काम र प्रवेश (१)

मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा पाइला चाल्‍न थालेदेखि यता तिनीहरू धेरै वटा विषयहरूमा अस्पष्ट नै छन्। परमेश्‍वरको कामको बारेमा र तिनीहरूले गर्नुपर्ने कामको विषयमा तिनीहरू अझै पनि पूर्ण भ्रममा छन्। यो एकातिर तिनीहरूका अनुभवमा परिवर्तन र ग्रहण गर्ने तिनीहरूका सीमित क्षमताको कारण भएको हो भने, अर्कोतिर परमेश्‍वरको कामले अझै मानिसहरूलाई यो चरणमा नल्याएकोले गर्दा हो। यसैले प्रत्येक व्यक्ति धेरैजसो आत्मिक विषयहरूमा अस्पष्ट हुन्छ। तिमीहरू कुन कुरामा प्रवेश गर्नुपर्छ भन्ने विषयमा अस्पष्ट मात्र छैनौ, तिमीहरू परमेश्‍वरको कामको बारेमा अझ बढी अन्जान छौ। यो तिमीहरूभित्र भएको कमी-कमजोरी मात्र होइन: यो धार्मिक संसारमा हुने सबैमा सामान्य रूपमा देखिने ठूलो कमजोरी हो। मानिसहरूले किन परमेश्‍वरलाई चिन्दैनन् भन्ने कुरा यसैमा लुकेको छ, यसैले यो कमी उहाँलाई खोज्ने सबैमा हुने एउटा सामान्य त्रुटि हो। अहिलेसम्म एउटै पनि व्यक्तिले पनि परमेश्‍वरलाई चिनेको छैन, वा उहाँको वास्तविक अनुहार देखेको छैन। यसैकारणले गर्दा परमेश्‍वरको काम पहाड हटाउनु वा समुद्रलाई सुकाउनुजस्तो कठिन बन्छ। परमेश्‍वरको कामका निम्ति धेरै मानिसहरूले आफ्नो जीवन बलिदान गरेका छन्; उहाँको कामको कारण धेरै जना बहिस्कार भएका छन्; उहाँकै कामको खातिर धेरै जना यातना सहेर मरेका छन्; धेरै जनाले परमेश्‍वरप्रतिको प्रेमको कारण आँखाभरि आँसु भर्दै अन्याय सहेर मरेका छन्; धेरै जनाले क्रूर र अमानवीय सतावटको सामना गरेका छन्…। यस्ता दुःखद घटनाहरू घटेका छन्—के यी सबै मानिसहरूमा परमेश्‍वरको विषयमा ज्ञानको कमीले गर्दा भएको होइन र? परमेश्‍वरलाई नचिन्ने कुनै व्यक्ति कुन अनुहार लिएर उहाँको सामने आउन सक्छ र? परमेश्‍वरमा विश्‍वास गर्ने तर उहाँलाई सताउने कुनै व्यक्ति कुन अनुहार लिएर उहाँको सामुन्ने आउन सक्छ र? यी कुराहरू धार्मिक संसारमा हुनेहरूको मात्रै अपर्याप्तता होइन, तर यी तिमीहरू र तिनीहरू, दुवैमा हुने सामान्य कुरा हुन्। मानिसहरू परमेश्‍वरलाई नचिनी उहाँमा विश्‍वास गर्छन्; यही कारणले गर्दा मात्रै तिनीहरू आफ्ना हृदयमा परमेश्‍वरलाई आदर गर्दैनन्, अनि आफ्नो हृदयमा उहाँको डर मान्दैनन्। अझ यस्ता मानिसहरू पनि छन्, जसले खुल्लमखुल्ला अनि लाज नमानी यो प्रवाहभित्र तिनीहरू आफैले कल्पना गरेको काम गर्छन्, अनि तिनीहरूका आफ्नै माग र धेरै चाहनाहरू लिएर परमेश्‍वरले आज्ञा गर्नुभएको काम गर्नतिर लाग्छन्। धेरै मानिसहरू परमेश्‍वरलाई आदर नगरी तर तिनीहरूका आफ्नै इच्छाको पछि लाग्दै अनियन्त्रित व्यवहार गर्छन्। के यी उदाहरणहरू मानिसको स्वार्थी हृदयहरूको पूर्ण प्रकटीकरणहरू होइनन् र? के यी उदाहरणहरूले मानिसहरू भित्रका प्रशस्त छलकपटलाई प्रकट गर्दैनन् र? मानिसहरू वास्तवमा अति नै बुद्धिमान् हुन सक्छन्, तर तिनीहरूका वरदानहरूले कसरी परमेश्‍वरको कामको स्थान लिन सक्छ? मानिसहरूले साँच्चै परमेश्‍वरको बोझमा ध्यान दिन सक्छन्, तर तिनीहरूले धेरै स्वार्थी भएर काम गर्न सक्दैनन्। के मानिसहरूका कामहरू साँच्चै परमेश्‍वरका जस्तै छन्? के कुनै पनि व्यक्ति सय प्रतिशत निश्‍चित हुन सक्छ? परमेश्‍वरको साक्षी दिन, उहाँको महिमा प्राप्त गर्न—यो परमेश्‍वरले दिनुहुने अपवाद र मानिसहरूलाई उठाउने कार्य हो; मानिसहरू कसरी योग्य हुन सक्छन्? परमेश्‍वरको काम भर्खरै सुरु भएको छ, र उहाँका वचनहरू भर्खरै बोल्न थालिएको छ। यो स्थितिमा, मानिसहरूले आफ्नै विषयमा राम्रो महसुस गर्छन्, तर के यो अपमान निम्त्याउनु मात्र होइन र? तिनीहरू अत्यन्तै थोरै मात्र बुझ्छन्। यहाँसम्म कि अति प्रतिभाशाली सिद्धान्तवादी, अति कुशल वक्ताले पनि परमेश्‍वरको सम्पूर्ण प्रशस्तताको वर्णन गर्न सक्दैन भने तिमीहरूले त झन् कति थोरै गर्छौं? तिमीहरूले आफ्नो मूल्य स्वर्गहरूभन्दा माथि राख्नुहुँदैन, तर बरु तिमीहरूले आफैलाई ती विवेकी मानिसहरूभन्दा तल्लो स्तरमा राख्नुपर्छ जसले परमेश्‍वरलाई प्रेम गर्न खोज्छन्। यही त्यो बाटो हो जसद्वारा तिमीहरू प्रवेश गर्नेछौ: तिमीहरूले आफैलाई अरूभन्दा धेरै तल देख्नु। आफैलाई धेरै उच्च किन देख्ने? आफैलाई त्यस्तो उच्च अनुमानमा किन राख्ने? जीवनको लामो यात्रामा तिमीहरू प्रारम्‍भको थोरै कदम मात्र हिँडेका छौ। तिमीहरू केवल परमेश्‍वरका बाहुली मात्र देख्छौ, सम्पूर्ण परमेश्‍वरलाई देख्दैनौं। यसले तिमीहरूलाई अझ धेरै परमेश्‍वरका कामहरू देख्न, तिमीहरू कहाँ प्रवेश गर्नुपर्छ भनी अझ धेरै थाहा पाउन योग्य बनाउँछ, किनकि तिमीहरू थोरै मात्र परिवर्तन भएका छौ।

जब परमेश्‍वरले मानिसलाई सिद्ध पार्नुहुन्छ र उसको स्वभाव परिवर्तन गर्नुहुन्छ, उहाँको काम कहिल्यै पनि समाप्त हुँदैन, किनकि मानिसमा धेरै प्रकारका कमीहरू हुन्छन् र उहाँले राख्नुभएको स्तरसम्म पुग्न सक्दैन। यसैले यो भन्न सकिन्छ, कि परमेश्‍वरको दृष्टिमा तिमीहरू सधैँभरि नयाँ जन्मेका शिशुहरू हुनेछौ, तिमीहरूमा उहाँलाई प्रसन्न पार्ने तत्वहरू थोरै हुन्छन्, किनकि तिमीहरू केही होइनौ, तर परमेश्‍वरका हातका प्राणी हौ। यदि कुनै व्यक्ति आत्मसन्तोषी बन्छ भने के परमेश्‍वरले उसलाई घृणा गर्नुहुन्‍न र? तिमीहरू आज परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम छौ भन्नु भनेको तिमीहरूका मासुको शरीरको सीमित दृष्टिकोणबाट बोल्नु हो; यदि तिमीहरू साँच्चै परमेश्‍वरको दाँजोमा पुग्नु छ भने रणभूमिमा तिमीहरू सधैँ पराजित हुनेछौ। मानिसको शरीरले कहिल्यै पनि विजय के हो भन्‍ने जानेको छैन। पवित्र आत्माको कामद्वारा मात्र मानिसले छुटकाराका विशेषताहरू प्राप्त गर्न सक्छ। वास्तवमा, परमेश्‍वरको सृष्टिका असङ्ख्यौं कुराहरूमध्ये मानिस सबैभन्दा तल्लो स्तरको छ। ऊ सबै थोकका मालिक भए पनि मानिस मात्र यस्तो प्राणी हो जो शैतानको धोकामा फस्छ, ऊ मात्र हो जो अन्त्यहीन रूपमा विभिन्न तरिकाले त्यसको भ्रष्टतामा पर्छ। आफैमाथि मानिसको कहिल्यै पनि सर्वोच्च अधिकार रहेको छैन। धेरै जना मानिस शैतानको फोहोर ठाउँमा बस्छन् र त्यसको खिसी सहन्छन्; त्यसले उनीहरूलाई यसरी जिस्काउँछन् कि तिनीहरू अधमरो नै हुन्छन्, जसको क्रममा हर प्रकारको परिवर्तन, मानिसको संसारमा हुने सबै कठिनाइहरू सहनुपर्छ। तिनीहरूसँग खेलेर शैतानले तिनीहरूका भाग्य समाप्त गरिदिन्छ। अनि मानिसहरू जीवनभरि सोच्‍नै नसक्ने अन्योलतामा पर्छन्, परमेश्‍वरले तिनीहरूका निम्ति तयार पार्नुभएको असल थोक एकै पल्ट पनि उपभोग गर्दैनन्, तर शैतानद्वारा क्षति पुऱ्याइन्छ र विनाशमा छोडिन्छ। आज तिनीहरू यति दुर्बल र थकित भएका छन्, कि तिनीहरूमा परमेश्‍वरको काममा ध्यान दिने रुचि नै हुँदैन। यदि मानिसहरूमा परमेश्‍वरको काममा ध्यान दिने कुनै रुचि नै छैन भने, तिनीहरूका अनुभव सधैँभरि खण्डित र अधुरो रहने निश्चित हुन्छ, र तिनीहरूको प्रवेश सधैँभरि एउटा रित्तो स्थान हुन्छ। परमेश्‍वर संसारमा आउनुभएको केही हजार वर्षपछि उच्च आदर्श भएको असङ्ख्य मानिसहरू परमेश्‍वरद्वारा धेरै वर्षहरूमा उहाँको काम गर्न प्रयोग गरिएका छन्; तर उहाँको काम जान्नेहरू थोरै छन्, मानौं छैन नै भनेर भन्‍न सकिन्छ। यसकारणले अनगन्ती मानिसहरू परमेश्‍वरको विरोध गर्ने भूमिका धारण गर्छन्, त्यसको साथसाथै तिनीहरू उहाँको निम्ति काम पनि गर्छन्, किनकि उहाँको काम नगरेर तिनीहरू परमेश्‍वरले दिनुभएको पदमा बसेर वास्तवमा मानिसको काम गर्छन्। के यसलाई काम भन्न सकिन्छ? तिनीहरू कसरी भित्र प्रवेश गर्न सक्छन्? मानवजातिले परमेश्‍वरको अनुग्रहलाई लिएर त्यसलाई गाडेको छ। यसैकारणले गर्दा विगत पुस्ताहरूमा उहाँको काम गर्नेहरूले थोरै मात्र प्रवेश पाए। तिनीहरू परमेश्‍वरको कामको बारेमा त्यत्ति बोल्दैनन्, किनकि तिनीहरूले परमेश्‍वरको बुद्धिलाई थोरै मात्र बुझ्दछन्। यो भन्न सकिन्छ, कि परमेश्‍वरको सेवा गर्ने धेरै जना भए पनि उहाँ कति उच्च हुनुहुन्छ भनी देख्न तिनीहरू असफल भएका छन्, यसैले अरूले पुजून् भनी तिनीहरूले आफैलाई परमेश्‍वरको रूपमा स्थापित गरेका छन्।

परमेश्‍वर धेरै वर्षदेखि सृष्टिभित्र लुकेर रहनुभएको छ, उहाँले धमिलो पर्दा पछाडिबाट धेरै वटा वसन्त र शरद ऋतुहरू देख्नुभएको छ; उहाँले धेरै दिन र रातहरूसम्‍म तेस्रो स्वर्गबाट तल हेर्नुभएको छ; उहाँ धेरै महिना र वर्षदेखि मानिसहरूको बीचमा हिँड्नुभएको छ। उहाँ धेरै वटा हिउँदहरूमा चुपचाप पर्खंदै सबै मानिसहरूभन्दा माथि बस्नुभएको छ। उहाँले एकपल्ट पनि आफैलाई कुनै मानिसको अगि खुल्लमखुल्ला देखाउनुभएको छैन, न ता एउटा आवाज समेत निकाल्नुभएको छ, अनि उहाँ कुनै सङ्केत नदिई जानुहुन्छ र चुपचाप फर्कनुहुन्छ। उहाँको वास्तविक अनुहार कसले जान्न सक्छ? उहाँ मानिससँग एकै पल्ट पनि बोल्नुभएको छैन, एकै पल्ट पनि मानिसकहाँ देखा पर्नुभएको छैन। मानिसको निम्ति परमेश्‍वरले आज्ञा दिनुभएको काम गर्न कति सजिलो छ? उहाँलाई चिन्नु सबैभन्दा कठिन काम हो भन्‍ने तिनीहरूलाई के थाहा। आज परमेश्‍वर मानिससित बोल्नुभएको छ, तर मानिसले उहाँलाई कहिल्यै पनि चिनेको छैन, किनकि जीवनमा उसको प्रवेश धेरै सीमित र सतही छ। उहाँको दृष्टिकोणबाट हेर्दा, मानिसहरू परमेश्‍वरको सामु देखा पर्न पूर्ण रूपमा अयोग्य छन्। तिनीहरूमा परमेश्‍वरको बुझाई अति थोरै छ र तिनीहरू उहाँबाट अलग भएर धेरै टाढा गएका छन्। त्यसबाहेक, तिनीहरू जुन हृदयले परमेश्‍वरमा विश्‍वास गर्छन् त्यो अति नै जटिल छ, अनि तिनीहरूले आफ्‍नो अन्तस्करणमा परमेश्‍वरको स्वरूपलाई राख्दैनन्। फलस्वरूप, परमेश्‍वरको होसियारपूर्ण कोसिस, उहाँको काम बालुवाभित्र गाडिएको सुनको टुक्रा जस्तो छ, ज्योतिको चमक निकाल्‍नै नसक्‍ने। परमेश्‍वरका निम्ति यी मानिसहरूको क्षमता, अभिप्राय र विचारहरू अति नै घृणित छन्। ग्रहण गर्ने तिनीहरूका क्षमतामा कमजोर बनेर, केही अनुभव नै नगर्ने संवेदनहीन बनेर, भ्रष्ट र पतित बनेर, अति नै नीच, कमजोर र इच्छा-शक्ति विहीन भएर तिनीहरूलाई गाईवस्तु र घोडाहरूलाई जस्तो डोर्याइनु पर्छ। आत्मामा वा परमेश्‍वरको काममा तिनीहरूको प्रवेशको विषयमा भन्दा, तिनीहरूले अलिकति पनि सल्लाह सुनेनन्, तिनीहरूमा सत्यताका निम्ति दुःख भोग्ने संकल्प रत्तीभर पनि थिएन। यस किसिमको व्यक्तिलाई पूर्ण बनाउनु परमेश्‍वरको निम्ति सजिलो हुँदैन। यसैले तिमीहरूले आफ्नो प्रवेश यही कोणबाट बनाउनु महत्त्वपूर्ण हुन्छ—यसैले कि तिमीहरूको काम र तिमीहरूको प्रवेशद्वारा तिमीहरू परमेश्‍वरको कामलाई बुझ्न थाल।

अघिल्लो: काम र प्रवेश (२)

अर्को: विजयको कामको भित्री सत्यता (४)

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

राज्यको स्तुतिगान

भीडहरूले मेरो जयजयकार गर्छन्, भीडहरूले मेरो प्रशंसा गर्छन्; सबै मुखले एउटै साँचो परमेश्‍वरको नाउँ लिन्छन्, सबै मानिसहरूले मेरा कामहरू हेर्न...

गन्तव्यको सम्‍बन्धमा

जब-जब गन्तव्यको उल्लेख गरिन्छ, तिमीहरूले त्यसलाई विशेष गम्भीरताका साथ व्यवहार गर्छौ। यसबाहेक, यो यस्तो कुरा हो जसको बारेमा तिमीहरू विशेष...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्