित्र हुनुहुन्छ—के तँ उहाँलाई प्रत्येक युगमा उहाँको नाउँ परिवर्तन गर्ने अनुमति दिँदैनस्? त्यसकारण, परमेश्‍वरले व्यक्तिगत रूपमा आफ्नो काम गर्नुहुने प्रत्येक युगमा, उहाँले युग सुहाउँदो एउटा नाउँ प्रयोग गर्नुहुन्छ, जसले उहाँले गर्न चाहनुभएको कामलाई समेट्छ। उहाँ त्यस युगमा उहाँको स्वभावको प्रतिनिधित्व गर्न उक्त युगको महत्त्व बोकेको यो विशेष नाउँ प्रयोग गर्नुहुन्छ। यो आफ्नो स्वभाव व्यक्त गर्न परमेश्‍वरले मानव जातिको भाषा प्रयोग गर्नुभएको हो। त्यसरी नै, आत्मिक अनुभवहरू प्राप्त गर्ने र परमेश्‍वरलाई व्यक्तिगत रूपमा देख्ने धेरै मानिसहरूले यो एउटा विशेष नाउँ पूर्ण रूपमा परमेश्‍वरको प्रतिनिधित्व गर्न असमर्थ छ भन्‍ने महसुस गर्छन्—अहो, यसमा कुनै सहायता गर्न सकिँदैन—त्यसैले मानिसले अब परमेश्‍वरलाई कुनै नाउँबाट सम्बोधन गर्दैन, तर उहाँलाई “परमेश्‍वर” मात्र भन्छ। यस्तो लाग्छ, कि मानिसको हृदय प्रेमले भरिपूर्ण छ र अन्तर्विरोधहरूमा पनि परेको छ, किनकि मानिसले परमेश्‍वरको व्याख्या गर्न जान्दैन। परमेश्‍वर जे हुनुहुन्छ त्यो अति प्रशस्त छ, यसैले त्यसको वर्णन गर्ने कुनै तरिका नै छैन। परमेश्‍वरको स्वभावको सार बताउने कुनै एउटा शब्द छैन, अनि परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सबै वर्णन गर्ने शब्द एउटा पनि छैन। यदि कसैले मलाई, “वास्तवमा तपाईं कुन नाउँ प्रयोग गर्नुहुन्छ?” भनी सोध्छ भने, म तिनीहरूलाई भन्‍नेछु, “परमेश्‍वर, परमेश्‍वर हुनुहुन्छ!” के यो परमेश्‍वरका निम्ति सर्वोत्तम नाम होइन र? के यसमा परमेश्‍वरको स्वभावलाई सबैभन्दा राम्रोसँगले समेटिएको छैन र? त्यसो हो भने, परमेश्‍वरको नाउँ जाँचपड्ताल गर्न तिमीहरू किन त्यत्ति धेरै प्रयास गर्छौ? तिमीहरूलाई किन खाना र निन्द्रा नै त्यागेर एउटा नाउँका खातिर सधैँ टाउको दुखाउनु परेको? त्यो दिन आउनेछ, जब परमेश्‍वरलाई यहोवा, येशू वा मसीह भनिनेछैन—उहाँलाई सृष्टिकर्ता मात्र भनिनेछ। त्यस बेला उहाँले पृथ्वीमा धारण गर्नुभएका सबै नाउँहरू समाप्त हुनेछ, किनकि पृथ्वीमा उहाँको काम समाप्त भएको हुनेछ, त्यसपछि उहाँको कुनै नाउँ हुनेछैन। जब सबै थोक सृष्टिकर्ताको अधीनमा आउँदछन्, उहाँलाई अत्याधिक उपयुक्त तर अपूर्ण नाउँ किन चाहिन्छ र? के तँ अझै परमेश्‍वरको नाउँ जाँचपड्ताल गरिरहेको छस्? के तँ अझै पनि परमेश्‍वरलाई यहोवा मात्र भनिन्छ भन्‍ने हिम्मत गर्छस्? के तँ अझै पनि परमेश्‍वरलाई येशू मात्र भनिन्छ भन्‍ने हिम्मत गर्छस्? के तँ परमेश्‍वरको विरुद्धमा गरिने ईश्‍वर निन्दाको पाप सहन सक्छस्? सुरुमा परमेश्‍वरको कुनै नाउँ थिएन भन्‍ने तँलाई थाहा हुनुपर्छ। उहाँले केवल एउटा वा दुईवटा वा धेरै नाउँ लिनुभयो, किनकि उहाँले गर्नुपर्ने काम थियो र मानव जातिलाई व्यवस्थापन गर्नुपर्थ्यो। उहाँलाई जुनसुकै नाउँले बोलाए पनि—के उहाँले त्यो स्वतन्त्र रूपमा चुन्नुभएन र? के उहाँलाई त्यो निर्धारण गर्न तेरो—एक सृजित प्राणीको—आवश्यकता पर्छ? परमेश्‍वरलाई जुन नाउँले सम्बोधन गरिन्छ त्यो नाउँ मानिसले मानव जातिको भाषामा उहाँलाई बुझ्न सक्‍ने अनुसार छ, तर यो नाउँ मानिसले सोच्न सक्ने कुरै होइन! तैँले केवल स्वर्गमा परमेश्‍वर हुनुहुन्छ, उहाँलाई परमेश्‍वर भनिन्छ, उहाँ महान् शक्ति भएका महान् परमेश्‍वर हुनुहुन्छ, जो अति बुद्धिमान् हुनुहुन्छ, अति उच्च, अति अद्भुत, अति रहस्यमय र अति सर्वशक्तिमान् हुनुहुन्छ भनेर मात्र भन्न सक्छस्, अरू केही भन्न सक्दैनस्; तैँले जान्‍न सक्‍ने भनेकै यति थोरै मात्र हो। यस्तो भएकोले के येशूको नाउँले मात्र परमेश्‍वर स्वयम्‌लाई प्रतिनिधित्व गर्न सक्छ? जब आखिरी दिनहरू आउँछन्, काम गर्न परमेश्‍वर उहाँ नै हुनुभए पनि उहाँको नाउँ परिवर्तन हुनुपर्दछ, किनकि यो एउटा फरक युग हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४३

जब येशू आफ्नो काम गर्न आउनुभयो, यो पवित्र आत्माको निर्देशनमा थियो; उहाँले पवित्र आत्माले चाहनुभए जस्तै गर्नुभयो, पुरानो करारको व्यवस्थाको युगअनुसार वा यहोवाको कामअनुसार होइन। येशूले जुन काम गर्न आउनुभयो त्यो यहोवाको व्यवस्था वा यहोवाका आज्ञाहरू पालन गर्नुपर्ने काम थिएन, तैपनि तिनको स्रोत एउटै र उस्तै थियो। येशूले गर्नुभएको कामले येशूको नाउँलाई प्रतिनिधित्व गर्‍यो, र त्यसले अनुग्रहको युगलाई प्रतिनिधित्व गर्‍यो; यहोवाले गर्नुभएको कामको विषयमा भन्‍ने हो भने, त्यसले यहोवाको प्रतिनिधित्व गर्थ्यो र त्यसले व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्थ्यो। उहाँहरूका काम दुई फरक युगहरूमा गरिएका एकै आत्माको काम थिए। येशूले गर्नुभएको कामले अनुग्रहको युगलाई मात्र प्रतिनिधित्व गर्न सक्थ्यो, र यहोवाले गर्नुभएको कामले पुरानो करारको व्यवस्थाको युगलाई मात्र प्रतिनिधित्व गर्न सक्थ्यो। यहोवाले इस्राएल र मिश्रका मानिसहरूलाई र इस्राएल बाहिरका सबै जातिहरूलाई मात्र डोऱ्याउनुभयो। जब परमेश्‍वरले नयाँ करारको अनुग्रहको युगमा काम गर्नुभयो, परमेश्‍वरले काम गर्न र त्यो युगलाई मार्गदर्शन गर्न येशूको नाउँ अँगाल्नुभयो। यदि तँ येशूको काम परमप्रभुले गर्नुभएको काममा आधारित थियो, र उहाँले कुनै नयाँ काम थाल्नुभएन, उहाँले जे गर्नुभयो सबै यहोवाको वचनअनुसार, यहोवाको कामअनुसार र यशैयाका अगमवाणीहरू अनुसार थियो भनी भन्छस् भने, येशू देहधारण गर्नुभएका परमेश्‍वर बन्न सक्नुहुन्न। यदि उहाँले आफ्नो काम यस तरिकाले सञ्चालन गर्नुभएको थियो भने उहाँ एक प्रेरित वा व्यवस्थाको युगका एक सेवक मात्र हुनुहुनेथियो। यदि यो तैँले भनेको जस्तै हो भने, येशूले एउटा युग सुरु गर्न सक्नुहुने थिएन, न त उहाँले अरू कुनै काम नै गर्न सक्नुहुन्थ्यो। त्यसरी नै, पवित्र आत्माले मुख्य रूपले यहोवाद्वारा उहाँको काम गर्नुपर्दछ, अनि यहोवाविना पवित्र आत्माले कुनै नयाँ काम गर्न सक्नुहुनेथिएन। मानिसले येशूको कामलाई यस तरिकाले बुझ्नु गलत हो। यदि कुनै व्यक्तिले येशूद्वारा गरिएको काम यहोवाको वचन र यशैयाका भविष्यवाणीहरू अनुसार गरिएको थियो भनी विश्‍वास गर्दछ भने, येशू देहधारी परमेश्‍वर हुनुहुन्थ्यो कि उहाँका भविष्यवक्ताहरूमध्ये एक हुनुहुन्थ्यो? यस धारणाअनुसार अनुग्रहको युग हुनेथिएन, र येशू देहधारी परमेश्‍वर हुनुहुनेथिएन, किनकि उहाँले गर्नुभएको कामले अनुग्रहको युगलाई प्रतिनिधित्व गर्न सक्दैनथियो र पुरानो करारको व्यवस्थाको युगलाई मात्र प्रतिनिधित्व गर्न सक्नेथियो। येशू नयाँ काम गर्न, एउटा नयाँ युगको सुरु गर्न, इस्राएलमा पहिले गरिएको कामलाई तोड्न र इस्राएलमा यहोवाले गर्नुभएको कामअनुसार वा उहाँको पुराना प्रावधानहरूअनुरूप, वा कुनै पनि प्रावधान लागु गरेर होइन, बरु उहाँले गर्नुपर्ने नयाँ काम गर्न आउनुहुँदा मात्र एउटा नयाँ युग हुन सक्थ्यो। नयाँ युग सुरु गर्न परमेश्‍वर आफै आउनुहुन्छ, र त्यो युगलाई समाप्त गर्न परमेश्‍वर आफै आउनुहुन्छ। युग सुरु गर्ने र युग समाप्त गर्ने काम गर्न मानिस असक्षम छ। यदि येशू आउनुभएपछि पनि उहाँले यहोवाको कामलाई समाप्त गर्नुभएन भने, त्यो उहाँ एउटा व्यक्ति मात्र हुनुहुन्छ र परमेश्‍वरको प्रतिनिधित्व गर्न असमर्थ हुनुहुन्छ भन्‍ने कुराको प्रमाण हुनेथियो। वास्तवमा भन्‍ने हो भने, येशू आउनुभयो र यहोवाको कामलाई समाप्त गर्नुभयो, यहोवाको कामलाई निरन्तरता दिनुभयो र त्यसबाहेक आफ्नै एउटा नयाँ काम पनि गर्दैजानुभयो, ठीक यही कारणले यो एउटा नयाँ युग थियो र येशू परमेश्‍वर स्‍वयम्‌ नै हुनुहुन्थ्यो भन्‍ने कुरालाई यसले प्रमाणित गर्छ। उहाँहरूले कामका दुई भिन्न-भिन्न चरणहरू गर्नुभयो। एउटा चरण मन्दिरमा पूरा गरियो, र अर्को मन्दिरको बाहिर सञ्चालन गरियो। एउटा चरण भनेको व्यवस्थाअनुसार मानिसको जीवनलाई मार्गदर्शन गर्नु थियो, र अर्को पापबलि चढाउनु थियो। कामका यी दुई चरणहरू स्पष्ट रूपमा फरक-फरक थिए; यसले नयाँ युगलाई पुरानोबाट छुट्ट्याउँछ, र ती दुई भिन्नाभिन्नै युग हुन् भन्नु पूर्ण रूपमा सही हुन्छ। उहाँहरूको कामको स्थान फरक थियो, र उहाँहरूको कामको विषयवस्तु फरक थियो, र उहाँहरूको कामको उद्देश्य पनि भिन्न थियो। त्यसरी नै, तिनलाई दुइटा युगमा विभाजन गर्न सकिन्छ; नयाँ र पुरानो करारहरूले नयाँ र पुरानो युगहरूलाई जनाउँछन्। जब येशू आउनुभयो उहाँ मन्दिरमा जानुभएन, जसले यहोवाको युग समाप्त भएको थियो भन्‍ने प्रमाणित गर्दछ। उहाँ मन्दिरभित्र पस्नुभएन, किनकि मन्दिरमा यहोवाको काम समाप्त भइसकेको थियो, र त्यसलाई फेरि गर्नुपर्ने आवश्यक थिएन, र त्यो फेरि गर्नु भनेको दोहोऱ्याउनु मात्रै हुनेथियो। मन्दिरलाई छोडेर, एउटा नयाँ काम सुरु गरेर अनि मन्दिरभन्दा बाहिर एउटा नयाँ मार्ग खोलेर मात्रै उहाँ परमेश्‍वरको कामलाई त्यसको चरम बिन्दुमा ल्याउन सक्षम हुनुभयो। यदि उहाँ आफ्नो काम गर्न मन्दिरबाट बाहिर नजानुभएको भए, परमेश्‍वरको काम मन्दिरको जगमाथि अड्केर बस्‍नेथियो, र त्यहाँ कुनै नयाँ परिवर्तनहरू हुनेथिएन। यसैले जब येशू आउनुभयो, उहाँ मन्दिरमा प्रवेश गर्नुभएन, र उहाँले मन्दिरमा आफ्नो काम गर्नुभएन। उहाँले मन्दिरको बाहिर काम गर्नुभयो, र आफ्ना चेलाहरूलाई डोऱ्याउँदै आफ्‍नो काम स्वतन्त्र रूपले अघि बढाउनुभयो। परमेश्‍वरले आफ्नो काम गर्न मन्दिरबाट प्रस्थान गर्नुको अर्थ परमेश्‍वरसँग नयाँ योजना थियो भन्‍ने हुन्छ। उहाँको काम मन्दिरको बाहिर सञ्चालन हुनुपर्ने थियो, र कार्यान्वयन गर्ने तरिकामा नियन्त्रित नरहेको नयाँ कार्य हुनुपर्थ्यो। येशू आइपुग्‍नुभएपछि तुरुन्तै उहाँले पुरानो करारको युगको यहोवाको कामलाई समाप्त गर्नुभयो। उहाँहरूलाई दुई फरक नाउँले बोलाइएको भए पनि, दुवै चरणका कामहरू पूरा गर्ने एउटै आत्मा हुनुहुन्थ्यो, र गरिएको काम निरन्तर भइरहने काम थियो। जसरी नाउँ फरक थियो, र कामको विषय फरक थियो, त्यसरी नै युग पनि फरक थियो। जब यहोवा आउनुभयो, त्यो यहोवाको युग थियो, र जब येशू आउनुभयो, त्यो येशूको युग थियो। त्यसैले, हरेक आगमन सँगै, परमेश्‍वरलाई एउटा नाउँले बोलाइन्छ, र जसले एउटा युगलाई प्रतिनिधित्व गर्छ, अनि उहाँ एउटा नयाँ मार्ग खोल्नुहुन्छ; र हरेक नयाँ मार्गका लागि, उहाँ एउटा नयाँ नाउँ धारण गर्नुहुन्छ। यो सबैले परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न, र उहाँको काम कहिल्यै अगाडि दिशातर्फ बढ्नबाट रोकिँदैन भन्ने देखाउँछ। इतिहास जहिल्यै पनि अगाडि बढिरहेको छ, र परमेश्‍वरको काम सधैँ अगाडि बढिरहेको छ। उहाँको छ हजार वर्षे व्यवस्थापन योजना लक्ष्यमा पुग्‍नका लागि, यो निरन्तर अगाडिको दिशामा अघि बढिरहनुपर्छ। हरेक दिन उहाँले नयाँ काम गर्नैपर्छ, हरेक वर्ष उहाँले नयाँ काम गर्नैपर्छ; उहाँले नयाँ मार्गहरू खोल्नैपर्छ, नयाँ युगहरू सुरु गर्नैपर्छ, र अझ नयाँ र महान् काम सुरु गर्नैपर्छ। यी सबैसँगै, उहाँ नयाँ नाउँहरू र नयाँ काम ल्याउनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४४

मैले इस्राएलमा मेरो काम गर्दा “यहोवा” नाउँ धारण गरेँ, र यसको अर्थ इस्राएलीहरूको (परमेश्‍वरका चुनिएका मानिसहरूको) परमेश्‍वर हो, जो मानिसलाई कृपा देखाउन, मानिसलाई श्राप दिन, र मानिसको जीवनलाई मार्गदर्शन गर्न सक्नुहुन्छ; ती परमेश्‍वर, जोसँग महान्‌ शक्ति छ र जो बुद्धिले भरिपूर्ण हुनुहुन्छ। “येशू” इम्मानुएल हुनुहुन्छ, जसको अर्थ प्रेमिलो दयालुपनले भरिपूर्ण, कृपाले भरिपूर्ण, र मानिसलाई छुटकारा दिने पापबलि हुन्छ। उहाँले अनुग्रहको युगको काम गर्नुभयो, र उहाँ अनुग्रहको युगको प्रतिनिधित्व गर्नुहुन्छ, र व्यवस्थापन योजनाको कामको एउटा पाटोको मात्र प्रतिनिधित्व गर्न सक्नुहुन्छ। यसको तात्पर्य, यहोवा मात्र इस्राएलका चुनिएका मानिसहरूको परमेश्‍वर, अब्राहामको परमेश्‍वर, इसहाकको परमेश्‍वर, याकूबको परमेश्‍वर, मोशाको परमेश्‍वर, र इस्राएलका सारा मानिसको परमेश्‍वर हुनुहुन्छ। त्यसैले, यहूदी मानिसहरू लगायत त्यसबेलाका सारा इस्राएली यहोवाको आराधना गर्थे। तिनीहरू उहाँका लागि वेदीमा बलि चढाउँथे र धर्मगुरुको पोसाक लगाएर मन्दिरमा उहाँको सेवा गर्थे। तिनीहरू यहोवाको पुनः देखा पराइको आशा गर्थे। येशू मात्र मानवजातिको उद्धारकर्ता हुनुहुन्छ, र उहाँ मानवजातिलाई पापबाट छुटकारा दिने पापबलि हुनुहुन्छ। भन्नुको अर्थ, येशूको नाउँ अनुग्रहको युगबाट आएको हो र अनुग्रहको युगमा छुटकाराको कामका कारण अस्तित्वमा आएको हो। येशूको नाउँ अनुग्रहको युगका मानिसहरूलाई पुनर्जन्म लिने र मुक्ति पाउने अनुमति दिन अस्तित्वमा आएको हो, र यो समग्र मानवजातिको छुटकाराका लागि एउटा विशेष नाउँ हो। तसर्थ, येशू नाउँले छुटकाराको कामको प्रतिनिधित्व गर्छ, र अनुग्रहको युगलाई जनाउँछ। यहोवा नाउँ व्यवस्थाअन्तर्गत जिएका इस्राएलका मानिसहरूका निम्ति एउटा विशेष नाउँ हो। हरेक युग र कामको हरेक चरणमा, मेरो नाउँ निराधार छैन, बरु यसले प्रतिनिधिमूलक महत्त्व राख्छ: हरेक नाउँले एउटा युगको प्रतिनिधित्व गर्छ। “यहोवा” ले व्यवस्थाको युगको प्रतिनिधित्व गर्छ, र यो इस्राएलका मानिसहरूले आराधना गर्ने परमेश्‍वरलाई बोलाउने आदरार्थी नाम हो। “येशू” ले अनुग्रहको युगको प्रतिनिधित्व गर्छ, र यो अनुग्रहको युगमा छुटकारा पाउने सबैको परमेश्‍वरको नाउँ हो। यदि मानिस अझै आखिरी दिनहरूमा मुक्तिदाता येशूको आगमनको तृष्णा गर्छ, र अझै उहाँले यहूदियामा वहन गर्नुभएको स्वरूपमा उहाँ आइपुग्ने अपेक्षा गर्छ भने, सम्पूर्ण छ हजार वर्षे व्यवस्थापनको योजना छुटकाराको युगमा रोकिनेथ्यो, र अलिकता पनि अघि बढ्न सक्नेथिएन। यसको अलावा, आखिरी दिनहरू कहिल्यै आउने थिएनन्, र युगको अन्त्य कहिल्यै हुने थिएन। किनभने मुक्तिदाता येशू मानवजातिको छुटकारा र मुक्तिका निम्ति मात्र हुनुहुन्छ। मैले येशूको नाउँ केवल अनुग्रहको युगका सबै पापीका खातिर लिएँ, तर त्यो त्यस्तो नाउँ होइन जसद्वारा म समग्र मानवजातिलाई अन्त्य गर्नेछु। यहोवा, येशू, र मसीह सबैले मेरो आत्माको प्रतिनिधित्व गर्ने भए पनि, यी नाउँले मेरो व्यवस्थापनको योजनाका विभिन्न युगलाई मात्र जनाउँछन्, र समग्र रूपमा मेरो प्रतिनिधित्व गर्दैनन्। पृथ्वीका मानिसहरूले मलाई बोलाउने नाउँले मेरो सम्पूर्ण स्वभाव र म जे हुँ त्यो सबैलाई पूर्ण रूपमा व्यक्त गर्न सक्दैनन्। ती केवल विभिन्न युगमा मलाई बोलाइने फरक-फरक नाउँ हुन्। त्यसैले जब अन्तिम युग—आखिरी युग—आउँछ, तब मेरो नाउँ फेरि बदलिनेछ। मलाई यहोवा वा येशू पनि भनिनेछैन, मसीह त झनै भनिनेछैन—मलाई शक्तिशाली र सर्वशक्तिमान् परमेश्‍वर स्वयम्‌ भनिनेछ, र म यही नाउँमा समग्र युगको अन्त्य गर्नेछु। मलाई कुनै समय यहोवा भनेर बोलाइन्थ्यो, कुनै समय मानिसहरूले मलाई मसीह भनेर पनि चिन्थे, र कुनै समय मानिसहरूले मलाई प्रेम र आदरसाथ मुक्तिदाता येशू भनी बोलाउँथे। आज, म अब उप्रान्त मानिसहरूले विगतको समयमा चिनेको यहोवा वा येशू होइनँ। बरु म त आखिरी दिनहरूमा फर्केर आएको परमेश्‍वर, युग अन्त्य गर्ने परमेश्‍वर हुँ; म पृथ्वीको पल्लो छेउबाट उदय हुने, मेरो सम्पूर्ण स्वभावले भरिएको, र अख्तियार, आदर र महिमाले भरिपूर्ण परमेश्‍वर स्वयम्‌ हुँ। मानिस कहिल्यै मेरो सम्पर्कमा आएको छैन, उसले मलाई कहिल्यै चिनेको छैन, र ऊ सदैव मेरो स्वभावबारे अनभिज्ञ रहेको छ। संसारको सृष्टिदेखि अहिलेसम्म, एउटा व्यक्तिले पनि मलाई देखेको छैन। आखिरी दिनहरूमा मानिसकहाँ देखा पर्नुहुने तर ऊमाझ गुप्त रहनुहुने परमेश्‍वर उहाँ नै हुनुहुन्छ। उहाँ मानिसमाझ, साक्षात् र जीवित रूपमा, जलिरहेको सूर्य र दन्किरहेको ज्वालाजस्तै, शक्तिले भरिपूर्ण र अख्तियारले भरिएर बास गर्नुहुन्छ। मेरा वचनहरूद्वारा न्याय नगरिने एउटा पनि व्यक्ति वा वस्तु छैन, र आगोको प्रज्वलनद्वारा शुद्ध नपारिने एक जना व्यक्ति वा वस्तु छैन। अन्ततः, मेरा वचनहरूका कारण असङ्ख्य राष्ट्र आशिषित हुनेछन्, र मेरा वचनहरूका कारण टुक्रा-टुक्रा पनि पारिनेछन्। यसरी, आखिरी दिनहरूमा सबै मानिसहरूले म फर्केर आएको मुक्तिदाता हुँ, र म सर्वशक्तिमान् परमेश्‍वर हुँ, जसले सारा मानवजातिलाई विजय गर्नुहुन्छ भनी देख्नेछन्। अनि म एक पटक मानिसका निम्ति पापबलि थिएँ, तर आखिरी दिनहरूमा म यावत् थोकलाई जलाउने दन्किँदो सूर्यका ज्वालाहरू, साथै सबै थोकलाई प्रकाश गर्ने धार्मिकताको सूर्य पनि बनेको छु भनी सबैले देख्नेछन्। आखिरी दिनहरूमा मेरो काम यही हो। म यो नाउँ धारण गर्छु र यो स्वभाव वहन गर्छु, ताकि सबै मानिसले म धर्मी परमेश्‍वर, जलिरहेको सूर्य, दन्किरहेको ज्वाला हुँ भन्‍ने देखून्, र ताकि सबैले म, एक मात्र साँचो परमेश्‍वरको आराधना गरून्, र ताकि तिनीहरूले मेरो साँचो मुहार देख्न सकून्: म इस्राएलीहरूको परमेश्‍वर मात्र होइन, र म उद्धारकर्ता मात्र होइन; बरु म स्वर्गहरू, र पृथ्वी र समुद्रभरिका सबै सृजित प्राणीहरूको परमेश्‍वर हुँ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ४५

यदि मुक्तिदाता आखिरी दिनहरूमा आइपुग्नुभयो र उहाँलाई अझै पनि येशू नै भनियो, र फेरि एक पटक यहूदियामा नै जन्मिनुभयो र उहाँको काम त्यहीँ गर्नुभयो भने, यसले मैले इस्राएलका मानिसहरूलाई मात्र सृष्टि गरेँ र इस्राएलका मानिसहरूलाई मात्र छुटकारा दिएँ, अनि अन्यजातिहरूसँग मेरो कुनै सरोकार छैन भन्‍ने कुरा साबित गर्नेथ्यो। के यो “स्वर्गहरू, पृथ्वी र यावत् थोक सृष्टि गर्ने प्रभु म नै हुँ” भन्‍ने मेरा वचनहरूसँग विरोधाभासपूर्ण हुँदैन र? मैले यहूदिया छोडेँ र म अन्यजातिहरूमाझ मेरो काम गर्छु, किनभने म इस्राएलका मानिसहरूको मात्र परमेश्‍वर नभई सबै सृजित प्राणीको परमेश्‍वर हुँ। म आखिरी दिनहरूमा अन्यजातिहरूमाझ देखा पर्छु किनभने म इस्राएलका मानिसहरूको परमेश्‍वर, यहोवा मात्र होइन, त्योभन्दा बढी, म अन्यजातिहरूमाझ मेरा चुनिएका मानिसहरू सबैको सृष्टिकर्ता हुँ। मैले इस्राएल, मिश्र र लेबनान मात्र सृष्टि गरिनँ, इस्राएलभन्दा बाहिरका अन्यजाति राष्ट्रहरू सबै सृष्टि गरेँ। यसकारण, म सबै सृजित प्राणीको प्रभु हुँ। मैले इस्राएललाई मेरो कामको प्रारम्भिक बिन्दुका रूपमा मात्रै प्रयोग गरेँ, यहूदिया र गालीललाई मेरो छुटकाराको कामको गढका रूपमा प्रयोग गरेँ, र अहिले म कुनै अन्यजाति राष्ट्रलाई सम्पूर्ण युगलाई अन्त्यमा पुर्‍याउने आधारका रूपमा प्रयोग गर्छु। मैले इस्राएलमा कामका दुइटा चरण पूरा गरेँ (ती दुइटा चरण व्यवस्थाको युग र अनुग्रहको युग हुन्), र म इस्राएलभन्दा बाहिरका मुलुकहरूभरि कामका थप दुइटा चरण (अनुग्रहको युग र राज्यको युग) लाई अघि बढाउँदै आइरहेको छु। अन्यजाति राष्ट्रहरूमाझ, म विजयको काम गर्नेछु, र यसरी उक्त युग समाप्‍त गर्नेछु। यदि मानिसहरू मलाई सधैँ येशू ख्रीष्ट भनेर बोलाउँछन्, तर आखिरी दिनहरूमा मैले नयाँ युग सुरु गरेको छु र म नयाँ काममा लागेको छु भन्‍ने कुरा जान्दैनन् भने, र यदि मानिस व्यग्रतापूर्वक मुक्तिदाता येशूको आगमनको नै प्रतीक्षा गरिरहन्छ भने, म यस्ता मानिसहरूलाई ममा विश्‍वास नगर्ने मानिस भन्‍नेछु; तिनीहरू मलाई नचिन्ने तर विश्वासी भएको नाटक गर्ने मानिस हुन्। के त्यस्ता मानिसहरूले स्वर्गबाट आउनुभएको मुक्तिदाता येशूको आगमन देख्न सक्छन्? तिनीहरू त मेरो आगमनको होइन, यहूदीहरूको राजाको आगमनको प्रतीक्षा गर्छन्। तिनीहरू मैले यो फोहोरी पुरानो संसारलाई सर्वनाश गरेको तृष्णा गर्दैनन्, बरु येशूको दोस्रो आगमनको तृष्णा गर्छन् जसपश्चात् तिनीहरूले छुटकारा पाउनेछन्—तिनीहरू येशूले फेरि एक पटक यो अशुद्ध र अधर्मी भूमिबाट सारा मानवजातिलाई छुटकारा दिने दिनको प्रतीक्षा गर्छन्। त्यस्ता मानिसहरू कसरी आखिरी दिनहरूमा मेरो काम पूरा गर्ने मानिस बन्‍न सक्छन्? मानिसका चाहनाहरूले मेरा इच्छाहरू पूरा गर्न वा मेरो काम सम्पन्न गर्न सक्दैनन्, किनभने मानिस मैले पहिले गरेका कामको मात्र सराहना वा कदर गर्छ, उसलाई म सधैँ नयाँ रहने र कहिल्यै पुरानो नहुने परमेश्‍वर स्वयम् हुँ भन्‍ने थाहा छैन, र म यहोवा र येशू हुँ भन्‍ने मात्र थाहा छ, तर मानवजातिको अन्त्य गराउने आखिरी दिनहरूको एक म नै हुँ भन्‍ने कुराको अलिकति पनि आभास छैन। मानिसले तृष्णा गर्ने र जान्ने कुरा उसका आफ्नै धारणाहरूबाट आउँछ, र यो उसको आफ्नै आँखाले देख्न सक्ने कुरा मात्र हो। यो मैले गर्ने कामसँग मिल्दैन, बरु त्योसँग असमाञ्जस्यपूर्ण छ। यदि मेरो काम मानिसका विचारहरूअनुसार सञ्चालित हुन्थे भने, यो कहिले अन्त्य हुन्थ्यो? मानवजाति विश्राममा कहिले प्रवेश गर्थ्यो? अनि म कसरी सातौँ दिन अर्थात् शबाथमा प्रवेश गर्न सक्थेँ? म मेरो योजना र मेरो उद्देश्यअनुसार काम गर्छु—मानिसका अभिप्रायहरूअनुसार गर्दिनँ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ

अघिल्लो: परिचय

अर्को: परमेश्‍वर देखा पर्नु र उहाँको काम

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्