४. देहधारण

परमेश्‍वरका दैनिक वचनहरू अंश ९९

त्यो “देहधारण” परमेश्‍वर देहमा देखा पर्ने घटनाहो; परमेश्‍वरले सृष्टि गरिएको मानवजातिका बीचमा देहको प्रतिरूपमा काम गर्नुहुन्छ। त्यसकारण परमेश्‍वर देहधारी हुनको लागि, उहाँ सुरुमा देह, सामान्य मानवता सहितको देह हुनुपर्छ; यो सबैभन्दा आधारभूत सर्त हो। वास्तवमा, परमेश्‍वरको देहधारणको तात्पर्य भनेको परमेश्‍वर देहमा जिउनुहुन्छ र काम गर्नुहुन्छ, परमेश्‍वर उहाँको सार-तत्वमा नै देह बन्‍नुहुन्छ, मानिस बन्‍नुहुन्छ भन्‍ने हो। उहाँको देहधारी जीवन र कामलाई दुई चरणमा विभाजित गर्न सकिन्छ। पहिलो उहाँले आफ्‍नो सेवकाइ गर्नुभन्दा पहिले जिउने जीवन हो। उहाँ सामान्य मानव आवश्यकताहरू (गाँस, बास, कपास, आराम), सामान्य मानव कमजोरीहरू, र सामान्य मानव भावनाहरू सहित, मानव जीवनका सामान्य नैतिकताहरू र नियमहरूको पालन गर्दै, अत्यन्तै सामान्य मानवतामा साधारण मानव परिवारमा जिउनुहुन्छ। अर्को शब्‍दमा भन्दा, यो पहिलो चरणको अवधिमा उहाँ सबै सामान्य मानव क्रियाकलापहरूमा संलग्‍न हुँदै, गैर-ईश्‍वरीय, पूर्ण रूपमा सामान्य मानवतामा जिउनुहुन्छ। दोस्रो चरण भनेको उहाँले आफ्‍नो सेवकाइ सुरु गर्नुभएपछि उहाँले जिउनुभएको जीवन हो। अलौकिकताको कुनै बाहिरी चिन्‍ह नदेखाइकन, उहाँ अझै पनि सामान्य मानव भेष सहितको यस सामान्य मानवतामा बास गर्नुहुन्छ। तैपनि उहाँ पूर्ण रूपमा आफ्‍नो सेवकाइको खातिर जिउनुहुन्छ, र यो समय अवधिमा उहाँको ईश्‍वरीयताको सामान्य कार्यलाई कायम राख्‍नको लागि नै उहाँको सामान्य मानवता पूर्ण रूपमा अस्तित्वमा रहन्छ, किनभने त्यस बेलासम्‍म उहाँको सामान्य मानवता उहाँको सेवकाइ गर्न सक्‍ने बिन्दुसम्‍म परिपक्‍व भइसकेको हुन्छ। त्यसैले, उहाँको जीवनको दोस्रो चरण भनेको उहाँको सामान्य मानवतामा उहाँको सेवकाइलाई प्रस्तुत गर्नु हो, जुन बेला यो सामान्य मानवता र पूर्ण ईश्‍वरीयता दुवैको जीवन हुन्छ। उहाँको जीवनको पहिलो चरणको अवधिमा, उहाँले पूर्ण रूपमा सामान्य मानवताको जीवन जिउनुको कारण के हो भने, उहाँको मानवता ईश्‍वरीय कार्यको पूर्णतालाई कायम राख्‍न अझै सक्षम भएको हुँदैन, परिपक्‍व भएको हुँदैन; उहाँको मानवता वृद्धि भएर परिपक्‍व भएपछि, आफ्‍नो सेवकाइको भार उठाउन सक्‍ने भएपछि मात्रै, उहाँ आफूले गर्नुपर्ने सेवकाइ गर्न तयार बन्‍न सक्‍नुहुन्छ। देहको रूपमा, उहाँ वृद्धि हुन र परिपक्‍व हुन आवश्यक हुने भएकोले, उहाँको जीवनको पहिलो चरण सामान्य मानवताको जीवन हो—जबकि दोस्रो चरणमा, उहाँको मानवता उहाँको काम गर्न र उहाँको सेवकाइलाई प्रदर्शन गर्न सक्षम भइसकेको हुनाले, उहाँको सेवकाइको अवधिमा देहधारी परमेश्‍वरले जिउनुहुने जीवन मानवता र पूर्ण ईश्‍वरीयता दुवैको जीवन हो। उहाँको जन्‍म भएको क्षणदेखि नै देहधारी परमेश्‍वरले अलौकिक चिन्ह र आश्चर्यकर्महरू गर्दै, आफ्‍नो सेवकाइलाई तत्परताको साथ सुरु गर्नुभएको भए, उहाँमा कुनै भौतिक सार हुने थिएन। त्यसकारण, उहाँको मानवता उहाँको भौतिक सारको खातिर अस्तित्वमा छ; मानवताविना कुनै देह हुन सक्दैन, र मानवता विनाको व्यक्ति मानव होइन। यसरी, परमेश्‍वरको देहको मानवता परमेश्‍वरको देहधारी शरीरको अन्तर्निहित गुण हो। “जब परमेश्‍वर देह बन्‍नुहुन्छ उहाँ पूर्ण रूपमा ईश्‍वरीय हुनुहुन्छ, र कुनै पनि हालतमा मानव हुनुहुन्‍न” भनी भन्‍नु भनेको ईश्‍वरनिन्दा हो, किनभने यो अभिव्यक्ति यथार्थ हुँदै होइन, र यसले देहधारणको सिद्धान्तलाई उल्‍लङ्घन गर्छ। उहाँले आफ्‍नो सेवकाइ गर्न सुरु गर्नुभएपछि पनि, आफ्‍नो काम गर्ने क्रममा उहाँ बाहिरी मानवताको भेष सहित आफ्‍नो ईश्‍वरीयतामा जिउनुहुन्छ; यस समयमा मात्रै, उहाँको मानवताले उहाँको ईश्‍वरीयतालाई सामान्य देहमा काम गर्न दिने एउटै उद्देश्यलाई पूरा गर्छ। त्यसैले कामको प्रतिनिधि उहाँको मानवतामा बास गर्ने ईश्‍वरीयता हो। उहाँको मानवता होइन, उहाँको ईश्‍वरीयता काममा छ, तैपनि यो ईश्‍वरीयता उहाँको मानवताभित्र लुकेको हुन्छ; वास्तवमा, उहाँको मानवताद्वारा होइन, उहाँको पूर्ण ईश्‍वरीयताद्वारा नै उहाँको कार्य गरिन्छ। तर काम गर्ने उहाँकै देह हो। उहाँ मानिस हुनुहुन्छ र परमेश्‍वर पनि हुनुहुन्छ भनेर भन्‍न सकिन्छ, किनभने परमेश्‍वर मानव भेष र मानव सार तर परमेश्‍वरको सारसहितको देहमा जिउनुहुने परमेश्‍वर बन्‍नुहुन्छ। उहाँ परमेश्‍वरको सारसहितको मानिस हुनुभएकोले, उहाँ सृष्टि गरिएका सारा मानिसहरूभन्दा माथि, परमेश्‍वरको काम गर्न सक्‍ने कुनै पनि मानिसभन्दा माथि हुनुहुन्छ। अनि त्यसैले, उहाँको जस्तो मानव भेष सहितका सबैमध्ये, मानवता सहितका सबैमध्ये, उहाँ मात्रै देहधारी परमेश्‍वर स्वयम् हुनुहुन्छ—अरू सबै सृष्टि गरिएका मानव हुन्। तिनीहरू सबैमा मानवता भए तापनि, सृष्टि गरिएका मानवमा मानवता बाहेक केही पनि हुँदैन, जबकि देहधारी परमेश्‍वर फरक हुनुहुन्छ: उहाँको देहमा उहाँमा मानवता मात्रै होइन, तर अझै महत्त्वपूर्ण कुरा, उहाँमा ईश्‍वरीयता छ। उहाँको देहको बाहिरी रूपमा र उहाँको दैनिक जीवनमा उहाँको मानवतालाई देख्‍न सकिन्छ, तर उहाँको ईश्‍वरीयतालाई बुझ्‍न गाह्रो छ। उहाँमा मानवता भएको बेला मात्रै उहाँको ईश्‍वरीयतालाई व्यक्त गरिने हुँदा, र मानिसहरूले यसलाई कल्‍पना गरे जत्तिको यो अलौकिक नभएको हुँदा, मानिसहरूले यसलाई देख्‍न निकै कठिन हुन्छ। आज पनि, देहधारी परमेश्‍वरको साँचो सारलाई बुझ्‍न मानिसहरूलाई अत्यन्तै कठिन भएको छ। यसको बारेमा यति लामो मैले बोलिसकेपछि पनि, तिमीहरूमध्ये धेरैको लागि यो अझै पनि रहस्य नै छ भन्‍ने म अपेक्षा गर्छु। वास्तवमा, यो विषय अत्यन्तै सरल छ: परमेश्‍वर देह बन्‍नुहुने भएकोले, उहाँको सार मानवता र ईश्‍वरीयताको संयोजन हो। यस संयोजनलाई परमेश्‍वर स्वयम्, पृथ्वीमा परमेश्‍वर स्वयम् हो भनी भनिन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरद्वारा बास गरिएको देहको सार” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १००

येशूले पृथ्वीमा जिउनुभएको जीवन देहको सामान्य जीवन थियो। उहाँ आफ्‍नो देहको सामान्य मानवतामा जिउनुभयो। उहाँको अख्तियार—आफ्‍नो काम गर्नु र आफ्‍नो वचन बोल्‍नु, वा बिरामीलाई निको पार्नु र भूत आत्‍माहरूलाई निकाल्‍नु, त्यस्ता असाधारण कुराहरू गर्नु—ले उहाँले आफ्‍नो सेवकाइ सुरु नगरुञ्‍जेलसम्‍म प्रायजसो, आफैलाई प्रकट गरेन। उनन्तीस वर्षभन्दा पहिलेको, उहाँले आफ्‍नो सेवकाइ गर्नुभन्दा पहिलेको उहाँको जीवन नै उहाँ सामान्य देहगत शरीर हुनुहुन्थ्यो भन्‍ने कुराको पर्याप्त प्रमाण थियो। यसकारणले गर्दा, र उहाँले आफ्‍नो सेवकाइ अझै सुरु नगर्नुभएको कारणले, उहाँमा मानिसहरूले कुनै ईश्‍वरीय कुरा देखेनन्, सामान्य मानव, सामान्य मानिस बाहेक अरू केही पनि देखेनन्—जसरी त्यो समयमा, कतिपय मानिसहरूले उहाँ योसेफका पुत्र हुन् भन्‍ने ठान्थे। उहाँ सामान्य मानिसको छोरा हुनुहुन्छ भन्‍ने मानिसहरूले ठाने, उहाँ परमेश्‍वरका देहधारी शरीर हुनुहुन्छ भनेर भन्‍ने तिनीहरूसँग कुनै उपाय थिएन; आफ्‍नो सेवकाइको अवधिमा, उहाँले धेरै आश्चर्यकर्महरू गर्नुहुँदा समेत, धेरैजसो मानिसहरूले उहाँ योसेफका पुत्र हुनुहुन्छ भनेर भने, किनभने उहाँ सामान्य मानवताको बाहिरी भेष सहितका ख्रीष्‍ट हुनुहुन्थ्यो। उहाँको सामान्य मानवता र उहाँको कार्य दुवै नै पहिलो देहधारणको महत्त्वलाई पूरा गर्न, परमेश्‍वर पूर्ण रूपमा देहमा आउनुभएको छ, उहाँ पूर्ण रूपमा सामान्य मानिस बन्‍नुभएको छ भन्‍ने प्रमाणित गर्नको लागि अस्तित्वमा थिए। उहाँले आफ्‍नो काम सुरु गर्नुभन्दा पहिलेको उहाँको सामान्य मानवता उहाँ सामान्य देह हुनुहुन्छ भन्‍ने कुराको प्रमाण थियो; र त्यसपश्चात उहाँले काम गर्नुभयो भन्‍ने कुराले पनि उहाँ सामान्य देह हुनुहुन्छ भन्‍ने प्रमाणित गर्‍यो, किनभने उहाँले सामान्य मानवतासहितको देहमा चिन्‍हहरू र आश्‍चर्यका कामहरू गर्नुभयो, बिरामीहरूलाई चङ्गाइ गर्नुभयो र भूत आत्‍माहरूलाई निकाल्‍नुभयो। उहाँले आश्चर्यकर्महरू गर्न सक्‍नुको कारण के थियो भने, उहाँको देहमा परमेश्‍वरको अख्तियार थियो, परमेश्‍वरको आत्मालाई धारण गरिएको देह थियो। परमेश्‍वरको आत्माको कारण उहाँमा यो अख्तियार थियो, र यसको अर्थ उहाँ देह हुनुहुन्‍न भन्‍ने थिएन। बिरामीलाई चङ्गाइ गर्नु र भूत आत्‍माहरूलाई निकाल्‍नु उहाँले आफ्‍नो सेवकाइमा गर्नु पर्ने काम थियो, यो उहाँको मानवतामा लुकेको उहाँको ईश्‍वरीयताको अभिव्यक्ति थियो, र उहाँले जुन चिन्‍हहरू देखाउनुभए तापनि वा उहाँले आफ्‍नो अख्तियारलाई जसरी प्रदर्शन गर्नुभए तापनि, उहाँ सामान्य मानवतामा नै जिउनुभयो र सामान्य देह नै हुनुहुन्थ्यो। उहाँ क्रूसमा मर्नुभएपछि पुनरुत्थान भइञ्‍जेलसम्‍म, उहाँले सामान्य देहमा नै बास गर्नुभयो। अनुग्रह प्रदान गर्नु, बिरामी निको पार्नु, र भूत आत्‍माहरूलाई धपाउनु सबै उहाँको सेवकाइका भाग थिए, ती सबै उहाँले आफ्‍नो सामान्य देहमा गर्नुभएका काम थिए। उहाँ क्रूसमा जानुभन्दा पहिले, चाहे जेसुकै काम गर्दा होस्, उहाँ आफ्‍नो सामान्य मानव देहबाट कहिल्यै अलग हुनुभएन। उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्थ्यो, उहाँले परमेश्‍वर स्वयम्‌को काम गर्दै हुनुहुन्थ्यो, तैपनि उहाँ परमेश्‍वरको देहधारी शरीर हुनुभएकोले, उहाँले खाना खानुभयो र वस्‍त्र लगाउनुभयो, उहाँका सामान्य मानवीय आवश्यकताहरू थिए, सामान्य मानव तर्क, र सामान्य मानव मन थियो। यी सबै नै उहाँ सामान्य मानिस हुनुहुन्थ्यो भन्‍ने कुराको प्रमाण थियो, जसले परमेश्‍वरको देहधारी शरीर सामान्य मानवता सहितको देह थियो, अलौकिक होइन भन्‍ने कुराको प्रमाण थियो। उहाँको काम परमेश्‍वरको पहिलो देहधारणको कामलाई समाप्त गर्नु, पहिलो देहधारणले गर्नुपर्ने सेवकाइलाई पूरा गर्नु थियो। देहधारणको महत्त्व भनेको साधारण, सामान्य मानिसले परमेश्‍वर स्वयमको काम गर्छ भन्‍ने हो; अर्थात्, परमेश्‍वरले आफ्‍नो ईश्‍वरीय काम मानवतामा गर्नुहुन्छ, र जसद्वारा उहाँले शैतानलाई जित्‍नुहुन्छ। देहधारणको अर्थ परमेश्‍वरका आत्मा देह बन्‍नुहुन्छ, अर्थात्, परमेश्‍वर देह बन्‍नुहुन्छ भन्‍ने हो; देहले गर्ने काम आत्माको काम हो, जुन देहमा प्रकट हुन्छ, देहद्वारा व्यक्त हुन्छ। परमेश्‍वरको देहले बाहेक अरू कसैले पनि देहधारी परमेश्‍वरको सेवकाइलाई पूरा गर्न सक्दैन; अर्थात्, देहधारी परमेश्‍वरको शरीर, यस सामान्य मानवताले मात्रै—अरू कसैले होइन—ईश्‍वरीय कार्यलाई व्यक्त गर्न सक्छ। यदि, उहाँको पहिलो आगमनको अवधिमा, उनन्तीस वर्षको उमेरभन्दा पहिले परमेश्‍वरसँग सामान्य मानवता नभएको भए—यदि उहाँ जन्‍मने बित्तिकै उहाँले आश्चर्यकर्महरू गर्न सक्‍नुभएको भए, उहाँले बोल्‍न सिक्‍ने बित्तिकै उहाँले स्वर्गको भाषा बोल्‍न सक्‍नुभएको भए, यदि उहाँले पृथ्वीमा पाइला टेक्‍नुभएकै क्षणमा उहाँले सारा सांसारिक कुराहरूलाई बुझ्‍न, हरेक व्यक्तिका विचार र अभिप्रायहरूलाई जान्‍न सक्‍नुभएको भए—त्यस्तो व्यक्तिलाई सामान्य मानिस भनेर भन्‍न सकिँदैन थियो, र त्यस्तो देहलाई मानव देह भनेर भन्‍न सकिँदैन थियो। यदि ख्रीष्‍टको अवस्था यस्तो भएको भए, परमेश्‍वरको देहधारणको अर्थ र सार हराउने थियो। उहाँमा सामान्य मानवता छ भन्‍ने कुराले उहाँ शरीरमा देहधारी हुनुभएका परमेश्‍वर हुनुहुन्छ भन्‍ने प्रमाणित गर्छ; उहाँले सामान्य मानवको वृद्धि हुने प्रक्रिया भएर जानुहुन्छ भन्‍ने तथ्यले उहाँ सामान्य देह हुनुहुन्छ भन्‍ने कुरालाई थप प्रदर्शन गर्छ; यसको साथै, उहाँ परमेश्‍वरको वचन, परमेश्‍वरको आत्मा नै देह हुनुभएको हो भन्‍ने प्रमाणित गर्न उहाँको काम नै पर्याप्त छ। उहाँको कामको आवश्यकताहरूको कारण परमेश्‍वर देह बन्‍नुहुन्छ; अर्को शब्‍दमा भन्दा, कामको यो चरणलाई देहमा नै गरिनुपर्छ, सामान्य मानवतामा नै गरिनुपर्छ। “वचन देह बन्‍नुहुन्छ” को पूर्वसर्त यही नै हो, किनभने “वचन देहमा देखा पर्नुहुन्छ,” र परमेश्‍वरका दुई वटा देहधारणहरूको पछाडिको साँचो कथा यही नै हो। येशूले आफ्‍नो जीवनभरि आश्चर्यकर्महरू गर्नुभयो, पृथ्वीमा उहाँको काम समाप्त नभइञ्‍जेलसम्‍म उहाँले मानवताको कुनै चिन्‍ह देखाउनुभएन, उहाँसँग सामान्य मानव आवश्यकताहरू वा कमजोरीहरू वा मानव भावनाहरू थिएनन्, जीवनका आधारभूत आवश्यकताहरू थिएनन् वा सामान्य मानव विचार गर्न खाँचो थिएन भनेर मानिसहरूले विचार गर्न सक्छन्। उहाँमा महामानवीय विचार, सर्वश्रेष्ठ मानवता मात्रै छ भन्‍ने कल्‍पना तिनीहरू गर्छन्। उहाँ परमेश्‍वर हुनुभएकोले, उहाँले सामान्य मानवले जस्तो विचार गर्नुहुन्‍न र त्यसरी जिउनुहुन्‍न, सामान्य मानिस, वास्तविक मानिसले मात्रै सामान्य मानव विचारहरू सोच्‍न सक्छ र सामान्य मानव जीवन जिउन सक्छ भन्‍ने विश्‍वास तिनीहरू गर्छन्। यी सबै मानव विचारहरू र मानव धारणाहरू हुन्, र यी धारणाहरू परमेश्‍वरको कामको मूल अभिप्रायहरूका विपरीत बहन्छन्। सामान्य मानव सोचाइले सामान्य मानव तर्क र सामान्य मानवतालाई कायम राख्छ; सामान्य मानवताले देहका सामान्य कार्यहरूलाई कायम राख्छ; र देहका सामान्य कार्यहरूले देहको सामान्य जीवनलाई यसको पूर्णतामा सक्रिय गर्छ। त्यस्तो देहमा काम गरेर मात्रै परमेश्‍वरले आफ्‍नो देहधारणको उद्देश्‍यलाई पूरा गर्न सक्‍नुहुन्छ। यदि देहधारी परमेश्‍वरको देहको बाहिरी भेष मात्रै थियो, तर सामान्य मानव विचारहरू सोच्‍नुहुन्‍न थियो भने, यो देहमा मानव तर्क हुने थिएन, वास्तविक मानवता हुने कुरा त परै जाओस्। मानवताविनाको यस्तो देहले कसरी देहधारी परमेश्‍वरले गर्नुपर्ने सेवकाइलाई पूरा गर्न सक्‍नुहुन्छ? सामान्य मनले मानव जीवनका सम्पूर्ण पक्षहरूलाई कायम राख्‍न सक्छ; सामान्य मनविना, व्यक्ति मानव हुने थिएन। अर्को शब्‍दमा भन्दा, सामान्य विचारहरू सोच्‍न नसक्‍ने व्यक्ति मानसिक रोगी हो, र मानवता नभएको तर ईश्‍वरीयता मात्रै भएको ख्रीष्‍टलाई परमेश्‍वरको देहधारी शरीर भन्‍न सकिँदैन। त्यसकारण, परमेश्‍वरको देहधारी शरीरमा कसरी सामान्य मानवता नहुन सक्छ? ख्रीष्‍टमा कुनै मानवता छैन भनेर भन्‍नु के ईश्‍वरनिन्दा हुँदैन र? मानिसहरू संलग्‍न हुने सबै क्रियाकलापहरू सामान्य मानव मनको संचालनमा निर्भर हुन्छ। योविना, मानिसहरूले छाडा व्यवहार गर्नेथिए; तिनीहरूले कालो र सेतो, असल र खराबको बीचमा रहेको भिन्‍नतालाई समेत छुट्याउन सक्दैन थिए; र तिनीहरूमा कुनै पनि मानव नैतिकता र सदाचार सिद्धान्तहरू हुने थिएन। त्यसरी नै, यदि देहधारी परमेश्‍वरले सामान्य मानवले जस्तो विचार गर्नुहुन्‍न थियो भने, उहाँ वास्तविक देह, सामान्य देह हुनुहुने थिएन। विना-सोचाइको त्यस्तो देहले ईश्‍वरीय कामलाई लिन सक्‍ने थिएन। उहाँ सामान्य देहका क्रियाकलापहरूमा सामान्य रूपमा संलग्‍न हुन सक्षम हुने थिएन, पृथ्वीमा मानिसहरूसँग एकसाथ जिउने कुरा त परै जाओस्। अनि त्यसैले, परमेश्‍वरको देहधारणको महत्त्व, परमेश्‍वर देहमा आउनुको खास सार नै हराउने थियो। देहधारी परमेश्‍वरको मानवता देहमा सामान्य ईश्‍वरीय कार्यलाई कायम राख्‍नको लागि अस्तित्वमा छ; उहाँको सामान्य मानव सोचाइले उहाँको सामान्य मानवता र उहाँका सबै सामान्य भौतिक क्रियाकलापहरूलाई कायम राख्छ। उहाँको सामान्य मानव सोचाइ देहमा परमेश्‍वरका सारा कार्यलाई कायम राख्‍नको लागि अस्तित्वमा छ भनेर भन्‍न सकिन्छ। यदि यो देहमा सामान्य मानव मन थिएन भने, परमेश्‍वरले देहमा काम गर्न सक्‍नुहुने थिएन, र उहाँले देहमा जे गर्नु आवश्यक छ त्यसलाई कहिल्यै पनि पूरा गर्न सकिँदैन थियो। देहधारी परमेश्‍वरमा सामान्य मानव मन भए तापनि, उहाँको काम मानव विचारद्वारा मिलावट भएको छैन; उहाँले मानव मन भएको मानवता धारण गर्ने पूर्वसर्त सहित, सामान्य मन सहित मानवतामा काम गर्नुहुन्छ, सामान्य मानव विचारको अभ्यासद्वारा होइन। उहाँका देहका विचारहरू जति नै उत्कृष्ट भए तापनि, उहाँको काम तर्क वा विचारबाट कलङ्कित छैन। अर्को शब्‍दमा भन्दा, उहाँको काम उहाँको देहको मनद्वारा पैदा भएको हुँदैन, तर यो उहाँको मानवतामा ईश्‍वरीय कार्यको प्रत्यक्ष अभिव्यक्ति हो। उहाँका सबै काम उहाँले पूरा गर्नैपर्ने सेवकाइ हो, र यीमध्ये कुनै पनि उहाँको मस्तिष्कमा पैदा हुँदैन। उदाहरणको लागि, बिरामीलाई चङ्गाइ गर्नु, भूत आत्‍माहरूलाई निकाल्‍नु, र क्रुसीकरण उहाँको मानव मनका उपजहरू थिएनन्, र मानव मन भएको कुनै पनि मानिसले ती हासिल गर्न सक्‍ने थिएन। त्यसरी नै, आजको विजयको काम देहधारी परमेश्‍वरले पूरा गर्नैपर्ने काम हो, तर यो मानव इच्‍छाको काम होइन, यो उहाँको ईश्‍वरीयताले गर्नुपर्ने काम हो, जुन काम गर्न कुनै पनि देहगत मानिस सक्षम छैन। त्यसैले देहधारी परमेश्‍वरमा सामान्य मानव मन हुनैपर्छ, सामान्य मानवता हुनैपर्छ, किनभने उहाँले सामान्य मनसहितको मानवतामा नै आफ्‍नो काम गर्नुपर्छ। देहधारी परमेश्‍वरको कामको सार, देहधारी परमेश्‍वरको खास सार यही नै हो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरद्वारा बास गरिएको देहको सार” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १०१

येशूले काम गर्नुभन्दा पहिले, उहाँ केवल आफ्‍नो सामान्य मानवतामा जिउनुभयो। उहाँ परमेश्‍वर हुनुहुन्थ्यो भनेर कसैले भन्‍न सकेन, उहाँ देहधारी परमेश्‍वर हुनुहुन्छ भनेर कसैले पत्ता लगाएन; उहाँ पूर्ण रूपमा साधारण मानिस हुनुहुन्छ भन्‍ने मात्रै मानिसहरूलाई थाहा थियो। उहाँको पूर्ण सामान्य, साधारण मानवता नै परमेश्‍वर शरीरमा देहधारी हुनुभएको थियो, र अनुग्रहको युग देहधारी परमेश्‍वरको कामको युग थियो, आत्माको कामको युग थिएन भन्‍ने कुराको प्रमाण थियो। यो परमेश्‍वरको आत्मा पूर्ण रूपमा देहमा प्रकट हुनुभयो, परमेश्‍वरको देहधारणको युगमा उहाँको देहले आत्माका सबै कार्य गर्नेथियो भन्‍ने कुराको प्रमाण थियो। सामान्य मानवता सहितका ख्रीष्‍ट त्यो देह हो जसमा आत्मा प्रकट हुनुभयो, र जसमा सामान्य मानवता, सामान्य विवेक, र मानव विचार छ। “प्रकट हुनु” भनेको परमेश्‍वर मानिस बन्‍नु, आत्मा देह बन्‍नु हो; यसलाई अझै सरल रूपमा भन्दा, यो सामान्य मानवता सहितको देहमा परमेश्‍वर स्वयम् वास गर्नु हो, र यसद्वारा उहाँले आफ्‍नो ईश्‍वरीय कामलाई व्यक्त गर्नुहुन्छ—प्रकट हुनु, वा देहधारी हुनुको अर्थ यही नै हो। उहाँको पहिलो देहधारणको अवधिमा, परमेश्‍वरले बिरामीलाई चङ्गाइ गर्नु र भूत आत्‍माहरूलाई धपाउनु अत्यावश्यक थियो, किनभने उहाँको काम उद्धार गर्नु थियो। सारा मानवजातिलाई उद्धार गर्नको लागि, उहाँ करुणामयर क्षमा दिने बन्‍नु आवश्यक थियो। उहाँलाई क्रूसमा मारिनुभन्दा पहिले उहाँले गर्नुभएको काम बिरामीलाई चङ्गाइ गर्नु र भूत आत्‍माहरूलाई निकाल्‍नु थियो, जुन मानिसलाई पाप र भ्रष्टताबाट गरिने मुक्तिको पूर्वाभास थियो। यो अनुग्रहको युग भएकोले, उहाँले बिरामीलाई निको पार्नु आवश्यक थियो, त्यसद्वारा चिन्‍हहरू र आश्‍चर्यका कामहरू देखाउनुभयो, जुन त्यस युगको अनुग्रहको प्रतिनिधि थिए—किनभने अनुग्रहको युग अनुग्रह दिनुसँग सम्‍बन्धित थियो, जुन शान्ति, आनन्द, र भौतिक आशिषहरू, अर्थात् येशूमाथिको मानिसहरूको विश्‍वासका निशानीहरूको प्रतीक थियो। भन्‍नुको अर्थ, बिरामीलाई चङ्गाइ गर्ने, भूत आत्‍माहरूलाई निकाल्‍ने, र अनुग्रह प्रदान गर्ने काम अनुग्रहको युगमा येशूको देहमा जन्‍मजात रूपमा पाउनुभएका क्षमताहरू थिए, ती देहमा प्रकट भएका आत्माको काम थिए। तर जबकि उहाँले त्यस्तो काम गरिरहनुभएको बेलामा, उहाँ देहमा जिइरहनुभएको थियो, र त्यसले देहलाई नाघेन। उहाँले जस्तोसुकै प्रकारको चङ्गाइ गर्नुभए तापनि, उहाँमा सामान्य मानवता नै थियो, उहाँले सामान्य मानव जीवन नै जिउनुभयो। परमेश्‍वरको देहधारणको युगको अवधिमा देहले आत्माको सबै काम गर्‍यो भनेर मैले भन्‍नुको कारण के हो भने, उहाँले जे काम गर्नुभए तापनि, उहाँले यो देहमा नै गर्नुभयो। तर उहाँको कामको कारणले गर्दा, मानिसहरूले उहाँको देहलाई पूर्ण रूपमा भौतिक सार भएको देहको रूपमा ठानेनन्, किनभने यो देहले अचम्‍मका कामहरू गर्न सक्थ्यो, र विशेष क्षणहरूमा देहको क्षमता बाहिरका कुराहरू गर्न सक्थ्यो। अवश्य नै, यी सबै घटनाहरू उहाँले आफ्‍नो सेवकाइलाई सुरु गर्नुभन्दा पहिले नै घटे, जस्तै उहाँलाई चालीस दिनसम्‍म परीक्षा गरिनु वा पर्वतमा उहाँको रूप परिवर्तन हुनु। त्यसकारण येशूमा, परमेश्‍वरको देहधारणको अर्थ पूर्ण भएन, तर यो आंशिक रूपमा मात्रै पूरा भयो। आफ्‍नो काम सुरु गर्नुभन्दा पहिले उहाँले देहमा जिउनुभएको जीवन सबै पक्षहरूमा अत्यन्तै सामान्य थियो। उहाँले काम सुरु गर्नुभएपछि, उहाँले आफ्‍नो देहको बाहिरी भेस मात्रै कायम राख्‍नुभयो। उहाँको काम ईश्‍वरीयताको अभिव्यक्ति थियो, त्यसकारण यसले देहका सामान्य कार्यहरूलाई नाघ्यो। आखिर, परमेश्‍वरको देहधारी शरीर मासु र रगतको मानवभन्दा फरक थियो। अवश्‍य नै, उहाँको दैनिक जीवनमा, उहाँलाई खाना, वस्‍त्र, निद्रा, र बासको आवश्यकता पर्यो, उहाँलाई सबै सामान्य आवश्यकताहरूको खाँचो भयो, र उहाँमा सामान्य मानवको जस्तै चेतना थियो, र उहाँले सामान्य मानवले जस्तै सोच्‍नुभयो। मानिसहरूले उहाँलाई सामान्य मानिसको रूपमा नै लिन्थे, उहाँले गर्ने काम अलौकिक मात्रै थियो। वास्तवमा, उहाँले जे गर्नुभए तापनि, उहाँ सामान्य र साधारण मानवतामा जिउनुभयो, र काम गर्ने क्रममा, उहाँको चेतना निश्‍चित रूपमा सामान्य हुन्थ्यो, उहाँका विचारहरू निश्‍चित रूपमा अरू कुनै पनि सामान्य मानिसको भन्दा स्पष्ट हुन्थे। देहधारी परमेश्‍वरमा त्यस्तो सोचाइ र चेतना हुनु अत्यावश्यक थियो, किनभने ईश्‍वरीय कार्यलाई त्यस देहद्वारा व्यक्त गरिनु आवश्यक थियो जसको चेतना अत्यन्तै सामान्य हुन्थे र जसका विचारहरू अत्यन्तै स्पष्ट हुन्थे—यसरी मात्रै उहाँको देहले ईश्‍वरीय कामलाई व्यक्त गर्न सक्थ्यो। येशूले पृथ्वीमा बिताउनुभएको साढे तेत्तीस वर्षको अवधिभरि, उहाँले आफ्‍नो सामान्य मानवतालाई कायम राख्‍नुभयो, तर साढे तीन वर्षको उहाँको सेवकाइको अवधिमा उहाँले गर्नुभएको कामको कारण, उहाँ अत्यन्तै सर्वोच्‍च हुनुहुन्छ, उहाँ पहिलेभन्दा अत्यन्तै अलौकिक हुनुहुन्छ भन्‍ने मानिसहरूले ठाने। वास्तवमा, येशूको सामान्य मानवता उहाँले आफ्‍नो सेवकाइ सुरु गर्नुभन्दा पहिले र पछि अपरिवर्तित नै रह्यो; यो अवधिमा उहाँको मानवता उस्तै रह्यो, तर उहाँको सेवकाइभन्दा पहिले र पछिको भिन्‍नताको कारणले गर्दा, उहाँको देहको विषयमा दुई वटा फरक विचारहरू प्रकट भए। मानिसहरूले जे विचार गरे तापनि, देहधारी परमेश्‍वरले आफ्‍नो मूल, सामान्य मानवतालाई सम्पूर्ण समय नै कायम राख्‍नुभयो, किनभने परमेश्‍वर देहधारी हुनुभएको हुनाले, उहाँ देह, सामान्य मानवता भएको देहमा जिउनुभयो। चाहे उहाँले आफ्‍नो सेवकाइ गरिरहेको होस् वा नहोस्, उहाँको देहको सामान्य मानवतालाई हटाउन सकिएन, किनभने देहको आधारभूत सार मानवता नै हो। येशूले आफ्‍नो सेवकाइ गर्नुभन्दा पहिले, सबै सामान्य मानव क्रियाकलापहरूमा संलग्‍न हुने क्रममा, उहाँको देह पूर्ण रूपमा सामान्य नै रह्यो; उहाँ अलिकति पनि अलौकिक देखिनुभएन, उहाँले कुनै पनि आश्‍चर्यजनक चिन्‍हहरू देखाउनुभएन। त्यो समयमा, उहाँ अत्यन्तै सामान्य मानिस मात्रै हुनुहुन्थ्यो जसले परमेश्‍वरको आराधना गर्थ्यो, यद्यपि उहाँको खोजी कसैको भन्दा अझै इमानदार, अझै निष्कपट थियो। उहाँको अत्यन्तै सामान्य मानवताले आफैलाई यसरी नै प्रकट गर्‍यो। आफ्‍नो सेवकाइलाई लिनुभन्दा पहिले उहाँले कुनै पनि काम नगर्नुभएको हुनाले, उहाँको पहिचानको बारेमा कसैलाई पनि थाहा थिएन, उहाँको देह अरू सबैको भन्दा फरक छ भनेर कसैले पनि भन्‍न सकेन, किनभने उहाँले एउटै पनि आश्‍चर्यकर्म गर्नुभएन, परमेश्‍वर स्वयमको एउटै पनि काम गर्नुभएन। तैपनि, उहाँले आफ्‍नो सेवकाइ सुरु गर्नुभएपछि, उहाँले सामान्य मानवताको बाहिरी भेषलाई कायम राख्‍नुभयो र सामान्य मानव चेतनामा नै जिउनुभयो, तर उहाँले परमेश्‍वर स्वयमको कामलाई सुरु गर्नुभएको, ख्रीष्‍टको सेवकाइलाई लिनुभएको र मरणशील प्राणीहरू, मासु र रगतका मानिसहरूले गर्न नसक्‍ने काम गर्नुभएकोले, उहाँसँग सामान्य मानवता थिएन र उहाँ पूर्ण रूपमा सामान्य देह हुनुहुन्‍नथियो, तर अपूर्ण देहहुनुहुन्थ्यो भन्‍ने अनुमान मानिसहरूले गरे। उहाँले गर्नुभएको कामको कारणले गर्दा, उहाँ देहमा प्रकट हुनुभएका परमेश्‍वर हुनुहुन्छ जसमा सामान्य मानवता छैन भनेर मानिसहरूले भने। त्यस किसिमको बुझाइ भ्रमपूर्ण छ, किनभने मानिसहरूले परमेश्‍वरको देहधारणको महत्त्वलाई बुझेनन्। यो गलत बुझाइ देहमा हुनुभएका परमेश्‍वरले व्यक्त गर्नुभएको काम सामान्य मानवता सहितको देहमा व्यक्त गरिएको ईश्‍वरीय काम हो भन्‍ने तथ्यबाट उठ्यो। परमेश्‍वरले देह धारण गर्नुभएको थियो, उहाँ देहमा बास गर्नुभयो, र मानवतामा उहाँले गर्नुभएको उहाँको काम उहाँको मानवताको सामान्यतालाई अस्पष्ट पार्यो। यस कारणले गर्दा, मानिसहरूले परमेश्‍वरमा मानवता छैन, तर ईश्‍वरीयता मात्रै छ भन्‍ने विश्‍वास गरे।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरद्वारा बास गरिएको देहको सार” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १०२

आफ्‍नो पहिलो देहधारणमा परमेश्‍वरले देहधारणको कार्यलाई पूरा गर्नुभएन; उहाँले कामको पहिलो चरणलाई मात्रै पूरा गर्नुभयो जसलाई परमेश्‍वरले देहमा गर्नु अत्यावश्यक थियो। त्यसैले, देहधारणको कामलाई पूरा गर्नको लागि, देहका सारा सामान्यता र वास्तविकतामा जिउँदै, अर्थात्, परमेश्‍वरको वचनलाई पूर्ण रूपमा सामान्य र साधारण देहमा प्रकट गर्दै, देहमा उहाँले अपूरो छोड्नुभएको कामलाई त्यसद्वारा समाप्त गर्दै परमेश्‍वर फेरि पनि देहमा फर्कनुभएको छ। वास्तवमा, दोस्रो देहधारी शरीर पहिलोजस्तै छ, तर यो पहिलोभन्दा अझै वास्तविक, अझै सामान्य छ। परिणामस्वरूप, दोस्रो देहधारी शरीरले सामना गर्ने कष्ट पहिलोको भन्दा ठूलो छ, तर यो कष्ट उहाँको देहको सेवकाइको परिणाम हो, जुन भ्रष्ट मानिसको कष्टजस्तो छैन। यो उहाँको देहको सामान्यता र वास्तविकताबाट पनि निस्किआउँछ। उहाँले आफ्‍नो सेवकाइ अत्यन्तै सामान्य र वास्तविक देहमा गर्नुहुने हुँदा, देहले अत्यन्तै धेरै कठिनाइको सामना गर्नुपर्छ। यो देह जति सामान्य र जति वास्तविक छ, उहाँले आफ्‍नो सेवकाइ गर्ने क्रममा त्यति नै बढी कष्ट भोग्‍नुहुनेछ। परमेश्‍वरको कामलाई अत्यन्तै सामान्य देहमा व्यक्त गरिएको छ, जुन अलौकिक छँदै छैन। उहाँको देह सामान्य छ र यसले मानिसलाई मुक्त गर्ने कार्यको भारलाई पनि बोक्‍नु पर्ने भएकोले, उहाँले अलौकिक देहले भन्दा पनि बढी कष्ट भोग्‍नुपर्छ—अनि यी सबै कष्ट उहाँको देहको वास्तविकता र सामान्यताबाट आउँछ। आफ्‍ना सेवकाइहरू गर्ने क्रममा दुई देहधारी शरीरहरूले सामना गरेका कष्टबाट, देहधारी शरीरको सारलाई देख्‍न सकिन्छ। देह जति सामान्य छ, काम गर्ने क्रममा उहाँले त्यति नै ठूलो कष्ट भोग्‍नुपर्छ; काम गर्ने देह जति वास्तविक छ, मानिसहरूका धारणा त्यति नै कठोर हुन्छ, र उहाँमा त्यति नै खतराहरू पर्ने सम्‍भावना हुन्छ। तैपनि, देह जति वास्तविक छ, र देहमा सामान्य मानवको आवश्यकताहरू र पूर्ण चेतना जति हुन्छ, परमेश्‍वरको कामलाई देहमा लिन उहाँ त्यति नै सक्षम हुनुहुन्छ। क्रूसमा कांटी ठोकिएको येशूकै देह थियो, पापबलिको रूपमा दिइएको उहाँकै देह थियो; सामान्य मानवता सहितको देहको माध्यमद्वारा नै उहाँले शैतानलाई जित्‍नुभयो र मानिसलाई क्रूसबाट पुर्ण रूपमा मुक्त गर्नुभयो। अनि पूर्ण देहको रूपमा नै परमेश्‍वरले आफ्‍नो दोस्रो देहधारणमा विजयको काम गर्नुहुन्छ र शैतानलाई जित्‍नुहुन्छ। पुर्ण रूपमा सामान्य र वास्तविक देहले मात्रै विजयको कामलाई पूर्ण रूपमा गर्न सक्छ र शक्तिशाली गवाही दिन सक्छ। भन्‍नुको अर्थ, मानिसको विजय देहमा हुनुभएका परमेश्‍वरको वास्तविकता र सामान्यताद्वारा प्रभावकारी बनाइन्छ, अलौकिक आश्चर्यकर्महरू र प्रकाशहरूद्वारा होइन। यस देहधारी परमेश्‍वरको सेवकाइ बोल्‍नु, र त्यसद्वारा मानिसलाई जित्‍नु र सिद्ध गर्नु हो; अर्को शब्‍दमा भन्दा, आत्माको काम देहमा प्रकट भयो, देहको कर्तव्य भनेको बोल्‍नु र त्यसद्वारा मानिसलाई पूर्ण रूपमा जित्‍नु, प्रकट गर्नु, सिद्ध पार्नु, र हटाउनु हो। त्यसैले, विजयको काममा नै परमेश्‍वरले देहमा गर्नुहुने काम पूर्ण रूपमा पूरा हुनेछ। उद्धारको प्रारम्‍भिक कार्य देहधारणको कार्यको सुरुवात मात्रै थियो; विजयको काम गर्ने देहले देहधारणको सम्पूर्ण कामलाई पूरा गर्नेछ। लिङ्गमा, एक जना पुरुष र अर्को स्त्री हुनुहुन्छ, त्यसकारण परमेश्‍वरको देहधारणको महत्त्व पूरा हुन्छ, र यसले परमेश्‍वर सम्‍बन्धी मानिसका धारणाहरूलाई हटाउँछ: परमेश्‍वर पुरुष र स्त्री दुवै बन्‍न सक्‍नुहुन्छ, र वास्तवमा, देहधारी परमेश्‍वर लिङ्गरहित हुनुहुन्छ। उहाँले पुरुष र स्त्री दुवैलाई बनाउनुभयो, र उहाँको लागि, कुनै लिङ्गको विभाजन छैन। कामको यो चरणमा, परमेश्‍वरले चिन्‍हहरू र आश्‍चर्यका कामहरू गर्नुहुन्‍न, ताकि त्यो कामले वचनको माध्यमद्वारा यसका परिणामहरूलाई हासिल गर्न सक्‍नेछ। यसको साथै, यसको कारण के हो भने, यस पटक देहधारी परमेश्‍वरको काम भनेको बिरामीलाई निको पार्नु र भूत आत्‍माहरूलाई धपाउनु होइन, तर बोलेर मानिसलाई जित्‍नु हो, भन्‍नुको अर्थ परमेश्‍वरको यस देहधारी शरीरमा भएको जन्‍मजात क्षमता भनेको वचन बोल्‍नु र मानिसलाई जित्‍नु हो, बिरामीलाई निको पार्नु र भूत आत्‍माहरूलाई धपाउनु होइन। सामान्य मानवतामा उहाँको काम भनेको आश्चर्यकर्महरू गर्नु होइन, बिरामी निको पार्नु र भूत आत्‍माहरू धपाउनु होइन, तर बोल्‍नु हो, र त्यसकारण दोस्रो देहधारी शरीर मानिसहरूका लागि पहिलोभन्दा अझै सामान्य देखिन्छ। परमेश्‍वरको देहधारण झूट होइन भन्‍ने मानिसहरूले देख्छन्; तर यस देहधारी परमेश्‍वर देहधारी येशूभन्दा फरक हुनुहुन्छ, र उहाँहरू दुवै देहधारी परमेश्‍वर हुनुभए तापनि, उहाँहरू पूर्ण रूपमा उस्तै हुनुहुन्‍न। येशूमा सामान्य मानवता, साधारण मानवता थियो, तर उहाँले धेरै चिन्‍हहरू र आश्चर्यकर्महरू गर्नुभयो। यस देहधारी परमेश्‍वरमा, मानव आँखाले कुनै चिन्‍हहरू वा आश्‍चर्यका कामहरू देख्‍नेछैन, न त बिरामीलाई निको पारेको न त भूत आत्‍माहरूलाई निकालेको, न त समुद्रमा हिँडेको न त चालीस दिनसम्‍म उपवास बसेको नै देख्‍नेछ…। येशूले गर्नुभएको काम उहाँले गर्नुहुन्‍न, वास्तवमा उहाँको देह येशूको भन्दा फरक भएर होइन, तर बिरामीलाई चङ्गाइ गर्नु र भूत आत्‍माहरूलाई धपाउनु उहाँको सेवकाइ नभएकोले हो। उहाँले उहाँको आफ्नै कामलाई तोड्नुहुन्‍न, उहाँको आफ्‍नै कामलाई वाधा दिनुहुन्‍न। उहाँले मानिसलाई आफ्‍ना वास्तविक वचनहरूद्वारा जित्‍नुहुने हुँदा, उहाँले आश्‍चर्यकर्महरूद्वारा जित्‍नुको कुनै आवश्यकता पर्दैन, त्यसैले यो चरण भनेको देहधारणको कामलाई पूरा गर्नु हो। तैँले आज देख्‍ने देहधारी परमेश्‍वर पूर्ण रूपमा देह हुनुहुन्छ, र उहाँको बारेमा केही पनि अलौकिक छैन। उहाँ अरू झैँ बिरामी पर्नुहुन्छ, अरूलाई जस्तै उहाँलाई खाने कुरा र वस्‍त्र चाहिन्छ; उहाँ पुर्ण रूपमा देह हुनुहुन्छ। यदि यो समयमा, देहधारी परमेश्‍वरले अलौकिक चिन्‍हहरू र आश्‍चर्यका कामहरू गर्नुभयो भने, यदि उहाँले बिरामीलाई निको पार्नुभयो, भूत आत्‍माहरूलाई निकाल्‍नुभयो, वा एउटै वचनले मार्न सक्‍नुभयो भने, विजयको कामलाई कसरी अघि बढाउन सकिन्थ्यो? अन्यजाति राष्ट्रहरूमा कसरी काम फैलाउन सकिन्छ? बिरामीलाई चङ्गाइ गर्ने र भूत आत्‍माहरूलाई निकाल्‍ने काम अनुग्रहको युगको काम थियो, यो छुटकाराको कामको पहिलो चरण थियो, र अब परमेश्‍वरले मानिसलाई क्रूसबाट मुक्त गरिसक्‍नुभएको हुनाले, उहाँले अब उप्रान्त त्यो काम गर्नुहुन्‍न। यदि, आखिरी दिनहरूको अवधिमा, बिरामीलाई चङ्गाइ गर्ने, भूत आत्‍माहरूलाई धपाउने, अनि मानिसको लागि क्रूसमा टाँगिने येशूजस्तै “परमेश्‍वर” देखा पर्नुभयो भने, यो बाइबलमा दिइएको परमेश्‍वरको व्याख्यासँग मिल्‍ने र मानिसले सहजै स्वीकार गर्ने भए पनि, त्यो “परमेश्‍वर”, परमेश्‍वरको आत्माद्वारा होइन, तर दुष्ट आत्माद्वारा धारण गरिएको देह हुने थियो। किनभने उहाँले जे पहिले नै पूरा गरिसक्‍नुभएको छ त्यसलाई फेरि नदोहोर्याउनु परमेश्‍वरको कामको सिद्धान्त नै हो। त्यसकारण, परमेश्‍वरको दोस्रो देहधारणको काम पहिलोको कामभन्दा फरक छ। आखिरी दिनहरूमा, परमेश्‍वरले विजयको कामलाई सामान्य, साधारण देहमा प्रकट गर्नुहुन्छ; उहाँले बिरामीलाई निको पार्नुहुन्‍न, उहाँ मानिसको लागि क्रूसमा मारिनु हुनेछैन, तर देहमा वचनहरू मात्रै बोल्‍नुहुन्छ, र देहमा मानिसलाई विजय गर्नुहुन्छ। त्यस्तो देह मात्रै परमेश्‍वरको देहधारी शरीर हो; त्यस्तो देहले मात्रै परमेश्‍वरको कामलाई देहमा पूरा गर्न सक्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरद्वारा बास गरिएको देहको सार” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १०३

चाहे यस चरणमा देहधारी परमेश्‍वरले कष्ट भोगिरहनुभएको होस् वा आफ्‍नो सेवकाइ गरिरहनुभएको होस्, उहाँले देहधारणको अर्थलाई पूरा गर्न त्यसो गर्नुहुन्छ, किनभने यो परमेश्‍वरको अन्तिम देहधारण हो। परमेश्‍वर दुई पटक मात्रै देहधारी हुन सक्‍नुहुन्छ। तेस्रो पटक हुन सक्दैन। पहिलो देहधारण पुरुष हुनुहुन्थ्यो, दोस्रो स्त्री हुनुहुन्छ, र त्यसैले परमेश्‍वरको देहको स्वरूप मानिसको मनमा पूरा हुन्छ; यसको साथै, दुई देहधारणहरूले पहिले नै परमेश्‍वरको कामलाई देहमा पूरा गरिसक्‍नुभएको छ। पहिलो पटक, देहधारणको अर्थलाई पूरा गर्नको लागि देहधारी परमेश्‍वरले सामान्य मानवतालाई धारण गर्नुभयो। यस पटक पनि उहाँले सामान्य मानवतालाई धारण गर्नुहुन्छ, तर यो देहधारणको अर्थ फरक छ: यो अझै गहिरो छ, र उहाँको काम अझै गहन महत्त्वको छ। परमेश्‍वर एक पटक फेरि देह बन्‍नुको कारण भनेको देहधारणको अर्थलाई पूरा गर्नु हो। जब परमेश्‍वरले उहाँको कामको यो चरणलाई पूर्ण रूपमा पूरा गर्नुभयो, देहधारणको सम्पूर्ण अर्थ, अर्थात् देहमा परमेश्‍वरको कार्य पूरा हुनेछ, र देहमा गर्नको लागि थप कुनै काम हुनेछैन। भन्‍नुको अर्थ, अबदेखि उसो आफ्‍नो काम गर्नको लागि परमेश्‍वर फेरि कहिल्यै देहमा आउनुहुनेछैन। मानवजातिलाई मुक्त गर्न र सिद्ध गर्नको लागि मात्रै परमेश्‍वरले देहधारणको काम गर्नुहुन्छ। अर्को शब्‍दमा भन्दा, कामको खातिर बाहेक, देहमा आउनु परमेश्‍वरको लागि सामान्य होइन। काम गर्नको लागि देहमा आएर, उहाँले परमेश्‍वर देह हुनुहुन्छ, सामान्य व्यक्ति, साधारण व्यक्ति हुनुहुन्छ भन्‍ने शैतानलाई देखाउनुहुन्छ—तैपनि संसारमाथि उहाँले विजय गरेर राज्य गर्न सक्‍नुहुन्छ, शैतानलाई जित्‍न, मानवजातिलाई उद्धार गर्न, मानवजातिलाई जित्‍न सक्‍नुहुन्छ! शैतानको कामको उद्देश्य भनेको मानवजातिलाई भ्रष्ट तुल्याउनु हो, जबकि परमेश्‍वरको उद्देश्य भनेको मानवजातिलाई मुक्ति दिनुहो। शैतानले मानिसलाई अतल कुण्डमा फसाउँछ, जबकि परमेश्‍वरले उसलाई यसबाट छुटाउनुहुन्छ। शैतानले सबै मानिसहरूलाई यसको आराधना गर्ने बनाउँछ, तर परमेश्‍वरले तिनीहरूलाई उहाँको प्रभुत्वको अधीनमा रहने बनाउनुहुन्छ, किनभने उहाँ सृष्टिका प्रभु हुनुहुन्छ। यी सबै काम परमेश्‍वरका दुई देहधारणहरूद्वारा हासिल गरिन्छ। वास्तवमा, उहाँको देह मानवता र ईश्‍वरीयताको मिलाप हो, र यसमा सामान्य मानवता छ। त्यसैले परमेश्‍वरको देहधारी शरीरविना, परमेश्‍वरले मानवजातिलाई मुक्त गर्ने परिणामहरू प्राप्त गर्न सक्‍नुहुन्‍न थियो, र उहाँको देहको सामान्य मानवताविना, देहमा उहाँले गर्नुहुने कार्यले यी परिणामहरू हासिल गर्न सक्दैन थियो। परमेश्‍वरको देहधारणको सार भनेको उहाँमा सामान्य मानवता हुनैपर्छ भन्‍ने हो; अन्यथा यो हुनु भनेको देहधारी हुने परमेश्‍वरको मूल अभिप्रायको विपरीत हुने थियो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरद्वारा बास गरिएको देहको सार” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १०४

किन देहधारणको अर्थ येशूको काममा पूरा भएन भनेर म भन्छु? किनभने वचन पूर्ण रूपमा देह बनेन। येशूले जे गर्नुभयो त्यो देहमा परमेश्‍वरले गर्ने कामको एउटा भाग मात्रै थियो; उहाँले उद्धारको काम मात्रै गर्नुभयो, र मानिसलाई पूर्ण रूपमा प्राप्त गर्ने काम गर्नुभएन। यस कारणले गर्दा, आखिरी दिनहरूमा परमेश्‍वर फेरि देह बन्‍नुभएको छ। कामको यो चरणलाई पनि सामान्य देहमा नै गरिन्छ; यो पूर्ण रूपमा सामान्य मानवद्वारा गरिन्छ, जसको मानवता अलिकति पनि असाधारण छैन। अर्को शब्‍दमा भन्दा, परमेश्‍वर पूर्ण रूपमा मानव बन्‍नुभएको छ; उहाँ त्यो व्यक्ति हुनुहुन्छ जसको पहिचान परमेश्‍वरको, पूर्ण मानवको, पूर्ण देहको छ, जसले काम गरिरहनुभएको छ। मानव आँखाले देहगत शरीरलाई देख्छ जुन विल्कुलै असाधारण छैन, जो एक साधारण व्यक्ति हुनुहुन्छ जसले स्वर्गको भाषा बोल्‍न सक्‍नुहुन्छ, जसले कुनै पनि आश्‍चर्यकर्मका चिन्‍हहरू देखाउने, आश्‍चर्यकर्महरू गर्ने गर्नुहुन्‍न, ठूला सभा हलहरूमा धर्मको आन्तरिक सत्यतालाई खुलासा गर्ने त परै जाओस्। मानिसहरूका लागि, दोस्रो देहधारी शरीरको काम पहिलोको भन्दा अत्यन्तै फरक देखिन सक्छ, यति फरक कि उहाँहरू दुईमा कुनै पनि मिल्‍ने कुरा छैन भन्‍ने देखिन्छ, र पहिलोको कुनै काम यस पटक देखिँदैन। दोस्रो देहधारी शरीरको काम पहिलोको भन्दा फरक भए तापनि, त्यसले उहाँहरूको स्रोत एउटै र उही होइन भनेर प्रमाणित गर्दैन। उहाँहरूको स्रोत एउटै हो कि होइन भन्‍ने कुरा देहहरूले गर्ने कामको स्वभावमा निर्भर हुन्छ, र उहाँहरूको बाहिरी भेषहरूमा होइन। उहाँको कामको तीन चरणहरूको अवधिमा, परमेश्‍वर दुई पटक देहधारी हुनुभएको छ, र दुवै समयमा देहधारी परमेश्‍वरको कामले नयाँ युगलाई सुरु गर्छ, नयाँ कामलाई आरम्‍भ गर्छ; देहधारणहरू एक-अर्काका पूरक हुन्। यी दुई देहहरू एउटै स्रोतबाट आउँछन् भनेर मानव आँखाले भन्‍नु असम्‍भव छ। यो मानव आँखा वा मानव मनको क्षमताभन्दा बाहिरको कुरा हो भनेर भनिरहनु आवश्यक छैन। तर उहाँहरूको सारमा, उहाँहरू एउटै हुनुहुन्छ, किनभने उहाँहरूको काम एउटै आत्माबाट आउँछ। दुई देहधारी शरीरहरू उही स्रोतबाट आउँछ कि आउँदैन भन्‍ने कुरालाई उहाँहरू जन्‍मनुभएको युग र स्थान वा अन्य कारकतत्वहरूद्वारा मूल्याङ्कन गर्न सकिँदैन, तर उहाँहरूले व्यक्त गर्नुभएको ईश्‍वरीय कामद्वारा गर्न सकिन्छ। दोस्रो देहधारी शरीरले येशूले गर्नुभएको कुनै पनि काम गर्नुहुन्‍न, किनभने परमेश्‍वरको कामले चलनलाई पालन गर्दैन, तर हरेक पटक यसले नयाँ मार्ग खोल्छ। दोस्रो देहधारी शरीरले मानिसहरूको मनमा पहिलो देहको छविलाई गहन बनाउने वा ठोस बनाउने होइन, तर यसलाई पूरा गर्ने र सिद्ध बनाउने, परमेश्‍वर सम्‍बन्धी मानिसको ज्ञानलाई गहन बनाउने, मानिसहरूको हृदयमा रहेका सम्पूर्ण नियमहरूलाई तोड्ने, र तिनीहरूका हृदयमा भएको परमेश्‍वरका गलत प्रतिरूपहरूलाई हटाउने उद्देश्य राख्छ। परमेश्‍वरको आफ्‍नै कामको कुनै पनि व्यक्तिगत चरणले मानिसलाई उहाँ सम्‍बन्धी पूर्ण ज्ञान दिन सक्दैन भनेर भन्‍न सकिन्छ; हरेकले एक भाग मात्रै दिन्छ, पूर्णता होइन। परमेश्‍वरले आफ्‍नो स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्नुभएको भए तापनि, मानिसको सीमित समझशक्तिको कारण, परमेश्‍वर सम्‍बन्धी उसको ज्ञान अपूरो नै रहन्छ। मानव भाषाको प्रयोग गरेर परमेश्‍वरको स्वभावको पूर्णतालाई व्यक्त गर्नु असम्‍भव छ; यसको साथै, उहाँको कामको एकल चरणले कसरी परमेश्‍वरलाई पूर्ण रूपमा व्यक्त गर्न सक्छ? उहाँले आफ्‍नो सामान्य मानवताको आवरणभित्र रही देहमा काम गर्नुहुन्छ, र उहाँको ईश्‍वरीयताका अभिव्यक्तिहरूद्वारा मात्रै उहाँलाई चिन्‍न सकिन्छ, उहाँको शारीरिक आवरणद्वारा होइन। मानिसलाई उहाँका विभिन्‍न कामको माध्यमद्वारा उहाँलाई चिन्‍न दिनको लागि परमेश्‍वर देहमा आउनुहुन्छ, र उहाँको कामका कुनै पनि दुई चरणहरू उस्तै हुँदैनन्। यसरी मात्रै देहमा परमेश्‍वरले गर्नुहुने कामको पूर्ण ज्ञान मानिसले पाउन सक्छ, एउटै मात्र पक्षमा मात्रै सीमित हुँदैन। दुई देहधारी शरीरका काम फरक भए तापनि, देहहरूका सार, र उहाँहरूका कामको स्रोत उस्तै छन्; के मात्रै हो भने उहाँहरू कामका फरक-फरक चरणहरूलाई गर्नको निम्ति अस्तित्वमा हुनुहुन्छ, र दुई फरक युगहरूमा खडा हुनुहुन्छ। जेसुकै भए तापनि, परमेश्‍वरका देहधारी शरीरहरूको उही सार र उही व्युत्पत्ति छ—यो कसैले पनि नकार्न नसक्‍ने सत्य हो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरद्वारा बास गरिएको देहको सार” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १०५

देहधारी परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, र परमेश्‍वरका आत्माले ख्रीष्‍टलाई देहधारण गर्नुभयो। यो देह कुनै पनि देहको मानिसजस्तो छैन। यस भिन्‍नताको कारण के हो भने ख्रीष्‍ट देह र रगतले बनिनुभएको हुनुहुन्‍न; उहाँ आत्माको देहधारण हुनुहुन्छ। उहाँमा सामान्य मानवता र पूर्ण ईश्‍वरत्व दुवै छ। उहाँको ईश्‍वरत्व कुनै पनि मानिसमा छैन। उहाँको सामान्य मानवताले देहमा हुने उहाँका सबै सामान्य क्रियाकलापहरूलाई सञ्चालन गर्छ, र उहाँको ईश्‍वरत्वले परमेश्‍वर स्वयमको कार्यलाई अघि बढाउँछ। चाहे यो उहाँको मानवता होस् वा ईश्‍वरत्व होस्, यी दुवै नै स्वर्गमा बस्‍नुहुने पिताको इच्छामा समर्पित हुन्छन्। ख्रीष्‍टको सार भनेको आत्मा नै हो, जुन ईश्‍वरत्व हो। त्यसकारण, परमेश्‍वर स्वयम्‌को सार नै उहाँको सार हो; यो सारले उहाँको आफ्नै कार्यलाई बाधा दिँदैन, र उहाँको आफ्नै कार्यलाई नष्‍ट गर्ने कुनै पनि कार्य उहाँले गर्न सक्‍नुहुन्‍न, न त उहाँको आफ्नै इच्छा विरुद्ध जाने कुनै पनि वचन उहाँले कहिल्यै बोल्‍नुहुन्छ। त्यसकारण, देहधारी परमेश्‍वरले आफ्नै व्यवस्थापनलाई अवरोध गर्ने कुनै पनि काम कहिल्यै गर्नुहुन्‍न। सबै मानिसहरूले यही कुरालाई बुझ्‍नुपर्छ। पवित्र आत्माको कार्यको सार भनेको मानिसलाई मुक्ति दिनु हो, र यो परमेश्‍वरको आफ्नै व्यवस्थापनको लागि हो। त्यसरी नै, ख्रीष्‍टको कार्य पनि मानिसलाई मुक्ति दिनु नै हो, र यो परमेश्‍वरको इच्छाको लागि हो। परमेश्‍वर देहधारी हुनुहुने हुँदा आफ्नो काम गर्नको लागि उहाँको शरीर पर्याप्‍त छ भनेर उहाँले आफ्नो देहभित्रको आधारभूत स्वभावलाई महसुस गर्नुहुन्छ। त्यसकारण, देहधारणको समय अवधिमा ख्रीष्‍टको कार्यले परमेश्‍वरको आत्माका सबै कार्यलाई प्रतिस्थापन गर्छ, र देहधारणको समयभरि गरिने सबै कार्यको केन्द्र ख्रीष्‍टको कार्य नै हो। यो अन्य कुनै पनि युगको कार्यसँग मिसिन सक्दैन। र परमेश्‍वर देहधारी हुनुहुने हुँदा उहाँले आफ्नो देहको पहिचानमा कार्य गर्नुहुन्छ; उहाँ शरीरमा आउनुहुने भएकोले, आफूले गर्नुपर्ने कार्यलाई उहाँले देहमा नै पूरा गर्नुहुन्छ। परमेश्‍वरको आत्मा होस् वा ख्रीष्‍ट होस्, दुवै नै परमेश्‍वर स्वयम हुनुहुन्छ, र उहाँले आफूले गर्नुपर्ने काम गर्नुहुन्छ र आफूले गर्नुपर्ने सेवकाइ गर्नुहुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको आधारभूत स्वभाव हो” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १०६

परमेश्‍वरको आधारभूत स्वभावले नै अख्तियारको प्रयोग गर्छ, तर उहाँबाट आउने अख्तियारप्रति उहाँ पूर्ण रूपमा समर्पित हुन सक्‍नुहुन्‍छ। चाहे यो आत्माको काम होस् वा शरीरको काम होस्, यीमध्ये कुनै पनि काम एक-अर्कासँग बाझिँदैन। सारा सृष्टिमाथिको अख्तियार परमेश्‍वरका आत्मासँग छ। परमेश्‍वरको आधारभूत स्वभाव सहितको शरीर पनि अख्तियारको अधीनमा हुन्छ, तर देहमा हुनुभएका परमेश्‍वरले ती सबै कार्यहरूलाई गर्न सक्‍नुहुन्‍छ, जुन कार्यहरूले स्वर्गमा हुनुहुने पिताको इच्छालाई पालन गर्छ। यसलाई कुनै पनि व्यक्तिले प्राप्‍त गर्न वा कल्पना गर्न सक्दैन। परमेश्‍वर स्वयम्‌ नै अख्तियार हुनुहुन्छ, तर उहाँको देह उहाँको अख्तियारप्रति समर्पित हुन सक्छ। “ख्रीष्‍टले परमेश्‍वर पिताको इच्छालाई पालन गर्नुहुन्छ” भनेर भन्‍ने क्रममा यही कुरालाई सूचित गरिन्छ। परमेश्‍वर आत्मा हुनुहुन्छ र जसरी परमेश्‍वर मानिस बन्‍न सक्‍नुहुन्‍छ त्यसरी नै उहाँले मुक्तिको काम पनि गर्न सक्‍नुहुन्‍छ। जे भए तापनि, परमेश्‍वर स्वयमले नै आफ्नो कार्य गर्नुहुन्छ; न त उहाँले बाधा दिनुहुन्छ न त हस्तक्षेप नै गर्नुहुन्छ, उहाँले आफैमा बाझिने किसिमको काम गर्नु त परै जाओस्, किनभने आत्मा र शरीरले गर्ने कार्यको सार उही प्रकारको हुन्छ। चाहे आत्मा होस् वा शरीर, दुवैले एउटै इच्छालाई पूरा गर्न र एउटै कार्यलाई व्यवस्थापन गर्नको लागि काम गर्नुहुन्छ। आत्मा र शरीरका गुणहरू पूर्ण रूपमा फरक भए तापनि, उहाँहरूका आधारभूत स्वभावहरू उस्तै छन्; दुवैमा परमेश्‍वर स्वयमको आधारभूत स्वभाव, अनि परमेश्‍वर स्वयमको पहिचान छ। परमेश्‍वर स्वयममा कुनै पनि अनाज्ञाकारीताको तत्वहरू छैन; उहाँको स्वभाव असल छ। उहाँ सारा सुन्दरता र भलाइ, साथै सारा प्रेमको अभिव्यक्ति हुनुहुन्छ। देहमा समेत परमेश्‍वरले त्यस्तो कुनै पनि काम गर्नुहुन्‍न जसले परमेश्‍वर पिताको अवज्ञा गर्छ। आफ्नो जीवन बलिदान दिनु पर्दा समेत उहाँले हृदयदेखि त्यसो गर्न चाहनुहुन्छ, र उहाँले अन्य कुनै पनि निर्णय गर्नुभएन। परमेश्‍वरमा स्वःधार्मिकता वा स्वःमहत्त्व, वा अभिमानी र अहङ्कारीको कुनै तत्व छैन; उहाँमा कुटिलका कुनै तत्वहरू छैनन्। परमेश्‍वरको अवज्ञा गर्ने हरेक कुरा शैतानबाट आउँछ; सारा कुरूपता र दुष्‍टताको स्रोत शैतान नै हो। मानिसमा शैतानको जस्तै गुणहरू हुनुको कारण के हो भने मानिसलाई शैतानले भ्रष्‍ट तुल्याएको छ र त्यसले मानिसमा काम गर्छ। ख्रीष्‍टलाई शैतानले भ्रष्‍ट तुल्याएको छैन, त्यसकारण उहाँमा परमेश्‍वरका चरित्रहरू मात्रै छन्, तर शैतानको कुनै चरित्रहरू छैनन्। काम जतिसुकै कठिन होस् वा शरीर जतिसुकै कमजोर होस्, जब परमेश्‍वर शरीरमा बस्‍नुहुन्छ, उहाँले परमेश्‍वर स्वयमको कार्यलाई बाधा दिने कुनै कुरा कहिल्यै पनि गर्नुहुनेछैन, अनाज्ञाकारीतामा परमेश्‍वर पिताको इच्छालाई त्याग्‍ने कुरा त परै जाओस्। उहाँले परमेश्‍वर पिताको इच्छालाई धोका दिनुभन्दा शरीरको पीडालाई भोग्‍नुहुन्छ; यो, येशूले प्रार्थनामा भन्‍नुभएको जस्तै छ, “पिता, यदि सम्भव छ भने, यो कचौरा मबाट हटोस्: तैपनि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्।” मानिसहरूले आफ्नो लागि आफै निर्णयहरू गर्छन्, तर ख्रीष्‍टले त्यसो गर्नुहुन्‍न। उहाँसँग परमेश्‍वर स्वयमको पहिचान भए तापनि, उहाँले परमेश्‍वर पिताको इच्छालाई खोज्‍नुहुन्छ, र परमेश्‍वर पिताले उहाँलाई सुम्‍पनुभएको कुरालाई शरीरको दृष्टिकोणद्वारा पूरा गर्नुहुन्छ। यो मानिसले पूरा गर्न नसक्‍ने कुरा हो। शैतानबाट आउने कुरामा परमेश्‍वरको स्वभाव हुँदैन; यसमा परमेश्‍वरको अवज्ञा गर्ने र उहाँलाई विरोध गर्ने कुरा मात्रै हुन्छ। यसले परमेश्‍वरलाई पूर्ण रूपमा पालन गर्न सक्दैन, परमेश्‍वरको इच्छालाई स्वेच्‍छाले पालन गर्ने कुरा त परै जाओस्। ख्रीष्‍टबाट टाढा रहेर सबै मानिसले त्यही काम गर्न सक्छन् जसले परमेश्‍वरको विरोध गर्छ, र कुनै पनि मानिसले परमेश्‍वरले सुम्‍पनुभएको कार्यलाई प्रत्यक्ष रूपमा गर्न सक्दैन; परमेश्‍वरको व्यवस्थापनलाई पूरा गर्नुपर्ने आफ्नो कर्तव्यको रूपमा एक जनाले पनि लिन सक्दैन। ख्रीष्‍टको आधारभूत स्वभाव भनेको परमेश्‍वर पिताको इच्छाप्रति समर्पित हुनु हो; परमेश्‍वरको विरुद्धमा अनाज्ञाकारी हुने कार्य शैतानको चरित्र हो। यी दुई गुणहरू परस्पर-विरोधी गुणहरू हुन्, र शैतानका गुणहरू भएको कसैलाई पनि ख्रीष्‍ट भन्‍न सकिँदैन। मानिसले परमेश्‍वरको खातिर उहाँको काम गर्न नसक्‍नुको कारण के हो भने मानिसमा परमेश्‍वरको कुनै पनि आधारभूत स्वभाव हुँदैन। मानिसको व्यक्तिगत रुचिहरूका लागि र भविष्यको आशाको लागि मात्रै मानिसले परमेश्‍वरको लागि काम गर्छ, तर ख्रीष्‍टले परमेश्‍वर पिताको इच्छालाई पूरा गर्नको लागि काम गर्नुहुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको आधारभूत स्वभाव हो” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १०७

ख्रीष्‍टको मानवता उहाँको ईश्‍वरत्वद्वारा सञ्चालित छ। उहाँ शरीरमा हुनुभए तापनि, उहाँको मानवता देहको मानिसजस्तो पूर्ण रूपमा छैन। उहाँमा उहाँको आफ्नै अद्वितीय चरित्र छ, र यो पनि उहाँको ईश्‍वरत्वद्वारा सञ्चालित छ। उहाँको ईश्‍वरत्वमा कुनै कमजोरी छैन; ख्रीष्‍टको कमजोरीले उहाँको मानवताको कमजोरीलाई जनाउँछ। केही हदसम्‍म, यो कमजोरीले उहाँको ईश्‍वरत्वलाई दिन्छ, तर त्यस किसिमका सीमितताहरू निश्‍चित क्षेत्र र समयभित्र हुन्छन्, र ती परिधि विहीन छैनन्। जब उहाँको ईश्‍वरत्वको कामलाई अघि बढाउने समय आउँछ, तब उहाँको मानवताको बाबजुद पनि यसलाई पूरा गरिन्छ। ख्रीष्‍टको मानवता पूर्ण रूपमा उहाँको ईश्‍वरत्वद्वारा निर्देशित छ। उहाँको मानवताको सामान्य जीवन बाहेक, उहाँको मानवताका अरू सबै कार्यहरू उहाँको ईश्‍वरत्वद्वारा प्रभावित, असरित, र निर्देशित हुन्छन्। ख्रीष्‍टमा एउटा मानवता भए तापनि, यसले उहाँको ईश्‍वरत्वलाई बाधा दिँदैन, र ठीक यही कारणले गर्दा ख्रीष्‍टको मानवता उहाँको ईश्‍वरत्वद्वारा निर्देशित छ; अरूसँग कसरी व्यवहार गर्ने त्यसमा उहाँको मानवता परिपक्‍व नभए तापनि, यसले उहाँको ईश्‍वरत्वको सामान्य कार्यलाई प्रभाव पार्दैन। उहाँको मानवता भ्रष्‍ट भएको छैन भनी भन्‍ने क्रममा मैले ख्रीष्‍टको मानवतालाई उहाँको ईश्‍वरत्वद्वारा प्रत्यक्ष रूपमा निर्देशित हुन सक्छ, र उहाँमा साधारण मानिसको भन्दा उच्‍च चेतना छ भनेर भन्‍न खोजेको हुँ। उहाँको कार्यमा ईश्‍वरत्वद्वारा निर्देशित हुनको लागि उहाँको मानवता सबैभन्दा उपयुक्त छ; उहाँको मानवता ईश्‍वरत्वको कार्यलाई व्यक्त गर्न सबैभन्दा बढी सक्षम छ, र त्यस्तो कार्यप्रति समर्पित हुन यो सबैभन्दा बढी सक्षम छ। शरीरमा काम गर्ने क्रममा उहाँले शरीरमा रहेको मानिसले पूरा गर्नुपर्ने कर्तव्यलाई कहिल्यै पनि बिर्सनुहुन्‍न; उहाँ स्वर्गमा परमेश्‍वरलाई साँचो हृदयले आराधना गर्न सक्षम हुनुहुन्छ। उहाँमा परमेश्‍वरको स्वभाव छ, र उहाँको पहिचान परमेश्‍वर स्वयमको पहिचान हो। यो के मात्रै हो भने उहाँ पृथ्वीमा आउनुभएको छ र सृष्‍टि गरिएको प्राणी बन्‍नुभएको छ र सृष्‍टि गरिएको प्राणीको बाहिरी आवरण लिनुभएको छ र, अहिले एउटा मानवतालाई लिनुभएको छ जुन पहिले उहाँमा थिएन। स्वर्गमा परमेश्‍वरलाई आराधना गर्न उहाँ सक्षम हुनुहुन्छ; उहाँ परमेश्‍वर स्वयम हुनुहुन्छ र मानिसले उहाँको अनुकरण गर्न सक्दैन। उहाँको पहिचान परमेश्‍वर स्वयम नै हुनुहुन्छ। शरीरको दृष्टिकोणद्वारा उहाँले परमेश्‍वरको आराधना गर्नुहुन्छ; त्यसकारण, “स्वर्गमा ख्रीष्‍टले परमेश्‍वरलाई आराधना गर्नुहुन्छ” भन्‍ने वचनहरू गलत छैनन्। मानिसबाट उहाँले चाहने कुरा भनेको उहाँको आफ्नै स्वभाव हो; तिनीहरूबाट त्यस कुराको माग गर्नुभन्दा पहिले नै उहाँले मानिसबाट माग गर्नुहुने सबै कुरालाई पूरा गर्नुभएको छ। जुन कुरा आफूमा छैन उहाँले त्यो कुरा अरूबाट कहिल्यै पनि माग गर्नुहुन्‍न, किनभने यो सबैले नै उहाँको स्वभावलाई निर्माण गर्छ। उहाँले आफ्नो कार्यलाई जसरी अघि बढाउनुभए तापनि, परमेश्‍वरलाई अवज्ञा गर्ने तरिकाले उहाँले कहिल्यै पनि काम गर्नुहुन्‍न। उहाँले मानिसबाट जे माग्‍नुभए तापनि, मानिसले पूरा गर्न सक्‍नेभन्दा बाहिरको कुनै माग हुँदैन। उहाँले गर्ने सबै कुरा परमेश्‍वरको इच्छालाई पूरा गर्ने कार्य हो र ती सबै उहाँको व्यवस्थापनको खातिर हो। ख्रीष्‍टको ईश्‍वरत्व सबै मानिसभन्दा माथि छ; त्यसकारण, सृष्‍टि गरिएका सबै प्राणीहरूका सबैभन्दा उच्‍च अख्तियार उहाँ नै हुनुहुन्छ। उहाँको अख्तियार नै उहाँको ईश्‍वरत्व हो, अर्थात् परमेश्‍वर स्वयमको स्वभाव र अस्तित्व, जसले उहाँको पहिचानलाई निर्धारण गर्छ। त्यसकारण, उहाँको मानवता जतिसुकै सामान्य भए तापनि, उहाँमा परमेश्‍वर स्वयमको परिचय छ भन्‍ने कुरा अखण्डनीय छ; उहाँले जुनसुकै दृष्टिकोणबाट बोल्‍नुभए तापनि र उहाँले परमेश्‍वरको इच्छालाई जसरी पालन गर्नुभए तापनि, उहाँ परमेश्‍वर स्वयम हुनुहुन्‍न भनेर भन्‍न सकिँदैन। मूर्ख र अज्ञानी मानिसहरूले ख्रीष्‍टको मानवतालाई प्रायजसो सामान्य ठान्छन्। आफ्नो ईश्‍वरत्वलाई उहाँले जसरी व्यक्त गर्नुभए तापनि र प्रकट गर्नुभए तापनि, उहाँ ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरालाई स्वीकार गर्न मानिस असमर्थ छ। र ख्रीष्‍टले आफ्नो आज्ञापालनलाई र मानवतालाई जति प्रदर्शन गर्नुहुन्छ, मूर्ख मानिसहरूले ख्रीष्‍टलाई त्यति नै हल्कासँग लिन्छन्। उहाँलाई बहिष्‍कार र तिरस्कारको व्यवहार गर्ने, तर उच्‍च प्रतिष्‍ठा भएका “महान् मानिसहरू” लाई आराधनाको टेबलमा राख्‍ने मानिसहरू पनि छन्। परमेश्‍वरप्रतिको मानिसको विरोध र अनाज्ञाकारीता देहधारी परमेश्‍वरको स्वभाव परमेश्‍वरप्रति समर्पित हुन्छ भन्‍ने तथ्यबाट, साथै ख्रीष्‍टको सामान्य मानवताबाट आउँछ; परमेश्‍वरप्रतिको मानिसको विरोध र अनाज्ञाकारीताको स्रोत यही नै हो। यदि ख्रीष्‍टमा उहाँको मानवको भेष थिएन र उहाँले सृष्‍टि गरिएको प्राणीको दृष्टिकोणबाट परमेश्‍वर पिताको इच्छालाई खोज्‍नुहुन्‍नथियो, तर उहाँमा अधिक मानवता थियो भने, मानिसको बीचमा कुनै अनाज्ञाकारीता नहुने सम्‍भावना बढी छ। मानिसले सधैँ स्वर्गको अदृश्य परमेश्‍वरमा विश्‍वास गर्न तयार हुनुको कारण के हो भने स्वर्गको परमेश्‍वरमा कुनै मानवता छैन, न त सृष्‍टि गरिएको प्राणीको कुनै एउटा गुण समेत उहाँमा छ। त्यसकारण, मानिसले उहाँलाई सबैभन्दा उच्‍च आदरको दृष्‍टिकोणले हेर्छ, तर ख्रीष्‍टप्रति भने तिरस्कारको आचरण राख्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको आधारभूत स्वभाव हो” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १०८

पृथ्वीमा ख्रीष्‍टले परमेश्‍वर स्वयमको प्रतिनिधित्व गरेर काम गर्न सक्षम हुनुभए तापनि, सबै मानिसलाई शरीरमा रहेको आफ्नो स्वरूपलाई देखाउने अभिप्रायका साथ उहाँ आउनुहुन्‍न। सबै मानिसले उहाँलाई देखून् भनेर उहाँ आउनुहुन्‍न; उहाँको हातद्वारा मानिसलाई डोर्‍याउनको निम्ति उहाँ आउनुहुन्छ, र यसद्वारा मानिस नयाँ युगमा प्रवेश गर्छ। ख्रीष्‍टको शरीरको उद्देश्य परमेश्‍वर स्वयमको कार्य, अर्थात्, शरीरमा गरिने परमेश्‍वरको कार्यको लागि हो, तर उहाँको देहको सारलाई पूर्ण रूपमा बुझ्‍न मानिसलाई सक्षम गराउनु होइन। उहाँले जसरी काम गर्नुभए तापनि, उहाँले गर्ने कुनै पनि कुरा शरीरद्वारा प्राप्‍त गर्न सकिनेभन्दा बाहिर जाँदैन। उहाँले जसरी काम गर्नुभए तापनि, उहाँले सामान्य मानवताद्वारा शरीरमा त्यो गर्नुहुन्छ, र मानिसलाई परमेश्‍वरको साँचो अनुहार पूर्ण रूपमा प्रकट गर्नुहुन्‍न। यसको साथै, शरीरमा उहाँले गर्ने कार्य मानिसले विचार गर्ने जत्तिको अलौकिक वा अथाह कहिल्यै हुँदैन। ख्रीष्‍टले शरीरमा परमेश्‍वर स्वयमलाई प्रतिनिधित्व गर्नुभए तापनि र परमेश्‍वर स्वयमले गर्नुपर्ने कार्यलाई व्यक्तिगत रूपमा आफै गर्नुहुने भए तापनि, उहाँले स्वर्गमा हुनुहुने परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्नुहुन्‍न, न त उहाँले उत्तेजनाको साथ आफ्नै कार्यहरूको घोषणा नै गर्नुहुन्छ। बरु, उहाँ आफ्नो शरीरभित्र गुप्त, नम्र रहनुहुन्छ। ख्रीष्‍ट बाहेक, आफूलाई ख्रीष्‍ट भनी झूटो रूपमा दाबी गर्नेहरूमा उहाँका गुणहरू हुँदैन। झूटा ख्रीष्टहरूको अहङ्कारी र आफैलाई उचाल्‍ने स्वभावसँग तुलना गर्दा, शरीरको कुन आचरण साँचो ख्रीष्‍ट हो त्यस कुरालाई छर्लङ्ग पारिदिन्छ। तिनीहरू जति झूट हुन्, त्यति नै हदसम्‍म झूटा ख्रीष्‍टहरूले आफैप्रति घमण्ड गर्छन्, र मानिसहरूलाई धोका दिनका लागि त्यति नै तिनीहरूले चिन्‍हरू देखाउन र अचम्‍मका कामहरू गर्न सक्छन्। झूटा ख्रीष्‍टहरूमा परमेश्‍वरको गुणहरू हुँदैन; झूटा ख्रीष्टहरूको कुनै पनि तत्वद्वारा ख्रीष्‍ट कलङ्कित हुनुहुन्‍न। देहको कार्य गर्नको लागि मात्रै परमेश्‍वर देह बन्‍नुहुन्छ, उहाँलाई हेर्नको निम्ति मानिसहरूलाई सक्षम तुल्याउनको लागि मात्रै होइन। बरु, उहाँले आफ्नो कामलाई नै उहाँको पहिचान पुष्‍टि गर्न दिनुहुन्छ, र आफूले प्रकट गरेको कुरालाई नै उहाँले आफ्नो स्वभावलाई प्रमाणित गर्न दिनुहुन्छ। उहाँको स्वभाव आधारहीन छैन; उहाँको पहिचानलाई उहाँको हातद्वारा खोसेर लिइएको थिएन; उहाँको कार्य र उहाँको स्वभावद्वारा नै यसलाई निर्धारित गरिन्छ। उहाँमा परमेश्‍वर स्वयमको स्वभाव भए तापनि र परमेश्‍वर स्वयमको कामलाई पूरा गर्न उहाँ सक्षम हुनुभए तापनि, आखिर उहाँ शरीर नै हुनुहुन्छ, जुन आत्माभन्दा फरक छ। उहाँ आत्माका गुणहरू भएको परमेश्‍वर हुनुहुन्‍न; उहाँ शरीरको आवरण भएको परमेश्‍वर हुनुहुन्छ। त्यसकारण, उहाँ जति सामान्य र जति कमजोर भए तापनि, र उहाँले परमेश्‍वर पिताको इच्छालाई जसरी खोज्‍नु भए तापनि, उहाँको ईश्‍वरत्व अखण्डनीय छ। देहधारी परमेश्‍वरभित्र सामान्य मानवता र यसको कमजोरीहरू मात्रै हुँदैनन्; त्यहाँ उहाँको ईश्‍वरत्वको उदेकता र अज्ञेयता साथै शरीरमा उहाँले गर्ने सबै कार्यहरू पनि हुन्छन्। त्यसकारण, मानवता र ईश्‍वरत्व दुवै ख्रीष्‍टभित्र अस्तित्वमा हुन्छ, वास्तविकतामा र व्यवहारिकता दुवैमा। यो सबैभन्दा रित्तो वा अलौकिक कुरामा पर्दैन। उहाँ आफ्नो कार्यलाई अघि बढाउने मुख्य उद्देश्यको साथ पृथ्वीमा आउनुहुन्छ; पृथ्वीमा काम अघि बढाउनको लागि सामान्य मानवता लिनु अपरिहार्य नै हुन्छ; अन्यथा, उहाँको ईश्‍वरत्वको शक्ति जति नै महान् भए तापनि, यसको मूल कार्यलाई असल रूपमा प्रयोग गर्न सकिँदैन। उहाँको मानवताको महत्त्व निकै ठूलो भए तापनि, यो नै उहाँको मूल स्वभाव भने होइन। उहाँको मूल स्वभाव भनेको ईश्‍वरत्व हो; त्यसकारण, उहाँले जुन क्षणमा पृथ्वीमा आफ्नो सेवकाइलाई सुरु गर्नुहुन्छ त्यही क्षणमा नै उहाँले आफ्नो ईश्‍वरत्वलाई व्यक्त गर्न सुरु गर्नुहुन्छ। उहाँको मानवता आफ्नो शरीरको सामान्य जीवनलाई कायम राख्‍नको लागि मात्रै अस्तित्वमा रहन्छ ताकि उहाँको ईश्‍वरत्वले शरीरमा सामान्य रूपमा आफ्नो कार्यलाई अघि बढाउन सकोस्; उहाँको कार्यलाई पूर्ण रूपमा निर्देशित गर्नेचाहिँ ईश्‍वरत्व नै हो। जब उहाँले आफ्नो कार्यलाई पूरा गर्नुहुन्छ, तब उहाँले आफ्नो सेवकाइलाई पूरा गर्नुभएको हुनेछ। उहाँको कार्यको सम्पूर्णता नै मानिसले जान्‍नु पर्ने कुरा हो, र उहाँको कार्यद्वारा नै उहाँलाई चिन्‍नको लागि उहाँले मानिसलाई सक्षम तुल्याउनुहुन्छ। आफ्नो कार्यको अवधिमा, आफ्नो ईश्‍वरत्वको स्वभावलाई लगभग पूर्ण रूपमा नै व्यक्त गर्नुहुन्छ, जुन मानवताद्वारा कलङ्कित भएको छैन, विचार र मानव आचरणद्वारा कलङ्कित भएको छैन। जब सारा सेवकाइ पूरा हुने समय आउँछ, उहाँले आफूले व्यक्त गर्नुपर्ने स्वभावलाई पहिले नै सिद्ध रूपमा र पूर्ण रूपमा व्यक्त गरिसक्‍नुभएको हुनेछ। उहाँको कार्य कुनै पनि मानिसको निर्देशनहरूद्वारा निर्देशित छैन; उहाँको स्वभावको अभिव्यक्ति पनि पूर्णतया स्वतन्त्र नै छ, र यो मनद्वारा नियन्त्रित वा विचारद्वारा सञ्चालित छैन, तर स्वाभाविक रूपमा नै यो प्रकट हुन्छ। यो कुनै पनि मानिसले प्राप्‍त गर्न नसक्‍ने कुरा हो। वातावरणहरू कठोर भए पनि वा अवस्थाहरू प्रतिकूल भए तापनि, उहाँले उचित समयमा आफ्नो स्वभावलाई व्यक्त गर्न सक्‍नुहुन्‍छ। जो ख्रीष्‍ट हुनुहुन्छ, उहाँले ख्रीष्‍ट सारलाई प्रकट गर्नुहुन्छ, तर जो होइनन् तिनीहरूमा ख्रीष्‍टको स्वभाव हुँदैन। त्यसकारण, सबैले उहाँलाई विरोध गरे पनि वा उहाँलाई विरोध गर्ने धारणा राखे पनि, ख्रीष्‍टले व्यक्त गर्नुभएको स्वभाव परमेश्‍वरको स्वभाव हो भन्‍ने कुरालाई मानिसको विचारहरूको आधारमा कसैले पनि इन्कार गर्न सक्दैन। ख्रीष्‍टलाई साँचो हृदयले पछ्याउने वा मनैबाट परमेश्‍वरलाई खोज्‍ने हरेकले, उहाँको ईश्‍वरत्वको अभिव्यक्तिको आधारमा उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरालाई स्वीकार गर्नेछन्। मानिसको विचारहरूसँग नमिल्‍ने उहाँको कुनै पनि पक्षहरूको आधारमा तिनीहरूले ख्रीष्‍टलाई कहिल्यै पनि इन्कार गर्दैनन्। मानिस अत्यन्तै मूर्ख भए तापनि, मानिसको इच्छा के हो र परमेश्‍वरबाट के आउँछ भन्‍ने कुरा सबैलाई यथार्थ रूपमा थाहा छ। के मात्रै हो भने आफ्‍ना अभिप्रायहरूका परिणामस्वरूप धेरै मानिसहरूले ख्रीष्‍टलाई जानी-जानी विरोध गर्छन्। यसको लागि होइन भने, ख्रीष्‍टको अस्तित्वलाई इन्कार गर्ने कारण कुनै पनि मानिससँग हुनेथिएन, किनभने ख्रीष्‍टले व्यक्त गर्नुभएको ईश्‍वरत्व वास्तवमा अस्तित्वमा छ, र उहाँको कार्यलाई नाङ्गो आँखाले देख्‍न सकिन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको आधारभूत स्वभाव हो” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १०९

ख्रीष्‍टको कार्य र अभिव्यक्तिले नै उहाँको स्वभावलाई निर्धारित गर्छ। उहाँमा समर्पित गरिएको साँचो हृदयलाई उहाँले पूर्ण गर्न सक्‍नुहुन्‍छ। उहाँले स्वर्गका परमेश्‍वरलाई साँचो हृदयले आराधना गर्न सक्‍नुहुन्‍छ, र साँचो हृदयद्वारा नै उहाँले परमेश्‍वर पिताको इच्छालाई खोज्‍नुहुन्छ। यी सबैलाई उहाँको सारद्वारा नै निर्धारित गरिन्छ। र उहाँको सारद्वारा नै उहाँको प्राकृतिक प्रकाशलाई निर्धारित गरिन्छ; मैले यसलाई “प्राकृतिक प्रकाश” भन्‍नुको कारण के हो भने उहाँको अभिव्यक्ति अनुकरण होइन, वा मानिसको शिक्षाको परिणाम, वा मानिसले गरेको धेरै वर्षको परिश्रमको परिणाम होइन। उहाँले यो सिक्‍नुभएन वा आफैलाई यसद्वारा सजाउनुभएन; बरु, यो उहाँ आफैमा अन्तर्निहित छ। मानिसले उहाँको कार्य, उहाँको अभिव्यक्ति, उहाँको मानवता, र उहाँको सामान्य मानवताको सम्पूर्ण जीवनलाई इन्कार गर्न सक्छ, तर उहाँले स्वर्गमा परमेश्‍वरलाई साँचो हृदयले आराधना गर्नुहुन्छ भन्‍ने कुरालाई कसैले पनि इन्कार गर्न सक्दैन; उहाँ स्वर्गमा हुनुहुने पिताको इच्छालाई पूरा गर्नको लागि आउनुभएको हो भन्‍ने कुरालाई कसैले पनि इन्कार गर्न सक्दैन, र उहाँले परमेश्‍वर पितालाई जुन इमानदारीताको साथ खोज्‍नुहुन्छ त्यसलाई कसैले पनि इन्कार गर्न सक्दैन। उहाँको स्वरूप इन्द्रियहरूका लागि आकर्षक नभए तापनि, उहाँको उपदेश असाधारण नभए तापनि, र उहाँको कार्य मानिसले कल्‍पना गरेजस्तो पृथ्वीलाई छताछुल्ल पार्ने वा स्वर्गलाई हल्‍लाउने किसिमको नभए तापनि, उहाँ वास्तवमा नै ख्रीष्‍ट हुनुहुन्छ, जसले साँचो हृदयको साथ स्वर्गमा हुनुहुने पिताको इच्छालाई पूरा गर्नुहुन्छ, जो स्वर्गीय पिताप्रति पूर्ण रूपमा समर्पित हुनुहुन्छ, र मृत्युसम्‍मै आज्ञाकारी हुनुहुन्छ। किनभने उहाँको सार ख्रीष्‍टकै सार हो। मानिसले यो सत्यतालाई विश्‍वास गर्न कठिन छ, तर सत्य यही नै हो। जब ख्रीष्‍टको सेवकाइ पूर्ण रूपमा पूरा भएको हुन्छ, उहाँको कार्यद्वारा मानिसले के कुरालाई देख्‍न सक्छ भने उहाँको स्वभाव र उहाँको अस्तित्वले स्वर्गको परमेश्‍वरको स्वभाव र अस्तित्वलाई प्रतिनिधित्व गर्छ। त्यो समयमा, उहाँको सम्पूर्ण कार्यको योगले उहाँ वास्तवमा देहधारी हुनुहुने वचन हुनुहुन्छ, र शरीर र रगतले बनिएको मानिसजस्तो हुनुहुन्‍न भन्‍ने कुरालाई पुष्‍टि गर्न सक्छ। पृथ्वीमा ख्रीष्‍टले गर्नुहुने कार्यको हरेक चरणले प्रतिनिधित्व गर्ने आफ्नै महत्त्व छ, तर हरेक चरणको वास्तविक कार्यलाई अनुभव गर्ने मानिसले उहाँको कार्यको महत्त्वलाई बुझ्‍न सक्दैन। परमेश्‍वरले आफ्नो दोस्रो देहधारणद्वारा अघि सार्नुभएका कार्यको विभिन्‍न चरणहरूको हकमा यो विशेष गरी लागू हुन्छ। ख्रीष्‍टको वचनलाई मात्रै सुनेका वा देखेका तर उहाँलाई कहिल्यै नदेखेका धेरैजसोले उहाँको कार्यका धारणाहरूलाई बुझेका हुँदैनन्; ख्रीष्‍टलाई देखेका र उहाँको वचनलाई सुनेका, साथै उहाँको कार्यलाई अनुभव गरेका मानिसहरूले उहाँको कार्यलाई स्वीकार गर्न कठिन हुन्छ। के यो ख्रीष्‍टको स्वरूप र सामान्य मानवता मानिसले चाहेको जस्तो नभएको कारणले गर्दा हो? ख्रीष्‍ट गइसक्‍नुभएपछि उहाँको कार्यलाई स्वीकार गर्ने मानिसहरूमा त्यस्तो कठिनाइहरू हुँदैन, किनभने तिनीहरूले उहाँको कार्यलाई मात्रै स्वीकार गर्छन् र ख्रीष्‍टको सामान्य मानवतासँग तिनीहरू सम्पर्कमा आउँदैनन्। परमेश्‍वरप्रतिको आफ्नो धारणाहरूलाई त्याग्‍न मानिस असक्षम छ र उसले उहाँलाई तीव्रताको साथ जाँच्छ; यसको कारण के हो भने मानिसले उहाँको स्वरूपमा मात्रै विशेष ध्यान दिन्छ र उहाँको कार्य र उहाँको वचन अनुसार उहाँको सारलाई पहिचान गर्न सक्दैन। यदि मानिसले ख्रीष्‍टको स्वरूपको निम्ति आफ्नो आँखा बन्द गर्छ वा ख्रीष्‍टको मानवताको बारेमा छलफल गर्नबाट टाढा बस्छ, र उहाँको ईश्‍वरत्व, जसको काम र वचनलाई कुनै पनि मानिसले प्राप्‍त गर्दैन, त्यसको बारेमा मात्रै कुरा गर्छ भने, मानिसका आधा जति धारणाहरू घट्नेछन्, र सबै मानिसका कठिनाइहरू समेत समाधान हुनेछन्।

— वचन देहमा देखा पर्नुहुन्छको “स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको आधारभूत स्वभाव हो” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ११०

जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुभएकोले, उहाँले आफूले चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्‍वर देह बन्नुभएकोले, उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुहुनेछ, र सत्यलाई मानिसकहाँ ल्याउन सक्नुहुनेछ, उसलाई जीवन दिनुहुनेछ, र उसका लागि बाटो देखाउनुहुनेछ। त्यो देह जसमा परमेश्‍वरको सार हुँदैन त्यो निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले प्रकट गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट पुष्टि गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो सत्य बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। अनि त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी पहिचान गर्ने मुख्य कुरा बाहिरी देखा पर्ने घटना भन्दा बरु, उहाँको सारमा लुकेको हुन्छ (उहाँको कार्य, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरू)। यदि मानिसले उहाँको बाहिरी देखा पर्ने घटनालाई मात्र जाँच्छ भने, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अनभिज्ञ छ भन्ने देखाउँछ। बाहिरी देखा पर्ने घटनाले सार निर्धारण गर्न सक्दैन; अझ भन्ने हो भने, परमेश्‍वरको कार्य मानिसका धारणाहरूसँग कहिल्यै पनि मेल खांदैन। के येशूको बाहिरी देखा पर्ने घटना मानिसको धारणाहरूभन्दा विपरीत थिएन र? के उहाँको अनुहार र पोशाक उहाँको वास्तविक पहिचानको संकेत दिन असक्षम थिएनन् र? के सुरु-सुरुका फरिसीहरूले येशूको बाहिरी देखा पर्ने घटनालाई हेरेकाले र उहाँको मुखका वचनहरूलाई हृदयमा स्वीकार नगरेकाले उहाँको विरोध गरेका होइनन् र? म आशा गर्छु, परमेश्‍वरको देखा पर्ने घटनाको खोजी गर्ने प्रत्येक दाजुभाई तथा दिदीबहिनीहरूले इतिहासको त्रासदी दोऱ्याउनेछैन। तँ आधुनिक समयका फरिसी बन्नुहुँदैन र परमेश्‍वरलाई फेरि क्रूसमा टाँग्नुहुँदैन। तैँले परमेश्‍वरको फर्काइलाई कसरी स्वागत गर्नुपर्छ त्यो राम्ररी विचार गर्नुपर्छ, अनि तँमा सत्यको अधीनमा बस्ने व्यक्ति कसरी बन्ने भन्ने विषयमा स्पष्ट विचार हुनुपर्छ। येशू बादलमा सवार भएर फेरि आउनुहुने दिन पर्खने सबैको यो जिम्मेवारी हो। ती कुरालाई स्पष्ट बनाउन हामीले आफ्ना आत्मिक आँखाहरू मल्नुपर्छ, अनि बढाइचढाइ गरिएका काल्पनिक शब्दहरूको दलदलमा फस्नुहुँदैन। हामीले परमेश्‍वरको व्यावहारिक कार्यको बारेमा सोच्नुपर्दछ, र परमेश्‍वरको व्यावहारिक पक्षलाई हेर्नुपर्दछ। तिमीहरू प्रभु येशू बादलमा सवार भएर अचानक तिमीहरूको बीचमा आउनुहुने, र उहाँलाई कहिल्यै नचिनेका र नदेखेका, र उहाँको इच्छा कसरी पूरा गर्नुपर्छ भनी नजान्ने तिमीहरूलाई लैजानुहुने दिनको चाहनामा सधैं अन्तै नजाओ वा आफै दिवा सपनामा बगेर नजाओ। अझ बढी व्यावहारिक विषयहरूमा सोचविचार गर्नु राम्रो हुन्छ!

— वचन देहमा देखा पर्नुहुन्छको प्रस्तावनाबाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १११

परमेश्‍वरले व्यक्तिगत रूपमा आफ्नो काम गर्नुभएको बेला उहाँको पछि लाग्ने केही मानिसहरूलाई मात्र देहधारी बन्नुभएका परमेश्‍वरले आफैलाई प्रकट गर्नुहुन्छ, सबै प्राणीहरूलाई होइन। उहाँ केवल आफ्नो कामको एक चरण पूरा गर्न मात्र देह बन्नुभयो, मानिसलाई आफ्नो स्वरूप देखाउनका निम्ति होइन। यद्यपि उहाँको काम उहाँ आफैले गर्नुपर्दछ, त्यसैले उहाँले देहमा नै त्यो गर्नु आवश्यक छ। जब यो काम समाप्त हुन्छ, उहाँ मानव संसारबाट प्रस्थान गर्नुहुनेछ; उहाँ आउने कामको बाटोमा खडा हुने डरले मानिसजाति बीच लामो समयसम्म बस्न सक्नुहुन्न। उहाँले भीडलाई जे देखाउनुहुन्छ त्यो उहाँको धर्मी स्वभाव र उहाँका सबै कामहरू मात्र हुन्, र उहाँ दुई पटक मानिस बन्नुभएको स्वरूप होइन, किनकि परमेश्‍वरको स्वरूपलाई उहाँको स्वभावद्वारा मात्र देखाउन सकिन्छ, र उहाँको देहधारी मासुले त्यसको स्थान लिन सक्दैन। उहाँको देहको स्वरूप सीमित मानिसहरूलाई मात्र, उहाँले देहमा काम गर्नुहुँदा उहाँको पछि लाग्‍नेहरूलाई मात्र देखाइन्छ। यसैले गर्दा अहिले भइरहेको काम गोप्य रूपमा गरिन्छ। त्यसरी नै, जब येशूले आफ्नो काम गर्नुभयो, तब उहाँले आफूलाई यहूदीकहाँ मात्र देखाउनुभयो, र अरू कुनै पनि जातिको सामु आफैलाई खुल्लमखुल्ला कहिल्यै देखाउनुभएन। यसरी, उहाँले आफ्नो काम सिध्याइसक्नुभएपछि, उहाँ मानिसको संसारबाट तुरुन्तै जानुभयो र त्यहाँ बस्नुभएन; पछिबाट आफैलाई प्रकट गर्ने उहाँ अर्थात् मानिसको स्वरूप हुनुहुन्न थियो, तर पवित्र आत्मा हुनुहुन्थ्यो, जसले प्रत्यक्ष रूपमा काम गर्नुभयो। जब देहधारी परमेश्‍वरको काम पूर्ण रूपमा समाप्त हुन्छ, उहाँ मरणशील संसारबाट जानुहुन्छ, र उहाँले देहमा हुँदा जुन काम गर्नुभयो त्यो काम फेरि कहिल्यै गर्नुहुनेछैन। त्यसपछि, सबै काम पवित्र आत्माले नै प्रत्यक्ष रूपमा गर्नुहुनेछ। यस अवधिमा, मानिसले उहाँको शारीरिक स्वरूपलाई मुस्किलले देख्न सक्छ; उहाँले आफूलाई मानिसकहाँ कुनै पनि हालतमा देखाउनुहुन्‍न, तर सदासर्वदा लागि लुक्नुहुन्छ। देहधारी परमेश्‍वरको कामको समय सीमित छ। यो एक निश्चित युग, अवधि, जाति र विशेष मानिसहरू माझ पूरा गरिन्छ। यो कामले केवल परमेश्‍वरले देहधारण गर्नुभएको अवधिमा गरिएको कार्यलाई मात्रै प्रतिनिधित्व गर्दछ, र यो त्यस युगको लागि विशेष हुन्छ; यसले एक विशेष युगमा परमेश्‍वरका आत्माको कामलाई प्रतिनिधित्व गर्दछ, र उहाँको सम्पूर्ण कार्यलाई होइन। त्यसैले, देह बनेको परमेश्‍वरको स्वरूप सबै मानिसलाई देखाइनेछैन। भीडलाई जे देखाइन्छ त्यो उहाँ दुईचोटि देह बन्नुहुँदाको उहाँको स्वरूप होइन, बरु परमेश्‍वरको धार्मिकता र यसको पूर्णतामा उहाँको स्वभाव हो। मानिसलाई देखाइएको स्वरूप यो एउटै मात्र होइन, न त दुईवटा मिश्रित स्वरूपहरू नै हो। त्यसकारण, परमेश्‍वरको देहधारी शरीरले आफूले गर्नुपर्ने काम पूरा गरेपछि यस पृथ्वीबाट प्रस्थान गर्नु अनिवार्य छ, किनकि उहाँ आफूले गर्नुपर्ने काम गर्न मात्र आउनुहुन्छ, मानिसहरूलाई आफ्नो स्वरूप देखाउनु होइन। देहधारणको महत्त्वलाई परमेश्‍वरले दुई पटक देह बनेर पूरा गरिसक्नुभएको छ, तापनि उहाँलाई अघि कहिल्यै नदेख्ने कुनै पनि जातिको सामु उहाँले आफूलाई प्रकट गर्नुहुनेछैन। येशू फेरि कहिल्यै पनि आफूलाई धार्मिकताको सूर्यको रूपमा यहूदीहरू सामु देखा पर्नुहुनेछैन, न त उहाँ जैतून डाँडामा उक्लेर सबै मानिसहरूको सामु देखा नै पर्नुहुनेछ; यहूदीहरूले येशू यहूदियामा हुनुहुँदाको अवधिमा उहाँको चित्र मात्र देखेका छन्। किनकि येशूले उहाँको देहधारणमा गर्नुभएको काम दुई हजार वर्ष अघि नै समाप्त भयो; उहाँ एक यहूदीको रूपमा यहूदियामा फर्कनुहुनेछैन, उहाँले आफैलाई कुनै पनि अन्यजाति मानिसहरूकहाँ प्रकट गर्नुहुनेछ भन्‍ने कुरा त परै जाओस्, किनकि मानिस बनेको येशूको देह एक यहूदीको रूप मात्र हो, र यूहन्नाले देखेका मानिसको पुत्रको स्वरूप होइन। येशूले आफ्ना चेलाहरूलाई उहाँ फेरि आउनुहुनेछ भनेर प्रतिज्ञा गर्नुभए पनि उहाँले आफैलाई ती सबै अन्यजाति राष्ट्रहरूमा एक यहूदीको रूपमा प्रकट गर्नुहुनेछैन। देहधारी परमेश्‍वरको काम भनेको एउटा युग सुरु गर्नु हो भन्‍ने तिमीहरूले जान्‍नुपर्छ। यो काम केही वर्षहरूमा सीमित हुन्छ, र उहाँले परमेश्‍वरको आत्माका सबै काम पूरा गर्न सक्नुहुन्न। त्यसरी नै, एक यहूदीको रूपमा रहेको येशूको रूपले केवल उहाँले यहूदियामा काम गर्नुहुँदाको परमेश्‍वरको स्वरूपलाई मात्र प्रतिनिधित्व गर्न सक्दछ, र उहाँले क्रूसमा टाँगिने काम मात्र गर्न सक्नुहुन्थ्यो। येशू देहमा हुनुभएको अवधिमा, उहाँले युगलाई अन्त्य गर्ने वा मानव जातिलाई नाश पार्ने काम गर्न सक्नुभएन। त्यसकारण, उहाँ क्रूसमा टाँगिनुभएपछि र आफ्नो कामलाई निष्कर्षमा पुऱ्याउनुभएपछि, उहाँ उच्चमा चढिजानुभयो र सधैँभरिका लागि आफूलाई मानिसबाट लुकाउनुभयो। त्यस बेलादेखि यता, अन्यजाति देशहरूका विश्‍वासयोग्य विश्‍वासीहरू प्रभु येशूको प्रकटीकरण देख्न असमर्थ थिए, तर तिनीहरूले भित्तामा टाँसेका उहाँको तस्विरलाई मात्रै देख्‍न सक्थे। यो चित्र मानिसले बनाएको चित्र मात्रै हो, र त्यो परमेश्‍वर आफैले मानिसलाई देखाउनुभएको चित्र होइन। परमेश्‍वरले आफैलाई उहाँले दुईचोटि देहधारण गर्नुभएको देहमा खुल्लमखुल्ला भीडहरूको सामु प्रकट गर्नुहुनेछैन। उहाँले मानव जातिको बीचमा गर्नुहुने काम भनेको उनीहरूलाई उहाँको स्वभाव बुझ्ने मौका दिनको लागि हो। मानिसलाई यी सबै कुरालाई विभिन्न युगहरूको कामद्वारा देखाइन्छ; यो येशूको प्रकटीकरणद्वारा नभई उहाँले प्रकट गर्नुभएको स्वभाव र उहाँले गर्नुभएका कामद्वारा पूरा हुन्छ। यो भनेको के हो भने, देहधारण भएको स्वरूपद्वारा होइन, तर देहधारी परमेश्‍वरले गर्नुभएको कामद्वारा मानिसको निम्ति परमेश्‍वरको स्वरूप प्रकट गरिन्छ, जोसँग स्वरूप र रूप दुवै छ; र उहाँको कामद्वारा, उहाँको स्वरूप देखाइन्छ र उहाँको स्वभावलाई प्रकट गरिन्छ। उहाँले देहमा गर्न चाहनुभएको कामको महत्त्व यही हो।

जब परमेश्‍वरका दुईवटा देहधारणका काम समाप्त हुन्छ, तब उहाँले अन्यजाति राष्ट्रहरूभरि आफ्नो धार्मिक स्वभाव देखाउन सुरु गर्नुहुनेछ, र भीडलाई उहाँको स्वरूप देख्न दिनुहुनेछ। उहाँले आफ्नो स्वभाव प्रकट गर्नुहुनेछ र यसद्वारा मानिसका विभिन्न वर्गहरूको अन्त्य स्पष्ट पार्नुहुनेछ, त्यसद्वारा पुरानो युगलाई पूर्ण रूपमा अन्त्य ल्याउनुहुनेछ। उहाँले देहमा गर्नुभएको काम धेरै फैलिएन (जसरी येशूले यहूदियामा मात्रै काम गर्नुभयो, र आज म केवल तिमीहरूको बीचमा काम गर्दछु) किनकि देहमा उहाँले गर्नुहुने कामहरूको सिमा र हदहरू छन्। उहाँले एक साधारण र सामान्य मानिसको स्वरूपमा छोटो समयका निम्ति काम गर्दैहुनुहुन्छ; उहाँले अनन्तको काम गर्न वा अन्यजाति राष्ट्रका मानिसहरूको सामु देखा पर्न देहधारी शरीरको प्रयोग गरिरहनुभएको छैन। देहको काम क्षेत्रमा मात्र सीमित हुन सक्छ (जस्तै केवल यहूदियामा वा केवल तिमीहरूका बीचमा मात्रै काम गर्नु), त्यसपछि, यी सीमाहरूभित्र गरिएको कामद्वारा यसको दायरा विस्तार गर्न सकिन्छ। निश्चय नै, विस्तारको काम सीधै उहाँको आत्माद्वारा गरिन्छ, तब यो उप्रान्त उहाँको देहधारणको देहको काम हुनेछैन। किनकि देहको कामका सिमानाहरू हुन्छन् र त्यो ब्रह्माण्डका सबै कुनामा फैलिँदैन—यसले यो पूरा गर्न सक्दैन। देहमा गरिने कामद्वारा, उहाँका आत्माले त्यसपछिको काम गर्नुहुन्छ। त्यसकारण, देहमा गरिएको काम उद्घाटन प्रकृतिको हो, जुन निश्चित सिमानाहरूभित्र गरिन्छ; त्यसपछि, उहाँका आत्माले यो काम अगाडि बढाउनुहुन्छ, र उहाँले एउटा विस्तृत क्षेत्रमा त्यो गर्नुहुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (२)” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ११२

परमेश्‍वर यस पृथ्वीमा जुन काम गर्न आउनुहुन्छ त्यो यस युगलाई डोऱ्याउन, एउटा नयाँ युग सुरु गर्न र पुरानो युगलाई समाप्त गर्नका निम्ति हो। उहाँ पृथ्वीमा कुनै मानिसको जीवनको बिताउन, मानव संसारको जीवनको आनन्द र दुःखहरू आफै अनुभव गर्न, वा आफ्‍नै हातद्वारा कुनै विशेष व्यक्तिलाई सिद्ध बनाउन वा कुनै व्यक्ति बढ्दै गएको व्यक्तिगत रूपमा हेर्न आउनुभएको होइन। यो उहाँको काम होइन; उहाँको काम भनेको नयाँ युगलाई सुरु गर्नु र पुरानोलाई अन्त्य गर्नु मात्रै हो। अर्थात्, उहाँले व्यक्तिगत रूपमा एउटा युगको सुरु गर्नुहुनेछ, व्यक्तिगत रूपमा अर्कोलाई अन्त्य गर्नुहुन्छ, र व्यक्तिगत रूपले आफ्नो काम गरी शैतानलाई पराजित गर्नुहुनेछ। प्रत्येक चोटि जब उहाँले आफ्नो काम व्यक्तिगत रूपमा गर्नुहुन्छ, तब त्यो उहाँले युद्धको मैदानमा खुट्टा टेक्नुभएको जस्तो हुन्छ। सर्वप्रथम, शरीरमा हुँदा उहाँले संसारलाई परास्त गर्नुहुन्छ र शैतानमाथि विजयी बन्नुहुन्छ। उहाँले सम्पूर्ण महिमा लिनुहुन्छ र दुई हजार वर्षको सम्पूर्ण कामको पर्दा उठाउनुहुन्छ, जसले गर्दा पृथ्वीमा सबै मानिसले हिँड्ने सही मार्ग र जिउनका निम्ति शान्ति र आनन्दको जीवन पाउन सक्छन्। तापनि, परमेश्‍वर मानिससँग लामो समयसम्म यस संसारमा बस्न सक्नुहुन्न, किनकि परमेश्‍वर, परमेश्‍वर नै हुनुहुन्छ, र जे भए पनि मानिसजस्तो हुनुहुन्न। उहाँले सामान्य व्यक्तिको जीवनकाल बाँच्न सक्नुहुन्न, अर्थात् उहाँ पृथ्वीमा त्यस्तो व्यक्तिको रूपमा वास गर्न सक्नुहुन्न, जो कुनै साधारण व्यक्तिभन्दा केही पनि होइन, किनकि उहाँसँग आफ्नो मानव जीवन थामेर राख्नका निम्ति एक सामान्य व्यक्तिको सामान्य मानवताको केवल थोरै मात्र अंस छ। अर्को शब्दमा भन्नुपर्दा, परमेश्‍वरले कसरी पृथ्वीमा एउटा परिवार सुरु गर्न, व्यवसाय बनाउन र छोराछोरीहरूलाई हुर्काउन सक्नुहुन्छ? के त्यो उहाँको बदनाम हुनेछैन र? सामान्य रूपले काम गर्न दिने उद्देश्यले मात्र उहाँलाई सामान्य मानवता प्रदान गरिएको हो, एक सामान्य मानिसले जस्तो परिवार र व्यवसाय बनाउन दिनको लागि होइन। उहाँको सामान्य ज्ञान, सामान्य दिमाग र सामान्य भोजन र उहाँको शरीरको लुगा नै उहाँसँग सामान्य मानवता छ भन्ने कुराको पर्याप्त प्रमाण हो; उहाँसँग सामान्य मानवता छ भनी प्रमाणित गर्न उहाँको परिवार वा व्यवसाय हुनु आवश्यकता थिएन। यो पूर्ण रूपमा अनावश्यक हुनेथियो! परमेश्‍वर पृथ्वीमा आउनु भनेको वचन देहधारी हुनु हो; उहाँले मानिसलाई उहाँको वचन बुझ्‍न र उहाँको वचन हेर्न दिइरहनुभएको छ, अर्थात् देहले गरेको काम मानिसलाई हेर्न दिनुहुन्छ। मानिसहरूले उहाँको देहलाई कुनै खास तरिकाले व्यवहार गरून् भन्ने होइन, तर मानिसले आखिरीसम्म आज्ञापालन गरोस्, अर्थात् उहाँको मुखबाट निस्केका सबै वचन पालन गरोस्, र उहाँले गर्नुहुने सबै काममा समर्पित होस् भन्ने उहाँको उद्देश्य थियो। उहाँले केवल शरीरमा काम गरिरहनुभएको छ; उहाँले जानाजानी मानिसलाई उहाँको देहको महानता र पवित्रतालाई उचाल्‍न भनिरहनुभएको छैन, बरु उहाँले आफ्नो कामको ज्ञान र उहाँले पाउनुभएको सम्पूर्ण अधिकारको प्रदर्शन गर्दैहुनुहुन्छ। त्यसकारण, उहाँसित उत्कृष्ट मानवता भए पनि उहाँले कुनै घोषणा गर्नुहुन्न, र उहाँले गर्नुपर्ने काममा मात्र ध्यान केन्द्रित गर्नुहुन्छ। परमेश्‍वर देहधारी हुनुभयो र पनि उहाँले आफ्नो सामान्य मानवताको किन प्रचार गर्नुहुन्न वा गवाही दिनुहुन्न, तर केवल आफूले गर्न चाहनुभएको काम गर्नुहुन्छ त्यो तिमीहरूलाई थाहा हुनुपर्दछ। त्यसकारण, तिमीहरूले देहधारी परमेश्‍वरबाट देख्न सक्ने भनेको उहाँ ईश्‍वरीय रूपमा जो हुनुहुन्छ त्यही मात्र हो; यसको कारण के हो भने मानिसले अनुकरण गर्नको लागि उहाँले उहाँ मानिसको रूपमा को हुनुहुन्छ त्यो कहिल्यै पनि घोषणा गर्नुहुन्न। जब मानिसले मानिसहरूलाई डोऱ्याउँछ तब मात्र उसले अरूबाट प्रशंसा र अधीनता प्राप्त गरेर अरूको नेतृत्व प्राप्त गर्नको लागि मानिसको रूपमा ऊ को हो भनी बताउँछ। यसको विपरीत, परमेश्‍वरले उहाँको कामद्वारा मात्रै मानिसलाई जित्नुहुन्छ (अर्थात् मानिसले प्राप्त गर्न नसक्ने काम); उहाँलाई कुनै मानिसले प्रशंसा गर्नु वा मानिसलाई उहाँको श्रद्धा गर्ने बनाउने बारेमा कुनै प्रश्न नै छैन। उहाँले मानिसभित्र उहाँप्रति श्रद्धाको भाव वा उहाँको अथाहपनको भाव मात्रै हालिदिनुहुन्छ। परमेश्‍वरले मानिसलाई प्रभावित पारिरहनुको कुनै आवश्यकता छैन; तैँले उहाँको स्वभाव देखेपछि उहाँलाई आदर मात्र गर्नुपर्छ। परमेश्‍वरले गर्नुहुने काम उहाँकै हो; मानिसले उहाँको सट्टामा यो गर्न, न त मानिसले यसलाई प्राप्त नै गर्नसक्छ। परमेश्‍वरले मात्रै आफ्‍नो काम आफै गरेर मानिसलाई नयाँ जीवनमा ल्याउनका निम्ति नयाँ युग ल्याउनुहुन्छ। उहाँले गर्नुहुने काम भनेको मानिसलाई नयाँ जीवन आफ्नो बनाउन सक्ने तुल्याउनु र नयाँ युगमा प्रवेश गराउनका निम्ति हो। बाँकी काम सामान्य मानवता भएका ती व्यक्तिहरूलाई सुम्पिएको छ, जसलाई अरूले इज्‍जत गर्छन्। त्यसकारण, अनुग्रहको युगमा, उहाँले दुई हजार वर्षको काम आफ्नो तेत्तीस वर्षको शरीरबाट मात्र साढे तीन वर्षमा पूरा गर्नुभयो। जब परमेश्‍वर पृथ्वीमा आफ्नो काम पूरा गर्न आउनुहुन्छ, उहाँले जहिले पनि केही वर्षको छोटो अवधिभित्र दुई हजार वर्षको वा एउटा सम्पूर्ण युगको काम पूरा गर्नुहुन्छ। उहाँले ढिलो गर्नुहुन्न, र उहाँ रोकिनुहुन्न; धेरै वर्षको काम केही वर्षभित्रै पूरा होस् भनेर उहाँले केवल त्यसलाई छोट्याउनुहुन्छ। यसको कारण के हो भने, उहाँले व्यक्तिगत रूपमा जुन काम गर्नुहुन्छ त्यो पूर्ण रूपमा नयाँ बाटो खोल्न र नयाँ युगतिर डोऱ्याउनका निम्ति हुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (२)” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ११३

जब परमेश्‍वरले आफ्नो काम गर्नुहुन्छ, उहाँ कुनै निर्माण कार्यमा वा अभियानमा संलग्न हुनका लागि आउनुहुन्न, तर आफ्नो सेवकाइ पूरा गर्न आउनुहुन्छ। प्रत्येक पटक उहाँ देह बन्नुहुँदा केवल एक चरणको काम पूरा गर्न र नयाँ युग सुरु गर्नका निम्ति हो। अब परमेश्‍वरको राज्यको युग पनि आइपुगेको छ, त्यसरी नै राज्यको लागि तालिम पनि आइपुगेको छ। कामको यो चरण मानिसले गर्ने काम होइन, र यो मानिसले कुनै हदसम्म गर्नुपर्ने काम होइन, तर केवल परमेश्‍वरको कामको एक अंश पूरा गर्नका लागि हो। उहाँले गर्ने काम मानिसको काम होइन, यो काम गर्ने मानिसले पृथ्वी छोड्नु अघि केही निश्चित परिणाम प्राप्त गर्नु होइन; यो उहाँको सेवकाइ पूरा गर्नु र उहाँले गर्नुपर्ने काम समाप्त गर्नु हो, जुन यस पृथ्वीमा उहाँको कामका लागि उचित प्रबन्धहरू गर्नु र त्यसद्वारा महिमित हुनु हो। देहधारी परमेश्‍वरले गर्नुहुने काम पवित्र आत्माद्वारा प्रयोग भएका मानिसहरूले गर्ने कामभन्दा भिन्न हुन्छ। जब परमेश्‍वर पृथ्वीमा आफ्नो काम गर्न आउनुहुन्छ, उहाँले केवल आफ्नो सेवकाइको पूरा गर्नुमा ध्यान दिनुहुन्छ। उहाँको सेवकाइसँग सम्बन्धित नभएका अरू सबै मामलाहरूमा, उहाँले प्रायः भाग लिनुहुन्न, यहाँसम्म कि उहाँले आँखा पनि बन्द गर्नुहुन्छ। आफूले गर्नुपर्ने काम मात्र उहाँले गर्नुहुन्छ, र मानिसले गर्नुपर्ने काममा उहाँले थोरै मात्र चासो राख्नुहुन्छ। उहाँले गर्नुहुने काम पूर्ण रूपमा उहाँ हुनुभएको युग र उहाँले पूरा गर्नुपर्ने सेवकाइसँग सम्बन्धित हुन्छ, मानौं अरू सबै विषयहरू उहाँको कार्यक्षेत्र बाहिर छन्। मानव जातिको बीचमा जिउनका लागि उहाँले आफूलाई आधारभूत ज्ञानले सुसज्जित पार्नुहुन्न, न त उहाँले धेरै सामाजिक सीपहरू सिक्नुहुन्छ, न आफूलाई मानिसले बुझ्ने अरू कुनै कुराद्वारा सुसज्जित पार्नुहुन्छ। मानिसमा हुनुपर्ने कुराहरूले उहाँलाई चिन्तित बनाउँदैन, र उहाँले केवल आफ्नो काम गर्नुहुन्छ जुन उहाँको कर्तव्य हो। यसरी मानिसले हेर्दा, देहधारी परमेश्‍वरलाई धेरै कुरामा कमी देख्छ कि उहाँले मानिसमा हुनुपर्ने धेरै कुराहरूमा समेत ध्यान दिनुहुन्‍न, उहाँलाई यस्ता विषयहरूको केही पनि ज्ञान छैन। जीवनको बारेमा सामान्य ज्ञान जस्ता कुराहरू, साथै व्यक्तिगत आचरण र अरूसँग गरिने बातचितको उहाँसँग कुनै सम्बन्ध नभएको जस्तो देखिन्छ। तर तैँले देहधारी परमेश्‍वरबाट असामान्यताको सानोभन्दा सानो सङ्केत पनि पाउन सक्दैनस्। भन्नुको अर्थ, उहाँको मानवताले केवल एक सामान्य व्यक्तिको रूपमा उहाँको जीवनलाई, उहाँको दिमागको सामान्य तर्कलाई थामेर राख्छ, उहाँलाई सही र गलत छुट्याउने क्षमता प्रदान गर्दछ। तापनि, उहाँ अरू कुनै कुराले सुसज्जित हुनुहुन्न, ती सबै थोकहरू केवल मानिसमा (सृष्टि गरिएका प्राणीहरूमा) मात्र हुनुपर्छ। परमेश्‍वर केवल उहाँको आफ्नै सेवकाइ पूरा गर्न मात्र शरीर बन्नुहुन्छ। उहाँको काम एउटा सम्पूर्ण युगतिर निर्देशित हुन्छ, कुनै एक व्यक्ति वा स्थानमा होइन, तर सम्पूर्ण ब्रह्माण्डमा। उहाँको कामको दिशा र उहाँले काम गर्ने सिद्धान्त यही नै हो। यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन, र मानिसको निम्ति यसमा संलग्न हुने कुनै उपाय छैन। प्रत्येक पटक जब परमेश्‍वर देह बन्नुहुन्छ, उहाँले आफ्नो साथमा त्यस युगको काम ल्याउनुहुन्छ, र मानिसले अझ राम्ररी उहाँलाई बुझून् र प्राप्त गरून् भनी उहाँ मानिससँग बीस, तीस, चालीस, वा सत्तरी वा असी वर्षसम्म जिइरहने उहाँको कुनै उद्देश्य हुँदैन। त्यसको कुनै आवश्यकता छैन! त्यसो गर्दा कुनै पनि प्रकारले परमेश्‍वरको भित्री स्वभावसम्बन्धी मानिसको ज्ञानलाई गहिरो बनाउँदैन; यसको साटो, त्यसले केवल उसका धारणाहरू मात्र बढाउँछ र उसका धारणा र विचारहरूलाई जीवाश्म बनाउँछ। यसैले तिमीहरू सबैले देहधारी परमेश्‍वरको काम के हो भनेर ठ्याक्कै बुझ्नु आवश्यक छ। मैले बोलेका वचनहरू तिमीहरूले पक्कै पनि बुझ्न सक्छौ: “म सामान्य मानव जीवनको अनुभव गर्न आएको थिइनँ?” के तिमीहरूले यी वचनहरू भुलेका छौ: “परमेश्‍वर पृथ्वीमा एक सामान्य मानिसको जीवन जिउन आउनुभएको होइन?” तिमीहरू परमेश्‍वर देह बन्नुको उद्देश्य बुझ्दैनौ, न त तिमीहरू “सृष्टि गरिएको प्राणीको जीवनको अनुभव गर्ने मनसायले पृथ्वीमा कसरी परमेश्‍वर आउन सक्नुहुन्छ?” भन्ने कुराको अर्थ जान्दछौ। परमेश्‍वर केवल आफ्नो काम पूरा गर्न पृथ्वीमा आउनुहुन्छ, र यसैले पृथ्वीमा उहाँको काम अल्पकालीन हुन्छ। उहाँ पवित्र आत्मालाई उहाँको आफ्नो मासुको शरीरलाई चर्चको नेतृत्व गर्ने महामानव बनाउन लगाउने उद्देश्यले पनि आउनुहुन्न। जब परमेश्‍वर पृथ्वीमा आउनुहुन्छ, यो वचन देहधारी बन्नु नै हो; तापनि, मानिसले उहाँको कामबारे जान्दैन र जबरजस्ती उहाँलाई विभिन्न उपाधिहरू दिन्छ। तर तिमीहरू सबैले बुझ्नुपर्छ, कि परमेश्‍वर “वचन देहधारी बन्नुहुन्छ,” केही क्षणसम्म परमेश्‍वरको भूमिका खेल्न परमेश्‍वरका आत्माले तयार गर्नुभएको मासुको शरीर होइन। परमेश्‍वर आफै पनि हेरचाहको उपज हुनुहुन्‍न, तर वचन देहधारी हुनुभएको हो, र आज उहाँले आधिकारिक रूपमा तिमीहरू सबैको माझ आफ्नो काम गर्नुहुन्छ। तिमीहरू सबैलाई थाहा छ, र स्वीकार गर्छौ, कि परमेश्‍वरले देहधारण हुनुभएको कुरा वास्तविक सत्यता हो, तापनि, तिमीहरू यसलाई बुझेको जस्तो व्यवहार गर्छौ। देहधारी परमेश्‍वरको कामदेखि उहाँको देहधारणको महत्त्व र तत्त्वसम्म तिमीहरू थोरै पनि बुझ्न सक्दैनौ र स्मरणबाट सजिलै भन्‍न सकिने वचनहरूद्वारा अरूलाई पछ्याउँछौं। के देहधारी परमेश्‍वर तैँले कल्पना गरेको जस्तो हुनुहुन्छ भनी तँ विश्‍वास गर्छस्?

— वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (३)” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ११४

परमेश्‍वर केवल युगलाई डोऱ्याउन र नयाँ कामलाई गति दिनका निम्ति मात्रै देह बन्नुहुन्छ। तिमीहरूले यो कुरा बुझ्नु आवश्यक छ। यो मानिसको प्रकार्यभन्दा धेरै फरक छ, र दुवैलाई उही रूपमा उल्‍लेख गर्न सकिँदैन। मानिसलाई काम गर्न प्रयोग गर्नुभन्दा पहिले उसलाई लामो समयसम्म विकास गर्नु र सिद्ध बनाउनु आवश्यक हुन्छ, र जुन प्रकारको मानवता चाहिएको हुन्छ त्यो विशेष प्रकारले उच्च स्तरको हुन्छ। मानिसले सामान्य मानवताको ज्ञानलाई कायम राख्न सक्ने मात्र होइन, तर उसले अरूसँग सम्बन्धित आफ्नो आचरणलाई नियन्त्रण गर्ने धेरै सिद्धान्तहरू र नियमहरूलाई बुझ्‍न, र यसबाहेक ऊ बुद्धि र नैतिक ज्ञानको बारेमा अझ बढी अध्ययन गर्न प्रतिबद्ध हुन सक्‍नुपर्छ। मानिस यस्तै कुराले सुसज्जित हुनुपर्छ। तापनि, देह बन्नुहुने परमेश्‍वरको हकमा त्यस्तो हुँदैन, किनकि उहाँको कामले न त मानिसको न मानिसको कामको प्रतिनिधित्व गर्छ, बरु, उहाँको अस्तित्वको प्रत्यक्ष अभिव्यक्ति र उहाँले गर्नुपर्ने कामको प्रत्यक्ष कार्यान्वयनको प्रतिनिधित्व गर्दछ। (स्वाभाविक रूपमा, उहाँको काम उपयुक्त समयमा सम्पन्न हुन्छ, संयोगले वा निरुद्देश्यमा होइन, र यो उहाँको सेवकाइ पूरा गर्ने समय भएको बेलामा सुरु भएको छ)। उहाँ मानिसको जीवनमा वा मानिसको काममा सहभागी हुनुहुन्न, अर्थात् उहाँको मानवता यीमध्ये कुनै पनि कुराद्वारा सुसज्जित छैन (यद्यपि यसले उहाँको कामलाई असर गर्दैन)। उहाँ तब मात्र आफ्नो सेवकाइ पूरा गर्नुहुन्छ जब उहाँले यसो गर्ने समय आउँछ; उहाँको दर्जा जे-सुकै भए पनि, उहाँ आफूले गर्नुपर्ने काममा लगातार अगि बढ्नुहुन्छ। मानिसले उहाँको विषयमा जे जान्दछ, उहाँको विषयमा मानिसको विचार जे-जस्तो भए पनि उहाँको काम पूर्ण रूपमा अप्रभावित हुन्छ। उदाहरणका लागि, जब येशूले आफ्नो काम पूरा गर्नुभयो, उहाँ को हुनुहुन्छ भनेर ठ्याक्कै कसैलाई पनि थाहा थिएन, तर उहाँ केवल आफ्नो काममा अगि बढ्नुभयो। यी कुनै पनि कुराले उहाँले गर्नुपर्ने काम गर्न उहाँलाई कुनै बाधा पुऱ्याएन। त्यसकारण, उहाँले सुरुमा आफ्नो पहिचान स्वीकार गर्ने र घोषणा गर्ने गर्नुभएन, र मानिस उहाँको पछि लागेका मात्र थिए। स्वाभाविक रूपमा, यो परमेश्‍वरको नम्रता मात्र थिएन, तर परमेश्‍वरले देहमा काम गर्नुहुने तरिका पनि थियो। उहाँले यसरी मात्र काम गर्न सक्नुहुन्थ्यो, किनकि नाङ्गो आँखाले उहाँलाई चिन्ने मानिसको कुनै उपाय थिएन। अनि यदि मानिसले उहाँलाई चिनेको भए पनि उसले उहाँको काममा कुनै सहयोग गर्न सक्दैनथ्यो। यसबाहेक, मानिसले उहाँको देहलाई चिनोस् भनेर उहाँ देह बन्नुभएको थिएन; यो उहाँले आफ्‍नो काम गर्न र आफ्नो सेवकाइ पूरा गर्नको लागि थियो। यसकारण, उहाँले आफ्नो पहिचान सार्वजनिक गर्नुलाई कुनै महत्त्व दिनुभएन। जब उहाँले गर्नुपर्ने सबै कामहरू पूरा गर्नुभयो तब उहाँको सम्पूर्ण पहिचान र दर्जा स्वाभाविक रूपमा मानिसको अगि स्पष्ट भयो। देहधारी परमेश्‍वर चुपचाप रहनुहुन्छ र कहिल्यै पनि कुनै घोषणाहरू गर्नुहुन्न। उहाँले न त मानिसलाई न मानिसले कसरी उहाँलाई पछ्याउँदैछ भनेर ध्यान दिनुहुन्छ, तर केवल आफ्नो सेवकाइ पूरा गर्न र उहाँले गर्नुपर्ने काम पूरा गर्न अगि बढ्नुहुन्छ। उहाँको कामको बाटोमा कोही पनि खडा हुन सक्दैन। जब उहाँको काम समाप्त गर्ने समय आउँदछ, यो निश्चय नै निष्कर्षमा पुग्नेछ र समाप्त हुनेछ, र कसैले पनि अन्यथा निर्देशित गर्न सक्दैन। उहाँले मानिसमा आफ्नो काम पूरा गरेर जानुभएपछि मात्र मानिसले उहाँले गर्नुहुने कामलाई बुझ्‍नेछ, तापनि अझै पूर्ण रूपमा स्पष्ट होइन। उहाँले पहिलो आफ्‍नो काम कुन उद्देश्यले गर्नुभएको थियो भनी बुझ्न मानिसलाई धेरै लामो समय लाग्नेछ। अर्को शब्दमा भन्नुपर्दा, देहधारी परमेश्‍वरको युगको काम दुई भागमा बाँडिएको छ। एउटा भागमा देहधारी परमेश्‍वर आफैले गर्नुहुने काम र परमेश्‍वरको देहधारी शरीर आफैले बोल्नुहुने वचनहरू छन्। उहाँको शरीरको सेवकाइ पूर्णरूपमा पूरा भएपछि, त्यो कामको अर्को भाग ती मानिसहरूद्वारा गरिनुपर्छ जो पवित्र आत्माद्वारा चलाइन्छन्। मानिसले आफ्नो काम पूरा गर्ने समय यही हो, किनकि परमेश्‍वरले अघिबाटै बाटो खोलिदिइसक्नुभएको हुन्छ, र त्यसमा मानिस आफै हिँड्नुपर्छ। भन्नुको अर्थ, देहधारी बन्नुभएका परमेश्‍वरले कामको एक भाग पूरा गर्नुहुन्छ, र त्यसपछि पवित्र आत्मा र पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसहरूले बाँकी काम गर्नुपर्छ। त्यसकारण, देहधारी हुनुभएका परमेश्‍वरले यस चरणमा गर्नुहुने मुख्य काम के हो र देह बन्नुभएका परमेश्‍वरको महत्त्व के हो र उहाँले गर्नुपर्ने काम के हो त्यसलाई मानिसले ठीकसँग बुझ्नुपर्छ, र उसले मानिससँग माग गरेजस्तो परमेश्‍वरसित माग गर्नुहुँदैन। यसैमा मानिसको गल्ती, उसको धारणा र त्योभन्दा बढी उसको अनाज्ञाकारिता लुकेको हुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (३)” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ११५

परमेश्‍वर मानिसलाई उहाँको देहबारे जान्न दिने, वा देहधारी परमेश्‍वरको शरीर र मानिसको शरीर बीचका भिन्नताहरू छुट्ट्याउन दिने उद्देश्यले देहधारी बन्नुभएको होइन; न त परमेश्‍वर मानिसको समझशक्तिलाई तालिम दिनका लागि नै देह बन्नुभएको हो, र मानिसलाई परमेश्‍वरको देहधारी शरीरको पूजा गर्ने अनुमति दिने र त्यसरी ठूलो महिमा प्राप्त गर्ने उद्देश्यले त झन् यो हुँदै-होइन। यी कुनै पनि कुरा परमेश्‍वर देह बन्नुको मूल अभिप्राय होइन। न त मानिसलाई दोषी ठहराउनका लागि, न त जानाजानी मानिसलाई प्रकट गर्न, न त उसका निम्ति स्थितिहरू गाह्रो बनाउन परमेश्‍वर देह बन्नुभएको हो। यीमध्ये कुनै पनि कुराहरू परमेश्‍वरको मूल अभिप्राय होइन। हरेक पल्ट जब परमेश्‍वर देह बन्नुहुन्छ, त्यो अपरिहार्य कुरा हुन्छ। उहाँले जसरी काम गर्नुहुन्छ त्यो उहाँको महान् काम र उहाँको ठूलो व्यवस्थापनको खातिर गर्नुहुन्छ, मानिसले कल्पना गरेको जस्तो प्रकारले काम गर्नको लागि होइन। परमेश्‍वर उहाँको कामको आवश्यकताअनुसार मात्र पृथ्वीमा आउनुहुन्छ, र आवश्यक पर्दा मात्र आउनुहुन्छ। उहाँ केवल यता-उता हेर्नका निम्ति मात्र पृथ्वीमा आउनुहुन्न, तर उहाँले गर्नुपर्ने काम पूरा गर्न आउनुहुन्छ। उहाँले आफ्नो काम पूरा गर्न किन यस्तो गह्रौं बोझ लिनुहुन्छ र यस्तो ठूलो जोखिम उठाउनुहुन्छ? जब आवश्यक पर्छ तब परमेश्‍वर देह बन्नुहुन्छ, र सधैँ द्वित्तिय महत्त्वसहित देह बन्नुहुन्छ। यदि मानिसहरूलाई उहाँतिर हेर्न लगाउनु र तिनीहरूका क्षितिजलाई फराकिलो बनाउनका लागि मात्र हो भने, निश्‍चित रूपमा उहाँ कहिल्यै पनि त्यति सजिलै मानिसहरूको बीचमा आउनुहुने थिएन। उहाँ आफ्नो व्यवस्थापन र उहाँको महान् कामको खातिर, र अझै बढी मानवजाति प्राप्त गर्न सकूँ भनेर पृथ्वीमा आउनुहुन्छ। उहाँ युगको प्रतिनिधित्व गर्न आउनुहुन्छ, उहाँ शैतानलाई हराउन आउनुहुन्छ, र शैतानलाई हराउनका लागि उहाँले आफैमा शरीर धारण गर्नुहुन्छ। अझ बढी, उहाँ सम्पूर्ण मानवजातिलाई तिनीहरूको जीवन जिउन अगुवाइ गर्नका निम्ति आउनुहुन्छ। यी सबै उहाँको व्यवस्थापनसित सम्बन्धित छन्, र यो सम्पूर्ण ब्रह्माण्डको कामसँग सम्बन्धित छ। यदि मानिसलाई उहाँको देह चिन्ने तुल्याउन र मानिसहरूका आँखा खोलिदिनका निम्ति मात्र परमेश्‍वर मानिस बन्नुभयो भने उहाँले किन सबै देशको यात्रा गर्नुभएन? के यो अत्यन्तै सजिलो कुरा हुनेछैन र? तर उहाँले त्यसो गर्नुभएन, बरु उहाँले बस्‍नलाई उपयुक्त स्थान चुनेर आफूले गर्नुपर्ने काम सुरु गर्नुहुन्छ। यो देह मात्रै पनि धेरै महत्त्वपूर्ण छ। उहाँले सम्पूर्ण युगको प्रतिनिधित्व गर्नुहुन्छ, साथै सम्पूर्ण युगको काम पनि गर्नुहुन्छ; उहाँले अघिल्लो युगको अन्त्य गर्ने र नयाँ युग सुरु गर्ने, दुवै काम गर्नुहुन्छ। यी सबै महत्त्वपूर्ण कुरा हुन्, जुन परमेश्‍वरको व्यवस्थापनसँग सम्बन्धित छ, र यो सबै एक चरणको कामको महत्त्व हो, जुन काम गर्न परमेश्‍वर पृथ्वीमा आउनुहुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (३)” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ११६

परमेश्‍वरले मानिसलाई मुक्ति दिने काम सोझै आत्माको विधि र आत्माको पहिचानको माध्यमबाट गरिँदैन, किनकि उहाँका आत्मालाई मानिसले न त छुन सक्छ न त देख्न नै सक्छ, न त मानिस नजिक जान नै सक्दछ। यदि उहाँले मानिसलाई सीधा आत्माको दृष्टिकोण प्रयोग गरी मुक्ति दिन खोज्नुभयो भने, मानिस उहाँको मुक्ति प्राप्त गर्न असमर्थ बन्‍नेथियो। यदि परमेश्‍वरले सृष्टि गरिएको मानिसको बाहिरी रूप धारण गर्नुभएको थिएन भने, मानिसले यो मुक्ति पाउने कुनै उपाय हुनेथिएन। किनकि जसरी यहोवाको बादलको नजिक कोही पनि जान सकेन त्यसरी नै मानिस उहाँको नजिक आउने कुनै उपाय छैन। केवल एक सृष्टि गरिएको एक प्राणी बनेर अर्थात् उहाँको वचनलाई उहाँ बन्न लाग्नुभएको मासुको शरीरमा राखेर मात्र उहाँले आफ्नो पछि लाग्नेहरूमा व्यक्तिगत तवरले वचनअनुसार काम गर्न सक्नुहुन्छ। तब मात्र मानिसले व्यक्तिगत रूपमा उहाँको वचनलाई देख्न र सुन्न सक्दछ, र यसरी मात्र उसले पूर्ण रूपमा मुक्ति पाउन सक्छ। यदि परमेश्‍वर मानिस बन्नुभएको थिएन भने, मासु र रगत हुने कसैले पनि त्यस्तो ठूलो उद्धार प्राप्त गर्न सक्नेथिएन, न त एकै जना व्यक्तिले समेत मुक्ति पाउनेथियो। यदि परमेश्‍वरका आत्माले मानवजातिको माझ प्रत्यक्ष रूपमा काम गर्नुभएको भए, सम्पूर्ण मानवजाति नै नष्ट हुनेथियो, अन्यथा, परमेश्‍वरको सम्पर्कमा आउनै नसक्‍ने गरी तिनीहरू पूर्ण रूपले शैतानको कैदमा पर्नेथिए। पहिलो देहधारण मानिसलाई पापबाट छुटकारा दिनका लागि, मानिसलाई येशूको मासुको शरीरको माध्यमबाट छुटकारा दिनु थियो, अर्थात्, उहाँले मानिसलाई क्रूसबाट बचाउनुभयो, तर मानिसभित्र भ्रष्ट शैतानिक स्वभाव अझै रहिरह्यो। दोस्रो देहधारण पापको बलिदानको रूपमा सेवा गर्नु होइन, तर पापबाट छुटकारा पाएकाहरूलाई पूर्ण रूपमा बचाउनका लागि हो। यो यसकारण गरिएको हो, कि क्षमा गरिएकाहरूले तिनीहरूको पापबाट छुटकारा पाऊन् र पूर्ण रूपमा शुद्ध पारिऊन्, र स्वभावमा परिवर्तन प्राप्त गरेर शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकून् र परमेश्‍वरको सिंहासनको अगाडि फर्कन सकून्। यस तरिकाले मात्र मानिस पूर्ण रूपमा पवित्र हुन सक्छ। व्यवस्थाको युग समाप्त भएर अनुग्रहको युगबाट परमेश्‍वरले मुक्तिको कामको सुरु गर्नुभयो, जुन आखिरी दिनहरूसम्म जारी रहन्छ, जब मानवजातिलाई उनीहरूको विद्रोहका लागि न्याय गर्ने र सजाय दिने क्रममा, उहाँले मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नुहुनेछ। त्यसबेला मात्र परमेश्‍वरले आफ्नो मुक्तिको कामलाई समाप्त गर्नुहुनेछ र विश्राममा प्रवेश गर्नुहुनेछ। त्यसकारण, कामका तीन चरणमा, परमेश्‍वर आफैले मानिसहरूको बीचमा काम गर्नका निम्ति केवल दुई पटक मात्र देहधारी बन्नुभयो। किनभने कामका तीन चरणमध्ये एउटा मानिसलाई उनीहरूको जीवनमा डोऱ्याउनु थियो, अनि अन्य दुईवटा मुक्तिको काम गर्नका निम्ति हो। केवल मानिस बनेर मात्र परमेश्‍वर मानिससँग बस्न, संसारको दु:ख अनुभव गर्न, र मानिसको सामान्य मासुको शरीरमा जिउन सक्नुहुन्छ। केवल यस तरिकाले मात्र उहाँले मानिसलाई सृष्टि गरिएका प्राणीहरूको रूपमा चाहिने कुराहरू व्यावहारिक तरिकाले प्रदान गर्न सक्नुहुन्छ। परमेश्‍वरको देहधारणद्वारा मानिसले परमेश्‍वरबाट पूर्ण मुक्ति पाउँछ, उसको प्रार्थनाको जबाफ स्वरूप सीधै स्वर्गबाट होइन। किनकि मानिस देह भएकोले ऊसँग परमेश्‍वरका आत्मालाई कुनै पनि तरिकाले देख्‍न सक्दैन, उहाँको आत्माको नजिक जाने कुरा त परै जाओस्। मानिस केवल परमेश्‍वरले देहधारण गर्नुभएको शरीरसित सम्पर्कमा आउन सक्छ, र केवल यस तरिकाले मात्र मानिसले सबै मार्गहरू र सबै सत्यताहरू बुझ्न सक्दछ, र पूर्ण मुक्ति प्राप्त गर्दछ। दोस्रो देहधारण मानिसका पापहरू मेटाउन र उसलाई पूर्ण रूपमा शुद्ध गर्न पर्याप्त हुनेछ। यसैले, दोस्रो देहधारणद्वारा परमेश्‍वरको सम्पूर्ण कामलाई समाप्त गरिनेछ र परमेश्‍वरको देहधारणको महत्त्व पूरा हुनेछ। त्यसपछि, शरीरमा गरिने परमेश्‍वरको काम पूर्ण रूपमा अन्त्य हुनेछ। दोस्रो देहधारणपछि, उहाँ आफ्नो कामको लागि तेस्रो पटक शरीर बन्नुहुनेछैन। किनकि उहाँको सम्पूर्ण व्यवस्थापन अन्त्य भएको हुनेछ। आखिरी दिनहरूका देहधारणले उहाँका चुनिएका मानिसहरूलाई पूर्ण रूपमा प्राप्त गर्नुभएको हुनेछ, र आखिरी दिनहरूमा मानवजाति सबैलाई उनीहरूका प्रकारअनुसार वर्गीकरण गरिएको हुनेछ। उहाँले फेरि मुक्तिको काम गर्नुहुनेछैन, न त उहाँ कुनै काम गर्न देहमा फर्केर नै आउनुहुनेछ।

— वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ११७

मानिसले अहिले के हासिल गरेको छ—उसको वर्तमान कद, ज्ञान, प्रेम, बफादारीता, आज्ञाकारीता र अन्तर्दृष्टि—वचनको न्यायको माध्यमबाट प्राप्त भएका कुराहरू यिनै हुन्। तँ आजको दिनसम्‍म बफादार हुन र खडा रहन सकेको छस्, त्यो वचनको माध्यमद्वारा नै हो। अहिले मानिसले देहधारी परमेश्‍वरको काम वास्तवमै असाधारण छ, र यसमा मानिसले प्राप्त गर्न नसक्‍ने, र रहस्य र अचम्‍मका कुराहरू धेरै कुराहरू छन् भन्‍ने देख्‍न सक्छ। त्यसैकारण धेरै जना अधीनमा बसेका छन्। कोही-कोही तिनीहरूका जन्मदेखि नै कहिल्यै कसैको अधीनमा बसेका छैनन्, तापनि तिनीहरूले आजको दिनमा परमेश्‍वरका वचनहरू देख्दा तिनीहरूले थाहै नपाई तिनीहरू अधीनमा बसेका हुन्छन्, अनि तिनीहरू जाँच्ने वा अरू कुनै कुरा गर्ने आँट गर्दैनन्। मानवता वचनको अधीनमा परेको छ र वचनको न्यायको मुनि लम्पसार परेको छ। यदि परमेश्‍वरका आत्माले मानिससँग सीधै बोल्नुहुन्थ्यो भने मानवजाति सबै त्यो आवाजको अधीनमा बस्‍नेथिए, अनि जसरी पावल दमस्कसको बाटोको ज्योतिले गर्दा भुइँमा लडेका थिए त्यसरी नै तिनीहरू प्रकाशको वचनविना नै लड्नेथिए। यदि परमेश्‍वरले यस प्रकारले काम गरिरहनुभएको भए, मानिसले कहिल्यै पनि वचनको न्यायद्वारा आफ्नो भ्रष्टतालाई जान्न र त्यसबाट मुक्ति प्राप्त गर्न सक्दैनथियो। केवल मानिस बनेर मात्र परमेश्‍वरले प्रत्येक र सबै मानवजातिको कानमा उहाँका वचनहरू पुर्‍याउन सक्नुहुन्छ, यसरी जसको कान छ ती सबैले उहाँको वचन सुन्न र वचनद्वारा न्यायको कामलाई स्वीकार गर्न सक्छन्। यो आत्मा प्रकट भएर मानिसलाई अधीनमा बस्न डर देखाएर होइन, बरु उहाँको वचनद्वारा प्राप्त गरिने परिणाम हो। यस्तो व्यावहारिक र अझ असाधारण कार्यको माध्यमबाट मात्रै धेरै वर्षदेखि भित्र लुकेको मानिसको पुरानो स्वभावलाई पूर्ण रूपमा प्रकट गर्न सकिन्छ, यसरी मानिसले त्यसलाई चिन्न र परिवर्तन गर्न सक्दछ। यी सबै देहधारी परमेश्‍वरका व्यावहारिक कार्यहरू हुन्, जसमा व्यावहारिक रूपमा बोलेर अनि न्याय कार्यान्वयन गरेर उहाँले वचनद्वारा मानिसमा न्यायको परिणाम प्राप्त गर्नुहुन्छ। देहधारी परमेश्‍वरको अधिकार र परमेश्‍वरको देहधारणको महत्त्व यही हो। यो देहधारी परमेश्‍वरको अधिकार जनाउन, वचनको कामले हासिल गरेका परिणामहरू जनाउन र आत्मा देहमा आउनुभएको छ भनी बताउन र वचनद्वारा मानिसको न्याय गरी उहाँको अधिकार प्रदर्शन गर्नका निम्ति गरिन्छ। उहाँको शरीर एक साधारण र सामान्य मानवताको बाहिरी रूप भए पनि उहाँका वचनहरूले प्राप्त गरेका परिणामहरूले मानिसलाई उहाँ अधिकारले पूर्ण हुनुहुन्छ, उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ र उहाँका वचनहरू स्वयम् परमेश्‍वरका अभिव्यक्ति हुन् भनी देखाउँछ। यस माध्यमद्वारा सबै मानवजातिलाई उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ, उहाँ देह बन्‍नुभएका परमेश्‍वर हुनुहुन्छ, उहाँलाई कसैले उल्‍लङ्घन गर्नु हुँदैन, र अनि कसैले पनि वचनद्वारा गरिने उहाँको न्यायलाई उछिन्न सक्दैन, अन्धकारको कुनै शक्ति उहाँको अख्तियारमाथि विजयी हुन सक्दैन भनी देखाइन्छ। उहाँ देहधारी हुनुभएका वचन हुनुहुन्छ, त्यसकारण र उहाँको अधिकारको कारण र वचनद्वारा उहाँले गर्ने न्यायको कारण मानिस पूर्ण रूपमा उहाँको अधीनमा बस्छ। उहाँको देहधारी शरीरद्वारा ल्याइएको काम उहाँसित भएको अधिकार हो। शरीरले पनि अख्तियार प्राप्त गर्न सकोस् भनेर उहाँ देह बन्नुको हो, र उहाँ मानिसले देख्न र अनुभव गर्न सक्‍ने गरी मानिसमा व्यावहारिक ढङ्गले काम गर्न सक्षम हुनुहुन्छ। यो काम परमेश्‍वरका आत्माले सीधै गर्नुभएको कामभन्दा धेरै यथार्थ परक हुन्छ, जोसँग सबै अधिकार छ, र यसका परिणामहरू पनि स्पष्ट हुन्छन्। किनकि देहधारी परमेश्‍वर व्यावहारिक रूपमा बोल्न र काम गर्न सक्नुहुन्छ। उहाँको देहको बाहिरी रूपको कुनै अधिकार हुँदैन, र मानिस त्यसको नजिक जान सक्छ, जबकी उहाँको अस्तित्वले अख्तियार बोक्दछ, तर उहाँको अख्तियारलाई कसैले देख्न सक्दैन। जब उहाँ बोल्नुहुन्छ र काम गर्नुहुन्छ, मानिसले उहाँको अख्तियारको अस्तित्व पत्ता लगाउन सक्दैन; यसले उहाँलाई व्यावहारिक प्रकृतिको काम गर्न सहयोग पुर्‍याउँछ। यो सबै व्यावहारिक कार्यले परिणामहरू प्राप्त गर्न सक्छ। कुनै मानिसले उहाँमा अधिकार छ भन्‍ने महसुस नगरे पनि, वा उहाँलाई दुःखी बनाउनु हुँदैन भनी नबुझे पनि, वा उहाँको क्रोध नदेखे पनि, उहाँले उहाँको गुप्त अख्तियार, उहाँको लुकेको क्रोध र उहाँले खुल्लमखुल्ला बोल्नुहुने वचनबाट आफ्ना वचनहरूद्वारा आफूले चाहनुभएको परिणाम प्राप्त गर्नुहुन्छ। अर्को शब्दमा, उहाँको आवाजको सुर, उहाँको बोलीको कठोरता, र उहाँको वचनका सबै बुद्धिद्वारा मानिस पूर्ण रूपले विश्‍वस्त हुन्छ। यस प्रकारले, मानिस देहधारी परमेश्‍वरको अधीनमा बस्छ, जसको कुनै अधिकार छैन जस्तो देखिन्छ, यसरी मानिसलाई बचाउने परमेश्‍वरको उद्देश्य पूरा हुन्छ। यो उहाँको देहधारणको महत्त्वको अर्को पक्ष हो: अझ बढी यथार्थतापूर्वक बोल्नु र उहाँको वचनको वास्तविकतालाई मानिसमा प्रभाव पार्ने तुल्याउनु, यसैले कि मानिसले परमेश्‍वरको वचनको शक्तिलाई देख्न सकोस्। त्यसकारण, यदि देहधारणको माध्यमद्वारा यो काम गरिएको थिएन भने, त्यसले थोरै परिणामहरू पनि प्राप्त गर्न सक्दैनथियो र पापीहरूलाई पूर्ण रूपमा मुक्ति दिन सक्ने थिएन। यदि परमेश्‍वर मानिस नबन्नुभएको भए उहाँ आत्मा नै रहनुहुने थियो, जो मानिसका निम्ति अदृश्य र अनुभव गर्न नसकिने दुवै हुनेथियो। मानिस शारीरिक प्राणी भएकोले ऊ र परमेश्‍वर दुई फरक संसारका हुनुहुन्छ र जसका विभिन्न प्रकृतिहरू छन्। मानिस देह भएकोले परमेश्‍वरका आत्मा ऊसित सँगै रहन सक्दैन, र तिनको बीचमा सम्बन्ध स्थापित गर्ने कुनै उपाय छैन, अनि मानिस आत्मामा परिवर्तन हुनु त झन् हुनै नसक्ने कुरा हो। यस्तो भएकोले, आफ्‍नो मूल कार्यलाई गर्नको लागि परमेश्‍वरका आत्मा सृष्टि गरिएको प्राणी हुनु नै पर्दछ। परमेश्‍वर उच्च स्थानमा चढ्न र मानव प्राणी बन्नका निम्ति आफूलाई नम्र तुल्याउन, दुवै कार्य गर्न सक्‍ने हुनुहुन्छ, यसरी उहाँले मानवजातिका माझमा काम गर्न र तिनीहरूका बीचमा सक्‍नुहुन्छ, तर मानिस उच्च स्थानमा उक्लिन र आत्मा बन्न सक्दैन, र ऊ तल्लो स्थानमा त झनै ओर्लन सक्दैन। यसैले गर्दा परमेश्‍वर आफ्नो काम पूरा गर्न मानिस बन्नुपर्छ। यसरी नै, पहिलो देहधारणको अवधिमा देहधारी परमेश्‍वरको शरीरले मात्रै उहाँको क्रूसीकरणद्वारा मानिसलाई छुटकारा दिन सक्यो, नत्र भने परमेश्‍वरका आत्मा मानिसको पापबलिको रूपमा क्रूसमा टाँगिने कुनै उपाय हुनेथिएन। परमेश्‍वर मानिसको पापबलि हुनका निम्ति सीधै मानिस बन्न सक्नुहुन्थ्यो, तर मानिस परमेश्‍वरले उसको निम्ति तयार पार्नुभएको पापबलि बोकेर सीधै स्वर्गमा उक्लिन सक्दैनथ्यो। यस्तो भएकोले, परमेश्‍वरलाई स्वर्ग र पृथ्वीको बीचमा केही पल्ट आउने र जाने गर्न लाउनु मात्र सम्भव हुन्थ्यो, मानिसलाई मुक्ति पाउनका निम्ति स्वर्गमा उक्लिन लगाउनु सम्भव भएन, किनकि मानिस पतित भएको थियो, साथै मानिस यसै पनि स्वर्गमा उक्लिनु सक्दैन, झन् पापबलि प्राप्त गर्न सक्‍नु त कुरै नगरौं। त्यसकारण, येशू मानवजातिको बीचमा आउनु र कुनै मानिसले गर्न नसक्ने काम व्यक्तिगत रूपमा गर्नु आवश्यक थियो। हरेक चोटि परमेश्‍वर अति आवश्यक परेकोले गर्दा मात्रै मानिस बन्नुहुन्छ। यदि कुनै पनि चरणहरू प्रत्यक्ष रूपमा परमेश्‍वरका आत्माद्वारा पूरा गर्न सकिन्थ्यो भने उहाँ देहधारी हुने अपमानजनक कार्यमा समर्पित बन्नुहुने थिएन।

— वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ११८

परमेश्‍वर देह बन्‍नुभयो किनभने उहाँको कामको पात्र शैतानको आत्मा, वा कुनै पनि अमूर्त कुरा होइन, तर मानिस हो, जो देहको हो र जसलाई शैतानले भ्रष्ट तुल्याएको छ। मानिसको देह भ्रष्ट तुल्याइएको कारणले नै परमेश्‍वरले देहको मानिसलाई आफ्‍नो कामको पात्र बनाउनुभयो; यसको साथै, मानिस भ्रष्टताको पात्र भएकोले, परमेश्‍वरले मानिसलाई नै आफ्‍नो मुक्तिको कार्यको सबै चरणहरूको एक मात्र पात्र बनाउनुभयो। मानिस मरणशील प्राणी हो, ऊ देह र रगतले बनिएको छ, र मानिसलाई मुक्त गर्न सक्‍ने परमेश्‍वर मात्रै हुनुहुन्छ। यसरी, आफ्‍नो काम गर्नको लागि परमेश्‍वर मानिसको जस्तै गुणहरू भएको देह बन्‍नुपर्छ, ताकि उहाँको कामले अझै उत्तम प्रभावहरू हासिल गर्न सकोस्। मानिस देहको हो, र ऊ पापमाथि विजय प्राप्त गर्न र आफैलाई देहबाट मुक्त गर्नको लागि असक्षम छ, ठीक यही कारणले गर्दा आफ्‍नो काम गर्नको लागि परमेश्‍वर देह बन्‍नैपर्छ। देहधारी परमेश्‍वरको सार र पहिचान मानिसको सार र पहिचानबाट निकै फरक भए तापनि, उहाँको स्वरूप मानिसको जस्तै छ; उहाँमा सामान्य मानिसको जस्तो स्वरूप छ, र उहाँले सामान्य मानिसको जीवन जिउनुहुन्छ, र उहाँलाई देख्‍नेहरूले उहाँलाई सामान्य मानिसबाट अलग गर्न सक्दैनन्। यो सामान्य स्वरूप र सामान्य मानवता नै उहाँको लागि सामान्य मानवतामा आफ्‍नो ईश्‍वरीय काम गर्न पर्‍याप्त छन्। उहाँको देहले उहाँलाई सामान्य मानवतामा आफ्‍नो काम गर्न दिन्छ, र मानिसको बीचमा उहाँको काम गर्न यसैले सहायता गर्छ, यसको साथै, उहाँको सामान्य मानवताले मानिसको बीचमा मुक्तिको काम गर्न सहायता गर्छ। उहाँको सामान्य मानवताले मानिसको बीचमा निकै कोलाहल पैदा गरेको भए तापनि, त्यस किसिमको कोलाहलले उहाँको कार्यको सामान्य प्रभावहरूलाई असर गरेको छैन। छोटकरीमा, उहाँको सामान्य देहको काम मानिसको लागि निकै फाइदाजनक छ। धेरैजसो मानिसहरूले उहाँको सामान्य मानवतालाई स्वीकार नगरे तापनि, उहाँको कार्यले परिणामहरू पैदा गर्न सक्छ, र उहाँको सामान्य मानवताले गर्दा नै यी परिणामहरू हासिल गरिन्छ। यसमा कुनै शङ्का छैन। देहमा उहाँले गर्ने कार्यद्वारा, मानिसले उसको सामान्य मानवताको बारेमा मानिसको बीचमा रहेका धारणाहरूभन्दा दशौं वा दर्जनौं गुणा बढी कुराहरू प्राप्त गर्छ, र त्यस्ता धारणाहरू सबैलाई आखिरीमा उहाँको कार्यले निलिदिनेछन्। अनि उहाँको कार्यले हासिल गरेको प्रभाव, भन्‍नुको अर्थ, उहाँको विषयमा मानिससँग भएको ज्ञान उहाँको बारेमा मानिसमा भएका धारणाहरूभन्दा निकै बढी हुन्छ। देहमा उहाँले गर्नुहुने कामको कल्‍पना गर्ने वा नाप्‍ने कुनै तरिका छैन, किनभने उहाँको देह कुनै पनि देहको मानवजस्तो छैन; बाहिरी भेष समान भए पनि, सार भने समान छैन। उहाँको देहले मानिसको बीचमा परमेश्‍वर सम्‍बन्धी अनेक धारणाहरू उत्पन्‍न गर्छ, तैपनि उहाँको देहले मानिसलाई अझै बढी ज्ञान प्राप्त गर्न दिन्छ, र त्यस्तै बाहिरी भेष भएको कुनै पनि व्यक्तिलाई विजय समेत गर्नसक्छ। किनभने उहाँ मानव मात्रै हुनुहुन्‍न, तर मानवको बाहिरी भेष भएको ईश्‍वर हुनुहुन्छ, र कसैले पनि उहाँलाई पूर्ण रूपमा जान्‍न वा बुझ्‍न सक्दैन। अदृश्य र अस्पृश्य परमेश्‍वरलाई सबैले प्रेम र स्वागत गर्छन्। यदि परमेश्‍वर मानिसको लागि अदृश्य आत्मा मात्रै हुनुहुन्छ भने, मानिसलाई परमेश्‍वरमा विश्‍वास गर्न निकै सहज हुन्छ। मानिसहरूले आफ्‍ना कल्‍पनालाई बेलगाम छोडिदिन सक्छन्, आफैलाई प्रसन्‍न पार्न र आफूलाई खुसी तुल्याउनको लागि तिनीहरूले परमेश्‍वरको स्वरूपको रूपमा जेसुकैलाई चुन्‍न सक्छन्। यसरी, मानिसहरूले निस्सङ्कोच तिनीहरूका आफ्‍नै परमेश्‍वरले के गरेको मन पराउँछन् र चाहन्छन् त्यही गर्न सक्छन्। यति मात्र कहाँ हो र, मानिसहरू परमेश्‍वरप्रति तिनीहरू जत्तिको निष्ठावान र भक्त कोही पनि छैन, र अरू सबै अन्यजाति कुकुरहरू हुन्, र परमेश्‍वरप्रति विश्‍वासघातीहरू हुन् भन्‍ने विश्‍वास गर्छन्। परमेश्‍वरमाथिको जसको विश्‍वास अस्पष्ट र सिद्धान्तमा आधारित छ, तिनीहरूले खोज्‍ने यही नै हो भनेर भन्‍न सकिन्छ; तिनीहरूले सिक्‍ने कुरा पनि लगभग उस्तै हुन्छ, त्यसमा अलिकति मात्रै अन्तर हुन्छ। तिनीहरूका कल्‍पनामा भएका परमेश्‍वरका स्वरूपहरू फरक मात्रै छन्, तैपनि तिनीहरूको सार वास्तवमा उस्तै छन्।

— वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ११९

देहधारी परमेश्‍वर देहमा आउनुको एउटै मात्र कारण भनेको भ्रष्ट मानिसहरूको आवश्यकताको कारणले गर्दा मात्रै हो। परमेश्‍वरको होइन, तर मानिसका आवश्यकताहरूको कारणले नै यसो भएको हो, र उहाँका सबै बलिदानहरू र दु:खकष्टहरू मानवजातिको खातिर हुन्, परमेश्‍वर स्वयमको फाइदाको लागि होइन। परमेश्‍वरको लागि कुनै फाइदा र बेफाइदा वा इनाम छैन; उहाँले कुनै भविष्यको कटनी होइन, तर जुन कुरा मूल रूपमा उहाँको थियो त्यसको कटनी गर्नुहुन्छ। उहाँले मानवजातिको लागि गर्ने र बलिदान दिने सबै कुराहरू उहाँले ठूलो इनामहरू प्राप्त गर्न सक्‍नुभएको होस् भनेर होइन, तर पूर्ण रूपमा मानवजातिकै खातिर गरिन्छन्। देहमा परमेश्‍वरले गर्नुहुने कार्यमा विभिन्‍न अकल्‍पनीय कठिनाइहरू समावेश भए तापनि, यसले आखिरमा हासिल गर्ने प्रभावहरू आत्माले प्रत्यक्ष रूपमा गर्नुभएको कामभन्दा बढी हुन्छ। देहको कार्यमा धेरै कठिनाइ समावेश छ, र देहले आत्माले जस्तै महान् पहिचान प्राप्त गर्न सक्दैन, उहाँले आत्माले जस्तै अलौकिक कार्यहरू गर्न सक्‍नुहुन्‍न, उहाँले आत्माको जस्तै अख्तियार पाउन सक्‍ने कुरा त परै जाओस्। तैपनि उहाँको साधारण देहले गर्ने कार्यको सार आत्माले प्रत्यक्ष रूपमा गर्ने कामभन्दा धेरै नै श्रेष्ठ हुन्छ, र सारा मानवजातिको आवश्यकताहरूको उत्तर यही देह स्वयम् नै हुनुहुन्छ। मुक्त गरिनेहरूका लागि, आत्माको उपयोगी मूल्य देहको भन्दा निकै कम हुन्छ: आत्माको कामले सारा ब्रह्माण्ड, सारा हिमाल, नदीहरू, तालतलैयाहरू, अनि समुद्रहरूलाई समावेश गर्न सक्‍ने भए तापनि, देहको काम उहाँ सम्पर्कमा आउने हरेक व्यक्तिसँग अझै प्रभावकारी रूपमा सम्‍बन्धित हुन्छ। यति मात्र होइन, परमेश्‍वरको देहको मूर्त रूपलाई मानिसले अझै राम्ररी बुझ्‍न र भरोसा गर्न सक्छ, र यसले परमेश्‍वर सम्‍बन्धी मानिसको ज्ञानलाई अझै थप रूपमा गहन तुल्याउन सक्छ, र परमेश्‍वरका वास्तविक कार्यहरूका बारेमा मानिसमा अझै प्रगाढ छवि छोड्न सक्छ। आत्माको कामलाई रहस्यले ढाकेको हुन्छ; मरणशील प्राणीको लागि यो बुझ्‍न कठिन छ, र तिनीहरूले यसलाई देख्‍न अझै कठिन छ, त्यसकारण तिनीहरू खोक्रा कल्‍पनाहरूको मात्रै भर पर्न सक्छन्। तैपनि, देहको काम सामान्य, र वास्तविकतामा आधारित छ, अनि यसमा प्रशस्त बुद्धि छ, साथै यो मानिसको भौतिक आँखाले देख्‍न सक्‍ने तथ्य हो; परमेश्‍वरको कामको बुद्धिलाई मानिसले व्यक्तिगत रूपमा नै अनुभव गर्न सक्छ, र उसको प्रशस्त कल्‍पनाहरूको प्रयोग गर्ने कुनै आवश्यकता हुँदैन। देहमा परमेश्‍वरले गर्नुहुने कामको यथार्थता र वास्तविक मूल्य यही नै हो। आत्माले मानिसको लागि अदृश्य र उसलाई कल्‍पना गर्न कठिन हुने कुराहरू मात्रै गर्न सक्‍नुहुन्छ, उदाहरणको लागि आत्माको अन्तर्दृष्टि, आत्माको हलचल, र आत्माको अगुवाइ, तर मन भएको मानिसको लागि, यिनले कुनै पनि स्पष्ट अर्थ प्रदान गर्दैन। तिनीहरूले स्पर्श, वा वृहत् अर्थ मात्रै प्रदान गर्न सक्छन्, र शब्‍दहरूद्वारा निर्देशन दिन सक्दैनन्। तैपनि, देहमा परमेश्‍वरले गर्नुहुने कार्य निकै फरक छ: यसमा शब्‍दहरूको यथार्थ निर्देशन संलग्‍न हुन्छ, यसको स्पष्ट इच्‍छा हुन्छ, र यसमा आवश्यक उद्देश्यहरू स्पष्ट हुन्छन्। त्यसकारण मानिसले छामछुम गरिहिँड्नु वा आफ्‍नो कल्‍पनाको प्रयोग गर्नु आवश्यक हुँदैन, अनुमानहरू गर्नु पर्ने त परै जाओस्। देहको कामको स्पष्टता यही हो, र यो आत्माको कामभन्दा निकै फरक छ। सीमित क्षेत्रको लागि मात्रै आत्माको काम उपयुक्त हुन्छ र यसले देहको कामलाई प्रतिस्थापन गर्न सक्दैन। देहको कार्यले मानिसलाई आत्माको कार्यले भन्दा धेरै यथार्थ र आवश्यक लक्ष्यहरू र अझै वास्तविक, बहुमूल्य ज्ञान दिन्छ। भ्रष्ट मानिसको लागि सबैभन्दा मूल्यवान् काम भनेको त्यही हो जुन कामले सटीक शब्‍दहरू, पछ्याउनको लागि स्पष्ट लक्ष्यहरू प्रदान गर्न सक्छ, जसलाई देख्‍न र छुन सकिन्छ। मानिसको स्वादको लागि वास्तविक काम र समय अनुसारको अगुवाइ मात्रै उपयुक्त छन्, र वास्तविक कार्यले मात्रै मानिसलाई उसको भ्रष्ट र पतित स्वभावबाट मुक्त गर्न सक्छ। यसलाई देहधारी परमेश्‍वरले मात्रै हासिल गर्न सक्‍नुहुन्छ; देहधारी परमेश्‍वरले मात्रै मानिसलाई उसको पहिलेको भ्रष्ट र पतित स्वभावबाट मुक्त गर्न सक्‍नुहुन्छ। आत्मा परमेश्‍वरको अन्तर्निहित सार भए तापनि, यस प्रकारको कामलाई उहाँको देहले मात्र गर्न सक्‍नुहुन्छ। यदि आत्माले एकलै काम गर्नुभयो भने, उहाँको काम प्रभावकारी हुनु सम्‍भव हुनेथिएन—यो स्पष्ट सत्यता हो। यो देहको कारण धेरैजसो मानिसहरू परमेश्‍वरका शत्रुहरू बनेका भए पनि, जब उहाँले आफ्‍नो काम समाप्त गर्नुहुन्छ, तब उहाँका विरुद्धमा हुनेहरू उहाँका शत्रुहरू बन्‍न छोडेका मात्र हुनेछैनन्, तर यसको विपरीत तिनीहरू उहाँका साक्षीहरू बन्‍नेछन्। तिनीहरू उहाँले विजय गर्नुभएका साक्षीहरू, उहाँको लागि अनुकूल र उहाँबाट अलग गर्न नसकिने साक्षीहरू बन्‍नेछन्। उहाँले मानिसलाई मानिसको निम्ति देहमा उहाँको कार्यको महत्त्वलाई जान्‍ने तुल्याउनुहुन्छ, र मानिसको अस्तित्वको लागि मानिसले उहाँको देहको महत्त्वलाई जान्‍नुपर्छ, मानिसको जीवनको वृद्धिको लागि उहाँको वास्तविक मूल्यलाई जान्‍नुपर्छ, यति मात्र होइन, यो देह जीवनको जीवित जग बन्‍नेछ जसबाट मानिस अलग हुन सक्‍दैन भन्‍ने पनि जान्‍नुपर्छ। परमेश्‍वरको देहधारी शरीर परमेश्‍वरको पहिचान र स्थानसँग मिल्दै नमिल्‍ने, र मानिसको लागि यो उहाँको वास्तविक स्थितिसँग अमेल देखिने भए तापनि, परमेश्‍वरको साँचो स्वरूप वा परमेश्‍वरको साँचो पहिचान नभएको यो देहले त्यो काम गर्न सक्‍नुहुन्छ जुन काम गर्न परमेश्‍वरको आत्मा असमर्थ छ। परमेश्‍वरको देहधारणको साँचो महत्त्व र मूल्य यही हो, र मानिसले कदर गर्न र स्वीकार गर्न नसक्‍ने भनेको यही महत्त्व र मूल्य नै हो। सबै मानवजातिले परमेश्‍वरको आत्मालाई आदरका साथ हेर्ने र परमेश्‍वरको देहलाई हेलाको साथ हेर्ने भए तापनि, तिनीहरूले जसरी हेरे पनि वा विचार गरे पनि, देहको वास्तविक महत्त्व र मूल्य आत्माको भन्दा बढी नै छ। अवश्‍य नै, यो भ्रष्ट मानिसको लागि मात्रै हो। सत्यको खोजी गर्ने र परमेश्‍वरको प्रकटको लागि तृष्णा गर्ने हरेकको लागि, आत्माको कामले स्पर्श वा प्रेरणा, अनि अवर्णनीय र अकल्‍पनीय आश्‍चर्यको आभास, अनि यो महान्, श्रेष्ठ, र प्रशंसनीय छ, तैपनि सबैको लागि यो प्राप्त गर्न र भेट्टाउन नसकिने छ भन्‍ने भाव मात्रै दिन्छ। मानिस र परमेश्‍वरका आत्माले एक-अर्कालाई टाढाबाट मात्रै हेर्न सक्‍नुहुन्छ, मानौं उहाँहरूको बीचमा ठूलो दूरी छ, र उहाँहरू कहिल्यै उस्तै बन्‍न सक्‍नुहुन्‍न, मानौं मानिस र परमेश्‍वरलाई अदृश्य पर्खालले अलग गरेको छ। वास्तवमा, यो आत्माले मानिसलाई दिनुभएको एउटा भ्रम मात्रै हो, किनभने आत्मा र मानिस उस्तै प्रकारको हुनुहुन्‍न र उहाँहरू एउटै संसारमा सँगै अस्तित्वमा कहिल्यै रहन सक्‍नुहुन्‍न, किनभने आत्मामा मानिसको केही पनि छैन। त्यसकारण मानिसलाई आत्माको खाँचो छैन, किनभने मानिसलाई सबैभन्दा बढी आवश्यक पर्ने काम आत्माले प्रत्यक्ष रूपमा गर्न सक्‍नुहुन्‍न। देहको कामले मानिसलाई पछ्याउनको लागि वास्तविक उद्देश्यहरू, स्पष्ट शब्‍दहरू र उहाँ वास्तविक र सामान्य हुनुहुन्छ, उहाँ नम्र र सर्वसाधारण हुनुहुन्छ भन्‍ने आभास दिन्छ। मानिसले उहाँको डर मान्‍न सक्‍ने भए तापनि, धेरैजसो मानिसहरूका लागि उहाँ सजिलै सम्‍बन्धित हुन सकिने हुनुहुन्छ: मानिसले उहाँको मुहारलाई हेर्न सक्छन्, र उहाँको आवाजलाई सुन्‍न सक्छन्, र उसले उहाँलाई टाढाबाट हेर्नु पर्दैन। यो देह मानिसले पहुँच गर्न सकिने हुनुहुन्छ, टाढा, बुझ्‍न नसकिने होइन, तर देख्‍न सकिने र छुन सकिने हुनुहुन्छ, किनभने यो देह मानिसकै संसारमा हुनुहुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १२०

देहमा जिउने सबैका लागि, तिनीहरूको स्वभावलाई परिवर्तन गर्नको लागि लक्ष्यहरूको पछि लाग्‍न आवश्यकता पर्छ, र परमेश्‍वरलाई चिन्‍नको लागि परमेश्‍वरको वास्तविक कार्यहरू र वास्तविक मुहारलाई हेर्नु आवश्यक हुन्छ। यी दुवै कुरा परमेश्‍वरको देहधारी शरीरले मात्रै हासिल गर्न सक्‍नुहुन्छ, र यी दुवै कुरा सामान्य र वास्तविक देहले मात्रै पूरा गर्न सक्‍नुहुन्छ। यही कारणले देहधारण अत्यावश्यक छ, र यसै कारणले सारा भ्रष्ट मानवजातिलाई यसको खाँचो छ। मानिसहरूले परमेश्‍वरलाई जान्‍नु आवश्यक भएकोले, तिनीहरूका हृदयबाट अस्पष्ट र अलौकिक ईश्‍वरहरूका स्वरूपहरूलाई हटाइनै पर्छ, अनि तिनीहरूले आफ्‍ना भ्रष्ट स्वभावलाई त्याग्‍नु आवश्यक भएकोले, तिनीहरूले सुरुमा आफ्‍ना भ्रष्ट स्वभावलाई चिन्‍नैपर्छ। यदि मानिसले मानिसहरूका हृदयबाट अस्पष्ट ईश्‍वरहरूका स्वरूपहरूलाई हटाउने काम मात्रै गर्‍यो भने, ऊ उचित प्रभाव हासिल गर्न असफल हुनेछ। मानिसहरूको हृदयमा भएको अस्पष्ट ईश्‍वरहरूका स्वरूपहरूलाई वचनहरूले मात्रै खुलासा गर्न, हटाउन, वा पूर्ण रूपमा निकाल्‍न सक्दैन। यसो गर्ने क्रममा, आखिरमा अझै मानिसहरूका हृदयबाट जरा गाडेर बसेका यी कुराहरूलाई हटाउन सम्‍भव हुनेछैन। यी अस्पष्ट र अलौकिक कुराहरूलाई व्यवहारिक परमेश्‍वर र परमेश्‍वरको साँचो स्वरूपले प्रतिस्थापन गरेर, अनि मानिसहरूलाई बिस्तारै ती चिनाएर मात्रै, उचित प्रभाव हासिल गर्न सकिन्छ। विगतमा उसले खोजेको परमेश्‍वर अस्पष्ट र अलौकिक छ भन्‍ने कुरालाई मानिसले पहिचान गर्छ। यो प्रभाव हासिल गर्न सक्‍ने आत्माको प्रत्यक्ष नेतृत्व होइन, निश्‍चित व्यक्तिको शिक्षाहरूको त कुरै छाँडौ, तर यो त देहधारी परमेश्‍वर नै हुनुहुन्छ। जब देहधारी परमेश्‍वरले आधिकारिक रूपमा आफ्‍नो काम गर्नुहुन्छ तब मानिसका धारणाहरूलाई नाङ्गेझार पारिन्छ, किनभने देहधारी परमेश्‍वरको सामान्यता र वास्तविकता नै मानिसको कल्‍पनामा भएको अस्पष्ट र अलौकिक ईश्‍वरलाई हटाउने प्रतिपक्ष हो। मानिसको मूल धारणाहरूलाई देहधारी परमेश्‍वरको विरुद्धमा तुलना गरियो भने मात्रै खुलासा गर्न सकिन्छ। देहधारी परमेश्‍वरसँगको तुलनाविना, मानिसका धारणाहरूलाई खुलासा गर्न सकिँदैन; अर्को शब्‍दमा भन्दा, प्रतिभारको रूपमा रहेको वास्तविकताविना, अस्पष्ट कुराहरूलाई प्रकट गर्न सकिँदैन। यो कार्य गर्नको लागि वचनहरूको प्रयोग गर्न सक्‍ने कोही छैन, र वचनहरूको प्रयोग गरी यो स्पष्ट पार्न सक्‍ने कोही पनि छैन। परमेश्‍वर स्वयमले मात्रै उहाँको आफ्‍नो काम गर्न सक्‍नुहुन्छ, र कसैले पनि उहाँको तर्फबाट यो काम गर्न सक्दैन। मानिसको भाषा जति नै सम्‍पन्‍न भए तापनि, परमेश्‍वरको वास्तविकता र सामान्यतालाई स्पष्ट रूपमा व्यक्त गर्न ऊ सक्षम छैन। यदि परमेश्‍वरले व्यक्तिगत रूपमा मानिसको बीचमा काम गर्नुभयो र आफ्‍नो स्वरूप र आफ्‍नो अस्तित्वलाई पूर्ण रूपमा देखाउनुभयो भने मात्रै, मानिसले अझै व्यवहारिक रूपमा परमेश्‍वरलाई चिन्‍न सक्छ, र उहाँलाई अझै स्पष्ट रूपमा चिन्‍न सक्छ। यो प्रभावलाई देहका कुनै पनि मानिसले हासिल गर्न सक्दैन। अवश्‍य नै, यो प्रभाव हासिल गर्न परमेश्‍वरका आत्मा असमर्थ हुनुहुन्छ। परमेश्‍वरले भ्रष्ट मानिसलाई शैतानको प्रभावबाट मुक्त गर्न सक्‍नुहुन्छ, तर यो काम परमेश्‍वरका आत्माले प्रत्यक्ष रूपमा पूरा गर्न सक्‍नुहुन्‍न; बरु, यो परमेश्‍वरका आत्माले धारण गर्नुहुने देहले, अर्थात् परमेश्‍वरको देहधारी शरीरले मात्रै पूरा गर्न सक्छ। यो देह मानिस हो र परमेश्‍वर पनि हुनुहुन्छ, यो सामान्य मानवता भएको मानिस अनि पूर्ण ईश्‍वरीयता भएको परमेश्‍वर पनि हुनुहुन्छ। त्यसकारण, यो देह परमेश्‍वरका आत्मा हुनुहुन्‍न, र आत्माभन्दा निकै फरक हुनुहुन्छ, तैपनि मानिसलाई मुक्ति दिनुहुने देहधारी परमेश्‍वर स्वयम् नै हुनुहुन्छ, जो आत्मा हुनुहुन्छ र देह पनि हुनुहुन्छ। उहाँलाई जसरी कहलाइए तापनि, आखिरमा मानवजातिलाई मुक्ति दिनुहुने परमेश्‍वर स्वयम् नै हुनुहुन्छ। परमेश्‍वरका आत्मा देहबाट अविभाज्य छ, र देहको काम परमेश्‍वरका आत्माको काम पनि हो; यति मात्रै हो कि यो काम आत्माको पहिचान प्रयोग गरेर गरिँदैन, तर देहको पहिचान प्रयोग गरेर गरिन्छ। आत्माले प्रत्यक्ष रूपमा गर्नु पर्ने कामको लागि देहधारणको आवश्यकता पर्दैन, र देहले गर्नु पर्ने कामलाई आत्माले प्रत्यक्ष रूपमा गर्न सक्‍नुहुन्‍न, र देहधारी परमेश्‍वरले मात्रै यो गर्न सक्‍नुहुन्छ। यो कामको लागि आवश्यक पर्ने कुरा यही हो, र भ्रष्ट मानवजातिलाई आवश्यक पर्ने कुरा यही नै हो। परमेश्‍वरको कार्यका तीन चरणहरूमा, एउटै चरणलाई मात्रै पवित्र आत्माले प्रत्यक्ष रूपमा गर्नुभयो, र बाँकी दुई वटा चरणहरूलाई देहधारी परमेश्‍वरले गर्नुहुन्छ, प्रत्यक्ष रूपमा आत्माले होइन। आत्माले गर्नुभएको व्यवस्थाको युगको कार्यमा मानिसको भ्रष्ट स्वभावलाई परिवर्तन गर्ने कार्य समावेश थिएन, न त परमेश्‍वरसँग सम्‍बन्धित मानिसको ज्ञानसँग नै यसको कुनै सम्‍बन्ध थियो। अनुग्रहको युग र राज्यको युगको परमेश्‍वरको देहको काममा मानिसको भ्रष्ट स्वभाव र परमेश्‍वर सम्‍बन्धी उसको ज्ञान संलग्‍न छ, र यो मुक्तिको कामको महत्त्वपूर्ण र निर्णायक भाग हो। त्यसकारण, भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ, र देहधारी परमेश्‍वरको प्रत्यक्ष कार्यको अझै बढी खाँचोमा छ। उसलाई गोठाला गर्न, उसलाई सहयोग गर्न, उसलाई पानी दिन, उसलाई खुवाउन, उसलाई न्याय गर्न र सजाय दिनको लागि मानवजातिलाई देहधारी परमेश्‍वर चाहिन्छ, र देहधारी परमेश्‍वरबाट उसलाई अझै बढी अनुग्रह र अझै बढी छुटकाराको खाँचो छ। देहमा हुनुहुने परमेश्‍वर मात्रै मानिसको सहयोगी, मानिसको गोठालो, सँधै उपलब्ध हुने सहयोग हुन सक्‍नुहुन्छ, र आज र विगतको समय दुवैमा देहधारणको आवश्यकता यी सबै हो।

— वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १२१

मानिसलाई शैतानले भ्रष्ट तुल्याएको छ र ऊ परमेश्‍वरका प्राणीहरूमध्ये सबैभन्दा उच्‍च छ, त्यसकारण मानिसलाई परमेश्‍वरको मुक्तिको खाँचो छ। परमेश्‍वरको मुक्तिको पात्र मानिस नै हो, शैतान होइन, र मुक्त गरिने भनेको मानिसको देह, र मानिसको प्राण नै हो, दियाबलस होइन। शैतान परमेश्‍वरको विनाशको पात्र हो, मानिस परमेश्‍वरको मुक्तिको पात्र हो, र मानिसको देहलाई शैतानले भ्रष्ट तुल्याएको छ, त्यसकारण सुरुमा मुक्त गरिने मानिसको देह नै हुनुपर्छ। मानिसको देहलाई अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याइएको छ, र यो परमेश्‍वरलाई विरोध गर्ने कुरा बनेको छ, यति हदसम्‍म कि यसले खुलेआम परमेश्‍वरको अस्तित्वको विरोध र इन्कार गर्छ। यो भ्रष्ट देह अत्यन्तै हठी छ, र देहको भ्रष्ट स्वभावलाई निराकरण गर्न वा परिवर्तन गर्न जत्तिको कठिन अरू केही छैन। बाधाहरू पैदा गर्नको लागि शैतान मानिसको देहमा आउँछ, र परमेश्‍वरको काममा बाधा ल्याउन र परमेश्‍वरको योजनामा हानी गर्न यसले मानिसको देह प्रयोग गर्छ, यसरी मानिस शैतान नै बनेको छ, र परमेश्‍वरको शत्रु बनेको छ। मानिसलाई मुक्त गर्नको लागि, उसलाई पहिले विजय गरिनैपर्छ। यही कारणले गर्दा नै परमेश्‍वर चुनौतीमा उठ्नुहुन्छ र आफ्‍नो अभिप्रायको काम गर्न, र शैतानसँग लडाइ गर्न देहमा आउनुहुन्छ। उहाँको उद्देश्य भनेको भ्रष्ट तुल्याएको मानिसलाई मुक्ति दिनु, र उहाँको विरुद्धमा विद्रोह गर्ने शैतानलाई हराउनु र नष्ट गर्नु हो। मानिसलाई विजय गर्ने आफ्‍नो कामद्वारा उहाँले शैतानलाई पराजित गर्नुहुन्छ, जबकि यही क्रममा उहाँले भ्रष्ट मानवजातिलाई मुक्त गर्नुहुन्छ। यसरी, यो एकै पटकमा दुई वटा उद्देश्यहरू हासिल गर्ने काम हो। मानिससँग अझै राम्ररी संलग्‍न हुन, र मानिसलाई राम्ररी विजय गर्नको लागि उहाँले देहमा काम गर्नुहुन्छ, र देहमा बोल्‍नुहुन्छ, र देहमा नै सबै काम गर्नुहुन्छ। अन्तिम पटक परमेश्‍वर देह बन्‍नुहुँदा, आखिरी दिनहरूको उहाँको कार्यलाई देहमा समाप्त गरिनेछ। उहाँले सबै मानिसहरूलाई प्रकार अनुसार वर्गीकरण गर्नुहुनेछ, आफ्‍नो सम्पूर्ण व्यवस्थापनलाई समाप्त गर्नुहुनेछ, र देहको उहाँको सम्पूर्ण कामलाई पनि समाप्त गर्नुहुनेछ। पृथ्वीको उहाँको सबै काम सकिएपछि, उहाँ पूर्ण रूपमा विजयी बन्‍नुहुनेछ। देहमा काम गर्ने क्रममा, परमेश्‍वरले मानवजातिलाई पुर्ण रूपमा विजय गर्नुभएको हुनेछ, र मानवजातिलाई पूर्ण रूपमा प्राप्त गर्नुभएको हुनेछ। के यसको अर्थ उहाँको सम्पूर्ण व्यवस्थापन समाप्त भइसकेको हुनेछ भन्‍ने होइन र? उहाँले शैतानलाई पूर्ण रूपमा हराएपछि र विजय बन्‍नुभएपछि, जब परमेश्‍वरले देहमा आफ्‍नो काम समाप्त गर्नुहुन्छ, तब मानिसलाई भ्रष्ट तुल्याउने थप मौका शैतानसँग हुनेछैन। परमेश्‍वरको पहिलो देहधारणको काम भनेको मानिसको पापहरूको छुटकारा र क्षमा थियो। अहिले यो मानवजातिलाई विजय गर्ने र पूर्ण रूपमा प्राप्त गर्ने काम हो, ताकि शैतानसँग उप्रान्त त्यसको काम गर्ने कुनै मार्ग नहोस्, र त्यो पूर्ण रूपमा हारोस्, अनि परमेश्‍वर पूर्ण रूपमा विजय बन्‍नुभएको होस्। देहको काम यही नै हो, र यो परमेश्‍वर स्वयमले गर्नुहुने काम हो।

— वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १२२

परमेश्‍वरको कार्यका तीन वटा चरणको प्रारम्‍भिक कार्य आत्माले नै प्रत्यक्ष रूपमा गर्नुभयो, देहले होइन। तैपनि, परमेश्‍वरको कार्यका तीन वटा चरणको अन्तिम कार्य देहधारी परमेश्‍वरले गर्नुहुन्छ, प्रत्यक्ष रूपमा आत्माले होइन। बीचको चरणको छुटकाराको काम पनि देहमा हुनुहुने परमेश्‍वरले नै गर्नुभयो। सम्पूर्ण व्यवस्थापन कार्यभरि, सबैभन्दा महत्त्वपूर्ण काम भनेको मानिसलाई शैतानको प्रभावबाट मुक्त गर्नु हो। मुख्य काम भनेको भ्रष्ट मानिसलाई पूर्ण रूपमा विजय गर्नु, यसरी विजय गरिएको मानिसको हृदयमा परमेश्‍वरप्रतिको मूल भक्तिलाई पुनर्स्थापित गर्नु, र मानिसलाई सामान्य जीवन, अर्थात्, परमेश्‍वरको सृष्टिको सामान्य जीवन हासिल गर्न दिनु हो। यो काम अत्यन्तै महत्त्वपूर्ण छ, र यो व्यवस्थापन कार्यको केन्द्रविन्दु हो। मुक्तिको कार्यको तीन चरणहरूमा, व्यवस्थाको युगको पहिलो चरणको कार्य व्यवस्थापन कार्यको केन्द्रविन्दुबाट निकै टाढा थियो; यसमा मुक्तिको कार्यको अलिकति स्वरूप मात्रै थियो, र यो मानिसलाई शैतानको अधिकार-क्षेत्रबाट मुक्त गर्ने परमेश्‍वरको कार्यको सुरुवात थिएन। कार्यको पहिलो चरण प्रत्यक्ष रूपमा आत्माले नै गर्नुभयो किनभने, व्यवस्थाको अधीनमा, व्यवस्थाको पालन गर्ने बारेमा मात्रै मानिसलाई थाहा थियो, र मानिससँग त्योभन्दा बढी सत्यता थिएन, किनभने व्यवस्थाको युगको कार्यमा मानिसको स्वभावलाई परिवर्तन गर्ने कार्य मुस्किलले संलग्न थिए, शैतानको अधिकार-क्षेत्रबाट मानिसलाई कसरी मुक्त गर्ने भन्ने कार्यसँग यो सम्‍बन्धित हुने कुरा त परै जाओस्। यसरी परमेश्‍वरका आत्माले कार्यको यो अत्यन्तै सरल चरणलाई पूरा गर्नुभयो, जसले मानिसको भ्रष्ट स्वभावसँग कुनै सम्‍बन्ध राखेन। कार्यको यो चरणले व्यवस्थापनको केन्द्रविन्दुसँग त्यति सम्‍बन्ध राखेन, र मानिसको मुक्तिको आधिकारिक कार्यसँग यसको त्यति धेरै परस्पर सम्बन्ध थिएन, त्यसकारण व्यक्तिगत रूपमा आफ्‍नो काम गर्नको लागि परमेश्‍वर देह बन्न आवश्यक तुल्याएन। आत्माले गर्नुभएको काम अन्तर्निहित र बुझ्‍न नसकिने छ, र यो मानिसको लागि गहन रूपमा डरलाग्दो र पहुँच गर्न नसकिने छ; मुक्तिको काम प्रत्यक्ष रूपमा गर्नको लागि आत्मा उपयुक्त हुनुहुन्‍न, र उहाँ मानिसलाई प्रत्यक्ष रूपमा जीवन दिन उपयुक्त हुनुहुन्‍न। मानिसको लागि सबैभन्दा उपयुक्त भनेको आत्माको कामलाई मानिसको नजिकको पहुंचमा रूपान्तरण गर्नु हो, भन्‍नुको अर्थ, आफ्‍नो काम गर्नको लागि परमेश्‍वर सामान्य, सर्वसाधारण व्यक्ति बन्‍नु नै मानिसको लागि सबैभन्दा उपयुक्त हो। यसको लागि आफ्‍नो काममा आत्माको स्थान लिन परमेश्‍वर देहधारी बन्‍नु आवश्यक हुन्छ, र मानिसको लागि, परमेश्‍वरले काम गर्ने योभन्दा अरू कुनै उपयुक्त तरिका छैन। कार्यका यी तीन वटा चरणहरूमध्ये, दुई चरणलाई देहले अघि बढाउनुहुन्छ, र यी दुई चरणहरू व्यवस्थापन कार्यका मुख्य अवस्थाहरू हुन्। दुई देहधारणहरू पारस्‍परिक रूपमा परिपूरक छन्, र तिनीहरूले एक-अर्कालाई सिद्ध रूपमा परिपूर्ण गर्छन्। परमेश्‍वरको देहधारणको पहिलो चरणले दोस्रो चरणको लागि जग बसाल्यो, र परमेश्‍वरका दुई देहधारणहरूले एउटै पूर्णतालाई निर्माण गर्छन् र तिनीहरू एक-अर्कासँग परस्पर-विरोधी छैनन् भनेर भन्‍न सकिन्छ। परमेश्‍वरको कार्यका यी दुई चरणहरूलाई परमेश्‍वरले आफ्‍नो देहधारी पहिचानमा अघि बढाउनुहुन्छ किनभने सम्पूर्ण व्यवस्थापन कार्यको लागि ती अत्यन्तै महत्त्वपूर्ण छन्। के सम्‍म भन्‍न सकिन्छ भने, परमेश्‍वरका दुई देहधारणहरूको कार्यविना, सम्पूर्ण व्यवस्थापन कार्य रोकिने थियो, र मानवजातिलाई मुक्त गर्ने कार्य बकम्फुसे गफ बाहेक केही पनि हुनेथिएन। यो कार्य महत्त्वपूर्ण छ कि छैन भन्‍ने कुरा मानवजातिका आवश्यकताहरू, मानवजातिको भ्रष्टताको वास्तविकता, र शैतानको अनाज्ञाकारिता र कामप्रतिको त्यसको बाधाको गम्‍भीरतामा आधारित हुन्छ। कुनै कामको लागि उपयुक्त व्यक्ति को छ त्यस कुरालाई काम गर्नेले गरेको कामको प्रकृति, र कामको महत्त्वको आधारमा पूर्वानुमान गरिन्छ। जब यो कामको महत्त्वको कुरा आउँछ, कार्यको कुन विधि अपनाउने हो त्यसको आधारमा—परमेश्‍वरका आत्माले प्रत्यक्ष रूपमा गर्नुभएको काम, वा देहधारी परमेश्‍वरले गर्नुभएको काम, वा मानिसद्वारा गरिने काम—सुरुमा हटाइने भनेको मानिसद्वारा गरिने कार्य हो, र, कामको प्रकृति, र देहको कामको विरुद्धमा आत्माको कामको प्रकृतिको तुलनाको आधारमा, मानिसको लागि आत्माले प्रत्यक्ष रूपमा गर्नुहुने कामभन्दा देहले गर्ने काम नै लाभदायक छ, र यसले अझै बढी फाइदाहरू प्रदान गर्छ भन्ने नै अन्तिम निर्णय हो। यो काम आत्माद्वारा गर्ने कि देहद्वारा गर्ने भन्‍ने बारेमा निर्णय गर्ने समयमा परमेश्‍वरले यही विचार गर्नुभयो। कार्यको हरेक चरणको महत्त्व र आधार छ। ती आधारहीन कल्‍पनाहरू होइनन्, न त ती मनोमानी ढङ्गले नै गरिन्छन्; तिनमा निश्‍चित बुद्धि छ। परमेश्‍वरको सबै कामको पछाडिको सत्यता यस्तै छ। निश्‍चित रूपमा, देहधारी परमेश्‍वरले मानिसको बीचमा व्यक्तिगत रूपमा काम गरिरहनुभएको बेलामा यति ठूलो काममा परमेश्‍वरको अझै धेरै योजना छ। त्यसकारण, परमेश्‍वरको बुद्धि र उहाँको अस्तित्वको सम्पूर्णता उहाँको कामको हरेक क्रियाकलाप, सोचाइ, र विचारमा प्रतिबिम्‍बित हुन्छ; यो परमेश्‍वरको अझै ठोस र व्यवस्थित अस्तित्व हो। यी सानातिना सोचाइ र विचारहरू मानिसले कल्‍पना गर्न कठिन छ, मानिसले विश्‍वास गर्न कठिन छ, यसको साथै, मानिसले जान्‍न कठिन छ। मानिसले गर्ने काम आधारभूत सिद्धान्तको आधारमा गरिन्छ, जुन मानिसको लागि, अत्यन्तै सन्तोषजनक हुन्छ। तैपनि परमेश्‍वरको कामको तुलनामा, त्यसमा अत्यन्तै धेरै भिन्‍नता छ; परमेश्‍वरका कर्महरू महान् र परमेश्‍वरको काम विशाल आकारको भए तापनि, तिनका पछाडि मानिसको लागि अकल्‍पनीय हुने धेरै साना र सटीक योजनाहरू र बन्दोबस्तहरू हुन्छन्। उहाँको कार्यको हरेक चरण सिद्धान्तको आधारमा गरिने मात्रै होइन, तर हरेक चरणमा त्यस्ता धेरै कुराहरू समावेश हुन्छन् जसलाई मानव भाषाले व्यक्त गर्न सक्दैन, र यी कुराहरू मानिसको लागि अदृश्य छन्। चाहे यो आत्माको काम होस् या देहधारी परमेश्‍वरको काम होस्, हरेकमा उहाँको कामका योजनाहरू समावेश हुन्छन्। उहाँले आधारहीन रूपमा काम गर्नुहुन्‍न, र उहाँले निरर्थक काम गर्नुहुन्‍न। जब आत्माले प्रत्यक्ष रूपमा काम गर्नुहुन्छ, यो उहाँको लक्ष्यहरूसहित नै हुन्छ, र जब उहाँ आफ्‍नो काम गर्नको लागि मानिस बन्‍नुहुन्छ (भन्‍नुको अर्थ, जब उहाँले आफ्‍नो बाहिरी भेषलाई रूपान्तरण गर्नुहुन्छ), यो अझै बढी उहाँको लक्ष्यहरूसहित हुन्छ। अन्यथा उहाँले किन आफ्‍नो पहिचानलाई सहजै परिवर्तन गर्नुहुन्थ्यो? अन्यथा उहाँ किन सहजै नीच र सताइएको ठानिने व्यक्ति बन्‍नुहुन्थ्यो?

— वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १२३

देहको उहाँको काम सबैभन्दा महत्त्वपूर्ण छ, जसलाई उहाँको कामको सम्‍बन्धमा उल्‍लेख गरिन्छ, र आखिरमा काम समाप्त गर्नुहुने देहधारी परमेश्‍वर नै हुनुहुन्छ, आत्मा होइन। कतिपयले यो विश्‍वास गर्छन् कि कुनै अज्ञात समयमा परमेश्‍वर पृथ्वीमा आउनुहुन्छ र मानिसकहाँ देखा पर्नुहुन्छ, त्यसपछि उहाँले कसैलाई नछोडीकन तिनीहरू हरेकलाई पालैपालो गरी जाँच्दै, सारा मानवजातिलाई व्यक्तिगत रूपमा न्याय गर्नुहुनेछ। यस्तो विचार गर्नेहरूलाई देहधारणको कामको यो चरणको बारेमा थाहा छैन। परमेश्‍वरले मानिसलाई पालैपालो गरी न्याय गर्नुहुन्‍न, र उहाँले मानिसलाई पालैपालो गरी जाँच्‍नुहुन्‍न; त्यसो गर्नु भनेको न्यायको काम होइन। के सारा मानवजातिको भ्रष्टता उस्तै छैन र? के सारा मानवजातिको सार उस्तै छैन र? न्याय गरिने भनेको मानवजातिको भ्रष्ट सार, शैतानले भ्रष्ट तुल्याएको मानिसको सार, र मानिसको सारा पापहरूलाई हो। मानिसका तुच्‍छ र सानातिना गल्तीहरूलाई परमेश्‍वरले न्याय गर्नुहुन्‍न। न्यायको काम प्रतिनिधिमूलक छ, र यसलाई कुनै निश्‍चित व्यक्तिको लागि विशेष रूपमा अघि बढाइँदैन। बरु, यो त्यस्तो काम हो जसमा सारा मानवजातिको न्यायलाई प्रतिनिधित्व गर्नको लागि मानिसहरूको समूहलाई न्याय गरिन्छ। मानिसहरूको समूहमा आफ्‍नो कार्य व्यक्तिगत रूपमा गर्नुभएर, देहमा हुनुहुने परमेश्‍वरले सारा मानवजातिको कार्यलाई प्रतिनिधित्व गर्नको लागि आफ्‍नो कार्यको प्रयोग गर्नुहुन्छ, जसपश्चात यो क्रमिक रूपमा फैलिदै जान्छ। न्यायको काम पनि यस्तै छ। परमेश्‍वरले निश्‍चित प्रकारको व्यक्ति वा मानिसहरूको निश्‍चित समूहलाई न्याय गर्नुहुन्‍न, तर सारा मानवजातिको सारा अधार्मिकतालाई न्याय गर्नुहुन्छ—उदाहरणको लागि, परमेश्‍वरप्रतिको मानिसको विरोध, वा उहाँप्रति मानिसको अनादर, वा परमेश्‍वरको काममा मानिसको बाधा, इत्यादि। न्याय गरिने भनेको परमेश्‍वरलाई विरोध गर्ने मानिसको सार हो, र यो कार्य नै आखिरी दिनहरूको विजयको काम हो। मानिसले देखेको देहधारी परमेश्‍वरको कार्य र वचन नै आखिरी दिनहरूमा ठूलो सेतो सिंहासनको अगाडि हुने न्यायको काम हो, जुन विगतका समयका मानिसहरूले कल्‍पना गरेका थिए। देहधारी परमेश्‍वरले हाल गरिरहनुभएको काम नै वास्तवमा ठूलो सेतो सिंहासनको अगाडि हुने न्याय हो। आजका देहधारी परमेश्‍वर नै आखिरी दिनहरूमा सारा मानवजातिलाई न्याय गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। यो देह र उहाँको काम, उहाँको वचन, अनि उहाँको सम्पूर्ण स्वभाव नै उहाँको सम्पूर्णता हो। उहाँको कामको क्षेत्र सीमित भए पनि, र सम्पूर्ण ब्रह्माण्डलाई प्रत्यक्ष रूपमा संलग्‍न नगरे पनि, न्यायको कामको सार भनेको सारा मानवजातिको प्रत्यक्ष न्याय हो—यो चीनका चुनिएका मानिसहरूका खातिर मात्र होइन, न त मानिसहरूको सानो समूहको खातिर नै हो। देहमा परमेश्‍वरको कार्यको अवधिमा, यो कार्यको क्षेत्रले सम्पूर्ण ब्रह्माण्डलाई संलग्‍न नगरे तापनि, यसले सम्पूर्ण ब्रह्माण्डको कार्यलाई प्रतिनिधित्व गर्छ, र जसरी उहाँको पुनरुत्थान र स्वर्ग आरोहणपछि ब्रह्माण्डभरि येशूको सुसमाचारलाई फैलाइयो त्यसरी नै उहाँले आफ्‍नो देहको कार्य क्षेत्र भित्रको कामलाई समाप्त गर्नुभएपछि, उहाँले यो कार्यलाई तुरुन्तै सारा ब्रह्माण्डभरि फैलाउनुहुनेछ। चाहे यो आत्माको काम होस् या देहको काम होस्, यो सीमित क्षेत्रभित्र गरिने काम हो, तर जसले सम्पूर्ण ब्रह्माण्डको कार्यलाई प्रतिनिधित्व गर्छ। आखिरी दिनहरूको अवधिमा, परमेश्‍वरले आफ्‍नो देहधारी पहिचानमा देखा परेर आफ्‍नो काम गर्नुहुन्छ, र देहमा हुनुहुने परमेश्‍वर नै ठूलो सेतो सिंहासनको अगाडि मानिसलाई न्याय गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। उहाँ आत्मा भए पनि वा देह भए पनि, न्यायको काम गर्नुहुने नै आखिरी दिनहरूमा मानवजातिलाई न्याय गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। यसलाई उहाँको कामको आधारमा परिभाषित गरिन्छ, र यसलाई उहाँको बाहिरी रूप वा अन्य विभिन्‍न कारकतत्वहरूको आधारमा परिभाषित गरिँदैन। यी वचनहरूका बारेमा मानिसले अनेक धारणाहरू राख्‍ने भए तापनि, देहधारी परमेश्‍वरको न्याय र सारा मानवजातिलाई गरिने विजयको तथ्यलाई कसैले पनि इन्कार गर्न सक्दैन। मानिसले यसको बारेमा जे विचार गरे पनि, आखिर सत्य भनेको सत्य नै हो। कसैले पनि यसो भन्‍न सक्दैन, “काम गर्ने परमेश्‍वर नै हुनुहुन्छ, तर देह परमेश्‍वर हुनुहुन्न।” यो निरर्थक छ, किनभने देहमा हुनुहुने परमेश्‍वरले बाहेक यो काम कसैले गर्न सक्दैन। यो काम पहिले नै पूरा गरिसकिएको हुनाले, यो काम पछि मानिसलाई न्याय गर्ने परमेश्‍वरको काम दोस्रो पटक देखा पर्नेछैन; आफ्‍नो दोस्रो देहधारणमा परमेश्‍वरले सारा व्यवस्थापनको सम्पूर्ण कार्य समाप्त गरिसक्‍नुभएको छ, र परमेश्‍वरको कामको चौथो चरण हुनेछैन। न्याय गरिने भनेको मानिस अर्थात्, देहगत र भ्रष्ट तुल्याएको मानिस नै हो, र प्रत्यक्ष रूपमा न्याय गरिने शैतानको आत्मा होइन, त्यसकारण न्यायको काम आत्मिक संसारमा होइन, तर मानिसको बीचमा गरिन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १२४

मानिसको देहको भ्रष्टतालाई न्याय गर्ने कामको लागि देहमा हुनुहुने परमेश्‍वर जत्तिको अरू कोही पनि उपयुक्त र योग्य छैन। यदि परमेश्‍वरका आत्माले प्रत्यक्ष रूपमा नै न्याय गर्नुभएको भए, यो सर्व-स्वीकार्य हुँदैनथियो। यसको साथै, मानिसले त्यस्तो कार्यलाई स्वीकार गर्नु कठिन हुनेथियो, किनभने आत्मा मानिससँग आमने-सामने हुन सक्‍नुहुन्‍न, र यस कारणले गर्दा, यसको प्रभाव तत्‍कालीन हुनेथिएन, मानिसले परमेश्‍वरको रिस उठाउन नसकिने स्वभावलाई अझै स्पष्ट रूपमा देख्‍न सक्‍नु त परै जाओस्। देहमा हुनुहुने परमेश्‍वरले मानिसको भ्रष्टतालाई न्याय गर्नुभयो भने मात्रै शैतान पूर्ण रूपमा हार्न सक्छ। मानिसजस्तै सामान्य मानवता धारण गर्नुभएको हुनाले, देहमा हुनुहुने परमेश्‍वरले मानिसको अधार्मिकतालाई प्रत्यक्ष रूपमा न्याय गर्न सक्‍नुहुन्छ; यो उहाँको अन्तर्निहित पवित्रता, र उहाँको असाधारणताको चिन्‍ह हो। मानिसलाई न्याय गर्नको लागि परमेश्‍वर मात्रै योग्य, र यसो गर्ने स्थानमा हुनुहुन्छ, किनभने उहाँमा सत्यता, र धार्मिकता छ, त्यसैले उहाँले मानिसलाई न्याय गर्न सक्‍नुहुन्छ। सत्यता र धार्मिकता विहीनहरू अरूलाई न्याय गर्न योग्य छैनन्। यदि यो काम परमेश्‍वरका आत्माले गर्नुभयो भने, यसको अर्थ शैतानमाथिको विजय हो भन्नेथिएन। आत्मा अन्तर्निहित रूपमा मरणशील प्राणीहरूभन्दा उच्‍च हुन्छ, र परमेश्‍वरका आत्मा अन्तर्निहित रूपमा नै पवित्र, अनि देहमाथि विजयी हुनुहुन्छ। यदि यो काम आत्माले प्रत्यक्ष रूपमा गर्नुभयो भने, उहाँले मानिसका सारा अनाज्ञाकारितालाई न्याय गर्न सक्‍नुहुनेथिएन र मानिसको सबै अधार्मिकतालाई प्रकट गर्न सक्‍नुहुनेथिएन। किनभने न्यायको काम परमेश्‍वर सम्‍बन्धी मानिसको धारणाद्वारा पनि अघि बढाइन्छ, र आत्माको बारेमा मानिससँग कुनै धारणा कहिल्यै थिएन, त्यसकारण मानिसको अधार्मिकतालाई अझै राम्ररी प्रकट गर्न आत्मा असक्षम हुनुहुन्छ, त्यस्तो अधार्मिकतालाई पूर्ण रूपमा खुलासा गर्ने कुरा त परै जाओस्। देहधारी परमेश्‍वर उहाँलाई नचिन्‍नेहरू सबैका शत्रु हुनुहुन्छ। मानिसका धारणाहरूलाई र उहाँ प्रतिको विरोधलाई न्याय गरेर, उहाँले मानवजातिका सारा अनाज्ञाकारीतालाई खुलासा गर्नुहुन्छ। देहमा उहाँले गर्नुहुने कामका प्रभावहरू आत्माका कामभन्दा अझै स्पष्ट हुन्छन्। त्यसैले, सारा मानवजातिको न्याय प्रत्यक्ष रूपमा आत्माले गर्नुहुन्‍न, तर यो देहधारी परमेश्‍वरको काम हो। देहमा हुनुहुने परमेश्‍वरलाई मानिसले देख्‍न र छुन सक्छ, र देहमा हुनुहुने परमेश्‍वरले मानिसलाई पूर्ण रूपमा विजय गर्न सक्‍नुहुन्छ। देहमा हुनुहुने परमेश्‍वरसँगको आफ्‍नो सम्‍बन्धमा, मानिस विरोधबाट आज्ञापालनमा, सतावटबाट स्वीकारमा, धारणाहरूबाट ज्ञानमा, अनि इन्कारबाट प्रेममा उन्नत हुन्छन्—यी देहधारी परमेश्‍वरको कामका प्रभावहरू हुन्। उहाँको न्यायलाई स्वीकार गरेर मात्रै मानिस मुक्त हुन सक्छ, उहाँको मुखका वचनहरूद्वारा मात्रै मानिसले बिस्तारै उहाँलाई चिन्दै जान्छ, उहाँप्रतिको उसको विरोधको अवधिमा उहाँले मानिसलाई विजय गर्नुहुन्छ, र उहाँको सजायको स्वीकारको अवधिमा उसले उहाँबाट जीवनको आपूर्ति प्राप्त गर्छ। यी सबै काम देहमा हुनुहुने परमेश्‍वरको काम हो, र आत्माको रूपमा आफ्ना पहिचानमा हुनुभएका परमेश्‍वरको काम होइन। देहधारी परमेश्‍वरले गर्नुभएको काम नै सबैभन्दा ठूलो, र सबैभन्दा उल्‍लेखनीय काम हो, र परमेश्‍वरको कार्यका तीन वटा चरणहरूको मुख्य भाग भनेको देहधारणको कार्यका दुई वटा चरणहरू हुन्। मानिसको गहन भ्रष्टता देहधारी परमेश्‍वरको कामको निम्ति ठूलो बाधा हो। निश्‍चित रूपमा, आखिरी दिनहरूका मानिसहरूमा गरिने काम निकै कठिन छ, र वातावरण शत्रुवत छ, अनि हरेक प्रकारका व्यक्तिको क्षमता निकै कमजोर छ। तैपनि यो कामको अन्त्यमा, यसले कुनै पनि त्रुटिहरूविना नै उचित प्रभाव हासिल गर्नेछ; देहको कामको प्रभाव यही नै हो, र आत्माको कामभन्दा यो प्रभाव अझै विश्‍वस्त तुल्याउने किसिमको हुन्छ। परमेश्‍वरको कार्यका तीन वटा चरणहरूलाई देहमा समाप्त गरिनेछ, र तिनलाई देहधारी परमेश्‍वरले नै समाप्त गर्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण र निर्णायक कार्य देहमा गरिन्छ, र मानिसको मुक्ति देहमा हुनुहुने परमेश्‍वरले व्यक्तिगत रूपमा नै अघि बढाउनुहुन्छ। देहमा हुनुहुने परमेश्‍वर मानिससँग सम्‍बन्धित देखिँदैन भन्‍ने मानिसले ठाने पनि, वास्तवमा यो देहले सारा मानवजातिको गन्तव्य र अस्तित्वसँग सम्‍बन्ध राख्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १२५

परमेश्‍वरको कार्यको हरेक चरण सारा मानवजातिको खातिर कार्यान्वयन गरिन्छ, र यो सारा मानवजातिप्रति लक्षित हुन्छ। यो देहमा गरिने उहाँको काम भए तापनि, यो सारा मानवजातिप्रति नै लक्षित हुन्छ; उहाँ सारा मानवजातिका परमेश्‍वर हुनुहुन्छ, र उहाँ सृष्टि गरिएका र सृष्टि नगरिएका सबै प्राणीहरूका परमेश्‍वर हुनुहुन्छ। देहमा उहाँको कार्य सीमित क्षेत्रभित्र रहे तापनि, र यो कार्यको पात्रसमेत फरक भए तापनि, आफ्‍नो कार्य गर्नलाई जब-जब उहाँ देह बन्‍नुहुन्छ उहाँले अत्यन्तै प्रतिनिधिमूलक रहेको आफ्‍नो कामको पात्रलाई चुन्‍नुहुन्छ; उहाँले काम गर्नको लागि सरल र अ-उल्‍लेखनीय मानिसहरूको समूहलाई छनौट गर्नुहुन्‍न, बरु देहमा उहाँको कामको प्रतिनिधिहरू हुन सक्‍ने मानिसहरूको समूहलाई आफ्‍नो कामको पात्रको रूपमा छनौट गर्नुहुन्छ। मानिसहरूको यो समूहलाई छनौट गरिन्छ किनभने देहमा उहाँको कार्यको क्षेत्र सीमित हुन्छ, र यो विशेष गरी देहधारी शरीरको लागि तयार गरिएको हुन्छ, र देहमा उहाँको कार्यको लागि विशेष गरी चुनिएको हुन्छ। आफ्‍नो कार्यका पात्रहरूको परमेश्‍वरको छनौट आधारहीन हुँदैन, तर यो सिद्धान्त अनुसार गरिन्छ: कामका पात्र देहमा परमेश्‍वरको कामको निम्ति फाइदाजनक हुनुपर्छ, र सारा मानवजातिलाई प्रतिनिधित्व गर्न सक्‍ने हुनुपर्छ। उदाहरणको लागि, येशूको व्यक्तिगत छुटकारालाई स्वीकार गर्ने काममा यहूदीहरूले सारा मानवजातिलाई प्रतिनिधित्व गर्न सके, र देहधारी परमेश्‍वरको व्यक्तिगत विजयलाई स्वीकार गर्ने काममा चिनियाँहरूले सारा मानवजातिलाई प्रतिनिधित्व गर्न सक्छन्। सारा मानवजातिलाई यहूदीहरूले गरेको प्रतिनिधित्वको आधार छ, र परमेश्‍वरको व्यक्तिगत विजयलाई स्वीकार गर्ने काममा चिनियाँ मानिसहरूले सारा मानवजातिलाई गरेको प्रतिनिधित्वको पनि आधार छ। यहूदीहरूका बीचमा गरिएको छुटकाराको कामले जत्तिको अरू कुनै कुराले छुटकाराको महत्त्वलाई प्रकट गर्दैन, र चिनियाँ मानिसहरूका बीचमा गरिदै गरिएको विजयको कामले जत्तिको अरू कुनै पनि कुराले विजयको कामको पूर्णता र सफलतालाई प्रकट गर्न सक्दैन। देहधारी परमेश्‍वरको काम र वचन मानिसहरूको सानो समूहप्रति मात्रै लक्षित गरिएको जस्तो देखिन्छ, तर, वास्तवमा, यो सानो समूहमा गरिने उहाँको काम सम्पूर्ण ब्रह्माण्डको काम हो, र उहाँको वचन सारा मानवजातिप्रति लक्षित छ। देहमा गरिने उहाँको काम समाप्त भएपछि, उहाँलाई पछ्याउनेहरूले तिनीहरूका बीचमा उहाँले गर्नुभएको कामलाई फैलाउन सुरु गर्नेछन्। देहमा गरिने उहाँको कार्यको सबैभन्दा उत्तम कुरा भनेको उहाँले यथार्थ वचनहरू र अर्तीहरू, र मानवजातिप्रतिको उहाँको निश्‍चित इच्छालाई उहाँको पछि लाग्‍नेहरूमा छोड्न सक्‍नुहुन्छ, ताकि त्यसपछि उहाँका अनुयायीहरूले अझै यथार्थ रूपमा र अझै ठोस रूपमा देहमा गरिने उहाँको सारा काम, र सारा मानवजातिप्रति उहाँको इच्‍छालाई यो मार्ग स्वीकार गर्नेहरूमा हस्तान्तरण गर्न सक्‍नेछन्। मानिसको बीचमा देहमा गरिने परमेश्‍वरको कामले मात्रै परमेश्‍वर मानिससँगै रहनु र सँगै बस्‍नुको तथ्यलाई साँचो रूपमा पूरा गर्न सक्छ। यो कार्यले मात्रै परमेश्‍वरको मुहारलाई हेर्ने, परमेश्‍वरको कामलाई अवलोकन गर्ने, र परमेश्‍वरको व्यक्तिगत वचन सुन्‍ने मानिसको इच्‍छालाई पुरा गर्न सक्छ। यहोवाको फर्काइ मानवजातिकहाँ देखा परेको बेला मात्रै देहधारी परमेश्‍वरले त्यो युगलाई समाप्त गर्नुहुन्छ, र अस्पष्ट परमेश्‍वरमाथिको मानवजातिको विश्‍वासको युगलाई पनि उहाँले समाप्त गर्नुहुन्छ। निश्‍चित रूपमा, अन्तिम देहधारी परमेश्‍वरको कार्यले सारा मानवजातिलाई त्यो युगमा ल्याउँछ जुन अझै वास्तविक, अझै व्यवहारिक, र अझै सुन्दर हुन्छ। उहाँले व्यवस्था र धर्मसिद्धान्तको युगलाई समाप्त गर्ने मात्र होइन, तर अझै महत्त्वपूर्ण कुरा, उहाँले मानवजातिको निम्ति त्यो परमेश्‍वरलाई प्रकट गर्नुहुन्छ जो वास्तविक र सामान्य हुनुहुन्छ, जो धर्मी र पवित्र हुनुहुन्छ, जसले व्यवस्थापन योजनाको कार्य खुल्ला पार्नुहुन्छ, जसले मानवजातिको रहस्यहरू र गन्तव्यलाई प्रदर्शन गर्नुहुन्छ, जसले मानवजातिलाई सृष्टि गर्नुभयो र व्यवस्थापन कार्यलाई समाप्त गर्नुहुन्छ, अनि जो हजारौं वर्षसम्‍म गुप्त बस्‍नुभयो। उहाँले अस्पष्टताको युगलाई पूर्ण रूपमा समाप्त गर्नुहुन्छ, उहाँले त्यो युगलाई अन्त्य गर्नुहुन्छ जुन युगमा सारा मानवजातिले परमेश्‍वरको मुहारलाई हेर्ने इच्‍छा गर्छन् तर त्यसो गर्न सक्दैनन्, उहाँले त्यो युगलाई समाप्त गर्नुहुन्छ जुन युगमा सारा मानवजातिले शैतानको सेवा गरे, अनि उहाँले सारा मानवजातिलाई पूर्ण रूपमा नयाँ युगमा डोर्याउनुहुन्छ। यी सबै परमेश्‍वरको आत्माको स्थानमा देहमा हुनुहुने परमेश्‍वरको कामको परिणाम हो। जब परमेश्‍वरले देहमा काम गर्नुहुन्छ, उहाँलाई पछ्याउनेहरूले उप्रान्त त्यस्ता कुराहरूलाई खोजी गर्ने र छामछुम गर्ने गर्दैनन्, जुन अस्तित्वमा छ र अस्तित्वमा छैन जस्तो देखिन्छ, र तिनीहरूले अस्पष्ट परमेश्‍वरको इच्‍छाको बारेमा अनुमान गर्न छोड्छन्। जब परमेश्‍वरले देहमा गर्ने आफ्‍नो कामलाई फैलाउनुहुन्छ, उहाँलाई पछ्याउनेहरूले उहाँले देहमा गर्नुभएको कामलाई सारा धर्महरू र सम्प्रदायहरूमा फैलाउँछन्, र तिनीहरूले उहाँका सबै वचनहरूलाई सारा मानवजातिको कानमा सुनाउनेछन्। उहाँको सुसमाचारलाई ग्रहण गरेकाहरूले सुनेका सबै कुरा उहाँका कार्यका तथ्यहरू हुनेछन्, मानिसले व्यक्तिगत रूपमा देखेका र सुनेका कुराहरू हुनेछन्, र तथ्यहरू हुनेछन्, हल्‍ला मात्र होइन। यी तथ्यहरू त्यो सबुत हो जसद्वारा उहाँले काम फैलाउनुहुन्छ, र ती उहाँले काम फैलाउने क्रममा प्रयोग गर्नुहुने औजारहरू पनि हुन्। तथ्यहरूको अस्तित्वविना, उहाँको सुसमाचार सारा देशहरू र सबै स्थानहरूमा फैलने थिएनन्; तथ्यहरूविना तर मानिसहरूको कल्‍पनाहरूद्वारा मात्रै, उहाँले सारा ब्रह्माण्डलाई विजय गर्ने काम कहिल्यै गर्न सक्‍नुहुने थिएन। आत्मा मानिसको लागि अस्पृश्य छ, र मानिसको लागि अदृश्य छ, र मानिसको लागि गरिने परमेश्‍वरको कामको थप प्रमाण वा तथ्यहरूलाई छोड्न आत्माको काम असमर्थ छ। मानिसले परमेश्‍वरको वास्तविक मुहारलाई कहिल्यै हेर्नेछैन, उसले सँधै अस्तित्वमा नभएको अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्नेछ। मानिसले परमेश्‍वरको मुहारलाई कहिल्यै हेर्नेछैन, न त मानिसले कहिल्यै परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्‍नुभएको वचनहरूलाई नै सुन्‍नेछ। आखिर, मानिसका कल्‍पनाहरू रित्तो छन्, र परमेश्‍वरको साँचो मुहारलाई प्रतिस्थापन गर्न सक्दैनन्; परमेश्‍वरको अन्तर्निहित स्वभाव, र परमेश्‍वर स्वयमको कामको नक्‍कल मानिसले गर्न सक्दैन। स्वर्गका अदृश्य परमेश्‍वर र उहाँको कार्यलाई देहधारी परमेश्‍वरले मात्रै पृथ्वीमा ल्याउन सक्‍नुहुन्छ जसले व्यक्तिगत रूपमै मानिसहरूको बीचमा आफ्‍नो काम गर्नुहुन्छ। परमेश्‍वर मानिसको बीचमा प्रकट हुने सबैभन्दा उत्तम तरिका यही नै हो, जसमा मानिसले परमेश्‍वरलाई देख्छ र परमेश्‍वरको साँचो मुहारलाई चिन्दछ, र गैर-देहधारी परमेश्‍वरले यो हासिल गर्न सक्‍नुहुन्‍न। आफ्‍नो कामलाई यो चरणसम्‍म अघि बढाइसकेपछि, परमेश्‍वरको कार्यले पहिले नै अधिकतम प्रभाव हासिल गरिसकेको छ, र यो पूर्ण रूपमा सफल भएको छ। देहमा परमेश्‍वरको व्यक्तिगत कामले उहाँको सम्पूर्ण व्यवस्थापन कार्यको नब्‍बे प्रतिशत काम पहिले नै पूरा गरिसकेको छ। यो देहले उहाँको सम्पूर्ण कामको निम्ति उत्तम सुरुवात, र उहाँको सम्पूर्ण कार्यको सारांश प्रदान गरेको छ, र उहाँले आफ्‍ना सारा कार्यलाई प्रकट गर्नुभएको छ, र यो सम्पूर्ण कार्यलाई अन्तिम रूपमा पूर्णता दिनुभएको छ। यसपछि, परमेश्‍वरको कार्यको चौथो चरण गर्नको लागि अर्का देहधारी परमेश्‍वर हुनुहुनेछैन, र परमेश्‍वरको तेस्रो देहधारणको कुनै पनि आश्‍चर्यजनक काम कहिल्यै हुनेछैन।

— वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १२६

देहमा परमेश्‍वरको कार्यको हरेक चरणले उहाँको सम्पूर्ण युगको कार्यलाई प्रतिनिधित्व गर्छ, र मानिसको कार्यले जस्तो, यसले निश्‍चित अवधिलाई प्रतिनिधित्व गर्दैन। अनि उहाँको अन्तिम देहधारणको कार्यको समाप्तिको अर्थ उहाँको कार्य पूर्ण रूपमा समाप्त भएको छ भन्‍ने हुँदैन, किनभने देहमा उहाँको कार्यले सम्पूर्ण युगलाई प्रतिनिधित्व गर्छ, र उहाँले देहमा गर्नुहुने आफ्नो कामको अवधिलाई मात्रै प्रतिनिधित्व गर्दैन। के मात्रै हो भने उहाँ देहमा हुनुभएको समय अवधिमा उहाँले सम्पूर्ण युगको आफ्‍नो कार्यलाई समाप्त गर्नुहुन्छ, यसपछि यो सबै स्थानहरूमा फैलन्छ। देहधारी परमेश्‍वरले आफ्‍नो सेवकाइलाई पूरा गर्नुभएपछि, उहाँलाई पछ्याउनेहरूलाई उहाँले आफ्‍नो भविष्यको कार्य सुम्पनुहुनेछ। यसरी, सम्पूर्ण युगको उहाँको कार्यलाई नटुक्र्याइकन अघि बढाइनेछ। देहधारणको सम्पूर्ण युगको कार्य सम्पूर्ण ब्रह्माण्डमा फैलिएपछि मात्रै यसलाई पूरा भएको मान्‍न सकिन्छ। देहधारी परमेश्‍वरको कार्यले नयाँ युग सुरु गर्छ, र उहाँको कार्यलाई जारी राख्‍नेहरू उहाँद्वारा प्रयोग गरिनेहरू नै हुन्। मानिसले गर्ने कार्य सबै देहमा परमेश्‍वरको सेवकाइभित्र पर्छ, र यो क्षेत्रभन्दा बाहिर जानु यो असमर्थ छ। यदि देहधारी परमेश्‍वर आफ्‍नो काम गर्नको लागि नआउनुभएको भए, मानिसले पुरानो युगलाई समाप्त गर्न सक्‍ने थिएन र नयाँ युगलाई प्रारम्‍भ गर्न सक्‍ने थिएन। मानिसले गर्ने कार्य मानिसले गर्न सम्‍भव रहेको उसको कर्तव्यको कार्यक्षेत्रभित्र मात्रै हुन्छ, र यसले परमेश्‍वरको कार्यलाई प्रतिनिधित्व गर्दैन। देहधारी परमेश्‍वर मात्रै आउन र आफूले गर्ने कामलाई पूरा गर्न सक्‍नुहुन्छ र, उहाँ बाहेक, कसैले पनि उहाँको खातिर यो काम गर्न सक्दैन। अवश्‍य नै, म जे बोल्छु त्यो देहधारणको कामसँग सम्‍बन्धित छ। यस देहधारी परमेश्‍वरले सुरुमा कामको त्यो चरण गर्नुहुन्छ जुन मानिसका धारणाहरूसँग मिल्दैन, त्यसपछि उहाँले थप काम गर्नुहुन्छ जुन मानिसका धारणाहरूसँग मिल्दैन। कामको लक्ष्य भनेको मानिसको विजय हो। एक हिसाबमा, परमेश्‍वरको देहधारण मानिसका धारणाहरू अनुरूप छैनन्, यस बाहेक, उहाँले थप काम गर्नुहुन्छ जुन मानिसका धारणाहरूसँग मिल्दैन, अनि मानिसले उहाँको बारेमा अझै आलोचनात्मक दृष्टिकोणहरूको विकास गर्छन्। उहाँले मानिसहरूका बीचमा विजयको काम गर्नुहुन्छ जोसँग उहाँको बारेमा अनेक धारणाहरू हुन्छन्। तिनीहरूले उहाँलाई जस्तो व्यवहार गरे तापनि, उहाँले आफ्‍नो सेवकाइलाई पूरा गरिसक्‍नुभएपछि, सबै मानिसहरू उहाँको प्रभुत्वको अधीनस्थ बनिसकेका हुनेछन्। यो कार्यको तथ्य चिनियाँ मानिसहरूका बीचमा मात्रै प्रतिबिम्‍बित हुँदैन, तर सारा मानवजातिलाई कसरी विजय गरिने त्यसलाई पनि यसले प्रतिनिधित्व गर्छ। यी मानिसहरूमा हासिल गरिने प्रभावहरू सारा मानवजातिमा हासिल गरिने प्रभावहरूका पूर्वाभास हो, र भविष्यमा उहाँले गर्नुहुने कामको प्रभावहरू यी मानिसहरूमाथिको प्रभावहरू अत्यन्तै धेरै हुनेछ। देहमा परमेश्‍वरको काममा ठूलो प्रसिद्धि संलग्‍न छैन, न त यो अप्रसिद्धिको कुञ्‍जभित्र नै लुकेको छ। यो वास्तविक र यथार्थ हो, र यो त्यस्तो काम हो जसमा एक जोड एक बराबर दुई हुन्छ। यसलाई कसैबाट लुकाइएको छैन, न त यसले कसैलाई धोका नै दिन्छ। मानिसहरूले जे देख्छन् ती वास्तविक र यथार्थ कुराहरू हुन्, र मानिसले जे प्राप्त गर्छ त्यो वास्तविक सत्यता र ज्ञान हो। जब काम समाप्त हुन्छ, तब मानिसले उहाँको बारेमा नयाँ ज्ञान पाउनेछ, र साँचो रूपमा खोज्‍नेहरूसँग उहाँको बारेमा उप्रान्त कुनै धारणाहरू हुनेछैन। यो चिनियाँ मानिसहरूमा परेको उहाँको कामको प्रभाव मात्रै होइन, तर सारा मानवजातिलाई विजय गर्ने उहाँको कामको प्रभावलाई पनि यसले प्रतिनिधित्व गर्छ, किनभने सारा मानवजातिलाई विजय गर्ने कार्यको लागि यो देह, यो देहको कार्य, र यो देहको सबै कुराभन्दा बढी अरू केही पनि लाभदायक छैन। ती आजको उहाँको कार्यको निम्ति लाभदायक छन्, र भविष्यको उहाँको कार्यको लागि लाभदायक छन्। यो देहले सारा मानवजातिलाई विजय गर्नेछ र सारा मानवजातिलाई प्राप्त गर्नेछ। योभन्दा उत्तम काम अरू कुनै छैन जसद्वारा सारा मानवजातिले परमेश्‍वरलाई हेर्नेछन्, र परमेश्‍वरको आज्ञापालन गर्नेछन्, र परमेश्‍वरलाई चिन्‍नेछन्। मानिसले गर्ने कामले सीमित क्षेत्रलाई मात्रै प्रतिनिधित्व गर्छ, र जब परमेश्‍वरले आफ्‍नो काम गर्नुहुन्छ उहाँ निश्‍चित व्यक्तिसँग बोल्‍नुहुन्‍न, तर सारा मानवजाति, र उहाँको वचनलाई पालन गर्नेहरू सबैसँग बोल्‍नुहुन्छ। उहाँले घोषणा गर्नुहुने अन्त्य नै सारा मानवजातिको अन्त्य हो, निश्‍चित व्यक्तिको मात्रै अन्त्य होइन। उहाँले कसैलाई पनि विशेष व्यवहार गर्नुहुन्‍न, न त उहाँले कसैलाई पीडित नै तुल्याउनुहुन्छ, र उहाँले सारा मानवजातिको लागि काम गर्नुहुन्छ, र बोल्‍नुहुन्छ। त्यसकारण यस देहधारी परमेश्‍वरले सारा मानवजातिलाई प्रकार अनुसार वर्गीकृत गरिसक्‍नुभएको छ, सारा मानवजातिलाई न्याय गरिसक्‍नुभएको छ, र सारा मानवजातिको लागि उचित गन्तव्य तय गरिसक्‍नुभएको छ। परमेश्‍वरले आफ्‍नो काम चीनमा मात्रै गर्नुहुने भए तापनि, वास्तवमा उहाँले सम्पूर्ण ब्रह्माण्डको कार्य गर्ने सङ्कल्‍प गरिसक्‍नुभएको छ। आफ्‍ना वाणीहरू र बन्दोबस्तहरू चरणबद्ध रूपमा प्रस्तुत गर्नुभन्दा पहिले उहाँले आफ्‍नो काम सारा मानवजातिमा फैलिञ्‍जेलसम्‍म प्रतीक्षा गर्न सक्‍नुहुन्‍न। के त्यो अत्यन्तै ढिलो हुनेछैन र? अब उहाँ भविष्यको कामलाई अग्रिम रूपमा पूरा गर्न सक्षम हुनुहुन्छ। जो काम गर्दैहुनुहुन्छ उहाँ देहमा हुनुहुने परमेश्‍वर हुनुभएकोले, उहाँले सीमित क्षेत्रभित्र सीमित काम गर्दैहुनुहुन्छ, र त्यसपछि मानिसले पूरा गर्नुपर्ने कर्तव्यलाई पुरा गर्न मानिसलाई लगाउनुहुन्छ; उहाँको कामको सिद्धान्त यही नै हो। उहाँ केही समयको लागि मात्रै मानिससँग जिउन सक्‍नुहुन्छ र सम्पूर्ण युगको कार्य समाप्त नभइञ्‍जेलसम्‍म मानिसको साथ दिन सक्‍नुहुन्‍न। यसको कारण के हो भने उहाँ भविष्यको आफ्‍नो कामको बारेमा अग्रिम रूपमा भविष्यवाणी गर्ने परमेश्‍वर हुनुहुन्छ। त्यसपछि, उहाँले सारा मानवजातिलाई प्रकार अनुसार आफ्‍नो वचनद्वारा वर्गीकरण गर्नुहुनेछ, र मानवजाति उहाँको वचनहरू अनुसार उहाँको चरणबद्ध कार्यमा प्रवेश गर्नेछन्। कोही पनि उम्कनेछैनन्, र सबैले यही अनुसार अभ्यास गर्नुपर्छ। त्यसकारण, भविष्यमा उहाँका वचनहरूले युगलाई अगुवाइ गर्नेछ, र आत्माले अगुवाइ गर्नेछैन।

— वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १२७

मानिसको देह शैतानद्वारा भ्रष्ट तुल्याइएको छ, र यसलाई सबैभन्दा गहन रूपमा अन्धा तुल्याइएको, र अत्यन्तै उल्‍लेखनीय रूपमा हानी गरिएको छ। परमेश्‍वरले किन देहमा व्यक्तिगत रूपमा काम गर्नुहुन्छ त्यसको सबैभन्दा आधारभूत कारण उहाँको मुक्तिको पात्र मानिस भएकोले गर्दा नै हो, जो देह हो, र किनभने परमेश्‍वरको काममा वाधा दिनको लागि शैतानले पनि मानिसकै देहलाई प्रयोग गर्छ। शैतानसँगको युद्ध भनेको वास्तवमा मानिसलाई विजय गर्ने काम नै हो, र यसको साथै, मानिस पनि परमेश्‍वरको मुक्तिको पात्र हो। यसरी, देहधारी परमेश्‍वरको काम अत्यावश्यक छ। शैतानले मानिसको देहलाई भ्रष्ट तुल्यायो, र मानिस शैतानको मूर्तरूप बन्यो, अनि परमेश्‍वरद्वारा हराउने पात्र बन्यो। यसरी, शैतानसँग युद्ध गर्ने र मानिसलाई मुक्त गर्ने काम पृथ्वीमा हुन्छ, र शैतानसँग युद्ध गर्नको लागि परमेश्‍वर मानव बन्‍नैपर्छ। यो सबैभन्दा बढी व्यवहारिकता भएको काम हो। जब परमेश्‍वरले देहमा काम गरिरहनुभएको हुन्छ, उहाँले वास्तवमा देहमा शैतानसँग युद्ध गरिरहनुभएको हुन्छ। जब उहाँले देहमा काम गर्नुहुन्छ, उहाँले आत्मिक क्षेत्रमा आफ्‍नो काम गरिरहनुभएको हुन्छ, र उहाँले आफ्‍नो सम्पूर्ण कार्यलाई पृथ्वीमा आत्मिक क्षेत्रमा वास्तविक बनाउनुहुन्छ। विजय गरिने भनेको मानिस, उहाँप्रति अनाज्ञाकारी रहेको मानिस नै हो, र हराइने भनेको शैतानको मूर्तरूप हो (अवश्य नै, यो पनि मानिस नै हो), जो उहाँप्रति शत्रुतामा छ, र आखिरमा मुक्त गरिने पनि मानिस नै हो। यसरी, परमेश्‍वर सृष्टिको बाहिरी भेष भएको मानव बन्‍नु अझै बढी आवश्यक छ, ताकि उहाँले शैतानसँग वास्तविक लडाइ गर्न, उहाँप्रति अनाज्ञाकारी हुने र उहाँको जस्तै बाहिरी भेष भएको मानिसलाई विजय गर्न, र उहाँको जस्तै बाहिरी भेष भएको र शैतानद्वारा हानी गरिएको मानिसलाई मुक्त गर्न सक्‍नुभएको होस्। उहाँको शत्रु मानिस हो, उहाँको विजयको पात्र मानिस हो, र उहाँको मुक्तिको पात्र मानिस हो, जसलाई उहाँले नै सृष्टि गर्नुभएको थियो। त्यसकारण उहाँ मानव बन्‍नैपर्छ, र यसरी उहाँको काम निकै सहज बन्छ। उहाँले शैतानलाई हराउन र मानवजातिलाई विजय गर्न सक्‍नुहुन्छ, यसको साथै, उहाँले मानवजातिलाई मुक्त गर्न सक्‍नुहुन्छ। यो देह सामान्य र वास्तविक भए तापनि, उहाँ सामान्य देह हुनुहुन्‍न: उहाँ मानिस मात्रैको देह हुनुहुन्‍न, तर त्यो देह हुनुहुन्छ जुन मानवीय र ईश्‍वरीय दुवै हो। उहाँ र मानिसको बीचको भिन्‍नता यही नै हो, र परमेश्‍वरको पहिचानको चिन्‍ह यही नै हो। यस किसिमको देहले मात्रै उहाँले अभिप्राय राख्नुभएको काम गर्न सक्छ, र देहमा परमेश्‍वरको सेवकाइलाई पूरा गर्न, र मानिसको बीचमा उहाँको कामलाई पूर्ण रूपमा पूरा गर्न सक्छ। यस्तो नभएको भए, मानिसको बीचमा उहाँको काम सँधै रित्तो र त्रुटिपूर्ण हुनेथियो। परमेश्‍वरले शैतानको आत्मासँग युद्ध गरेर विजयी भएर निस्कन सक्‍नुहुने भए तापनि, भ्रष्ट मानिसको पुरानो प्रकृतिलाई कहिल्यै पनि समाधान गर्न सकिँदैन, र परमेश्‍वरप्रति अनाज्ञाकारी र उहाँको विरोध गर्नेहरू साँचो रूपमा उहाँको प्रभुत्वको अधीनस्थ कहिल्यै बन्‍न सक्दैनन्, भन्‍नुको अर्थ, उहाँले मानवजातिलाई कहिल्यै विजय गर्न सक्‍नुहुन्‍न, र सारा मानवजातिलाई कहिल्यै प्राप्त गर्न सक्‍नुहुन्‍न। यदि पृथ्वीमा उहाँको काम कहिल्यै समाधान गर्न सकिँदैन भने, उहाँको व्यवस्थापनलाई कहिल्यै पनि समाप्त गर्न सकिनेछैन, र सारा मानवजाति विश्राममा प्रवेश गर्न सक्‍नेछैन। यदि परमेश्‍वर आफ्‍ना सारा प्राणीहरूसँग विश्राममा प्रवेश गर्न सक्‍नुहुन्‍न भने, त्यस्तो व्यवस्थापन कार्यको परिणाम कहिल्यै हुनेछैन, र परिणामस्वरूप परमेश्‍वरको महिमा हराउनेछ। उहाँको देहमा कुनै अख्तियार नभए तापनि, उहाँले गर्ने कामले यसको प्रभाव हासिल गर्नेछ। उहाँको कामको अपरिहार्य दिशा यही नै हो। उहाँको देहमा अख्तियार भए पनि वा नभए पनि, जबसम्‍म उहाँ आफै परमेश्‍वरको काम गर्न सक्‍नुहुन्छ, तबसम्‍म उहाँ परमेश्‍वर स्वयम नै हुनुहुन्छ। उहाँको देह जति सामान्य र साधारण भए तापनि, उहाँले गर्नुपर्ने काम उहाँले गर्न सक्‍नुहुन्छ, किनभने यो देह परमेश्‍वर नै हुनुहुन्छ, मानव मात्रै होइन। यो देहले मानिसले गर्न नसक्‍ने काम गर्न सक्‍नुको कारण के हो भने, उहाँको भित्री सार कुनै पनि मानवको जस्तो छैन, र उहाँले मानिसलाई मुक्त गर्न सक्‍नुको कारण के हो भने, उहाँको पहिचान कुनै पनि मानिसको भन्दा फरक छ। यो देह मानवजातिको निम्ति महत्त्वपूर्ण छ किनभने उहाँ मानिस हुनुहुन्छ, र त्योभन्दा पनि बढी, उहाँ परमेश्‍वर हुनुहुन्छ, किनभने देहको साधारण मानिसले गर्न नसक्‍ने काम उहाँले गर्न सक्‍नुहुन्छ, किनभने उहाँले पृथ्वीमा उहाँसँग बस्‍ने भ्रष्ट मानिसलाई मुक्त गर्न सक्‍नुहुन्छ। उहाँ मानिस समान हुनुभए तापनि, देहधारी परमेश्‍वर मानवजातिको लागि कुनै पनि मूल्यवान् मानिसभन्दा बढी महत्त्वपूर्ण छ, किनभने उहाँले परमेश्‍वरका आत्माले गर्न नसक्‍ने काम गर्न सक्‍नुहुन्छ, परमेश्‍वर स्वयमको गवाही दिनको लागि परमेश्‍वरका आत्माभन्दा बढी सक्षम हुनुहुन्छ, र मानवजातिलाई पूर्ण रूपमा प्राप्त गर्नको लागि परमेश्‍वरका आत्माभन्दा बढी सक्षम हुनुहुन्छ। परिणामस्वरूप, यो देह सामान्य र साधारण भए तापनि, मानवजातिप्रति उहाँको योगदान र मानवजातिको अस्तित्वप्रति उहाँको महत्त्वले उहाँलाई अत्यन्तै बहुमूल्‍य तुल्याउँछ, र यो देहको वास्तविक मूल्य र महत्त्वलाई कुनै पनि मानवले नाप्‍न सक्दैन। यो देहले प्रत्यक्ष रूपमा शैतानलाई नष्ट गर्न नसके तापनि, उहाँले मानवजातिलाई विजय गर्न र शैतानलाई हराउन, र शैतानलाई उहाँको प्रभुत्वमा पूर्ण रूपमा समर्पित हुने तुल्याउनको लागि आफ्‍नो काम प्रयोग गर्न सक्‍नुहुन्छ। परमेश्‍वर देहधारी हुनुभएकोले उहाँले शैतानलाई हराउन सक्‍नुहुन्छ र मानवजातिलाई मुक्त गर्न सक्‍नुहुन्छ। उहाँले प्रत्यक्ष रूपमा शैतानलाई नष्ट गर्नुहुन्‍न, बरु शैतानद्वारा भ्रष्ट तुल्याइएका मानवजातिलाई विजय गर्ने काम गर्नको लागि उहाँ देह बन्‍नुहुन्छ। यसरी, उहाँ आफ्‍ना प्राणीहरूका माझ आफ्‍नो लागि गवाही दिन अझै बढी सक्षम हुनुहुन्छ, र भ्रष्ट मानिसलाई मुक्त गर्न उहाँ अझै सक्षम हुनुहुन्छ। परमेश्‍वरका आत्माद्वारा शैतानलाई प्रत्यक्ष रूपमा नष्ट गर्ने कार्यले भन्दा, देहधारी परमेश्‍वरको शैतानमाथिको विजयले अझै ठूलो गवाही दिन्छ, र यो अझै विश्‍वास दिलाउने हुन्छ। देहमा हुनुहुने परमेश्‍वर मानिसलाई सृष्टिकर्ता चिन्‍न सहायता गर्न अझै बढी सक्षम हुनुहुन्छ र उहाँका प्राणीहरूका बीचमा आफ्‍नो गवाही दिनको लागि अझै बढी सक्षम हुनुहुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १२८

परमेश्‍वर पृथ्वीमा मानिसको बीचमा आफ्नो काम गर्न, आफैलाई मानिसकहाँ व्यक्तिगत रूपले प्रकट गर्न र मानिसलाई उहाँलाई हेर्ने मौका दिन आउनुभयो; के यो सानो विषय हो? यो वास्तवमा सरल छैन! यो मानिसले सोचेजस्तो होइन: मानिसले उहाँलाई हेर्न सकोस्, मानिसले परमेश्‍वर यथार्थ हुनुहुन्छ, अस्पष्ट वा खोक्रो होइन, र परमेश्‍वर उच्‍च हुनुहुन्छ, तर नम्र पनि हुनुहुन्छ भन्‍ने जानोस् भनी परमेश्‍वर आउनुभएको छ। के यो त्यत्ति सरल हुन सक्छ? शैतानले मानिसको शरीरलाई भ्रष्ट पारेको छ, र परमेश्‍वरले मुक्ति दिने अभिप्राय राख्‍नुभएको मानिस नै हो परमेश्‍वरले, त्यसकारण शैतानसँग लडाइँ गर्न र मानिसलाई व्यक्तिगत रूपमा गोठाला गर्नको लागि परमेश्‍वरले देह धारण गर्नुपर्छ। केवल यो मात्रै उहाँको कामको लागि लाभदायक छ। शैतानलाई हराउनका लागि र मानिसजातिलाई अझ राम्ररी मुक्ति दिनको लागि परमेश्‍वरका दुईवटा देहधारण अस्तित्वमा आएका छन्। चाहे परमेश्‍वरका आत्मा होऊन् वा परमेश्‍वरको देहधारणको शरीर, शैतानसँग लडाइँ गर्ने परमेश्‍वर मात्र हुन सक्‍नुहुन्छ। छोटकरीमा, शैतानको साथ लडाइँ गर्ने स्वर्गदूतहरू हुन सक्दैनन्, झन् मानिस त हुनै सक्दैन, जसलाई शैतानले भ्रष्ट पारेको छ। स्वर्गदूतहरू यो लडाइँ लड्न शक्तिहीन छन्, र मानिस त झन् अझै दुर्बल छ। त्यसरी नै, यदि परमेश्‍वर मानिसको जीवनमा काम गर्न चाहनुहुन्छ भने, यदि उहाँ मानिसलाई मुक्ति दिन व्यक्तिगत रूपमा पृथ्वीमा आउन चाहनुहुन्छ भने उहाँ व्यक्तिगत रूपमा नै देह बन्नुपर्दछ—अर्थात्, उहाँले व्यक्तिगत रूपमा देह धारण गर्नुपर्दछ, र आफ्नो जन्मजात पहिचान र उहाँले गर्नुपर्ने कामको साथमा मानिसकहाँ आएर व्यक्तिगत रूपमा मानिसलाई मुक्ति दिनु पर्छ। यदि होइन भने, यदि यो काम परमेश्‍वरको आत्मा वा मानिसले गर्ने हो भने यो लडाइँबाट कहिल्यै केही पनि प्राप्त हुँदैन, र यो कहिल्यै पनि समाप्त हुँदैन। जब परमेश्‍वर मानिसको बीचमा शैतानको विरुद्धमा व्यक्तिगत रूपमा युद्धमा जान देह बन्नुहुन्छ तब मात्र मानिसले मुक्ति पाउने मौका पाउँछ। यसको साथै, केवल त्यसपछि मात्रै शैतान सर्ममा पर्छ र त्योसित शोषण गर्ने कुनै मौका वा कार्यान्वयन गर्ने कुनै योजना हुँदैन। देहधारी परमेश्‍वरले गर्नुहुने काम परमेश्‍वरका आत्माले हासिल गर्न सक्‍नुहुन्‍न र यो मासुले बनेको कुनै पनि मानिसले परमेश्‍वरको तर्फबाट गर्नु अझ असम्भव हुनेथियो, किनकि उहाँले गर्नुहुने काम मानिसको जीवनका लागि र मानिसको भ्रष्ट स्वभाव परिवर्तन गर्नका लागि हो। यदि मानिसले यस लडाइँमा भाग लिनु परेको भए ऊ केवल लथालिङ्ग अवस्थामा भाग्‍नेथियो र ऊ आफ्नो भ्रष्ट स्वभाव परिवर्तन गर्न असक्षम हुनेथियो। ऊ मानिसलाई क्रूसबाट बचाउन वा सबै विद्रोही मानव जातिलाई जित्न असक्षम हुनेथियो, तर केवल थोरै पुरानो काम मात्र गर्न सक्नेथियो जुन सिद्धान्तहरू भन्दा पर जान सक्दैन वा शैतानलाई पराजित गर्नेसित सम्बन्धित नरहेको कार्य मात्रै गर्न सक्‍नेथियो। त्यसोभए किन झमेलामा पर्ने? शैतानलाई हराउने त परै जाओस्, मानव जातिलाई समेत प्राप्त गर्न नसक्ने कामको के महत्त्व हुन्छ? यसैले शैतानसितको लडाइँ केवल परमेश्‍वर स्वयम्‌ले मात्र गर्न सक्नुहुन्छ र यो मानिसले गर्नु असम्भव छ। मानिसको कर्तव्य भनेको आज्ञापालन गर्नु र अनुसरण गर्नु हो, किनकि मानिस आकाश र पृथ्वी सृष्टि गर्ने जस्तो काम गर्न असमर्थ छ, यसबाहेक न त उसले शैतानसित लडाइँ गर्ने काम नै गर्नसक्छ। मानिसले परमेश्‍वर स्‍वयम्‌को नेतृत्वमुनि रहेर मात्र सृष्टिकर्तालाई सन्तुष्ट पार्न सक्छ, जसद्वारा शैतान पराजित हुन्छ; मानिसले गर्न सक्ने यति मात्र हो। तसर्थ, हरेक चोटि नयाँ लडाइँ सुरु हुँदा यो काम परमेश्‍वर स्‍वयम्‌ले व्यक्तिगत रूपमा गर्नुहुन्छ, जसद्वारा उहाँले सम्पूर्ण युगको नेतृत्व गर्नुहुन्छ र सम्पूर्ण मानव जातिका लागि नयाँ बाटो खोलिदिनुहुन्छ। प्रत्येक नयाँ युगको उदय शैतानसँगको लडाइँको एउटा नयाँ सुरुआत हो, जसद्वारा मानिस नयाँ, अझ सुन्दर संसारमा प्रवेश गर्दछ, र एउटा नयाँ युगमा जसलाई परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत रूपमा नेतृत्व गर्नुहुन्छ। मानिस सबै थोकको मालिक हो, तर प्राप्त भएकाहरू शैतानसँगका सबै लडाइँका फलहरू हुनेछन्। शैतानले सबै कुरालाई भ्रष्ट पार्दछ, लडाइँहरूको अन्त्यमा पराजित हुन्छ, र यी लडाइँहरू पछि दण्ड दिइने पनि त्यसलाई नै। परमेश्‍वर, मानिस र शैतानको बीचमा शैतानलाई मात्र घृणा र अस्वीकार गरिनेछ। शैतानले प्राप्त गरेको, तर परमेश्‍वरद्वारा फिर्ता नलिएकाहरू शैतानको पक्षमा दण्ड पाउनेहरू बन्‍नेछन्। यी तीनमध्ये, सबै थोकले केवल परमेश्‍वरलाई मात्रै आराधना गर्नुपर्दछ। तिनीहरू, जो शैतानद्वारा भ्रष्ट भएका थिए तर परमेश्‍वरद्वारा फिर्ता लिइएका छन् र जो परमेश्‍वरको मार्ग अनुसरण हिँड्दछन्, तिनीहरूचाहिँ परमेश्‍वरको प्रतिज्ञा पाउने र परमेश्‍वरको तर्फबाट दुष्टहरूको न्याय गर्नेहरू हुनेछन्। परमेश्‍वर निश्चय विजयी हुनुहुनेछ र शैतान निश्चय पराजित हुनेछ, तर मानिसको बीचमा जित्नेहरू हुनेछन् र हार्नेहरू पनि हुनेछन्। जित्नेहरू विजय हुनेहरूका स्वामित्वमा हुनेछन् र हार्नेहरू पराजित हुनेहरूका स्वामित्वमा हुनेछन्; प्रत्येकको प्रकारअनुसारको वर्गीकरण यही हो, यो परमेश्‍वरको सबै कामको अन्तिम समाप्ति हो। यो परमेश्‍वरका सबै कामको लक्ष्य पनि हो, र यो कहिल्यै परिवर्तन हुँदैन। परमेश्‍वरको व्यवस्थापन योजनाको मुख्य काम मानिसको मुक्तिमा केन्द्रित छ, र परमेश्‍वर मुख्य रूपमा यस कामको खातिर र शैतानलाई हराउनका लागि देह बन्नुहुन्छ। पहिलो पटक परमेश्‍वर मानिस बन्‍नुको कारण पनि शैतानलाई हराउनु नै थियो: पहिलो लडाइँको काम पूरा गर्न, अर्थात् मानव जातिलाई छुटकारा दिनको लागि उहाँ व्यक्तिगत रूपले देह बन्नुभयो अनि उहाँलाई व्यक्तिगत रूपले क्रूसमा काँटी ठोकियो। त्यस्तै गरी, कामको यो चरण पनि परमेश्‍वरले व्यक्तिगत रूपमै गर्नुहुन्छ, जो मानिसको बीचमा आफ्नो काम गर्न, व्यक्तिगत रूपमा उहाँको वचन बोल्न र मानिसलाई उहाँ स्वयम्‌लाई देख्ने तुल्याउन मानिस बन्नुभयो। अवश्य नै, यस क्रममा उहाँले अनिवार्य रूपमा अन्य कामहरू पनि गर्नुहुन्छ, तर उहाँले व्यक्तिगत रूपमा आफ्नो काम गर्नुको मुख्य कारण शैतानलाई पराजित गर्नु, सम्पूर्ण मानव जातिलाई जित्नु र यी मानिसहरूलाई प्राप्त गर्नु नै हो। यसैले, परमेश्‍वरको देहधारणको काम साँच्चै सजिलो छैन। यदि उहाँको उद्देश्य मानिसलाई परमेश्‍वर नम्र र गुप्त हुनुहुन्छ र परमेश्‍वर वास्तविक हुनुहुन्छ भनी देखाउनु मात्रै थियो भने, यदि यो काम गर्नका लागि मात्र थियो भने उहाँ देह बन्नुको कुनै आवश्यक हुँदैनथियो। यदि परमेश्‍वर मानिस नबन्नुभएको भए पनि उहाँले आफ्नो नम्रता र गोप्यता, आफ्‍नो महान्‌ता र पवित्रता मानिसको सामु प्रत्‍यक्ष रूपमा प्रकट गर्न सक्नुहुन्थ्यो, तर मानव जातिलाई व्यवस्थापन गर्ने कामसित ती कुराहरूको कुनै सरोकार हुनेथिएन। तिनीहरू मानिसलाई बचाउन वा पूर्ण बनाउन असमर्थ छन्, तिनीहरूले शैतानलाई जित्‍न सक्‍ने कुरा त परै जाओस्। यदि शैतानलाई पराजित गर्नका निम्ति आत्माले केवल आत्माको विरुद्ध लडाइँ मात्रै गर्नुपर्थ्यो भने त्यस्तो कामको व्यावहारिक मूल्य अझै कम हुने थियो; त्यो मानिसलाई प्राप्त गर्न असमर्थ हुनेथियो र यसले मानिसको भाग्य र सम्भावनाहरूलाई नाश पार्न सक्थ्यो। त्यसैले, परमेश्‍वरको आजको कामको गहन महत्त्व छ। यो मानिसले उहाँलाई देख्न सकोस् वा मानिसका आँखाहरू खोलिऊन्, वा उसले स्पर्श र उत्साहको केही भावनाहरू प्राप्त गरून् भनेर मात्र होइन; त्यस्तो कामको कुनै महत्त्व हुँदैन। यदि तँ यस प्रकारको ज्ञानको बारेमा मात्रै कुरा गर्न सक्छस् भने तँलाई परमेश्‍वरको देहधारणको वास्तविक महत्त्व थाहा छैन भन्‍ने त्यसले प्रमाणित गर्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १२९

परमेश्‍वरले गर्नुभएको कामको हरेक चरणको आफ्‍नै व्यवहारिक महत्त्व छ। त्यो बेला, जब येशू आउनुभयो, उहाँ पुरुष हुनुहुन्थ्यो, र यस पटक जब परमेश्‍वर आउनुहुन्छ, उहाँ महिला हुनुहुन्छ। यसबाट, तैँले के देख्‍न सक्छस् भने आफ्‍नो कामको लागि परमेश्‍वरले पुरुष र स्‍त्री दुवै सृष्टि गर्नुभयो, र उहाँको लागि लिङ्गको कुनै भिन्‍नता छैन। जब उहाँको आत्मा आउनुहुन्छ, उहाँले आफूलाई खुशी लागेको कुनै पनि देह लिन सक्‍नुहुन्छ, र त्यो देहले उहाँलाई प्रतिनिधित्व गर्न सक्छ; चाहे यो पुरुष होस् या स्‍त्री, जबसम्म यो उहाँको देहधारी शरीर हो, यसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्छ। यदि उहाँ आउनुहुँदा येशू स्‍त्रीको रूपमा देखा पर्नुभएको भए, अर्को शब्‍दमा भन्दा, यदि पवित्र आत्‍माद्वारा शिशु बालक नभई शिशु बालिका गर्भमा बसेको भए, कामको त्यो चरण उही रूपमा पूरा भएको हुनेथियो। यदि त्यसो भएको भए, कामको वर्तमान चरण पुरुषद्वारा पूरा गरिनु पर्नेथियो, तर काम उही रूपमा पूरा हुनेथियो। यीमध्ये कुनै पनि चरणमा गरिएको काम उत्तिकै महत्त्वपूर्ण छन्; कुनै पनि चरणको काम दोहोरिँदैन, न त यो अर्कोसँग बाझिने नै गर्छ। त्यो समयमा, येशूले आफ्‍नो काम गर्ने क्रममा, उहाँलाई एक मात्र पुत्र भनियो, र “पुत्र” ले पुरुष लिङ्गलाई जनाउँछ। हालको यो चरणमा किन एक मात्र पुत्रलाई उल्‍लेख गरिँदैन? कामका आवश्यकताहरूको कारणले येशूको भन्दा फरक लिङ्ग परिवर्तनलाई बाध्य गरेको छ। परमेश्‍वरको लागि लिङ्गमा कुनै भिन्‍नता छैन। उहाँले आफ्‍नो इच्‍छा अनुसार आफ्‍नो काम गर्नुहुन्छ, र आफ्‍नो काम गर्ने क्रममा उहाँ कुनै पनि प्रतिबन्ध हरूको अधीनमा हुनुहुन्‍न, तर विशेष गरी स्वतन्त्र हुनुहुन्छ। तैपनि कामको हरेक चरणको आफ्‍नै व्यवहारिक महत्त्व छ। परमेश्‍वर दुई पटक देह बन्‍नुभयो, र आखिरी दिनहरूको अवधिमा भएको उहाँको देहधारण अन्तिम पटक हो भन्‍ने कुरा आफैमा स्पष्ट छ। आफ्‍ना सबै कार्यहरूलाई प्रकट गर्नको लागि उहाँ आउनुभएको छ। यदि यो चरणमा मानिसले साक्षी दिने गरी व्यक्तिगत रूपमा नै काम गर्नको लागि उहाँ देह नबन्‍नुभएको भए, परमेश्‍वर पुरुष मात्रै हुनुहुन्छ, स्‍त्री हुनुहुन्‍न भन्‍ने धारणालाई मानिसले सदासर्वदा पक्रिराख्‍ने थियो। यसभन्दा पहिले, सारा मानवजातिले परमेश्‍वर पुरुष मात्रै हुन सक्‍नुहुन्छ र स्‍त्रीलाई परमेश्‍वर भनेर भन्‍न सकिँदैन भनेर विश्‍वास गर्‍यो, किनभने सारा मानवजातिले स्‍त्रीहरूमाथि पुरुषहरूकै अख्तियार हुन्छ भन्‍ने ठाने। तिनीहरूले कुनै पनि स्‍त्रीले अख्तियार लिन सक्दैन, पुरुषहरूले मात्रै सक्छ भन्‍ने विश्‍वास गरे। यति मात्र होइन, स्‍त्रीको शिर पुरुष नै हो र स्‍त्रीले पुरुषको आज्ञा पालन गर्नैपर्छ, उसलाई उछिन्नुहुँदैन भनेर समेत तिनीहरूले भने। विगतका समयहरूमा, जब पुरुष स्‍त्रीको शिर हो भनेर भनियो, यो आदम र हव्‍वाप्रति निर्देशित थियो, जो सर्पद्वारा छलिएका थिए—सुरुमा यहोवाले सृष्टि गर्नुभएकै पुरुष र स्‍त्रीप्रति होइन। अवश्‍य नै, एक स्‍त्रीले आफ्‍नो पतिको आज्ञापालन गर्नुपर्छ र उसलाई प्रेम गर्नुपर्छ, र पतिले आफ्‍नो परिवारलाई खुवाउन र सहायता गर्न सिक्‍नैपर्छ। यी यहोवाले निर्धारित गर्नुभएका नियम र उर्दीहरू हुन् जसलाई मानवजातिले पृथ्वीमा तिनीहरूको जीवनमा पालन गर्नैपर्छ। यहोवाले स्‍त्रीलाई भन्‍नुभयो, “तेरो इच्छा तेरो पतितिर हुनेछ, र त्यसले तँमाथि शासन गर्नेछ।” मानवजाति (अर्थात्, पुरुष र स्‍त्री दुवै) ले यहोवाको प्रभुत्वको अधीनमा रही सामान्य जीवन जिउन सकून्, र मानवजातिको जीवनमा संरचना होस्, र तिनीहरूको उचित संरचनाबाट नखसोस् भनेर मात्रै उहाँले यो बोल्‍नुभएको थियो। त्यसकारण, पुरुष र स्‍त्रीले कस्तो व्यवहार गर्नुपर्छ त्यस विषयमा यहोवाले उचित नियमहरू बनाउनुभयो, यद्यपि यो पृथ्वीमा जिइरहेका सृजित सबै प्राणीहरूमा मात्रै सम्‍बन्धित थियो, र परमेश्‍वरको देहधारी शरीरसँग यसको कुनै सम्‍बन्ध थिएन। परमेश्‍वर कसरी उहाँका सृजित प्राणीहरूजस्तै हुन सक्‍नुहुन्छ? उहाँका वचनहरू उहाँले सृष्टि गर्नुभएका मानवजातितर्फ मात्रै निर्देशित थिए; मानवजातिले सामान्य जीवन जिओस् भनेर मात्रै उहाँले पुरुष र स्‍त्रीका लागि नियमहरू स्थापित गर्नुभयो। सुरुमा, जब यहोवाले मानवजातिलाई सृष्टि गर्नुभयो, पुरुष र स्‍त्री दुवै गरी उहाँले दुई प्रकारका मानवजाति बनाउनुभयो; त्यसैले उहाँको देहधारी शरीरहरूमा पुरुष र स्‍त्रीको विभाजन छ। उहाँले आदम र हव्‍वासँग बोल्‍नुभएको वचनहरूको आधारमा आफ्‍नो कामको निर्णय गर्नुभएन। उहाँ दुई पटक देह बन्‍नुभयो जुन कुरालाई, उहाँले सुरुमा मानवजातिलाई सृष्टि गर्नुभएको समयको उहाँको विचार अनुसार नै पूर्ण रूपमा निर्धारित गरिएको थियो; अर्थात्, तिनीहरू भ्रष्ट हुनुभन्दा पहिलेको पुरुष र स्‍त्रीको आधारमा उहाँले आफ्‍ना दुई देहधारणहरूको काम पूरा गर्नुभयो। यदि सर्पको छलमा परेका आदम र हव्‍वासँग यहोवाले बोल्‍नुभएको वचनहरूलाई मानवजातिले लिएका, र त्यसलाई परमेश्‍वरको देहधारणमा लागू गरेका भए, के येशूले पनि जसरी उहाँले गर्नुपर्थ्यो त्यसरी आफ्‍नी पत्‍नीलाई प्रेम गर्नु पर्दैन थियो र? यसरी, के परमेश्‍वर अझै परमेश्‍वर नै हुनुहुने थियो? अनि यसो भएमा, के उहाँले अझै आफ्‍नो कामलाई पूरा गर्न सक्षम हुनुहुने थियो? यदि परमेश्‍वरको देहधारी शरीर स्‍त्री बन्‍नु गलत हो भने, परमेश्‍वरले स्‍त्रीलाई सृष्टि गर्नु सबैभन्दा ठूलो गल्ती हुने थिएन र? यदि मानिसहरूले अझै परमेश्‍वर स्‍त्रीको रूपमा देहधारी हुनु गलत हो भन्‍ने विश्‍वास गर्छन् भने, येशू, जसले विवाह गर्नुभएन त्यसकारण आफ्‍नी पत्‍नीलाई प्रेम गर्न सक्‍नुभएन, के उहाँ पनि वर्तमान देहधारण जत्तिकै गल्‍तीमा हुनुहुने थिएन र? तँ वर्तमानको दिनमा परमेश्‍वरको देहधारणको सत्यतालाई मापन गर्नको लागि यहोवाले हव्‍वासँग बोल्‍नुभएका वचनहरूको प्रयोग गर्छस्, त्यसकारण तैँले अनुग्रहको युगमा देह बन्‍नुभएका प्रभु येशूलाई न्याय गर्नको लागि परमेश्‍वरले आदमलाई दिनुभएको वचनहरूको प्रयोग गर्नैपर्छ। के यी एउटै र उही होइनन्? तैँले सर्पले छल नगरेको पुरुष अनुसार प्रभु येशूको नाप लिन्छस्, त्यसैले तैँले आजको देहधारणको सत्यतालाई सर्पले छल गरेको स्‍त्री अनुसार न्याय गर्न सक्दैनस्। यो अनुचित हुनेछ! परमेश्‍वरलाई यसरी मापन गरेको कुराले तँमा तर्कशक्ति छैन भन्‍ने कुरालाई प्रमाणित गर्छ। जब यहोवा दुई पटक देह बन्‍नुभयो, उहाँको देहको लिङ्ग ती पुरुष र स्‍त्रीसँग सम्‍बन्धित थिए जो सर्पको छलमा परेका थिएनन्; उहाँ दुई पटक देह बन्‍नुभएको यो ती पुरुष र स्‍त्री अनुसार थिए जो सर्पको छलमा परेका थिएनन्। येशूको पुरुषत्व, सर्पको छलमा परेको आदमको जस्तै थियो भनेर विचार नगर। उहाँहरू पूर्ण रूपमा असम्बन्धित हुनुहुन्छ, उहाँहरू फरक स्वभाव भएका पुरुषहरू हुनुहुन्छ। येशूको पुरुषत्वले उहाँ सबै स्‍त्रीहरूका शिर हुनुहुन्छ, सबै पुरुषहरूका होइन भनेर अवश्य नै प्रमाणित गर्दैन? के उहाँ (पुरुष र स्‍त्री दुवै लगायत) सारा यहूदीहरूका राजा हुनुहुन्‍न र? उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्छ, स्‍त्रीको शिर मात्रै होइन तर पुरुषको पनि शिर हुनुहुन्छ। उहाँ सारा प्राणीहरूका प्रभु हुनुहुन्छ र सारा प्राणीहरूका शिर हुनुहुन्छ। येशूको पुरुषत्व स्‍त्रीको शिरको प्रतीक हो भनेर तैँले कसरी निर्धारित गर्छस्? के यो ईश्‍वरनिन्दा हुनेछैन र? येशू पुरुष हुनुहुन्छ जसलाई भ्रष्ट तुल्याइएको छैन। उहाँ परमेश्‍वर हुनुहुन्छ; उहाँ ख्रीष्‍ट हुनुहुन्छ; उहाँ प्रभु हुनुहुन्छ। उहाँ कसरी आदमजस्तो पुरुष हुन सक्‍नुहुन्छ जो भ्रष्ट तुल्याइएका थिए? येशू परमेश्‍वरका सबैभन्दा पवित्र आत्माले धारण गर्नुभएको देह हुनुहुन्छ। उहाँ आदमको पुरुषत्व भएको परमेश्‍वर हुनुहुन्छ भनेर तैँले कसरी भन्‍न सक्छस्? त्यस हकमा, के परमेश्‍वरका सबै कार्य गलत हुनेथिएन र? के सर्पको छलमा परेका आदमको पुरुषत्वलाई यहोवाले येशूभित्र समायोजन गर्न सक्‍नुहुनेथियो? के वर्तमान समयका देहधारण देहधारी परमेश्‍वरको अर्को कामको घटना होइन र, जो येशूभन्दा फरक लिङ्गको हुनुहुन्छ तर स्वभावमा उहाँजस्तै हुनुहुन्छ? के तँ अझै पनि देहधारी परमेश्‍वर स्‍त्री हुन सक्‍नुहुन्‍न किनभने सर्पले सुरुमा स्‍त्रीलाई नै छल गरेको थियो भनेर भन्‍ने आँट गर्छस्? के तँ अझै स्‍त्री सबैभन्दा अशुद्ध र मानवजातिको भ्रष्टताको स्रोत भएकोले, परमेश्‍वर स्‍त्रीको रूपमा देह बन्‍ने सम्‍भावना हुन सक्दैन भनेर भन्‍ने आँट गर्छस्? के तँ “स्‍त्रीले सँधै पुरुषको आज्ञापालन गर्नुपर्छ र कहिल्यै पनि परमेश्‍वरको प्रकट वा प्रत्यक्ष रूपमा प्रतिनिधित्व गर्ने गर्नुहुँदैन” भनेर दृढ रूपमा भनिरहने आँट गर्छस्? तैँले विगतमा बुझिनस्, तर के तँ परमेश्‍वरको कामको, विशेष गरी परमेश्‍वरको देहधारी शरीरको निन्दा गर्दै हिँड्छस्? यदि यो तँलाई स्पष्ट भएन भने, तैँले आफ्‍नो जिब्रोलाई सम्‍हालेर राख्, नत्रता तेरो मूर्खता र अज्ञानता प्रकट गरिनेछ र तेरो कुरूपता खुलासा गरिनेछ। तैँले सबै कुरा बुझ्छस् भन्‍ने विचार नगर्। म तँलाई भन्छु, तैँले देखेको र अनुभव गरेको सबै कुरा मेरो व्यवस्थापन योजनाको हजारौं भागको एक टुक्रा बुझ्‍नको लागि पनि तेरो निम्ति पर्याप्त छैन। त्यसो भए तँ किन त्यति अहङ्कारी हुन्छस्? तँसँग भएको थोरै प्रतिभा र अलिकति ज्ञान येशूले आफ्‍नो कामको लागि एक सेकण्ड प्रयोग गर्नको लागि पनि अपर्याप्त छ! तँसँग वास्तवमा कति अनुभव छ? तैँले देखेका र तैँले आफ्‍नो जीवनभरि सुनेका सबै अनि तैँले कल्‍पना गरेका कुराहरू मैले एक पलमा गर्ने कामभन्दा थोरै छन्! तैँले कुरा नकोट्याएको र गल्ती नखोतलेकै जाती हुन्छ। तँ आफूले चाहेजति अहङ्कारी बन्‍न सक्छस्, तर तँ एउटा प्राणी बाहेक केही पनि होइनस्, कमिला बराबरको पनि छैनस्! तेरो पेटभित्र जति छ त्यो सबै कमिलाको पेटमा भएको भन्दा थोरै छ! तैँले केही अनुभव र वरिष्ठता प्राप्त गरेको छस् भन्दैमा, यसले तँलाई ठूलो पल्टिने र ठूला-ठूला गफ चुट्ने अधिकार दिन्छ भनेर नसोच्। के तेरा अनुभव र तेरो वरिष्ठता मैले उच्‍चारण गरेका शब्‍दहरूको उपज होइनन् र? के तँ ती तेरो आफ्नै परिश्रम र मेहनतको सट्टामा दिइएका हुन् भन्‍ने विश्‍वास गर्छस्? आज, म देह बनेको छु भन्‍ने तैँले देख्छस्, र यसको बारेमा मात्रै तँमा अधिक अवधारणाहरू छन्, र त्यसबाट धारणाको कुनै अन्त्य हुँदैन। यदि मेरो देहधारण नभएको भए, तँसँग असाधारण प्रतिभाहरू भएको भए तापनि, तँसँग त्यति धेरै अवधारणाहरू हुने थिएन; अनि के यीबाट नै तेरा धारणाहरू पैदा हुँदैनन् र? यदि पहिलो पटक येशू देह नबन्‍नुभएको भए, के तैँले देहधारणको बारेमा जान्‍ने समेत थिइस् र? पहिलो देहधारणले तँलाई ज्ञान दिएको हुनाले नै दोस्रो देहधारणको न्याय गर्ने दुस्साहस तँसँग छैन र? किन आज्ञाकारी अनुयायी हुनुको सट्टा तैँले यसलाई अध्ययन गरिरहेको छस् र? जब तँ प्रवाहमा प्रवेश गरेको हुन्छस् र देहधारी परमेश्‍वरको अघि आएको हुन्छस्, के उहाँले तँलाई उहाँको अनुसन्धान गर्न दिनुहुन्छ? तैँले तेरो आफ्‍नै पारिवारिक इतिहास अनुसन्धान गर्न सक्छस्, तर यदि तैँले परमेश्‍वरको “पारिवारिक पृष्ठभूमि” को अनुसन्धान गर्ने प्रयास गरिस् भने, आजका परमेश्‍वरले तँलाई त्यस्तो अध्ययन गर्न दिनुहुन्छ र? के तँ अन्धा छैनस्? के तैँले आफैमा तिरस्कार ल्याउँदैनस् र?

— वचन देहमा देखा पर्नुहुन्छको “दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १३०

येशू र म एउटै आत्माबाट आएका हौं। हाम्रा देहहरूमा हामी सम्‍बन्धित नभए पनि, हाम्रा आत्माहरू एउटै छन्; हामीले गर्ने कामको विषयवस्तु र हामीले लिने काम उही नभए तापनि, सारमा हामी उस्तै छौं; हाम्रा देहहरूले फरक-फरक रूपहरू लिन सक्छ, तर त्यो कुरा युगको परिवर्तन र हाम्रो कामको फरक आवश्यकताहरूको कारणले गर्दा हो; हाम्रा सेवकाइहरू उस्तै छैनन्, त्यसकारण हामीले अघि सार्ने काम र मानिसलाई हामीले प्रकट गर्ने स्वभावहरू पनि फरक छन्। यही कारणले यो दिनमा मानिसले जे देख्छ र बुझ्छ त्यो विगतको जस्तो छैन, जसको कारण युगको परिवर्तन नै हो। उहाँहरू लिङ्गमा र उहाँहरूको देहहरूको रूपमा फरक हुनुहुन्छ, र उहाँहरू एउटै परिवारमा जन्‍मनुभएको थिएन, उही समय अवधिमा जन्‍मने कुरा त परै जाओस्, तैपनि उहाँहरूका आत्मा एउटै हो। उहाँहरूका देहमा न त रगतको नाता छ न त कुनै पनि प्रकारको शारीरिक साइनो नै छ, तैपनि उहाँहरू दुई फरक समय अवधिहरूका परमेश्‍वरका देहधारी शरीरहरू हुनुहुन्छ भन्‍ने कुरालाई नकार्न सकिँदैन। उहाँहरू एउटै रगत-वंशीह नभए पनि र उहाँहरूले एउटै मानव भाषा नबोल्‍नुभए तापनि (एक जना पुरुष हुनुहुन्थ्यो जसले यहूदीहरूको भाषा बोल्‍नुहुन्थ्यो र अर्का महिला हुनुहुन्छ जसले चिनियाँ मात्रै बोल्‍नुहुन्छ) उहाँहरू परमेश्‍वरका देहधारी शरीरहरू हुनुहुन्छ भन्‍ने कुरा अखण्डनीय सत्यता हो। यी नै कारणहरूले गर्दा आफूले गर्नुपर्ने काम गर्नको लागि उहाँहरू फरक-फरक देशमा, र फरक-फरक समय अवधिमा जिउनु पनि भयो। उहाँहरू एउटै आत्मा हुनुहुन्छ, उहाँहरूमा एउटै सार छ भन्‍ने तथ्यको बाबजुद पनि, उहाँहरूको देहहरूको बाहिरी भेसहरूका बीचमा कुनै ठोस समानताहरू छैनन्। उहाँहरू दुवै उही मानवतामा हुनुहुन्छ, तर जहाँ सम्म उहाँहरूको देहहरूको बाहिरी रूप र उहाँहरूको जन्‍मको परिस्‍थितिहरूको सवाल छ, उहाँहरू उही हुनुहुन्‍न। उहाँहरूको सम्‍बन्धित काममा वा उहाँहरू बारेको मानिसको ज्ञानमा यी कुराहरूले कुनै प्रभाव पार्दैनन्, किनभने, अन्तिम विश्‍लेषणमा, उहाँहरू एउटै आत्मा हुनुहुन्छ र कसैले पनि उहाँहरूलाई अलग गर्न सक्दैनन्। रगतद्वारा उहाँहरू सम्‍बन्धित नभए तापनि, उहाँहरूको सम्पूर्ण अस्तित्व उहाँहरूको आत्माहरूको नियन्त्रणमा छन्, जसले उहाँहरूलाई फरक समय अवधिमा फरक काम दिनुहुन्छ, र फरक रगत-वंशमा उहाँहरूको देहहरू दिनुहुन्छ। यहोवाको आत्मा येशूका आत्माका पिता हुनुहुन्‍न, र येशूको आत्मा यहोवाका आत्माका पुत्र हुनुहुन्‍न: उहाँहरू एउटै र उही आत्मा हुनुहुन्छ। त्यसरी नै, आजका देहधारी परमेश्‍वर र येशूमा रगतको सम्‍बन्ध छैन, तर उहाँहरू एउटै हुनुहुन्छ, यो यसैले हो कि उहाँहरूका आत्मा एउटै हुनुहुन्छ। परमेश्‍वरले कृपा र दयाको, साथै मानिसको धार्मिक न्याय र सजायको, र मानिसमा श्राप हालिदिने काम गर्न सक्‍नुहुन्छ; र अन्तिममा, उहाँले संसारलाई नष्ट गर्ने र दुष्टलाई दण्ड दिने काम गर्न सक्‍नुहुन्छ। के उहाँले यो सबै आफै गर्नुहुन्‍न र? के यो परमेश्‍वरको सर्वशक्तिमान्‌ता होइन र?

— वचन देहमा देखा पर्नुहुन्छको “दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १३१

परमेश्‍वर सारा ब्रह्माण्डमा र माथिको क्षेत्रमा महान् हुनुभएकोले के उहाँले देहको स्वरूप प्रयोग गरेर आफूलाई पूर्ण रूपमा व्याख्या गर्न सक्नुहुन्छ र? आफ्नो कामको एक चरण गर्नका लागि परमेश्‍वरले आफैलाई यस देह धारण गराउनुहुन्छ। देहको यो स्वरूपमा कुनै खास महत्त्व छैन, युगहरू बितेर जाने कुरासँग यसको कुनै सम्बन्ध छैन, न त परमेश्‍वरको स्वभावसँग यसको कुनै सम्बन्ध छ। येशूले किन आफ्नो स्वरूप रहिरहन किन दिनुभएन? किन उहाँले मानिसलाई उहाँको चित्र बनाउनु दिनुभएन, जुन पछिबाट आउने पुस्ताहरूलाई हस्तान्तरण गर्न सकिन्थ्यो? किन उहाँले मानिसहरूलाई उहाँको स्वरूप परमेश्‍वरको प्रतिरूप हो भनेर स्वीकार गर्ने अनुमति दिनुभएन? मानिसको स्वरूप परमेश्‍वरको स्वरूपमा सृष्टि गरिएको भए पनि, के मानिसको स्वरूपले परमेश्‍वरको उच्च स्वरूपको प्रतिनिधित्व गर्नु सम्भव थियो? जब परमेश्‍वर देह बन्नुहुन्छ, उहाँ केवल स्वर्गबाट मात्र एउटा खास शरीरमा आउनुहुन्छ। देहमा ओर्लनुहुने उहाँको आत्मा नै हो, जसद्वारा उहाँले आत्माको काम गर्नुहुन्छ। शरीरमा प्रकट गरिने आत्मा यही हो, र आत्माले नै देहमा उहाँको काम गर्नुहुन्छ। देहमा गरिएको कामले आत्मालाई पूर्ण रूपमा प्रतिनिधित्व गर्दछ, र देह कामका लागि हो, तर त्यसको अर्थ देहको स्वरूप परमेश्‍वर स्वयम्‌को स्वरूपको प्रतिस्थापन हो भन्ने होइन; परमेश्‍वर देह बन्नुको उद्देश्य वा महत्त्व यो होइन। आत्माले शरीरमा उहाँको काम राम्ररी हासिल गर्न सक्‍नुभएको होस् भनेर उहाँको कामको निम्ति उपयुक्त वास गर्ने ठाउँ प्राप्त गर्न, मानिसहरूले उहाँका कामहरू देखून्, उहाँको स्वभावलाई बुझ्न सकून्, उहाँका वचनहरू सुन्न सकून्, र उहाँको कामको चमत्कारहरू जान्न सकून् भनेर मात्रै उहाँले देहमा काम गर्नुहुन्छ। उहाँको नाउँले उहाँको स्वभावको प्रतिनिधित्व गर्दछ, उहाँको कामले उहाँको चिनारीको प्रतिनिधित्व गर्दछ, तर उहाँको देहको रूपले उहाँको स्वरूपको प्रतिनिधित्व गर्छ भनी उहाँले कहिल्यै पनि भन्नुभएन, त्यो त केवल मानिसको धारणा मात्रै हो। यसैले, परमेश्‍वरको देहधारणको महत्त्वपूर्ण पक्षहरू उहाँको नाउँ, उहाँको काम, उहाँको स्वभाव, र उहाँको लिङ्ग हो। यस युगमा उहाँको व्यवस्थापनको प्रतिनिधित्व गर्न यी कुराहरूको प्रयोग गरिन्छ। उहाँको व्यवस्थापनसँग उहाँ शरीरमा देखा पर्नुहुने कुराको कुनै सम्बन्ध छैन, त्यो त्यस समयको उहाँको कामका निम्ति मात्र हो। तापनि देहधारी परमेश्‍वरको कुनै विशेष रूप नहुनु असम्भव छ, यसकारण उहाँले आफ्नो प्रकटीकरण निश्चित गर्न एउटा उपयुक्त परिवार चुन्नुहुन्छ। यदि परमेश्‍वरको प्रकटीकरणसित प्रतिनिधित्वको महत्त्व हुन्थ्यो भने उहाँको जस्तै अनुहार भएका सबै जनाले परमेश्‍वरको प्रतिनिधित्व गर्नेथिए। के त्यो अति भयानक गल्ती हुनेथिएन र? मानिसले येशूलाई पुजून् भनेर मानिसले उहाँको चित्र बनाएका थिए। त्यस बेला, पवित्र आत्माले कुनै विशेष निर्देशनहरू दिनुभएन, त्यसकारण मानिसले त्यो काल्पनिक चित्र आजसम्म हस्तान्तरण गर्दैआएको छ। वास्तवमा, परमेश्‍वरको सुरुको मनसाय अनुसार मानिसले त्यसो गर्नुहुँदैन थियो। मानिसको जोशले मात्र येशूको चित्र आजको दिनसम्म रहेको छ। परमेश्‍वर आत्मा हुनुहुन्छ, र अन्तिम विश्लेषणमा पनि मानिसले उहाँको स्वरूप के हो सो पूर्ण रूपमा पत्ता लगाउन सक्दैन। उहाँको स्वरूपलाई उहाँको स्वभावले मात्र प्रतिनिधित्व गर्न सक्छ। उहाँको नाक, उहाँको मुख, आँखा, र केशको ढाँचा कस्तो हुनेछन् भन्‍ने बारेमा भन्दा यी सब तेरो पत्ता लगाउने क्षमताभन्दा बाहिर छन्। जब यूहन्नाकहाँ प्रकाश आयो, तिनले मानिसको पुत्रको स्वरूपलाई हेरे: उहाँको मुखबाट एउटा धारिलो दुईधारे तरवार निस्केको थियो, उहाँका आँखा आगोका ज्वालाजस्ता थिए, उहाँको शिर र केश ऊनजस्तो सेतो थियो, उहाँका पाउहरू टल्काएका काँसाजस्ता थिए। उहाँको छातीमा सुनौला फित्ता थियो। उहाँका वचनहरू अत्यन्तै स्पष्ट थिए, तर तिनले वर्णन गरेका परमेश्‍वरको स्वरूप सृष्टि गरिएको प्राणीको स्वरूप थिएन। तिनले जे देखे त्यो एउटा दर्शन मात्र थियो, र भौतिक संसारको व्यक्तिको स्वरूप थिएन। यूहन्नाले एउटा दर्शन देखेका थिए, तर तिनले परमेश्‍वरको वास्तविक रूप देखेनन्। सृष्टि गरिएको प्राणीको स्वरूपले बनेको परमेश्‍वरको देहधारी शरीर परमेश्‍वरको स्वभावलाई त्यसको पूर्णतामा प्रतिनिधित्व गर्न सक्दैन। जब यहोवाले मानव जाति सृष्टि गर्नुभयो, उहाँले त्यो आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो र पुरुष र स्त्रीको रूपमा सृष्टि गर्नुभयो भनी भन्नुभयो। त्यस बेला, उहाँले पुरुष र स्त्रीलाई परमेश्‍वरको स्वरूपमा बनाउनुभयो भनी भन्नुभयो। मानिसको स्वरूप परमेश्‍वरको स्वरूपसँग मेल खाए पनि त्यसलाई व्याख्या गर्दै मानिसको स्वरूप परमेश्‍वरको स्वरूप हो भन्न मिल्दैन। न त तैँले परमेश्‍वरको पूर्ण नमुना दिन मानव जातिको भाषा नै प्रयोग गर्न सक्छस्, किनकि परमेश्‍वर अति उच्च, अति महान्, अति अचम्मका र बुझ्नै नसकिने हुनुहुन्छ!

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कामको दर्शन (३)” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १३२

यो समयको आसपास, परमेश्‍वर आत्मिक शरीरमा होइन तर अति साधारण शरीरमा काम गर्नको लागि आउनुहुन्छ। अझ, यो परमेश्‍वरको दोस्रो देहधारणको शरीर मात्र होइन, यो त्यो शरीर पनि हो जसबाट परमेश्‍वर देहमा फर्किनु हुन्छ। यो अति साधारण देह हो। तैँले उहाँलाई अरूबाट फरक बनाउने त्यस्तो कुनै कुरा पनि देख्न सक्दैनस्, तर तैँले उहाँबाट पहिले नसुनिएका सत्यहरूको लाभ पाउन सक्छस्। यो निरर्थक देहले परमेश्‍वरबाट सत्यका सबै वचनहरू मूर्तरूप दिन्छ, आखिरी दिनहरूमा परमेश्‍वरका कामको जिम्मा लिन्छ र मानिसको लागि बुझ्नको लागि परमेश्‍वरको स्वभावको सम्पूर्णता व्यक्त गर्छ। के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई देख्न बिछट्टै चाहना राख्दैनस्? के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई बुझ्न बिछट्टै चाहना राख्दैनस्? के तँ मानवजातिको गन्तव्य देख्न बिछट्टै चाहना राख्दैनस्? उहाँले तँलाई यी सबै रहस्यहरू बताउनु हुनेछ—यस्ता रहस्यहरू जुन कुनै पनि मानिसले तँलाई बताउन सकेको छैन, र उहाँले तँलाई सत्यहरू पनि बताउनु हुनेछ जुन सत्यहरू तैँले बुझ्दैनस्। उहाँ राज्यमा तेरो प्रवेशद्वार र नयाँ युगमा तेरो पथप्रदर्शक हुनुहुन्छ। यस्तो साधारण देहले बुझ्न नसकिने धेरै रहस्यहरू धारण गर्छ। उहाँका कार्यहरू तँलाई दुर्बोध हुन सक्छन्, तर उहाँले गर्नुभएका कामको सम्पूर्ण लक्ष्य तँलाई उहाँ मानिसहरूले विश्‍वास गरे जस्तो साधारण देह होइन भन्ने तँलाई हेर्न दिन पर्याप्त छ। किनकि उहाँले परमेश्‍वरको इच्छा र आखिरी दिनहरूमा मानवजातिप्रति परमेश्‍वरले देखाउनु हुने हेरविचारको उहाँ प्रतिनिधित्व गर्नुहुन्छ। तैँले उहाँका वचनहरू सुन्न नसके पनि जसले स्वर्गहरू र पृथ्वी हल्लाएको देखिन्छ, वा बलिरहेका ज्वालाहरू जस्ता उहाँका आँखाहरू हेर्न नसके पनि, र तैँले उहाँको फलामे डन्डाको अनुशासन अनुभव गर्न नसके पनि, तँ उहाँका वचनहरूबाट सुन्न सक्छस् कि परमेश्‍वर क्रोधी हुनुहुन्छ र थाहा पाउन सक्छस् कि परमेश्‍वरले मानवजातिको लागि करुणा देखाइरहनु भएको छ; तँ परमेश्‍वरको धर्मी स्वभाव र उहाँको बुद्धि देख्न सक्छस् र अझ, सबै मानवजातिको लागि परमेश्‍वरको व्यग्रता महसुस सक्छस्। आखिरी दिनहरूमा परमेश्‍वरको काम पृथ्वीका मानिसहरू माझ जिइरहनुभएको स्वर्गमा हुनुहुने परमेश्‍वर मानिसलाई हेर्न दिनु हो, र परमेश्‍वरलाई बुझ्न, उहाँको आज्ञा पालन गर्न, आदर गर्न र प्रेम गर्न मानिसलाई सक्षम बनाउनु हो। यसैको लागि उहाँ दोस्रो पटक देहमा फर्किनुभएको छ। हुन त यो दिनमा मानिसले देख्ने परमेश्‍वर मानिस जस्तै हुनुहुन्छ, एउटा नाक र दुई आँखा भएका परमेश्‍वर, र साधारण परमेश्‍वर, अन्त्यमा परमेश्‍वरले तिमीहरूलाई देखाउनु हुनेछ कि यदि यो मानिस अस्तित्वमा थिएन भने, स्वर्ग र पृथ्वीमा भयानक परिवर्तन भएर जाने थियो; यदि यो मानिस अस्तित्वमा थिएन भने, स्वर्गहरू फिका हुने थिए, यो पृथ्वी अस्तव्यस्ततामा जाकिने थियो, र सबै मानवजाति भोकमरी र विपत्तिहरूका माझमा जिउने थिए। तिमीहरूलाई उहाँले देखाउनुहुनेछ कि यदि तिमीहरूलाई आखिरी दिनहरूमा मुक्ति दिन देहधारी परमेश्‍वर आउनु भएन भने, त्यसबेला परमेश्‍वरले सबै मानवजातिलाई धेरै अघि नै नरकमा विनाश गरिसक्नु भएको हुने थियो; यदि यो देह अस्तित्वमा रहेको थिएन भने, तिमीहरू सधैँको लागि महापापीहरू हुने थियौ, र तिमीहरू सदैव लाशहरू हुने थियौ। तिमीहरूले थाहा पाउनुपर्छ कि यदि यो देह अस्तित्वमा रहेको थिएन भने, सबै मानवजातिले एक अपरिहार्य विपत्ति सामना गर्नु पर्ने थियो, र आखिरी दिनहरूमा मानवजातिलाई परमेश्‍वरले दिने त्यो भन्दा कठोर दण्डबाट बच्न उनीहरूलाई असम्भव हुने थियो। यदि यो साधारण देह जन्मिएको थिएन भने, तिमीहरू सबै त्यो स्थितिमा हुने थियौ जहाँ बाँच्न सक्षम नभएर तिमीहरू जीवनको लागि याचना गर्ने थियो र मर्न सक्षम नभएर मृत्युको लागि प्रार्थना गर्ने थियो; यदि यो देह अस्तित्वमा रहेको थिएन भने, त्यसपछि तिमीहरू सत्य प्राप्त गर्न र आज परमेश्‍वरको सिंहासनको सामुन्ने आउन सक्षम हुने थिएनौ, तर बरु, तेरो घोर पापहरूका कारणले परमेश्‍वरद्वारा तँ दण्डित हुने थिइस्। के तिमीहरूलाई थाहा थियो कि यदि यो देहमा परमेश्‍वरको पुनरागमनको लागि थिएन भने, कसैलाई पनि मुक्तिमा मौका हुने थिएन; र यदि यो देहको आगमनको लागि थिएन भने, परमेश्‍वरले धेरै अगाडि पुरानो युगलाई अन्त्य गरिसक्नुभएको हुने थिएन? यो यसो हुने हुनाले, के तिमीहरू परमेश्‍वरको दोस्रो देहधारणलाई अझसम्म इन्कार गर्न सक्षम छौ? यो साधारण मानिसबाट तिमीहरूले यति धेरै फाइदाहरू प्राप्त गर्न सक्ने भएकाले, किन तिमीहरूले उहाँलाई खुशीसाथ स्वीकार गरेनौ?

— वचन देहमा देखा पर्नुहुन्छको “के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १३३

परमेश्‍वरको काम यस्तो काम हो जसलाई तँ बुझ्न सक्दैनस्। यदि तँ न त तेरो छनोट सही छ कि छैन पूर्ण रूपमा बुझ्न सक्छस् न त तँ परमेश्‍वरको काम सफल हुन्छ कि भन्ने थाहा पाउन सक्छस्, त्यसो हो भने किन तेरो भाग्यको परीक्षा नगर्ने र हेर्ने कि के यो साधारण मानिस तेरो लागि ठूलो सहयोग हुन सक्छ कि सक्दैन, र के परमेश्‍वरले साँच्चिकै महान् काम गर्नुभएको छ कि छैन? यद्यपि, मैले तँलाई भन्नैपर्छ कि नोआको समयमा, मानिसहरू खाइरहेका र पिइरहेका, विवाह गरिरहेका र विवाहमा यति हदसम्म दिइरहेका थिए कि परमेश्‍वरको लागि साक्षी दिन असह्य थियो, त्यसैले आठ जनाको नोआको परिवार र सबै प्रकारका चराहरू र चौपायाहरूलाई मात्र छाडेर मानवजातिलाई नष्ट गर्न उहाँले विशाल जलप्रलय पठाउनुभयो। आखिरी दिनहरूमा, यद्यपि परमेश्‍वरद्वारा बचाएर राखिएकाहरू सबै अन्त्यसम्म उहाँप्रति बफादार रहेकाहरू थिए। हुन त दुवै युगहरू परमेश्‍वरलाई साक्षी दिन असह्य ठूलो भ्रष्टताका समय थिए, र दुवै युगहरूमा मानवजाति परमेश्‍वर उनीहरूको प्रभु हुनुहुन्थ्यो भन्ने इन्कार गर्न यति भ्रष्ट भए कि परमेश्‍वरले नोआको समयमा मानिसहरूलाई मात्र नष्ट गर्नुभयो। दुवै युगहरूमा मानवजातिले परमेश्‍वरलाई ठूलो दुःख दिए, तर पनि परमेश्‍वरले अहिलेसम्म आखिरी दिनहरूका मानिससँग धैर्य गर्नुभयो। किन हो यो? तिमीहरूले किन कहिल्यै आश्चर्य मानेनौ? यदि तिमीहरूलाई साँच्चिकै थाहा छैन भने, मलाई भन्न देऊ। आखिरी दिनहरूमा मानिसहरूलाई परमेश्‍वरले कृपा गर्न सक्नुको कारण उनीहरू नोआको समयका मानिसहरूभन्दा कम भ्रष्ट भएर होइन, अथवा उनीहरूले परमेश्‍वरलाई पश्चाताप देखाएको भएर होइन, आखिरी दिनहरूमा प्रविधि यति आधुनिक छ कि उनीहरूलाई परमेश्‍वर स्वयमले नष्ट गर्न सक्नुहुन्न भन्ने कुरा त परै छाडौं। बरु, यसको कारण यो हो कि परमेश्‍वरले मानिसहरूको एक समूहमा आखिरी दिनहरूमा गर्नु पर्ने काम छ, र यो काम परमेश्‍वर स्वयमले उहाँको देहधारणमा गर्ने चाहना राख्नु हुन्छ। अझ बढी, परमेश्‍वर उहाँको मुक्तिका पात्रहरू र उहाँको व्यवस्थापनको योजनाको फल बन्न यो समूहको एक भाग छान्ने, र ती मानिसहरूलाई अर्को युगमा ल्याउने चाहना राख्नुहुन्छ। त्यसैले, जे भए पनि, परमेश्‍वरले चुकाउनुभएको यो मूल्य पूर्ण रूपले उहाँको देहधारी शरीरले आखिरी दिनहरूमा गर्ने कामको तयारीको लागि हो। यो देहको कारणले तिमीहरू आजका दिनसम्म आइपुगेका छौ। परमेश्‍वर देहमा जिउनुहुने भएकाले तिमीहरूलाई जीवित रहने मौका छ। यो साधारण मानिसको कारणले यो सबै सौभाग्य प्राप्त भएको हो। यति मात्र होइन, तर अन्त्यमा, प्रत्येक राष्ट्रले यो साधारण मानिसलाई आराधना गर्नेछन्, साथै धन्यवाद दिनेछन् र यो महत्वहीन मानिसको आज्ञापालन गर्नेछन्, किनकि यो उहाँले ल्याउनुभएको सत्य, जीवन, र मार्ग हो जसले सबै मानवजातिलाई मुक्ति दिएको छ, परमेश्‍वर र मानिस बीचको द्वन्द्वलाई कम गरेको छ, उनीहरू बीचको दूरीलाई छोट्याएको छ र परमेश्‍वर र मानिसका बिचारहरू बीचको सम्बन्ध खुला गरेको छ। यो उहाँ नै हुनुहुन्छ जसले परमेश्‍वरको लागि अझ महान् महिमा प्राप्त गर्नुभएको छ। के यस किसिमको साधारण मानिस तेरो विश्‍वास र आराधनाको लागि अयोग्य छ? के यस किसिमको साधारण देह ख्रीष्ट भनिन अनुपयुक्त छ? के यस किसिमको साधारण मानिस मानिसहरूका माझ परमेश्‍वरको अभिव्यक्ति बन्न सक्दैन? के यस प्रकारको मानिस जसले मानवजातिलाई विपत्तिबाट जोगाएको छ, तिमीहरूको प्रेम र तिम्रो चाहना उहाँमा राख्न योग्य छैन? यदि तिमीहरूले उहाँको मुखबाट अभिव्यक्त सत्यहरू इन्कार गर्यौ र तिमीहरू माझ उहाँको अस्तित्व घृणा गर्यौ भने, त्यसपछि अन्त्यमा तिमीहरूको के हुनेछ?

आखिरी दिनहरूमा परमेश्‍वरका सबै काम यही साधारण मानिसद्वारा गरिन्छ। उहाँले सबै कुरा तँलाई प्रदान गर्नुहुनेछ, र त्यो भन्दा बढी, तँसँग सम्बन्धित सबै कुराको निर्णय गर्न उहाँ सक्षम हुनुहुनेछ। के यस प्रकारको मानिस तिमीहरूले उहाँ जस्तो हुनुपर्ने हो विश्‍वास गर्छौ त्यस्तो हुन सक्छ: यति सामान्य मानिस कि उल्लेख गर्न नै अयोग्य? के उहाँको सत्य तिमीहरूलाई पूर्णरूपमा विश्‍वस्त तुल्याउन पर्याप्त छैन? के उहाँका कामहरूको साक्षी तिमीहरूलाई पूर्णरूपमा विश्‍वस्त तुल्याउन पर्याप्त छैन? अथवा के उहाँले तिमीहरूलाई डोर्याउनु हुने त्यो बाटो तिमीहरूको लागि हिँड्न योग्य छैन? जब सबै भनिन्छ र गरिन्छ, त्यस्तो के छ जसले तिमीहरूलाई उहाँलाई घृणा गर्न र उहाँलाई टाढा फाल्न र उहाँलाई फराकिलो स्थान दिन लगाउँछ? यो यही मानिस हो जसले सत्य अभिव्यक्त गर्छ, यो यही मानिस हो जसले सत्य प्रदान गर्छ, र यो यही मानिस हो जसले तिमीहरूलाई पछ्याउने मार्ग दिन्छ। के यो हुन सक्छ कि तिमीहरू यी सत्यहरूभित्र परमेश्‍वरको कामका चिन्हहरू भेट्न अझसम्म पनि असक्षम छौ? येशूको कामविना, मानवजाति क्रूसबाट ओर्लन सक्ने थिएनन्, तर आजको देहधारण बिना, क्रूसबाट ओर्लिएकाहरूले कहिल्यै परमेश्‍वरको समर्थन प्राप्त गर्न वा नयाँ युगमा प्रवेश गर्न सक्ने थिएनन्। यो साधारण मानिसको आगमनविना, तिमीहरूले परमेश्‍वरको सही मुखाकृति देख्ने अवसर कहिल्यै पाउने थिएनौ, न त तिमीहरू योग्य नै हुने थियौ, किनकि तिमीहरू सबै धेरै पहिले नष्ट गरिसक्नु पर्ने पात्रहरू हौं। परमेश्‍वरको दोस्रो देहधारणको आगमनको कारणले, तिमीहरूलाई परमेश्‍वरले क्षमा दिनुभएको छ र तिमीहरूलाई कृपा देखाउनु भएको छ। यसका बावजुद, मैले तिमीहरूलाई अन्तिमतिर छोड्नै पर्ने वचनहरू अझै यी छन्ः यो साधारण मानिस, जो देहधारी परमेश्‍वर हुनुहुन्छ, तिमीहरूको लागि अति नै महत्वको हुनुहुन्छ। यो परमेश्‍वरले मानिसहरू माझ पहिले नै गरिसक्नु भएको महान् कुरा हो।

— वचन देहमा देखा पर्नुहुन्छको “के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १३४

तैँले व्यावहारिक परमेश्‍वरको विषयमा के थाहा पाउनुपर्छ? आत्मा, व्यक्ति, र वचन मिलेर व्यावहारिक परमेश्‍वर स्वयम्‌ निर्मित हुनुभएको छ, र व्यावहारिक परमेश्‍वर स्वयम्‌को वास्तविक अर्थ यही हो। यदि तैँले व्यक्तिलाई मात्र चिन्छस्‌—यदि तैँले उहाँका आनीबानी र व्यक्तित्वलाई मात्र चिन्छस्‌—तर आत्माको कामलाई चिन्दैनस्‌, वा आत्माले देहमा के गर्नुहुन्छ भन्‍ने कुरा तँलाई थाहा छैन भने, र यदि तैँले आत्मा र वचनलाई मात्र ध्यान दिन्छस्‌, र आत्माको अगाडि मात्र प्रार्थना गर्छस्‌, तर व्यावहारिक परमेश्‍वरको रूपमा परमेश्‍वरको आत्माको कामको बारेमा तँलाई थाहा छैन भने, तैँले व्यावहारिक परमेश्‍वरलाई चिन्दैनस्‌ भनी यसले प्रमाणित गर्छ। व्यावहारिक परमेश्‍वरको ज्ञानमा उहाँका वचनहरूको बारेमा थाहा पाउने र अनुभव गर्ने, र पवित्र आत्माको कामका नियम र सिद्धान्तहरू र परमेश्‍वरको आत्माले देहमा कसरी काम गर्नुहुन्छ भनी थाहा पाउनुपर्ने कुराहरू संलग्न हुन्छन्‌। देहमा हुने परमेश्‍वरको हरेक कार्य आत्माद्वारा नियन्त्रित हुन्छ, र उहाँले बोल्‍नुभएका वचनहरू आत्माका प्रत्यक्ष अभिव्यक्तिहरू हुन् भनी थाहा पाउनुपर्ने कुराहरू पनि यसमा संलग्न हुन्छन्। त्यसैले, व्यावहारिक परमेश्‍वरलाई चिन्‍नको लागि परमेश्‍वरले मानवता र ईश्‍वरत्वमा कसरी काम गर्नुहुन्छ भनी थाहा पाउनु अति महत्त्वपूर्ण हुन्छ; यसो भएको हुँदा, यसले सबै मानिसहरू सहभागी हुने आत्माको अभिव्यक्तिहरूमा सरोकार राख्छ।

आत्माको अभिव्यक्तिका पक्षहरू के-के हुन्? कहिलेकहीँ परमेश्‍वर मानवतामा काम गर्नुहुन्छ, र कहिलेकहीँ ईश्‍वरत्वमा—तर यी दुवै सन्दर्भमा आत्माको नियन्त्रण हुन्छ। मानिसहरूभित्र जस्तो आत्मा हुन्छ, त्यस्तै तिनीहरूको बाह्य अभिव्यक्ति हुन्छ। आत्माले सामान्य तरिकाले काम गर्नुहुन्छ, तर आत्माद्वारा गरिने उहाँको निर्देशनमा दुई भागहरू छन्: एउटा भाग मानवतामा हुने उहाँको काम हो र अर्को भाग ईश्‍वरत्वद्वारा हुने उहाँको काम हो। तैँले यो कुरा स्पष्‍टसँग थाहा पाउनुपर्छ। आत्माको काम परिस्थितिअनुसार फरक हुन्छ: जब उहाँको मानवीय कामको आवश्यकता पर्छ, तब आत्माले यो मानवीय कामलाई निर्देशित गर्नुहुन्छ, र जब उहाँको ईश्‍वरीय कामको आवश्‍यकता पर्छ, तब त्यो कामलाई कार्यान्वयन गर्न ईश्‍वरत्व सोझै देखा पर्छ। परमेश्‍वरले देहमा काम गर्नुहुने र उहाँ देहमा देखा पर्नुहुने हुँदा, उहाँले मानवता र ईश्‍वरत्व दुवैमा सीधै काम गर्नुहुन्छ। मानवतामा हुने उहाँको कामलाई आत्माद्वारा निर्देशित गरिन्छ र मानिसहरूका शारीरिक आवश्यकताहरूलाई सन्तुष्ट‍ पार्न, उहाँसँग तिनीहरूको सहभागिता सहजीकरण गर्न, र तिनीहरूलाई परमेश्‍वरको वास्तविकता र सामान्यता हेर्न लगाउन, र तिनीहरूलाई परमेश्‍वरका आत्मा देहमा आउनुभएको छ र मानिसहरूको माझमा हुनुहुन्छ, मानिससँग सँगै बास गर्नुभएको छ, र मानिससँग सहभागी हुनुभएको छ भनी देखाउन गरिन्छ। ईश्‍वरत्वमा हुने उहाँको काम, मानिसहरूका स्वभावहरू परिवर्तन गर्दै र तिनीहरूलाई देहमा आत्माको स्वरूप साँचो रूपले हेर्न दिँदै, मानिसहरूको जीवनको लागि प्रबन्ध गर्न र मानिसहरूलाई हरेक कुरामा सकारात्मक पक्षबाट मार्गदर्शन दिन गरिन्छ। मुख्यगरी, मानिसको जीवनमा हुने वृद्धि प्रत्यक्ष रूपमा परमेश्‍वरको काम र ईश्‍वरत्वमा हुने वचनहरूद्वारा प्राप्त‍ गरिएको हुन्छ। यदि मानिसहरूले ईश्‍वरत्वमा हुने परमेश्‍वरको कामलाई स्वीकार गर्छन् भने मात्र तिनीहरूले आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न सक्छन्, र तब मात्र तिनीहरू आफ्ना आत्मामा सन्तुष्ट हुन सक्‍छन्; यसअतिरिक्त, यदि मानवतामा हुने काम—मानवतामा हुने परमेश्‍वरको गोठालो-कार्य, सहायता, र प्रबन्ध—छ भने मात्र, परमेश्‍वरको कामका प्रतिफलहरू पूर्ण रूपमा प्राप्त‍ गर्न सकिन्छ। आज चर्चा गरिएका व्यावहारिक परमेश्‍वर स्वयम्‌ले मानवता र ईश्‍वरत्व दुवैमा काम गर्नुहुन्छ। व्यावहारिक परमेश्‍वरको स्वरूपद्वारा उहाँको सामान्य मानवीय काम र जीवन र उहाँको पूर्ण ईश्‍वरीय काम प्राप्त‍ गरिन्छन्। उहाँको मानवता र ईश्‍वरत्व एकै गरी गाभिएका छन्‌, दुवैका काम वचनहरूद्वारा सम्पन्न‍ गरिन्छ; चाहे मानवतामा होस्‌ वा ईश्‍वरत्वमा होस, उहाँले वचनहरू उच्‍चारण गर्नुहुन्छ। जब परमेश्‍वरले मानवतामा काम गर्नुहुन्छ, तब उहाँले मानवताको भाषा बोल्‍नुहुन्छ, ताकि मानिसहरू सहभागी हुन सकून्‌ र उनीहरूले बुझ्‍न सकून्। उहाँका वचनहरू सरल रूपमा बोलिएका हुन्छन् र बुझ्‍न सजिलो हुन्छ, यतिसम्म कि ती सबै मानिसहरूलाई प्रदान गर्न सकिन्छ; चाहे मानिसहरू ज्ञानले भरिएका होऊन् वा कम शिक्षित होऊन्, तिनीहरू सबै जनाले परमेश्‍वरका वचनहरू प्राप्त‍ गर्न सक्छन्। ईश्‍वरत्वमा हुने परमेश्‍वरका काम पनि वचनहरूद्वारा कार्यान्वयन गरिन्छ, तर यो प्रबन्धले भरिएको हुन्छ, यो जीवनले भरिएको हुन्छ, यो मानिसका विचारहरूद्वारा दूषित भएको हुँदैन, यसमा मानवीय प्राथमिकताहरू समावेश भएका हुँदैनन्‌, र यसमा मानवीय सीमाहरू हुँदैनन्‌, यो सामान्य मानवताको अधीनभन्दा बाहिर छ; यो देहमा कार्यान्वयन गरिएको हुन्छ, तर यो आत्माको प्रत्यक्ष अभिव्यक्ति हो। यदि मानिसहरूले मानवतामा हुने परमेश्‍वरको कामलाई मात्र स्वीकार गर्छन् भने, तिनीहरूले आफैलाई एक निश्‍चित क्षेत्रमा सीमित गर्नेछन्, र तिनीहरूमा अलिकति परिवर्तन ल्याउन पनि निरन्तर निराकरण, काँटछाँट र अनुशासनको आवश्यकता पर्नेछ। पवित्र आत्माको काम वा उपस्थितिविना त तिनीहरू सधैँ आफ्ना पुराना मार्गहरूमा फर्कनेछन्‌; ईश्‍वरत्वको कामद्वारा मात्र यी गम्भीर समस्याहरू र कमजोरीहरूलाई सुधार्न सकिन्छ, र तब मात्र मानिसहरूलाई पूर्ण बनाउन सकिन्छ। दीर्घकालीन निरारकण र काँटछाँटको सट्टामा, चाहिने आवश्यक कुरा भनेको सबै कमी-कमजोरीहरू सुधार्न वचनहरूको प्रयोग गर्दै, मानिसको प्रत्येक स्थिति प्रकट गर्न वचनहरूको प्रयोग गर्दै, तिनीहरूको जीवन, तिनीहरूको प्रत्येक उच्‍चारण, तिनीहरूको प्रत्येक कार्यलाई मार्गदर्शन दिन, र तिनीहरूका अभिप्राय र उत्प्रेरणाहरूलाई उदाङ्गो पार्न वचनहरूको प्रयोग गर्दै गरिने सकारात्मक प्रबन्ध नै हो। यो व्यावहारिक परमेश्‍वरको वास्तविक काम हो। त्यसैले, व्यावहारिक परमेश्‍वरप्रति तेरो मनोवृत्तिमा तैँले उहाँलाई पहिचान र स्वीकार गर्दै तत्कालै आफैलाई उहाँको मानवताको सामु समर्पित गर्नुपर्छ, र यसअतिरिक्त तैँले उहाँका ईश्‍वरीय काम र वचनहरू ग्रहण र पालन गर्नुपर्छ। देहमा परमेश्‍वर देखा पर्नुको अर्थ परमेश्‍वरका आत्माका सबै काम र वचनहरू उहाँको सामान्य मानवताद्वारा र उहाँको देहधारी देहद्वारा सम्पन्न‍ गरिएका हुन्छन् भन्‍ने हुन्छ। अर्को शब्दमा, परमेश्‍वरको आत्माले तत्कालै उहाँको मानवीय कामलाई निर्देशित गर्नुहुन्छ र देहमा ईश्‍वरत्वको काम सम्पन्न‍ गर्नुहुन्छ, र देहधारी परमेश्‍वरमा तैँले मानवतामा हुने परमेश्‍वरको काम र उहाँको पूर्ण ईश्‍वरीय काम दुवै देख्‍न सक्छस्‌। यही नै व्यावहारिक परमेश्‍वरको दैहिक स्वरूपको वास्तविक महत्त्व हो। यदि तैँले यो कुरा स्पष्‍टसँग देख्‍न सक्छस्‌ भने, तैँले परमेश्‍वरका सबै फरक भागहरूलाई जोड्न सक्षम हुनेछस्‌; तैँले ईश्‍वरत्वमा हुने उहाँको काममाथि अनावश्यक महत्त्व दिन छोड्नेछस्‌, र तैँले मानवतामा हुने उहाँको कामलाई अनावश्यक उपेक्षाका साथ हेर्न छोड्नेछस्‌, र तँ अतिवादतिर जानेछैनस्‌, न त घुमाउरो मार्ग नै पछ्याउनेछस्‌। समग्रमा भन्‍नुपर्दा, व्यावहारिक परमेश्‍वरको अर्थ उहाँको मानवताको र उहाँको ईश्‍वरत्वको काम, आत्माले निर्देशन गर्नुभएबमोजिम, उहाँको देहद्वारा अभिव्यक्त हुन्छ भन्‍ने हो, ताकि मानिसहरूले उहाँ सजीव र जीवन्त, वास्तविक र सत्य हुनुहुन्छ भन्‍ने कुरा देख्‍न सकून्।

मानवतामा हुने परमेश्‍वरको आत्माको कामका सङ्क्रमणकालीन चरणहरू हुन्छन्। मानवतालाई सिद्ध बनाएर, उहाँले आफ्नो मानवतालाई आत्माको निर्देशन ग्रहण गर्न सक्षम तुल्याउनुहुन्छ, त्यसपछि उहाँको मानवता मण्डलीहरूलाई प्रबन्ध र गोठालो गर्न सक्षम हुन्छ। यो परमेश्‍वरको सामान्य कामको एउटा अभिव्यक्ति हो। त्यसैले, यदि तैँले मानवतामा हुने परमेश्‍वरको कामका सिद्धान्तहरू स्पष्‍टसँग देख्‍न सक्छस् भने, तैँले मानवतामा परमेश्‍वरको कामको विषयमा आफ्नै धारणाहरू बनाउने सम्भावना कम हुनेछ। अन्य कुराहरू चाहे जेसुकै हुन्, परमेश्‍वरको आत्मा गलत हुन सक्‍नुहुन्‍न। उहाँ सही र त्रुटिरहित हुनुहुन्छ; उहाँले कुनै पनि काम बेठीक रूपले गर्नुहुन्‍न। ईश्‍वरीय काम मानवताको हस्तक्षेपरहित परमेश्‍वरको इच्छाको प्रत्यक्ष अभिव्यक्ति हो। यो सिद्धताको प्रक्रिया हँदै जाँदैन, बरु यो त प्रत्यक्ष आत्माबाट आउँछ। तथापि, उहाँले ईश्‍वरत्वमा काम गर्न सक्‍नुहुन्छ भन्ने तथ्य उहाँको सामान्य मानवताको कारण हो; यो गौण अलौकिकतामा हुँदैन, र यसलाई सामान्य व्यक्तिद्वारा कार्यान्वयन गरिएको जस्तो देखिन्छ। विशेषतः देहमार्फत परमेश्‍वरका वचनहरू अभिव्यक्त गर्न, देहको माध्यमद्वारा परमेश्‍वरको आत्माको काम पूरा गर्न परमेश्‍वर स्वर्गबाट पृथ्‍वीमा आउनुभयो।

— वचन देहमा देखा पर्नुहुन्छको “व्यावहारिक परमेश्‍वर स्वयम्‌ परमेश्‍वर हुनुहुन्छ भनी तैँले थाहा पाउनुपर्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १३५

आज, व्यावहारिक परमेश्‍वरको विषयमा मानिसहरूको ज्ञान अति नै एक-पक्षीय रहेको छ, र देहधारणको महत्त्वको विषयमा तिनीहरूको बुझाइ अझै अति नै अपर्याप्त छ। परमेश्‍वरको देहसँगै, मानिसहरूले उहाँका काम र वचनहरूमार्फत परमेश्‍वरको आत्मामा यति धेरै कुरा समावेश छन् र उहाँ यति धेरै सम्पन्न हुनुहुन्छ भन्ने कुरा देख्छन्। जेसुकै भए तापनि, आखिरमा परमेश्‍वरको गवाही परमेश्‍वरको आत्माबाट आउँछ: परमेश्‍वरले देहमा जे गर्नुहुन्छ, उहाँले जुन सिद्धान्तहरूद्वारा काम गर्नुहुन्छ, उहाँले मानवतामा जे गर्नुहुन्छ, र उहाँले ईश्‍वरत्वमा जे गर्नुहुन्छ। मानिसहरूसँग यस विषयमा ज्ञान हुनुपर्छ। आज, तँ यस व्यक्तिको आराधना गर्न सक्षम छस्‌, तर वास्तवमा तैँले आत्मालाई आराधना गर्दैछस्‌, र मानिसहरूले देहधारी परमेश्‍वरको बारेमा प्राप्त‍ गर्नुपर्ने ज्ञान कम्तीमा यही नै हो: देहमार्फत आत्माको सार थाहा पाउने, देहमा आत्माको ईश्‍वरीय काम र देहमा मानवीय काम थाहा पाउने, देहमा आत्माका सबै वचन र उच्‍चारणहरू स्वीकार गर्ने, र परमेश्‍वरको आत्माले कसरी देहलाई निर्देशित गर्नुहुन्छ र देहमा उहाँको शक्ति प्रदर्शन गर्नुहुन्छ भनी हेर्ने। भन्नुको अर्थ यो हो कि मानिसले स्वर्गमा हुनुहुने आत्मालाई देहमार्फत चिन्छ; मानिसमाझ व्यावहारिक परमेश्‍वर स्वयम्‌ देखा पर्नुभएको हुँदा यसले मानिसहरूको धारणाहरूबाट अस्पष्ट परमेश्‍वरलाई हटाइदिएको छ। व्यावहारिक परमेश्‍वर स्वयम्‌लाई गर्ने मानिसहरूको आराधनाले परमेश्‍वरप्रति तिनीहरूको आज्ञाकारितालाई अभिवृद्धि गरेको छ, र देहमा परमेश्‍वरको आत्माको ईश्‍वरीय काम र देहमा उहाँको मानवीय कामद्वारा, मानिसले प्रकाश प्राप्त‍ गर्छ र उसलाई गोठालो गरिन्छ, र मानिसको जीवन स्वभावमा परिवर्तनहरू हासिल हुन्छन्‌। देहमा आत्माको आगमनको वास्तविक अर्थ यही हो, जसको प्राथमिक उद्देश्य भनेको मानिसहरू परमेश्‍वरसँग सहभागी हुन, परमेश्‍वरमा निर्भर रहन, र परमेश्‍वरको ज्ञानसम्म पुग्‍न सकून् भन्‍ने हो।

समग्रमा, व्यावहारिक परमेश्‍वरप्रति मानिसहरूको मनोवृत्ति कस्तो हुनुपर्छ? तँलाई देहधारणको विषयमा, वचन देहमा देखा पर्नुभएको विषयमा, परमेश्‍वर देहमा देखा पर्नुभएको विषयमा, व्यावहारिक परमेश्‍वरका कामहरूको विषयमा के थाहा छ? आजको छलफलका मुख्य विषयहरू के-के हुन्? देहधारण, देहमा वचनको आगमन, देहमा परमेश्‍वरको देखा पराइ सबै बुझ्नैपर्ने विषयहरू हुन्। तिमीहरूको कदको आधारमा र युगको आधारमा, तिमीहरूले क्रमिक रूपमा यी सबै विषयहरूको बारेमा बुझ्दै जानुपर्छ र तिमीहरूको जीवन अनुभवमा तीबारेमा स्पष्‍ट ज्ञान हासिल गर्दै जानुपर्छ। मानिसहरूले परमेश्‍वरका वचनहरू अनुभव गर्ने प्रक्रिया र तिनीहरूले परमेश्‍वरका वचनहरू देहमा देखापर्नुभएको कुरा थाहा पाउने प्रक्रिया उस्तै छन्। मानिसहरूले जति धेरै परमेश्‍वरका वचनहरू अनुभव गर्छन् त्यति नै धेरै परमेश्‍वरको आत्मालाई चिन्छन्‌; परमेश्‍वरका वचनहरूलाई अनुभव गरेर, मानिसहरूले आत्माको कामका सिद्धान्तहरू बुझ्छन्‌ र व्यावहारिक परमेश्‍वर स्वयम्‌लाई चिन्छन्। वास्तवमा, जब परमेश्‍वरले मानिसहरूलाई सिद्ध बनाउनुहुन्छ र तिनीहरूलाई हासिल गर्नुहुन्छ, तब उहाँले तिनीहरूलाई व्यावहारिक परमेश्‍वरका कामहरूको बारेमा थाहा पाउन दिँदै हुनुहुन्छ; उहाँले मानिसहरूलाई देहधारणको वास्तविक महत्त्व देखाउन, वास्तवमा परमेश्‍वर मानिसकहाँ प्रकट हुनुभएको छ भन्‍ने कुरा देखाउन व्यावहारिक परमेश्‍वरको कामलाई प्रयोग गर्दै हुनुहुन्छ। जब मानिसहरू परमेश्‍वरद्वारा हासिल हुन्छन्‌ र सिद्ध बनाइन्छन्‌, तब व्यावहारिक परमेश्‍वरका अभिव्यक्तिहरूले तिनीहरूलाई जितेका हुन्छन्‌; तिनीहरूलाई उहाँ जे हुनुहुन्छ (उहाँ मानवतामा जे हुनुहुन्छ वा उहाँ ईश्‍वरत्वमा जे हुनुहुन्छ) त्यसले भर्दै, तिनीहरूलाई उहाँका वचनहरूको सारतत्त्वले भर्दै, र मानिसहरूलाई उहाँका वचनअनुसार जीवन जिउने तुल्याउँदै, व्यावहारिक परमेश्‍वरका वचनहरूले तिनीहरूलाई परिवर्तन गरेका हुन्छन्‌ र तिनीहरूभित्र उहाँको आफ्नो जीवन हालिदिएका हुन्छन्। जब परमेश्‍वरले मानिसहरूलाई हासिल गर्नुहुन्छ, तब उहाँले मुख्यगरी मानिसहरूका कमजोरीहरू निराकरण गर्ने र तिनीहरूको विद्रोही स्वभावको न्याय गर्ने र प्रकाश गर्ने शैलीको रूपमा व्यावहारिक परमेश्‍वरका वचनहरू र उच्‍चारणहरूलाई प्रयोग गर्दै, तिनीहरूलाई खाँचो परेका कुरा हासिल गराउँदै र परमेश्‍वर मानिसमाझ आउनुभएको छ भन्‍ने कुरा देखाउँदै त्यसो गर्नुहुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरो, व्यावहारिक परमेश्‍वरद्वारा गरिएको काम भनेको प्रत्येक व्यक्तिलाई शैतानको प्रभावबाट मुक्ति दिने, तिनीहरूलाई फोहोरको स्थानबाट बाहिर ल्याउने, तिनीहरूको भ्रष्ट‍ स्वभावलाई हटाउने हो। व्यावहारिक परमेश्‍वरद्वारा हासिल गरिनुको सबैभन्दा गहिरो महत्त्व भनेको व्यावहारिक परमेश्‍वरसँग एक उदाहरण र एक नमुनाको रूपमा सामान्य मानवताको जीवन जिउन सक्षम बन्‍नु, उहाँले भन्‍नुभएका जस्तोसुकै कुराहरू व्यवहारमा लागू गर्दै, अलिकति पनि विचलित वा निर्गमन नभईकन, व्यावहारिक परमेश्‍वरका वचन र आवश्यक मापदण्डहरूअनुसार अभ्यास गर्न सक्षम बन्‍नु, र उहाँले भन्‍नुभएका जस्तोसुकै कुरा प्राप्त‍ गर्न सक्षम बन्‍नु हो। यसरी, तँ परमेश्‍वरद्वारा हासिल गरिएको हुनेछस्‌। जब तँ परमेश्‍वरद्वारा हासिल गरिन्छस्‌, तब तैँले पवित्र आत्माका कामहरू मात्र हासिल गर्दैनस्‌; मुख्यतः तँ व्यावहारिक परमेश्‍वरका आवश्यक मापदण्डहरूअनुसार जिउन सक्षम हुन्छस्‌। केवल पवित्र आत्माको काम तँसँग हुनुको अर्थ तँसँग जीवन छ भन्‍ने हुँदैन। मुख्य कुरा भनेको व्यावहारिक परमेश्‍वरले तँले पूरा गर्नुपर्ने भनी आवश्यक गर्नुभएका कुराहरूअनुसार तँ जीवन जिउन सक्षम छस्‌ कि छैनस्‌ भन्‍ने हो, जुन कुरा तँ परमेश्‍वरद्वारा हासिल गरिन सक्षम छस्‌ कि छैनस्‌ भन्‍ने कुरासँग सम्बन्धित छ। यी कुराहरू नै देहमा गरिने व्यावहारिक परमेश्‍वरको कामको सबैभन्दा ठूला अर्थ हुन्। भन्नुको अर्थ यो हो कि साँच्चिकै र वास्तवमै देहमा देखिनुभएर, सजीव र जीवन्त हुनुभएर, मानिसहरूद्वारा देखिनुभएर, वास्तवमा देहमा आत्माको काम गर्नुभएर, र देहमा मानिसहरूका निम्ति एक उदाहरण बन्नुभएर, परमेश्‍वरले मानिसहरूको एक समूहलाई हासिल गर्नुहुन्छ। देहमा परमेश्‍वरको आगमनको प्राथमिक अर्थ मानिसहरूलाई परमेश्‍वरका वास्तविक कामहरू देख्‍न सक्षम तुल्याउनु, निराकार आत्मालाई देहको आकार दिनु, र मानिसहरूलाई उहाँलाई हेर्न र छुन दिनु हो। यसरी, उहाँद्वारा सिद्ध बनाइएका मानिसहरूले उहाँले चाहनुभएअनुसार जिउनेछन्‌, तिनीहरू उहाँद्वारा हासिल गरिनेछन्‌, र उहाँको हृदयअनुसारका मानिसहरू बन्‍नेछन्। यदि परमेश्‍वर स्वर्गमा मात्र बोल्‍नुहुन्थ्यो र पृथ्‍वीमा साँच्‍चिकै नआउनुभएको भए, मानिसहरूले परमेश्‍वरलाई अझै चिन्‍न सक्‍ने थिएनन्; तिनीहरूले खोक्रो सिद्धान्त प्रयोग गरी परमेश्‍वरका कामहरूको विषयमा प्रचार गर्न मात्र सक्षम हुनेथिए र परमेश्‍वरका वचनहरूलाई वास्तविकताको रूपमा प्राप्त‍ गर्ने थिएनन्। मुख्यगरी, जसलाई उहाँले हासिल गर्नु छ ती मानिसहरूका निम्ति उदाहरण र नमुनाको रूपमा कार्य गर्न परमेश्‍वर यस पृथ्‍वीमा आउनुभएको हो; यसरी मात्र मानिसहरूले वास्तवमा परमेश्‍वरलाई चिन्‍न सक्छन्, परमेश्‍वरलाई छुन सक्छन्, र उहाँलाई हेर्न सक्छन्, र तब मात्र तिनीहरू साँच्‍चिकै परमेश्‍वरद्वारा हासिल हुन सक्छन्।

— वचन देहमा देखा पर्नुहुन्छको “व्यावहारिक परमेश्‍वर स्वयम्‌ परमेश्‍वर हुनुहुन्छ भनी तैँले थाहा पाउनुपर्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १३६

देहधारी परमेश्‍वरको कार्य दुई भागमा समावेश छ। जब उहाँ पहिलो पटक देह बन्नुभयो, मानिसहरूले उहाँमा विश्‍वास गरेनन्‌ वा उहाँलाई चिनेनन्‌, र तिनीहरूले येशूलाई क्रूसमा टाँगे। त्यसपछि, जब उहाँ दोस्रो पटक देह बन्नुभयो, मानिसहरूले अझै पनि उहाँमा विश्‍वास गरेनन्, उहाँलाई जान्ने कुरा त परै जाओस्‌, र फेरि एक पटक तिनीहरूले ख्रीष्टलाई क्रूसमा टाँगे। के मानिस परमेश्‍वरको शत्रु होइन र? यदि मानिसले उहाँलाई चिन्दैन भने, मानिस कसरी परमेश्‍वरसँग घनिष्ठ हुन सक्थ्यो र? ऊ कसरी परमेश्‍वरको गवाही दिन योग्य हुन सक्थ्यो र? के परमेश्‍वरलाई प्रेम गर्ने, परमेश्‍वरको सेवा गर्ने, र परमेश्‍वरलाई महिमित गर्ने मानिसका दाबीहरू सबै कपटपूर्ण झूट होइनन्‌ र? यदि तैँले आफ्नो जीवन यस्ता अवास्तविक, अव्यवहारिक कुराहरूमा समर्पित गर्छस्‌ भने, के तैँले व्यर्थमा परिश्रम गर्दैनस्‌ र? जब परमेश्‍वर को हुनुहुन्छ भन्ने कुरा समेत तँलाई थाहा छैन भने कसरी तँ परमेश्‍वरसँग घनिष्ठ हुन सक्थिस्‌? के यस्तो किसिमको खोजी अस्पष्ट र अमूर्त छैन र? के यो कपटपूर्ण छैन र? कुनै व्यक्ति कसरी परमेश्‍वरसँग घनिष्ठ बन्न सक्छ? परमेश्‍वरसँग घनिष्ठ हुनुको व्यावहारिक महत्त्व के हो? के तँ परमेश्‍वरको आत्मासँग घनिष्ठ हुन सक्छस्‌? आत्मा कति महान्‌ र उच्च हुनुहुन्छ भन्ने कुरा के तँ देख्न सक्छस्‌? अदृश्य, अस्पृश्य परमेश्‍वरसँग घनिष्ठ हुनु—के त्यो अस्पष्ट र अमूर्त छैन र? यस्तो खोजीको व्यावहारिक महत्त्व के हो? के यो सबै कपटपूर्ण झूट होइन र? तँ जे कुराको पछि लाग्छस्‌ त्यो परमेश्‍वरसँग घनिष्ठ बन्नु हो, तथापि वास्तवमा तँ शैतानको काखे-कुकुर होस्‌, किनकि तैँले परमेश्‍वरलाई चिन्दैनस्‌, र तँ अस्तित्वविहीन “यावत्‌ थोकहरूका परमेश्‍वर” को पछि लाग्छस्‌, जुन अदृश्य, अस्पृश्य, र तेरो आफ्नै विचारहरूको एक उपज हो। मोटामोटी रूपमा भन्नुपर्दा, यस्तो “परमेश्‍वर” शैतान हो, र व्यावहारिक रूपमा भन्नुपर्दा, यो तँ आफै होस्‌। तँ आफैसँग घनिष्ठ हुन खोज्छस्‌, तैपनि तँ परमेश्‍वरसँग घनिष्ठ बन्न खोज्छु भनी भन्छस्‌—के यो ईश्‍वरनिन्दा होइन र? यस्तो खोजीको महत्त्व के हो? यदि परमेश्‍वरको आत्मा देह बन्नुहुन्न भने, परमेश्‍वरको सारतत्त्व केवल मानिसको निम्ति एक अदृश्य, अस्पर्श्य जीवनको आत्मा, आकारविहीन र निराकार, अभौतिक प्रकारको, पहुँचरहित र अबोध्य हुन्छ। मानिस कसरी यस्तो अपार्थिव, अनुपम, अगाध आत्मासँग घनिष्ठ हुन सक्थ्यो र? के यो एक ठट्टा होइन र? यस्तो निरर्थक तर्क अमान्य र अव्यावहारिक छ। सृष्टि गरिएको मानिस परमेश्‍वरको आत्माभन्दा स्वभावैले फरक प्रकृतिको छ, त्यसैले यी दुई कसरी घनिष्ठ हुन सक्छन्‌? यदि परमेश्‍वरको आत्मा देहमा नआउनुभएको भए, यदि परमेश्‍वर देह नबन्नुभएको र सृष्टि गरिएको प्राणी बन्नको लागि उहाँले आफैलाई नहोच्याउनुभएको भए, सृष्टि गरिएको मानिस उहाँसँग घनिष्ठ हुनको लागि दुवै अयोग्य र असक्षम हुनेथियो, र आफ्ना आत्मा स्वर्गमा प्रवेश गरिसकेपछि परमेश्‍वरसँग घनिष्ठ हुने मौका पाउन सक्ने ती धर्मी विश्‍वासीहरूभन्दा बाहेक, अधिकांश मानिसहरू परमेश्‍वरको आत्मासँग घनिष्ठ हुन असमर्थ हुनेथिए। अनि यदि मानिसहरू देहधारी परमेश्‍वरको अगुवाइ अन्तर्गत स्वर्गमा हुनुहुने परमेश्‍वरका निकटवर्तीहरू बन्ने इच्छा गर्छन्‌ भने, के तिनीहरू अचम्मै मूर्ख गैर-मानिसहरू होइनन्‌ र? मानिसहरू अदृश्य परमेश्‍वरप्रतिको “विश्‍वासयोग्यता” लाई फगत पछ्याउँछन्‌, र देख्न सकिने परमेश्‍वरलाई कति पनि ध्यान दिँदैनन्‌, किनकि अदृश्य परमेश्‍वरलाई पछ्याउनु अति सजिलो छ। मानिसहरू यो उनीहरूले चाहेजस्तै गर्न सक्छन्‌, तर दृश्यगत परमेश्‍वरको खोजी त्यति सजिलो छैन। अस्पष्ट परमेश्‍वरलाई खोज्ने व्यक्तिले परमेश्‍वरलाई प्राप्त गर्न नितान्तै असमर्थ हुन्छ, किनकि अस्पष्ट र अमूर्त कुराहरू सबै मानिसहरूद्वारा परिकल्पित हुन्छन्‌, र मानिसद्वारा हासिल गरिन असक्षम हुन्छन्‌। यदि तिमीहरूको माझमा आउनुभएको परमेश्‍वर उच्च हुनुभएको र उचालिनुभएको परमेश्‍वर, जो तिमीहरूको पहुँचरहित हुनुभएको भए, तिमीहरूले उहाँको इच्छा कसरी बुझ्न सक्थ्यौ र? अनि तिमीहरूले उहाँलाई कसरी चिन्न र जान्न सक्थ्यौ? यदि उहाँले आफ्नो कार्य मात्र गर्नुभएको भए, र मानिससँग कुनै सामान्य सम्पर्क नगर्नुभएको भए, वा सामान्य मानवत्व नभएको र केवल मरणशीलहरूसम्म पहुँचरहित हुनुभएको भए, अनि, यदि उहाँले तिमीहरूको लागि निकै कार्य समेत गर्नुभएको भएको तर तिमीहरूले उहाँसँग कुनै सम्पर्क नराखेका भए, र उहाँलाई देख्न असमर्थ भएका भए, तिमीहरूले उहाँलाई कसरी जान्न सक्थ्यौ र? यदि यस देहले सामान्य मानवत्व धारण नगरेको भए, मानिसले परमेश्‍वरलाई जान्ने कुनै उपाय हुनेथिएन्; यो त परमेश्‍वरको देहधारणले गर्दा मात्र मानिस देहधारी परमेश्‍वरसँग घनिष्ठ हुन योग्य भएको हो। मानिसहरू परमेश्‍वरसँग घनिष्ठ बन्छन्‌ किनकि तिनीहरू उहाँको सम्पर्कमा आउँछन्‌, तसर्थ तिनीहरू उहाँसँग सँगै जिउँछन्‌ र उहाँको सङ्गतमा रहन्छन्‌, र यसरी उहाँलाई बिस्तारै चिन्छन्। यदि यो यस्तो नभएको भए, के मानिसको खोजी व्यर्थै हुनेथिएन र? भन्नुको मतलब, यो सबै परमेश्‍वरको कार्यको कारणले गर्दा मानिस परमेश्‍वरसँग घनिष्ठ हुन योग्य भएको होइन, तर देहधारी परमेश्‍वरको वास्तविकता र स्वाभाविकताको कारणले हो। यो केवल परमेश्‍वर देह बन्नुहुने कारणले गर्दा मात्रै मानिसले आफ्नो कर्तव्य पूरा गर्ने मौका, र साँचो परमेश्‍वरलाई आराधना गर्ने मौका पाउँछ। के यो सबैभन्दा वास्तविक र व्यावहारिक सत्यता होइन र? अब, के तँ अझै पनि स्वर्गमा हुनुहुने परमेश्‍वरसँग घनिष्ठ हुने इच्छा गर्छस्‌? परमेश्‍वरले आफैलाई कुनै बिन्दुसम्म होच्याउनु हुँदा मात्र, भन्नुको मतलब, परमेश्‍वर देह बन्नुहुँदा मात्र, मानिस उहाँसँग घनिष्ठ र विश्‍वासपात्र हुन सक्छ। परमेश्‍वर आत्मा हुनुहुन्छ: मानिसहरू कसरी यस आत्मासँग घनिष्ठ हुन सक्छन् जो यति उच्च र अगाध हुनुहुन्छ? जब परमेश्‍वरको आत्मा देहमा अवतरण गर्नुहुन्छ, र बाहिरी स्वरूपमा मानिसजस्तै प्राणी बन्नुहुन्छ, तब मात्र मानिसहरूले उहाँको इच्छा बुझ्न सक्छन्‌ र वास्तवमा उहाँद्वारा प्राप्त गरिन सक्छन्। उहाँ देहमा बोल्नुहुन्छ र कार्य गर्नुहुन्छ, मानिस जातिको सुख, दुःख, र सङ्कष्टहरूमा सामेल हुनुहुन्छ, मानिस जातिजस्तै त्यही संसारमा जिउनुहुन्छ, मानिस जातिलाई संरक्षण गर्नुहुन्छ, र तिनीहरूलाई अगुवाइ गर्नुहुन्छ, र यसद्वारा उहाँले मानिसहरूलाई शुद्ध पार्नुहुन्छ र तिनीहरूलाई उहाँको उद्धार र उहाँको आशिष प्राप्त गर्न दिनुहुन्छ। यी कुराहरू प्राप्त गरेर, मानिसहरूले साँच्चै परमेश्‍वरको इच्छा बुझ्छन्‌, र तब मात्र तिनीहरू परमेश्‍वरसँग घनिष्ठ हुन सक्छन्‌। यो मात्र व्यावहारिक छ। यदि परमेश्‍वर मानिसहरूको निम्ति अदृश्य र अमूर्त हुनुभएको भए, तिनीहरू कसरी उहाँसँग घनिष्ठ हुन सक्थे होलान्‌? के यो खोक्रो सिद्धान्त होइन र?

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्‌” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १३७

परमेश्‍वर पृथ्वीमा आउनुहुँदा, उहाँले ईश्‍वरत्व भित्रको उहाँको काम मात्र गर्नुहुन्छ, जुन कुरा स्वर्गीय आत्माले देहधारी परमेश्‍वरलाई जिम्मा दिनुभएको छ। जब उहाँ आउनुहुन्छ, उहाँले विभिन्न माध्यमहरू र विभिन्न दृष्टिकोणहरूद्वारा आफ्ना वाणीहरूमा आवाज दिनुभई पूरै देशमा बोल्नुहुन्छ। उहाँले मानवलाई जुटाउने र सिकाउने कार्यलाई मुख्य रूपमा आफ्ना लक्ष्यहरू र कार्य सिद्धान्तका रूपमा लिनुहुन्छ, र अव्यक्तिगत सम्बन्ध वा मानिसहरूका जीवनका विवरणहरूजस्ता कुराहरूमा उहाँले सरोकार राख्‍नुहुन्न। उहाँको मुख्य सेवकाइ भनेको आत्माको लागि बोल्‍नु हो। अर्थात्, परमेश्‍वरका आत्मा शरीरमा मूर्त रूपमा प्रकट हुनुहुँदा, उहाँले मानवको जीवनको लागि मात्र जुटाउनुहुन्छ र सत्यता प्रकट गर्नुहुन्छ। उहाँले आफूलाई मानवका काममा संलग्न गर्नुहुन्न, जसको अर्थ उहाँ मानवका कार्यमा सहभागी हुनुहुन्न। मानवले ईश्‍वरीय काम गर्न सक्दैन, परमेश्‍वरले मानवीय कार्यमा भाग लिनुहुन्न। परमेश्‍वर यस पृथ्वीमा आफ्नो काम गर्न आउनुभएका सबै वर्षहरूमा, उहाँले सधैँभरि मानिसहरूद्वारा यो गर्नुभएको छ। तथापि, यी मानिसहरूलाई देहधारी परमेश्‍वर भनी विचार गर्न सकिँदैन—तिनीहरू परमेश्‍वरद्वारा प्रयोग गरिएका मानिसहरू मात्र हुन्। यसैबीच, आजका परमेश्‍वरले आत्माको आवाज पठाएर र आत्माका पक्षमा काम गरेर, ईश्‍वरीय दृष्टिकोणबाट सीधै बोल्न सक्नुहुन्छ। यसरी नै, विभिन्न युगहरूमा परमेश्‍वरले प्रयोग गर्नुभएका सबै मानिसहरू, भौतिक शरीरभित्र परमेश्‍वरका आत्माले काम गर्नुभएका उदाहरणहरू हुन्—त्यसो हो भने किन तिनीहरूलाई परमेश्‍वर भन्न सकिँदैन? तर आजका परमेश्‍वर पनि शरीरमा सीधै काम गर्ने परमेश्‍वरका आत्मा हुनुहुन्छ, र येशू पनि शरीरमा काम गर्नुहुने परमेश्‍वरका आत्मा हुनुहुन्थ्यो; उहाँहरू दुवैलाई परमेश्‍वर भनिन्छ। तब भिन्नताचाहिँ के हो त? विभिन्न युगभरि परमेश्‍वरले प्रयोग गर्नुभएका मानिसहरूमा सामान्य विचार र तर्कहरूका क्षमता थिए। तिनीहरू सबैले मानव व्यवहारका सिद्धान्तहरू बुझेका थिए। तिनीहरूसँग सामान्य मानव विचारहरू थिए, र सामान्य मानिसहरूमा हुनुपर्ने सबै कुराहरू तिनीहरूमा थिए। तिनीहरूमध्ये धेरैजसोमा असाधारण खुबीहरू र जन्मजात बौद्धिकता थियो। यी मानिसहरूमा काम गर्नुहुँदा, परमेश्‍वरका आत्माले तिनीहरूका खुबीहरूलाई उपयोग गर्नुभयो, जुनचाहिँ परमेश्‍वरले तिनीहरूलाई दिनुभएका वरदानहरू थिए। परमेश्‍वरका आत्माले तिनीहरूका खुबीहरूलाई क्रियाशील बनाउनुभई, तिनीहरूका सामर्थ्यहरूलाई परमेश्‍वरको सेवामा प्रयोग गर्नुहुन्छ। तैपनि परमेश्‍वरको सारतत्त्वचाहिँ कुनै धारणा वा विचार विनाको हुन्छ, मानवीय अभिप्रायहरूले यसलाई परिवर्तन गर्न सक्दैनन्, र सामान्य मानवसँग भएका कुराहरू समेत यसमा हुँदैनन्। यसो भन्नुको तात्पर्यचाहिँ, उहाँ मानव व्यवहारका सिद्धान्तहरूसँग पनि परिचित हुनुहुन्न भन्‍ने हो। आजका परमेश्‍वर पृथ्वीमा आउनुहुँदा, यही नै हुन्छ। उहाँका काम र वचनहरू मानव अभिप्रायहरू वा मानव विचारहरूद्वारा मिश्रित हुँदैनन्, तर ती आत्माका अभिप्रायहरूका सीधा प्रदर्शन हुन्, अनि उहाँले सीधै परमेश्‍वरका पक्षमा काम गर्नुहुन्छ। यसको अर्थ आत्मा सीधै बोल्नुहुन्छ, अर्थात्, अलिकति मानव अभिप्रायहरू नमिसाइकन नै ईश्‍वरत्वले सीधै काम गर्छ। अर्को किसिमले भन्नुपर्दा, देहधारी परमेश्‍वर, मानव विचार वा धारणाहरू विना, र मानव व्यवहारका सिद्धान्तहरूका बुझाइ विना नै सीधै ईश्‍वरत्वले भरिनुहुन्छ। यदि ईश्‍वरत्व मात्र कार्यमा हुनुहुन्थ्यो भने (यदि परमेश्‍वर मात्र कार्यमा हुनुहुन्थ्यो भन्ने अर्थमा), पृथ्वीमा परमेश्‍वरको कार्यलाई कार्यान्वयन गर्ने कुनै उपाय नै हुने थिएन। यसैले परमेश्‍वर पृथ्वीमा आउनुहुँदा, परमेश्‍वरले ईश्‍वरत्वमा गर्नुहुने कामसँगको एकतामा मानवसँग काम गर्न उहाँले प्रयोग गर्नुहुने मानिसहरूको सानो संख्या उहाँसँग हुनैपर्छ। अर्को प्रकारले भन्नुपर्दा, उहाँको ईश्‍वरीय कार्यलाई कायम राख्‍न उहाँले मानव कार्यलाई प्रयोग गर्नुहुन्छ। अन्यथा, ईश्‍वरीय कार्यसँग सीधै संलग्न हुन मानवका लागि कुनै उपाय नै हुने थिएन। येशू र उहाँका चेलाहरूसँग यही नै भएको थियो। यस संसारको आफ्नो समयावधिमा, येशूले पुराना व्यवस्थाहरूलाई रद्द गरी नयाँ आज्ञाहरू स्थापित गर्नुभयो। उहाँले धेरै वचनहरू पनि बोल्नुभयो। यो सबै काम ईश्‍वरत्वमा गरिएको थियो। पत्रुस, पावल, यूहन्ना जस्ता अरू व्यक्तिहरूले येशूका वचनहरूका जगमा आफ्ना कामलाई स्थापित गरेका थिए। यसो भन्नुको तात्पर्यचाहिँ, परमेश्‍वरले अनुग्रहको युगको थालनी गर्नुभई, त्यस युगमा आफ्नो काम सुरु गर्नुभयो; अर्थात्, उहाँले “परमेश्‍वर सुरु र अन्त्य हुनुहुन्छ” भन्ने वचनहरूलाई पूरा गर्नुभई, पुरानोलाई रद्द गरी नयाँ युगको सुरुवात गर्नुभयो। अर्को प्रकारले भन्नुपर्दा, मानिसले ईश्‍वरीय कामको जगमाथि मानव काम गर्नैपर्छ। येशूले आफूले भन्न आवश्यक रहेको सबै कुरा भन्नुभएपछि र यस पृथ्वीमा आफ्नो काम पूरा गर्नुभएपछि, उहाँले मानवलाई छोड्नुभयो। यसपछि, काम गर्ने सबै मानिसहरूले उहाँका वचनहरूमा अभिव्यक्त भएका सिद्धान्तहरू अनुसार यसो गरे, र उहाँले बोल्नुभएका सत्यताअनुसार यसको अभ्यास गरे। यी सबै मानिसहरूले येशूका निम्ति काम गरे। यदि येशूले मात्र काम गर्नुभएको भए, उहाँले जति नै धेरै वचनहरू बोल्नुभएको भए तापनि, उहाँका वचनहरूसँग संलग्न हुने कुनै उपाय मानिसहरूसँग हुने थिएन, किनकि उहाँले ईश्‍वरीयतामा काम गरिरहनुभएको थियो र उहाँले ईश्‍वरीयताका वचनहरू मात्र बोल्न सक्नुहुन्थ्यो, र सामान्य मानिसहरूले उहाँका वचनहरूलाई बुझ्न सक्ने गरी उहाँले व्याख्या गर्न सक्नुहुन्नथ्यो। अनि उहाँसँग प्रेरितहरू र अगमवक्ताहरू हुनुपर्नेथियो जो उहाँका कामलाई पूरा गर्न उहाँका पछि आएका थिए। देहधारी परमेश्‍वरले कसरी आफ्नो काम गर्नुहुन्छ भन्ने कुराको यो एउटा सिद्धान्त हो—बोल्नका लागि देहधारी शरीरको प्रयोग गर्ने र ईश्‍वरत्वको काम पूरा गर्ने कार्य, र उहाँको कामलाई पूरा गर्न परमेश्‍वरको हृदयअनुसारका केही मानिसहरूलाई, वा सायद धेरै मानिसहरूलाई प्रयोग गर्ने। अर्थात्, मानवलाई हेरचाह गर्ने र पानी जुटाउने कार्य गर्नका लागि परमेश्‍वरका हृदयअनुसारका मानिसहरूलाई उहाँले प्रयोग गर्नुहुन्छ, यसरी परमेश्‍वरका छानिएका मानिसहरू सत्यताको यथार्थमा प्रवेश गर्न सक्नेछन्।

यदि उहाँ शरीरमा आउनुहुँदा, परमेश्‍वरले ईश्‍वरत्वको काम मात्र गर्नुभयो, र उहाँसँग काम गर्नका लागि उहाँका हृदयअनुसारका मानिसहरू यदि उहाँसँग थिएनन् भने, परमेश्‍वरको इच्छा बुझ्न वा परमेश्‍वरसँग संलग्न हुन मानव असक्षम हुनेथियो। यस काम पूरा गर्न, मण्डलीहरूमाथि देखरेख गर्न र हेरचाह वा गोठालो गर्न परमेश्‍वरले आफ्नो हृदयअनुसारका सामान्य मानिसहरूलाई प्रयोग गर्नैपर्छ, यसरी मानवका मानसिक प्रक्रियाहरू, उसको दिमाग, कल्पना गर्न सक्ने क्षमताको तहलाई प्राप्त गर्न सकिन्छ। अरू शब्दहरूमा भन्नुपर्दा, परमेश्‍वरले आफ्नो ईश्‍वरत्वभित्र गर्नुहुने कामलाई “रूपान्तरण” गर्न आफ्ना हृदयअनुसारका मानिसहरूको सानो सङ्ख्यालाई प्रयोग गर्नुहुन्छ, ताकि ईश्‍वरीय भाषालाई मानवीय भाषामा परिवर्तन गर्नको लागि यसलाई खुला गर्न सकियोस्, यसरी मानिसहरूले यसलाई जान्न र बुझ्न सक्छन्। यदि परमेश्‍वरले त्यसो नगर्नुभएको भएको भए, कसैले पनि परमेश्‍वरको ईश्‍वरीय भाषा बुझ्न सक्नेथिएनन्, किनकि परमेश्‍वरको हृदयअनुसारका मानिसहरू आखिर अल्पसंख्यक नै छन्, र मानवको बुझ्न सक्ने क्षमता कमजोर छ। त्यसैले त देहधारी शरीरमा काम गर्नुहुँदा मात्र परमेश्‍वरले यस तरिकालाई छान्नुहुन्छ। यदि त्यहाँ ईश्‍वरीय काम मात्र थियो भने, मानिसले परमेश्‍वरलाई चिन्ने वा उहाँसँग संलग्न हुने कुनै उपाय हुने थिएन, किनकि मानवले परमेश्‍वरको भाषा बुझ्दैन। परमेश्‍वरका वचनहरूलाई स्पष्ट पार्ने उहाँका हृदयअनुसारका मानिसहरूका प्रतिनिधित्वद्वारा मात्र मानवले यो भाषालाई बुझ्न सक्छ। तथापि, मानवताभित्र काम गर्ने त्यस्ता मानिसहरूमात्र त्यहाँ थिए भने, त्यसले मानवको सामान्य जीवनलाई मात्र कायम राख्न सक्थ्यो; यसले मानवको स्वभावलाई परिवर्तन गर्न सक्दैनथियो। परमेश्‍वरको कामको नयाँ सुरुवात विन्दु हुन सक्दैनथ्यो; त्यहाँ उही पुराना गीतहरू, उही पुराना सामान्य विवरणहरू मात्र हुन्थे। उहाँको देहधारणको समयावधिमा भन्नुपर्ने सबै कुराहरू भन्ने र गर्नुपर्ने सबै कुराहरू गर्ने, त्यसपछि उहाँका वचनहरू अनुसार मानिसहरूले काम गर्ने र अनुभव गर्ने, देहधारी परमेश्‍वरका प्रतिनिधिद्वारा मात्र तिनीहरूका जीवन स्वभाव परिवर्तन हुनसक्थे, र यसरी तिनीहरू समयहरूसँग बग्न सक्थे। ईश्‍वरत्वभित्र काम गर्नुहुनेले परमेश्‍वरको प्रतिनिधित्व गर्नुहुन्छ, मानवताभित्र काम गर्नेहरूचाहिँ परमेश्‍वरले प्रयोग गर्नुभएका मानिसहरू हुन्। यसो भन्नुको तात्पर्य, देहधारी परमेश्‍वरचाहिँ परमेश्‍वरद्वारा प्रयोग गरिएका मानिसहरूबाट खास रूपमा भिन्न हुनुहुन्छ। देहधारी परमेश्‍वरले ईश्‍वरीय काम गर्न सक्नुहुन्छ भने परमेश्‍वरद्वारा प्रयोग भएका मानिसहरूले गर्न सक्दैनन्। प्रत्येक युगको सुरुमा, परमेश्‍वरका आत्मा व्यक्तिगत रूपमा बोल्नुहुन्छ र मानवलाई नयाँ सुरुवातमा ल्याउनका लागि नयाँ युगको उद्घाटन गर्नुहुन्छ। उहाँले बोलिसक्नुभएपछि, उहाँको ईश्‍वरत्वभित्रको परमेश्‍वरको काम पूरा भएको छ भनी यसले सङ्केत गर्छ। त्यसकारण, आफ्ना जीवन अनुभवमा प्रवेश गर्नका लागि परमेश्‍वरद्वारा प्रयोग गरिएकाहरूका अगुवाइलाई मानिसहरूले पछ्याउँछन्। ठीक यसरी नै, परमेश्‍वरले यही चरणमा मानवलाई नयाँ युगमा ल्याउनुहुन्छ र मानिसहरूलाई नयाँ सुरुवात दिनुहुन्छ—त्यही समयमा नै शरीरमा परमेश्‍वरको काम पूरा भएको हुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “देहधारी परमेश्‍वर र परमेश्‍वरद्वारा प्रयोग भएका मानिसहरूका बीचका अत्यावश्यक भिन्नता” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १३८

आफ्ना सामान्य मानवतालाई सिद्ध पार्न वा सामान्य मानवताको कार्य गर्न परमेश्‍वर पृथ्वीमा आउनुहुन्न। उहाँ सामान्य मानवतामा ईश्‍वरीय काम गर्नका लागि मात्र आउनुहुन्छ। सामान्य मानवताका बारेमा परमेश्‍वरले बोल्नुभएको कुरा मानिसहरूले कल्पना गरेकोजस्तो होइन। मानवले “सामान्य मानवतालाई” पति वा पत्नी, र छोराहरू र छोरीहरू हुनु हो भनेर परिभाषित गर्छ, जुनचाहिँ सामान्य व्यक्ति हुनुको प्रमाण हो; तथापि, परमेश्‍वरले यसरी हेर्नुहुन्न। उहाँले सामान्य मानवतालाई सामान्य मानव विचार, सामान्य मानव जीवन, र सामान्य मानिसहरूबाटको जन्मका रूपमा हेर्नुहुन्छ। तर उहाँको सामान्यतामा मानवले बोल्ने जस्ता पत्नी, पति, र सन्तानहरू हुनुलाई समान्यताको रूपमा समावेश गरिएको हुँदैन। अर्थात्, मानवका लागि परमेश्‍वरले बताउनुभएको सामान्य मानवताचाहिँ मानवले विचार गर्ने मानवताको अनुपस्थिति हो, येशूको जस्तो, झण्डै भावना नै नभएको र शारीरिक आवश्यकताहरूरहित जस्तो देखिने, उहाँका बाहिरी कुरा मात्र सामान्य व्यक्तिका जस्ता थिए र उहाँले सामान्य व्यक्तिको रूप लिनुभयो, तर वास्तवमा सामान्य व्यक्तिसँग हुनैपर्ने सबै कुराहरू उहाँमा थिएनन्। यसबाट यो देखिन सक्छ कि देहधारी परमेश्‍वरका सारतत्त्वले सामान्य मानवताको पूर्णतालाई नाघेको हुँदैन, तर सामान्य मानव जीवनका क्रियाकलापहरूलाई समर्थन गर्न र तर्कका सामान्य मानव शक्तिहरूलाई कायम गर्नका लागि मानिसहरूमा हुनैपर्ने कुराहरूको भाग मात्र हुन्छ। तर मानवले सामान्य मानवता भनी विचार गर्ने कुराहरूसँग यिनीहरूको कुनै सरोकार छैन। तिनीहरू देहधारी परमेश्‍वरमा हुनुपर्छ। तथापि, यदि देहधारी परमेश्‍वरका पत्नी, छोराछोरी, परिवार भए भने मात्र उहाँमा सामान्य मानवता रहेको हुन्छ भनी विचार गर्ने व्यक्तिहरू पनि छन्; यी कुराहरू विना उहाँ सामान्य व्यक्ति हुनुहुन्न भनी तिनीहरूले भन्ने गर्छन्। त्यसो भए म तिमीहरूसँग प्रश्न गर्छु, “के परमेश्‍वरकी पत्नी छिन्? के परमेश्‍वरसँग कुनै पति हुनु सम्भव छ? के परमेश्‍वरका छोराछोरी हुनसक्छन्?” के यी गल्ती कुराहरू होइनन्? तथापि, देहधारी परमेश्‍वर फुटेका चट्टानहरूका बीचबाट निस्कन सक्नुहुन्न वा आकाशबाट खस्‍न सक्नुहुन्न। उहाँ सामान्य मानव परिवारमा मात्र जन्मन सक्नुहुन्छ। त्यसैले त उहाँका आमाबुबा र दिदीबहिनीहरू छन्। देहधारी परमेश्‍वरका सामान्य मानवतामा यी कुराहरू हुनैपर्छ। येशूको विषयमा पनि यही भएको थियो; येशूका बुबा र आमा, बहिनीहरू र भाइहरू थिए, अनि यो सबै सामान्य थियो। तर यदि उहाँका पत्नी र छोराछोरीहरू भएका भए, देहधारी परमेश्‍वरमा हुनुपर्ने भनी परमेश्‍वरले उद्देश्य राख्नुभएका कुराहरूमा योचाहिँ सामान्य मानवता हुनेथिएन। यदि यसो भएको भए, उहाँले ईश्‍वरत्वको पक्षमा काम गर्न सक्‍नुहुनेथिएन। उहाँका पत्नी र छोराछोरीहरू थिएनन्, र पनि उहाँ सामान्य परिवारमा सामान्य मानिसहरूबाट जन्मनुभयो त्यसैले ठीक यही कारणले नै उहाँले ईश्‍वरत्वको कार्य गर्न सक्नुभयो। यसलाई अझ स्पष्ट पार्दा, परमेश्‍वरले जसलाई सामान्य व्यक्ति भनी विचार गर्नुहुन्छ, त्यो व्यक्ति सामान्य परिवारमा जन्मेको हुन्छ। यस्तो व्यक्ति मात्र ईश्‍वरीय काम गर्नका लागि योग्य हुन्छ। अर्कोतर्फ, यदि कुनै व्यक्तिका पत्नी, छोराछोरीहरू, वा पति छन्, ती व्यक्तिले ईश्‍वरीय काम गर्न सक्दैनन्, किनकि तिनीहरूमा परमेश्‍वरले माग गर्नुभएको सामान्य मानवता नभएर मानवले माग गरेको सामान्य मानवता मात्र हुन्छ। परमेश्‍वरले ठान्नुभएको कुरा, र मानिसहरूले बुझेका कुरामा प्राय ठूलो भिन्नता, लामो दूरी हुन्छ। परमेश्‍वरको कामको यस चरणमा, मानिसहरूका अवधारणहरूबाट यो धेरै विरोधमा र अति नै भिन्न हुन्छ। परमेश्‍वरको कामको यस चरण पूर्ण किसिमले नै व्यावहारिक रूपमा ईश्‍वरीय कार्य हो, जहाँ मानवले सहयोगीको भूमिका खेल्न सक्छ भनेर भन्न सकिन्छ। किनकि परमेश्‍वर आफ्नो काम गर्नका लागि आफै पृथ्वीमा आउनुहुन्छ र यसका लागि उहाँले कुनै पनि मानवलाई यसमा उसको हात लगाउन दिनुहुन्न, त्यसैले उहाँले आफ्नो काम पूरा गर्नका लागि आफैलाई देहधारण गर्नुहुन्छ (अपूर्ण र सामान्य व्यक्ति)। मानवजातिलाई नयाँ युग प्रस्तुत गर्न, उहाँको काममा भएको अर्को कदम मानवजातिलाई बताउन, र उहाँका वचनहरूमा वर्णन गरिएको मार्गअनुसार अभ्यास गर्नका लागि मानिसहरूलाई आग्रह गर्न उहाँले यस देहधारणलाई प्रयोग गर्नुहुन्छ। यसरी शरीरमा भएको परमेश्‍वरको काम पूरा भएको छ; उहाँ मानवजातिबाट प्रस्थान गर्न लाग्नुभएको छ, सामान्य मानवताको शरीरमा अब बसिरहनुहुन्न, तर उहाँको कामको अर्को भागमा जानका लागि मानवबाट अलग हुन लाग्नुभएको छ। तब आफ्नो हृदयअनुसारका मानिसहरूलाई प्रयोग गरी, उहाँले मानिसहरूका यस समूहका बीचमा यस पृथ्वीमा आफ्नो काम निरन्तर गर्नुहुन्छ, तर तिनीहरूका मानवतामा गर्नुहुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “देहधारी परमेश्‍वर र परमेश्‍वरद्वारा प्रयोग भएका मानिसहरूका बीचका अत्यावश्यक भिन्नता” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १३९

देहधारी परमेश्‍वर सधैँभरि मानवसँग बस्न सक्नुहुन्न किनकि परमेश्‍वरले गर्नुपर्ने अरू धेरै काम छन्। उहाँ शरीरमा बाँधिएर बस्न सक्नुहुन्न, उहाँले शरीरको रूपमा त्यो काम गर्नु भए पनि, उहाँले गर्नैपर्ने कामका लागि उहाँले शरीरलाई त्याग्नुपर्छ। परमेश्‍वर पृथ्वीमा आउनुहुँदा, उहाँ मर्न र मानवजातिलाई छोडेर जानुभन्दा पहिले सामान्य मानवले प्राप्त गर्नैपर्ने आकारमा उहाँ पुगुञ्जेल उहाँले पर्खेर बस्नुपर्दैन। उहाँको शरीर जति नै उमेरको भए पनि, उहाँको काम पूरा भएपछि, उहाँ जानुहुन्छ र मानवलाई छोड्नुहुन्छ। उहाँको निम्ति उमेर भन्ने हुँदैन, उहाँले मानव आयुअनुसार आफ्ना दिनहरू गर्नुहुन्न; यसको सट्टामा, उहाँका कामका चरणहरू अनुसार उहाँले शरीरमा भएको आफ्नो जीवनको अन्त्य गर्नुहुन्छ। शरीरमा आउनुहुने परमेश्‍वर खास उमेरसम्‍म वृद्धि हुनैपर्छ, वयस्कमा वृद्धि हुनैपर्छ, वृद्ध उमेरमा पुग्नुपर्छ, र त्यो शरीरले काम गर्न नसकेपछि मात्र छोड्नुपर्छ भनी अनुभूति गर्नेहरू पनि हुनसक्छन्। यो मानवको कल्पना हो; परमेश्‍वरले यसरी काम गर्नुहुन्न। उहाँले गर्नुपर्ने काम गर्नका लागि मात्र उहाँ शरीरमा आउनुहुन्छ, उहाँ आमाबाबुबाट जन्मन, हुर्कन, परिवार स्थापित गर्न र पेशा सुरु गर्न, छोराछोरीहरू जन्माउन र हुर्काउन, वा जीवनका उकाली-ओरालीहरू अनुभव गर्न—सामान्य मानवका सम्पूर्ण क्रियाकलापहरू गर्ने गरी सामान्य मानव जीवन जिउनका लागि आउनुहुन्न। परमेश्‍वर पृथ्वीमा आउनुहुँदा, परमेश्‍वरका आत्माले शरीर लिनुहुन्छ, शरीरमा आउनुहुन्छ, तर परमेश्‍वरले सामान्य मानवको जीवन जिउनुहुन्न। उहाँको व्यवस्थापनको योजनाको एक भाग पूरा गर्नका लागि मात्र उहाँ आउनुहुन्छ। त्यसपछि उहाँले मानवजातिलाई छोड्नुहुन्छ। उहाँ शरीरमा आउनुहुँदा, परमेश्‍वरका आत्माले शरीरका सामान्य मानवलाई सिद्ध पार्नुहुन्न। बरु, परमेश्‍वरले पूर्वनिर्णय गर्नुभएको समयमा नै, ईश्‍वरत्व सीधै काममा जानुहुन्छ। तब, उहाँले गर्न आवश्यक पर्ने सबै गर्नुभएपछि र उहाँको सेवा पूरा भएपछि, यस चरणमा हुने परमेश्‍वरको काम पूरा भएको हुन्छ, उहाँको शरीर यसको आयु अवधिसम्म रहे पनि वा नरहे पनि, यस बिन्दुमा देहधारी परमेश्‍वरको काम पनि टुङ्गिन्छ। त्यसो भन्नुको तात्पर्यचाहिँ, मासुको शरीर जीवनको जुनसुकै चरणमा पुगे पनि, पृथ्वीमा यो जति लामो समय बाँचे पनि, सबै कुराहरू आत्माको कामद्वारा नै निर्णय गरिएको हुन्छ। मानवले सामान्य मानवता भनी विचार गरेका कुरासँग यसको कुनै सम्बन्ध हुँदैन। उदाहरणका लागि येशूलाई लिनुहोस्। उहाँ साढे तेत्तीस वर्षसम्म शरीरमा जिउनुभयो। मानव शरीरको आयुको हिसाबमा, उहाँ त्यस उमेरमा मर्नु हुँदैनथ्यो, र उहाँले छोडेर जानु हुँदैनथ्यो। तर परमेश्‍वरका आत्माका लागि यो त्यति सरोकारको कुरा थिएन। उहाँको काम पूरा भएको थियो, त्यस बिन्दुमा शरीर लगियो, आत्मासँगै अलप भयो। यही सिद्धान्तद्वारा नै परमेश्‍वरले शरीरमा काम गर्नुहुन्छ। अनि यसलाई दृढतासाथ भन्नुपर्दा, देहधारी परमेश्‍वरको मानवता मुख्य महत्त्वको विषय होइन। यसलाई फेरि भन्दा, उहाँ सामान्य मानव प्राणीको जीवन जिउनका लागि यस पृथ्वीमा आउनुहुन्‍न। उहाँले सामान्य मानव जीवनलाई पहिले स्थापित गरेपछि काम गर्न सुरु गर्नुहुन्छ भन्‍ने होइन। बरु, उहाँ सामान्य मानव परिवारमा जन्मनुहुँदा, उहाँले ईश्‍वरीय काम गर्न सक्नुहुन्छ, जुन काम मानवका अभिप्रायहरूद्वारा दूषित पारिएको हुँदैन, अर्थात् शारीरिक हुँदैन, जसले समाजका तरिकाहरूलाई अपनाउँदैन वा मानवका विचारहरू र अवधारणाहरूलाई संलग्न गराउँदैन, र यसका अतिरिक्त, जीविकाका लागि मानव दर्शनलाई संलग्न गराउँदैन। देहधारी परमेश्‍वरले यही काम गर्ने अभिप्राय राख्नुभएको छ, अनि उहाँको देहधारणको व्यावहारिक महत्त्व पनि यही नै हो। अन्य सानातिना प्रक्रियाहरूबाट भएर नगई, र, सामान्य मानवका अनुभवहरू नलिई नै शरीरमा पूरा गर्नुपर्ने आवश्यक कामका चरणलाई पूरा गर्न परमेश्‍वर मुख्यगरी शरीरमा आउनुहुन्छ। देहधारी परमेश्‍वरको शरीरले गर्नुपर्ने कार्यले सामान्य मानव अनुभवहरूलाई समावेश गर्दैन। यसैले परमेश्‍वरले शरीरमा पूरा गर्नका लागि आवश्यक पर्ने काम पूरा गर्नका खातिर उहाँ शरीरमा आउनुहुन्छ। बाँकी कुराहरूसँग उहाँको कुनै सम्बन्ध छैन, उहाँ विभिन्न सानातिना प्रक्रियाहरूद्वारा भएर जानुहुन्न। उहाँको काम पूरा भएपछि, उहाँको देहधारणको महत्त्व पनि अन्त्य हुन्छ। यो चरण पूरा गर्नुको अर्थ उहाँले शरीरमा गर्न आवश्यक पर्ने काम पूरा भएको छ, अनि उहाँको शरीरको सेवा पूरा भएको छ भन्‍ने हो। तर उहाँ अनिश्चितकालसम्म शरीरमा काम गरिरहन सक्नुहुन्न। उहाँ काम गर्नका लागि अर्को स्थानमा सर्नुपर्छ, जुनचाहिँ शरीरभन्दा बाहिरको स्थान हो। यसरी मात्र उहाँको काम पूर्ण रूपमा गर्न सकिन्छ, र महान् प्रभावको लागि यो अघि बढ्छ। परमेश्‍वरले आफ्नो सुरुको योजनाअनुसार काम गर्नुहुन्छ। कुन काम उहाँले गर्न आवश्यक छ र कुन काम उहाँले पूरा गर्नुभएको छ, सो कुरा उहाँलाई आफ्नो हतकेला जतिकै स्पष्टसँग थाहा छ। परमेश्‍वरले पहिल्यै निर्धारण गर्नुभएको बाटोमा हिँड्न उहाँले प्रत्येक व्यक्तिलाई अगुवाइ गर्नुहुन्छ। कोही पनि यसबाट उम्कन सक्दैन। परमेश्‍वरका आत्माको अगुवाइलाई पछ्याउनेहरू मात्र विश्राममा प्रवेश गर्न सक्नेछन्। पछिको काममा, मानवलाई अगुवाइ गर्नका लागि परमेश्‍वरले शरीरमा बोल्नुहुने कुरा हुनेछैन, तर मूर्त रूपमा आत्माले मानवको जीवनलाई अगुवाइ गर्नुहुनेछ भन्ने कुरा हुनसक्छ। तब मात्र मानवले ठोस रूपमा परमेश्‍वरलाई छुन सक्नेछ, परमेश्‍वरलाई हेर्नेछ, र परमेश्‍वरले माग गर्नुभएको यथार्थमा राम्रोसँग प्रवेश गर्नेछ, यसरी ऊ व्यावहारिक परमेश्‍वरद्वारा सिद्ध बनाइनेछ। यही कामलाई परमेश्‍वरले पूरा गर्ने अभिप्राय राख्नुभएको छ, अनि यही कुरालाई उहाँले लामो समयदेखि योजना गर्नुभएको हो। यसबाट, तिमीहरूले लिनैपर्ने बाटोलाई तिमीहरू सबैले देख्नैपर्छ!

— वचन देहमा देखा पर्नुहुन्छको “देहधारी परमेश्‍वर र परमेश्‍वरद्वारा प्रयोग भएका मानिसहरूका बीचका अत्यावश्यक भिन्नता” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश १४०

देहधारी हुनुभएका परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्‍नुहुने ख्रीष्‍टलाई परमेश्‍वर भनिन्छ। यसको बारेमा केही पनि अत्योक्ति छैन, किनभने उहाँमा परमेश्‍वरको सार छ, र परमेश्‍वरको स्वभाव छ, र उहाँको काममा बुद्धि छ, जसलाई मानिसले प्राप्त गर्न सक्दैन। आफैलाई ख्रीष्‍ट भनी भन्‍ने, तैपनि परमेश्‍वरको काम गर्न नसक्‍नेहरू ठगहरू हुन्। ख्रीष्‍ट पृथ्वीमा परमेश्‍वरको प्रकटीकरण मात्रै हुनुहुन्‍न, तर उहाँ मानिसको बीचमा उहाँले आफ्‍नो काम गर्ने र त्यसलाई पूरा गर्ने क्रममा परमेश्‍वरले धारण गर्नुहुने खास देह पनि हुनुहुन्छ। यो कुनै पनि मानिसले हटाउन सक्‍ने देह होइन, तर पृथ्वीमा परमेश्‍वरको कार्यलाई पर्याप्त रूपमा वहन गर्न, र परमेश्‍वरको स्वभावलाई व्यक्त गर्न, अनि परमेश्‍वरको राम्ररी प्रतिनिधित्व गर्न, र मानिसलाई जीवन दिन सक्‍ने देह हो। ढिलो वा चाँडो, ख्रीष्‍टको नक्‍कल गर्नेहरू पतन हुनेछन्, किनभने तिनीहरूले आफूलाई ख्रीष्‍ट भनी दाबी गर्ने भए तापनि, तिनीहरूमा ख्रीष्‍टको कुनै पनि सार छैन। त्यसैले म भन्छु कि ख्रीष्‍टको विशुद्धतालाई मानिसले परिभाषित गर्न सक्दैन, तर परमेश्‍वर स्वयम्‌ले मात्र यसको उत्तर दिन र निर्णय गर्न सक्‍नुहुन्छ। यसरी, यदि तँ जीवनको बाटोलाई साँचो रूपमा खोज्‍न चाहन्छस् भने, तैँले पहिले, उहाँले पृथ्वीमा आउनु भएर परमेश्‍वरले मानिसलाई जीवनको बाटो दिने काम गर्नुहुन्छ भन्‍ने स्वीकार गर्नैपर्छ, र मानिसलाई जीवनको बाटो दिनको लागि आखिरी दिनहरूमा उहाँ आउनुहुन्छ भन्‍ने तैँले स्वीकार गर्नैपर्छ। यो विगत होइन; यो आज नै भइरहेको छ।

आखिरी दिनहरूका ख्रीष्‍टले जीवन ल्याउनुहुन्छ, अनि सत्यको नित्य रहने र अनन्‍त बाटो ल्याउनुहुन्छ। मानिसले जीवन प्राप्त गर्ने मार्ग यही सत्य नै हो, र यो एक मात्र मार्ग हो जसद्वारा मानिसले परमेश्‍वरलाई चिन्‍नेछ र परमेश्‍वरद्वारा स्वीकार गरिनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्‍टले प्रदान गर्नुभएको जीवनको खोजी गर्दैनस् भने, तैँले कहिल्यै पनि येशूको स्वीकृती प्राप्त गर्नेछैनस्, र स्वर्गको राज्यको ढोकामा प्रवेश गर्न कहिल्यै पनि योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। नियमहरूको, अक्षरहरूको नियन्त्रणमा हुनेहरू, र इतिहासको बन्धनमा बाँधिनेहरूले कहिल्यै पनि जीवन प्राप्त गर्न सक्‍नेछैनन् न त जीवनको अनन्त बाटोलाई नै पाउनेछन्। यो यसैले हो किनभने तिनीहरूसँग सिंहासनबाट बग्‍ने जीवनको पानी होइन तर हजारौं वर्षदेखि जमेर बसेको धमिलो पानी मात्रै छ। जसलाई जीवनको पानी दिइएको छैन तिनीहरू सदासर्वदा नै लासहरू, शैतानका खेलौनाहरू, अनि नरकका पुत्रहरू रहनेछन्। त्यसोभए, तिनीहरूले परमेश्‍वरलाई कसरी देख्‍न सक्छन्? यदि तँ विगतलाई मात्रै पक्रिराख्‍ने प्रयास गर्छस्, ठिङ्ग उभिएर काम-कुराहरूलाई यथास्थितिमा राख्‍ने प्रयास मात्रै गर्छस्, र यथास्थितिलाई परिवर्तन गर्ने र इतिहासलाई त्याग्‍ने प्रयास गर्दैनस् भने, के तँ सँधै परमेश्‍वरकै विरुद्धमा हुनेछैनस् र? परमेश्‍वरको कार्यका चरणहरू उर्लेर आउने छालहरू अनि बेरिएर आउने चट्याङहरूजस्तै गहन र शक्तिशाली छन्—तैपनि तँ आफ्‍नो मुर्खतामा टाँसिदै र केही पनि नगरिकन, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यसरी, तँलाई थुमाका पाइलाहरू पछ्याउने व्यक्तिको रूपमा कसरी लिन सकिन्छ? तैँले पक्रेर बसेको परमेश्‍वर सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वर हुनुहुन्छ भनेर तैँले कसरी पुष्टि गर्न सक्छस्? अनि तेरा पहेँलो भइसकेका पुस्तकहरूले तँलाई कसरी नयाँ युगमा लैजान सक्छ? तिनले कसरी तँलाई परमेश्‍वरको कार्यका चरणहरूको खोजी गर्न अगुवाइ गर्न सक्छन्? अनि के तिनले तँलाई स्वर्ग लैजान सक्छ? तैँले तेरो हातमा जे लिएको छस् ती तँलाई अस्थाई सान्त्वना दिने अक्षरहरू मात्र हुन्, जीवन दिन सक्‍ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्‍त्रका खण्डहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छ र ती मानव जिन्दगी जान्‍न तँलाई सहयोग गर्न सक्‍ने बुद्धिका शब्‍दहरू होइनन्, ती तँलाई सिद्धतामा लैजान सक्‍ने मार्गहरू हुने कुरा त परै जाओस्। के यो विसंगतिले तँलाई प्रतिबिम्बित गर्ने तुल्याउँदैन? के यसले तँलाई आफैभित्र समावेश रहेका रहस्यहरूलाई महसुस गर्ने तुल्याउँदैन र? के तँ परमेश्‍वरलाई भेट्नको लागि आफैले आफैलाई स्वर्ग लैजान सक्छस्? परमेश्‍वरको आगमनविना, के तँ परमेश्‍वरसँग पारिवारिक खुशीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अझै पनि सपना देखिरहेको छस्? त्यसो भए, मेरो सुझाव छ, तँ सपना देख्‍न छोड् अनि अहिले कसले काम गरिरहनुभएको छ हेर्—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ त्यो देख्‍नको लागि हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्।

ख्रीष्‍टले बोल्‍नुभएको सत्यतामा भरोसा नगरिकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्‍टले ल्याउनुभएको जीवनको बाटोलाई स्वीकार नगर्नेहरू कल्‍पनामा हराएका छन्। त्यसैले म भन्छु कि आखिरी दिनहरूका ख्रीष्‍टलाई स्वीकार नगर्नेहरूलाई परमेश्‍वरले सदासर्वदा नै घृणा गर्नुहुनेछ। ख्रीष्‍ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको बाटो हुनुहुन्छ, र उहाँबाट उम्केर कोही पनि जान सक्दैन। ख्रीष्‍टद्वारा बाहेक परमेश्‍वरले कसैलाई पनि सिद्ध पार्नुहुन्‍न। तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, र त्यसकारण तैँले उहाँका वचनहरूलाई स्वीकार गरेर उहाँको बाटोलाई पालन गर्नैपर्छ। सत्यतालाई प्राप्त गर्न असक्षम हुँदा-हुँदै र जीवनको प्रावधानलाई स्वीकार गर्न असक्षम हुँदा-हुँदै, तैँले आशिषहरू प्राप्त गर्ने बारेमा मात्रै विचार गर्न सक्दैनस्। उहाँमा साँचो रूपमा विश्‍वास गर्नेहरू सबैले जीवन प्राप्त गरून् भनेर ख्रीष्‍ट आखिरी दिनहरूमा आउनुहुन्छ। उहाँको काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नको खातिर हो, र उहाँको काम नै नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नै पर्ने मार्ग हो। यदि तैँले उहाँलाई स्वीकार गर्न सक्दैनस्, बरु उहाँलाई दोष दिन्छस्, ईश्‍वरनिन्दा गर्छस्, वा उहाँको खेदो समेत गर्छस् भने, तँ अवश्य नै अनन्तसम्‍म जल्‍नेछस् र परमेश्‍वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यही ख्रीष्‍ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्‍वरको अभिव्यक्ति, पृथ्वीमा आफ्‍नो काम गर्नको लागि परमेश्‍वरले जिम्‍मा दिनुभएको व्यक्ति हुनुहुन्छ। त्यसैले म भन्छु कि यदि आखिरी दिनहरूका ख्रीष्‍टले गर्नुभएका सबै कुराहरूलाई तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्‍माको ईश्‍वरनिन्दा गर्छस्। पवित्र आत्माको ईश्‍वरनिन्दा गर्नेहरूले पाउने दण्ड सबैको लागि प्रष्टै छन्। म तँलाई यो पनि भन्छु कि यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टको विरोध गरिस् भने, यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टको तिरस्कार गरिस् भने, तेरो सट्टामा परिणामहरू भोगिदिने अरू कोही पनि हुनेछैन। यसको साथै, यो दिनदेखि उसो परमेश्‍वरबाट स्वीकृती प्राप्त गर्ने अर्को मौका तैँले पाउनेछैनस्; यदि तैँले आफैलाई छुटाउने प्रयास गरिस् भने पनि, तैँले फेरि कहिल्यै पनि परमेश्‍वरको मुहारलाई देख्‍नेछैनस्। किनभने तैँले जे विरोध गर्छस् त्यो मानिस होइन, तैँले जे तिरस्कार गर्छस् त्यो कुनै तुच्छ कुरा होइन, तर ख्रीष्‍ट हुनुहुन्छ। यसको परिणामहरू के हुनेछन् के तँलाई थाहा छ? तैँले सानो गल्ती होइन, तर घृणित पाप गरेको हुनेछस्। त्यसैले म जोकोहीलाई सत्यको अघि आफ्‍नो दारा नदेखाओ वा लापरवाह आलोचना नगर भन्‍ने सल्‍लाह दिन्छु, किनभने सत्यले मात्रै तँलाई जीवन दिनेछ, र सत्य बाहेक अरू केहीले पनि तँलाई पुनर्जन्‍म पाउने र परमेश्‍वरको मुहारलाई फेरि हेर्ने तुल्याउन सक्दैन।

— वचन देहमा देखा पर्नुहुन्छको “आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ” बाट उद्धृत गरिएको

अघिल्लो: ३. आखिरी दिनहरूको न्याय

अर्को: ५. परमेश्‍वरको कामलाई चिन्‍नु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

आज हामी एउटा महत्त्वपूर्ण विषयको बारेमा सङ्‍गति गर्दैछौँ। परमेश्‍वरको कामको प्रारम्भदेखि नै यस विषयमा छलफल हुँदै आएको छ र यो हरेक व्यक्तिको...

विजयको कामको भित्री सत्यता (३)

विजयको कामको लक्षित प्रभाव, सबैभन्दा बढी, मानिसको देहले अबउप्रान्त विद्रोह नगरोस्; अर्थात्, मानिसको दिमागले परमेश्‍वरबारे नयाँ ज्ञान...

देहधारी परमेश्‍वर र परमेश्‍वरद्वारा प्रयोग भएका मानिसहरूका बीचका अत्यावश्यक भिन्नता

परमेश्‍वरका आत्माले पृथ्वीमा काम गर्नुहुँदा, उहाँले धेरै वर्षदेखि खोजिरहनुभएको छ, र युगौँदेखि उहाँको काम गर्नका लागि परमेश्‍वरले धेरै...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्