परिचय

राज्यको युगमा, परमेश्‍वर नयाँ युगको सुरुवात गर्न, आफ्नो काम गर्ने माध्यमहरू परिवर्तन गर्न र सम्पूर्ण युगको काम गर्न वचनहरू प्रयोग गर्नुहुन्छ। वचनको युगमा परमेश्‍वर यही सिद्धान्तद्वारा काम गर्नुहुन्छ। उहाँ देह बन्नुभयो र फरक-फरक दृष्टिकोणहरूबाट बोल्नुहुन्छ, जसले गर्दा मानिस देहमा देखा पर्नुहुने वचन, परमेश्‍वरलाई साँच्चै देख्न अनि उहाँको बुद्धि र विलक्षणता हेर्न सक्षम हुन्छ। परमेश्‍वर मानिसहरूमाथि विजय हासिल गर्ने, मानिसहरूलाई सिद्ध पार्ने र मानिसहरूलाई हटाउने लक्ष्यहरू अझ राम्ररी हासिल गर्नका निम्ति यस तरिकाले काम गर्नुहुन्छ। वचनको युगमा काम गर्नका लागि वचनहरूको प्रयोग गर्नुको साँचो अर्थ यही हो। वचनहरूमार्फत, मानिसहरूले परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव, मानिसको सार र मानिस केमा प्रवेश गर्नुपर्छ भन्‍ने कुरा थाहा पाउँछन्। वचनहरूमार्फत, परमेश्‍वरले वचनको युगमा गर्न चाहेका सबै काम सम्पन्न हुन्छन्। वचनहरूमार्फत, मानिसहरू प्रकट हुन्छन् र हटाइन्छन् अनि तिनीहरूको परीक्षा गरिन्छ। मानिसहरूले यी वचनहरू देखेका छन्, यी वचनहरू सुनेका छन् र यी वचनहरू अस्तित्वमा रहेका बुझेका छन्। फलस्वरूप, तिनीहरूले परमेश्‍वरको अस्तित्व, परमेश्‍वरको सर्वशक्तिमान्‌ता र बुद्धि अनि मानिसलाई प्रेम गर्ने र मुक्ति दिने परमेश्‍वरको हृदयमा विश्‍वास गर्न थालेका छन्। “वचनहरू” भन्‍ने शब्द साधारण र सरल हुन सक्ला, तर देहधारी परमेश्‍वरको मुखबाट बोलिएका वचनहरूले ब्रह्माण्ड हल्लाउँछन्; तिनले मानिसहरूको हृदय, उनीहरूका धारणाहरू र पुराना स्वभावहरू, र सम्पूर्ण संसारको विगतको स्वरूपलाई रूपान्तरण गर्छन्। युगौँ-युगदेखि, आजका परमेश्‍वरले मात्र यसरी काम गर्नुहुन्छ, र उहाँ मात्रै यसरी बोल्नुहुन्छ र यसरी मानिसलाई मुक्ति दिनुहुन्छ। यस उप्रान्त, मानिस परमेश्‍वरका वचनहरूको मार्गदर्शनअन्तर्गत, उहाँका वचनहरूको गोठालो र आपूर्तिमाझ जिउँछ; सबै मानिस परमेश्‍वरका वचनहरूको संसारमा, परमेश्‍वरका वचनहरूका श्राप र आशिष्‌हरूमाझ जिउँछन्, र अधिकांश मानिस त उहाँका वचनहरूको न्याय र सजायअन्तर्गत जिउँछन्। यी वचन र यो काम सबै मानिसको मुक्तिका खातिर, परमेश्‍वरको इच्छा पूरा गर्नका खातिर, र पुरानो सृष्टिको संसारको मूल स्वरूप परिवर्तन गर्नका खातिर हुन्। परमेश्‍वरले वचनहरू प्रयोग गरेर संसारको सृष्टि गर्नुभयो, उहाँ वचनहरू प्रयोग गरेर नै ब्रह्माण्डका सबै मानिसलाई अगुवाइ गर्नुहुन्छ, उहाँ वचनहरू प्रयोग गरेर नै उनीहरूलाई विजय गर्नुहुन्छ र मुक्ति दिनुहुन्छ, र अन्ततः उहाँले सम्पूर्ण पुरानो संसारलाई अन्त्य गर्न वचनहरू प्रयोग गर्नुहुनेछ, र यसरी उहाँको व्यवस्थापन योजनाको सम्पूर्णतालाई पूरा गर्नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

यो युगमा, र तिमीहरूका माझमा, परमेश्‍वरले उल्लिखित तथ्य हासिल गर्नुहुनेछ: हरेक व्यक्तिले परमेश्‍वरका वचनहरू जिउनु पर्नेछ, सत्यतालाई व्यवहारमा लागू गर्न सक्नु पर्नेछ, र परमेश्‍वरलाई गम्भीरतापूर्वक प्रेम गर्नु पर्नेछ; सबै मानिसहरूले परमेश्‍वरका वचनहरूलाई आधारको रूपमा र आफ्नो वास्तविकताको रूपमा प्रयोग गर्नु पर्नेछ, र तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुनुपर्नेछ; र परमेश्‍वरका वचनहरूको अभ्यासद्वारा मानिसले त्यसपछि परमेश्‍वरसँगै राजसी शक्ति चलाउने छ। परमेश्‍वरले हासिल गर्नुपर्ने काम यही हो। के तँ परमेश्‍वरका वचनहरू नपढी रहन सक्छस्? आज, उहाँका वचनहरू नपढी एक वा दुई दिन पनि बिताउन सकिँदैन भन्‍ने अनुभव गर्नेहरू धेरै छन्। उनीहरूले उहाँका वचनहरू हरेक दिन पढ्नुपर्छ, र यदि समयले साथ दिएन भने, तिनीहरूलाई सुन्नु नै काफी हुनेछ। पवित्र आत्माले मानिसहरूलाई दिने आभास यही हो, र उहाँले उनीहरूलाई प्रेरित गर्न सुरु गर्ने तरिका यही नै हो। यसको अर्थ, वचनहरूद्वारा उहाँ मानिसहरूलाई प्रेरित गर्नुहुन्छ, ता कि उनीहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न सकून्। यदि, परमेश्‍वरका वचनहरू नखाई र नपिई केवल एक दिनपछि तैँले अँध्यारो र तिर्खा अनुभूति गर्छस् र यसलाई सहन सक्दैनस् भने, तँ पवित्र आत्माद्वारा चलायमान भएको छस्, र उहाँ तँबाट फर्किएर जानुभएको छैन भन्‍ने यसले देखाउँछ। अतः, यो प्रवाहमा रहेको तँ नै होस्। यद्यपि, यदि परमेश्‍वरका वचनहरू नखाई र नपिई एक दिन वा दुई दिन पछि, तैँले केही पनि अनुभूति गरिनस् भने, यदि तँलाई तिर्खा छैन, र तँ कत्ति पनि प्रभावित भएको छैनस् भने, पवित्र आत्मा तँबाट फर्किएर जानुभएको छ भन्‍ने यसले देखाउँछ। यसको अर्थ, तँभित्रको स्थितिमा केही खराबी छ भन्‍ने हुन्छ; तँ वचनको युगमा प्रवेश गरेको छैनस्, र तँ पछाडि परेकाहरूमध्ये एक होस्। मानिसहरूलाई शासन गर्न परमेश्‍वरले वचनहरू प्रयोग गर्नुहुन्छ; यदि तैँले परमेश्‍वरका वचनहरू खाइस् र पिइस् भने, तँलाई असल अनुभूति हुन्छ, र यदि तैँले त्यसो गरिनस् भने, तँसँग कुनै हिँड्ने मार्ग छैन। परमेश्‍वरका वचनहरू मानिसहरूका खाना, र उनीहरूलाई प्रेरित गर्ने शक्ति बन्छन्। बाइबल भन्छ, “मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्‍नेछ” (मत्ती ४:४)। आज, परमेश्‍वरले यो काम पूरा गर्नुहुनेछ, र उहाँले यो सच्चाइ तिमीहरूमा हासिल गर्नुहुनेछ। विगतमा कसरी, मानिसहरू परमेश्‍वरका वचनहरू नपढी धेरै दिन बिताउन सक्थे र तर पनि सधैँ जस्तै खान र काम गर्न सक्थे, तर आजको अवस्था पनि यस्तै छैन र? यो युगमा, परमेश्‍वरले यावत् थोकलाई शासन गर्न मुख्यतः वचनहरू प्रयोग गर्नुहुन्छ। मानिसलाई परमेश्‍वरका वचनमार्फत न्याय गरिन्छ र सिद्ध पारिन्छ, अनि त्यसपछि यी वचनहरूद्वारा अन्ततः राज्यमा लगिन्छ। खासगरी राज्यको युगमा, परमेश्‍वरका वचनहरूले मात्र मानिसको जीवन आपूर्ति गर्न सक्छन्, र परमेश्‍वरका वचनहरूले मात्र मानिसलाई प्रकाश र अभ्यासको मार्ग दिन सक्छन्। जबसम्म तँ परमेश्‍वरका वचनहरूको वास्तविकताबाट बाहिर जाँदैनस्, हरेक दिन उहाँका वचनहरूलाई खाने र पिउने गर्छस्, तबसम्‍म परमेश्‍वरले तँलाई सिद्ध पार्नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

म सारा ब्रह्माण्डभरि मेरो काम गरिरहेको छु र पूर्वमा मेघ गर्जन अनन्त रूपमा जारी हुन्छ, जसले सबै राष्ट्र र सम्प्रदायलाई हल्लाइदिन्छ। मेरा वाणीहरूले नै सबै मानिसलाई आजको दिनसम्म अगुवाइ गरेका छन्। म सबै मानिसलाई मेरा वाणीहरूद्वारा विजय हासिल गरिने, यही प्रवाहमा पर्ने र मेरो सामु समर्पित तुल्याउँछु, किनभने मैले मेरो महिमालाई उहिले नै सारा पृथ्वीबाट फिर्ता लिएको छु र यसलाई पूर्वमा पुनः जारी गरेको छु। मेरो महिमा देख्ने तिर्सना कसलाई हुँदैन र? कसले व्यग्रतापूर्वक मेरो पुनरागमनको प्रतीक्षा गर्दैन? मेरो पुनः देखापराइको तृष्णा कसले गर्दैन र? मेरो प्रेमिलोपनको तिर्सना कसले गर्दैन र? ज्योतितर्फ कोचाहिँ आउँदैन र? कनानको सम्‍पन्‍नतालाई कसले हेर्दैन र? उद्धारकको पुनरागमनको तिर्सना कसले गर्दैन र? महाशक्ति भएको उहाँको कसले आदर गर्दैन र? मेरा वाणीहरू पृथ्वीभरि प्रसार गरिनेछन् र म पहाड र नदीहरूलाई हल्लाउने शक्तिशाली मेघगर्जन जस्तै, मेरा चुनिएका मानिसहरूलाई अझ धेरै वचन भन्नेछुछु र बोल्नेछु। म मेरा वचनहरू सम्पूर्ण ब्रह्माण्ड र मानवजातिसँग बोल्छु। त्यसैले मेरो मुखका वचनहरू मानिसको खजाना बनेका छन्, र सबै मानिसले मेरा वचनहरूको कदर गर्छन्। बिजुली पूर्वबाट पश्‍चिमसम्मै चम्किन्छ। मेरा वचनहरू यस्ता छन् कि मानिस तिनलाई छोड्न हिचकिचाउँछ, र ती मानिसका लागि अबोधगम्य पनि छन्, र त्यसभन्दा पनि बढी, तिनले मानिसलाई आनन्द महसुस गराउँछन्। नवजात शिशुहरूजस्तै, सबै मानिस खुसी र आनन्दित महसुस गर्छन्, र मेरो आगमनको उत्सव मनाउँछन्। मेरा वाणीहरूमार्फत, म सबै मानिसलाई मेरो सामु ल्याउनेछु। त्यसपछि, म औपचारिक रूपमा मानवजातिमाझ प्रवेश गर्नेछु, र तिनीहरू मलाई आराधना गर्न आउने तुल्याउनेछु। मैले जारी गर्ने महिमा र मेरो मुखका वचनहरूद्वारा, सबै मानिस मेरो सामु आउँछन्, र बिजुली पूर्वबाट चम्किन्छ, म पूर्वमा रहेको “जैतुनको डाँडा” मा पनि ओर्लेको छु, र धेरै अघि नै पृथ्वीमा आइसकेको छु, र म अब यहूदीहरूको पुत्र होइन, बरु पूर्वको बिजुली हुँ भन्ने देख्छन्। किनभने म धेरै अघि नै मृत्युबाट बौरी उठेको छु, र मानवजातिमाझबाट प्रस्थान गरेको छु, र त्यसपछि तिनीहरूको बीचमा महिमाका साथ पुनः देखा परेको छु। म त्यही हुँ जसलाई अहिलेभन्दा अनगिन्ती युगअघि आराधना गरिन्थ्यो, र म त्यही शिशु पनि हुँ जसलाई अहिलेभन्दा अनगिन्ती युगअघि इस्राएलीहरूले त्यागेका थिए। त्यसभन्दा पनि बढी, म वर्तमान युगको सर्व-महिमामय सर्वशक्तिमान्‌ परमेश्‍वर हुँ! सबै जना मेरो सिंहासनसामु आऊन् र मेरो महिमामय मुहार देखून्, मेरा वाणीहरू सुनून्, र मेरा कार्यहरू हेरून्। मेरो सम्पूर्ण अभिप्राय यही हो; यो मेरो योजनाको अन्त्य र चरमोत्कर्ष हो, साथै मेरो व्यवस्थापनको उद्देश्य पनि हो: असङ्ख्य राष्ट्रले मेरो आराधना गरून्, असङ्ख्य मुखले मलाई स्वीकार गरून्, असङ्ख्य मानिसले ममाथि भरोसा राखून्, र मेरा असङ्ख्य चुनिएका मानिस ममा समर्पित होऊन्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सात मेघगर्जन गर्जिन्छन्—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी

परमेश्‍वरले एक पटक भन्नुभएको थियो, सहस्राब्दीय राज्यमा समेत मानिसहरूले अझै पनि उहाँका वाणीहरूलाई निरन्तर पछ्याउनैपर्छ, र भविष्यमा परमेश्‍वरका वाणीहरूले कनानको असल भूमिमा मानिसको जीवनलाई सिधै मार्गदर्शन गरिरहनेछन्। जब मोशा उजाड-स्थानमा थिए, तब परमेश्‍वरले तिनलाई सिधै निर्देशन दिनुभयो र तिनीसँग बोल्नुभयो। परमेश्‍वरले स्वर्गबाट मानिसहरूलाई आनन्द लिनका लागि खानेकुरा, पानी र मन्‍न पठाउनुभयो, र आज पनि यो यस्तै छ: परमेश्‍वरले मानिसहरूलाई आनन्द लिनका लागि खाने र पिउने कुराहरू व्यक्तिगत रूपमा पठाउनुभएको छ, र उहाँले मानिसहरूलाई सजाय दिन व्यक्तिगत रूपमा श्रापहरू पठाउनुभएको छ। त्यसकारण, उहाँको कामको हरेक चरण परमेश्‍वरद्वारा व्यक्तिगत रूपमा गरिन्छ। आज, मानिसहरू तथ्यहरूको घटना खोज्छन्, तिनीहरू सङ्केत र आश्चर्यकर्महरू देख्न खोज्छन्, र त्यस्ता सबै मानिसलाई त्यागिने सम्भावना छ, किनभने परमेश्‍वरको काम झन्-झन् व्यावहारिक बन्दै गइरहेको छ। परमेश्‍वर स्वर्गबाट ओर्लनुभएको छ भन्‍ने कुरा कसैलाई थाहा छैन, तिनीहरू परमेश्‍वरले स्वर्गबाट खानेकुरा र पौष्टिक तत्त्वहरू पठाउनुभएको छ भन्‍ने कुराबारे पनि अनभिज्ञ छन्—तैपनि परमेश्‍वर वास्तवमा अस्तित्वमा हुनुहुन्छ, र मानिसहरूले कल्पना गर्ने सहस्राब्दीय राज्यको उत्साहजनक दृश्य पनि परमेश्‍वरले व्यक्तिगत रूपमा वाणीहरू बोल्नु नै हो। यो तथ्य हो, र यसलाई मात्रै पृथ्वीमा परमेश्‍वरसँग राजाहरूका रूपमा शक्ति प्रयोग गर्नु भनिन्छ। पृथ्वीमा परमेश्‍वरसँग राजाहरूका रूपमा शक्ति प्रयोग गर्नुले देहलाई जनाउँछ। जुन कुरा देहको होइन, त्यो पृथ्वीमा अस्तित्वमा हुँदैन, र यसरी तेस्रो स्वर्गमा जानमा ध्यान केन्द्रित गर्नेहरू सबैले व्यर्थमा त्यसो गर्छन्। एक दिन, जब सम्पूर्ण ब्रह्माण्ड परमेश्‍वरकहाँ फर्कन्छ, तब ब्रह्माण्डमा उहाँको कामको केन्द्रले उहाँका वाणीहरूलाई पछ्याउनेछ। अन्यत्र, कतिपय मानिसले टेलिफोन प्रयोग गर्नेछन्, कतिपय मानिस विमान चढ्नेछन्, कतिपय मानिस डुङ्गा चढेर समुद्र पार गर्नेछन्, र कतिपयले परमेश्‍वरका वाणीहरू प्राप्त गर्न लेजरहरू प्रयोग गर्नेछन्। सबै जना प्रशंसा र तृष्णाले भरिपूर्ण हुनेछन्। तिनीहरू सबै परमेश्‍वरको नजिक आउनेछन्, र परमेश्‍वरतर्फ भेला हुनेछन्, र सबैले परमेश्‍वरको आराधना गर्नेछन्। अनि यी सबै परमेश्‍वरका कार्यहरू हुनेछन्। यो कुरा याद राख! परमेश्‍वरले अवश्य नै अरू कतै फेरि कहिल्यै सुरु गर्नुहुनेछैन। परमेश्‍वरले यो तथ्य पूरा गर्नुहुनेछ: उहाँले ब्रह्माण्डका सारा मानिसलाई उहाँसामु आएर पृथ्वीमा हुनुभएको परमेश्‍वरको आराधना गर्न लगाउनुहुनेछ। अरू ठाउँको उहाँको काम अन्त्य हुनेछ, र मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। यो योसेफजस्तै हुनेछ: सबै जना खानेकुराका लागि तिनीकहाँ आए, र तिनको सामने घुँडा टेके, किनभने तिनीसँग खाने कुराहरू थिए। अनिकालको कष्टबाट उम्कनका लागि, मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। सम्पूर्ण धार्मिक संसारले गम्भीर अनिकाल भोग्‍नेछ, अनि आजका परमेश्‍वर मात्रै जिउँदो पानीको मूल हुनुहुन्छ, जोसँग मानिसको आनन्दका लागि प्रदान गरिएको सधैँ बगिरहने मूल छ, र मानिसहरू आउनेछन् र उहाँकै भर पर्नेछन्। त्यो परमेश्‍वरका कार्यहरू प्रकट हुने र परमेश्‍वरले महिमा प्राप्त गर्ने समय हुनेछ; ब्रह्माण्डका सारा मानिस यो सामान्य “मानव” लाई दण्डवत् गर्न आउनेछन्। के यो परमेश्‍वरले महिमा प्राप्त गर्ने दिन हुनेछैन र? एक दिन, वृद्ध पाष्टरहरूले जिउँदो पानीको मूलबाट पानी खोज्दै टेलिग्रामहरू पठाउनेछन्। तिनीहरू वृद्ध हुनेछन्, तैपनि तिनीहरू आफूले तुच्छ ठानेको यस व्यक्तिको आराधना गर्न आउनेछन्। तिनीहरूले उहाँलाई आफ्ना मुखले स्वीकार गर्नेछन् र आफ्नो हृदयले उहाँमा विश्‍वास गर्नेछन्—के यो सङ्केत र आश्चर्यकर्म होइन र? सम्पूर्ण राज्यले हर्षोल्लास गर्ने दिन परमेश्‍वरले महिमा प्राप्त गर्ने दिन हुनेछ, र तिमीहरूकहाँ आउने र परमेश्‍वरको असल समाचार प्राप्त गर्ने जोकोही परमेश्‍वरद्वारा आशिषित हुनेछ, र त्यसो गर्ने देश र परमेश्‍वरले मानिसहरूलाई आशिष्‌ दिनुहुनेछ र उनीहरूको हेरचाह गर्नुहुनेछ। भविष्यको दिशा यस्तो हुनेछ: परमेश्‍वरका वाणीहरू प्राप्त गर्नेहरूसँग पृथ्वीमा अघि बढ्ने मार्ग हुनेछ, र चाहे तिनीहरू व्यापार, वैज्ञानिक अनुसन्धान, शिक्षा, वा उद्योगमा संलग्न होऊन्, परमेश्‍वरका वाणीहरूविनाका मानिसहरूलाई एक कदम चाल्न समेत असम्भव हुनेछ, र तिनीहरू साँचो मार्ग खोज्न बाध्य हुनेछन्। “सत्यताको साथमा तिमी सम्पूर्ण संसारभरि हिँड्नेछौ; सत्यताविना, तिमी कतै पुग्नेछैनौ” भनेर भन्नुको अर्थ यही हो। तथ्यहरू यिनै हुन्। परमेश्‍वर सम्पूर्ण ब्रह्माण्डलाई नियन्त्रण गर्न र मानवजातिको मालिक बन्न र मानवजातिलाई विजय गर्न मार्ग (जसको अर्थ उहाँका सबै वचनहरू हुन्) प्रयोग गर्नुहुन्छ। मानिसहरू सधैँ परमेश्‍वरले काम गर्ने तरिकामा ठूलो परिवर्तनको आशा गरिरहेका हुन्छन्। इमानदारीपूर्वक भन्नुपर्दा, परमेश्‍वरले मानिसहरूलाई वचनहरूमार्फत नै नियन्त्रण गर्नुहुन्छ, र चाहे तँलाई इच्छा होस् वा नहोस्, तैँले उहाँले भन्नुभएको कुरा गर्नैपर्छ; यो एउटा वस्तुगत तथ्य हो, र यसलाई सबैले स्वीकार गर्नैपर्छ, र त्यसैगरी, यो अपरिहार्य छ, र सर्वविदित छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सहस्राब्दीय राज्यको आगमन भएको छ

परमेश्‍वरका वचनहरू अनगिन्ती घरहरूमा फैलिनेछन्, ती सबैलाई थाहा हुनेछन्, र त्यसपछि मात्रै उहाँको कार्य ब्रह्माण्डभरि फैलिनेछ। भन्नुको अर्थ के हो भने, यदि परमेश्‍वरको काम सम्पूर्ण ब्रह्माण्डमा फैलिनु छ भने, उहाँका वचनहरू फैलिनै पर्छ। परमेश्‍वरको महिमाको दिनमा, परमेश्‍वरका वचनहरूले आफ्नो शक्ति र अख्तियार देखाउनेछन्। अनन्त कालदेखि आजसम्मका उहाँका हरेक वचनहरू पूरा हुनेछन् र घट्नेछन्। यसप्रकार, पृथ्वीमा परमेश्‍वरको महिमा हुनेछ—अर्थात, उहाँका वचनहरूले पृथ्वीमा शासन गर्नेछन्। सबै दुष्ट मानिसहरूलाई परमेश्‍वरको मुखबाट निस्केका वचनहरूको नतिजास्वरूप सजाय दिइनेछ, सबै धर्मीहरू उहाँको मुखबाट निस्केका वचनहरूको नतिजास्वरूप आशिषित हुनेछन्, र उहाँको मुखबाट निस्केका वचनहरूद्वारा सबै स्थापित हुनेछन् र पूरा गरिनेछन्। न त उहाँले कुनै सङ्केत वा चमत्कारहरू व्यक्त गर्नुहुनेछ; उहाँका वचनले सबै पूरा गर्नेछन्, र उहाँका वचनले तथ्यहरू उत्पन्न गर्दछन्। पृथ्वीमा भएका हरेकले परमेश्‍वरका वचनहरू उद्घोष गर्नेछन् र तिनको गुणगान गर्नेछन्, चाहे तिनीहरू वयस्क हुन् वा बच्चा, पुरुष, महिला, वृद्ध वा जवान हुन्, सबै मानिसहरू परमेश्‍वरका वचनको अधीनमा समर्पित हुनेछन्। परमेश्‍वरका वचनहरू मानिसले पृथ्वीमा स्पष्ट र जीवन्त रूपमा देख्ने गरी देहमा देखा पर्दछन्। वचन देह बन्नुहुन्छ भन्नुको अर्थ यही हो। मुख्यतः “परमेश्‍वर शरीर बन्नुहुन्छ” भन्‍ने तथ्यलाई पूरा गर्न परमेश्‍वर यस पृथ्वीमा आउनुभएको हो, भन्नुको तात्पर्य, उहाँ आफ्ना वचनहरू शरीरबाट जारी गर्न सकियोस् भनेर आउनुभएको हो (पुरानो नियममा मोशाको समय जस्तो होइन, जब परमेश्‍वरको आवाज आकाशबाट प्रत्यक्ष जारी भयो)। त्यस पछि, उहाँका सबै वचनहरू सहस्राब्दीय राज्यको युगको अवधिमा पूरा हुनेछन्, तिनीहरू मानव आँखाको सामु देखिने तथ्यहरू बन्नेछन्, र तिनलाई मानिसहरूले आफ्नै आँखा प्रयोग गरेर अलिकति भिन्‍नताविना देख्नेछन्। परमेश्‍वरको देहधारणको विशाल महत्त्व यही हो। अर्थात, आत्माको काम देह र वचनहरू मार्फत पूरा हुन्छ। “परमेश्‍वर शरीर बन्नुहुन्छ” र “शरीरमा परमेश्‍वर देखा पर्नु” भन्नुको सही अर्थ यही हो। परमेश्‍वरले मात्रै आत्माका अभिप्राय बताउन सक्नुहुन्छ, र देहमा हुनुहुने परमेश्‍वर मात्र आत्माको तर्फबाट बोल्न सक्नुहुन्छ; परमेश्‍वरका वचनहरू देहधारी परमेश्‍वरमा प्रकट गरिन्छन्, र अरू हरेक व्यक्ति तिनैबाट निर्देशित हुन्छन्। कोही पनि यसबाट उम्कन सक्दैन, तिनीहरू सबै यस दायराभित्र छन्। यी वाणीहरूबाट मात्र मानिस सचेत हुन सक्छन्; तीबिना, यदि मानिसहरूले स्वर्गबाट वाणीहरू पाउन सकिन्छ भन्‍ने सोच्छन् भने, उनीहरू सपना देखिरहेका छन्। देहधारी परमेश्‍वरको देहमा यस्तो अख्तियार प्रदर्शन हुन्छ, जसले गर्दा सबैले पूर्ण भरोसाका साथ यसमा विश्‍वास गर्छन्। सबैभन्दा आदरणीय विज्ञहरू र धार्मिक पाष्टरहरूले पनि यी वचनहरू बोल्न सक्दैनन्। उनीहरू सबै तिनका मुनि अर्पित हुनुपर्दछ, र कोही अर्को सुरुवात गर्न सक्षम हुनेछैनन्। परमेश्‍वरले ब्रह्माण्ड विजय गर्न वचनहरू प्रयोग गर्नुहुनेछ। उहाँले सम्पूर्ण ब्रह्माण्डका सबै मानिसलाई विजय गर्न यो काम आफ्नो देहधारी देहले गर्नुहुनेछैन, तर देहधारी परमेश्‍वरको मुखबाट निस्केका वाणीहरू प्रयोग गरेर गर्नुहुन्छ; मार्ग देह हुनु भनेको यही मात्रै हो, र वचन देहमा देखा पर्नुहुन्छ भन्‍ने यही मात्रै हो। सम्भवतः, मानिसहरूलाई यस्तो लाग्न सक्छ कि परमेश्‍वरले कुनै महान् काम गर्नुभएको छैन—तर परमेश्‍वरले उहाँका वचन उच्चारण गरेपछि, उनीहरू पूर्ण रूपमा विश्‍वस्त हुनेछन् र आश्चर्यचकित हुनेछन्। तथ्य बिना, मानिसहरू चिच्याउँछन् र चीत्कार गर्दछन्; परमेश्‍वरका वचनहरूले उनीहरू शान्त हुन्छन्। परमेश्‍वरले यस तथ्यलाई अवश्य पूरा गर्नुहुनेछ, किनकि यो परमेश्‍वरको दीर्घ-स्थापित योजना हो: पृथ्वीमा वचनको आगमनको तथ्यलाई पूरा गर्ने। वास्तवमा, मैले सरल रूपमा व्याख्या गर्नु आवश्यक छैन—पृथ्वीमा सहस्राब्दीय राज्यको आगमन हुनु भनेको पृथ्वीमा परमेश्‍वरका वचनहरूको आगमन हुनु हो। स्वर्गबाट नयाँ यरूशलेममा ओर्लनु भनेको मानिसबीच बस्न, मानिसको हरेक कार्य र उसको हरेक सोच र विचारमा साथ दिनका लागि परमेश्‍वरका वचनहरूको आगमन हुनु हो। यो पनि परमेश्‍वरले पूरा गर्नुहुने तथ्य नै हो; यो सहस्राब्दीय राज्यको सौन्दर्य हो। यो परमेश्‍वरले बनाउनुभएको योजना हो: उहाँका वचनहरू पृथ्वीमा एक हजार वर्षको लागि देखा पर्नेछन्, र तिनले उहाँका सबै कार्यहरू प्रकाश गर्नेछन्, र पृथ्वीमा उहाँका सबै कामहरू पूरा गर्नेछन्, त्यसपछि मानवजातिको यो चरणको अन्त्य हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सहस्राब्दीय राज्यको आगमन भएको छ

अर्को: कार्यका तीन चरणहरू

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्