अध्याय ३६

सर्वशक्तिमान् साँचो परमेश्‍वर, सिंहासनमा विराजमान राजा, सारा ब्रह्माण्डमा शासन गर्नुहुन्छ, असङ्ख्य राष्ट्रहरू र मानिसहरूतर्फ फर्कनुहुन्छ, र परमेश्‍वरको महिमामयी ज्योति संसारभर चम्किन्छ। ब्रह्माण्ड र पृथ्वीको कुना-कुनासम्म भएका सबै जीवित प्राणीहरूले देख्नेछन्। पर्वतहरू, नदीहरू, तालहरू, भूमिहरू, समुद्रहरू, र सबै जीवित प्राणीहरूले साँचो परमेश्‍वरको मुहारको ज्योतिमा तिनीहरूका पर्दाहरू तानेर खोलेका छन्, र तिनीहरू सपनाबाट ब्यूँझे झैँ, तिनीहरू माटोबाट फुटी निस्‍कने टुसाहरू झैँ, पुनर्जीवित भएका छन्!

आह! एक मात्र साँचो परमेश्‍वर संसारका मानिसहरूसामु देखा पर्नुहुन्छ। प्रतिरोधसाथ उहाँलाई व्यवहार गर्ने साहस कसले गर्छ? सबै डरले काम्छन्। सबै पूर्ण रूपमा विश्‍वस्त छन्, र सबैले बारम्बार कृपा र उहाँको क्षमाको भिक माग्छन्। असङ्ख्य मानिस उहाँको अघि घुँडा टेक्छन्, र असङ्ख्य मुखहरूले उहाँको आराधना गर्छन्! महाद्वीपहरू र सागरहरू, पर्वतहरू, नदीहरू, र यावत् थोकले अटुट रूपमा उहाँको प्रशंसा गर्छन्! वसन्त ऋतुको श्वाससँगै आएका न्यानो बतासहरूले, आफूसँग हल्का, अटुट वसन्त झरी ल्याउँछन्। कलकल बग्‍ने खोला र असङ्ख्य मानिसहरू उस्तै छन्, दुवै दुःख र हर्षले भरिएका छन्, ऋणीपन र आत्म-ग्लानिका आँसु झार्छन्। नदीहरू, तालहरू, लहर र छालहरू सबै गाउँदैछन्, साँचो परमेश्‍वरको पवित्र नाउँको स्तुति गर्दैछन्! प्रशंसाको ध्वनि कति स्पष्ट रूपमा गुन्जिन्छ! कुनै बेला शैतानद्वारा भ्रष्ट तुल्याइएका पुराना वस्तुहरू—तीमध्ये प्रत्येक र हरेक नवीकृत र परिवर्तित हुनेछन् र पूर्णतः नयाँ क्षेत्रमा प्रवेश गर्नेछन् …

यो पवित्र तुरही हो, र यो गुञ्जिन थालेको छ! यसलाई ध्यान दिएर सुन। त्यो अति सुमधुर आवाज सिंहासनको वाणी हो, त्यसले प्रत्येक राष्ट्र र परमेश्‍वरको हरेक चुनिएको मानिसलाई घोषणा गर्छ कि समय आएको छ, आखिरी दिनहरूको परिणाम आएको छ, मेरो व्यवस्थापनको योजना सकिएको छ, मेरो राज्य पृथ्वीमा खुला रूपमा देखा परेको छ, र संसारका राज्यहरू म परमेश्‍वरको राज्य बनेका छन्। मेरा सात तुरहीहरू सिंहासनबाट गुञ्जिन्छन्, र यस्ता अद्भुत कुराहरू देखा पर्नेछन्! पृथ्वीको पल्‍लो छेउहरूबाट मानिसहरू कोही समुद्रमा पानीजहाज चलाउँदै, कोही हवाइजहाजमा उड्दै, कोही हरेक आकार र आकृतिको गाडीहरूमा चढ्दै, कोही घोडामा चढ्दै, हिमपहिरोको बल र मेघ गर्जनको शक्तिसँगै हरेक दिशाबाट सँगसँगै हतारिँदै आउँछन्। ध्यान दिएर हेर्। ध्यानपूर्वक सुन्। हरेक रङ्गका यी घोडसवारहरू, जो शक्तिशाली र भव्य, उत्साह जागेका, युद्धको मैदान जितेका झैँ छन्, ती मृत्युप्रति उदासीन छन्। घोडाहरू कराएको आवाज र साँचो परमेश्‍वरको लागि मानिसहरू कराएको हल्लाको बीचमा, धेरै पुरुष, महिला, र बालबालिकालाई एकछिनमै तिनीहरूका खुरहरूद्वारा कुल्चिइन्छ। केही मर्छन्, केही आफ्नो अन्तिम श्‍वास लिइरहेका हुन्छन्, केही क्षतविक्षत परेका हुन्छन्, तिनीहरूलाई रेखदेख गर्ने कोही हुनेछैनन्, अनियन्त्रित रूपमा कराउँदै, पीडामा चिच्याउनेछन्। विद्रोहका छोराहरू! के यो तिमीहरूको अन्तिम नतिजा होइन र?

म हर्षका साथ मेरा मानिसहरूलाई हेर्छु, जसले मेरो आवाज सुन्‍न सक्छन् र हरेक राष्ट्र र भूमिबाट भेला हुन्छन्। असङ्ख्य मानिसहरू, साँचो परमेश्‍वरको नाम सधैँ ओठमा लिँदै, निरन्तर प्रशंसा गर्छन् र उफ्रन्छन्! तिनीहरू संसारका मानिसहरूलाई गवाही दिन्छन्, र साँचो परमेश्‍वरप्रति तिनीहरूको गवाहीको आवाज धेरै पानीको गर्जनको आवाज जस्तै हुन्छ। असङ्ख्य मानिसहरू मेरो राज्यमा ओइरिनेछन्।

मेरा सात तुरहीहरू बज्छन्, जसले सुतिरहेकाहरू ब्यूँताउँछन्! छिटो उठ्, अझै पनि ढिलो भएको छैन। तेरो जीवनलाई हेर्! तेरा आँखाहरू खोल् र अहिले यो कुन समय हो, हेर्! खोज्नुपर्ने के कुरा छ? विचार गर्नुपर्ने के कुरा छ? र पक्रिराख्नुपर्ने के कुरा छ? के तैँले मेरो जीवन प्राप्त गर्नु र तैँले माया गरेका र पक्रिराखेका सबै कुरा प्राप्त गर्नुको मूल्यका बीचमा पाइने भिन्‍नताका बारेमा कहिल्यै विचार गरेको छस्? अब उप्रान्त हठी नबन् न त खेलबाड गर्। यो मौकालाई नगुमा। यो समय फेरी आउनेछैन! यही घडी उठ्, तेरो आत्मालाई कसरत गर्ने अभ्यास गर्, शैतानको सबै युक्ति र योजनालाई हेर्न र रोक्नलाई विभिन्न किसिमका संयन्‍त्रहरू प्रयोग गर्, र शैतानमाथि विजय गर्, ताकि तेरो जीवन अनुभव अझ बलियो हुन सकोस् र तँ मेरो स्वभावमा जिउन सक्, ताकि तेरो जीवन परिपक्व र अनुभवी हुन सकोस् र तैँले सधैँ मेरा पाइलाहरू पछ्याउन सक्। निडर, कमजोर नभई, पाइला पाइलामा सधैँ अघि बढिराख्, बाटोको अन्त्य नआएसम्म सिधा बढिराख्!

जब सात तुरहीहरू फेरि बज्छन्, यो न्यायको बोलावट हुनेछ, विद्रोहीका छोराहरूको न्याय, सबै राष्ट्रहरू र सबै मानिसहरूको न्याय हुनेछ, र हरेक राष्ट्र परमेश्‍वरको अघि समर्पित हुनेछन्। परमेश्‍वरको महिमित चेहरा सबै राष्ट्रहरू र सबै मानिसहरूको अघि अवश्य देखा पर्नेछ। सबै जना पूर्ण रूपमा विश्‍वस्त हुनेछन्, र अटुट रूपमा साँचो परमेश्‍वरलाई पुकार्नेछन्। सर्वशक्तिमान परमेश्‍वर अझ धेरै महिमित हुनुहुनेछ, र मेरा छोराहरू र मैले सबै राष्ट्रहरू र सबै मानिसहरूको न्याय गर्दै, दुष्टलाई दण्ड दिँदै, मेरा जतिलाई कृपा देखाउँदै र मुक्त हुँदै, र राज्यलाई बलियो र स्थायी बनाउँदै महिमामा भाग लिनेछौँ र राज्याधिकार बाँड्नेछौँ। सात तुरहीहरूको आवाजद्वारा, धेरै मानिसहरू मुक्त हुनेछन्, मेरो अघि घुँडा टेक्न र निरन्तर प्रशंसाका साथ आराधना गर्न फर्किआउनेछन्!

जब सात तुरहीहरू फेरि एकचोटि बज्नेछन्, यो युगको अन्त्य हुनेछ, दियाबलसहरू र शैतानमाथिको विजयको तुरही चर्को आवाज बज्छ, जुन सलामी हो, जसले पृथ्वीको राज्यमा खुल्ला रूपले जियाई सुरु गर्नलाई घोषणा गर्दछ! यो आवाज कति उच्च छ, यो आवाज सिंहासनको वरिपरि प्रतिध्वनित हुन्छ, स्वर्ग र पृथ्वी हल्लाउँदै यो तुरही चर्को आवाजमा बज्छ, जुन मेरो व्यवस्थापन योजनाको विजयको चिन्ह हो, जुन शैतानको न्याय हो; यसले यो पुरानो संसारलाई अतल कुण्‍डमा फर्किन, पूर्ण रूपले मृत्युको दण्ड सुनाउँछ! यो तुरहीको चर्को आवाजले अनुग्रहको ढोका बन्द हुन लागेको, राज्यको जीवन पृथ्वीमा सुरु हुनेछ, जुनचाँहि सही र उचित छ भन्‍ने कुरा दर्साउँछ। परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूलाई मुक्ति दिनुहुन्छ। तिनीहरू उहाँको राज्यमा फर्किएपछि, पृथ्वीमा भएका मानिसहरूले अनिकाल र महामारीको सामना गर्नेछन्, र परमेश्‍वरको सात कचौराहरू र सात विपत्तिहरू प्रभावमा आउनेछन्। स्वर्ग र पृथ्वी बितेर जानेछन्, तर मेरा वचन बित्नेछैन!

अघिल्लो: अध्याय ३५

अर्को: अध्याय ३७

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्