राज्यको युग नै वचनको युग हो
राज्यको युगमा, परमेश्वर नयाँ युगको सुरुवात गर्न, आफ्नो काम गर्ने माध्यमहरू परिवर्तन गर्न र सम्पूर्ण युगको काम गर्न वचनहरू प्रयोग गर्नुहुन्छ। वचनको युगमा परमेश्वर यही सिद्धान्तद्वारा काम गर्नुहुन्छ। उहाँ देह बन्नुभयो र फरक-फरक दृष्टिकोणहरूबाट बोल्नुहुन्छ, जसले गर्दा मानिस देहमा देखा पर्नुहुने वचन, परमेश्वरलाई साँच्चै देख्न अनि उहाँको बुद्धि र विलक्षणता हेर्न सक्षम हुन्छ। परमेश्वर मानिसहरूमाथि विजय हासिल गर्ने, मानिसहरूलाई सिद्ध पार्ने र मानिसहरूलाई हटाउने लक्ष्यहरू अझ राम्ररी हासिल गर्नका निम्ति यस तरिकाले काम गर्नुहुन्छ। वचनको युगमा काम गर्नका लागि वचनहरूको प्रयोग गर्नुको साँचो अर्थ यही हो। वचनहरूमार्फत, मानिसहरूले परमेश्वरको काम, परमेश्वरको स्वभाव, मानिसको सार र मानिस केमा प्रवेश गर्नुपर्छ भन्ने कुरा थाहा पाउँछन्। वचनहरूमार्फत, परमेश्वरले वचनको युगमा गर्न चाहेका सबै काम सम्पन्न हुन्छन्। वचनहरूमार्फत, मानिसहरू प्रकट हुन्छन् र हटाइन्छन् अनि तिनीहरूको परीक्षा गरिन्छ। मानिसहरूले यी वचनहरू देखेका छन्, यी वचनहरू सुनेका छन् र यी वचनहरू अस्तित्वमा रहेका बुझेका छन्। फलस्वरूप, तिनीहरूले परमेश्वरको अस्तित्व, परमेश्वरको सर्वशक्तिमान्ता र बुद्धि अनि मानिसलाई प्रेम गर्ने र मुक्ति दिने परमेश्वरको हृदयमा विश्वास गर्न थालेका छन्। “वचनहरू” भन्ने शब्द साधारण र सरल हुन सक्ला, तर देहधारी परमेश्वरको मुखबाट बोलिएका वचनहरूले ब्रह्माण्ड हल्लाउँछन्; तिनले मानिसहरूको हृदय, उनीहरूका धारणाहरू र पुराना स्वभावहरू, र सम्पूर्ण संसारको विगतको स्वरूपलाई रूपान्तरण गर्छन्। युगौँ-युगदेखि, आजका परमेश्वरले मात्र यसरी काम गर्नुहुन्छ, र उहाँ मात्रै यसरी बोल्नुहुन्छ र यसरी मानिसलाई मुक्ति दिनुहुन्छ। यस उप्रान्त, मानिस परमेश्वरका वचनहरूको मार्गदर्शनअन्तर्गत, उहाँका वचनहरूको गोठालो र आपूर्तिमाझ जिउँछ; सबै मानिस परमेश्वरका वचनहरूको संसारमा, परमेश्वरका वचनहरूका श्राप र आशिष्हरूमाझ जिउँछन्, र अधिकांश मानिस त उहाँका वचनहरूको न्याय र सजायअन्तर्गत जिउँछन्। यी वचन र यो काम सबै मानिसको मुक्तिका खातिर, परमेश्वरको इच्छा पूरा गर्नका खातिर, र पुरानो सृष्टिको संसारको मूल स्वरूप परिवर्तन गर्नका खातिर हुन्। परमेश्वरले वचनहरू प्रयोग गरेर संसारको सृष्टि गर्नुभयो, उहाँ वचनहरू प्रयोग गरेर नै ब्रह्माण्डका सबै मानिसलाई अगुवाइ गर्नुहुन्छ, उहाँ वचनहरू प्रयोग गरेर नै उनीहरूलाई विजय गर्नुहुन्छ र मुक्ति दिनुहुन्छ, र अन्ततः उहाँले सम्पूर्ण पुरानो संसारलाई अन्त्य गर्न वचनहरू प्रयोग गर्नुहुनेछ, र यसरी उहाँको व्यवस्थापन योजनाको सम्पूर्णतालाई पूरा गर्नुहुनेछ। राज्यको युगभरि, परमेश्वर आफ्नो काम गर्न र आफ्नो कामका नतिजाहरू हासिल गर्न वचनहरू प्रयोग गर्नुहुन्छ। उहाँ न त आश्चर्यजनक कामहरू गर्नुहुन्छ न त चमत्कारहरू नै गर्नुहुन्छ, बरु वचनहरूमार्फत आफ्नो काम मात्र गर्नुहुन्छ। यी वचनहरूका कारण, सबै मानिसले पोषण र भरणपोषण पाउँछन्, साथै ज्ञान र साँचो अनुभव प्राप्त गर्छन्। वचनको युगमा, मानिस असाधारण रूपमा आशिषित् भएको छ। उसलाई कुनै शारीरिक पीडा हुँदैन र ऊ परमेश्वरका वचनहरूको प्रशस्त आपूर्तिको आनन्द मात्र लिन्छ; अन्धाधुन्ध रूपमा खोज्न वा दौडधुप गर्न नपरी, आफ्नो सहजतामा रहेर, ऊ परमेश्वर देखापर्नुभएको देख्छ, उहाँले आफ्नै मुखले बोल्नुभएको सुन्छ, उहाँले प्रदान गर्ने कुरा प्राप्त गर्छ र उहाँलाई व्यक्तिगत रूपमा आफ्नो काम गरिरहनुभएको देख्छ। यी विगत युगहरूका मानिसहरूले आनन्द उठाउन नसकेका कुराहरू हुन् र ती तिनीहरूले कहिल्यै प्राप्त गर्न नसक्ने आशिषहरू हुन्।
परमेश्वरले मानिसलाई पूर्ण पार्ने संकल्प गर्नुभएको छ, र जुन दृष्टिकोणबाट उहाँ बोल्नुभए पनि, यो सबै मानिसहरूलाई सिद्ध पार्नको लागि हो। आत्माको दृष्टिकोणबाट बोलिएका वचनहरू मानिसहरूको लागि बुझ्न कठिन छन्; उनीहरूको बोध गर्ने क्षमता सीमित भएकाले, उनीहरूसँग अभ्यासको मार्ग पत्ता लगाउने साधनहरू छैनन्। परमेश्वरको कामले फरक-फरक प्रभावहरू पार्छ, र कामको हरेक कदमको पछाडि उहाँको आफ्नै उद्देश्य हुन्छ। यसका अलाबा, उहाँले फरक-फरक दृष्टिकोणहरूबाट बोल्न अत्यावश्यक छ, किनकि यसो गरेर मात्र उहाँले मानिसलाई सिद्ध पार्न सक्नुहुन्छ। यदि उहाँले आत्माको दृष्टिकोणबाट मात्र आफ्नो वचन बोल्नुथियो भने, परमेश्वरको कामको यो चरण पूरा गर्ने कुनै मार्ग हुने थिएन। उहाँले बोल्ने शैलीबाट, तैँले के देख्न सक्छस् भने, मानिसहरूको यो समूहलाई सिद्ध पार्न उहाँ दृढ हुनुहुन्छ। तसर्थ सिद्ध पारिन चाहना राख्ने यी प्रत्येकको लागि पहिलो कदम के हुनुपर्छ? सबैभन्दा मुख्य कुरा, तैँले परमेश्वरको काम बुझ्नैपर्छ। आज, परमेश्वरको काममा नयाँ विधि सुरु भएको छ; युग परिवर्तित भएको छ, परमेश्वरले काम गर्ने तरीका पनि बदलिएको छ, र परमेश्वरले बोल्ने विधि फरक छ। आज, उहाँको कामको तरीका मात्र बदलिएको छैन, युग समेत बदलिएको छ। अहिले राज्यको युग हो। यो प्रेमिलो परमेश्वरको युग पनि हो। यो सहस्राब्दीय राज्यको युगको पूर्वानुभव हो—जुन वचनको युग पनि हो, र जसमा मानिसलाई सिद्ध पार्न परमेश्वरले बोल्ने धेरै माध्यमहरू प्रयोग गर्नुहुन्छ, र मानिसलाई आपूर्ति प्रदान गर्न फरक-फरक दृष्टिकोणबाट बोल्नुहुन्छ। सहस्राब्दीय राज्यको युगमा प्रवेश गर्नेबित्तिकै परमेश्वरले मानिसलाई सिद्ध पार्न वचनहरू प्रयोग गर्न सुरु गर्नुहुनेछ र मानिसलाई जीवन वास्तविकतामा प्रवेश गर्न दिनुहुनेछ र उसलाई सही मार्गमा अगुवाई गर्नुहुनेछ। परमेश्वरको कामका यति धेरै कदमहरू अनुभव गरेर, परमेश्वरको काम अपरिवर्तित रहँदैन, बरु नरोकिईकन विकसित हुँदैछ र गहिरिँदैछ भन्ने मानिसले देखेको छ। यसलाई मानिसहरूले यति लामो समयदेखि अनुभव गरेपछि, उक्त काम बारम्बार बदलिँदै, निरन्तर परिवर्तन भएको छ। यद्यपि यो जति परिवर्तन भए पनि, मानवजातिलाई छुटकारा दिलाउने परमेश्वरको उद्देश्यबाट यो कहिल्यै बाहिर जाँदैन। दश हजार परिवर्तनहरूबाट पनि, यो कहिल्यै यसको मूल उद्देश्यबाट टाढा रहँदैन। परमेश्वरको कामको विधि जसरी परिवर्तन भए पनि, यो काम सत्यबाट वा जीवनबाट कहिल्यै अलग हुँदैन। काम गरिएको विधिको परिवर्तनले कामको स्वरूपमा गरिने परिवर्तन, र जुन दृष्टिकोणबाट परमेश्वर बोल्नुहुन्छ त्यसलाई मात्र सामेल गर्छ; परमेश्वरको कामको केन्द्रीय उद्देश्यमा कुनै परिवर्तन हुँदैन। प्रभाव प्राप्त गर्नको लागि परमेश्वरको स्वरको भाव र उहाँको कामको तरिकामा परिवर्तन गरिएका हुन्। स्वरको भावमा परिवर्तनको अर्थ कामको पछि रहेको उद्देश्य वा सिद्धान्तमा परिवर्तन होइन। मानिसहरूले मुख्यतः जीवन खोज्न परमेश्वरमा विश्वास गर्छन्; यदि तँ परमेश्वरमा विश्वास गर्छस् तर पनि जीवनको खोजी गर्दैनस् वा सत्यको चाहना वा परमेश्वरको खोजी गर्दैनस् भने, यो परमेश्वरमाथिको विश्वास होइन! र अझै राजा हुनको लागि राज्यमा प्रवेश गर्न खोज्नु वास्तविकतापरक हुन्छ र? जीवनको खोजीद्वारा परमेश्वरको लागि साँचो प्रेम प्राप्त गर्नु—केवल यो यथार्थता हो; सत्यको चाहना र अभ्यास—यी सबै यथार्थता हुन्। परमेश्वरका वचनहरू पढेर, र यी वचनहरू अनुभव गरेर, वास्तविक अनुभवको बीचमा तैँले परमेश्वरको ज्ञान लिन सक्नेछस्, र साँच्चिकै खोजी गर्नुको अर्थ यही हो।
अहिले राज्यको युग हो। तँ यो नयाँ युगमा प्रवेश गरेको छस् कि छैनस् त्यो तँ परमेश्वरका वचनहरूका यथार्थतामा प्रवेश गरेको छस् कि छैनस्, उहाँका वचनहरू तेरो जीवन वास्तविकता बनेको छ कि छैन त्यसमा निर्भर हुन्छ। हरेक व्यक्तिलाई परमेश्वरका वचनहरू परिचित गराइएको छ ताकि, अन्त्यमा, सबै मानिसहरू परमेश्वरको वचनको संसारमा जिऊन्, र भित्रैबाट हरेक व्यक्तिलाई उहाँका वचनहरूले अन्तर्दृष्टि र प्रकाश दिऊन्। यदि, यो समयको दौरान, तँ परमेश्वरका वचनहरू पढ्नमा लापरवाह भइस् भने, र उहाँका वचनहरूमा तेरो रुची छैन भने, यसले तेरो स्थिति गलत छ भन्ने देखाउँछ। यदि तँ वचनको युगमा प्रवेश गर्न सक्दैनस् भने, तँमा पवित्र आत्माले काम गर्नुहुन्न; यदि तँ यो युगमा प्रवेश गरेको छस् भने, उहाँले आफ्नो काम गर्नुहुनेछ। पवित्र आत्माको काम प्राप्त गर्न वचनको युगको प्रारम्भमा तैँले के गर्न सक्छस्? यो युगमा, र तिमीहरूका माझमा, परमेश्वरले उल्लिखित तथ्य हासिल गर्नुहुनेछ: हरेक व्यक्तिले परमेश्वरका वचनहरू जिउनु पर्नेछ, सत्यतालाई व्यवहारमा लागू गर्न सक्नु पर्नेछ, र परमेश्वरलाई गम्भीरतापूर्वक प्रेम गर्नु पर्नेछ; सबै मानिसहरूले परमेश्वरका वचनहरूलाई आधारको रूपमा र आफ्नो वास्तविकताको रूपमा प्रयोग गर्नु पर्नेछ, र तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय हुनुपर्नेछ; र परमेश्वरका वचनहरूको अभ्यासद्वारा मानिसले त्यसपछि परमेश्वरसँगै राजसी शक्ति चलाउने छ। परमेश्वरले हासिल गर्नुपर्ने काम यही हो। के तँ परमेश्वरका वचनहरू नपढी रहन सक्छस्? आज, उहाँका वचनहरू नपढी एक वा दुई दिन पनि बिताउन सकिँदैन भन्ने अनुभव गर्नेहरू धेरै छन्। उनीहरूले उहाँका वचनहरू हरेक दिन पढ्नुपर्छ, र यदि समयले साथ दिएन भने, तिनीहरूलाई सुन्नु नै काफी हुनेछ। पवित्र आत्माले मानिसहरूलाई दिने आभास यही हो, र उहाँले उनीहरूलाई प्रेरित गर्न सुरु गर्ने तरिका यही नै हो। यसको अर्थ, वचनहरूद्वारा उहाँ मानिसहरूलाई प्रेरित गर्नुहुन्छ, ता कि उनीहरू परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न सकून्। यदि, परमेश्वरका वचनहरू नखाई र नपिई केवल एक दिनपछि तैँले अँध्यारो र तिर्खा अनुभूति गर्छस् र यसलाई सहन सक्दैनस् भने, तँ पवित्र आत्माद्वारा चलायमान भएको छस्, र उहाँ तँबाट फर्किएर जानुभएको छैन भन्ने यसले देखाउँछ। अतः, यो प्रवाहमा रहेको तँ नै होस्। यद्यपि, यदि परमेश्वरका वचनहरू नखाई र नपिई एक दिन वा दुई दिन पछि, तैँले केही पनि अनुभूति गरिनस् भने, यदि तँलाई तिर्खा छैन, र तँ कत्ति पनि प्रभावित भएको छैनस् भने, पवित्र आत्मा तँबाट फर्किएर जानुभएको छ भन्ने यसले देखाउँछ। यसको अर्थ, तँभित्रको स्थितिमा केही खराबी छ भन्ने हुन्छ; तँ वचनको युगमा प्रवेश गरेको छैनस्, र तँ पछाडि परेकाहरूमध्ये एक होस्। मानिसहरूलाई शासन गर्न परमेश्वरले वचनहरू प्रयोग गर्नुहुन्छ; यदि तैँले परमेश्वरका वचनहरू खाइस् र पिइस् भने, तँलाई असल अनुभूति हुन्छ, र यदि तैँले त्यसो गरिनस् भने, तँसँग कुनै हिँड्ने मार्ग छैन। परमेश्वरका वचनहरू मानिसहरूका खाना, र उनीहरूलाई प्रेरित गर्ने शक्ति बन्छन्। बाइबल भन्छ, “मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्नेछ” (मत्ती ४:४)। आज, परमेश्वरले यो काम पूरा गर्नुहुनेछ, र उहाँले यो सच्चाइ तिमीहरूमा हासिल गर्नुहुनेछ। विगतमा कसरी, मानिसहरू परमेश्वरका वचनहरू नपढी धेरै दिन बिताउन सक्थे र तर पनि सधैँ जस्तै खान र काम गर्न सक्थे, तर आजको अवस्था पनि यस्तै छैन र? यो युगमा, परमेश्वरले यावत् थोकलाई शासन गर्न मुख्यतः वचनहरू प्रयोग गर्नुहुन्छ। मानिसलाई परमेश्वरका वचनमार्फत न्याय गरिन्छ र सिद्ध पारिन्छ, अनि त्यसपछि यी वचनहरूद्वारा अन्ततः राज्यमा लगिन्छ। खासगरी राज्यको युगमा, परमेश्वरका वचनहरूले मात्र मानिसको जीवन आपूर्ति गर्न सक्छन्, र परमेश्वरका वचनहरूले मात्र मानिसलाई प्रकाश र अभ्यासको मार्ग दिन सक्छन्। जबसम्म तँ परमेश्वरका वचनहरूको वास्तविकताबाट बाहिर जाँदैनस्, हरेक दिन उहाँका वचनहरूलाई खाने र पिउने गर्छस्, तबसम्म परमेश्वरले तँलाई सिद्ध पार्नुहुनेछ।
जीवनको खोज हतारमा पाइने चीज होइन; जीवनको वृद्धि केवल एक वा दुई दिनमा हुँदैन। परमेश्वरको काम सामान्य र व्यावहारिक छ, र एउटा प्रक्रिया छ जसबाट भएर यो जानुपर्छ। देहधारी येशूलाई आफ्नो क्रूसीकरणको काम सम्पन्न गर्न साँढे तेत्तीस वर्ष लाग्यो—तसर्थ अत्यन्त कठिन, मानिसलाई शुद्ध पार्ने र उसको जीवनलाई परिवर्तन गर्ने कामबारे के? परमेश्वरलाई प्रकट गर्ने सामान्य मानिस बनाउनु सजिलो काम होइन। ठूलो रातो अजिङ्गरको राज्यमा जन्मिएका मानिसहरू, जो कम क्षमताका छन् र परमेश्वरका वचनहरू र कामको लामो अवधि चाहन्छन्, तिनीहरूमा यो खासगरी लागू हुन्छ। तसर्थ नतिजाहरू हेर्न अधैर्य नबन्। परमेश्वरका वचनहरू खान र पिउन तँ सक्रिय हुनैपर्छ, र परमेश्वरका वचनहरूमा अझ बढी प्रयास लगाउनुपर्छ। जब तैँले उहाँका वचनहरू पढिसक्छस्, परमेश्वरका वचनहरूमा ज्ञान, अन्तर्दृष्टि, विवेक, र बुद्धिमा विकसित हुँदै, तैँले तिनलाई वास्तविक व्यवहारमा लागू गर्न सक्नुपर्छ। यस मार्फत, यसलाई अनुभूति नगरीकन तँ परिवर्तन हुनेछस्। यदि तैँले परमेश्वरका वचनहरूलाई खाने र पिउने, तिनीहरूलाई पढ्ने, तिनीहरूलाई बुझ्ने, तिनीहरूलाई अनुभव गर्ने, र तिनीहरूलाई व्यवहारमा लागू गर्ने कार्यलाई आफ्नो सिद्धान्तको रूपमा लिन सकिस् भने, तिनलाई अनुभव नै नगरिकन तँ परिपक्व हुनेछस्। परमेश्वरका वचनहरू पढेर पनि तिनीहरूलाई व्यवहारमा लागू गर्न सक्दैनौं भन्नेहरू छन्। तेरो हतार के हो? जब तँ खास कदको नापमा पुग्छस्, तँ उहाँका वचनहरूलाई व्यवहारमा लागू गर्न सक्नेछस्। के चार वा पाँच वर्षको बालकले आफ्ना मातापितालाई सहारा दिन वा सम्मान दिन सकिन भनेर भन्छ? तेरो वर्तमान उचाइ कति ठूलो छ त्यो तैँले जान्नुपर्छ। तैँले जे व्यवहारमा लागू गर्न सक्छस्, त्यसलाई व्यवहारमा लागू गर्, र परमेश्वरको व्यवस्थापनलाई अवरोध गर्ने व्यक्ति नबन्। परमेश्वरका वचनहरूलाई मात्र खा र पी, र अब उप्रान्त त्यसलाई आफ्नो सिद्धान्तको रूपमा ली। परमेश्वरले तँलाई पूर्ण पार्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने बारे, अहिलेको लागि, चिन्ता नगर्। त्यसलाई अहिले नै खोजतलास नगर्। परमेश्वरका वचनहरू तकहाँ जसरी आउँछन् त्यसरी नै तिनलाई खा र पी, र परमेश्वरले अवश्य नै तँलाई पूर्ण बनाउनुहुनेछ। यद्यपि, तैँले उहाँका वचनहरूलाई खाँदा र पिउँदा पालन गर्नुपर्ने एउटा सिद्धान्त छ। अन्धाधुन्ध त्यसो नगर्। परमेश्वरका वचनहरू खाँदा र पिउँदा एकातिर, तैँले थाहा पाउनु पर्ने वचनहरू खोजेर पत्ता लगा—यसको अर्थ, दर्शनहरूसँग सम्बन्धित वचनहरू—र अर्कोतिर, तैँले वास्तविक व्यवहारमा लागू गर्नुपर्ने वचनहरू खोजेर पत्ता लगा—यसको अर्थ, तँ प्रवेश गर्नुपर्ने कुरालाई। एक पक्षको सम्बन्ध ज्ञानसँग छ, र अर्कोको प्रवेशसँग। तैँले दुवैलाई बुझिसकेपछि—तैँले के बुझ्नु पर्ने हो र के अभ्यास गर्नुपर्ने हो त्यसलाई बुझिसकेपछि—परमेश्वरका वचनहरू कसरी खाने र पिउने सो तँलाई थाहा हुनेछ।
अगाडि बढ्ने क्रममा, परमेश्वरका वचनहरूको चर्चा नै तँ बोल्ने सिद्धान्त हुनुपर्नेछ। साधारणतः, जब तिमीहरू भेला हुन्छौ, तब परमेश्वरका वचनहरूलाई आफ्नो अन्तरक्रियाको विषयवस्तुका रूपमा लिएर, यी वचनहरूबारे तिमीहरूलाई के थाहा छ, तिनलाई तिमीहरू कसरी व्यवहारमा लागू गर्छौ, र पवित्र आत्माले कसरी काम गर्नुहुन्छ, यसबारे चर्चा गर्दै परमेश्वरका वचनहरू सम्बन्धी सङ्गतिमा संलग्न हुनुपर्छ। जबसम्म तँ परमेश्वरका वचनहरूको सङ्गति गर्छस्, पवित्र आत्माले तँलाई ज्योति दिनुहुनेछ। परमेश्वरका वचनहरूको संसार प्राप्त गर्न मानिसको सहकार्य आवश्यक पर्छ। यदि तँ यसमा प्रवेश गरिनस् भने, परमेश्वरसँग काम गर्ने कुनै उपाय हुनेछैन; यदि तैँले आफ्नो मुख बन्द राखिस् र उहाँका वचनहरूबारे चर्चा गरिनस् भने, उहाँसँग तँलाई ज्योति दिने कुनै उपाय हुनेछैन। जब तँ अन्यथा व्यस्त भएको हुँदैनस्, परमेश्वरका वचनहरूबारे चर्चा गर्, र निरर्थक गफसफमा मात्र नअल्मली! तेरो जीवनशैली परमेश्वरका वचनहरूले भरियोस्—त्यसपछि मात्र तँ सच्चा विश्वासी हुनेछस्। तेरो सङ्गति सतही भए पनि त्यसले फरक पर्दैन। सतहीपन विना कुनै गहिराइ हुन सक्दैन। त्यहाँ प्रक्रिया हुनुपर्छ। तेरो तालिमभरि, तैँले पवित्र आत्माको ज्योति आफूमा लिनेछस्, र परमेश्वरका वचनहरू कसरी प्रभावकारी ढङ्गले खाने र पिउने सो थाहा पाउनेछस्। खोजतलासको मध्यान्तरपछि, तँ परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नेछस्। यदि तैँले सहकार्य गर्न अठोट गर्छस् भने मात्र तैँले पवित्र आत्माको काम प्राप्त गर्न सक्नेछस्।
परमेश्वरका वचनहरू खाने र पिउने सिद्धान्तहरूमा, एउटा ज्ञानसँग सम्बन्धित छ, र अर्को प्रवेशसँग। तैँले कुन वचनहरू थाहा पाउनुपर्छ? तैँले दर्शनहरूसँग सम्बन्धित वचनहरू थाहा पाउनुपर्छ (जस्तै, परमेश्वरको काम अहिले कुन युगमा प्रवेश गरेको छ सो वर्णन गर्ने वचनहरू, अहिले परमेश्वर के प्राप्त गर्ने चाहना राख्नुहुन्छ, देहधारण के हो, र यस्तै-यस्तै; यी सबै दर्शनहरूसँग सम्बन्धित छन्।) मानिस प्रवेश गर्नुपर्ने मार्ग भनेको के हो? यसले मानिसले अभ्यास गर्नुपर्ने र प्रवेश गर्नुपर्ने परमेश्वरका वचनहरूलाई जनाउँछ। माथि उल्लेखित परमेश्वरका वचनहरू खाने र पिउने दुई पक्षहरू हुन्। अब उप्रान्त, यस प्रकारले, परमेश्वरका वचनहरू खाने र पिउने गर्नू। यदि तँलाई दर्शनसँग सम्बन्धित उहाँका वचनहरूको बारेमा प्रष्ट बुझाइ छ भने, हर समय पढिरहनु आवश्यक छैन। प्राथमिक महत्त्वको कुरा भनेको प्रवेश गर्दा अझै बढी वचनहरू खानु र पिउनु हो, जस्तै परमेश्वरतिर तेरो हृदय कसरी फर्काउने, परमेश्वरको सामुन्ने तेरो हृदय कसरी शान्त बनाउने, र कसरी शरीरको विरुद्धमा विद्रोह गर्ने। तैँले व्यवहारमा लागू गर्नुपर्ने कुराहरू यिनै हुन्। परमेश्वरका वचनहरू कसरी खाने र पिउने सो थाहा नपाइकन, सच्चा सङ्गति असम्भव छ। उहाँका वचनहरू कसरी खाने र पिउने सो थाहा पाएपछि, चाबी के हो तैँले बुझेपछि, सङ्गति स्वतन्त्र हुनेछ, र जुनसुकै सवाल उठे पनि, तँ सङ्गति गर्न र वास्तविकतालाई बुझ्न सक्नेछस्। यदि, परमेश्वरका वचनहरूको सङ्गति गर्दा, तँसँग वास्तविकता छैन भने, चाबी के हो तैँले बुझेको छैनस्, जसले परमेश्वरका वचनहरू कसरी खाने र पिउने तँलाई थाहा छैन भन्ने देखाउँछ। परमेश्वरका वचनहरू पढ्दा केही मानिसहरूलाई थकाइ लाग्दो लाग्न सक्छ, जुन सामान्य स्थिति होइन। परमेश्वरका वचनहरू पढ्दा कहिल्यै थकाइ नलाग्नु, तिनीहरूको लागि सधैँ तृषित रहनु, र परमेश्वरका वचनहरू सधैँ असल पाउनुचाहिँ सामान्य हो। वास्तवमै प्रवेश गरेकाले यसरी परमेश्वरका वचनहरू खान्छन् र पिउँछन्। जब परमेश्वरका वचनहरू अत्याधिक व्यावहारिक छन् र मानिस प्रवेश गर्नु पर्ने ठ्याक्कै यही हो भन्ने तँलाई लाग्छ; जब उहाँका वचनहरू मानिसको लागि असाध्यै उपयोगी र लाभदायक छन्, र ती मानिसको जीवनको भण्डार हुन् भन्ने तँलाई लाग्छ—तँलाई यो अनुभूति पवित्र आत्माले दिनुहुन्छ, र पवित्र आत्माले तँलाई छुनुहुन्छ। यसले पवित्र आत्माले तँमा काम गरिरहनु भएको छ र परमेश्वर तँबाट फर्किएर जानुभएको छैन भन्ने प्रमाणित गर्छ। केही मानिसहरू, परमेश्वर सधैँ बोलिरहेको देखेर, उहाँका वचनहरूदेखि दिक्क हुन्छन्, र उनीहरूले त्यसलाई पढे पनि वा नपढे पनि यसको कुनै परिणाम छैन भन्ने ठान्छन्—जुन सामान्य स्थिति होइन। वास्तविकतामा प्रवेश गर्ने प्यास भएको हृदय उनीहरूसँग छैन, र यस्ता मानिसहरू सिद्ध पारिन न तृष्णा गर्छन् न महत्त्व नै दिन्छन्। जब तैँले आफूमा परमेश्वरका वचनहरूको तृष्णा नभएको पाउँछस्, यसले तँ सामान्य स्थितिमा छैनस् भन्ने देखाउँछ। विगतमा, परमेश्वर तँबाट फर्किएर जानु वा नजानु भन्ने कुरा, तँ आफूभित्र शान्तिमा थिइस् वा थिइनस्, र तैँले आनन्द अनुभव गरिस् वा गरिनस् त्यसले निर्धारित गर्न सक्थ्यो। अब तँ परमेश्वरका वचनहरूको तृष्णा गर्छस् कि गर्दैनस्, उहाँका वचनहरू तेरो वास्तविकता हो कि होइन, तँ निष्ठावान् छस् कि छैनस्, र तैँले परमेश्वरको लागि आफूले गर्न सक्ने सबै गर्न सक्छस् कि सक्दैनस्, चाबी त्यही हो। अर्को शब्दमा, परमेश्वरका वचनहरूको वास्तविकताद्वारा मानिसको न्याय गरिन्छ। परमेश्वरले आफ्ना वचनहरू सबै मानवजातिप्रति लक्षित गर्नुहुन्छ। यदि तँ ती पढ्न इच्छुक छस् भने, उहाँले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ, तर यदि छैनस् भने, उहाँले दिनुहुनेछैन। धार्मिकताको लागि जो भोका र प्यासा छन् परमेश्वरले उनीहरूलाई अन्तर्दृष्टि दिनुहुन्छ, र जसले उहाँलाई खोजी गर्छ उनीहरूलाई उहाँले अन्तर्दृष्टि दिनुहुन्छ। उनीहरूले परमेश्वरका वचनहरू पढेपछि पनि उहाँले उनीहरूलाई अन्तर्दृष्टि दिनु भएन भनेर कतिले भन्छन्। तर कुन तरिकाले तैँले ती वचनहरू पढिस्? यदि तैँले उहाँका वचनहरू घोडाको पछाडि सवार मानिसले फूलहरू हेरे जस्तो तरिकाले पढिस् भने, र वास्तविकतालाई कुनै महत्त्व दिइनस् भने, परमेश्वरले कसरी तँलाई अन्तर्दृष्टि दिन सक्नुहुन्थ्यो? परमेश्वरका वचनहरूलाई बहुमूल्य नमान्नेलाई उहाँले कसरी सिद्ध पार्न सक्नुहुन्छ? यदि तँ परमेश्वरका वचनहरूलाई बहुमूल्य मान्दैनस् भने, तँसँग न त सत्य हुनेछ न त वास्तविकता। यदि तँ उहाँका वचनहरूलाई बहुमूल्य मान्छस् भने, तँ सत्यलाई व्यवहारमा लागू गर्न सक्छस्, र त्यसपछि मात्र तैँले वास्तविकतालाई बुझ्नेछस्। त्यसैकारण तँ व्यस्त भए पनि वा नभए पनि, परिस्थिति अनुकूल भए पनि वा नभए पनि, र तँलाई जाँचिए पनि वा नजाँचिए पनि, तैँले परमेश्वरका वचनहरू हमेसा खानु र पिउनु पर्छ। सबै कुरामा, परमेश्वरका वचनहरू मानिसको अस्तित्वका जग हुन्। उहाँका वचनहरूबाट कोही पनि फर्किन सक्दैन, तर उहाँका वचनहरू तिनीहरूले एक दिनमा तीन छाक खाना खाए जसरी खानुपर्छ। सिद्ध पारिनु र परमेश्वरद्वारा प्राप्त गरिनु त्यति सजिलो हुन सक्थ्यो? वर्तमानमा तैँले बुझे पनि नबुझे पनि, र परमेश्वरका कामप्रति तँमा सूक्ष्मदृष्टि भए पनि नभए पनि, तैँले सम्भव भएसम्म धेरै परमेश्वरका वचनहरू खानु र पिउनुपर्छ। यो सक्रिय तरिकाले प्रवेश गर्नु हो। परमेश्वरका वचनहरू पढिसकेपछि, जेमा तँ प्रवेश गर्न सक्छस् त्यसलाई व्यवहारमा लागू गर्न हतार गर्, र तँ जे सक्छस् त्यसलाई एक क्षणको लागि अलग राख्। सुरुवातमा तैँले बुझ्न नसक्ने परमेश्वरका धेरै वचनहरू हुन सक्छन्, तर दुई वा तीन महीनापछि, सायद एक वर्षपछि तैँले ती बुझ्नेछस्। यो कसरी हुन सक्छ? यसको कारण के हो भने, परमेश्वरले मानिसहरूलाई एक वा दुई दिनमा सिद्ध पार्न सक्नुहुन्न। अधिकांश समय, जब तँ उहाँका वचनहरू पढ्छस्, तैँले तुरुन्तै नबुझ्न सक्छस्। त्यो समयमा, ती केवल पाठभन्दा बढी केही पनि होइन भन्ने लाग्न सक्छ; तैँले ती बुझ्नुभन्दा अगाडि तैँले केही समय तिनलाई अनुभव गर्नुपर्छ। परमेश्वरले यति धेरै बोलेपछि, उहाँका वचनहरू खान र पिउन तैँले आफ्नो सक्दो कोसिस गर्नुपर्छ, र त्यसपछि, थाहै नपाई तैँले यो बुझ्नेछस्, थाहै नपाई, पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। जब पवित्र आत्माले मानिसलाई अन्तर्दृष्टि दिनुहुन्छ, यो प्रायः मानिसको जानकारी विना नै हुन्छ। जब तँ तृषित हुन्छस् र खोजी गर्छस्, उहाँले तँलाई अन्तर्दृष्टि दिनुहुन्छ र अगुवाइ गर्नुहुन्छ। पवित्र आत्माले काम गर्ने सिद्धान्त तैँले खाने र पिउने परमेश्वरका वचनहरूमा केन्द्रित छ। परमेश्वरका वचनहरूलाई महत्त्व नदिने र उहाँका वचनहरूका बारेमा सँधै फरक मनोवृत्ति राख्ने—तिनीहरूका मूर्ख सोचाइमा, तिनीहरूले वचनहरू पढे पनि वा नपढे पनि यो उदासीनताको कुरा हो भन्ने विश्वास गर्छन्—तिनीहरू वास्तविकता नभएकाहरू हुन्। यस्ता व्यक्तिमा न त पवित्र आत्माको काम न त उहाँको अन्तर्दृष्टि देख्न नै सकिन्छ। यस्ता मानिसहरू योग्यता विनाका बहाना गर्नेहरू, केही गरेजस्तो गर्नेहरू मात्रै हुन्, दृष्टान्तका[क] नाङ्गुवोजस्तै।
परमेश्वरका वचनहरू तेरो वास्तविक नबनी, तँसँग कुनै वास्तविक कद हुँदैन। जब परीक्षा गरिने समय आउँछ, तब तँ निश्चित रूपमा ढल्नेछस् र त्यसपछि तेरो साँचो कद प्रकट हुनेछ। तर नियमित रूपमा वास्तविकतामा प्रवेश गर्न खोज्नेहरूले परीक्षाहरू सामना गर्दा, परमेश्वरको कामको उद्देश्य बुझ्न थाल्नेछन् अनि विवेक भएको र परमेश्वरको तृष्णा गर्ने जोकोहीले परमेश्वरको प्रेम चुकाउन व्यावहारिक कार्य गर्नुपर्छ भन्ने कुरा बुझ्नेछन्। वास्तविकता नभएकाहरू सानातिना मामिलाहरू सामना गर्दासमेत दृढ रहन सक्दैनन्। वास्तविक कद भएका र नभएकाहरूबीचको भिन्नता यस्तो हुन्छ। तिनीहरू दुवैले परमेश्वरका वचनहरू खाने र पिउने भए पनि, कतिपय मानिस परीक्षाहरूबीच दृढ रहन सक्छन्, जबकि अरू चाहिँ भाग्छन्, यस्तो किन हुन्छ? स्पष्ट भिन्नता के हो भने कतिपयमा वास्तविक कद हुँदैन; तिनीहरूसँग आफ्नो वास्तविकताका रूपमा काम गर्नका लागि परमेश्वरका वचनहरू हुँदैनन् र उहाँका वचनहरूले तिनीहरूभित्र जरा गाडेका हुँदैनन्। तिनीहरूको परीक्षा हुनेबित्तिकै, तिनीहरूसँग कुनै मार्ग हुँदैन। त्यसोभए, कतिपय मानिस परीक्षाहरूबीच पनि किन दृढ रहन सक्षम हुन्छन् त? किनभने तिनीहरू सत्यता बुझ्छन् र तिनीहरूसँग एउटा दर्शन हुन्छ अनि तिनीहरू परमेश्वरका अभिप्रायहरू र उहाँका मागहरू बुझ्छन् र यसरी तिनीहरू परीक्षाहरूबाट गुज्रँदा दृढ रहन सक्षम हुन्छन्। यो वास्तविक कद हो र यो पनि जीवन हो। कतिपयले परमेश्वरका वचनहरू पनि पढ्न सक्छन् तर तिनीहरू तिनलाई व्यवहारमा लागु गर्दैनन्, तिनलाई गम्भीरतापूर्वक लिँदैनन्; तिनलाई गम्भीरतापूर्वक नलिनेहरू अभ्यासलाई कुनै महत्त्व दिँदैनन्। आफ्नो वास्तविकताका रूपमा काम गर्नका लागि परमेश्वरका वचनहरू नहुनेहरू वास्तविक कदरहित हुन्छन्, र त्यस्ता मानिसहरू परीक्षाहरूबाट गुज्रँदा दृढ रहन सक्दैनन्।
जब परमेश्वरका वचनहरू प्रकट हुन्छन्, तैँले तिनीहरूलाई तत्कालै ग्रहण गर्नुपर्छ, र तिनीहरूलाई खानु र पिउनु पर्छ। तैँले जति बुझे पनि, तैँले पक्रनुपर्ने एउटा दृष्टिकोण भनेको उहाँका वचनहरू खानु र पिउनु, बुझ्नु, र अभ्यास गर्नु भन्ने हो। तैँले गर्न सक्नु पर्ने कुरा यही हो। तेरो कद कति महान् बन्ला भनेर कहिल्यै विचार नगर्; उहाँका वचनहरू खाने र पिउनेमा मात्र ध्यान केन्द्रित गर्। मानिसले सहकार्य गर्नुपर्ने यसैमा हो। तेरो आत्मिक जीवनशैली भनेको मूलतः परमेश्वरका वचनहरू खाने र पिउने र तिनीहरूलाई व्यवहारमा लागू गर्ने वास्तविकतामा प्रवेश गर्न कोसिस गर्नु हो। अन्य कुनै कुरामा ध्यान केन्द्रित गर्नु तेरो काम होइन। मण्डलीका अगुवाहरूले आफ्ना सबै दाजुभाइ र दिदीबहिनीलाई अगुवाइ गर्न सक्नुपर्छ ताकि उनीहरूले परमेश्वरका वचनहरू कसरी खाने र पिउने भनी थाहा पाउन सकून्। यो हरेक मण्डली अगुवाको जिम्मेवारी हो। उनीहरू बालक हुन् वा वृद्ध, सबैले परमेश्वरका वचनहरू खानु र पिउनुलाई ठूलो महत्त्वको रूपमा लिनुपर्छ र उहाँका वचनहरू उनीहरूको हृदयमा हुनुपर्छ। यो वास्तविकतामा प्रवेश गर्नुको अर्थ राज्यको युगमा प्रवेश गर्नु हो। आज, अधिकांश मानिसहरू परमेश्वरका वचनहरू नखाई र नपिई जिउन नसक्ने अनुभूति गर्छन्, र समय जे भए पनि उहाँका वचनहरू ताजा छन् भन्ने अनुभव तिनीहरू गर्छन्। यसको अर्थ उनीहरू सही मार्गमा चल्न सुरु गरेका छन् भन्ने हुन्छ। परमेश्वरले आफ्ना काम गर्न र मानिसको दिन वचनहरूको प्रयोग गर्नुहुन्छ। जब परमेश्वरका वचनहरूप्रति जो कोही लालायित र तृषित हुन्छन्, मानवजाति उहाँका वचनहरूको संसारमा प्रवेश गर्नेछ।
परमेश्वरले धेरै कुरा बोल्नुभएको छ। तैँले कति कुरा थाहा पाइस्? तँ कति कुरामा प्रवेश गरेको छस्? यदि मण्डलीको अगुवाइ गर्नेहरूले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई मार्गदर्शन गरेर परमेश्वरका वचनहरूको वास्तविकतामा पुऱ्याएका छैनन् भने, तिनीहरू आफ्नो जिम्मेवारीमा चुकेका हुनेछन् र आफ्ना जिम्मेवारीहरू पूरा गर्न असफल भएका हुनेछन्! चाहे तेरो बुझाइ गहन होस् वा सतही, तैँले आफ्नो बुझाइ जुनसुकै हदको भए पनि, उहाँका वचनहरू कसरी खाने र पिउने भनेर जान्नैपर्छ, तैँले उहाँका वचनहरूलाई धेरै ध्यान दिनैपर्छ अनि ती खानु र पिउनुको महत्त्व र आवश्यकतालाई बुझ्नैपर्छ। परमेश्वरले यति धेरै कुरा बोल्नुभएपछि, यदि तँ उहाँका वचनहरू खाँदैनस् र पिउँदैनस् वा ती पछ्याउँदैनस् वा ती व्यवहारमा लागु गर्दैनस् भने, यसलाई परमेश्वरमा विश्वास गरेको भन्न मिल्दैन। तैँले परमेश्वरमा विश्वास गर्ने हुनाले, अनिवार्य रूपमा उहाँका वचनहरू खानु र पिउनुपर्छ, उहाँका वचनहरू अनुभव गर्नुपर्छ र उहाँका वचनहरू जिउनुपर्छ। यसलाई मात्र परमेश्वरमाथिको विश्वास भन्न मिल्छ! यदि तँ मुखले म परमेश्वरमा विश्वास गर्छु भन्छस् तर उहाँको कुनै पनि वचन व्यवहारमा लागु गर्न वा कुनै पनि वास्तविकता प्रकट गर्न असक्षम छस् भने, यसलाई परमेश्वरमा विश्वास गरेको भनिँदैन। बरु, यो त “धित मरुञ्जेल खान खोज्नु” हो। सानातिना गवाहीहरू, व्यर्थका कुराहरू र सतही मामिलाहरूबारे मात्रै कुरा गर्नु, तर अलिकति वास्तविकतासमेत नहुनु: यी कुराहरू परमेश्वरमाथिको विश्वास होइनन् र तैँले परमेश्वरमा विश्वास गर्ने सच्चा मार्गलाई पटक्कै बोध गरेको छैनस्। तैँले किन अनिवार्य रूपमा परमेश्वरका वचनहरू अझ बढी खानु र पिउनुपर्छ? यदि तँ उहाँका वचनहरू खाँदैनस् र पिउँदैनस् तर स्वर्ग मात्र जान खोज्छस् भने, के त्यो परमेश्वरमा विश्वास गर्नु हो? परमेश्वरमा विश्वास गर्ने व्यक्तिले चाल्नुपर्ने पहिलो कदम के हो? परमेश्वर कुन मार्गद्वारा मानिसलाई सिद्ध पार्नुहुन्छ? के तँ परमेश्वरका वचनहरू नखाई र नपिई सिद्ध पारिन सक्छस्? के परमेश्वरका वचनहरू तेरो वास्तविकता नबनी तँलाई राज्यको व्यक्ति मान्न सकिन्छ? आखिर परमेश्वरमा विश्वास गर्नु भनेको के हो? परमेश्वरका विश्वासीहरू, कम्तीमा पनि, बाहिरी रूपमा असल व्यवहारको हुनुपर्छ; सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्वरका वचनहरू धारण गर्नु हो। तँ कुनै पनि हालतमा उहाँका वचनहरूबाट विमुख हुन सक्दैनस्। परमेश्वरलाई चिन्नु र उहाँका अभिप्रायहरू पूरा गर्नु सबै उहाँकै वचनहरूमार्फत हासिल हुन्छन्। भविष्यमा, हरेक राष्ट्र, सम्प्रदाय, धर्म र क्षेत्रलाई परमेश्वरका वचनहरूमार्फत विजय गरिनेछ। परमेश्वरले सिधै बोल्नुहुनेछ र सबै मानिसले परमेश्वरका वचनहरू आफ्नो हातमा लिनेछन् र यसको माध्यमबाट तिनीहरू सिद्ध पारिनेछन्। भित्र र बाहिर, परमेश्वरका वचनहरू सर्वत्र व्याप्त हुन्छन्: सबैले आफ्नो मुखले परमेश्वरका वचनहरू बोल्नेछन्, परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्नेछन् र परमेश्वरका वचनहरूलाई आफूभित्र राख्नेछन्, तिनीहरू भित्र र बाहिर दुवैतिर परमेश्वरका वचनहरूमा भिजेका हुनेछन्। यसरी, तिनीहरू सिद्ध पारिनेछन्। परमेश्वरका अभिप्रायहरू पूरा गर्ने र उहाँका लागि साक्षी दिन सक्षम हुनेहरूले परमेश्वरका वचनहरूलाई आफ्नो वास्तविकताका रूपमा धारण गर्छन्।
सहस्राब्दीय राज्यको युग—वचनको युग—मा प्रवेश गर्ने काम आज समाप्त हुन्छ। अब उप्रान्त, परमेश्वरका वचनहरूबारे सङ्गतिमा अभ्यस्त हुँदै अभ्यास गर्। परमेश्वरका वचनहरू खाएर र पिएर साथै अनुभव गरेर मात्रै तँ परमेश्वरका वचनहरूमा जिउन सक्नेछस्। अरूलाई विश्वस्त पार्न तैँले केही व्यावहारिक अनुभव पैदा गर्नैपर्छ। यदि तँ परमेश्वरका वचनहरूको वास्तविकता जिउन सक्दैनस् भने, कोही पनि विश्वस्त हुनेछैनन्! परमेश्वरद्वारा प्रयोग गरिएका सबै परमेश्वरका वचनहरूको वास्तविकता जिउन सक्छन्। यदि तँ यो वास्तविकता देखाउन र परमेश्वरलाई गवाही दिन सक्दैनस् भने, पवित्र आत्माले तँमा काम गर्नुभएको छैन, र तँ सिद्ध परिएको छैनस् भन्ने यसले देखाउँछ। परमेश्वरका वचनहरूको महत्त्व यही हो। के परमेश्वरका वचनहरूको लागि तृषित हुने हृदय तँमा छ? परमेश्वरका वचनहरूको लागि तृषित हुने सत्यको लागि तृषित हुन्छन्, र केवल यस्ता मानिसहरू मात्रै परमेश्वरद्वारा आशिषित हुन्छन्। भविष्यमा, सबै धर्महरू र सबै सम्प्रदायहरूलाई परमेश्वरले भन्नुहुने धेरै वचनहरू छन्। बोल्न र उहाँको आवाजलाई प्रकट गर्न अन्यजातिहरूका माझमा उनीहरूलाई विजय गर्न जानुभन्दा अगाडि तिमीहरूलाई पूर्ण पार्न तिमीहरूको माझमा नै उहाँ पहिले बोल्नुहुन्छ र उहाँको आवाज प्रकट गर्नुहुन्छ। उहाँका वचनहरूद्वारा, सबै शुद्ध हृदयले र पूर्ण रूपले विश्वस्त हुनेछन्। परमेश्वरका वचनहरूद्वारा र उहाँका प्रकाशद्वारा, मानिसको भ्रष्ट स्वभाव घट्छ, उसले मानिसको स्वरूप प्राप्त गर्छ, र उसको विद्रोही स्वभाव कम हुन्छ। वचनहरूले मानिसमा अख्तियारी साथ काम गर्छन् र परमेश्वरका प्रकाशभित्र मानिसलाई जित्छन्। वर्तमान युगमा परमेश्वरले गर्ने काम, साथै उहाँको कामका मोडहरू, सबैलाई उहाँका वचनहरूभित्र पाउन सकिन्छ। यदि तँ उहाँका वचनहरू पढ्दैनस् भने, तैँले केही पनि बुझ्नेछैनस्। उहाँका वचनहरू तैँले आफै खाएर अनि पिएर, अनि तेरा दाजुभाइहरू र दिदीबहिनीहरूसँगको सङ्गतिको संलग्नताबाट र तेरो वास्तविक अनुभवहरूबाट, तैँले परमेश्वरका वचनहरूको पूर्ण ज्ञान प्राप्त गर्नेछस्। त्यसपछि मात्र तँ तिनको वास्तविकतामा साँच्चिकै जिउन सक्नेछस्।
फूटनोटहरू:
क. मूल पाठमा “दृष्टान्तका” भन्ने शब्द समावेश छैन।