अध्याय २६

मेरो पुत्र, मेरा वचनहरूलाई ध्यान दे, चुपचाप मेरो आवाज सुन् अनि म तँलाई कुराहरू प्रकट गर्नेछु। मभित्र शान्त बन्, किनभने म तेरो परमेश्‍वर, तेरो एक मात्र उद्धारकर्ता हुँ। तिमीहरूले सधैँ आफ्‍नो हृदयलाई शान्त पारेर मभित्र जिउनुपर्छ; म तेरो चट्टान, तेरो आडभरोसा हुँ। अरू कुनै अभिप्राय नबोक, बरु तिमीहरूको सारा हृदयले ममा भरोसा गर अनि म अवश्य नै तिमीहरूकहाँ देखा पर्नेछु—म तिमीहरूको परमेश्‍वर हुँ! आह, ती शङ्कालुहरू! तिनीहरू दह्रिलो गरी खडा हुन अवश्य नै सक्दैनन् र तिनीहरूले केही पनि प्राप्त गर्नेछैनन्। अहिले कुन समय हो, यो कति महत्त्वपूर्ण क्षण हो भन्‍ने तिमीहरूलाई थाहा हुनैपर्छ! यो कति महत्त्वपूर्ण छ! बेकारका कुराहरूमा आफूलाई व्यस्त नबनाओ; तुरुन्तै मेरो नजिक आओ, मसँग सङ्गति गर, अनि म तिमीहरूलाई सबै रहस्य स्पष्ट पार्नेछु।

तिमीहरूले पवित्र आत्माको अगुवाइको हरेक वचनलाई सुन्‍नुपर्छ र हरेक वचनलाई हृदयमा राख्‍नुपर्छ। धेरै पटक तिमीहरूले मेरा वचनहरू सुनेका छौ अनि तिनलाई बिर्सेका छौ। अहो, कति समझ नै नभएकाहरू! तिमीहरूले धेरै आशिषहरू गुमाएका छौ! अब तिमीहरूले ध्यान दिएर सुन्‍नुपर्छ र मेरा वचनहरूलाई ध्यान दिनुपर्छ, मसँग अझै बढी सङ्गति गर्नुपर्छ र अझै बढी मेरो नजिक आउनुपर्छ। तैँले नबुझ्‍ने सबै कुरामा, म तँलाई अगुवाइ गर्नेछु, र म तिमीहरूलाई अगाडि डोर्याउनेछु। अरूसँग अझै बढी सङ्गति गर्ने बारेमा ध्यानै नदेओ। अहिले वचनहरू र धर्मसिद्धान्तहरू प्रचार गर्ने धेरै छन्, तर मेरो वास्तविकतालाई साँचो रूपमा धारण गरेकाहरू निकै थोरै छन्। तिनीहरूका सङ्गतिले अन्योल र बोधो बनाउँछ, अघि कसरी बढ्ने थाहा हुँदैन। तिनीहरूलाई सुनेपछि, वचनहरू र धर्मसिद्धान्तहरूलाई अलिक बढी रूपमा मात्रै बुझ्‍न सकिन्छ। तिमीहरूले आफ्‍नो कदममा ध्यान दिनुपर्छ र तिमीहरूको हृदयलाई सँधै मेरो सामने बसाइ राख्‍नुपर्छ; तिमीहरूले मसँग कुराकानी गर्नैपर्छ र तिमीहरू मेरो नजिक आउनुपर्छ, अनि तिमीहरूले नबुझेको कुरामा तिमीहरूलाई देख्‍ने तुल्याउनेछु। सँधै आफ्‍नो बोली-वचनमा ध्यान देओ, आफ्‍नो हृदयलाई सँधै अवलोकन गर, र मैले हिँड्ने बाटो हिँड।

अब समय त्यति टाढा छैन; अझै थोरै समय बाँकी छ। म बाहेक सबै कुरालाई त्याग्न हतार गर अनि आऊ मलाई पछ्याओ! म तिमीहरूलाई दुर्व्यवहार गर्नेछैन! धेरै पटक तिमीहरूले मेरा कार्यहरूलाई गलत रूपमा बुझेका छौ, तैपनि म तिमीहरूलाई कति प्रेम गर्छु के तँलाई थाहा छ? अँ, तैँले मेरो हृदयलाई भुझ्दै-बुझ्दैनस्। तिमीहरूले जति शङ्का गरे पनि, तिमीहरू मप्रति जति नै ऋणी भए पनि, म त्यसलाई सम्‍झनेछैन, तैपनि अघि बढ्न र मेरा अभिप्रायहरूअनुसार काम गर्न लगाउनको लागि म तिमीहरूलाई चुन्छु।

आज विलम्‍ब गर्ने समय होइन। यदि तिमीहरू अझै पनि केही अन्य अभिप्राय राख्छौ भने, तिमीहरूमाथि मेरो न्याय आइपर्नेछ। तिमीहरूले मलाई एक क्षणका लागि पनि छोड्यौ भने, तिमीहरू लोतकी पत्‍नीझैँ हुनेछौ। अब पवित्र आत्माको कामको गति बढ्छ, र नयाँ ज्योतिसँग तालमेल मिलाउन नसक्‍नेहरू खतरामा पर्छन्, अनि सजग नहुनेहरू त्यागिनेछन्; तिमीहरूले आफूलाई सुरक्षा दिनुपर्छ। तैँले जान्नुपर्छ कि तेरो वरिपरिको सारा वातावरणलाई मैले अनुमति दिएको हुँ र मैले नै त्यसको प्रबन्ध गरेको हुँ। यसबारे स्पष्ट हो र मैले तँलाई दिएको वातावरणमा मेरो हृदयलाई सन्तुष्ट बना। यो वा त्यो कुराको डर नमान, सेनाहरूका सर्वशक्तिमान्‌ परमेश्‍वर अवश्य नै तेरो साथमा हुनुहुनेछ; उहाँ तिमीहरूको आडभरोसा र तिमीहरूको ढालका रूपमा काम गर्नुहुन्छ। आज, मानिसहरूमा अत्यन्तै धेरै धारणा छन्, जसले गर्दा म अरूले हेयको नजरले हेर्ने मानिसहरूमार्फत मेरा अभिप्रायहरू व्यक्त गरेर अहङ्कारी र आत्मधर्मी, घमण्‍डी, छली, र महत्त्वाकाङ्क्षी, अनि आफूलाई उच्‍च स्थानमा राख्नेहरूलाई लज्जित पार्न बाध्य हुन्छु। जबसम्‍म तिमीहरू मेरो बोझलाई निष्कपट रूपमा ख्याल गर्छौ, मैले तिमीहरूका लागि सबै कुरा तयार गरेको हुनेछु। मलाई पछ्याऊ मात्र!

अघिल्लो: अध्याय २५

अर्को: अध्याय २७

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्