अध्याय २७
ब्रह्माण्ड र यावत् थोकमाथि शासन गर्नुहुने एक मात्र साँचो परमेश्वर—सर्वशक्तिमान् परमेश्वर, आखिरी दिनहरूका ख्रीष्ट! यो पवित्र आत्माको गवाही, निर्विवाद प्रमाण हो! पवित्र आत्मा आफ्नो काम गरिरहनुभएको छ, जताततै गवाही दिइरहनुभएको छ, ताकि कसैलाई पनि शङ्का नहोस्। विजयी राजा, सर्वशक्तिमान् परमेश्वर! उहाँ संसारमाथि विजयी हुनुभएको छ, उहाँ पापमाथि विजयी हुनुभएको छ, र उहाँले आफ्नो छुटकारा पूरा गर्नुभएको छ। उहाँले हामीलाई, शैतानद्वारा भ्रष्ट तुल्याइएको मानिसहरूको यस समूहलाई मुक्ति दिनुभएको छ, र हामीलाई उहाँको इच्छा पछ्याउन पूर्ण पार्नुहुनेछ। उहाँ सारा पृथ्वीमाथि राजकीय शासन गर्नुहुन्छ, यस भूमिलाई पुनः कब्जा गर्नुहुन्छ, र शैतानलाई अतल कुण्डमा लखेट्नुहुन्छ। उहाँ संसारलाई न्याय गर्नुहुन्छ, र उहाँको हातबाट कोही पनि उम्कन सक्दैन। उहाँले राजाका रूपमा शासन गर्नुहुन्छ।
सारा पृथ्वी ठूलो स्वरमा हर्षोल्लास गर्छ! यसले विजयी राजाको—सर्वशक्तिमान् परमेश्वरको प्रशंसा गर्छ! सदासर्वदा! तपाईँ सम्मान र प्रशंसाको योग्य हुनुहुन्छ। ब्रह्माण्डका महान् राजालाई नै अख्तियार र महिमा होस्!
समय छोटो छ। सर्वशक्तिमान् परमेश्वरका पदचापहरू पछ्याऊ र अघि बढिरह। अति सावधान बन, उहाँको बोझलाई ख्याल गर, र उहाँसँग एकै मनका होऊ, र उहाँको व्यवस्थापनको योजनाका लागि आफूलाई अर्पण गर। तिमीहरूले आफ्नो सम्पत्ति आफ्नो निम्ति साँच्नै हुँदैन। समय निकै थोरै छ। तिनलाई चढाइहाल! तिनलाई साँचेर नराख! तिनलाई चढाइहाल! तिनलाई साँचेर नराख!