काम र प्रवेश (२)

तिमीहरूका काम र प्रवेश खराब छ; मानिसले कसरी काम गर्ने भन्ने कुरालाई त्यत्ति महत्त्व दिँदैन र अझ बढी लापरवाहीसाथ जीवनमा प्रवेश गर्दछ। मानिसले यी कुराहरूलाई तिनीहरू प्रवेश गर्नुपर्ने शिक्षाहरूको रूपमा लिँदैन; त्यसकारण मानिसले प्रायः जे पनि देख्छ त्यो तिम्रो अनुभवमा खाली मृगतृष्णाहरू मात्र हुन्छन्। जहाँसम्म कामको प्रश्‍न छ, तिमीहरूलाई त्यति धेरै काम गर्न लगाइँदैन, तर परमेश्‍वरद्वारा सिद्ध हुनुपर्ने व्यक्तिको रूपमा तिमीहरूले परमेश्‍वरको निम्ति काम गर्ने विषयमा पाठहरू सिक्नुपर्छ, यसैले कि तिमीहरू चाँडै परमेश्‍वरको इच्छा अनुरूप हुन सक। युगौँ युगदेखि जसले काम गरे उनीहरूलाई सेवकहरू वा प्रेरितहरू भनिएको छ, जुन शब्दहरूले परमेश्‍वरले प्रयोग गर्नुभएका मानिसहरूको थोरै सङ्ख्यालाई बुझाउँछ। तापनि मैले कुरा गरेको आजको कामले ती सेवकहरू वा प्रेरितहरूलाई मात्र बुझाउँदैन, तर यसले परमेश्‍वरद्वारा सिद्ध पारिनु पर्ने सबै मानिसलाई बुझाउँछ। सायद यसमा चासो राख्‍नेहरू थोरै छन्, तर प्रवेशको खातिर, यस विषयसम्बन्धी सत्यताको बारेमा नै कुरा गर्नु सबैभन्दा राम्रो हुन्छ।

कामको विषयमा, काम गर्नु भनेको परमेश्‍वरका निम्ति यताउति दौड्नु, सबै ठाउँमा प्रचार गर्नु, र उहाँको खातिर खर्चनु हो भन्‍ने मानिसले विश्‍वास गर्छ। यस्तो धारणा सही भए पनि यो अत्यन्तै एकतर्फी छ; परमेश्‍वरले मानिसबाट माग गर्नुभएको कुरा उहाँका निम्ति यताउति दौडधूप गर्नु मात्र होइन; त्योभन्दा बढी, यो काम आत्माभित्रको सेवकाइ र प्रबन्धसित सम्बन्धित छ। धेरै भाइबहिनीहरूले, यति धेरै वर्षको अनुभवपछि पनि परमेश्‍वरको निम्ति काम गर्ने बारेमा कहिल्यै सोचेका छैनन्, किनकि मानिसले जुन कामको बारेमा सोच्छ त्यो परमेश्‍वरले माग गर्नुभएको कामसित अमिल्दो हुन्छ। त्यसकारण, मानिसमा कामको विषयमा कुनै पनि किसिमको रुचि छैन, मानिसको प्रवेश एकतर्फी हुनुको मुख्य कारण यही नै हो। तिमीहरू सबैले परमेश्‍वरका निम्ति काम गर्दै आफ्नो प्रवेश सुरु गर्नुपर्छ, यसरी तिमीहरू अनुभवको प्रत्येक पक्षलाई राम्ररी झेल्न सक्छौ। तिमीहरू प्रवेश गर्नुपर्ने यही भित्र हो। कामले यताउति दगुरिहिँड्नु भन्ने बुझाउँदैन, तर मानिसको जीवन र मानिस जसरी जिउँछ त्यसले परमेश्‍वरलाई आनन्द दिन्छ कि दिँदैन त्यसलाई बुझाउँछ। कामले परमेश्‍वरप्रतिको आफ्‍नो भक्ति र परमेश्‍वर सम्बन्धी तिनीहरूका ज्ञान उहाँको निम्ति साक्षी दिन अनि मानिसको सेवा गर्नको लागि मानिसहरूले प्रयोग गर्नुलाई बुझाउँछ। मानिसको जिम्मेवारी यही हो र सबै मानिसले बुझ्नु पर्ने यही हो। कसैले भन्ला, कि तिमीहरूको प्रवेश नै तिमीहरूको काम हो, अनि तिमीहरू परमेश्‍वरका निम्ति काम गरिरहेको अवधिमा प्रवेश गर्ने कोसिस गर्छौ। परमेश्‍वरको कामको अनुभव गर्नु भनेको उहाँको वचन कसरी खानु र पिउनु भनी जान्नु मात्र होइन; अझ महत्त्वपूर्ण कुरा, तिमीहरूले परमेश्‍वरको विषयमा साक्षी दिन जान्नुपर्छ र परमेश्‍वरको सेवा गर्नु साथै मानिसको सेवा गर्न र उसको निम्ति प्रबन्ध गर्न सक्नुपर्छ। यही नै काम हो, अनि यो तिमीहरूको प्रवेश पनि हो; प्रत्येक व्यक्तिले पूरा गर्नुपर्ने कुरा यही नै हो। परमेश्‍वरका निम्ति यताउति दौड्नु र सबै ठाउँमा प्रचार गर्नुमा मात्र ध्यान दिनेहरू धेरै छन्, तापनि तिनीहरूले आफ्‍ना व्यक्तिगत अनुभवमा ध्यान दिँदैनन्, र आत्मिक जीवनमा तिनीहरूको प्रवेशलाई बेवास्ता गर्छन्। यसैले नै परमेश्‍वरको सेवा गर्ने मानिसहरूलाई परमेश्‍वरको विरोध गर्नेहरू बनाएको छ। यी मानिसहरू, जसले यतिका वर्षसम्‍म परमेश्‍वरको सेवा गरिरहेका छन्, र मानिसहरूको सेवा गर्दै आएका छन्, तिनीहरूले काम गर्नु र प्रचार गर्नुलाई मात्र प्रवेश गर्नु भन्‍ने ठानेका छन् अनि कसैले पनि आफ्‍ना व्यक्तिगत आत्माको अनुभवलाई महत्त्वपूर्ण प्रवेश मानेका छैनन्। यसको साटो तिनीहरूले पवित्र आत्माको कामबाट प्राप्त गरेका ज्ञानलाई अरूलाई शिक्षा दिने पुँजीको रूपमा लिएका छन्। प्रचार गर्दा तिनीहरूमा धेरै बोझ हुन्छ र पवित्र आत्माको काम प्राप्त गर्छन्, अनि त्यसको माध्यमद्वारा तिनीहरू पवित्र आत्माको आवाज प्रकट गरिरहेका हुन्छन्। यस बेला, काम गर्ने तिनीहरू आत्मसन्तोषले भरिएका हुन्छन्, मानौं, पवित्र आत्माको काम तिनीहरूका व्यक्तिगत आत्मिक अनुभव भएको छ; तिनीहरूले बोलिरहेका सबै वचनहरू तिनीहरूका आफ्नै अस्तित्वको हो भन्ने तिनीहरू महसुस गर्छन्, तर फेरि पनि तिनीहरूका आफ्नै अनुभव भने तिनीहरूले वर्णन गरेजस्तो स्पष्ट हुँदैन। अझ अर्को कुरा, बोल्नुभन्दा अघि तिनीहरूले के भन्नेछन् भन्ने तिनीहरूले सोचेका हुँदैनन्, तर जब पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुन्छ, तब तिनीहरूका वचनहरू एउटा नटुङ्गिने प्रवाहजस्तो बगेर निस्कन्छ। तैँले एक पल्ट यसरी प्रचार गरेपछि तँलाई यस्तो लाग्नेछ, कि तैँले आफ्नो कद जति सानो छ भनी विश्‍वास गरेको हुन्छस् त्यो वास्तवमा त्यति सानो हुँदैन, अनि यस्तै परिस्थितिमा पवित्र आत्माले तँमा धेरै चोटि काम गर्नुभएपछि तैँले त्यो कद प्राप्त गरेको छस् भन्‍ने निश्चित गर्छस् र पवित्र आत्माको काम तेरो आफ्नै प्रवेश र तेरो आफ्नै अस्तित्व हो भनी गलत रूपमा विश्‍वास गर्छस्। जब तैँले निरन्तर यस्तो अनुभव गर्छस्, तब आफ्नो प्रवेशप्रति तँ सुस्त बन्छस्, थाहै नपाई आलस्यतामा प्रवेश गर्छस्, र तेरो व्यक्तिगत प्रवेशलाई महत्त्व दिन छोड्छस्। यसकारणले गर्दा, जब तैँले अरूको सेवा गरिरहेको हुन्छस्, त्यसबेला तैँले आफ्नो कद र पवित्र आत्माको कामको बीच स्पष्ट भेद छुट्ट्याउनु पर्छ। यसले तेरो प्रवेशलाई अझ सहज बनाउँछ र तेरो अनुभवमा धेरै फाइदा गराउँछ। जब मानिसले पवित्र आत्माको कामलाई आफ्नो व्यक्तिगत अनुभवको रूपमा लिन्छ तब त्यो भ्रष्टताको स्रोत बन्छ। त्यसैकारण म भन्छु, तैँले जुनसुकै पनि काम गरे पनि तैँले आफ्नो प्रवेशलाई एउटा महत्त्वपूर्ण पाठ मान्नुपर्छ।

एक व्यक्तिले परमेश्‍वरको इच्छा पूरा गर्न, परमेश्‍वरको हृदय अनुसारका मानिसहरूलाई उहाँको सामु ल्याउन अनि मानिसलाई पवित्र आत्माको काम र परमेश्‍वरको अगुवाइसित परिचित गराउनका निम्ति काम गर्छ, यसरी उसले परमेश्‍वरको कामको फललाई सिद्ध पार्दछ। त्यसकारण, तिमीहरू त्यो कामको सारको बारेमा पूर्ण रूपमा स्पष्ट हुनु आवश्यक हुन्छ। परमेश्‍वरले प्रयोग गर्नुभएको व्यक्तिको रूपमा, प्रत्येक मानिस परमेश्‍वरको निम्ति काम गर्न योग्य हुन्छ, अर्थात्, प्रत्येक व्यक्तिले पवित्र आत्माद्वारा प्रयोग गरिने मौका पाएको हुन्छ। तापनि, एउटा कुरा तिमीहरूले बुझ्नुपर्छ: जब मानिसले परमेश्‍वरले आज्ञा गर्नुभएको काम गर्छ, मानिसले परमेश्‍वरद्वारा प्रयोग हुने मौका पाएको हुन्छ, तर मानिसले जे भन्छ र जान्दछ त्यो पूर्ण रूपले मानिसको कद होइन। तिमीहरू के मात्र गर्न सक्छौ भने आफ्नो कामको अवधिमा तिमीहरूका आफ्नै कमजोरीहरूलाई अझ राम्ररी जान्न सक्छौ, अनि पवित्र आत्माबाट अझ ठूलो ज्ञान प्राप्त गर्न सक्छौं। यसरी, तिमीहरू कामको अवधिमा अझ राम्रो प्रवेश प्राप्त गर्न सक्ने हुनेछौ। यदि मानिसले परमेश्‍वरबाट आउने अगुवाइलाई उसको आफ्नै प्रवेश मान्दछ भने र तिनीहरू भित्र भएको कुनै थोक ठान्छ भने मानिसको कद बढ्ने कुनै सम्‍भावना हुँदैन। पवित्र आत्माले मानिसमा जुन अन्तर्दृष्टि ल्याउने काम गर्नुहुन्छ त्यो तिनीहरू सामान्य अवस्थामा हुँदा गर्नुहुन्छ; त्यस्ता समयहरूमा, मानिसहरू तिनीहरूले प्राप्त गरेका अन्तर्दृष्टि तिनीहरूका आफ्नै कद हो भनी सम्झने भुल गर्छन्, किनकि पवित्र आत्माले जुन प्रकारले अन्तर्दृष्टि दिनुहुन्छ त्यो असाध्यै साधारण हुन्छ, र उहाँले मानिसभित्र अन्तर्निहित कुरालाई प्रयोग गर्नुहुन्छ। जब मानिसहरू काम गर्छन् र बोल्छन् वा जब तिनीहरूले प्रार्थना गरिरहेका हुन्छन् र तिनीहरूका आत्मिक आराधना गरिरहेका हुन्छन्, तब अचानक सत्यता तिनीहरूका निम्ति स्पष्ट हुन्छ। तापनि वास्तवमा, मानिसले पवित्र आत्माद्वारा दिइएको अन्तर्दृष्टि मात्र देख्छ (स्वाभाविक रूपले यो अन्तर्दृष्टि मानिसको सहकार्यसित जोडिएको हुन्छ) र त्यसले मानिसको वास्तविक कदको प्रतिनिधित्व गर्दैन। मानिसले केही कठिनाइहरू र जाँचहरूको सामना गर्ने अनुभवबाट भएर गएपछि त्यस्तो परिस्थितिमा मानिसको वास्तविक कद स्पष्ट हुन्छ। तब मात्र मानिसले उसको कद त्यत्ति ठूलो नभएको थाहा पाउँछ, अनि मानिसको स्वार्थीपन, व्यक्तिगत विचारहरू र लालच सबै प्रकट हुँदछ। यस प्रकारका धेरै वटा अनुभवहरूको चक्रपछि आफ्नो आत्मामा बिउँतने धेरै जनाले विगतमा तिनीहरूले अनुभव गरेका कुराहरू तिनीहरूका आफ्नै व्यक्तिगत वास्तविकता नभएको, तर पवित्र आत्माले दिनुभएको क्षणिक प्रकाश भएको, र मानिसले यो ज्योति मात्र प्राप्त गरेको थाहा पाउँछन्। जब पवित्र आत्माले मानिसलाई त्यो सत्यता बुझ्ने अन्तर्दृष्टि दिनुहुन्छ, तब केही कुराहरू किन भए वा तिनीहरू कहाँ जाँदैछन् भन्ने कुरा नबताई पनि धेरै चोटि त्यो स्पष्ट र बुझ्न सकिने किसिमको हुन्छ। अर्थात्, यो प्रकाशमा मानिसका कठिनाइहरू सम्मिलित नगरी उहाँले सोझै सत्यता प्रकट गर्नुहुन्छ। जब प्रवेश गर्ने प्रक्रियामा मानिसले कठिनाइहरूको सामना गर्दछ र पवित्र आत्माको ज्ञानलाई सम्मिलित गर्दछ तब त्यो मानिसको वास्तविक अनुभव बन्दछ। उदाहरणका निम्ति, एउटी अविवाहित बहिनीले सङ्गतिको समयमा यसो भन्दै बोलिन्: “हामी महिमा र धन खोज्दैनौ वा पति र पत्नी बीचको प्रेमको खुसीको लालच गर्दैनौं; हामी शुद्ध र एकाग्र मनको हृदय परमेश्‍वरमा समर्पण गर्न मात्र चाहन्छौं।” उसले अझै भनिन्: “मानिसहरूले विवाह गरेपछि धेरै वटा कुराले तिनीहरूलाई घेर्छन्, अनि परमेश्‍वरका निम्ति तिनीहरूको प्रेमको हृदय उप्रान्त साँचो रहँदैन। तिनीहरूको हृदय सधैँ तिनीहरूका परिवार र जीवन-साथीले ओगटेको हुन्छ र यसरी तिनीहरूका भित्री संसार धेरै जटिल बन्छ…।” तिनी बोलिरहँदा उनले आफ्नो हृदयमा सोचिरहेकी कुराहरू उसको मुखबाट निस्केको जस्तो लाग्थ्यो; उनका शब्‍दहरू चर्को र शक्तिशाली थिए, मानौं उसले भनेकी सबै कुरा उसको हृदयको गहिराइबाट आएको हो, मानौं उनले उत्साहसाथ आफैलाई पूर्ण रूपमा परमेश्‍वरमा सुम्पन चाहेकी छिन् र दाजुभाइ, दिदी-बहिनीहरूले पनि उसले जस्तै संकल्प गरून् भन्ने आशा गरेकी छिन्। यो भन्न सकिन्छ, कि यस्तो बेला संकल्प गर्ने तेरा भावनाहरू र मनलाई छुने कुराहरू पूर्ण रूपमा पवित्र आत्माको कामबाट आउँछन्। जब परमेश्‍वरको काम गर्ने तरिका बदलिन्छ, तँ पनि उमेरमा केही वर्ष वृद्धि भएको हुन्छस्; तँ आफ्नै उमेरका कक्षा सहपाठी र मित्रहरूले पतिहरू पाइसकेका देख्छस्, वा फलानी केटीको विवाह भएपछि उसका पतिले उसलाई सहरमा लगेको र त्यहाँ उसले जागिर पाएकी कुरा सुन्छस्। जब उसलाई भेट्छस्, तब उसलाई शिरदेखि पैतालोसम्म आकर्षक र सुन्दर देखेर, उसले तँसँग जुन प्रकारले कुरा गर्छे त्यो देखेर, उसमा विभिन्न प्रकारका योग्यताहरू देखेर, उसमा एउटै पनि गाउँले झलक नभएको देखेर तँ डाह महसुस गर्न थाल्छस्। यो देखेर तँभित्र भावनाहरू बढ्न थाल्छन्। तैँले यत्तिञ्जेल आफैलाई परमेश्‍वरका निम्ति खर्च गरेकी छेस्, कुनै परिवार कुनै पेशा छैन, अनि तैँले धेरै मात्रामा कठिनाइहरूको सामना गरेकी छेस्; तैँले केही समय अघि अधबैँसे अवस्थामा पनि प्रवेश गरेकी छेस्, अनि तेरो जवान अवस्था धेरै अघि नै चुपचाप चिप्लेर गइसकेको छ, तँलाई त्यो सपनाजस्तो लाग्छ। अब यस्तै प्रकारले वर्तमानसम्म आइपुग्दा कहाँनेर स्थायी रूपमा बस्ने तँलाई थाहा हुँदैन। यस्तो बेला, तँ विचारहरूको भुमरीमा फस्छस्, मानौं तैँले आफ्नो बुद्धि हराएकी छेस्। पूर्ण रूपमा एकलो र निदाउन नसकेर, लामो रातभरि जागै रहन्छस्, तैँले थाहा पाउन अघि नै आफ्ना संकल्प र परमेश्‍वरसित तैँले गरेकी गम्भीर भाकलहरूबारे विचार गर्छेस्, अनि त्यस्तो भए पनि तँ किन त्यस्तो दुःखद अवस्थामा परेकी छेस्? थाहा नपाई चुपचाप आँसुहरू झर्छन्, अनि तँलाई हृदयमा पीडा महसुस हुन्छ। परमेश्‍वरको सामु प्रार्थना गर्न आउँदा तँलाई याद हुन्छ, तँ परमेश्‍वरको साथमा हुँदाका दिनहरूमा तँ कति घनिष्ठ र अभिन्न रूपले नजिक थिइस्। तेरा आँखाहरूको अगि एकपछि अर्को दृश्य आउँछन्, अनि एक दिन तैँले गरेकी भाकल तेरो कानमा गुज्जिन्छ, “के परमेश्‍वर मात्र मेरो घनिष्ठ हुनुहुन्न र?” त्यस बेलासम्म तँ सुँकसुकाउन थालिसकेकी हुन्छेस्: “हे परमेश्‍वर, प्यारो परमेश्‍वर! मैले अघिबाटै मेरो सम्पूर्ण हृदय तपाईंलाई दिइसकेकी छु। म सधैँभरिका निम्ति तपाईंलाई वचन दिन चाहन्छु, अनि मेरो सारा जीवनभरि म तपाईंलाई अटल प्रेम गर्नेछु।” जब तँ यस्तो तीव्र पीडामा संघर्ष गर्छस् तब मात्र तैँले परमेश्‍वर साँच्चै कति प्रेमिलो हुनुहुन्छ भनी बुझ्‍छस्, तब मात्र तैँले यो स्पष्ट रूपमा थाहा पाउँछस्: मैले धेरै अघि नै परमेश्‍वरलाई मेरा सबै कुरा दिइसकेँ। त्यस्तो प्रहारबाट बचेर यी कुराहरूमा तँ धेरै परिपक्व बन्छस्, अनि त्यस बेला भएको पवित्र आत्माको काम मानिसमा भएको कुरा होइन रहेछ भनी बुझ्नेछस्। यो स्थितिपछि तेरा अनुभवहरूमा, तँ प्रवेशको यो पक्षमा मात्रै बाँधिँदैनस्; त्यो तेरा पुराना घाउका चोटहरूले तेरो प्रवेशमा ठूलो फाइदा पुऱ्याएको जस्तो हुन्छ। जब-जब तँ यस किसिमको परिस्थितिको सामना गर्छस्, तैँले त्यो दिन बगाएको आँसुहरूको सम्झना गर्छस्, मानौं, अलग्गिएपछि तँ फेरि परमेश्‍वरसित जोडिएको छस्, अनि परमेश्‍वरसित तेरो सम्बन्ध फेरि एकचोटि बिग्रिन्छ कि अनि तेरो र परमेश्‍वर बीचको भावनात्मक सम्‍बन्धमा फेरि क्षति पुग्ला कि भन्ने डर तँलाई हुन्छ। तेरो काम र तेरो प्रवेश यही हो। त्यसकारण, तिमीहरूले पवित्र आत्माको काम प्राप्त गरेसँगै, तिमीहरूले पवित्र आत्माको काम के हो र तिमीहरूको प्रवेश के हो त्यो हेर्दै, साथसाथै तिमीहरूको प्रवेशमा पवित्र आत्माको कामलाई सम्मिलित गर्दै, तिमीहरूको प्रवेशलाई झन् बढी महत्त्व दिनुपर्छ, यसरी तिमीहरू पवित्र आत्माद्वारा धेरै प्रकारले सिद्ध पारिनेछौ, अनि पवित्र आत्माको कामको सारले तिमीहरूमा काम गर्न सक्छ। तिमीहरूले पवित्र आत्माको कामको अनुभव गर्दै जाँदा तिमीहरूले पवित्र आत्मालाई, साथै तिमीहरू आफैलाई पनि चिन्नेछौ, अनि त्यसबाहेक, कसले भन्न सक्छ, कि धेरै तीव्र दुःखको प्रहारहरूको बीचमा तिमीहरूले परमेश्‍वरसित सामान्य सम्बन्ध विकास गर्नेछौ, र तिमीहरू र परमेश्‍वर बीचको सम्बन्ध दिनदिनै झन् घनिष्ठ हुँदैजान्छ। छिँवल्ने र शोधन गर्ने यस्तै अनगन्ती उदाहरणहरूपछि तिमीहरूले परमेश्‍वरको निम्ति साँचो प्रेम विकास गर्नेछौ। यसैकारणले तिमीहरूले दुःख, चोट र सङ्कष्टसित डराउनु हुँदैन भन्‍ने बुझ्‍नुपर्छ; पवित्र आत्माको काम भएर पनि तिमीहरू प्रवेश नहुनुचाहिँ डराउनुपर्ने कुरा हो; जब परमेश्‍वरको काम समाप्त हुने दिन आउँछ, तिमीहरूले गरेको परिश्रम व्यर्थ भएको हुनेछ; तिमीहरूले परमेश्‍वरको काम अनुभव गरेको भए पनि तिमीले पवित्र आत्मालाई चिनेका हुँदैनौ वा तिमीहरूले प्रवेश पाएका हुँदैनौ। पवित्र आत्माले जुन ज्ञान दिने काम गर्नुहुन्छ त्यो मानिसको जोश थामेर राख्नका निम्ति नभएर मानिसको प्रवेशका निम्ति बाटो खोल्नलाई, साथै मानिसलाई पवित्र आत्माको विषयमा जान्न दिनलाई हो, अनि यस क्षणदेखि परमेश्‍वरका निम्ति आदर र भक्तिका भावनाहरू विकास गर्नलाई हो।

अघिल्लो: परमेश्‍वरको कामको दर्शन (१)

अर्को: काम र प्रवेश (१)

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको कामको दर्शन (१)

यूहन्नाले सात वर्ष येशूका निम्ति काम गरे, अनि येशू आउनुहुँदा अघिबाटै बाटो तयार पारिसकेका थिए। योभन्दा अघि यूहन्नाले प्रचार गरेका स्वर्ग...

सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा नै निर्भर हुन्छ

धेरैजसो मानिसहरूले आफ्‍नो भविष्यको गन्तव्यको खातिर, वा अस्थाई आनन्दको लागि परमेश्‍वरमा विश्‍वास गर्छन्। निराकरणबाट भएर नगएकाहरूका हकमा...

परमेश्‍वरको काम र मानिसको काम

मानिसको कति काम पवित्र आत्माको काम हो र कति चाहिँ मानिसको अनुभव हो? मानिसहरूले यी प्रश्‍नहरू अझै पनि बुझ्दैनन् भनी भन्‍न सकिन्छ, र...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्